# News Kunda: All Posts > माहासागर समाचारको छुट्दै छुट्दैन Nepali News Portal This file holds every published post in full. The index is at https://newskunda.com/llms.txt --- # जथाभावी एन्टिबायोटिक जनस्वास्थ्य माथि खेलबाड Source: https://newskunda.com/archives/3007 Category: FEATURED NEWS, अर्थ, समाचार, समाज, स्वास्थ्य Last updated: 2023-09-28 -पदमराज जोशी काठमाडौँ, ११ असोज : नेपालमा एन्टिबायोटिकको व्यापक दुरुपयोग भइरहेको छ । यहाँ जुनसुकै एन्टिबायोटिक जहाँ पनि जसले पनि, बिनाचिकित्सकको प्रिस्क्रिप्सन सजिलै किन्न सकिन्छ । बेच्ने वा किन्ने बेला कुनै रोकावट छैन । मनपरी ढङ्गले खाने गरिएको छ । एन्टिबायोटिक बनाउने, पूर्जामा लेख्ने, बेच्ने, किन्ने र खाने सबै क्षेत्रमा मनपरी छ । त्यसैले त विस्तारै हाम्रो शरीरमा रहेका रोगका जीवाणु बलियो हुँदै गएका छन् । यसको परिणामस्वरूप हामीलाई कुनै रोग लागेपछि एन्टिबायोटिक खाए पनि त्यसले काम गर्न छोड्दै गएको छ । एन्टिबायोटिक औषधिभन्दा जीवाणु बलियो हँुदै जानु भनेको चिकित्सा विज्ञान क्षेत्रकै लागि मात्र नभएर मानव जगत्कै लागि ठूलो चुनौती हो । एन्टिबायोटिक औषधि सेवन गर्नु भनेको पक्कै पनि बदाम र भटमास खाएजस्तै पक्कै पनि होइन । तर विडम्बना देशका दूरदराजका मानिसहरूले मात्र नभएर सहरी क्षेत्रमा बसोवास गर्ने र पढे लेखेका व्यक्तिहरूले पनि कुन बेला, कति मात्र, कुन रोगको उपचारमा एन्टिबायोटिक सेवन गर्ने भन्ने राम्रो ज्ञान पाइँदैन । खानै पर्ने बिरामीले एन्टिबायोटिक खाँदा खासै ठूलो समस्या नहोला तर नखानु पर्नेले खादा समस्या देखिएको छ । सबै रोगको उपचारमा एन्टिबायोटिकले काम गर्दैन । तर समाजमा एउटा यस्तो भ्रम छ कि हरेक रोगको अचुक उपाय भनेको एन्टिबायोटिक हो । कोभिडको महामारीको बेला एन्टिबायोटिकले काम गरेन । सामान्य सिटामोलबाहेक अरू औषधिले काम नगरेको हामी सबैले अनुभवसमेत गरेको प्रमाणित तथ्य हो । तर पनि सङ्क्रमित भएकामध्ये आधा जति नेपालीले कुनै न कुनै प्रकारको एन्टिबायोटिक सेवन गरेको पाइएको पाटन अस्पताल जनरल प्रेक्टिस तथा इमरजेन्सी विभागमा कार्यरत पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका सहप्राध्यापक डा. आशिष श्रेष्ठ बताउँछन् । नेपालमा एन्टिबायोटिकको प्रयोगसम्बन्धी नीति नै नभएको भने होइन । छ तर लागू गरिएको छैन । डा श्रेष्ठका अनुसार नियमअनुसार चिकित्सकको प्रिस्क्रिप्सन बिना कडा खालका एन्टिबायोटिक किनबेच गर्न पाइँदैन । तर व्यवहारमा लागू भएको पाइँदैन । नेपाली समाजमा एन्टिबायोटिक औषधिप्रति जनताको विश्वास ठूलो छ । एन्टिबायोटिक जुनसुकै रोग पनि निको पार्छ भन्ने बलियो मनोविज्ञान छ समाजमा । त्यसैले सितिमिति अरू औषधिमा विश्वास गदैनन् बिरामी पनि । आयुर्वेदिक औषधिको प्रयोग कम हुनुमा यो पनि एक प्रमुख कारण हो । उपभोक्ता मलाई यो नामको एन्टिबायोटिक दिनुहोस् भन्दै फार्मेसी पुग्ने गरेका हुन्छन् । एन्टिबायोटिक बाहेकले मलाई ठीक हुँदैन भन्ने उनीहरूको विश्वास छ । जनचेतनाको अभावका कारण नेपालमा एन्टिबायोटिकको उपभोग बढेको पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका पूर्व उपकुलपति डा.अर्जुन कार्की बताउँछन् । रोग चाँडो निको बनाउने होडबाजीका कारण पनि एन्टिबायोटिकको प्रयोग बढेकोमा विज्ञहरूको एक मत छ । रोग चाँडो निको पार्न बढी डोजको एन्टिबायोटिक दिने र लिने प्रवृति छ । जुन स्वास्थ्यका हिसाबले हितकार होइन । यही होडबाजीले एक रुपैयाँको सिटामोल खाएर निको हुने रोगको लागि दसौं गुणा बढी मूल्य पर्ने एन्टिबायोटिक उपभोग गराइन्छ । यसरी अनावश्यक एन्टिबायोटिकको प्रयोगमा विभिन्न औषधि कम्पनीहरू र व्यापारीहरूको स्वार्थ पनि रहेको पाइन्छ । चिकित्सकहरूका अनुसार रोग निको पार्न सधैं एउटै औषधिको प्रयोग भन्दा फरकफरक किसिमको औषधि प्रयोग गर्न राम्रो मानिन्छ । बिरामीलाई एउटा औषधिले निको नभए अर्को औषधि प्रयास गर्नु राम्रो चिकित्सकीय अभ्यास हो । तर एकैचोटी हाइडोजको एन्टिबायोटिक दिँदा समस्या निम्त्याउँछ । जथाभावी एन्टिबोयोटिकको प्रयोग गर्दा मिर्गौला फेल हुने लगायतका शरीरका अन्य अङ्ग समेत फेल हुने अवस्था आउँछ । चिकित्सकहरुका अनुसार एन्टिबायोटिक नै रोगको पूर्ण निदान होइन । एन्टिबायोटिक खाएपछि त्यसले शरीरमा संक्रमित ब्याक्टेरियालाई नष्ट गर्छ । यस हिसाबले कुन किसिमको ब्याक्टेरिया हो, त्यही आधारमा एन्टिबायोटिक प्रयोग गर्नुपर्छ । यसको मात्रा, अवधि, समय सबैकुरा ख्याल गर्नुपर्छ । यद्यपि जुनसुकै अवस्थामा एन्टिबायोटिक सेवन गर्छांै । यस किसिमको प्रयोगले शरीरमा भएका ब्याक्टेरियाले आफ्नो रक्षात्मक क्षमता बढाउँछ । कोषिका परिवर्तन गर्छ । यसलाई ‘ड्रग रेजिस्टेन्स’ भनिन्छ । यस्तो हुनु भनेको ठूलो जटिलता हो । जब शरीरमा ब्याक्टेरियाले आफ्नो कोषिका बदल्छ, तब औषधिको प्रभाव कम हुन्छ । रोग फेरि बल्झन्छ र त्यसले थप चर्को रुप लिन्छ । एन्टिबायोटिकको विषयमा उपभोक्ता मात्र होइन स्वास्थ्यकर्मी र फार्मेसी सञ्चालकहरूमा समेत चेतना अभाव छ । कसरी हुन्छ एन्टिबायोटिक भिडाइ हाल्ने मनोविज्ञान उनीहरूमा पनि छ । एन्टिबायोटिक अत्यधिक प्रयोगले अहिले र पहिलेको तुलनामा एन्टिबायोटिकले काम नै गर्न छोड्दै छ । उदाहरणका लागि टाइफाइडमा प्रयोग हुने एन्टिबायोटिकले अहिले काम गर्न छोडेको छ । यो हाम्रो मात्र होइन, विश्वकै ठूलो समस्या हो । विकसित देशहरूमा जथाभावी एन्टिबायोटिकको किनबेच हुँदैन । डाक्टरको प्रिस्क्रिप्सन एन्टिबायोटिक बेच्न र किन्न पाइँदैन । त्यहाँ नियम पालना कडाइका साथ हुन्छ । अनुगमन कडा हुन्छ । तर हाम्रो देशमा न त कडा नियम हुन्छ न त अनुगमन बलियो । त्यसैले यहाँ जनस्वास्थ्यमा माथि धनस्वास्थ्यको लडाइँ चलिरहेको छ । पैसा कमाउने निहँुमा जनताको स्वास्थ्य प्रयोगशाला भइरहेको छ । एन्टिबायोटिकको गुणस्तर माथि पनि विचार गर्नुपर्छ । एन्टिबायोटिक उत्पादन गर्ने कम्पनीबाट त्यसको गुणस्तर निगरानी हुनु पर्छ । एउटै एन्टिबायोटिक धेरै कम्पनीले बनाउने गर्छन् । हाम्रो देशमा पनि औषधि व्यवस्था विभागले औषधिको गुणस्तर परीक्षण गर्छ । एन्टिबायोटिकको गुणस्तरका विषयमा पनि विभागले हेक्का राख्नुपर्छ । एन्टिबायोटिकको जथाभावी प्रयोग एक पक्षको प्रयासले मात्र सम्भव हुँदैन । त्यसमा सबै पक्षको सहयोग, सहकार्य आवश्यक पर्छ । एन्टिबायोटिक बनाउने कम्पनी, एन्टिबायोटिक लेख्ने डाक्टर, बेच्ने फार्मेसी, किन्ने उपभोक्ता र नियम कानुन बनाएर लागू गराउने सबैको उत्तिकै जिम्मेवारी हुन्छ । एन्टिबायोटिकको अनावश्यक प्रयोग रोक्नका लागि जसले पनि किन्न पाउने नियम बन्द गर्नै पर्छ । राज्यले चाहेको खण्डमा एन्टिबायोटिकको प्रयोगमा भइरहेको बेतिथि रोक्न सक्छ । जस्तै उदाहरणको लागि नार्कोनन ड्रग्सबिना लाइसेन्स बेच्न पाइँदैन । बिनाप्रिस्क्रिप्सन एन्टिबायोटिक बेच्न र किन्न पाइँदैन । किन्ने मान्छेको ठेगाना लेखेर प्रिस्क्रिप्सन लेख्ने डाक्टरको नेपाल मेडिकल काउन्सिलको नम्बरसमेत रेकर्ड राखेर बिक्री गरिन्छ । यसको जथाभावी प्रयोग रोकिएको छ । यसैगरी सरकारले एन्टिबायोटिकको जथाभावी प्रयोग रोक्न बनाइरहेको नीति नियम कडाइका साथ पालना गरे रोक्न सक्छ । तर यसमा राज्यको इच्छा शक्ति चाहिन्छ । डाक्टरले लेख्ने प्रिस्क्रिप्सनको पनि अडिट गर्ने व्यवस्था गर्नुपर्छ । कुन रोगको उपचार के औषधि सिफारिस ग¥यो ? जथाभावी एन्टिबायोटिक त लेखेन ? भन्ने बिषयमा प्रिस्क्रिप्सन अडिट गर्ने प्रचलन चलाउनु पर्छ । जथाभावी लेख्ने लाई कारवाही गर्नुपर्छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय मातहतको उपचारात्मक महाशाखाले स्वास्थ्य बिमा कार्यक्रमअन्तर्गत प्रयोग गरिने औषधि प्रिस्क्रिप्सनको अडिट गर्ने काम अगाडि बढाएको छ । अरू रोगको उपचारमा पनि प्रिस्क्रिप्सन अडिट हुने व्यवस्था गर्नुपर्छ । यसले जथाभावी एन्टिबायोटिक सिफारिस गर्ने चलन माथि पनि अङ्कुश लाग्न सक्छ । हरेक चिकित्सक आफ्नो पेसाप्रति, समाजप्रति र जनस्वास्थ्य माथि सबै जिम्मेवार हुनुपर्छ । एन्टिबायोटिक सिफारिस गर्ने चिकित्सक, बेच्ने फार्मेसी र किन्ने उपभोक्ता तिनै पक्षलाई जिम्मेवार नबनाएसम्म एन्टिबायोटिकको जथाभावी प्रयोग रोक्न सकिँदैन । यसमा सबैको ध्यान जानु आवश्यक छ । केही दिन पहिले औषधि व्यवस्था विभागले एक सय तीन प्रकारका एन्टिवायोटिकको प्रयोग नगर्न उपभोक्ता र सरोकारवालाई अनुरोध गरेको थियो । विभागले एन्टिबोयोटिकको प्रयोगलाई न्यूनिकरण गर्न र नियन्त्रण गर्न प्रतिवन्ध लगाएको जनाएको थियो । एन्टिबायोटिकको जथाभावी प्रयोगलाई रोक्ने अभिप्रायले नेपाल चिकित्सक सङ्घले विभिन्न नीतिगत तहमा पैरवी गर्ने गरेको थियो । विश्व स्वास्थ्य सङ्गठनले सन् २०५० सम्म यही तरिकाले एन्टीबायोटिकको गलत प्रयोग भएको अवस्थामा भविष्यमा एन्टीबायोटिकले सही तरीकाले काम गर्न सक्दैन भन्ने अनुमान गरेको छ । एन्टीबयोटिकको सही सदुपयोग गर्नु पर्छ भनेर विश्व स्वास्थ्य सङ्गठनलगायत स्वास्थ्य क्षेत्रमा काम गर्ने विभिन्न संस्थाहरुले बारम्बार यस विषयलाई उठाइरहेका छन् । --- # प्रथम राष्ट्रिय धामीझाँक्री सम्मेलन Source: https://newskunda.com/archives/1964 Category: FEATURED NEWS, समाचार, समाज, स्वास्थ्य Last updated: 2022-09-03 झापा, १८ भदौ : नेपाल प्रज्ञा–प्रतिष्ठानका उपकुलपति वरिष्ठ संस्कृतिविद् डा जगमान गुरुङले धामीझाँक्रीमा वर्ग, लिङ्गजस्ता कुनै पनि किसिमको विभेद् नहुने बताउनुभएको छ । धामीझाँक्री समाजको अभिन्न अङ्ग भएकोे भन्दै उहाँले धामीझाँक्रीलाई समाजमा अझै पनि उच्च स्थानमा राख्ने गरिएको बताउनुभयो । नेपाल राष्ट्रिय धामी वैद्य सङ्घद्वारा आज झापाको विर्तामोडमा आयोजित प्रथम राष्ट्रिय धामीझाँक्री सम्मेलन तथा ‘नेपाली धामीझाँक्री संस्कृति तथा परम्परागत उपचार पद्धति’ विषयक पुस्तक लोकार्पण कार्यक्रममा गुरुङले धामीझाँक्रीलाई हेयका दृष्टिले हेर्न नहुने धारणा राख्नुभयो । झाँक्रीविद् एवं पुस्तकका परिकल्पनाकार भोलानाथ बाँस्तोलाको अनुसन्धान, निर्देशन र प्रकाशनमा प्रकाशित पुस्तकमा २० जना धामीझाँक्रीको अनुभव समेटिएको छ । कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका संस्कृतिविद् डा भक्त राईले धामीझाँक्री परम्परा र विज्ञान, नेपाल संस्कृत विश्वविद्यालयका तन्त्रविद् डा माधवप्रसाद लामिछानेले धामीझाँक्री परम्परासँग वैदिक र तान्त्रिक सिद्धान्तको अन्तर सम्बन्ध, पुस्तकका सम्पादक सापकोटाले बलि परम्परा, पञ्चतत्व, पाञ्चायन देवता र तन्त्र र झाँक्रीविद् बाँस्तोलले लोकसंस्कृति र परम्परामा झाँक्रीको स्थान साथै धामीझाँक्रीले चलाउने सामग्रीका विषयमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा रु एक करोड ६० लाखको लागतमा अर्जुनधारा–७ स्थित जरुवामा निर्माण हुने सङ्घको भवनसहित सङ्ग्रहालय र गुफा घरको गुरुयोजनासमेत सार्वजनिक गरिएको थियो । सो समारोहमा गुरु डिल्लीराम आचार्य, छविलाल रसाइली, डिल्लीराम बाँस्कोटा, खडानन्द अधिकारी, गोगलाल राजवंशी, दलबहादुर लक्सम, बाबुलाल दनुवार, मीनकुमार दनुवारले झाँकी र मुकुट प्रदर्शन गर्नुभएको थियो । सम्मेलनमा झापासहित ताप्लेजुङ, इलाम, मोरङ र धनकुटा गरी पाँच जिल्लाका धामीझाँक्री सहभागी भएका थिए । --- # बदलिँदै दसैं, दसैँका पुराना सम्झना Source: https://newskunda.com/archives/5005 Category: FEATURED NEWS, धर्म/संस्कृति, राजनीति, समाचार, समाज Last updated: 2026-10-22 -जनक श्रेष्ठ लमजुङ, ५ कात्तिकः दसैँ नजिकिँदै गर्दा गाउँघरमा पिङ हाल्ने चटारो हुन्थ्यो । बाँस, बाबियो र काठको सहायताले लिङ्गे पिङ बनाइन्थ्यो । आकाशमा रङ्गीचङ्गी चङ्गा उडिरहेका हुन्थे । विद्यालय बिदा भएपछि बालबालिका पिङ खेल्न, साथीभाइसँग रमाइलो गर्न र दसैँ मनाउन उत्साहित हुन्थे । घरआँगन सफा गर्ने, बाटोघाटो सिँगार्ने र आफन्तको आगमनले गाउँघरमा छुट्टै रौनक छाउँथ्यो । अहिले समय फेरिएको छ । दसैँ अझै आउँछ, घरआँगन सजिन्छन्, आफन्त घर फर्किन्छन् र मान्यजनबाट टीका, जमरा तथा आशीर्वाद लिने परम्परा कायम छ । तर, पहिले गाउँघरमा देखिने पिङको चहलपहल, सामूहिक खेलकुद र भेटघाटको रौनक धेरै ठाउँमा घट्दै गएको छ । रोजगारीका लागि गाउँ छाड्ने क्रम, आधुनिक प्रविधि र बदलिँदो जीवनशैलीले दसैँ मनाउने तरिकामा परिवर्तन ल्याएका छन् । बेँसीसहर नगरपालिका–११, चितीका ७२ वर्षीय हरिकृष्ण तिवारीका लागि दसैँ विगतका अनेक सम्झनासँग जोडिएको पर्व हो । उहाँको बाल्यकालमा आर्थिक अभाव थियो । वर्षमा एक जोर नयाँ लुगा पाउन कठिन हुन्थ्यो । नयाँ लुगा लगाउन पाउँदा ठूलो खुसी मिल्ने गरेको उहाँ सम्झनुहुन्छ । त्यतिबेला सबैको नयाँ कपडा किनेर लगाउने अवस्था थिएन । घरमै उपलब्ध कपडाबाट लुगा सिलाएर लगाउने चलन थियो । “एक जोर नयाँ लुगा लगाउन पाउँदा खुट्टा भूइँमा नपरेजस्तो लाग्थ्यो,” उहाँले बाल्यकाल सम्झँदै भन्नुभयो । त्यतिबेला दसैँमा खानपानको अवस्था पनि अहिलेको जस्तो सहज थिएन । मासु खान वर्ष दिन कुर्नुपर्ने अवस्था रहेको उहाँको अनुभव छ । अहिले खानपान र किनमेलको सुविधा बढे पनि आर्थिक अवस्था कमजोर भएका परिवारलाई चाडपर्व मनाउन कठिन हुने गरेको उहाँ बताउनुहुन्छ । विगतमा आर्थिक अवस्था फरक भए पनि अहिलेको जस्तो खर्च र देखासिकीको दबाब कम रहेको उहाँको बुझाइ छ । दसैँको अर्को आकर्षण पिङ थियो । गाउँका मानिस मिलेर पिङ हाल्थे । युवाहरू बाबियो सङ्कलन गरेर डोरी बाट्थे र आवश्यक काठ तथा अन्य सामग्री जुटाउँथे । टाढाटाढाबाट मानिस पिङ खेल्न आउने गरेको तिवारी सम्झनुहुन्छ । पिङ खेल्ने, गीत गाउने र साथीभाइसँग रमाइलो गर्ने गतिविधिले गाउँमा आत्मीयता बढाउँथ्यो । त्यतिबेला कौडा तथा अन्य परम्परागत खेल खेल्ने चलन पनि थियो । मकैका गेडा, आरुको गुठली र ढुङ्गाका साना टुक्रा प्रयोग गरेर खेलिने खेल बालबालिकाका मनोरञ्जनका माध्यम थिए । गाउँले भेला भएर खेल्ने, गफ गर्ने र गीतसङ्गीतमा रमाउने गर्थे । मनोरञ्जनका साधन सीमित भए पनि सामूहिक सहभागिताले दसैँलाई रमाइलो बनाउने गरेको उहाँको अनुभव छ । दसैँको तयारीमा गाउँलेबीच सहयोग र सहकार्य उत्तिकै महत्वपूर्ण थियो । घरायसी काम गर्न नसक्ने ज्येष्ठ नागरिक तथा असहायलाई अरूले सघाउँथे । परमा प्रथाअनुसार एकअर्काको काममा सहयोग गरिन्थ्यो । दसैँअघि बाटोघाटो, चौतारा र सार्वजनिकस्थल सफा गर्ने तथा मिलेर चाडपर्वको तयारी गर्ने चलन थियो । दशमीदेखि पूर्णिमासम्म आफन्तकहाँ जानेआउने र मान्यजनबाट टीका लगाउने परम्पराले पारिवारिक सम्बन्ध बलियो बनाउँथ्यो । अहिले गाउँको अवस्था फेरिएको छ । पढाइ, रोजगारी र अन्य अवसरको खोजीमा धेरै मानिस गाउँबाहिर गएका छन् । दसैँमा घर फर्किने पनि छोटो समय बसेर फर्किने हुँदा पहिलेको जस्तो चहलपहल नहुने गरेको तिवारीको अनुभव छ । कतिपय बालबालिका अष्टमीका आसपास गाउँ आउने र टीकाको भोलिपल्टै फर्किने गरेका छन् । पिङ खेल्ने चलन पनि पहिलेको तुलनामा कम भएको छ । मोबाइलको बढ्दो प्रयोगले परिवारका सदस्यबीचको संवाद र घरायसी काममा सहभागिता घटेको उहाँको गुनासो छ । बालबालिका मोबाइलमै व्यस्त हुँदासँगै बसेर कुराकानी गर्ने र घरको काममा सघाउने प्रवृत्ति कम हुँदै गएको उहाँ बताउनुहुन्छ । आर्थिक हैसियतअनुसार खानपान र खर्च गर्ने क्षमतामा देखिने भिन्नताले पनि चाडपर्वको अनुभूतिमा फरक पारेको उहाँको बुझाइ छ । पुरानो पुस्ताको सम्झना, नयाँ पुस्ताको अनुभव स्थानीय युवा सुवास गुरुङ पनि दसैँ मनाउने शैलीमा परिवर्तन आएको अनुभव गर्नुहुन्छ । उहाँका अनुसार बाल्यकालमा साथीभाइसँग गुच्चा खेल्ने, पिङ खेल्ने, नाचगान गर्ने र सामूहिक रूपमा रमाइलो गर्ने चलन थियो । अहिले गाउँमा साथीभाइको सङ्ख्या कम हुँदा यस्ता गतिविधि पनि घट्दै गएका छन् । पहिले गाउँमा प्रचलित रङ्गटे पिङ अहिले पनि कतैकतै देखिए पनि यसको चलन निकै कम भएको गुरुङ बताउनुहुन्छ । दसैँमा साथीभाइ भेटघाट गरेर कुराकानी गर्ने र रमाइलो गर्नेभन्दा खानपान तथा मोबाइलमा समय बिताउने प्रवृत्ति बढेको उहाँको अनुभव छ । “पहिले दसैँ परम्परागत संस्कार र संस्कृतिमा आधारित भएर मौलिक ढङ्गले मनाइन्थ्यो । अहिले भने आधुनिक शैली र देखासिकीको प्रभाव बढ्दै गएको छ,” उहाँले भन्नुभयो । मोबाइल तथा सामाजिक सञ्जालको प्रयोग र वैदेशिक रोजगारीका कारण पारिवारिक भेटघाटमा कमी आएको गुरुङको बुझाइ छ । कतिपय युवा विदेशमा र परिवारका सदस्य टाढा हुँदा घरमा चहलपहल कम हुने गरेको उहाँ बताउनुहुन्छ । यसले पुराना संस्कार र संस्कृति नयाँ पुस्तामा हस्तान्तरण हुने विषयमा पनि चिन्ता बढाएको उहाँको भनाइ छ । पुराना संस्कार र संस्कृति जोगाउन युवाले महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने उहाँ बताउनुहुन्छ । आधुनिक समयलाई आत्मसात् गर्दै पुर्खाबाट प्राप्त परम्परालाई व्यवहारमा उतार्नुपर्ने उहाँको सुझाव छ । “आधुनिक समयलाई आत्मसात् गर्दै मौलिक संस्कार र संस्कृतिलाई पनि जोगाउनुपर्छ । पुर्खाबाट प्राप्त परम्परालाई नयाँ पुस्तासम्म हस्तान्तरण गर्दै लैजानसके मात्रै हाम्रो मौलिकता जीवित रहन्छ,” उहाँले भन्नुभयो । ६३ वर्षीया धङ्खु गुरुङलाई पनि पहिलेको दसैँको सम्झना ताजै छ । उहाँका अनुसार विगतमा दसैँ सामूहिक रूपमा मनाइन्थ्यो । गाउँका मानिस मिलेर लिङ्गे तथा रङ्गीचङ्गी पिङ हाल्ने, खेल्ने र भेटघाट गर्दै सुखदुःखका कुरा साटासाट गर्ने गर्थे । गाउँघरमा मानिसको चहलपहल हुन्थ्यो भने चाडपर्वले आपसी सम्बन्ध र आत्मीयता बढाउने अवसर प्रदान गर्थ्यो । दसैँको तयारीमा महिलाको भूमिका महत्वपूर्ण हुने गरेको उहाँ सम्झनुहुन्छ । घर लिपपोत गर्ने, घरआँगन सजाउने, बाबियो काटेर कुच्चो बनाउने तथा सालका पातबाट दुना–टपरी गाँस्नेजस्ता काममा महिला व्यस्त हुन्थे । घरायसी सामग्री आफैँ तयार पार्ने र मिलेर चाडपर्व मनाउने चलन थियो । अहिले भने यस्ता परम्परागत अभ्यास घट्दै गएको उहाँको अनुभव छ । गुरुङका श्रीमान् भारतीय सेनामा कार्यरत हुनुहुन्थ्यो । लाहुरे श्रीमान् बिदामा घर फर्किने समय परिवारका लागि विशेष खुसीको क्षण हुने गरेको उहाँ बताउनुहुन्छ । श्रीमान् कहिले घर आउलान् भन्ने प्रतीक्षामा दसैँको उत्साह थपिन्थ्यो । उहाँको कमाइबाट घरपरिवार चलाउने गरिन्थ्यो । अहिले उहाँका छोरा पनि लाहुरे हुनुहुन्छ । विगतमा परिवारका सदस्य घर फर्किएपछि सबै मिलेर चाडपर्व मनाउँदाको खुसी बेग्लै हुने गरेको उहाँ सम्झनुहुन्छ । “पहिले पैसा धेरै नभए पनि गाउँमा मानिसको जमघट हुन्थ्यो । सबै मिलेर दसैँ मनाउँथ्यौँ, रमाइलो गर्थ्यौँ । अहिले पैसा भए पनि पहिलेको जस्तो गाउँमा चहलपहल र रौनक छैन,” उहाँले भन्नुभयो । उहाँका अनुसार अहिले रोजगारी र अवसरको खोजीमा युवा विदेशिने क्रम बढेसँगै गाउँघरमा युवा पुस्ताको उपस्थिति पातलिँदै गएको छ । विदेशमा रहेका परिवारका सदस्यले पठाएको रकमबाट दसैँ मनाउने क्रम रहे पनि पहिलेको जस्तो सामूहिक भेटघाट र रमाइलो हुन सकेको छैन । गाउँ फर्किएका युवाको भेटघाट गर्ने शैलीसमेत बदलिएको उहाँ बताउनुहुन्छ । पहिले गाउँमा भेला भएर पिङ खेल्ने, गफ गर्ने र मिलेर रमाइलो गर्ने चलन बढी भए पनि अहिले कतिपय युवा गाउँमै हुँदा पनि मोबाइलमा व्यस्त हुने गरेका छन् । यसले सँगै बसेर कुराकानी गर्ने, सुखदुःख साटासाट गर्ने र सामूहिक रूपमा रमाइलो गर्ने अवसर घटाएको उहाँको अनुभव छ । रोजगारीका लागि गाउँ छाड्ने क्रम र बदलिँदो जीवनशैलीले पुराना संस्कार, संस्कृति र सामूहिकताको परम्परा कमजोर हुँदै गएको उहाँको चिन्ता छ । परम्परा जोगाउँदै समयसँग अघि बढ्ने दसैँ हिन्दू धर्मावलम्बीको प्रमुख पर्व हो । घटस्थापनादेखि सुरु हुने नवरात्रमा देवी दुर्गाको पूजा आराधना गरिन्छ भने विजयादशमीका दिन मान्यजनबाट टीका, जमरा र आशीर्वाद लिने चलन छ । असत्यमाथि सत्यको विजय र पारिवारिक पुनर्मिलनको सन्देश बोकेको दसैँ धार्मिक तथा सांस्कृतिक दृष्टिले महत्त्वपूर्ण पर्व हो । दसैँसँग जोडिएका पिङ, परम्परागत खेल, चङ्गा उडाउने गतिविधि र सामूहिक भेटघाटले विगतमा गाउँघरको जीवनलाई जीवन्त बनाउँथे । यस्ता गतिविधि मनोरञ्जनका माध्यम मात्र थिएनन्, आपसी सहयोग, मित्रता र सामुदायिक सम्बन्ध बलियो बनाउने अवसर पनि थिए । अहिले यस्ता चलन सबै ठाउँमा उस्तै अवस्थामा छैनन् । कतै अझै निरन्तरता छ भने कतै घट्दै गएका छन् । बदलिँदो समयसँगै चाडपर्व मनाउने शैली फेरिनु स्वाभाविक हो तर परिवर्तनका क्रममा आफ्ना मौलिक परम्परा र सामाजिक सम्बन्धलाई बेवास्ता गर्नु उचित हुँदैन । नयाँ पुस्तालाई पुराना खेल, संस्कार र परम्पराको महत्त्व बुझाउने, ज्येष्ठ नागरिकका अनुभव सुन्ने तथा परिवार र समुदायसँग समय बिताउने अवसर सिर्जना गर्न आवश्यक छ । दसैँलाई पहिलेको जस्तै बनाउन सबै कुरा पुरानै अवस्थामा फर्काउनुपर्छ भन्ने होइन । आधुनिक जीवनशैली र प्रविधिको उपयोग गर्दै पनि पारिवारिक भेटघाट, आपसी सहयोग र सामूहिक खुसीलाई प्राथमिकता दिन सकिन्छ । गाउँमा रहेका परम्परागत खेल र सांस्कृतिक गतिविधिलाई नयाँ पुस्तासँग जोड्न सके तिनको निरन्तरता सम्भव हुन्छ । दसैँ आज पनि उत्तिकै महत्त्वपूर्ण छ। तर, यसको रौनक र अनुभव समयसँगै बदलिँदै गएको छ । ज्येष्ठ नागरिकका सम्झना र युवाका अनुभवले चाडपर्व केवल खानपान र बिदामा सीमित नभई परिवार, आफन्त, छिमेकी र समुदायसँगको सम्बन्धसँग जोडिएको देखाउँछन् । त्यसैले बदलिँदो समयसँगै दसैँ मनाउने शैली परिवर्तन भए पनि यसको आत्मीयता, सहकार्य र सांस्कृतिक पहिचान जोगाइराख्नु आवश्यक छ । --- # मुख्यमन्त्री थापाद्धारा बाढी प्रभावित नुवाकोटमा आपतकालीन तथा आधारभुत स्वास्थ्य केन्द्रको शुभारम्भ Source: https://newskunda.com/archives/4424 Category: FEATURED NEWS, अर्थ, राजनीति, शिक्षा, समाचार, समाज, स्वास्थ्य Last updated: 2026-09-24 नुवाकोट ८ असोज । भोटेकोशी बाढी प्रभावित नुवाकोट र आसपासका क्षेत्रका स्थानीयवासीको आपतकालिन उपचारका लागि बागमती प्रदेश सरकारले नुवाकोटको विदुर नगरपालिकामा आजबाट आपतकालीन तथा आधारभुत स्वास्थ्य केन्द्र सञ्चालनमा ल्याएको छ । रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा गत भदौ १० गते आएको विनाशकारी बाढीले पुल बगाउँदा त्रिशुली अस्पताल जाने मार्ग टुटेपछि सामान्य उपचारका लागि पनि काठमाडौं जानु पर्ने बाध्यतालाई अन्त्य गर्न प्रदेश सरकारले आजबाट केन्द्र सञ्चालनमा ल्याएको हो । आज वागमती प्रदेशका मुख्यमन्त्री किरण थापाले उक्त केन्द्रको शुभारम्भ गर्नुभयो । मुख्यन्त्री किरण थापाले बाढी प्रभावित नागरिकलाई स्वास्थ्यमा संकट आउँदा तत्काल आधारभूत स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले आयुर्वेद तथा वैकल्पिक चिकित्सालय, नुवाकोटमा चार शैयाको केन्द्र सञ्चालनमा ल्याएको बताउनुभयो । विपद्को कठिन घडीमा नागरिकको जीवनरक्षा, स्वास्थ्य सुरक्षा तथा राहत–उद्धारलाई प्रदेश सरकारले उच्च प्राथमिकतामा राखेको बताउँदै उहाँले भन्नुभयो, “बाढी प्रभावित नुवाकोटका नागरिकहरुलाई स्वास्थ्यमा संकट आउँदा र सामान्य उपचारका लागि पनि काठमाण्डौंसम्म उपचार गर्न जानुपर्ने बाध्यता आएको थियो, अब त्यो बाध्यता हटेका छ ।” विपद् प्रभावित नागरिकलाई मलम लगाउन प्रदेश सरकारले कुनै कसर बाँकी नराख्ने बताउद उहाँले प्रभावित क्षेत्रमा स्वास्थ्य संकटको तत्काल व्यवस्थापनसँगै पुनःस्थापना र नागरिकको दैनिकी सहज बनाउन आवश्यक समन्वय, सहकार्य तथा प्रभावकारी सेवा प्रवाहलाई निरन्तरता दिइने बताउनुभयो । रसुवा भोटेकोशी बाढिका कारण नुवाकोटको त्रिशुली नदीको पुल बगाएपछि बेलकोटगढी, विदुर नगरपालिका लगायतका स्थानीय तहको त्रिशुली अस्पतालसँग सम्पर्क टुटेको थियो । प्रभावित वासिन्दाको साथमा प्रदेश सरकार दृढतापूर्वक उभिएको बताउँदै उहाँले भन्नुभयो, “परिस्थिति जस्तोसुकै भए पनि त्यसलाई व्यवस्थापन गर्दै स्वास्थ्य सेवा सुरु गरेका छौँ । अब नुवाकोटवासीले आधारभूत स्वास्थ्योपचारका लागि काठमाडौँ जानुपर्ने बाध्यता हटेको छ । हामी अस्पतालमा आवश्यक पर्ने स्वास्थ्य उपकरण, औषधि र जनशक्तिको अभाव हुन दिदैनौ, अन्य प्रादेशिक अस्पतालबाट जनशक्ति खटाउने र आवश्यक परे तत्काल करारमा विज्ञापन गरेर भए पनि सेवा चुस्त बनाउन बजेट व्यवस्थापन गर्नेछौं ।” मुख्यमन्त्री थापाले नुवाकोट र रसुवालाई जोड्न तथा आवतजावत सहज बनाउन तत्काल ५ वटा झोलुङ्गे पुल र २ वटा बेलिब्रिज जडान गरिने बताउदै छिटो झोलुङ्गे पुल निर्माण गर्न छोटो अवधिको टेन्डर निकाल्न भौतिक पूर्वाधार मन्त्रालयलाई निर्देशन दिइसकिएको बताउनुभयो । बागमती प्रदेशसँग हाल उपलब्ध रहेका ५०–५० मिटरका दुईवटा बेलीब्रिज एक साताभित्र तयार हुने र स्थानीय तह तथा जनप्रतिनिधिहरूसँग समन्वय गरी प्राथमिकताका आधारमा दुई स्थानमा जडान थप पुल जडान गरिने उहाँको भनाई थियो । नेपाली सेनासँग समन्वय गरी पुरानो अर्को बेलिब्रिज पनि सञ्चालनमा ल्याउने तयारी गरिएको बताउदै उहाँले पक्की पुल निर्माणका लागिसमेत अध्ययन सुरु गरेको बताउनभयो । प्रदेश सरकार उद्धार, उपचार र राहत वितरणपछि संघीय र स्थानीय सरकारसँग समन्वय गरेर पुनर्निर्माणतर्फ केन्द्रित भएको भन्दै मुख्यमन्त्री थापाले पुल नभएका ठाउँमा तत्काल वैकल्पिक सडक खोल्ने काम अघि बढाइएको बताउनुभयो । जसका कारण त्यस क्षेत्रका नागरिक उपचारमा समस्या आएको थियो । विपद् प्रभावित नागरिकको उपचारमा सहयोग पु¥याउन प्रदेशको स्वास्थ्य तथा समाजिक विकास मन्त्रालय र डब्लुएचओको सहयोगमा आकस्मिक सहित, बहिरंग तथा प्रसूति सेवा दिनेगरी चार शैयाको केन्द्र सञ्चालन गरिएको मन्त्रालयकी स्वास्थ्य सचिव डा. सुमित्रा गौतमले बताउनुभयो । त्रिशूली नदीमा पुल नहुँदा स्थानीयवासीलाई प्रादेशिक अस्पतालसम्म पुग्न कठिनाइ भइरहेको अवस्थामा डब्ल्युएचओको सहयोगमा अस्पताल तथा भिडियो परामर्श सेवा सुरु गरिएको छ । कार्यक्रममा बागमती प्रदेशका पुर्व मुख्यमन्त्री बहादुरसिंह लामा , आर्थिक मामिला तथा योजना मन्त्री सरल सहयात्री पौडेल, स्वास्थ्य तथा सामाजिक विकास मन्त्री गिरबहादुर तामाङलगायतको सहभागिता रहेको थियो । प्रदेश सरकारले रसुवा, नुवाकोट, धादिङ र चितवनलगायत बाढी प्रभावित क्षेत्रमा राहत, पुनःस्थापना तथा स्वास्थ्य सेवालाई प्राथमिकतामा राख्दै विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको छ । --- # लोकतन्त्र, नागरिकको गरिमा र सामाजिक न्यायलाई पार्टीका प्रमुख आधार बनाउँछु : काँग्रेस सभापति गगन थापा Source: https://newskunda.com/archives/4804 Category: FEATURED NEWS, अर्थ, राजनीति, शिक्षा, समाचार, समाज, स्वास्थ्य Last updated: 2026-10-19 ललितपुर, ३१ असोजः नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले लोकतन्त्र, नागरिकको गरिमा र सामाजिक न्यायलाई पार्टीका प्रमुख आधार बनाउने बताउनु भएको छ । पार्टीको केन्द्रीय निर्वाचन समितिद्वारा आज पार्टीको केन्द्रीय कार्यालय सानेपामा आयोजित नवनिर्वाचित पार्टी सभापतिको शपथपछि सम्बोधन गर्दै उहाँले पार्टीलाई नागरिकको विश्वासको केन्द्रको भरोसायोग्य, वैचारिक र सामाजिक आन्दोलनको नेतृत्व गर्ने संस्थाका रूपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । उहाँले लोकतन्त्र, नागरिकको गरिमा र सामाजिक न्यायलाई पार्टीका प्रमुख आधार बनाउने समेत बताउनुभयो । “आगामी चार वर्षमा पार्टीका आन्तरिक गतिविधिभन्दा नागरिकका मुद्दा र समस्यालाई प्राथमिकता दिने छौँ, कांग्रेसलाई आजको नेपाली समाजका प्रश्नको जवाफ दिनसक्ने वैचारिक नेतृत्वका रूपमा अघि बढाउने, सङ्गठनलाई आधुनिक बनाउने छौँ, युवादेखि किसानसम्मलाई सामाजिक आन्दोलनमा जोड्ने योजना छ, पार्टीभित्र सहमत र असहमत सबै पक्षलाई समेटेर अघि बढ्ने तथा नेतृत्वलाई पारदर्शी र जवाफदेही बनाउने प्रतिबद्धता व्यक्त गर्न चाहान्छु”, उहाँले भन्नुभयो । सभापतिको पद अधिकार नभई जिम्मेवारी भएको उल्लेख गर्दै आफूबाट गल्ती भए त्यसको भार पार्टीले बोक्न नहुने उहाँको भनाइ छ । उहाँले व्यक्तिका कमजोरीको जिम्मेवारी सम्बन्धित व्यक्तिले नै लिनुपर्ने स्पष्ट पार्नुभयो । हालैको प्राकृतिक विपत्तिका कारण धेरै परिवार शोक र अभावमा रहेकाले यस वर्ष दसैँलाई तडकभडक पूर्ण रूपमा नमनाउने कांग्रेसको निर्णय रहेको उहाँले जानकारी दिनुभयो । विपत्तिबाट प्रभावित तथा आफन्त गुमाएका परिवारसँग जोडिएर चाड मनाउन र सामाजिक सद्भाव कायम राख्न उहाँले पार्टीका नेताकार्यकर्ता तथा आमनागरिकलाई आग्रह गर्नुभयो । निर्वाचन समितिका संयोजक वरिष्ठ अधिवक्ता प्रेमबहादुर खड्काले छोटो समयमा तय भएको कार्यतालिकाका आधारमा पनि निर्वाचन सम्पन्न भएको भन्दै नेपाली कांग्रेसको इतिहासमा नै १६५ निर्वाचन क्षेत्रमा अधिवेशन सम्पन्न भएर केन्द्रीय महाधिवेशन हुन सफल भएको जानकारी गराउनुभयो । उहाँले नवनिर्वाचित सभापति थापालाई देशमा बढ्दै गएको राजनीति अनुशासनहीनतालाई सही दिशामा ल्याउन, सार्वभौम सत्ताको संरक्षणमा लाग्न, सम्मानपूर्वक बाँच्न पाउने अधिकारको संरक्षण र मानव अधिकारको रक्षा गर्न सक्षम हुनेगरी अगाडि बढ्न आग्रह गर्नुभयो । --- # ‘इम्बोस्ड प्लेट जडान अनिवार्य होइन, तीव्रता मात्र दिन लागिएको हो’ Source: https://newskunda.com/archives/1204 Category: FEATURED NEWS, राजनीति, समाचार, सूचना प्रविधि Last updated: 2022-06-07 काठमाडौँ, २४ जेठ : यातायात व्यवस्था विभागले साउनदेखि सबै सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट अनिवार्य नगरेको स्पष्ट पारेको छ । विभागले दुई दिन पहिले जारी गरेको सूचनाका आधारमा आमनागरिक र मिडियामा त्यसको पक्ष र विपक्षमा बहस सुरु हुँदा विभागले इम्बोस्ड नम्बर प्लेट जडानलाई तीव्र बनाइने जनाएको छ । सूचनामा आगामी साउन १ गतेदेखि सडकमा गुड्ने सबै सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट जडान हुनुपर्छ भन्ने मान्यता नभएको विभागका प्रवक्ता इश्वरीदत्त पनेरुले बताउनुभयो । विभागले यही जेठ २० गते जारी गरेको विज्ञप्ति गत कात्तिक २२ गतेको विज्ञप्तिको परिपूरक भएको स्पष्ट पारेको छ । अबको ४० दिनमा यही गतिमा हुँदा नेपालमा हाल दर्ता भएका २५ लाख सवारीसाधनमा नम्बर प्लेट जडान सम्भव नरहेको प्रवक्ता पनेरुले बताउनुभयो । गत कात्तिकमा जारी सूचनाका आधारमा जसले जडान गर्नुपर्ने हो गरेको छ छैन भनी अनुगमन गरिनुपर्ने पनेरुले बताउनुभयो । “अहिले नम्बर प्लेट जडान ऐच्छिक भएको छ’, उहाँले भन्नुभयो, “सीमित समयमा काम पूरा गर्न गति तीव्र बनाउनै पर्छ ।” विभागले जारी गरेको सूचनामा बागमती र गण्डकी प्रदेशका यातायात व्यवस्था कार्यालयले दर्ता भएका सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट जडान भए नभएको कार्यान्वयन गर्न भनिएको थियो । साउनपछि ट्राफिक प्रहरीबाट अनुगमन गरिने र तोकिएअनुसार सवारीसाधनमा जडान नभएको पाइएमा कारबाही हुने उल्लेख थियो । इम्बोस्ड नम्बर प्लेटका कारण राज्यको दायित्व थपिँदै जाने तर त्यसले लक्षित उद्देश्य पूरा नहुने अवस्थामा जिम्मेवार निकाय र पदाधिकारीले ध्यान दिनुपर्ने विभागले जनाएको छ । सरकारले २०७३ सालमा सवारीसानधमा इम्बोस्ड नम्बर प्लेट जडानको सम्झौता गरेको थियो । संसद्ले २०७४ सालमा कानुन बनाएर इम्बोस्ड नम्बर प्लेट जडानका लागि व्यवस्था गरेको थियो । विसं २०७८ कात्तिक २२ गते राजपत्रमा सूचना प्रकाशित गरेर मङ्सिर १ गते पछि दर्ता हुने नयाँ सवारीसाधनले अनिवार्य इम्बोस्ड नम्बर प्लेट लिनुपर्ने उल्लेख थियो । त्यस्तै, फागुन १ गतेपछि नामसारी हुने सवारीसानधमा पनि अनिवार्य गरिएको थियो । विभागले गत जेठ १ पछि नवीकरणलाई अनिवार्य गरेको थियो । नयाँ, नामसारी र नवीकरण हुने सवारीसाधनमा अनिवार्य गर्दै लैजाने निर्णय भए पनि कार्यान्वयन हुन नसकेकाले त्यसैका लागि अहिले ताकेता गरिएको हो । उहाँले भन्नुभयो, “विगतमा भएका निर्णय कार्यान्वयन गर्दै लैजाने हाम्रो जिम्मेवारी हो ।” विभागले जेठ २० गते जारी गरेको सूचनालाई धेरैले फरक फरक रुपमा बुझेको पाइएको छ । संसद् र सामाजिक सञ्जालमा समेत यसबारेमा चर्चा भइरहेको छ । पहिले अदालतमा मुद्दाका कारण र पछिल्लो समय कोभिड–१९ का कारण सुरक्षासहितको सवारीसाधनमा प्रयोग हुने नम्बर प्लेट (इम्बोस्ड नम्बर प्लेट) को कार्यान्वयन सुस्त छ । विभागले २०७३ जेठ १७ गते टाइगर आइटी कर्पाेरेसनसँग नम्बर प्लेट आपूर्ति र जडानका लागि सम्झौता गरेको थियो । गत वर्ष अवधि सकिएकामा पछि थपिएको थियो । प्रविधियुक्त सो नम्बर प्लेटको प्रयोगले सवारीसाधनको चोरी, राजस्व छली र आपराधिक क्रियाकलाप रोक्ने अपेक्षा गरिएको छ । सम्झौतामा वैयक्तिक नामाङ्कन र सूचना प्रविधि पूर्वाधारसमेत निर्माण गरिने उल्लेख छ । आधुनिक र वैज्ञानिक नम्बर प्लेट अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा बोलपत्र आह्वान गरिएको थियो । सम्झौताका आधारमा आपूर्तिकर्ता कम्पनीले २५ लाख कार्डसँगै सवारीधनीलाई इम्बोस्ड प्लेट प्रणालीमा आवद्ध गराउन र सवारीसाधनका लागि कम्प्युटर प्रणालीबाट नम्बर प्लेट जारी गर्न वैयक्तिक कार्यक्रमलगायत सफ्टवेयर निर्माण गर्ने उल्लेख थियो । त्यस्तै, नम्बर प्लेट छपाइका लागि प्रयोग हुने मेसिनरी उपकरण जडान तथा सञ्चालन गर्नुपर्ने ठेक्का सम्झौतामा उल्लेख थियो । सडक विभागसँगको समन्वयमा ‘स्टिकर’ वा ट्यागजडित सवारीसाधनको विद्युतीय अनुगमनका लागि १० स्थानमा द्वार निर्माण गरिनेछ । काठमाडौँ उपत्यकामा नागढुङ्गा, जगाति, नागार्जुन, फर्पिङ, जोरपाटी र उपत्यकाबाहिर इटहरी, पथलैया, बुटवल, कोहलपुर तथा अत्तरियामा द्वार निर्माण गरिने छ । संविधानअनुसार नेपाली भाषा नै सरकारी कामकाजको भाषा भएकाले नम्बर प्लेटमा नेपाली अक्षर हुनुपर्ने माग गर्दै २०७४ फागुनमा रिट दर्ता गरिएको थियो । सो मुद्दामा अदालतले अन्तरिम आदेश दिएकाले नम्बर प्लेट जडान रोकिएको थियो । उक्त मुद्दामा रिट खारेज गरेपछि पुनः अघि बढाउन बाटो खुलेको थियो । अदालतले छिमेकी देशले पनि इम्बोस्ड नम्बर प्लेटमा अंग्रेजी भाषा नै प्रयोग गरेको र नेपालको छिमकी देशसँग अन्तरदेशीय पारवाहन सम्झौता भएकाले अङ्ग्रेजी भाषाको प्रयोग अनुपयुक्त नहुने जनाएको थियो । यातायातको व्यवस्थापनको जिम्मेवारी सङ्घीय र प्रदेश सरकार दुबैको छ । इम्बोस्एड नम्बर प्लेटको सम्झौता सङ्घीय सरकारले गरेको थियो भने कार्यान्वयन प्रदेशका कार्यालयमार्फत भइरहेको छ । समन्वयको समस्याका कारणले यसले गति लिन नसकेको बताइएको छ । --- # ‘एक सुकाको पनि आर्थिक लेनदेन गरेको छैन, निष्पक्ष अनुसन्धानको प्रतीक्षामा छु’ : गगन थापा Source: https://newskunda.com/archives/5513 Category: FEATURED NEWS, राजनीति Last updated: 2026-11-05 **काठमाडौं ।** नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको आधिकारिकतासम्बन्धी विवादमा आफू कुनै आर्थिक लेनदेन वा अनुचित गतिविधिमा संलग्न नरहेको दाबी गरेका छन्। उनले आफूलाई जोडेर प्रायोजित हल्ला फैलाइएको भन्दै त्यस्ता आरोप पूर्ण रूपमा खारेज गर्ने बताएका छन्। बिहीबार सामाजिक सञ्जालमार्फत भिडियो सन्देश जारी गर्दै थापाले कांग्रेसको आधिकारिकतासम्बन्धी विवादमा आफ्नो नाम जोडेर राजनीतिक बजारमा हल्ला चलाइएको बताए। ‘नेपाली कांग्रेसको आधिकारिकताको विषयमा एउटा हल्लाले अहिले राजनीतिक बजार पिटेको छ। यो बदनियतका साथ चलाइएको हल्ला हो, यसलाई हामी पूर्ण रूपमा खारेज गर्छौं,’ उनले भने। पार्टीका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले यसअघि नै केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन गरेर पार्टीको धारणा सार्वजनिक गरिसकेको उल्लेख गर्दै थापाले पार्टी र नेतृत्व सबै प्रकारका अनुसन्धानका लागि तयार रहेको बताए। ### अडियो प्रकरणमा निष्पक्ष अनुसन्धानको माग फिक्सर इनम सापकोटा नेपाल प्रहरीको हिरासतमा रहेको अवस्थामा उनको नामसँग जोडेर सार्वजनिक भएको भनिएको अडियोबारे प्रतिक्रिया दिँदै थापाले उक्त अडियोको स्रोत र सत्यताबारे आफूलाई कुनै जानकारी नभएको बताए। ‘त्यो अडियो कहाँ बोलेको? कसले बोलेको? किन बोलेको? कहिले बोलेको? थाहा छैन। बोलेको हो कि बोलाइएको? यो पनि थाहा छैन,’ उनले भने। अडियोमा आफ्नो नाम जोडिएको भन्दै सार्वजनिक रूपमा स्पष्टीकरण दिइरहनुपर्ने आवश्यकता नरहेको उनको भनाइ छ। बरु सम्बन्धित व्यक्तिमाथि निष्पक्ष अनुसन्धान हुनुपर्नेमा उनले जोड दिए। ‘अब प्रश्न हामीलाई सोध्ने होइन। प्रश्न जहाँ सोध्नुपर्ने हो, त्यहाँ सोध्ने। जब राम्रोसँग अनुसन्धान हुन्छ, फेयर अनुसन्धान हुन्छ, दूधको दूध, पानीको पानी मज्जाले छुटिन्छ। हामी त्यसकै प्रतीक्षामा छौँ,’ थापाले भने। पार्टीको आधिकारिकताका लागि भइरहेको राजनीतिक तथा कानुनी लडाइँमा कुनै आर्थिक लेनदेन वा अनुचित काम नगरेको दाबी गर्दै उनले भने, ‘रुपैयाँ होइन, एक सुकाको पनि कुनै आर्थिक लेनदेन, कुनै अनुचित काम गरेको छैन, भएको छैन।’ ### विशेष महाधिवेशनलाई पार्टीभित्रको विद्रोहको संज्ञा थापाले नेपाली कांग्रेसको विशेष महाधिवेशनलाई पार्टीभित्रको विद्रोहको संज्ञा दिएका छन्। भदौ २३ र २४ गते युवाहरूले गरेको विद्रोहको सम्मान गर्दै पार्टीभित्र परिवर्तन आवश्यक रहेको निष्कर्षसहित आफूहरू अघि बढेको उनले बताए। ‘नेपाली कांग्रेसको विशेष महाधिवेशन भनेको विद्रोह हो। पार्टीको भुइँ तहको कार्यकर्ताले गरेको विद्रोहमा हामीहरू मिसिएको हो,’ उनले भने। विभिन्न राजनीतिक दलका नेताहरूसँग आफूले गरेको भेटघाटलाई पक्राउको हल्ला वा अडियो प्रकरणसँग जोड्न नहुने थापाको भनाइ छ। कांग्रेस सभापतिको हैसियतमा मधेश प्रदेश सरकारको विश्वासको मतलगायत राजनीतिक विषयमा छलफल गर्न नेताहरूसँग भेटघाट गरेको उनले स्पष्ट पारे। नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, जनता समाजवादी पार्टीका नेता उपेन्द्र यादव र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भएको भेटघाट राजनीतिक संवादकै सिलसिला भएको उनले बताए। ‘म तर्सिने जिनिस नै होइन, तर्सिनै परेको छैन। नेपाली कांग्रेसको पार्टी सभापति छु, मेरो पार्टी सभापतिको रूपमा केही ड्युटीजहरू छन्,’ थापाले भने। ### सरकारको कार्यशैलीप्रति असन्तुष्टि थापाले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै प्राकृतिक विपत्तिबाट घरबारविहीन भएका नागरिकको पुनःस्थापना, सुकुम्बासी समस्या, रोजगारी सिर्जना र लगानी प्रवर्द्धनलाई प्राथमिकता दिनुपर्ने बताएका छन्। ‘सबैभन्दा ठूलो कुरा इकोनोमी छ, खोइ जब्स? खोइ इन्भेस्टमेन्ट? जताततै बर्बाद हुँदै गएको छ,’ उनले भने। सरकार पाँच वर्षको जनादेशसहित आएको भन्दै त्यसलाई सम्मान गर्ने तर लोकतान्त्रिक अधिकार र संस्थामाथि हस्तक्षेप भए प्रतिवाद गर्ने उनको चेतावनी छ। ‘डेमोक्रेटिक राइटलाई खुम्च्याउने कुरा, हाम्रा संस्थालाई कमजोर बनाउने कुरा हुँदै गर्दा हामी मूकदर्शक भएर बस्दैनौँ, बोल्छौँ, प्रश्न गर्छौं, पर्यो भने प्रतिवाद गर्छौं,’ उनले भने। ### ‘मेरो हात सफा छन्’ आफूमाथि पटकपटक प्रायोजित आरोप लगाएर चरित्रमाथि प्रश्न उठाउने प्रयास भइरहेको दाबी गर्दै थापाले आफ्नो नैतिकता र इमानदारीमा कुनै सम्झौता नगरेको बताए। ‘मेरो आत्मा दाग छैन, मनमा कुनै कालो छैन, मेरा हात सफा छन्, माइ ह्याण्ड्स आर क्लिन,’ उनले भने। विगतमा पनि शक्तिशाली सत्ताको गलत कामविरुद्ध आवाज उठाउँदै आएको उल्लेख गर्दै थापाले अहिले पनि आफ्नो अडानबाट पछि नहट्ने बताए। प्रायोजित हल्लाका कारण प्रश्न गर्ने अधिकार कमजोर हुन नहुनेमा जोड दिँदै उनले लोकतन्त्रमा प्रश्न गर्ने अधिकारको महत्त्व औँल्याए। ‘यत्रो प्रायोजित हल्लाहरूको बीचमा राइट टु क्वेस्चन मर्नु हुँदैन। प्रश्न मर्यो भने डेमोक्रेसी सकिन्छ, डेमोक्रेसी मात्र होइन, हाम्रो प्रगतिको पनि सकिन्छ,’ थापाले भने। --- # ‘ऐना झ्यालको पुतली’लाई सिनेमा हलले शो नदिएकोमा आपत्ती Source: https://newskunda.com/archives/2047 Category: FEATURED NEWS, कला तथा साहित्य, समाचार, समाज Last updated: 2022-09-08 काठमाडौं, २३ भदौ । भोलि शुक्रबारबाट प्रदर्शन हुन लागेको नेपाली चलचित्र ‘ऐना झ्यालको पुतली’ टिमले फिल्मलाई सिनेमा हलहरुले शो नदिएको भन्दै आपत्ती जनाएको छ । रिपोर्टर्स क्लब नेपालमा आज (बिहीबार) पत्रकार सम्मेलनको आयोजना गरेर फिल्म टिमले आपत्ती जनाएको हो । पत्रकार सम्मेलनमा बोल्दै फिल्म निर्देशक तथा निर्माता सुजित बिडारीले भोलिदेखि रिलिज हुने आफ्नो फिल्मको प्रदर्शन समय नै थाहा नभएको भन्दै आपक्ति जनाएका छन् । फिल्म क्षेत्रमा भइरहेको पछिल्लो अवस्थाबारे आफुले केही पत्ता नपाएको उनले बताए । उनले भने,“मैले फिल्म बनाएपनि फिल्म देशाउनेहरुले हेलचक्राई गर्दा हाम्रो औचित्यमाथि प्रश्नचिन्ह खडा भयो की । हामीले समाज र परिवारको कुरा गर्छौ, त्यो कुराप्रति संवेदनशिल हिनता हो यो, यो त अति नै चित्त दुख्ने कुरा हो । यहाँ सबैको अधिकार छ ।” फिल्म प्रदर्शन व्यापार हो भन्दै उनले सित्तैमा शो देखाउन सिनेमा हललाई नभनेको समेत स्पष्ट पारे । उनले आफ्नो फिल्मको शो कुन–कुन हलमा छ भनेर दर्शकले हेर्न चाहे त्यसबारे आफुले जवाफ दिन नसकेको गुनासो पोखे । फिल्म शो को समयबारे प्रश्न सोध्ने ठाउँ कहाँ हो त्यसबारे पनि आफुलाई केही थाहा नभएको उनको भनाइ छ । “चलचित्र विकास बोर्डमा गएर सोध्दा एउटा निवेदन लिएर आउनुस्, निवेदन आएपछि रिलिज हुन्छ भनेर जवाफ दिनुभयो ।”उनले भने,“क्विक एक्सन केही हुनुपथ्र्यो होला ।” निर्माता आकाश पौडेलले फिल्म भोलि रिलिज हुने भनेपनि प्रदर्शनको समय अहिलेसम्म थाहा नभएको बताएका छन् । उनले भने,“साथीभाईहरुले शो को समय सोधेपनि हामीसँग कुनै जवाफ छैन् ।” ६० वर्ष अघि नेपाली फिल्मको सुरुवात भएपनि उद्योगको अवस्था जहाँको त्यही रहेको उनको भनाइ थियो । सो फिल्म धेरै दुख गरेर निर्माण गरेको उल्लेख गर्दै यस्तै समस्याले चलचित्र उद्योगको अवस्था झन् खस्कने टिप्पणी गरे । फिल्म निर्माता प्रविन स्याङ्बोले फिल्म उद्योगले क्षेत्रका सबै व्यक्तिहरुलाई राखेर खुल्ला छलफल गर्नुपर्ने बेला आएको धारणा राखेका छन् । उनले भने,“हामी निर्माताहरुले लिने रोडम्याप के हो ? त्यसबारेमा स्पष्ट हुनुपर्यो, यसबारे अहिल्यै जानकारी पाए अर्को फिल्म निर्माणमा सहयोग हन्छ ।” कास्टिङ निर्देशक केदार श्रेष्ठले फिल्मलाई कम्तिमा पनि एक सिनेमा हलमा एक शो मात्र भए पनि दिनुपर्ने बताएका छन् । अहिले आफुहरुले भोगेको समस्या एउटा फिल्मको मात्र नभएर समग्र फिल्म क्षेत्रको हिसाबले बुझ्न पर्ने उनको भनाइ थियो । उनले ‘ऐना झ्यालको पुतली’ नेपाली चलचित्र क्षेत्रले गर्व गर्न सक्ने बनाएको समेत दाबी गरे । यसैगरी, अर्का निर्माता रामकृष्ण पोखरेलले सबै फिल्मलाई हलहरुले प्रदर्शन गर्ने मौका दिनुपर्ने धारणा राखेका छन् । उनले सिनेमा हलहरुले राम्रो फिल्मलाई सहयोग नै नगर्ने आरोप लगाए । उनले भने,“यो फिल्ममा कलाकार नै ठुलो छैनन् भन्ने, कहिले के भन्ने गर्छन् । नयाँ निर्माताहरुलाई स्पेश नै दिँदैनन् ।” --- # ‘किशोर किशोरी डिजिटल पार्क सञ्चालन’मा ल्याउदै वामगती प्रदेश स्वास्थ्य मन्त्रालय Source: https://newskunda.com/archives/3220 Category: FEATURED NEWS, राजनीति, समाचार, समाज, स्वास्थ्य Last updated: 2025-12-07 भक्तपुर, २१ मङ्सिर : किशोर किशोरीको यौन तथा प्रजनन् स्वास्थ्य सम्बन्धी सुरक्षित व्यवहार प्रवद्र्धन गर्ने उदेश्यले वागमती प्रदेश स्वस्थ्य मन्त्रालयले यसवर्षदेखि नमूनाको रुपमा ‘किशोर किशोरी डिजिटल पार्क (एडल्सेन्ट डिजिटल पार्क) सञ्चालन’ गर्ने भएको छ । वामगती प्रदेश स्वास्थ्य मन्त्री किरण थापा मगरले किशोर किशोरीको यौन तथा प्रजनन् स्वास्थ्यलाई सुरक्षित गर्ने मूल उदेश्यले किशोर किशोरी डिजिटल पार्क (एडल्सेन्ट डिजिटल पार्क) सञ्चालन’मा ल्याउन लागेको बताउनुभयो । किशोर किशारीमा असुरक्षित यौन सम्बन्ध, असुरक्षित गर्भपतन, यौन रोगको प्रकोप बढ्द गएको अबस्थामा सुरक्षित यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी शिक्षा आजको आवश्यकता महसुस गर्दै डिजिटल पार्कको अबधारणा ल्याएर यसैवर्षदेखि नै स्थानीय पालिकासंगको समन्वय र साझेदारीमा कार्यान्वयनमा ल्याउने उहाँले बताउनुभयो । **मन्त्री थापाले भन्नुभयो, “किशार किशोरीमा यौनिकता र शरीरको विकासका क्रममा देखिने परिवर्तन, रजस्वला र स्वच्छता, बाल विवाह, जवर्जस्ती करणी, र सुरक्षित प्रजनन स्वास्थ्य, धूम्रपान तथा मद्यपानका असरहरू, यौन दुव्र्यबहार, सचेतनाकाबारेमा विशेषज्ञ विचार, तथ्य र समाधानसम्बन्धी पोडकास्टहरूको निर्माण गर्ने, जिजिटल बोर्ड मार्फत किशोरकिशोरी एवं युवायुवती जमघट हुने पार्कमा त्यसलाई राखेर जनचतनामूलक सन्देशहरु प्रवाह गर्ने मूल उदेश्यले किशोर किशोरी डिजिटल पार्क नमूनाको रुपमा सञ्चालनमा ल्याउन लागेका हौ, आगामीवर्षदेखि यसलाई प्रदेशका अन्य बिभिन्न पालिकाहरुमा सञ्चालनमा ल्याउने योजनामा छौं ।”** वागमती प्रदेश स्वास्थ्य मन्त्रालयका सचिव डा. सुमित्रा गौतमले किशोर किशोरीको शारीरिक र मानसिक विकासमा र उचित परामर्श एवं सन्देश प्रवाह गर्ने गरि देशभरमै पहिलो कार्यक्रमका रुपमा मन्त्रालयले यो कार्यक्रम ल्याएको जानकारी दिनुभयो । **उहाँले भन्नुभयो, “किशार किशोरीमा हुनसक्ने दुव्र्यसनीसंगै परिवार नियोजनको अस्थायी साधनको प्रयोग, अनिच्छित गर्भाधारण रोक्ने उपाय, यौन शिक्षा, किशारी शिक्षा, शारीरिक अंग र मानसिक परिवर्तनका अबस्थामा ध्यान दिनु पर्ने कुराहरु महिनावरी सुरक्षा, साथी शिक्षा, एचआईभी लगायत यौन रोगबाट बच्ने उपाय, लैङ्कि हिंसा, व्यक्तिगत सुरक्षा एवं व्यवसायीक अधिकारका सवालमा समेत सन्देश प्रवाह गर्ने गरि कार्यक्रम ल्याएको हो । एकवर्षमा एक लाख किशोर किशोरी यस कार्याक्रमबाट लाभान्वित हुने र सकारात्मक सन्देश प्रवाह गर्ने विश्वास लिएका छौं ।”** वागमती प्रदेश स्वास्थ्य निर्देशनालयको महातहतमा सञ्चालनमा आउने यस कार्यक्रमका लागि मन्त्रालयले २५ लाख बजेट विनियोजन गरेको र कार्यक्रम लागू हुने सम्बन्धित पालिकाको साझेदारी र समन्वयमा कार्यक्रम लागू हुने निर्देशनालयका निर्दक डा. नरेन्द्र झाले जानकारी दिनुभयो । उहाँले कार्यक्रम लागू हुने पार्कमा यौन तथा प्रजनन् स्वास्थ्यसँग सम्बन्धित डिजिटल जानकारीको सहज पहुँच हुने कोठा, हल, बाल, बेलसेप कोठा, एडल्सेन्ट हेल्थ रूम, डिजिटल डिस्प्ले राखे ठाउँ, पोस्टर डिस्प्ले वाललगायतका संरचनाको निर्माण गर्ने र किशोर किशोरीका लागि उपयुक्त एनिमेटेड भिडियोहरू, इन्फोग्राफिक्स र पोस्टरहरूको विकास गरि सन्देशहरु, बृत्तचित्रहरु र सन्देशमूलक साना भिडियोहरु प्रशारण गरिने बताउनुभयो । प्रविधिको अधिकतम प्रयोग गरी स्मार्ट टिभी तथा स्क्रिन, यूपिएस, इन्टरनेट सेवाका साथै प्रतिक्रियाका लागि क्युआर कोड सिस्टमको प्रयोग गर्दै सुरक्षित सामग्री प्रविधिहरू व्यवस्थापन गर्ने बताउनुभयो । निर्देशक झाले किशोर किशोरी बढी जमघट हुने सदर चिडियाखाना, त्रिभुवन पार्क, फन पार्क जस्ता पार्कलाई रोज्ने र यो कार्यक्रम हेटौडा वा काठमाडौंको कनै एक पालिकामा सञ्चालन गर्ने गरि पालिका छनौट कार्य भइरहेको जानकारी दिनुभयो । --- # ‘केपी ओलीसँग मेरो भ्वाइस युनिभर्स’ र ‘मेरो डान्स युनिभर्स’ शोका ५२ देशबाट छानिएर नेपालीभाषी नवप्रतिभा अन्तरक्रिया Source: https://newskunda.com/archives/2701 Category: FEATURED NEWS, मनोरञ्जन, राजनीति, समाचार, समाज Last updated: 2023-04-11 भक्तपुर, २८ चैत : नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले गीत, सङ्गीत र नृत्यको उत्पत्ति नेपालबाट भएको बताउनुभएको छ । ‘मेरो भ्वाइस युनिभर्स’ र ‘मेरो डान्स युनिभर्स’ शोका लागि विश्वका ५२ भन्दा बढी देशबाट छानिएर फाइनलका लागि आएका नेपालीभाषी प्रतिभासँग आज आफ्नो निवास बालकोटामा अन्तरक्रियाका क्रममा उहाँले भन्नुभयो, “गीत, सङ्गीत र नृत्यको उत्पत्ति नेपाली भूमिमा भएको हो, गीत, सङ्गीत कला, सम्पदा आदिमा हाम्रो इतिहास सत्ययुगदेखिकै हो ।” उहाँले भन्नुभयो, “हामीले सुनेका, देखेका छौँ ताण्डव नृत्य, शिव नृत्य आदि । ती नृत्यको इतिहास कति पुरानो छ ? यो सत्ययुगकै कुरा होइन ? त्यसैले हामी गीत, सङ्गीत, कला, संस्कृति एवं सम्पदामा संसारका अरु कुनै देशभन्दा अगाडि छौँ, हाम्रो इतिहास सबैभन्दा पुरानो छ ।” एमाले अध्यक्ष ओलीले गीत सङ्गीत मात्र नभएर ज्ञान र शिक्षाको उद्गमस्थल पनि नेपाल नै भएको धारणा राख्नुभयो । उहाँले ज्ञान, शिक्षा, सम्पदा तथा वैदिक परम्परामा हामी विश्वमै अरु देशभन्दा अघि रहेका उदाहरण पनि प्रस्तुत गर्नुभयो । इन्ट्रा–नेशनल वेलफेयर एण्ड सपोर्ट फाउण्डेसन अफ अमेरिकाको आयोजनामा विश्वभरका नेपालीलाई लक्षित गरेर आयोजना गरिएको यो गायन र नृत्यसम्बन्धी प्रतियोगिता अहिलेसम्मकै सबैभन्दा धेरै पुरस्कार राशिको हो । गायन र नृत्य प्रतियोगितामा छानिएकामध्ये प्रथम हुनेले जनही रु एक करोड, दोस्रो हुनेले रु ३० लाख र तृतीय हुनेले रु २० लाख पुरस्कार प्राप्त गर्नेछन् । ओली निवासमा पुगेका नेपाली युवा प्रतिभाले उहाँसमक्ष विभिन्न विषय जिज्ञासा राखेका थिए । उनीहरुले आफूहरु पितृ तथा मातृभूमिमा आउँदा अत्यन्तै खुसी भएको अनुभव पनि सुनाएका थिए । पहिलोपटक नेपाल आएका कतिपयले सो प्रतियोगिताका कारण आफूहरु नेपाल आउन पाएकामा आयोजकलाई धन्यवाद पनि दिएका थिए । नेपाली मूलका भुटानी अमेरिकी युवा व्यवसायीले नेपाली भाषा, कला र संस्कृतिको संरक्षण एवं प्रवद्र्धन गर्ने उद्देश्यले स्थापना गरेको फाउण्डेसनले विश्वमा बसोबास गरिरहेका नेपालीबीच सांस्कृतिक एकता कायम गर्न सो प्रतियोगिताको आयोजना गरेको जनाइएको छ । त्यस अवसरमा सो फाउण्डेसनका बोर्ड सदस्य ओमराज गुरुङले संसारमा छरिएर रहेका नेपालीलाई आफ्नो पुर्खाको देशसँग नेपाली भाषा र कलाका माध्यमबाट पुस्तौँपुस्तासम्म जोड्नका लागि नेपालमै सो प्रतियोगिताको आयोजना गरिएको जानकारी दिनुभयो । --- # ‘ग्लोबल गभर्नेन्स् फोरम’मा सहभागी हुन पूर्वराष्ट्रपति भण्डारी चीन प्रस्थान Source: https://newskunda.com/archives/5008 Category: FEATURED NEWS, अर्थ, राजनीति, समाचार, समाज Last updated: 2026-10-22 काठमाडौँ, ५ कात्तिकः पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी आज चीन प्रस्थान गर्नुभएको छ । चीनको हपवे प्रदेशको स्योङआनमा आयोजना हुन लागेको ‘ग्लोबल गभर्नेन्स् फोरम’मा सहभागी हुनका लागि उहाँ आज त्यसतर्फ प्रस्थान गर्नुभएको हो । परिवर्तनशील विश्वमा विश्वास र सहकार्यको पुनर्निर्माण ‘थिम’ रहेको उक्त ग्लोबल गभर्नेन्स सम्मेलन यही अक्टोबर २३ देखि २५ सम्म आयोजना हुदँैछ । सो सम्मेलनलाई पूर्वराष्ट्रपति भण्डारीले विशिष्ट अतिथिका रूपमा सम्बोधन गर्नुहुने कार्यक्रम रहेको उहाँको सचिवालयले जनाएको छ । उक्त सम्मेलनअन्तर्गत अक्टोबर २४ र २५ मा विभिन्न विषयमा समानान्तर सत्र, प्यानल छलफल र गोलमेच बैठक पनि आयोजना गरिएको छ । फोरममा संयुक्त राष्ट्रसङ्घ केन्द्रित अन्तरराष्ट्रिय प्रणालीको संरक्षण, विश्व शान्ति र शान्ति स्थापना कार्यमा आवश्यक पर्ने सुधार, बहुपक्षीयताको प्रवद्र्धन, अन्तरराष्ट्रिय सम्बन्धमा विकासशील मुलुकको बढ्दो भूमिका तथा अन्तरराष्ट्रिय व्यापारमा ‘ग्लोबल साउथ’का मुलुकको भूमिकालगायतका विषयमा छलफल हुनेछ । त्यसैगरी सो सम्मेलनमा जलवायु परिवर्तन र यसको असर, हरित तथा न्यून कार्वन विकास, दिगो विकास, कृत्रिम बौद्धिकता र साइबर स्पेसलगायतका विषयमा पनि बहस हुने बताइएको छ । पूर्वराष्ट्रपति भण्डारी आगामी सोमबार स्वदेश फर्कनुहुने कार्यक्रम रहेको छ । --- # ‘चाँगुनारायण सिटी, एभोकाडो सिटी’ अभियान शुरु Source: https://newskunda.com/archives/2842 Category: FEATURED NEWS, अर्थ, राजनीति, समाचार, समाज Last updated: 2023-07-16 भक्तपुर, ३१ असार : बागमती प्रदेश सरकारको मूख्यमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार एवं अर्थविद् डिपी ढकालले भक्तपुरको चाँगुनारायण नगरपालिकालाई तीन वर्षभित्र एभोकाडो सिटी बनाउने अभियान आज सुरु गर्नु भएको छ । चाँगुनारायण नगरपालिकाको सभाहलमा चाँगुनारायण सिटी, एभोकाडो सिटी अभियानले आज आयोजना गरेको अभियान शुभारम्भ कार्यक्रममा अभियानका परिकल्पनाकारसमेत रहनु भएका ढकालले अभियानको शुभारम्भ गर्नु भएको हो । अभियानको शुभारम्भ गर्दै उहाँले नागरिक तहबाट आगामी तीन बर्ष भित्र चागुनारायणका १७ हजार ६ सय ८३ घरधुरीमा २ वटा एभोकाडोको बिरुवा रापेर एभोकाडो सिटी बनाउने यो अभियान सफल पार्न चाँगुनारायणवासीलाई आव्हान समेत गर्नुभयो । चाँगुनारायण नगरपालिका पर्यटकीय गन्तव्य र विश्व सम्पदा सूचीँमा रहेको मन्दिरबाटै आफ्नो पहिचान बनाउन सफल भएको भन्दै उहाँले यो पहिचानमा अर्को एउटा पहिचान थप्दै चाँगुनारायणलाई एभोकाडो सिटी बनाउने अभियान सुरु गरेको बताउनु भयो । मूख्यमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार एवं अर्थविद् ढकालले भन्नुभयो, “धेरै भुभाग खाली रहेको यस नगर क्षेत्रका बासिन्दाको सहज रुपमा आयस्तर कसरी बढाउने भनेर म चिन्तन गरिरहन्थे, त्यहीँ चिन्तनबाट यो परिकल्पना आएको हो, तीन वर्षभित्र सबैको घरमा दुई वटा एभोकाडोको बिरुवा रोपेर तीन वर्षमा फल दिन थालेपछि एउटा घरमा कम्तीमा १० २० हजारदेखि ५० हजारसम्म आम्दानी बढ्छ ।” यहाँको जनताको सहज रुपमा जीवनस्तर उकास्न, हरियाली र पर्यावरण बचाउन र आर्थिक बिकासंगै बिकासको नयाँ मोडालिटी ल्याउन यसले सहयोग पुग्नृ उहाँकाृ भनाई थियो । अभियानले चाँगुनारायण नगरभित्र प्रत्येक घरपरिवारलाई एभोकाडो फलको बिरुवा लगाउन प्रेरित गर्ने र प्रति घर २ वटा बिरुवा समेत निःशुल्क प्रदान गर्ने बतउदै उहाँले तीन वर्षे यो अभियानले एभोकाडोको नाममा पनि यसको पहिचान थपिने बताउनु भयो । नेकपा(माओवादी केन्द्र)का केन्द्रीय सदस्य समेत रहनु भएका नेता ढकालले यो अभियान कुनै एक राजनीतिक पार्टीको मात्र अभियान नभई जनस्तरको अभियान भएको बताउनुभयो । कार्यक्रममा नेकपा माओवादी केन्द्रका कन्द्रीय सदस्य दीलिप प्रजापति, नेपाली काँग्रेसका नेता एवं वागमति प्रदेशसभा सदस्य सुरेश श्रेष्ठ, माओवादी केन्द्रकी नेतृ एवं वाग्मति प्रदेशसभा सदस्य भवनेश्वरी श्रेष्ठ, राष्ट्रका लागि दुई घण्टे अभियानका अध्यक्ष मधु ढुङ्गेल, अभियानका उपाध्यक्ष नरेश रञ्जितलगायतले एभोकाडो अभियान अन्य पालिका र देशैभरका लागि नमूना, एवं प्रभावकारी हुने बताउदै अभियान सफल पार्न सबैमा आव्हान गर्नुभयो । अभियानका संयोजक नरेश खड्काले यस अभियानलाई तीन वर्षसम्ममा सम्पन्न गर्ने लक्ष्य लिएको बताउदै आजबाट निःशुल्क एभोकाडोको बितरण समेत थालिएको बताउनुभयो । नेपालमा विगतमा सौखका रुपमा राप्ने गरिएको एभोकाडो एक मीठो र महँगो घिउफल हो । केही वर्ष यता यसलाई व्यवसायिक रुपले खेत गर्नेक्रम बढ्दो छ । प्रशस्त भिटामिन, प्रोटिन पदार्थ पाइने एभोकाडोको माग नेपालमा बढ्दै गएको छ भने विदेश समेत निर्यात गर्न सकिने फल हो । एभोकाडोको एउटा बोटले तीन वर्षदेखि फल दिन थाल्ने र यसले तीन क्विन्टलसम्म फल दिने र वार्षिक पचास हजारसम्म आम्दानी हुने बिज्ञहरु बताउछन् । --- # ‘तेस्रो वातावरणीय मानव अधिकार रक्षक सम्मेलन’ आज चाँगुनारायण नगरपालिकामा सम्पन्न Source: https://newskunda.com/archives/3244 Category: FEATURED NEWS, अर्थ, राजनीति, समाचार Last updated: 2025-12-12 भक्तपुर, २६ मङ्सिर : यसवर्षको ‘तेस्रो वातावरणीय मानव अधिकार रक्षक सम्मेलन’ आज चाँगुनारायण नगरपालिकामा सम्पन्न भएको छ । ७७ औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवस तथा १७ औँ राष्ट्रिय मानव अधिकार महोत्सवका अवसरमा आज चाँगुनारायण नगरपालिका र राष्ट्रिय मानव अधिकार आयोगको संयुक्त आयोजना एवं राष्ट्रिय जनवकालत मञ्च नेपाल तथा स्वच्छ हावा सञ्जाल चाँगुनारायणको सहकार्यमा चाँगुनारायण नगरपालिकाको कार्यालयमा सम्मेलनको आयोजना भएको हो । सम्मेलनको काठमाडौं उपत्यका मेयर्स फोरमका अध्यक्ष तथा ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले उद्घाटन गर्दै स्वच्छ वाला लिएर बाँच्ने मानिसको नैसर्गिक अधिकार सुनिश्चितता गर्न स्थानीय सरकारको महत्वपूर्ण भूमिका रहने बताउनुभयो । उहाँले विकासका गतिबिधि भइरहने तर त्यसले पार्ने वातावरणीय असरलाई मध्यनजर गर्दै विकासलाई अगाडि बढाउनु पर्ने औल्याउँदै उहाँले वातारवण सुधारका लागि पालिकाहरुले कूल बजेटको २० देखि २५ प्रतिशत बजेट छुट्टै विनियोजन गर्नु पर्ने बताउनुभयो । उहाँले प्रत्येक सडकको दायाँवायाँ रुख रोपेर हरियाली प्रबद्र्धन गर्न पर्ने, व्यक्तिले कुनै पनि भवन वा घरको नक्सा पास गर्दा अनिवार्य दुईवटा रुख घर कम्पाउण्डमा रोप्नै पर्ने अनिवार्य गरेको बताउनु भयो । उहाँले वातावरण संरक्षणका लागि ललितपुर महानगरका सम्पूर्ण विद्यालयहरुलाई प्रोजेक्टनै दिएको र राम्रो गर्नेलाई पुस २ गते पुरस्कार दिने नीति लिएको बताउनुभयो । फोरर्मका अध्यक्ष महर्जनले वातावरण मास्नेलाई कडा कारबाहीको नीति लिएको बताउदै सडकमा रहेको रुख काट्नेदेखि मास्नेसम्मलाई सीसी क्यामरा हेरेर पहिचान गरि एक लाख ५० हजारसम्म महागरले जरिवाना लगाएको बताउदै यस्ता कडा नीति लिनु पर्ने बताउनुभयो । ललितपुर महानगरपालिकाले पेट्रोल र डिजेल सवारी साधन खरिद नगर्ने नीति लिएर सबै विद्युतीय सवारी साधन खरिद गरेको बताउदै स्थानीय नागरिकले समेत विद्युतीय सवारी साधन खरिद गरेको प्रमाण ल्याएमा तिर्नु पर्ने बिभिन्न शिर्षकका राजस्वमा पाँच प्रतिशत छुट दिने नीति लिएको बताउनुभयो । ललितपुर महानगरले सार्वजनिक, ऐलानी र पर्ती जग्गा कुनै पनि हालतमा कुनै पनि व्यक्तिलाई मिच्न वा भोगचलन गर्न दिदै नदिने नीति लिएर अतिक्रमित त्यस्ता साना जग्गालाई साना पार्क र ठूला जग्गालाई हरियालीसहितको पार्क निर्माण गरेको बताउनुभयो । महानगर प्रमुख महर्जनले भन्नुभयो, ‘नेपाली सेनाले वर्षैदेखि भोगचलन गर्दै आएको लगनखेलस्थित नेपाली सेनाको पेट्रोल पम्प पछाडि रहेको ३० रोपनी जग्गा र त्यही रहेको पागल पोखरीको १५ रोपनी जग्गा महानगरले फिर्ता लिएर अहिले आकर्षक र हरियालीसहितको ठूलो पार्क निर्माण गरेका छौँ ।’ सार्वजनिक एवं पर्ति जग्गाहरु लिजमा दिने सरकारी निर्णय पनि ललितपुर महानगरले कुनै हालतमा कार्यान्वयन गर्न नदएको बताउदै महानगरभित्रका कुनै जग्गा लिनमा नदिने नीतिलाई सफल रुपमा कार्यान्वयन गरेको उहाँले बताउनुभयो । चाँगुनारायण नगरपालिकाले वातावरण सुधारको कार्यबिधि बनाएर देशभरका पालिकाहरु मध्ये पहिलो पटक कार्याबिधि लागू गरेर उदाहरणीय कार्य गरेको भन्दै फोरर्मका अध्यक्ष महर्जनले यही कार्यबिधिको नमूना हरृर ललितपुरले पनि वातावरण संरक्षणको लागि कार्यबिधि बनाएर लागू गर्ने बताउनुभयो । उहाँले आगामी वर्ष २०८३ को चौथो वातावरणीय मानव अधिकार रक्षक सम्मेलन’ ललितपुर महानगरपालिकामा आयोजना गर्ने घोषणा समेत गर्नुभयो । कार्यक्रमका अध्यक्ष एवं चाँगुनारायण नगरपालिकाका प्रमुख जीवन खत्रीले वातावरणमैत्री विकास निर्माणमा चाँगुनारायण नगरपालिकाले जोड दिएको बताउदै नगरपालिकाले वातावरणीय संरक्षणको क्षेत्रमा सरोकारवाला र आमनागरिकको सहकार्यमा अगाडि बढिरहेको बताउनुभयो । उहाँले चाँगुनारायण नगरपालिका ७५३ स्थानीय तहमध्ये वायू गुणस्तर कार्ययोजना तयार गर्ने पहिलो नगरपालिका रहेको बताउदै नगरभित्रका ईटाभट्टा घट्दै गएको, सञ्चालनमा रहेकाहरुले पनि वातावरणमैत्री प्रविधि अपनाउन थालेको र वायू प्रदूषण न्यूनिकरणका थुप्रै कार्यहरू प्रभावकारी रूपमा भइरहेका बताउनुभयो । धार्मिक पर्यटकीय क्षेत्रको रुपमा नगरपालिकालाई विकास गर्न नगरपालिकाले नगरकोट भ्रमण वर्ष–२०८२ को आयोजना गरेको बताउदै आउँदो पुस १३ गते नगरपालिकाले बुद्धिकृष्ण लामिछाने सांगीतिक साँझको आयोजना गर्न लागेको बताउनुभयो । उहाँले चाँगुनारायण मन्दिरमा विष्णु महापुराणको आयोजना गर्ने तयारी गरेको बताउदै नगरपालिकाले आवासीय, प्राकृतिक, साँस्कृतिक, धार्मिक, ऐतिहासिक, वातावरणीय क्षेत्रमा नगरपालिकाले उल्लेख्य कार्य गर्दै आएको बताउनुभयो । नगर प्रमुख खत्रीले भन्नुभयो, ‘मानवीय साझा हितकर काममा नगरपालिका पछि पर्दैनौ, मानवीय जीवनमा जोडिएका आमसरोकारको विषयमा भएका प्रतिबद्धता, जिम्मेवारी पालना गनए अग्रसर भएर लागिरहेका छौँ. । देशलाई अब्बल बनाउन स्थानीय तह जिम्मेवार हुनुपर्छ ।’ चाँगुनारायण नगरपालिका नगरवासीप्रति जवाफदेहिता, संवेदनशिल रुपमा नागरिकको सेवामा समर्पित भएर लागेको बताउदै उहाँले सम्मेलनमा उठेका प्रत्येक सवाल र सुझाबलाई नगरपालिकाले मार्ग दर्शनको रुपमा लिएर सम्बृद्ध चाँगुनारायणको विकासमा लाग्ने बताउनुभयो । कार्यक्रममा चाँगुनारायण नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मोहनकुमार श्रेष्ठले सम्मेलनका उद्देश्य र कार्ययोजना प्रस्तुत गर्दै सुरक्षित र स्वच्छ हावाका लागि तीनतहक सरकारको सक्रियता अत्यावश्यक रहेको औल्याउनुभयो । सम्मेलनमा राष्ट्रिय मानव अधिकार आयोगका सचिव मुरारीप्रसाद खरेलले देशैभरी स्वच्छ हावाको प्रबद्र्धन गर्ने लक्ष्यका साथ ायोग अगाडि बढेको बताउदै मानव अधिकार र विकास एकआपसमा बिरोधी नभई परिपुरक हो भन्ने उदेश्यले मानवकै लागि वातावरण संरक्षणका लागि लाग्नु पर्ने औल्याउनुभयो । स्थानीय सरकारले आफ्नो क्षेत्रमा औधागिक विकास र वातावरणीय क्षयीकरण गर्न रोक्नु पर्नेमा जोड दिदै उहाँले सरकारले मात्रै नभई निजी क्षेत्रको पनि मानव अधिकारको संरक्षणको सवालमा उत्तिकै जिम्मेवार हुनु पर्ने बताउनुभयो । सम्मेलनमा वातावरण विभागका महानिर्देशक ज्ञानराज सुवेदीले वायु प्रदुषण रोक्न तीन तहकै सरकारको जिम्मवारी रहेको औल्याउँदै देशमा स्वच्छ वातावरण कायम राख्न राष्ट्रिय कार्य नीतिको आवश्यकता रहेको बताउनुभयो । उहाँले प्रर्दुषण फैलाउने सवारी साधनलाई सुधारेर इन्धनको वचत गर्नुपर्नेमा जोड दिदै विद्युतीय गाडीको प्रयोग र विद्युतीय इन्धनको प्रयोगलाई बढावा दिन देशमा विद्युत उत्पादन पर्याप्त गरि आत्मनिर्भर हुनुपर्ने बताउनुभयो । मानव अधिकारकर्मी चरण प्रसाईले मानव अधिकारको सुनिश्चितताका लागि व्यक्तिको शासन नभई कानूनी शासनको आवश्यकता रहेको चर्चा गर्दै देशले निर्माण गरेको नीति, नियम, ऐन र कानूनलाई कार्यान्वयन गर्न चुक्न नहुने बताउनुभयो । राष्ट्रिय जनवकालत मञ्च नेपाल (नाफान)का सल्लाहकार भोला भट्टराईले मानव अधिकारको रक्षाका लागि प्राकृतिक श्रोत माथिको जथाभावी दोहन रोक्नु पर्नेमा जाड दिनुभयो । श्रमिक अधिकारकर्मी धु्रवचन्द्र गौतम, स्वच्छ हावा संञ्जालकी अध्यक्ष रबिता कार्कीले नगरभित्र सञ्चालत टनेल खेतीमा हुने अत्याधिक रासायनिक मल र विषादी प्रयोग, ईटाभट्टा लगायतका स्रोतबाट हुने प्रदूषणले क्यान्सर जस्ता घातक रोगहरु बढ्दै गउका बताउनुभयो । कार्यक्रम सञ्चालन चाँगुनारायण खानेपानी, सरसफाइ तथा स्वच्छता शाखा प्रमुख सुरेन्द्र लामिछानेले सहजीकरण गर्न भएको कार्यक्रममा सूचना प्रविधि अधिकृत रोशन शिवाकोटीले चाँगुनारायण नगरपालिकाको परिचय तथा गतिविधिसम्बन्धी भिडियो प्रस्तुत गर्नुभयो । सम्मेलनको विभिन्न सत्रहरूमा वातावरण विज्ञ भूषण तुलाधरले वायु प्रदूषण र यसको प्रभावबारे, किरण बरामले वातावरण रक्षक तथा उनीहरूको भूमिकाबारे प्रस्तुति दिनुभयो । सहभागी विज्ञहरूले स्थानीय सरकार र समुदायको भूमिका, वातावरणीय अधिकार संरक्षण, वायु प्रदूषण र जलवायु संकटका चुनौतीबारे आफ्नो विचार राख्नुभयो । कार्यक्रमले वातावरणीय अधिकारका सवालमा स्थानीय तहको नेतृत्वलाई अझ संगठित बनाउँदै आगामी चौथो सम्मेलन ललितपुर महानगरमा आयोजना गर्ने निर्णय गर्दै समापन गरिएको छ । राष्ट्रिय मानव अधिकार आयोग सहसचिव नवराज सपकोटा, चाँगुनारायण नगरपालिका वातावरण विभागका प्रतिनिधिलगायतले वातावरण संरक्षणको सवालमा बिभिन्न सुझाबहरु राख्नु भएको थियो । --- # ‘बेल्ट एन्ड रोड यु–१९ महिला क्रिकेट सिरिज’मा सहभागी हुने नेपाली टोलीको घोषणा Source: https://newskunda.com/archives/5218 Category: FEATURED NEWS, खेलकुद, राजनीति, समाचार, समाज Last updated: 2026-10-28 काठमाडौँ, ११ कात्तिकः चीनमा आयोजना हुने ‘बेल्ट एन्ड रोड यु–१९ महिला क्रिकेट सिरिज’मा सहभागी हुने नेपाली टोलीको घोषणा गरिएको छ । नेपाल क्रिकेट सङ्घ ९क्यान० ले मङ्गलबार सोनी पाख्रिनको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरेको हो । सचिव पारस खड्काद्वारा जारी विज्ञप्तिअनुसार प्रतियोगिता आगामी नोभेम्बर ३ देखि ८ तारिकसम्म चीनमा आयोजना हुनेछ । उक्त प्रतियोगिताका लागि सोनी पाख्रिन, रचनाकुमारी चौधरी, रिया शर्मा, प्रिन्सा राना मगर, टीका साह, अञ्जिला पाठक, साक्षी यादव, सावित्री धामी, मनीषा चौधरी, आसिकाकुमारी महरा, अनु कडायत, मनीषा उपाध्याय, सना प्रवीण, अलिशाकुमारी यादव र तिर्सना विश्वकर्माले टोलीमा स्थान बनाएका छन् । नेपालले खेल्ने यस प्रतियोगितामा चीन, हङकङ र थाइल्याण्डले प्रतिस्पर्धा गर्ने छन् । --- # ‘सूर्यविनायक मेयरकप जिल्लास्तरीय फुट्सल प्रतियोगिता–२०८३’ सुरु, २८ टिम भिड्दै Source: https://newskunda.com/archives/3659 Category: FEATURED NEWS, खेलकुद, राजनीति, समाचार, समाज Last updated: 2026-05-08 भक्तपुर, २४ बैशाख : सूर्यविनायक नगर खेलकुद विकास समितिले आयोजना गरेको ‘सूर्यविनायक मेयरकप जिल्ला स्तरीय फुट्सल प्रतियोगिता–२०८३’ आजबाट सुरु भएको छ । सूर्यविनायक नगरपालिकाको सहयोगमा सूर्यविनायक नगरपालिका–८ हेल्दी फुटसलमा सुरु भएको प्रतियोगितामा जिल्लाभरिबाट २८ वटा टिमबीच प्रतिस्पर्धा भएको सूर्यविनायक नगर खेलकुद विकास समितिका सदस्य सचिव दिपक थापाले जानकारी दिनुभयो । बैशाख २६ गते शनिबार सम्पन्न हुने प्रतियोगिताको नगरपालिकाका उपप्रमुख सरिता तिमसिना भट्टराईले उद्घाटन गर्नुभयो । उहाले खेल क्षेत्रले युवापुस्ता तथा बालबालिकालाई अनुशासित, सक्रिय र सकारात्मक जीवनशैलीतर्फ प्रेरित गर्ने बताउदै नगरपालिकाले खेलकुदको विकासमार्फत समग्र मानवीय विकास, सामाजिक सद्भाव तथा स्वस्थ जीवनशैली प्रवद्र्धन गर्न निरन्तर काम गरिरहेको चर्चा गर्नुभयो । फुटसल आधुनिक तथा लोकप्रिय इनडोर खेलको रूपमा विश्वभर तीव्र रूपमा फैलिरहेको खेल भएको बताउदै यस खेलले खेलाडीमा तीव्र निर्णय क्षमता, समन्वय, अनुशासन, सहकार्य र शारीरिक तन्दुरुस्ती विकास गर्न महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । खेलकुदमार्फत युवाहरूमा अनुशासनदेखि सकारात्मक ऊर्जा फैलाउने उद्देश्यका नगरपालिकाले खेलकुदलाई प्राथमिकतामा राखेर गतिबिधीहरु गर्दै आएको बताउनुभयो । कार्यक्रमका सभापति एवं नगरपालिका सामाजिक विकास शाखाका प्रमुख तथा नगरपालिकाका प्रवक्ता रबिन्द्र सापकोटाले नगरपालिकाले खेलकुदको विकासका लागि निःशुल्क प्रशिक्षणदेखि प्रतियोगिताहरु गर्दै आएको बताउदै युवाहरुलाई खेलमा आकर्षित गरि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी उत्पादन गर्न लागिरहेको बताउनुभयो । कार्यक्रममा समितिका सदस्य सचिव दिपक थापाले २६ गते शनिवार नगर प्रमुख वासुदेव थापाद्धारा प्रतियोगितामा प्रथम हने टिमलाई नगद रु. ६० हजार पुरस्कारसहित शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिने बताउनुभयो । प्रतियोगितामा दोश्रो हुने टिमलाई रु.३० हजार, तेश्रो हुने टिमलई रु.२० हजार, सान्त्वना हुने टिमलाई रुं १० हजार नगद, शिल्ड, मेडल र प्रमाण प्रदान गरिने उहाँले बताउनुभयो । उच्च अर्थात सबभन्दा बढी गोलकर्तालाई रु. १० हजार नगद पुरस्कारसहित मेडल र प्रमाण पत्र प्रदान गरिने उहाँले जानकारी दिनुभयो । --- # “घटना व्यवस्थापन र बाल संरक्षण प्रणाली कार्यान्वयन” विषयक विशेष छलफल कार्यक्रम सम्पन्न Source: https://newskunda.com/archives/3149 Category: FEATURED NEWS, अर्थ, राजनीति, शिक्षा, समाचार, समाज Last updated: 2025-11-20 काठमाडौं, ३ मङ्सिर : “हामी यौन दुव्र्यबहारमा परेका छौँ, हामी श्रम श्रोषणमा परेका छौँ, हामी घर, परिवार, विद्यालय, रोजगारदाता, सार्वजनिक यातायात, सडक कतै सुरक्षित छैनौ, न्याय र सुरक्षा खोज्न कहाँ जाऔँ सरकार ?” आज अन्तर्राष्ट्रिय बाल दिवस–२०२५ को अवसरमा “मेरो दिन, मेरो अधिकार” भन्ने अन्तर्राष्ट्रिय नारा र “बालबालिकामा लगानीः सुनिश्चित भविष्यको थालनी” भन्ने राष्ट्रिय नाराका साथ राष्ट्रिय बाल अधिकार परिषद र सिबिसलगायत बिभिन्न राष्ट्रियस्तरका गैर–सरकारी संस्थाहरूको संयुक्त आयोजनामा सम्पन्न “घटना व्यवस्थापन र बाल संरक्षण प्रणाली कार्यान्वयन” विषयक विशेष छलफल कार्यक्रममा बालबालिकाको आवाजले सहभागिहरुलाई स्तब्ध बनायो । कार्यक्रममा सहभागि सरकारी अधिकारी एवं स्थानीय तहका बालकल्याण अधिकारीहरुलाई २५ संघसंस्थामा एवं बालक्लबमा आबद्ध बालबालिकाहरुको आवाजमा उठेका प्रश्नले बालबालिका घरदेखि सडकसम्म असुरक्षित रहेको प्रष्ट्यायो । कार्यक्रममा सिविसकी मनिता धरेलले यौन दुव्र्यबहारमा परेकी १४ वर्षीया बालिकाको हकमा जिल्ला अदालतले पीडकलाई १८ वर्षको कैद फैसला गरेपनि केहीदिन अगाडि उच्च अदालत पाटनले एक संस्थाले जोहरी दिएको बाहना बनाउँदै पीडकलाई सफाई दिएपछि अब बालिकाले न्याय खोज्न कहाँ जाने भन्दै प्रश्न गर्नुभयो । टोखा नगरपालिकाकी आशा नेपालकी सोनु थापाले भन्नुभयो, “आमाले पाँच बिवाह गरि, पाँच पतिबाट पाँच सन्तान भए, बालिकाको बाबु को हो थाहा छैन, मानव बेचबिखनमा परेकी बालिकाको उद्धार गरि संस्थामा राखेर अहिले १२ कक्षा पढ्दैछिन् तर स्थानीय तहले आमाको नाममा जन्म दर्ता गर्न नमान्दा समस्या आएको छ, अब न्याय खोज्न कहाँ जाने ?” “आमाले अर्कैसंग गईन्, बाबुले अर्की बिहे गरे, एक बालिका मामाघरको आश्रयमा पुगिन । आर्थिक अबस्था कमजोर मामाको छोराको उपचार र बाच्ने आधार खोज्दै बालिका एक रेष्टुरेष्टमा काम गर्न पुगिन्, त्यहीँ एक नेताले डर, त्रास र उपचारको लोभ देखाएर दुव्र्यबहार गरे, उनी गर्भवती भईन्, अहिले शक्ति समूहमा आठ महिनाको बच्चासहित आश्रित छिन् तर पीडकलाई एकवर्ष वित्दा पनि पक्राउ गरिएको छैन, सुत्केरी बालिका र जन्मेको बालकको जन्म दर्तासमेत बनेन, अब परिचय र न्याय खोज्न कहाँ जाने ?” बाला भट्टराईले गुनासो गर्नुभयो । कार्यक्रममा निस्किएका यस्ता आवाज त प्रतिनिधि पात्र मात्रै हुन् । बालक कृष्ण साहले सडकदेखि सार्वजनिक यातायातमा बालिका असुरक्षित रहेको, एकता बाल क्बलकी पासाङ्ग डोल्मा तामाङ्गले बस र आफू काम गर्ने पार्टी प्यालेसमा दुव्र्यबहार सहनु परेकोे, एकता बाल क्लबकै सोनिया तामाङ्गले जिविकोपार्जनका लागि रेष्टुरेष्टमा काम गर्दा शारीरिक, मानसिक र श्रम शोषण भएको भन्दै न्याय पाउन नसकेको गुनासो गर्नुभयो । बालहिंसा तथा दुव्र्यवहार रोकथाम, घटना व्यवस्थापन र नीतिगत सहकार्यकाबारेमा सरकारी निकायहरुसंग भएको छलफलमा राष्ट्रिय बाल अधिकार परिषद्की सदस्य–सचिव इन्द्रादेवी ढकालले परिषद्मा आफू आएपछि ३५ वटा नागरिकता–सम्बन्धी समस्या समाधान गरेको बताउदै स्थानीय तहलाई दिएको अधिकारलाई टेकेर स्थानीयस्तरमै धेरै समस्या समाधान गर्न सकिने बताउनुभयो । वागमती प्रदेश बालअधिकार समितिका सदस्य प्रकाश खतिवडाले प्रदेश सरकारले प्रत्येक स्थानीय तहलाई बालश्रम, बालविाह मुक्त गरि बालमैत्री स्थानीय सरकार घोषणाको अभियान चलाएको बताउदै प्रत्येक वडा, विद्यालयमा गठन भएका बाल क्बलबाट समस्याका पहिचान गरि समाधानमा लैजानु पर्ने बताउनुभयो । उहाँले प्रदेश सरकारले आमाबाबु बिहिन बालबालिकालाई मासिक दुई हजार र कोरोनामा बाबुआमा दुबै गुमाएका बालबालिकालाई मासिक रु. तीन हजार रकम स्थानीय तहमार्फत वितरण गरेको बताउनुभयो । कार्यक्रममा सूर्यविनायक नगरपालिकाकी बालकल्याण अधिकारी विजया सुवेदीले परिवारबाटै बलात्कारमा परेकी बालिकालाई न्याय दिन शक्ति समूहसंग मिलेर नगरपालिका अदालतमा लडिरहेको बताउनुभयो । टोखा नगरपालिककी बालकल्याण अधिकारी निर्जला रेग्मीले बालबालिका घर परिवारबाटै असुरक्षित रहेको भन्दै हजुरबुबाबाट बलात्कारमा परेकी नातिनीलाई बल्ल न्याय दिलाएपनि बालिका परिवारबाट बिहिस्कारमा परेको बताउनुभयो । ललितपुर महानगरपालिकाकी बालकल्याण अधिकारी सरिता महर्जनले सात वर्षकी छोरी पाँच वर्षदेखि आफ्नै बाबुबाटै दुव्र्यबहारमा परेकी बालिकालाई न्याय दिलाउन उनकै आमाले उजुरी दिन नमान्दा समस्या आएको सुनाउनुभयो । काठमाडौं महानगरपालिकी बालकल्याण अधिकारी विनिता शर्माले महानगरले यसवर्ष ८१ जना बालबालिकाको उद्धार गरेको, ३३ जनालाई महानगरको संरक्षणमा राखेको, ४७ जनालाई परिवारसंग पुर्नमिलन गराएकोे बताउदै आफ्नो स्थानीय तहमा बालअधिकार हननका घट्नानै घट्न नदिन कार्य गर्नुपर्ने आवश्यकता औल्याउनुभयो । कार्यक्रममा कागेश्वरी मनहरा नगरपालिकाकी बालकल्याण अधिकारी सविना श्रेष्ठ, चन्द्रागिरी नगरपालिकाकी सहायक महिला विकास अधिकृत विष्णुकुमारी बास्कोटा, बालबालिका खोतलास समन्वय केन्द्र (१०४) का सन्तोष चन्द लगायतले बालबालिकाको हक अधिकारका सम्बन्धमा कानूनी पाटोमा अझै चुनौती रहेको औल्याउँदै वडाबाट व्यबसथा अनुसारको सिफारिस उपलब्ध नगराउँदा पनि समस्याहरु आएको बताउनुभयो । बालिका जितिशा विष्टको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सिविस बाल सल्लाहकार समितिका सचिव धिरेन्द्र बी.सी, गैर–सरकारी संस्था वोचकी कमला सुनारलगायत बाल अधिकारका क्षेत्रका कार्यरत संस्थाहरुका प्रतिनिधिहरुले सरकारले बाल संरक्षणका लागि सरकार, नागरिक समाज र सञ्जालहरुबीच सहकार्य आवश्यक रहेको औल्याउनुभयो । --- # “परम्परागत खुल्ला बाँसुरी बाजा प्रतियोगिता–२०८३” आयोजना Source: https://newskunda.com/archives/3707 Category: FEATURED NEWS, अर्थ, धर्म/संस्कृति, मनोरञ्जन, राजनीति, शिक्षा, समाचार, समाज Last updated: 2026-05-22 भक्तपुर, ८ जेठ : स्थानीय मौलिक कला, संस्कृति तथा परम्परागत सांगीतिक सम्पदाको संरक्षण, संवद्र्धन र पुस्तान्तरण गर्ने उद्देश्यले चाँगुनारायण नगरपालिका वडा नं. ९ ले “परम्परागत खुल्ला बाँसुरी बाजा प्रतियोगिता–२०८३” आयोजना गर्ने भएको छ । आज प्रतियोगिताबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा वडा अध्यक्ष गणेश त्यातले प्रतियोगिता आगामी जेठ १६ गते शनिबार फैढोकामा आयोजना हुने बताउनुभयो । उहाँले प्राचीनकालदेखि विभिन्न जात्रा, पर्व तथा धार्मिक–सांस्कृतिक कार्यमा अनिवार्य रुपमा बजाईने बाँसुरी बाजाको विशेष महत्व रहेको चर्चा गर्दै वडा कार्यालयले संस्कृति संरक्षणलाई प्राथमिकतामा राखेर वडा कार्यालयबाट विनियोजित रु. पाँच लाख बजेटमा प्रतियोगिता आयाजना गर्न लागेको बताउनुभयो । कार्यक्रम संयोजक रविन बासुकलाले आधुनिक प्रविधि र बदलिँदो जीवनशैलीका कारण परम्परागत बाँसुरी बाजा लोप हुने अवस्थामा पुगेको भन्दै यसको संरक्षणका साथै नयाँ पुस्तालाई मौलिक बाजा संस्कृतिसँग जोड्न प्रतियोगितन सफल हुने बताउनुभयो । वडासदस्य कमला गिरीले स्थानीय कला, संस्कृति र सांगीतिक परम्परा समुदायको पहिचानसँग जोडिएको चर्चा गर्दै यस्ता प्रतियोगिताले सांस्कृतिक जागरण र पुस्तान्तरणमा महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । वडा सचिव सपना श्रेष्ठले बढीमा २० वटा टोली सहभागि हुने प्रतियोगितालाई सफल बनाउन विभिन्न ११ वटा उपसमिति गठन गरिएको जानकारी तयारी अन्तिम चरणमा पुगेको बताउनुभयो । प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने टोलीलाई प्रथम पुरस्कार स्वरूप रु. २५ हजार, द्वितीयलाई रु. १५ हजार, तृतीयलाई रु. १० हजार नगद तथा सान्त्वना पुरस्कारस्वरूप रु. ५ हजार र ट्रफी तथा प्रमाणपत्रसहित प्रदान गरिने संयोजक बासुकलाले बताउनुभयो । आयोजकले स्थानीय मौलिक कला, बाजा संस्कृति तथा रैथाने पहिचान संरक्षणमा टेवा पुग्ने विश्वास व्यक्त गर्दै प्रतियोगिताको प्रचार–प्रसारमा सहयोग गरिदिन सञ्चारमाध्यम, सञ्चारकर्मी तथा सरोकारवाला निकायसँग आग्रह गरेको छ । सहभागी टोली दर्ताका लागि रु. १०० शुल्क तोकिएको छ भने दर्ता गर्ने अन्तिम मिति जेठ १३ गतेसम्म कायम गरिएको छ । बढीमा २० टोलीलाई मात्र सहभागिता गराइने र प्राथमिकता प्रि–बुकिङ तथा फाराम दर्ताका आधारमा दिइने आयोजकले जनाएको छ । प्रतियोगितामा प्रत्येक समूहमा कम्तीमा ९ जना र बढीमा १५ जना सहभागी हुनुपर्नेछ । कम्तीमा ७ जना बाँसुरीवादक अनिवार्य रहने तथा प्रत्येक समूहमा १ जना व्यवस्थापक वा गुरु हुनुपर्ने व्यवस्था गरिएको छ । प्रतियोगितामा मौलिक तथा परम्परागत धुन मात्रै प्रस्तुत गर्न पाइनेछ भने मिक्स धुन निषेध गरिएको छ । प्रतियोगिता दुई चरणमा सञ्चालन हुनेछ । पहिलो चरणमा स्थानीय मौलिक धुन प्रस्तुत गरिनेछ भने दोस्रो चरणमा गोलाप्रथाबाट छनोट गरिएको धुन बजाइनेछ । प्रत्येक टोलीलाई १० मिनेट समय प्रदान गरिनेछ । कार्यक्रममा मौलिक पोशाक अनिवार्य गरिएको छ भने मञ्चमा नृत्य प्रस्तुत गर्न नपाइने व्यवस्था गरिएको छ । निर्णायक मण्डलले प्रस्तुति, वाद्यवादन, सुर–लय तथा समय व्यवस्थापनका आधारमा १०० पूर्णाङ्कमा मूल्याङ्कन गर्नेछ । --- # “मकै घरको कोसेली –१” नामक पुस्तक बिमोचन Source: https://newskunda.com/archives/2568 Category: FEATURED NEWS, राजनीति Last updated: 2023-03-14 भक्तपुुर । महाकालीस्थान, भक्तपुर स्थित गोल्डेन गेट ईङ्गलिश सेकेण्डरी स्कूलले यही २०७९ चैत्र ३ गते शुक्रवार “दोस्रो गोल्डेन गेट पीबिएल मेला २०७९” आयोजना गर्ने भएको छ । विद्यालय परिसरमै आयोजना हुने उक्त मेलामा शैक्षिक सत्र २०७९ को अवधीमा विद्यार्थीहरुले मल्टिपल ईन्टेलिजेन्सेजमा आधारित प्रोजेक्ट बेस्ड लर्निङ अर्थात एमआई पीबिएल पद्दती अन्तर्गत सिक्ने क्रममा तयार पारेका विभिन्न पीबिएल प्रोजेक्टहरु मध्ये करीब ७० वटा चुनीएका प्रोजेक्टहरुलाई प्रस्तुतीमा राखी आफ्ना सिकाई अनुभवहरु सविस्तार प्रस्तुत गर्नेछन् । मेलामा कक्षा १ देखि ७ सम्मका विद्यार्थीहरुको पूर्ण सहभागिता र कक्षा ९ को आंशिक सहभागिता रहनेछ । पिबिएलको क्षेत्रमा सम्भवत यो नेपालमै सबैभन्दा “अथेन्टिक अभ्यास”को प्रस्तुती हुने विद्यालय प्रशासनले जनाएको छ । विद्यालयका प्रिन्सिपल तथा को–फाउण्डर सिङ्ग लामाले अमेरिकी शिक्षाविद डा. होवार्ड गार्नरको मल्टिपल ईन्टेलिजेन्सेज सिद्धान्त र शिक्षाविद जोन डिवी, विलियम किल्प्याट्रिक, जाँ पियाजे, विगोट्स्की, आदिको प्रोग्रेसिभ शिक्षाको सिद्धान्तमा आधारित प्राजेक्ट बेस्ड लर्निङ अर्थात पीबिएललाई उद्देश्यपरक संस्लेषण गरेर एमआई पीबिएल बिधी निर्माण भएको जनाउँदै यसले विद्यार्थीहरुको फरक–फरक इन्टेलजेन्स अनुसारका प्रोजेक्ट क्रियाकलापहरु गरेर सिकाईलाई वास्तविक जीवनसँग जोड्दै अनुभवमा आधारित गहिरो सिकाईको अवसर प्रदान गर्ने बताएका छन् । कार्यक्रममा विद्यालयले हरेक विद्यार्थीलाई पाठकबाट सर्जकमा रुपान्तरण गर्ने अभिप्रायले संचालन गरेको विशेष कार्यक्रम “मकै घर”मा प्रस्तुत भएका सिर्जनाहरु मध्येबाट छानिएका रचनाहरु संकलित “मकै घरको कोसेली –१” नामक पुस्तक पनि बिमोचन गरिने भएको छ । गहिरो सिकाईका पिबिएल प्रोजेक्टहरुका अलावा विद्यार्थीहरुले आगुन्तुकहरुको ल्बड ग्रुपिङ गर्ने, रोबोटिक, जलविद्युत, रेन डिटेक्टर, आदि जस्ता विभिन्न मोडेलहरु प्रस्तुत गर्ने, भक्तपुर नगरपालिकाको स्थानीय पाठ्यक्रम “ख्वपको पहिचान”बाट नेवारी खाजा बनाएर आगन्तुकलाई खुवाउने, मिनि म्यूजियम बनाउने, प्रतिभा प्रस्तुत गर्ने, आदि जस्ता विभिन्न रमाइला गतिबिधीहरु पनि हुनेछन् । कार्यक्रम बिहान ११ः०० बजे उदघाटनबाट सुरु भएर दिउँसो ३ः०० बजेसम्म चल्नेछ । --- # १ औं सैनिक आवासीय महाविद्यालय, अन्तर स्कुल रनिङ्ग फुटबल प्रतियोगिता–२०८२,नेपाल पुलिस स्कूलको टिम बिजेता Source: https://newskunda.com/archives/3176 Category: FEATURED NEWS, खेलकुद, शिक्षा, समाचार, समाज Last updated: 2025-11-27 भक्तपुर, ११ मङ्सिर : २१ औं सैनिक आवासीय महाविद्यालय, अन्तर स्कुल रनिङ्ग फुटबल प्रतियोगिता–२०८२ को नेपाल पुलिस स्कूल विजेता भएको छ । भक्तपुरको सल्लाघारीस्थित श्री सैनिक आवासीय महाविद्यालयले आयोजना गरेको प्रतियोगिताको आज सम्पन्न फाइनल खेलमा महाविद्यालयको टिम ’रेड’लाई शून्यका बिरुद्ध दुई गोल गर्दै नेपाल पुलिस स्कूलको टिम बिजेता बनेको हो । यही मङ्सिर २ गते महाविद्यालयका प्राचार्य दलप्रसाद पुन र प्रमुख व्यवस्थापक अधिकृत महासेनानी शिवप्रसाद पौडेलले संयुक्त रुपमा उद्घाटन गरि सरु भएको प्रतियोगितामा आयोजक सैनिक आवासीय महाविद्यालयले यसवर्ष उपविजेतामै चित्त बुझाउनु परेको छ । प्रतियोगितामा महाविद्यालयको दुई टिम सहित उपत्यका भित्रका बिभिन्न सैनिक तथा प्रहरी विद्यालयहरुको १० टिम गरी कूल १२ वटा टिमको प्रतियोगितामा प्रतिस्पर्धात्मक खेल भएको थियो । लिग तथा नकआउट चरणमा खेलाईएको प्रतियोगितामा कूल १९ वटा खेलहरु सञ्चालन भएको महाविद्यालयका प्रमुख व्यवस्थापक अधिकृत महासेनानी शिवप्रसाद पौडेलले जानकारी दिनुभयो । आज समापन प्रतियोगितामा भक्तपुरका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले प्रतियोगिताका विजेता टिम नेपाल पुलिस स्कूललाई नगद पुरस्कार रु. ५० हजार, रनिङ्गशिल्ड, ट्रफी, प्रमाणपत्र र उपविजेता सैनिक आवासीय महाविद्यालय ’रेड’ टिमलाई नगद पुरस्कार रु.३० हजार, रनरअप ट्रफी तथा प्रमाण पत्रहरु प्रदान गर्नुभयो । कार्यक्रममा सैनिक कल्याणकारी निर्देशनालयका सह–निर्देशक म.से.उत्तम सापकोटा, नेपाली सैनिक प्रतिष्ठानका म.से.श्री सुरज बैदवार, उपत्यका भित्र तैनाथ सैनिक महाविद्यालय एवं खेलमा सहभागी विद्यालयहरुका प्राचार्य तथा व्यवस्थापक अधिकृतहरुले प्रतियोगिताका उत्कृष्ट खेलाडीहरु, टिम, कोच तथा रेफ्रिहरुलाई प्रमाणपत्र र नगद पुरस्कार प्रदान गर्नु भएको थियोे । --- # १० जना भारतीय नागरिकहरुलाई जुवाखालबाटै पक्राउ Source: https://newskunda.com/archives/2964 Category: FEATURED NEWS, अपराध, अर्थ, राजनीति, समाचार, समाज Last updated: 2023-09-19 भक्तपुर, २ असोज । जिल्ला प्रहरी परिसर भक्तपुरको टोलीले जुवातास खेलिरहेको अवस्थामा भारत पश्चिम बंगाल कोलकोता घर भई हाल भक्तपुर नगरपालिका–७ बस्ने १० जना भारतीय नागरिकहरुलाई जुवाखालबाटै पक्राउ गरेको छ । भक्तपुर नगरपालिका–७ इनाचोस्थित हर्करत्न शाक्यको चारतले घरको दोस्रो तल्लामा आज राती जुवातास खेलिरहेको अवस्थामा १२ जना भारतीय नागरिक जुवातास र नगद ७३ हजार ७४५ रुपैयाँ सहित पक्राउ गरेको प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक बसन्त पाठकले जानकारी दिनुभयो । पक्राउ पर्नेहरुमका भारत पश्चिम बंगाल कोलकोता घर भई हाल भक्तपुर नगरपालिका–७ बस्ने २८ वर्षीय देव परमणि, ३३ वर्षीय कमल शेख, २५ वर्षीय देव चुत, ३६ वर्षीय पूर्ण व्रतदले, ४९ वर्षीय मनजित माकि, ३५ वर्षीय सुसिल दलै, ४४ वर्षीय दिवस हजारा, ४५ वर्षीय चन्दन कुदेल, ३० वर्षीय सोरोजित मैती र ३५ वर्षीय अनुप दोलही रहेका छन् । पक्राउ परेका सबै भारतीय नागरिकहरुलाई हिरासतमा राखेर थप अनुसन्धान गरिरहेको प्रनाउ पाठकले जानकारी दिनुभयो । --- # १४ जिल्लाका ४४ वटा मतदान केन्द्रमा मतदान स्थगित Source: https://newskunda.com/archives/918 Category: FEATURED NEWS, अर्थ, निर्वाचन, राजनीति Last updated: 2022-05-13 काठमाडौं, ३० बैशाख । आज भएको स्थानीय तहको निर्वाचनका क्रममा ४४ वटा मतदान केन्द्रको मतदान स्थगित भएको छ। १४ जिल्लाका १७ वटा स्थानीय तहका २८ वटा मतदानस्थलका ४४ वटा मतदान केन्द्रमा मतदान स्थगित भएको प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले जानकारी दिए। सबै स्थानीय तहमा निर्वाचन सम्पन्न हुन्छ भन्ने अपेक्षा गरिएको भए पनि निर्वाचनको दौरान विभिन्न जिल्लामा भएका छिटपुट घटना र केही ठाउँमा भएका अप्रिय घटनाले मतदान स्थगित हुन गएको हो। ‘मौसम प्र।तिकुलता र केही ठाउँमा भएका छिटपुट घटना तथा केही अप्रिय घटनाका कारण ४४ वटा मतदान केन्द्रको निर्वाचन रोकिएको छ’, थपलियाले भने’, ‘त्यहाँको बस्तुस्थिति हेरेर चाडै नै मतदानको प्रक्रिया अगाडि बढाउनेछौ।’ --- # १५ परिवारको ९२ जनाको उद्धार, भत्तःपुर काठमाडौं जोड्नु मनोहरा पुल भासिएसंगै यातायात बन्द, ताथली सडक पहिरो पन्छाएपछि सूचारु Source: https://newskunda.com/archives/4453 Category: FEATURED NEWS, अर्थ, राजनीति, समाज Last updated: 2026-10-20 भक्तपुर, ९ असोज : दुईदिनदेखि अबिरल परेको वर्षाका कारण हनुमन्ते र गोदावरी खोलामा आएको बाढीका कारण जोखिममा परेको खोला किनारामा टहरामा बस्ने १५ परिवारलाई उद्धार गरि सुरक्षित स्थानमा सारिएको छ । बालकोट, कौशलटार, लोकन्थली, सागबारीमा हनुमन्तेको सतह बढेर टहरामा पुगेपछि प्रहरीले अस्थायी टहरामा बसेकाहरू १५ परिवारको ९२ जनालाई उद्धार गरि कौशल्टारस्थित आदर्श जनप्रेमी स्कुलमा सारिएको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रमुख सूर्यबहादुर खड्काले राससलाई जानकारी दिनुभयो । बालकोट र लोकन्थलीको सिमानामा पर्ने सागबारी हनुमन्ते, मनोहरा र गोदावरी खोला आएर जोडिने त्रिवेणी स्थल पनि हो । **भक्तपुर काठमाडौं जोड्न पुल भासियो, यातायात बन्द :** त्यसैगरि भक्तपुरको बोडे र काठमाडौँको मुलपानी जोड्ने मनोहरा खोलाको पुलसँगैको जमिन भासिए पछि यातायाको साधनलाई आवतजावतमा रोक लगाएको छ । निरन्तर परेको वर्षाको कारण मनोहरा खोलामा आएको बाढीबाट सडकको जमिन भासिएर मनोहरा पुल जोखिममा परेपछि यातायात आवागमनमा रोक लगाएको भक्तपुरका प्रमुख जिल्ला अधिकारी बिनोदकुमार खड्काले जानकारी दिनुभयो । बाढीको अनुगमनका क्रममा प्रमुख जिल्ला अधिकारी खड्का, जिल्ला प्रहरी परिसर भक्तपुरको प्रहरी उपरीक्षक सूर्यबहादुर खड्कालगायतको टोलीले हुनमन्ते खोला, मनोहरा खोलालगायतको बहाब बढेपछि अनुगमन गरेको थियो । मनोहरा पुलको समेत अनुगमन गर्दा पुलको क्षेत्र भासिए पछि यातायातमा रोक लगाएको हो । अविरल वर्षाका कारण भक्तपुरको हनुमन्ते खोला, खस्याङ खुसुङ खोला, गोदावरी खोलाको सतह बढेपछि डेकोचा, पिखेल हुँदै चाँगुनारायणतर्फ जाने सडकबाटै खोला बढेपछि आवागमनमा समस्या आएको छ । **भक्तपुर काभ्रे जोड्ने सडक खूल्यो :** त्यसैगरि अविरल वर्षाका कारण भक्तपुर नगरपालिकाको च्यामासिंहबाट ताथली हुदै काँभ्रेको नाला बनेपा जोड्ने सडकको यातायात आवागमन सुचारु भएको छ । वर्षाका कारण आएको पहिरोले सडक अबरुद्ध भएपछि बिहानदेखि च्यामासिंह ताथली नाला सडकमा यातायातको साधन आवागमन रोकिएको थियो । आज प्रमुख जिल्ला अधिकारी खड्का, जिल्ला प्रहरी प्रमुख खड्कालगायतको टोलीले उक्त सडकको अनुगमन गरि डोजरले पहिरो पन्छाउन लगाएर सडकमा यातायात सुचारु गरेको हो । --- # १८ किलो लागू औषधसहित चार जनालई पक्राउ Source: https://newskunda.com/archives/3545 Category: FEATURED NEWS, अपराध, अर्थ, समाचार, समाज Last updated: 2026-04-06 भक्तपुर, २३ चैत : जिल्ला प्रहरी परिसर भक्तपुरले १८ किलो लागू औषधसहित चार जनालई पक्राउ गरेको छ । भक्तपुरको विभिन्न स्थानबाट प्रहरी परिसर भक्तपुर र प्रहरी वृत्त थिमिको प्रहरी टोलीले गाजा १३ किलो ६८० ग्राम, चार किलो ५२५ ग्राम पोल्याण्ड, ३५ लिटर अबैध घरेलु मदिरा, थर्मोलोड हाइड्रोस्लिोरिड क्याप्सु (त्चबmबमय िज्थमचयअजयिचष्मभ ऋबउकगभि) १२० पिस र निट्राभेन्ट (ल्ष्तचबखभत) १० पिससहित तीन जनालाई पक्राउ गरेको परिसरका प्रमुख एवं प्रहरी उपरीक्षक सूर्यबहादुर खड्काले जानकारी दिनुभयो । पक्राउ पर्नेमा भक्तपुर नगरपालिका–१ सल्लाघारी बस्ने ३६ वर्षीय राजु पोतामाहा, भारत देश मोतीहारी जिल्ला घरभई हाल चाँगुनारायण नगरपालिका–२ दुवाकोट बस्ने २४ वर्षीय सोमराती हुसेन, सर्लाही हरिवन घरभई काठमाडौं नरेफाँट बस्ने २९ वर्षीय अजित कार्की र काभ्रेपलाञ्चोक मण्डनदेउपुर नगरपालिका–७ घरभई मध्यपुरथिमि नगरपालिका–७ नगदेश बस्ने ७५ वर्षीय हर्षबहादुर तामाङलाई पक्राउ गरेको उहाँले जानकारी दिनुभयो । पक्राउ परेकाहरुलाई जिल्ला अदालतबाट आजै म्याद थप गरि थप अनुसन्धान सुरु गरी आवश्यक कारबाही अगाडि बढाएको प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी प्रकाश जवेगुले जानकारी दिनुभयो । --- # १९ औँ एसियाली खेलकुद : नेपालले महिला फुटबलमा बङ्लादेशसित बराबरी खेल्यो Source: https://newskunda.com/archives/3010 Category: FEATURED NEWS, खेलकुद, समाचार Last updated: 2023-09-28 हाङझाउ (चीन), ११ असोज : १९औँ एसियाली खेलकुद, २०२२ अन्तर्गत महिला फुटबलतर्फ नेपालले बङ्लादेशसित बराबरी खेलेको छ । नेपाल र बङ्लादेश दुवैले एक एक गोलको बराबरी खेलेका हुन् । नेपालका लागि रेखा पौडेलले गोल गरेकी हुन् । वानझाउ ओलम्पिक स्पोर्टस् सेन्टरमा पौडेलले खेलको ८३औँ मिनेटमा गोल गरेकी हुन् । सावित्रा भण्डारीले दिएको पासमा उनले गोल गरिन् । मध्यान्तर अघिको खेलमा बङ्लादेशले एक गोल गर्दै अग्रता लिएको थियो । उसका लागि खेलको ४४औँ मिनेटमा सविना खातुनले गोल गरिन् । समूह ‘डी’मा रहेका दुवै टालीले आफ्नो अन्तिम खेल खेलेका थिए । नेपाल र बङ्लादेश यसअघि खेलेका आफ्ना दुवै खेलमा पराजित भएका थिए । नेपाल समूह चरणको पहिलो खेलमा भियतनामसित २–० गोलअन्तरले तथा दोस्रो खेलमा जापानसित ८–० गोलअन्तरले पराजित भएको थियो । यस्तै बङ्लादेश पहिलो खेलमा जापानसित ८–० गोलअन्तरले तथा भियतनामसित ६–१ गोलअन्तरले पराजित भएको थियो । --- # २०८३ सालको भाइटीकाको शुभसाइत कात्तिक २५ गते बिहान ११:०७ बजे Source: https://newskunda.com/archives/5474 Category: FEATURED NEWS, समाज Last updated: 2026-11-03 **काठमाडौं ।** यस वर्षको भाइटीकाको शुभसाइत सार्वजनिक भएको छ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका सदस्य लक्ष्मण पन्थीका अनुसार २०८३ सालको भाइटीकाको उत्तम साइत कात्तिक २५ गते बुधबार बिहान ११ बजेर ७ मिनेटमा रहेको छ। समितिका अनुसार यस वर्ष यमपञ्चकअन्तर्गतका पर्वहरू कात्तिक २० गते शुक्रबारदेखि सुरु हुनेछन्। कात्तिक २० गते धनत्रयोदशी (धन्तेरस) तथा यमदीपदान गरिनेछ। त्यसैगरी, कात्तिक २१ गते शनिबार काग तिहार र धन्वन्तरि जयन्ती मनाइनेछ। कात्तिक २२ गते आइतबार नरक चतुर्दशी, कुकुर तिहार तथा लक्ष्मीपूजा परेको छ। कात्तिक २३ गते सोमबार गाईपूजा गरिनेछ भने कात्तिक २४ गते मंगलबार गोवर्धन पूजा, गोरुपूजा, बलिपूजा, हलितिहार र म्हपूजा मनाइनेछ। सोही दिन नेपाल संवत् ११४७ को सुरुवात हुनेछ। यमपञ्चकको अन्तिम दिन कात्तिक २५ गते बुधबार यमद्वितीया अर्थात् भाइटीका मनाइने समितिले जनाएको छ। यस दिन दिदीबहिनीले दाजुभाइलाई दीर्घायु, सुख, समृद्धि र उत्तम स्वास्थ्यको कामना गर्दै सप्तरङ्गी टीका लगाएर भाइटीका पर्व मनाउने परम्परा छ। समितिले भाइटीकाका दिन टीका लगाउँदा दाजुभाइ पश्चिम फर्किएर र दिदीबहिनी पूर्व फर्किएर बस्नुपर्ने जनाएको छ। धार्मिक विधिअनुसार शुभसाइतमा टीका लगाउँदा पर्वको महत्त्व अझ विशेष हुने विश्वास गरिन्छ। --- # २१औँ शताब्दीका संकटको विकल्प समाजवाद हो : प्रदीप ज्ञवाली Source: https://newskunda.com/archives/5554 Category: FEATURED NEWS, राजनीति Last updated: 2026-11-08 **काठमाडौं ।** नेकपा (एमाले) का स्थायी कमिटी सदस्य एवं पूर्वपरराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले २१औँ शताब्दीमा देखिएका आर्थिक, सामाजिक तथा राजनीतिक संकटको दीर्घकालीन विकल्प समाजवाद हुन सक्ने बताएका छन्। साइप्रस कम्युनिस्ट पार्टी (एकेल) स्थापनाको १००औँ वार्षिकोत्सवका अवसरमा नोभेम्बर ७ मा साइप्रसको राजधानी निकोसियामा आयोजित अन्तर्राष्ट्रिय संगोष्ठीलाई सम्बोधन गर्दै ज्ञवालीले समकालीन पुँजीवादी व्यवस्थाले सिर्जना गरेको असमानता, गरिबी र सामाजिक विभाजन अन्त्य गर्न समाजवादी विकल्प आवश्यक रहेको बताएका हुन्। उनले विश्वमा सम्पत्ति, वैज्ञानिक ज्ञान र उत्पादन क्षमता अभूतपूर्व रूपमा वृद्धि भए पनि त्यसको प्रतिफल सीमित धनाढ्य वर्गमा मात्रै केन्द्रित भएको उल्लेख गरे। करिब एक अर्ब मानिस चरम गरिबीमा रहनु, श्रमिकले रोजगारीको असुरक्षा र न्यून ज्यालाको सामना गर्नु तथा शिक्षा, स्वास्थ्य र आवासजस्ता आधारभूत आवश्यकता बजारको वस्तु बन्नु पुँजीवादी व्यवस्थाका गम्भीर चुनौती भएको उनको भनाइ थियो। ज्ञवालीले समाजवादलाई विगतका संघर्षको स्मृतिमा मात्र सीमित नराखी शोषण र असमानताविरुद्धको ऐतिहासिक विकल्पका रूपमा विकास गर्नुपर्नेमा जोड दिए। माक्र्सवादलाई जड सिद्धान्तका रूपमा नभई प्रत्येक देशको इतिहास, संस्कृति र विशिष्ट परिस्थितिअनुसार सिर्जनात्मक ढंगले प्रयोग गर्नुपर्ने उनको धारणा थियो। कृत्रिम बौद्धिकता (एआई), रोबोटिक्स तथा डिजिटल प्रविधिको तीव्र विकासले मानव कल्याणमा योगदान पुर्याउन सक्ने भए पनि कर्पोरेट क्षेत्रको नियन्त्रण बढ्दै जाँदा रोजगारी विस्थापन, निगरानी विस्तार र सम्पत्तिको केन्द्रीकरणजस्ता जोखिम निम्तिन सक्ने उनले औँल्याए। नेपालको राजनीतिक अनुभव प्रस्तुत गर्दै ज्ञवालीले नेकपा एमालेले माक्र्सवाद र जनताको बहुदलीय जनवाद (जबज) लाई नेपालको विशिष्ट राजनीतिक, सामाजिक तथा ऐतिहासिक परिस्थितिअनुसार अवलम्बन गरेको बताए। राजनीतिक बहुलवाद, संवैधानिक शासन र सामाजिक न्यायलाई एकीकृत गर्ने जबज लोकतन्त्र र सामाजिक रूपान्तरणको आधार भएको उनको भनाइ थियो। उनले लोकतान्त्रिक संस्थाहरूको विनाशलाई क्रान्तिका रूपमा व्याख्या गर्न नसकिने उल्लेख गर्दै राजनीतिक परिवर्तनको माध्यम हिंसा नभई शान्तिपूर्ण लोकतान्त्रिक प्रतिस्पर्धा हुनुपर्नेमा जोड दिए। विश्वव्यापी वामपन्थी आन्दोलनबीच सहकार्य र अन्तर्राष्ट्रिय ऐक्यबद्धताको आवश्यकता औँल्याउँदै ज्ञवालीले शान्ति, समानता, श्रमिक अधिकार, सामाजिक सुरक्षा र जलवायु न्यायका लागि साझा प्रयास गर्नुपर्ने बताए। --- # २२ जना सवार तारा एयरको बेपत्ता,लेतेमा दुर्घटना भएको अनुमान, खोजी कार्य तिब्र, बिमानमा सवार यस प्रकार छ नामावली Source: https://newskunda.com/archives/1046 Category: FEATURED NEWS, समाचार Last updated: 2022-05-29 काठमाडौं, १५ जेठ । पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको जहाज आज बिहानदेखि सम्पर्कविहीन भएको छ । बिहान १० बजेर १० मिनेटदेखि सम्पर्कविहीन भएको जहाजमा चालक दलका सदस्यसहित २२ जना रहेको बताइएको छ । तारा एयरको (9-N-AIT) कल साइनको ट्विनअटर विमान मुस्ताङको लेतेमा ठोक्किएको छ। तारा एयर स्रोतले दिएको जानकारी अनुसार जहाजमा १३ जना नेपाली, ४ जना भारतीय, २ जना जर्मनी र ३ जना चालक दलका सदस्य रहेका थिए । सम्पर्कविहीन भएको जहाज खोज्न परिचालन गरिएको हेलिकोप्टरले पनि जहाज फेला पार्न नसकेको बताइएको छ । लेते र टीटीको डाँडातिरबाट सम्पर्कविहीन भएको भनिएको जहाज त्यो क्षेत्रमा पनि नभेटिएको तारा एयर स्रोतले जानकारी दिएको छ । प्रदेश सांसद महेन्द्र थकालीले लेते र टीटीको डाँडा क्षेत्रमा रहेका स्थानीयसँग आफूले कुरा गरेको बताउँदै त्यस क्षेत्रमा अहिलेसम्म जहाजको बारेमा कुनै जानकारी नभएको बताए । आहिलेसम्म सम्पर्कविहीन जहाजको खोजीकार्य सुरु गरिएको तारा एयरका प्रवक्ता सुर्दशन बर्तौलाले जानकारी दिए। विमानमा क्याप्टेन प्रभाकरप्रसाद घिमिरे, को-पाइलट इतासाप पोखरेल र एयर होस्टेज कास्मी थापा थिए। घटनाको विस्तृत जानकारीका लागि सुरक्षाकर्मी र स्थानीय सक्रियतापूर्वक लागिपरेको बताइएको छ। मुस्ताङको लेतेमा भएको विमान दुर्घटना क्षेत्रमा घाँसाबाट नेपाली सेनाको टोली जाँदैछ। यसैगरी, काठमाडौँबाट पनि सेनाको हेलिकप्टर मुस्ताङतर्फ गएको सैनिक प्रवक्ता सहायक रथि नारायण सिल्वालले बताएका छन्। --- # ४६८२ कोरोना परीक्षणमध्ये ६६० मा संक्रमण पुष्टि Source: https://newskunda.com/archives/1675 Category: FEATURED NEWS, समाचार, स्वास्थ्य Last updated: 2022-08-06 काठमाडौं, २१ साउन । पछिल्लो २४ घण्टामा ६६० जना कोरोना संक्रमित थपिएका छन्। देशभर गरिएको १ हजार ९४२ पीसीआर र २ हजार ७४० जनाको एन्टीजेन परीक्षणका क्रममा ६६० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। गत २४ घण्टामा ४४४ जना संक्रमित निको भएका छन्। यो सँगै देशभर निको हुनेको संख्या ९ लाख ७२ हजार ६४ पुगेको छ। उक्त अवधिमा एक जना कोरोना संक्रमितको मृत्यु भएको छ। यो सँगै कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ११ हजार ९७१ पुगेको मन्त्रालयले जनाएको छ। देशभर हाल ५ हजार ६४१ जना सक्रिय संक्रमित छन्। --- # ६० वर्ष जेष्ठ नागरिकलई घरदैलो वास्थ्य सेवा नदिए पछि नगर अस्पतालको चावी उपमेयरको नियन्त्रणमा Source: https://newskunda.com/archives/3879 Category: FEATURED NEWS, अर्थ, राजनीति, शिक्षा, समाचार, समाज, स्वास्थ्य Last updated: 2026-07-10 भक्तपुर, २६ असार । चाँगुनारायण नगरपालिकाका उपप्रमुख रमेश बुढाथोकीले चाँगुनारायण नगर अस्पताललाई चार वर्षअघि हस्तान्तरण गरिएको सवारी साधनको साँचो आज आफैले नियन्त्रणमा लिएर गाडी बन्द गराउनु भएको छ । नगर भित्रका ६० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकको घरमै पुगेर स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले नगरपालिकाबाट उपप्रमुख भएपछि पाएको गाडीको सुबिधा नलिई उक्त गाडी उपप्रमुख बुढाथोकीले चारवर्ष अगाडि चाँगुनारायण नगर अस्पताललाई हस्तान्तरण गरि आप्mनै निजी सवारी साधन प्रयोग गर्दै आउनु भएको थियो । गाडी पिकनिक लगायत अन्य प्रयोजनमा प्रयोग भएको जानकारी पाएपछि अस्पताल पुगेर अनुगमन गरेको र त्यसक्रममा सवारीसाधनको साँचो नियन्त्रणमा लिएको उहाँले बताउनुभयो । उपप्रमुख बुढाथोकीले भन्नुभयो, “मैरे सुविधामा पाएको गाडी मैले नलिई अस्पताल आउन नसक्ने ६० वर्ष माथिका जेष्ठ नागरिकको घरदैलोमै गएर सेवा उपलब्ध गराउन र आवश्यक परेमा सोही गाडीबाट विरामीलाई अस्पताल ल्याउनका लागि दिएको थिए, तर धरै समयदेखि गाडीको दुरुपयोग भएको गुनासो आएपछि अनुगमनको क्रममा दुरुपयोग भएको पाईए पछि गाडीको साँचो नियन्त्रणमा लिएको हुँ ।” चार वर्षसम्म पनि लक्षित कार्यक्रम प्रभावकारी रूपमा सञ्चालन नगरेको र अहिलेसम्म कुनै पनि ज्येष्ठ नागरिकको घरमा पुगेर उपचार सेवा नदिइएको बरु दुरुपयोग गरेको पाईएपछि साँचो लिन बाध्य भएको उहाँले बताउनुभयो । गाडीको साँचो खोसेपछि सामाजिक सञ्जालमा कर्मचारीलाई दुव्र्यवहार गरेको, जागिरबाट निकाल्ने धम्की दिएको लगायतका बिभिन्न भ्रम फलाउने प्रचार गरेको उहाँले बताउनुभयो । यसबारेमा चाँगुनारायण नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख दिलकुमार दुवालले नगर अस्पताललाई उपलब्ध गराइएको गाडी हाल पनि अस्पतालमै रहेको बताउनुभयो । उहाँले उपप्रमुख बुढाथोकीले गाडीको सेवा थप व्यवस्थित बनाउन तथा कर्मचारीलाई जिम्मेवारीपूर्वक सेवा सञ्चालन गर्न सचेत गराउने उद्देश्यले साँचो नियन्त्रणमा लिएको बताउनुभयो । --- # ६२० मा कोरोना सङ्क्रमण पुष्टि, एकको मृत्यु Source: https://newskunda.com/archives/1609 Category: FEATURED NEWS, समाचार, स्वास्थ्य Last updated: 2022-07-31 काठमाडौँ, १५ साउन : देशभर पछिल्लो २४ घण्टामा ६२० जनामा कोभिड सङ्क्रमण पुष्टि भएको छ । यस अवधिमा एक जनाको सङ्क्रमणका कारण मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा पाँच हजार ८४६ जनाको नमूना परीक्षण गरिएको थियो । दुई हजार ६५१ जनाको पिसीआर र तीन हजार १९५ को एन्टिजेन विधिबाट परीक्षण गरिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा २९७ कोरोना सङ्क्रमणमुक्त भएका छन् । यससँगै सङ्क्रमण मुक्त हुनेको सङ्ख्या नौ लाख ७० हजार ६२ पुगेको छ । सङ्क्रमण मुक्त हुने दर ९८ दशमलव तीन प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा २५ हजार ४३६ जनाले कोभिड विरुद्धको खोप लगाएका छन् । हाल सक्रिय सङ्क्रमितको सङ्ख्या चार हजार ५६७ रहेको छ । अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ९६७ पुगेको छ । होम आइसोलेशनमा चार हजार ४२४, संस्थागत आइसोलेशन १४३ र आइसियू ३३ र भेन्टिलेटरमा पाँच सङ्क्रमित रहेका छन् । हाल देशभरमा ५०० भन्दा बढी सक्रिय सङ्क्रमित भएका जिल्ला काठमाडौँ र ललितपुर तथा २०० भन्दा बढी सङ्क्रमित रहेका जिल्लामा मोरङ र कास्की छन् । शून्य सङ्क्रमित रहेका जिल्लामा मनाङ, कालिकोट, मुगु, हुम्ला, बाजुरा, दार्चुला र बझाङ रहेका छन् । उपत्यकाका तीन जिल्लामध्ये हाल काठमाडौँमा दुई हजार ६०५ र ललितपुर ५०५ र भक्तपुरमा ३७ सक्रिय सङक्रमित रहेको मन्त्रालयले जनाएको छ । --- # ६५ औं विराट नेपाल भाषा साहित्य सम्मेलन सम्पन्न Source: https://newskunda.com/archives/5062 Category: FEATURED NEWS, कला तथा साहित्य, धर्म/संस्कृति, मनोरञ्जन, राजनीति, समाचार, समाज Last updated: 2026-10-24 भक्तपुर, ७ कात्तिक : नेपाल भाषा साहित्यको संरक्षण, प्रवद्र्धन तथा मातृभाषाप्रतिको जागरण अभिवृद्धि गर्ने उद्देश्यले आयोजित ६५ औं विराट नेपाल भाषा साहित्य सम्मेलन सम्पन्न भएको छ । विराट नेपाल भाषा साहित्य सम्मेलन गुठीले भक्तपुरको सूर्यविनायकमा आयोजना गरेको सम्मेलनमाा वरिष्ठ साहित्यकार प्रा. नर्मदेश्वर प्रधानले नेपालभाषा साहित्य तथा भाषा संरक्षणमा योगदान पुरÞ्याए बापत साहित्यकार प्रा. प्रेमशान्ति तुलाधरलाई अभिनन्दन गर्नुभयो । सम्मेलनमा नेपाल भाषा विषयमा उत्कृष्ट अंक प्राप्त गर्ने सुकुन्तला महर्जन (२०८१) र भिक्षु सोमरत्न महर्जन (२०८२) लाई विराट सुरत्न सिरपा पुरस्कार प्रदान गरिएको छ । नेपाल भाषा विषयमा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीहरु, २०८२ को एसईई परीक्षामा नेपालभाषा विषयमा सर्वाधिक अंक प्राप्त गर्ने जगतसुन्दर ब्वनेकुथिका विद्यार्थी कजना (प्बवबलब) श्रेष्ठलाई नेपाल भाषा पदकबाट सम्मानित गरिएको छ । नेपालभाषा, साहित्य, कला र संस्कृतिको संरक्षण तथा विकासमा लामो समयदेखि योगदान पुर्याउँदै विगत ६४ वर्षदेखि हरेक वर्ष निरन्तर रुपमा भाषा र साहित्यको संरक्षण गर्ने लक्ष्यका साथ सम्मेलन आयोजना गर्दै आएको गुठीका अध्यक्ष महेन्द्रगोपाल कर्माचार्यले बताउनुभयो । नेपाल भाषाको साहित्यिक विकास, मातृभाषाको प्रयोग विस्तार तथा नयाँ पुस्तामा भाषा र संस्कृतिप्रतिको रुचि बढाउने उद्देश्यले आयोजित सम्मेलनमा नेपाल भाषाको साहित्य सिर्जना, वाचन, स्रष्टा सम्मान तथा विद्यार्थीलाई प्रोत्साहन गर्ने कार्यक्रम गर्दै आएक उहाँले बताउनभयो । सम्मेलनमा सहभागि साहित्यकारहरुले आफ्ना नेपाल भाषामा लेखिएका बिभिन्न साहित्य रचनाहरु कथा, कविता, गीतलगायत बिभिन्न सिर्जना प्रस्तुत गर्दै साहित्यिक गतिविधिमार्फत नेपालभाषाको मौलिकता, सांस्कृतिक पहिचान र सिर्जनात्मक परम्परालाई उजागर गरेको गुठीका सचिव रामचन्द्र प्रजापतिले बताउनुभयो । मातृभाषा संरक्षण र प्रवद्र्धनको अभियानलाई निरन्तरता दिँदै आएको सम्मेलनले भाषा, साहित्य र संस्कृतिको पुस्तान्तरणमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको उहाँले बताउनुभयो । --- # ८४५ औँ ‘विश्वव्यापी रक्तदान कार्यक्रम’ सम्पन्न Source: https://newskunda.com/archives/3398 Category: FEATURED NEWS, अर्थ, राजनीति, समाचार, समाज Last updated: 2026-02-18 ललितपुर फागुन, ६ गते । विश्वव्यापी कल्याणकारी संस्था वीलभयू फाउन्डेसनद्वारा ललितपुरमा रहेको श्री गम्भीर समुन्द्र सेतु माध्यामिक विधालयमा ‘८४५ औँ विश्वव्यापी रक्तदान कार्यक्रम’ सम्पन्न भएको छ । उक्त कार्यक्रम वीलभयूका सदस्यहरू, उनीहरूका परिवार लगायत छिमेकीहरू गरी करिब ३२० जनाभन्दा बढीको सहभागीता रहेको थियो । मानिसहरूलाई रक्तदानमा निरन्तर रुचि राखेर सहभागी हुनलाई प्रोत्साहित गर्ने र जीवन बाँड्नुको महत्त्व बुझाउन सो कार्यक्रमको आयोजना गरिएको थियो । “रगतचाहिँ कृत्रिम रूपमा बनाउन नमिल्ने र अरू कुराद्वारा प्रतिस्थापन गर्न नसकिने एक अमूल्य जीवन स्रोत हो । त्यसैले हाम्रा छिमेकीहरूलाई पुनः स्वस्थ दैनिक जीवनमा फर्काउन थोरै भए पनि मद्दत पुऱ्याउनका लागि सदस्यहरू एकजूट भएर लागिपरेका छन् । यस्तो कार्यक्रम ललितपुरमा मात्र नभएर विभिन्न क्षेत्रमा लगातार आयोजना गरेर मानिसहरूलाई जीवन बाँड्नुको महत्त्व बोध गराउने एउटा माध्यम बनाउने योजना रहेको छ” वीलभयूका सदस्यहरुले बताएका थिए । वीलभयूको ‘विश्वव्यापी रक्तदान कार्यक्रम’ चाहिँ एक जनाको रक्तदान दुई जना, चार जना हुँदै फैलिएर आदानप्रदानको सद्गुण चक्र निर्माण गर्ने उद्देश्य रहेको विश्वव्यापी जीवन बचाउने अभियान हो । यसले स्थानीय समुदायमा रक्त आपूर्ति अभाव सुल्झाउन र विश्व स्वास्थ्य संगठन (WHO) ले अवलम्बन गरेको निःशुल्क स्वैच्छिक रक्तदानको संस्कृति फैलाउन योगदान पुऱ्याइरहेको छ । कोरियाबाट सुरु भएर विगत २० वर्षदेखि विश्वका ठाउँ-ठाउँमा आयोजना हुँदैआएको यो कार्यक्रम रगतको खाँचो परेका छिमेकीहरूका लागि बलियो सहारा बनेको छ । गत वर्षसम्म, ६४ देशहरूबाट करिब १,३७,००० जना सहभागी भएर ६२,००० जनाभन्दा बढीले रक्तदान गरेका थिए । एक जनाको रक्तदानले तीन जनाको ज्यान बचाउन सक्छ भन्ने कुरालाई विचार गर्दा योचाहिँ १,८६,००० जनाभन्दा बढी मानिसहरूको ज्यान बचाउन सफल भएको ठूलो उपलब्धि हो । कार्यक्रमको दिनमा, सहभागीहरूले व्यवस्थित तरिकाले दर्ता, त्यसपछि प्राथमिक स्वास्थ्य जाँच र रक्त जाँच गरेर रक्तदानको लागि योग्यता पुष्टि गरेका थिए । उपयुक्त ठहरिएका सहभागीहरूले क्रमैसँग रगतदान गरे । ३२० जनामा १९० जनाले ७६०० मिलिलिटर स्वस्थ रगत दान गरे । रक्तदान कार्यक्रममा महालक्ष्मी नगरपालिकाका उपमेयर श्रीमती लक्ष्मी महर्जन, टिकाथली प्रहरी चौकीका प्रमुख प्रहरी नायाब निरीक्षक हरि कुमार खड्का, श्री गम्भीर समुन्द्र सेतु माध्यामिक विधालयका प्रधानाध्यापिका निरा कुमारी श्रेष्ठ साथै विधालय व्यवस्थापन समितिको अध्यक्ष केदार कुमार केसी र परमेश्वरको मण्डली विश्व सुसमाचार समाजका सचिव बोल बहादूर मगर लगाएत विशिष्ट व्यक्तिहरूको सहभागिता रहेको थियो । कार्यक्रममा उपमेयर श्रीमती लक्ष्मी महर्जनले “ सामाजको निम्ती योगदान गर्नुभएको अन्तर्राष्ट्रिय वीलभयू फाउन्डेसनले आमाको मन संसारमा बाँडेको कुरा प्रति आभार व्यक्त गर्नुभयो। आफैले पनि रक्त अभावको समस्या भोग्दा जीवनको महत्व बुझ्न पुगेँ, आमा भएकीले आमाको प्रेमको महत्व पनि बुझ्छु” भन्दै सहभागीहरू सबैलाई धन्यवाद व्यक्त गर्नुभयो । श्री गम्भीर समुन्द्र सेतु माध्यामिक विधालयका प्रधानाध्यापिका निरा कुमारी श्रेष्ठले उक्त विध्यालयलई वीलभयूले बाढीग्रस्त समयमा गरिदिएको भवन मर्मतसम्भार, पिउने पानी फिल्टर सहयोग जस्ता कार्य गरी शैक्षिक क्षेत्रमा ठूलो योगदान दिएर विधार्थीको निम्ती स्वच्छ शैक्षिक वातावरण निर्माण गरिदिनुभएकोमा वीभलयूलाइ धन्यवाद र आभार व्यक्त गर्नुभयो। संयुक्त राष्ट्रसंघको विश्वव्यापी सञ्चार विभाग (UN DGC) को साझेदार सङ्गठन रहेको अन्तर्राष्ट्रिय वीलभयूले सबैले आदर पाउने दिगो शान्तिको लागि विश्वव्यापी कल्याणकारी गतिविधिहरू गर्दछ । ‘आमाको प्रेम सारा संसारमा’ भन्ने नाराअन्तर्गत वीभलयूले वातावरण संरक्षण, आपत्कालीन राहत, स्वास्थ्य कल्याण, शैक्षिक सहयोग र समाज कल्याण जस्ता विभिन्न क्षेत्रहरूमा १०,९०० भन्दा बढी कल्याणकारी गतिविधिहरू सञ्चालन गरेको छ (सन् २०२५सम्म) । अनि मानवजाति र पृथ्वीको आशामय भविष्य सृजना गर्न प्रतिबद्ध हुँदै अन्तर्राष्ट्रिय समुदायको दिगो विकास लक्ष्यहरू (SDGs) को उपलब्धिमा पनि योगदान पुऱ्याइरहेको छ । वीलभयूले नेपालमा पनि विभिन्न स्वयंसेवा गतिविधिहरूमार्फत स्थानीय समुदायमा योगदान पुऱ्याउँदैआएको छ । गण्डकी प्रदेशको गोरखा र बागमती प्रदेशको भक्तपुर मध्यपुर थिमिका विद्यालयहरूमा सबै विद्यार्थीहरूका निम्ति शैक्षिक टिभी, स्कूल झोला, लुगा र पंखा सहयोग, स्कूल साइनबोर्ड जडान तथा घेराबार मर्मत जस्ता कार्यहरू गरेर वीलभयूले भावी पुस्तालाई पनि सक्रिय रूपमा सहयोग गरेको छ । त्यसै गरी वातावरण कल्याण गतिविधि रहेको ‘क्लिक वर्ल्ड अभियान’ र वृक्षारोपण गरेर हरितगृह ग्याँस न्यूनीकरण गर्ने ‘आमाको उद्यान (Mom’s Garden)’ परियोजनामार्फत बस्नको लागि दिगो ठाउँ बनाउँदै राष्ट्रिय विपद्लाई जित्ने कार्यमा पनि वीलभयू सक्रियतापूर्वक सरिक भएको छ । सन् २०१५ को महाभूकम्प पीडितका निम्ति राहत कार्य, भारी वर्षाबाट क्षतिग्रस्त घर नयाँ गरी निर्माण गर्न सहयोग र कोभिड-१९ महामारीलाई जित्न क्वारेन्टिन सामग्री वितरण गर्ने कार्य पनि वीलभयूद्वारा आयोजना गरिएको थियो । जसको सम्मानस्वरूप, वीलभयूले कोरियाली सम्मान पदक, अमेरिकी राष्ट्रपति स्वयंसेवा अवार्ड स्वर्ण, इक्वेडोरको राष्ट्रिय सभा पदक र कम्बोडियाको राजकीय पदक जस्ता थुप्रै अवार्डहरू विश्वभरिबाट प्राप्त गरेको छ । नेपालमा पनि वीलभयूले नेपाल पर्यटन बोर्डबाट प्रशंसा-पत्र, इटहरीका मेयरबाट प्रशंसा-पत्र, कीर्तिपुरका मेयरबाट प्रशंसा-पत्र र नेपाल रेडक्रस सोसाइटीका प्रतिनिधिबाट कदर-पत्र समेत प्राप्त गरेको छ । --- # अख्तियारको टोलीले मध्यपुरथिमि नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत घिमिरेसहितलाई ३३ लाखसहित पक्राउ Source: https://newskunda.com/archives/5444 Category: FEATURED NEWS, अपराध, अर्थ, राजनीति, समाचार, समाज Last updated: 2026-11-02 भक्तपुर, १६ कात्तिक : अख्तियार दुरुपयोग अनुसन्धान आयोगको विशेष टोलीले आज मध्यपुरथिमि नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत भोजराज घिमिरेलाई नियन्त्रणमा लिएको छ । आज मध्यान्ह घिमिरेका भाञ्जा भुवन ढुङ्गेल सवार बागमती प्रदेश ०१–०३५ च २६८७ नम्बरको इभी कारबाट ३३ लाख रुपैयाँ सहित अख्तियारको टोलीले पक्राउ गरेको हो । गाडीमा नगद राखेसंगै पिछा गरेको अख्तियार टोलीले मध्यपुरथिमि नगरपालिका–९ निकोसेरास्थित अजिमा पेट्रोल पम्प नजिक अख्तियारको टोलीले गाडीलाई नियन्त्रणमा लिएर एक हजार दरका ३२ लाख र पाँच सय दरका एक लाख गरि कूल ३३ लाख रुपैयाँ बरामद गरेको छ । अख्तियारको टोलीले मध्यपुरथिमि नगरपालिकाबाट गाडी निस्किए पछि पिछा गर्दै निकोसेरा पुगेर चालक वरुण ढुङ्गेलसहित कारमा सवार भुवन ढुङ्गेल र उहाँको श्रीमतीलाई सविना बरालसहित चार जनालाई नियन्त्रणमा लिएको हो । त्यसलगत्तै अख्तियार टोलीले नगरपालिकाको कार्यालयबाट प्रमुख प्रशासकीय अधिकृत घिमिरेलाई नियन्त्रणमा लिइ घटनास्थलमा ल्याइएको छ । मध्यान्हदेखिनै बरामद भएको रकम घट्नास्थलमै मध्यपुरथिमि नगरपालिकाका वडा नं. ९ का वडाध्यक्ष सानुकाजी राजवाहकको रोहबरमा मुचुल्का उठाउने र नोटको नम्बर जाच्ने कार्य साँझ ६ बजेसम्म पनि जारी रहेको छ । प्रमुख प्रशासकीय अधिकृत घिमिरेले भने उक्त रकम गुण्डुमा भाञ्जाले घर बनाउनका लागि ल्याएको दाबी गर्नु भएको छ । अख्तियार टोलीले भने उक्त रकम घुस वापत लिएको बताएको छ । --- # अख्तियारद्धारा छ जनाविरुद्ध विशेष अदालत काठमाडौँमा मुद्दा दायर Source: https://newskunda.com/archives/3162 Category: FEATURED NEWS, अर्थ, राजनीति, समाचार, समाज Last updated: 2025-11-20 काठमाडौँ, ४ मङ्सिरः अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्वास्थ्य कार्यालय बाजुराका तत्कालीन निमित्त कार्यालय प्रमुख अशोककुमार सिंहसहित छ जनाविरुद्ध विशेष अदालत, काठमाडौँमा मुद्दा दायर गरेको छ । सार्वजनिक सम्पत्तिमा हानी नोक्सानी गरी भ्रष्टाचार गरेको आरोपमा शिक्षा विकास तथा समन्वय एकाइ बाजुराका तत्कालीन इञ्जिनियर सुनेशकुमार चौरसिया, सव–इञ्जिनियर नरेश रावत तथा प्रसूति केन्द्र भवन निर्माण उपभोक्ता समितिका अध्यक्ष पारस रोकाया, सचिव मुना रोकाया र कोषाध्यक्ष खडक ऐडी विरुद्ध मुद्दा दायर गरिएको आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलले जानकारी दिनुभयो । हिमाली गाउँपालिका–६ मा प्रसूति केन्द्र निर्माणका लागि स्वास्थ्य कार्यालय बाजुराले उपभोक्ता समितिलाई रु २६ लाख १५ हजार २०६ को लागतमा जिम्मेवारी दिएको थियो । तर निर्माण लागत अनुमान र मापदण्ड विपरीत गरी प्रयोगमा ल्याउन नसकिने अवस्थामा भवन बनाइएको र फर्जी बिल तथा प्रतिवेदनका आधारमा भुक्तानी लिइएको आयोगको अनुसन्धानबाट खुलेको हो । निर्मित संरचना हाल प्रयोगविहीन भई भग्नावशेषमा परिणत भएको र यसबाट सार्वजनिक सम्पत्तिको हिनामिना, हानी नोक्सानी तथा दुरुपयोग भएको आयोगले आयोगले जनाएको छ । आयोगले प्रतिवादीहरूमाथि जनही रु १५ लाख आठ हजार ५५७ बिगो कायम गरेको छ । --- # अझै केही दिन पानी पर्ने Source: https://newskunda.com/archives/1052 Category: FEATURED NEWS, समाचार, समाज Last updated: 2022-05-29 काठमाडौँ, १५ जेठ : अझै केही दिन देशको अधिकांश भू–भागमा आंशिकदेखि सामान्य बदली रही हल्कादेखि मध्यम वर्षा हुने भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार हाल नेपालमा तीन वटा मौसमी प्रणालीको प्रभाव रहेको छ । स्थानीय वायु, भारतको उत्तर प्रदेश, विहार आसपास रहेको न्यूनचापीय रेखा र पश्चिमी वायुको प्रभावले पहाडी भू–भागका केही स्थानमा मेघ गर्जन÷चट्याङ र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको बताइएको छ । रातिको समयमा देशको प्रदेश नं एक, मधेश प्रदेश, वाग्मती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा भई प्रदेश नं एक, मधेश प्रदेश, वाग्मती र गण्डकी प्रदेशका थोरै स्थानमा मेघ गर्जन÷चट्याङ र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । सोमबार प्रदेश नं एक, मधेश प्रदेश, वाग्मती र गण्डकी प्रदेशका केही स्थानमा र बाँकी भू–भागका थोरै स्थानमा मेघ गर्जन÷चट्याङ र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ । मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरण अनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम १८ दशमलव शून्य डिग्री र अधिकतम तापक्रम २५ दशमलव दुई डिग्री सेल्सियस रहेको छ । त्यस्तै आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम ९ दशमलव दुई डिग्री र सबैभन्दा धेरै डडेलधुराको अधिकतम तापक्रम ३७ दशमलव चार डिग्री सेल्सियस रहेको छ । --- # अति शक्तिशाली चक्रवात ‘अर्नब’ भारतको आन्ध्र प्रदेशबाट नेपाल प्रवेश, भोली बिहिबारदेखि नपालमा वर्षा र हिमपातको उच्च संभावना, उच्च सर्तकता रहन आव्हान Source: https://newskunda.com/archives/5215 Category: FEATURED NEWS, अर्थ, राजनीति, समाचार, समाज Last updated: 2026-10-29 काठमाडौँ, ११ कात्तिकः नेपाल मौसम विज्ञान विभागले बङ्गालको खाडीमा बनेको अति शक्तिशाली चक्रवात ‘अर्नब’ भारतको आन्ध्र प्रदेशबाट जमिन प्रवेश गरेको जनाएको छ । यसको प्रभावले नेपालका केही भू–भागमा समेत बादल लागिरहेको र बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने विभागको भनाइ छ । विभागको मौसमविद् बिनु महर्जनले बङ्गालको खाडीमा विकसित चक्रवात ‘अर्णव’ को प्रभावले नेपालका विभिन्न प्रदेशमा भारीदेखि अतिभारी वर्षा तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको जानकारी दिनुभयो । “चक्रवातको प्रभाव नेपालमा देखिन थालिसकेको छ । हाल लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रहेको र बिहान लुम्बिनी प्रदेशका एकदुई स्थानमा हल्का वर्षासमेत भएको थियो,” उहाँले भन्नुभयो, “चक्रवात आन्ध्र प्रदेश र यानमको तटीय क्षेत्रबाट जमिनतर्फ प्रवेश गरेको छ । उक्त प्रणाली क्रमशः उत्तरपश्चिमतर्फ सर्दै आगामी दिनमा कमजोर अवस्थामा उत्तर प्रदेश र बिहार आसपास पुग्ने पूर्वानुमान छ ।” महर्जनका अनुसार यसको प्रभावले नेपालमा पनि बदली, वर्षा र हिमपातको सम्भावना रहेको छ । शनिबारसम्म कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका अधिकांश स्थानमा मध्यम वर्षाको सम्भावना रहेको उहाँको भनाइ छ । कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई भूभागका धेरै स्थानमा पनि मध्यम वर्षा हुनसक्ने पूर्वानुमान गरिएको छ । यसैगरी, कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा भारी तथा एकदुई स्थानमा अति भारी वर्षाको सम्भावना रहेको महर्जनले बताउनुभयो । कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जन, चट्याङ तथा असिनासहित वर्षा हुनसक्ने सम्भावना पनि रहेको छ । मौसमविद् महर्जनले सम्भावित वर्षाका कारण कृषि कार्य, पर्वतारोहण, पदयात्रा तथा पर्यटन गतिविधिमा असर पर्नसक्ने भएकाले आवश्यक सतर्कता अपनाउन आग्रह गर्नुभएको छ । विशेषगरी धानबाली भित्र्याउने किसानलाई मौसमको पूर्वानुमान हेरेर काम गर्न तथा उच्च पहाडी र हिमाली क्षेत्रमा यात्रा गर्ने पर्यटकलाई मौसम अनुकूल नभएसम्म सुरक्षित स्थानमा रहन उहाँले सुझाव दिनुभयो । वर्षाका कारण बाढी, पहिरो, सडक अवरोध तथा हवाई यातायात प्रभावित हुनसक्ने भएकाले सर्वसाधारण र सम्बन्धित निकायलाई आवश्यक पूर्वतयारी गर्न आग्रह गरिएको छ । --- # अध्यक्ष ओली र नेता लेखकको रिट सोमबार सुनुवाइ हुने Source: https://newskunda.com/archives/3530 Category: FEATURED NEWS, राजनीति, समाचार, समाज Last updated: 2026-04-05 काठमाडैं, २२ चैत । सर्वोच्च अदालतले नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली एवं पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका नेता एवं पूर्व गृहमन्त्री रमेश लेखकलाई थुनामुक्त माग गर्दै दायर गरेको बन्दीप्रत्यक्षीकरणको रिट निवेदनमा हेर्दाहेर्दैमा सोमबार सुनुवाइ हुने भएको छ । न्यायाधीश विनोद शर्मा र सुनिलकुमार पोखरेलले आज सुनुवाइ सुरू गर्दागर्दै समय नभ्याएका कारण सोमबार सुनुवाइ हुने अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाले जानकारी दिए । अध्यक्ष ओलीकी पत्नी राधिका शाक्य र नेता लेखककी पत्नी यशोदा लेखकले यही चैत १५ गते गैरकानुनी थुनामा राखिएको उल्लेख गर्दै थुनामुक्त गर्न माग गर्दै बन्दीप्रत्यक्षीकरणको रिट निवेदन दायर गरेका थिए । यसअघि, न्यायाधीश मेघराज पोखरेलको इजलासले अध्यक्ष ओली र न्यायाधीश कुमार रेग्मीको इजलासले नेता लेखकको यही चैत १६ गते बन्दीप्रत्यक्षीकरणको रिट निवेदनमा कारण देखाउ आदेश गरेको थियो । रिट निवेदनमा गत भदौ २३ र २४ गतेको घटनासम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदनको सिफारिसका आधारमा पक्राउ गर्नु र थुनामा राख्नु गैरकानुनी भएको उल्लेख गरिएको छ । रिट निवेदनमा कुनै पनि जाँचबुझ आयोगले प्रतिवेदनकै आधारमा सिधै पक्राउ गर्ने कुरा कानुनसम्मत उल्लेख छ । --- # अध्यक्ष ओलीको प्रतिवेदनमाथि छलफल गर्न समूह विभाजन Source: https://newskunda.com/archives/1808 Category: FEATURED NEWS, राजनीति, समाचार Last updated: 2022-08-26 काठमाडौं, १० भदौ : नेकपा (एमाले) को जारी केन्द्रीय कमिटीको चौथो बैठकको पहिलो दिन आज अध्यक्ष केपी शर्मा ओलीबाट प्रस्तुत राजनीतिक प्रतिवेदन र आसन्न निर्वाचनमा उम्मेदवार चयनका लागि प्रस्तावित मापदण्डबारे छलफल गर्न विभिन्न नौ समूह विभाजन गरिएको छ । समूहगत छलफलबाट प्राप्त सुझावका आधारमा टोली नेताले गरेको प्रस्तुतिमाथि अध्यक्ष ओलीले अर्काे बैठकमा जवाफ दिएपछि प्रतिवेदन पारित हुनेछ । सो पार्टीको केन्द्रीय कार्यालय, च्यासलमा भएको बैठकमा अध्यक्ष ओलीले राजीतिक प्रतिवेदनका विषयमा केन्द्रित रहेर वर्तमान राष्ट्रिय राजनीति, आगामी निर्वाचन, स्थानीय तह निर्वाचनको समीक्षालगायत विषयमा सम्बोधनसहित प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । सम्बोधनका क्रममा उहाँले वर्तमान सरकार देश र जनतालाई सेवा गर्ने भावको दिशामा नगएको आरोप लगाउँदै एमालेलाई घेराबन्दी पार्ने प्रयासलाई आउने निर्वाचनबाट असफल बनाइने जिकिर गर्नुभयो । बैठकमा स्थानीय तह निर्वाचनमा भएका आन्तरिक कमीकमजोरीको छानविनका लागि उपाध्यक्ष विष्णुप्रसाद पौडेलको संयोजकत्वमा गठित समितिको प्रतिवेदन प्रस्तुत र सचिवालय बैठकबाट भएका निर्णयहरूको अनुमोदन हुनेछ । सचिवालयले अध्यक्ष ओलीको संयोजकत्वमा घोषणापत्र मस्यौंदा कार्यदल र निर्वाचन परिचालन कमिटी गठन गरेको थियो । बैठकमा केन्द्रीय कमिटीमा मनोनयन गरिएका चार केन्द्रीय कमिटी सदस्यहरूको शपथ ग्रहण कार्यक्रम सम्पन्न भएको छ । बैठकमा अध्यक्ष राजनीतिक प्रतिवेदन, कार्यविभाजन, सचिवालयका निर्णय अनुमोदन, निर्वाचनमा उम्मेदवारको छनोट प्रक्रियाको मापदण्ड, स्थानीय निर्वाचन छानविन कमिटीको प्रतिवेदनलगायत पेश गर्ने कार्यसूची रहेको छ । बैठकमा सदस्यता अभिलेख व्यवस्थापन, सल्लाहकार परिषद् र तीनै आयोगका प्रतिवेदन, भारत प्रवासको कामका सम्बन्धमा नियमावली, पार्टीका कामसँग सम्बन्धित केही नियम निर्माण तथा समसामयिक प्रस्ताव रहेका छन् । एमालेको केन्द्रीय कमिटीको बैठक शनिबार बिहान १०ः३० बजे पुनः बस्नेछ । --- # अध्यक्ष ओलीसँग राजदूतहरूद्वारा सामूहिक भेट Source: https://newskunda.com/archives/1756 Category: FEATURED NEWS, राजनीति, समाचार Last updated: 2022-08-24 काठमाडौँ, ८ भदौ : नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीसँग नेपालका लागि संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य बेलायतका राजदूतसहित अष्ट्रेलिया, स्वीट्जरल्याण्ड र युरोपेली सङ्घका निमित्त राजदूतहरूले आज एमाले पार्टी कार्यालय, च्यासलमा सामूहिक भेट गर्नुभएको छ । भेटमा राजदूतहरूले नेपाल सरकारले सङ्क्रमणकालीन न्यायसम्बन्धी ऐन संशोधन गर्न लागेको सन्भर्दमा प्रमुख विपक्षीको भूमिकाका विषयमा जिज्ञासा राख्नुभएको थियो । सङ्क्रमणकालीन न्यायसम्बन्धी ऐन संशोधन गर्दा अन्तर्राष्ट्रियस्तर र मान्यतामा ध्यान पु¥याउनुपर्छ भन्ने उहाँहरूको चासो रहेको थियो । नेपालले अन्तर्राष्ट्रिय जगत्मा गरेको प्रतिबद्धताबमोजिम पीडितको आवाज सम्बोधनको व्यवस्था ऐनमा हुनुपर्ने र त्यसका लागि एमालेको प्रभावकारी र महत्वपूर्ण भूमिका रहोस् भन्ने उहाँहरूको भनाइ थियो । सो अवसरमा अध्यक्ष ओलीले सङ्क्रमणकालीन न्यायसम्बन्धी ऐन निर्माण र संशोधनको काम गर्दा संसद्को सम्पूर्ण प्रक्रिया पूरा गरेर गर्नुपर्छ भन्ने एमालेको धारणा रहेको बताउनुभयो । अध्यक्ष ओलीले यस्ता महत्वपूर्ण विधेयकहरू छोटो प्रक्रियाबाट अगाडि बढाउनु न्यायोचित नहुने स्पष्ट गर्नुभयो । यो समस्या गठबन्धन सरकार र गठबन्धनमा रहेका दलहरूको मात्र नभई देशकै समस्या भएकाले बहुमत–अल्पमतको आधारभन्दा माथि उठेर एकताका साथ टुङ्ग्याउनुपर्छ भन्ने एमालेको धारणा रहेको अध्यक्ष ओलीले स्पष्ट गर्नुभयो । भेटवार्तामा अध्यक्ष ओलीसँगै रहनुभएका पार्टीका उपाध्यक्ष तथा संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्बाङले यस विषयमा सर्वोच्च अदालतले के फैसला गर्छ, त्यसलाई हेर्नुपर्ने र नेपालले अन्तर्राष्ट्रिय जगत्मा गरेको प्रतिबद्धताअनुसार प्रक्रिया अगाडि बढाउनुपर्नेलगायत विषय राख्नुभएको थियो । पूर्वप्रधानमन्त्री ओलीसँग अमेरिकी राजदूत ¥याण्डी बेरी, बेलायतका राजदूत निकोला पोलिटलगायतले गर्नुभएको भेटवार्तामा अध्यक्ष ओलीसहित उपाध्यक्ष सुवासचन्द्र नेम्बाङ, उपमहासचिव विष्णु रिमाल र परराष्ट्र मामिला विभाग सचिव डा अञ्जान शाक्य सहभागी हुनुहुन्थ्यो । --- # अध्यक्ष नेपालद्वारा बैठकमा प्रतिवेदन प्रस्तुत Source: https://newskunda.com/archives/1305 Category: FEATURED NEWS, राजनीति, समाचार Last updated: 2022-06-14 काठमाडौँ, ३१ जेठ : नेकपा (एकीकृत समाजवादी)को स्थायी कमिटीको १२औँ बैठकमा पार्टी अध्यक्ष माधवकुमार नेपालले स्थानीय तह निर्वाचन, २०७९ को समीक्षा प्रतिवेदन प्रस्तुत गर्नुभएको छ । केन्द्रीय कार्यालयमा आज बसेको बैठकमा हालै सम्पन्न स्थानीय तह निर्वाचनको समीक्षाका साथै सातवटै प्रदेशबाट प्रदेश इञ्चार्जले आ–आफ्नो प्रदेशको रिपोर्ट प्रस्तुत गर्नुभएको महासचिव डा बेदुराम भुसालले जानकारी दिनुभयो । रिपोर्ट प्रस्तुत गर्नेमा प्रदेश १ का घनेन्द्र बस्नेत, मधेस प्रदेशका रामचन्द्र यादव, बागमती प्रदेशका सावित्रा भुसाल, गण्डकी प्रदेशका केशवलाल श्रेष्ठ, लुम्बिनी प्रदेशका भागवत विश्वासी, कर्णाली प्रदेशका प्रकाश ज्वाला र सुदूरपश्चिम प्रदेशकी मदनकुमारी (गरिमा) शाह हुनुहुन्थ्यो । पूर्वप्रधानमन्त्री झलनाथ खनालले सम्बोधन गर्नुभएको सो बैठकमा पार्टी उपमहासचिव डा विजय पौडेलको पूर्ण स्वास्थ्य लाभको कामना गरिएको थियो । बैठक बुधबार बिहान ११ बजे पुनः बस्ने गरी स्थगन गरिएको छ । बैठकमा अध्यक्ष नेपालले प्रस्तुत गर्नुभएको प्रतिवेदनमाथि छलफल गरिने बताइएको छ । --- # अध्यक्ष ली झान्शुले भदौ २७ गतेदेखि नेपालको भ्रमण गर्नुहुने Source: https://newskunda.com/archives/2004 Category: FEATURED NEWS, राजनीति, विश्व, समाचार Last updated: 2022-09-04 काठमाडौँ, १९ भदौ : सभामुख अग्निप्रसाद सापकोटाको निमन्त्रणामा जनवादी गणतन्त्र चीनको राष्ट्रिय जन कांग्रेसका स्थायी समितिका अध्यक्ष ली झान्शुले यही सेप्टेम्बर १२ देखि १५ तारिख (यही भदौ २७ देखि ३० गते) सम्म नेपाल भ्रमण गर्ने हुनुभएको छ । सभामुख सापकोटा र अध्यक्ष लीले सेप्टेम्बर १२ मा प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय वार्ता गर्नुहुने परराष्ट्र मन्त्रालयले जनाएको छ । सोही साँझ सभामुख सापकोटाले अध्यक्ष ली र उहाँको प्रतिनिधिमण्डलका सदस्यको सम्मानमा भोजको आयोजना गर्नुहुनेछ । नेपालमा रहँदा अध्यक्ष लीले राष्ट्रपति विद्यादेवी भण्डारीसँग सेम्टेम्बर १४ मा र प्रधानमन्त्री शेरबहादुर देउवासँग सेम्टेम्बर १३ मा शिष्टाचार भेटवार्ता गर्नुहुनेछ । यसैगरी सोही दिन उहाँले राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँग भेटवार्ता गर्नुहुनेछ भने परराष्ट्रमन्त्री डा नारायण खड्काले उहाँसँग शिष्टाचार भेट गर्नुहुने मन्त्रालयले जनाएको छ । त्यस्तै पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग पनि उहाँको छुट्टाछुट्टै भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । --- # अन्जनको ह्याट्रिकमा नेपालद्वारा बङ्गलादेश पराजित Source: https://newskunda.com/archives/2282 Category: FEATURED NEWS, खेलकुद, समाचार, समाज Last updated: 2022-09-27 काठमाडौँ, ११ असोज : अन्जन विष्टको ह्याट्रिक मद्दतमा नेपालले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा बङ्गलादेशलाई पराजित गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज भएको खेलमा नेपालले बङ्गलादेशलाई ३–१ गोलअन्तरले हराएको हो । नेपालले पहिलो हाफमा तीन गोल ग¥यो भने बङ्गलादेशलले खेलको दोस्रो हाफमा एक गोल फर्काएको थियो । नेपालको जितमा अन्जन विष्ट नायक बने । उनले नेपालका लागि ह्याट्रिक पूरा गरे । राष्ट्रिय फुटबल टोलीका फरवार्ड विष्टले खेलको १८, २७ र ३८आँै मिनेटमा गोल गरे । विष्टले खेलको १८ औँ मिनेटमा नेपाललाई पहिलो अग्रता दिलाए । विमल घर्तीमगरको फ्रिकिक बललाई हेडरमार्फत गोल गर्दै नेपाललाई पहिलो अग्रता दिलाएका हुन । त्यस्तै खेलको २७औँ मिनेटमा उनले व्यक्तिगत दोस्रो गोल गरे । विशाल राईबाट आएको पासलाई तेज तामाङले गरेको प्रहार गोलरक्षक अनिसुर रहमानले पञ्च गर्दै बचाए पनि रिबाउन्ड बललाई अन्जनले गोलमा परिणत गर्दै नेपालको अग्रता दोब्बर बनाए । खेलको ३८औँ मिनेटमा विकास राईको फ्रिकिक बललाई सदुपयोग गर्दै विष्टले गोल गरे । उनको यस गोलसँगै नेपालको अग्रता तेब्बर भयो भने उनले ह्याट्रिक पूरा गरे । खेलको ५५औँ मिनेटमा बङ्गलादेशका सजाद हुसेनले सान्त्वना गोल फर्काए । नेपालका खेलाडी रोहित चन्दलाई बिट गर्दै हुसेनले उपलब्ध गराएको क्रस बललाई सदुपयोग गर्दै हेडरमार्फत गोल गरेका थिए । त्यसपछि दुवै टोलीले गोल गर्न सकेनन् । खेलमा नेपाली टोलीका फरवार्ड विष्ट नै मोस्ट भ्यालुएबल प्लेयर घोषित भए । --- # अन्तर विद्यालय एकल गायन प्रतियोगिता माध्यमिक तहतर्फ ईडेन गार्डेन स्कुलको श्रीजय महत र आधारभूत तहतर्फ ऋतम्भरा पाठशालाकी नितु तामाङ्ग प्रथम Source: https://newskunda.com/archives/4395 Category: FEATURED NEWS, राजनीति, शिक्षा, समाचार, समाज Last updated: 2026-09-22 भक्तपुर । नेसनल प्याव्सन भक्तपुरका सदस्य विद्यालयहरु बीच माध्यमिक र आधारभूत तह गरी २ चरणमा सम्पन्न अन्तर विद्यालय एकल गायन प्रतियोगिता माध्यमिक तहतर्फ ईडेन गार्डेन स्कुलको श्रीजय महत र आधारभूत तहतर्फ ऋतम्भरा पाठशालाकी नितु तामाङ्ग प्रथम भएका छन् । नेसनल प्याव्सन भक्तपुरको कार्यक्रम एकल गायन प्रतियोगिता(२०८३ चांगुनारायण नगरपालिका वडा नं ८ मा रहेको आरक्षण नेसनल स्कुलको आयोजनामा सम्पन्न प्रतियोगितामा माध्यमिक तह तर्फको प्रतिस्पर्धामा द्धितीय मदरल्याण्ड स्कुलकी रोहिणी वस्नेत, तृतीय डेमोस स्कुलकी वर्षा जिम्बा तामाङ र सान्त्वना पाथीभरा एकेडेमीको कृस्तफ थापा मगर विजेता हुन सफल भएका छन्। त्यसै गरी आधारभूत तहतर्फको प्रतियोगितामा द्धितीय संस्कार गुरूकूलकी विदुशि ढकाल, तृतीय मदरल्याण्ड स्कुलको न्यूरोन लोहोला र सान्त्वना नगरकोट सनराइज स्कुलको दिवस नगरकोटीले पुरस्कार जित्न सफल भएका छन्। आयोजक विद्यालयकी कार्यकारी निर्देशक शर्मिला खड्काको सभापतित्वमा सम्पन्न कार्यक्रमको प्रमुख अतिथि चानपा वडा नं ८ का अध्यक्ष एवं नगर प्रवक्ता जनक खत्रीले नेसनल प्याव्सनले यसरी अन्तर विद्यालय प्रतियोगिताहरु गरेकाले विद्यार्थीहरुको प्रतिभा बाहिर आउने बताउनु भयो । नेसनल प्याव्सन भक्तपुरका अध्यक्ष संजय खड्काले आयोजक विद्यालय आरक्षण नेसनल स्कुलले संस्थाको कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेकोमा आभार प्रकट गर्दै विजेता विद्यार्थीहरुलाई बधाई एवं शुभेच्छा प्रदान गर्नु भयो । प्रतियोगिताले विद्यालय तहमा विद्यार्थीको गायन प्रतिभा, सिर्जनशीलता र आत्मविश्वास विकासमा टेवा पुर्याउनुका साथै कला तथा संगीतप्रतिको रुचिलाई प्रोत्साहन गर्ने उदेश्य रहेको जानकारी कार्यक्रम संयोजक सरोज केसीले दिनु भयो । --- # अन्तर्राष्ट्रिय क्षेत्रमा खरो उत्रनसक्ने खेलाडी बनाउनुपर्छ : प्रधानमन्त्री Source: https://newskunda.com/archives/1967 Category: FEATURED NEWS, खेलकुद, समाचार Last updated: 2022-09-03 काठमाडौँ, १७ भदौ : प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली खेलकुद क्षेत्रमा निखारता ल्याउँदै खेलाडीलाई अन्तर्राष्ट्रिय क्षेत्रमा खरोरुपमा उत्रनसक्ने बनाउनुपर्ने बताउनुभएको छ । काठमाडौँमा आज राष्ट्रिय खेलकुद परिषद् (राखेप) को ५९औँ वार्षिकोत्सव समारोहमा प्रधानमन्त्री देउवाले पछिल्लो समयमा खेलाडीले अन्तर्राष्ट्रिय क्षेत्रमा सहभागी भई मुलुकको नाम उच्च बनाउँदै गएको स्मरण गर्दै अझै सफलता प्राप्त गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो । “खासगरी केही वर्षयता नेपाली खेलाडीले अन्तर्राष्ट्रिय प्रतियोगितामा विजयी भएर नेपालको नाम उँचो बनाउँदै विजयको माला पहि¥याएर फर्किनु हामी सबैका लागि गौरवको विषय हो, यसका लागि सम्पूर्ण खेलाडी तथा प्रशिक्षकलाई धन्यवाद दिन चाहन्छु”, प्रधानमन्त्री देउवाले भन्नुभयो, “अझै उच्च सफलता प्राप्त गर्दै नेपालको प्रतिष्ठा अभिवृद्धि गर्दै लैजानेछ भन्ने अपेक्षा छ, खेलकुदमा अझै निखार ल्याउँदै अन्तर्राष्ट्रिय क्षेत्रमा खरो उत्रनसक्ने बनाउनु आजको आवश्यकता हो, यस कार्यमा नेपाल सरकारको पूर्ण सहयोग रहने प्रतिबद्धता जनाउन चाहन्छु ।” प्रधानमन्त्री देउवाले सीमित स्रोत र साधनका बाबजुद नेपाली खेलकुद क्षेत्रले हालसम्म प्राप्त गरेको उपलब्धि प्रशंसनीय रहेको बताउनुभयो । उहाँले नेपाली खेलाडीले विभिन्न कठिनाइका बाबजुद स्वदेश तथा विदेशमा उत्कृष्ट प्रस्तुति दिँदै आएको पनि खुसी व्यक्त गर्नुभयो । उहाँले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडी देशका गहना भएको बताउनुभयो । उहाँले देशको शिर उँचो बनाउन खेलाडीले गरेको मेहनत र प्राप्त उपलब्धिको सरकारले उच्च मूल्याङ्कन गरेको उल्लेख गर्नुभयो । खेलाडीलाई सम्भव भएसम्म आर्थिक र गैरआर्थिक सुविधाका साथ प्रोत्साहित गर्न सरकार प्रयत्नशील रहेको प्रधानमन्त्री देउवाको भनाइ थियो । खेलाडीको क्षमता विकासका लागि आर्थिक सुधारका अतिरिक्त खेल पूर्वाधार महत्वपूर्ण पक्ष रहेको उहाँले बताउनुभयो । उहाँले मुलुकको विभिन्न क्षेत्रमा अन्तर्राष्ट्रियस्तरको पूर्वाधार विकास गर्ने योजना सरकारको प्राथमितामा रहेको जानकारी दिँदै खेलाडीलाई नियमित अभ्यास र अन्तर्राष्ट्रियस्तरको प्रशिक्षणको आवश्यकता औँल्याउनुभयो । खेलकुदका क्षेत्रमा राष्ट्रियस्तरको पूर्वाधार निर्माण गरी क्षेत्रीय र अन्तर्राष्ट्रिस्तरको खेलकुद प्रतियोगिता सञ्चालन गर्ने वातावरण निर्माण गर्न सम्बन्धित मन्त्रालय र राखेपले थप सक्रियता दिनुपर्नेमा जोड दिनुभयो । प्रधानमन्त्री देउवाले मुलुकमा विभिन्न प्रकारका राष्ट्रिय तथा प्रादेशिकस्तरका खेल आयोजना गरी निरन्तररुपमा खेलाडीको प्रतिभालाई तिखार्ने अवसर दिलाउन परिषद्लाई निर्देशन दिनुभयो । नियमित खेलकुदका कार्यक्रम आयोजना हुन नसक्दा खेल प्रतिभा पलायन हुनेतर्फ ध्यानाकर्षण गराउँदै उहाँले परिषद्को संस्थागत विकासका लागि सरकार प्रयत्नशील रहेको पनि जानकारी दिनुभयो । उहाँले परिषद्ले आफ्ना कमजोरी सुधार गर्दै खेल क्षेत्रको विकासमा नेतृत्वदायी भूमिका निर्वाह गर्न सकोस् भनी शुभकामना दिनुभयो । **ओलम्पिकमा स्वर्ण विजेतालाई एक करोड ३० लाख दिनेगरी कानुनी व्यवस्था हुँदैछ : मन्त्री गहतराज** उक्त समारोहमा युवा तथा खेलकुदमन्त्री महेश्वर जङ गहतराजले राज्यले ओलम्पिकमा स्वर्ण पदक विजेता खेलाडीलाई रु एक करोड ३० लाख पुरस्कार दिने घोषणका लागि राज्यले कानुनी व्यवस्था गर्न लागेको जानकारी दिनुभयो । मन्त्री गहतराजले भन्नुभयो, “खेलाडीले अब खेल खेल्दा खाली हात होइन्छ कि भनेर सोच्नुपर्ने अवस्था छैन, राष्ट्रका लागि खेल खेल्ने उनीहरूलाई राज्यले उचित सम्मान र पुरस्कारको प्रबन्ध गर्न लागेको छ, आगामी मन्त्रिपरिषद्बाट पास हुँदैछ ।” उहाँले आगामी एशियन खेलमा स्वर्ण पदक जित्ने खेलाडीले रु ३०÷३२ लाख पुरस्कार प्राप्त गर्ने पनि जानकारी दिनुभयो । केही दिनमा मन्त्रिपरिषद्बाट पारित हुन लागेको राष्ट्रिय खेलकुद परिषद्को नियमावलीमा खेलाडीलाई उक्त पुरस्कार दिने व्यवस्था गर्न लागिएको उहाँले जानकारी दिनुभयो । “उत्कृष्ट खेल खेलेमा कानुनीरुपमा नै राज्यबाट सम्मान र पुरस्कार प्राप्त गर्ने आधार तयार भएको छ”, समारोहमा उहाँले थप्नुभयो । मन्त्री गहतराजले खेलाडीले उच्च मनोबलका साथ राष्ट्रका लागि खेल्दैछौँ, व्यक्तिगतरुपमा पनि खेलबाट राम्रो व्यवस्था हुँदैछ भन्ने कुरालाई आत्मसात गर्नुपर्ने अवस्था आएको पनि बताउनुभयो । खेललाई अब सामान्य क्रियाकलापका लागि मात्रै नभएर उद्योग र अन्तर्राष्ट्रिय सम्बन्धका रुपमा विकास गर्नुपर्ने तथा प्राकृतिक सौन्दर्यलाई उपयोग गर्दै खेल पर्यटनकैरुपमा विकास गर्दै लैजानु जरुरी रहेको उहाँले बताउनुभयो । उहाँले खेलकुदलाई सामान्य क्रियाकलापले मात्रै बुझ्ने गल्ती गरेमा तत्वयिक सफता प्राप्त गर्न नसकिने बताउनुभयो । उहाँले खेललाई जीवनको पर्यायका रुपमा विकास गर्दै बहुआयामिक पक्षसँग जोड्नुपर्ने आवश्यकता औँल्याउनुभयो । उहाँले खेलकुद भनेको विज्ञान हो भन्दै यसलाई खेलकुद शिक्षाका रुपमा विकास गर्नुपर्नेमा जोड दिनुभयो । प्राथमिक तहदेखि नै खेलकुदप्रति लगाव विकास गर्नु आवश्यक रहेको मन्त्री गहतराजको भनाइ थियो । सरकारकाले स्पोर्टस् विश्वविद्यालय बनाउने सोचका साथ नीति तथा कार्यक्रममा समावेश गरेको जानकारी दिँदै उहाँले त्यसले ओलम्पिकसम्मको यात्रालाई सफलतामा पु¥याउन मद्दत गर्ने बताउनुभयो । “अन्तर्राष्ट्रिय प्रतियोगिता जुन क्रमले अघि बढिरहेको छ, त्यसतर्फ हेर्दा निरन्तर खेल प्रतियोगिता गर्दै जाने र तल्लो तहदेखि नै खेलाडी उत्पादन गर्नुपर्ने आवश्यकता छ”, उहाँले भन्नुभयो । मन्त्री गहतराजले सरकारले आगामी साफ गेमको तयारी गरिरहेको तथा २३ सेप्टेम्बरमा एशियन खेल हुँदै गएकाले राम्रो तयारीको आवश्यकता औँल्याउनुभयो । --- # अन्तर्राष्ट्रिय सामराज्यवादीहरुले नङ्ग्रा गाडेका छन् : नेकपा एमाले पोलिटब्युरो सदस्य महेश बस्नेत Source: https://newskunda.com/archives/3146 Category: FEATURED NEWS, राजनीति, समाचार, समाज Last updated: 2026-10-20 काठमाडौं, ३ मंसिर । नेकपा एमाले पोलिटब्युरो सदस्य महेश बस्नेतले सरकारले ‘लोकतान्त्रिक व्यवस्थामाथिको नियोजित आक्रमण’ गरेको भन्दै कडा आपत्ति जनाउनुभएको छ। प्रेस चौतारी नेपाल केन्द्रीय कार्यालयमा बुधबार आयोजित पत्रकार सम्मेलनमा बस्नेतले देशको वर्तमान अवस्था ‘अत्यन्त जटिल’ रहेको उल्लेख गर्दै अन्तर्राष्ट्रिय शक्तिहरूले नेपालमा हस्तक्षेप बढाएको दाबी गर्नुभयो। राष्ट्रवाद र विकासको पक्षमा उभिएका भनि हिँड्ने केही शक्ति पनि छद्मरूपमा लोकतन्त्र समाप्त पार्ने खेलमा सक्रिय रहेको बस्नेतले बताउनुभयो । राष्ट्रिय युवा संघ नेपाल मधेस प्रदेशको कार्यक्रममा सहभागी हुन बारा जान लाग्नु भएका पार्टी महासचिव शंकर पोखरेल तथा बस्नेतसहितका नेताहरू विमानस्थलतर्फ प्रस्थान गर्ने क्रममा जेनजी समूहका नाममा केही युवाले सिमरा विमानस्थलमा प्रदर्शन गरी काठमाडौँ–बारा उडान अवरुद्ध पारे पछि आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै बस्नेतले अहिले अन्तर्राष्ट्रिय सामराज्यवादीहरुले देशमा नङ्ग्रा गाडेका बताउनुभयो । उहाँले भन्नुभयो, ‘आज देशको अवस्था जटिल छ, अन्तर्राष्ट्रिय सामराज्यवादीहरुले नङ्ग्रा गाडेका छन्, आफूलाई राष्ट्रवादी, विकासवादी र जनताको पक्षधर भन्ने शक्ति पनि छद्म भेषमा छन्, उनीहरूले यो लोकतन्त्रलाई समाप्त पार्न चाहेका छन्, विधिको शासन, दलीय व्यवस्था र राजनीतिक दललाई समाप्त नपारी आफ्नो राज हुँदैन भन्ने बुझेका छन् ।’ जेनजी समूहका नाममा देशलाई अस्थिर बनाउने गतिविधि भइरहेको कुरा दैनिक घटनाक्रमले पुष्टि गर्दै गएको उहाँले बताउनुभयो । हिजो एमालेले यो कुरा गर्दा गाली गर्नहरुले पनि दुई महिनाको बिचमा यो कुरा बुझेका उहाँको भनाइ छ । 'सुशीला कार्की नेतृत्वको सरकार जेनजी आन्दोलनको आडमा खच्चड चढेर हिँडेको छ, अहिलेको सरकारसँग पीडा बोकेका परिवार र घाइतेहरू समेत खुसी छैनन्, दलीय व्यवस्थाको विकल्पको रूपमा गैरदलीय र निरङ्कुशहरू शासनमा जाँदा देशको हविगत भएको छ', बस्नेतले भन्नुभयो । दुर्गा प्रसाईँको मध्यराति भएको पक्राउ गलत भएको उल्लेख गर्दै उहाँले प्रसाईँले जेनजीका नाममा रहेको विदेशी चलखेलबारे खुलासा गरेकै कारण पक्राउ गरिएको दाबी गर्नुभयो। सरकार अभिव्यक्ति स्वतन्त्रताको विरुद्ध उभिएको उहाँको भनाइ छ । सरकारको समग्र भूमिकामाथि प्रश्न उठाउँदै उहाँले हालको सरकारले आन्दोलनमा भएको आगजनी तथा तोडफोडका प्रमाण नष्ट गर्न खोजिरहेको बताउनुभयो । सरकारका प्रधानमन्त्री र मन्त्रीका व्यवहारबाट पीडित तथा घाइते परिवारहरू समेत असन्तुष्ट रहेका र दलीय व्यवस्थाको विकल्पका नाममा गैर दलीय निरङ्कुशता थोपर्ने खतरा बढेको उहाँको भनाइ छ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हुँदा अन्तरिम सरकारका मन्त्री कुलमान घिसिङले अन्तर्देशीय प्रसारण लाइनमा ४३ करोड रुपैयाँ भ्रष्टाचार गरेको आरोप लगाउँदै बस्नेतले डडेलधुराको रकम सारेर निकटका कम्पनीलाई फाइदा पुर्याउन धुलिखेलको सडकमा पैसा ल्याएको बताउनुभयो । त्यसै गरी रास्वपामा गएर उपाध्यक्ष हुँदै प्रधानमन्त्री बनेर सत्ता कब्जा गर्न खोजिएकोमा असफल भएपछि कुलमानले नयाँ दल घोषणा गर्ने तयारी गरेको उहाँको धारणा छ । यस अघि सुमना श्रेष्ठ, बालेन साह, सुधन गुरुङ लगायतलाई समेटेर दल बनाउने योजनामा पनि कुलमान असफल भएका बस्नेतले बताउनुभयो । कतै पनि सफल नभएपछि कुलमान अहिले उज्यालो नेपाल पार्टी दर्ता गर्न पुगेको बस्नेतको भनाइ छ । हिजो दल विरुद्ध कठोर टिप्पणी गर्नेहरू नै आज नयाँ पार्टी खोल्न आतुर हुनुले उनीहरूको सत्ता स्वार्थ प्रष्ट भएको बस्नेतको धारणा छ । सरकारले देशलाई जेनजी युवाका नाममा आतङ्कित बनाउने प्रयास गरिरहेको बताउँदै उहाँले प्रहरी प्रशासनको मनोबल अत्यन्त कमजोर रहेको टिप्पणी गर्नुभयो। सिमरा विमानस्थल बन्द हुनु २०–३० जनाको हल्लाले पनि महत्त्वपूर्ण संरचना ठप्प पार्ने स्थितिमा पुगेको उदाहरण रहेको बताउँदै बस्नेतले प्रधानमन्त्री सुशीला कार्कीको नेतृत्वमा रहेको सरकार देशमा अन्यौलता र अस्थिरता बढाउने उद्देश्यले गठन गरिएको दाबी गर्नुभयो। 'स्टनबाजी गरेर देश चलाउन खोज्ने प्रवृत्तिले राज्यलाई ध्वस्त पार्दै छ, त्यसैले अब संसद् पुनर्स्थापना हुनु आवश्यक छ’, बस्नेतले भन्नुभयो । देश जोगाउन ‘राष्ट्रिय सुरक्षा फोर्स’ गठन गर्ने तयारी भइरहेको जानकारी दिँदै बस्नेतले मंसिर ६ गते एमालेले ठुलो सभा गर्दै सरकारलाई स्पष्ट राजनीतिक दबाब दिने बताउनुभयो। त्यो दबाबले कार्की नेतृत्वको सरकार ढल्ने उहाँले दाबी गर्नुभयो । पार्टीभित्र केही नेताहरू विरोधी शक्तिको लहैलहैमा लाग्नु अस्वीकार्य रहेको उल्लेख गर्दै उहाँले सबैले मिलेर पार्टी बलियो बनाउनुपर्ने र यस पटक अध्यक्षमा केपी शर्मा ओलीलाई नै निरन्तरता दिनुपर्ने धारणा प्रस्तुत गर्नुभयो। राजनीतिक दलले कार्यक्रम गर्न प्रमुख जिल्ला अधिकारीसँग लाइन लगेर स्वीकृति लिनु नपर्ने बताउँदै बस्नेतले प्रमुख जिल्ला अधिकारीलाई जानकारी भइसकेको र आन्दोलन पूर्णतः शान्तिपूर्ण हुने विश्वास व्यक्त गर्नुभयो। उहाँले भन्नुभयो, ‘सरकार शान्तिपूर्ण कार्यक्रम गर्न दिन्छ भन्ने आशा राखेका छौँ, अहिले नै नकारात्मक पूर्वानुमान गर्नु हुँदैन, एमालेलाई रोक्न खोजेर रोकिने अवस्था छैन।’ --- # अन्नन्त कुण्डमा दिव्य गंगा आरती सुरु गर्दै एमाले नेता महेश बस्नेतले भने : वागमती प्रदेशमा किरण थापा मुख्य मन्त्री बन्नु भयो यहाँका बाँकी विकासका कामले पूर्णता पाउँछ Source: https://newskunda.com/archives/4013 Category: FEATURED NEWS, अर्थ, धर्म/संस्कृति, राजनीति, समाचार, समाज Last updated: 2026-08-11 ===================================== **नेता महेश बस्नेतले भन्नुभयो, “प्रदेश सरकार बनाउने प्रक्रियामा छौ, तपाईको भाग्यले साथ दियो र किरण थापा मुख्य मन्त्री बन्नु भयो भने यहाँको स्वीमिड पुल, भ्यू टावर, मल्टिकम्प्लेक्स, अचकल्टा सबै कामहरु पुरा हुनेछन्, अपूरो सडक पुरा गर्ने काम, स्वीमिङ पुल पूर्णता दिने काम, भ्यू टावरलाई मल्टिकम्लेक्सका रुपमा बिकास गर्ने काम र बाँकी तमाम काम पुरा हुनेछ ।”** ================================== भक्तपुर, २५ साउन । सूर्यविनायक नगरपालिका वडा नं. ७ गुण्डुस्थित अनन्तलिङ्गेश्वर महादेव नजिकै रहेको खोलाको किनारामा रहेको अन्नन्त कुण्डमा आजदेखि दिव्य गंगा आरती सुरु भएको छ । श्री अनन्तलिङ्गेश्वर महादेव दिव्य गंगा आरती व्यवस्थापन समितिले आजबाट सुरु गरेको दिव्य गंगा आरतीको आज साँझ नेकपा एमालेका सचिव महेश बस्नेतले उद्घाटन गर्नुभयो । हरेक महिनाको अन्तिम सोमबार अन्नन्त कुण्डमा नियमित रूपमा दिव्य गंगा आरती सञ्चालन हुने गरि आजबाट सुरु भएको गंगा आरतीमा स्थानीय सयौको भव्य सहभागिता रहेको थियो । कार्यक्रममा नेता महेश बस्नेतले स्थानीय राजकुमार बस्नेतको नेतृत्वमा सुरु भएको दिव्य गंगा आरतीमा अरबिन्द गुरुसंगै वडा नं. ४ का वडाध्यक्ष र वडा नं. ७ को वडा अध्यक्षको मुख्य भूमिका रहेको बताउनुभयो । उहाँले मानिसको पद अस्थायी रहन्छ, त्यो आज छ, भोली हुदैन, भन्दै मानिसको योगदान भने सधै स्थायी रहने बताउनुभयो । उहाँले मन्दिरको स्थापनाको चर्चा गर्दै भन्नुभयो, “अनन्तलिङ्गेश्वर महादेव मन्दिरको शिलापत्रमा उल्लेख भए अनुसार यो मन्दिर १३०० वर्ष पुरानो हो, कोलम्बसले अमेरिका १४९२ मो पत्ता लगाए, त्यसलाई हेर्ने हो भने अमेरिका पत्ता लागेकोे करिब ५३२ वर्ष भयो तर यो मन्दिर १३०० अगाडि मन्दिर हो, त्यसबेला यो ठाउँमा एउटा हंसपुर भन्ने बस्ती थियो, त्यहाँ ठूलो प्रलय पछि सबै ध्वस्त भयो, तर त्यसैको एउटा प्रतिकको रुपमा रहेको र अनन्तलिङ्गेश्वर एउटा गुरुको रुपमा स्थापित भएको पाईएको छ ।” मन्दिरमा जान आउँन बाटो र पुल नहुँदा स्थानीयले निकै सास्ती भाग्नु परेको स्मरण गर्दै उहाँले आफू मन्त्री र सासद भए पछि सांसद कोष, संघ र प्रदेशको बजेट ल्याएर अनन्तलिङ्गेश्वर आउने बाटो र पुल बनाएको, यहाँ आउने सबै बाटो पिच भएको, पुल बनेको बताउनुभयो । यहाँका बासिन्दाले झोलुड्गे पुल हेर्न रहर गरेपछि र नयाँ पुस्तालाई झोलुङगे पुल पनि चाहिन्छ भने पछि स्थानीय नवराज जंगम, शम्भु जंगमले जग्गा दिएपछि बाटो बनाएर २७ लाखको बजेटमा झेलुड्गे पुल बनाएको बताउनुभयो । मानिसको योगदान र ईतिहास कहिले नमेटिने बताउँदै उहाँले भन्नुभये, “महेश बस्नेतले उद्घाटन भएको भनेर लेखिएको झोलुङेगे पुलको शिलापत्रमा महेश बस्नेत भन्ने नाममा चाँही ढुङगाले हानेर मेट्ने काम भएको छ, भूकम्पले भत्किएको मन्दिर पुर्ननिर्माण गर्न केपी ओली प्रधानमन्त्री र आनन्द पोखरेल पर्यटन मन्त्री हुँदा एक करोड ६५ लाखको बजेट ल्यायौं, मन्दिर अगाडिको शिलापत्रमा पनि महेश बस्नेतको नाममा ढुड्गाले हानेर पोतिएको छ, अहिले त गर्नेको नाम किच्चाउने जमाना हो यो, गर्नेहरुलाई भगाउने जमाना हो यो र गर्नेहरुलाई हराउने जमाना हो यो तर पनि ईतिहास मेटाएर मेटिन्न ।” रातोपाटीबाट लाकुरी भञ्याडसम्म फुट ट्रायल बनाउने हाम्रो कन्सेप्ट ल्याएर संघ र प्रदेशबाट बजेट ल्यएर बनायौं, देवी स्थान बनाइयो, गणेश मन्दिर बनायौ, महादेव मन्दिरमा सामुदायिक भवन बनायौ, त्यहाँ ब्रतबन्ध र विवाह गर्न सहज भएको बताउनुभयो । उहाँले भन्नुभयो, “प्रहरीको अस्थायी चौकी भवन बनाउने भनेर मैले सांसद कोषबाट ल्याएको बजेट र पछि नगरपालिकाबाट थपेर बनाएको हो, कतिपयले स्वीमङ पुल अलपत्र पर्यो भने, भ्यू टावरको बिरोध गरे, त्यो भ्यू टावर होईन, मल्टिकम्लेक्स बिल्डिङ हो, त्यहाँ यहाँ उत्पादन भएको बिभिन्न उपहारका सामानहरु बिक्री गर्ने थलो बनाउने उदेश्य पनि हो । त्यहाँ पनि महेश बस्नेतको नाम भएका कारण शिलापत्र उखालेर फाल्ने काम भएको छ ।” आफू अहिले पदमा नभए पनि जनताको भावना, हौस्ला र जाँगरलाई बुझेर का मगर्ने बताउदै अब बन्ने वागमति प्रदेश सरकारमा एमालेको नेतृत्वमा गठन हुन सके यहाँको सबै विकासले पूर्णता पाउने बताउनुभयो । नेता महेश बस्नेतले भन्नुभयो, “प्रदेश सरकार बनाउने प्रक्रियामा छौ, तपाईको भाग्यले साथ दियो र किरण थापा मुख्य मन्त्री बन्नु भयो भने यहाँको स्वीमिड पुल, भ्यू टावर, मल्टिकम्प्लेक्स, अचकल्टा सबै कामहरु पुरा हुनेछन्, अपूरो सडक पुरा गर्ने काम, स्वीमिङ पुल पूर्णता दिने काम, भ्यू टावरलाई मल्टिकम्लेक्सका रुपमा बिकास गर्ने काम र बाँकी तमाम काम पुरा हुनेछ ।” चुनाबमा आफूले हालेको मतले पछि आफैलाई नपोलोस भन्दै उहाँले भन्नुभयो, “मतदान गोप्य हुन्छ, भोट हाल्न पनि पाईन्छ, नहाल्न पनि पाईन्छ, तर आफूले हालको मतले आफैलाई नपोलोस्, छातीमा हात राखेर सबैले यो कुरा मनन् गरौ ।” कार्यक्रममा सूर्यविनायक नगरपालिका वडा नं. ७ का वडाध्यक्ष एवं नगरपालिका सामाजिक विकास समितिका संयोजक रविन्द्र सापकोटाले हाम्रो सनातन धर्ममा नदि केवल पानीको प्रवाह मात्र होडन जीवन, आस्था, पवित्रता र सभ्यताको आथार हो भनेर जललाई देवस्वरूप मानी पूजा गर्ने हाम्रो प्राचीन परम्परालाई निरन्तरता दिएको बताउनुभयो । उहाँले महादेव खोलाको पवित्र तटमा आरम्भ भएको अनन्त गंगा आरतीले हाम्रो धार्मिक तथा सांस्कृतिक सम्पदालाई अझ जीवन्त बनाउने विश्वास लिएको बताउदै उहाँले लिच्छविकालीन इतिहास बोकेको अनन्तलिङ्Þगेश्वर महादेवको चरणमा बग्ने यस पवित्र खोलाको तटमा दीप प्रज्वलित गर्दैं गरिने आरती केवल धार्मिक अनुष्ठान मात्र नभई भगवान शिवप्रतिको श्रद्धा, प्रकृतिप्रतिको सम्मान, जल संरक्षणप्रतिको चेतना र हाम्रो मौलिक संस्कृतको सरक्षणको र्पावंत्र संकल्प भएको चर्चा गर्नुभयो । अध्यक्ष सापकोटाले भन्नुभयो, “आरतीको प्रत्येक दीपले अन्धकार हटाएर ज्ञान. शान्ति र सदुभावको ज्योति फैलाओस, आरतीको प्रत्येक मन्त्रले हाम्रो मनमा भक्ति, करुणा र सकारात्मक ऊर्जा जागत गराओस महादेव खोलाको निर्मल जलझैं हाम्रो समाज पनि स्वच्छ, पवित्र र सद्भावपूर्ण बनोस भन्ने कामना व्यक्त गर्नुभयो । अनन्तलिङगेश्वर क्षेत्र धार्मिक पर्यटनको महत्वपर्ण गन्तव्यका रूपमा विकसित भएको बताउदै यहॉको ऐतिहासिक, धार्मिक तथा प्राकतिक सम्पदाको संरक्षण गर्दै भावी पुस्ताले समेत यस गौरवपूर्ण परम्परालाई निरन्तरता दिन आवश्यक भएको बताउनुभयो । कार्यक्रममा वडा नं. ४ का वडा अध्यक्ष लछुराम नेउपानेले यस क्षेलाई पर्यटकीय गन्तव्यको रुपमा विकास गर्न नगरपालिका र वडाको सहयोग रहने बताउनुभयो । गुरु अरबिन्द शास्त्री, पुजारीलगायत बिभिन्न व्यक्तिहरुको सहभागिता रहेको आरतीलाई निरन्तरता दिदै लैजाने प्रतिवद्धता व्यक्त भएको छ । यहाँका भक्तजनहरूलाई आध्यात्मिक वातावरणमा जोड्दै धार्मिक तथा आध्यात्मिक वातावरणको अनुभूति गराउदै अनन्त कुण्डको प्रचार गर्दै यहाँको धार्मिक महत्व बढाउन गंगा आरती सार्थक हुने उहाँले बताउनुभयो । दिव्य गंगा आरतीलाई नियमित रूपमा सञ्चालन गर्दै धार्मिक पर्यटन प्रवद्र्धन, स्थानीय सम्पदाको संरक्षण तथा भक्तजनबीच आध्यात्मिक चेतना अभिवृद्धि गर्ने लक्ष्य राखिएको छ । --- # अन्योलमा प्रधानमन्त्री देउवाको अमेरिका भ्रमण Source: https://newskunda.com/archives/1443 Category: FEATURED NEWS, राजनीति, समाचार Last updated: 2022-07-20 काठमाडौँ, ४ साउन : एसपीपी अघि नबढाउने निर्णयसँगै प्रधानमन्त्री देउवाको अमेरिका भ्रमणसमेत अन्योलमा परेको छ। स्रोतका अनुसार एसपीपी प्रकरण अघि अमेरिकाले भ्रमणका लागि दुईवटा मिति प्रस्ताव गरेको थियो। पहिलो मिति जुलाई १४ बाट भ्रमण थाल्ने गरी प्रस्ताव गरिएको थियो भने दोस्रो मिति जुलाई २७ बाट भ्रमण थाल्ने गरी प्रस्ताव गरिएको थियो। अमेरिकाले प्रस्ताव गरेको मिति अनुसार परराष्ट्र मन्त्रालय, अमेरिकी दूतावास र वासिङ्टनस्थित नेपाली दूतावासले भ्रमणको तयारी अघि बढाएका थिए। तर, सरकारले एसपीपीमा नेपाल अघि बढ्ने निर्णय गरेपछि अमेरिकाले देउवालाई निम्त्याउन अनिच्छा देखाएको परराष्ट्रका अधिकारीहरु बताउँछन् । अमेरिकाले प्रधानमन्त्री देउवाको भ्रमणमा हस्ताक्षर गर्नेगरी सैन्य सम्झौताको मस्यौदा सरकारलाई बुझाएको थियो। देउवाको भ्रमणमा उक्त रणनीतिक महत्वको सम्झौता गराउने अमेरिकी रणनीतिमा ‘ब्रेक’ लागेपछि भ्रमण रोकिएको सत्तारुढ दलका नेताको पनि बुझाइ छ। सत्तारुढ एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एक साताअघि एसपीपीमा अघि नबढ्ने निर्णयपछि प्रधानमन्त्री देउवाको अमेरिका भ्रमण रद्द भएको खुलासा गरेका थिए। यद्यपि परराष्ट्रमा बुधबार आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता लम्सालले प्रधानमन्त्रीको भ्रमण रद्द नभएको दाबी गरिन्। सरकारले आफ्नै एक महिना अघिको प्रतिबद्धताअनुरुप स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) अघि नबढाउने सम्बन्धमा अमेरिकालाई पत्राचार गर्न आनाकानी गरेको छ। मन्त्रिपरिषद् बैठकले एक महिनाअघि एसपीपी अघि नबढाउने निर्णय लिएको थियो। तर, त्यो निर्णयको कार्यान्वयन अझै हुन सकेको छैन। एसपीपीमा नेपाल अघि नबढ्नका लागि परराष्ट्र मन्त्रालयले अमेरिका सरकारलाई कूटनीतिक च्यानलबाट चिठी लेख्नुपर्ने थियो। तर, मन्त्रिपरिषदको निर्णयको एक महिना बिते पनि त्यसबारे परराष्ट्रले अमेरिकालाई चिठी लेखेको छैन। बरु परराष्ट्रले दुई साताअघि एसपीपीबारे के गर्ने भन्दै रक्षा मन्त्रालयलाई चिठी लेखेर राय मागेको छ। ‘एसपीपीमा अघि नबढ्ने निर्णयमा के गर्ने भन्नेबारे रक्षा मन्त्रालयलाई पत्र लेखिएको छ। रक्षाले नेपाली सेनासँग थप सोधेर सेनाले के राय दिन्छ, त्यसैअनुसार अघि बढ्ने भन्ने नीति छ’ परराष्ट्रका एक अधिकारीले भने। परराष्ट्र मन्त्रालयमा बुधबार आयोजित पत्रकार सम्मेलनमा परराष्ट्र प्रवक्ता सेवा लम्सालले एसपीपीका सम्बन्धमा कसरी अघि बढ्ने भन्नेबारे सरकारी निकायबीच छलफल भइरहेको बताइन्। उनले एसपीपी अघि नबढाउने मन्त्रिपरिषद्को निर्णयबारे अमेरिकालाई पत्राचार गर्ने बिषय अध्ययनकै क्रममा रहेको बताइन्। ‘मन्त्रिपरिषदको निर्णय कार्यान्वयन गर्ने सन्दर्भमा हामीले रक्षा मन्त्रालय, नेपाली सेना लगायत निकायसँग परामर्श गरिरहेका छौँ’ प्रवक्ता लम्सालले भनिन्। रक्षा मन्त्रालयले पनि परराष्ट्रको पत्र प्राप्त भएको जनाएको छ। परराष्ट्रको पत्र प्राप्त भए पनि अब के गर्ने भन्नेमा मन्त्रालयका कर्मचारीमा अन्योल छ। ‘मन्त्रिपरिषदको निर्णय कार्यान्वयन गर्ने निकाय परराष्ट्र हो। तर, फेरि हामीलाई पत्र लेखेर के भन्न खोजिएको बुझ्न सकिएको छैन’ रक्षाका एक अधिकारीले नेपालखबरसँग भने। अहिले रक्षा मन्त्रालयको जिम्मेवारीमा प्रधानमन्त्री शेरबहादुर देउवा आफैं छन्। अमेरिकाले प्रस्ताव गरेको एसपीपी सम्बन्धी सैन्य सम्झौता विवादमा परेपछि प्रधानमन्त्री देउवा आफैंले मन्त्रिपरिषदमा ठाडो प्रस्ताव लगेर एसपीपी अघि नबढाउने निर्णय गराएका थिए। त्यसैअनुसार एक महिनाअघि मन्त्रिपरिषदले नेपाल कुनै पनि सैन्य गठबन्धनमा सहभागी नहुने निष्कर्षसहित एसपीपी अघि नबढाउने निर्णय लिएको थियो। सरकारले अमेरिकालाई पत्र लेख्न हिच्किचाउनुका पछाडि अमेरिकी दबाव हो कि भन्ने आशंका उत्पन्न भएको छ। नेपालस्थित अमेरिकी दूतावासका उच्च अधिकारीले प्रधानमन्त्री देउवालाई भेटेर मन्त्रिपरिषदको निर्णयप्रति असन्तुष्टि जनाएपछि सरकार हच्किएको जानकार एक अधिकारीको भनाइ छ। --- # अपराध अनुसन्धानलाई विधि, विज्ञान, परीक्षण प्रयोगशालालाई थप सुदृढ र प्रभावकारी बनाउन बागमती प्रदेश सरकारको पूर्ण सहयोग रहन्छ : मुख्यमन्त्री किरण थापा Source: https://newskunda.com/archives/4538 Category: FEATURED NEWS, अर्थ, राजनीति, समाचार, समाज Last updated: 2026-10-01 हेटौडा, १५ असोज । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले अपराध अनुसन्धानका लागि विधि, विज्ञान, परीक्षण प्रयोगशालाका लागि थप सुदृढ र प्रभावकारी बनाउन बागमती प्रदेश सरकारको पूर्ण रुपमा सहयोग रहने बताउनु भएको छ । बागमती प्रदेश प्रहरी कार्यालय मातहत रहेको विधि विज्ञान परीक्षण प्रयोगशालाको बिहिबार निरीक्षण तथा अनुगमनका क्रममा उहाँले कुनै पनि अपराध अनुसन्धानलाई आधुनिक प्रविधिसँग जोड्दै प्रयोगशालाको क्षमता विस्तार गर्नुपर्ने बताउनु भएको हो । अपराध अनुसन्धानलाई थप वैज्ञानिक, प्रमाणमुखी र विश्वसनीय बनाउनुपर्नेमा जोड दिदै मुख्यमन्त्री थापा मगरले भन्नुभयो, “अबको अपराध अनुसन्धान अनुमान र आशंकाका आधारमा नभई प्रमाण, विज्ञान र प्रविधिमा आधारित हुनुपर्छ । अपराध अनुसन्धानलाई आधुनिक प्रविधिसँग जोड्दै प्रयोगशालाको क्षमता विस्तार गर्नुपर्ने आवश्यकता छ । त्यसैले प्रयोगशालामा अत्याधुनिक उपकरण, नवीनतम प्रविधि र दक्ष जनशक्तिको विकासलाई प्राथमिकतामा राख्नुस् ।” अपराध अनुसन्धानमा वैज्ञानिक प्रमाणको भूमिका महत्वपूर्ण हुने बताउदै उहाँले प्रविधिको विकाससँगै अपराधका स्वरूप पनि परिवर्तन भइरहेकाले अनुसन्धान प्रणालीलाई समेत सोहीअनुसार आधुनिक र प्रविधिमैत्री बनाउन आवश्यक रहेको बताउनुभयो । विधि विज्ञान परीक्षण प्रयोगशालालाई थप सुदृढ र प्रभावकारी बनाउन आवश्यक पर्ने सम्पूर्ण सहयोग गर्न बागमती प्रदेश सरकार पूर्णरूपमा तयार रहेको मुख्यमन्त्री थापा मगरले स्पष्ट पार्नुभयो । उहाँले प्रहरी अनुसन्धानलाई तथ्य र प्रमाणमा आधारित बनाउँदै न्यायिक प्रक्रियालाई समेत थप विश्वसनीय बनाउन प्रयोगशालाको भूमिका महत्वपूर्ण हुने बताउनुभयो । अपराध अनुसन्धानमा वैज्ञानिक विधिको प्रयोग बढाउन तथा उपलब्ध स्रोत–साधनको प्रभावकारी उपयोग गर्न सम्बन्धित निकायलाई उहाँले निर्देशन दिनुभयो । निरीक्षणका क्रममा मुख्यमन्त्री थापा मगरले प्रयोगशालाबाट हुँदै आएका काम, उपलब्ध पूर्वाधार, उपकरण तथा जनशक्तिको अवस्थाबारे जानकारी लिनुभएको थियो । सो अवसरमा सम्बन्धित अधिकारीहरूले प्रयोगशालाको वर्तमान अवस्था, सेवा प्रवाह तथा आवश्यकताबारे जानकारी गराउनुभएको थियो । मुख्यमन्त्री थापा मगरले प्रदेश सरकारका तर्फबाट प्रयोगशालाको संस्थागत तथा प्राविधिक क्षमता अभिवृद्धिका लागि आवश्यक सहयोग र सहजीकरण गरिने प्रतिबद्धतासमेत व्यक्त गर्नुभयो । --- # अपाङ्गता भएका व्यक्तिलाई अधिकार, राज्यबाट प्राप्त हुने सेवा–सुविधा, समान अवसर दिनु पर्छ : सूर्यविनायक नगर प्रवक्ता रविन्द्र सापकोटा Source: https://newskunda.com/archives/4552 Category: FEATURED NEWS, अर्थ, राजनीति, शिक्षा, समाचार, समाज, स्वास्थ्य Last updated: 2026-10-03 भक्तपुर, १७ असोज । अपाङ्गता भएका व्यक्तिलाई संविधान तथा प्रचलित कानूनले प्रदान गरेका अधिकार, राज्यबाट प्राप्त हुने सेवा–सुविधा, समान अवसर र सामाजिक समावेशीकरणमा विभेद गर्न नहुने सरोकारवालाले बताएका छन् ।् सूर्यविनायक नगरपालिका नगर कार्यपालिकाको कार्यालयले आज सूर्यविनायक नगरपालिकाको सभाहलमा आयोजना गरेको वडास्तरी अपाङ्गता समन्वय समितिलाई एकदिने कानूनी अधिकार सम्बन्धी अभिमूखीकरणमा सहभागि एवं सरोकारवालाले यस्तो बताएका हुन् । कार्यक्रममा नगरपालिकाका प्रवक्ता एवं वडा नं. ७ का वडाअध्यक्ष रविन्द्र सापकोटाले अपाङ्गता भएका व्यक्तिहरूलाई समाजमा माया र अवसर दिनु पर्ने बताउनु भयो । सापकोटाले भन्नुभयो, “अपाङ्गता भएका व्यक्तिहरूलाई दया होइन, समान अधिकार, अवसर र सम्मान चाहिन्छ, समाजको मूल प्रवाहमा ल्याउन अधिकारबारे सचेतना दिनु आवश्यक छ । स्थानीय तहबाट उपलब्ध हुने सेवा–सुविधामा उहाँहरूको सहज पहुँच सुनिश्चित गर्न हामीले अझ प्रभावकारी रूपमा काम गर्नुपर्छ ।” उहाँले अपाङ्गता भएका व्यक्तिलाई दया वा सहानुभूतिभन्दा पनि अधिकार र समान अवसरका आधारमा हेर्नुपर्ने बताउनु भयो । स्थानीय तहबाट प्रदान गरिने सेवा–सुविधामा अपाङ्गता भएका व्यक्तिको सहज पहुँच सुनिश्चित गर्न नगरपालिका प्रतिबद्ध रहेको उहाँले बताउनुभयो । कार्यक्रममा सहभागीले कानुनी अधिकारका विषयमा जानकारी पाएपछि आफूहरूलाई प्राप्त अधिकार र सेवाका विषयमा थप स्पष्ट भएको बताउनु भयो । कार्यक्रममा अपाङ्गता भएका व्यक्तिले संविधान तथा प्रचलित कानूनले प्रदान गरेका अधिकार, राज्यबाट प्राप्त हुने सेवा–सुविधा, समान अवसर तथा सामाजिक समावेशीकरणका विषयमा जानकारी गराइएको थियो । अपाङ्गता भएका व्यक्तिप्रति हुने विभेदको अन्त्य गर्दै उनीहरूको अधिकार सुनिश्चित गर्न स्थानीय तहको भूमिका महत्वपूर्ण हुने विषयमा समेत छलफल गरिएको थियो । कार्यक्रममा सहभागिले अपाङ्गता भएका व्यक्तिका लागि कानुनले दिएको अधिकार र स्थानीय तहबाट पाउन सकिने सेवाका विषयमा यसअघि सबै कुरा स्पष्ट जानकारी प्राप्त भएको बताएका थिए । आजको अभिमुखीकरणबाट धेरै महत्वपूर्ण जानकारी प्राप्त भएको बताउदै यसप्रकारले अभिमुखीकरणले वडा तहसम्म निरन्तरता दिनुपर्ने बताउनु भयो । तालिमबाट प्राप्त जानकारीलाई व्यवहारमा लागू गर्न सके अपाङ्गता भएका व्यक्तिले धेरै सहज रूपमा सेवा लिन सक्ने अवस्था बन्न सक्ने बताउदै यस प्रकारको कार्यक्रमले एकपटकमा सीमित नगरी नियमित रूपमा सञ्चालन गर्न आवश्यक रहेको बताउनुभयो । कार्यक्रमले अपाङ्गता भएका व्यक्तिका अधिकारबारे स्थानीय तहका जनप्रतिनिधि, सरोकारवाला तथा समुदायमा थप सचेतना अभिवृद्धि गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ । --- # अप्टिमिष्ट ईन्टरनेशनल नेपालमा थापाको नेतृत्व Source: https://newskunda.com/archives/2000 Category: FEATURED NEWS, निर्वाचन, राजनीति, शिक्षा, समाचार, समाज Last updated: 2022-09-04 भक्तपुर, १९ भदौ : नेपाल डिस्ट्रिक अफ अप्टिमिष्ट ईन्टरनेशनलको प्रथम महाधिवेशनमा ४१ वटा क्लबका १३१ जना सदस्यहरुको सहभागीता हुदै २०७९ साल भदौ १७ र १८ गते भत्तपुरमा सम्पन्न भएको छ । राष्ट्रिय समाचार समितिका अध्यक्ष धमेन्द्र झाले पत्रकारले जे देख्छ त्यही लेख्छ त्यो नै पत्रकारको धर्म हो । आशाहरुलेनै मान्छेलाई अगाडी बढन प्रेरित गर्दछ र सकारात्मक सोच बाटनै आशाबादी बन्न सकिन्छ भनेर भन्नु भयो । कार्यक्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष श्री बिपुल पोखरेल ज्यूले कन्सटरट्रिभ पत्रकारिकता (Constructive Journalism) सम्बन्धी जानकारी गराउनु भयो हिसानका राष्ट्रिय अध्यक्ष रमेश सिलवालले हाम्रा बालबालिका (बिधार्थीहरु) १२ कक्षा पास हुने वित्तिकै बिदेशीने परिपाठीलाई कही नियन्त्रण गर्नु पर्ने यहाँ नै उच्चशिक्षा हासिल गर्नका लागी समयमानै परिक्षाफल प्रकाशित गरिदिन क्यालेन्डर अनुसार कार्य गरिदिने हो भन्ने र पढन चाहेका ब्यत्तिले डाक्टर, ईन्जिनियर, वकिल जस्तामा पढन ईन्टान्स परिक्षा दियो परिक्षाफल समयमा हुदैन उसको उमेर बढ्दै जान्छ र विदेश जाने मात्र हुन्छ । संस्थालाई सहयोग गर्ने बचन दिनु भयो । प्यावसनका केन्द्रिय अध्यक्ष डि.के.ढुङ्गनाज्यू संस्था संग आगमी दिनमा सहकार्य गरी अगाढी बढन्नका लागी सदैव तयार रहेको बताउनु भयो । एन प्यावसनका केन्द्रिय अध्यक्ष पाण्डव हमाल ज्यूले पनि संस्था संग सहकार्य गरि अगाडि बढने घोषणा गर्नु भयो । एन प्यावसनका पूर्व अध्यक्ष ऋतुराज सापकोटा ज्यूले सकारात्मक शिक्षा बारे प्रस्तुत गर्नु भएको थियो । किवानिज नेपाल डिस्ट्रकका ईलेट गभर्नर लक्ष्मण लम्साल ज्यूले हामी जस्ता संस्थाहरु एक आपसमा सदैव मिलेर अगाडि बढनु पर्छ, अमेरिकामा यस्ता संस्थाहरु मिलेर कार्यक्रमहरु गरिरहेका छन् भन्नु भयो । सन् २०२२–२०२३ का लागी सर्व–सम्मतिले नयाँ नेतृत्व चयन गरेका थिए। १ अक्टोबर २०२२ देखी सेप्टेम्बर ३० तारिक २०२३ सम्मको कार्यकल रहने छ । अप्टिमिष्ट ईन्टरनेशनलका गभर्नर : पृथ्वी राज थापा , डिपुटी गभर्नर : केशव काफ्ले, लेफ्टिनेट गभर्नर हरु : सुनिता देवी गौडेल , ऋषीश्वर थपलिया , रिना श्रेष्ठ ,डा.भबिष्य कुमार मिश्रा र सुरेन्द्र थापा, सर्जेन्ट एट आर्मस : प्रताव बहादुर थापा पार्लियामेन्ट्रियन : अनिल बहादुर शाही, को–ओडिनेटरहरु : अन्जना आर्चाय, विक्रम राज पाण्डे, देबराज राजवंशी, जनार्दन अर्याल, प्रदिप कुमार मण्डल, राम प्रसाद मैनाली, सागर तामाङ्ग, राजाराम परियार, कुमार मान ब. बस्नेत र राधा देवी बोहोरा चयन हुनु भएको छ।। गभर्नर थापाले महासचिवमा प्रकाश घिमीरे, कोषाध्यक्षमा शरद चन्द्र भट्टराई र कानुनी सल्लाहाकारमा निरज ढुङ्गेल ज्यूलाई मनोनित गर्नु भएको थियो । उक्त २ दिने महाधिवेशन संस्थाका गभर्नर उदय कुमार निरौला ज्यूको सभापत्तित्वमा सु–सम्मपन्न भएको थियो । --- # अफगानिस्तान र पाकिस्तानमा शक्तिशाली भूकम्प Source: https://newskunda.com/archives/1373 Category: FEATURED NEWS, विश्व, समाचार Last updated: 2022-06-22 काठमाडौं, ८ असार : अफगानिस्तान र पाकिस्तानमा शक्तिशाली भूकम्प गएको छ। बुधबार बिहान अफगानिस्तान र पाकिस्तानका केही भागमा ६.१ म्याग्निच्युडको भूकम्प गएको अमेरिकी भूगर्भ सर्वेक्षण (यूएसजीएस) ले जनाएको छ। दक्षिणपूर्वी अफगानिस्तानको खोस्ट सहरबाट करिब ४४ किलोमिटर टाढा रहेको क्षेत्रमा भूकम्प गएको यूएसजीएसले जनाएको हो। भूकम्पको गहिराइ ५१ किलोमिटर रहेको बताइएको छ। भूकम्पले गरेको क्षतिको विवरण भने सार्वजनिक हुन सकेको छैन। भूकम्प इस्लामबाद र देशका अन्य भागमा महशुस गरिएको पाकिस्तानी सञ्चार माध्यमले जनाएका छन्। पाकिस्तानको लाहोर, मुल्तान, क्वेटा र अन्य धेरै क्षेत्रमा पनि भूकम्पको धक्का महसुस गरिएको छ। भूकम्प भारतका केही भूभागमा समेत महशुस गरिएको युरोपेली मेडिटेरेनियन सिस्मोलोजिकल सेन्टर (ईएमएससी) ले जनाएको छ। --- # अबैध जग्गा खण्डिकरणले भोलीको पुस्ताले सराप्ने छ : नगर प्रमुख खत्री Source: https://newskunda.com/archives/1362 Category: FEATURED NEWS, राजनीति, समाचार, समाज Last updated: 2022-06-21 भक्तपुर, ६ असार । चाँगुनारायण नगरपालिकाका प्रमुख जीवन खत्रीले चाँगुनारायणमा भइरहेको अबैध जग्गा खण्डिकरण एवं प्लटिङले भोलीका पुस्ताले सराप्ने बताउनु भएको छ । गैरसरकारी संस्था महासंघ भक्तपुर शाखा र राष्ट्रिय मानव अधिकार सञ्चार प्रतिष्ठान ललितपुरले संयुक्त रुपमा सोमबार आयोजना गरेको ‘विपद व्यबस्थापनमा स्थानीय सरकारसँग नागरिक समाजको अन्तरक्रिया’ कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनु भएको हो । नगर प्रमुख खत्रीले भन्नुभयो, ‘हामीले हामी आफ्नै लागि विपत्ति निम्त्याउने कार्य गरिरहेका छौँ, अबैध रुपमा जग्गा खण्डिकरणले हाम्रो जिन्दगी त सहज कट्ला तर हाम्रा भोलीका पुस्ताले सराप्ने छन्, त्यसैले वस्ती विकासमा ऐन नियम, कानून बनाएर व्यबस्थित वस्ती विकास गर्नु आवश्यक छ, नागरिकलाई सचेत गर्नु आवश्यक छ ।’ चाँगुनारायण र सूर्यविनायक नगर नयाँ सहरको रुपमा विकास हुदैछ भन्दै उहाँले अहिले नै वस्ती व्यबस्थित गर्नु आवश्यक रहेको भन्दै उहाँले चाँगुनारायणले अबको ५० देखि १०० वर्ष पछाडिसम्मका लागि नगरपालिका कस्तो बनाउने भनेर सुरक्षित नगर, बस्न लागयक नगर र नमूनाको नगर बनाउने गरि दीर्घकालिन योजना ल्याउने बताउनु भयो । आफ्ना नगरवासीलाई बिपत्तिबाट कसरी जोगाउने र प्राकृतिक बिपत्ति आइ हाल्यो भने पनि त्यसबाट कसरी जनधनको क्षति हुन बाट रोक्ने तथा खोज तथा उद्धार र राहत वितरणको काम तत्काल गर्नेबारेमा चाँगुनारायण नगरपालिकाले पूर्ण रुपमा तयारी अबस्थामा रहेको बताउनु भयो । कार्यक्रममा मध्यपुरथिमि नगरपालिकाका नगर कार्यपालिका सदस्य सर्मिला विश्वकर्माले विपद जोखिम न्यूनकिरण गर्न सबै नगरपालिकाले योजनाबद्ध रुपमा तयारीमा लाग्नु पर्ने औल्याउनु भयो । त्यस अवसरमा नेपाल रेडक्रस सोसाईटीका महामन्त्री मनोज थापाले स्थानीय तहमा प्राृकतिक जोखिमको अबस्था, व्यबस्थापनको चुनौी, तयारी र सरकारले व्यबस्थापन गरेको नीतिलगायतका स्थानीय सरकारले चाल्नु पर्ने कदमकाबारेमा कार्यपत्र प्रस्तुत गर्नु भएको थियो । नेपाल पत्रकार महासंघ भक्तपुरका सल्लाहका एवं निवर्तमान् अध्यक्ष पुष्करराज बुढाथोकीले सबै स्थानीय तहले आफ्नो नगरमा कस्ता विपत्तिको जोखिममा रहेको छ, त्यसको पहिचान गरि आवश्यक पूर्वतयारीमा जुटेर जनधनको क्षति हुनबाट रोक्ने गरि तयारी गर्नु पर्नेमा जोड दिनु भयो । कार्यक्रममा गैसस महासंघ भक्तपुरका अध्यक्ष एवं कार्यक्रमका सभापति नारायणप्रसाद न्यौपानेले चाँगुनारायण नगरपालिकाका प्रमुख जीवन खत्रीलाई खादा लगाई सम्मान पत्र प्रदान गर्दै बधाई तथा सफल कार्यकालको लागि शुभकामना व्यक्त गर्नु भयो । त्यसअवसरमा राष्ट्रिय मानव अधिकार सञ्चार प्रतिष्ठानका कार्यक्रम अधिकृत मदन अधिकारीले कार्यक्रमको उदेश्य र औचित्यतामाथि प्रकाश पार्नु भएको थियो दिपेश विसुङ्खेले सहजीकरण गर्नु भएको थियो । गैसस महासंघ भक्तपुरका उपाध्यक्ष अनिता पाण्डेले सञ्चालन गर्नु भएको कार्यक्रममा नगरपालिकाका जनप्रतिनिधि, गैससका बिभिन्न तहका पदाधिकारी एवं सल्लाहकार, गैससका प्रतिनिधि, पत्रकार एवं सरोकारवाला निकायका प्रतिनिधिहरुको सहभागिता रहेको थियो । --- # अमेरिकन राजदूत बेरीलाई अभिनन्दन गर्दै लक्ष्मी-नारायणको मूर्ति उपहार, नेपाललाई बिर्सनै नसक्ने बेरीको भनाई Source: https://newskunda.com/archives/2181 Category: FEATURED NEWS, धर्म/संस्कृति, समाचार, समाज Last updated: 2022-09-20 -रमेश गिरी भक्तपुर, ४ असोज : भक्तपुर कमलविनायकस्थित सरस्वती बिद्यागृहदेखि नजिकै उत्तरतर्फको गल्लीसम्म बाँसको खम्बामा लहरै ठूला ठूला पहेलोँ कपडाको झण्डा झै देखिने तोरणले सिंगारिएको । गल्ली छिर्ने बित्तिकै काठ र दाँची अप्पा लगायतका पुराना इँटाहरुले बनेको चारतले ठूलो बिशाल भवन । भवनको मूल गेटबाट छिर्ने बित्तिकै लहरै बसेका कालीगढ हातमा छिना र हम्मर लिएर ढुङ्गामा बिभिन्न देवी देवताको आर्कति कोर्दै मूर्तिहरु निर्माण गरिहरेका देखिन्छन् । आँगनको बीचमा पलेटी मारेको बुद्धको मूर्तिसँगै बिशाल रुपमा उभिएको एक ऋषिको ठूलो मूर्ति, वरपर भित्तामा बिभिन्न देवी देवता, ऋषिमुनि र नेपाली कला, संस्कृति झल्कने मूर्तिहरु टपक्क बसेका देखिन्छन् । मूल गेटबाट भित्र पसेदेखिनै मूर्तिहरुको संग्रहालयमा छिरे जस्तै अनुभूति हुन्छ यहाँको दृश्यले । भवनको प्रत्येक कुनामा बिभिन्न देवी देवताका ढुङ्गाका आकर्षक मूर्तिहरु । पाँचौ तलासम्म काठको भ¥र्याङ् उक्लदैँ जादा कुना र भित्तामा राखिएका ढुङ्गाका आकर्षक मूर्तिहरु र कोठामा लहरै बनेका खोपीमा राखिएको अरु मूर्तिहरुले नेपालको सिंगो सम्पदालाई यहीँ भवनले झल्काइरहेको आभाष हुन्छ । मूर्ति संग्रहालय झै लाग्ने नेपाल भोकेसनल एकेडेमी भक्तपुरको यो भवन प्रवेश गरेसँगै दङ्ग पर्नु भयो नेपालका लागि अमेरिकी राजदूत ¥यान्डी बेरी । नेपालबाट हराएर अमेरिका पुगेका मूर्तिहरु नेपाल घरफिर्ती गर्न र नेपाली सम्पदाको संरक्षणमा महत्वपूर्ण साथ एवं सहयोग पु¥याएको खुसीयालीमा आरपी. फाउण्डेसनले आयोजना गरेको राजदूत बेरीको अभिनन्दन कार्यक्रममा सहभागि हुन आउँदा नेपाल भोकेसनल एकेडेमी भित्रका कलात्मक ढुङका आकर्षक मूर्तिकलाको अनुपम नमूना देखेर बेरी छक्क पर्नु भयो भने केही बेर त्यहाँका दृश्यमै हराउनु भयो । नेपालको सम्पदा संरक्षण एवं चोरिएका मूर्ति नेपाल फिर्ता ल्याउने अभियानका अभियन्ता सम्पदाविद् रबिन्द्र पुरीले नेपालबाट चोरी भएर अमेरिका पुगेका हजारौ वर्ष पुराना बिभिन्न देवी देवताका १७ वटा मूर्ति नेपाल फिर्ता ल्याउन सहयोग गर्नु हुने राजदूत बेरीको अभिनन्दन एवं विदाई कार्यक्रममा आउने विदेशी पाहुँना, संस्कृतिकर्मी, पुरातत्वविद् एवं सहभागी महत्वपूर्ण व्यक्तिहरुसमेत दृश्य देखेर निकै चकित पर्नु भयो । आरपी फाउण्डेसन फर कन्जरभेसनका अध्यक्षसमेत रहनु भएका सम्पदाविद् पुरीले राजदूत बेरीको कार्यकाल पूरा भएर एक साता पछि घर फिर्न लागेका अवसरमा आयोजित बिदाइ र अभिनन्दन कार्यक्रममा जब पुरीले रातो कपडाले छोपेर राखेको लक्ष्मी नारायणको ढुङ्गाको आकर्षक मूर्ति राजदूत बेरीलाई उपहार स्वरुप दिनु भयो तब बेरीको खुसीको सिमानै रहेन । उहाँले मूर्तिसँगै उभिएर निकै तस्विर लिनु भयो । पाटनको पट्को टोलस्थित नारायण मन्दिरबाट चोरी भएको लक्ष्मी((नारायणको मूर्ति अमेरिकाको डल्लास म्युजियममा फेला परेपछि राजदूत बेरीसहितको विशेष पहलमा एक वर्षअघि घरफिर्ता ल्याएर गत वर्ष सोही मन्दिरमा बेरीसहितको उपस्थितिमा प्रतिस्थापन गरिए पछि निकै चर्चामा आएको थियो । आरपी फाउण्डेसनले निर्माण गरेको त्यही मूर्तिको प्रतिरुप राजदूत बेरीलाई सम्पदाविद् पुरीले उपहार दिएपछि उहाँ निकै दंग पर्नु भयो । “हामीे पनौतीमा म्युजियम अफ स्टोलन आर्टस् स्थापना गर्दैछौँ, त्यसको तयारी करिब पुरा भइसकेको छ । लक्ष्मी((नारायण मूर्तिको प्रतिरुप बनाएर पनौतीको निर्माणाधिन ‘म्युजियम अफ स्टोलन आर्टस्’मा राख्ने तयारी गरिरहेका छौँ,” कार्यक्रममा पुरीले भन्नुभयो, “पाटनबाट हराएको त्यहीँ मूर्ति राजदूत बेरीसहितको सहयोगमा घरफिर्ता गर्न सफल भएपछि आज त्यही मूर्तिको प्रतिरुप उहाँलाई उपहार दिन पाउँदा हामी पनि निकै खुसी भएका छौँ ।” सन् ९० को दशकसम्ममा नेपालबाट हराएका सम्पदाको कुनै अत्तोपत्तो नभएको अबस्थामा पुरातत्वविद् लैनसिंह वाङ्देलले आफ्नो कृति ‘स्टोलन इमेजेज अफ नेपाल’ (१९८९) प्रकाशित गरेपछि भने नेपालबाट हराएर विदेशमा पुगेका मूर्तिहरुकोबारेमा जानकारीसहित चासो बढेको थियो । आरपी फाउण्डेसन फर कन्र्जभेसनले काभ्रेको पनौतीमा २०२३ भित्र सञ्चालनमा ल्याउन लागेको ‘म्युजियम अफ स्टोलन आर्टस्’मा नेपालबाट चोरिएका र बाङ्देलको पुस्तकमा समेटिएका ५० वटा विशिष्ट मूर्तिहरुको प्रतिरुप निर्माण गरेर म्युजियम सञ्चालनमा ल्याउने अन्तिम कार्य भइरहेको पुरीले बताउनु भयो । म्युजियममा राख्नका लागि अहिलेसम्म ४० वटा मूर्तिको प्रतिरुप तयार भइसकेको जानकारी दिँदै उहाँले अबको एक वर्षमा सञ्चालनमा आउने म्युजियमले नेपालको प्रमुख सम्पदा र मूर्तिकला संरक्षणको साथै यसको महत्वलाई विश्वमाझ फैलाउन अझ टेवा पुग्ने बताउनु हुन्छ । आफ्नो देशको सम्पत्ती घरफिर्ता ल्याउन सम्बद्ध मुलुक, कुटनीतिक नियोग, पुरातत्वसहितको निकायले राजदूत बेरीजस्तै अनुकरणीय काम गरिदिए नेपालबाट चोरिएका र हराएर विदेश पुगेका नेपाली सम्पदाको घरफिर्तीमा थप टेवा पुग्ने पुरीको भनाइ छ । कार्यक्रममा अमेरिकन राजदूत बेरीले आफू जहाँ पुगे पनि सधै नेपाललाई आफ्नो मनभित्र राख्ने बताउनु भयो । उहाँले भन्नुभयो, “नेपाली सम्पदाको संरक्षण र सम्वर्द्धनमा अमेरिकी दूतावासमा रहेको एम्बेसेडर फन्ड फर कल्चरल प्रिजर्भेसनले धेरै काम गरेको छ, म संसारको जुनसुकै कुनामा पुगे पनि नेपाल मेरो मनमा रहनेछ ।” नेपालको कला, संस्कृति र सम्पदाहरु सदैब संरक्षण, संवर्द्धन भएको आफूले हेर्न चाहेको भन्दै उहाँले नेपालको प्रस्तर मूर्तिकला र यहाँको सम्पदाहरु बिर्सनै नसक्ने बताउनु भयो । कार्यक्रममा पत्रकार कनकमणि दीक्षितले राजदूत बेरीको सहयोग, सक्रियताले हाम्रो सम्पत्ति घर फर्काउन थालेको भन्दै नेपाल सम्पदाकोबारेमा विश्वमा सूचना एवं समाचार सम्प्रेषण हुन थालेपछि निकै उत्साहजनक अबस्था आएको चर्चा गर्नुभयो । बिभिन्न समयमा बिभिन्न मन्दिरबाट हराएर अमेरिका पु¥याइएका मूर्ति सम्पदाहरूको घरफिर्तीमा राजदूत बेरीले गरेको सहयोग, सक्रियता निकै सराहनीय भएको बताउनु भयो । नेपालमा दैनिक रुपमा भगवानका मूर्तिमा अविर र टीका लगाइदिए पनि यहाँको महत्वबारे विश्वलाई बुझाउन नसकेको हुन सक्ने भन्दै पत्रकार दीक्षितले नेपालको सम्पदा पुर्नस्थापना अभियानमा राजदूत बेरीको सक्रियता र सहयोग निकै सह्रानीय रहेको चर्चा गर्नु भयो । नेपालबाट हराएर अमेरिककाको बिभिन्न सहर एवं संग्रहालयमा पुर्याइएको १७ वटा मूर्तिहरु सन् २०२१ मार्चदेखि २०२२ अगस्टसम्म राजदूत बेरीकै सहयोगमा फिर्ता भएका थिए । फिर्ता भएका १७ वटा मूर्तिहरु यस प्रकार रहेका छन् । पाटन नारायण मन्दिरको लक्ष्मी नारायण, सिटेड गणेश, गोल्ड सिटेड बुद्ध, अप्सरा आकृतिको डुँडाल, इटुबहाल महाबिहारको अप्सरा गन्धर्व, पाटनको यमपी बिहारको मुख्य ढोकाको तोरण, काठमाडौं ओमबहालको अक्शोभ्य बुद्ध, पाटन गहिटीको उमा महेश्वर, मशुपति मन्दिरको चर्तुमुखी शिवलिङ्, पाटनको औलोक्ेश्वर ललितपुरकै बुद्ध, नक्सालको नागराज, भक्तपुर गोल्मढीको पार्वती तारा, टेकु नारायण मन्दिरको मूर्ति, कंकेश्वरी मन्दिरको शिव, काठमाडौंको दुर्गा महिषासुरामर्दनीलगायतका सम्पदाहरु नेपाल फिर्ता गरिएको छ । --- # अमेरिकी डलर र बङ्गलादेशी टाकासहित चिनियाँ नागरिक पक्राउ Source: https://newskunda.com/archives/2622 Category: FEATURED NEWS, अपराध, अर्थ, समाचार, समाज Last updated: 2023-03-16 काठमाडौँ, २ चैत : प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैधरूपमा लुकाइ लैजान लागेको अवस्थामा नौ हजार एक सय अमेरिकी डलर र २९ हजार पाँच सय बङ्गलादेशी टाकासहित आज एक चिनियाँ नागरिक पक्राउ परेका छन् । प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक पोषराज पोखरेलका अनुसार बङ्गलादेश एयरलाइन्सको उडानद्वारा काठमाडौँबाट बङ्गलादेश जान लागेका चिनियाँ नागरिक ५२ वर्षीय काई हुनानलाई विमानस्थलबाट पक्राउ गरिएको हो । विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको प्रस्थान ह्याण्ड ब्यागेज क्षेत्रमा रहेको एक्स–रे मेसिनमा जाँच गर्ने क्रममा उनको ब्यागबाट उक्त डलर र टाका फेला परेपछि नियन्त्रणमा लिइएको उहाँले बताउनुभयो । उनलाई आवश्यक अनुसन्धान एवं कानुनी कारबाहीका लागि राजस्व अनुसन्धान विभाग हरिहरभवन ललितपुर पठाइएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । --- # अम्पायरलाई बल हस्तान्तरण गरी प्रधानमन्त्री शाहद्वारा एनपिएलको तेस्रो संस्करणको उद्घाटन Source: https://newskunda.com/archives/5138 Category: FEATURED NEWS, अर्थ, खेलकुद, समाचार, समाज Last updated: 2026-10-26 काठमाडौँ, ९ कात्तिकः प्रधानमन्त्री वालेन्द्र शाहले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणको उद्घाटन गर्नुभएको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट मैदानमा उहाँले अम्पायरलाई बल हस्तान्तरण गरी प्रतियोगिताको उद्घाटन गर्नुभयो । एनपिएलको उद्घाटन खेल आज साँझ ५ः०० बजेदेखि सुरु भएको छ । उद्घाटन खेलमा दोस्रो संस्करणको विजेता लुम्बिनी लायन्स र उपविजेता सुदूरपश्चिम रोयल्सबीचको खेल सुरु भइसकेको छ । प्रतियोगिता आगामी मङ्सिर ५ गतेसम्म सञ्चालन हुनेछ । --- # अरुको नाममा ट्रायल परीक्षा दिन जाने पाँच जना पक्राउ Source: https://newskunda.com/archives/2042 Category: FEATURED NEWS, अपराध, समाचार, समाज Last updated: 2022-09-08 भक्तपुर, २३ भदौ : सवारी चालक अनुमति पत्रको प्रयोगात्मक (ट्रायल) परीक्षा दिन आएका पाँच जना नक्कली परीक्षार्थी पक्राउ परेका छन् । मध्यपुरथिमि नगरपलिका–५ राधे राधेस्थित ईजी वे ट्रायल सेन्टरमा नक्कली नगारिकता र नक्कली प्रवेश पत्र बनाई अन्य ब्यक्तिहरुको ट्रायल दिदै आएका पाँच जनालाई आज प्रहरीले पक्राउ गरेको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक राजु पाण्डेले जानकारी दिनु भयो । नक्कली परीक्षार्थीहरु सिन्धुली दुधौली नगरपालिका–११ टाँडी घरभई काठमाडौंको चाबहिल बस्दै आएका २० वर्षीय मनिष श्रेष्ठ, सिन्धुली दुधौली न.पा.–४ घरभई काठमाडौंको तीनकुने बस्दै आएका २० वर्षीय मनिष लामिछाने, कालिकोट महाबई गाउँ पालिका–१ कालिकोट घरभई हाल सूर्यविनायक नगरपालिका–५ कटुञ्जे बस्दै आएका २४ वर्षीय ईन्द्रबहादुर शाही, घरभई सिन्धुली दुधौली न.पा.–१४ का २१ वर्षीय टुल्कु सिं तामाङ र गोरखा भिमसेनस्थान गा.पा.–१ का २२ वर्षीय राजकुमार श्रीमललाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेका निजहरुको साथबाट नक्कली नागरिकताहरु, पासपोर्ट, प्रबेश पत्रहरु, बिभिन्न रसिद, ल्यापटप, नक्कली नागरिकता बनाउन प्रयोग गरिने कागजात र मोबाईल सहित नियन्त्रणमा लिएको प्रनाउ पाण्डेले जानकारी दिनु भयो । पक्राउ परेको पाँच जनालाई ‘लिखत सम्बन्धि कसुर’ मा आज मुद्दा दर्ता गरी थप अनुसन्धान भईरहेको उहाँले जानकारी दिनु भयो । दुई तथा चार पाङ्ग्रे सवारी साधनको अनुमति पत्र लिनका लागि नक्कली परीक्षार्थीको गिरोह र फेल भएकालाई पनि पास गराइदिन्छु भन्दै रकम असुल्ने गिरोह यातायात कार्यालय र ट्रायल सेन्टरको आसपासका क्षेत्रमा सक्रिय भएको गुनासो बढीरहेको छ । यसअघि पनि पक्राउ परेका कितपयलाई ड्राइभिङ सेन्टर मार्फत नै त्यस्ता गिरोहसम्म सेवाग्राही पुग्ने गरेको पाईएको अनुसन्धानको रुपमा खुलेको प्रहरीको भनाइ छ । --- # असारमा एक अर्ब विकास बजेट खर्च Source: https://newskunda.com/archives/1446 Category: FEATURED NEWS, अर्थ, राजनीति, समाचार Last updated: 2022-07-20 दमौली, ४ साउन : तनहुँ जिल्लाका लागि आर्थिक वर्ष २०७८/७९ मा सङ्घीय र प्रदेश सरकारबाट विनियोजित बजेटमध्ये असार महिनामा मात्रै रु एक अर्ब भन्दा बढी विकास बजेट खर्च भएको छ । सङ्घ र प्रदेश सरकारबाट विनियोजित विकास बजेटमध्ये असार महिनामा मात्रै रु एक अर्ब २५ करोड ३९ लाख दश हजार एक खर्च भएको हो । उक्त आर्थिक वर्षमा विकास बजेटका लागि रु पाँच अर्ब ९५ करोड ३६ लाख ४६ हजार ६९० विनियोजन भएको थियो । सङ्घ सरकारबाट रु तीन अर्ब ६२ करोड २९ लाख ६३ हजार ६९० र प्रदेश सरकारबाट रु दुई अर्ब ३३ करोड छ लाख ८३ हजार विकास बजेट विनियोजन भएको थियो । त्यसमध्ये एक महिनामा मात्रै २१ प्रतिशत विकास बजेट खर्च भएको कोष तथा लेखा नियन्त्रक कार्यालयका प्रमुख किशोरकुमार श्रेष्ठले जानकारी दिनुभयो । सङ्घ सरकारबाट विनियोजित बजेटमध्ये विभिन्न कार्यालयले असारमा रु ५३ करोड ९४ लाख चार हजार ३६८ र प्रदेश सरकारबाट विनियोजित बजेटमध्ये रु ७१ करोड ४५ लाख पाँच हजार ६३३ पुँजीगत बजेट खर्च गरेका छन् । सङ्घ र प्रदेश सरकारबाट गरी उक्त आर्थिक वर्षमा रु तीन अर्ब १२ करोड ६१ लाख नौ हजार ८३५ खर्च भएको छ । उक्त वर्षका लागि पुँजीगततर्फ रु पाँच अर्ब ९५ करोड ३६ लाख ३६ हजार ६९० खर्च भएको छ । एक वर्षको अवधिमा कूल बजेटको ५२ प्रतिशत विकास बजेट खर्च भएको छ । गत आर्थिक वर्ष २०७७÷७८ मा सङ्घ सरकारबाट पूँजीगततर्फ रु तीन अर्ब ५८ करोड एक लाख ८७ हजार पाँच सय विनियोजन भएकामा ४५.५३ प्रतिशत बजेट खर्च भएको थियो । असार महिनामा मात्रै सङ्घ सरकार मातहतको आन्तरिक राजस्व कार्यालयले रु ८३ लाख २४ हजार १९२, बाख्रा अनुसन्धान केन्द्रले रु २३ लाख ४२ हजार २२२, जिल्ला प्रहरी कार्यालय तनहुँले रु एक करोड ५७ लाख २९ हजार ४९४, दङ्गा नियन्त्रण प्रहरी गणले रु ११ लाख ९२ हजार ७०९, भानुभक्त प्राणी उद्यानले रु ७१ लाख १२ हजार ५१३, सडक डिभिजन कार्यालयले रु २३ करोड छ लाख ५१ हजार २९० खर्च गरेको छ । मुग्लिङ पोखरा सडक योजना (पूर्वी खण्ड) ले रु १६ करोड ७३ लाख ९० हजार ३५०, नयाँ सहर आयोजना डुम्रेले रु दुई करोड ३३ लाख १८ हजार २३३, शिक्षा विकास तथा समन्वय इकाईले रु तीन करोड ३८ लाख २७ हजार ७७७, भानु नगरपालिकाले रु ३१ लाख ८७ हजार, भिमाद नगरपालिकाले ४४ लाख ३७ हजार ६०९व्यास नगरपालिकाले रु ३४ लाख ७१ हजार ३१२ असार महिनामा मात्रै खर्च गरेका छन् । ऋषिङ गाउँपालिकाले रु आठ लाख ७० हजार, देवघाट गाउँपालिकाले रु एक करोड २३ लाख ३० हजार ६८७ र म्याग्दे गाउँपालिकाले रु ६८ लाख ३५ हजार ५१३ एक महिनामा खर्च गरेको कार्यालयले जनाएको छ । यो अवधिमा सबैभन्दा बढी रकम खर्च मुग्लिङ पोखरा सडक योजना (पूर्वी खण्ड) र सडक डिभिजन कार्यालयले गरेको छ । मुग्लिङ पोखरा सडक योजना (पूर्वी खण्ड) ले रु ५७ करोड चार लाख ४२ हजार ९६ र सडक डिभिजन कार्यालयले रु ४३ करोड ७९ लाख ८५ हजार ८८० खर्च गरेको छ । प्रदेश सरकार मातहतको घरेलु तथा साना उद्योग कार्यालयले असार महिनामा मात्रै रु २२ करोड १८ लाख ६३७, कृषि ज्ञान केन्द्रले रु नौ लाख २९ हजार ८०६ व्यावसायिक किट विकास केन्द्रले रु ३१ लाख ४३ हजार ६१६, भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले रु ५७ लाख १२ हजार ३५७, डिभिजन वन कार्यालयले रु ९८ लाख ८८ हजार ७२४, भू तथा जलाधार व्यवस्थापन कार्यालयले रु दुई करोड तीन लाख ८० हजार १६४, पूर्वाधार विकास कार्यालयले रु ३२ करोड २३ लाख ३४ हजार, खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयले रु २४ करोड ३६ लाख ९ हजार, सामाजिक विकास कार्यालयले रु एक करोड ३५ लाख १५ हजार खर्च गरेका छन् । चालु र पुँजीगत गरी रु साढे दुई अर्ब फिर्ता सङ्घ सरकारबाट विनियोजित कूल १२ अर्ब ६७ करोड ६२ लाख ९७ हजार दुईमध्ये उक्त आर्थिक वर्षमा खर्च हुन नसकेर रु दुई अर्ब ६६ करोड ८३ लाख ३० हजार ३४ फिर्ता भएको छ । चालुतर्फ रु ४३ करोड पाँच लाख ३० हजार र पुँजीगततर्फ रु दुई अर्ब २३ करोड ७७ लाख ९९ हजार फिर्ता भएको छ । चालुतर्फ रु नौ अर्ब पाँच करोड ३३ लाख ३३ हजार ३१२ र पुँजीगततर्फ रु तीन अर्ब ६२ करोड २९ लाख ६३ हजार ६९० बजेट विनियोजन भएको थियो । चालुतर्फ भने ९५ प्रतिशत बजेट खर्च भएको छ । चालुतर्फ रु आठ अर्ब ६२ करोड २८ लाख दुई हजार ८८७ बजेट खर्च भएको छ । चालुतर्फ कर्मचारी, शिक्षक लगायतको बजेट रहने भएकाले खर्च बढी हुने गरेको कार्यालयले जनाएको छ । --- # अस्पतालको शैयाबाट जीवन बचाई दिन आग्रह Source: https://newskunda.com/archives/3917 Category: FEATURED NEWS, अर्थ, राजनीति, समाचार, समाज, स्वास्थ्य Last updated: 2026-07-21 काठमाडौं । ललितपुरको गोदाबरी नगरपालिका वडा नं. १२ ठेचो बस्ने ३४ वर्षीय कमल बुढाथोकीको आफन्तले धुलिखेल अस्पतालको शैयाबाट जीवन बचाईदिन आग्रह गरेको छ । केही दिनदेखि टाउँकोमा गम्भिर चोट लागेका बुढाथोकीको टाउँकोको नशााहरु सुकेर अचेत अबस्थामा अस्पताल भर्ना भई टाउँकोको शल्यक्रिया गरेकोे एक साता बितिसक्दा पनि स्वास्थ्य जटिल रहेको र आर्थिक अभावका कारण उपचार कठिनाई आएको छ । गरिब र निकै विपन्न परिवारमा रहेका बुढाथोकीको नजिकका आफन्तबाट संकलिन करिब तीन लाखको सहयोग रकमसमेत सकिए पछि आर्थिक अभावले जकडिएका बुढाथोकीलाई आर्थिक सहयोग गरिदिन आमनागरिकमा आग्रह गरेका हो । आमनागरिकको थोरैसहययोग रकमले थप उपचारमा सहयोग पुग्ने र ज्यान बच्ने आशाका साथ आर्थिक सहयोगको आग्रह गर्दै सिद्धार्थ बैंकमा रहेको खाता नं. ०२११५०८०९८१ मा सहयोग रकम जम्म गरिदिन वा क्यूआर गरिदिन अस्पतालको शैयाबाट आग्रह गरिएको छ । विरामीका लागि औषधि किन्ने पैसाको समेत अभाव भएको, अस्पताललाई तिर्नु पर्ने रकम नभएको र थप उपचारका लागि समस्या परेको भन्दै सहयोगका लागि आग्रह गरिएको हो । --- # अहिलेसम्मकै ठूलो परिमाणमा चामल, दाल र तेल जफत, रु. १४ लाखको खाद्यान्न नष्ट, रु. तीन लाख जरिवाना Source: https://newskunda.com/archives/1813 Category: FEATURED NEWS, अर्थ, राजनीति, समाचार, समाज Last updated: 2022-08-26 **-रमेश गिरी** भक्तपुर, १० भदौ : भक्तपुर नगरपालिका–१ चुनदेवीस्थित ‘चुनदेवी खाद्य स्टोर’ मा आज छापा मारी रु. १४ लाख बराबरको बिभिन्न ब्राण्डका चामल, दाल र तेल जफत गरि नष्ट गरेको छ । जिल्ला प्रशासन कार्यालय भक्तपुरका सहायक प्रमुख जिल्ला अधिकारी माधवप्रसाद शर्माको नेतृत्वको जिल्ला बजार अनुगमन टोलीले आज स्टोरमा छापा मारी म्याद गुज्रेका, घुन तथा किरा परेको, कुहिएको चालम, दाल र तेल जफत गरि नष्ट गरेको हो । व्यापारी महेश ठकुल्लावटले सञ्चालन गरेको स्टोरको चार तले घर र एउटा टहरामा गोदाम गरि राखेको खाद्यान्न मध्ये कुहिएका चामल गोदामबाटै रिफाइन गरि पुन प्याकेजिङ गरि बजारमा बिक्रीका लागि पठाउने गरिएको पाइएको हो । सहायक प्रजिअ शर्माले भन्नुभयो, “उपभोक्ताले दिएको उजुरीका आधारमा हामीले तत्कालै अनुगमन गरेका हौ, तर यहाँ त अचम्मै देखियो, बिग्रिएका चामल रिफाइन गरि बिभिन्न ब्राण्डका नयाँ बोरामा पुनः प्याकिङ गरि बिक्री गरिदो रहेछ ।” व्यापारीले गोदाम घरमै मेशिन राखी बोरामा कुहिएका, घुन र किरा परेका चामललाई मेशिनमा राखेर किरा, घुन छुट्याई, चामललाई पुन सेतो बनाएर बिभिन्न नामका बोरामा प्याकिङ गरेर त्यही सिलाएर पुनः बिक्री गर्ने गरेको पाईएको उहाँले जानकारी दिनु भयो । टोलीले गोदाम घरबाट आज ६ घण्टा लगाएर ११९ क्विन्टल चामल, नौ क्विन्टल ७५ किलो दाल, ६३६ लिटर तेल जफत गरि भक्तपुर नगरपालिकाद्धारा जगातीमा सञ्चालित प्राङ्गारिक मल उत्पादन केन्द्रमा लगेर नष्ट गरिएको सहायक प्रजिअ शर्माले जानकारी दिनु भयो । उहाँले भन्नुभयो, “अब फेरी बजारका कुनै पनि खाद्य स्टोरमा यस्तो लापर्वाहीको पराकाष्ट देख्न नपरोस, प्रत्येक व्यवसायी र यसका छाता संगठन उपभोक्ताको अधिकारप्रति जिम्मेवार बन्दै नियम पालना गर्नु पर्यो, एउटा पक्ष, व्यक्ति र निकायले मात्रै यो बेतिथिलाई रोक्न सकिदैन, त्यसैले सबै व्यवसायी, उपभोक्ता, जिम्मेवार नियामक निकायबीच सक्रिय समन्वय हुनु पर्यो अनि मात्रै रोक्न सक्छौँ ।” म्याद गुज्रेको सामान पुनः बिक्रीका लागि लगेको, खाद्य सामान फेरबदल गरेको कसुरमा कारबाही प्रक्रिया अगाडि बढाएको बताउदै उहाँले नियमानुसार आजै रु. तीन लाख जरिवाना गरिएको बताउनु भयो । अनुगमनमा जिल्ला घरेलु तथा साना उद्योग कार्यालय भक्तपुरका प्रमुख उमेशकुमार दाहालले यो अहिलेसम्मकै ठूलो परिमाणमा खाद्य सामग्री नष्ट गर्नु परेको बताउदै यसैलाई आधार मानेर अरु व्यापारीले पनि यस्ता गल्ती नगर्न सचेत गराउनु भयो । बिग्रिएको कुनै पनि खाद्यान्न बिक्री गर्न पाइदैन, यहाँ त चामललगायतका खाद्यान्न पुन प्याकेजिङ गरि बिक्री गरेको पाईयो भन्दै उहाँले अधिकार व्यापारीलाई नभएको बताउनु भयो । अनुगमनकामा उद्योग वाणिज्य संघ भक्तपुरका सचिव एवं संघका अनुगमन समिति संयोजक विश्वराम दुवालले चामलमा घुन मात्रै नभई किरा पनि भेटिएको, भुँईभरि चालम छरिएको, मुसाको लिँडहरु चामलमा रहेको, कुहिएको चामल बिक्री गरेको पाईएको बताउनु भयो । उहाँले बिग्रिएको एउटै चामल बिभिन्न ब्राण्डका नयाँ बोरामा प्याकिङ गरि फरक मूल्यमा बिक्री गरेको भन्दै सामानको मूल्य लिए पछि राम्रो सामान बिक्री गर्नु पर्ने बताउनु भयो । राष्ट्रिय उपभोक्ता मञ्च भक्तपुरका अध्यक्ष मनोज थापाले यो घट्ना व्यापारीको प्रतिनिधि घट्ना मात्रै भएको भन्दै बजारका धेरै व्यापारीले यस्तो धन्दा चलाएको सूचना आएकाले बजार अनुगमनलाई कडाई गरेर कारबाहीलाई फराकिलो पार्नु पर्ने बताउनु भयो । आम उपभोक्ता ठग्ने र उनीहरुको स्वास्थ्यमाथि खेलबाड गरेको पाइएको भन्दै उहाँले अब यस्ता गोदाममा छापा मार्नु पर्ने औषधिमा पसलमा समेत छापा मारेर कारबाहीको दायरामा ल्याउनु पर्ने आवश्यकता रहेको बताउनु भयो । व्यापारी ठकुल्लावटले भने घुन लागेको चामललाई सफा गरेर नयाँ बोरामा प्याकिङ गरेर बजारमा पठाउने गरेको स्वीकार्दै रिप्याकिङ गर्ने अनुमति लिनु पर्छ भन्ने थाहा पाए पनि थोरै परिमाणमा बिग्रने भएकाले अनुमति नलिएको दाबी गर्नु भयो । बिग्रिएको दाल खुल्ला रुपमा बिक्री गर्ने, म्याद गुज्रिएको तेल दुनोट बनाउने व्यवसायीदेखि बिभिन्न परिकार बनाउने होटलहरुमा बिक्री गर्ने गरेको अनुगमनको क्रममा पाईएको छ । भक्तपुर नगरपालिकाका अनुगमन समितिका संयोजक राजकृष्ण गोराले उक्त स्टोरलाई भक्तपुर नगरपालिकाले दुई पटक जरिवाना लगाए पनि अटेर गरेको बताउनु भयो । जिल्ला प्रशासन कार्यालयले यसअघिको अनुगमनमा रु.२५ हजार जरिवाना लगाएर सचेत गर्दा पनि अटेर गरेको पाइएको छ । अनुगमन पछि नेपाल रेडक्रस सोसाईटी भक्तपुरका परशुराम पाण्डेले व्यापारीले मानवीय स्वास्थ्य माथि ठाडो खेलबाड गरेको बताउदै अनुगमनलाई फराकिलो र कारबाही कडाई गर्नु पर्ने बताउनु भयो । अनुगमनमा नेपाल प्रहरीका सहायक प्रहरी निरिक्षक निरन श्रेष्ठले व्यापारीले उपभोक्तालाई कसरी ठग्छन् भन्ने प्रतक्ष्य देखिएको बताउदै अन्यत्र पनि खोजी गर्नु पर्ने बताउनु भयो । --- # आईपीओको पाइपलाइनमा ११७ कम्पनी, ७१ अर्बको आवेदन अलपत्र; स्वीकृति कहिले? Source: https://newskunda.com/archives/5261 Category: FEATURED NEWS, अर्थ Last updated: 2026-10-29 **काठमाडौं ।** नेपाल धितोपत्र बोर्ड (सेबोन) मा प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) को स्वीकृति पर्खिरहेका ११७ कम्पनीका आवेदन प्रक्रियामा रहेका छन्। कात्तिक ११ गतेसम्मको विवरणअनुसार यी कम्पनीले कुल ७१ अर्ब ४२ करोड रुपैयाँभन्दा बढीको आईपीओ निष्कासन गर्न अनुमति मागेका छन्। तर, कम्पनीहरूले स्वीकृति कहिलेसम्म पाउँछन् भन्ने समयसीमा भने स्पष्ट भएको छैन। सेबोनको नियमन विभागले सार्वजनिक गरेको आर्थिक वर्ष २०८३/८४ को चरणगत विवरणअनुसार ती कम्पनीले कुल ५१ करोड ९ लाख ८१ हजार ९४६ कित्ता सेयर निष्कासनका लागि आवेदन दिएका छन्। प्रस्तावित निष्कासन रकम ७१ अर्ब ४२ करोड २० लाख रुपैयाँभन्दा बढी छ। बोर्डले आईपीओ आवेदनको अवस्थालाई छ चरणमा वर्गीकरण गरेको छ। आवेदन प्राप्त, प्रारम्भिक समीक्षा, कैफियत पठाइएको, जवाफ प्राप्त, जवाफको समीक्षा र अन्तिम समीक्षा गरी आवेदन कुन प्रक्रियामा छ भन्ने छुट्टाछुट्टै देखाइएको छ। ### कुन चरणमा कति कम्पनी? सेबोनको विवरणअनुसार सबैभन्दा धेरै ७६ कम्पनीका आवेदन पहिलो चरण अर्थात् आवेदन प्राप्त भएको अवस्थामा छन्। यी कम्पनीले ४० अर्ब ४८ करोड रुपैयाँभन्दा बढीको आईपीओ निष्कासन गर्न अनुमति मागेका छन्। यस समूहमा मारुती सिमेन्ट्स र शिवम् होल्डिङ्सलगायत कम्पनी छन्। दोस्रो चरणको प्रारम्भिक समीक्षामा ६ कम्पनीका आवेदन रहेका छन्। यस समूहमा अकामा होटल, श्री डिस्टिलरी र जीआई सोलारलगायत कम्पनी छन्। उनीहरूको प्रस्तावित निष्कासन रकम करिब १ अर्ब ५४ करोड रुपैयाँ छ। तेस्रो चरणमा सेबोनले कैफियत पठाएका चार कम्पनी छन्। महाशक्ति सिमेन्ट, शुभश्री अग्नि सिमेन्ट, लक्ष्मी टेक्नोप्लास्ट र जस्मिन पेन्ट्स यस समूहमा पर्छन्। यी कम्पनीले कुल करिब ४ अर्ब रुपैयाँको आईपीओ निष्कासनका लागि आवेदन दिएका छन्। चौथो चरणमा १९ कम्पनीले बोर्डबाट पठाइएका कैफियतको जवाफ बुझाएका छन्। यस समूहमा जगदम्बा स्टिल्स, डिस मिडिया नेटवर्क, शौर्य सिमेन्ट र गोदावरी स्टिललगायत कम्पनी छन्। यी कम्पनीको प्रस्तावित निष्कासन रकम करिब १९ अर्ब ९१ करोड रुपैयाँ छ। पाँचौँ चरणमा १० कम्पनीका जवाफको समीक्षा भइरहेको छ। यस समूहमा सानिमा हाइड्रोपावर, आईएमई लिमिटेड, सिउरी न्यादी पावर र एनसी एग्रो टेक इन्डस्ट्रिजलगायत कम्पनी छन्। उनीहरूको प्रस्तावित निष्कासन रकम करिब ५ अर्ब १९ करोड रुपैयाँ छ। ### अन्तिम समीक्षामा दुई कम्पनी सेबोनको विवरणअनुसार अन्तिम समीक्षामा दुई कम्पनी पुगेका छन्। आशुतोष इनर्जीले १२ लाख कित्ता र कान्तिपुर फर्मास्युटिकल्स ल्याबले १७ लाख कित्ता सेयर निष्कासन गर्न अनुमति मागेका छन्। यी दुई कम्पनीको प्रस्तावित निष्कासन रकम क्रमशः १२ करोड र १७ करोड रुपैयाँ गरी कुल २९ करोड रुपैयाँ छ। बोर्डको विवरणमा दुवै कम्पनीका आवश्यक कागजात प्राप्त भएको उल्लेख छ। यद्यपि, अन्तिम समीक्षामा पुग्नु भनेको आईपीओ निष्कासनको स्वीकृति प्राप्त भइसकेको भन्ने होइन। ### स्वीकृतिका लागि कति समय लाग्छ? सेबोनले सार्वजनिक गरेको चरणगत विवरणले कम्पनीको आवेदन कुन प्रक्रियामा छ भन्ने जानकारी दिन्छ। तर प्रत्येक चरण पूरा गर्न लाग्ने अधिकतम अवधि वा अन्तिम निर्णय हुने निश्चित मिति भने उल्लेख गरेको छैन। आवेदनको अध्ययन, आवश्यक कागजातको परीक्षण, कैफियत पठाउने र त्यसको जवाफ समीक्षा गर्ने प्रक्रिया पूरा भएपछि मात्र स्वीकृतिसम्बन्धी निर्णय हुन सक्छ। त्यसैले कुनै कम्पनी अन्तिम समीक्षामा पुगेकै आधारमा उसको आईपीओ तत्काल स्वीकृत हुन्छ भन्ने निश्चित हुँदैन। ठूलो संख्यामा कम्पनीका आवेदन प्रक्रियामा रहँदा स्वीकृतिको समयसीमा स्पष्ट नहुनुले निष्कासनको तयारी गरिरहेका कम्पनी र सम्भावित लगानीकर्तालाई योजना बनाउन कठिन हुन सक्छ। चरणगत विवरणसँगै प्रत्येक प्रक्रियाको अनुमानित अवधि र निर्णयको सम्भावित समयबारे जानकारी उपलब्ध गराउन सके आवेदन प्रक्रियामा थप पारदर्शिता आउने देखिन्छ। हालको विवरणले आईपीओ पाइपलाइनमा रहेका कम्पनीको अवस्था र प्रस्तावित निष्कासन रकम स्पष्ट पारे पनि स्वीकृति कहिले आउँछ भन्ने मुख्य प्रश्नको जवाफ दिएको छैन। अब बोर्डले आवेदनमाथिको समीक्षा र निर्णय प्रक्रियालाई कसरी अघि बढाउँछ भन्ने विषय महत्त्वपूर्ण रहनेछ। --- # आउने निर्वाचनको नतिजापछि एमालेको सरकार बन्छ : अध्यक्ष ओली Source: https://newskunda.com/archives/1972 Category: FEATURED NEWS, राजनीति, समाचार Last updated: 2022-09-03 इनरुवा, १८ भदौ : नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आउने निर्वाचनबाट नेकपा (एमाले)को नेतृत्वमा सरकार बन्ने दाबी गर्नुभएको छ । सुनसरीको दुहबी नगरपालिकामा आज एमाले क्षेत्र नं ३ ले आयोजना गरेको कार्यक्रममा उहाँले आफ्नो पार्टीले जनमत प्राप्त गर्ने विश्वास व्यक्त गर्नुभयो । एक वर्षमा सरकारले विकास निर्माणका आयोजनाहरू कटौती गरेको आरोप लगाउँदै अध्यक्ष ओलीले सामाजिक न्याय र समानताका आधारमा सबैलाई बराबरी हक, बराबरी सुरक्षा, बराबरी अवसर, बराबरी सम्मानका आधारमा राष्ट्रिय एकता कायम गरेर एकता प्रबद्ध प्रयासद्वारा नेपाललाई विश्वको नमूना राष्ट्रिय बनाउन सकिने विश्वास व्यक्त गर्नुभयो । फरक प्रसङ्गमा अध्यक्ष ओलीले मङ्सिर ४ गतेको निर्वाचनमा देश, जनता, लोकतन्त्र, राष्ट्रियता, स्वाधीनता, स्वतन्त्रताले नहार्ने बताउनुभयो । --- # आगामी निर्वाचनबाट एमाले देशको ठूलो पार्टी बन्छ : अध्यक्ष ओली Source: https://newskunda.com/archives/2231 Category: FEATURED NEWS, राजनीति, समाचार Last updated: 2022-09-24 धनुषा, ८ असोज : नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आगामी प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनबाट एमाले फेरि पनि देशको ठूलो पार्टी बन्ने दाबी गर्नुभएको छ । धनुषाको विदेह नगरपालिकास्थित–३ कौरिया चोकमा एमाले धनुषाद्वारा आज आयोजित जनसभामा ओलीले गठबन्धन सरकारले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा धाँधलीको तयारी गरिरहेको आरोप लगाउनुभयो । उहाँले सत्तारुढ गठबन्धनलाई सहयोग नगर्ने प्रहरी र कर्मचारी धमाधम सरुवा गरेको आरोप लगाउँदै भन्नुभयो, “कोही प्रहरी अहिलेको गठबन्धन तिर लाग्दैन भन्ने शङ्का लागेको ठाउँमा प्रहरी सरुवा गर्ने, कर्मचारी सरुवा गर्ने काम गरेको छ ।” --- # आगामी निर्वाचनमा एमालेको लडाई बिकास, समृद्धि, परिवारवादको बिरोधीसँग : एमाले नेता बस्नेत Source: https://newskunda.com/archives/620 Category: FEATURED NEWS, निर्वाचन, राजनीति, समाचार Last updated: 2022-05-02 भक्तपुर । नेकपा एमालेका प्रभावशाली युवा नेता महेश बस्नेतले आउँदो ३० गतेको स्थानीय तहको निर्वाचनमा एमालेको लडाई बिकास र समृद्धिको बिरोधीहरुसँग रहेको बताउनु भएको छ । मध्यपुरथिमि नगरकमिटी स्थानीय निर्वाचन २०७९ मध्यपुरथिमि नगरपालिकाका सूर्य ध्वजावाहक उम्मेदवारहरुको परिचय तथा चुनावी कार्यक्रममा बोल्दै उहाँले हाम्रो लडाई समृद्धिका लागि, परिवर्तनका लागि, जनताको सेवाका लागि रहेको बताउनु भएको हो । एमाले पोलिटव्यूरो सदस्य, प्रतिनिधिसभा सांसद एवं पूर्वमन्त्री महेश बस्नेतले भन्नुभयो, “यतिखेर एमाले एक्लै चुनावी मैदानमा छ, हाम्रो यात्रा देशको बिकास, समृद्धि, परिवर्तन र देशको जनताको सुखी जीवनका लागि हो, अर्को पक्ष जो गठबन्धन बनाएर आएको छ उसको यात्रा बिकास बिरोधका लागि, समृद्धिमा अबरोधका लागि, भ्रष्टाचारका लागि, नातागोताका लागि, परिवार र आफन्तका लागि, त्यसैले जनताको पक्षमा उभिएको एमालेलाई जनताको साथ छ, जीत सुनिश्चित छ ।” नेकपा एमालेको सरकारको नेतृत्वमा भक्तपुरमा कति विबकास भए घाम जत्तिकै छर्लङ भएको बताउदै उहाँले विगत पाँच वर्षको एमाले बाहेक विकासमा अरु पार्टीको कुनै भूमिका नरहेको उहाँको भनाइ थियो । उहाँले भक्तपुरमा विगत चार वर्षमा जे जति सडक, मठ–मन्दिर र अन्य बिकास भएका छन् ती केपी शर्मा ओलीको सरकारको नेतृत्वमा भएको बताउनुभयो । अहिलेको गठबन्धन तोरी र कोदो जस्तो रहेको टिप्पणी गर्दै उहाँले हेर्दा उस्तै तर त्यसलाई पिस्दा त्यसबाट न तेल निस्कन्छ न त पिठो नै निस्कन्छ, मात्र खाली पिना निस्कन्छ भन्नु भयो । उहाँले यो गठबन्धनले बिकासको काम रोकेको समेत बताउनुभयो । उहाँले केपी ओलीको नेतृत्वको सरकारको पालामा कोभिडको समयमा आइसीयू र बिभिन्न सुबिधासहित चार अस्पतालका निमित्त २८ करोड बजेट ल्याउन सफल भएको, भूकम्पपछि ९२ विद्यालय बनाउन सफल भएको, क्यान्सर सेन्टरलाई २ अर्ब, मानव अंग प्रत्यारोपण केन्द्रलाई १ अर्ब र क्षयरोग अस्पताललाई ८० करोड बजेट ल्याउन सफल भएको बताउनु भयो । उहाँले उम्मेदवारमा टिकट नपाएर चित्त, मन दुखाएर बस्नु सट्टा मैदानमा उत्रेर गठबन्धनको नाउँमा मुलुक बनाउने होइन नेकपा एमालेलाई कसरी समाप्त गर्ने भनेर लागि परेकाहरु बिरुद्ध लडेर जनताको मन जित्न कार्यकर्तालाई आग्रह गर्नुभयो । कार्यक्रममा नेकपा एमाले जिल्ला अध्यक्ष बचन देउजाले उम्मेदवारहरुले टिकट नपाउँदा मन दुखाउनु भन्दा हामीले हाम्रो पार्टीलाई अझ बलियो बनाउनु पर्छ भन्ने सोचेर अगाडि बढ्न आग्रह गर्नु भयो । उहाँले चुनाव जित्न एक्लै हिँडेर हुँदैन बलियो टिम हिँडेपछि मात्र बिपक्षको सामु एउटा बलियो चुनाबी माहोल हुने बताउनुभयो । कार्यक्रममा निवर्तमान नगरप्रमुख एवं मेयरका उम्मेदवार मदनसुन्दर श्रेष्ठले आफू नगर प्रमुख हुँदा गरेको विकासमा कुनै पनि असन्तुष्टी नरहेको बताउनुभयो । उहाँले आफ्नो नगरबासीका लागि गरेको काम र नगरबासीको बिश्वासले गर्दा फेरी पनि मध्यपुरथिमि नगरपालिकाको मेयरमा उम्मेदवारी दिएको र अब गर्न छुटेका बिकासका कार्यहरु सहज ढंगले अगाडि बढाउने प्रतिबद्धता जनाउनुभयो । कार्यक्रममा अखिल नेपाल महिला संघ भक्तपुरकी अध्यक्ष एवं मध्यपुरथिमि नगरपालिकाका उपमेयरको उम्मेदवार उत्तरा नेपालले मध्यपुरथिमिमा मात्र नभई सबै जिल्लामा नेकपा एमाले आफ्नो पार्टीले दिएको निर्देशन बमोजिम चुनावी माहोलमा अगाडि बढेको बताउनुभयो । उहाँले आफ्नो उम्मेदवारी नगरबिकासका साथसाथै महिलाहरुको लागि पनि एउटा अवसरको रुपमा रहेको जानकारी दिनुभयो । मध्यपुरथिमि नगरपालिकाका सूर्यध्वजावाहक उम्मेदवारहरुको परिचय तथा चुनावी कार्यक्रममा मध्यपुरथिमि नगरपालिकाको ९ वटै वडाको उम्मेदवार वडाअध्यक्षसहित ५ जना सदस्यहरुको नाम सार्वजनिक गरिएको थियो । वडा नं १ का उम्मेदवार वडाअध्यक्षमा कृष्णगोपाल प्याठ, महिला सदस्यमा राधा हुमागाई, दलित सदस्यमा खुस्बु परियार, सदस्यमा श्यामकृष्ण प्रजापति र सुरेश बुढाथोकी रहेका छन् । वडा नं.२ को अध्यक्षमा प्रकाश थापामगर, महिला सदस्यमा सरिता अर्याल, दलित सदस्यमा अम्बिका रजक, सदस्यमा रविन सिजापती र रामकृष्ण दाहाल रहेका छन् । वडा नं. ३ को अध्यक्षमा होमनाथ ढुङ्गेल, महिला सदस्यमा सिता अधिकारी उप्रेती, दलित सदस्यमा प्रमिला परियार, सदस्यमा इन्दु शर्मा र रविन्द्रनाथ न्यौपाने रहेका छन् । वडा नं. ४ को अध्यक्षमा बालकृष्ण श्रेष्ठ, महिला सदस्यमा राम केशरी श्रेष्ठ, सदस्यमा मदन ख्या श्रेष्ठ र शंकरमान श्रेष्ठ रहेका छन् । वडा नं. ५ को अध्यक्षमा राधेश्याम प्रजापति, महिला सदस्यमा कमला प्रजापति, सदस्यमा सुजन श्रेष्ठ र सुरेन्द्र भासिमा रहेका छन् । वडा नं. ६ को अध्यक्षमा दिलकृष्ण खाँस प्रजापति, महिला सदस्यमा रति थापा श्रेष्ठ, दलित सदस्यमा मन्जु नेपाली, सदस्यमा अमित चक्रधर र चन्द्रमान प्रजापति रहेको छन् । वडा नं. ७ को अध्यक्षमा कृष्ण कुमार प्रजापति, महिला सदस्यमा धन केशरी धुमन, दलित सदस्यमा चम्पा मिजार, सदस्यहरुमा भक्तराज खत्री र योगेन्द्र दुवाल रहेका छन् । वडा न.८ को अध्यक्षमा विक्रम बुढा, महिला सदस्यमा सुनकेशरी भासि, दलित सदस्यमा मन्दिरा थापा नेपाली, सदस्यमा लक्ष्मी नाथ था र श्याम होना रहेका छन् । वडा नं. ९ को अध्यक्षमा दिपेन्द्र थापा, महिला सदस्यमा सिता खड्का केसी, दलित सदस्यमा सुन्तली विश्वकर्मा, सदस्यमा केशव राजवाहक र जयकृष्ण अधिकारी रहेका छन् । कार्यक्रममा उम्मेदवारहरुले आजैदेखि घरदैलो अभियान सुरु गर्ने जानकारी दिएका थिए । --- # आगामी निर्वाचनसम्म तालमेल हुन्छ : प्रवक्ता महत Source: https://newskunda.com/archives/1461 Category: FEATURED NEWS, राजनीति, समाचार Last updated: 2022-07-20 चितवन, ४ साउन : नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले आगामी निर्वाचनसम्म तालमेल गरेर जाने निर्णय भएको बताउनुभएको छ । नेपाल प्रेस युनियन चितवनले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले तालमेल गर्न जटिल भए पनि आगामी निर्वाचनसम्म अहिलेकै गठबन्धनको तालमेल हुने बताउनुभयो । उहाँले भन्नुभयो, “स्थानीय तहको निर्वाचनको अनुभवले पनि हामीलाई विश्वास बढाएको छ ।” स्थानीय निर्वाचनको नतिजालाई सबै दलले सन्तोषजनकरुपमा लिएको भन्दै उहाँले यसैलाई आधार मानेर निर्वाचनमा जाने बताउनुभयो । उहाँले भन्नुभयो, “मलाई विश्वास छ । यो गठबन्धन टुट्दैन ।” शीर्ष नेताहरू समेत गठबन्धन नतोड्ने पक्षमा रहेको उहाँको भनाइ थियो । तालमेल गर्दा पार्टीको नेतृत्वदायी भूमिका र समग्रमा पार्टी पङ्तिको भावनाअनुसार हुने उहाँले बताउनुभयो । फरक प्रसङ्गमा उहाँले सरकारले अहिले देश विकास, स्थायित्व र जनआकांक्षाअनुसार काम गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “सरकारमा रहेर देशको विकास कसरी गर्न सकिन्छ भन्नेतर्फ हाम्रो ध्यान गएको छ ।” विषम परिस्थितिमा कांग्रेसको नेतृत्वमा सरकार बनेको भन्दै उहाँले त्यसको सामना गर्दै अघि बढेको बताउनुभयो । पत्रकार सम्मेलनमा उहाँले भ्रातृसङ्गठनले यही साउन महिनाभित्र पूर्णता पाउने बताउनुभयो । --- # आचार संहिताकाबारेमा पत्रकारिताका विद्यार्थीहरुलाई काउन्सिलले दियो जानकारी Source: https://newskunda.com/archives/1478 Category: FEATURED NEWS, शिक्षा, समाचार, समाज Last updated: 2022-07-20 भक्तपुर, ४ साउन । प्रेस काउन्सिल नेपालले वागीश्वरी कलेजका विद्यार्थीहरुलाई पत्रकार आचारसंहिता र प्रेस स्वतन्त्रताका विषयमा बुधबार अभिमुखीकरण गराइएको छ । कलेजका पत्रकारिता तथा आमसञ्चार विभागका विद्यार्थीहरुलाई काउन्सिलले सञ्चारग्राममा अध्ययन भ्रमण गराइ अभिमुखीकरण गराएको हो । सो अवसरका काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतले प्रेस स्वतन्त्रता प्रजातन्त्रको जग भएको र यसको भरपुर उपयोग गराउन पत्रकार र पत्रकारिता अध्ययनरत विद्यार्थीहरु लागि पर्नुपर्ने धारणा राखे । बागीश्वरी कलेज पत्रकार उत्पादन गर्ने थलोको रुपमा प्रसिद्धि हुँदै गएको र काउन्सिलले वर्षेनी कार्यरत एकता गर्दै जाने स्पष्ट पार्दै उनले भने,‘ मिडिया साक्षरताका लागि पत्रकारिता विद्यार्थीहरुले आ–आफ्नो क्षेत्रबाट गर्न सक्ने र मिडियाबाट जनतालाई समस्या भए काउन्सिलमा उजुरी गर्न सिकाउनुपर्दछ । ’ नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेलले पत्रकारिता स्वतन्त्र हुनुपर्ने र पत्रकारिता गर्दा पत्रकार आफै पनि स्वतन्त्र हुनुपर्ने बताए । बागीश्वरी कलेजले पत्रकार उत्पादनका लागि विद्यार्थीहरुलाई उत्प्रेरणा दिइ अध्ययन भ्रमणका साथ अभिमुखीकरण गर्दै आएकोमा खुशी प्रकट गरे । प्रेस काउन्सिलका मुख्य अधिकृत झविन्द्र भुसालले प्रेस काउन्सिलमा स्वागत गर्दै आचारसंहिता हरेक क्षेत्रमा रहेको र पत्रकारिता क्षेत्रमा झनै स्पष्ट रुपमा रहेको बताए । विद्यार्थीहरुलाई अभिमुखीकरण गराउँदै प्रेस काउन्सिलका सूचना अधिकारी रामशरण बोहराले पत्रकार र सञ्चारमाध्यमले गर्न हुने काम १४ ओटा र गर्न नहुने १४ ओटा कामका बारेमा प्रशिक्षण दिए । मिडिया अनुगमन निरन्तर रुपमा अनलाइन प्रविधिबाट भइरहेकाले मिडियाहरुले जे पायो त्यहि गर्न नसक्ने स्पष्ट पारे । नेपालमा ८ हजार छापा, ११ सय रेडियो, डेढसय टेलिभिजन र ३ हजार ५ सय ओटा अनलाईनहरु दर्तामा देखिएको जानकारी दिए । काउन्सिलका अनुगमन अधिकृत सुरेन्द्र मल्लले मिडिया अनुगमन निरन्तर रुपमा भइरहेको र अटोमेटिक रेकर्ड हुने सिस्टमका साथ कार्य भइरहेको बताए । उन्सिलका वरिष्ठ प्रशासन सहायक महेन्द्रराज सिंह र मिडिया अनुमगनकर्ता राजन सिंहले आफूहरुले मिडिया र पत्रकारिताको अध्ययन वागीश्वरी कलेजमा नै गरेको र आफूहरुका सहपाठीहरु विभिन्न मिडियाहरुमा पाउँदा गर्वको अनुभुति हुने गरेको बताए । वागीश्वरी कलेजका पत्रकारिता तथा आमसञ्चार शिक्षक पूर्णभक्त दुवालले विद्यार्थीहरुलाई अभिमुखीकरण गरेर भविष्यका पत्रकारहरुलाई थप सचेत बनाएकोमा प्रेस काउन्सिललाई धन्यवाद ज्ञापन गरे । --- # आज ऋषि तर्पणी, जनैपूर्णिमा, रक्षाबन्धन मनाउदै Source: https://newskunda.com/archives/2931 Category: FEATURED NEWS, अर्थ, जीवन शैली, धर्म/संस्कृति, राजनीति, समाचार, समाज Last updated: 2023-08-30 काठमाडौँ, १४ भदौ । प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षाबन्धन, जनैपूर्णिमा (ऋषि तर्पणी) पर्व आज देशभर नव यज्ञोपवीत एवं रक्षाबन्धन धारण गरेर मनाइँदै छ । पूर्णिमाका दिन बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गई स्नान गरेर गुरु पुरोहितबाट रक्षासूत्र बाँध्छन् । तागाधारीले गुरु पुरोहितले विधिपूर्वक मन्त्रिएको यज्ञोपवीत एवं डोरो ९रक्षासूत्र० धारण गरेमा नकारात्मक तत्वबाट सुरक्षा प्राप्त हुने धार्मिक विश्वास छ । सत्ययुगमा दानवद्वारा लखेटिएका देवगणलाई गुरु वृहस्पतिले रक्षा विधान तयार गरी जेले गर्दा अत्यन्त बलशाली दानवराज बली बाँधिए, त्यसैले म तिमीलाई बाँध्छु, यसले तिमी सुरक्षित बन, विचलित नहोऊ भनी डोरो बाँधेर जोगाएका थिए भन्ने पौराणिक मान्यताका आधारमा चलेकोे रक्षाबन्धनको परम्परा हालसम्म पनि प्रचलित छ । यसैकारण रक्षाबन्धन गर्ने बेलामा गुरु पुरोहितले ‘येन बद्धो बलिराजा दानवेन्द्रो महाबल तेन त्वां प्रतिबध्नामि रक्षेमा चलमाचल’ भनी रक्षासूत्र, रक्षाबन्धन अथवा डोरो बाँध्ने वैदिक परम्परा रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका सदस्य एवं धर्मशास्त्रविद् प्रा डा देवमणि भट्टराईले राससलाई जानकारी दिनुभयो । मानव रक्षाका लागि जप, तप र पूजा गरी मन्त्रिएको रक्षाबन्धन अर्थात् डोरो वैदिक परम्पराको मन्त्रोच्चारण गर्दै ब्राह्मण पुरोहितले यजमानको दाँहिने नाडीमा बाँधिदिने गरिन्छ । तागाधारीले यज्ञोपवीत धारण गर्दै आजकै दिन ब्राह्मण, क्षेत्री र वैश्य गरी तीन वर्णका तागाधारीले आफ्नो जनै ९यज्ञोपवीत० फेर्नुपर्ने विधान शास्त्रमा उल्लेख छ । यसका लागि श्रावण शुक्ल चतुर्दशीदेखि कपाल मुण्डन गरी एक छाकमात्र खाएर चोखोनितो गरी बसिन्छ । यसरी व्रत बसेका तागाधारीले पूर्णिमाका दिन बिहानै पोखरी, ताल, तलाउ, नदी र कुण्डमा गई गाईको गोबर, खरानी, दत्तिउन र सप्तमृत्तिका लगाएर स्नान गर्दछन् । यसलाई श्रावणी स्नान पनि भनिन्छ । स्नानपछि जौ तिल र कुशद्वारा ऋषिहरुलाई तर्पण गरी वैदिक रुद्राभिषेक पद्धतिबाट मन्त्रिएको नयाँ जनै ९यज्ञोपवीत० फेरिन्छ । अरुन्धतीसहित कश्यप, अत्रि, भारद्वाज, विश्वामित्र, गौतम, जमदग्नि, वशिष्ठ र अगस्त्य गरी आठ ऋषिलाई पूजा एवं तर्पण गर्ने भएकाले आजको दिनलाई ऋषितर्पणी पनि भन्ने गरिएको हो । वैदिक गुरु परम्पराअनुसार यज्ञोपवीत अर्थात् जनैलाई ब्रह्मसूत्र अथवा ज्ञानको धागोसमेत भनिन्छ । रक्षाबन्धन बाँध्न एवं नयाँ जनै फेर्न बिहानैदेखि पशुपतिनाथ मन्दिर परिसर, वसन्तपुरस्थित अशोकविनायकलगायत वाग्मती नदीको किनार र काठमाडौँ उपत्यकालगायत देशभरका मठ मन्दिरमा भक्तजनको भीड लाग्ने गर्छ । क्वाँटीको परम्पररा जनै पूर्णिमाका दिन एघारथरीका गेडागुडी मिसाइ भिजाएर टुसा उमारेर बनाइएको क्वाँटी खाइन्छ । यसरी क्वाँटी बनाई खानाले शरीरमा रोग नलाग्ने, पेट सफा हुने र वर्षायामभर खेतीपातीको काम गर्दा शरीरमा लागेको चिसो निकाली भित्रदेखि नै तापको सञ्चार गर्छ भन्ने धार्मिक एवं आयुर्वेद शास्त्रीय मान्यता छ । विभिन्न थरी गेडागुडीको मिसाएर बनाइएको क्वाँटीको रस खाएमा शरीरमा रोग प्रतिरोधी क्षमता वृद्धि हुने आयुर्वेदका चिकित्सक डा वंशदीप शर्मा खरेल बताउनुहु्न्छ । यसबाट चिसो गाडिएर लाग्ने रुघाखोकीजस्ता रोग पनि निको हुने उहाँले सुनाउनुभयो । तराई क्षेत्रमा राखी बाँधिदै नेपालको तराई क्षेत्रमा भने आजकै दिन दिदीबहिनीले दाजुभाइलाई राखी बाँधेर मनाइन्छ । यसबाट दिदीबहिनी र दाजुभाइका बीचमा प्रेम सम्बन्ध बढ्छ भन्ने सामाजिक मान्यता छ । काठमाडौँको उत्तरपूर्वी भेगमा रहेको मणिचूँड, रसुवाको गोसाइँकुण्ड, ललितपुरको कुम्भेश्वर, सिन्धुपाल्चोकको पाँचपोखरी, धनुषाको जनकपुरधाम, धनुषसागर र गङ्गासागर, जुम्लाको दानसाधु एवं नवलपरासीको त्रिवेणीधाम लगायतका ताल, पोखरी र कुण्डमा श्रावण शुक्ल पूर्णिमाका दिन बिहानैदेखि मेला लाग्ने गर्छ । --- # आज कांग्रेसको नयाँ कार्यसमितिको शपथ, गगन थापाको नेतृत्वमा पहिलो बैठक Source: https://newskunda.com/archives/5240 Category: FEATURED NEWS, राजनीति Last updated: 2026-10-29 पाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित नयाँ केन्द्रीय कार्यसमितिले आज कात्तिक १२ गतेदेखि औपचारिक रूपमा पार्टीको जिम्मेवारी सम्हाल्ने भएको छ। ललितपुरको सानेपास्थित बीपी स्मृति भवनमा दिउँसो २ बजे आयोजना हुने समारोहमा सभापतिबाहेक नवनिर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरूले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नेछन्। सभापति गगनकुमार थापाले भने असोज ३१ गते नै शपथ ग्रहण गरिसकेका छन्। केन्द्रीय निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालका अनुसार शपथ ग्रहणसँगै नवनिर्वाचित नेताहरूलाई प्रमाणपत्र वितरण गरी पदबहालीसमेत गराइनेछ। गत असोज १८ देखि २३ गतेसम्म काठमाडौंमा सम्पन्न महाधिवेशनको निर्वाचनको अन्तिम नतिजा असोज ३० गते सार्वजनिक गरिएको थियो। यसपटक सात हजार ३९२ मतदाताको मतगणना एक साताभित्रै सम्पन्न भएको थियो। महाधिवेशनबाट गगनकुमार थापा ९४ प्रतिशत मतसहित सभापतिमा निर्वाचित भएका थिए। वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा, उपसभापतिमा चन्द्रकान्त भण्डारी, मधु आचार्य, पुष्पा भुसाल र विनोद चौधरी निर्वाचित भएका छन्। त्यस्तै, महामन्त्रीमा प्रदीप पौडेल, उदयशमशेर जबरा र डिला संग्रौला निर्वाचित भएका छन्। शपथ ग्रहण र पदबहालीपछि आजै नयाँ केन्द्रीय कार्यसमितिको पहिलो बैठक पनि सानेपामा बस्नेछ। बैठकले महाधिवेशन सफल बनाउन सहयोग गर्ने प्रतिनिधि, निर्वाचन समिति, सुरक्षाकर्मी, सञ्चारकर्मी तथा पार्टीका नेता–कार्यकर्तालाई धन्यवाद दिने विषयमा निर्णय गर्नेछ। साथै, पार्टीका आगामी जिल्ला तथा प्रदेश अधिवेशनका विषयमा समेत छलफल हुने जनाइएको छ। --- # आज दाम चढाएर श्रेष्ठ भन्नुहुन्छ, ‘जिब्रो छेडी महाद्धिप बोकेर बोडे शहर घुम्न दुई गतेको प्रतिक्षामा छु’ Source: https://newskunda.com/archives/2695 Category: FEATURED NEWS, धर्म/संस्कृति, राजनीति, समाचार, समाज Last updated: 2023-04-10 भक्तपुर, २७ चैत : मध्यपुरथिमि नगरपालिका बोडेमा हरेक नयाँ वर्षको बैशाख २ गते मनाइने विश्व प्रसिद्ध ‘जिब्रो छेड्ने जात्रा’ मा यसवर्ष पहिलो पटक बोडेका २७ वर्षीय सुजन बाग श्रेष्ठले जिब्रो छेडाएर जात्रालाई निरन्तरता दिने भएका छन् । आज श्रेष्ठले नाय पमाको घरमा पुगेर चार दाम चढाएर सगुन दिएर जिब्रो छेड्ने पक्का गर्नुका साथै आजबाट ब्रत प्रारम्भ गरेको छ । श्रेष्ठले जात्राका नाय पमाः जलकृष्ण पिला श्रेष्ठ, अर्का पमा माइला भासिको श्रेष्ठ, कर्मी नाय कृष्णचन्द्र वाग श्रेष्ठ, बुद्धिबहादुर खड्गी, श्याम कृष्ण खड्गीलाई चार दाम चढाएर सुगन दिई जात्रामा जिब्रो छेड्ने पक्का गर्नु भएको हो । नवौँ पटक बोडेका ५० वर्षीय बुद्धकृष्ण वागं श्रेष्ठको कान्छो छोरा सुजनले यस वर्ष जिब्रो छेडाउने भए पछि चार दशक यो परिवारले जिब्रो छेडाउदा पुस्तान्तरण भएको छ । कृष्णचन्द्र बाग श्रेष्ठले १२ पटक जिब्रो छेडाए पछि उहाँका भाई बुद्धकृष्ण बाग श्रेष्ठ नौ पटक जिब्रो छेडाएर जात्रालाई निरन्तरता दिएकोमा यस वर्ष बुद्धकृष्णका कान्छो छोराले पहिलो पटक जिब्रो छेडाएर जात्रालाई पुस्तान्तरणका रुपमा अगाडि बढाउने भएका छन् । बुद्धकृष्णले भन्नुभयो, “मानवीय सेवा र कला संस्कृतिको संरक्षणमा लाग्दै आएको मैले यस गतवर्षसम्म नवौँ पटक जिब्रो छेडाए, मेरो दाजूले १२ पटक जिब्रो छेडाउनु भयो । यसवर्ष मेरो कान्छो छोराले जिब्रो छेडाउन आज चारदाम चढाएर पक्का गरेको छ, विश्व प्रसिद्ध यो जात्रा, यहाँको कला, संस्कृतिलाई अब मेरो छोरा जस्ता अरु यहाँका युवा पुस्ताले जोगाउनु पर्छ । जात्रा लोप हुन दिनु हुदैन ।” आज चार दाम चढाए पछि जिब्रो छेड्ने व्यक्तिले अशुद्ध व्यक्तिलाई छुन नहुने, महिलालाई छुन नहुने, जूठो, सुतक परेको व्यक्तिलाई छुन नहुने, जुठो, नून खान नहुने बोडे देश छाडेर बाहिर जान नहुने उहाँले बताउनु भयो । जिब्रो छेड्ने व्यक्तिले तीनदिन अघिदेखि भने केही नखाई व्रत बस्नुपर्छ । जिब्रो छेड्न तयार भएका युवा सुजनले आफू सानैदेखि बुबाले जिब्रो छेडेर जाा चलाएको हेर्दै आएको बताउदै जात्रालार्य जोगाउन आफूले यसवर्ष जिब्रो छेडन तयार भएको बताउनु भयो । उहाँले भन्नुभयो, “बुबाले जिब्रो छेडाउदा म संगै हुन्थे, उहाँले जात्रा, कला, संस्कृतिलाई जोगाएको देखेर मलाई पनि मनमा इच्छा जाग्यो र आँट आयो, म दुई वर्षदेखिनै जिब्रो छेड्न तयार थिए, यसवर्ष जुर्यो, मनमा डर छैन, दुई गते कहिले आउँला र जिब्रो छेडाएर महाद्धिप बोकेर बोडे देश घुमौला भनेर प्रतिक्षामा छु ।” उहाँले युवाहलेनै संस्कृति बचाउनु पर्छ भन्ने सन्देश दिन र हरेक वर्ष जिब्रो छेडाउन युवाहरु तयार हुनु पर्छ भन्ने सन्देश दिन जिब्रो छेडाउन लागेको बताउनुभयो । छोरोको रहरकोबारेमा भन्नुभयो बुद्धकृष्णले भन्नुभयो, “मैले जिब्रो छेडाउदा सानैदेखि छोरा संँगै हुन्थ्यो, यो जात्रा जोगाउनु पर्छ, यो जात्रा नभए बोडेको पहिचान मेटिन्छ भन्ने मलाई मात्र होइन मेरो छोरालाई पनि लाग्यो, त्यसैले यसवर्ष उसले जिब्रो छेडाएर जात्रालाई निरन्तरता दिदै छ, बोडेको संस्कृति जोगाउन अब हरेक वर्ष बोडेका युवाहरु तयार हुनुपर्छ ।” जात्राका दिन व्रत बस्नेले जिब्रो छेड्नु अघि शक्ति प्राप्त होस् भन्ने कामनासहित बोडे क्षेत्रका विभिन्न देवीदेवताको पूजाआजा गर्ने र प्राचीन पाँचो गणेश मन्दिर परिसरमा हजारौं भक्तजनहरुको उपस्थितिमा जिब्रो छेड्ने प्रचलन छ । जिब्रो छेडिसकेपछि ती व्यक्तिले अर्धचन्द्राकार महादीप बोकेर बोडे शहर परिक्रमा गर्ने र बोडेकै महालक्ष्मी मन्दिरको परिक्रमापछि उक्त सुइरो जिब्रोबाट झिकेर महालक्ष्मी मन्दिरमै ठोकेर घाउँमा महालक्ष्मी मन्दिरको माटो लगाउने प्रचलन छ । हालसम्म १२ जनाबाट निरन्तर १०८ वर्ष जिब्रो छेड्का छन् । अहिलेसम्म वि.स. १९६९ देखि १९९० सम्म हर्कनरसिंह बासँश्रेष्ठले २२ पटक, वि.स. १९९१ देखि २०२२ सम्म बेखानारायण हायश्रेष्ठ ३२ पटक, २०२३ मा हरिदेव किलाश्रेष्ठले एक, २०२४ देखि २०२६ सम्म हरि भासिंक श्रेष्ठले तीन, २०२७ र २०२८ मा इन्द्र बाटा श्रेष्ठले दुई, २०२९ देखि २०३१ सम्म हर्केश्वर ब्याँ श्रेष्ठले तीन, २०३२ देखि २०३८ सम्म चन्द्रसेन द्यों श्रेष्ठले सात, २०३९ देखि २०४६ सम्म दीलकुमार खपे श्रेष्ठले सात, २०४७ मा मुनि घों श्रेष्ठले एक, २०४८ मा धर्मराज बलाय श्रेष्ठले एक, २०४९ देखि २०६० सम्म कृष्णचन्द्र बाग श्रेष्ठले १२ पटक, बुद्धकृष्ण बाग श्रेष्ठले २०६१ देखि २०६४ सम्म तथा २०७३, २०७५, २०७६, २०७८ गरि नौ पटक, जुजुभाई बासँ श्रेष्ठले २०६५ देखि २०७२ सम्म आठ पटक जिब्रो छेडाएर जात्रालाई निरन्तरता दिदै आएका थिए । --- # आज नयाँ दुई मन्त्रीले सपथ खादै Source: https://newskunda.com/archives/3565 Category: FEATURED NEWS, अर्थ, राजनीति, समाचार, समाज Last updated: 2026-04-10 काठमाडौं, २७ चैत । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले आज दुई नयाँ मन्त्री नियुक्ती गर्ने भएका छन् । नयाँ नियुक्त हुने मन्त्रीहरुमा श्रममन्त्रीमा रामजी यादव र उद्योग मन्त्रीमा गौरी यादव रहेका छन् । यसअघि उद्योग मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री शाहले आफैं सम्हाल्दै आएका थिए भने बिहिबार मात्रै श्रममन्त्री दिपक साहलाईे पदमुक्त गरि उक्त मन्त्रालय पनि शाहले आफै मातहत राख्दै आएका थिए । सप्तरी क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद रामजी र महोत्तरी क्षेत्र नम्बर ४ बाट निर्वाचित गौरीलाई आजै राष्ट्रपति रामचन्द्र पौडेलले नियुक्त गरि सपथ ग्रहण गराउने तयारी भएको बताईएको छ । --- # आज भाइटीका, बिहान ११ः०७ बजे टीकाको उत्तम साइत Source: https://newskunda.com/archives/5612 Category: FEATURED NEWS, अर्थ, राजनीति, समाचार, समाज Last updated: 2026-11-11 काठमाडौँ, २५ कात्तिकः यमपञ्चक अर्थात् तिहारको अन्तिम दिन आज दाजुभाइले दिदीबहिनीबाट टीका ग्रहण गरी भाइटीका पर्व मनाउँदैछन् । प्रत्येक वर्ष कात्तिक शुक्ल द्वितीयाका दिन मनाइने भाइटीका नेपालीको दोस्रो ठूलो चाड तिहारको मुख्य पर्व हो। यस दिन दिदीबहिनीले आफ्ना दाजुभाइको दीर्घायु, आरोग्य र समृद्धिको कामना गर्दै परम्पराअनुसार सप्तरङ्गी वा पञ्चरङ्गी टीका लगाइदिने चलन छ । यस पर्वलाई यमद्वितीया पनि भनिन्छ । दिदीबहिनीले दाजुभाइलाई टीका लगाएपछि दाजुभाइले पनि दिदीबहिनीलाई टीका लगाइदिने परम्परा छ। दिदीबहिनीको पूजा गर्नाले अखण्ड सौभाग्य र ऐश्वर्य प्राप्त हुने धार्मिक मान्यता रहेको छ । भाइटीका आज दिनभर लगाउन सकिने भए पनि साइत खोज्नेका लागि बिहान ११ः०७ बजेको समय उत्तम रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अध्यक्ष सहप्रा डा पुरुषोत्तम भट्टराईले जानकारी दिनुभयो। उहाँका अनुसार आज दिनभर टीका लगाउन कुनै बाधा छैन । राज्य सञ्चालकले भने साइतमै टीका लगाउनुपर्ने समितिले जनाएको छ । यस वर्ष भाइटीका लगाइदिने दिदीबहिनी पूर्व र लगाइमाग्ने दाजुभाइ पश्चिम फर्कनुपर्ने समितिले जनाएको छ । यसो गर्दा वृश्चिक राशिमा रहेका चन्द्रमा दाहिने पर्नेछन्। आज बिहान चन्द्रमा वृश्चिक राशिमा प्रवेश गर्नेछन् । त्यसअघि चन्द्रमा तुला राशिमा रहनेछन् । तुला राशिमा चन्द्रमा रहेका बेला पनि यही दिशाअनुसार टीका लगाउन सकिने धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतमले बताउनुभयो। शुभकार्य गर्दा चन्द्रमालाई अगाडि वा दाहिने पार्नुपर्ने शास्त्रीय मान्यता रहेको उहाँको भनाइ छ । भाइटीकाका दिन दिदीबहिनीले लक्ष्मीपूजाका दिन स्थापना गरिएको दियो, कलश र गणेशको पूजा गर्छन्। त्यसपछि मूल थालीमा लेखिएको अष्टदलमा अष्टचिरञ्जीवी मार्कण्डेय, अश्वत्थामा, बलि, व्यास, हनुमान, विभीषण, कृपाचार्य र परशुरामका साथै चित्रगुप्त, यमराज, यमुना, धर्मराज तथा गणपत्यादि वनस्पत्यन्त देवताको पूजा आराधना गरिन्छ। दिदीबहिनीले दाजुभाइलाई तेलको धाराले छेकेर परम्पराअनुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाइदिने तथा मखमली, सयपत्री र गोदावरीलगायत फूलका माला पहिर्याउने चलन छ। तिहारमा सप्तरङ्गी टीका लगाउने प्रचलन व्यापक भए पनि शास्त्रीय मान्यताअनुसार रातो, सेतो, पहेँलो, हरियो र नीलो गरी पाँच रङका टीका लगाउने व्यवस्था रहेको धर्मशास्त्रविद् गौतमले बताउनुभयो। टीका लगाएपछि दिदीबहिनीले दाजुभाइलाई ओखर, कटुस, मरमसला र सेलरोटीलगायत परिकार दिने गर्छन्। दाजुभाइले पनि दिदीबहिनीलाई आफ्नो गच्छेअनुसार सौभाग्यका प्रतीक कपडा र दक्षिणा दिएर सम्मान प्रकट गर्ने धार्मिक तथा सामाजिक परम्परा छ। --- # आज भाईटीका दिदीबहिनी तथा दाजुभाइ नहुनेका लागि रानी पोखरीस्थित बालगोपालेश्वर मन्दिर खुला Source: https://newskunda.com/archives/5615 Category: FEATURED NEWS, जीवन शैली, धर्म/संस्कृति, समाचार, समाज Last updated: 2026-11-11 काठमाडौँ, २५ कात्तिकः यमपञ्चक अर्थात् तिहारको अन्तिम दिन आज दाजुभाइले दिदीबहिनीबाट टीका ग्रहण गरी भाइटीका पर्व मनाउँदैछन् । प्रत्येक वर्ष कात्तिक शुक्ल द्वितीयाका दिन मनाइने भाइटीका नेपालीको दोस्रो ठूलो चाड तिहारको मुख्य पर्व हो। यस दिन दिदीबहिनीले आफ्ना दाजुभाइको दीर्घायु, आरोग्य र समृद्धिको कामना गर्दै परम्पराअनुसार सप्तरङ्गी वा पञ्चरङ्गी टीका लगाइदिने चलन छ । यस पर्वलाई यमद्वितीया पनि भनिन्छ । तर दिदी बहिनी नहुनेहरुका लागि भने आज काठमाडौको रानी पोखरीस्थित बालगोपालेश्वर मन्दिरमा सामुहिक भाईटीका लगाने मन्दिर खुल्ला हुने भएको छ । दिदीबहिनी नहुनेका लागि भाइटीकाका दिन काठमाडौँको रानीपोखरीको बीचमा रहेको बालगोपालेश्वर मन्दिर खुला गर्ने प्रचलन छ। वर्षमा एकपटक भाइटीकाका दिन मात्र खुल्ने यस मन्दिरमा दिदीबहिनी वा दाजुभाइ नहुनेले पूजा, दर्शन गरी टीका लगाउने गर्छन्। बुधबार बिहानैदेखि भक्तजनका लागि बालगोपालेश्वर मन्दिर खुला गर्न आवश्यक तयारी पूरा भएको काठमाडौँ महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले जानकारी दिनुभयो। यसैगरी, जयवागेश्वरीस्थित खञ्जनेश्वर महादेव मन्दिरमा पनि दिदीबहिनी वा दाजुभाइ नहुनेले पूजा, दर्शन गरी टीका लगाउने प्रचलन रहेको संस्कृतिविद् एवम् गुठी संस्थानका अध्यक्ष डा गोविन्द टण्डनले जानकारी दिनुभयो । उहाँका अनुसार विसं २०३५ अघिसम्म रानीपोखरीमा हामफालेर बालगोपालेश्वर मन्दिर प्रवेश गर्ने समस्या देखिएपछि मन्दिर बन्द गरिन्थ्यो। त्यसबेला दिदीबहिनी नहुने दाजुभाइ र दाजुभाइ नहुने दिदीबहिनी जयवागेश्वरीस्थित खञ्जनेश्वर महादेव मन्दिरमा भेला हुने गर्थे। अहिले पनि भाइटीकाका दिन त्यहाँ भक्तजनको भीड लाग्ने गरेको छ । विसं २०३५ पछि रानीपोखरीभित्रको बालगोपालेश्वर मन्दिर नियमित रूपमा खुल्न थालेको हो। विसं २०७२ वैशाख १२ गतेको गोरखा भूकम्पले मन्दिर क्षतिग्रस्त भएपछि विसं २०७७ सम्म दिदीबहिनी तथा दाजुभाइ नहुने भक्तजन खञ्जनेश्वर महादेव मन्दिरमा पुग्ने गरेका थिए। भूकम्पपछि पुनर्निर्माण गरिएको बालगोपालेश्वर मन्दिर विसं २०७७ देखि पुनः भक्तजनका लागि खुला गरिएको हो। भाइटीकाको दिनलाई नेवार समुदायले किजापूजाका रूपमा मनाउँछन्। नेवार समुदायमा कुल परम्पराअनुसार कसैले आज र कसैले अघिल्लो दिन किजापूजा गर्ने गर्छन्। भक्तपुरका अधिकांश नेवार समुदायले हिजो किजापूजा गरेका छन्। त्यहाँको तलेजु मन्दिरका पुजारी र ज्योतिषीको निर्णयअनुसार भक्तपुरका नेवार समुदायले हिजो नै किजापूजा गरेको जनाइएको छ। --- # आज राति १२ बजेदेखि मौन अवधि, के गर्न पाइँदैन ? Source: https://newskunda.com/archives/824 Category: FEATURED NEWS, निर्वाचन, राजनीति, समाचार Last updated: 2022-05-10 काठमाडौँ, २७ वैशाख: आजराति १२ बजेदेखि मौन अवधि सुरु हुँदैछ । मतदानअगाडिको ४८ घण्टाको समयलाई मौन अवधि भनिन्छ । मौन अवधिमा कुनै पनि माध्यमबाट निर्वाचन प्रचार–प्रसार गर्न तथा मतदातालाई प्रभाव पार्ने कुनै पनि गतिविधि गर्न पाइँदैन । मौन अवधिमा उम्मेदवार, दलका कार्यकर्ता तथा सम्बन्धित व्यक्तिका सम्बन्धमा निगरानी राख्ने र मतदातालाई प्रभाव पार्ने गतिविधि भएको पाइएमा सुरक्षा निकायले तत्काल नियन्त्रणमा लिने आयोगले जनाएको छ । मौन अवधिभर निर्वाचन प्रचारप्रसारलगायत कुनै पनि प्रकारका छलफल, अन्तक्र्रिया, सभा सम्मेलन, कार्यशाला गोष्ठी गर्न पाइँदैन । मौन अवधि सुरु हुनुभन्दा अगाडि मतदानस्थलको ३०० मिटर वरिपरि राखिएका राजनीतिक दल वा उम्मेदवारका प्रचारप्रसारका सामग्री हटाउनुपर्नेछ । कुनै पनि विधि, प्रक्रिया वा माध्यमबाट मत माग्न वा निर्वाचन प्रचार–प्रसार गर्न नपाइने निर्वाचन आचारसंहिता, २०७८ मा उल्लेख छ । यस्तै सामाजिक सञ्जाल, अनलाइन, छापा वा अन्य कुनै माध्यमबाट राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा कुनै सन्देश, सूचना वा प्रचारप्रसारका सामग्री पोष्ट वा शेयर गर्न÷गराउन नपाइने आयोगले जनाएको छ । मदिरा बिक्री वितरण र सेवनमा प्रतिबन्ध स्थानीय तह निर्वाचन निर्देशिका, २०७८ अनुसार आजै राति १२ बजेदेखि मतदान सम्पन्न नभएसम्मका लागि मदिरा बिक्री वितरण तथा सेवनमा प्रतिबन्ध लगाइएको छ । मदिरा सेवनबाट झैझगडा तथा मतदातालाई प्रभावित पार्न सक्ने भन्दै आयोगले मौन अवधिमा मदिराको बिक्री वितरण र सेवनमा प्रतिबन्ध लगाउने निर्णय गरेको हो । निर्वाचन सुरक्षालाई ध्यान दिँदै आजै राति १२ बजेदेखि देशका सीमानाका बन्द गरिए पनि अन्तर्राष्ट्रिय उडान भने रोकिएको छैन । आउँदो शुक्रबार देशभर एकै चरणमा बिहान ७ देखि अपराह्न ५ बजेसम्म मतदान हुँदैछ । निर्वाचनका दिन आन्तरिक उडान र अत्यावश्यकबाहेक सम्पूर्ण सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ । ––– --- # आज राती मध्यपुरथिमि भव्य रुपमा मनाइदै जिब्रो छेड्ने जात्रा Source: https://newskunda.com/archives/2100 Category: FEATURED NEWS, जीवन शैली, समाचार, समाज Last updated: 2022-09-10 -रमेश गिरी भक्तपुर, २५ भदौ । ‘जिब्रो छेड्ने जात्रा’ भन्नेबित्तिकै हामी झट्ट बिस्केट जात्राको अवसरमा बैशाख २ गते मध्यपुर थिमिस्थित बोडेमा मनाइने जात्रा भन्ने सम्झन्छौ । तर येँया अर्थात् इन्द्रजात्राको अवसरमा आश्विन शुक्ल पुर्णिमाको साँझ मध्यपुरथिमिको दिगुली टोलमा पनि जिब्रो छेडेर जात्रा मनाइन्छ भन्ने कमैलाई मात्रै थाहा होला । स्थानीयले मनाउने ‘येंया पुन्हिया मेय् प्वाः खनेगु जात्रा (जिब्रो छेड्ने जात्रा)’ आज राती थिमिमा भव्य रुपमा मनाउन जात्राको तयारी पुरा भएको छ । आज राती ८ बजे पछि मध्यपुर थिमि–५ का विरेन्द्रभक्त गजुँ श्रेष्ठ दोस्रो पटक जिब्रो छेड्ने भएपछि यसको सबै तयारी पुरा गरेको स्थानीय संस्कृतकर्मी अर्जुन श्रेष्ठ बताउनु हुन्छ । धेरै वर्षसम्म आर्थिक अभावका कारण पटक पटक रोकिदै आएको यो जात्रा बि.सं. २०५३, २०५९ र २०६३ सालमा पनि सञ्चालन भएको थियो । त्यसपछि रोकिएको जात्रा २०७४ सालमा स्थानीय तहका निर्वाचन जनप्रतिनिधिले बजेट व्यबस्थापन गर्दै जात्रा पुनः सञ्चालनमा ल्याएको थियो । विरेन्द्रभक्तले २०७४ सालमा जिब्रो छेडाए पछि २०७५ मा बालकराम नानीचा श्रेष्ठले जिब्रो छेडाएर जात्रालाई निरन्तरता दिनु भएको थियो । त्यसपछि यस वर्ष आज राती यो जात्रा हुने भएको हो । परम्परा अनुसार विरेन्द्रभक्तले मुल नकर्मी रामभक्त नकर्मीलाई जिब्रो छेड्ने नातु (सुईरो) बनाउन सम्ये बजीसहितको पुजा दिएर आग्रह गरे पछि तीन साता अघि नकर्मीले जिब्रो छेड्ने सुईरो तयार गरी शुद्ध तोरीको तेलमा डुबाएर राखेको १० इन्च लामो सुइरोले जिब्रो छेडिने भएको हो । संस्कृतकर्मी श्रेष्ठका अनुसार जात्राको आठ दिन अगाडि बालकुमारी मन्दिरमा ११ वटा किसली (माटोको प्यालामा चामल सुपारी र सिक्का राखेको भाग) चढाउदै रातोभालेको बलि दिएर बालकुमारीको साधना गरि द्यः दुसालेगु अर्थात देवता भित्र्याउने प्रचलन सम्पन्न भएको छ । जात्राको एक दिनअघि ‘छोइलभु’ हुन्छ । रातो भालेको बलीसहित पूजागरी भोज खुवाइन्छ । येँया पुन्ही अर्थात् पूर्णिमामा दुता नं (जामा) लगाएर बिहानै बालकुमारीमा पूजा गरिन्छ । जिब्रो छेड्ने मान्छे दिनभरि निराहार बस्छन् । कसैसँग बोल्न पनि हुँदैन । बालकुमारीबाट पूजा गरेर आएपछि अर्ध चन्द्रमा आकारको महादिप (भ्ये) बनाइन्छ । बेलुकी बालकुमारीदेखि दिगुभैरवसम्मका मन्दिरमा परिक्रमा हुन्छ र बत्ती दिइन्छ । उहाँले इन्द्र जात्राको दिन हनुमान ढोकाबाट नाइके (नायः पमा) श्यामकाजी श्रेष्ठले द्योँ ला तरबार अर्थात जुजुको छिँ ल्याएर सिद्धिकाली मन्दिरबाट बाजागाजाका साथ नगर परिक्रमा गराई घरमा भित्र्याएको बताउनु भयो । उहाँले भन्नुभयो, “हनुमान ढोकाबाट ल्याउने राज खड्गलाई जुजुको छिँ अर्थात राजाको उपस्थिति मानेर त्यसलाई डबलीमा राखेर जिब्रो छेड्ने गरिन्छ । यो परम्परालाई स्वयं राजा वा राष्ट्र प्रमुखको उपस्थितिमा मानिनेर परम्परा जात्रा सञ्चालनका क्रममा अहिले पनि रहेको छ । आज राती राज गणेश, दिगु गणेश, गाचां गणेशलाई ल्याएर द्यों ब्यकेगु गरि देवतालाई साक्षी राखेर जिब्रो छेड्ने श्रेष्ठले बताउनु भयो । जिब्रो छेड्ने व्यतिmमा दैवी शक्ति प्राप्त हुने जनविश्वासका साथ आज साँझ बालकुमारी देखि दिगुलीस्थित दिगुभैरवसम्मको स्थानमा बत्ति दिन, दिगुभैरव मन्दिरमा गुरु (जामनः थरका व्यक्ति) को उपस्थितिमा भैरवको पूजा गरेपछि जिब्रो छेड्नेलाई दुई जनाले समाई भैरवसामुन्ने मुख फर्काई उल्टो हिडाई डबलीमा पु¥याईउने गरिन्छ । डवलीमा नकर्मीले बनाएको सुईरोबाट जामनःगुरु, नायः पमा, नकर्मी लगायतको उपस्थितिमा डबलीमा कमीनायोले जिब्रो छेडाउने र त्यसपछि स्थानीय व्यक्तिहरुले “ताकुँ म्येः ख्वामसिसें भ्वय् नय्” भन्दै जिब्रो छेड्ने व्यक्तिसँग भ्यं (महादिप) बोकेर उहाँको ईच्छा अनुसार नगर परिक्रमा गराइन्छ । धरै वर्ष अगाडि यसरी जिब्रो छेड्ने व्यक्तिले मध्यपुरथिमिबाट चाँगुनारायण तथा पशुपतिसम्म पनि परिक्रमा गरेको भनाइ रहेको स्थानीय बताउछन् । त्यसपछि जामनः (गुरू) ले जिब्रोको प्वालमा नासःद्यः (नित्यनाथ) परिसरको माटो राखिदिन्छन् । यसले घाउ नपाक्ने र चाँडो निको हुने विश्वास छ । माटो हालेपछि नजिकैको महादेव पाटीमा विश्राम गरिन्छ । त्यसदिन जिब्रो छेड्ने व्यक्तिको घरमा सगुन लिए पछि सिः भ्ये भनेर जात्रामा सहभागीलाई भोज खुवाइन्छ । भोलिपल्ट बालकुमारी मन्दिरमा द्यः लित तवनेगु अर्थात विसर्जन पूजा हुन्छ । यो दिन ‘नातु पूजा’ भनेर जिब्रो छेडेको नातु (सुइरो) लाई बालकुमारी मन्दिर भित्र ठोकिन्छ । यो परम्परा कहिलेबाट सुरु भयो भन्ने लिखित अभिलेख छैन । मन्दिर परिसरमा ठोकेको सुइरोको प्रकृति हेर्दा ३५० वर्षभन्दा अघिबाटै जिब्रो छेडिएको देखिन्छ । त्यहाँको सूईरो हेर्दा अहिलेसम्म १७÷१८ जनाले जिब्रो छेडाएको हुनु पर्ने स्थानीय बताउछन् । जात्राको किम्वदन्ती अनुसार थिमिमा पहिले भूत, प्रेत, पिसाचले दुःख दिन्थ्यो । त्यही भूतप्रेत भगाउन तान्त्रिक व्यक्तिले बालकुमारीको साधना गरि आफ्नो शाहस देखाउन जिब्रो छेडेर भूतप्रेतलाई नै तर्साए पछि उनीहरु भागे र पछि आएनन् । त्यसैले स्थानीयलाई दुःख दिने भूतप्रेत भगाउन मध्यपुर थिमीको श्रेष्ठ थरका साहसी व्यक्तिले हरेक वर्ष जिब्रो छेड्ने परम्परा चलाएको स्थानीय बताउछन् । --- # आजदेखि तिहार सुरु, कागको पूजा गरी मनाइँदै काग तिहार Source: https://newskunda.com/archives/5534 Category: FEATURED NEWS, समाचार Last updated: 2026-11-07 **काठमाडौं ।** हिन्दु धर्मावलम्बीहरूको दोस्रो ठूलो तथा महत्त्वपूर्ण पर्व तिहार अर्थात् यमपञ्चक आजदेखि सुरु भएको छ। तिहारको पहिलो दिन आज देशभर कागको पूजा गरी काग तिहार मनाइँदै छ। कार्तिक कृष्ण त्रयोदशीका दिन मनाइने काग तिहारमा कागलाई यमराजको सन्देशवाहकका रूपमा पूजा गर्ने धार्मिक परम्परा छ। धार्मिक मान्यताअनुसार कागलाई पूजा गरी खानेकुरा नदिए पाप लाग्ने विश्वाससमेत रहिआएको छ। काग तिहारका अवसरमा बिहानै घरआँगनमा कागलाई बोलाएर विभिन्न खानेकुरा दिने चलन छ। घरमा तयार पारिएका मिठा परिकार कागलाई चढाएर पूजा गर्ने गरिन्छ। यस दिन कागलाई सम्मानपूर्वक भोजन गराउँदा शुभ हुने धार्मिक विश्वास रहेको छ। यमपञ्चकको पहिलो दिन कागको पूजा गरेसँगै तिहारका अन्य पर्वहरू क्रमशः मनाइन्छन्। पाँच दिनसम्म मनाइने यस पर्वमा काग तिहार, कुकुर तिहार, लक्ष्मीपूजा, गोवर्धन पूजा तथा भाइटीका विशेष महत्त्वका साथ मनाउने परम्परा छ। --- # आधा शरीर जलेको अबस्थामा घरभित्रै मृत भेटियो Source: https://newskunda.com/archives/1438 Category: FEATURED NEWS, Uncategorized, अपराध, समाचार, समाज Last updated: 2022-07-16 भक्तपुर, ३२ असार : चाँगुनारायण नगरपालिका २ दुवाकोट फक्सिङटार बस्ने ८४ वर्षीय जगतप्रसाद शिल्पकारको शव जलेको अबस्थामा फेला परेको ट । आफ्नै घरको भुईतलाको कोठामा शंकास्पद अबस्थामा कम्मरदेखी माथिको भाग जलेर मृत्यु भइरहेको अबस्थामा शव भेटिएको महानगरीय प्रहरी परिसर भक्तपुरको प्रहरी नायब उपरीक्षक राजु पाण्डेले जानकारी दिनु भयो । प्रहरीले घट्नास्थलको प्रारम्भिक अनुसन्धान शव परीक्षणका लागि काठमाडौं मेडिकल कलेज दुवाकोट पठाएर बिभिन्न कोणबाट घट्नाबारे थप अनुसन्धान भइरहेको उहाँले जानकारी दिनु भयो । --- # आधारहीन र कपोलकल्पित समाचारको भ्रममा नपर्न प्रधानन्यायाधीश शर्माको आग्रह Source: https://newskunda.com/archives/5287 Category: FEATURED NEWS, अर्थ, राजनीति, शिक्षा, समाचार, समाज Last updated: 2026-10-29 काठमाडौँ, १२ कात्तिकः प्रधानन्यायाधीश डा मनोजकुमार शर्माले विभिन्न सञ्चारमाध्यममा आफूसँग जोडिएर आएका समाचारहरुबाट आफू आश्चर्यमा परेको बताउनुभएको छ । प्रधानन्यायाधीश डा शर्माले आज प्रेस विज्ञप्ति जारी गर्दै आफूसँग जोडिएर आएको समाचार झुठा, कपोलकल्पित र जनतामा भ्रम छर्ने दूषित उद्देश्यले प्रचार गरिएको उल्लेख गर्नुभएको छ । “यसरी आधारहीन, झुठा, कपोलकल्पित र जनतामा भ्रम छर्ने दूषित उद्देश्यबाट प्रसारित समाचारको म भत्र्सना गर्दछु”, विज्ञप्तिमा भनिएको छ, “यस्तो आधारहीन र कपोलकल्पित समाचारको भ्रममा नपर्न सम्पूर्ण जनमानसमा अनुरोधसमेत गर्दछु ।” यसैबीच सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुयालले आज केही सञ्चारमाध्यममा आफूसँग जोडेर गलत मनसायले जनमानसमा भ्रम छर्ने ढङ्गले समाचार आएको भनी खण्डन गर्नुभएको छ । न्यायाधीश फुयालले आज पत्रकारहरुसँग कुरा गर्दै आफूसँग जोडिएर आएको विषय झुटो र भ्रामक भएको स्पष्ट पार्नुभयो । “स्वतन्त्र न्यायापालिकाको रक्षा र निष्पक्ष न्याय सम्पादनमा म प्रतिबद्ध छु”, न्यायाधीश फुँयालले भन्नुभयो, “त्यस्तो समाचारमा कुनै सत्यता छैन, केवल दुष्प्रचार गर्ने र जनमानसमा भ्रम फैलाउने काम भएको छ ।” --- # आन्तरिक पर्यटन प्रबर्दन गर्न रातोपाटी रिसाल डाँडा हाइकिङ्ग आयोजना Source: https://newskunda.com/archives/2528 Category: FEATURED NEWS, अर्थ, समाचार, समाज Last updated: 2023-01-22 भक्तपुर, ८ माघ : आन्तरिक पर्यटन प्रबद्र्धन गर्ने उदेश्यले आज सूर्यविनायक नगरपालिका–७ गुण्डु रातोपाटीबाट रिसालडाँडासम्मको हाइकिङ्ग (पदयात्रा) ककार्यक्रम आयोजना गरेको छ । राष्ट्रिय युवा संघ नेपाल पर्यटन विभागको आयोजना तथा संघ भक्तपुर जिल्लाको समन्वयमा आज बिहान ९ बजेबाट सुरु भएको हाइकिङ्गको नेकपा एमालेका पोलिटव्यूरो सदस्य एवं पूर्वमन्त्री महेश बस्नेतले उद्घाटन गर्नु भयो । कार्यक्रममा उहाँले सूर्यविनायक नगरपालिका क्षेत्रका डाँडाहरु आफैमा भ्यू टावर रहेको चर्चा गर्दै यहाँबाट देखिने काठमाडौं उपयत्यकादेखि हिमाली दृश्यहरु निकै मनमोहन रहेको बताउनु भयो । रातोपाटीबाट सुरु भएको पर्यटन पदयात्रा एवं हाइकिङ्ग अनन्त कुण्ड, अनन्तलिङ्गेश्वर, महादेव खोला, कैलाश भ्यू टावर, होमस्टेहुदै रिसाल डाँडा पुगेर पहिलो चरणको पदयात्रा सम्पन्न गर्न सकिने बताउनु भयो । अनन्त कुण्डको ऐतिहासिक एवं धार्मिक महत्व माथि प्रकाश पार्दै उहाँले राजा अंशु बर्माले आफ्नो रानी बिरामी हुँदा यहीको पानी लगेर छर्किए पछि निको भएको किम्वदन्ती रहेको बताउनु भयो । उहाँले प्रताप मल्लले रानी पोखरी निर्माण गर्दा यहीँ कुण्डको पानी लगेर हालेको ऐतिहासिकता रहेको बताउनु भयो । उहाँले यहाँको पर्यटन विकास र सिढी निर्माणका लागि, सडक निर्माणका लागि आफू सांसिद हुँदा बजेट ल्याएर सुरुवात गरि पूर्णता दिलाएको बताउदै यस क्षेत्रको मुख्य आधार धार्मिक पर्यटनको रुपमा बिकास गरेर लैजाने बताउनु भयो । रातोपाटीबाट यहाँका जंगल सफारी गर्दै जंगली जनावर, चराचुरुङ्गी हेर्दै ग्रामिण परिवेश नियाल्दै अगौनिक खानेकुरा खादै हाइकिङ्ग गर्ने सकिने यो क्षेत्रसँगै उहाँले सुइृविनायकमा धेरै ठाउँबाट पदमार्ग निर्माण गरेर जंगल सफारी गर्न सकिने बताउनु भयो । सूर्यविनायकबाट घ्याम्पे डाँडा, रानीकोट, बाघ भैरब, माने भञ्याङ्ग, पनौती कुशादेवीसम्म जान सकिने, सूर्यविनायकबाटै रिसालडाँडा हुदै तयस भन्दा माथि पोखरी थुम्का अर्को गन्तव्य र त्यहाँ भन्दा पनि माथि लाकुरी भञ्याङ्गहुदै फूलचोकी पुग्न सकिन्छ । कार्यक्रममा वाग्मति प्रदेश सदस्य किरण थापाले यहाँको पर्यटन विकासका लागि तीन तहकै सरकारले विगतमा लगानी गरेको बताउदै अब यस क्षेत्रलाई पर्यटन पूर्वाधार र बिकासका लागि थप बजेट ल्याएर काम गर्ने जिम्मेवारी आफूमा आएकाले त्यसलाई पुरा गर्ने बताउनु भयो । कार्यक्रममा युवा संघ नेपालका केन्द्रीय अध्यक्ष किरण पौडेल, नोल पर्यटन बोर्डका उपाध्यक्ष चनद्र रिजाललगायतले यहाँको पर्यटकीय गन्तव्यलाई पहिचान दिदै आन्तरिक पर्यटकको आकर्षण थप्न सकिने बताउनु भयो । पदयात्राका क्रममा मृग, बँदेल, खरायो, कालिजलगायतका जंगली जनावर र पशुपक्षीको अवलोकन गर्न सकिन्छ भने एक हजार आठ सय मिटरको उचाइमा रहेको यस क्षेत्रबाट १७ हिमशृंखला र उपत्यकाका तीन वटै सहरको दृश्यावलोकन गर्न सकिन्छ । --- # आफूलाई लोकतान्त्रिक भन्ने नेपाली कांग्रेस प्रदेशसभा बैठकमा अनुपस्थित हुनु दुर्भाग्य : नेता शालिकराम जम्कट्टेल Source: https://newskunda.com/archives/4073 Category: FEATURED NEWS, अर्थ, राजनीति, समाचार, समाज, स्वास्थ्य Last updated: 2026-08-25 हेटौँडा, ९ भदौ । नेकपा बागमती प्रदेशसभा संसदीय दलका नेता शालिकराम जम्कट्टेलले नेपाली काँग्रेसले लोकतन्त्रको नारालाई व्यवहारमा लागू गर्न नसक्नु दुर्भाग्य भएको बताउनु भएको छ । मंगलबार मुख्यमन्त्री किरण थापा मगरले विश्वासको मत लिन बोलाइएको प्रदेशसभा बैठकमा बोल्दै नेता जम्कट्टेलले बागमती प्रदेशमा कांग्रेसबाट लोकतान्त्रिक व्यवहार नदेखिएको बताउनु भएको हो । जम्कट्टेलले भन्नुभयो, ‘आफूलाई लोकतान्त्रिक भन्ने नेपाली कांग्रेस मुख्यमन्त्रीले विश्वासको मत लिने प्रदेशसभा बैठकमा अनुपस्थित हुनु दुर्भाग्यपूर्ण हो, लोकतन्त्रको लागि लड्यौ, राणा, राजादाई फाल्यौ भन्दै आफूलाई लोकतन्त्रवादी भन्ने नेपाली काँग्रेस लोकतन्त्र जोगाउँने बैठकमा उपस्थित नहुनु राम्रो र सान्दर्भिक विषय होईन, लोकतान्त्रिक चरित्र प्रमुख प्रतिपक्षमा देखिएन ।’ उहाँले नयाँ बनेको सरकारसामु धेरै चुनौती रहेको बताउदै विगतको भन्दा तीव्र गतिमा सरकारले काम गर्दै नयाँपन दिन सक्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “यो सरकारसंग चुनौती धेरै छन्, तर काम गर्नुपर्ने छ, यो सरकार कुरा गर्ने होइन, काम गर्ने सरकार बन्नुपर्छ, प्रदेशवासीको थुप्रै चनौती र माग छन्, त्यसैले सरकारले दिने आगामी काम कारबाही र सेवा प्रवाहमा सरकार अब्बल सावित हुनुपर्छ, प्रदेशवासीको चाहना पुरा हुनुपर्छ ।” यसअघिको दुई पार्टीको सरकार रहने स्थिति नबने पछि बाध्य भएर नयाँ सरकार गठनमा नेकपा लागेको उहाँले बताउदै नेकपा र एमालेको आगामी दिनमा मत कार्यगत एकता गरेर जाने सहमति अनुसार नयाँ सरकार गठन भएको बताउनुभयो । केन्द्रमा सरकारको दादागिरी चलेको आरोप लगाउँदै नेता जम्कट्टेलले भन्नुभयो, “केन्द्रमा सरकारको दादागिरी चलिरहेको छ, प्रदेशमा सरकार बन्ने अबस्था छैन, यस्तो बेलामा कि त नयाँ परिस्थितिमा नयाँ सरकार गठन गर्नु पर्यो, कि त प्रदेश सभा विघटन गर्नु पर्यो, प्रदेशको दोश्रो ठूलो दल भएको नाताले प्रदेश सभा जोगाउँन, लोकतन्त्र जोगाउँन र नेकपा तथा एमालेबीचको गत साउन ९ गतेको ३ बुँदे सहमतीको आधारमा नयाँ सरकार गठन गरेका हौ ।” नेकपा र नेकपा एमाले एक ठाउँमा उभिएर कार्यगत एकताका साथ अघि बढेको बताउदै त्यसैको परिणामस्वरूप बागमती प्रदेशमा संयुक्त सरकार गठन भएको उहाँको भनाइ छ । उहाँले नेकपा, एमाले र राप्रपाबीचको सहमति र समर्थनमा सरकारले विश्वासको मत प्राप्त गर्न सहज भएको र प्रदेश सभा बैठकमा स्पष्ट बहमतको समर्थन रहेको बताउनुभयो । --- # आमनिर्वाचन मङ्सिर ४ गते गर्ने सरकारको निर्णय Source: https://newskunda.com/archives/1652 Category: FEATURED NEWS, निर्वाचन, राजनीति, समाचार Last updated: 2022-08-04 काठमडौँ, १९ साउन : नेपाल सरकारले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन २०७९ साल मङ्सिर ४ गते एकै चरणमा गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषदको आज बसेको बैठकले सो निर्णय गरेको प्रधानमन्त्री शेरबहादुर देउवाका प्रेस प्रमुख गोविन्द परियारले जानकारी दिनुभयो । निर्वाचन आयोगको प्रस्ताव समेतको आधारमा नेपाल सरकार मन्त्रिपरिषदको आजको बैठकले सो निर्णय गरेको हो । --- # आस्थाको धरोहर बन्दै संगमेश्वर महादेव Source: https://newskunda.com/archives/1717 Category: FEATURED NEWS, समाचार, समाज Last updated: 2022-08-18 -रमेश गिरी भक्तपुर, २ भदौ :मध्यपुरथिमि नगरपालिका–५ संगम कोलोनी, कमेरोटार, वडा नं. ९ मा पर्ने राधेराधे, निकोसेरा लगायतका बस्तीको बासिन्दाका लागि संगमेश्वर महादेव मन्दिर आस्थाको धरोहर बनेको छ । नेपालका ७७ वटै जिल्लाका मानिसको बसोबास रहदै आएको यस क्षेत्रका बासिन्दालाई महाशिवरात्री, तीज, एकादशी, अक्षय तृतिया, साउनको सोमबारमा मात्रै होइन हिन्दू धर्मावलम्बीहरुका लागि दैनिक महादेवको पूजा एवं दर्शन गर्नु पर्दा टाढा शिव मन्दिर धाउनु पर्ने अबस्थाको अन्त्य भएको छ । केही वर्ष अगाडिसम्म पातलो बस्ती, मानिसको चहलपहल निकै कम हुँदा यहीँ मन्दिर पनि थिएन । यहाँका बासिन्दाले शिवको पूजा गर्नु परे भीड छिचोल्दै पशुपति नै जाने गर्दथे । तर अहिले समय बदलिएको छ । राधे राधे, भाटभटेनी क्षेत्रले दोश्रो ठमेलको पहिचान बनाउदै बाक्लो घना बस्ती बिकास भएसँगै संगमेश्वर महादेव मन्दिर यहाँका सबैको धार्मिक गन्तव्य बन्न थालेको छ । कमेरोटार जग्गा एकीकरण आयोजना भित्रै सडकमै जोडिएको खाली सार्वजनिक जग्गामा महादेव मन्दिर निर्माण गर्न २०६० पछाडी यहाँको पुरानो बस्ती एडम्स थिमिले पहल गरेपछि मन्दिर निर्माण कार्य अगाडि बढ्यो । एडम्स थिमिका नारायण घिमिरेको नेतृत्वमा मन्दिर स्थापना कार्य अगाडि बढेको संगमेश्वर महादेव मन्दिर संरक्षण तथा विकास संस्थाका अध्यक्ष मोहनबीर सिंह प्रधान बताउनु हुन्छ । अध्यक्ष प्रधान भन्नुहुन्छ, “मन्दिर निर्माणलाई पूर्णता दिन २०७४ मा महायज्ञ लगायौँ, २ नं. क्षेत्रका सांसद महेश बस्नेतले सांसद कोषबाट रु. पाँच लाख हालिदिनु भयो, मध्यपुरथिमि नगरपालिकाले दुई पटक गरेर रु. १८ लाख दियो, महायज्ञबाट करिब रु. ४१ लाख रुपैया जोगायौँ, स्थानीय दाताहरुबाट धेरै रकम संकलन भयो, यसपछि मन्दिर सत्तललगायतका संरचना निर्माणलाई पूर्णता दिने कार्य सुरु भयो ।” पाँच आना क्षेत्रफलमा परम्परागत शैलीमा सत्तल बनाईयो, सुरुमा एक तलाको बनाउने भनिए पनि आवश्यकता अनुसार अहिले तीन तला बनेको छ । शिवको आकर्षक मन्दिर निर्माण भएको छ । अध्यक्ष प्रधानले भन्नुभयो, “कुन महादेवको मन्दिर बनाउने भन्ने छलफलमा मैले नै संगम कोलोनीमा संगमेश्वर महादेव मन्दिर बनाउने प्रस्ताव गरेँ, सबैको समर्थन भयो, त्यसपछि नवराज कसपालको संयोजकत्वमा तीन सदस्यीय मन्दिर निर्माण कमिटी गठन गरियो, मन्दिर निर्माणको क्रममा रु. एक करोड ५० लाख भन्दा बढी खर्च भएको छ ।” मन्दिरमा तामा र पित्तलको छानो हालियो, परम्परागत शैलीमा निर्माण भएको सत्तलमा काठको आकर्षक झ्याल हालियो । मन्दिरमा पर्खाल र फलामको बार, गेट हालेर सुरक्षित गर्ने, मन्दिर भित्र अन्य साना संरचनाहरु निर्माण गरियो । मन्दिर निर्माणका अझै केही योजनाहरु सम्पन्न गर्न बाँकी छ । स्थानीय दाताहरु, निर्माण समिति, संस्थाका सदस्यहरुलगायत स्थानीयबाट संकलन भएको रकमबाट मन्दिर निर्माण काम अगाडि बढाउदै मन्दिर निर्माणको अधिकांश संरचनालाई पूर्णता दिएको उहाँ बताउनु हुन्छ । गरे के हुदैन र ? भन्ने उदाहरण यहाँका बासिन्दाले प्रस्तुत गरेको बताउनु हुन्छ, संगम कोलोनीका स्थानीयवासी परशुराम कार्की । यो मन्दिर निर्माण भएसँगै अहिले यहाँका बासिन्दालाई धार्मिक कार्य गर्न निकै सहज भएको बताउनु हुन्छ । कार्की भन्नुहुन्छ, “तराई, पहाड, हिमाल तीनै भेगका ७७ जिल्लाका मानिसहरु यहाँ बस्ने भएपछि बस्ती पनि निकै बाक्लो भएको छ । यहाँ सबैको धार्मिक कार्यहरु गर्ने, साउनको सोमबार, महाशिवरात्री, जनैपूर्णिमा, अक्षय तृतीया, तीज, एकादशी लगायतका विभिन्न तिथि एवं पर्वहरुमा अचेल मेलानै लाग्ने गरेको छ ।” यस मन्दिरमा संगम कोलोनीका मात्रै हैन सडक पारी, राधे राधेका बस्ती, निकोसेरा, चाँगुनारायण नपा दुवाकोटसम्मका बासिन्दाहरु यहाँ पूजा, दर्शन तथा धार्मिक कार्य गर्न आउने भएपछि सबैको आस्थाको धरोहर बनेको उहाँ बताउनु हुन्छ । संस्थाले मन्दिरमा मूल गुरु लोकप्रसाद भण्डारीलाई राखेको छ भने मन्दिरको रेखदेख गर्ने, सरसफाई गर्ने र दैनिक नित्य पूजा तथा आरती गर्नका लागि पूजारी टीकाराम घिमिरेलाई राखेको छ । संस्थाका अध्यक्ष प्रधानले संगमेश्वर महादेव मन्दिरमा अचेल हरेक सोमबार साँझ ६ बजेबाट भजन र साँझ ७ बजे विशेष आरती हुने गरेको बताउनु हुन्छ । सोमबारको बिशेष आरतीको चाहना राख्ने धेरै भएपछि आरतीका लागि पालो कुर्नु पर्ने उहाँको भनाइ छ । मन्दिरको आयोजनामा सामुहिक ब्रतबन्ध, सामुहिक गुन्यू चोलो, ईही (बेलबिवाह) को आयोजना गर्ने, मन्दिरका बाँकी संरचनाहरु पुरा गर्ने तयारीमा संस्था लागेको उहाँ बताउनु हुन्छ । मन्दिरमा मात्रै होईन देशका बिभिन्न जिल्लाबाट बसाई सरेर आएका संगम कोलोनीका बासिन्दाबीच एकता र ममता पनि उत्तिकै छ । तराई, पहाड र हिमाली भेगबाट आएका सबै जातजाति, भाषा, धर्म, संस्कृतिबीच यहाँ एकता छ । यहाँका बासिन्दाहरुबीचको एकताले एकलाई केही पर्दा सबै कोलोनीका बासिन्दाले सहयोग गर्छन् । एकको जातलाई अर्कोले, एकको धर्म, संस्कृतिलाई अर्कोले सम्मान गर्दै एकताको पहिचानलाई उचो रुपमा कायम राख्न संगम कोलोनी सफल भएको छ । --- # आहा रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको २६औँ संस्करण आहा रारा पोखरा गोल्डकप माघ पहिलो सातादेखि Source: https://newskunda.com/archives/5052 Category: FEATURED NEWS, अर्थ, खेलकुद, समाचार, समाज Last updated: 2026-10-23 पोखरा, ६ कात्तिक : आहा रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको २६औँ संस्करण आगामी माघ पहिलो साता सुरु हुनेभएको छ । प्रतियोगिता माघ ५ देखि १६ गतेसम्म पोखरा रङ्गशालामा सञ्चालन हुने आयोजक सहारा क्लब पोखराले जानकारी दिएको छ । ‘खेलकुदको विकासमा सहकार्य गरौँ, पोखरालाई खेलकुद पर्यटन सहरका रूपमा स्थापित गरौँ’ भन्ने नारासहित सञ्चालन हुँदै आएको यस प्रतियोगिताले नेपाली फुटबलको विकाससँगै पोखराको खेलकुद र पर्यटन प्रवद्र्धनमा योगदान पु¥याउँदै आएको छ । पोखरा महानगरपालिकाको संरक्षकत्वमा सञ्चालन हुने प्रतियोगितालाई राष्ट्रिय खेलकुद परिषद्, गण्डकी प्रदेश खेलकुद परिषद्, अखिल नेपाल फुटबल संघ, नेपाल पर्यटन बोर्ड, कास्की जिल्ला खेलकुद विकास समिति र कास्की जिल्ला फुटबल संघलगायतका संस्थाले सहयोग गर्दै आएका छन् । प्रतियोगितामा सहभागी हुने टोली, खेल तालिका, पुरस्कार राशि तथा अन्य विवरण पछि सार्वजनिक गरिने आयोजक सहाराका अध्यक्ष केशबबहादुर थापाले जानकारी दिनुभयो । उहाँका अनुसार प्रतियोगितालाई व्यवस्थित र भव्य रूपमा सम्पन्न गर्न आवश्यक तयारी अघि बढाइएको छ । प्रतियोगिताले प्रतिभाशाली खेलाडीलाई आफ्नो क्षमता प्रदर्शन गर्ने अवसर प्रदान गर्नुका साथै पोखरालाई खेलकुद पर्यटनको आकर्षक गन्तव्यका रूपमा स्थापित गर्न सहयोग पु¥याउने अपेक्षा गरिएको अध्यक्ष थापाले बताउनुभयो । “आहा रारा गोल्डकप राजधानी बाहिरको सबैभन्दा पूरानो फूटबल प्रतियोगिता हो । विसं २०५८ देखि निरन्तर सञ्चालन हुँदै आएको छ । आगामी संस्करण समेत भव्य र व्यवस्थित सञ्चालनका लागि आवश्यक तयारी सुरु गरेका छौँ”, अध्यक्ष थापाले भन्नुभयो । सहाराले फुटबल प्रतियोगिता सञ्चालन गरेर बचत भएको रकमले फुटबल एकेडेमी सञ्चालन गरेको छ । पोखरा–१७ दोविल्लामा रहेको एकेडेमीमा हाल देशका विभिन्न भागबाट छनोट भएका २७ जना बालकहरुले आवाससहित शिक्षा र फुटबलको प्रशिक्षण लिँदै आएका छन् । --- # इडेन वार्षिक खेलकुद उत्सव २०८२” भव्य रूपमा सम्पन्न Source: https://newskunda.com/archives/3321 Category: FEATURED NEWS, खेलकुद, राजनीति, शिक्षा, समाचार, समाज Last updated: 2026-01-09 भक्तपुर, : सूर्यविनायक नगरपालिका–३, बालकोटमा अवस्थित इडेन गार्डेन इङ्लिस स्कुलमा यस वर्षको “इडेन वार्षिक खेलकुद उत्सव २०८२” भव्य रूपमा सम्पन्न भएको छ। पौष २० गते सुरु भएको उक्त खेलकुद उत्सव चार दिनसम्म सञ्चालन भई पौष २३ गते औपचारिक रूपमा समापन गरिएको हो। विद्यालयका सह-प्रिन्सिपल अनिश राईका अनुसार खेलकुद उत्सव विद्यालयको वार्षिक कार्यक्रम अन्तर्गतको एक महत्वपूर्ण कार्यक्रम हो। विभिन्न तहका विद्यार्थीहरूको शारीरिक, मानसिक तथा सामाजिक विकासलाई लक्षित गरी उक्त उत्सव चार दिनसम्म सञ्चालन गरिएको उहाँले बताउनुभयो। “स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” भन्ने नारालाई आत्मसात गर्दै विद्यालयले हरेक वर्ष विद्यार्थीहरूमा खेलकुदप्रतिको रुचि बढाउने र उनीहरूभित्र रहेका प्रतिभाहरू उजागर गर्ने उद्देश्यले यस्ता कार्यक्रम निरन्तर आयोजना गर्दै आएको विद्यालयको अतिरिक्त क्रियाकलाप तथा खेलकुद संयोजक सुविन्द्र राईले जानकारी दिनुभयो। चार दिनसम्म सञ्चालन भएको खेलकुद उत्सवमा प्रि–नर्सरीदेखि कक्षा १० सम्मका सबै विद्यार्थीहरुलाई समेट्ने कोसिस गर्दै विद्यालयले विभिन्न खेलहरु खेलाएका थिए । उत्सव अन्तर्गत व्यक्तिगत तथा अन्तर–सदन प्रतियोगिताहरू सञ्चालन गरिएका थिए। प्रतियोगितामा “रेड हाउस” ले सबैभन्दा धेरै स्वर्ण, रजत तथा कास्य पदक जित्दै वर्षको “उत्कृष्ट सदन” घोषित भएको थियो । समापन समारोह तथा मेडल वितरण कार्यक्रममा बोल्दै सह-प्रिन्सिपल राईले यस्ता कार्यक्रमहरूले विद्यार्थीहरूको अन्तरनिहित प्रतिभा प्रष्फुटन हुनुका साथै खेलकुदप्रतिको रुचि र अनुशासन विकासमा महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो। सो अवसरमा उहाँले विजेता विद्यार्थीहरूलाई मेडल वितरण गर्दै बधाई व्यक्त गर्नुभएको थियो। खेलकुद उत्सवलाई सफल बनाउन सहयोग पुर्याउने सम्पूर्ण शिक्षक, कर्मचारी, अभिभावक तथा सक्रिय सहभागिता जनाउने विद्यार्थीहरूलाई विद्यालय परिवारले धन्यवाद ज्ञापन गरेको छ। --- # इतिहास, संस्कृति र पहिचानलाई दस्तावेजीकरण गर्ने ‘ताथली : भूगोलदेखि लोकसंस्कृतिसम्म’ पुस्तक विमोचन Source: https://newskunda.com/archives/3863 Category: FEATURED NEWS, अर्थ, कला तथा साहित्य, धर्म/संस्कृति, राजनीति, शिक्षा, समाचार, समाज Last updated: 2026-06-26 भक्तपुर, १२ असार : ऐतिहासिक, धार्मिक, सांस्कृतिक, पुरातात्विक तथा सामाजिक जीवनका विविध आयामलाई समेटिएको अनुसन्धानमूलक कृति ‘ताथली : भूगोलदेखि लोकसंस्कृतिसम्म’ को आज लोकार्पण गरिएको छ । चाँगुनारायण नगरपालिका–९ ताथली वडा कार्यालयको प्रकाशन तथा पत्रकार हरिसुन्दर छुँकाको लेखन, अनुसन्धानकर्ता एवं सम्पादनमा प्रकाशित उक्त कृतिको आज ताथलीमा आयोजित कृति विमोचन एवं परिचर्चा कार्यक्रममा बागमती प्रदेशसभा सदस्य तथा नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य सुरेन्द्रराज गोसाईँले कृति विमोचन गर्नु भएको हो । स्थानीय इतिहास, भूगोल, लोकसंस्कृति, जात्रा–पर्व, मूर्त तथा अमूर्त सम्पदा, परम्परा, जनजीवन र मौलिक पहिचानलाई समेटेर तयार पारिएको उक्त पुस्तकलाई ताथलीको समग्र परिचय दिने महत्वपूर्ण दस्तावेजका रूपमा तयार पारिएको छ । कार्यक्रमका प्रमुख अतिथि बागमती प्रदेशसभा सदस्य तथा नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य सुरेन्द्रराज गोसाईँले इतिहास र संस्कृतिविनाको समाजको पहिचान कमजोर हुने भएकाले स्थानीय इतिहासको खोज, अध्ययन र अभिलेखीकरणलाई निरन्तरता दिनुपर्ने बताउनुभयो । उहाँले स्थानीय तहले आफ्नै इतिहास, संस्कृति र सम्पदालाई पुस्तकका रूपमा प्रकाशन गर्नु अत्यन्तै सकारात्मक र अनुकरणीय कार्य भएको उल्लेख गर्दै यस्ता कृतिले नयाँ पुस्तामा आफ्नो गाउँप्रतिको अपनत्व र गौरवबोध विकास गर्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले कला संस्कृतिका साथै देशको सार्वभौम सत्ता नै देशको प्राण भएको उल्लेख गर्दै कला, संस्कृति र सभ्यतामाथि आक्रमण गर्ने तत्वहरूको पहिचान गरि नयाँ पुस्तालाई सङ्घर्षशील बनाउनुपर्नेमा जोड दिनुभयो । विशेष अतिथि साहित्यकार तथा संस्कृतिकर्मी सूर्यप्रसाद लाकोजुले ताथली ऐतिहासिक र सांस्कृतिक दृष्टिले निकै समृद्ध क्षेत्र भए पनि यससम्बन्धी सामग्री छरिएर रहेको अवस्थामा यस पुस्तकले ती विषयलाई एकीकृत रूपमा प्रस्तुत गरेको बताउनुभयो । उहाँले मौखिक परम्परामा सीमित हुँदै आएका धेरै विषयलाई पुस्तकले स्थायी अभिलेखका रूपमा सुरक्षित गरेको उल्लेख गर्नुभयो । उहाँले भक्तपुरको इतिहास लेखनमा ताथलीमा भेटिएका अभिलेखहरू अत्यन्तै महत्त्वपूर्ण भएको चर्चा गर्दै त्यसको संरक्षण र प्रवद्र्धनका लागि लेखकले खेलेको भूमिका उदाहरणीय भएको बताउनुभयो । अनुसन्धाता तथा लेखक केदारबहादुर थापाले स्थानीय इतिहास लेखन अत्यन्तै कठिन र धैर्यपूर्ण अनुसन्धानको विषय भएको बताउँदै लेखकले पुराना अभिलेख, स्थानीय जनश्रुति, धार्मिक परम्परा, पुरातात्त्विक प्रमाण तथा समुदायका अग्रज व्यक्तिहरूसँगको संवादका आधारमा सामग्री सङ्कलन गरेको चर्चा गर्नुभयो । उहाँले यस्ता पुस्तक भविष्यका अनुसन्धानकर्ता, विद्यार्थी तथा इतिहास अध्ययन गर्नेहरूका लागि भरपर्दो सन्दर्भ सामग्री बन्नेछन् । आर्किटेक्ट एवं लेखिका तथा शोधार्थी सिर्जना प्रजापतिले ताथलीमा रहेका मठमन्दिर, पाटीपौवा, शिलालेख, मूर्तिकला, परम्परागत बस्ती र सांस्कृतिक सम्पदाको संरक्षणका लागि यस्ता अनुसन्धानमूलक प्रकाशन अपरिहार्य भएको बताइन्। उनले विकास निर्माणका क्रममा सम्पदाको मौलिकता जोगाउन पनि यस्ता दस्तावेजले मार्गदर्शन गर्ने धारणा राख्दै भक्तपुर र ताथलीबीचको सम्बन्धलाई ऐतिहासिक तथ्यका आधारमा पुस्तकले प्रष्ट्याएको बताउनुभयो । ताथली साकोसका अध्यक्ष एकबहादुर खत्रीले ताथलीको समग्र इतिहास समेटिएको पुस्तक प्रकाशन हुनु स्थानीय समुदायका लागि गर्वको विषय भएको चर्चा गर्दै इतिहास र संस्कृतिबारे नयाँ पुस्तालाई जानकारी गराउने प्रभावकारी माध्यम पुस्तक नै भएको बताउनुभयो । नेपाल मजदुर किसान पार्टी ताथलीका राजाराम छुकांले ताथलीको मौलिक पहिचान संरक्षणका लागि स्थानीय समुदाय स्वयं जागरुक हुनुपर्ने बताउँदै पुस्तकले त्यस अभियानलाई थप बल पुग्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले पुस्तक हरेक घरमा पुग्नुपर्ने, सबैले पढ्नुपर्ने र आफ्ना छोराछोरीलाई पनि पढ्न दिनुपर्नेमा जोड दिनुभयो । उहाँले प्रकाशित पुस्तक वर्तमान पुस्तालाई आफ्नो मौलिकता चिनाउनुका साथै भावी पुस्ताका लागि पनि महत्वपूर्ण सन्दर्भ सामग्रीका रूपमा काम गर्ने विश्वास लिएको भनाई राख्नु भयो । पुस्तकका लेखक तथा अनुसन्धानकर्ता हरिसुन्दर छुकांले आफ्नो लेखकीय मन्तव्यमा ताथली ऐतिहासिक, धार्मिक, सांस्कृतिक तथा पुरातात्त्विक दृष्टिले अत्यन्तै महत्वपूर्ण बस्ती भए पनि यसका विविध पक्ष समेटिएको समग्र दस्तावेजको अभाव रहेको बताए। यही आवश्यकता महसुस गर्दै भूगोलदेखि लोकसंस्कृतिसम्मका विषयलाई एउटै कृतिमा समेट्ने प्रयास गरिएको उनले बताउनुभयो । लेखक छुकांले पुस्तक तयार पार्ने क्रममा स्थानीय अग्रजहरूसँगको संवाद, पुराना दस्तावेज, अभिलेख, शिलालेख, धार्मिक स्थल, पुरातात्त्विक अवशेष, जनश्रुति तथा विभिन्न प्रकाशित–अप्रकाशित सामग्रीको अध्ययन गरिएको जानकारी दिनुभयो । कार्यक्रमको स्वागत मन्तव्य चाँगुनारायण नगरपालिकाकी कार्यपालिका सदस्य कमला गिरीले व्यक्त गर्दै स्थानीय सरकारको दायित्व सडक, भवन र पूर्वाधार निर्माणमा मात्र सीमित नरही इतिहास, भाषा, संस्कृति र सम्पदाको संरक्षणमा पनि उत्तिकै महत्त्वपूर्ण भूमिका रहने बताउनुभयो । उहाँले वडा कार्यालयले स्थानीय सम्पदाको अभिलेखीकरण र संरक्षणलाई प्राथमिकतामा राखेर पुस्तक प्रकाशन गरेको जानकारी दिनुभयो । वडा सदस्य रविन बासुकलाको सभापतित्वमा सम्पन्न कार्यक्रम सञ्चालन वडा सचिव सपना श्रेष्ठले गर्नु भयएको थियो । कार्यक्रममा जनप्रतिनिधि, अनुसन्धानकर्ता, साहित्यकार, संस्कृतिकर्मी, शिक्षक, सञ्चारकर्मी, राष्ट्रसेवक कर्मचारी, समाजसेवी, विभिन्न संघसंस्थाका प्रतिनिधि तथा स्थानीयवासीको उल्लेखनीय उपस्थिति रहेको थियो । वक्ताहरूले ताथलीको इतिहास, पुरातात्त्विक सम्पदा, धार्मिक आस्था, जात्रा–पर्व, लोकविश्वास, भाषा, कला, परम्परा र जीवनशैलीलाई संरक्षण गर्न यस्ता अनुसन्धानमूलक प्रकाशनलाई निरन्तरता दिनुपर्नेमा जोड दिदै पुस्तकलाई विद्यालय, पुस्तकालय, अध्ययन केन्द्र तथा प्रत्येक घर–घरमा पुर्याएर अध्ययनको संस्कृति विकास गर्नुपर्ने धारणा पनि राखेका थिए । स्थानीय तहको पहलमा प्रकाशित ‘ताथली : भूगोलदेखि लोकसंस्कृतिसम्म’ पुस्तक ताथलीको ऐतिहासिक र सांस्कृतिक पहिचानलाई अभिलेखीकरण गर्ने महत्वपूर्ण कृतिका रूपमा स्थापित हुने अपेक्षा गरिएको छ । स्थानीय समुदायको स्मृति, सभ्यता र सांस्कृतिक सम्पदालाई पुस्तान्तरण गर्दै भविष्यका अनुसन्धानका लागि आधार तयार पार्ने दृष्टिले पनि यो पुस्तकलाई कोशेढुङ्गाका रूपमा हेरिएको छ । --- # इन्टरनेटले बालबालिका यौनदुर्व्यवहारमा Source: https://newskunda.com/archives/2922 Category: FEATURED NEWS, अपराध, अर्थ, समाचार, समाज Last updated: 2023-08-30 काठमाडौँ, १३ भदौ । सूचना प्रविधिको प्रयोगका कारणले बालबालिका यौनदुव्र्यवहारमा पर्ने गरेको एक अध्ययनले देखाएको छ । बाल आवाजले यहाँ सार्वजनिक गरेको ‘अनलाइन बाल यौनदुव्र्यवहारको अवस्था तथा नीतिगत विश्लेषणसम्बन्धी अध्ययन’मा इन्टरनेटका कारणले १८ वर्ष मुनिका बालबालिका यौनदुव्र्यवहारमा पर्ने गरेको जनाएको छ । महान्याधिवक्ता डा दिनमणि पोखरेलले अनलाइन अपराधले समाजिक मात्र नभइ मनोविज्ञान रुपमा असर पार्ने बताउनुभयो । उहाँले पहिले शारिरीक यौनदुव्यहार हुने गरेको अहिले इन्टरनेटका माध्यमबाट पनि यौनदुव्र्यहावरले बालबालिकालाई मनोवैज्ञानिक असर पुर्याउने बताउनुभयो । उहाँले ऐन निर्माण भएर मात्र नहुने उल्लेख गर्दै कानुनको बारेमा जनचेतना जगाउनु आवश्यक रहेको बताउनुभयो । महान्याधिवक्ता डा पोखरेलले ‘साइवर क्राइम’का बारेका के कुरा समावेश गर्नुपर्ने हो ति कुरा अध्ययनबाट नै आउनुपर्ने जनाउँदै अध्ययन कानुन निर्माणका लागि कोशेढुङ्गा हुने बताउनुभयो । अध्ययनमा सूचना प्रविधिको दुरुपयोगमा अश्लील फोटो माग्ने, असंवेदनशील म्यासेज गर्ने जस्ता कार्य बालबालिकामा आदानप्रदान भएर यौनदुव्र्यहारमा पर्ने गरेको जनाइएको छ । ललितपुरका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले इन्टरनेटका कारणले धेरै बालबालिका यौनदुव्र्यहारमा पर्ने गरेको उल्लेख गर्दै मोबाइलको ‘सेटिङ’मा नै यौनजन्य भिडियो आउने खालका वेबसाइट रोक्नुपर्ने बताउनुभयो । लतिलपुरका वरिष्ठ प्रहरी उपरीक्षक सिद्धविक्रम शाहले यौनदुव्र्यहारमा परेका बालबालिकाले उजुरी दिए पनि कहाँबाट यौनदुव्र्यहार भएको भन्ने कुरा थाहा पाउनका लागि साधन स्रोतको अभावले कारबाहीमा ल्याउन समस्या भएको बताउनुभयो । उहाँले उजुरी भए पनि बालबालिकाको संरक्षण गर्न समस्या हुने बताउनुभयो । उहाँले बालबालिकालाई यौनसम्बन्धी साइट हेर्नबाट रोक्नका लागि अहिले वाइफाईमा ‘चाइन्ड सेभ मोड’ राखिएको जानकारी दिनुभयो । नेपाल बार एसोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरेले बालबालिकालाई ल्यापटप, मोबाइल, आइप्याडबाट टाढा राख्नुपर्ने बताउनुभयो । कोशी र बागमती प्रदेशका पाँच सय १४ बालबालिकामा गरिएको अध्ययनमा बालबालिकालाई अश्लील फोटो पठाउने र माग्ने, बालबालिकाको फोटो प्रयोग गरेर यौनदुव्र्यहारमा पार्ने जस्ता क्रियाकलाप गरिरहेको उल्लेख गरिएको छ । अध्ययनमा ७३ प्रतिशत बालबालिका वाइफाई, १४ प्रतिशतले मोबाइल डाटा र १३ प्रतिशतले दुवैमार्फत सूचना प्रविधिको प्रयोग गरिरहेको पाइएको बाल आवाजका कार्यकारी निर्देशक कृष्णकुमार थापाले जानकारी दिनुभयो । --- # इन्द्रजात्रा सम्पन्न, पुलुकिसी जात्रा मनाइयो Source: https://newskunda.com/archives/2155 Category: FEATURED NEWS, समाचार, समाज Last updated: 2022-09-14 भक्तपुर, २९ भदौ : इन्द्रजात्राको अन्तिम दिन आज भक्तपुरमा परम्परागत पुलुकिसी (ऐरावत हात्ती) जात्रा मनाइएको छ । पुलुकिसी जात्रा मनाएसँगै भक्तपुरमा इन्द्रजात्रा पनि सम्पन्न गरिन्छ । स्थानीय लाकुलाछेंटोलबाट सुरु गरिने पुलुकिसी जात्रा भक्तपुर बुलुचा, नासमना, वंशगोपाल, इटाछे, खौमा, दरबार स्क्वायर, भोलाछें, महालक्ष्मीस्थान, थालाँछें, गछें, सुजमारी, तचपाल, इनाचो, गोल्मढी, तिबुक्छेंलगायतका स्थानमा परिक्रमा गर्ने प्रचलन रहेको छ । पुलुकिसी जात्रा गर्नुपुर्व गुठी संस्थाबाट तमारीको भैरवनाथलाई विधिवत्रूपमा बलिसहितको पूजा गरिन्छ । पूजा सकेपछि स्थानीय तल्लो टोलको तेखाचोका मानन्धर समुदायले भैरवनाथको मन्दिरबाट सुकुण्डा बालेर आएपछि बुलुचास्थित चखुन्चा फल्चा(पाटीको नाम)तिर अभिमुख गरी एक जोडा याँमता (आकाशदीप) बालिन्छ । दीप बालिसकेपछि भैरवनाथको मन्दिरमा झुण्डाइराखेको पुलुभैलद्योः(मान्द्रोमा चित्रित मसान भैरव)लाई नायखिङ (खड्गी समुदायको विशेष) बाजा बजाएर राँगोको आन्द्राको माला लगाई विधिवत् पूजा गरिन्छ । यो पूजा सम्पन्न गरेसँगै अगाडि याँमता र पछाडि नायखिङ बाजा बजाएर पुलुभैलद्योःको जात्रा सुरु गरिन्छ । यो जात्रा गरेसँगै भक्तपुरको लाकुलाछें टोलका स्थानीयवासीले बा“सको मान्द्रोमाथि नीलो कपडाले छोपेर अगाडिको भागमा हात्तीको जस्तै सु“ढ राखी तयार गरिएको पुलुकिसीलाई चार जना मानिसले बोकेर एक जना पुलुकिसीको भित्रबाट घण्टा बजाएर पुलुकिसी तानाङ तानाङ गरी आकाश भैरव मन्दिर अगाडि तीन पटक घुमेर जात्रा सुरु गरिन्छ । जात्राको क्रममा पुलुकिसीलाई बाटो देखाउन स्थानीयवासीले छ्वाली बालेर अगाडि जाने चलन छ । देवराज इन्द्रका विश्वासिलो सेवक ऐरावत हात्तीको रूपमा लिइने पुलुकिसीलाई वंशगोपाल, इटाछें, चोछें, भोलाछेंलगायतका दोबाटो चौबाटोमा धान खुवाउने, ठाउँ ठाउँमा ओहोरदोहर गराउने, तमारी, दरवार स्क्वायर र तचपालको डबलीमा आगो तपाउने, सुजमारीको तला तुन्छी (इनार)मा पानी खुवाउने परम्परा रहेको छ । जात्रामा पुलुकिसीको सँुढले मानिसलाई छोएमा दशा लाग्छ भन्ने धार्मिक विश्वासअनुसार पुलुसिकी आउ“दा सुँढले छुन्छ कि भनी स्थानीयवासी परपर भाग्ने गर्दछन् । जात्राका क्रममा पुलुकिसीले कथंकदाचित मूपात्रलाई भेट्यो भने कुल्चेर मार्दा पनि हात्ती बन्ने पात्र र उनका सहयोगीलाई कुनै बात नलाग्ने भएकाले पुलुकिसी जात्रा नगरको आधाभन्दा बढी ठाउँमा परिक्रमा गरेपछि मात्र मूपात्र जात्रा निकाल्ने गरिन्छ । यस दिन भैरवनाथको मुख्यद्वारबाट मूपात्र जात्रा निकाल्ने परम्परा छ । मूपात्र जात्रा निकालेसँगै भक्तपुरमा तीन दिन मनाइने मूपात्र र याँमता जात्रा सम्पन्न गरिन्छ । देवीपुराण गन्थ्रअनुसार इन्द्रजात्रासँग सम्बन्धित यस पुलुकिसी जात्रा देवराज इन्द्रका पुत्र जयन्तलाई खोज्न हिँडेको सम्झनामा मनाइने गरेको इतिहास संस्कृतिकर्मी प्रा डा पुरुषोत्तमलोचन श्रेष्ठले बताउनुभयो । --- # उत्खनन् भएको २९ वर्षपछि वागेहिटीको तीनतले शिवलिङ्गको ‘त्रिलोकेश्वर’ नामाकरण Source: https://newskunda.com/archives/3101 Category: FEATURED NEWS, धर्म/संस्कृति, राजनीति, समाचार, समाज Last updated: 2025-05-05 भक्तपुर, २२ बैशाख : रत्नागिरी पर्वत रहेको ऐतिहासिक भूमि चाँगुनारायण नगरपालिका–७ वागेश्वरीको वागेहिटीमा रहेको तीनतले अद्भुत शिवलिङ्गको नामाकरण गरिएको छ । वागेहिटी मन्दिरमा चाँगुनारायण नगरपालिका नगरकोट भ्रमण वर्ष–२०८२ सचिवालयले आयोजना गरेको बृहत छलफल एवं शिवलिङ्गको नामारकण कार्यक्रममा सहभागि धार्मिक, आध्यात्मिक, साँस्कृतिक, पुरातात्विक, ऐतिहासिक लगायत विद्वत् वर्गको बृहत छलफल र धार्मिक ग्रन्थको आधारमा उक्त शिवलिङ्गलाई ‘त्रिलोकेश्वर महादेव’ नाकाकरण गरिएको हो । कार्यक्रममा चाँगुनारायण नगरपालिकाका नगर प्रमुख जीवन खत्रीले बिद्धतवर्गको भेला एवं धार्मिक ग्रन्थ र यहाँ पाईएका अभिलेखका आधारमा आज त्रिलोश्वर महादेवको नामबाट नामाकरण हुँदा यो ठाउँले न्याय पाएको महसुस भएको बताउनुभयो । यसको अझै अध्ययन, अनुसन्धान र खोज हुनपर्ने बताउदै उहाँले पाका पुस्ता एवं पुजारीले यहाँको धारोमा राती सेतो बाघ आएर नुहाएर त्यसको माथि रहेको देवीको मन्दिरमा जाने गरेको देखेर नै बाघले नुहाउने धाराबाट यो तीर्थस्थलको नाम बाघेहिटी रहन गएको बताउनुभयो । नगरकोटस्थित महादेव पोखरीको जल यहाँ आएर बाल्मिकेश्वर महादेव मन्दिर र भक्तपुर तलेजुसम्म जाने गरेको यथार्थता रहेको भन्दै उहाँले नगरकोट भ्रमण वर्षलाई जोडेर यस क्षेत्रलाई पर्यटकीय गन्तव्यको रुपमा विकास गरिने बताउनुभयो । कार्यक्रममा मण्डन देउपुर नगरपालिकाका प्रमुख टोपबहादुर वाईवाले तीनतले शिवलिङ्ग आफूले यहाँ मात्रै देखेको बताउदै यस्ता सम्पदाको संरक्षण गर्ने र पर्यटकीय गन्तव्य बनाउने कार्यको थालनी गर्नु पर्ने बताउनुभयो । प्रा.डा. दिनेशराज पन्तले पुरातात्विक सम्पदा क्षेत्रमा बिकृति देखिने गरि आधुनिक निर्माण रोकिनु पर्नेमा जोड दिदै हाललाई यो मन्दिरको नाम त्रिलोकेश्वर राख्नु नै उपयुक्त हुने बताउनुभयो । कार्यक्रममा पशुपति विकास कोषका पूर्व सदस्य सचिव डा. गोविन्द टण्डनले यहाँको शिलालेखले यो लिच्छवीकाल भन्दा पुरानो हुन सक्ने बताउदै यहाँ रहेको धारा शिवपुरीको बाघद्धारमा र यहाँ मात्रै रहेको दाबी गर्नुभयो । उहाँले तीनतले शिवलिङ्ग भेटिएको २९ वर्षपछि नामाकरण गर्ने अवसर जुरेको भन्दै बिभिन्न नामहरु राख्न सकिने भए पनि तत्काललाई तीनलोकको प्रतिनिधित्व गर्ने त्रिलोकेश्वर राख्न सकिने बताउनुभयो । त्यसअवसरमा पञ्चाङ्ग निर्णायक समितिका पूर्वअध्यक्ष प्रा.डा. रामचन्द्र गौतमले शास्त्रसंम्वत दृष्टिकोणलाई नियाल्दा यहाँको शिवलिङ्ग तीनवटा जलहरि रहेको स्वर्ग, मत्र्य र पाताल तीनैलोकको प्रतिनिधित्व गर्ने भएकाले त्रिलोकेश्वर नामनै उपयुक्त हुने बताउनभयो । पशुपति बिकास कोषका पूर्व सदस्य सचिव प्रा. चेतुनाथ गौतमले यहाँ आएर विशिष्ट प्रकारको शिवलिङ्गको दर्शन गर्न पाएको भन्दै मूर्तिको नामाकरण गर्दा नामसंग तादम्यता र पूजा बिधि मिल्नु पर्ने, मूर्तिको लक्षणका आधारमा नामकरण गर्नुपर्ने बताउनुभयो । कार्यक्रममा ईतिहासविद् प्रा.डा.पुरुषोत्तमलोचन श्रेष्ठले दक्षिण एशियामै दूर्लभ मानिने यस प्रकारको शिवलिङ्गलाई त्रिलोकेश्वर वा त्रिलिंङ्गेश्वर नाम दिन सकिने बताउनुभयो । **यसरी भेटिएको थियो तीनतले शिव लिङ्ग :** स्थानीय माधव लामिछानेले २०४५ सालमा सरसफाईको क्रममा जंगलभित्र एउटा सानो धारो र एकखुट्टे भ¥याङ्ग भेटिएको, २०४८ सालमा पानी कूलो सरसफाई गर्नेक्रममा गाँढिएको अबस्थामा नारायणको मूर्ति, ढुङ्गाको सानो मन्दिर र एक शिललिङ्गलाई नारायणले माथिबाट छोपिएको अबस्थामा भेटिएको बताउनुभयो । २०५५ सालमा तत्कालिन गाविस अध्यक्ष राधाकृष्ण लामिछानेले वागेहिटी संरक्षणका लागि रु. १५ हजार बजेट विनियोजन गरेपछि सानो मन्दिर सफा गर्दै सातवटा नागले जेलिएको जलहरि र त्यसको तल करिब साढेँ तीन फिट सर्प रहेको अबस्थामा तीन तले अद्भूत शिवलिङ्ग भेटिए पनि वास्तविक नामाकरण भने गर्न नसकेको बताउनुभयो । तत्पश्चात पुरातत्व विभागले रु. तीन लाखमा मन्दिर निर्माण गर्दै संरक्षणको थालनी गरेको उहाँले बताउनुभयो । कार्यक्रममा स्थानीय अर्जुनप्रसाद बास्तोला, पूर्वन्यायाधिस सहदेवप्रसाद बास्तोला, मोहन खनाल, राधाकृष्ण लामिछाने, शिवअवतारी लामालगायतले नामाकरणले मन्दिर र बागेहिटी क्षेत्रलाई विश्वका हिन्दूधर्मावलम्बीहरु माझ प्रचार गर्नुपर्ने औल्याउनुभयो । नगरकोट भ्रमण वर्ष सचिवालयका प्रमुख डा. धनश्याम खतिवडाले शिवलिङ्गको नामाकरणले धेरै वर्षदेखिको अन्योलता हटेको र अबदेखि त्रिलोकेश्वर महादेव मन्दिरकै नाममा श्रावणी मेला सञ्चालन गर्न सकिने बताउनुभयो । --- # उन्नाइसौं साधारणसभाबाट नयाँ कार्यसमिति चयन तथा नवनिर्वाचित जनप्रतिनिधि सम्मान कार्यक्रम सम्पन्न Source: https://newskunda.com/archives/1115 Category: FEATURED NEWS, समाचार, समाज Last updated: 2022-06-04 भक्तपुर, २१ जेठ । सूर्यविनायक नगरपालिका वडा नं.१, सिरुटार स्थित सिरु बौद्धिक समाजको १९ औं साधारणसभा सम्पन्न भएको छ । सिरु बौद्धिक समाजको सिरुटारमा सम्पन्न सभामा सूर्यविनायक नगरपालिका वडा नं.१ का नवनिर्वाचित जनप्रतिनिधि सम्मान तथा बधाई ज्ञापन गरिएको थियो । कार्यक्रममा वाग्मती प्रदेशसभा सदस्य शशीजंग थापाले सामाजिक सेवाको कार्यमा सिरु बौद्धिक समाज र वडाका जनप्रतिनिधिले सहकार्य गर्दै अगाडी बढ्न सुझाव दिन भयो । उहाँले स्थानीय विकासमा प्रदेश सभा सदस्यको हैसियतमा सूर्यविनायक नगरपालिका वडा नं.१ को विकास निर्माणमा सक्दो सहयोग पु¥याउने प्रतिबद्धता व्यक्त गर्नु भयो । नवनिर्वाचित वडा अध्यक्ष सानुकाजी कायस्थले जनमतबाट आफू पुनः निर्वाचित भएकोमा स्थानीय मतदाता सबैलाई धन्यवाद दिँदै वडाको विकासको कार्यमा अझ सक्रिय भएर लाग्ने प्रतिबद्धता प्रकट गर्नु भयो । कार्यक्रममा समाजका कार्यकारिणी सदस्य नातिबाबु बुढाथोकीले स्वागत मन्तव्य व्यक्त गर्नु भयो भने समाजका सचिव सनोदकुमार थापाले वार्षिक प्रतिवेदन र आगामी कार्य योजना प्रस्तुत गर्नु भयो । कोषाध्यक्ष गीताप्रसाद पोखरेलले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । कार्यक्रममा वागमती प्रदेश प्रमुख कार्यालयका सचिव शिवराम न्यौपाने, महालक्ष्मी नगरपालिका, ललितपुरका शिक्षा विभाग प्रमुख चिरञ्जीवि पौडेल र स्थानीय सिमबिरुवा खानेपानी उपभोक्ता समितिका सचिव मधुकर थापा, ले साधारण सभाको सफलता र नवनिर्वाचित स्थानीय जनप्रतिनिधिहरुलाई शुभकामना व्यक्त गर्नु भयो । स्थानीय निर्वाचन २०७९ बाट सूर्यविनायक नगरपालिका वडा नं.१ का नवनिर्वाचित वडा अध्यक्ष सानुकाजी कायस्थ, वडा सदस्यहरु कुमारप्रसाद चौलागाई, सुवास न्यौपाने, महिला वडा सदस्य मञ्जु कार्की, दलित महिला वडा सदस्य कल्पना नेपालीलाई वागमती प्रदेश सभा सदस्य थापाले सम्मान पत्र प्रदान गर्दै सम्मान गर्नु भयो । समाजका अध्यक्ष एवं कार्यक्रमका सभापति ध्रुवराज विष्टले आफ्नो कार्यकाल सफल पुर्याउन सहयोग पुराउनु हुने कार्यसमिति लगायत सबै सदस्यहरुलाई धन्यवाद व्यक्त गर्नु भयो । त्यसैगरि सभाले समाजको नयाँ कार्य समिति सर्वसम्मत चयन गरेकको छ । नेपाल सरकार, न्याय सेवाका पूर्व सहसचिव एवम् अधिवक्ता विष्णुकाजी थापाको अध्यक्षतामा राजेन्द्रकुमार श्रेष्ठ उपाध्यक्ष, सनोदकुमार थापा सचिव, नातिकाजी बस्नेत कोषाध्यक्ष र सदस्यहरुमा गीताप्रसाद पोखरेल नातिबाबु बुढाथोकी, रामकृष्ण कार्की, सुश्री भगवती थापा, जनार्दन न्यौपाने, मिलन थापा, अमर के.सी. र नवराज गिरी सहितको १३ सदस्यीय नयाँ कार्य समिति गठन भएको छ । सिरु बौद्धिक समाजको विधानमा सूर्यविनायक नगरपालिका वडा नं.१ को अध्यक्ष कार्य समितिको पदेन सदस्य रहने प्रावधान अनुरुप वडा अध्यक्ष सानुकाजी कायस्थ समेत कार्य समिति सदस्य रहनु हुने छ । --- # उपत्यका नगरपालिका फोरमको कार्यालय चोरियो Source: https://newskunda.com/archives/868 Category: FEATURED NEWS, अपराध, समाचार, समाज Last updated: 2022-05-11 भक्तपुर, २८ बैशाख । उपत्यका नगरपालिका फोरमको कार्यालय अज्ञात समूहले फुटाएका छन् । आज मध्यपुरथिमि नगरपालिका–३ गठ्ठाघरमा रहेको फोरमको कार्यालयमा फुटाएको नगरपालिका फोरमका सचिव मदनसुन्दर श्रेष्ठले जानकारी दिनुभयो । कार्यालयको ताला फुटाएर ढोका फोडिएको, कार्यालय भित्रका दराजलगायतका फुटाएको, सामानहरु यत्रतब छरिएको अबस्थामा भेटिएको उहाँले जानकारी दिनु भयो । महानगरीय प्रहरी बृत्त थिमिका प्रहरी निरीक्षक निर्मल थापाले चोरी गर्ने समूहले कार्यालय फुटाएको हुन सक्ने बताउनु भयो । उहाँले नगरपालिका फोरमको कार्यालय र त्यही भवनमा रहेको गरिमा बचत तथा ऋण सहकारी संस्था लिमिटेडमा पनि फुटाएको जानकारी दिनु भयो । सहकारीबाट १ हजार ८०० रुपैयाँ चोरी भएको र सोही भवनमा रहेको फोरमको कार्यालय पनि फुटाएको अबस्थामा भेटिएकोले चोरी गर्ने समूहले नै कार्यालय फुटाएको हुन सक्ने उहाँले बताउनु भयो । प्रहरी निरीक्षक थापाले प्रहरीको विशेष टोलीले दुबै कार्यालयको घट्नास्थलको निरीक्षण गरि भएको क्षतिको विवपरण लिएको जानकारी दिदै उहाँले घट्नाबारे अनुसन्धान भइरहेको र कार्यालय तथा सहकारी फुटाउनेको खोजी भइरहेको जानकारी दिनु भयो । प्रहरी बृत्त थिमिका प्रहरी नायब उपरीक्षक हरिनारायण चौधरीले प्रहरी एवं सुरक्षाकर्मी निर्वाचनको खटिएको मौका पारेर चोरी गर्ने समूह सक्रिय भएको हुन सक्ने भएकाले सबैमा सचेत रहनु समेत आव्हान गर्नु भयो । --- # उपत्यकाका नगर प्रमुखहरुद्धारा मध्यपुरथिमिको अवलोकन Source: https://newskunda.com/archives/1906 Category: FEATURED NEWS, शिक्षा, समाचार Last updated: 2022-08-31 भक्तपुर, १५ भदौ : फोहोरमैला व्यवस्थापन गर्न काठमाडौं उपत्यका भरिका १८ वटा नगरपालिकाले साझा अवधारणा बनाएर अगाडि बढ्ने भएका छन् । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन साहको आव्हानमा आज मध्यपुरथिमिको फोहोर संकलन गरि जापानिज प्रबिधिबाट प्राङ्गारिक मल उत्पादन गरिरहेको मध्यपुरथिमिको रिकिसी प्राङ्रिक मल उत्पादन केन्द्रमा उपत्यकाका नगर प्रमुखहरुले अवलोकन भ्रमण गर्नु भएको छ । उपत्यकाका फोहोरलाई व्यबस्थापन गर्न साझा अबधारणा बनाउने लक्ष्यका साथ काठमाडौं महानगरका प्रमुख साहको नेतृत्वमा उपप्रमुख सुनिता डंगोल, ललितपुर महानगरका प्रमुख चिरीबावु महर्जन, दक्षिणकाली नगरप्रमुख मोहन बस्नेत, गोकर्णेश्वर नगरप्रमुख दिपककुमार रिसाल, मध्यपुर थिमिका प्रमुख सुरेन्द्र श्रेष्ठ, चाँगुनारायणका प्रमुख जीवन खत्रीलगायतका उपत्यकाका नगर प्रमुखहरुले यहाँको फोहोरबाट मल उत्पादनबारे स्थलगत अबलोकन गरि जानकारी लिएको मध्यपुरथिमि नगरपालिकाका सूचना अधिकृत केशव सिलवालले जानकारी दिनु भयो । अवलोकनपछि नगर प्रमुखहरुले बञ्चरे डाँडाको विकल्पमा अन्य स्थानको खोजी गर्ने र उपत्यकाको घर–घरबाट दैनिक निस्किने फोहोर छुट्याएर व्यवस्थापन गर्न सक्ने गरि विकल्प खोजी गर्ने क्रममा मध्यपुरथिमि आएको उहाँले बताउनु भयो । मध्यपुरथिमिमा चार वर्षअघि तत्कालिन नगर प्रमुख मदनसुन्दर श्रेष्ठ जपान भ्रमण गरि जापानी प्रविधिबाट कम्पोस्ट मल उत्पादन सिकेर प्राबिधिक टोलीसहित ल्याएर थिमिमा मल उत्पादन सुरु गर्नु भएको थियो । मध्यपुरथिमि वडा नं.े ४ र ५ बाट फोहोर मात्रै संकलन गरि मल बनाउदै आए पनि अन्य वडाको फोहोरबाट मल उत्पादन गर्न भने सकिएको छैन । यो प्रबिधिलाई भक्तपुर नगरपालिकाले पनि परीक्षणको रुपमा सुरु गरेको छ । --- # उपनिर्वाचन व्यवस्थापनमा सुरक्षा व्यबस्था कडा बनाउन आयोगको निर्देशन Source: https://newskunda.com/archives/2786 Category: FEATURED NEWS, निर्वाचन, राजनीति, समाचार, समाज Last updated: 2023-04-21 काठमाडौँ, ८ वैशाख : यही वैशाख १० गते चितवन निर्वाचन क्षेत्र नं २, बारा निर्वाचन क्षेत्र नं २ र तनहुँ निर्वाचन क्षेत्र नं १ मा हुन गइरहेको प्रतिनिधिसभा सदस्यको उपनिर्वाचन व्यवस्थापन चुस्त बनाउन निर्वाचन आयोगले सरोकारवाला निकायलाई निर्देशन दिएको छ । उपनिर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, भयमुक्त, विश्वसनीय र सुरक्षितरूपमा सम्पन्न गर्न आयोगले निर्देशन दिएको हो । उपनिर्वाचन हुने जिल्लाका अस्पताल, नर्सिङ होमलगायत सबै स्वास्थ्य संस्था निर्वाधरूपमा सञ्चालन हुने व्यवस्था मिलाउनुका साथै एम्बुलेन्स तथा दमकललाई तैनाथ अवस्थामा राख्न निर्देशन दिइएको छ । त्यस्तै, सुरक्षा निकाय र सञ्चार सेवा प्रदायक कम्पनीलाई पनि आफ्नो सेवा चुस्त बनाउन र निर्वाचनका क्रममा सहज उपलब्धताका लागि आयोगले निर्देशन दिएको छ । उपनिर्वाचनमा खटिएका कर्मचारी र सुरक्षाकर्मीलाई कसैले कुनै किसिमको डर, धम्की, प्रलोभन दिएमा वा उनीहरूको काममा बाधा पु¥याएमा उक्त कार्यलाई निर्वाचन कसुर मानी तत्काल कारबाही गर्न आयोगको निर्देशन छ । निर्वाचनमा खटिएका कर्मचारी र सुरक्षाकर्मीले आफ्नो कर्तव्यभन्दा बाहिर गई निर्वाचनलाई प्रभावित हुने कुनै क्रियाकलाप गरेको भेटिएमा कारबाही गरिने पनि आयोगले जनाएको छ । मतदान हुने दिन मतगणना कार्यमा संलग्न सबै व्यक्तिले कोभिड–१९ लगायत सङ्क्रामक रोगको जोखिमलाई न्यूनीकरण गर्न स्वास्थ्यसम्बन्धी मापदण्ड अवलम्बन गर्ने गराउने व्यवस्था मिलाउनसमेत निर्देशन दिइएको छ । हावाहुरी र बर्सातका कारण मतदान कार्य प्रभावित हुनसक्ने सम्भावनालाई मध्यनजर राखी निर्वाचन सामग्रीको सुरक्षा गर्न आवश्यक पर्ने पूर्वतयारीका लागि पनि दिर्नेशन दिइएको छ । निर्वाचन सामग्रीको सुरक्षाका लागि त्रिपाल वा प्लाष्टिकको व्यवस्था गर्न सम्बन्धित जिल्लाका विपद् व्यवस्थापन समिति, निर्वाचन क्षेत्रभित्रका स्थानीय तह तथा सम्बन्धित स्थानीय तहका स्थानीय तह विपद् कार्य सञ्चालन केन्द्रलाई आयोगले निर्देशन दिएको हो । --- # उपनिर्वाचनमा आइतबार सार्वजनिक बिदा Source: https://newskunda.com/archives/2783 Category: FEATURED NEWS, राजनीति, समाचार, समाज Last updated: 2023-04-21 काठमाडौँ, ८ वैशाख : प्रतिनिधिसभा सदस्य उपनिर्वाचन हुने तीनवटा निर्वाचन क्षेत्रमा आइतबार सार्वजनिक बिदा दिइएको छ । गृह मन्त्रालयले आज एक सूचना जारी गर्दै सार्वजनिक बिदाबारे जानकारी दिएको हो । बारा जिल्ला क्षेत्र नं २, चितवन जिल्ला क्षेत्र नं २ र तनहुँ जिल्ला क्षेत्र नं १ मा वैशाख १० गते उपनिर्वाचन हुँदैछ । मतदानस्थल रहेका विद्यालय तथा सरकारी निकायमा भने वैशाख ८ गतेदेखि १० गतेसम्म तीन दिन बिदा हुने मन्त्रालयले जनाएको छ । --- # उपप्रमुख बुढाथोकीद्धारा नगर अस्पताललाई सुबिधाको गाडी हस्तान्तरण, कुनै सुबिधा नलिने घोषणा Source: https://newskunda.com/archives/1239 Category: FEATURED NEWS, निर्वाचन, राजनीति, समाचार Last updated: 2022-06-10 भक्तपुर, २७ जेठ :चाँगुनारायण नगरपालिकाका उपप्रमुख रमेश बुढाथोकीले आफूले पाउने सुबिधाको गाडी नगर अस्पताललाई हस्तान्तरण गर्नु भएको छ । आज चाँगुनारायण नगर अस्पतालमा पुगेर उहाँले उपप्रमुखले पाउने सुविधाको गाडी जनताको घरदैलोमा स्वास्थ्य सेवा पुर्याउने उदेश्यले चाँगुनारायण अस्पतालका प्रमुख लोकेन्द्र पौडेललाई हस्तान्तरण गर्नु भएको हो । उपप्रमुख बुढाथोकीले भन्नुभयो, “मैले चुनाव अगाडि मतदातासँग नगरपालिकाबाट पाउने गाडी नगर अस्पताललाई हस्तान्तरण गरेको छु, मेरो सुबिधाको गाडी नगर क्षेत्र भित्र रहेका बृद्दबृद्दा, शारीरिक अशक्त, दिर्घ रोगी, बिरामीहरूलाई घरदैलोमै गई चिकित्सकीय सेवा प्रदान गर्ने हेतुले अस्पताललाई हस्तान्तरण गरेको हुँ, नगरपालिकाबाट पाउने कुनै पनि सुबिधा म लिन्न ।” उहाँले नगरपालिकाबाट पाउने गाडी, पेट्रोल, तलब, भत्तालगायतका अतिरिक्त कुनै पनि सुबिधा नलिने घोषणा गगर्नु भयो । सफल व्यवसायीसमेत रहनु भएका उपप्रमुख बुढाथोकीले भन्नुभयो, “मैले पाउने तलब, भत्ता पनि छुट्टै कोष खडा गरेर नगर क्षेत्रका गरिव जेहेन्दार विद्यार्थीको पठनपाठन, एकल महिला, अपाङ्ग अशक्त व्यक्तिहरुको बृद्दि विकासको क्षेत्रमा, महिला उद्यमशिलता एवं स्वरोजगारको क्षेत्रमा खर्च गर्नेछु ।” नगरपालिकाको समग्र बिकासमा अबको पाँच वर्ष सक्रिय भएर लाग्ने बताउनु भयो । --- # उपप्रमुख भट्टराईको नेतृत्वमा सूर्यबिनायक क्षेत्रमा बजार अनुगमन Source: https://newskunda.com/archives/1564 Category: FEATURED NEWS, अर्थ, समाचार, समाज Last updated: 2022-07-26 भक्तपुर, १० साउन । बजारमा महँगी र कालोबजारी अनियन्त्रित रुपमा बढेको गुनासो बढेपछि सूर्यविनायक नगरपालिकाले बजार अनुगमन अभियान सुरु गरेको छ । नगरपालिकाले सोमबार र मंगलबार नगरपालिकाको उपप्रमुख सरिता भट्टराईको नेतृत्वमा नगर भित्रको बिभिन्न बजारमा खाद्यान्न, किराना तथा ग्यास पसलको अनुगमन गरेको छ । नगरपालिकाको बजार अनुगमन टोलीले बालकोट र सूर्यबिनायक लगायतका क्षेत्रका बिभिन्न पसलको अनुगमन गरेको छ । उहाँले बजार निकै अनियन्त्रित भएको, जथाभावी आफूखुसी मूल्य निर्धारण गर्दै मंहगी अचाक्ली बढाएको, म्याद गुज्रेका अखाद्य बस्तुहरु बिक्रीमा राखेको, अनियमित रुपमा बजार सञ्चालन गरिरहेको पाईएको उहाँले जानकारी दिनु भयो । अनुगमनका क्रममा अधिकांश पसलमा म्याद गुज्रेका सामान बिक्री गरेको, दर्ता तथा नवीकरण नगरेको, मूल्यसूची नराखेको, ढक तराजु गुणस्तर तथा नाप तौल बिभागबाट प्रमाणीकरण नगराएको नगरपालिकाका बजार अनुगमन अधिकृत सुरज पौडलले जानकारी दिनुभयो । टोलीले म्याद गुज्रेका सामानहरु बरामद गरि नष्ट गरेको उहाँले जानकारी दिनु भयो । नगरपालिकाको टोलीले नियमपुर्वक ब्यबसाय संचालन गर्न निर्देशन दिदै पुनः यस्ता गल्ती दोहरिए पसल शिलबन्दी गर्ने चेतावनी दिईएको उहाँको जानकारी दिनु भयो । टोलीले त्यस्ता पसलबाट अखाद्य सामान बरामद गर्दै पसल नवीकरण गर्न, मूल्य सूची राख्न र नियमानुसार पसल सञ्चालन गर्न निर्देशन दिएको अधिकृत पौडेलले जानकारी दिनु भयो । टोलीले सुनपा २ बालकोटका लक्ष्मी खाद्यान्न स्टोर, सापकोटा ग्रोसरी, एस टु एस मार्ट, बंगलामुखी बि.के.स्टोर तथा वडा नं. ६ का कृष्ण कन्हैया डिपार्टमण्टल स्टोर, उज्यालो मल्टी स्टोर, साख मार्ट, पञ्च किराना एण्ड ग्याँस पसललगायतका स्टोर तथा पसलमा अनुगमन गरेको छ । अनुगमनको टोली पुगेपछि सुनपा २ बालकोटको सीता खाद्य स्टोर सञ्चालकले पसलनै बन्द गरी हिंडेको नगरपालिकाले जनाएको छ । नगरपालिकाले तालिका बनाएर नगरपालिकाभित्र निरन्तर बजार अनुगमन गरिने उपप्रमुख भट्टराईले बताउनुभयो । टोलीमा घरेलु कार्यालयका उमेश कुमार दाहाल, जिल्ला प्रशासन कार्यालयका यादबराज मिश्र, राष्ट्रिय उपभोक्ता मञ्च, खाद्य तथा गुण नियन्त्रण बिभाग, गुणस्तर तथा नाप तौल कार्यालय, उद्योग बाणिज्य संघ, घरेलु तथा साना उद्योग संघका प्रतिनिधि तथा प्रहरीलगायतका टोलीले बजार अनुगमन गरेको थियो । --- # उपभोक्ताको घरघरमा दुई दिन बिराएर पानी वितरण Source: https://newskunda.com/archives/2712 Category: FEATURED NEWS, अर्थ, समाचार, समाज Last updated: 2023-04-12 काठमाडौँ, २९ चैत : दुई तीन महिना पहिलेसम्म काठमाडौँका अधिकांश स्थानमा खानेपानीको चुहावटको समस्या देखिन्थ्यो । अहिले त्यो समस्या कम भएको छ । मेलम्ची खानेपानी आयोजनाका लागि बिच्छ्याइएको नयाँ पाइप परीक्षणको क्रममा हुँदा पुरानो पाइपबाट पानी वितरण हुँदा चुहावटको समस्या धेरै रहेको थियो । अहिले काठमाडौँ उपत्यका खानेपानी लिमिटेडले चुहावट देखिएका अधिकांश स्थानमा मर्मत गरिरहेकाले समस्या कम भइरहेको देख्न सकिन्छ । अहिले चुहावटलाई पहिलो प्राथमिकतामा राखेर देखिनासाथ मर्मत भइरहेको लिमिटेडका प्रमुख कार्यकारी अधिकृत मिलनकुमार शाक्यले बताउनुभयो । उहाँले भन्नुभयो, “कतै चुहावट भयो भन्ने सूचना आउनासाथ सडक विभागको स्वीकृति लिएर मर्मत भइरहेको छ ।” चुहावट मर्मत छिटो, छरितो गरिएकाले चुहावट कम देखिएको लिमिटेडले जनाएको छ । नयाँ पाइपको परीक्षण भइरहेको र असार मसान्तसम्ममा सम्पन्न गर्ने गरी निर्देशनालयले काम गरिरहेको उहाँले बताउनुभयो । परीक्षण सम्पन्न भएपछि खानपानी नयाँ पाइप लाइनबाटै वितरण सुरु गरिनेछ । उहाँले भन्नुभयो, “त्यसपछि चुहावटको मात्रा कम भएर पानी बढी दिन सकिने अपेक्षा छ ।” अहिले उपभोक्ताको घरघरमा दुई दिन बिराएर पानी वितरण भइरहेको उहाँले बताउनुभयो । निर्देशनालयले पाँच करोड लिटर पानी परीक्षणका लागि प्रयोग गरिरहेकाले उपभोक्ताले कम पानी पाएका हुन् । परीक्षण सकिएपछि १७ करोड लिटर पानी नयाँ प्रणालीमा दिन सकिने उहाँले बताउनुभयो । निर्देशनालयले उपत्यकामा पानी वितरणका लागि नयाँ पाइप विच्छ्याउँदा सँगै १० ठाउँमा ट्याङ्की निर्माण गरेको थियो । अहिलेसम्म पुरानो पोखरीबाटै पानी वितरण भइरहेको छ । नयाँ ट्याङ्की परीक्षणको क्रममा रहेको उहाँले बताउनुभयो । मेलम्चीको पानी वितरणका क्रममा पाइपमा आएको चुहावटका कारण काठमाडौँ उपत्यकाका धेरै सडकमा क्षति पुगेको थियो । उपत्यकामा पानी वितरण भइरहेका मुख्य सहरी क्षेत्रमा नै चुहावटका कारण सडकमा बढी क्षति पुगेको थियो । खासगरी लैनचौर–महाराजगञ्ज, महाराजगञ्ज–बालाजु, त्रिपुरेश्वर–कलङ्की, ताहाचल–छाउनी, नयाँ सडक, कालीमाटी–कलङ्की सडकका विभिन्न खण्ड, लगनखेल, कुपण्डोल, कुमारीपाटी, बल्खु, कालीमाटीलगायतका स्थानमा खाल्डाखुल्डी देखिएको थियो । --- # उपल्लो मुस्ताङमा भारी हिमपात र तल्लो क्षेत्रमा निरन्तर वर्षा हुँदा जनजीवन प्रभावित Source: https://newskunda.com/archives/5332 Category: FEATURED NEWS, अर्थ, समाचार, समाज Last updated: 2026-10-31 मुस्ताङ, १४ कात्तिकः उपल्लो मुस्ताङमा भारी हिमपात र तल्लो क्षेत्रमा निरन्तर वर्षा हुँदा जनजीवन प्रभावित भएको छ । अर्नब चक्रवातको प्रभावले हिमपातका कारण कोरला नाका ठप्प भएको छ भने वर्षासँगै पहिरो खस्दा जोमसोम–कोरला सडकखण्ड अवरुद्ध भएको छ । शुक्रबार रातिदेखि लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकामा बाक्लो हिमपात भइरहेको प्रमुख जिल्ला अधिकारी परशुराम पोखरेलले जानकारी दिनुभयो । वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–३ छुसाङदेखि तल्लो क्षेत्रमा पनि शुक्रबार रातिदेखि नै निरन्तर वर्षा भइरहेको छ । भारी हिमपात र वर्षाका कारण मुस्ताङ भ्रमणमा रहेका पर्यटक, सर्वसाधारण तथा कोरला नाकामा मालसामान ढुवानीका लागि पुगेका कन्टेनर चालकलाई सुरक्षा सावधानी अपनाउन प्रशासनले अनुरोध गरेको छ । नेपाल–चीन सीमास्थित कोरला नाका र आसपासका क्षेत्रमा दुईदेखि तीन फिटसम्म हिउँ जमेको लोमान्थाङ गाउँपालिका–४ न्हेचुङस्थित सशस्त्र प्रहरी बलको बोर्डर आउट पोस्ट ९बीओपी०ले जनाएको छ । बीओपीका प्रमुख सशस्त्र प्रहरी निरीक्षक प्रकाश धितालका अनुसार हिमपातका कारण जोखिम बढेपछि कोरलातर्फको सडकमा सवारीसाधन तथा पर्यटकको आवागमन रोकिएको छ । न्हेचुङबाट कोरला नाका जाने र न्हेचुङबाट जोमसोम झर्ने भन्सार जाँचपास भइसकेका कन्टेनर तथा विद्युतीय सवारीसाधनलाई समेत आवागमन नगर्न भनिएको छ । मौसम सामान्य नभएसम्म नेपाल–चीन सीमा व्यापार तथा निकासी–पैठारी कारोबार सञ्चालन नगर्न अनुरोध गरिएको सशस्त्र प्रहरी निरीक्षक धितालले बताउनुभयो । लोमान्थाङ गाउँपालिकाका अध्यक्ष टसी गुरुङले शुक्रबार रातिदेखि सुरु भएको भारी हिमपात अझै जारी रहेको बताउनुभयो । कात्तिक महिनामै पहिलोपटक यति बाक्लो हिमपात भएको हो । उपल्लो मुस्ताङका बस्ती, खर्क, पाटन र उच्च लेकका क्षेत्र हिउँले ढाकिएका छन् । हिमपातसँगै चिसो बढेपछि स्थानीयको जनजीवन प्रभावित भएको उहाँले बताउनुभयो । यसैबीच, वर्षाका कारण जोमसोम–कोरला सडकखण्ड पनि अवरुद्ध भएको छ । घरपझोङ गाउँपालिका–४ जोमसोमदेखि माथिको सडक र वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–३ छुसाङमा पहिरो खसेपछि यातायात अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी ईश्वर महतले राससलाई जानकारी दिनुभयो । --- # उपसभामुखमा पुष्पा भुसाल निर्वाचित Source: https://newskunda.com/archives/1429 Category: FEATURED NEWS, राजनीति, समाचार Last updated: 2022-07-15 काठमाडौँ, ३१ असार : प्रतिनिधिसभाको आजको बैठकले उपसभामुख पदमा सत्तारुढ दल नेपाली काङ्ग्रेसकी सचेतक पुष्पा भुसाल गौतमलाई निर्वाचित गरेको छ । प्रतिनिधिसभाको आजको बैठकमा भएको उपसभामुख पदको निर्वाचन पक्रियामार्फत भुसाललाई उपसभामुख पदमा निर्वाचित गरियोस् भन्ने प्रस्तावको पक्षमा १४८ मत, उक्त प्रस्तावको विपक्षमा ९३ र मत दिन्न भन्नेमा एक मत परेको थियो । बैठकमा जम्मा २४२ जना सांसदको उपस्थिति रहेको थियो । सांसद भुसालले प्राप्त गरेको मत प्रतिनिधिसभामा तत्काल कायमको सङ्ख्याको बहुमत भएकाले उहाँ उपसभामुख पदमा निर्वाचित भएको सभामुख अग्निप्रसाद सापकोटाले बैठकमा घोषणा गर्नुभएको थियो । यसअघि, बैठकमा सत्ता गठबन्धन दल नेकपा(माओवादी केन्द्र)का प्रमुख सचेतक देवप्रसाद गुरुङले ‘यस सभाका माननीय सदस्य श्री पुष्पा भुसाल (गौतम)लाई उपसभामुख पदमा निर्वाचित गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्नुभएको थियो । उक्त प्रस्तावको नेकपा(एकीकृत समाजवादी)की सांसद लक्ष्मीकुमारी चौधरीले समर्थन गर्नुभएको थियो । त्यस्तै, बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)की सचेतक शान्ता चौधरीले ‘यस सभाका माननीय सदस्य श्री विद्या भट्टराईलाई उपसभामुख पदमा निर्वाचित गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गरेकी थिइन् । उक्त प्रस्तावको एमालेकै सांसद कृष्णभक्त पोखरेलले समर्थन गरेका थिए । दुबै प्रस्ताव माथिको संयुक्त छलफलमा सांसदहरू खगराज अधिकारी, डा मिनेन्द्रप्रसाद रिजाल, जयपुरी घर्ती, सरलाकुमारी यादव, सुरेन्द्रप्रसाद यादव, चन्दा चौधरी, राजेन्द्र लिङ्गदेन, दुर्गा पौडेल, प्रेम सुवाल, शेरबहादुर तामाङ, चित्रलेखा यादव, रामकुमारी चौधरी र बिन्दा पाण्डेले भाग लिनुभएको थियो । छलफलको क्रममा राप्रपाका सांसद राजेन्द्र लिङ्गदेनले प्रमुख प्रतिपक्षी दल एमालेको तर्फबाट उपसभामुख पदकी उम्मेदवार भट्टराईलाई आफ्नो पार्टीको समर्थन रहेको बताउनुभएको थियो । तत्कालीन उपसभामुख डा शिवमाया तुम्बाहाम्फेले २०७६ साल माघ ६ गते आफ्नो पदबाट राजीनामा दिएपछि प्रतिनिधिसभाको उपसभामुख पद रिक्त रहेको थियो । करिब साढे दुई वर्षपछि प्रतिनिधिसभाले उपसभामुख पाएको हो । प्रतिनिधिसभाको अर्को बैठक आगामी साउन ४ गते बिहान ११ बजे बस्ने छ । --- # उपसभामुखसहित दुई मन्त्री दिएर लोसपालाई सरकारमा ल्याउदै प्रम देउवा Source: https://newskunda.com/archives/1127 Category: FEATURED NEWS, राजनीति, समाचार Last updated: 2022-06-05 काठमाडौं, २२ जेठ । कुनै पनि बेला कम्युनिष्ट फेरी एक हुन सक्ने र सरकार ढल्न सक्ने आँकलन गर्दै प्रधानमन्त्री शेरबहादुर देउवाले लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) लाई पनि सरकारमा ल्याउने भएका छन् । यसका लागि प्रधानमन्त्री देउवाले लोसपाका अध्यक्ष महन्थ ठाकुरसँग भेटवार्ता गरि उपसभामुखसहित दुईै मन्त्री लिएर सरकारमा सहभागि हुन प्रस्ताव राखेको कांग्रेस श्रोतले जानकारी दिएको छ । प्रम देउवासँगको भेटमा ठाकुरले वृहत लोकतान्त्रिक एकता बनाएर जानु पर्ने प्रस्ताव राखेको श्रोतको दाबी छ । लोसपा नेताहरुसँग देउवाका दूतहरुले भेटघाट तिव्र पारिरहेका छन् । प्रम देउवाले महन्थलाई समेत समेटेर सरकारमा लैजाने रणनीति तय गरेको कांग्रेसको दाबी छ । --- # उपेक्षित उष्ण प्रदेशीय रोगको रोकथाम सबैको प्रयासमा : राष्ट्रपति Source: https://newskunda.com/archives/2135 Category: FEATURED NEWS, राजनीति, समाचार Last updated: 2022-09-13 काठमाडौँ, २८ भदौ : राष्ट्रपति विद्यादेवी भण्डारीले उपेक्षित उष्ण प्रदेशीय रोगको रोकथाम र नियन्त्रणमा सबैको प्रयास आवश्यक रहेको बताउनुभएको छ । उपेक्षित उष्ण प्रदेशीय रोगसम्बन्धी गैरसरकारी संस्था नेटवर्क (एनएनएन) को आयोजनामा भएको ‘उपेक्षित उष्ण प्रदेशीय रोगसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन’को आज यहाँ उद्घाटन गर्दै उहाँले कुनै समय नेपालमा नामै नसुनेको डेङ्गुजस्ता रोग हिजोआज देशव्यापीरूपमा फैलिएको भन्दै सबैको प्रयासबाट यस्ता रोगको रोकथाम र नियन्त्रण गर्नुपर्ने बताउनुभयो । “यस प्रकारका रोगको रोकथाम, निदान र उपचारका लागि आवश्यक पूर्वाधार, प्रविधि दक्ष जनशक्तिको विकास र व्यवस्थापनमा सम्बद्ध निकायको म ध्यानाकर्षण गर्न गराउन चाहन्छु”, उहाँले भन्नुभयो । राष्ट्रपति भण्डारीले उपेक्षित उष्ण प्रदेशीय रोग निवारणको क्षेत्रमा हासिल भएका उपलब्धिलाई निरन्तरता दिन र यस प्रकारका रोगको रोकथामका लागि समुदायस्तरमा जनचेतना अभिवृद्धि गर्न, शैक्षिक क्षेत्र एवं सञ्चारकर्मीसँग सहकार्य गर्दै यसलाई स्वास्थ्य सेवासँगै एकीकृत गरिन आवश्यक रहेको बताउनुभयो । उहाँले सम्म्मेलनले उपेक्षित उष्ण प्रदेशीय रोगको निवारणको क्षेत्रमा हासिल भएका केही उपलब्धि तथा प्राप्त अनुभवको आदान प्रदान गर्दै यस सम्बन्धमा देखिएका साझा चुनौतीलाई सामना गर्नका लागि आवश्यक उपायको खोजी गर्ने कार्यमा सफल हुुने छ भन्ने विश्वास लिएको बताउनुभयो । राष्ट्रपति भण्डारीले विश्व स्वास्थ्य सङ्गठनद्वारा उपेक्षित उष्ण प्रदेशीय रोगको सूचीमा सूचीकृत कुष्ठरोग, रेबिज, कालाजार, हात्तीपाइले, ट्रकोमालगायतका रोग उन्मूलनका लागि नेपाल पनि लामो समयदेखि प्रयासरत रहेको जानकारी दिनुभयो । “यसमा हामीले उल्लेखनीय सफलतासमेत हासिल गरेका छौँ । अन्धोपनका लागि एक प्रमुख कारणका रूपमा चिनिने आँखाको सरुवा रोग ट्रकोमा उन्मूलन गर्न नेपाल सफल भएको छ”, उहाँले भन्नुभयो, “डब्लुएचओले सन् २०१८ मा यसलाई प्रमाणीकरणसमेत गरिसकेको छ ।” नेपाल विश्वमा ट्रकोमा उन्मूलन गर्ने राष्ट्रमध्ये छैटाँै र दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क)मा पहिलो देशका रूपमा रहेको कुरा राख्न पाउँदा सन्तोष लागेको उहाँले बताउनुभयो । “यी सबै प्रयास सफल हुनुको पछाडि नेपाल सरकारले अवलम्बन गरेको उपयुक्त जनस्वास्थ्यसम्बन्धी नीति, रणनीति, कार्यक्रम र एकीकृत अभियानका साथै तिनको कार्यान्वयनका लागि आवश्यक स्रोत र साधनको समुचित परिचालन, विभिन्न राष्ट्र तथा अन्तर्राष्ट्रिय सङ्घ, संस्थाका साथ दातृ निकायसँगको निरन्तरको सहकार्यको योगदान रहेको छ”, उहाँले भन्नुभयो । उपेक्षित उष्ण प्रदेशीय रोगको निवारणका क्षेत्रमा केही उपलब्धि हासिल भए पनि हामीसामु अझै पनि थुप्रै चुनौती विद्यमान रहेको उहाँको भनाइ छ । राष्ट्रपति भण्डारीले स्थानीय तहका जनप्रतिनिधि र स्वास्थ्यकर्मीलाई पनि थप सशक्तीकरण गर्दै सबै नेपालीमा उपेक्षित उष्ण प्रदेशीय रोगसँग सम्बन्धित सेवा पु¥याउने प्रयासमा आइपर्ने अवरोधलाई हटाउन सकिन्छ भन्ने आफूलाई लागेको बताउनुभयो । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भवानीप्रसाद खापुङले नेपालमा स्वास्थ्य क्षेत्रमा उल्लेखनीय प्रगति हासिल गरेको बताउनुभयो । उहाँले पाँच वर्षमुनिका शिशु मृत्युदरमा कमी आएको बताउनुभयो । उहाँका अनुसार सन् २००५ मा एक हजार शिशुमा ६१ जना मृत्यु हुने गरेकोमा सन् २०१८ मा घटेर ३८ जना पुगेको छ । उहाँले ५२ हजारभन्दा बढी महिला स्वास्थ्य स्वयंसेविकाबाट समुदायमा स्वास्थ्य सेवा सुविधा उपलब्ध गराइरहेको बताउनुभयो । उहाँले प्रत्येक जिल्लामा स्वास्थ्य केन्द्र एवं प्राथमिक स्वास्थ्य केन्द्र स्थापनाले हरेक वर्गले स्वास्थ्य सेवा पाइरहेको धारणा राख्नुभयो । मन्त्री खापुङले सबैमा स्वास्थ्य सेवा पहुँच पुगेको हुनाले कोरोना भाइरसविरुद्धको खोप कूल जनसङ्ख्याको ८७ प्रतिशतले आंशिक र पूर्णरूपमा लगाएको जानकारी दिनुभयो । उहाँले ग्रामीण समुदायको स्वास्थ्य सेवा अझै धेरै गर्नु आवश्यक रहेको बताउनुभयो । एनएनएनका अध्यक्ष अरिएल्ले डोलेगुइले विश्वबाट उपेक्षित उष्ण प्रदेशीय रोगको उन्मूलन गर्ने साझा लक्ष्य हासिल गर्न यस क्षेत्रमा अनुसन्धान, कार्यान्वयन, नीति र वकालतलाई उच्च महत्व दिन सम्मेलनको आयोजना गरिएको प्रष्ट पार्नुभयो । यस सम्मेलनले भविष्यमा सरकारी प्रतिनिधि, विश्वका साझेदार र कार्यान्वयन गर्ने सङ्घ संस्थाबीच प्रभावकारी प्रतिनिधित्वदेखि विश्व स्वास्थ्य सङ्गठनको सन् २०२१–२०३० को मार्गचित्रको कार्यान्वयनका लागि प्रतिबद्धताको नवीकरण गर्ने अवसर दिएको उहाँको भनाइ छ । ल्याप्रोसी मिसन नेपालका राष्ट्रिय निर्देशक शोभाकर कँडेलले नेपालमा पहिलोपटक उपेक्षित उष्ण प्रदेशीय रोगसम्बन्धी विश्व सम्मेलनको आयोजना गर्न पाउँदा खुसी लागेको बताउँदै जनस्वास्थ्यको समस्याका रूपमा रहेको ट्रकोमा रोग दक्षिण पूर्वी एसियामै नेपालले पहिलोपटक उन्मूलन गर्नसकेको जानकारी दिनुभयो । आजदेखि सुरु भएको सम्मेलन तीन दिनसम्म सञ्चालन हुने छ । सम्मेलनमा विश्वका ५० भन्दा बढी देशका उपेक्षित उष्ण प्रदेशीय रोगको उपचारमा संलग्न चिकित्सक, सरकारी प्रतिनिधि, जनस्वास्थ्य चिकित्सक, अनुसन्धानकर्ता, नीति निर्माता र अन्य सरोकारवालाको सहभागिता रहेको छ । विश्वव्यापी कोरोना महामारीका कारण दुई वर्षदेखि भौतिकरूपमा हुन नसकेको यो सम्मेलन भर्चुअल माध्यमबाट हुने गरेकामा यसपटक नेपालमा ११ औँ वार्षिक सम्मेलनका रूपमा आयोजना गरिएको छ । सम्मेलनका क्रममा आयोजना हुने सामान्य स्वास्थ्य सेवा विषयको मुख्य सत्रमा नेपाल सरकारका उच्च अधिकारी र दक्षिण एसिया एवं पश्चिम अफ्रिकाका स्वास्थ्य क्षेत्रका उच्च व्यक्ति सहभागी हुनुहुनेछ । ‘स्वास्थ्य प्रणालीमा उपेक्षित गृष्मकालीन रोग–नवीनतम, एकीकृत र सशक्तीकरण’ भन्ने मूल नाराका साथ आयोजना गरिएको सो सम्मेलनमा उपेक्षित उष्ण प्रदेशीय रोगका लागि विश्व स्वास्थ्य सङ्गठनको सन् २०२१–२०३० को मार्गचित्रका बारेमा पनि गहन छलफल हुने बताइएको छ । विश्वलाई उपेक्षित उष्ण प्रदेशीय रोगबाट मुक्त राख्न नयाँ अवसर, साझेदारी र अवधारणहरुको खोजी गर्ने विषयमा पनि सहभागीलाई प्रोत्साहित गर्ने सम्मेलनको उद्देश्य रहेको छ । ––– --- # उपेक्षित उष्ण प्रदेशीय रोगको रोकथाम सबैको प्रयासमा : राष्ट्रपति भण्डारी Source: https://newskunda.com/archives/2128 Category: FEATURED NEWS, राजनीति, समाचार, समाज Last updated: 2022-09-13 काठमाडौँ, २८ भदौ : राष्ट्रपति विद्यादेवी भण्डारीले उपेक्षित उष्ण प्रदेशीय रोगको रोकथाम र नियन्त्रणमा सबैको प्रयास आवश्यक रहेको बताउनुभएको छ । उपेक्षित उष्ण प्रदेशीय रोगसम्बन्धी गैरसरकारी संस्था नेटवर्क (एनएनएन) को आयोजनामा भएको ‘उपेक्षित उष्ण प्रदेशीय रोगसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन’को आज यहाँ उद्घाटन गर्दै उहाँले कुनै समय नेपालमा नामै नसुनेको डेङ्गुजस्ता रोग हिजोआज देशव्यापीरूपमा फैलिएको भन्दै सबैको प्रयासबाट यस्ता रोगको रोकथाम र नियन्त्रण गर्नुपर्ने बताउनुभयो । “यस प्रकारका रोगको रोकथाम, निदान र उपचारका लागि आवश्यक पूर्वाधार, प्रविधि दक्ष जनशक्तिको विकास र व्यवस्थापनमा सम्बद्ध निकायको म ध्यानाकर्षण गर्न गराउन चाहन्छु”, उहाँले भन्नुभयो । राष्ट्रपति भण्डारीले उपेक्षित उष्ण प्रदेशीय रोग निवारणको क्षेत्रमा हासिल भएका उपलब्धिलाई निरन्तरता दिन र यस प्रकारका रोगको रोकथामका लागि समुदायस्तरमा जनचेतना अभिवृद्धि गर्न, शैक्षिक क्षेत्र एवं सञ्चारकर्मीसँग सहकार्य गर्दै यसलाई स्वास्थ्य सेवासँगै एकीकृत गरिन आवश्यक रहेको बताउनुभयो । उहाँले सम्म्मेलनले उपेक्षित उष्ण प्रदेशीय रोगको निवारणको क्षेत्रमा हासिल भएका केही उपलब्धि तथा प्राप्त अनुभवको आदान प्रदान गर्दै यस सम्बन्धमा देखिएका साझा चुनौतीलाई सामना गर्नका लागि आवश्यक उपायको खोजी गर्ने कार्यमा सफल हुुने छ भन्ने विश्वास लिएको बताउनुभयो । राष्ट्रपति भण्डारीले विश्व स्वास्थ्य सङ्गठनद्वारा उपेक्षित उष्ण प्रदेशीय रोगको सूचीमा सूचीकृत कुष्ठरोग, रेबिज, कालाजार, हात्तीपाइले, ट्रकोमालगायतका रोग उन्मूलनका लागि नेपाल पनि लामो समयदेखि प्रयासरत रहेको जानकारी दिनुभयो । “यसमा हामीले उल्लेखनीय सफलतासमेत हासिल गरेका छौँ । अन्धोपनका लागि एक प्रमुख कारणका रूपमा चिनिने आँखाको सरुवा रोग ट्रकोमा उन्मूलन गर्न नेपाल सफल भएको छ”, उहाँले भन्नुभयो, “डब्लुएचओले सन् २०१८ मा यसलाई प्रमाणीकरणसमेत गरिसकेको छ ।” नेपाल विश्वमा ट्रकोमा उन्मूलन गर्ने राष्ट्रमध्ये छैटाँै र दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क)मा पहिलो देशका रूपमा रहेको कुरा राख्न पाउँदा सन्तोष लागेको उहाँले बताउनुभयो । “यी सबै प्रयास सफल हुनुको पछाडि नेपाल सरकारले अवलम्बन गरेको उपयुक्त जनस्वास्थ्यसम्बन्धी नीति, रणनीति, कार्यक्रम र एकीकृत अभियानका साथै तिनको कार्यान्वयनका लागि आवश्यक स्रोत र साधनको समुचित परिचालन, विभिन्न राष्ट्र तथा अन्तर्राष्ट्रिय सङ्घ, संस्थाका साथ दातृ निकायसँगको निरन्तरको सहकार्यको योगदान रहेको छ”, उहाँले भन्नुभयो । उपेक्षित उष्ण प्रदेशीय रोगको निवारणका क्षेत्रमा केही उपलब्धि हासिल भए पनि हामीसामु अझै पनि थुप्रै चुनौती विद्यमान रहेको उहाँको भनाइ छ । राष्ट्रपति भण्डारीले स्थानीय तहका जनप्रतिनिधि र स्वास्थ्यकर्मीलाई पनि थप सशक्तीकरण गर्दै सबै नेपालीमा उपेक्षित उष्ण प्रदेशीय रोगसँग सम्बन्धित सेवा पु¥याउने प्रयासमा आइपर्ने अवरोधलाई हटाउन सकिन्छ भन्ने आफूलाई लागेको बताउनुभयो । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भवानीप्रसाद खापुङले नेपालमा स्वास्थ्य क्षेत्रमा उल्लेखनीय प्रगति हासिल गरेको बताउनुभयो । उहाँले पाँच वर्षमुनिका शिशु मृत्युदरमा कमी आएको बताउनुभयो । उहाँका अनुसार सन् २००५ मा एक हजार शिशुमा ६१ जना मृत्यु हुने गरेकोमा सन् २०१८ मा घटेर ३८ जना पुगेको छ । उहाँले ५२ हजारभन्दा बढी महिला स्वास्थ्य स्वयंसेविकाबाट समुदायमा स्वास्थ्य सेवा सुविधा उपलब्ध गराइरहेको बताउनुभयो । उहाँले प्रत्येक जिल्लामा स्वास्थ्य केन्द्र एवं प्राथमिक स्वास्थ्य केन्द्र स्थापनाले हरेक वर्गले स्वास्थ्य सेवा पाइरहेको धारणा राख्नुभयो । मन्त्री खापुङले सबैमा स्वास्थ्य सेवा पहुँच पुगेको हुनाले कोरोना भाइरसविरुद्धको खोप कूल जनसङ्ख्याको ८७ प्रतिशतले आंशिक र पूर्णरूपमा लगाएको जानकारी दिनुभयो । उहाँले ग्रामीण समुदायको स्वास्थ्य सेवा अझै धेरै गर्नु आवश्यक रहेको बताउनुभयो । एनएनएनका अध्यक्ष अरिएल्ले डोलेगुइले विश्वबाट उपेक्षित उष्ण प्रदेशीय रोगको उन्मूलन गर्ने साझा लक्ष्य हासिल गर्न यस क्षेत्रमा अनुसन्धान, कार्यान्वयन, नीति र वकालतलाई उच्च महत्व दिन सम्मेलनको आयोजना गरिएको प्रष्ट पार्नुभयो । यस सम्मेलनले भविष्यमा सरकारी प्रतिनिधि, विश्वका साझेदार र कार्यान्वयन गर्ने सङ्घ संस्थाबीच प्रभावकारी प्रतिनिधित्वदेखि विश्व स्वास्थ्य सङ्गठनको सन् २०२१–२०३० को मार्गचित्रको कार्यान्वयनका लागि प्रतिबद्धताको नवीकरण गर्ने अवसर दिएको उहाँको भनाइ छ । ल्याप्रोसी मिसन नेपालका राष्ट्रिय निर्देशक शोभाकर कँडेलले नेपालमा पहिलोपटक उपेक्षित उष्ण प्रदेशीय रोगसम्बन्धी विश्व सम्मेलनको आयोजना गर्न पाउँदा खुसी लागेको बताउँदै जनस्वास्थ्यको समस्याका रूपमा रहेको ट्रकोमा रोग दक्षिण पूर्वी एसियामै नेपालले पहिलोपटक उन्मूलन गर्नसकेको जानकारी दिनुभयो । आजदेखि सुरु भएको सम्मेलन तीन दिनसम्म सञ्चालन हुने छ । सम्मेलनमा विश्वका ५० भन्दा बढी देशका उपेक्षित उष्ण प्रदेशीय रोगको उपचारमा संलग्न चिकित्सक, सरकारी प्रतिनिधि, जनस्वास्थ्य चिकित्सक, अनुसन्धानकर्ता, नीति निर्माता र अन्य सरोकारवालाको सहभागिता रहेको छ । विश्वव्यापी कोरोना महामारीका कारण दुई वर्षदेखि भौतिकरूपमा हुन नसकेको यो सम्मेलन भर्चुअल माध्यमबाट हुने गरेकामा यसपटक नेपालमा ११ औँ वार्षिक सम्मेलनका रूपमा आयोजना गरिएको छ । सम्मेलनका क्रममा आयोजना हुने सामान्य स्वास्थ्य सेवा विषयको मुख्य सत्रमा नेपाल सरकारका उच्च अधिकारी र दक्षिण एसिया एवं पश्चिम अफ्रिकाका स्वास्थ्य क्षेत्रका उच्च व्यक्ति सहभागी हुनुहुनेछ । ‘स्वास्थ्य प्रणालीमा उपेक्षित गृष्मकालीन रोग–नवीनतम, एकीकृत र सशक्तीकरण’ भन्ने मूल नाराका साथ आयोजना गरिएको सो सम्मेलनमा उपेक्षित उष्ण प्रदेशीय रोगका लागि विश्व स्वास्थ्य सङ्गठनको सन् २०२१–२०३० को मार्गचित्रका बारेमा पनि गहन छलफल हुने बताइएको छ । विश्वलाई उपेक्षित उष्ण प्रदेशीय रोगबाट मुक्त राख्न नयाँ अवसर, साझेदारी र अवधारणहरुको खोजी गर्ने विषयमा पनि सहभागीलाई प्रोत्साहित गर्ने सम्मेलनको उद्देश्य रहेको छ । ––– --- # उम्मेदवार चयन गर्दै एमाले जिल्ला कमिटी बैठकमा जब महेश बस्नेतको नाममा गडगडाहट ताली बज्यो Source: https://newskunda.com/archives/2013 Category: FEATURED NEWS, राजनीति, समाचार, समाज Last updated: 2022-09-05 **गठबन्धनलाई पछार्नका लागि एमालेमा महेश बस्नेतको बिकल्प छैन भन्दै महेश बस्नेतलाई सर्वसम्मत सिफारिस गरेर जानु पर्ने धारणा राखे अन्ततः बैठकमै गडगडाहत ताली बजाएर सबैले बस्नेतको नाममा सर्वसम्मत नाम चयन गर्दै एमालेले शसक्त उम्मेदवार अगाडि सार्यो** ========================================================== भक्तपुर, २० भदौ । आगामी मंसीर ४ गते हुने निर्वाचनका लागि भक्तपुर क्षेत्र नं २ को प्रतिनिधिसभा सदस्यको उम्मेदवारको नामावली चयन गर्न नेकपा एमाले भक्तपुर जिल्ला कमिटी बैठक सोमबार बसेको थियो । संघीय र प्रदेशको उम्मेदवारको नामावली छनौट गर्ने सवालमा छलफल भइरहेको थियो । अधिकांशको ध्यान प्रतिनिधि सभाको क्षेत्र न. २ को उम्मेदवारको नामावली छनौट र सर्वसम्मत गर्ने सवालमा ध्यान केन्द्रीत बनेको थियो । भक्तपुर क्षेत्र नं. २ को प्रतिनिधि सभा सदस्यका लागि पार्टीमा पोलिटव्यूरो सदस्य महेश बस्नेत र केन्द्रीय सदस्य निर्मलकुमार भट्टराईले नाम दर्ता गराउनु भएको थियो । पार्टीमा उम्मेदवारीको नाम दर्ता गराए पछि नेता महेश बस्नेतलाई अनेकौ लान्छना लगाएर केही अनलाइनमा समाचार प्रकाशित गराएर भट्टराई आफैले सामाजिक सञ्जालमा शेयर गरिरहेका थिए । त्यहाँ पनि कार्यकर्तामाझबाट भट्टराईको निकै आलोचना भइरहेको थियो । त्यसैको परिणाम जिल्ला कमिटी बैठकमा पनि देखियो । बैठकमा सहभागि एक नेताले भने । बैठकमा नाम सर्वसम्मत सिफारिस गर्नेबारेमा पार्टी नेतृत्वले छलफल सुरु गरेपछि भट्टराईको पक्षमा कसैले बोलेन । बोल्ने जति सबैले अब पनि गठबन्धनलाई पछार्नका लागि एमालेमा महेश बस्नेतको बिकल्प छैन भन्दै महेश बस्नेतलाई सर्वसम्मत सिफारिस गरेर जानु पर्ने धारणा राखे अन्ततः बैठकमै गडगडाहत ताली बजाएर सबैले बस्नेतको नाममा सर्वसम्मत नाम चयन गर्दै एमालेले शसक्त उम्मेदवार अगाडि सार्यो जिल्ला कमिटीका एक नेताले भने । संघीय तथा प्रदेश निर्वाचनको लागि नेता बस्नेत एमालेको तर्फबाट भक्तपुर क्षेत्र नं. २ मा उम्मेदवारका लागि पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सांसद एमाले नेता महेश बस्नेत सर्वसम्मत सिफारिस हुनुभएको एमाले भक्तपुर जिल्ला अध्यक्ष बचन देउजाले जानकारी दिनु भयो । नेता बस्नेतले ०७४ को निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार दमननाथ ढुङ्गानालाई पराजित गराएर विजयी हुनु भएको थियो । बस्नेतले ३६ हजार ४१२ मत ल्याउँदा ढुंगानाले १८ हजार ६८७ मात्रै पाएका थिए । अहिलेको चुनौती गठबन्धन हो, गठबन्धनलाई पराजित गराउन सक्ने एमालेको उम्मेदवार नेता बस्नेत मात्रै हो भन्ने निष्कर्षमा एमालेका नेताहरु पुगेका छन् । देशको राष्ट्रिय राजनीतिमा छलाङ पार्दै नेतृत्वदायी भुमिका निर्वाह गर्दै आउनु भएका नेता बस्नेतले भक्तपुरको बिकासमा मुहार फेरे पछि जनजनको मनमनमा सांसद बस्नेत बस्न सफल हुनु भएको छ । निर्वाचन हारेको बेलामा पनि मन्त्री हुन सफल भएका बस्नेतले भक्तपुरमा २०७२ सालमा भूकम्पबाट मृत्यु भएका, घाइते भएकाहरुलाई गरेको सहयोग, बस्ने बास नहुनेहरुका लागि १५ सय वटा टहरा बनाइदिनेदेखि जस्ता, खाद्यान्न, लत्ताकपडा, पाल वितरण गर्दै बिरोधीको मनमा समेत बस्न सफल हुनु भएकाले यस अघिको निर्वाचनमा दोब्बर मत पाउन सफल भएको एमालेका नेता कार्यकर्ताको भनाइ छ । त्यसपछि पनि सांसद रहेकै अबस्थामा भक्तपुरमा अरबौको बजेट ल्याएर बिकासमा तिब्रता दिन सफल उहाँले भक्तपुरको बिकासमा फड्को मार्न सफल भए पछि एमालेको आवश्यकता थप चुलिएको हो । बिकासमा भक्तपुाई नमूना बनाउन, बिकास आवश्यकता पहिचानदेखि अनुमगनसम्म आफै गर्ने हरेक दिन गाउँ टोल र जनताको दैलो दैलोमा जाने, कसैलाई परेको समस्या फुकाइदिने र मर्दा पर्दाको साथीको रुपमा नेता बस्नेतले भक्तपुरमा छबि बनाउन सफल भएकाले यस पटकको निर्वाचनमा पनि फराकिलो मतान्तरणले गठबन्धनको उम्मेदवारलाई पछाडि पार्दै विजयी गराउने जिल्ला कमिटी बैठकमै नेताहरुले अठोट लिएका छन् । --- # उम्मेदवार सिफारिस गर्दा कुनै शुल्क नलिनु : कांग्रेस Source: https://newskunda.com/archives/1844 Category: FEATURED NEWS, राजनीति, समाचार Last updated: 2022-08-30 काठमाडौँ, १४ भदौ (रासस) : नेपाली कांग्रेसले आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि पार्टीका तर्फबाट उम्मेदवार सिफारिस गर्दा कुनै पनि शुल्क नलिन मातहतका समितिलाई निर्देशन गरेको छ । पार्टी केन्द्रीय कार्यालयले सोमबार मातहतका कार्यसमितिलाई ‘सर्कुलर’ पठाएर पार्टीका तर्फबाट सिफारिस हुने उम्मेदवारबाट कुनै शुल्क नलिन निर्देशन दिएको जनाएको छ । कतिपय पार्टी निकायबाट आगामी निर्वाचनका लागि उम्मेदवारको नाम सिफारिस गर्दा नगद रकम माग गरिएको भन्ने जानकारी प्राप्त हुन आएको भन्दै पार्टी कार्यालयले ध्यानाकर्षण भएको उल्लेख गरेको छ । विभिन्न पदीय जिम्मेवारी र लाभको पदमा रहेका पार्टी सदस्यबाट विधान तथा नियमावली बमोजिम सम्बन्धित पार्टी निकायले लिनुपर्ने शुल्क तथा सहयोग रकम बाहेक उम्मेदवार सिफारिस गर्न कुनै पनि प्रकारको रकम माग गर्नु विधान विपरीत कार्य हुने विज्ञप्तिमा उल्लेख छ । तसर्थ कांग्रेसले त्यस्तो नगर्नु/नगराउनु हुन निर्देशानुसार अनुरोध गरेको छ । --- # एक करोड २५ लाख ९० हजारको गोल्डेन ह्यान्डसेक प्रदान गर्दै बिदा भए चाँगुनारायणका ३७ शिक्षक शिक्षिका Source: https://newskunda.com/archives/102 Category: FEATURED NEWS, शिक्षा Last updated: 2026-10-29 भक्तपुर, १६ पुस : गोल्डेन ह्यान्डसेक दिएर चाँगुनारायण नगरपालिकाले आज शिक्षक शिक्षिकालाई बिदाई गरेको छ । चाँगुनारायण नगरपालिकाले आज आयोजना गरेको कार्यक्रममा कूल एक करोड २५ लाख ९० हजार रुपैयाँ प्रदान गर्दै ३७ जना शिक्षक शिक्षिकालाई बिदा गरेको हो । कार्यक्रममा नगरपालिकाका प्रमुख सोमप्रसाद मिश्रले गोल्डेन ह्यान्डसेक कार्यविधि बनाएर सेवा निवृत्त भएका शिक्षकहरुको सम्मान गर्दै बिदाई गरेको बताउनु भयो । नगरपालिकाले सेवा निवृत्त हुन बाँकी रहेकोको अवधिको मूल्यांङ्न गर्दै प्रति शिक्षक ५० हजारदेखि ४ लाख रुपैयाँसम्मको चेक तथा सम्मान पत्र प्रदान गर्दै बिदाइ र सम्मान गरेको उहाँले बताउनु भयो । उहाँले शिक्षण पेशामै आफ्नो जीवन अर्पण गर्दै हजारौँ विद्यार्थीलाई देशको योग्य नागरिक बनाउन उहाँहरुले गरेको योगदानको नगरपालिकाले उच्च मूल्याङ्न गर्दै नगद सहित सम्मान गरेको बताउनु भयो । कार्यक्रममा नगरपालिकाका उपप्रमुख बिना बास्तोलाले नगरपालिकाले सामुदायीक विद्यालयको शैक्षिक पद्धतिमा सुधार ल्याएको बताउदै बिदा भएका शिक्षकको रिक्त दरबन्दीमा आउने नयाँ पुस्ताका शिक्षकले गुणस्तरीय शिक्षाको उदेश्य प्राप्तीमा थप टेवा पुग्ने बताउनु भयो । कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अग्निप्रसाद अधिकारीले बिदा भएर जाने बेलामा शिक्षकको मूल्याङ्न गर्दै गोल्डेन ह्यान्सेकको शुरुवात गरेर शिक्षकको मनोबल उच्च बनाउने कार्यको शुरुवात नगरपालिकाले गरेको बताउनु भयो । नगरपालिकाको शिक्षा शाखा प्रमुख वीरबहादुर खड्काले २०७८ साल पुससम्म अनिवार्य अवकाश हुनेलाई ५० हजारदेखि २०८१ सालपछि अवकाश हुनेलाई चार लाख रुपैयाँ दिने गरि नगरपालिकाले कार्यविधि बनाएर गोल्डेन ह्यान्डसेक बितरण गरेको बताउनु भयो । विदाई कार्यक्रम पछि शिक्षक केशव सुवेदीले नगरपालिकाले गोल्डेन ह्यान्डसेक सहित सम्मान गरेर बिदाई गर्दा निकै खुसी लागेको बताउनु भयो । --- # एक महिनादेखि फोहोर नउठ्दा मध्यपुरथिमिमा दुर्गन्ध, चोकचोकमा फोहोर Source: https://newskunda.com/archives/1654 Category: FEATURED NEWS, राजनीति, समाचार, समाज Last updated: 2022-08-04 भक्तपुर, १९ साउन : मध्यपुरथिमि नगरपालिकाको कार्यालय नजिकै पाटी बिहार अगाडि दुई सातादेखि फोहोरको डंगुर थुप्रिएको छ । धेरै वर्ष फोहोर फाल्ने ठाउँको रुपमा रहेको त्यस क्षेत्रमा केही महिना अगाडि मात्रै त्यस क्षेत्रलाई सफाई गरेर नगरपालिकाले निषेधित क्षेत्रको ब्यानर टाँगेर फोहोर फाल्न मनाही गरेको थियो । नगरपालिकाको त्यो व्यबस्था एक महिना पनि टिकेन । स्थानीयले साँझ बिहान बोरा र झोलामा ल्याएका फोहोर त्यहीँ फाल्न थाले पछि नगरपालिका कार्यालयको नाकै अगाडि फोहोरको डंगुर थुप्रिएको छ । सम्पदा क्षेत्रको रुपमा रहेको पाटी बिहार, नेपाली कांग्रेस मध्यपुरथिमि नगर समितिको कार्यालय, कांग्रेस नगर सभापतिको घरसँगै तीन सातादेखि फोहोरको डंगेर लाग्दा त्यस क्षेत्रमा अहिले दुर्गन्ध फैलिएको छ । एकातिर वर्षामा अविरल परेको पानीले दिनानुदिन कुहिएर गन्हाउन थालेको र अर्को तर्फ भुस्याहा कुकुरहरुले फोहोरका बोरा र प्लाष्टिक च्यातेर सडकमा छरपष्ट छरिदाँ पैदल हिड्नेलाई समेत सास्ती भोग्नु परेको छ । नजिकै बसाई सरेर आएका श्यामलाल बस्याल फोहोरको दुर्गन्धले बस्ने नसकिने भएको बताउनु हुन्छ । स्थानीयले दैलो अगाडि जथाभावी फोहोर फाल्नु, नगरपालिकाले फोहोरको डंगुरको व्यबस्थापन नगर्नु र ठेक्कामा प्रति घर मासिक रु. ३५० मा फोहोर संकलन गर्दै आएको निजी क्षेत्र नेप्से म्याकले जिम्मेवारी बहन नगर्दा जनताले सास्ती खेप्नु परेको बताउनु हुन्छ । उहाँ भन्नुहुन्छ, “जथाधावी फोहोर फाल्ने यहाँका जनता पहिलो दोषी हुन्, नगरपालिका भित्रको फोहोर व्यबस्थापन गर्न नसक्ने र निजी क्षेत्रलाई फोहोर संकलनलाई दबाब दिन नसक्ने नगरपालिका अर्को दोषी हो, फोहोर संकलन गर्ने जिम्मा लिएर उपभोक्तासँग मासिक रकम असुल्ने नेप्से म्याक अर्को दोषी हो, यहीँ फोहोरका कारण महामारी फैलिए त्यसको जिम्मेवारी कसले लिने ?” मध्यपुरथिमि नगरपालिका–५ संगम कोलोनी क्षेत्रका बासिन्दा उत्तिकै पीडित छन् । यस क्षेत्रको फोहोर उठाउने जिम्मेवारी लिएको नेप्से म्याकले विगत दुई महिनादेखि नियमित रुपमा फोहोर संकलन गरेको छैन । सातामा दुई दिन फोहोर संकलन गर्दै आएपछि विगत दुई महिनादेखि सातादेखि १० दिनमा आउने गरेपछि अहिले तीनसातादेखि फोहोर संकलन गर्न नआउँदा फोहोर स्थानीयले जथाभावी फाल्न थालेका हुन् । पछिल्लो समय कुहिने र नकुहिने फोहोर छुट्याएर राखे पनि फोहोर संकलननै गर्न नआए पछि घरघरमै फोहोर कुहिएर किरा परेर दुर्गन्ध फैलिन थाले पछि जथाभावी फोहोर फाल्न थालिएको स्थानीय बताउँछन् । संगम कोलोनीका बिष्णुप्रसाद पराजुलीले नेप्से म्यकले लापर्वाही गरेको बताउनु हुन्छ । हरेक महिना पैसा लाने तर फोहोर नलाने गलत भएको भन्दै फोहोर संकलनको जिम्मेवारी लिएको नेप्से म्याकले कम्तीमा कुहिने फोहोर संकलन गरेर मल उत्पादन गर्ने वा डम्पिङ गर्ने व्यबस्था गर्नु पर्नेमा उपत्यकामा फोहोर उठेको छैन भन्दै जिम्मेवारीबाट पन्छिने गरेको बताउनु हुन्छ । उहाँले भन्नुभयो, “नेप्से म्याकलाई पटक पटक फोहोर संकलन गर्न आउनु भनेर फोन गरिसक्यौँ, त्यहाँका कर्मचारी उपत्यकाको फोहोर नउठी हामी लादैनौ घरमै राख्नुस् भन्छन्, कुहिने फोहोरले घर गन्हाउन थालिसक्यो, भाडामा बस्नेहरुले कहाँ राख्ने फोहोर, फोहोरको व्यबस्थापन गर्ने जिम्मेवारी नगरपालिका र नेप्से म्याकको हो, दुबै निकायले गैरजिम्मेवारीपन देखाए ।” कोठा कोठामा फोहोर, घरघरमा फोहोर, चोक चोकमा फोहोर थुप्रिदा गर्मी र वर्षा मौषमले रोगको महामारी फैलिन सक्ने मध्यपुरथिमिका चिकित्यक डा. रामदास श्रेष्ठ बताउनु हुन्छ । फोहोरको उचित व्यबस्थापन चाडै गररे यसले मानवीय स्वास्थ्यमा प्रतिकुल समस्या आउन सक्ने भन्दै उहाँले सम्बन्धित निकायको ध्यान जानु पर्ने बताउनु भयो । --- # एक लाख पुरस्कारसहित वडा नं. १० ले उचाल्यो सूर्यविनायक अन्तर वडास्तरीय फुटवल प्रतियोगिताको ट्रफी Source: https://newskunda.com/archives/4732 Category: FEATURED NEWS, अर्थ, खेलकुद, धर्म/संस्कृति, राजनीति, शिक्षा, समाचार, समाज Last updated: 2026-10-19 भक्तपुर ३० असोज : सूर्यविनायक नगरपालिकाले आयोजना गरेको एक लाख राशीको अन्तर वडास्तरीय फुटवल प्रतियोगिताको ट्रफी वडा नं. १० चित्तपोलले हात पारेको छ । आज सूर्यविनायक नगरपालिका–१० चित्तपोलस्थित संकटा खेल मैदानमा सम्पन्न फाईनल खेलमा वडा नं. ९ लाई १ का बिरुद्ध ३ गोल गर्दै वडा नं. १० चित्तपोल विजेता बन्न सफल भएको हो । कार्यक्रममा विजेता वडा नं. १० लाई नगर प्रमुख वासुदेव थापाले रु. एक लाख पुरस्कार, ट्रफी, मेटल र प्रमाणपत्र प्रदान गर्नुभयो । उपविजेता वडा नं. ९ नंखेलले नगद रु. ५० हजार ट्रफी र मेटल, प्रमाणपत्र तथा तृतिय हुने वडा नं. ४ दधिकोटलाई नगद रु. २५ हजार ट्रफी, मेटल र प्रमाणपत्र नगर प्रमुख थापाल प्रदान गर्नुभयो । तेश्रो स्थानका लागि आज भएको प्रतिस्पर्धामा खेलमा वडा नं. ४ दधिकोटले वडा नं. ८ सिपाडोललाई १ का बिरुद्ध ४ गोल गर्दै तेश्रो स्थान सुरक्षित गरेको थियो । प्रतियोगितामा चौथो हने वडा नं. ८ सिपाडोललाई रु. १० हजार, प्रमाण पत्र, मेडल प्रदान गरिएको छ । उत्कृष्ट खेलाडी वडा नं. १० का युथ देउजालाई नगद रु. १० हजार, ट्रफी र प्रमाणपत्र प्रदान गरिएको थियो । साथै उत्कृष्ट गोल किपर वडा नं. १० का अस्मित देउजा, उत्कृष्ट गोलकर्ता (आठ गोल गर्न सफल) वडा नं. १० का रोजित खत्री, उत्कृष्ट प्रशिक्षक वडा नं. ९ का दिपेश खत्रीलाई जनही रु. पाँच हजार पुरस्कार, ट्रफी, मेटल र प्रमाणपत्र प्रदान गरिएको छ । कार्यक्रममा नगरप्रमुख थापाले सूर्यविनायक नगरलाई खेलकुदको उत्कृष्ठ हव बनाउने गरि नगरपालिकाले कार्ययोजना कार्यान्वयनमा ल्याएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘हाम्रो नगरपालिकालाई खेलकुदको क्षेत्रमा पनि देशकै उत्कृष्ठ पालिका बनाउने र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेल मैदानमा पदक जित्न सक्ने प्रतिस्पर्धी खेलाडी उत्पादन गर्ने अभियान सुरुवात गरेका छौं, खेलकुदको विकासका लागि नगरपालिकाले एक करोडको बजेट विनियोजन गरेका छौं, हामीले खेलाडी उत्पादन गर्न तल्लोतहबाटै ग्रासरुट फुटबल प्रशिक्षण सुरु गरेका छौं, अब प्रत्येक महिना बिभिन्न खेलकुद प्रतियोगिताको आयोजना गर्नेछौं ।’ भौतिक विकाससँगै मानवीय विकास, रोजगारी अभिवृद्धि र खेलकुद क्षेत्रलाई पनि प्राथमिकता दिएको बताउदै उहाँले तिहार पछि नंखेलमा ५० रोपनी जग्गामा फुटबल रंगशालाका निर्माणका लागि चार करोड रुपैयाँ विनियोजन गरिएको र यसवर्ष प्रत्येक वडामा एक खेल मैदान निर्माण गरिने बताउनुभयो । सूर्यविनायक नगरपालिका खेलकुद विकास समितिका सदस्य सचिव एवं कार्यक्रमका सभापति दीपक थापाले यही असोज २५ गतेबाट सुरु भएको प्रतियोगितामा नगरपालिकाका वडा नं. १ देखि १० सम्मको १० वटा टिमले प्रतिस्पर्धा गरेको बताउनुभयो । उहाँले हरेक महिना एक प्रतियोगिता आयोजना गर्ने, खेलकुदको विकाससंगै खेलाडी प्रशिक्षण, खेलाडीलाई प्रोत्साहनस्वरुप पुरस्कार प्रदान गर्ने र सम्मान गर्ने कार्य गर्दै आएको बताउनुभयो । --- # एक लाख राशीको सूर्यविनायक अन्तर वडास्तरीय फुटवल प्रतियोगिता सुरू, यसैवर्ष रंगशाला निर्माण गरिने Source: https://newskunda.com/archives/4669 Category: FEATURED NEWS, अर्थ, खेलकुद, राजनीति, समाचार, समाज Last updated: 2026-10-11 भक्तपुर २५ असोज : सूर्यविनायक नगरपालिकाले आयोजना गरेको एक लाख राशीको अन्तर वडास्तरीय फुटवल प्रतियोगिता आजबाट सुरु भएको छ । सूर्यविनायक नगरपालिका–१० चित्तपोलस्थित खेल मैदानमा आजबाट सुरु भएको प्रतियोगिताको नगर प्रमुख वासुदेव थापाले उद्घाटन गर्नुभयो । प्रतियोगिताको विजेताले रू एक लाख, उपविजेताले रू ५० हजार, तृतीय हुनेले रू २५ हजार नगद, ट्रफी, प्रमाणपत्र, मेडलसहित पुरस्कार प्राप्त गर्ने प्रतियोगितामा चौथोले १० हजार, उत्कृष्ट खेलाडीले १० हजार, उत्कृष्ट गोल किपरले रू ५ हजार, उत्कृष्ट गोलकर्ताले रू ५ हजार र उत्कृष्ट प्रशिक्षकलाई रू ५ हजार पुरस्कार प्राप्त गर्ने सूर्यविनायक नगरपालिका खेलकुद विकास समितिका सदस्य सचिव दीपक थापाले जानकारी दिनुभयो । नगर प्रमुख बासुदेव थापाको प्रमुख आतिथ्यतामा भएको उद्घाटन कार्यक्रम नगर प्रवक्ता एवं वडा नं. ७ का वडाध्यक्ष रविन्द्र सापकोटाको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रममा उपप्रमुख सरिता तिम्सिना भट्टराई, प्रमुख प्रशासकीय अधिकृत युवराज आचार्य, विभिन्न वडाका वडाध्यक्ष, नगर खेलकुद विकास समितिका सदस्य सचिव दीपक थापालगायत खेलकुदप्रेमीको उपस्थिति थियो । कार्यक्रममा शर्मिला बस्नेत लक्सालले स्वागत मन्तव्य राखेका थिए । कार्यक्रममा नगरप्रमुख थापाले भौतिक विकाससँगै मानवीय विकास, रोजगारी अभिवृद्धि र खेलकुद क्षेत्रलाई पनि प्राथमिकता दिएको नगरपालिकाले यस वर्ष खेलकुदको विकासका लागि नगरपालिकाले एक करोड रुपयाँको बजेट बिनियोजन गरेको बताउनुभयो । उहाँले तिहार पछि नंखेलमा ५० रोपनी जग्गामा फुटबल रंगशालाका निर्माणका लागि चार करोड रुपैयाँ विनियोजन गरिएको बताउदै उहाँले नगरपालिकाले यसवर्ष प्रत्येक वडामा एक खेल मैदान निर्माण गर्ने बताउनुभयो । हरेक महिना खेलकुद प्रतियोगिता गर्दै नगरपालिकाले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी उत्पादन गर्ने लक्ष्य नगरपालिकाले राखेको बताउदै उहाँले तीन तहकै सरकारले खेल र खेलाडीको विकासका लागि लगानी गर्नु पर्ने बताउनुभयो । कार्यक्रममा उपप्रमुख सरिता तिम्सिना भट्टराईले नगरपालिकाले खेलकुदको विकासलाई उच्च प्राथमिकतामा राखेर प्रतियोगिता सञ्चालन गर्दै आएको चर्चा गर्दै स्थानीयस्तरमा खेलाडी उत्पादन गर्न महत्वपूर्ण भूमिका खेल्ने उहाँले बताउनुभयो । कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत युवराज आचार्यले नगरका खेलाडीलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक जित्न सक्ने बनाउने नगरपालिकको लक्ष्य साकार हुने बताउनुभयो । यस प्रकारको प्रतियोगिताले खेलाडीको क्षमता पहिचान र विकास गर्न सहयोग पुग्ने उहाँले बताउनुभयो । नगर प्रवक्ता एवं वडा नं. ७ का वडाध्यक्ष रविन्द्र सापकोटाले सूर्यविनायक नगरपालिकाले बिभिन्न खेलकुदलाई रचनात्मक रूपमा अघि बढाएको बताउदै नगरभित्रका खेलाडीलाई प्रोत्साहन दिएको बताउनुभयो । वडा नं. १० का वडाध्यक्ष शिवराम राउतले यस प्रतियोगिताले थानीयस्तरमा फुटबलको विकासमा महत्वपूर्ण योगदान पु¥याउने बताउदै स्थानीय खेलाडीको प्रतिभा पहिचान, खेलकुदको विकास तथा राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरमा नगरको पहिचान स्थापित गर्ने लक्ष्यसहित प्रतियोगिता आयोजना गरिएको बताउनुभयो । असोज ३० गतेसम्म सञ्चालन हुने प्रतियोगितामा आज पहिलो खेल वडा नं. २ र वडा नं. ८ बीच प्रतिस्पर्धा भएको थियो । --- # एक वर्षमा करेन्ट लागेर १२ जनाले ज्यान गुमाए Source: https://newskunda.com/archives/1634 Category: FEATURED NEWS, अपराध, समाचार, समाज Last updated: 2022-08-04 सप्तरी, १९ साउन : लापरवाहीका कारण सप्तरीमा एक वर्षका अवधिमा करेन्ट लागेर १२ जनाले अकालमा ज्यान गुमाएका छन् । आर्थिक वर्ष २०७८÷७९ को तथ्याङ्क हेर्दा करेण्ट लागेर ज्यान गुमाउनेको सङ्ख्या १२ र घाइते हुनेको सङ्ख्या २६ जना पुगेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । ती मध्ये चार महिला, छ पुरुष र दुई बालक छन् । करेन्टका ४० घटनामा तीन चौपायाको समेत मृत्यु भएको सो कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारीदिनुभयो । उहाँका अनुसार घटनामा १२ महिला, आठ पुरुष र छ बालक घाइते भए । ज्यान गुमाउनुको मुख्य कारण मानवीय लापरवाही र विद्युत् प्राधिकरणको पनि लापरवाही हुने गरेको जिल्ला प्रहरी कार्यालयको निष्कर्ष रहेको छ । बुधबार मात्र जिल्लाको कञ्चनरुपमा बुहारीलाई करेन्ट लागेको देखेर जोगाउन जाँदा ससुरासमेतको मृत्यु भएको छ । कञ्चनरुप नगरपालिका–६ घोघनपुरका नरेश सरदारकी श्रीमती २० वर्षीया अञ्जली सरदारलाई करेन्ट लागेको देखेर जोगाउन गएका उनका काका ससुरा ४० वर्षीय मधु भन्ने सौदानन्द सरदारको समेत मृत्यु भएको सप्तरी प्रहरीले जनाएको छ । घरआँगनमा रहेको ट्युबेलमा जडान रहेको पानी तान्ने मोटर चलाउँदा अञ्जलीलाई करेन्ट लागेको थियो । करेन्ट लागेर घाइते दुवै जनालाई उपचारका लागि प्राथमिक स्वास्थ्यचौकी कञ्चनरुप लगिएको थियो । स्वास्थ्यचौकीमा परीक्षण गर्दा चिकित्सकले दुवै जनाको मृत्यु भएको घोषणा गरेका थिए । यसैगरी जिल्लाको राजगढ गाउँपालिका–२ कमलपुर बस्ने दुःखी साहको छोरा ५६ वर्षीय शिवशङ्कर साहको समेत मङ्गलबार करेन्ट लागेर मृत्यु भएको छ । आफ्नै घरको आँगनमा रहेको चापाकलमा जडान गरिएको मोटरमा पानी तान्ने क्रममा करेन्ट लागी मृत्यु भएको प्रहरीले जनाएको छ । --- # एक साताभित्रै नागरिकता विधेयक पास हुन्छ : प्रधानमन्त्री देउवा Source: https://newskunda.com/archives/1265 Category: FEATURED NEWS, राजनीति, समाचार Last updated: 2022-06-12 प्रधानमन्त्री शेरबहादुर देउवाले एक साताभित्र नागरिकता विधेयक पारित हुने दाबी गरेका छन्। जसपा सांसद प्रदीप यादव सहितको टोलीसँगको भेटमा देउवाले १/२ दिनभित्रै र ढिलोमा एक सातामा नागरिकता विधेयक पारित हुने ठोकुवा गरेको सेतोपाटीलाई बताए। 'एक साताभित्र नागरिकतासम्बन्धी विधेयक टुंगो लगाउँछु। भोलि, पर्सिमै ल्याउँछु। ढिलोमा मात्रै एक साता हो,'देउवाको भनाइ उदृत गर्दै यादवले भने,'यो मेरो आश्वासन होइन, ठोकुवा हो। बिहे गरेर आउने विदेशी महिलाले विगतको जस्तै नागरिकता पाउने प्रावधान रहनेछ।' बिहे गरेर आउने विदेशी महिलालाई नागरिकता पाउन ७ वर्ष प्रस्ताव गरिएको भए पनि अब त्यो प्रावधान नरहने यादवले बताए। विगतमा बिहे गरेर आउनसाथ अंगीकृत नागरिकता पाउने प्रावधान थियो। संसदमा ५ वर्षदेखि अड्किएको विधेयकका कारण लाखौं युवा नागरिकताबाट बञ्चित भएको उनले बताए। प्रधानमन्त्री देउवालाई भेट्न यादवसँगै जसपा सांसदहरू नरमाया ढकाल र रानी मण्डल समेत गएका थिए। नागरिकता नभएका कारण युवाहरू अध्ययनका लागि छात्रवृत्ति, रोजगारी लगायतबाट बञ्चित छन्। --- # एकीकृत प्रारम्भिक प्रतिवेदन आज मुख्यमन्त्री किरण थापा मगरसमक्ष पेस Source: https://newskunda.com/archives/4650 Category: FEATURED NEWS, अर्थ, राजनीति, शिक्षा, समाचार, समाज, स्वास्थ्य Last updated: 2026-10-08 हेटौँडा, २२ असोज । रसुवा, नुवाकोट र धादिङलगायतका क्षेत्रमा ल्हेन्दे, भोटेकोशी र त्रिशूली नदी प्रणालीमा आएको विनाशकारी बाढी तथा पहिरोले पु¥याएको क्षतिबारे बागमती प्रदेश सरकारले तयार पारेको एकीकृत प्रारम्भिक प्रतिवेदन आज मुख्यमन्त्री किरण थापा मगरसमक्ष पेस गरिएको छ । आन्तरिक मामिला, कानून तथा सहकारी मन्त्रालयका प्रदेश सचिव महेश भट्टराईले उक्त विस्तृत प्रतिवेदन मुख्यमन्त्रीसमक्ष हस्तान्तरण गर्नुभएको हो । प्रतिवेदनअनुसार बाढी र पहिरोका कारण मानवीय तथा भौतिक पूर्वाधारका क्षेत्रमा अभूतपूर्व क्षति पुगेको छ। बाढीका कारण हालसम्म १,४५५ जनाको ज्यान गइसकेको छ भने ५,२८५ जना नागरिक अझै बेपत्ता रहेका छन् । घाइते भएकामध्ये ३४४ जनाको अस्पतालमा उपचार भइरहेको छ। बाढी प्रभावित क्षेत्रमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीय प्राविधिकसहित २० हजार ४७७ जनशक्ति उद्धारमा खटिएका छन्, जसको तत्परताले १३ हजार ७९५ जनाको सकुशल उद्धार गर्न सफलता मिलेको छ । अविरल बाढी र पहिरोले २ हजार ३०० वटा निजी आवास पूर्ण रूपमा ढालेको छ वा बगाएको छ भने २६९ वटा घरमा आंशिक क्षति पुगेको छ । यसबाट २ सय ३०० भन्दा बढी परिवार पूर्ण रूपमा विस्थापित बनेका छन्। विस्थापितमध्ये १ हजार ८५ जना नागरिकलाई हाल अस्थायी शिविरहरूमा राखिएको छ । बाढीका कारण १०२ जना बालबालिकाले आफ्ना बाबुआमा गुमाएका छन् । होल्डिङ सेन्टरहरूमा २४६ बालबालिका र १६९ ज्येष्ठ नागरिक आश्रय लिइरहेका छन् । उनीहरूलाई राहतसँगै ३८ वटा केन्द्रमार्फत मनोसामाजिक परामर्श र संरक्षण सेवा प्रदान भइरहेको छ । **पूर्वाधारतर्फ मात्रै अर्बौँको क्षति** **भौतिक पूर्वाधार क्षेत्रमा पुगेको क्षतिको प्रारम्भिक मूल्याङ्कन अनुसार :** **सडक र पुलः** ३४ वटा मोटरेबल पुल तथा ५१ वटा झोलुङ्गे पुल पूर्ण रूपमा बगेका वा भत्किएका छन्। ३.५ किलोमिटर कालोपत्रे सडक र १४ वटा सरकारी भवन ध्वस्त भएका छन् । **शैक्षिक संस्था :** १२ वटा विद्यालयका ३५ भवन र ३१७ कक्षाकोठा पूर्ण रूपमा भत्किँदा ९ हजार २४८ विद्यार्थीको पठनपाठन ठप्प भएको छ ः १८ वटा विद्यालयमा आंशिक क्षति पुगेको छ । **स्वास्थ्य क्षेत्र :** ६ वटा सरकारी र ७ वटा निजी स्वास्थ्य संस्था एवं औषधि पसल पूर्ण रूपमा पछाडिएका छन् । **खानेपानी र सिँचाइः** ५५ वटा खानेपानी आयोजना र ४४ वटा सिँचाइ कुलोमा क्षति पुग्दा हजारौँ घरधुरी खानेपानी र सिँचाइ सुविधाबाट वञ्चित भएका छन् । उद्योग, व्यापार र कृषि क्षेत्र धराशायी **उद्योग तथा व्यवसाय :** ३०० वटा घरेलु तथा साना उद्योग, ६७ वटा व्यापारिक पसल र ३० वटा गोदाम क्षतिग्रस्त हुँदा रु. २९७ करोडभन्दा बढीको क्षति भएको छ भने १ हजार ७०० भन्दा बढी श्रमिकको रोजगारी गुमेको छ । **कृषि तथा पशुधन :**९७३ हेक्टर खेतीयोग्य जमिन प्रभावित भएको र ४७१ हेक्टरको बालीनाली पूर्ण नष्ट भएको छ । ७०२ वटा ठूला पशु, २ हजार १२३ वटा साना पशु र १ लाख ३४ हजार कुखुरा तथा पन्छी मरेका छन् । **सञ्चार र बैङ्किङ :** १९८ वटा सञ्चार टावरमा क्षति पुगेकोमा १९३ टावर पुनः सञ्चालनमा ल्याइएको छ । १७ बैङ्क शाखा र ९ एटीएममा क्षति पुग्दा २ हजार १२५ कर्जा खाता जोखिममा परेका छन् । **प्रमुख क्षेत्रमा भएको रकम मूल्याङ्कन (प्रारम्भिक अनुमान) :** सडक, पुल र सरकारी भवनः रु. ५६९.०७ करोड विद्यालय भवन तथा पूर्वाधारः रु. ४९८.६२ करोड उद्योग तथा व्यापारिक पसलः रु. २९७.१२ करोड खानेपानी तथा सिँचाइः रु. ५२.६९ करोड कृषि, पशुधन र फार्मः रु. २८.५९ करोड **प्रदेश सरकारका निर्णय र पुनर्निर्माण रणनीति :** विपद्पछिको अवस्थालाई सम्बोधन गर्न बागमती प्रदेश सरकारले प्रभावित १२ वटा स्थानीय तहलाई रु. २.