परमेश्वरको मण्डलीद्वारा भोटेकोशी बाढीपीडितलाई आपत्कालीन राहत

– नारायण थापा

नुवाकोट, २२ असोज । परमेश्वरको मण्डली विश्व सुसमाचार समाजले भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित रसुवा र नुवाकोटका बासिन्दाका लागि आपत्कालीन राहत सामग्री सहयोग गरेको छ।

मण्डलीले बाढीपीडितका लागि नुवाकोटको विदुरस्थित जिल्ला प्रशासन कार्यालयमार्फत राहत सामग्री हस्तान्तरण गरेको हो। राहत सामग्रीमा १५ हजार २५० किलो चामल, ६ हजार १२५ किलो दाल र २ हजार लिटर खाने तेल रहेका छन्।

कार्यक्रममा जिल्ला प्रशासन कार्यालयका प्रशासकिय अधिकृत होमनाथ दाहालले परमेश्वरको मण्डली विश्व सुसमाचार समाजले आज बाढीबाट प्रभावित परिवारको लागि आज राहत स्वरुप चामल, दाल र तेल हस्तान्तरण गर्नुभएको छ । हाल दशैको समयमा खाद्यान्न अभाव भएको उचित समयमा राहत वितरण गर्नुभएको छ । राहत वितरण गर्न यहाँसम्म आउनुभएको सबै परमेश्वरको मण्डली विश्व सुसमाचार समाजका सबै सदस्यहरुलाई धन्यवाद दिनुभयो ।

यस्तैगरी कार्यक्रममा पुर्वधार विकास कार्यालय नुवाकोटका इन्जिनियर रबिन खातीले परमेश्वरको मण्डली विश्व सुसमाचार समाजले आज बाढी पिढितका लागि खाद्यान्न ल्याउनुभएको छ, यसले खाद्यान्नको अभाव भएको यस जटिल अवस्थामा राहत वितरण गर्नुभएकोमा मणडलीलाई धन्यवाद व्यक्त गर्नुभयो ।

कार्यक्रममा विदुर नगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष निलम बाबु ढुङ्गेलले परमेश्वरको मण्डली विश्व सुसमाचार समाजले आपत्कालिन अवस्थामा राहत आएको थियो हाल दाताहरुको कमिले खाद्यान्नको चरम अभाव भएको अवस्थामा तपाईहरुले आज खाद्यान्न ल्याईदिनुभयो । आज मात्र नभएर अन्य समयमा पनि सहयोगको अपेक्षा राखेका छौ आउने दिनहरुमा हाम्रो नगरपालिका र वडाको तर्फबाट गर्नुपर्ने सहयोगहरु गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

बाढीबाट प्रभावित परिवारको दैनिक जीवनयापनमा सहयोग पुर्‍याउने तथा खाद्य आवश्यकतालाई केही हदसम्म सम्बोधन गर्ने उद्देश्यले राहत सामग्री उपलब्ध गराइएको मण्डलीले जनाएको छ।

गत भदौ १० मा आएको भोटेकोशी बाढीका कारण रसुवा, नुवाकोटलगायत नदी तटीय क्षेत्रमा मानवीय तथा भौतिक क्षति भएको थियो। बाढीका कारण घर, सडक, पुल तथा अन्य आधारभूत संरचनामा क्षति पुगेको थियो। सरकारको प्रारम्भिक सर्वेक्षणअनुसार करिब ७ हजार ५७० घरमा क्षति पुगेको र करिब ३२ हजार ९०० जना प्रभावित भएको उल्लेख गरिएको छ।

मण्डलीका अनुसार उक्त राहत सहयोग जलवायु उत्थानशीलताका लागि सञ्चालन भइरहेको ‘द्यगष्मि ज्यउभ१’ अभियानअन्तर्गत गरिएको हो। अभियानले बाढी, भारी वर्षा, अत्यधिक गर्मीलगायत जलवायुजन्य विपद्बाट प्रभावित समुदायलाई तत्काल सहयोग गर्नुका साथै विपद्को जोखिम न्यूनीकरण र स्थानीय समुदायको जलवायु उत्थानशीलता बढाउने उद्देश्य राखेको छ।

