रानीकोटको भिजेल हाईल्याण्ड रिसोर्ट एशियाली ट्राभल अवार्ड साटा–२०२६ का लागि मनोनयनमा

उहाँले भन्नुभयो, ‘नेपालमा फस्टाउँदै गएको पर्यटन व्यवायलाई विश्वमाझ पुर्याउन सिंगो नेपाली पर्यटन क्षेत्रका लागि यो महत्वपूर्ण उपलब्धि पनि हो, अन्तर्राष्ट्रियस्तरमा नेपाली होटल तथा रिसोर्टको उपस्थिति बढ्दै जानु नेपालको पर्यटन प्रवद्र्धनका लागि सकारात्मक हो ।’

भक्तपुर, ५ जेठ : नगरकोटपछिको दोश्रो चर्चित पर्यटकीय क्षेत्रको रुपमा पहिचान बनेको भक्तपुरको रानीकोटस्थित भिजेल हाईल्याण्ड रिसोर्ट दक्षिण एशियाकै प्रतिष्ठित एशियाली ट्राभल अवार्ड साटा–२०२६ का लागि मनोनयनमा परेको छ ।
दक्षिण एशियाली पर्यटन तथा होटल उद्योगमा महत्वपूर्ण मानिदै आएको साटा अवार्डले हरेकवर्ष विश्वभरका उत्कृष्ट होटल, रिसोर्ट, ट्राभल कम्पनी, पर्यटन व्यवसायलाई सम्मान गर्दै आएको छ । अवार्डका लागि यसवर्ष रानीकोटस्थित भिलेज हाईल्याण्ड रिसोर्ट मनोनयनमा परेको हो ।
रानीकोटको पर्यटकीय विकासका लागि २० वर्ष अगाडिदेखि निरन्तर लाग्दै आउनु भएका पर्यटन व्यवसायी रामसुन्दर बकेले सञ्चालन गरेको रानीकोटको भिलेज हाईल्याण्ड रिसोर्ट अवार्डका लागि मनोनयमा पर्दा यहाँका पर्यटन व्यवसायी उत्साहित भएको बताउनुभयो ।
पर्यटन व्यवसायी बकेंले भन्नुभयो, ‘नेपालमा फस्टाउँदै गएको पर्यटन व्यवायलाई विश्वमाझ पुर्याउन सिंगो नेपाली पर्यटन क्षेत्रका लागि यो महत्वपूर्ण उपलब्धि पनि हो, अन्तर्राष्ट्रियस्तरमा नेपाली होटल तथा रिसोर्टको उपस्थिति बढ्दै जानु नेपालको पर्यटन प्रवद्र्धनका लागि सकारात्मक हो ।’
नेपालको पर्यटकीय पहिचानलाई विश्वभर पुर्याउँदै विदेशी पर्यटकलाई नेपालमा आकर्षित गर्ने सुनौलो अवसर जुरेको भन्दै उहाँले रानीकोटको प्राकृतिक छटा, शान्त, हरियाली, परिवर्तित मौषम, प्रसिद्ध आठ हिमाल एवं उपत्यकाको मनोरम दृश्यावलोकनले आन्तरिक तथा बाह्य पर्यटकलाई लोभ्याउने गरेको उहाँ बताउनुहुन्छ ।
भक्तपुरको सूर्यविनायक नगरपालिका–८ र काभ्रेको पनौती नगरपालिका–१ र्यालेको संगमस्थलसमेत रहेको रानीकोटमा पर्यटकीय चाप बढेसंगै दर्जन साना तथा ठूला होटल यहाँ थपिएका छन् ।
यहाँबाट काठमाण्डौं उपत्यकासहित लाङटाङ हिमशृंखलासम्मको मनोरम दृश्यावलोकन गर्न सकिन्छ भन्दै उहाँले यहाँ हाइकिङ, नेचर वाक, बर्ड वाचिङ, ग्रामिण पर्यटनको अनुभव लिदै ऐतिहासिक रानीकोट गढीँदेखि प्रसिद्ध बाघ भैरब मन्दिर, घयाम्पेडाँडा, पारीपट्टीको डोलेश्वर महादेव मन्दिर, प्रसिद्ध आशापुरी मन्दिर, बोकाचो गढीसम्मको दुईघण्टासम्मको हाईकिङ्गसमेत गर्न सकिने बताउनुहुन्छ ।
रिसोर्टले आफ्नो आधिकारिक सामाजिक सञ्जालमार्फत साटा २०२६ को मनोनयनबारे जानकारी दिँदै समर्थक तथा शुभेच्छुकलाई अनलाइन भोट गर्दै पर्यटनव्यवसायीलाई उत्साह थप्न आग्रह समेत गरेको छ ।
सन् २०१६ देखि विश्वभरका पर्यटन व्यवसाय र व्यवसायीलाई उत्साह एवं अभिप्रैरित गर्ने उदेश्यले अन्तर्राष्ट्रिय अवार्डको रुपमा सञ्चालन हुँदै आएको दक्षिण एसियाली ट्राभल अवाड्र्स साटा नेपालका लागि पनि अवसरका बन्दै आएको छ ।
नेपाल, भारत, श्रीलंका, माल्दिभ्स, भुटान तथा बंगलादेशलगायत दक्षिण एसियाली मुलुकका पर्यटन तथा होटल व्यवसायबीच साटामा प्रतिस्पर्धा हुने पर्यटन व्यवसायी बकेले जानकारी दिनुभयो ।

 