५० करोड अनुदान र थप जोखिम रोकथामका लागि नौकुण्डलाई रु. ४० लाख तथा गोसाइकुण्डलाई रु. २५ लाख उपलब्ध गराएको छ। मृतकका परिवारलाई तत्काल राहत स्वरूप प्रतिमृतक रु. २५ हजारका दरले पहिलो किस्ता पठाइएको छ । पुनर्निर्माणका लागि सङ्घीय सरकारसँग रु. १ अर्ब अनुदान माग गर्ने निर्णय भएको छ । साथै, बजेट रकमान्तरका लागि अर्थमन्त्रीको संयोजकत्वमा ५ सदस्यीय कार्यदल गठन गरिएको छ भने प्रदेशका जनप्रतिनिधि तथा कर्मचारीहरूले ५ देखि १५ दिनसम्मको पारिश्रमिक विपद् कोषमा जम्मा गर्ने निर्णय भएको छ । प्रतिवेदन बुझ्दै मुख्यमन्त्री किरण थापा मगरले प्रभावित नागरिकको सुरक्षित पुनर्वहाली, स्वास्थ्य सेवा, र प्रदेश नीति तथा योजना आयोगको समन्वयमा दिगो पुनर्निर्माण योजना बनाएर यथाशीघ्र काम अघि बढाउन निर्देशन दिनुभएको छ । --- # एकीकृत विकास समाजको साधारणसभामा २ जना सम्मानित Source: https://newskunda.com/archives/2553 Category: FEATURED NEWS, अर्थ, समाचार, समाज Last updated: 2023-03-13 काठमाडौँ । एकीकृत विकास समाज(आईडिएस)ले आर्थिक वर्ष २०७८—०७९ मा गरेको प्रगति विवरण सार्वजनिक गरेको छ । समाजको २२ औं साधारणसभामा महासचिव सोमबहादुर श्रेष्ठले समाजले गत आर्थिक वर्षमा गरेको प्रगति विवरण सार्वजनिक गरेका छन् । मुलत खानेपानी तथा वातावरणीय सरसफाई एवं सिपमुलक कार्यक्रमलाई राष्ट्रिय स्तरमा सञ्चालन गर्ने उदेश्यले स्थापना भएको यो संस्थाले छोटो अवधिमा १२९ वटा कार्यक्रम सम्पन्न गरिसकेको प्रतिवेदनमा उल्लेख छ । महासचिवले प्रस्ताव गरेको प्रतिवेदनमा गत आर्थिक वर्षमा ४ वटा जिल्लामा ‘स्कुल वास प्रोगाम’ सम्पन्न गरेको छ । ब्रिटिस काउन्सिलसँग सहकार्य गरेर लुम्बिनीमा ‘वुमिन अफ द वल्ड’ र डब्लुएफीसँगको सहकार्यमा लुम्बिनी र कपिलबस्तुमा ‘क्यास ट्रान्फर टु सर्पोट इम्प्रुभमेन्ट एजुकेसन एण्ड न्यूट्रेसन आउटमिन्स एमोङ चिन्ड्रेन’ कार्यक्रम सम्पन्न गरेको छ । गत आवको कार्यक्रम ‘एफ सर्भिस’ काठमाडौंमा सञ्चालनमा छ । बर्दियामा समेत गत आवको कार्यक्रम ‘टुअर्स ब्राउनलेज’ सञ्चालन भइरहेको प्रतिवेदनमा उल्लेख छ । चालु आवमा २ वटा कार्यक्रम सञ्चालनमा रहेको समाजले जनाएको छ । जसमा बझाङ, बाजुरा, अछाम र दार्चुलामा ‘स्कुल हेल्थ एण्ड न्यूट्रेसन प्रोगाम’ सञ्चालनमा छन् । साथै लुम्बिनीमा ‘म्यानेजमेन्ट अफ मूड हाउस एण्ड नलेज सेन्टर स्टाबिल्समेन्ट’ कार्यक्रम सञ्चालनमा रहेको प्रतिवेदनमा उल्लेख छ । संस्थाको आर्थिक प्रतिवेदन कोषाध्यक्ष गिरीधर मिश्रले प्रस्तुत गरेका थिए । कार्यक्रमको प्रमुख अतिथि बागमती प्रदेशका सांसद एवं नेपाल बुद्धिजीवी परिषद्का अध्यक्ष डा. दिनेशचन्द्र देवकोटाले यो संस्थाको नेतृत्व देशकै अब्बल मानिसले गरेको अब्बल संस्था भएको बताए । योजना आयोगको उपाध्यक्ष समेत भएका देवकोटाले यो संस्थाको टिम वर्क, स्मार्ट वर्क र नेटवर्कसहित अब्बल नेतृत्व, पारदर्शिता र भविष्यको योजना प्रमुख विशेषता भएको बताए । नास्टको प्राज्ञ समेत रहेको उनले संस्थामा सुशासन कायम गर्न ध्यान दिँदै नयाँ चुनौतिलाई सामना गर्न तयार हुने योजनासमेत संस्थाले विकास गर्दै जानुपर्ने सुझाव दिएका छन् । समाजको संस्थापक अध्यक्ष प्रभा पोखरेलले फोहोर व्यवस्थापनमा संस्थाले धेरै राम्रो काम गरेको बताइन् । उनले आफूले समेत लामो समय फोहोर व्यवस्थापनमा काम गरेको अनुभव सुनाउँदै फोहोर व्यवस्थापन गर्न सबैभन्दा पहिले फोहोरको वर्गिकरण गर्नुपर्ने बताइन् । तर, फोहोर वर्गिकरण गर्न सरकारी निकाय नै तयार नभएको उनको भनाइ छ । उनले आफ्नो हातखुट्टा चल्दासम्म यही क्षेत्रमा काम गर्ने बताइन् । साधारणसभाको अवसरमा समाजका अध्यक्ष प्रा.डा राजेन्द्र अधिकारीद्धारा लिखित पुस्तक विमोचन समेत गरिएको थियो । उक्त पुस्तकको विषयमा उठाएको महिला सम्बन्धी विषय गम्भीर रहेको पोखरेलले बताइन् । उनले पुस्तकमा महिलालाई कसरी सेक्स कमोडिटीको रूपमा प्रयोग गरिएको छ भन्ने विषय प्रष्ट उठान भएको भन्दै तारिफ समेत गरिन् । अहिले पनि महिलालाई क्षमताभन्दा रूप र सेक्सको रूपमा मात्र प्रयोग गरिएको उनको दाबी छ । साधारणसभाको अवसरमा २ जनालाई सम्मान गरिएको थियो । सम्मानित हुनेमा नमस्तेलाल श्रेष्ठ र प्रकाश कोइराला छन् । कोइराला पूर्वशिक्षक हुन् । उनले विकासको क्षेत्रमा गुरुयोजना बनाउँछन् । उनले एईडिएसको विभिन्न पदमा रहँदै कार्यकारी अध्यक्षको समेत भूमिका निर्वाह गरिसकेका छन् । आफूले यो विभिन्न जिम्मेवारीसहित कार्यकारी अध्यक्ष हुँदा आत्मासन्तुष्टि मिल्नुका साथै धेरै कुरा सिक्ने अवसर मिलेको उनले बताए । उनले सम्मान गरेकोमा संस्था र सांसद देवकोटाप्रति कृतज्ञता प्रकट गरे । साथै टिम वर्ककै कारण आफू र संस्था सफल भएको उनको भनाइ छ । श्रेष्ठ युनिसेफमा समेत काम गरिसेका कर्मचारी हुन् । उनले कोभिडको अवधिमा घरमा बसेकको समयमा किताब लेखेर प्रकाश गरेका छन् । सरसफाई र समाजिक सेवामा उनी सक्रिय छन् । देशलाई खुला दिशामुक्त क्षेत्र घोषणा गर्न उनको योगदान महत्वपूर्ण रहेको छ । साधारणसभाले ७ जना नयाँ कार्यसमिति चयन गरेको छ । नयाँ कार्यसमितिको अध्यक्ष सोमबहादुर श्रेठ, उपाध्यक्ष गिता खड्का, महासचिव गिरीधर मिश्र, कोषाध्यक्ष विजय शाक्य, सदस्यहरू सुशील बिके, साधुराम खत्री, प्रकृति चालिसे रहेका छन् । सल्लाहकारमा कल्पना प्रधान, गोपाल कृष्ण श्रेष्ठ, प्रा.डा राजेन्द्रप्रसाद अधिकारी, डा.सर्वराज खड्का र मुख्य संरक्षक प्रभा पोखरेल रहेका छन् । --- # एकीकृत समाजवादीको राष्ट्रिय भेला तीन नेताको बहिष्कार Source: https://newskunda.com/archives/1392 Category: FEATURED NEWS, राजनीति, समाचार, समाज Last updated: 2022-06-27 काठमाडौं १३ असार । सत्तारुढ नेकपा एकीकृत समाजवादीको केन्द्रीय परिषद् बैठक जारी छ। सोमबार र मंगलबार राजधानीको प्रज्ञा प्रतिष्ठानमा आयोजित परिषदको बैठकमा सहभागी हुन देशभरबाट प्रतिनिधि उपस्थित भएका छन्। प्रज्ञा भवनमा सोमबारदेखि सुरु केन्द्रीय परिषदको बैठकमा समूहगत छलफल सुरु भएको छ। पहिलो दिनको बैठकमा प्रदेशगत रुपमा ११ वटा समूह निर्माण गरी अध्यक्ष माधवकुमार नेपालले प्रस्तुत गरेको ‘राजनीतिक तथा सांगठनिक प्रतिवेदन’माथि छलफल सुरु भएको छ।समूहगत छलफलबाट आएका निष्कर्षसहित मंगलबार बस्ने बैठकमा थप छलफल गरेर अध्यक्षले बैठक समापन गर्ने एकीकृत समाजवादीले बताएको छ। **मन्त्रीबाट बिदा ३ नेता अनुपस्थित** केन्द्रीय परिषद बैठकमा आइतबारमात्र मन्त्री पदबाट बिदा भएका ३ जना निवर्तमान मन्त्री अनुपस्थित भए। देशभरका प्रतिनिधिहरू उत्साहित हुँदै बैठकमा उपस्थित हुँदा काठमाडौंमै रहेका उनीहरु भने बैठकमा देखिएनन्। निवर्तमान स्वास्थ्यमन्त्री विरोध खतिवडा, पर्यटनमन्त्री प्रेम आले र श्रममन्त्री किसान श्रेष्ठ बैठकमा उपस्थित भएनन्। पार्टीले पूर्व जानकारी नगराई निर्णय गरेको भन्दै असन्तुष्ट भएर सरकारबाट बाहिरिन आनाकानी गरेका उनीहरु केन्द्रीय परिषद् बैठकमा उपस्थित नहुनु अर्थपूर्ण भएको चर्चा बैठकस्थल भित्रै चलेको थियो। **ढिलो पुगेकी रामकुमारी निराश** शहरी विकास मन्त्रालयको जिम्मेवारीबाट आइतवार मात्रै राजीनामा घोषणा गरेकी नेतृ रामकुमारी झाँक्री भने बैठकस्थलमा ढिलागरी उपस्थित भएकी थिइन्। झाँक्री पुग्दा अध्यक्ष माधवकुमार नेपालले सम्बोधन गरिरहेका थिए। मन्त्री पदबाट राजीनामा दिँदै गर्दा रामकुमारीले सिंहदरबारमा बगाएको आँसुको चर्चा समाजवादीको बैठकस्थलमा आज पनि चल्दै थियो। बैठकस्थलमा पुग्दै गर्दा उनको अनुहारमा उत्साह थिएन। केही बेचैनी र उदासीनतासहित उपस्थित भएकी झाँक्री बैठकमा पुगेसँगै मोबाइलमा ब्यस्त देखिइन्। केही कार्यकर्ता अघि–पछि लगाएर पुगेकी झाँक्रीले सुरुमा महासचिव वेदुराम भुसालसँग केही भलाकुसारी गरिन्। लगत्तै, मञ्चको पछिल्लो लाइनमा प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईनजिक पुगेर बसिन्। नेपालले सम्बोधन गरिरहँदा केही कार्यकर्ता हुटिङ गरिरहेका थिए। सम्मानित नेता झलनाथ खनाल र महासचिव भुसाल भने डकुमेन्टमा काममा ब्यस्त देखिन्थे। तर, झाँक्रीले बैठक अवधिभर घोप्टो परेर मोबाइल चलाइरहिन्। **सदस्यको हातमा कालो ब्याग र फारम** केन्द्रीय परिषद् बैठकमा उपस्थित हुन आएका सबै प्रतिनिधिलाई पार्टीले एउटा कालो ब्याग उपलब्ध गराएको थियो। एक–एकवटा फारम र एउटा प्रतिवेदन राखेर सदस्यहरुलाई ब्याग उपलब्ध गराइएको थियो। अध्यक्ष नेपालको सम्बोधन सकिएपछि महासचिव भुसालले सबै सदस्यहरुलाई उक्त ब्याग खोल्न आग्रह गरेका थिए। ब्यागभित्र भएको फारम भरेर समूहगत रुपमा उपलब्ध गराउन भुसालले आग्रह गरेका थिए। फारममा ब्यक्तिगत विवरण भर्न आग्रह गरिएको छ। एउटा फोटोसहित सदस्यहरुलाई आफ्नो नाम, जन्म मिति, जन्म स्थान, पार्टी सदस्यता नम्बर, ठेगाना लगायतका विवरण भर्ने गरी फारम उपलब्ध गराइएको हो। --- # एनआरएनएले पाँच करोड बराबरको आर्थिक सहयोग गर्ने निर्णय Source: https://newskunda.com/archives/4111 Category: FEATURED NEWS, अर्थ, राजनीति, समाचार, समाज, स्वास्थ्य Last updated: 2026-08-26 काठमाडौँ, १० भदौः गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)ले भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित परिवारको उद्धार, राहत एवं अन्य आवश्यक सहयोगका लागि तत्काल रु पाँच करोड बराबरको आर्थिक सहयोग गर्ने निर्णय गरेको छ । सङ्घको आकस्मिक बैठक बसी सबै पदाधिकारी, एनसीसी तथा अभियन्ताहरूसँग छलफल गरी एनआरएनएका अध्यक्ष डा हेमराज शर्माको संयोजकत्वमा ‘रसुवा बाढी प्रभावितको लागि राहत तथा उद्धार’ मूल समिति गठन गर्ने निर्णय गरेको बैठकले आर्थिक सहयोग सङ्कलनका लागि कोषाध्यक्ष कृष्ण तिमल्सिनाको संयोजकत्वमा आर्थिक सहयोग सङ्कलन समिति गठन गरेको हो । स्वयंसेवक परिचालनका लागि उपाध्यक्ष मनोज गोर्खालीको संयोजकत्वमा स्वयंसेवक परिचालन समिति गठन गरेको बैठकले एनसीसी परिचालनका लागि महासचिव डा चिरञ्जीवी खड्काको संयोजकत्वमा क्षेत्रीय संयोजकसमेत रहने गरी एनसिसी परिचालन समिति गठन गर्ने र विपद् व्यवस्थापन समिति र सम्बन्धित निकायसँग समन्वय गर्न प्रमुख कार्यकारी अधिकृत राजेन्द्रकुमार राउतलाई जिम्मेवारी तोक्ने निर्णय गरेको छ । प्रभावित क्षेत्रमा आवश्यक मेडिकल तथा स्वयंसेवक टोलीलाई तत्काल परिचालन गर्ने, सम्पूर्ण एनआरएनएका पदाधिकारी तथा सदस्यहरूलाई उद्धार तथा राहत कार्यमा स्वयंसेवकका रूपमा सहभागी हुन अपिल गर्ने, राष्ट्रिय समन्वय परिषद् (एनसीसी) हरूमा पनि आइसिसीमा गठन गरिएझैँ समिति गठन गरि तत्काल उद्धार, राहत तथा पुनःस्थापनाका लागि आवश्यक आर्थिक सहयोग जुटाउन निर्देशन दिने बैठकले निर्णय गरेको जनाइएको छ । सरकारको संयन्त्रमार्फत उद्धार, राहत तथा पुनःस्थापनाका कार्यमा सहकार्य गर्न एनआरएनए तयार तथा प्रतिबद्ध रहेको निर्णय गर्दै बैठकले सरकार तथा सम्बन्धित निकायसँग आवश्यक समन्वय र सहकार्यलाई थप प्रभावकारी बनाउनेलगायत निर्णय गरेको महासचिव डा चिरञ्जीवी खड्काद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । विपद्मा परी ज्यान गुमाएका सबैप्रति श्रद्धाञ्जली व्यक्त गर्दै सङ्घले शोकसन्तप्त परिवारजनमा समवेदना तथा घाइते र प्रभावितहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ । विपद्को घडीमा प्रभावित नागरिकको जीवनरक्षा, उद्धार तथा राहत कार्यलाई उच्च प्राथमिकतामा राख्न सरकार, स्थानीय निकाय तथा सरोकारवालालाई सङ्घले आग्रह गरेको छ । --- # एनपिएल दक्षिण अफ्रिका मिलर कर्णालीमा आबद्ध Source: https://newskunda.com/archives/5046 Category: FEATURED NEWS, खेलकुद, राजनीति, समाचार, समाज Last updated: 2026-10-23 काठमाडौँ, ६ कात्तिक : दक्षिण अफ्रिकाका क्रिकेटर डेविड मिलर नेपाल प्रिमियर लिग (एनपिएल)को तेस्रो संस्करणका लागि कर्णाली याक्समा आबद्ध भएका छन् । कर्णालीले आज उनलाई टोलीमा भित्र्याएको औपचारिक जानकारी दिएको हो । मिलरले सन् २०१० मा दक्षिण अफ्रिकाका लागि अन्तरराष्ट्रिय क्रिकेटमा पदार्पण गरेका थिए । उनले एकदिवसीय र टी–२० अन्तरराष्ट्रिय क्रिकेटमा दक्षिण अफ्रिकाको प्रतिनिधित्व गर्दै आएका छन् । अन्तरराष्ट्रिय टी–२० क्रिकेटमा उनले दुई हजार ८०४ रन बनाएका छन् । यस प्रारूपमा उनको ब्याटिङ औसत ३३।७८ र स्ट्राइक रेट १४१।४० रहेको छ । मिलरले सन् २०१७ मा बङ्गलादेशविरुद्ध ३५ बलमै शतक प्रहार गरेका थिए । इण्डियन प्रिमियर लिग ९आइपिएल० मा गुजरात टाइटन्स, राजस्थान रोयल्स, पञ्जाब किङ्स र दिल्ली क्यापिटल्सलगायतका टोलीबाट खेलिसकेका मिलरले विश्वका अन्य टी–२० लिगको अनुभव पनि बटुलिसकेका छन् । सन् २०२४ को पुरुष टी–२० विश्वकपको फाइनलसम्म पुगेको दक्षिण अफ्रिकी टोलीका सदस्यसमेत रहेका उनले महत्त्वपूर्ण खेलमा आफ्नो अनुभव र क्षमता प्रदर्शन गरेका थिए । मिलरले हालसम्म १८० एकदिवसीय र १४० टी–२० अन्तरराष्ट्रिय खेले खेलेका छन् । उनले विभिन्न १३ वटा व्यावसायिक लिग खेलिसकेका छन् । कर्णाली याक्सले यस शृंखलाका लागि पाकिस्तानका टी–२० टोलीका कप्तान साहिबजादा फरहान, पाकिस्तानी अलराउन्डर हुसेन तलत तथा बङ्गलादेशका अकबर अली र अरिफुल इस्लामलाई पनि अनुबन्ध गरिसकेको छ । एनपिएलको तेस्रो संस्करण कात्तिक ९ देखि आयोजना हुँदैछ । --- # एमाले अध्यक्ष आली पक्राउ Source: https://newskunda.com/archives/3521 Category: FEATURED NEWS, राजनीति, समाचार Last updated: 2026-03-28 भक्तपुर, १४ चैत : नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलइ निवासबाटै पक्राउ गरेको छ । सूर्यविनायक नगरपालिका–७ गुण्डुस्थित भाडाको घरमा बस्दै आउनु भएका ओलीलाई आज बिहानै पक्राउ गरेको प्रहरीले गरेको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रमुख एवं प्रहरी उपरीक्षक सुर्यबहादर खड्काले जानकारी दिनुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी खड्काको कमाण्डको टोली बिहान ५ बजे पक्राउ गर्न गुण्डु पुगेका थियो । ओलीलाई पक्राउ गरि काठमाडौं लगिएको उहाँले जानकारी दिनुभयो । --- # एमाले अध्यक्ष ओली र कांग्रेस नेता लेखकलाई बिहीबारभित्र हिरासत मुक्त गर्न सर्वोच्चको आदेश Source: https://newskunda.com/archives/3539 Category: FEATURED NEWS, राजनीति, समाचार, समाज Last updated: 2026-04-06 काठमाडौँ, २३ चैत : सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखकलाई आगामी बिहीबारभित्र अनुसन्धान सम्पन्न नभएमा हिरासत मुक्त गर्न आदेश दिएको छ । न्यायाधीश विनोद शर्मा र सुनिलकुमार पोखरेलको इजलासले जिल्ला अदालतबाट यही चैत २२ गते भएको आदेश अनुसारको समयावधिमा अनुसन्धान सम्पन्न भइ मुद्दा चल्ने नचल्ने निर्णय भएमा सोहीअनुसार र सो हुन नसकेमा हिरासत मुक्त गरी थप अनुसन्धान तहकिकात सम्पन्न गर्न आदेश दिएको हो । “जिल्ला अदालतबाट मिति २०८२/१२/२२ मा भएको आदेश अनुसारको समयावधिमा अनुसन्धानं कार्यसम्पन्न भई मुद्दा चल्ने नचल्ने निर्णय भएमा सोहीअनुसार र सो हुन नसकेमा तत्पश्चात् अर्थात् तेस्रो पटक म्याद थपको अवधि उपरान्त यी रिट निवेदक केपी शर्मा ओली र रमेश लेखकलाई मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १५ को प्रक्रिया पूरा गरी हिरासत मुक्त गरी थप अनुसन्धान तहकिकातको कार्य सम्पन्न गरी जे जो गर्नुपर्ने हो गर्नु गराउनू भनी प्रत्यर्थीहरुका नाममा परमादेशको आदेश जारी गरिएको छ”, आदेशमा भनिएको छ । अध्यक्ष ओलीकी पत्नी राधिका शाक्य र नेता लेखककी पत्नी यशोदा लेखकले यही चैत १५ गते गैरकानुनी थुनामा राखिएको उल्लेख गर्दै थुनामुक्त गर्न माग गर्दै बन्दीप्रत्यक्षीकरणको रिट निवेदन दायर गर्नुभएको थियो । सो रिटका सन्दर्भमा भने प्रतिवादीहरुलाई बन्दीप्रत्यक्षीकरणको आदेश जारी गर्न नमिल्ने जनाइएको छ । --- # एमाले अध्यक्ष ओलीको आरोप : पैसाबाहेक अरू केही पनि नसोच्नेहरूको हातमा सरकार पुग्यो Source: https://newskunda.com/archives/1136 Category: FEATURED NEWS, राजनीति, समाचार Last updated: 2022-06-05 काठमाडौँ, २२ जेठ । एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले पैसाबाहेक अरू केही पनि नसोच्नेहरूको हातमा सरकार पुगेको टिप्पणी गरेका छन्। उनले वातावरण विनाशको डिलमा पुग्न लागेको उल्लेख गर्दै यसबारे केही नलेज छ कि छैन ? भनी सरकारलाई प्रश्नसमेत गरे। विश्व वातावरण दिवसको अवसर पारेर आइतबार ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति भवनमा आयोजित एक कार्यक्रममा उनले नेपालको हिमालले वातावरण संरक्षणमा महत्वपूर्ण भूमिका खेल्न सक्ने भएकै कारण आफू नेतृत्वको सरकारले तय गरेको ‘सगरमाथा संवाद’ कार्यक्रमलाई अगाडि बढाउन वर्तमान सरकार सक्षम नभएको बताए। उनले वातावरणीय प्रश्नमा नेपालको हिमाल महत्वपूर्ण रहेको विषयमा आफूले सरकारमा रहँदा विश्वका नेतासँग संवाद गरेको उल्लेख गर्दै त्यसको महत्व दर्शाउनका लागि अन्तर्राष्ट्रिय स्तरको ‘सगरमाथा संवाद’ कार्यक्रम सञ्चालन गर्ने निर्णय गरिएको पनि स्मरण गराए। तर, त्यो सन् २०२० मा कोभिडका कारण अघि बढ्न नसकेको र त्यसपछि अघि बढाउन खोज्दा सरकारबाट हट्नुपरेको अध्यक्ष ओलीको भनाइ थियो। उनले भने, ‘हाम्रा हिमालले दिएको ओस, हाम्रा हिमालले दिएको पानीको स–सना कोण, जो हावामा पठाइएको छ। त्यसको असरका कारण पूरै ड्राई भएको हुँदैन। मैले संयुक्त राष्ट्रसंघका वातावरणको सम्बन्धमा काम गर्ने लिडरहरू, लिडिङ परसनालिटी, जसले इन्भारोमेन्टबारे काम गर्छ। उनीहरूलाई मैले के हो माउन्टेन, माउन्टेन क्लाइमेट के हो र हिमाल नेपालमा मुख्य रूपमा छन्।सबभन्दा धेरै त नेपालमा छ। नेपालको १७ प्रतिशत भूभाग हिमाल छ। यो खाली नेपालका लागि मात्रै महत्वपूर्ण छैन। र, हिमालको क्लाइमेट भनेको हाम्रा लागि हैन, हाम्रा निम्ति मात्रै होइन। यो विश्वका लागि हो। त्यसकारण विश्वले यसमा बुझ्नुपर्छ भनेर मैले इन्टरनेसनल फोरममा, युएनका जिम्मेवार व्यक्तिसँगको भेटमा सबै ठाउँमा यसलाई उठाएको छु। र, यसै प्रयोजनका लागि हामीले सन् २०२० मा अहिलेभन्दा २ वर्षअगाडि सगरमाथा संवाद आयोजना गर्न खोजेका थियौं। एभरेष्ट डाइलग भनेर हामीले आयोजना गर्न खोजेका थियौँ। तर, त्यो कोभिड १९ का कारण डिस्टर्व भयो। र, गत सेप्टेम्बरमा आयोजना गर्ने तय गरिएको थियो, अनफरचुनेट्ली हामी जुलाइतिरै गयौँ होला। हामी सरकारबाट हटेपछि कसले सोच्ने वातावरण, कसले सोच्ने अरु। पैसाबाहेक अरू नसोच्नेहरूका हातमा सरकार पुगेपछि के–को, वातावरण के–को के ? त्यो सबै टुंगियो कुरा।’ वातावरणीय संरक्षणको प्रश्नमा नेपालको भूमिका महत्वपूर्ण रहेकोतर्फ पनि विश्व नेताहरूको ओलीले ध्यानाकर्षण गराए। उनले भने, ‘वातावरणको सन्दर्भमा बढी सचेत छ नेपाल। वातावरणीय प्रश्नमा विश्वले एमेजोन रेन फरेस्टमा मात्रै ध्यान दिने होइन, त्यसको चर्चा मात्र गर्ने होइन कि हाम्रा माउन्टेनको पनि चर्चा गर्नुपर्छ। रेन फरेन्ट अन्त पनि बनाउन सकिएला। तर, हिमाल रोप्न सकिँदैन। माटोलाई जीवित राख्न, धर्तीलाई जीवित राख्न, पृथ्वीलाई जीवित राख्न आवश्यक छ, मानव जातिको भविष्य सुरक्षित गर्नका लागि।’ अध्यक्ष ओलीले वातावरण संरक्षणका लागि वनको भन्दा पनि हिमालको भूमिका महत्वपूर्ण हुने भएकाले विश्व नेताहरूले नेपालको हिमालबारे चर्चा गर्नु जरुरी रहेको तर्क गरे। --- # एमाले अध्यक्ष ओलीको विकासमा सबैसँग समन्वय गर्न निर्देशन, जिसस प्रमुख थापालाई अध्यक्ष ओली र नेता बस्नेतको बधाई Source: https://newskunda.com/archives/1283 Category: FEATURED NEWS, राजनीति, समाचार Last updated: 2022-06-13 भक्तपुर, ३० जेठ : नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले जिल्ला समन्वय समिति भक्तपुरका नवनिर्वाचित प्रमुख इश्वर थापालाई सबै नगरपालिका र दलसँग समन्वय गरेर विकासका काम गर्न निर्देशन गर्नु भएको छ । आज ओली निवास बालकोटमा आयोजना गरेको बधाई तथा शुभकामना कार्यक्रममा थापालाई टीका तथा खादा लगाएर बधाई दिदै भक्तपुरको समग्र विकासमा पार्टी र चारवटै नगरपालिकासँग समन्वय गरेर काम गर्न आग्रह गर्नु भएको हो । भक्तपुरको बिकासलाई सबै मिलेर अगाडि बढाउनु पर्ने बताउदै उहाँले बिकासलाई पहिलो प्राथमिकतामा राखेर निर्णय गर्न निर्देशन गर्नु भयो । कार्यक्रममा एमाले पोलिट व्यूरो सदस्य महेश बस्नेतले तीन तहकै सरकार, जिल्लाका चार नगरपालिका तथा रोकिएका बिकासलाई अगाडि बढाउन जिल्ला समन्वय समितिको भूमिका प्रभावकारी रुपमा निर्वाह गर्ने अपेक्षा गरेको बताउनु भयो । ओली निवासमा एमालेका केन्द्रीय सदस्य एवं भक्तपुर इन्चार्ज सोम मिश्र, सूर्यविनायक नगरपालिकाका प्रमुख वासुदेव थापा, जिससका निवर्तमान प्रमुख नवराज गेलाल, निवर्तमान् उपप्रमुख सरिता कुँवरलगायतले पनि बधाई तथा शुभकामना दिनु भयो । --- # एमाले अध्यक्ष ओलीद्धारा संविधानसभा सदस्य तामाङको निधनमा श्रद्धाञ्जली व्यक्त Source: https://newskunda.com/archives/5374 Category: FEATURED NEWS, राजनीति, समाचार, समाज Last updated: 2026-10-31 काठमाडौँ, १४ कात्तिकः नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले संविधानसभा सदस्य छोवाङ तेञ्जेन तामाङको निधनमा श्रद्धाञ्जली व्यक्त गर्नुभएको छ । सो पार्टीका पूर्वकेन्द्रीय सल्लाहकार परिषद् सदस्य एवं रसुवा जिल्ला कमिटीका पूर्वअध्यक्ष तामाङको शुक्रबार निधन भएको थियो । उहाँको निधनप्रति दुःख व्यक्त गर्दै अध्यक्ष ओलीले लोकतान्त्रिक आन्दोलन तथा रसुवा जिल्लाको राजनीतिक, सामाजिक र समग्र विकासमा तामाङले पुर्याउनुभएको योगदान सधैँ स्मरणीय रहने बताउनुभएको छ । एमाले रसुवाका संस्थापक सदस्य रहनुभएका तामाङको निधनबाट पार्टीले एक अनुभवी, निष्ठावान् र समर्पित नेता गुमाएको अध्यक्ष ओलीले आफ्नो शोक सन्देशमा उल्लेख गर्नुभएको छ । अध्यक्ष ओलीले शोकसन्तप्त परिवारमा समवेदना व्यक्त गर्नुभएको छ । --- # एमाले अध्यक्ष केपी ओली, नेमकिपाका अध्यक्ष बिजुक्छेसम्म गरे मतदान (फोटो फिचर) Source: https://newskunda.com/archives/909 Category: FEATURED NEWS, निर्वाचन, राजनीति, समाचार Last updated: 2022-05-13 भक्तपुर, ३० बैशाख । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भक्तपुरको सूर्यविनायकस्थित बालकोट २ मा रहेको महेन्द्र शान्ति माध्यमिक विद्यालयबाट मतदान गर्नु भएको छ । त्यस्तै नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले भक्तपुर नगरपालिका–५ दरवार स्क्वायरस्थित विद्यार्थी निकेतन माध्यमिक विद्यालयको मतदान स्थलबाट मतदान गर्नु भएको हो । त्यसैगरि प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले पनि मतदान गर्नु भएको छ । उहाँले मध्यपुरथिमि–१ लोकन्थली उप स्वास्थ्य चौकी, निस्ट स्कुलको मतदानस्थलबाट मतदान गर्नु भएको हो । आजै नेकपा एमालेका पोलिटव्यूरो सदस्य एवं प्रतिनिधि सभा सांसद महेश बस्नेतलेसाविक गुण्डु गाविस भवन हालको वडा कार्यालय भवन मतदान स्थलबाट मतदान गर्नु भएको हो । --- # एमाले अध्यक्ष केपी ओलीका पिताको अस्पतादेखि आर्यघाटसम्म पुगे नेता तथा कार्यकर्ता Source: https://newskunda.com/archives/3475 Category: FEATURED NEWS, राजनीति, समाचार Last updated: 2026-03-13 भक्तपुर, २९ फागुन : नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफ्ना पिता मोहनप्रसाद ओलीलाई श्रद्धाञ्जली अर्पण गर्नु भएको छ । मध्यपुरथिमिस्थित नेपाल कोरिया मैत्री नगर अस्पतालमा आज बिहान ४ः३० बजे पूर्वप्रधानमन्त्री ओलीका पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन भएको थियो । बिहान १० बजे पितालाई श्रद्धाञ्जली अर्पण अध्यक्ष ओली, उहाँको पत्नी राधिका शाक्यसहित अस्पताल पुग्नु भएको थियो । अस्पताल प्राङ्गनमा ओलीसहित नेकपा एमालेका सचिव महेश बस्नेत, भानुभक्त ढकाललगायतका केन्द्रीय नेताहरु एमाले भक्तपुुर जिल्ला अध्यक्ष वचन देउजा, उपाध्यक्ष एवं वागमति प्रदेश स्वास्थ्य मन्त्री किरण थापामगर, जिल्लास्थित नेताहरु, सूर्यविनायक नगरपालिकाका प्रमुख वासुदेव थापा, मध्यपुरथिमि नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठलगायतले अस्पताल प्राङ्गनमा श्रद्धाञ्जली अर्पण गर्नु भएको थियो । अस्पतालका कार्यकारी निर्देशक डा. डि.के. रौशनका अनुसार आज बिहान करिब ४ बजे उहाँलाई उपचारका लागि अस्पताल ल्याईएको र विगत ६ महिनादेखि यसै अस्पतालमा स्वास्थ्य परीक्षण तथा उपचार भइरहेको जानकारी दिनुभयो । दिवङ्गत ओलीको आजै ११ः३० बजे पशुपति आर्यघाटमा दाहसंस्कार गरिने एमाले सचिव बस्नेतले जानकारी दिनुभयो । ओलीका जेठो पुत्र केपी ओली र कान्छा पुत्र जयप्रसाद ओलीसहित तीन छोरी हुनुहुन्छ । कान्छा पुत्र आजै झापाबाट पशुपति आर्यघाट आइपुग्नु भएको छ । --- # एमाले अध्यक्ष बिरामी, घरबाटै उम्मेदवारलाई शभाकमना Source: https://newskunda.com/archives/2780 Category: FEATURED NEWS, राजनीति, समाचार, समाज Last updated: 2023-04-16 काठमाडौँ, ३ वैशाख : भाइरल ज्वरोका कारण नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीको स्वास्थ्यमा समस्या देखिएको छ । अध्यक्ष ओली भाइरल ज्वरोका कारण स्वास्थ्यमा समस्या आएपछि औषधि आएर आराम गरिरहनुभएको छ । उहाँले सामाजिक सञ्जाल फेसबुकमा लेख्नुभएको छ, “भाइरल ज्वरोका कारण मेरो स्वास्थ्यमा केही समस्या आएको छ, अहिले म एन्टिबायोटिक औषधि खाएर निवासमै आराम गरिरहेको छु ।” आगामी वैशाख १० गते हुन लागेको तनहुँ, चितवन र बारामा हुन लागेको उपनिर्वाचनमा पार्टीका उम्मेदवारलाई अध्यक्ष ओलीले विजयी हुन अग्रीम शुभकामना व्यक्त गर्नुभयो । “तनहुँ, चितवन र बारामा वैशाख १० गते हुने उपनिर्वाचनमा हाम्रा पार्टीका उम्मेदवारको चुनावी अभियानमा सहभागी हुने मेरो इच्छा थियो, तर, अहिले म ती कार्यक्रममा सहभागी हुन सकिरहेको छैन”, अध्यक्ष ओलीले भन्नुभएको छ, “तनहुँ– १ मा सर्वेन्द्र खनाल, चितवन–२ मा राम न्यौपाने र बारा–२ मा पुरुषोत्तम पौडेललाई हामीले उम्मेदवार बनाएका छौँ, तपाईंहरूको प्रतिनिधित्वका लागि उहाँहरू योग्य उम्मेदवार हुनुहुन्छ, उहाँहरूलाई विजय गराउनुहुन तनहुँ–१, चितवन–२ र बारा–२ का आम मतदाता समक्ष म विनम्र आग्रह गर्दछु ।” अ ध्यक्ष ओलीले आफ्नो स्वास्थ्य अवस्था ठीक भएपछि तीनै उम्मेदवारलाई भेट्न आउने उल्लेख गर्दै लेख्नुभएको छ, “स्वास्थ्य अवस्था ठीक भएपछि उपयुक्त समयमा म तपाईंहरूलाई भेट्न आउने नै छु, तीनै उम्मेदवारलाई विजयको हार्दिक शुभकामना व्यक्त गर्दछु ।” --- # एमाले केन्द्रीय कार्यालयमा खीर खाने कार्यक्रम Source: https://newskunda.com/archives/1622 Category: FEATURED NEWS, समाचार, समाज Last updated: 2022-07-31 काठमाडौँ, १५ साउन : नेकपा (एमाले) को केन्द्रीय कला, साहित्य तथा संस्कृति विभागले आज साउन १५ को अवसरमा स्रष्टा भेटघाट तथा खीर खाने कार्यक्रम आयोजना गरी किसान संस्कृति मनाएको छ । सो अवसरमा सो पार्टीका अध्यक्ष केपी शर्मा ओलीले हाम्रा चाडपर्वहरूले टाढिन लागेका सम्बन्ध ताजा बनाइराख्ने बताउनुभयो । एमालेको पार्टी कार्यालय च्यासल (ललितपुर)मा आयोजित कार्यक्रममा अध्यक्ष ओलीले हाम्रा चाडपर्वहरू सांस्कृतिका खानी भएकाले त्यस्ता पर्वका नकारात्मक कुरालाई छोड्दै सकारात्मक पक्षलाई मनन गर्नुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा सो विभागका प्रमुख रघुजी पन्तले किसान संस्कृतिका रुपमा रहेको खीर खाने कार्यक्रमले आपसी भेटघाट र सद्भाव बढाएको बताउनुभयो । खीर खाने कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेती, नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका कुलपति केके कर्माचार्यलगायत विभिन्न नेता, संस्कृतिकर्मी, लेखक, कलाकार र पत्रकारहरुको सहभागिता रहेको थियो । --- # एमाले गुटबन्दीलगायत सबै खाले जालझेल सहेर उठेको पार्टी हो : एमाले अध्यक्ष ओली Source: https://newskunda.com/archives/2698 Category: FEATURED NEWS, अर्थ, राजनीति, समाचार, समाज Last updated: 2023-04-10 राँझा, २७ चैत : नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय युवा सङ्घ नेपालमा कुनै पनि प्रकारको गुटबन्दी हुन नहुने बताउनुभएको छ । बाँकेको नेपालगञ्जमा आजदेखि सुरु भएको सङ्घको नवौँ राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहमा उहाँले एमाले गुटबन्दीलगायत सबै खाले जालझेल सहेर उठेको पार्टी भएकाले अब युवा सङ्घमा कुनै पनि बाहनामा पक्ष विपक्षको कुरा नहुने उल्लेख गर्नुभयो । “युवा सङ्घ जस्तो गतिशील, सिर्जनशील संस्था जात, क्षेत्र र भूगोलको आधारमा पक्ष विपक्ष र गुटबन्दी गरेको सुहाउँदैन”, उहाँले भन्नुभयो, “सामाजिक सद्भाव, राष्ट्रिय एकतालाई आत्मसाथ गर्दै नयाँ जोश, उत्साह अठोट र खुल्ला मनका साथ अघि बढ्न जरुरी छ ।” नेताले आशिर्वाद दिएर नेतृत्वमा पुग्ने कामले सङ्गठन जुझारु नहुनेतर्फ इङ्गित गर्दै अध्यक्ष ओलीले आफू केन्द्रित नभई सङ्गठन, युवा आन्दोलन र देशलाई केन्द्रमा राखेर अघि बढ्न युवालाई आग्रह गर्नुभयो । सम्पूर्ण क्षेत्रमा पार्टीलाई सशक्तरूपमा प्रमुख हैसियत बनाउनुमा युवा सङ्घको ठूलो भूमिका रहेको बताउँदै उहाँले राजनीतिलाई जनताको पक्षमा परिणाम निस्किने सन्दर्भमा युवा सङ्घले योगदान पुर्याएको उल्लेख गर्नुभयो । विसं २०४७ मा संविधान जारी हुने वा नहुने आशंका रहेको बेला संविधान जारी गराउन र जनताको पक्षमा गराउन युवा सङ्घले भूमिका खेलेको स्मरण गर्दै अध्यक्ष ओलीले अहिले पनि युवा सङ्घले राज्य सत्ताको दुरुपयोग हुन नदिन, आमनिर्वाचन स्वच्छ बनाउन र जनताको पक्षमा गराउन भूमिका खेलेको भन्दै प्रशंसा गर्नुभयो । विगतको गौरवमय इतिहासलाई अझ प्रभावकारी र सशक्तरूपमा अगाडि बढाउने जोश जाँगर, क्षमता सिर्जनशीलता र पार्टीले सारेको नीति कार्यान्वयन गर्ने नेतृत्व महाधिवेशनले चयन गर्ने उल्लेख गर्दै उहाँले भन्नुभयो, “युवालाई सङ्गठित गर्ने, सही बाटो देखाउने र असल मान्छे बनाउने काम युवा सङ्घको हो । कार्यशैली र व्यवहार हेर्दा बित्तिकै युवा सङ्घको कार्यकर्ता भन्ने चिनिन सक्ने हुनुपर्छ, परिचय देखाएर युवा सङ्घको चिनारी दिन आवश्यक छैन ।” राष्ट्रिय युवा सङ्घ एमालेको बलियो खम्बा हो भन्दै उहाँले यसले पार्टीलाई अफ्ठ्यारो परेको बेला नेपाली जनतालाई अफ्ठ्यारो परेको बेला जोश र जाँगरका साथ आफ्नो जिम्मेवारी पूरा गर्दै आएको छ बताउनुभयो । अध्यक्ष ओलीले भन्नुभयो, “महाधिवेशनमा पदका लागि होइन काम र जिम्मेवारी निर्वाह गर्ने सोचका साथ दुई वर्षसम्म रात दिन सक्रियताका साथ खट्न सक्ने क्षमता हुन जरुरी छ ।” --- # एमाले नेता महेश बस्नेत भोट माग्न सुकुम्वासी बस्ती पस्दा घन्कियो नौमती बाजादेखि दमाहसम्म, नाचे बस्तीमा युवतीहरु Source: https://newskunda.com/archives/3410 Category: FEATURED NEWS, अर्थ, निर्वाचन, राजनीति, समाचार, समाज Last updated: 2026-02-24 भक्तपुर, १२ फागुन । मनोहराको सुकुम्वासी बस्ती, आज मध्यान्हदेखि न्याउली बाजादेखि दमाहा बजिरहेको थियो । सुकुम्वासी बस्तीमा ठूलै बिवाह वा अन्य उत्सव चलिरहेको झल्को दिने गरि हातहातमा अबिर, फूल माला र खादा लिएर स्थानीयको सहभागिता उत्तिकै देखिन्थ्यो । केहीबेरमै आसन्न प्रतिनिधि सभाको निर्वाचनमा भक्तपुर क्षेत्र नं. २ बाट एमालेको तर्फबाट उम्मेदवार बन्नु भएका नेकपा एमालेका सचिव महेश बस्नेतको आगमन भयो । तब बाजा र भीड त्यतै मोडियो र नारा लाग्यो, ‘नेकपा एमाले जिन्दावाद, सूर्य चिन्हमा भोट हालौ, मनोहरा बस्ती के भन्छ, महेश बस्नेत ले भन्छ ।’ मनोहराको सुकुम्वासी बस्तीको आँगनमा बनाईएको ठूलो सूर्य, त्यही वरिपरि बसेर १४ जनाले एमाले प्रवेशको घोषणा गरे । जीवनभर एमालेमा रहने र फागुन २१ को निर्वाचनमा महेश बस्नेतलाई विजयी बनाउन १४ जनाले पार्टी प्रवेश गरेका थिए । पार्टीका जिल्ला अध्यक्ष बचन देउजाले टीका र फूल लगाईदिएपछि नता महेश बस्नेतले खादा ओढाएर पार्टी प्रवेश गराएसंगै बस्तीको माहौल झन तिब्र र उत्साहित बन्यो । त्यसपछि बस्तीमा अगाडि अगाडि बाजा, पछि पछि नेता बस्नेतको र्याली । भव्य रुपमा सुकुम्वासी बस्तीमा पुरै अवलोकन गरि भोट माग्नु भएको थियो । त्यस क्रममा स्थानीयका माझ महेश बस्नेतले भन्नुभयो, ‘सुकुम्वासी बस्तीका समस्या मेरो पनि समस्या हो, यहाँको समस्या समाधानका लागि म प्रतक्ष्य जोडिएको छु, त्यसैले विगतमा गरेका काम अपुग भएमा भन्न आग्रह गर्दछु ।’ **यसो भन्छन् सुकुम्वासी बस्तीका बासिन्दाहरु :** **गोमा तिवारी :** हामी गरिबका लागि सहयोग गर्ने पार्टी एमाले बाहेक अरु कुनै छन । हाम्रा लागि गर्यो भने एमालेले गर्छ, नत्र अरु कसैले सुकुम्वासीको समस्या समाधान गर्न खाज्दैन । अरुले आएर त नाक ठड्याउने मात्रै हो, केही गर्दैनन् । जतिबेला बालेनको डोजर आउँछ, त्यतिबेला महेश बस्नेत र एमाले खडा हुन्छ । वर्षामा बाढी आएर बस्ती भित्र पस्छ, बाढीले बस्ती डुबाउँदा पानी खोल्न डोजर महेश बस्नेतले पठाउँछ, महेश त हाम्रो कान्छो छोरा भने पनि हुन्छ । महेशले सुकुम्वासीका लागि त्यति धेरै गरेको छ । भूकम्प आयो सबभन्दा पहिला राहत बोकेर खाद्यान्न बाड्न महेश नै आँको छ । महेश त हाम्रो लागि विपदको सारथी हो, त्यसैले यहाँको बस्तीको सबै भोट महेश बस्नेतलाई नै जान्छ । **शान्ति लामा :** यहाँको सुकुम्वासी बस्तीमा पहिला त धेरै नै समस्या थियो । हरेक वर्ष सबैभन्दा ठूलो समस्या बाढीको समस्या थियो, वर्षैनी बस्तीमा बाढी पस्थ्यो । वर्षामा बाढी पस्थ्यो, ज्यान जोगाउँनै गाह्रो थियो । त्यो बाढीका जोखिमबाट महेश बस्नेतले हामीलाई मुक्त गराइदिनु भयो । २०७९ सालमा ठूलो बाढी पस्यो, बस्ती नै धरापमा पार्यो, त्यस पछि पनि बाढी पस्थ्यो । त्यसपछि महेश बस्नेतले बजेट ल्याएर मनोहरा खालामा ठूलो पर्खाल लगाईदिए पछि बाढीको ठूलो जोखिम मुक्त भएको छ । २०७९ मा ठूलो बाढी पसेर धेरै क्षति पुर्याउँदा हामीले उहाँसंग नै हार गुहार गरेका थियौ । हामीलाई पिवद पर्दा जति खेर पनि उहाँलाई नै गुहार्ने गथ्र्यौ । जुनसुकै बेला विपदमा सहयोग गर्नु भएको छ, त्यसैले उहाँलाई जिताएर पठाउन पाए हुन्थ्यो भनेर हामी लागेका छौं । **स्थानीय माहिली :** सूर्यलाई भोट किन भने महेश बस्नेतले हामीलाई अहिलेसम्म हेर्दै आउनु भएको छ । हाम्रो समस्यामा साथ दिदै आउन भएको छ । यहाँ डुब्छ, उहाँ खोलिदिनु हुन्छ । उहाँकै पार्टीले बृद्धभत्ता दिन सुरु गरेको छ, अझै बढाउनु हुन्छ । उहाँलाई जिताएर पठाउन पाए हामीले लालपुर्जा पाउँछौं । उहाँले यो भन्दा अघिल्ला्े पटक नजिते पनि धेरै हेर्नु भएको छ, बाढी पस्दा हामी मथ्र्यौं उहाँल्े डोजर पठाएर बचाउनु भयो । सुकुम्वासीका लागि उहाँले जति अरु कसैले गरेको छैन । त्यसैले भोट हाल्दा हाम्रो हात सूर्य बाहेक अन्त जादैन, उहाँलाई यस पटक जिताउने नै हो । **पार्टी प्रवेश गरेका बस्तीका युवा नुवा तामाङ्ग :** यो सुकुम्वासी बस्तीमा समस्याहरु त छन् नी तर कसैले सुन्दैन, बुझ्दैन, हामी बस्तीका मानिसको समसया अहिलेसम्म सुन्दै आएको महेश बस्नेतले मात्रै हो । हामी भुराभुरीदेखि नै महेश बस्नेत भनेर हिडेको हुँ, यसवर्ष मेरो पहिलो भोट महेश बस्नेतको लागि हो, अब म नमरुन्जेल महेश बस्नेतको लागि नै हो र उहाको लागि नै हिड्छु । भोट उहाँलाई नै दिन्छु । --- # एमाले प्रवेश गर्ने राप्रपाको टिमलाई महेश बस्नेतले गरे स्वागत Source: https://newskunda.com/archives/3415 Category: FEATURED NEWS, राजनीति, समाचार, समाज Last updated: 2026-02-26 भक्तपुर, १४ फागुन : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) कामध्यपुरथिमि नगर समितिका पूर्व अध्यक्ष भुवन वागको नेतृत्वमा नगर पदाधिकारीहरुसहितको राप्रपा टिम नेकपा (एमाले) प्रवेश गरेका छन् । मध्यपुरथिमिमा बुधबार आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा राप्रपाका पूर्व अध्यक्ष वागको नेतृत्वमा नगर कोषाध्यक्ष शलिम पुजारी, नगर सचिव मानबहादुर राजवाहकसहित २५ सदस्यीय पुरै नगर समिति एमालेमा प्रवेश गरेको हो । कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सचिव एवं आसन्न २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका भक्तपुर क्षेत्र नं.२ का एमाले उम्मेदवार महेश बस्नेतले राप्रपाको टिमलाई एमाले प्रवास गराउनु भएको हो । एमाले भक्तपुर जिल्ला अध्यक्ष बचन देउजा, उपाध्यक्ष किरण थापालगायत नेतृत्व सहभागि पार्टी प्रवेश कार्यक्रममा एमाले केन्द्रीय सचिव महेश बस्नेतले भक्तपुरको विकास, मध्यपुर थिमिमा पर्यटन प्रवद्र्धन गर्न, युवा रोजगारीलगायत विकास र समृद्धिको लक्ष्य पुरा गर्न आउने युवाहरुलाई एमालेमा स्वागत गर्नु भयो । कार्यक्रममा एमाले अध्यक्ष बचन देउजा र उपाध्यक्ष किरण थापाले फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचनमा एमालेका उम्मेदवार महेश बस्नेतलाई निर्वाचित गराउन राप्रपामा नेतृत्व तहमा रहेर लामो समय काम गर्ने टिमलाई एमालेमा स्वागत गरेको बताउनुभयो । राप्रपाबाट एमालेमा प्रवेश गरेका भुवन वागले भक्तपरको विकासका लागि एमाले नेता महेश बस्नेतको जीत सुनिश्चित गर्नु आवश्यक रहेको बताउदै विकास र समृद्धिका नायक भएकाले एमाले प्रवेश गरेर आउँदो निर्वाचनमा महेश बस्नेतलाई निर्वाचित गराउन लाग्ने बताएका छन् । --- # एमाले भक्तपुरद्धारा निर्वाचन परिचाल कमिटी Source: https://newskunda.com/archives/415 Category: FEATURED NEWS, राजनीति, समाचार Last updated: 2022-04-20 भक्तपुर, ७ बैशाख । आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि नेकपा एमाले भक्तपुरले निर्वाचन परिचालन कमिटी गठन गरेको छ । शंखधर पार्टी प्यालेस थिमिमा आज बसेको जिल्ला कमिटीको पूर्ण बैठकले एमालेले निर्वाचनमा केन्द्रित रहेर निर्वाचन परिचालन कमिटी गठन गरेको प्रचार विभागका प्रमुख निरन्जन बजगाइले जानकारी दिनु भयो । एमाले भक्तपुर जिल्ला अध्यक्ष अध्यक्ष बचन देउजाको नेतृत्व एवं संयोजकत्वमा ३०१ सदस्यीय जिल्ला निर्वाचन परिचालन कमिटी गठन गरेको जानकारी दिदै उहाँले निर्वाचनको गतिबिधिलाई पार्टीले तिब्र बनाउने बताउनु भयो । --- # एमाले महाधिवेशन उद्घाटन स्थल ऐतिहासिक चाँगुनारायण मन्दिरदेखि बिभिन्न सम्पदाको झल्को Source: https://newskunda.com/archives/3225 Category: FEATURED NEWS, राजनीति, समाचार, समाज Last updated: 2025-12-11 भक्तपुर, २५ मङ्सिर : नेकपा एमालेको ११ औं महाधिवेशनको उद्घाटनस्थल भक्तपुरको सल्लाघारीस्थित नेपाल ट्रष्टको १०८ रोपनी चौरमा हुने बिभिन्न जिल्लाबाट आएका प्रतिनिधिको आज दिनभर चहलपहल बढेको छ । बिभिन्न जिल्लाबाट आएका महाधिवेशन प्रतिनिधिहरुले दिनभर कार्यक्रमस्थल आउँने हेर्ने, फोटो लिने, टिकटक बनाउनेलगायतका कार्य गर्दा उद्घाटनस्थलमा प्रतिनिधिको भीड लाग्न थालेको हो । उद्घाटनस्थलमा विश्व सम्पदा सूचीँमा रहेको चाँगुनारायण मन्दिरदेखि भक्तपुरसहित उपत्यकाका ऐतिहासिक, पुरातात्विक सम्पदा र परम्परा झल्कनेगरि मञ्च तयार भइरहदा कार्यकर्ताहरुको समेत भीड लागेको छ । मञ्चको दाँयाबायाँ हिमाल झल्किने आकृति निर्माण गरिएको छ । आज रातभर पनि उद्घाटनस्थलमा मञ्चलगायत बिभिन्न संरचनाहरु निर्माण कार्य जारी रहने मञ्च निर्माणमा खटिनु भएका नेकपा एमाले भक्तपुर जिल्ला उपाध्यक्ष एवं वागमती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापाले जानकारी दिनुभयो । आज दिनभर मञ्चको मुख्य स्वरुप बनिरहेको बताउदै उहाँले रातभरी पनि मञ्च निर्माण गरिने, मञ्चसंगै करिब ३० वटा अस्थायी शौचालय र अन्य संरचनाहरु निर्माण गरिने बताउनुभयो । आज दिनभर कर्णालीदेखि सुदुर पश्चिममा बिभिन्न जिल्लाका महाधिवेशन प्रतिनिधिहरुको उद्घाटनस्थलमा दिनभर भीड भएको जानकारी दिदै उहाँले रौनकता बढेको बताउनुभयो । उद्घाटनस्थलमा चाँगुनारायण मन्दिरको स्वरुप निर्माण कार्य भइरहेको जानकारी दिदै उपाध्यक्ष थापाले ऐतिहासिक साँस्कृतिक सम्पदाले भरिपूर्ण भक्तपुरको सम्पदाको झल्को दिनेगरि मल्लकालिन शैलीमा चाँगुनारायण मन्दिरको स्वरुपमा मञ्च निर्माण भइरहेको बताउनुभयो । मञ्चको बाहिरबाट चाँगुनारायण मन्दिर निकै आकर्षक देखिने र मन्दिरको प्राङ्नमा बसेर मन्दिरको सिँढीमा उभिएर बोलेको झै देखिने गरि आकर्षक मञ्च निर्माण कार्य भइरहेको बताउनुभयो । उद्घाटनस्थलको मञ्चमा नेवारी कला, संस्कृति झल्कने दृश्यहरु राखिने बताउदै उहाँले मञ्चको उत्तरतर्फ करिब ३० वटा अस्थायी शौचालय निर्माण हुने, उद्घाटनस्थलमा झाकी प्रर्दशन गर्ने गेट, प्रमुख अतिथि एवं अतिथिहरु प्रवेश गर्ने गेट र सर्वसाधारण प्रवेश गर्ने गेट छुट्टाछुट्टै निर्माण गरिने बताउनुभयो । उद्घाटनका दिन करिब तीन लाख मानिस अट्ने गरि व्यबस्पान गरिने २५ हजार कुर्सी अगाडि राखिने, एमाले पार्टीसंगै बिभिन्न दलका शीक्र्षस्थ नेताहरु विदेशी कुटनीतिक नियोगका प्रतिनिधिहरुको सहभागी हुने गरि मञ्चको तयारी भइरहेको उहाँले बताउनुभयो । मञ्च निर्माणस्थलमा पुग्नु भएका एमाले पोलिटव्यूरो सदस्य महेश बस्नेतले उद्घाटनका दिन नेसनल भोलियन्टर र बिभिन्न जनसंगठनका तर्फबाट १० हजार स्वयंसेवक परिचालन गरिने, ५५० जना पोशाकसहितका स्वयंसेवक परिचालन गरि उद्घाटन सत्रलाई अनुशासित र भव्य रुपमा सञ्चालन गर्ने तयारी भएको बताउनुभयो । यहीँ मंसिर २७ गते मध्यान्हमा पार्टी अध्यक्ष केपी शर्मा ओलीद्धारा हुने उद्घाटनमा जिल्लाका चारवटै पालिका र देशभरबाट आउनहरुलाई पूर्वको जगातीबाट र पश्चिमको गठ्ठाघरबाट र्यालीसहित गठ्ठाघर जाने गरि तयारी भएको बताउनुभयो । त्यसैगरि पार्टी अध्यक्ष केपी शर्मा ओलीको हस्ताक्षरसहितको निम्तो पत्र लिएर भक्तपुरको चारवटै नगरपालिकामा नेकपा एमाले भक्तपुर जिल्लाले घरदैलो सम्पन्न गरिएको एमाले भक्तपु जिल्ला अध्यक्ष बचन देउजाले जानकारी दिनुभयो । एमालेको चारवटै पालिकाको वडा वडामा निमन्त्रणा कार्ड बोकेर कार्यकर्ताहरु घरघरमा पुगेर निम्तो बाड्ने कार्य करिब सम्पन्न भएको जानकारी दिदै उहाँले आजै बिभिन्न ठाउँमा ब्यानर र पार्टीको झण्डा गाडेर प्रचार प्रसार गर्ने कार्य गरिएको र भोलीदेखि माईकिङ्ग गरिने बताउनुभयो । उद्घाटनका दिन भक्तपुरको चारवटै पालिकाको वडावडाबाट साँस्कृतिक झाकीसहितको र्याली प्रर्दशन गर्दै कार्यक्रमस्थलमा आउने गरि तयारी भएको जानकारी दिनुभयो । भक्तपुरबाट २५ हजार कार्यकर्ता सहभागि गराउने गरि २२ हजार निमन्त्रणा कार्ड घरघर पुगेर बाडेको उहाँले बताउनुभयो । --- # एमाले युवा नेता महेश बस्नेतको निर्वाचन क्षेत्रमा प्रमुख, उपप्रमुखसहित एमालेको सानदान विजय, गठबन्धन पराजित Source: https://newskunda.com/archives/980 Category: FEATURED NEWS, निर्वाचन, राजनीति, समाचार Last updated: 2022-05-19 भक्तपुर, ५ जेठ । नेकपा एमालेका पोलिटव्यूरो सदस्य एवं भक्तपुर निर्वाचन क्षेत्र नं. २ का सांसद महेश बस्नेतको निर्वाचन क्षेत्र सूर्यविनायक नगरपालिकाको प्रमुखमा नेकपा एमालेका उम्मेदवार बासुदेव थापा विजयी हुनु भएको छ । यस नगर पालिकामा नेपाली कांग्रेसका उम्मेदवार निशान ढुङ्गेललाई एक हजार ५२६ मतान्तरले पराजित गर्दै थापा विजयी हुनु भएको हो । नगर प्रमुखमा एमालेका बासुदेव थापाले १४ हजार ७५८ मत प्राप्त गरि विजयी हुनु भयो भने उहाँको निकटतम प्रतिद्धन्द्धी कांग्रेसका निशान ढुङ्गेलले १३ हजार २३२ मत प्राप्त गर्नु भयो । त्यसै गरि उपप्रमुखमा नेकपा एमालेकै सरिता भट्टराई तिमिल्सििना विजयी हुनु भएको छ । सरिताले १४ हजार ७५८ मतका प्राप्त गरि विजयी हुनु भयो भने गठबन्धनको तर्फबाट उपप्रमुखको उम्मेदवार नेकपा एकीकृत समाजवादीका श्यामसुन्दर बस्नेतले आठ हजार ३२९ मतको मतान्तर अर्थात ६ हजार ६६१ मत प्राप्त गर्नु भयो । यस नगरपालिकामा नेपाल मजदुर किसान पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टीलाई निकै पछाडि पार्दै मुख्य दुई दल एमाले र कांग्रेसबीच प्रतिस्पर्धा भएको थियो । त्यस्तै यस नगरपालिकाको अन्तिम वडाको रुपमा रहेको वडा नं. १० को वडाध्यक्षमा शिवराम राउत, वडा सदस्यहरुमा विदुर देउजा, ताराबहादुर विष्ट, शर्मिला बस्नेत र राधिका मिजार विजयी हुनु भएको छ । आज बिहानै मतपरिणाम घोषणा भए पछि एमाले नेता, संघीय सांस्द एवं पूर्व मन्त्री महेश बस्नेतले निर्वाचि मेयर थापा, उपमेयर भट्टराई, वडाध्यक्ष राउतलगायत विजयी टिमलाई बधाई दिदै नगरपालिकाको बिकासमा केन्द्रीत रहेर काम गर्न शुभकामना दिनु भयो । सूर्यविनायक नगरपालिका क्षेत्रमा नेकपा एमालेले नगर प्रमुख, उपप्रमुख, वडाध्यक्ष, सदस्यसहित ३३ पदमा नेकपा एमालेले विजयी हासिल गरेको र नेपाली कांग्रेसले वडाध्यक्ष र सदस्य गरि १९ पदमा विजयी भएको नेकपा एमाले सूर्यविनायक नगर अध्यक्ष एवं सूर्यविनायक नगरपालिका–७ का नवनिर्वाचित वडाध्यक्ष रबिन्द्र सापकोटाले जानकारी दिनु भयो । नगरपालिकामा वडा नं. १, ५, ७, ८ र १० एमालेले विजयी हासिल गरेको छ भने गठबन्धनले वडाध्यक्षमा २, ३, ४, ६ र ९ झिनो मतले विजयी हासिल गरेको छ । वडा सदस्यमा भने एमालेले वडा नं. १ मा एक सिट गुमाएको छ । त्यस्तै कांग्रेसको गढ मानिएको वडा नं. ३ मा एमालेले एक सिट ल्याउन सफल भएको छ । त्यस्तै वडा नं. ४ मा तीन जना सदस्य एमालेबाट निर्वाचित हुनुभएको छ । वडा नं. ९ मा वडाध्यक्ष बाहेक तीन सदस्य एमालेले विजयी हासिल गरेको छ । यसरी हेर्दा नगरपालिकामा एमालेको तर्फबाट मेयर र उपमेयर सहित ३३ जना जनप्रतिनिधिहरु निर्वाचित हुनुभएको छ भने गठबन्धनको तर्फबाट वडाध्यक्षसहित जम्मा १९ जना जनप्रतिनिधि निर्वाचित हुनुभएको छ । यस नगरपालिकामा अरु दलले खाता खोल्न पनि सकेनन् भने अधिकांशको जमानत जफत भएको छ । --- # एमाले सचिव महेश बस्नेत र मन्त्री किरण थापाद्धारा सुकुम्वासीहरुको अबस्थाबारे चासो, मन्त्री थापाले निःशुल्क उपचार सेवा सुरु गरेको जानकारी Source: https://newskunda.com/archives/3663 Category: FEATURED NEWS, राजनीति, शिक्षा, समाचार, समाज, स्वास्थ्य Last updated: 2026-05-09 भक्तपुर, २५ बैशाख : भक्तपुरको खरिपाटीस्थित नेपाल विद्युत प्राधिकरणको भवनमा सरकारले राखेको सुकुम्वासी स्थलमा पुगेर नेकपा एमालेका सचिव महेश बस्नेतले त्यहाँको अबस्थाबारे जानकारी लिएका छन् । सरकारले भक्तपुरको मनोहरा, काठमाडौंका्े बल्खु, माछापेखरी, किर्तिपुरलगायतका बिभिन्न ठाउँमा भत्काएको सुकुम्वासी बस्तीबाट ल्याएको सुकुम्वासीहरुसंग सचिव बस्नेतले यहाको अबस्थाकाबारेमा जानकारी लिएका थिए । सुकुम्वासीहरुसंग घेटघाट गरि कहिलेदेखि बस्तीमा बस्दै आएको, समस्या के के छन्, सरकारसंग के माग छ भन्नेबारेमा जानकारी लिएका थिए । त्यसैगरि वागमति प्रदेशका स्वास्थ्य मन्त्री किरण थापाले एमाले सचिव बस्नेतलाई सुकुम्वासीहरुको स्वास्थ्य उपचारको जिम्मा वागमति प्रदेशले लिएको र वागमति प्रदेश स्वास्थ्य मन्त्रालयको निर्देशन अनुसार नै जिल्ला जनस्वास्थ्य कार्यालय भक्तपुरले भक्तपुर अस्पतालको प्राबिधिक सहयोगमा स्वास्थ्य सेवा प्रवाह गरिरहेको जानकारी गराउनु भयो । चाँगुनारायण नगरपालिकास्थित श्रीमृष्ण माध्यमिक विदालयमा यहाँका बालबालिकालाई पठन पाठनका व्यबस्था मिलाउने जानकारी गराएको छ । त्यहाँ बसोबास गरिरहेका १९२ जना सुकुम्बासीहरूको अवस्था, पीडा र आवश्यकताबारे जानकारी लिको र स्वास्थ्य नै जीवनको पहिलो आधार भएकाले यहाँका नागरिकहरूको स्वास्थ्य अवस्था, उपचार पहुँच, सरसफाइ र आवश्यक सेवा प्रवाह गर्ने जनाएको छ । स्वास्थ्य शिविर, औषधि उपलब्धता र सहज स्वास्थ्य सेवाका कार्य प्रदेश सरकारले जारी राखेको जानकारी दिदै मन्त्री किरण थापाले राज्यको सेवा हरेक नागरिकसम्मस्वास्थ्य सेवाको सहज पहुँच पुर्याउने बताउनुभयो । --- # एमाले सचिवालय बैठक : निर्वाचन परिणामको समीक्षासहित आगामी कार्यभारमा केन्द्रित हुने Source: https://newskunda.com/archives/1277 Category: FEATURED NEWS, राजनीति, समाचार Last updated: 2022-06-13 काठमाडौँ, ३० जेठ : नेकपा (एमाले) को सचिवालयको नवौँ बैठकले स्थानीय तहको निर्वाचनमा पार्टीले प्रमुख पदहरूमा सन्तोषजनक स्थान हासिल गर्न नसकेको ठहर गर्दै त्यसको गम्भीर समीक्षा गर्दै आगामी कार्यभारका लागि केन्द्रित रहने निर्णय गरेको छ । पार्टीको केन्द्रीय कार्यालय, च्यासलमा आज भएको बैठकबारे जानकारी दिँदै एमालेका उपमहासचिव प्रदीपकुमार ज्ञवालीले निर्वाचन जनताको सार्वभौम अधिकार प्रयोग गर्ने उच्चतम थलो भएकाले निर्वाचनमा भाग लिएपछि त्यसको परिणाम स्वीकारिने बताउनुभयो । उहाँले ३४ प्रतिशत लोकप्रिय मतसहित एमाले ठूलो दलका रुपमा अगाडि आएको तथ्य स्थापित भएको जनाउँदै स्थानीय तहका प्रमुख र अध्यक्षहरूमा एमालेले पाएको मत सन्तोषजनक नरहनुमा सत्ता गठबन्धन र एमालेको आन्तरिक कारण रहेको विषयमा बैठकमा छलफल भएको बताउनुभयो । उहाँले समयमा उम्मेदवार चयन, आकाङ्क्षीहरूको सही व्यवस्थापन र निर्वाचन परिचनामा कुशलता हसिल नभएका आन्तरिक कारण तथा केही ठाउँमा घात अन्तर्घात भएकाले प्रमाणित भएका अन्तर्घातमा संलग्नलाई सम्बन्धित कमिटीले कारबाही गर्ने र आगामी अभिभारामा केन्द्रित हुने तय भएको जानकारी दिनुभयो । नेता ज्ञवालीले निर्वाचनमा पार्टीको स्थानबारे आन्तरिक समीक्षा गर्नुका साटो पार्टीका कुनै पनि नेताले पार्टी प्रतिष्ठा र मूल नेतृत्वलाई अनावश्यक लाञ्छना लगाउने कार्यमा संलग्न हुनु नहुने स्पष्ट गर्नुभयो । उपमहासचिव ज्ञवालीले नेपालको स्वतन्त्रता, भौगोलिक अखण्डतामा आँच आउन नदिन राष्ट्रियताको पहरेदारी गर्ने विषयमा पनि बैठकमा छलफल भएको बताउनुभयो । सचिवालय बैठकले आउँदो असार २ र ३ गते काठमाडौँमा पार्टीका तर्फबाट निर्वाचित प्रमुख, अध्यक्षसहित जनप्रतिनिधिलाई स्थानीय तहका अधिकार क्षेत्र, नीति कार्यक्रम तर्जुमा गर्दा समृद्ध नेपाल र समृद्ध नेपालको आधार निर्माण, जनप्रतिनिधि र जनताको सम्बन्ध आदिबारे अध्यक्ष केपी शर्मा ओली, महासचिव शङ्कर पोखरेलसहितले प्रशिक्षण दिने कार्यक्रम पनि तय गरेको छ । यस्तै बैठकले केही विभागहरुको गठन र पूर्णता दिएको छ । --- # एमाले सचिवालय बैठक, ६ महानगरपालिका र ११ उपमहानगरपालिकाको उम्मेदवारको नाम टुङ्गो Source: https://newskunda.com/archives/445 Category: FEATURED NEWS, राजनीति, समाचार Last updated: 2022-04-23 भक्तपुर, १० बैशाख : नेकपा एमालेले बिभिन्न महानगरपालिका र उपमहानगरपालिकाका नगर प्रमुख तथा उपप्रमुखको उम्मेदवार टुङ्ग्याएको छ । पार्टी अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा आज साँझबाट सुरु भएको नेकपा एमालेको केन्द्रीय सचिवालय बैठकले ६ महानगरपालिका र ११ उपमहानगरपालिकाको उम्मेदवारको नाम टुङ्गो लगाएको बैठक पछि एमाले उपमहासचिव तथा प्रचार विभाग प्रमुख पृथ्वी सुब्बा गुरुङले जानकारी दिनु भयो । एमालेले काठमाडौं महानगरपालिकाको प्रमुखमा केशव स्थापित, उपप्रमुखमा सुनिता डंगोललाई उम्मेदवार बनाउने निर्णय गरेको छ । त्यस्तै ललितपुरमा प्रमुख हरिकृष्ण व्यञ्जनकार, उपप्रमुख मञ्जली शाक्य बज्राचार्य, पोखरा प्रमुखमा दीपक पौडेल, उपप्रमुखमा मञ्जुदेवी गुरुङ, भरतपुरको प्रमुखमा विजय सुवेदी, वीरगञ्जमा प्रमुख विजय सरावगीलाई उम्मेदवार बनाउने गरि निर्णय गरेको छ । भरतपुरको उपप्रमुख, वीरगञ्जको उपप्रमुख र विराटनगरको प्रमुख र उपप्रमुख भने नाम टुङ्याउन बाँकी राखेको छ । केन्द्रीय सचिवालय बैठकबाट उपमहानगरपालिकातर्फ एमालेका उम्मेदवारहरु जनकपुर र जितपुर सिमरा बाहेक अन्यत्र टुङ्ग्याएको छ । उपमहानगरपालिकातर्फ धनगढीको प्रमुखमा रणवहादुर चन्द, उपप्रमुखमा चन्द्रकला राना थारु, नेपालगन्जको प्रमुखमा पशुपति दयाल मिश्र, उपप्रमुखमा शान्तिदेवी ढकाल, तुलसीपुरको प्रमुखमा टिकाराम खडका, उपप्रमुखमा सानी चौधरी, घोराहीको प्रमुखमा नरुलाल चौधरी, उपप्रमुखमा मनकुमारी डिसी, बुटवलको प्रमुखमा बाबुराम भट्टराई, उप्रमुखमा साबित्रादेवी अर्याल, हेटौडाको प्रमुखमा अनन्त पौडेल, उपप्रमुखमा सुमित्रा काफ्ले, धरानको प्रमुखमा मन्जु काफ्ले भण्डारी, उपप्रमुखमा पदम लिम्बु, इटहरीको प्रमुखमा यामकुमार सुब्बा, उपप्रमुखमा संगीता चौधरी, कलैयाको प्रमुखमा बिनोद शाहलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । जनकपुरमा भने प्रमुख तथा उपप्रमुख दुबै बाँकी रहेको छ । कलैयाको उपप्रमुख र जितपुर सिमराको प्रमुख तथा उपप्रमुखको नाम टुङ्ग्याउन बाँकी राखेको छ । बाँकी रहेको ठाउँमा तालमेलको सम्भावनालाई मध्यनजर गर्दै अहिलेलाई नाम खाली राखेको उहाँले बताउनु भयो । --- # एमाले सचिवालय बैठकमा पार्टी र निर्वाचनको समिक्षा, बैठक भोली पुनः बस्ने Source: https://newskunda.com/archives/3704 Category: FEATURED NEWS, अर्थ, राजनीति, समाचार, समाज, स्वास्थ्य Last updated: 2026-05-22 भक्तपुर, ८ जेठ : नेकपा (एमाले) केन्द्रीय सचिवालयको बैठकमा आज पाँच उपाध्यक्षहरुले समिक्षात्मक धारणा प्रस्तुत गर्नु भएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास गुण्डुमा आज ११ बजे बसेको नेकपा (एमाले)को केन्द्रीय सचिवालय बैठकमा ६ घण्टा भन्दा बढी पार्टीको समग्र अवस्था र निर्वाचनकोबारेमा घनिभूत छलफल गरेको छ । साँझ बैठक पछि सञ्चारकर्मीलाई बैठकबारे जानकारी दिदै पार्टीका उपमहासचिव लेखराज भट्टले पार्टीको अहिलेको अबस्थासम्मको समग्र समीक्षा र निर्वाचनको समीक्षाकाबारेमा लामो छलफल गरि आफनो विचार राखेको बताउनुभयो । आजको बैठकमा पाँच जनाले लामो समय लिएर बोलेको र अझै १२ जनाले बोल्न बाँकी रहेको बताउदै नेताहरूको कार्यविभाजनको विषय आजको बैठकमा प्रवेश नपाएको जानकारी दिनुभयो । सचिवालयको अर्को बैठक भोलि बिहान ११ः३० बजे गुण्डुस्थित अध्यक्ष निवासमा पुनः बस्ने गरि निर्धारण भएको उहाँले जानकारी दिनुभयो । --- # एमालेको ११ औं महाधिवशनको उद्घाटन अध्यक्ष ओलीको सल्लाघारीमा ससद पुर्नस्थापना हुनु पर्ने माग Source: https://newskunda.com/archives/3251 Category: FEATURED NEWS, राजनीति, समाचार, समाज Last updated: 2025-12-13 **भक्तपुर, २७ मङ्सिर ः भक्तपुरको सल्लाघारीस्थित नेपाल ट्रष्टको १०८ रोपनी चौरमा आज एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा एमालेको ११ औं राष्ट्रिय महाधिवेशनको उद्घाटन गर्नुभयो । उद्घाटनका उहाँले निकै लामो सन्देश सहितका भाषण गर्नु भयो उहाँले देशका लागि एमाले अपरिहार्य भ भएको बताउनु भयो । यस्तो थिया उहाँको भाषण :** **मानक बनाएको दाबी** ओलीले पार्टीलाई मानक बनाएको दाबी गरे । ‘राष्ट्रियता, पहरेदार, आन्दोलनको नायक पार्टी एमाले भएको दाबी गरे । सामाजिक न्याय र सामाजिक सुरक्षाको ‘पायोनियर’ भन्दै उभ्याए । ‘नेकपा (एमाले) अर्थात् सामाजिक न्याय र सामाजिक सुरक्षाको ‘पायनियर’, जसका कारण आज ३८ लाख नागरिकले जीवनमा एउटा सहारा पाउनुभएको छ,’ ओलीले भनेका छन्, ‘नेकपा (एमाले) अर्थात् सामाजिक सद्भाव र राष्ट्रिय एकताको संवाहक, जसले विभिन्न बहानामा समाजलाई विखण्डित गर्ने र जनतालाई विभाजित गर्ने कुचेष्टालाई असफल पार्दै आएको छ । गाउँमुखी र जनसहभागितामूलक विकासको अग्रणी, ठूला पूर्वाधार निर्माणको पहलकर्ता, भूकम्पपछिको पुनर्निर्माणको सफल अभियन्ता, आर्थिक वृद्धि र अल्पविकसित अवस्थाबाट नेपालको स्तरोन्नतिका लागि काम गरेको उनले दाबी गरे । उनले भने, 'यिनै विरासतले गर्दा आज पनि यो पार्टी जनताको मन मनमा छ, मुटु मुटुमा छ ।’ **चुनौती सामना गर्दा प्रहार** ओलीले सल्लाघारीमा निकै जोड दिएर उठाएको अर्को विषय पार्टीमाथि निरन्तर प्रहारको हो । यस्तो प्रहार स्वदेशदेखि विदेशबाट समेत भइरहेको उनको ठम्याइ छ । ‘हामी भन्छौँ– देशहरू भूगोलमा साना या ठूला होलान्, तर सार्वभौमसत्ताबराबर हो । कतिलाई लाग्छ, सानो देशले हामीसँग बराबरी गर्न खोज्ने ? प्रहार हुन्छ,’ ओलीले भनेका छन्, ‘हामी जन्मजात श्रेष्ठताका आधारमा शासन गर्ने व्यवस्था सामन्ती हो, सबै नागरिक बराबरी हुन् र आजको युगमा अनिर्वाचित सत्ता हामीलाई मञ्जुर छैन भन्छौँ । प्रहार हुन्छ ।’ शान्ति, विविधता, बहुलता मात्रै होइन, संविधान बनाउने अधिकारमाथिसमेत प्रहार भएको बताउन भुलेनन् ओली । अघिपछिको भन्दा फरक प्रस्तुतिको शैली लिएर आएका उनले भनेका छन्, ‘हामी सार्वभौम मुलुकका रूपमा संविधान बनाउने अधिकार हाम्रो हो । विकासको कुन बाटो रोज्ने भन्ने छनोट हाम्रो हो । कस्तो राजनीतिक प्रणाली बनाउने भन्ने निर्णय गर्ने अधिकार हाम्रो हो भन्छौँ । कतिलाई मन पर्दैन । अनि हामीमाथि प्रहार हुन्छ ।’ ओलीले भनेका छन्, ‘हामी रात जतिसुकै लामो भए पनि उज्यालो हुन्छ भन्ने विश्वास गर्छौं । सशस्त्र द्वन्द्व, सङ्क्रमणकाल र भूकम्पजस्ता चुनौतीका बीचमा पनि मुलुकले गरिरहेको प्रगतिलाई देख्छौँ । कमजोरीलाई पनि महसुस गर्छौं । मुलुक बन्छ र बन्दै छ भन्ने भरोसा राख्छौँ । निराशा र नकारात्मकताका अभियन्ताहरूलाई यो मन पर्दैन ।’ भारत र चीनको नाम नलिई ओलीले निरन्तर यस्तो प्रहार भोगिरहेको प्रस्ट्याए । ‘भूपरिवेष्ठित मुलुकहरूलाई भू–जडित बनाउन गरिएको यातायात–पारवहन सम्झौता पनि धेरैलाई पचेको थिएन । उत्तर–दक्षिण जोड्ने कनेक्टिभिटी खुलोस्, नेपाल आफैँ हिँड्न सक्ने बनोस् भन्ने हाम्रो चाहना धेरैलाई मन परेको थिएन,’ ओलीले भनेका छन्, ‘सीमाको रक्षा र आफ्नै भू–भागमाथिको सार्वभौमसत्ताको दाबी स्पष्ट गर्दा पनि कतिलाई सहज लागेकै थिएन । यही कारणले बारम्बार हाम्रो पार्टी प्रहारको निसानामा परेको छ । आखिर खयरको बोटमा कसले ढुंगा हान्छ र ? ढुंगाको चोट खाने त बाटोछेउको आँपको बोटले त हो नि ।’ **जेन–जीका नाममा राज्यको मेरुदण्ड भाँच्ने योजना** '२३/२४ भदौको घटनालाई सम्झौँ न' भन्दै ओलीले त्यस उपद्रवको लक्ष्य सरकार परिवर्तन मात्रै नभएको, बरु राज्यको मेरुदण्ड नै भाँच्ने योजना पनि लुकेको थियो ? भन्दै प्रश्न गरे । ‘भ्रममा पर्नै हुन्न– स्थिरताको वाहक बनिरहेको, संवैधानिक प्रक्रियाबाट बनेको सरकार हटाउन त देशलाई खरानी पार्नै पर्थेन । संसदबाटै त्यो काम गर्न सकिन्थ्यो, या अर्को निर्वाचन कुर्न सकिन्थ्यो । तर, यो त संविधान, संवैधानिक प्रक्रिया र सात दशक लामो कठिन संघर्षको उपलब्धिका रूपमा प्राप्त हाम्रो लोकतन्त्रलाई ध्वस्त पारेर शून्यता सिर्जना गर्ने, अस्थिरता बढाउने र राज्यविहीनताको अवस्थामा पुर्याउने दीर्घ तयारीसहितको गम्भीर षड्यन्त्र थियो,’ ओलीले भनेका छन्, ‘तर यसो भनिरहँदा एउटा कुरा स्पष्ट पारौँ– सामाजिक सञ्जाल खुल्ला होस्, भ्रष्टाचार नियन्त्रण होस्, राज्यमा सुशासन कायम होस्–जेनेरेसन–जेड या नवयुवाहरूले उठाएका यी मागप्रति कसैको पनि असहमति थिएन । यी त हामी स्वयम्ले वर्षौंदेखि उठाउँदै र कार्यान्वयन गर्दै आएका एजेन्डा थिए ।’ **मृतकप्रति पहिलोपटक खुलेर श्रद्धाञ्जली** ओलीले पहिलोपटक जेन–जी आन्दोलनमा घुसपैठ भएको पहिलेजस्तै दोहोर्याए । उनले भने, ‘नव–युवाहरूले प्रशासनलाई संविधानले दिएको अधिकार प्रयोग गर्दै शान्तिपूर्ण प्रदर्शन गर्ने वचन दिएका थिए । प्रशासनले अनुमति पनि दिएकै थियो । तर दुःखको कुरा, त्यो कार्यक्रममा घुसपैठ भयो । विभिन्न स्वार्थ समूह प्रवेश गरे,’ ओलीले भनेका छन्, ‘अनि, हिंसा र तोडफोड त के, फूलको हाँगा पनि भाँच्दैनौँ र निषेधित क्षेत्र तोड्दैनौँ भन्ने प्रतिबद्धता व्यक्त गरेका युवा विद्यार्थीहरूलाई अगाडि लगाएर निषेधित क्षेत्र तोड्ने, संसद भवनमा आगजनी र तोडफोड गर्ने र त्यसैका आडमा आफ्नो निहित स्वार्थ पूरा गर्न हिंसा भड्काउने तत्वका कारण युवा विद्यार्थीहरूको ज्यान जाने दुःखद एवं अकल्पनीय परिस्थिति सिर्जना भयो ।’ ओलीले मारिएकाहरू प्रति खुलेर श्रद्धाञ्जली व्यक्त गरे, जुन जेन–जी आन्दोलको तीन महिनापछि पहिलोपटक थियो । ‘२३ भदौमा गोली लागेर ज्यान गुमाएका युवा, २४ भदौमा अराजक भिडको आक्रमणमा परी मारिएका सुरक्षाकर्मी र नागरिक सबैप्रति म यस विशाल सभाको तर्फबाट भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दछु,’ ओलीले भनेका छन् । **राजीनामा दिएपछि सम्पदा जलेको दाबी** ओलीले आफूले राजीनामा दिएपछि राज्यका सम्पत्ति र सम्पदा जलेको बताए । २३ भदौको घटनापछि गृहमन्त्रीको राजीनामा र सरकारले छानबिन गर्न खोज्दासमेत नपुगेर देशमाथि आगो झोसिएको बताए । २४ भदौको भयानक आगजनी देशले भोग्दा कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाजस्ता तीनवटै निकायमाथि एकसाथ आक्रमण भएको उनको भनाइ थियो । ‘जेलको ढोका फोरेर १४ हजारभन्दा बढी कैदीबन्दी भगाइए । नेता कार्यकर्ताहरूका निजी सम्पत्तिमाथि आगजनी, तोडफोड र लुटपाट मच्चाइयो । यसरी राष्ट्रपति भवनदेखि सिंहदरबारजस्ता राष्ट्रिय सम्पदाहरू, शहीदका सालिक, लोकतान्त्रिक र कम्युनिस्ट आन्दोलनका स्मारक, आश्रम र स्मृति भवनसमेत १६ सयभन्दा बढी संरचना एकैपटक आगो, ढुंगा र लुटपाटको निसाना बने,’ ओलीले भनेका छन्, ‘यी सबै घटनाहरू प्रधानमन्त्रीले राजीनामा दिइसकेपछि भए । त्यसैले ती घटना केवल सरकार परिवर्तनका लागि गरिएका दबाब थिएनन्; ती त मुलुकको राष्ट्रियता, लोकतन्त्र, संविधान, अर्थतन्त्र, नेपाली संस्कार र एकतालाई खलबल्याउने र गम्भीर रूपमा घाइते पार्ने योजनाबद्ध कदमहरू थिए ।’ राष्ट्रिय सम्पदा र निजी सम्पत्तिमाथि आगो झोस्ने कामलाई नै 'आन्दोलन', 'विद्रोह' र 'क्रान्ति'का रूपमा महिमामण्डित गरिएको भन्दै उनले रोष प्रकट गरे । **महाविनाश नबिर्सन अपिल** ओलीले २४ भदौको आगजनीलाई महाभारतकालीन परिस्थितिसँग तुलना गरेका छन् । ‘राज्यको सिंगो प्रणाली तहसनहस पार्न खोजिएको त्यस घडीमा केही समय हामी पनि सुरक्षित स्थानमा रही समीक्षारत रह्यौँ । नेताहरू, समाजका अगुवाहरू मारिऊन्, समाप्त होऊन् भन्ने चाहना गर्ने कोही–कोहीले आज व्यंग्य गरेको सुनिन्छ– हेलिकोप्टर चढेर भागे । महाभारतमा पाण्डवहरूलाई लाक्षागृहमा थुनेर आगो लगाइयो, पाण्डवले सुरुङ खनेर बच्नुपर्यो । इतिहासले दोष कसलाई दियो– आगो बाल्ने दुर्योधन–शकुनीलाई कि आगोबाट बच्न खोज्ने पाण्डवलाई ?’ महाविनाशलाई कुनै हालतमा नबिर्सन उनले आह्वान रेका छन् । ‘प्रश्न त्यत्ति न हो ! त्यो महाविनाश– न हामीले बिर्सेका छौँ, न बिर्सनेछौँ । दोहोर्याएरै भन्छु– नबिर्सौं !!! अहिलेलाई यत्ति मात्र.’ उनको भनाइ छ, ‘त्यस दिनको महाविनाशको छानबिन होस्, दोषी पहिचान होस्, अपराधीले सजाय पाऊन् !’ **प्रतिनिधिसभा विघटन नमान्ने** अनधिकृत रूपमा प्रतिनिधिसभा विघटन गरिएको भन्दै ओलीले त्यसलाई नमान्ने बताएका छन् । ‘काम चलाउ प्रधानमन्त्रीको नाताले मैले संवैधानिक निकासको बाटो देखाएको थिएँ । तर, देशलाई उल्टो दिशामा लगियो– संविधानको बाटो छोडेर बाहिरबाट सरकार गठन गरियो । अनधिकृत व्यक्तिबाट प्रतिनिधिसभा विघटन गरियो,’ ओलीले भाषणमा भनेका छन्, ‘त्यसैले हामी भन्छौँ– अनधिकृत सिफारिसमा प्रतिनिधिसभा विघटन असंवैधानिक छ, गलत छ । जनताले चुनेका प्रतिनिधि घर फर्काउनु भनेको जनतालाई नै राजनीतिबाहिर धकेल्नु हो ।’ यस्तो शैलीले लोकतन्त्र बलियो नहुने भन्दै उनले विघटन मान्य नभएको बताए । ‘यस्तो कामले लोकतन्त्र बलियो हुँदैन । त्यसैले प्रतिनिधिसभा विघटन मान्य छैन,’ ओलीले भनेका छन्, ‘हाम्रो माग स्पष्ट छ– प्रतिनिधिसभा तुरुन्त पुनर्स्थापना होस्, देश संविधान र लोकतन्त्रको बाटोमै फर्कियोस् ।’ **चुनावबाट नभाग्ने उद्घोष** ओलीले प्रतिनिधिसभा विघटन नै विकल्प भए पनि चुनावबाट भाग्ने पक्षमा नभएको पनि बताउन भुलेनन् । अर्थात् प्रतिनिधिसिभा पुनर्स्थापना गरेर राजनीतिक जित देखाउन खोजे पनि निर्वाचनको राजनीतिको भने उनले विरोध गरेनन् । ‘डर, दबाब र प्रतिशोधको छायाबाट मुक्त चुनाव हुँदा बहुमत ल्याउने ल्याकत भएको एमाले चुनावबाट कहाँ भाग्छ ?' उनले भने । ‘चुनावको मिति तोकिएको छ, तर के तयारी कतै छ ? अहँ देखिँदैन ! चुनाव चाहने सरकार के गर्थ्यो ? सबै दलको विश्वास जित्थ्यो । निर्णयमा पारदर्शिता देखाउँथ्यो । सभा–जुलुस खुला गर्थ्यो । दलका गतिविधि प्रोत्साहित गर्थ्यो,’ ओलीले भनेका छन्, ‘चुनावको अनिवार्य सर्तका रूपमा रहेको निर्भयताको वातावरण निर्माण गर्थ्यो । तर, अहिले के भइरहेको छ ? संवादको सट्टा निषेध, बहसको सट्टा मुद्दा, प्रतिस्पर्धाको सट्टा धम्की, नेताको राहदानी रद्द र स्थान– हद ... निषेधाज्ञा ! यसरी चुनावको वातावरण बन्छ कि डरको ?’ बहुमत ल्याउने दल चुनावबाट कसरी भाग्ने भन्न पनि उनी भुलेनन् । ‘मतदानको स्वतन्त्रता सुरक्षित हुन्छ कि दबाब र आतङ्क बढ्छ ? जनताले चाहेको कुरा स्पष्ट छ– साँचो प्रतिस्पर्धा, स्वतन्त्र चुनाव र निष्पक्ष वातावरण ! हाम्रो पनि भनाइ यही हो,’ ओलीले भने, ‘डर, दबाब र प्रतिशोधको छायाबाट मुक्त चुनाव हुँदा बहुमत ल्याउने ल्याकत भएको एमाले चुनावबाट कहाँ भाग्छ ? तर, अहिले कहाँ चुनाव हुँदै छ र ? चुनावको कुरा मात्र भइरहेको छ । त्यसैले हाम्रो अडान छ– प्रतिनिधिसभा पुनर्स्थापना हुनुपर्छ ।’ **जेन–जीविरोधी नभएको दाबी** ओलीले एमालेलाई जेन–जी विरोधी नभई मैत्री पार्टी भएको प्रस्ट्याए । उनले भने, ‘तपाईंको जायज गुनासोलाई हिंसा र विध्वंसको इन्धन बनाउन खोज्नेहरूबाट जोगिनुहोस् ।तपाईंहरूका जायज आवाजको आडमा देशका विरुद्ध हिंसा र सत्ता–स्वार्थको रोटी सेक्नेलाई चिन्नुहोस् । देशका संरचना जलाई खरानी बेच्नेहरूको जालबाट जोगिनुहोस् ।' उनले थप भने, 'म युवापुस्तालाई भन्न चाहन्छु–असहमति राख्नुस्, आलोचना गर्नुस्, जवाफ माग्नुस् । तर, एउटा कुरा नबिर्सनुस्– आफ्नो संस्कृतिमा र सभ्यतामा गर्व गर्ने, सही सिद्धान्त र देश बदल्ने सपना बोकेका दलबिना लोकतन्त्र सम्भव छैन । यसै मञ्चबाट म सबै नेता, कार्यकर्ता र शुभेच्छुकलाई आह्वान गर्छु– जहाँ सकिन्छ, त्यहाँ युवालाई अगाडि सारौँ; उनीहरूको कुरा ध्यान दिएर सुनौँ, उनीहरूका जायज एजेन्डालाई उचित स्थान दिऔँ । युवापुस्तासँगको हाम्रो सहकार्य भावनात्मक मात्र होइन ।’ **ओलीको मिलेर काम गर्ने कुरा** सामान्यतया मिलेर काम गर्न अनुदार रहेका ओलीले लामो भाषणका क्रममा असहज परिस्थितिको मिलेर समाधान गर्न पनि आह्वा गरे । ‘म नेपालका सम्पूर्ण राजनीतिक दलहरू, अन्य संघसंस्थाहरू, नागरिक समाज, मिडिया र आमजनसमुदायलाई आजको असहज परिस्थितिको मिलेर समाधान गर्न यस मञ्चबाट आग्रह गर्दछु,’ उनले भने, ‘साथीहरूलाई स्पष्ट हुन म आग्रह गर्छु । आजको हाम्रो संघर्ष– जेन–जी पुस्ता र पाको पुस्ताबीचको हुँदै होइन । पुराना दल र नयाँ पुस्ताबीचको पनि हुँदै होइन । संघर्षको केन्द्रविन्दु त देश बनाउने र देश जलाउनेबीचको हो ।’ मिल्ने कुरा गर्दा उनले जेन–जीलाई केन्द्रमा राखे । ‘मलाई विश्वास छ, आजको नयाँ पुस्ता सधैँभरि देश बनाउने कित्तामा उभिनेछ । निश्चय नै, तपाईंहरूको अपेक्षा र राज्यको डेलिभरी क्षमताबीचमा ग्याप छ । तपाईंहरू प्रविधिमा अभ्यस्त हुनुहुन्छ र चाहनुहुन्छ– एक क्लिकमा काम होस्, सेवा दिनका लागि लम्बेतानको लाइन, फाइलहरूको भिड र कर्मचारीहरूको ढिलासुस्तीबाट मुक्त हुन पाइयोस्,’ ओलीले भनेका छन्, ‘अवसरहरू सबैका लागि बराबर होऊन् ।आफन्तवाद र भ्रष्टाचारको जालो चुँडाउन सकियोस् । योग्यताका आधारमा छनोट होस् । तपाईंहरूका अपेक्षा विल्कुल जायज छन् । यस दिशामा केही उपलब्धि पनि भएका छन् ।’ **महाधिवेशनबारे औपचारिकता मात्रै** पार्टीको सबैभन्दा ठूलो कार्यक्रमको उद्घाटन गर्न आएका ओलीले यसबारे धेरै बोल्न आवश्यक ठानेनन् । लामो भाषणको अन्तिममा मात्रै महाधिवेशनकेन्द्रित भएर केही कुरा राखे । तर, पार्टी नीति, नेतृत्वका विवाद, अलमल र समीकरणबारे खुलेर बोलेनन् । ‘हामी एघारौँ महाधिवेशनमा छौँ । यसको अंक 'एघार'लाई एकछिन ध्यान दिएर हेरौँ– एघारमा दुईवटा 'एक' हुन्छन्, तर छुट्टाछुट्टै, टाढाटाढा उभिएका 'एक' होइनन् । एउटै लाइनमा, एउटै दिशातिर फर्किएका, एउटै लक्ष्य बोकेर उभिएका 'एक' हुन् । त्यसैले, हामी प्रत्येक एक– एमालेले अर्को एक– एमालेसँग हात मिलाउँदा, छुट्टाछुट्टै एक रहँदैनौँ, एउटै 'एघार' बन्छौँ, बलियो शक्ति बन्छौँ,’ ओलीले भने, ‘एक एमाले र अर्को एमाले छुट्टिए, रिसाए, एक–अर्कामाथि घात–प्रतिघात गरे– हामी साधारण 'एक–एक, एक' मात्र रहनेछौँ । तर, एउटाले अर्कोको हात समायो, मन मिलायो भने हामी 'एक–एक एघार' बन्छौँ । हामी एघार बन्दै अघि बढ्यौँ भने यो एघारौँ राष्ट्रिय महाधिवेशन साँचो अर्थमा सफल हुनेछ । सबैलाई शुभकामना !’ --- # एमालेको ११ औं महाधिवेशन सचिव पदमा महेश बस्नेतलाई ‘पपुलर’ मत Source: https://newskunda.com/archives/3262 Category: FEATURED NEWS, राजनीति, समाचार, समाज Last updated: 2025-12-18 काठमाडौं, ३ पुस । नेकपा एमालेको ११ औं महाधिवेशनबाट सचिव पदमा अत्यधिक मतका साथ महेश बस्नेत विजयी भएका छन् । ९ जना सचिव पदमा उम्मेदवारी दिएका कुल २० जनामध्ये बस्नेतले १५४४ मत हासिल गरेका हुन्। त्यसैगरी सचिव पदमा पद्माकुमारी अर्यालले १५३०, छविलाल विश्वकर्माले १५०६, शेरधन राईले १५०३, हिक्मतकुमार कार्कीले १३३७, खगराज अधिकारीले १२३१, यामलाल कंडेलले ११८५, राजन भट्टराईले ११८१, भानुभक्त ढकालले ११०८ मतसहित सचिव पदमा निर्वाचित भएका छन् । सचिव पदका लागि उम्मेदवारी दिएका गोकुलप्रसाद बास्कोटाले झिनो मतले सचिव पदबाट हारेका छन्। उनले १०३० मत प्राप्त गरेका छन् । अन्यमा अग्निप्रसाद खरेल ७१६, ईन्द्रलाल साप्कोटा ४०५, कर्णबहादुर थापा ८४७,कृष्णगोपाल श्रेष्ठ ६२५, ठाकुरप्रसाद गैरे ८८३, पुरुषोत्तम पौडेल ४६२, पेम्बा लामा ४९३, रचना खड्का ८७७, लालबाबु पण्डित ४९६, विनोदप्रसाद ढकाल ६८४ मत प्राप्त गरेका छन् । --- # एमालेको उम्मेदवार छनोट गर्ने यस्ता छन् मापदण्ड Source: https://newskunda.com/archives/1765 Category: FEATURED NEWS, निर्वाचन, राजनीति, समाचार, समाज Last updated: 2022-08-25 काठमाडौँ, ९ भदौ : नेकपा (एमाले) ले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि मापदण्ड तय गरेको छ । ललितपुरको च्यासलस्थित दोस्रो पोलिटब्युरो बैठकले भोलि भदौ १० र भदौ ११ बस्ने केन्द्रीय कमिटीको बैठकको ११ वटा एजेण्डा तय गर्दै निर्वाचनका लागि उम्मेदवारको छनोट गर्ने प्रक्रिया र मापदण्ड तय गरेको प्रचार तथा प्रकाशन विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले जानकारी दिनुभयो । उहाँले केन्द्रीय कमिटी बैठकमा ती उम्मेदवार छनोट गर्ने प्रक्रिया र मापदण्ड प्रस्तुत गरेर पारित गर्नेसमेत बताउनुभयो । “निर्वाचनको उम्मेदवार छनोट प्रक्रियाको मापदण्डका बारेमा सचिवालय, स्थायी र पोलिटब्युरो बैठकमा समेत छलफल भइसकेको छ र ती बैठकबाट पारित गरिएको छ”, उहाँले भन्नुभयो, “भोलिदेखि बस्ने केन्द्रीय बैठकमा आवश्यक संशोधनसहित उम्मेदवारको मापदण्ड पारित गर्छौं र चुनावको तयारीमा अगाडि बढ्छौँ ।” प्रचार विभाग प्रमुख गुरुङले पार्टीले निर्वाचनका लागि उम्मेदवारको छनोट गर्ने चार वटा मापदण्ड बनाएको बताउनुभयो । उहाँका अनुसार पहिलो पार्टी, नीति र सिद्धान्तप्रतिको प्रतिबद्धता, दोस्रो कुनै पनि नेताले पार्टीले सञ्चालन गरेको आन्दोलनमा दिएको योगदान र पार्टीप्रतिको निष्ठा, तेस्रो लोकप्रियता र विजयको सुनिश्चितता तथा चौथो मापदण्ड संविधानअनुरुप सन्तुलन, समावेशीको सिद्धान्तलाई आधार मानेर पनि उम्मेदवार चयन गरिनेछ । उहाँका अनुसार भोलिको बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीको लिखित राजनीतिक प्रतिवेदन केन्द्रीय कमिटी बैठकमा पेश हुनेछ । त्यसमाथि समूहगतरूपमा छलफल भएर आवश्यक निर्णय लिने उहाँले बताउनुभयो । यस्तै केन्द्रीय सदस्यमा मनोनीत चार जनालाई भोलि शपथ गराएर बैठकमा उपस्थिति गराइने बताइएको छ । ती चार मनोनीत केन्द्रीय सदस्यको कार्यविभाजन गर्नेसमेत एजेण्डा तय गरिएको उहाँले बताउनुभयो । केही दिनअघि बसेको सचिवालय बैठकले जीवन गौतम, विजय गुप्ता, धर्मदत्त देवकोटा र अमृतलाल राजवंशीलाई केन्द्रीय कमिटीमा मनोनयन गरेको थियो । यस्तै यसभन्दा अघि पार्टी सचिवालयले गरेको निर्णयको पनि भोलि बस्ने केन्द्रीय कमिटी बैठकले अनुमोदन गर्नेछ । स्थानीय तह निर्वाचनमा आफ्ना उम्मेदवारलाई हराउने भूमिका खेल्नेमाथि गठित छानविन कार्यदलको प्रतिवेदन पनि बैठकमा प्रस्तुत गर्ने एजेण्डा तय गरिएको छ । पार्टीका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको अध्यक्षमा स्थानीय तह निर्वाचनमा पार्टीलाई अन्तरघात गर्नेलाई कारवाही गर्नका लागि छानविन समिति गठन गरिएको थियो । यस्तै एमालेले पार्टी सदस्य सङ्ख्या दोहोरिएका सङ्गठित सदस्यका सम्बन्धमा विशेष निर्णय गरेर व्यवस्थापन गर्ने एजेण्डासमेत रहेको प्रचार तथा प्रकाशन विभाग प्रमुख गुरुङले जानकारी दिनुभयो । एमालेका ५२ हजार पाँच सय ५० सङ्गठित सदस्यको नामावली दोहोरिएको छ । केन्द्रीय सल्लाहकार परिषद्, केन्द्रीय अनुशासन आयोग, लेखा आयोग र निर्वाचन आयोग रहेको प्रतिवेदन बैठकमा पेश गरिनेछ । भारत प्रवास कमिटीलाई व्यवस्थापन गर्नका लागि नियमावली बनाउनेसमेत बैठकले निर्णय गरेको छ । नियमावली केन्द्रीय कमिटी बैठकमा पेश गरेर अनुमोदन गरिनेछ । यस्तै पार्टीका विभिन्न निकाय, विभागका सम्बन्धमा नियम पारित गर्ने एजेण्डासमेत रहेको छ । यस्तै समसामयिक राजनीतिक एजेण्डा पास गर्ने पनि उहाँले बताउनुभयो । उहाँका अनुसार स्थानीय तहमा धाँधली भएका कारण चुनाव हार्नुपरेको अध्यक्ष ओलीले बैठकमा बताउनुभएको छ । “सङ्ख्याको नम्बरले दोस्रो पार्टी भए पनि लोकप्रियताका हिसाबले एमाले पहिलो पार्टी भएकाले आगामी निर्वाचनमा सोही लोकप्रियतासहित जानुपर्दछ भन्ने कुरा अध्यक्ष ओलीले बताउनुभयो”, प्रचार विभाग प्रमुख गुरुङले भन्नुभयो । अध्यक्ष ओलीले बैठकलाई सम्बोधन गर्दै राजनीतिक प्रतिवेदनमा उल्लेख भएका राष्ट्रिय राजनीति तथा अन्तर्राष्ट्रिय परिस्थिति र आगामी आम निर्वाचनका विषयमा प्रकाश पार्नुभएको थियो । बैठकमा १५ जना पोलिटब्युरो सदस्यले राजनीतिक प्रतिवेदनमाथि आफ्नो सुझाव प्रस्तुत गर्नुभएको थियो । बैठकमा पोलिटब्युरो सदस्य खिमलाल भट्टराई, सुमनराज प्याकुरेल, लीलाबहादुर थापा, रामदयाल मण्डल, निरु पाल, शान्ता चौधरी, कर्ण थापा, जितु गौतम, मञ्जु चौधरी, लालबाबु पण्डित, काशीनाथ अधिकारी, खगराज अधिकारी, बिन्दा पाण्डे, अग्नि खरेल र कृष्ण राईले राजनीतिक प्रतिवेदनमा समावेश गर्नका लागि आआफ्ना सुझाव राख्नुभएको थियो । बैठकले पार्टीको सचिवालयबाट गरिएका निर्णय अनुमोदन गरेको छ । केन्द्रीय कमिटीको बैठक भोलि भदौ १० गते पार्टी केन्द्रीय कार्यालय च्यासल, ललितपुरमा ११ बजे बस्दैछ । --- # एमालेको एघारौँ राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधि चयन प्रक्रियालाई सुव्यवस्थित बनाउन विस्तृत निर्देशन जारी Source: https://newskunda.com/archives/3159 Category: FEATURED NEWS, राजनीति, समाचार, समाज Last updated: 2025-11-20 काठमाडौं । नेकपा (एमाले) केन्द्रीय संगठन विभागले पार्टीको एघारौँ राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधि चयन प्रक्रियालाई सुव्यवस्थित बनाउन विस्तृत निर्देशन जारी गरेको छ। मंसिर २७–२९ गते हुने महाधिवेशनका तयारीसँगै विभागले प्रतिनिधि चयनका सबै चरणमा कडाइका साथ विधि पालन गर्न सम्बन्धित संरचनाहरूलाई निर्देशन दिएको हो। विभागको बैठकले पारित गरेको निर्णयअनुसार प्रतिनिधि छनोट कार्य मंसिर १३ गतेभित्र अनिवार्य रूपमा सम्पन्न गर्नुपर्ने छ। यसका लागि केन्द्रीय कमिटीको अपानि–१३ को निर्देशनलाई आधार मानेर निर्धारित सङ्ख्यामा प्रतिनिधि चयन गर्न प्रदेश, जिल्ला, पालिका र सबै तहका पार्टी कमिटीहरूलाई भनिएको छ। सदस्यता आधारमा प्रतिनिधि निर्धारण प्रतिनिधि छनोट गर्दा २०८२ चैतसम्म नवीकरण प्रमाणित सदस्यताको सङ्ख्या मुख्य आधार हुनेछ। त्यस्तै भूगोल, दलित र मजदुर क्षेत्रका लागि तोकिएका निर्वाचन क्षेत्रमा भाग लिन पाउने सदस्यहरूको सूची मंसिर ७ गतेभित्र यकिन गर्नुपर्ने छ। भूगोलअन्तर्गतका निर्वाचन क्षेत्रमा केन्द्रीय जनसंगठन, केन्द्रीय विभाग र प्रदेश कमिटीका सदस्यहरूले मंसिर ६ गतेभित्र आफू कुन क्षेत्रमा सहभागी हुने हो भन्ने जानकारी जिल्लालाई लिखित रूपमा दिनुपर्नेछ। युवा प्रतिनिधिका लागि नयाँ मापदण्ड यसपटक विशेष आरक्षण गरिएको ४० वर्षमुनिका युवा प्रतिनिधिका लागि मापदण्ड तोकिएको छ। युवा प्रतिनिधि बन्न २०८२ मंसिर १३ गतेसम्म ४० वर्ष ननाघेको हुनुपर्ने छ । पार्टी सदस्यता कम्तीमा ७ वर्ष पुगिसकेको हुनुपर्ने मापदण्ड बनाइएको छ । पार्टी विधानको धारा ६३(१) मा उल्लेखित न्यूनतम योग्यताहरू अनिवार्य रूपमा लागू हुने निर्णयमा स्पष्ट गरिएको छ। सूचना नपुग्दा नेतृत्व जिम्मेवार प्रतिनिधि छनोटसम्बन्धी सूचना मंसिर १० गतेभित्र सबै सदस्यसम्म पुगिसकेको हुनुपर्ने छ। कुनै सदस्यले समयमा सूचना नपाएको दाबी गरेमा सम्बन्धित कमिटीको नेतृत्व नै जबाफदेही हुने विभागको निर्णयमा उल्लेख छ। फोटोसहितको विवरण अनिवार्य छनोट भएका प्रतिनिधिहरूको नाम, सदस्यता नम्बर, फोन, फोटोसहितको विवरण मंसिर १५ गतेभित्र सम्बन्धित कमिटी प्रमुखले आधिकारिक रूपमा पठाउनु पर्नेछ। सबै विवरण अनलाइन प्रणालीबाट व्यवस्थित रूपमा केन्द्रीय संगठन विभागमा अनिवार्य रूपमा पठाउनुपर्ने निर्णय गरिएको छ। सहमतिमा छनोट, नभए स्वस्थ प्रतिस्पर्धा प्रतिनिधि छनोट यथासम्भव सहमतिका आधारमा गर्न निर्देशन दिइएको छ। सहमति सम्भव नभएमा स्वस्थ प्रतिस्पर्धा गराएर प्रतिनिधि चयन गर्न संगठन विभागले भनिएको छ। विभाग सदस्यहरूको जिम्मेवारी स्पष्ट निर्णयले विभागका सदस्यहरूलाई आफ्ना-आफ्ना जिम्मेवारीका क्षेत्रमा समन्वय, सहजीकरण, अस्पष्टता हटाउने, समस्या समाधान गर्ने र समयमै विवरण पठाउन ताकेता गर्ने जिम्मेवारी दिएको छ। त्यसअन्तर्गत संगठन विभागका नेताहरूलाई प्रदेश र जिल्ला अनुसार विशिष्ट जिम्मेवारी तोकिएको छ। उहाँहरूले निर्वाचन क्षेत्रअनुसार प्रतिनिधि छनोटको सम्पूर्ण प्रक्रियामा नजिकबाट नेतृत्व र अनुगमन गर्ने हुने छ । यस्ता छन् संगठन विभागका निर्णयहरू : क.२०८२ मंसिर २७ –२९ मा आयोजना हुन गइरहेको पार्टीको एघारौँ राष्ट्रिय महाधिवेशनका प्रतिनिधि चयन कार्य सुव्यवस्थित बनाउनका लागि निम्न विषयहरूमा ध्यान दिनुपर्दछ : १. केन्द्रीय कमिटीको अपानि–१३ ले गरेको निर्देशनबमोजिम आगामी महाधिवेशनका लागि तोकिए बमोजिमका प्रतिनिधिहरूको मङ्सिर १३ गते विधिसम्मत ढङ्गले छनोट गर्ने । २. प्रतिनिधि छनोट केन्द्रीय संगठन विभागबाट २०८२ चैतसम्मका लागि पार्टी सदस्यता नवीकरण प्रमाणित भएका पार्टी सदस्य सङ्ख्याका आधारमा गर्नुपर्ने । ३. अपानि–१३ ले तोकेका भूगोल/दलित/मजदुर निर्वाचन क्षेत्रबाट प्रतिनिधि छनोटको प्रक्रियामा सहभागी हुनसक्ने पार्टी सदस्यहरूको सङ्ख्या मङ्सिर ७ गतेभित्र यकिन गरिसक्ने । भूगोलको निर्वाचन क्षेत्रमा पार्टी सदस्य रहेका केन्द्रीय जनसंगठन, केन्द्रीय विभाग र प्रदेश कमिटीका सदस्यहरूले आफू कुन क्षेत्रमा सहभागी हुने हो, मङ्सिर ६ गतेभित्र सम्बन्धित जिल्लालाई लिखित जानकारी गराउनुपर्नेछ । त्यसको बोधार्थ संगठन विभागलाई दिनुपर्ने । ४. प्रतिनिधि छनोटको व्यवस्थापकीय कामको गृहकार्य अपानिले निर्देश गरेका कमिटीका ईञ्चार्ज र पदाधिकारीहरूले बेलैमा गर्नुपर्नेछ । कुनै पनि हालतमा प्रतिनिधि छनोटको काम मङ्सिर १३ गते सम्पन्न भएकै हुनुपर्नेछ । यथासम्भव सहमतिका आधारमा चयन गर्ने, सहमति नभएमा स्वस्थ प्रतिस्पर्धाबाट प्रतिनिधि छनोट गर्ने । ५.प्रतिनिधि हुन चाहिने न्यूनतम आवश्यक योग्यताका सम्बन्धमा पार्टी विधानको धारा ६३(१) मा उल्लेख भएबमोजिम गर्ने । यसपटक विशेष आरक्षण गरिएको चालीस वर्ष मुनिका युवा प्रतिनिधि हुनका लागि सदस्यता प्राप्त गरेको कमसेकम ७ वर्ष पुगेको हुनुपर्ने । उमेरका सन्दर्भमा २०८२ मङ्सिर १३ गतेको मितिसम्ममा ४० वर्ष नकटेको हुनुपर्नेछ । ६.प्रतिनिधि छनोटसम्बन्धी सूचना मङ्सिर १० गतेभित्र भरपर्दो माध्यमबाट सबै सम्बन्धित पार्टी सदस्यहरूलाई पुगिसकेको हुनुपर्ने । कुनै सदस्यले समयमा जानकारी नपाएमा सम्बन्धित कमिटीको नेतृत्व जबाफदेही हुनुपर्नेछ । ७. चयन भएका प्रतिनिधिहरूको फोटोसहितको विवरण सम्बन्धित कमिटी प्रमुखले मङ्सिर १५ गतेभित्र आधिकारिक रूपमा पठाउनुपर्ने । ८.प्रतिनिधिको समग्र विवरण– (नाम/निर्वाचन क्षेत्र/सदस्यता नम्बर/फोन/फोटो) पठाउनुपर्ने । ९. तोकिएको विवरणसहित अनिवार्य रूपमा अनलाइनमा व्यवस्थित गरी केन्द्रीय संगठन विभागमा पठाउने । ख.विभागका सदस्यहरूको जिम्मेवारी १.तोकिएको कार्यक्षेत्रभित्र प्रतिनिधि छनोटको समग्र प्रक्रियामा समन्वय र सहजीकरण गर्ने । २.अपानि–१३ र संगठन विभागका निर्णयहरूको कार्यान्वयनमा ताकेता गर्ने । स्वच्छ तथा कमरेडली वातावरणमा विधिसम्मत ढङ्गले छनोट कार्य सम्पन्न गराउन नजिकबाट सहयोग गर्ने । ३. प्रतिनिधि छनोटका विषयमा आउन सक्ने अस्पष्टताहरूलाई स्पष्ट पार्ने । ४.छनोट प्रक्रियामा कुनै समस्या आएमा समाधानका लागि अग्रसरता लिने । ५.तोकिएको समयभित्र विवरणसहितको प्रतिनिधिहरूको नाम केन्द्रीय संगठन विभागमा पठाउन सम्बन्धित जिम्मेवार कमरेडहरूलाई ताकेता गर्ने । ग.संगठन विभागका सदस्यहरूका लागि तोकिएको जिम्मेवारीको क्षेत्र १. भानुभक्त ढकाल– जनसंगठन र सम्पर्क समन्वय कमिटीअन्तर्गतका निर्वाचन क्षेत्रहरू २. शेरधन राई– भोजपुर, तेह्रथुम, धनकुटा, पाँचथर, इलाम, ताप्लेजुङ¨, सङ्खुवासभा, सुनसरी, मोरङ र झापा ३. विशाल भट्टराई– खोटाङ, उदयपुर, सोलुखुम्बु र ओखलढुङ्गा ४. सुमनराज प्याकुरेल– सिराहा, सप्तरी, महोत्तरी, धनुषा र सर्लाही ५. ज्वाला साहा– रौतहट, बारा र पर्सा ६. आनन्द पोख्रेल– काठमाडौं, भक्तपुर, ललितपुर, धादिङ, नुवाकोट, रसुवा, चितवन ७. गणेश पहाडी– सिन्धुली, रामेछाप, दोलखा, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक र मकवानपुर ८. सुजिता शाक्य– उपत्यका विशेष प्रदेशअन्तर्गतका जिल्लाहरू ९. सम्झना देवकोटा– गोरखा, लमजुङ, तनहुँ, मनाङ र नवलपुर १०. गोविन्द नेपाली– बागलुङ, मुस्ताङ, पर्वत, कास्की, स्याङ्जा र म्याग्दी ११. लीला गिरी– रुपन्देही, कपिलवस्तु, पाल्पा, अर्घाखाँची, नवलपरासी (पश्चिम), गुल्मी १२. जीवन गौतम– दाङ, बाँके, बर्दिया, प्युठान, रुकुम र रोल्पा १३. लक्ष्मी पोख्रेल– कर्णाली प्रदेशका सबै जिल्ला १४. लालबहादुर थापा– दार्चुला, बैतडी, डडेल्धुरा, डोटी, बझाङ, बाजुरा, अछाम १५. लीला भण्डारी– कैलाली र कञ्चनपुर १६. माधव ढुङ्गेल– केन्द्रीय सल्लाहकार परिषद् र केन्द्रीय विभागहरू । १७. काशीनाथ अधिकारी– अन्तर्राष्ट्रिय कमिटी र भारत प्रवास --- # एमालेको घर दैलोमा जनलहर उर्लियो, स्वागत र आर्शिवादले विजयको यात्रालाई सुनिश्चित गर्यो Source: https://newskunda.com/archives/575 Category: FEATURED NEWS, निर्वाचन, राजनीति, समाचार Last updated: 2022-05-01 भक्तपुर, १८ बैशाख । स्थानीय तहको निर्वाचन नजिकिएसँगै भक्तपुरमा एमालेले आफ्नो पार्टीको घर दैलो अभियानलाई तिब्र पारेको छ । सूर्यविनायक नगरपालिकामा शनिवार एमालेका अध्यक्ष केपी शर्मा ओलीको निवास क्षेत्र बालकोटबाट शुरु गरिएको घरदैलो अभियान आइतबार दधिकोटमा सम्पन्न भयो । निर्वाचन कार्यालयले दलका उम्मदवारको अन्तिम नामावाली प्रकाशन गरि आयोगले उम्मेदवारलाई चुनाब चिन्ह प्रदान गरेपछि घरदैलो अभियान तिब्र भएको हो । एमालेको घरदैलो अभियानको दोश्रो दिन आज सूर्यविनायक नगरपालिका वडा नं. ४ मा सम्पन्न भएको छ । नेकपा एमालेको प्रभावशाली युवा नेता पोलिटव्युरो सदस्य, पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतको नेतृत्वमा वाग्मती प्रदेशका सांसद शशीजंग थापासहितको अग्रतामा भएको घरदैलो कार्यक्रममा घरघरबाट एमालेलाई स्वागत गरेका छन् । सूर्यविनायक नगरपालिकामा एमालेको तर्फबाट प्रमुख पदका उम्मेदवार बासुदेव थापा, उपप्रमुख पदका उम्मेदवार सरिता भट्टराई, वडाध्यक्षका उम्मेदवार भोला राउत, वडा सदस्य पदका उम्मेदवार राजु लुवञ्जर श्रेष्ठ, विदुर खड्का, तारा सापकोटा, पम्फा परियार सहितको टोलीमा सयौ एमाले नेता ताथा कार्यकर्ता अभियानमा सहभागि हुदै सूर्यमा मतदान गर्न मतदातालाई आव्हान गर्नु भएको थियो । आज बिहान दधिकोटको गाम्चा चोकबाट शुरु गरिएको बिहाल र्यालीसहितको अभियानलाई सफल बनाउदै उत्साह थप्न टोल टोलबाट मतदाता सहभागि भएका थिए भने अबिर, फूल माला र दहिको सगुनले स्वागत गर्नु भएको थियो । पाँच वर्ष सूर्यविनायक नगरपालिकाको नेतृत्व गरेर विकासको लहर ल्याउन सफल पार्टी र व्यक्तिलाई नै फेरी नेतृत्वमा ल्याउनु पर्छ भन्दै घरघरबाट स्थानीयवासीले विजय कामना व्यक्त गरेका थिए । एमालेको नेतृत्व आएपछि फेरिएको भक्तपुरको मुहार, चम्किएको सूर्यविनायकको मुहार र यहाँको विकास र समृद्धि यात्रालाई पुरा गर्ने शक्ति एमाले मात्रै भएको भन्दै ठाउँ ठाउँमा मतदाताले ३० गतेको निर्वाचनमा पनि एमालेको विकल्प अरु कुनै पार्टी नभएको बताउदै शुभकामना दिएका थिए । घरदैलो अभियानका क्रममा स्थानीयवासी जेष्ठ नागरिकले भोट सूर्य चिन्हमा नै दिने बताउदै बुढेसकालको साहारा वा सारथी बनेको एमाले लाई जिाउने बताएका थिए । सूर्यविनायकमा विकासको लहर आएको, युवादेखि महिलासम्म, बुद्धिजिबीदेखि जेष्ठ नागरिकसम्मको भावना बुझेन पार्टी एमाले मात्रै भएको भन्दै स्थानीय युवा, बुद्धिजीवि, महिलाहरुले ‘आयो आयो एमाले आयो, सूर्यविनायकमा विकासको लहर ल्यायो ।’ भन्दै स्वागत गरेका थिए । सूर्यविनायक नगर क्षेत्रमा एमालेले गरेको बिकासदेखेर पनि अरु उम्मेदवारलाई रोज्नै नसकिने भन्दै मदाताले सूर्यविनायकको मुहार फेर्ने एमालेले मात्रै अब बिकासको बाँकी काम पुरा गर्न सक्ने बताएका थिए । घरदैलो अभियानमा ‘नेकपा एमाले जिन्दावाद, भोट के मा ? सूर्यमा, आयो आयो, सूर्य आयो, सूर्यविनायकका जनता के भन्छन्, एमलोलाई ले भन्छन्, नेकपा एमाले हाइ हाई, अरु दल वाई वाई’लगायतका नाराहरु लगाएका थिए । समृद्ध नगरपालिका, बिकाससिल नगरपालिका बनाउने सक्ने पार्टी एमाले मात्रै हो भन्दै मतदाताले ३० गतेको पर्खाइमा रहेको बताएका थिए --- # एमालेको नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक शुक्रबार दिउँसो १ः०० बजे Source: https://newskunda.com/archives/3264 Category: FEATURED NEWS, राजनीति, समाचार, समाज Last updated: 2025-12-18 काठमाडौँ, ३ पुसः नेपाल कम्युनिष्ट पार्टी (एमाले)को नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बोलाइएको छ । शुक्रबार दिउँसो १ः०० बजे बैठक बोलाइएको एमाले नवनिर्वाचित सचिव डा राजन भट्टराईले जानकारी दिनुभयो । उहाँका अनुसार बैठक बबरमहलस्थित कार्की ब्याङ्केटमा बस्नेछ । आज सम्पन्न एमालेको ११औँ राष्ट्रिय महाधिवेशनले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा ३०१ नयाँ केन्द्रीय कमिटी निर्वाचित गरेको छ । --- # एमालेबाट नगर प्रमुखमा निर्वाचित बासुदेव थापालाई काँग्रेसका प्रत्यासी ढुङ्गेलले दिए बधाई Source: https://newskunda.com/archives/988 Category: FEATURED NEWS, निर्वाचन, राजनीति, समाचार Last updated: 2022-05-19 भक्तपुर, ५ जेठ । सूर्यविनायक नगर प्रमुखमा निर्वाचित एमालेका बासुदेव थापालाई प्रत्यासी उम्मेदवार नेपाली कांग्रेसका निशान ढुङ्गेलले बधाई दिनु भएको छ । आज नगर प्रमुखमा थापा विजयी भए पछि असल संस्कारलाई अंगाल्दै ढुङ्गेलले थापाको घर मै पुगेर टीका तथा खादा लगाई बुकी दिएर बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्नु भयो । नवनिर्वाचित थापाले ढुङ्गेलाई नगरपालिका सबै जनताको भएकाले आफू सबै जनताको पक्षमा काम गर्ने बताउनु भयो । उहाँले कुनै पनि दल, संघ, संगठन, जात, धर्म नहेरी सबै नागरिक, पार्टी कसैलाई भेदभाव नगरी समान रुपमा व्यबहार गरि विपक्षी दलसंग पनि सहयोग र सहकार्य गरेर अगाडि बढ्ने बताउनु भयो। सबै मिलेर नगरपालिकाको बिकास गर्ने, सबैको सल्लाह, सुझाबमा अगाडि बढ्ने बताउनु भयो । उहाँले प्रतिस्पर्धा आजबाटै सकिएकाले अब सबै मिलेर नगरपालिकाको बिकासमा एक्यबद्धता भएर काम गर्ने बताउनु भयो । --- # एस.एल.आर. इन्सास राईफल, चार राउण्ड गोलीसहित सेढाई पक्राउ Source: https://newskunda.com/archives/3419 Category: FEATURED NEWS, अपराध, राजनीति, समाचार, समाज Last updated: 2026-03-03 भक्तपुर, १९ फागुन : निर्वाचन नजिकिदै गर्दा आज प्रहरीले सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश बस्तीबाट हतियार, चार राउण्ड गोलीसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । शसस्त्र प्रहरी बल इन्टेलिजेन्ट ब्यूरोको बिशेष टोलीले आज गोरखा पालुङटार नगरपालिका–९ घरभई हाल सूर्यविनायक नगरपालिका–८ भुम्डोल बस्ने ३१ वर्षीय आयन सेढाईलाई प्रहरीले बस्दै आएको घरबाट पक्राउ गरेको हो । सेढाईको कोठा साथबाट प्रहरीले ‘ए ८८९६’ नम्बरको एस.एल.आर. इन्सास राईफल एक थान, राईफलको ४ राउण्ड गोलीसहित पक्राउ गरेको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक प्रकाश जबेगुले जानकारी दिनुभयो । प्रहरीले सेढाईको कोठामा छापामारी प्लास्टिक एक राउण्ड, सटगनमा लाग्ने एक राउण्ड गोली, खुकुरी एक थान, खुकुरीको दाप दुई थान, बञ्चरो एक थान र लागू औषधमा प्रयोग गर्ने सिरिन्ज पाँच थान बरामद गरेको उहाँले जानकारी दिनुभयो । शसस्त्र प्रहरीको सादा पोशाकमा खटिएका प्रहरीले केही महिनादेखि सेढाईको गतिबिधि प्रति निगरानी गरेको, सेढाईले स्थानीयलाई पटक पटक धम्की दिदै आएको, भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा प्रहरी बृत्त जगाती भक्तपुरबाट लुटेको हतियार भएको पाईएको । प्रहरी बृत्त जगातीको हिरासतमा राखी सेढाईमाथि थप अनुसन्धान भइरहेको उहाँले जानकारी दिनुभयो । --- # एसइई परीक्षाको तयारी कसरी गर्ने ? Source: https://newskunda.com/archives/2681 Category: FEATURED NEWS, शिक्षा, समाचार, समाज Last updated: 2023-03-28 काठमाडौं, १४ चैत । माध्यमिक शिक्षा परीक्षा (एसइई) नजिकिँदै छ। राष्ट्रिय परीक्षा बोर्डले यो वर्षको परीक्षा आगामी चैत १७ गतेदेखि चैत २९ गतेसम्म हुने तालिका सार्वजनिक गरेको छ। परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म हुनेछ। परीक्षा तालिकाअनुसार चैत १७ गते शुक्रबार पहिलो दिन अनिवार्य अंग्रेजीको परीक्षा हुनेछ। सोही दिन वेदविद्याश्रमतर्फ अनिवार्य संस्कृत भाषा र साहित्यको पनि परीक्षा हुनेछ। त्यसो त यतिखेर विद्यार्थीहरू एसइई परीक्षाको तयारीमा छन्। विद्यालय र शिक्षकहरूले पनि कक्षा समयभन्दा पनि अन्य समय दिएर परीक्षाका लागि विद्यार्थीहरूलाई तयारी गराइरहेका छन्। यता, सरकारको स्वामित्वमा रहेको जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले यतिखेर धमाधम एसइई परीक्षा प्रश्नपत्र पनि छापिरहेको छ। परीक्षा बोर्डका अनुसार यो वर्ष करिब ५ लाख विद्यार्थीले परीक्षा दिँदै छन्। धेरै परीक्षार्थीले एसइईमा धेरै अंक ल्याउने सपना बोकेका हुन्छन्। यसका लागि कसरी परीक्षाको तयारी गर्ने भन्ने जानकारी कतिपय विद्यार्थीलाई नहुन पनि सक्छ। त्यसैले एसइई परीक्षाको लागि कसरी तयारी गर्ने भन्नेबारे विज्ञहरूको सुझाव यहाँ समेट्ने प्रयास गरिएको छ। शिक्षाविद् प्राडा विद्यानाथ कोइराला यो परीक्षाका लागि विद्यार्थीले बढी समय छुट्याएर पढ्नुपर्ने र मन लगाएर तयारी गरे सोचेअनुसार परिणाम हासिल गर्न सकिने बताउँछन्। परीक्षा तयारीबारे उनका सुझाव यस्ता छन् : – पहिले यसअघि सोधिएका प्रश्नपत्रहरू जम्मा पार्ने र ती प्रश्नका उत्तर आफूले लेख्ने। लेखेको उत्तर साथीलाई देखाउने र साथी-साथीबाट पनि कुरा आउँछ, त्यसपछि ती लेखेको उत्तर शिक्षकलाई देखाउने। शिक्षकले यहाँ काट्नु यो थप्नु हटाउनु भनेर बताउँछन्। यसो गर्नु भनेको बढी नम्बर पाउने अर्थात् धेरै अंक ल्याउने उत्तम उपाय हो। – शिक्षकहरूलाई आफूले नबुझेका प्रश्न सोध्न र यसका लागि शिक्षकहरूले पर्याप्त समय मिलाउनुपर्छ। – पहिले नै म फेल हुन्छु होला कि भन्ने नकारात्मक सोच नबनाइ पढ्ने, यस्तो सोच्दा पढाइको रूचिमा असर पुग्छ र तयारी राम्रो हुँदैन। – विद्यार्थीले म फेल भए मेरो जिन्दगी जान्छ भन्ने सोच्छन्, यस्तो बेला शिक्षकहरूले फेल भए जिन्दगी जान्छ भन्ने अनुभूत कहिल्यै नगराउने र राम्रो तयारीका लागि उत्प्रेरित गर्ने। **विषयवस्तुसँग मात्र नभइ अवधारणासँग पनि जोड्ने ** शिक्षाविद् कोइराला एसइई परीक्षामा राम्रो अंक ल्याउन विषयवस्तुसँग मात्र नभइ अवधारणासँग पनि जोड्नुपर्ने पनि सुझाव दिन्छन्। उनी भन्छन्, ‘विषयवस्तुसँगमात्र होइन, अब अवधारणासँग पनि जोड्नुपर्छ। यो भनेको ती प्रश्नलाई मैले जिन्दगीमा कसरी उपयोग गर्छु वा गरेँ भन्ने हो, जस्तो विज्ञानमा पढ्दा विद्यार्थीले गुरुत्वाकर्षणबारे पढ्ला, अब त्यो परीक्षामा लेख्नु पर्ला।’ जिन्दगीमा गुरुत्वाकर्षणले कहाँ कसरी के काम गर्छ भनेर हेर्नुपर्ने उनी बताउँछन्। ‘रूख चढ्दा गुरुत्वाकर्षण कि रूखबाट ओर्लंदा हो यो उसले खोज्नुपर्छ,’ उनले भने, ‘यो किसिमले विद्यार्थीहरूले हेर्नुपर्यो।’ उनले सामाजिक विषयमा कसरी छिमेकीसँग कस्तो सम्बन्ध बनिरहेको छ, विवादका समस्या भए कसरी समाधान गर्ने त्यो पाटोमा पनि हेर्नुपर्ने बताए। ‘सामाजिक विषयमा छरछिमेकीदेखि अन्तरराष्ट्रिय क्षेत्रको अवस्था नि हेर्नुपर्छ,’ उनले भने, ‘छिमेकीको विवाद के हो? कसरी सल्टाउने, भारत र नेपालको सिमाना विवाद छ‚ यी समस्या सल्टाउने उपाय के होला? दुई देशको सम्बन्ध सुधारका उपाय के छन्, यो किसिमले विद्यार्थीले हेर्नुपर्छ। यो भनेको अवधारणामा सुधार हो, यस्ता काम गरे एसइईबाट जीवन उपयोगी पढाइ पाइन्छ, यसले नम्बर पनि बढाउँछ।’ यस्तो किसिमले विद्यार्थी जिज्ञासा राख्ने र समस्या समाधानका उपाय खोज्ने भनेको म अब्बल भए नभएको भन्ने अंकन (आँकलन) गर्ने तरिका पनि रहेको उनी बताउँछन्। अर्का, शिक्षाविद् डा.प्रमोद भट्ट वार्षिक परीक्षाका बेला विद्यार्थीले नियमित पढ्नुपर्ने बताउँछन्। उनका अनुसार यसरी एसइई परीक्षाको तयारी गर्न सकिन्छ: – नियमित पढ्ने, अभ्यास गर्ने – स्वअध्ययनमा ध्यान दिने – पढ्दै मुख्य बुँदाहरू टिपोट गरी नोट बनाउने – आफूले नजानेका कुरा शिक्षकलाई प्रत्यक्ष भेटेर वा म्यासेन्जर,भाइबर, फोनजस्ता माध्यमबाट सोध्ने – शिक्षक र विद्यार्थीबीच सञ्चार हुनुपर्ने --- # एसइईको नतिजा असार तेश्रो साता Source: https://newskunda.com/archives/2722 Category: FEATURED NEWS, शिक्षा, समाचार Last updated: 2023-04-12 भक्तपुर, २९ चैत । यसवर्षको एसइई परीक्षाको नतिजा असार तेश्रो साता सार्वजनिक गरिने भएको छ । परीक्षा नियन्त्रक बिष्णु बहादुर श्रेष्ठले असार तेश्रो सातासम्म नतिजा सार्वजनिक गर्ने गरि कार्य योजना तयार पारेको बताउनु भयो । कुनै समस्या नआए असार दोश्रो सातामा पनि सार्वजनिक गर्न सकिने उहाँले बताउनु भयो । यहीँ चैत १७ गतेबाट देशभर सुरु भएको परीक्षा आजबाट सम्पन्न भएको छ । परीक्षामा छिटफुट घट्ना बाहेक देशका ७७ वटै जिल्ला र जापानमा गरि दुई हजार ३७ परीक्षा केन्द्रमा शान्तिपूर्ण रुपमा परीक्षा सम्पन्न भएको नियन्त्रक श्रेष्ठले जानकारी दिनुभयो । यसवर्ष परीक्षामा कूल चार लाख ८४ हजार २२७ जना परीक्षार्थी सहभागि रहेको उहाँले जानकारी दिनुभयो । नेपालबाट बिभिन्न रोजगारीको कारण जापान पुगेका नेपालीका १४ छोराछोरीले पनि यसवर्ष जापानबाटै एक परीक्षा केन्द्रबाट परीक्षा दिएका छन् । परीक्षामा सबैभन्दा धेरै बागमती प्रदेशमा एक लाख ६ हजार ९५९ विद्यार्थी र सबैभन्दा कम कर्णली प्रदेशमा ४१ हजार ३२९ परीक्षार्थी सहभागी भएका थिए । प्राविधिक धारतर्फ करिब १५ हजार विद्यार्थी परीक्षामा सहभागी थिए । परीक्षामा संस्कृत विषय पढाइ हुने ६५ विद्यालयका २ हजार ९८२ विद्यार्थी र ५० जना दृष्टिविहीन परीक्षामा सहभागि भएका थिए । --- # एसइईको नतिजा साउन दोस्रो हप्ता प्रकाशित हुने Source: https://newskunda.com/archives/1471 Category: FEATURED NEWS, शिक्षा, समाचार, समाज Last updated: 2022-07-20 भक्तपुर, ४ साउन । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसइई)को नतिजा प्रकाशित गर्ने समय फेरि सारेको छ। बोर्डले यही साउन दोस्रो हप्ता मात्रै नतिजा प्रकाशित गर्ने जनाएको छ। बोर्डले यसअघि असार मसान्तभित्र नतिजा प्रकाशन गर्ने बताएको थियो। त्यसपछि पनि सबै प्रक्रिया पूरा नभएकाे भन्दै बाेर्डले साउन पहिलो हप्ताभित्रै नतिजा प्रकाशन गर्ने भाका राखेकाे थियो। ‘अहिले नै हतारिएर गल्ती हुन सक्छ,त्यही भएर कुनै गल्ती नदोहोरियाेस् भनी हामी प्रकाशनको तयारी गरिरहेका छौँ, साउन दोस्रो हप्ता नतिजा प्रकाशित गर्छौ’‚ बोर्डका परीक्षा नियन्त्रक अर्जुन रायमाझीले भने। एसइई परीक्षा गत वैशाख ९ गतेदेखि बोर्डले भौतिक उपस्थितिमै लिएको थियो। बोर्डका अनुसार करिब ५ लाख विद्यार्थीले परीक्षा दिएका छन्। यसअघिका दुई वर्ष कोभिड-१९ महामारीका कारण आन्तरिक मूल्यांकनबाट नतिजा प्रकाशित गरिएको थियो। --- # एसईई परीक्षा बिहिबारबाट सुरु हुदै, पाँच लाख १२ हजार ४२१ जना विद्यार्थी सहभागि Source: https://newskunda.com/archives/3523 Category: FEATURED NEWS, राजनीति, शिक्षा, समाचार, समाज Last updated: 2026-04-01 भक्तपुर, १८ चैत ः यसवर्षको माध्यमिक शिक्षा (एसईई) परीक्षाको सम्पूर्ण तयारी पुरा भएको छ । राष्ट्रिय परीक्षा बोर्डले भोली १९ गते बिहिबारदेखि जापानको एक परीक्षा केन्द्रसहित देशभरका एक हजार ९६६ परीक्षा केन्द्रमा बिहान ८ बजेबाट एकैसाथ सुरु गर्ने एसईई परीक्षाको सबै तयारी पुरा भएको कक्षा १० का परीक्षा नियन्त्रक टुकराज अधिकारीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘परीक्षाको सबै तयारी पुरा गरेका छौं, हिजो मात्रै सबै जिल्ला परीक्षा समन्वय समितिका प्रमुखहरुसंग जुम बैठक सम्पन्न गर्यौ, सबै जिल्लामा सहज र शान्तिपूर्ण रुपमा परीक्षा हुनेमा ढुक्क छौं, विद्यार्थीलाई ढुक्क भएर परीक्षामा सहभागि हुन आव्हान गर्दर्छौ ।’ चैत २९ गते सम्पन्न हुने एसईई परीक्षामा यसवर्ष पाँच लाख १२ हजार ४२१ जना विद्यार्थीले र जापानको एक परीक्षा केन्द्रबाट २३ जनाले परीक्षा दिने उहाँले जानकारी दिनुभयो । परीक्षामा नियमिततर्फ चार लाख ४१ हजार ५६६ जना र ग्रेडवृद्धितर्फ ७० हजार ८५५ जनाले परीक्षा दिने भएका छन् भने परीक्षा दिने छन् । परीक्षा दिनेमा दुई लाख ५७ हजार ६१३ जना छात्रा, दुई लाख ५४ हजार ८०७ छात्र र अन्य ७ जना परीक्षार्थ रहेका छन् । उहाँका अनुसार परीक्षामा सात प्रदेश मध्ये कोशी प्रदेशबाट ८२ हजार ४८७ जना, मधेश प्रदेशबाट ९० हजार २४३ जना, वागमती प्रदेशबाट एक लाख नौ हजार ५१३ जना, गण्डकी प्रदेशबाट ४३ हजार ९७२ जना, लुम्बिनी प्रदेशबाट ९१ हजार ८०२ जना, कर्णाली प्रदेशबाट ३९ हजार ७६९ जना र सुदुर पश्चिमबाट ५४ हजार ६३५ जना विद्यार्थी परीक्षामा सहभागि हुनेछन् । परीक्षा नियन्त्रक अधिकारीका अनुसार भोली परीक्षाको पहिलो दिन अनिवार्य अंग्रेजी विषयको परीक्षा सञ्चालन हुनेछ भने चैत २० गते अनिवार्य नेपाली, २२ गते अनिवार्य गणित, २३ गते विज्ञान तथा प्रविधि, २४ गते सामाजिक अध्ययन, २५ गते ऐच्छिक प्रथम खण्डका सबै विषय र २६ गते ऐच्छिक द्वितीय खण्डका सबै विषय र चैत २७, २८ एवं २९ गते प्राविधिक धारका बाँकी विषयहरूको परीक्षा सञ्चालन हुनेछन् । बोर्डले यसवर्ष एसइई परीक्षाको सामूहिक अनुगमनमा रोक लगाएको छ । परीक्षा केन्द्र अनुगमनका नाममा विभिन्न संघसंगठनका प्रतिनिधि हलमा प्रवेश गर्दा परीक्षा दिइरहेका परीक्षार्थीको लेखन कार्यमा अवरोध पुगेको गुनासो आएपछि बोर्डले सामूहिक अनुगमनमा रोक लगाएको हो । पत्रकारले परीक्षा केन्द्रको बाहिरी दृश्य मात्र छायांकन गर्न वा तस्विर लिन मिल्ने जानकारी दिदै उहाँले परीक्षा हलमा केन्द्राध्यक्ष तथा त्यस दिन खटिएका प्रतिनिधिले मात्र अनुगमन गर्न सक्ने व्यवस्था गरिएको जानकारी दिनुभयो । परीक्षाका लागि सातै प्रदेशमा फरक प्रश्न पत्र छपाई गरि प्रश्नपत्र सबै जिल्लामा पुगेको जानकारी दिदै उहाँले परीक्षामा सोधिने प्रश्न ६ वटै अनिवार्य विषयका प्रदेश अनुसार फरकफरक प्रश्नपत्र छापिएको र यदि कतै प्रश्नपत्र बाहिरियो भने पनि सम्बन्धित प्रदेशको निश्चित विषयको मात्र परीक्षा रद्ध गरि पुनः प्रश्नपत्र छपाई गर्न सकिने व्यबस्था गरिएको जानकारी दिनुभयो । प्रत्येक परीक्षा केन्द्रमा जिल्ला परीक्षा समितिले तय गरे अनुसार आवश्यकताको आधारमा सुरक्षाकर्म परिचालन हुनेछन् । यद्यपी प्रत्येक केन्द्रमा १५ जना प्रहरी, एक केन्द्राध्यक्ष, एक सहायक केन्द्राध्यक्ष, २० जना परीक्षार्थी बराबर एक निरीक्षक, १०० परीक्षार्थी बराबर एक कायालय सहयोगी र अन्य दुई कर्मचारीको व्यबस्था गरिएको बोर्डले जानकारी दिएको छ । उहाँले बालसुधार गृहका परीक्षार्थीलाई नजिकैको परीक्षा केन्द्रबाट परीक्षा दिने व्यबस्था गरिएको छ । विशेष क्षमता तथा अपाङ्गता भएका विद्यार्थीका हकमा अपाङ्गताको प्रकृतिअनुसार अतिरिक्त समय र लेखन सहयोगीको व्यवस्था गरिएको छ । तीन घण्टाको परीक्षामा अतिरिक्त समय आवश्यक पर्ने अपाङ्गता भएकालाई थप एक घण्टा ३० मिनेट समय दिइनेछ । लेखन सहयोगीका रूपमा कक्षा ९ सम्म अध्ययनरत विद्यार्थीलाई उपलब्ध गराइने व्यबस्था गरिएको छ । **प्रधानमन्त्रीको निर्देशनसंगै एक महिनामा नतिजा प्रकाशन गर्ने :** प्रधानमन्त्री बालेन्द्र शाहले १५ दिनभित्र परीक्षाफल प्रकाशित गर्न बोर्डलाई निर्देशन दिनुभए पछि बोर्डले एक महिनामै नतिजा सावजनिक गर्ने भएको छ । बोर्डले व्यस्त कार्यतालिका र प्राविधिक कारणले १५ दिनमा नतिजा सार्वजनिक गर्न नसकिने जानकारी गराउदै एक महिनाभित्र प्रकाशित गर्ने तयारी भएको उहाँले जानकारी दिनुभयो । यसअघि बोर्डले ४५ दिनभित्र परीक्षाफल प्रकाशित गर्नेगरी शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा तालिका बुझाएको थियो । परीक्षा नियन्त्रक अधिकारीले विगतका वर्षहरुमा जस्तो परीक्षाफल प्रकाशन गर्न तीन महिना नलाग्ने र यस वर्ष एक महिना भित्रै परीक्षाफल सार्वजनिक गर्ने गरि तयारी गरिएको जानकारी दिनुभयो । यसवर्ष परीक्षा केन्द्रमा नै उत्तरपुस्तिका जाँच परीक्षा भएको विषयको सोही दिन परीक्षा केन्द्रमा परीक्षक र संपरीक्षकहरुले उत्तरपुस्तिका जाँच गरेर विद्यार्थीको लब्धांकपत्र शिक्षा विकास तथा समन्वय ईकाईमा पठाउने व्यवस्था गरिएको छ । शिक्षा विकास तथा समन्वय ईकाईले तोकिएको समयमा लब्धांकपत्रहरु परीक्षा नियन्त्रण कार्यालय पठाउने व्यबसथा गरिएको छ । --- # एसईई परीक्षाको नतिजा आज दिउँसो सार्वजनिक हुदैँ Source: https://newskunda.com/archives/1579 Category: FEATURED NEWS, शिक्षा, समाचार, समाज Last updated: 2022-07-27 भक्तपुर, ११ साउन : राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा आज दिउँसो तीन बजे सार्वजनिक गर्ने भएको छ । एसईई परीक्षाको नतिजा सार्वजनिक गर्ने सबै तयारी पुरा भएको जानकारी दिदै एसईई (कक्षा १०) का परीक्षा नियन्त्रक अर्जुन रायामाझीले आज दिउँसो ३ बजेभित्र परीक्षाफल सार्वजनिक गर्ने जानकारी दिनु भयो । विगतमा नतिजा सार्वजनिक भएपछि विद्यार्थीहरु कहिले जन्म मिति, कहिले अंक, त कहिले के मिस्टेक भयो भन्दै सच्याउन आउनेको भीड लाग्ने गरेकाले त्यस्तो समस्या नआओस भनेर यस पटक अलि कडाईका साथ विद्यार्थीको विवरण रुजु गर्ने कार्य भएकाले नतिजा प्रकाशनमा केही ढिला हुन गएको उहाँले बताउनु भयो । स्थानीय तहको निर्वाचनका कारणले पनि केही दिन नतिजा पर धकेलिएको उहाँले बताउनु भयो । शिक्षाका कर्मचारीदेखि उत्तर पुस्तिका परीक्षणको जिम्मेवारी पाएका शिक्षक शिक्षिका निर्वाचनमा खटिएकाले उत्तर पुस्तिका परीक्षणमा पनि केही ढिला हुँदा नतिजा सार्वजनिक गर्न पनि केही दिन ढिलाई हुन गएको नतिजा केही दिन ढिला हुन गएको उहाँको भनाई छ । कोरोनाका कारण दुई वर्ष आन्तरिक मूल्यांकनबाट नतिजा सार्वजनिक भए पनि यस वर्ष बोर्डले विद्यार्थीको भौतिक उपस्थितिमै गत वैशाख ९ गतेदेखि २० गतेसम्म परीक्षा सञ्चालन गरेको थियो । परीक्षामा दुई हजार ७ परीक्षा केन्द्रबाट ११ हजार ६१५ विद्यालयका २ लाख ५७ हजार ९२४ छात्रा र २ लाख ५७ हजार ५३ छात्र गरि ५ लाख १४ हजार ९७७ परीक्षार्थी सहभागि भएका छन् नियन्त्रक रायामाझीले जानकारी दिनु भयो । **एसईईको नतिजा यसरी हेर्न सकिन्छ :** एसईईको परीक्षाको नतिजा हेर्नका लागि परीक्षार्थीले बार्डको बेवसाइटका साथै एसएमएस र आईभीआरबाट पनि हेर्न सकिने व्यबस्था गरेको छ । परीक्षा नियन्त्रक कार्यालयले नियमित तथा ग्रेडवृद्धि परीक्षाको नतिजा वेभसाइट, एसएमएस र आइभीआरबाट हेर्न सकिने जानकारी दिएको हो । नेपाल टेलिकम, जानकी टेक्नोलोजी प्रालि, इजी सर्भिस प्रालि, आकाश टेक प्रालिमा सर्टकोड हालेर नतिजा हेर्ने सकिनेछ । त्यस्तै, राष्ट्रिय परीक्षा बोर्ड, सानोठिमी, स्प्यारो पे प्रालि, नीमा एडुकेशन फाउण्डेशन, कान्तिपुर पब्लिकेशन, द कनेक्ट प्लस प्रालि, इडियु सञ्जाल र रिडर्स पोइन्ट प्रालिले पनि नतिजा सार्वजनिक गर्नेछन् । यस पटकको नतिजामा नन ग्रेडिङको व्यवस्था गरेको छ । ग्रेडिङ सिस्टमले सिकाइको गुणस्तर खस्किँदै गएपछि मन्त्रालयले विद्यालय तहमा न्यूनतम अंक ल्याउनुपर्ने व्यवस्थालाई जोड दिएको हो । --- # एसईई परीक्षाको नतिजा सार्वजनिक, उच्च श्रेणी ल्याउने १ दशमलव ९४ प्रतिशत Source: https://newskunda.com/archives/1586 Category: FEATURED NEWS, शिक्षा, समाचार, समाज Last updated: 2022-07-27 भक्तपुर, ११ साउन : राष्ट्रिय परीक्षा बोर्डले आज अपरान्ह ४ बजे माध्यमिक शिक्षा परीक्षा (एसईई) २०७८ को नतिजा सार्वजनिक गरेको छ । एसईई परीक्षा नियँत्रण कार्यालय सानोठिमीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोर्डका सदस्य सचिव दुर्गाप्रसाद अर्यालले परीक्षामा सहभागि मध्ये चार लाख ९५ हजार ७५१ जना परीक्षार्थीको नतिजा सार्वजनिक गर्नु भएको हो । सदस्य सचिव अर्यालले यसवर्ष उच्च श्रेणीमा उतीर्ण हुने विद्यार्थी १ दशमलव ९४ प्रतिशत रहेको बताउनु भयो । उच्च श्रेणी ३ दशमलव ६ देखि ४ जिपिए ९ हजार ६३३ अर्थात १ दशमलव ९४ प्रतिशत परीक्षार्थीले ल्याएका छन् । त्यस्तै एसईईमा ४१ हजार ६२७ विद्यार्थीले ३ दशमलव २ देखि ३ दशमलव ६ जिपिए, ६९ हजार ९०० जनाले २ दशमलव ८ देखि ३ दशमलव २ जीपीए ल्याएका छन् । ९० हजार ७५८ जनाले २ दशमलव ४ देखि २ दशमलव ८ जीपीए ल्याएका छन् । त्यस्तै एक लाख १२ हजार ७३३ विद्यार्थीले २ देखि २ दशमलव ४ जीपीए, एक लाख ५९४ जनाले १ दशमलव ६ देखि २ जीपीए, ४४ हजार ५८६ विद्यार्थीले १ दशमलव २ देखि १ दशमलव ६ जीपीए र तीन हजार २८०विद्यार्थीले ० दशमलव ८ देखि १ दशमलव २ जीपीए ल्याएको उहाँले जानकारी दिनुभयो । उनेको संख्या रहेको छ । सदस्य सचिव अर्यालले यसवर्ष १ दशमलव ९४ प्रतिशतले ३ दशमलव ६ देखि ४ जिपिए, ८ दशमलव ४० प्रतिशतले ३ दशमलव २ देखि ३ दशमलव ६ जिपिए, १४ दशमलव १० प्रतिशतले २ दशमलव ८ देखि ३ दशमलव २ जीपीए, १८ दशमलव ३१ प्रतिशतले २ दशमलव ४ देखि २ दशमलव ८ जीपीए ल्याएका छन् । त्यस्तै २२ दशमलव ७४ प्रतिशतले २ देखि २ दशमलव ४ जीपीए, २० दशमलव २९ प्रतिशतले १ दशमलव ६ देखि २ जीपीए, ८ दशमलव ९९ प्रतिशतले १ दशमलव २ देखि १ दशमलव ६ जीपीए र ० दशमलव ६६ प्रतिशतले ० दशमलव १ देखि १ दशमलव २ जीपीए ल्याएको उहाँले जानकारी दिनुभयो । **नतिजा यसरी हेर्नुहोस :** एसईईको नतिजा आउने भन्ने थाहा पाए लगत्तै विद्यार्थी तथा अभिभावकहरुलाई जति सक्दो छिटो नतिजा हेर्न पाए हुन्थ्यो भनेर आतुर हुन्छन् । तर नतिजा कसरी छिटो थाहा पाउन सकिन्छ भन्ने जानकारी नहुँदा धेरै अभिभावक तथा विद्यार्थी यताउता भौतारिने र आत्तिदै फोन गर्ने गर्छन् । राष्ट्रिय परीक्षा बोर्डले आज प्रकाशित गर्न लागेको एईई परीक्षाको नतिजा सहजै हेर्ने व्यबस्था गरेको । बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले नतिजा सहजै हेर्ने व्यबस्था गरेको जानकारी दिनु भयो । यसका लागि विद्यार्थीले वेबसाईड, एसएमएस र आईभिआरबाट हेर्न सकिने व्यबस्था गरेको जानकारी दिनु भयो । परीक्षाको नतिजा हेर्नका लागि १६०० मा डायल गरि प्राप्त निर्देशन अनुसार नतिजा जान्न सकिने व्यबस्था गरेको छ । त्यस्तै एसएमएस र इन्टरनेटको माध्यमबाट पनि नतिजा हेर्न सकिने छ । परीक्षा नियन्त्रण कार्यालय र नेपाल टेलिकमको वेबसाईटमा नतिजा हेर्न सक्ने व्यबस्था गरेको उहाँले बताउनु भयो । एसएमएसका लागि ३१००३, ३४९४९, १६००, ३५००१ र ३३६२४ मा डायल गर्न सक्ने व्यबस्था गरेको छ । नतिजाका हेर्नका लागि राष्ट्रिय परीक्षा बोर्ड अन्तर्गतको कक्षा १० को परीक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुरको बेवसाइट धधध।कभभ।नयख।लउ मा हेर्न सकिने बोर्डले जनाएको छ । त्यस्तै राष्ट्रिय परीक्षा बोर्ड सानोठिमीको धधध।लभद।नयख।लउ, नेपाल टेलिकमको धधध।कभभ।लतअ।लभत।लउ, धधध।पजबतिष्।अयm, धधध।लभझबबअबमझथ।अयm, धधध।भपबलतष्उगच।अयm, धधध।तजभअयललअभतउगिक।अयm, धधध।कभभ।भमगकबलवब।िअयm, धधध।बमmष्ककष्यललभउब।िअयm बाट नतिजा हेर्न सकिने व्यबस्था गरिएको छ । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा आज दिउँसो तीन बजे सार्वजनिक हुदैछ । --- # एसईईको नतिजा २९ दिनमा आज सार्वजनिक, ६५.९८ विद्यार्थी उत्तीर्ण Source: https://newskunda.com/archives/3675 Category: FEATURED NEWS, राजनीति, शिक्षा, समाचार, समाज Last updated: 2026-05-11 भक्तपुर, २८ बैशाख : राष्ट्रिय परीक्षा बोर्डले यसवर्षको (२०८२ सालको) माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा आज राती सवा नौ बजे सार्वजनिक गरेको छ । सरकारले बैशाख २९ गतेभित्र नतिजा सार्वजनिक गर्न अन्तिम डेटलाइन दिएपछि बोर्डले तिब्र गतिमा तयारी गरि परीक्षा सम्पन्न भएको २९ दिनमै नतिजा सार्वजनिक गरेको हो । परीक्षा नियन्त्रण कार्यालय सानोठिमीमा आज राती सवा नौ बजे गरेको पत्रकार सम्मेलनमा एसईइमा ६५ दशमलव ९८ प्रतिशत विद्यार्थी उत्तीर्ण भएको शिक्षा सचिव चुडामणि पौडेलले जानकारी दिनुभयो । परीक्षामा २ लाख ८४ हजार १६० विद्यार्थी ग्रेडेड भएका र १ लाख ४६ हजार ५०७ परक्षिार्थी नन्ग्रेडेड भएको जानकारी दिनुभयो । यसपटक एसइईमा दुई लाख ५७ हजार ५२७ छात्रा र दुई लाख ५२ हजार ४३४ छात्रले परीक्षाको फाराम भरेकोमा चार लाख ३० हजार ६६७ जना परीक्षामा सहभागी भएका थिए । नतिजाको अनुसार ४८ हजार ३९२ परीक्षार्थीले सबैभन्दा उच्च जीपीए अर्थात् ३.६० देखि ४.०० ल्याएका छन् । ८० हजार ३७२ जनाले ३.२० देखि ३.६० जीपीए ल्याएका छन् । त्यस्तै ९४ हजार २२२ जनाले २.८० देखि ३.२० जीपीए, ५५ हजार ९७७ जनाले २.४० देखि २.८० जीपीए, पाँच हजार १९० जनाले २.०० देखि २.४० जीपीए र सात जनाले १.६० देखि २.०० जीपीए ल्याएका छन् । एनजी प्राप्त गर्ने विद्यार्थीहरूले पुनः ग्रेड वृद्धि परीक्षा दिनु पर्नेछ । दुई विषयसम्म एनजी आउने विद्यार्थीका लागि तत्कालै ग्रेड वृद्धि परीक्षा सञ्चालन गरिनेछ र भने सोभन्दा बढी विषयमा एनजी आउनेले अर्को वर्षको नियमित परीक्षामा सहभागी हुनुपर्ने व्यबस्था गरेको पत्रकार सम्मेलनमा जानकारी दिएको छ । यसवर्ष एक महिना भित्र नतिजा सार्वजनिक गर्ने शिक्षा मन्त्रालयको निर्देशनपछि बोर्डले परीक्षा केन्द्रमै उत्तरपुस्तिका परीक्षण गराएको थियो भने बैशाख ५ गतेसम्ममा देशैभरका कापी बोर्डको कार्यालयमा संकलन गरी नतिजा अध्यावधिक गर्ने, कम्प्युटरमा इन्ट्रि गर्ने कार्य थालिएको थियो । गतवर्ष असार १३ गते परीक्षाफल सार्वजनिक गरेको थियो । --- # एसईईमा चाँगुनारायणको गोल्डेन सुनगाभा बन्यो पहिलो Source: https://newskunda.com/archives/1708 Category: FEATURED NEWS, शिक्षा, समाचार, समाज Last updated: 2022-08-09 भक्तपुर, २३ साउन । चाँगुनारायण नगरपालिका भित्रका संस्थागत विद्यालयहरु मध्ये चाँगुनारायण–२, दुवाकोटस्थित गोल्डेन सुनगाभा इङ्लिस बोर्डिङ स्कुल नगरपालिकामै उत्कृष्ट भएको छ । चाँगुनारायण नगरपालिका शिक्षा शाखाका अनुसार माध्यमिक शिक्षा परीक्षा कक्षा १०(एसईई) २०७८ को नतिजा अनुसार एसईई उत्तीर्ण विद्यार्थी एवं उनीहरुले प्राप्त गरेको अंकका आधारमा यो विद्यालय पहिलो र उत्कृष्ट भएको हो । चाँगुनारायण नगरपालिका भित्र माध्यमिक तहको पढाई हुने १४ वटासंस्थागत विद्यालयहरुको क्रम निर्धारण गर्ने क्रममा गोल्डेन सुनगाभाले ३.३६ जिपिए पाएर पहिलो भएको हो । चाँगुनारायण नगरपालिका शिक्षा शाखाका अनुसार नगरपालिका भित्र रहेका माध्यमिक तहका संस्थागत विद्यालयहरुले प्राप्त एसईईको नतिजा अनुसारको जिपिए यसप्रकार रहेको छ । गोल्डेन सुनगाभा इङलिस बोर्डिङ स्कुल, दुवाकोट जिपिए ३.३६, प्रज्ञा इंग्लिस स्कुल, दुवाकोट जिपिए ३.२९, फुलब्राइट स्कुल, दुवाकोट : जिपिए ३.२८, नवीन इंग्लिस स्कुल, दुवाकोट जिपिए ३.२०, मित्रश्री पाठशाला, दुवाकोट जिपिए ३.१९, युनाइटेड प्रिप्यारोटरी इं स्कुल, झौखेल जिपिए ३.१६, आरक्षण नेशनल एकेडेमी जिपिए ३.११, नर्थइष्ट इंग्लिस स्कुल जिपिए ३.१०, साइनिङ इंग्लिस स्कुल जिपिए ३.०, एसएस सदन सेकेण्डरी स्कुल जिपिए २.९९, क्वालिटी इंग्लिस स्कुल जिपिए २.९५, द कन्ट्रिसाइड इंग्लिस स्कुल जिपिए २.८५, दीप सरस्वती इंग्लिस स्कुल जिपिए २.६४ र गणेश बोर्डिङ स्कुल, झौखेल जिपिए २.५५ रहेका छन् । --- # एसपिपीसम्बन्धी पत्राचारबारे सदनलाई जानकारी गराउन निर्देशन Source: https://newskunda.com/archives/1506 Category: FEATURED NEWS, राजनीति, समाचार, समाज Last updated: 2022-07-21 काठमाडौँ, ५ साउन : सभामुख अग्निप्रसाद सापकोटाले ‘स्टेट पार्टनरसीप प्रोग्राम’ (एसपिपी) मा सहभागी हुन नसक्ने सरकारको निर्णय अमेरिकालाई पत्राचार नभएका सम्बन्धमा संसद्लाई जानकारी गराउन सरकारलाई निर्देशन दिनुभएको छ । आजको प्रतिनिधिसभा बैठकमा उहाँले एसपिपीका बारेमा भएको निर्णय कार्यान्वयनबारे जानकारी गराउन सरकारलाई निर्देशन दिनुभएको हो । बैठकमा सांसद भीम रावलले नेपालले एसपिपी सम्झौता नगर्ने भनी गरेको सरकारको निर्णय तत्काल अमेरिकालाई जानकारी गराउन माग गर्नुभयो । उहाँले एसपिपी सरकारले नै लागू नगर्ने निर्णय गरिसकेको भन्दै परराष्ट्र मन्त्रालयले अझै पत्र नलेख्नुका कारण माग गर्नुभयो । “मन्त्रिपरिषद् बैठकले पनि एसपिपीलाई अस्वीकार गरिसकेको र संसदीय समितिले पनि एसपिपीलाई फिर्ता गर्ने निर्देशन दिइसकेको छ”, उहाँले भन्नुभयो, “सम्झौता फिर्ता गर्ने निर्णय एक महिना भइसक्दा पनि किन परराष्ट्र मन्त्रालयले अमेरिकी सरकारलाई जानकारी किन गराउन नसकेको हो । संसदीय समितिको निर्देशन र मन्त्रिपरिषद्को निर्णय नमान्ने छुट परराष्ट्र मन्त्रालयले कसले दियो ?” सांसद देवप्रसाद गुरुङले एसपिपी सम्झौता कार्यान्वयन नगर्ने सरकारको निर्णयका बारेमा अविलम्ब अमेरिकालाई पत्राचारका लागि रुलिङ गर्न माग गर्नुभयो । उहाँले मन्त्रिपरिषद्ले एसपिपी सम्झौता कार्यान्वयन नगर्ने निर्णय गरिसकेका अवस्थामा परराष्ट्र मन्त्रालयका प्रवक्ता सेवा लम्सालले एसपिपीसम्बन्धी कुरालाई लिएर अमेरिकालाई अहिल्यै नै पत्राचार गर्न नसकिने भनी दिएको अभिव्यक्तिप्रति गम्भीर आपत्ति जनाउनुभयो । सांसद दुर्गा पौडेलले जलवायु परिवर्तनका कारण सिर्जित समस्याबाट विश्व प्रभावित भएको उल्लेख गर्दै पर्यावरण जोगाउन कडा कानुन आवश्यक रहेको बताउनुभयो । सांसद चन्दा चौधरीले लागुऔषध नियन्त्रणका लागि चालिएको कदम त्यति प्रभावकारी नभएकाले ठोस मार्गचित्र बनाउन आग्रह गर्नुभयो । सांसद बहादुरसिंह लामाले नेपालमा उत्पादित विद्युत् भारत निर्यात गरेर विद्यमान व्यापार घाटा कम गर्न सकिने बताउनुभयो । सांसद सत्या पहाडीले शान्ति प्रक्रियाका बाँकी काम पूरा हुन नसक्दा सङ्क्रमणकालीन न्याय प्रभावित भएको बताउँदै बाँकी काम तत्काल पूरा गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो । --- # एसपीलाई रुं ५० हजार घुस दिन आउने दुई जना परिसरबाटै पक्राउ Source: https://newskunda.com/archives/2516 Category: FEATURED NEWS, अपराध, समाचार, समाज Last updated: 2023-01-12 भक्तपुर, २८ पुस । लागू औषध मुद्दामा पक्राउ परेकालाई छुटाइदिन आग्रह गर्दै प्रहरी उपरीक्षक प्रजित केसीलाई घुस दिन प्रहरी परिसर भक्तपुर आइपुगेका दुई जनालाई आज प्रहरीले पक्राउ गरेको छ । भक्तपुर प्रहरी प्रमुख केसीलाई रु. ५० हजार घुस दिन परिसर कार्यालय आइपुगेका धादिङ गल्छी गाउँपालिका–५ बस्ने ४१ वर्षीय अर्जुन तामाङ र सोही ठाउँका ३२ वर्षीय बिरोध तामाङलाई प्रहरी उपरीक्षक केसीकै निर्देशनमा प्रहरी नायब उपरीक्षक राजू पाण्डेले पक्राउ गरि हिरासतमा राखेको हो । यहीँ पुस २६ गते एक किलो लागू औषधिसहित पक्राउ परेको धादिङ गल्छी–५ का ३१ वर्षीय गोबिन्द तामाङलाई छुटाइदिन दबाब दिदै आएका तामाङद्धयलाई परिसरबाटै पक्राउ गरेको प्रहरी उपरीक्षक केसीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “एक किलो लागूऔषध पोल्याण्डसहित २६ गते पक्राउ परेका व्यक्तिलाई छुटाईदिन बिभिन्न सोर्स तथा दबाब दिदै आएका थिए, जस्तो सुकै दबाब आए पनि नछाड्ने गरि कारबाही प्रक्रिया अगाडि बढाएको थिए, आज साँझ ४ बजे मेरो मोवाइल नम्बरमा फोन गरी मुद्दा मिलाइदिनुस् पैसा दिन्छु भनेर प्रस्ताव राखे, त्यसपछि मैले परिसरमै बोलाए र उनीहरुलाई परिसर कार्यालयबाटै पक्राउ गरियो ।” प्रहरीले पक्राउ परेका अर्जुन तामाङको साथबाट ५७ हजार ५०० रुपैयाँ बदामद गरेको र आवश्यक अनुसन्धान तथा कारबाही प्रक्रिया अगाडि बढाएको प्रनाउ पाण्डेले जानकारी दिनुभयो । --- # एसिया कप क्रिकेट :पाकिस्तानले टस जित्यो Source: https://newskunda.com/archives/2919 Category: FEATURED NEWS, खेलकुद, समाचार, समाज Last updated: 2023-08-30 काठमाडौँ, १३ भदौ । एसिया कप क्रिकेट प्रतियोगिताअन्तर्गतको उद्धघाटन खेलमा घरेलु टोली पाकिस्तानले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ । पाकिस्तानको मुल्तान क्रिकेट रङ्गशालामा पाकिस्तानका कप्तान बाबर आजमले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएका छन् । यससँगै नेपालले अब पहिला फिल्डिङ गर्नेछ । नेपालले पहिलो पटक विश्व क्रिकेट वरियताको नम्बर १ टोली पाकिस्तानसँग खेल्न लागेको हो । पाकिस्तान सन् १९९२ को विश्वकप तथा २००९ को टी–२० विश्वकप विजेता टोली हो । पाकिस्तानको प्लेइङ–११ मा फखार जमान, इमाम उल हक, बाबर आजम ९कप्तान०, मोहम्मद रिजवान, सादब खान, मोहम्मद नवाज, अघा अली सलमान, इफ्तिखर अहमद, शाहिन शाह अफ्रिदी, नसिम शाह र हरिस रौफ रहेका छन् । नेपाली टोलीमा भने कप्तान रोहितकुमार पौडेलसहित आशिफ शेख, कुशल भुर्तेल, सन्दीप लामिछाने, ललितनारायण राजवंशी, भीम सार्की, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, करण केसी, गुल्सन झा, आरिफ शेख, सोमपाल कामी, अर्जुन साउद, प्रतिश जिसी, किशोर महतो, सन्दीप जोरा र श्याम ढकाल रहेका छन् । --- # एसिया कपमा छनोट टोलीलाई ३० लाख पुरस्कार Source: https://newskunda.com/archives/5100 Category: FEATURED NEWS, खेलकुद, समाचार, समाज Last updated: 2026-10-26 काठमाडौँ, ८ कात्तिक : नेपाल क्रिकेट सङ्घ (क्यान) ले एसिसी एसिया कपमा स्थान बनाउन सफल नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई रु ३० लाख पुरस्कार दिने घोषणा गरेको छ । नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करणको तयारीबारे जानकारी दिन आज यहाँ आयोजित पत्रकार सम्मेलनमा क्यानका अध्यक्ष चतुरबहादुर चन्दले टोलीका लागि पुरस्कार राशि घोषणा गर्नुभएको हो । नेपालले गत सेप्टेम्बरमा संयुक्त अरब इमिरेट्स (युएई) लाई ४४ रनले हराउँदै नेपालले दोस्रोपटक एकदिवसीय एसिया कपमा स्थान बनाएको थियो । एसिया कपमा छनोट हुनु नेपाली क्रिकेटका लागि महत्त्वपूर्ण उपलब्धि रहेको अध्यक्ष चन्दको भनाइ छ । उहाँले सरकारले पनि टोलीका लागि पुरस्कार घोषणा गर्नुपर्नेमा जोड दिनुभयो । अध्यक्ष चन्दले देशको अर्थतन्त्र र खेलकुद क्षेत्र चलायमान बनाउन एनपिएलले ठूलो टेवा पुर्याएको पनि बताउनुभयो । उहाँले कठिन परिस्थितिमा पनि सबै निकायबीच समन्वय गरेर प्रतियोगिता आयोजना गरिएको बताउनुभयो । उहाँले एनपिएलको वित्तीय पारदर्शिता, अडिट प्रक्रियामा पहिलो संस्करणको तुलनामा दोस्रो संस्करणमा धेरै सुधार भएको पनि उल्लेख गर्नुभयो । --- # ऐतिहासिक एवं साँस्कृतिक गुरु श्रीगोपालको निधन, शव यात्रामा उर्लियो हजारौ नागरिक Source: https://newskunda.com/archives/4401 Category: FEATURED NEWS, धर्म/संस्कृति, राजनीति, समाचार Last updated: 2026-09-23 भक्तपुर, ७ असोज । जिवित सांस्कृतिक धरोहर तथा शताब्दी पुरूषका नामले परिचित ऐतिहासिक एवं साँस्कृतिक गुरु श्रीगोपाल प्रजापतिको आज ९६ वर्षको उमेरमा निधन भएको छ । मध्यपुर थिमिका सांस्कृतिक धरोहर, संगीतका साधक तथा ऐतिहासिक र परम्परागत संगीत एवं नृत्यगुरु श्रीगोपाल १९८७ सालमा जन्मिनु भएका उहाँको उपचारको क्रममा आज नेपाल कोरिया मैत्री अस्पतालमा निधन भएको हो । थिमि कला परिषद्का संस्थापक अध्यक्ष, मध्यपुर थिमिमा नागरिक अभिनन्दनबाट विभूषित, साँस्कृतिक धरोहरका रुपमा परिचित श्रीगोपाल भैरब नाच, महाकाली नाच, अष्ट मातृका नाच, लाखे नाचलगायत बिभिन्न लोपोन्मुख नाचहरु र धिमे बाजा धाँ बाजा, मादल, बाँसुरी र विभिन्न बाजाको संरक्षणदेखि पुस्तान्तरण गर्दै आउनु भएको परिषद्मा महासचिव ज्ञानराम श्रेष्ठले जानकारी दिनुभयो । उहाँको योगदानको कदर गर्दै यसअघि मध्यपुरथिमि भव्य नागरिक अभिनन्दन गरिएको थियो । उहाँको आज अस्पतालदेखि हजारौ स्थानीयको सहभागितामा गरिएको शव यात्रा मध्यपुरका बिभिन्न क्षेत्रको परिक्रमा गर्दै बोडेस्थित घाटमा पुगेर श्रद्धाञ्जली अर्पण गर्दै दाहसंस्कार गरिएको थियो । --- # ऐतिहासिक बोकाचो गढीँदेखि मालीगाउँसम्म पर्यटकीय गन्तव्य बन्दै Source: https://newskunda.com/archives/431 Category: FEATURED NEWS, अर्थ, समाचार Last updated: 2022-05-01 भक्तपुर, १० बैशाख : सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थि ऐतिहासिक बोकाचो गढीँ अचेल आन्तरिक पर्यटकको रोजाईको गन्तव्य बन्न थालेको छ । पाँचवर्ष अगाडिसम्म निकै ओझेलमा परेको यो गढीँ जनप्रतिनिधिको आगमनसँगै यसले स्वरुप फेरिए पछि अचेल आन्तरिक गन्तव्य बन्न थालेको हो । पृथ्वीनारायण शाहले नेपाल एकीकरण गर्ने क्रममा भक्तपुर आक्रमण गर्नु अगाडि बंकर बनाएर बसेको २१०० फिट माथिको उचाइमा रहेको यो गढीँमा वडाध्यक्ष किरण थापाले सडकनै निर्माण गरिदिए पछि भने अहिले आन्तरिक पर्यटकको ओइरो लाग्न थालेको हो । सडक एवं पूर्वाधारको बिकाससँगै आन्तरिक पर्यटकको आगमन बढेपछि यहाँका बासिन्दाको आम्दानीको श्रोतसमेत बढेको छभने स्थानीयस्तरमै रोजगारीको अवसरहरु जुट्न थालेका छन् । पाँचवर्ष अगाडिसम्म पैदल हिड्ने सजिलो गोरेटो बाटो समेत नभएर जंगलको ठाडो बाटो हिड्नु पर्ने यहाँका अधिकांश लामा बस्तीका बासिन्दा यतिखेर भने ६ मिटर फराकिलो सडकमा हुइकिन पाए पछि दंग पर्न थालेका छन् । नेपाल एकीकरणको क्रममा भक्तपुर आक्रमण गर्नु अगाडि पृथ्वीनारायण शाहले यहाँको आशापुरेश्वर महादेव मन्दिरमा दर्शन गरि बोकाचो गढीमा आएर बंकर बनाएर बसी भक्तपुृरलाई हेर्दै यहाँको आक्रमणको योजना बनाएर भक्तपुरमाथि विजयी हासिल गरेकोे ऐतिहासिक कथन रहेको वडाध्यक्ष किरण थापा बताउनु हुन्छ । उहाँले भन्नुभयो, “विगतमा यो ठाउँ निकै ओझेलमा परेको थियो, यो रमणीय ठाउँ जहाँबाट सिंगो भक्तपुरमात्र नभई, उपत्यका र हिमाली दृश्यहरु देख्न सकिन्छ । यो ऐतिहासिक ठाउँ भएपनि निकै ओझेलमा परेको ठाउँलाई हामी आएपछि गढीँसम्म आइपुग्ने सडक निर्माण गर्न सफल भयौँ, अहिले टावर बनिसक्यो, मन्दिर बन्दैछ ।” बोकाचो गढीँमा वडाले सडक पुर्याए पछि नेपाली सेनाले टावर बनाइदिएको छ । गढीँ आफैमा टावर हो, त्यसमाथि पनि सेनाले टावर बनाइदिए पछि उपत्यकाको मनोरम दृश्य छर्लङ्ग देखिने भएपछि आन्तरिक पर्यटकको आगमन बढेको हो । शनिवार यहाँ निकै भीड लाग्ने गरेको छ । नगरपालिकाले टावर नजिकै बिन्ध्यवासिनी मन्दिर निर्माण गरिरहेको छ । वडाले यो ठाउँलाई पिकनिक स्पोर्टका रुपमा विकास गरेको र नगरपालिकाको लगानीमा सार्वजनिक शौचालय निर्माण गरेको छ । यहाँ अझै धेरै पूर्वाधार निर्माण गर्न बाँकी रहेको वडाध्यक्ष थापाले बताउनु भयो । वडाध्यक्ष थापाले भन्नुभयो, “गढीको भित्र रहेको बंकर अहिले पुरिएको छ । यो उत्खनन्को पर्खाइमा छ, ऐतिहासिक एवं पुरातात्विक सम्पदा जथाभावी उत्खनन गर्नु पनि भएन, नेपाली सेनाले उत्खनन् गर्ने कुरा गरिरहेको छ, पुरातत्व विभागले उत्खनन्मा पक्कै ध्यान दिनु पर्ने आवश्यकता छ ।” बंकर माथि पुराना र ऐतिहासिक इँटा तथा ढुङ्गाहरु अहिले पनि भेटिन्छन् । यसको संरक्षण आवश्यक रहेको छ । नगरपालिकाले संरक्षणको योजना बनाइ रहेको उहाँ बताउनु हुन्छ । तत्कालिन जिल्ला विकास समितिको सदस्य हुँदा थापाकै पहलमा सडक निर्माण गरेर सिपाडोल, पाटी भञ्याङमा सडक उद्घाटनको क्रममा पहिलो पटक गाडी जादा गाडीलाई समेत फूलमालाले स्वागत गरेको यो ठाउँमा अहिले पक्की सडकहरु बनेका छन् । सिपाडोलमा रु. ३ करोड ५० लाखको लागतमा घ्याम्पे डाँडाबाट पाटी भञ्याङ, आशापुरी, कुशादेवी ६ किलोमिटर सडक, रु. ५० लाखको लागतमा घ्याम्पेडाँडा रानीकोट सडक, पाटी भञ्याङबाट बोकाचो गढीसम्म जान सडकको नयाँ ट्रयाक खोल्दै नालीसहितको सडक निर्माण गर्न सफल भएपछि स्थानीयको मुहार सधै हास्न थालेको छ । लामा बस्तीले भरिएको यो ठाउँका स्थानीय सन्तबहादुर तामाङ्ले यो ठाउँको मुहार फेरिएला र यहाँको बस्तीमा खुसी आउँला भन्ने भन्ने सोच्नै नसोचे पछि जनप्रतिनिधि आएपछि यो ठाउँले मुहार फेरेको बताउनु भयो । उहाँले भन्नुभयो, “बोकाचो गढीँको केही प्रचार थिएन, यहाँ बाहिरबाट मान्छे आउदैनथे, बरु मकै, कोदो, आलू खान बदेँल आउथे, हिड्ने फराकिलो बाटो थिएन, भारी बोकेर साधुरो उकालो बाटो हिड्नु पर्दा टाउँकोबाट मात्रै हैन, पैतालाबाट पनि पसिना आउँथ्यो, हेर्दा हेर्दै पाँच वर्षमै यहाँको मुहार फेरियो, हाम्रो अनुहारमा खुसी लिएर आयो ।” वडाअध्यक्ष थापाको पहल र बजेट व्यबस्थापनमा सडक बनेपछि अहिले आम्दानीको श्रोत बढ्न थालेको यहाँका बासिन्दा बताउँछन् । स्थानीय कूलबहादुर तामाङ अचेल यहाँ रमाउन, यहाँको लोकल कुखुरासँग ढिडो खान टाढाबाट मानिसहरु आउँने क्रम बढेको, चिया, खाजाहरु बिक्री हुन थालेकाले स्थानीयमा आम्दानीको श्रोत गाउँमै आउन थालेको बताउनु हुन्छ । त्यसैगरि डोलेश्वरबाट मालीगाउँ जाने र काक्राबारीजाने चार किमि सडक बनेपछि ओझेलमा परेको मालीगाउँ समेत पर्यटकीय गन्तव्य बनेको छ । माली गाउँमा होटलहरु खुल्न थालेको, आन्तरिक पर्यटकको आगमन बढेको वडाध्यक्ष थापा बताउनु हुन्छ । रानीकोटका दीपक सापकोटा रानीकोट, पाटी भञ्याङ, काभ्रेको कुसादेवी जोड्ने सडक, बोकाचो गढी जाने सडक, मालीगाउँ काक्राबारी जाने सडक बनेसँगै पिछडिएको यहाँको बस्तीको मुहारमा खुसी आएको बताउनु हुन्छ । --- # ओली निवास पुगेका बालेनलाई मतपरिणाम सार्वजनिक हुनु अगावै ओलीले दिएका थिए बधाई Source: https://newskunda.com/archives/1071 Category: FEATURED NEWS, निर्वाचन, राजनीति, समाचार Last updated: 2022-05-31 काठमाडौं, १७ जेठ । काठमाडौं महानगरपालिकाको मेयरको मतगणना चल्दै मेयरका प्रत्याशी बालेन एमाले अध्यक्ष केपी शर्मा ओलीलाई उनकै निवासमा पुगेर भेटेको थाहा भएको छ । यो भेटको विवरण अहिलेसम्म दुवै पक्षले गोप्य राखेका थिए । बालेनको चुनावी टिमका सदस्य कुमार बेनले ओलीसँग भेट भएको पुष्टि गरे । बेनका अनुसार मतगणना सकिने अघिल्लो दिन बालेनसहितको समूह बालकोटमा पुगेको थियो । उनले भेटको विवरण चाँडै सार्वजनिक गर्ने जानकारी दिए । बालेनकै प्रस्तावमा यो भेटघाट भएको स्रोतको भनाइ छ । चुनावअघि पनि बालेन ओलीसँग भेट्न इच्छुक थिए । तर, तारतम्य मिलेको थिएन । बालकोटमा ओलीले सुरुमा बालेनको टिमसँग सामूहिक र त्यसपछि बालेनसँग एक्लै कुराकानी गरेको स्रोतले बतायो । समकालीन नेताहरुमा आफूहरुलाई ओलीबाटै आशा भएको बालेनले बताएको पनि स्रोतको दावी छ । --- # ओलीको आरोप : नीति तथा कार्यक्रमले समस्याको सम्बोधन गर्दैन Source: https://newskunda.com/archives/1032 Category: FEATURED NEWS, राजनीति, समाचार, समाज Last updated: 2022-05-26 काठमाडौँ, १२ जेठ : प्रमुख विपक्षी दलका नेता केपी शर्मा ओलीले सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमले कुनै पनि विषयलाई सम्बोधन गर्न नसकेको आरोप लगाउनुभएको छ । यही जेठ १० गते राष्ट्रपति विद्यादेवी भण्डारीले सङ्घीय संसद्को संयुक्त बैठकमा प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रममाथि आजदेखि सुरु भएको छलफलमा भाग लिँदै उहाँले यसले मुलुकको कुनै पनि समस्याको सम्बोधन गर्न नसकेको बताउनुभयो । उहाँले आफ्नो सरकारले अगाडि सारेका नीति तथा कार्यक्रमलाई निरन्तरता दिएको भन्दै प्रसन्नता प्रकट गर्नुभयो । ओलीले आफूले स्थापित गरेको सुखी नेपाली र समृद्ध नेपालको नारा हटाइएकामा भने आपत्ति प्रकट गर्नुभयो । आफूहरु सामाजिक सद्भाव, न्याय, समानताको पक्षमा रहेको भन्दै उहाँले राष्ट्रिय हितमा अगाडि बढ्न आग्रह गर्नुभयो । उहाँले नेपाल र भारतका सरकारका प्रतिनिधि सम्मिलित प्रबुद्ध व्यक्तिको समूह (इपीजी)ले तयार पारेको प्रतिवेदन नेपाल सरकारले बुझ्न र संसद्लाई जानकारी गराउन आग्रह गर्नुभयो । संवादहिनतामा राखेर आफूहरुलाई सरकारले पेलेको, राष्ट्रिय महत्वका विषयमा प्रतिपक्षीसँग संवाद नगरिएकामा समेत ओलीले सरकारको ध्यानाकर्षण गराउनुभयो । उहाँले सरकारको नीति तथा कार्यक्रम स्वादविहीन भएको टिप्पणी गर्नुभयो । ओलीले कार्यक्रममा अधिकांश विषय अमूर्त रहेको, राज्य संयन्त्रप्रति अविश्वास व्यक्त गरिएको आरोप लगाउनुभयो । उहाँले परराष्ट्र नीतिलाई आवेगपूर्ण र सत्तास्वार्थमा सङ्कुचित बनाइएको आक्षेप पनि उहाँले लगाउनुभयो । नेता ओलीले यो नीति तथा कार्यक्रमले अघिल्ला सरकारले अगाडि सारेका सकारात्मक कामलाई समावेश नगरेको र राष्ट्रिय आवश्यकतालाई ख्याल नगरेको बताउनुभयो । --- # ओलीको निर्देशन : ‘देशको रक्षाका लागि आन्दोलन गर्न तयार रहनू’ Source: https://newskunda.com/archives/5201 Category: FEATURED NEWS, राजनीति Last updated: 2026-10-29 **काठमाडौं ।** नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले देश गम्भीर अवस्थामा रहेको दाबी गर्दै पार्टीका नेता तथा कार्यकर्तालाई आन्दोलनका लागि तयार रहन निर्देशन दिएका छन्। उनले देशको रक्षा र पार्टीको शक्ति सुदृढ गर्न आन्दोलन आवश्यक रहेको बताएका हुन्। बुधबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा मनोनीत केन्द्रीय सदस्यहरूको शपथग्रहण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले आन्दोलनबाट पछि हटेर अघि बढ्न नसकिने बताए। देशको वर्तमान परिस्थितिलाई चुनौतीपूर्ण भन्दै उनले आन्दोलनले नै पार्टीलाई शक्ति प्रदान गर्ने र लक्ष्य प्राप्तिमा सहयोग पुर्याउने जिकिर गरे। ‘देश क्रिटिकल अवस्थामा छ। यस अवस्थाबाट हामीले देशलाई पार लगाउनुपर्नेछ। यसका लागि हामी आन्दोलनका लागि तयार हुनुपर्छ,’ ओलीले भने, ‘आन्दोलन गर्ने आँट गरेनौँ भने हामी सफल हुन सक्दैनौँ। आन्दोलनले टिकाउने हो, अघि बढाउने हो र जिताउने हो।’ ओलीले दक्षिणपन्थी शक्तिहरूले लोकतन्त्र र शान्तिको नाममा जनतालाई धोका दिइरहेको आरोप लगाए। उनले सरकार बलजफ्ती अघि बढिरहेको दाबी गर्दै नागरिकको स्वतन्त्रता र अभिव्यक्तिमाथि दबाब सिर्जना गरिएको आरोपसमेत लगाए। नेपाल प्रहरीले बर्दी नलगाई पक्राउ गर्न जाने तथा बलजफ्ती गर्ने गरेको भन्दै उनले असन्तुष्टि व्यक्त गरे। सरकारको कार्यशैलीप्रति आलोचना गर्दै ओलीले राज्यका निकायले नागरिकको अधिकार र स्वतन्त्रताको सम्मान गर्नुपर्ने आशय व्यक्त गरे। उनले वर्तमान अवस्थालाई ‘अराजक’ र ‘फाँसीवादतर्फ उन्मुख’ भएको संज्ञा दिँदै पार्टीका नेता तथा कार्यकर्तालाई आन्दोलनको मानसिकतासहित तयारी अवस्थामा रहन निर्देशन दिए। तत्कालै वा तिहार तथा छठपछि आन्दोलनको आवश्यकता पर्न सक्ने भन्दै उनले आन्तरिक तयारीमा जुट्न आग्रह गरे। यसैगरी, अध्यक्ष ओलीले आगामी स्थानीय तह र प्रदेश तहको निर्वाचनलाई लक्षित गर्दै पार्टीका नेता तथा कार्यकर्तालाई सक्रियतापूर्वक चुनावी तयारीमा लाग्न निर्देशन दिए। एमालेबिनाको देश बनाउने सोचलाई निर्वाचनमार्फत असफल पार्नुपर्ने उनको भनाइ थियो। ओलीको सम्बोधनमा वर्तमान राजनीतिक परिस्थितिप्रतिको असन्तुष्टि, आन्दोलनको तयारी र आगामी निर्वाचनमा पार्टीको प्रभाव बलियो बनाउने विषय प्रमुख रूपमा उठेका छन्। --- # ओलीले भने निर्वाचनको परिणाम एमालेको पक्षमा आउछ, अस्ती ९ गतेसम्म देउवाले चुनाब सार्न पठाएको प्रस्ताव मैले मानिन Source: https://newskunda.com/archives/915 Category: FEATURED NEWS, निर्वाचन, राजनीति, समाचार Last updated: 2022-05-13 **भक्तपुर -** नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तहको निर्वाचनको परिणाम एमालेको पक्षमा आउने विश्वास व्यक्त गरेका छन् । शुक्रबार भक्तपुरको बालकोटमा मतदान गरेपछि सञ्चारकर्मीसंग कुरा गर्दै ओलीले स्थानीय निर्वाचनमा गठबन्धन भन्दा एमालेले धेरै स्थानमा जित्ने दाबी गरे । ओलीले अब एमाले एक्लै एउटा र अरु मिलिजुली अर्को दल बन्ने बताए । वडासम्म पनि एक्लै लड्ने हिम्मत कांग्रेसमा नरहेको उनले बताए । त्यस्तै ओलीले ९ वैशाखसम्म प्रधानमन्त्री शेरबहादुर देउवाले चुनाव सार्न प्रस्ताव गरेको र आफुले अस्वीकार गरेको जिकिर गरे । उनले निर्वाचन हार्ने गठबन्धनका तर्फबाट आक्रमण गर्ने काम भइरहेको आरोप लगाए । अध्यक्ष शर्मा ओलीले प्रधानमन्त्री शेरबहादुर देउवाले वैशाख ९ गतेसम्म पनि आफूलाई मतदान सार्न प्रस्ताव गरेको दाबी गरेका छन् ।क्रबार स्थानीय तह निर्वाचन २०७९ को अवसरमा भक्तपुरको सूर्यविनायकस्थित महेन्द्रशान्ति विद्यालय ‘क’ मतदान केन्द्रबाट भोट हाल्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन्। मतदानपछि सञ्चारकर्मीहरुसँग बोल्दै उनले प्रधानमन्त्री देउवाले गत वैशाख ९ गतेसम्म पनि औपचारिक रुपमा वैशाख ३० बाट चुनाव सार्ने प्रस्ताव गरेको दाबी गरे। उनले आफ्नो अस्वीकारले सहमति नमिलेपछि चुनाव तोकिएकै समयभित्र भएको जिकीर गरे। अध्यक्ष ओलीले देश मूलतः दुई दलीय प्रणालीतर्फ गएको बताए। दुई दलीय प्रणालीमा एकातर्फ एमाले र अर्कोतर्फ कांग्रेसहितका दलहरु रहेको बताए। नेपाली कांग्रेस पार्टी अब वडा तहमा समेत एक्लै लड्न नसक्ने स्थितिमा नरहेको उनको टिप्पणी थियो। उनले भने, ‘प्रधानमन्त्री शेरबहादुर देउवाले वैशाख ९ गते मलाई स्थानीय निर्वाचन पर सारौँ भन्ने औपचारिक प्रस्ताव पठाउनुभएको थियो। निर्वाचन रोक्ने कुरामा सहमति हुन नसकेपछि र कानूनले बाध्यता भएपछि उहाँहरु तयार हुनुभएको हो। देश मुलतः दुई दलीय प्रणालीतर्फ गएको देखिन्छ। कांग्रेस पनि एक्लै चुनाव लड्ने स्थितिमा रहेन। वडासम्म पनि एक्लै लड्ने हिम्मत रहेन।’ अध्यक्ष ओलीले स्थानीय तहको निर्वाचनमा जनताको सहभागीता उल्लेख्य र उत्साहजनक रहेको बताए। उनले केही स्थानमा लोकतन्त्रको मूल्य मान्यता विपरीत गठबन्धनले आक्रमणका घटनाहरु गरिरहेको बताए। अध्यक्ष ओलीले नेकपा (माओवादी केन्द्र) तर्फ लक्षित गर्दै अहिले पनि केही स्थानमा २०६४ मा झैं बुथ कब्जा गरेर जित्नका लागि विभिन्न आक्रामक गतिविधि गरिरहेको आरोप लगाए। अध्यक्ष ओलीलले स्थानीय तहको निर्वाचनले अपेक्षित परिणाम ल्याउनेमा विश्वस्त रहेको बताए। --- # कक्षा १२ को नतिजा सार्वजनिक गर्न बस्यो बोर्ड बैठक Source: https://newskunda.com/archives/2880 Category: FEATURED NEWS, राजनीति, शिक्षा, समाचार, समाज Last updated: 2023-08-15 भक्तपुर, ३० साउन । राष्ट्रिय परीक्षा बोर्डले यसवर्षको कक्षा १२ को नतिजा आज साँझसम्म सार्वजनिक गर्ने तयारी गरेको छ । गत बैशाख २६ गतेदेखि सुरु भई जेठ ५ गते सम्पन्न भएको परीक्षाको नतिजा आज सार्वजनिक गर्ने गरि अन्तिम तयारी गरिरहेको बोर्ड परीक्षा नियन्त्रण कार्यालयले जानकारी दिएको छ । बोर्ड परीक्षा नियन्त्रण कार्यालयका अनुसार आज साँझसम्म नतिजा सार्वजनिक गर्ने गरि काम भइरहेको छ, प्राबिधिक समस्या आए मात्रै भोली सर्नेछ, अन्यथा आजै नतिजा सार्वजनिक गरिनेछ । राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा.महाश्रम शर्माले बोर्डले तयार पारेका तालिका अनुसार साउन महिना भित्रै नतिजा सार्वजनिक गर्ने गरि तयारी गरेको र नतिजा सार्वजनिक गर्ने अन्तिम तयारीमा पुगेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “बोर्डले साउन भित्रै नतिजा सार्वजनिक गर्ने गरि तालिका तयार पारेका थियौँ, त्यसैले नतिजा सार्वजनिक गर्ने गरि अन्तिम तयारीमा पुगेका छौँ, नतिजा सार्वजनिक गरेपछि विद्यार्थीको मार्कसिटलगायतमा कुनै त्रुटी नहोस भनेर अन्तिम रुजु गर्ने काम भइरहेको छ ।” देशभरका एक हजार ४५७ परीक्षा केन्द्रबाट करिब चार लाख ६७ हजार ३८९ विद्यार्थी कक्षा १२ को परीक्षामा सहभागि भएका थिए । बोर्डका अनुसार यसवर्ष ५६ हजारभन्दा बढी विद्यार्थीले ग्रेड वृद्धि परीक्षामा सहभागि भएका छन् । बोर्डले विद्यार्थीको प्राप्तांक इन्ट्री र रुजु गर्ने काम गरिसकेको छ । प्रत्येक विषयको सैद्धान्तिकतर्फ न्युनतम ३५ प्रतिशत अंक प्राप्त गरेमात्रै विद्यार्थीले ग्रेडसिट प्राप्त गर्ने व्यवस्था गरिएको छ । गतवर्ष कक्षा १२ मा ४९ प्रतिशत विद्यार्थीले मात्र ग्रेडसिट प्राप्त गरेका थिए । लेटर ग्रेडिङ निर्देशिकामा संशोधन गरेर जुन विषयमा एनजी हुन्छ त्यही विषयमा मात्रै ग्रेडवृद्धि परीक्षा दिन पाउने व्यवस्था गरिएको छ । यसअघि दुई भन्दा बढी विषयमा एनजी आए अर्को वर्ष सबै विषयको परीक्षा दिनुपर्ने बाध्यता थियो । नतिजा सार्वजनिक गर्नका लागि आजै अपरान्ह ४ बजेदेखि बोर्डको बैठक सुरु भएको एक बोर्ड सदस्यले जानकारी दिएका छन् । **यसरी हेर्न सकिन्छ नतिजा : ** कक्षा १२ को परीक्षाफल बोर्डको आफ्नै वेभसाईड र नेपाल टेलिकमको विभिन्न प्लेटफर्मबाट थाहा पाउन सकिने व्यबस्था गरेको छ । बोर्डका अनुसार नतिजा राष्ट्रिय परीक्षा बोर्डको वेबसाइट धधध।लभद।नयख।लउ, नेपाल टेलिकमको वेबसाइट धधध।लभद।लतअ।लभत।लउ मा गएर हेर्न सकिन्छ । त्यसैगरि एसएमएसबाट पनि नतिजा हेर्न सकिने छ । त्यसका लागि लभद लेखेर एक स्पेस दिइ आफ्नो सिम्बोल नम्बर टाइप गरी १६०० नम्बरमा र नेपाल टेलिकमको १६०१ मा एसएमएस पठाएर पनि हेर्न सकिने छ । --- # कक्षा १२ को नतिजा सार्वजनिक, ५०.०९ प्रतिशत विद्यार्थी उतीर्ण Source: https://newskunda.com/archives/2885 Category: FEATURED NEWS, अर्थ, राजनीति, शिक्षा, समाचार, समाज Last updated: 2023-08-15 भक्तपुर, ३० साउन : राष्ट्रिय परीक्षा बोर्ड सानोथिमिले आज कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । आज अपरान्ह बसेको बोर्ड बैठकले साँझ ६ बजे नतिजा सार्वजनिक गर्दै बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले करिब ५०.०९ प्रतिशत विद्यार्थीले ग्रेडेड अर्थात उतीर्ण भएको जानकारी दिनुभयो । पत्रकार सम्मेलन गरि बोर्डले गतवैशाख २६ देखि जेठ ५ गतेसम्म देशभरका एक हजार ४५७ परीक्षा केन्द्रमा सञ्चालन गरेको परीक्षाको नतिजा सार्वजनिक गर्दै उहाँले यसवर्ष गतवर्षभन्दा तीन प्रतिशतले नतिजामा सुधार आएकोे बताउनु भयो । नतिजामा ४९.०९ प्रतिशत भने नन ग्रेडेड भएका छन् भने गतवर्षको तुलनामा यो वर्ष तीन प्रतिशतले नतिजामा सुधार आएको बोर्डले उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार यसवर्ष परीक्षामा नियमित र ग्रेडवृद्धि गरी चार लाख ६७ हजार ३८९ विद्यार्थी सहभागी भएकोमा एक लाख ८२ हजार परीक्षार्थी ननग्रेडेड अर्थात अनुतीर्ण भएका छन् । प्रत्येक विषयको सैद्धान्तिक तर्फ न्युनतम ३५ प्रतिशत अंक प्राप्त गरे मात्रै विद्यार्थीले ग्रेडसिट प्राप्त गर्ने व्यवस्था गरिएको छ । गतवर्ष कक्षा १२ मा ४८ प्रतिशत विद्यार्थीले मात्र ग्रेडसिट प्राप्त गरेका थिए । ती मध्ये दुई विषयसम्म एनएजी (नन ग्रेडेड) आउनेले तत्कालै र बाँकी ५६ हजारले यसपाली ग्रेडवृद्धि परीक्षा दिएका थिए । लेटर ग्रेडिङ निर्देशिकामा संशोधन गरेर जुन विषयमा एनजी हुन्छ त्यही विषयमा मात्रै ग्रेडवृद्धि परीक्षा दिन पाउने व्यवस्था गरिएको छ । यसअघि दुई भन्दा बढी विषयमा एनजी आए अर्को वर्ष सबै विषयको परीक्षा दिनुपर्ने बाध्यता थियो । --- # कक्षा १२ को नतिजा सार्वजनिक, ग्रेड बृद्धिको परीक्षा असोज ३० र ३१ गते हुने Source: https://newskunda.com/archives/1950 Category: FEATURED NEWS, शिक्षा, समाचार, समाज Last updated: 2022-09-02 भक्तपुर, १७ भदौ । राष्ट्रिय परीक्षा बोर्ड सानोथिमिले आज कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । आज बसेको बैठकले बोर्डको नतिजा सार्वजनिक गरेको बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले जानकारी दिनु दिनुभयो । यस वर्ष परीक्षा उतीर्ण हुनका लागि प्रयोगात्मक परीक्षामा ४० र सैद्धान्तिक परीक्षामा ३५ प्रतिशत ल्याउनै पर्र्ने व्यवस्था गरिएको उहाँले जानकारी दिनुभयो । त्योभन्दा कम अंक ल्याएको खण्डमा पुनः परीक्षा दिनुपर्ने बोर्डले जनाएको छ । उहाँका अनुसार नियमित तर्फ तीन लाख ६३ हजार आठ, ग्रेड बृद्धितर्फ ३० हजार ४५ र आंशिक तर्फ तीन हजार १३२ गरि कूल तीन लाख ९६ हजार १८५ विद्यार्थीले परीक्षामा सहभागिता जनाएका थिए । जसमध्ये नतिजामा चार हजार १७९ जनाले ३ दशमलव ६१ देखि ४ जिपिए, ३० हजार १०७ जनाले ३ दशमलव २१ देखि ३ दशमलव ६० जिपिए, ६५ हजार २८४ जनाले २ दशमलव ८१ देखि ३ दशमलव २० जिपिए, ६४ हजार ९३ जनाले २ दशमलव ४१ देखि २ दशमलव ८० जिपिए, १० हजार ९०० जनाले २ दशमलव ०१ देखि २ दशमलव ४० जिपिए र ३५ जनाले १ दशमलव ६१ देखि २ जिपिए ल्याएका छन् । बोर्डका उपाध्यक्ष डा. शर्माले भन्नुभयो, “यसवर्ष एक लाख ८८ हजार विद्यार्थी नन ग्रेडिङमा परेका छन् । त्यस मध्येमा एक लाख ३० हजार ८७८ जनाले मात्रै ग्रेड बृद्धि परीक्षामा सहभागि हुन पाउँछन् ।” दुई विषयमा निर्धारित प्रतिशत भन्दा कम ल्याउने विद्यार्थीले पुनः ग्रेड बृद्धि परीक्षा सहभागि हुन पाउँछन् । बोर्डले देशभरका १ हजार २९२ परीक्षा केन्द्रमा परीक्षा केन्द्रमा गत जेठ १६ देखि २५ गतेसम्म परीक्षा सञ्चालन गरेको थियो । बोर्डले यसवर्षको नतिजामा ग्रेड बृद्धि परीक्षामा सहभागि हुन पाउने एक लाख ३० हजार ८७८ परीक्षार्थीका लागि आउँदो असोज ३० र ३१ गते परीक्षा सञ्चालन गर्ने गरि आजै परीक्षा तालिकासमेत सार्वजनिक गरेको अध्यक्ष डा. शर्माले जानकारी दिनु भयो । बोर्डका अनुसार नतिजा राष्ट्रिय परीक्षा बोर्डको वेबसाइट www.neb.gov.np, नेपाल टेलिकमको वेबसाइट www.neb.ntc.net.np मा गएर हेर्न सकिन्छ । त्यसैगरी एसएमएसबाट पनि नतिजा हेर्न सकिने छ । त्यसका लागि neb लेखेर एक स्पेस दिई आफ्नो सिम्बोल नम्बर टाइप गरी १६०० नम्बरमा र नेपाल टेलिकमको १६०१ मा एसएमएस पठाएर पनि हेर्न सकिने छ । --- # कक्षा १२ को नतिजामा विगतका वर्षहरुमा भन्दा सुधार Source: https://newskunda.com/archives/2888 Category: FEATURED NEWS, अर्थ, राजनीति, शिक्षा, समाचार, समाज Last updated: 2023-08-15 भक्तपुर, ३० साउन : राष्ट्रिय परीक्षा बोर्ड सानोथिमिले आज सार्वजनिक गरेको कक्षा १२ को नतिजामा विगतका वर्षहरुमा भन्दा सुधार आए पनि अझै करिब ४९.०९ प्रतिशत विद्यार्थीले पुनः परीक्षा दिनु पर्ने भएको छ । बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले यसवर्ष गतवर्ष भन्दा तीन प्रतिशतले नतिजामा सुधार आएकोे जानकारी दिनुभयो । बोर्डमा अनुसार परीक्षामा नियमिततर्फ ३ लाख ७२ हजार ६३७, आंशितर्फक ६० हजार ९५९ जना, ग्रेड वद्धितर्फ १४ हजार १३५ जना र २०७२÷०७३ को ग्रेडवृद्धितर्फ १ हजार १०६ जना गरी ४ लाख ४८ हजार ८३७ जना सहभागी भएका थिए । जसमध्ये नियमिततर्फ १ लाख ८९ हजार ७११, आंशिकतर्फ १८ हजार ३०, ग्रेडवृद्धितर्फ ६ हजार १४० जना र २०७२÷७३ को ग्रेडवृद्धितर्फ ६५० जना ग्रेडेड प्राप्त अर्थात उतीर्ण भएका छन् । ५१ जनाको विद्यार्थीको परीक्षा रद्ध गरिएको छभने थप पाँच जनाको परीक्षा रद्ध गर्दै आगामी एकवर्षको कुनै पनि परीक्षामा सहभागि हुन नपाउने गरि बोर्डले कारबाही गरेको छ । ननग्रेडेड अर्थात अनुतीर्ण भएका ४९.०९ प्रतिशत विद्यार्थीले तत्काल उच्च शिक्षा अध्ययन गर्नभने बञ्चित हुने भएका छन् । उनीहरुले पुनः परीक्षा दिनु पर्ने भएको अध्यक्ष डा. शर्माले बताउनुभयो । यसवर्षको परीक्षामा ६ हजार ९७६ अर्थात १.८७ प्रतिशत विद्यार्थीले ३.६१ देखि ४ जीपीए अर्थात ‘ए प्लस ग्रेड’ ल्याएका छन् । २०७९ को परीक्षामा भने ४ हजार १७९ अर्थात १.१५ प्रतिशत विद्यार्थीले मात्रै ‘ए प्लस ग्रेड’ ल्याएका थिए । २०७९ मा भन्दा यसवर्ष २ हजार ७९७ अर्थात ०.७२ प्रतिशत बढी विद्यार्थीले उक्त जीपीए ल्याएका हुन् । यसवर्ष परीक्षा दिएका नियमिततर्फ ३ लाख ७२ हजार ६३७ परीक्षार्थीमध्ये ६ हजार ९७६ विद्यार्थीले ३.६१ देखि ४ जीपीए ल्याएका छन् । त्यस्तै ३८ हजार ९९९ जना विद्यार्थीले ३.२१ देखि ३.६० जीपीए,े ६९ हजार १७४ विद्यार्थीले २.८१ देखि ३.२० जीपीए, ६३ हजार ७७ विद्यार्थीले २.४० देखि २.८० जीपीए, ११ हजार ४३८ विद्यार्थीले २.१ देखि २.४० जीपीए र ४७ जना विद्यार्थीले १.६१ देखि २ जीपए ल्याएका छन् । नन ग्रेडेड (एनजी) ल्याउने विद्यार्थीको संख्यो गत वर्षको तुलनामा २.८१ प्रतिशतले कमी आएको बोर्डका अध्यक्ष डा. शर्माले जानकारी दिनुभयो । गत वर्ष १ लाख ८८ हजार ४१० जना अर्थात ५१.९० प्रतिशत विद्यार्थीले एनजी (अनुतीर्ण) ल्याएका थिए भने यसवर्ष ४९.०९ प्रतिशत विद्यार्थीले मात्रै एनजी ल्याएका छन् । गतर्ष भन्दा २.८१ प्रतिशतले एनजी ल्याउने अर्थात अनुतीर्ण हुनेको संख्या घटेको उहाँले जानकारी दिनुभयो । अंग्रेजीमा विद्यार्थी कमजोर : बार्डले सार्वजनिक गरेको कक्षा १२ को नतिजा अनुसार अग्रेजी विषयमा विद्यार्थहरु सबैभन्दा कमजोर रहेको देखिएको छ । सार्वजनिक भएको नतिजा अनुसार अंग्रेजी विषयमा सबैभन्दा बढी विद्यार्थीको एनजी आएको हो । सबैभन्दा धेरै अंग्रेजीमा १ लाख ९ हजार ५२७ जना ननग्रेड भएका छन् । दोस्रोमा लेखा विषयमा ५२ हजार ७३ जना, सामाजिक अध्ययनमा ५१ हजार १०४ जनाको ननग्रेड आएको छ । सबै विषयमा ३५ प्रतिशत अंक ल्याएमात्र ग्रेडेड वा उतीर्ण हुने व्यवस्था छ । असोज ६ र ७ गते ग्रेड वृद्धि परीक्षा: बोर्डले आगामी असोज ६ र ७ गते ग्रेड वृद्धि परीक्षा सञ्चालन गर्ने भएको छ । बार्डका अध्यक्ष डा. शर्माका अनुसार कक्षा १२ को परीक्षा नतिजामा नन ग्रेडेड (एनजी) ल्याएका विद्यार्थीहरूका लागि सञ्चालन हुने ग्रेड वृद्धि परीक्षा असोज ६ र ७ गते शनिवार र आइतबार सञ्चालन गर्ने निर्णय भएको हो । सार्वजनिक कक्षा १२ को परीक्षाफलमा ननग्रेड अर्थात् एनजी ल्याउने विद्यार्थीका लागि मात्र ग्रेडवृद्धि परीक्षा हुने भएको हो । विगतका वर्षहरुमा दुईवटासम्म विषयमा एनजी आउँदा ती विषयहरुमा मात्रै ग्रेडवृद्धि परीक्षा त्यही वर्ष दिन पाउने र दुई भन्दा बढी विषयमा एनजी आएमा अर्को वर्ष सबै विषयको परीक्षा दिनुपर्ने व्यवस्था थियो भने यस वर्षदेखि बोर्डले उक्त व्यबस्था परिमार्जन गरि जति वटा विषयमा एनजी आएको हो त्यसको मात्र परीक्षा दिन पाउने व्यवस्था गरिएको छ । यस वर्षको नतिजा अनुसार १ लाख २३ हजार ३९६ जनाले ग्रेड वृद्धि परीक्षामा सहभागी हुन पाउने भएको उहाँले बताउनु भयो । जसमध्ये एक विषयमा मात्र एनजी आउने ७९ हजार ५८४ विद्यार्थी संख्या रहेको जानकारी दिनुभयो । लेटर ग्रेडिङ निर्देशिका अनुसार कुनै विषयमा ३५ प्रतिशत अंक पनि नल्याएमा ननग्रेड (एनजी) हुन्छन् । ग्रेडिङ प्रणालीमा पास–फेल छभने पनि एनजी आएकाहरुले ग्रेडवृद्धि परीक्षामा सहभागी नभई उचच शिक्षा अर्थात माथिल्लो कक्षा अध्ययन गर्न पाउने छैनन् । नतिजा चित्त नबुझे पुर्नर्योग एवं उत्तरपुस्तिका पुनः परीक्षणको व्यबस्था : बार्डले नतिजामा चित्त नबुझेमा १५ दिनभित्र प्रतिविषय ५०० रुपैयाँ तिरेर पुनर्योग गराउन सक्ने व्यबस्था गरेको उहाँले बताउनु भयो । त्यसमा पनि चित्त नबुझे विद्यार्थीले उत्तरपुस्तिका हेर्न र पुन परीक्षण गराउन सक्ने पनि ब्यवस्था गरिएको उहाँले बताउनुभयो । विद्यार्थीले उत्तरपुस्तिका पुन परीक्षण गराउँदा पहिले परीक्षण गरेका भन्दा नयाँ तीन जना परीक्षकबाट जाँच गराउने व्यबस्था गरेको छ । तीन जनाले दिएको नम्बरको औसत निकाल्दा आएको प्राप्तांक पहिलेको भन्दा १० प्रतिशत कम वा बढी भएमा पहिलेकै अंक कायम हुनेछ तर १० प्रतिशत भन्दा कम वा बढी भएमा नयाँ अंक कायम हुने व्यबस्था गरेको छ । --- # कक्षा १२ को परीक्षा बैशाख १४ गतेबाट सुरु हुने Source: https://newskunda.com/archives/3393 Category: FEATURED NEWS, राजनीति, शिक्षा, समाचार, समाज Last updated: 2026-02-18 भक्तपुर, ५ फागुन ः आगामी बैशाख १४ गतेबाट यसवर्षको कक्षा १२ को परीक्षा सुरु हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले आज परीक्षा तालिका सार्वजनिक गर्दै परीक्षाको साधारण, परम्परागत र प्राविधिक विषय समूह तर्फका नयाँ तथा पुरानो पाठ्यक्रम एवं ग्रेड वृद्धि परीक्षाको तालिका सार्वजनिक भएको परीक्षा नियन्त्रक कृष्ण शर्माले जानकारी दिनुभयो । परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुनेछ । परीक्षाको पहिलो दिन अनिवार्य अंग्रेजी विषयको नयाँ र पुरानो कोर्स तथा ग्रेड वृद्धिको परीक्षा हुनेछ । सोही दिन नयाँ कोर्सको सँस्कृत रचना, बौद्ध शिक्षा र उर्दू व्याकरण तथा पुरानो कोर्सको अनिवार्य वैकल्पिक सँस्कृत रचनाको पनि परीक्षा हुने कार्यतालिकामा उल्लेख छ । बैशाख २७ गते सम्पन्न हुने परीक्षामा अनुपस्थित हुने परीक्षार्थीका लागि बोर्डले पुनः अर्को परीक्षाको व्यवस्था भने नगरिने बोर्डले जनाएको छ । परीक्षाको तालिका भित्र कुनै आकस्मिक बिदा परेमा परीक्षा नियन्त्रण कार्यालयको पूर्व सूचनाविना परीक्षा स्थगित नगरिने बोर्डले उहाँले जानकारी दिनुभयो । यसबर्ष कक्षा १२ मा नियमित तर्फ तीन लाख ६० हजार परीक्षार्थी सहभागि हुने जानकारी दिनुभयो । गतबर्ष कक्षा १२ मा नियमित तर्फ तीन लाख ९६ हजार तीन सय ४७ र आँशिक तर्फ एक लाख १४ हजार ६४० विद्यार्थी परीक्षामा सहभागी थिए । गतबर्ष कक्षा १२ को परीक्षा बैशाख २१ गतेदेखि शुरु भई जेठ २ गते सम्पन्न भएको थियो । --- # कक्षा १२ को परीक्षाको नतिजा यहीँ महिना सार्वजनिक गरिने Source: https://newskunda.com/archives/2851 Category: FEATURED NEWS, राजनीति, शिक्षा, समाचार, समाज Last updated: 2023-07-19 भक्तपुर, ३ साउन : राष्ट्रिय परीक्षा बोर्डले यसवर्षको कक्षा १२ को नतिजा यहीँ महिना अर्थात साउनमा सार्वजनिक गर्ने भएको छ । गत बैशाख २६ गतेदेखि सुरुभई जेठ ५ गते सम्पन्न कक्षा १२ को परीक्षाको नतिजा बोर्डले परीक्षा सम्पन्न भएको तीन महिना भित्र सार्वजनिक गर्ने गरी तयारी गरिरहेको हो । राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा.महाश्रम शर्माले साउन महिना भित्रै कक्षा १२ को परीक्षाफल सार्वजनिक गर्ने गरि तयारी भइरहेको बताउनु भयो । बोर्डले देशभरका एक हजार ४५७ परीक्षा केन्द्रबाट करिब चार लाख ६७ हजार ३८९ विद्यार्थीले परीक्षा दिएका थिए । बोर्डका अनुसार यस वर्ष ५६ हजारभन्दा बढी विद्यार्थीले ग्रेड वृद्धि परीक्षामा सहभागि भएका थिए । उनीहरूले जति विषयमा कम नम्बर आएको थियो त्यत्तिकै विषयको मात्र ग्रेड वृद्धि परीक्षा दिएका थिए । दुईभन्दा बढी विषयमा नन ग्रेडेड ल्याएका विद्यार्थीले पूरै विषयको परीक्षा दिनुपर्ने गरि बोर्डले लागू गरेको लेटर ग्रेडिङ सिस्टमअनुसार तीन वा सोभन्दा बढी विषयमा नन ग्रेडेड ल्याएका विद्यार्थीले यो वर्ष पूरै विषयको परीक्षा दिनुपर्ने भन्दै ६ विषयकै परीक्षा फाराम भरेका विद्यार्थीले पनि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले लेटर ग्रेडिङ निर्देशिका, २०७८ संशोधन गरेपछि विद्यार्थीले नन ग्रेडेड ल्याएका विषयको मात्रै परीक्षा दिएका थिए, जसले विद्यार्थीलाई सहज बनाएको थियो । --- # कक्षा १२ को परीक्षाको सम्पूर्ण तयारी पुरा, परीक्षा बिहान ८ बजेदेखि Source: https://newskunda.com/archives/1050 Category: FEATURED NEWS, शिक्षा, समाचार Last updated: 2022-05-29 भक्तपुर, १५ जेठ । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको कक्षा १२ को परीक्षाको सम्पूर्ण तयारी पुरा गरेको छ । भोली सोमबारदेखि देशभर एकैसाथ सुरु हुने परीक्षाको सम्पूर्ण तयारी पुरा गरेको आज बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले जानकारी दिनु भयो । जेठ २५ गतेसम्म सोमबार बिहान ८ बजेदेखि सुरु हुने परीक्षामा आगामी जेठ २५गतेसम्म सञ्चालन हुने छ । परीक्षामा करिब ४ लाख १५ परीक्षार्थी सहभागि हुने जानकारी दिदै बोर्डका अध्यक्ष डा. शर्माले देशभरका १ हजार २९२ परीक्षा केन्द्रमा परीक्षा सञ्चालन हुने बताउनु भयो । उहाँका अनुसार ७७ जिल्लाकै सबै परीक्षा केन्द्र परीक्षा सुरु हुनु भन्दा आधा घण्टा अगाडि अनलाइनबाट प्रश्नपत्र पठाइने छ । परीक्षा केन्द्रले प्रश्न पत्र फोटोकपी गरेर परीक्षार्थीलाई वितरण गर्नेछ । विगत दुई वर्ष कोभिड महामारीका कारण विद्यार्थीले अध्ययन गरेकै विद्यालय (होम सेन्टर) मा परीक्षा सञ्चालन गर्दा अनलाइनबाटै प्रश्न पत्र पठाउने व्यबस्था गरे पछि यस वर्ष पनि प्रश्न पत्र अनलाइनबाट पठाउने व्यबस्था गरिएको हो । बिहान ८ देखि ११ बजेसम्म सञ्चालन हुने परीक्षालाई शान्तिपूर्ण, मर्यादित, व्यबस्थित रुपमा सम्पन्न गर्न बोर्डका अध्यक्ष डा. शर्माले सबै सरोकारवाला निकाय तथा आमनागरिकमा आव्हान गर्नु भयो । कक्षा ११ को परीक्षा पनि भोली सोमबारदेखिनै सञ्चालन हुने भएको छ । कक्षा ११ को परीक्षा विद्यालयलेनै सञ्चालन गर्न पाउने व्यबस्था गरिएकोले अधिकांश विद्यालयले भोलीदेखिनै परीक्षा सञ्चालन गर्ने भएका हुन् । --- # कक्षा १२ को परीक्षाफल भोली सार्वजनिक गरिने Source: https://newskunda.com/archives/1855 Category: FEATURED NEWS, शिक्षा, समाज Last updated: 2022-08-30 भक्तपुर, १४ भदौ : राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको कक्षा १२ को परीक्षाफल भदौ १५ गते अर्थात भोली सार्वजनिक गर्ने तयारी गरेको छ । बोर्डका अध्यक्ष महाश्रम शर्माले परीक्षाफल प्रकाशित गर्ने अन्तिम तयारी गरि अन्तिम रुजु गर्ने काम भइरहेको जानकारी दिनु भयो । उहाँले नतिजा प्रकाशनको तयारीमा जुटिरहेको बताउदै प्राविधिक कठिनाइ नभए भोली बुधबार १५ गतेसम्म नतिजा सार्वजनिक गर्ने गरि काम गरिरहेका छौँ । आज तीजको दिन परीक्षाफल सार्वजनिक हुने हल्ला चले पछि कतिपय छात्राहरुको ध्यान परीक्षाफल तर्फ केन्द्रीत भएर अन्योल बनेका छन् । कक्षा १२ को परीक्षामा चार लाख १० हजार ५० विद्यार्थीले परीक्षा दिएको बताइएको छ । बोर्डले देशभरका १ हजार २९२ परीक्षा केन्द्रमा गत जेठ १६ देखि २५ गतेसम्म परीक्षा सञ्चालन गरेको थियो । --- # कपास इन्डस्ट्रिजमा आज आगोलागी हुँदा लाखौको क्षति Source: https://newskunda.com/archives/3586 Category: FEATURED NEWS, अर्थ, राजनीति, समाचार, समाज Last updated: 2026-04-10 भक्तपुर, २७ चैत : सूर्यविनायक नगरपालिका–७ गुण्डु कर्मीटोल स्थित बलराम उप्रेतीले सञ्चालन गरेको कटन कपास इन्डस्ट्रिजमा आज आगोलागी हुँदा लाखौको क्षति भएको छ । आज अचानक विद्युत सर्ट भई आगलागी हुँदा कटिङ कपास मेशिन ६ वटा, चाइनिज कटिङ मेशिन १ वटा, प्रेस मेसिन ३ वटा, कम्प्रेसर मेसिन १ वटा, स्टाटर ७ वटा, एमसिबि ७ वटा मेसिनरी सामाग्री र तयारी सेतो र कालो कपाससंगै उद्योगको कच्चा पदार्थहरु जलेर क्षति भएको आगलागी नियन्त्रणमा खटिएका जुद्ध बारुण यन्त्र भक्तपुरका प्रमुख विजय धौभडेलले जानकारी दिनुभयो । आगलगी भएका जानकारी पाउँने बित्तिकै जुद्ध बारुण यन्त्र भक्तपुरका चार वटै दमकलहरु तथा कार्यालय प्रमुख विजयप्रसाद धौभडेलको कमाण्डमा अग्निनियन्त्रकहरुले उद्योगमा पुगेर आगलागी नियन्त्रण गरिएको थियो । आगलागी भएपछि जुद्ध बारुण यन्त्रको दमकल, नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरीलगायतको टोलीले संयुक्त रुपमा तीन घण्टाका अथक प्रयासमा आगलागी नियन्त्रण भएका कार्यालयका सूचना अधिकारी हिमाल घर्तीमगरले जानकारी दिनुभयो । आगलागीबाट ३० लाख भन्दा बढीको क्षति भएको प्रारम्भिक विवरणबाट खुल्न आएको जिल्ला प्रहरी परिसर भक्तपुरले जानकारी दिएको छ । --- # कमलबिनायकबाट महिला सम्पर्क विहिन Source: https://newskunda.com/archives/419 Category: FEATURED NEWS, तस्विर, समाचार Last updated: 2022-04-20 भक्तपुर, ७ बैशाख । भक्तपुर कमलविनायकबाट एक जना महिला सम्पर्क विहिन भएकी छिन् । सिन्धुली जिल्ला दुधौली नगरपालिका वडा न. २, घर भइ भक्तपुर नगरपालिका वडा न. १० कमलविनायक, भत्केकोपाटी बस्ने ४८ वर्षकी विद्यादेवि बराल सम्पर्क विहिन भएकी हुन् । उनका छोरो प्रविण बरालका अनुसार हिजो मंलगबार बिहान ६ः३० बजेदेखिबाट विद्यादेबि परिवारको सम्पर्कमा छैनन् । प्रहरीमा खोजी गरिदिन भन्दै परिवारले आज बुधबार निवेदन दिएको छ । उनका छोरा प्रविणले कसैले देखेमा नजिकैको प्रहरी कार्यालय वा आफन्तलाई खबर गरिदिन समेत आग्रह गरेका छन् । --- # कमेरोटार जग्गा एकीकरण आयोजना उपभोक्ता समिति तत्काल खारेजीको माग गर्दै कार्यालय अगाडि धर्ना Source: https://newskunda.com/archives/3899 Category: FEATURED NEWS, अर्थ, राजनीति, शिक्षा, समाचार Last updated: 2026-07-13 भक्तपुर, २९ असार : मध्यपुरथिमि नगरपालिकास्थित कमेरोटार जग्गा एकीकरण आयोजनाका एक हजार घरधनी पीडितहरुले कमेरोटार जग्गा एकीकरण आयोजना उपभोक्ता समिति तत्काल खारेजीको माग गर्दै कार्यालय अगाडि धर्ना बसेका छन् । पीडित जग्गा धनीहरूले २३ वर्ष अगाडि गठन भएको उपभोक्ता समिति खारेज गरेर नयाँ उपभोक्ता समिति गठन गर्न माग गर्दै आज थिमिस्थित आयोजनाको कार्यालयमा ५०० भन्दा बढी कमेरोटारवासीले धर्ना दिएका छन् । स्थानीय महिला, पुरुषहरुले कार्यालय अगाडि धर्ना दिएको र तालाबन्दीको तयारी गरिरहेको बताउदै उहाँले धर्नामा अनावश्यक प्रहरी परिचालन गरेको भन्दै आन्दोलनारी बरोध गरेका छन् । तत्कालीन नगर विकास ऐन, २०४५ तथा हालको उपत्यका विकास प्राधिकरण ऐन २०४५ अनुसार सञ्चालन भई जग्गा एकीकरण आयोजना २०६५ असार मसान्तसम्ममा सम्पूर्ण आयोजना सम्पन्न गरेर जग्गा धनीलाई विकसित घडेरीसहितको जग्गा फिर्ता गर्ने सर्तमा नगर विकास आयोजनाले २०६१ सालमा एक हजार पाँच सय रोपनी क्षेत्रभित्र आयोजना सुरु गरेको थियो । कमेरोटार जग्गा एकीकरण आयोजना २३ वर्ष बित्दा पनि सम्पन्न नगरी अलपत्र पारेर जग्गा धनीहरूलाई पीडित बनाएको भन्दै संघर्ष समिति गठन गरि एक साता अगाडिनै उपभोक्त समिति खारेजीको एक सुत्रिय माग राख्दै आन्दोलनमा उत्रिएको संघर्ष समितिका संयोजक श्रीबहादुर खड्का बताउनुभयो । दुई वर्षदेखि आयोजना सम्पन्न गर्न पटक पटक माग राख्दै आयोजनाको कार्यालय, मध्यपुरथिमि नगरपालिका कार्यालय, नगर विकास कार्यालय, बिभिन्न मन्त्रालयमा ज्ञापन पत्र बुझाएर आयोजनांग पटक पटक छलफल गरे पनि बेवास्ता गरेको र एक साता अगाडि उपभोक्ता समिति खारेज गर्न माग गरेकोउहाँले बताउनुभयो । सडक कालोपत्र अधूरो, खानेपानीको अभाव, ढल उचित व्यबस्थापन लगायत आयोजना अलपत्र पारेर जग्गा बिक्री गरेर खर्च गर्ने तर आयोजना सम्पन्न नगर्ने भएपछि आन्दोलन गर्न बाध्य भएको उहाँले बताउनुभयो । वि.सं.२०५९ मङ्सिर १ गते उपभोक्ताको हितमा काम गर्ने गरी पूर्व नगरप्रमुख एवं वर्तमान् सांसद मदनकृष्ण श्रेष्ठको अध्यक्षतामा गठन भएको कमेरोटार जग्गा एकीकरण आयोजना उपभोक्ता समिति हालसम्म यथावतै रहेको तर उपभोक्ता समिति नै जग्गा धनीको पक्षमा काम नगरी आयोजनाको पक्षमा बसेर उपभोक्ताको हित विपरीत काम गरेको आन्दोलनरत आडाम्स थिमिका अध्यक्ष एकराज भण्डारीले बताउनुभयो । उपभोक्ता समितिमा जग्गाधनी रहनुपर्नेमा राजनीतिक दलको भागबण्डा बनाएर राखिएको, जग्गा धनीलाई समितिबाट बाहिर राखिएको, २३ वर्षदेखि स्थानीयको करोडौको जग्गा बिक्री गरे पनि आयोजना अलपत्र पारेकोे उहाँले बताउनुभयो । तीन वर्षमा आयोजना सम्पन्न गर्ने भनिए पनि अझैसम्म आयोजनामा कालोपत्र सडकले पूर्णता नपाएको, खानेपानीको पाइप पु¥याइएको, खानेपानी वितरण नगरिएको, दुई हजारभन्दा बढी घर भएको बस्तीमा कम्तीमा १२ इन्च डायामिटरको पाइप हाल्नुपर्नेमा आठ इन्च डायमिटरको ह्युमपाइप हालेर छोड्दा वर्षामा ढल जाम भएर बस्ती डुबानमा पर्ने गरेको उहाँले बताउनुभयो । --- # कर्णाली प्रदेशको नीति तथा कार्यक्रम : स्वास्थ्य, शिक्षा र पूर्वाधार विकासमा जोड Source: https://newskunda.com/archives/1199 Category: FEATURED NEWS, राजनीति, शिक्षा, समाचार, समाज, स्वास्थ्य Last updated: 2022-06-07 कर्णाली, २४ जेठ : कर्णाली प्रदेश सरकारले आर्थिक वर्ष २०७९/८० को वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरिएको छ । प्रदेशसभाको दशौँ अधिवेशनको आठौँ बैठकमा आज प्रदेश प्रमुख तिलक परियारले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभयो । प्रदेश सरकारको नीति तथा कार्यक्रम कर्णाली प्रदेशको प्रथम पञ्चवर्षीय योजनाले अङ्गिकार गरेको ‘समृद्ध कर्णाली, सुखारी कर्णालीवासी’को दीर्घकालीन सोच अनुरुप समावेशी आर्थिक सामाजिक रुपान्तरण एवं गरिबी निवारणतर्फ लक्षित रहेको छ । कर्णाली विकासको प्रमुख आधार छ वा ‘बाटो, बिजुली, बजार, वन, व्यवस्थापन र विचार : यसमा हामी सबैको सहकार्य र सरोकार’ को मूल उद्देश्य पूरा गर्न विगत वर्षका सफल नीति तथा कार्यक्रमले निरन्तरता पाएका छन् । नीति तथा कार्यक्रममा स्वास्थ्य, शिक्षा, कृषि, सडक पूर्वाधार र रोजगारी सिर्जनासम्बन्धी कार्यक्रम प्राथमिकतामा छन् । प्रदेश अस्पताललाई विशिष्टिकृत रेफरल अस्पतालको रुपमा विकास गर्ने, जिल्ला अस्पतालको भौतिक पूर्वाधारको सुधार, विशेषज्ञ जनशक्तिको व्यवस्था र सूचना प्रविधिको प्रयोगमार्फत स्वास्थ्य उपचारका लागि प्रदेश बाहिर जानुपर्ने बाध्यतालाई क्रमशः न्यूनीकरण गर्दै जाने विषय उल्लेख गरिएको छ । त्यस्तै, प्रदेशमा स्वास्थ्य सेवालाई गुणस्तरीय, भरपर्दो र प्रभावकारी बनाउने, स्वास्थ्य सेवाको पहुँच अभिवृद्धि गर्न स्थानीय तह समेतको समन्वय र सहकार्यमा सामुदायिक स्वास्थ्य तथा स्क्रिनिङ शिविर एवं टेलिमेडिसिन सेवा सञ्चालन गर्ने, मातृ–शिशु स्वास्थ्य सुधारका लागि किशोरी, गर्भावस्था र सुत्केरी स्वास्थ्य सचेतना तथा बहुक्षेत्रीय पोषणसम्बन्धी कार्यक्रमलाई निरन्तरता दिने नीतिमा उल्लेख छ । जोखिममा परेका गर्भवती तथा सुत्केरीको जीवन रक्षाका लागि गरिँदै आएको हवाई उद्धार कार्यक्रमलाई निरन्तरता दिनुका साथै प्रदेश आयुर्वेद औषधालयलाई प्रादेशिक आयुर्वेद अस्पताल तथा अनुसन्धान केन्द्रको रूपमा स्तरोन्नति गर्ने, प्रदेश अस्पताललाई स्वास्थ्य विज्ञान प्रतिष्ठानको रूपमा विकास गरी प्रदेशभित्रै स्वास्थ्य क्षेत्रको दक्षजनशक्ति उत्पादन गर्ने, स्वास्थ्य बीमा कार्यक्रमलाई थप विस्तार गर्ने, औषधि तथा स्वास्थ्य उपकरणलगायत सामग्रीको खरिद, भण्डारण र वितरणलाई व्यवस्थित गर्न प्रदेश आपूर्ति केन्द्र सञ्चालनमा ल्याउने कार्यक्रम समेटिएका छन् । विद्यालयका बालबालिकाको स्वास्थ्य, पोषण र हेरचाहका लागि विद्यालय स्वास्थ्यकर्मी कार्यक्रमलाई निरन्तरता दिने, ज्येष्ठ नागरिक, दलित, वादी, विपन्न, राउटे, राजी, माझी, मुक्त हलिया, एकल महिला, अपाङ्गता भएका व्यक्ति, यौनिक अल्पसङ्ख्यक, द्वन्द्व प्रभावित, विस्थापित व्यक्ति, अशक्त, घाइते तथा शहीद परिवार, एचआईभी सङ्क्रमित व्यक्तिलगायत वर्गको संरक्षण, आयवृद्धि र सहज जीवनयापनको व्यवस्थाका लागि ‘मुख्यमन्त्री जीविकोपार्जन कार्यक्रम’लाई निरन्तरता दिइएको छ । ‘बैंक खाता छोरीको, सुरक्षा जीवन भरीको’ प्रदेश सरकारको नीति तथा कार्यक्रममा ‘बैंक खाता छोरीको, सुरक्षा जीवनभरीको’ कार्यक्रमलाई अभिलेखको समूचित व्यवस्थापन गरी प्रतिफलमुखी क्षेत्रमा लगानी गर्ने व्यवस्थालाई निरन्तरता दिइएको छ । कर्णाली प्रदेशमा राष्ट्रियस्तरका खेलकूद प्रतियोगितासमेत सञ्चालन गर्न सक्ने आवश्यक खेलकूद पूर्वाधारको विकास गर्न प्रदेश रङ्गशाला निर्माणलाई तीव्रता दिने उल्लेख छ । त्यसैगरी, कृषितर्फ किसान तथा व्यवसायी लाभान्वित हुने र उत्पादन लागत घटाउने गरी कर्णाली कृषि क्षेत्र सहयोग प्रणाली कार्यान्वयन गर्ने, उच्च मूल्ययुक्त कृषि उत्पादन र बजारीकरणलाई सडक कोरिडोर केन्द्रित गरी व्यावसायिक कृषि उत्पादन कार्यक्रम सञ्चालन गर्ने, कृषि प्राविधिक स्वरोजगार कार्यक्रमलाई निरन्तरता दिइने कुरा नीति तथा कार्यक्रम प्रस्तुत गरिएको छ । प्राङ्गारिक मल तथा जैविक विषादीमा किसानको पहँुच अभिवृद्धि गर्न मल तथा जैविक विषादी उत्पादन, प्रशोधन र ढुवानीमा अनुदान दिने, भू–उपयोग नीति तर्जुमा गरी भूमिको चक्लाबन्दी गर्ने कार्यलाई प्रोत्साहन गर्दै करार, सहकारी र सामूहिक खेती तथा बाँझो जमिनमा खेती गर्न उत्प्रेरित गर्ने नीति लिएको छ । त्यस्तै, प्रस्तुत नीतिअनुसार स्थानीय तहसँगको समन्वय र सहकार्यमा आधारभूत कृषि प्रयोगशाला स्थापना गर्ने, स्याउ तथा ओखरको प्रवद्र्धन तथा विकासको लागि ‘बगैँचा एक स्वामित्व अनेक’ भन्ने मूल नाराका साथ सम्पूर्ण किसानलाई कलष्टरमा एकीकृत गरी स्याउ तथा ओखर विकास परियोजना कार्यान्वयनमा ल्याउने, कर्जामा सहुलियतपूर्ण ब्याज अनुदान कार्यक्रमलाई निरन्तरता दिने भएको छ । पशुपक्षीको स्वास्थ्य उपचार सेवाका लागि पशुपक्षी विकास निर्देशनालय अन्तर्गतको प्रयोगशालालाई प्रदेशस्तरको रिफरल पशु अस्पतालको रुपमा स्तरोन्नति गर्ने, कर्णाली प्रदेशका निर्यातयोग्य रैथाने तथा प्राङ्गारिक उच्च मूल्ययुक्त वस्तुको कर्णाली पहिचान झल्किने “मूल्यवान” लोगो प्रदान गर्ने कार्यक्रमलाई निरन्तरता दिई बजारीकरणका लागि उत्पत्तिको प्रमाणपत्र, ब्राण्डिङ, लेबलिङ तथा गुणस्तर लोगो प्राप्तिमा सहयोग गर्ने, बहुउपयोगी र मूल्यवान प्रजातिका बिरुवा उत्पादन, वितरण तथा वृक्षरोपण कार्यलाई अभियानको रुपमा अगाडि बढाउन आर्थिक वर्ष २०७९÷८० लाई ‘कर्णाली वृक्षरोपण वर्ष’ घोषणा गरी कार्यक्रम कार्यान्वयन गर्ने भएको छ । --- # कांग्रेस अब कांग्रेस जस्तो रहेन भन्दै एमाले नेता बस्नेतले भन्नुभयो, ‘बिकासका लागि एमालेको उम्मेदवारलाई मतदान, कांग्रेसको उम्मेदवारलाई नमस्कारको सम्मान’ Source: https://newskunda.com/archives/809 Category: FEATURED NEWS, राजनीति, समाचार, समाज Last updated: 2022-05-10 **गुण्डुमा धेरै बिकास भयो भन्ने कांग्रेसका नेताले कटुञ्जेमा एमालेले ल्याएको बजेटमा बिकास गर्न नदिएर रोक्ने, बाटो सिमांकन गर्न नदिएर बोटो बनाउन रोक्ने, पटक पटक मुद्धा हालेर बिकास रोक्नेहरुले बिकास गर्छौ भनेर नारा फलाक्दै भोट मागे पनि जनताले मतदान गर्ने बेलामा एमालेले गरेको बिकास एक पटक सम्झेर भोट हाल्ने एमाले नेता महेश बस्नेतले बताउनु भयो ।