शैक्षिक सत्र २०८० को एसईई चैत पहिलो हप्तादेखि गर्ने निर्णय

भक्तपुर, १५ असोज, राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय (कक्षा(१०) ले शैक्षिक सत्र २०८० को एसईई चैत पहिलो हप्तादेखि गर्ने निर्णय गरेको छ ।

कार्यालयले वार्षिक कार्यातालिका सार्वजनिक गर्दै कक्षा १० को माध्यामिक शिक्षा परीक्षा चैत पहिलो हप्तादेखि वार्षिक परीक्षा सञ्चालन गर्ने र २०८१ असार दोस्रो हप्ता नतिजा सार्वजनिक गर्ने जनाएको छ ।
कार्यालयले प्रकाशन गरेको कार्यतालिका अनुसार माघ पहिलो हप्ता परीक्षाको समय तालिका प्रकाशन गर्ने, कातिक मसान्तसम्म कक्षा ९ को रजिष्ट्रेशन र कक्षा १० को परीक्षा आवेदन फाराम छपाई र वितरण गर्ने, मंसिर मसान्तसम्म कक्षा ९ को रजिष्ट्रेसन र कक्षा १० को परीक्षा आवेदन फाराम भराउने, कातिक मसान्तसम्म २०७९ को रजिष्ट्रेसन फाराम इन्ट्री हुनेछ ।

त्यस्तैगरी पुस मसान्तसम्म २०८० सालको कक्षा १० को आवेदन फाराम इन्ट्री, २०८० सालको कक्षा ९ को रजिष्ट्रेसन फाराम इन्ट्री २०८१ को असार मसान्तसम्म, परीक्षा निर्धारण २०८० को माघ पहिलो हप्ता, सिम्बोल नम्बर कायम गर्ने माघ पहिलो हप्ता, परीक्षा केन्द्र इन्ट्री र रुजु माघ मसान्तसम्म, २०८० सालको आन्तरिक÷प्रयोगात्मक अंक फागुन मसान्तसम्म पठाउने तालिका बनाएको छ । पुरक परीक्षा २०८१ को साउन तेस्रो हप्तामा सञ्चालन हुने जनाएको छ ।

कार्यातालिका अनुसार यो वर्ष विद्यार्थीको उत्तरपुस्तिका परीक्षण तथा सम्परीक्षण २०८१ वैशाखरजेठमा प्रदेश परीक्षण केन्द्रले गर्नेछ । तर, संसदमा पेश भएको ‘विद्यालय शिक्षा सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक’ मा भने एसईई नहुने व्यवस्था गरिएको छ ।

श्रीमदभागवत विराट पितृ मुक्ति महायज्ञमा मन्त्रीदेखि सांसदसम्म
भक्तपुर, १३ असोज । महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री सुरेन्द्रप्रसाद आचार्यले बालबालिका तथा जेष्ठ नागरिकको क्षेत्रमा सबै पक्षले सकारात्मक कार्य गर्नु पर्ने बताउनु भएको छ ।
जेष्ठ नागरिक आश्रम निर्माणार्थ भक्तपुरको चाँगुनारायण नगरपालिका–९ ताथलीमा सञ्चालित श्रीमदभागवत विराट ज्ञान महायज्ञमा बोल्दै उहाँले बालबालिकार जेष्ठ नागरिकको गाँस, बास र कपासका लागि आयोजना गरेको महायज्ञ निकै सह््रायिन रहेको बताउनु भयो ।
उहाँले बालबालिका तथा जेष्ठ नागरिकको क्षेत्रमा जसले काम गरे पनि राम्रो रहने बताउदै उहाँले महायज्ञले लिएको संकल्प पुरा गर्न सबै लाग्नु पर्ने बताउनु भयो । मन्त्री आचार्यले मान्छे अमर हुनको लागि सामाजसंग जोडिएर अगाडि बढ्नु पर्ने औल्याउदै सकारात्मक कार्यमा सबैले साथ दिनु पर्नेमा जोड दिनुभयो ।
त्यसैगरि महायज्ञमा बोल्दै संघीय सुनुवाई समितिका सभापति एवं संघीय सांसद किरणकुमार शाहले जेष्ठ नागरिकको हकहितलेनै धर्म प्राप्ती हुने बताउनु भयो । उहाँले आफ्ना आमाबाबुले धर्म र संस्कृति भन्दा ठूलो अरु केही हुदैन भनेर आफूलाई सिकाएको चर्चा गर्दै उहाँले हिन्दु धर्म एवं संस्कृति माथि कसैले  औला उठाउँछ भने त्यो सह्य नहुने बताउनुभयो ।
सांसद शाहले राजनीति भन्दा माथि उठेर सनातन धर्म र संस्कृतिको बारेमा तीन करोड नेपालीलाई सिकाउनु पर्ने बेला आएको बताउनभयो । सडकमा रहेका बालक तथा जेष्ठ नागरिकलाई निःशुल्क गाँस, बास र कपासको ब्यबस्था गर्नु सनातन धर्म अन्तर्गत पर्ने भन्दै उहाँले महायज्ञको यो अभियानको संकल्प पुरा हुनुपर्ने औल्याउनुभयो ।
कार्यक्रममा ७० वर्ष माथिका जेष्ठ नागरिकलाई सम्मान :
विराट पितृ मुक्ति महायज्ञमा ७० बर्ष माथिका ४० भन्दा बढी जेष्ठ नागरिकलाई सम्मान गरिएको छ । महायज्ञमा सहभागी भएका बिभिन्न जिल्लाबाट आउनु भएका जेष्ठ नागरिकलाई महायज्ञका गुरु एवंसंकल्पकर्ता वालयोगेश्वर श्री विजयमूर्ति महाराज श्रीले जेष्ठ नागरिकलाई सम्मान गर्नु भएको हो ।
छोरीको घर जेष्ठ नागरिक आश्रमको सहयोगार्थ सञ्चालन भएको विराट ज्ञान पितृ मुक्ति महायज्ञको आगामी असोज २७ गतेसम्म सञ्चालन हुने महायज्ञका प्रचार संयोजक टंकमणि भट्टराईले  जानकारी दिनुभयो ।
शैक्षिक सत्र २०८० को एसईई चैत पहिलो हप्तादेखि गर्ने

भक्तपुर, १५ असोज, राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय (कक्षा(१०) ले शैक्षिक सत्र २०८० को एसईई चैत पहिलो हप्तादेखि गर्ने निर्णय गरेको छ ।