भक्तपुरमा स्टार्टअप र नवप्रर्वतन उद्यमी विकास सम्मेलन एवं प्रर्दशनी सम्पन्न
भक्तपुर, ३ जेठ : भक्तपुरमा वागमति प्रदेशस्तरीय एक दिवसीय ‘स्टार्टअप र नवप्रवर्तन उद्यमी विकास सम्मेलन’ सम्पन्न भएको छ ।  भक्तपुर उद्योग वाणिज्य संघको आयोजनामा वागमति प्रदेश सरकार उद्योग वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालयको सहकार्यमा आज भक्तपुरमा सम्पन्न सम्मेलनमा युवा उद्यमीहरुले उद्योगको विकास र रोजगारीको अवसर सृजनाकोबारेमा बृहत छलफल भएको थियो ।
सम्मेलनको उद्घाटन गर्दै वागमति प्रदेश उद्योग वाणिज्य, भूमि तथा प्रशासन मन्त्री बिन्दु श्रेष्ठले नवप्रवर्तन उद्यमी विकासमा प्रदेश सरकारले उद्योगीहरुसंग सहकार्य गर्ने गरि अगाडि बढ्न तयार रहेको बताउनुभयो । उहाँले युवा उद्यमीहरुको विकासका लागि प्रदेश सरकारले आवश्पक सहकार्य गर्न तयार रहेको बताउदै युवा पुस्तालाई वैदेशिक रोजगारीमा जान रोक्नका लागि स्वदेशमै रोजगारीको वातावरण बनाउन उद्यमीहरु लाग्नु पर्ने बताउनुभयो ।
कार्यक्रममा भक्तपुरका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकाल, नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष दिलसुन्दर श्रेष्ठ, उद्योग वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालयका सचिव जीवलाल भुसाल, नेपाल उद्योग वाणिज्य महासंघ वागमति प्रदेशका अध्यक्ष वेदबहादुर श्रेष्ठ, उद्योग वाणिज्य संघ भक्तपुरका वरिष्ठ उपाध्यक्ष राजेन्द्रप्रसाद प्रजापतिलगायतले नयाँ उद्यमीका विकासमा तीन तहकै सरकारले सहकार्यका नीति ल्याउँदै दिगो उद्योग व्यबस्थापनका लागि सहयोग गर्नु पर्ने बताउनुभयो ।
सम्मेलनमा वागमति प्रदेश भित्रका ५०० भन्दा बढी युवा उद्यमी तथा व्यवसायीहरु सहभागिता रहेको बताउदै युवा उद्यमीको विकास र नयाँ उद्यमीको प्रवर्दनको अभियान सम्मेलनले सुरु गरेको युवा उद्यमी उपसमितिका संयोजक एवं सम्मेलनका संयोजक कृतन अवालले बताउनुभयो ।  एक व्यवसायीले सुरु गरेको व्यवसायलाई नै अरुले कपि गरेर एउटै व्यवसाय धेरैले सञ्चालन गर्ने प्रबृत्तिको अन्त्य गरि बजारको आवश्यकताको पहिचान गरेर फरक फरक व्यवसाय एवं उद्योग सञ्चालनमा लाग्नु पर्ने सम्मेलनको निष्कर्ष रहेको उहाँले बताउनुभयो ।
सम्मेलनले स्टार्टअप तथा नवप्रवर्तन संस्कृतिका विकास, यवा उद्यामशीलतालाई प्रवद्र्धन, लगानी तथा वजार पहुँच विस्तार, नीति समन्वय एवं नप्रवर्तन मैत्री वातावरण निर्माण गनेैबारेमा सम्मेलनमा छलफल भएको भक्तपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्णमुरारी न्यौपानेले बताउनुभयो ।
सम्मेलनमा प्यानल डिस्कसन, फाउण्डर स्टोरी सेसन, स्टार्टअप प्रदर्शनी तथा पिच डेक सेसनको समेत आयोजना गरि उद्योगको विकासकाबारेमा व्यापक छलmल गरेको थियो ।
बिज्ञहरुको रुपमा सुबास शर्मा, विनायक शाह, डा. प्रकाशकुमार श्रेष्ठ, दर्शना श्रेष्ठ, बलराम सञ्जेल र सुगारिका केसीले प्यानल छलफल गरि उद्योगको नयाँ मोडलहरुकोबारेमा चर्चा गर्नु भएको थियो ।
सफल उद्यमीहरूले आफ्नो उद्यम यात्रा, संघर्ष, सिकाइ र सफलताका अनुभवहरू प्रस्तुत गर्नु भएको थियो भने सैफ गौचन, श्रीया गिरी, सन्तोष पाण्डेय, निष्ठा कायस्थ, केश्मा थापालगायतले आफ्नो व्यवसायिक अवधारणा तथा स्टार्टअप योजनाहरू विज्ञहरूको समूहसमक्ष प्रस्तुत गर्नु भएको थियो । सम्मेलनमा विभिन्न स्टार्टअप तथा नवप्रवर्तन उद्यमद्वारा उत्पादित सेवा तथा वस्तुहरूको ३० वटा स्टल राखेर प्रदर्शनी गरिएको उपसमितिका संयोजक अवालले जानकारी दिनुभयो ।
यसैगरी, संघले यहीँ जेठ १५ र १६ गते दोस्रो भक्तपुर औद्योगिक प्रवद्र्धन व्यापार मेला–२०८३ आयोजन ागर्ने भएको छ । ‘हस्तकला, मौलिक संस्कृति र दिगो पर्यटन–विकसित र व्यवसायिक भक्तपुर हाम्रो चिन्तन’ भन्ने नाराका साथ उद्योग तथा वाणिज्य कार्यालय भक्तपुरको सहकार्यमा भक्तपुर नगरपालिकास्थित भक्तपुर औद्योगिक क्षेत्र परिसरमा मेला सञ्चालन गर्ने कार्यक्रममा जानकारी दिएको हो ।
गुण्डुमा घुम्ती हाट बजार सञ्चालन, दुईहजार बढीको सहभागिता, पाँच लाख भन्दा बढीको कारोबार
भक्तपुर, २ जेठ : स्थानीय उत्पादन, स्थानीय बजारमा भन्ने नाराका साथ आज सूर्यविनायक नगरपालिकाको आयोजना र वडा नं. ७ कार्यालयको व्यबस्थापनमा सूर्यवनायक नगरपालिका वडा नं.७ कार्यालयमा निःशुल्क घुम्ती हाट बजार सञ्चालन भएको छ ।  सूर्यविनायक नगरपालिकाले किसानले उत्पादन गरेको प्रत्येक सामानलाई स्थानीय बजारमै उपलब्ध गराउने उदेश्यले सञ्चालन घरेको घुम्ती हाट बजारमा आज यहाँका दुई हजार भन्दा बढी उपभोक्ताले सेवा लिएका छन् ।