मण्डलीका एक प्रतिनिधिले विपद्का कारण परिवार तथा जीवनयापनको आधार गुमाएर कठिनाइमा रहेका प्रभावितप्रति सहानुभूति व्यक्त गर्दै राहत सहयोगले उनीहरूको दैनिक जीवन पुनःस्थापना गर्न केही भए पनि सहयोग पुग्ने विश्वास व्यक्त गरे। आगामी दिनमा पनि स्थानीय समुदायसँग सहकार्य गर्दै विपद्बाट प्रभावित नागरिकलाई आवश्यक सहयोग गर्ने प्रतिबद्धता उनले जनाए। राहत सामग्री हस्तान्तरण कार्यक्रममा सहभागी मण्डलीका विश्वासीहरूले पनि बाढीपीडितहरू छिट्टै सामान्य दैनिक जीवनमा फर्कन सकून् भन्ने कामना गरेका थिए।

परमेश्वरको मण्डलीका विश्वासीहरूले नेपालमा यसअघि पनि आपत्कालीन राहत, रक्तदान, वातावरण सरसफाइ तथा पुनःस्थापनालगायत विभिन्न सामाजिक सेवाका गतिविधि सञ्चालन गर्दै आएको जनाइएको छ। सन् २०१५ को विनाशकारी भूकम्पका समयमा खाद्यान्न तथा दैनिक उपभोग्य सामग्री सहयोग गर्नुका साथै प्रभावित क्षेत्रको पुनःस्थापना र भूकम्पबाट क्षतिग्रस्त विद्यालयहरूको पुनर्निर्माणमा समेत सहयोग गरेको मण्डलीको भनाइ छ।

मण्डलीका अनुसार नेपालमा हालसम्म ७२ हजार ६८८ जनाले १ हजार ८४ वटा सामाजिक सेवाका गतिविधिमा सहभागिता जनाएका छन्। मानवीय तथा सामाजिक सेवाका गतिविधिका लागि बागमती प्रदेशको सामाजिक विकास मन्त्रालय, बुढानीलकण्ठ नगरपालिका, नेपाल रेडक्रस सोसाइटीलगायत विभिन्न निकायबाट प्रशंसा तथा कदरपत्र प्राप्त भएको पनि मण्डलीले जनाएको छ।

मण्डलीले बागमती प्रदेशका भरतपुर र काठमाडौं, कोशी प्रदेशको सुन्दरहरैंचा, लुम्बिनी प्रदेशको नेपालगन्ज तथा कर्णाली प्रदेशको वीरेन्द्रनगरलगायत विभिन्न स्थानमा वातावरण सरसफाइ तथा समुदाय केन्द्रित सेवामूलक कार्यक्रम सञ्चालन गरेको जनाएको छ। त्यसैगरी स्थानीय समुदायमा रगतको अभाव कम गर्न नियमित रक्तदान कार्यक्रम पनि सञ्चालन गर्दै आएको छ।

मण्डलीका अनुसार ‘निस्तार(चाडको प्रेम, जीवन बचाउने प्रेम विश्वव्यापी रक्तदान कार्यक्रम’ अन्तर्गत नेपालमा हालसम्म ५४ पटक बृहत् रक्तदान कार्यक्रम आयोजना गरिएको छ।

परमेश्वरको मण्डलीको स्थापना सन् १९६४ मा दक्षिण कोरियामा भएको हो। मण्डलीका अनुसार विश्वका १७५ राष्ट्रका ७ हजार ८०० भन्दा बढी क्षेत्रमा करिब ४० लाख विश्वासी रहेका छन्। मण्डलीले सामाजिक सेवा, वातावरण संरक्षण, रक्तदान तथा विपद् राहतलगायत क्षेत्रमा विश्वव्यापी रूपमा विभिन्न गतिविधि सञ्चालन गर्दै आएको जनाएको छ।
मण्डलीका अनुसार यस्ता सामाजिक तथा मानवीय सेवाका लागि विभिन्न देशका सरकारी तथा गैरसरकारी निकायबाट ६ हजार २०० भन्दा बढी पुरस्कार तथा सम्मान प्राप्त भएका छन्।

