-रुषा थापा (भक्तपुर)

काठकाडौं । बजारमा व्यापारीहरुले पसल नै पिछे सामानको मूल्य फरक फरक राखेका छन् र हप्तैपिछे सामानको मूल्य बढाएका छन् । दशैँ जनताको ढोकामा आइसकेको छ र व्यापारीहरुले यँही दशैँको मौका छोपेर सामानको मूल्य बढाएर जनता ठगीरहेका छन् । महँगी बढेको कारण वा व्यापारीहरुले सामानको मुल्य अभिवृद्धि गरेपछि जनताहरु दशैँ मनाउन नसक्ने अवस्थामा पुगेका छन् ।

त्यस्तै यता महँगो पैसा लिएपनि व्यापारीहरुले सामान भने गुणस्तरहीन वा खानयोग्य नरहेको र कम तौल रहेको बिक्रीवितरण गरिरहेका छन् । व्यापारीले सामानको मूल्य जति भन्यो त्यति नै जनताले तिर्नुपरिरहेको छ । साथै सामानको मूल्यनिर्धारण सरकारले गरेको छैन जसले गर्दा सामानको भाउ व्यापारीको जिब्रोमा रहेको पाइन्छ । यसरी व्यापारी वा व्यवसायीको अगाडी सरकार लम्पसार पर्दा वा सरकारले बजार अनुगमन नगर्दा आर्थिक कमजोर भएका मानिसहरु महंगीका कारण दशैँ मनाउन नसक्ने अवस्थामा पुगेका छन् ।

दशैँ त हामी सबै नेपालीको महान् पर्व हो नि तर पछिल्लो समय महंगीका कारण दशैँ हुनेखाने वा धनीहरुको लागि मात्र चाड हुन पुगेको छ । अहिलेपनि सरकारले बजार अनुगमन गरेको छैन र बजार अनुगमन गर्न जिम्मा पाएका जिल्लाका सिडियो, मन्त्री वा सरकारी कर्मचारीहरुले बजार अनुगमन नगरी व्यापारीसँग कमिशन वा पैसा खाएर जनता ठगेको चुपचाप हेरेर बसिरहेका छन् ।

व्यापारीहरुले राजनितिक पार्टीको झोला बोकेर वा सदस्यता लिएर सय रुपैँयाको सामान ५ सयमा बिक्रीवितरण गरिरहेका छन् । साथै यता राजनितिक दलहरु पनि व्यापारीहरुसँग पैसा लिएर आफ्नो पार्टी वा घरखर्च चलाइरहेका छन् । राजनितिक दलहरु आफ्नो घरखर्च वा पार्टी चलाउन पर्दाभित्र बसेर व्यापारीसँग मिलेर जनता ठगीरहेका छन् ।

आज देशमा यस्तो भ्रष्टाचार, महंगी र विदेशी ऋणको बोध भयो तर राजनितिक दलहरु अझैपनि व्यापारीसँग मिलेर आफ्नो घरखर्च र पार्टी चलाउनमा नै व्यस्त छन् । यिनीहरुलाई जनता र देश जति डुबेपनि केही मतलब छैन । राजनतिकि दलहरु व्यापारीसँग पार्टी वा घरखर्च चलाउन चन्दा वा पैसा लिने गर्छन् र व्यापारीहरु आफुले राजनितिक दललाई दिएको पैसा सामानमा जोड्छन् र सामानको मूल्य अभिवृद्धि गर्ने गर्छन् ।

साथै यता भने व्यापारी र राजनितिक दलहरुको मिलोमत्तोमा जनता नराम्ररी ठगिन्छन् । अहिले महंगीका कारण जनताको घरमा चुलो बल्न छोडिसकेको छ भने जनताले पेटभरि खाना खान पाउने दिन गइसकेको छ । राज्यलाई राजस्व छलेर र जनतालाई महंगोमा सामान बेचेर व्यापारीहरु आज अर्बपति बनेका छन् र चिल्लो गाडीमा चढिरहेका छन् । यो देश सरकारले नचलाई व्यापारीहरुले चलाइरहेका छन् भनेर जनताले स्पष्ट रुपमा थाहा पाइसकेका छन् ।