स्थानीय उत्पादनलाई बिचौलयाको प्रभावबाट मुक्त गर्दै कृषक एवं उद्यमीले सिधै आफ्नै बजारमा पुर्याउने र आफ्नै मूल्यमा बिक्री गर्नेगरि नगरपालिकाले घुम्ती हाट बजार सञ्चालन गरेको वडा नं. ७ का वडाध्यक्ष एवं नगरपालिकाका प्रवक्ता रबिन्द्र सापकोटाले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, ‘सूर्यविनायक नगरपालिकाले यसअघि वडा नं. २, बालकोटस्थित गोदावरी करिडोरबाट घुम्ती शुभारम्भ भएको हाट बजार गत साता वडा नं. ४ को दक्षिण बाराहीमा र आज गुण्डुमा सञ्चालन गरेको छ, आउँदो शनिवार वडा नं. ९ चित्तपोलमा र त्यसपछि वडा नं. ८ को सिपाडोलमा सञ्चालन गरि पहिलो चरणको घुम्ती हाटल बजार सम्पन्न गरिनेछ ।’
हाट बजारको स्टद ब्यबस्थापनदेखि सबै खर्च नगरपालिकाले व्यहोर्ने र उद्यमी, किसान एवं व्यापारीलाई निःशुल्क स्टल राख्न दिने गरि सञ्चालन भएको हाट बजारमा गुण्डुमा आज ३० वटा स्टल राखिएको थियो ।
स्टलमा स्थानीय एत्पादन, गुन्द्रुक, मस्यौरा, जिम्बु, च्याउँ, हरिया तरकारी, महिला उद्यमीले बनाएका हस्तकलाका बिभिन्न सनमग्रीहरु, कृषिको बिउँ बिजन, कम्पोष्ट मल, फल, नेवारीलगायत खाजाका बिभिन्न परिकारहरु राखिएको थियो ।’ वडावासीले मात्रै नभई नगरपालिका भित्रका बिभिन्न ठाउँबाट आएका उपभोक्तालाई व्यवसायीहरुले आज एकैदिन पाँचलाख भन्दा बढीको सामान बिक्री गरेको र सबैले हाट बजारलाई हरेक साता निरन्तरता दिनु पर्ने माग गरेको वडाध्यक्ष एवं प्रवक्ता रविन्द्र सापकोटाले जानकारी दिनुभयो ।
नगरपालिकाले हाट बजार सञ्चालन गर्न कार्यपालिका बैठकबाट हाट बजार सञ्चालन कार्यबिधी स्वीकृत गरि सञ्चालनमा ल्याएको र नगरपालिकाले पहिलो चरणको समिक्षा गरि वडावडामा हरेक साता शनिबार बजार सञ्चालन गर्ने गरि तयारी गरेको उहाँले बताउनुभयो ।
हाट बजारले स्थानीय उपभोक्ता र किसान, व्यवसायीबीचके सम्बन्ध नजिक बनाउने र आफ्नो पालिकाको उत्पादनलाई आफ्नै पालिकामा बजार व्यबस्थापन गर्दै सहज, सुलभ, सूतो र गुणस्तरीय एवं ताजा सामान उपभाक्तोसम्म पुर्याउने उदेश्यले आयोजना गरेको घुम्ती हाट बजार प्रभावकारी भएको नगर प्रमुख वासुदेव थापाले जानकारी दिनुभयो ।
राधिका शाक्यले समेत अवलाकन गर्नु भएको हाट बजारमा उपप्रमुख सरिता तिमिल्सिना, भट्टराई, वडा नं १ का वडाध्यक्ष सानुकाजी कायस्थ, वडा नं. ८ का वडाध्यक्ष पुष्पराज बस्नेत, नगरपालिकाका कर्मचारीहरु, स्थानीइवासीलगायतको सहभागिता एवं अवलाकन रहेको थियो ।
एसईईको नतिजा २९ दिनमा आज सार्वजनिक, ६५.९८ विद्यार्थी उत्तीर्ण 
भक्तपुर, २८  बैशाख : राष्ट्रिय परीक्षा बोर्डले यसवर्षको (२०८२ सालको) माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा आज राती सवा नौ बजे सार्वजनिक गरेको छ ।
सरकारले बैशाख २९ गतेभित्र नतिजा सार्वजनिक गर्न अन्तिम डेटलाइन दिएपछि बोर्डले तिब्र गतिमा तयारी गरि परीक्षा सम्पन्न भएको २९ दिनमै नतिजा सार्वजनिक गरेको हो ।
परीक्षा नियन्त्रण कार्यालय सानोठिमीमा आज राती सवा नौ बजे गरेको पत्रकार सम्मेलनमा एसईइमा ६५ दशमलव ९८ प्रतिशत विद्यार्थी उत्तीर्ण भएको शिक्षा सचिव चुडामणि पौडेलले जानकारी दिनुभयो ।
परीक्षामा २ लाख ८४ हजार १६० विद्यार्थी ग्रेडेड भएका र १ लाख ४६ हजार ५०७ परक्षिार्थी नन्ग्रेडेड भएको जानकारी दिनुभयो ।  यसपटक एसइईमा दुई लाख ५७ हजार ५२७ छात्रा र दुई लाख ५२ हजार ४३४ छात्रले परीक्षाको फाराम भरेकोमा चार लाख ३० हजार ६६७ जना परीक्षामा सहभागी भएका थिए ।
नतिजाको अनुसार ४८ हजार ३९२ परीक्षार्थीले सबैभन्दा उच्च जीपीए अर्थात् ३.६० देखि ४.०० ल्याएका छन् । ८० हजार ३७२ जनाले ३.२० देखि ३.६० जीपीए ल्याएका छन् ।
त्यस्तै ९४ हजार २२२ जनाले २.८० देखि ३.२० जीपीए, ५५ हजार ९७७ जनाले २.४० देखि २.८० जीपीए,  पाँच हजार १९० जनाले २.०० देखि २.४० जीपीए र सात जनाले १.६० देखि २.०० जीपीए ल्याएका छन् ।
एनजी प्राप्त गर्ने विद्यार्थीहरूले पुनः ग्रेड वृद्धि परीक्षा दिनु पर्नेछ । दुई विषयसम्म एनजी आउने विद्यार्थीका लागि तत्कालै ग्रेड वृद्धि परीक्षा सञ्चालन गरिनेछ र भने सोभन्दा बढी विषयमा एनजी आउनेले अर्को वर्षको नियमित परीक्षामा सहभागी हुनुपर्ने व्यबस्था गरेको पत्रकार सम्मेलनमा जानकारी दिएको छ ।
यसवर्ष एक महिना भित्र नतिजा सार्वजनिक गर्ने शिक्षा मन्त्रालयको निर्देशनपछि बोर्डले परीक्षा केन्द्रमै उत्तरपुस्तिका परीक्षण गराएको थियो भने बैशाख ५ गतेसम्ममा देशैभरका कापी बोर्डको कार्यालयमा संकलन गरी नतिजा अध्यावधिक गर्ने, कम्प्युटरमा इन्ट्रि गर्ने कार्य थालिएको थियो ।  गतवर्ष असार १३ गते परीक्षाफल सार्वजनिक गरेको थियो ।