** ================================================================= भक्तपुर, २७ बैशाख । नेकपा एमालेका पोलिटव्यूरो सदस्य एवं प्रतिनिधि सभाका सांसद महेश बस्नेतले नेपाली कांग्रेस अब कांग्रेस जस्तो नरहेको र अरुको साहारा बिना चल्नै नसक्ने गरि कमजोर भएको टिप्पणी गर्नु भएको छ । मंगलबार सूर्यविनायक नगरपालिका–५ कटुञ्जेस्थित चक्रपाणी चोकमा आयोजना गरेको एमालेको चुनावी सभामा बोल्दै उहाँले कांग्रेस प्रचण्ड, माधव नेपाल, उपेन्द्र यावद र चित्रबहादुर केसीको बैशाखी नटेकी चल्न नसक्ने अबस्थामा पुगेको बताउनु भएको हो । एमाले सिध्याउन खोजेको प्रचण्डले नसकेपछि अहिले कांग्रेस सिध्याउन लागिपरेको भन्दै उहाँले भन्नुभयो, “प्रचण्डले एमाले सिध्याउन सकेनन्, अहिले कांग्रेस सिध्याउन लागि रहेका छन्, विपीले बनाएको, गणेशमान, किसुनजी, गिरिजाले जोगाएको कांग्रेस अहिलेसम्म चुनाबमा आउँदा शेरबहादुर देउवा आफै रुखमा भोट नहाल, हसियाँ हथौडा, कलममा भोट हाल भन्दै छन्, त्यसैले अब कांग्रेस कांग्रेस जस्तो रहेन, बिचरा देउवाले हेर्दा हेर्दै सिध्याउदै छन् ।” उहाँले कांग्रेस कार्यकर्ताहरु अहिले यो कस्तो कांग्रेस हो, जसले कांग्रेसलाई भोट नहाल भन्छ, भो अब रुख हेरेर होइन, मुख हरेर भोट दिनु पर्ने भयो भन्दै बिरक्तिन थालेको टिप्पणी गर्नु भयो । भक्तपुरमा सभा गर्नु पर्यो भने कांग्रसका यहाँका नेताहरुको अनुहार कार्यकर्ताले नरुचाए पछि कि विश्वप्रकाशलाई कि गगनलाई ल्याउने गरेको भन्दै उहाँले एमालेमा नेता खोज्न बाहिर जानै नपर्ने गरि भक्तपुरमै एकसे एक नेताहरु रहेको चर्चा गर्नु भयो । पाँच दल एकातिर एमाले एक्लै एकातिर हुँदा पनि ओलीकै तराजू गहुंगो भएको भन्दै ओलीसँग देउवाको तुलना गर्नै छाडेको बताउनु भयो । बैशाख ३० गतेको चुनाब पछि गठबन्धनबीच नै मारामार हुने दाबी गर्दै उहाँले मंसिरसम्म देउवा आफैले संसद नराख्ने दिन आउने उहाँले दाबी गर्नु भयो । हनुमन्तेमा भ्रष्टाचार गर्यो भनेर भ्रम फैलाउने नेताहरुलाई सबै इबिडिङमा ठेक्का गरेको पनि थाहा छैन रैछ भन्दै उहाँले ४० वर्षमा काँग्रेस र नेमकिपाले जितेको क्षे नं. २ मा एउटा बाटो बनाउन नसक्नेहरुले अहिले महेश बस्नेतले, शशीजंग थापाले, बासुदेव थापाले सूर्यविनायकको बिकास गरेको देखेर बिकास रोक्न जानेहरुलाई जनताले कसरी भोट दिन्छन् ? उहाँले प्रश्न गर्नु भयो । गुण्डुमा धेरै बिकास भयो भन्ने कांग्रेसका नेताले कटुञ्जेमा एमालेले ल्याएको बजेटमा बिकास गर्न नदिएर रोक्ने, बाटो सिमांकन गर्न नदिएर बोटो बनाउन रोक्ने, पटक पटक मुद्धा हालेर बिकास रोक्नेहरुले बिकास गर्छौ भनेर नारा फलाक्दै भोट मागे पनि जनताले मतदान गर्ने बेलामा एमालेले गरेको बिकास एक पटक सम्झेर भोट हाल्ने एमाले नेता महेश बस्नेतले बताउनु भयो । प्रचण्ड भित्ते राष्ट्रपति बनेको प्रसंग कोट्याउदै उहाँले बैशाख ३० गते पछि यहाँ को को भित्ते मेयर, उपमेयर हुने हो जनताले हेर्ने बताउदै उहाँले एमाले नेतृत्वका ४० महिनामा यहाँ २५ करोड बजेट ल्याउने एमालेको बिरोध गर्नेहरुले गठबन्धन सरकार बनेको १० महिनासम्म १० रुपैयाँ बजेट ल्याउन नसक्नेहरुलाई जनताले पत्याउदैनन् भन्ने विश्वास रहेको बताउनु भयो । एमालेले ल्याएको बजेटले बिकास तिब्र गर्दा केही कांग्रेसका नेताले हामीले ल्याएको भन्दै भाषण गर्न थाले पछि एमालेले आफूले ल्याएको बजेटबाट हुने कामको शिलन्यास र उद्घाटन गर्न भ्याई नभ्याई भएको बताउदै जनताले भक्तपुरमा एमालेले के गर्यो भनेर हेरिरहेको उहाँले बताउनु भयो । उहाँले एमालेले अबको १० वर्षसम्मका लागि बहुवर्षीय योजना पारेर यहाँको बिकासमा बजेट व्यबस्थापन गरेकाले अब यहाँका बजेट कसैले काट्न नसक्ने उहाँको भनाइ थियो । एमालेले सडक, खानेपानी, स्वास्थ्य, शिक्षा, रोजगारी, पर्यटनको बिकास, भौतिक संरचनादेखि भवन निर्माणलाई तिब्र गतिमा अगाडि बढाउँदा कहा एमाले, कहाँ, कांग्रेस, कहा माओवादी भनेर नहेरी समान रुपमा बिकास गरेको र अबको पाँच वर्षमा सबै बिकास सम्पन्न गरेर समृद्ध सूर्यविनायक बनाउने संकल्प लिएको उहाँको भनाइ थियो । चुनाबमा बुथ कब्जा गरौला भन्ने सपना अब नदेख्न आग्रह गर्दै उहाँले प्रत्येक बुथमा एमालेका युवा चनाखो भएर बस्ने र धाँधली हुन नदिने बताउनु भयो । कार्यक्रममा सूर्यविनायक नगरपालिकामा नगर प्रमुखको उम्मेदवार बासुदेव थापाले विगत ४० वर्षसम्म भक्तपुरमा हुन नसकेको बिकास एमालेले पाँच वर्षमा गरेर देखाएको बताउनु भयो । संघीय, प्रदेश र स्थानीय तहमा एमालेको सरकार बने पछि एमालेले १५ अर्ब बजेट ल्याएर बिकास गरेको सबै जनताले देखेको बताउदै उहाँले पाँच वर्षको अबधीमा सर्वसम्मत नगरपालिका चलाएर भ्रष्टाचार मुक्त गरेको बताउनु भयो । सूर्यविनायक नगरपालिकामा मेयरका उम्मेदवार बासुदेव थापाले आफूमाथि अनावश्यक लाञ्जना लगाइएकोप्रति कडा आपत्ति जनाउदै भन्नुभयो, “मेयरले प्लानीङमा जग्गा किन्यो रे भन्दै भ्रम फैलाउने, म जोगी होइन, मेरो पुस्ताको सम्पत्ति मात्र पचासौ रोपनी जग्गा छ, आनामा लोभ गर्दैै हिड्नु पर्दैन, मेरो दुई जना परिवारलाई थोरै खानलाई भ्रष्टाचार गर्दै हिड्नु पर्दैन, मैले पाँच वर्षमा पाएको तलब भत्ता समेत लिएको छैन, २७ लाख ५१ हजार तलब भत्ता सामाजिकक कार्यमा लगाइसकेको छु, ठूला कुरा गर्ने ? जनताले यस्ता हावादारी कुरा प्रत्याउने वाला छैनन, नगरबासीलाई अनावश्यक आरोप र लाञ्जनाको कडा रुपमा प्रतिवादन गर्न पनि आग्रह गर्दछु ।” उहाँले नगरपालिकाको नेतृत्व गर्दा आफूले विगत पाँच वर्षमा भ्रष्टाचार गरेको प्रमाण ल्याए, सजायँ भोग्न र आफ्नो टिममा कसैले गल्ती गरेको, भ्रष्टाचार गरेको प्रमाण ल्याए त्यसको जिम्मेवारी लिन आफू तयार रहेको भन्दै प्रमाण बिना हावादारी कुरा गरेर अफवाह फैलाउदै झुठो आरोप लगाएर भोट बछुल्न सक्ने अबस्था नरहेको बताउनु भयो । अहिलेका जनता धेरै बाठो भएको बताउदै उहाँले अहिले कसैले पनि भ्रष्टाचार गर्न सक्ने अबस्था नरहेको भन्दै उहाँले आफू नगर पिता नभई नगरको छोरो भएर कुनै पार्टी, दल, जात, धर्म केही नहेरी कुनै भेदभाव नराखी जनताको सेवा गर्ने प्रतिबद्धता व्यक्त गर्नु भयो । कार्यक्रममा नगरको उपमेयरका उम्मेदवार सरिता तिमिल्सिना भट्टराईले नगरपालिकालाई बिकाससँगै रोजगारी, आर्थिक समृद्धि र सीपमूलक आयमा जोड्दै समृद्ध नगरपालिका बनाउने बताउनु भयो । कार्यक्रममा वडा नं. ५ का वडा अध्यक्ष्यका उम्मेदवार राजकुमार जोशीले कटुञ्जेको बिकासलाई अझै तिब्र गतिमा लैजान आफूले पुनः उम्मेदवारी दिएको बताउनु भयो । --- # कांग्रेस प्रचार प्रसार समिति संयोजकमा डा महत Source: https://newskunda.com/archives/2287 Category: FEATURED NEWS, निर्वाचन, राजनीति, समाचार Last updated: 2022-09-27 काठमाडौँ, ११ असोज : नेपाली कांग्रेसको ‘प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचन–२०७९, केन्द्रीय प्रचार–प्रसार समिति’ को संयोजकमा पार्टीका केन्द्रीय सदस्य एवं प्रवक्ता डा प्रकाशशरण महत मनोनित हुनुभएको छ । प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टी विधानबमोजिम उहाँलाई आज समितिको संयोजकमा मनोनयन गर्नुभएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो । --- # कांग्रेस भक्तपुरका नेता एवं वरिष्ट समाजसेवी अष्टकुमार कवेंलाई केन्द्रीय सदस्यमा विजयी गराउन नेताहरु सक्रिय Source: https://newskunda.com/archives/4613 Category: FEATURED NEWS, अर्थ, राजनीति, समाचार, समाज Last updated: 2026-10-06 **===================================================** **राजनीतिको साथै नेपाल लोकतान्त्रिक खेलकुद संघ वागमती प्रदेशको अध्यक्ष समेत रहनु भएका कवेँले खेलकुदको विकास, शिक्षाको विकास, स्वास्थ्य, र कृषि क्षेत्रको विकासमा सक्रिय रहदै समाजसेवीमा समेत निरन्तरता दिदै आउनु भएको छ।** **===================================================** काठमाडौं २० असोज । काठमाडौंमा जारी नेपाली कांग्रेसको १५ औं महाधिवेशनमा नेपाली कांग्रेसका नेता अष्ट कुमार कवेंले केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिनु भएको छ । भक्तपुरबाट महाधिवेशन प्रतिनिधि रहनु भएका वरिष्ट समाजसेवी कवेंले लामो समयदेखि कांग्रेस राजनीतिमा सक्रिय रहदै आउनु भएको छ । राजनीतिको साथै नेपाल लोकतान्त्रिक खेलकुद संघ वागमती प्रदेशको अध्यक्ष समेत रहनु भएका कवेँले खेलकुदको विकास, शिक्षाको विकास, स्वास्थ्य, र कृषि क्षेत्रको विकासमा सक्रिय रहदै समाजसेवीमा समेत निरन्तरता दिदै आउनु भएको छ। २०७२ सालको भूकम्पमा आफ्नै निजी रकमले सयौ पीडितलाई सानोठिमीस्थित खेल मैदान र भक्तपुर जिल्लाका पीडितलाई निःस्वार्थ भावनाले खाद्यान्न, त्रिपाल, लत्ताकपडा लगायतका बिभिन्न सामान राहत स्वरुप वितरण गर्नु भएको थियो । देशमा कोरोना महामारी फैलिरहदाँ धेरै नागरिकलाई स्वास्थ्य सेवाको पहुँच पुर्याउने कार्यमा समेत सक्रिय रहनु भएका उहाँले समस्यामा परेका नागरिकको सहयोगमा अग्रसरता देखाउने नेताको रुपमा समेत परिचित हुनुहुन्छ । यसअघि नेपाली काँग्रेसको विशेष महाधिवेशनमा केन्द्रीय सदस्यमा निर्वाचित उहाँले १५ औ महाधिवेशमा समेत खुल्ला केन्द्रीय सदस्यको रुपमा उम्मेदवारी दिन भएको हो । काँग्रेसलाई गुट उपगुटमा विभाजन नगरी एक ढिक्का बनाएर लैजाने र विपिको सिद्धान्तलाई अबलम्बन गर्दै देशको एक मात्र खम्बा र मेरुदण्डको रुपमा जनताको एक मात्र भरोसा बोकेको पार्टीको रुपमा विकास गर्ने संकल्पका साथ उम्मेदवारी दिएको नेता कवेँ बताउनुहुन्छ । भक्तपुरका दुबै क्षेत्रका अधिकांश महाधिवेशन प्रतिनिधि, क्षेत्रीय सभापतिहरु भेषबहादुर कार्की, शिवहरि केसी, नगर सभापतिहरु, पूर्व नगर सभापति एवं क्षेत्रीय सभापतिहरु, पूर्व मन्त्रीहरु, बाहलवाला नगर प्रमुखहरुलगायत भक्तपुर जिल्लाको सिंगो टिम नेता कवेँलाई विजयी गराउने संकल्पका साथ महाधिवेशनमा सक्रिय रहेका बताईएको छ । --- # काँग्रेस सभापति थापा र नगर प्रमुख खत्रीद्धारा इलेक्ट्रिक स्कुटरको शो रुम उद्घाटन Source: https://newskunda.com/archives/2087 Category: FEATURED NEWS, अर्थ, राजनीति, समाचार, समाज Last updated: 2022-09-10 भक्तपुर, २५ भदौ । नेपाली काँग्रेस भक्तपुर जिल्ला सभापति दुर्लभ थापा र चाँगुनारायण नगरपालिकाका प्रमुख जीवन खत्रीले संयुक्त रुपमा इलेक्ट्रिक स्कुटरको शो रुम उद्घाटन गर्नु भएको छ । मध्यपुरथिमिमा आजबाट सञ्चालनमा आएको शो रुमको आज सभापति थापा र प्रमुख खत्रीले उद्घाटन गर्नु भएको हो । कार्यक्रममा कांग्रेस सभापति थापाले विश्व बजारमा बढ्दो पेट्रोलियम पदार्थको मूल्य बृद्धिले नेपाल पनि अछूतो नरहेको अबस्थामा उपभोक्ताले मंहगोमा इन्धनको खरिद गर्नु पर्ने अबस्थामा भित्रिएको इलेक्ट्रिक सवारी साधनले नेपालीहरुको मन जित्न सफल भएको बताउनु भयो । उहाँले इलेक्ट्रिक सवारी साधनको आयातको क्रममा सुरुमा उपभोक्ताको रोजाईमा पर्न गाह्रो भए पनि पछिल्लो समयमा इलेक्ट्रिक सवारी साधनको रुची र आकर्षण नेपाली बजारमा बढिरहेको उहाँले बताउनु भयो । इलेक्ट्रिक स्कुटर नेपाली उपभोक्ताको रोजाइमा पर्न थालेको चर्चा गर्दै उहाँले पेट्रोलियम पदार्थको मूल्य बृद्धिको मारबाट जोगिन र वातावरणलाई स्वच्छ राख्न पनि यसको प्रयोग उपयुक्त रहेको बताउनु भयो । कार्यक्रममा चाँगुनारायण नगरपालिकाका प्रमुख जीवन खत्रीले अहिलेको आधुनिक युगमा सहज, सुलभ, वातावरण प्रदुषण रहित र खर्च कम लाग्ने साधनको उपयोग अत्यावश्यक र बुद्धिमानी रहने अबस्थामा इलेक्ट्रिक स्कुटरले उपभोक्ताको मन जित्न सक्ने बताउनु भयो । इलेक्ट्रिक स्कुटर र गाडीको माग पछिल्लो समयमा बढ्दै गइरहेको बताउदै उहाँले यसको आयतामा सरकारले भन्सार दरमा सहुलियत प्रदान गरेर सबैको पहुँचमा पुर्याउन सके नेपालबाट इन्धनका लागि वर्षेणी बाहिरिने करोडौ रुपैयाँ बच्ने चर्चा गर्नु भयो । उहाँले इलेक्ट्रिक सवारी साधनको चार्जिङ स्टेशन ठाउँ ठाउँमा व्यबस्था गर्न सके र यसको महत्व र उपयोगिताको बारेमा व्यापारीहरुले जनमानसमा सकारात्मक सन्देश लान सके धेरैको मन जित्न सफल हुने भनाइ राख्नु भयो । देशको विदेशिने रकम जोगाउन, पेट्रोलियम पदार्थको खपत कम गर्न, बिद्युतीय सवारी साधनको प्रयोग बढाउन राज्यले ठोस कदम चाल्न सके यसको प्रभावकारिता र उपयोगिता बढ्ने बताउनु भयो । --- # कांग्रेस संसदीय दलको प्रमुख सचेतकमा चित्रलेखा Source: https://newskunda.com/archives/1458 Category: FEATURED NEWS, समाचार Last updated: 2026-10-20 काठमाडौँ, ४ साउन : नेपाली कांग्रेस संसदीय दलका नेता एवं प्रधानमन्त्री शेरबहादुर देउवाले प्रमुख सचेतक पदमा सांसद चित्रलेखा यादवलाई नियुक्त गर्नुभएको छ । उहाँ पूर्वउपसभामुखसमेत हुनुहुन्छ । यसैगरी सचेतकमा पूर्वमन्त्री मीनबहादुर विश्वकर्मालाई नियुक्त गर्नुभएको नवनियुक्त प्रमुख सचेतक यादवले राससलाई जानकारी दिनुभयो । कांग्रेस संसदीय दलको प्रमुख सचेतक एक वर्षदेखि रिक्त थियो । यसअघि प्रमुख सचेतक रहनुभएका बालकृष्ण खाण गृहमन्त्री हुनुभएपछि सो पद रिक्त भएको हो । यसैगरी यसअघि सचेतक रहनुभएकी पुष्पा भुसाल उपसभामुख निर्वाचित हुनुभएपछि गत साता सो पद पनि रिक्त भएको थियो । दुवै पदमा आज कांगे्रस सभापतिसमेत रहनुभएका संसदीय दलका नेता देउवाले सो नियुक्ति गर्नुभएको हो । संसद्मा पार्टीको धारणा राख्न, कार्य व्यवस्था परामर्श समितिको बैठकमा भाग लिनेलगायत महत्वपूर्ण संसदीय गतिविधिमा प्रमुख सचेतक र सचेतकको भूमिका रहने व्यवस्था छ । --- # काँग्रेसमा मन्त्री बन्नेको दौडधूप, यस्ता छन् आकांक्षीहरु Source: https://newskunda.com/archives/2667 Category: FEATURED NEWS, राजनीति, समाचार Last updated: 2023-03-19 काठमाडौं, ५ चैत । प्रधानमन्त्री पुष्पकमल दाहालले भोली सोमबार सरकारमा विश्वासको मत लिएसँगै मन्त्रीपरिषद् बिस्तार गर्ने तयारी गरिएको छ । चैत १० गतेभित्र मन्त्रीपरिाष्द्लाई पूर्णता दिने गरि नेपाली काँग्रेस र प्रधानमन्त्री प्रचण्ड अगाड बढेपछि काँग्रेस भित्र मन्त्रीको आकाक्षीको लर्को लागेको छ । कांग्रेस सभापति शेरबहादुर देउवा निकट नेताहरु चैत १० पछिमात्र मन्त्रिपरिषद् विस्तार हुने बताउँछन्। विश्वासको मत लिएपछि १० दलको बैठक बसेर भागबण्डा टुंग्याइने र त्यसपछिमात्र पार्टीको बैठकबाट सरकारमा जानेको टुंगो लगाउने कांग्रेसको तयारी छ। कसको नेतृत्वमा सरकारमा जाने भन्ने विषयमा नै कांग्रेसमा चर्काचर्की हुने देखिन्छ। पार्टीका उपसभापति पूर्णबहादुर खड्का, प्रकाशमान सिंह, विमलेन्द्र निधि र डा शेखर कोइरालामध्ये एकले नेतृत्व गर्ने गरी सरकारमा पठाउनेबारे अनौपचारिक रुपमा छलफल चले पनि नेताहरु बोल्न चाहँदैनन्। विश्वासको मत लिएपछिमात्र यसबारे पार्टीमा छलफल हुने पार्टीका सहमहामन्त्री बद्री पाण्डे बताउँछन्। 'विश्वासको मत लिएपछि छलफल होला। अहिले कसलाई सरकारमा पठाउने भन्ने तयारी केही भएको छैन,' पाण्डेले भने। पार्टी उपसभापति खड्का उपप्रधानसहित कुनै मन्त्रालय लिएर यसपटक सरकारमा जान चाहन्छन्। तर उनको लागि देउवाको सिग्नल 'ग्रीन' नरहेको बताइन्छ। पछिल्लो पटक पार्टी सभापति देउवापत्नी आरजुले खड्कालाई मन्त्रिपरिषद्मा पठाउन चाहिरहेकी छैनन्। अन्तिम समयमा खड्कासहितका केही नेताहरुका कारण गठबन्धन जोगाउन नसक्दा कांग्रेसले सरकारको नेतृत्व नै गुमाएको देउवा टिमको बुझाइ देखिन्छ। जसले गर्दा उपसभापति खड्का प्रचण्ड सरकारमा सहभागी हुन मुस्किल हुने बताइन्छ। यद्यपि खड्का भने 'एनिहाउ' सरकारमा जाने प्रयासमा छन्। खड्कालाई पन्छाएर पार्टीको नेतृत्व गरी सरकारमा सहभागी हुन चाहने अरु नेताहरु हुन् प्रकाशमान, विमलेन्द्र र डा शेखर। प्रकाशमान र विमलेन्द्रले देउवालाई महाधिवेशनमा सघाएका पनि थिए। त्यसैले पनि यी दुबै नेतालाई पार्टीको नेतृत्व गर्ने अवसर देउवाले दिनसक्ने बताइन्छ। दुबै नेताप्रति देउवा सफ्ट रहेको बताइन्छ। यता प्रधानमन्त्री प्रचण्ड भने कांग्रेसबाट संस्थापनइतरका नेताहरु डा शेखर र गगन थापा सरकारमा आए सत्ता सुरक्षित हुने बुझाइमा रहेको बताइएको छ। यसले गर्दा देउवाले डा शेखरलाई पार्टीको नेतृत्व गरी सरकारमा पठाउन सक्ने चर्चा छ। तर डा शेखरको सचिवालयले भने यसबारे पार्टीको निर्णय आएपछिमात्र थाहा हुने जनायो। 'शेखर दाइको नेतृत्वमा सरकारमा जाने भन्ने कुरा आएको छ। तर बाहिर हल्ला भएजस्तो पार्टीमा कुनै छलफल भएको छैन। विश्वासको मत लिएपछि पार्टीभित्र छलफल होला,' डा कोइराला निकट एक केन्द्रीय सदस्यले भने। नेपाली कांग्रेसले सरकारमा सहभागी हुन चार मापदण्ड तय गरिएको छ। मन्त्री चयन गर्दा योगदान र योग्यताको मुख्य दुई आधारमा समावेशीता र प्रादेशिक सन्तुलन दृष्टिगत गरेर चयन गर्ने निर्णय केन्द्रीय कार्यसम्पादन समितिको बैठकले गरेको हो। प्रचण्ड नेतृत्वको सरकारमा कांग्रेसले ८ देखि १० मन्त्रालय दाबी गर्ने बुझिएको छ। कांग्रेसले अर्थसहित परराष्ट्र मन्त्रालयमा दाबी गरेको छ। अर्थमा कांग्रेस प्रवक्ता डा प्रकाशशरण महत, डा नारायण खड्का, ज्ञानेन्द्रबहादुर कार्की र उदय शम्शेर राणाको नाम चर्चामा छ। यद्यपि देउवाको फेभरमा अहिले प्रवक्ता डा महत भएकोले कतिपय नेताहरुले महत नै अर्थमन्त्री हुने दाबी गर्छन्। 'डा प्रकाशशरण महत देउवाको फेभरमा देखिन्छन्। महामन्त्रीमा जिताउन नसकेका कारण पनि महतलाई देउवाले न्याय दिने देखिन्छ,' देउवा निकट एक केन्द्रीय सदस्यले भने। यसैगरी परराष्ट्र मन्त्रालयमा आरजुको दाबी रहेको छ। शेखर र गगनलाई मन्त्रिपरिषद्मा पठाउन आरजुले नचाहेको संस्थापनइतरका नेताहरु बताउँछन्। त्यसैले संस्थापनइतरबाट उपसभापति धनराज गुरुङ, सहमहामन्त्री पाण्डे, जीवन परियार र रामनाथ अधिकारीलाई मन्त्रिपरिषद्मा पठाउने तयारी गरेको बुझिएको छ। देउवा टिमबाट एनपी साउद र सीता गुरुङ मन्त्री बन्ने पक्कापक्की भइसकेको कांग्रेस नेताहरुको दाबी छ। एनपी साउद महाधिवेशनमा महामन्त्रीबाट ब्याक भएर देउवालाई सघाएका नेता हुन्। त्यसैगरी सीता प्रत्यक्षमा निर्वाचित एकमात्र महिला सांसद हुन् कांग्रेसमा। यसैगरी प्रमुख सचेतक रमेश लेखक र नारायण खड्का पनि मन्त्री बन्ने लाइनमा छन्। कांग्रेसका पूर्वमहामन्त्रीसमेत रहेका डा शशांक कोइरालाले पनि सरकारमा जाने रहर निर्वाचन अघिबाटै गरिरहेका छन्। कोइराला आफू सरकारमा सहभागी नभए उनको कोटाबाट एकजना मन्त्री पठाइने बताइन्छ। जसमा दिपक खड्का पक्कापक्की हुने शशांक निकट नेताले बताए। भूभाग सन्तुलन मिलाउँदा काठमाडौंबाट एक जना मन्त्री बन्ने देखिन्छ। गगन मन्त्रिपरिषद्मा सहभागी नभए अर्जुननरसिंह केसीले पनि मन्त्रीमा दाबी गर्ने बताइन्छ। जातीय सन्तुलन मिलाउन रामेछापबाट निर्वाचित भएका कान्छाराम तामाङले पनि मन्त्रीमा दाबी गर्ने बताइन्छ। यद्यपि मन्त्रीमा कसलाई पठाउने भन्ने विषयमा भने १० दलको भागबण्डा र कांग्रेसको भागबण्डापछि मात्र टुंगो लाग्ने देखिन्छ। --- # काठमाडौँ उपत्यकामा दसैंको १३ दिनमा मापसे र लापसे गर्ने ९८२ चालक कारबाहीमा Source: https://newskunda.com/archives/5049 Category: FEATURED NEWS, अपराध, अर्थ, समाचार Last updated: 2026-10-23 काठमाडौँ, ६ कात्तिक : काठमाडौँ उपत्यकामा १३ दिनको अवधिमा मादक पदार्थ तथा लागू पदार्थ सेवन गरी सवारीसाधन चलाउने ९८२ जना चालक कारबाहीमा परेका छन् । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार घटस्थापनादेखि आज कात्तिक ६ गतेसम्म १३ दिनको अवधिमा मादक पदार्थ सेवन ९मापसे० गरी सवारी चलाउने ९४७ जना र लागू पदार्थ सेवन ९लापसे० गरी सवारी चलाउने ३५ जना चालकलाई कारबाही गरिएको हो । कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीका अनुसार मापसे गरी सवारी चलाएको अभियोगमा कारबाहीमा परेका ९४७ जनामध्ये ५९ जना सार्वजनिक सवारीका चालक रहेका छन् । त्यस्तै, लापसे गरी सवारी चलाएको अभियोगमा कारबाहीमा परेका ३५ जना नै सार्वजनिक सवारीका चालक रहेको उहाँले जानकारी दिनुभयो । मादक पदार्थ तथा लागू पदार्थ सेवन गरी सवारी चलाउनु गैरकानुनी कार्य भएकाले संलग्न चालकलाई ट्राफिक ऐनअन्तर्गत कारबाही गरिएको प्रवक्ता सुवेदीले बताउनुभयो । चाडपर्वका समयमा सवारीसाधनको आवागमन बढ्ने भएकाले मादक पदार्थ तथा लागू पदार्थ सेवन गरी सवारी चलाउँदा दुर्घटनाको जोखिम बढ्न सक्ने भन्दै ट्राफिक प्रहरीले यस्ता गतिविधिमाथि निगरानी र कारबाहीलाई निरन्तरता दिइएको जनाएको छ । --- # काठमाडौं फन भ्यालीमा गायक अरुण थापाको २४ औं स्मृति दिवस Source: https://newskunda.com/archives/2853 Category: FEATURED NEWS, कला तथा साहित्य, मनोरञ्जन, समाचार, समाज Last updated: 2023-07-19 भक्तपुर, ३ साउन : ‘चोट के हो, व्यथा के हो, म जस्तो घाइतेलाई सोध, मिलन के हो खुसी के हो, मसँग कहिल्यै सोध्दै नसोध.......।’ अजर अमर कालजयी गीत गाउँने बहुचर्चित गायक अरुण थापाको २४ औं स्मृति दिवस भक्तपुरमा भव्य रुपमा मनाइने भएको छ । भक्तपुरलाई गीत, संगीतको क्षेत्रमा अगाडि बढाउन स्थापना भएको रागरागिनी इन्टरटेण्टमेन्ट प्रालिले स्वर्गीय गायक थापाको २४ औँ स्मृति दिवसको अवसरमा भक्तपुरको पलासेंस्थित काठमाडौं फन भ्यालीमा ‘अरुण थापा स्मृति साँंझ–२०८०’ को आयोजना गर्ने भएको छ । प्रालीले काठमाडौं फन भ्यालीमा आयोजना गरेको पत्रकार सम्मेलनमा प्रालिका कार्यकारी निर्देशक तथा कार्यक्रम संयोजक कपिल कसपालले स्वर्गीय बहुचर्चित गायक अरुण थापाको २४ औं स्मृति दिवसको दिन पारेर यहीँ साउन ५ गते शुक्रबार ‘अरुण थापा स्मृति साँंझ–२०८०’ को आयोजना गर्ने बताउनु भयो । जिल्लामा केहीवर्षयता भक्तपुर सांगीतिक समाजले गायक थापाको स्मृतिमा अरुण थापा स्मृति साँंझ गर्दै आएकोमा यसवर्ष समाजले कार्यक्रम नगर्ने भएपछि इन्टरटेण्टमेन्ट प्रालिले निरन्तरता दिन लागेको समाजका उपाध्यक्ष समेत रहनु भएका प्रा.ली.का कार्यकारी निर्देशक कसपालले बताउनु भयो । उहाँले भन्नुभयो, “अरुण थापा देशकै गहणा हुन्, देशकै सम्पत्ति हुन्, त्यसमाथि पनि अरुण थापा हामी गीत, संगीतको क्षेत्रमा लाग्नेहरुको मनमनमा रहनु हुन्छ, म भक्तपुर साँस्कृतिक समाजको उपाध्यक्ष पनि हुँ, यो वर्ष समाज र प्रा.ली.ले संयुक्त रुपमा कार्यक्रम गरौँ भनेर प्रस्ताव पनि राखेको हो, तर समाजले नगर्ने भएपछि प्रा.ली. कार्यक्रम गर्ने भएको हो ।” कार्यक्रमको उदघाटन चलचित्र विकास वोर्ड नेपालका अध्यक्ष एवं नायक भुबन केसीले गर्ने बताउदै उहाँले कार्यक्रम संयोजक समेत रहनु भएका कसपालले कार्यक्रममा दीप श्रेष्ठ, करिश्मा मानन्धर, पल साह, दीपक खरेललगायतका वरिष्ठ कलाकारहरुलाई सहभागिता रहने बताउनु भयो । उहाँले कार्यक्रममा नेपालका चर्चित तथा प्रतिभाशाली गायकगायिकाहरु अजर जंगम, निशा देसार, एञ्जेला श्रेष्ठ, रोजी श्रेष्ठ, दिनेश न्यौपाने, सानुमैयाँं धौभडेल, कपिल कसपाल, सुनिल लोहला, कल्पना श्रेष्ठ, प्रविण पलिखेल, श्रेया अवस्थीलगायतले स्वर्गीय अरुण थापाका गीतहरु गाउँने भएका छन् । प्रवेश निःशुल्क गरिएको कार्यक्रममा एक हजार भन्दा बढी दर्शकको सहभागिता रहने अपेक्षा गरिएको उहाँँले बताउनुभयो । पत्रकार सम्मेलनमा काठमाडौं फन भ्यालीका निर्देशक दामोदर उपाध्यायले साँगीतिक कार्यक्रममा सहभागि हुन आउने दर्शकहरुलाई निःशुल्क पासको व्यबस्था गरिएको बताउनु भयो । उहाँले भन्नुभयो, “अरुण थापा साँझ हेर्न आउनेहरुका लागि कुनै शुल्क लाग्दैन, निःशुल्क पासको व्यबस्था गरेका छौँ, तर फन भ्यालीको स्वीमिङ्ग पुल र अन्य गेम खेल्नेहरुका लागि त्यसदिन प्रवेश शुल्कमा २० प्रतिशत छुट गरेका छौँ ।” कार्यक्रममा फन भ्यालीका कार्यकारी निर्देशक सुजन थापाले फन भ्यालीमा रहेको कर्णाली म्युयिमको अवलोकन गर्न पनि कुनै शुल्क नलाग्ने बताउनु भयो । कर्णाली जिल्लाको एतिहासिक, सम्पदा, रहनसहनलगायत १०० वर्ष पुराना ऐतिहासिकताको दस्ताबेज रहेको कर्णाली म्युजियको अवलोकन गर्न शुल्न नलाग्ने बताउनु भएको हो । त्यस्तै फन भ्यालीमा ६५ वर्षमाथिका बृद्धबृद्धा र चार वषसम्मका बालबालिकालाई भने फन भ्यालीमा प्रवेश गर्न सधै निःशुल्क गरिएको बताउनु भयो । उहाँले पाँच वर्षदेखि १३ वर्षसम्मका बालबालिकाहरुका लागि प्रतिव्यक्ति ४५० रुपैयाँं शुल्कको व्यबस्था गरेको बताउनुभयो । --- # काठमाडौंको मत गणना सुस्त Source: https://newskunda.com/archives/947 Category: FEATURED NEWS, निर्वाचन, राजनीति, समाचार Last updated: 2022-05-14 काठमाडौँ, ३१ वैशाख : मुलुकभर ७९ बाहेकका केन्द्रमा मतदानपछि सुरु गरिएको मतगणना निकै सुस्त गतिमा चलिरहेको छ । कूल ७५३ स्थानीय तहमध्ये अधिकांशमा जारी मतगणनाका छिटफुट परिणाम सार्वजनिक भए पनि धेरै जसो स्थानीय तहको मतगणनामा ढिलासुस्ती भइरहेको छ । कतिपय मतगणनास्थलमा एउटै मतपत्र गणना गर्न १५ देखि २० मिनेट लगाइएको छ । त्यही कारण मतपरिणामहरु पनि मन्द गतिमा सार्वजनिक भइरहेको छ । निर्वाचन आयोगले छिटो मतगणना सकेर जिम्मेवारी सुम्पने गरी बनाएको कार्य तालिका यही तरिकाले मतगणना गर्ने हो भने प्रभावित हुने देखिएको छ । काठमाडौँ महानगरपालिकाका सबै मतदानस्थलबाट शुक्रबार राति नै राष्ट्रिय सभागृहमा मतपेटिका जम्मा गरिएको थियो । सर्वदलीय सहमतिमा आज बिहान १० बजेदेखि सुरु भएको मतगणनाअन्तर्गत साँझ ७ बजेसम्ममा जम्मा एक हजार १८० मत मात्रै गनिएको छ । यही हिसाबले मत गनिने हो भने महानगरपालिकाको मत गन्न धेरै समय लाग्नेछ । आज मध्याह्न १२ बजेसम्म काठमाडौँमा जम्मा १०० मत गनिएको थियो । पछिल्लो परिणामअनुसार नौ घण्टामा करिब एक हजार १८० मत गनिएको छ । काठमाडौँ महानगरमा कूल तीन लाख २४२ मतदातामध्ये एक लाख ९० हजार १७० मत खसेको छ । आजको हिसाबले मत गणना गर्ने हो भने ६ महिनामा मात्रै गणना सकिने छ । अन्य महानगरको हालत पनि उस्तै छ । ललितपुर महानगरमा त काठमाडौँको भन्दा अझै सुस्त भएको पाइएको छ । मध्याह्न १२ बजेदेखि गणना सुरु भएको ललितपुरमा यो समाचार तयार पार्दासम्म जम्मा ४०० मत गनिएको छ । अहिलेसम्म प्राप्त विवरणमा सहरभन्दा भित्र पहाड तथा हिमाली क्षेत्रका केही पालिकाका मतगणना सम्पन्न भइसकेको छ । यद्यपि धेरै पालिकामा मतगणना जारी छ । जसमा राष्ट्रिय मान्यता प्राप्त राजनीतिक दल नेपाली कांग्रेस, नेकपा (एमाले) नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीबीच नै कडा प्रतिस्पर्धा देखिएको छ । उनीहरुविरुद्ध केही क्षेत्रमा बागी बनेर स्वतन्त्रबाट उम्मेदवारी दिएका र केही क्षेत्रमा नितान्त स्वतन्त्र उम्मेदवारले टक्कर दिइरहेका पाइएको छ । काठमाडौँ उपत्यकामा भने स्वतन्त्रका उम्मेदवार बालेन्द्र शाहले सुरुआतदेखि नै अग्रता लिनुभएको छ । साँझ ७ बजेसम्मको मतगणनामा उहाँले ४०२ मत प्राप्त गर्दा उहाँका निकटतम प्रतिद्वन्द्वीका रुपमा देखिनुभएका नेकपा (एमाले) बाट प्रमुख पदका उम्मेदवार केशव स्थापितले ३१९ मत ल्याउनुभएको छ । सत्ता गठबन्धनबाट उम्मेदवारी दिनुभएका कांग्रेस नेत्री सिर्जना सिंहले २०२ मत प्राप्त गर्नुभएको छ । चितवनको भरतपुर महानगरपालिकामा पनि मतगणनामा ढिलासुस्ती भइरहेको छ । उक्त महानगरपालिकामा सत्ता गठबन्धनबाट उम्मेदवारी दिनुभएका नेकपा (माओवादी केन्द्र) का रेनु दाहाल र नेकपा एमालेका उम्मेदवार विजय सुवेदीबीच कडा टक्कर देखिएको छ । पछिल्लो चरणमा झिनो मतले दाहालले अग्रता लिनुभएको छ । भरतपुरमा बिहान ११ः५३ मा मतगणना सुरु गरिएको थियो । राति यो समाचार तयार पार्दासम्म झन्डै ७०० मत गणना भएको छ । यो गणना अत्यन्तै सुस्त हो । अहिले भने भरतपुरमा गणना टोली बढाइएको बताइएको छ । ललितपुर महानगरपालिकामा ४०० मत गणना हुँदा नेपाली कांग्रेसका प्रमुख पदका उम्मेदवार चिरीबाबु महर्जनको अग्रता रहेको छ । वडा नं १ को गणनामा महर्जनले २०५ मत ल्याउँदा नेकपा (एमाले)का उम्मेदवार हरिकृष्ण व्यञ्जनकारले १५६ मत प्राप्त गर्नुभएको छ । बिहान गणना थालेको विराटनगर महानगरपालिकाले पनि साँझसम्म एक हजार हाराहारीमा मात्रै मतगणना गरेको छ । पोखरा महानगरपालिकामा अपराह्न ४ः३० बजेदेखि गणना थालिएकामा गणनाको गति त्यहाँ पनि सुस्त नै छ । गणनाको गति बढाउने प्रयास थालिएको सम्बद्ध निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । स्थानीय तह निर्वाचन २०७९ मा यसपालि विभिन्न राजनीतिक दलका ३५५ जना विभिन्न पदाधिकारी, ६ वडाध्यक्षसहित ३५ जना स्वतन्त्र सदस्यसमेत गरी ३९० निर्विरोध निर्वाचित भएका छन् । निर्वाचनमा १० हजार ७५६ मतदानस्थलका २१ हजार ९५५ मतदान केन्द्रबाट एक करोड ७७ लाख ३३ हजार ७२३ मतदाताले जम्मा ३५ हजार २२१ जनामध्ये निर्विरोध निर्वाचित भएका बाहेकका पदमा प्रतिनिधि छनोटका लागि मतदान गरेका छन् । यसपालि दर्ता भएका ७९ वटा राजनीतिक दलहरुमध्ये जम्मा ६५ राजनीतिक दलहरु चुनावी प्रतिस्पर्धामा थिए । विभिन्न राजनीतिक दल र स्वतन्त्र उम्मेदवारसमेत गरी जम्मा एक लाख ४५ हजार ११ जना चुनावी प्रतिस्पर्धामा थिए । निर्वाचन आयोगका अनुसार निर्वाचनमा करिब ६४ प्रतिशत मतदान भएको छ । राजनीतिक दल तथा उम्मेदवारबीच विभिन्न कारणले उत्पन्न विवादपछि १६ जिल्लाका २८ पालिकाका ४३ मतदानस्थलका ७९ मतदान केन्द्रमा मतदान स्थगित भएको छ । --- # कानूनी जटिलता विकासको अवरोध बनेको छ : अध्यक्ष ओली Source: https://newskunda.com/archives/2625 Category: FEATURED NEWS, राजनीति, समाचार, समाज Last updated: 2023-03-16 काठमाडौँ, २ चैत : नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले जटिल र झन्झटिलो कानूनी प्रक्रियाका कारण जनताले सजिलै न्याय पाउन नसकेको बताउनुभएको छ । नेपाल ल क्याम्पसको अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) ले आज यहाँ आयोजना गरेको ‘कानूनका विद्यार्थीसँग केपी ओली’ कार्यक्रममा अध्यक्ष ओलीले नागरिकको न्यायमा सहज पहुँचका लागि कानूनी जटिलताहरू हटाउनपर्ने बताउनुभयो । कार्यक्रममा विद्यार्थीसँगको अन्तरक्रियामा उहाँले भन्नुभयो, “आजको विश्वमा हरेक क्षेत्रमा नियम कानूनले चल्छ र चल्नपर्छ । तर नियम कानूनको यति जञ्जाल बनेको छ कि त्यो पार गरिसक्दासम्म काम गर्ने समय सकिन्छ । प्रशासनिक ढिलासुस्ती पनि कानूनी प्रक्रियाका कारणले भैरहेको छ । कतिपय कानून र कानूनी प्रक्रियाले विकासका काममा अवरोध पुर्याएको छ । ” उहाँका अनुसार कानूनको सहज कार्यान्वयनको परिस्थिति हुनुपर्छ । “कानूनको उपयोगिता र सहज कार्यान्वयन दुवै हुनपर्छ । अन्यथा कानूनी प्रक्रियाको जटिलताले समाजको अग्रगमन, प्रगति, विकास, सुशासन र न्याय प्राप्तिलाई अप्ठ्यारोमा पार्छ”, उहाँले भन्नुभयो । विद्यार्थीहरुले अध्यक्ष ओलीद्वारा प्रतिनिधिसभा विघटनको प्रयास, देशको आर्थिक अवस्था, बेरोजगारी, कानून कार्यान्वयनमा राजनीतिक हस्तक्षेप, पार्टी तथा नेतृत्वको भूमिका र समीक्षाका विषयमा जिज्ञासा राखेका थिए । जवाफमा अध्यक्ष ओलीले आफू नेतृत्वको तत्कालीन सरकारले अर्थतन्त्र सुधारमा उल्लेख्य भूमिका खेलेको जवाफ दिनुभयो । अध्यक्ष ओलीले नयाँ पुस्ता सकारात्मक र ऊर्जाशील हुनुपर्ने बताउँदै विश्वविद्यालयमा गैरशैक्षिक क्रियाकलाप नगर्न समेत सुझाव दिनुभयो । कानून निर्माण, कार्यान्वयन र न्यायका लागि पहल गर्दा सबै पक्षमा ध्यान दिनुपर्ने उहाँको भनाइ थियो । उहाँले कानूनका विद्यार्थीले भविष्यमा न्यायका लागि पहल गर्दा कुनै प्रकारको डर त्रास, लोभ र प्रलोभनमा नपर्न जोड दिनुभयो । --- # कार्तिक १२, १३ र १४ गते तीन दिने ‘रोटरी पुस्तक प्रदर्शनी–२०८३’ आयोजना हुने Source: https://newskunda.com/archives/5172 Category: FEATURED NEWS, Uncategorized, अर्थ, कला तथा साहित्य, धर्म/संस्कृति, मनोरञ्जन, राजनीति, शिक्षा, समाचार, समाज Last updated: 2026-10-27 भक्तपुर, १० कात्तिक : पुस्तक तथा पठन संस्कृतिको प्रवद्र्धन गर्ने उद्देश्यले भक्तपुरको दरबार स्क्वायरस्थित विद्यार्थी निकेतन माध्यमिक विद्यालयमा यही कार्तिक १२, १३ र १४ गते तीन दिने ‘रोटरी पुस्तक प्रदर्शनी–२०८३’ आयोजना हुने भएको छ । रोटरी क्लब अफ भक्तपुरको आयोजना गर्ने पुस्तक प्रदर्शनीकोबारेमा जानकारी दिन आज रफत सञ्चार क्लबमा आयोजना गरेको पत्रकार सम्मेलनमा रोटरी क्लब अफ भक्तपुरका अध्यक्ष दशरथ प्रजापतिले प्रदर्शनीमा साहित्य, कला, संस्कृति र बौद्धिक विमर्शसँग सम्बन्धित विभिन्न पुस्तक प्रर्दशनी गर्नुका साथै त्यसबारेमा गतिविधि सञ्चालन गरिने बताउनुभयो । कार्यक्रममा पुस्तक विमोचन तथा लेखक भेटघाट, जिल्लाव्यापी अन्तरविद्यालय चित्रकला प्रतियोगिता, ‘ख्वप गजल’ कार्यक्रम तथा ‘भक्तपुर हिजो, आज र भोलि’ विषयक प्यानल छलफल गर्ने, भक्तपुरको मौलिकता, सम्पदा, संस्कृति र विकासका सवालमा छलफल गर्ने उहाँले बताउनुभयो । पत्रकार सम्मेलनमा संयोजक प्रभात राईले प्रदर्शनीलाई पुस्तकप्रेमी, विद्यार्थी, लेखक, साहित्यकार तथा सिर्जनात्मक क्षेत्रमा रुचि राख्ने व्यक्तिहरूका लागि साझा मञ्चका रूपमा विकास गर्ने लक्ष्य राखिएको बताउनुभयो । पुस्तक विमोचन तथा लेखक भेटघाट कार्यक्रमले पाठक र सर्जकबीच प्रत्यक्ष संवादको अवसर सिर्जना गर्ने र यसबाट पाठकले लेखकका विचार, सिर्जना र लेखन यात्राबारे जानकारी लिन सक्ने उहाँले बताउनुभयो । तीन दिनसम्म सञ्चालन हुने प्रदर्शनीमा पुस्तक तथा पठन संस्कृतिको विकाससँगै कला, साहित्य र सिर्जनात्मक गतिविधिलाई प्रोत्साहन गर्ने विभिन्न कार्यक्रम समेटिएका छन्। पुस्तक, साहित्य, कला र विचारलाई एउटै मञ्चमा जोड्ने उद्देश्यसहित आयोजना हुन लागेको प्रदर्शनीको अन्तिम दिन समापन कार्यक्रम गरिने आयोजकले जनाएको छ। --- # कार्यवाहक प्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्काद्धारा नेपाल शिक्षक महासङ्घलाई आन्दोलनका कार्यक्रम फिर्ता लिएर वार्तामा आउन आह्वान Source: https://newskunda.com/archives/2961 Category: FEATURED NEWS, अर्थ, जीवन शैली, राजनीति, शिक्षा, समाचार, समाज Last updated: 2023-09-19 काठमाडौँ, २ असोज : कार्यवाहक प्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले संसदमा दर्ता भएको विद्यालय शिक्षासम्बन्धी विधेयकमा संविधान विपरीत नहुने र विद्यमान अर्थतन्त्रले धान्न सक्ने माग समावेश गर्न सकिने बताउनुभएको छ । राष्ट्रिय शिक्षा दिवस, २०८० का अवसरमा आयोजित मूल समारोह समितिको कार्यक्रममा कार्यवाहक प्रधानमन्त्री खड्काले विधेयकमाथि प्राप्त सुझाव र आवाजलाई ध्यान दिएर आफू नेतृत्वको कार्यदलले परिमार्जनसहित जायज माग सम्बोधन गरेरै विधेयक दर्ता गराएको समेत स्पष्ट पार्नुभयो । उहाँले दर्ता भएको विधेकयमा केही कमी भए वार्ता र छलफलबाट सम्बोधन गर्न सकिने पनि बताउनुभयो । उहाँले नेपाल शिक्षक महासङ्घलाई आन्दोलनका कार्यक्रम फिर्ता लिएर वार्तामा आउन समेत आह्वान गर्नुभयो । उहाँले महासङ्घलाई संविधान विपरीत नहुने र विद्यमान अर्थतन्त्रले धन्न सक्ने विषय विधेयकमा मिलाउनका लागि सरकार तत्पर रहेको बताउनुभयो । उहाँले विधेयकमाथि महासङ्घका के कस्ता असन्तुष्टि छन् भन्ने सरकारलाई थाहा नभइए आकस्मिकरुपमा विद्यालय बन्दलगायतका विरोधका कार्यक्रम घोषणा गरेको बताउनुभयो । महासङ्घले यही असोज ३ गतेदेखि विद्यालय बन्दलगायत विरोधका कार्यक्रम घोषणा गरिसकेको छ । कार्यवाहक प्रधानमन्त्री खड्काले चिकित्सा शिक्षा क्षेत्रमा देखिएका समस्याका विषयमा पनि आवश्यक सहजीकरण गर्न प्रधानमन्त्रीको निर्देशनमा काम भइरहेको अवगत गराउनुभयो । उहाँले सरकार संविधानमा मौलिक हकका रुपमा रहेको अनिवार्य र निःशुल्क शिक्षाको कार्यान्वयन गराउन प्रतिबद्ध रहेको स्पष्ट पार्नुभयो । यसको कार्यान्वयनका लागि तीन वटै तहका सरकारबीच उचित समन्वय र सहकार्य जरुरी रहेको उहाँको भनाइ छ । उहाँले पाठ्यक्रममा सुधार र पठनपाठनमा विविधीकरण गरी शिक्षाको पहुँच र गुणस्तर बढाउनुपर्ने उल्लेख गर्दै सरकारले मानव स्रोत विकास योजना बनाइ प्रतिस्पर्धी जनशक्ति तयार गरी रोजगार बजार अनुकूल हुने नीति तर्जुमा गर्ने जानकारी गराउनुभयो । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले मस्यौदा भएको विद्यालय शिक्षासम्बन्धी विधेयक संसद्मा पुगेकाले त्यसलाई थप परिमार्जनका लागि संवाद र वार्ताका माध्यमबाट जानुपर्नेमा जोड दिनुभयो । उहाँले आन्दोलनरत शिक्षक महासङ्घलाई आज दिउँसो ३ बजे वार्तामा बोलाइएकामा महासङ्घले सहभागी नहुने जनाएकामा चिन्ता व्यक्त गर्नुभयो । राष्ट्रसेवक र जिम्मेवार शिक्षक÷कर्मचारीले विद्यार्थीको पढ्न पाउने हकलाई कुण्ठित गर्न नहुने उहाँको भनाइ छ । शिक्षा, विज्ञान तथा प्रविधिराज्य मन्त्री प्रमिला कुमारीले शिक्षा विधेयक पारित भएपछि शिक्षाको मौलिक हक कार्यान्वयनमा सहयोग मिल्ने जनाउनुभयो । कार्यक्रममा उत्कृष्ट विद्यालय, कलेज, शिक्षक, कर्मचारी, प्राध्यापकलगायतलाई पुरस्कार प्रदान गरिएको थियो । --- # कार्यालय प्रमुखमाथि नै रु १२ करोड बेरुजु Source: https://newskunda.com/archives/1640 Category: FEATURED NEWS, अपराध, अर्थ, राजनीति, समाचार Last updated: 2022-08-04 महोत्तरी, १९ साउन : स्थानीय तहमा बेरुजु कहालीलाग्दो देखिँदो छ । महोत्तरीको गौशाला नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्रजङ्ग थापामाथि २०७९ अनुसार रु १२ करोड ४५ लाख २१ हजार बेरुजु रकम देखिएको छ । महालेखा परीक्षकको वार्षिक प्रतिवेदन अनुसार उहाँ माथि सो बेरुजु देखिएको हो । आर्थिक वर्ष २०७६÷७७ को प्रारम्भदेखि उहाँ सो नगरपालिकामा कार्यरत हुनुहुन्छ । २०७६ भदौ १३ गते कार्यालयको जिम्मेवारी सम्हाल्नुभएका थापामाथि बर्सेनि बेरुजु थापिँदै जाँदा आव २०७७÷७८ सम्म रु १२ करोड बेरुजु नाघेको हो । उहाँमाथि देखाइएको बेरुजु रकममध्ये असुल गर्नुपर्ने रु छ करोड ८८ लाख ४७ हजार, प्रमाण कागजात पेस गर्नुपर्ने रु दुई करोड ६० लाख ५० हजार, नियमित गर्नुपर्ने रु ७७ लाख ९० हजार र पेश्की रु दुई करोड १८ लाख ३४ हजार रहेको प्रतिवेदनमा उल्लेख छ । कार्यकारी अधिकृत थापाले खुद तिर्नुपर्ने नै रु छ करोड ८८ लाख ४७ हजार देखिएको प्रतिवेदनले देखाएको छ । प्रतिवेदनले यो बेरुजुमा कार्यालयका लेखा अधिकृत सञ्जीव बराललाई पनि समेटेको छ । प्रमुख प्रशासकीय अधिकृत थापामाथि आव २०७८÷७९ मा बेरुजु रकम अझै बढ्ने बताइएको छ । \कार्यकारी अधिकृत थापाले गौशाला नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको पद सम्हालेयता नगरपालिकामा बर्सेनि बेरुजु रकम थपिँदै गएको हो । महालेखापरीक्षकको वार्षिक प्रतिवेदन २०७९ अनुसार आव २०७७÷७८ सम्ममा नगरपालिकाको गत वर्ष (२०७६÷७७) को रु ४३ करोड तीन लाख ६१ हजार कुल बेरुजु बाँकी देखिएको थियो । पछिल्लो आव २०७७÷७८ को समायोजन र संपरीक्षणबाट फछ्र्यौट एवं वर्षको अन्त्यमा कायम भएको बेरुजुसमेत अद्यावधिक हुँदा बेरुजु रु ४८ करोड ६६ लाख ९९ हजार देखिएको प्रतिवेदनमा उल्लेख छ । --- # कालीगण्डकीको बिजुली भारत निर्यात सुरु, प्रतियुनिट न्यूनतम २.३८ रुपैयाँदेखि १९ रुपैयाँ सम्म Source: https://newskunda.com/archives/1112 Category: FEATURED NEWS, अर्थ, विश्व, समाचार Last updated: 2022-06-04 काठमाडौँ, २१ जेठ : नेपाल विद्युत् प्राधिकरणको स्वामित्वमा रहेको १४४ मेगावाट जडित क्षमताको कालीगण्डकी ए विद्युतगृहबाट उत्पादित विद्युत् भारत निर्यात सुरु हुने भएको छ । नेपाल विद्युत् प्राधिकरणले कालीगण्डकी विद्युत्गृहबाट उत्पादित विद्युत् आज राति १२ बजेदेखि निर्यात सुरु गर्न लागेको हो । प्राधिकरणले विद्युत् भारतीय ऊर्जा एक्सचेञ्ज (आइएक्स)मा बिहीबारदेखि त्रिशूली र देवीघाट जलविद्युत्गृहबाट उत्पादित विद्युत्लाई स्रोत मानी दैनिकरुपमा करिब ३९ मेगावाट विद्युत् निर्यात गरिरहेको छ । कालीगण्डकीको पनि सुरु भएसँगै प्राधिकरणले १७७.७ मेगावाट विद्युत् भारत निर्यात गर्नेछ । कालीगण्डकी ए को १४० मेगावाट, त्रिशूलीको २३.२ मेगावाट र देवीघाटको १४.५ मेगावाट विद्युत् भारत निर्यात हुनेछ । वर्षात्सँगै नदीनालामा पानीको बहाव बढेर विद्युत्गृह पूर्ण क्षमतामा चल्न थालेपछि आन्तरिकरुपमा खपत गरी अतिरिक्त भएको ऊर्जालाई प्राधिकरणले भारत निर्यात गरेको हो । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आज रातिदेखि निर्यात हुने विद्युत्को औसत बिक्री मूल्य प्रतियुनिट ११.२ रुपैयाँ (७ भारु) रहेको बताउनुभयो । “अधिकतम दर प्रतियुनिट १९ रुपैयाँ (१२ भारु), न्यूनतम २.३८ रुपैयाँ (१.४९ भारु) र औसत दर ११.२ रुपैयाँ (७ भारु) छ”, घिसिङले भन्नुभयो । आइएक्समा २४ घण्टालाई १५÷१५ मिनेटको ९६ वटा ब्ल्कमा विभाजन गरी बजारले तय गरेको प्रतिस्पर्धी दरमा विद्युत्को कारोबार गरिन्छ । त्यसैले हरेक ब्ल्कको मूल्य फरकफरक हुने गरेको छ । प्राधिकरणका अनुसार बिहीबार निर्यात गरिएको विद्युत्को अधिकतम र न्यूनतम मूल्य प्रतियुनिट क्रमश: भारु १२ (१९.२ नेरु) र २.४९ (३.९८नेरु) छ । त्यस दिनको औसत मूल्य प्रतियुनिट भारु ६.७२ (१०. ७६ नेरु) छ । यसैगरी, शनिबार प्राधिकरणले अधिकतम प्रतियुनिट मूल्य १९.२ रुपैयाँ (१२ भारु) र न्यूनतम ४.०८ रुपैयाँ (२.५५ भारु)मा विद्युत् बिक्री गरेको छ । औसतम मूल्य ११.४८ रुपैयाँ (७.१८ भारु) रहेको छ । नेपालले भारतीय भारतीय ऊर्जा एक्सचेञ्ज मार्केटमा प्रतिस्पर्धी दरमा ३६४ मेगावाटसम्म विद्युत् बिक्री गर्न अनुमति पाएको छ । --- # किरण थापाको घोषणा : ‘पाँच वर्षसम्म कुनै सेवा सुविधा लिन्न’ सक्षम, सबल, समृद्ध र विकसित सूर्यबिनायकका लागि मेरो उम्मेदवारी Source: https://newskunda.com/archives/437 Category: FEATURED NEWS, अर्थ, समाचार Last updated: 2022-05-01 ### भक्तपुर । सूर्यविनायक नगरपालिका वडा नं. ८ का वडाध्यक्ष भएर यहाँको मुहार फेर्न सफल युवा नेता एवं समाजसेवी किरण थापाले आफूले नगर प्रमुख (मेयर) को टिकट नगरपालिकाबाट पाउँने कुनै पनि सेवा सुबिधा नलिइकन विकासका लागि अहोरात्र खटिने घोषणा गर्नु भएको छ ।यसै क्रममा थापासँग गरेको कुराकानीको अंश प्रस्तुत गरेका छौँ । **तपाई मेयरको उम्मेदवारीको दाबी गर्नु भएको छ, अनि सेवा सुबिधा नलिने घोषणा गर्नु भएको हो ?** सूर्यविनायक नगरपालिकामा एमालेबाट मेयरका उम्मेदवारी दिन मैले वडाध्यक्षबाट राजीनामा दिए । एमालेको कुनै पनि बिरासत भत्किन नदिने र एमालेबाट चुनावमा बिजयी हासिल गरेर मेयरको रुपमा काम गर्दा नगरपालिकाबाट पाउने, गाडी, तेल, तलब, भत्तालगायतका कुनै सेवा सुविधा नलिने मैले घोषणा गरेको छु । **वडाध्यक्ष हुँदा त्यस्ता सेवा सुविधा लिनु भयो कि भएन ?** सूर्यविनायक नपा वडा नं. ८ को वडाध्यक्ष भएर विगत पाँच वर्ष काम गर्दा पनि मैले कुनै सेवा सुविधा लिइन, मैले पाँच वर्षमा पाएको तलब, भत्तावापतको रु. १५ लाख सिपाडोलस्थित गणेश माध्यामिक विद्यालयमा गरिब जेहेन्दार विद्यार्थीका लागि छात्रबृत्ति प्रदान गर्न खडा गरिएको ‘जगतभैरब प्रतिष्ठान’ कोषमा रकम प्रदान गरेको छु । अहिले त्यो कोषमा रु. ३७ लाख जम्मा भइसकेको छ । यो पाँच वर्षको अबधीमा मैले वडाध्यक्ष भएर पाउने पेट्रोल, मोवाइललगायतको सुबिधा समेत लिएको छैन । **आफ्नो वडालाई पाटीृमा बलियो बनाउन के गर्नु भयो र अबको लक्ष्य के छ ?** जनताको प्रत्येक समस्यामा हातेमालो गर्दै भौतिक, आर्थिक र सामाजिक सेवामा अहोरात्र खटिएर सिपाडोलमा वर्षैदेखि रहेका काँग्रेस, माओवादी, नेमकिपा र राप्रपामा रहेका धेरैलाई एमालेमा भित्रयाउदै यस क्षेत्रलाई एमालेको लालकिल्ला बनाउन सफल भएको छु । त्यसलाई पार्टीले पनि मूल्यांकन गर्ला नै । त्यस वडामा पहिला र अहिले पार्टीको अबस्था कहाँ पुग्यो पार्टीका नेताहरुले देख्नु भएकै छ । फेरी विकास, समृद्धि र सामाजिक विकासमा निरन्तर खटिरहने मेरो लक्ष्य हो । नगर प्रमुख भएर जिम्मेवारी सम्हाल्न पाएँ सक्षम, सबल, समृद्ध र विकसित सूर्यबिनायक नगर बनाउने घोषणा मैले गरेको छु । पद प्राप्त गर्नुमात्र मेरो लक्ष्य होइन, मेरो उम्मेदवारी पद र पैसाका लागि हैन, मेरो आफ्नै व्यापार व्यवसायमा म सबल छु, सरकारी पैसाको लोभ मलाई छैन, मेरो एउटै उदेश्य र लक्ष्य छ, सक्षम, सवल, समृद्ध विकसित सूर्यबिनायक नगरपालिका निर्माण गर्ने । नगरको बिकास गर्ने मेरो परिकल्पना साकार पार्ने । यहाँका ऐतिहासिक धरोहरहरुको संरक्षण, धर्म, संस्कार, संस्कृति, यहाँ रहेका मठमन्दिर, जात्रा, परम्पराहरु संरक्षण, पर्यटनको बिकास गर्ने, स्थानीय बासिन्दाको आयस्तर उकास्ने, युवा पुस्तालाई आम्दानीको श्रोतको पहिचान गर्दै उद्योग, व्यवसाय, कृषि र पर्यटनमा लगाउने, गाउँमै उच्च माविसम्मको गुणस्तरीय शिक्षा पुर्याउने, घरदैलोमा स्वास्थ्य सेवाको पहुँच पुर्याउने, सूर्यबिनायकलाई स्मार्ट सिटी बनाउने, खेल मैदान एवं रंगशाला निर्माण गर्ने, भौतिक सम्मुन्नतिसँगै आर्थिक, सांस्कृतिक, धार्मिक परम्पराको सुरक्षा यस्ता धेरै योजनाहरु मसंग छन्, जसलाई साकार पाुर्न छ । वडाध्यक्ष भइरहँदा आफ्नो पार्टींका मात्रै नभई विपक्षी पार्टीमा आबद्ध रहेका कार्यकर्ता र जनताको समेत मन जित्न सफल भएको छु । अब नगर प्रमुख भएर सिंगो नगरवासीको मन जित्दै नगरपालिकाको समग्र विकासमा योगदान गर्ने लक्ष्य मेरो छ । **तपाईका अरु आधार र अनुभव के के छन् ?** म एमाले जिल्ला कमिटिको सदस्य छु । सूर्यविनायक उद्योग वाणिज्य संघको अध्यक्ष, नेपाल तेक्वाण्डो संघ वाग्मति प्रदेशका कोषाध्यक्ष छु । नेपाल रेडक्रस सोसाईटी भक्तपुर जिल्ला शाखाको दुई पटक उपसभापति भएर काम गरेको अनुभव छ । नगरपालिका सामाजिक विकास समितिका संयोजक भएर जनताको बिकासमा अहोरात्र खटिएको छु । आफ्नो जीवनमा हासिल गरेका राजनीतिक, व्यावसायिक र सामाजिक क्षेत्रको अनुभवलाई नगरपालिकाको विकासमा केन्द्रित गर्ने मेरो योजना छ । फेरी मैले उम्मेदवारी दिइरहदाँ एमालेको मात्रै नभई अरु दलको भोट काटेर एमालेमा ल्याउन सक्ने गरि काम गरेको छु । **कोरोना महामारीमा जनताप्रति तपाइको उत्तरदायित्व कस्तो रहयो ?** जतिखेर जनता दुःखमा पर्छन्, त्यतिखेर म जनताको दैलोमा पुग्छु । कोरोना भाइरसको महामारी भएर जनता मर्नु र बाँच्नुको अबस्थामा पुग्दा समस्यामा परेका कोरोना संक्रमितलाई आफ्नै गाडीमा राखेर अस्पताल पुर्याए, घरघरमा अक्सिजनको सिलिण्डरदेखि औषधि पुर्याए, संक्रमितहरुलाई टेलिफोनमै पनि समस्या बुझ्ने दैनिक काम गरे, टोलटोलमा मोवाईल भ्यान मार्फत निःशुल्क पीसीआर परीक्षण गराए, टोल टोलमै लगेर आफ्ना जनतालाई सुरुमै कोरोना भाइरस बिरुद्धको खोप लगाउन सफल भए । विदेशबाट फर्किएका नेपाली नागरिकका लागि बस्ने, खानेसहितको व्यबस्था गर्दै १०० शय्याको क्वारेन्टाइन सञ्चालन गरे,े कोरोना महामारीमा आमनागरिकमा पुर्याएको सेवालाई आज पनि जनताले सम्झिरहेका छन् । म आफैलाई कोरोना संक्रमण भइरहदा पनि जनताको प्रतिको उत्तरदायित्व निर्वाह गर्न चुकिन । लकडाउनमा दैनिक ज्याला मजदुरी गर्नेलाई खाद्यान्न राहत वितरणदेखि जगातीमा निःशुल्क खाना खुवाउने काम गरे । पैदलनै पूव झापासम्मको यात्रा तय गरेका, बच्चा बोकेर पैदल हिडेका महिलादेखि तीनसम्म भोकै भएका हजारौ पैदल यात्रुलाई उद्योगी साथीहरुसंगको समन्वयमा जगातीमा खाना खुवाए । अलपत्र परेका र टाढा जानेहरुलाई गाडीको व्यबस्था गरेर घरसम्म पुर्याउने व्यबस्था गरे । जुन मानवीय सेवा प्रकट गरे, त्यो कार्यको आजपनि कतिपयले फोन गरेर सम्झने गरेका छन् । सिपाडोल क्षेत्र परोपकार संस्थामार्फत पनि लकडाउनमा बटुवाको लागि खानाको व्यबस्था र १५ दिनसम्म भाडाको गाडीको व्यबस्था गरेर गन्तव्यमा पुर्याउने काम गरियो । **शिक्षाको विकासमा तपाईले के के गर्नु भयो ?** शिक्षाको विकासमा पनि मेरो सक्रियता उत्तिकै रहयो । सूर्यविनायक भित्रका सामुदायिक विद्यालयको भौतिक गुणस्तरदेखि शैक्षिक गुणस्तरीय बृद्धि गर्ने, स्थानीय पाठ्यक्रम निर्माणको संयोजन गर्दै पाठ्यक्रम निर्माण गर्न सफल भइयो । वडा नं. ८ सिपाडोलमा कक्षा ११ पढ्न भक्तपुर गएर कोठा लिएर बस्नु पथ्र्यो, अहिले यहाँ चार वटा विद्यालयको भवन बनाउन सफल भए । यहाँको सरस्वती आधारभूत र सन्तकृष्ण आधारभूत विद्यालयमा ८–८ कोठे पक्की भवन निर्माण गराउन सफल भए । डिएपिआइयू र सिएलपिआइयूको रु. सात करोडको लागतमा शान्ति निकेतन माविको सुविधा सम्पन्न आधुनिक भूकम्प प्रतिरोधी २० कोठे भवन निर्माण गरेर केही दिन अगाडि मात्रै पार्टी अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेर सञ्चालनमा ल्याउन सफल भएका छौँ । यहाँ विद्यालयलाई जग्गा मिलाउन मैले कति भूमिका निर्वाह गरे, यहाँका जनताले देखेकै छन् । आज कक्षा १२ सम्म आफ्नै गाउँमा पढ्न पाइने भएको छ । कक्षामा कम्प्युटरदेखि ल्याबसम्मको व्यबस्था छ । यहीँ वडाको गणेश माविलाई १० रोपनी क्षेत्रफलमा ६ करोड ५० लाखको लागतमा २१ कोठे सुबिधा सम्पन्न नयाँ भवन निर्माण कार्य भइरहेको छ । यो नयाँ भवनमा अबको दुई वर्ष भित्र विद्यार्थीले पढ्न पाउँछन् । सबै वडामा नगरका सबै विद्यालयलाई यस्तै बनाउने मेरो लक्ष्य छ । **परोपकारका क्षेत्रमा तपाईको अनुभव कस्तो रहयो ?** परोपकारका धेरै कामहरु गरेको छु । भौतिक रुपमा सिपाडोलमै एउटा भवन निर्माण गराएको छु । सिपाडोलमै सिपाडोल क्षेत्र परोपकार सामुदायीक समाज भवन निर्माण गरियो । यसका लागि नगरपालिकाबाट ५५ लाख र वाग्मति प्रदेशबाट ३० लाखको बजेट व्यबस्था गरेर भवन निर्माण गराएँ । अहिले त्यो भवनले यहाँ सामाजिक कार्यका लागि निकै सहयोग पुगेको छ । **स्वास्थ्यको क्षेत्रमा के गर्नु भयो ?** स्वास्थ्य, शिक्षा, सडक पूर्वाधारबाट निकै पछाडि परेको ठाउँ हो सिपाडोल । अहिले यहाँका प्रत्येक स्वास्थ्य चौकीको स्तरोन्नती गराएको छु । सरकारले उपलब्ध गराएको निःशुल्क पाइने औषधि लगायत अन्य अत्यावश्यक औषधि स्वास्थ्य चौकीमै पाइन्छ । स्वास्थ्य परीक्षणदेखि सबै गुणस्तरीय स्वास्थ्य सेवा गाउँ मै पाउनुले यहाँका जनताले निकै राहत महसुस गरेका छन् । मेरो अथक प्रयासमा र मानीयन महेश बस्नेतको ठूलो प्रयासमा जगातीको इँटा तथा टायल कारखानाको २५ रोपनी क्षेत्रफलमा अहिले सूर्यविनायक नगर अस्पताल सञ्चालनमा ल्याउन सफल भएका छौँ । यसमा सबैको योगदान छ तर अस्पतालको सुरुको क्षणमा जग्गा प्राप्ती गर्न र अस्पतालको फाउण्डेसन बनाउन मैले कति संघर्ष गरेँ, लगानी गरेँ त्यो अस्पतालसँग सम्बन्धित रहेका सबैलाई थाहा भएकै कुरा हो । अहिले यहाँ ५० शैयाको सुबिधा सम्पन्न अस्पताल सञ्चालन गरियो । अब नगर प्रमुख हुन पाए यो अस्पताललाई १०० शय्यामा बिशेषत्र सेवासहितको सुबिधा सम्पन्न अस्ूपतालको रुपमा बिकास गर्ने मेरो लक्ष्य छ । **पर्यटन प्रवद्र्धनको तपाईको योगदान कस्तो रहयो ?** सिपाडोल सबैले हेला गर्ने ठाउँ थियो कुनै दिन । आज सबैले माया गर्ने ठाउँ बनेको छ । यहाँको सुन्दर, शान्त, मनोरम ठाउँलाई मैले पर्यटकीय क्षेत्रका रुपमा बिकास गर्न सफल भएको छु । आज सिपाडोल एक टुक्रा जग्गा किनेर घर बनाउनदेखि एक दिन घुमेर आउँन भनेर घुम्न आउने पर्यटकीय क्षेत्रको रुपमा बिकास भएको छ । पर्यटन प्रबद्र्धनको क्षेत्रमा घ्याम्पे डाँडा, रानीकोट, डोलेश्वर, आशापुरी बोकाचो गढी, मालीगाउँ जस्ता क्षेत्रहरु पर्यटकीय आकर्षणको केन्द्र बनेको छ । निकै ओझेलमा परेको ऐतिहासिक बोकाचो गढीँ, माली गाउँ जस्ता ठाउँहरुमा सडक पूर्वाधार, भ्यू टावरदेखिका पूर्वाधारले पर्यटक तानिरहेको छ । यहाँ आन्तरिक आम्दानीको श्रोत बनिरहेको छ । **सडक, पुल निर्माण कुन चरणमा पुग्यो ?** यहाँका जनताले सोच्नु पनि भएको थिएन, पाँच वर्षको अबधीमा यतिधेरै सडक, पुल निर्माण होला भनेर । सडक पूर्वाधारको बिकासले पनि यहाँको मुहार हासिरहेको छ । सडक पुग्ने कल्पना पनि नगरेका ठाउँमा पर्यटनको बिकासका लागि सडक पुर्याउन म सफल भएँ । रु. ३ करोड ५० लाखको लागतमा घ्याम्पे डाँडाबाट पाटी भञ्याङ, आशापुरी, कुशादेवी ६ किलोमिटर सडक, रु. ५० लाखको लागतमा घ्याम्पेडाँडा रानीकोट सडक, गोरेटो बाटो समेत नभएको ठाडो भीरबाट आउने जाने गर्नु पर्ने पृथ्वी नारायण शाहले भक्तपुर आक्रमण गर्दा बनाएको बङ्कर भएको बोकाचो गढीँ जाने पाटी भञ्याङबाट बोकाचो गढीसम्म जान सडकको नयाँ ट्रयाक खोल्दै नालीसहितको सडक निर्माण गर्न सफल भएको छु । यहीँ सडक बनेपछि यहाँ पर्यटनको बिसका भएको छ । यहाँका लामा बस्तीमा आन्तरिक आम्दानीको श्रोत बनेको छ । त्यस्तै डोलेश्वर, मालीगाउँ काक्राबारी ४ किमि सडक, राजकूलो मात्रै भएको ठाउँमा ६ मिटर चौडा सडकहरु इटबुबाट चुनदेवी २ किमि सडक, लुथाबुपाकुबाट दार्जलिङ हाइट हुदै चुनदेवी जाने २.५ किमि सडक, सूर्यविनाक चोकबाट गणेशमन्दिरसम्म जाने सडक १४ मिटर चौडा गर्न सफल भएको छु । त्यस्तै आदर्शबाट वडा कार्यालय जाने ३ किमि सडक, वाग्मति कोल्डस्टोरबाट बाहिटी हुदै चखुटोल जाने ६.५ किमि सडक, ङागाचाबाट झ्यालीपाटी हुदै भट्टराई टोल जाने ३ किमि सडक, जगातीबाट गणेश माबि हुँदै डोलेश्वर जाने ४ किमि सडक, डोलेश्वरबाट पलाँसे जाने सडक निर्माण गरेको छु । यस्ता अरु पनि धेरै सडक छन् कतिपय निर्माण भइरहेका छन्, कतिपयकालो पत्र भइसके, कतिपय कालोपत्र र ढलान गर्ने चरणमा छौँ । त्यस्तै सिपाडोलमा मात्रै जगाती चँखु खोलामा दुई वटा भद्रबस्तीबाट टार जाने सडकको पुल गरि तीन वटा ठूला पक्की पुल र २ वटा ट्रस पुल निर्माण गरेको छु । **अन्तमा केही भन्न चाहनु हुन्छ ?** पार्टीले पाँच वर्ष अगाडि जुन बिश्वासले मलाई वडाध्यक्षको टिकट दियो । मैले त्यसलाई इमान्दारीताको साथ निर्वाह गर्न सफल भए भन्ने लागेको छ । चुनाबमा गरेको घोषणा पत्र भन्दा चागुणा बढी काम गर्न सफल भएको छु । अब पनि पार्टीको घोषणा पत्रलाई छातीमा राखेर अगाडि बढ्ने हो । मौका पाए सिंगो नगरको बिकासमा फड्को मारेर देखाउने छु । पार्टी, संगठनको बिकास, युवा नेतृत्व हस्तान्तरणमा पनि म सफल भएको छ । अहिलेको सत्ता गठबन्धनको चुनौतीलाई चिर्न सितिमितिले सक्दैन । मलाई लाग्छ, त्यो दलीय गठबन्धनको चुनौतीलाई चिरेर नगर प्रमुख मात्रै होइन उपप्रमुखसहित सबै वडामा एमालेलाई विजयी गराउने पार्टीको लक्ष्यलाई मैले पूर्णता दिन सक्छु । --- # कुमारी आमा निहारिकाको बच्चा र श्रेष्ठको डिएनए परीक्षण गर्न उच्च अदालतको आदेश Source: https://newskunda.com/archives/1753 Category: FEATURED NEWS, अपराध, समाचार, समाज Last updated: 2022-08-24 काठमाडौं, ८ भदौ : उच्च अदालत जनकपुरले कुमारी आमा महोत्तरी जलेश्वरकी निहारिका सिंह राजपुतको बच्चा र शिवराज श्रेष्ठको डिएनए परीक्षण गर्न आदेश दिएको छ । न्यायाधीश भोजराज अधिकारी र रेखा थापा पाण्डेको संयुक्त इजलासले आज यस्तो आदेश दिएको हो । निहारिकाले लामो समयदेखि आफ्नो छोराको अधिकारका लागि डिएनए परीक्षण माग गर्दै आउनुभएको थियो । जिल्ला अदालत धनुषाले आरोपित शिवराजलाई निर्दोष ठहर गर्दै सफाइ दिएपछि निहारिकाले उच्च अदालतमा पुनरावेदन गर्नुभएको हो । गत माघ २४ गते जिल्ला अदालतको न्यायाधीश पर्शुराम भट्टराईको एकल इजलासले शिवराजलाई सफाइ दिएको थियो । सरकारी वकिल कार्यालय एवं जाहेरीवालाको तर्फबाट योदुनाथ शर्मा, मीरा ढुङ्गाना, वरिष्ठ अधिवक्ता सुनिता रेग्मी, शान्ति काफ्ले र रिङ्कुकुमारी यादवले बहस गरेका थिए । प्रतिवादी शिवराज श्रेष्ठको तर्फबाट श्याम मिश्रले बहस गर्नुभएको थियो । निहारिकाको नामबाट २०७६ माघ १९ गते ‘नारी अस्मिताको रक्षा गरी जीवनरक्षा गरी पाउ’ र सोही वर्ष फागुन ११ गते ‘हकअधिकार दिलाइ पाउँ’ भनी जिल्ला प्रहरी कार्यालय धनुषामा निवेदन परेको थियो । निवेदनमा जाहेरीवाला र प्रतिवादी श्रीमान् श्रीमती भनी उल्लेख थियो । सोही आधारमा जिल्ला अदालत धनुषाले २०७८ माघ २४ गते जबर्जस्ती करणी नभएको फैसला सुनाएको थियो । जिल्ला अदालतको फैसलाबाट चित्त नबुझेको भन्दै निहारिकाले २०७८ फागुनमा उच्च अदालत जनकपुरमा पुनरावेदन दिनुभएको थियो । उच्च अदालतले तोकिएको पेसी सुनुवाइ नगरेको र प्रतिवादीसँग अदालत मिलेको भन्दै निहारिकाले काठमाडौँमा दोस्रोपटक आमरण अनशन सुरु गर्नुभएको थियो । अनशनकै क्रममा निहारिकाले राष्ट्रपति भवन अगाडि आत्मदाह गर्ने प्रयास गरेपछि मुद्दा फास्ट्र्याकमा अघि बढेको थियो । प्रहरीले आरोपित शिवराज श्रेष्ठलाई यसअघि नै पक्राउ गरिसकेको थियो । हाल उनलाई अभद्र व्यवहारको मुद्दामा म्याद थप गरेर थुनामा राखिएको छ । ––– --- # कृषिलाई आधुनिकीकरण गर्न एक खर्ब ४० अर्बको परियोजना लागू गर्दै Source: https://newskunda.com/archives/5184 Category: FEATURED NEWS, अर्थ, समाचार, समाज Last updated: 2026-10-27 काठमाडौँ, १० कात्तिक । राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम दोस्रो चरणमा सञ्चालन गर्न रु एक खर्ब ४० अर्बको परियोजना तयार गरिएको छ । परियोजनामा कृषि तथा पशुपालन क्षेत्रमा व्यावसायिक उत्पादन, पूर्वाधार विकास, कृषकलाई तालिम, कृषि उत्पादन वृद्धि, अनुदान वितरणलगायत योजना समावेश गरिएको हो । किसानको आय वृद्धि तथा कृषिमा आधुनिकीकरण गरी कृषि क्षेत्रमा रोजगारी सिर्जना गरी देशलाई कृषि वस्तु उत्पादनमा आत्मनिर्भर बनाउने रणनीति लिइएको परियोजनामा विगतका अनुभव, सिकाइ र प्रगतिलाई अवलम्बन गरिएको छ । आगामी आर्थिक वर्षमा सञ्चालन गरिने उक्त परियोजना सफल कार्यान्वयनका लागि बहुपक्षीय सरोकारवालासँग समीक्षा गरिएको कार्यक्रम व्यवस्थापन एकाइका सूचना अधिकारी जितबहादुर चन्दले जानकारी दिनुभयो । सरकारले करिब एक दशकसम्म सञ्चालन गरेको पहिलो चरणको कार्यक्रममा २३ लाख ८३ हजार रोजगारी सिर्जना भएको जनाइएको छ । आव २०७३र७४ मा सुरू भएको कार्यक्रमका लागि रु ५६ अर्ब ३५ करोड विनियोजन गरिएको थियो । आव २०८२र०८३ मा सम्पन्न भएको कार्यक्रममा सरकारको लगानीमा सञ्चालित कृषि उत्पादन वृद्धि र आधुनिकीकरण गर्ने बृहत् राष्ट्रिय कार्यक्रमअन्तर्गत रु ३९ अर्ब ५८ करोड खर्च गरेको उहाँले जानकारी दिनुभयो । देशका सबै प्रदेशअन्तर्गत जिल्लास्थित कृषि तथा पशु सेवासँग सम्बन्धित कार्यालयबाट ब्लक विकास कार्यक्रम र ७५३ वटा स्थानीय तहबाट पकेट विकास कार्यक्रम सञ्चालन गरिएको थियो । देशभर २१ वटा सुपरजोन, ३०० वटा जोन, एक हजार ५०० वटा ब्लक र एक हजार ५०० वटा पकेटहरू स्थापना गरिएको उक्त कार्यक्रमअन्तर्गत साना व्यावसायिक कृषि उत्पादन केन्द्र ९पकेट० विकास कार्यक्रम, व्यावसायिक कृषि उत्पादन केन्द्र ९ब्लक० विकास कार्यक्रम, व्यावसायिक कृषि उत्पादन तथा प्रशोधन केन्द्र ९जोन० विकास कार्यक्रम र बृहत्तर व्यावसायिक कृषि उत्पादन तथा औद्योगिक केन्द्र ९सुपरजोन० क्षेत्र स्थापना गरिएको हो । किसानको उत्पादनको सहज बिक्री वितरणका लागि अग्रिम रूपमा कृषि उपज खरिद गर्ने नीति लिइएको उक्त कार्यक्रम प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका रूपमा सुरुमा आएको थियो, जसलाई पछि परिवर्तन गरेर राष्ट्रिय कृषि आधुनिकरण कार्यक्रम बनाइएको हो । --- # कृष्ण जन्माष्टमी महोत्सवमा ईजि वे ट्रायलको दिनभर सहयोग Source: https://newskunda.com/archives/1732 Category: FEATURED NEWS, समाचार, समाज Last updated: 2022-08-19 भक्तपुर, ३ भदौ । श्रीकृष्ण जन्माष्टमीको दिन आज बिहानैदेखि श्यामा श्यामा धाम राधे राधेस्थित भक्ति मन्दिरमा कृष्ण जन्माष्टमी महोत्सवमा मन्दिर आउने भक्तजनहरुका लागि बिहानैदेखि ईजि वे ट्रायल सेन्टर, भक्तपुरले भक्तजनहरुलाई सहयोग गरेको छ । सवारी अनुमति पत्रको प्रयोगात्मक परीक्षा सञ्चालन गर्ने स्थानमा श्यामा श्यामा धाम राधे राधेमा आउने भक्तजनको सवारी पार्किङ्, जुत्ता चप्पलको सुरक्षा गर्नदेखि भक्तजनलाई खानेपानी र जुसको व्यबस्थापनदेखि स्वयंसेवक परिचालन गरेको इजि वे ट्रायल सेन्टरका प्रबन्ध निर्देशक निर्भयबाबु प्रसाईले जानकारी दिनु भयो । उहाँले हरेक वर्ष श्रीकृष्ण जन्माष्टमीको दिन ईजि वे ट्रायल सेन्टरले सहयोग गर्दै आएको र यस वर्ष पनि बिहानैदेखि रातीसम्म त्यसैलाई निरन्तरता दिएको बताउनु भयो । भक्तजनलाई मन्दिर प्रवेशका लागि जुत्ता खोल्ने ठाउँदेखिनै रातो कार्पेट बिछ्याएर प्रवेश गराईएको थियो । श्यामा श्यामा धाम राधे रोधका आजिवन सदस्य, साधिका एवं जिल्ला समन्वय समिति भक्तपुरकी सदस्य बिनु केसीले आज दिनभर भक्तजनको आगमन भएको बताउदै इजि वे ट्रायल सेन्टरको सहयोगले धेरै भक्तजनलाई धेरै सजिलो भएको बताउनु भयो । श्री राधा माधव समितिका केन्द्रीय सदस्य एवं सञ्चार प्रतिनिधि राजेन्द्र सिग्देलले यसवर्ष बिहानैदेखि मेला भर्न सरत्संगी एवं अन्य भक्तजनहरु लामबद्ध भएर पूजा गर्नु भएको बताउदै आज राती १२ बजेसम्म नै श्यामा श्यामा धाममा बिभिन्न पूजन कार्यक्रमहरु हुने बताउनु भयो । विगतका वर्षहरुमा एकैदिन १० हजार भन्दा बढीले दर्शन गरेपनि यसवर्ष भने त्यो संख्या बढ्ने उहाँले बताउनु भयो । समितिले सत्संगीका लागि दिनभर साधना गर्ने, श्रीकृष्णको महाभोग गर्ने, श्रीकृष्णलाई अभिषेक गर्ने र साँझ पाँच बजे महाआरती गर्ने, कृष्णलाई माखन अर्पण गर्ने, दिनभर कृष्णलीला प्रस्तुत गर्ने र मध्यराती १२ बजे जन्माष्टमी महोत्वस सम्पन्न गर्ने बताउनु भयो । विष्णुको आठौं अवतारको रूपमा श्री कृष्णको जन्मदिन आज देशभर मनाउने गरिन्छ । कृष्णा जन्माष्टमीमा हिन्दूहरूले भगवान श्री कृष्णको पूजा–आराधना गरी श्रद्धा–भक्तिपूर्वक मनाउँछन् । ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान श्रीकृष्णको जन्म द्वापरयुगमा हिन्दू पञ्चाङ्ग अनुसार भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले आजको दिनलाई श्रीकृष्ण जन्माष्टमी र रातलाई मोहरात्री पनि भन्ने गरिन्छ । जन्माष्टमीका दिन देशभरका कृष्ण मन्दिरहरूमा भगवान् श्रीकृष्णको पूजा–आराधना, प्रवचन, भजन–कीर्तन गर्नुका साथै विशेषगरी महिलाहरू व्रत बसी रातभर जाग्राम बस्ने चलन छ । --- # केदारनाथको शीर डोलेश्वरमा श्रावणी मेलाको तयारी पुरा Source: https://newskunda.com/archives/2846 Category: FEATURED NEWS, अर्थ, धर्म/संस्कृति, राजनीति, समाचार, समाज Last updated: 2023-07-16 भक्तपुर, ३१ असार : भक्तपुरको सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित प्रसिद्ध केदारनाथको शिर डोलेश्वर महादेव मन्दिरमा साउन १ गतेदेखि लाग्ने श्रावणी मेलाको अन्तिम तयारी पुरा भएको छ । केदारनाथको शिर डोलेश्वर महादेव मन्दिर संरक्षण तथा विकास समितिले मेलाबारे जानकारी दिन आज आयोजना गरेको पत्रकार सम्मेलनमा समितिका अध्यक्ष धर्मराज थापाले हरेक वर्ष झैं यसवर्ष पनि श्रावण १ गतेदेखि भदौ ६ गतेसम्म लाग्ने ३५ दिने श्रावणी मेलाको अन्तिम तयारी पुरा भएको बताउनु भयो । मेला अवधीभर करिब दुई लाख स्वदेशी तथा भारतीय पर्यटकको आगमन हुने अनुमान गरिएको जानकारी दिदै उहाँले श्रावणी मेलामा शनिवार र सोमबार दर्शनार्थीको अत्याधिक घुईचो हुने भएपनि लाइन बसेको एकघण्टा भित्र दर्शन एवं पूजा गरिसक्ने गरि व्यबस्थापन गरेको उहाँले बताउनुभयो । उहाँले विगतका वर्षहरुमा धर्मावलम्बीहरुबाट संकलन भएको भेटी तथा चन्दाबाट श्रावणी मेलामा खर्च कटाएर करिब ५० लाख वचत गर्दै आएकोमा अहिले भारतीय पर्यटकको समेत आगमन बढेकाले यसवर्ष भेटी तथा चन्दा गरेर एक करोड २५ लाख संकलन हुने अपेक्षा गरिएको अध्यक्ष बस्नेतले बताउनु भयो । पञ्चस्नान गर्ने दर्शनार्थीको हकमा भने पञ्चसनानका सामग्रीहरुको रु. ११ सय रुपैयाको रसिद काटेर मन्दिरको पूर्वी ढोकाबाट दर्शन गर्न सक्ने व्यबस्था गरिएको उहाँको भनाइ छ । पत्रकार सम्मेलनमा समितिका महासचिव हरिशरण बस्नेतले श्रावण १ गते सोमबार बिहान स्थानीय पौखेलस्थित चन्द्रविनायक मन्दिरबाट कलश यात्रा गरी मेलाको शुभारम्भ गरिने बताउनु भयो । उहाँले २ गतेदेखी ८ गतेसम्म पण्डित जनार्दन पौडेलबाट शिव पुराण कथा वाचन, ९ गतेदेखी १५ गतेसम्म पण्डित उद्धव नारायण बास्कोटा शास्त्रीबाट पुरुषोत्तम महात्म्य वाचन, १६ गतेदेखी २२ गतेसम्म पण्डित राघव अर्यालबाट श्रीमद् भागवत महापुराण वाचन, २३ गतेदेखी २७ गतेसम्म पण्डित बालकृष्ण अर्यालबाट विभिन्न धार्मिक प्रवचन, २८ गतेदेखी भदौ ५ गतेसम्म विभिन्न गुरुहरुबाट धार्मिक प्रवचनका साथै कलाकारहरुबाट भजन किर्तन हुने बताउनु भयो । २०६६ साल भदौ यस मन्दिरलाई केदारनाथको शीर घोषणा गरेको दिनकोृ अवसरमा भदौ ६ गते विशेष कार्यक्रमका साथ मेलाको समापन गरिने छ । डोलेश्वर महादेवलाई वि. सं. २०६६ भाद्र ६ गते केदारनाथको शिर भएको घोषणा गरिएको थियो । सोही अवसरमा प्रत्येक वर्ष भाद्र ६ गते डोलेश्वरको विशेष पुजाका साथै विविध कार्यक्रम र श्रावणी मेलाको समापन समारोह हुँदैं आएको छ । मेला अबधीभर स्वयंसेवक परिचालन गरिने, स्वास्थ्य शिविर एवं हेल्थ डेक्सको व्यबस्था गरिने भएको छ । कार्यक्रममा सूर्यविनायक नगरपालिका–८ का वडाअध्यक्ष पुष्पराज बस्नेतले डोलेश्वर मन्दिर धार्मिकसंगै पर्यटकीय गन्तव्यको रुपमा समेत बिकास गर्दै गएको बताउदै नगरपालिकाले यहाँका शिवालयहरुलाई समेटेर शिव सर्किटको निर्माण सुरु गरेको बताउनुभयो । डोलेश्वर क्षेत्र धार्मिक पर्यटकीय दृष्टिकोणले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा समेत ख्याति कमाउन थालेको बताउदै स्थानीयस्तर र यहाँको जनतासँग जाडेर यहाँको आर्थिक विकासका लागि समेत नगरपालिका र वडा कार्यालयले कार्यक्रम अगाडि बढाएको बताउनु भयो । श्रावणी मेलामा शान्ति सुरक्षाका लागि सुरक्षाकर्मी परिचालन हुने र दर्शनार्थीको आवतजावतका लागि यातायातको सहज व्यबसथा गरिएको बताउनुभयो । मेलाका लागि नेपाली सेनाको ईन्द्र बक्स गण सुर्यविनायक, नेपाल प्रहरी, सामुदायीक बन उपभोक्ता महासंघ भक्तपुर, संघ संस्था एवं स्थानीय बासिन्दा लगाएको सहभागितामा डोलेश्वर मन्दिर परिसरको सरसफाई गर्ने कार्य र मन्दिरलाई सिंगार्ने कार्य सम्पन्न भएको छ । सूर्यविनायक नगरपालिकाको सहयोगमा निर्माण भएको मुलद्वारको समेत भोली उद्घाटन गरिने भएको छ । मूल मन्दिरको पिलरदेखि छानोसमेत तामाको राखिएको, कुनै अवान्छित कार्य नहोस भनेर सीसी टिभी थप गरिएको छ । --- # कोजाग्रत पूर्णिमाको दिन राष्ट्रपतिद्वारा पौडेलद्धारा नवदुर्गाको विशेष पुजा तथा प्रसाद ग्रहण Source: https://newskunda.com/archives/5080 Category: FEATURED NEWS, अर्थ, धर्म/संस्कृति, राजनीति, समाचार, समाज Last updated: 2026-10-25 भक्तपुर, ८ कात्तिक : बडादसैँको अन्तिम दिन कोजाग्रत पूर्णिमाको अवसरमा आज राष्ट्रपति रामचन्द्र पौडेलले भक्तपुरको नवदुर्गा मन्दिरमा सरिक भई नवदुर्गा भवानीको पूजाअर्चना गरि टीका प्रसाद ग्रहण गर्नुभएको छ । प्रथम महिला सविता पौडेलसहित राष्ट्रप्रमुखका रूपमा नवदुर्गा मन्दिरमा दिउँसो ३ बजेर ७ मिनेटमा पुग्नु भएका राष्ट्रपति पौडेलले नवदुर्गाको विशेष पुजा गरि ३ः३० बजे फर्कनु भएको हो । राष्ट्रपति पौडेललाई रमेश कर्माचार्यले नवदुर्गाको संकल्प पूजा गराउनु भएको थियो । राष्ट्रपति पौडेलले नवदुर्गा देवगणका मूर्ति अवलोकन गरी दर्शन गर्नुभएको थियो । नवदुर्गाका मूल नाइके ईन्द्रबहादुर बनमालाले नवदुर्गाको प्रसाद स्वरुप प्रदान गर्नु भएको नवदुर्गा भवानीको जमरा एवं टीका प्रसाद, फूलमाला, बिमिरो र पञ्चरङ्गी धागो उहाँले ग्रहण गर्नु भएको थियो । नवदुर्गाका २८ जना देवगण, पुजारी तथा तलेजुका मूल नाइकेलाई राष्ट्रपति पौडेलले दक्षिणा प्रदान गर्नुभयो । राष्ट्रपति पौडेललेलाई वागमति प्रदेशका मुख्यमन्त्री किरण थापा मगर, प्रदेशका उद्योग, पर्यटन, श्रम तथा यातायात मन्त्री राजेन्द्र प्रजापति, भक्तपुर क्षेत्र नं. १ का संघीय सांसद रुकेश रंजित, गंगालक्ष्मी अवाल, प्रमुख जिल्ला अधिकारी विनोद बहादुर खड्कालगायत जिल्लाका सुरक्षा निकायका प्रमुखहरु, गुठी संस्थान कार्यालय भक्तपुरका प्रमुख लगायत विभिन्न व्यक्तिहरुले स्वागत गर्नु भएको थियो । **एक लाख नगद सहित सम्मान :** वागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले भक्तपुरको नवदुर्गा देवगण जात्रा तथा मन्दिर व्यबस्थापन संस्थालाई वागमती प्रदेश सरकारको तर्फबाट रु. एक लाख नगद प्रदा गर्नु भयो । सम्मान पत्र राष्ट्रपति पौडेलले समितिलाई हस्तान्तरण गर्नुभयो । नवदुर्गा जात्रा सञ्चालनका लागि हरेक वर्ष आर्थिक कठिनाई हुदै आएको अबस्थामा अब प्रदेश सरकारले उद्योग तथा पर्यटन मन्त्रालय अन्तर्गत एक लाख रुपैयाँ सहित सम्मान गरेको मुख्यमन्त्री थापा मगरले बताउनुभयो । नवदुर्गा जात्रा संरक्षणका लागि प्रदेश सरकारले आवश्यक सहयोग गर्ने उहाँले बताउनुभयो । २०४५ सालमा भूकम्प आएपछि दैवीप्रकोपको घट्नाले देश र जनताको हित एवं कल्याणका निमित्त तत्कालिन राष्ट्रप्रमुख यो पूजा अर्चनालाई निरन्तरता दिन थालेको नवदुर्गा मन्दिर व्यबस्थापन समितिका सल्लाहकार नारायणप्रसाद बनमालाले जानकारी दिनुभयो । नवदुर्गा अन्तर्गत ब्रम्हायणी, महेश्वरी, कुमारी, वैष्णवी, बाराही, महाकाली, महालक्ष्मी, त्रिपुरासुन्दरी र भद्रकालीको पूजा गरिन्छ । --- # कोठी सञ्चालक सोनाम पक्राउ Source: https://newskunda.com/archives/2717 Category: FEATURED NEWS, अर्थ, राजनीति, समाचार, समाज Last updated: 2023-04-12 त्रिशूली, २९ चैत : आकर्षक रोजगारीमा लगाइदिन्छु भन्दै नेपालबाट दलालमार्फत पु¥याइएका महिलालाई खरिद गरेर यौन व्यवसायमा लगाउने मुख्य व्यक्तिलाई नुवाकोट प्रहरीले पक्राउ गरेको छ । नेपालबाट महिलालाई ललाइफकाई भारतमा पु¥याउने दलाल पक्राउ परेको छ वर्षपछि भारतमा कोठी सञ्चालन गर्दै आएकी सोनाम भन्ने हेरिङडोल्मा तामाङलाई नुवाकोट प्रहरीले विदुरबाट पक्राउ गरेको हो । नुवाकोटको शिवपुरी गाउँपालिका–१ तलाखु निवासी ४० वर्षीया उनलाई भारतबाट नेपाल आएको समयमा काठमाडौँबाट रसुवा जाँदै गर्दा पीडितले दिएको सूचनाका आधारमा शनिबार पक्राउ गरिएको नुवाकोट जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले जानकारी दिनुभयो । उहाँका अनुसार ती महिलालाई मानव बेचबिखन तथा ओसारपसार मुद्दामा सोमबार नुवाकोट जिल्ला अदालतबाट सात दिनको म्याद लिएर अनुसन्धान थालिएको छ । उनीमाथि मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐनअनुसार पीडितले दिएको उजुरीमा हदैसम्म (सर्वस्वसहित)को कारबाहीको माग गरिएको छ । “दलालले विवाह गर्नेदेखि रोजगारमा लगाइदिने भनेर झुटो आश्वासन दिई भारतको कोठीमा पुगेका पीडित दुई महिलाले दिएको उजुरीका आधारमा कोठी सञ्चालन गर्दै आएकी सोनामलाई पक्राउ गरेका छौँ”, प्रनाउ खड्काले भन्नुभयो, “नेपाली महिलालाई भारत लैजाने दलाल कुमार तामाङलाई यसअघि नै २० वर्षको कैद फैसला भइसकेको छ भने उक्त अपराधमा जोडिएकी सोनामलाई थप अन्य पीडितले सोमबार दिएको जाहेरीका आधारमा अनुसन्धान भइरहेको छ ।” प्रहरीका अनुसार सोनामले भारतको जेबीरोडमा कोठी नं ६८ सञ्चालन गर्दै आइरहेकी छिन् । त्यहाँ उनले विभिन्न दलालमार्फत बालिका तथा महिलालाई खरिद गरेर यौन व्यवसायमा लगाउने गरेको देखिएको छ । उनलाई नेपालबाट त्यहाँसम्म बालिका तथा महिला पु¥याउने थप व्यक्तिलाई प्रहरीले खोजी गरिरहेको जनाइएको छ । नुवाकोट र काभ्रेका एक–एक महिलालाई उनले जनही पाँच लाख भारतीय रुपैयाँमा खरिद गरेर त्यहाँ यौन व्यवसायमा लगाएको पीडितले दिएको जाहेरी र प्रहरीको प्रारम्भिक अनुसन्धानमा देखिएको छ । ती पीडित महिलालाई सिन्धुपाल्चोक जिल्लाको साविक राम्चे गाविस–१ का कुमारले बिक्री गर्न भारत पु¥याएका थिए । काभ्रेका किशोरीलाई विसंं २०७३ वैशाखमा भारतमा फेसन डिजाइनरमा रोजगार लगाइने भनेर लगिएको थियो भने नुवाकोटकी महिलालाई भारतमा गएर बिहे गर्ने र उता आफैँले होटल सञ्चालन गर्ने भनेर लगिएको पीडितले दिएको जाहेरीमा उल्लेख छ । “फरक–फरक समयमा भारतको कोठीमा पुगेका ती दुई महिला विसं २०७३ कात्तिक २५ गते भागेर नेपाल आएपछि उनीहरूले न्यायका लागि गरेको प्रयासमा सफलता मिलेको छ”, प्रनाउ खड्काले भन्नुभयो, “कोठी सञ्चालक सोनामलाई यसअघि कुमारसँगको मुद्दामा पूरक अभियोग बनाइएको थियो भने अहिले पीडितले उनलाई नै मुख्य प्रतिवादी बनाएर जाहेरी दिएका छन् ।” नुवाकोटको पीडित महिलाले दिएको जाहेरीको आधारमा पक्राउ परेका सिन्धुपाल्चोकका कुमारलाई नुवाकोट जिल्ला अदालतले विसं २०७५ मङ्सिर १४ मा २० वर्षको कैद सजाय तोकेको थियो । कैद सजाय तोक्ने समयमा उनी ३५ वर्षका थिए । अदालतको फैसलाअनुसार कुमार विसं २०९४ मङ्सिर १४ सम्म कैद बस्नुपर्नेछ भने पीडितलाई रु ५० हजार क्षतिपूर्ति तिर्नुपर्ने तत्कालीन जिल्ला न्यायाधीश ऋषिकेश वाग्लेले गर्नुभएको फैसलामा उल्लेख थियो । पीडित ती महिलालाई दलालमार्फत खरिद गरेर कोठी सञ्चालन गर्दै आएकी सोनाम उक्त मुद्दामा पूरक अभियुक्त बनाइएकामा अहिले नुवाकोटसहित काभ्रेका महिलाले आफूलाई खरिद गरेर यौन व्यवसायमा लगाउने प्रमुख व्यक्ति (प्रतिवादी) भनेर दिएको किटानी जाहेरीका आधारमा प्रहरीले थप अनुसन्धान अघि बढाएको हो । पीडितको बयान, उनको फोन तथा सामाजिक सञ्जालको सम्पर्कमा उनीले खरिद गरेका दसभन्दा बढी किशोरी तथा बयस्क महिला हालसम्म पनि सम्पर्कविहीन छन् । उनीहरू पनि सोही अपराधमा पीडित भएको हुनसक्ने प्रहरीको अनुमान छ । ––– --- # कोरोना सङ्क्रमणलाई बेवास्ता नगर्न आग्रह Source: https://newskunda.com/archives/2684 Category: FEATURED NEWS, समाचार, समाज, स्वास्थ्य Last updated: 2023-03-28 काठमाडौँ, १४ चैत : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड–१९ सङ्क्रमणलाई रुघाखोकी भनेर बेवास्ता नगर्न आग्रह गरेको छ । मन्त्रालयले सूचना जारी गर्दै अहिले कोरोना भाइरस सङ्क्रमण र रुघाखोकीको लक्षण मिल्दाजुल्दा देखिएकाले सङ्क्रमणलाई रुघाखोकी भनेर बेवास्ता नगर्न आग्रह गरेको हो । मन्त्रालयले ज्वरो आउने, खोकी लाग्ने, हाच्छिउँ आउने, नाकबाट सिँगान बग्ने, टाउको दुख्ने, घाँटी दुख्ने वा खसखस हुने, गन्ध थाहा नहुने, थकान महसुस हुनेजस्ता रुघाखोकीका लक्षण देखिए भने कोरोना भाइरसको परीक्षण गराउन आग्रह गरेको छ । भारतको उत्तरप्रदेशमा कोरोना भाइरसको सङ्क्रमण बढेसँगै नेपालमा पनि कोरोना भाइरसको सङ्क्रमण ह्वात्तै बढेको छ । आज एक हजार चार सय २९ मा कोरोना परीक्षण गर्दा २४ जनामा पुष्टि भएको छ । हिजो (चैत १३ गते) एक हजार दुई सय ६६ मा गरिएको परीक्षणमा ६९ जनामा सङ्क्रमण देखिएको थियो । यसअघि चैत १२ गते १६ जना र चैत ९ गते १७ जनामा सङ्क्रमण देखिएको थियो । अहिले सक्रिय सङ्क्रमितको सङ्ख्या ७८ पुगेको छ । मन्त्रालयले कोरोना भाइरसको रोकथाम र नियन्त्रणका लागि अतिरिक्त मात्रा (बुस्टर डोज) सबैलाई लगाउन निर्देशन दिएको छ । --- # कोरोनाको सङ्क्रमणको चौथो लहरको त्रास Source: https://newskunda.com/archives/1629 Category: FEATURED NEWS, राजनीति, समाचार, समाज, स्वास्थ्य Last updated: 2022-08-04 काठमाडौँ, १९ साउन : नेपालमा चार जनामा घटेको सङ्क्रमण अहिले दैनिक करिब एक हजारको नजिक देखिन थालेको छ । पछिल्लो हप्ता नेपालमा दैनिक सङ्क्रमण बढ्दै गएको पुष्टि हुन्छ । छिमेकी मुलुक भारतमा कोरोना भाइरसको सङ्क्रमण बढेसँगै नेपालमा पनि यसको प्रभाव देखिन थालेपछि नेपालमा सङ्क्रमण बढ्न थालेको हो । खुला सीमाका कारण भारतबाट सजिलै नेपाल आउने भएपछि सङ्क्रमण बढ्न थालेको बताइएको छ । नेपालमा पनि ओमिक्रोनको ‘विएफाइभ’ प्रजाति देखिएको र उक्त प्रजातिको सङ्क्रमणको सर्ने दर उच्च रहेकाले पनि अहिले नेपालमा सङ्क्रमण बढिरहेको छ । पहिले यहाँ सङ्क्रमणदर ०.५ प्रतिशतसम्म झरेकामा अहिले १५ प्रतिशतभन्दा माथि पुगेको छ । साउन १८ गते नौ सय १५ सङ्क्रमित, साउन १७ गते आठ सय १४, साउन १६ गते आठ सय ९५ सङ्क्रमित र एक जनाको निधन भएको छ । यस्तै साउन १५ गते छ सय २०, साउन १४ गते चार सय ३८ र दुई जनाको मृत्यु, साउन १३ गते पाँच सय ७७ जना र दुई जनाको मृत्यु, साउन १२ गते सात सय १० र दुई जनाको मृत्यु, साउन ११ गते पाँच सय ६४ र एक जनाको मृत्यु, साउन १० गते छ सय ३८ र दुई जनाको मृत्यु भएको छ । यसरी सङ्क्रमण दैनिक बढेर हजारको नजिक पुग्न थालेको छ । दैनिक सङ्क्रमण बढिरहेकाले नेपालमा कतै सङ्क्रमणको चौथो लहर आएको त होइन भन्ने लागेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले सङ्क्रमणको लहर ग्राफले देखाउने गरेको र अहिले देखिएको सङ्क्रमणको ग्राफले अर्को लहरको सङ्केत गरेको बताउनुभयो । सरकारले आधिकारिकरूपमा सङ्क्रमणको चौथो लहर भन्ने नगरेको र सङ्क्रमणको ग्राफले नै लहर बताउने गरेको उहाँको भनाइ रहेको छ । “हामीले पहिले पनि ग्राफ बढे पनि सङ्क्रमणको लहर भनेको थिएनाँै । अहिले पनि हामी भन्दैनौँ”, उहाँले भन्नुभयो, “तर अहिले सङ्क्रमणको ग्राफले आफैँ अर्को लहर देखाएको छ ।” स्वास्थ्य सेवा विभागको इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका वरिष्ठ स्वास्थ्य प्रशासक डा खगेश्वर गेलालले अहिले दैनिक बढिरहेको सङ्क्रमणले चौथो लहरको सङ्केत गरेको बताउनुहुन्छ । “सरकारले आधिकारिकरूपमा चौथो लहर भन्ने गरेको छैन । तर अहिले दैनिक हजारको सङ्ख्याले सङ्क्रमणको चौथो लहरको सङ्केत गरेको छ”, उहाँले भन्नुभयो, “यदि यसैगरी सङ्क्रमण बढ्न थाल्यो भने चौथो लहर नआउला भन्न सकिन्न ।” उहाँले सङ्क्रमण साउन र भदौमा धेरै माथि (पिक)मा पुग्ने र त्यसपछि घट्ने बताउनुहुन्छ । खुला सीमा भएकाले दैनिक सीमानाकाबाट आउने मानिसमा सङ्क्रमण देखिने गरेको छ । ती मानिसहरूले नै सङ्क्रमण सारिरहेका छन् । जनस्वास्थ्यविद् डा सागरराज भण्डारीले साउनदेखि नै कोरोना भाइरस सङ्क्रमणको चौथो लहर सुरु भएको बताउनुहुन्छ । “सङ्क्रमणको पाँच प्रतिशतभन्दा माथि भयो भने अर्को लहर आएको भन्ने हुन्छ”, उहाँले भन्नुभयो, “नेपालमा अहिले बढेको सङ्क्रमणको अवस्था हेर्दा १५ प्रतिशतकै हाराहारीमा रहेको छ ।” उहाँले अहिलेको सङ्क्रमणको तह माथिल्लो तह (पिक लेभल)मा पुगेपछि पुनः घट्ने बताउनुहुन्छ । उहाँले भारतको खुला सिमाना र विदेशबाट आएका सङ्क्रमितले सङ्क्रमण सार्ने गरेको बताउनुहुन्छ । उहाँका अनुसार अहिले देखिएको ‘विएफाइव’ भेरियन्टले छिटो मानिसमा सारे पनि सङ्क्रमितलाई भने गम्भीर बनाउँदैन । उहाँले सङ्क्रमित बढिरहेकाले जनस्वास्थ्यका मापदण्ड लागू गर्न र कोरोना भाइरसको चौथो बुष्टर लगाउन आग्रह गर्नुभयो । नेपालमा पहिलोपटक २०७६ माघ ९ गते सङ्क्रमण पुष्टि भएको थियो । यस्तै दोस्रो सङ्क्रमित चैत १० गते देखिएको थियो । सरकारले दोस्रो सङ्क्रमित देखिएपछि मुलुकभर बन्दाबन्दी (लकडाउन) गरेको थियो । नेपालमा पहिलो लहर विसं २०७६ चैतदेखि २०७७ मङ्सिरसम्म चलेको थियो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीका अनुसार सङ्क्रमणका दोस्रो लहर विसं २०७७ वैशाखदेखि भदौसम्म तथा तेस्रो लहर २०७८ पुसदेखि फागुनसम्म देखिएको थियो । मन्त्रालयले सम्भावित सङ्क्रमणको जोखिमलाई ध्यान दिएर सबै अस्पताल, स्वास्थ्य संस्था र प्रदेशमा तोकिएका कोभिड–१९ अस्पताललाई सङक्रमित व्यक्तिको व्यवस्थापन गर्नका लागि निर्देशनसमेत दिइसकेको छ । यस्तै मन्त्रालयले देशभरिका १७ अस्पताललााई सम्भावित जोखिमलाई ध्यानमा दिएर कोरोना भाइरसका बिरामीको उपचारको व्यवस्था मिलाएको छ । मन्त्रालयले कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएपछि भीडभाड हुने स्थानमा अनिवार्य मास्क र स्यानिटाइजरको प्रयोग गर्न आग्रह गरेको छ । सबै सरकारी, गैरसरकारी कार्यालय तथा मानिसको भीडभाड हुने स्थानमा विमानस्थल, हवाईलगायत सार्वजनिक यातायातमा गोष्ठी, सेमिनार, बैठकजस्ता भीडभाड हुने कार्यक्रममा मास्कको प्रयोगलाई अनिवार्य गर्ने र स्यानिटाइजरको व्यवस्था मिलाउन आग्रह गरिएको छ । यस्तै कोभिड–१९ विरुद्धको खोप कार्यक्रमलाई प्रभावकारीरूपमा सञ्चालन गर्न निर्देशन दिँदै खोप लगाउन बाँकी रहेका सबैलाई खोप लगाउन आग्रह गरिएको छ । मृतक अधिकांश खोप नलगाएका कोरोना भाइरसको सङ्क्रमणबाट छ महिनासम्म कसैको पनि निधन भएको थिएन । तर पछिल्लो दिनमा भने दैनिक एक वा दुई जनाको सङ्क्रमणबाट निधन हुने गरेको छ । साउन १ गतेबाट सङ्क्रमणबाट मानिस मर्न थालेका हुन् । पछिल्ला समय कोरोना भाइरस सङ्क्रमणबाट ज्यान गुमाएकामध्ये ८० प्रतिशतले खोप नलगाएको पाइएको छ । महाशाखाका प्रमुख डा गेलालले सङ्क्रमणबाट निधन भएकामध्ये ८० प्रतिशतले खोप नलगाएको र २० प्रतिशतले पूर्ण मात्राको खोप नलगाएको जानकारी दिनुभयो । --- # कोरोनाले दुई वर्ष रोकिएको सापारु अर्थात गाईजात्रा यस वर्ष भव्य रुपमा मनाइने Source: https://newskunda.com/archives/1515 Category: FEATURED NEWS, कला तथा साहित्य, समाचार, समाज Last updated: 2022-07-21 भक्तपुर, ५ साउन : कोभिड–१९ का कारण दुई वर्षदेखि मनाउन नपाइएको सापारु अर्थात गाईजात्रा यसवर्ष भव्य र सभ्य रुपमा मनाइने भएको छ । भक्तपुर नगरपालिकाले २०७९ सालको गाईजात्रा पर्व (सापारु) प्रदर्शन गर्नेबारे आज संस्कृतिकर्मीको भेला गरेर कोरोनाका कारण दुई वर्षसम्म औपचारिकतामा मात्रै मनाएको गाइजात्रा पर्वलाई यसवर्ष भने टोल टोलमा भव्य र सभ्य रुपमा मनाउने भएको हो । नगरका दाफा, भजन, साँस्कृतिक टोलीलगायतको सहभागितामा भएको छलफलमा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले कोभिड महामारीका कारण दुई वर्षसम्म गाईजात्रालाई औपचारिकतामा सीमित गर्नुपरे पनि यस पटकको गाईजात्रा भने सभ्य, व्यवस्थित र प्रतिस्पर्धात्मक ढंगले सञ्चालन गरिने बताउनु भयो । यस वर्षको सापारुमा बढीभन्दा बढी साँस्कृतिक गतिविधिहरु प्रदर्शनीका लागि नगरबासीहरुलाई उत्साहित गरिने बताउदै उहाँले गाईजात्रामार्फत जनतालाई राजनीतिक र सामाजिक रुपमा सचेत बनाउँदै लैजाने बताउनु भयो । भनपा–५ का वडाध्यक्ष योगेन्द्रमान बिजुक्छेँ, ९ का वडाध्यक्ष रबिन्द्र ज्याख्वलगायतले गाठामंग र सापारुमा पर्वमा भित्रिन थालेका विकृति हटाउदै लैजानु पर्नेमा जोड दिनु भयो । कार्यक्रममा सहभागि संस्कृतिकर्मीहरूले घिन्ताङघिसी नाचमा देखिएका विकृति रोक्नु पर्ने, परम्परागत बाजाहरुको संरक्षण गर्नुपर्ने, लोप भएका संस्कृति तथा बाजागाजा उत्थान गर्न आर्थिक सहयोगको गर्नु पर्ने, पर्यटकहरुलाई आकर्षण गर्न सांस्कृतिक प्रदर्शनी गर्नुपर्ने, गाइजात्रा रुटमा केबल र तारहरुको उचित व्यवस्थापन गर्नुपर्ने बताएका थिए । --- # क्तपुर–नगरकोट सडक खण्डको ठेक्का सम्झौता रद्ध गर्ने Source: https://newskunda.com/archives/2686 Category: FEATURED NEWS, अर्थ, राजनीति, समाचार, समाज Last updated: 2023-03-28 भक्तपुर, १४ चैत : दुई वर्षमा सम्पन्न गर्ने गरि ठेक्का सम्झौता भएर सुरु भएको भक्तपुर–नगरकोट सडक खण्ड बिस्तार कार्य आठ पटक म्याद थप गर्दा पनि सम्पन्न नभए पछि सरकारले ठेक्का सम्झौता रद्ध गर्ने भएको छ । २०७३ असार ३ गतेसम्म सम्पन्न गरेर हस्तान्तरण गर्ने गरि २०७१ साल जेठ २२ गते पहिलो ठेक्का सम्झौता गरि निर्माण सुरु भएको १५ किलोमिटर ६६० मिटर लामो भक्तपुर–नगरकोट सडक खण्ड आठ पटक म्याद थप गर्दा पनि सम्पन्न नभए पछि सरकारले ठेक्का सम्झौता रद्ध गर्ने तयारी गरेको हो । गत फागुन १८ गते उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठ र नेपालका लागि भारतीय राजदूत नविन श्रीवास्तवले उक्त सडक खण्डको प्रतक्ष्य अनुगमन गरि मन्त्री श्रेष्ठले एक महिना भित्र सडकको सम्पूर्ण निर्माण कार्य सम्पन्न नगरे ठेक्का सम्झौता रद्ध गर्ने बताउनु भएको थियो । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गतको सडक विभाग मातहत रहेको सडक सुधार तथा विकास परियोजना निर्देशनालयले ठेक्का सम्झौता रद्ध गर्ने सूचना जारी गरेको हो । शारदाप्रसाद अधिकारीको शैलुङ कन्स्ट्रक्शन र भारतीय कम्पनी अराभली इन्फ्रापावर लिमिटेडले संयुक्तरूपमा निर्माण गर्ने गरि ठेक्का सम्झौता भएर अन्तिम पटक म्याद थप गर्दा पनि निर्माण सम्पन्न नभए पछि निर्देशनालयले ठेक्का सम्झौता रद्ध गर्न १४ दिने सूचना जारी गरेको हो । सडक ठेक्का पाएको शैलुङ कन्स्ट्रक्सन कम्पनी प्रालि र अराभली इन्फ्रापावर लिमिटेड जेभी ताल्चिखेल, सुनाकोठीविरुद्ध ठेक्का नतोड्नुपर्ने कुनै कारण भए १४ दिनभित्र कार्यालयमै उपस्थित भएर जानकार िगराउन निर्देशनालयले सार्वजनिक सूचना जारी गरेको हो । अन्तिम पटक भन्दै गत फागुन महिना भित्र निर्माण कार्य सम्पन्न गर्ने गरि म्याद थप गरे पनि कार्य अगाडि नबढेपछि निर्देशनालयले पटक–पटक लिखित र मौखिक निर्देशन दिए पनि ठोस प्रगति नदेखिएको भन्दै अब ठेक्का तोड्नुको विकल्प नदेखिएको जनाएको जनाएको छ । सडक बिस्तारको काम सुरु भएको नौ वर्ष बित्दा ४–५ वर्षअघि गरेको कालोपत्रे समेत भत्किएको छ । ठेकेदारले कालोपत्रे भनेको बाटो अहिले धूलाम्य छ खल्डैखाल्डो रहेको छ । रु. २७ करोडमा ठेक्का सम्झौता भए पनि भेरिएयसन गरेर ३१ करोड पु¥याइएको यो सडकको डिजाइन परिवर्तन भई अन्तिम भेरिएसन गर्दा २८ करोडमा झरेको र उक्त रकम कन्स्ट्रक्सन प्राप्त समेत गरिसकेको जनाएको छ । नगरकोट नाल्दुम पर्यटन विकास समितिका अध्यक्ष नविन गुरुङले सडक निर्माण सुरु भएको नौ बर्ष हुँदा पनि अझै निर्माण सम्पन्न नगर्दा पर्यटन व्यवसाय धरापमा परेको बताउनु भयो । उहाँले कोरोना पछि लयमा फर्कदै गरेको पर्यटन व्यवसाय सडकको जीर्ण अबस्थाले धरापमा परेको भन्दै वर्षामा हिलो र हिउँदमा धुलो उडेर यहाँका बासिन्दादेखि पर्यटकसमेतले सास्ती व्यहोर्नु परेको बताउनु भयो । उहाँले सडक निर्माण अलपत्र पर्दा यहाँको पर्यटन व्यबसाय र आर्थिक विकास १५ वर्ष पर धकेलिएको भन्दै काम गर्न नगर्नेको ठेक्का सम्झौता रद्ध गर्न निकालेको सूचना सकारात्मक रहेको बताउनु भयो । चाँगुनारायण नगरपालिका–६ नगरकोटका वडाध्यक्ष धनबहादुर लामाले वर्षाैदेखि जनताले आन्दोलन गरेपनि कुनै पनि सरकारले यहाँका बासिन्दाको पीडालाई नबुझेको बताउनु भयो । स्थानीय बासिन्दा र व्यवसायीले पटक पटक सडक बन्द गराएर सडक निर्माण गर्न दबाब दिए पनि निर्माण व्यवसायीले उल्टै दबाब दिनेलाई धम्क्याउने अटेर गर्ने गरेको बताउनुभयो । यसअघि पनि नगरकोटवासी र व्यवसायीले सडक किनारादेखि सार्वजनिक यातायातसम्ममा शैलुङ कन्स्ट्रक्सनका प्रमुख शारदाप्रसाद अधिकारीको फोटो टाँसेर विरोध गरेका थिए भने चाँगुनारायण नगरपालिका वडा नं. ६ र ७ का वडाअध्यक्षहरुले असारमा तीनदिनसम्म सडकमै वडा कार्यालयको काम गरेर विरोध जनाएका थिए । प्रधानमन्त्री शेरबहादुर देउवा, तत्कालिन प्रधानमन्त्रीहरु केपी शर्मा ओली, पुष्पकमल दाहाल, सम्बन्धित मन्त्रालयका मन्त्रीहरुसंग भक्तपुरका सांसद, तत्कालिन नगर प्रमुख सोमप्रसाद मिश्र, वर्तमान नगर प्रमुख जीवन खत्री, स्थानीय बासिन्दा, पर्यटन व्यवसायीलगायतले सडक निर्माण सम्पन्न गर्न वा ठेक्का रद्ध गर्न माग गर्दै पटक पटक ज्ञापन पत्र बुझाएका थिए भने पटक पटक सडक अबरुद्ध गर्दै आएका थिए् । स्थानीयले भने निर्माण व्यवसायी अधिकारीले यो सडक ठेक्का सम्झौता भएलगत्तै प्राप्त गरेको रकमबाट नगरेकोटको तेलकोट सडक माथि १४ रोपनी जग्गा खरिद गरेको तर सडक निर्माण भने अलपत्र पारेको आरोप लगाउदै आएका छन् । शैलुङ कन्स्ट्रक्सनका प्रतिनिधि अनुप अधिकारीले भने बिचबिचमा रुख कटान, विद्युतको पोल सार्न समस्या आएको र भूकम्पका कारण पनि केही ढिलाई भएको र ९० प्रतिशत काम सम्पन्न भइसकेको दाबी गर्नु भयो । उहाँले मन्त्री श्रेष्ठसंग अनुगमनका क्रममा अबको एक महिनामा आयोजना सम्पन्न गरेर हस्तान्तरण गर्न नसके फेरी पनि म्याद थपिदिनुस् भन्दै नजाने र सरकारले जुनसुकै कदम चाले पनि स्वकार्ने बताउनु भएको थियो । --- # क्यान्सर रोगको उपचारका लागि प्रदेश सरकारबाट १४ करोडको बजेट विनियोजित : मन्त्री किरण थापा Source: https://newskunda.com/archives/3372 Category: FEATURED NEWS, राजनीति, समाचार, समाज, स्वास्थ्य Last updated: 2026-02-14 भक्तपुर, १ फागुन : वागमती प्रदेशका स्वास्थ्यमन्त्री किरण थापा मगरले क्यान्सर रोगको भयाभह अवस्थालाई रोकथामका लागि वागमती प्रदेश सरकारले यसवर्ष १४ करोड रुपैयाँको बजेट विनियोजित गरि कार्यान्वयनमा ल्याएको बताउनु भएको छ । भक्तपुर क्यान्सर अस्पतालले आज अन्तर्राष्ट्रिय बाल क्यान्सर दिवसको अवसरमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले बाल क्यान्सरको अबस्थासमेत बढ्दै गएको बताउनु भएको हो । क्यान्सरका प्रत्येक विरामीको हातमा ५० हजार मात्र मुस्किलले पुग्ने बताउँदै उहाँले महिलाका लागि पाठेघर र स्तन क्यान्सरका विरामीलाई एक लाख रुपियाँको उपचार खर्च सरकारले दिने व्यबस्था गरेको बताउनुभयो । उपचारका लागि आएका विरामीहरुका लागि ठाउँ अभाबले उपचार गर्न समेत समस्या परिररहेको बताउदै उहाँले विरामीको सहज उपचारका लागि भक्तपुर क्यान्सर अस्पतालकालाई अत्याुधुनिक भवन निर्माणका गर्न उपयुक्त ठाउँको खोजी भइरहेको र भक्तपुरमै नयाँ भवन निर्माण गर्ने गरि अगाडि बढेको बताउनुभयो । कार्यक्रममा भक्तपुर क्यान्सर अस्पताल विकास समितिका अध्यक्ष तथा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अतिरिक्त सचिव श्रीकृष्ण श्रेष्ठले स्वास्थ्य विमा गरेका ९३ प्रतिशतले उपयोग गर्ने गरेको र अन्य बाँकी सात प्रतिशतले मात्रै सम्पूर्ण बिमा धान्न नसक्ने भएकोले स्वास्थ्य विमा सरकारलाई भार बताउनुभयो । स्वास्थ्य बिमा बोर्डका कार्यकारी निर्देशक डा. कृष्ण पौडेलले स्वास्थ्य विमा उपचारका लागि प्रभावकारी भएकोले वार्षिक ३५ सय रुपियाँ तिर्न झर्को मान्न नहुने बताउनुभयो । १४ वर्ष मुनिका बालकालिकालाई सरकारले निःशुल्क उपचारको व्यवस्था गरेको बताउदै उहाँले एक जना बच्चामा क्यान्सर लागेपछि उपचारकालागि पनि लामो समय लाग्ने भएकाले तिनका परिवारमा ठूल्लो भार पर्ने बताउनुभयो । --- # क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेविरुद्ध पक्राउ पुर्जी जारी Source: https://newskunda.com/archives/2061 Category: FEATURED NEWS, खेलकुद, समाचार Last updated: 2022-09-08 काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । जिल्ला अदालत काठमाडौंले बिहीबार बलात्कारको आरोप लागेका लामिछानेविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो । केहीबेर अघि जिल्ला अदालत काठमाडौंले लामिछानेविरुद्ध अनुसन्धानका लागि पक्राउ पुर्जी जारी गरेको हो । मंगलबार १७ वर्षीया एक नाबालिग किशोरीले लामिछानेविरुद्ध जबर्जस्ती करणी गरेको भन्दै गौशाला प्रहरी वृत्तमा जाहेरी दिएकी थिइन् । त्यसको भोलिपल्ट बुधबार प्रहरीले जाहेरी दर्ता गरेर अनुसन्धान सुरु गरेकोमा बिहीबार अदालतबाट पक्राउ पुर्जी लिएको हो । काठमाडौं उपत्यका प्रहरी कार्यालायका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक ९एआईजी० रवीन्द्रबहादुर धानुकले लामिछानेलाई पक्राउ गरी अनुसन्धानका लागि अनुमति प्राप्त भएको जानकारी दिए । पक्राउ पुर्जी ल्याएपछि प्रहरीले नेपाल क्रिकेट संघ ९क्यान०मार्फत लामिछानेलाई फिर्ता गर्न औपचारिक आग्रह गर्ने तयारी गरेको छ । त्यसपछि पनि लामिछाने नआए इन्टरपोल वा अरू माध्यमबाट उनलाई नेपाल झिकाइने प्रहरी स्रोतको भनाइ छ । --- # क्रियासिल पत्रकार मञ्चको अधिवेशनले रमेश गिरीको अध्यक्षतामा नयाँ नेतृत्व चयन Source: https://newskunda.com/archives/4663 Category: FEATURED NEWS, अर्थ, राजनीति, समाचार, समाज, स्वास्थ्य Last updated: 2026-10-11 भक्तपुर, २४ असोज : क्रियासिल पत्रकार मञ्च भक्तपुरको आज यहाँ सम्पन्न १६ औ वार्षिक साधारण सभा, छैठौ केन्द्रीय अधिवेशनले पत्रकार रमेश गिरी ‘आशा’ को नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ । मञ्चको उपाध्यक्षमा मकर श्रेष्ठ, सचिवमा अञ्जना शिल्पकार, कोषाध्यक्षमा पुष्कारराज बुढाथोकी, सहसचिवमा ऋषिकेश श्रेष्ठ चयन हुनु भएको छ । मञ्चको सदस्यहरुमा विपिन ढुङ्गाना, संगीता अधिकारी, रत्नकाजी श्रेष्ठ र सृजना खतिवडा चयन हुनु भएको छ । अध्यक्ष गिरीले क्रियासिल रहेका पत्रकारहरुको साझा संगठनको रुपमा मञ्चलाई बिस्तार गर्ने र पत्रकारहरुको हकहित एवं अधिकारका सवालमा आवाज उठाउने बताउनुभयो । --- # क्रियासिल पत्रकार मञ्चद्धारा आयोजित पत्रकार अन्तरक्रिया कार्यक्रम मध्यपुरथिमिका नगर प्रमुखद्धारा उद्घाटन Source: https://newskunda.com/archives/3979 Category: FEATURED NEWS, अर्थ, तस्विर, धर्म/संस्कृति, राजनीति, शिक्षा, समाचार, समाज, स्वास्थ्य Last updated: 2026-08-07 भक्तपुर, २२ साउन । मध्यपुर थिमि नगरपालिकाले चारवर्षको अन्तरालमा आन्तरिक राजस्व संकलनतर्फ ९३.३९ प्रतिशतले बृद्धि गरेको छ । आज क्रियासिल पत्रकार मञ्च भक्तपुरले मध्यपुरथिमिमा आयोजना गरेको मध्यपुरथिमि नगरपालिकाको चारवर्षे विकास र उपलब्धिताबारे सञ्चारकर्मीहरुसंग अन्तरक्रिया कार्यक्रममा बोल्दै नगर प्रमुख सुरेन्द्र श्रेष्ठले कुनै पनि करमा बृद्धि नगरे पनि तीन गुणा राजस्व संकलनमा बृद्धि गर्न सफल भएको बताउनुभयो । उहाँले नगरपालिकाले आर्थिक वर्ष २०८२/८३ मा ५२ करोड ५६ लाख १ हजार ४२७ रुपैयाँ आन्तरिक राजस्व संकलन गरेको बताउदै अघिल्लो आर्थिक वर्ष २०८१/८२ मा संकलन भएको २७ करोड १७ लाख ५८ हजार ५८५ रुपैयाँ अर्थात १९.९३ प्रतिशतको तुलनामा गत असार मसान्तसम्म ९३.३९ प्रतिशतले बृद्धि गरेको बताउनुभयो । उहाँले आर्थिक वर्ष २०७८/७९ मा १८ करोड ४५ लाख ९४ हजार ६६७ रुपैयाँ, आर्थिक वर्ष २०७९/८० मा २४ करोड १३ लाख ३८ हजार ७४८ अथात ३०.७४ प्रतिशतले बृद्धि, आर्थिक वर्ष २०८०/८१ मा ३० करोड ०४ लाख ४४ हजार ५६५ अर्थात २४.३९ प्रतिशत राजस्व संकलन गरेको बताउनुभयो । आवासीय घरबहाल कर १० प्रतिशतबाट ५ प्रतिशतमा घटाएको बताउदै उहाँले वर्षौदेखि कर नतिरि बसेका ठूला व्यवसायीहरुसंग कर संकलन गर्न सफल भएको, करको दायरामा नआएका व्यवसायहरुलाई करको दायरामा ल्याएको, करको दायरा बिस्तार गर्दै कराको नीतिमा सुधार ल्याउँदा फड्का मारेको उहाँले बताउनुभयो । नगर प्रमुख श्रेष्ठले संघीय सरकारले चालू आर्थिक वषएमा पूर्वाधार विकास तर्फ जम्मा ५५ लाख रुपैयाँको बजट मात्रै पठाएको बताउदै नगरपालिकासंग ६२ करोड मौज्दात रहेको र आफ्नै आन्तरिक श्रोतबाट ३६ करोडको लागतमा नगरपालिकाको आफ्नै सुबिधा सम्पन्न भवन निर्माण सरु भएको बताउनुभयो । नगर प्रमुख श्रेष्ठले भन्नुभयो, ‘हाम्रो चार वर्षे कार्यकालमा सुशासन, पूर्वाधार, शिक्षा, स्वास्थ्य, पर्यटन तथा राजस्व व्यवस्थापनलगायतका क्षेत्रमा उल्लेखनीय उपलब्धि हासिल गरेका छौं, सीमित स्रोत–साधनका बाबजुद पारदर्शिता, जवाफदेहिता र सहभागितामूलक विकासलाई प्राथमिकतामा राखेर काम गरिएका छौं, ७९ वटा ऐन, नियम, कार्यविधि तथा निर्देशिका निर्माण गरी कार्यान्वयनमा ल्याइएको छौं । जनताको गुनासो नआउने गरि सामवेशी रुपमा आवश्इकता अनुसार काम गरिरहेका छौं ।” सामुदायिक विद्यालयको गुणस्तर सुधार, स्थानीय पाठ्यक्रम कार्यान्वयन, शिक्षक व्यवस्थापन, कक्षा १ देखि १० सम्म ४ हजार ८१४ जनालाई र कक्षा ११ र १२ तफ २०४ जनालाई छात्रवृत्ति वितरण गरएको, केन्द्रीकृत भान्छाघरमार्फत कक्षा ५ सम्मका करिब २ हजार ७०० विद्यार्थीलाई दिवा खाजा उपलब्ध गराइएको यै वर्षदेखि कक्षा ८ सम्मलाई दिवा खाजाको व्यबस्था गरिने बताउनुभयो । नगरपालिकाले स्वास्थ्यतर्फ ज्येष्ठ नागरिक, दलित, एकल महिला र अपाङ्गता भएका व्यक्तिका लागि निःशुल्क स्वास्थ्य बीमा, रेबिज तथा निमोनिया खोप, क्यान्सर परीक्षण, होमियोप्याथिक सेवा र ज्येष्ठ नागरिक स्वास्थ्य कार्यक्रम सञ्चालन गरिएको बताउदै उहाँले नेपाल–कोरिया मैत्री नगरपालिका अस्पतालमा डायलासिस, सिटी स्क्यान, ब्लड बैंक, आमा सुरक्षा कार्यक्रम, शल्यक्रिया तथा अन्य विशेषज्ञ सेवा विस्तार र्दै दैनिक १२ सय विरामीलाई सेवा दिइरहेको बतानुभो । पूर्वाधार विकासतर्फ सडक पक्कि गर्ने कार्य, घरघरमा खानेपानीको पुर्याउने कार्य, विद्यालय भवन निर्माण गर्ने, स्वास्थ्य संस्था, पार्क, मठ मन्दिर पुर्ननिर्माण, मूर्त, अमूर्त सम्पदाको संरक्षण गर्ने, मध्यपुर उज्यालो अभियान अन्तर्गत मध्यपुर क्षेत्रभित्र बिभिन्न सडकमा १६ किलोमिटर क्षेत्रमा स्मार्ट लाइट जडान गरि सञ्चालनमा ल्याएको बताउनुभयो । उहाँले नीलबाराही क्षेत्र संरक्षणकाको कार्य भइरहेको, समस्याग्रस्त सहकारी व्यवस्थापन समिति गठन गरी कृषि वचत तथा ऋण सहकारी संस्थाका ५१२ जना वचत कर्तालाई कुल ५२ लाख ४० हजार रुपैंया फिर्ता गरिएको, शिक्षा, स्वास्थ्य, सम्पदा र रोजगारीका क्षेत्रमा नगरपालिकाले लगानी बढाउदै आएको बताउनुभयो । कार्यक्रममा नगरपालिकाका उपप्रमुख विजयकृष्ण श्रेष्ठले चालू आ.ब.का लागि नगरपालिकाले २ अर्ब ७१ करोडको बजेट कार्यान्वयनमा ल्याईसकेको बताउदै शिक्षा, स्वास्थ्य र पूर्वाधारको क्षेत्रमा बजेट खर्च गरिने बताउनुभयो । नगरपालिकाद्धारा सञ्चालित नेपाल कोरिया मैत्री नगर अस्पतालले दनिक १२ सय विरामीलाई सेवा दिइरहेको र निर्माण सम्पन्न हुन लागेको सुबिधा सम्पन्न नयाँ भवनमा बिशिष्टिकृत सेवा सञ्चालन गरिने, बिमा रकम नपाउँदा पनि नगरपालिकाले ७७ वटै जिल्लाबाट सेवा लिन आएका विरामीलाई सेवा प्रवाह गरिरहेको बताउनुभयो । नगरपालिकाका प्रशासकीय प्रमुख भोजराज घिमिरेले विगत चार वर्षको बजेट कार्यान्वयनमा निकै ठूलो उपलब्धि हासिल गरेको बताउदै जनप्रतिनिधिको अन्तिम कार्यकालको रुपमा रहेको यस वर्ष पनि जनताको चाहना र आवश्यकता अनुसार महत्वपूर्ण उपलब्धि आउने गरि काम गर्ने बताउनुभयो । कार्यक्रमका सभापति एवं क्रियासिल पत्रकार मञ्चका अध्यक्ष रमेश गिरीले स्थानीय तहको विकासलाई जनप्रतिनिधिले जनतासंग जोडेर लैजानु पर्ने बताउदै सञ्चार माध्यमसंग स्थानीय तह एकाकार भएर जानु पर्ने बताउनुभयो । कार्यक्रमका संयोजक पुष्करराज बुढाथोकीले स्थानीय तह स्थानीयवासीका लागि नजिकको सिंहदरबार भएको औल्याउँदै जनताको सहज पहुँच र स्थानीइ आवश्यकतालाई जनप्रतिनिधिले महत्व दिनु पर्ने बताउनुभयो । कार्यक्रममा नगरपालिकाका वडा नं. १ देखि ९ नम्बरसम्मका वडा अध्यक्षहरु, नगरपालिकाका विभागीय प्रमुखहरु, कार्यपालिकाका सदस्यहरु, पत्रकारहरु, कर्मचारीहरु र नगर प्रहरी लगायतको उपस्थिति रहेको थियो । --- # क्रोएसिया पठाइदिन्छु भनी ठगी गर्ने पक्राउ Source: https://newskunda.com/archives/1751 Category: FEATURED NEWS, अपराध, अर्थ, समाचार, समाज Last updated: 2022-08-24 काठमाडौँ, ८ भदौ : क्रोएसिया पठाइदिन्छु भनी ठगी गर्ने एकजनालाई नेपाल प्रहरीले पक्राउ गरेको छ । प्रहरीको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरी टोलीले क्रोएसिया पठाइदिन्छु भनी ठगी गर्ने मोरङ विराटनगर महानगरपालिका–१६ घर भई हाल काठमाडौँ महानगरपालिका–१० बानेश्वर बस्ने २६ वर्षीय उत्सव दाहाललाई आज पक्राउ गरेको हो । पक्राउ दाहालले वैदेशिक रोजगारीका लागि क्रोएसियाको कृषि फर्ममा मासिक रु एक लाखसम्म तलब हुन्छ भनी पीडितसँग रु छ लाख २४ हजार लिएर ठगी गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ । उनलाई आवश्यक अनुसन्धान एवं कारबाहीका लागि वैदेशिक रोजगार विभाग बुद्धनगर पठाइएको सो कार्यालयले जनाएको छ । सोही कार्यालयले बैंकिङ कसुर मुद्दामा फरार दुई जनालाई पक्राउ गरेको छ । उच्च अदालत पाटनको विभिन्न मितिमा भएको फैसलापछि फरार रुकुमपूर्वका ३१ वर्षीय अर्जुन बुढाथोकी र मकवानपुरका २८ वर्षीय सन्तोष सापकोटालाई विभिन्न मितिमा पक्राउ गरी आज सार्वजनिक गरेको हो । प्रहरीले अर्जुनलाई काठमाडौँ सुकेधाराबाट मङ्गलबार र सन्तोषलाई काठमाडौँको नयाँबानेश्वर बुद्धनगरबाट आज पक्राउ गरेको हो । पक्राउ परेका अर्जुनलाई उच्च अदालतले रु एक करोड १९ लाख जरिवना र २४ दिन कैद सजाया साथै सन्तोषलाई रु दुई लाख ५९ हजार जरिवना र पाँच दिन कैद सजाया ठहर गरेको थियो । पक्राउ परेका अर्जुनलाई जिल्ला अदालत काठमाडौँमा र सन्तोषलाई जिल्ला अदालत ललितपुरमा फैसला कार्यान्वयनका लागि उपस्थित गराइएको प्रहरीले जनाएको छ । --- # क्रोएसिया पठाइदिन्छु भनी रकम ठगी गर्ने पक्राउ Source: https://newskunda.com/archives/1795 Category: FEATURED NEWS, अपराध, समाचार, समाज Last updated: 2022-08-26 काठमाडौँ, १० भदौ : नेपाल प्रहरीले क्रोएसिया पठाइदिन्छु भनी रकम ठगी गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले आकर्षक तलबमा क्रोएसिया पठाइदिन्छु भनी रकम ठगी गर्ने धनकुटा चौबिसे गाउँपालिका–५ घर भई हाल काठमाडौँको भीमसेनगोला बस्ने ३८ वर्षीय शान्तकुमार देवानलाई पक्राउ गरी आज सार्वजनिक गरेको हो । कार्यालयका सूचना अधिकृत दुर्गाराज रेग्मीले क्रोएसिया पुग्नका लागि प्रतिव्यक्ति रु सात लाख लाग्छ र तलब रु एक लाख हुन्छ भनी विभिन्न व्यक्तिसँग रु दुई लाख रकम लिएर सम्पर्कविहिन भएका देवानलाई काठमाडौँको कागेश्वर मनोहराबाट पक्राउ गरिएको जानकारी दिनुभयो । वैदेशिक रोजगार विभागले ठगी गरी फरार देवानलाई पक्राउ गरी उपस्थित गराइदिनुहुन भनी पत्राचार गरेको आधारमा पक्राउ गरिएको हो । पक्राउ देवानलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग बुद्धनगर पठाएको सूचना अधिकृत रेग्मीले बताउनुभयो । --- # क्षतिग्रस्त मध्यपहाडी लोकमार्गको पुनर्निर्माण पहिलो प्राथमिकता : मन्त्री लम्साल Source: https://newskunda.com/archives/5043 Category: FEATURED NEWS, अर्थ, राजनीति, समाचार, समाज Last updated: 2026-10-23 बागलुङ, ६ कात्तिक : पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले विपद्का कारण क्षतिग्रस्त यहाँका सडक र निजी आवास सरकारले छिट्टै पुनर्निर्माण गर्ने बताउनुभएको छ । आज पश्चिम बागलुङको बाढीपहिरो संकटग्रस्तक्षेत्रको स्थलगत निरीक्षणपछि मन्त्री लम्सालले क्षतिग्रस्त मध्यपहाडी लोकमार्गको पुनर्निर्माण पहिलो प्राथमिकता रहेको बताउनुभयो । मन्त्री लम्सालले बाढीपहिरोबाट घरबारविहीनलाई सुरक्षितस्थानमा आवास बनाउने सरकारको योजना अघि बढेको बताउनुभयो । उहाँले बाढीपहिरोका पीडितलाई खानपानका लागि मासिक रु १५ हजार राहतको पहिलो किस्ता निकासाको चरणमा रहेको र बागलुङका प्रत्येक छ पालिकाको विपद् व्यवस्थापन कोषमा रु ४० लाखको दरले रकम पठाउने तयारी भइरहेको पनि जानकारी दिनुभयो । उहाँले बाढीग्रस्तक्षेत्र गलकोटस्थित दरमखोला आसपास क्षेत्र, बढिगाड, निसीखोला ढोरपाटनको बुर्तिवाङ, निसीखोला गाउँपालिकाको झिवाखोला र कानाबगरलगायतको स्थलगत निरिक्षण गर्नुभएको थियो । मन्त्री लम्सालसंगै बागलुङ क्षेत्र नं। २ का प्रतिनिधिसभा सदस्य सोम शर्मा, पूर्वाधार मन्त्रालयका सचिव पदम मैनाली, सडक विभागका महानिर्देशक डा विजय जैसी, बागलुङका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद आचार्य तथा सडक बोर्डका सदस्य अर्जुन श्रेष्ठलगायत सहभागी हुनुहुन्थ्यो । क्षतिग्रस्त सडकको पुनर्निर्माणका लागि आवश्यक योजना, प्राविधिक मूल्याङ्कन तथा सम्बन्धित निकायबाट गर्नुपर्ने पहलका विषयमा संकट भोगेका पालिकाका जनप्रतिनिधिसँग छलफल गरिएको थियो । सरकारले पुनर्निर्माण र रहातका लागि बागलुङको गलकोट नगरपालिका, बडिगाड गाउँपालिका, ढोरपाटन नगरपालिका, निसीखोला गाउँपालिका, ताराखोला गाउँपालिका र तमानखोला गाउँपालिकालाई संकट ग्रस्त क्षेत्रका रूपमा घोषणा गरेको छ । ((( --- # खट बोकेर सिन्दुर खेल्दै टोल टोल घुमेर हर्षोल्लासका साथ सूर्यविनायकमा मनाईयो गणेश खट जात्रा Source: https://newskunda.com/archives/2972 Category: FEATURED NEWS, अर्थ, जीवन शैली, धर्म/संस्कृति, राजनीति, समाचार, समाज Last updated: 2023-09-19 भक्तपुर, २ असोज । गणेश जन्मोत्सवको अवसरमा सूर्यविनायक गणेश मन्दिरबाट आज गणेश जन्मोत्सव जात्रा एवं गणेश रथ यात्रा गरि टोल टोलमा गणेशको मूर्ती बिराजमान खटलाई टोलटोलमा परिक्रामा गराई मनाइएको छ । भाद्र शुक्ल चतुर्थी (गणेश चतुर्थी) अर्थात भगवाण गणेशको जन्मोत्सवको अवसरमा आज सूर्यविनायक नगरपालिका वडा नं. ६ र ८ का बासिन्दाले बिहान सूर्यविनायक गणेश मन्दिरमा भव्य पूजा गरि मूल गणेशको मूर्तीलाई खटमा बिराजमान गराई सुरु भएको गणेश जन्मोत्सव जात्रा साँझ सम्पन्न भएको हो । सूर्यविनायक क्षेत्र प्रबन्ध समिति र सूर्यविनायक युवा क्लवको संयुक्त आयोजनामा भएको सूर्यविनायक गणेश अर्थात इनरे गणेद्यो खट जात्रा बिहान गणेश मन्दिरबाट सुरु भइ दिनभर टोलटोलमा परिक्रमा गराई साँझ सम्पन्न हुने सूर्यविनायका नगरपालिका–८ का वडाअध्यक्ष तथा सूर्यविनायक क्षेत्र प्रबन्ध समितिका अध्यक्ष पुष्पराज बस्नेतले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “पुर्खाले मनाउदै आएको गणेश जन्मोत्सव जात्रा आर्थिक श्रोत नहुँदा वर्षौदेखि रोकिएको थियो, विगत चार वर्षबाट सुरु भएको यो जात्रा यसवर्ष पनि हजारौ स्थानीयको सहभागितामा सिन्दुर खेल्दै रथ टोल टोल पुर्याएर हर्षोल्लासका साथ मनाइएको छ । यो जात्रालाई अब हरेक वर्ष सञ्चालन गर्नेछौ ।” गतवर्ष जात्रा मनाउन नगरपालिकाको वडा नं. ६ र ८ ले तीन तीन लाख गरि ६ लाख रुपैयाको बजेटको व्यबस्थापन गरेको छ । जात्रा दुईवटै वडाका केही भागको परिक्रमा गर्ने परम्परा रहेको छ भने जात्रा सञ्चालन र मन्दिरको संरक्षण गर्ने गुठी पनि दुईवटै वडाको क्षेत्रमा रहेको छ । त्यसैले पुरातात्विक, ऐतिहासिक र धार्मिक महत्वको सो मन्दिरको जात्रा व्यवस्थापनका लागि ती दुईवटै वडाले बजेट विनियोजन गरेको हो । गणेश चतुर्थीका दिन परापूर्वकालदेखि मनाउँदै आएको सूर्यविनायक गणेश (इनरे गणेद्यो) को लोपोन्मुख जात्रालाई बर्सेनि निरन्तरता दिइने सूर्यविनायक युवा क्लबका अध्यक्ष मनोज गिरीले बताउनुभयो । गणेशको चाँदीको मूर्तिलाई खटमा राखेर रथारोहन गरी सिन्दुर जात्रा गर्दै मन्दिरको पश्चिम तर्फ राजथला टोलसम्म, पूर्व तर्फ चालिसे गाँऊ गहनादेवी मन्दिरसम्म, उत्तर तर्फ सूर्यविनायक चोक अरनिको राजमार्गसम्मको टोल टोलमा घुमाएर पुनः मन्दिरमा ल्याएर जात्रा सम्पन्न गरिने परम्परा छ । खट जात्राको क्रममा बिहान मन्दिरमा विधिवत पूजा गरेपछि दर्शनार्थीका लागि मूल गेटमा राखेर त्यसपछि खट जात्रा गरि टोल टोलमा परिक्रमा गराएको वडा नं. ७ का वडाध्यक्ष एवं सूर्यविनायक नगरपालिकाका प्रवक्ता रबिन्द्र सापकोटाले जानकारी दिनुभयो । गणेशलाई रथारोहन गराएपछि बाजागाजाका साथ रथ बोकेर परिक्रमा गराएको उहाँले बताउनु भयो । जात्रामा यसवर्ष गतवर्ष भन्दा तेब्बर मानिसको सहभागिता रहेको र जात्रामा महिला तथा पुरुषले अबिर खेल्दै मनाएको छन् । काठमाडौँ उपत्यकाका चार प्रमुख विनायकमध्येको एक सूर्यविनायकलाई स्थानीयले इनरे गणेद्यो भनिन्छ । समितिा अनुसार यस गणेशको मुख्य मूर्तिलाई वर्षको दुईपटक मात्र सार्वजनिक गरी पूजा गर्ने प्रचलन रहेको छ । गणेश चतुर्थीका दिन जात्राका लागि सार्वजनिक गरिने मूर्तिलाई बिस्काः (बिस्केट) जात्राको अवसरमा वैशाख ३ गते भक्तपुर नगरको तालक्वःमा लैजान र त्यहाँ वैशाख ४ गते हुने द्यो स्वंगः (सगुन) जात्राका क्रममा पूजा थाप्न सार्वजनिक गर्ने परम्परा रहेको छ । --- # खत्रीविरूद्ध नेपाल स्काउटको ९५ हजार रूपैयाँ बेरूजु, नागरिकता किर्ते गरेको अभियोगमा पाठकको उम्मेदवारी बिरुद्ध उजुरी Source: https://newskunda.com/archives/3345 Category: FEATURED NEWS, राजनीति, समाचार, समाज Last updated: 2026-01-21 भक्तपुर, ७ माघ : आउँदो फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनका लागि भक्तपुर क्षेत्र नं. २ मा उम्मेदवारी दिएका दुई उम्मेदवार बिरुद्ध उजुरी परेको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार राजिव खत्री र नेपाल जनसेवा पार्टीका उम्मेदवार जानुका पाठकविरूद्ध उजुरी परेको निर्वाचन अधिकृत राधिका सुवालले जानकारी दिनुभयो । पाठकविरूद्ध नागरिकता प्रतिलिपिमा फरक विवरण रहेको, सक्कली नागरिकता नभएको र खत्रीविरूद्ध नेपाल स्काउटको ९५ हजार रूपैयाँ बेरूजु रकम बाँकी रहेकाले दुबैजनाको उम्मेदवारी रद्ध गर्न माग गर्दै स्वतन्त्र उम्मेदवार नविनकुमार महतले उजुरी हालेको निर्वाचन अधिकृत सुवालले जानकारी दिनुभयो । दुई उम्मेदवार विरूद्ध परेको उजुरीको भोली बिहिबार छानबिन गरि पाँचबजेसम्म निष्कर्ष निकालिने उहाँले जानकारी दिनुभयो । दुबै पक्षलाई भोली बोलाएर यस विषयमा सोधपुछ एवं जाँचबुझ गर्ने बताउदै उहाँले उजुरी परेका उम्मेदवारहरूलाई प्रमाणसहित उपस्थिति हुन आग्रह गरिएको निर्वाचन अधिकृत सुवालले जानकारी दिनुभयो । यसबारेमा उजुरीकर्ता महतले भने दुबै जना बिरुद्ध उजुरीसंगै प्रमाण पेश गरेको जानकारी दिदै खत्री खत्री बिरुद्धको उजुरीसंगै नेपाल स्काउटको अडिट रिपोर्ट प्रमाण स्वरुप पेश गरेको जानकारी दिनुभयो । पाठकको दुई वटा नागरिकता रहेको र सक्कली नागरिकतासमेत नभएकाले उम्मेदवारी रद्धको माग गरेर उजुरी हालेको बताउनुभयो । यसबारेमा भक्तपुर जिल्लाका मुख्य निर्वाचन अधिकृत नवराज दाहालले दुबै उजुरीमा बिहिबार छानबिन गरि दोषी देखिए निर्वाचनको कार्यबिधिमा तोकिए बमोजिम निर्णय हुने बताउनुभयो । --- # खरिपाटीका सुकुम्वासी शिविरमा रहेका विरामीहरुको उपचार वागमति प्रदेश स्वास्थ्य मन्त्रालयले गर्ने Source: https://newskunda.com/archives/3652 Category: FEATURED NEWS, अर्थ, राजनीति, समाचार, समाज, स्वास्थ्य Last updated: 2026-05-07 भक्तपुर, २४ वैशाख : वागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले भक्तपुरका विभिन्न सुकुम्वासी शिविरमा राखिएकाहरुको उपचारको जिम्मा वागमती प्रदेश सरकारले लिने बताउनु भएको छ । भक्तपुरको खरिपाटीस्थित नेपाल विद्युत प्राधिकरणको तालिम केन्द्रमा राखिएको सुकुम्वासी सेल्टरमा आज मुख्यमन्त्री बानियाँसहित स्वास्थ्य मन्त्री किरण थापा मगर, पर्यटन तथा संस्कृति मन्त्री सुरेश श्रेष्ठ, सामाजिक विकास मन्त्री कञ्चन बादे श्रेष्ठ, स्वास्थ्य मन्त्रालयका सचिव डा. सुमित्रा गौतमसहितको टोलीले सुकुम्वासी सेल्टरको अनुगन गरेको छ । सरकारले मनोहरा, बल्खु, माछापोखरी, बालाजुलगायतका ठाउँबाट ल्याएर राखिएको सेल्टरमा अनुगमनका क्रममा भक्तपुरका सेल्टरमा रहेका सुकुम्वासीहरुको स्वाथ्य उपचारको जिम्मा प्रदेश सरकारले लिने बताउनु भएको हो । सुकुम्वासीहरुसंग कुरा गर्दै मुख्य मन्त्री बानियाँले भन्नुभयो, ‘केन्द्रीय सरकारले छिटै तपाईहरुको स्थायी बसोबारको व्यबस्था गर्नेछ, तपाईहरु नआत्तिनुहोस्, तपाईहरुको निःशुल् स्वास्थ्य उपचारको जिम्मा प्रदेश सरकारले लिन्छ, त्यसको लागि आवश्यक बजेट हामी ब्यबस्थापन गर्छौ ।’ उहाँले प्रदेश सरकारको विपद व्यबस्थापनमा रहेको बजेटबाट सेल्टरमा रहेका सुकुम्वासीको स्वास्थ्य उपचारमा सहयोग गर्ने बताउनु भयो । प्रदेशका स्वास्थ्य मन्त्री किरण थापाले असारसम्मका लागि आवश्यक पर्ने औषधिहरुको लिष्ट तार पारेर माग गर्न जिल्ला जनस्वास्थ्य कार्यालय भक्तपुर र भक्तपुर अस्पताललाई निर्देशन दिदै सबैलाई निःशुल्क उपचारको व्यबस्था गर्न निर्देशन दिनुभयो । उहाँले भन्नुभयो, ‘कसैले पनि उपचार नपाएको गुनासो सुन्न नपर्ने गरि सबै विरामी र दीर्घरोगीको उपचार गराउँनुस्, भक्तपुर अस्पतालमा आवश्यक परे भर्ना गरेर उपचार गर्नुस्, उपचारको जिम्मा हाम्रो पनि हो, बजेटको ब्यबस्थापन हामी गर्छौ ।’ अनुगमनमा पर्यटन तथा संस्कृति मन्त्री सुरेश श्रेष्ठले यहाँ रहेका २९ जना बालबालिकालाई नजिकैको श्रीकृष्ण माध्यमिक विद्यालयमा तत्काल पठ्न पाठनको व्यबस्था गर्ने बताउनुभयो । उहाँले चाँगुनारायण नगरपालिकासंग समन्वय गरेर खरिपाटीमा रहेसम्म यहाँका बालबालिकालाई पठनपाठनको व्यबस्था मिलाउने बताउनुभयो । स्वास्थ्य मन्त्रालयको सचिव डा. सुमित्रा गौतमले जिल्ला जनस्वास्थ्य कार्यालय भक्तपुरकी प्रमुख अञ्जना खड्कालाई दैनिक रुपमा सेल्टरमा चिकित्सकसहितको स्वास्थ्य टोली राखेर स्वास्थ्य परीक्षणलाई निरन्तरता दिन निर्देशन दिनुभयो । कार्यालयकी प्रमुख खड्काल्े मुख्यमन्त्रीसहितको टोलीलाई सेल्टरमा रहेका सुकुम्वासीहरुको बिभिन्न रोगको अबस्था, स्वास्थ्य शिविर सञ्चालन गरेको, निःशल्क औषधि वितरण गरेको, दैनिक सेवा प्रवाह गरेको जानकारी गराउनुभयो । उहाँले सेल्टरमा आँखा नदेख्ने, प्यारालाईसिस, स्ट्रोक, दीर्घ रोगीलगायतको धेरै विरामी रहेको र बिमामा नपर्ने मंहगा औषधि खानुपर्ने बिरामीहरुसमेत रहेको जानकारी गराउनुभयो । भक्तपुरका प्रमुख जिल्ला अधिकारी उमेशप्रसाद ढकालले सेल्टरमा सरकारले गरेको व्यबस्था, खानेपानको व्यबस्थालगायतकोबारेमा जानकारी गराउनु भएको थियो । सरकारले खरिपाटीमा १५८ जना, मध्यपुरथिमि बोडेको कृषि विकास बैंकको तालिम कन्द्रमा ३९ जना र नगरकोटको खानेपानी तालिम केन्द्रमा ४६ जनालाई सेल्टरको रुपमा राखेर खाने र बस्ने ब्यबस्था गरेको छ । --- # खस्किदै कक्षा १२ को नतिजा Source: https://newskunda.com/archives/2045 Category: FEATURED NEWS, राजनीति, शिक्षा, समाचार, समाज, सूचना प्रविधि Last updated: 2022-09-08 -रमेश गिरी भक्तपुर, २३ भदौ : राष्ट्रिय परीक्षा बोर्डले यहीँ १७ गते कक्षा १२ को सार्वजनिक गरेको परीक्षाफलको नतिजा सन्तोषजन नभएपछि समग्र विद्यालयस्तरको शैक्षिक अबस्थामा प्रश्न चिन्ह खडा भएको छ । कक्षा १२ को नतिजा आउँदा ५० प्रतिशत भन्दा बढी विद्यार्थी अनुतिर्ण भएपछि विद्यालय तहकै पाठय्क्रम, कक्षा भार, शिक्षण सिकाईदेखि सरकारको लगानीमा समेत प्रश्न चिन्ह खडा भएको हो । बोर्डका अनुसार कक्षा १२ को नतिजामा एक लाख ८८ हजार ४१० जना अर्थात कुल परीक्षार्थीको ५१.९० प्रतिशत नन ग्रेडिड अर्थात अनुतीर्णमा परेका छन् । बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले परीक्षामा नियमित तर्फ तीन लाख ६३ हजार आठ, ग्रेड बृद्धितर्फ ३० हजार ४५ र आंशिक तर्फ तीन हजार १३२ गरि कूल तीन लाख ९६ हजार १८५ विद्यार्थीले परीक्षा दिएका थिए । लेटर ग्रेडिङ निर्देशिका, २०७८ अनुसार प्रयोगात्मक परीक्षामा न्यूनतम ४० अङक र सैद्धान्तिकतर्फ कुनै पनि विषयमा न्यूनतम ३५ अङक ल्याउन नसक्नेको प्रमाणपत्रमा एनजी (नन ग्रेडिड) लेखिने छ । बोर्डका उपाध्यक्ष डा. शर्माले भन्नुभयो, “यसवर्ष एक लाख ८८ हजार ४१० विद्यार्थी नन ग्रेडेङमा परेका छन् । त्यस मध्ये दुई विषयमा निर्धारित प्रतिशत भन्दा कम ल्याउने एक लाख ३० हजार ८७८ विद्यार्थीले मात्रै ग्रेड बृद्धि परीक्षामा सहभागि हुन पाउँछन् ।” तर दुई भन्दा बढी विषयमा नन ग्रेडेड ल्याएका ५७ हजार ५३२ जना विद्यार्थीले अर्को वर्ष सबै विषयको परीक्षा दिनुपर्छ । ग्रेडवृद्धि र आंशिक परीक्षार्थीको नतिजा अक्षराङ्कन पद्धति अनुसार नतिजा प्रकाशन गरिएको छ । जसअनुसार आंशिकतर्फ ३ हजार १३२ जनाले परीक्षा दिएकोमा १ हजार २८८ जना ४१.१२ प्रतिशत मात्रै उत्तीर्ण भएका छन् । २०७८ सालमा सार्वजनिक भएको नतिजामा ७ हजार ६३ जना विद्यार्थीले ३.६ जीपीए कटाएका थिए । कोभिड–१९ को तस्रो लहरका कारण २०७७ सालको परीक्षा होम सेन्टरमा सञ्चालन भएको थियो भने २०७८ मा बोर्डले केन्द्र तोकेर विद्यार्थीको भौतिक उपस्थितिमै परीक्षा सञ्चालन गर्दा ४ हजार १७९ विद्यार्थीले मात्रै ३.६१ देखि ४ जीपीए ल्याएका छन् । यसबारेमा बोर्डका अध्यक्ष डा शर्मा समग्रमा नतिजा खस्किएको देखिए पनि नतिजाले विगतको ट्रेन्डलाई पछ्याएको बताउनु हुन्छ । अहिलेको नतिजाले सन्तोष मान्ने ठाउँ नभएकाले शैक्षिक गुणस्तर उकास्न सबै तहबाट मिहेनत गर्नु पर्ने आवश्यकता भने खडकिएको उहाँ बताउनु हून्छ । यस वर्ष विद्यार्थीको भौतिक उपस्थितिमै परीक्षा सञ्चालन गरेकाले पनि आएको नतिजालाई अन्यथा लिनु पर्ने अबस्था नरहेको उहाँ बताउनु हुन्छ । शिक्षाविद् विद्यानाथ कोइराला प्रमुख तीन कारणले नतिजा खस्किएको बताउनु हुन्छ । उहाँ भन्नुहुन्छ, “सानैदेखि उदार कक्षोन्नतीको प्रबित्ति गलत छ, तलैबाट कमजोर विद्यार्थीलाई पनि माथि लगियो त्यसको नतिजा अहिले आएर देखियो ।” लेटर ग्रेडिङले पनि विद्यार्थीको सिकाइमा प्रभाव पारेको उहाँको भनाइ छ । लेटर ग्रेडिङले कक्षामा फेल होइदैन भन्ने गलत मानिसिकता विद्यार्थीमा पर्नु र यसमा शिक्षक तथा विद्यार्थी दुबैको गलत बुझाईले प्रभावकारी शिक्षण सिकाइ नहुँदा समस्या आएको उहाँको भनाइ छ । पछिल्लो समय पढेर के हुन्छ र ? भन्ने मानसिकता विद्यार्थीमा पर्यो र भविश्यको आशा बनेन र विद्यार्थीमा पढ्ने रहरनै जागेन भन्ने उहाँको धारणा छ । प्रबिधि र किताबको फरकताले पनि नतिजामा समस्या आएको बताउर्दै शिक्षाविद् कोइराला भन्नुहुन्छ, “कक्षामा पढाउने कला र विद्यार्थीमा पढ्ने कलानै मिलेन, शिक्षक किताब पढाउने तर विद्यार्थी प्रबिधिमैत्री हुदै प्रबिधिबाट सिकाइ गर्न चाहने यो भिन्नताले पनि शिक्षण सिकाईमा समस्या आयो । विद्यार्थीलाई त्यहीँ अन्याय भयो, प्रबिधिमय सिकाइ हुनु आवश्यक छ ।” अग्रेजी, गणितमै धेरै विद्यार्थी फेल हुनु चिन्ताको विषय रहेको भन्दै उहाँले शिक्षकलाई त्यहीँ अनुसारको तयारी गर्न नसक्नु पनि कमजोरी रहेको औल्याउनु हुन्छ । गरिखाने र पढिखानेको फ्युजन आवश्यक रहेको औल्याउदै उहाँले भन्नुभयो, “एकथरि पढिखाने र एक थरि गरिखाने विद्यार्थी छन्, गरिखानेलाई सीप र प्रबिधिसँग गरिखाने शिक्षा चाहिएको छ, त्यसैले अब पढाई र गराईलाई जोड्र लानु पर्ने आवश्यकता छ ।” यसबारेमा नेपाल अभिभावक महासंघका केन्द्रीय अध्यक्ष सुप्रभात भण्डारी कक्षा १२ को नतिजामा करिब ५१ प्रतिशत विद्यार्थी अनुतीर्ण हुनु भनेको दुःखद र शैक्षिक गुणस्तर सन्तोषजनक नरहेको प्रष्ट भएको बताउनु भयो । उहाँले भन्नुभयो, “अहिले कक्षा कोठाको शिक्षण सिकाइनै कमजोर रहेको देखिन्छ, गुणस्तरीय शिक्षणमा शिक्षकको कमजोरी केलाउनु आवश्यक छ, विद्यालयको तलदेखिकै जग कमजोर बन्दै गएको छ, पाठ्यक्रमले पनि यसमा भूमिका खेलिरहेको हुन्छ । यो नतिजाले त शिक्षक अब्बल भएनन्े भनेर पनि प्रश्न चिन्ह खडा भएको छ । ” दुई वर्ष कोभिडका कारण अनलाइन कक्षा र पढाई प्रभाबकारी हुन नसक्नु नतिजा खस्कनुको एउटा कारण रहेको भन्दै उहाँले यसैलाई दोष दिएर पन्छिने ठाउँ भने नभएको बताउनु हुन्छ । कक्षामा नियमित सिकाई भएको छ कि छैन, गुणस्तीय शिक्षा छ कि छैन, शिक्षक अब्बल छन् कि छैनन्, पाठ्यक्रम निर्धारण लागूमा कमिकमजोरी पनि रहेका छन् कि ? यसको खोजी आवश्यक रहेको उहाँको भनाइ छ । कोभिडलाई देखाएर अहिलेकै अबस्थालाई छाडेर जाने हो भने आगामी वर्षहरुमा पनि नतिजा प्रभावकारी आउँने आधार नभएको भन्दै महासंघका अध्यक्ष भण्डारीले कमिकजोरी पहिचान गर्ने र समाधाको बाटोमा जान परीक्षा बोर्ड आफैले पनि अनुगमन गरेर यसको तथ्य खोजेर गुणस्तरीय शिक्षाका लागि कदम अगाडि बढाउनु पर्ने बताउनु हुन्छ । कक्षा १२ मा मात्रै नभई एसईईको नतिजालाई नियाल्दा पनि सन्तोषजनक नभएको भन्दै उहाँले विद्यालयको तल्लो तहदेखिकै शैक्षिक गुणस्तर सुधार्न लाग्नु पर्ने बताउनु हुन्छ । उच्च माध्यमिक विद्यालय संघ नेपाल (हिसान) का केन्द्रीय कोषाध्यक्ष बिरेन्द्र जयना कोरोना महामारीले दुईवर्ष भएको लकडाउनका कारण शिक्षण सिकाइ प्रभावकारी बन्न नसक्दा नतिजा खस्किएको बताउनु हुन्छ । उहाँले भन्नुभयो, “दुई वर्ष लकडाउन भयो, त्यतिबेला एसईई दिनेको नतिजा पनि राम्रो आएन, अनलाइन कक्षाको भरमा कक्षा ११ पढ्नु पर्यो, विषयगत शिक्षकको अभाव, पढ्ने पढाउने वातावरण नहुनु, काठमाडौं उपत्यकाका अधिकांश विद्यालयमा पढ्ने विद्यार्थीहरु आधा भन्दा बढी गाउँ फर्कनु, गाउँमा अनलाइन कक्षा समेत लिन पाएनन्, अनि नतिजा कसरी राम्रो आउँछ र ?” अनलाइन कक्षामा पनि सबैसँग ल्यापटप, मोवाइलको पहुँच नहुँदा र गाउँ फर्किएका विद्यार्थीले अनलाइन कक्षा पनि लिन नसक्दा सामुदायिक विद्यालयको नतिजा अझै खस्किएको हुन सक्ने उहाँको भनाइ छ । अहिलेको नतिजाले राज्यकै लगानी, अभिभावकको लगानी र स्वयं विद्यार्थीको भविश्यमा पनि प्रश्न चिन्ह खडा भएको उहाँ बताउनु हुन्छ । हिसानका कोषाध्यक्ष जयना अनिवार्य पाँच वटा विषय रहेकोमा लकडाउनकै बेलामा नयाँ एक विषयको पाठ्यक्रम थपेर ६ विषयलाई अनिवार्य गर्नु तर त्यसको तयारी कक्षाको सिकाइको तयारी नगर्नु, विषय शिक्षकको अभाव हुनुले पनि नतिजालाई असर पारेको बताउनु हुन्छ । पाठ्यक्रम परिवर्तन गर्दा र थप गर्दा धेरै कुुरामा ध्यान दिनु पर्ने उहाँ बताउनु हुन्छ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन (प्याब्सन) का केन्द्रीय उपाध्यक्ष दीपिका थापा रिमालले नतिजा सन्तोषजनक नहुनमा लकडाउन मुख्य कारण भएको बताउनु हुन्छ । अनलाइकन कक्षा स्कुलदेखिनै प्रभावकारी नहुनु, अनलाइनका लागि प्रबिधि सबैसँग नहुनु र विद्यार्थी अनलाइन कक्षामै नबसिदिने, सबै कक्षाभार सिध्याउन नसक्ने समस्या रहेकाले शिक्षण सिकाइनै प्रभावकारी नभएकाले नतिजालाई असर गरेको बताउनु हुन्छ । कुनै तयारी नै नगरी नयाँ पाठ्यक्रम थप्नाले शिक्षकदेखि विद्यार्थीसम्म अन्योलमा पर्ने गरेको र सिकाइ उपलब्धी हुन नसकेको उहाँको भनाइ छ । पाठ्यक्रम नयाँ लागू गर्नु अघि जनशक्ति तयार पार्नु पर्ने, शिक्षकलाई तालिम दिनु पर्ने र विद्यार्थीलाई सिकाईमा सहजिकरण गर्नु पर्ने आवश्यकता रहेको उहाँले बताउनु भयो । पाठ्यपुस्तक सजह उपलब्ध नहुनु र कतिपय पढाइ नै नभएका पाठबाट प्रश्न आएको गुनासो विद्यार्थीबाट आउनुले पनि समस्या छ भन्ने देखाएको प्याब्सन उपाध्यक्ष थापा बताउनु हुन्छ । कक्षा १२ मा यस वर्षको नतिजामा चार हजार १७९ जनाले ३ दशमलव ६१ देखि ४ जिपिए, ३० हजार १०७ जनाले ३ दशमलव २१ देखि ३ दशमलव ६० जिपिए, ६५ हजार २८४ जनाले २ दशमलव ८१ देखि ३ दशमलव २० जिपिए, ६४ हजार ९३ जनाले २ दशमलव ४१ देखि २ दशमलव ८० जिपिए, १० हजार ९०० जनाले २ दशमलव ०१ देखि २ दशमलव ४० जिपिए र ३५ जनाले १ दशमलव ६१ देखि २ जिपिए ल्याएका छन् । --- # खेलकुद मनोरञ्जनमा मात्र सीमित नभई नेपालको पहिचान निर्माण गर्ने शक्तिशाली माध्यम हो : बागमती प्रदेशका मुख्यमन्त्री थापा Source: https://newskunda.com/archives/5152 Category: FEATURED NEWS, खेलकुद, राजनीति, समाचार, समाज Last updated: 2026-10-26 हेटौडा, ९ कात्तिक । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले खेलकुद मनोरञ्जनमा मात्र सीमित नभई राष्ट्रको आत्मविश्वास, युवाको सम्भावना र अन्तर्राष्ट्रिय मञ्चमा नेपालको पहिचान निर्माण गर्ने शक्तिशाली माध्यम भएको बताउनुभएको छ । नेपाल प्रिमियर लिग ९एनपीएल० को नयाँ संस्करणका अवसरमा शुभकामना सन्देश दिँदै मुख्यमन्त्री थापा मगरले नेपाली क्रिकेटले व्यावसायिक युगमा प्रवेश गरेसँगै एनपीएलले राष्ट्रिय गौरवको स्वरूप लिँदै गएको उल्लेख गर्नुभएको हो । “खेल केवल मनोरञ्जन होइन, राष्ट्रको आत्मविश्वास, युवाको सम्भावना र विश्वमञ्चमा नेपालको पहिचान निर्माण गर्ने शक्तिशाली माध्यम हो,” उहाँले भन्नुभएको छ । मुख्यमन्त्री थापा मगरले खेलकुद, युवा प्रतिभा र राष्ट्रिय पहिचानलाई महत्त्व दिने राजनीतिक सोचलाई एनपीएलले थप बलियो बनाउने विश्वास व्यक्त गर्नुभएको छ । उहाँले एनपीएल २०८३ नेपाली क्रिकेटको अर्को ऐतिहासिक अध्याय बन्ने अपेक्षा पनि गर्नुभएको छ । “खेलकुद, युवा प्रतिभा र राष्ट्रिय पहिचानलाई महत्त्व दिने हाम्रो राजनीतिक सोचलाई थप बलियो बनाउँदै एनपीएल २०८३ नेपाली क्रिकेटको अर्को ऐतिहासिक अध्याय बनोस्,” उहाँले शुभकामना सन्देशमा उल्लेख गर्नुभएको छ । मुख्यमन्त्री थापा मगरले प्रतियोगितामा सहभागी सम्पूर्ण खेलाडी, आयोजक, नेपाल क्रिकेट संघ ९क्यान०, कमेन्टेटर तथा क्रिकेटप्रेमीहरूलाई शुभकामना व्यक्त गर्नुभएको छ । नेपाली क्रिकेटको विकास, युवा खेलाडीको प्रतिभा प्रस्फुटन र अन्तर्राष्ट्रिय स्तरमा नेपालको पहिचान स्थापित गर्न एनपीएलले योगदान पुर्याउने अपेक्षा उहाँको शुभकामना सन्देशमा व्यक्त गरिएको छ । --- # खैरो हिरोइनसहित दुई जना पक्राउ Source: https://newskunda.com/archives/5417 Category: FEATURED NEWS, अपराध, अर्थ, समाचार, समाज Last updated: 2026-11-01 भक्तपुर, १५ कात्तिक : जिल्ला प्रहरी परिसर भक्तपुरले प्रतिबन्धित लागूऔषधसहित दुई जना पक्राउ गरेको छ । प्रहरीले आज मध्यपुरथिमि नगरपालिका–२ दिव्यश्वरी प्लानिङ क्षेत्रबाट सुराकीके आधामार चेकजाँच गर्नेक्रममा लागू औषधि सहित दुई जनालमई पक्राउ गरेको जिल्ला प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी एवम् प्रहरी नायब उपरीक्षक दिपककुमार कार्कीले जानकारी दिनुभयो । पक्राउ पर्नेमा कपिलवस्तु बाणगंगा नगरपालिका–९ घरभई हाल काठमाडौँ कागेश्वरी मनहरा बस्ने ३८ वर्षीय वसन्तबहादुर खत्रीलाई निजको साथबाट ४२.८४ ग्राम खैरो हेरोइन र ट्रामाडोल १० क्याप्सुलसहित पक्राउ गरेको उहाँले जानकारी दिनुभयो । प्रहरीले दोलखा मेलुङ गाउँपालिका–३ घरभई हाल काठमाडौँ कागेश्वरी मनहरा बस्ने २८ वर्षीय प्रदिप के.सी.लाई निजको साथबाट १.२८ ग्राम खैरो हेरोइन सहित पक्राउ गरेको उहाँले जानकारी दिनुभयो । पक्राउ परेका दुबैजनालाई आजै लागू औषध मुद्दामा जिल्ला अदालत भक्तपुरबाट म्याद थप गरि थप अनुसन्धान गरिरहेको उहाँले जानकारी दिनुभयो । --- # खोटाङको मात्तिमबिर्ता केन्द्रविन्दु भएर छ रेक्टर स्केलको भूकम्प Source: https://newskunda.com/archives/1616 Category: FEATURED NEWS, समाचार, समाज Last updated: 2022-07-31 काठमाडौँ, १५ साउन : खोटाङको साकेला गाउँपालिकास्थित मात्तिमविर्ता केन्द्रविन्दु भएर आज बिहान ८ः१३ बजे छ रेक्टर स्केलको भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका प्रमुख लोकविजय अधिकारीले ‘खोटाङको मार्टिनविर्ता केन्द्रबिन्दु भएर आज बिहान ८ बजेर १३ मिनेटमा छ रेक्टर स्केलको भूकम्प गएको राससलाई जानकारी दिनुभयो । साकेला गाउँपालिका अध्यक्ष रविप्रकाश राईले अहिलेसम्म भूकम्पबाट कुनै मानवीय क्षति नभएको जानकारी दिनुभयो । --- # गगन थापाको कडा चेतावनी: सरकारले प्रेस स्वतन्त्रता मिच्यो, रास्वपालाई परिणाम देखाऊ! Source: https://newskunda.com/archives/5385 Category: FEATURED NEWS, राजनीति Last updated: 2026-11-01 नेपाली कांग्रेसका सभापति गगन थापाले वर्तमान सरकारले संविधान र प्रेस स्वतन्त्रतामाथि देखाएको व्यवहार निकै चिन्ताजनक रहेको बताउँदै सत्ता साझेदार राष्ट्रिय स्वतन्त्र पार्टीलाई वक्तव्य होइन ठोस परिणाम देखाउन चुनौती दिएका छन्। आइतबार सानेपास्थित पार्टी कार्यालयमा पत्रकार सम्मेलन गर्दै थापाले मिडिया हाउसमा प्रहरी प्रवेश गराएर पत्रकार पक्राउ गर्ने र चौतर्फी आलोचनापछि उन्मुक्ति दिने शैलीले विधिको शासनको खिल्ली उडाएको आरोप लगाए। ‘मिडियाका गेटमा गाडी तेर्स्याएर पक्राउ गरियो। प्रधानमन्त्रीको सचिवालयले थाहा छैन भन्यो तर प्रहरीले प्रधानमन्त्री कार्यालयको चासोका कारण नियन्त्रणमा लिएको बतायो,’ उनले भने, ‘यो उच्च तहको राजनीतिक आदेशबिना सम्भव छैन।’ थापाले प्रहरी आफैं न्यूजरुममा नपुग्ने स्पष्ट पार्दै ‘उठा’ भनेर निर्देशन दिने र आलोचना चर्केपछि ‘छोड’ भन्ने तरिका लोकतान्त्रिक नभएको ठोकुवा गरे। सरकार ‘जे बोल्यौं त्यही हुकुम’ र ‘सरकारको इच्छा नै कानुन’ भन्ने सोचतर्फ अग्रसर भएको उनको भनाइ छ। यसै क्रममा उनले विगतमा कांग्रेस गठबन्धन सरकारमा रहँदा गलत कामविरुद्ध आवाज उठाएको स्मरण गराउँदै रास्वपाको दोहोरो चरित्रमाथि प्रश्न उठाए। ‘त्यसबेला रास्वपाले कांग्रेसलाई गल्तीको जवाफ दिनुपर्छ भन्दथ्यो। आज आफ्नै पार्टी संलग्न सरकारको हकमा चाहिँ यो नियम लागु नहुने हो?’ थापाले भने, ‘हामीलाई औपचारिक वक्तव्य होइन, संसदीय दलको बैठक बोलाई प्रधानमन्त्रीलाई स्पष्ट निर्देशन दिन र त्यसलाई कार्यान्वयनमा लैजान चाहिन्छ।’ संविधानले ग्यारेन्टी गरेको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि कुनै बहानामा हुने हस्तक्षेप स्वीकार्य नहुने चेतावनी दिँदै थापाले सरकारलाई गल्ती सच्याउन र विधिको शासन सम्मान गर्न आग्रह गरेका छन्। --- # गठबन्धन टुट्दैन र तोड्नु हुँदैन : प्रधानमन्त्री देउवा Source: https://newskunda.com/archives/2077 Category: FEATURED NEWS, राजनीति, समाचार Last updated: 2022-09-09 चितवन, २४ भदौ : प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सत्तारुढ गठबन्धनलाई टुटाउन षड्यन्त्र भइरहेको बताउनुभएको छ । उहाँले भन्नुभयो, “गठबन्धन कुनै हालतमा टुट्दैन र तोड्नु हुँदैन पनि ।” नेपाली कांग्रेस चितवनद्वारा आज यहाँ आयोजित ‘जनताको साथमा कांग्रेस अभियान’को समापन एवं विशेष सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले गठबन्धनको विरोधमा नबोल्न कांग्रेसका नेता तथा कार्यकर्तालाई आग्रह गर्नुभयो । गठबन्धन तोड्नु भनेको कांग्रेस पार्टीलाई सिध्याउने षड्यन्त्र भएको जनाउँदै प्रधानमन्त्री देउवाले भन्नुभयो, “बल्ल–बल्ल पार्टी बलियो हुँदै छ, यसलाई सिध्याएर के हुन्छ । यसैले गठबन्धनको विरुद्धमा बोल्ने कुरा छैन ।” उहाँले गठबन्धन गर्दा पार्टीलाई बढीभन्दा बढी फाइदा हुने गरी लाग्नुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो, “गठबन्धनमा बढीभन्दा बढी फाइदा लिन हामी प्रयास गर्छौँ, तर गठबन्धन कुनै हालतमा टुट्दैन, तोड्नुहुँदैन । यसमा ठूलो सहयोग भएको छ । गठबन्धन तोड्ने कुरा गर्नुहुँदैन ।” गठबन्धनका कारण कांग्रेसले प्रधानमन्त्री, मुख्यमन्त्री र मन्त्री प्राप्त गर्ने अवसर प्राप्त गरेको जनाउँदै प्रधानमन्त्री देउवाले गठबन्धन भएर धेरै निर्वाचित हुँदै गर्दा त्यो अवसर फेरि पनि प्राप्त हुने बताउनुभयो । उहाँले पार्टीका नेता तथा कार्यकर्तालाई एकढिक्का भएर निर्वाचनमा होमिन आग्रह गर्नुभयो । गठबन्धन भएर सरकार बनेकै कारण नेकपा (एमाले)को एकलौटी अन्त्य भएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “उनीहरुको एकलौटी चलेको छैन, मनोपोली चलेको छैन ।” हिजो बाहिर हुँदा तत्कालीन एमालेको सरकारले गरेको क्रियाकलापको स्मरण गर्न नेता तथा कार्यकर्तालाई आग्रह गर्दै उहाँले गठबन्धन अघि बढ्दै गर्दा सबै ठाउँमा कांग्रेसको सरकार बन्ने सम्भावना रहेको बताउनुभयो । प्रम देउवाले भन्नुभयो, “हिजोको अवस्था कस्तो थियो । ओली सरकारलाई हटाउनुप¥यो, हटाउनुप¥यो भनेको होइन सबैले ।” प्रधानमन्त्री देउवाले भन्नुभयो, “अहिले यो हुँदैन, त्यो हुँदैन भन्नु हुँदैन । कांग्रेसलाई बलियो र ठूलो पार्टी बनाउन गठबन्धन आवश्यक छ, भ्रमको पछाडि नलाग्न पनि आग्रह गर्दछु ।” कतिपयले एमसिसीसँगै अमेरिकी सेना बस्छ भनेर भ्रम फैलाएकामा आपत्ति जनाउँदै उहाँले भन्नुभयो, “खै विदेशी सेना आयो त ? अहिले विदेशी सेना आएको छ त ? यस्तो पनि कुरा पत्याएर हिँड्ने हो ? झुटा आक्षेप लगाउने र प्रचार गरेर पार्टीलाई सिध्याउन खोजेका हुन् । झुटा प्रचार गरेर हाम्रो पार्टीलाई कमजोर बनाउने काम भइरहेको छ, षड्यन्त्र भइरहेको छ ।” उहाँले वर्तमान सरकारले स्थानीय तहको निर्वाचन निष्पक्ष, स्वतन्त्र र भएरहित वातावरणमा सम्पन्न गरेको र अगामी मङ्सिरमा हुने प्रदेश र सङ्घको चुनाव पनि शान्तिपूर्ण, स्वतन्त्र र निष्पक्षरुपमा सम्पन्न हुने बताउनुभयो । उहाँले सरकारले नेपालको संविधान कार्यान्वयनलाई उच्च प्राथमिकता दिएको जानकारी दिनुभयो । --- # गठबन्धन दलहरुले गरे सिट बाँडफाँटमा आफ्नो दाबी Source: https://newskunda.com/archives/1777 Category: FEATURED NEWS, निर्वाचन, राजनीति, समाचार Last updated: 2022-08-25 काठमाडौँ, ९ भदौ : पाँच दलीय सत्तारुढ गठबन्धन दलहरुले चुनावी तालमेलका लागि आआफ्नो दाबी पेश गरेका छन् । गठबन्धनको कार्यदलसहित शीर्ष नेताहरुको बैठक आज अपराह्न प्रधानमन्त्री निवास बालुवाटारमा बसेको थियो । बैठकमा कार्यदलका तर्फबाट नेपाली कांग्रेसले १००, नेकपा (माओवादी केन्द्र)ले ६०, नेकपा (एकीकृत समाजवादी)ले ४०, जनता समाजवादी पार्टी नेपालले ३२ र राष्ट्रिय जनमोर्चाले दुई सिटमा दाबी गरेको जनमोर्चाका सचिव हिमलाल पुरीले जानकारी दिनुभयो । सिट बाँडफाँटका सम्बन्धमा लामो समयदेखि छलफल भइरहेका सन्दर्भमा आज कार्यदलमा रहेका सबै दलले आआफ्नो दाबी गरेको र त्यसपछि कुन निर्वाचन क्षेत्र हो भनी सोबारेमा समेत छलफल भएको उहाँले बताउनुभयो । भोलि अपराह्न ४ बजे बस्ने गठबन्धनको बैठकमा यस बारेमा विस्तृत छलफल गरी शीर्ष नेतृत्वसमक्ष प्रतिवेदन पेश गरिनेछ । यसअघि आज बिहान बसेको गठबन्धनका शीर्ष नेतासहितको बैठकले सिट बाँडफाँटका सम्बन्धमा एक सय ६५ वटै निर्वाचन क्षेत्रको अवस्थाको अध्ययन गरी प्रतिवेदन बुझाउन कार्यदललाई निर्देशन दिएको थियो । --- # गठबन्धन महिला बिरोधी हो, त्यसैले एमालेले महिलालाई प्रमुखमा उभ्यायो, यो सबै महिलाको प्रतिष्ठा हो : महेश बस्नेत Source: https://newskunda.com/archives/630 Category: FEATURED NEWS, निर्वाचन, राजनीति, समाचार Last updated: 2022-05-02 ### महेश बस्नेत भन्छन् : - ##### नेकपा एमाले जहाँ आउँछ, त्यहाँ खुसीयाली आउँछ, त्यहाँ बिकास आउँछ, त्यहाँ शुद्धिकरण आउँछ, शुसासन आउँछ - ##### पाँच वर्ष अगाडि आउँदा यहाँको बिग्रको बाटो, खानेपानी लिन आधा घण्टा जानु पर्नेहरु अहिले आउदा एमालेले गरेको बिकास, यहाँको बाटो, घरघरमा खानेपानी देखेर छक्क पर्छन - ##### उपत्यकामै एक मात्र महिला प्रमुख चाँगुनारायण नगरपालिकामा उभ्याएर एमालेले समग्र महिलाको प्रतिनिधित्व र महिलाको प्रतिष्ठा बढाएको छ - ##### कांग्रेस सहितको यो गठबन्धन महिलाहरुको होइन, पुरुषहरुको गठबन्धन हो, उनीहरुले कहि महिला प्रमुख उठाउन सकेनन्, उपप्रमुखमा समेत धेरै ठाउँमा पुरुषलाई उभ्याएर महिलाहरुको अधिकार खोसेको छ - ##### भक्तपुरमा एमालेले सांसद जिते पछि, यहाँका नगरपालिकामा एमालेले जिते पछि बिकासको आधीबेहरी आयो, यो सबैले देखेकै छन् त - ##### कांग्रेसहरु किर्ते कागज गर्न सिफालु छन् भनेर रबिन्द्रजीले बुझ्नु भएन, राप्रपाले बुझेन - ##### बढार्नु पर्ने फोहोरलाई हावाले उडायो, त्यसैले हामीलाई हाइसन्चो भएको छ #### ========================================= भक्तपुर । नेकपा एमालेका युवा नेता, पोलिटव्यूरो सदस्य एवं संघीय सांसद महेश बस्नेतले एमालेले मात्रै जनताको मुहारमा खुसी ल्याउन सक्ने बताउनु भएको छ । चाँगुनारायण नगरपालिकाको चुनावी अभियानलाई सम्बोधन गर्दै उहाँले गठबन्धनमा रहेका अरु दलले आफ्ना परिवार, आफन्त र नातागोताका लागि मात्रै खुसी ल्याउने तर एमालेले सबै जनताको लागि खुसी लिएर आउने बताउनु भएको हो । पूर्वमन्त्री बस्नेतले भन्नुभयो, “नेकपा एमाले जहाँ आउँछ, त्यहाँ खुसीयाली आउँछ, त्यहाँ बिकास आउँछ, त्यहाँ शुद्धिकरण आउँछ, शुसासन आउँछ, त्यहाँ भ्रष्टाचारी काप्छन्, तस्करी डराउछन्, माफियाहरु लुक्छन्, त्यसैले एमाले जनताको एमाले हो ।” चाँगुनारायणमा पाँच वर्ष अगाडि आएको एमालेले चाँगुको मुहार फेरिएको बताउदै उहाँले पाँच वर्ष अगाडि आउँदा यहाँको बाटो, खानेपानी, बिकास देख्नेहरु अहिले आउँदा छक्क पर्ने गरेको बताउनु भयो । सरस्वतीखेदमा काँग्रेसले बिकासमा बाधा हाल्न खोज्दा त्यो त्यस्तो अबरोधलाई तोडेर यहाँका बाटोहरु पिच हुन थाले भन्दै उहाँले यहाँको बिकासले जनताले झलझली देखेको बताउनु भयो । उपत्यकामै एक मात्र महिला प्रमुख उभिएको चाँगुनारायण नगरपालिकामा समग्र महिलाको प्रतिनिधित्व र महिलाको प्रतिष्ठा बनेको भन्दै उहाँले यसअघि पाँच वर्ष चाँगुनारायणमा उपप्रमुख भएर अनुभव सम्हालिसक्नु भएकी बिना बास्तोलालाई एमालेले प्रमुखमा उभ्याएर चाँगुको थप बिकास सम्पन्न गर्न अगाडि सारेको बताउनु भयो । एमाले बिरुद्ध चुनावी मैदानमा आएको काँग्रेससहितको गठबन्धनलाई उहाँले पुरुषवादी गठबन्धनको संज्ञा दिदै भन्नुभयो, “कांग्रेस सहितको यो गठबन्धन महिलाहरुको होइन, पुरुषहरुको गठबन्धन हो, उनीहरुले कहि महिला प्रमुख उठाउन सकेनन्, उपप्रमुखमा समेत धेरै ठाउँमा पुरुषलाई उभ्याएर महिलाहरुको अधिकार खोसे, अब यहाँका महिलाले गठबन्धनलाई भोट हाले त पाप लाग्छ ।” गठबन्धन दलहरुको झूण्ड महिलालाई हेप्ने, महिलालाई तल्लो दर्जामा व्यबहार गर्ने, शोषण, दमन र उत्पिडनमा राख्ने पाटीृ भएको भन्दै उहाँले एमालेले सबै महिलाहरुको साझा उम्मेदवारको रुपमा बिना बास्तोलालाई प्रमुखमा उभ्याएको बताउनु भयो । भक्तपुरमा एमालेले के गर्यो भनेर भक्तपुरका काँग्रेसले नदेखे जस्तो गरेपनि उपत्यका बाहिरका जिल्लाका काँग्रेसले भक्तपुरको बासिन्दा भन्दा महेश बस्नेतको जिल्ला भनेर गर्व गर्ने गरेको चर्चा गर्दै उहाँले काँग्रेसका कोही व्यक्ति यहाँका आफ्ना दिदी बहिनलाई भेट्न आउँदा पाँच वर्षमा भएको बिकास देखेर भोट त एमालेलाई नै दिनु पर्ने रहेछ भन्ने गरेको सुनाउनु भयो । उहाँले भक्तपुरको बिकास गर्न एमालेनै आउनु परेको बताउदै भन्नुभयो, “भक्तपुर १ नं. क्षेत्रमा २५ वर्षदेखि नेमकिपाले जित्दै आएको छ, यहाँको बिकासमा के गर्यो खै ?, २ नम्बर क्षेत्रमा नेमकिपा र काँग्रेसले २० वर्ष होल्ड गर्यो यहाँको बिकास के गरे खै ?, तर भक्तपुरमा एमालेले सांसद जिते पछि, यहाँका नगरपालिकामा एमालेले जिते पछि बिकासको आधीबेहरी आयो, यो सबैले देखेकै छन् त ।” अहिलेको गठबन्धन सरकार आएपछि भक्तपुरको बिकासमा एक पैसा पनि ल्याउन नसकेको उल्टै एमालेको पालामा ल्याएको बजेट रोक्न गएर बिकास रोक्न खाजेको उहाँको भनाइ थियो । तोरी र कोदो एकै ठाउमा मिसाउँदा के हुन्छ भनेर चाँगुनारायणमा भएको प्रदेशको उपनिर्वाचनले देखाएको भन्दै उहाँले माओवादीका डिपी ढकाललाई उठाउँदा एमालेले आफ्नो ठाउँ गुमाउनु परेको बताउनु भयो । उपनिर्वाचनका काँग्रेस र राप्रपाबीच किन अप्राकृतिक गठबन्धन भयो भन्ने रहस्य बल्ल बाहिर आयो भन्दै उहाँले कृष्णलाल भँडेलले स्थानीय चुनाबमा रबिन्द्रलाई मेयर दिन्छौँ, मलाई जिताइदेउ भनेर लोभ देखाउदा कांग्रेसको किर्ते काममा राप्रपा फसेको टिप्पणी गर्नु भयो । **“कांग्रेसहरु किर्ते कागज गर्न सिफालु छन् भनेर रबिन्द्रजीले बुझ्नु भएन, राप्रपाले बुझेन, त्यहीँ भएर आज रबिन्द्रजीलाई कांग्रेसले कान्लामुनी पुर्र्यादियो, अर्कालाई धोका दिएर आफ्नो लाभ र दूनो सोझ्याउनेहरु कुनै पनि ठाउँमा सफल हुदैनन्, त्यसैले यस पटक कांग्रेसलाई राप्रपाले हराउँछ, एमालेले जित्छ ।”** माओवादी केन्द्रलाई बालुवाको संज्ञा दिदै एमाले नेता बस्नेतले माओवादी जहाँ गयो त्यहीँ बिगार्छ, हिजो एमालेलाई बिगार्यो, अब काँग्रेसलाई बिगार्छ भन्नु भयो । उहाँले भन्नुभयो, “हिजो एमालेले हलुवा पकाएको थियो, माओवादीले ल्याएर बालुवा मिसाईदियो, हामीलाई तीन वर्ष निल्नु न आकेल्नु भयो, आज माओवादी कांग्रेसको हलुवामा बालुवा मिसिन गएको छ, बढार्नु पर्ने फोहोरलाई हावाले उडायो, त्यसैले हामीलाई हाइसन्चो भएको छ ।” प्रचण्ड र माधन नेपाल, झलनाथ खनालले कम्युनिष्ट आन्दोलनमा गरेको गद्धारी र धोकाले कम्युनिष्ट सरकार ढाले, पार्टी कक्जा गर्न खोजे, सूर्य चिन्ह कब्जा गर्न खोजे, केपी ओलीलाई राजनीतिबाट हटाउन खोज्ने यस्ता तत्वहरुलाई हावाले उडाए पछि अब कम्युनिष्ट आन्दोलनलाई एमालेले शसक्त ढंगले अगाडि लैजान्छ भन्नुभयो । **प्रचण्ड र माधन नेपाल कांग्रेसको पुच्छर लाग्दा अब घर न घाँटको हुन्छन् भन्दै उहाँले भन्नु भयो, “माधव नेपालको साढुभाई मन्त्री भए, ज्वाई राजदूत भए, झलनाथको ज्वाई राजदूत भए, प्रचण्डको भाइ नारायण दाहाल सांसद भए, छोरी भरतपुरकी मेयर, बुहारी मन्त्री, पम्फा भुसालको ज्वाई राजदूत भए भन्दै कांग्रेसको पुच्छर समातेर बैतर्णी तर्न खोजेका प्रचण्ड, माधवको हालत जनताले बुझिसकेका छन् ।”** उहाँले चाँगुनारायणका एमालेका नेता कार्यकर्तालाई प्रत्येक घरघरमा गएर भोट माग्न आग्रह गर्नु भयो । उहाँले भन्नुभयो “तपाई त्यो कांग्रेसको घर, त्यो राप्रपाको घर, त्यो माओवादीको घर भनेर नअलमलिनुस्, प्रत्येकको घरघरमा जानुस्, ती घरहरुमा कतिका आवाज दबिएर बसेका छन्, कतिको भोट लुकेर बसेका छन्, ती भोटहरु सूर्यमा आउन सक्छ, एमालेलाई आउँन सक्छ, प्रत्येक घरघरमा गएर मत माग्नुस् ।” --- # गठबन्धनबीच बल्ल मिल्यो भागवण्डा, गठबन्धन र प्रतिपक्षलाई उम्मेदवार टुङ्ग्याउनै सकस Source: https://newskunda.com/archives/452 Category: FEATURED NEWS, राजनीति, समाचार Last updated: 2022-04-24 भक्तपुर, ११ बैशाख : आगामी ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि आज बिहान १० बजेदेखि उम्मेदवारी दर्ता खुल्यो । भक्तपुरका चार नगरपालिकाका लागि स्थापना गरेको मुख्य निर्वाचन तथा निर्वाचन अधिकृतको कार्यालय दिनभरिनै करिब सुनसान रहयो । भोली साँझ ५ बजेसम्म उम्मेदवारी दर्ता गर्ने समय रहेको र ठूला दलहरुमा उम्मेदवार छान्न निकै सकस परेपछि आज ठूला दलहरु उम्मेदवारी दर्तामा गएनन् । नेमकिपा, राप्रपा पनि उम्मेदवारी दर्ता गर्न गएन भने केही स्वतन्त्रले मात्रै उम्मेदवारी दर्ता गराएका छन् । आज साँझ ६ बजेसम्म पनि नेकपा एमाले र नेपाली काँग्रेससहितको गठबन्धनमा को उम्मेदवार भन्ने सर्बत्र चासो रहे पनि उम्मेदवारको टुङ्गो लाग्न नसके पछि दलहरुलाई सकस परेको छ । मुख्य गरि चाँगुनारायण, सूर्यविनायक र मध्यपुरथिमि नगरपालिकामा दुई ठूला दलमा उम्मेदवारको आकांक्षकी धेरै भएपनि त्यसलाई घटाउँदै ल्याएर दुई जनासम्ममा झार्दा पनि दुई मध्ये कसलाई टिकट दिने भन्नेबारेमा निर्णय हुन नसक्दा कार्यकर्ता भने अन्योलमा परेका छन् । सत्ताधारी दल काँग्रेस सहितको गठबन्धनमा आज बल्ल कुन पार्टीलाई टिकट दिने भन्ने टुङ्ग्याए पनि कसलाई दिने भनेर टुङ्ग्याउन सकेको छैन । गठबन्धनबीच आज बसेको प्रदेशस्तरीय संयन्त्रले भक्तपुरको भागबण्डा टुङ्ग्याएको हो । जसमा चार वटा स्थानीय तह रहेको भक्तपुरमा तीनै वटा नगरपालिकामा कांग्रेसले प्रमुख पाएको छ । भक्तपुर नगरपालिकामा कांग्रेसले प्रमुख र नेकपा एकीकृत समाजवादीले उपप्रमुख, मध्यपुर थिमि नगरपालिकामा कांग्रेसले प्रमुख र माओवादी केन्द्रले उपप्रमुख तथा सूर्यविनायक नगरपालिकामा कांग्रेसले प्रमुख र नेकपा एकीकृत समाजवादीले उपप्रमुख पाएको हो । चाँगुनारायणमा भने काँग्रेस र माओवादी केन्द्र दुबैले प्रमुखको दाबी गरिरहेकाले सहमति हुन सकिरहेको छैन भने गठबन्धनबीच छलफल जारी रहेको बताइएको छ । नेकपा माओवादी केन्द्रका नेता डिपी ढकालले चाँगुनारायणमा माओवादी केन्द्रले प्रमुख पाउनु पर्ने दाबी गरिरहेको र छलफल जारी रहेको जानकारी दिदै मध्यपुरथिमिको उपप्रमुखमा भने विजय श्रेष्ठलाई गठबन्धनबाट उम्मेदवार बनाउने जानकारी दिनुभयो । एकीकृत समाजवादीले भक्तपुर नगरपालिकाको उपप्रमुखमा रीता अवाल र सूर्यविनायक नगरपालिकाको उपप्रमुखमा पार्टी अध्यक्ष श्याम बस्नेतले उम्मेदवारी दिने तय भएको बताइएको छ । नेपाली काँग्रेसमा सूर्यविनायकको प्रमुखमा निशान ढुङ्गेल, नारायण खायमली, उद्धव सिलवाल, चाँगुनारायणको प्रमुखमा प्रविण वन, जीवन खत्री, शिवहरी केसी, मध्यपुरथिमिमा अष्टकुमार कवेँ, महेश श्रेष्ठ, सुरेन्द्र श्रेष्ठलगायतले दाबी नछाडे पछि सकस भएको काँग्रेसका नेताले बताए । नेकपा एमालेमा पनि भक्तपुर नगरपालिकाबाहेक अन्य तीन नगरपालिकामा प्रमुख र उपप्रमुखनै टुङ्ग्याउन नसके पछि जिल्ला बाहिर गएर छलफल भइरहेको बताइएको छ । एमालेको चाँगुनारायण नगरपालिकामा वर्तमान उपप्रमुख बिना बास्तोला र रमेश बुढाथोकी दुबैले प्रमुखमा दाबी गरेपछि सकस परेको बताइएको छ । यता सूर्यविनायकमा हालका नगर प्रमुख वासुदेव थापा र वडा नं. ८ का वडाध्यक्ष किरण थापाले दाबी नछाडे पछि पार्टी अध्यक्ष केपी शर्मा ओलीले नै यसको निर्णय गर्ने र उपप्रमुखमा जूना बस्नेत र सरिता भट्टराईले दाबी नछाडेको बताइएको छ । मध्यपुरथिमिमा भने वर्तमान् प्रमुख मदनसुन्दर श्रेष्ठ र पार्टी अध्यक्ष बचन देउजा दुबैको दाबी रहेको छ । एमालेलाई पनि मिलाउन कठिन भएकाले छलफल जारी रहेको एक नेताले बताए । नेमकिपाले भने चार वटै नगरपालिकाका उम्मेदवार भोली मात्रै निर्णय गर्ने जानकारी दिएको छभने राप्रपाले भने पूर्वसहमति अनुसार नेपाली काँग्रेससँग चाँगुनारायणको नगर प्रमुखमा दाबी गर्दै छलफल भइरहेको राप्रपाका सहमहामन्त्री रबिन्द्रप्रताप शाहले जानकारी दिनुभयो । सहमति नभए राप्रपाले चारवटै नगरमा उम्मेदवारी दिने गरि तयारी गरेको उहाँले जानकारी दिनु भयो । राप्रपा नेपालले चाँगुनारायणमा प्रमुख बिष्णुप्रसाद तिमिल्सिना, उपप्रमुख संगिता लाखाजु, मध्यपुरथिमिको प्रमुखमा रामसुन्दर बिष्ट र उपप्रमुख सरिता श्रेष्ठ, सूर्यविनायकको प्रमुखमा धर्मराज थापा र उपप्रमुखमा सुमित्रा भण्डारी तथा भक्तपुर नगरपालिकाको प्रमुखमा उत्तमभक्त बाटीलाई उम्मेदवार बनाउने निर्णय गरेको अध्यक्ष माधव खत्रीले जानकारी दिनु भयो । --- # गठबन्धनमा सिठ बाँडफाँडको टुङ्गो लागिसकेको छैन : उपसभापति खड्का Source: https://newskunda.com/archives/2064 Category: FEATURED NEWS, राजनीति, समाचार, समाज Last updated: 2022-09-09 भक्तपुर, २४ भदौ । नेपाली कांग्रेसका उपसभापति एवं प्रशिक्षण विभाग प्रमुख पूर्णबहादुर खड्काले गठबन्धन दलहरुबीच अझै सिठ बाँडफाँडको टुङ्गो नलागेको बताउनु भएको छ । आज भक्तपुरका नेपाली काँग्रेस जिल्ला प्रशिक्षण शाखा भक्तपुरले आयोजना गरेको जिल्ला स्तरीय प्रशिक्षण कार्यक्रममा बोल्दै उहाँले मंसीर ४ को चुनाबमा गठबन्धनसहित जाने भएपनि सिठ बाँडफाँडको टुङ्गो भने अझै नलागेको बताउनु भएको हो । अहिलेको गठबन्धन काँग्रेसका लागि रहर नभई बाध्यता भएको चर्चा गर्दै उहाँले भन्नुभयो, “राजनीतिले यस्तो अबस्था सृजना गर्यो कि, गठबन्धनलाई सँगै लिएर नजाने हो भने काँग्रेस एक्लै चुनाब लड्ने अबस्था छैन, काँग्रेस एक्लै जान खोजे फेरी एमालेसँग माओवादी केन्द्र, समाजवादी, मधेशवादी दलको गठबन्धन हुने अबस्था देखियो, त्यसैले पनि काँग्रेसले गठबन्धन छाड्न सक्दैन ।” उपसभापति खड्काले संविधानको रक्षा गर्ने एजेण्डा बोकेको दलहरु गठबन्धन र तालमेलको अबस्थामा पुगेको बताउदै उहाँले गठबन्धन काँग्रेसका लागि रुची नभई बाध्यता भएकोृ बताउनु भयो । गठबन्धनमा सिठ बाँडफाँड मिलाउँदा काँग्रेसले पाउने सिठ संँख्या घट्न सक्ने भन्दै उहाँले त्यस्तो अबस्थामा कतिपय कतिपय नेताले टिकट नपाउने अबस्थालाई बुझिदिन आग्रहसमेत गर्नु भयो । गठबन्धन गर्दा काँग्रेसलाई बढी भन्दा बढी फाइदा हुने र क्षति कम हुने गरिनै गठबन्धनमा सिठ बाँडफाँड हुन्छ भन्दै उहाँले गठबन्धनका उम्मेदवार जो भएपनि जिताउने अभियानमा लाग्नु पर्नेमा जोड दिनु भयो । मंसीर ४ गते पछाडि नेपाली कांग्रेसले बहुमतको सरकार सञ्चालन गर्ने बताउदै गठबन्धन सहित दुईतिहाई नजिकको सरकार बनाएर अगाडि बढ्ने उहाँको भनाई थियो । आगामी निर्वाचनमा मतदाताको मन जित्ने गरि घरघरमा जान निर्देशन दिदै उहाँले भन्नुभयो, “काँग्रेसका कारणले जनताको ठेस पुगेको मनमा के भनेर मन परिवर्तन गर्न सकिन्छ, त्यो गरौँ, मत माग्न नरम, शालिन भएर मतदाताको मन जित्ने गरि जाऔँ, काँग्रेस भित्रको असहमति, विभेद, चित्त दुखाई, असन्तुष्टी जे जे छन्, त्यो सबैलाई मंसीर ४ गतेसम्म पोको पारेर गाँठो पारेर कुटटिलो पारेर राख्नस्, चुनाब पछि त्यसलाई खोलेर छलफल गरौँला र काँग्रेसलाई अझै समृद्ध बनाउँला ।” कार्यक्रममा काँग्रेस केन्द्रीय सदस्य एवं भक्तपुर ईन्चार्ज अम्बिका बस्नेतले संसदको गत निर्वाचनमा प्रतक्ष्य तर्फ २३ सिट मात्रै जितेको नेपाली काँग्रेसलाई अबको निर्वाचनमा बढी भन्दा बढी कसरी जिताउने, संघमा १६५ र प्रदेशमा ३३० मै काँग्रेस सहितको गठबन्धनलाई जिताउने अभियानमा लाग्न निर्देशन दिनु भयो । अहिले गठबन्धनमा सिठ बाँडफँडमा निकै कठिनाइ आइपरेको चर्चा गर्दै उहाँले टिकट पाउँन गरेको प्रतिस्पर्धामा पार्टीले जनतासँग भिजेको व्यक्तिलाई टिकट दिनु स्वभाविकै भएको बताउनु भयो । काँग्रेस वाग्मति प्रदेश समितिका महामन्त्री कञ्चन बाँडे श्रेष्ठले काँग्रेस एक भएको सन्देश बोकेर निर्वाचनमा कार्यकर्ता होमिने बेला आएको बताउनु भयो । त्यस अवसरमा काँग्रेस भक्तपुर जिल्ला सभापति दूर्लभ थापाले स्थानीय तहको निर्वाचनमा भक्तपुरमा काँग्र.सलाई पहिलो पार्टी बनाएको चर्चा गर्दै मंसीर ४ गतेको निर्वाचनमा पनि काँग्रेस अझै शसक्त भएर लाग्नेब ताउनु भयो । टिकटका लागि संघ र प्रदेशमा धेरै आकांक्षी रहेको बताउदै उहाँले भन्नुभयो, “पार्टीलाई गठबन्धनको सकस छ, भक्तपुरमा धेरै साथीहरु आकांक्षी हुनुहुन्छ, भक्तपुरमा कांग्रेस एक्लै चुनाब लड्न सक्छ तर पार्टीले जसलाई टिकट दिन्छ, जे निर्णय लिन्छ त्यसैलाई मानेर अगाडि बढ्छौँ, चिया पसल, सामाजिक सञ्जालमा जथाभावी लेख्न छाडेर चुनाबमा केन्द्रीत हुन सबैलाई आव्हान गर्छु ।” कार्यक्रमका सभापति एवं भक्तपुरका प्रशिक्षण विभाग प्रमुख विजेश अवालले प्रशिक्षणमा २०० भन्दा बढी नेता कार्यकर्ताको सहभागिता रहेको बताउनु भयो । --- # गठामंगल पर्व मनाईयो नेवार समुदायमा Source: https://newskunda.com/archives/2839 Category: FEATURED NEWS, जीवन शैली, धर्म/संस्कृति, राजनीति, समाचार, समाज Last updated: 2023-07-15 -रमेश गिरी भक्तपुर, ३० असार : साँझ ढल्केर झमक्क भयो । नगर टोलका चोक चोकमा महिला, पुरुष, बालबालिका, युवायुवतीको उपस्थिति बाक्लिदै गयो । दिउँसो देखि टोलटोलमा नर्कट र परालको मिश्रणबाट बनाईएको राक्षस अर्थात गठाःमुंगको परालकै हात खुट्टा, टाउँको, टाउँकोमा पुरानो हाडी राखिएको, अगाडि नाङ्गोलमा आँखा, नाक, कान बनाइएको, नर्कटमा परालको डोरीले बाँधेर लिङ्ग र भोगटेको दुई अण्डकोष बनाएर प्रर्दशन गर्न थालेपछि स्थानीयले नेपाल भाषमा बोल्न थालेको अश्लिल शब्द र गीतले एक प्कारको भीडमा शरम र हाँसोको फोहरा उत्तिकै सुनिन्थ्यिो । त्यसपछि साँझ झमक्क परेपछि बालबालिका, युवा एवं पुरुषहरुले हातहातमा छ्वालीको राँको बाल्दै अगाडि अगाडि बिभिन्न नारा लगाउदै र अर्को समूहले राक्षसरुपी गठाःमंगलाई बोकेर गीत गाउँदै चौबाटो, दोबाटो र नगर एवं टोल बाहिर खोला किनारा, मन्दिरको अगाडि चोकमा लगेर त्यसलाई बालेर राक्षस नष्ट गरेको भन्दै गठाःमुंग मनाएका छन् । यसरी बलेको आगोमाथि र वरिपरि रुन्चे लागेको र भूत लागेको भनिएका ससाना बालबालिकालाई आगो तपाउने गरेको पनि प्रष्ट देखिन्थ्यो । यसो गर्दा भूत र रुन्चे लागेको निको हुने जनविश्वास रहेको पाइन्छ । भक्तपुरमा पृथक शैलीमा मनाइने यस पर्वमा गठाःमुंग नाम गरेको नरभक्षी राक्षस मारिएको सम्झनास्वरूप आज साँझ भक्तपुरको टोलटोलबाट जठाःमंग निकालिएको थियो । भूत पिशाच आदिले दुःख दिइरहेको घरमा आजको दिन भूत भगाएर पठाउने र भूत–प्रेतलाई घरबाट बाहिर धपाइँदा घरका जहान, परिवारलाई कुनै रोग–व्याधिले छुन नपाओस् भन्ने हेतुले त्यस दिन पञ्चरंगी औंठी लगाउने पनि गर्दछन् । यो औंठी टोलटोलमा उभ्याइराखेको गठेमङ्गललाई छुवाएर लगाएमा भूत–प्रेत, पिशाच आदिले छुन नसक्ने र अनेक रोगव्याधिबाट बच्ने विश्वास रहदै आएको छ । यहि दिन टोलटोलमा उभ्याइराखेको गठेमङ्गललाई घरका केटाकेटीले खेल्ने कपडाले बनाइराखेको पुतलीका मालालाई लगाइदिनाले बालबालिकाले पिरेर दुःख दिइराखेका पिशाच आदिले छोडेर जाने गर्दछ भन्ने जनविश्वास रहदै आएको छ । भक्तपुरका इतिहास एवं संस्कृतविद डा. पुरुषोत्तमलोचन श्रेष्ठले सातौ शताब्दीदेखि चल्दै आएको यो परम्परा महादेसंग जोडिएको बताउनुहुन्छ । उहाँले महादेवलाई मन पराउने राक्षसको रुपमा गठाःमुंग वीर शैव सम्प्रदाय अन्तर्गत रहेको बताउनुभयो । आजको दिनलाई महादेव उत्पत्तिको दिन समेत मानिने, आजदेखि रोपाई सकेर रमाईलो गर्ने, चाँडबाडको परम्परा सुरु हुने दिनका रुपमा पनि मानिने डा. श्रेष्ठले बताउनुभयो । आज केटाकेटीले बाटोमा डोरी टाँगेर पैसा (जगात्) माग्ने र राती राँको बाली उक्त राक्षसको प्रतीकलाई घिसार्दै जलाउने प्रचलन छ । गोपाल वंशावलीअनुसार गठाःमुंगलाई सत्य, रज र तम गुण मानेर भैरवका प्रतीकका रूपमा लिइने र नवविवाहित स्त्री–पुरुषले दर्शन गर्नुपर्ने चलन छ भने टोलटोमा राँको बालेको छ्वालीको आगोमा बालबालिकालाई सेकाएर रोगव्याधी नाश हुने र भूतप्रेतले नछुने जनविश्वास समेत रहेको छ । भक्तपुरमा यो पर्वलाई यौनसंग पनि दाज्ने गरिन्छ । राक्षस रुपी गठाःमुंगलायृ शरीरको रुप दिएर परालबाट लिङ्ग बनाई दुईवटा भोगटेको अण्डकोष बनाएर दिनभरी टोलटोलको दोबाटो, चौबाटोमा उभ्याईराखेपछि साँझ त्यसलाई बोकेर अश्लिल गीतहरु गाउँदै चोकचोकबाट निकालेर टोल नगरब बाहिर दोबाटो चौबाटोमा लगेर जलाएर भष्म गर्ने परम्परा समेत रहेको छ । राँको बालेर भूत भगाउँने भन्दै पुतलाका रुपमा बनाइएको घण्टाकर्ण राक्षसको मुखमा आगो लगाएर घिसार्दै खोला किनारमा पुर्याईन्छ । अश्लील गाली र गीत गाउँदै मनोरञ्जन गरेर घण्टाकर्ण राक्षसलाई जलाइन्छ । परम्परादेखी नै अश्लिल शब्दहरुको प्रयोग गर्ने छुट रहेको किम्बदन्ती पाउन सकिन्छ । त्यसपछि राति घरघरमा राक्षसहरू मरिसक्यो भनेर आफ्ना श्रद्धानुसार बलीपूजा गर्ने चलन पनि रहेको छ । तान्त्रिकहरू यसलाई ‘चर्हेपूजा’ भन्दछन् । त्यसअघि गठाःमुंग चर्हे पर्वको अवसरमा आज भक्तपुरका बिभिन्न देवदेवीको शक्ति पिठमा दर्शनार्थीको भीड लागेको थियो । नेवार समुदायले आज घरघरमा लिपपोत गरि शुद्ध भएर विभिन्न शक्तिपीठको दर्शन गरी त्यहाँबाट ल्याएको जल घरघरमा छर्कने प्रचलन रहँदै आएको छ । जल नछर्केसम्म कसैले खान नहुने मान्यता रहेको छ । घरलाई चोखो बनाएपछि नेवार समुदायले बौ वाय् ज्या (भुत मन्छाउने) गर्दछन । काँचो माटोको सानो दहीको कतारो वा सलीचामा चिउराको ढुटो, जाँडको कट, लसुन, रातो खुर्सानी, कालो भटमास, रंगीविरंगी ध्वजा, सिन्कामा कपडा बेरेर बनाएको बत्ति बालेर टोल बाहिरको दोवाटो वा चौवाटोमा लगेर राख्दै भुत पन्छाउने गरिन्छ । त्यसपछि घरमा भुत प्रेत पस्न नदिन घरघरको मुल ढोका र मुख्य निदालमा पंचरंगी मयूरको प्वांख र तिन खुट्टे फलामको किला ठोकेर गरिन्छ । यसो गर्दा घरमा भूत, प्रेत पस्दैन भन्ने मान्यता अझै रहदै आएको छ । आजकै दिन घरका साना केटाकेटीहरुलाई फलाम वा तामाको औंठी लगाईदिने प्रचलन रहेको छभने वयस्क युवतीहरुले घण्टाकर्णको दिन विशेषगरी खुट्टामा विभिन्न प्रकारका टाटु खोप्ने प्रचलन रहदै आएको छ । नेवार समुदायले रोपाई सकिएको पर्वको रुपमा पनि गठाःमुंगलाई ‘सिनाज्या ब्यंकेगु’ अर्थात् रोपाइँ सकिएको पर्वको रूपमा मनाउने प्रचलन रहेको छ । आजकै दिनदेखि नेवारी समुदायमा परम्परागत नाच तथा बाजागाजा सिकाउन सुरु गर्ने गरिन्छ । त्यसको साथै गाइजात्रामा प्रदर्शन गरिने भैरव लगायतका बिभिन्न नाच तथा व्यंग्यात्मक नाटकको प्रशिक्षणसमेत आजबाट सुरु गरिन्छ । **यस्तो छ किम्बदन्ती :** भक्तपुरका प्रसिद्ध संस्कृतकर्मी एवं ऐतिहासिक दस्तावेजका लेखक लिलाभक्त मुनंकर्मीको पुस्तकमा उल्लेख भए अनुसार रूद्रयामल–तन्त्रमा, नेपाललाई ध्वंस पार्न गठेमङ्गल नाम गरेको बडेअजंगको एक राक्षस आएर उत्पात मच्चायो । सो राक्षसलाई कसैले पनि मार्न सकेन । अन्त्यमा एक जना तान्त्रिकले आफू भ्यागुतोको रूप लिई त्यस राक्षसलाई यमलोक पठाइदिए । नेपालमा त्यस राक्षसलाई श्रावण कृष्ण चतुर्दशीको दिनमा मारेकोले त्यस दिनलाई नेपालीहरूले ठूलो उत्सव साथ पर्व मानिआएको हो । त्यसदिन टोलटोलमा सोही राक्षसकोमूर्तिको अनुकरण गरी नेपालमा उत्पात गरी दुःख दिने राक्षस यही नै हो भनी सबैलाई देखाई साँझ पर्न लागपछि घिसारेर लगी देशबाहिर पुर्याई आगोले जलाइदिने गर्दछ । राक्षसलाई मारेको दिनदेखि नेपालमा मानिसहरूको आयु बढेको मानयता यो समुदायमा रहेको छ । रूदयाल–तन्त्रबमोजिम उक्त दुष्ट राक्षसलाई मारिदिएको श्रावण कृष्ण चतुर्दशीको दिनको बडो महत्व भएकोले पर्व गरी मनाइआएको हो । यसैको आधारमा यो पर्व आजसम्म मनाइदै आएको छ । --- # गणेश जन्मोत्सवको अवसरमा मंगलबार सिन्दुर खेल्दै मनाईने सूर्यविनायक गणेश रथारोहण एवं रथ जात्राको तयारी पुरा Source: https://newskunda.com/archives/4284 Category: FEATURED NEWS, धर्म/संस्कृति, राजनीति, समाचार, समाज Last updated: 2026-09-14 भक्तपुर, २९ भदौ : गणेश जन्मोत्सवको अवसरमा उपत्यकाका चार विनायक गणेश मध्येको सूर्यविनायक गणेश मन्दिरमा मंगलबार दिनभर सिन्दुर खेलेर गणेशको रथ यात्रा गर्दै मनाईने सूर्यविनायक गणेश खट जात्राको सम्पूर्ण तयारी सम्पन्न भएको छ । भाद्र शुक्ल चतुर्थी (गणेश चतुर्थी) अर्थात भगवाण गणेशको जन्मोत्सवको अवसरमा मंगलबार सूर्यविनायक नगरपालिका वडा नं. ६ र ८ का बासिन्दाले बिहान सूर्यविनायक गणेश मन्दिरमा भव्य पूजा गरि मूल गणेशको मूर्तीलाई खटमा बिराजमान गराई रथ जात्रा दिनभर बिभिन्न टोलको परिक्रमा गरि साँझ पुनः मन्दिरमा ल्याएर पूजा एवं आरती गरि बिसर्जन गरिने सूर्यविनायका नगरपालिका–८ का वडाअध्यक्ष तथा सूर्यविनायक क्षेत्र प्रबन्ध समितिका अध्यक्ष पुष्पराज बस्नेतले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “पुर्खाले मनाउदै आएको गणेश रथ जात्रा आर्थिक श्रोत नहुँदा वर्षौदेखि रोकिएको थियो, विगत २०७८ सालबाट सुरु भएको यो जात्रा यस वर्ष हजारौ स्थानीयको सहभागितामा सिन्दुर खेल्दै रथ टोल टोल पुर्याएर हर्षोल्लासका साथ मनाउने गरि तयारी पुरा भएको छ ।” जात्रा मनाउन वडा नं. ६ र ८ कार्यालयको आर्थिक सहयोगमा जात्रा सञ्चालन गर्दै आएको उहाँले जानकारी दिनुभयो । गणेशको चाँदीको मूर्तिलाई खटमा राखेर रथारोहन गरी सिन्दुर जात्रा गर्दै मन्दिरको पश्चिम तर्फ राजथला टोलसम्म, पूर्व तर्फ चालिसे गाँऊ गहनादेवी मन्दिरसम्म, उत्तर तर्फ सूर्यविनायक चोक अरनिको राजमार्गसम्मको टोल टोलमा घुमाएर पुनः मन्दिरमा ल्याएर जात्रा सम्पन्न गर्ने परम्परा रहेको उहाँले जानकारी दिनुभयो । खट जात्राको क्रममा बिहान मन्दिरमा विधिवत पूजा गरेपछि दर्शनार्थीका लागि मूल गेटमा राखिने र त्यसपछि खट जात्रा गरि टोल टोलमा परिक्रमा गरिन छ । गणेशलाई रथारोहन गराएपछि बाजागाजाका साथ रथ बोकेर परिक्रमा गराउने र जात्रामा सहभागी हजारौ महिला पुरषलाई प्रसद ग्रह(ा गराउने उहाँले जानकारी दिनुभयो । जात्रालाई व्यवस्थित रूपमा सम्पन्न गर्न सूर्यबिनायक तीनधारा खानेपानी सरसफाइ उपभोक्ता समिति, ढलचा गुठी, मूल पुजारी ईश्वरीप्रसाद भट्टराई तथा विभिन्न धिमेबाजा समूहहरूको समेत सक्रिय सहभागिता रहने वडा अध्यक्ष बस्नेतले जानकारी दिनुभयो । --- # गरिब बिद्यार्थीका लागि नगरपालिकाका उपप्रमुख बुढाथोकीद्धारा १०० जोर पोशाक प्रदान Source: https://newskunda.com/archives/1339 Category: FEATURED NEWS, शिक्षा, समाचार, समाज Last updated: 2022-06-15 भक्तपुर, १ असार : चाँगुनारायण नगरपालिकाका उपप्रमुख रमेश बुढाथोकीले आफ्नै खर्चबाट आज चानपा–२ दुवाकोटस्थित आजात माध्यमिक विद्यालयका निम्न आय भएका १०० जना छात्रछात्राका लागि १०० जोर पोशाक प्रदान गर्नु भएको छ । नगरपालिकाबाट पाएको सुबिधाको गाडी चाँगुनारायणका असाह्य, अपाङ्ग र जेष्ठ नागरिकलाई घरदैलो स्वास्थ्य सेवा पुर्याउने उदेश्यले चाँगुनारायण अस्पताललाई प्रदान गर्नु भएका उपप्रमुख बुढाथोकीले आज चानपा–२ दुवाकोटस्थित आजात माध्यमिक विद्यालयका विद्यार्थीका लागि पोशाक हस्तान्तरण गर्नु भएको हो । उहाँले विद्यालय व्यबस्थापन समितिका अध्यक्ष टेकबहादुर लाखाजु, विद्यालयकी प्रधानाध्यापक गीता ढकाल दवाडीलाई स्कुल पोशाक हस्तान्तरण गर्नु भयो । बुढाथोकीले सामाजिक सेवा अन्तर्गत आफ्नो ब्यक्तिगत रकमबाट पोशाक खरिद गरि विद्यार्थीका लागि विद्यालयलाई हस्तान्तरण गरेको बताउनु भयो । उपप्रमुख बुढाथोकीले नगरपालिकाबाट आफूले पाउने सम्पूर्ण तलब, भत्ता, सुबिधाहरु आफूले नलिने र त्यस वापतको रकम शिक्षाको क्षेत्र एवं महिला रोजगारीको क्षेत्रमा खर्च गर्ने घोषणा गर्नु भएको छ । --- # गर्मी छल्दै समुद्री छालमा रमाउन काठमाडौं फन भ्याली जाऔँ पानीको मज्जा लिर्औँ Source: https://newskunda.com/archives/1551 Category: FEATURED NEWS, जीवन शैली, समाचार, समाज Last updated: 2022-07-25 भक्तपुर, ९ साउन । समुद्री छालमा रमाउने चाहना सबैको हुन्छ नै । तर नेपालमै बसेर वास्तविक समुदी छालमा रमाउन भने सकिदैन । यद्यपी भक्तपुरमा युवा पर्यटन व्यवसायीले समुद्री छालमा रमाउन चाहनेहरुका लागि कृत्रिम समुद्री छालको निर्माण गरेर सञ्चालनमा ल्याएका छन् । बढ्दो गर्मी छल्न र पानीमा रमाउन चाहनेहरुका लागि युवा व्यवसायीको नयाँ समूहले भक्तपुरको पलाँसेमा सञ्चालनमा ल्याएको ‘काठमाडौं फन पार्क’ को कृत्रिम सुमद्री छालमा रमाउनेहरुको अचेल दैनिक भीड लाग्ने गरेको छ । बालबालिकादेखि युवायुवती, परिवारदेखि विद्यार्थीसम्मको भीड कृत्रिम समुद्री छाललाई रमाउन आउने गरेका छन् । काठमाडौं फन भ्यालीका प्रबन्ध निर्देशक सुजन थापाले आन्तरिक पर्यटनको विकास, काठमाडौँ उपत्यकाका बासिन्दालाई कृत्रिम समुद्री छालसहित पानीको बिभिन्न खेलको मनोरञ्जन प्रदान गर्ने उद्देश्यले रु ११ करोडको लागतमा नयाँ व्यवस्थापन र नयाँ स्वरूपमा सञ्चालनमा पार्क सञ्चालनमा ल्याएको बताउनुभयो । दुई वर्षदेखि बन्द रहेको देशकै पहिलो फन भ्यालीलाई नयाँ व्यबस्थापनले सञ्चालनमा ल्याएर स्थानीय ३० जना भन्दा बढीलाई प्रत्यक्ष रोजगारी दिएको उहाँले बताउनु भयो । “मुम्बईको ‘वाटर किङडम’ मा लाग्ने भीड देखेर नेपालमै पहिलोपल्ट अरनिको राजमार्गसँगै भक्तपुरको पलाँसेमा ५६ रोपनी क्षेत्रफलमा एकै दिनमा तीन हजार जना रमाउन सक्ने गरी काठमाडौं फन भ्याली सञ्चालनमा ल्याएका हौँ,” उहाँले भन्नुभयो, “यहाँ जल र स्थल गरी ११ वटा भन्दा विभिन्न खेल खेल्न पाइन्छ, उमेरअनुसारको तीनवटा पौडी पोखरीको व्यवस्था गरिएको छ, सबभन्दा आकर्षण त यहाँको कृत्रिम समुद्री छाल र स्लाइडिङ हो जहाँ मन खोलेर मज्जाले रमाउन पाइन्छ ।” यहाँ १२ वटा ‘गेमिङ जोन’ र चारवटा ‘वाटर जोन’ छन्, । बालबालिकाका लागि पौडी पोखरीसँगै रोटेपिङ शैलीको हेलिकप्टर, ४० फिट उचाइको ह्वील चेयर ट्रेन, वेभ पुल, ४० फिट उचाइबाट १५० देखि २०० फिटसम्म स्लाइडिङ गर्न मिल्ने पुल छ । त्यस्तै अक्वा डान्स, वेभ पुल, स्लाइडिङ, टिप्स पुलको मज्जा लिन सकिन्छ । काठमाडौँ उपत्यकामा बालबालिका, युवायुवतीदेखि परिवारसम्म एकै ठाउँमा घुम्न र रमाइलो गर्न यो पार्क सुरक्षित र व्यवस्थित रहेको भन्दै अन्तर्राष्ट्रियस्तरको काठमाडौँ फनपार्क मनोरञ्जनको प्रमुख गन्तव्य बनेको उहाँले बताउनु भयो । यहाँ हरेक दिन पानी परिवर्तन गरि पानीको शुद्धतालाई प्राथमिकतामा राखिएको बताउदै उहाँले आन्तरिक पर्यटक भित्रर्याई जिल्लामा पर्यटन विकासमा सहयोग पुर्याउने उद्देश्य पनि यसको. रहेको बताउनु भयो । कर्णाली म्युजियम (सग्रहालय) यहाँको अर्को मुख्य आकर्षण हो । कर्णालीको वेषभूषा, रहनसहन, खानपान, सांस्कृतिक पर्व एवं परम्परा, सयौ वर्ष अगाडिका सामग्री कर्णाली म्युजियममा राखिएको प्रबन्ध निर्देशक थापाले जानकारी दिनु भयो । फन भ्यालीमा स्कुलका विद्यार्थी लिएर आउनु भएको मोर्डन इङ्लिस स्कुलका प्रिन्सिपल राजन कसपालले पारिवारिक मनोरञ्जन मात्रै नभई विद्यार्थीहरुका लागि पनि फन भ्याली प्रमुख गन्तव्य बनेको बताउनु हुन्छ । आफ्ना विद्यार्थीहरुलाई यहाँ ल्याएर पौडी खेल्न मात्र नभई यहाँ रहेका अन्य बाल मनोरञ्जनका खेलहरु खेल्नुका साथै यहाँको कर्णाली म्युजियमको अवलोकनले विद्यार्थीहरुलाई मनोरञ्जनका साथै ज्ञान आर्जन गर्ने थलोको रुपमा पनि आफूले लिएको बताउनु भयो । फन भ्याली प्रवेश गरे पछि एकै थलोमा पौडीको मजासँगै बिभिन्न खेलहरुको मज्जा लिन, कर्णाली म्युजियमको अवलोकन गर्न र खाजा वा खाना खानका लागि समेत बाहिर जान नपर्ने गरि व्यबस्एथापन गरिएको प्रबन्ध निर्देशक थापा बताउनु हुन्छ । काठमाडौँको कोटेश्वर–सूर्यविनायक छ लेन सडकको अन्तिम बिन्दु सूर्यविनायक चोकबाट चार किलोमिटर पूर्वस्थित अरनिको राजमार्गसँगै पलासेमा सञ्चालित फन भ्यालीमा ५०० जनाले एकैपटक खान सकिने क्षमता रहेको विवाह, जन्मदिन, विवाह, वैवाहिक वार्षिकोत्सव, इन्गेजमेन्टदेखि विभिन्न पार्टी गर्न सकिने व्यबस्था छ । यहाँ पाँच सय वटा सवारी साधन पार्किङ गर्न सकिने सुबिधा रहेको छ । --- # गाई फार्ममा आगालागी हुँदा चार वटा गाईको मृत्यु Source: https://newskunda.com/archives/3542 Category: FEATURED NEWS, अर्थ, राजनीति, समाचार, समाज Last updated: 2026-04-06 भक्तपुर, २३ चैत : भक्तपुर नगरपालिका वडा नं. १० स्थित एक गाई फार्ममा आज आगोलागी हुँदा चार वटा गाई मरेका छन् भने केही गाईहरु घाईते भएका छन् । कमलबिनायक पाईपलाईनस्थित सुकुना फार्टमा सिन्धुपाल्चोक मेलम्ची नगरपालिका घरभई हाल कमलबिनायक पाईपलाईनमा गाई फार्म सञ्चालन गर्दै आउनु भएकी लक्ष्मी पुरी गिरीको गाई फार्ममा आगोलागी हुँदा चारवटा गाई जलेर मरेको, फार्म जलेर नष्ट भएको र केही गाई घाईते भएको जुद्ध बारुण यन्त्र भक्तपुरको प्रमुख विजयप्रसाद धौभडेलले जानकारी दिनुभयो । विद्युतको लाईन सर्ट भई आगालागी भएको जानकारी आएपछि जुद्ध बारुण यन्त्र भक्तपुरको दमकलले आगो निभाएको थियो । जस्ताको टहराको फार्ममा लागेको आगोले पराल, भुसालगायत जलेका छन् । प्रहरीका अनुसार आगोलागीबाट करिब आठ लाख भन्दा बढीको क्षति भएको छ । --- # गाईको बाछो काटेर मासु भाग लाउदै गरेका मोक्तान पक्राउ Source: https://newskunda.com/archives/1133 Category: FEATURED NEWS, अपराध, राजनीति, समाचार Last updated: 2022-06-05 भक्तपुर, २२ जेठ : गाईको बाछो काटेर मासु भाग लगाई रहेको अबस्थामा प्रहरीले मध्यपुरथिमि नगरपालिका–८ बोडेबाट दुईजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा दोलखा काटाकुटी गाँउपालिका–२ घर भई हाल बोडे पाटी बिहार बस्ने ३८ वर्षीय निमा मोक्तानलाई पक्राउ गरेको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक राजू पोण्डेले जानकारी दिनु भयो । मध्यपुरथिमि नगरपालिका–८ बोडेस्थित वडा कार्यालयको भवन नजिकै सार्वजनिक शौचालयमा गाईको बाछो काटी मासु भाग लगाई रहेको स्थानीयले जानकारी गराए लगत्तै महानगरीय प्रहरी बृत्त थिमिबाट खटिएको प्रहरी टोलीले मोक्तानलाई गाईको बाछो काटेर मासु भाग लगाई रहेको अबस्थामा २० के.