राजनितिक दलहरु पनि चन्दा वा पैसाका लागि व्यापारीहरुलाई आफ्नो पार्टीको मनोनित सांसद वा मन्त्री बनाइदिने गर्छन् । तर जनताहरु यसरी महंगीको मारमा पर्दा न एमालेका अध्यक्ष केपी ओली नै यसको विरोधमा बोल्छन् न प्रधानमन्त्री शेरबहादुर देउवा नै बजार अनुगमन गर्छन् । झन् यता प्रचण्डलाई त महंगीका विरोधमा बोल्न फुर्सद नै छैन र जनताको बारेमा सोच्न टाइम नै छैन ।

उनलाई एउटै मतलब छ , झलनाथ खनाल, माधव नेपाल , उपेन्द्र यादव मेरो पछि लाग्छ कि लाग्दैन र शेरबहादुर देउवालाई झप्याङ् बनाएर म अगाडी बढ्न सक्छु कि सक्दिँन । प्रचण्ड देशको नेता नभइ केही सिमिति व्यक्तिहरुका नेता हुन् । साथै यता काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा , गगन थापा र डा. शेखर कोइरालालाई पनि जनता महंगीका कारण भोकै बसेका छन् भनेर बोल्ने फुर्सद नै छैन । यिनीहरुलाई एउटै चिन्ता छ , पार्टीले टिकट दिन्छ कि दिदैँन ।

यिनीहरुलाई पार्टीले टिकट दिएतापनि जनताले भोट दिदैँनन् । साथै यता राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेन त महंगीका विरोधमा बोल्दै बोल्दैँनन् । उनी त व्यापारीसँग पैसा लिन्छन् अनि पार्टी चलाउँछन् । कमल थापाले त झन् व्यापारीसँग नै पैसा लिएर पटकपटक चुनाव जितेको र धनसम्पत्ति जोडेको कुरा लुकेर लुक्दैँन । उनलाई त व्यापारीहरुले नै पालेको हो भनेर पनि व्यापारीहरु नै बताउँछन् ।

साथै यता रवि लामिछाने तै यी नेताहरुले पदमा पुगेर कमाएको देखेर आज डाहा वा लोभले सञ्चारकर्मी जस्तो जागिर छोडेर पार्टी खोलेर बसेका छन् । साथै पार्टी चलाउन पनि व्यापारीसँग नै पैसा लिइरहेको कुरा पनि सुन्नमा आएको छ । आगामी चुनावमा जनताले रवि लामिछानेलाई भोट दिदैँनन् र उनी फेरि सञ्चारकर्मी पैसा तिर नै फर्किन्छन् । उनको पृष्ठभूमि केलाउने हो भने उनलाई जनताले भोट दिदैँनन् ।

उनी आफ्नो फाइदा लागि कहिले अमेरिका पुग्छन् त कहिले नेपाल आउँछन् । उनले अहिलेसम्म जनता र राष्ट्रको हितमा हुने कुनै काम गरेका छैनन् भनेर जनता नै बताउँछन् । एउटा टेलिभिजनमा कार्यक्रम चलाउँदा ठुल्ठुलो आवाजले बोल्दैमा जनताले भोट दिन्छन् त । उनले त आफ्नो कामका लागि पनि ठुल्ठुल्लो आवाजले कराएका थिए त । यदि ठुल्ठुल्लो स्वरले टेलिभिजनमा कार्यक्रम चलाउँदैमा नेता हुने भएमा त सबै टेलिभिजनमा ठुल्ठुल्लो स्वरले कार्यक्रम चलाउने पत्रकारहरुलाई जनताले भोट दिएर नेता बनाइ हाल्छन् नि ।

मंसिर ४ गतेभन्दा पछि रविलामिछाने पनि दुलोभित्र र्छिछन्् र जनताले पनि उनलाई नङ्गाइ दिन्छन् । उनको एउटै पोलिसी रहेको छ त्यो हो, नेतामाथि विभिन्न आरोप लगाउने र सङ्गो पानीलाई धमिलो बनाएर माछा मार्ने दाउ उनले बोकेका छन् । नेताहरुले देशको राजनितिक परिवर्तनका लागि धेरै सङ्घर्ष गरेका छन् वा जेल बसेका छन् तर रवि लामिछानेले अहिलेसम्म देशको राजनितिक परिवर्तनका लागि के गरेका छन् त ।