भक्तपुरका मसाज सेन्टरबाट ६४ जना र अन्य गरि ७९ जना पक्राउ
भक्तपुर, २६ बैशाख : जिल्ला प्रहरी परिसर भक्तपुरले आज स्वीप अपरेशन सञ्चालन गरि मसाज, स्पा सेन्टर र अन्य क्षेत्रमा छापामारी ७९ जनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी परिसर भक्तपुर, प्रहरी वृत्त ठिमी र प्रहरी वृत्त जगातीबाट खटिएको प्रहरी टोलीले आज मध्यपुरथिमि, राधेराधे, सूर्यविनायक र भक्तपुरका बिभिन्न ठाउँमा सञ्चालनमा रहेको मसाज सेन्टर, स्पा सेन्टरलगायतमा छापामारि सेन्टरमा काम गर्ने ४२ जना महिला र २२ जना पुरुष गरी ६४ जनालाई पक्राउ गरेको हो ।
स्वीप अप्रशेनका क्रममा अन्य बिभिन्न क्षेत्रबाट थप १५ जनालाई प्रहरीले पक्राउ गरि अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक प्रकाश जबेगुले जानकारी दिनुभयो ।
हाल भक्तपुर जिल्लाभरिमा १०० भन्दा बढी मसाज तथा स्पा सेन्टरहरु सञ्चालनमा रहेका छन् । राधेराधेको एक किलोमिटर आसपास क्षेत्रमा मात्रै ११ वटा मसाज सेन्टर सञ्चालनमा छन् ।
प्रहरीले मसाज सेन्टरमा सादा प्रहरीलाई ग्राहक बनाएर पठाउँदै पक्राउ गर्दै गरेको थियो ।
सूर्यविनायक मेयरकप जिल्ला स्तरीय फुट्सल प्रतियोगिता–२०८३’ को आज सम्पन्न फाइनल खेलमा पाण्डु बजार फुटबल क्लब विजेता
भक्तपुर, २६ बैशाख : ‘सूर्यविनायक मेयरकप जिल्ला स्तरीय फुट्सल प्रतियोगिता–२०८३’ को आज सम्पन्न फाइनल खेलमा पाण्डु बजार फुटबल क्लब विजेता भएको छ ।
सूर्यविनायक नगर खेलकुद विकास समितिको आयोजना, सूर्यविनायक नगरपालिकाको सहयोगमा सूर्यविनायक नगरपालिका–८ हेल्दी फुटसलमा आज सम्पन्न फाइनल खेलको आजको फाइनल खेलमा  २–१ गोलअन्तरले पराजित गर्दै पाण्डुबजार फुटबल क्लब च्याम्पियन बनेको हो ।
निर्धारित समयमा दुवै टोलीबाट गोल हुन नसकेपछि खेलको निर्णय ट्राइब्रेकरबाट गरिएको थियो । खेलमा भविष्य फाउन्डेसन बालकोटले सूर्यविनायक–१ लाई ६–२ गोलले पराजित गर्दै तेस्रो स्थान सुरक्षित गर्न सफल भयो भने सूर्यविनायक–१ ले सान्त्वनामा खुम्चिनु परेको थियो ।
विजेता टिमलाई नगर प्रमुख वासुदेव थापाले नगद रु. ६० हजार, ट्रफि, मेडल र प्रमाणपत्र तथा दोश्रो हुने हेल्दी फुटसललाई नगद रु. ३० हजार, ट्रफि, मेडल र प्रमाणपत्र प्रदान गर्नुभयो । तेश्रो हुने सूर्यविनायक–२ बालकोटको भविष्य फाउण्डेसनलाई नगद रु. २० हजार, ट्रफि, मेडल र प्रमाणपत्र तथा सान्त्वना हुने सूर्यविनायक वडा नं १ टिमलाई नगद रु. १० हजार, मेडल र प्रमाणपत्र नगर प्रमुख थापाले प्रदान गर्नुभयो ।
प्रतियोगितामा उत्कृष्ट खेलाडी निर्भिक थापा, उत्कृष्ट गोलकिपर सविन जोशी श्रेष्ठ र उत्कृष्ट गोलकर्ता विवेक कवाङलाई जनही नगद रु. १० हजार, प्रमाणपत्र र मेडल प्रदान गरियो ।
कार्यक्रममा फुटसलको महिलातर्फको राष्ट्रिय खेलाडी एवं र सूर्यविनायकको स्थानीयवासीलाई अञ्जली मचामसीलाई नगर प्रमुख थापाले सम्मान गर्नुभयो ।
प्रतियोगितामा जिल्लाभरिबाट २५ वटा टिमबीच प्रतिस्पर्धा भएको सूर्यविनायक नगर खेलकुद विकास समितिका सदस्य सचिव एवं कार्यक्रमका सभापति दीपक थापाले बताउनुभयो ।
कार्यक्रममा नगर प्रमुख थापाले सूर्यविनायक नगरपालिकाले शिक्षा, स्वास्थ्य र भौतिक सरचनाका विकासलाई विगत नौ वर्षदेखि गर्दै आएको र अहिले वर्ष खेलमैत्री नगर।पालिकाको रुपमा विकास गर्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी उत्पादन गर्ने गरि प्रशिक्षण र प्रतियोगिता सञ्चालन गर्दै आएको बताउनुभयो ।
कार्यक्रममा नगर प्रमुख वासुदेव थापाले सूर्यविनायक नगरपालिकाले शिक्षा, स्वास्थ्य, कृषि र खेलकुदाको बिकासलाई तिब्र रुपमा अगाडि बढाएको बताउनु भयो । उहाँले विगत नौ वर्षमा नगरपालिकाले अधिकांश भौतिक संरचना, सडक, पुल निर्माण गरेको बताउदै अब खेलकुदको विकासलाई तिब्र रुपमा अगाडि बढाएर लैजाने बताउनुभयो ।
उहाँले अब खेलमैत्री नगरपालिकाको रुपमा विकास गर्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी उत्पादन गर्ने गरि प्रशिक्षण र प्रतियोगिता सञ्चालन गर्ने बताउनुभयो ।
नगरपालिकाले आफ्नै नगरक्षेत्रमा बृहत खेलकुद मैदानका रुपमा रंगशाला निर्माण गर्ने बताउदै अब हरेक महिनामा एउटा खेलकुद प्रतियोगिता आयोजना गर्दै खेलाडीलाई खेलप्रति आकर्षित गर्न प्रोत्साहन गर्ने बताउनुभयो ।
नगरपालिकाले आफ्नै नगरक्षेत्रमा बृहत खेलकुद मैदान निर्माण गर्ने बताउदै हरेक महिनामा एउटा खेलकुद प्रतियोगिता आयोजना गर्दै खेलाडीलाई खेलप्रति आकर्षित गर्न प्रोत्साहन गर्ने बताउनुभयो ।

