भक्तपुर, ४ चैत : भक्तपुरलाई सफा, सुन्दर र यहाँको नदीलाई सफा राख्ने उदेश्यले हनुमन्ते सफाई अभियानले राष्ट्रको लागि दुई घण्टे अभियान सुरु गरेको छ । अभियान हरेक शनिवार सञ्चालन हुने भएको छ ।
अभियान अन्तर्गत आज अरनिको राजमार्ग खण्ड अन्तर्गत मध्यपुरथिमि नगरपालिका–१ लोकन्थली क्षेत्रको सडक सरसफाइ गरेको हनुमन्ते सफाई अभियानका अभियन्ता नरेश रञ्जितले जानकारी दिनुभयो । अभियानका प्रमुख सल्लाकार पुर्व उधोग मन्त्री महेश बस्नेत, मध्यपुरथिमि नगरपालिका–१ का वडा अध्यक्ष बाबुकाजी डंगोल, बागमती सफाई अभियानका डा.राजु अधिकारीलगायतको सहभागितामा सफाई गरिएको हो ।
अभियानमा नेपाल फुलबारी, नेप्सेम्याक, दिव्यश्वरी सहयोगी हात, स्वच्छ वातावरण सञ्जाल, पातञ्जल योग समिति, वेभ ग्रेप नेपाल, दक्षिणकाली सहकारी, आस्था महिला विद्यालय, गैरसरकारी संस्था महासंघलगायत विभिन्न संघसस्था र व्यक्तित्वहरुको सहभागिता रहेको थियो । आगामी हस्ताको शनिवार कौशलटार चोकमा सरसफाई गरिने अभियन्ता रंजितले बताउनुभयो ।