कार्यालयले वार्षिक कार्यातालिका सार्वजनिक गर्दै कक्षा १० को माध्यामिक शिक्षा परीक्षा चैत पहिलो हप्तादेखि वार्षिक परीक्षा सञ्चालन गर्ने र २०८१ असार दोस्रो हप्ता नतिजा सार्वजनिक गर्ने जनाएको छ ।
कार्यालयले प्रकाशन गरेको कार्यतालिका अनुसार माघ पहिलो हप्ता परीक्षाको समय तालिका प्रकाशन गर्ने, कातिक मसान्तसम्म कक्षा ९ को रजिष्ट्रेशन र कक्षा १० को परीक्षा आवेदन फाराम छपाई र वितरण गर्ने, मंसिर मसान्तसम्म कक्षा ९ को रजिष्ट्रेसन र कक्षा १० को परीक्षा आवेदन फाराम भराउने, कातिक मसान्तसम्म २०७९ को रजिष्ट्रेसन फाराम इन्ट्री हुनेछ ।

त्यस्तैगरी पुस मसान्तसम्म २०८० सालको कक्षा १० को आवेदन फाराम इन्ट्री, २०८० सालको कक्षा ९ को रजिष्ट्रेसन फाराम इन्ट्री २०८१ को असार मसान्तसम्म, परीक्षा निर्धारण २०८० को माघ पहिलो हप्ता, सिम्बोल नम्बर कायम गर्ने माघ पहिलो हप्ता, परीक्षा केन्द्र इन्ट्री र रुजु माघ मसान्तसम्म, २०८० सालको आन्तरिक÷प्रयोगात्मक अंक फागुन मसान्तसम्म पठाउने तालिका बनाएको छ । पुरक परीक्षा २०८१ को साउन तेस्रो हप्तामा सञ्चालन हुने जनाएको छ ।

कार्यातालिका अनुसार यो वर्ष विद्यार्थीको उत्तरपुस्तिका परीक्षण तथा सम्परीक्षण २०८१ वैशाखरजेठमा प्रदेश परीक्षण केन्द्रले गर्नेछ । तर, संसदमा पेश भएको ‘विद्यालय शिक्षा सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक’ मा भने एसईई नहुने व्यवस्था गरिएको छ ।

मध्यपुरथिमिमा सम्पदा पदयात्रा–२०२३ को उद्घाटन गर्दै प्रदेश पर्यटन मन्त्री महर्जनले भने : सम्पदामा पर्यटक भित्रर्याऔँ

भक्तपुर, १३ असोज : विश्व मुटु दिवसको अवसरमा “मुटुको प्रयोग गर्नुहोस् मुटुकोबारेमा थाहा पाउनुहोस्” भन्ने नाराका साथ मध्यपुरथिमिमा आज तीन घण्टा लामो सम्पदा पदयात्रा (ज्भचष्तबनभ ध्बपि–द्दण्द्दघ) आयोजना गरिएको छ ।

आज वागमति प्रदेशका संस्कृति तथा पर्यटन मन्त्री पुकार महर्जनले थिमि शंखधर चोकमा रहेको शंखधर साख्वाको शालिकमा माल्र्यापण गर्दै उद्घाटन गर्नु भयो । उहाँले नेपालको आथिएक मेरुदण्ड बलियो बनाउने आधार पर्यटन भएकाले यहाँका ऐतिहासिक एवं पुरातात्विक सम्पदाको अवलोकनका लागि पर्यटकलाई ल्याउन सक्ने वातावरण बनाउनु पर्ने बताउनु भयो । उहाँले सम्पदास्थलमा पर्यटनको विकास गर्न सके आर्थिक विकास हुने बताउनुभयो ।

लायन्स क्लब अफ भक्तपुर बालकोट, लायन्स क्लब अफ भक्तपुर मेरिगोण्ड, लायन्स क्लब अफ भक्तपुर चाँगुनारायण, लायन्स क्लब अफ भक्तपुर प्रिन्सिपल र लायन्स क्लब अफ भक्तपुर नीलकंठेश्वरले संयुक्त रुपमा मानव मुटु बचाउने सन्देश प्रवाह गर्ने मुख्य उदेश्यसहित सम्पदा पदयात्रा आयोजना गरेको लायन्स इन्टरनेशनल डिस्ट्रक ३२५ एच एमडि ३२५ चिफ चार्टर प्रिसिडेण्ट एमजेएफको संयोजक एवं कार्यक्रम संयोजक उद्धव सिलवालले बताउनुभयो ।

सम्पदा पदयात्रा शंखधर चोकबाट सुरु भएको पदयात्रा बालकुमारी मन्दिर, दुई पोखरी, भुलाँखेल, पाटी बिहार, सिद्धिकाली मन्दिर, सिद्धि गणेश मन्दिर, नगदेश, बुद्धबिहर नगदेश, नीलकण्ठेश्वोर, टिगनी, नलिबाराही, बोडे, कमलपोखरी हुँदै बोडेको कुमारी मन्दिर परिसरमा पुगेर विविध सांस्कृतिक कार्यक्रमको आयोजना गरि सम्पन्न भएको थियो ।

कार्यक्रम आयोजक समितिको प्रकाशन तथा प्रचारप्रसार उपसमितिका संयोजक तिर्थराज भट्टले पदयात्राका क्रममा सम्पदा अवलोकनसँगै सम्बन्धित सम्पदाविद्बाट यात्रामा सहभागिहरुलाई प्रत्येक सम्पदास्थलमै सम्पदाको महत्वकोबारेमा जानकारी गराएको बताउनु भयो । कार्यक्रममा साँंस्कृतिक झाकी, नृत्य प्रस्तुत गरिएको र मुटु रोगबाट बच्ने एवं बचाउनेबारे जनचेताना प्रवाह गरिएको थियो ।

लाइन्स क्लबका डिस्ट्रिक्ट गर्भनर लायन शम्भु थापाले नेपालमा १५ जिल्लामा ४८ हजार लायन्सका सदस्यहरु रहेको नेपालका लायनहरुकै सहयोगबाट संकलित रकम समाजसृेवामा खर्च भइरहेको बताउनुभयो ।