मन्त्री तामाङद्धारा दशैं रमाइलो महोत्सव –२०८३ को उद्घाटन, सल्लाघारीमा भव्य रुपमा सुरु भयो, दशै मेला
भक्तपुर, २२ असोज  : वागमती प्रदेशका विना विभागिय मन्त्री ज्ञानबहादुर तामाङले आजबाट भक्तपुरको सल्लाघारीमा सुरु भएको दशैं रमाइलो महोत्सव–२०८३ को उद्घाटन गर्नु भएको छ ।
सल्लाघारीस्थित नेपाल ट्रष्टको चौरमा आयोजना गरेको मेलाको उद्घाटन गर्दै उहाँले दशै तिहार नजिकिदै गर्दा कालो बजारी बढ्ने भएकाले मेलामा सर्वुसुलभ रुपमा सामान उपलब्ध गराउनु पर्ने बताउनुभयो । उहाँले स्थानीय तथा महोत्वले स्थानीय उद्योग, घरेलु उत्पादन र कला संस्कृतिको प्रबद्र्धनमा महत्वपूर्ण योगदान पुर्याउने बताउनुभयो ।
कार्यक्रममा प्रतिष्ठानका बलराम श्रेष्ठले ‘दसैँ रमाइलो महोत्सव–२०८३’ असोज ३० गतेसम्म सञ्चालन हुने बताउदै ७० वटा स्टल रहेको मेलामा गुणस्तरीय खाद्यान्न र लत्ता कपडा आम उपभोक्ताका लागि सहज, सर्वसलुभ रुपमा उपलब्ध गराएको बताउनुभयो ।
मेला आयोजक समितिका संयोजक संगम लामाले एक लाख भन्दा बढी उपभोक्ताले मेलाको अवलोकन गर्ने अपेक्षा गरिएको बताउदै मेलामा दैनिक जीवनमा प्रयोग हुने खाद्यान्न, लत्ता कपडासंगै अटोमोबाइल, जुत्ता–चप्पल, कृषि तथा हस्तकलाका सामग्रीलगायतका बिभिन्न वस्तुहरुको प्रदर्शनी तथा बिक्रीका लागि राखिएको बताउनुभयोे ।
मनोरञ्जनका लागि मेलामा बाल उद्यान, रोटेपिङ, झुला, नाउ, मिनी बञ्जी जम्प, वाटर बल, मिकी माउस, ट्राम्पोलिनलगायतका बिभिन्न खेल तथा मनोरञ्जनका सामग्री राखिएको बताउदै उहाँले दैनिक राष्ट्रिय तथा स्थानीय कलाकारहरूको सांस्कृतिक प्रस्तुति, हास्यव्यङ्य र गीत–गायन तथा नृत्य प्रतियोगिता रहेको बताउनुभयो ।
मेलाले भक्तपुरको आन्तरिक पर्यटनको विकास हुनुका साथै स्थानीय उत्पादन, व्यापार, कला–संस्कृति तथा पर्यटन प्रवद्र्धनमा समेत सहयोग पुग्ने अपेक्षा गरिएको संयोजक लामाले बताउनुभयो ।
देशमा स्थायी शान्तिको कामना गर्दै मध्यपुरमथिमिका सयौ महिलाले पुरा गरे उपत्यकाका चार गणेश मन्दिरको धार्मिक       

भक्तपुर,  १३ असोज।   देशमा स्थायी शान्तिको कामना गर्दै मध्यपुरमथिमिका सयौ महिलाले पुरा गरे उपत्यकाका चार गणेश मन्दिरको धार्मिक यात्रा रमेश गिरी राष्ट्रिय समाचार समिति (रासस) भक्तपुर, १३ असोज : मध्यपुर थिमि नगरपालिका–६ दुवाफल्चा टोलवासी एवम दुवाफल्चा भजन मण्डलको आयोजनामा आज उपत्यकाका चार गणेश मन्दिरको धार्मिक यात्रा तथा विशेष पूजा गरिएको छ  ।     

नेवारी परम्परागत पोसाकमा सजिनएका सयौ महिलाहरुको सहभागितामा बिभिन्न नेवारी बाजासहित मध्यपुरथिमिको दुवाफल्चाबाट आज बिहान सुरु भएको धार्मिक यात्रा चपाचो र सिद्धिकाली हुँदै उपत्यकाका चार गणेश मन्दिरसम्म यात्रा गरेका छन  । भक्तपुरको सूर्यविनायक, चोभारको जलविनायक, काठमाडौंको मरूटोलस्थित अशोकविनायक र चावहिलको चन्द्रविनायक मन्दिर पुगेर नेवारी परम्पराअनुसार वोः छायगु अर्थात् भोज चढाई विशेष पूजा गरिएको सावित्री प्रजापतिले जानकारी दिनुभयो  ।

                                    धिमे तथा बाँसुरी बाजा बजाई परम्परागत नेवारी पोशाक हाकुपटासीमा सजिएका सयौ महिलाहरू लामबद्द भएर आ-आफ्नो गच्छेअनुसार विभिन्न प्रकारका भोजन, फलफूल तथा प्रसाद मन्दिरमा प्रमुख चार गणेशको पूजा गर्दै धार्मिक यात्रा गरेको उहाँले बताउनु भयो ।