पछिल्लो समय रवि लामिछानेको कार्यक्रममा कलाकार वा ५०÷६० जना कार्यकता मात्रै भेटिन्छन् । जनताहरु उनको कार्यक्रममा सहभागि हुदैँनन् । उनले टेलिभिजनमा कार्यक्रम चलाउँदा जनताले उनलाई चिन्थे तर कार्यक्रम चलाउन छोडेर राजनितितिर लागेपछि उनलाई चिन्ने जनताले पनि उनलाई बिर्सिसकेका छन् । अहिले महंगो यत्रो बढ्दा पनि उनी यसको विरोधमा बोल्दैँनन् र व्यापारीसँग नै पैसा लिएर पार्टी र घरखर्च चलाइरहेको भनेर जनता बताउँछन् ।

काँग्रेसमा त झन् जनताको पक्षमा बोल्ने नेता नै छैन । मीन विश्वकर्मा जनताले चुनेर नेता बनेका मनोनित सांसद होइनन् , उनी नेताको झोला बोकेर मनोनित सांसद बनेका हुन् । साथै यता एमालेमा त जनता र राष्ट्रको हितमा काम गर्ने नेता नै छैनन् भनेर जनता नै बताउँछन् । एमालेका नेता महेश बस्नेतको भाषण सुन्दा जनताहरु कुनै गुण्डाको भाषण सुनिरहेको महसुस गर्छन् भनेर जनता नै बताउँछन् ।

नेता भनेको त जनता र राष्ट्रको हितमा काम गर्ने र आफ्नो व्यक्तिगत सम्पत्ति पनि सबै त्यागेर साधारण जीवन जीउनेलाई बुझिन्छ तर जनता र राष्ट्रको नाम बेचेर र व्यापारीसँग मिलेर भ्रष्टाचार गर्नेलाई पनि नेता भनिन्छ र । यस्तालाई त चोर भनिन्छ । अहिले भएका राजनितिक दलका नेताहरुसँग जनता र राष्ट्रको नेता हुने क्षमता नै छैन । न त केपी ओलीसँग नै छ न बाबुराम भट्टराईसँग नै । यिनीहरु जनता र राष्ट्रको त नेता बन्न सकेन तर आफ्रनै पार्टीको समेत असल र इमान्दार नेता बन्न सकेनन् ।

यिनीहरु सिमित व्यक्तिका नेता बने र पार्टीको पनि नेता नबनी निजी कम्पनीको नेता बन्न पुगे । विदेशी ऋणले नेपाल डुबिसकेको छ , एक नेपालीको टाउकोमा ७१ ह्जार विदेशी ऋण पुगेको छ , जनताले सरकारलाई कर तिर्न छोडिसकेका छन् र देशमा प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारी कर्मचारीलाई तलब दिने पैसा नभएको भन्दै विदेशी ऋण लिनुपर्ने अवस्था समेत आएको बताइसकेका छन् । नेपालको अर्थतन्त्र डुबिसकेको छ वा श्रीलंका भइसकेको छ भनेर जनताले बुझिसकेका छन् । अब नेपाल नै विश्वसामु रहन्छ कि रहदैँन भनेर जनता अन्योलमा छन् ।

अहिले नेता, सरकारी कर्मचारी र व्यापारीहरुले आफ्नो कालो धन वा भ्रष्टाचार गरेको पैसा जति सबै विदेशी बैंकमा राखिसकेका छन् । साथै व्यापारीहरु बताउँछन्, नेता र सरकारी कर्मचारीले भ्रष्टाचार गरेर देश डुब्यो, सरकारी कर्मचारीहरु भन्छन्, नेताले देश डुबायो तर नेताहरु भन्छन्, सरकारी कर्मचारीले काम नगरेर भ्रष्टाचार मात्र गरेर देश डुब्यो । तर यता जनताहरु भन्छन्, नेता, सरकारी कर्मचारी र व्यापारीहरुले गर्दा आज देश डुब्यो ।

अब नेपालका नेता, व्यापारी र सरकारी कर्मचारीहरु कुन देशबाट सञ्चालन भएका छन् भनेर जनताले पनि राम्ररी थाहा पाइसकेका छन् । आफ्नो देश र जनताको लागिभन्दा पनि अरु देशको फाइदाका लागि यिनीहरुले काम गर्छन् भनेर पनि जनताले थाहा पाइसकेका छन् । बाहिरी मुलुकहरुले नेपालमा खाघान्न वा कपडाहरु नपठाएमा नेपालीहरु भोकै वा नाङ्ग्रै बस्नुपर्ने हुन्छ । हामी नेपालीहरु नेपाली भनेर गौरव गछौँ तर भन्सामा पकाउनेदेखि जिउमा लगाउनेसम्म हामी बाहिरी मुलुकको प्रयोग गछौँ ।

