डोलेश्वरमा महाशिवरात्रीको तयारी पूरा, एक लाख दर्शनार्थी आउँने अनुमान, रातीदेखिनै चारै ढोका खुल्ला गरिने












भक्तपुर, १८ मंसिर ; नेसनल प्याव्सन भक्तपुरको आयोजनामा अन्तर विद्यालय खेलकूद प्रतियोगिता–२०८२ यहि मंसिर १५ गते सुरु भई १८ गते जिल्ला खेलकूद विकास समितिका अध्यक्ष राजु थापाको प्रमुख आतिथ्यमा समापन कार्यक्रम सम्पन्न भएको थियो ।
नेसनल प्याव्सन भक्तपुरले यस वर्ष गरेको माध्यमिक तहको छात्र फुटसल प्रतियोगितामा यूनिटी स्कुल विजेता बनेको थियो भने द्धितीय स्थान ऋतम्भरा पाठशाला, तृतीय स्थान ईडेन गार्डेन र सान्त्वना स्थान मदरल्याण्ड स्कुलले प्राप्त गरेको थियो ! त्यसै गरी फेयर प्ले टिम आरक्षण नेसनल स्कुलले प्राप्त गरेको थियो । उत्कृष्ट खेलाडि यूनिटीका कुमार सुनारी मगर, उत्कृष्ट गोलकिपर ऋतम्भराका आशिष लुईटेल र सर्वाधिक गोलकर्ता ईडेनका विपिन खड्का भएका थिए ।
आधारभूत तहको छात्र फुटसल प्रतियोगितामा ईडेन गार्डेन स्कुल विजेता बनेको थियो भने द्धितीय स्थान पाथिभरा एकेडेमी, तृतीय स्थान मदरल्याण्ड स्कुल र सान्त्वना स्थान ऋतम्भरा पाठशालाले प्राप्त गरेको थियो ! फेयर प्ले टिम जागृति विद्या सदनले साथै उत्कृष्ट खेलाडि र सर्वाधिक गोलकर्ता दुवैको उपाधि ईडेन गार्डेनका अनिश मगरले प्राप्त गर्न सफल भएका थिए भने उत्कृष्ट गोलकिपर पाथिभरा एकेडेमीका मल्लभ जगं थापाले जितेका थिए ।