जी गाईको बाछोको मासु सहित पक्राउ गरेको जानकारी दिनु भयो । अन्य तीन जनाको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ । प्रहरीले आज मोक्तानलाई जिल्ला अदालत भक्तपुर पेश गरि थप अनुसन्धानसहित कारबाही प्रक्रिया अगाडि बढाउने उहाँले जानकारी दिनु भयो । --- # गाउँगाउँमा स्वास्थ्य सेवा पुर्याउन भक्तपुर अस्पतालले साउनदेखि घरदैलो स्वास्थ्य अभियान सञ्चालन गर्ने Source: https://newskunda.com/archives/2821 Category: FEATURED NEWS, अर्थ, राजनीति, समाचार, समाज, स्वास्थ्य Last updated: 2023-07-10 भक्तपुर, २५ असार । अस्पतालसम्म आउन नसक्ने विरामीहरुलाई गाउँघरमै गएर स्वास्थ्य परीक्षण गरि उपचार गर्ने उदेश्यले भक्तपुर अस्पतालले घरदैलो स्वास्थ्य अभियान कार्यक्रम सञ्चालन गर्ने भएको छ । आगामी साउन महिनादेखि जिल्लाका चारवटा नगरपालिकासाग समन्वय गरि विशेष गरि स्वास्थ्य पहुँचबाट अलि टाढा रहेका र स्वास्थ्य परीक्षणका लागि अस्पतालसम्म आउन नसक्ने विरामीहरुलाई लक्षित गरि घरदैलो स्वास्थ्य अभियान सञ्चालन गर्न लागेको अस्पतालकी मेडिकल सुपरिटेण्डेन्ट डा. सुमित्रा गौतमले जानकारी दिनुभयो । सुरुमा चाागुनारायण नगरपालिका र सूर्यविनायक नगरपालिकामा यो अभियान सञ्चालन गर्ने जानकारी दिदै उहाँले त्यसपछि मध्उपुरथिमि नगरपालिका र भक्तपुर नगरपालिकामा पनि सञ्चालन गरिने बताउनु भयो । त्यसो त भक्तपुर नगरपालिका आफैले पनि स्वास्थ्य परीक्षणका लागि घरदैलो स्वास्थ्य सेवा दिदै आएको छ । भक्तपुर अस्पतालको कार्यक्रम वडा कार्यालयसँग छलफल गरि आवश्यकता अनुसार सञ्चालन गरिने छ । अन्य नगरपालिकासँग घरदैलो स्वास्थ्य कार्यक्रम सञ्चालनका लागि नगरपालिकाका प्रमुखहरुसँग समन्वय भइरहेको र वडा कार्यालयसँगसमेत समन्वय गरेर वडा वडामा चिकित्सकसहितको स्वास्थ्यकर्मीको टोली गएर स्वास्थ्य परीक्षण, औषधि वितरण, रोग पहिचान र थप उपचारका कार्यक्रम सञ्चालन गर्ने मेसु डा. गौतमले जानकारी दिनुभयो । भक्तपुर अस्पताल विकास समितिका अध्यक्ष रमण कायस्थले भक्तपुर अस्पतालले सञ्चालन गर्ने घरदैलो स्वास्थ्य अभियान कार्यक्रमबाट विशेष गरि जेष्ठ नागरिक, अपाङ्, बालबालिका जो स्वास्थ्य पहुँचबाट अलि टाढा रहेका र छिट्टै स्वास्थ्य परीक्षणका लागि अस्पताल पुग्न नसकेका नागरिकले फाइदा लिन सक्ने बताउनु भयो । यो कार्यक्रममा रोग पहिचान भएका विरामीलाई भने अस्पतालमा ल्याएर उपचार गर्ने गराउने व्यबस्था गरिने उहाँले जानकारी दिनुभयो । घरदैलो स्वास्थय अभियानको अस्पतालले तयारी गरिरहेको जानकारी दिनुभयो । --- # गाडी मुनी छिरेर खेल्न थालेका १७ महिने बालक सोही गाडीले किच्दा मृत्यु Source: https://newskunda.com/archives/2207 Category: FEATURED NEWS, अपराध, समाचार, समाज Last updated: 2022-09-23 भक्तपुर, ७ असोज । मध्यपुरथिमि नगरपालिका–१ लोकन्थलीमा पानी झार्न रोकिराखेको बा. ५ ख. ७८१७ नं. ट्रकमुनी खेल्दै छिरेका एक १७ महिनाको बालिकको सोही ट्रकले किच्दा आज मृत्यु भएको छ । सिन्धुपाल्चोक त्रिपुरासुन्दरी गाँउपालिका–५ घरभई हाल लोकन्थली बस्ने केशवलाल श्रेष्ठको १७ महिनाको छोरा सलिन श्रेष्ठ खेल्दै गाडीमुनि छिरेको अबस्थामा गाडी अगाडी बढाउदा किचेर गम्भिर घाईते भई उपचारको लागि समिट अस्पताल लोकन्थली लगे पनि मृत्यु भएको अस्पतालले जनाएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक राजू पाण्डेले जानकारी दिनु भयो । प्रहरीले सवारी साधन र चालक सिन्धुपाल्चोक मेलम्ची गाँउपालिका –३ घर भई हाल काठमाण्डौ मुलपानी बस्ने २३ वर्षीय आकाश भुजेललाई प्रहरी वृत्तथिमिले पक्राउ गरि अनुसन्धान गरिरहेको उहाँले जानकारी दिनु भयो । --- # गाडी र साल तथा सल्लाको काठ सहित दुई जना पक्राउ Source: https://newskunda.com/archives/1368 Category: FEATURED NEWS, अपराध, समाचार, समाज Last updated: 2022-06-22 भक्तपुर, ८ असार । अबैध रुपमा गाडीमा राखेर साल र सल्लाको काठ सहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । प्रहरीले सिन्धुपाल्चोक ईन्द्रावती गाउँपालिका–३ बस्ने सवारी चालक ३० वर्षीय प्रबिन ठकुरी र काठ धनी सिन्धुपाल्चोक जुगल गाउँपालिका–४ घर भई हाल काठमाण्डौ मुलपानी बस्ने ३३ वषीृय दानबहादुर सापकोटालाई पक्राउ गरेको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक राजू पाण्डेले जानकारी दिनु भयो । आज प्रहरीले भक्तपुर चाँगुनारायण नगरपालिका–९ ब्रम्हायणी चेकप्वाईन्टबाट बा. १८ च. ३१३० नम्बरको बोलेरो गाडीलाई चेकजाँचको क्रममा बिल नभएको उत्तिस, सल्ला, चिलाउनेको अन्दाजी ३, ४ र ७ फिटका चिरेको र नचिरेको गरी २७ थान काठ ल्याएको फेला परेपछि प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । प्रहरीले नियन्त्रणमा लिएको काठ, गाडी र पक्राउ परेकालाई जिल्ला बन कार्यालय भक्तपुरमा बुझाइएको र बन ऐन अन्तर्गत आवश्यक कारवाही प्रक्रिया अगाडि बढाएको उहाँले जानकारी दिनु भयो । --- # गिरी समाज तथा संस्कृति कल्याण समितिको अध्यक्षमा पुनः नकुल गिरी सर्वसम्मत चयन Source: https://newskunda.com/archives/5420 Category: FEATURED NEWS, अर्थ, धर्म/संस्कृति, समाचार, समाज Last updated: 2026-11-01 ललितपुर, १५ कात्तिक । ललितपुरको धापाखेलस्थित गिरी समाज तथा संस्कृति कल्याण समितिको अध्यक्षमा पुनः नकुल गिरी सर्वसम्मत चयन हुनु भएको छ । समितिको शनिवार सम्पन्न अधिवेशनले गिरीलाई पुनः अध्यक्षमा आगामी दुई वर्षे कार्यकालका लागि सर्वसम्मत रुपमा चयन गरेको हो । यसअघि दुई वर्ष कार्यकाल अध्यक्ष कै जिम्मेवारीमा महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै पुनः आगामी दुईवर्षका लागि गिरीलाई अध्यक्षमा चयन गरेको हो । कार्यक्रममा ललितपुर महानगरपालिकाको प्रमख चिरीबाबु महर्जनले साधारण सभाबाट सम्र्वसम्मत चयन हुनु भएका पदाधिकारीहरुलाई बधाई तथा शभकामना व्यक्त गर्नु भयो । उहाँले समाज विकासका लागि समाजले यसअघि योगदान पुर्याउँदै आएको र आगमी वर्षमा पनि विकास र उन्नतीका लागि महत्वपूर्ण कार्य गर्नेमा विश्वास व्यक्त गर्नुभयो । कार्यक्रममा वडा सदस्य हरिकृष्ण महर्जनले सबै समाजका सबै पदाधिकारीलाई बधाई तथा शुभकामना व्यक्त गर्नुभयो । --- # गीतकार अमर बान्तु शब्द तथा गायिका सहिमाको स्वरमा ‘काठे भाकैले’ सार्वजनिक Source: https://newskunda.com/archives/1432 Category: FEATURED NEWS, कला तथा साहित्य, समाचार Last updated: 2022-07-15 काठमाडौं : गीतकार अमर बान्तु गीत ‘काठे भाकैले’ सार्वजनिक भएको छ। लोकप्रिय गायिका द्वय सहिमा श्रेष्ठ, अश्मिता अधिकारि तथा गायक द्वय ताराबिर पाण्डे र सन्तोष श्रेष्ठको स्वर, सन्तोष श्रेष्ठको सङ्गीत, राजु कार्कीको एरेञ्ज र प्रकाश मिश्रको मिक्सिङ रहेको गीतको म्युजिक भिडियो सार्वजनिक भएको हो। नेपालमा मात्र नभई विदेशसम्म हुने मनोरन्जनात्मक कार्यक्रममा सधैँ व्यस्त रहने गायिका सहिमा श्रेष्ठ बिगत लामो समय देखि सयौं गीतहरुमा आफ्नो स्वर दिएर चर्चामा रहेकी छिन। दर्जनौ चर्चित गीतहरुमा सुमधुर आवाज भरेर दर्शक श्रोताहरुको मन मुटुमा बस्न सफल गायिका सहिमा लगायत अन्य गायक गायिकाहरुले फरक स्वाद नेपाली सांगीतिक क्षेत्रमा पस्केका छन् । कबि तथा गीतकार अमर बान्तु राई एक बहुप्रतिभाशाली व्यक्तित्व हुन्। उनले हरेक प्रकारका गित तथा साहित्यहरु पस्केर नेपाली भाषीहरु माझ लोकप्रियता कमाउदै साहित्यक क्षेत्रमा चम्किलो नक्षत्र बन्न सफल भएका छन्। उनै गीतकार अमर बान्तुको शब्दमा सजिएको 'काठे भाकैले' अहिले दर्शक श्रोता माझ आएको छ। छायाँकार नबराज उप्रेतीको छयांकन रहेको भिडियोमा निर्देशक गम्बिर बिष्टको निर्देशन रहेको छ । सार्बजनिक भिडियोमा आर्यन खरेल र सजिना श्रेष्ठलाइ फिचर्ड गरिएको छ। --- # गुणस्तरहिन कागज लिएर जनक शिक्षा आएका चार ट्रक प्रहरीे नियन्त्रण Source: https://newskunda.com/archives/2509 Category: FEATURED NEWS, शिक्षा, समाचार, समाज Last updated: 2023-01-12 भक्तपुर, २८ पुस । पुस्तक छपाई गर्न गुणस्तरहिन कागज ल्याएको भन्दै जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले फिर्ता गरेको कागज सप्लायर्स कम्पनीले पुनः जनक शिक्षामै ल्याए पछि कागजले भरिएका चार ट्रक कागज प्रहरीले नियन्त्रणमा लिएको छ । केन्द्रको पदाधिकारीको मिलेमतोमै फिर्ता भएको कागज पुनः केन्द्रमा आएको आरोप लागेपछि आज शिक्षा मन्त्रालयको सहसचिवको टोलीसहित स्थानीय सरकारका रुपमा रहेको मधयपुरथिमि नगरपालिकालेसमेत केन्द्रको अनुगमन गर्दै यसबारे चासो लिएको छ । मन्त्रालयका प्रवक्ता दीपक शर्मासहितको टोलीले जनक शिक्षाको कागज प्रकरणमा आएको चर्चाकोबारेमा केन्द्रका प्रबन्ध निर्देशक अनिलकुमार झासँग जानकारी दिएको थियो । झाले केही यूट्युवले केन्द्रकाबारेमा भ्रम छरेको भन्दै केन्द्रमा आएको चार ट्रक कागजको गुणस्तर परीक्षण गर्न बाँकी रहेको र यसबारेमा मन्त्रालयसहितले छानबिन गर्न आग्रह गर्नु भएको थियो । त्यस लगत्तै मध्यपुरथिमि नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठ र उपप्रमुख विजयकृष्ण श्रेष्ठले केन्द्र पुगेर कागज प्रकरणकाबारेमा प्रबन्ध निर्देशक झासँग यथार्थ जानकारी माग्नु भएको थियो । नगर प्रमुख श्रेष्ठले भन्नुभयो, “यो जनक शिक्षा व्यक्तिको पेवा होइन, जनताको सार्वजनिक सम्पत्ति हो, हामी मध्यपुरका बासिन्दाको जग्गा अधिग्रहण गरेर यहाँका शैक्षिक संस्थाहरु बसेका हुन्, यहाँ भ्रष्टाचारको गन्ध आउँनु हुदैन भन्ने स्थानीय सरकारको मान्यता हो, अहिले आएको कागजमा तपाईहरुले भ्रष्टाचार गरेको गन्ध आएको छ ।” उहाँले नगरपालिकालाई जनक शिक्षा लगायतका लगायत यहाँका शैक्षिक कार्यालयहरुले अहिलेसम्म कर नतिरेको भन्दै तत्काल नगरपालिकाले निर्धारण गरेको कर तिर्न समेत आग्ह गर्नु भयो । जनक शिक्षालाई राजनीतिक दलहरुले कार्यकर्ता भर्ती केन्द्र बनाएको भन्दै त्यसलाई रोकेर मध्यपुरथिमिको बासिन्दालाई कोटा तोकेर रोजगारीको व्यबस्था गर्न समेत माग गर्नु भयो ।” नगरपालिकाका उपप्रमुख श्रेष्ठले जनशक्ति र मेशिन पर्याप्त छ भन्ने तर समयमै जनताले पुस्तक नपाउने केन्द्रको लापर्वाही भएको भन्दै आउँदो शैक्षिक सत्रमा पुस्तक समयमै नपुगे स्थानीय सरकारले हस्तक्षेप गर्ने बताउनु भयो । उहाँले केन्द्रले स्थानीय सरकारको नाता र मध्यपुरका क्षेत्रमा रहेकाले कतिपय विषयमा नगरपालिकासँग छलफल एवं समन्वय गर्न समेत आग्रह गनुृ भयो । केन्द्रका प्रबन्ध निर्देशक झाले जनक शिक्षामा कक्षा ११ र १२ को पुस्तक छपाईका लागि ७० ग्रामको कागज ल्याउन ठेक्का सम्झौता भएपनि असोज २५ गतेदेखि कात्तिक ४ गतेसम्म आएका १६४ टन कागज गुणस्तहिन रहेका र ६५ ग्रामको मात्र रहेको पाईएपछि गत कात्तिक १७ गते फिर्ता गरेको बताउनु भयो । उहाँले भन्नुभयो, “केन्द्रले गुणस्तरहिन कागज फिर्ता लगेर सम्झौता अनुसार गुणस्तरीय कागज ल्याउन कात्तिक १७ गते सप्लायर्सलाई पत्र पठाएका हौ, पटक पटक ताकेता गर्दा बल्ल अस्ति २४ र २५ गते कागज फिर्ता गर्यो र हिजो बिदाको दिनमा कागज लिएर आएछ, त्यो कागज पुरानै गाडीमा पुरानै कागज ल्याएको भन्ने गुनासो आयो, अहिले प्रहरीले नियन्त्रणमा लिएको छ, गुणस्तर जाँच पछि त्यही कागज पाईए कारबाही प्रक्रिया अगाडि बढाउँछौँ ।” यसबारेमा शिक्षा मन्त्रालयको टोलीसँग छलफल भइसकेको र आन्तरिक रुपमा पनि छानबिन गर्ने बताउदै उहाँले सप्लायर्स कम्पनीको बदमानसी पाईए उसले राखेको रु. पाँच करोड धरौटी जफतसमेत हुन सक्ने बताउनु भयो । केन्द्रका प्रवक्ता चित्रराज आचार्यले केन्द्रमा दैनिक कागज आउने गरेको बताउदै आएका कागज नापतौल तथा गुणस्तर बिभागले गुणस्तर परीक्षण गरेपछि मात्रै प्रयोगमा ल्याउने प्रक्रिया रहेको बताउनु भयो । केन्द्रले टेण्डर मार्फत ललितपुरको नेपाः हिमा ट्रेड लिङ्क प्रा.लि.संग गत भदौ २७ गते एक हजार मेट्रिक टन कागज ३० दिन भित्र र थप ५०० मेट्रिक टन गरि कूल १५०० मेट्रिक टन कागज आउँदो माघ ४ गतेसम्म ल्याईसक्नु पर्ने सम्झौता गरेको थियो । सम्झौता गरेको सप्लायर्सले जनकपुरबाट एभरेष्ट पेपर मिल्स प्रा.लि.बाट कागज ल्याएर पनि गुणस्तरहिन कागज ल्याएको प्रमाणित भएपछि केन्द्रले कात्तिक १७ गते फिर्ता गरेको थियो । केन्द्रका प्रवक्ता आचार्यले भन्नुभयो, “समयमे कागज दिन नसक्दा गतवर्ष एउटा कम्पनीको आठ करोड धरौटी जफल गरेका थियौँ, अहिले पनि समयमै कागज ल्याउन नसके र यस्तै बदमासी गरे पाँच करोड धरौटी जफत गर्छौ, तर केन्द्रकाबारेमा बाहिर फैलाइएको अफबाहमा हाम्रो आपत्ति छ, केन्द्रबाट कुनै भ्रष्टाचार र अनियमितता भएको छैन ।” त्यस्तो भएको पाईए जस्तोसुकै कारबाही भोग्न यहाँका कर्मचारी तयार रहेको भन्दै उहाँले एउटा कम्पनीको बदमासीको दोष केन्द्रलाई दिन नमिल्ने बताउनु भयो । उहाँले कम्पनीलाई कागजको रकम भुक्तानी नगरेको बताउदैै फिर्ता गरेकै गुणस्तहित कागज पुनः ल्याए कम्पनीलाई कारबाही गर्छौँ ।” सप्लायर्स कम्पनीले भने जनक शिक्षाबाट फिर्ता लगेको नौ ट्रक कागज नजिकै मनोहरा किनारामा रहेको एक ग्यारेजमा दुई राखेर पुनः सोही कागज केन्द्रमा फिर्ता ल्याएर छल गरेको बताइएको छ । चार वटा ट्रक प्रहरीले नियन्त्रणमा लिएर केन्द्रमै राखेको छभने कागज बोकेको अन्य नौ वटा ट्रक भने दुईदिनदेखि सानोठिमी सडकमै रहेको छ । --- # गुण्डुको अन्नन्त कुण्डमा हरेक महिनाको अन्तिम सोमबार दिव्य गंगा–आरती हुने, सहभागि हुन आव्हान Source: https://newskunda.com/archives/3974 Category: FEATURED NEWS, अर्थ, धर्म/संस्कृति, राजनीति, समाचार, समाज Last updated: 2026-08-06 भक्तपुर, २१ साउन । सूर्यविनायक नगरपालिका वडा नं. ७ गुण्डुस्थित अनन्तलिङ्गेश्वर महादेव नजिकै रहेको खोलाको किनारामा रहेको अन्नन्त कुण्डमा अब हरेक महिना दिव्य गंगा आरती सञ्चालन हुने भएको छ । श्री अनन्तलिङ्गेश्वर महादेव दिव्य गंगा आरती व्यवस्थापन समितिले हरेक महिनाको अन्तिम सोमबार अब अन्नन्त कुण्डमा नियमित रूपमा दिव्य गंगा आरती सञ्चालन हुने भएको हो । यही साउनको २५ गते सोमबार बेलुका ५ बजेबाट शुभारम्भ हुने सूर्यविनायक नगरपालिका वडा नं. ७ का वडाध्यक्ष एवं नगरपालिका सामाजिक विकास समितिका संयोजक रविन्द्र सापकोटाले जानकारी दिनुभयो । यहाँका भक्तजनहरूलाई आध्यात्मिक वातावरणमा जोड्दै धार्मिक तथा आध्यात्मिक वातावरणको अनुभूति गराउदै अनन्त कुण्डको प्रचार गर्दै यहाँको धार्मिक महत्व बढाउन गंगा आरती सार्थक हुने उहाँले बताउनुभयो । दिव्य गंगा आरतीलाई नियमित रूपमा सञ्चालन गर्दै धार्मिक पर्यटन प्रवद्र्धन, स्थानीय सम्पदाको संरक्षण तथा भक्तजनबीच आध्यात्मिक चेतना अभिवृद्धि गर्ने लक्ष्य राखिएको उहाँले बताउनुभयो । समितिले शुभारम्भ गर्ने दिव्य गंगा आरतीमा सहभागि हुन उहाँले सम्पूर्ण भक्तजन एवं स्थानीयवासीमा आग्रह गर्नु भएको छ । --- # गुण्डुमा घुम्ती हाट बजार सञ्चालन, दुईहजार बढीको सहभागिता, पाँच लाख भन्दा बढीको कारोबार Source: https://newskunda.com/archives/3679 Category: FEATURED NEWS, अर्थ, राजनीति, समाचार, समाज Last updated: 2026-05-16 भक्तपुर, २ जेठ : स्थानीय उत्पादन, स्थानीय बजारमा भन्ने नाराका साथ आज सूर्यविनायक नगरपालिकाको आयोजना र वडा नं. ७ कार्यालयको व्यबस्थापनमा सूर्यवनायक नगरपालिका वडा नं.७ कार्यालयमा निःशुल्क घुम्ती हाट बजार सञ्चालन भएको छ । सूर्यविनायक नगरपालिकाले किसानले उत्पादन गरेको प्रत्येक सामानलाई स्थानीय बजारमै उपलब्ध गराउने उदेश्यले सञ्चालन घरेको घुम्ती हाट बजारमा आज यहाँका दुई हजार भन्दा बढी उपभोक्ताले सेवा लिएका छन् । स्थानीय उत्पादनलाई बिचौलयाको प्रभावबाट मुक्त गर्दै कृषक एवं उद्यमीले सिधै आफ्नै बजारमा पुर्याउने र आफ्नै मूल्यमा बिक्री गर्नेगरि नगरपालिकाले घुम्ती हाट बजार सञ्चालन गरेको वडा नं. ७ का वडाध्यक्ष एवं नगरपालिकाका प्रवक्ता रबिन्द्र सापकोटाले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘सूर्यविनायक नगरपालिकाले यसअघि वडा नं. २, बालकोटस्थित गोदावरी करिडोरबाट घुम्ती शुभारम्भ भएको हाट बजार गत साता वडा नं. ४ को दक्षिण बाराहीमा र आज गुण्डुमा सञ्चालन गरेको छ, आउँदो शनिवार वडा नं. ९ चित्तपोलमा र त्यसपछि वडा नं. ८ को सिपाडोलमा सञ्चालन गरि पहिलो चरणको घुम्ती हाटल बजार सम्पन्न गरिनेछ ।’ हाट बजारको स्टद ब्यबस्थापनदेखि सबै खर्च नगरपालिकाले व्यहोर्ने र उद्यमी, किसान एवं व्यापारीलाई निःशुल्क स्टल राख्न दिने गरि सञ्चालन भएको हाट बजारमा गुण्डुमा आज ३० वटा स्टल राखिएको थियो । स्टलमा स्थानीय एत्पादन, गुन्द्रुक, मस्यौरा, जिम्बु, च्याउँ, हरिया तरकारी, महिला उद्यमीले बनाएका हस्तकलाका बिभिन्न सनमग्रीहरु, कृषिको बिउँ बिजन, कम्पोष्ट मल, फल, नेवारीलगायत खाजाका बिभिन्न परिकारहरु राखिएको थियो ।’ वडावासीले मात्रै नभई नगरपालिका भित्रका बिभिन्न ठाउँबाट आएका उपभोक्तालाई व्यवसायीहरुले आज एकैदिन पाँचलाख भन्दा बढीको सामान बिक्री गरेको र सबैले हाट बजारलाई हरेक साता निरन्तरता दिनु पर्ने माग गरेको वडाध्यक्ष एवं प्रवक्ता रविन्द्र सापकोटाले जानकारी दिनुभयो । नगरपालिकाले हाट बजार सञ्चालन गर्न कार्यपालिका बैठकबाट हाट बजार सञ्चालन कार्यबिधी स्वीकृत गरि सञ्चालनमा ल्याएको र नगरपालिकाले पहिलो चरणको समिक्षा गरि वडावडामा हरेक साता शनिबार बजार सञ्चालन गर्ने गरि तयारी गरेको उहाँले बताउनुभयो । हाट बजारले स्थानीय उपभोक्ता र किसान, व्यवसायीबीचके सम्बन्ध नजिक बनाउने र आफ्नो पालिकाको उत्पादनलाई आफ्नै पालिकामा बजार व्यबस्थापन गर्दै सहज, सुलभ, सूतो र गुणस्तरीय एवं ताजा सामान उपभाक्तोसम्म पुर्याउने उदेश्यले आयोजना गरेको घुम्ती हाट बजार प्रभावकारी भएको नगर प्रमुख वासुदेव थापाले जानकारी दिनुभयो । राधिका शाक्यले समेत अवलाकन गर्नु भएको हाट बजारमा उपप्रमुख सरिता तिमिल्सिना, भट्टराई, वडा नं १ का वडाध्यक्ष सानुकाजी कायस्थ, वडा नं. ८ का वडाध्यक्ष पुष्पराज बस्नेत, नगरपालिकाका कर्मचारीहरु, स्थानीइवासीलगायतको सहभागिता एवं अवलाकन रहेको थियो । --- # गुण्डुमा सम्पन्न सार्वजनिक सुनुवाईमा स्थानीयवासीले खोजे चुनाबमा मात्रै मुख देखिएको संघीय सांसद खोई................ Source: https://newskunda.com/archives/3772 Category: FEATURED NEWS, Uncategorized, अर्थ, राजनीति, समाचार, समाज Last updated: 2026-06-04 भक्तपुर, २१ जेठ । सूर्यविनायक नगरपालिका वडा नं. ७ गुण्डुस्थित वडा कार्यालयको सभा हल । बिहिबार सूर्यविनायक नगरपालिकाको सहयोग एवं समन्वयमा क्रियासिल पत्रकार मञ्च भक्तपुरले वडा कार्यालयको हलमा आयोजना गरेको “सार्वजनिक सुनुवाई कार्यक्रम” मा भेला भएका स्थानीयले खोजी गर्दै सोधे ‘हाम्रो क्षेत्रको संघीय सांसद खोई’........। आज वडा कार्यालयको हलमा ‘जनप्रतिनिधिसँग वडावासीको आवाज’ भन्ने नाराका साथ आयोजना भएको सार्वजनिक सुनुवाई कार्यक्रममा स्थानीयवासी रामकृष्ण श्रेष्ठले वडाको विकास र समृद्धिमा तीनवटै तहको सरकारको समन्यव आवश्यकता रहे पनि संघीय सांसदले निर्वाचित भए पश्चात अनुहार नै नदेखाएको गुनासो गर्नुभयो । ‘२०७४ अघिका जनप्रतिनिधि र पछिका विकास जनताले हेरेका छन् तर जनताको विकासप्रतिको तिव्र चाहना पुरा हुन सकेन,’ उहाँले भन्नुभयो, ‘भक्तपुर क्षेत्र नं. २ बाट निर्वाचित प्रतिनिधिसभाका सांसद राजिव खत्री कता हुनुहुन्छ ? सार्वजनिक कार्यक्रममा ल्याएर जनताको माझमा उभ्याउनु पर्यो, जसले गर्दा हाम्रो आवाज संघीय सरकारमा पुगोस्, जनताको मतलाई तिरस्कार गर्ने छुट उहाँलाई छैन ।’ कार्यक्रममा स्थानीय राधाकृष्ण नगरकोटीले नयाँ वर्ष मनाईने जात्रा र गणेश चतुर्थीमा मनाईने सिन्दुर जात्राका लागि बजेट व्यबस्थापन गर्नुपर्ने, गणेश पार्टी निर्माण गर्नुपर्ने, व्यायाम शाला र पार्क निर्माण गर्नुपर्ने माग राख्नु भयो । स्थानिय दिपेश कार्कीले मन्थलीबाट वडा कार्यालय आउने सडक सञ्जाल जोडनु पर्ने, जिप लाइन मुनीको जग्गा प्लानिङ्ग राक्नु पर्ने, जेष्ठ नागरिक भ्रमण रोकेर बजेट विकासमा लगाउनु पर्ने, प्राणी उद्यान क्षेत्रमा चलचित्र छायांकन रोक्नु पर्ने बताउनुभयो । तिथली गणेश भैरब समितिका अध्यक्ष सानुकाजी नगरकोटीले सडक निर्माणले ऐतिहासिक इनार पुरियो, चन्द्रसूर्य आधारभूत विद्यालय बेवास्ता गरेको गुनासो गर्नुभयो । स्थानीय मनोज केसीले सार्वजनिक जग्गा संरक्षणमा के गरिरहेको छ भन्दै निर्माण सुरु गरेको दुईवटै पौडी पोखी अलपत्र परेको, भिम प्राबि वरिपरि सार्वजनिक जग्गा अतिक्रमण भएको गुनासो गर्नुभयो । भूक्षय नियन्त्रणका लागि वडाले के गर्दैछ भन्दै कृष्णमुरारी वाग्लेले योगमय बनाउन वडा कार्यालयले व्यबस्थापन गर्नुपर्ने बताउनुभयो । स्थानीय शिव नगरकोटीले दधिकोट वडा नं. ४ र गुण्डु वडा नं. ७ जोड्ने बुढी गण्डकी खोलाको पुल निर्माण सम्पन्न गरेकोमा धन्यवाद भन्दै खोलामा किरियापुत्री भवन वा पार्टी निर्माण गर्न माग गर्नुभयो । स्थानीय रमेश नगरकोटीले सडकम घर बनाउने निर्माण सामग्री थपार्नेलाई कारबाही गर्नु पर्न माग गर्नुभयो भने रविन्द्र नगरकोटीले नयाँ बस्तीले सडकको मापदण्ड मिचेर संरचना बनाएकाले तत्काल रोक्न माग गर्नुभयो । स्थानीय रामकृष्ण श्रेष्ठले गुण्डुको गौ संरक्षण केन्द्र र २ करोड १३ लाख बजेट आइसकेको पाथीभरा माताको मन्दिरको जिम्मा स्थानीय सरकारले लिनुपर्ने धारणा राख्नु भयो । स्थानीय रिषभ खत्रीले सामुदायिक भवनमा स्थापना गरेको गुण्डु खानपानी कार्यालयले कोठा भाडामा लाउने कार्य रोक्नु पर्ने औल्याउनुभयो । कार्यक्रममा वडा नं. ७ का वडा अध्यक्ष रबिन्द्र सापकोटाले जेनजी आन्दोलनपछि वडाको प्रशासनिक तथा अन्य सेवा प्रभावहरुमा प्रत्यक्ष प्रभाव परेको उल्लेख गर्नुभयो । समस्या भएपनि छिटो र छरितो सेवा प्रभावहरुमा वडाले विशेष रणनीति बनाई १५ देखी ३० मिनेट भित्रमा सहज रुपमा सेवा प्रदान गरिरहेको बताउनुभयो । मूल्यवृद्धिका कारण भौतिक पूर्वाधारको कार्यहरुमा समस्या उत्पन्न भइरहेको उल्लेख गर्दै उहाँले भन्नुभयो, ‘जनताको अपेक्षा धेरै छन् तर हामीसँग स्रोत सिमित छ । त्यस्तैले अब नयाँ योजना शुरु गर्नेभन्दा पनि पुराना बाँकी रहेका योजनालाई आफ्नै कार्यकालमा सम्पन्न गर्ने तयारीका साथ लागिरहेका छौं । जसको लागि संघीय सरकारको बजेटले यसवर्ष वडालाई छोएको छैन । अब प्रदेशको बजेट कस्तो आउँछ ? त्यहि अनुसार योजना बैंक तयार गरेर नगरबाट बजेट व्यवस्थापन गरी कार्य सम्पादन गर्नेछौं ।’ केन्द्रीय सरकारले तीन करोड भन्दा तलका बहुवर्षीय आयोजनाका बजेट काट्दा गुण्डुका ६ वटा ठूला आयोजनाहरु अलपत्र परेको भन्दै उहाँले सिंहदरबारसंगको पहुँच टाढिदै गएको बताउनुभयो । शिक्षा, स्वास्थ्य, खानेपानी, पूर्वाधार तथा लक्षित कार्य गर्ने उल्लेख गर्दै उहाँले बालमैत्री वडा घोषणा गर्न ८० प्रतिशत कार्यहरु सम्पन्न भइसकेको जानकारी गराउनुभयो । आवेग नभई विवेक प्रयोग गरी सहज र सुलभ सेवा प्रभावहरु नै अहिले प्राथमिकता रहेको बताउनुभयो । धार्मिक, कला, संस्कृति तथा व्यायम केन्द्रहरु आवश्यकता अनुसार थप गर्दै लैजाने प्रतिवद्धता जनाउँदै उहाँले इतिहास मेटेर विकास नगरिने प्रतिवद्धता जनाउनुभयो । त्यस्तै उहाँले वडामा एक वटा पनि प्लानिङका स्वीकृति प्रदान नगरिएको भन्दै स्थानीयले जग्गा बिक्री गर्ने अनि किन्नेहरुले घर बनाउन खोज्दा बिरोध गर्ने कार्य गर्न नहुने बताउनुभयो । स्मार्ट सिटीका कारण आठ आनाभन्दा कम कित्ता काट नहुने भएपछि चार जनाले एक रोपनी जग्गा किन्ने र अदालतको आदेशबाट त्युलाई टुक्रा पारेर घर बनाउने कार्यलाई वडाले चाहेर पनि रोक्न नसक्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘वडाको सार्वजनिक जग्गा संरक्षण हुन्छ, भइरहेको छ । सार्वजनिक जग्गा संरक्षण गर्न नगरपालिकाकै सवैभन्दा उत्कृष्ट वडा नं. ७ हो । जीपलाईन मुनिको प्लानिङ गरेको होइन । जग्गा नापेर मात्र प्रकृया अगाडी बढाउन भनेर काम रोकेका छौं । स्वीमिङ पुल संघीय सरकारको पर्यटन मन्त्रालय अन्तरगतको बजेटबाट बनेको हो । जहाँ पार्क सहित बन्ने भनेर बहुआयामिक तरिकाले पर्यटन प्रवद्र्धन गर्ने योजना थियो । संघले बजेट नपठाउँदा अलपत्र पर्यो, वडाले सिमाङ्कन मात्र गरेको हो । अहिले संघीय सरकारको प्राथमिकतामा नपरेर अवमूल्यन भएको हो । बजेट आउँदा समन्वय, पहल र पहुँचका आधारमा हुने भएकाले राजनीतिक अस्थिरतका कारण विकासमा प्रत्यक्ष रुपमा असर परेको छ ।’ प्राणी उद्यानभित्र चलचित्र सुटिङ गर्न दिने वा नदिने भन्ने वडाको क्षेत्राधिकार नभई संघीय सरकारको भएको उल्लेख गर्दै उहाँले योग प्रवद्र्धनको लागि नगरपालिकाले नीतिगत व्यवस्था गर्ने बताउनुभयो । सडकमा गिटी तथा बालुवा लगायतका सामाग्रीहरु राख्न नपाउने स्पष्ट पार्दै उहाँले सो कार्य गरे कारवाही गर्नु चेतावनी दिनुभयो । घर निर्माण गर्दा सडकलाई असर पुर्याउनु नहुनेमा सचेत हुन आग्रह गर्दै उहाँले मापदण्ड पालना गर्नुपर्नेमा जोड दिनुभयो । धार्मिक पर्यटन प्रवद्र्धन गर्न योजनावद्ध लाग्नुपर्नेमा जोड दिँदै उहाँले सामुदायीक भवनमा खानेपानीमा काम गर्ने मजदुरलाई निर्माणको क्रममा एक महिना बस्न दिएको बताउनुभयो । घ्याम्पेडाँडाको विद्यालय विद्यार्थी नभएका कारण मर्ज गरिएको उल्लेख गर्नुभयो । कार्यक्रममा चालु आर्थिक वर्षभित्रमा गरेका पूर्वाधारको विकास, प्रशासनीक सेवा प्रवाह, सामाजिक कार्यलगायतका विषयहरुलाई समेटेर जनताका गुनासा, प्रश्न र सुझावहरुलाई संकलन गरिएको छ । कार्यक्रममा वडाका सचिव सूर्यवहादुर माकजुले वडाले आर्थिक वर्षमा गरिएका प्रशासनीक तथा सेवा प्रवाहरुको बारेमा विस्तृतमा उल्लेख गर्नुभयो । वडामा चालु आवमा नगरसभाबाट ५४ वटा योजनाहरु स्वीकृत भएको जानकारी गराउँदै उहाँले हालसम्म ५० वटा योजना सम्झौता भइ निर्माण कार्य भइरहेको, १४ वटा सम्पन्न, ३४ वटा चालु रहेको र दुई वटा सम्झौता भई कार्यशुभारम्भ नभएको जानकारी गराउनुभयो । त्यस्तै चार वटा योजना कोटेशनको माध्यमबाट सञ्चालन भइरहेको बताउनुभयो । वडामा विभिन्न प्रकारका लक्षित कार्यक्रमहरु आयोजना गरिएको जानकारी गराउँदै उहाँले भन्नुभयो, ‘वडाले जेष्ठ नागरिक, अपाङ्गता, महिला, दलित, बालवालिका लक्षित कार्यक्रमहरु सञ्चालन गरेको छ । त्यस्तै बालबालिकाको लागि पञ्चवर्षिय लगानी योजना तयार गरेको छ । सडकमुक्त बालबालिका, बालबालिकालाई मदिरा तथा सूर्तिजन्य सामग्री विक्रि वितरणमा रोक, बालमैत्री वडा घोषणाका लागि सचेतनामूलक कार्य, वडा बाल सञ्जाललाई ट्र्याकसुट वितरण, तेस्रो वडा स्तरीय बाल हाजिरी जवाफ प्रतियोगिता, ४४ जना कृषकलाई इलेक्ट्रिक स्प्रेयर पम्प, एसइइ उर्तीण विद्यार्थीलाई सम्मान लगायतका कार्यहरु गरेका छौं ।’ उहाँका अनुसार वडामा नगरसभाबाट कार्यक्रम तथा योजनाको लागि रु दुई करोड, ६० लाख तथा विभिन्न मितिमा नगर कार्यपालिकाबाट स्वीकृत रु चार करोड ७३ लाख रकम विनियोजन भएको छ । त्यस्तै वडामा कृषकसँगको लागत साझेदारीमा फुलको विरुवा वितरण, ५० प्रतिशत अनुदानमा प्लाष्टिक टनेल वितरण लगायतका सामाजिक कार्यहरु भएका छन् । कार्यक्रममा गुण्डू प्रहरी प्रभागका प्रमुख इन्द्र प्रसाद बोयजुले सडक दुर्घटना रोक्न मापसे चेकिङ गर्नु प्रहरीको जिम्मेवारी रहेको बताउदै अपराधन नियन्त्रण र जनताको सेवामा समर्पित रहेको भनाई राख्नु भयो । ट्राफिक चेकिङ आवश्यकता अनुसार हुने उल्लेख गर्दै उहाँले लिखानारायण क्षेत्रमा विदाको समयमा हुने पिकनिकमा लुटपाट हुने भएकाले विशेष फोकस गरी शान्ति सुरक्षाका कार्यहरुमा ध्यान दिइएको बताउनुभयो । मञ्चका अध्यक्ष रमेश गिरीको अध्यक्षतामा भएको कार्यक्रममा कोषाध्यक्ष पुस्करराज बुढाथोकीले कार्यक्रम सञ्चालन गर्नुभएको थियो । कार्यक्रममा कार्यपालिका सदस्य उमेश कार्की, समुन परियार, वडासदस्य गिता बस्नेत, सन्तोसी नेपाली, विभिन्न दलका प्रतिनिधि, विभिन्न विद्यालय तथा सामाजिक क्षेत्रका प्रतिनिधिहरुको सहभागिता रहेको थियो । --- # गुण्डुमा सात तोला सुन र एकलाख ५० हजार चोरी Source: https://newskunda.com/archives/2907 Category: FEATURED NEWS, अपराध, समाचार, समाज Last updated: 2023-08-30 भक्तपुर, १२ भदौ । भक्तपुरको गुण्डुमा सोमबार दिउसै चोरी भएको छ । स्थानीय राजकुमार गाइसीको घरबाट दिउँसो ११ः३० देखि १२ः३० भित्र चोरी भएको जनाइएको छ । घरमा कोही नभएको मौका छोपी झयालबाट घर भित्र पसेर चोरी भएको पीडित राजकुमारले बताए । करिब छ सात टोला सुन, एक लाख पचास हजार नगद चोरी लगेको उनले जनाए । चोरी गर्ने मान्छे टाढाको नभई घरकोबारेमा सबै जानकार हुने अनुमान गरिएको छ । मेरो घर वरिपरिकोले नै गरेको अनुमान उनको छ । --- # गुँला पर्वले समृद्ध नेवाः संस्कृति, परम्परा र सामाजिक एकतालाई अझ बलियो बनाउँछ : मुख्यमन्त्री किरण थापा Source: https://newskunda.com/archives/4244 Category: FEATURED NEWS, अर्थ, राजनीति, समाचार, समाज Last updated: 2026-09-12 भक्तपुर, २७ भदौ : बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले ऐतिहासिक एवं धार्मिक महत्व रहेको एक महिने गुँला पर्वले समृद्ध नेवाः संस्कृति, परम्परा र सामाजिक एकतालाई अझ बलियो बनाउने बताउनु भएको छ । आज मध्यपुरथिमि नगरपालिका–७, नगदेश पुखुसीस्थित नेवाः ऐतिहासिक सांस्कृतिक भजन खलः मध्यपुरथिमिले आयोजना गरेको गुँला पर्वको समापन कार्यक्रममा बोल्दै उहाँले धार्मिक र सामाजिक एकताको बसलयो आधार गुँला पर्व रहेको बताउनु भएको हो । उहाँले नेवाः समुदायको मौलिक कला, संस्कृति, परम्परा र धार्मिक आस्थाको संरक्षण एवं पुस्तान्तरणमा यस्ता सांस्कृतिक पर्वहरूको महत्वपूर्ण योगदान रहँदै आएको बताउदै यस्ता धार्मिक पर्वले आन्तरिक तथा बाह्य पयटनको विकासमा टेवा पुर्याउने बताउनुभयो । प्रदेश सरकारल धार्मिक पर्यटनको विकासका लागि बजेट विनियोजन गरेको बताउदै धर्मिक, ऐतिहासिक एव मूत तथा अमूर्त कला संस्कृतिको संरक्षणमा प्रदेश सरकारले अग्रस्थानमा रहेर कार्य गर्ने बताउनुभयो । उहाँले कार्यक्रममा एक महिने गुँला पर्व सफल पार्न भूमिका निर्वाह गर्ने बिभिन्न व्यक्तिहरुलाई सम्मान गर्नुभयो । कार्यक्रममा संघीय सांसद मदनकृष्ण श्रेष्ठ, वागमती प्रदेश सदस्य सकुन्तला श्रेष्ठ, मध्यपुरपथिमि नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठ, उपपमुख विजय श्रेष्ठलायतले गुँला पर्वले नेवाः हरुको कला, संस्कृति र परम्परालाई जिवन्त राख्दै संस्कृतिको संरक्षणमा टेवा पुर्याएको बताउनुभयो । --- # गुँला बाजासहित पाँच दीपकंरको नगर परिक्रमा सम्पन्न, दीपंकर पाँच पाण्डब होइनन् Source: https://newskunda.com/archives/1773 Category: FEATURED NEWS, कला तथा साहित्य, जीवन शैली, समाचार, समाज Last updated: 2022-08-25 भक्तपुर, ९ भदौ : नेपाल संवत् ७७५ मा मल्ल राजा नरेश मल्लको शासनकालमा जयदेव बज्राचार्यले प्रचलनमा ल्याएएको पञ्चदान पर्व आज साँझ भक्तपुरमा सम्पन्न भएको छ । प्रत्येक वर्ष भाद्र कृष्ण त्रयोदशीका दिन बौद्ध दर्शनमा पवित्र मानिएको दानको महत्व दर्साउने पञ्चदान पर्व आज बौद्धमार्गीहरुले भव्य रुपमा मनाएका हुन् । आज बिहान पाँच दीपंकरहरुलाई भक्तपुर नपा–९ सूर्यमढीस्थित आदिपद्म महाविहारमा भेला गराएर त्यहाँ विशेष पूजा सम्पन्न गरेपछि पाँच दीपंकर बुद्धलाई बाजागाजासहित भक्तपुर नगरका १० वटै वडाका टोल–टोलमा परिक्रमा गराइएको छ । भक्तपुर नगरपालिकाको क्वाठडांैस्थित प्रशन्नशील महाविहार, गोल्मढीको झौरबही, साकोठाको चतुब्र्रम्ह महाविहार, इताछेंस्थित थथुबही अर्थात् जयकीर्ति विहार र भार्वाचोको कुथुबही अर्थात् बौद्ध समकृत विहारमा रहेका पाँच दीपंकरहरुलाई भक्तपुर नगर परिक्रमा गराइएको हो । यस पर्वमा बौद्धमार्गी बुद्ध धर्मका अनुयायी बज्राचार्य, बुद्धाचार्य, शाक्यलगायतले आफ्नो वरपर रहेका विभिन्न विहार, बही, चोक र घरमा दानशाला बनाई अन्न, फलफूल र दक्षिणा दान दक्षिणा लिन दिनभर भिक्षाटनमा सहभागी भएका हुन् । काठमाडौं उपत्यका र अन्यत्र मनाइने पञ्चदान पर्वभन्दा भक्तपुरको पञ्चदान पर्व फरक र विशेष किसिमको रहेको स्थानीय देवचन्द्र बज्राचार्यले जानकारी दिनु भयो । भक्तपुरमा ऐतिहासिक तथा पुरातात्विक महत्व रहेको पाँचवटा महाविहारमा विराजमान दीपंकर बुद्धहरुलाई नगर परिक्रमा गराइएर पञ्चदान पर्व मनाइएको उहाँले बताउनु भयो । दीपंकर बुद्धसँगै बौद्धमार्गीहरु बौद्ध परम्पराअनुसार पिण्डपात्र (गुलुपा) हातमा लिएर भिक्षाटनमा सहभागी भएको बज्रचार्यले जानकारी दिनु भयो । भक्तपुर नगरको पूर्व आदिपद्म महाविहारबाट सुरु भएको पूजा नगरको पश्चिम थथुबहीमा पुगेर सम्पन्न गरिएको छ । आज अपरान्ह पाँच दीपंकरहरुलाई टौमढीमा एकै पटक भेला गराई संयुक्त पञ्चदान पर्व मनाएर सम्पन्न गरिएको उहाँले बताउनु भयो । टौमढीस्थित पश्चिम डबलीमा पाँचवटै दीपंकरलाई लस्करै राखेर विभिन्न बाजागाजा बजाएरसंयुक्त पञ्चदान गरिएको उहाँले बताउनु भयो । भक्तपुरको पञ्चदानको प्रमुख विशेषता गुँलाबाजा बजाउनु नै हो भन्दै स्थानीय पुष्परत्न शाक्यले टौमढीमा बौद्धमार्गीहरुले दान गाथा र स्त्रोत्र वाचनसँगै गुँला बाजा बजाउने परम्परा रहेको बताउनु भयो । बौद्धमार्गीहरुको पञ्चदान पर्वमा मात्रै बजाईने गुँला बाजा दीपंकर बुद्ध यात्राको क्रममा परम्परागत गुँला धाः बाजा, प्वंगाबाजा, दाफा भजन श्रृङ्गभेरी बाजाको सांगीतिक समूहहरुले आआफ्नो बाजाको प्रदर्शनी गर्ने गरिएको छ । विहार र बहीहरुमा संरक्षित बौद्ध सम्पदाहरुको प्रदर्शनसमेत गर्ने परम्परा रहेको उहाँले बताउनु भयो । बौद्धमार्गीहरुले आफू बुद्धका अनुयायी भएको कारण आफूले आर्जन गरेको आयको केही अंश दानका लागि राख्ने र सोही दान पञ्चदान पर्वमा दान गर्ने प्रचलन रहँदै आएको शाक्यले बताउनु भयो । देवचन्द्र बज्राचार्यले पाँच दीपंकर बुद्धलाई पाँच पाण्डब भनेर बिभिन्न समाचारदेखि व्यक्तिहरुले चर्चा गरेकोमा गुनासो गर्दै यो पाँच पाण्डब नभई पाँच दीपंकर भएको बताउनु भयो । भक्तपुर नगरपालिकासँगै भक्तपुरकै मध्यपुर थिमि, काठमाडौं, कीर्तिपुर, काभ्रेको नाला, बनेपा र चीनको ल्हासामा समेत पञ्चदान पर्व मनाइने प्रचलन रहेको छ । --- # गृह मन्त्रालयको निर्देशन अवज्ञा गरेको भन्दै एनप्याब्सन निलम्बित Source: https://newskunda.com/archives/5308 Category: FEATURED NEWS, शिक्षा Last updated: 2026-10-30 **काठमाडौं —** गृह मन्त्रालयले राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (एनप्याब्सन) लाई निलम्बन गरेको छ। मन्त्रालयले शुक्रबार सार्वजनिक सूचना जारी गर्दै राष्ट्रिय निर्देशन ऐन, २०१८ को दफा ६ को उपदफा (२) बमोजिम अर्को निर्णय नभएसम्मका लागि संस्थालाई निलम्बन गरिएको जनाएको हो। मन्त्रालयका अनुसार एनप्याब्सनले पटक–पटक दिइएका सरकारी निर्देशन पालना नगर्नुका साथै नेपाल सरकारबाट स्वीकृत संस्थाको विधान र संगठनको मूल उद्देश्यविपरीत गतिविधि सञ्चालन गरेको पाइएको छ। सरकारी निर्देशनको निरन्तर अवज्ञा तथा संस्थागत उद्देश्य र विधानअनुसार काम नगरेको निष्कर्षसहित मन्त्रालयले निलम्बनको निर्णय लिएको हो। यसअघि मन्त्रालयले संस्थामाथि कारबाही गर्नुअघि गत असोज २३ गते सम्बन्धित सरोकारवाला पक्षलाई मन्त्रालयमै बोलाएर औपचारिक छलफल गरेको थियो। उक्त छलफलका क्रममा विसं २०८२ मंसिर १२ गते मन्त्रालयबाट जारी गरिएको निर्देशन र राष्ट्रिय निर्देशन ऐन, २०१८ को व्यवस्थाभित्र रहेर काम गर्न एनप्याब्सनका पदाधिकारीहरूलाई आग्रह गरिएको थियो। संस्थालाई आफ्नो विधान, उद्देश्य र प्रचलित कानुनी व्यवस्थाअनुसार गतिविधि सञ्चालन गर्न पनि मन्त्रालयले सचेत गराएको थियो। तर, मन्त्रालयले दिएको निर्देशन पालना नभएको र संस्थाका पदाधिकारीहरूबाट स्वीकृत विधान तथा संगठनको मूल उद्देश्यसँग मेल नखाने गतिविधि भएको निष्कर्ष निकालेपछि निलम्बनको निर्णय गरिएको जनाएको छ। मन्त्रालयले राष्ट्रिय निर्देशन ऐन, २०१८ अन्तर्गत प्राप्त अधिकार प्रयोग गर्दै संस्थामाथि प्रशासनिक कारबाही अघि बढाएको हो। यद्यपि, मन्त्रालयले शुक्रबार जारी गरेको सार्वजनिक सूचनामा कुन–कुन निर्देशन पालना नभएको हो भन्ने विषय विस्तृत रूपमा खुलाइएको छैन। त्यस्तै, संस्थाका पदाधिकारीहरूले सरकारबाट स्वीकृत विधान र संगठनको मूल उद्देश्यविपरीत के–कस्ता गतिविधि सञ्चालन गरेका हुन् भन्नेबारे पनि स्पष्ट विवरण उल्लेख गरिएको छैन। निलम्बनको निर्णयसँगै अर्को औपचारिक निर्णय नभएसम्म एनप्याब्सनका संस्थागत गतिविधि रोकिएका छन्। निजी तथा आवासीय विद्यालय सञ्चालकहरूको राष्ट्रियस्तरको संगठनमाथि सरकारले गरेको यस निर्णयले शिक्षा क्षेत्रको संस्थागत नियमन, निजी विद्यालय सञ्चालक र सरकारबीचको सम्बन्ध तथा संस्थाहरूले पालना गर्नुपर्ने कानुनी दायित्वबारे थप चासो सिर्जना गरेको छ। सरकारको निर्णयपछि एनप्याब्सनको आगामी गतिविधि र संस्थाले यस विषयमा राख्ने आधिकारिक धारणा चासोको विषय बनेको छ। --- # गृहमन्त्री ओमप्रकाश अर्यालले भन्नुभयो : सुशासन भएकाले यसपटकको निर्वाचन सम्भव भयो Source: https://newskunda.com/archives/3442 Category: FEATURED NEWS, राजनीति, समाचार, समाज Last updated: 2026-03-08 काठमाडौँ, २४ फागुनः गृहमन्त्री ओमप्रकाश अर्यालले प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ मा निर्वाचन सुशासन कायम भएको बताउनुभएको छ । निर्वाचन आयोगको कार्यालय बहादुर भवनमा आज आयोजित निर्वाचन सुरक्षा समीक्षा उहाँले राजनीतिक सुशासनको जग निर्वाचन सुशासन भएकाले यसपटकको निर्वाचनमा त्यो सम्भव भएको बताउनुभयो । वर्तमान सरकार फागुन २१ गते निर्वाचन गराउनैका लागि गठन भएकाले स्वच्छ र निष्पक्ष निर्वाचन गराएर कार्यभार सम्पन्न गराउने मार्गमा अघि बढेको जानकारी पनि गृहमन्त्री अर्यालले दिनुभयो । “हिंसा नभई निर्वाचन सम्पन्न भएको छ, सुदृढ सुरक्षा व्यवस्थाबीच निर्वाचन गराउने दायित्व सरकारले पूरा गरेको छ, यो निर्वाचनमा अरुका नाममा मतदान पनि भएन, समयमा निर्वाचन गराउन सरकारका सबै अङ्ग समन्वयात्मक रुपमा क्रियाशील भए, गृह मन्त्रालयमा सामूहिक नेतृत्वको अभ्यास गरी निर्वाचन समन्वयात्मक रुपमा सफल भयो, केन्द्र, प्रदेश र वडा तहसम्म समन्वयात्मक एकीकृत सुरक्षा योजना अन्तर्गत काम भयो, नेतृत्वमा विकेन्द्रीकरण गरेर निर्वाचन सम्पन्न भयो”, उहाँले भन्नुभयो । निर्वाचन कार्यतालिका अनुसार निर्वाचन सम्पन्न गराउन आयोगले नेतृत्वदायी भूमिका खेलेकामा गृहमन्त्री अर्यालले सो अवसरमा धन्यवाद दिनुभयो । --- # गेटा मेडिकल कलेज सञ्चालनको माग गर्दै सङ्घर्ष Source: https://newskunda.com/archives/1024 Category: FEATURED NEWS, राजनीति, शिक्षा, समाचार Last updated: 2022-05-26 सुदूरपश्चिम, १२ जेठ : आर्थिक वर्ष २०७९/०८० का लागि सरकारले सार्वजनिक गरेको नीति कार्यक्रममा कैलालीको गेटा मेडिकल कलेज सञ्चालनका विषय सम्बोधन नभएको भन्दै विरोध हुन थालेको छ । भवनलगायतका संरचना निर्माणको काम पूरा भइसकेको गेटा मेडिकल कलेज सञ्चालनको विषय नीति कार्यक्रममा नसमेटिएको स्थानीयवासीको भनाइ छ । कलेज सञ्चालनको प्रक्रिया यथाशीघ्र सुरु गर्न दबाब दिने उद्देश्यले कैलालीमा सङ्घर्ष समितिसमेत गठन गरिएको छ । समितिको पहलमा आज सुदूरपश्चिम प्रदेशको राजधानी धनगढी र अत्तरियालगायतका क्षेत्रमा हस्ताक्षर सङ्कलन गर्नुका साथै प्रदेशका मुख्यमन्त्री, कैलालीका प्रमुख जिल्ला अधिकारी र धनगढी उपमहानगरपालिकाका प्रमुखलाई छुट्टाछुट्टैरूपमा ज्ञापनपत्रसमेत बुझाइएको छ । कलेजका आवश्यक भौतिक पूर्वाधार तयार भइसके पनि यो कलेजलाई कुन प्र्रारूपमा सञ्चालन गर्ने भन्ने विषयमा सरकारले अहिलेसम्म टुङ्गो लगाएको छैन । नीति कार्यक्रममा कलेज सञ्चालनको विषय नसमेटिएकाले सुदूरपश्चिमवासी निराश भएको नागरिक अगुवाको भनाइ छ । स्थानीय व्यवसायी डिल्लीराज अवस्थीले भन्नुभयो, “नीति कार्यक्रममा डडेलधुरामा मेडिकल कलेज सञ्चालन गर्ने विषय समेटिनु राम्रो हो, तर भौतिक पूर्वाधार तयार भइसकेको कैलालीको गेटामा मेडिकल कलेज सञ्चालनबारे सम्बोधन नहुँदा नागरिकबाट विरोध भएको छ ।” यो मेडिकल कलेजलाई स्वास्थ्य विज्ञान प्रतिष्ठान वा मेडिकल कलेज कुन प्रारूपमा सञ्चालन गर्ने भन्नेमा विभिन्न निकाय र तहमा बहस छलफल हुँदै आएको छ । --- # गोकर्णेश्वरमा आयोजित ‘तेस्रो औद्योगिक, सांस्कृतिक, पर्यटन तथा व्यापार महोत्सव आइतबार अन्तिम दिन भव्य समारोह Source: https://newskunda.com/archives/3742 Category: FEATURED NEWS, अपराध, अर्थ, कला तथा साहित्य, समाचार, समाज Last updated: 2026-05-30 काठमाडौँ १७ बैशाख : नयाँ वर्ष २०८३ को अवसर पारेर औद्योगिक शान्ति नेपाल संस्थाले काठमाडौंको गोकर्णमा आयोजना गरेको ‘तेस्रो गोकर्णेश्वर औद्योगिक, साँस्कृतिक, पर्यटन, कृषि तथा व्यापार महोत्सव–२०८३’ अन्तिम दिन आइतबार चर्चित गायकगायिकाको बेजोड एव भव्य सांगीतिक प्रस्तुती रहने भएको छ । यहीँ वैशाख २४ गतेदेखि जेठ १७ गतेसम्म गोकर्णेश्वर नगरपालिका वडा नं ४ स्थित हनुमान चोकमा आयोजना भएको ‘तेस्रो गोकर्णेश्वर औद्योगिक, साँस्कृतिक, पर्यटन, कृषि तथा व्यापार महोत्सव–२०८३’ मा चर्चित गायकगायिकाको प्रसतूती भइसकेको र आईतबार अन्तिम दिन भव्य प्रस्तुती रहने भएको संस्थाका अध्यक्ष सन्दिप महतले जानकारी दिनुभयो । यहाँका उपभोक्तालाई एकै स्थानबाट दैनिक उपभोग्य सामग्री सर्वसुलभ मूल्यमा उपलब्ध गराउने तथा स्थानीय प्रतिभाको खोजी गरि प्रतिभा पहिचान गर्ने उद्देश्यले महोत्सवको आयोजना गरेको उहाँले जानकारी दिनुभयो । गोकर्णमा भएको महोत्सवमा औद्योगिक उत्पादन, सूचना तथा विज्ञान–प्रविधि, अटोमोबाइल तथा विद्युतीय उपकरण, कृषि औजार, मोबाइल तथा इलेक्ट्रोनिक्स सामग्री, लत्ताकपडा तथा भाँडाकुँडाको प्रदर्शनी सुपथ मूल्यमा बिक्री भएको छ । आन्तरिक तथा बाह्य पर्यटकको आगमन बृद्धि गर्ने र पर्यटनको विकास गर्ने उदेश्य समेत रहेको महोत्सवमा पर्यटनसँग सम्बन्धित विविध गतिविधि पनि समेटिएको उहाँले जानकारी दिनुभयो । महोत्सवमा दुई लाखभन्दा बढी अवलोकनकर्ताले अवलोकन गरेको जानकारी दिदै संस्थाका अध्यक्ष महतले महोत्सवमा आकर्षणका रूपमा एशियाकै उत्कृष्ट बाल उद्यान, रोटेपिङ, ड्रागन, ट्रेन, रेन्जर, नाउ लगायत बालबालिकाकालाई मनोरञ्जन दिने खेल सामग्री, विविध खाना महोत्सव तथा दैनिक रूपमा स्थानीय तथा राष्ट्रिय कलाकारहरूको प्रस्तुति राखिएको उहाँले बताउनुभयो । महोत्सवमा ‘प्रथम गोकर्णेश्वर डान्स आइडल’ प्रतियोगिताको समेत आयोजना गरिएको जानकारी दिदै उहाँले शिखर छहारी सांस्कृतिक कला केन्द्रको संयोजनमा प्रतियोगिता गरिएको बताउनुभयो । महोत्सवको मुख्य प्रवेशद्वार ‘लन्डन ब्रिज’ को स्वरुपमा निर्माण गरिएको र दर्शक तथा उपभोक्ताका लागि यो आकर्षण भएको बताउनुभयो । कुल १२० वटा स्टल रहेको महोत्सवमा स्थानीय उत्पादन तथा महिला उद्यमीहरूका लागि निःशुल्क स्टलको व्यवस्था गरिएको जानकारी दिदै गोकर्णेश्वर नगरपालिकाको सिफारिसमा स्थानीय सीप, कला र उत्पादनलाई प्राथमिकता दिएर राखिएको बताउनुभयो । महोत्सवको प्रवेश शुल्क सर्वसाधारणका लागि १०० रुपैयाँ र विद्यार्थीका लागि ५० रुपैयाँ तोकिएको छ भने विद्यार्थी सहुलियतका लागि परिचयपत्र अनिवार्य गरिएको छ भने जेष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति र पाँच वर्ष मुनिका बालबालिकालाई निःशुल्क प्रवेशको व्यवस्था गरिएको जानकारी दिनुभयो । दैनिक राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका कलाकारहरुबाट गीत, नृत्यलगायतका मनोरञ्जन प्रदान गरिएको बताउनुभयो । अन्तिम दिनको सांगीतिक कार्यक्रममा कमल विसी माल्दाई? समिना लो, विश्व नेपाली, चर्चित लोक गायक सानु केसी, अञ्जु सुनार, रमेश श्रेष्ठ मेलोडी, रमश श्रेष्ठ शिशिर, विनोद लामा, रेणु श्रेष्ठलगायतका गीत तथा नृत्यहरु प्रस्तुत गरिने भएको छ । --- # गोकर्णेश्वरमा भव्य रुपमा आयोजना हुदै ‘तेस्रो औद्योगिक, सांस्कृतिक, पर्यटन तथा व्यापार महोत्सव २०८३ Source: https://newskunda.com/archives/3634 Category: FEATURED NEWS, अर्थ, राजनीति, समाचार, समाज Last updated: 2026-05-05 काठमाडौँ २२ बैशाख : नयाँ वर्ष २०८३ को अवसर पारेर औद्योगिक शान्ति नेपाल संस्थाले काठमाडौंको गोकर्णमा आयोजना गर्न लागेको ‘तेस्रो गोकर्णेश्वर औद्योगिक, साँस्कृतिक, पर्यटन, कृषि तथा व्यापार महोत्सव–२०८३’ को सम्पूर्ण तयारी पुरा गरेको छ । यहीँ वैशाख २४ गतेदेखि जेठ ९ गतेसम्म गोकर्णेश्वर नगरपालिका वडा नं ४ स्थित हनुमान चोकमा आयोजना गर्न लागेको ‘तेस्रो गोकर्णेश्वर औद्योगिक, साँस्कृतिक, पर्यटन, कृषि तथा व्यापार महोत्सव–२०८३’ को सम्पूर्ण तयारी पुरा भएको संस्थाका अध्यक्ष सन्दिप महतले जानकारी दिनुभयो । यहाँका उपभोक्तालाई एकै स्थानबाट दैनिक उपभोग्य सामग्री सर्वसुलभ मूल्यमा उपलब्ध गराउने तथा स्थानीय प्रतिभाको खोजी गरि प्रतिभा पहिचान गर्ने उद्देश्यले महोत्सवको आयोजना गर्न लागेको उहाँले जानकारी दिनुभयो । गोकर्णमा हुने महोत्सवमा औद्योगिक उत्पादन, सूचना तथा विज्ञान–प्रविधि, अटोमोबाइल तथा विद्युतीय उपकरण, कृषि औजार, मोबाइल तथा इलेक्ट्रोनिक्स सामग्री, लत्ताकपडा तथा भाँडाकुँडाको प्रदर्शनी सुपथ मूल्यमा बिक्री गरिने छ । आन्तरिक तथा बाह्य पर्यटकको आगमन बृद्धि गर्ने र पर्यटनको विकास गर्ने उदेश्य समेत रहेको महोत्सवमा पर्यटनसँग सम्बन्धित विविध गतिविधि पनि समेटिने उहाँले जानकारी दिनुभयो । महोत्सवमा दुई लाखभन्दा बढी अवलोकनकर्ताले अवलोकन गर्ने अपेक्षा गरिएको जानकारी दिदै संस्थाका अध्यक्ष महतले महोत्सवमा आकर्षणका रूपमा एशियाकै उत्कृष्ट बाल उद्यान, रोटेपिङ, ड्रागन, ट्रेन, रेन्जर, नाउ लगायत बालबालिकाकालाई मनोरञ्जन दिने खेल सामग्री, विविध खाना महोत्सव तथा दैनिक रूपमा स्थानीय तथा राष्ट्रिय कलाकारहरूको प्रस्तुति समेत रहने उहाँले बताउनुभयो । महोत्सवमा ‘प्रथम गोकर्णेश्वर डान्स आइडल’ प्रतियोगिताको समेत आयोजना गरिने जानकारी दिदै उहाँले शिखर छहारी सांस्कृतिक कला केन्द्रको संयाजनमा प्रतियोगिता गर्न गरि तयारी परा भएको जानकारी दिनुभयो । महोत्सवको मुख्य प्रवेशद्वार ‘लन्डन ब्रिज’ को स्वरुपमा निर्माण गरिने र दर्शक तथा उपभोक्ताका लागि यो आकर्षण हुने बताउनुभयो । कुल १२० वटा स्टल रहने महोत्सवमा स्थानीय उत्पादन तथा महिला उद्यमीहरूका लागि निःशुल्क स्टलको व्यवस्था गरिएको जानकारी दिदै गोकर्णेश्वर नगरपालिकाको सिफारिसमा स्थानीय सीप, कला र उत्पादनलाई प्राथमिकता दिइनेछ । महोत्सवको प्रवेश शुल्क सर्वसाधारणका लागि १०० रुपैयाँ र विद्यार्थीका लागि ५० रुपैयाँ तोकिएको छ भने विद्यार्थी सहुलियतका लागि परिचयपत्र अनिवार्य गरिएको छ भने जेष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति र पाँच वर्ष मुनिका बालबालिकालाई निःशुल्क प्रवेशको व्यवस्था गरिएको जानकारी दिनुभयो । दैनिक राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका कलाकारहरुबाट गीत, नृत्यलगायतका मनोरञ्जन प्रदान गरिने महोत्सवमा जेठ ८, ९ र १० गते विशेष कन्सर्ट आयोजना गरिने उहाँले जानकारी दिनुभयो । --- # गोदाममा भीषण आगोलागी, ६ करोड बराबरको क्षति Source: https://newskunda.com/archives/467 Category: FEATURED NEWS, समाचार Last updated: 2022-04-25 भक्तपुर, १२ बैशाख : मध्यपुरथिमि नगरपालिका–५ कमेरोटारमा गएराती भिषण आगोलागी भएको छ । स्थानीय राजन प्रजापतिको ग्रिनवेयर स्यानिटरी गोदाममा भएको आगलागीमा मानवीय क्षति नभएपनि करोडौको सामान जलेर क्षति भएको छ । मध्यराती जुद्ध बारुण यन्त्र भक्तपुर, ललितपुर काठमाडौंको दमकल, नेपाली सेना, शसस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीले आज बिहान मात्रै आगो नियन्त्रणमा लिएको छ । महानगरीय प्रहरी बृत्त थिमिका प्रहरी नायब उपरीक्षक हरिनन्दन चौधरीले दमकल र सुरक्षाकर्मीको सहयोगले आगो नियन्त्रणमा लिएको जानकारी दिनु भयो । गोदाम भित्र रहेको अधिकांश केमिकल, मेशिनरी सामानलगायतका सामानहरु जलेर नष्ट भएको जानकारी दिदै उहाँले प्रारम्भिव अनुसन्धनमा करिब ६ करोड बराबरको क्षति भएको बताउनु भयो । क्षति भएका सामानको विवरण र क्षतिको यथार्थ विवरण भने दिउँसो मात्रै आउने उहाँले जानकारी दिनु भयो । --- # गोरखामा राजविद्या शक्तिपीठ बन्दै : नमुना गुरुकुल र अन्तराष्ट्रिय योग केन्द्र पनि बनाईने Source: https://newskunda.com/archives/3574 Category: FEATURED NEWS, कला तथा साहित्य, समाचार, समाज Last updated: 2026-04-10 गोरखामा राजविद्या शक्तिपीठ बन्दै : नमुना गुरुकुल र अन्तराष्ट्रिय योग केन्द्र पनि बनाईने गोरखा । ऐतिहासिक तथा आध्यात्मिक महत्व बोकेको गोरखा अब पुनः एकपटक राष्ट्रिय चेतना जागरणको केन्द्र बन्ने दिशामा अघि बढ्दैछ। गोरखनाथ कल्याण केन्द्र नेपाल ले आगामी आर्थिक वर्षको सुरुवातसँगै एक महत्वाकांक्षी “धर्म नीति आधारित महाअभियान” सुरु गर्ने घोषणा गरेको छ। केन्द्रका अनुसार, यो अभियान केवल धार्मिक अभ्यासमा सीमित रहने छैन, बरु राष्ट्र निर्माणका लागि आवश्यक नैतिकता, अनुशासन र चेतनालाई पुनर्स्थापित गर्ने रणनीतिक प्रयास हुनेछ। अभियानको मूल लक्ष्य धर्मलाई कर्मकाण्डबाट मुक्त गर्दै जीवन, समाज र राज्य सञ्चालनको आधार बनाउनु हो। यसका निम्ती केन्द्रले यसअघि नै देशका विभिन्न भूभागमा शक्तिपीठ स्थापना गर्दै आध्यात्मिक ऊर्जा सन्तुलनको आधार निर्माण गरिसकेको छ। हालसम्म कुशेश्वरमा सौर्यमण्डलीय शक्तिपीठ, पालुङमा वायुमण्डलीय शक्तिपीठ, विजयपुरमा घर्तीमण्डलीय शक्तिपीठ, भकुण्डेबेशीमा ॐकारेश्वर शक्तिपीठ, राम्चेवेशीमा आदिश्वरनाथ शक्तिपीठ स्थापना सम्पन्न भईसकेको केन्द्रका संरक्षक अनन्त प्रसादले जानकारी दिए । गोरखामा पनि राजविद्या शक्तिपीठ स्थापना हुँदैछ । सबै उर्जा एकीकृत गर्दै गोरखाको राजशक्ति पीठलाई केन्द्रबिन्दु बनाउने रणनीति केन्द्रको छ, जसले देशभर दैविक ऊर्जा सन्तुलन र आध्यात्मिक जागरण विस्तार गर्ने अपेक्षा गरिएको छ। गोरखा नगरपालिका-९ स्थित शिखरडाँडामा निर्माणाधीन पीठको करिब ८० प्रतिशत निर्माण कार्य सम्पन्न भइसकेको छ र अबको केही महिनाभित्र पूर्णता दिने लक्ष्य राखिएको छ। यो पीठलाई केवल धार्मिक संरचना होइन, दैविक ऊर्जा, नैतिकता र राष्ट्रशक्ति बीच सन्तुलन कायम गर्ने केन्द्र का रूपमा विकास गरिने उनले बताए । शक्तिपीठका पीठाधीश अच्युतकृष्ण शरण ले धर्म-नीतिलाई सन्तुलित र प्रभावकारी बनाउन “दैविक ऊर्जा” को अनिवार्यता औंल्याउँदै “राजविद्या शक्तिपीठ” स्थापना भईरहेको बताए । उनका अनुसार जबसम्म आध्यात्मिक ऊर्जा र राज्य शक्ति बीच समन्वय हुँदैन, तबसम्म विश्वभर स्थायी शान्ति र समृद्धि सम्भव हुँदैन । `धर्म-नीतिलाई प्रभावकारी र सन्तुलित बनाउन दैविक ऊर्जा अनिवार्य हुन्छ । दैविक उर्जाकै बलको प्रयोगले नेपाल एकिकरण भयो । अंङ्ग्रेजहरुलाई परास्त गर्दै देवभुमी नेपाल कसैको अधिनमा बस्नु परेन´, गोरखाको शक्तिपीठका पीठाधीश अच्युतकृष्ण शरणले भने, `आज पनि पुनः नेपालले आफ्नो राष्ट्रको सनातन धर्मको मर्म र त्यो गौरवशाली ईतिहास जोगाउने समय नजिक आउँदैछ । यसका निम्ती हाम्रो केन्द्रले निरन्तर काम गरिरहनेछ ।´ अहिले केन्द्रको उदेश्य सुन्दा अनौठो र अप्रत्याशित लागेपनि निकट भविष्यमा यसको प्रभाव पुष्टि हुने पीठाधीश अच्युतकृष्ण शरण बताउँछन् । गोरखामा पीठको निर्माण सम्पन्न भएपछि यहाँ सतगुरु गोरक्षनाथ बाबा, माँ गोरखकाली लगायत विभिन्न देवी-देवताहरूको मूर्ति स्थापना गरिनेछ । जसले यस स्थानलाई शक्तिशाली साधना, श्रद्धा र आध्यात्मिक अनुभूतिको केन्द्रका रूपमा स्थापित गर्ने अपेक्षा गरिएको छ। नमुना गुरुकुल निर्माण : कर्मकाण्डभन्दा माथि धर्म नीति राजशक्ति पीठ निर्माण सम्पन्न भए लगत्तै “नमुना गुरुकुल” निर्माणको काम सुरु गर्ने केन्द्रले जनाएको छ । गुरुकुल परम्परागत कर्मकाण्डमा सीमित नरही धर्मलाई जीवन नीति, चेतना र चरित्र निर्माणको आधार का रूपमा स्थापित गर्ने आधुनिक आध्यात्मिक शिक्षाकेन्द्र बनाउने केन्द्रको रणनीति छ । यहाँ विद्यार्थीहरूले वेद, उपनिषद्, योग, ध्यानसँगै नेतृत्व विकास, नैतिक शिक्षा, अनुशासन, सामाजिक उत्तरदायित्व र राष्ट्रचेतनामा आधारित समग्र शिक्षा प्राप्त गर्नेछन् । यसको मुख्य लक्ष्य चरित्रवान्, जिम्मेवार र राष्ट्रप्रेमी नागरिक र नेतृत्व उत्पादन गर्नु हो । सुरुमा गोरखाबाट सुरु गर्ने नमुना गुरुकल क्रमश सम्पुर्ण प्रदेश हुँदै नेपालभरका जिल्लामा पुर्याउने केन्द्रको दिर्घकालिन लक्ष्य रहेको उनले बताए । गोरखालाई विश्व आध्यात्मिक योग केन्द्र बनाउने योजना केन्द्रले गोरखालाई पुनः विश्वकै आध्यात्मिक योग केन्द्रका रूपमा स्थापित गर्ने दीर्घकालीन योजना पनि बनाएको छ । ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक दृष्टिले महत्वपूर्ण मानिने गोरखभूमिलाई अन्तर्राष्ट्रिय स्तरको साधना, अध्ययन र अनुसन्धान केन्द्रका रूपमा विकास गर्ने लक्ष्यसहित केन्द्रले काम गरिरहेको छ । अभियानअन्तर्गत गोरखामा योग, ध्यान, दर्शन, संस्कृत तथा वेद अध्ययनका लागि अत्याधुनिक तथा परम्परागत ज्ञानलाई समेट्ने गरि गुरुयोजना बनाईएको केन्द्रका संरक्षक अनन्त प्रसादले बताए । यसमार्फत विश्वका विभिन्न देशबाट साधक, चिन्तक तथा अनुसन्धानकर्तालाई आकर्षित गर्ने लक्ष्य राखिएको उनको भनाइ छ । `नेपाल गोरखभूमि भएको र यही भूमिबाट महान योगी गुरु गोरखनाथ ले योग साधनाको मार्ग विश्वसामु प्रस्तुत गर्नुभएको ऐतिहासिक आधारले पनि गोरखालाई विश्व आध्यात्मिक केन्द्रका रूपमा विकास गर्न सकिन्छ´, उनले भने । यो योजना सफल भएमा धार्मिक तथा आध्यात्मिक पर्यटन प्रवर्द्धनमा उल्लेखनीय वृद्धि हुने, स्थानीयस्तरमा रोजगारी सिर्जना हुने तथा हराउँदै गएको संस्कृत भाषा, गुरुकुल शिक्षा प्रणाली र वैदिक परम्पराको पुनर्जीवन हुने अपेक्षा गरिएको छ। `यो पहल केवल भौतिक संरचना निर्माणमा सीमित नभई चेतना, संस्कार र मूल्यमा आधारित समाज निर्माणतर्फ उन्मुख हुनेछ। गोरखाबाट सुरु हुने यो अभियानले नेपाललाई आफ्नो मौलिक पहिचान र मार्गतर्फ पुनः उन्मुख गराउने तथा विश्वसमक्ष शान्ति, योग र आत्मज्ञानको सन्देश प्रवाह गर्ने हाम्रो लक्ष्य छ´, उनले भने । --- # गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको काम अघि बढाइँदै Source: https://newskunda.com/archives/2651 Category: FEATURED NEWS, अर्थ, खेलकुद, समाज Last updated: 2023-03-19 चितवन, ५ चैत : भरतपुर महानगरपालिका–१५ मा निर्माण रोकिएको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको काम अघि बढाउन लागिएको छ । भरतपुर महानगरपालिकाले सङ्घीय सरकारसँग पहल गरेर तिर्नुपर्ने रकम मन्त्रिपरिषद्बाट निर्णय गरी भुक्तान गराएर कामलाई अघि बढाउन लागिएको हो । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले छिट्टै मन्त्रिपरिषद्बाट निर्णय हुने बताउनुभयो । धुर्मुस सुन्तली फाउन्डेसनले रङ्शाला निर्माणका क्रममा रकम अभाव भएको भन्दै काम छोडेपछि झन्डै दुई वर्षदेखि रङ्गशाला अलपत्र अवस्थामा रहेको छ । फाउन्डेसनले विभिन्न व्यक्ति र संस्थालाई रु १८ करोड ४१ लाख भुक्तान गर्न बाँकी रहेको जनाएको छ । भुक्तानी रकम तिर्ने विषयमा समस्या भएकाले काम रोकिएको हो । दाहालका अनुसार भुक्तान दिनुपर्नेलाई सरकारी तवरबाट रकम निकासा गरी भुक्तानी गरेर नयाँ प्रक्रियाबाट रङ्गशालाको काम गर्न लागिएको हो । उहाँले भन्नुभयो, “रकम तिर्नुपर्ने नभएको भए पहिले नै काम हुन्थ्यो । तिर्नुपर्ने बाँकी रहेकै कारण काम अघि वढाउन ढिलाइ भएको हो ।” खेलकुद मन्त्रालयले तत्कालीन सहरी विकास मन्त्रालयका सहसचिव प्रकीर्ण तुलाधरको संयोजकत्वमा खेलकुद मन्त्रालय र भरतपुर महानगरपालिकाको प्रतिनिधि रहेको समिति गठन गरी अध्ययनसमेत गराएको छ । सो समितिले प्राविधिक र आर्थिक प्रतिवेदन बुझाइसकेको छ । दाहालका अनुसार तिर्नुपर्ने भुक्तानी तिरेर सङ्घीय सरकारले बोलपत्र आह्वान गरी काम अघि बढाउँदैछ । यो रङ्गशाला यहाँ निर्माणका लागि पहल कदमी गर्नुहुने तत्कालीन चितवन क्षेत्र नं ३ का सांसदसमेत रहनुभएका पुष्पकमल दाहाल ‘प्रचण्ड’ अहिले प्रधानमन्त्री हुनुहुन्छ । जिल्लामा रङ्गशाला स्थापनाकालदेखि नै उहाँको पहलकदमी रहेकाले यसलाई टुङ्गोमा पु¥याउन प्रधानमन्त्री दाहालकोसमेत चाहना रहेको छ । तिर्नुपर्ने भुक्तानीको टुङ्गो लागेसँगै सकेसम्म यसै आर्थिक वर्षबाट बहुवर्षीय आयोजनाभित्र पारेर काम सुरु हुने प्रमुख दाहालको भनाइ छ । भरतपुर महानगरपालिकाले रङ्गशाला निर्माणका लागि त्रिभूवन विश्वविद्यालयका नाममा लालपुर्जा रहेर कृषि तथा वन विज्ञान विश्वविद्यालयले भोगचलन गरेको २० बिघा छ कट्ठा जग्गा उपलब्ध गराएको थियो । निर्माणको समयमा फाउण्डेसनले भुक्तान गर्नुपर्ने बाँकी रकम कहाँबाट तिर्ने भन्ने स्पष्ट कानुनी व्यवस्था नभएका कारण समस्या आएको हो । विसं २०७५ माघ १६ गते महानगरपालिका र फाउण्डेसनबीच भएको सहमतिअनुसार निर्माण सम्पन्न गरेर वा स्रोत जुट्न नसके तत्काल हस्तान्तरण गर्ने उल्लेख भएको छ । फाउण्डेसनले निर्माणको ३५ प्रतिशत काम सम्पन्न भएको महानगरपालिकालाई हस्तान्तरण गर्दा जनाएको थियो । फाउण्डेसनका अध्यक्ष सीताराम कट्टेलका अनुसार निर्माणका क्रममा रु ५७ करोड ९२ लाख खर्च भएको छ । सोमध्ये नगद र जिन्सी गरी रु ३९ करोड ८० लाख उठेको कट्टेल बताउनुहुन्छ । रकम तिर्न नसके पछि विसं २०७७ साउनदेखि रङ्गशाला निर्माणको काम रोकिएको हो । निर्माणका क्रममा सार्वजनिक खरिद ऐनअनुसार काम नभएका कारण सरकारी निकायले भुक्तानी गर्नुपर्ने रकमको जिम्मा लिन कठिन भएकै कारण धेरै समय लागेको हो । महानगरपालिकाले सहमतिविपरीत फाउण्डेसनले भुक्तानी तिर्नुपर्ने अवस्थामा हस्तान्तरण गरेको भन्दै विमती जनाउँदै आएको छ । --- # घटस्थापनाको दिन गठ्ठाघरमा भव्य रुपमा ‘ओपन रोडशो कन्सर्ट’ को आयोजना हुँदै, तयारी पुरा Source: https://newskunda.com/archives/2202 Category: FEATURED NEWS, मनोरञ्जन, समाचार Last updated: 2022-09-23 भक्तपुर, ७ असोज । ‘मध्यपुर ब्वाइज इभेन्ट’ले भक्तपुरको गठ्ठाघरमा यस वर्ष पनि भव्य श्रपमा ‘ओपन रोड शो कन्सर्ट’ आयोजना गर्ने भएको छ । कन्सर्टको आवश्यक तयारी पुरा गरेको आज आयोजना गरेको पत्रकार सम्मेलनमा जानकारी दिएको छ । विजयादशमी तथा दिपावलीको अवसर पारेर कलाकार तथा गायक स्वर्गीय जयनन्द लामाको सम्झनामा आयोजना हुने कन्सर्ट आउँदो १० गते घटस्थापनाको दिन स्व. लामाप्रति समर्पित गर्दै आयोजना गर्न इभेन्टले आज गठ्ठाघर वर्गर हाउसमा आयोजना गरेको पत्रकार सम्मेलनमा आयोजक संस्थाका प्रमुख सुनिल बज्राचार्यले जानकारी दिनु भयो । गठ्ठाघरमा विगत १९ वर्षदेखि हुदै आएको ‘ओपन रोड शो कन्सर्ट’ आयोजना गर्दै आएको इभेन्टले यस वर्ष पनि अपरान्ह ४ः३० बजेदेखि सुरु गरि राती ८: ३० बजे सम्पन्न गर्ने गरि कन्सर्टको आयोजना गर्ने भएको उहाँले जानकारी दिनु भयो । कोरोना भाइरस महामारीको कारण दुई वर्ष रोकिएको कन्सर्ट यस वर्ष भव्य रुपमा मनाउने भएको हो । कन्सर्टमा चर्चित युवा गायक राजु लामाको मुख्य आकर्षण हुनेछ भने युवापुस्ताको ढुकढुकी बनिसकेका छेवाङ लामा, रोज मोक्तान, ब्रम्हास्त्र र मध्यपुर ब्वाइज ब्याण्डका सुनिल बज्राचार्य कन्सर्टमा बिशेष प्रस्तुती रहने भएको छ । स्व.जयनन्दका दुई छोराहरुले बाबुका चर्चित गीतको प्रस्तुति पनि कन्सर्टमा रहने छ । अत्याधिक दर्शकले सहभागिता जनाउने यस ‘रोड शो कन्सर्ट’मा भक्तपुरबाट मात्र नभइ काठमाडौं उपत्यकाभरीबाटै दर्शकको सहभागिता हुने गरेको छ । --- # चक्रवात ‘अर्नब’को प्रभाव : तीन प्रदेशमा भारी वर्षाको सम्भावना, आइतबार मौषममा केही सुधार हुने Source: https://newskunda.com/archives/5327 Category: FEATURED NEWS, धर्म/संस्कृति, राजनीति, समाचार, समाज Last updated: 2026-10-31 काठमाडौँ, १४ कात्तिकः बङ्गालको खाडीमा विकसित चक्रवात ‘अर्नब’को अवशेष र पश्चिमी वायुको आंशिक प्रभाव हाल देशभर रहेको जनाउँदै मौसम पूर्वानुमान महाशाखाले देशभर अधिकांश स्थानमा बादल लागेको बताएको छ । अहिले कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानमा मध्यम वर्षा भइरहेको छ भने कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्का वर्षा भइरहेको छ । आज दिउँसो सबै प्रदेशमा बादल लाग्नेछ । कोशी, मधेस र बागमती प्रदेशका अधिकांश, गण्डकी प्रदेशका केही तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना छ । त्यसैगरी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही स्थानमा हल्का वर्षा तथा कोशी, मधेस र बागमती प्रदेशका एकदुई स्थानमा भारी वर्षा तथा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ । यसैगरी, आज राति देशभर बादल लाग्नेछ । हिमाली भेगका केही स्थानमा मध्यम वर्षा र हिमपातको सम्भावना छ । कोशी, गण्डकी प्रदेशको पहाडी भागका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना छ । सम्भावित वर्षाका कारण धानबाली भित्राउनेलगायत कृषि कार्य आज र भोलि नगर्न अनुरोध गर्दै महाशाखाले उच्च पहाडी तथा हिमाली क्षेत्रमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको जोखिम रहेकाले सतर्कता अपनाउन तथा पर्यटकलाई उच्च हिमाली क्षेत्रमा नजान अनुरोध गरेको छ । साथै, त्यस्ता क्षेत्रमा पुगिसकेका पर्यटकलाई मौसम अनुकूल नहुँदासम्म सुरक्षित स्थानमा रहन अनुरोध गरिएको छ । वर्षासँगै चिसो बढ्न सक्ने, जोखिमयुक्त स्थान र सडक छेउमा पहिरो खस्ने तथा सडक र हवाई यातायातसहित दैनिक जनजीवन प्रभावित हुनसक्ने भएकाले सतर्कता अपनाउन र पूर्वतयारी गर्न सर्वसाधारण तथा सम्बन्धित निकायलाई महाशाखाले आग्रह गरेको छ । साथै, महाशाखाले भोलि अपराह्नदेखि भने यसको प्रभाव क्रमशः कमजोर हुँदै जाने जनाएको छ । ––– --- # चक्रवाती आँधीलाई मध्यनजर गर्दै हवाई सुरक्षा सतर्कता जारी Source: https://newskunda.com/archives/5224 Category: FEATURED NEWS, अर्थ, राजनीति, समाचार, समाज Last updated: 2026-10-29 काठमाडौंँ, ११ कात्तिकः नेपाल नागरिक उड्डयान प्राधिकरण(क्यान)ले शक्तिशाली चक्रवाती आँधी ‘अर्नब’ को सम्भावित प्रभावको क्षति कम गर्न हवाई सुरक्षा सतर्कता अपनाउन आग्रह गरेको छ । भारतको आन्ध्र प्रदेश तथा विशाखापट्टनम आसपास तटीय क्षेत्रमा प्रवेश गर्ने अनुमान गरिएको अर्नब नेपालमा प्रवेश गर्न सक्ने भएकाले क्यानले सतर्कता अपनाउन आग्रह गरेको हो । प्राधिकरणले आज सुरक्षा परिपत्र जारी गर्दै हवाई सेवा प्रदायक, विमानस्थल सञ्चालक, वायुसेवा सञ्चालक तथा सम्बन्धित सरोकारवालालाई आवश्यक सतर्कता अपनाउन परिपत्र गरेको हो । परिपत्रअनुसार उक्त मौसमी प्रणालीका कारण नेपालमा मध्यमदेखि भारी वर्षा, चट्याङसहितको हुरीबतास, तीव्र हावाहुरी तथा हिमाली र उच्च पहाडी क्षेत्रमा हिमपात हुन सक्ने सम्भावना छ । यसको प्रभाव विशेषगरी कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा पर्न सक्ने तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका केही भागमा समेत असर देखिनसक्ने जल तथा मौसम विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यही कात्तिक १२ गतेदेखि कात्तिक १४ गतेसम्म भारी वर्षा, तीव्र हावाहुरी र भिजिविलिटी कम हुनसक्ने भएकाले हवाई उडान तथा अवतरण, विमानस्थलको सञ्चालन र धावनमार्गको सतहमा समस्या उत्पन्न हुन सक्ने हुँदा सतर्कता अपनाउन प्राधिकरणले आग्रह गरेको हो । प्राधिकरणले हवाई ट्राफिक व्यवस्थापन गर्ने निकायलाई प्रतिकूल मौसममा उडान व्यवस्थापनको उचित योजना बनाउन, आवश्यकताअनुसार अन्य हवाई सेवा एकाइसँग समन्वय गर्न तथा मौसमका कारण निर्धारित सञ्चालन सीमाभन्दा अवस्था खराब भएमा उडानको मार्ग परिवर्तन, होल्डिङ र अन्य आवश्यक व्यवस्थापन गर्न निर्देशन दिएको छ । त्यस्तै, भारी वर्षा वा प्रतिकूल मौसमका कारण विमानको उडानमा असर पर्न सक्ने भएकाले राडार नियन्त्रकलाई आवश्यक दूरी कायम गर्न भनिएको छ । हावाको गति तथा दिशामा अचानक परिवर्तन हुने अवस्था (विन्ड सियर), तीव्र वायुमण्डलीय अस्थिरता र चट्याङयुक्त हुरीबताससम्बन्धी जानकारी उडान भर्ने तथा अवतरण गर्ने विमानलाई तत्काल उपलब्ध गराउन पनि परिपत्रमा उल्लेख छ । प्राधिकरणले वर्षाका कारण धावनमार्गमा पानी जम्ने, सतह चिप्लिने तथा विमानको ब्रेकिङ क्षमतामा असर पर्न सक्ने जोखिमलाई ध्यानमा राख्दै नियमित निरीक्षण गर्न निर्देशन दिएको छ । विमानस्थल सञ्चालन, सिभिल इन्जिनियरिङ तथा एयरसाइड विभागबीच निरन्तर समन्वय कायम गर्न, तीव्र हावाले उडाएर ल्याएका वस्तु तथा फोहोर हटाउन र विमानस्थलका बत्ती तथा अन्य अत्यावश्यक प्रणाली नियमित सञ्चालनमा रहेको सुनिश्चित गर्न भनिएको छ । कुनै उपकरण वा प्रणालीको सञ्चालनमा समस्या आएमा तत्काल आवश्यक सूचना जारी गर्नुपर्ने पनि परिपत्रमा उल्लेख छ । वायुसेवा सञ्चालक तथा उडान चालक दललाई उडानअघि मौसमको विस्तृत मूल्याङ्कन गर्न, सम्भावित ढिलाइ, होल्डिङ तथा वैकल्पिक विमानस्थलमा अवतरण गर्नुपर्ने अवस्थालाई ध्यानमा राख्न र पर्याप्त इन्धन व्यवस्थापनसहित निर्धारित सुरक्षा प्रक्रियाको पालना गर्न प्राधिकरणले आग्रह गरेको छ । त्यसैगरी, सम्बन्धित सबै निकायलाई हवाई मार्ग सेवा तथा हवाई ट्राफिक व्यवस्थापनका अत्यावश्यक पूर्वाधार, वैकल्पिक विद्युत् आपूर्ति र सञ्चार प्रणाली तयारी अवस्थामा राख्न तथा कुनै गम्भीर जोखिम, अवरोध वा सुरक्षा घटनाबारे निर्धारित माध्यमबाट तत्काल जानकारी गराउन समेत निर्देशन दिइएको छ । --- # चन्द्रमाको पूजा गर्दै मिथिला क्षेत्रमा चौठचन्द्र पर्व सम्पन्न Source: https://newskunda.com/archives/1861 Category: FEATURED NEWS, समाचार, समाज Last updated: 2022-08-30 जनकपुरधाम, १४ भदौ (रासस) : मिथिला क्षेत्रमा आज साँझ चन्द्रमाको श्रद्धा र विधिपूर्वक पूजा गर्दै चौरचन (चौठचन्द्र) पर्व सकिएको छ । भदौ शुक्लपक्षको चतुर्थीका दिन खासगरी मिथिला क्षेत्रमा मधेसी र थारु समुदायले विशेष महत्वका साथ मनाउने उक्त पर्व आज साँझ विधिपूर्वक पूजा गर्दै सकिएको हो । यसवर्ष तिथि फरक भए पनि हरितालिका तीज र चौठचन्द्र पर्व आज एकै दिन परेको छ । दिनभरि उपवास भएका परिवारका महिला सदस्यहरूले साँझपख गणेश र चन्द्रमाको विधिपूर्वक पूजा गर्ने परम्परा छ । चौठचन्द्र पर्वमा सूर्यास्तपछि गाईको गोबरले आँगन लिपपोत गरी बनाइएको चतुष्कोण यज्ञस्थलमा दीप प्रज्वलन गर्दै उपवास बसेको बर्तालुले फलफूल र मिष्ठान्नको परिकारलाई प्रसादका रूपमा चन्द्रमालाई देखाएर पूजा गर्ने परम्परा छ । चन्द्रमाको पूजा हुने यो पर्वमा नयाँ माटोको भाँडामा जमाइएको दही, मिठाइ, नरिवल, केरा, अम्बा, पुरीलगायतका सामग्री प्रसादका रूपमा राखेर चन्द्रमालाई पूजा गर्ने गरिन्छ । पूजा सकिएपछि पूजाका लागि आँगनमा बनाइएको चतुष्कोण यज्ञस्थलमै बसेर घरका पुरुष सदस्यहरुले प्रसाद ग्रहण गर्ने परम्परा रहेको मिथिला संस्कृतिका जानकार पण्डित रामकुमार शास्त्रीले बताउनुभयो । तीज पर्व सम्पन्न भएसँगै सुरु हुने यस पर्वलाई मिथिलामा निकै श्रद्धा र आस्थाका रूपमा लिइन्छ । कृष्ण जन्माष्टमीको १२ दिनपछि यो पर्व मनाइन्छ । छठपछिको दोस्रो ठूलो पर्वका रूपमा मनाइने यो पर्वलाई चौरचन, चौथीचान, चौरचण्ठ र चौथीचन्द्र पनि भन्ने गरिन्छ । यस पर्वको माध्यमबाट मैथिल कला संस्कृतिको समेत उजागर हुन्छ । खासगरी आँगनमा पूजा हुने भएकाले चामलको पीठोको कलात्मक अरिपन बनाई त्यसमाथि पूजाका सामग्री राखेर धार्मिक विधिपूर्वक पूजापाठ गरिन्छ । चन्द्रमाको आराधना गरिने चौरचन पर्वमा दाल र चामलको पिठोबाट बनाइने पुरी, मिष्टान्न परिकार खाजा (पिरुकिया) र खीर, माटोको छ्याँचीमा जमाइएको दही, पाकेको केराको घरीसहित अन्य फलफूल र वस्त्र आभूषण चढाइने परम्परा छ । ––– --- # चरखण्डी, सिरुटार, बालकोट, थिमिमा बिस्केट जात्रा Source: https://newskunda.com/archives/2741 Category: FEATURED NEWS, धर्म/संस्कृति, समाचार, समाज Last updated: 2023-04-14 भक्तपुर, १ वैशाख : भक्तपुरको दधिकोट र सिरुटारको सङ्गमस्थलमा रहेको प्रसिद्ध चरखण्डी मन्दिरमा आज बिहानैदेखि दर्शनार्थीको घुईचो लागेको छ । चरखण्डी महादेव मन्दिरको कुण्डमा नुहाएर महादेवको पूजा गरे शरीरका सबै रोग नास भई गरेको काम सफल हुने जनविश्वास रहेको स्थानीयवासी एवम् संस्कृति अनुसन्धानकर्ता रत्न सायमीले बताउनुभयो । किम्वदन्तीअनुसार सिकारीले मारेको भंगेरा चरखण्डीको पोखरीमा डुब्दा दैवी शक्तिका कारण पुनः जीवित भएर उडेको भनाइ छ । यहाँको कुण्डमा नुहाए जीउमा खटिरा, दागलगायत छालासम्बन्धी रोगबाट मुक्ति मिल्ने बुढापाकाको भनाई छभने यही विश्वासले आज यहाँको कुण्डमा स्नान गर्ने बिहान ४ बजे देखि नै भीड लागेको छ । प्रत्येक वर्ष वैशाख १ गते मनाइने चरखण्डी मेलामा मन्दिर परिसरमा युवाहरुले शरीरमा बत्ती बालेर बसेका छन् । शरीरमा बत्ती बालेर बसेमा धर्म प्राप्ती हुने एवम् पुण्य प्राप्त हुने जनविश्वास रहिआएको छ । यस मन्दिरमा बिहान ५ बजे देखि नै तीनवटा खट सहितको खट जात्रा समेत गरिएको छ । दधिकोटको बिभिन्न क्षेत्र परिक्रमा गराई विहानै ल्याइएको खट पुन मन्दिर परिषरमा राखेर पुजा गर्ने गरिन्छ । त्यसैगरी दधिकोटको चित्रपुरस्थित पूर्णविनायक गणेश मन्दिरमा पनि बिहानैदेखि मेला लागेको छ भने गणेशको खट जात्रा समेत गरिएको छ । दधिकोट र सिरुटारका बासिन्दाले गणेशको पूजा गरी बलि चढाएका छन् । यता सिरुटार र ललितपुरको टीकाथली जोड्ने दोभानस्थित गुप्तेश्वर महादेव मन्दिरमा पनि मेला लागेको छ । बालकुमारी देवी बिराजमान गराएको खटलाई स्थानीयले पूजा सम्पन्न गरे पछि बोकेर टोलटोलमा पुर्याउने परम्परा रहेको स्थानीय प्रकाश श्रेष्ठ बताउनु हुन्छ । यता चैत मसान्तको दिन साँझबाट सुरु गरि रातभर संचालन हुने चान्हेसिया अर्थात रात्रीको जात्रा आज विहान सम्पन्न भएको छ । मध्यपुरथिमीका वासिन्दाले मनाउने उक्त जात्रामा हिजो साँझ बालकुमारीलाई थिमिको लायकू दरबारबाट जात्रा गरि बालकुमारी मन्दिरमा ल्याएर विराजमान गराई चान्हेसिया जात्रा सुरु गरिएको थियो । चान्हेसिया जात्रामा सर्वप्रथम त दिगुटोलमा स्थित दिगुभैरबलाई आचाजु कर्माचार्यको घरबाट लायकुमा ल्याईन्छ भने त्यसपछि तलेजुबाट बालकुमारीलाई ढकीमा राखेर कपडाले छोपी लायकू अगाडि ल्याइएर जात्रा मनाईन्छ । त्यसपछि भने खटमा राखी बालकमारी मन्दिरमा विराजमान गराइएन्छ । जात्रामा थिमीको अधिंकाश घरबाट निस्केको हजारौ चिराग बालेर र धिमाय बजाई दक्षिणबाराही, हरिसिद्धि र अजिमा देवतालाई ल्याएपछि पुनः बालकुमारीबाट शंखधर चोक हुदै क्वाछें स्थित दक्षिण बाराही मन्दिर परिक्रमा गराएको थियो । त्यसपछि तछुटोल, विष्णुवीर मन्दिर परिक्रमा गराई बालकुमारी मन्दिरमा ल्याई पुर्याएर पाँच पटक परिक्रमा गराए पछि सोही स्थानमा आ आफ्नो आसनमा खटहरुलाई राखेपछि जात्रा सम्पन्न भएको थियो । यो जात्रा हिजो साँझ सुरु भई आज विहान सम्पन्न भएको थियो । यता भक्तपुरको ल्यासिंखेलमा बिहानैदेखि स्थानीयले पूजा एवं बलि दिएर पूजा गर्नेको भीड लागेको छ । बिहानैदेखि पूजा गर्ने स्थानीय र जात्रा हेर्न आउनेहरुको भीडले लिङ्गो उठाएको ठाउँमा भीड लाग्ने गर्दछ । दिनभर जात्रा गराएर साँझ तान्त्रिक बिधि अनुसार पुजा सम्पन्नन गरिन्छ । --- # चाँगुनारायण उज्यालो अभियान सफल पार्न प्राधिकरणका प्रमुख घिसिङसँग नगर प्रमुख खत्रीको भेट Source: https://newskunda.com/archives/2106 Category: FEATURED NEWS, अर्थ, राजनीति, समाचार, समाज Last updated: 2022-09-11 भक्तपुर, २६ भदौ । नेपाल विद्युत प्राधिकरणका प्रमुख कुलमान घिसिङसँग चाँगुनारायण नगरपालिकाका प्रमुख जीवन खत्रीले उज्यालो चाँगुनारायण अभियानमा सहयोग गर्न आग्रह गर्नु भएको छ । आज प्राधिकरणका प्रमुख घिसिङ र नगर प्रमुख खत्रीबीच भएको भेटवार्तामा नगर प्रमुख खत्रीले चाँगुनारायण नगरपालिकालाई नमूना र उत्कृष्ट बनाउने योजना रहेको भन्दै नगर भित्रका धार्मिक तथा पर्यटकीय स्थलहरु जाने सडकहरुमा बत्तिको व्यबस्था गरि नगरपालिकाको अभियानलाई सघाउन आग्रह गर्नु भएको हो । उहाँले सडकमा जथाभावी लत्रिएका र अब्यवस्थित तारहरुले दुर्घटना निम्त्याई रहेको भन्दै त्यस्ता तारलाई ब्यबस्थित गर्न र तारलाई जमिनमुनि राख्ने अर्थात अण्डरग्राउण्ड गर्ने कार्य अगाडि बढाउन माग गर्नु भयो । नगर प्रमुख खत्रीले नगरपालिकाले आगामी २०८२ सालमा पर्यटन वर्ष मनाउने घोषणा गरिसकेको भन्दै त्यसलाई सफल बनाउन पनि बिद्युत सम्बन्धी सबै व्यबस्थापनमा सहयोग गरिदिन आग्रह गर्नु भएको हो । भेटमा प्राधिकरणका प्रमुख घिसिङले नगर प्रमुख खत्रीलाई नगरपालिकाको अभियानलाई आवश्यक सहयोग र तारको व्यबस्थापनका लागि निर्देशन दिने बताउनु भएको प्रमुख खत्रीका स्वकीय सचिव गोकर्ण पुरीले जानकारी दिनु भयो । --- # चाँगुनारायण नगरपालिकाका उपप्रमुख बुढाथोकीलाई मातृशोक Source: https://newskunda.com/archives/4205 Category: FEATURED NEWS, राजनीति, समाचार, समाज Last updated: 2026-09-04 चाँगुनारायण, १९ भदौ । चाँगुनारायण नगरपालिकाका उपप्रमुख रमेश बुढाथोकीलाई मातृशोक परेको छ । नेकपा एमालेका नेता एवं समाजसेवी एवं उपप्रमुख बुढाथोकीको ममतामयी आमा ईश्वरी बुढाथोकीको ७६ वर्षको उमेरमा शुक्रबार आफ्नै निवासमा निधन भएको हो । केही वर्षयता क्यान्सरको निरन्तर उपचारमा रहनु भएको उहाँ आजै पशुपति आर्यघाटमा अन्तिम श्रद्धाञ्जली अर्पण गरि दाहसंस्कार गरिने बताईएको छ । उहाँको पति, दुई छोरा र दुई छोरी रहेका छन् । आमाप्रति हार्दिक श्रद्धाञ्जली र शोकसन्तप्त परिवारजनमा हार्दिक समवेदना प्रकट गर्दै परिवारजनमा श्रीपशुपतिनाथले धैर्यधारण गर्न सक्ने क्षमता प्रदान गरुन भन्ने कामना गर्दछौं । --- # चाँगुनारायण नगरपालिकाको पाँच वर्षमा सात करोड बेरुजु , फिर्ता नगरे कारबाही गरिने Source: https://newskunda.com/archives/2506 Category: FEATURED NEWS, अर्थ, राजनीति, समाचार, समाज Last updated: 2023-01-12 भक्तपुर, २८ पुस । विगत पाँच वर्षमा चाँगुनारायण नगरपालिकाको बेरुजु झण्डै सात करोड पुगेको छ । नगरपालिकाका प्रमुख जीवन खत्रीले बिकास बजेटमा रहेको बेरुजु घटाउन बजेट लैजाने निकायले कि तत्काल काम सम्पन्न गर्न कि त इमान्दारिताका साथ रकम फिर्ता गर्न आव्हान गर्नु भएको छ । नगरपालिकाको बेरुजु आर्थिक वर्ष २०७४÷०७५ देखि आर्थिक वर्ष २०७७/०७८ सम्ममा ३३ वटा शीर्षकहरूमा ६ करोड ८६ लाख ४२ हजार ८७३ रुपैयाँको रहेको छ । जसमा सबैभन्दा बढी बेरुजु आर्थिक वर्ष २०७७/०७८ मा उपभोक्ता समितिमार्फत गरिएको कामको रहेको छ । उपभोक्ता समितिले नगरपालिकासँग सम्झौता गरेर रकम निकास गर्ने तर उपभोक्ता समिति आफूले काम नगरेर अर्को ठेकेदारलाई कामको जिम्म दिएका विकासका कामको मात्रै एक करोड २८ लाख ८९ हजार ८६४ रुपैयाँको बेरुजु रहेको नगरपालिकाको आर्थिक प्रतिवेदनमा उल्लेख छ । नगर प्रमुख खत्रीले भन्नुभयो, “विगत पाँच वर्षमा हचुवमा जसरी पायो त्यसरी रकम ्बाडेको देखियो, लगेको रकमको काम गरेर फस्र्यौट गरेको भए हुन्थ्यो, काम अधूरो बनाउने र कामै नगरेको पार्यउकाले त्यस्तो रकम इमान्दारिताका साथ फिर्ता गर्न आव्हान गर्दछु, अन्यथा कानून अनुसार अगाडि बढ्छौँ ।” त्यस्तै नगरपालिकाले चालू आ.ब.२०७९/०८० का लागि पूजीँगत तर्फ एक अर्ब ३४ करोड ७१ लाख ४३ हजार ९५७ रुपैयाँ र चालू तर्फ ७७ करोड १८ लाख ८२ हजार २४३ रुपैयाँ गरि कूल दुई अर्ब ११ करोड ८९ लाख ८६ हजार २०० रुपैयाँ बजेट विनियोजन गरेकोमा यो ६ महिनाको अबधीमा कूल बजेटको २३ दशमलव २८ प्रतिशत अर्थात पुससम्ममा कूल ४९ करोड ३४ लाख ७० हजार खर्च गरेको नगर प्रमुख जीवन खत्रीको बताउनु भयो । आन्तरिक राजस्व तर्फ २६ करोड २६ लाख ३० हजार संकलन गर्ने लक्ष्य राखेकोमा यहीँ पुससम्ममा ६ करोड ८४ लाख १३ हजार २४३ रुपैयाँ अर्थात २६ दशमलव ४ प्रतिशत मात्रै संकलन भएको उहाँले जानकारी दिनुभयो । --- # चाँगुनारायण नगरपालिकाद्धारा विद्यालय, शिक्षक, शिक्षिका र विद्यार्थीलाई सम्मान Source: https://newskunda.com/archives/5361 Category: FEATURED NEWS, अर्थ, शिक्षा, समाचार, समाज Last updated: 2026-10-31 भक्तपुर, १४ कात्तिक । चाँगुनारायण नगरपालिकाले एसइई परीक्षा २०८२ मा शतप्रतिशत विद्यार्थी उत्तीर्ण गर्न सफल १३ वटा विद्यालयलाई सम्मान गरेको छ । नगरपालिकामा शुक्रबार आयोजना गरेको सम्मान तथा पुरस्कार वितरण कार्यक्रममा नगरपालिकाका उपप्रमुख रमेश बुढाथोकीले विद्यालय, प्रधानाध्यापक, शिक्षक, शिक्षिका र विद्यार्थीलाई सम्मान गर्नु भएको हो । उहाँले १३ वटा विद्यालय, २५ जना पूर्व प्रधानाध्यापक, १२ जना अवकाश प्राप्त शिक्षक,शिक्षिका, एसइई परीक्षामा ४ जि पी ए ल्याउने पाँच जना विद्यार्थी तथा आधारभूत शिक्षा उत्तीर्ण २०८२ को परीक्षामा ४ जि पी ए ल्याउन सफल दुई जना विद्यार्थी सम्मान गरिएको हो । कार्यक्रममा उपप्रमुख बुढाथोकीले विद्यार्थीहरूको लगनशीलता, शिक्षकहरूको उच्च समर्पण र अभिभावकहरूको अमूल्य माया तथा सहयोगकै चाँगुनारायण नगरपालिकाले शिक्षाको क्षेत्रमा फड्का मार्दै गएको बताउनुभयो । --- # चाँगुनारायणका जनता भन्छन् : यस पटकको भोट श्रीभक्तलाई Source: https://newskunda.com/archives/2313 Category: FEATURED NEWS, राजनीति, समाचार Last updated: 2022-10-31 भक्तपुर, १३ असोज । चाँगुनारायणका जनता यस पटकको भोट स्वतन्त्र उम्मेदवारी दिएका समाजसेवी श्रीभक्त कासिछ्वालाई दिने बताउन थालेका छन् । आगामी मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनमा भक्तपुर क्षेत्र नं. १ प्रदेश सभा ‘क’ बाट स्वतन्त्र उम्मेदवार बनेका श्रीभक्तलाई भोट दिने निर्णय गरेको यहाँका जनताले बताएका छन् । चाँगुनारायण नगरपालिका–७ वागेश्वरीका बासिन्दा नेपाली कांग्रेसका क्रियासिल सदस्य ८४ वर्षीया बाबुलाल लामा यस पटकको प्रदेश सभामा स्वतन्त्र उम्मेदवार श्रीभक्तलाई भोट दिएर विजयी गराउने बिताए । २०५२ सालमा तत्कालिन वडा अध्यक्ष समेत रहेका कांग्रेसका स्थानीय नेता लामाले विकासप्रेमी नेता कासिछ्वालाई भोट बताए । लामाले भने, ‘अहिले हाम्रो सरकार छ, तर के गर्यो खै ? यहाँका जनताका लागि सरकारले केही गरेन, बरु पहिलादेखि नै यहाँको बिकास गर्ने, यहाँ बाटो बनाउने, यहाँ ठूलो रंगशाला बनाउने, युवाहरुलाई रोजगारी दिने, यहाँका मान्छेलाई केही समस्या परे सहयोग गर्ने व्यक्ति भनेको श्रीभक्त हुन्, त्यसैले एक भोट पार्टी हेरिदैन, उनैलाई दिइन्छ ।’ आफ्नो गाउँको विकास गर्नेलाई भोट दिनु पर्छ भन्दै उनले पंचायतकालदेखि अहिले गणतन्त्र आउँदा सम्म समाज सेवामा लागेका र जनताको सुखदुःखमा साथ दिने भएकाले श्रीभक्तलाई रोजेको बताए । स्वतन्त्र उम्मेदवार श्रीभक्त जिल्ला खेलकुद विकास समितिको अध्यक्ष हुने बित्तिकै उनकै अगुवाईमा चाँगुनारायण –७ वागेश्वरीमा रग्बी एण्ड मल्टिप्रपोज रंगशाला निर्माणको काम सुरुवात गराएका थिए । १०० रापनी भन्दा बढी सार्वजनिक जग्गालाई सम्याएर सुरुमा नगरपालिकाको सहयोगबाट काम गर्दै हाल संघीय सरकारबाट एक करोड र वाग्मति प्रदेश सरकारबाट ५० लाख बजेट पारेर अहिले अन्तर्राष्ट्रियस्तरको रंगशाला निर्माण भइरहेको श्रीभक्त बताउछन् । चाँगुनारायणका रामहरि श्रेष्ठ पनि यस पटकको भोट स्वतन्त्र उम्मेदवार श्रीभक्तलाई दिने बताउछन् । जनतालाई समस्या पर्दा, प्रहरी, प्रशासनमा समस्या पर्दा पनि उनैले यहाँका जनतालाई सहयोग गरेकाले आफ्नो परिवारको साथ श्रीभक्तलाई रहने बताए । चाँगुनारायणका युवा सुवास खड्काले यस पटकका भोट स्वतन्त्र उम्मेदवार श्रीभक्तलाई दिने बताउछन् । दलहरुलाई धेरै पटक हेरेको भन्दै युवाहरुलाई रोजगारी दिने देखि खेलकुदको विकास गर्ने श्रीभक्त नै जनताको नगरमा राम्रो मान्छे भएकाले उनलाई साथ दिने बताउछ्न् । --- # चाँगुनारायणका ताथलीमा बिशाल महायज्ञ सुरु Source: https://newskunda.com/archives/3031 Category: FEATURED NEWS, अर्थ, कला तथा साहित्य, जीवन शैली, धर्म/संस्कृति, राजनीति, समाचार, समाज Last updated: 2023-09-28 भक्तपुर, ११ असोज । अनाथ, असाह्य, बेसाहारा नागरिकलाई निःशुल्क गाँस, बास र कपास उपलब्ध गराउने उदेश्यले आश्रम निर्माणार्थ चाँगुनारायण नगरपालिका–९ ताथली नालाछापमा विशाल महायज्ञ सुरु भएको छ । ताथलीस्थित छापमा सञ्चालनमा आएको ‘छोरीको घर जेष्ठ नागरिक आश्रम’ मा आजबाट सुरु भएको श्रीमदभागवत पितृ मुक्ति विराट ज्ञान महायज्ञ–२०८० मा १००८ कलश यात्रा गरि महायज्ञको सुरु गरिएको हो । चाँगुनारायण नगरपालिका–९ ताथली नालाछापस्थित ‘छोरीको घर जेष्ठ नागरिक आश्रम’ मा आजबाट सुरु भएको महायज्ञको भक्तपुर क्षेत्र नं. २ बाट प्रतिनिधित्व गर्नुहुने प्रतिनिधिसभाका सांसद दूर्लभ थापाले उद्घाटन गर्नु भयो । उहाँले महायज्ञमा बोल्दै आश्रमको निर्माण राज्यले गर्नु पर्ने दायित्व हुँदाहुदै वालयोगेश्वर श्री विजयमूर्ती महाराजजीले महायज्ञ गरेर आ?म निर्माण गर्ने लक्ष्य लिनु सुखद भएको बताउनु भयो । उहाँले समृद्ध नेपालमा बाल आश्रम, बृद्धा आश्रम बनाउने, त्यसको संरक्षण गर्ने कार्य सरकार स्वयमको रहेता पनि हाम्रो देशमा यस्तो कार्य राज्यबाट नभएको बताउनु भयो । देशको कमजोर आर्थिक अबस्था र अस्थिर सरकार नहुँदा यस्ता कार्यले गति लिन नसकेको भन्दै उहाँले विजयमूर्ति महाराज श्रीबाट यस्ता कार्यको थालनी भएकोमा निकै खुसि लागेको बताउनुभयो । नेपालको संबिधानमा प्रत्येक नागरिकको गाँस, बास र कपासको सुनिश्चितको निश्चित गरे पनि राज्यको सबैमा त्यो अधिकार पुर्याउन नसकेको अबस्थामा सामाजिक एवं धार्मिक व्यक्तित्वले यस्ता महायज्ञ गरेर आश्रम निर्माण गर्नुले संविधानमा गरेको व्यबस्थालाई कार्यान्वयन गर्न टेवा पुगेको बताउनु भयो । अहिले देश विभिन्न आन्दोलनले थिलोथिलो भैरहेको अबस्थामा समृद्ध नेपाल नबन्दासम्म पनि विजयमूर्ति जस्ता युग पुरुषको खाँचो रहेको सांसद थापाले चर्चा गर्नुभयो । कार्यक्रममा चाँगुनारायण नगरपालिकाका प्रमुख जीवन खत्रीले आफ्नै नगरपालिकाको ताथलीमा सञ्चालन भएको विराट ज्ञान महायज्ञले नगरपालिकाको शिर उच्च बनाएको बताउनु भयो । चाँगुनारायण नगरपालिका आफैमा धार्मिक स्थलले भरिपूर्ण स्थान हो भन्दै उहाँले विगतदेखि बिभिन्न साँस्कृतिक विभितताले भरिपूर्ण रहेको यस नगरको शिर महायज्ञले उच्च बनाएको बताउनुभयो । नगर प्रमुख खत्रीले छोरीको घर जेष्ठ नागरिक आश्रम निर्माणको अभियान चाँगु नगरबासी मिलेर साकार पार्ने बताउदै उहाँले चागुनारायण नगरपालिकाले आगामी २०८२ साललाई धार्मिक पर्यटन बर्ष मनाउने तयारीमा रहेको पनि बताउनु भयो । कार्यक्रममा वागमति प्रदेशका प्रदेश सदस्य सुरेश श्रेष्ठ, पूर्व प्रदेश मन्त्री कृष्णलाल भडेल, नेपाली काँग्रेसका बिभिन्न तहका नेताहरुकोसहभागिता रहेको थियो । कार्यक्रममा धार्मिक प्रवचनका साथै साँस्कृतिक एवं धार्मिक नृत्यहरु प्रस्तुत गरिएको थियो । ### महायत्रस्थलमा आश्रम बनाउने यस्तो छ लक्ष्य : देशभरका बेसाहारा, पीडित, दुःखी, अनाथ, असाह्य, अपाङ, निमुखा तथा आधारभुत आवश्यताबाट बञ्चित जेष्ठ नागरिकका लागि विशाल आश्रम निर्माणको गर्ने उदेश्यले आजबाट सुरु भएको १७ दिने विराट ज्ञान महायज्ञ २७ गतेसम्म सञ्चालन हुने छोरीको घर जेष्ठ नागरिक आश्रमका प्रमुख वालयोगेश्वर विजयमूर्ति महाराज श्रीले जानकारी दिनुभयो । उहाँका अनुसार जेष्ठ नागरिकको विशाल आश्रम निर्माणको गर्न जमिन खरिद प्रक्रिायसमेत सुरु भइसकेको छ । आश्रम निर्माणका जग्गा खरिद गर्न रु. ५० लाख बैना दिइसकेको र महायज्ञबाट संकलित रकमबाट यसैस्थानमा बृहत आश्रम निर्माण गरि स्थानीइ सरकारको रोहबरमा सञ्चालन गरिने बताउनु भयो । जेष्ठ नागरिक आश्रम स्थल, वृहत आध्यामिक केन्द्र, प्राकृतिक चिकित्सालय, योग तथा ध्यान केन्द्र, धर्मशाला, संत्संग भवन, पुस्तकालय, सन्त निवास, जेष्ठ नागरिक दिवा तथा रात्रि सेवा केन्द्र, प्रवचन हल, गौशाला, अन्न उत्पादन, बगैचा क्षेत्र तथा निःशुल्क एम्बुलेन्स सञ्चालन गर्ने बृहत योजना सहित महायज्ञ सचालन गरिएको हो । महायज्ञका प्रमुख विजयमूर्ति महाराजले महायज्ञ अबधीभर दैनिक राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका ख्याती प्राप्त सन्त माहात्मा, विद्धान विदुषि, प्रसिद्ध कथा वाचक, धार्मिक प्रवचन, बिभिन्न वाचक, वाचिकाका मुखारबिन्दुबाट कथा वाचन हुने जानकारी दिनुभयो । महायज्ञ सुरु हुनु पूर्व गत शनिवार मोटरसाइकल र्यालीको आयोजना गरिएको थियो भने महायज्ञ सुरु भएको दिन आज १००८ भन्दा बढी कलशसहितको बृहत कलश यात्रा आयोजना गरिएको थियो । बाजागाजा र सांस्कृतिक झाँकीसहित आयोजना गरिएको कलश यात्रामा सहभागि दुई हजारभन्दा बढी नागरिकले नगरपालिकाका बिभिन्न क्षेत्रहरुको भ्रमण गरि पुनः महायज्ञस्थलमा आएको थियो । महायज्ञलाई सफल बनाउन बुधबार साँझ महायज्ञस्थल र आसपासका क्षेत्रमा दीप प्रज्वलन गरिएको थियो । महायज्ञ सफल पार्नकै लागि असोज ६ गते बृहत मोटरसाइकल र्याली सम्पन्न गरिएको थियो । १७ दिन सम्म सञ्चालन हुने महायज्ञमा प्रसिद्ध कथा वाचिकाद्वय गरिमा उपाध्याय र उमा महेश्वरीले कथा वाचन गर्नु भएको छ । आयोजक संस्थाका संस्थापक अध्यक्ष एवं चर्चित श्रीमद भागवत वाचक बालयोगेश्वर विजयमूर्ति महाराजले महायज्ञ ऐतिहासिक हुने र यसले भक्तपुरलाई चिनाउने दावी गर्दै महायज्ञमा श्रीमद भागवतका कथाका अलवा स्वदेश तथा विदेशबाट आएका प्रतिष्ठित बिद्धानले प्रबचन दिने बताउनुभयो । महायज्ञका अवसरमा ५०० भन्दा बढी बाल कन्याको पुजन, १००० भन्दा बढी जेष्ठ नागरिकलाई सम्मान, विशिष्ट एवं दानबीरको अभिनन्दन, सयौ जनाको सामूहिक तुलादान, १०८ गौमाताको दुध जम्मा गरी पञ्चामृत तयार गरी वितरण गरिने छ । प्रत्येक दिन राष्ट्रिय स्तरका राजनेता र कलाकारको उपस्थिती रहने महायज्ञमा रात्रीको समयमा रामलीला, कृष्णलीला, भरत नाट्यम, नृत्य, धर्म संस्कृति र पहिचान झल्कने साँस्कृतिक झाँकी, देश विदेशका ख्याती प्राप्त सन्त, महात्मा, धर्मगुरुको प्रवचन हुनेछ । महायज्ञमा पाँच लाखबढी भक्तजको उपस्थिति हुने र पाँच करोड रूपैयाँ आर्थिक सहयोग संकलन हुने अनुमान गरिएको उहाँले जानकारी दिनुभयो । महायज्ञमा दैनिक पाँच हजार भक्तजनलाई निस्शुल्क प्रसाद बितरण गरिने छ । महायज्ञ सफल बनाउन १०८ सदस्यीय मूल आयोजक समिति र स्थानीय समाजसेवी केशरबहादुर खड्काको संयोकत्वमा १००८ सदस्यीय मूल आयोजक समारोह समिति गठन गरी विभिन्न ६० वटा उपसमिति गठन गरिएको छ । हाल ३० जना अट्ने क्षमता रहेको आश्रमको क्षमता बृद्धि गरी १०० जनासम्म बस्नसक्ने आश्रम निर्माण गरिने लक्ष्य राखिएको छ । --- # चाँगुनारायणको मञ्जुश्री गुम्बा नजिक ट्रयाक्टर दुर्घटना दुई जनाको मृत्यु, नौ घाईते Source: https://newskunda.com/archives/3762 Category: FEATURED NEWS, राजनीति, समाचार, समाज Last updated: 2026-06-03 भक्तपुर, २० जेठ : चाँगुनारायण नगरपालिका वडा नं ८ मञ्जुश्री गुम्बा नजिक आज साँझ ढलान सकेर भक्तपुरतर्फ फर्किदै गरेको ट्रयाक्टर पल्टिदा दुई जनाको मृत्यु भएको छ भने नौ जना घाइते भएका छन् । दुर्घटना भएको ट्रयाक्टर पल्टिएर मजदुर च्यापिदा भोजपुर नगरपालिका घरभई हाल काठमाडौं सिनामंगल बस्ने ३२ वर्षीय विजय राई र सिन्धुली घरभई हाल काठमाडौं सिनांगल बस्ने २६ वर्षीय हेमबहादुर नेपालीे ज्यान गएको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक सूर्यबहादुर खड्काले जानकारी दिनुभयो । आज कलमसिस्थित एक होटलमा साँझ ढलान सकेर १२ जना ढलान मजदुर बोकेर फर्कदै गरेको ट्रयाक्टर ब्रेक फेल भई दुर्घटना हुँदा घाईते भएका मजदुरहरुको भक्तपुरको बिभिन्न अस्पतालमा उपचार भइरहेको उहाँले जानकारी दिनुभयो । घट्ना पछि स्थानीयवासी र प्रहरीले घाईतेको उद्धार गरि अस्पताल पठाएका थिए । --- # चाँगुनारायणको काखमा एमालेको महाधिवेशन, साँस्कृतिक नाचदेखि जंकुसमेत प्रर्दशन Source: https://newskunda.com/archives/3257 Category: FEATURED NEWS, अर्थ, राजनीति, समाचार, समाज Last updated: 2025-12-13 भक्तपुर, २७ मङ्सिर : ऐतिहासिक, धार्मिक र पुरातात्विक महत्व बोकेको प्राचिन सभ्यताको अदभूत नमूनाको रुपमा रहेको काठमाडौं उपत्यकाको सबैभन्दा पुरानो मन्दिर एवं सम्पदा चाँगुनारायण मन्दिरको काखैमा बनाइएको चाँगुनारायण मन्दिरको स्वरुपको आँगनमा आज नेकपा एमालेको ११ औं महाधिवेशनको उद्घाटन सत्र सम्पन्न भएको छ । बिभिन्न जिल्लाबाट भक्तपुरको सल्लाघारीस्थित नेपाल ट्रष्टको १०८ रोपनी चौरमा आएका सहभागिहरुले मन्दिरबारे निकै चासो मात्रै राखेनन् आएको बेलामा मन्दिर घुम्न जाने प्रतिबद्धता व्यक्त गरे । ओखलढुङ्गाबाट महाधिवेशनस्थलमा आउनु भएका सन्तोष खड्काले चाँगुनारायण मन्दिरलाई स्टेजमा देखेर मन्दिर पुग्न मन आतुर भएको बताउदै भोली बिहान साथीहरुसहितको टोली मन्दिरको अवलाृकनका लागि जाने बताउनुभयो । उहाँले भन्नुभयो, “चाँगुनारायण मन्दिर अहिलेसम्म पुगेका छैनौ, महाधिवेशनमा मन्दिरको संरचना देख्दा पग्न मन लाग्यो, नजिकै रहेछ, माइक्रोबस रिजर्भ गरि आएका हामी १३ जना भोली चाँगुनारायण मन्दिर पुग्ने निधो गरेका छौ ।” महाधिवेशनमा बनाईएको स्टेजले ईतिहास र धार्मिक महत्वको प्रचार मात्रै गरेन, यसको महत्वसंग आन्तरिक पर्यटकलाई समेत बद्धि गराउन मद्धत पुगेको खोटाङ्गबाट महाधिवेशनमा आउनु भएका रबिन्द्र श्रेष्ठल बताउनुभयो । उहाँले स्टेजमा देखेको मन्दिरको आँगनमा प्रतक्ष्य श्रपमा पुग्न महाधिवेशनमा सहभागि हन आएकाहरु धेरै जाने बताउदै यो महाधिवेशनको सकारात्मक पक्ष भएको बताउनुभयो । **साँस्कृतिक झाकी, न्याउली बाजादेखि जंकुसम्मले थप्यो रौनक :** एमालेको महाधिवेशनमा सहभागि हुन भक्तपुरका चारवटै नगरपालिकाबाट आएका र्यालीमा समावेश गरिएका विभिन्न जातजाती, भेषभुषा एवं कला र संस्कृति झल्कने बाजा, झाकी एवं नृत्यदेखि नेवार समुदायमा जेष्ठ नागरिकले मनाउने जंकुसमेतको प्रर्दशनले महाधिवेशनमा निकै रौनकता थपेको थियो । भक्तपुरका चारवटै पालिकाबाट आएको बाजासहितको र्यालीमा धिमे बाजा, बैण्ड बाजा, बासुरी बाजा, न्याउली बाजासहित नेवार सुमदायका महिलालृ लगाउने पहिरण हाकु पटासीमा नृत्य, मगर, लामालगायत बिभिन्न जातजातीको साँस्कृतिक झल्को नृत्य, झाक्री नृत्यलगायतको प्रदशनले उद्घाटनस्थलमा सहभागिलाई रौनकता दिएको थियो । बिभिन्न जिल्लाबाट आएको र्यालीमा समेत स्थानीय बाजा तथा साँस्कृतिक नाचले सहभागिलाई कार्यक्रम सञ्चालन भइरहदा पनि नचाएको थियो । कोही भाषण सुन्नमै मस्त थिए भने कोही चौरमा बिभिन्न जातजातीको पहिचान बोकेको नृत्यमा संगै नाचेर साथ दिदै रमाएका थिए । कार्यक्रमस्थलमा भक्तपुरको नेवार समुदायले ९९ वर्षीय हजुरआमालाई जंकुको भेषमा सिंगारिएको रथमा राखेर ६ जना छोरा नातीले बोकेर कार्यक्रमस्थलको अग्रभागमा प्रवेश गर्दा निकै रौनकता थपेको थियो । यसले जिवन्त संस्कृति र पहिचानलाई ७७ जिल्लाकै सहभागिहरुले जान्ने मौका पाएका थिए । कार्यक्रम सम्पन्न हुने बेलासम्म पनि बिभिन्न झाकी एवं नाचहरु प्रर्दशन भइरहेका थिए भने स्टेजमा समेत आयोजकले छुट्टै गीत, नृत्य एवं साँस्कृतिक कार्यक्रम प्रस्तुत गरेको थियो । **सभ्य रुपमा र्याली प्रर्दशन, रोकिएन सडक :** एमालेको १० औं महाधिवेशनका क्रममा चितवनमा सडक अबरुद्ध भएपछि सोही पाठलाई मध्यनजर गर्दै एमाले भक्तपुर जिल्ला कमिटी र सुरक्षा निकायको संयुक्त बैठकले तय गरेको र्यालीको रुटलाई कार्यान्वयन गर्दा एमालेको आज प्रर्दशन भएको र्यालीले सभ्यताको पहिचान बोक्यो भने काठमाण्डौंबाट भक्तपुरहदै काभ्रे जाने मुख्य सडकको रुपमा रहेको अरनिको राजमार्ग खण्ड दिनभर सञ्चालनमा रहयो । धरैले र्याली अब्यबस्थित हुने र सडक अबरुद्ध हुने आँकलन गरिरहेको अबस्थामा बिहान १० बजेदेखि गठ्ठाघर र जगातीबाट आएको र्याली ६ लेन सडकको सर्भिस ट्रयाक मात्रै प्रयोग गर्दा र्याली सभ्य देखियो भने दिनभर नै सडक सूचारु रहयो । एमाले भक्तपुर जिल्ला अध्यक्ष बचन देउजाले पार्टीले र्याली आउने रुट निर्धारण गर्दै सर्भिस ट्रयाक मात्रै प्रयोग गर्न ठाउँठाउँमा स्वयंसेवक र जिल्ला प्रशासन कार्यालयले सुरक्षाकर्म परिचालन गरेकाले सडक अबरुद्ध नभएको र सडकमा दिनभर सवारी साधन सूचारु भएको बताउनुभयो । **जुजुधौदेखि साना व्यापारीमा खुसी :** एमालेको उद्घाटनस्थलमा भक्तपुरको पहिचान बोकेको जुजुधौदेखि नवारी खाजासम्मका परिकारले सहभागिलाई सहज मात्रै बनाएन साना व्यापारीहरु निकै खुसी देखिए । चौरको पश्चिम कुनामा राखिएको खाजाका केही स्टलहरु मध्ये जय शम्भो जुजु धौ सेन्टरले बिभिन्न जिल्लाबाट आएका सहभागिलाई भक्तपुरको उत्कृष्ठ जुजु धौ खुवाउन पाएको भन्दै खुसी व्यक्त गरेका छन् । व्यवसायी कान्छाराम सैजुले व्यापार राम्रो भएर खुसी भएको बताउदै विभिन्न जिल्लाबाट आएकाहरुलाई जुजु धौ खुवाउन पाउँदा थप खुसी लागेको बताउनुभयो । नजिकै मःमः व्यापारीले पनि राम्रो व्यापार गरेको बताउदै पश्चिम तर्फको नवारी खाजाघरमा समेत दिनभरका भीडले निकै राम्रो व्यापार भएको रामप्रसाद श्रेष्ठले बताउनुभयो । बदाम, सुन्तलादेखि बिभिन्न परिकार बिक्री राम्रो भएको भन्दै बदाम व्यापारी अनिल भजुले आज एकैदिन एकसातामा बिक्री हुने बदाम बिक्री गरेको बताउनुभयो । उहाँले साना व्यापारी एकदिनको यस्ता कार्यक्रमले पनि खुसी हुने बताउनुभयो । **सुरक्षा व्यास्थामा कडाई :** महाधिवेशन उद्घाटनस्थलको सुरक्षाका लागि जिल्ला प्रशासन कार्यालयले तीन तहको सुरक्षा तैनाथ गरेका जानकारी दिदै सुरक्षा व्यबस्थालाई साँझसम्मनै मजबुद बनाईएको भक्तपुरका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी दिनुभयो । उहाँले बिहान बम डिटेक्टर उपकरण प्रयोग गरी मञ्च, सभा स्थल र वरपरका क्षेत्रमा सूक्ष्म जाँच गरेको, सुरक्षाका लागि नेपाल प्रहरी, शसस्त्र प्रहरी र सादा पोशाकका प्रहरी गरि दुई हजार ५०० सुरक्षाकर्मी परिचालन गरेको, सभास्थलमा राखिएका सिसि क्यामराबाटसमेत निगरानी गरको र निकै चनाखो हुदै सुरक्षाको व्यबस्थामा कुनै कमी नरहने गरि व्यबस्थापन गरेकाले उहाँले बताउनुभयो । ट्राफिक व्यबस्थापन पनि योजनाबद्ध रुपमा तयारी गरेकाले दिनभर सडक सूचारु गराउन सफल भएको उहाँले जानकारी दिनुभयो । **यस्तो रहयो सहभागिको उपस्थिति :** महाधिवेशनमा दुई हजार २६२ प्रतिनिधिको सहभागिता रहेको महाधिवेशनको उद्घाटन कार्यक्रममा ७७ वटै जिल्लाका सहभागिहरुले १०८ रोपनी क्षेत्रफल भरिएका थियो । उद्घाटनको क्षणमा भरिएको चौरमा कतिपय आउने र फर्कने क्रम जारी रहेको थियो भने कार्यक्रममा करिब दुई लाख भन्दा बढी जनसहभागिता रहेको आकलन गरिएको एमाले भक्तपुर जिल्ला उपाध्यष किरण थापा मगरले जानकारी दिनुभयो । उहाँले जनसहभागिता अपेक्षा गरे अनुसारकै आएको र पार्टी अध्यक्ष केपी शर्मा ओलीको सम्बोधन पछि भने कार्यक्रम सकिदा एक घण्टा अगाड नै बिभिन्न जिल्लामा फकनेहरु गएकाले केही पातलिएको जानकारी दिनुभयो । टाढासम्म रहेका सहभागिले वक्ताले बोलेको प्रस्ट देखिने गरि मञ्चको दायाँबायाँ ३० फिट अग्ला दुईवटा एलईडी स्क्रिन राखिएको, तीन किलोमिटर परसम्म सुन्न सकिने ११५ वटा उच्च गुणस्तरका साउन्ड सिस्टम जडान गरिएकाले चौरुभन्दा बाहिर रहेका हजारौले सहजै सबै नेताको सम्बोधनलाई सुन्न सकेको बताउनुभयो । **पार्किङ्गमा भएन समस्या :** महाधिवेशनको उद्घाटन सत्रमा सहभागि बिभिन्न जिल्लाबाट आउने सवारी साधनका लागि तोकिएको क्षेत्रमा पार्किङ्ग गरिएकाले कुनै समस्या झेल्नु नपरेको उपाध्यक्ष थापा मगरले जानकारी दिनुभयो । थानकोट हुदै बिभिन्न जिल्लाबाट आएका सवारी साधानलाई नागरिक उड्यान प्राधिकरण गठ्ठाघरको खाली चौरमा तथा काभ्रेहुदै आउने सवारीको लागि जगातीस्थित भाइरल प्लानिङमा पार्किङ्गको व्यबस्थित गरिएकाले सहज भएको उहाँले बताउनुभयो । **आन्तरिक पर्यटन प्रवद्र्धनका टेवा : ** महाधिवेशनमा बिभिन्न जिल्लाबाट सहभागि हुन आएका प्रतिनिधि एवं कार्यकर्ताहरु कार्यक्रमस्थलबाट भक्तपुर नगरपालिका भित्रका सम्पदाहरुको अवलाकन गर्न पुगेका छन् । कतिपय कार्यक्रम सकिनु अगाडि नै र कतिपय कार्यक्रम सकिएपछि भक्तपुर दुबारस्क्वायरमा रहेका ५५ झ्याले दरबार, पाँचतले मन्दिर लगायतका सम्पदा अवलोकनका लागि गएका छन् । महाधिवेशनमा आएर आज नफर्किएकाहरु भोली बिहान भक्तपुरका सम्पदा, मध्यपुरथिमिका सम्पदा र चाँगुनारायणको सम्पदा अललोकनका लागि जाने भएकाले यहाँका आन्तरिक पर्यटनको समेत विकास भएको छ । भक्तपुर नगरपालिकाका रामचन्द्र प्रजापतिले भक्तपुरको सम्पदा अवलाुेकनका लागि आज दिउँसोदेखिनै महाधिवेशनमा आएकाहरु गएका र आन्तरिक पर्यटकको प्रवद्र्धन भएको जानकारी दिनुभयो । **उद्घाटन स्थलको सरसफाई सुरु :** महाधिवेशन उद्घाटन स्थलको सरसफाई र व्यबस्थापन आज साँझबाटै सुरु भएको छ । चौरमा फालिएका पानीका बोतलदेखि बिभिन्न सामानहरु युवा टोलीले सरफाई गरेको र रातीसम्म सबै सफा गर्न पार्टी उपाध्यक्ष किरण थापाले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “कार्यक्रमस्थलको सबै सरसफाई आज रातीसम्म सक्छौ, अस्थायी शौचालयहरुको व्यबस्थापन गछौं, मञ्चलाई आज नै भत्काएर भोली भृकुटीमण्डपमा राख्ने गरि तयारी गरेका छौँ ।” --- # चाँगुनारायणमा अब घरदैलोमा आँखा उपचार,मोतियाबिन्दु शल्यक्रिया पनि निःशुल्क हुने Source: https://newskunda.com/archives/3950 Category: FEATURED NEWS, अर्थ, राजनीति, समाचार, समाज, स्वास्थ्य Last updated: 2026-07-31 -नबराज काफ्ले भक्तपुर, १५ श्रावण : चाँगुनारायण नगरपालिका–२ दुवाकोट स्वास्थ्य चौकी परिसरमा आज दुवाकोट तिलगंगा सामुदायिक आँखा केन्द्रको भव्य उद्घाटन सम्पन्न भएको छ । चाँगुनारायण नगर कार्यपालिकाको कार्यालयको आयोजना एवम तिलगंगा आँखा प्रतिष्ठानको सहयोगमा सम्पन्न कार्यक्रममा वागमती प्रदेश सरकारका उद्योग, पर्यटन, श्रम तथा यातायात मन्त्री सुरेश श्रेष्ठले दीप प्रज्ज्वलन र रिबन काटी केन्द्रको औपचारिक उद्घाटन गर्नुभएको हो । कार्यक्रमको अध्यक्षता गर्दै नगर प्रमुख जीवन खत्रीले नगरपालिकाले सम्पूर्ण नगरबासीका लागि मोतियाबिन्दुको उपचार निःशुल्क उपलब्ध गराउँदै आएको जानकारी दिनुभयो । आफू निर्वाचित भएपछि नगरबासीलाई निःशुल्क रगत तथा अक्सिजन सेवा सुरु गरिएको र स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखी विभिन्न नगरमुखी कार्यक्रम सञ्चालन भइरहेको उहाँले बताउनुभयो । कार्यक्रमको अन्त्यमा उहाँले उपस्थित सबैलाई धन्यवाद ज्ञापन गर्नुभयो । प्रमुख अतिथिको आसनबाट बोल्दै मन्त्री सुरेश श्रेष्ठले चाँगुनारायण नगरपालिकाले स्थानीय तहबाटै स्वास्थ्य लगायत विभिन्न क्षेत्रमा गरिरहेको कामको प्रशंसा गर्नुभयो । प्रदेश सरकारको तर्फबाट आवश्यक पर्ने हरेक किसिमको सहयोग गर्न आफू सधैं तत्पर रहेको उहाँले प्रतिबद्धता व्यक्त गर्नुभयो । स्थानीय तहको स्वास्थ्य सेवा सुदृढीकरण र विकासका लागि प्रदेश सरकारबाट उपलब्ध हुने सहयोगमा कुनै कन्जुस्याइँ नहुने बताउँदै आगामी दिनमा पनि स्वास्थ्य क्षेत्रको विकासका लागि निरन्तर साथ रहने विश्वास मन्त्री श्रेष्ठले दिलाउनुभयो । कार्यक्रमको सञ्चालन गर्दै चाँगुनारायण नगर कार्यपालिकाको स्वास्थ्य शाखा प्रमुख दिलकुमार दुवालले कार्यक्रमलाई मर्यादित र व्यवस्थित ढंगले सञ्चालन गर्दै आयोजनाको हरेक चरणलाई सहज र प्रभावकारी बनाउनुभयो । कार्यक्रमको सुरुदेखि समापनसम्म उहाँले अतिथिहरूको उचित सम्मान गर्दै मञ्च सञ्चालनमा आफ्नो कुशलता प्रदर्शन गर्नुभयो । स्वागत मन्तव्य राख्दै वडा नं. २ का वडा अध्यक्ष सोमप्रसाद प्रधानले वडा र वडावासीको स्वास्थ्य सुरक्षणमा कुनै सम्झौता नगरिने उद्घोष गर्नुभयो । आफू निर्वाचित भएपछि वडाभर नियमित स्वास्थ्य शिविर, घुम्ती स्वास्थ्य सेवा तथा ज्येष्ठ नागरिकमैत्री कार्यक्रम सञ्चालन हुँदै आएको जानकारी दिँदै यस्ता कार्यक्रमले स्थानीय नागरिकको स्वास्थ्य सेवामा पहुँच विस्तार गर्न महत्वपूर्ण भूमिका खेलेको उहाँले बताउनुभयो । कार्यक्रमकै अवसरमा चाँगुनारायण नगरपालिकाका मोतियाबिन्दु भएका नागरिकहरूलाई निःशुल्क अपरेसनका लागि नगरपालिका र ख्वप तिलगंगा आँखा अस्पताल बीच सहमतिपत्रमा हस्ताक्षर भई कागजात हस्तान्तरण भएको छ । नगर प्रमुख जीवन खत्री र तिलगंगा आँखा प्रतिष्ठानकी प्रमुख कार्यकारी अधिकृत डा. रिता गुरुङ बीच यो सम्झौता भएको हो । यसैगरी आजकै दिन दुई सयभन्दा बढी ज्येष्ठ नागरिकलाई निःशुल्क आँखा परीक्षण सेवा प्रदान गरिएको आयोजकले जनाएका छन् । यो निःशुल्क आँखा शिविर श्रावण १८ गते सोमबारसम्म हरेक दिन बिहान ८ बजेदेखि साँझ ५ बजेसम्म सोही स्थलमा सञ्चालनमा रहनेछ । अतिथिका रूपमा उपस्थित शंखरापुर नगरपालिकाका नगर उपप्रमुख समिता श्रेष्ठले कार्यक्रमको सफलतामा शुभकामना व्यक्त गर्दै दुवाकोट तिलगंगा सामुदायिक आँखा केन्द्रको स्थापना आसपासका सम्पूर्ण नगरपालिकावासीका लागि समेत लाभदायी हुने बताउनुभयो । अन्तरनगरपालिका सहकार्यले यस्ता स्वास्थ्य पूर्वाधार विस्तारमा थप गति दिने विश्वास उहाँले व्यक्त गर्नुभयो । तिलगंगा आँखा प्रतिष्ठानकी प्रमुख कार्यकारी अधिकृत डा. रिता गुरुङले दुवाकोट तिलगंगा सामुदायिक आँखा केन्द्रको स्थापनालाई सामुदायिक स्तरमा आँखा स्वास्थ्य परिक्षण सेवा पुर्याउने दिशामा एउटा महत्वपूर्ण कदमका रूपमा व्याख्या गर्नुभयो । प्रतिष्ठान सधैं दुर्गम तथा सेवाबाट वञ्चित क्षेत्रसम्म गुणस्तरीय आँखा उपचार पुर्याउने लक्ष्यसहित अगाडि बढिरहेको बताउँदै चाँगुनारायण नगरपालिका र तिलगंगाबीचको सहकार्य आगामी दिनमा अझ फराकिलो बन्दै जाने विश्वास उहाँले दिलाउनुभयो । नगरबासीले समयमै आँखा जाँच गराई मोतियाबिन्दु, दृष्टिदोष र अन्य समस्याको तत्काल उपचार गराउन आग्रह गर्दै यस केन्द्रले धेरैको दृष्टि जोगाउने विश्वास उहाँले व्यक्त गर्नुभयो । प्रतिष्ठानका बाह्य कार्यक्रम अधिकृत मोहनकृष्ण श्रेष्ठले अबका दिनमा दुवाकोट स्वास्थ्य चौकीको भवनबाटै तिलगंगा आँखा प्रतिष्ठान क्युअर ब्लाइन्डनेस प्रोजेक्टको आर्थिक सहयोगमा दुवाकोट तिलगंगा सामुदायिक आँखा केन्द्रले आफ्नो सेवा निरन्तर सञ्चालनमा ल्याउने जानकारी दिनुभयो । वागमती प्रदेश सरकार स्वास्थ्य मन्त्रालय प्रादेशिक योग समितिका विज्ञ सदस्य डा. नबराज काफ्लेले चाँगुनगरबासीले अब सामुदायिक स्तरमै सहज, सुलभ र गुणस्तरीय आँखा स्वास्थ्य परीक्षण सेवा प्राप्त गर्न सक्ने भएकोमा खुसी व्यक्त गर्नुभयो । आँखाको स्वास्थ्य सुरक्षणका क्रममा स्वास्थ्य सेवा प्रवाहका बेला योगका विभिन्न वैकल्पिक विधिहरू पनि सँगसँगै प्रयोगमा ल्याउन सके थप श्रेयस्कर हुने विश्वास व्यक्त गर्दै यसको आवश्यक व्यवस्थापनका लागि उहाँले आयोजक समक्ष विशेष आग्रह गर्नुभयो । कार्यक्रममा तिलगंगा आँखा प्रतिष्ठानका प्रमुख संचालन अधिकृत पितांबर अधिकारी, भक्तपुर जनस्वास्थ्य कार्यालयका अधिकृत दीपक अछामी, हिमालयन क्याटरेक्ट प्रोजेक्टकी कन्ट्री डाइरेक्टर पुनम भण्डारी लगायतको उपस्थिति रहेको थियो । त्यसैगरी नगरपालिकाका वडा अध्यक्षहरु श्यामसुन्दर धिमाल, जनक खत्री , नेपाल रेड्क्रस सोसाईटी भक्तपुरका सभापति रामेश्वर थापा,कार्यपालिका सदस्यहरू, वडा सदस्यहरू उमेश प्रधान,प्रेम खत्री,राधादेवी माकजु र सिता मिजार, चाँगुनारायण अस्पतालका डा. अर्जुन कार्की, विभिन्न राजनीतिक दलका प्रतिनिधिहरू शिवहरि केसी, रोसन थापा, रामप्रसाद तिमिल्सिना, नरेश खड्का, रमेश अधिकारी र राजाराम दाहाल, चाँगुनारायण अस्पताल, स्वास्थ्य चौकी तथा शहरी स्वास्थ्य केन्द्रका प्रमुखहरू, स्वास्थ्यकर्मीहरू, जेष्ठ नागरिक मिलन चौतारीका पदाधिकारीहरू, पत्रकार लगायत स्थानीय बुद्धिजीवी र सर्वसाधारणको समेत उल्लेख्य सहभागिता रहेको थियो । आँखा मानिसको जीवनको सबैभन्दा बहुमूल्य इन्द्रिय हो, जसको महत्व त्यही व्यक्तिले मात्र गहिरोसँग महसुस गर्न सक्छ जसले दृष्टि गुमाएको हुन्छ । उज्यालो र अँध्यारोसमेत छुट्याउन नसक्ने पूर्ण दृष्टिविहीनदेखि लिएर न्यून दृष्टियुक्त व्यक्तिसम्म, प्रत्येकको दैनिक जीवन आँखाको समस्याले कति कठिन बनाउँछ भन्ने कुरा नियाल्दा यस्ता स्वास्थ्य केन्द्रको महत्व स्वतः प्रस्ट हुन्छ । रेपिड असेस्मेन्ट अफ अभोइडेबल ब्लाइन्डनेस (आरएएबी) २०२२ को तथ्यांकअनुसार नेपालमा १५ लाख ६५ हजार ९ सय ७ जना मानिस कुनै न कुनै आँखाको समस्याबाट प्रभावित छन्, जसमध्ये ४० हजार २ सय ३० जना पूर्ण रूपमा अन्धोपनको सिकार भएका छन् भने ६३ हजार ९ सय ८५ जनामा दृष्टिको गम्भीर समस्या रहेको छ । समयमै उपचार नपाउँदा ८० प्रतिशत दृष्टिसम्बन्धी समस्या अझ जटिल बन्दै गएको पाइएको छ र चस्मा समयमै नलगाउँदा तथा सामान्य शल्यक्रियाको पहुँचमा कमी हुँदा यस्तो अवस्था सिर्जना भएको हो । यसैगरी तिलगंगा प्रतिष्ठानका अनुसार दृष्टिविहीनता निम्त्याउने रोगहरूमध्ये मोतियाबिन्दु नै पहिलो कारण रहेको छ, र नेपालको अपांगतामा दृष्टिगत अपांगता नै मुख्य रहेको पाइएको छ । यस्तै पृष्ठभूमिमा चाँगुनारायण नगरपालिका जस्तो ग्रामीण तथा अर्धशहरी क्षेत्रमा सामुदायिक स्तरमै आँखा स्वास्थ्य केन्द्र स्थापना हुनु ठूलो उपलब्धि मानिन्छ । दुवाकोट तिलगंगा सामुदायिक आँखा केन्द्रको स्थापनासँगै अब नगरवासीले सहरसम्म धाउनु नपरी आफ्नै वडामा गुणस्तरीय आँखा परीक्षण, चस्माको सुविधा र मोतियाबिन्दुजस्ता समस्याको निःशुल्क शल्यक्रिया सेवासम्म पहुँच पाउने भएका छन् । विशेषगरी ज्येष्ठ नागरिक, आर्थिक रूपले विपन्न परिवार र समयमै उपचार नपाई दृष्टि गुमाउने जोखिममा रहेका सर्वसाधारणका लागि यो केन्द्र वरदान सावित हुने अपेक्षा गरिएको छ । --- # चाँगुनारायणमा एमालेबाट मेयरका प्रत्यासी बिना वास्तोला भन्नु हुन्छ : यसकारण एमालेलाई भोट, (यस्तो छ, एमालेको आगामी पाँच वर्षे योजना) Source: https://newskunda.com/archives/849 Category: FEATURED NEWS, राजनीति, समाचार Last updated: 2022-05-10 भक्तपुर, २७ बैशाख । आउँदो ३० गते हुने स्थानीय तहको निर्वाचनमा नेकपा एमालेका उम्मेदवारले विजयी हुने दाबी गरेका छन् । एमालेको आज सम्पन्न अन्तिम चुनावी सभामा यस्तो दाबी गरिएको हो । नेकपा एमालेले शान्त, शालिन महिला उम्मेदवारलाई नगर प्रमुखको रुपमा चुनाबमा अगाडि सारेको बताउदै नेकपा एमालेका केन्द्रीय सदस्य एवं भक्तपुर ईन्चार्ज सोम प्रसाद मिश्रले एमालेको विगत पाँच वर्षको बिकासको योजना र आगामी पाँच वर्षमा सम्पन्न गर्ने योजनाले जनताको मनमनमा छोएको भन्दै एमालेको जितलाई गठबन्धनले भत्काउन नसक्ने बताउनु भयो । उहाँले एमालेले आगामी पाँच वर्षमा नगरपालिकामा बाँकी रहेको अधूरा योजनाहरु पुरा गर्ने र विकास एवं समृद्धीको यात्रालाई पुरा गर्ने लक्ष्यका साथ जनता माझ संकल्प प्रस्तुत गरेको बताउनु भयो । **आगामी पाँच वर्षका लागि यस्तो छ एमालेको बिकासका योजना :** एमालेले चाँगुनारायण नगरपालिकामा विजयी भए पछि प्राविधिक विद्यालयको विस्तार तथा क्षमता अभिवृद्धि गर्दै बहु प्राविधिक विद्यालय निर्माण गर्ने, पाँच माध्यामिक र पाँच आधारभूत विद्यालयलाई नमुना विद्यालयको रुपमा विकास गर्ने, सामुदायिक विद्यालयहरुमा डिजिटल माध्यमबाट शिक्षण सिकाई गर्न आवश्यक प्रविधिको व्यवस्था गर्ने, सूचना प्रविधि लगायत सम्बन्धित विषय उच्च शिक्षा हासिल गर्न चाहने निम्नस्तर भएका जेहेन्दार विद्यार्थीहरुलाई छात्रवृत्तिको व्यबस्था गर्ने, स्थानीय शिक्षक दरबन्दीको व्यवस्था गरिने नीति लिइने भएको छ । त्यस्तै स्वास्थ्य तर्फ दलित तथा अल्पसंख्या समुदायहरुलाई स्वास्थ्य बिमा कार्यक्रम पूर्ण सहायता गर्ने, चाँगुनारायण अस्पतालमा विशेषज्ञ सेवा सहित एमआरआई, सिटि स्क्यान मेशिनको व्यबस्था गर्ने, सुत्केरी महिलालाई सुत्केरी स्याहार खर्च स्वरुप रु .३५ सय वितरण गर्ने, ७० वर्ष माथिका जेष्ठ नागरिकहरुको घरमै निशुल्क स्वास्थ परीक्षणको व्यबस्था गर्ने, स्वास्थ्य परिक्षणको लागि ल्याबहरुको स्थापना गर्ने, बीर अस्पताल र मानव अङ्ग प्रत्यारोपण अस्पतालको निर्माण गर्ने तथा दम एवं स्वास प्रश्वासा बिरामीहरुलाई मेडिकल अक्सिजन उपलब्ध गराईनेछ घोषणा गरेको चाँगुनारायणमा एमालेबाट मेयरका उम्मेदवार बिना बास्तोलाले जानकार दिनु भयो । त्यस्तै एमालेले कृषि तथा पशुपालनतर्फ कृषक सूचिकरणको कार्य सम्पन्न गर्ने, सूचिकरणका आधारमा विउ विजन एवं कृषि औजारमा अनुदान दिने, बिउ बिजन मलखादको सुविधायुक्त सुपथ पसलको व्यवस्था गर्ने, नगर एक कृषि उत्पादन कार्यक्रम लागु गरिने, माटो परिक्षण केन्द्रको स्थापना गर्ने, प्राङ्गारिक एवं जैविक मल उत्पादनामा अनुदानको व्यवस्था गरि अर्गानिक कृषि खेतीलाई सहुलियत प्रदान गर्ने, तरकारी तथा फलफुल बजार एवं कोल्ड स्टोरहरुको स्थापना गर्ने, एक घर दुई फलफुल विरुवा वितरण गर्ने कार्यक्रम अगाडि सारेको एमालेबाट मेयरका उम्मेदवार बास्तोलाले जानकारी दिनु भयो । मेयर सोम प्रसाद मिश्रको नेतृत्वमा नगरपालिकाका १४ हजार घरधुरी मध्ये हालसम्म १२ हजार घरमा धारा पुर्याएको र अब बाँकी २ हजार घरमा धारा पुर्याएर चाँगुनारायणका सतप्रतिशत घरमा धारा पुग्ने ब्यबस्था गरिने बताउनु भयो । चाँगुनारायण नगरपालिका खानेपानी व्यवस्थापन बोर्ड गठन गरि नगरको सम्पूर्ण खानेपानी योजना एकरुपताका साथ संचालन एवं व्यवस्थापन गरिनेछ, परम्परागत ढुंगेधारा, मुहान पँधेरा कुवाको मौलिक पहिचान झल्कने गरि मर्मत सम्भार गरिनेछ, आकाशेपानी संकलन गरि होटेल संघसंस्था र कृषिमा सिँचाईको लागि प्रयोग गर्न सकिने योजना निर्माण गर्ने, प्रत्येक वडामा ढल निकास सहितको सडक योजना लागु गरिनेछ उहाँले बताउनु भयो । त्यस्तै मुहान पोखरी, बोजिनी ड्याम, पातले वन मुहान, तेलकोट मुहान, मझुवा लगायत प्राकृतिक पानीका श्रोतहरुलाई संरक्षण गरी दीर्घकालिन योजना बनाउने, नगरपालिकाको फोहोरमैला व्यवस्थापन र सरसफाई गुरुयोजनालाई कार्यान्वयन गरिन, घरघरबाट निस्कने फोहोरमैलालाई कुहिने र नकुहिने गरि छुट्टाछुट्टै राखेर जैविक मलको रुपमा प्रयोग गर्न प्रोत्साहन गरिने भएको छ । सफा र स्वच्छ कार्यालय, विद्यालय र संघसंस्थामा हरियाली बगैँचा निर्माण गरिनेछ योजनाका साथै महत्वपूर्ण पर्यटकीय तथा सार्वजनिक स्थलमा सार्वजानिक शौचालय निर्माण गरिने, एक विद्यालय एक बाल बगैँचाको बनाइने, दुई वर्ष भित्र पूर्ण सरसफाई युक्त नगर घोषणा गरिने, दिसाजन्य लेदो व्यवस्थापनको लागि आवश्यक गाडी खरिद गरि नागरिकको घरमा सुविधा प्रदान गरिने एमालेको योजना रहेको छ । त्यस्तै पर्यटन सूचना केन्द्रको स्थापना गरिने, पर्यटकीय क्षेत्रमा पर्यटन प्रहरीको व्यवस्थापन गरिने, चाँगुनारायण मन्दिर क्षेत्रको भू धरातललाई जोखिम मुक्त बनाउन आवश्यक पहल गरिने, चाँगुनारायण, मूलकोट गढी, नगरकोट, बोजिनी ड्याम लगायतका क्षेत्रमा पर्यटन प्रर्वद्धनको लागि आवश्यक पूर्वाधार निर्माण गरिने, पर्यटनकीय क्षेत्रको मौलिक पहिचान झल्काउने स्थानीय उत्पादनलाई अध्ययन अनुसन्धान गरी उत्पादनमा जोड दिइनेछ योजना अगाडि सारेको छ । चाँगुनारायण नगरपालिकाभित्र बसोबास गर्ने सबै जातजातिको सामाजिक सांस्कृतिक पहिचान झल्कने संग्राहलय निर्माण गरिने, निजी क्षेत्रको साझेदारीमा पर्यटन आर्कषित गर्नको लागि जिपलाईन, मूलपानी मनोहरा फाँटमा बहुउद्धेश्यीय जलाशय निर्माण गरि बोटिङ्ग जस्ता मनोरञ्जन संरचना निर्माण गरिने, मुहानपोखरी क्षेत्रलाई पर्यटकीय गन्तव्यको रुपमा विकास गरिने, प्रस्तावित मुहानपोखरी बहुउद्धेश्यीय परियोजना (ड्याम) लाई सार्वजानिक र निजी साझेदारीमा कार्यान्वयनमा ल्याईने योजना अगाडि सारेको छ । त्यस्तै यस नगरपालिका भित्र वि सं २०७४ भन्दा अधि २३ कि मि सडक कालोपत्रे भएकोमा हाल ५९ कि मि सडक कालोपत्रे गरेको, र बाँकी सडकहरुलाई आगामी पाँच वर्षमा न्यूनत्तम १०६ कि मि पुरा गरिने, सबै सडकहरुमा पैदल हिड्ने पेटी निर्माण गरिने, साथै अपाङ्गतामैत्री पैदल मार्ग निर्माण गरिनेछ, चाँगुनारायण द्रुतमार्ग दुवाकोट ताथली जोड्ने सडक निर्माण कार्यलाई उच्च प्राथमिकता साथ सम्पन्न गरिनेछ योजना एमालेले अगाडि सारेको छ । त्यस्तै प्रत्येक वडामा कम्तिमा ३ वटा मुख्य मुख्य सडक कालोपत्रे गरिने, उज्यालो, सुरक्षित, हरित सडकको निर्माण गरिने, बसपार्क, बस टर्मिनल पार्किङ्ग क्षेत्र यातायात दुवानी सेवा र यात्रु प्रतिक्षालय यकिन गरि पूर्वाधार निर्माण गरिने, चाँगुनारायण नगरपालिकको Lifeline सडकको रुपमा रहेको कमलविनायक नगरकोट सडकको लागि पहिलो नगर सभाबाट आवश्यक बजेट नगरपालिकाबाटै विनियोजन गरि १० वटा खण्डमा आगामी चैत्र मसान्त भित्र पूर्णरुपमा अस्पाल्ट पिच गर्ने व्यवस्था मिलाइने घोषणा एमालेले गरेको मेयरका प्रत्यासी वास्तोलाले बताउनु भयो । उज्यालो नगरपालिका बनाउन बार्षिक ५०० विद्युतीय सडक बत्ति थप गर्दै ५ वर्षभित्र २५०० सडक बत्ति जडान गर्ने कार्यलाई निरन्तरता दिईने भएको छभने युवा तथा खेलकुद महोत्सवको थालनी गरिने, बौद्धिक प्रतिभा प्रस्फुटनका क्रियाकलाप जस्तै वैज्ञानिक गतिविधि, नयाँ प्रविधि, नयाँ व्यावसाय, अनुसन्धानात्मक र सिर्जनात्मक कार्यक्रम सञ्चालन गर्नको लागि नेपाल ईन्जिनियरिङ्ग कलेज समेत आबद्ध गराई चाँगुनारायण आविष्कार केन्द्र स्थापना गरि संचालन गरिने, नगरक्षेत्रमा कम्तिमा १० युवा क्लब गठन गरि नगरमा हरेक कार्यक्रम तथा योजनामा सोही क्लब मार्फत युवा सहभागितालाई सुनिश्चित गरिने योजना अगाडि सारेको एमालेबाट उपमेयरका प्रत्यासी रमेश बुढाथोकीले बताउनु भयो । एमालेले विपद् जोखिम न्युनीकरण, महामारी, विकास निर्माण, वातावरण तथा सरसफाइ कार्य र मनोरञ्नात्मक कार्यमा नेपाल रेडक्रस सोसाइटी, नेपाल स्काउट जस्ता स्वयंसेवक संस्थाहरुको सहकार्यमा युवा स्वयम्सेवक एवं सहभागित कार्यक्रम ल्याईने, एक वटा वडा, एक खेल पहिचान कार्यक्रम संचालन गर्ने, कर्भड हल÷रंगशाला निर्माण कार्यक्रमलाई निरन्तरता दिईने, क्रिकेट तथा फुटसल खेललाई विशेष प्राथमिकता दिईने, युवाहरुको बहु प्रतिभा पहिचान तथा नगरपालिका भित्रका मेधावी युवाहरुलाई प्रोत्साहन तथा सम्मान कार्यक्रम ल्याईने योजना अघि सारेको छ । त्यस्तै महिला स्वरोजगार कार्यलाई विशेष प्रोत्साहन गर्दै मेयर उद्यमशीलता कार्यक्रममा न्यूनतम २० प्रतिशत आरक्षण व्यवस्था गरिने, महिला आयआर्जन सम्बन्धी सीप प्रर्वद्धन गरी उद्यमी महिलाको लागि प्रविधि सहयोग तथा अनुदानको व्यवस्था गरिने, महिलालाई सीपयुक्त तालिम जस्तैः ब्युटिशियन, घरेलु उद्योग, मन्टेश्वरी तथा स्थानीय सामग्रीबाट सामान उत्पादन कार्यलाई निरन्तरता दिईने, महिलाहरुलाई अध्ययन÷अवलोकन भ्रमण गराई रोजगारीप्रति आकर्षित गरिने, ५० वर्ष उमेर पुगेकाका अविवाहित महिलाको लागि सामाजिक सुरक्षा भत्ताको व्यवस्था गरिने, स्त्री रोग परीक्षणको व्यवस्था चाँगुनारायण अस्पालमा निःशुल्क गरिने व्यवस्था मिलाईने, महिला सशक्तिकरण गर्नको लागि प्रत्येक वर्ष न्यूनत्तम १०० छात्राहरुलाई नि शूल्क लोकसेवा, शिक्षक सेवा, बैँङ्किङ्ग सेवा जस्ता अन्य स्थायी एवं सरकारी सेवामा प्रवेश गर्नेको लागि आवश्यक तयारी कक्षाहरु निशुल्क रुपमा संचालन गरिने योजना एमालेले अगाडि सारेको छ । नगरपालिकाले हालसम्म ९ वटा जेष्ठ नागरिक मिलन चौतारी संचालन गरेकोमा ५ वर्ष भित्र साविकका गाउँ विकास समितिका वडा अनुसार संख्या बढाउने, आमाबाबु नभएका, अपाङ्गता भएका, दलित जातिहरुको विद्यार्थीहरुका लागि विद्यालयमा भर्ना र पढाइ शुल्क लिन नपाईने व्यवस्था गरिने, प्रत्येक वर्ष ज्येष्ठ नागरिकहरुलाई आन्तरिक रुपमा धार्मिक पर्यटनको व्यवस्था मिलाईने, एक वडा एक बाल उद्यान बनाईने, दलित जातिको पेसा र पहिचान संरक्षण गर्ने कार्यको लागि सिप विकास कार्यक्रम ल्याईने भएको छ । एमालेले युवा रोजगार सिर्जनालाई मेयर उद्यमशीलता कार्यक्रम मार्फत हाल १७८ जना लाभान्वित भएकोमा यस संख्यालाई वृद्धि गरि पाँच वर्ष भित्र १००० जना उद्धमशिल युवा उत्पादन गरिने, युवा वर्गलाई सीपमूलक तालिममा सहभागी बनाई २००० युवाहरुलाई रोजगारी प्रदान गरिने, सीपशाला कार्यक्रम मार्फत नगरपालिका मार्फत हुने विकास निर्माणमा २० प्रतिशत नगर रोजगार एवं श्रमको व्यवस्था मिलाईने भएको छ । नगरपालिकाको भवन निर्माण सम्पन्न गराएर एक वर्ष भित्र नवनिर्मित भवनबाट सेवा प्रवाह गरिने, २ वर्ष भित्र सबै वडामा व्यवस्थित वडा कार्यालय भवन निर्माण गरि टोकन प्रणाली मार्फत सेवा प्रवाह गरिने, दुई वर्ष भित्र योजना संचालनका सम्पूर्ण सेवाहरु डिजिटल प्रविधि मार्फत घरमै सेवा प्रवाह गर्ने व्यवस्था मिलाइने योजना ल्याएको छ । त्यस्तै आगामी ६ महिना भित्र चाँगुनारायण नगरपालिकाले तयार गरेको डिजिटल प्रोफाइलको आधारमा QR सहितको घरबासी परिचय पत्र वितरण गर्ने, नगरबासी परिचय पत्रको आधारबाटै नगरपालिका एवं अन्य निकायबाट हुने सेवाहरुलाई डिजिटलाईज गरि भावि दिनमा प्रयोग गर्नको लागि अभिलेखिकरण गरिने, आगामी ६ महिना भित्र सम्पन्न गरि चाँगुनारायण नगरपालिका भित्र रहेका सबै घरधुरीहरुलाई छुट्टाछुट्टै घर नम्बर प्रदान गरिने, घर नम्बर वितरण पश्चात आवश्यक हुने Addressing System निर्माणको अन्तिम चरणमा रहेकोले यथासिघ्र सम्पन्न गरि प्रयोग गरिने व्यबस्था गरिने योजना एमालेको छ । एमालेले नगरपालिकाले विकास गरेको लागि सूचना प्रविधिका प्रणालीहरुलाई प्राथमिकताको साथ नागरिकलाई प्रयोग गर्न सक्ने बनाउनको लागि ५ महिना भित्र १०० समुदायको युवा स्वायंसेवक परिचालन गरिने, नगरपालिका क्षेत्रमा सूचना प्रविधि एवं यस सम्बन्धी विषय अध्ययन गरेका विद्यार्थी एवं नागरिकहरुलाई आवश्यकताको आधारमा नगरपालिका सूचना प्रविधि एवं चाँगुनारायण आविष्कार केन्द्रसँग अभिलेख एवं आवद्ध गरिन, नगरमा सूचना प्रविधि विकासको लागि निजीक्षेत्रको सहभागितालाई विशेष जोड दिईने, डिजिटल नेपाल फ्रेमवर्कलाई निजि क्षेत्रको समेत संलग्नतामा स्थानीयकरण गर्न नगरपालिकाले तयार गरेको मार्गचित्र कार्यान्वयनमा विशेष जोड दिएको मेयरका प्रत्यासी बास्तोलाले बताउनु भयो । एमालेलाई दिएको भोट खेर नजाने भन्दै उहाँले जनताको भावना अनुसार नगर पालिका सञ्चालन गर्ने उहाँले प्रतिबद्धता व्यक्त गर्दै सूर्यमा मतदान गरि एमालेलाई जिताउन चाँगुनारायणवासीलाई उहाँले आव्हान गर्नु भयो । --- # चाडपर्वमा चोरी, लुटपाट र विस्फोटक पदार्थको कारोबार नियन्त्रण गर्न प्रहरीलाई आईजीपीको निर्देशन Source: https://newskunda.com/archives/5538 Category: FEATURED NEWS, अपराध Last updated: 2026-11-07 **काठमाडौं ।** प्रहरी महानिरीक्षक डा. मनोजकुमार केसीले तिहार, नेपाल संवत् र छठलगायत चाडपर्वलाई लक्षित गरी विशेष सुरक्षा योजना लागू गर्दै प्रहरी परिचालन प्रभावकारी बनाउन निर्देशन दिएका छन्। नेपाल प्रहरी प्रधान कार्यालयबाट भर्चुअल माध्यममार्फत प्रहरी कर्मचारीलाई निर्देशन दिँदै उनले चाडपर्वका समयमा हुनसक्ने चोरी, लुटपाट तथा अन्य आपराधिक गतिविधि नियन्त्रण गर्न प्रहरी थप सक्रिय हुनुपर्ने बताए। यस्ता घटनालाई समयमै पहिचान गरी प्रभावकारी रूपमा सम्बोधन गर्न उनले निर्देशन दिएका हुन्। विशेषगरी पटका तथा अन्य विस्फोटक पदार्थको अवैध कारोबार नियन्त्रण गर्न र सामाजिक सद्भावमा खलल पुग्ने गतिविधिप्रति सतर्क रहन उनले प्रहरीलाई आग्रह गरे। आफ्नो जिम्मेवारी क्षेत्रमा आवश्यक सुरक्षा योजना बनाएर स्थानीय तह तथा सम्बन्धित सरोकारवालासँग समन्वय र सहकार्य गर्दै व्यावसायिक, उत्तरदायी र जवाफदेही प्रहरी सेवा प्रदान गर्नुपर्ने उनको भनाइ थियो। त्यस्तै, प्रदेश प्रहरी प्रमुख तथा जिल्ला प्रहरी प्रमुखहरूले आफ्नो कार्यक्षेत्रको नियमित अनुगमन, सुपरिवेक्षण र निरीक्षण गरी देखिएका कमी–कमजोरी तथा त्रुटि समयमै सुधार गर्नुपर्नेमा उनले जोड दिए। कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षक, वरिष्ठ प्रहरी अधिकृतलगायत सातवटै प्रदेश प्रहरी कार्यालय, जिल्ला प्रहरी कार्यालय तथा मातहतका विभिन्न प्रहरी इकाइका प्रमुख र प्रतिनिधिहरू भर्चुअल रूपमा सहभागी थिए। --- # चाँडो शिक्षा नियमावलीको एघारौँ संशोधन टुङ्ग्याउन शिक्षामन्त्रीको निर्देशन Source: https://newskunda.com/archives/4406 Category: FEATURED NEWS, अर्थ, राजनीति, शिक्षा, समाज Last updated: 2026-09-23 काठमाडौँ, ७ असोज : शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले शिक्षा नियमावलीको एघारौँ संशोधन प्रक्रिया चाँडो टुङ्ग्याउन निर्देशन दिनुभएको छ । मन्त्रालयका सचिवसहितका पदाधिकारी र सचिवालयसँग छलफलमा उहाँले शिक्षा नियमावलीको एघारौँ संशोधनको मस्यौदा तयार गरी नयाँ नियमावली लागू गर्नेगरी काम गर्न निर्देशन दिनुभएको हो । शिक्षा नियमावलीको दसौँ संशोधन आएदेखिनै सार्वजनिक भएका गुनासालाई सम्बोधन गर्नेगरी मन्त्री पोखरेलले दुई महिनादेखि नियमावलीको एघारौँ संशोधनको काम गर्न मन्त्रालयका पदाधिकारीलाई निर्देशन दिँदै आउनुभएको छ । शिक्षा नियमावलीको दसौँ संशोधनमा भएका कतिपय प्रावधानमाथि असन्तुष्टि आएपछि मन्त्री पोखरेलले सबै सरोकारवालासँग मन्त्रालयमा चरणबद्ध छलफल गर्नुभएको थियो । त्यसैगरी सातै प्रदेशमा सरोकारवालासँग शिक्षा संवाद र छलफल गरेर राय सुझावई लिइएको थियो । शिक्षामन्त्रीका प्रमुख सल्लाहकार शैलेन्द्र झासहित मन्त्रालयका उच्च अधिकारी एवं विज्ञसहितको टोलीले देशभरबाट सुझाव सङ्कलन गरेको थियो । शिक्षा नियमावलीको दसौँ संशोधनपछि विशेषगरी शिक्षक सरुवामा देखिएका प्राविधिक समस्या, विद्यालय व्यवस्थापन समितिको सन्दर्भमा देखिएका जटिलतालगायतका विषयमा आवश्यक संशोधनसहितको मस्यौदा तयार गर्न मन्त्री पोखरेलले निर्देशन दिनुभएको हो । शिक्षा नियमावलीको दसौँ संशोधनपछि विशेषगरी शिक्षक सरुवामा देखिएका प्राविधिक समस्या, विद्यालय व्यवस्थापन समितिको सन्दर्भमा देखिएका जटिलतालगायत विषयमा आवश्यक संशोधनसहितको मस्यौदा तयार गर्न मन्त्रालयलाई भनिएको थियो । मन्त्री पोखरेलले मन्त्रालयअन्तर्गत थाती रहेका ऐन तथा नियमावली समेत छिटो टुङ्ग्याउने गरी काम गर्न पदाधिकारीलाई निर्देशन दिनुभएको छ । मन्त्रिपरिषद्को गत असार १८ गते बसेको बैठकले शिक्षा नियमावली (दसौँ संशोधन), २०८३ स्वीकृत गरेको थियो । त्यसअघि २०७७ फागुन ३ गते शिक्षा नियमावलीको नवौँ संशोधन भएको थियो । दसौँ संशोधनपछि देखिएका समस्या तथा शिक्षक सरुवालगायत विषयमा आएका गुनासालाई सम्बोधन गर्ने गरी एघारौँ संशोधनको मस्यौदा तयार भइरहेको मन्त्रालयले जनाएको छ । --- # चार जनामा कोरोना सङ्क्रमण पुष्टि Source: https://newskunda.com/archives/389 Category: FEATURED NEWS, समाचार, स्वास्थ्य Last updated: 2022-04-14 काठमाडौँ, १ वैशाख : देशभर पछिल्लो २४ घण्टामा चार जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो समय तीन हजार ३४२ को परीक्षण गर्दा उक्त सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो । योसँगै नेपालमा पिसिआर विधिबाट गरिएको परीक्षणमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या नौ लाख ७८ हजार ६३४ पुगेको छ । एन्टिजेन परीक्षण विधिबाट सङ्क्रमितको सङ्ख्या एक लाख ४० हजार १५८ रहेको छ । पछिल्लो समय थप ४४ जना निको भएका छन् । योसँगै निको हुनेको सङ्ख्या नौ लाख ६६ हजार २०४ पुगेको छ । निको हुने दर ९८ दशमलव ७ प्रतिशत रहेको पनि मन्त्रालयले जनाएको छ । पछिल्लो समय कारोनाका कारण कसैको पनि मृत्यु भएको छैन । नेपालमा यस रोगबाट हालसम्म मृत्यु हुनेको सङ्ख्या ११ हजार ९५१ पुगेको छ । त्यसैगरी, पछिल्लो समय ६१ हजार २७८ ले खोप लगाएको पनि मन्त्रालयले जानकारी दिएको छ । हाल सक्रिय सङ्क्रमितको सङ्ख्या ४७९ रहेको छ । अहिले होम आइसोलेसनमा ४५५ रहेका छन् । त्यसैगरी संस्थागत आइसोलेसनमा २४, आइसियुमा १२ र भेन्टिलेटरमा एक जनाले उपचार गराइरहेका छन् । --- # चिनियाँ नेता लीले भन्नुभयो, ‘नेपाली कलासंस्कृति चिनियाँ कलासंस्कृतिसँग मिल्दोजुल्दो’ Source: https://newskunda.com/archives/2143 Category: FEATURED NEWS, राजनीति, समाचार, समाज Last updated: 2022-09-14 भक्तपुर, २९ भदौ : नेपालको चारदिने भ्रमणमा रहनु भएका चिनियाँ जनकंग्रेसका अध्यक्ष ली चान्सुले आज भक्तपुरको ऐतिहासिक सम्पदाहरुको अवलोकन गर्नु भएको छ । आज बिहान ९ बजेर २० मिनेटमा ऐतिहासिक विश्व सम्पदा सूचीँमा सुचिकृत भक्तपुर दरबारस्क्वायर पुग्नु भएका अध्यक्ष ली चान्सुलाई भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापति, संघीय सांसद प्रेम सुवाल, वाग्मति प्रदेश सभा सदस्य सुरेन्द्रराज गोसाई, सृजना सैंजु, नगरपालिकाका उपप्रमुख रजनी जोशी, भक्तपुरकी प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मालगायत, नगर कार्यपालिकाका सदस्यहरुले दरबारस्क्वाय गेटमा स्वागत गर्नु भएको थियो । अध्यक्ष चान्सुको टोलीले नगरपालिकाले उहाँको स्वागतमा दरबारस्क्वायरको डबलीमा प्रर्दशन गरेको ऐतिहासिक भैरब प्याँख नाचको अवलोकन गर्नु भएको थियो । उहाँले यो नाचले चिनियाँ संस्कृतिको सम्झाएको भन्दै चीन र नेपालको सस्कृति मिल्दो जुल्दो रहेको बताउनु भएको थियो । उहाँले भक्तपुर दरबारक्वायर, पचपन्न झ्याले दरबार, स्वर्णद्धार, सुनधाराको अवलोकन गर्नु भएको थियो । पचपन्न झ्याले दरबारको बनावटलाई निकै चासोका साथ अवलोकन गर्दै यहाँका सम्पदाहरुमा भूकम्पले पुर्याएको क्षतिको बारेमा जानकारी दिनु भएको थियो । भक्तपुर दरबार क्षेत्रमा अवस्थित रामेश्वर मन्दिर, द्वारिकानाथ मन्दिर, बसन्तपुर दरबार, केदारनाथ मन्दिर, राष्ट्रिय कला संग्रहालय भवन, लुँ ध्वाका, पच्पन्न झ्याल दरबार, वत्सला मन्दिर, यक्षेश्वर महादेव मन्दिर, सिद्धिलक्ष्मी मन्दिर, लापां देग, तब सत्तल, सिलु महादेव मन्दिर, चतुब्रम्ह महाविहारबाट पैदल यात्रा गर्दै टौमढीको पाँचतले मन्दिर र भैरवनाथ मन्दिरको निकै रुचिपूर्वक अवलोकन गर्नुभयो । प्रतिनिधिमण्डल टोलीको स्वागतमा केदारनाथसँगैको डबलीमा भैल प्याखं प्रदर्शन गरिएको थियो ।उहाँलाई भक्तपुर नगरपालिकाका पर्यटन सूचना केन्द्रका प्रमुख गौतम लासिवाले भक्तपुरको सम्पदाहरुमा भूकम्पले पुर्याएको क्षतिकोबारेमा जानकारी गराउनु भएको थियो । भक्तपुरका भूकम्पले क्षति पुर्याएको ८० प्रतिशत सम्पदाहरुको पुर्ननिर्माण सम्पन्न भएको जानकारी गराउनु भएको थियो । अध्यक्ष चान्सुले यहाँको पुर्ननिर्माणमा विदेशी दातृ निकायको सहयोगकोबारेमा जिज्ञासा राख्नु भएको जानकारी दिदै लासिवाले भक्तपुर नगरभित्रका सम्पदाको पुर्ननिर्माणमा कुनै पनि विदेशी दातृ निकायको सहयोग नलिएको र नगरपालिका, नेपाल सरकार एवं स्थानीयवासीको सहयोगमा सम्पदा पुर्ननिर्माण गरिएको जानकारी गराउनु भएको थियो । टोलीले नगरपालिकाले हालै पुर्ननिर्माण सम्पन्न गरेको सिलु महादेव (फसीदेग)को अवलोकन गरेपछि पैदल नै पाँचतले मन्दिर पुगेर त्यहाँको अवलोकन गर्नु भएको थियो । अध्यक्ष चान्सुले पाँच तले मन्दिरमा भूकम्पले क्षति नपुर्याउने गरि बलियोसँग कसरी बन्यो होला भन्ने जिज्ञासा राख्नु भएको लासिवाले जानकारी दिनुभयो । पाँच तले मन्दिर र सँगैको भैरब मन्दिरको बनावट, निर्माणमा परम्परागत सामग्रीको प्रयोग तथा यहाँका पुराना आर्किटेक्चरको योजना अनुसार निर्माण भएकाले क्षति नपुगेको जानकारी गराउनु भएको थियो । टौमढीमा नगरपालिकाले यहाँका सम्पदा, कला, संस्कृति र नाचका तस्विरहरु प्रर्दशन गरेको थियो । तस्विरहरुको अवलोकनको क्रममा अध्यक्ष चान्सुलाई लासिवाले नयाँ वर्षमा बिस्केट जात्रा मनाउने यहीँ ठाउँ रथ, जात्राको सञ्चालनकोबारेमा जानकारी गराउनु भएको थियो । यहाँका बिभिन्न जात्रा, पर्व जात्रादेखि आज मनाइने पुलु किसी जात्राकोबारेमा समेत जानकारी गराउनु भएको थियो । जात्रा, पर्व, नाचहरुकोबारेमा जानकारी लिए पछि अध्यक्ष चान्सुले नेपालका धेरै कला, संस्कृति, नाच र परम्पराहरु चीनको संस्कृतिसँग मिल्दो जुल्दो रहेको बताउदै विश्वका बिभिन्न देशका संस्कृति र यहाँको संस्कृतिका केही पक्षहरुमा समानता रहेको बताउनु भएको थियो । पाँच तले मन्दिरको अवलोकन पछि विदाइको क्रममा हेर्न बसेका स्थानीयलाई अध्यक्ष चान्सुले नेपाली भाषामै नमस्ते भनेर सम्बोधन गर्नु भएको थियो । विदाईको क्रममा अध्यक्ष चान्सुसहितको टोलीलाई नगरपालिकाको तर्फबाट मयूर झ्याल, नगरपालिकाका बिभिन्न प्रकाशनहरु प्रदान गरिएको थियो । स्वास्थ्यलाई ध्यानमा दिदै नगरपालिकाले ती उपहारहरु हातमा नदिई एक मुष्ट प्रदान गर्नु भएको थियो । अध्यक्ष चान्सुले नगर प्रमुख प्रजापति, संघीय सांसद सुवाललगायतलाई उपहार प्रदान गर्नु भएको थियो । टोलीले भक्तपुरको एक घण्टासम्मको अवलोकन सकेर १० बजेर २० मिनेटमा फर्किएको थियो । टोलीले आजै अपरान्ह चार बजे शितल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गर्ने कार्यक्रम छ । त्यसअघि टोलीले प्रधानमन्त्री शेरबहादुर देउवा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली लगायतसँग भेटवार्ता गरेको थियो । राष्ट्रपतिलाई भेटेपछि आज पनि उनले सभामुख सापकोटालाई भेट्ने कार्यसूची छ । सभामुख अग्नि सापकोटाको निमन्त्रणामा सोमबार नेपाल आएको टोलीले सोही दिन सभामुख सापकोटासँग भेट गरेको थियो भने आज पनि राष्ट्रपति भण्डारीसँगको भेटपछि सभामुख सापकोटासँग भेट गर्ने कार्यक्रम तय भएको छ । चिनियाँ जनकंग्रेस अध्यक्ष चान्सु नेतृत्वको प्रतिनिधिमण्डल भोली बिहीबार बिहान काठमाडौंबाट दक्षिण कोरिया प्रस्थान गर्ने बताइएको छ । --- # चीनको तीन दिने ग्लोबल गभर्नेन्स सम्मेलन सम्पन्न गरि पूर्व राष्ट्रपति भण्डारी स्वदेश फिर्ता Source: https://newskunda.com/archives/5130 Category: FEATURED NEWS, राजनीति, समाचार, समाज Last updated: 2026-10-26 काठमाडौँ, ९ कात्तिकः पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी चीनको हपवे प्रदेशको स्योङआनमा आयोजना भएको ‘ग्लोबल गभर्नेन्स् फोरम’मा सहभागी भएर आज स्वदेश फर्कनुभएको छ । स्वदेश फर्कने क्रममा अन्तरराष्ट्रिय त्रिभुवन विमानस्थलमा पत्रकारसँग कुरा गर्दै आफू सम्मेलनमा भाग लिएर फर्किएको जानकारी दिनुभयो । ‘परिवर्तनशील विश्वमा विश्वास र सहकार्यको पुनःनिर्माण’ विषय रहेको उक्त ग्लोबल गभर्नेन्स सम्मेलन यही अक्टोबर २३ देखि २५ सम्म आयोजना भएको थियो । उक्त सम्मेलनलाई पूर्वराष्ट्रपति भण्डारीले विशिष्ट अतिथिका रूपमा सम्बोधन गर्नुभएको थियो । उक्त सम्मेलनअन्तर्गत अक्टोबर २४ र २५ मा विभिन्न विषयमा समानान्तर सत्र, प्यानल छलफल र गोलमेच बैठक पनि भएको थियो । फोरममा संयुक्त राष्ट्रसङ्घ केन्द्रित अन्तरराष्ट्रिय प्रणालीको संरक्षण, विश्व शान्ति र शान्ति स्थापनाकार्यमा आवश्यक पर्ने सुधार, बहुपक्षीयताको प्रवर्द्धन, अन्तरराष्ट्रिय सम्बन्धमा विकासशील मुलुकको बढ्दो भूमिका तथा अन्तरराष्ट्रिय व्यापारमा ‘ग्लोबल साउथ’ का मुलुकको भूमिकालगायत विषयमा छलफल भएको थियो । सो सम्मेलनमा जलवायु परिवर्तन र यसको असर, हरित अर्थतन्त्र तथा न्यून कार्बन विकास, दिगो विकास, कृत्रिम बौद्धिकता र साइबर स्पेसलगायत विषयमा पनि बहस भएको थियो । --- # चुनावको तिक्ततालाई छोड्दै अब भक्तपुरको विकासमा सबै मिलेर हातेमालो गर्दै अगाडि बढौँ : महेश बस्नेत Source: https://newskunda.com/archives/1313 Category: FEATURED NEWS, राजनीति, समाचार, समाज Last updated: 2022-06-14 भक्तपुर, ३१ जेठ : गैरसरकारी संस्था महासंघ नेपाल भक्तपुरले २०७८ सालमा जिल्ला भरिका गैसस मध्ये उत्कृष्ट काम गर्न सफल सामुदायिक स्वास्थ्य केन्द्र सूर्यविनायकलाई नगद रु. १० हजार सहित पुरस्कार प्रदान गरेको छ । गैसस नेपाल भक्तपुरको आज सम्पन्न १८ र्औ वार्षिक साधारण सभा, शुसासन स्मासिका बिमोचन, उत्कृष्ट संस्था पुरस्कार तथा नवनिर्वाचित जनप्रतिनिधिहरुलाई सम्मान कार्यक्रममा उत्कृष्ट संस्थाका अध्यक्ष न्हुच्छेकुमार त्वायनालाई दोसल्ला ओढाएर, सम्मान प्रत्र प्रदान गरि नगद रु. १० हजारसहित पुरस्कार प्रदान गरेको हो । कार्यक्रममा संघीय सांसद एवं पूर्व मन्त्री महेश बस्नेतले त्वयनालाई सम्मान पत्र प्रदान गर्नु भयो । उहाँले गैसस भक्तपुरले प्रकाशन गरेको शुसासन स्मारिका बिमोचन गर्नु भयो । उहाँले जिल्ला समन्वय समिति भक्तपुरका नवनिर्वाचित प्रमुख इश्वरबहादुर थापा र उपप्रमुख सुजाता वादेलाई सम्मान गर्नु भयो । त्यसैगरि कार्यक्रममा गैसस महासंघ केन्द्रीय अध्यक्ष रामप्रसाद सुवेदी र महासचिव अर्जुन भट्टराई पनि सम्मान गरिएको थियो । कार्यक्रममा सांसद बस्नेतले गैससले सामाजिक बिकासको क्षेत्रमा हमत्वपूर्ण भूमिका निर्वाह गरेको बताउदै आगामी दिनमा जिल्ला समन्वय समिति र स्थानीय सरकारसँग सहकार्य गर्दै समग्र बिकासमा लाग्न सक्नु पर्नेमा जोड दिनु भयो । उहाँले दुई महिनासम्म चलेको राजनीतिक प्रतिस्पर्धालाई अब यहीँ थाती राखेर दलहरुको तिता क्षणहरुलाई बिर्सेर भक्तपुरको बिकासमा सबै राजनीतिक दल र जनप्रतिनिधिहरु एक साथ लाग्नु पर्ने बताउनु भयो । कार्यक्रममा जिल्ला समन्वय समिति भक्तपुरका प्रमुख थापाले गैससहरुसँग समन्वय र सहकार्यमा सामाजिक उत्तरदायित्वका क्षेत्रमा काम गर्ने बताउनु भयो । त्यस्तै गैसस महासंघका केन्द्रीय अध्यक्ष सुवेदीले सरकारले नाफामूलक निजी व्यापारिक क्षेत्रलाई जस्तै गैससले दाताहरुबाट सामाजिक काम गर्न ल्याएको बजेटमा पनि भ्याट लगाउने नीति ल्याएर सामाजिक क्षेत्र र संस्थालाई अंकुश लाउन लागेको भन्दै यसलाई नसच्याए गैससले देशव्यापी आन्दोलन सुरु गर्ने बताउनु भयो । गैसस महासंघ केन्द्रीय महासचिव भट्टराईले स्थानीय तहले कतिपय अबस्थामा गैससलाई निषेध गर्ने, आफ्नो ऐन कानूनमा गैससको भूमिका नसमेट्ने कार्य गरिरहेको प्रति आपत्ति जनाउदै गैससले वाग्मति प्रदेश सरकारसँगको सहकार्यमा निर्माण गरेको निर्देशिका पालिकाहरुले कार्यान्वयनमा ल्याउनु पर्नेमा जोड दिनु भयो । कार्यक्रममा नेपाल बार एशोसिएशन भक्तपुरका अध्यक्ष रबिन्द्र प्रधान, नेपाल पत्रकार महासंघ भक्तपुरका सचिव संजिब शुभचिन्तक, गैसस महासंघ भक्तपुरका सल्लाहकारद्धय दुर्गामोहन श्रेष्ठ, जुना बस्नेत, गैसस महासंघ भक्तपुरकी उपाध्यक्ष अनिता पाण्डेलगायतले गैससको भूमिका सरकारको सहयोगीको रुपमा रहेपनि गैससमाथिको विभेद भने अन्त्य नभएको चर्चा गर्नु भयो । गैसस महासंघ भक्तपुरका सचिव रमेश गिरीले वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभयो भने कोषाध्यक्ष पहलमान श्रेष्ठले आर्थिक प्रतिवेदन पेश गर्नु भयो । गैसस महासंघ भक्तपुरका अध्यक्ष एवं कार्यक्रमका सभापति नारायणप्रसाद न्यौपानेले गैससले सामाजिक बिकासको क्षेत्रमा गरेको कामको चर्चा गर्दै कोरोनाले ल्याएको विपदलाई मध्यनगर गर्दै गैससले विपद व्यबस्थापन कोष स्थापना गरेको बताउनु भयो । --- # चुनावपछि सडकमा जान्छौँ : अध्यक्ष दाहाल Source: https://newskunda.com/archives/2008 Category: FEATURED NEWS, राजनीति, समाचार Last updated: 2022-09-04 काठमाडौँ, १९ भदौ : नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गणतन्त्रप्रति प्रहार हुँदै आएकाले त्यसको रक्षाका लागि मङ्सिर ४ गतेको निर्वाचपछि सडकमा जाने उद्घोष गर्नुभएको छ । काठमाडौँमा माक्र्सवादी ज्ञान केन्द्रद्वारा आज आयोजित ‘नेपाली समाजवादको मार्गचित्र’ विषयक कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले गणतन्त्रमाथि विभिन्न क्षेत्रबाट आक्रमण भइरहेको तथा परिवर्तनलाई उल्ट्याउने र त्यसको नेतृत्वलाई निस्तेज पार्ने क्रम चलिरहेकाले त्यसविरुद्ध सडक आन्दोलन जरुरी भएको बताउनुभयो । अध्यक्ष प्रचण्डले भन्नुभयो, “चुनावपछि यो प्रणाली बदल्नका लागि म सडकमा जान्छु, सडकबाट मात्रै संविधानमा समाजवादको जे परिकल्पना गर्न खोजिएको हो, जे सपना देखेर कम्युनिष्ट र वामपन्थी एकता गर्न आवश्यक छ भनिएको हो त्यसलाई प्राप्त गर्न र अहिलेको निर्वाचन मेशिनरी र शासन मेशिनरी बदल्नका लागि जनतामा जानुको कुनै विकल्प छैन ।” संसद् विघटनको सम्बन्धमा निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले संसदीय विशेष सुनुवाई समितिमा गएर बयान दिँदै आफू सडकको घेराबन्दीमा परेँ भनेर भनेको उल्लेख गर्दै अध्यक्ष दाहालले थप्नुभयो, त्यो सडकको घेराबन्दीको नेतृत्व मैले गरेको हो भन्ने मलाई लागेको छ । उहाँले यदि लाखौँ जनता ल्याएर सडकमा आन्दोलन नगरेको भए त्यो संसद् विघट नै हुने र नेपाल फेरि एक पटक डरलाग्दो निरङ्कुशता तिर जान्थ्यो भन्नुभयो । यो प्रणालीलाई बदल्नका निम्ति जनताको बीचमा जानुपर्ने आवश्यकता रहेकाले पनि आफू सडकमा जान लागेको उहाँले बताउनुभयो । उहाँले एक वर्षभित्रमै ठूलै आन्दोलन हुने पनि बताउनुभयो । उहाँले अहिलेको निर्वाचन प्रणालीलाई कायमै राखेर भ्रष्टाचारमुक्त समाज परिकल्पना सम्भव नभएका बताउनुभयो । यो निर्वाचन प्रणालीले भ्रष्ट र दलाल पूँजीपति वर्गलाई नै अगाडि ल्याउने उहाँले बताउनुभयो । यसले थाहै नपाई पार्टीका नेतालाई पनि भ्रष्टीकरणमा जान पनि बाध्य पार्ने उहाँले बताउनुभयो । उहाँले यसलाई अन्त्य गर्न कम्तीमा पनि जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख आवश्यक भएको बताउनुभयो । अध्यक्ष प्रचण्डले कृषिको क्षेत्रमा क्रान्ति नल्याइ आत्मनिर्भर अर्थतन्त्रको जग बसाल्न सम्भव नभएको बताउनुभयो । उहाँले रुस युक्रेन यद्धका कारण संसारभर आर्थिक सङ्कटको स्थिति पैदा भएको र अझ ताइवानको विषयमा अमेरिका र चीन आमनेसामने भइसकेपछि नयाँ राजनीतिक धु्रवीकरणको स्थिति देखा परेको बताउनुभयो । यो अवस्थामा कतिपय मुलुक खाद्यान्न रोक लगाउने अवस्थामा रहेको र यसले सामान्य रुपमा हेर्दा तत्काल असर हुने देखिएला तर यसले भने कालान्तरमा आत्मनिर्भर अर्थतन्त्र बचाउनका निम्ति नकारात्मक रुपमा ठूलो भूमिका खेल्ने बताउनुभयो । यस्तो अवस्थामा राज्यले पनि कतिपय निर्यात रोक्ने अवस्था आउनसक्ने उहाँले बताउनुभयो । तर अहिले नेपाल त्यस्तो स्थितिमा नरहेको पनि अध्यक्ष प्रचण्डको भनाइ थियो । अध्यक्ष दाहालले अहिलेको गणतन्त्र त्यत्तिकै नआएको र त्यसका लागि ठूलो त्याग र सङ्घर्ष रहेको बताउनुभयो । संविधानले समाजवादको परिकल्पना मात्रै गरेको भए पनि साँच्चै समाजवादको ठोस भिजन र कार्ययोजनासहित जगैदेखि उत्पादन वृद्धि, श्रम र संस्कृति रुपान्तरण गर्ने योजना आफ्नो रहेको बताउनुभयो । त्यही योजनाका साथ आफ्नै पहलमा वाम गठबन्धन गरेको तर त्यो सफल नभएको उहाँले जानकारी दिनुभयो । यो सचेत रुपमा नै निरन्तरतामा क्रमभङ्गता गरेको तर सफल हुन नदिइएको उहाँले बताउनुभयो । कार्यक्रममा नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले जनताको चेतनास्तर परिवर्तन गर्न नसकेमा समाजवादको परिकल्पना गर्न नसकिने बताउनुभयो । उहाँले व्यक्तिवादी, भ्रष्ट प्रवृत्ति निमिट्यान्न नभएसम्म समाजवाद आउनै नसक्ने बताउनुभयो । ' उहाँले भन्नुभयो, “जनताको समस्या प्रति कति संवेदनशील छ भन्ने कुराले समावादको निर्धारण हुन्छ ।” अध्यक्ष नेपालले राजनीतिक दलमा गैर राजनीतिक प्रवृत्ति हावी हुँदै गएको बताउनुभयो । पार्टीका नेताहरु जनता र राष्ट्रप्रति जिम्मेवार नभएको र लोकतन्त्रप्रति गम्भीर नभएकाले यसप्रति गम्भीर रुपमा आत्मसमीक्षा गर्न जरुरी रहेको औँल्याउनुभयो । उहाँले अन्य मुलुकका अभ्यासको विश्लेषणको आधारमा मुलुकको समाजवादको मार्गचित्र तयार गर्नुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा नेकपा (एमाले) का नेता घनश्याम भुसालले सरकारमा गएर मात्रै रुपान्तरण नहुने कुरा ३०/४० वर्ष कम्युनिष्ट पार्टी सरकारमा गएबाट स्पष्ट भएको बताउनुभयो । त्यसले रुपान्तरण गर्न सकेन भने कुनै पनि अर्थ नहुने भुसालको भनाइ थियो । उहाँले नेपालमा जनवादी क्रान्ति सकिएकाले अबको बाटो समाजवादी क्रान्ति नै भएको र त्यसका लागि पहिले कृषि क्रान्ति आवश्यक भएको बताउनुभयो । समाज र विज्ञानले पुष्टि गर्ने योजना नभएमा जस्तो सुकै अवधारणा पनि सफल नहुनेमा उहाँको जोड थियो । उहाँले कुनै पनि मुलुकमा समाजवाद एकैपटक नआउने र चरणचरणमा आउने भन्दै दलाल पूँजीपति परम्पराले समाजवादको बाटोलाई अवरोध गर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “जुन दिन बाध्यताले विदेश पुगेका नेपालीहरू सबै फिर्ता हुन्छन्, त्यही दिनबाट समाजवादको चरण सुरु हुनेछ ।” त्यसका लागि पहिले कृषि क्रान्ति हुनुपर्ने र त्यपछि उत्पादनमूलुक उद्योगको विकास जरुरी रहेको बताउनुभयो । त्यसपछि गुणस्तरीय शिक्षा र स्वास्थ्य सुलभता हुनुपर्नेमा उहाँको जोड थियो । कार्यक्रममा नेकपा (बहुमत)का महासचिव धर्मेन्द्र वास्तोलाले मुलुकमा प्रत्यक्ष निर्वाचित राष्ट्रपति हुनुपर्नेमा जोड दिँदै कम्युनिष्ट पार्टीबीच एकताको आवश्यकता रहेको बताउनुभयो । --- # चुनावी गठबन्धन बनाउने निर्णय गर्दै लोसपाले प्रधानमन्त्री देउवालाई ज्ञापनपत्र बुझाउदै Source: https://newskunda.com/archives/1138 Category: FEATURED NEWS, राजनीति, समाचार Last updated: 2022-06-05 लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) ले आफ्ना विभिन्न माग पुरा गराउनका लागि प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापनपत्र बुझाउने भएको छ । मंगलवार ज्ञापनपत्र बुझाउने निर्णय आइतबार बसेको कार्यकारिणी समितिको बैठकले गरेको छ । ज्ञापनपत्र तयार गर्ने जिम्मेवारी कार्यकारिणी सदस्य लक्ष्मण लाल कर्ण, सर्वेन्द्रनाथ शुक्ला र केशव झालाई दिएको छ । नागरिकता, संविधान संशोधन, मधेश आन्दोलनको क्रममा लागेको मुद्दा फिर्ता, जेलमा रहेकालाई रिहायलगायतका माग राख्दै लोसपाले ज्ञापनपत्र बुझाउन लागेको कार्यकारिणी सदस्य एकवाल अहमदल जानकारी गराए । बबरमहलस्थित पार्टी कार्यालयमा दुई दिनदेखि लोसपा केन्द्रीय समितिको बैठक चलिरहेको थियो । बैठक आज सम्पन्न भएको छ । दुई दिनसम्म चलेको बैठकमा चुनावको समिक्षा, आगामी चुनावका लागि रणनीति तथा संगठन निर्माणको विषयमा केन्द्रित रहेर छलफल गरेको छ । लोसपा नयाँ पार्टी भएको, पूर्णरुपमा संगठन निर्माण हुन नसकेको कारण स्थानीय चुनावमा सोचे जस्तो नतिजा ल्याउन नसकेको निष्कर्ष लोसपाले निकालेको छ । पाँच दलीय गठबन्धनले स्थानीय तहको चुनावमा सत्ताको दुरुपयोग गरेर लोसपालाई ठाउँ ठाउँमा कमजोर बनाउने प्रयास गरेको पार्टीले निष्कर्ष निकालेको कार्यकारिणी सदस्य अहमदले बताए । पाँच दलको गठबन्धन नभएको भए लोसपाले पनि राम्रै नतिजा ल्याउथ्यो तर गठबन्धनका कारण सोचे जस्तो नतिजा नल्याएको तर निराश हुने अवस्था पनि नरहेको लोसपाले जनाएको छ । बैठकले आगामी चुनावमा दलहरूसँग चुनावी तालमेल गरेर जाने निर्णय गरेको अर्का केन्द्रीय सदस्य एकवाल मियाँले बताए । उनले भने, ‘चुनावमा कुनै नकुनै दलसँग तालमेल गर्ने तर कुन दलसँग गर्ने अहिले नै निश्चित भएको छैन, आवश्यकता अनुसार दलहरुसँग वार्ता गरेर यस विषयमा अगाडि बढ्ने विषयमा छलफल भएको छ ।’ बैठकले केन्द्रीय समिति गठन, कार्यकारिणी समिति विस्तार, भातृ संगठन निर्माणलगायतका कार्य चाडै सम्पन्न गर्ने निर्णय गरेको छ । त्यसका लागि तत्कालै शीर्ष नेताहरुको बैठक बसेर यस कामलाई अगाडि बढाउने सहमति भएको उनले बताए । --- # चेपाङले मनाए ‘न्वागी’ Source: https://newskunda.com/archives/2031 Category: FEATURED NEWS, जीवन शैली, समाचार, समाज Last updated: 2022-09-08 भरतपुर, २३ भदौ : चितवनका चेपाङ समुदायले बुधबार ‘न्वागी’ पर्व मनाएका छन् । हरेक वर्ष भदौ महिनामा चेपाङ समुदायले यो पर्व मनाउँदै आएका छन् । भदौमा नयाँ अन्नबाली र फलफूल पाकेपछि यो पूजा गर्ने चलन छ । केही वर्षयता नेपाल चेपाङ सङ्घको पहलमा भदौ २२ गतेलाई छोनाम अर्थात् ‘न्वागी’ राष्ट्रिय पर्वको रूपमा मनाउने गरिएको छ । यस दिन चामल, पिँडालु, निबुवा आदि फलफूलले भूमि पूजा गरी पितृलाई खुवाउने गरिन्छ । झाँक्रीले पूजा नगरी गाउँमा नयाँ फलफूल तथा अन्न खाएमा रोगव्याधी लाग्ने विश्वास यो समुदायमा छ । बुधबार रत्ननगर–१० स्थित गामबेँसी चेपाङ संरक्षण केन्द्रमा पनि त्यसैगरी झाँक्रीले पूजा गरी न्वागी मनाइयो । पूजामा सरिक झाँक्री अमितलाल चेपाङले भन्नुभयो, “यो हाम्रो ठूलो चाड हो, हामीले पूजा नगरी नयाँ अन्न कसैले खानु हुँदैन ।” उहाँले नयाँ अन्नको पूजा नगरी खाँदा विभिन्न रोगव्याधी लाग्ने विश्वास रहिआएको बताउनुभयो । न्वागीमा छरछिमेकी र नाताकुटुम्ब निम्तो गरेर सामूहिक भोज खाने, नाचगान गर्ने र सुख दुःख साट्ने गरिन्छ । तर, पछिल्लो समय यो पर्व पनि लोप हुने खतरा बढेको छ । धर्म परिवर्तनले उनीहरूको मौलिक परम्परा नै धुमिल बन्दै गएको छ । यो पर्व मनाउने चेपाङ घट्ने क्रममा छन् । राप्ती नगरपालिका–१२, वाकराङका सञ्जीव चेपाङ पछिल्लो समय यो पर्व मनाउनेको सङ्ख्या घट्दो क्रममा रहेको बताउनुहुन्छ । “पहिले धुमधामका साथ यो पर्व मनाइन्थ्यो, अहिले घट्दो अवस्थामा छ”, उहाँले भन्नुभयो, “पछिल्लो समय धर्म परिवर्तनले झाँक्री लगाएर पूजा गर्ने चलन हट्न थालेको छ ।” राप्ती नगरपालिकाकै कृष्णलाल चेपाङलाई पनि विगतभन्दा अहिले यो पर्व मनाउने अवस्था फेरिँदै गएको महसुस हुन्छ । “धर्म परिवर्तन गर्नेले मनाउन छोड्दै गएका छन्”, उहाँले भन्नुभयो । चेपाङ राप्ती नदी उत्तर र त्रिशूलीपूर्व उठेको महाभारत पर्वत शङ्खला वरिपरिका रैथाने मानिन्छन् । मकवानपुर पश्चिम, चितवनको उत्तर र धादिङका दक्षिणी भेगमा चेपाङको बसोबास छ । चेपाङको आफ्नै भाषा, संस्कृति र वेषभूषा रहे पनि त्यसको संरक्षण चुनौती बनेको छ । विगतदेखि मान्दै आएको चाडपर्व कतै लोप हुने हो कि भन्ने उनीहरुमा चिन्ता छ । चेपाङको जीवन वनजङ्गल र जमिनसँग जोडिएको छ । उनीहरु वनजङ्गल नजिक, भिरालो परेको जमिन र खोला नजिक छरिएर रहेका छन् । राष्ट्रिय जनगणना २०६८ अनुसार नेपालमा चेपाङको सङ्ख्या ६८ हजारभन्दा बढी छ । चेपाङको पर्वमा पहिलो पटक बागमती प्रदेशले सार्वजनिक बिदा दिएर सम्मान गरेको छ । गामबेँसी चेपाङ संरक्षण केन्द्रमा ‘न्वागी’ बुधबार रत्ननगरको गामबेँसी चेपाङ संरक्षण केन्द्रमा ‘न्वागी’ पर्व मनाइएको छ । चेपाङ बालबालिकालाई आवासीय रुपमा शिक्षा दिँदै आइरहेको संरक्षण केन्द्रले बालबालिकामा संस्कृति संरक्षणका लागि चेतना बढोस् भन्ने उद्देश्यले पर्व मनाइएको केन्द्रका अध्यक्ष केपीकिरण शर्माले बताउनुभयो । --- # छुटेको भक्तपुरलाई समेट्दै सांसद बस्नेतको पहलमा आयो भक्तपुरमा मेलम्चीको पानी, अझै छुटेको ठाउँमा पानी पुर्याउने प्रतिबद्धता Source: https://newskunda.com/archives/1036 Category: FEATURED NEWS, राजनीति, समाचार, समाज Last updated: 2022-05-27 **एमाले युवा नेता बस्नेतले भन्नुभयो, “मेलम्ची खानेपानी आयोजना भक्तपुरमा छुटे पछि यहाँको जनताको भावना र माग बुझेर मैले मेलम्ची जसरी पनि भक्तपुरमा ल्याउनु पर्छ भनेर पहल गरेँ, तत्कालिन सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीलाई यसबारे जानकारी गराउदै बजेट विनियोजना गराएर मेलम्ची भित्र भक्तपुरलाई पार्न सफल भएको हौ ।** **==============================================** भक्तपुर, १३ जेठ । आम जनताको चासो र सरोकार बोकेको मेलम्ची खानेपानी आयोजना अन्तर्गत वितरण सुरु भएको मेलम्ची खानेपानी भक्तपुरका तीन नगरपालिकामा सफलतापूर्वक परीक्षण सम्पन्न भएको छ । एमालेका पोलिट व्यूरो सदस्य, प्रतिनिधि सभाका सांसद एवं पूर्वमन्त्री महेश बस्नेत, सूर्यसविनायक नगरपालिकाका प्रमुख वासुदेव थापाले आज सूर्यविनायकको पाण्डु बजारबाट संयुक्त रुपमा मेलम्चीको पानी वितरणको शुभारम्भ गर्नु भयो । यसअघि भक्तपुर मै पहिलो पटक २०७८ बैशाख ८ गते मध्यपुरथिमिको बोडे ट्यांकीबाट एमालेका युवा नेता एवं सांसद महेश बस्नेत र मध्यपुरथिमि नगरपालिकाका तत्कालिन मेयर मदन सुन्दर श्रेष्ठले संयुक्त रुपमा थिमिमा मेलम्चीको पानी वितरणको शुभारम्भ गरेर पहिलो पटक सफल परीक्षण गरिएको थियो । आज काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) को आयोजनामा मेलम्ची खानेपानी आयोजनाको पानी वितरण गरि भक्तपुरको सूर्यविनायकमा सफलतापूर्वक परीक्षण सम्पन्न गरिएको हो । आयोजनाले सांसद महेश बस्नेत, सूर्यविनायक नगरपालिकाका प्रमुख वासुदेव थापालगायत जनप्रतिनिधिहरुले सूर्यविनायक पाण्डु बजार स्थित मेलम्चीको खानेपानी ट्याङ्कीको साँचो खोलेर सूर्यविनायक नगरपालिका भित्रका २ हजार ५०० घरका धाराहरुमा सफलता पूर्वक पानी छोडी परीक्षण सम्पन्न गरिएको हो । खानेपानीकोे पुरानो पाइपलाइन र नयाँ पाइप लाइन जडान गरिएको क्षेत्रहरु जगाती आदर्श, पाण्डुबजार, घलाते, चुनदेवी, सुबर्ण चोक, सल्लाघारीदेखी राधेराधे पुलसम्मका घरका धाराहरुमा सफलता पूर्वक पानी छोडी परीक्षण सम्पन्न गरिएको काडमाडौँ खानेपानी आयोजना भक्तपुरका निमित्त प्रमुख चेत बहादुर ऐरले जानकारी दिनुभयो । भक्तपुर नगरपालिका क्षेत्रका करिव चार हजार भन्दा बढी धाराहरुमा हिजो सफलतापूर्वक परीक्षण सफल भएको जानकारी दिदै उहाँले हिजो र आज गरि सात हजार धारामा पानी वितरण गरिएको र भक्तपुरका चारवटै पालिकामा मेलम्चीको खानेपानी वितरण गरिने उहाँले जानकारी दिनु भयो । सूर्यविनायकको पाण्डु बजार हाइटमा मेलम्चीको खानेपानी वितरणका लागि २० लाख लिटर क्षमताको पुरानो र ६० लाखको लिटर क्षमताको नयाँ गरि ८० लाख लिटरको क्षमताको दुई वटा ट्याङ्की निर्माण गरेकोमा अहिले २० लाख लिटर क्षमताको ट्याङ्कीबाट पानी वितरण सुरु गरिएको केयूकेएल भक्तपुरका निमित्त प्रमुख ऐरले जानकारी दिनु भयो । काठमाडौं उपत्यका खानेपानी आयोजनामा परिणत हुँदा मेलम्ची खानेपानी आयोजनाले पानी वितरणका लागि उपत्यकाका सबै जिल्ला पालिकालाई आवेदन गरि शेयर भर्न आव्हान गर्दा भक्तपुरबाट त्यसप्रति बेवास्ता भई शेयर नभर्दा मेलम्ची आयोजनाबाट भक्तपुर जिल्ला छुटेको थियो । मेलम्चीको पानी नआउने भए पछि यहाँका जनताले बिभिन्न निकायमा धाएर मेलम्चीको पानी माग गरे पछि सांसद महेश बस्नेतले भक्तपुरमा मेलम्चीको खानेपानी ल्याउन पहल कदमी सुरु गर्नु भएको थियो । एमाले युवा नेता बस्नेतले भन्नुभयो, “मेलम्ची खानेपानी आयोजना भक्तपुरमा छुटे पछि यहाँको जनताको भावना र माग बुझेर मैले मेलम्ची जसरी पनि भक्तपुरमा ल्याउनु पर्छ भनेर पहल गरेँ, तत्कालिन सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीलाई यसबारे जानकारी गराउदै बजेट विनियोजना गराएर मेलम्ची भित्र भक्तपुरलाई पार्न सफल भएको हौ । प्रतिनिधि सभाका सांसद बस्नेतको पहलमा एमालेका अध्यक्ष केपी ओली नेतृत्वको तत्कालिन सरकारको पालामा काठमाडौँसँगै भक्तपुरमा पनि खानेपानी वितरण गर्ने योजना थप भएको थियो । ओलीले सरकारको पालामा मेलम्चीको पानी भक्तपुर ल्याउन डिपिआर बनाएर पाइप लाइन बिछ्याउन चार करोड रुपियाँ विनियोजन समेत भएको थियो । मेलम्चीको पानी वितरण सुरु भए पछि नेपाली कांग्रेसदेखि नेमकिपासम्मले जस लिन खोजेको भन्दै भक्तपुरमा मेलम्चीको पानी नितान्त एमालेको पहलमा आएको सांसद बस्नेतले बताउनु भयो । उहाँले भक्तपुरमा पाइप लाइन बिस्तारमा ओली नेतृत्व सरकारकै पालामा डिपिआर बनाएको पाइप बिछ्याउने काम समेत भएको भन्दै प्रष्ट भएको यो कार्यक्रमलाई वर्तमान् सरकारले नीति तथा कार्यक्रममा समावेद गरकै भरमा कांग्रेसले मेलम्ची ल्यायो भनेर जस लिन खोज्नु हाँस्यास्पद भएको टिप्पणी गर्नु भयो । उहाँले अहिले पनि सूर्यविनायकको ७, ९ र १० वडा तथा चाँगुनारायण नगरपालिकामा मेलम्ची खानेपानी आयोजना छुटको भन्दै अग्लो ठाउँमा लिफ्टिङ् सिस्टमबाट मेलम्चीको पानी तिरण गर्न र चाँगुनारायण नगरपाकिलालाई समेत मेलम्ची खानेपानी आयोजना भित्र पारेर समान रुपमा पानी वितरण गर्न गराउन आफूले पहल गरिएको नेता बस्नेतले बताउनु भयो । उहाँले भक्तपुरका चार वटै नगरपालिकाको सबै क्षेत्रमा मेलम्चीको पानी वितरण गर्न आफू लागिरहेको सांसद बस्नेतले बताउनु भयो । सूर्यविनायक नगरपालिकाका कटुञ्जे, बालकोट, सिरुटारलगायतका क्षेत्रहरुमा मेलम्ची खानेपानीको डिपीआर अघिल्लो आर्थिक वर्षमै सम्पन्न भैसकेकाले तत्काल मेलम्ची खानेपानीको पाइपलाई विस्तार गरी साविक पुरानै खानेपानीका ट्याङकीहरुमा मेलम्चीको खानेपानी खसाली समग्र सूर्यविनायक भित्र रहेका खानेपानीको समस्या सधैंको लागि अन्त्य गरिने उहाँले बताउनु भयो । कार्यक्रममा सांसद बस्नेत, नगरप्रमुख थापा, वडा नं. ७ का वडाध्यक्ष रविन्द्र सापकोटा, वडा नं. १० का शिवराम राउत, स्थानीय जनप्रतिनिधि, आयोजनाका कर्मचारी तथा स्थानीयवासीको सहभागिता रहेको थियो । सांसद बस्नेतले भन्नुभयो, “मेलम्चीको खानेपानी भक्तपुरमा पहिलो चरणमा नै ल्याउन मैले ठूलै संघर्ष गर्नु पर्यो, यो आयोजनाको लागि जग्गा अधिकरण र पाईप विस्तारलगायतको कार्यहरु एमाले सरकारको नेतृत्वमा भएको बेलामा गरेका हौ । यसअघि मध्यपुरथिमि क्षेत्रमा दैनिक ३० लाख लिटर मेलम्चीको खानेपानी वितरण गर्ने गरि सफल परीक्षण गरिएको थियो । --- # जठामंगल पर्व टोलटोलमा घुमाएर मारियो, राक्षसको प्रतिक घण्टाकर्ण Source: https://newskunda.com/archives/1571 Category: FEATURED NEWS, कला तथा साहित्य, समाचार, समाज Last updated: 2022-07-26 भक्तपुर, १० साउन : प्रत्येक साउन कृष्ण चतु्र्दशीका दिन नेवार समुदायमा मनाईने घण्टा कर्ण अर्थात गठामङ्गल पर्व आज भक्तपुरका नेवार समुदायले भव्य र उपत्यकामै पृथक शैलीमा मनाएका छन् । नेवार समुदायले परापूर्वकालदेखि मनाउँदै आएको यस पर्वमा गठामङ्गल नाम गरेको नरभक्षी राक्षस मारिएको सम्झना स्वरूप आज साँझ भक्तपुरको टोलटोलबाट हरियो नर्कट, निगालो र गहुँको छ्वालीबाट तीनखुट्टे राक्षसको रुप बनाएर टोलटोल घुमाउदै दोबाटो र चौबाटोमा पुर्याई जलाएर पर्व मनाएको हो । भक्तपुरको भेलुखेल र दत्तात्रयमा भने पृथक शैलीमा यो पर्व मनाउने परम्परा रहेको छ । निगालोको चोयाबाट पूर्ण राक्षर रुपी गठांमंगल बनाई बाहिर कपडाले मोडेर बिभिन्न रंग लगाई राक्षसको स्वरुप बनाएर टोलटोलमा घुमाएर जगाती लगेर बिसर्जन गर्ने परम्परा छ । यस प्रकारको राक्षस रुपी अन्य कतै पनि नभएको र यहाँ पृथक शैली रहेको स्थानिय बाबुरत्न द्यौलाले बताउनुभयो । भक्तपुरका ईतिहासविद् एवं संस्कृतविद डा. पुरुषोत्तमलोचन श्रेष्ठ सातौ शताब्दीदेखि चल्दै आएको यो परम्परा महादेवसंग जोडिएको बताउनुहुन्छ । उहाँले महादेवलाई मन पराउने राक्षसको रुपमा गठामङ्गल वीर शैव सम्प्रदाय अन्तर्गत रहेको बताउनुभयो । उहाँका अनुसार आजको दिनलाई महादेव उत्पत्तिको दिन समेत मानिने गरिन्छ । आजदेखि रोपाई सकेर रमाईलो गर्ने, चाँडबाडको परम्परा सुरु हुने दिनका रुपमा पनि मानिने डा. श्रेष्ठले बताउनु हुन्छ । आज केटाकेटीले बाटोमा डोरी टाँगेर पैसा (जगात्) माग्ने र साँझ राँको बाली उक्त राक्षसको प्रतीकलाई घिसार्दै जलाउने प्रचलन छ । गोपाल वंशावलीअनुसार गठामङ्गललाई सत्य, रज र तम गुण मानेर भैरवका प्रतीकका रूपमा लिइने र नवविवाहित स्त्री–पुरुषले दर्शन गर्नुपर्ने चलन छ भने टोलटोमा राँको बालेको छ्वालीको आगोमा बालबालिकालाई सेकाएर रोगव्याधी नाश हुने र भूतप्रेतले नछुने जनविश्वास रहेको संस्कृतकर्मी रामेश्वर बैद्य बताउनु हुन्छ । भक्तपुरमा यौनसंग पनि यसलाई दाज्ने गरिन्छ । राक्षस रुपी गठामङ्गललाई शरीरको रुप दिएर परालबको लिङ्ग बनाई दुईवटा भोगटेको अण्डकोष बनाएर अश्लिल गीतहरु गाउँदै चोकचोकबाट निकालेर दोबाटो चौबाटोमा लगेर जलाएर भष्म गर्ने परम्परा वर्षौदेखि चल्दै आएको उहाँ बताउनु हुन्छ । यहाँका बासिन्दाले राँको बालेर भूत भगाउँने भन्दै पुत्लाका रुपमा बनाइएको घण्टाकर्ण राक्षसको मुखमा आगो लगाएर घिसार्दै खोला किनारमा पुर्याईन्छ । अश्लील गाली र गीत गाउँदै मनोरञ्जन गरेर घण्टाकर्ण राक्षसलाई जलाइन्छ । परम्परादेखी नै यो पर्व मनाउँदा अश्लिल शब्दहरुको प्रयोग गर्ने छुट रहेको उहाँ बताउनु हुन्छ । घण्टाकर्णको दाहसंस्कार गरि फर्किदा बाटोमा पर्ने धारा, ढुंगेधारा, कुँवा, पोखरी, इनार आदिमा पुगेर चोखिने प्रचलन रहेको छ । फर्केर घर पुगेपछि छ्वाली बालेर धुवाले घर सेक्ने प्रचलन पनि छ भने घरको ढोकामा किला ठोकेर सम्हेबजी खाने प्रचलन छ । आजकै दिनदेखि नेवारी समुदायमा परम्परागत नाच तथा बाजागाजा सिकाउन सुरु गरिन्छ । गाईजात्राका बेला प्रदर्शन गरिने भैरवलगायतका बिभिन्न नाच, व्यङ्ग्यात्मक नाटकको प्रशिक्षण पनि आजैबाट गरिन्छ । यहाँको नवदुर्गा नाचका लागि आजकै दिनदेखि मुखुण्डो बनाउने कार्य सुरु गरिन्छ । **शक्तिपिठमा घुईचो** त्यसैगरि भक्तपुरका विभिन्न शक्ति पिठहरुमा आज विहानैदेखि दर्शनार्थीको भीड लागेको छ । साउन शुक्ल चतुर्दशी दिन मनाइने घण्टाकर्ण अर्थात गठेमंगल पर्वको अवसरमा आज बिहानैदेखि विभिन्न शक्तिपीठमा दर्शनार्थीको घुइँचो लागेको थियो । नेवार समुदायले आज बिहानै स्नान गरि शुद्ध भएर घरघरमा लिपपोत गरि विभिन्न शक्तिपीठको दर्शन गरी त्यहाँबाट ल्याएको जल घरघरमा छर्कने प्रचलन रहँदै आएको छ । नेवार समुदायले रोपाई सकिएको पर्वको रुपमा पनि गठेमंगललाई ‘सिनाज्या ब्यंकेगु’ अर्थात् रोपाइँ सकिएको पर्वको रूपमा पनि यो पर्व मनाउने प्रचलन रहेको छ । --- # जनक शिक्षामा अझै ३३ लाख थान पाठ्यपुस्तक छपाई बाँकी Source: https://newskunda.com/archives/1077 Category: FEATURED NEWS, शिक्षा, समाचार Last updated: 2022-05-31 भक्तपुर, १७ जेठ । यस वर्षको शैक्षिक सत्र सुरु भएको तीन साता दिन बत्न लाग्दा पनि विद्यार्थीको हात हातमा पाठ्य पुस्तक पुग्न नसक्दा देशभर विद्यालय तहको पुस्तक अभाव भएको छ । विद्यालय तहका कक्षा ४ देखि कक्षा १० सम्मको पाठ्य पुस्तक छपाई एवं वितरणको जिम्मा पाएको सरकारी जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले सबै पुस्तक समयमै छपाई तथा वितरण गर्न नसक्दा देशभर पाठ्य पुरस्तक अभाब भएको छ । सरकारले कक्षा १ देखि ३ सम्मको पाठ्य पुस्तक छाप्ने जिम्मा निजी क्षेत्रलाई दिएपछि जनक शिक्षाले कक्षा ४ देखि १० सम्मको पाठ्य पुस्तक छाप्दै आएको छ । विगतमा पनि केन्द्रले समयमै पुस्तक छाप्न नसकेको भन्दै केही वर्ष अगाडि नै सरकारले निजी क्षेत्रलाई पुस्तक छपाईको जिम्मा दिएको थियो । जनक शिक्षाले अझै ३३ लाख थान पाठ्यपुस्तक छाप्नै बाँकी रहेको छ । चालु शैक्षिक सत्रका लागि आवश्यक १ करोड ९८ लाख थान पुस्तक छाप्नुपर्नेमा अहिलेसम्म १ करोड ६५ लाख थान मात्रै पाठ्य पुस्तक पछाई सकिएको केन्द्रका प्रबन्ध निर्देशक अनिलकुमार झाले जानकारी दिनु भयो । जनक शिक्षाले विद्यालय तहको ८५ प्रतिशत पुस्तक पछाइ सम्पन्न गरेको र १५ प्रशितत छपाई भइरहेको बताउदै उहाँले भन्नु भयो, “यस वर्षको शैक्षिक सत्रलाई जनक शिक्षाले एक करोड ९८ लाख थान पाठ्य पुस्तक छाप्नु पर्ने हो, अहिलेसम्म १ करोड ६५ लाख थान पुस्तक छपाई सम्पन्न भएर वितरण गरिसक्यौ, बाँकी पुस्तक असार पहिलो सातासम्म पछाई सक्छौ र अबको एक महिना भित्र बै विद्यार्थीको हातहातमा पुस्तक पुग्छन् ।” केन्द्र बिक्रेता मार्फत ७७ वटै जिल्लामा पुस्तक वितरण सुरु गरिसकेको भन्दै उहाँले काठमाडौं उपत्यका भन्दा बाहिर हिमाली तथा पहाडी जिल्लालाई प्राथमिकतामा राखेर पुस्तक वितरण गरेको बताउनु भयो । बहिरी जिल्लामा अपुग भएको पुस्तक दैनिक एक÷दुई ट्रक पठाइ रहेको बताउनु भयो । केन्द्रका सूचना अधिकृत चित्र आचार्यले पुस्तक वितरण ढिलाई हुँदा विद्यार्थीको हातमा पुग्न पनि ढिलाई भएको दाबी गर्नु भयो । उहाँले देशभर पुस्तक अभाव भनेर हल्ला भएझै नभएको दाबी गर्दै भन्नुभयो, “शैक्षिक सत्र सुरु हुनु भन्दा १५ दिन अगाडिनै पुस्तक बिक्री वितरण हुनु पथ्र्यो, यस वर्ष चुनाबले गर्दा जेठ ९ गतेबाट मात्रै पवुस्तक वितरण सुरु भयो, फेरी बाहिर हल्ला भए झै सबै पुस्तक सबै ठाउँमा अभाव भएको छैन, केही कक्षाका सेठमा एक दुई विषयको पुस्तक अपुग भएको छ, त्यो पनि असारको २० गतेसम्म सबै विद्यार्थीको हात हातमा पुग्छ ।” कक्षा ४, ७ र ९ को कोर्ष नयाँ भएकाले ती कक्षाका सबै विषयको पुस्तक सेटमै सबै विद्यार्थीको हातमा पुगेको दाबी गर्दै उहाँले ५, ६ र ८ को पुस्तकको हकमा भने सेटमा केही विषय कुनै कुनै जिल्लामा मात्रै अपुग रहेको दाबी उहाँले गर्नु भयो । यस वर्ष निजी विद्यालयले पनि जनक शिक्षाको केही पुस्तक केही कक्षामा लगाएकाले केही विषय बजारमा अभाव भएकाले त्यस्ता विषयको पुस्तक बढी छाप्नु पर्ने अबस्था आएको उहाँको भनाइ छ । कागजको नियमित आपूर्ती नहुँदा र जनक शिक्षाले स्थानीय तहको निर्वाचनको मतपत्र छपाईलाई बिशेष ध्यान दिएर त्यसमै जनशक्ति एवं छापाखाना प्रयोग गर्नु पर्दा पुस्तक छपाईमा केही ढिला हुन गएको सूचना अधिकृत आचार्य बताउनु हुन्छ । अहिले जनक शिक्षाले दैनिक ८० हजार थान पुस्तक छाप्दै आएको र प्रज्ञा प्रतिष्ठानले २५ हजार थान गरेर दैनिक एक लाख ५ हजार थान पुस्तक छाप्दै आएको उहाँले बताउनु भयो । केन्द्रले पुस्तक छपाईमा ढिलाई गरे पछि संघीय संसद प्रतिनिधिसभा अन्तर्गतको शिक्षा तथा स्वास्थ्य समितिले समेत केन्द्रका प्रबन्ध निर्देशक झासंग सोधपुछ गरेको थियो । उहाँले रुस–युक्रेनबीचको युद्वका कारण कागज नआउदा र स्थानीय तहको निर्वाचनका लागि मतपत्र छपाई गर्दा समयमै पुस्तक छाप्न नसकिएको बताउनु भयो । असोज २४ गते चैतको १० गतेसम्ममा सम्पूर्ण कागज आपूर्ति गरिसक्नुपर्ने सम्झौता कागज सप्लायर्ससँग गरिए पनि त्यस बीचमा रूस–युक्रेन युद्ध सुरु भए पछि कागज आपूर्तीका समस्या भएकाले पुस्तक पछाईमा ढिला भएको दाबी केन्द्रको छ । समितिले एक महिनाभित्र पुस्तक छापेर पुस्तक विद्यार्थीसम्म पु¥याउन निर्देशन दिएको थियो भने गत आइतबार शिक्षा मन्त्री देवेन्द्र पौडेल केन्द्रको अनुगमनमा जादा सार्वजनिक बिदा मनाउन घर बस्नु भएका झा केन्द्रमा भेटिनु भएन । शिक्षा मन्त्रीमा पौडेल नियुक्ती भएको केही दिनमै जनक शिक्षाको अनुगमन गर्दै केन्द्रका प्रबन्ध सञ्चालक झालाई यस वर्ष शैक्षिक सत्र सुरु हुनु अगाडि नै विद्यार्थीको हात हातमा पुस्तक पुर्याउन निर्देशन दिनु भएको थियो । कुनै पनि बाहनामा पुस्तक छपाईमा ढिला र अभाव नहोस् भन्दै निर्देशन दिदाँ झाले यस वर्ष कुनै पनि बाहनामा पुस्तक छपाईमा ढिला नहुने प्रतिबद्धता जनाउनु भएको थियो ।