कार्यक्रममा नगरपालिकाका आर्थिक विकास संयोजक एवं वडा नं. ८ का वडाध्यक्ष पुष्पराज बस्नेतले नगरपालिकाले खेललाई प्राथमिकतामा राखेर नयाँ खेलाडी एत्पादन गर्नेदेखि युवा खेलाडीलाई प्रोत्साहनसम्मको कार्यक्रम अगाडि सारेको बताउनुभयो ।

खेलकुद पनि विकासको एउटा आधार भएको चर्चा गर्दै उहाँले खेल र खेलाडीको बिकासलाई नगरपालिकाले विकासको आधार बनाएर अगाडि बढ्ने बताउनु भयो । उहाँले युवा जनशक्तिलाई खेलप्रति आकर्षित गरेर युवा विकासको आधार पनि बनाउने उहाँले बताउनुभयो ।

प्रतियोगितामा जिल्लाभरिबाट २५ वटा टिमबीच प्रतिस्पर्धा भएको सूर्यविनायक नगर खेलकुद विकास समितिका सदस्य सचिव एवं कार्यक्रमका सभापति दीपक थापाले बताउनुभयो । खेलकुद प्रतियोगिताले खेल र खेलकुदको विकास गर्ने चर्चा गर्दै उहाँले खेलकुद विकास समिति गठन गरेसंगै सूर्यविनयकमा खेलकुदले गति लिएको बताउनुभयो । अनुशासनशील भएर प्रतियोगिता सम्पन्न भएको बताउदै उहाँले प्रतियोगिता सफल पार्न सहयाग गर्ने सबैलाई धन्यवाद व्यक्त गर्नुभयो ।

प्रतियोगितामा जिल्लाभरिबाट २५ वटा टिमबीच प्रतिस्पर्धा भएको समितिका सदस्य सचिव थापाले बताउनुभयो । खेलकुद प्रतियोगिताले खेल र खेलकुदको विकास गर्ने चर्चा गर्दै उहाँले खेलकुद विकास समिति गठन गरेसंगै सूर्यविनयकमा खेलकुदले गति लिएको बताउनुभयो । अनुशासनशील भएर प्रतियोगिता सम्पन्न भएको बताउदै उहाँले प्रतियोगिता सफल पार्न सहयाग गर्ने सबैलाई धन्यवाद व्यक्त गर्नुभयो ।