उहाँले इन्टरनेशनल लायन्स क्लबमार्फत आएको बजेटबाट काठमाडौंका तीनकुनेमा आँखा अस्पताल सञ्चालन गरेको, यसै साताबाट किर्तिपुरमा अत्याधुनिक प्रबिधि जडित ब्लड बैंक सञ्चालनमा ल्याउन लागेको, कयौ अस्पताललाई प्राबिधिक सामाग्री हस्तान्तरण गरेको, अस्पताल विद्यालय भवन निर्माणमा सहयोग गर्दै आएको बताउदै नेपालको सामाजिक बिकासको क्षेत्रमा टेवा पुर्याउदै आएको चर्चा गर्नुभयो ।

समाजमा मुटु रोगी बढेको र किशोर तथा युवा वर्गमा पनि ह्दयघातका बिरामी अत्याधिक बढेकाले मुटु रोगबारे सचेतना दिन र ओझेलमा रहेको मध्यपुरथिमिको सम्पदालाई विश्वमाझ उजागर गर्न सम्पदा पदयात्रा गरिएको संयोजक सिलवालले बताउनुभयो । पदयात्रामा मन्त्री महर्जनसँगै वागमति प्रदेश सभा सदस्यद्धय सकुन्तला श्रेष्ठ, धनेश्वरी श्रेष्ठ, प्रदेश सभाका पूर्व राज्य मन्त्री रजनी जोन्छे, मध्यपुरथिमि नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठ, पूर्व प्रमुख मदनकृष्ण श्रेष्ठलगायतका जनप्रतिनिधि, मेरिगोल्ड स्कुल, चाणक्य कलेजका विद्यार्थी, नेपाल स्काउट, लायन्स क्लबका पदाधिकारी एवं लायनहरुको सहभागिता रहेको थियो ।

बालकरामले हजारौको अगाडि जिब्रो छेडेर गरे पुशपतिको यात्रा

-रमेश गिरी
भक्तपुर, १२ असोज : मध्यपुरथिमि नगरपालिका–५ दिगुली अर्थात दिगुटोलको दिगु भैरब मन्दिर अगाडि साँझदेखिनै मानिसहरुको भीड बढिरहेको थियो ।

आश्विन शुल्क पूर्णिमा अर्थात येँया पुन्हिको दिन आज रात्रीकालिन प्रहरमा मध्यपुरथिमिको लाय्कु दरवार परिसरमा जिब्रो छेडेर थिमिदेखि पशुपति मन्दिरसम्मको यात्रा गरिने भएपछि प्रतक्ष्य रुपमा हेर्न हजारौ मानिसको भीड राती ७ः३० बजेसम्म निकै बाक्लो देखिएको थियो ।
मध्यपुरथिमि नगरपालिकामा दिगु टोलमा ३५० वर्ष भन्दा अगाडिदेखि चल्दै आएको जिब्रो छड्ने जात्रा लोपोन्मुख अबस्थाबाट जोगाउदै यसवर्ष मध्यपुरथिमि नगरपालिका–५ चोडेटोल निवासी बालकराम नानीचा श्रेष्ठले जिब्रो छेडेर मध्यपुरथिमिबाट पशुपतिसम्म पुगेर पुनः फर्किएर बालकुमारी मन्दिरसम्म आउने भएपछि प्रतक्ष्य हेर्न र थिमिदेखि पशुपतिसम्मको यात्रालाई साथ दिन हजारौ स्थानीयवासीको भीड जम्मा भएकोृ थियो ।

मध्यपुरथिमि नगरपालिका–५ चोडेटोल निवासी बालकराम नानीचा श्रेष्ठले दिगु भैरब मन्दिर अगाडि बनाएको स्टेजमा बसेर आज राती ७ ः ४५ बजे हजारौ मानिसको अगाडि जिब्रो छेडाउनु भएको हो । हजारौ जनमानसको अगाडि तीनवटा सियो भएको सुईरोले जिब्रो छेडाएर ४० किलोको महाद्धिप बोकेर थिमिदेखि पशुपतिसम्मको यात्रा सुरु गर्नुभयो ।

जात्रा स्थलमा प्रतक्ष्य रुपमा जिब्रो छेडेको जात्रा हेरेपछि संस्कृति पर्यटन तथा नागरिक उद्यान मन्त्री मन्त्री सुजन किराँतीले यसअघि पत्रपत्रिका र टेलिभिजनतिर मात्रै हेरकोमा आज आज प्रतक्ष्य देख्ने मौका पाएको बताउनु भयो । उहाँले यो जात्रालाई विश्वव्यापी रुपमा ब्राण्डिङ गर्नसके लाखौ पर्यटक ल्याउन सकिने बताउनु भयो ।

“यो जात्रालाई विश्वव्यापी ब्राण्डिङ गरेर लाखौ पर्यटक भित्रयाउन पर्ने रहेछ, आउँदो वर्ष सबैसँग सल्लाह गरेर यसलाई अझै भव्य बनाउनु पर्छ,” मन्त्री किरातीले भन्नुभयो, “संस्कृतिलाई जोगाउन सकेन भने अमर नरहन सक्छ, त्यसैले नेपालमा संस्कृतिलाई पर्यटन उद्योगसँग जोडेर लैजानु पर्र्छ, नेपालको संस्कृतिमा पर्यटन मिसाउनु पर्छ, यसबाट व्यापक रुपमा पर्यटक भित्रयाउन सकिन्छ ।”

मन्त्री किराँतीसमेत पैदलनै पशुपति मन्दिरसम्म पुगेर पशुपति मन्दिर भित्र चाँदीको कचौरामा सुनको चम्चाले जिब्रो छेड्ने बालकरामको जिब्रोले तेल हालिदिने बताउनुभयो । कार्यक्रममा संस्कृति पर्यटन तथा नागरिक उद्यान मन्त्री मन्त्री सुजन किराँती, प्रतिनिधि सभाका सांसद दुर्लभ थापा, वागमित प्रदेश सभा सदस्य सुरेश श्रेष्ठ, प्रतिमा श्रेष्ठ, भुवनकेशरी श्रेष्ठ, पशुपति विकास कोषका सदस्य सचिव डा. मिलनकुमार थापाले प्रतक्ष्य रुपमा जात्रास्थलमा रहेर जात्राको अवलोकन गर्नुभएको थियो ।