हाम्रो नेपालको खेतीयोग्य जमिनजति सबै दलाली वा भूमाफियाहरुले बाटो र घर बनाउँदै सिधाँए । अब नेपालमा खाद्य संकट आउँछ र भोकमारी हुन्छ भनेर जनताले थाहा पाइसकेका छन् । बाहिरी मुलुकले नेपालमा सामान पठाउन छोडेमा यँहा सामानको हाहाकार हुन्छ र महंगी तेब्बर बढ्छ । पछिल्लो समय चीनबाट सामान नआएको बहाना बनाउँदै व्यापारीहरुले ५ सय नपर्ने सामान २५ सयमा बिक्रीवितरण गरिरहेका छन् । दशैँ आइसक्यो तर बजार अनुगमन शून्य छ ।

सरकारी कर्मचारीहरुले बजार अनुगमन नगर्दा जनता महंगीको मारमा परिरहेका छन् भने उनीहरुलाई दशै मनाउने खर्च आइरहेको छ । सर्वसाधारणहरु बताउँछन्, पोहोर सालको भन्दा अहिले सामानको मूल्य तेब्बर महंगो भएको छ । साथै अब चाडबाड मनाउन नसक्ने अवस्थामा पुगेको समेत बताउँछन् । दशैँ पनि अबदेखि राजनितिक दल, व्यापारी र सरकारी कर्मचारीले मात्र मनाउन पाउने छन् ।

अबको दिनमा महंगीका कारण जनता भोकै बस्नुपर्छ र चाडपर्व मनाउनबाट पछि हट्नुपर्छ तर सरकार बजार अनुगमन गर्दैन । उघोग मन्त्री दिलेन्द्रप्रसाद बडुँ र सचिव तोय नारायण ज्ञवालीले व्यापारीसँग पैसा लिएर बजार अनुगमन गर्दैनन् । यिनीहरु व्यापारीसँग पैसा लिनमा नै व्यस्त रहेका छन् । त्यस्तै यता उघोग वाण्ज्यि तथा आपूर्ति विभागका महानिर्दैशक महेश भटट्राई पनि बजार अनुगमन गर्दैनन् ।

साथै जिल्लाका वडाध्यक्ष , मेयर तथा सिडियोहरु पनि बजार अनुगमन गर्दैनन् । यिनीहरु पनि व्यापारीसँग पैसा लिएर बसिरहेका छन् । व्यापारीहरुले म्याट सिधिँएको , कम तौल भएको र बिग्रिएको सामानहरु बेचिरहेका छन् । सानो किरान पसलदेखि ठुल्ठुल्ला व्यापारी महल तथा भाटभटेनीसम्ममा नै जनता ठग्ने काम सुरु भइसकेको छ । साथै यता उपभोक्ता संस्था खोलेर जनताको हितमा काम गर्छु भन्ने पे्रम महर्जन, ज्योति बानिँया र माधव तिल्मिसेनाहरु पनि व्यापारीले पैसा दिएमा जतिसुकै गुणस्तरहीन सामान बेचे पनि वा महंगोमा बिक्री गरेपनि विरोध नगर्ने र पैसा नदिएमा मात्र बल्ल विरोध गर्ने गर्छन् ।

यिनीहरुको न जागिर नै छ न कुनै व्यापार नै तर यिनीहरुले नै अर्बोको सम्पत्ति जोडेका छन् । अब सरकारले यिनीहरुको सम्पत्ति छानबिन गर्नुपर्छ र भ्रष्टाचार गरेर कमाएको सम्पत्ति राष्ट्रियकरण गर्नुपर्छ । जनताको नाम लिने तर व्यापारीहरुसँग पैसा खाने । साथै सरकारले अब बजार अनुगमन गर्नुपर्छ र दशैँको समयमा जनता ठगिनबाट जोगाउँनुपर्छ ।

 

तपाईको प्रतिकृया के कस्तो रहेको छ ?
+1
0
+1
0
+1
0
+1
0