मुख्यमन्त्री थापाद्धारा जिब्रो छेड्ने श्रेष्ठलाई रु. दुईलाख सहित सम्मान प्रदान
भक्तपुर, ११ असोज : वागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले मध्यपुरथिमिमा आयोजना गरिएको जिब्रो छेड्ने जात्रामा पाँचौ पटक जिब्रो छेड्ने नगद रु. दुई लाख सहित सम्मान गर्नु भएको छ ।
जात्राको अवसरमा थिमिमा आयोजित कार्यक्रममा उहाँले वीरेन्द्र कसजु श्रेष्ठलाई ऐतिहासिक जिब्रो छेड्ने जात्राको संरक्षणका लागि एवं जिब्रो छेड्ने व्यक्तिलाई प्रोत्साहन स्वरूप प्रदेश सरकारले प्रदान गरेको रु. २ लाख रकम सहित उहाँले सम्मान गर्नु भएको हो ।
श्रेष्ठलाई मुख्यमन्त्री थापाले नगदसहित सम्मान पत्र प्रदान गर्नु भयो भने प्रदेशको उद्योग, पर्यटन तथा यातायात मन्त्री राजेन्द्र प्रजापतिले दोसल्ला ओढाएर सम्मान गर्नुभयो ।
कार्यक्रममा मुख्यमन्त्री थापाले ऐतिहासिक, कला, संस्कृति, मूर्त तथा अमूर्त सम्पदाको संरक्षण, जात्रा, पर्वको संरक्षणका लागि प्रदेश सरकारले समन्वय र सहयोग गर्ने बताउनु भयो ।
उहाँले ऐतिहासिक सम्पदा, पर्व, जात्राले पर्यटकलाई आकर्षित गर्न सक्नु पर्ने भन्दै प्रदेश सरकारले भक्तपुरलाई स्वास्थ्य, शिक्षा र पर्यटनको हव बनाउन बजेटको व्यबस्था गरेको बताउनुभयो ।
भक्तपुरमा आज इन्द्र जात्रा  इन्द्रायणीलाई द्यो छेँ बाट देवराज इन्द्रको खट जात्रा गरि देश घुमाइदै
भक्तपुर,  ९ असोज : भक्तपुर नगरपालिका खौमास्थित इन्द्रायणी द्यो छें अर्थात देवगृहबाट बाजागाजासहित इन्द्रायणी देवताको मूर्तिलाई खटमा विराजमान गराई आज भक्तपुरमा भव्य रुपमा इन्द्र जात्रा सुरु भएको छ ।
इन्द्र जात्राको दिन सुरु आज स्थानीयले इन्द्रायणी देवताको मूर्तिलाई खटमा राखेर खट जात्रा गरि ‘वाचा मुकेगु’ भनी आधा देश परिक्रमा गराई बाजागाजासहित धुमधामसँग इन्द्र दह अर्थात सिद्धपोखरीमा पु¥याएर जात्रा मनाउन सुरु गरेका छन् ।
भक्तपुरको इन्द्र दह अर्थात सिद्धपोखरीमा इन्द्रायणी देवतालाई पुर्याए पछि आज साँझदेखि रातभरि र भोली दिनभर यहाँ भव्य मेला लाग्ने गर्दछ । आज भक्तपुरको बिभिन्न क्षेत्रमा देवतालाई घुमाएर साँझ इन्द्र दह अर्थात सिद्ध पोखरी पुर्याएपछि हजारौको भीडले रातभर जात्रा गरि भोली पूर्णिमामा दिनभर मेला गरि साँझ बाजागाजाका साथ पुनः भक्तपुर नगरपालिका खौमास्थित इन्द्रायणी द्यो छें अर्थात देवगृहमा भित्रयाएर इन्द्र जात्रा सम्पन्न गर्ने परम्परा छ ।
नेपाल सम्बत् २१८ मा इन्द्रदेवले आफ्नो नाममा उपत्यकाकै ठूलो पोखरी निर्माण गराएका कारण यो पोखरीको नाम इन्द्र दह रहन गएको भनाई संस्कृतकर्मी यज्ञराज जोशीले जानकारी दिनुभयो ।
स्वर्गका राजा इन्द्रले स्नान गरेको हुँदा यसको नाम इन्द्र दह रहेको धार्मिक विश्वास छ भन्दै उहाँले यसलाई ‘ञँंकीदह’ पनि भन्ने गरिएको उहाँ बताउनुहुन्छ । यसै दहमा भाद्र शुक्ल चतुर्दशीका ‘चाक मता च्याकेगु’ भनी चारैतिर बत्ती बालेर झिलिमिली बनाउने प्रचलन छ ।
कृष्णदेखि रिसाएका इन्द्रले जनतालाई दुःख दिन ठूलो असिना, पानी पारेपछि कृष्णले गोर्वधन पहाड औंलाले उठाएर जनताको रक्षा गरेको दिनको सम्झनामा स्वरुप पनि इन्द्र दहमा मेला लाग्ने गरेको ईतिहासविद् प्रा.डा. पुरुषोत्तम लोचन श्रेष्ठ बताउनु हुन्छ । राजतन्त्रको पराजय र जनताको विजयीको रुपमा पनि यो जात्रा मनाइने गरेको श्रेष्ठको भनाइ छ ।
शिक्षा मन्त्रालयले वर्षा र बाढीको जोखिमका कारण दुईदिन शैक्षिक संस्थामा विदा र परीक्षा स्थगित गर्न निर्देशन