प्रतियोगिताको अर्को खेल माध्यमिक तह छात्रा भलिबलमा ग्लीटर फ्यूचर स्कुल विजेता बन्न सफल भएको थियो । ऋतम्भरा पाठशाला द्धितीय, आरक्षण नेसनल एकेडेमी र ईडेन गार्डेन स्कुल दुवैले तृतीय स्थान हासिल गरेका थिए । साथै भलिबलमा फेयर प्ले टिम मदरल्याण्ड स्कुलले प्राप्त गरेको थियो ।
माध्यमिक तह छात्रा तर्फको व्याडमिन्टन प्रतियोगितामा आरक्षण नेसनल स्कुलकी सेलेस्टिना कार्की प्रथम, ऋतम्भरा पाठशालाकी अभि खत्री द्धितीय, मदरल्याण्ड स्कुलकी प्रतिज्ञा नेपाली र पाथिभरा एकेडेमीकी सजिना प्रधानागं तृतीय भएका थिए ! त्यसैगरी माध्यमिक तहको नै छात्र व्याडमिन्टन प्रतियोगितामा प्रथम स्थान ऋतम्भराको आशिष लुईटेल, द्धितीय स्थान पाथिभरा एकेडेमीको कृष्टोफे थापामगर, तृतीय स्थान ग्लीटर फ्यूचरको सोहित तामागं र आरक्षण नेसनल स्कुलको कसम कोइरालाले जित्न सफल भएका थिए । व्याडमिन्टनमा ईडेन गार्डेनको दिप्सन कार्की र जागृति विद्यासदनकी ह्यागंसिका राई दुवैले उदयमान खेलाडिको उपाधि प्राप्त गर्न सफल भएका थिए !
प्रतियोगिताको अर्को खेल माध्यमिक तह टेबुल टेनिसमा पनि ऋतम्भरा पाठशाला कै आशिष लुईटेल विजेता भएका थिए । उपविजेता भने मदरल्याण्ड स्कुलका रविन भट्ट भएका थिए । यूनिटी स्कुलका समीर पुरी र जागृति स्कुलका उज्ज्वल कार्कीले तृतीय स्थान ओगट्न सफल भएका थिए । उदयमान खेलाडिको उपाधि ईडेन गार्डेनका अभिरल श्रेष्ठले जितेका थिए !
नेसनल प्याव्सन भक्तपुरका कार्यसमिति सदस्य एवं खेलकूद मेलाका संयोजक अनिश राईले खेलकूद प्रतियोगितामा विद्यार्थी खेलाडिहरुको उत्साहजनक सहभागिता रहेको जानकारी दिदै “स्पोट्र्स ईभेन्ट–२०८२” सम्पन्न भएकोमा खुशि व्यक्त गरेका थिए । यस प्रकारको खेलकूद प्रतियोगिताले विद्यार्थीहरुलाई शारीरिक र मानसिक रुपमा दन्तुरुस्त राख्नुका साथै खेलप्रति रुचीले भविष्यमा राष्ट्रको लागि उत्कृष्ट खेलाडि तयार हुन सक्ने विश्वास व्यक्त गर्दै नेसनल प्याव्सन भक्तपुरका अध्यक्ष संजय खड्काले विजेता खेलाडि, सहभागि विद्यालय, खेल सम्पन्न गर्न सहयोग र साथ दिने सबैलाई धन्यवाद व्यक्त गर्नु भएको थियो ।
भक्तपुर, २२ बैशाख : रत्नागिरी पर्वत रहेको ऐतिहासिक भूमि चाँगुनारायण नगरपालिका–७ वागेश्वरीको वागेहिटीमा रहेको तीनतले अद्भुत शिवलिङ्गको नामाकरण गरिएको छ ।
वागेहिटी मन्दिरमा चाँगुनारायण नगरपालिका नगरकोट भ्रमण वर्ष–२०८२ सचिवालयले आयोजना गरेको बृहत छलफल एवं शिवलिङ्गको नामारकण कार्यक्रममा सहभागि धार्मिक, आध्यात्मिक, साँस्कृतिक, पुरातात्विक, ऐतिहासिक लगायत विद्वत् वर्गको बृहत छलफल र धार्मिक ग्रन्थको आधारमा उक्त शिवलिङ्गलाई ‘त्रिलोकेश्वर महादेव’ नाकाकरण गरिएको हो ।
कार्यक्रममा चाँगुनारायण नगरपालिकाका नगर प्रमुख जीवन खत्रीले बिद्धतवर्गको भेला एवं धार्मिक ग्रन्थ र यहाँ पाईएका अभिलेखका आधारमा आज त्रिलोश्वर महादेवको नामबाट नामाकरण हुँदा यो ठाउँले न्याय पाएको महसुस भएको बताउनुभयो ।
यसको अझै अध्ययन, अनुसन्धान र खोज हुनपर्ने बताउदै उहाँले पाका पुस्ता एवं पुजारीले यहाँको धारोमा राती सेतो बाघ आएर नुहाएर त्यसको माथि रहेको देवीको मन्दिरमा जाने गरेको देखेर नै बाघले नुहाउने धाराबाट यो तीर्थस्थलको नाम बाघेहिटी रहन गएको बताउनुभयो ।
नगरकोटस्थित महादेव पोखरीको जल यहाँ आएर बाल्मिकेश्वर महादेव मन्दिर र भक्तपुर तलेजुसम्म जाने गरेको यथार्थता रहेको भन्दै उहाँले नगरकोट भ्रमण वर्षलाई जोडेर यस क्षेत्रलाई पर्यटकीय गन्तव्यको रुपमा विकास गरिने बताउनुभयो ।
कार्यक्रममा मण्डन देउपुर नगरपालिकाका प्रमुख टोपबहादुर वाईवाले तीनतले शिवलिङ्ग आफूले यहाँ मात्रै देखेको बताउदै यस्ता सम्पदाको संरक्षण गर्ने र पर्यटकीय गन्तव्य बनाउने कार्यको थालनी गर्नु पर्ने बताउनुभयो ।
प्रा.डा. दिनेशराज पन्तले पुरातात्विक सम्पदा क्षेत्रमा बिकृति देखिने गरि आधुनिक निर्माण रोकिनु पर्नेमा जोड दिदै हाललाई यो मन्दिरको नाम त्रिलोकेश्वर राख्नु नै उपयुक्त हुने बताउनुभयो ।
कार्यक्रममा पशुपति विकास कोषका पूर्व सदस्य सचिव डा. गोविन्द टण्डनले यहाँको शिलालेखले यो लिच्छवीकाल भन्दा पुरानो हुन सक्ने बताउदै यहाँ रहेको धारा शिवपुरीको बाघद्धारमा र यहाँ मात्रै रहेको दाबी गर्नुभयो । उहाँले तीनतले शिवलिङ्ग भेटिएको २९ वर्षपछि नामाकरण गर्ने अवसर जुरेको भन्दै बिभिन्न नामहरु राख्न सकिने भए पनि तत्काललाई तीनलोकको प्रतिनिधित्व गर्ने त्रिलोकेश्वर राख्न सकिने बताउनुभयो ।
त्यसअवसरमा पञ्चाङ्ग निर्णायक समितिका पूर्वअध्यक्ष प्रा.डा. रामचन्द्र गौतमले शास्त्रसंम्वत दृष्टिकोणलाई नियाल्दा यहाँको शिवलिङ्ग तीनवटा जलहरि रहेको स्वर्ग, मत्र्य र पाताल तीनैलोकको प्रतिनिधित्व गर्ने भएकाले त्रिलोकेश्वर नामनै उपयुक्त हुने बताउनभयो ।
पशुपति बिकास कोषका पूर्व सदस्य सचिव प्रा. चेतुनाथ गौतमले यहाँ आएर विशिष्ट प्रकारको शिवलिङ्गको दर्शन गर्न पाएको भन्दै मूर्तिको नामाकरण गर्दा नामसंग तादम्यता र पूजा बिधि मिल्नु पर्ने, मूर्तिको लक्षणका आधारमा नामकरण गर्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा ईतिहासविद् प्रा.डा.पुरुषोत्तमलोचन श्रेष्ठले दक्षिण एशियामै दूर्लभ मानिने यस प्रकारको शिवलिङ्गलाई त्रिलोकेश्वर वा त्रिलिंङ्गेश्वर नाम दिन सकिने बताउनुभयो ।
यसरी भेटिएको थियो तीनतले शिव लिङ्ग :
स्थानीय माधव लामिछानेले २०४५ सालमा सरसफाईको क्रममा जंगलभित्र एउटा सानो धारो र एकखुट्टे भ¥याङ्ग भेटिएको, २०४८ सालमा पानी कूलो सरसफाई गर्नेक्रममा गाँढिएको अबस्थामा नारायणको मूर्ति, ढुङ्गाको सानो मन्दिर र एक शिललिङ्गलाई नारायणले माथिबाट छोपिएको अबस्थामा भेटिएको बताउनुभयो ।
२०५५ सालमा तत्कालिन गाविस अध्यक्ष राधाकृष्ण लामिछानेले वागेहिटी संरक्षणका लागि रु. १५ हजार बजेट विनियोजन गरेपछि सानो मन्दिर सफा गर्दै सातवटा नागले जेलिएको जलहरि र त्यसको तल करिब साढेँ तीन फिट सर्प रहेको अबस्थामा तीन तले अद्भूत शिवलिङ्ग भेटिए पनि वास्तविक नामाकरण भने गर्न नसकेको बताउनुभयो । तत्पश्चात पुरातत्व विभागले रु. तीन लाखमा मन्दिर निर्माण गर्दै संरक्षणको थालनी गरेको उहाँले बताउनुभयो ।
कार्यक्रममा स्थानीय अर्जुनप्रसाद बास्तोला, पूर्वन्यायाधिस सहदेवप्रसाद बास्तोला, मोहन खनाल, राधाकृष्ण लामिछाने, शिवअवतारी लामालगायतले नामाकरणले मन्दिर र बागेहिटी क्षेत्रलाई विश्वका हिन्दूधर्मावलम्बीहरु माझ प्रचार गर्नुपर्ने औल्याउनुभयो ।
नगरकोट भ्रमण वर्ष सचिवालयका प्रमुख डा. धनश्याम खतिवडाले शिवलिङ्गको नामाकरणले धेरै वर्षदेखिको अन्योलता हटेको र अबदेखि त्रिलोकेश्वर महादेव मन्दिरकै नाममा श्रावणी मेला सञ्चालन गर्न सकिने बताउनुभयो ।