––– --- # जनता बचाउने कि पद नै त्याग्ने, प्रधानमन्त्री ज्यू ! Source: https://newskunda.com/archives/2324 Category: FEATURED NEWS, राजनीति, समाचार, समाज Last updated: 2022-10-31 -रुषा थापा, भक्तपुर भक्तपुर : प्रधानमन्त्री शेरबहादुर देउवालाई जनता सोध्छन् , थोत्र्रापुराना , कबाडी वा २० वर्ष गाडी चलाउन दिएर दिनहुँ ५ देखि ३५ जना मानिस मार्ने कि २० वर्षे गाडी चलाउनमा प्रतिबन्ध लगाउने । यातायात व्यवसायले सरकार चलाएको हो कि प्रधानमन्त्री देउवाले चलाएको हो भन्नेमा जनता अन्योल छन् । दिनहुँ बच्चादेखि बुढोसहित सवारी दुर्घटनामा परेर मर्दा पनि के तपाईँलाई जनताको अलिकति पनि माया छैन । कि तपाईँले समाचार नै पढ्नु हुन्न कि हेर्न सक्नु हुदैँन । यदि जनताको बाँच्ने अधिकार नै सुरक्षित गर्न नसक्ने हो भने किन प्रधानमन्त्री पदमा बस्नु ,किन जनताले नै तिरेको करबाट तलबभत्रा खाएर , सरकारी गाडी चढेर , देशको झण्डा हल्लाउँदै हिड्नु । जो मानिस सवारी दुर्घटनामा मर्छ त्यो मानिसको घरपरिवारलाई मात्र त्यसको पीडा थाहा हुन्छ । जनता पैसा तिरेर गाडीमा चढेका हुन्, अनि के मर्नको लागि पैसा तिरेर गाडीमा चढेको हो र । पछिल्लो समय पैसा तिरेर गाडी चढ्नु भनेको त आफुले आफुलाई नै मर्नको लागि निमन्त्रणा दिनु जस्तो भइरहेको छ । आफन्त गुमाउँदा कति पीडा हुन्छ भन्दा त तपाईँले आफ्नो भाइ गुमाउँदा नै महसुस गरिसक्नुभएको छ प्रधानमन्त्रीज्युँ तर यत्रो र्निदोष जनताहरु सवारी दुर्घटनामा परेर मरिरहँदा तपार्इँ किन चुपचाप हुनुहुन्छ । सवारी दुर्घटनाबाट जनता बचाउनुपर्छ र २० वर्ष हटाउनुपर्छ वा नयाँ टयाक्सीको दर्ता खुलाउनुपर्छ भनेर तपार्इँमा कहिले चेतना आउने प्रधानमन्त्री ज्युँ । बाटो त सरकारको हो तर यातायात व्यवसायीहरु गाडी हाल्ने धनीसँग २ लाखदेखि १५ लाखसम्म पैसा लिइरहेका छन्, सरकारले तोकेकोभन्दा १८ करोड बढी भाडा दिनहुँ जनतासँग ठगीरहेका छन् , भिडबाट खसालेर जनता मारिरहेका छन् तर प्रधानमन्त्री देउवा व्यवसायीको अगाडी निरीह भएर बसिरहेका छन् । आफु काम गर्न नसक्ने अनि जनता मर्नुपर्ने । देशको प्रधानमन्त्री पदमा बसेपछि जनताको बाँच्ने अधिकार सुरक्षित गर्ने र सवारी दुर्घटना न्यूनीकरण गर्ने जिम्मा त तपार्इँकै होइन र । यदि दुर्घटना कम गराउन नसक्ने, जनताको बाँच्ने अधिकार सुरक्षित गर्न नसक्ने, २० वर्षे गाडी हटाउन नसक्ने, चार दशकदेखि बन्द रहेको हरियो र कालोप्लेटको टयाक्सीको दर्ता खुलाउन नसक्ने, कलिलो उमेरमा दिने वा अशिक्षित मानिसलाई दिने सवारी लाइसेन्समा प्रतिबन्ध लगाउन नसक्ने हो भने किन प्रधानमन्त्री पदमा बस्नु र किन यातायात मन्त्रीको जिम्मा लिनु । जनता प्रधानमन्त्री शेरबहादुर देउवालाई सोध्छन्, के यातायात व्यवसायीहरु मात्र जनता हुन्, सवारी दुर्घटनामा परेर ज्यान गुमाउने तै जनता होइनन् । अहिलेपनि २० वर्ष कटेका गाडीहरु बाटोमा गुडिनै रहेका छन् तर ट्राफिक प्रमुख मीरा चौधरीले यातायात व्यवसायीसँग पैसा खाएर यस्ता गाडीहरु चलाउनमा प्रतिबन्ध लगाएकी छिनन् । साथै बिग्रेका वा अवस्था ठिक नभएको वा २० वर्षे गाडीहरु बाटोमा चलाउन दिनुहुदैँन भनेर प्रधानमन्त्री देउवाले पनि गृहमन्त्रीलाई निर्दैशन दिदैँनन् । के प्रधानमन्त्री देउवा गृहमन्त्री बालकृष्ण खाँणसँग डराएका हुन् । गृहमन्त्री खाँण पनि ट्राफिक प्रमुख चौधरीलाई २० वर्षे गाडी वा बिग्रेका, अवस्था ठिक नभएका गाडीहरुको कागाजपत्र चेकजाँच गर्ने र यस्ता गाडीहरु चलाउनबाट प्रतिबन्ध लगाउने भनेर निर्दैशन दिदैनन् । गृहमन्त्री खाँणलाई जनता सोध्छन्, तपाईँले यातायात व्यवसायीसँग कति पैसा खानुभएको छ । अब कि त प्रधानमन्त्री देउवा र गृहमन्त्री खाण्ाँले सवारी दुर्घटना हाम्रो नेपालमा नभएको वा सवारी दुर्घटनामा मरेका मानिस नेपाली होइनन् भनेर भन्नुपर्छ ,होइन भने थोत्र्रापुराना वा २० वर्षे गाडीहरु हटाउनुपर्छ । साथै दर्ता भएको मितिले १५ वर्ष पुगेपछि गाडीको दर्ता र रोडपर्मिेट पनि खारेज गर्नुपर्छ । त्यस्तै सिटभन्दा बढी यात्रु हालेर दुर्घटना गराएर जनता मार्ने यातायात व्यवसायीलाई कानुनको दायरमा ल्याउनुपर्छ र सवारी दुर्घटनामा मरेका मानिसको आफन्तलाई ३० लाख क्षतिपूर्ति , ३ लाख क्रियाखर्च र घाइतेलाई ३० लाख क्षतिपूर्ति र उपचार पनि निःशुल्क गरिदिनुपर्छ । अहिले जनता पैसा तिरेर गाडी चढ्छन्, यातायात व्यवसायीहरु आफ्नो फाइदाका लागि थोत्र्रापुराना गाडी चलाउँछन्, सरकार त्यस्ता गाडीको कागजपत्र चेकजाँच गर्दैन अनि सरकार र यातायात व्यवसाय मिलेर सिधासाधी जनता मार्छन् । अनि जनता मार्ने अपराधी त यातायात व्यवसाय र सरकार नै हो नि त । अहिले सवारी दुर्घटनामा परेर मरेका मानिसको आफन्तलाई क्षतिपूर्ति १ लाखदेखि ५ लाख दिने गरिन्छ । अनि १ लाखदेखि ५ लाखमा कसैको ज्यान किन्न पाइन्छ । अहिलेपनि यातायात व्यवसायीहरु २० वर्षे गाडीको म्याट थप गर्नुपर्छ भनेर प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाइरहेका छन् । दिनहुँ सवारी दुर्घटनामा परेर ११ जनाभन्दा पनि सर्वसाधारणहरु मरिरहेका छन् तर पनि प्रधानमन्त्री देउवा यस्ता गाडीहरु चलाउनमा प्रतिबन्ध लगाउन सक्दैनन् । कि त तपाईँसँग आँट नै छैन कि त तपार्इँसँग प्रहरी नै छैन । अब कि त प्रधानमन्त्रीले सिण्डिकेट लगाउने वा थोत्र्रा , पुराना गाडी चलाएर जनता मार्ने यातायात व्यवसायीलाई समातेर जेल हाल्नुपर्छ होइन भने प्रधानमन्त्री पदबाट राजीनामा दिनुपर्छ । साथै २२ देखि २७ वर्षसम्म पुगेका पुरानो गाडीहरु बाटोमा गुड्दा कारबाही नगर्ने ट्राफिक प्रमुख मीरा चौधरीलाई पनि कि त सरुवा गर्नुपर्छ होइन भने कारबाही गर्नुपर्छ । त्यस्तै यता यातायात व्यवस्था विभागका महानिर्दैशक टोकराज पाण्ेडयले टयाक्सी व्यवसायी र यातायात व्यवसायीसँग करोडौँ पैसा खाएर ३५ वर्षदेखि नयाँ टयाक्सीको दर्ता खालेका छैनन् । काठमाडौँ उपत्यकाभित्र जनसंख्या करोड छ तर टयाक्सी ९ हजार मात्रै छ । भएका टयाक्सी पनि ७ सय ९६ सिसिको मरुती वा थोत्र्रा, पुराना, कबाडी रहेका छन् । अहिले २० वर्ष टयाक्सीको स्क्राइप गरेको नम्बरप्लेट १३ लाख पर्छ तर सरकारले नयाँ टयाक्सीको दर्ता खोलेमा सितैमा नम्बरप्लेट पाइन्छ । २०३२ सालदेखि २०७९ सालसम्म यातायात व्यवसायीहरुले आफैँले व्यवसाय गरेका छन्, नयाँ व्यवसाय पनि आउन दिएका छैन र गाडीको संख्या पनि बढ्न दिएका छैनन् । यिनीहरुले आफ्नो एकाधिकार जमाइरहेका छन् । जनता पैसा तिरेर नयाँ वा लक्जरी नयाँ टयाक्सी चढ्न पाउँदैनन् । यातायात व्यवस्था विभागकै एक कर्मचारी नाम नबताउने सर्तमा बताउँछन्, महानिर्दैशक टोकराज पाण्डेयले यातायात व्यवसायीसँग पैसा खाएर नयाँ टयाक्सीको दर्ता खुलाउने प्रस्ताव मन्त्रालयसम्म लगेनन् । देशको प्रधानमन्त्री शेरबहादुर देउवाले अब नयाँ टयाकसीको दर्ता तुरुन्तै खोल्ने कि यातायात वा टयाक्सी व्यवसायीको अगाडी लम्पसार पर्ने । सरकारले नयाँ टयाक्सीको दर्ता नखुलाउँदा राज्यको ढुकुटीमा पनि राजस्व आएन, स्वदेशी वा विदेशीले महंगो पैसा तिरेर पनि लक्जरी टयाक्सी चढ्न पाएनन्, जनताले आपतकालीन समयमा टयाक्सी पाएनन्, टयाक्सी पाएपनि महंगो भाडा तर थोत्र्रा टयाक्सी चढ्नुपर्ने बाध्यता साथै टयाक्सी किनेर व्यवसाय सुरु गर्छु भन्नेले पनि व्यवसाय सुरु गर्न पाएका छैनन् । त्यस्तै हाल सञ्चालनमा रहेका टयाक्सीहरुले प्रदूषण वा दुर्घटना निम्त्याइ रहेका छन् तर नयाँ टयाक्सीको दर्ता खोलेमा यो पनि न्यूनीकरण हुन्छ । अन्य देशमा लक्जरी टयाक्सीहरु चलाइएको छ तर हाम्रो देशमा भने अहिले पनि ७ सय ९६ सिसिको थोत्र्रा, पुराना , कबाडी टयाक्सी नै सञ्चालनमा रहेको छ । अहिले त देशको प्रधानमन्त्री पदमा बस्दा नयाँ टयाक्सीको दर्ता खुलाउन सक्नु हुन्न वा २० वर्ष गाडी हटाउन सक्नु हुन्न भने आगामी निर्वाचनमा जनताले तपार्इँलाई केको आधारमा मतदान गर्ने । जनता भन्छन्, २० वर्ष गाडी नहटाउने वा नयाँ टयाक्सीको दर्ता नखुलाउने सर्तमा तपाईँले यातायात व्यवसायीसँग कति पैसा खानुभएको छ, देउवाज्युँ । पछिल्लो समय टयाक्सी वा यातायात व्यवसायीहरु भन्छन्, २० वर्ष गाडीको म्याट थप गर्न र नयाँ टयाक्सीको दर्ता नखुलाउन हामीले यातायात व्यवस्था विभागका महानिर्दैशक र सचिवलाई करोडौँ पैसा दिएका छौँ । तर यसरी यातायात व्यवसायीसँग पैसा खाएर टयाक्सीको नयाँ दर्ता नखुलाउँदा वा २० वर्षे गाडी नहटाउँदा प्रधानमन्त्री देउवा किन यातायात व्यवस्था विभागका महानिर्दैशक र सचिवलाई पदबाट हटाउन सक्दैँन । यसबाट प्रधानमन्त्री शेरबहादुर देउवा असमक्ष प्रधानमन्त्री रहेछन् भनेर स्पष्ट थाहा हुन्छ । तपाईँलाई भोट दिने र कर तिर्ने जनताहरु सवारी दुर्घटनामा परेर मरिरहेका छन् तर तपाईँलाई उनीहरको केही माया, दया छैन । सरकार सवारी दुर्घटना परेपछि एउटा आयोग वा कमिटी गठन गर्छ अनि फेरि सेलाउँछ । यातायात व्यवसाय र सरकारले जनता जन्माएको पनि होइन र जनता मार्ने अधिकार यातायात व्यवसायसँग छँदा पनि छैन । यत्रो मानिसहरु दिनहुँ सवारीसाधन दुर्घटनामा परेर मरिरहेका छन्, मानिसको घरमा रुवाबासी चलिरहेकोछ छ , यातायात व्यवसायीहरु रमाइ रहेका छन् तर सरकार भने देखे पनि नदेखेझैँ चुपचाप बसिरहेको छ । हामी जनता यातायात व्यवसायको कमाइधन्दा वा यातायात व्यवसायीको हातबाट मर्नका लागि जन्मिएका हौँ ? के हाम्रो तै बाँच्ने अधिकार छैन र । तँ कुटेको जस्तो गर, म रोएको जस्तो गर्छु भनेझैँ सरकार र यातायात व्यवसाय मिलेर जनता मारिरहेका छन् । यिनीहरुले जनतालाई गुन्द्रक खाँदेको जसरी खाँदेर भिडबाट खसालेर मारिरहेका छन् । काँग्रेस पार्टीको कोही कार्यकर्ता मरेमा प्रधानमन्त्री देउवा आफ्नो कार्यकर्ताको घरमा रुन पुग्छन् तर सवारी दुर्घटनामा परेर आफ्नो बालबच्चा वा आमाबुबा गुमाएको घरपरिवारको घरमा पुग्छन ? के काँग्रेस पार्टीको कार्यकर्ता मात्र जनता हुन्, अरु तै जनता होइनन् र । पुराना गाडी नहटाउँदा प्रदूषण वा दुर्घटना बढ्यो भनेर यत्रो सञ्चारकर्मीहरुले समाचार लेख्दा र जनता यसरी मर्दा पनि तपाईँ समाचार पढ्नुहुन्न र । यो मैलेँ जनताले भागेको कुरा लेखेकी हुँ र यो कुरा सञ्चारकर्मीहरुले पनि बाहिर ल्याउँछन् र प्रधानमन्त्रीको कानमा पुप्याउँछन् भनेर मैलेँ विश्वास गरेकी छु । देशमा राजनितिक परिवर्तनका लागि २०५२ सालदेखि २०६२÷६३ सालसम्म १७ हजार मानिस मरे तर अहिले सवारी दुर्घटनामा परेर लाखौँ मानिसहरु मर्दा पनि सरकार यसमा ध्यान दिदैँन । जनता यसरी सवारी दुर्घटनामा मर्दा पनि न कुनै राजनितिक दललाई नै चासो छ , न कुनै यातायात व्यवसायलाई वा सरकारलाई । यी सवारी दुर्घटनामा परेर मरेका मानिसहरुले पनि त हिजो बाच्ँनुन्जेल भोट हालेका नै थिए र कर पनि तिरेका नै थिए तर किन यिनीहरुको बाँच्ने अधिकार सरकारले सुरक्षित गर्न सकेन । के उनीहरुको तै बाँच्ने अधिकार संविधानमा लेखिएको थिएन र । यातायात व्यवसायीहरुले व्यवसाय गर्ने नाममा २० वर्षे वा थोत्र्रा, पुराना गाडी चलाएर जनता मार्दा पनि सरकार किन टुलुटुलु हेरेर बस्छ । यातायात व्यवसायीले एउटा गाडीमा गरेको लगानी २ देखि ३ वर्षमै उठ्छ तर यातायात व्यवसायीहरु त्यहँी गाडी चलाएर अर्को ४ ओटा गाडी किन्दा पनि त्यो गाडी हटाउन मान्दैनन् । त्यसैले अब सरकारले २० वर्षे गाडीको स्क्राइप गरेको नम्बरप्लेट पनि खारेज गरिदिनुपर्छ र त्यो गाडीको नम्बरप्लेटमा नयाँ गाडी किनेर दर्ता गर्न दिनुहुदैँन । अब प्रधानमन्त्री देवाले जनताको बाँच्ने अधिकार सुरक्षित गर्ने कि प्रधानमन्त्री पद नै त्याग्ने । --- # जनताको वर्तमान् सरकारलाई मंसीरबाट जनताले पाखा लगाउने छन् : एमाले नेता एवं सांसद महेश बस्नेत Source: https://newskunda.com/archives/1211 Category: FEATURED NEWS, राजनीति, समाचार, समाज Last updated: 2022-06-08 भक्तपुर, २५ जेठ । नेकपा एमालेको पोलिटव्युरो सदस्य, प्रतिनिधिसभाका सांसद महेश बस्नेतले आगामी मंसीरमा हुने चुनाबमा बिकास बिरोधी सरकारलाई बाईबाई गरेर विकासका पक्षधरलाई जनताले सरकारमा ल्याउने बताउनु भएको छ । सूर्यविनायक नगरपालिका वडा नं ८ सिपाडोलको आदर्श चोकदेखि वडा कार्यालय हुँदै घ्याम्पेडाँडा जाने १२ मिटर चौडाई सडक खण्डको आज कालोपत्रे गर्ने कार्यको शुभारम्भ गर्दै उहाँले मंसिरमा हुने निर्वाचनबाटै जनताले वर्तमान् विकास बिरोधी सरकारलाई बिदा गर्ने बताउनु भएको हो । उहाँले भन्नुभयो, “शेरबहादुर देउवा नेतृत्वको गठबन्धन सरकार बिकास बिरोधी सरकार हो, जनताको विपक्षमा रहने सरकार हो, मंहगी बृद्धि गराउने, जनतामा अनावश्यक कुरा लाद्ने सरकार हो भन्ने जनताले बुझिसकेका छन्, अब मंसिरमा हुने चुनाबबाट अहिलेको बिकास बिरोधी सरकारलाई बाईबाई गर्नेछन् र बिकास गर्ने एमाले नेतृत्वको सरकारलाई हाई हाई गरेर फेरी सरकारमा ल्याउने छन् । त्यसपछि अहिलेको सरकारले काटेका सबै सडकका बजेट ल्याएर विकासलाई पूर्णता दिनेछौ ।” उहाँले एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्व सरकारको पालामा विनियोजित सडकका बजेटहरु वर्तमान देउवा सरकारले काटेको भन्दै उहाँले जगाती सिपाडोलको यो सडकको बजेट पनि अनेक उपायहरु अबलम्बन गर्दै तीन करोड बजेट ल्याएर कालोपत्र सुरु गरेको बताउनुभयो । अहिले एमालेकै सरकार भएको भए यो सडकलाई ३ करोड नभई १३ करोड बजेट ल्याउन सकिन्थ्यो भन्दै उहाँले बालकुमारी, बोलकोट रानीकोट सडकलाई ओली सरकारको पालामा ४० करोड बजेट पारे पनि अहिलेको सरकारले बजेट काटेको बताउनु भयो। वर्तमान् सरकार जनता र विकासप्रति जवाफदेही नभएको भन्दै उहाँले एमाले नेतृत्वको सरकारको पालामा एउटा निर्वाचन क्षेत्र एउटा रणनीतिक सडक सुरु गरेपनि अहिलेको सरकारले भक्तपुर जिल्लाका सबै सडकका बजेट काटेको बताउनु भयो । पूर्वमन्त्री एवं एमालेका युवा नेता बस्नेतले भन्नुभयो, “यस वर्षको बजेटमा हाम्रो जिल्लामा सडकमा एउटा पनि बजेट परेन, सडकका बजेट जति प्रधानमन्त्री र मन्त्रीहरुले आफ्नै जिल्लामा मात्रै पठाएका छन्, एमालेको पालामा ३ करोड बजेट पाएको ठाउँमा अहिलेको सरकारले ३० लाख मात्रै बजेट पठाएको छ ।” यस पटक बजेटले रातो किताबमा गिज्याइरहेको टिप्पणी गर्दै उहाँले वर्तमान् सरकारले एक वटा शिर्षकमा १० वटा सडक पारेर जम्मा ३० लाख बजेट दिएर गिज्याएको बताउनु भयो । एमाले नेतृत्वको सरकारको पालामा भक्तपुरमा ३८१ वटा सडक ३० करोडदेखि ३ अर्बसम्मको बजेट एउटै सडकलाई पार्ने सफल भएको तर अहिलेको सरकारले ती बजेटहरु पनि काटेको सांसद बस्नेतको भनाइ थियो । सांसद बस्नेतले भन्नुभयो, “एमाले सरकारको पालाको रातो किताब र आजको रातो किताबलाई एकै ठाउँमा राखेर पल्टाएर हेर्ने हो भने भक्तपुरलाई रातो किताबले गिज्याइएरहेको देखिन्छ, एमालेको पालामा रातो किताब भरि भक्तपुरका बजेट देखिन्थे भने अहिले रातो किताबका भक्तपुरका नाम भेटिन्न्, त्यो हेर्दा नै थाहा हुन्छ, एमाले विकासवादी पार्टी हो, जननताको सहयोगी पार्टी हो, कांग्रेस विकास बिरोधी पार्टी हो भन्ने रातो किताबले पुष्टी गर्छ ।” वर्तमान् सरकारले १४ सय सडक एकै पटक काटेको बताउदै उहाँले सरकारले भट्राई टोल, नैचाल, सिपाडोल जाने सडकको बजेट काटेको बताउनु भयो । भक्तपुरका जनताले बजेट ल्याउन संघर्ष गर्ने दिन आएको भन्दै उहाँले अब जनताले आजाव नउठाउने हो भने भक्तपुरलाई बजेट नआउने भएकाले सिंहदरबार घेर्ने र दबाब दिने, आन्दोलन गर्ने दिन आउने बताउनु भयो । वर्तमान् सरकारले भक्तपुरको बजेट काट्नुमा भक्तपुरका काँग्रेसका नेताहरु जिम्मेवार रहेको भन्दै सांसद बस्नेतले भन्नुभयो, “एमालेको सरकारमा व्यापक सडक र बिकास गर्दा त्यो समयले ल्याएको बिकास हो महेश बस्नेतको घरबाट ल्याएको पैसाले बिकास बिकास गरेको हो र ? भन्ने कांग्रेसका साथीहरुलाई अहिले मेरो प्रश्न छ, आज तपाईको पार्टीको सरकार हुँदा कति बजेट आयो त ? कति बजेट ल्याउनु भयो त ?” कांग्रेसले चुनाबको बेलामा भ्रम छर्ने, गलत म्यासेज दिने, जनतालाई अलमलमा पार्ने र चुनाब पछि हराउने कांग्रेसको रोगको रोग नै भएको टिप्पणी गर्दै उहाँले अब जनताले बुझ्नु पर्ने बताउनु भयो । यस पटकको चुनाबलाई हेर्दा एमालेले यतिधेरै बिकास गर्दा पनि सोचे जति मत प्राप्त गर्न नसकेको भन्दै मध्यपुरथिमि लगायतका क्षेत्रमा विकासको लहर अल्याउदा पनि निर्वाचनको परिणाम प्रतिकुल आएको उहाँको भनाइ थियो । चुनाबमा गठबन्धन गरेर गइरहदा कांग्रेसलाई अरु दलले पनि साथ दे होलान् भन्दै उहाँले जनताले फेरी पनि बिकास गर्ने पार्टी त नेकपा एमाले नै हो भन्ने दिन आइसकेको बताउनु भयो । कार्यक्रममा वडाध्यक्ष पुष्पराज बस्नेतले सिपाडोलको पुरोना सडकको मुहार फेरिएको भन्दै जतिसक्दो छिटो यो सडक कालोपत्र गरि सक्ने बताउनु भयो । --- # जनताको सुख दुःखको सारथी बन्दै सूर्यविनायक-८ वडा कार्यालय, वडा अध्यक्ष पुष्पराजद्धारा उदाहरणीय कार्यको घोषणा Source: https://newskunda.com/archives/3929 Category: FEATURED NEWS, अर्थ, राजनीति, समाचार, समाज, स्वास्थ्य Last updated: 2026-07-21 भक्तपुर, ४ साउन । आफ्ना नागरिकको सुख र दुःखमा साथ दिने संकल्पका साथ सूर्यविनायक नगरपालिका–८ कार्यालयले स्थानीय तहमै उदाहरणीय कार्यको सुरुवात गरेको छ । आफ्ना वडावासीका सुख र दुःखमा साथ दिने संकल्पका साथ वडा नं. ८ का युवा एवं जुझारु वडा अध्यक्ष पुष्पराज बस्नेतले आफ्ना वडावासीका लागि ‘सुख–दुःखको साथ’ कार्यक्रम आजबाट सञ्चालनमा ल्याएको हो । वडा कार्यालयले सोमवार एक सूचना जारी गर्दै आफ्ना वडामा जन्मको खुसीमा र मृत्युको दुःखमा पनि वडावासीलाई सहयोग उपलब्ध गराउने वडा अध्यक्ष बस्नेतले घोषणा गर्नुभयो । वडा कार्यालयले शिशु जन्मिे पछि सुत्केरी आमा र नवजात शिशुलाई स्वास्थ्य तथा पोषणमा सहयोग पुर्याउन सहयोग प्रदान गर्ने र स्थानीयवासीको मृत्यु भएमा दुखको क्षणमा राहत पुर्याउन सहयोग दिने कार्यक्रम ल्याएको हो । **वडा अध्यक्ष पुष्पराज बस्नेतले भन्नुभयो, “हामीले ‘सुख–दुःखको साथ’ कार्यक्रम साउन १ गतेदेखि नै लागू हने गरि कार्यान्वयनमा ल्याएका छौं, यो हाम्रो जनता र वडावासीका लागि नयाँ कार्यक्रम लागू गरेका छौं । त्यस कार्यक्रम सुत्केरी आमा र नवजात शिशुको स्वास्थ्य तथा पोषणलाई ध्यानमा राख्दै आमालाई २ हजार ५०० बराबरको पोषण सामग्री तथा नवजात शिशुलाई २ हजार ५०० बराबरका नयाँ कपडा उपलब्ध गराउने छौं । त्यसैगरि वडा नं. ८ भित्र कुनै पनि परिवारका सदस्यको मृत्यु भएमा अन्त्येष्टि तथा अन्य आवश्यक कार्यका लागि सम्बन्धित परिवारलाई रु. १० हजार नगद सहयोग प्रदान गर्नेछौं ।”** यो सुविधा प्राप्त गर्न वडा नं. ८ को स्थायी बासिन्दा हुनुपर्छ । वडाभित्र बसाइँसराइ गरी आएको हकमा बसाइँसराइ दर्ता भएको हुनुपर्छ । जन्म वा मृत्यु भएको ३५ दिनभित्र वडा कार्यालयमा घटना दर्ता गर्नु पर्ने व्यवस्था गरेका छौं । वडाअध्यक्ष, जनप्रतिनिधि र वडावासीलाई अझै नजिक बनाउँन यस कार्यक्रमले महत्वपूर्ण भूमिका निर्वाह गर्ने र वडावासीलाई सुखदुखमा वडाले साथ दिदै अपनत्व ग्रहण गरेको बताउनुभयो । वडावासीलाई वडासंग नजिक ल्याउने यो कार्यक्रमको सेवा एवं सुविधा लिन आव्हान गर्दै उहाँले थप जानकारी चाहिए वडामा संम्पर्क गर्न समेत उहाँल आव्हान गर्नुभयो । --- # जनताको सेवक बन्नका लागि जनतामाझ आएँ, अधूरा काम अब पुरा गर्छु : एमाले नेता महेश बस्नेत Source: https://newskunda.com/archives/3407 Category: FEATURED NEWS, राजनीति, समाचार, समाज Last updated: 2026-02-24 भक्तपुर, १२ फागुन । नेकपा (एमाले) का सचिव एवं भक्तपुर क्षेत्र नं–२ का प्रतिनिधि सभा उम्मेदवार महेश बस्नेतले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा शासक बन्न नभई जनताको सेवक बन्नका लागि जनतामाझ आएको बताउनु भएको छ । नेकपा (एमाले) निर्वाचन परिचालन कमिटी गठ्ठाघरले मंगलबार आयोजना गरेको घरदैलो कार्यक्रममा उहाँले जनता माझ आफू सेवक बन्नका लागि आएको बताउनु भएको हो । मतदातामाझ मत माग्दै नेता बस्नेतले भन्नुभयो, ‘२०७४ सालको निर्वाचनमा भक्तपुर क्षेत्र नं. २ का तपाई मतदाताहरुले मलाई मत दिएर विजयी गराउनु भयो, भक्तपुरमा पहिलो पटक विकासको आधिबेहरी ल्याएँ, बाटो नपुगेको ठाउँमा नयाँ बाटो बने, पुराना बाटो भएका ठाउँमा पक्कि बनाएँ, सबै खोलामा पुल बनाए, मठ मन्दिर, सम्पदा पुर्ननिर्माण भए, भूकम्पले भत्किएका विद्यालयहरु पुर्ननिर्माण गरायौ, म पदमै नहुँदा पनि भूकम्पबाट घरबार बिहिन भएकाहरुलाई छतको व्यबस्था गरे, अहिले पनि म त्यसैगरि जनताको सेवा गर्न आएको हुँ, शासक बन्न होईन ।’ महाभूकम्पले घरबार बिहिनहरुलाई लत्ता, कपडा, ओढ्ने ओछ्याउने, खाद्यान्नदेखि हजारौ जस्ताको टहरा बनाएर छतको व्यबस्था गरेको स्मरण गर्दै उहाँले जनताको सेवाबाट आफू कहिल्य नभाग्ने र बिना स्वार्थ जनताको सेवामा आफ्नो जीवन समर्पित गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले २०७४ देखि २०७९ सम्म आफू सांसद हँुदा गरेको विकासमा अझै अधूरा काम गर्न बाँकी रहेको स्मरण गर्दै उहाँले विगत तीन वर्षसम्म रिक्त भएको भक्तपुरको विकासलाई पूर्णता दिने मतदातामाझ प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले अब भौतिक पूर्वाधारको विकाससंगै सीप नभएकालाई सीप दिएर रोजगारीसंग जोड्ने, पर्यटनलाई रा्जगारीसंग जोड्ने र शिक्षितहरुलाई शिक्षा अनुसारको रोजगारीमा आबद्धता गराउन आफूले सक्दो पहल गर्ने उहाँले बताउनुभयो । नेकपा एमाले जिल्ला अध्यक्ष बचन देउजाले एमालेले जनतामाझ गरेको प्रतिबद्धता हिजो पनि पुरा गरेको र अबको दिनमा पनि पुरा गर्ने बताउदै विकास समृद्धिका लागि मतदाताले एमालेलाई रोज्नु पर्ने बताउनुभयो । आजको घरदैलोमा गठ्ठाघर, कौशल्टारदेखि मध्यपुरथिमि नगरपालिका–३ को सम्पूर्ण क्षेत्रको घरदैलोमा पुगेको थियो । चोकचोकमा स्थानीइवासी, जेनजी पुस्तादेखि महिला, जेष्ठ नागरिक समेतले एमालेका उम्मेदवार महेश बस्नेतले मात्रै विकास गर्न सक्छन् भन्ने विश्वास रहेका बताएका थिए । चोकचोकमा फूलमाला, अबिर, खादा लगाएर, दही सगुन दिएर स्वागत गर्दै शुभकामना दिएका थिए । --- # जनमत पार्टीले आगामी दिनमा कुनै पनि पार्टीसँग गठबन्धन नगर्ने नीति लियो : प्रवक्ता यादव Source: https://newskunda.com/archives/2995 Category: FEATURED NEWS, राजनीति, समाचार, समाज Last updated: 2023-09-28 काठमाडौँ, ११ असोज : जनमत पार्टीले आगामी दिनमा कुनै पनि पार्टीसँग गठबन्धन नगर्ने नीति लिएको छ । सङ्घीय सरकार र प्रदेश सरकारमा सहभागी सो पार्टीले तत्काल कुनै पनि पार्टीसँग एकीकरण पनि नगर्ने भएको छ । आगामी निर्वाचनलाई लक्षित गर्दै ‘मिसन–२०८४’ अभियान सुरु गरेको जनमतले पार्टीलाई देशभर स्थापित गर्न सङ्गठन निर्माणलाई तीव्रता दिएको सो पार्टीका प्रवक्ता डा शरदसिंह यादवले बताउनुभयो । पार्टीको आगामी रणनीतिबारे आज सञ्चारकर्मीसँग अन्तक्र्रिया गर्दै प्रवक्ता यादवले पार्टी बन्दै गरेको अवस्थामा आगामी निर्वाचनलाई लक्षित गरेर वडा तहदेखि नै सङ्गठन निर्माणमा केन्द्रित हुने बताउनुभयो । उहाँले आफूहरू सत्ता गठबन्धनमा रहेको तर, अब आउने निर्वाचनमा कुनै पनि चुनावी गठबन्धन नगरी पार्टीले एक्लै प्रतिस्पर्धा गर्ने स्पष्ट पार्नुभयो । पार्टी अध्यक्ष चन्द्रकान्त (सिके) राउत सरकारमा नजाने नीति हो भन्ने जिज्ञासामा प्रवक्ता यदावले आगामी निर्वाचनमा केन्द्रित भएर सङ्गठन निर्माणमा बढी खट्नुपर्ने भएकाले उहाँ मन्त्री बन्न हतारो नगर्ने उल्लेख गर्नुभयो । “हाम्रो पार्टीको मिसन भनेको मधेस प्रदेशमा आफ्नै दुईतिहाइको बहुमतको सरकार बनाउने र लुम्बिनी प्रदेशमा सरकार बनाउने हो”, उहाँले भन्नुभयो, “कोशी प्रदेशमा निर्णय गर्ने ठाउँमा पार्टीलाई उभ्याउने तथा सङ्घमा पनि बढीभन्दा बढी सिट जितेर सरकारमा ठूलो सहभागितासहित काम गर्ने नीति र योजनाअनुरुप नै अध्यक्षजी अहिले सरकारमा गएर मन्त्री बन्न इच्छुक हुनुहुन्छ ।” अहिले संसद्मा कुनै पनि पार्टीको बहुमत नरहेकाले संसद् सञ्चालन र सरकारलाई स्थायित्व प्रदान गर्न पार्टीले सहकार्य गर्नुपर्ने आवश्यकता भएकाले आफूहरू सरकारमा सहभागी भएको प्रवक्ता यादवको भनाइ थियो । --- # जनस्वास्थ्य कार्यालय भक्तपुरद्वारा वार्षिक समीक्षा तथा योजना तर्जुमा गोष्ठी सम्पन्न Source: https://newskunda.com/archives/4621 Category: FEATURED NEWS, अर्थ, राजनीति, समाचार, समाज, स्वास्थ्य Last updated: 2026-10-06 भक्तपुर, २० असोज । जनस्वास्थ्य कार्यालय, भक्तपुरले आ.व. २०८२÷०८३ मा सम्पन्न विभिन्न स्वास्थ्य कार्यक्रमहरूको मूल्याङ्कन तथा आगामी वर्षका योजना निर्धारणका उद्देश्यले आयोजित दुईदिने जिल्ला स्तरीय वार्षिक समीक्षा तथा योजना तर्जुमा गोष्ठी सम्पन्न भएको छ । यही असोज १९ र २० गते सूर्यविनायक नगरपालिकाको हलमा आयोजना भएको गोष्ठीको १९ गते जिल्ला समन्वय समिति भक्तपुरका कार्यबाहक प्रमुख सुजाता बाडेले उद्घाटन गर्नु भएको थियो । उहाँले दुईदिने गोष्ठीमा सहभागि जिल्लाका स्वास्थ्य संस्थाहरुले गरेका प्रगति, चुनौती र सुधार गर्नु पर्ने विभिन्न विषयलाई प्रसस्तुत मात्रै नगरी घनिभूत छलफल गरि निचोडमा पुग्नु पर्ने बताउनु भयो । कार्यक्रममा भक्तपुरका प्रमुख जिल्ला अधिकारी विनोदकुमार खड्काले दुई गोष्ठीले प्रगति समिक्षाका साथै स्वासथ्य सेवा प्रवाहमा आएका चुनौती र समस्याको पहिचान गरी जनताको सेवामा कसरी सहजता ल्याउँन सकिन्छ भन्नेबारेमा समेत छलफल गर्नु पर्ने बताउनुभयो । कार्यक्रममा वागमती प्रदेश जनस्वास्थ्य अधिकृत सतिश विष्ट, प्रदेशका स्वास्थ्य निर्देशनालय तथा योजना अधिकृत बिएस शाह, जिल्ला जनस्वास्थ्य कार्यालय भक्तपुरकी प्रमुख अञ्जना खड्काले दुई दिने गोष्ठीमा जिल्लाका स्वास्थ्य सेवा र कार्यको मूल्यांकन, सम्पादन गर्नुका साथै आएका समस्या समाधानको बाटो समेत पहिल्याउने बताउनुभयो । पहिलो दिन उद्घाटन सत्र पछि सुरु भएको प्रस्तुतीकरणमा जिल्लाका बिभिन्न स्वास्थ्य संस्थाहरुले एक वर्षभरि गरेका कार्य प्रगतिको समिक्षा तथा कार्य सम्पादनकाबारेमा छलफल गरिएको थियो । **दोश्रो दिन असोज २० गते** अघिल्लो दिन बाँकी भएका स्वास्थ्य संस्थाहरुले गत आर्थिक वर्षको साउनदेखि असारसम्म भएका कामको प्रगति विवरण प्रस्तुत गर्नुका साथै समिक्षा गरिएको थियो । कार्यक्रममा जिल्लाका चार पालिकाहरु भक्तपुर, सूर्यविनायक, मध्यपुरथिमि र चाँगुनारायण नगरपालिकाका बिभिन्न स्वास्थ्य संस्थाहरुले सेवा प्रवाहका क्रममा भएको प्रगति, उपलब्धि, चुनौती र आगामी योजना सम्बन्धी प्रतिवेदनहरू प्रस्तुत गरेका थियो । सहभागीहरूबाट स्वास्थ्य सेवा सुदृढीकरण, औषधि आपूर्ति प्रणाली, सेवा प्रवाह, स्थानीय तहबीच सहकार्य तथा समन्वयका विषयमा छलफल भएको थियो । दोस्रो दिनमा अस्पताल सेवा सुधार, पोषण तथा सरसफाइ कार्यक्रम, स्वास्थ्य बीमा विस्तार र आगामी वर्षका प्राथमिकताका कार्यक्रमहरू विषयमा समूहगत छलफल तथा कार्ययोजना निर्माण गर्नुका साथै प्र्रत्येक समूहले आफ्ना निष्कर्ष र सिफारिसहरू प्रस्तुत गरेका थिए । समापन कार्यक्रममा जिल्ला समन्वय समितिका कार्यबाहक प्रमुख बाडेले दुई गोष्ठीले भक्तपुरको समग्र स्वास्थ्य संस्थाले जनताको सेवालाई प्रभावकारी रुपमा अगाडि बढाउन निष्कर्षमा पुगेको बताउनुभयो । उहाँले आएका समस्यालाई समाधान गर्दै अगाडि जानु पर्ने औल्याउनु भयो । कार्यक्रममावागमती प्रदेश जनस्वास्थ्य अधिकृत सतिश विष्ट, प्रदेशका स्वास्थ्य निर्देशनालय तथा योजना अधिकृत बिएस शाहले प्रदेश सरकारको नीति अनुसार सेवा प्रवाहलाई प्रभावकारी बनाउनु पर्ने बताउदै कुनै समस्या भए समाधानमा लाग्ने बताउनुभयो । नेपाल पत्रकार महासंघ भक्तपुरका सभापति सुन्दर शिल्पकारले स्वास्थ्य सेवाको सहज पहुँचमा आमनागरिक पुग्नु पर्ने बताउनुभयो । कार्यक्रममा जनस्वास्थ्य कार्यालयकी प्रमुख अञ्जना खड्काले विगत वर्षका उपलब्धिहरूलाई निरन्तरता दिन र चुनौतीहरू समाधान गर्न सबै तहका स्वास्थ्यकर्मी, स्थानीय सरकार तथा साझेदार संस्थाबीच सहकार्य आवश्यक रहेको बताउनु भयो । उहाँले सोही आधारमा जनस्वास्थ्य कार्यालयले आगामी वर्षका योजनाहरूमा सुधार र प्राथमिकता निर्धारण गर्ने बताएको छ । कार्यक्रममा चार वटै नगरपालिकालाई सम्मान पत्र प्रदान गरि सम्मान गरिएको थियो भने सहभागि लगायत अतिथिहरुलाई मायाको चिनो प्रदान गरि विदाई गरिएको थियो । चाँगुनारायण नगरपालिका स्वास्थ्य शाखालाई सरकारी स्वास्थ्य संस्थाहरुमा नियमित न्यूनतम सेवा मापदण्ड पूर्ण रुपमा कार्यान्वयन गरेवापत, मध्यपुरथिमि नगरपालिकालाई ज्येष्ठ नागरिक स्वास्थय कार्याक्रम सञ्चालन गरे वापत, सूर्यीवनायक नगरपाकिालाई मार्त स्वासथ्य कार्यक्रम सुदेढिकरणका लागि घुम्ती ग्रामिण अल्ट्रासाउण्ड कार्यक्रम सञ्चालन गरेवापत र भक्तपुर नगरपाकिालाई रोगको समयमै पहिचान, रोकथाम र उपचारमा सहयोग गर्न घरदैलो स्वास्थ्य परीक्षण कार्यक्रम सञ्चालन गरेवापत कार्यालयले सम्मान गरेको हो । --- # जनैपूर्णिमा र गाईजात्रा पर्व भोली एकैदिन Source: https://newskunda.com/archives/2916 Category: FEATURED NEWS, अर्थ, कला तथा साहित्य, समाचार, समाज Last updated: 2023-08-30 काठमाडौँ, १३ भदौ । यस वर्षको जनैपूर्णिमा, रक्षाबन्धन र गाईजात्रा पर्व धर्मशास्त्र, संस्कृति र परम्पराअनुसार यही भदौ १४ गते बिहीबार नै मनाउनुपर्नेमा धर्मशास्त्रविद्हरुले जोड दिएका छन् । यस वर्षको जनैपूर्णिमा, रक्षाबन्धन र गाईजात्रा पर्वका विषयमा भ्रामक टीका टिप्पणी र प्रचार–प्रसार भएकाले जनमानसमा भ्रम सृजना गर्न खोजिएको भन्दै नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले आपत्ति जनाएको छ । समितिले धर्मशास्त्री र चाडपर्व विशेषज्ञहरूको उपस्थितिमा व्यापक छलफल गरी शास्त्रको मर्म तथा विद्वानहरूको राय मुताबिक निर्णय गरी स्वीकृत पञ्चाङ्गमा उल्लिखित भदौ १४ गते बिहीबार नै ऋषितर्पणी, रक्षाबन्धन र गाईजात्रा पर्व मनाउन धर्म, संस्कृति तथा परम्परा अनुकूल रहेको भनी उल्लेख गरिएको अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले राससलाई जानकारी दिनुभयो । आज पूर्णिमासँगै भद्रा रहेको छ । आज राति ९ः०३ बजे मात्र भद्रा सकिने हुँदा दिनमा रक्षाबन्धन गर्न नमिल्ने उहाँले बताउनुभयो । रात्रिमा रक्षाबन्धन गर्ने परम्परा नभएका कारण भदौ १४ गते नै रक्षाबन्धन, ऋषितर्पणी एवं गाईजात्रा पर्व मनाउनु शास्त्रसम्मत हुने समितिको निर्णय छ । “हालसम्म रक्षाबन्धन तथा जनैपूर्णिमालाई अलग अलग गर्ने परम्परा पनि छैन, एकै दिन गर्ने गरेको नै नेपालको परम्परा रहेको देखिन्छ, यस वर्षको जस्तो तिथिको अवस्था विगत वर्षमा पनि परेको थियो, विसं १९९४, २०२४, २०३०, २०३१, २०५५, २०६१, २०७० र २०७९ सालमा पनि यस्तै तिथिको अवस्था परेको थियो, उक्त वर्षमा एक घडीमात्र उदयपूर्णिमा भए पनि सोही दिन नै जनैपूर्णिमा मनाइएको थियो, धर्मशास्त्रमा विभिन्न मत भए पनि हाम्रो शाखासूत्रअनुसार उदयव्यापिनी पूर्णिमा तिथिकै दिन उपाकर्म, रक्षाबन्धन आदि गर्ने परम्परासमेत रहिआएको छ, भदौ १४ गतेका दिन पूर्णिमा तिथिको घट्यादि तीन मुहूर्तव्यापी छ, यसको विकल्प दुई मुहूर्त भए पनि पुग्छ, विधि निषेधको न्यायद्वारा अघिल्लो दिन उक्त पर्व मनाउने विधि र भोलिपल्ट मनाउनै नहुने निषेध पनि देखिन्न”, अध्यक्ष अधिकारीले भन्नुभयो । चार वेदका पनि अनेक शाखासूत्र भएकाले कतिपय निर्णय स्वशाखा सूत्रानुसार हुने समितिको भनाइ छ । स्वशाखा सूत्रमा फरक परेमा आफ्नो शाखासूत्रानुसार गर्ने छुट पनि सबैलाई रहेको सूचना समितिबाट स्वीकृत सबै पात्रो ९पञ्चाङ्ग० मा उल्लेख गरिएको समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुङ्गेलले जानकारी दिनुभयो । ब्रह्माजीले पूर्णिमाको उदयकालमा नै वेद पाएकाले पूर्णिमाकै उदयकालमा जनैपूर्णिमा मनाउनु पर्दछ । चतुर्दशीको उदयमा उक्त कर्म गर्नु हुँदैन । कालिका पुराणमा भनिएको छ– --- # जब एकाबिहानै नगर प्रमुख जीवन खत्री चाँगुनारायण अस्पताल पुगे......... Source: https://newskunda.com/archives/1171 Category: FEATURED NEWS, राजनीति, समाचार, समाज, स्वास्थ्य Last updated: 2022-06-06 **नगर प्रमुख खत्रीले भन्नुभयो, “आज अस्पतालको अनुगमन सक्ने बित्तिकै नगरपालिकामा गएर जनताको काममै लागे, आजै म वाग्मति प्रदेशको मन्त्रालयमा जादैछु, शिक्षा, स्वास्थ्य, खानेपानी, सडक, पूर्वाधार, रोजगारी लगायतका विषयमा चाँगुनारायण नगरपालिकाका लागि थप बजेट पार्नका लागि त्यहाँका मन्त्रीहरुसँग भेटर फर्कन्छु, अबको पाँच वर्षमा जनताको मनमनमा बस्ने गरि काम गरेर देखाउने त्यो प्रतिबद्धता पुरा गर्छु ।”** =============================================== भक्तपुर, २३ जेठ : चाँगुनारायण नगरपालिकाद्धारा सञ्चालित चाँगुनारायण अस्पताल पहिरोको जोखिममा परे पछि आज नगरपालिकाका प्रमुखसहितको टोलीले अस्पतालको अनुगमन गरेको छ । पाँच रोपनी क्षेत्रफलमा सरकारको रु. तीन करोड ८७ लाखको लागतमा निर्माण सम्पन्न गरि चाँगुनारायण नगरपालिका–४ हुची ढुंगामा २०७७ मङ्सिर २८ गते उद्घाटन गरि सञ्चालनमा ल्याएको अस्पतालको आज नगर प्रमुख जीवन खत्रीले अनुगमन गर्नु भएको हो । नगरपालिकाको ग्रामिण क्षेत्रमा प्रसुती सेवासहितको गुणस्तरीय स्वास्थ्य सेवा प्रवाह गर्ने उदेश्यले १० शय्यामा सञ्चालित उक्त अस्पतालको उत्तरदिशाबाट माटो र ढुङ्गा खस्न थाले पछि भवनमा हुन सक्ने क्षति र जोखिमको समेत उहाँले अवलोकन गर्नु भयो । नवनिर्वाचित नगर प्रमुख खत्रीले अस्पतालको अनुगमन गर्दै अस्पतालमा जाने सडकनै जोखिममा परेकाले सडक र अस्पताल भवनको संरक्षण एवं पहिरो रोकथामका लागि जतिसक्दो छिटो काम नगरपालिकाका प्रशासनलाई निर्देशन दिनु भएको छ । नगर प्रमुख खत्रीले भन्नुभयो, “नागरिकको स्वास्थ्य सरोकार राख्ने अस्पतालको पूर्वाधार विकास, गुणस्तरीय स्वास्थ्य सेवा र अस्पतालको संरक्षण मेरो पहिलो प्राथमिकता हो, यसमा आएका समस्यालाई तत्काल समाधान गर्न नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतलाई निर्देशन दिइसकेको छु ।” उहाँले यहाँको नागरिकको स्वास्थ्यमा सरल पुहँच पुर्याउन गुणस्तीय स्वास्थ्य सेवालाई दुरुस्त बनाउन, अस्पताल जाने सडक र पहिरोको जोखिममा रहेको भवन संरक्षणमा आफू आएपछि चाँगुनारायण नगरपालिकाले गम्भिर रुपमा चासो लिएर काम सुरु गरेको बताउदै अस्पताल माथिबाट खसेको पहिरो रोकथामका लागि नेपाल रेडक्रस सोसाईटी भक्तपुर जिल्ला शाखासँग समन्वय गरेर त्रिपालको व्यबस्थापन गर्ने र रोकथाम गर्ने बताउनु भयो । अस्पतालमा प्रवाह भएका सेवाहरुकोबारेमा जानकारी लिदै उहाँले जनताको गुनासो नआउने गरि प्रभावककारी ढंगले गुणस्तरीय स्वास्थ्य सेवा प्रवाह गर्न अस्पतालका कर्मचारीलाई निर्देशन दिनु भयो । नगरपालिकामा आफू प्रमुख भएर आएपछि शिक्षा, स्वास्थ्य, सडक, खानेपानी, रोजगारलगायतका जनतासँग प्रतक्ष्य सरोकार राख्ने विषयलाई उच्च प्राथमिकतामा राखेर काम गरिरहेको बताउदै जनप्रतिनिधि, राष्ट्रसेवक कर्मचारी र नागरिक मिलेर नगरको विकासमा जुटेको बताउनु भयो । नगर प्रमुख खत्रीले भन्नुभयो, “आज अस्पतालको अनुगमन सक्ने बित्तिकै नगरपालिकामा गएर जनताको काममै लागे, आजै म वाग्मति प्रदेशको मन्त्रालयमा जादैछु, शिक्षा, स्वास्थ्य, खानेपानी, सडक, पूर्वाधार, रोजगारी लगायतका विषयमा चाँगुनारायण नगरपालिकाका लागि थप बजेट पार्नका लागि त्यहाँका मन्त्रीहरुसँग भेटर फर्कन्छु, अबको पाँच वर्षमा जनताको मनमनमा बस्ने गरि काम गरेर देखाउने त्यो प्रतिबद्धता पुरा गर्छु ।” उहाँले हिजै पनि चाँगुनारायणका बिभिन्न ग्रामिण क्षेत्रमा यातायातका साधन नहुँदा स्थानीयले सास्ती भोग्नु परेकोले यातायात सञ्चालन गर्नेबारे यातायात व्यवसायीहरुसँग छलफल गरेको बताउनु भयो । अस्पतालको अनुगमनमा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिप्रसाद चापागाईले आज नगर प्रमुख खत्री, अन्य जनप्रतिनिधि र कर्मचारी समेतको टोलीले अस्पतालको अबस्थाकाबारेमा अनुगमन गरेको बताउनु भयो । उहाँले भन्नुभयो, “बाहिर हल्ला भए जस्तो अस्पताल भवन जोखिममा परेको छैन, भीर खारेरै अस्पताल भवन बनाएको हो, माथि भिरबाट खुकुलो केही माटो खसेको छ, यद्यपी माटो पनि खस्न नदिने गरि सावधानी अपनाउदै रोकथाम गर्न रेडक्रससँग त्रिपाल लिएर काम गर्दैछौ ।” नगरपालिका आगामी आ.ब.का लागि बजेट बनाउने काममा तिब्र गतिमा लागिरहेको बताउदै अब आउने आथिक वर्षमा अस्पतालको पहिरो रोकथाम, सडक पक्कि गर्ने, टेवा पर्खाल लगाउने र सेवा गुणस्तरीयता बनाउन आवश्यक बजेट विनियोजन गरेर थप काम गर्ने तयारी भएको उहाँले बताउनु भयो । --- # जव हातमा मसाल बोकेर सूर्यविनायक सडकमा निस्कियो सरकारको शव Source: https://newskunda.com/archives/1406 Category: FEATURED NEWS, राजनीति, समाचार, समाज Last updated: 2022-07-13 भक्तपुर, २९ असार । भक्तपुरको सूर्यविनायक सडक । साँझ ढल्किदै थियो । मानिसहरुको जमघट बाक्लिदै गयो । केही बेरमै एमाले निकट राष्ट्रिय युवासंघ नेपालका कार्यकर्ताहरु र नेताहरुको उपस्थिति बाक्लियो । अपरान्ह पाँच बजेदेखि नै बाक्लिएको सूर्यविनायक चोकमा युवा संघका नेताहरुले गठबन्धन सरकारले चरम मूल्य बृद्धि गरेर जनताको गाँस बास खोस्न खोजेको र बाच्नै कठिन हुने अबस्थामा पुर्याएको भन्दै सरकारको आलोचना भइरहेको थियो । त्यत्तिकैमा सडकमा मानिसहरुले लहरै हात हातमा मसाल लिएर बिच सडकमा सरकारको शव यात्रा गरे । त्यो देखेर वरिपरिका मानिस मात्रै होइन, सडकमा गुडिरहेका सवारी समेत टक्कर रोकिएर सरकारको शव हेर्न थाले । हातमा मसाल बोक्नेहरुले शेरबहादुर देउवा नेतृत्व सरकारको आलोचना गर्दै नारा लगाउदै अगाडि बढिरहे. । यो दृश्य हो राष्ट्रिय युवासंघ नेपाल भक्तपुर जिल्ला कमिटीद्वारा जिल्ला कमिटी उपाध्यक्ष कम्रेड रबिन थापा को नेतृत्वमा आयोजित परमादेश संघीय सरकारले गरेको चरम मुल्य वृद्धि र अर्थ मन्त्री जनार्दन शर्माको अनैतिक गतिविधिको विरोध गर्दै मसाल जुलुस प्रर्दशन गरेको थियो भने सरकारको शव यात्रा गरेको थियो । कार्यक्रममा एमाले पार्टी जिल्ला कमिटीका अध्यक्ष वचन देउजा र सचिवमोहनवीर श्रेष्ठ को सहभागिता पनि रहेको थियो । कार्यंक्रममा राष्ट्रिय युवासंघ नेपाल भक्तपुर जिल्ला कमिटी, एमाले सुर्यविनायक नगर कमिटी, अखिल नेपाल महिला संघ भक्तपुर २ नम्बर क्षेत्रका नेता कार्यर्का लगायत अन्यको बाक्लो उपस्थिति रहेको थियो । --- # जिल्ला जनस्वास्थ्य कार्यालयद्धारा खरिपाटीस्थित सुकुम्वासी सेल्टरमा स्वास्थ्य शिविर सञ्चालन Source: https://newskunda.com/archives/3620 Category: FEATURED NEWS, राजनीति, समाचार, समाज, स्वास्थ्य Last updated: 2026-05-04 भक्तपुर, २१ बैशाख : सरकारले मनोहरा नदी किनारा, काठमाडौं माछापोखरी र बल्खु क्षेत्रका सुकुम्वासी बस्ती हटाएर त्यहाँबाट सारिएको सुकुम्वासीलाई अस्थायी सेल्टरको रुपमा राखिएको भक्तपुरको खरिपाटीस्थित नेपाल विद्युत प्राधिकरणको तालिम केन्द्रमा आज स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । वागमति प्रदेश स्वास्थ्य मन्त्री किरण थापामगर र स्वास्थ्य सचिव डा. सुमित्रा गौतमले तत्काल भक्तपुरका दुई सरकारी कार्यालयमा राखिएका सुकुम्वासीहरुको स्वास्थ्य परीक्षण एवं उपचार गर्न निर्देशन दिए लगत्तै जिल्ला जनस्वास्थ्य कार्यालय भक्तपुरले आज यहाँ स्वास्थ्य शिविर सञ्चालन गरेको हो । शिविरमा भक्तपुर अस्पतालको चिकित्सक, नर्स, प्राबिधिक टोली, तील गंगा आँखा अस्पतालको आँखा रोग बिशेषषसहितको टोलीद्धारा आज दिनभर स्वास्थय शिविर सञ्चालन गरि सेल्टरमा रहेका १५८ जनाको सबै रोगको स्वास्थ्य परीक्षण गरिएको जिल्ला जनस्वास्थ्य अधिकृत एवं कार्यालयकी प्रमुख अञ्जना खड्काले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘प्रदेशको स्वास्थ्य मन्त्रालबाट मन्त्री किरण थापा र सचिव डा. सुमित्रा गौतमले तत्काल सरकारले राखेको सेल्टरमा गएर सुकुम्वासीको स्वास्थ्य परीक्षण गर्न निर्देशन दिए पछि आज यहाँ रहेका सबै सुकुम्वासी बस्तीबाट सारिएकाहरु २६ जना बालबालिकासहित १५८ जनाको स्वास्थ्य परीक्षण र औषधि वितरण गरेका छौ ।’ शिविरमा घाँटीमा प्वाल पारेर उपचार गराईरहेका आठ वर्षीय बालक, घाउँमा नियमित ड्रेसिङ्ग गर्नुपर्ने विरामी, प्यारालाईसिस भएका जेष्ठ नागरिक, दृष्टिबिहान परिवार, कृष्ठरोगी, हिड्न र बोल्न नसक्ने तथा सुष्त मनस्थिति भएका परिवार, सुत्केरी, गर्भवतीलगायतका विरामीहरु समेत सेल्टरमा रहेको उहाँले बताउनुभयो । हिड्न नसक्नेहरुलाई सेल्टरको बेडमै गएर स्वास्थ्य परीक्षण गरि औषधि वितरण गरिएको जानकारी दिदै उहाँले स्वास्थ्य शिक्षा र मनोपरामर्श सेवा समेत दिईएको बताउनुभयो । क्षयरोगका विरामी पनि हुन सक्ने आशंकाले जन्त्र नामक संस्था र भक्तपुरको राष्ट्रिय क्षयरोग केन्द्रलाई तत्काल एआई प्रबिधिको मेशिनबाट क्षयरोगको परीक्षण गर्न अनुरोध गरेको जानकारी दिदै कार्यालय प्रमख खड्काले भोलीबाट नियमित स्वास्थ्य सेवा प्रवाह गर्न स्थानीय सरकार, निजी अस्पतालहरुसंग समन्वय गरिरहेको बताउनुभयो । उहाँले स्वास्थ्य शिविरमा उपचार हुन नसकेका विरामीलाई आजैबाट भक्तपुर अस्पताल थप उपचारका लागि पठाईएको र त्यहाँ निःशुल्क उपचार एवं औषधि वितरणको व्यबस्था गरिएको जानकारी दिनुभयो । स्वास्थ्य मन्त्री किरण थापाले संघीय स्वास्थ्य मन्त्रालयसंगसमेत यसबारेमा छलफल भइरहेको जानकारी दिदै प्रदेश सरकारले सेल्टरमा रहेसम्म यहाँका विरामीको सेवामा वागमति प्रदेश स्वास्थ्य मन्त्रालयले स्वास्थ्य उपचारको जिम्मेवारी लिने बताउनुभयो । यहाँ रहेका २६ जना बालबालिकालाई आजबाट मानिटर मार्फत शिक्षा सम्बन्धी चेतनामूलक जानकारीसहितको कक्षा सञ्चालन गरिएको र मंगलबारबाट अस्थायी रुपमा नियमित पठ्न पाठन समेत सुरु गर्ने भएको छ । जनस्वास्थ्य अधिकृत खड्काले सरकारले बोडेस्थित कृषि विकास बैंकको तालिम केन्द्रमा राखिएका २६ जना सुकुम्वासी, गर्भवती, सुत्केरी, अन्य विरामी र सबैको स्वास्थ्य परीक्षण गरि औषधि वितरण गरिएको जानकारी दिनुभयो । --- # जिल्ला प्रशासन कार्यालय मार्फत राप्रपा भक्तपुरले प्रधानमन्त्री देउवालाई बुझायो ज्ञापन पत्र Source: https://newskunda.com/archives/1343 Category: FEATURED NEWS, राजनीति, समाचार, समाज Last updated: 2022-06-15 भक्तपुर, १ असार । राष्ट्रिय प्रजातन्त्र पार्टी भक्तपुर जिल्ला समितिले आज जिल्ला प्रशासन कार्यालय भक्तपुर मार्फत प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापन पत्र बुझाएको छ । राप्रपा केन्द्रीय नेता एवं पूर्व मन्त्री टंक ढकाल, सहमहामन्त्री रबिन्द्रप्रताप शाह, केन्द्रीय सदस्य रामहरि थापा, जिल्ला अध्यक्ष रामशरण लामिछाने, नेताहरु मुकुन्द कार्कीलगायत जिल्लाका नेता तथा कार्यकर्ताहरुले पार्टीको जिल्ला कार्यालय कमल विनायकबाट र्याली सहित जिल्ला प्रशासन कार्यालय भक्तपुर पुगेर ज्ञापन पत्र बुझाएको हो । राप्रपा भक्तपुरका अध्यक्ष लामिछानेले जिप्रकामा र्याली सहित पुगेर सहायक प्रमुख जिल्ला अधिकारी माधव प्रसाद शर्मालाई प्रधानमन्त्री शेरबहादुर देउवालाई सम्बोधन गरेको १९ बुँदे बिभिन्न माग सहितको पत्र बुझाउनु भएको हो । समक्ष ले विभिन्न मागसहित २२ बुँदे ज्ञापनपत्र बुझाएको छ । राप्रपाले आज काठमाडौँमा प्रधानमन्त्रीलाई र देशका ७६ जिल्लामा प्रमुख जिल्ला अधिकारीमार्फत ज्ञापनपत्र बुझाएको जनाएको छ । राप्रपाले महँगी नियन्त्रण, किसानलाई समयमा नै मल, बीउ उपलब्ध गराइनुपर्ने, लगायत जनजीविकासँग सरोकार राख्ने मुद्दाहरुको साथै राष्ट्रियताको संरक्षण, प्रजातन्त्रको सुदुढीकरण, सुशासन र समृद्घिसँग सम्बन्धित माग सरकारसमक्ष पेश गरेको सहमहामन्त्री शाहले जानकारी दिनु भयो । राप्रपाले केन्द्र र स्थानीय दुई तहको बलियो सरकार बनाउनुपर्ने, मुलुकलाई एउटै निर्वाचन क्षेत्र कायम गरी संसद्को निर्वाचन पूर्ण समानुपातिक रुपमा गराउनुपर्ने, मौलिक अधिकारको रुपमा रहेको शिक्षा र स्वास्थ्य निःशुल्क गर्नुपर्ने, भूमिहीन तथा घरवारविहीन सुकुम्बासी समस्याको स्थायी समाधान गर्नुपर्ने, बेरोजगारी समस्याको दीर्घकालीन समाधान गर्नुपर्ने, व्यापार घाटा नियन्त्रण गर्दै व्यापार सन्तुलन कायम गर्नुपर्ने, पृथ्वीनारायण शाहको जन्मजयन्ती पुस २७ गतेलाई पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको रुपमा घोषणा गरी उक्त दिन सार्वजनिक बिदा दिर्नुपर्ने, राजसंस्था पुर्नस्थापना गर्नु पर्ने माग गरेको उहाँले जानकारी दिनु भयो । यसैगरी ज्ञापन पत्रमा अतिक्रमित नेपाली भूमि कालापानी, लिम्पियाधुरा, लिपुलेक फिर्ता लिन कूटनीतिक पहल गर्नुपर्ने, महिला, बालबालिका तथा दलित समुदायविरुद्घ हुने सबै प्रकारका हिंसा र विभेद अन्त्य गर्न सशक्त कदम चाल्नुपर्ने, विदेशमा रहेका नेपाली नागरिकले आगामी निर्वाचनमै मतदान गर्न पाउने व्यवस्था गर्नुपर्ने, स्थानीय तहमा लगाएका अव्यावहारिक करहरु तथा तीन तहका सरकारबाट लगाइएका दोहोरो कर तत्काल खारेज गर्नुपर्ने, वातावरणीय प्रभावलाई न्यूनीकरण गर्दै निजगढ अन्तर्राष्ट्रिय विमानस्थल यथाशीघ्र निर्माण गर्नुपर्नेलगायत माग गरिएको छ । --- # जिल्लाका जिल्ला अस्पतालदेखि स्वास्थ्य चौकीसम्मलाई विशेषज्ञ सेवा बिस्तार गर्ने : मन्त्री थापा Source: https://newskunda.com/archives/3613 Category: FEATURED NEWS, राजनीति, समाचार, समाज, स्वास्थ्य Last updated: 2026-04-29 भक्तपुर, १७ बैशाख : वागमति प्रदेश सरकारका स्वास्थ्य मन्त्री किरण थापामगरले वागमति प्रदेशका १३ वटै जिल्लाका जिल्ला अस्पतालदेखि स्वास्थ्य चौकीसम्मलाई विशेषज्ञ सेवा बिस्तार गर्ने लक्ष्य लिएको बताउनु भएको छ । आज भक्तपुरको सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित सिपाडोल स्वास्थ्य चौकीको नवनिर्मित भवनको उद्घाटन गर्दै उहाँले स्वास्थ्य चौकीहरुमा समेत आधारभूतदेखि विशेषज्ञ सेवासम्म विस्तार गर्ने बताउनु भएको हो । मन्त्री थापाले भन्नुभयो, ‘ हाम्र्रो लागि नागरिककको स्वास्थ्यनै सबैभन्दा महत्वपूर्ण विषय हो, त्यसैले स्वास्थ्य मन्त्रालयले सुगममा मात्रै नभई जिल्ला जिल्लाको दुर्गम क्षेत्रमा पनि प्रबिधिसंगै विशेषज्ञ स्वास्थ्य सेवाको पहुँच पुर्याउने कार्य बिस्तार गरेका छौ, स्वास्थ्य चौकीलाई आमजनताको विश्वसनीय स्वास्थय सेवा उपलब्ध गर्ने संस्थाको रुपमा बिकास गरिरहेका छौं ।’ उहाँले प्रदेश स्वास्थ्य मन्त्रालयले उक्त भवन निर्माणका लागि गत वर्ष रु. १८ लाख र यस वर्ष रु. २५ लाख गरि कूल रु. ४३ लाखको बजेटको व्यबस्था गरेको बताउदै वागमति प्रदेश भरिका स्वास्थ्य संस्थाहरुको भवन निर्माणदेखि स्तरोन्नती, गणस्तरीय विशेषज्ञ सेवा बिस्तार र निःशुल्क औषधि वितरण कार्यलाई प्रभावकारी बनाउँदै आएको बताउनुभयो । स्वस्थ नागरिक नै समृद्ध समाजको आधार हुन् भन्दै उहाँले तीन वटै तहका सरकार मिलेर सहज रुपमा गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्नु आवश्यक रहेको आल्याउनुभयो । कार्यक्रममा सूर्यविनायक नगरपालिकाका प्रमुख वासुदेव थापाले नगरवासीको स्वास्थ्य प्रति नगरपालिका सधै चिन्तामा रहेर सहयोग गर्दै आएके बताउदै स्वास्थ्य जस्तो सम्वेदनशिल विषयलाई नगरपालिकाले निकै महत्वका साथ हेरेर स्वास्थ्य केन्द्रीत बजेटमा बिस्तार गर्दै आएको बताउनुभयो । उहाँले नगरपालिकाले यस स्वास्थ्यचौकी निर्माणका लागि १० लाख रुपैया अनुदान दिएको बताउदै सुर्यविनायक नगरपालिकाले अब बिकासका धेरै काम सम्पन्न गरिसकेकाले शिक्षा,स्वासथ्य र रोजगारी केन्द्रीत कार्यक्रममा बजेट खर्च गर्ने नीति लिएको बतानउनभयो । नगरपालिकाले जनशक्तिदेखि प्रबिधि सम्मको बिस्तार गर्दै आमनागरिकको दैलोमै स्वास्थ्य सेवाको पहुँच पुर्याउने बताउनुभयो । नगरपालिकाका उप–प्रमुख, सरिता तिमिल्सिना भटटराईले यहाँका बासिन्दाले नागरिकले सस्तो छिटो छरितो सेवा लिन सक्ने उल्लेख गर्दै महिलाको पाठेघरको क्यान्सर, स्त्रीरोग सम्बन्धि जाच अब निशुल्क गर्ने बताउनुभयो । कार्यक्रममा सिपाडोल वडा नं. ८ का वडा अध्यक्ष, पुष्पराज बस्नेतले धेै वर्ष जीर्ण भवनमा सेवा दिदै आएकोमा अब नयाँ भवनबाट सबै सेवा सुचारु भएको बताउदै यसले स्थानीयवासीमा ठूलो टेवा पुगेको बताउनुभयो । उहाँले सामान्य रागका लागि स्वास्थ्य चौकीबाटै गुणस्तरीय सेवा प्रवाह हुने बताउनुभयो । कार्यक्रममा नगरपालिकाका प्रवक्ता एवं वडा नं. ६ का वडाध्यक्ष रबिन्द्र सापकोटा, जिल्ला जनस्वास्थ्य कार्यालयकी प्रमुख अञ्जना खड्का, वडा सदस्यहरु एवं कार्यपालिका सदस्यहरु र स्थानीयको सहभागिता रहेको थियो । --- # जुन ९ मा नेपालले विश्व कप क्रिकेट लिग २ को पहिलो खेल खेल्दै Source: https://newskunda.com/archives/1223 Category: FEATURED NEWS, खेलकुद, विश्व, समाचार Last updated: 2022-06-09 टेक्सस (अमेरिका) । विश्वकप क्रिकेट लिग २ अन्तर्गत नेपाली राष्ट्रिय क्रिकेट टोलीले आफ्नो पहिलो खेल जुन ९ मा खेल्दैछ । लिगमा सहभागिताका लागि अमेरिका भ्रमणमा रहेको नेपाली टोलीले ओमानसँग पहिलो खेल खेल्नेछ । लिग अन्तर्गत अमेरिकामा संचालन भैरहेको सिरिजमा नेपाल, ओमान र अमेरिका रहेका छन् । सिरिज अमेरिकाको टेक्सस राज्यको ह्युष्टन शहरमा रहेको मोसा स्टेडियमा संचालन हुनेछ । नेपाली राष्ट्रिय क्रिकेट टोलीले विश्व कप क्रिकेट लिगको खेलहरुमा सहभागिता जनाउनु अघि तयारी स्वरुप एनआरएनए एनसिसी युएसए कपमा सहभागिता जनाएको थियो । लिगका लागि तयारीमा व्यस्त रहेको टोलीले अमेरिकामा संचालन हुने विश्व कप क्रिकेट लिग २ को खेल अघि गत विहिवार नेपाली अल स्टार क्लबसँग र दोस्रो खेलमा ह्युष्टन हुरिकेनसँग प्रतिष्पर्धा गरेको थियो । जसमा पहिलो खेलमा अल स्टारसँग नेपाली राष्ट्रिय टोली ४ विकेटले पराजित भएको थियो भने दोस्रो खेलमा सन्दीप लामिछानेले आराम गर्दा कप्तानी गरेका रोहित पौडेलको १ सय १ रनको मद्दतमा नेपाली राष्ट्रिय टोलीले ह्युष्टन हुरिकेनलाई २९ रनले पराजित गरेको थियो । गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् अमेरिकाको तत्वाधानमा भएको प्रतियोगितामा संघले नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई अमेरिकामा व्यवस्थापनको जिम्मेवारी लिएको नेपाली अल स्टार क्लबलाई २० हजार डलर सहयोग गरेको थियो । साथै संघले अन्य विभिन्न खालका सहयोग समेत गरेको थियो । एनआरएनए एनसिसी युएसए कपको समाप्तीपछि आयोजित कार्यक्रममा संघका तर्फवाट अध्यक्ष बुद्दिसागर सुबेदी, वरिष्ठ उपाध्यक्ष कृष्ण जिवी पन्त, उपाध्यक्ष सुमन थापा, सचिव अनुप खनाल लगायतले विजयी तथा उपविजयी खेलाडी, टोली र अफिसियलहरुलाई अवार्ड तथा प्रमाणपत्र वितरण गर्नुभएको थियो । नेपाली राष्ट्रिय टोलीलाई तयारीका लागि सहज होस् भन्ने उद्देश्यले एनआरएनए एनसिसी युएसए कप आयोजना गरिएको थियो । यसैबीच, संघको टेक्सस च्याप्टरले शनिवार स्वागत तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । च्याप्टरका उपाध्यक्ष गंगा शर्माको अध्यक्षता, सचिव डा. चण्डी भण्डारीको संचालन र सहसचिव राजन भट्टराईको स्वागत मन्तव्य रहेको कार्यक्रममा संघका अध्यक्ष बुद्दिसागर सुबेदी, वरिष्ठ उपाध्यक्ष कृष्ण जिवी पन्त, उपाध्यक्ष सुमन थापा, सचिव अनुप खनाल, नेजाका महासचिव सुरज भण्डारी, एएनएका अध्यक्ष विजयराज भट्टराई, एनएसटीका अध्यक्ष राजेन्द्र वाग्ले, एनएसटीका महासचिव एवं एनआरएनए युथ कमिटि चियर सन्देश उप्रेती, क्षेत्रीय संयोजक सुजन पण्डित, नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य प्रकाश तिमल्सिना, खेलकुद पत्रकार मञ्चका महासचिव प्रज्ज्वल वली, पत्रकारहरु विनोद पाण्डे, किशन रेग्मी, नपलिज एशोसिएशन अफ ह्युष्टनका अध्यक्ष विष्णु नेपाल, सिएनएफका अध्यक्ष कृष्ण न्यौपाने, नेपाल हेरिटेजका अध्यक्ष कर्ण बोगटी, डा. विजय झा, सतिश त्रिपाठी लगायतले धारणा राख्नुभएको थियो । आईसिसी क्रिकेट वल्र्ड कप लिग टु मा रहेका ७ देशहरु विश्व कपका लागि छनौट हुन प्रतिष्पर्धामा छन् । अहिले सम्म अंक तालिकामा ओमान ३२ खेल खेल्दै १९ जित सहीत ४० अंक सहीत शिर्ष स्थानमा रहेको छ । यसैगरी स्कटल्याण्ड १६ खेलमा ११ मा जित निकाल्दै २४ अंक सहीत दोस्रो स्थानमा रहेको छ । यस्तै, युएई १८ खेलमा १० जित निकाल्दै २२ अंकका साथ तेस्रो स्थानमा, नामिबिया १४ खेलमा ७ मा जित निकाल्दै १४ अंकका साथ चौथो स्थानमा, युएसए १६ खेलमा ७ मा जित निकाल्दै १४ अंकका साथ पाँचौ स्थानमा , नेपाल १२ खेलमा ६ मा जित निकाल्दै १२ अंकका साथ छैठौं र पपुवा न्यूगिनी २० खेलमा १ मा जित निकाल्दै २ अंकका साथ सातौं स्थानमा रहेको छ । नेपालको टोलीमा सन्दीप लामिछाने (कप्तान), आसिफ शेख (विकेटकिपर), कुशल भुर्तेल, रोहित पौडेल, दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, विनोद भण्डारी (विकेटकिपर), सुनिल धमला, देव खनाल, आदिल अन्सारी, करण केसी, सोमपाल कामी, सुशान भारी, किशोर महतो र सागर ढकाल रहेका छन् । --- # ज्येष्ठ नागरिक सेवा समाजलाई सुवालले गरे १ लाख १० हजारको चेक हस्तान्तरण Source: https://newskunda.com/archives/3715 Category: FEATURED NEWS, अर्थ, राजनीति, समाचार, समाज Last updated: 2026-05-29 नवराज काफ्ले भक्तपुर, १५ जेठ : ज्येष्ठ नागरिकहरूको सम्मानजनक जीवनयापन र उनीहरूको हकहित संरक्षणका लागि संस्थागत पहल कदमी बढाउने उद्देश्यका साथ 'संस्थागत जानकारी एवं सहयोग हस्तान्तरण कार्यक्रम' सम्पन्न भएको छ । ज्येष्ठ नागरिक सेवा समाज, नेपालको आयोजनामा भक्तपुरको सूर्यविनायक स्थित शुभकामना साकोसको सभाहलमा आयोजित उक्त विशेष कार्यक्रममा संस्थाका अध्यक्ष बालमुकुन्द सुवालले व्यक्तिगत तर्फबाट १ लाख १० हजार रुपैयाँको आर्थिक सहयोग घोषणा गर्दै चेक हस्तान्तरण गर्नुभएको छ । अध्यक्ष सुवालको यस सराहनीय कार्यबाट प्रभावित भई कार्यक्रममा उपस्थित अन्य दाताहरूबाट समेत तत्कालै थप ९० हजार रुपैयाँ सहयोग संकलन भएको छ । कुल २ लाख रुपैयाँको यो सहयोग राशिले ज्येष्ठ नागरिकको कल्याणका लागि अन्य मनकारी व्यक्ति एवं संस्थाहरूलाई पनि सहयोग गर्न ठूलो ऊर्जा र प्रेरणा मिल्ने वातावरण तयार गरेको छ । ज्येष्ठ नागरिक सेवा समाज, नेपालका अध्यक्ष बालमुकुन्द सुवालको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रमको सञ्चालन संस्थाकी उपाध्यक्ष कृष्णेश्वरी हाडाले गर्नुभएको थियो । कार्यक्रममा विभिन्न क्षेत्रका लब्धप्रतिष्ठित सामाजिक व्यक्तित्वहरू, बुद्धिजीवी एवं संस्थाका परिवारहरूको उल्लेख्य सहभागिता रहेको थियो । कार्यक्रमको एक महत्त्वपूर्ण सत्रमा वीर अस्पतालकी जेरियाट्रिक नर्स विशेषज्ञ (वृद्धवृद्धा स्वास्थ्य विशेषज्ञ) रती पक्वाङ्ग सुवालले सहभागीहरूलाई ज्येष्ठ नागरिकको वर्तमान अवस्था, उनीहरूको विशिष्ट स्वास्थ्य आवश्यकता र 'डे-केयर सेन्टर' (दिवा सेवा केन्द्र) को अपरिहार्यता बारे विस्तृत प्रशिक्षण दिनुभएको थियो । उहाँले उमेर ढल्किँदै जाँदा देखा पर्ने शारीरिक तथा मानसिक समस्याहरूलाई सम्बोधन गर्न र उनीहरूलाई एक्लोपनबाट बचाउन दिवा सेवा केन्द्रहरूले खेल्ने भूमिकाबारे प्रकाश पार्नुभयो । संस्था स्थापनाको मूल उद्देश्य 'ज्येष्ठ नागरिकको सम्मानजनक जीवनको पहल' रहेको जानकारी दिँदै कार्यक्रममा संस्थाको आगामी कार्ययोजनाहरू प्रस्तुत गरिएको थियो । जस अन्तर्गत सम्पूर्ण सुविधा सम्पन्न ज्येष्ठ नागरिक मैत्री भवन निर्माण गर्ने, ज्येष्ठ नागरिक दिवा सेवा केन्द्र (डे-केयर सेन्टर) स्थापना गरी आवश्यक पूर्वाधार तथा सुविधाहरू उपलब्ध गराउने,समाजमा असहाय र कठिन परिस्थितिमा जीवन बिताइरहनुभएका ज्येष्ठ नागरिकहरूको उचित व्यवस्थापन गर्ने,उनीहरूको जीवनलाई सरल, सुखी र आध्यात्मिक बनाउन स्वास्थ्य शिविर, योगध्यान, धार्मिक प्रवचन तथा धार्मिक भ्रमण जस्ता सेवाहरू सञ्चालन गर्ने,यो सेवामूलक अभियानलाई काठमाडौँ उपत्यकामा मात्र सीमित नराखी देशव्यापी रूपमा विस्तार गर्ने लगायत रहेको संस्थाका अध्यक्ष सुवालले अवगत गराउनुभयो । कार्यक्रममा आमन्त्रित अतिथि वक्ताहरूले ज्येष्ठ नागरिक समाजले अघि सारेको कार्ययोजनाको प्रशंसा गर्दै आफ्ना महत्त्वपूर्ण धारणाहरू राख्नुभएको थियो । धारणा राख्ने क्रममा पातञ्जल योग समिति नेपालका महासचिव नबराज काफ्लेले ज्येष्ठ नागरिकहरूको सु-स्वास्थ्यका लागि योग र ध्यानको महत्त्व दर्शाउँदै भन्नुभयो-"उमेर बढ्दै जाँदा शरीर निष्क्रिय हुनु स्वाभाविक हो, तर योग र प्राणायामको माध्यमबाट उनीहरूलाई मानसिक रूपमा सवल र शारीरिक रूपमा चुस्त राख्न सकिन्छ । संस्थाले कार्ययोजनामा योगध्यानलाई समेट्नु स्वागतयोग्य छ र यसमा हाम्रो समिति सदैव सहकार्य गर्न तयार छ ।" त्यसैगरी साझा प्रकाशनका पुर्व महाप्रबन्धक होम प्रसाद गौतमले ज्येष्ठ नागरिकहरू समाजका पथप्रदर्शक भएको चर्चा गर्दै भन्नुभयो-"ज्येष्ठ नागरिकहरूसँग अथाह ज्ञान र अनुभवको भण्डार हुन्छ । उनीहरूको अनुभवलाई राज्य र समाजले सही ढंगले उपयोग गर्न सक्नुपर्छ । अध्यक्ष सुवालले गर्नुभएको आर्थिक सहयोगले संस्थाको जग बलियो बनाउन ठूलो मद्दत पुग्नेछ र यसले अन्य क्षेत्रलाई पनि सामाजिक उत्तरदायित्व वहन गर्न प्रेरित गर्नेछ ।" कार्यक्रममा रासस भक्तपुर संवादाता रमेश गिरिले पत्रकारिताको दृष्टिकोणबाट विषयवस्तुको उठान गर्दै भन्नुभयो-"बदलिँदो सामाजिक परिवेशमा ज्येष्ठ नागरिकहरू अपहेलित र एकाङ्की बन्दै गएका समाचारहरू बढिरहेका छन् । यस्तो अवस्थामा ज्येष्ठ नागरिक सेवा समाजले चालेको यो कदम उदाहरणीय छ । मिडियाको तर्फबाट यस्ता पवित्र र सामाजिक अभियानहरूलाई नागरिकस्तरसम्म पुर्याउन हामी सधैँ प्रतिबद्ध छौँ र अन्य दाताहरूलाई पनि यस महायज्ञमा जोडिन आह्वान गर्दछौँ ।" कार्यक्रममा ज्येष्ठ नागरिकहरूको जनसाङ्खीय अवस्था र यसले निम्त्याएका चुनौती एवं अवसरहरूमाथि पनि गम्भीर बहस भएको संस्थाका सदस्य बद्रीनारायण ताम्राकारले अवगत गराउनुभयो । संस्थाका सल्लाहकार विजेन्द्र ध्वजुले ज्येष्ठ नागरिकको राष्ट्रिय तथा अन्तरास्ट्रिय तथ्यांक प्रस्तुत गर्दै हाल विश्वभर ६० वर्षमाथिको जनसङ्ख्या करिब ९० करोड रहेको, अर्थात् प्रत्येक आठ जनामा एक व्यक्ति ज्येष्ठ नागरिक रहेको उल्लेख गर्नुभयो । उहाँले-यसको दुई तिहाइ हिस्सा विकासोन्मुख मुलुकहरूमा छ,सन् २०५० सम्ममा यो सङ्ख्या बढेर २ अर्ब (कुल जनसङ्ख्याको २२ प्रतिशत) पुग्ने अनुमान छ, नेपालको सन्दर्भमा कुल जनसङ्ख्याको १०.२ प्रतिशत अर्थात् करिब ३० लाख ज्येष्ठ नागरिकहरू रहेका छन् ,नेपालमा सामान्य जनसङ्ख्या वृद्धिदर ०.९३ रहँदा ज्येष्ठ नागरिकको जनसङ्ख्या वृद्धिदर भने ३.१४ प्रतिशत हुनुले यो उमेर समूहको सङ्ख्या तीव्र रूपमा बढिरहेको तथ्यांकबाट स्पष्ट देखिएको अवगत गराउनुभयो । नागरिकहरूमा नयाँ किसिमका समस्या र आवश्यकताहरू देखा परेका छन् । एकल परिवारको लहर, वैदेशिक रोजगारी र बसाइँसराइका कारण धेरै ज्येष्ठ नागरिकहरू सहाराविहीन र एकाङ्की बन्दै गएका छन् । अन्तरपुस्ता अन्तर (जेनेरेसन ग्याप) बढ्नु, अधिकार सुरक्षित नहुनु, पूर्वाधार र दक्ष जनशक्तिको अभाव हुनु तथा सडकमा अलपत्र पर्ने ज्येष्ठ नागरिकको सङ्ख्या बढ्नुले राज्यको बजेट र स्वास्थ्य क्षेत्रमा लगानीको भार थपेको छ । ज्येष्ठ नागरिकहरू समस्या मात्र नभएर अवसर पनि हुन् । उनीहरूसँग भएको ज्ञान, सीप र अनुभवले देशलाई दक्ष जनशक्ति प्रदान गर्छ, जसलाई पुनर्निर्माण वा आपतकालीन समयमा उपयोग गर्न सकिन्छ । सामाजिक सद्भाव, एकता र संस्कृतिको संरक्षणमा उनीहरूको भूमिका अद्वितीय रहन्छ । निजी क्षेत्रले ज्येष्ठ नागरिक लक्षित उत्पादन र व्यवसायमा लगानी बढाएर नयाँ रोजगारी सिर्जना गर्न सक्छन् । उनीहरूलाई आर्थिक रूपमा सक्षम बनाउन 'मेगा आयोजना' हरूमा लगानीको वातावरण बनाउनु आजको आवश्यकता हो । कार्यक्रमको समापन गर्दै सभापति एवं अध्यक्ष बालमुकुन्द सुवालले आफूले उपलब्ध गराएको सहयोग एउटा सुरुवात मात्र भएको र ज्येष्ठ नागरिकहरूको लागि बन्ने मैत्री भवन तथा दिवा सेवा केन्द्रका लागि समाजका हरेक तप्काबाट थप भौतिक, नैतिक र आर्थिक सहयोगको अपेक्षा गरिएको बताउनुभयो । --- # झंककुमारी स्मृति प्रतिष्ठानले सुरु गर्यो निःशुल्क स्वास्थ्य जाँच एवं औषधि वितरण Source: https://newskunda.com/archives/1492 Category: FEATURED NEWS, राजनीति, समाचार, समाज, स्वास्थ्य Last updated: 2022-07-20 भक्तपुर, ४ साउन : झंककुमारी स्मृति प्रतिष्ठान भक्तपुरले आजबाट चाँगुनारायण नगरपालिका खरिपाटीमा दैनिक निःशुल्क स्वास्थ्य जाँच एवं औषधि वितरण सेवा सुरु गरेको छ । चाँगुनरायण नगरपालिका वडा नं. ५ र ६ को सिमाना खरिपाटी १८ महिना अगाडि सञ्चालन हुदै आएको निःशुल्क स्वास्थ्य क्लिनिकलाई बिस्तार गरि आजबाट दैनिक स्वास्थ्य परीक्षण एवं औषधि वितरण सहित निःशुल्क स्वास्थ्य सेवा सुरु गरेको हो । गरिव तथा सामान्य स्वास्थ्य सेवाबाट समेत धेरै मानिस बञ्चित हुनु परेका देखेपछि स्थानीइ बासिन्दाका लागि सहज रुपमा निःशुल्क स्वास्थ्य सेवाको पहुँच पुर्याउने उदेश्यले समाजसेवी, व्यवसायी एवम् नेपाली काँग्रेसका नेता राजाराम खड्काले दिवंगत आमा झंककुमारी खड्काको स्मृतिमा स्थापना गर्नु भएको प्रतिष्ठानले निःशुल्क स्वास्थ्य सेवा सुरु गरेको हो । सेवाको आज नेपाली कांग्रेस भक्तपुर जिल्ला सभापति दुर्लभ थापाले उद्घाटन गर्नुभयो । उहाँले राज्यले गर्नु पर्ने काम आमाको स्मृतिमा सञ्चालन हुनु खुसीको कुरा भएको चर्चा गर्दै निःशुल्क स्वास्थ्य सेवाबाट आमनागरिक लाभान्वित हुने बताउनु भयो । उहाँले चाँगुनारायण नगरपालिकाले विगतमा एमालेबाट निर्वाचित नगर प्रमुखले करारमा राखेका कर्मचारी निस्कासन गरेर राम्रो गरेको भन्दै भ्रष्टाचारको अन्त्य गर्न नगर प्रमुखलाई कार्यक्रमस्थलबाटै निर्देशन दिनु भयो । कार्यक्रममा वाग्मति प्रदेशका भौतिक पूर्वाधार मन्त्री कृष्णलाल भँडेलले निःशुल्क स्वास्थ्य सेवा सबैका लागि सुरु भएको भन्दै यहाँ को काँग्रेस, को एमाले वा को अरु पार्टीका मान्छे भनेर नहेरी सबैलाई सेवा दिनु पर्ने बताउनु भयो । उहाँले यस प्रतिष्ठानलाई जग्गा उपलब्ध गराएर भवन निर्माण गरि आवश्यक पूर्वाधार, प्राबिधिक सामग्रीको उपलब्ध गराई मिनि अस्पतालको रुपमा बिकास गर्न म वाग्मति प्रदेश सरकारसँग पहल गर्ने बताउनु भयो । कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष राजाराम खड्काले भन्नुभयो, “सामान्य औषधि उपचार नपाएर धेरै व्यक्ति पीडित भएको देखेँ, कोही पनि व्यक्ति स्वास्थ्य जाँच गराउन नपाएर, औषधि नपाएर रोग पालेर बस्न नपरोस, ज्यान गुमाउन नपरोस भनेर आमाको स्मृतिमा झंककुमारी स्मृति प्रतिष्ठान सञ्चालन गरि विगत डेढ वर्षदेखि चाँगुनारायण नगरपालिकाका बासिन्दाका लागि निःशुल्क स्वास्थ्य सेवा र औषधिको व्यबस्था गरेका छौँ ।” उहाँले आजदेखि दैनिक निःशुल्क रुपमा स्वास्थ्य सेवा तथा औषधि वितरण गर्ने बताउदै यसलाई अझै बिभिन्न स्वास्थ्य उपकरणहरु जडान गरि सेवा बिस्तार गर्ने लक्ष्य लिएको बताउनु भयो । हुनेले नहुनेका लागि सहयोग गर्न आव्हान गर्दै उहाँले आजै सन्तोष भट्टराईले एक लाख ५० हजार रुपैयाँ बराबरको औषधि निःशुल्क उपलब्ध गराउने घोषणा गर्नु भएको बताउनु भयो । अध्यक्ष खड्काले यो संस्थालाई कांग्रेसको संस्थाको रुपमा नहेर्न आग्रह गर्दै यहाँका सबै जनताको स्वास्थ्य संस्थाको रुपमा सञ्चालन भई सबै जनतालाई सेवा दिने संस्थाको रुपमा हेरेर सेवा लिईदिन सबैमा आग्रह गर्नु भयो । कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रिय सदस्यहरु रमा पौडेल, मदनकृष्ण श्रेष्ठ, वाग्मति प्रदेश उद्योग वाणिज्य राज्यमन्त्री रजनी जोशी, चाँगुनारायण नगरपालिकाका प्रमुख जीवन खत्रीलगायतले स्वास्थ्य सेवाको पहुँचलाई जनजनमा पुर्याउन यस्तो संस्थाको भूमिका महत्वपूर्ण हुने बताउनु भयो । प्रतिष्ठानले दैनिक डाक्टर अनिल त्यातमार्फत विरामीको स्वास्थ्य परीक्षण गराउने, स्वास्थ्य परामर्श दिने, औषधि वितरण गर्ने व्यबस्था गरेको छ । --- # झरीमा रोकेन पत्रकारलाई : पत्रकार पक्राउ र सञ्चारगृहमाथि धरपकडविरुद्ध माइतीघरमा प्रदर्शन Source: https://newskunda.com/archives/5352 Category: FEATURED NEWS, अर्थ, राजनीति, समाचार, समाज Last updated: 2026-10-31 काठमाडौं, १४ कात्तिक : लगातार परेको झरी । बिहानैको झरीको पर्वाह नगरी माइतीघरमा भेला भएका पत्रकारहरु प्रर्दशन गरेका छन् । नेपाल पत्रकार महासंघको आह्वानमा माइतीघरमा पत्रकारहरुको प्रदर्शन गरेका हुन् । महासंघले पत्रकार पक्राउ, सञ्चारगृह माथि धरपकड र न्युजरूममा सरकार र प्रहरी हस्तक्षेप बढेपछि माइतीघरमा प्रदर्शन गरेको हो । वर्षा र झरीको प्रवाह नगरी पत्रकारहरु प्रदर्शनमा पुग्ने क्रम जारी छ । प्रदर्शनमा रहेका पत्रकारहरुले सरकारी रवैयाको विरोधमा नरााबाजी गरेका छन् । नेपाल पत्रकार महासंघका पूर्व वरिष्ठ उपाध्यक्ष रमेश विष्ट, वरिष्ठ पत्रकार देवेन्द्र चुडाललगायतले प्रदर्शनलाई सम्बोधन गरेका छन् । --- # झापा क्षेत्र नम्बर १ बाटै चुनाब लड्ने कांग्रेस महामन्त्री शर्माको घोषणा Source: https://newskunda.com/archives/1882 Category: FEATURED NEWS, राजनीति, समाचार, समाज Last updated: 2022-08-30 झापा, १४ भदौ : नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आगामी प्रतिनिधिसभा सदस्यको निर्वाचनमा झापा क्षेत्र नम्बर १ बाहेक अन्य कुनै पनि क्षेत्रबाट चुनाव नलड्ने बताउनुभएको छ । काठमाडौँ–५ कि झापा–१ भन्ने चर्चा भइरहेका बेला आज बिर्तामोडमा आयोजित एक कार्यक्रममा शर्माले यस्तो घोषणा गर्नुभएको हो । शर्माले यसपटक चुनाव जित्नेसमेत दाबी गर्नुभयो । उहाँले भन्नुभयो, “यो तेस्रो पटकको ट्रायल हो यसपटक अवश्य पास हुन्छु ।” तर शर्माले आफू उम्मेदवार हुने नहुने भन्ने विषयको टुङ्गो नलागेको बताउनुभयो । चुनाव जित्ने दाबी गर्नुभएका शर्माले तीन पटकमा राँगा त छिन्छ भन्दै यसपटकको निर्वाचनमा राम्रो हिसाब किताब गरेर मात्रै उम्मेदवार बन्ने बताउनुभयो । संविधान, लोकतन्त्र, मुलुक र जनताका लागि कांग्रेसको नेतृत्वमा गठबन्धन अपरिहार्य भएको बताउँदै शर्माले गठबन्धन हुँदा झापा–१ माओवादीको भागमा पर्न सक्ने संकेत गर्नुभयो । उहाँले आफू उम्मेदवार बन्ने विषयमा आन्तरिक छलफल भइरहेको स्पष्ट पार्नुभयो । गठबन्धनमा सिट बाँडफाँट हुँदा पहिले जितेको ठाउँमा त्यही पार्टीलाई दिने भन्ने मापदण्ड रहेको उल्लेख गर्दै भन्नुभयो, “पार्टी पदाधिकारीले उठ्ने इच्छा गरेको ठाउँमा छलफलबाट टुङ्ग्याउने सहमति भएको छ ।” विसं २०७४ को निर्वाचनमा नेकपा (माओवादी केन्द्र) का उम्मेदवार सुरेन्द्रकुमार कार्कीले त्यस क्षेत्रमा शर्मालाई पराजित गर्नुभएको थियो । त्यसअघि संविधानसभाको निर्वाचनमा नेकपा (एमाले) का नेता रविन कोइरालाले शर्मालाई पराजित गर्नुभएको थियो । --- # ट्यांकरको ठक्करबाट काँग्रेस नेतृ कार्कीको मृत्यु, श्रीमान् घाईते Source: https://newskunda.com/archives/4323 Category: FEATURED NEWS, अर्थ, राजनीति, समाचार, समाज Last updated: 2026-09-18 भक्तपुर, २ असोज : काठमाडौंबाट जडिबुटी हुदै भक्तपुरतर्फ जादै गरेको बागमती प्रदेश–०३–००१ प ०६१५ नम्बरको ट्यांकरले आज बा.९३प ७६७८ नम्बरको मोटरसाइकललाई पछाडिबाट ठक्कर दिँदा मोटरसाईकलमा सवार नेपाली कांग्रेस दोलखाकी महाधिवेशन प्रतिनिधि ३९ वर्षीया उर्मिला कार्कीको मृत्यु भएको छ । कोटेश्वरवाट जटिबुटी हुँदै भक्तपुर जाने क्रममा आज कार्की सवार मोटरसाइकललाई सोही दिशावाट आइरहेको टयांकरले ठक्कर दिदाँ मोटसाईकल चालक एवं कार्कीका श्रीमान् काभ्रेपलाञ्चोकको तिमाल गाउँपालिका–४ का देवराज कँडेल घाइते भएको प्रहरीले जानकारी दिएको छ । मृतकको शव परीक्ष(ाका लागि शिक्षण अस्पताल महाराजगञ्ज पठाएको र ट्यांकर चालक र दुबै सवारी साधनलाई प्रहरीले निण्न्त्रण्मा लिएर अनुसन्धान गरिरहेको प्रहरीले जानकारी दिएको छ । --- # ट्याङकरले ठक्करबाट स्कुटर चालकको मृत्यु Source: https://newskunda.com/archives/1154 Category: FEATURED NEWS, अपराध, समाचार Last updated: 2022-06-06 भक्तपुर, २३ जेठ : मध्यपुरथिमि नगरपालिका–१ लोकन्थली चोकमा भक्तपुरबाट काठमाडांै तर्फ जादै गरेको बाग्मती प्रदेश ०२–०२५ प. १६२० नं को स्कुटरलाई सोही दिशा तर्फ जादै गरेको बाग्मती प्रदेश ०१–००४ क. ०५८० नं को दुधको ट्याङकरले आज ठक्कर दिदा एकको मृत्यु भएको छ । ट्याङकरले ठक्करबाट गम्भिर घाइते स्कुटर चालक काभ्रेपलाञ्चोक बनेपा नगरपालिका–५ बस्ने ४५ वर्षीय नकुल थापाको गठ्ठाघरस्थित नागरिक कम्युनिटी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक राजू पाण्डेले जानकारी दिनु भयो । दुर्घटनामा संलग्न सवारी साधन र ट्याङकर चालक भक्तपुर नगरपालिका–२ ब्यासी बस्ने ३५ वर्षीय राजन ब्यान्जुलाई प्रहरी नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको उहाँले जानकारी दिनुभयो । --- # ठूली ब्रह्मायणी मन्दिर परिसरमा कलात्मक मृतिका तेराकोटा शैलीमा निर्माण गरिएको नमुना सत्तल–फल्चा निर्माण सम्पन्न Source: https://newskunda.com/archives/4029 Category: FEATURED NEWS, धर्म/संस्कृति, राजनीति, समाचार, समाज Last updated: 2026-08-11 भक्तपुर, २६ साउन । चाँगुनारायण नगरपालिका–८, सुडालस्थित ठूली ब्रह्मायणी मन्दिर परिसरमा कलात्मक मृतिका तेराकोटा शैलीमा निर्माण गरिएको नमुना सत्तल–फल्चा हस्तान्तरण गरिने भएको छ । मंगलबार रफत सञ्चार क्लबमा आयोजित पत्रकार सम्मेलनमा सत्तल–फल्चाका निर्माणकर्ता भक्तपुर नगरपालिका–९, तौलाछें निवासी विष्णु प्रसाद किसि प्रजापति र मोहोन प्रसाद किसि प्रजापतिले आफ्ना दिवंगत बुवा तथा आमाको स्मृतिमा परिवारकाउक्त फल्चा निर्माण गरेको बताउनुभयो । धार्मिक तथा सांस्कृतिक महत्व सहितको नवदुर्गागणको उत्पत्तिस्थलका रूपमा परिचित ठूली ब्रह्मायणी मन्दिर परिसरमा मौलिक कला, वास्तुकला र संस्कृतिको संरक्षण गर्ने उद्देश्यले तेराकोटा शैलीमा सत्तल–फल्चा निर्माण गरिएको पत्रकार सम्मेलनमा बताईएको छ । आफ्ना अभिभावकको स्मृतिलाई स्थायी बनाउँदै धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षणमा समेत योगदान पु¥याउने उद्देश्यले आफ्नो एकल निजी लगानीमा निर्माण कार्य सम्पन्न गरिएको प्रजापतिले जानकारी दिनुभयो । पत्रकार सम्मेलनमा प्रजापतिले निर्माण सम्पन्न भएको सत्तल–फल्चा यही साउन २८ गते हुने फल्चा उद्घाटन तथा हस्तान्तरण गरिने बताउदै त्यस दिन क्षमा पूजा, समयबजी ब्वोछ्यागु सम्मान तथा प्रसाद ग्रहण कार्यक्रम आयोजना गरिएको उहाँले बताउनुभयो । पत्रकार सम्मेलनमा ब्रम्हायाणी बिकास समितिका अध्यक्ष सहदेव शाखकर्मीले करिब एक करोडको लागतमा आफ्ना पुर्खाको स्मृतिमा मन्दिरमा विष्णु प्रसाद प्रजापतिले अतुलनिय ठूलो पूण्यको काम गरेको बताउनुभयो । सत्तल निर्माणसंगै ठूली ब्रम्हायाणी क्षेत्रको धार्मिक सौन्दर्यतामा थप टेवा पुग्ने बताउदै उहाँले धार्मिक पर्यटनको विकास गर्न टेवा पुग्ने बताउनुभयो । हस्तान्तरण एवं उद्घाटन कार्यक्रम साउन २८ गते बिहीबार बिहान ९ बजेदेखि दिउँसो ४ बजेसम्म ठूली ब्रह्मायणी मन्दिर परिसरको सत्तल प्राङ्गणमा हुने बताउदै धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षण र मौलिक कला–संस्कृतिको प्रवद्र्धनमा चासो राख्ने सबैलाई कार्यक्रममा सहभागिताको लागि सार्वजनिक आव्हन गरिएको छ । --- # ठेकेदार अलपत्र पारेको सडक नगरकोटवासीले गराएर बन्द Source: https://newskunda.com/archives/2320 Category: FEATURED NEWS, समाचार, समाज Last updated: 2022-10-31 भक्तपुर । भक्तपुर र काभ्रे जिल्लाको सीमानामा पर्ने पर्यटकीय गन्तव्यको रूपमा परिचित नगरकोट सडकखण्ड विगत आठ वर्षदेखि अलपत्र हुदाँ स्थानीय र पर्यटकहरुले सास्थी खेप्दै आएका छन् । करिब १५ किलोमिटर भक्तपुर–नगरकोट खण्डको काम समयमै नसकेको भन्दै स्थानीय बासिन्दाले सडकमै माटो थुपारेर सोमबारदेखि सडक बन्द गरेका छन् । नगरकोट नाल्दुम पर्यटन विकाश समितिका अध्यक्ष नविन गुरुङले १५ ट्रकजति माटो सडकमा खन्याएर स्थानीयले बाटो बन्द गरेको बताए । संघीय सरकारको बजेटबाट सडकको स्तरोन्नतिका लागि आठ वर्षअघि शैलुङ कन्स्ट्रक्सनसँग सम्झौता भएको थियो । तर सम्झौता भएको लामो समय बितिसक्दा पनि सडक निर्माणले गति लिन सकेको छैन । भक्तपुर–नगरकोट–हिउँवापाटी खण्ड निर्माणको जिम्मा पाएको शैलुङ कन्स्ट्रक्सन–एआईपीएल (आरामाली इन्फ्रा पावर लिमिटेड) जेभीले २०७१ जेठ २२ मा पाएको थियो । आयोजनाको लागतसमेत साढे ४ करोड रुपैयाँ बढेको छ । भ्याटसहित ३१ करोड ५२ लाख ९२ हजार रुपैयाँमा सम्झौता भए पनि अहिले लागत ३५ करोड ८७ लाख १८ हजार रुपैयाँ कायम गरिएको छ । लामो समयसम्म निर्माण कार्य अलपत्र पार्ने कम्पनीलाई कारबाही गर्नुको साटो राजनीतिक संरक्षण र शक्तिका भरमा पटक–पटक म्याद थप गरिएको भन्दै स्थानीय, व्यवसायी, जनप्रतिनिधिलगायतले ठेक्का नै रद्द गर्नुपर्ने माग गर्दै आएका छन् । यसअघि विभिन्न कार्यक्रम र माध्यमबाट दबाब दिँदै आए पनि निर्माण कम्पनीले अटेरी गर्दै आएको नगरकोट नाल्दुम पर्यटन विकाश समितिका अध्यक्ष गुरुङले बताए । विगतमा नगरकोटवासीले गतवर्ष सडक किनारमा शैलुङ कन्स्ट्रक्सनका प्रमुख शारदाप्रसाद अधिकारीको फोटो टाँसेर विरोध गरेका थिए । स्थानीय चाँगुनारायण ६ र ७ का वडाअध्यक्षहरुले सडकमै वडा कार्यालयको काम गरेर विरोध गरेका थिए । अधिकारी पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालका घरबेटीसमेत हुन् । वि.स २०७३ कात्तिक ४ गते नै काम सक्ने गरी जिम्मा पाए पनि हालसम्म करिब ८० प्रतिशत मात्रै काम सकिएको छ । उक्त ठेक्काको हालसम्म ७ पटक म्याद थप भइसकेको छ । --- # डा आरजु राणा बागलुङ क्षेत्र नं २ बाट सिफारिस Source: https://newskunda.com/archives/1969 Category: FEATURED NEWS, राजनीति, समाचार Last updated: 2022-09-03 बागलुङ , १८ भदौ : नेपाली कांग्रेस बागलुङले बागलुङ क्षेत्र नं २ बाट प्रधानमन्त्री पत्नी डा आरजु राणा देउवासहित १० जनाको नाम सिफारिस गरेर पठाएको छ । नेपाली कांग्रेस बागलुङ क्षेत्र नं २ को आज बसेको बैठकले डा आरजु राणा देउवासहित नेपाली कांग्रेस सभापति जीत शेरचन, गणेश शेरचन, टेकराज पौडेल, देवीप्रकाश भट्टचन, दोर्णकुमार कुँवर, नरबहादुर पुन निरज, रामप्रसाद आचार्य, डा शान्तराज आचार्य र सिंहबहादुर राणाको नाम सिफारिस गरिएको बागलुङ क्षेत्र नं २ का क्षेत्रीय सभापति जोकलाल बुढाले जानकारी दिनुभयो । बुढाका अनुसार बागलुङ क्षेत्र नं २ मा नेपाली कांग्रेस बलियो सङ्गठन रहेको भन्दै गठबन्धमा भागबण्डा मिलाउँदा उक्त क्षेत्र कांग्रेसले पाउनुपर्ने बताउनुभयो । --- # डान्सबार र दोहोरीमा जान्थ्यो सक्कली बोतलको नक्कली मदिरा Source: https://newskunda.com/archives/1797 Category: FEATURED NEWS, अपराध, समाचार, समाज Last updated: 2022-08-26 काठमाडौँ, १० भदौ : विभिन्न ब्राण्डका सक्कली बोतलमा नक्कली रक्सी (मदिरा) राखेर एक समूहले उपत्यकाका डिस्को, डान्सबार, दोहारी तथा नाइट क्लबमा बिक्री गर्ने गरेको खुलेको छ । उनीहरूले पुरानो स्टक सामान भएको भनी सक्कली ब्राण्डका मदिराको बजार मूल्यभन्दा एक वा दुई हजारसम्म छुट दिएर त्यसरी नक्कली रक्सी बिक्री गर्ने गरेको पाइएको हो । जिल्ला प्रहरी परिसर काठमाडौँले यसरी नक्कली रक्सी बनाएर बिक्री वितरण गर्दै आएका पाँचलाई पक्राउ गरी अनुसन्धान थालेको छ । पक्राउ पर्नेमा दोलखाको कालिञ्चोक घर भई काठमाडौँ बस्ने २४ वर्षका हरि ओली, सोही जिल्लाको भीमेश्वर घर भइ भक्तपुर बस्ने भगवान बस्नेत, सोही जिल्ला घर भइ काठमाडौँको महाबौद्ध बस्ने विशाल ओली, रामेछाप घर भइ काठमाडौँको मूलपानी बस्ने मनोज खत्री र सोही जिल्ला घर भइ काठमाडौँको ठमेल बस्ने गोपी श्रेष्ठ रहेका छन् । काठमाडौँको कोटेश्वरमा विभिन ब्राण्डको नाममा नक्कली रक्सी बनाइ बिक्री वितरण हुने गरेको सूचनाको आधारमा यही ७ गते साँझ खोजतलासमा निस्किएको प्रहरी टोलीले घटनामा संलग्न हरि ओलीलाई पक्राउ गरेको थियो । उनको कोठा खानतलासी गर्दा महँगो ब्राण्डका चार कार्टुन सिलप्याक मदिरा बरामद भएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भरतबहादुर बोहराले जानकारी दिनुभयो । बोहराका अनुसार उनीसँगको सोधपुछका क्रममा उक्त मदिरा उत्पादन, भण्डारण, बिक्री वितरण गर्ने कार्यमा अन्य केही व्यक्ति पनि संलग्न भएको पाइएपछि थप तीनलाई नियन्त्रणमा लिइएको थियो । उनीहरूको समेत बयानका आधारमा प्रहरीले भक्तपुरको चाँगुनारायण–२ दुवाकोटबाट उत्पादनकर्ता भगवान् बस्नेतलाई पक्राउ गरिएको बोहराले आज पत्रकार सम्मेलनमा जानकारी दिनुभयो । उनी त्यहाँ नक्कली रक्सी उत्पादन कार्यमा खटिएका पाइएको छ । उनको फ्याक्ट्रीबाट सिलप्याक गरिएको सयौँ बोतल नक्कली मदिरासहित खाली बोतल, बिर्काे, आन्तरिक राजस्व विभागबाट जारी भएको स्टिकर तथा मदिरामा मिसानउन प्रयोग गर्ने केमिकल, घोल्न प्रयोग गरिने बाल्टी तथा अन्य भाडावर्तनसमेत बरामद गरिएको छ । सस्तो खालका मदिरा खरिद गरी त्यसमा भएको आन्तरिक राजस्व कार्यालयको स्टिकर उप्काएर महङ्गो मूल्य पर्ने बाण्डेड मदिराका बोतलमा टाँस गरी नक्कली मदिरा हालेर सिलप्याक गरी बिक्री गर्ने गरेको अनुसन्धानमा खुलेको प्रहरीले जनाएको छ । नक्कली मदिरा बनाउँदा प्रयोग गर्ने केमिकलको बारेमा अनुसन्धान गर्न बाँकी नै रहेको प्रहरीले जानकारी दिएको छ । उनीहरूलाई कालो बजारी तथा केही अन्य सामाजिक अपराध तथा सजाय ऐन अन्तरगतको कसुरमा जिल्ला प्रशासन कार्यालय काठमाडौँबाट सात दिनको म्याद थप गरी अनुसन्धान भइरहेको जनाइएको छ । --- # डेँगी रोग खोज तथा नष्ट अभियान सुरु, रोकथाम तथा नियन्त्रणका लागि द्रुत प्रतिकार्य समिति गठन Source: https://newskunda.com/archives/2863 Category: FEATURED NEWS, अर्थ, जीवन शैली, राजनीति, समाचार, समाज Last updated: 2023-07-24 भक्तपुर, ८ साउन । चाँगुनारायण नगरपालिकाले डेँगी रोकथाम तथा नियन्त्रणका लागि डेँगी रोग खोज तथा नष्ट अभियान सुरु गरेको छ । नगरपालिकाले रोगको खोज तथा नष्टका लागि वडावडामा द्र्ुत प्रतिकार्य टोली गठन गरि अभियान थालेको हो । रोगको महामारी फैलिनु अगाडिनै यसको नियन्त्रणका लागि नगरपालिकाले स्वास्थ्य शाखा मार्फत डेँगी रोकथाम तथा नियन्त्रण सम्बन्धि अभियान थालेको नगर प्रमुख जीवन खत्रीले बताउनु भयो । नगरपालिकाका प्रमुख खत्रीले चाँगुनारायण नगरपालिकाले तयार गरेको मनसुन पूर्वतयारी योजना अनुरुप डेँगी रोकथाम र नियन्त्रणका लागि समुदायस्तरमा बिभिन्न गतिबिधिसहितको अभियान सुरु भएको बताउनु्भयो । आफ्नो नगरक्षेत्रमा डेँगी रोग फैलिन नदिन समयमै सचेतना अपनाउदै नगरस्तरीय द्र्ुत प्रतिकार्य टोली गठन भई वडास्तरीय विपद् व्यवस्थापन समितिमार्फत तत्काल वडास्तरीय द्रुत प्रतिकार्य टोली गठन गरी डेँगी रोकथाम तथा नियन्त्रणका गतिविधिहरु सञ्चालन गर्न प्रत्येक वडा कार्यालयलाई निर्देशन समेत दिएको उहाँले बताउनु भयो । चाँगुनारायण नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत चुरामणि पन्थीले नगरपालिका अन्तर्गतका कार्यालय, विद्यालय, सामुदायिक भवनबाट डेँगी रोग रोकथाम तथा नियन्त्रणको मुख्य तरिका खोज तथा नष्ट अभियान शुरु गरेको बताउनु भयो । उहाँले सबै समुदायमा रोग सम्बन्धि जनचेतना फैलाइ समुदायको सहभागितामा रोकथाम र नियन्त्रणका उपायहरु अवलम्बन गरिने बताउनुभयो । उहाँले विद्यालयस्तर एवं समुदायस्तरमा पूर्वतयारीका गतिविधिहरु सञ्चालनका लागि शाखागत आवश्यक समन्वय गरी द्रत रुपमा डेंगी नियन्त्रण कार्य अगाडि बढाउने अभियान थालेको बताउनु भयो । नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख सत्यकुमार दुवालले डेँगी रोग रोकथाम र नियन्त्रणका लागि चाँगुनारायण नगरपालिकाले द्रुत प्रतिकार्य टोली गठन गरी नगरस्तरीय अभिमुखिकरण कार्यक्रम सम्पन्न गरिसकेको बताउनु भयो । चाँगुनारायण नगरपालिकाले डेँगी रोग रोकथाम र नियन्त्रणका लागि तयार गरेको योजना अनुरुप वडास्तरमा अभिमुखीकरण, द्रुत प्रतिकार्य समितिको गठन, स्थानीय रेडक्रस लगायत महिला स्वास्थ्य स्वयंसेविका तथा विभिन्न संघसंस्था तथा विद्यालयको सहभागितामा घरधुरी सर्वेक्षण गरी घर घरमा पर्चा वितरण र नगर क्षेत्रमा माइकिङ्ग गर्ने, सबै वडाहरुमा डेँगी नियन्त्रण रोकथाम खोज र नष्ट अभियान सञ्चालन गर्ने, सबै स्वास्थ्य संस्थाहरुलाई डेँगीको सम्भावित जाँचको लागि तयारी अवस्थामा राख्ने जस्ता कार्य सुरु गरेको जानकारी दिनुभयो । --- # डोलेश्वरमा ३८ दिने साउने मेला नगर प्रमुख वासुदेव थापाद्धारा समापन, एक करोड भेटी संकलन Source: https://newskunda.com/archives/4054 Category: FEATURED NEWS, अर्थ, धर्म/संस्कृति, राजनीति, समाचार, समाज Last updated: 2026-08-22 भक्तपुर, ६ भदौ ः केदारनाथको शीर डोलेश्वर महादेव मन्दिरमा ३८ दिने श्रावणाी मेला आज साँझबाट सम्पन्न भएको छ । साउन १ गतेबाट सुरु भएको मेला आज साँझ सूर्यविनायक नगरपालिकाका प्रमुख वासदेव थापाले समापन गर्नु भएको हो । सूर्यविनायक नगरपालिका‐८ सिपाडोलस्थित डोलेश्वर महादेव मन्दिरलाई डोलेश्वर महादेव मन्दिरलाई वि.सं. २०६६ भदौ ६ मा केदारनाथको शिर घोषणा गरिएको थियो । घोषणा भएको दिन भएकाले आजको दिन मन्दिरका चारै ढोका खुलागरी दर्शनार्थीले मन्दिरभित्र प्रवेशगरी डोलेश्वरको शिलामा स्पर्श गरेरै पूजा गर्न पाउने व्यवस्था गरिएको केदारनाथको शिर डोलेश्वर महादेव संरक्षण तथा विकास समितिका अध्यक्ष धर्मराज बस्नेतले जानकारी दिनुभयो । आज बिहान ४ बजेदेखि मन्दिरको चारवटै ढोका खुलागरी दर्शनको व्यवस्था गरिएको उहाँले जानकारी दिनुभयो । यस मन्दिरमा महाशिवरात्रि, अक्षय तृतीया र भदौ ६ गते गरी वर्षमा तीन दिन मात्रै मन्दिरको चारै ढोका खुला गरेर दर्शनार्थीलाई मन्दिरभित्र प्रवेश दिई शिला छोएर पूजा गर्नेे व्यवस्था गरेको उहाँले बताउनुभयो । मेलाको ३८ दिने अबधीमा करिब एक करोड रुपैयाँ भेटी संकलन भएको समितिका महासचिव हरिशरण बस्नेतले जानकारी दिनुभयो । मेला अबधीभर करिब एक लाख भक्तजनले मन्दिरको दर्शन गरेको जानकारी दिदै उहाँले यस अबधीमा ४० हजार भन्दा बढी भारतीय पर्यटकको आगमन भएको जानकारी दिनुभयो । कार्यक्रममा सूर्यविनायक नगरपालिकाका प्रमुख वासुदेव थापाले सूर्यविनायक नगरपालिकाले डोलेश्वरको विकासमा निरन्तर लाग्दै आएको बताउदै नगरपालिका क्षेत्रलाई धार्मिक पर्यटनको विकासको केन्द्र बनाउने गरि शिव सर्किटको निर्माण गरिएको र आन्तरिक तथा बाह्य पर्यटकको आगमन बढेको बताउनुभयो । मेला अबधीभर मन्दिरमा सन्ध्याकालिन आरती गरिएकाले साँझसमेत दर्शनार्थीको भीड लगाउने गरेको बताउदै संकलन भएको भेटीलाई यहाँको समग्र विकासमा खर्च गरिने बताउनुभयो । कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत युवराज आचार्य, वडा नं. १ का वडाध्यक्ष सानुकाजी कायस्थ, २ का वडाध्यक्ष प्रदीप कार्की, ३ का वडाध्यक्ष , वडा नं. ७ का वडाध्यक्ष एवं प्रवक्ता रविन्द्र सापकोटा, वडा नं. ८ का वडाध्यक्ष पुष्पराज बस्नेत, वडा नं. १० का वडाध्यक्ष शिवराम राउतलगायत जनप्रतिनिधिहरुको सहभागिता रहेको थियो । कार्यक्रममा नगरपालिकाका प्रवक्ता समेत रहेका वडा नं. ७ का वडाध्यक्ष रविन्द्र सापकोटा, वडा नं. ८ का वडाध्यक्ष पुष्पराज बस्नेतले डोलेश्वर सूर्यविनायकको मात्रै नभई विश्वभरका हिन्दुहरुको शान र पहिचान भएको बताउदै यसको विकासमा नगरपालिका निरन्तर लाग्ने बताउनुभयो । --- # डोलेश्वरमा कला कार्यशाला, १७ कलाकारले बनाए धार्मिक सम्पदाको आकृति Source: https://newskunda.com/archives/1588 Category: FEATURED NEWS, कला तथा साहित्य, समाचार, समाज Last updated: 2022-07-30 भक्तपुर, १४ साउन : सूर्यविनायक नगरपालिका–८ स्थित प्रसिद्ध डोलेश्र महादेव मन्दिर परिसरमा साउनको मेला भर्न शनिवारको दिन भक्तजनको ओइरो उत्तिकै थियो । त्यहीँ मन्दिर परिसर भित्र छरिएर १७ जना कलाकारहरु भने आफ्नै धुनमा कागजमा चित्र कोर्न व्यकस्त देखिन्थे । बिहान ८ बजे मन्दिर परिसर पुगेको कलाकारहरु दिनभरी नै मन्दिर क्षेत्रमा रहेर यहाँका बिभिन्न कलाकृतिहरु, आकृतिहरु, गतिबिधिहरु ब्रशमा रंग चोप्दै वाटर कलर पेपरमा दुरुस्तै चित्र उतार्न व्यबस्त देखिन्थे । राष्ट्रिय ललित कला संघले आज डोलेश्वर मन्दिर परिसरमा आयोजना गरेको चित्रकला कार्यशालामा कलाकारहरु दिनभरीको चित्र कोर्नै व्यस्त रहेको यो दृश्य मन्दिर पुग्नेहरुका लागि नौलो भने पक्कै थियो । बिहान कला यात्रासहित सुरु भएको कार्यशालामा दिनभर कलाकारहरुले कला सृजना गरेर अन्तमा सृजनाको प्रस्तुती एवं छलफल गरेर सम्पन्न गरिएको राष्ट्रिय ललितकला संघका अध्यक्ष एवं कार्यशालाका संयोजक दिपेन्द्रमान बनेपालीले जानकारी दिनु भयो । ऐतिहासिक, धार्मिक एवं पुरातात्विक सम्पदा क्षेत्रको प्रचार प्रसार गर्ने, त्यहाँको बिकासमा टेवा पुर्याउने र त्यस्ता क्षेत्रको पहिचानको प्रबर्दन गर्दै पर्यटनको विकास गर्ने अभियानका साथ सञ्चालन भएको कला कार्यशाला डोलेश्वरमा आयोजना गरिएको उहाँले जानकारी दिनु भयो । कार्यशालामा कलाकारहरु बनेपाली, एन.बि. गुरुङ्, चन्द्रा श्रेष्ठ, कान्छाकाजी भासिमा, विपना महर्जन, रुविना बाँडे, राजेन्द्र याकामी, गौरी कोजू, रुपा श्रेष्ठ, अर्जुन न्यौपाने, सौगात याकामी, मनरा प्रजापति, रमिला महर्जन, लिओन बादे, ल्यूजिना बादे, लिआ वादे, बिज्ञन राईसहितको १७ जना कलाकारले यहाँको कलालाई आफ्नो ब्रश मार्फत वाटर कलर पेपरमा उतारेका थिए । अन्तमा सूर्यविनायक नगरपालिकाका उपप्रमुख सरिता भट्टराई, वडा नं. ८ का पूर्ववडाध्यक्ष एवं डोलेश्वर महादेव मन्दिर संरक्षण समितिका पर्व वरिष्ट उपाध्यक्ष किरण थापा, वडा नं. ८ का वडाध्यक्ष पुष्पराज बस्नेतले कलाकारहरुको कलाकृतिले धार्मिक पर्यटनको विकासमा टेवा पुगेको भन्दै कलाकारहरुलाई सम्मान गर्नु भएको थियो । --- # डोलेश्वरमा तीर्थालु बोकेको बस दुर्घटना, १४ जना घाइते Source: https://newskunda.com/archives/1700 Category: FEATURED NEWS, समाचार, समाज Last updated: 2022-08-08 भक्तपुर, २३ साउन : साउनको चौथो सोमबार आजे सूर्यविनायक नगरपालिका–८ सिपाडोलको प्रसिद्ध मन्दिर डोलेश्वर महादेव मन्दिरमा दर्शन गरेर फर्किएका यात्रु र स्थानीय सवार यात्रुबाहक बस दुर्घटना हुँदा १४ जना घाइते भएका छन् । डोलेश्वरबाट यात्रु बोकेर भक्तपुरतर्फ आउँदै गरेको बा. ३ ख. ३७८४ नम्बरको यात्रुबाहक बस आज वडा कार्यालय नजिकै सडकमै पल्टिदा १४ यात्रु घाइते भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक राजू पाण्डेले जानकारी दिनु भयो । डोलेश्वरबाट वडा कार्यालयतर्फ आउने क्रममा ओरालोमा बस आफै अनियन्त्रित भएर सडकमै पल्टिएको जानकारी दिदै उहाँले बसले एक ट्याक्सीलाई समेत ठक्कर दिदाँ सामान्य क्षति भएको उहाँले जानकारी दिनु भयो । बस पल्टिएपछि स्थानीय बासिन्दाले उद्धार गरि अस्पताल पठाएको वडाध्यक्ष पुष्पराज बस्नेतले जानकारी दिनुभयो । साँझ ६ बजे घाइतेको अबस्था बुझ्न डा. इवामुरा मेमोरियल अस्पताल पुग्नु भएका सूर्यविनायक नगरपालिकाका उपप्रमुख सरिता तिमिल्सिना, वडाध्यक्ष बस्नेतले घाइतेको अबस्थाकाबारेमा जानकारी लिनु भएको थियो । घाइते १४ जना मध्ये एक जनाको काठमाडौं मेडिकल कलेज सिनामंगलमा, चार जनाको इवामुरा अस्पतालमा उपचार भइरहेको जानकारी दिनु भयो । उहाँले घाइते मध्ये इवामुरा अस्पतालबाट पाँच जना र मध्यपुर अस्पतालबाट चार जनाको उपचार पछि घर पठाइएको जानकारी दिनु भयो । उपचाररत घाइतेहरुको अबस्था गम्भिर भने नरहेको चिकित्सकले जानकारी दिएको वडाध्यक्ष बस्नेतले जानकारी दिनुभयो । --- # डोलेश्वरमा महाशिवरात्रीको तयारी पूरा, एक लाख दर्शनार्थी आउँने अनुमान, रातीदेखिनै चारै ढोका खुल्ला गरिने Source: https://newskunda.com/archives/3376 Category: FEATURED NEWS, धर्म/संस्कृति, राजनीति, समाचार, समाज, स्वास्थ्य Last updated: 2026-02-14 भक्तपुर, २ फागुन : केदारनाथको शीर डोलेश्वर महादेव मन्दिरमा महाशिवरात्रीको सम्पूर्ण तयारी पूरा भएको छ । केदारनाथको शीर डोलेश्वर महादेव मन्दिर संरक्षण तथा विकास समितिका महासचिव हरिशरण बस्नेतले आज यसबारेमा जानकारी दिदै डोलेश्वरमा महाशिवरात्री मेलाको तयारी पुरा भएको र आज रातीदेखिनै भक्तजनलाई सहज दर्शनको व्यबस्था गरिएको बताउनुभयो । उहाँले शिवरात्रीका दिन भोली बिहान सर्वसाधारण भक्तजनहरुका लागि बिहान ४ बजेदेखि राती १२ बजेसम्म मन्दिरका चारै ढोका खुल्ला गरि मन्दिर भित्र प्रवेश गरेर गर्भ गृहमै पूजा एवं दर्शन गर्ने व्यबस्था गरिएको जानकारी दिनुभयो । महाशिवरात्रीको दिन भक्तजनलाई पञ्चस्नानसमेत गर्ने व्यबस्था गरिएको छभने उहाँले मन्दिरको गर्भमा गएर पूजा एवं दर्शन गर्ने व्यबस्था गरेको जानकारी दिनुभयो । पर्वका लागि आएका साधुसन्तलाई समितिले खाने बस्ने, धुनी बाल्न दाउराको ब्यवस्था गरिएको र मेला भर्न आउने सम्पूर्ण भक्तजनहरुलाई प्रसादीको ब्यवस्था गरिएको उहाँले जानकारी दिनुभयो । शिवरात्री पर्वका लागि डोलेश्वर आउने साधु सन्त र बाबाहरु मध्ये ‘क’, ‘ख’ र ‘ग’ वर्गमा विभाजन गरि दक्षिणा एवं धोती दिएर विदाई गर्ने व्यबस्था गरेको उहाँले बताउनुभयो । शिवरात्रीका लागि यसवर्ष ३०० जना साधुसन्त एवं बाबाहरु आइसकेको र आज साँझसम्म गरि करिब ५०० साधुसन्त एवं नागाबाबाहरु आउने अनुमान गरिएको उहाँले जानकारी दिनुभयो । डोलेश्वरमा साधुसन्त एवं बाबाहरुका लागि खाने, बस्ने, धुनी जगाउँने व्यबस्था गरिएको र महाशिवरात्रीका दिन आउने दर्शनार्थीहरुलाई प्रसाद ग्रहणको व्यबस्था गरिएको छ । महाशिवरात्रीको दिन दर्शनार्थीलाई लाइन बसेको आधा घण्टामा दर्शन गर्ने व्यबस्था गरिएको र मन्दिर अगाडि स्वास्थ्य शिविरको आयोजना गरिने उहाँले जानकारी दिनभयो । महाशिवरात्रीका दिन मन्दिरमा एक लाख भन्दा बढी दर्शनार्थी आउने अनुमान गर्दै तयारी पुरा गरेको महासचिव बस्नेतले बताउनु भयो । सूर्यविनायक नगरपालिका वडा नं. ८ का वडाध्यक्ष पुष्पराज बस्नेतले स्थानीय सरकारको तर्फबाट पनि महाशिवरात्री पर्वं सम्पन्न गर्न आवश्यक सहयोग गरेको, दर्शनार्थीका लाग स्वयंसेवक परिचलान गरेको, सवारी आवागमन सहज बनाउन प्रहरीसंग समन्वय गरेको जानकारी दिदै भव्य रुपमा पर्व मनाउने निर्णय गरेको बताउनुभयो । --- # डोलेश्वरमा श्रावणी मेला, उच्च पदस्थहरुको भ्रमण Source: https://newskunda.com/archives/2860 Category: FEATURED NEWS, अर्थ, धर्म/संस्कृति, राजनीति, समाचार, समाज Last updated: 2023-07-24 भक्तपुर, ८ साउन ; भक्तपुरको सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित प्रसिद्ध केदारनाथको शिर डोलेश्वर महादेव मन्दिरमा साउनको सोमबार मेला भर्ने दर्शनार्थीको घुईचो लागेको छ । मन्दिरमा सर्वसाधारणसँगै उच्च पदस्थ व्यक्तित्वको समेत आगमन बढेको केदारनाथको शिर डोलेश्वर महादेव मन्दिर संरक्षण तथा विकास समितिका अध्यक्ष धर्मराज बस्नेतले जानकारी दिनुभयो । डोलेश्वरको दर्शन एवं पूजा पछि श्रम तथा रोजगार मन्त्री शरदसिंह भण्डारीले मन्दिर परिसरको अवलोकनका गर्नु भएको छ । उहाँले मन्दिरमा निर्माण भएका बिभिन्न संरचना र आश्रमको अवलोकन गर्नु भएको वढा नं. ८ का वडाध्यक्ष पुष्पराज बस्नेतले बताउनु भयो । साउन १ गतेदेखि भदौ ६ गतेसम्म लाग्ने ३८ दिने श्रावणी मेलाको अवसरमा मन्दिर आउनु भएका मन्त्री भण्डारीले डोलेश्वरले धार्मिक पर्यटनको बिकासमा टेवा पुर्याएको बताउनु भएको थियो । उहाँले यहाँको बिभिन्न संरचनाकोबारेमा चासो दिनु भएको थियो । मन्दिरमा आज वागमती प्रदेशसभाका उपसभामुख अपसरा चापागाई खत्रीले पनि अवलोकन गर्नु भएको छ । त्यस्तै पूर्व मन्त्री राजेन्द्र महतो, वागमती प्रदेशका वन मन्त्रि मसिना खड्का, वागमती प्रदेश सभाका सदस्य किरण थापा, सुरेश श्रेष्ठ, पूर्व सदस्य शशीजंग थापालगायतले मन्दिरको बिकासमा तीन तहकै सरकारले पुर्याएको योगदानबारे जानकारी लिनु भएको थियो । आज बिहानैदेखि डोलेश्वरमा दर्शनार्थीको भीड लागेको बताउदै समितिका अध्यक्ष बस्नेतले मेला भर्न आएका दर्शनार्थीलाई आधा घण्टामै दर्शन गर्ने गरि व्यबस्था गरिएको र स्वयंसेवक परिचालन गरिएको बताउनु भयो । आजै सिपाडोलकै प्रसिद्ध आशापुरी महादेव मन्दिरमा पनि बिहानैदेखि दशनार्थीको भीड लागेको छ । मनोकांक्षा पुरा गर्ने मन्दिरको रुपमा लिईने यस मन्दिरमा दर्शन एवं पुजा गर्न दर्शनार्थीका भीड लागेको हो । त्यस्तै दत्तात्रय मन्दिर, गुप्तेश्वर, सोमलिङ्गेश्वर, अनन्तलिङ्गेश्वर, नन्दिकेश्वर, लटरम्मेश्वर, सुवर्णेश्वर, कैलाशेश्वर, चरखण्डीश्वरलगायतका मन्दिरमा भव्य मेला लगको छ । --- # डोल्पा कारागारबाट सुरुङ खनेर आठ कैदी फरार Source: https://newskunda.com/archives/5341 Category: FEATURED NEWS, अपराध, अर्थ, समाचार, समाज Last updated: 2026-10-31 डोल्पा, १४ कात्तिक : डोल्पाको सदरमुकाम दुनैस्थित जिल्ला कारागारबाट आठ जना कैदी फरार भएका छन्। शुक्रबार राति कारागारभित्र सुरुङ खनेर उनीहरू फरार भएको डाल्पा प्रहरीले जानकारी दिएको छ । कैदी फरार भएपछि डीएसपीसहितको प्रहरी टोली कारागार पुगेको छ। फरार कैदीको संख्या र पहिचानबारे प्रहरीले अनुसन्धान गरिरहेको छ। यद्यपी कारागार र जिल्ला प्रहरी कार्यालयले घटनाबारे औपचारिक विवरण सार्वजनिक गरेका छैनन्। --- # ड्राइभिङ लाइसेन्सको अनलाइन फर्म भर्नै समस्या Source: https://newskunda.com/archives/1087 Category: FEATURED NEWS, समाचार, समाज, सूचना प्रविधि Last updated: 2022-05-31 काठमाडौं, १७ जेठ । सवारी चालक अनुमतिपत्रको अनलाइन आवेदनमा पुनः समस्या आएको छ । पछिल्लो पटक सोमबारदेखि खुलेको अनलाइन आवेदनका क्रममा ओटीपी कोड नै नआउने अथवा आए पनि धेरै समय पछि मात्र आउने समस्या देखिएको हो । चैत १ गते देखि बन्द रहेको सवारी चालक अनुमतिपत्रको अनलाइन आवेदन फेरि सुरु भएपनि धेरै सेवाग्राहीहरूले ओटीपी कोड नै नआएको गुनासो गरेका छन् । सोमबारदेखि सुरु भएको अनलाइन आवेदन प्रणालीमा आवेदन प्रकृया पनि नयाँ छ । पहिलेको प्रणालीमा सेवाग्राहीले सोझै आवेदन फाराम भर्न सक्ने अवस्था रहेको थियो भने अहिले नयाँ प्रणालीमा सेवाग्राहीले सुरुमा आफ्नो व्यक्तिगत विवरण सहित विस्तृत प्रोफाइल नै बनाउनु पर्ने हुन्छ । यसका लागि आफ्नो सामान्य विवरण राखेपछि प्रणालीबाट सेवाग्राहीको युजरनेम र पासवर्ड क्रियट गर्नु अघि प्रमाणीकरण स्वरूप उपलब्ध गराइएको मोबाइल नम्बरमा एउटा ओटीपी कोड आउँछ। उक्त ओटीपी कोड बिना आवेदन प्रणालीमा अगाडिको प्रकृया थाल्न सकिँदैन । सेवाग्राहीलाई भने यही ओटीपी कोड पाउन सास्ती भइरहेको छ । विभागले भने नयाँ प्रणाली सुरुवाती चरणमा रहेको र धेरै आवेदन एकैपटक आउँदा यस्तो समस्या आएको बताएको छ । “धेरै सेवाग्राही लामो समयदेखि यसको पर्खाइमा छन् । खुल्ने बित्तिकै धेरै आवेदन एकैचोटी पर्दा ट्राफिक बढी भएर कोड जान ढिलाई भएको हुनसक्छ । यसमा हाम्रो प्राविधिक टिमले काम गरिरहेको छ,” टेकपानासँगको कुराकानीमा विभागका प्रवक्ता इश्वरी दत्त पनेरूले भने । --- # तर्साएर मत माग्न पाइन्न : अध्यक्ष ओली Source: https://newskunda.com/archives/757 Category: FEATURED NEWS, राजनीति, समाचार Last updated: 2022-05-08 काठमाडौँ, २५ वैशाख : नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन स्वच्छ र निष्पक्ष हुनुपर्ने बताउनुभएको छ । पार्टी कार्यालयले आज यहाँ आयोजना गरेको पत्रकारसम्मेलनमा निर्वाचन भयरहित वातावरणमा हुनुपर्नेमा जोड दिनुभयो । उहाँले मतदातालाई तर्साएर मतदान माग्न नपाइने बताउनुभयो । “आफूलाई मतदान नगर्नेलाई देश दुर्घटनामा जान्छ जस्ता अभिव्यक्ति दिएर मत माग्ने गरेको पाइयो”, उहाँले भन्नुभयो, “मतदातालाई धम्काएर, तर्साएर मत माग्न पाइदैन, निर्वाचन स्वच्छ र निष्पक्ष हुनुपर्दछ ।” उहाँले निर्वाचन आयोग निष्पक्ष हुनुपर्नेमा जोड दिनुभयो । पार्टी अध्यक्ष ओलीले स्थानीय तहलाई राष्ट्रियता, सामाजिक सद्भाव र सरकारप्रतिको जनविश्वासको प्रवर्धकका रूपमा विकास गर्न एमाले प्रतिबद्ध रहेको उल्लेख गर्दै स्थानीय स्रोतसाधनको पहिचान, संरक्षण, विकास र उपयोगको प्रस्थानविन्दु बनाउने अठोट एमालेले लिएको बताउनुभयो । “एमालेले स्थानीय तहलाई विकास र सामाजिक चेतना अभिवृद्धिको अभियन्ता बनाउनेछ, सबै पालिकालाई सामाजिक न्याय र समानताका लागि रूपान्तरणको सम्बाहकका रूपमा विकास गर्नेछ”, उहाँले भन्नुभयो, “एमालेले विकास निर्माण र सेवा प्रवाहको कार्यान्वयनमा स्थानीय तहको नायकत्व विकास गर्नेछ, हामीले लोकतन्त्रलाई जीवन पद्दतिका रूपमा अवलम्बन गर्ने आधारस्तम्भको रूपमा स्थानीय तहलाई विकास गर्नेछौं ।” ‘समृद्ध नेपाल, सुखी नेपाली’को महान् राष्ट्रिय आकाङ्क्षा साकार पार्नका लागि सङ्घ र प्रदेशको निर्वाचन सुनिश्चित गर्दै एमालेको नेतृत्वमा सबै तहमा सरकार निर्माण गर्ने आधार तयार गर्न सूर्यमा मतदान गर्न उहाँले मतदातालाई गर्नुभयो । पूर्व प्रधानमन्त्रीसमेत रहनुभएका ओलीले जनताको मत नेपालको विकास र समृद्धिको सुनौलो युग ल्याउनका लागि चाहिने बताउनुभयो । उहाँले कुनै दल विशेषलाई पराजित गर्नु एमालेका लागि प्राथमिक चासोको विषय नभइ नेपालको विकास गर्ने, नेपालीको इज्जत र प्रतिष्ठा बढाउने तथा नेपालको सार्वभौमसत्ता र अखण्डतालाई अक्षुण्ण राख्ने रहेको भनाइ राख्नुभयो । “राष्ट्रिय एकतालाई कमजोर पार्ने, कुनै नाम वा बहानामा अखण्डतालाई अपमान गर्ने र देशभक्तिलाई होच्याउने कुरा एमालेले कुनै हालतमा स्वीकार्दैन”, उहाँले भन्नुभयो, “विविधतायुक्त नेपाली समाजमा सामाजिक सद्भाव, न्याय र समतामूलक व्यवहार कायम गरी राष्ट्रिय एकता मजबूत राख्ने क्षमता एमालेमा नै छ ।” --- # तलेजु, नवदुर्गा सहितको पायः द्यो (खड्ग जात्रा) सहित तलेजुको जात्रा रातभर मनाएर बिहान सम्पन्न, रोकियो घोडा जात्रा Source: https://newskunda.com/archives/4979 Category: FEATURED NEWS, धर्म/संस्कृति, समाचार, समाज Last updated: 2026-10-22 भक्तपुर, ५ कात्तिक : वडादशैँको दिन मध्यरातिबाट भक्तपुरमा सुरु भएको पायःद्यो अर्थात् खड्ग जात्रा सहित तलेजुको बाहन सेता घोडा जात्रा एकादशीको दिन आज बिहान सम्पन्न भएको छ । पायःद्यो जात्राका क्रममा तलेजु भवानीको साक्षात् रुप मानिने देवतालाई रातो कपडाले बेरेर युद्ध कवच पहि¥याई जात्रा मनाउने परम्परा रहेको सस्कृतविद् प्रकाश कायस्थले जानकारी दिनुभयो । बडादशैँको मध्य राति तलेजु आगम घर (मन्दिर)को खँ कुथि कोठाबाट तान्त्रिक विधि पूर्वक पूजा गरिएका बलि पात्र र शस्त्रास्त्रसहित तलेजुको प्रतिरुप पायः द्यो तलेजुका मूल आचाजु, पुरोहितले राजोपाध्यायलाई खड्ग हस्तान्तरण गरेपछि जात्रा प्रारम्भ हुने तलेजुका पूर्व मूल नाइके नरेन्द्रप्रसाद जोशीले जानकारी दिनुभयो । खड्ग जात्राका क्रममा तलेजुमा सम्बद्ध राजोपाध्यायले पाय द्योःलाई आफ्नो काँधमा बोकेर तलेजु मूलचोकबाट बेको चोक पुगेपछि सर्वसाधारणका लागि पूजा र दर्शन गर्न दिने परम्परा रहेको छ । विजयादशमीको दिनभर ब्रम्हायणी मन्दिरमा जात्रारत नवदुर्गा भवानीका देवगण ब्रम्हयणीबाट राति भक्तपुरको बिभिन्न टोल घुमेर जात्रा गर्दै दरबारस्क्वायर आएपछि बहिनी ब्रम्हायणीले दिदी तलेजु भवानीलाई दर्शन एवं ढोग गरि मन्त्रसिद्धि गरिने परम्परा अनुसार जात्रा सम्पन्न भएको हो । संस्कृतिविद् कायस्थका अनुसार राती तलेजुलाई दरबार स्क्वायरस्थित स्वर्णद्वार (गोल्डेन गेट) ल्याएपछि पङ्क्तिबद्ध रुपमा प्रतीक्षारत नवदुर्गा देवगणलाई पालैपालो तलेजुद्धारा मन्त्रसिद्धि प्रदान गर्ने र तलेजु भवानीबाट मन्त्रसिद्धि प्राप्तिप छि पाय द्यो जीवित देवता नवदुर्गा देवगणसहित यात्रा पथमा अगाडि बढ्ने प्रचलन रहेको छ । चन्द्रमासको तिथि र गतिका आधारमा नगरको माथिल्लो र तल्लो क्षेत्रमा लैजाने परम्परा अनुसार यसवर्ष तल्लो क्षेत्र राती खौमा, इताछे, टेखापुखु, बंशगोपाल, तौमढी पुगेर तलेजुलाई नवदुर्गा दर्शन गरेपछि नवदुर्गा सिद्धि हुने परम्परा अनुसार जात्रा मनाईएको छ । त्यसपछि राती नै नवदुर्गा देवगृह तर्फ जाने र तलेजु दरबारस्क्वायरस्थित जगन्नाथ (पशुपति) मन्दिरको परिक्रमा गरि ढोग गरि तलेजुको देवगृहमा प्रवेश गराएर जात्रा बिहानी पख सम्पन्न गरिएको उहाँले जानकारी दिनुभयो । वडादशैँको मध्यरातमा ऐतिहासिक एवं धार्मिक साँंस्कृतिक महत्वको यो जात्रालाई खड्ग जात्रा भनेर चिनिने गरिएको उहाँले जानकारी दिनुभयो । विजयादशमीको राति तलेजु भवानीलाई तलेजुका चार मूल नाइके, आचाजु, जोशी र राजोपाध्यायबाट तान्त्रिक विधिअनुरुप कालरात्रि पूजा, टीका साइत पूजा गरी विसर्जन पूजा सम्पन्न गरेपछि सेतो घोडा जात्रा हुने सुरु हुने परम्परा छ । जात्रा हुनुअघि सेतो घोडालाई एउटा भेँडा बलि चढाए पछि तलेजुको मूलचोकबाट सेतो घोडालाई बाहिर ल्याइ भक्तपुर नगरमा डुलाएर घोडा जात्रा गर्ने गरिएको छ । जात्राको क्रममा ब्रम्हायणी र तलेजुलाई नगरको बिभिन्न क्षेत्रका परिक्रमा गराउने क्रममा तलेजुको बाहन सेतो घोडालाई पछि पछि परिक्रमा गराएर जात्रा मनाईउने परम्परा रहे पनि घोडा विरामी भए पछि विगत दुई वर्षदेखि घोडेजात्रा रोकिएको छ । ऐतिहासिक तथा साँंस्कृतिक महत्वको घोडाजात्रा प्रत्येक वर्ष विजयादशमी र एकादशीको रात्रिकालीन समयमा गर्ने परम्परा रोकिएको हो । --- # ताथली–नाला सडकमा बढ्दो दुर्घटना न्यूनिकरण गर्न सिडिओको नेतृत्वमा सडकको अनुगमन Source: https://newskunda.com/archives/3499 Category: FEATURED NEWS, राजनीति, समाचार, समाज Last updated: 2026-03-25 भक्तपुर, ११ चैत । पूर्वजाने अरनिको राजमार्गको बैकल्पिक सडकको रुपमा रहेको च्यामङसिह–ताथली–नाला सडकमा दैनिक दुर्घटना बढेपछि भक्तपुरको सुरक्षा निकायको टोली दुर्घटना न्युनिकरणको उपाय खोज्न सडक अनुगमनमा पुगेको छ । भक्तपुरको सूर्यविनायक–बनेपा–धुलिखेल छ लेन सडक बिस्तार सम्पन्न गर्न ढिलाई भएसंगै बनेपा चोकबाट नाला ताथली हुँदै च्यामासिंह निस्कने सडकमा अत्याधिक सवारी चाप बढेसंगै दैनिक दुर्घटना बढेपछि स्थानीयलाई चिन्ताको विषय बनेको छ । दैनिक दुर्घटनाको गुनासो आएपछि भक्तपुरका प्रमुख जिल्ला आधिकारी उमेशकुमार ढकालको नेतृत्वमा जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक सूर्यबहादुर खड्का, जगाती प्रहरी बृत्तकी प्रहरी नायब उपरीक्षक चञ्चला श्रेष्ठ, जिल्ला ट्राफिक प्रहरी परिसरकी ट्राफिक प्रहरी निरीक्षक झरना सुनार, चाँगुनारायण नगरपालिका वडा नं. ९ का वडाध्यक्ष गणेश त्यातलगायतका टोलीले उक्त सडकमा दुर्घटना हुने मुख्य क्षेत्रहरुको अनुगमन गरेको हो । सडकमा अत्याधिक सवारी चाप हुने र मोटरसाईकलदेखि साना सवारी साधनको तिब्र गतिका कारण दैनिक दुर्घटना बढेको सुरक्षा निकायदेखि जनप्रतिनिधिले निष्कर्ष निकालेका छन् । स्थानीय दत्तात्रय खाद्य उद्योग सञ्चालक सन्जिव मधिकर्मीले यसक्षेत्रमा एकैदिन आफ्नै आँखा अगाडी तीनवटासम्म दुर्घटनामा भएको बताउँदै दैनिक दुर्घटनाले निकै चिन्ता बढाएके बताउनुहुन्छ । दुर्घटना बढेपछि उद्योगको गेटमा सडक तर्फ फर्काएर तीनवटा सिसि क्यामरा जडान गरेपछि दुर्घटना हुँदा फरार हुने सवारी साधन पत्ता लगाउन प्रहरीलाई सहज भएको बताउदै दुर्घटना न्यूनिकरणको उपाय अबलम्बन गर्न आवश्यक रहेको सुझाब टोलीलाई दिनुभयो । चाँगुनारायण नगरपालिका–९ का वडाध्यक्ष गणेश त्यातले एक वर्षअघि चाँगुनारायण नगरपालिकाले नौवटा सिसी क्यामेरा जडान गरेपनि मालबाहक ठूला सवारी सधानले तार चुडालिदिएपछि अहिले एउटा पनि सञ्चालनमा नरहेको बताउनुभयो । उहाँले सिसि क्यामरासंगै सडक बत्तिको आवश्यकता रहेको बताउनुभयो । सिसी क्यामेरासमेत नहुंदा दुर्घटना गरेर सवारी साधन भाग्ने र गल्ती गर्नेलाई कारवाही गर्न समेत समस्या भएको बताउदै प्रहरी बृत्त जगातेकी प्रमुख श्रेष्ठले सिसी क्यामेरा जडान र सचेतना मुलक बोर्ड राख्न सके दुर्घट्ना न्युनिकरणका साथै अनुसन्धानमा समेत सहयोग पुग्ने बताउनुभयो । साँगुरो सडकमा सवारी चाप, चालकमा अनुशासनको कमि र दु्रत गतीमा सवारी हुइक्याउँने प्रबृत्तिले दुर्घटना बढेको भन्दै बढी जोखिम हुने सडकमा ट्राफिक प्रहरीको उपस्थिति, र कारबाही बढाउनु पर्ने स्थानीयको भनाई छ । यस क्षेत्रमा सञ्चालनमा रहेका ईँटा भट्टा, बिभिन्न उद्योगहरुले सडकतर्फ सिसि क्यामरा जडान गर्ने र रातीका लागि सडक बत्तिको व्यबस्था गराईदिनसमेत स्थानीयले माग गरेका छन् । जिल्ला ट्राफिक प्रहरी प्रमुख सोनारले डमी ट्राफिक माग गरिरहेको, जनशक्ति कम भएकाले समस्या भएको, यस क्षेत्रमा तत्कालै एक प्रहरी पोष्ट स्थापना गर्न आवश्यक भएको, जनचेतनामूलक पोष्टर राख्न, सिसि क्यामरा, सडक बत्तिको व्यबस्था गरिदिन सके दुर्घटना न्यूनिकरणमा सहयोग पुग्ने बताउनुभयो । अनुगमनका प्रजिअ ढकालले दुर्घटनाग्रस्त क्षेत्रमा तत्काल सुरक्षाकर्मी राखेर ट्राफिक अनुशासन कायम गराउँने, कारबाही प्रक्रिया अगाडि बढाउने, फ्लेक्स बोर्ड, सिसी क्यामेरा राख्न पहल गर्ने बताउनुभयो । उहाँले वडा अध्यक्ष त्यातलाई तत्कालै यस क्षेत्रका व्यवसायीहरुसहित सरोकारवालाहरुको बैठक बोलाएरु यहाँको समस्या समाधानका लागि पहल गर्न निर्देशन दिनुभयो । प्रहरी उपरीक्षक सुर्य बहादुर खड्काले बनेपा जगातेको सडकमा घण्टौ जाम हुने भएपछि यस सडकमा सवारी चाप बढेको बताउदै सडक डिभिजन कार्यालयसंग पनि यसबारेमा छलफल आवश्यक रहेको बताउनुभयो । --- # तारा एयर दुर्घटनामा परेका सबैको शव र ब्ल्याकबक्स फेला Source: https://newskunda.com/archives/1060 Category: FEATURED NEWS, समाचार, समाज Last updated: 2022-05-31 बेनी, १७ जेठ : मुस्ताङको थासाङ गाउँपालिका–२ सानुसरेमा आइतबार भएको जहाज दुर्घटनामा ज्यान गुमाएका २२ जनाकै शव भेटिएको छ । तीन जना चालक दलका सदस्य र १९ यात्रु लिएर आइतबार बिहान ९ः५५ मा पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको नाइन–एनएइटी विमानमा सवार सबैको दुर्घटनामा परेर मृत्यु भएको छ । विमानमा सवार सबै जनाको शव भेटिएको मुस्ताङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले जानकारी दिनुभयो । उहाँका अनुसार १० जनाको शव सोमबार नै काठमाडौँ पठाइसकिएको छ भने बाँकी शवलाई समेत घटनास्थलबाट कोवाङमा झारिएको छ । दुर्घटनास्थलबाट ब्ल्याकबक्ससमेत भेटिएपछि शव र दुर्घटनास्थलमा भेटिएका महत्वपूर्ण सामानसहित उद्धारमा खटिएका सुरक्षाकर्मीसमेत फिर्ता भएको प्रजिअ शर्माले बताउनुभयो । कोबाङमा ल्याइएका १२ जनाको शवलाई समेत नेपाली सेनाको हेलिकप्टरमार्फत काठमाडौँ पठाउने तयारी गरिएको छ । तारा एयरको जहाज हराएको १९ घण्टापछि सोमबार बिहान दुर्घटनाग्रस्त अवस्थामा भेटिएको थियो । भौगोलिकरूपमा विकट, कुहिरो लाग्ने, पानी र हिउँ परिरहने भएकाले चार हजार २०० मिटर उचाइको भिरमा छरिएर रहेका शव र यात्रुका सामान सङ्कलन गरेर कोवाङमा ल्याउन ढिलाइ भएको हो । थासाङ गाउँपालिकाको केन्द्र कोवाङबाट घटनास्थल पुग्न चार घण्टा उकालो हिँड्नुपर्छ । नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, शेर्पा र स्थानीयवासी घटनास्थल पुगेर दुर्घटनामा परेर ज्यान गुमाएकाको शव सङ्कलन र उद्धार गरेका थिए । सोमबार बिहान ७ बजेतिर यार्चागुम्बा टिप्न गएका बागलुङको बडिगाड गाउँपालिका–७ का विशाल घर्तीले घटनास्थल देखेर प्रहरीलाई खबर गर्नुभएको थियो । उहाँले इन्धनको गन्ध आएपछि पछ्याउँदै जाँदा जहाज दुर्घटनाग्रस्त अवस्थामा र शव छरिएको अवस्था देखेपछि प्रहरीलाई घटनास्थलको फोटो र भिडियो पठाइदिनुभएको थियो । --- # तीन दललाई निर्वाचन चिह्न प्रदान Source: https://newskunda.com/archives/1759 Category: FEATURED NEWS, निर्वाचन, राजनीति, समाचार, समाज Last updated: 2022-08-25 काठमाडौँ, ९ भदौ : निर्वाचन आयोगले विभिन्न नयाँ तीन दललाई निर्वाचन चिह्न आज प्रदान गरेको छ । आयोगले राष्ट्रिय यथार्थवादी पार्टी नेपालले मोटरसाइकल, सामाजिक लोकतान्त्रिक पार्टीले तीन ढुङ्गे अघिनो र त्रिमूल नेपालले ओदान निर्वाचन चिह्न दल दर्ताको निवेदन पेस गरेकामा ती दललाई मागबमोजिमकै तत्तत् निर्वाचन चिह्न प्रदान गरेको हो । उक्त चिह्न तत्तत् दलको निर्वाचन चिह्नका रूपमा रहनेगरी राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा ५१ बमोजिम अभिलेखीकरण गर्ने निर्णय भएको आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले जानकारी दिनुभयो । दर्ता भएका राजनीतिक दलमध्ये निर्वाचन हुनुभन्दा तत्कालअघि कायम रहेको प्रतिनिधिसभा÷प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलले त्यस्तो प्रतिनिधिसभा÷प्रदेशसभाको निर्वाचनमा समानुपातिक निर्वाचन प्रणालीतर्फ प्राप्त गरेको मत सङ्ख्याका आधारमा र प्रतिनिधित्व नगर्ने दलको हकमा प्रतिनिधिसभा/प्रदेशसभा सदस्य निर्वाचन, २०७९ को प्रयोजनका लागि आयोगमा दल दर्ता भएको क्रमका आधारमा राजनीतिक दल एवं उम्मेदवारको निर्वाचन चिह्न मतपत्रमा समावेश गरिनेछ । यसरी निर्धारण गरिएका निर्वाचन चिह्न नेपाल राजपत्रमा प्रकाशन गर्ने निर्णय भएको आयोगले जनाएको छ । --- # तीन हजार बढी सवारी चालक कारबाहीमा Source: https://newskunda.com/archives/1852 Category: FEATURED NEWS, राजनीति, समाचार, समाज Last updated: 2022-08-30 काठमाडौँ, १४ भदौ : काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले ट्राफिक नियमको उल्लङ्घन गर्ने तीन हजार एक सय १६ जनालाई कारबाही गरेको छ । उपत्यका ट्राफिक प्रहरी कार्यालयले काठमाडौँको विभिन्न स्थानमा सोमबार गरेको जाँचका क्रममा ती सवारी चालक कारबाहीमा परेको हुन् । कार्यालयका अनुसार कारबाहीम पर्नेमा मादकपदार्थ सेवन गरी सवारी चलाउने एक सय ७६, लेन मिचेर सवारी चलाउने एक सय १७, रातो बत्तीको पालना नगर्ने दुई सय ३०, हर्न निषेध क्षेत्रमा हर्न बजाउने तीन सय १२, नम्बर प्लेट नबुझिने तथा स्वरुप परिवर्तन गर्ने ६८ र अन्य विभिन्नमा दुई हजार दुई सय १३ चालक रहेका छन् । कार्यालयले ट्राफिक नियमको पालना गरी सवारीसाधन चलाउन सबैलाई आह्वानसमेत गरेको छ । --- # तीनदिने भक्तपुर औद्योगिक प्रवद्र्धन व्यापार मेला सुरु Source: https://newskunda.com/archives/3131 Category: FEATURED NEWS, अर्थ, राजनीति, समाचार, समाज Last updated: 2025-06-20 भक्तपुर, ६ असार. : भक्तपुर उद्योग वाणिज्य संघको आयोजना तथा उद्योग तथा वाणिज्य कार्यालय भक्तपुरको सहकार्यमा आजदेखि तीनदिने भक्तपुर औद्योगिक प्रवद्र्धन व्यापार मेला सुरु भएको छ । भक्तपुरमा पर्यटन प्रबद्र्धन गर्ने, यहाँका स्थानीय उत्पादनलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा पुर्याउने, भक्तपुरको मौलिक उत्पादन एवं स्थानीय स्रोत र साधनबाट उत्पादित हस्तकलाका सामानहरु, माटोको भाडोहरु पौवा चित्रहरु, लत्ताकपडाहरु, बिभिन्न जातका बिरुवाहरु, खाद्यान्नहरुको प्रर्दशनी गरिएको संघका महासचिव नविन प्रजापतिले जानकारी दिनुभयो । राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा बजार प्रवद्र्धन गर्न र उद्योग, व्यापार, कृषि, पर्यटन, संस्कृतिको प्रवद्र्धन गरी जिल्लाको आर्थिक विकासमा टेवा पु¥याउने उद्देश्यले आजबाट सुरु भएको तीनदिने मेलामा करिव ५५ हजारले अवलोकन गर्ने अपेक्षा गरेको उहाँले जानकारी दिनुभयो । मेलामा मौलिक हस्तकलाका उत्पादनहरु, कृषि उत्पादनहरु, साना तथा मझौला उद्यमीहरुद्वारा उत्पादित सामग्रीहरु, मेलामा स्थानीय खानाका स्टलहरु, रहेको महासचिव प्रजापतिले बताउनुभयो । स्थानीय सीप हस्तान्तरण तथा जगेर्ना गर्ने उद्देश्यले हस्तकलाका सामग्री निर्माण, पौभा पेन्टिङ, मुकुण्डो बनाउने, माटोका भाडाकुँडा बनाउने, चित्रकल, मूर्ति बनाउने कार्य प्रत्यक्ष रुपमा प्रदर्शनी हुने बताउदै उहाँले मेलामा बालबालिकाहरुलाई मनोरञ्जनको लागि बाल उद्यानको व्यवस्था गरिएको उहाँले बताउनुभयो । मेलामा भक्तपुर, लगायत काभ्रे र काठमाडौंबाट आएका उद्यमीलगायतको ४५ वटा स्टर रहेको जानकारी दिदै संघका रुकेश रंजितले मेलामा रु. एक करोडसम्म बीमा व्यवस्था गरिएको बताउनुभयो । आज मेलास्थल कमलविनायकमा आयोजना गरेको उद्घाटन कार्यक्रममा वागमती प्रदेश सभा सदस्य सुरेन्द्रराज गोसाईले मेलाको उद्घाटन गर्नु भएको हो । --- # तीनसय वर्ष पुरानो मत्स्यनारायण मन्दिरमा ८० हजार भक्तजनले गरे दर्शन Source: https://newskunda.com/archives/2895 Category: FEATURED NEWS, अर्थ, कला तथा साहित्य, जीवन शैली, धर्म/संस्कृति, राजनीति, समाचार, समाज Last updated: 2023-08-17 भक्तपुर, ३२ साउन : त्यसो त मन्दिर ३०० वर्ष पुरानो हो । तर पनि भक्तपुर जिल्लाको ग्रामिण क्षेत्रमा पर्ने चाँगुनारायण नगरपालिका–५ छालिङ गोकुलस्थित ऐतिहासिक मत्स्यनारायण मन्दिरमा यसअघिका मलमास लागेका वर्षहरुमा स्थानीयको सामान्य पूजापाठ मै सिमित रहन्थ्यो । नत यहाँको महिमाकोबारेमा अन्यत्र चर्चानै चल्थ्यो । ऐतिहासिक यस मन्दिरमा भने पहिलो पटक यस पुरूषोत्तम महिना (मलमास) सुरु भएयता गएरातीसम्म पनि दर्शनार्थीको घुईचो मात्रै बढेन एक महिनाको यो अबधीमा बिभिन्न जिल्लाबाट आएका करिब ८० हजार भक्तजनले दर्शन एवं पूजा अर्चना गरे । छालिङ गोकुल गाउँको यस मन्दिरमा बिहान पाँचबजेदेखि साँझसम्म दैनिक भजन किर्तनले गुञ्जायमान भयो भने पुरुषोत्तम महात्म्य प्रवचनले यहाँका जेष्ठ नागरिकलाई धार्मिक ज्ञान प्राप्त गर्न निकै सहज भयो । मत्स्यनारायण मन्दिरमा एक महिने ‘मत्स्यनारायण मेला’ सुरु भएदेखिनै ओझेलमा पर्दै आएको यस मन्दिरमा यसवर्षदेखि भक्तजनको नजर परेको एक महिने पुरुषोत्तम मेला आयोजना समितिका संयोजक गोकर्ण पुरीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “गरे के नहुदोँ रहेछ र ?, ३०० वर्ष पुरानो यो मन्दिर अझै ओझेलमा थियो, यहाँका मान्यगन्य, जेष्ठ नागरिकहरुसँग सुझाब लियौँ, हामी युवाहरु यहाँको प्रचारमा लाग्यौ, यो मन्दिरमा पहिलो पटक हरेक दिन दर्शनार्थीको घुँईचो देखेर हाम्रा अग्रजहरु पनि छकक पर्नु भयो, यो मन्दिरको दीर्घकालिन रुपमा संरक्षण र बिकासमा हामी लाग्नेछौँ ।” स्थानीयस्तरबाटै महिनादिनसम्मका लागि प्रवचन र भजनकिर्तनका टोली ल्याएको, नारायणको पूजा÷पुरुषोत्तम महात्म्य वाचन गरिएको, यहाँ आउने दर्शनार्थीहरुलाई सहज पूजा गर्ने व्यबस्था गरेको बताउदै उहाँले भक्तपुरका चारवटै नगरपालिका, काठमाडौं, ललितपुर, साँखु, मूलपानी, काभ्रेपलाञ्चोकदेखि बिभिन्न जिल्लाका दर्शनार्थीको यो मन्दिरमा भीड लागेको बताउनुभयो । मन्दिर संरक्षक समेत रहनु भएका पुरीले भन्नुभयो, “यो तीनसय वर्ष पुरानो मन्दिर हो, दुईवटा पिपलको बोटको बीचमा रहेको मन्दिर भत्किएपछि पुर्ननिर्माण गरिएको हो, यसको शिलालेख पुरिएकाले उत्खनन् र अध्ययन गर्नुपर्ने देखिन्छ, १०० वर्ष पुरानो पुजाको थाली भने अझै पनि छ, मन्दिरको संरक्षणमा यहाँका बासिन्दा सबै जुटेपछि अहिले यो मन्दिर वर्षभरिनै आन्तरिक पर्यटकको केन्द्र बनेको छ ।” स–साना तीन वटा नदीको संगमस्थलमा रहेको यस मन्दिरलाई त्रिवेणी धामका नामले समेत चिनिने गरिन्छ । मन्दिर संरक्षणसँगै ६४ शिव लिङ्ग, सप्तऋषिको मन्दिर, कृष्ण बर्तेश्वर महादेव मन्दिर, गणेश मन्दिर र कुण्डसमेत रहेको यस मन्दिर परिषरमा मलमासमा यसवर्ष दर्शनार्थीको अधिक घुइचो लागेको छ । यहाँको कुण्डमा स्नान गरेमा छालालगायतका बिभिन्न रोगहरु नाश हुने जनविश्वास रहदै आएको छ । यस क्षेत्र प्राकृतिक सौन्दर्यता रहेको र यहाँ पार्कहरु निर्माण गरेकाले बाह्रै महिना आन्तरिक पर्यटकको आगमन बढ्दो रहेको पुरीले बताउनु भयो । यस मन्दिरमा तीज, जनै पूर्णिमामा पनि मेला लाग्ने गरेको छभने, बालाचर्तुदशीमा महाद्धिप बाल्न र ६४ शिवलिङ्ग परिक्रमा गरि सदबिज छर्न पनि यहाँ घुईचो लाग्ने गर्दछ । मन्दिरसम्म पुग्ने सडक कच्ची भएकाले यसलाई पक्क सडकको रुपमा बिकास गर्न सके उपत्यकाबाट नजिक पर्ने यस क्षेत्रमा पारिवारिक रुपमा घुम्म र रमाइलो गर्न आउने आन्तरिक पर्यटकको संख्या अझै बढ्ने भएकाले यसका लागि पहल भइरहेको उहाँले बताउनुभयो । त्यसैगरि भक्तपुर नगरपालिका–६ स्थित अंचा पोखरी (ख्यो पुखु) मा पनि साउन २ गतेदेखि लागेको एक महिने मत्स्येनारायण पुरुषोत्तम मलमास मेलामा स्थानीयले पूजा एवं दर्शन गरेका छन् । यस मन्दिरमा पनि एक महिनासम्म नारायणको पूजा÷पुरुषोत्तम महात्म्य वाचन गरिएको थियो । यहाँका कुण्डमा स्नान गरि मन्दिरमा दर्शन गरे रोगव्याधी नष्ट हुने, पापकर्म नष्ट हुने जनविश्वास रहदै आएकाले भक्तपुर नगरका बासिन्दाले यहाँ पूजा, दर्शन एवं स्नान गरेका छन् --- # तीनसय वर्ष पुरानो मत्स्यनारायण मन्दिरमा एक महिने मेला सुरु Source: https://newskunda.com/archives/2856 Category: FEATURED NEWS, अर्थ, धर्म/संस्कृति, समाचार, समाज Last updated: 2023-07-19 भक्तपुर, ३ साउन : पुरूषोत्तम महिना (मलमास) सुरु भएसंगै चाँगुनारायण नगरपालिका–५ छालिङ गोकुल गाउँमास्थित मत्स्यनारायण मन्दिरमा एक महिने ‘मत्स्यनारायण मेला’ सुरु भएको छ । तीन वर्षको अन्तरालमा पर्ने पुरूषोत्तम महिनामा मत्स्यनारायणको एक महिने मेला यस मन्दिरमा साउन दुईगतेदेखि सुरु भएको गोकुल गाउँका मन्दिरको स्थानीय संरक्षक गोकर्ण पुरीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “यो तीनसय वर्ष पुरानो मन्दिर हो, दुईवटा पिपलको बोटको बीचमा रहेको मन्दिर भत्किएपछि पुर्ननिर्माण गरिएको हो, यसको शिलालेख पुरिएकाले उत्खनन् र अध्ययन गर्नुपर्ने देखिन्छ, १०० वर्ष पुरानो पुजाको थाली भने अझै पनि छ, मन्दिरको संरक्षणमा यहाँका बासिन्दा सबै जुटेपछि अहिले यो मन्दिर वर्षभरिनै आन्तरिक पर्यटकको केन्द्र बनेको छ ।” स–साना तीन वटा नदीको संगमस्थलमा रहेको यस मन्दिरलाई त्रिवेणी धामका रुपमा समेत लिइने गरिन्छ । मन्दिर संरक्षणसँगै ६४ शिव लिङ्ग, सप्तऋषिको मन्दिर, कृष्ण बर्तेश्वर महादेव मन्दिर, गणेश मन्दिर र कुण्डसमेत रहेको यस मन्दिर परिषरमा मलमासमा दर्शनार्थीको घुइचो लागेको छ । यहाँको कुण्डमा स्नान गरेमा छालालगायतका बिभिन्न रोगहरु नाश हुने जनविश्वास रहदै आएको छ । एक महिनाभरीनै लाग्ने मेलाका लागि सहज रुपमा दर्शन एवं पुजा गर्ने व्यबस्था गरिएको जानकारी दिदै उहाँले मेला बाहेक अन्य महिनामा पनि प्राकृतिक सौन्दर्यता र पार्कहरु निर्माण गरेकाले आन्तरिक पर्यटकको आगमन बढ्दो रहेको पुरीले बताउनु भयो । यस मन्दिरमा तीज, जनै पूर्णिमामा पनि मेला लाग्ने गरेको छभने, बालाचर्तुदशीमा महाद्धिप बाल्न र ६४ शिवलिङ्ग रिक्रमा गरि सदबिज छर्न पनि यहाँ घुईचो लाग्ने गर्दछ । मलमास अवधिभर सो मन्दिरमा नारायणको पूजा÷पुरुषोत्तम महात्म्य वाचन गरिनेछ । भगवान् नारायणको पूजा आराधना गर्नाले सम्पूर्ण पाप नष्ट हुन्छ जनविश्वास समेत रहदै आएको छ । मन्दिरसम्म पुग्ने सडक कच्ची भएकाले यसलाई पक्क सडकको रुपमा बिकास गर्न सके उपत्यकाबाट नजिक पर्ने यस क्षेत्रमा पारिवारिक रुपमा घुम्म र रमाइलो गर्न आउने आन्तरिक पर्यटकको संख्या अझै बढ्ने भएकाले यसका लागि पहल भइरहेको उहाँले बताउनुभयो । त्यसैगरि भक्तपुर नगरपालिका–६ स्थित अंचा पोखरी (ख्यो पुखु) मा पनि साउन २ गतेदेखि एक महिने मत्स्येनारायण पुरुषोत्तम मलमास मेला सुरु भएको छ । ऐतिहासिक एवं धार्मिक महत्व बोकेको यस मन्दिरमा हरेक दिन पुरा, पुरुषोत्तम महात्मेय वाचन सुरु गरिएको छ । यहाँका कुण्डमा स्नान गरि मन्दिरमा दर्शन गरे रोगव्याधी नष्ट हुने, पापकर्म नष्ट हुने जनविश्वास रहदै आएको छ । --- # तौमढीबाट तानिएको भैरबको रथ इनाचो पुग्यो, जात्रामा हजारौको भीड, ८०० सुरक्षाकर्मी तैनाथ Source: https://newskunda.com/archives/2691 Category: FEATURED NEWS, कला तथा साहित्य, धर्म/संस्कृति, राजनीति, समाचार, समाज Last updated: 2023-04-10 भक्तपुर, २७ चैत : नयाँवर्षको आगमनसंगै भक्तपुरमा नौ दिन, आठ रातसम्म तान्त्रिक विधि अनुसार मनाईने प्रसिद्ध विस्काः अर्थात बिस्केट जात्राको पहिलो दिन आज भैरबको रथ तानिएको छ । प्योगोडा शैलीमा काठैकाठले निर्माण भएको तीन तले भैरबको रथ स्थानीयले आज अपरान्ह ४ बजेदखि तौमढी (पाँचतले मन्दिर प्राङ्गन) बाट तल र माथिका बासिन्दाले होस्य, हैस्यै, हाः हाः हाः गर्दै रथ तानेर जात्रा सुरु गरिएको हो । आज राती ८ बजेसम्ममा तौमढीबाट माथिल्लो तर्फ सुकुलढोका, गोल्मढी हुदै इनाचो पुर्याइएको छ । हजारौका सहभागिता रहेको जात्रामा भैरबको रथलाई दत्तात्रयसम्म लैजाने प्रयास जारी छ । तौमढी भन्दा तलका बासिन्दाले पनि रथलाई तौमढी तर्फ ल्याउन तानिरहेका छन् । रथको अगाडि लामो वेतसीं (बेताल राख्ने अर्धचन्द्राकार लामो काठ) राखिएको छ । त्यसमा बेताल देवतालाई राखिएको छ । रथका ठूला चारवटै पाङ्ग्रामो भैरवको मुखाकृतिको चित्र कोरेर थप आकर्षण बनाइन्छ । रथका अगाडि ६ र पछाडि चार÷चार वटा डोरी बाँधिन्छ जसलाई नवदुर्गाको प्रतिकका रुपमा लिने गरिन्छ । रथका अगाडि पछाडि बाधिएको डोरीलाई स्थानीय जात्रालुले समातेर जात्राले रथ तान्न सुरु गरेका हुन् । आजको रथ तानातान गर्ने कार्यलाई जात्राको प्रमुख आकर्षण मानिन्छ । यसरी तानेर रथलाई क्वने (तल्लो) वा थने (माथिल्लो) टोलका स्थानीयले आ–आफ्नो टोलमा लैजाने प्रयास गर्दछ । पहिलो दिन रथलाई तानातान गर्ने क्रममा माथिल्लोतर्फ तानेर लानसके दत्तात्रयसम्म लैजाने र त्यहाँबाट तानेर पुनः टौमढीहुँदै तलतर्फको टेखापुखुसम्म ल्याएर त्यहाँबाट पनि फर्काएर गःहिटीमा रथ पु¥याएपछि पहिलो दिनको जात्रा सम्पन्न हुने परम्परा छ । आज बिहान ५ बजेदेखि सर्वसाधारणको लागि भैरबको रथमा पुजा खुल्ला गरेर जात्राको शुभारम्भ भएको गुठी संस्थान कार्यालय भक्तपुरकी प्रमुख खिमा वलीले जानकारी दिनुभयो । दिउँसो १२ बजे गुठी संस्थानको प्रमुख र सिकर्मी नाइकेले सरकारी पूजा गरेपछि समुदायको पूजा सकेर ४ बजेबाट भैरबको रथ तान्न सुरु गरिएको उहाँले बताउनु भयो । तान्त्रिक बिधिपूर्वक गुठी कार्यालयले ल्याएको सरकारी पूजा गर्दै भैरबको रथमा भैरबनाथ र बेताल बिराजमान गराई हनुमान ढोकाबाट राजाको प्रतिक स्वरुप ल्याईएको खड्ग, तरबार र निशान राखेपछि बिधिपूर्वक रथ तानेर जात्रा सुरु भएको थियो । भैरवनाथको रथलाई आज सँझसम्म गःहिटीमा पु¥याई पहिलो दिनको जात्रा सम्पन्न गर्ने तयारी गरिए पनि रथ तौमढीबाट माथिल्लो टोलमा तानेर इनाचो पुर्याएको छ । आजको जात्रा सम्पन्न भएपछि चैत ३० गते ल्यासिंखेलमा गुठी पुजासहित सबै प्रक्रिया पुरा गरी अपरान्ह ५ बजे लिङ्गो उठाईने जात्रा हुनेछ । बैशाख १ गते अपरान्ह ५ बजेभित्र लिङ्गो ढाल्ने र बैशाख ५ गते पनि अपरान्ह ५ बजेसम्म रथ तानीसकेर जात्रा सम्पन्न गर्ने गरि तयारी गरिएको उहाँले बताउनु भयो । भक्तपुरका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले बिस्केट जात्रामा हुलदंगा हुन नदिन र शान्तिपूर्ण रुपमा जात्रा सम्पन्न गराउन सुरक्षा व्यबसथा कडा गरिएको बताउनु भयो । जात्रामा सादा पोशाकमा सुरक्षाकर्मीले पनि मोवाइलबाट फोटो र भिडियो खिचेर अनुगमन रिरहेको र नेपाल प्रहरी, शसस्त्र प्रहरी तथा नेपाली सेनाको सुरक्षाकर्मी खटिएको बताउनु भयो । जात्रा भड्काउन खोज्ने, ढुङ्गा हान्ने र हुलदंगा गर्न खोज्नेलाई पक्राउ गरि कडा कारबाही गरिने उहाँले बताउनु भयो । भक्तपुरका प्रहरी उपरीक्षक प्रजित केसीले जात्राका लागि काठमाडौंबाट समेत थप प्रहरीको मद्धत आउने बताउनु भयो । उहाँले ६४९ जना सुरक्षाकर्मी र ५० जना सादा पोशाककमा सुरक्षाकर्मी जात्राका लागि खटाएको बताउनु भयो । --- # त्रासदीपूर्ण घटनाको ७७ वर्ष : अझै रोइरहेछ हिरोसिमा र नागासाकी Source: https://newskunda.com/archives/1694 Category: FEATURED NEWS, राजनीति, विश्व, समाचार, समाज Last updated: 2022-08-06 काठमाडौँ, २१ साउन : सन् १९४५ अगष्ट ६ तारिखको दिन बिहान ८ बजेर १५ मिनेट बज्दै थियो । जापानी नागरिक आ–आफ्नो दैनिकीमा व्यस्त थिए । त्यतिबेलै अमेरिकी बमबर्सक विमानले हिरोसिमाको आकाशबाट ‘लिटिल बोय’ खसाल्यो । निमेषमै हिरोसिमा खण्डहर बन्यो । हिरोसिमामा ३०० डिग्री तापक्रम र विकीरण फैलियो । लाखौँले ज्यान गुमाए, हजारौँ घाइते, अङ्गभङ्ग भए । भौतिक संरचना ध्वस्त भए । हिरोसिमामा दुई लाख मानिसको मृत्यु भयो । हिरोसिमा तहसनहस भएको तीन दिनपछि अगष्ट ९ तारिखका दिन बिहान ११ बजेर २ मिनेट जाँदा नागासाकी सहरमा पनि अर्को पारमाणविक बम ‘फ्याट म्यान’ खसालियो । नागासाकी निवासीले पनि हिरोसिमाकै नियति व्यहोर्न बाध्य भए । लाखौँको मृत्यु भयो । हजारौँ घाइते भए । सहर क्षणभरमा खरानी बन्यो । विस्फोटपछि मानसिका शरीरका छाला खस्न थाले । नागासाकीमा मात्रै एक लाख ४० हजार बढी मानिसले ज्यान गुमाए । बम विस्फोट भएको तीन किलोमिटर आसपासको क्षेत्र खरानी भयो । विज्ञान प्रविधिको विकासबाट प्राप्त उपलब्धिबाट मानवता हारेको उक्त त्रासदीपूर्ण घटना भएको ७७ वर्ष पूरा भएको छ । तर समकालीन विश्वले न सो विध्वंशलाई बिर्सन सकेको छ । न त्यसको भयबाट मुक्त हुन नै । विश्वबाट पारमाणिवक हतियार निशस्त्रीकरण गर्नुपर्ने आवाज उठिरहेको भए पनि त्यस्ता हतियार भण्डारण गर्ने राष्ट्रले त्यसलाई सम्बोधन गरेका छैनन् । अझै पनि विश्वका विभिन्न मुलुकसँग २४ हजार बढी पारमाणिवक हतियार रहेको सार्वजनिक भएका छन् । उक्त घटनाको स्मृतिमा विश्वभर विभिन्न कार्यक्रम गरिएको छ । नेपाल अफ्रो–एसियाली जनएकता सङ्गठनले ७७औँ हिरोसिमा–नागासाकी समृति दिवसका अवसर पारेर आज आयोजित कार्यक्रममा सहभागीले अझै पनि पारमाणिवक हतियार निसस्त्रीकरण गर्ने विषय कागजमा मात्रै सीमित भएकाले जुनसुकै बेला त्यस्ता हतियारको प्रयोग हुनसक्ने भन्दै चिन्ता व्यक्त गर्नुभयो । त्रिभुवन विश्वविद्यालय, रसायनशास्त्र विभागका प्रा डा मोती भुसालले हिरोसिमा र नागासाकी आक्रमणसम्बन्धी कार्यपत्र प्रस्तुत गर्दै पारमाणविक शक्ति सम्पन्न राष्ट्रबीच युद्धको अवस्था सिर्जना भए त्यसले विश्व समुदायलाई नै प्रभावित पार्ने बताउनुभयो । भौगोलिकरूपमा नेपालका छिमेकी मुलुकले पनि पारमाणविक हतियार भण्डारण गरिरहेको र प्राविधिक चुहावट भए मात्रै नेपालले ठूलो क्षति व्यहोर्नुपर्ने बताउनुभयो । “नेपालसँग भौगोलिक रुपमा नजिक रहेका चीन, भारत र पाकिस्तान पनि पारमाणविक हतियारले युक्त छन्”, उहाँले भन्नुभयो, “कुनै कारणले चुहावट भए मात्र पनि त्यसको विकिरणले नेपाललाई ठूलो क्षति पु¥याउन सक्छ, यसतर्फ सबैको ध्यान जानुपर्छ ।” कार्यपत्रमाथि टिप्पणी गर्दै त्रिवि रसायनशास्त्र विभागका प्राध्यापक डा मन्दिरा प्रधानाङ्गले पारमाणविक आक्रमण भएको क्षेत्रको आफूले स्थलत भ्रमण गरेको र अहिले पनि त्यहाँका नागरिक त्रसित अवस्थामा रहेको सुनाउनुभयो । “पारमाणविक आक्रमण भएका हिरोसिमा–नागासाकी क्षेत्रका नागरिकलाई विवाह गर्न, कामकाज गर्न आणविक अछुतको व्यवहार गर्ने गरिन्थ्यो”, तत्कालीन अवस्थाको चित्रण गर्दै उहाँले भन्नुभयो, “हिरोसिमा–नागासाकी अझै पनि रोइरहेको छ ।” कार्यक्रममा परराष्ट्रविद् हिरण्यलाल श्रेष्ठले अबको युद्ध पारमाणविक हतियार सम्पन्न मुलुकबीच हुने अवस्था देखिएको उल्लेख गर्दै त्यस्तो अवस्था आए कसैले पनि नजित्ने र मानवता हार्ने बताउनुभयो । “पारमाणिक हतियार पूर्ण निःशस्त्रीकरण गर्नुपर्छ”, उहाँले भन्नुभयो, “चीन, भारत र पाकिस्तानको न्यूक्लियर पावरका बीचमा नेपाल रहेको छ, युद्ध मात्र होइन, चुहावट भयो भने पनि हामी प्रभावित हुन्छौँ ।” सङ्गठनका अध्यक्ष एवं पूर्वमन्त्री कृपाशूर शेर्पाले विश्वबाट सबै खालका हातहतियार तथा सैन्य उपकरणको उत्पादन बन्द गरिनुपर्ने बताउनुभयो । **पारमाणिविक हतियार निःशस्त्रीकरणको मुद्दालाई निरन्तर उठाउनुपर्छ : उपसभामुख भुसाल** कार्यक्रममा उपसभामुख पुष्पा भुसालले पारमाणिविक हतियार निःशस्त्रीकरणको मुद्दालाई निरन्तर उठाउनुपर्ने बताउनुभयो । “मलाई लाग्छ वर्ष दिनमा एक पटक मात्र होइन, यो विषयमा सधैँ बौद्धिक संवाद चलाउनुपर्छ”, उहाँले भन्नुभयो । उहाँले पारमाणविक हतियारलाई समाप्त गर्ने र शान्तिलाई अगाडि बढाउने विषयमा आफ्नो निरन्तर प्रतिबद्धता रहिरहने बताउनुभयो । उपसभामुख भुसालले विज्ञान प्रविधिलाई सदुपयोग गरेर मुलुकको समृद्धि र विकासमा लैजानुपर्ने बताउनुभयो । “हिजोका दिनमा भएका यी घटनाका भोगाइ, तीतो अनुभव भोलिका पुस्ताले भोग्नु नपरोस्, त्यो भोगाई समृद्धि र विकासका लागि ठूलो बाधक हुन्छ”, उहाँले भन्नुभयो, “त्यसका लागि हामी समयमै सजग र सचेत बनौँ ।” --- # थप ३९१ जनामा सङ्क्रमण पुष्टि Source: https://newskunda.com/archives/1441 Category: FEATURED NEWS, समाचार, स्वास्थ्य Last updated: 2022-07-20 काठमाडौँ, ४ साउन : पछिल्लो समय ३९१ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार तीन हजार ९८१ जनामा गरिएको परीक्षणमा आज देशभर सो सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो । नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा समिरकुमार अधिकारीले ललितपुरमा २२, भक्तपुर नौ र काठमाडौँमा १८५ जनामा सङ्क्रमित पुष्टि भएको जानकारी दिनुभयो । हाल सक्रिय सङ्क्रमितको सङ्ख्या दुई हजार २७६ रहेका छन् । काठमाडौँ उपत्यकामा सक्रिय सङ्क्रमितको सङ्ख्या एक हजार २७० पुगेको छ । विगत २४ घण्टामा ४६ जना सङ्क्रमणमुक्त भएका छन् । काठमाडौँ जिल्लामा ५०० बढी सङ्क्रमित रहेको पाइएको मन्त्रालयले जनाएको छ । हाल होम आइसोलेशनमा दुई हजार १४३, संस्थागत आइसोलेशनमा १३३ र सघन उपचार कक्ष (आइसियु)मा २१ जना उपचार भइरहेको छ । यस्तै विगत २४ घण्टामा एक लाख २१ हजार ५१५ ले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् । --- # थप ७६० मा सङ्क्रमण पुष्टि Source: https://newskunda.com/archives/1650 Category: FEATURED NEWS, समाचार, समाज, स्वास्थ्य Last updated: 2022-08-04 काठमाडौँ, १९ साउन : देशभर पछिल्लो २४ घण्टामा सात सय ६० जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो समय पाँच हजार नौ सय २६ को परीक्षण गर्दा उक्त सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो । हालसम्म नेपालमा पिसिआर विधिबाट गरिएको परीक्षणमा नौ लाख ८८ हजार आठ सय २१ र एन्टिजेनविधिबाट गरिएको परीक्षणमा एक लाख ४३ हजार सात सय ९२ मा कोरोना भाइरस पुष्टि भएको छ । पछिल्लो समय थप ३२४ जना सङ्क्रमणमुक्त भएसँगै सङ्क्रमणमुक्त हुनेको सङ्ख्या नौ लाख ७१ हजार २५० पुगेको छ । नेपालमा यस सङ्क्रमणबाट हालसम्म मृत्यु हुनेको सङ्ख्या ११ हजार नौ सय ६९ पुगेको छ । यस रोगका कारण पछिल्लो समय थप एक जानको ज्यान गएको छ । त्यसैगरी पछिल्लो समय ४७ हजार तीन सय ४१ जनाले खोप लगाएका छन् । हाल सक्रिय सङ्क्रमितको सङ्ख्या पाँच हजार छ सय दुई पुगेको छ । होम आइसोलेशनमा पाँच हजार चार सय ४०, संस्थागत आइसोलेशनमा एक सय ६२ र सघन उपचार कक्ष (आइसियु) मा ४४ जनाको उपचार भइरहेको छ । --- # थप दुई सय २७ मा कोरोना सङ्क्रमण पुष्टि, एकको मृत्यु Source: https://newskunda.com/archives/2053 Category: FEATURED NEWS, समाचार, समाज, स्वास्थ्य Last updated: 2022-09-08 काठमाडौँ, २३ भदौ : देशभर पछिल्लो २४ घण्टामा थप दुई सय २७ जनामा कोभिड सङ्क्रमण पुष्टि भएको छ भने एक जनाको सङ्क्रमणका कारण मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा चार हजार चार सय एक जनाको नमूना परीक्षण गरिएको थियो । एक हजार पाँच सय १८ जनाले पिसिआर र दुई हजार आठ सय ८३ जनाको एन्टिजेन विधिबाट परीक्षण गरिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा एक लाख ४३ हजार पाँच सय ९५ जनाले कोभिडविरुद्धको खोप लगाएका छन् । यही अवधिमा एक सय ६८ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । यससँगै सङ्क्रमणमुक्त हुनेको सङ्ख्या नौ लाख ८३ हजार नौ सय ४९ पुगेको छ । सङ्क्रमण मुक्त हुने दर ९८ दशमलव छ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । हाल सक्रिय सङ्क्रमितको सङ्ख्या दुई हजार चार सय ७३ रहेको छ । अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या १२ हजार १० पुगेको छ । होम आइसोलेशनमा दुई हजार तीन सय ७०, संस्थागत आइसोलेशन एक सय तीन, सघन उपचार कक्षमा २२ र भेन्टिलेटरमा तीन जना सङ्क्रमित रहेका छन् । हाल देशभरमा पाँच सयभन्दा बढी सक्रिय सङ्क्रमित भएका जिल्लामा काठमाडौँ र दुई सयभन्दा बढी सङ्क्रमित रहेको जिल्लामा ललितपुर रहेको छ । शून्य सङ्क्रमित रहेका जिल्लामा मनाङ, मुस्ताङ, हुम्ला, डोल्पा, मुग, जुम्ला र बझाङ रहेका छन् । उपत्यकाका तीन जिल्लामध्ये हाल काठमाडौँमा एक हजार ७२, ललितपुरमा चार सय ३५ र भक्तपुरमा ३६ सक्रिय सङ्क्रमित रहेका छन् । कूलमा सङ्क्रमणदर १६ दशमलव नौ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । --- # थप भक्तपुर-नगरकोट सडक आठौँ पटक म्याद नगर प्रमुख खत्रीको टोलीद्धारा सडक अनुगमन, दुई महिनाभित्र सम्पन्न गर्न निर्देशन Source: https://newskunda.com/archives/1916 Category: FEATURED NEWS, अर्थ, शिक्षा, समाचार, समाज Last updated: 2022-08-31 भक्तपुर, १५ भदौ : सडकको बीचबीचमा खाल्डै खाल्डो, कतै कालोपत्र गर्न ग्राइबेल बिछ्याउदै, कतै पर्खाल भत्किएर सडकनै पहिरोले बगाएर जोखिम अबस्था, त कतै कुलो र कलर्भट पुरिदाँ सडकबाटै पानी बगेर ओहोर दोहोर गर्नै जोखिम । यो दृश्य हो विगत ८ वर्षदेखि स्तरोन्नती सुरु भएर अझै निर्माण सम्पन्न नभएको ‘भक्तपुर नगरकोट सडक खण्ड’को । बिहानै आठ बजे चाँगुनारायण नगरपालिका कार्यालयमा भेला हुनु भएका नगर प्रमुख जीवन खत्री, उपप्रमुख रमेश बुढाथोकी, सञ्चारकर्मी र नगरपालिकाको टोली भक्तपुर नगरकोट सडकको अनुगमनमा निस्कदै नगर प्रमुख खत्रीले भन्नुभयो, “जनताले धेरै दुःख पाइसके, अब जे सुकै होस् सहेर बसिन्न, आज सडकको अनुगमन गरौँ, दुई महिना भित्र सडक निर्माण सम्पन्न नभए, ठेक्का रद्ध गर्न नगरपालिकाले नेतृत्व गर्छ ।” उपप्रमुख बुढाथोकीले भन्नुभयो, “मंसीरमा चुनाब आउन लाग्यो, त्यही भएर जनतालाई देखाउन नगरपालिका अगाडि सर्यो भन्लान, अब सडक निर्माण सम्पन्न गराएर जनतालाई देखाउने नै हो ।” नगरपालिकाको टोलीले खरिपाटी स्थित आयोजनाको कार्यालयमा रहेका सडक निर्माणको ठेक्का पाएको शैलुङ् कन्स्ट्रक्सनका प्रोजेक्ट म्यानेजर अनुप अधिकारीलाईसँगै लिएर अनुगमनमा निस्कियो । कहाँ के के हुदैछ, कहाँ के कति काम भइरहेको छ, कहाँ के गर्नु पर्नेछ, अनुगमनकै क्रममा नगर प्रमुख खत्रीले अधिकारीसँग जानकारी लिदै र निर्देशन दिदै नगरकोट बसपार्कसम्म पुगियो । “अन्तको काम छाडेर भएपनि यहाँ काम गर्नुस्, अबको दुई महिना भित्र यो सडक निर्माण सम्पन्न भएर हस्तान्तरण हुनै पर्छ, नत्र नगरपालिका ठेक्का रद्ध गर्न लाग्छ, यो वा त्यो बाहना अब हामी सुन्दैनौ,” म्यानेसर अधिकारीलाई निर्देशन दिदै नगर प्रमुख खत्रीले भन्नुभयो, “सडकको सुरुको भाग, बीच भाग र नगरकोट बसपार्क तीन खण्डबाट एकै पटक काम अगाडि बढाउनुस्, ड्रेन खोल्नुस्, पुरिएको कलभर्ट बनाउनुस्, पर्खाल लगाउन बाँकी भएको ठाउँमा लगाउन सुरु गर्नुस्, पैसा छैन भनेर पन्छिन पाइदैन ।” जनताले धेरै दुःख पाइसकेकाले कहि कतै समस्या र अबरोध आए नगरपालिकाले सहजीकरण गरिदिने बताउदै उहाँले काम नरोक्न निर्देशन दिनु भयो । नगर प्रमुख खत्रीले नगरकोट बसपार्क पुगेपछि स्थानीय र पर्यटनव्यवसायीसँग छलफल गर्दै भन्नुभयो, “गलत मनसाय, गलत नियत कसैले नराखौ, नगरपालिकाको राम्रो कामलाई जनताको साथ चाहियो, हामी जनप्रतिनिधिको कुनै व्यक्तिगत स्वार्थ छैन, सबैको अपनत्व हुने गरि पारदर्शी ढंगले हामी काम गर्छौ ।” अनुगमनमा नगरपालिकाका उपप्रमुख बुढाथोकीले ठेकेदार कम्पनीको लापर्वाहीले सडक निर्माण सम्पन्न नहुँदा त्यसको अपजस नगरपालिकाले खेप्नु परेको बताउनु भयो । उहाँले भन्नुभयो, “ठेक्का लिने कम्पनीले समयमै निर्माण नसक्दा जनताले हामीलाई गाली गरेका छन्, अपजस हामीले खेप्नु परेको छ, सडक नबन्दा नगरपालिकाले दुई वर्षदेखि पर्यटन शुल्क उठाउन पाएको छैन, जनताको आक्रोस हामी माथि छ, अब पनि सडक निर्माण ढिलाई गरे नगरपालिका चुप बस्दैन ।” उहाँले जनतालाई सम्झाउने र उनीहरुबाट बिरोध आए जनप्रतिनिधि उभिएर समस्या समाधान गर्छौ भन्दै अब निर्माण कार्य नरोक्न भन्नुभयो । चाँगुनारायण नगरपालिका(६ का वडाध्यक्ष धनबहादुर लामाले माथिल्लोतर्फ नगरकोट बसपार्कबाट काम अगाडि बढाउन आग्रह गर्नु भयो । सडक निर्माण सम्पन्न गर्न माग गर्दै गत असारमा पनि तीन दिन सडकमै वडा कार्यालयको काम सञ्चालन गरेर बिरोध जनाउनु परेको भन्दै अब बिरोध गर्नु पर्ने अबस्थाको सृजना नगर्न कम्पनीलाई आग्रह गर्नु भयो । सडक स्तरोन्नति नभएकै कारण स्थानीयले सास्ती बेहोरिरहेको, यातायात सञ्चालनमा समस्या र जोखिम बढेको, पर्यटकीय गन्तव्य नगरकोट जाने पर्यटकलाई सास्ती भोग्नु परेको वडाध्यक्ष लामाले बताउनु भयो । बसपार्कको छलफलमा स्थानीय मनोज गिरीले निर्माण कम्पनीले नक्सा अनुसार काम नगर्दा खरिपाटीमा आफ्नै र दीपक लामिछानेको निकै जग्गा मिचिएको भन्दै अन्यत्र पनि यस्ता समस्या रहेकाले त्यो समस्या सुल्झाएर निर्माण सम्पन्न गर्न माग गर्नु भयो । उहाँले वर्षामा सडकको पानी व्यक्तिको घरमा पस्ने, पानी पर्दा सडक हिलाम्मे र घाम लाग्यो धुलाम्मे हुँदा यहाँका बासिन्दा बिभिन्न रोगको शिकार बन्नु परेको गुनासो गर्नु भयो । नगरकोटका होटल व्यवसायी एवं होटल मेरिगोल्डका सञ्चालक गोकूल लामिछानेले सडक नबन्दा कोरोना महामारी अगाडि र अहिले पनि पर्यटकको आगमन घटेको बताउनु भयो । यहाँका होटल व्यवसायी निकै मारमा परेको भन्दै उहाँले नगरपालिकाले पर्यटन शुल्क यथास्थितिमा नउठाउन माग गर्नु भयो । शैलुङ् कन्स्ट्रक्सनका प्रोजेक्ट म्यानेजर अधिकारीले सार्वजनिक खरिद नियमावली १२ औं संशोधनले एक वर्ष म्याद थपेकाले आगामी पुस मसान्तसम्म सडक हस्तान्रण गर्ने म्याद रहेपनि मंसीर भित्रै निर्माण सम्पन्न गरेर हस्तान्तरण गर्ने गरि काम अगाडि बढाएको बताउनु भयो । उहाँले भन्नुभयो, “कूल १५ दशमलव ६४ किलोमिटर लम्बाइ रहेको यो सडकको १३ किमिमा कालोपत्र गर्न बेस हालिसकेका छौँ, धेरै ठाउँमा फस्ट कोड पनि गरिसक्यौ, ५ दशमलव ५ किमिमा सेकेण्ड कोड हालिसक्यौ, अब धेरै काम बाँकी छैन, बालाजुको काम रोकिएकाले त्यहाँको जनशक्ति र रोलर, ग्रेडर लगायतका मेशिनहरु यहीँ ल्याएर तिब्र गतिमा काम गर्छौ ।” एक्जिम बैंक इन्डियासँग ऋण लिएर भारतीय आरामाली इन्फ्रा पावर लिमिटेड (एआईपीएल) र शैलुङ कन्स्ट्रक्सन जेभीले सडक स्तरोन्नतिको ठेक्का सम्झौता गरेको थियो । २०७३ असार ३ गतेभित्र सम्पन्न गर्ने गरि सम्झौता गरि ०७१ जेठ २२ बाट भक्तपुर(नगरकोट सडकको स्तरोन्नति सुरु गरेपनि अझै अलपत्र छ । अहिले आठौँ पटकसम्म म्याद थप गर्दासम्म ८३ प्रतिशत काम सम्पन्न गरेको छ । यस अवधिमा महाभूकम्प, सडकमा रुख, खम्बा, र अन्य भौतिक संरचना स्थानान्तरणमा ढिलाइ, निर्माण सामग्री आपूर्तिमा कठिनाइ जस्ता कारण देखाउदै ढिलाई भएको दाबी गर्दै आएको छ । अन्तिम पटक भन्दै २०७८ चैत १९ सम्म म्याद थप गर्दा त्यस अबधीमा पनि सम्पन्न नगरेपछि सरकारले फेरी आठाँै पटक म्याद थप गरेर २०७९ पुस मसान्तसम्म पुर्याएको छ । एक्जिम बैंक इन्डियाको ऋण सहयोगमा कूल ३१ करोड ५२ लाख रुपैयाँमा ठेक्का सम्झौता भएपनि अहिले संशोधन गरेर ३६ करोड रुपैयाँ पु¥याइएको छ भने सरकारले ठेकेदार कम्पनीलाई करिब ३० करोड रुपैयाँ भुक्तानी दिईसकेको छ । प्रधानमन्त्री शेरबहादुर देउवा, तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओली, तत्कालिन भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणुकुमारी यादवलगायतलाई पटक पटक भेटेर सडक निर्माण छिटो सम्पन्न गर्न दबाब दिएर पनि म्याद थप्ने काम भइरहेको छ । स्तरोन्नतिको जिम्मा लिएको कम्पनीले काम नगरेको भन्दै यसअघि पनि नगरपालिकाका प्रमुख, सत्ताधारी दल, प्रतिपक्ष दलका नेता, प्रदेश मन्त्री, सर्वसाधारण कयौ पटक मन्त्रालय पुगेर ज्ञापन पत्र बुझाउने, शैलुङ कन्स्ट्रक्सनका प्रमुख शारदाप्रसाद अधिकारी र उहाँकै घरमा बस्ने नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई पटक पटक भेटेर सडक निर्माण छिटो सम्पन्न गर्न आग्रह गरेका थिए । पीडित स्थानीयले कयौ पटक सडकमै उत्रिएर आन्दोलन गरे भने भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणुकुमारी यादवलाई नगरकोट सडकमै रोकेर अबरोध गरेपछि म्याद भित्र काम नसके ठेक्का रद्ध गर्ने बचन दिए पनि पुनः म्याद थपिएको छ । स्थानीयले ठेकेदार शारदाप्रसाद अधिकारीको फोटोसहितको ब्यानर बनाएर सार्वजनिक यातायातदेखि चोकचौतारासम्म टाँसेका बिरोध समेत गरेका थिए । --- # दरबार स्क्वायरमा हाट बजार सम्पन्न Source: https://newskunda.com/archives/428 Category: FEATURED NEWS, अर्थ, समाचार Last updated: 2022-05-01 भक्तपुर, १० बैशाख : भक्तपुर चेम्बर अफ कमर्सले भक्तपुरमा आयोजना गरेको एक दिने हाट बजार सम्पन्न भएको छ । स्थानीय उत्पादनहरुको प्रवद्र्धन गर्ने उदेश्यले जुजु इभेण्टसले भक्तपुर दरवार स्क्वायर परिसरमा सञ्चालन गरेको हाट बजारमा २५ वटा स्टलहरु राखिएको थियो । खाद्य सामग्री, हस्तकला, कृषि उत्पादन, नेपाली लत्ता कपडा आदिका स्टलहरु राखिएको बजारको नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले बिहान उद्घाटन गर्नु भएको थियो । मल्लले स्थानीय उत्पादनहरुको प्रवद्र्धन गर्ने उदेश्यले तथा आयात प्रतिस्थापन गर्न सकिने किसिमका उत्पादनहरुलाई विशेष प्रथमिकतामा राखेर प्रवद्र्धन गर्नु पर्नेमा उहाँले जोड दिनु भयो । कार्यक्रममा भक्तपुर चेम्बर अफ कमर्सका अध्यक्ष न्हुछेरत्न मानन्धरले सबैको सहकार्यबाट स्थानीय उत्पादनहरुको विकासमा सहयोग पुग्ने बताउदै भक्तपुर चेम्बर अफ कसर्मले जिल्लाका विभिन्न स्थानहरुमा यस प्रकारको हाटबजारहरु सञ्चालनका लागि प्रोत्साहन गर्ने बताउनु भयो । जुजु इभेण्टसका सुसान्त सुवाल, आसिम वेंजु, कमर्सका केन्द्रिय सदस्य रोशन भोयद्यो, परशुराम दाहाल लगायतले हाट बजारले उपभोक्तामा दिने राहत र प्रभावकारीताकोबारेमा चर्चा गर्नु भएको थियो । हाट बजारमा स्थानीय बासिन्दाले अवलोकन गर्नुका साथै सामानहरु सुपथ मूल्यमा बिक्री गरिएको बताइएको छ । --- # दशैं तिहार लक्ष्ति गर्दै आईरा इन्टरप्राईजेजले भक्तपुरको जगातीमा खोल्यो होण्डाको नयाँ शोरुम Source: https://newskunda.com/archives/4518 Category: FEATURED NEWS, Uncategorized, अर्थ, तस्विर, राजनीति, समाचार, समाज Last updated: 2026-09-30 भक्तपुर १४ असोज । नेपालीहरुको महान चाँड दशै, तिहार नजिकिदै गदा भक्तपुरका जगातीमा भने आज दशै तिहार लक्षित गर्दै आईरा इन्टरप्राईजेजले बुधबार होण्डाको नयाँ आधिकारिक शोरुम सञ्चालनमा ल्याएको छ । भक्तपुरको प्रमुख व्यापारिक केन्द्र जगाती चोकमा अत्याधुनिक प्रविधिसहितको होण्डाको नयाँ आधिकारिक शोरुम आजबाट सञ्चालनमा ल्याएको ईन्टरप्राइजेजका प्रमुख नविन प्रजापतिले जानकारी दिनुभयो । व्यवसायी प्रजापतिले भक्तपुरदेखि पूर्वतर्फका ग्राहकलाई लक्षित गरि होण्डा शेरुम सञ्चालनमा ल्याएको बताउदै यहाँ होण्डाको बाईक तथा स्कुरटर लिदाँ एक लाखसम्मको डिस्काउण्ट कुपन र आकर्षक गिफ्ट ह्या्म्पर प्रदान गरिने बताउनुभयो । उपभोक्ताको हित र सबै वर्गका ग्राहकले यसको उपयोग गर्न सकुन भनेर सहज फाइनास्न्को समेत व्यबस्था गरेको उहाँले जानकारी दिनुभयो । शोरुमले ग्राहकलाई गुणस्तरीय र नागरिकमैत्री सेवा दिने बताउदै प्रमुख नवीन प्रजापतिले भने “हामीले केवल व्यापार मात्र नभई ग्राहकको सन्तुष्टिलाई प्राथमिकतामा राखेर अन्य शोरुमभन्दा फरक र सहज ढङ्गले सेवा दिने लक्ष्य राखेका छौँ,”। करिब दुई करोड ५० लाखको लगानीमा सञ्चालनमा आएको होण्डा शोरुमले आफ्ना उपभोक्तालाई सहज होस भन्दै शोरुप भएकै भवनमा सर्भिसिड र कम्पनीको ब्राण्डेड पार्टस् उपलब्ध गराएको आईरा इन्टरप्राइजेजका म्यानेजिड डाइरेक्टर आयेस प्रजापतिले जानकारी दिनुभयो । यस शोरुमबाट होण्डा ब्राण्डका दुईपाङ्ग्रे सवारी साधनको बिक्री वितरणका साथै दक्ष प्राविधिकमार्फत मर्मत सम्भार र सर्विसिङ सुविधा प्रदान गरिने भएको छ। नेपालका लागि होन्डाको आधिकारिक वितरक स्याकार ट्रेडिङ कम्पनीका जेनेरल म्यानेजर मुकुन्द श्रेष्ठले नयाँ बिक्री केन्द्र सञ्चालनसँगै अब भक्तपुर र आसपासका बासिन्दालाई सवारी साधन खरिद तथा पार्टपुर्जाका लागि काठमाडौँसम्म धाउनुपर्ने बाध्यता हट्ने बताए। उनले होन्डाका नयाँ मोडल तथा जेनुइन पार्ट्सहरू सर्वसुलभ मूल्यमा जगातीबाटै उपलब्ध हुने जानकारी दिए। नेपाली बजारमा विद्युतीय सवारी साधन (ईभी) को माग बढ्दै गएको सन्दर्भमा आगामी दिनमा होन्डाले ईभी मोडलहरू भित्र्याएमा यसै शोरुममार्फत बिक्री वितरण गरिने सञ्चालकहरूले जनाएका छन्। अरनिको राजमार्गसँगै जोडिएको जगाती चोकमा रहेको यो शोरुमबाट भक्तपुर, काभ्रे, सिन्धुपाल्चोक र ललितपुरका सेवाग्राहीहरू लाभान्वित हुने अपेक्षा गरिएको छ। --- # दशैँको मुखमा सहकारीले आफ्नै पैसा फिर्ता नदिदाँ वचतकर्तालाई समस्या Source: https://newskunda.com/archives/2161 Category: FEATURED NEWS, अर्थ, लेख, समाचार Last updated: 2022-09-15 -रुषा थापा भक्तपुर , ३० भदौ । दशैँ आउन अब १५ दिन मात्र बाँकी छ र दशैँ मनाउनका लागि अहिले आफ्नो गाउँघर जाने मानिसहरुको संख्या पनि ह्त्तै बढिरहेको पाइन्छ । पैसा हुनेमानिस भनी बजार छिरिसकेका छन् र आफ्नो गाउँघर जान पनि तयारी अवस्थामा छन् तर कतिमानिसहरु भने पैसा कै कारण सामान पनि किन्न पाएका छैनन् र दशैँ मनाउन पनि आफ्नो गाउँघर जान पाएका छैनन् । अहिले दशैँका लागि आवश्यक सामानहरु किनमेल गर्नका लागि आफूले वर्षभरि गरेर जम्मा गरेको पैसा सहकारीमा निकाल्न गएमा त्यहाँ खाली हात नै पठाइन्छ । पछिल्लो समय सहकारीहरुले डिपोजिटलाई पैसा फिर्ता दिएका छैनन् जसले गर्दा दशैँ कसरी मनाउने भनेर सोच्दा नै उनीहरुको बिजोग भइरहेको पाइन्छ । वर्षभरि आफूले खाइनखाई गरेर जम्मा गरी राखेको पैसा अहिले समस्या पर्दा वा चाडबाड आउँदा पनि निकाल्न नपाउँदा जनताहरु अन्योलमा परेका छन् । हामी नेपालीको महान् चाड दशैँ हो र हामीहरु अरु चाडबाड नमनाए पनि दशैँ भने मनाउँछौँ तर आफूले दशैँ मनाउनका लागि राखेको पैसा सहकारीले नदिएपछि मानिसहरु दशैँ कसरी मनाउने भनेर सोच्दै दुःखी भइरहेका छन् । सहकारीहरुले हिजो जनताको पैसा लिने बेला तै घरघरमा पुगेर लियो तर फिर्ता गर्ने समयमा भने दाँतबाट नै पसिना निकाल्यो । पछिल्लो समय लाखौँ जनताहरु सहकारीमा आफुले राखेको पैसा निकाल्न नपाएर निराशा भएका छन् । सहकारीहरुले कर्जा त दिएन नै तर डिपोजिटले राखेको पैसा पनि फिर्ता दिएन । सहकारीहरुले डिपोजिटको पैसा फिर्ता नदिँदा जनतालाई दुःख पनि भयो र चाडबाड पनि खल्लो भयो । अहिले सहकारीहरुमा जनताहरु आफ्नो बचत निकाल्नका लागि बिहान देखि नै लाइन लागेर बसिरहेका छन् तर सहकारीहरु भने टोकन नियम बनाइरहेका छन् र १५ दिनमा ५ हजार रकम लैजानुस् भनेर भन्ने गर्छन् । मानिसहरुले हिजो बढी ब्याजको प्रभोलनमा सहकारीहरुमा ५ लाखदेखि करोडसम्म जम्मा गरे तर अहिले न ब्याज नै पाए न साँवा नै । अहिले सहकारीको अफिसमा गएमा त्यहाँ अध्यक्ष र चेयरम्यान भेटिदैँन । त्यस्तै यता सहकारीमा काम गर्ने कर्मचारीहरु पनि डिपोजिटलाई सहकारीका जिम्मेवारी व्यक्तिलाई नै भेट्नुस् भनेर आफू पन्छिन् । दशैँ हामी सबै जनताले मनाउँछौँ तर दशैँ मनाउन आफूले खाइनखाइ राखेको पैसा भने सहकारी दिदैँन । जनताको यसपालिको दशैँ सहकारीहरुले पैसा नदिएका कारण खल्लो हुने छ । यसरी सहकारीहरुले जनताको पैसा वा बचत फिर्ता नगर्दा सहकारी विभागका महानिर्दैशक रुद्रप्रसाद पण्डित किन जनताको पैसा फिर्ता नगर्ने सहकारीलाई कारबाही पनि गर्दैनन् र जनतालाई सहकारीमा पैसा नराख्नुस् भनेर सचेत पनि गराउदैँनन् । सरकारको लापरबाही वा सहकारी विभागका महानिर्दैशक सहकारीहरुसँग लम्पसार पर्दा आज जनताको पैसा पनि डुब्ने भयो र जनताहरुले पनि दुःख पाइरहेका छन् । यस्तो हुदैँ पनि सहकारी विभाग किन निरिह भएर बसिरहेको छ । सहकारमिा पैसा राख्ने मानिसहरुको रातको निन्द्रा र दिनको भोक पनि मेटिसकेको छ । उनीहरु रुदैँ हिडिरहेका छन् । उनीहरु दशैँ त आयो तर कसरी बालबच्चालाई नयाँ कपडा किनिदिने र खानेकुरा दिने भनेर सोच्दै रुर्छन् । अहिले उपत्यकाको चोकचोकमा वा कंलकी, बलखु, कोटेश्वर, गंगपुरमा मानिसहरु आफ्नो गाउँघर जानका लागि लर्को लागेर बसिरहेका छन् । कति मानिसहरु भने आफूले सहकारीमा राखेको पैसा सहकारीले नदिएपछि ऋण खोजेर आफ्नो गाउँघर दशैँ मनाउन जान लागेका छन् भने कति मानिसहरु सहकारीले आफ्नो पैसा नदिएको र ऋण खोज्दा पनि नपाएकाले यसपालि दशैँ मनाउन आफ्नो गाउँघर जान नपाएको भन्दै गुनासो गर्छन् । वर्षमा एकपटक मात्रै आउने र हामी सबै हिन्दुधर्मलम्बीहरुले मनाउने चाड भनेको नै दशैँ हो । दशैँमा हामी सबैले आफ्नो गाउँघर गएर आफन्त भेटघाट गछौँ र रमाइलो गछौँ । तर यसपालिको दशैँ जनताले मनाउन नपाउने भएका छन् र यो सबै सहकारी कै कारण हुदैँ छ । यसरी जनतामाथि सहकारीहरुले खेलबाड गर्दा सरकार किन यिनीहरुलाई कारबाही गर्दैन । किन मौन बस्छ , सरकार । साथै सहकारी विभागले पनि सहकारीहरुसँग आर्थिक लेनदेन गरेर वा सञ्चालक वा अध्यक्षहरुले राजनितिक पार्टीको झोला बोकेर शक्ति केन्द्र धाएर जनताको बचत फिर्ता गरेका छैनन् र उनीहरुलाई दुःख दिने काम गरिरहेका छन् । पछिल्लो समय दिनहुँ १० ओटा सहकारीहरु जनताको बचत लिएर भोगेको भनेर बजारमा सुनिन्छ । जति सहकारीहरु बजारमा सञ्चालनमा रहेका छन् ती सबैले जनताको बचत फिर्ता दिएका छैनन् र जनताको बिजोग भइरहेको छ । अहिले नै सहकारीहरुको यस्तो अवस्था देख्दा त अबको एकवर्षमा दशैँभरिको सहकारीहरु भाग्छन् जस्तो देखिन्छ । अबको एकवर्षपछि झन् बढी जनताहरुको घरमा रुवाबासी हुने छ र सहकारी डुबेर देशको अर्थतन्त्रमा पनि ठुलो आर्थिक संकट आउने छ । पछिल्लो समय बजारमा बच्चादेखि बुढोले सहकारीमा पैसा राख्नुहुदैँन भनेर भन्छन् । जताततै बजारमा अहिले एउटै हल्ला रहेको पाइन्छ । त्यो हो , सहकारी भाग्यो ,पैसा खाइदियो । तर सहकारीहरु कसरी डुब्यो र किन भाग्यो भनेर सरकारले अहिलेसम्म गहिराइमा गएर अध्ययन गरेको छैन । सहकारीहरुले पहिला ३ देखि ५ प्रतिशत सेवाशुल्क र २२ देखि ४२ प्रतिशत वा मिटरब्याजमा कर्जा प्रवाह गप्यो । साथै घरजग्गा, गाडी र सेयरलाई आँखा चिम्लेर कर्जा प्रवाह गप्यो । सय रुपैँयामा बैंकले निष्कासन गरेको सेयरलाई धितो राखेर २ हजारसम्म कर्जा प्रवाह गप्यो साथै सरकारले आनाको ५ लाख निर्धारण गरेको जग्गालाई धितो राखेर ४० लाखसम्म कर्जा दियो । र २० रुपैँया किलोमा ब्रिकी नहुने फलाम वा सवारीसाधनलाई धितो राखेर लाखौँ कर्जा दियो । तर यसमा पनि सहकारीका सञ्चालक, अध्यक्षहरुले घुस खाएर कर्जा प्रवाह गरे । उदाहरणका लागि १ लाख रुपैँया धितो राखेर कर्जा दिएमा त्यसमा २० हजार यिनीहरुले घुस खाने गर्थे । पछिल्लो समय बजारमा मन्दी आएकाले एकवर्षअघि मात्र ३ हजार कित्तामा किनेको सेयर अहिले सय रुपैँयामा बिक्री हुदैँन जसले गर्दा अहिले सेयरमा आफ्नो सम्पूर्ण लगानी गर्ने मानिसहरुको घरमा रुवाबासी चलिरहेको छ । खरिद गर्ने कोही छैन भने बिक्री गर्न चाहाने मानिसहरु हजारौँ भेटिन्छन् । त्यस्तै यता २ वर्षअघिमात्र ४० लाखमा किनेको जग्गा अहिले ३ लाखमा बिक्दैँन र एकवर्ष अघि २० लाखमा किनेको सवारीसाधन अहिले २ लाखमा बिक्री हुदैँन । सहकारीहरुले भने खाली यहँी घरजग्गा, सेयर र गाडीमा लगानी गप्यो तर यसरी यी चिजहरुको मूल्य घटेपछि सहकारीबाट ऋण खाने त चुलुम्ब नै डुबे भने सहकारी र बैंकहरु पनि आज डुब्ने अवस्थामा पुगे । त्यसकारण नै पछिल्लो समय वित्तिय संस्थाहरुमा डिपोजिटहरुको लर्को लागिरहेको पाइन्छ । तर बैंकहरु भने डिपोजिटलाई पैसा निकाल्न नदिनका लागि मानिसअनुसार १४ देखि १८ प्रतिशत ब्याज दिन्छु भनिरहेका छन् । भने यता सहकारीहरु पनि मानिसअनुसार २० देखि ३६ प्रतिशतसम्म ब्याज दिन्छु भनेर भनिरहेको कुरा पनि बजारमा सुनिन्छ । अहिले वित्तिय संस्थामा डिपोजिटहरु पैसा निकाल्न गएमा त्यहाँ पानी , चिसो खुवाउने र ब्याज बढाइदिन्छु मात्र भनिरहने भनेर जनता नै बताउँछन् । अहिले पनि कति सहकारीहरुले महंगो ब्याजको प्रलोभनमा जनताको पैसा बजारबाट उठाइ नै रहेका छन् । कति सहकारीको कार्यसमितिमा बस्ने सञ्चालकहरु सहकारी डुबेर वा भागेर कार्यसमितिबाट मेरो नाम हटाइदिनुस् भनेर सहकारी विभाग दिनहुँ जस्तो धाइरहेका छन् । त्यस्तै गरी सहकारीमा सञ्चालकका रुपमा बस्ने मानिसहरु सहकारी डुबेमा आफ्नो सम्पत्ति बेचेर जनताको पैसा फिर्ता गर्नुपर्छ भनेर आफ्नो सम्पत्ति पनि आफ्नो आफन्तको नाममा पास गर्दै छन् भनेर पनि सुन्नमा आएको छ । अहिले सहकारीमा न अध्यक्ष नै भेटिन्छ न सञ्चालक नै । सहकारीमा काम गर्ने कति कर्मचारीहरु एकवर्ष देखि तलब नपाएको र घरधनीहरुले पनि एकवर्ष देखि भाडा नपाएको भनेर गुनासो गर्छन् । सहकारीमा पैसा राख्ने मानिसहरु अहिले सहकारीमा गएर ब्याज चाहिँदैन बरु साँवा मात्रै दिनुस् भनेर भनिरहेका छन् तर सहकारीहरु पैसा फिर्ता दिदैँनन् । पछिल्लो समय सहकारीहरुको यस्तो स्थिति वा अवस्था देखेर जनता र व्यापारीहरुले पनि सहकारीमा पैसा राख्न छोडिसकेका छन् । तर बजारबाट कति बजार प्रतिनिधिहरुले धेरै थोरै जनताको पैसा उठाइ रहेका छन् तर उनीहरु त्यो रकम कार्यालयमा नलगी आफ्नो तलबको रुपमा काट्दै घरतिर लैजाने भन्ने कुरा पनि सुनिन्छ । पहिला एक सहकारीका एक बजार प्रतिनिधिले दिनहुँ बजारबाट १ लाख देखि ३ लाखसमेत उठाउन्थे भने अहिले दिनहुँ ३ देखि ५ हजार समेत उठाउन सकिदैँन भनेर सहकारी कै कर्मचारी वा बजार प्रतिनिधिहरु बताउँछन् । सहकारीहरुले अहिले ५ हजारको पनि चेक साट्दैन भनेर बजारमा सुनिन्छ । सहकारीका कारण नै धेरै मानिसहरुको पैसा डुब्दै छ र धेरै मानिसहरु सुकुम्बासी हुदैँ छन् । सहकारीमा आफ्नो पैसा निकाल्न मानिसहरु सहकारीमा दिनहुँ धाइरहेका छन् तर सहकारीले पैसा फिर्ता दिदैँन । कति सहकारीहरुले डिपोजिटको पैसा फिर्ता नगरेपछि त्यहाँ आन्दोलन नै सुरु भइसकेको छ । कति सहकारीमा पैसा निकाल्न लहुरो टेक्ने बुढाबूढी देखि बच्चा भएका महिलाहरु पनि धाइरहेका छन् । अब झन् सहकारीहरुको अवस्था नाजुक हुने छ किनभन्दा अब जनताले सहकारीमाथि विश्वास गर्दैनन् । साथै अब सहकारीहरुसँग लगानी गर्ने पैसा पनि हुदैँन । पैसा हुनुन्जेल पहिला सहकारीका अध्यक्ष वा सञ्चालकले जनतालाई मिटरब्याजमा पैसा लगाएर वा दिनको १ लाखको १ हजार ब्याज लिएर र १ लाख ऋण दिएमा ७० हजार दिने र ३० हजार सुरुमै ब्याज काट्ने गरेर ठगे । यसरी यिनीहरुले जनतालाई ठग्नसमेत ठगेका छन् । तर जनताको नै पैसा जनतालाई नै सस्तो ब्याजमा कर्जा प्रवाह नगरी महंगो ब्याज र सेवाशुल्कमा लगानी गरे । यिनीहरुले जनताले राखेको पैसाको भने थोरै ब्याज दिने तर त्यहँी पैसा कर्जामा लगानी गरेर घुस खाने र महंगो ब्याज खाने गर्छन् । सहकारी वा बैंकबाट महंगो ब्याजमा ऋण लिएका मानिसहरुले ऋण तिर्न नसकेर सहकारी र बैकले उनीहरुको धितो नै सबै खाइदिएका छन् । जसले गर्दा मानिसहरुले आत्महत्या पनि गरे र भाग्न पनि सुरु गरे । पहिलापहिला गाउँघरमा रहेका शोषक वा सामान्तीहरुले १ लाख पैसा दिएमा १० लाखको तमसुक गराउथे र गरिबीको घरजग्गा नै सबै खाइदिन्थे । अहिले सहकारी र बैंकहरुले पनि ठ्याकै त्यहँी काम गर्न सिके र गरे । बैंकले १ करोडको धितो छ भने ४० देखि ५० लाख रुपैँया दिने तर त्यसमा पनि धितो रोक्का गरेर वा १० प्रतिशत घुस खाएर । साथै १८ प्रतिशत ब्याज र २ प्रतिशत सेवाशुल्कमा लिने र ६ कित्ता नतिर्ने बित्तिकै कालोसुचीमा राखेर वा पत्रिकामा निकालेर त्यो १ करोडको धितो ५० देखि ६० लाखमा नै खाइदिने गर्छन् । पछिल्लो समय मिटरब्याज कै कारण आमनागरिकहरु माइतीघरमा आन्दोलन गरिरहेका छन् । त्यस्तै सहकारीले १ करोडको धितो छ भने ७० देखि ८० लाख कर्जा प्रवाह गर्ने तर त्यसमा पनि १० लाख घुस, सेवाशुल्क ५ प्रतिशत र २० प्रतिशत ब्याज भनेपनि लिनेसमयमा ४२ प्रतिशत लिने गर्छन् । साथै ३ कित्ता नतिरेमा त्यो धितो नै सबै खाइदिने गर्छन् । बैंक र सहकारी भनेको जनता ठग्ने संस्था हुन् भनेर अहिले जनता नै बताउँछन् । त्यसकारण जनताहरु पछिल्लो समय यिनीहरुमाथि विश्वास गर्दैनन् । वित्तिय संस्था भनेको नै जनतालाई लुट्न र ठग्न खोलिएको संस्था हो भनेर जनताको मनमा छाप परिसकेको छ । --- # दशैंको शुभकामना सन्देश जारी गर्दै वागमती प्रदेशका मुख्यमन्त्री किरण थापाले भन्नुभयो, ‘विपद्बाट प्रभावित नागरिकको जीवन सामान्य अवस्थामा फर्काउन प्रदेश सरकार प्रतिबद्ध छ’ Source: https://newskunda.com/archives/4945 Category: FEATURED NEWS, कला तथा साहित्य, धर्म/संस्कृति, राजनीति, समाचार, समाज Last updated: 2026-10-21 काठमाडौं, ४ कात्तिक। बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले प्राकृतिक विपद्बाट प्रभावित नागरिकको उद्धार, राहत, पुनःस्थापना तथा पुनर्निर्माणलाई प्राथमिकताका साथ अघि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। बडादशैँ, तिहार, नेपाल संवत् तथा छठलगायतका पर्वका अवसरमा शुभकामना सन्देश जारी गर्दै उहाँले विपद्बाट प्रभावित नागरिकको जीवन सामान्य अवस्थामा फर्काउन प्रदेश सरकार प्रतिबद्ध रहेको बताउनुभएको हो। मुख्यमन्त्री थापाले विशेषगरी भोटेकोसी तथा बूढीगण्डकी क्षेत्रमा आएको बाढीका कारण नागरिकले भोग्नुपरेको पीडाप्रति दुःख व्यक्त गर्दै विपद्बाट प्रभावित सबै नागरिकप्रति ऐक्यबद्धता जनाउनुभएको छ। “विपदबाट प्रभावित सम्पूर्ण नागरिकप्रति ऐक्यबद्धता व्यक्त गर्दै उहाँहरूको जीवन सामान्य अवस्थामा फर्काउन प्रदेश सरकारले काम गरिरहेको जानकारी पनि यसै शुभकामना सन्देशमार्फत जानकारी दिन चाहन्छु,” उहाँले सन्देशमा उल्लेख गर्नुभएको छ। प्राकृतिक विपद्का कारण उत्पन्न पीडा र कठिनाइलाई गम्भीरतापूर्वक स्मरण गर्दै मुख्यमन्त्री थापाले प्रभावित नागरिकलाई आवश्यक सहयोग उपलब्ध गराउनु राज्यको दायित्व भएको सन्देश दिनुभएको छ। उहाँले उद्धार, राहत, पुनःस्थापना र पुनर्निर्माणका कामलाई प्राथमिकतामा राखेर अघि बढाउने प्रतिबद्धतासमेत व्यक्त गर्नुभएको छ। मुख्यमन्त्री थापाले नेपालीका प्रमुख चाडपर्व धार्मिक तथा सांस्कृतिक आस्थाका अवसर मात्र नभई सामाजिक सद्भाव, आपसी एकता, पारिवारिक सामीप्यता र राष्ट्रिय पहिचानका धरोहरसमेत भएको बताउनुभएको छ। “विविध जातजाति, भाषा, धर्म, संस्कृति र परम्परागत पर्वहरूले आपसी भाइचारा, सहिष्णुता, सद्भाव र एकताको भावना सुदृढ बनाउँदै आएका छन्,” उहाँले सन्देशमा भन्नुभएको छ। उहाँका अनुसार चाडपर्वले समाजमा प्रेम, सहयोग, सद्भाव र सहअस्तित्वको भावना अभिवृद्धि गर्दै समुन्नत तथा समावेशी समाज निर्माणका लागि प्रेरणा प्रदान गर्छन्। मुख्यमन्त्री थापाले बडादशैँ, तिहार, नेपाल संवत् तथा छठलगायतका पर्वका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको कामना गर्नुभएको छ। उहाँले पर्वहरूले समाजमा आपसी सद्भाव र एकता थप सुदृढ बनाउँदै सबै नागरिकबीच सहयोग, सहकार्य र सहअस्तित्वको भावना विकास गर्ने विश्वास व्यक्त गर्नुभएको छ। मुख्यमन्त्री थापाले सबै नेपालीलाई चाडपर्वको पुनः हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै विपद्बाट प्रभावित नागरिकको पीडामा साथ दिनु र उनीहरूको जीवन पुनः सामान्य अवस्थामा फर्काउन सहयोग गर्नु सामूहिक दायित्व भएको सन्देश दिनुभएको छ। --- # दशैँको समयमा महंगीको मारमा जनता, चुपचाप सरकार Source: https://newskunda.com/archives/2225 Category: FEATURED NEWS, अर्थ, राजनीति, समाचार, समाज Last updated: 2022-09-24 -रुषा थापा (भक्तपुर) काठकाडौं । बजारमा व्यापारीहरुले पसल नै पिछे सामानको मूल्य फरक फरक राखेका छन् र हप्तैपिछे सामानको मूल्य बढाएका छन् । दशैँ जनताको ढोकामा आइसकेको छ र व्यापारीहरुले यँही दशैँको मौका छोपेर सामानको मूल्य बढाएर जनता ठगीरहेका छन् । महँगी बढेको कारण वा व्यापारीहरुले सामानको मुल्य अभिवृद्धि गरेपछि जनताहरु दशैँ मनाउन नसक्ने अवस्थामा पुगेका छन् । त्यस्तै यता महँगो पैसा लिएपनि व्यापारीहरुले सामान भने गुणस्तरहीन वा खानयोग्य नरहेको र कम तौल रहेको बिक्रीवितरण गरिरहेका छन् । व्यापारीले सामानको मूल्य जति भन्यो त्यति नै जनताले तिर्नुपरिरहेको छ । साथै सामानको मूल्यनिर्धारण सरकारले गरेको छैन जसले गर्दा सामानको भाउ व्यापारीको जिब्रोमा रहेको पाइन्छ । यसरी व्यापारी वा व्यवसायीको अगाडी सरकार लम्पसार पर्दा वा सरकारले बजार अनुगमन नगर्दा आर्थिक कमजोर भएका मानिसहरु महंगीका कारण दशैँ मनाउन नसक्ने अवस्थामा पुगेका छन् । दशैँ त हामी सबै नेपालीको महान् पर्व हो नि तर पछिल्लो समय महंगीका कारण दशैँ हुनेखाने वा धनीहरुको लागि मात्र चाड हुन पुगेको छ । अहिलेपनि सरकारले बजार अनुगमन गरेको छैन र बजार अनुगमन गर्न जिम्मा पाएका जिल्लाका सिडियो, मन्त्री वा सरकारी कर्मचारीहरुले बजार अनुगमन नगरी व्यापारीसँग कमिशन वा पैसा खाएर जनता ठगेको चुपचाप हेरेर बसिरहेका छन् । व्यापारीहरुले राजनितिक पार्टीको झोला बोकेर वा सदस्यता लिएर सय रुपैँयाको सामान ५ सयमा बिक्रीवितरण गरिरहेका छन् । साथै यता राजनितिक दलहरु पनि व्यापारीहरुसँग पैसा लिएर आफ्नो पार्टी वा घरखर्च चलाइरहेका छन् । राजनितिक दलहरु आफ्नो घरखर्च वा पार्टी चलाउन पर्दाभित्र बसेर व्यापारीसँग मिलेर जनता ठगीरहेका छन् । आज देशमा यस्तो भ्रष्टाचार, महंगी र विदेशी ऋणको बोध भयो तर राजनितिक दलहरु अझैपनि व्यापारीसँग मिलेर आफ्नो घरखर्च र पार्टी चलाउनमा नै व्यस्त छन् । यिनीहरुलाई जनता र देश जति डुबेपनि केही मतलब छैन । राजनतिकि दलहरु व्यापारीसँग पार्टी वा घरखर्च चलाउन चन्दा वा पैसा लिने गर्छन् र व्यापारीहरु आफुले राजनितिक दललाई दिएको पैसा सामानमा जोड्छन् र सामानको मूल्य अभिवृद्धि गर्ने गर्छन् । साथै यता भने व्यापारी र राजनितिक दलहरुको मिलोमत्तोमा जनता नराम्ररी ठगिन्छन् । अहिले महंगीका कारण जनताको घरमा चुलो बल्न छोडिसकेको छ भने जनताले पेटभरि खाना खान पाउने दिन गइसकेको छ । राज्यलाई राजस्व छलेर र जनतालाई महंगोमा सामान बेचेर व्यापारीहरु आज अर्बपति बनेका छन् र चिल्लो गाडीमा चढिरहेका छन् । यो देश सरकारले नचलाई व्यापारीहरुले चलाइरहेका छन् भनेर जनताले स्पष्ट रुपमा थाहा पाइसकेका छन् । राजनितिक दलहरु पनि चन्दा वा पैसाका लागि व्यापारीहरुलाई आफ्नो पार्टीको मनोनित सांसद वा मन्त्री बनाइदिने गर्छन् । तर जनताहरु यसरी महंगीको मारमा पर्दा न एमालेका अध्यक्ष केपी ओली नै यसको विरोधमा बोल्छन् न प्रधानमन्त्री शेरबहादुर देउवा नै बजार अनुगमन गर्छन् । झन् यता प्रचण्डलाई त महंगीका विरोधमा बोल्न फुर्सद नै छैन र जनताको बारेमा सोच्न टाइम नै छैन । उनलाई एउटै मतलब छ , झलनाथ खनाल, माधव नेपाल , उपेन्द्र यादव मेरो पछि लाग्छ कि लाग्दैन र शेरबहादुर देउवालाई झप्याङ् बनाएर म अगाडी बढ्न सक्छु कि सक्दिँन । प्रचण्ड देशको नेता नभइ केही सिमिति व्यक्तिहरुका नेता हुन् । साथै यता काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा , गगन थापा र डा. शेखर कोइरालालाई पनि जनता महंगीका कारण भोकै बसेका छन् भनेर बोल्ने फुर्सद नै छैन । यिनीहरुलाई एउटै चिन्ता छ , पार्टीले टिकट दिन्छ कि दिदैँन । यिनीहरुलाई पार्टीले टिकट दिएतापनि जनताले भोट दिदैँनन् । साथै यता राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेन त महंगीका विरोधमा बोल्दै बोल्दैँनन् । उनी त व्यापारीसँग पैसा लिन्छन् अनि पार्टी चलाउँछन् । कमल थापाले त झन् व्यापारीसँग नै पैसा लिएर पटकपटक चुनाव जितेको र धनसम्पत्ति जोडेको कुरा लुकेर लुक्दैँन । उनलाई त व्यापारीहरुले नै पालेको हो भनेर पनि व्यापारीहरु नै बताउँछन् । साथै यता रवि लामिछाने तै यी नेताहरुले पदमा पुगेर कमाएको देखेर आज डाहा वा लोभले सञ्चारकर्मी जस्तो जागिर छोडेर पार्टी खोलेर बसेका छन् । साथै पार्टी चलाउन पनि व्यापारीसँग नै पैसा लिइरहेको कुरा पनि सुन्नमा आएको छ । आगामी चुनावमा जनताले रवि लामिछानेलाई भोट दिदैँनन् र उनी फेरि सञ्चारकर्मी पैसा तिर नै फर्किन्छन् । उनको पृष्ठभूमि केलाउने हो भने उनलाई जनताले भोट दिदैँनन् । उनी आफ्नो फाइदा लागि कहिले अमेरिका पुग्छन् त कहिले नेपाल आउँछन् । उनले अहिलेसम्म जनता र राष्ट्रको हितमा हुने कुनै काम गरेका छैनन् भनेर जनता नै बताउँछन् । एउटा टेलिभिजनमा कार्यक्रम चलाउँदा ठुल्ठुलो आवाजले बोल्दैमा जनताले भोट दिन्छन् त । उनले त आफ्नो कामका लागि पनि ठुल्ठुल्लो आवाजले कराएका थिए त । यदि ठुल्ठुल्लो स्वरले टेलिभिजनमा कार्यक्रम चलाउँदैमा नेता हुने भएमा त सबै टेलिभिजनमा ठुल्ठुल्लो स्वरले कार्यक्रम चलाउने पत्रकारहरुलाई जनताले भोट दिएर नेता बनाइ हाल्छन् नि । मंसिर ४ गतेभन्दा पछि रविलामिछाने पनि दुलोभित्र र्छिछन्् र जनताले पनि उनलाई नङ्गाइ दिन्छन् । उनको एउटै पोलिसी रहेको छ त्यो हो, नेतामाथि विभिन्न आरोप लगाउने र सङ्गो पानीलाई धमिलो बनाएर माछा मार्ने दाउ उनले बोकेका छन् । नेताहरुले देशको राजनितिक परिवर्तनका लागि धेरै सङ्घर्ष गरेका छन् वा जेल बसेका छन् तर रवि लामिछानेले अहिलेसम्म देशको राजनितिक परिवर्तनका लागि के गरेका छन् त । पछिल्लो समय रवि लामिछानेको कार्यक्रममा कलाकार वा ५०÷६० जना कार्यकता मात्रै भेटिन्छन् । जनताहरु उनको कार्यक्रममा सहभागि हुदैँनन् । उनले टेलिभिजनमा कार्यक्रम चलाउँदा जनताले उनलाई चिन्थे तर कार्यक्रम चलाउन छोडेर राजनितितिर लागेपछि उनलाई चिन्ने जनताले पनि उनलाई बिर्सिसकेका छन् । अहिले महंगो यत्रो बढ्दा पनि उनी यसको विरोधमा बोल्दैँनन् र व्यापारीसँग नै पैसा लिएर पार्टी र घरखर्च चलाइरहेको भनेर जनता बताउँछन् । काँग्रेसमा त झन् जनताको पक्षमा बोल्ने नेता नै छैन । मीन विश्वकर्मा जनताले चुनेर नेता बनेका मनोनित सांसद होइनन् , उनी नेताको झोला बोकेर मनोनित सांसद बनेका हुन् । साथै यता एमालेमा त जनता र राष्ट्रको हितमा काम गर्ने नेता नै छैनन् भनेर जनता नै बताउँछन् । एमालेका नेता महेश बस्नेतको भाषण सुन्दा जनताहरु कुनै गुण्डाको भाषण सुनिरहेको महसुस गर्छन् भनेर जनता नै बताउँछन् । नेता भनेको त जनता र राष्ट्रको हितमा काम गर्ने र आफ्नो व्यक्तिगत सम्पत्ति पनि सबै त्यागेर साधारण जीवन जीउनेलाई बुझिन्छ तर जनता र राष्ट्रको नाम बेचेर र व्यापारीसँग मिलेर भ्रष्टाचार गर्नेलाई पनि नेता भनिन्छ र । यस्तालाई त चोर भनिन्छ । अहिले भएका राजनितिक दलका नेताहरुसँग जनता र राष्ट्रको नेता हुने क्षमता नै छैन । न त केपी ओलीसँग नै छ न बाबुराम भट्टराईसँग नै । यिनीहरु जनता र राष्ट्रको त नेता बन्न सकेन तर आफ्रनै पार्टीको समेत असल र इमान्दार नेता बन्न सकेनन् । यिनीहरु सिमित व्यक्तिका नेता बने र पार्टीको पनि नेता नबनी निजी कम्पनीको नेता बन्न पुगे । विदेशी ऋणले नेपाल डुबिसकेको छ , एक नेपालीको टाउकोमा ७१ ह्जार विदेशी ऋण पुगेको छ , जनताले सरकारलाई कर तिर्न छोडिसकेका छन् र देशमा प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारी कर्मचारीलाई तलब दिने पैसा नभएको भन्दै विदेशी ऋण लिनुपर्ने अवस्था समेत आएको बताइसकेका छन् । नेपालको अर्थतन्त्र डुबिसकेको छ वा श्रीलंका भइसकेको छ भनेर जनताले बुझिसकेका छन् । अब नेपाल नै विश्वसामु रहन्छ कि रहदैँन भनेर जनता अन्योलमा छन् । अहिले नेता, सरकारी कर्मचारी र व्यापारीहरुले आफ्नो कालो धन वा भ्रष्टाचार गरेको पैसा जति सबै विदेशी बैंकमा राखिसकेका छन् । साथै व्यापारीहरु बताउँछन्, नेता र सरकारी कर्मचारीले भ्रष्टाचार गरेर देश डुब्यो, सरकारी कर्मचारीहरु भन्छन्, नेताले देश डुबायो तर नेताहरु भन्छन्, सरकारी कर्मचारीले काम नगरेर भ्रष्टाचार मात्र गरेर देश डुब्यो । तर यता जनताहरु भन्छन्, नेता, सरकारी कर्मचारी र व्यापारीहरुले गर्दा आज देश डुब्यो । अब नेपालका नेता, व्यापारी र सरकारी कर्मचारीहरु कुन देशबाट सञ्चालन भएका छन् भनेर जनताले पनि राम्ररी थाहा पाइसकेका छन् । आफ्नो देश र जनताको लागिभन्दा पनि अरु देशको फाइदाका लागि यिनीहरुले काम गर्छन् भनेर पनि जनताले थाहा पाइसकेका छन् । बाहिरी मुलुकहरुले नेपालमा खाघान्न वा कपडाहरु नपठाएमा नेपालीहरु भोकै वा नाङ्ग्रै बस्नुपर्ने हुन्छ । हामी नेपालीहरु नेपाली भनेर गौरव गछौँ तर भन्सामा पकाउनेदेखि जिउमा लगाउनेसम्म हामी बाहिरी मुलुकको प्रयोग गछौँ । हाम्रो नेपालको खेतीयोग्य जमिनजति सबै दलाली वा भूमाफियाहरुले बाटो र घर बनाउँदै सिधाँए । अब नेपालमा खाद्य संकट आउँछ र भोकमारी हुन्छ भनेर जनताले थाहा पाइसकेका छन् । बाहिरी मुलुकले नेपालमा सामान पठाउन छोडेमा यँहा सामानको हाहाकार हुन्छ र महंगी तेब्बर बढ्छ । पछिल्लो समय चीनबाट सामान नआएको बहाना बनाउँदै व्यापारीहरुले ५ सय नपर्ने सामान २५ सयमा बिक्रीवितरण गरिरहेका छन् । दशैँ आइसक्यो तर बजार अनुगमन शून्य छ । सरकारी कर्मचारीहरुले बजार अनुगमन नगर्दा जनता महंगीको मारमा परिरहेका छन् भने उनीहरुलाई दशै मनाउने खर्च आइरहेको छ । सर्वसाधारणहरु बताउँछन्, पोहोर सालको भन्दा अहिले सामानको मूल्य तेब्बर महंगो भएको छ । साथै अब चाडबाड मनाउन नसक्ने अवस्थामा पुगेको समेत बताउँछन् । दशैँ पनि अबदेखि राजनितिक दल, व्यापारी र सरकारी कर्मचारीले मात्र मनाउन पाउने छन् । अबको दिनमा महंगीका कारण जनता भोकै बस्नुपर्छ र चाडपर्व मनाउनबाट पछि हट्नुपर्छ तर सरकार बजार अनुगमन गर्दैन । उघोग मन्त्री दिलेन्द्रप्रसाद बडुँ र सचिव तोय नारायण ज्ञवालीले व्यापारीसँग पैसा लिएर बजार अनुगमन गर्दैनन् । यिनीहरु व्यापारीसँग पैसा लिनमा नै व्यस्त रहेका छन् । त्यस्तै यता उघोग वाण्ज्यि तथा आपूर्ति विभागका महानिर्दैशक महेश भटट्राई पनि बजार अनुगमन गर्दैनन् । साथै जिल्लाका वडाध्यक्ष , मेयर तथा सिडियोहरु पनि बजार अनुगमन गर्दैनन् । यिनीहरु पनि व्यापारीसँग पैसा लिएर बसिरहेका छन् । व्यापारीहरुले म्याट सिधिँएको , कम तौल भएको र बिग्रिएको सामानहरु बेचिरहेका छन् । सानो किरान पसलदेखि ठुल्ठुल्ला व्यापारी महल तथा भाटभटेनीसम्ममा नै जनता ठग्ने काम सुरु भइसकेको छ । साथै यता उपभोक्ता संस्था खोलेर जनताको हितमा काम गर्छु भन्ने पे्रम महर्जन, ज्योति बानिँया र माधव तिल्मिसेनाहरु पनि व्यापारीले पैसा दिएमा जतिसुकै गुणस्तरहीन सामान बेचे पनि वा महंगोमा बिक्री गरेपनि विरोध नगर्ने र पैसा नदिएमा मात्र बल्ल विरोध गर्ने गर्छन् । यिनीहरुको न जागिर नै छ न कुनै व्यापार नै तर यिनीहरुले नै अर्बोको सम्पत्ति जोडेका छन् । अब सरकारले यिनीहरुको सम्पत्ति छानबिन गर्नुपर्छ र भ्रष्टाचार गरेर कमाएको सम्पत्ति राष्ट्रियकरण गर्नुपर्छ । जनताको नाम लिने तर व्यापारीहरुसँग पैसा खाने । साथै सरकारले अब बजार अनुगमन गर्नुपर्छ र दशैँको समयमा जनता ठगिनबाट जोगाउँनुपर्छ । --- # दशौं ‘भक्तपुर औद्योगिक, सांस्कृतिक, पर्यटन, कृषि तथा व्यापार महोत्सव २०८२/०८३ उद्घाटन Source: https://newskunda.com/archives/3551 Category: FEATURED NEWS, अर्थ, मनोरञ्जन, राजनीति, समाचार, समाज Last updated: 2026-04-09 भक्तपुर, २६ चैत : वागमती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापाले भक्तपुरलाई आन्तरिक तथा बाह्य पर्यटनको हवको रुपमा विकास गर्दै आर्थिक रुपमा सबल बनाउन मेला र महोत्सवले टेवा पुग्ने बताउनु भएको छ । औद्योगिक शान्ति नेपाल संस्था र मध्यपुर ब्वाईज ब्याण्डको आयोजनामा सल्लाघारीको चौरमा सुरु भएको भक्तपुरमा दशौं ‘भक्तपुर औद्योगिक, सांस्कृतिक, पर्यटन, कृषि तथा व्यापार महोत्सव २०८२/०८३ आज साँझ उद्घाटन गर्दै उहाँले भक्तपुरलाई पर्यटनको हवसंगै स्वास्थ्य हव बनाउन आफू लागिरहेको बताउनुभयो । भक्तपुरलाई स्वास्थ्य क्षेत्रको हवको रुपमा विकास गर्न मन्त्रालयले भक्तपुर अस्पताललाई विशेषज्ञ अस्पतालको रुपमा सुबिधा सम्पन्न बनाएको बताउदै भवन र प्रबिधि मैत्री बनाउन लागिरहेको उहाँले बताउनुभयो । सूर्यविनायक नगर अस्पताललाई ट्रमा अस्पतालको रुपमा विकास गर्न लागेको बताउदै उहाँले उपचार नपाएर ज्यान जाने अबस्थाको अब अन्त्य हुने बताउनुभयो । महोत्सवका संयोजक दिपक थापाले महोत्सवको विशेष आकर्षणका रूपमा ‘लन्डन ब्रिज’ रहेको बताउदै यसको लण्डनको अनुभूति गराउने बताउनुभयो । भक्तपुरलाई उद्योग, संस्कृति र कृषि क्षेत्रको संगमका रूपमा स्थापित गर्ने उद्देश्यले विगत १० वर्षदेखि भक्तपुरमा नयाँ वर्षके अवसरमा आयोजना हुदै आएको महोत्सवमा उपभोक्तालाई एउटै छानोमुनि स्वदेशी तथा विदेशी ब्राण्डाका सामानहरु पाउँने बताउनुभयो । औद्योगिक शान्ति नेपाल संस्थाका अध्यक्ष सन्दिप महतले १८० भन्दा बढी स्टल रहेको महोत्सवमा दैनिक उपभोग्य सामानहरु, खाद्यान्न, लत्ताकपडा, जुत्ता, कृषि तथा हस्तकला सामग्री, स्थानीइ घरेलु उत्पादन, औद्योगिक उत्पादन, सूचना प्रविधि, अटोमोबाइल, कृषि औजार, इलेक्ट्रोनिक्स तथा मोबाइल, विभिन्न परिकारसहितको खाना महोत्सव, फेसन शो, नृत्य तथा हास्यव्यंग्य, राष्ट्रियस्तरका कलाकारहरुको साँगीतिक प्रस्तुती, नृत्यु प्रतियोगितालगायत रहने बताउनुभयो । महोत्सव अबिधीभर करिब पाँच लाख उपभोक्ताको आगमन हुने बताउदै उहाँले महोत्सव हेर्न काठमाडौं, ललितपुर, भक्तपुर, काभ्रेपलान्चोक, सिन्धुपाल्चोक, दोलखा, रापेछाप, सिन्धुलीलगायतका जिल्लाबाट स्थानियहरु आउने महोत्सवको निर्देशक सुनिल बज्राचार्यले जानकारी दिनुभयो । --- # दसैँको अवधिमा देशभर भएका दुर्घटनामा १२४ को मृत्यु, दुई हजार ९८८ घाइते Source: https://newskunda.com/archives/5128 Category: FEATURED NEWS, समाचार, समाज Last updated: 2026-10-26 काठमाडौँ, ९ कात्तिक : दसैँको अवधिमा देशभर भएका सवारी दुर्घटनामा परी १२४ जनाको मृत्यु भएको छ । प्रहरी प्रधान कार्यालयले दिएको जानकारीअनुसार देशभर भएको सवारी दुर्घटनामा १२४ जनाको मृत्यु भएको छ भने दुई हजार ९८८ जना घाइते भएका छन् । केन्द्रीय प्रहरी प्रवक्ता, प्रहरी नायब महानिरीक्षक अविनारायण काफ्लेले गत असोज २५ देखि कात्तिक ८ गतेसम्म भएका एक हजार ३३९ सवारी दुर्घटनामा ८३ पुरुष, ३९ महिला, सात बालक र पाँच बालिकाको मृत्यु भएको जानकारी दिनुभयो । दुई हजार ९८८ जना घाइते भएका छन् । घाइतेमध्ये ४३७ जना गम्भीर र दुई हजार ५५१ जना सामान्य घाइते भएका छन् । उक्त अवधिमा सबैभन्दा बढी दुर्घटना कोशी प्रदेशमा ३९७ वटा भएका छन् भने सबैभन्दा कम मधेश प्रदेशमा ८० वटा दुर्घटना भएका छन् । काठमाडौँ उपत्यकामा १७१, बागमतीमा ११२, गण्डकीमा ९७, लुम्बिनीमा १६१, कर्णालीमा १७१ र सुदूरपश्चिम प्रदेशमा १५० वटा दुर्घटना भएका छन् । दुर्घटनामा सबैभन्दा बढी मोटरसाइकल सङ्लग्न रहेको प्रहरीले जनाएको छ । दुर्घटनामा एक हजार ५५२ मोटरसाइकल, ३३७ जिप तथा कार, २०७ टेम्पो, ७१ ट्रक तथा ट्याङ्कर ७१, ६४ माइक्रोबस, ५४ बस ५४, ३८ ट्याक्टर, १५ टिपर, १० डोजर, स्काभेटर तथा लोडर र १३३ अन्य सवारीसाधन रहेका छन् । गत वर्ष दसैँ अवधिमा देशभर एक हजार ४९२ वटा सवारी दुर्घटना भएका थिए । ट्राफिक नियम उल्लङ्घन गर्ने ५ हजारबढी चालकमाथि कारबाही दसैँको अवधिमा ट्राफिक नियम उल्लङ्घन गर्ने पाँच हजार ७०३ वटा सवारीसाधन चालकलाई कारबाही गरिएको प्रहरीले जनाएको छ । कारबाहीमा पर्नेमा मादकपदार्थ सेवन गरी सवारी चलाउने दुई हजार ७९४, क्षमताभन्दा बढी यात्रु बोक्ने एक हजार ८८२ र तीव्र गतिमा सवारी चलाउने ७४६ वटा रहेका छन् । यान्त्रिक परीक्षणसम्बन्धी मापदण्ड उल्लङ्घन गर्ने ८८, सवारीको छतमा यात्रु राख्ने ७३, बढी भाडा असुल्ने ५८, लागूपदार्थ सेवन गरी सवारी चलाउने ५३ रहेका छन् । केन्द्रीय प्रहरी प्रवक्ता काफ्लेका अनुसार चाडपर्वको समयमा लामो दूरीका सार्वजनिक सवारीसाधनमा यात्रुको चाप बढ्ने भएकाले यात्रुको सुरक्षा र सहजताका लागि विशेष व्यवस्था गरिएको थियो । देशभर ४०८ यात्रु सहायता कक्ष स्थापना प्रहरीले चाडपर्व लक्षित सुरक्षा योजनाअन्तर्गत देशभर ४०८ यात्रु सहायता कक्ष स्थापना गरेको थियो । अन्तरराष्ट्रिय सीमा नाकाका १०८ स्थानमा हेल्प डेस्क स्थापना गरी यात्रुलाई आवश्यक सूचना तथा सहायता प्रदान गरिएको प्रहरीले जनाएको छ । सवारी दुर्घटना न्यूनीकरणका लागि प्रहरीले ट्राफिक व्यवस्थापनसम्बन्धी जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्नुका साथै विभिन्न प्रविधिको प्रयोगबाट सवारी आवागमनलाई व्यवस्थित बनाउने प्रयास गरेको थियो । दसैँपछि नजिकिँदै गरेका दीपावली, नेपाल संवत् तथा छठपर्वलाई लक्षित गरी प्रहरीले सवारी दुर्घटना न्यूनीकरण र सुरक्षित यात्राका लागि विशेष योजना कार्यान्वयन गरिरहेको छ । --- # दिउँसो तीन बजे उठेको ‘योसिङ द्यः’ अर्थात लिङ्गो सात बजे ढालियो Source: https://newskunda.com/archives/401 Category: FEATURED NEWS, जीवन शैली, समाचार Last updated: 2022-04-14 भक्तपुर, १ वैशाख : नयाँ वर्षको अवसरका भक्तपुरमा आठ दिन नौ रातसम्म भव्य रुपमा मनाइने विश्व प्रसिद्ध बिस्केट अर्थात बिस्काः जात्राको योसिङ द्यः अर्थात ५५ हात लामो लिङ्गो आज सँझ सात बजे ढालिएको छ । वर्षको अन्तिम दिन भक्तपुर नगरपालिका ५ योसिंखेलमा साँझ लिङ्गो उठाएर नयाँ वर्ष अर्थात वैशाख १ गते दिनभरी जात्रा गरी साँझ ढाल्ने परम्परा रहेको छ । तर यसवर्ष हिजो ३० गते साँझ करिब ५ बजेदेखि हजारौ व्यक्तिहरुको अगाडि यहाँका बासिन्दाहरुले ५५ हात लामो योसिङ द्यः अर्थात लिङ्गो उठाउन खोजे पनि राती अबेरसम्म नसके पछि आज फेरी उठाउने प्रयास गरेका थिए । अथक प्रयास पछि आज साँझ दिउँसो तीन बजे उठाएको लिङगो साँझ सात बजे सम्पूर्ण पुजा गरि तान्त्रिक बिधि अनुसार आजै ढालिएको हो । गत वर्ष पनि चैत मसान्तको दिन लिङ्गो उठाउन नसकेपछि बैशाख १ गते दिनभरी प्रयास गरि साँझ पौने सात बजेमात्रै उठाएर एक घण्टा पछि नै ढालिएको थियो । ५५ हात लामो लिङ्गो ठड्याउनुअघि लिङ्गोको कोखा (टुप्पो) मा नाग र नागिनीको प्रतीकस्वरूप दुईवटा ध्वजा बाँधेर अष्टमातृकाका प्रतीक आठ वटा डोरीले तानेर उक्त लिङ्गो उठाउने प्रचलन अनुसार आठ वटा मोटो एवं लामो डोरी बाधेर चारै तिरबाट गोालाकार रुपमा बसेर लिङ्योलाई योसिङ्को प्वालमा छिराएर वरिपरिबाट डोरीको माध्यमले तानेर ठड्याइएको हो । लिङ्गोको कोखामा झुण्ड्याइएका दुईवटा ध्वजालाई वीरध्वजा, विश्वध्वजा, र आकाशभैरवका ध्वजासमेत भनिन्छ । भक्तपुरको प्रसिद्घ बिस्केटको लिङ्गो जात्रा हेर्नाले सुख, समृद्घि, सहकाल आउनुका साथै शत्रु नाश हन्छन् भन्ने धार्मिक मान्यता रहेकाले यस जात्रालाई शत्रुहन्ता जात्रा पनि भन्ने गरिएको छ । यो जात्रा हेर्न आज हजारौको मानव सागर उर्लिएको छ । लिङ्गो ढालेपछि ल्योसिङखेलबाट भैरवनाथको रथ गःहिटीमा ल्याएर भैरवनाथ र भद्रकालीको रथ जुधाईएको छ । भैरव र भद्रकाली देवदेवीको समागम जात्रा भनेर चिनिने सो जात्रालाई स्थानीय भाषामा ‘द्यो ल्वाकिगु‘ भनिन्छ । जात्रामा रथ जुधाउनुअघि बेताल देवतालाई गःहिटीमा ल्याएपछि झ्यालबाट कुखुरा दिई बली चढाएर रथ जुधाउने परम्परा रहेको छ । भैरवनाथ र भद्रकालीको रथ जुधाउने जात्रा सम्पन्न भएपछि ती दुवै देवदेवीको पूजा गरिने परम्परा रहेको छ । विक्रम संवत् अनुसार सौरमासको आधारमा मनाईने बिस्केट जात्रा बिःसीत अर्थात नागनागिन म¥यो भन्ने भावका आधारमा लिच्छविकालदेखि मनाइँदै आएको संस्कृतविदहरुको भनाई छ । इतिहासविद्का अनुसार किरात शासकले शासन गर्दै आएको प्राचीन नेपाललाई जितेको खुसीयालीमा लिच्छवि शासकले विजयी ध्वजासहित बिस्का जात्रा मनाइएको जनश्रुति रहेको छ । --- # दीर्घकालिन योजना एवं भूउपयोग नीति ल्याउन नगर प्रमुख खत्रीलाई बिज्ञहरुको आग्रह Source: https://newskunda.com/archives/1355 Category: FEATURED NEWS, राजनीति, समाचार, समाज Last updated: 2022-06-19 भक्तपुर, ५ असार : चाँगुनारायण नगरपालिका भित्र बसोबास गर्ने बौद्धिक, प्राज्ञिक एवं सरकारी उच्च तहमा रहेर कार्य गर्नु बिज्ञहरुले चाँगुनारायणको बिकासका लागि दीर्घकालिन योजना एवं भूउपयोग नीति बनाउन आग्रह गरेका छन् । नवनिर्वाचित नगर प्रमुख जीवन खत्रीलाई आज भक्तपुरमा आयोजित नागरिक समाजसंगको अन्तरक्रिया कार्यक्रममा बिज्ञहरुले दीर्घकालिन योजना एवं भूउपयोग नीति नहुँदा चाँगुनारायणको सम्पदादेखि खनिजसम्म संकटमा परेको भन्दै यस्ता नीति बनाउन आग्रह गरेका हुन् । कार्यक्रममा नेपाल सरकारका पूर्व सचिव वामनप्रसाद न्यौपानेले उपत्यकाका काठ क्षेत्रको बिकासमा सरकारले दीर्घकालिन सोच नराख्दा राजधानी उपत्यकाका काँठ क्षेत्र अहिले पनि बिकट जस्तै सास्ती खेप्नु परेको भन्दै यसलाई अब स्थानीय सरकारले सम्बोधन गर्नु पर्ने औल्याउनु भयो । उहाँले प्रदुषण फैलाउने इँटा भट्टालाई ततकाल हटाउनु पर्ने, यहाँका प्राकृतिक बालुवा खानी, माटो खानी र जमिन मुनीको पानीको दोहनलाई तत्काल रोक्नु पर्ने, गैरकानूनी जग्गा प्लटिङ् रोकेर कृषि योग्य जमिनको संरक्षण गर्नु पर्ने, नगरपालिकाले दीर्घकालिन योजना र भूउपयोग रणनीति तत्काल ल्याउनु पर्ने बताउनु भयो । संसद सचिवालयका सचिव सुदर्शन खड्काले अन्तर्राष्ट्रिय क्रिक्रेट मैदान बनाउने नाममा चाँगुको डाँडो भासेर अबैध बालुवा माटो बिक्री गरेको भन्दै यसअघि उत्तरदायी स्थानीय सरकार नभएको महसुस भएको बताउनु भयो । उहाँले विश्व सम्पदा सूचीँमा रहेको चाँगुनारायणमा बालुवा र माटोको व्यापक दोहन भएको भन्दै सार्वजनिक यातायातका साधनको सहज पहुँच चाँगुनारायणका अधिकांश क्षेत्रमा नहुँदा यहाँका बासिन्दाले सास्ती खेप्नु परेको औल्याउनु भयो । सडक बत्ति बाल्न, सामान्य सिफारिसमा समेत लिदै आएको मंहगो दस्तुर घटाउनु पर्ने नाम मात्रको नगर अस्पताललाई सेवा र सुबिधा सम्पन्न बनाउनु पर्ने, इँटा भट्टालाई निषेध गर्न नगर प्रमुखलाई आग्रह गर्नु भयो । नेपाल सरकारका सहसचिव धु्रब गैँडाले दिगो बिकास र शुसासनका केन्द्रीय भएर नगरपालिका अगाडि जानु पर्नेमा जोड दिनु भयो । कार्यक्रममा पत्रकारद्धय विकास थापा र सुन्दर खनालले नगरपालिका पारदर्शी र सूचनामैत्री हुनु पर्ने, सबै सूचनाहरु वेभसाइटमा अपडेट हुनु पर्ने र जनताको आवश्यकताका आधारमा योजना बनाउनु पर्ने बताउनु भयो । बिज्ञहरु नेत्रप्रसाद न्यौपाने, पुरण फुँयाललगायतले सामुदायिक विद्यालयको शिक्षा अझै पनि ४० वर्ष अगाडिकै शैक्षिक पद्धतिमा चलिरहेको भन्दै नयाँ पाठ्यक्रम निर्माण गर्ने, नयाँ समय र प्रबिधि अनुरुप शिक्षालाई ढाल्दै लैजानु पर्ने आवश्यकता औल्याउनु भयो । गीतकार तथा साहित्यका हरिहर तिमिल्सिना, नेपाल रेडक्रस सोसाइटी केन्द्रय महामन्त्री एवं भक्तपुर सभापति मनोज थापा, प्राध्यापक शिव मुनंकर्मी, स्वास्थ्य बिज्ञ, प्राबिधिक, कानून, जलविद्युत क्षेत्रका बिज्ञहरुले नगरपालिकाको भ्रष्टाचार रोक्नु पर्ने, बिरोध गर्नेहरुको आवाज सुन्नु पर्ने, बिकासलाई आजका लागि नभई ५० वर्ष पछाडिलाई सोचेर योजना बनाउनु पर्नेलगायतका सुझाब दिनु भयो । कार्यक्रममा नगर प्रमुख खत्रीले ऐतिहासिक सम्पदा एवं पर्यटकीय गन्तव्य रहेको चाँगुनारायण नगरपालिकालाई देशकै नमूना नगरपालिका बनाउने लक्ष्यका साथ जनअपेक्षा र आवश्यकतालाई उच्च प्राथमिकतामा राखेर काम गर्ने बताउनु भयो । उहाँले कार्यक्रमबाट आएको सुझाबलाई आत्मासात गर्ने बताउदै विभेदरहित ढंगले नगरको बिकासमा आफ्नो कार्यकाल खर्चिने र नगरवासीको आवश्यकतालाई पहिचान गरि विकासका आयोजनालाई अगाडि बढाउने बताउनु भयो । कार्यक्रममा नगरपालिकाका प्रवक्ता एवं वडानंं ८ का वडाध्यक्ष जनक खत्रीले आर्थिक वर्ष २०७९/०८० का लागि जनअपेक्षित नीति, कार्यक्रम तथा बजेट बनाउने उदेश्यले बिभिन्न कोणबाट छलफल र सुझाब संकलन भइरहेको बताउनु भयो । त्यसअवसरमा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिप्रसाद चापागाईले नगरपालिकाले विगतमा थालनी गरेका कामलाई निरन्तरता दिने र अधूरा कामलाई पुरा गर्ने बताउनु भयो । उहाँले आफ्ना नागरिकका चाहना र आवश्यकतालाई कसरी सम्बोधन गर्न सकिन्छ भनेर समिति श्रोत र साधनबाट धेरै उपलब्धी हासिल गर्ने गरि नगरपालिकाले योजना तर्जुमा गर्ने बताउनु भयो । उहाँले आउँदो आ.