बालकरामले भने जिब्रो छेडेर दिगु भैरब मन्दिर अगाडि जिब्रो छेडेर महाद्धिप बोकेर चोडे टोलको कामदेव, महालक्ष्मी, निलवर्ण गणेश, मन्दिरमा दर्शन गरि सिद्धिकालीमाईको मन्दिर हुदै सिद्धिकाली चोक, सानोठिमी, सिनामंगल, महादेव चोक, पेप्सीकोला चोक, एयरपोर्ट १० नं. गेट (पूर्वी गेट), सान बैंकवेट चोक, गुहेश्वरी हुदै पशुपतिनाथको मन्दिर प्रवेश गरि परिक्रमा गर्दै त्यही मार्ग हुदै थिमि आएर बालकुमारी मन्दिरमा दर्शन गरि सियो झिकेर आजको जात्रा सम्पन्न गर्ने येयाँ पुनिहया मेंयः तवनेगु जात्रा व्यबस्थापन समितिका अध्यक्ष चन्द्रभक्त श्रेष्ठले जानकारी दिनुभयो ।

जिब्रो छेडाउनु अगाडि बालकरामले भन्नुभयोे, “यस पटक म इतिहास रच्ने लक्ष्यका साथ जिब्रो छेडाएर पशुपतिसम्म जाने निर्णय गरेको हुँ, यसअघि पहिलो पटक मैले २०७५ सालमा जिब्रो छेडेर थिमि घुमेको थिए, यसवर्ष पशुपतिसम्मको यात्रा पुरा गर्ने आँट गरेको छु, माता बालकुमारीकोे शक्तिले त्यो यात्रा पुरा गर्नेछु ।”

मध्यपुरथिमि दिगुटोलदेखि पशुपतिनाथ मन्दिरसम्मको जादा र आउँदा १७ किलो मिटरको यात्रा पुरा गर्ने उहाँले बताउनुभयो । जिब्रो छेडेर ४० किलो तौलको महाद्धिप बोकेर मध्यपुरथिमिबाट गुहेश्वरी हुदै पशुपति मन्दिर भित्र प्रवेश गरि दर्शन गर्दै पुन मध्यपुरथिमिको बालकुमारी आएर सुईरो निकाल्ने गरि जात्रा सुरु गरेको हो ।

प्रतक्ष्य रुपमा जात्रा हेर्न मध्यपुरथिमिका स्थानीयवासीका साथै भक्तपुर, काठमाडौं, ललितपुर, किर्तिपुर लगायतका बिभिन्न ठाउँबाट जात्रा हेर्न आउनेको धुुइरो लागेको थियो । मध्यपुरथिमिका नगर प्रमुख सुरेन्द्र श्रेष्ठले ३५० वर्ष भन्दा अगाडिदेखि जिब्रो छेडिदै आएको यो जात्रालाई निरन्रता दिन र यसवर्षको जात्रा सहज रुपमा सम्पन्न गर्न नगरपालिकाले आवश्यक सबै सहयोग गर्ने बताउनु भयो ।

उहाँले जात्राका लागि आवश्यक सहयोग रकम उपलब्ध गराएको, जात्रा स्थलमा भीड कम गर्न दुई ठाउँमा प्रोजेक्टर राखेर जात्राको प्रतक्ष्य प्रशारण गर्ने व्यबस्था गरेको र जात्रालाई विजवन्त राख्न नगरपालिकाले आवश्यक सहयोग गर्ने बताउनु भयो ।

नगरपालिकाका उपप्रमुख विजयकृष्ण श्रेष्ठले मध्यपुरथिमिको ऐतिहासिक पहिचानलाई यो जात्राले विश्वभर फैलाउने बताउदै यस्ता जात्रा परम्परा जोगाउन सरकारको पनि साथ र सहयोग आवश्यक रहेको बताउनुभयो । ऐतिहासिक यो जात्रा वि. सं २०२६ सालदेखि लोप भएपनि वि.सं. २०५० सालबाट मध्यपुरथिमि चोडे टोल निवासी कृष्णनानी श्रेष्ठले तीन पटक जिब्रो छेडाएर जात्रालाई पुर्नजीवन दिएको बताउनुभयो ।
त्यसपछि वि.सं २०६३ सालदेखि सञ्चालन हुन नसकेकोमा वि.सं. २०७४ मा मध्यपुरथिमि –४, बालकुमारी निवासी विरेन्द्रभक्त गजु श्रेष्ठले जिब्रो छेडाउनु भएको बताउनु भयो । जात्रामा हजारौको सहभागिता रहेको छ ।

चाँगुनारायणका ताथलीमा बिशाल महायज्ञ सुरु : कलश यात्रामा हजारौको सहभागिता, महायज्ञ स्थलमा भव्य आश्रम बनाउने लक्ष्य, सबैमा सहयोग गर्नए आव्हान

भक्तपुर, ११ असोज । अनाथ, असाह्य, बेसाहारा नागरिकलाई निःशुल्क गाँस, बास र कपास उपलब्ध गराउने उदेश्यले आश्रम निर्माणार्थ चाँगुनारायण नगरपालिका–९ ताथली नालाछापमा विशाल महायज्ञ सुरु भएको छ । ताथलीस्थित छापमा सञ्चालनमा आएको ‘छोरीको घर जेष्ठ नागरिक आश्रम’ मा आजबाट सुरु भएको श्रीमदभागवत पितृ मुक्ति विराट ज्ञान महायज्ञ–२०८० मा १००८ कलश यात्रा गरि महायज्ञको सुरु गरिएको हो ।

चाँगुनारायण नगरपालिका–९ ताथली नालाछापस्थित ‘छोरीको घर जेष्ठ नागरिक आश्रम’ मा आजबाट सुरु भएको महायज्ञको भक्तपुर क्षेत्र नं. २ बाट प्रतिनिधित्व गर्नुहुने प्रतिनिधिसभाका सांसद दूर्लभ थापाले उद्घाटन गर्नु भयो । उहाँले महायज्ञमा बोल्दै आश्रमको निर्माण राज्यले गर्नु पर्ने दायित्व हुँदाहुदै वालयोगेश्वर श्री विजयमूर्ती महाराजजीले महायज्ञ गरेर आ?म निर्माण गर्ने लक्ष्य लिनु सुखद भएको बताउनु भयो ।

उहाँले समृद्ध नेपालमा बाल आश्रम, बृद्धा आश्रम बनाउने, त्यसको संरक्षण गर्ने कार्य सरकार स्वयमको रहेता पनि हाम्रो देशमा यस्तो कार्य राज्यबाट नभएको बताउनु भयो । देशको कमजोर आर्थिक अबस्था र अस्थिर सरकार नहुँदा यस्ता कार्यले गति लिन नसकेको भन्दै उहाँले विजयमूर्ति महाराज श्रीबाट यस्ता कार्यको थालनी भएकोमा निकै खुसि लागेको बताउनुभयो ।