भक्तपुर, १३ असोज : विश्व मुटु दिवसको अवसरमा “मुटुको प्रयोग गर्नुहोस् मुटुकोबारेमा थाहा पाउनुहोस्” भन्ने नाराका साथ मध्यपुरथिमिमा आज तीन घण्टा लामो सम्पदा पदयात्रा (ज्भचष्तबनभ ध्बपि–द्दण्द्दघ) आयोजना गरिएको छ ।
आज वागमति प्रदेशका संस्कृति तथा पर्यटन मन्त्री पुकार महर्जनले थिमि शंखधर चोकमा रहेको शंखधर साख्वाको शालिकमा माल्र्यापण गर्दै उद्घाटन गर्नु भयो । उहाँले नेपालको आथिएक मेरुदण्ड बलियो बनाउने आधार पर्यटन भएकाले यहाँका ऐतिहासिक एवं पुरातात्विक सम्पदाको अवलोकनका लागि पर्यटकलाई ल्याउन सक्ने वातावरण बनाउनु पर्ने बताउनु भयो । उहाँले सम्पदास्थलमा पर्यटनको विकास गर्न सके आर्थिक विकास हुने बताउनुभयो ।

लायन्स क्लब अफ भक्तपुर बालकोट, लायन्स क्लब अफ भक्तपुर मेरिगोण्ड, लायन्स क्लब अफ भक्तपुर चाँगुनारायण, लायन्स क्लब अफ भक्तपुर प्रिन्सिपल र लायन्स क्लब अफ भक्तपुर नीलकंठेश्वरले संयुक्त रुपमा मानव मुटु बचाउने सन्देश प्रवाह गर्ने मुख्य उदेश्यसहित सम्पदा पदयात्रा आयोजना गरेको लायन्स इन्टरनेशनल डिस्ट्रक ३२५ एच एमडि ३२५ चिफ चार्टर प्रिसिडेण्ट एमजेएफको संयोजक एवं कार्यक्रम संयोजक उद्धव सिलवालले बताउनुभयो ।
सम्पदा पदयात्रा शंखधर चोकबाट सुरु भएको पदयात्रा बालकुमारी मन्दिर, दुई पोखरी, भुलाँखेल, पाटी बिहार, सिद्धिकाली मन्दिर, सिद्धि गणेश मन्दिर, नगदेश, बुद्धबिहर नगदेश, नीलकण्ठेश्वोर, टिगनी, नलिबाराही, बोडे, कमलपोखरी हुँदै बोडेको कुमारी मन्दिर परिसरमा पुगेर विविध सांस्कृतिक कार्यक्रमको आयोजना गरि सम्पन्न भएको थियो ।
कार्यक्रम आयोजक समितिको प्रकाशन तथा प्रचारप्रसार उपसमितिका संयोजक तिर्थराज भट्टले पदयात्राका क्रममा सम्पदा अवलोकनसँगै सम्बन्धित सम्पदाविद्बाट यात्रामा सहभागिहरुलाई प्रत्येक सम्पदास्थलमै सम्पदाको महत्वकोबारेमा जानकारी गराएको बताउनु भयो । कार्यक्रममा साँंस्कृतिक झाकी, नृत्य प्रस्तुत गरिएको र मुटु रोगबाट बच्ने एवं बचाउनेबारे जनचेताना प्रवाह गरिएको थियो ।