कार्यक्रमका सामाजिक विकास शाखाका प्रमुख तथा नगरपालिकाका प्रवक्ता रबिन्द्र सापकोटा, वडा नं. १ का वडाध्यक्ष सानुकाजी कायस्थ, नगरपालिकाका शिक्षा शाखा प्रमुखलगायतले विजयी खेलाडीहरुलाई मेडल तथा प्रमाणपत्र प्रदान गर्नुभयो ।

एमाले सचिव महेश बस्नेत र मन्त्री किरण थापाद्धारा सुकुम्वासीहरुको अबस्थाबारे चासो, मन्त्री थापाले निःशुल्क उपचार सेवा सुरु गरेको जानकारी

भक्तपुर, २५ बैशाख : भक्तपुरको खरिपाटीस्थित नेपाल विद्युत प्राधिकरणको भवनमा सरकारले राखेको सुकुम्वासी स्थलमा पुगेर नेकपा एमालेका सचिव महेश बस्नेतले त्यहाँको अबस्थाबारे जानकारी लिएका छन् ।

सरकारले भक्तपुरको मनोहरा, काठमाडौंका्े बल्खु, माछापेखरी, किर्तिपुरलगायतका बिभिन्न ठाउँमा भत्काएको सुकुम्वासी बस्तीबाट ल्याएको सुकुम्वासीहरुसंग सचिव बस्नेतले यहाको अबस्थाकाबारेमा जानकारी लिएका थिए । सुकुम्वासीहरुसंग घेटघाट गरि कहिलेदेखि बस्तीमा बस्दै आएको, समस्या के के छन्, सरकारसंग के माग छ भन्नेबारेमा जानकारी लिएका थिए ।

त्यसैगरि वागमति प्रदेशका स्वास्थ्य मन्त्री किरण थापाले एमाले सचिव बस्नेतलाई सुकुम्वासीहरुको स्वास्थ्य उपचारको जिम्मा वागमति प्रदेशले लिएको र वागमति प्रदेश स्वास्थ्य मन्त्रालयको निर्देशन अनुसार नै जिल्ला जनस्वास्थ्य कार्यालय भक्तपुरले भक्तपुर अस्पतालको प्राबिधिक सहयोगमा स्वास्थ्य सेवा प्रवाह गरिरहेको जानकारी गराउनु भयो । चाँगुनारायण नगरपालिकास्थित श्रीमृष्ण माध्यमिक विदालयमा यहाँका बालबालिकालाई पठन पाठनका व्यबस्था मिलाउने जानकारी गराएको छ ।

त्यहाँ बसोबास गरिरहेका १९२ जना सुकुम्बासीहरूको अवस्था, पीडा र आवश्यकताबारे जानकारी लिको र स्वास्थ्य नै जीवनको पहिलो आधार भएकाले यहाँका नागरिकहरूको स्वास्थ्य अवस्था, उपचार पहुँच, सरसफाइ र आवश्यक सेवा प्रवाह गर्ने जनाएको छ । स्वास्थ्य शिविर, औषधि उपलब्धता र सहज स्वास्थ्य सेवाका कार्य प्रदेश सरकारले जारी राखेको जानकारी दिदै मन्त्री किरण थापाले राज्यको सेवा हरेक नागरिकसम्मस्वास्थ्य सेवाको सहज पहुँच पुर्याउने बताउनुभयो ।