काठमाडौं, ७ असोज । शिक्षा मन्त्रालयले वर्षा र बाढीको जोखिमका कारण दुईदिन शैक्षिक संस्थामा विदा र परीक्षा स्थगित गर्न निर्देशन दिएको छ । वंगालको खाडीबाट शुरु भएको मौसमी प्रणालीले नेपालमा समेत असर गर्ने प्रक्षेपण भईरहेका बेला शिक्षा मन्त्रालयले विहीबार र शुक्रबार दुईदिन विद्यालय लगायत शैक्षिक संस्थामा विदा दिन निर्देशन दिएको हो ।

बुधबार साँझ मन्त्रालयले दुई छुट्टाछुट्टै सूचना जारी गर्दै असोज ११ सम्मका परीक्षा समेत स्थगित गर्न भनको छ । देशभरका जिल्ला स्थित शिक्षा विकास तथा समन्वय एकाइलाई समन्वय तथा सहजीकरण गर्न भन्दै चार बुँदे निर्देशन दिएको छ ।

चार बुँदे निर्देशनमा सबै विद्यार्थी एवम् बालबालिका, शिक्षक तथा कर्मचारी सुरक्षित रहने गरी असोज ८ र ९ गते स्थानीय तहसँगको समन्वयमा आवश्यकतानुसार विद्यालय बिदा गर्नु गराउनुहुन, सबै विश्वविद्यालय र परीक्षा सञ्चालन गर्ने निकायले असोज ९ गतेदेखि ११ गतेसम्म तोकिएका परीक्षा आवश्कतानुसार स्थगित गर्नुहुन, सुरक्षित विद्यालय भवनलाई अस्थायी आश्रयस्थलका रूपमा प्रयोग गर्नु पर्ने अवस्थामा स्थानीय तहलाई सहजीकरण गर्नुहुन र अभिभावकहरूले बालबालिकालाई नदी, खोला, पोखरी तथा पहिरोको जोखिम भएका स्थानमा जान नदिनु मन्त्रालयले सार्वजनिक सूचना जारी गरेको छ ।

जल तथा मौसम विज्ञान विभाग, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र सम्बन्धित क्षेत्रका विज्ञहरूबाट मौसमको पूर्वानुमान भईरहेको छ ।