लाइन्स क्लबका डिस्ट्रिक्ट गर्भनर लायन शम्भु थापाले नेपालमा १५ जिल्लामा ४८ हजार लायन्सका सदस्यहरु रहेको नेपालका लायनहरुकै सहयोगबाट संकलित रकम समाजसृेवामा खर्च भइरहेको बताउनुभयो ।
उहाँले इन्टरनेशनल लायन्स क्लबमार्फत आएको बजेटबाट काठमाडौंका तीनकुनेमा आँखा अस्पताल सञ्चालन गरेको, यसै साताबाट किर्तिपुरमा अत्याधुनिक प्रबिधि जडित ब्लड बैंक सञ्चालनमा ल्याउन लागेको, कयौ अस्पताललाई प्राबिधिक सामाग्री हस्तान्तरण गरेको, अस्पताल विद्यालय भवन निर्माणमा सहयोग गर्दै आएको बताउदै नेपालको सामाजिक बिकासको क्षेत्रमा टेवा पुर्याउदै आएको चर्चा गर्नुभयो ।
समाजमा मुटु रोगी बढेको र किशोर तथा युवा वर्गमा पनि ह्दयघातका बिरामी अत्याधिक बढेकाले मुटु रोगबारे सचेतना दिन र ओझेलमा रहेको मध्यपुरथिमिको सम्पदालाई विश्वमाझ उजागर गर्न सम्पदा पदयात्रा गरिएको संयोजक सिलवालले बताउनुभयो । पदयात्रामा मन्त्री महर्जनसँगै वागमति प्रदेश सभा सदस्यद्धय सकुन्तला श्रेष्ठ, धनेश्वरी श्रेष्ठ, प्रदेश सभाका पूर्व राज्य मन्त्री रजनी जोन्छे, मध्यपुरथिमि नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठ, पूर्व प्रमुख मदनकृष्ण श्रेष्ठलगायतका जनप्रतिनिधि, मेरिगोल्ड स्कुल, चाणक्य कलेजका विद्यार्थी, नेपाल स्काउट, लायन्स क्लबका पदाधिकारी एवं लायनहरुको सहभागिता रहेको थियो ।