नेपालको संबिधानमा प्रत्येक नागरिकको गाँस, बास र कपासको सुनिश्चितको निश्चित गरे पनि राज्यको सबैमा त्यो अधिकार पुर्याउन नसकेको अबस्थामा सामाजिक एवं धार्मिक व्यक्तित्वले यस्ता महायज्ञ गरेर आश्रम निर्माण गर्नुले संविधानमा गरेको व्यबस्थालाई कार्यान्वयन गर्न टेवा पुगेको बताउनु भयो । अहिले देश विभिन्न आन्दोलनले थिलोथिलो भैरहेको अबस्थामा समृद्ध नेपाल नबन्दासम्म पनि विजयमूर्ति जस्ता युग पुरुषको खाँचो रहेको सांसद थापाले चर्चा गर्नुभयो ।

कार्यक्रममा चाँगुनारायण नगरपालिकाका प्रमुख जीवन खत्रीले आफ्नै नगरपालिकाको ताथलीमा सञ्चालन भएको विराट ज्ञान महायज्ञले नगरपालिकाको शिर उच्च बनाएको बताउनु भयो । चाँगुनारायण नगरपालिका आफैमा धार्मिक स्थलले भरिपूर्ण स्थान हो भन्दै उहाँले विगतदेखि बिभिन्न साँस्कृतिक विभितताले भरिपूर्ण रहेको यस नगरको शिर महायज्ञले उच्च बनाएको बताउनुभयो ।

नगर प्रमुख खत्रीले छोरीको घर जेष्ठ नागरिक आश्रम निर्माणको अभियान चाँगु नगरबासी मिलेर साकार पार्ने बताउदै उहाँले चागुनारायण नगरपालिकाले आगामी २०८२ साललाई धार्मिक पर्यटन बर्ष मनाउने तयारीमा रहेको पनि बताउनु भयो । कार्यक्रममा वागमति प्रदेशका प्रदेश सदस्य सुरेश श्रेष्ठ, पूर्व प्रदेश मन्त्री कृष्णलाल भडेल, नेपाली काँग्रेसका बिभिन्न तहका नेताहरुकोसहभागिता रहेको थियो । कार्यक्रममा धार्मिक प्रवचनका साथै साँस्कृतिक एवं धार्मिक नृत्यहरु प्रस्तुत गरिएको थियो ।

महायत्रस्थलमा आश्रम बनाउने यस्तो छ लक्ष्य :

देशभरका बेसाहारा, पीडित, दुःखी, अनाथ, असाह्य, अपाङ, निमुखा तथा आधारभुत आवश्यताबाट बञ्चित जेष्ठ नागरिकका लागि विशाल आश्रम निर्माणको गर्ने उदेश्यले आजबाट सुरु भएको १७ दिने विराट ज्ञान महायज्ञ २७ गतेसम्म सञ्चालन हुने छोरीको घर जेष्ठ नागरिक आश्रमका प्रमुख वालयोगेश्वर विजयमूर्ति महाराज श्रीले जानकारी दिनुभयो ।

उहाँका अनुसार जेष्ठ नागरिकको विशाल आश्रम निर्माणको गर्न जमिन खरिद प्रक्रिायसमेत सुरु भइसकेको छ । आश्रम निर्माणका जग्गा खरिद गर्न रु. ५० लाख बैना दिइसकेको र महायज्ञबाट संकलित रकमबाट यसैस्थानमा बृहत आश्रम निर्माण गरि स्थानीइ सरकारको रोहबरमा सञ्चालन गरिने बताउनु भयो ।

जेष्ठ नागरिक आश्रम स्थल, वृहत आध्यामिक केन्द्र, प्राकृतिक चिकित्सालय, योग तथा ध्यान केन्द्र, धर्मशाला, संत्संग भवन, पुस्तकालय, सन्त निवास, जेष्ठ नागरिक दिवा तथा रात्रि सेवा केन्द्र, प्रवचन हल, गौशाला, अन्न उत्पादन, बगैचा क्षेत्र तथा निःशुल्क एम्बुलेन्स सञ्चालन गर्ने बृहत योजना सहित महायज्ञ सचालन गरिएको हो ।

महायज्ञका प्रमुख विजयमूर्ति महाराजले महायज्ञ अबधीभर दैनिक राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका ख्याती प्राप्त सन्त माहात्मा, विद्धान विदुषि, प्रसिद्ध कथा वाचक, धार्मिक प्रवचन, बिभिन्न वाचक, वाचिकाका मुखारबिन्दुबाट कथा वाचन हुने जानकारी दिनुभयो । महायज्ञ सुरु हुनु पूर्व गत शनिवार मोटरसाइकल र्यालीको आयोजना गरिएको थियो भने महायज्ञ सुरु भएको दिन आज १००८ भन्दा बढी कलशसहितको बृहत कलश यात्रा आयोजना गरिएको थियो ।

बाजागाजा र सांस्कृतिक झाँकीसहित आयोजना गरिएको कलश यात्रामा सहभागि दुई हजारभन्दा बढी नागरिकले नगरपालिकाका बिभिन्न क्षेत्रहरुको भ्रमण गरि पुनः महायज्ञस्थलमा आएको थियो । महायज्ञलाई सफल बनाउन बुधबार साँझ महायज्ञस्थल र आसपासका क्षेत्रमा दीप प्रज्वलन गरिएको थियो । महायज्ञ सफल पार्नकै लागि असोज ६ गते बृहत मोटरसाइकल र्याली सम्पन्न गरिएको थियो ।

१७ दिन सम्म सञ्चालन हुने महायज्ञमा प्रसिद्ध कथा वाचिकाद्वय गरिमा उपाध्याय र उमा महेश्वरीले कथा वाचन गर्नु भएको छ । आयोजक संस्थाका संस्थापक अध्यक्ष एवं चर्चित श्रीमद भागवत वाचक बालयोगेश्वर विजयमूर्ति महाराजले महायज्ञ ऐतिहासिक हुने र यसले भक्तपुरलाई चिनाउने दावी गर्दै महायज्ञमा श्रीमद भागवतका कथाका अलवा स्वदेश तथा विदेशबाट आएका प्रतिष्ठित बिद्धानले प्रबचन दिने बताउनुभयो ।