ऐतिहासिक एवं साँस्कृतिक गुरु श्रीगोपालको निधन, शव यात्रामा उर्लियो हजारौ नागरिक
भक्तपुर, ७ असोज । जिवित सांस्कृतिक धरोहर तथा शताब्दी पुरूषका नामले परिचित ऐतिहासिक एवं साँस्कृतिक गुरु श्रीगोपाल प्रजापतिको आज ९६ वर्षको उमेरमा निधन भएको छ ।
मध्यपुर थिमिका सांस्कृतिक धरोहर, संगीतका साधक तथा ऐतिहासिक र परम्परागत संगीत एवं नृत्यगुरु श्रीगोपाल १९८७ सालमा जन्मिनु भएका उहाँको उपचारको क्रममा आज नेपाल कोरिया मैत्री अस्पतालमा निधन भएको हो ।
थिमि कला परिषद्का संस्थापक अध्यक्ष, मध्यपुर थिमिमा नागरिक अभिनन्दनबाट विभूषित, साँस्कृतिक धरोहरका रुपमा परिचित श्रीगोपाल भैरब नाच, महाकाली नाच, अष्ट मातृका नाच, लाखे नाचलगायत बिभिन्न लोपोन्मुख नाचहरु र धिमे बाजा धाँ बाजा, मादल, बाँसुरी र विभिन्न बाजाको संरक्षणदेखि पुस्तान्तरण गर्दै आउनु भएको परिषद्मा महासचिव ज्ञानराम श्रेष्ठले जानकारी दिनुभयो ।
उहाँको योगदानको कदर गर्दै यसअघि मध्यपुरथिमि भव्य नागरिक अभिनन्दन गरिएको थियो । उहाँको आज अस्पतालदेखि हजारौ स्थानीयको सहभागितामा गरिएको शव यात्रा मध्यपुरका बिभिन्न क्षेत्रको परिक्रमा गर्दै बोडेस्थित घाटमा पुगेर श्रद्धाञ्जली अर्पण गर्दै दाहसंस्कार गरिएको थियो ।
यसवर्ष पनि ३९ वर्षीय विरेन्द्रभक्त श्रेष्ठले पाँचौ पटक जिब्रो छेडेर जात्रा मनाउँने
भक्तपुर, २ असोज । मध्यपुरथिमि नगरपालिका–४ बालकुमारी निवासी ३९ वर्षीय विरेन्द्रभक्त गजू श्रेष्ठले यसवर्ष पनि पाँचौ पटक जिब्रो छेडेर लोपोन्मुख अबस्थामा पुगिसकेको जात्रा एवं परम्परालाई जिवन्त राख्नु हुने भएको छ ।
भाद्र शुक्ल पूर्णिमाको दिन साँझ यहीँ असोज १० गते शनिवार इन्द्रजात्राको भोलिपल्ट साँझ येंया पुन्हिया मेय् प्वाः खनेगु जात्रा अर्थात जिब्रो छेड्ने जात्रामा श्रेष्ठले यसवर्ष पनि जिब्रो छेड्ने जात्रालाई निरन्तरता दिने उहाँले जानकारी दिनुभयो ।
बिचबिचमा चल्दै रोकिदै आएको यो जात्रा २०६३ सालदेखि निरन्तर राकिदै ११ वर्षको अन्तरालपछि २०७४ मा वीरेंद्रभक्तकै अगुवाइमा पुनः सुरु भएको थियो । त्यसयता उनले २०७९, २०८१ र २०८२ सालमा पनि जिब्रो छेडेका थिए भने यसवर्ष पनि जिब्रो छेडेर जात्रालाई निरन्तरता दिनु हुने भएको हो ।
२०७५ सालमा बालकराम श्रेष्ठले एकपटक जिब्रो छेडाएको र कोरोना महामारीले रोकिएकोमा २०७९ मा वीरेंद्रभक्तले पुनः जात्रालाई निरन्तरता दिनु भएको हो । मध्यपुर थिमिका कृष्ण नानिचा श्रेष्ठले २०५२, ०५७ र ०६३ मा जिब्रो छेडाउन भएको थियो ।
आर्थिक अभावका कारण चल्दै र रोकिदै आएको यो जात्रा सञ्चालनमा करिब ६ लाख रुपैयाँभन्दा बढीको खर्च हुने र नगरपालिकाले सहयोग गरेको भन्दा बढी रकम जिब्रो छेड्ने व्यक्ति र स्थानीयले खर्च गर्दै आएको छ ।
जात्राको क्रममा मध्यपुरथिमिको दिगुभैरब मन्दिरको डबलीमा हजारौ व्यक्तिको अगाडि जिब्रो छेडेर जात्रा सुरु हुने भएको छ । जिब्रो छेडेपछि जिब्रो छेड्ने व्यक्तिको ईच्छा अनुसार पशुपतिनाथको मन्दिरसम्म पुग्ने गरेको छ । उहाँले २०८२ सालमा जिब्रो छेडेर सयौ स्थानीयका साथमा करिब ३० किलोको महाद्धिप बोकेर खाली खुट्टा नै पशुपतिनाथका मन्दिरसम्म पुगेर फर्किदा २८ किलोमिटर लामो सडक खाली खुट्टा हिडेरै यात्रा गर्नु भएको थियो ।
उहाँले २०८२ सालमा भने जिब्रो छोडेर दिगुटोलबाट सुरुभएको जात्रा बालकुमारी मन्दिर, तछुटोल, बिष्णुबिर मन्दिर, यमाटोल, मरुटोल, शंखधर चोकथिमि, सूर्यविनाक नगरपालिका–४ मा पर्ने दक्षिण बाराही मन्दिर (क्वाछे) हुदै पुन शंखधर चोक हुदै मुख्य सडकबाट राधे राधे, सल्लाघारी, भक्तपुर नगरपालिका क्षेत्र प्रवेश गर्दै चोङ्गा गणेश, सिद्ध पोखरी, नः पुखु, दरबार स्क्वायर, पाँचतले मन्दिर, सुकुलढोका, दत्तात्रय मन्दिर, क्वाठण्डौ, नवदुर्गा मन्दिर (द्यो छें), साक्वःलान रुट हुँदै पुनः पाँचतले मन्दिर, बंशगोपाल, सिद्ध पोखरी, सल्लाघारी चोङ्गा गणेश मध्यपुरथिमिको निकोसेरा, नगरपालिका चोक, पाटी बिहार, गुङ चिवा, भिमसेन चोक, गणेश स्कुल, नगदेश, सिद्दी गणेश मन्दिर, गार्चा चोक, सिद्धिकाली चोक, सिद्धिकाली मन्दिर, भुलाँखेल, चोडे, दुई पोखरी हुदै बालकुमारी मन्दिरसम्मको १३ किलोमिटरको यात्रा पुरा गरि जिब्रोबाट सियो निकालेर जात्रा बिसर्जन गरिएको थियो ।
किम्बदन्तीअनुसार प्राचिनकालमा थिमिमा भूतप्रेत र पिशाचहरूको आतंक मच्चाएर जथाभावी मानिस मार्ने गरेपछि यसलाई नियन्त्रण गर्न एक जनाको जिब्रो छेडी नगर परिक्रमा गराइएको र त्यसपछि भूत, प्रेत, पिशाच भागेर शान्ति स्थापना भएको भनाई छ ।
भाद्र शुक्ल पूर्णिमाको साँझ, तेलमा डुबाइएको करिब एक फिट लामो फलामको सियो दिगु भैरव मन्दिरको डबलीमा पूजा गरेर जिब्रो छडेर पुशपतिसम्मको यात्रा गर्दै अन्तिमा पुन : बालकुमारी मन्दिर पुगेर सियो निकाल्ने परम्परा रहेको छ । जात्राले मनाएपछि नगरमा रोग, अनिकाल, प्राकृतिक विपत्तिबाट जोगिने विश्वास रहदै आएको छ ।
नेपालको प्रत्येक ऐतिहासिक कालखण्ड एवं परिवर्तनमा देशको मगर समुदायको भूमिका अतुलनीय छ : मुख्यमन्त्री किरण थापा