-रमेश गिरी
भक्तपुर, १२ असोज : मध्यपुरथिमि नगरपालिका–५ दिगुली अर्थात दिगुटोलको दिगु भैरब मन्दिर अगाडि साँझदेखिनै मानिसहरुको भीड बढिरहेको थियो ।
आश्विन शुल्क पूर्णिमा अर्थात येँया पुन्हिको दिन आज रात्रीकालिन प्रहरमा मध्यपुरथिमिको लाय्कु दरवार परिसरमा जिब्रो छेडेर थिमिदेखि पशुपति मन्दिरसम्मको यात्रा गरिने भएपछि प्रतक्ष्य रुपमा हेर्न हजारौ मानिसको भीड राती ७ः३० बजेसम्म निकै बाक्लो देखिएको थियो ।
मध्यपुरथिमि नगरपालिकामा दिगु टोलमा ३५० वर्ष भन्दा अगाडिदेखि चल्दै आएको जिब्रो छड्ने जात्रा लोपोन्मुख अबस्थाबाट जोगाउदै यसवर्ष मध्यपुरथिमि नगरपालिका–५ चोडेटोल निवासी बालकराम नानीचा श्रेष्ठले जिब्रो छेडेर मध्यपुरथिमिबाट पशुपतिसम्म पुगेर पुनः फर्किएर बालकुमारी मन्दिरसम्म आउने भएपछि प्रतक्ष्य हेर्न र थिमिदेखि पशुपतिसम्मको यात्रालाई साथ दिन हजारौ स्थानीयवासीको भीड जम्मा भएकोृ थियो ।
मध्यपुरथिमि नगरपालिका–५ चोडेटोल निवासी बालकराम नानीचा श्रेष्ठले दिगु भैरब मन्दिर अगाडि बनाएको स्टेजमा बसेर आज राती ७ ः ४५ बजे हजारौ मानिसको अगाडि जिब्रो छेडाउनु भएको हो । हजारौ जनमानसको अगाडि तीनवटा सियो भएको सुईरोले जिब्रो छेडाएर ४० किलोको महाद्धिप बोकेर थिमिदेखि पशुपतिसम्मको यात्रा सुरु गर्नुभयो ।
जात्रा स्थलमा प्रतक्ष्य रुपमा जिब्रो छेडेको जात्रा हेरेपछि संस्कृति पर्यटन तथा नागरिक उद्यान मन्त्री मन्त्री सुजन किराँतीले यसअघि पत्रपत्रिका र टेलिभिजनतिर मात्रै हेरकोमा आज आज प्रतक्ष्य देख्ने मौका पाएको बताउनु भयो । उहाँले यो जात्रालाई विश्वव्यापी रुपमा ब्राण्डिङ गर्नसके लाखौ पर्यटक ल्याउन सकिने बताउनु भयो ।
“यो जात्रालाई विश्वव्यापी ब्राण्डिङ गरेर लाखौ पर्यटक भित्रयाउन पर्ने रहेछ, आउँदो वर्ष सबैसँग सल्लाह गरेर यसलाई अझै भव्य बनाउनु पर्छ,” मन्त्री किरातीले भन्नुभयो, “संस्कृतिलाई जोगाउन सकेन भने अमर नरहन सक्छ, त्यसैले नेपालमा संस्कृतिलाई पर्यटन उद्योगसँग जोडेर लैजानु पर्र्छ, नेपालको संस्कृतिमा पर्यटन मिसाउनु पर्छ, यसबाट व्यापक रुपमा पर्यटक भित्रयाउन सकिन्छ ।”
मन्त्री किराँतीसमेत पैदलनै पशुपति मन्दिरसम्म पुगेर पशुपति मन्दिर भित्र चाँदीको कचौरामा सुनको चम्चाले जिब्रो छेड्ने बालकरामको जिब्रोले तेल हालिदिने बताउनुभयो । कार्यक्रममा संस्कृति पर्यटन तथा नागरिक उद्यान मन्त्री मन्त्री सुजन किराँती, प्रतिनिधि सभाका सांसद दुर्लभ थापा, वागमित प्रदेश सभा सदस्य सुरेश श्रेष्ठ, प्रतिमा श्रेष्ठ, भुवनकेशरी श्रेष्ठ, पशुपति विकास कोषका सदस्य सचिव डा. मिलनकुमार थापाले प्रतक्ष्य रुपमा जात्रास्थलमा रहेर जात्राको अवलोकन गर्नुभएको थियो ।
बालकरामले भने जिब्रो छेडेर दिगु भैरब मन्दिर अगाडि जिब्रो छेडेर महाद्धिप बोकेर चोडे टोलको कामदेव, महालक्ष्मी, निलवर्ण गणेश, मन्दिरमा दर्शन गरि सिद्धिकालीमाईको मन्दिर हुदै सिद्धिकाली चोक, सानोठिमी, सिनामंगल, महादेव चोक, पेप्सीकोला चोक, एयरपोर्ट १० नं. गेट (पूर्वी गेट), सान बैंकवेट चोक, गुहेश्वरी हुदै पशुपतिनाथको मन्दिर प्रवेश गरि परिक्रमा गर्दै त्यही मार्ग हुदै थिमि आएर बालकुमारी मन्दिरमा दर्शन गरि सियो झिकेर आजको जात्रा सम्पन्न गर्ने येयाँ पुनिहया मेंयः तवनेगु जात्रा व्यबस्थापन समितिका अध्यक्ष चन्द्रभक्त श्रेष्ठले जानकारी दिनुभयो ।

जिब्रो छेडाउनु अगाडि बालकरामले भन्नुभयोे, “यस पटक म इतिहास रच्ने लक्ष्यका साथ जिब्रो छेडाएर पशुपतिसम्म जाने निर्णय गरेको हुँ, यसअघि पहिलो पटक मैले २०७५ सालमा जिब्रो छेडेर थिमि घुमेको थिए, यसवर्ष पशुपतिसम्मको यात्रा पुरा गर्ने आँट गरेको छु, माता बालकुमारीकोे शक्तिले त्यो यात्रा पुरा गर्नेछु ।”
मध्यपुरथिमि दिगुटोलदेखि पशुपतिनाथ मन्दिरसम्मको जादा र आउँदा १७ किलो मिटरको यात्रा पुरा गर्ने उहाँले बताउनुभयो । जिब्रो छेडेर ४० किलो तौलको महाद्धिप बोकेर मध्यपुरथिमिबाट गुहेश्वरी हुदै पशुपति मन्दिर भित्र प्रवेश गरि दर्शन गर्दै पुन मध्यपुरथिमिको बालकुमारी आएर सुईरो निकाल्ने गरि जात्रा सुरु गरेको हो ।
प्रतक्ष्य रुपमा जात्रा हेर्न मध्यपुरथिमिका स्थानीयवासीका साथै भक्तपुर, काठमाडौं, ललितपुर, किर्तिपुर लगायतका बिभिन्न ठाउँबाट जात्रा हेर्न आउनेको धुुइरो लागेको थियो । मध्यपुरथिमिका नगर प्रमुख सुरेन्द्र श्रेष्ठले ३५० वर्ष भन्दा अगाडिदेखि जिब्रो छेडिदै आएको यो जात्रालाई निरन्रता दिन र यसवर्षको जात्रा सहज रुपमा सम्पन्न गर्न नगरपालिकाले आवश्यक सबै सहयोग गर्ने बताउनु भयो ।
उहाँले जात्राका लागि आवश्यक सहयोग रकम उपलब्ध गराएको, जात्रा स्थलमा भीड कम गर्न दुई ठाउँमा प्रोजेक्टर राखेर जात्राको प्रतक्ष्य प्रशारण गर्ने व्यबस्था गरेको र जात्रालाई विजवन्त राख्न नगरपालिकाले आवश्यक सहयोग गर्ने बताउनु भयो ।
नगरपालिकाका उपप्रमुख विजयकृष्ण श्रेष्ठले मध्यपुरथिमिको ऐतिहासिक पहिचानलाई यो जात्राले विश्वभर फैलाउने बताउदै यस्ता जात्रा परम्परा जोगाउन सरकारको पनि साथ र सहयोग आवश्यक रहेको बताउनुभयो । ऐतिहासिक यो जात्रा वि. सं २०२६ सालदेखि लोप भएपनि वि.सं. २०५० सालबाट मध्यपुरथिमि चोडे टोल निवासी कृष्णनानी श्रेष्ठले तीन पटक जिब्रो छेडाएर जात्रालाई पुर्नजीवन दिएको बताउनुभयो ।
त्यसपछि वि.सं २०६३ सालदेखि सञ्चालन हुन नसकेकोमा वि.सं. २०७४ मा मध्यपुरथिमि –४, बालकुमारी निवासी विरेन्द्रभक्त गजु श्रेष्ठले जिब्रो छेडाउनु भएको बताउनु भयो । जात्रामा हजारौको सहभागिता रहेको छ ।
भक्तपुर, ११ असोज । अनाथ, असाह्य, बेसाहारा नागरिकलाई निःशुल्क गाँस, बास र कपास उपलब्ध गराउने उदेश्यले आश्रम निर्माणार्थ चाँगुनारायण नगरपालिका–९ ताथली नालाछापमा विशाल महायज्ञ सुरु भएको छ । ताथलीस्थित छापमा सञ्चालनमा आएको ‘छोरीको घर जेष्ठ नागरिक आश्रम’ मा आजबाट सुरु भएको श्रीमदभागवत पितृ मुक्ति विराट ज्ञान महायज्ञ–२०८० मा १००८ कलश यात्रा गरि महायज्ञको सुरु गरिएको हो ।