महायज्ञका अवसरमा ५०० भन्दा बढी बाल कन्याको पुजन, १००० भन्दा बढी जेष्ठ नागरिकलाई सम्मान, विशिष्ट एवं दानबीरको अभिनन्दन, सयौ जनाको सामूहिक तुलादान, १०८ गौमाताको दुध जम्मा गरी पञ्चामृत तयार गरी वितरण गरिने छ ।

प्रत्येक दिन राष्ट्रिय स्तरका राजनेता र कलाकारको उपस्थिती रहने महायज्ञमा रात्रीको समयमा रामलीला, कृष्णलीला, भरत नाट्यम, नृत्य, धर्म संस्कृति र पहिचान झल्कने साँस्कृतिक झाँकी, देश विदेशका ख्याती प्राप्त सन्त, महात्मा, धर्मगुरुको प्रवचन हुनेछ । महायज्ञमा पाँच लाखबढी भक्तजको उपस्थिति हुने र पाँच करोड रूपैयाँ आर्थिक सहयोग संकलन हुने अनुमान गरिएको उहाँले जानकारी दिनुभयो । महायज्ञमा दैनिक पाँच हजार भक्तजनलाई निस्शुल्क प्रसाद बितरण गरिने छ ।

महायज्ञ सफल बनाउन १०८ सदस्यीय मूल आयोजक समिति र स्थानीय समाजसेवी केशरबहादुर खड्काको संयोकत्वमा १००८ सदस्यीय मूल आयोजक समारोह समिति गठन गरी विभिन्न ६० वटा उपसमिति गठन गरिएको छ । हाल ३० जना अट्ने क्षमता रहेको आश्रमको क्षमता बृद्धि गरी १०० जनासम्म बस्नसक्ने आश्रम निर्माण गरिने लक्ष्य राखिएको छ ।

 