ब.का लागि नगरपालिकाले आन्तरिकतर्फ करिब ५२ करोडको बजेटको सिलिङ तयार पारेको बताउनु भयो । --- # दुई करोड ३२ लाख बैकिंङ कसुर मुद्दाका फरार घिमिरे पक्राउ Source: https://newskunda.com/archives/1371 Category: FEATURED NEWS, अपराध, समाचार Last updated: 2022-06-22 भक्तपुर, ७ असार : बैंकिङ कसुर गरी फरार रहेका एक व्यक्तिलाई प्रहरीले आज पक्राउ गरेको छ । पक्राउ पर्नेमा खोटाङ हलेसी नगरपालिका–६ घरभई हाल भक्तपुरको सूर्यविनायक नगरपालिका–५ कटुञ्जे बस्ने ३५ वर्षीय उपेन्द्र घिमिरेलाई महानगरीय प्रहरी बृत्त जगातीको टोलीले पक्राउ गरेको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक राजु पाण्डेले जानकारी दिनु भयो । घिमिरेले बिभिन्न १० जना व्यक्तिहरुलाई आफ्नो रकम नभएको बैंक खाताबाट चेक काटी दुई करोड ३२ लाख ४० हजार रुपैयाँ बराबरको बैंकिङ कसुर गरी फरार रहेको उहाँले जानकारी दिनु भयो । पक्राउ गरी प्रहरी बृत्त जगातीको हिरासतमा राखेर घिमिरे माथि थप अनुसन्धान अगाडि बढाएको छ । --- # दुई दिन काठमाडौँ र भक्तपुरका प्रशासनिक सेवा प्रभावित हुने Source: https://newskunda.com/archives/854 Category: FEATURED NEWS, राजनीति, समाचार, समाज Last updated: 2022-05-10 काठमाडौँ, २७ वैशाख : जिल्ला प्रशासन कार्यालय काठमाडौँ र भक्तपुरले स्थानीय तह निर्वाचनका लागि कर्मचारीहरू खटिएकाले यही वैशाख २८ र २९ गते कार्यालयको सेवा प्रभावित हुने जनाएको छ । ‘स्थानीय तह निर्वाचन २०७९ सम्पन्न गर्नका लागि कार्यालयमा कार्यरत कर्मचारीहरूसमेत खटिएकाले यही २८ र २९ गते कार्यालयबाट प्रवाह हुने सेवा प्रभावित हुने सम्बन्धित सबैमा जानकारीका लागि अनुरोध गरिन्छ’, दुवै प्रशासन कार्यालयद्वारा आज जारी सूचनामा जनाइएको छ । यही वैशाख ३० गते एकै दिन मुलुकका ७५३ वटै स्थानीय तहमा निर्वाचन हुँदैछ । --- # दुई दिने कौसी खेती तालिम सुरु Source: https://newskunda.com/archives/1389 Category: FEATURED NEWS, अर्थ, समाचार, समाज Last updated: 2022-06-27 भक्तपुर, १३ असार : भक्तपुर नगरपालिका वडा नं. १ को आयोजनामा वडामा रहेका विद्यालयका शिक्षक馪शक्षिकाहरुलाई दुई दिने फोहोरमैला व्यवस्थापन तथा कौसी खेतीसम्बन्धी तालिम असार १३ गतेबाट सुरु भएको छ । कार्यक्रममा प्रमुख प्रजापतिले घरघरबाट नै कुहिने र नकुहिने फोहर छुट्याउन सकिए धेरै फाइदा हुने बताउनुहुँदै नपाले आयोजना गरेको कौसी खेती तालिमबाट नगरपालिकाको फोहोर व्यवस्थापनमा पनि सहयोगी भूमिका खेलेको बताउनुभयो । काठमाडौं उपत्यकामा फोहर व्यवस्थापन चुनौतिको रुपमा खडा रहेको उल्लेख गर्नुहुँदै उहाँले घर, विद्यालय र सिंगो समाजकै फोहर व्यवस्थापन र सरसफाइमा कौसी खेती तालिम उपयोगी भएको बताउनुभयो । फोहोर व्यवस्थापनको सवालमा विकसित देशहरुले आफ्ना मित्र राष्टरुसँग फोहोर किनेर मोहोरमा रुपान्तरण गरिरहेको उदाहरण दिनुहुँदै प्रमुख प्रजापतिले सरकारले जनताको जनजीवनसँग मतलब नगर्दा आज देश हरेक क्षेत्रमा परनिर्भर हुँदै गइरहेको बताउनुभयो । जनताको समस्याप्रति सरकार गम्भीर नभएको र सरकारको औचित्यतामाथि पनि प्रश्न उठ्ने कामहरु भइरहेकोतर्फ सजग पार्नुहुँदै कृषिप्रधान देश अब नाममै मात्र सीमित छ भन्नुभयो । उहाँले सरकारको एउटा गलत निर्णयले देश नै टाटपल्टन सक्ने बताउनुहुँदै देशघाती एमसीसी र एसपीपी सम्झौताले नेपालको सार्वभौमिकता र स्वाधिनतामाथि नै आँच पु叨ाइरहेको हुँदा जनता सचेत बन्नुपर्ने बताउनुभयो । कार्यक्रमका सभापति एवम् भक्तपुर नपा वडा नं. १ का वडाध्यक्ष श्यामकृष्ण खत्रीले भक्तपुर नपालाई आत्मनिर्भर र सुन्दर बनाउन कौसी खेती तालिम सञ्चालनमा जोड दिँदै आएको बताउनुहुँदै नपाले पाक्षिक सरसफाईलाई समेत निरन्तरता दिएको अवगत गराउनुभयो । तालिमका प्रशिक्षक सबिन ख्याजूले विषादीयुक्त तरकारी र फलफूलका कारण धेरै नागरिकहरु क्यान्सरजस्ता खतरनाक रोगबाट मृत्युवरण गरिरहेको यथार्थबारे अवगत गर्नुहुँदै किसानहरुले जैविक विषादीको प्रयोगमा जोड दिनुपर्ने बताउनुभयो । कार्यक्रममा भक्तपुर नपा वडा नं. १ का वडा सदस्य सूर्यप्रसाद श्रेष्ठले पनि बोल्नुभएको थियो भने प्रमुख अतिथि प्रजापतिले तालिमका प्रशिक्षकलाई कृषि सामाग्री हस्तान्तरण गरी तालिमको सुरुवात गर्नुभयो । तालिममा वडाका ११ वटा विद्यालयहरुबाट २ जना शिक्षक शक्षिकाहरुको सहभागिता रहेको थियो । --- # दुई वर्षपछि धुमधामका साथ मनाइयो भोटो देखाउने जात्रा Source: https://newskunda.com/archives/1105 Category: FEATURED NEWS, जीवन शैली, समाचार, समाज Last updated: 2022-06-04 काठमाडौँ, २१ जेठ : कोरोनाको कारण दुई वर्षपछि वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथको भोटो देखाउने जात्रा धुमधामका साथ सम्पन्न भएको छ । विगतका दुई वर्षसम्म औपचारिकतामा मात्रै सीमित रहेको जात्रा कोरोनाको त्रास कम भएसँगै यस वर्ष भव्यताको साथ समापन गरिएको हो । गत वैशाख २१ गतेदेखि सुरु भएको रथ जात्रा आज भोटो देखाएसँगै यस वर्षको लागि जात्रा सकिएको हो । लगनखेलबाट जावलाखेल पु¥याइएको चौथो दिनको दिन भोटो देखाउने परम्पराअनुसार आज राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितीमा लतिपुर जिल्ला गुठीका प्रमुख हरिप्रसाद सुवेदीले भोटो देखाउनुभएको हो । भोटोको अवलोकनसँगै राष्ट्रपति भण्डारीले कुमारीको हातबाट प्रसाद ग्रहण गर्नुभयो । उपत्यकाको सबैभन्दा लामो रातो मच्छिन्द्रनाथको जात्रा ललितपुरमा मात्रै नभई काठमाडौँ उपत्यकावासीकै सहभागितामा धुमधामका साथ मनाइँदै आएको छ । विगत दुई वर्ष कोभिड–१९ का कारणले जात्रा नियमितरूपमा सञ्चालन हुन नसकेकामा यस वर्ष उत्साहका साथ रथयात्रा सम्पन्न भएको गुठीका प्रमुख सुवेदीले बताउनुभयो । स्थानीयवासी हर्षित र उत्साहितरूपमा नै सहभागी रहेको सुवेदीले बताउनुभयो । ज्योतिष दैवज्ञ कीर्तिमदन जोशीका अनुसार जावलाखेलको जात्रालाई सात गाउँको जात्रासमेत भन्ने गरिएको छ । भोटो देखाउने काम सकिएसँगै देवतालाई बुङ्मती लगिएको छ । देवता वर्षमा झण्डै आधा–आधा समय पाटन र बुङ्मती रहने गर्छन् । जात्रा समापन भयसँगै उक्त ऐतिहासिक भोटोलाई बुङ्मतीमा सुरक्षा घेरा दिएर राखिने पनि प्रमुख सुवेदीले बताउनुुभयो । मच्छिन्द्रनाथलाई पुल्चोकबाट तानेर पाटनका विभिन्न स्थान हुँदै जावलाखेलसम्मको यात्रालाई त्रिलोक भ्रमण भन्ने गरिन्छ । यो रथयात्रालाई मच्छिन्द्रनाथको स्वर्गलोकको भ्रमणतुल्य मानिन्छ, ऐतिहासिक महत्व सुनाउँदै प्रमुख सुवेदीले भन्नुभयो । ललितपुरवासीले विशेष महत्वका साथ मनाउने जात्रामा परम्परादेखि नै काठमाडौँ र भक्तपुरवासीको पनि सहभागिता रहँदै आएको छ । रथ लिन जाँदा ललितपुरका किसान रथचक्र, काठमाडौँका गुरु बन्धुदत्त बज्राचार्य र भक्तपुरका राजा नरेन्द्रदेवसँगसँगै जानुले पनि जात्रामा काठमाडौँ र भक्तपुरवासीसँग पनि जोडिएको भए पनि अहिले काठमाडौँवासी र भक्तपुरवासी रथ तान्न भने आउन छाडेका छन् । किसान रथचक्र, गुरु बन्धुदत्त बज्राचार्य र राजा नरेन्द्रदेवको सम्झनामा रथ यात्रा हुने गरेको जानकार बताउनुहुन्छ । गाबहालबाट सुन्धारासम्मको यात्रा भक्तपुरका राजा नरेन्द्रदेवको र सुन्धाराबाट लगनखेलसम्मको यात्रा किसान ललित रथचक्रको स्मरणमा हुने गरेको छ । अहिले पनि पुल्चोकबाट गाबहालसम्मको जात्रालाई काठमाडौँवासीको र गाबहालबाट सुन्धारासम्मको जात्रालाई भक्तपुरवासीको जात्रा भनिन्छ । मच्छिन्द्रनाथको जात्राको तयारीका लागि गुठी संस्थान झण्डै वर्षभर नै लाग्ने गरेको छ । यस वर्ष झण्डै रु ५० लाख खर्च भएको कार्यालयले अनुमान गरेको छ । मच्छिन्द्रनाथको पर्व, पूजा, रथ निर्माणलगायत कामका लागि कार्यालयले रकम उपलब्ध गराउँदै आएको छ । जङ्गलमा गएर काठ काट्नेदेखि, आवश्यक सामग्री बनाउने र रथ बनाउने तथा भोटो देखाउँदासम्म विभिन्न समुदायको सहभागिता हुने गरेको पानेजु हेम बर्जाचार्यले बताउनुभयो । परम्परालाई तोड्दै पछिल्लो जात्रासम्बन्धी काममा केही वर्षदेखि युवाको सहभागिता बढिरहेको पाइन्छ । घरमा बुबा, हजुरबुबाले नसक्ने अवस्थामा सन्तानले उक्त जिम्मेवारी लिने गरेका छन् । सीप भएका व्यक्ति विदेश जाँदा भने काममा बाधा पुग्नसक्ने उहाँले बताउनुभयो । --- # दुधपाटीमा फलफुल, मःमः तथा मिठाइ पसल अनगुमन Source: https://newskunda.com/archives/2169 Category: FEATURED NEWS, अर्थ, समाचार, समाज Last updated: 2022-09-15 भक्तपुर, ३० भदौ : भक्तपुर नगरपालिका अनुगमन समितिले आज भक्तपुरको दूधपाटी क्षेत्रमा सञ्चालित मिठाई तथा फलफूल पसलहरुको अनुगमन गरि सडकको मापदण्ड मिचेर सञ्चालित त्यस्ता पसल तत्काल हटाउन निर्देशन दिएको छ । अनुगमनमा सबै पसलहरुले पेटीमा सामानहरु राखेर बिक्री गर्ने, पसलमा चुल्होहरु पेटीमा राख्ने, पेटीमै व्यापार गरेको पाइएकोले तत्काल हटाउन निर्देशन दिएको अनुगमन समितिका संयोजक राजकृष्ण गोराले बताउनुभयो । अनुगमनमा छोटु फलफुल तथा जुस पसल, गौतम जुस एण्ड फ्रुटसलगायतले सडक पेँटीमै सामान राखेर बिक्री गरेको पाइएकाले तत्काल त्यस्ता पसल हटाउन निर्देशन दिएको बताउदै उहाँले अटेर नगरपालिकाले हटाउने बताउनु भयो । ती सबै पसलहरुबाट म्याद नाघेको जुस बिक्रीमा राखेको, पसल नविकरण नगरेको, मुल्य सुचि देखिने गरी नराखेको, पेटीमा समान राखेको, तराजु नापतौल विभागमा नविकरण नगरेको पाइएको जानकारी दिदै उहाँले नविकरण नगरेको तराजु जफत गरी तीन दिन भित्र नगरपालिकामा उपस्थित हुन निर्देशन दिएको जानकारी दिनु भयो । त्यस्तै दक्षिण बराही मःमः हाउस, शानदार मःमः एण्ड फास्टफुडले बिक्रीमा राखिएको मःमःमा उत्पादन मिति र लेवल नभएको मःमः बिक्री गरेको, सरसफाई नभएक, सडक पेटीमा चुल्होहरु राखेर पकाउने गरेको पाइएकाले तत्काल सुधार गरि नियमानुसार जान निर्देशन दिएको छ । हिमालयन स्विटस् हाउसमा पसल दर्ता नगरी सञ्चालन गरेको, मुल्यसुचि व्यवस्थित नगरेको, मिठाईमा बिभिन्न प्रकारका रंगहरु मात्रा भन्दा बढइ प्रयोग गरेको, पाइएको छ । त्यस्ता खान योग्न नभएकोे जेरी, स्वारी, जफत गरि नष्ट गर्दै तीन दिन भित्र नगरपालिकामा हाजिर हुन निर्देशन दिएको वडानिरिक्षक रामकृष्ण प्रजापतिले बताउनुभयो । --- # दुर्गमको नियति : बाटोमै मृत बच्चा जन्माइन नर्मताले Source: https://newskunda.com/archives/2034 Category: FEATURED NEWS, समाचार, समाज Last updated: 2022-09-08 बागलुङ : बागलुङको निसीखोला गाउँपालिका–५ निसेलढोरकी नर्मता विकलाई बुधबार बिहानैदेखि सुत्केरी व्यथाले च्याप्यो । नजिकमा स्वास्थ्य संस्था थिएनन् । व्यथाले च्यापेपछि आफन्तले स्वास्थ्यकर्मीलाई खबर गरे । निसीखोलादेखि स्वास्थ्यकर्मी जान सम्भवन थिएन । निसीखोलादेखि विकको घर निसेलढोर पुग्न झण्डै एक दिन लाग्छ । आफन्तले ढोरपाटन नगरपालिका–९ स्थित ढोरपाटन सहरी स्वास्थ्य क्लिनिकमा खबर गरे । खबर पाउनासाथ क्लिनिकबाट अनमी सीता बुढा मगर विकको घर पुग्नुभयो । उहाँको घर पुगेर स्वास्थ्य जाँच गर्दा बच्चाको धड्कन सुनिएको थिएन । बच्चाको धड्कन नसुनिएपछि बुढामगरले विकलाई ठूलो अस्पताल लैजानुपर्ने सुझाउनुभयो । भौगोलक विकटताका कारण यातायात सेवाको पहुँच छैन । नजिकमा अस्पताल नहुँदा बुढामगरले आफन्तलाई डोकोमा बोकेर विकलाई केही तलसम्म ल्याउन भन्दै आफैँ गाडीको व्यवस्थापन गर्न ढोरपाटन फर्कनुभयो । आफन्तले विकलाई डोकोमा बोकेर केही तल के झारेका थिए, उहाँले बाटोमै मृत बच्चा जन्माउनुभयो । गाडी लिएर अनमी बुढामगर त्यहीँ आइपुग्नुभयो । उहाँले विकको बाटोमै सामान्य उपचार गर्नुभयो र ढोरपाटन ल्याउनुभयो । अनमी बुढामगर भन्नुहुन्छ, “विकलाई बिहानदेखिनै गाह्रो भएको रहेछ, आफन्तले मलाई खबर गरेर घरमा पुग्दा, उहाँ निकै छट्पटाउनुभएको थियो, जाँच गर्दा बच्चाको धड््कन सुनिएन, मैले बुर्तिवाङ अस्पताल लैजान सुझाए । मृत बच्चा जन्माउनुभयो : रगत धेरै बगीसकेको थियो, स्लाइन पानी दिएर ढोरपाटन ल्याए । अहिले त्यहीँ उपचार भइरहेको छ ।” विकले ३२ हप्ताको समय नपुगेको बच्चा जन्माएको अनमी बुढामगरले बताउनुभयो । “दुर्गम गाउँमा शिक्षा तथा स्वास्थ्यको पहुँच नहुँदा यस्ता घटना हुने गरेका छन्”, उहाँले भन्नुभयो, “धन्न अस्पताल पुगेकाले बच्चा बचाउन नसके पनि आमाको ज्यान भने जोगियो ।” विकले गर्भवती भएदेखि स्वास्थ्य परीक्षण नगराएको पाइएको बुढामगर बताउनुहुन्छ । अहिले उहाँको ढोरपाटन सहरी स्वास्थ्य क्लिनिकमा उपचार भइरहेको छ । बागलुङका दूरदराजमा अहिले पनि स्वास्थ्य तथा शिक्षाको सहज पहुँच छैन । त्यसले गर्दा यस्ता नियति दोहोरी रहन्छन् । विगतमा पनि यस्ता धेरै घटना यस क्षेत्रमा हुने गर्थे । ढोरपाटन नगरपालिकाका स्वास्थ्य संयोजक केशव थापा दुर्गममा यातायात सेवा तथा स्वास्थ्य संस्था अभावले यस्ता घटना हुने गरेको बताउनुहुन्छ । ढोरपाटन नगरपालिकाले दुर्गम गाउँमा स्वास्थ्य संस्था स्थापना गरेर सहज स्वास्थ्य सेवाको व्यवस्था गरे पनि अशिक्षाका कारण महिला स्वास्थ्य परीक्षण गराउन नआउने उहाँको भनाइ छ । “धेरै नागरिक स्वास्थ्योपचारका लागि आउँदैनन्”, उहाँले भन्नुभयो, “विकले एक पटक पनि जाँच गराउनुभएको भए बच्चाको ज्यान जोगिन्थ्यो ।” ग्रामीण क्षेत्रमा गर्भवतीले स्वास्थ्य परीक्षण गराउने बानी न्यून भएको थापाले बताउनुभयो । “कम्तीमा तीन पटक भिडियो एक्सेर गराउनुपर्ने हुन्छ, विकले एक पटक पनि नगराएको पाइयो”, उहाँले भन्नुभयो । समय समयमा बुर्तिवाङमा स्वास्थ्यकर्मी पठाएर निःशुल्क गर्भ परीक्षण गर्ने व्यवस्था मिलाए पनि धेरै नआएको पाइएको थापाले बताउनुभयो । --- # दुवाकोट केएसी चोकमा ढल निकाक व्यवस्थापन कार्यको शिलान्यास Source: https://newskunda.com/archives/1018 Category: FEATURED NEWS, राजनीति, समाचार, समाज Last updated: 2022-05-26 भक्तपुर । चाँगुनारायण नगरपालिका वडा नम्वर १,२,३ र ४ जोड्ने मुल सडक सल्लाघारी चाँगु सडक एक वर्ष भित्र कालोपत्रे गर्न आफूहरु लागि पर्ने चाँगुनारायण नगरपालिकाका मेयर जीवन खत्रीले बताउनुभएको छ । दुवाकोट केएसी चोकमा ढल निकाकस व्यवस्थापन कार्यको शिलान्यास गर्दै उहाँले एक वर्ष भित्र सडक कालोपत्रे सम्पन्न गर्न आफूहरु लागि पर्ने बताउनुभएको हो । बाटो पहिला नै सम्पन्न हुनु पर्ने हो तर विभिन्न प्राविधिक कारणले सम्पन्न हुन सकेको छैन यसलाई निरन्तरता दिँदै बाटो छिटो भन्दा छिटो सम्पन्न गर्न आफूहरु अहोरात्र खट्ने उहाँले बताउनुभएको थियो । शिलान्यास कार्याक्रमलाई सम्बोधन गर्दै उहाँले जनताले गर्नुभएको विस्वासलाई हामी निरासा दिने छैनौं भन्नुभयो । दैनिक जिवनलाई सहज बनाउन नै जनप्रतिनिधिको आवश्यकता हो यसैका लागि हामी जनताको सेवामा छौं यो दाहित्व र कर्तव्य बाट हामी पन्छने छैनौं उहाँले भन्नुभयो । उहाँले ढल निकासको काम समयमा सम्पन्न गर्न निर्माण व्यवसायीलाई आग्रह गर्नुभएको थियो । नगरमा समस्याको रुपमा रहेको डुुवान र सडकक कटानको समस्याबाट क्षतीको न्यूनिकरण गर्न पहिरो नियन्त्रण आदी सबै मिलेर निकास निकाल्नु पर्ने खत्रीले बताउनुभयो । स्थानीय क्लव टोल कमिटि आदीको सक्रिय सहभागितामा आफ्नो घर नजिकको कुलो खोल्सा बाटोबाट बग्ने पानी नियन्त्रण गर्न सहयोग गर्नुहुन मेयर खत्रीले आग्रह गर्नुभयो । सचेत नागरिकको सहयोगले नगरपालिका बन्ने भन्दै उहाँले सबैलाई हातमा हात मिलाउन आग्रह गर्नुभयो । बाटो यातायाता र खानेपानीलाई प्राथमिकताका साथ आफूहरु काममा जुटेको समेत उहाँले बताउनुभएको थियो । --- # दुवाकोटमा निःशुल्क तिलगंगाका डाक्टरद्धारा आँखा जाँच सेवा सुरु Source: https://newskunda.com/archives/3947 Category: FEATURED NEWS, अर्थ, समाचार, समाज, स्वास्थ्य Last updated: 2026-07-31 भक्तपुर, १५ साउन । चाँगुनारायण नगरपालिका–२, दुवाकोटमा आजबाट आँखा उपचार सेवा सञ्चालनमा आएको छ । तिलगंगा आँखा प्रतिष्ठान र चाँगुनारायण नगरपालिकाको सहकार्यमा दुवाकोटमा आजबाट सञ्चालनमा आएको तिलगंगा आँखा उपचार केन्द्रमा आँखाको सबै उपचार सुरु हुनेछ । चाँगुनारायण वडा नं. २ का अध्यक्ष सोमप्रसाद प्रधानले आजबाट केन्द्र सञ्चालन भएको जानकारी दिदै चाँगुनारायणवासीलाई अब आँखाको उपचारको लागि टाढा जानु नपर्ने बताउनुभयो । दुवाकोटस्थित केन्द्रमा आँखा रोग सम्बन्धी परामर्श, सामान्य आँखा परीक्षण, चस्मा सम्बन्धी सेवा, औषधि सेवा तथा आवश्यकता अनुसार विशेषज्ञ उपचारका लागि रेफरल सेवा स्थानीयस्तरमै उपलब्ध हुने जानकारी दिनुभयो । तिलगंगा आँखा प्रतिष्ठानकी प्रमुख कार्यकारी अधिकृत डा. रिता गुरुङले प्रतिष्ठानले आँखा उपचारलाई स्थानीयस्तरमै सुरुवात गरेको भन्दै चाँगुनारायण नगरपालिकासहित आसपासका क्षेत्रका नागरिकले नियमित आँखा परीक्षण, उपचार तथा परामर्श सेवा सहज रूपमा प्राप्त गर्ने बताउनुभयो । कार्यक्रममा आज करिब १०० जनाको आँखाको परीक्षण र औषधि वितरण गरिएको थियो । अब चाँगुनारायण नगरपालिकाका मोतिबिन्दुका बिरामीलाई निःशुल्क शल्यक्रिया सेवा उपलब्ध गराइने भएको छ । केन्द्रको बागमती प्रदेशका उद्योग, पर्यटन, श्रम तथा यातायात मन्त्री सुरेश श्रेष्ठ र चाँगुनारायण नगरपालिकाका मेयर जीवन खत्रीले संयुक्त रुपमा उद्घाटन गरेका थिए । चाँगुनारायण नगरपालिकाको तर्फबाट नगर प्रमुख जीवन खत्री र तिलगंगा आँखा प्रतिष्ठानकी प्रमुख कार्यकारी अधिकृत डा. रिता गुरुङले बीच सम्झौतापत्रमा हस्ताक्षर गरिएको थियो । --- # दुवाकोटवासीलाई केएमसीद्धारा उपचारमा २५ प्रतिशत छुट, वडा अध्यक्ष सिजन कार्कीद्धारा हस्ताक्षर Source: https://newskunda.com/archives/3484 Category: FEATURED NEWS, अर्थ, राजनीति, समाचार, समाज, स्वास्थ्य Last updated: 2026-03-17 भक्तपुर, ३ चैत : चाँगुनारायण नगरपालिका दुवाकोटका स्थानीयवासीलाई काठमांडौं मेडिकल कलेज (केएमसी) दुवाकोटले स्वास्थ्य उपचारमा २५ प्रतिशत शुल्कमा छुट दिने भएको छ । चाँगुनारायण नगरपालिका वडा नं. १ र २ को क्षेत्रभित्र सञ्चालित यस अस्पतालले स्थानीय जनप्रतिनिधिको मागलाई ध्यानमा राख्दै स्थानीयवासीलाई सहज र सुलभ स्वास्थ्य उपचार सेवा प्रदान गर्नका लागि छुटको व्यबस्था गरेको हो । अस्पतालले दुवाकोटमा शैक्षिक कार्यक्रमतर्फ चिकित्सा, नर्सिङ्ग, डेण्टललगायतको शैक्षिक कोर्षहरु सञ्चालन गर्दै आईरहेको छभने स्वास्थ्य सेवा पनि प्रवाह गर्दै आइरहेको छ । चाँगुनारायण नगरपालिका वडा नं. १ का वडाध्यक्ष सिजन कार्की, वडा नं. २ का वडाध्यक्ष सोम प्रधान र अस्पताल प्रशासनका तर्फबाट नारायणप्रसाद दाहालले लिखित सम्झौता पत्रमा हस्तक्षर गर्दै यो सेवालाई तत्काल लागू गर्ने निर्णय गरेको छ । सम्झौता अनुसार अस्पतालले बहिरंग (ओपिडी) सेवा, सामान्य शैया (जनरल बेड), आईसियू, एचडियु, सिसियू, शल्यक्रिया सेवा शुल्क, ल्याब, सिटी स्क्यान, एमआरआई, एक्सरे, यूएसजी, ओपिजी, ईसिजी, ईन्डोस्कोपी, कोलोनोस्कोपी, एनपिएल, ईको, मुटु रोग सम्बन्धी परीक्षणहरु (ईको, टिएमर्टी, होल्टर, एबिपिएम, ईसिजी, एनसिटी, एनएसटी), फिजियोथेरापी, दन्त सेवा सम्बन्धी सबै उपचार, ईआरसिपी, एमआरसिपी, क्याथ ल्याब सेवामा २५ प्रतिशत छुट दिने भएको छ । विरामीले जनरल शैयाबाहेक क्याबिनको शुल्कमा भने १० प्रतिशत मात्रै छुट दिने सम्झौमा भनिएको छ । अस्पतालले स्थानीयवासीको परिचयपत्र खुल्ने कुनै पनि परिचय पत्र लिएर अस्पताल आउँदा अस्पतालमा सञ्चालित सेवाहरुमा लाग्ने शुल्कमा २५ प्रतिशत छुट दिने सहमति गरेको वडा नं. १ का वडाध्यक्ष सिजन कार्कीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘सम्झौता लागू भइसक्यो, छुट सेवा लिएर उपचार गर्न अब टाढा जानु पर्दैन, दुवाकोटवासीले २५ प्रतिशत छुटमा आजैबाट उपचारको सेवा पाउँनेछन्, यसबाट यहाँका बिरामीलाई ठूलो राहत मिल्ने अपेक्षा गरेका छौं ।’ अस्पतालले नेपाल सरकारद्धारा सञ्चालित स्वास्थ्य सेवा एवं सुबिधाहरु मध्येको सामाजिक सुरक्षा कोष, स्वास्थ्य बिमा, विपन्न नागरिक, जेष्ठ नागरिक र औषधि उपचार कोषमा आबद्ध भएकाहरुको हकमा सरकारले उपलब्ध गराएको सुबिधा लिएपछि मात्रै अस्पतालले दिने छुट सेवा पाईने र अन्यको हकमा भने सुरुबाटै २५ प्रतिशत छुटको व्यबस्था गरिने सम्झौतामा उल्लेख छ । #### के के सेवामा पाईन्छ, छुट, यस्तो छ सम्झौता हेर्नुहोस : --- # दूईदिने औद्योगिक मेलाको आज पहिलो दिन १५ हजार भन्दा बढीको अवलोकन Source: https://newskunda.com/archives/3721 Category: FEATURED NEWS, अर्थ, मनोरञ्जन, राजनीति, समाचार, समाज Last updated: 2026-05-29 भक्तपुर, १५ जेठ : हस्तकला, मौलिक संस्कृति र दिगो पर्यटन–विकसित र व्यवसायिक भक्तपुर हाम्रो चिन्तन भन्ने नाराका साथ आजबाट भक्तपुरमा सुरु भएको दोस्रो भक्तपुर औद्योगिक प्रवद्र्धन व्यापार मेला–२०८३ मा एकैदिन १५ हजार उपभोक्ताले अवलोकन गरेको छ । भक्तपुर उद्योग वाणिज्य संघको आयोजनामा दुईदिने दोस्रो भक्तपुर औद्योगिक प्रवद्र्धन व्यापार मेला–२०८३ को आज नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष सुरकृष्ण बैद्यले उद्घाटन गर्नु भयो । बैद्यले सरकारले युवा रोजगार प्रबद्र्धनमा महासघसग साझेदारीमा कार्यक्रम ल्याउनु पर्ने बताउदै उहाँले स्थानीय पालिकाहरुले युवा स्वरोजगारमूलक तालिमहरु महासंघ मार्फत सञ्चालन गर्नु पर्ने बताउनुभयो । कार्यक्रममा भक्तपुर क्षेत्र नं. १ का प्रतिनिधिसभा सदस्य रुकेश रंजितले भक्तपुरको कला, संस्कृति र पहिचानलाई मेलाले अझै उत्कृष्ठ बनाउने बताउदै मेलाबाट स्थानीयले लाभ लिन सक्ने बताउनुभयो । भक्तपुर जिल्लाका मौलिक उत्पादन एवं स्थानीय स्रोत र साधनबाट उत्पादित हस्तकलाका सामानहरुलाई राष्ट्रिय तथा अन्तराष्ट्रियस्तरमा बजार प्रवद्र्धन गर्न र उद्योग, व्यापार, कृषि, पर्यटन, संस्कृतिको प्रवद्र्धन गरी जिल्लाको आर्थिक विकासमा टेवा पुर्याउने मेलाको उदेश्य रहेको संघका अध्यक्ष कृष्णमुरारी न्यौपानेले बताउनुभयो । सांस्कृतिक एवं पर्यटकीय नगरी भक्तपुरको भक्तपुर औद्योगिक क्षेत्र परिसरमा दुई दिनसम्म आयोजना हुने मेलामा करिब ५० हजार जनाले अवलोकन गर्ने अपेक्षा रहेको मेलाको संयोजक एवं संघका कोषाध्यक्ष रंजित मारिखुले जानकारी दिनुभयो । मेलामा मौलिक हस्तकलाका उत्पादनहरु, कृषि उत्पादनहरु, नेपाली हाते एवं तानको तयारी पोशाक, बालबालिकाका खेलौना, छालाका सामानहरु, गरगहना, सौन्दर्य तथा श्रृंगारका सामग्री, मूर्ति तथा उपहारका सामग्री, लत्ताकपडा, जुत्ता, रैथाने तथा अर्गानिक खाद्य सामग्री, बालबालिकालाई मनोरञ्जनको लागि बाल उद्यान, इलेक्ट्रोनिक्स लगायत अन्य विविध सामग्रीहरुका ४८ वटा स्टल रहेको उहाँले बताउनुभयो । मेलामा स्थानीय खानाका स्टलहरु रहेको छभने हरे दिन साँझ ४ बजेबाट राती ८ बजेसम्म बिबिध साँस्कृतिक कार्यक्रमसमेत आयोजना गरेको मेलाका मिडिया संयोजक ऋषिकेश श्रेष्ठले जानकारी दिनुभयो । मेलाका लक्षित आगन्तुकहरुमा विशेषगरी आन्तरिक तथा वाह्य पर्यटकहरु, दैनिक उपभोग्य सामग्रीका उपभोक्ताहरु, हस्तकला व्यवसायीहरु, थोक तथा खुद्रा व्यवसायीहरु, विभिन्न संघ संस्थाहरु, सरकारी निकायहरु, स्थानीय खानाका पारखीहरु, बैंक, वित्तीय संस्था र सहकारी संस्थाहरु, विद्यार्थीहरु लगायत रहेका छन् । --- # दूषित खाद्यबस्तु उत्पादन गर्ने एक सय १५ कम्पनी कानुनी दायरामा Source: https://newskunda.com/archives/1648 Category: FEATURED NEWS, अपराध, अर्थ, समाचार, समाज Last updated: 2022-08-04 काठमाडौँ, १९ साउन : खाद्य ऐन, २०२३ विपरीत अखाद्य वस्तु उत्पादन गर्ने एक सय १५ उत्पादक कम्पनीलाई कानुनी कारबाही गरिने भएको छ । खाद्यान्नमा लेबल, न्यूनगुणस्तर, ऐन नियमविपरीत, दूषित, अनुज्ञापत्र नलिएका र कोलीफर्म मिसिएका खाद्य तथा पेयपदार्थ उत्पादन गरेका उक्त कम्पनीलाई खाद्य ऐन, २०२३ बमोजिम कानुनी कारबाही गरिने भएको हो । खाद्य ऐनविपरीत अखाद्य वस्तु उत्पादन गर्ने दालमोठ, मासु, तरकारी, मिक्स मसला तथा अन्य मसलाजन्य पदार्थ, पाउरोटी, दही, दाना, प्रशोधित पिउने पानी, चाउचाउ, चिया, मुसुरोको दाल, घ्यू, आयातित तोरीको तेल, गाईबस्तुको दाना, चाउमिन, मह, बेकरी, गहँुको पीठो, चामल, पेडा, सूर्यमुखी तेल, पोष्टा दाना, क्यारामेल सस, कुखुराको दाना, बिस्कुट, ममः, भेज सस, पुष्टकारी, भेनेगर र गुदपाकलगायत अखाद्य बस्तु उत्पादन गरी विक्री वितरण गरेको अभियोगमा कानूनी कारबाही हुनेभएको खाद्यप्रविधि तथा गुण नियन्त्रण विभागले जनाएको छ । खाद्य पदार्थमा विशुद्धता कायम राख्न खाद्य ऐन, २०२३ बनेको हो । उक्त ऐनले सर्वसाधारण जनताको स्वास्थ्य तथा सुविधा कायम राख्न खाद्य पदार्थमा कुनै अवाञ्छनीय मिसावट रोक्न वा खाद्य पदार्थमा रहेको स्वभाविक कुनै गुण वा उपयोगिता घटाउन वा झिक्न नपाउने व्यवस्था गरेको छ । विभागले आर्थिक वर्ष २०७७/७८ मा एक सय थान मुद्दा दर्ता गरेको थियो । विसं २०७८/७९ मा ११५ कम्पनीलाई सम्बन्धित जिल्ला प्रशासन कार्यालय एवं जिल्ला अदालतमा खाद्य ऐन, २०२३ अनुसार कानुनी कारबाहीको माग गर्दे विभागले मुद्दा दर्ता गरेको हो । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका प्रवक्ता मोहनकृष्ण महर्जनले अभियोग प्रमाणित भएमा दूषित खाद्य पदार्थ उत्पादन तथा बिक्री वितरण गर्ने कम्पनीलाई खाद्य ऐनले पाँच वर्षसम्म कैद वा रु ५० हजारसम्म जरिवाना वा दुवै सजाय हुनसक्ने व्यवस्था गरेको बताउनुभयो । --- # देउवाले डडेल्धुराबाट र ओलीले बालकोटबाट गरे वादप्रतिवाद Source: https://newskunda.com/archives/897 Category: FEATURED NEWS, निर्वाचन, राजनीति, समाचार Last updated: 2022-05-13 काठमाडाै, ३० वैशाख । कम बोल्ने प्रधानमन्त्री शेरबहादुर देउवा र बेलाबखत बोलिराख्ने एमाले अध्यक्ष केपी शर्मा ओलीबीच धेरै वादप्रतिवाद भएको सुनिँदैन । तर, आज चुनावका दिन उनीहरूको रोचक वादप्रतिवाद भयो । संयुक्त सत्ता गठबन्धन हाँकिरहेका कांग्रेस सभापति तथा प्रधानमन्त्री देउवा गृहजिल्ला डडेल्धुरा पुगेर भोट खसाल्दै सरकारले चुनावसम्बन्धी सबै भ्रम चिरेको दाबी गर्दै थिए । उनको प्रतिस्पर्धी दल एमालेका अध्यक्ष केपी ओलीले भक्तपुरबाट देउवाको टिप्पणीको जवाफ एकै छिनपछि दिएका छन् । देउवाले निर्वाचनविरोधी शक्तिहरूलाई समेत सहभागी गराएर ३० वैशाखमै निर्वाचन गराउनु सरकारको सफलता भएको बताएका थिए । उनले त्यसो भनेर एमालेसमेतलाई संकेत गर्न खोजेका थिए । उनले व्यंग्य गर्दै भनेका थिए,’चुनाव हुँदैन हुँदैन भन्ने केपी ओलीजीले पनि मतदान गर्नुभयो होला ।’ गन्यापधुरास्थित असिग्राममा मतदानका लागि पुगेका प्रधानमन्त्री देउवाले भनेका थिए, ‘अहिले चुनाव भइरहेको छ । निर्वाचनविरोधी शक्तिहरू पनि आएका छन् । स्थानीय तहको समृद्धि र विकासका निम्ति यो निर्वाचन महत्त्वपूर्ण छ ।’ अनि देउवाले थपे, ‘अवाञ्छित क्रियाकलाप र तौरतरिका अपनाएर रोक्न खोजियो, हामीले चुनाव गरायौँ । आज सबैले भोट हालिरहेको देखिरहनुभएको छ ।’ के देउवाले भनेझैं ओलीली चुनाव रोक्न लागि परेका हुन् त रु महेन्द्र शान्ति स्कुलमा भोट हाल्न पुगेका एमाले अध्यक्ष ओलीलाई यही कुरा सोधियो । ‘तपाइले नचाहे पनि शंकाकै बीचमा चुनाव गर्न सफल भएको भनी देउवाले बोलेको कुरामा तपाईंको टिप्पणी के छु भनी सञ्चारकर्मीले मतदानस्थलमा सोधेको प्रश्नमा ओलीको जवाफ थियो- ‘वैशाख ९ गते उहाँले चुनाव सारौँ भनी प्रस्ताव पठाउनुभएको थियो, मैले देशलाई यस्ता कुरा गरेर अब द्वन्द्वतिर नधकेल्नुहोस् भनेँ, अलोकतान्त्रिक बाटो नहिँड्नुहोस् भनेर अलिक राम्रैसँग खबर पठाएको थिएँ । निर्वाचन रोक्ने कुरामा सहमति हुन नसकेपछि, कानुनले बाध्यता भएपछि उहाँहरू तयार भएको हो । त्यसैले गफै नगरे हुन्छ ।’ ओलीले अरु थपे, ‘मैले अहिलेसम्म यो कुरा भनेको थिइनँ । यस्ता राजनीतिक संवादका कुरा साधारणतया भनिँदैनन् । तर अब भन्दा फरक पर्दैन जस्तो लाग्यो ।’ --- # देको–मिबा–इतापाके जग्गा एकीकरण आयोजनाले मनोमानीपूर्ण ढंगले जग्गा बाँडफाँट गरेको भन्दै आयोजनाको कार्यालय घेराउ Source: https://newskunda.com/archives/2632 Category: FEATURED NEWS, अर्थ, राजनीति, समाचार, समाज Last updated: 2023-03-17 भक्तपुर, ३ चैत : भक्तपुर नगरपालिकाले सञ्चालन गरेको देको–मिबा–इतापाके जग्गा एकीकरण आयोजनाले मनोमानीपूर्ण ढंगले जग्गा बाँडफाँट गरेको भन्दै पीडित जग्गाधनी तथा किसानहरु आयोजनाको कार्यालय घेराउ गरेका छन् । भक्तपुर नगरपालिका अगाडिबाट सयौँको संख्यामा भेला भएका पीडित जग्गा धनीहरुले हातमा प्ले कार्ड बोकेर नारा लगाउँदै आयोजनाको कार्यालयमा पुगेर आज दिनभर धर्ना दिनुभएको छ । आफ्ना सात बुँदे माग राख्दै महिला तथा पुरुष जग्गा धनीहरु आयोजनाले बिभेद गरेको भन्दै आयोजना घेराउ गर्न पुगेका आक्रोसित पीडितहरु पुग्नु अगाडिनै प्रहरीले आयोजनालाई सुरक्षा घेरामा राखेको थियो । आयोजना पीडित संघर्ष समितिका अध्यक्ष गोपालकृष्ण याकामीले जग्गा धनीहरुको गुनासो समेत दर्ता नगरेर जनताप्रति निरंकुशता लाद्न खोजेको बताउनु भयो । संघर्ष समितिले भक्तपुर नगरपालिकाबाट जारी नक्सा, सिफारिस, सर्जमिन एवं सर्वाधिकार प्राप्त निकायबाट जारी लिखत प्रमाणहरुलाई आयोजनाले मान्यता दिनुपर्ने, मापदण्ड कायम भइसकेको सडक जोडिएका कित्ताहरुमा बाटोको योगदान खारेज गर्नु पर्ने, भविश्यमा भवन पुर्ननिर्माण गर्दा साविक अनुरुपनै भवन निर्माण गर्न पाउनु सुनिश्चित गर्नुपर्ने, पूर्वाग्राही जग्गा वितरण खारेज गर्नुपर्ने, पक्षपातपूर्ण जग्गा कटौती खारेज गर्नुपर्ने, सल्लाघारी नगरकोट सडक नेपाल सरकारले मापदण्ड निर्धारण गरि आयोजना परिकल्पना अगावै फराकिलो गरिसकेकाले योगदान कटौती खारेज गर्नुपर्ने, पीडित उपभोक्ताको निवेदन, गुनासो दर्ता गरि सम्बोधन गर्नुपर्ने, उपभोक्ता समिति पुर्नगठन गर्नुपर्ने, सूचनाको हक सुनिश्चित गर्नु पर्ने माग राख्दै आन्दोलनमा उत्रिएको उहाँले बताउनु भयो । पीडित सिद्धिनारायण आचार्यले केही व्यक्तिलाई ढल व्यबस्थापनको नाममा ५० प्रतिशत जग्गा कटौती गरेको भन्दै आयोजनाको नियम विपरित जथाभावी पूर्वाग्राही रुपमा आयोजनाले काम गरेको बताउनु भयो । उहाँले भन्नुभयो, “व्यासी नगरकोट सडक, कालीघाँट सडकका बासिन्दालाई आयोजनाले के सुबिधा दियो, मनपरी तरिकाले जग्गा कटौत ीगर्न पाइन्छ, नगरपालिकाले दिएको सिफारिस, नक्सा पास, चार किलला, सडकको सेडव्याकलगायतको नियम आयोजनाले नमान्ने ? मूल सडकको जग्गा ५० प्रतिशत काटेर बाँकी ५० प्रतिशत पनि पछाडि भित्तामा लगेर दिएर हाम्रो व्यापार, व्यवसाय बन्द गराएर उठिबास लगाउन खोज्ने, यो कदापी सह्य हुदैन ।” उहाँले आफ्ना तीन वटा गुनासोसहितको निवदेन फाइल दर्ता गर्न माग गर्दा आयोजनाले दर्ता नगरी फर्काएको बताउनुभयो । जनताको जग्गामा हात हालेर मनोमानी गर्ने अनि निवेदन लिन र गुनासो सम्बोधन नगर्ने आयोजनाको नियत खराब भएको आचार्यले बताउनु भयो । आयोजनाका अर्का पीडित एवं गत स्थानीय तहको निर्वाचनमा भक्तपुर नगरपालिकामा नगर प्रमुखको उम्मेदवार बनेका सत्यनारायण त्वायनाले नगरपालिकाले सञ्चालन गरेको यो आयोजनाले व्यक्ति छानीछानी अन्याय गरेको आरोप लगाउनु भयो । आयोजनाको नाममा जनताको सम्पत्ति चलाउने अनि जनतालाई थाहै नदिई पीडितको गुनासो समेत सुनुवाई नगरेको भन्दै उहाँले भन्नुभयो, “२०४५ सालमा नगरपालिकाले घर बनाउन नक्सा पास गर्यो, पटक पटक नगरपालिकाले बिभिन्न सिफारिस गरेको छ, नापी कार्यालयले जग्गा बोर्ड कायम गरेको छ, तर आयोजनाले अहिले घर भएको जग्गालाई सार्वजनिक भनेर हालेको छ, यो अधिकार आयोजनालाई कसले दियो ।” आफू नगरपालिकामा मेयरको उम्मेदवार भएकै रीसमा आयोजनाले विभेद गरेको भन्दै उहाँले आफ्नो जग्गालाई आयोजनाले पर्ती भन्दै पर्खाल लगाएर टहरा बनाएर भाडामा लगाएर अन्याय गरेको बताउनु भयो । उहाँले भन्नुभयो, “डेढवर्ष अगाडि आयोजनाले सार्वजनिक गरेको जग्गाको प्टल नक्सामा मेरो घर जग्गा सार्वजनिक नहुने, तर गत स्थानीय निर्वाचनमा मैले स्वतन्त्रबाट मेयरको उम्मेदवारी दिएपछि अहिले फेरी रिप्लटिङ्ग गरेको प्लट नक्सामा त्यहीँ मेरो घर जग्गा सार्वजनिक हुने, हाम्रो जग्गालाई पर्ती बनाउने, व्यक्तिको जग्गालाई पर्ती बनाउने अधिकार आयोजनालाई कसले दियो, अनि हामीले दिएको निवेदन दर्ता नगर्ने, हाम्रो सम्पत्ति माथि अन्याय नगर भन्न हामीले नपाउने ? अर्काको सम्पत्ति चलाउने अनि निवेदन लिन डराउने ?” अर्का पीडित जगतबहादुर कोजूले नगरपालिकाले नक्सा पास गरेको घलाई समेत आयोजनाले बाटोमा पारिदिएर उठिबास लाउन खोजेको भन्दै नियमानुसार मापदण्ड छोडेर नक्सा पास गरेर बनाएको घरलाई आयोजनाले बाटोमा पार्ने र बढी जग्गा कटौती गरेर उठीबास लगाउन खोजेको बताउनु भयो । आयोजना पीडितहरुले आफ्नो जग्गा छिटो भन्दा छिटो फिर्ता गर्न आयोजनासँग माग गरेका छन् । भक्तपुर नगरपालिका वडा नं. २ का वडाध्यक्ष हरिप्रसाद बासुकलाले आयोजनाले बनिसकेका घरलाई ढल राख्न, बाटो नभएकालाई बाटो दिदाँ जग्गा कटौतीमा केही तलमाथि हुनू स्वभाविकै भएको बताउदै आयोजनामा सम्पदा, पोखरी, सार्वजनिक जग्गा पनि मिचिएकाले त्यसलाई संरक्षण गर्दा केही तलमाथि पर्न गएको बताउनु भयोे । जग्गाको कित्ताकाट आयोजनाले सकिसकेको भन्दै उहाँले कुनै पक्षपात नगरी समान रुपमा आयोजना सञ्चालन गरेको दाबी गर्नुभयो । उहाँले स्थायी पूर्जा वितरण सुरु गरिसकेको बताउदै यसलाई निरन्तर अगाडि बढाउने बताउनुभयो । नगरपालिकाका इन्जिनियर एवं आयोजना प्रमुख ओमहरि था श्रेष्ठले आयोजना अब चाडै सम्पन्न गरेर स्थायी पूर्जा वितरण गर्न सुरु गरेको भन्दै गुनासो र पीडितको निवेदन लिन थाले पूर्जा वितरण दुई महिनाभन्दा बढी ढिला हुने बताउनु भयो । आयोजनामा मानवीय त्रुटिहरु रहेको भन्दै जग्गा निकै कम भएका केही उपभोक्तलाई जग्गा थप गरेर दिएको स्वीकार्नुभयो । उहाँले कमिकजोरीलाई सच्याएर जान तयार रहेको भन्दै उहाँले जनताको जायज माग सम्बोधन गर्ने र असर परेका जग्गाको कित्तालाई ततकाल रोकेर अरुको पूर्जा नियमित रुपमा बितरण गर्ने बताउनु भयो । पीडितहरुले भने समस्या समाधान गरेर नेपाल सरकारको नियमानुसार जानु पर्ने माग राखेका छन् । भक्तपुर नगरपालिकाको साविक वडा नं. ५, १० र १५ तथा हाल वडा नं. २ र ६ स्थित देकोचा, कासन, व्यासी, मिबाछें, इतापाके क्षेत्रको एकहजार ६ सय ५४.६ रोपनी जग्गामा उक्त आयोजना सञ्चालन गरिएको छ । उत्तरमा खासाङखुसङ खोला, दक्षिणमा भक्तपुर नगरकोट सडक, पूर्वमा देकोचा चोकदेखि बन्को जाने पुल र पश्चिममा सल्लाघारी–ठिमी पुरानो बाटोको चौघेरा भएको देको–मिबा–इतापाके जग्गा एकीकरण आयोजना २ वर्षभित्र सम्पन्न गर्ने भनी २०७२ माघ २५ गते स्वीकृत गरिएको भएपनि अझै सम्पन्न भएको छैन । दुई वर्षदेखि पीडित जग्गा धनीहरुले सुरु गरेको आन्दोलन अझै टुङ्गिएको छैन । --- # देवीदेवताको खट बोकेर सिन्दुर खेल्दै मनाइयो सिन्दुर जात्रा Source: https://newskunda.com/archives/2758 Category: FEATURED NEWS, अर्थ, धर्म/संस्कृति, समाचार, समाज Last updated: 2023-04-15 **बिस्केट जात्राको अवसरमा मध्यपुरथिमिका वासिन्दाले आज विहानैदेखि टोलटोलका देवता विराजमान खट जात्रा गरि टोलटोल घुमेर बालकुमारी मन्दिर प्राङ्गन २३ देवीदेवता बिराजमान खटलाई ल्याएर बालकुमारीको परिक्रमा गराई धिमे, मुस्या बाजाको तालमा झुम्दै, नाच्दै र अबिर छर्कदै हर्षोल्लासका साथ सिन्दुर खेलेर सुथसिया जात्रा मनाएका हुन् ।** ====================================================== भक्तपुर, २ बैशाख : हजारौ मानिसको भीड, भीडमा सबैको टाउँको अनुहार, शरीर सबै अबिरै अबिरले राताम्मे । अगाडि हातहातमा धपक्क बलेको चिरागका समूह, त्यसपछि धिमे र मुस्या बाजा बजाउने अर्को समूह, त्यसपछि आ–आफ्नो टोलका देवीदेवतालाई बिराजमान गराईएएको खट बोकेर टोलटोल घुम्दै बालबालिका, युवायुवतीदेखि जेष्ठनागरिकसमेत जात्राको भीडमा रमाउदै आज भव्य रुपमा मध्यपुरथिमिका बासिन्दाले सुथसिया अर्थात बिहानीको जात्रा मनाएका छन् । बिस्केट जात्राको अवसरमा मध्यपुरथिमिका वासिन्दाले आज विहानैदेखि टोलटोलका देवता विराजमान खट जात्रा गरि टोलटोल घुमेर बालकुमारी मन्दिर प्राङ्गन २३ देवीदेवता बिराजमान खटलाई ल्याएर बालकुमारीको परिक्रमा गराई धिमे, मुस्या बाजाको तालमा झुम्दै, नाच्दै र अबिर छर्कदै हर्षोल्लासका साथ सिन्दुर खेलेर सुथसिया जात्रा मनाएका हुन् । थिमिमा मात्र मनाईने यो जात्रामा एकअर्कामा सिन्दुर दलेर धिमे लगायतका स्थानीय बाजामा नाच्दै हातहातमा चिराग बालेर खट बोकी बालकुमारीमा ३२ खट ल्याएर भव्य रुपमा मनाउने परम्परा छ । तर केही वर्ष यता भने २ट खट मात्रै जात्रामा सहभागि हुने गरेका छन् । यो जात्रामा आज विहानै बालकुमारी र कालिका अर्थात बालाखुको खट बालकुमारी मन्दिरबाट बाहिर निकालेको थियो । हिजोदेखि विष्णुबिर र दक्षिण बाराहीको खट समेत मन्दिरमा राखिएको थियो । विहानै सिद्धिकालीको खट ल्याएर आफ्ना गणहरु सहित बालकुमारी प्रवेश गराएपछि यो जात्रा सुरु भएको थियो । जात्रा सुरु भएपछि पमाहरु हातहातमा चिराग अर्थात बत्ति लिएर नाइके प्रधानको अनुमतिमा बालकुमारीको खट उचालेपछि जात्रालाई दिगुटोल स्थित देवता घर परिक्रमा गराइएको थियो । यसैगरि बिष्णुवीर, सिद्धिकाली लगायतका देवदेवीहरुको खट ल्याएर यो जात्रा मनाईएको छ । थिमिमा ३२ वटा खट सहभागि रथ बोकेर गराई परम्परागत रुपमा मनाउदै आएको यो जात्रा अहिले थिमि क्षेत्रमाा २३ वटा, नगदेशमा १, बोडेमा ७, टिगनीमा १ छुटाछुटै स्थानमा खटजात्राका साथ सिन्दुर जात्रा मनाइएको छ । यसमा थिमिको बालकुमारी, दक्षिणबाराही, विष्णुबीर, सिद्धिकाली, नगदेशको सिद्धिगणेश, बोडेको महालक्ष्मी, र टिगनीको नीलबाराही मन्दिरका देवताका नेतृत्वमा खट बोकेर जात्रा गरि टोलटोलमा सिन्दुर खेल्दै जात्रा मनाइन्छ । जात्रा प्रत्येक चोक, चौबाटो, घर र टोलमा पुग्दा घरका झ्याल, कौसी र छतबाट सिन्दुर छर्ने, फूल बर्साएर स्वागत गर्ने प्रचलन रहेको छ । जात्रामा काँया बाजा, भुस्या बाजा, धिमेबाजा बजाएर देवताका खटलाई घुमाउदै एक अर्कालाई सिन्दुर दल्ने, आपसमा सिन्दुर खेली स्थानिय जात्रालुहरु रमाईलो गर्ने भएकाले पनि यसलाई केहीवर्ष यता सिन्दुर जात्रा पनि भन्न थालिएको छ । बालकुमारीबाट परम्परागत रुपमा सिद्धिगणेश, सिद्धिकाली र त्यसका गणहरु सहित क्वाछें द्यो, हिचो द्यों, अजिमा द्यों, विष्णुवीर र अन्य देवगणहरुको खट उचाले पछि बालकुमारीको जात्रा सुरु गरिएको छ । परम्परा अनुसार नै देवता लायकू दरबार भित्र पस्न नपाउन भनेर लायकू प्रवेशद्धारमा पेंखा मुस्या, बालकुमारी, बालखुचा द्यो, सिद्धिकाली र अरु देवताका गणहरु बाटो छेकेर बस्ने परम्परा रहेको छ । अगाडि बढाउदै ल्याउने बालकुमारीलाई भैलः द्यो परिक्रमा गरि क्रमैसंग सुगां द्यो, क्वाछे द्योंमा पनि सिन्दुर खेल्दै परिक्रमा गराईन्छ । बालकुमारीलाई बिभिन्न क्षेत्रको परिक्रमा गराई भव्य एवं उमङ्ग र उत्साहका साथ थिमिका वासिन्दाले सिन्दुर खेल्दै यो जात्रा मनाइएको छ । यसवर्ष बैशाख २ गते शनिबार परेकाले यहाँको खट सहितको जात्रालाई शंखधर चोकहुदै सूर्यविनायक नगरपालिका–५ स्थित दक्षिण बाराही मन्दिरमासमेत लगिएको छ । धेरैवर्ष पछि बैशाख २ गते शनिबार परेकाले जात्रालाई दक्षिण बाराही मन्दिर लगेर परिक्रमा गरेर फर्काइएको मध्यपुरथिमिका नगर प्रमुख सुरेन्द्र श्रेष्ठले जानकारी दिनुभयो । बैशाख २ गते शनिबार पर्दा कुनै निष्ट नहोस भनेर दक्षिण बाराहीमा समेत जात्रा लगिने परम्परा रहेको स्थानीय बताउछन् । आजको जात्रा मध्यान्हसम्म चल्ने र यो जात्रा समापन भए पछि बोडेमा जिब्रो छेड्ने जात्राको तयारी गरेर दिउँसो २ बजे बोडेमा जिब्रो छेड्र जात्रा मनाउने नगर प्रमुख ेष्ठले जानकारी दिनुभयो । **जात्रामा नेताहरुद्धारा अवलोकन :** आजको यो जात्रामा नेपाली काँग्रेस र नेकपा (माओवादी) केन्द्रका नेतादेखि स्थानीय जनप्रतिनिधिहरुले अवलोकन गर्नु भएको छ । मध्यपुरथिमि नगरपालिकाको निमन्त्रणालाई स्वीकार गर्दै नेपाली काँग्रेसका केन्द्रीय नेताहरु प्रकाशमान सिंह, इन्द्र बानियाँ, जिल्ला सभापति दूर्लभ थापालगायतका नेताहरु, माओवादी केन्द्रका केन्द्रीय तहका लीलामणी पोखरले, शशी श्रेष्ठ, देवेन्द्र श्रेष्ठ, डिपी ढकाललगायत जिल्ला तहका नेताहरु, बिभिन्न नगरपालिकाका नगर प्रमुख एवं उपप्रमुखलगायतका विदेशी कुटनितक नियोगबाटसमेत पाहुनाहरु जात्रा अवलोकनका लागि आउनु भएका नगरपालिकाका उपप्रमुख विजयकृष्ण श्रेष्ठले जानकारी दिनुभयो । --- # देशभक्तिको भावना विकास गर्दै देशका लागि समर्पित हुने युवाको आवश्यकता छ : बिजक्छेँ Source: https://newskunda.com/archives/4358 Category: FEATURED NEWS, अर्थ, राजनीति, समाचार, समाज, स्वास्थ्य Last updated: 2026-09-20 भक्तपुर, ४ असोज : नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छें (रोहित) ले देशभक्तिको भावना विकास गर्दै देशका लागि समर्पित हुने युवाको आवश्यकता रहेको बताउनु भएको छ । भक्तपुर नगरपालिकाद्वारा सञ्चालित भक्तपुर नगरपालिका–६, अंचा पुखु परिसरमा ज्येष्ठ नागरिकहरूको हेरचाह तथा संरक्षणका लागि स्थापना गरिएको ख्वप आदर निकेतनको आज उद्घाटन गर्दै उहाँले देशभक्त युवाहरुको देशलाई खाँचो रहेको बताउनुभयो । निर्वाचित जनप्रतिनिधिहरूले जनताका सबै समस्या सम्बोधन गर्न सक्रिय भूमिका निर्वाह गर्नुपर्र्नेमा जोड दिदै उहाँले भक्तपुरका संरचनाहरू जनताकै सहभागितामा निर्माण गर्नुपर्ने बताउनुभयो । स्थानीय विकास र सामाजिक संरचना संरक्षणमा जनताको भूमिका महत्वपूर्ण रहेको बताउदै उहाँले युवाहरुमा राजनीतिक चेतना नहुँदा भदौ २३ र २४ गतेको आन्दोलन सृजना भएको बताउनुभयो । बिजुक्छेंले भन्नुभयो, “भदौ २३ र २४ गतेको आन्दोलनका क्रममा भक्तपुरमा भएको आगजनीमा भक्तपुरकै युवाहरूको संलग्नता रहेको छ, राजनीतिक चेतनाको अभावका कारण यस्तो अवस्था सिर्जना भएको हो । युवाहरूलाई राजनीतिक रूपमा सचेत बनाउनुपर्ने आजको आवश्यकता छ ।” अध्यक्ष बिजुक्छेले ज्येष्ठ नागरिकहरूमा उमेर बढ्दै जाँदा स्मरणशक्ति कमजोर हुँदै जाने भएकाले ज्येष्ठ नागरिकलाई एक्लै राख्न नहुने बताउनुभयो । उहाँले उचित हेरचाह र सामाजिक वातावरण प्रदान गर्न सके उनीहरूको आयु तथा जीवनको गुणस्तरमा सकारात्मक प्रभाव पर्ने उहाँले बताउनुभयो । कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले जेष्ठ नागरिकहरुलाई राख्न सञ्चालनमा ल्याएको आदर निकेतनमा सबै सेवा, सुविधा उपलब्ध गराउने बताउनुभयो । उहाँले आदर निकेतनमा बस्नका लागि २० जना ज्येष्ठ नागरिकले नाम दर्ता गरिसकेको बताउनुभयो । --- # देशभर १३ विपद्का घटना, एकको मृत्यु, आठ जना घाइते, करिब रु १३ लाख २० हजार बराबरको आर्थिक क्षति Source: https://newskunda.com/archives/5106 Category: FEATURED NEWS, अर्थ, राजनीति, समाचार, समाज Last updated: 2026-10-26 काठमाडौँ, ८ कात्तिकः देशभर पछिल्लो २४ घण्टामा विभिन्न प्रकृतिका १३ वटा विपद्का घटना भएका छन् । ती घटनामा परी एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । विपद्का घटनाबाट करिब रु १३ लाख २० हजार बराबरको आर्थिक क्षति भएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार कात्तिक ७ गते बिहान १० बजेदेखि कात्तिक ८ गतेसम्म देशका विभिन्न जिल्लामा आगलागी, सर्पदंश, पहिरो तथा जनावरको आक्रमणलगायतका विपद्का घटना भएका हुन् । प्राधिकरणका प्रवक्ता शान्ति महतका अनुसार भोजपुर र मनाङमा सर्पदंशका घटना भएका छन् । त्यस्तै, पाँचथर, रौतहट, बारा, पर्सा, काठमाडौँ, गोरखा, नवलपरासी पश्चिम, बाँके र कञ्चनपुरमा आगलागीका घटना भएका छन् । बाँकेमा जनावरको आक्रमणसमेत भएको प्राधिकरणले जनाएको छ । विभिन्न जिल्लामा भएका यी घटनाबाट मानवीयसँगै भौतिक सम्पत्तिमा क्षति पुगेको छ । विपद्मा परी घाइते भएकामध्ये केहीको सम्बन्धित जिल्लाका अस्पतालमा उपचार भइरहेको छ भने केहीलाई थप उपचारका लागि अन्य जिल्लाका अस्पतालमा लगिएको छ । प्राधिकरणका अनुसार विपद्बाट भएको क्षतिको विवरण सङ्कलन गर्ने तथा प्रभावित क्षेत्रमा आवश्यक व्यवस्थापन गर्ने कार्य भइरहेको छ । विपद्का घटनाबाट थप क्षति हुन नदिन सम्बन्धित निकायलाई आवश्यक सतर्कता अपनाउनसमेत आग्रह गरिएको छ । प्राधिकरणले विपद्को जोखिम देखिएमा स्थानीय प्रशासन, सुरक्षा निकाय तथा सम्बन्धित निकायसँग समन्वय गर्न र आधिकारिक सूचनाको पालना गर्न सर्वसाधारणलाई अनुरोध गरेको छ । जोखिम न्यूनीकरणका उपाय अवलम्बन गर्नुका साथै आवश्यक सतर्कता अपनाउनसके सम्भावित जनधनको क्षति कम गर्न सकिने प्राधिकरणको सुझाव छ । --- # देशभर कक्षा १२ को परीक्षा सञ्चालन Source: https://newskunda.com/archives/1054 Category: FEATURED NEWS, शिक्षा, समाचार Last updated: 2022-05-31 भक्तपुर, १६ जेठ । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको कक्षा १२ को परीक्षा देशभर एकै साथ सुरु गरेको छ । आज बिहान ८ बजेदेखि ७७ जिल्लाका १ हजार २९२ परीक्षा केन्द्रमा एकै साथ कक्षा १२ को परीक्षा शानिातपूर्ण रुपमा सुरु भएको बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले जानकारी दिनु भयो । जेठ २५ गतेसम्म सञ्चालन हुने परीक्षामा देशभरबाट करिब ४ लाख १५ हजार परीक्षार्थी सहभागि हुने जानकारी दिदै बोर्डका अध्यक्ष डा. शर्माले सबै परीक्षा केन्द्रमा परीक्षा सुरु हुनु भन्दा आधा घण्टा अगाडि अनलाइनबाट प्रश्नपत्र पठाएको जानकारी दिनु भयो । परीक्षा केन्द्रले प्रश्न पत्र फोटोकपी गरेर परीक्षार्थीलाई वितरण गर्ने व्व्यबस्था गरिएको छ । विगत दुई वर्ष कोभिड महामारीका कारण विद्यार्थीले अध्ययन गरेकै विद्यालय (होम सेन्टर) मा परीक्षा सञ्चालन गर्दा अनलाइनबाटै प्रश्न पत्र पठाउने व्यबस्था गरे पछि यस वर्ष पनि प्रश्न पत्र अनलाइनबाट पठाउने व्यबस्था गरिएको हो । बिहान ८ देखि ११ बजेसम्म सञ्चालन हुने परीक्षालाई शान्तिपूर्ण, मर्यादित, व्यबस्थित रुपमा सम्पन्न गर्न बोर्डका अध्यक्ष डा. शर्माले सबै सरोकारवाला निकाय तथा आमनागरिकमा आव्हान गर्नु भयो । --- # देशमा सदियौदेखि कायम रहदै आएको एकतालाई भाड्ने तत्वदेखि सचेत रहनु पर्छ : एमाले अध्यक्ष ओली (फोटो फिचर) Source: https://newskunda.com/archives/2951 Category: FEATURED NEWS, कला तथा साहित्य, धर्म/संस्कृति, मनोरञ्जन, राजनीति, समाचार, समाज Last updated: 2023-09-09 भक्तपुर, २३ भदौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सबै जातजाति एकै ठाउँमा बसेर सामुहिक रुपमा चाँडपर्व मनाएको देख्न नसक्ने तत्वहरुदेखि राष्ट्रिय एकता खतरामा परेको बताउनु भएको छ । आज अखिल नेपाल महिला संघ मध्यपुरथिमि नगर कमिटीले आयोजना गरेको शुभकामना आदान प्रदान तथा हरितालिका तीज विशेष कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले जातजाति, भाषाभाषि, धर्म, संस्कृति, पर्व, चाँडबाँडका नाममा सदियौदेखि कायम रहदै आएको एकतालाई भाड्ने तत्व सक्रिय रहेको बताउनु भएको हो । “यस्ता चाँडबाड मन नपराउने, एकता मन नपराउने, धर्म, संस्कृति, परम्परा मन नपराउने, खोला वारीका खोला पारीका, एक समाज र अर्को समाजबीचको एकता, सद्भाव देखेर मन भतभती पोल्नेहरु सलबलाएका छन्”, एमाले अध्यक्ष ओलीले भन्नुभयो, “यसरी सबै जातजातिका मानिसहरु मिलेर एकै ठाउँमा बसेर किन रमाएका होलान् भनेर पीर गर्नेहरु, साम्प्रदायिक सद्भाव भड्काउन खोज्नेहरुसँग सचेत हुनुपर्छ ।” सबै जातजाति एकै ठाउँ बसेको मन नपराउनेहरु, झगडा गराएर मारामार गर्न गराउन खोज्नेह एकता बिरोधीहरुसँग सचेत हुदै यस्ता साझा चाडपर्वहरु उत्सवको रुपमा मनाउनु पर्ने उहाँले बताउनुभयो । एमाले अध्यक्ष ओलीले हामी आफै आफ्नै खुट्टामा उभिन सक्ने बनाउनु पर्छ भन्दै हाम्रो देशलाई परनिर्भरताबाट आत्मनिर्भरतातर्फ लैजानु पर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो, “हामीले आफैले आफ्नो खुसी ल्याउनु पर्छ, अरुसँग खुसी सापटी खाजेर पाइदैन, खेत बाँझो छ भनेर चुप लागेर बस्ने होइन, खोलामा बगेको पानी कुलो लाएर आफैले ल्याउनु पर्छ, हाम्रो खुसी अरुले ल्याउदैन, हामी सबैले चाह्यौ भने हाम्रो खुसी आफै ल्याउन सक्छौँ ।” मानिस खुसी भएर मुस्कुराएको, अझ बच्चा बच्चीहरु खुसी भएर मुस्कुराएको क्षण साह्रै आनन्द आउने क्षण हो भन्दै उहाँले खुसी देख्न नसक्नेहरुसँग सचेत हुदै सबै खुसीले मुस्कुराउने अबस्था ल्याउनु पर्ने बताउनुभयो । कार्यक्रममा नेकपा एमाले केन्द्रीय सदस्य तुलसा दाहालले महिलाहरुले मनाउदै आएको तीजको इतिहास र महत्वमाथि प्रकाश पार्नु भएको थियो । कार्यक्रममा एमाले केन्द्रीय सदस्यद्धय सोमप्रसाद मिश्र, निर्मलकुमार भट्टराई, एमाले जिल्ला अध्यक्ष बचन देउजा, वागमति प्रदेश सभा सदस्य किरण थापा, सकुन्तला श्रेष्ठलगायतका जिल्ला तथा बिभिन्न भातृ संगठनका प्रतिनिधिहरुको सहभागिता रहेको थियो । कार्यक्रममा अखिल नेपाल महिला संघ मध्यपुरथिमि नगर कमिटीका अध्यक्ष दीपा अधिकारीले सबै जातजाती एकै ठाउँमा बसेर रमाउदै तीजलाई साझा पर्वका रुपमा मनाउन लागेको बताउनुभयो । कार्यक्रममा बिभिन्न गीत तथा नृत्यहरु प्रस्तुत गर्दै मनोरञ्जनात्मक प्रस्तुतीहरु प्रर्दशन गरेको थियो । --- # देशमा स्थायी शान्तिको कामना गर्दै मध्यपुरमथिमिका सयौ महिलाले पुरा गरे उपत्यकाका चार गणेश मन्दिरको धार्मिक Source: https://newskunda.com/archives/4489 Category: FEATURED NEWS, अर्थ, धर्म/संस्कृति, समाचार, समाज Last updated: 2026-09-29 भक्तपुर, १३ असोज। देशमा स्थायी शान्तिको कामना गर्दै मध्यपुरमथिमिका सयौ महिलाले पुरा गरे उपत्यकाका चार गणेश मन्दिरको धार्मिक यात्रा रमेश गिरी राष्ट्रिय समाचार समिति (रासस) भक्तपुर, १३ असोज : मध्यपुर थिमि नगरपालिका–६ दुवाफल्चा टोलवासी एवम दुवाफल्चा भजन मण्डलको आयोजनामा आज उपत्यकाका चार गणेश मन्दिरको धार्मिक यात्रा तथा विशेष पूजा गरिएको छ । नेवारी परम्परागत पोसाकमा सजिनएका सयौ महिलाहरुको सहभागितामा बिभिन्न नेवारी बाजासहित मध्यपुरथिमिको दुवाफल्चाबाट आज बिहान सुरु भएको धार्मिक यात्रा चपाचो र सिद्धिकाली हुँदै उपत्यकाका चार गणेश मन्दिरसम्म यात्रा गरेका छन । भक्तपुरको सूर्यविनायक, चोभारको जलविनायक, काठमाडौंको मरूटोलस्थित अशोकविनायक र चावहिलको चन्द्रविनायक मन्दिर पुगेर नेवारी परम्पराअनुसार वोः छायगु अर्थात् भोज चढाई विशेष पूजा गरिएको सावित्री प्रजापतिले जानकारी दिनुभयो । धिमे तथा बाँसुरी बाजा बजाई परम्परागत नेवारी पोशाक हाकुपटासीमा सजिएका सयौ महिलाहरू लामबद्द भएर आ-आफ्नो गच्छेअनुसार विभिन्न प्रकारका भोजन, फलफूल तथा प्रसाद मन्दिरमा प्रमुख चार गणेशको पूजा गर्दै धार्मिक यात्रा गरेको उहाँले बताउनु भयो । --- # धार्मिक पर्यटकीय गन्तव्य भक्तपुर बिकासको आधार : एमाले अध्यक्ष ओली Source: https://newskunda.com/archives/2877 Category: FEATURED NEWS, अर्थ, धर्म/संस्कृति, राजनीति, समाज Last updated: 2023-08-15 भक्तपुर, ३० साउन । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले विश्वमाझ गौरबपूर्ण पहिचान बनाउन सकेको नेपालको धार्मिक संस्कृति, परम्परा र पहिचानलाई जोगाउन युवा वर्ग लाग्नु पर्ने बताउनु भएको छ । पत्नी राधिका शाक्यसहित अध्यक्ष ओली सूर्यविनायक नगरपालिका–८ स्थित प्रसिद्ध डोलेश्वर महादेव मन्दिरको भ्रमण, अवलोकन, पूजा एवं आरती गर्दै उहाँले यस्तो बताउनु भएको हो । “हाम्रो गौरबपूर्ण धर्म, संस्कृति, परम्परा, सम्झिएर विश्वका नागरिक नेपाल घुम्न आउाछन्, पूजा दर्शन गर्न आउँछन्, मैले पनि आज डोलेश्वर महादेवको दर्शन गरे, पुज गरे, आरती लगाए, हामी हाम्रा परम्परागत कार्य गर्छौ, साँस्कृतिक, संस्कार गर्ने कार्यमा सरिक हुन्छौँ,” अध्यक्ष ओलीले भन्नुभयो, “यस्ता धर्म, चाँडबाडले हाम्रो देशको महिमा विश्वमा बढाएको छ, धेरै विकसित देशमा यस्ता संस्कृति परम्परा छैन, सनातन धर्म भन्ने नै छैन, त्यसैले हाम्रो देश अत्यन्तै गौरबपूर्ण रहेको छ ।” उहाँले देशका महान् बिभूतिहरु जसले विश्वमा नेपाल चिनाएको छ, त्यस्ता विभूति र पहिचानको संरक्षण् गर्नु पर्नेमा जोड दिनुभयो । साउन १ गतेदेखि सुरु भई साउनको ६ गतेसमम ३८ दिन लाग्ने यहाँको मेलामा स्वदेश तथा विदेशबाट आउने दर्शनार्थीको भीडले धार्मिक महत्व बढाइरहेको उहाँले बताउनु भयो । यस मन्दिरको पुर्ननिर्माण सुरुदेखिनै आफूले सहयोग गर्दै आएको बताउदै उहाँले आगामी दिनमा पनि आश्वयक सहयोग गर्ने प्रतिवद्धता जनाउनु भयो । कार्यक्रममा नेकपा एमालेका पोलिटव्यूरो सदस्य महेश बस्नेत, केन्द्रीय सदस्य पद्मा अर्र्याल, गायिका एवं पूर्व सांसद कोमल वली, वागमती प्रदेश सभा सदस्य किरण थापा, नेकपा एमालेका जिल्ला अध्यक्ष बचन देउजा, सूर्यविनायक नगरपालिकाका नगर प्रमुख वासुदेव थापा, भक्तपुरका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजाल, नगरपालिकाका उपप्रमुख सरिता तिम्सिना भट्टराई, वडा नंं ७ का वडाध्यक्ष रबिन्द्र सापकोटा, वडा नंं ८ का वडाध्यक्ष पुष्पराज बस्नेत, डोलेश्वर महादेव मन्दिर विकास समितिका अध्यक्ष धर्मराज बस्नेतलगायतले स्वागत गर्नु भएको थियो । डोलेश्वरमा झण्डै दुई घण्टा बिताउनु भएका ओलीले पूजादेखि आरतीमा सहभागि हुनु भएको थियो । --- # धार्मिक पर्यटनका लागि सूर्यविनायकमा शिव सर्किट निर्माण Source: https://newskunda.com/archives/2870 Category: FEATURED NEWS, अर्थ, राजनीति, समाचार, समाज Last updated: 2023-07-26 -रमेश गिरी भक्तपुर, १० साउन ः धार्मिक पर्यटनको विकास गर्ने उदेश्यले सूर्यविनायक नगरपालिकाले शिव सर्किट निर्माण गरेको छ । ‘धार्मिक पर्यटन र प्राकृतिक सौन्दर्यता, समृद्ध सूर्यविनायक नगरपालिका’ भन्ने नाराका साथ नगरपालिकाले शिव सर्किट निर्माण गरेको हो । नगरपालिकाका प्रमुख वासुदेव थापाले सूर्यविनायक नगरपालिकाको १ देखि १० वडासम्म रहेका प्रसिद्ध शिव मन्दिरहरुलाई एउटै रुटबाट जोडेर सवारी साधन र पैदल दुबै मार्गबाट जान सकिने गरि शिव सर्किट निर्माण गरेको बताउनुभयो । नगर प्रमुख थापाले राससलाई भन्नुभयो, “आन्तरिक तथा बाह्य पर्यटकको प्रर्वद्धनमा टेवा पु¥याउने, स्थानीय धार्मिक सम्पदाको संरक्षण एवं विकास गर्ने र सूर्यविनायक नगरपालिकाभित्र रहेका ग्रामीण क्षेत्रको विकासमा टेवा पु¥याउने मुख्य उद्देश्यले हामीले शिव सर्किट निर्माण गरेका हौ, मेरो यसअघिको कार्यकालमै सुरु भएको यो अभियानले अहिले सार्थकता पाएको छ, अब छिट्टै जनप्रतिनिधिको टोलीले यो रुटको संयुक्त अवलोकन गरेर उद्घाटन गर्ने तयारीमा छौँ ।” अनन्तलिङ्ेश्वर नगरपालिका र सूर्यविनायक नगरपालिकालाई गाभेर बनेको साविक बालकोट, सिरुटार, दधिकोट, गुण्डु, कटुञ्जे, सिपाडोल, नंखेल र चित्तपोल गाविस अन्तर्गत पर्ने सूर्यविनायक नगरपालिकाको करीब १४ किलोमिटरको दूरीमा रहेका प्रसिद्ध १३ वटा शिव मन्दिरमा पुग्न एउटै सडक प्रयोग गर्नेगरी शिव सर्किट निर्माण गरिएको हो । नगरप्रमुख थापाले भन्नुभयो, “शिव सर्किटलाई यस नगरपालिकाको अर्को पहिचानका रुपमा अगाडि बढाउँदै छौँ, यहाँको आन्तरिक र बाह्य पर्यटक भित्र्याउने उद्देश्यका साथ हामीले काम गरेका हौँ, अघिल्लो कार्यकालमा नगरपालिकाले शिव सर्किटको सर्वे गर्ने, विस्तृत अध्ययन परियोजना (डिपीआर) तयार पार्ने काम गर्यौ र यो कार्यकालमा पूर्णता दियौँ ।” नगरपालिकाका उपप्रमुख सरिता भट्टराई तिमिल्सिनाले शिवशर्किट सञ्चालनका लागि आवश्यक तयारी पुरा भएको जानकारी दिनुभयो । नगरपालिकाले १ देखि १० वडासम्म रहेका प्रसिद्ध शिवमन्दिरहरुको विकास तथा व्यबस्थापन समितिका अध्यक्ष एवं पदाधिकारीहरु, वडाअध्यक्षहरु र सरोकारवालाहरुसँग शिव सर्किट सञ्चालन गर्नेबारेमा छलफल सकेको बताउनु भयो । मन्दिर आएका आन्तरिक तथा बाह्य पर्यटकका लागि आवश्यक सहयोग गर्ने, एक मन्दिरबाट अर्को मन्दिरमा जान अभिप्रेरित गर्ने र आवश्यक समन्वय गर्ने निर्णय भएको जानकारी दिदै उहाँले आवश्यक पूर्वाधार एवं सडक सञ्जालले पनि सबै मन्दिरलाई जोडिसकेको बताउनुभयो । नगरपालिकाकाको सूर्यविनायक नपा–२ बालकोट सुरु गरेर वडा नं.१० चित्तपोलमा लगेर टुङ्गिने गरि १३ वटा मन्दिर पुगिने शिवसर्किटको रुट निर्माण गरेको छ । जसमा बालकोटको धर्मेश्वरबाट सुरु भई क्रमश सिरुटारको गुप्तेश्वर, सोमलिङ्गेश्वर, चरखण्डीश्वर, दधिकोटको अनन्तलिङ्गेश्वर, गुण्डुको रामभक्तेश्वर, कटुञ्जेको सुवर्णेश्वर, सूर्यविनायक गणेश मन्दिर, सिपाडोलको डोलेश्वर, आशापुरेश्वर, नंखेलको नन्दीकेश्वर, चित्तपोलको कैलशानाथ र लटरम्वेश्वर मन्दिर जोड्ने गरी शिव सर्किट निर्माण गरिएको हो । यी मन्दिरसँगै यस क्षेत्रमा रहेको धार्मिक एवं ऐतिहासिक पर्यटकीय क्षेत्र र अन्य प्रसिद्ध मन्दिरलाई समेत टेवा पुर्याउदै धार्मिक पर्यटन प्रर्बद्धनमा समेत ठूलो टेवा पुग्ने अपेक्षाका साथ शिव सर्किट निर्माण गरिएको नगरपालिकाका प्रवक्ता एवं वडा नं. ७ का वडाध्यक्ष रबिन्द्र सापकोटाले जानकारी दिनुभयो । सडक सञ्जाल जोडेर सवारी साधनबाटै सबै शिव मन्दिरमा पुग्न सकिने र पैदलयात्रीका लागि पदमार्गको समेत पहिचान गरि अधिकांश ठाउँमा पदमार्ग निर्माण गरिएको उहाँले बताउनु भयो । पदमार्गबाटै यात्रा गर्दा पनि एक दिनभरीमा यात्रा पुरा गर्न सकिने गरि सर्किट निर्माण गरिएको बताउदै पर्यटकलाई आकर्षित पार्ने बिभिन्न योजनाहरु नगरपालिकाले अगाडि सारेको प्रवक्ता सापकोटाले बताउनु भयो । वागमती प्रदेशसभा सदस्य एवं स्थानीयवासी किरण थापाले सूर्यविनायक नगरपालिका प्राकृतिक सौन्दर्यको रानीका रुपमा रहेको यहाँका घ्याम्पेडाँडा, रानीकोट, बोकाचोगढी आफैमा एउटा प्राकृतिक भ्यूटावरमा रुपमा रहेको भन्दै अनन्तरलिङ्गेश्वरमा निर्माण भएको भ्यूटावर र यस क्षेत्रमा करोडौको लगानीमा निर्माण भइरहेको होटल, होमस्टे, रानी झुला, झोलुङ्गे पुलले पर्यटकलाई आकर्षित गरिरहेको बताउनुभयो । उहाँले केन्द्रीय राजधानीसँग जोडिएको, अथाह सम्भावना भएर पनि निकै पछाडि परेको सूर्यविनायकको सम्पूर्ण क्षेत्रको बिकासमा पूर्वसांसद महेश बस्नेत, नगर प्रमुख वासुदेव थापा, यहाँका जनप्रतिनिधिहरुको परिकल्पनाले साकार रुप लिएको बताउनु भयो । प्रदेश सांसद थापाले भन्नुभयो, “यसअघि महेश बस्नेत सांसद हुदाँ निकै योजना र बजेट यस क्षेत्रका लागि ल्याउनु भयो, त्यतिखेर पनि बासुदेव थापानै नगर प्रमुख हुनुहुन्थ्यो, म वडाध्यक्ष र सामाजिक विकास संयोजक थिए, तीन तहकै बजेटमा सूर्यविनायकको विकासले पाँच वर्षभित्र मुहार नै फेर्ने संकल्पसहित अगाडि बढायौँ, विकासका विभिन्न अबधारण ल्यायाँै, अहिले सफल भयौँ ।” डोलेश्वर महादेव मन्दिर केदारनाथको शिर रहेको पत्ता लागेपछि यहाँ धार्मिक पर्यटनको सम्भावना निकै बढेको अनुभूति भएपछि यहाँका शिवालयहरुलाई धार्मिक पर्यटनसँग जोडेर लैजाने अबधारणा बनेको उहाँले बताउनुभयो । छोटो दुरीको आन्तरिक पर्यटन तथा साहसिक पर्यटनको बिकासका लागि सूर्यविनायकले सफलता प्राप्त गर्दै गएको बताउदै उहाँले घ्याम्पेडाँडामा जीपलाइन सञ्चालनमा हुनु, घ्याम्पेडाँडा, रानीकोट, आशापुरी लगायतका क्षेत्रमा होटल, रिसोर्ट तथा होमस्टे सञ्चालन हुनुले पनि पर्यटक आकर्षण गर्न सफल भएको बताउनुभयो । सूर्यविनायक नपाको वडा नं. ९ र १० को सिमानामा एक करोड १६ लाखको लागतमा निर्माण सम्पन्न गरि हाल नगरपालिकाले सञ्चालनमा ल्याएको २४४ मिटर लामो झोलुङ्गे पुलले पनि शिव सर्किटलाई जोड्ने भएको छ । --- # धुन्चेमा रोकिएका ठूलो संख्याका सर्वसाधारणलाई बागमती प्रदेश सरकारले वैकल्पिक मार्ग प्रयोग गरी काठमाडौं ल्याउने व्यवस्था Source: https://newskunda.com/archives/4162 Category: FEATURED NEWS, अर्थ, राजनीति, समाचार, समाज, स्वास्थ्य Last updated: 2026-08-28 काठमाडौं, १२ भदौ । हवाई उद्धारको प्रतीक्षामा रसुवाको सदरमुकाम धुन्चेमा रोकिएका ठूलो संख्याका सर्वसाधारणलाई बागमती प्रदेश सरकारले वैकल्पिक मार्ग प्रयोग गरी काठमाडौं ल्याउने व्यवस्था मिलाएको छ। हवाईमार्गबाट तत्काल उद्धार सम्भव नभएपछि प्रदेश सरकारले सडक तथा पैदलमार्गको विकल्प अघि सार्दै अलपत्र नागरिकलाई सुरक्षित रूपमा काठमाडौं ल्याउ लागिएकाे हो। प्रदेश सरकारको यो पहलले उद्धारको प्रतीक्षामा रहेका नागरिकलाई घर फर्किन सहज हुने भएकाे छ । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापाका अनुसार धुन्चेमा रोकिएका सर्वसाधारणलाई प्रदेश सरकारले त्यहीँ खाना खुवाउने व्यवस्था गरेको छ। खाना खुवाइसकेपछि उहाँहरूलाई मोटरमार्फत महावीरसम्म पुर्याइनेछ। महावीरबाट करिब एक घण्टा पैदल हिँडेपछि चौगटी पुगिने र त्यहाँबाट पुनः सवारीसाधनमार्फत काठमाडौं ल्याइने व्यवस्था मिलाइएको छ। यसका लागि प्रदेश सरकारले निःशुल्क ४५ वटा बसको व्यवस्था गरेको छ। बसको व्यवस्था भएपछि रसुवामा अलपत्र परेका सर्वसाधारणले वैकल्पिक मार्ग हुँदै एकै दिनमा काठमाडौं आइपुग्न सक्ने अवस्था बन्ने भएकाे छ । धुन्चेसँगै चौगटीमा समेत सर्वसाधारणका लागि खानाको व्यवस्था प्रदेश सरकारले नै मिलाएको छ। उद्धारको प्रतीक्षामा रहेका नागरिकलाई बाटोमा खानपानलगायतका आधारभूत समस्या नहोस् भन्ने उद्देश्यले आवश्यक व्यवस्थापन गरिएको जनाइएको छ। यसैबीच, त्रिशूली पारिको क्षेत्रमा अवरुद्ध रहेको मध्यपहाडी लोकमार्ग सफाइ गरी यातायात सञ्चालनमा ल्याउने प्रयाससमेत बागमती प्रदेश सरकारले अघि बढाएको छ। उक्त सडक सञ्चालनमा आएपछि रसुवालगायत प्रभावित क्षेत्रका सर्वसाधारणले वैकल्पिक रूपमा सोही मार्ग प्रयोग गरी काठमाडौं आउन सक्नेछन्। प्राकृतिक विपत्तिका कारण यातायात अवरुद्ध हुँदा अलपत्र परेका नागरिकलाई तत्काल गन्तव्यसम्म पुर्याउन प्रदेश सरकारले अघि सारेको वैकल्पिक व्यवस्थाले उनीहरूको कठिन यात्रा केही सहज हुने देखिएको छ। उद्धारसँगै खाना, यातायात र सडक सञ्चालनलाई प्राथमिकता दिइएकाले विपद्को मारमा परेका नागरिकलाई तत्काल राहत पुग्ने भएकाे छ । --- # धुलिखेल पुगेर टुङ्ग्यायो एमालेले उम्मेदवारको नामावली Source: https://newskunda.com/archives/459 Category: FEATURED NEWS, निर्वाचन, राजनीति, समाचार Last updated: 2022-05-01 भक्तपुर, ११ बैशाख । आउँदो ३० गते हुने स्थानीय तहको निर्वाचनमा आज धुलिखेल पुगेर नेकपा एमालेले नगर प्रमुख तथा उपप्रमुखको उम्मेदवारी टुङ्ग्याएको छ । विशेष गरि सूर्यविनायक, चाँगुनारायण र मध्यपुरथिमि नगरपालिकाका प्रमुख र उपप्रमुखमा निकै रस्साकस्सी परेपछि धुलिखेल पुगेर बसेको बैठकले उम्मेदवारको तय गरेको बैठकमा सहभागि एमालेका एक नेताले जानकारी दिए । ती नेताको अनुसार सूर्यविनायक र मध्यपुरथिमि नगरपालिकामा एमालेले पुरानै नगर प्रमुखलाई दोहोर्याउने भएको छ । सूर्यविनायक नगरको प्रमुखमा वासुदेव थापा र बालकोट निवासी सरिता भट्टराईलाई उम्मेदार बनाउने निर्णय गरेको हो । त्यसैगरि मध्यपुर थिमिमा पनि एमालेबाट मदनसुन्दर श्रेष्ठलाई पुन नगर प्रमुखमा उम्मेदवार बनाउने निर्णय गरेको ती नेताले जानकारी दिए । मध्यपुरथिमिमा भने उत्तरा नेपाललाई उपप्रमुखको उम्मेदवार बनाउने भएको छ । यता चाँगुनारायण नगरपालिकामा भने पाँच वर्ष उपप्रमुखको जिम्मेवारी सम्हाल्नु भएकी बिना बास्तोलालाई प्रमुखको उम्मेदवार बनाउने एमालेले निर्णय गरेको छ । त्यस्तै उपप्रमुखमा रमेश बुढाथोकीलाई उम्मेदवार बनाउने भएको निर्णय गरेको एमालेका नेताले जानकारी दिएका छन् । भक्तपुर नगरपालिकामा एमालेले नगर प्रमुखमा रबिन्द्र लाछिमस्यु र उपमेयरमा रञ्जना चापागाई, खर्बुजालाई उम्मेदवार बनाउने भएको छ । --- # नक्कली भुटानी शरणार्थी काण्डमा फरार टोपबहादुर पक्राउ Source: https://newskunda.com/archives/2807 Category: FEATURED NEWS, अपराध, अर्थ, समाचार, समाज Last updated: 2023-05-14 काठमाडौँ, ३१ वैशाख : नक्कली भुटानी शरणार्थी प्रकरणमा परेर फरार रहेका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी पक्राउ परेका छन् । प्रहरीले उनलाई काठमाडौँको बूढानीलकण्ठ क्षेत्रबाट आज साँझ पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख तथा प्रहरी वरिष्ठ उपरीक्षक दानबहादुर कार्कीले जानकारी दिनुभयो । नेकपा (एमाले)का नेता रायमाझीलाई प्रहरीले पक्राउ पुर्जी जारी गरी खोजीको सूचीमा राखेको थियो । उपरीक्षक कार्कीले भन्नुभयो, “हाम्रो टोलीले उहाँलाई बूढानीलकण्ठ क्षेत्रबाट पक्राउ गरिसकेको छ ।” उहाँविरुद्ध जिल्ला अदालत काठमाडौँले यही वैशाख २० गते पक्राउ पुर्जी जारी गरेको थियो । पक्राउ पुर्जी जारी भएदेखि नै रायमाझी फरार रहेको प्रहरीले जनाएको छ । सोही प्रकरणमा अनुसन्धानका लागि प्रहरीले रायमाझीका छोरा सन्दीपलाई भने यही वैशाख २० गते नै पक्राउ गरेको थियो । --- # नंखेललाई ऐतिहासिक सम्पदाका रूपमा विकास गर्दै पर्यटकीय गन्तव्य बनाउछौं : बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा Source: https://newskunda.com/archives/4940 Category: FEATURED NEWS, अर्थ, कला तथा साहित्य, धर्म/संस्कृति, राजनीति, शिक्षा, समाचार, समाज Last updated: 2026-10-21 भक्तपुर, ३ कात्तिक । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापाले भक्तपुरको नंखेल क्षेत्रको ऐतिहासिक सम्पदा, मौलिकता र प्राचीनताको संरक्षण गर्दै पर्यटकीय नगरीका रूपमा विकास गर्न प्रदेश सरकारले बजेट लगानी गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। मुख्यमन्त्री थापाले नंखेलको पुरानो बस्ती, परम्परागत घर, कला, संस्कार र संस्कृतिको संरक्षणसँगै आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धन गर्नुपर्ने बताउनुभएको हो। उहाँले नंखेललाई ऐतिहासिक सम्पदाका रूपमा विकास गर्दै स्थानीय उत्पादन र मौलिक संस्कृतिसँग जोडेर पर्यटकीय गन्तव्य बनाउन सकिने धारणा व्यक्त गर्नुभयो। ‘नंखेल आफैँमा लिच्छविकालीन समयभन्दा पुरानो ऐतिहासिक धरोहर तथा प्राचीनता बोकेको नगरी हो, जहाँ हरेक स्थानमा उत्खनन गर्दा हाम्रो पुरातात्त्विक सम्पदा पाउन सक्छौँ,’ मुख्यमन्त्री थापाले भन्नुभयो। उहाँले नंखेलको प्राचीनता र मौलिकता जोगाउँदै उचित स्याहार, संरक्षण तथा संवर्द्धन गर्नुपर्नेमा जोड दिनुभयो। नेपाल घुम्न आउने विदेशी पर्यटक र ऐतिहासिक महत्त्व बुझ्न चाहने आन्तरिक पर्यटकका लागि नंखेललाई आकर्षक गन्तव्य बनाउन सकिने उहाँको भनाइ छ। ‘हामीले आफ्नो कला, संस्कार र संस्कृतिको जगेर्ना गर्नुपर्छ, हाम्रो कला र संस्कृतिलाई जगेर्ना गर्न सक्यौँ भने आन्तरिक र बाह्य पर्यटनको विकास गर्न सक्छौँ,’ मुख्यमन्त्री थापाले भन्नुभयो। उहाँले नंखेलका पुराना घर तथा बस्तीलाई मौलिक स्वरूपमै संरक्षण र विकास गर्न सके स्थानीय पहिचान जोगिने बताउनुभयो। पुराना संरचनालाई सम्पदाका रूपमा विकास गर्दै नेवारी परिकारलाई प्रवर्द्धन गर्न सके पर्यटनसँगै स्थानीय रोजगारीका अवसरसमेत सिर्जना हुने उहाँको धारणा छ। ‘नंखेलमाथि पुरानो बस्ती छ, त्यो बस्तीका अहिले पनि धेरै पुराना घर संरक्षित छन्, त्यो ठाउँलाई हामीले सम्पदाका रूपमा विकास गर्न सक्छौँ, हाम्रा पुराना घरलाई मौलिक रूपमा विकास गर्न सक्यौँ भने हाम्रो पहिचान जोगिन्छ,’ उहाँले भन्नुभयो। मुख्यमन्त्री थापाले स्थानीय मौलिक परिकार, कला, संस्कृति र अर्ग्यानिक उत्पादनलाई पर्यटनसँग जोडेर नंखेललाई विशेष पर्यटकीय क्षेत्रका रूपमा विकास गर्नुपर्ने बताउनुभयो। यसबाट स्थानीय युवाले आफ्नै क्षेत्रमा रोजगारी पाउने वातावरण निर्माण गर्न सकिने उहाँको भनाइ छ। ‘नेवारी परिकार हामीले त्यहीँबाट सुरु गर्नुपर्छ, हाम्रा युवाले त्यहीँ रोजगारी पाउनुहुनेछ,’ मुख्यमन्त्री थापाले भन्नुभयो। उहाँले नंखेलको संरक्षण र प्रवर्द्धनका लागि स्थानीयवासीलाई आवश्यक प्रक्रिया अघि बढाउन आग्रह गर्दै प्रदेश सरकार सहयोग गर्न तयार रहेको स्पष्ट पार्नुभयो। ‘तपाईँहरूले निवेदन दिनुस्, त्यो ठाउँको संरक्षण र प्रवर्द्धनका लागि बागमती प्रदेश सरकारले लगानी गर्छ,’ मुख्यमन्त्री थापाले प्रतिबद्धता व्यक्त गर्नुभयो। नंखेलको ऐतिहासिक सम्पदा संरक्षण, परम्परागत वास्तुकलाको जगेर्ना, स्थानीय परिकारको प्रवर्द्धन र अर्ग्यानिक उत्पादनको बजारीकरणलाई एकीकृत रूपमा अघि बढाउन सके यस क्षेत्रलाई सांस्कृतिक तथा पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न सकिने उहाँको धारणा छ । --- # नगर प्रमुख खत्रीको अध्यक्षतामा चाँगुनारायण अस्पताल सञ्चालन समिति गठन Source: https://newskunda.com/archives/1941 Category: FEATURED NEWS, समाचार, समाज, स्वास्थ्य Last updated: 2022-09-02 भक्तपुर, १७ भदौ : चाँगुनारायण नगरपालिकाका प्रमुख जीवन खत्रीको अध्यक्षतामा चाँगुनारायण नगर अस्पताल सञ्चालन तथा व्यबस्थापन समिति गठन गरेको छ । चाँगुनारायण नगरपालिकाद्धारा सञ्चालित चाँगुनारायण नगर अस्पतालमा सञ्चालन कार्यबिधी अनुसार समिति गठन भएको हो । आज नगर प्रमुख खत्री, उपप्रमुख रमेश बुढाथोकीसहित कार्यपालिका सदस्य एवं अस्पतालका कर्मचारीको बैठकमा सहभागिता रहेको थियो । समितिको वरिष्ट उपाध्यक्षमा उपप्रमुख बुढाथोकी, उपाध्यक्षमा नेपाल रेडक्रस सोसाइटी भक्तपुर शाखाका सभापति मनोजकुमार थापा, जनप्रतिनिधि र कर्मचारी रहेको १६ सदस्यीय समिति गठन भएको छ । समिति सदस्यहरुमा नपाका प्रमुख प्रशासकीइ अधिकृत हरिप्रसाद चापागाई, १, ४ र ५ का वडाध्यक्षहरु सिजन कार्की, रोजबहादुर तामाङ र जयन्द्र खड्का, सामाजिक विकास समिति संयोजक जनक खत्री, वडा तथा कार्यपालिका सदस्य कमला भारती, सीता मिजार रहेका छन् । त्यसैगरि सदस्यहरुमा संगीता फुँयाल, सुरेन्द्र लामिछाने, स्वास्थ्य शाखा प्रमुख सत्यकुमार दुवाल, दुर्गा कुईकेल, चाँगुनारायण अस्पतालका डा. शैलेस त्वायनावासु, जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख कृष्ण मिजार सदस्य रहको समिति गठन गरेको छ । समितिले आजै अस्पतालका वर्तमान अबस्था, कमि कमजोरी, सेवा प्रवाहका सहज बनाउन आवश्यक सामग्रीको अबस्थासहितको बस्तुगत विवरण संकलन गरि आगामी एकसाता भित्र नगरपालिकालाई बुझाउनु पर्ने, अस्पतालसम्म पुग्ने सडक तत्काल पक्कि गर्ने, अस्पतालको आफ्नै खाता सञ्चालन गर्ने लगायतको निर्णय गरेको नगर प्रमुख एवं समितिका अध्यक्ष खत्रीले जानकारी दिनु भयो । समितिका उपाध्यक्ष थापाको अध्यक्षतामा दैनिक क्रियाकलाप सञ्चालन गर्ने निर्णय गरेको छ । चाँगुनारायणको ग्रामिण क्षेत्रका बासिन्दालाई पहिलो उपचारका लागि सहज बनाउने उदेश्यले नगरपालिकाले सञ्चालनमा ल्याएको नगर अस्पतालमा गुणस्तरीय सेवा प्रवाह गर्ने उदेश्यले नगरपालिकाले बजेटको विनियोजन गर्दै थप बजेट प्रदेश तथा संघीय सरकारसँग माग गर्ने गरि अस्पतालाई बिस्तार गर्ने योजना बनाएको उहाँले बताउनु भयो । हाल १५ शैय्यामा सञ्चालित चाँगुनारायण अस्पतालमा २४ सै घण्टा आकस्मिक सेवा, २४ सै घण्टा प्रसुती सेवा, ल्याब, ओपिडी, सामान्य शल्यक्रिया, बिमा फार्मेसी, खोप सेवा, परिवार नियोजन सेवा, एक्सरे सेवा, नाक, कान, घाँटी सेवा, किशोर किशोरी मैत्री सेवा, आठ हप्तासम्मको गर्भपतन सेवा, निःशुल्क औषधि वितरण, एम्बुलेन्स सेवा सञ्चालन गर्दै आएको छ । आफ्नै अक्सिजन उत्पादन सुरु गरेको अस्पतालमा प्राबिधिक सामाग्रीहरुको विस्तार गर्दै भेन्टिलेटरसहितको आइसियू, सिसियू, आधुनिक ल्याब लगायतको व्यबस्था गर्दै विशेषत्र सेवा विस्तार गर्ने योजना रहेको नगर प्रमुख खत्रीले बताउनु भयो । नगरपालिकाले आपतकालिन सेवा पूर्व तयारी, गाउँघर क्लिनिक, जेष्ठ नागरिक स्वास्थ्य सेवासञ्चालन गरेको नगर प्रमुख खत्रीले जानकारी दिनुभयो । अस्पतालमा एक चिकित्सक, चार जना प्रशासन र अन्य नर्स गरि कूल २३ जना कर्मचारीले सेवा प्रवाह गरिरहेका छन् । नेपाली कांग्रेसका तत्कालिन युवा नेता रोशन पौडेलले २०६८ सालमा शिलन्यास गरि सरकारको रु. तीन करोड ८७ लाखको लागतमा निर्माण सम्पन्न भएको स्वास्थ्य केन्द्रलाई स्तरोन्नती गर्दै कोरोना भाइरस संक्रमणको महामारीका बेलामा तत्कालिन शहरी विकास मन्त्री कृष्ण गोपाल श्रेष्ठले २०६६ मंसीर २८ गते उद्घाटन गर्नु भएको थियो । --- # नगर प्रमुख जीवन खत्रीको नेतृत्वमा चाँगुनारायण नगपालिकाको पदयात्रा सम्पन्न Source: https://newskunda.com/archives/2290 Category: FEATURED NEWS, राजनीति, समाचार, समाज Last updated: 2022-09-27 भक्तपुर, ११ असोज : विश्व पर्यटन दिवसको अवसरमा चाँगुनारायण नगरपालिका क्षेत्र भित्र लुकेर रहेका पर्यटकीय गन्तव्यको उजागर गर्ने उदेश्यले आज चाँगुनारायण नगरपालिकाले आयोजना गरेको ‘एक दिवसीय पदयात्रा कार्यक्रम–२०७९’ सम्पन्न भएको छ । चाँगुनारायण नगरपालिकाका प्रमुख जीवन खत्रीले खरिपाटीस्थित चाँगुनारायण नगरपालिका कार्यालयमा उद्घाटन गर्दै नगरपालिकाको प्राङ्गणबाट सुरु भएको पदयात्रा यहाँका धार्मिक सम्पदाहरु मर्णिकर्णिका, वाल्मिकेश्व, सरस्वतीथान हुँदै कल्पेश्वर महादेव मन्दिर कलमसि पुगेर सम्पन्न भएको हो । पदयात्रा कार्यक्रमको समापन गर्दै नगर प्रमुख जीवन खत्रीले चाँगुनारायण नगरपालिका धार्मिक, साँस्कृतिक, ऐतिहासिक, पुरातात्विक महत्व रहेको विश्व सम्पदा सूचीँमा सुचिकृत चाँगुनारायण मन्दिरदेखि विश्व प्रसिद्ध पर्यटकीयस्थल नगरकोट यहीँ नगरपालिका क्षेत्र भित्रका रहेको बताउदै यहाँका सबै पर्यटकीय क्षेत्रको विकास गर्दै पर्यटकीय गन्तव्य बनाउने लक्ष्य रहेको बनाउनु भयो । उहाँले नगरपालिकाले आगामी २०८२ सालमा चाँगुनारायण पर्यटन भ्रमण वर्ष मनाउने घोषणा यसवर्षको नगर सभाले गरेको बताउदै त्यस अघिनै नगरपालिकाले सबै पर्यटकीय गन्तव्यलाई पर्यटकको नजरसम्म पुर्याउने गरि कार्यक्रम सञ्चालन गर्ने बताउनु भयो । नगर प्रमुख खत्रीले भन्नुभयो, “हामीले यसै वर्षको नगर सभाबाट आगामी २०८२ साललाई चाँगुनारायण पर्यटन भ्रमण वर्ष मनाउने घोषणा गरिसकेका छौँ, त्यसका लागि आवश्यक तयारी सुरु भइसकेको छ, हामीले यहाँका सबै सम्पदाहरुको संरक्षण, विकास, मर्मत, पदमार्गको पहिचान एवं स्तरोन्तती गर्ने, आवश्यक पूर्वाधारहरुको तयार गर्ने गरि काम अगाडि बढाएका छौँ ।” आजको पदयात्रा कार्यक्रमले नगरपालिका क्षेत्रभित्र रहेको पर्यटकीय सम्भावना रहेका धार्मिक, ऐतिहासिक पदयात्रा गरि पर्यटनको प्रबद्र्धन र आर्थिक विकासको मुख्य पाटोको रुपमा पर्यटन क्षेत्रको विकास गर्नु मुख्य लक्ष्य रहेको बताउनु भयो । पदयात्रानमा सहभागि नगरपालिकाका प्रवक्ता जनक खत्रीले यहाँको धार्मिक पर्यटकीयस्थलहरु लगायत यस क्षेत्रमा रहेको वन जंगल, प्राकृतिक श्रोत एवं झरणा, कृषि पर्यटन, पानीका मुहान एवं यहाँबाट देखिने काठमाडौं उपत्यकाका मनोरम दृश्य अवलोकन गर्दै कलमसीसम्मको पाँच घण्टा पदयात्रामा निकै आनन्द दिएको बताउनु भयो । उहाँले यो यात्राले चाँगुनारायण नगरपालिका भित्र लुकेर रहेका धेरै पर्यटकीय क्षेत्रहरु छन्, यसलाई उजागर गर्दै आगामी दिनमा यी क्षेत्रहरुलाई सवदेशी तथा विदेशी पर्यटकका लागि पदमार्गको रुपमा स्थापित गर्न टेवा पुग्ने बताउनु भयो । कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुवेदीले विश्य पर्यटन दिवसको महत्वमाथि प्रकाश पार्दै पर्यटकीय क्षेत्रको विकास र पर्यटन प्रवर्दन आर्थिक विकासको मेरुदण्ड बन्ने बताउदै यहाँका नागरिकको आर्थिकस्तर विकासका लागि पर्यटकीय क्षेत्रको विकास र बिस्तार आवश्यक रहेको औल्याउनु भयो । नगरपालिका पर्यटन शाखाको संयोजनमा भएको पाँच घण्टामा १० किलो मिटर लामो पदयात्रामा नगर प्रमुख खत्री, प्रमुख प्रशासकीय अधिकृत हिरामणि सुवेदी, प्रवक्ता जनक खत्रीलगायत कार्यपालिका सदस्यहरु, बिभिन्न वडाका वडाध्यक्ष, वडासदस्य, शाखा प्रमुखहरु, कर्मचारीहरु, सरोकारवाला निकायका प्रतिनिधि एवं पत्रकारहरुको सहभागिता रहेको नगरपालिका पर्यटन शाखाकी प्रमुख सन्तोषी नेपालीले जानकारी दिनु भयो । --- # नगर प्रमुख वासुदेव थापाद्धारा सूर्यविनायक नगरपालिकालाई बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा, Source: https://newskunda.com/archives/3859 Category: FEATURED NEWS, अर्थ, राजनीति, शिक्षा, समाचार, समाज, स्वास्थ्य Last updated: 2026-06-26 भक्तपुर, १२ असार : सूर्यविनायक नगरपालिकालाई बालमैत्री स्थानीय शासनयुक्त घोषणा अभियान सुरु भएको छ । आज सूर्यविनायक नगरपालिकाका प्रमुख वासुदेव थापाले सूर्यविनायक नगरपालिका वडा नं. ७ गुण्डुलाई बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गरि प्रमाणपत्र प्रदान गर्नुभयो । सरकारले तयार पारेको बालमैत्री स्थानीय शासन कार्यान्वयन निर्देशिका, २०७८ ले तय गरेको ५१ सूचक पुरा गरेसंगै नगरपालिकाले यहाँका प्रत्येक वडालाई बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा अभियान आजबाट सुरु गरेको नगर प्रमुख थापाले बताउनुभयो । यही साताभित्र नगरपालिकाको १० वटै वडालाई बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा अभियान पुरा गर्ने बताउदै उहाँले नगरपालिकाले प्रत्येक वडामा बाल सञ्जाल गठन गरि ५१ सूचक पुरा गर्न सफल भएको बताउनुभयो । उहाँले सूर्यविनायकका सबै वडा घोषणा सम्पन्न गरि वामती प्रदेशको अनुगमन एवं निरिक्षण सम्पन्न गरेपछि आउँदो भदौ भित्र नगरपालिकालाई पनि बालमैत्री स्थानीय शासनयुक्त पालिका घोषणा गर्ने बताउनुभयो । सूर्यविनायक नगरपालिकाकी उपप्रमुख सरिता तिम्सिना भट्टराईले नगरपालिकाले बालबालिकादेखि महिला मैत्री, युवा मैत्री रुपमा बिभिन्न कार्यक्रमहरु सञ्चालन गर्दै आएको र अब बालमैत्री स्थानीय शासनयुक्त वडा र नगरपालिका घोषणा कार्यक्रममा आइपुगेको बताउनुभयो । नगरपालिकाका प्रवक्ता एवं नगरपालिकाका सामाजिक विकास समितिका संयोजक एवं वडा नं. ७ का वडाध्यक्ष रविन्द्र सापकोटाले आज वडा नं. ७ गुण्डुलाई बालमैत्री स्थानीय शासनयुक्त घोषणा गरेको बताउदै बालबालिकाको बिभिन्न प्रस्तुतीहरु समेत सम्पन्न भएको बताउनुभयो । घोषणा गर्नका लागि पुरा गर्नुपर्ने सूचकहरुमध्ये बालविवाह, बालश्रम, हिंसा पूर्ण रूपमा निषेधित हुनुपर्ने, सबै बालबालिकाको जन्मदर्ता, विद्यालय भर्ना र गुणस्तरीय स्वास्थ्य सेवामा पहुँच सुनिश्चित हुनुपर्ने प्राबधान सबै वडाले पुरा गरेको उहाँले बताउनुभयो । बाल बचाउ शिर्षकमा पुरा गर्नु पर्ने १४ वटा सूचकहरु जस्तै गर्भवती महिलाले सातपटक स्वास्थ्य जाँच गराएको हुनुपर्ने, टिटानस विरुद्धको खोप र आइरन चक्की खाएको हुनुपर्ने.दक्ष स्वास्थ्यकर्मीबाट सुरक्षित सुत्केरी गराएको हुनुपर्ने, बालबालिकालाइ पर्ण खाप लगाको हुनुपर्ने सूचक समेत पुरा गरेको उहाँले बताउनुभयो । बाल संरक्षणका १० वटा सूचकहरु बालविवाह पूर्ण रूपमा निषेध हुनुपर्ने, बालश्रम मुक्त वडा हुनुपर्ने.बालबालिका विरुद्ध हुने शारीरिक, मानसिक वा यौनजन्य हिंसा र दुव्र्यवहार पूर्ण रूपमा रोकिएको हुनुपर्ने, सडक बालबालिका वा बेवारिसे अवस्थामा रहेका बालबालिकाको संरक्षण र पुनःस्थापना भएको हुनुपर्ने व्यबस्था पुरा गरेको प्रवक्ता समेत रहेको सापकोटाले बताउनुभयो । बाल विकासकाबारेमा ६ वटा सूचकहरु जन्मिएका सबै बालबालिकाको जन्मदर्ता हुनुपर्ने, विद्यालय जाने उमेरका सबै बालबालिको विद्यालय भर्ना हुनुपर्ने, विद्यालय र समुदायमा बालमैत्री तथा लैङ्गिक मैत्री (छात्राका लागि छुट्टै) शौचालय र स्वच्छ खानेपानीको व्यबस्था हुनुपर्ने, टोल, विद्यालय र वडा स्तरमा बाल क्लब तथा बाल सञ्जालहरू गठन भई सक्रिय हुनुपर्ने .स्थानीय तहको योजना तर्जुमा प्रक्रियामा बालबालिकाको अर्थपूर्ण सहभागिता हुनुपर्ने व्यबस्था समेत सबै वडाले पुरा गरेको उहाँले बताउनुभयो । बालबालिकाका क्षेत्रमा लक्षित बजेट व्यबस्था हुनुपर्ने, सबै कार्यालय बालमैत्री र अपाङ्गतामैत्री हुनुपर्ने, विपद् व्यवस्थापन योजनामा बालबालिकाको सुरक्षा र आवश्यकतालाई प्राथमिकता दिइएको छ । कार्यक्रममा जिल्ला समन्वय समितिका कार्यबाहक सभापति सुजाता बाडे, वडा नं. २ का वडाध्यक्ष प्रदीप कार्कीलगायतले नगरपालिकाले सरकारको अभियानलाई पुरा गरेको बताउनुभयो । कार्यक्रममा बालमैत्री स्थानीय शासन युक्त वडा घोषणा अभियानमा सहयोग पुर्याउने वडा बाल सन्जाल नगर बाल सन्जाल, बिद्यालयहरु, स्वास्थ संस्था स्वयंसेबिकाहरु, खानेपानी समिति, रेडक्रस, सहकारी संस्थाहरु, साँस्कृतिक समुहहरुहरुलाई कार्यक्रममा कदरपत्र प्रदान गरिएको थियो । कार्यक्रममा बालबालिकाले आफ्ना रचनाहरु प्रस्तुत गर्नुका साथै बाल नाटक र बिभिन्न साँस्कृतिक प्रस्तुतीले कार्यक्रमहरुलाई रोचक बनाएको थियो । कार्यक्रम उद्घाटन अगाडि गुण्डुको बिभिन्न चोकबाट सुरु भएको बाजागाजा, झाकीसहितको करिब एक हजार जना सहभागि र्याली कार्यक्रम स्थल पुगेको थियो । सूचकहरुमध्ये अधिकांशमा ९५ देखि १०० प्रतिशतसम्मको प्रगति हासिल गरेकाले सूर्यवनायकका १० वटा वडालाई औपचारिक रूपमा ‘बालमैत्री स्थानीय शासन युक्त वडा’ घोषणा गरेको हो । सूर्यविनायक नगरपालिकाले विगत वर्षदेखि हालसम्म प्रत्येक वडालाई १० लाखका दरले एक करोड र नगरपालिका रु. ७० लाख गरि कूल एक करोड ७० लाख बजेटको व्यबस्था गरि घोषणा अभियान सुरु गरेको हो । --- # नगर प्रमुख वासुदेव थापालाई आफ्ना नागरिकको चिन्ता, सम्पर्क बिहिनहरुका आफन्तलाई सम्पर्क गर्न आग्रह Source: https://newskunda.com/archives/4139 Category: FEATURED NEWS, अर्थ, राजनीति, समाचार, समाज, स्वास्थ्य Last updated: 2026-08-27 भक्तपुर, ११ भदौ । सूर्यविनायक नगरपालिकाका प्रमुख वासुदेव थापाले यही भदौ १० गते बुधबार रसुवाको भोटेकोशी नदीमा आएको अकस्मात बाढीका कारण सम्पर्क बिहिन हुनुभएका आफ्ना नागरिकका परिवारलाई नगरपालिकामा सम्पर्क गर्न अनुरोध गर्नु भएको छ । उहाँले बिहिबार आफ्ना नागरिकका नाममा सार्वजनिक आव्हान गर्दै भदौ १० गतेको भोटेकोशी बाढीको विपदजन्य घटना पछि सम्पर्कमा नआएका नगरवासीलाई विवरण सहित सम्पर्क गर्न आव्हान गर्नु भएको हो । सूर्यविनायक नगरपालिका वडा नं. १ देखि १० सम्मका स्थायी वा अस्थायी बासिन्दा रसुवा, नुवाकोटलगायत विपद प्रभावित क्षेत्रमा कार्यरत रहेको वा भ्रमणमा रहनुभई भोटेकोशीको बाढीपछि सम्पर्क विहीन भएकोे भए उहाँहरूको नाम र हाल रहेको स्थान एवं व्यक्तिगत विवरण यथाशीघ्र आफ्ना वडा कार्यालय वा सूर्यविनायक नगरपालिकाको विपद् व्यवस्थापन शाखामा उपलब्ध गराइदिन आव्हान गर्नु भएको छ । उहाँले नगरपालिकाले विवरण संकलन गरिरहेको र सम्पर्क विहीन रहनुभएका सबैको सकुशल उद्धार गर्न आवश्यक पहल गर्ने जानकारी दिदै देशमा आएको विपत्ति र यसबाट भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्नुभयो । नगरवासीलाई वडा, नगरपालिका र सिंगो जनप्रतिनिधिको साथ र सहयोग रहने बताउदै सम्पर्कविहीन रहेका नागरिकहरुकोे सकुशल उद्धार र शीघ्र सम्पर्कको नगर प्रमुख वासुदेव थापाले कामना गर्नुभयो । **वडाध्यक्ष पुष्पराज बस्नेतको आव्हान :** त्यसैगरि सूर्यविनायक नगरपालिका वडा नं. ८ का वडाध्यक्ष पुष्पराज बस्नेतले पनि रसुवा लगायत देशका अन्य विभिन्न जिल्लाहरूमा गएको विनाशकारी बाढीका कारण सिर्जना भएको विषम परिस्थितिप्रति वडा कार्यालयको गम्भीर ध्यानाकर्षण भएको बताउनु भएको छ । देशमा आएको यस विपत्ति र दुखद घडीमा र बाढी प्रभावित क्षेत्रहरूमा आफ्नो वडा सूर्यविनायक–८, सिपाडोलका कोही पनि बासिन्दाहरू सम्पर्क बिहिन भएको भए उनीहरुको अबस्था यकिन गरि खोजी तथा उद्धार गर्न अत्यावश्यक रहेको बताउनुभयो । उहाँले आफ्ना वडा भित्रका परिवारका सदस्य वा आफन्तजनको हालको अवस्था (सकुशल रहेको वा सम्पर्कविहीन भएको) बारे यथाशीघ्र भाइबर (Viber) वा ह्वाट्सएप (WhatsApp) नम्बर ९८५१२०१५५८ सम्पर्क गरि जानकारी गराइदिनुहुन सम्पूर्ण वडावासीहरूमा अनुरोध गर्नु भएको छ । कोही सम्पर्कमा नआएको भए सम्बन्धित निकायसँग समन्वय गरी आवश्यक उद्धार तथा खोजी कार्यमा सहयोग गर्ने बताउदै दुखद समयमा उद्धार र खोजीका लागि सम्पर्क र समन्वयका लागि आग्रह गर्नु भएको छ । --- # नगरकोटमा अध्यागमनको अन्तरक्रिया, अध्यागमन विभागद्धारा विदेशी नागरिक व्यवस्थापन सूचना प्रणाली लागू Source: https://newskunda.com/archives/4693 Category: FEATURED NEWS, अर्थ, राजनीति, शिक्षा, समाचार, समाज, सूचना प्रविधि Last updated: 2026-10-19 भक्तपुर, २६ असोज : अध्यागमन विभागले नेपालमा रहेका विदेशी नागरिकका गतिविधि निगरानी, यात्रा व्यवस्थापन र सहजीकरणका लागि पहिलो पटक लागू गरेको सूचना प्रणालीलाई देशव्यापी बिस्तार गरेको छ । विभागले आज नगरकोटमा आयोजना गरेको ‘विदेशी नागरिक व्यबस्थापन सूचना प्रणाली सम्बन्धी अभिमुखीकरण’ कार्यक्रममा विभागका निर्देशक शिव लम्सालले नेपाल भित्रिएका विदेशी नागरिक नफर्केसम्म उनीहरु कहाँ गए, कहाँ बसेलगायतका विवरण लिन विदेशी नागरिक व्यबस्थापन सूचना प्रणाली देशव्यापी रुपमा लागू गरेको बताउनुभयो । विदेशी पर्यटक नेपाल प्रवेश गरेपछि एयरपोर्टमा आएको र एयरपोर्टबाट फर्केको मात्र रेकर्ड राख्ने गर्दा नफर्किएका विदेशी कहाँ गए, के गरिरहेका छन् भन्ने जानकारी नहुँदा कयौ विदेशी अपराधमा संलग्न रहेको पाईएको बताउनुभयो । उहाँका अनुसार सन् २०२५ मा कानून उलंघन गर्ने ४५९ विदेशी नागरिकलाई देश निष्कासन गरिएकोमा २०२६ जनवरी १ देखि अक्टोबर १० सम्म ५४० जना विदेशीलाई देश निष्कासन गरेको बताउनुभयो । उहाँले अध्यागनमको कानून उलंघन गरेको, भिषा उदेश्य विपरित बसेको, देशको कानूनमा दोषी ठहर भएको र बिभिन्न गैरकानूनी गतिबिधिमा संलग्न रहेका ६४ जनालाई सन् २०२५ मा र ६१ जनालाई २०२६ अक्टोकर १० सम्म गरि कूल ५२३ जनालाई कानून उलंघन गरेको र ६०१ जनालाई बिभिन्न अभियोगमा दोषी ठहर गरि देश निष्कासन गरेको बताउनुभयो । प्रणाली लागू भएपछि विभिन्न भिसामा नेपाल भित्रिएका विदेशी नागरिक अध्यागमन कानुन विपरीत अरु नै गतिविधिमा संल्लग्न हुन नदिन निगरानी, नियमन, व्यवस्थापन, सुरक्षा तथा यात्रा सहजीकरण गर्न यो प्रणाली लागू गरिएको उहाँले बताउनुभयो । २०२५ जनवरी १ देखि काठमाडौं उपत्यकाका तारे होटल, ट्राभल एजेन्सी, मनि एक्स्चेन्जलगायतमा यो प्रणाली लागू गरिएको भएपनि अहिले भने देशभर लागू गरिएको विभागका निर्देशक लम्सालले बताउनुभयो । नेपाल भ्रमण गर्ने विदेशी नागरिकहरूको सुरक्षा, सूचनामा सहजीकरण, सम्भावित अपराध नियन्त्रण र पर्यटन प्रवद्र्धनमा सहयोग गर्ने उद्देश्यले विभागले यो प्रणाली लागू गरेको बताउदै उहाँले यसबाट नेपाल भित्रिएका विदेशी नागरिक कुन होटलमा बसेको, उनीहरु कुन कुन ठाउँमा घुमेको, कहाँ कहाँ पुगेको, विपदका सयममा हरा एभने कुन ठाउँमा पुगेर हराए, भिसा कानुन अनुसार भए नभएकोलगायत निगरानी गर्न सकिने बताउनुभयो । कार्यक्रममा भक्तपुरका प्रमुख जिल्ला अधिकारी कतिपय विदेशी नागरिक होटलमा नबसी व्यक्तिको घरमा बस्ने, ग्रामिण क्षेत्रमा गएर व्यबसाय सञ्चालन गर्ने, गैरकानूनी गतिबिधीमा संलग्न रहने गरेको पाईएकाले यसलाई अनिवार्य रुपमा कार्यन्वयनमा ल्याउनु पर्ने बताउनुभयो । विभागका अर्का निर्देशक अमरदीप सुनुवारले यो प्रणालीलाई सेवा प्रदायक संस्थाहरु, होटल व्यवसायी, आन्तरिक वायु सेवा प्रदायक, ट्रेकिङ्ग एजेन्सी, सार्वजनिक यातायात, पर्वतारोहण एजेन्सी, टुर एण्ड ट्राभल ऐजन्सी, टेकिम सेवा प्रदायक, बैंक तथा बित्तिय संस्थाहरु, टुरिष्ट गाईड, पर्यटक प्रहरीलगायतले प्रत्यक्ष रूपमा विभागको प्रणालीमा सूचना राख्नुपर्ने आफ्नै प्रणालीसँग विभागको प्रणालीलाई जडान गरेर सूचना पठाउन सक्ने व्यवस्था मिलाइएको बताउनुभयो । सेवा प्रदायक संस्थाहरूले नेपाली पोर्टल सेवा प्रदायक पोर्टलमार्फत सहज रूपमा दर्ता हुन सक्ने विभागका कम्प्युटर इन्जिनियर सन्तोषकुमार साहले बताउनुभयो । प्रणालीगत अन्तरआबद्धताका लागि आवश्यक प्राविधिक कागजातहरू पनि सोही पोर्टलबाट प्राप्त गर्न सकिने उहाँले बताउनु भयो । कार्यक्रममा चाँगुनारायण नगरपालिका वडा नं. ६ नगरकोटका वडाध्यक्ष धनबहादुर लामा, उद्योग वाणिज्य संघ भक्तपुरका अध्यक्ष कृष्णमरारी न्यौपाने, नेपाल पत्रकार महासंघ भक्तपुरका अध्यक्ष सुन्दर शिल्पकार, नगरकोट नाल्दुम पर्यटन प्यवसायी समितिकासचिव प्रदीप अधिकारी, होटल चौतारीका सञ्चालक बद्री माकलगायतले विभागले उक्त प्रणालीलाई अनिवार्य रुपमा देशभर लागू गर्नु पर्ने बताउनुभयो । --- # नगरकोटमा भव्य रुपमा एमालेको घरदैलो Source: https://newskunda.com/archives/688 Category: FEATURED NEWS, निर्वाचन, राजनीति, समाचार Last updated: 2022-05-06 भक्तपुर, २३ बैशाख । नेकपा एमाले चाँगुनारायण नगर कमिटीले आयोजना गरेको घर दैलो कार्यक्रममा आज चाँगुनारायण–६ नगरकोटमा भव्य रुपमा घरदैलो कार्यक्रम सम्पन्न भएको छ । नेकपा एमालेका केन्द्रीय सदस्य एवं चाँगुनारायण नगरपालिकाका प्रमुख सोमप्रसाद मिश्रको नेतृत्वमा चाँगुनारनयणको निर्वतमान उपप्रमुख तथा नगरप्रमुखको उम्मदवार विना बास्तोला, उपप्रमुखका उम्मेदवार रमेश बुढाथोकी, वडाध्यक्ष उम्मेदवार बिष्णु तामाङ, खुल्ला सदस्य विजय लामा, रमेश लामिछाने, महिला सदस्य चिनीमाया तामाङ, दलित महिला सदस्य सुनिता सुनार लगायतको सर्यौ कार्यकर्ता तथा स्थानीय मतदाताको सहभागितामा भव्य रुपमा घर दैलो सम्पन्न भयो । नगरकोटको भट्टे डाँडामा कोण सभा गरि सुरु भएको कार्यक्रमा मेयरका उम्मेदवार बास्तोलाले आफ्नो कार्यकालमा अधुरो रहेको योजनालाई पुरा गर्न र नयाँ योजनासहित बिकास गर्न उम्मेदवार दिएको बताउनु भयो । घर दैलो कार्यक्रममा नेकपा एमालेका पोलिटब्युरो सदस्य, संघीय सांसद एवं पूर्वमन्त्री महेश बस्नेतले चाँगुनारायण नगरपालिकामा एमालेको जीत सुनिश्चित रहेको बताउनु भयो । --- # नगरकोटमा सार्वजनिक सुनुवाई , वडाध्यक्ष लामा भन्नुहुन्छ : विकासले फेरिदै नगरकोटको मुहार Source: https://newskunda.com/archives/3751 Category: FEATURED NEWS, अर्थ, राजनीति, समाचार, समाज Last updated: 2026-06-01 भक्तपुर, १८ जेठ : चाँगुनारायण नगरपालिका वडा नं. ६ को पर्यटकीय आधारशिलाको रुपमा पहिचान बोकेको नगरकोट, यतिखेर तीन तहकै सरकारको लगानीले मुहार फेरिदै गएको छ । नगरकोट जाने सडकको १० वर्षको कुरुपताले खस्कदै गएको नगरकोटको पहिचानलाई नगरपालिकाले सडक कालोपत्र गरेसंगै र तीनतहकै सरकारको वार्षिक २० करोड भन्दा माथिको लगानीले नगरकोटमा विकासले मुहार फेरिदै गएकोमा खुसी छन् यहाँका दलका प्रतिनिधिहरु एवं यहाँका बासिन्दा । आज चाँगुनारायण नगरपालिका वडा नं. ६ वडा कार्यालय अगाडिको खुल्ला चौतारोमा राष्ट्रिय सञ्चार केन्द्र नेपालको आयोजना तथा चाँगुनारायण नगरपालिकाको सहयोगमा सम्पन्न सार्वजनिक सुनुवाईमा स्थानीय दलीय जनप्रतिनिधिदेखि स्थानीयवासीसमेत नगरकोटको विकासले मारेको फड्को देखेर खुसी व्यक्त गर्दै वडाध्यक्ष धनबहादुर लामाको खुलेरै चौतर्फी प्रशंसा समेत गरे । कार्यक्रममा वडाध्यक्ष धनबहादुर लामाले नगरपालिका, वागमति प्रदेश सरकार र संघीय सरकारको वार्षिक २० करोड भन्दा बढीको लगानीबाट नगरकोटको मुहार फेरिएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘विगत चार वर्षमा नगरकोटले मुहार फेरेको छ, ठेकेदारले अलपत्र पारेको भक्तपुर नगरकोट सडक नगरपालिकाले कालोपत्र गर्यो, नगरकोट भ्रमण वर्ष २०८२ को आयोजना भयो, यसक्रममा चाँगुनारायण नगरपालिकासंगै नगरकोटसंग छोएको काभ्रेको मण्डन देउपुर, बनेपा, काठमाडौंको शंकरापुर नगरपालिकाले नगरकोट जोडेने सडक कालोपत्र गरे, पर्यटकको आगमन ह्वात्तै बढ्यो, नगरकोटवासीमा खुसी छायो ।’ खानेपानीको ट्यांकी निर्माण गरि घरघरमा धारो वितरण, बतासे डाडोमा बुद्ध मूर्तिदेखि शालिक, बिभिन्न पर्यटकीय संरचना निर्माण, नगरकोट बसपार्कदेखि होटलहरुमा जाने सडकको स्तरोन्नती, स्वास्थ्य, शिक्षाको पहुँचमा बृद्धि, सरसफाई अभियान, शुक्रबारे हाट बजार, पर्यटकको सुरक्षा यहाँको विकासको गति भएको बताउनुभयो । नगरकोटमा तामाङ्ग संग्रहालय बनाउने योजनालाई उपयुक्त विकल्पको खोजी भइरहेको, यहाँ कम्तिमा १० शययाको अस्पताल सञ्चालन गर्ने योजना रहेको बताउदै नगरकोटलाई सरकारले पर्यटकीय क्षेत्र घोषणा गर्न माग गरिरहेको बताउनुभयो । वडाध्यक्ष लामाले आफु निर्वाचित भएपश्चात विकास र सुशासनलाई एकै साथ कार्य गरेको भन्दै समृद्ध नगरकोटको परिकल्पनालाई सार्थकतामा पुर्याउन जनप्रतिनिधि तथा जनताको सहकार्यले सफलता हात लाग्ने बताउनुभयो । कतिपय जनताले आशा र अपेक्षा गरिएको भन्दा बढी कामहरु भएका छन्, भने अझैं पनि धेरै कामहरु गर्न बाँकी छन् भन्दै उहाँले सिमित स्रोत र साधनका बाबजुत पनि वडावासीको भावनालाई समेट्ने प्रयास गरेको बताउनुभयो । वडामा सामुदायीक तथा संस्थागत गरी ११ वटा विद्यालयहरु रहेको जानकारी गराउँदै उहाँले चेतना आधारभुत विद्यालयमा विद्यार्थीको अभावका कारण बन्द गरिएको जानकारी दिनुभयो । वनलाई पर्यटनसँग जोड्ने कार्य भइरहेको उल्लेख गर्दै उहाँले जग्गा पासमा नगरपालिकाका सवै वडाहरुमा बराबर राजस्व नीतिगत रुपमा नै तोकिएको बताउनुभयो । चालु आवमा जग्गाको कारोवार कम भएका कारण राजस्व समेत कम उठेको बताउँदै उहाँले भ्रमण वर्ष सकिएको जानकारी गराउनुभयो । भ्रमण वर्षमा पहिलेभन्दा कम आन्तरिक तथा बाह्य पर्यटकहरु आएको जानकारी दिँदै उहाँले परिणामको भन्दा बढी गुणस्तरीय पर्यटक भित्र्याउनुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा वडा सचिव राजेन्द्र गणेशले वडामा चालु आर्थिक वर्षमा यस वडाबाट चालू आ.ब. एक करोड ४७ लाख १३ हजार ७३३ रुपैंया विभिन्न शिर्षकमा रावस्व संकलन गरेको बताउनुभयो । उहाँले १०० योजनाहरु स्वीकृत भएकोमा हालसम्म ६२ वटा सम्पन्न भइसकेको र ३८ वटा निर्माणको प्रक्रियामा रहेको १०१ वटा घटना दर्ता गराइएको, चालू आ.ब.मा ३९१ जनालाई सामाजिक सुरक्षा भत्ता वितरण गरेको, तेलकोट–नगरकोट सडक खण्ड कालोपत्रे भएको, नगरकोटमा खेलकुद कार्यक्रम सम्पन्न गरेको, जेष्ठ नागरिक, अपाङ्गता, महिला, वालबालिकाको हित र अधिकारका पक्षमा विभिन्न प्रकारका तालिम तथा कार्यक्रमहरु सञ्चालन गरेको, विपद् व्यवस्थापन तयारी पूर्ण रुपमा भइरहेको बताउनुभयो । कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टी, नेपाली कांग्रेस, नेकपा (एमाले), राप्रपालगायतका जनप्रतिनिधिहरुले समेत नगरकोटको विकास देखेर जनप्रतिनिधिको कार्यप्रति खोट लाउने ठाउँ नभएको र सन्तुष्ट रहेको बताएका थिए । कार्यक्रममा नगरकोट प्रहरी प्रभागका प्रमुख शिव थपलियाले जनप्रतिनिधि र प्रहरीको उत्कृष्ट समन्वयमा नगरकोट क्षेत्र शान्ति क्षेत्र रहेको, कुनै घट्ना नभएको, शान्ति सुरक्षा कायम भएको बताउदै समस्या आए १० मिनेटमा नै सम्बन्धित क्षेत्रमा पुगेर समस्या समाधान गर्ने गरेको तथा विपद् व्यवस्थापनका सम्पूर्ण कार्यहरु पूर्ण तयारी रहेको बताउनुभयो । कार्यक्रमका सभापति एवं संस्थाका अध्यक्ष पेशल आचार्यले नगरकोटको विकासले यहाँका बासिन्दाको आयस्तरले फड्को मारेको र रोजगार सृजना भएको बताउनुभयो । सार्वजनिक सुनुवाई कार्यक्रमका संयोजक पुष्करराज बुढाथोकीले स्वागत गर्नु भएको थियो भने सस्थाका सल्लाहकार दिवस गुरागाईले कार्यक्रमको उदेश्यमाथि प्रकाश पार्नु भएको थियो । सचिव हेमराज ढकालले सञ्चालन गरेको कार्यक्रममा नेपाल पत्रकार महासंघ भक्तपुरका अध्यक्ष सुन्दर शिल्पकार, क्रियासिल पत्रकार मञ्चका अध्यक्ष रमेश गिरीलगायतले नगरकोट क्षेत्रको समग्र विकासका परिदृश्यलाई शब्दमार्फत राख्नु भएको थियो । --- # नन्दीकेश्वर महादेव मन्दिरमा बृहत् सरसफाइ कार्यक्रम सम्पन्न Source: https://newskunda.com/archives/4713 Category: FEATURED NEWS, अर्थ, राजनीति, शिक्षा, समाचार, समाज Last updated: 2026-10-19 भक्तपुर २८, असोज : सूर्यविनायक नगरपालिका–९, नंखेलस्थित बाचामारी चोक हुँदै नन्दीकेश्वर सडकमा र नन्दीकेश्वर महादेव मन्दिरमा बृहत् सरसफाइ कार्यक्रम सम्पन्न भएको छ। स्थानीय सडक तथा सार्वजनिक क्षेत्रलाई सफा, स्वच्छ र व्यवस्थित बनाउने उद्देश्यले बुधबार, २०८३ असोज २८ गते उक्त कार्यक्रम आयोजना गरिएको हो। मदरल्याण्ड इङ्लिस बोर्डिङ स्कुल र नन्दीकेश्वर महादेव संरक्षण तथा विकास समितिको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रममा नेप्सेम्याक सेवा प्रा.लि भक्तपुर र नन्दीकेश्वर ढल निकास टोल विकास संस्थाले सहकार्य गरेका थिए। स्थानीयस्तरमा सरसफाइको महत्त्व बढाउँदै सडक तथा आसपासका क्षेत्रमा स्वच्छता कायम गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको हो। सार्वजनिक सडक, मन्दिर जाने मार्ग र बस्ती आसपासको वातावरण सफा राख्नु स्थानीय समुदायको साझा जिम्मेवारी भएकाले यस्ता कार्यक्रमले सामुदायिक सहभागिता र सामाजिक उत्तरदायित्वको भावना विकास गर्न सहयोग पुर्याउने अपेक्षा गरिएको छ। मदरल्याण्ड स्कुलको तर्फबाट बाचामारी चोक देखि नन्दीकेश्वर सडक खण्डमा पैदल यात्री र मन्दिर परिसरमा फोहोर संकलन एवं व्यवस्थापनको लागि डस्टविनको समेत राखिएको छ । उक्त डस्टविनमा जम्मा भएका फोहोर नेप्सेम्याक प्रालि भक्तपुरले संकलन गरी व्यवस्थापन गरिने जनाइएको छ । धार्मिक तथा सांस्कृतिक महत्त्व बोकेको नन्दीकेश्वर महादेव मन्दिर जाने सडक स्थानीय बासिन्दाका साथै मन्दिरमा दर्शन तथा पूजाआजाका लागि पुग्ने भक्तजनले समेत प्रयोग गर्ने मार्ग हो। यस्तो सार्वजनिक मार्गको नियमित सरसफाइले आवतजावत सहज बनाउनुका साथै धार्मिक स्थलको वातावरण स्वच्छ राख्नसमेत मद्दत पुर्याउने उद्देश्य रहेको थियो । सरसफाइ एक दिनको अभियानमा सीमित नराखी दैनिक जीवनको अभ्यास बनाउन आवश्यक छ। घर, टोल, सडक र सार्वजनिक स्थलमा फोहोर व्यवस्थापन गर्ने बानीको विकास गर्न सके मात्रै स्वच्छ तथा स्वस्थ समुदाय निर्माण गर्न सकिन्छ। यसका लागि स्थानीय तह, विद्यालय, सामाजिक संघसंस्था र समुदायबीच सहकार्य आवश्यक हुन्छ। विद्यालय र स्थानीय सम्पदा संरक्षण समितिको संयुक्त आयोजनामा भएको यस कार्यक्रमले शैक्षिक संस्था र समुदायबीचको सम्बन्धलाई थप बलियो बनाउनुका साथै सार्वजनिक सरसफाइमा संस्थागत सहकार्यको महत्त्वसमेत उजागर गरेको छ। स्थानीय क्षेत्रको स्वच्छता कायम राख्न र वातावरण संरक्षणप्रति नागरिकलाई जिम्मेवार बनाउन यस्ता अभियानलाई निरन्तरता दिनुपर्ने देखिन्छ। सार्वजनिक स्थलको संरक्षण र सरसफाइमा सबैको सहभागिता सुनिश्चित गर्न सके नंखेल क्षेत्रलाई स्वच्छ, सुन्दर र व्यवस्थित बनाउन सहयोग पुग्नेछ। सरसफाइमा स्थानीय, विद्यार्थी, शिक्षक तथा नेप्सेम्याक प्रालिको सक्रिय सहभागिता रहेको थियो । --- # नमस्ते ख्वप टेलिभिजनको तेश्रो बार्षिकोत्सव : स्थानीय मिडियालाई बचाउनु पर्ने रासस अध्यक्ष झाको भनाई Source: https://newskunda.com/archives/2708 Category: FEATURED NEWS, अर्थ, मनोरञ्जन, राजनीति, समाचार, समाज Last updated: 2023-04-11 भक्तपुर, २८ चैत : राष्ट्रिय समाचार समितिका अध्यक्ष धमेन्द्र झाले स्थानीयस्तरमा समाचार र सूचनाका माध्यमबाट जनतालाई सूसुचित गर्ने स्थानीय मिडियालाई स्थानीय तहको सहयोग हुनु पर्ने बताउनु भएको छ । आज भक्तपुरमा नमस्ते ख्वप टेलिभिजनको तेश्रो बार्षिकोत्सवको उद्घाटन गर्दै उहाँले नेपालको स्थानीय मिडियालाई सबैले मेरो मिडिया भनेर स्वीकार्नु पर्ने बताउनु भएको हो । रासस अध्यक्ष झाले भन्नुभयो, “मिडिया जहिले राष्ट्रिय हुनु पर्छ भन्छन् तर मिडिया जहिले पनि स्थानीय हुन्छ, हुनुपर्छ, स्थानीयले स्वीकार्नु पर्छ । नेपालको स्थानीय मिडिया बाँच्नु पर्छ र बचाउनु पर्छ ।” जनतालाई सूसुचित गराउने कुरामा मिडियाको भूमिका हुने बताउदै उहाँले बिभिन्न मिडिया मार्फत आएका समाचार आफ्नैमा पोजेटिभ र नेगेटिभ भन्ने नहुने उहाँको भनाइ थियो । “मिडियाकोलाई अझै धेरैले बुझ्न जरुरी रहेको छ, मेरो पक्षमा समाचार आए पोजेटिभ, मेरो बिरुद्ध समाचार आए नोगेटिभ भन्ने मानसिकताबाट मुक्त हुनु पर्छ,” रासस अध्यक्ष झाले भन्नुभयो, “समाचार समाचार नै त्यो आफैमा नेगेटिभ र पोजेटिभ भन्ने हुदैन, आएको समाचारलाई आम पाठकले कसरी बुझ्छन् भन्ने कुरा महतव हो ।” मिडिया छ र त आज समाचार छ, मिडिया नभए समाचार कसरी थाहा पाउने भन्दै उहाँले मिडियाको अबधारणा र गलत बझाईलाई बदल्नु आवश्यक रहेको उहाँको भनाई थियो । नेपालमा मात्रै नभई विश्वमै भक्तपुरको चिनारी प्रसिद्ध रहेको बताउदै उहाँले आफैसंग रहेको बिनाको गन्ध पहिचान गर्न नसकेर कस्तुरीले बिना खोज्दै हिडे जस्तो भक्तपुरले पहिचान खोज्दै हिड्नु आवश्यक नरहेको बताउनु भयो । भक्तपुरका चार वटा नगरपालिका आफैमा साँस्कृतिक, प्राकृतिक मनोरम र पहिचान बोकेको स्थानीय तह भएकाले भक्तपुर जिल्लालाई एकीकृत रुपमा सांस्कृतिक जिल्ला र पर्यटकीय प्याकेजको रुपमा बिकास गर्नु पर्नेमा उहाँले जोड दिनुभयो । कार्यक्रममा अध्यक्ष झाले मध्यपुरथिमि नगरपालिकाका पूर्व प्रमुख मदनसुन्दर श्रेष्ठ, राससका फोटो पत्रकार रत्नकृष्ण श्रेष्ठलगायतका बिभिनन व्यक्तित्वहरुलाई सम्मान गर्नु भयो । त्यसअवसरमा वाग्मति प्रदेश सभाका सा.सद किरण थापा, नेकपा एमालेका जिल्ला अध्यक्ष बचन देउजा, मध्यपुरथिमि नगरपालिकाका पूर्व प्रमुख श्रेष्ठ, नमस्ते ख्वप टेलिभिजनका अध्यक्ष बालकृष्ण श्रेष्ठ, सोही टेलिभिजनका कार्यकारी निर्देशक ऋषिकेश श्रेष्ठलगायत बिभिन्न व्यक्तित्वहरुले नमस्ते ख्वप टेलिभिजनले शिक्षा, स्वास्थ्य, कला, संस्कृति लगायतको क्षेत्रमा पुर्याएको योगदानको चर्चा गर्नुभयो । कार्यक्रममा बिभिन्न नृत्य, गीत र फेसन शोहरु प्रस्तुत गरिएको थियो । त्यस्तै अध्यक्ष झाले राससका फोटो पत्रकार रत्नकृष्ण श्रेष्ठको फोटो प्रर्दशनीको अवलोकन गर्नु भएको छ । सोही कार्यक्रममा राससकर्मी श्रेष्ठले बिस्केट जात्राको बारेमा यसअघिका जात्रामा लिएका ९० वटा तस्विरको प्रर्दशनी गएिको थियो । उक्त प्रर्दशनीको अध्यक्ष झा लगायत अन्य अतिथि र सहभागिहरुले अवलोकन गर्नु भएको थियो । अध्यक्ष झाले फोटो प्रर्दशनीले राससको शान बढाएको बताउदे यसले भक्तपुरका जात्राको सिंगो इतिहास प्रस्तुत गरेको बताउनुभयो । प्रर्दशनीकाबारेमा फोटो पत्रकार श्रेष्ठले बिस्केट जात्राको अवसर पारेर जात्राकाबारेमा जानकारी दिने उदेश्यले आफूले जात्रामा खिचेका महतवपूर्ण ९० वटा तस्विरलाई प्रर्दशनीमा राखिएको बताउनु भयो । --- # नयाँ वर्षका अवसरमा बिहानैदेखि पशुपतिनाथमा दर्शनार्थी Source: https://newskunda.com/archives/380 Category: FEATURED NEWS, Uncategorized, समाचार Last updated: 2022-04-14 काठमाडौँ, १ वैशाख : नयाँ वर्षका अवसरमा पशुपतिनाथ मन्दिरमा दर्शनका लागि आउने भक्तजनलाई विशेष व्यवस्था गरिएको छ । नयाँ वर्षमा पशुपतिनाथ दर्शन गर्ने भक्तजनको भीड बढ्ने भएकाले विशेष व्यवस्था गरिएको हो । नयाँ वर्षका अवसरमा बिहान ४ बजेदेखि नै पशुपतिका चार ढोका खुला गरिएको पशुपति क्षेत्र विकास कोष संस्कृति संरक्षण महाशाखा प्रमुख गौरीशङ्कर पराजुलीले जानकारी दिनुभयो । बिहानैदेखि पशुपति क्षेत्रमा भक्तजनको भीड बढेको उहाँले सुनाउनुभयो । नयाँ वर्षका अवसरमा आज पशुपतिनाथ आउने भक्तजनलाई उत्तर, पश्चिम र दक्षिण मूल ढोकाबाट दर्शन गर्न जान सक्ने गरी व्यवस्था गरिएको छ । पछिल्ला केही वर्षदेखि नयाँ वर्षका अवसरमा पशुपतिनाथको दर्शनमा आउने भक्तजन बढ्न थालेपछि कोषले विशेष व्यवस्था गरेको हो । यस अवसरमा पश्चिम मूलढोकामा विशेष सजावट गरिएको छ । महानगरीय प्रहरी वृत्त गौशालासँग थप जनशक्ति लिएर शान्ति सुरक्षाको प्रबन्ध पनि मिलाइएको कोषका संस्कृति महाशाखा प्रमुख पराजुलीले बताउनुभयो । नयाँ वर्षका अवसरमा विशेष पूजा गर्न चाहने भक्तजनका लागि पनि व्यवस्था मिलाइएको छ । विगत वर्षदेखि नै वैशाख १ गते पनि पशुपतिनाथ मन्दिरमा लाखौँ भक्तजनको भीड लाग्ने गरेको थियो । दर्शनार्थीको चापलाई हेरेर पशुपति क्षेत्रको सुरक्षा व्यवस्था मिलाइएको कोषले जनाएको छ । नयाँ वर्षका अवसरमा नेपालभरका सरकारी कार्यालय, सार्वजनिक संस्थान एवं शिक्षण संस्थामा सार्वजनिक बिदा दिइएको छ । काठमाडौँको उत्तरी भेगस्थित गोकर्णेश्वर र बूढानीलकण्ठ नगरपालिकाको सङ्गममा रहेको बाग्द्वार (बाग्मती नदीको उद्गमस्थल), टोखा नगरपालिकास्थित सपनतीर्थ, भक्तपुरमा मनाइने बिस्केट जात्रा, कीर्तिपुरस्थित चम्पादेवीमा लाग्ने जात्रालगायत देशभर लाग्ने मेलामा भक्तजनको भीड बढ्छ । ––– --- # नयाँवर्षको अवसरमा भक्तपुरको पर्यटकीय क्षेत्र नगरकोटदेखि रानीकोटसम्म पर्यटककै आगमन Source: https://newskunda.com/archives/2755 Category: FEATURED NEWS, अर्थ, समाचार, समाज Last updated: 2023-04-15 नयाँवर्षको अवसरमा भक्तपुरको पर्यटकीय क्षेत्र नगरकोटदेखि रानीकोटसम्मका शतप्रतिशत होटलहरुहरु विगत तीनदिनदेखि आन्तरिक पर्यटककै आगमनले भरिएका छन् । करिब तीनवर्ष कोरोना भाइरसका कारण सुनसान बनेको भक्तपुरका पर्यटकीय क्षेत्रमा बिदेशी भन्दा बढी स्वदेशी पर्यटकको आगमनले पर्यटकीय स्थल खचाखच भएपछि पर्यटन व्यवसायी उत्साहित भएका छन् । ============================================== -रमेश गिरी भक्तपुर, २ वैशाख : नयाँवर्ष २०८० को आगमनसंगै खुसी मनाउन र सूर्योदय हेर्नका लागि विगत तीनदेखि भक्तपुरका पर्यटकीय क्षेत्र नगरकोटदेखि रानीकोटसम्म होटलहरु विदेशी तथा स्वदेशी पर्यटकले खचाखच भएका छन् । नयाँवर्षको अवसरमा भक्तपुरको पर्यटकीय क्षेत्र नगरकोटदेखि रानीकोटसम्मका शतप्रतिशत होटलहरुहरु विगत तीनदिनदेखि आन्तरिक पर्यटककै आगमनले भरिएका छन् । करिब तीनवर्ष कोरोना भाइरसका कारण सुनसान बनेको भक्तपुरका पर्यटकीय क्षेत्रमा बिदेशी भन्दा बढी स्वदेशी पर्यटकको आगमनले पर्यटकीय स्थल खचाखच भएपछि पर्यटन व्यवसायी उत्साहित भएका छन् । नयाँ पर्यटकीय गन्तव्य बन्दै आएको सूर्यविनायक नगरपालिका ७ गुण्डु र ८ सिपाडोलको संगमस्थल ऐतिहासिक रानीकोटमा अधिकांश होटलहरु आन्तरिक पर्यटकले नै भरिएको पर्यटन व्यवसायी एवं भिलेज हाईल्याण्ड रिसोर्ट रानीकोटका सञ्चालक रामसुन्दर बकेँले बताउनु भयो । यहाँबाट बिहान देखिने सुन्दर हिमाली दृश्यसंगै सूर्योदयको झुल्को हेर्नेहरुको रात बस्नेदेखि बिहान आउने पर्यटकको भीड लागेको उहाँले बताउनु भयो । चैत मसान्तदेखि बैशाख ३ गतेसम्म होटल बुकिङ्ग भइसकेको र यहााका सबै होटलहरु आन्तरिक पर्यटकले भरिएको बताउनु भयो । नयाँवर्षका लागि दुई साता अगाडिदेखिनै यहाँका होटलहरु बुक भएका थिए । समुद्री सतहबाट २००० मिटर उचाइमा रहेको सूर्यविनायक र काभ्रेको पनौती नगरपालिकाको सिमानामा पर्ने रानीकोटबाट काठमाडौं उपत्यका र भक्तपुर नगर मात्र होइन, बिभिन्न हिमशृंखला समेत अवलोकन गर्न सकिन्छ । यहाँबाट सूर्योदयसंगै कञ्चनजंघा, मकालु, सगरमाथा, चोयु, सिसापाङमा, मनास्लु, अन्नपूर्ण, माछापुछ्रे, गौरीशंकर, धौलागिरि तथा लाङटाङजस्ता आठ हजार मिटरभन्दा अग्ला आठवटा हिमाल हेर्न सकिने भएकाले पछिल्लो समय रानीकोट पर्यटकीय गन्तव्य बन्न थालेको पर्यटन व्यवसायी बकेँले बताउनुभयो । होटल व्यवसायी बकेँ भन्नुहुन्छ–“रानीकोट ऐतिहासिक रुपले मात्र नभएर सुन्दर दृश्य अवलोकनका लागि पनि उपयुक्त स्थान हो, १२ महिना पर्यटकको आकर्षण बन्न थालेको रानीकोटबाट हेर्न सकिने हिमाली दृश्य र सूर्योदयले नयाँवर्षमा आन्तरिक पर्यटक खचाखच भएको छ । अबभने पर्यटन व्यबसाय पुन चलायमान हुने आशा पलाएको छ ।” होटल व्यवसायी तथा घ्याम्पेडाँडा रिसोर्टका सञ्चालक राजेन्द्र प्याथले घ्याम्पेडाँडा–रानीकोट पक्कि सडक नर्माण भएसँगै पर्यटकको आगमन ह्वात्तै बढेको बताउनु भयो । उहाँले सूर्यविनायक–रानीकोट–आशापुरी एवं सूर्यविनायक–रानीकोट–फुल्चोकी पदयात्राको रुट र रानीकोट, आशापुरी, बोकाचो गढीँ पर्यटकको रोजाईमा पर्न थालेपछि आन्तरिक पर्यटकको घुँइचो लाग्न थालेको बताउनु भयो । घ्याम्पेडाँडामा ३४ करोडको लगानीमा सञ्चालनमा आएको यस रिसोर्टमा आन्तरिक पर्यटकको चाप बढेको बताउदै यहाँबाट देखिने दृश्यावलोकनले पर्यटकलाई तानेको र एक रात बसेर रमाइलो गर्ने जोडीदेखि पारिवारिक जमघट हुने गरेको पर्यटन व्यवसायी प्याथले बताउनु भयो । पर्यटकको आगमन बढेपछि घ्याम्पेडाँडा रानीकोट क्षेत्रमा जीप लाइन सञ्चालनमा आएको छभने ठूला होटलहरु निर्माणको क्रम बढेको छ । निर्माण भइसकेको करिब १४ वटा होटलहरु आन्तरिक पर्यटकलेनै भरिन थालेका छन् । त्यस्तै भक्तपुरको अर्को पर्यटकीय गन्तव्य नगरकोटमा नयाँवर्षमा तीन दिन अगाडिदेखि नै होटलहरु खचाखच भएका छन् । नयाँ वर्षको पहिलो सूर्योदयलाई स्वागत गर्न नगरकोटमा एक रात बसेर सूर्योदय र हिमाली दृश्य हेरेर फर्कने पर्यटकहरुले यहाँका होटल खचाखच भएको पर्यटन व्यवसायी एवं होटल मेरिगोल्डका सञ्चालक गोकूल लामिछानेले बताउनु भयो । हरेक नयाँ वर्ष विदेशी पर्यटकले भरिने र स्वदेशीले पर्यटकले ठाउँ नपाउने अबस्था आउने गरे पनि कोरोना संक्रमण पछि भने आन्तरिक पर्यटकले नै यहाँका सबै होटल भरिदा होटल व्यबसायीहरु उत्साहित भएको उहाँले बताउनुभयो । “मैले होटल क्षेत्रमा काम गरेको २० वर्षको अबधीमा २०७७ को नयाँ वर्षमा सबै होटल सुनसान भए, ०७८ र ०८९ सालको नयाँ वर्षमा आन्तरिक पर्यटकको आगमनले अलिक राहत मिलेको थियो, ०८० को नयाँ वर्षमा भने आन्तरिक पर्यटकले नै होटलहरु भरिए, यसवर्ष विदेशी पर्यटक पनि आए ।” होटल व्यवसायी लामिछाने भन्नुहुन्छ । स्वदेशी पर्यटकको आकर्षण र आगमन बढेपछि ओरालो लागेको पर्यटन व्यबसायमा आशा पलाएको व्यवसायीहरु बताउछन् । पर्यटन व्यवसायी एवं नगरकोट बेस क्याम्पसका सञ्चालक अशोक थापाले एकरात बसेर फर्कनेका लागि नगरकोट निकै आकर्षक गन्तव्य बनेको बताउनु हुन्छ । केही वर्ष अगाडिसम्म नगरकोटका होटलहरु विदेशी पर्यटकका लागि मात्रै हुन् भन्ने भ्रम केही वर्ष यता चिरिएको बताउदै उहाँले नगरकोटको पर्यटक व्यवसाय केृही वर्ष यता आन्तरिक पर्यटकले धानेको बताउनु भयो । नेपालीहरुमा पनि एक रात गएर पारिवारिक रमाइलो गरौ भन्ने मानसिकता बढेकाले बिदा र शनिवार अधिकांश होटलहरुमा परिवार आएर बस्ने गरेको र नयाँ वर्षमा होटलहरु खचाखच भएको उहाँको भनाइ थियो । नगरकोट जाने सडक निर्माण पुरा भए पर्यटन व्यवसाय अझै फस्टाउने व्यसवायीहरुको भनाइ छ । --- # नयाँवर्षको अवसरमा सातौं भक्तपुर औद्योगिक, साँस्कृतिक तथा पर्यटन महोत्सव आयोजन Source: https://newskunda.com/archives/2670 Category: FEATURED NEWS, अर्थ, समाचार, समाज Last updated: 2023-03-25 भक्तपुर, ११ चैत : नयाँवर्ष २०८० साल एवं भक्तपुरमा मनाइने प्रसिद्ध बिस्केट जात्राको अवसरमा भक्तपुरमा ‘सातौं भक्तपुर औद्योगिक, साँस्कृतिक, पर्यटन तथा व्यापार महोत्सव’ को आयोजना हुने भएको छ । औद्योगिक शान्ति नेपाल संस्थाले आज भक्तपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा यसबारे जानकारी दिदै महोत्सवका संयोजक एवं जिल्ला खेलकुद विकास समिति भक्तपुरका अध्यक्ष दीपक थापाले यहीँ चैत २३ गतेदेखि बैशाख ३ गतेसम्म ११ दिने महोत्सवको आयोजना हुने भएको बताउनु भयो । औद्योगिक शान्ति नेपाल संस्था, मध्यपुर ब्वाईज व्याण्डकोे आयोजना एवं भक्तपुर जिल्ला खेलकुद विकास समितिको सहयोगमा हुन लागेको महोत्सवमा २०० वटा स्टल रहने उहाँले बताउनु भयो । पत्रकार सम्मेलनमा उहाँले भन्नुभयो, “ विगतका वर्षहरुमा झै यसवर्ष पनि हामीले भक्तपुर, काभ्रे, ललितपुर र काठमाडौं जिल्लामा बसोबास गर्दै आउनु भएका बिभिन्न जिल्लाका व्यक्तिलाई लक्षित गरि घरयासी सम्पूर्ण सामानहरु एकै ठाउँबाट सस्तो र सुलभ रुपमा उपलब्ध गराउने उद्देश्यले महोत्सवको आयोजन ागर्न लागेका हौ ।” भक्तपुरको सल्लाघारीस्थित नेपाल ट्रष्टको नाममा रहेको ९९ सय रोपनी जग्गामा पर्यटकीय क्षेत्र भक्तपुर आउने आन्तरिक तथा बाहय पर्यटकलाई लक्षित गरि आयोजना गर्न लागेको महोत्सवमा मानवीय जीवनमा दैनिक उपभोग हुने खाद्यान्न, बिभिन्न ब्राण्डका लत्ताकपडा, कृषि तथा हस्तकला, भाँडाकुडा, इलेक्ट्रिक तथा इलेक्ट्रोनिक्स, अटोमोवाईल, , विभिन्न ब्राण्डका मोवाईल, सवारी साधन, खेलौना, सौन्दर्य, राष्ट्रिय तथा स्थानीय खाना महोत्सवलगायतका सामाग्रीहरुको स्टल रहने उहाँले बताउनु भयो । पत्रकार सम्मेलनमा औद्योगिक शान्ति नेपाल संस्थाका अध्यक्ष सन्दीप महतले महोत्सवमा बिक्री हुने सामानहरुमा २० देखि ५० प्रतिशतसम्म छुट दिने व्यवस्था गरेको बताउनु भयो । उहाँले भन्नुभयो, “महोत्सवमा करिब पाँच लाख उपभोक्ताले अवलोकन गरि सेवा लिने अपेक्षा राखेका छौँ, यहाँ सबै स्टलबाट करिब १० देखि १२ करोड रुपैयाको कारोबार हुने अपेक्षा राखेका छौँ, यसवर्ष बिभिन्न व्यक्तितवहरुलाई नगदसहितको पुरस्कार एवं सम्मान गर्ने भएका छौँ ।” दैनिक सांगीतिक प्रस्तुती तथा बाल उद्यान : महोत्सवमा बालबालिकालाई लक्षित गरि बाल उद्यान, रोटेपिङ्ग, मारुती सर्कस, कोलम्बस, जादु, बिभिन्न खेल सामाग्रीका साथै दर्जनौं राष्ट्रिय स्तरका कलाकारहरुको सांगीतिक प्रस्तुती एवं हाँस्यव्यङ्यसहितका मनोरञ्जनात्मक प्रस्तुती रहने महतले जानकारी दिनुभयो । महोत्सवमा हरेक दिन बिभिन्न सांगीतिक व्याण्डको प्रस्तुति, नृत्य प्रतियोगिता, बि–बोईङ र चर्चित गायक गायिकाको प्रस्तुती दैनिक रहने उहाँले बताउनु भयो । महोत्सवमा भक्तपुरका मौलिक उत्पादन, काष्टकला, माटोको भाडा, पर्यटन प्रवर्दन गर्ने स्टलहरु निःशुल्क राखिने बताउदै उहाँले बैशाख ४ गते भने विशेष साँस्कृतिक कार्यक्रमको आयोजना गरिने संयोजक थापाले बताउनु भयो ।––– --- # नरक चतुर्दशी पर्व आज बिहान स्नान र यमदीप बगाएर मनाइयो Source: https://newskunda.com/archives/5563 Category: FEATURED NEWS, कला तथा साहित्य Last updated: 2026-11-08 **काठमाडौं ।** वैदिक सनातन हिन्दू धर्मावलम्बीले आज बिहान नरक चतुर्दशी पर्व परम्परागत विधिअनुसार मनाएका छन्। कार्तिक कृष्ण चतुर्दशीका दिन अरुणोदयकालअघि नदी, तलाउ, कुवा, पोखरी तथा धारामा गई स्नान गरेर यो पर्व मनाउने धार्मिक परम्परा छ। स्नानपछि सालको पातमा यमदीप बालेर दक्षिण दिशातर्फ फर्काई नदीमा बगाउने चलनसमेत रहेको छ। यसरी स्नान गर्ने र बत्ती बगाउने कार्यलाई नरक स्नान तथा नरक बगाउने भनिन्छ। बोलीचालीको भाषामा यसलाई ‘नरके नुहाएर बगाउने’ समेत भनिने धर्मशास्त्रविद् प्रा. तोयराज नेपालले जानकारी दिए। धार्मिक मान्यताअनुसार नरक चतुर्दशीका दिन विधिपूर्वक नरक स्नान गरी यमदीप बगाएमा नरकको दर्शन गर्नुनपर्ने विश्वास छ। यही धार्मिक विश्वासका कारण यस दिनलाई नरक चतुर्दशी भनिएको हो। धर्मशास्त्रविद् नेपालका अनुसार अरुणोदयकालअघि चतुर्दशी तिथि परेको समयमा नरक स्नान गरी बत्ती बालेर बगाउनुपर्ने शास्त्रीय विधान रहेकाले आज बिहानै यो पर्व मनाइएको हो। --- # नलिञ्चोकमा हेलिप्याड निर्माणमा स्थानीयको बिरोध Source: https://newskunda.com/archives/2110 Category: FEATURED NEWS, अर्थ, समाचार, समाज Last updated: 2022-09-13 भक्तपुर, २८ भदौ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको हवाई चापलाई घटाउन नागरिक उड्यान प्राधिकरणले भक्तपुरको नलिञ्चोकमा हेलिप्याड निर्माणको प्रक्रिया थालेपछि स्थानीय बिरोधमा उत्रिएका छन् । स्थानीयसँग कुनै सरोकारनै नराखी बस्तीको बीचमा हेलिप्याड निर्माण गर्न लागेको भन्दै आज जोरपाटी माध्यमिक विद्यालयको पुरोना भवनमा भेला भएका स्थानीयले बिरोध जनाएका हुन् । हेलिकोप्टर उडानलाई सूर्यविनायक नगरपालिका–१० नलिञ्चोक हवाई ग्राउण्डमा सार्ने निर्णय गर्दै प्राधिकरणले आफ्नो स्वामित्वमा रहेको ३२ रोपनी जग्गामा हेलिप्याड निर्माण कार्य सुरु भएपछि सूर्यविनायक वडा नं. ९ र १० का बासिन्दा बिरोधमा उत्रिएका हुन् । भेलामा स्थानीय मुरारी नगरकोटीले भन्नुभयो, “मानव बस्तीकोबीचमा हेलिप्याड निर्माण गर्दा यहाँ ध्वनी प्रदुषण हुने, कृषि तथा अन्नबालीमा असर पर्ने, स्वास्थ्यमा असर पर्न सक्ने, हावाको चापले दैनिक जनजीवनमा समस्या पर्ने र यहाँका विद्यालयका विद्यार्थीको पठनपाठनमा समस्या आउने भएपछि यहाँका बासिन्दाले बिरोध गरेका हुन् ।” गहिरो ठाउँमा रहेको र वपरिपरि पहाड तथा अग्ला संरचनाहरु रहेकाले र्दुटनाकोसमेत जोखिम रहेको उहाँले बताउनु भयो । स्थानीय बिक्रम थापा मानव बस्तीकोबीचमा मानवीय संवेदनाको बेवास्ता गर्दै स्थानीयसँग कुनै सल्लाह एवं सुझाब संकलन समेत नगरी हेलिप्याड निर्माण गर्न लागेकोमा स्थानीयको आपत्ति रहेको बताउनु भयो । “यत्रो निर्णय गर्दा प्राधिकरणले स्थानीय निकाय र यहाँका बसिन्दासँग छलफल गर्नु पथ्र्यो, त्यो भएन, सरकारकै नियमानुसार वातावरणीय प्रभाव मूल्यांकन (इआईए) गर्नु पथ्र्यो, त्यो गरेन,” उहाँले भन्नुभयो, “यहाँ एक किलोमिटर आसपासका क्षेत्रमा नौ वटा विद्यालयहरु सञ्चालनमा छन्, त्यहाँका विद्यार्थीहरुको पढाईमा प्रभाव पार्छ, स्थानीयलाई बेवास्ता गर्दै जबरजस्ती निर्माण गर्न खोज्नु गलत हो, हामी यो निर्णय मान्दैनौ ।” प्राधिकरणले अन्तर्राष्ट्रिय विमानस्थलको ट्राफिक चाप घटाउन हेलिकोप्टर सेवालाई भक्तपुर सार्ने निर्णय गर्दै हेलिप्याड निर्माणको काम अगाडि बढाएको हो । आन्तरिक र अन्तर्राष्ट्रियतर्फका व्यावसायिक उडानले ग्राउन्ड या आकाशमा होल्ड हुनुपर्ने समस्या सुधार गर्न र मनोरञ्जनात्मक चार्टर उडान समेत यहीँबाट गर्ने गरि प्राधिकरणले नलिञ्चोकमा हेलिप्याड निर्माण सुरु गरेको हो । प्राधिकरणले आगामी वर्षमानै हेलिप्याड सञ्चालनमा ल्याइसक्ने गरी ‘मिनि एयरपोर्ट’ का रुपमा काम अगाडि बढाएको छ । हाल सञ्चालनमा रहेका १० वटा कम्पनीका ३३ वटा हेलिकोप्टर यहाँ अवतरण गर्ने गरि हेरिप्याड निर्माणको प्रारम्भ गरिएको हो । स्थानीय पशुपति खत्रीले सरकारकै नियम मिचेर सुरु गरेको हेलिप्याड निर्माण प्रक्रिया नरोके स्थानीय प्रतिवादमा उत्रिने बताउनु भयो । उहाँले भन्नुभयो, “प्राधिकरणले निर्माणका लागि डोजर ल्याए पछि मात्रै स्थानीयले हेलिप्याड बन्दैछ भन्ने थाहा पायौँ, स्थानीय जनतालाई बाधा पर्ने गरि कुनै पनि निर्माण गर्न नपाइने सरकारकै नियम छ, त्यो नियमलाई प्राधिकरणले कसरी मिच्छ, निर्माण नरोके ५०० जनाको हस्ताक्षर लिएर सर्वोच्चमा रिट हाल्छौँ ।” प्राधिकरणले गोरखापत्रमा सूचना निकालेको सुने पनि यहाँका जनता त्यसको पहुँचमा नपुगेको भन्दै वडा कार्यालयमा सूचना टाँस्ने र वातावरणीय प्रभाव मूल्यांकन (इआईए) गर्न सार्वजनिक सुनुवाइ गर्नु पर्ने सरकारको नियमनै यहाँ पालना नगरी जनतालाई थाहै नदिई काम गरेको बताउनु भयो । स्थानीय जोरपाटी माध्यमिक विद्यालयका प्रधानाध्यापक हरिप्रसाद ढकालले गोरखापत्रमा सूचना आएको थाहा नभएको भन्दै विद्यालयको आँगनसँगै हेलिप्याड बनाउँदा यहाँका स्कुलका ६०० विद्यार्थीको पढाई बिग्रने बताउनु भयो । उहाँले यहाँका अन्य विद्यालयका विद्यार्थीको पढाईमा पनि प्रभावित हुने बताउनु भयो । वडा नं. १० का वडाध्यक्ष शिवराम राउतले हेलिप्याड निर्माणबारे प्राधिकरणले स्थानीय तहसँग कुनै समन्वय नगरेको बताउनु भयो । उहाँले भन्नुभयो, “स्थानीय निकाय र यहाँका बासिन्दासँग समन्वय गरेको छैन, यहाँका बासिन्दाले रोक्न माग गर्दै हस्ताक्षरसहितको ज्ञापन पत्र बुझाएका छन्, यसबारेमा मैले प्राधिकरणलाई जानकारी गराएको छु ।” प्राधिकरणले स्थानीयलाई जानकारी नगराउनु गल्ती भएको स्वीकारेको भन्दै आगामी दुई दिन भित्र स्थानीयसँग छलफल गर्न पत्राचार गर्ने जानकारी गराएको बताउनु उहाँले बताउनु भयो । स्थानीयसँग छलफल नगरी काम अगाडि नबढाउन भनेको उहाँकले बताउनु भयो । सूर्यविनायक नगरपालिका वडा नं. ९ का वडासचिव अच्युत खत्रीले स्थानीयले कानूनी प्रक्रियामा जानु पर्ने बताउदै अन्यथा समस्या आउने बताउनु भयो । भेलामा स्थानीय सुवास नगरकोटी, शेखर खत्री, सुरेश खत्री, राजकुमार खत्री, सुरेश खत्री, कृष्ण खत्रीलगायतले कुनै हालतमा हेलिप्याड निर्माण गर्न नहुने निष्कर्षमा पुग्नु पर्ने बताउनु भयो । रु. १५ करोडको लागतमा एक वर्षमा हेलिप्याड निर्माण गर्ने गरि उमा एण्ड कम्पनीलाई ठेक्का परेपछि निर्माण कार्य अगाडि बढाउन शिलान्यास समेत भइसकेको छ । निर्माण सम्पन्न भएपछि हेलिप्याड स्थानान्तरण गरिने र नेपाली सेना, नेपाल वायुसेवा र हिमालय एयरलाइन्सका लागि ह्याङ्गर हब विस्तार समेत बिस्तार गरिने छ । प्राधिकरणका अनुसार पहिलो चरणमा हेलिप्याड निर्माणका लागि १५ करोड र दोस्रो चरणमा भवनलगायतका संरचना निर्माणका लागि १५ करोड रुपैयाँ गरि प्राधिकरणले रु. ३० करोड खर्च गर्ने भएको छ । हेलिप्याड एरियामा इन्धनका लागि एउटा स्थायी ट्याङ्की, फायर फाइटिङका लागि आवश्यक छुट्टै कक्ष, यात्रुका लागि सानो टर्मिनल भवन, हेलिकोप्टर कम्पनीहरुका लागि कार्यालय, कन्फेक्सनरी सप, मर्मत सम्भारका लागि ह्याङर लगायतका संरचनाहरु निर्माण गरिने छ । हाल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सिम्रिक, एयर डाइनेष्टी, कैलाश, मुस्ताङ, मनाङ, हेली एभरेष्ट, श्री, प्रभु, अल्टिच्युड, माउन्टेन, फिस्टेल लगायत कम्पनीका हेलिकोप्टरहरु सञ्चालनमा छन् । --- # नवदुर्गा नाच प्रशिक्षण तालिम घरको पुनर्निर्माण हुने Source: https://newskunda.com/archives/5157 Category: FEATURED NEWS, अर्थ, कला तथा साहित्य, धर्म/संस्कृति, राजनीति, समाचार Last updated: 2026-10-26 भक्तपुर, ९ कात्तिक : प्रत्येक वर्ष बडादसैँमा राष्ट्रप्रमुख (राष्ट्रपति) सवारी हुने भक्तपुरको नवदुर्गा मन्दिरका देवगण नाच्ने अःखः (नवदुर्गा नाच प्रशिक्षण तालिम घर)को पुनर्निर्माण हुने भएको छ । नवदुर्गा नाचको प्रशिक्षण सञ्चालन गर्न भक्तपुर नगरपालिका–७ नासःचाः मन्दिर पछाडिपट्टिको अःखः (नवदुर्गा नाच नित्य प्रशिक्षण तालिम घर) पुनर्निर्माण हुने भएको हो । श्री नवदुर्गा देवगण जात्रा तथा मन्दिर व्यवस्थापन समितिका अध्यक्ष बालगोपाल बनमालाले भक्तपुर नगरपालिकाको बजेटबाट तालिम घर पुनर्निर्माण हुन लागेको जानकारी गराउनुभयो । करिब रु २० लाखको लागतमा तालिम घर पुनर्निर्माण सम्पन्न गर्ने जानकारी उहाँले दिनुभयो । त्यसका लागि उपभोक्ता समिति पनि गठन भइसकेको जानकारी उहाँले गराउनुभयो । भक्तपुर नगरपालिका–७ का वडाअध्यक्ष उकेश कवांले मल्लकालभन्दा अघिदेखि सञ्चालन हुँदै आएको नवदुर्गा देवगण जात्रा मानव समाजलाई दिशाबोध गर्ने महत्त्वपूर्ण सांस्कृतिक परम्परा भएकाले नवदुर्गा देवगण जात्राको संरक्षण र संवर्द्धनका लागि भक्तपुर नगरपालिका सधैँ तत्पर रहेको बताउनुभयो । उहाँले नवदुर्गा नाचका लागि निर्माण हुने तालिम घरको निर्माण सम्पन्न भएपछि त्यसको संरक्षण र सदुपयोगमा देवगणहरूको महत्वपूर्ण भूमिका हुनुपर्ने धारणा राख्नुभयो । समुदायमा आधारित संस्कृति भएकाले नगरवासीको श्रद्धा, गोप्य तान्त्रिक पूजा तथा संस्कृतिलाई देवगणहरूले सभ्य र भव्य रूपमा जात्राका माध्यमबाट निरन्तरता दिनुपर्नेमा उहाँले जोड दिनुभयो । उहाँले नवदुर्गा देवगण जात्रासम्बन्धी अभिलेख तयार गरी प्रकाशन गर्नाका साथै पुस्तकालय स्थापना गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो । भक्तपुर नगरपालिकाले सम्पदा संरक्षण र सांस्कृतिक पहिचानलाई प्राथमिकतामा राख्दै विभिन्न क्षेत्रमा काम गरिरहेको बताउँदै अध्यक्ष कवांले ऐतिहासिक पृष्ठभूमि बोकेको भक्तपुरलाई सभ्य र व्यवस्थित सहरका रूपमा विकास गरिँदै आएको उल्लेख गर्नुभयो । अष्टमातृका देवगणका मठमन्दिरबाट घेरिएको भक्तपुर ऐतिहासिक सहर भएकाले यसको सांस्कृतिक सम्पदा संरक्षणमा सबैको भूमिका महत्वपूर्ण रहेको उहाँले बताउनुभयो । नवदुर्गा मन्दिर रहेको भक्तपुर नगरपालिका–९ का वडाअध्यक्ष रवीन्द्र ज्याख्वले नवदुर्गा जात्रा सभ्य संस्कृति तथा मानव समाजकै पहिचान भएको बताउनुभयो । उहाँले नेपालकै लामो सांस्कृतिक धरोहरका रूपमा रहेको नवदुर्गा जात्राको संरक्षणमा बनमाला तथा उजाजुहरूको ठूलो योगदान रहेको उल्लेख गर्नुभयो । भक्तपुरको कला तथा संस्कृति संरक्षणमा भक्तपुर नगरपालिका नेपालकै पहिलो नगरका रूपमा अघि बढिरहेको उहाँले दाबी गर्नुभयो । संस्थाका वरिष्ठ सल्लाहकार नारायणमान बनमालाले देवगण जात्रा र यसको महत्वबारे चर्चा गर्दै देवगणहरू सचेत र सङ्गठित भएर जात्राको संरक्षण गर्नुपर्ने बताउनुभयो । उहाँले लोभ–लालचमा परी आफ्नो मौलिक अस्तित्व गुमाउने गतिविधिप्रति सचेत हुनुपर्नेमा जोड दिनुभयो । --- # नवदुर्गासंग जोड्दै नेवार समुदायले उल्लासमय पर्वका रुपमा मनाए मोहनी नख : Source: https://newskunda.com/archives/4955 Category: FEATURED NEWS, अर्थ, धर्म/संस्कृति, राजनीति, समाचार, समाज Last updated: 2026-10-21 भक्तपुर, ४ कात्तिक : भक्तपुरका नेवार समुदायले आज मोहनी नखः मनाएका छन् । विजयादशमीको दिन आज मान्यजनको हातबाट मोहनी सिः न अर्थात कालो टीका, राटो टीका, जमरा ग्रहण गरि मोहनी नःख मनाएका हुन् । यहाँका नेवार समुदायले नवदुर्गा भवानीको पुजा गर्ने क्रममा महानवमीको दिनमा घरघरमा पालामा दियो वालेर त्यसको माथिवाट अर्को पालाले छोपेर पालामा जम्मा भएको कालो ध्वाँसोलाई नै मोहनी सिःनं (कालो टीका) बनाएका हुन्छन् । विजयादशमीको दिन बल र विजयीको प्रतिकको रुपमा रातो अक्षता, जमरा, र निधारको बीचमा मोहनी सिः नं. अर्थात कालो टीका लगाएर दशै मोहिनी नखः मनाएको भक्तपुरका संस्कृतकर्मी प्रकाश कायस्थले जानकारी दिनुभयो । असत्य माथि सत्यको विजय उत्सव अर्थात आजको दिन त्रिपुरा सुन्दरी भगवती प्रकट भई महिषासुर देत्यलाई मोहनी लगाई लठ्याएर बध गरेको दिनको रुपमा समेत लिने गरेको उहाँले जानकारी दिनुभयो । मोहनी सिःनं लाई तान्त्रिक शक्ति, मोहनी शक्तिको रुपमा समेत लिने परम्परा रहेको आज बिहान टीकाको शुभाइतमा घरघरमा कालो टीका अर्थात मोहनी सिः नं लगाए पछि घरघरबाट ब्रम्हायणी मन्दिरमा पुजा लिएर दर्शन गर्न जाने परम्परा अनुसार आज दिनभर र रातीसम्म भक्तपुरको व्रम्हायणी मन्दिरमा भव्य मेला लागेको छ । ब्रम्हायणी मन्दिरमा हजारौ दर्शनार्थीहरुले आज बाजागाजा सहित शक्ति पिठको रुपमा रहेको व्रम्हायणी देवीको रुपमा पूजा एवं दर्शन गर्ने जानकारी दिदै उहाँले कालो टीकालाई धार्मिक, संस्कृति र तान्त्रिक शक्तिको रुपमा नेवार समुदायले ग्रहण गर्ने गरेको संस्कृतिविद कायस्थले जानकारी दिनुभयो । आज मध्यराती तलेजुमा खड्ग जात्रा सम्पन्न भएपछि मात्रै मोहनी नखः सम्पन्न हुने उहाँले जानकारी दिनुभयो । राती ब्रम्हायणीबाट नवदुर्गा देवगण तलेजु आएर नवदुर्गाको दिदी तलेजुलाई ढोग गरि मन्त्र सिद्ध गरेपछि नवदुर्गा र खड्ग जात्रा गरि तलेजुलाई बोकेर भव्य जात्रा गरि तलेजुको बाहन सेतो घोडालाई पछि लगाउँदै नगरपालिका परिक्रमा गरेपछि मोहनी नखः सम्पन्न हुने उहाँले जानकारी दिनुभयो । मोहनी नखः कहिलेबाट सुरु भयो भन्ने यकिन तथ्य भने छैन । दशैंमा अवसरमा खड्गयात्रा (पायाः) को चलन भएकाले यसको थिति नेपालमा तन्त्रयानको प्रादुर्भाव भएदेखि सुरु भएको मान्यता रहदै आएको छ । मोहनीको मुख्य विशेषता भनेकै मोहनी सिन्हः हो । मोहनीका बेला नेवारहरू निम्तो आएको ठाउँमा ‘नखत्या’ (छोरीचेलीलाई बोलाउने) जाने चलन छ । राजा हरिसिंहदेवले नेपाल संवत् ४४४ मा भारतबाट नेपालमा तलेजु भवानीलाई लिएर आएदेखि मोहनी नखः मनाउन थालिएको भन्ने भनाइ पनि रहदै आएको छ । त्यसो त बौद्ध धर्मावलम्बीहरुले पनि मोहनी नखः फरक महत्वका साथ मनाउने गरेका छन् । --- # नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहले पद तथा गोपनीयताको शपथ Source: https://newskunda.com/archives/3512 Category: FEATURED NEWS, राजनीति, समाचार, समाज Last updated: 2026-03-27 काठमाडौँ, १३ चैत । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहले पद तथा गोपनीयताको शपथ लिनुभएको छ । राष्ट्रपति पौडेलले राष्ट्रपतिको कार्यालयमा आज आयोजित विशेष समारोहमा राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का संसदीय दलका नेता शाहलाई शपथ गराउनुभएको हो । राष्ट्रपति पौडेलले आजै बिहान उहाँलाई नेपालको संविधानको धारा, ७६ को उपधारा ९१० बमोजिम प्रधानमन्त्री पदमा नियुक्त गर्नुभएको थियो । समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत, राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाल, निवर्तमानप्रधानमन्त्री सुशीला कार्की र पूर्व प्रधानमन्त्रीहरु उपस्थित हुनुहुन्थ्यो । समारोहमा संवैधानिक निकायका प्रमुख, सरकारका विशिष्ट श्रेणीका अधिकृत, सुरक्षा निकायका प्रमुख, यहाँस्थित विभिन्न कूटनीतिक नियोगका पदाधिकारीलगायत उपस्थित हुनुहुन्थ्यो । प्रधानमन्त्रीको शपथ पहिलोपटक वैदिक–सनातन परम्परा झल्किने गरी गरिएको थियो । समारोहमा सात शङ्खबाट शङ्खनादसँगै १०८ जना वटुकले स्वस्ति–शान्ति वाचन र १०८ बौद्ध भिक्षु लामाले शुभ–मङ्गल पाठ गर्नुभएको थियो । रास्वपा वरिष्ठ नेता शाहलाई बिहीबार सो पार्टीले संसदीय दलका नेतामा सर्वसम्मत चयन गरेको थियो । ––– --- # नवरात्रको दोस्रो दिन गरियो ब्रह्मचारिणी देवीको पूजा आराधना Source: https://newskunda.com/archives/2276 Category: FEATURED NEWS, जीवन शैली, धर्म/संस्कृति, समाचार, समाज Last updated: 2022-09-27 काठमाडौँ, ११ असोज : नवरात्रको दोस्रो दिन दसैँ घर वा पूजा कोठामा नौ दुर्गामध्येकी दोस्रो ब्रह्मचारिणी देवीको पूजा आराधना गरिएको छ । नवरात्रको पहिलो दिन सोमबार दसैँ घर वा पूजा कोठामा वैदिक विधिपूर्वक घटस्थापना गरी जौको जमरा राखिएको थियो । त्यसै दिन घटस्थापना गरिएको स्थानमा नौ दुर्गामध्येकी पहिलो देवी शैलपुत्रीको आह्वान गरी विधिपूर्वक पूजा आराधना गरिएको थियो । दोस्रो दिन आज पूजा स्थलमा ब्रह्मचारिणी देवीलाई आह्वान गरी विधिपूर्वक पूजा आराधना गरिएको छ । नवरात्रका नौ दिन घटस्थापना गरिएको स्थलमा दुर्गा सप्तशती (चण्डी), श्रीमद्देवीभागवतलगायत देवी स्तोत्र पाठसमेत गरिन्छ । नवरात्रका अवसरमा देवीको आराधना गरी पूजा गरेमा शक्ति, ऐश्वर्य र विद्या प्राप्त हुने धार्मिक विश्वास छ । यसै आधारमा वैदिक सनातन धर्मावलम्बीले प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म दुर्गा देवीको विशेष आराधना गर्छन् । नौ दिनसम्म पूजा आराधना गरेको प्रसाद विजयादशमीदेखि कोजाग्रत पूर्णिमाका दिनसम्म लगाइन्छ । संसारका मुमुक्षु प्राणीलाई सच्चिदाननद स्वरूप ब्रह्मको बोध गराउनका लागि निरन्तर लागिरहने मान्यतामा नवदुर्गामध्येको दोस्रो देवीलाई ब्रह्मचारिणी भनिएको हो । ब्रह्मचारिणीको हातमा कमल, अक्षमाला र कमण्डलु बनाइनुपर्छ भन्ने विधान छ । --- # नवौँ पटक जिब्रो छेडेर टोलटोल घुमे बुद्धकृष्ण Source: https://newskunda.com/archives/406 Category: FEATURED NEWS, कला तथा साहित्य, जीवन शैली, समाचार Last updated: 2022-04-15 भक्तपुर, २ बैशाख : मध्यान्ह १२ बजेदेखि नै मध्यपुरथिमिको बोडे क्षेत्रमा मान्छेहरुको भीड बढ्दै गयो । हेर्दाहेर्दै मध्यपुरथिमि नगरपालिका बोडेको पाँचो गणेशको दक्षिण फर्केको पाटी आसपासदेखि बोडेको अधिकांश क्षेत्रमा मानिसहरुको भीड बढ्दै गयो । बिस्केट जात्रामा मनाइने मध्यपुरथिमि बोडेको प्रसिद्ध जिब्रो छेड्ने जात्रा हेर्न एकैछिनमा मानिसहरु खचाखच भए । बासको चिम्टी बजाउँदै एकहुल मानिसहरु हातको साङ्लो बनाएर आए, सबैको ध्यान त्यतै केन्द्रित भयो, बिचमा जिब्रो छेड्न तयार भएर बोडेका सबै देवीदेवताको मन्दिरमा पुगेर पुजा गर्दै आईपुगे ४९ वर्षीय बुद्धकृष्ण वागश्रेष्ठ । बोडेका बासिन्दाले उहाँको जयजयकार गरे । पाँचो गणेशको दक्षिण फर्केको पाटीमा बनाईएको मञ्चमा उक्लिए पछि कर्मी नाईकेहरुले वरिपरि अक्षता फूल छर्किएर देवीदेवतालाई सम्झदै धूप बत्ति बालेपछि एक महिनाअघि तयार पारी तेलमा डुबाइराखेको १० ईन्च लामो फलामको सुइरोले हजारौ मानिसहरूकै अगाडि वागश्रेष्ठको जिब्रो छेडियो । त्यसपछि उहाँले सबैलाई नमस्कार र अभिभावदन गरेपछि चन्द्राँकारकोे भ्वाय् अर्थात महाद्विप बोकेर निस्किए बुद्धकृष्ण । महाद्विप बोकेर करिब पौने एकघण्टासम्म बोडेको टोलटोल घुमेर पुनः भाँगु टोलमा पुगेर महालक्ष्मी मन्दिर भित्र प्रवेश गरेपछि सुईरो निकालेर मन्दिरमा ठोके पछि आज मनाइएको जिब्रो छेड्ने जात्रा सम्पन्न भयो । मध्यपुरथिमि नगरपालिकाले सञ्चालन गरेको नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालमा लामो समयदेखि एम्बुलेन्स चालकको रुपमा कार्यरत बुद्धकृष्णले अन्तिम पटक भन्दै यसवर्ष नवौँ पटक जिब्रो छेडेर जात्रालाई निरन्तरता दिलाएका छन् । चैत मसान्तको दिन बोडे महालक्ष्मी मन्दिर प्राङ्गणमा लिङ्गो उठाएपछि जिब्रो छेड्ने व्यक्तिले निराहार ब्रत बसेर आज जिब्रो छेडेपछि जिब्रोको घाउमा महालक्ष्मी मन्दिरको माटो झिकेर लाएर जिब्रो छेड्ने व्यक्तिले नाट्यश्वरको पूजा गरेका थिए । प्वाल भएको जिब्रोमा महालक्ष्मीको माटो लगाए घाउ निको हुने र त्यसमा अन्य औषधि लाउनु नपर्ने श्रेष्ठले बताउनुभयो । परम्परादेखि चल्दै आएकोे जिब्रो छेड्ने जात्रालाई लोप हुनबाट जोगाउन यसवर्ष नवौ पटक आफूले बिज्रो छेडेको उहाँले बताउनुभयो । यो आफ्नो अन्तिम पटक भएकाले अर्को साल जिब्रो छेडेर जात्रालाई नियमित सञ्चालन गर्न युवा पुस्तालाई तयारीमा रहन उहाँले आग्रह गर्नु भयो । यसअघि २०६१ सालदेखि ०६४ सालसम्म जिब्रो छेडेको उहाँले आमाको निधन पछि बोडेको जुजुभाई बाँसश्रेष्ठले ०६५ देखि ०७२ सालसम्म जिब्रो छेड्ेर यो जात्रालाई निरन्तरता दिनुभयो । २०७६ सालमा पुन ः जिब्रो छेड्नु भएका बुद्धकृष्णले २०७७ सालमा लकडाउनका कारण जात्रा हुन नसक्दा जात्रा रोकिएको र २०७८ सालमा पुन आठौँ पटक जिब्रो छेड्नु भएको थियो । यस वर्ष जिब्रो छेडेर उहाँले नवौँ पटक पुर्याउनु भएको हो । २०६० सालसम्म उहाँकै दाजू कृष्णचन्द्र वागश्रेष्ठले १२ वर्षसम्म निरन्तर रुपमा जिब्रो छेडेर जात्रा चलाईएको थियो । मध्यपुरथिमिका नगर प्रमुख मदनसुन्दर श्रेष्ठले जात्रालाई निरन्तर रुपमा सञ्चालन गर्न नगरपालिकाले बजेटको व्यबस्थापन गरेको बताउनु भयो । जात्रा हेर्दै उहाँले भन्नुभयो, “जिब्रो छेड्ने ठाउँ साँघुरो भएपछि जग्गा खरिद गरेर नयाँ पाटी बनाएर यसवर्ष जिब्रो छेडाएका छौँ यो जात्रालाई सहज बनाउन आथिएक व्यबस्थापन गरेका छौँ, अब नयाँ पुस्ताले जात्रालाई निरन्तरता दिनु पर्छ ।” जात्राको किम्बदन्ती अनुसार प्राचीनकालमा बोडेमा नीलबाराहीको दायाँबायाँ बस्ने भूत–प्रेत, पिशाच, ख्याक तथा कङ्कालले बोडेका मानिसलाई धेरै दुःख दिने गरेपछि तान्त्रिक भीमदत्त कर्माचार्यले तान्त्रिक विद्याले थापेको पासोमा त्यसलाई पारेर कपाल काटे, लुगा फुकाले र लामो सियो जबर्जस्ती जिब्रोमा घुसारी भाग्न नपाओस् भनी घँुघरु बाँधिदिए बलेको महाद्वीप काठको गहुङ्गो भारी बोकाएर बोडे घुमाए । कष्ट सहन नसकी पिशाचले आपूmलाई छाडिदिए जुनसुकै वाचा गर्ने बताएपछि भीमदत्तले अब उप्रान्त बोडे देशमा दुःख नदिने, बोडेमा रोग, अनिकाल, अनावृष्टि,अतिवृष्टि, महाभूकम्प हुन नदिने, धर्मको चेष्टा बढाउने र बोडेवासीले भनेझैँ सातवर्षसम्म सोही दिन जिब्रो छेड्न आउनुपर्ने वाचा गराई छाडिदिएको किंबदन्ती छ । एक रात सपनामा नीलबाराहीले आफ्नो द्वारपाललाई अपमानित गरेकाले भीमदत्तलाई बाँकी नराख्ने भनी आक्रोश व्यक्त गरेपछि पछुतो मान्दै भीमदत्तले जिब्रो छेड्नु अगाडि क्षमा पूजा गर्ने चलन चलाए, जुन अहिलेसम्म पनि कायमै छ । तर यो कथनलाई मान्न तयार छैनन्, बुद्धकृष्ण । उहाँ भन्नुहुन्छ, “यो जात्रा नील बाराही देवीको प्रतिष्ठासँग जोडिएको छ, जिब्रो छेड्ने व्यक्ति भूत, पिसाच कोही नभई नील बाराहीका देव गण हुन् तर यहाँका केही व्यक्तिले भनेको भन्दै पत्रकारले जिब्रो छेड्ने व्यक्तिलाई ख्याक र राक्षससँग जोडेर प्रचार गर्दा परम्पराको बदनाम भएको छ, त्यसैले पनि युवा पुस्ता जिब्रो छेड्न तयार छैनन्, जिब्रो छेड्ने व्यक्ति ख्याक वा राक्षर होइनन्, देवगण हुन् यो सबैलाई बुझाइदिनु पर्यो ।” --- # नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता : प्रदेशमा खोटाङलाई ११ वटा स्वर्ण पदक Source: https://newskunda.com/archives/2228 Category: FEATURED NEWS, खेलकुद, समाचार Last updated: 2022-09-24 खोटाङ, ८ असोज : नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत प्रदेशस्तरीय प्रतिस्पर्धामा खोटाङले ११ स्वर्ण पदक जितेको छ । गत भदौ २९ देखि असोज ८ गतेसम्म १ नं प्रदेशका विभिन्न जिल्लामा सञ्चालन भएको प्रतियोगितामा खोटाङका लागि सितोरियो करातेमा छ, पौडीमा दुई, बक्सिङ, शारीरिक सुगठन र भारोत्तलनमा एक–एकवटा स्वर्ण पदक प्राप्त भएको हो । सितोरियो करातेतर्फ महिला समूह काँतामा समिता राई, विद्याकला राई र रोश्मा राईले एक स्वर्ण पदक जितेका छन् । महिला टिम कुमुतेमा विद्याकला राई, कञ्चन नेपाली र सञ्जिता राईले स्वर्ण पदक जितेका छन् । यस्तै कुमुतेतर्फ ५५ किलो समूहमा विद्याकला राई, ६१ किलो समूहमा कञ्चन नेपाली, ६८ किलोभन्दा माथिको तौल समूहमा मिसडोना राई र ७५ किलो तौल समूहमा रुरिहाङ राईले स्वर्ण पदक जितेका छन् । सितोरियो करातेमा खोटाङका २९ खेलाडीले प्रदेशस्तरीय खेलकुद प्रतियोगितामा प्रतिस्पर्धा गरेका थिए । पौडीमा जिल्लाबाट पहिलोपटक खेलाडी सहभागी गराउन पाएको खोटाङले पहिलोपटक नै दुई स्वर्ण पदक प्राप्त गरेको छ । पौडीमा क्रिस राईले खोटाङलाई फ्रिस्टाइलमा एक र ब्रेष्टओमा एकवटा स्वर्ण पदक दिलाएको हो । भारोत्तलनमा ज्योति थापाले एक स्वर्ण जितेको जिल्ला खेलकुद विकास समितिका प्रमुख लिलाभक्त केसीले जानकारी दिनुभयो । शारीरिक सुगठनमा देवराज पराजुली र बक्सिङमा फुर्देन शेर्पाले स्वर्ण पदक जितेका छन् । प्रदेशमा स्वर्ण पदक विजेताले नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा प्रतिस्पर्धा गर्न पाउने छन् । स्वर्ण पदक नजिते पनि एथ्लेटिक्सकी दीर्पा बस्नेत, इन्दिरा श्रेष्ठ र गणेश बस्नेत तथा भलिबलमा रोशन विश्वकर्मा तथा प्रविण कटवाल पनि राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि छनोटमा परेका छन् । यस्तै महिला भलिबलतर्फ बिनिता राई र शिखा कोयीले पनि राष्ट्रिय खेलकुद प्रतियोगितामा खेल्ने अवसर पाएका छन् । प्रदेशस्तरीय प्रतियोगितामा खोटाङबाट सितोरियो कराते, फुटबल, भलिबल, एथ्लेटिक्स, ब्याडमिन्टन, उसु, तेक्वान्दो, बक्सिङ, बुद्धिचाल, टेबलटेनिस, शारीरिक सुगठन, पौडी, भारोत्तलन र सफ्ट टेनिसका गरी एक सय ५८ खेलाडीले प्रतिस्पर्धा गरेका थिए । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता यही असोज २८ देखि कातिक ३ गतेसम्म पोखरामा सञ्चालन हुने जनाइएको छ । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा खोटाङका १७ खेलाडी सहभागी हुने जिल्ला खेलकुद विकास समितिले जनाएको छ । यसैबीच सितोरियो कराते खोटाङका प्रमुख प्रशिक्षक एवं अन्तर्राष्ट्रिय रेफ्री बिचारी तामाङले नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको प्रदेश र राष्ट्रिय प्रतियोगिताका पदक विजेता खेलाडीलाई नगद पुरस्कार दिने घोषणा गर्नुभएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ मुडे घर भएका कराते प्रशिक्षक एवं अन्तर्राष्ट्रिय रेफ्री तामाङले सितोरियो करातेतर्फको प्रदेश तथा राष्ट्रिय खेलकुद प्रतियोगिताका पदक विजेता खेलाडीलाई नगद पुरस्कार दिने घोषणा गर्नुभएको हो । प्रदेशस्तरीय प्रतिस्पर्धामा प्रथम, दोस्रो र तेस्रो स्थान प्राप्त गर्ने खेलाडीलाई जनही क्रमशः रु पाँच हजार, तीन हजार र दुई हजार तथा राष्ट्रिय प्रतियोगितामा प्रथम, दोस्रो र तेस्रो स्थान प्राप्त गर्ने खेलाडीलाई क्रमशः जनही रु २५ हजार पाँच सय ५५, रु १५ हजार पाँच सय ५५ र रु ११ हजार एक सय ११ प्रदान गर्ने घोषणा गर्नुभएको छ । सितोरियो कराते खेलाडीको मनोबल बढाउन र खेल क्षेत्रको प्रवद्र्धनका लागि पदक विजेता खेलाडीलाई व्यक्तिगतरूपमा नगद पुरस्कार दिने घोषणा गरेको तामाङले बताउनुभयो । --- # नवौँ राष्ट्रिय खेलकुदका लागि बैतडीमा खेलाडीको आवेदन खुल्ला Source: https://newskunda.com/archives/1637 Category: FEATURED NEWS, खेलकुद, समाचार Last updated: 2022-08-04 बैतडी, १९ साउन : आगामी असोजमा हुने नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि बैतडीबाट सहभागी हुने खेलाडीको आवेदन खुल्ला गरिएको छ । उक्त प्रतियोगितामा सहभागी हुन चाहने इच्छुक महिला र पुरुष खेलाडीका लागि आवेदन खुल्ला गरिएको हो । उक्त प्रतियोगिताको लागि जिल्लास्तरीय प्रतियोगिता तथा प्रदेशस्तरीय छनोटका लागि खेलाडीको आवेदन खुल्ला गरिएको जिल्ला खेलकुद समितिका प्रमुख तर्कराज जोशीले जानकारी दिनुभयो । सहभागी हुन चाहने खेलाडीले उक्त प्रतियोगिता सञ्चालन निर्देशिका २०७९ को अनुसूची १ बमोजिम दर्ता फारम भर्नुपर्नेे छ । फारम भरेर यही साउन २९ गतेभित्र जिल्ला खेलकुद समितिमा दर्ता गराउनुपर्नेछ । उक्त प्रतियोगिताका लागि विभिन्न १२ खेलमा खेलाडी छनोट गरिनेछ । जसमा भलिबल, क्रिक्रेट, कवड्डी, एथ्लेटिक्स, टेबलटेनिस, कराँते, तेक्वान्दो, बक्सिङ, फुल कन्ट्याक्ट कराँते, बुद्धिचाल र फुटबल रहेका छन् । जिल्लास्तरीय छनोट प्रतियोगिता आगामी भदौमा हुने जनाइएको छ । राष्ट्रिय खेलकुद परिषद्को आयोजनामा नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता आगामी असोज २८ देखि कात्तिक ३ गतेसम्म गण्डकी प्रदेशको पोखरामा हुने तय भएको छ । --- # नागरिकता विधेयक जस्ताको त्यस्तै पारित, अब के हुन्छ ? Source: https://newskunda.com/archives/1720 Category: FEATURED NEWS, राजनीति, समाचार, समाज Last updated: 2022-08-18 काठमाडौँ, २ भदौ : राष्ट्रपति विद्यादेवी भण्डारीले सन्देशसहित फिर्ता पठाउनुभएको नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयकलाई प्रतिनिधिसभाले जस्ताको तस्तै पारित गरेको छ । प्रतिनिधिसभाको आजको बैठकमा सो विधेयकमाथि भएको छलफलमा सांसदहरुले पक्ष र विपक्षमा आफ्ना धारणा राख्नुभएको थियो । प्रमुख प्रतिपक्षी दल नेकपा ९एमाले० को मागबमोजिम विधेयक पारित गर्नका लागि मतदान भएको थियो । बैठकमा उपस्थित १९५ सांसदमध्ये उक्त विधेयक पारित गर्ने पक्षमा १३५ र यथास्थितिमा विधेयक पारित गर्न नहुने पक्षमा ६० मत परेको थियो भने मत दिन्न भन्ने पक्षमा कुनै पनि मत परेन । यसअघि, उक्त विधेयक प्रतिनिधिसभा र राष्ट्रियसभाबाट पारित गरी गत साउन १६ गते प्रमाणीकरणका लागि राष्ट्रपतिसमक्ष पठाइएको थियो । राष्ट्रपतिले नेपालको संविधानबमोजिम सङ्घीय संसद्बाट पुनःविचार हुन आवश्यक देखिएको उल्लेख गर्दै आठ बुँदासहित साउन २९ गते संसद्मा फिर्ता पठाउनुभएको थियो । प्रतिनिधिसभाबाट पुनः पारित उक्त विधेयक अब राष्ट्रियसभामा पठाइने छ । राष्ट्रियसभाको यही भदौ ६ गते बस्ने पहिलो बैठकमा राष्ट्रपतिको विधेयकमाथि पुनःविचार गरियोस् भन्ने सन्देश टेबल हुने सङ्घीय संसद्का प्रवक्ता डा रोजनाथ पाण्डेले जानकारी दिनुभयो । त्यसपछिको बैठकमा प्रतिनिधिसभाबाट प्राप्त विधेयकसम्बन्धी सन्देश टेबल गरिन्छ र सो विधेयकमाथिको छलफल प्रक्रिया प्रारम्भ हुने उहाँले बताउनुभयो । राष्ट्रियसभामा छलफल भई विधेयक पारित भएपछि सन्देशसहित प्रतिनिधिसभामा पठाइने र सभामुखले प्रमाणित गरी प्रमाणीकरणका लागि पुनः राष्ट्रपतिसमक्ष पठाइने छ । पहिलो पटक पुनःविचार गर्नका लागि राष्ट्रपतिले नागरिकता विधेयकलाई सङ्घीय संसद् ९प्रतिनिधिसभा र राष्ट्रियसभा०मा फिर्ता पठाए पनि अब पुनःविचारका लागि ठाउँ नभएको र विधेयकलाई प्रमाणीकरण गर्नुपर्ने संवैधानिक व्यवस्था रहेको छ । वरिष्ठ अविधक्ता तथा संविधानविद् डा चन्द्रकान्त ज्ञवालीका अनुसार दुवै सदनबाट पारित भएर राष्ट्रपतिसमक्ष पेश भएपछि प्रमाणीकरण गर्नुपर्ने संवैधानिक व्यवस्था छ । “नेपालको संविधानमा एकपटक राष्ट्रपतिले कुनै विधेयक संशोधन गर्नुपर्ने भएमा पुनःविचार गर्न पाउने व्यवस्था छ”, उहाँले भन्नुभयो, “अब राष्ट्रपतिलाई न्यायपालिकाबाट राय लिने वा अन्य कुनै पनि प्रावधान छैन, प्रमाणीकरण गर्नैपर्ने कानूनी व्यवस्था छ ।” नेपालको संविधानअनुसार कुनै पनि विधेयक दुई पटक पुनःविचार गर्न नपाइने व्यवस्था रहेको छ । विधेयकलाई संसद्ले चाहे जस्ताको तस्तै वा संशोधनसहित पारित गरेर पठाए भने राष्ट्रपतिलाई रोक्ने ठाउँ देखिँदैन । दोस्रो पटक पारित गरिएको कुनै पनि विधेयकलाई राष्ट्रपतिले प्रमाणीकरण गर्नुपर्ने हुन्छ । संविधानको धारा ११३ को उपधारा ९४० मा राष्ट्रपतिले कुनै विधेयक सन्देशसहित फिर्ता गरेमा त्यस्तो विधेयकमाथि दुवै सदनले पुनःविचार गरी त्यस्तो विधेयक प्रस्तुतरूपमा वा संशोधनसहित पारित गरी पुनः पेश गरेमा त्यसरी पेश भएको १५ दिनभित्र राष्ट्रपतिले प्रमाणीकरण गर्नुपर्ने कानूनी व्यवस्था छ । --- # नागरिकता विधेयकमा संविधानको पालना हुन सकेन : ऊर्जामन्त्री भुसाल Source: https://newskunda.com/archives/2260 Category: FEATURED NEWS, कला तथा साहित्य, राजनीति, समाचार, समाज Last updated: 2022-09-24 भक्तपुर, ८ असोज : ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री पम्फा भुसालले सेरेमोनियल राष्ट्रपतिले प्रतिनिधि सभा र राष्ट्रिय सभाबाट दुई पटक पारित भएर गएको नागरिकता विधेयक प्रमाणीकरण नगरेर संविधान विपरीत काम गरेकोे बताउनु भएको छ । आज मध्यपुरथिमिमा शंखधर बचत तथा ऋण सहकारी संस्थाको १५ औँ वार्षिक साधारण सभामा बोल्दै उहाँले सेरेमोनियल राष्ट्रपतिले संसदबाट पुनः पारित गरी पठाएको विधेयक प्रमाणीकरण नगरेर देशलाई संकटतर्फ धकेल्न खोजेको बताउनु भएको हो । मन्त्री भुसालले भन्नुभयो, “नेपालको संविधानले राष्ट्रपति संस्थालाई निर्णय गर्ने र गल्ती गर्ने अधिकार दिएको छैन, राष्ट्रपतिले दुई पटक संसद भंग गरेर र अहिले नागरिकता विधेयक प्रमाणीकरण नगरेर तीन पटक देशलाई गम्भिर संकटतर्फ धकेल्नु भएको छ ।” उहाँले अब फेरी देशमा संकट आउँछ भन्ने भ्रम फैलाउन खोजिएको छ भन्दै मंसीर ४ गतेको निर्वाचन रोक्न प्रतिगामी तत्वहरुले अझै सलबलाई रहेकाले देशलाई संकटमा जान नदिन निन्द्रामा पनि सचेत हुने बेला आएको बताउनु भयो । विगतमै भएको निर्णय र संविधानले नै परिकल्पना गरे अनुरुपनै आएको नागरिकता विधेयक दुबै संसदबाट पारित गरेको भन्दै मन्त्री भुसालले भन्नुभयो, “२०६३ सालको संविधानले २०४७ सालभन्दा पहिले नेपालमा बसेको, नेपालमा जन्मेकालाई अंगीकृत नागरिकता दिने निर्णय गरे अनुरुप अंगीकृत नागरिकता लिएका नेपाली बाबुआमाका सन्तानलाई वा आमा नेपाली बाबु विदेशी रहेको र नेपालमै बच्चा जन्मिएको अबस्थामा विदेशको नागरिकता त्यागेको प्रमाणित गरेको र आमा नेपाली तर बाबुको ठेगान नभएकाहरुको हकमा वंशजको नेपाली नागरिकता दिने संविधानमा व्यवस्था छ ।” संविधान अनुसार पहिलेका सरकारले ल्याएका विधेयक र अध्यादेशमै समेटिएका विषयलाई दुबै संसदले पारित गरेको नागरिकता विधयेक प्रमाणिकरण नगरी उल्टै केही तत्व यो विषयमा भ्रम फैलाउन खोजिरहेको भन्दै उहाँले राष्ट्रपतिबाटै जनताको अधिकार खोस्ने काम भएको बताउनु भयो । नेपालमा त्यसरी नागरिकता पाउनु पर्ने करिब चार लाख ५० हजार जति नागरिक रहेको बताउदै उहाँले त्यस्ता व्यक्ति नागरिकता बिहिन हुँदा स्कुल कलेज पढ्न, बैंकमा खाता खोल्नु, मोबाइलको सिम लिन, पासपोर्ट बनाउन नपाउँदा बिचल्लीमा परेको बताउनु भयो । अब हुने ५७ दिन पछि आउने निर्वाचन पछि सरकार र राष्ट्रपति परिवर्तन गर्ने बताउदै मन्त्री भुषालले भन्नुभयो, “सायद पहिलो चोटी भएर होकि, अज्ञानताले होकि, अथवा, अरु कुनै दबाब वा निहित स्वार्थले हो राष्ट्रपतिबाट गलत भएको छ, अब फेरी कुनै राजनीतिक दूर्घटना नहोस् भन्नका लागि परिवर्तनमा लाग्ने सबै राजनीतिक दल, नागरिक समाज, नागरिक समाजका अगुवा, बुद्धिजीवि, सचेत नागरिक, सबैले चनाखो भएर सचेत हुने बेला आएको छ ।” उर्जामन्त्री भुसालले संसदको पाँचवर्षे अवधिमा एक पटक निर्वाचित र दुई पटक भंग भएर पुर्नस्थापित संसद गरि आफू तीन पटक सांसद बन्दै तेश्रो पटकमा उर्जा मन्त्रालयको नेतृत्व गर्न पाएको बताउनु भयो । कार्यक्रममा उहाँले घरको भान्छामा इन्डक्सन चूलो बाल्नुस्, विदेशी ग्याँस हटाउनुस् भन्दै इन्डक्सन चुलो बाल्न प्रेरित गर्न घरेलु उपभोक्ताका लागि विद्युत महसुल घटाएको बताउनु भयो । “सहकारीले आफ्ना सदस्यलाई बोनस हैन, इन्डक्सन चूलो दिनुहोस्, एलपी ग्याँस भन्दा इन्डक्स चूलो बाल्न ५० प्रतिशत सस्तो पर्छ, यो आफ्नै देशको हो, यसले व्यापार घाँटा कम गर्छ”, मन्त्री भुसालले भन्नुभयो, “यातायातका साधन पनि विद्यूतीय नै चढौँ, मंहगो पेट्रोल खर्चनु पर्दैन, सस्तोमा हिड्न सकिन्छ ।” उहाँले स्थानीय तहलाई उज्यालो नगर बनाउँन आव्हान गर्दै सडक, नगर, सम्पदा क्षेत्र सबै क्षेत्रलाई उज्यालो बनाउन मन्त्रालयले ५० प्रतिशत व्यहोर्ने गरि अनुदानको व्यबस्था गरेको बताउनु भयो । उहाँले मध्यपुरथिमिलाई पनि उज्यालो नगर बनाउन आव्हान गर्दै त्यसमा लाग्ने खर्चको ५० प्रतिशत मन्त्रालयले व्यहोर्ने र ५० प्रतिशत सम्बन्धित पालिकाले व्यहोर्नु पर्ने बताउनु भयो । कायृक्रममा मध्यपुरथिमि नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठ, उपप्रमुख विजयकृष्ण श्रेष्ठ, संस्थाका अध्यक्ष रामसुन्दर श्रेष्ठलगायतले सहकारी संस्थाले जनताको विश्वासलाई मर्न दिन नहुनेमा जोड दिनु भयो । --- # नागरिकमा गुणस्तरीय स्वास्थ्य सेवा पुर्‍याउन सरकार प्रत्यन्तशील छ: मुख्यमन्त्री बानियाँ Source: https://newskunda.com/archives/3194 Category: FEATURED NEWS, राजनीति, समाचार, समाज, स्वास्थ्य Last updated: 2025-12-01 बागमती, १५ मङ्सिरः बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले हरेक नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा पु¥याउन प्रदेश सरकार प्रत्यत्नशील रहेको बताउनुभएको छ । बागमती प्रदेश सरकारको स्वास्थ्य मन्त्रालयद्वारा आज यहाँ हेटौँडामा आयोजित ‘एक स्वस्थ्य सहर, एक स्थानीय तहमा एक नमूना स्वास्थ्य संस्था’ का लागि प्रदेश स्वास्थ्य सहजकर्तालगायतको पैरवी, समन्वय र अन्तरक्रिया कार्यक्रममा उहाँले नागरिकको स्वास्थ्यलाई केन्द्रमा राखेर काम भइरहेको बताउनुभएको हो । मुख्यमन्त्री बानियाँले नागरिक स्वस्थ्य भए मात्र समाज र राष्ट्र स्वस्थ्य हुने भन्दै स्वास्थ्य सेवालाई प्रभावकारी बढाउन प्रदेश सरकारले स्वास्थ्य नीति बनाएर काम गरिरहेको बताउनुभयो । प्रदेश सरकारले यहाँ ‘एक जिल्ला एक स्वस्थ्य सहर’ कार्यक्रम सञ्चालन गर्न लागेको छ । प्रदेश सरकारले स्वास्थ्य सेवा क्षेत्रलाई विशेष प्राथमिकता दिएर ‘एक जिल्ला एक स्वस्थ सहर’, ‘एक स्थानीय तह एक नमूना सहर’, ‘एक विद्यालय एक नर्स’ तथा स्वास्थ्य बिमालगायत कार्यक्रम अघि बढाएको उहाँले बताउनुभयो । मुख्यमन्त्री बानियाँले गुणस्तरीय सेवामार्फत स्वस्थ्य प्रदेश बनाउन क्यान्सर, हृदयरोग तथा डायलासिस सेवालाई बिस्तार गरिएको उल्लेख गर्नुभयो । प्रदेश सरकारका स्वास्थ्यमन्त्री किरण थापा मगरले स्वास्थ्य क्षेत्रमा सुधार गर्न सर्ने र नसर्ने दुवै प्रकृतिका रोग नियन्त्रणका लागि ठोस योजना बनाएर काम भइरहेको बताउनुभयो । कार्यक्रममा बागमती प्रदेशका १३ वटै जिल्लाका पालिका प्रमुख, उपप्रमुख, प्रशासकीय अधिकृत तथा जनप्रतिनिधिको सहभागिता रहेको स्वास्थ्य मन्त्रालयका सचिव डा सुमित्रा गौतमले जानकारी दिनुभयो । --- # नामावालीमा नाम भएकाले नागरिकता वा राहदानीका आधारमा पनि मत दिन पाइने Source: https://newskunda.com/archives/862 Category: FEATURED NEWS, निर्वाचन, राजनीति, समाचार Last updated: 2022-05-11 काठमाडौँ, २८ वैशाख : निर्वाचन आयोगले यही वैशाख ३० गते हुने स्थानीय तह सदस्य निर्वाचन, २०७९ का लागि मतदाता नामावलीमा समावेश भएका मतदाताले मतदाता परिचयपत्र वा अन्य सक्कली सरकारी कागजपत्रका आधारमा मतदान गर्न सकिने निर्णय गरेको छ । आयोगले आज गरेको निर्णयानुसार मतदानका लागि मतदाता नामावलीमा नाम हुनु अनिवार्य छ भने मतदाता परिचयपत्र वा नेपाली नागरिकताको प्रमाणपत्र वा राष्ट्रिय परिचयपत्र वा राहदानी वा जग्गा धनी प्रमाण पुर्जाको सक्कल प्रमाण हुनु आवश्यक हुने गरी मतदान गर्न दिन सबै निर्वाचन अधिकृतलाई निर्देशन दिइएको छ । --- # नारायणमान बिजुक्छेँले गरे नेमकिपाद्धारा घोषणा–पत्र सार्वजनिक Source: https://newskunda.com/archives/485 Category: FEATURED NEWS, निर्वाचन, राजनीति, समाचार Last updated: 2022-05-01 भक्तपुर, १५ वैशाख : नेपाल मजदुर किसान पार्टीले स्थानीय तह निर्वाचन २०७९ का लागि घोषणा पत्र सार्वजनिक गरेको छ । आज पार्टी अध्यक्ष नारायणमान बिजुक्छेंले सार्वजनिक गर्नु भएको घोषणापत्रमा हालै संसदले पारित गरेको एमसीसी सम्झौता, अमेरिकी साम्राज्यवाद, भारतीय विस्तारवादको बिरोध गर्दै एकाधिकार पुँजीविरुद्ध नेमकिपाले पार्टी स्थापनादेखि गरेको आन्दोलन र संघर्षकाबारेमो चर्चा गरिएको छ । श्रीलंकामा भएको आर्थिक संकटले नेपालमा पर्ने प्रभाव र त्यसको निराकरणका उपायहरुलाई घोषणापत्रमा समेट्दै नेमकिपाले घोषणा पत्रमै नेपाली काँग्रेस र एमाले दुबै प्रतिगामी शक्ति भएको बिजुक्छेले आरोप लगाउनु भएको छ । बिजुक्छेँले काँग्रेस र एमाले दुबै प्रतिगामी, वर्गीयरूपले पुँजीवादी र सामन्त वर्गको प्रतिनिधित्व गर्ने एउटै ढ्याकका खुकुरी र त्रिशुल भएको टिप्पणी गर्नु भयो । घोषणापत्रमा नेमकिपाले मतसीमा अर्थात थ्रेसहोल्ड खारेजीको माग गर्दै सत्ताधारी दलहरूले मतसीमा नपुगेका दलका नेता र सांसदहरूलाई मन्त्री बनाउँदै थ्रेसहोल्डको समर्थनमा हस्ताक्षर गराउँदै तानाशाही लाद्ने प्रयास गरेको आरोप लगाएको छ । घोषणापत्रमा सरकारले बजेट विनियोजनमा पक्षपात गरेको भन्दै विगतमा नेमकिपाका जनप्रनिधिले गरेको स्थानीय तहको बिकासको बारेमा चर्चा गरिएको छ । --- # निजी विद्यालयका शिक्षक–कर्मचारीका पाँचबुँदे माग तत्काल सम्बोधन गर्न ईस्टूको आग्रह Source: https://newskunda.com/archives/5485 Category: FEATURED NEWS, शिक्षा Last updated: 2026-11-04 **काठमाडौँ ।