चाँगुनारायण नगरपालिका–९ ताथली नालाछापस्थित ‘छोरीको घर जेष्ठ नागरिक आश्रम’ मा आजबाट सुरु भएको महायज्ञको भक्तपुर क्षेत्र नं. २ बाट प्रतिनिधित्व गर्नुहुने प्रतिनिधिसभाका सांसद दूर्लभ थापाले उद्घाटन गर्नु भयो । उहाँले महायज्ञमा बोल्दै आश्रमको निर्माण राज्यले गर्नु पर्ने दायित्व हुँदाहुदै वालयोगेश्वर श्री विजयमूर्ती महाराजजीले महायज्ञ गरेर आ?म निर्माण गर्ने लक्ष्य लिनु सुखद भएको बताउनु भयो ।
उहाँले समृद्ध नेपालमा बाल आश्रम, बृद्धा आश्रम बनाउने, त्यसको संरक्षण गर्ने कार्य सरकार स्वयमको रहेता पनि हाम्रो देशमा यस्तो कार्य राज्यबाट नभएको बताउनु भयो । देशको कमजोर आर्थिक अबस्था र अस्थिर सरकार नहुँदा यस्ता कार्यले गति लिन नसकेको भन्दै उहाँले विजयमूर्ति महाराज श्रीबाट यस्ता कार्यको थालनी भएकोमा निकै खुसि लागेको बताउनुभयो ।

नेपालको संबिधानमा प्रत्येक नागरिकको गाँस, बास र कपासको सुनिश्चितको निश्चित गरे पनि राज्यको सबैमा त्यो अधिकार पुर्याउन नसकेको अबस्थामा सामाजिक एवं धार्मिक व्यक्तित्वले यस्ता महायज्ञ गरेर आश्रम निर्माण गर्नुले संविधानमा गरेको व्यबस्थालाई कार्यान्वयन गर्न टेवा पुगेको बताउनु भयो । अहिले देश विभिन्न आन्दोलनले थिलोथिलो भैरहेको अबस्थामा समृद्ध नेपाल नबन्दासम्म पनि विजयमूर्ति जस्ता युग पुरुषको खाँचो रहेको सांसद थापाले चर्चा गर्नुभयो ।
कार्यक्रममा चाँगुनारायण नगरपालिकाका प्रमुख जीवन खत्रीले आफ्नै नगरपालिकाको ताथलीमा सञ्चालन भएको विराट ज्ञान महायज्ञले नगरपालिकाको शिर उच्च बनाएको बताउनु भयो । चाँगुनारायण नगरपालिका आफैमा धार्मिक स्थलले भरिपूर्ण स्थान हो भन्दै उहाँले विगतदेखि बिभिन्न साँस्कृतिक विभितताले भरिपूर्ण रहेको यस नगरको शिर महायज्ञले उच्च बनाएको बताउनुभयो ।