जुद्ध बारुण यन्त्र भक्तपुरका सूचना अधिकारीनै पाउदैनन् सूचना 
भक्तपुर,  :  सरकारी कार्यालयका सूचना अधिकारीनै सूचना पाउदैनन् भन्दा पत्याउनै गाह्रो हुन्छ । तर विगत सात महिनादेखि जुद्ध बारुण यन्त्र भक्तपुरका सूचना अधिकारीले भने यस्तै तितो यथार्थ भोग्दै आउनु भएको छ ।
यस कार्यालयको अबस्था र सेवाकाबारेमा समाचार संकलनका लागि गएको राससका प्रतिनिधिले कार्यालय प्रमुख नासु. लोकबहादर कार्कीलाई कार्यकक्षमा नभेटे पछि सूचना अधिकारी विजयप्रसाद धौभडेलको कार्यकक्षमा पुग्दा आफूले कार्यालयको कुनै सूचनानै नपाउने गरेको गुनासो गर्नुभयो ।
जुद्ध वारुण यन्त्र भक्तपुर कार्यालयका कयौ पटक कार्यवाहक प्रमुख, दुई पटक कार्यालय प्रमुखको जिम्मेवारी सम्हालिसक्नु भएका धौभडेल अहिले कार्यालयमा प्रमुख पछिको दोश्रो वरियतामा रहदै सूचना अधिकारीको जिम्मेवारी सम्हाल्दै आउनु भएको छ । आफू नाम मात्रको सूचना अधिकारी भएको भन्दै धौभडेलले आफूले कार्यालयको कुनै सूचना नपाउने गरेकाले सूचना माग्न आउनेलाई सूचना दिन नसकेको बताउनु हुन्छ ।
उहाँले भन्नुभयो, “३८ वर्ष भयो, यहीँ कार्यालयमा सेवा गर्दै आएको, मेरो आफ्नो जिल्लाको दमकल कयौ चुनौती खेप्दै यहाँसम्म पुर्याएका छौँ, यहाँ धेरै कार्यालय प्रमुखहरु आउनु भो जानु भो, सधै राम्रै भयो, पुराना सरुवा भएर गएपछि नयाँ नआउदा दुई पटक मैले नै प्रमुखको जिम्मेवारी सम्हाले, कयौ पटक कार्यबाहक प्रमुखको जिम्मेवारी सम्हाले, कहि कतैबाट गुनासो आएन, तर अहिले सात महिनादेखि आफ्नै कार्यालयमा अपमान खेप्नु पर्दा मलाई मात्रै होइन यहाँका अधिकांश कर्मचारीको मनोबल गिरेको छ ।”
सूचना अधिकारी धौभडेलसँग कार्यालयकाबारेमा मागेको कुनै सूचना दिन सक्नु भएन । उहाँसँग जे सोधे पनि थाहा छैन हाकिमसँग सोध्नु्स् न भन्ने जवाफ मात्रै आयो । कार्यालय समयमा कार्यालयमा नभएका हाकिमसँग सम्पर्क गर्न खोज्दा सम्पर्क भएन ।
सूचना अधिकारी धौभडेलले भन्नुभयो, “कर्मचारीको बिवरण पनि थाहा छैन,सामान्य प्रक्रिया पनि पुरा नगरी तालिम नलिएका नयाँ कर्मचारी आफैले तोक लगाएर हाकिमले राखेको धेरै पछि थाहा पाए, त्यसको बिबरण पनि आएको छैन, दुई कर्मचारीलाई निस्काषण भएछ, त्यसको कारण पनि थाहा छैन, बिदामा बस्दा कसलाई कामु दिनु हुन्छ, त्यो पनि पत्तो छैन, कति बजेट आएको छ, कति बजेट नगरपालिकाहरुले दिएका छन्, कति खर्च भयो, यहाँकाबारेमा मलाई केही थाहा छैन, सरी है सबै हाकिमलाई सोध्नुस् ।”
यस कार्यालयमा दुई पुरानासहित चार वटा दमकल छन । धौभडेल आफै प्रमुख हुँदा मध्यपुरथिमि नगरपालिकाले खरिद गरेको दमकल र चाँगुनारायण तथा सूर्यविनायक नगरपालिकाले खरिद गरेको एक गरि दुई वटा नयाँ दमकल थप गर्न सफल भएका थिए । ती दुई दमकलको इन्धन, जोखिम भत्ता, मर्मत खर्च तीन नगरपालिकाले व्यहोर्दै आएका छन् ।
यहाँ चार दमकल, तीन वटा पिकअप भ्यान (जसमध्ये एक चल्दैन), एक पानी ट्यांकर, एक जर्मन गाडी रहेका छन् । कार्यालय प्रमुखले कार्यालयको दुई वटा भ्यान आफैले प्रयोग गर्दै आएको कर्मचारी बताउँछन् ।
कार्यालयका सहायक कम्युटर अपरेटर सुवास पोखरेलले १५ जना फायर म्यान, चार जना भारी सवारी चालक, दुई जना हवल्दार र दुई जना क्लिफर, एक नासु, दुई खरिदार, एक सहायक कम्प्युटर अपरेटर र तीन कार्यालय सहयोगी रहेको बताउनुभयो ।
उहाँले यस वर्ष चाँगुनारायण, सूर्यविनायक र मध्यपुरथिमि नगरपालिकाले पाँच÷पाँच लाख रुपैया बजेट दिएको जानकारी पाएको बताउनुभयो । कार्यालयबाट खर्चको बिल पठाए अनुसार नगरपालिकाहरुले रकम भुक्तानी गर्ने गरेको उहाँले बताउनुभयो ।
इन्धनको कुपन भने कार्यालय प्रमुख आफैले बाड्ने र प्रयोग गर्ने गरेकाले वर्षमा कति इन्धन खर्च हुन्छ भन्ने जानकारी सूचना अधिकारी लगायत कसैले नपाएको उहाँको भनाइ छ । धौभडेल आफैले भने तलबबाहेक कार्यालयबाट इन्धनलगायत अन्य कुनैपनि सेवा सुबिधा नलिने गरेको बताउनुहुन्छ ।
विगतमा पूर्वमा सिन्धुपाल्चोक तातोपानीसम्म र नुवाकोटको बञ्चरेडाँडासम्म आगो निभाउन यहाँको दमकल जाने गरेपनि अहिले भने भक्तपुरमै आगोलागी हुँदा पनि काठमाडौं र ललितपुरबाट दकमल मगाउनु पर्ने अबस्था आएको कर्मचारीको गुनासो छ । कर्मचारीले विगत दुई महिनादेखि तलब नपाएको गुनासो पोखरेलले गर्नुभयो ।–––
बाजागाजासहित इन्द्रायणीलाई इन्द्र दह पुर्याई मेला सुरु, रातभरि दिपावली गरि मनाइने
भक्तपुर, ११ असोज : इन्द्र जात्राको तेश्रो दिन आज साँझ भक्तपुरको इन्द्र दह अर्थात सिद्धपोखरीमा इन्द्र देवतालाई बिराजमान गराई पोखरीको वरिपरि दिपावली गरि भव्य इन्द्र जात्रा मेला सुरु भएको छ ।
भक्तपुर नगरपालिका खौमास्थित इन्द्रायणी द्यो छें अर्थात देवगृहबाट बाजागाजासहित इन्द्रायणी देवताको मूर्तिलाई खटमा विराजमान गराई ‘वाचा मुकेगु’ भनी आधा देश परिक्रमा गराइ बाजागाजासहित धुमधामसँग इन्द्र दह अर्थात सिद्धपोखरीमा पु¥याई साँझबाट मेला सुरु भएको छ ।
भाद्र शुक्ल चतुर्थीको दिन साँझ दिपावली गरी मध्यरातिसम्म मेला लाग्ने र भाद्र शुक्ल पूर्णिमाको दिन बिहानैबाट इन्द्रदहमा स्नान गरी इन्द्रको पूजा गर्न दर्शनार्थीको घुइँचो लाग्ने गर्दछ ।
भाद्र शुक्ल चतुर्थीको दिन साँझबाट सुरु हुने मेला पूर्णिमामा दिनभर मेला गरि साँझ इन्द्र देवताको मूर्तिलाई खटमा राखी भक्तपुर देश यात्रा गर्दै द्यों छेमा भित्र्याएपछि मेला सम्पन्न हुने परम्परा रहेको संस्कृति एवं इतिहासविद प्रा.डा. पुरुषोत्तमलोचन श्रेष्ठले जानकारी दिनुभयो ।
नेपाल सम्बत् २१८ मा शक्तिशाली युवराजको रुपमा चिनिएका इन्द्रदेवले आफ्नो नाममा उपत्यकाकै ठूलो पोखरी निर्माण गराएका कारण यो पोखरीको नाम इन्द्र दह रहन गएको उहाँको भनाइ छ ।
स्वर्गका राजा इन्द्रले स्नान गरेको हुँदा यसको नाम इन्द्र दह रहेको धार्मिक विश्वास छ । यसलाई ‘ञँंकीदह’ पनि भनिन्छ । यसै दहमा भाद्र शुक्ल चतुर्दशीका ‘चाक मता च्याकेगु’ भनी चारैतिर बत्ती बाल्ने चलन छ ।
कृष्णदेखि रिसाएका इन्द्रले जनतालाई दुःख दिन ठूलो असिना, पानी पारेपछि कृष्णले गोर्वधन पहाड औंलाले उठाएर जनताको रक्षा गरेको दिनको सम्झनामा स्वरुप पनि इन्द्र दहमा मेला लाग्ने गरेको उहाँले बताउनु भयो । राजतन्त्रको पराजय र जनताको विजयीको रुपमा पनि यो जात्रा मनाइने गरेको श्रेष्ठको भनाइ छ ।
इन्द्र दहमा स्नान गरि समय् अर्थात भोज चढाएर, भाज खाएर यँयापुन्ही मान्ने गर्दछन् । समय अर्थात छ्वय्ला, सारां (कर्कलोको अचार), भिजाएको केराउ, काक्रो लगायतका परिकार विशेष रूपले खाने र साँझ इन्द्रायणीलाई पुनः रथमा विराजमा गराई बाजागाजासहित भक्तपुरको आधा देश परिक्रमा गराई देवगृह भित्र्याए पछि मेला सम्पन्न हुने परम्परा रहेको छ ।
नेकपा (एमाले) मधेस प्रदेश अधिवेशनका लागि नारा र लोगो सार्वजनिक

महेन्द्रनगर (धनुषा), ११ असोज : नेकपा (एमाले) मधेस प्रदेश समितिको यही असोज २४ र २५ का लागि तय भएको अधिवेशनको लोगो र नारा सार्वजनिक गरिएको छ ।

जनकपुरधाममा आज आयोजित पत्रकार सम्मेलनमा एमाले सचिव एवं मधेस प्रदेश इन्चार्ज योगेश भट्टराई, पोलिटब्यूरो सदस्यद्वय लीलानाथ श्रेष्ठ र जुलीकुमारी महतोले संयुक्तरूपमा नारा र लोगो सार्वजनिक गर्नुभएको हो । अधिवेशनको नारा ‘सामाजिक न्याय र सुशासन हाम्रो कार्यभार, मधेसको स्वाभिमान र समृद्धिका लागि एमाले सरकार’ तय गरिएको छ ।