पोखरा ३१ भदौ । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले नेपालको प्रत्येक ऐतिहासिक कालखण्ड एवं परिवर्तनमा देशको मगर समुदायको भूमिका अतुलनीय रहेको बताउनु भएको छ ।

नेपाल मगर संघका संस्थापक अध्यक्ष हेमबहादुर पुन मगरको २२ औँ स्मृति दिवसका अवसरमा आज पोखरामा आयोजित कार्यक्रममा सम्बोधन गर्दै मुख्यमन्त्री थापाले यस्तो बताउनु भएको हो ।

नेपालका प्रथम सहिद क्याप्टेन लखन थापाको योगदानको स्मरण गर्दै मुख्यमन्त्री थापा मगरले भन्नुभयो, ‘राणा शासनविरुद्ध लड्ने वा अरु कुनै आन्दोलन होस सबैमा मगर समुदायको विशेष भुमिका रहेको प्रष्ट छ । नेपालको एकीकरणदेखि संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनाको आन्दोलनसम्म मगर समुदायको अतुलनीय र ऐतिहासिक योगदान रहेकाले यो योगदानलाई बिसंन सकिन्न ।’

मुख्यमन्त्री थापाले नेपाल एकीकरणका क्रममा पृथ्वीनारायण शाहसँगै गोर्खा र लमजुङबाट सिपाही बनेर आएका मगरहरू काठमाडौं उपत्यका र आसपासका क्षेत्रमा बसोबास गरेको ऐतिहासिक प्रसङ्ग उल्लेख गर्नुभयो ।

उपत्यकाका विभिन्न पालिकाहरूमा बसोबास गर्ने क्रममा मगर समुदायले आफ्नो भाषा, संस्कृति र संस्कार हराउँदै गएकाले यसको संरक्षण, प्रवर्धन र पुनः उत्थानमा लाग्न उहाँले जोड दिनुभयो ।

उहाँले देश–विदेशका सेना, प्रहरी लगायतका सुरक्षा निकायमा मगर समुदायको ठूलो उपस्थिति र इमानदारिताको उच्च कदर भएको भन्दै नीति निर्माण, राजनीति र उच्च निजामती सेवामा अझ उपस्थिति बढाउनुपर्ने बताउनुभयो । मगर समुदायले एकीकृत भई आफ्नो भाषा, संस्कृति, कला र पहिचान जोगाउन लाग्नुपर्ने उहाँको भनाइ थियो ।