‘सूर्यविनायक मेयरकप जिल्लास्तरीय फुट्सल प्रतियोगिता–२०८३’ सुरु, २८ टिम भिड्दै
भक्तपुर, २४ बैशाख : सूर्यविनायक नगर खेलकुद विकास समितिले आयोजना गरेको ‘सूर्यविनायक मेयरकप जिल्ला स्तरीय फुट्सल प्रतियोगिता–२०८३’ आजबाट सुरु भएको छ ।
सूर्यविनायक नगरपालिकाको सहयोगमा सूर्यविनायक नगरपालिका–८ हेल्दी फुटसलमा सुरु भएको प्रतियोगितामा जिल्लाभरिबाट २८ वटा टिमबीच प्रतिस्पर्धा भएको सूर्यविनायक नगर खेलकुद विकास समितिका सदस्य सचिव दिपक थापाले जानकारी दिनुभयो ।
बैशाख २६ गते शनिबार सम्पन्न हुने प्रतियोगिताको नगरपालिकाका उपप्रमुख सरिता तिमसिना भट्टराईले उद्घाटन गर्नुभयो ।  उहाले खेल क्षेत्रले युवापुस्ता तथा बालबालिकालाई अनुशासित, सक्रिय र सकारात्मक जीवनशैलीतर्फ प्रेरित गर्ने बताउदै नगरपालिकाले खेलकुदको विकासमार्फत समग्र मानवीय विकास, सामाजिक सद्भाव तथा स्वस्थ जीवनशैली प्रवद्र्धन गर्न निरन्तर काम गरिरहेको चर्चा गर्नुभयो ।
फुटसल आधुनिक तथा लोकप्रिय इनडोर खेलको रूपमा विश्वभर तीव्र रूपमा फैलिरहेको खेल भएको बताउदै यस खेलले खेलाडीमा तीव्र निर्णय क्षमता, समन्वय, अनुशासन, सहकार्य र शारीरिक तन्दुरुस्ती विकास गर्न महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो ।  खेलकुदमार्फत युवाहरूमा अनुशासनदेखि सकारात्मक ऊर्जा फैलाउने उद्देश्यका नगरपालिकाले खेलकुदलाई प्राथमिकतामा राखेर गतिबिधीहरु गर्दै आएको बताउनुभयो ।
कार्यक्रमका सभापति एवं नगरपालिका सामाजिक विकास शाखाका प्रमुख तथा नगरपालिकाका प्रवक्ता रबिन्द्र सापकोटाले नगरपालिकाले खेलकुदको विकासका लागि निःशुल्क प्रशिक्षणदेखि प्रतियोगिताहरु गर्दै आएको बताउदै युवाहरुलाई खेलमा आकर्षित गरि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी उत्पादन गर्न लागिरहेको बताउनुभयो ।
कार्यक्रममा समितिका सदस्य सचिव दिपक थापाले २६ गते शनिवार नगर प्रमुख वासुदेव थापाद्धारा प्रतियोगितामा प्रथम हने टिमलाई नगद रु. ६० हजार पुरस्कारसहित शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिने बताउनुभयो ।  प्रतियोगितामा दोश्रो हुने टिमलाई रु.३० हजार, तेश्रो हुने टिमलई रु.२० हजार, सान्त्वना हुने टिमलाई रुं १० हजार नगद, शिल्ड, मेडल र प्रमाण प्रदान गरिने उहाँले बताउनुभयो । उच्च अर्थात सबभन्दा बढी गोलकर्तालाई रु. १० हजार नगद पुरस्कारसहित मेडल र प्रमाण पत्र प्रदान गरिने उहाँले जानकारी दिनुभयो ।
खरिपाटीका सुकुम्वासी शिविरमा रहेका विरामीहरुको उपचार वागमति प्रदेश स्वास्थ्य मन्त्रालयले गर्ने
भक्तपुर, २४ वैशाख : वागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले भक्तपुरका विभिन्न सुकुम्वासी शिविरमा राखिएकाहरुको उपचारको जिम्मा वागमती प्रदेश सरकारले लिने बताउनु भएको छ ।
भक्तपुरको खरिपाटीस्थित नेपाल विद्युत प्राधिकरणको तालिम केन्द्रमा राखिएको सुकुम्वासी सेल्टरमा आज मुख्यमन्त्री बानियाँसहित स्वास्थ्य मन्त्री किरण थापा मगर, पर्यटन तथा संस्कृति मन्त्री सुरेश श्रेष्ठ, सामाजिक विकास मन्त्री कञ्चन बादे श्रेष्ठ, स्वास्थ्य मन्त्रालयका सचिव डा. सुमित्रा गौतमसहितको टोलीले सुकुम्वासी सेल्टरको अनुगन गरेको छ ।
सरकारले मनोहरा, बल्खु, माछापोखरी, बालाजुलगायतका ठाउँबाट ल्याएर राखिएको सेल्टरमा अनुगमनका क्रममा भक्तपुरका सेल्टरमा रहेका सुकुम्वासीहरुको स्वाथ्य उपचारको जिम्मा प्रदेश सरकारले लिने बताउनु भएको हो ।
सुकुम्वासीहरुसंग कुरा गर्दै मुख्य मन्त्री बानियाँले भन्नुभयो, ‘केन्द्रीय सरकारले छिटै तपाईहरुको स्थायी बसोबारको व्यबस्था गर्नेछ, तपाईहरु नआत्तिनुहोस्, तपाईहरुको निःशुल् स्वास्थ्य उपचारको जिम्मा प्रदेश सरकारले लिन्छ, त्यसको लागि आवश्यक बजेट हामी ब्यबस्थापन गर्छौ ।’ उहाँले प्रदेश सरकारको विपद व्यबस्थापनमा रहेको बजेटबाट सेल्टरमा रहेका सुकुम्वासीको स्वास्थ्य उपचारमा सहयोग गर्ने बताउनु भयो ।
प्रदेशका स्वास्थ्य मन्त्री किरण थापाले असारसम्मका लागि आवश्यक पर्ने औषधिहरुको लिष्ट तार पारेर माग गर्न जिल्ला जनस्वास्थ्य कार्यालय भक्तपुर र भक्तपुर अस्पताललाई निर्देशन दिदै सबैलाई निःशुल्क उपचारको व्यबस्था गर्न निर्देशन दिनुभयो ।
उहाँले भन्नुभयो, ‘कसैले पनि उपचार नपाएको गुनासो सुन्न नपर्ने गरि सबै विरामी र दीर्घरोगीको उपचार गराउँनुस्, भक्तपुर अस्पतालमा आवश्यक परे भर्ना गरेर उपचार गर्नुस्, उपचारको जिम्मा हाम्रो पनि हो, बजेटको ब्यबस्थापन हामी गर्छौ ।’