लोगोमा हँसियाभित्र मधेस प्रदेशको सांस्कृतिक एवं धार्मिक विविधिताको सम्मान, उद्योग, कृषि, पर्यटनजस्ता क्षेत्रमा तीव्र विकासको आवश्यकता झल्काउने स्थल तथा क्षेत्रलाई राखिएको एमालेले जनाएको छ ।

पत्रकार सम्मेलनमा पार्टी सचिव एवं मधेस प्रदेश इन्चार्ज भट्टराईले यही असोज २४ र २५ गते जनकपुरधामस्थित महेन्द्र नारायण निधि संस्कृति केन्द्रमा हुने अधिवेशनको उद्घाटन पार्टी अध्यक्ष केपी शर्मा ओलीले गर्ने र अधिवेशनले दुई सय १० सदस्यीय प्रदेश कमिटी चयन गर्ने जानकारी दिनुभयो ।

भट्टराईले विगत छ वर्षमा सरकारले गरेका क्रियाकलापका आधारमा मधेस प्रदेशमा सुशासनको प्रत्याभूति, समृद्ध मधेसको निर्माण र मधेसको स्वाभिमानलाई माथि उठाउन एमाले सरकारको अपरिहार्यता महसुस गरी अधिवेशनको नारा तय भएको र यसैलाई विसं २०८४ को चुनावमा पनि प्रयोग गरिने बताउनुभयो ।

अधिवेशनमा एक हजारभन्दा बढी प्रतिनिधिको सहभागिता रहने र प्रतिनिधि छनोटका लागि प्रदेश कमिटी अध्यक्ष रामअवतार यादवको संयोजकत्वमा समिति बनाई प्रदेशका एक सय ३६ वटै पालिकामा निर्वाचन समितिसमेत गठन गरिएको पत्रकार सम्मेलनमा वितरित प्रेस विज्ञप्तिमा उल्लेख छ ।

हुम्लाको बाटो भएर कैलाश मानसरोवरको दर्शन गर्ने व्ययस्था मिलाइन्छ : प्रधानमन्त्री दाहाल

कैलाश मानसरोवर (चीन), ११ असोज : चीनको औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको हुम्लाको बाटो भएर हिन्दूहरूको पवित्र तीर्थस्थल कैलाश पर्वत र मानसरोवर तालको सजिलै भ्रमण गर्न सकिने व्यवस्था मिलाइने बताउनुभएको छ ।

प्रधानमन्त्री दाहाल आज कैलाश पर्वत र मानसरोवर ताल क्षेत्रको स्थलगत अवलोकनका लागि त्यहाँ पुग्नुभएको थियो । सो भ्रमणपछि संक्षिप्त प्रतिक्रिया दिँदै उहाँले हिन्दू तीर्थयात्रीहरूको यस पवित्रस्थलको दर्शन एवं अवलोकनका लागि नेपालको बाटो भएर आउन सकिने गरी व्यवस्था मिलाइने बताउनुभयो ।

उहाँले नेपाली, भारतीय र अन्य देशका पर्यटक एवं तीर्थयात्रीले समेत हुम्लाको बाटो भएर सजिलै भ्रमण गर्न पाउने व्यवस्थाका लागि चीन सरकारसँग सैद्धान्तिक सहमति भइसकेको जानकारी पनि दिनुभयो । हिन्दू धर्मग्रन्थहरूमा उल्लेख भएअनुसार कैलाश पर्वतलाई देवहरूका पनि देव, महादेव रहने स्थान एवं अन्य देवी–देवताहरूले पनि स्पर्श गर्नुभएको पवित्र भूमि मानिन्छ । त्यसैले कैलाश पर्वत र यस क्षेत्रलाई हिन्दू धर्मावलम्बीहरूले पवित्र तीर्थस्थलका रूपमा लिने गरेका छन् ।

चीनको स्वशासित क्षेत्र तिब्बतको पश्चिम भाग ङारीबाट कैलाश मानसरोवर क्षेत्र करिब दुई सय ५० किलोमिटर टाढा रहेको छ । उता नेपालतर्फबाट भने नेपालको हुम्ला सदरमुकाम सिमकोटबाट एक सय ६० किलोमिटरमात्रै टाढा रहेको छ । नेपालतर्फबाट सिमकोटको बाटो भएर कैलाश मानसरोवरको यात्रा गर्दा ट्रयाकमात्रै खोलिएको सडक रहेकाले यात्रा असहज हुने गरेको छ । कैलाश पर्वतबाट केही तल तिब्बती भागमै मानसरोवर ताल रहेको छ । मानसरोवर ताल पनि हिन्दूहरूका लागि पवित्र तीर्थस्थल हो ।

कैलाशपति महादेव तथा देवी–देवताहरूले मानसरोवर तालमा स्नान गर्ने गरेको वैदिक सनातन मान्यता पनि पाइन्छ । यस तालमा अहिले नुहाउन भने प्रतिबन्ध गरिएको छ । चीनको तिब्बततर्फबाट भन्दा नेपालको हुम्लातर्फबाट कैलाश मानसरोवरको यात्रा गर्न नेपाली र भारतीय पर्यटकहरूलाई सहज हुने देखिएको छ । खर्च, यात्रा गर्नुपर्ने दूरी तथा भिसालगायत थुप्रै दृष्टिकोणबाट हुम्लाको बाटो भएर यात्रा गर्दा सहज हुनेछ । यसबाट ठूलो जनसङ्ख्या भएको भारतका बहुसङ्ख्यक हिन्दू धर्मावलम्बीहरूलाई पनि निकै सहज हुने र नेपालका लागि पर्यटकीय हिसाबले राम्रो हुनेछ ।

प्रधानमन्त्री दाहाल आजै ल्हासाबाट तिब्बत एयरलाइन्सको उडानमार्फत यहाँ आउनुभएको हो । उहाँ भोलि बिहान चीनको छन्दु जाँदै हुहुन्छ । उहाँका साथमा भ्रमण दलका सदस्यहरू परराष्ट्रमन्त्री एनपी साउद, भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला, राष्ट्रिय सुरक्षा सल्लाहकार शङ्करदाश बैरागी, मुख्यसचिव डा बैकुण्ठ आर्याललगायत सचिवहरू र भ्रमण दलका अन्य सदस्य हुनुहुन्छ ।