नगर प्रमुख खत्रीले छोरीको घर जेष्ठ नागरिक आश्रम निर्माणको अभियान चाँगु नगरबासी मिलेर साकार पार्ने बताउदै उहाँले चागुनारायण नगरपालिकाले आगामी २०८२ साललाई धार्मिक पर्यटन बर्ष मनाउने तयारीमा रहेको पनि बताउनु भयो । कार्यक्रममा वागमति प्रदेशका प्रदेश सदस्य सुरेश श्रेष्ठ, पूर्व प्रदेश मन्त्री कृष्णलाल भडेल, नेपाली काँग्रेसका बिभिन्न तहका नेताहरुकोसहभागिता रहेको थियो । कार्यक्रममा धार्मिक प्रवचनका साथै साँस्कृतिक एवं धार्मिक नृत्यहरु प्रस्तुत गरिएको थियो ।
देशभरका बेसाहारा, पीडित, दुःखी, अनाथ, असाह्य, अपाङ, निमुखा तथा आधारभुत आवश्यताबाट बञ्चित जेष्ठ नागरिकका लागि विशाल आश्रम निर्माणको गर्ने उदेश्यले आजबाट सुरु भएको १७ दिने विराट ज्ञान महायज्ञ २७ गतेसम्म सञ्चालन हुने छोरीको घर जेष्ठ नागरिक आश्रमका प्रमुख वालयोगेश्वर विजयमूर्ति महाराज श्रीले जानकारी दिनुभयो ।

उहाँका अनुसार जेष्ठ नागरिकको विशाल आश्रम निर्माणको गर्न जमिन खरिद प्रक्रिायसमेत सुरु भइसकेको छ । आश्रम निर्माणका जग्गा खरिद गर्न रु. ५० लाख बैना दिइसकेको र महायज्ञबाट संकलित रकमबाट यसैस्थानमा बृहत आश्रम निर्माण गरि स्थानीइ सरकारको रोहबरमा सञ्चालन गरिने बताउनु भयो ।
जेष्ठ नागरिक आश्रम स्थल, वृहत आध्यामिक केन्द्र, प्राकृतिक चिकित्सालय, योग तथा ध्यान केन्द्र, धर्मशाला, संत्संग भवन, पुस्तकालय, सन्त निवास, जेष्ठ नागरिक दिवा तथा रात्रि सेवा केन्द्र, प्रवचन हल, गौशाला, अन्न उत्पादन, बगैचा क्षेत्र तथा निःशुल्क एम्बुलेन्स सञ्चालन गर्ने बृहत योजना सहित महायज्ञ सचालन गरिएको हो ।

महायज्ञका प्रमुख विजयमूर्ति महाराजले महायज्ञ अबधीभर दैनिक राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका ख्याती प्राप्त सन्त माहात्मा, विद्धान विदुषि, प्रसिद्ध कथा वाचक, धार्मिक प्रवचन, बिभिन्न वाचक, वाचिकाका मुखारबिन्दुबाट कथा वाचन हुने जानकारी दिनुभयो । महायज्ञ सुरु हुनु पूर्व गत शनिवार मोटरसाइकल र्यालीको आयोजना गरिएको थियो भने महायज्ञ सुरु भएको दिन आज १००८ भन्दा बढी कलशसहितको बृहत कलश यात्रा आयोजना गरिएको थियो ।
बाजागाजा र सांस्कृतिक झाँकीसहित आयोजना गरिएको कलश यात्रामा सहभागि दुई हजारभन्दा बढी नागरिकले नगरपालिकाका बिभिन्न क्षेत्रहरुको भ्रमण गरि पुनः महायज्ञस्थलमा आएको थियो । महायज्ञलाई सफल बनाउन बुधबार साँझ महायज्ञस्थल र आसपासका क्षेत्रमा दीप प्रज्वलन गरिएको थियो । महायज्ञ सफल पार्नकै लागि असोज ६ गते बृहत मोटरसाइकल र्याली सम्पन्न गरिएको थियो ।

१७ दिन सम्म सञ्चालन हुने महायज्ञमा प्रसिद्ध कथा वाचिकाद्वय गरिमा उपाध्याय र उमा महेश्वरीले कथा वाचन गर्नु भएको छ । आयोजक संस्थाका संस्थापक अध्यक्ष एवं चर्चित श्रीमद भागवत वाचक बालयोगेश्वर विजयमूर्ति महाराजले महायज्ञ ऐतिहासिक हुने र यसले भक्तपुरलाई चिनाउने दावी गर्दै महायज्ञमा श्रीमद भागवतका कथाका अलवा स्वदेश तथा विदेशबाट आएका प्रतिष्ठित बिद्धानले प्रबचन दिने बताउनुभयो ।

महायज्ञका अवसरमा ५०० भन्दा बढी बाल कन्याको पुजन, १००० भन्दा बढी जेष्ठ नागरिकलाई सम्मान, विशिष्ट एवं दानबीरको अभिनन्दन, सयौ जनाको सामूहिक तुलादान, १०८ गौमाताको दुध जम्मा गरी पञ्चामृत तयार गरी वितरण गरिने छ ।
प्रत्येक दिन राष्ट्रिय स्तरका राजनेता र कलाकारको उपस्थिती रहने महायज्ञमा रात्रीको समयमा रामलीला, कृष्णलीला, भरत नाट्यम, नृत्य, धर्म संस्कृति र पहिचान झल्कने साँस्कृतिक झाँकी, देश विदेशका ख्याती प्राप्त सन्त, महात्मा, धर्मगुरुको प्रवचन हुनेछ । महायज्ञमा पाँच लाखबढी भक्तजको उपस्थिति हुने र पाँच करोड रूपैयाँ आर्थिक सहयोग संकलन हुने अनुमान गरिएको उहाँले जानकारी दिनुभयो । महायज्ञमा दैनिक पाँच हजार भक्तजनलाई निस्शुल्क प्रसाद बितरण गरिने छ ।