अनुगमनमा पर्यटन तथा संस्कृति मन्त्री सुरेश श्रेष्ठले यहाँ रहेका २९ जना बालबालिकालाई नजिकैको श्रीकृष्ण माध्यमिक विद्यालयमा तत्काल पठ्न पाठनको व्यबस्था गर्ने बताउनुभयो । उहाँले चाँगुनारायण नगरपालिकासंग समन्वय गरेर खरिपाटीमा रहेसम्म यहाँका बालबालिकालाई पठनपाठनको व्यबस्था मिलाउने बताउनुभयो ।
स्वास्थ्य मन्त्रालयको सचिव डा. सुमित्रा गौतमले जिल्ला जनस्वास्थ्य कार्यालय भक्तपुरकी प्रमुख अञ्जना खड्कालाई दैनिक रुपमा सेल्टरमा चिकित्सकसहितको स्वास्थ्य टोली राखेर स्वास्थ्य परीक्षणलाई निरन्तरता दिन निर्देशन दिनुभयो ।
कार्यालयकी प्रमुख खड्काल्े मुख्यमन्त्रीसहितको टोलीलाई सेल्टरमा रहेका सुकुम्वासीहरुको बिभिन्न रोगको अबस्था, स्वास्थ्य शिविर सञ्चालन गरेको, निःशल्क औषधि वितरण गरेको, दैनिक सेवा प्रवाह गरेको जानकारी गराउनुभयो । उहाँले सेल्टरमा आँखा नदेख्ने, प्यारालाईसिस, स्ट्रोक, दीर्घ रोगीलगायतको धेरै विरामी रहेको र बिमामा नपर्ने मंहगा औषधि खानुपर्ने बिरामीहरुसमेत रहेको जानकारी गराउनुभयो ।
भक्तपुरका प्रमुख जिल्ला अधिकारी उमेशप्रसाद ढकालले सेल्टरमा सरकारले गरेको व्यबस्था, खानेपानको व्यबस्थालगायतकोबारेमा जानकारी गराउनु भएको थियो ।
सरकारले खरिपाटीमा १५८ जना, मध्यपुरथिमि बोडेको कृषि विकास बैंकको तालिम कन्द्रमा ३९ जना र नगरकोटको खानेपानी तालिम केन्द्रमा ४६ जनालाई सेल्टरको रुपमा राखेर खाने र बस्ने ब्यबस्था गरेको छ ।
प्रदेश भाषा दिवस–२०८३ सम्पन्न, भाषा संग्रहालय खोल्ने मुख्य मन्त्री बानियाँको घोषणा
भक्तपुर, २४ वैशाख : वागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाले वागमती प्रदेशका १३ जिल्लाका ११९ वटा स्थानीय तहले नेपाल (नेवारी) भाषा र तामाङ्ग भाषालाई व्यबहारिक रुपमा कार्यान्वयनमा ल्याउन निर्देशन दिनु भएको छ ।
आज वागमति प्रदेश संस्कृति तथा पर्यटन मन्त्रालयले भक्तपुरमा आयोजना गरेको प्रदेश भाषा दिवस–२०८३ को उद्घाटन गर्दै उहाँले शौचालयदेखि पालिका तथा सार्वजनिक स्थलमा सबैले देख्नेगरि नेपाली भाषाको साथै नेपाल भाषा र तामाङ्ग भाषामा सूचना वा बोर्डहरु राख्न निर्देशन दिनु भएको हो ।
भाषा, कला, संस्कृतिको संरक्षणका लागि आवश्यक परे प्रदेश सरकारले बजेट थप गर्ने बताउदै उहाँले मातृभाषाको संरक्षणले मात्रै आफ्नो इतिहास, संस्कृति र पहिचानको संरक्षण हुने बताउनु भयो ।
काठमाडौं उपत्यकामा भाषा संग्रहालय स्थापना गर्नु पर्ने बताउदै मुख्य मन्त्री बानियाँले भन्नुभयो, ‘ईतिहास र सम्पदाका सहरको रुपमा रहेको काठमाडौं उपत्यकाको तीन जिल्ला भक्तपुर, काठमाडौं, ललितपुर मध्ये एक जिल्लामा नेवारी, तामाङ्गलगायत सबै जातजातीको भाषा, कला, संस्कृति, परम्परा, संस्कार र संस्कृतिको संरक्षण गर्न एउटासंग्रहालय निर्माण गर्नेछौं, त्यसका लागि आउँदो बजेटमा ब्यबस्थ ागर्नेछौं ।’
मुख्यमन्त्री बानियाले भाषा, साहित्य र संस्कृति क्षेत्रमा योगदान पुर्याएका नेवारी भाषा साहित्यकार डा. पुष्पराज राजकर्णिकार र तामाङ भाषा साहित्यमा योगदान पु¥याएका राजेन्द्र थोकरलाई सम्मान गर्नुभयो ।
कार्यक्रममा वागमति प्रदेशका स्वास्थ्य मन्त्री किरण थापा, शिक्षा सामाजिक विकास मन्त्री कञ्चनवादे श्रेष्ठ, भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापति, आदिवासी जनजाति आयोगका अध्यक्ष रामबहादुर थापा मगर, नेपाल तामाङ घेदुङका महासचिव जगत डोङ, नेवा दे दबुका केन्द्रीय अध्यक्ष रश्मिला प्रजापति, प्रदेश सचिव दिपेन्द्र सुवेदीलगायतले सबै भाषा, कला, संस्कृतिको संरक्षण आवश्यक रहेको बताउनुभयो ।
कार्यक्रमका सभापति एवं बागमती प्रदेश संस्कृति तथा पर्यटन मन्त्री माननीय सुरेश श्रेष्ठले बागमती प्रदेश सरकारले सरकारी कामकाजी भाषा ऐन २०७९ कार्यान्वयनमा आएको दिनको सम्झनामा विगत तीन वर्षदेखि प्रत्येक वर्ष वैशाख २४ गते भाषा दिवस मनाउने निर्णय गरेकाले आजको कार्यक्रम आयोजना गरेको बताउनुभयो ।
उहाँले आजको कार्यक्रममा भाषाका अभियन्ता भनिएकाहरुको अन्तिमसम्म सहभागिता नरहनुले अभियन्ताहरुको भाषाको संरक्षणको नारा कर्मकाण्डी हुने आशंका उब्जाएको बताउनुभयो ।
यसअघि भक्तपुर क्याम्पस अगाडि दुधपाटीबाट बिभिन्न जातजातिको बाजा एवं संस्कृति झल्कने प्रस्तुतीसहित प्रभातफेरि सुरु भई कमल विनायक हुँदै लान्चा फल्चा पुगी कार्यक्रम सम्पन्न भएको थियो । मुख्यमन्त्री बानियाले भाषा दिवसको अवसरमा स्मारिका विमोचन गर्नुभएको थियो भने भाषा दिवस कार्यक्रममा विभिन्न मौलिक बाजा र नाचहरू पनि प्रदर्शन गरिएको थियो ।