काठमाडौं १६ पुष । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले आफूहरुको लक्ष्य र उद्देश्य चुनाव नभएको बताउनुभएको छ । शुक्रबार साध्यबहादुर भण्डारी नेतृत्वको राष्ट्रिय जागरण परिषद्सँग एकता गर्ने क्रममा उहाँले यस्तो बताउनुभएको हो । उहाँले जनताका समस्या र पीरमर्का आफ्नो प्राथमिकता रहेको बताउनुभएको छ । आफूहरु सन्तुलित रुपमा अघि बढ्नुपर्ने पनि उनले उल्लेख गर्नुभएको छ । जिम्मेवार राजनीतिक दल हुनका लागि त्यो आवश्यक रहेको उहाँले बताउनुभएको छ ।
तपाईको प्रतिकृया के कस्तो रहेको छ ?
+1
0
+1
0
+1
0
+1
0