महायज्ञ सफल बनाउन १०८ सदस्यीय मूल आयोजक समिति र स्थानीय समाजसेवी केशरबहादुर खड्काको संयोकत्वमा १००८ सदस्यीय मूल आयोजक समारोह समिति गठन गरी विभिन्न ६० वटा उपसमिति गठन गरिएको छ । हाल ३० जना अट्ने क्षमता रहेको आश्रमको क्षमता बृद्धि गरी १०० जनासम्म बस्नसक्ने आश्रम निर्माण गरिने लक्ष्य राखिएको छ ।



काठमाडौँ, ११ असोज : राष्ट्रपति रामचन्द्र पौडेलले ईन्द्रजात्रा अवलोकन गर्नुभएको छ । सांस्कृतिक एवं ऐतिहासिक पर्व इन्द्रजात्राका अवसरमा राष्ट्रपति पौडल जुद्ध सालिकदेखि पैदल हनुमाढोका दरबार क्षेत्रस्थित गद्दबैठक जानु भई जात्रा अवलोकन गर्नुभएको उहाँका प्रस सल्लाहकार किरण पोखरेलले जानकारी दिनुभयो ।
इन्द्रजात्रा अवलोकन गर्न राष्ट्राध्यक्ष जुद् सालिकबाट पैदल गएको यो पहिलोपटक हो । यसअघिका राष्ट्रपति र राजा गद्द बैठकअघिसम्म नै गाडीमा जाने गर्नुभएको थियो । जात्रा अवलोकन गर्न उपराष्ट्रपति रामसहाय प्रसाद यादव, प्रधानन्यायधीश विश्म्रप्रसाद श्रेष्ठ, सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनालगायत मन्त्रीगण, सांसद, प्रदेशसभा सदस्य, स्थानीय तहका जनप्रतिनिधिलगायत सहभागी पनि पैदल नै गद्द बैठकसम्म जानुभएको थियो ।
जात्राका अवसरमा राष्ट्रपति पौडेलले श्रीगणेश, श्रीभैरव र श्रीकुमारीको रथमा दक्षिणा चढाई यात्रा गराउने अनुमति दिनुभएको थियो । यसपछि श्रीगणेश, श्रीभैरव र श्रीकुमारीको रथयात्रा गरिएको थियो । भाद्र शुक्ल द्वादशीका दिन मङ्गलबार बिहान हनुमानढोका दरबार क्षेत्रमा इन्द्रध्वजोत्थान गरी सुुरु भएको इन्द्रजात्राको आज मुख्य दिन हो । आज तल्लो टोलमा रथयात्रा चलाइने गुठी संस्थान काठमाडौँ शाखाले जनाएको छ ।
शुक्रबार माथिल्लो टोलमा रथयात्रा गरिने
असोज १५ गते महिलाले मात्र रथ तानी नानीचा यात्रा चलाइने छ । यसै दिन बेलुकी राष्ट्रपति पौडेल हनुमानढोका दरबार जानु भई कुमारीबाट टीका एवं प्रसाद ग्रहण गर्नुहुनेछ । टीकाप्रसाद ग्रहण गरेपछि राष्ट्राध्यक्षले कुमारीसँग खड्ग साट्ने परम्परासमेत छ ।

असोज १५ गते सोमबार राति ८ः३७ बजे इन्द्रध्वज पातन गरेपछि दुई हप्ताभन्दा लामो इन्द्रजात्रा समाप्त हुन्छ । पातन गरेपछि इन्द्रजात्राको लिङ्गोलाई टेकु दोभानस्थित बाग्मती किनारमा सेलाइन्छ । लिङ्गो सेलाउन घिसारेर लैजाने परम्परा छ । नेपाल पञ्चाङ्ग निर्णायक समितिले निकालेको साइतमा लिङ्गोका लागि रुख काट्न वनयात्रा गरेपछि यो जात्राको प्रक्रिया सुरु हुन्छ । वनयात्रा, रुख कटान, लिङ्गो नगर प्रवेश लगायतको विधिपछि भाद्र शुक्ल द्वादशीका दिन इन्द्र ध्वजोत्थान गरिन्छ ।
इन्द्रजात्रा प्रताप मल्लको पालामा सुरु भएको विश्वास गरिन्छ । इन्द्रजात्रामा रथयात्राको चलन भने राजा गुणकामदेवले सुरु गर्नुभएको थियो । उपत्यकामा मनाइनेमध्ये यो लामो जात्रा हो । वर्षा र सहकालका देवताका रुपमा पूजिने इन्द्रको आज विधिपूर्वक पूजा आज पनि गरिएको थियो । जात्राका अवसरमा लाखे नाच, दशअवतार नाच लगायत, महाकाली नाच, रामचन्द्र नाच, पुलुकिसी नाचलगायत सांस्कृतिक झाँकी, नाचगान हुने गर्छ । यस पर्वका अवसरमा काठमाडौँ उपत्यकामा सार्वजनिक बिदा दिइएको छ ।