संस्थागत वा व्यक्तिगत रूपमा मगर समुदायको सशक्तीकरण, भाषा–संस्कृति संरक्षणका लागि आफ्नो तर्फबाट सदैव पूर्ण सहयोग रहने उहाँको भनाई थियो ।

प्रतिष्ठानका अध्यक्ष सञ्जिता पुनको अध्यक्षतामा भएको कार्यक्रममा पूर्वमन्त्री तथा प्रतिष्ठानका संरक्षक उत्तम पुन, गण्डकी प्रदेश सभाका पूर्व प्रदेश सभा सदस्य राजिब पहारी लगायत नेपाल मगर संघका केन्द्रीय पदाधिकारी, विभिन्न राजनीतिक दलका प्रतिनिधि लगायतको उपस्थिति रहेको थियो ।

सिन्दुर खेल्दै सूर्यविनायक गणेश रथारोहण एवं रथ जात्रा सुरु 
भक्तपुर, ३० भदौ : गणेश जन्मोत्सवको अवसरमा उपत्यकाका चार विनायक गणेश मध्येको सूर्यविनायक गणेश मन्दिरमा आज मंगलबार बिहानै सिन्दुर खेलेर गणेशको रथ यात्रा गर्दै मनाईने सूर्यविनायक गणेश खट जात्रा सुरु भएको छ ।
भाद्र शुक्ल चतुर्थी (गणेश चतुर्थी) अर्थात भगवाण गणेशको जन्मोत्सवको अवसरमा आज सूर्यविनायक नगरपालिका वडा नं. ६ र ८ का बासिन्दाले बिहान सूर्यविनायक गणेश मन्दिरमा भव्य पूजा गरि मूल गणेशको चाँदीको मूर्तीलाई खटमा बिराजमान गराई स्थानीयले पुजा गरृका छन् ।
बिहानैबाट सुरु भएको जात्रामा स्थानीयको पुजा सकिए पछि वागमती प्रदेशका मुख्य मन्त्री किरण थापा मगरको प्रमुख आतिथ्यतामा रथारोहण गरि रथ बोकेर रथ जात्रा सुरु भएको छ । आज दिनभर सूयविनायक वडा नं. ६ र ८ को बिभिन्न टोलको परिक्रमा गरि साँझ पुनः मन्दिरमा ल्याएर पूजा एवं आरती गरि गणेशको मूर्तिलाई खटबाट निकालेर प्रतिस्थापन गरे पछि जात्रा बिसर्जन गरिने सूर्यविनायका नगरपालिका–८ का वडाअध्यक्ष तथा सूर्यविनायक क्षेत्र प्रबन्ध समितिका अध्यक्ष पुष्पराज बस्नेतले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, “पुर्खाले मनाउदै आएको गणेश रथ जात्रा आर्थिक श्रोत नहुँदा वर्षौदेखि रोकिएको थियो, विगत २०७८ सालबाट सुरु भएको यो जात्रा यस वर्ष हजारौ स्थानीयको सहभागितामा सिन्दुर खेल्दै रथ टोल टोल पुर्याएर हर्षोल्लासका साथ मनाउन सुरु गरेका छौ ।” जात्रा मनाउन वडा नं. ६ र ८ कार्यालयको आर्थिक सहयोगमा जात्रा सञ्चालन गर्दै आएको उहाँले जानकारी दिनुभयो ।
गणेशको चाँदीको मूर्तिलाई खटमा राखेर रथारोहन गरी सिन्दुर जात्रा गर्दै मन्दिरको पश्चिम तर्फ राजथला टोलसम्म, पूर्व तर्फ चालिसे गाँऊ गहनादेवी मन्दिरसम्म, उत्तर तर्फ सूर्यविनायक चोक अरनिको राजमार्गसम्मको टोल टोलमा घुमाएर पुनः मन्दिरमा ल्याएर जात्रा सम्पन्न गर्ने परम्परा रहेको उहाँले जानकारी दिनुभयो ।
खट जात्राको क्रममा बिहान मन्दिरमा विधिवत पूजा गरेपछि दर्शनार्थीका लागि मूल गेटमा राखिएको छ । त्यसपछि खट जात्रा गरि टोल टोलमा परिक्रमा गरिन छ । गणेशलाई रथारोहन गराएपछि बाजागाजाका साथ रथ बोकेर परिक्रमा गराउने र जात्रामा सहभागी हजारौ महिला पुरषलाई प्रसद ग्रहण गराउने उहाँले जानकारी दिनुभयो ।