** निजी विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीका पेसागत अधिकार, सेवासुविधा, सामाजिक सुरक्षा र श्रम अधिकार सुनिश्चित गर्न संस्थागत विद्यालय शिक्षक युनियन (ईस्टू) राष्ट्रिय समितिले सरकार तथा विद्यालय व्यवस्थापनसमक्ष पाँचबुँदे माग अघि सारेको छ। ईस्टूले २०८३ साल कात्तिक १७ गते जारी गरेको प्रेस विज्ञप्तिमार्फत निजी विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीले लामो समयदेखि भोग्दै आएका आर्थिक, सामाजिक तथा पेसागत समस्याको तत्काल समाधान गर्न माग गरेको हो। युनियनले प्रचलित शिक्षा ऐन, नियमावली तथा श्रम कानुनले सुनिश्चित गरेका अधिकार पूर्ण रूपमा कार्यान्वयन गर्न सरकार र सम्बन्धित निकायलाई आग्रह गरेको छ। ईस्टूका अनुसार निजी विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीले न्यूनतम पारिश्रमिक, नियुक्तिपत्र, चाडपर्व खर्च, बिदा तथा अन्य कानुनी सेवासुविधा प्राप्त गर्न नसकेको अवस्था छ। कतिपय विद्यालयमा लामो समयसम्म तलब वृद्धि नहुने, सामाजिक सुरक्षा कोषमा आबद्ध नगराउने तथा उचित कानुनी प्रक्रिया पूरा नगरी सेवाबाट निष्कासन गर्ने प्रवृत्ति रहेको युनियनको दाबी छ। युनियनले सरकारले आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत गरेको तलब वृद्धिको निर्णय सबै निजी विद्यालयमा अनिवार्य लागू गर्नुपर्ने माग गरेको छ। महँगी बढ्दै जाँदा शिक्षक तथा कर्मचारीको पारिश्रमिक नबढ्नुले उनीहरूको दैनिक जीवनयापन, आर्थिक स्थायित्व र पेसागत मर्यादामा असर परेको ईस्टूले जनाएको छ। त्यसैगरी, देशभरका सबै निजी विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीलाई सामाजिक सुरक्षा कोषमा अनिवार्य आबद्ध गराउनुपर्ने माग गरिएको छ। रोजगारदाताले बेहोर्नुपर्ने योगदान रकम रोजगारदाताबाटै जम्मा गराउनुपर्ने र सामाजिक सुरक्षा कोषसम्बन्धी कानुनी व्यवस्था उल्लंघन गर्ने विद्यालयमाथि आवश्यक कारबाही गर्नुपर्ने युनियनको भनाइ छ। ईस्टूले सरकारले घोषणा गरेका सार्वजनिक बिदासम्बन्धी निर्णय निजी विद्यालयमा पनि पूर्ण रूपमा कार्यान्वयन गर्नुपर्नेमा जोड दिएको छ। विद्यालय बन्द भएको अवस्थामा समेत शिक्षक तथा कर्मचारीलाई बैठक, तालिम र छलफलका नाममा अनावश्यक रूपमा उपस्थित गराउने कार्य तत्काल बन्द गर्नुपर्ने माग गरिएको छ। युनियनले शिक्षक तथा कर्मचारीको ट्रेड युनियन अधिकारमाथि हुने हस्तक्षेप रोक्न र पेसागत संघसंस्थालाई स्वतन्त्र रूपमा काम गर्ने वातावरण बनाउनसमेत आग्रह गरेको छ। शिक्षक तथा कर्मचारीले आफ्ना समस्या सामूहिक रूपमा उठाउने र पेसागत हकहितका लागि संगठित हुने अधिकारको सम्मान गर्नुपर्ने ईस्टूको माग छ। ईस्टूले सरकार, सम्बन्धित सरकारी निकाय, सामाजिक सुरक्षा कोष तथा निजी विद्यालय सञ्चालकहरूलाई आफ्ना मागप्रति गम्भीर हुन आग्रह गरेको छ। कानुनले सुनिश्चित गरेका अधिकार कार्यान्वयन गराउन प्रभावकारी अनुगमन, नियमित नियमन र आवश्यक कानुनी कारबाहीको व्यवस्था गर्नुपर्ने युनियनले जनाएको छ। युनियनका अनुसार शिक्षक तथा कर्मचारीलाई उचित पारिश्रमिक, सुरक्षित रोजगारी र कानुनबमोजिमका सेवासुविधा उपलब्ध गराउनु गुणस्तरीय शिक्षाका लागि आवश्यक छ। निजी विद्यालयमा कार्यरत श्रमिकको अधिकार, सम्मान र पेसागत सुरक्षालाई प्राथमिकतामा राख्नुपर्ने ईस्टूको धारणा छ। --- # निर्वाचन आयोगले आउँदो मङ्सिर ४ गते हुने निर्वाचनको तयारी सुरु Source: https://newskunda.com/archives/1667 Category: FEATURED NEWS, निर्वाचन, राजनीति, समाचार, समाज Last updated: 2022-08-06 काठमाडौँ, १९ साउन : निर्वाचन आयोगले नेपाल सरकारबाट तोकिएको आउँदो मङ्सिर ४ गते हुने सङ्घीय र प्रदेशसभा सदस्यको निर्वाचन एकै चरणमा सम्पन्न गराउन आजैदेखि औपचारिकरूपमा तयारी सुरु गरेको छ । तोकिएको दिन स्वतन्त्र र निष्पक्षरूपमा निर्वाचन गराउन आफू पूर्ण सक्षम रहेको आयोगले आज स्पष्ट गरेको छ । आयोगका पदाधिकारीले गत असार २२ गते प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर वर्तमान सांसद्हरु निर्वाचित भएको मितिका आधारमा आउँदो मङ्सिर २१ गते उहाँहरुको कार्यकाल सकिने भएकाले सो अगाडि मङ्सिर ४ गते निर्वाचन गर्न उपर्युक्त हुने परामर्श दिएको थियो । सोही परामर्शका आधारमा सत्ता गठबन्धनका शीर्ष नेताहरुको बुधबारको बैठकले उक्त मितिमा सहमति जनाएपछि आज भएको नेपाल सरकार, मन्त्रिपरिषद्को बैठकले निर्वाचनको मिति तोकेको हो । निर्वाचन आयोग ऐन, २०७३ को दफा २ को खण्ड (झ) मा निर्वाचन हुने मितिभन्दा १२० दिन अगाडिदेखि निर्वाचनको अन्तिम परिणाम सार्वजनिक नभएसम्मको अवधिलाई ‘निर्वाचन अवधि’ भनी परिभाषा गरेको हुँदा निर्वाचनको मिति तोक्दा ऐनको सो व्यवस्थाबमोजिम निर्वाचन हुने दिनभन्दा कम्तिमा १२० दिन अगाडिदेखि निर्वाचन अवधि कायम हुने गरी मिति तोक्न आयोगले सरकारलाई परामर्श दिएको थियो । आयोगले मिति घोषणा भएको आजको मितिले १०७ कार्य दिन बाँकी रहे पनि यही अवधिलाई उपयोग गर्दै निर्वाचन सम्पन्न गराउने प्रतिबद्धता व्यक्त गरेको छ । सरकारले मिति तोकेलगत्तै आज प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियासहित आयुक्तहरु सम्मिलित पत्रकार सम्मेलनमा आयोगले यसबीचमा भएका निर्वाचनका आन्तरिक तयारीलाई अब औपचारिकरूपमा तीव्रता दिने जनाएको हो । प्रमुख आयुक्त थपलियाले मङ्सिर ४ गतेको निर्वाचनका लागि अर्जुनदृष्टि दिएर निर्वाचन स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरहतिरूपमा सम्पन्न गर्ने तयारी सुरु भएको स्पष्ट गर्नुभयो । उहाँले दसैँलगत्तै उम्मेदवारी मनोनयन हुने गरी निर्वाचन कार्यक्रम र कार्यतालिका आउने जानकारी दिँदै उम्मेदवारी मनोनयन गरेपछि वर्तमान सांसद्हरुको पदावधि सकिने गरी कानून स्पष्ट गराउन आयोगले सुझाव दिइसकेको बताउनुभयो । संविधानसभाबाट संविधान जारी भएपछिको यो दोस्रो आम निर्वाचनमा सबै दल र उम्मेदवारलाई बराबर ‘खेल मैदान’ उपलब्ध गराउन आयोगले कुनै कसर बाँकी नराख्ने प्रमुख आयुक्त थपलियाको भनाइ छ । एकै चरणमा प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको निर्वाचन सम्पन्न गर्नेगरी आयोगको परामर्शमा नेपाल सरकारबाट मिति तोकिएकोमा आयोगले नेपाल सरकारलाई धन्यवाद दिएको छ । आयोगले दिएको परामर्शअनुसार नै निर्वाचनको मिति तोकिएसँगै प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको कार्यकाल कहिलेदेखि प्रारम्भ भन्ने सम्बन्धमा रहेको संवैधानिक तथा कानूनी अस्पष्टता अब सदाका लागि अन्त्य भएको र यसबाट आगामी आवधिक निर्वाचनको निम्ति पनि मार्ग प्रशस्त भएको आयोगको भनाइ छ । **१० लाख मतदाता बढ्ने :** आयोगले यसअघि सुरु गरेको मतदाता नामावाली सङ्कलन कार्य यही साउन २० गतेपछि स्थगन गर्ने र यसअघि अनलाइनबाट नामावली सङ्कनका लागि समय लिएकाहरुलाई साउन २१ गतेसम्म समय दिने तय गरेको छ । मतदाता नामावली ऐन, २०७३ अनुसार प्रदेश निर्वाचन कार्यालय, जिल्ला निर्वाचन कार्यालय, जिल्ला प्रशासन कार्यालय तथा इलाका प्रशासन कार्यालयबाट भइरहेको मतदाता नामावली सङ्कलन मिति २०७९ साउन २० गतेदेखि स्थगित हुने भएको हो । अनलाइन फाराम भरी औँठा छाप र फोटो खिच्नका लागि आवेदन मिति निर्धारण भएका व्यक्तिको हकमा मिति २०७९ साउन २१ गतेसम्म औँठा छाप र फोटो लिने व्यवस्था मिलाइएको छ । आयोगले गत असार १ गतेदेखि मतदाता नामावली सङ्कलन कार्य सुरु गरेको थियो । प्रमुख आयुक्त थपलियाले यसबीचमा भएको नामावली सङ्कलनबाट करिब १० लाख मतदाता थपिने अनुमान गरिएको बताउनुभयो । गत वैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनमा कूल एक करोड ७७ लाख ३३ हजार ७२३ मतदाता रहेका थिए । **दल दर्ता प्रक्रिया सुरु हुने :** आयोगले अब हुने निर्वाचनका लागि चाँडै दल दर्ता प्रक्रिया सुरु गर्नेछ । नेपालको संविधानको धारा २७१ र राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ४८ बमोजिम प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचन प्रयोजनका लागि राजनीतिक दल दर्ता प्रक्रिया तुरुन्त प्रारम्भ हुने भएको हो । स्थानीय तहको निर्वाचनमा कूल ७९ दल दर्ता भएकामा ६५ दलले भाग लिएका थिए भने २४ दलले जित हासिल गरेका थिए । यसैगरी आयोगले अन्तर्राष्ट्रिय तहबाट पर्यवेक्षण गराउन चाँडै आह्वान गर्दैछ । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार मतदानस्थल र मतदान केन्द्रको पुनरावलोकन, निर्वाचन कार्यक्रम स्वीकृति, समानुपातिक निर्वाचन प्रणालीका लागि कार्यालय स्थापना, जनशक्ति व्यवस्थापन, बजेट तर्जुमा र आर्थिक निर्देशिकाको स्वीकृति, अन्य आवश्यक निर्देशिका, कार्यविधि र मापदण्डको तर्जुमा गर्न तयारी भएको छ । स्थानीय तहको निर्वाचनमा रु आठ अर्ब ११ करोड विनियोजन गरिएकामा रु पाँच अर्ब ४० करोड खर्च भएको थियो भने अबको निर्वाचनमा रु १० अर्ब खर्च हुने अनुमान गरिएको छ । **मतदानस्थल र मतदान केन्द्र अद्यावधिक हुँदै :** आयोगले मतदानस्थल र मतदान केन्द्र पुनरावलोकनका लागि कार्ययोजना बनाई सम्बन्धित मन्त्रालय र निकायसँग समन्वय गरी मतदानस्थल र मतदान केन्द्र निर्धारण समन्वय समितिको बैठकबाट सिफारिस गर्न यही साउन ८ गते सूचना जारी गरिसकेको छ । प्राप्त सिफारिसका आधारमा मतदानस्थल र केन्द्र अद्यावधिक हुनेछ । स्थानीय तहको निर्वाचनमा १० हजार ७५६ मतदानस्थल र २१ हजार ९५५ मतदान केन्द्र रहेका थिए । --- # निर्वाचन देश दुर्घटना हुनबाट रोक्ने अवसर हो : अध्यक्ष लिङ्देन Source: https://newskunda.com/archives/742 Category: FEATURED NEWS, राजनीति, समाचार Last updated: 2022-05-08 मकवानपुर, २५ वैशाख : राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले तीनै तहको निर्वाचन देशलाई दुर्घटनाबाट रोक्ने अवसरको रूपमा लिनुपर्ने बताउनुभएको छ । अध्यक्ष लिङ्देनले आज हेटौँडामा आयोजित चुनावीसभालाई सम्बोधन गर्नुहुँदै उहाँले देशको आर्थिक अवस्था घुँडा टेक्ने अवस्थामा पुगेको बताउँदै तीन तहको निर्वाचन देशलाई दुर्घटनाबाट रोक्ने अवसरको रूपमा लिनुपर्ने बताउनुभयो । उहाँले म मात्र सुध्रेर नहुने बताउँदै कांग्रेस, एमाले र माओवादी पनि सुध्रिन जरुरी रहेको जिकिर गर्नुभयो । उहाँले भन्नुभयो, “यसबाट थाहा हुन्छ कि उहाँहरू जनताबाट कति टाढा भइसके ।” राप्रपाका केन्द्रीय उपाध्यक्ष बुद्धिमान तामाङले हेटौँडा उपमहानगरपालिकामा यहाँका नेता र निर्वाचित जनप्रतिनिधिले डोजर र जग्गा पल्टिङको मात्र विकास गरेको टिप्पणी गर्नभयो । उहाँले आफूले हेटौँडामा स्वास्थ्यको समस्या धेरै समय अघिबाट देखेको तर यहाँका नेता र निर्वाचित जनप्रतिनिधिले समस्यको समाधानको लागि केही पहल नगरेको आरोप लगाउनुभयो । उहाँले आफूलाई हेटौँडाको अस्पतालमा एमआरआई र सिटिस्क्यान समेत नहुने जानकारी आएको बताउनुहुँदै बागमती प्रदेशको राजधानी भएर पनि यहाँको जनप्रतिनिधिहरूले अस्पतालको विकास गर्न नसकेको आरोप लगाउनुभयो । हेटौँडाको मेयरको लागि उम्मेदवार दीपकबहादुर सिंह उठाएको भन्दै सिंहको सक्षम टिमलाई जिताउन हेटौँडावासीलाई आग्रह गर्नुभयो । हेटौँडा उपमहानगरपालिका मेयरमा उम्मेदवार बनेका दिपक सिंहले आफूलाई हेटौँडाको मेयरमा जिताउन अपिल गर्दै आफू मेयरमा निर्वाचित भए भ्रष्टाचार अन्त्य गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । --- # निर्वाचन प्रचारअन्तर्गत जुलुस, आमसभा र कोणसभा गर्ने चरण भोलिदेखि Source: https://newskunda.com/archives/2338 Category: FEATURED NEWS, निर्वाचन, राजनीति, समाचार, समाज Last updated: 2022-11-02 काठमाडौँ, १६ कात्तिक : प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले कात्तिक १७ गतेदेखि दल र उम्मेदवारले जुलुस, आमसभा र कोणसभा गर्न पाउने निर्वाचन प्रचारप्रसारको दोस्रो चरणमा प्रवेश हुने भएकाले सो चरणमा निर्वाचनको निष्ठालाई जोगाएर आचारसंहिताको पालना गर्न दल र उम्मेदवारलाई आग्रह गर्नुभएको छ । मङ्सिर ४ गते हुने निर्वाचन प्रचारप्रसारको दोस्रो चरणमा प्रवेशको अघिल्लो दिन आज आयोगले आयोजना गरेको पत्रकार सम्मेलनमा प्रमुख आयुक्त थपलियाले आचारसंहिता उल्लङ्घनका विषयमा परेका उजुरीका आधारमा हालसम्म ७१ व्यक्ति र संस्थालाई सोधिएको स्पष्टीकरणमा जवाफ आउने, तथ्य जुटाउने र अध्ययनको क्रम जारी रहेको बताउनुभयो । आयोगका निर्णय र कारबाहीबारे अदालतमा मुद्दा जाँदा पनि आयोगको निर्णय सदर हुने गरी आयोगले सोचिरहेको उहाँले स्पष्ट गर्नुभयो । “आचारसंहिता आफैँमा एक नैतिक र कानूनी बन्धन हो । यो बन्धन दल, उम्मेवार अन्य पक्षले नचुँडाल्ने हो भने आयोग र राज्यका संयन्त्रले कारबाहीका लागि कुनै काम गरिरहनु पर्दैन”, प्रमुख आयुक्त थपलियाले भन्नुभयो, “पहिलो स्पष्टीकरण चित्त नबुझेमा दोस्रो स्पष्टीकरण सोध्ने र उल्लङ्घनको प्रमाण र अवस्था हेरेर सचेत, दण्ड जरिवाना तथा उम्मेदवारी खारेजीसम्मको निर्णयमा जानुपर्ने हुन्छ । हालसम्म चलेका स्पष्टीकरणबारे हामी यही कात्तिक २५ गतेभित्रै निर्णयमा पुग्नेछौँ ।” उहाँले निर्वाचनमा सबै पक्षको सहभागिता हुने आयोगको अपेक्षा रहेको र निर्वाचन बिथोल्न हुन सक्ने गतिविधिको नियन्त्रणका लागि सुरक्षा निकायसँग आवश्यक समन्वय भइरहेको जनाउँदै मतगणनास्थलमा तारजाली राख्नुपर्ने अवस्था लोकतन्त्रका लागि सुखद् नभएकाले त्यस्तो दुरावस्थाबाट माथि उठ्न आग्रह गर्नुभयो । प्रमुख आयुक्त थपलियाले मतदानका दिन सवारी साधनको व्यवस्थित र नियन्त्रित सञ्चालनबारे सम्बन्धित निकायका प्रतिनिधिसहितको कार्यदलले काम गरिरहेको जानकारी दिनुभयो भने दल र उम्मेदवारले तोकिएको मापदण्डका आधारमा पत्रपत्रिकाका साथै अनलाइन सञ्चारमाध्यममा पनि विज्ञापनबाट प्रचारप्रसार गर्न सक्ने स्पष्ट गर्नुभयो । आयोगले उम्मेदवार तथा राजनीतिक दलले आचारसंहिताको पालना र तोकेको सीमाभित्र रही खर्च गरे नगरेको निगरानी गरी निर्वाचन आचारसंहिता, २०७९ को दफा ४२ बमोजिम आयोगमा विवरण उपलब्ध गराउन गृह मन्त्रालयमार्फत नेपाल प्रहरी तथा राष्ट्रिय अनुसन्धान विभागलाई जिम्मेवारी दिइएको छ । निर्वाचन आचारसंहिता, २०७९ ले नेपाल सरकार, प्रदेश सरकार तथा नेपाल सरकार वा प्रदेश सरकारका मन्त्रीले आयोगको सहमतिमा निर्वाचन प्रचारप्रसारमा संलग्न हुँदा सरकारी साधनको प्रयोग भए नभएको विषयमा आवश्यक निगरानीको व्यवस्था मिलाइएको छ । आचारसंहिताबमोजिम निर्वाचन प्रचारप्रसारका लागि आमसभा, कोणसभा गर्दा मञ्चको तयारीका लागि लागेको खर्चको विवरण सम्बन्धित उम्मेदवारले आफँै वा प्रतिनिधिमार्फत मतदान सम्पन्न भएको १५ दिनभित्र निर्वाचन कार्यालयमा पेस गर्नुपर्नेछ । खर्चको हिसाबकिताब आयोगले तोकेको ढाँचा र लेखाप्रणालीअनुसार राख्नुपर्ने र राजनीतिक दलकोतर्फबाट हुने निर्वाचनसम्बन्धी स्वेच्छिक आर्थिक सहयोग लिँदा तथा खर्च गर्दा राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ३८ र निर्वाचन आचारसंहिता, २०७९ को दफा १६ बमोजिम गर्नुपर्नेछ । राजनीतिक दलले निर्वाचनसम्बन्धी खर्च गर्दा निजकोतर्फबाट खर्च गर्ने जिम्मेवार पदाधिकारी तोकी निजको नाम नामेसीसहितको विवरण १० दिनभित्र आयोगमा पठाउनुपर्नेछ । निर्वाचन आचारसंहिता, २०७९ मा आयोगले सामाजिक सञ्जालमा दल, उम्मेदवार र आम मतदाताले राजनीतिक विज्ञापन गर्न पाउने र प्रचारप्रसारका लागि उपयोग गर्न पाउने व्यवस्था गरेको छ । निर्वाचनका समयमा कुनै पनि दल वा उम्मेदवारविरुद्ध तथा निर्वाचनलाई प्रतिकूल असर पार्ने उद्देश्यले सामाजिक सञ्जाल तथा अनलाइन माध्यमबाट एवं सङ्गठितरूपमा नीहित राजनीतिक स्वार्थका लागि फैलाइने मिथ्या सूचना, दुष्प्रचार र द्वेषपूर्ण अभिव्यक्तिमार्फत अभिव्यक्ति स्वतन्त्रतामाथि हस्तक्षेप नगर्न सजग तुल्याइएको छ । सङ्गठितरूपमा नीहित राजनीतिक उद्देश्यले फैलाइने मिथ्या सूचना, दुष्प्रचार र द्वेषपूर्ण अभिव्यक्तिले निर्वाचनमा पर्न सक्ने चुनौतीलाई मध्यनजर गर्दै सामाजिक सञ्जाल नियमनका लागि सम्बन्धित सामाजिक सञ्जालका कम्पनीसँग पनि आयोगले सहकार्य गर्दै आएको छ । नागरिकको अभिव्यक्ति स्वतन्त्रता र मतदाताको सुसूचित हुन पाउने अधिकार निर्वाधरूपमा प्रयोग गर्नका लागि गरिएको यस्तो कार्यलाई गलत अर्थमा नबुझी नियमन गर्ने कार्यलाई सहजीकरण गर्न र निर्वाचनको निष्ठा जोगाउन सबैलाई आह्वान गरिएको छ । राजनीतिक दल तथा उम्मेदवारले निर्वाचन आचारसंहिता पूर्णरूपमा पालना गरे नगरेको अनुगमन गर्न आयोगले केन्द्रमा केन्द्रीय आचारसंहिता अनुगमन समिति तथा जिल्लामा जिल्ला स्तरीय अनुगमन समितिलाई क्रियाशील तुल्याई आचारसंहिता कार्यान्वयन भए÷नभएको अनुगमन गर्ने अनुगमनकर्ताले आचारसंहिता उल्लङ्घन गरेको ठहर गरेमा सम्बन्धित स्थानमा नै कारबाही गर्नसक्ने अधिकार प्रत्याजोन गरिएको छ । आचारसंहिता लागू भएको मिति २०७९ असोज १२ गतेदेखि आजसम्म आचारसंहिता उल्लङ्घन गर्ने ७१ व्यक्ति÷संस्थालाई आयोगबाट स्पष्टीकरण सोधिएको छ । प्राप्त स्पष्टीकरण उपर छानविन र जाँझबुझ गरी आवश्यक कारबाही प्रक्रिया अघि बढाइएको छ । निर्वाचन (कसुर तथा सजाय) ऐन २०७३ ले निषेध गरेका शान्ति भङ्ग गर्न नहुने, अनधिकृत प्रभावमा पार्न नहुने, नगद वा जिन्सी लिन दिन नहुने, चरित्र हनन गर्न नहुने, अनुचित ढङ्गले सवारीसाधनको प्रयोग गर्न नहुने, सार्वजनिक सम्पत्तिको दुरुपयोग गर्न नहुने, अन्य व्यक्तिबाट खर्च गराउन नहुने, निर्वाचनको गोपनीयतालाई भङ्ग गर्न नहुनेलगायत ऐनमा भएका व्यवस्थालाई कडाइका साथ कार्यान्वयन गर्ने व्यवस्था मिलाइएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिनुभयो । --- # निर्वाचन विरोधी गतिविधि गर्ने जो कोही कारवाहीको भागिदार हुनेछ : गृह मन्त्रालय Source: https://newskunda.com/archives/780 Category: FEATURED NEWS, राजनीति, समाचार, समाज Last updated: 2022-05-09 काठमाडौँ, २६ वैशाख : गृह मन्त्रालयले निर्वाचन विरोधी गतिविधि गर्ने, समाजमा शान्ति र सहिष्णुता बिथोल्ने तथा मतदातालाई स्वतन्त्ररूपले आफ्ना प्रतिनिधि छनोट गर्ने अवसरलाई प्रभावित पार्ने जो कोही पनि कानूनबमोजिम कारवाहीको भागीदार हुने जनाएको छ । मन्त्रालयले आज एक विज्ञप्ति जारी गरी केही राजनीतिक दल, तिनका प्रतिनिधि तथा उम्मेदवारबाट निर्वाचन प्रचारप्रसारका नाममा आपसी द्वन्द्व, विवाद तथा झैझगडाका छिटफुट घटना घट्ने गरेका, निर्वाचन आचारसंहिताको प्रतिकूलका केही क्रियाकलाप भइरहेका सूचना प्राप्त भएको जनाएको छ । निर्वाचनलाई शान्त स्वच्छ, निष्पक्ष धाँधलीरहित तथा भयरहित वातावरणमा सम्पन्न गर्न सहयोग गर्र्नु सबैको कर्तव्य भएको जनाउँदै मन्त्रालयले निर्वाचन विरोधी गतिविधि गर्ने जो कोही कानूनबमोजिम कारवाहीको भागीदार हुने उल्लेख गरेको छ । निर्वाचनको बहानामा कानूनविपरीतका गतिविधिमा संलग्न हुने र कानून हातमा लिने छुट कसैलाई पनि नभएको र त्यस्ता गतिविधिको सुरक्षा निकायबाट सूक्ष्म निगरानी भइरहेको मन्त्रालयका सहसचिव एवं प्रवक्ता फणिन्द्रमणि पोखरेलद्वारा आज जारी विज्ञप्ति जनाइएको छ । स्थानीय तहको निर्वाचन यही वैशाख ३० गते देशभर एकै चरणमा हँुदैछ । नेपाल सरकारले संविधान, प्रचलित कानून तथा स्थानीय तह निर्वाचन एकीकृत सुरक्षा योजना, २०७८ अनुरूप निर्वाचन स्वच्छ, भयरहित र निष्पक्ष वातावरणमा सञ्चालन गर्न आवश्यक सुरक्षा व्यवस्था कायम गर्न र निर्वाचन व्यवस्थापनका लागि देशभर करिब दुई लाख ६० हजारको सङ्ख्यामा सुरक्षाकर्मी र करीब तीन लाखको हाराहारीमा कर्मचारी परिचालन गरेको छ । मतदानका लागि मतदातालाई निर्वाचन प्रणाली, राजनीतिक पद्धति, उम्मेदवार तथा तिनका प्रतिबद्धता, राजनीतिक दल तथा तिनका विचार र घोषणापत्रका सम्बन्धमा सुसूचित हुनु आवश्यक छ । निर्वाचन असल सामाजिक संस्कार, सद्भाव र लोकतान्त्रिक अभ्यास विकासको अवसरसमेत हो । निर्वाचनका माध्यमबाट जनप्रतिनिधि छनोट गर्ने पवित्र कार्यमा सहभागी भई सहयोग र सहजीकरण गरी राष्ट्रसेवक कर्मचारी, सुरक्षाकर्मीलाई आफ्नो कर्तव्य पालनामा साथ दिनुहुन मन्त्रालयले सम्बन्धित सबैलाई अनुरोध गरेको छ । --- # निर्वाचन सकिएको चार महिनासम्म पनि स्थानीय जनप्रतिनिधीको अनुभूति जनताले गर्न पाएनन् : एमाले युुवा नेता महेब बस्नेत Source: https://newskunda.com/archives/1737 Category: FEATURED NEWS, राजनीति, समाचार, समाज Last updated: 2022-08-24 भक्तपुर, ८ भदौ । नेकपा एमालेका पोलिटव्यूरो सदस्य, भक्तपुर क्षेत्र नं. २ का युवा नेता, प्रतिनिधी सभाको सांसद एवं पूर्व मन्त्री महेश बस्नेत निर्वाचन सकिएको चार महिनासम्म पनि स्थानीय जनप्रतिनिधीको अनुभूति जनताले गर्न नपाएको बताउनु भएको छ । एमालेको भातृ संगठन राष्ट्रिय युवा संघ नेपालले आज भक्तपुर र काठमाडौंको सिमानामा रहेको मनोहरा खोलाको पुलबाट सुरु गरि भक्तपुरको गठ्ठाघरसम्मको अरनिको राजमार्गको सफाई अभियानको शुभारम्भ गर्दै उहाँले यस्तो बताउनु भएको हो । युवा संघका इन्चार्ज समेत रहनु भएका सांसद महेश बस्नेतले स्थानीय तहको निर्वाचन भएको चार महिना बितिसक्दा पनि स्थानीय तहका जनप्रतिनिधिहरु सुतेर बसेका छन् कि के गरेर बसेका छन् भन्ने अनुभूति जनताले गर्न नपाएको बताउनु भयो । उहाँले भन्नुभयो, “स्थानीय तहको निर्वाचन सकिएको चार महिना भइसक्यो तर हामीले त्यो अनुभूति गरेका छैनौ, शहरमा फोहोरको थुप्रो देख्दा, काठमाडौंको फोहोरको बिजोक भएको अबस्थालाई ध्यानमा दिएर युवा संघले दबाब मूलक फोहोर उठाउने काम सुरु गर्यो र त्यसको आज १० औ दिन पार गरेको छ ।” तीजको अवसर भएकाले सफाई अभियानमा महिलाको सहभागिता बढी गराएको भन्दै उहाँले सडकमा यातायातका साधनलाई कुनै समस्या नपर्ने गरि दुबै तर्फको सडकमा सफाई गर्न चार वटा समूह भएर लाग्न निर्देशन दिनु भएको थियो । उहाँले सफाई अभियान फोटो खिचेर फेसबुकमा राख्नका लागि मात्रै हाइन भन्दै साच्चिकै सफाई गर्ने उदेश्यले आयोजना भएकाले त्यही अनुरुप सडक सफाई गर्न सहभागि सबैलाई निर्देशन दिनु भएको थियो । सफाई अभियानमा १० टन फोहोर संकलन भएको थियो । अभियान गठ्ठाघरमा पुगेर तीज बिशेष कार्यक्रममा परिणत भएको थियो । जडीवुटी पुलबाट गठ्ठाघरसम्मको अरनीको राजमार्गमा सरसफार्ई तीज विशेष कार्यक्रम गरेको थियो । सफाई अभियानमासंकलित फोहोरलाई नेप्सेम्याक, फुलवारीलगायतका संस्थाहरुले व्यवस्थापन गरेका थिए । संघका अध्यक्ष किरण पौडेलको नेतृत्वमा भएको सरसफाइ कार्यक्रममा युवा संघकधा पदाधिकारीहरु, नेकपा एमाले भक्तपुर जिल्ला अध्यक्ष बचन देउजालगायत एमालेका बिभिन्न भातृसंगठाका पदाधिकारी, एमालेका नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको थियो । काठमाडौं उपत्यका फोहोरको डंगुरले सरकारलाई गिज्याई रहेको थियो । फोहोर उठाउन सरकारले चासो दिएर समस्या मसाधानमा नलागे पछि युवा संघले सुरु गरेको फोहोर उठाउन सफाई अभियानको आज १० औँ दिन भक्तपुरमा सफाई अभियान सञ्चालन गरेको हो । यही सहरमा थुप्रिएको फोहोरले गठबन्धन सरकारलाई गिज्याए पनि खासै असर परेन । बरु प्रमुख प्रतिपक्ष दल एमालेलाई फोहोरको डंगुरले असह्य बनायो । त्यसपछि देशको राजनीतिलाई सफाई गर्न लागिपरेका एमालेका युवाहरुले राजधानीको फोहोर पनि सफाई गर्ने अभियान सुरु गरे । बानेश्वरबाट सुरु भएको त्यो अभियान आज भक्तपुरमा सम्म आइपुगेको छ । जब जब देशमा संकट आएँछ, जबदेशमा विपत्ति आउँछ, जब जब देशमा परिवर्तनको आवश्यकता पर्छ तब तब देशका युवाहरु एक भएर अगाडि बढ्छन् भन्ने यथाथएता देख्दै र भोग्दै आएको हो । अहिले फोहोर थप्रिएर राधधानीवासीलाई कठिन भइरहदा सत्ताधारी दल र तिनका नेता कार्यकर्ताहरु सेल्फी खिच्न तल्लिन रहदाँ एमालेको युवा जमातको रुपमा रहेको राष्ट्रिय युवा संघ नेपालले राजधानीको फोहोर सफाई अभियान सुरु गरेको छ । --- # निर्वाचनका दिन सूचना विभागको परिचय पत्र देखाएर सवारी साधन चलाउन पाइने Source: https://newskunda.com/archives/882 Category: FEATURED NEWS, निर्वाचन, राजनीति, समाचार Last updated: 2022-05-11 काठमाडौँ २८ बैशाख : काठमाडौँ २८ बैशाख : स्थानीय निर्वाचन हुने दिन वैशाख ३० गते पत्रकारले सवारी साधन चलाउन पाउने भएका छन्। बुधबार निर्वाचन आयोग र नेपाल पत्रकार महासंघबीच सूचना विभागबाट जारी भएको परिचय पत्र देखाएर पत्रकारलाई सवारी साधन चलाउन दिने सहमति भएको हो। सूचना विभागको परिचय पत्र नभएकाको हकमा भने सम्बन्धित सञ्चार गृहको सिफारिसका आधारमा पास उपलब्ध गराउने सहमति भएको छ। यसअघि निर्वाचन आयोगले सम्बन्धित सञ्चार गृहको सिफारिसमा निश्चित संख्यामा पत्रकारलाई पास उपलब्ध गराउने र सोही आधारमा सवारी साधन चलाउन दिने बताएको थियो। अब भने सूचना विभागको परिचय पत्र भएकाले सवारी साधन चलाउन पास लिन नपर्ने भएको छ। --- # निर्वाचनको प्रचारमा सरकारी साधन प्रयोग गर्न रोक Source: https://newskunda.com/archives/2341 Category: FEATURED NEWS, अर्थ, निर्वाचन, राजनीति, समाचार Last updated: 2022-11-02 काठमाडौँ, १६ कात्तिक : नेपाल सरकार वा प्रदेश सरकारको मन्त्री वा स्थानीय कार्यपालिकाका पदाधिकारीले त्यसरी निर्वाचन प्रचारप्रसारमा संलग्न हुँदा सरकारी स्रोत र साधनको प्रयोग गर्न निर्वाचन (पहिलो संशोधन) आचारसंहिता, २०७९ ले रोक लगाएको छ । आगामी मङ्सिर ४ गते सम्पन्न हुने प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र विश्वसनीय ढङ्गले सम्पन्न गराउन निर्वाचन आयोगबाट जारी आचारसंहिताको दफा ५ को खण्ड (क) ले नेपाल सरकार, प्रदेश सरकार तथा नेपाल सरकार वा प्रदेश सरकारका मन्त्री र स्थानीय कार्यपालिका तथा सोका पदाधिकारीले निर्वाचन प्रचारप्रसारका क्रममा पालना गर्नुपर्ने आचरणको व्यवस्था गरेको छ । संशोधित आचारसंहिता बमोजिम निर्वाचनमा आफै उम्मेदवार भएका मन्त्रीले आफू उम्मेदवार भएको क्षेत्रमा निर्वाचन प्रचारप्रसारमा संलग्न हुन सक्नेछन् । त्यसरी प्रचारप्रसार गर्दा सरकारी साधन स्रोतको प्रयोग गर्न भने आचारसंहिताले रोक लगाइएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताउनुभयो । ती व्यवस्थाकोे पालना गर्न तथा गर्न लगाउन निर्वाचन आयोगले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमार्फत सरकारका मन्त्रीहरुलाई तथा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमार्फत प्रदेश सरकारका मन्त्रीलाई निर्देशन दिइसकेको छ । आचारसंहितामा नेपाल सरकारका मन्त्रीले आयोगको सहमति लिई त्यसरी सहमति लिएको स्थानमा सम्बन्धित राजनीतिक दलको निर्वाचन प्रचारप्रसारको काममा संलग्न हुन र प्रदेश सरकारका मन्त्रीले प्रदेश निर्वाचन कार्यालयमार्फत वा सोझै आयोगको सहमति लिई त्यसरी सहमति लिएको सम्बन्धित प्रदेशभित्रको स्थानमा सम्बन्धित राजनीतिक दलको निर्वाचन प्रचारप्रसारको काममा संलग्न हुनसक्ने व्यवस्था रहेको छ । स्थानीय कार्यपालिकाका पदाधिकारीले आफू बहाल रहेको स्थानीय तह बाहेक अन्य स्थानीय तहमा सम्बन्धित राजनीतिक दलको निर्वाचन प्रचारप्रसारको काममा संलग्न हुन सक्नेछन् । --- # निर्वाचनबारे संशय पैदा गर्ने अभिव्यक्ति नदिन आग्रह Source: https://newskunda.com/archives/386 Category: FEATURED NEWS, Uncategorized, समाचार Last updated: 2022-04-14 काठमाडौँ, १ वैशाख : निर्वाचन आयोगले निर्वाचनका विषयमा अन्यौल सिर्जना गर्ने खालका अभिव्यक्ति नदिन राजनीतिक दलका नेतागणलगायत सरोकारवाला सबैलाई आग्रह गरेको छ । निर्धारित समयमै स्थानीय तहको निर्वाचन गर्ने तयारी तीव्र रुपमा अन्तिम चरणमा पुगेकाले निर्वाचनबारे संशय पैदा गर्ने ढङ्गबाट राजनीतिक दलका नेता तथा कार्यकर्ताबाट आएका अभिव्यक्तिप्रति आयोगको ध्यानाकर्षण भएको नियमित पत्रकार भेटमा प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताउनुभयो । उहाँले निर्वाचन आचारसंहिता उल्लङ्घनका घटनाको आयोगले निगरानी गरिरहेको र उल्लङ्घन गर्नेमाथि आवश्यक कारवाहीका लागि अनुसन्धान गर्न पत्राचार गर्ने र बुझ्ने काम भइरहेको जानकारी दिनुभयो । पर्यवेक्षणका लागि ६५ संस्थाको निवेदन यसैबीच, आगामी स्थानीय तह निर्वाचनका लागि आवश्यक एक करोड ९४ लाख थान मतपत्रमध्ये आजसम्म ३९ जिल्लाको ७० लाख ३३ हजार थान मतपत्र छपाई सम्पन्न भएको छ । हाल दैनिक सरदर आठ लाख थान मतपत्र छपाइ कार्य भइरहेको जानकारी दिइयो । स्थानीय तह निर्वाचनको पर्यवेक्षण गर्न चाहने राष्ट्रिय संस्थाका लागि १५ दिनको समय दिइ पर्यवेक्षण अनुमतिका लागि गत चैत १३ गते सूचना प्रकाशित गरी आवेदन माग गरिएकामा सो अवधिभित्र ६५ वटा संस्थाबाट विद्युतीय माध्यमद्वारा निवेदन प्राप्त भएको आयोगले जनाएको छ्र । ती संस्थाबाट प्रस्तावित पर्यवेक्षकको सङ्ख्या २० हजार ४६७ रहेकामा पुरुष ११ हजार ६९४, महिला आठ हजार ४८२ र अन्य २९१ रहेको छ । उक्त निवेदन उपर जाँचबुझ गरी यथाशीघ्र आयोगले पर्यवेक्षण अनुमतिसम्बन्धी निर्णय गर्नेछ । निर्वाचन आयोगले स्थानीय तह निर्वाचनसम्बन्धी सम्पूर्ण गतिविधि र सूचनाको सहजरूपमा जानकारी दिन आजैदेखि हरेक दिन ‘स्थानीय तह निर्वाचन इ–बुलेटिन’ प्रकाशन सुरु गरेको छ । बुलेटिन आयोगको वेबसाइटमा उपलब्ध हुनेछ । यसबाट आयोगका आधिकारिक सूचना सम्बन्धित सबैमा पुग्ने आयोगले विश्वास लिएको छ । स्थानीय तह निर्वाचनमा खटिने मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृत र निर्वाचन कार्यालयका प्रमुखका लागि ‘निर्वाचन सञ्चालन तथा व्यवस्थापन प्रादेशिक प्रशिक्षण’ विराटनगर, धुलिखेल, पोखरा र नेपालगञ्जमा सम्पन्न भएको जानकारी दिइएको छ । यस्तै प्रशिक्षण कार्यक्रम जनकपुर, हेटौँडा, बुटवल र धनगढीमा वैशाख २ गते हुने र प्रशिक्षणपछि आयोगले सोही स्थानबाट निर्वाचन अधिकृतलाई नियुक्तिपत्र र आवश्यक सामग्री उपलब्ध गराउनेछ । आगामी वैशाख ३० गते सम्पन्न हुने स्थानीय तहको निर्वाचनमा आयोग र सञ्चार जगतसँगको समन्वय र सहकार्य अभिवृद्धि गर्दै स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय र भयमुक्त वातावरण कायम गर्न, निर्वाचन आचारसंहिताको कार्यान्वयनमा योगदान पु¥याउने हेतुले विराटनगर, गण्डकी प्रदेशको पोखरा र कर्णाली प्रदेशको सुर्खेतमा मिडिया अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । --- # निर्वाचनमा जान सरकारले वातावरण बनाउन सरकार असफल भयो : केपी ओली Source: https://newskunda.com/archives/3210 Category: FEATURED NEWS, राजनीति, समाचार Last updated: 2026-10-20 भक्तपुर, १९ मङ्सिर : नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले एमाले निर्वाचनबाट कहिल्य नभागेको र नभाग्ने बताउनु भएको छ । आज नेकपा (एमाले) भक्तपुर जिल्ला कमिटीले यहाँ आयोजना गरेको एमालेको ११ औ राष्ट्रिय महाधिवशनको सन्दर्भमा भक्तपुर जिल्ला भेलामा बाल्दै उहाँले निर्वाचनमा जान सरकारले वातावरण बनाउन सक्नु पर्ने बताउनु भयो । उपमहासचिव ज्ञवालीले भन्नुभयो, “चुनाबबाट एमाले भाग्दैन, भागेको पनि छैन । कसले चुनाब गराउँछ भन्ने सरकोर पनि एमाले राख्दैन तर चूरो कुरो के हो भने निर्भयतापूर्वक, निर्धक्क भएर भोट हाल्न जान सक्ने आधार र्सजना भएको खै ? नेताहरु भोट माग्न निर्धक्क भएर जनताको माझ जान सक्ने र जनता पनि निधक्क भएर चनावका दिन भोट हाल्न जान सक्नृ अबस्था त हुनु पर्यो नी ?” जेलबाट फरार भएका ५७ सय कैदी अझै फरार रहेको, लुटेर लगेका हतियारहरु अझै बरामद नभएका अबस्थामा देशमा राजनीतिक अराजक समूहको हुलहुज्जतको अबस्थामा भाट हाल्न जान सक्ने वातावरण बनाउनु पर्ने उहाँको भनाई थियो । जेनजी नामको रामनामी र खास्टो ओढेर ४० वर्षमाथि उमेरका व्यक्तिले देशमा उदण्ड मच्चाईरहेको बताउदै उहाँले संसद पुर्नस्थापना गरेर जेन्जीसहितको सर्वपक्षिय सरकार गठन गरि जेन्जीको भावना अनुसारको संविधान संशोधन गरेर चुनाबमा जानु उपयुक्त हुने बताउनुभयो । अहिले एमालेलाई चौतर्फी रुपमा हमला भइरहेको अबस्थामा पार्टीको महाधिवेशलाई देश, लोकतन्त्र, संविधान र राष्ट्रियतालाई सर्वोपरीमा राखेर एकताबद्ध भएर जानु पर्नेमा जोड दिदै सहमति नभए प्रजातान्त्रिक पद्धतिबाट जान सकिने बताउनुभयो । महाधिवेशन सकिए पछि पुस १ गतेबाट देशको राजनीतिक बाटोको खाका खुल्ने दाबी गर्दै उहाँले महाधिवेशनबाट आएको परिणामलाई स्वीकार्दै एमाले एक ढिक्का र एकताबद्ध भएर पार्टी, देश, लोकतन्त्र, संविधान र राष्ट्रियता जोगाउन अग्रस्थानमा रहेर अगासड बढ्ने दाबी गर्नुभयो । उहाँले महाधिवेशको उद्घाटनका दिन सहभागि हुन पार्टी अध्यक्षका हस्ताक्षर रहेको निमन्त्रण कार्य प्रत्येक घरघरमा पुर्याउन निदैृशन दिनुभयो । उहाँले भक्तपुरको सल्लाघारीको चौरमा पूर्वमा जगातीाट र पश्चिममा जडिबुटीदेखि आएको र्याली सल्लाघारीमा जोडिने गरि डेढलाखभन्दा बढीको सहभागिता उद्घाटन सत्रमा हुने बताउनुभयो । कार्यक्रममा नेकपा एमालेका पोलिटव्यूरो सदस्य महेश बस्नेत, एमाले केन्द्रीय सदस्यहरु सोम मिश्र, निर्मल भट्टराई, एमाले भक्तपुर जिल्ला अध्यक्ष बचन देउजा, उपाध्यक्ष एवं वागमती प्रदेश स्वास्थ्य मन्त्री किरण थापालगायतले महाधिवेशन भव्य र सभ्व रुपमा सम्पन्न गर्नेगरि लागिरहको बतउनुभयो । --- # निर्वाचनमा नेपाली सेना परिचालन गर्न सिफारिस Source: https://newskunda.com/archives/3165 Category: FEATURED NEWS, अर्थ, निर्वाचन, राजनीति, समाचार, समाज Last updated: 2025-11-20 काठमाडौँ, ४ मङ्सिरः आसन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनमा नेपाली सेना परिचालन गर्न मन्त्रिपरिषद्समक्ष सिफारिस गरिएको छ । प्रधानमन्त्री सुशीला कार्कीको अध्यक्षतामा आज बसेको राष्ट्रिय सुरक्षा परिषद्को बैठकले स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न नेपालको संविधानको धारा २६६ को उपधारा (१) बमोजिम नेपाली सेना परिचालन गर्न नेपाल सरकार, मन्त्रिपरिषद्समक्ष सिफारिस गर्ने निर्णय गरिएको रक्षा मन्त्रालयका सचिव एवं राष्ट्रिय सुरक्षा परिषद्का सदस्य सचिव सुमनराज अर्यालले जारी गर्नुभएको विज्ञप्तिमा जनाइएको छ । आजको बैठकमा राष्ट्रिय सुरक्षामा आउनसक्ने विविध चुनौतीहरु, राष्ट्रिय तथा अन्तरराष्ट्रियस्तरमा देखापरेका पछिल्ला घटनाक्रमले राष्ट्रिय सुरक्षामा पार्नसक्ने प्रभाव तथा चुनौती र अपनाउनुपर्ने भावी रणनीतिका सम्बन्धमा छलफल भएको थियो । साथै राष्ट्रिय सुरक्षा परिषद्को आठौँ वार्षिक प्रतिवेदन आर्थिक वर्ष २०८१/८२ को मस्यौदामाथि छलफल भएको थियो । उक्त मस्यौदामा आवश्यक संशोधनसहित स्वीकृति गरी नेपालको संविधानको धारा २६६ को उपधारा (३) बमोजिम राष्ट्रपतिसमक्ष पेस गर्नेसमेत निर्णय भएको जनाइएको छ । --- # निलम्बित प्रधानन्यायाधीशको पहिलो चरणको बयान Source: https://newskunda.com/archives/2125 Category: FEATURED NEWS, राजनीति, समाचार Last updated: 2022-09-13 काठमाडौँ, २८ भदौ : निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरासँग महाभियोग सिफारिस समितिले पहिलो चरणको बयान लिने काम सकिएको छ । समितिले बयान लिने क्रममा आज पाँचाँै दिन ३५ देखि ४३ नंको प्रश्नमा जवाफ लिइएको थियो । जवाफका क्रममा निलम्बित प्रधानन्यायाधीश जबराले आफूलाई संसद् विघटनसम्बन्धी मुद्दाको फैसलालाई आधार बनाइएको तर उक्त विषय सैद्धान्तिक मात्र भएको बताउनुभयो । “केही राजनीतिक मुद्दाको परिणामबाट फैसलामा पूर्वअनुमान गरेर न्यायाधीश र प्रधानन्यायाधीशको बीच आपसमा मतभेद गर्ने काम भयो”, उहाँले भन्नुभयो, “संसद् विघटनको फैसलाको विषयलाई लिएर महाअभियोगको प्रस्ताव दर्ता गरियो, त्यो सैद्धान्तिक विषय हो ।” उहाँले बयानका क्रममा पटक पटक आफूलाई बिना आधार महाअभियोगको प्रस्ताव दर्ता गरेको अभिव्यक्ति दिनुभएको छ । राणामाथि पहिलो चरणको बयान लिने काम सकिएको छ । उक्त विषयमा समितिले अब कसरी अघि बढ्छ भन्ने विषयमा सिफारिस समितिमा सचिव लक्ष्मीप्रसाद गौतमले भन्नुभयो, “समितिको भोलि बिहान ९ बजे बैठक छ, पूरक प्रश्न तयार गर्ने, बुभ्mनुपर्ने प्रमाणहरु बुझ्ने, बयानका लागि बुझ्नुपर्र्ने व्यक्तिहरुका समितिमा अनुसन्धानका क्रममा बोलाउने तयारी छ ।” निलम्बित प्रधानन्यायाधीशलाई बयान लिने काम सकिए पनि संसद्को कार्यकाल जम्मा तीन दिनमात्र बाँकी छ । यो अवधिमा के हुन्छ भन्ने सर्वत्र चासोको विषय बनेको छ । समितिका सदस्य मीनबहादुर विश्वकर्माले बयानपछि भन्नुभयो, “संसद्को समय सकिन लाग्यो, भदौ मसान्तभित्र सकेर बुझाउनुपर्ने छ, हामी अलमलिँदैनाँै, त्यो अवधिभित्र निष्कर्षमा पु¥याउँछाँै ।” सोही विषयमा उक्त समितिका अर्का सदस्य विष्णु पौडेलले जतिसक्दो छिटो उक्त विषयलाई निष्कर्षमा पु¥याउने तरिकाले काम गरिरहेको बताउनुभयो । “प्रश्न सोध्ने क्रम सकिएको छ, पूरक प्रश्न र बयानका क्रममा आरोप लागेका व्यक्तिलाई पनि बोलाएर छलफल गर्नेछौँ, दिनरात नसुती काम गरेर समयमै प्रतिवेदन पठाउने गरी काम गरिरहेका छौँ ।” राणाविरुद्ध गत फागुन १ मा प्रतिनिधिसभाका ९८ सांसदले महाभियोग प्रस्ताव दर्ता गर्नुभएको थियोे । संसद्ले महाभियोग सिफारिस समिति गठन गरे पनि यही भदौ १ गते पहिलो बैठक बसेको थियोे । राणाविरुद्ध नेपाल बार एसोसिएसन र सर्वोच्च बार एसोसिएशनले महाअभियोग पुष्टि गर्न ३४ बँुदेपत्र समितिलाई बुझाएको थियोे । उक्त पत्रमा महाअभियोग लगाउने आधार र कारणसमेत समेटिएको छ । समितिले निलम्बनमा पर्नुभएका प्रधानन्यायाधीशलाई प्रश्नहरू सोध्ने र राणाले प्रश्नको जवाफ दिने पहिलो चरणको क्रम सकिए पनि पूरक प्रश्न सोध्ने र बयानका क्रममा आएका व्यक्तिहरुको विषयमा थप छलफल गरेर मात्र प्रतिवेदन बनाउने तयारी गरेको सचिव गौतमको भनाइ छ । ––– --- # नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनले समसामयिक विषयमा २४ बुँदे राजनीतिक प्रस्ताव पारित Source: https://newskunda.com/archives/3266 Category: FEATURED NEWS, राजनीति, समाचार, समाज Last updated: 2025-12-18 काठमाडौँ, ३ पुसः नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनले समसामयिक विषयमा २४ बुँदे राजनीतिक प्रस्ताव पारित गरेको छ । महाधिवेशनको समापनसत्रमा प्रस्ताव लेखन समितिका संयोजक प्रदीपकुमार ज्ञवालीले प्रस्तुत गर्नुभएको सो प्रस्ताव पारित भएको हो । पारित प्रस्तावमा मुलुकलाई संविधानको लिकमा फर्काउन संसद् पुनःस्थापनालगायत विषय समेटिएका छन् । भक्तपुरको सल्लाघारीमा गत मङ्सिर २७ गते उद्घाटन भइ काठमाडौँको भृकुटीमण्डपमा मङ्सिर २८ गतेदेखि सुरु भएको बन्दसत्रको आज औपचारिक समापन भएको हो । समापनसत्रमा नवनिर्वाचित अध्यक्ष केपी शर्मा ओलीले महाधिवेशनले पुराना पार्टी सकिए भन्ने गलत भाष्यलाई चिरेको उल्लेख गर्दै अब आफूहरु विकास, सुशासन, समृद्धि र संसद् पुनःस्थापनाको बाटोमा अघि बढ्ने उद्घोष गर्नुभयो । एमालेको ११औँ राष्ट्रिय महाधिवेशनमा राष्ट्रिय स्वाधीनता, लोकतन्त्र र सामाजिक आर्थिक रुपान्तरणका लागि सञ्चालित विभिन्न आन्दोलन, क्रान्ति र देशभक्तिपूर्ण युद्धमा सहभागी हुने क्रममा जीवन अर्पण गर्ने सहिदप्रति श्रद्धाञ्जली अर्पण गरिएको छ । महाधिवेशनले पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठ, जननेता मदनकुमार भण्डारी, प्रथम कम्युनिष्ट प्रधानमन्त्री मनमोहन अधिकारीलगायत आन्दोलनका अग्रजहरुप्रति समेत श्रद्धासुमन अर्पण गरेको छ । यसैगरी एमालेको १०औँ महाधिवेशनबाट निर्वाचित पार्टी उपाध्यक्ष एवं संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङ, पार्टीका पूर्व स्थायी कमिटी सदस्य प्रदीप नेपाल, पोलिटब्युरो सदस्य बालकृष्ण ढुङ्गेल, केन्द्रीय कमिटी सदस्य कमल गौतम, लेखा आयोगका सदस्य खम्ब खत्री, केन्द्रीय सल्लाहकार परिषद् सदस्यहरु इन्दिरा चापागाईं, भोजराज ढुङ्गेल, रामबहादुर दानी, रामचन्द्र चापागाईं, धर्मनाथ यादव, महेश चौधरी, डा ऋतुराज गड्तौला, देवी पोखरेल, बालकृष्ण भट्टराई, बालकृष्ण मैनाली, मोहन विश्वकर्मा, त्रिरत्न शाक्य, बैकुण्ठनाथ दहाल र गणेश पौडेल, राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् सदस्यहरु ऐना गिरी, चित्रबहादुर कार्की, रामचन्द्र थपलिया, कालीचन्द्र साह, पूर्व सांसदहरु विदुर सापकोटा र यज्ञराज न्यौपाने, पार्टीका अग्रज व्यक्तित्व छत्रबहादुर बोहरा, महिला कार्यकर्ता विमला महत, लुम्बिनी प्रदेशसभा सदस्य तथा नेत्री सरिता पुनलगायतप्रति पनि श्रद्धाञ्जली अर्पण गरिएको छ । गत भदौ २३ र २४ गते मुलुकमा घटित घट्नाक्रम र त्यसपछि उत्पन्न असामान्य परिस्थितिका सम्बन्धमा एमाले संवेदनशील, चिन्तित र गम्भीर रहेको र उक्त घटना पश्चात् राष्ट्रियता, लोकतन्त्र, संविधान, अर्थतन्त्र, विकास र समृद्धिको बाटो नै सङ्कटको दिशातिर उन्मुख भइरहेको पृष्ठभूमिमा ११औँ राष्ट्रिय महाधिवेशनले मुलुकलाई लोकतान्त्रिक पद्धति, राजनीतिक स्थायित्व, सामाजिक सद्भाव र राष्ट्रिय एकताको बाटोमा फर्काउने सङ्कल्प गरेको छ । सामाजिक सञ्जालको निर्वाध सञ्चालन, भ्रष्टाचारको विरोध र सुशासनलगायत विभिन्न माग राखेर नवयुवाले गरेको भदौ २३ गतेको प्रदर्शनका क्रममा भएको जनधनको क्षतिप्रति एमालेको ११औँ महाधिवेशनले दुःख व्यक्त गरेको छ । नवयुवाको शान्तिपूर्ण प्रदर्शनमा घुसपैठ भएको एमालेको ठहर छ । महाधिवेशनले उक्त घटनाको स्वतन्त्र र निष्पक्ष छानबिन, सबै तथ्यको सार्वजनिकीकरण र सङ्लग्न दोषीलाई कार्बाहीको माग गरेको छ । यस्तै भदौ २४ गते सुनियोजित र शृङ्खलाबद्ध रुपमा गरिएको देश दोहनको एमालेले भ्रत्र्सना र निन्दा गरेको छ । यसमा संलग्नलाई पार्टीले कानुनी कारबाहीको माग गरेको छ । महाधिवेशनले सर्वोच्च अदालतका पूर्व न्यायाधीशको नेतृत्वमा स्वतन्त्र छानबिन आयोग बनाउनुपर्नेमा जोड दिएको छ । एमाले ताजा जनादेशका लागि जनतामाझ जाने, जनअनुमोदित हुने र निर्वाचनको प्रतिष्पर्धामा सहभागी हुने मान्यतामा अविचलित रहेको र पार्टी कहिल्यै निर्वाचनबाट पछि नहट्ने उल्लेख गरेको छ । यसका लागि सरकारले निर्वाचनको वातावरण बनाउनुपर्नेमा एमालेले जोड दिएको छ । लोकतन्त्रका आधारस्तम्भका रुपमा रहेका दलहरुसँग सरकारले सार्थक संवाद, परामर्श र सहकार्य गर्न एमालेले माग गरेको छ । प्रहरीबाट लुटिएका हतियार र गोलीगठ्ठा फिर्ता ल्याउन, भागेका कैदीलाई फेरि जेलमा फर्काउन र समाजमा शान्ति सुरक्षाको वातावरण बनाउन ठोस कदम चाल्न एमालेले सरकारसँग माग गरेको छ । साथै सो पार्टीले प्रतिनिधिसभा पुनःस्थापनाको समेत माग गरेको छ । राष्ट्रियता, लोकतन्त्र, संविधान, अर्थतन्त्र र सामाजिक प्रबन्ध सङ्कटमा परेको तथा जनताका सङ्घर्षका उपलव्धि नै धरापमा परेको अवस्थालाई बोध गर्दै मुलुकलाई लोकतान्त्रिक मार्गमा फर्काउन संविधानका पक्षधर सबै शक्ति, संसद्मा रहेका दल, सबै लोकतान्त्रिक र देशभक्त नागरिक तथा आम जनसमुदायलाई आपसी संवाद, सहकार्यका साथ अगाडि बढ्न समेत एमालेको ११औँ महाधिवेशनले आह्वान गरेको छ । गत भदौ २४ गते पार्टी अध्यक्ष केपी शर्मा ओलीलगायत १७० भन्दा बढी नेता तथा कार्यकर्ताको निजी निवासमा आगजनी, तोडफोड र लुटपाट भएको उल्लेख गर्दै उक्त घटनाप्रति एमालले दुःख व्यक्त गरेको छ । साथै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेत्री डा आरजु देउवामाथि साङ्घातिक आक्रमण, पूर्व प्रधानमन्त्री झलनाथ खनालकी पत्नी रविलक्ष्मी चित्रकारमाथिको आगजनीको एमालेले निन्दा गरेको छ । मुलुकको विकास र समृद्धिका लागि नव युवाहरुसँग अझ सार्थक संवाद गर्न, सरोकारलाई ग्रहण गर्न र सहकार्यका साथ अगाडि बढ्न एमाले सदैव तत्पर रहेको र पार्टीले सङ्गठनात्मक संरचनामा युवा सहभागिता बढाउन विभिन्न निर्णय गर्दै अगाडि बढेको एमालले जनाएको छ । महाधिवेशनले सार्वभौम समानता, आपसी सहयोग, विश्वास र न्यायका आधारमा परराष्ट्र सम्बन्ध सञ्चालन हुनुपर्छ भन्ने मान्यतालाई जोड दिएको र एमाले नेपालको राष्ट्रिय हित, असङ्लग्नता, संयुक्त राष्ट्रसङ्घको बडापत्र र विश्व शान्तिलाई केन्द्रबिन्दुमा राखेर छिमेकीलगायत मित्र राष्ट्रहरुसँग सन्तुलित सम्बन्ध अगाडि बढाउन प्रतिबद्ध रहेको उल्लेख गरेको छ । --- # नेकपा (एमाले) को मंसिर २७ गतेबाट सुरु हुने ११ औँ राष्ट्रिय महाधिवेशन, एमालेका उपमहासचिव प्रदीप ज्ञवालीसहितको टोलीले अनुगमन एवं निरक्षण Source: https://newskunda.com/archives/3198 Category: FEATURED NEWS, अर्थ, राजनीति, समाचार, समाज Last updated: 2025-12-03 भक्तपुर, १७ मङ्सिर : नेकपा (एमाले) को मंसिर २७ गतेबाट सुरु हुने ११ औँ राष्ट्रिय महाधिवेशनको उद्घाटन स्थल भक्तपुरको सल्लाघारीस्थित नेपाल ट्रष्टको १०८ रोपनी क्षेत्रफल रहेको चौरमा आज एमालेका उपमहासचिव प्रदीप ज्ञवालीसहितको टोलीले अनुगमन एवं निरक्षण गर्नु भएको छ । उपमहासचिव ज्ञवाली, एमाले प्रचार तथा प्रकाशन विभागका प्रमुख राजेन्द्र गौतम, नेता बिनाद श्रेष्ठ, नेकपा एमाले भक्तपुर जिल्ला अध्यक्ष वचन देउजा, उपाध्यक्ष एवं वागमती प्रदेश स्वास्थ्य मन्त्री किरण थापा, जिल्ला सचिव विष्णु तामाङ्गलगायतका नेताहरुले कार्यक्रमस्थलको अनुगमन गर्नु भएको हो । उपमहासचिव ज्ञवालीले उद्घाटनस्थलमा करिब दुई लाख जना अट्न सक्ने क्षमता रहेको बताउदै उक्त चौरमा भरिभराउ हुने बताउनुभयो । उहाँले महाधिवेशनका सबै तयारीहरू उत्साहजनक रूपमा अगाडि बढिरहेको जानकारी दिदै महाधिवशनका लागि गठन भएका बिभिन्न समितिले तिब्र रुपमा कार्य गरिरहेकोे जानकारी दिनुभयो । एमाले अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्नुहुने महाधिवेशनमा करिब दुई हजार ५ सय भन्दा बढी प्रतिनिधि सहभागी हुने अनुमान गरिएको र उद्घाटन सत्रमा देशभरबाट एकलाख ५० हजारभन्दा बढी कार्यकर्ताको सहभागिता रहने भएको बताईएको छ । प्रचार विभाग प्रमुख गौतमले आजको अनुगमन एवं निरीक्षणले मञ्च कहाँ बनाउने, कताबाट प्रवेश गर्नेलगायतका बिभिन्न संरचनाहरु कसरी बनाउने भन्नेबारेमा निष्कर्षमा पुगेको बताउनुभयो । एमाले जिल्ला पार्टी अध्यक्ष बचन देउजाले महाधिवेशनको उद्घाटन भक्तपुरमा हनु भक्तपुकै लागि गौरबको कुरा भएको बताउदै उद्घाटन सत्रलाई नमूना र भव्य बनाउन भक्तपुरले कुनै कसर बाँकी नराख्ने बताउनुभयो । उहाँले मञ्च निर्माणदेखिनै स्वयंसेवक खटिने बताउदै करिब ६०० स्वयसेवक पोशाकमा खटिने र उद्घाटनका दिन करिब दुई हजार स्वयंसेवक उद्घाटनस्थलमा परिचालन हुने जानकारी दिनुभयो । पार्टी जिल्लाका उपाध्यक्ष एवं वागमती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापाले आजबाट नै डोजर लगाएर कार्यक्रमस्थलमा काय सुरु गरेको जानकारी दिदै चौरको पूर्वतर्फ मञ्च व्यबस्थापन गरिने, शौचालयदेखि आवश्यक पूर्वाधारहरु तयार गरिने बताउनुभयो । उद्घाटनका दिन पूर्वबाट आउने सवरी साधानलाई जगातीस्थित इँटा तथा टायल कारखानामा र पश्चिमबाट आउने सवारी साधनलाई गठ्ठाघरदेखि कमेरोटार क्षेत्रमा बस्बस्थापन गरि र्यालीसहितन कार्यक्रमस्थलमा प्रवेश गर्ने व्यबस्था गर्ने तय भएको जानकारी दिनुभयो । --- # नेकपा (एमाले) मधेस प्रदेश अधिवेशनका लागि नारा र लोगो सार्वजनिक Source: https://newskunda.com/archives/3020 Category: FEATURED NEWS, राजनीति, समाचार, समाज Last updated: 2023-09-28 महेन्द्रनगर (धनुषा), ११ असोज : नेकपा (एमाले) मधेस प्रदेश समितिको यही असोज २४ र २५ का लागि तय भएको अधिवेशनको लोगो र नारा सार्वजनिक गरिएको छ । जनकपुरधाममा आज आयोजित पत्रकार सम्मेलनमा एमाले सचिव एवं मधेस प्रदेश इन्चार्ज योगेश भट्टराई, पोलिटब्यूरो सदस्यद्वय लीलानाथ श्रेष्ठ र जुलीकुमारी महतोले संयुक्तरूपमा नारा र लोगो सार्वजनिक गर्नुभएको हो । अधिवेशनको नारा ‘सामाजिक न्याय र सुशासन हाम्रो कार्यभार, मधेसको स्वाभिमान र समृद्धिका लागि एमाले सरकार’ तय गरिएको छ । लोगोमा हँसियाभित्र मधेस प्रदेशको सांस्कृतिक एवं धार्मिक विविधिताको सम्मान, उद्योग, कृषि, पर्यटनजस्ता क्षेत्रमा तीव्र विकासको आवश्यकता झल्काउने स्थल तथा क्षेत्रलाई राखिएको एमालेले जनाएको छ । पत्रकार सम्मेलनमा पार्टी सचिव एवं मधेस प्रदेश इन्चार्ज भट्टराईले यही असोज २४ र २५ गते जनकपुरधामस्थित महेन्द्र नारायण निधि संस्कृति केन्द्रमा हुने अधिवेशनको उद्घाटन पार्टी अध्यक्ष केपी शर्मा ओलीले गर्ने र अधिवेशनले दुई सय १० सदस्यीय प्रदेश कमिटी चयन गर्ने जानकारी दिनुभयो । भट्टराईले विगत छ वर्षमा सरकारले गरेका क्रियाकलापका आधारमा मधेस प्रदेशमा सुशासनको प्रत्याभूति, समृद्ध मधेसको निर्माण र मधेसको स्वाभिमानलाई माथि उठाउन एमाले सरकारको अपरिहार्यता महसुस गरी अधिवेशनको नारा तय भएको र यसैलाई विसं २०८४ को चुनावमा पनि प्रयोग गरिने बताउनुभयो । अधिवेशनमा एक हजारभन्दा बढी प्रतिनिधिको सहभागिता रहने र प्रतिनिधि छनोटका लागि प्रदेश कमिटी अध्यक्ष रामअवतार यादवको संयोजकत्वमा समिति बनाई प्रदेशका एक सय ३६ वटै पालिकामा निर्वाचन समितिसमेत गठन गरिएको पत्रकार सम्मेलनमा वितरित प्रेस विज्ञप्तिमा उल्लेख छ । --- # नेकपा (एस)द्धारा भक्तपुरमा एक नगर प्रमुख, दुई उपप्रमुख र ३३ प्रतिशत वडाध्यक्षको माग, एमाले र नेमकिपालाई शून्य बनाउने दाबी Source: https://newskunda.com/archives/422 Category: FEATURED NEWS, राजनीति, समाचार Last updated: 2022-04-20 भक्तपुर, ७ बैशाख । नेकपा (एकीकृत समाजवादी)ले गठबन्धन दलसँग भक्तपुरका चार नगरपालिकामध्ये एक नगरपालिकामा प्रमुख र दुई उपप्रमुख पद माग गरेको छ । एकीकृत समाजवादी भक्तपुर जिल्ला कमिटीले बैशाख ३० गतेको स्थानीय तहको निर्वाचनको निर्वाचनका लागि गरेको तयारीकाबारेमा जानकारी दिन आज भक्तपुरमा पत्रकार सम्मेलनको आयोजना गर्दै यस्तो माग गरेको हो । पत्रकार सम्मेलनमा एकीकृत समाजवादीका भक्तपुर जिल्ला अध्यक्ष श्यामसुन्दर श्रेष्ठले भक्तपुर जिल्लाको चार वटै नगरपालिकामा एमालेको ४० प्रतिशतभन्दा बढी भोट काट्ने दाबी गर्दै यस्तो माग गर्नु भयो । त्यस्तै भक्तपुरका ३८ वटामध्ये ३३ प्रतिशतमा वडाध्यक्ष नेकपा (एस) ले पाउनु पर्ने माग गर्दै अध्यक्ष बस्नेतले भन्नुभयो, “भक्तपुरमा रहेका पार्टीहरुमध्ये हाम्रो पार्टी अहिले जिल्लामा तेस्रो स्थानमा छ, पहिलो शक्तिका रुपमा काँग्रेस, दोस्रो शक्तिका रुपमा एमाले र तेस्रो शक्तिका रुपमा नेकपा एस नै हो, अबको चुनाब पछि हाम्रो पार्टी भक्तपुरमा दोश्रो हुन्छ ।” गठबन्धनबाट बाहिर रहेर एक्लै चुनाब लड्नु परे पनि आफ्नो पार्टीले सबै उम्मेदवारलाई तयारी अबस्थामा राखेको बताउदै उहाँले भक्तपुरमा रहेको चार दलीय गठबन्धनमा यसकाबारेमा चार पटक छलफल भएको बताउनु भयो । अध्यक्ष बस्नेतले भन्नुभयो, “‘हामीलाई भक्तपुरका चार नगरपालिका मध्ये एक नगरका प्रमुख चाहिन्छ, चारवटा उपप्रमुखमध्ये दुईवटा उपप्रमु्ख चाहिन्छ, ३३ प्रतिशत वडाध्यक्ष चाहिन्छ, हामीले गठबन्धनमा यो प्रस्ताव राखिसकेका छौँ, एउटा पार्टीको करिब टुङ्निे अबस्थामा पुगेको छ, यदी हामीलाई मागको सुनुवाई भएन भने पनि हामी सबै नगरपालिका र वडाहरुमा सबै पदमा उम्मेदवारी दिन उम्मेदवारहरु तयारी अबस्थामा राखेका छौँ ।” देशको ७७ जिल्ला मध्ये भक्तपुरमात्रै एउटा यस्तो जिल्ला हो जुन जिल्लामा नेकपा एसको ३८ वटै वडामा वडा कमिटी गठन गरिसकेको र सबै तहमा आफ्नो उम्मेदवारी दिन पार्टी तयार रहेको बताउदै गठनबन्धनसँग पार्टीका लागि सिट बाँडफाँडबारे सहमति बन्ने विश्वास व्यक्त गर्नु भयो । **नेकपा (एस)बाट को को छन् उम्मेदवारका आकांक्षी :** पार्टी अध्यक्ष बस्नेतले चार वटा नगरपालिकाका नगर प्रमुख र उपप्रमुखको उम्मेदवारको नामावली संकलन गरेको छ । जसमा भक्तपुर नगरपालिकामा नगर प्रमुखमा ओमचरण अमात्य र रीता अवाल तथा उपप्रमुखमा डा. राजेन्द्र कोजू र प्रविण वाटी, मध्यपुरथिमि नगरपालिकामा प्रेमानन्दलाल श्रेष्ठ, दुर्गामोहन श्रेष्ठ, भवानी खड्का र पूण्य रत्न, तथा उपप्रमुखमा नविनप्रकाश श्रेष्ठ, शुसिला श्रेष्ठ र ऋतु चित्रकारको नाम जिल्ला कमिटीमा आएको बताउनु भयो । त्यसैगरि चाँगुनारायण नगरपालिकामा नगर प्रमुखमा सर्वसम्मत रुपमा रामप्रसाद न्यौपाने तथा उपप्रमुखमा शान्ति पौडेल खड्का, अञ्जना पोखरेल, सूर्यविनायक नगरपालिकामा प्रमुखमा पार्टी अध्यक्ष श्यामसुन्दर बस्नेत, अर्जुन बस्नेत, मधुकर थापा र उपप्रमुखमा दिलिप केसी, शोभा श्रेष्ठको नाम सिफारिस भइ आएकोले उम्मेदवार छनौटका लागि पार्टीको प्रदेश कमिटीमा नाम पठाइने उहाँले बताउनु भयो । वडाध्यक्ष तथा सदस्यहरुको नाम भने जिल्ला कमिटीले नै छान्ने गरि तय भएको बताउदै उहाँले ३८ वटा वडामा तय भएका वडाध्यक्ष र सदस्यहरुको नाम भने अहिले सार्वजनिक नगर्ने बताउनु भयो । अध्यक्ष बस्नेतले भन्नुभयो, “वडा तहको नाम अहिले सार्वजनिक गर्दैनौ, केही नाम सार्वजनिक हुँदा एमालेले तीन व्यक्तिलाई फकाएर लैजान खोजेको चाल पायौ, त्यसैले हामी १२ गते मात्रै जानकारी दिन्छौँ, सबैको नाम तयारीमा राखेका छौँ ।” **एउटै उदेश्य एमाले परास्त गर्ने :** आफ्नो पार्टीको एउटै उदेश्य भनेको एमालेलाई शून्यमा पुर्याउनु रहेको भन्दै अध्यक्ष बस्नेतले एमालेलाई निर्वाचनमा परास्त गर्न सिट बाँडफाँडमा नमिले पनि गठबन्धन भने कायम राख्ने बताउनु भयो । उहाँले एमालेलाई वडा सदस्य समेत जित्न नदिने रणनीति आफ्नो पार्टीको रहेको बताउदै भन्नुभयो, “एउटा वडा सदस्यसम्म पनि जित्न नदिने गरि मसिनो ढंगले गठबन्धनमा तयारी गरेका छौँ, हाम्रो पार्टीले र अन्य पार्टीले सबै मतदाताको तथ्यांक संकलन गरेका छौँ, अघिल्लो चुनाबमा एमालेले कति मतले जित्यो, हामीले उसको कति भोट घटायौँ, अब कति मतले हराउने भनेर तयारी गरेका छौँ, अब प्रत्येक घर दैलोमा पुगेर २०७४ को भोट धोका भो, माफी दिनुस भन्दै एमाले हराऊ अभियानमा हामी लाग्ने छौँ ।” **माओवादी केन्द्र भन्दा नेकपा एस ठूलो पार्टी भएको दाबी :** पत्रकार सम्मेलनमा नेकपा (एस) का अध्यक्ष बस्नेतले भक्तपुरमा आफ्नो दल तेश्रो स्थानमा रहेको दाबी गर्नु भयो । माओवादी केन्द्रभन्दा आफ्नो पार्टी ठूलो र अगाडि रहेको दाबी प्रस्तुत गर्दै उहाँले भन्नुभयो, “भक्तपुरमा रहेका पार्टीहरुमध्ये हाम्रो पार्टी अहिले जिल्लामा तेस्रो स्थानमा छ, पहिलो शक्तिका रुपमा काँग्रेस, दोस्रो शक्तिका रुपमा एमाले र तेस्रो शक्तिका रुपमा नेकपा एस नै हो, अबको चुनाब पछि हाम्रो पार्टी भक्तपुरमा दोश्रो हुन्छ ।” उहाँले एमालेले विगतमा प्राप्त गरेको मतका आधारमा अहिले ३८ देखि ५५ प्रतिशत मतदाता आफ्नो पार्टीमा ल्याउन सफल भएको दाबी गर्दै भन्नुभयो, “२०७४ को चुनाबमा एमालेले ल्याएको मत र मतादाा मध्ये भक्तपुर नपामा ५५ प्रतिशत, मध्यपुरथिमि नपामा ३८ प्रतिशत, सूर्यविनायक नपाका ४० प्रतिशत र चाँगुनारायणमा २८ प्रतिशत मतदाता हाम्रो पार्टीमा छन्् हाम्रो पाटीमा खुलेर आउन नसकेकाहरुले भोट हाम्रैलाई दिन्छन् ।” **भक्तपुर नगरपालिकामा नेमकिपा शून्य बनाउने दाबी :** पत्रकार सम्मेलनमा अध्यक्ष बस्नेतले नेमकिपाको एकछत्र राज गरेको भक्तपुर नगरपालिकासमेत अब गठबन्धनले कब्जा गर्ने दाबी गर्नु भयो । उहाँले ३० गतेको निर्वाचनमा भक्तपुर नगरभित्रका पाँच वटा वडा गठबन्धनले जित्ने योजना बनाए पनि तीन वटा जित्ने निश्चित भएको दाबी प्रस्तुत गर्नु भयो । उहाँले भन्नुभयो, “यसपालीको चुनाबमा भक्तपुर नगरमा गठबन्धनले तीन वटा वडा जित्ने निश्चित छ, अर्को पाँच वर्षमा त भक्तपुरबाट नेमकिपालाई शून्य बनाउँछौँ, भक्तपुर नगर पनि हामी कब्जा गर्छौ ।” --- # नेकपा एमाले क्षेत्र नं. २ बाट उम्मेदवारमा सचिव महेश बस्नेत सर्वसम्मत, क्षेत्र नं. १ भने बाट ६ जनाको नाम सिफारिस Source: https://newskunda.com/archives/3304 Category: FEATURED NEWS, निर्वाचन, राजनीति, समाचार, समाज Last updated: 2026-01-05 भक्तपुर, २१ पुस । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि भक्तपुर क्षेत्र नम्बर २ बाट प्रत्यक्षतर्फका उम्मेदवारमा नेकपा एमालेका सचिव महेश बस्नेत एकल सिफारिसमा पर्नु भएको छ । नेकपा एमाले भक्तपुर निर्वाचन क्षेत्र समन्वय कमिटीले पार्टी सचिव महेश बस्नेतको उम्मेदवारका लागि एकल नाम सिफारिस गरेको एमाले भक्तपुर जिल्ला कमिटी अध्यक्ष बचन देउजाले जानकारी दिनुभयो । एमालेको तर्फबाट राजेन्द्र राजथला र अनिल श्रेष्ठको समेत उम्मेदवारी दाबी रहेपनि समितिको बैठकले उक्त क्षेत्रबाट राजथला र श्रेष्ठले आफ्नो दाबी छाडेर आफूलाई सर्वसम्मत उम्मेदवारी बनाएको सचिव बस्नेतले जानकारी दिनुभयो । सचिव बस्नेतलाई सर्वसम्मत उम्मेदवार सिफासिका लागि एमाले जिल्ला अध्यक्ष देउजाले महत्वपूर्ण भूमिका निर्वाह गर्नु भएको थियो । एमाले नेता राजथलाले भने देश निर्वाचनमय भएकाले जसले टिकट पाएपनि पार्टीलाई विजयी बनाउँन एक ढिक्का भएर लाग्ने बताउनुभयो । भक्तपर क्षेत्र नं. १ मा भने प्रतिनिधि सभा निर्वाचनका लागि एमालेबाट ६ जनाको नाम सिफारिस भएको छ । क्षेत्र नं. १ बाट एमालेका पूर्वकेन्द्रीय सदस्य सोमप्रसार मिश्र, सरस्वती वाटी, दिपेश खड्का, राजकुमार लामिछाने ‘चमत्कार’, डा. राजेन्द्र कोजू र रबिन्द्र लाछिमस्यु गरि ६ जनाको नाम सिफारिस गरेको छ । क्षेत्र नं. १ बाटै नेता निर्मल भट्टराई र गोविन्द दुलालले पनि उम्मेदवारी दाबी गरेकोमा एमाले भक्तपुर क्षेत्र नं. १ कमिटीले आफ्नो क्षेत्र बाहेक अन्य क्षेत्रबाट अएकालाई नस्विकार्ने निर्णय गरेपछि ६ जनाको नाम सिफारिस भएको कमिटीले जानकारी दिएको हो । प्रत्यक्षतर्फ यही माघ ६ गते उम्मेदवारी दर्ताको कार्यतालिका तय गरेपछि जिल्ला जिल्लाबाट उम्मेदवारको नाम छनौट गरि सिफारिस गर्ने कार्य तिब्र रुपमा भइरहेको छ । --- # नेकपा एमालेका नयाँ संगठित सदस्य लिएका १ हजार ७ सय ६१ जनाले सपथ ग्रहण Source: https://newskunda.com/archives/2935 Category: FEATURED NEWS, अर्थ, राजनीति, समाचार, समाज Last updated: 2023-09-08 भक्तपुर, २२ भदौ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) जिल्ला कमिटी भक्तपुरले आज आयोजना गरेको सपथ ग्रहण कार्यक्रममा नेकपा एमालेका नयाँ संगठित सदस्य लिएका १ हजार ७ सय ६१ जनाले सपथ ग्रहण गरेका छन् । कार्यक्रममा नयाँ संगठित सदस्यहरुलाई नेकपा एमालेका केन्द्रीय सदस्य एवं भक्तपुर इन्चार्ज कैलाश ढुङ्गेलले सपथ खुवाउदै नयाँ संगठित सदस्यहरुका लागि यो इतिहासकै गौरबपूर्ण क्षण भएको बताउनु भयो । आजदेखि नेकपा एमालेमा संगठिन भएका सदस्यहरुले नेकपा एमालेको नीति, बिचार र सिद्धान्तलाई अंगाल्दै आफ्ना आचरणलाई समेत कम्युनिष्ट आचरणमा बलदेर लैजानु पर्ने बताउदै उहाँले आजदेखि व्यक्तिगत स्वार्थलाई त्यागेर सामुहिक हित एवं देशको लागि लाग्नु पर्ने बताउनुभयो । भक्तपुर इन्चार्ज ढुङ्गेलले भन्नुभयो, “परिवर्तन आफैबाट सुरु गर्नुपर्छ, आजदेखि तपाईहरुले आफ्नो खल्तीमा एउटा ऐना बोक्नुस् र दैनिक हेुर्नस्, म हिजो कस्तो थिएँ ? आज कस्तो भए र भोली कस्तो हुनेछु, भनेर नियाल्नुस्, आफैलाई परिवर्तन गर्नुस् र समाज अनि देश परिवर्तन गर्न सकिन्छ ।” उहाँले जो पायो त्यहीँ व्यक्ति एमाले बन्न नसक्ने भन्दै जो व्यक्ति राष्ट्रवादी छ, देशभक्त छ, देश र जनताको हितको पक्षमा लाग्छ, त्यस्ता व्यक्ति मात्रै एमाले बन्न सक्ने बताउनुभयो । काम केही नगर्ने, चुपचाप बस्ने मानिस पार्टीलाई काम लाग्दैन भन्दै उहाँले अहिले प्राध्यापकदेखि मजदुरसम्मले देशको हितमा लाग्ने पार्टी एमाले मात्रै हो भनेर भन्न सक्ने अबस्थामा पुगेको बताउनुभयो । एमाले सत्ताबाट बाहिर रहेकाले निर्णायाक ठाउँमा नभएको भन्दै उहाँले एमालेले बृद्ध भत्तालाई पाँच हजार पुर्याउने लक्ष्य लिएको, देश बिकासका खम्बा रहेको राष्ट्रिय गौरबका आयोजनाहरु अगाडि बढाउने, शुसासनलाई फराकिलो पार्ने लक्ष्य एमालेको रहेको बताउनु भयो । इन्चार्ज ढुङ्गेलले भन्नुभयो, “अब मिसन २०८४ सुरु गरेका छौँ, एमालेलाई फेरी पनि सम्बृद्ध बनाउन कम्मर कस्नु पर्छ, एमालेले सिंगो भक्तपुरलाई आफ्नो झण्डा र परिचयभित्र समेट्नु पर्छ, नयाँ सदस्यहरु सहितको बलले आउँदो निर्वाचनमा भक्तपुरलाई एमालेमय बनाउनु पर्छ, भक्तपुरमा एमालेलाई कसैले हल्लाउन नसक्ने बताउनु पर्छ ।” एमालेले जनताको सरोकारका विषयलाई आफ्नो एजेण्डा बनाएर लैजानु पर्नेमा उहाँले जोड दिनुभयो । कार्यक्रममा एमाले भक्तपुर जिल्ला कमिटी अध्यक्ष बचन देउजाले धृरै पहिला औला काटेर रगतको छाप लगाएर कम्युनिष्टको सदस्यता लिने गरेको स्मरण गराउदै अहिले एमालेको नीति, सिद्धान्त र बिचार मान्ने र देशको समृद्धिका लागि एकताबद्ध हुनेले एमालेको सदस्य पाउने बताउनुभयो । उहाँले यो सपथ ग्रहणको क्षण गौरबशाली पार्टीको गौरबमय क्षण भएको चर्चा गर्दै, भक्तपुर जिल्लामा ७ हजार भन्दा बढी पार्टी संगठित सदस्य र देशभर लाखौ सदस्य रहेको बताउनु भयो । उहाँले भन्नुभयो, “तपाईहरुले आज सपथ ग्रहण गर्दा खाएको कसम बर्सिनु हुदैन, सपथ ग्रहणमा खाएको कसम बिर्सिएर घात गर्दा गत निर्वाचनमा एमालेले धेरै ठाउँमा प्रतक्ष्यतर्फको सिठ गुमाउनु पर्यो, समानुपातिकमा राम्रो भोट ल्याएको पार्टीले प्रतक्ष्यतर्फ क्षति ब्यहोर्दा त्यसले सिंगो देशलाई असर पारिरहेको छ, तपाई हामीले यतिखेर भोगि रहेका छौँ, त्यसैले आजैबाट मिसन २०८४ सुरु भयो भन्ने ठान्नुस्, आज खाएको कसम सम्झेर आउँदो निर्वाचनमा एमालेलाई देशकै ठूलो पार्टी बनाएर देश चलाउने अबस्थामा पुर्याउनु पर्छ ।” विश्वव्यापी रुपमा कम्युनिष्ट आन्दोलनमा धक्का लागिरहेको बेलामा नेपालमा कम्युनिष्ट आन्दोलन बलियो भएर अगाडि बढिरहेको भन्दै उहाँले मदन भण्डारीको योगदान र एमालेको नीति, सिद्धान्छ, बिचार र जबजले एमालेमा जनाकर्षण रहेको चर्चा गर्नुभयो । आउँदो निर्वाचनमा एमालेको वर्गशत्रुलाई परास्त गरेर ठूलो पार्टी बन्दै सत्ता सञ्चालनमा पुगेर समाजवादको आधारलार्ई पुरा गर्दै पार्टी अध्यक्ष केपी शर्मा ओलीको समृद्ध नेपाल सुखी नेपालीको परिकल्पानालाई साकार पाुर्न पर्ने बताउनु भयो । कार्यक्रममा नेकपा एमालेका उपाध्यक्ष बासुदेव थापाले आजको यो भव्य सपथ ग्रहण कार्यक्रमबाटै भक्तपुर एमालेले मिसन २०८४ सुरु गरेको सन्देश दिनुभयो । उहाँले आउँदो निर्वाचनमा भक्तपुरलाई एमालेमय बनाउने बताउदै वडादेखि मेयरसम्म सबै एमालेका उम्मेदवार विजय हुने र प्रदेशदेखि संघमा समेत एमालेका उम्मेदवार विजयी हुने गरि मिसन सुरु भएको बताउनु भयो । उपाध्यक्ष थापाले भन्नुभयो, “एमाले भक्तपुरले मिसन २०८४ सुरु गरेको छ, यो मिसनलाई सफल पारेर आउादो निर्वाचनमा वडादेखि नगरसम्म, प्रदेशदेखि संघसम्ममा एमालेले विजय हासिल गर्नेछ र एमालेको सम्बृद्ध नेपाल, सुखी नेपालीको अभियानलाई सार्थकतामा पुर्याउने छाँै, त्यसमा सबैलाई लाग्न आवहान गर्दछौँ ।” कार्यक्रम सञ्ञ्चालन एवं जल्ला सचिव मोहनबीर श्रेष्ठले नयाँ संगठिन सदस्यको जुझारुपनले एमालेको लक्ष्य प्राप्तीमा थप सहयोग पुग्ने बताउदै एमालेको नीति, सिद्धान्त, बिचर र आचरण भन्दा बाहिर कोही पनि नजाने विश्वास लिएको बताउनुभयो । कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सदस्य निर्मल भट्टराई, वागमति प्रदेश सभा सदस्य एवं युवा नेता किरण थापा, सकुन्लता श्रेष्ठ, सूर्यविनायक नगरपालिकाका उपप्रमुख सरिता तिम्सिना भट्टराईलगायतका नेताहरुको सहभागिता रहेको थियो । --- # नेकपा एमालेका सचिव महेश बस्नेतले गत वर्ष भदौ २४ गते भएको आगजनी र विध्वंसका घटनामा संलग्नमाथि कानुनी कारबाही नभएसम्म आफ्नो आवाज नरोकिने बताए Source: https://newskunda.com/archives/4231 Category: FEATURED NEWS, अर्थ Last updated: 2026-09-09 भक्तपुर, २४ भदौ । नेकपा एमालेका सचिव महेश बस्नेतले गत वर्ष भदौ २४ गते भएको आगजनी र विध्वंसका घटनामा संलग्नमाथि कानुनी कारबाही नभएसम्म आफ्नो आवाज नरोकिने बताएका छन्। घटनाको एक वर्ष पूरा भएको अवसरमा आफना् घरमा लुटपाट र आगजनी भइरहेको भिडियो सामाजिक सञ्जालमा शेयर गर्दै बस्नेतले पीडितले न्याय र क्षतिपूर्ति नपाएको तथा दोषीमाथि कारबाही नभएको बताएका हुन्। गत वर्ष भदौ २४ गते सिंहदरबार, संसद् भवन, सर्वोच्च अदालतलगायत राज्यका संरचनामा आगजनी भएको उल्लेख गर्दै बस्नेतले सरकारी कार्यालय, निजी उद्योग–व्यवसाय तथा ४ सयभन्दा बढी नागरिकका घरसम्पत्तिमा क्षति पुर्याइएको बताएका छन्। ‘गत बर्ष आजकै दिन सिंहदरबार, संसद् भवन, सर्वोच्च अदालतलगायत राज्यका संरचना जलाइए। सरकारी कार्यालय, निजी उद्योग व्यवसाय र मेरो लगायत ४ सय भन्दा बढी नागरिकका घर सम्पत्ति खरानी बनाइए’ उनले लेखेका छन्। घटना भएको एक वर्ष बितिसक्दा पनि पीडितले न्याय र क्षतिपूर्ति नपाएको तथा घटनामा संलग्नमाथि कारबाही हुन नसकेको बस्नेतको भनाइ छ। ‘एक वर्ष बित्यो। पीडितले न्याय पाएनन्, क्षतिपूर्ति पाएनन् । अपराधीमाथि कारबाही भएन । यो घटनाका दोषीलाई कारबाही नभएसम्म आवाज उठाइरहन्छु’ उनले भनेका छन्। बस्नेतले भदौ २४ को घटनापछि बनेको सत्ताप्रति पनि असन्तुष्टि व्यक्त गरेका छन्। ‘त्यही अराजकताको जगमा बनेको बालेन सत्ताले देशलाई थप अन्योल र बर्बादीतर्फ धकेल्यो’ उनले आरोप लगाएका छन्। भदौ २४ लाई इतिहासको ‘कालो दिन’का रूपमा स्मरण गर्दै उनले घटनामा संलग्न व्यक्ति वा शक्ति जुनसुकै आवरणमा भए पनि कानुनी कारबाहीको दायरामा ल्याउनुपर्ने बताएका छन्। ‘अपराधी जुनसुकै शक्ति र आवरणमा भए पनि कानुनी कठघरामा नउभ्याएसम्म आवाज रोकिने छैन’ उनले भनेका छन्। राष्ट्रमाथि भएको अपराधमा संलग्नलाई उन्मुक्ति दिन नहुनेमा जोड दिँदै बस्नेतले न्याय र जवाफदेहिताको माग गरेका छन्। न्याय चाहिन्छ, जवाफदेहिता चाहिन्छ। राष्ट्रमाथिको अपराधमा उन्मुक्ति स्वीकार्य नभएको उनले बताएका छन्। --- # नेकपा एमालेको ११ औं महाधिवेशन र यसको आगामी नेतृत्वका विषय बढी चासो Source: https://newskunda.com/archives/3254 Category: FEATURED NEWS, राजनीति, समाचार, समाज Last updated: 2025-12-13 भक्तपुर, २७ मङ्सिर : नेकपा एमालेको १० औं महाधिवेशनबाट आएको नेतृत्वले आफ्नो कार्यकालको एक वर्ष अगाडि नै ११ औं महाधिवेशन थालेको छ । जेनजी आन्दोलनको दबाबपछि आफ्नो नेतृत्वको सरकार अपदस्थ भएको, २१ फागुनका लागि प्रतिनिधिसभा निर्वाचन तोकिएको र देशको समग्र राजनीतिक तापक्रम उच्च बनेको परिस्थितिबीच सुरु हुन थालेको यो महाधिवेशन र यसको आगामी नेतृत्वका विषय बढी चासोका साथ हेरिएको छ । आजदेखि २९ मंसिरसम्म चल्ने महाधिवेशनमा सहभागी २,२६२ प्रतिनिधिले आगामी पाँच वर्षका लागि पार्टीको केन्द्रीय नेतृत्व चयन गर्नेछन् । महाधिवेशनमा भूगोल, प्रवास र जनसंगठनबाट निर्वाचित १,६७५ जना, केन्द्रीय कमिटी तथा आयोगबाट पदेन ४६१ जना, मनोनीत १०८ जना र एकीकृत समाजवादीबाट आएका १८ जना गरी कुल २,२६२ प्रतिनिधि सहभागी भएको एमाले उपमहासचिव प्रदीप ज्ञवालीले जनाएका छन् । भदौमा भएको विधान अधिवेशनले दिएको म्याडेडअनुसार यी प्रतिनिधिले २५१ सदस्यीय केन्द्रीय कमिटी र १५ सदस्यीय पदाधिकारी चयन गर्नेछन् । विधान महाधिवेशनले पारित गरेको संरचनाअनुसार अध्यक्ष, महासचिव, तीन उपाध्यक्ष, तीन उपमहासचिव र सात सचिव रहने व्यवस्था छ । यसअघि रहेको वरिष्ठ उपाध्यक्ष पद विधानबाट हटाइए पनि सोही पद सम्हालिरहेका ईश्वर पोखरेलले अध्यक्षमा उम्मेदवारी घोषणा गरेसँगै नेतृत्व चयनको प्रतिस्पर्धा थप रोचक बनेको छ । **ओली–पोखरेल प्रतिस्पर्धा, प्यानलमै चुनावको सम्भावना** ११औँ महाधिवेशनको सबैभन्दा केन्द्रमा अध्यक्ष पदको प्रतिस्पर्धा छ । पार्टी अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल दुवै १५ सदस्यीय पदाधिकारीका लागि प्यानल नै बनाएर प्रतिस्पर्धामा उत्रिने सम्भावना देखिएको छ । दुवै पक्षले आ–आफ्नो समूह मजबुत बनाउन प्रतिनिधिसँग तीव्र भेटघाट र लबिङ गरिरहेका छन् । १० मंसिर ०७८ मा चितवनमा सम्पन्न १०औँ महाधिवेशनपछि पाँच वर्षे कार्यकाल पूरा हुन अझै एक वर्ष बाँकी रहँदै एमालेले नयाँ नेतृत्व चयन गर्न लागेको हो । गत भदौमा सम्पन्न विधान महाधिवेशनले पारित गरेको विधान र नीति कायम राखेर नेतृत्व चयन गर्ने निर्णय केन्द्रीय सचिवालय बैठकले गरिसकेको छ । **विधान संशोधन प्रस्तावमा ओली पछि हटे** पदाधिकारीमा आकांक्षीको व्यवस्थापनका लागि एमाले अध्यक्ष केपी ओलीसहितका शीर्ष नेताहरुले पदाधिकारीको संख्या १० औ महाधिवेशनमै रहेका संख्यामा पदाधिकारी बनाएर जान सकिने धारणा औपचारिक रुपमा राखिरहेका थिए । तर शुक्रबार च्यासलस्थित केन्द्रीय कार्यालयमा साढे चार घण्टाभन्दा बढी समय बसेको सचिवालय बैठकमा अध्यक्ष ओलीले पदाधिकारी संख्या १९ पुर्याउने र केन्द्रीय कमिटी ३०० भन्दा माथि लैजाने गरी विधान संशोधनको प्रस्ताव अघि सारेपनि अघि बढ्न सकेन । विधान संशोधन गरेर जाने प्रस्तावलाई अध्यक्ष ओलीको निरन्तरता नचाहेका नेताहरुले असंभव हुने बताइरहेका थिए । शुक्रबार पनि वरिष्ठ उपाध्यक्ष पोखरेल, उपाध्यक्षहरू सुरेन्द्र पाण्डे, अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली, सचिवद्वय गोकर्ण विष्ट र योगेश भट्टराईलगायत नेताहरूले तीव्र असहमति जनाएपछि ओली उक्त प्रस्तावबाट पछि हटेको दावी यी नेताहरुको छ । तर उपमहासचिव प्रदीप ज्ञवालीले विधान अधिवेशन गरेको धेरै समय नभएको र अहिले नै विधान संशोधन गर्दा बाहिर सन्देश राम्रो नजाने भएकोले यसलाइृ अघि नबढाइएको जनाएका छन् । सचिवालयबाट यो प्रस्ताव अघि नबढेपनि अझै पनि बन्द सत्र अगाडि हलमा समेत पदाधिकारी थपेरजान सक्ने दबाब आउनसक्ने केही नेताहरुको आंकलन छ । ‘अध्यक्ष ओलीले साँच्चिकै विधान संशोधन गरेर जाने चाहनुभएको हो भने अझै पनि हलबाट अगाडि बढाउन सक्नुहुन्छ, यो उहाँको चाहनामा भर पर्नेछ’ उनी निकट एक नेताले भने । हिजोको सचिवालय बैठकमा ती नेताहरूले तीन महिना अघि मात्रै विधान महाधिवेशनबाट पारित निर्णय उल्ट्याउन नहुने अडान लिए । विवाद बढेर महाधिवेशन नै प्रभावित हुन सक्ने जोखिम देखिएपछि अन्ततः विधान संशोधनको प्रस्ताव अघि नबढाउने सहमति बनेको हो । यससँगै १५ सदस्यीय पदाधिकारी र २५१ सदस्यीय केन्द्रीय कमिटीको संरचना कायम रहने निश्चित भएको छ । तर अहिलेको विधान अनुसार १० औं महाधिवेशनबाट निर्वाचित पदाधिकारी, स्थायी कमिटीमा रहेका नेताहरु जो निरन्तरता दिन चाहेका थिए र अहिले पदाधिकारी तथा केन्द्रीय कमिटीमा पुग्ने आकांक्षा राखेकाहरुको व्यवस्थापनका लागि नेतृत्वलाई गम्भीर संकट नै पुग्ने समन्वय गर्ने नेताहरुको आंकलन छ । **सरकार–जेन–जी सम्झौताविरुद्ध विशेष प्रस्ताव, शक्ति प्रदर्शनको तयारी** सचिवालय बैठकले सरकार र जेन–जी प्रतिनिधिबिच भएको १० बुँदे सम्झौतालाई असंवैधानिक, अनधिकृत र निर्वाचन नैतिकताविपरीत ठहर गर्दै विशेष प्रस्ताव पारित गरेको छ । प्रस्तावमा विध्वंसमा संलग्न अपराधीलाई उन्मुक्ति दिन खोजिएको, संविधानका आधारस्तम्भ कमजोर पार्ने प्रयास भएको र निर्वाचनको पूर्वसन्ध्यामा सरकार आफ्नो कार्यक्षेत्रभन्दा बाहिर गएको आरोप लगाइएको छ । दसौँ महाधिवेशनझैँ यसपटक पनि एमालेले उद्घाटन सत्रमा ‘मानवसागर’ उतार्ने दाबी गरेको छ । करिब तीन लाख सहभागी हुने अनुमान गरिएको छ । कौशलटार–गठ्ठाघर र जगाती गरी दुईतिरबाट जुलुस निकालिनेछ । १० हजार स्वयंसेवक परिचालन हुनेछन्, तीमध्ये ५०० विशेष तालिमप्राप्त ड्रेसधारी स्वयंसेवक रहनेछन् । १०८ रोपनी चौरमा तीन किलोमिटर टाढासम्म ध्वनि सुनिने ११५ वटा उच्च गुणस्तरका साउन्ड सिस्टम र ३० फिट अग्ला दुई एलइडी स्क्रिन जडान गरिएका छन् । मञ्चमा चाँगुनारायण मन्दिरको प्रतिमा स्थापना गरिएको छ, जसले राष्ट्रिय एकता र सांस्कृतिक पहिचानको सन्देश दिने एमालेको दाबी छ । **हजारभन्दा बढी आकांक्षी, तीव्र लबिङ** काठमाठौंमा आएका प्रतिनिधिहरु अधिकांश उम्मेदवार न बन्ने मुडमा देखिन्छन् । साढे २२ सय प्रतिनिधिमध्ये करिब आधा केन्द्रीय कमिटीका लागि आकांक्षी देखिएका छन् । उनीहरु मध्ये धेरै एकसाता पहिलेबाट आफ्नो सचिवालय नै बनाएर प्रचारमा लागेका देखिन्छन् पार्टीका एक पदाधिकारीका अनुसार कम्तीमा एक हजारभन्दा बढी प्रतिनिधि केन्द्रीय कमिटीमा पुग्ने चाहनामा देखिन्छ अहिलेको प्रचार हेर्दा । आकांक्षीहरूले अध्यक्ष ओली, अध्यक्षका प्रत्यासी पोखरेल, महासचिव शंकर पोखरेल, उपाध्यक्ष सुरेन्द्र पाण्डे, विष्णु पौडेल तथा आफ्नो भूगोलबाट प्रतिनिधित्व गरेका नेताहरुलाई दिनहुँ भेटघाट तथा लबिङ गरेका छन् । कतिपय आकांक्षी सामाजिक सञ्जालमार्फत अभियान चलाइरहेका छन् भने थुप्रै च्यासलस्थित पार्टी कार्यालयमा दिनहुँ उपस्थित भएर समर्थन जुटाइरहेका छन् । अध्यक्ष ओलीलाई गुन्डुस्थित निवासमै पुगेर भेट्नेहरूको संख्या पनि कम छैन । ओलीले सकेसम्म सूचीमा पार्ने, नभए पार्टीले मूल्यांकन गर्ने भन्दै आश्वासन दिने गरेको त्यहाँ पुग्ने नेताहरुको बुझाई छ । उनले धेरैलाई ढुक्क भएर जानुस् नै नभनेको त्यहाँ पुग्ने नेताहरुको भनाइ छ । अध्यक्ष पदका उम्मेदवार पोखरेल समूहले शुक्रबार अलग्गै युवा भेला आयोजना गर्दै महाधिवेशनका लागि छुट्टै ‘फोर्स’ गठन गरेको छ । अध्यक्ष ओली पक्षले नेसनल भोलेन्टियर फोर्स र राष्ट्रिय युवा संघलाई मतदान प्रक्रियामा एकलौटी प्रयोग गर्न सक्ने आशंकासहित पोखरेल समूहले कम्तीमा पाँच सय युवासहितको टोली परिचालन गरेको हो । रातो क्याप लगाएको टोली बानेश्वर बैंक्वेटदेखि पार्टी कार्यालय च्यासलसम्म प्रदर्शनसहित पुगेको थियो । भेलालाई सम्बोधन गर्दै उपाध्यक्ष सुरेन्द्र पाण्डेले केन्द्रीय कमिटीमा युवाको सहभागिता कम्तीमा २० प्रतिशत पुर्याइनुपर्ने धारणा राखे । पोखरेलले ‘सूचना टाँस’ र ‘नाम पढेर कमिटी बनाउने’ प्रवृत्तिले पार्टी कमजोर बनाएको भन्दै आन्तरिक लोकतन्त्र बलियो बनाउनुपर्नेमा जोड दिए । सचिव योगेश भट्टराईले ४० वर्षमुनिका प्रतिनिधिलाई आधार बनाउँदै कम्तीमा १५ प्रतिशत युवा आरक्षण सुनिश्चित गर्नुपर्ने प्रस्ताव सचिवालय बैठकमा राखेका छन् । उपमहासचिव प्रदीप ज्ञवालीले पनि युवालाई केन्द्रीय कमिटीमा प्रतिनिधित्व गराएर पार्टीलाई ऊर्जाशील बनाउने बताए । यसपटक एमालेले विद्युतीय मतदान प्रणाली प्रयोग गर्दैछ । मतदाता शिक्षाका लागि पार्टी कार्यालय र बन्दसत्र स्थलमा डेमो सञ्चालन गरिएको छ । अध्यक्ष ओली र पोखरेलबीच सर्वसम्मतिको विकल्पबारे अनौपचारिक छलफल भए पनि सहमति जुट्न सकेन । सहमति सम्भव नभए स्वस्थ प्रतिस्पर्धामार्फत आन्तरिक लोकतन्त्र बलियो बनाउने दुवै पक्षको प्रतिबद्धता छ । पोखरेलको अवधारणापत्र प्रतिनिधिलाई वितरण गर्न र आवश्यक परे हलमै बोल्न दिने निर्णय भइसकेको छ । अब साढे २२ सय प्रतिनिधिको मतले एमालेको भावी दिशा, नेतृत्व शैली र संगठनात्मक चरित्र तय गर्नेछ । चुनावी प्रतिस्पर्धा, शक्ति प्रदर्शन र आन्तरिक लोकतन्त्रको परीक्षणको रूपमा ११औँ महाधिवेशनलाई हेरिएको छ । --- # नेकपा एमालेको ११ औं महाधिवेशनको तयारी पुरा Source: https://newskunda.com/archives/3237 Category: FEATURED NEWS, राजनीति, समाचार, समाज Last updated: 2025-12-12 भक्तपुर, २६ मङ्सिर : नेकपा एमालेको ११ औं महाधिवेशनको तयारी पुरा भएको छ । महाधिवेशन उद्घाटनस्थल भक्तपुरको सल्लाघारीस्थित १०८ रोपनी चौरमा आज एमाले प्रचार तथा प्रकाशन विभागले आयोजना गरेको पत्रकार सम्मेलनमा महाधिवेशनको तयारी पुरा भएको जानकारी दिएको हो । पत्रकार सम्मेलनमा विभागका संयोजक राजेन्द्र गौतमले महाधिवेशनको उद्घाटनको तयारी पुरा भएको जानकारी दिदै पार्टीको सचिवालयको अन्तिम बैठक पार्टी कार्यालयमा च्यासलमा आज सम्पन्न हुने बताउनुभयो । कार्यक्रममा महाधिवेशन जनपरिचालनका सञ्चालक एवं एमाले स्थायी कमिटी सदस्य डा. राजन भट्टराईले महाधिवेशनको उद्घाटन सत्रमा देशभरबाट तीन लाख नेता तथा कार्यकर्ताको उपस्थित रहने बताउनुभयो । उहाँले कार्यक्रममा नेपालको एकताको प्रतिकका रुपमा २०० भन्दा बढी नेपाली बिभिन्न जातजातीको कला, संस्कृति झल्काउने झाँकीको प्रदर्शन गरिने बताउनुभयो । उद्घाटन कार्यक्रममा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, नेकपाका अध्यक्ष पुष्पकमल दाहाललगायतका नेताहरु आउने प्रतिबद्धता जनाईसकेको जानकारी दिदै बिभिन्न १६ वटा पार्टीको अध्यक्ष एवं नेताहरुको सहभागिता रहने बताउनुभयो । उहाँले भ्रातृत्व, मैत्रीपूर्ण कूटनीतिक सम्बन्ध रहेका विभिन्न देशका विदेशी कुटनीतिक नियोग एवं बिभिन्न पार्टीका प्रतिनिधिहरुको शुभकामना सन्देश प्राप्त भइरहेको बताउनुभयो । त्यसैगरी महाधिवेशन स्वयंसेवक परिचालन समितिको संयोजक भानुभक्त ढकालले महाधिवेशन शान्तिपूर्ण भयरहित वातावरणमा सम्पन्न गर्न पार्टीको २४ वटा जनसंगठनहरूको प्रतिनिधित्व रहने गरि ५०० बढी स्वयंसेवकहरू ड्रेसकोडमा खटिने व्यबस्था गरेको बताउनुभयो । जनसेवालाई व्यबस्थित र शान्तिपूर्ण बनाउँन १० हजार तालिम प्राप्त स्वयंसेवक परिचालन गरिने बताउनुभयो । पत्रकार सम्मेलनमा मञ्च व्यवस्थापन समितिका संयोजक विनोद श्रेष्ठले मञ्च व्यवस्थापनको तयारी अन्तिम चरणमा पुगेको र रातीसम्ममा सम्पूर्ण कार्य पुरा हुने बताउनुभयो । एमालेले लिच्छविकालमा राजा हरिदत्तले स्थापना गरेको चाँगुनारायणको ऐतिहासिक मन्दिरलाई मुख्य स्वरुपमा राखेर उपत्यकाका महत्वपूर्ण बिभिन्न मन्दिरहरू एकै ठाउँ देखाउने गरि नेपालकै इतिहासमा पहिलो पटक यति ठूलो र कलात्म एवं ऐतिहासिकता झल्कने आकर्षक मञ्च निर्माण गरिएको बताउनुभयो । टाढासम्म रहेका सहभागिले वक्ताले बोलेको प्रस्ट देखिने गरि मञ्चको दायाँबायाँ ३० फिट अग्ला दुईवटा एलईडी स्क्रिन राखिएको, तीन किलोमिटर परसम्म सुन्न सकिने ११५ वटा उच्च गुणस्तरका साउन्ड सिस्टम जडान गरिएको र मञ्च अगाडि देशभरबाट आएका नेता, मन्त्री, सांसद एवं बिभिन्न कुटनीतिक नियोगका प्रतिनिधिहरुका लागि २५ हजार कुर्सी राखिएको उहाँले बताउनुभयो । कलाकारले मञ्चमा नै राष्ट्रिय एकताको प्रतीक झल्काउने सांगीतिक प्रस्तुति दिने व्यबस्था गरिएको बताउनुभयो । महाधिवेशन उद्घाटनमा मञ्चमा बनाईएको चाँगुनारायण मन्दिरको छेउमा विद्युतीय पाला राखिने र त्यही पालालाई रिमोटद्वारा बालेर पार्टी अध्यक्ष ओलीले महाधिवेशन उद्घाटन गर्ने गरि तयारी भएको छ । पार्टीको ११ औँ महाधिवेशन भएकाले पार्टीका ११ वटा झण्डा राखिने, १० वटा झण्डा सुरुमै फहराइने, एउटा झण्डा रिमोटबाट फहराउने गरि तयारी गरिएको छ । महाधिवेशनको उद्घाटन सत्रमा सहभागि बिभिन्न जिल्लाबाट आउने सवारी साधनका लागि निम्ति कोटेश्वरबाट गट्ठाघरसम्म गाडीमा आउन सकिने र गठ्ठारघमार रहेको नागरिक उड्यान प्राधिकरणको खाली चौरमा तथा काभ्रेहुदै आउने सवारीको लागि जगातीस्थित भाइरल प्लानिङमा पार्किङ्गको व्यबस्था गरिएको जानकारी दिदै गठ्ठाघर र जगातीबाट भव्य र्याली कार्यक्रमस्थल आउने गरि व्यबस्था गरिएको जानकारी पत्रकार सम्मेलनमा दिएको छ । Video: https://radiohimalayan.com.np/wp-content/uploads/2025/12/6a374b35-3a05-4766-8765-0223147e868f.mp4 --- # नेकपा एमालेको ११ औं राष्ट्रिय महाधिवेशनमा उपस्थितिकाे लागि सार्वजनिक रुपमा अपिल Source: https://newskunda.com/archives/3240 Category: FEATURED NEWS, राजनीति, समाचार, समाज Last updated: 2025-12-12 भक्तपुर, २६ मङ्सिर : नेकपा एमाले भक्तपुरले नेकपा एमालेको भाेली भक्तपुरमा उद्घाटन हुने ११औं राष्ट्रिय महाधिवेशनमा उपस्थितिकाे लागि सार्वजनिक रुपमा अपिल गरेकाे छ । शनिबार भक्तपुरको सल्लाघारीस्थित नेपाल ट्रष्टको १ सय ८ रोपनी चौरमा भव्य समारोहका साथ उद्घाटन कार्यक्रममा सहभागिताकाे लागि एमालेले अपिल गरेकाे हाे । नेकपा एमाले भक्तपुर जिल्ला कमिटीले आज सार्वजनिक अपिल जारी गर्दै जिल्लावासी, विभिन्न राजनीतिक दल, नागरिक समाज, पेशागत संगठन, युवायुवती तथा जेन–जी पुस्तासमेत उद्घाटन समारोहमा सहभागी भइ कार्यक्रम सफल बनाउन अनुरोध गरेको छ। जिल्ला कमिटीका अध्यक्ष बचन देउजाले महाधिवेशनलाई ‘देश निर्माणको साझा अभियान’का रूपमा सबैले साथ दिने विश्वास व्यक्त गर्नुभएकाे छ । देशभरबाट लाखौँ प्रतिनिधि, कार्यकर्ता र शुभेच्छुक भक्तपुर आउने अपेक्षा भएकाले शनिबार भक्तपुर क्षेत्रका मुख्य मार्गमा सवारी चाप बढ्ने सम्भावना रहेको जिल्ला कमिटीले जनाएको छ। विशेष गरी पूर्वतर्फ जगातदेखि पश्चिमतर्फ मनोहरा पुलसम्मको सडक खण्ड केही समय अवरुद्ध हुन सक्ने अनुमान गरिएको छ। यद्यपि सुरक्षा निकायसँगको समन्वयमा चाप घटाउने गरी आवश्यक तयारी भइरहेका भए पनि उद्घाटन सत्र सकिनुअघि अत्यावश्यकबाहेकका निजी सवारी साधनले वैकल्पिक मार्ग प्रयोग गर्न अपिल गरिएको छ। शनिबार सार्वजनिक बिदा भएकाले अरनिको राजमार्गमा अनावश्यक सवारी साधन नचलाइदिन पनि जिल्लाको अपिलमा उल्लेख गरिएको छ। महाधिवेशन स्थलतर्फ चारैतिरबाट आउनेकाे लाइन मिलाउन सुरक्षा व्यवस्थालाई थप प्रभावकारी बनाइएको बताइएको छ। अध्यक्ष देउजाले भक्तपुरमा निर्माण गरिएको मुख्य स्टेज परम्परागत कला, संस्कृति, भेसभुसा र सम्पदालाई झल्कने गरी तयार पारिएको जानकारी दिँदै यसले भक्तपुरको पर्यटन प्रवर्द्धनमा समेत सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गर्नुभएकाे छ । कार्यक्रमलाई सभ्य, मर्यादित र सफल बनाउन सबै क्षेत्रका नागरिकले सहयोग गर्ने अपेक्षा गरिएको छ। पहिलो पटक भक्तपुरमा आयोजना हुन लागेको एमाले इतिहासकै महत्त्वपूर्ण महाधिवेशनका कारण जिल्लाभरि उत्साहजनक चहलपहल बढेको छ। --- # नेकपा एमालेको ११ औं राष्ट्रिय महाधिवेशनमा सहभागि हुन बिहानैदेखि बिभिन्न जिल्लाबाट आएका नेता, महाधिवेशन प्रतिनिधि एवं कार्यकर्ताको भीड Source: https://newskunda.com/archives/3248 Category: FEATURED NEWS, अर्थ, राजनीति, समाचार Last updated: 2025-12-13 भक्तपुर, २७ मङ्सिर : भक्तपुरको सल्लाघारीस्थित नेपाल ट्रष्टको १०८ रोपनी चौरमा आजबाट सुरु हुने नेकपा एमालेको ११ औं राष्ट्रिय महाधिवेशनमा सहभागि हुन बिहानैदेखि बिभिन्न जिल्लाबाट आएका नेता, महाधिवेशन प्रतिनिधि एवं कार्यकर्ताको भीड लागेको छ । बिभिन्न जिल्लाबाट बस रिर्जभ गरि रात्रीको समयमा आएका प्रतिनिधि एवं कार्यकर्ताहरुको उद्घाटनस्थलको गेट बाहिर भीड लागेको हो । महाधिवेशनका लागि निर्माण गरिएको विशाल मञ्च, सभास्थल तथा आवश्यक भौतिक संरचनाको काम पूर्ण रूपमा सम्पन्न भइसकेको नेकपा एमाले भक्तपुरका अध्यक्ष बचन देउजाले जानकारी दिनुभयो । उहाँका अनुसार मञ्च, ध्वनि प्रणाली, प्रकाश व्यवस्था, एलइडी स्क्रिन, बसाइँ व्यवस्था तथा व्यवस्थापनसम्बन्धी सबै तयारी तोकिएकै समयमै सम्पन्न गरिएको जानकारी दिदै उहाँले आज बिहानैदेखि आएका नेता तथा कार्यकर्तालाई गेट बाहिरै रहेको बताउनुभयो । उद्घाटनस्थलाई व्यबस्थि तगर्न, सुरक्षा चेकजाँचलाई दुरुस्त राख्नका लागि बिहान १० ः३० सम्मका लागि गेट बन्द गरिए पनि ११ बजेबाट प्रवेश कार्यक्रमस्थलमा प्रवेश गर्नेको भीड लागेको छ । आज दिउँसो १२ : ३० बजे पार्टी अध्यक्ष केपी शर्मा ओलीले मञ्चमा बनाईएको चाँगुनारायण मन्दिरको छेउमा राखिएको विद्युतीय पालालाई रिमोटद्वारा बालेर उद्घाटन गर्ने गरि तयारी भएको छ । पार्टीको ११ औँ महाधिवेशन भएकाले पार्टीका ११ वटा झण्डा राखिएकोमा १० वटा झण्डा सुरुमै फहराइने, एउटा झण्डा रिमोटबाट फहराउने गरि तयारी गरिएको छ । औपचारिक रूपमा उद्घाटन गर्नु हुने महाधिवेशनको शुभारम्भ गर्ने तयारी सम्पन्न भएको जानकारी दिदै उहाँले महाधिवेशनस्थलमा सुरक्षाका नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा स्वयंसेवक परिचालन गरिएको जानकारी दिनुभयो । **दुईहजार पाँचसय सुरक्षाकर्मी तैनाथ :** महाधिवेशन उद्घाटनस्थलको सुरक्षालाई ध्यानमा राख्दै बम विस्फोटक पदार्थ तथा हतियार सुँघेर पत्ता लगाउने तालिमप्राप्त कुकुरसहितको प्रहरी टोली आज बिहान चेक गरेको जानकारी दिदै सुरक्षा व्यबस्थालाई कडा पारिएको भक्तपुरका प्रमुख जिल्ला अधिकारी उमेशप्रसाद ढकालले जानकारी दिनुभयो । उहाँले बम डिटेक्टर उपकरण प्रयोग गरी मञ्च, सभास्थल र वरपरका क्षेत्रमा सूक्ष्म जाँच गरेको जानकारी दिदै सुरक्षाका लागि नेपाल प्रहरी, शसस्त्र प्रहरी र सादा पोशाकका प्रहरी गरि दुई हजार ५०० सुरक्षाकर्मी उद्घाटनस्थलमा तैनाथ गरिएको जानकारी दिनुभयो । सुरक्षाको व्यबस्थामा कुनै कमी नरहने गरि व्यबस्थापन गरेको जानकारी दिदै उहाँले सिसि क्यामराबाट निगरानी गर्ने टोली समेत खटाएर सुरक्षा निगरानी गरिरहेको बताउनुभयो । सभास्थलका साथै र्याली आउने स्थल, सडक, पार्किङ्गस्थल लगायतको क्षेत्रमा समेत नेपाल प्रहरी, शसस्त्र प्रहरी र सादा पोशाकका सुरक्षाकर्मी तैनाथ गरिएको जानकारी दिनुभयो । कार्यक्रमस्थलमा कहिकतै शंकास्पद गतिबिधि भएको देखिए तत्कालै पक्राउ गर्ने गरि तयारी गरेको उहाँले जानकारी दिनभयो । **५० भन्दा बढी सिसि क्यामरा :** उद्घाटनस्थलको मञ्च, मञ्च प्रवेश गर्ने गेट, आसपासका क्षेत्र र सभास्थलको बीच तथा वरिपरिका क्षेत्रमा ५० वटा भन्दा बढी सिसि क्यामरा जडान गरिएको छ । एमाले भक्तपुर अध्यक्ष बचन देउजाले कार्यक्रमस्थलमा ५० भन्दा बढी सिसि क्यामरा जडान गरिएको र त्यसके निगरानी एमालेको एक युवा टिम र सुरक्षाकर्मीले गरिरहेको जानकारी दिनुभयो । **गाउँगाउँबाट र्याली सुरु :** महाधिवेशनको उद्घाटनस्थलमा आउनका लागि भक्तपुर चारवटै पालिकाले गाउँगाउँबाट रेयाली सुरु गरेको छ । सूर्यविनायक नगरपालिका अन्तर्गत वडा नं १ देखि ५ सम्मल कटुञ्जेबाट, वडा नं. ७ ले गुण्डुबाट, वडा नं. ६ देखि १० सम्मले जगाती एवं सूर्यविनायक चोकबाट र्याली सुरु गरेको छ । त्यस्तै चाँगुनारायण नगरपालिका अन्तर्गत वडा नं. १ देखि ४ सम्मले दुवाकोटबाट, वडा नं. ५ देखि ८ सम्मले कमलविनायकबाट र वडा नं. ९ ले भक्तपुर नगरपालिकाबाट सुरु हुने च्यायामासिंहस्थित र्यालीमा मिसिएर र्याली सुरु भएको छ । भक्तपर नगरपालिकाले नगर क्षेत्र परिक्रमा गर्दै कार्यक्रम स्थलमा आउने गरि र्याली सुरु गरेको छ भने मध्यपुथिमि नगरपालिकाले शंखधर चोकबाट र्याली सुरु गरेको छ । सबै र्यालीमा बिभिन्न जाती, भेषभुषा एवं कला र संस्कृति झल्कने बाजा तथा झाकी एवं नृत्यहरु प्रर्दशन गर्दै र्याली सुरु भएको छ । बिभिन्न जिल्लाबाट आउने सहभागिहरुको र्याली भने पूर्वतर्फ जगातीबाट र पश्चिमतर्फ गठ्ठाघरबाट सुरु हुदैछ । **यस्तो रहनेछ उपस्थिति :** महाधिवेशनमा दुई हजार २६२ प्रतिनिधिको सहभागिता रहने जानकारी दिदै महाधिवेशन जनपरिचालनका सञ्चालक एवं एमाले स्थायी कमिटी सदस्य डा. राजन भट्टराईले महाधिवेशनको उद्घाटन सत्रमा देशभरबाट तीन लाख नेता तथा कार्यकर्ताको उपस्थित रहने बताउनुभयो । उहाँले कार्यक्रममा नेपालको एकताको प्रतिकका रुपमा २०० भन्दा बढी नेपाली बिभिन्न जातजातीको कला, संस्कृति झल्काउने झाँकीको प्रदर्शन हुने बताउनुभयो । उद्घाटन कार्यक्रममा नेपाली काँग्रेस सभापति, नेकपाका अध्यक्ष पुष्पकमल दाहाललगायतका १६ वटा पार्टीको अध्यक्ष एवं नेताहरुले शुभकामना दिने कार्यतालिका तय भएका जानकारी दिदै उहाँले उहाँले भ्रातृत्व, मैत्रीपूर्ण कूटनीतिक सम्बन्ध रहेका विभिन्न देशका विदेशी कुटनीतिक नियोग एवं बिभिन्न पार्टीका प्रतिनिधिहरुको शुभकामना सन्देश प्राप्त भइसकेको जानकारी दिनुभयो । त्यसैगरी महाधिवेशन स्वयंसेवक परिचालन समितिको संयोजक भानुभक्त ढकालले महाधिवेशन शान्तिपूर्ण भयरहित वातावरणमा सम्पन्न गर्न पार्टीको २४ वटा जनसंगठनहरूको प्रतिनिधित्व रहने गरि ५०० बढी स्वयंसेवकहरू ड्रेसकोडमा खटिएको जानकारी दिनुभयो । जनसेवालाई व्यबस्थित र शान्तिपूर्ण बनाउँन १० हजार तालिम प्राप्त स्वयंसेवक परिचालन गरिएको जानकारी दिनुभयो । एमालेले लिच्छविकालमा राजा हरिदत्तले स्थापना गरेको चाँगुनारायणको ऐतिहासिक मन्दिरलाई मुख्य स्वरुपमा राखेर उपत्यकाका महत्वपूर्ण बिभिन्न मन्दिरहरू एकै ठाउँ देखाउने गरि नेपालकै इतिहासमा पहिलो पटक यति ठूलो र कलात्मक एवं ऐतिहासिकता झल्कने आकर्षक मञ्च निर्माण गरिएको छ । मञ्चलई धेरै सहभागिहरुले उत्कृष्ठताको नमूनाको संज्ञा दिएका छन् । टाढासम्म रहेका सहभागिले वक्ताले बोलेको प्रस्ट देखिने गरि मञ्चको दायाँबायाँ ३० फिट अग्ला दुईवटा एलईडी स्क्रिन राखिएको, तीन किलोमिटर परसम्म सुन्न सकिने ११५ वटा उच्च गुणस्तरका साउन्ड सिस्टम जडान गरिएको र मञ्च अगाडि देशभरबाट आएका नेता, मन्त्री, सांसद एवं बिभिन्न कुटनीतिक नियोगका प्रतिनिधिहरुका लागि २५ हजार कुर्सी राखिएको छ । **यस्तो छ पार्किङ्गको व्यबस्था :** महाधिवेशनको उद्घाटन सत्रमा सहभागि बिभिन्न जिल्लाबाट आउने सवारी साधनका लागि निम्ति कोटेश्वरबाट गट्ठाघरसम्म गाडीमा आउन सकिने र गठ्ठारघमार रहेको नागरिक उड्यान प्राधिकरणको खाली चौरमा तथा काभ्रेहुदै आउने सवारीको लागि जगातीस्थित भाइरल प्लानिङमा पार्किङ्गको व्यबस्था गरिएको जानकारी दिदै गठ्ठाघर र जगातीबाट भव्य र्याली कार्यक्रमस्थल आउने गरि व्यबस्था गरिएको जानकारी पत्रकार सम्मेलनमा दिएको छ । --- # नेकपा समाजवादीका वडाध्यक्ष एमाले प्रवेश गर्दै भने माधव नेपालको पार्टी अब कम्युनिष्ट रहेन Source: https://newskunda.com/archives/698 Category: FEATURED NEWS, निर्वाचन, राजनीति, समाचार Last updated: 2022-05-06 भक्तपुर, २३ बैशाख । एमाले चाँगुनारायण नगर कमिटीको कार्यालयमा पार्टी प्रवेश कार्यक्रम सम्पन्न भएको छ । नेकपा (एकीकृत) समाजवादी चाँगुनारायण नगरपालिका वडा १ का अध्यक्ष लीला बहादुर रोक्का नेकपा समाजवादी परित्याग गरि एमाले प्रवेश गर्नु भएको हो । उहाँलाई नेकपा एमालेका केन्द्रीय सदस्य सोमप्रसाद मिश्र, नेकपा एमाले भक्तपुर जिल्ला कमिटी अध्यक्ष बचन देउजा, जिल्ला समिन्वय समितिका प्रमुख नवराज गेलाललगायत जिल्ला कमिटीका पदाधिकारी, नगर कमिटीका पदाधिकारीहरुले स्वागत गर्नु भएको थियो । एमाले पार्टी प्रवेश गरे पछि बोल्दै रोक्काले नेकपा समाजवादी भ्रम छर्ने पार्टी रहेको र आफ्नो कम्युनिष्ट सिद्धान्त नै बेचेर काँग्र्सको शरणमा गएको बताउदै अब माधव नेपाल नेतृत्वको त्यो पार्टी न कम्युनिष्ट हुने न त कांग्रेस नै हुने अबस्थामा पुर्याए पछि पुरानै आफ्नै माउ पार्टीमा फर्केको बताए । नेकपा समाजवादीमा जानु आफ्नो भूल भएको भन्दै उहाँले भू र भ्रमलाई चिर्दै त्यो पार्टी छाडेर पुरानै मूल पाटीृमा फर्कन आव्हान गर्दै अन्यथा आफ्नै पहिचान समेत हराउने अबस्थामा पुग्ने बताएको युवा नेता जयराम बास्तोलाले जानकारी दिनु भयो । --- # नेकपा समाजवादीदेखि स्वतन्त्रका वडाध्यक्षसम्म एमालेमा प्रवेश, घरदैलो अभियानमै गठबन्धनका युवाहरु एमालेमा समाहित Source: https://newskunda.com/archives/649 Category: FEATURED NEWS, निर्वाचन, राजनीति, समाचार Last updated: 2022-05-02 भक्तपुर, १९ बैशाख । स्थानीय तहको निर्वाचन नजिकिदै गर्दा गठबन्धन दलदेखि स्वतन्त्र रुपमा वडाध्यक्षको उम्मेदवार भएकादेखि बिभिन्न दलका युवाहरुको एमाले प्रवेश गर्ने लर्को चलेको छ । भक्तपुरमा एमालेले चुनावी प्रचारका लागि घरदैलो अभियान सुरु भएपछि पनि एमालेमा प्रवेश गर्नेको लर्को घटेको छैन । मध्यपुरथिमी नगरपालिका वडा न.१ मा नेकपा एकीकृत समाजबादी पार्टीबाट वडाअध्यक्ष पदमा उम्मेदवारी दिएका शंकर कोइराला आज नेकपा एमाले प्रवेश गरेका छन् । कोइरालासँगै नेकपा समाजवादीबाट वडा सदस्य पदका उम्मेदवार किरण श्रेष्ठले पनि एकीकृत समाजबादी पार्टी परित्याग गरि एमालेमा प्रवेश गरेका छन् । एमाले प्रवेश गरेका नेकपा समाजवादीका उम्मेदवार कोइराला र श्रेष्ठलाई नेकपा एमालेका जिल्ला अध्यक्ष बचन देउजाले टीका र खादा लगाएर पार्टी प्रवेश गराउदै स्वागत गर्नु भएको छ । एमाले प्रवेश गर्ने भएपछि उनीहरूले उम्मेदवारी फिर्ता लिएका थिए । यसअघि सूर्यविनायक नगरपालिकामा एमालेको घर दैलो अभियान सुरु भएकै दिन बालकोटमा स्वतन्त्र उम्मेदवार एमालेमा प्रवेश गरेका थिए । एमालेका घरदैलो अभियानमा सूर्यविनायक–२ बालकोटमा स्वतन्त्रबाट उम्मेदवारी दिएका रामशरण रानाभाटले आफ्नो उम्मेदवारी त्याग्दै एमालेमा प्रवेश गर्नु भएको थियो ।रानाभाटलाई नेकपा एमालेका पोलिटव्यूरो सदस्य, युवा नेता महेश बस्नेतले खादा टीका लगाएर एमाले पार्टी प्रवेश गराउनु भएको थियो । त्यस्तै चाँगुनारायण नगरपालिका–१ दुवाकोट सरस्वतीखेलमा ५५ जना युवाहरु एमाले प्रवेश गरेका छन् । कांग्रेस, माओवादी केन्द्र, राप्रपालगायतका पार्टी छाडेर एमालेमा प्रवेश गरेका उनीहरुलाई एमालेका सांसद एवं पूर्वमन्त्री महेश बस्नेतले एमाले पार्टी प्रवेश गर्नु गराउनु भएको थियो । एमाले प्रवेश गर्नेको लहर चलिरहेको छ । --- # नेपाल इञ्जिनियरिङ कलेजका सञ्चालक लम्बोदर न्यौपानेलाई ३ वर्ष कैद सजायको फैसला Source: https://newskunda.com/archives/2520 Category: FEATURED NEWS, अपराध, समाचार Last updated: 2023-01-12 काठमाडौं , २८ पुस । नेपाल इञ्जिनियरिङ कलेजका सञ्चालक लम्बोदर न्यौपानेलाई विशेष अदालतले ३ वर्ष कैद सजायको फैसला सुनाएको छ । उनलाई ३९ लाख नगद जरिवानाको फैसला पनि विशेषले सुनाएको छ । विशेषका अध्यक्ष श्रीकान्त पौडेल तथा सदस्यद्वय यमुना भट्टराई र बलभद्र बास्तोलाको इजलासले यस्तो फैसला सुनाएको हो । अर्का प्रतिवादी अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वआयुक्त राजनारायण पाठकलाई पनि ३ वर्ष कैद सजाय र ३९ लाख जरिवाना भराउने फैसला भएको छ । अख्तियारले न्यौपाने र पाठक विरुद्ध २०७५ चैत्र १२ गते विशेष अदालतमा मुद्दा दायर गरेको थियो । --- # नेपाल खेलकुद महासंघले पायो पूर्णता, अध्यक्षसहित सबै पदाधिकारी सर्वसम्मत Source: https://newskunda.com/archives/2563 Category: FEATURED NEWS, खेलकुद, समाचार, समाज Last updated: 2023-03-13 काठमाडौं । नेपाल खेलकुद महासंघको दोस्रो अधिवेशनले पूर्णता पाएको छ । अध्यक्ष मण्डलले अध्यक्ष कृष्ण बस्नेत (पर्शुराम)को नेतृत्वमा १७ जना पदाधिकारी चयन गरेसँगै महासंघले पूर्णता पाएको हो । महासंघको अधिवेशन कोसी प्रदेशको विराटनगरमा फागुन ७ गते उद्घाटन भएको थियो । फागुन ७ मा पार्टी अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेको उक्त कार्यक्रममा ३ दिन चलेको थियो । यही बीचमा महासंघका लुम्बिनी प्रदेश अर्घखाची जिल्लाको उपसचिव प्रकाश महतको मृत्यु भएपछि महासंघले केन्द्रीय कमिटी मात्र घोषणा गरेर बाँकी पदाधिकारी चयन गरेको थिएन । महतको शोक अवधि १३ दिनपछि मात्र बाँकी पदाधिकारीहरू चयन गर्ने गरी महासंघको इन्चार्ज गोकुल बास्कोटाको नेतृत्वमा टुङ्ग्याउने गरी थाती राखेको थियो । अध्यक्ष र कोषाध्यक्ष भने पहिले नै सर्वसम्मत भइसकेका थिए । उक्त निर्णयअनुसार शुक्रबार पार्टी अध्यक्ष ओलीको प्रमुख अतिथ्यमा अध्यक्ष मण्डलका अध्यक्ष भानुभक्त ढकाल, सदस्य रचना खड्का, सदस्य रमेश पौडेल लगायतको उपस्थितिमा महासंघको पदाधिकारी घोषणा गरेको हो । अध्यक्ष मण्डलले घोषणा गरेको महासंघ नवनिर्वाचित पदाधिकारी र सदस्यहरूले सपथ ग्रहणसमेत गरेका छन् । १७५ जना केन्द्रीय कमिटी रहेका महासंघको उपाध्यक्षमा धर्म कुमार श्रेष्ठ, दिपेन्द्र प्रसाद दहाल, निरेशलाल सिंह, तिरणराज गौतम, सन्जु महर्जन र नन्दा बस्याल चयन भएका छन् । महासचिवमा धरम बहादुर लामा चयन भएका छन्। सचिवहरू तिर्थ बहादुर खड्का, बिष्णु चन्द, बिष्णु पुन, प्रनिर अधिकारी, प्रभुनारायण शिवाकोटी, शिवजी गुप्ता, विप्लव घोष, सन्तोष बान्तवा चयन हुँदा कोषाध्यक्ष उज्वल सुवेदी चयन भएका छन् । महासंघले विराटनगरमा महाधिवेशनको उद्घाटन गर्नुभन्दा पहिले काठमाडौंमा विभिन्न कार्यक्रम गरेको थियो । त्यस अवसरमा ‘केपी ओली रोड रेस’ कार्यक्रम आयोजना गरिएको थियो । जसमा विजेता महिला र पुरुषलाई जनही ५०—५० हजार पुरस्कार वितरण गरिएको थियो । भने दोस्रो स्थान हासिल गर्नेलाई ३० हजार र तेस्रो हुनेलाई १५ हजार नगद पुरस्कार वितरण गरिएको थियो । त्यस्तै राष्ट्रिय ब्याडमिन्टन संघले विराटनगरमा राष्ट्रिय पुष्पलाल स्मृति ब्याडमिन्टन प्रतियोगितासमेत आयोजना गरेको थियो । महाधिवेशनको पूर्वसन्ध्यामा साताव्यापी खेलकुद आयोजना गरेको महासंघले उद्घाटन समारोहमा समेत विभिन्न खेल प्रदर्शन गरेको थियो । --- # नेपाल डिस्ट्रिक अफ अप्टिमिष्ट ईन्टरनेशनलको डिस्ट्रिक सम्मेलन Source: https://newskunda.com/archives/2570 Category: FEATURED NEWS, जीवन शैली, राजनीति, समाचार, समाज Last updated: 2023-03-13 नेपाल डिस्ट्रिक अफ अप्टिमिष्ट ईन्टरनेशनलको डिस्ट्रिक सम्मेलन मार्च १० र ११ २०२३ का दिन निजगढ वारा मा सु–सम्मन्न भयो । उद्घाटन सत्रमा निजगढ नगरपालिका उपमेयर सोम माया थिङले पानसमा दिप प्रजवलित गरेर कार्यक्रमको उद्घाटन गर्नु भयो । उहाले सकारात्मक सोचका साथ अगाडि वढ्यौ भने सफलता प्रदान गर्न सकिन्छ र जिवन आशावादी भएर अगाडि वढ्छ र हरेक काम मा संभाव्यताहरु प्राप्त गरि लक्ष्यमा पुग्न सकिन्छ यो संस्थाको उदेश्यसंग पनि मेरा जिवन मेल खाने अवस्था रहेको र तपाईहरुले लिएको किशोरी स्वास्थ्य सचेतना कार्यक्रमलाई निजगढ कल्वलाई नगरपालीकाको तर्फवाट सहयोग गर्ने बचन बद्वतता दिनु भयो । नेपाल रेडक्रस सोसाईटिका जिल्ला सदस्य नारायण शमा र गौरी शंकर मा। ीब का प्र. अ. यादब कुमार तिम्सिना ले शुभकामना मन्तब्य राखेका थिए। एनप्यावसनका केन्द्रीय उपाध्यक्ष प्रवोध प्रभाकर रिजालले उयकष्तष्खभ भमगअबतष्यल को वारेमा जानकारी गराउनु भयो सो सम्मेलन नेपाल रहेका क्लवका सदस्यहरुलाई नि वर्तमान गभर्नर उदय कुमार निरौलाले तालिम गराउनु का साथै कार्यक्रम संयोजक अप्टिमिष्ट कल्व निजगढका अध्यक्ष सागर तामाङ्गले स्वागत गन्तव्य राख्नु भयो र समुह विभाजन गरी संस्थालाई के कसरी स्थायित्व प्रदान गरि समाजमा के गर्न सकिन्छ भनेर छलफल गरि छलफछको निचोड लेफिटेन्ट गभर्नर ऋषिश्वर थपलिया, र सुरेन्द्र थापा ले प्रस्तुती गर्नु भयो । यस भेला वाट अप्टिमिष्ट एजुकेशन फन्ड स्थपना गरि गरिव तथा विद्यार्थीहरु लाई कक्षा ९ देखि १२ सम्म निशुल्क शिक्षाको लागि आर्थिक सहयोग गर्नु हुनेलाइ अप्टिमिष्ट एजुकेशन फन्डका संयोजक प्रदीब बहादुर थापाले धन्यवाद दिए । उक्त कार्यक्रममा संस्थाको स्वरुप बारे महासचिव प्रकाश घिमिरे ले जानकारी गराए। अप्टिमिष्ट कृीड रुपराम धिसीङ ले बाचन गरेकाथिए र धन्यबाद ज्ञापन अप्टिमिष्ट कल्वका सचिव तथा निजगढ नगरपालिका वडा न ८ का वडा अध्यक्ष स्वर्ण लामा ले गरे । कार्यक्रम संचालक रुद्र प्रसाद धितालले गरेका थिए । सो सम्मेलन को सभापत्तित्व संस्थाका गभर्नर पृथ्वी राज थापा को अध्यक्षता मा सु–सम्पन्न भयो । --- # नेपाल डिस्ट्रिक्ट अफ अप्टिमिष्ट इन्टरनेशनलको प्रथम जिल्ला अधिवेशन भक्तपुरमा सुरु Source: https://newskunda.com/archives/1952 Category: FEATURED NEWS, समाचार, समाज Last updated: 2022-09-02 भक्तपुर, १७ भदौ । नेपाल डिस्ट्रिक्ट अफ अप्टिमिष्ट इन्टरनेशनल ( Nepal District of Optimist International) को प्रथम जिल्ला अधिवेशनमा भक्तपुरमा शुक्रबारबाट सुरु भएको छ । भक्तपुरको गठ्ठाघरमा सुरु भएको दुई दिने अधिवेशनमा मानिसलाई जीवन जिउँने क्रममा आशावादी बनाएर लैजानेबारे व्यापक छलफल भएको छ । कार्यक्रमको पहिलो उद्घाटन सत्रमा राष्ट्रिय समाचार समितिका अध्यक्ष धर्मेन्द्र झाले बोल्दै आशाहरुले मान्छेलाई बचाउँने भएकाले मानिसको जीवन निराशा हुन नहुने बताउनु भया्े । उहाँले आशा नै नहुने हो भने जीवन सकिने भएकाले जीवनमा आशा जगाउनु पर्ने बताउनु भयो । समाचार लेख्न पत्रकारलाई पनि राम्रा कुराहरु देखाउनु पर्नेमा चर्चा गर्दै उहाँले भन्नुभयो, “पत्रकारले जे देख्छ, त्यहीँ लेख्छ, तपाईले पत्रकारलाई राम्रो देखाउनुहोस्, राम्रै लेख्छ, नराम्रो देखउनु भयो भने त नराम्रै लेख्छ नी, पत्रकारले सत्य पस्किने हो, तर सत्य पस्किने भन्दैमा पत्रकारले पनि कसैको जीवनप्रतिको मोहमा आक्रमण गर्नु हुदैन, भविश्यको आशामा आक्रमण गर्नु हुदैन ।” समाजमा दुःख र पीडा छ भन्दैमा एउटा पत्रकारले दुःख र पीडा मात्रै पस्किने काम गर्नु हुदैन भन्दै उहाँले त्यसको समाधानको उपाय पनि पस्किनु पर्नेमा जोड दिनु भयो । उहाँले भन्नुभयो, “दुःख र पीडाको समाधानको उपाय पनि पत्रकारले खोज्नु पर्छ आजको पत्रकारितामा त्यो जरुरी छ, आशावादीका कुरा पनि पत्रकारिताले दिनु पर्छ । त्यो दिन सकेन भने निराशावादी मात्रै हुन्छ, त्यसले जीवनको मोह सकिन्छ ।” म खुसी भए भने मात्रै म जस्ता अन्य व्यक्ति पनि खुसी हुन्छन् र समाज खुसी हुन्छ भन्ने मान्यता स्थापित गर्नुजरुरी रहेको औल्याउँदै उहाँले व्यक्ति आफ्नो स्वतन्त्र अधिकार प्रयोग गर्दै भएर खुसी भएर बाँच्ने मोह जगाउँने बताउनु भयो । आज मात्रै होइन भोलीका लागि पनि आशावादी हुनु पर्छ भन्दै उहाँले जबसम्म बाच्छौ सुखले बाँचौ, मरे पछि कसले देख्छ भन्नु भयो । नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष समेत रहनु भएका राससका अध्यक्ष झाले बुद्ध दर्शनको चर्चा गर्दै भन्नुभयो, “आउँदा न सम्पत्ति लिएर आएका थियौ, न लिएर जान्छौ, आफूले सञ्चय गरेको धन के हुन्छ, यदि छोरा छोरी सपुत छन् भने आफ्नो व्यबस्था आफै गर्छन्, कपुत छन् भने त सञ्चय गरिदिएको पनि सिध्याउछन् ।” उहाँले २०६२ सालको बैशाख २ गते एकैदिन तीन वटा घट्ना भएको स्मरण गर्दै भन्नुभयो, “बैशाखमा एकैदिन तीन वटा घट्ना घट्यो, कोशीको बाँध टुट्यो, जनधनको क्षति भयो, त्यही दिन सरकार परिवर्तन भयो र नेपाल पत्रकार महासंघका अध्यक्ष म ठूलो सडक दुर्घटनामा परे । भोली पल्ट ३ गते होसमा आउँदा म आफू बाँचेकोमा धेरै खुसी भए, मलाई त्यसले ठूलो आशा जगायो ।” कार्यक्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेलले आउँदो पुस्तालाई अझै सुन्दर कसरी बनाउने, आशा सहितको जीवन जिउँने सन्दर्भमा निराशाको बाटो बन्द गर्दै बालबालिका र किशोर किशोरीलाई आशा कार्यक्रमहरु व्यापक बनाउनु पर्नेमा जोड दिनु भयो । नीति राज्य बनाउदैमा सबै सफल हुदैन भन्दै उहाँले समुदायलाई संगठित गर्दै सही बाटोमा लगे मात्रै राज्यको नीति सहि मार्गमा कार्यान्वयन हुने बताउनु भयो । नेपालको सन्दर्भमा एउटा नागरिकले सबभन्दा पहिला पाउने नागरिकता हो, त्यो पाउन उसले व्यहोर्ने सास्ती, पैसा नखुवाई सवारी लाइसेन्स बन्दैन भन्ने मानसिकता र राज्यबाट पाउने सेवा सुविधा लिन व्यहोर्नु पर्ने झन्झट र पनि पैसा नखुवाइ हुदैन भन्ने गलत संस्कारको अन्त्य हुनु पर्ने बताउनु भयो । अहिलेका विद्यार्थीलाई कसरी यो मुलुक छाडेर विदेश जाने, नेपालका कुनै भविश्य छैन भन्ने पर्दा पनि उनीहरुमा आशा जगाउन नसक्नु दुर्भाग्य भएको चर्चा गर्दै अध्यक्ष पोखरेलले मानिसमा साना कुराले पनि आशा जगाउने भएकाले हरेक नागरिकमा आशा जगाउने कार्यक्रम ल्याउनु जरुरी रहेको बताउनु भयो । कार्यक्रममा नेपाल डिस्ट्रिक्ट अफ अप्टिमिष्ट इन्टरनेशनलका गभर्नर उदय निरौलाले सामुदायीक विद्यालयहरुमा विद्यार्थीहरुसँग प्रतक्ष्य सम्पर्कमा रहेर किशोर स्वास्थ्य तथा कल्याण (ब्मयभिकअभलत ज्भबतिज बलम ध्भििलभकक) का विषयमा कार्यशाला गर्दै आएको बताउनु भयो । उहाँले किशोरकिशोरीमा निराशापनले डरलाग्दो रुपमा जरो गाडेको अबस्थामा बालबालिका र किशोरकिशोरीहरुमा सकारात्मक भावना तथा आशावादी आशावादी जीवन दर्शनको प्रवद्र्धन गर्ने उदेश्यका साथ संस्था अगाडि बढेको चर्चा गर्नुभयो । नेपाल डिस्ट्रिक्ट अफ अप्टिमिष्ट इन्टरनेशनलका महासचिव पृथ्वीराज थापाले ४१ वटा क्लबको १३० जना भन्दा बढीको सहभागिता रहेको अधिवेशनले आगामी दुई वर्षका लागि नयाँ कार्यसमिति चयन गर्ने बताउनु भयो । कार्यक्रममा हिसानका राष्ट्रिय अध्यक्ष रमेश सिलवाल, प्याब्सनका अध्यक्ष डिके ढुङ्गाना, एन प्याब्सनका अध्यक्ष पाण्डव हमाल, एन प्याब्सनका पूर्व अध्यक्ष ऋतुराज सापकोटा, किवानिज नेपाल डिस्ट्रिक गर्भनर लक्ष्मण लम्साललगायतले जीवन र आशाको महत्व माथि प्रकाश पार्नु भएको थियो । --- # नेपाल प्रहरीलाई अझ व्यावसायिक, जनउत्तरदायी, अनुशासित र प्रविधिमैत्री संगठनका रूपमा विकास गर्न प्रदेश सरकार प्रतिबद्ध छ : मुख्यमन्त्री किरण थापा मगर Source: https://newskunda.com/archives/4754 Category: FEATURED NEWS, Uncategorized, अर्थ, राजनीति, समाचार, समाज Last updated: 2026-10-19 काठमाडौं, ३० असोज । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले नेपाल प्रहरीलाई अझ व्यावसायिक, जनउत्तरदायी, अनुशासित र प्रविधिमैत्री संगठनका रूपमा विकास गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ। आज ७१ औँ प्रहरी दिवस–२०८३ का अवसरमा आयोजित समारोहमा सम्बोधन गर्दै मुख्यमन्त्री थापा मगरले शान्ति सुरक्षा सुदृढीकरण, विपद् व्यवस्थापन, अपराध नियन्त्रण तथा नागरिकलाई प्रभावकारी सेवा प्रदान गर्ने कार्यमा नेपाल प्रहरीको भूमिका महत्त्वपूर्ण रहेको उल्लेख गर्नुभएको हो। उहाँले नेपालको संविधान, प्रचलित कानुन र जनताको सेवाप्रति समर्पित हुँदै राष्ट्र तथा नागरिकको सुरक्षा, शान्ति सुव्यवस्था कायम र अपराध नियन्त्रणमा नेपाल प्रहरीले पुर्याउँदै आएको योगदानको उच्च सम्मान गर्नुभयो। मुख्यमन्त्री थापा मगरले कुनै पनि मुलुकको विकास, समृद्धि र सुशासनको आधार शान्ति, सुरक्षा र कानुनी शासन भएको बताउँदै नागरिकले आफ्नो घरपरिवार, व्यवसाय, पेसा तथा दैनिक जीवन सुरक्षित रूपमा सञ्चालन गर्न पाउने वातावरण निर्माण गर्नु राज्यको आधारभूत दायित्व भएको उल्लेख गर्नुभयो। अपराध अनुसन्धान, शान्ति सुरक्षा, ट्राफिक व्यवस्थापन, महिला तथा बालबालिकाको सुरक्षा, मानव बेचबिखन नियन्त्रण, लागुऔषध नियन्त्रण, साइबर अपराध अनुसन्धान र सार्वजनिक सम्पत्तिको संरक्षणलगायतका क्षेत्रमा नेपाल प्रहरीले निर्वाह गर्दै आएको भूमिका महत्त्वपूर्ण रहेको उहाँको भनाइ थियो। उहाँले प्रहरीप्रतिको जनविश्वास नै संगठनको सबैभन्दा ठूलो शक्ति भएको उल्लेख गर्दै प्रहरी सेवा निष्पक्ष, पारदर्शी, संवेदनशील र नागरिकमैत्री हुनुपर्नेमा जोड दिनुभयो। पहुँच, प्रभाव र व्यक्तिगत सम्बन्धभन्दा माथि उठेर कानुनअनुसार काम गर्ने संस्कारले मात्र प्रहरीप्रतिको विश्वास थप बलियो बनाउन सकिने उहाँले बताउनुभयो। मुख्यमन्त्री थापा मगरले प्राकृतिक विपद्का बेला नेपाल प्रहरीले निर्वाह गर्दै आएको साहसिक र मानवीय भूमिकाको प्रशंसा गर्नुभयो। बाढी, पहिरो, आगलागी, भूकम्पलगायतका विपद्का समयमा प्रभावित नागरिकले राज्य र सुरक्षाकर्मीबाट सहयोगको अपेक्षा गर्ने उल्लेख गर्दै उहाँले खोज, उद्धार, राहत वितरण र सुरक्षित स्थानान्तरणमा प्रहरीको योगदान महत्त्वपूर्ण रहेको बताउनुभयो। हालै भोटेकोसीमा आएको विनाशकारी बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै उहाँले उक्त विपद्का बेला नेपाल प्रहरीले प्रदेश सरकार, नेपाली सेना, सशस्त्र प्रहरी बल, स्थानीय प्रशासन, स्थानीय तह तथा अन्य सरोकारवाला निकायसँग समन्वय गरी खोज तथा उद्धार कार्यमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेको स्मरण गर्नुभयो। जोखिमपूर्ण भूगोल, अवरुद्ध सडक, प्रतिकूल मौसम र नदीको तीव्र बहावका बाबजुद प्रहरी कर्मचारीहरू प्रभावित क्षेत्रमा खटिएर नागरिकको जीवन रक्षा तथा बेपत्ता व्यक्तिको खोजीमा सक्रिय रहनु कर्तव्यनिष्ठा र राष्ट्रसेवाप्रतिको समर्पणको उत्कृष्ट उदाहरण भएको उहाँले बताउनुभयो। बाढीपछि उद्धार तथा खोजी, शवको पहिचान, आफन्तलाई जानकारी, राहत व्यवस्थापन र पीडित परिवारलाई सहयोग पुर्याउने कार्यमा समेत प्रहरीले सक्रियता देखाएको उहाँको भनाइ थियो। बूढीगण्डकी नदी क्षेत्रमा हालै आएको बाढीले पनि विपद् व्यवस्थापनको गम्भीरता पुनः स्मरण गराएको उहाँले उल्लेख गर्नुभयो। विपद्का बेला आफ्नो व्यक्तिगत सुखसुविधाभन्दा माथि उठेर नागरिकको जीवन रक्षामा खटिने प्रहरी कर्मचारी तथा उनीहरूका परिवारजनको योगदानको मुख्यमन्त्री थापा मगरले उच्च सम्मान गर्नुभयो। भोटेकोसी बाढीमा ज्यान गुमाएका नागरिकप्रति श्रद्धाञ्जली अर्पण गर्दै उहाँले शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गर्नुभयो। मुख्यमन्त्री थापा मगरले प्रदेशको शान्ति सुरक्षा व्यवस्थापनलाई प्रभावकारी बनाउन प्रहरी समायोजनको प्रक्रिया शीघ्र टुङ्ग्याउन सङ्घीय सरकारसँग आग्रह पनि गर्नुभएको छ। नेपालको संविधानले प्रदेशलाई प्रदान गरेका अधिकार र जिम्मेवारी प्रभावकारी रूपमा कार्यान्वयन गर्न प्रहरी समायोजन महत्त्वपूर्ण रहेको उल्लेख गर्दै उहाँले प्रक्रिया पूर्ण रूपमा अघि बढ्न नसक्दा प्रदेश सरकारलाई शान्ति सुरक्षा व्यवस्थापन तथा प्रहरी प्रशासनलाई प्रभावकारी बनाउन व्यावहारिक कठिनाइ भइरहेको बताउनुभयो। प्रदेशको भौगोलिक अवस्था, स्थानीय आवश्यकता र सुरक्षा चुनौतीलाई नजिकबाट बुझ्ने प्रदेश सरकारले प्रहरी परिचालन, जनशक्ति व्यवस्थापन तथा सेवा प्रवाहमा प्रभावकारी भूमिका निर्वाह गर्न सक्ने वातावरण आवश्यक रहेको उहाँले उल्लेख गर्नुभयो। प्रहरी समायोजनमा ढिलाइ हुँदा संविधानले परिकल्पना गरेको सङ्घीय शासन प्रणालीको प्रभावकारी कार्यान्वयनमा समेत चुनौती उत्पन्न भएको उहाँको भनाइ थियो। त्यसैले सङ्घीय सरकार, प्रदेश सरकार र सम्बन्धित निकायबीच आवश्यक समन्वय, सहकार्य र संवादमार्फत प्रहरी समायोजन प्रक्रिया यथाशीघ्र निष्कर्षमा पुर्याउन उहाँले आग्रह गर्नुभयो। प्रहरी समायोजनबाट प्रदेशको शान्ति सुरक्षा व्यवस्थापन व्यवस्थित हुनुका साथै प्रहरी कर्मचारीको वृत्ति विकास, जनशक्ति परिचालन र नागरिकलाई प्रभावकारी सेवा प्रदान गर्ने कार्यमा सकारात्मक परिणाम आउने विश्वास पनि उहाँले व्यक्त गर्नुभयो। बागमती प्रदेश सरकारले प्रदेशभित्र शान्ति सुरक्षा सुदृढ गर्ने, विपद् जोखिम न्यूनीकरण गर्ने, उद्धार तथा राहत कार्य व्यवस्थित बनाउने र नागरिकलाई सुरक्षित वातावरण उपलब्ध गराउने विषयलाई प्राथमिकतामा राखेको मुख्यमन्त्री थापा मगरले बताउनुभयो। प्रहरी कर्मचारीको व्यावसायिक क्षमता अभिवृद्धि, आधुनिक अनुसन्धान प्रणालीको विकास, विपद् प्रतिकार्यसम्बन्धी सीप तथा उपकरणको उपलब्धता र नागरिकमैत्री सेवा प्रवाहमा विशेष ध्यान दिनुपर्ने उहाँको भनाइ थियो। त्यसैगरी, समुदायसँगको सहकार्यमा अपराध नियन्त्रण, विद्यालय तथा समुदायमा सचेतना अभिवृद्धि, महिला र बालबालिकाको सुरक्षामा संवेदनशीलता तथा प्रविधिमा आधारित अपराध अनुसन्धानलाई प्रभावकारी बनाउन आवश्यक रहेको उहाँले बताउनुभयो। प्रदेश सरकार स्थापना भएदेखि नै प्रदेश प्रहरी कार्यालयसहित विभिन्न प्रहरी भवन तथा पूर्वाधार निर्माण र सवारीसाधन उपलब्ध गराउन सहयोग हुँदै आएको उल्लेख गर्दै उहाँले प्रहरी संगठनलाई अझ सक्षम, आधुनिक, व्यावसायिक र उत्तरदायी बनाउन प्रदेश सरकारका तर्फबाट आवश्यक समन्वय र सहकार्य जारी रहने प्रतिबद्धता व्यक्त गर्नुभयो। प्रहरी र नागरिकबीचको सम्बन्ध विश्वास, सहकार्य र पारस्परिक सम्मानमा आधारित हुनुपर्ने बताउँदै उहाँले नागरिकले प्रहरीलाई आफ्नो संरक्षकका रूपमा अनुभूति गर्न सक्ने वातावरण निर्माण गर्नु आजको आवश्यकता भएको उल्लेख गर्नुभयो। सम्बोधनका क्रममा मुख्यमन्त्री थापा मगरले कर्तव्य निर्वाहका क्रममा जीवन उत्सर्ग गर्ने अमर प्रहरीहरूको त्याग र बलिदानको स्मरण गर्नुभयो। उहाँले घाइते, अशक्त तथा सेवानिवृत्त प्रहरी कर्मचारीको योगदानको सम्मान र उनीहरूको कल्याणमा ध्यान दिनु राज्यको जिम्मेवारी भएको बताउनुभयो। अन्त्यमा उहाँले ७१औँ प्रहरी दिवसले नेपाल प्रहरीलाई अझ व्यावसायिक, जनउत्तरदायी, अनुशासित र प्रविधिमैत्री संगठनका रूपमा अघि बढ्न प्रेरणा दिने विश्वास व्यक्त गर्दै सेवारत प्रहरी कर्मचारीको सुरक्षा, सफलता र उत्तरोत्तर प्रगतिको कामना गर्नुभयो। साथै, कर्तव्य निर्वाहका क्रममा घाइते भएका प्रहरी कर्मचारीको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै ७१औँ प्रहरी दिवसको शुभकामना व्यक्त गर्नुभयो। --- # नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेट सुदूरपश्चिममाथि लुम्बिनीको जित Source: https://newskunda.com/archives/5149 Category: FEATURED NEWS, अर्थ, खेलकुद, समाचार, समाज Last updated: 2026-10-26 काठमाडौँ, ९ कात्तिकः नेपाल प्रिमियर लिग (एनपिएल) को उद्घाटन खेलमा लुम्बिनी लायन्सले सुदूरपश्चिम रोयल्सलाई हराउँदै प्रतियोगितामा सुखद् सुरुआत गरेको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा लुम्बिनी लायन्सले सुदूरपश्चिम रोयल्समाथि सात विकेटको जित निकालेको हो । सुदुरपश्चिमले जितको लागि दिएको ८८ रनको सामान्य लक्ष्य पच्छाएको साविक विजता लुम्बिनीले ९ दशमलव ५ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो । लुम्बिनीको जितमा ओपनर डार्सी सर्टले सर्वाधिक ४० रन बनाए । उनले १८ बलमा ४ चौका र ३ छक्का प्रहार गर्दै ४० रन जोडेका हुन । त्यसैगरी आसिफ शेखले ३२ जोडे । निरोशन डिक्वेलाले ७ रन बनाए भने शमिम हुसेन एक तथा कप्तान रोहित पौडेल ५ रनमा अविजित रहे । बलिङतर्फ सुदूरपश्चिमका अनिल खरेलले दुई विकेट लिँदा कप्तान दीपेन्द्रसिंह ऐरीले एक विकेट झारे । त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको सुदूरपश्चिमले १७ दशमलव २ ओभरमा सवै विकेट गुमाउदै ८७ रन मात्र बनाएको थियो । सुदुरपश्चिमको लागि कप्तान दीपेन्द्रसिंह ऐरिले सर्वाधिक २७ रन जोडे । त्यसैगरी सैफ जैबले १३ रन जोड्दा अनिल खरेल १५ रनमा अविजित रहे । त्यसबाहेक अन्य खेलाडीले दोहोरो अङ्कमा रन बनाउन सकेनन् । विनोद भण्डारीले ९ रन बनाउँदा इसान पाण्डेले ७ रन बनाए । बलिङतर्फ लुम्बिनी लायन्सका किशोर महतोले सर्वाधिक चार विकेट लिए । त्यस्तै शेर मल्लले तीन विकेट लिँदा साड्ली भान शाल्कविक, रोहित पौडेल र तिलक भण्डारीले समान एक–एक विकेट लिए । आगामी मङ्सिर ५ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको उद्घाटन प्रधानमन्त्री बालेन्द्र शाहले गर्नुभएको थियो । उक्त प्रतियोगिताको खेल हेर्न शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलसहित उच्च अधिकारीको उपस्थिति थियो । भोलि दुई खेल हुनेछ । मध्यान्न १२ः३० मा हुने पहिलो खेलमा विराटनगर किङ्ग्स र चितवन राइनोज आमने सामने हुनेछन् भने अपराह्न ४ः३० बजे हुने दोस्रो खेलमा कर्णाली याक्स र जनकपुर बोट्ल्सविच प्रतिस्पर्धा हुनेछ । --- # नेपाल ब्राजिल चेम्बरको अध्यक्षमा चापागाईं पुनः निर्वाचित Source: https://newskunda.com/archives/1691 Category: FEATURED NEWS, अर्थ, समाचार Last updated: 2022-08-06 काठमाडौं, २१ साउन । नेपाल ब्राजिल उद्योग वाणिज्य संघको अध्यक्षमा व्यवसायी अखिलकुमार चापागाईं पुनः निर्वाचित भएका छन् ।शनिबार राजधानीमा सम्पन्न संघको आठौं वार्षिक साधारणसभाले चापागाईंको अध्यक्षतामा १४ सदस्यीय कार्यसमिति निर्विरोध चयन गरेको हो । संघको उपाध्यक्षमा चेङ्ग अग्रवाल र विक्रम राई तथा महासचिवमा उमेश रायमाझी, सचिवमा ज्योत्सना श्रेष्ठ र कोषाध्यक्षमा निरज तिमिल्सिना निर्वाचित भएका छन् । कार्यसमिति सदस्यहरुमा जया शिवाकोटी, भरत आचार्य, शिवहरि दंगाल, प्रदीप रुंगटा, राकेशकुमार श्रेष्ठ, लवराम दाहाल र प्रेम पाण्डे निर्वाचित भएको संघले जनाएको छ । यस्तै, संघको सल्लाहकारमा निवर्तमान उपाध्यक्ष विनय लामिछाने चयन भएका छन् भने अम्बिका शर्मा लामिछानेलाई अध्यक्ष चापागाईंले सदस्यमा मनोनित गरेका छन् । कार्यक्रममा अध्यक्ष चापागाईंले नेपाल र ब्राजीलबीच द्विपक्षीय व्यापार अभिवृद्धि तथा आर्थिक सम्बन्ध विस्तारका लागि संघले प्रभावकारी भूमिका निर्वाह गरिरहेको बताए । अध्यक्ष चापागाइँका अनुसार गत आर्थिक वर्षमा नेपालबाट ४ लाख २७ हजार डलर बराबरको वस्तु ब्राजिल निकासी भएको छ भने ब्राजिलबाट ६ करोड १० लाख डलर बराबरको वस्तु तथा सेवा आयात भएको छ । “हामी अहिले ब्राजिलसँग ठूलो व्यापारघाटामा रहेका छौं,”अध्यक्ष चापागाईंले भने, “नेपालबाट ब्राजिलमा निकासीको ठूलो सम्भावना देखेका छौं र आगामी दिनमा निकासी बढाउनेतर्फ हाम्रो कार्यक्रम केन्द्रित हुनेछ ।” नेपालबाट हाल हस्तकलाजन्य सामग्रीसहित कार्पेट, गार्मेन्ट जस्ता वस्तु निकासी भइरहेको र आगामी दिनमा यसलाई बढाउँदै लैजाने उनको भनाइ छ । संघको नेतृत्वमा नेपाली व्यवसायीले दुईपटक ब्राजिलमा व्यावसायिक भ्रमण सम्पन्न गरिसकेको उल्लेख गर्दै अध्यक्ष चापागाईंले आउँदा दिनमा व्यावसायिक सम्बन्ध विस्तार गर्दै लैजाने प्रतिवद्धता जनाए । कार्यक्रममा पूर्व वाणिज्य तथा आपूर्तिमन्त्री तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य सुनिलबहादुर थापाले आर्थिक विकासमा सशक्त रुपमा अघि बढिरहेको ब्राजिलसँग सम्बन्ध विस्तारले नेपालको आर्थिक विकासमा सहयोग पुग्ने धारणा राखे । पूर्वमन्त्री थापाले ब्राजिलबाट कृषि तथा खानीजन्य क्षेत्रमा पुँजी र प्रविधि भित्र्याएर नेपालले फाइदा लिनसक्ने उल्लेख गर्दै विश्व अर्थतन्त्रको नवौं शक्तिशाली मुलुकसँगको सम्बन्ध विस्तारमा जोड दिए । ब्राजिलका लागि नेपाली राजदूत निर्मलराज काफ्लेले आफ्नो कार्यकालमा लगानी प्रवद्र्धन तथा नेपाली वस्तुको बजारीकरणमा जोड दिने प्रतिवद्धता जनाए । ब्राजिलबाट नेपालमा पर्यटक बढाउन पहल गर्ने उनको भनाइ छ । यस्तै, नेपालका लागि ब्राजिल दूतावासका मिनिष्टर कन्सुलर डेपुटी चिफ जोसे मारियो फेरिरिा फिल्होले नेपाल ब्राजिल चेम्बरको स्थापनापछि दुई मुलुकबीचको व्यापारमा उल्लेख्य वृद्धि भएको स्मरण गर्दै ब्राजिलको जलविद्युत् दक्षतालाई नेपालले पनि उपयोग गर्नसक्ने धारणा राखे । --- # नेपाल विश्वकप छनोटमा पुग्न सफल भएकोमा प्रधानमन्त्रीद्वारा बधाई Source: https://newskunda.com/archives/2619 Category: FEATURED NEWS, खेलकुद, राजनीति, समाचार, समाज Last updated: 2023-03-16 काठमाडौँ, २ चैत : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आइसिसी क्रिकेट विश्वकप लिग–२ मा युएईलाई हराउँदै नेपाल विश्वकप छनोटमा पुग्न सफल भएकोमा बधाई दिनुभएको छ । उहाँले सामाजिक सञ्जालमार्फत आइसिसी क्रिकेट विश्वकप लिग–२ मा युएईलाई हराउँदै नेपाल विश्वकप छनोटमा पुग्न सफल भएकोमा खुसी व्यक्त गर्नुभएको छ । “लिगका खेलहरूमा उच्च कौशलता प्रदर्शन गर्दै नेपालको स्वाभिमान र गौरव उँचो राख्न सफल भएकोमा उच्च प्रशंसासहित नेपाली क्रिकेट टिम, प्रशिक्षक, क्यानलगायत हामी सबैलाई हार्दिक बधाई”, प्रधानमन्त्री दाहालले भन्नुभएको छ । --- # नेपालको प्रत्येक ऐतिहासिक कालखण्ड एवं परिवर्तनमा देशको मगर समुदायको भूमिका अतुलनीय छ : मुख्यमन्त्री किरण थापा Source: https://newskunda.com/archives/4300 Category: FEATURED NEWS, अर्थ, कला तथा साहित्य, धर्म/संस्कृति, राजनीति, समाचार, समाज Last updated: 2026-09-16 पोखरा ३१ भदौ । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले नेपालको प्रत्येक ऐतिहासिक कालखण्ड एवं परिवर्तनमा देशको मगर समुदायको भूमिका अतुलनीय रहेको बताउनु भएको छ । नेपाल मगर संघका संस्थापक अध्यक्ष हेमबहादुर पुन मगरको २२ औँ स्मृति दिवसका अवसरमा आज पोखरामा आयोजित कार्यक्रममा सम्बोधन गर्दै मुख्यमन्त्री थापाले यस्तो बताउनु भएको हो । नेपालका प्रथम सहिद क्याप्टेन लखन थापाको योगदानको स्मरण गर्दै मुख्यमन्त्री थापा मगरले भन्नुभयो, ‘राणा शासनविरुद्ध लड्ने वा अरु कुनै आन्दोलन होस सबैमा मगर समुदायको विशेष भुमिका रहेको प्रष्ट छ । नेपालको एकीकरणदेखि संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनाको आन्दोलनसम्म मगर समुदायको अतुलनीय र ऐतिहासिक योगदान रहेकाले यो योगदानलाई बिसंन सकिन्न ।’ मुख्यमन्त्री थापाले नेपाल एकीकरणका क्रममा पृथ्वीनारायण शाहसँगै गोर्खा र लमजुङबाट सिपाही बनेर आएका मगरहरू काठमाडौं उपत्यका र आसपासका क्षेत्रमा बसोबास गरेको ऐतिहासिक प्रसङ्ग उल्लेख गर्नुभयो । उपत्यकाका विभिन्न पालिकाहरूमा बसोबास गर्ने क्रममा मगर समुदायले आफ्नो भाषा, संस्कृति र संस्कार हराउँदै गएकाले यसको संरक्षण, प्रवर्धन र पुनः उत्थानमा लाग्न उहाँले जोड दिनुभयो । उहाँले देश–विदेशका सेना, प्रहरी लगायतका सुरक्षा निकायमा मगर समुदायको ठूलो उपस्थिति र इमानदारिताको उच्च कदर भएको भन्दै नीति निर्माण, राजनीति र उच्च निजामती सेवामा अझ उपस्थिति बढाउनुपर्ने बताउनुभयो । मगर समुदायले एकीकृत भई आफ्नो भाषा, संस्कृति, कला र पहिचान जोगाउन लाग्नुपर्ने उहाँको भनाइ थियो । संस्थागत वा व्यक्तिगत रूपमा मगर समुदायको सशक्तीकरण, भाषा–संस्कृति संरक्षणका लागि आफ्नो तर्फबाट सदैव पूर्ण सहयोग रहने उहाँको भनाई थियो । प्रतिष्ठानका अध्यक्ष सञ्जिता पुनको अध्यक्षतामा भएको कार्यक्रममा पूर्वमन्त्री तथा प्रतिष्ठानका संरक्षक उत्तम पुन, गण्डकी प्रदेश सभाका पूर्व प्रदेश सभा सदस्य राजिब पहारी लगायत नेपाल मगर संघका केन्द्रीय पदाधिकारी, विभिन्न राजनीतिक दलका प्रतिनिधि लगायतको उपस्थिति रहेको थियो । --- # नेपालको समृद्धिको यात्रा साझेदार बन्न प्रधानमन्त्रीको आग्रह Source: https://newskunda.com/archives/1512 Category: FEATURED NEWS, राजनीति Last updated: 2026-10-20 काठमाडौँ, ५ साउन : प्रधानमन्त्री शेरबहादुर देउवासँग वल्र्ड एसोसियसन अफ पब्लिक प्राइभेट पार्टनरसीप युनिट एण्ड प्रोफेसनल्स (डब्लुएपिपिपी) का प्रतिनिधिमण्डलले शिष्टाचार भेट गरेको छ । डब्लुएपिपिपीका अध्यक्ष जियाद अलेक्जेन्डर हायेकसहित तीन जनाको प्रतिनिधिमण्डलले आज प्रधानमन्त्री निवास बालुवाटारमा पुगेर प्रधानमन्त्रीसँग भेट गरेको हो । भेटमा सार्वजनिक–निजी साझेदारी (पिपिपी)मार्फत पूर्वाधार तथा अन्य व्यावसायिक सम्भाव्यता भएका परियोजना कार्यान्वयन गरी सरकारको सेवा प्रवाहलाई अझै चुस्त र गुणस्तरीय बनाउन सकिनेबारे छलफल भएको लगानी बोर्डको कार्यालयले जनाएको छ । यसबाट स्वदेशी एवं प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) आकर्षित गरी दिगो र समावेशी आर्थिक विस्तारको आधार तयार गर्ने विश्वास लिइएको छ । पिपिपी तथा लगानीसम्बन्धी कानूनी र संस्थागत व्यवस्थामार्फत नेपालले सार्वजनिक–निजी साझेदारीमार्फत् स्रोतको खाडल पूर्ति गरी आर्थिक विकासको लाभ हासिल गर्न गरिरहेको प्रयासको प्रशंसा गर्दै उक्त प्रतिनिधिमण्डलले नेपालले पिपिपीअन्तर्गत लगानी सहजीकरणमा प्रतिस्पर्धी वातावरण निर्माण गर्नुपर्नेमा जोड दिएको लगानी बोर्डको कार्यालयका प्रवक्ता अमृत लम्सालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । पिपिपी आकर्षक भए पनि आफैँमा जटिल विषय भएको भन्दै यसका विविध पक्ष–वित्तीय, कानूनी, प्राविधिक, वातावरणीय, सामाजिक, राजनीतिक, कार्यक्रम, परियोजना, स्थानीय र अन्तर्राष्ट्रिय परिदृश्यलगायतको कुशल तादात्म्यताबाट मात्र प्रभावकारी परिणाम निकाल्न सकिने भएकाले पिपिपीका क्षेत्रमा काम गर्ने संस्थाको सोहीअनुसार क्षमता विकास हुनुपर्ने प्रतिनिधिमण्डलको धारणा थियो । प्रतिनिधिमण्डलले लगानी बोर्डको कार्यालय डब्लुएपिपिपीको सदस्य भएकाले सहयोगका लागि सधैँ तत्पर रहेको प्रतिबद्धता व्यक्त गरेको उहाँले जानकारी दिनुभयो । उक्त अवसरमा लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्टले संस्थागत र व्यावसायिक क्षमता विकासमा डब्लुएपिपिपीका तर्फबाट प्राप्त सहयोगका लागि धन्यवाद दिँदै प्रधानमन्त्रीको अध्यक्षतामा गठित बोर्ड सार्वजनिक–निजी साझेदारी तथा लगानी ऐनबाट निर्देशित रहेको र पिपिपी परियोजना विकासलाई नेपाल सरकारले उच्च महत्व दिएको बताउनुभयो । उहाँले लगानी बोर्ड नेपालले ३३ परियोजनाका लागि रु १० खर्ब ४० अर्ब लगानी स्वीकृत गरिसकेको बताउँदै पिपिपी परियोजना विकासमा नेपालले आफूलाई प्रमाणित गर्दै अघि बढेको र बोर्डको रणनीतिक योजनाअनुसार सन् २०२५–२६ सम्म १० अर्ब अमेरिकी डलर बराबरको लगानी स्वीकृत गर्ने लक्ष्य रहेको जानकारी गराउनुभयो । उक्त भेटमा प्रधानमन्त्री देउवाले नेपालमा पिपिपीअन्तर्गत स्वच्छ र नवीकरणीय ऊर्जा, दिगो एवं उत्थानशील पर्यटकीय एवं स्वास्थ्य, शिक्षा, सूचना–प्रविधि, सुरक्षित सहरी पूर्वाधार, विद्युतीय यातायात, सुरुङमार्ग, सडक, औद्योगिक उत्पादन, कृषि प्रशोधनलगायत विविध क्षेत्रमा लगानीको सम्भाव्यता रहेको भन्दै पिपिपी परियोजनालाई लगानी सम्भाव्य बनाउन डब्लुएपिपिपीको विज्ञताको लाभ लिन इच्छुक रहेको बताउनुभएको विज्ञप्तिमा उल्लेख छ । उहाँले नेपाल लगानीका लागि उदयमान गन्तव्य भएकाले त्यसको सन्देश लिएर सद्भावना दूतका रूपमा नेपालको समृद्धितर्फको यात्रामा साझेदार बन्न प्रतिनिधिमण्डललाई आग्रह गर्नुभएको थियो । --- # नेपालको साँस्कृतिक र नैतिक विचलन आउँदा राजनीतिमा समेत विचलन : एमाले अध्यक्ष ओली Source: https://newskunda.com/archives/5578 Category: FEATURED NEWS, अर्थ, राजनीति, समाचार, समाज Last updated: 2026-11-09 भक्तपुर, २३ कात्तिक : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले समाजमा साँस्कृतिक तथा नैतिक विचलन आउँदा राजनीतिमा समेत विचलन आएको बताउनु भएको छ । आज नेकपा एमाले जिल्ला कमिटी भक्तपुरले बडादसैँ, शुभदीपावली, नेपाल संवत् ११४७ र छठ पर्वको अवसरमा मध्यपुरथिमि शंखधर चोकमा आयोजना गरेको चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै उहाँले नेपाली संस्कृतिलाई जोगाउँन सबै नेपाली सजग हुनुपर्ने बताउनु भयो । एमाले अध्यक्ष ओलीले नेपाली संस्कृतिमाथि हमला भइरहेको बताउँदै स–साना देखिने सांस्कृतिक विचलनले नेपाली समाजमा नै ठलो विचलन ल्याउने भएकाले यसतर्फ सचेत हुनुपर्ने बताउनु भयो । उहाँले भन्नुभयो, “हाम्रो देशको संस्कृतिले समाजलाई चलाउँदै आएको छ, संस्कृतिले नै संस्कार दिएको छ, मानिस जन्मदा खुसी हुने र मानिस मृत्य हुँदा दुखी हुने यही समाजमा सामुहिकता र एकता छ, एकलाई पर्दा अर्कोले सहयोग गर्ने संस्कार सस्कृतिले दिएको छ । तर हाम्रो संस्कृति र सस्कार माथि प्रहार हुन थालेको छ, यसले राजनीतिमा समेत विचलन ल्याएको छ । त्यसैले हाम्रो संस्कृति जोगाउँन सबै लाग्नु पर्छ ।” उहाँले आगजनी गर्ने र लुटपाट गर्ने संस्कृति हामी नेपालीको होइन भन्दै यस्ता संस्कृतिको सुरुवात भएपनि यसलाई विकास हुनु भन्दा अगाडि रोक्नस पर्ने बताउनुभयो । संस्कृतिले नै नेपाली समाज निर्माण भूकिा निर्वाह गरेको भन्दै उहाँले हाम्रो संस्कृति, चाडपर्व, परम्परा, नीति, नियम, वाद्यवादन, नृत्य, सङ्गीत र खानपानको महत्वपूर्ण भूमिका रहेको उहाँले बताउनुभयो । कार्यक्रममा नेकपा एमालेका सचिव महेश बस्नेत, एमाले क्न्द्रीय सदस्य सकुन्तला श्रेष्ठ, एमाले जिल्ला अध्यक्ष बचन देउजा, सचिव विष्णु तामाङ्गले विगत ३५ वषैदेखि केही भएन भन्नु गलत भएको भन्दै यही ३५ वर्षको अन्तरातलमा धेरै विकास भएको चर्चा गर्नुभयो । --- # नेपालबाट लैजान्छ फेसबुकले ६० अर्ब बढी रकम Source: https://newskunda.com/archives/2793 Category: FEATURED NEWS, अर्थ, राजनीति, समाचार, समाज Last updated: 2023-04-21 काठमाडौँ, ८ वैशाख : नेपालमा विद्युतीय सेवाको कारोबार गर्ने विदेशी कम्पनीलाई करको दायरामा ल्याउन सरकारले कानून बनाएको भए पनि अधिकांश कम्पनी कर प्रणाली बाहिर छन् । चालु आर्थिक वर्षको आर्थिक ऐनमार्फत् सरकारले विद्युतीय सेवा कर (डिजिटल सर्भिस ट्याक्स)सम्बन्धी व्यवस्था गरेको थियो । तर हालसम्म दुईवटा कम्पनी मात्रै डिजिटल सर्भिस ट्याक्स प्रणालीमा दर्ता भएको आन्तरिक राजस्व विभागले जनाएको छ । “हालसम्म गुगल र इब्स्को इन्क भन्ने दुईवटा कम्पनी मात्रै डिएसटीमा आवद्ध भएका छन् । अरु कम्पनीले पनि चासो देखाइरहेका छन् । तर यस्तो कर प्रणाली हाम्रा लागि नयाँ व्यवस्था भएकाले बाध्यकारी हुन नसक्दा अरु कम्पनीलाई कसरी करको दायरामा ल्याउने भन्ने चुनौती छ ।”, आन्तरिक राजस्व विभागका प्रवक्ता राजुप्रसाद प्याकुरेलले भन्नुभयो । चालु आर्थिक वर्षको आर्थिक ऐनले ‘गैरबासिन्दा व्यक्तिले नेपालका उपभोक्तालाई उपलब्ध गराएको विद्युतीय सेवाको कारोबार मूल्यमा दुई प्रतिशतका दरले विद्युतीय सेवा कर लगाइ असुल गरिनेछ’ भनि व्यवस्था गरेको थियो । वार्षिक रू २० लाखसम्मको कारोबारमा भने यस्तो कर नलाग्ने व्यवस्था आर्थिक ऐनमा राखिएको छ । ऐनको व्यवस्थाअनुसार नेपालमा विद्युतीय सेवा उपलब्ध गराउने व्यक्तिले आयवर्षअनुसार आफ्नो कारोबारको विवरण तथा कर दाखिला गर्नुपर्छ । तर विभागमा दर्ता हुन नआएका कम्पनीलाई कसरी आवद्ध गराउने र कर तिराउने भन्ने स्पष्ट छैन । विभागमा दर्ता भइसकेका यस्ता विदेशी कम्पनीले कर नतिरेमा कारबाहीको व्यवस्था गरिएको भए पनि दर्ता नै नभएकालाई कस्तो कारबाही हुने भन्ने स्पष्ट नरहेको प्रवक्ता प्याकुरेल बताउनुहुन्छ । चालु आर्थिक वर्षको आर्थिक ऐनले तोकिएको समयभित्र विवरण दाखिला नगरेमा वार्षिक कारोबार रकमको शून्य दशमलव एक प्रतिशत प्रतिवर्षका दरले हुने रकम शूल्क लाग्ने र कर तिर्नुपर्ने तोकिएको मितिभित्र कुनै व्यक्तिले कर दाखिला नगरेमा वार्षिक १५ प्रतिशतका दरले ब्याज लाग्ने व्यवस्था रहेको छ । य सरी दाखिला गर्नुपर्ने कर रकम कम दाखिला गरेमा वा लुकाए छिपाएमा त्यसरी कम गरेको कर रकमको ५० प्रतिशत जरिवानासमेत लाग्नेछ भनी व्यवस्था गरिएको छ । तर विदेशमा सेवा दिइरहेका कम्पनीले नेपालमा कर तिर्नका लागि अनिवार्यरुपमा दर्ता हुनुपर्ने व्यवस्था आर्थिक ऐनमा भने कहीँ पनि राखिएको देखिँदैन । नेपालभित्र सेवा दिइरहेका सामाजिक सञ्जाललगायत डिजिटल कारोबार गर्ने कम्पनीलाई करको दायरामा ल्याउन नसक्दा ठूलो परिमाणमा राजस्व गुमिरहेको सरकारी अध्ययनले नै देखाएका छन् । मन्त्रिपरिषद्को गत असोज ११ को निर्णयबाट खारेज भएको नेपाल राजस्व परामर्श समितिले तयार पारेको ‘राजस्व दायरा वृद्धिका सम्बन्धमा अध्ययन गरी तयार पारिएको प्रतिवेदन, २०७९’ले पछिल्ला वर्षमा सामाजिक सञ्जालमार्फत हुने विज्ञापनबाट मात्रै ठूलो रकम बाहिरी रहेको उल्लेख गरेको छ । “नेपालमा कानूनीरुपमा दर्ता नभएका सामाजिक सञ्जालमा विज्ञापन गर्ने प्रवृत्ति ह्वात्तै बढेको छ । त्यस्ता सामाजिक सञ्जालले वार्षिक अर्बौँ रुपैयाँ नेपालबाट विदेशतर्फ लगिरहेका छन् ।” प्रतिवेदनमा भनिएको छ । राजस्व परामर्श समितिको प्रतिवेदनले डाटा पोर्टल डट कमको तथ्याङ्कलाई उद्धृत गर्दै सन् २०२२ सम्ममा नेपालमा फेसबुकका एक करोड ३३ लाख प्रयोगकर्ता रहेको उल्लेख गरेको छ । “बजारसम्बनधी अनुसन्धान गर्ने कम्पनी स्टाटिस्टाकाका अनुसार फेसबुकको प्रति विज्ञापनकर्ता विज्ञापन आम्दानी सन् २०२१ मा ४० दशमलव ९६ अमेरिकी डलर पुगेको छ । सो आय सन् २०२० मा ३२ दशमलव ०३ अमेरिकी डलर बराबर थियो,” राजस्व परामर्श समितिको प्रतिवेदनमा भनिएको छ, “यस प्रकारले हेर्दा नेपाली प्रयोगकर्ताले विज्ञापन हेरेबापत फेसबुकले वार्षिक ६० अर्बभन्दा बढी रकम आय गर्दै आइरहेको छ ।” अरु देशको प्रावधान बङ्गलादेशमा नेशनल बोर्ड अफ रेभेन्यूले फेसबुक, गुगलजस्ता कम्पनीलाई दर्ता गरेर १५ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) सङ्कलन गर्दै आएको छ । त्यसका अतिरिक्त गैर वासिन्दालाई अनलाइन विज्ञापनबापत रकम भुक्तानी गर्दा १५ प्रतिशत टिडिएस लाग्ने व्यवस्था रहेको छ । त्यस्तै, भारतमा पनि फेसवुकलगायत ठूला अनलाइन् व्यवसाय दर्ता भई व्यवसाय सञ्चालन गर्दै आएका छन् । भारतमा अनलाइनबाट विज्ञापन गर्दा १८ प्रतिशत वस्तु तथा सेवा कर (जीएसटी) र आयकरका रुपमा दुई प्रतिशत टिडिएस लाग्दै आएको छ । हालको अनौपचारिक माध्यमबाट नेपालमा दर्ता नभएका कम्पनी, गैरबासिन्दाबाट विज्ञापन गर्दा वा अनलाइन सेवा लिँदा ग्राहकले सम्बन्धित देशको कर तथा दश प्रतिशतको हाराहारीमा सेवा शुल्क भुक्तानी गर्दै आइरहेको राजस्व परामर्श समितिको प्रतिवेदनमा उल्लेख छ । यस्ता कम्पनी नेपालमा दर्ता भएर विज्ञापन गर्दा अन्य देशको भन्दा सस्तो पर्ने र नेपालमा राजस्व पनि बढ्ने ठानिएको छ । उदाहरणको लागि फेसबुकबाट विज्ञापन गर्दा कुन देशको ठेगानाबाट विज्ञापन गर्ने भनी छनौट गर्नुपर्दछ । मानौँ भारत छनौट गरेमा फेसबुकबाट विज्ञापन गर्दा लाग्ने शुल्कमा १८ प्रतिशत जीएसटीसहितको रकम भुक्तानी गर्नुपर्दछ । अनौपचारिकरुपमा विज्ञापन गर्दा सो अठार प्रतिशत पछिको रकममा दश प्रतिशत सटही शुल्क तिरी विज्ञापन हुँदै आएको छ । यस्ता कम्पनी नेपालमा दर्ता भएर कानूनीरुपमा भुक्तानी गर्ने व्यवस्था मिलाउन सके भारतबाट गर्ने विज्ञापनभन्दा नेपालबाट गर्ने विज्ञापन सस्तो पर्न जान्छ । “नेपालको हकमा प्राकृतिक व्यक्तिलाई कार्ड जारी हुँदाकै अवस्थामा १५ प्रतिशत टिडिएसबापतको रकम सङ्कलन गर्ने र भ्याट नलाग्ने व्यवस्था गरेमा यसतर्फ सेवाग्राही आकर्षित हुनसक्ने अनुमान गर्न सकिन्छ”, राजस्व परामर्श समितिको प्रतिवेदनमा भनिएको छ, “नेपालबाट गरेको आय रकममा पन्ध्र प्रतिशतका दरले मात्र कर सङ्कलन गर्न सके मात्र पनि रू नौ अर्वभन्दा बढी रकम सङ्कलन हुने देखिन्छ ।” राजस्व परामर्श समितिले नै ‘आर्थिक वर्ष २०७९/८० को राजस्व नीति र कर सुधारसम्बन्धी प्रतिवेदन २०७९’ मा डिजिटल सेवा दिइरहेका सामाजिक सञ्जाललगायत कम्पनीलाई करको दायरामा ल्याउन र अग्रिम कर कट्टी गरेर मात्रै कारोबार गर्ने व्यवस्था लागु गर्न सरकारलाई सुझाव दिएको थियो । “नेपालमा अनलाइन विज्ञापन गर्ने विदेशी प्लाटफर्मलाई आयकर विवरण बुझाउने व्यवस्था लागु गरी करको दायरमा ल्याउने वा अन्यथा भुक्तानीका बखत नै निश्तित प्रतिशतका दरले अग्रिम कर कट्टीका रुपमा राजस्व दाखिला गर्ने व्यवस्था गर्नुपर्ने देखिन्छ ।” उक्त प्रतिवेदनमा भनिएको छ । --- # नेपालमै ग्लोबल युनिकर्न कम्पनी निर्माण गर्न नीतिगत सुधार गरिने छः प्रधानमन्त्री शाह Source: https://newskunda.com/archives/5358 Category: FEATURED NEWS, अर्थ, राजनीति, समाचार, समाज Last updated: 2026-10-31 काठमाडौँ, १४ कात्तिकः प्रधानमन्त्री वालेन्द्र शाहले नेपालमा गेम डेभलपमेन्ट तथा सूचना प्रविधि (आइटी) उद्योगलाई प्रोत्साहन गर्दै नेपाली कम्पनीलाई विश्व बजारमा प्रतिस्पर्धा गर्न र ग्लोबल युनिकर्न कम्पनीका रूपमा विकास गर्न सहज वातावरण निर्माण गरिने बताउनुभएको छ । आज सामाजिक सञ्जालमार्फत उहाँले यसका लागि आवश्यक नियम, वातावरण सबै पुनरावलोकन गरिने उल्लेख गर्नुभयो । उहाँले नेपालमा गेमिङ एप बनाएर संसारभर नाम कमाएका कम्पनीहरू पनि भएको उल्लेख गर्दै संसारकै सबैभन्दा चर्चित लुडो (करिब २०० मिलियन डाउनलोड) र कलब्रेक गेम (१५० मिलियनभन्दा बढी पटक डाउनलोड) नेपालीले नै बनाएको बताउनुभएको छ । साथै सयौँ युवाहरु गेम एप बनाउन तल्लिन रहेको उहाँको भनाइ छ । “हामीले उहाँहरुलाई बोलाएर समस्याहरू पनि बुझ्यौँ र यो गेम डेभलपमेन्ट क्षेत्रलाई सजिलो बनाउन र उद्योगका रूपमा अघि बढाउने विषयमा पनि छलफल गर्र्यौं र अब उहाँहरुको समस्या समाधान गर्ने गृहकार्य अघि बढाइएको छ”, प्रधानमन्त्री शाहले उल्लेख गर्नुभएको छ । आइटीसम्बन्धी ‘प्रडक्ट’ र निर्यात पनि अहिले निकै सकारात्मक अवस्थामा रहेको र हाम्रो दक्षता, कम्पनीहरूले सहजै कमाउने, पुनःलगानी गर्ने विषयलाई ध्यानमा राख्दै करमा सहजता र नीतिगत सुधार, अन्तरराष्ट्रिय आम्दानीसम्बन्धी नियमहरु अझै सहज बनाउने उहाँको भनाइ छ । यसका साथै गेम जाम, स्टार्टअप इभेन्ट, सूचना प्रविधि क्षेत्र, राष्ट्र बैंक, अर्थ मन्त्रालयसँग नियमित अन्तरक्रिया, ह्याकाथोन र समग्र आइटी प्रडक्ट र गेमिङ उद्योगलाई फाइदा पुग्ने गरी इकोसिस्टममा लगानी गरिने प्रधानमन्त्रीको भनाइ छ । --- # नेपालमै पहिलो पटक सूर्यविनायकको गुण्डुमा निर्माण हुन लागेको द्धारका धामको शिलान्यास आउँदो २५ गते सांसद एवं पूर्व मन्त्री बस्नेतद्धारा हुने Source: https://newskunda.com/archives/1665 Category: FEATURED NEWS, अर्थ, जीवन शैली, राजनीति, समाचार, समाज Last updated: 2022-08-04 -रमेश गिरी भक्तपुर, १९ साउन : सूर्यविनायक नगरपालिका(७ गुण्डुस्थित पाथिभरा मन्दिर परिसरमा नेपालमै पहिलो द्धारकाधाम निर्माण हुने भएको छ । श्रीमद् भागवत तथा गौ संरक्षण केन्द्रले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा पश्चिम भारतको गुजरातमा रहेको प्रसिद्ध द्धारकाधाम जस्तै नेपालमा पनि सूर्यविनायकको गुण्डुमा द्धारका धाम बन्ने बताएको हो । सूर्यविनायक नगरपालिका वडा नं ७ गुण्डुको पाथिभरा मन्दिर परिसरमा नेपालकै पहिलो द्धारका धाम निर्माण कार्य सुरु गर्न लागेको गुण्डुसिथ्त पाथिभरा मन्दिरका मूल गुरु अरविन्द शास्त्रीले जानकारी दिनु भयो । पत्रकार सम्मेलनमा शास्त्रीले भन्नुभयो, “भक्तपुरको गुण्डुमा २०७५ सालमा पाथिभरा मन्दिर निर्माण गरेर यहाँको धार्मिक विकासमा टेवा पुर्याएका छौँ, अब पाँच वर्ष भित्र भारतको जस्तै आकृतिमा नेपालमै पहिलो पटक द्धारका धाम निर्माण गर्न लागेका छौँ, यसले धार्मिक पर्यटनको समेत बिकासमा टेवा दिनेछ ।” यहीँ साउन २५ गते शिलान्यास हुने द्धारका धाम यहाँका करिब आठ रोपनी क्षेत्रफलमा करिब १० करोडको लागतमा निर्माण सम्पन्न गर्ने गुरुयोजनाका साथ कार्य अगाडि बढाएको उहाँले बताउनु भयो । द्धारका धाम मन्दिर मात्रै तीन रोपनी क्षेत्रफलमा फैलिने बताउदै उहाँले भारतको द्धारका धाममै मन्दिरको मुख्य मूर्ति निर्माण कार्य सुरु भइसकेको उहाँको बताउनु भयो । उहाँले तीन वटै सरकार र दाताहरुबाट संकलन हुने रकमबाट मन्दिर निर्माण गर्ने लक्ष्य राखेको बताउनु भयो । द्धारका धामसँगै पाथिभरा मन्दिर परिसरमा सबै गोत्रका ऋषिहरू मूर्ति स्थापना गरिने बताउनु भयो । उहाँले माननीय सांसद एवं पूर्वमन्त्री महेश बस्नेतको अथक प्रयास र सहयोग तथा यहाँका स्थानीय तह, जनप्रतिनिधि, स्थानीय बासिन्दाको सहयोगमा पाथिभरा मन्दिर निर्माण सम्पन्न भए जस्तै फेरी पनि सबैको सहयोगमा द्धारकाधाम निर्माण सम्पन्न गर्नु पर्ने बताउनु भयो । पत्रकार सम्मेलनमा सूर्यविनायक नगरपालिकाका प्रवक्ता एवं वडा नं. ७ का वडाध्यक्ष रविन्द्र सापकोटाले भक्तपुरको गुण्डुमा पाथिभरा मन्दिर निर्माण भएपछि नयाँ पर्यटकीय गन्तव्य बनेको बताउदै द्धारका धामको निर्माणले यहाँको क्षेत्रमा धार्मिक पर्यटनको विकास हुने र द्धारका धामको दर्शन गर्न भारत गइरहनु नपर्ने बताउनु भयो । उहाँले द्धारका धाम निर्माणका लागि वडा तथा नगरपालिकाले आवश्यक सहयोग गर्ने बताउनु भयो । कार्यक्रममा गौ संरक्षण केन्द्रका अध्यक्ष नारायण न्यौपानेले ताप्लेजुङको पाथिभरा मन्दिरमा २०७२ सालमा पाँच वर्षको अखण्डदीप प्रज्वलन गरि २०७५ सालमा सवा करोड बत्ति बालेर नेपालकै ठूलो त्रिशुल जगाएर ल्याएर गुण्डुमा पाथिभराको मन्दिर निर्माण स्थलमा स्थापना गरेको बताउनु भयो । उहाँले पाथिभरा जस्तै द्धारका धाम निर्माण गर्ने, गौ अर्थात गाईहरुको संरक्षण गर्ने संस्कृत विद्यालय स्थापना गर्ने र धार्मिक क्षेत्रको विकास गर्ने लक्ष्यका साथ अभियान सुरु गरेको बताउनु भयो । जग्गा दाता अर्जन बस्नेतलगायत धन्यवादको पात्र भएको भन्दै उहाँले द्धारका धाम निर्माणमा आर्थिक तथा भौतिक सहयोग गरेर पूण्य कार्यमा मेरो पनि लगानी छ भन्ने आधार तय गर्दै दाताहरुलाई सहयोग गर्न आव्हान गर्नु भयो । --- # नेपालले जित्यो केन्या विरुद्धको टी–२० क्रिकेट सिरिज Source: https://newskunda.com/archives/1858 Category: FEATURED NEWS, खेलकुद, विश्व, समाज Last updated: 2022-08-30 काठमाडौँ, १४ भदौ : नेपालले केन्याविरुद्धको पाँच खेलको टी–२० अन्तर्राष्टिय क्रिकेट सिरिज ३–२ ले जितेको छ । नेपालले केहीबेर अघि सम्पन्न अन्तिम खेलमा केन्यालाई ३१ रनले पराजित गरेको हो । केन्याको नैरोवी जिमखाना क्रिकेट मैदानमा टस जितेर नेपालले ब्याटिङ गर्दै निर्धारित २० ओभरको खेलमा सात विकेट गुमाउँदै एक सय ७५ रन बनायो । एक सय ७६ रनको विजयी लक्ष्य पछ्याउने क्रममा केन्याले २० ओभरमा सात विकेट गुमाउँदै एक सय ४४ रन मात्र बनाउन सक्यो । नेपालको जितमा ज्ञानेन्द्र मल्लको अद्र्धशतकीय पारी महत्वपूर्ण रह्यो । मल्लले ४४ बलमा ५९ रन बनाए । यस क्रममा उनले दुई छक्का र पाँच चौका प्रहार गरे । रोहितकुमार पौडेलले २५ बलमा सात चौका हिर्काउँदै ४७ रन बनाए । यस्तै अर्जुन साउदले २९ र दीपेन्द्रसिंह ऐरीले २२ रन बनाए । बलिङतर्फ केन्याका लागि नेहेम्याह ओढियाम्बो, विराट पटेल र शेम एन्गोचेले दुई÷दुई तथा लुकास ओलुओचले एक विकेट लिए । ब्याटिङ गर्ने क्रममा केन्याका लागि नेहेम्याह ओढियाम्बोले ३७, कप्तान शेम एन्गोचेले अविजित ३३, इरफान करिमले २८, कोलियन्स ओबुयाले २३ र नेलसन ओढियाम्बोले अविजित १३ रन बनाए । बलिङतर्फ नेपालका कप्तान सन्दीप लामिछाने र बसिर अहमदले दुई/दुई तथा करन केसी, मोहमद आदिल आलम र दीपेन्द्रसिंह ऐरीले एक/एक विकेट लिए । खेलको प्लेयर अफ दी म्याच नेपालका ज्ञानेन्द्र मल्ल तथा प्लेयर अफ दी सिरिज कप्तान सन्दीप लामिछाने घोषित भए । नेपालले अब केन्यासित तीन खेलको एकदिवसीय सिरिज खेल्ने छ । नेपाल र केन्याबीचको पहिलो एकदिवसीय खेल शुक्रबार खेल्ने तय भएको छ । --- # नेपाली कांग्रेस भक्तपुर क्षेत्र २ का सभापति भेष बहादुर कार्कीले भक्तपुर जिल्लाका सभापति दूर्लभ थपालाई एउटा मन्त्री दिलाईदिन आग्रह Source: https://newskunda.com/archives/3111 Category: FEATURED NEWS, राजनीति, समाचार Last updated: 2025-06-08 भक्तपुर, २५ जेठ । नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवासंग नेपाली कांग्रेस भक्तपुर क्षेत्र २ का सभापति भेष बहादुर कार्कीले भक्तपुर जिल्लाका सभापति दूर्लभ थपालाई एउटा मन्त्री दिलाईदिन आग्रह गर्नु भएको छ । आज सूर्यविनायकस्थित नेपाली कांग्रेस भक्तपुर क्षेत्र २ को कार्यालयमा कार्यकर्ताहरुसंग अन्तरक्रिया गर्ने क्रममा सभापति भेषबहादुर कार्कीले भक्तपुरलाई एउटा मन्त्री दिलाइदिन आग्रह गर्नुभयो । पूर्वप्रधानमन्त्री समेत रहनुभएका काँग्रेस सभापति देउवालाई उहाँले भन्नुभयो, “सबै नेताले आफ्नो जिल्लामा मन्त्री लगिसके, हाम्रो जिल्लाले कहिले मन्त्री पाउँला, हामीलाई पनि अप्ठ्यारो भो सभापति ज्यू, हाम्रो जिल्लालाई एउटा मन्त्री दिलाईदिनु पर्यो ।” उहाँको प्रस्तावमा सहमत जनाउँदै पार्टी सभापति देउवाले मन्त्री दिलाईदिने वचन दिनुभयो । त्यसो त प्रतिनिधिसभाको निर्वाचनको अगाडि मध्यपुरथिमिमा भएको भेलामा भक्तपुरमा सांसदमा विजयी भए मन्त्री दिलाईदिने वचन दिनभएको थियो । निर्वाचनमा एमालेका नेता महेश बस्नेतलाई पराजित गर्दै काँग्रेसबाट दूर्लभ थापा विजयी भएसंगै भक्तपुरका काँग्रेस नेताले दूर्लभ थापालाई मन्त्री बनाइदिन माग गर्दै आएका छन् । सभापति देउवाले भन्नुभयो, “काँग्रेसलाई बलियो बनाउँनस्, पार्टीका सदस्यहरुलाई समर्पण र एकताको भावनालाई मजबुत बनाएर अगाडि बढ्नुस् । काँग्रेस बलियो भए प्रजातन्त्र बलियो हुन्छ । त्यसका लागि लाग्नुस् ।” कार्यक्रममा काँग्रेसका पूर्व उपसभापति एवं पूर्व उपप्रधान मन्त्री बिमलेन्द्र निधि, भक्तपुर काँग्रेस सभापति दुर्लभ थापालगायतले विकासका लागि पनि भक्तपुरलाई मन्त्री आवश्यक भएको औल्याउनु भएको थियो । --- # नेपाली काँग्रेस भक्तपुरको वडा अधिवेशन : काँग्रेसको परम्परा, परिभाषा र सिद्धान्तलाई छाडेर महाधिवेशन गरिरहेको छ : दूर्लभ थापा Source: https://newskunda.com/archives/4611 Category: FEATURED NEWS, अर्थ, राजनीति, समाचार, समाज Last updated: 2026-10-06 भक्तपुर, १९ असोज । नेपाली काग्रेसका भक्तपुर जिल्ला सभापति एवं निवर्तमान् संघीय सांसद दूर्लभ थापाले नेपाली काँग्रेस (गगन थापा पक्ष) ले यतिखेर काँग्रेसको परम्परा, परिभाषा र सिद्धान्तलाई छाडेर महाधिवेशन गरिरहेको बताउनु भएको छ । नेपाली काँग्रेस १५ औं महाधिवेशनको सन्दर्भमा नेपाली काँग्रेस ५ नम्बर वडा कार्यसमितिको वडा अधिवेशनको उद्घाटन गर्दै उहाँले हतार हतारमा पार्टी भित्रको मूल्य र मान्यतालाई एक ठाउँमा राखेर विना नारा र मान्यताले काँग्रेसको काठमाडौंमा अधिवेशन सुरु भएको बताउनु भयो । जिल्ला सभापति थापाले भन्नुभयो, ‘नेपाली काँग्रेसको अधिवेशनले नेपाली काँग्रेसको परिभाषा र परम्परालाई खत्तम पारेर सिध्याउदैछ, के को सिद्धान्त, के को परम्परा, के को बिधी हतारमा अधिवेशन गरेर भ्रम छरिरहेको छ ।’ उहाँले आफू कटुञ्जेको ईकाई सभापतिको रुपमा काम गर्दै गर्दा ठूलो उमंग रहेको बताउदै प्रतिनिधि सभाको सदस्य र दुई पटकको जिल्ला सभापति लड्दै गर्दाको उमंग रहेको बताउनुभयो । कार्यक्रममा काँग्रेस केन्द्रीय प्रतिनिधि दयामान कर्माचार्य, नेपाल तरुण दलका पूर्व केन्द्रयि अध्यक्ष विनोद प्रकाश कायस्थ, महासमिति सदस्य राजनकाजी त्वाती, नेपाली काँग्रेस पूर्व उपसभापति हरि प्रसाद नेपाललगायतले काँग्रेसलाई बलियो बनाएर लैजानु आवश्यक रहेको बताउनुभयो । कार्यक्रम भरत थापाको सभापतित्वमा सम्पन्न भएको छ । --- # नेपाली कांग्रेसका नेताहरूको भेलाले पार्टी विभाजन हुन नदिन महाधिवेशन प्रतिनिधिहरुको राष्ट्रिय भेला तत्काल बोलाउन माग Source: https://newskunda.com/archives/3926 Category: FEATURED NEWS, अर्थ, राजनीति, समाचार, समाज Last updated: 2026-07-20 भक्तपुर, ४ साउन । भक्तपुरमा सम्पन्न नेपाली कांग्रेसका नेताहरूको एक भेलाले पार्टी विभाजन हुन नदिन महाधिवेशन प्रतिनिधिहरुको राष्ट्रिय भेला तत्काल बोलाउन माग गरेको छ । नेपाली कांग्रेस भित्रको आन्तरिक विवाद चरमोत्कर्षमा पुगेको भेलाले ठहर गर्दै पार्टी विभाजन हुन नदिन महाधिवेशन प्रतिनिधिहरुको राष्ट्रिय भेला तत्काल बोलाउन माग गरिएको हो। एकताबद्ध र अविभाजित काँग्रेसले मात्र लोकतन्त्र र संविधानको रक्षा गर्न सक्ने धारणा व्यक्त भएको भेलामा उपस्थित अधिकांश वक्ताहरुले काँग्रेसलाई एक ढिक्का बनाएर लैजानु आवश्यक रहेको निष्कर्षमा पुगेको थियो । भेलामा नेपाली कांग्रेस भक्तपुरका सभापति दुर्लभ थापा, निवर्तमान केन्द्रीय सदस्य गोविन्द भट्टराई, उमेश जंग रायमाझी, मानबहादुर नेपाली, किरण पौडेल, गुरु बराल, लक्ष्मी खतिवडा, पुष्प पराजुली, सिता देवकोटा, विद्या तिमल्सिना, उषा रावत, लक्ष्मणबहादुर बस्नेत, बालचन्द्र पौडेल, विनोद कायस्थ, ध्रुव अधिकारी, भुपेन्द्र थापा, सत्यराज भण्डारी, चन्द्रा देवी जोशी, रुद्रबहादुर खड्का, राजेन्द्र ताल्चा भडेल, हस्तबहादुर मल्ल , प्रमोद रिमाल, उत्तम चापागाई, अनिल भुजु, केशव ढुंगाना लगायतका वक्ताहरुले देशको समसामयिक राजनीतिक घटना क्रमकाबारेमा आआफ्ना विचार व्यक्त गर्दै नेपाली कांग्रेस कमजोर हुँदा लोकतन्त्र मात्र कमजोर हुने नभई देशको राष्ट्रियता माथि पनि प्रहार हुने गरेको दृष्टान्त प्रस्तुत गर्नु भएको थियो । अधिकांश वक्ताहरुले वर्तमान सरकार देशको संविधान कानून मिच्दै उद्योगी, व्यवसायी, कर्मचारी, मजदूर, सुकुम्बासी लगायत सम्पूर्ण तह र तप्कामा डर, त्रास र भय सृजना गरेर आतंक मच्चाएको आरोप लगाएका थिए। अहिले नेपाली कांग्रेसका केन्द्रीय नेतादेखि तल्लो तहका कार्यकर्ताहरु नियमित र विशेष महाधिवेशनका नाममा विभाजित नभई बी.पी.को विचार, शहिदहरुको त्याग, तपस्या र बलिदानलाई सम्झँदै नयाँ ढंगबाट पार्टीलाई पुनर्गठन र पुनः संयोजन गर्दै अगाडि बढेमा पार्टी भित्र नयाँ पिढीको आकर्षण बढ्ने विश्वास व्यक्त गरेका थिए। साथै पार्टी विभाजन हुन नदिन पार्टीको तल्लो तहसम्म बहस अगाडि बढाउनु पर्ने निष्कर्ष सबै वक्ताहरुको रहेको थियो। --- # नेपाली कांग्रेसका वडा सभापतिसहित सिंगो वडा समिति एमाले प्रवेश Source: https://newskunda.com/archives/1537 Category: FEATURED NEWS, राजनीति, समाचार, समाज Last updated: 2022-07-24 **नेपाली कांग्रेस सूर्यविनायक नगरपालिका वडा नं. ६ का सभापति राजेन्द्र त्वातीको नेतृत्वमा, वडा समितिका सचिव अनिल बके, सहसचिव राजेश शिलाकार, वडासमितिका सदस्यहरु निराजन सुवाल, सरोज बके, कांग्रेस क्रियासिल सदस्यहरु प्रकाश घिसिङ, सुजन बके, सुजन सुकुभुटु, ई.कुसल सुवाल, शिव श्रेष्ठ, दिपक श्रेष्ठ, सागर सुवाल, बावुराम श्रेष्ठ नेकपा एमाले प्रवेश गर्नु भएको हो । त्यसैगरि आजै विवेकशिल पार्टीका केन्द्रिय सचिवालय सदस्य विवेक पौडेल र नेकपा माले भक्तपुर जिल्ला सचिव हिमान्चल कार्की पनि आफ्नो पार्टीं परित्याग गर्दै नेकपा एमाले प्रवेश गर्नु भएको हो ।** ====================================================== भक्तपुर, ८ साउन : नेपाली कांग्रेस लगायत बिभिन्न पार्टीमा नेतृत्व तहमा रहेका नेता तथा कार्यकर्ता आज नेकपा एमाले प्रवेश गरेका छन् । नेकपा एमाले भक्तपुर जिल्ला कमिटीको कार्यालय सूर्यविनायकमा आज आयोजना गरिएको पार्टी प्रवेश कार्यक्रममा नेपाली कांग्रेस, विवेकशिल पार्टी र नेकपा मालेको जिम्मेवार तहमा रहेका नेता तथा कार्यकर्ता एमाले प्रवेश गरेका हुन् । सरकारको नेतृत्व गरिरहेको नेपाली कांग्रेसबाट अब देश विकास हुन नसक्ने र देशनै फुटको संघारमा पुर्याउन लागेको भन्दै नेपाली काँग्रेसका वडासभापति सहित सिंगो वडा समितिले काँग्रेस पार्टी परित्याग गरि एमाले प्रवेश गरेका हुन् । नेपाली कांग्रेस सूर्यविनायक नगरपालिका वडा नं. ६ का सभापति राजेन्द्र त्वातीको नेतृत्वमा, वडा समितिका सचिव अनिल बके, सहसचिव राजेश शिलाकार, वडासमितिका सदस्यहरु निराजन सुवाल, सरोज बके, कांग्रेस क्रियासिल सदस्यहरु प्रकाश घिसिङ, सुजन बके, सुजन सुकुभुटु, ई.कुसल सुवाल, शिव श्रेष्ठ, दिपक श्रेष्ठ, सागर सुवाल, बावुराम श्रेष्ठ नेकपा एमाले प्रवेश गर्नु भएको हो । त्यसैगरि आजै विवेकशिल पार्टीका केन्द्रिय सचिवालय सदस्य विवेक पौडेल र नेकपा माले भक्तपुर जिल्ला सचिव हिमान्चल कार्की पनि आफ्नो पार्टीं परित्याग गर्दै नेकपा एमाले प्रवेश गर्नु भएको हो । पार्टी प्रवेश गर्नेहरुलाई नेकपा एमालेका पोलिव्यूरो सदस्य, पूर्वमन्त्री एवं प्रतिनिधिसभा सदस्य महेश बस्नेत, नेकपा एमालेका केन्द्रीय सदस्य एवं भक्तपुर इन्चार्ज सोमप्रसाद मिश्रले टीका तथा खादा लगाएर पार्टी प्रवेश गराउनु भएको थियो । कार्यक्रममा एमालेका युवा नेता एवं सांसद महेश बस्नेले यो पार्टी प्रवेशले नेकपा एमालेको प्रभावलाई सूर्यविनायकलाई अझ बलियो बनाएको भन्दै सूर्यविनायक वडा नं. ६ मा पनि एमालेको प्रभाव निणर्ायक र बहुमत बनेको बताउनु भयो । उहाँले भन्नुभयो, “स्थानीय तहको चुनाब अगाडि यो निणर्य गरेको भए आज निर्वाचित वडा अध्यक्ष बन्नु हुने थियो, यद्यपी त्यस वडामा परिणामको हिसाब यो कार्यकाल एमालेको नभए पनि एमालेको उम्मेदवार र त्वातीजीले पाउनु भएको मत परिणामलाइै जोड्दा अब जनमतको हिसाबले पनि ६ नं. वडामा एमालेका धेरै अगाडि छ ।” एमालेले जत्तिको लोकतान्त्रिक, प्रजातन्त्रवादी पार्टी अहिले अरु छैन भन्दै उहाँले अहिले कांग्रेसले पनि डेमोक्रेटिक हुने कुरा एमालेबाट सिकिरहेको बताउनु भयो । एमालेले कम्युनिष्ट आन्दोलनको मात्रै नभई प्रजातान्त्रिक आन्दोलनको पनि नेतृत्व गरिरहेको उहाँको भनाइ थियो । एमाले प्रवेश गर्नेहरुले एमालेमै अरु पार्टी भन्दा उत्कृष्ट डेमोक्रेटिक पार्टी हो भन्ने गरेको चर्चा गर्दै नेता बस्नेतले आज एमाले प्रवेश गर्नेहरुलाई केही समय पछाडि नै पार्टीले दिने जिम्मेवारीलाई गहन र महत्वपूणर् ढ.गले निर्वाह गर्ने विश्वास लिएको बताउनु भयो । सामाजिक न्यायको सन्दर्भमा समेत एमालेले अहिलेसम्म काम गर्दै आएको बताउदै उहाँले जेष्ठ नागरिकदेखि, एकल महिला, गरिब, जनजाती, दलित, पछाडि पारिएका वर्ग, युवा, विद्यार्थी सबैको सामाजिक न्यायका लागि एमालेले निकै महत्वपूणर् भूमिका निर्वाह गर्दै आएको चर्चा गर्नु भयो । जेष्ठ नागरिक सबै एमाले भए भनेर कांग्रेस माओवादीले बृद्ध भत्ता दिने उमेर घटाएर ६८ वर्षमा झारे पनि त्यो एमालेकै दबाबमा भएको उहाँको भनाइ छ । हरेक पहेलो धातु सुन हुदैन भने झै सबै पार्टीले बोलेका कुरा सच्चा नै हुन्छ भन्ने छैन भन्दै उहाँले नेताले बोलेका कुरा उनले उनको पार्टीले व्यबहारमा कतिको कार्यान्वयनमा ल्याएर भनेर जनताले मूल्यांकन गर्ने बताउनु भयो । उहाँले चार वर्षको अन्तरालमा भक्तपुरको विकासले यहाँको मुहार परिवर्तन गरेको चर्चा गर्दै उहाँले भन्नुभयो, “एमालेले ४० महिना संघीय, प्रदेश र स्थानीय सरकार चलाउँदा यो अन्तरालमा भक्तपुरवासीले के महसुस गरे, प्रत्येक कुना कुना, टोल टोलमा गएर त्यहाँका जनतालाई सोध्यो भने भक्तपुरका ९९ प्रतिशत मानिसले यो चार वर्षमा धेरै बिकास भएको छ, परिवर्तन भएको छ भन्ने छन् ।” एमालेले तीन तअकै बजेट ल्याएरु बिकासका काम गरिहदाँ कुनै राजनीतिक आग्रह पूर्वाग्र्रह नराखी काम गरिरहेको बताउदै उहाँले भन्नुभयो, “हामीले बजेट ल्याएर काम गर्दा यो एमालेले जितेको वडा, यो काँग्रेसले जितेको वडा भनेर विभेद गरेनौ, हामीले बिकासमा कुनै विभेद गरेनौ, कांग्रेसले जितेका ठाउँमा पनि एमालेले बजेट ल्याएर बिकासमा गरेको भक्तपुरमा धेरै उदाहरण छन्, सडक, पुल, सामुदायिक भवन, मेलम्चीको पानी, खानेपानी धारा वितरणलगायत सबै कुरामा एमालेले समान भूमिका निर्वाह गर्यो ।” उहाँले भक्तपुरलाई पहिलो चरणमा छुटाएको मेलम्चीको पानी आफ्नो पहलमा ल्याउन सफल भएको भन्दै केपी ओली नेतृत्व सरकारमा ४ करोड डिपिआर गरेर भक्तपुरमा पानी ट्यांकी निर्माण गरेर, मेलम्चीका पानी पहिशलो चरणमै ल्याउन सफल भएका हौ, भक्तपुरमा सुरुमा मध्यपुरथिमिको टिगनीमा र दोश्रोमा पाण्डु बजारमा मेलम्चीको पानी झारेर सफल परीक्षण समेत गरेका छौ, भन्नुभयो । उज्यालो भक्तपुर बनाउने अभियानका क्रममा अरनिको राजमार्गदेखि सूर्यविनायक नगरपालिकाको वडा वडामा सडक बत्ति जडान गर्न सफल भएको भन्दै उहाँले सूर्यविनायकको पाण्डु बजारदेखि ट्राफिक कार्यालयसम्मको क्षेत्रलाई नयाँ ठमेल बनाएर रात्रीकालिन पर्यटकीय गन्तव्य बनाउने कामको बजेट वर्तमान् सरकारले काटेको बताउनु भयो । उहाँले सूर्यविनायकको पाण्डुबजार, मध्यपुथिमिको नीलबाराही, साँगादेखि घ्याम्पेडाँडासम्म पर्यटनको नयाँ गन्तव्य बनाउने उदेश्यले चार वर्षदेखि सरकारले छुट्याउदै आएको बजेट वर्तमान् सरकारले काटेर योनाज अपूरो बनाएको बताउनु भयो । एमाले नेता एवं सांसद बस्नेतले भन्नुभयो, “सूर्यविनायकको पाण्डु बजारदेखि ट्राफिक कार्यालयसम्मको क्षेत्रलाई भक्तपुरको ठमेल बनाएर रात्रीकालिन पर्यटन प्रबद्र्धन गर्ने विगत चार वर्षदेखि निरन्तर बजेट आउने काम भइरहेको थियो, तर यो सरकारले यस वर्ष बजेट काट्यो, काठमार्डौमा ठमेल, ललितपुरमा झम्सिखेलभने जस्तै भक्तपुरमा यो क्षेत्रलाई बनाउने गरि नगरपालिकाले समेत डिपिआर बनाउन बजेट विनियोजन गरेको थियो, तर अहिले बजेटनै काटियो ।” विगतमा यस क्षेत्रमा नेमकिपा, कांग्रेस र अहिले एमालेले जित्दा भक्तपुरको २ नं. क्षेत्रमा कति फरक भएको छ त्यो जनताले मनन गरिरहेको उहाँको भनाइ थियो । एमालेले गुमेको भूमि नक्सामा राखेर जमिन फिर्ता ल्याउने खोज्दा भारतसँग सम्बन्ध बिग्रियो भनेर भ्रम फैलाउनेहरु अहिले भारतसँग लम्पसारवाद बनेको टिप्पणी गर्नु भयो । एमालेले भारत र चीनलगायतका अन्तर्राष्ट्रिय सम्बन्धलाई राष्ट्रहितमा राखेर मजबुद बनाइ रहदाँ बिरोध गर्नेहरु अहिले भारतसँगको सम्बन्ध आत्मसमर्पण र चाकरीवादमा परिणत गरेको बताउनु भयो । एमसीसीको सन्दर्भ कोट्याउदै उहाँले एमसीसी पास नगरौ भन्दा पनि सडकमा ढुङ्गा पनि आफै हान्ने, सदनमा पास पनि आफै गर्ने र प्रचण्ड, गगन जस्ताले जनतलाई भ्रममा राख्दै व्याख्यात्मक टिप्पणी पनि उनीहरु आफै भन्नेले देश बिगारेको भन्दै उहाँले एमसीसीबारे जनताले जान्न चाहेको कुरा समेत जानकारी नगराई षडयन्त्र पूणर् ढंगले पारित गराएको बताउनु भयो । अहिले नेपालमा अमेरिकी राज्य साझेदार कार्यृक्रम (एसएसपी) कार्यक्रमका नाममा अमिरिकन सैन्य गतिबिधि खुल्लम खुल्ला गरेकोमा आपत्ति जनाउदै उहाँले देवा नेतृत्व गठबन्धन सरकारले अझै पनि यो चाहिदैन भन्न नसकेको र यसको नामै फेरेर भए पनि पास गर्ने रणनीतिमा लागेको बताउनु भयो । आत्मसमर्पाणवाद, चाकरीवादमा प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड लाग्दा देश गम्भिर संकटमा धकेलिदै गएको भन्दै नेता बस्नेतले चार वर्ष सदनमा रोकेर बृहत छलफल गरेर राष्ट्रघात नहुने गरि पारित गर्नु पर्छ भन्दा भन्दै प्रचण्ड भारत गएर आए लगत्तै नागरिकता विधेयकको पारित गरेको टिप्पणी गर्नु भयो । बैदेशिक बुहारीलाई सात वर्ष अगाडि नागरिकता नदिने सहमति दलहरु बीच यसअघि नै भएको भए पनि अहिले सरकारले रातारात नागरिकता विधेयक पारित गराएर लम्पसारवादको नमूना प्रस्तुत गरेको भन्दै सत्ता गठबन्धनले पारित गरेको नागरिकता बिधेयकमा गडबढी रहेको औल्याउनु भयो । नेपाल जस्तो संवेदनशिल मुलुकले नागरिकता जस्तो गहन बिषयलाई हल्का रुपमा लिनु भनेको देशलाई खतरा हनु हो भन्दै उहाँले सरकार जनताको ढाड सेक्ने गरि भएको मंहगी, पेट्रोलीयम पदार्थको मूल्य बृद्धि र मल ल्याउन नसक्नुले सरकार जनता प्रति कत्तिको उत्तरदायी छ भन्ने पुष्टी भएको बताउनु भयो । केपी ओलीले बंगलादेशसँग मल ल्याए पनि अहिलेका सरकारले पैसा दिएर पनि भारतबाट मल ल्याउन नसकेर किसानलाई पिडा दिएको भनाई उहाँले राख्नु भयो । मंहगीको नाममा सरकार आयल निगमलाई निजीकरण गर्न उन्मुख भएको भन्दै हतियार खरिदमा अरबौ कसिमसन खान पूर्व अर्थमन्त्री र प्रधानमन्त्रीको मिलिभगत रहेको समेत दाबी गर्नु भयो । जनतालाई राहत दिने कार्यक्रम, एद्योगी व्यवसायीलाई टिकाउने कार्यक्रम ल्याउनु पर्ने सरकार कच्चा पदार्थको भन्सार बृद्धि अत्याधिक गरेर नेपाली उद्योगलाई बन्द गराउने षडयन्त्रमा लागेको भन्दै यसको नमूना प्रधानमन्त्रीका छोराले आयात गर्ने स्यानेटरी प्याडमा ८५ प्रतिशत भन्सार छुट दिनुले पनि पुष्टी गरेको बताउनु भयो । नेपालमै उत्पादन हुने सामानको कच्चा पदार्थलाई धेरै भन्सार लगाउने र यहाँको उद्योग बन्द गराउने ठूलो चलखेल भइरहको भन्दै उहाँले अर्थमन्त्रीको मात्रै हात होइन यहाँ प्रधानमन्त्रीदेखि धेरेको संलग्नता रहेको बताउनु भयो । अर्थ मन्त्रालयको सिसि टिभिको फुटेज हराउनु लज्जास्पद विषय होइन र ? भन्दै उहाँले सरकार गठबन्धन निर्माण गर्ने, आगामी निर्वाचन पछि प्रचण्ड र आरजूलाई आलोपालो प्रधानमन्त्री बनाउने र भारतसँग लम्पसारवाद गर्दै परिवारवादमा देश चलाउने षडयन्त्र भइरहेको सांसद बस्नेतले जिकिर गर्नु भयो । आउँदो संसदीय चुनाव र प्रदेश चुनावमा यसको क्षतिपूर्ति दिने गरि जनताले फैसला गर्ने उहाँले विश्वास व्यक्त गर्नु भयो । कार्यक्रममा एमालेका केन्द्रीय सदस्य एवं भक्तपुर इन्चार्ज सोमप्रसाद मिश्र, एमाले जिल्ला अध्यक्ष बचन देउजालगायतले एमाले प्रवेश गर्नेहरुलाई स्वागत गर्दै शुभकामना व्यक्त गर्नु भएको थियो । **कार्यक्रममा काँग्रेस वडा सभापति परित्याग गरि एमाले प्रवेश गर्नु भएका राजेन्द्र त्वातीले अब आउने संघीय र प्रदेश चुनाबमा एमालेलाई जिताउन महत्वपूणर् भूमिका निर्वाह गर्ने बताउनु भयो । अब पाँच वर्षमा हुने स्थानीयको तहको निर्वाचनमा वडा नं. ६ लाई एमालेमय बनाउने बताउदै उहाँले पार्टीले दिएको जिम्मेवारीलाई गहन रुपमा बहन गर्दै इमान्दातिार्पूक लाग्ने प्रतिबद्धता व्यक्त गर्नु भयो ।** **“काँग्रेसमा निकै लामो समय मिहेनत र दुःख गरेर पार्टी बनायौं, तर काँग्रेस पार्टीले सहि मानेमा मूल्यांकन गरेन । काँग्रेस कार्यकर्ताको मूल्यांकन गर्ने पार्टी होइन रहेछ भन्ने प्रमाणित भयो ।” उहाँले भन्नुभयो, “गत चुनाबमा कांग्रेसले मेरै दाजुभाईबीच फाटो ल्याएर घर फुटाउने प्रयास गर्यो, कांग्रेस बिकास गर्ने पार्टी होइन, घर फुटाउने, टोल फुटाउन, समाज फुटाउने र मौका मिले देशै फटाउने पार्टी देखेँ त्यसैले हामी एमालेका प्रवेश गर्यौ ।”** कार्यक्रममा सूर्यविनायक नगरका प्रमुख एवं एमाले जिल्ला उपाध्यक्ष वासुदेव थापा, एमाले भक्तपुर जिल्ला सचिव मोहनबिर श्रेष्ठ, एमाले भक्तपुर जल्ला सहसचिव मिलन श्रेष्ठ, एमाले सूर्यविनाक नगर अध्यक्ष रविन्द्र सपाकोटा, एमाले चागुनारायण नगर अध्यक्ष रामप्रसाद तिमिल्सिनालगायतको सहभागिता रहेको थियो । --- # नेपाली राष्ट्रिय फुटबल टोलीका फरवार्ड विमल घर्तीमगरले सक्रिय खेलजीवनबाट सन्न्यास Source: https://newskunda.com/archives/4807 Category: FEATURED NEWS, अर्थ, खेलकुद, राजनीति, समाचार, समाज, स्वास्थ्य Last updated: 2026-10-19 काठमाडौँ, ३१ असोजः नेपाली राष्ट्रिय फुटबल टोलीका फरवार्ड विमल घर्तीमगरले सक्रिय खेलजीवनबाट सन्न्यास लिएका छन् । उनले आज सामाजिक सञ्जालमार्फत सन्न्यासको घोषणा गरेका हुन् । बुटवलबाट सुरु भएको आफ्नो फुटबल यात्रा राष्ट्रिय टोलीसम्म पुर्याउन निकै लामो र कठिन सङ्घर्ष गर्नुपरेको उल्लेख गर्दै विमलले देशका लागि मनदेखि खेलेको बताएका छन् । “बुटवलबाट सुरु भएको मेरो फुटबल यात्रा काठमाडौँ हुँदै राष्ट्रिय टोलीसम्म पुग्दा निकै लामो र कठिन रह्यो । मैले देशका लागि मनैदेखि खेलेँ र आफ्नो सबैथोक फुटबललाई नै दिएँ”, उहाँले सामाजिक सञ्जालमा लेखेका छन् । फुटबलप्रेमी तथा शुभचिन्तकले दिएको माया र साथप्रति आभार व्यक्त गर्दै उनले खेलजीवन टुङ्ग्याउने निर्णय लिँदा आफू निकै भावुक भएको पनि बताएका छन् । “आज यो निर्णय लिँदा म धेरै नै भावुक भएको छु । सबैलाई एकमुष्ट धन्यवाद दिँदै मैले फुटबलको यात्रा यहीँसम्म टुङ्ग्याएको छु”, विमलले लेखेका छन् । उनले सन् २०१२ मा बङ्गलादेशविरुद्ध खेल्दै राष्ट्रिय टोलीमा डेब्यु गरेका थिए । राष्ट्रिय टोलीबाट ४४ खेल खेलेका विमलले नौ गोल गरेका छन् । उनले सन् २०१५ मा यु–१९ साफ च्याम्पियनसिप, सन् २०१६ मा बङ्गबन्धु गोल्डकप, दक्षिण एसियाली खेलकुदमा स्वर्ण र एएफसी सोलिडारिटी कपको उपाधि जितेका थिए । घरेलु फुटबलमा मच्छिन्द्र क्लबबाट सहिद स्मारक ‘ए’ डिभिजन लिग जितेका विमलले नेदरल्याण्ड्समा युवा फुटबल खेलेका थिए । --- # नेपाली सेनाको क्याडेट अधिकृतहरुलाई दज्र्यानी चिन्ह प्रदान (फोटो फिचर) Source: https://newskunda.com/archives/1157 Category: FEATURED NEWS, राजनीति, समाचार, समाज Last updated: 2022-06-06 भक्तपुर, २३ जेठ : प्रधानसेनापति प्रभुराम शर्माले नेपाली सेनाको सहायक सेनानी दर्जामा पदोन्नति भएका नवआयुक्त सिस ४९ पदिक तथा हुद्धा अधिकृतहरुलाई दज्र्यानी चिन्ह प्रदान गर्नु भएको छ । नेपाली सैनिक प्रतिष्ठान खरिपाटीमा आज आयोजित सिस ४९ पदिक तथा हुद्धा अधिकृत क्याडेट तालिम समापन कार्यक्रममा दउहाँले ज्र्यानी चिन्ह प्रदान गर्नु भएको हो । कार्यक्रममा नेपाली सेनाको छविलाई सधैव उच्च राख्न जिम्मेवार भएर लाग्ने विश्वास व्यक्त गर्दै उहाँले नेपाली सेनाले नेपालमा मात्र नभई विश्व शान्ति स्थापनार्थ समेत काम गर्दै आएको चर्चा गर्नु भयो । जुनसुकै चुनौती सामना गर्न नेपाली सेना तयार छ, भन्दै उहाँले पुर्खाहरूको देनले नै नेपाली सेना संगठन स्थापित भएको र यो संस्था व्यवसायीक एवं मर्यादित संस्था भएको बताउनु भयो । प्रधानसेनापति शर्माले भन्नुभयो, “मनमस्तिष्कबाट मुलुक र संगठन प्रति समर्पण भाव राखी काम गर्नु, संगठनको छविलाई सधै उचो बनाई राख्नु, संविधानले दिएको जिम्मेवारी सहित सेनाले विपद, मुलुकको संकटमा काँधमा काँध मिलाएको छ । सेना देश र जनताप्रति सधै बफादार छ ।” २०७८ भदौ १० गते सुरू भएको तालिमको समापनमा तालिम अबधीमा प्रथम हुने पदिक गणेश डल्लाकोटीलाई उहाँले पुरस्कार प्रदान गर्नु भएको थियो । तालिममा ४९ पदिक तथा हुद्दा अधिकृत क्याडेट, ६२ पदिक तथा हुद्दा अधिकृत क्याडेट पास आउट हुनु भएको थियो । तालिम सेनाका नयाँ अधिकृतहरुले प्रर्दशन गरेका कवाज एवं परेडको प्रधानसेनापति शर्माले निरिक्षण गर्नु भएको थियो । कार्यक्रममा प्रतिष्ठानका शिक्षाधिकृत सहायक रथी अनुपजंग थापाले वि सं २०४३ सालमा प्रतिष्ठानको स्थापना भएको र वि सं २०६६ सालदेखि नेपाली सैनिक प्रतिष्ठान भएको बताउनु भयो । उहाँले वि सं २०६१ सालबाट प्राविधिक तथा महिलाका लागि पनि अधिकृत तालिम दिन सुरु भएको भन्दै अहिले यस प्रतिष्ठानमा सिस ६०, ६१ र ६५ को तालिम भइरहेको पनि बताउनु भयो । --- # नेमकिपा अध्यक्ष बिजुक्छेँलाई पत्नी शोक Source: https://newskunda.com/archives/1376 Category: FEATURED NEWS, राजनीति, समाचार, समाज Last updated: 2022-06-22 भक्तपुर, ८ असार । नेपाल मजदुर किसान पार्टी(नेमकिपा)का अध्यक्ष नारायणमान विजुक्छेँलाई पत्नी शोक परेको छ । पत्नी शोभा प्रधानको नेपाल क्यान्सर अस्पताल हरिसिद्धिमा उपचारका क्रममा आज अपराह्न निधन भएको नेमकिपाका नेता सरोजराज गोसाईले जानकारी दिनु भयो । २०१७ पुस १४ गते रामेछापमा जन्मिनु भएकी शोभा प्रधानको नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छेंसँग २०४० साल मंसीर ११ गते विवाह भएको थियो । उहाँका दुई पुत्र सुवेगमान र सुभान रहेको गोसाईले जानकारी दिनु भयो । लामो समयदेखि शिक्षण पेशामा आवद्ध प्रधानलाई २० वर्षअघि क्यान्सर पुष्टि भएर उपचार पछि निको भए पनि केही वर्ष अघि पुनः क्यान्सर देखिएपछि उपचाररत हुनुहुन्थ्यो । उहाँको अन्तिम संस्कार भने विदेशका रहेका पुत्र नेपाल आइपुगे पछि गरिने परिवार श्रोतले जानकारी दिएको छ । --- # नेमकिपाका प्रेम सुवाललाई पाँच हजार २८९ मतान्तरले पछाडि पार्दै विजयी भए रास्वपाका रुकेश रंजित, भक्तपुरमा रचेँ पहिलो ईतिहास Source: https://newskunda.com/archives/3426 Category: FEATURED NEWS, निर्वाचन, राजनीति, समाचार Last updated: 2026-03-07 भक्तपुर, २३ फागुन : भक्तपुरको निर्वाचन क्षेत्र नं. १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मदवार रुकेश रंजित विजयी हुनु भएको छ । अन्तिम मतपरिणाम अनुसार रञ्जितले ३३ हजार ४३६ मत प्राप्त गर्दै विजयी हुनु भएको जिल्ला निर्वाचन कार्यालय भक्तपुरका सूचना अिधकारी भिम विसीले जानकारी दिनुभयो । रंजितका निकटतम प्रतिद्वन्द्वी नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का उम्मेदवार प्रेम सुवालले २८ हजार १४७ मत प्राप्त गर्नु भएको छ । यसअघिको निर्वाचनमा ३२ हजार मतान्तरले विजयी हासिल गर्नु भएको प्रेम सुवालले यस पटकको निर्वाचनमा भने ५ हजार २८९ मतान्तरले पछाडि पर्नु भएको हो । २०४८ सालदेखि आफ्नो विरासतको रुपमा नेपाल मजदुर किसान पार्टी (नेमकिपा) ले विजयी हासिल गर्दै आएको यस क्षेत्रमा यस पटक भने परिणाम फेरिएको छ । रास्वपाका रंजितले ३५ वर्षदेखि भक्तपुरमा एकछत्र राज गर्दै आएको नेमकिपाको बिरासत भत्काएर ऐतिहासिकता रचेका छन् । अन्तिम नतिजा आएपछि रास्वपाका रंजितले भन्नुभयो, “हामी भक्तपुर नगरपालिकाका बासिन्दा यहाँ भित्रको अबस्था हामीले भोगेका छौं, यहाँ भित्रको जटिल अबस्थालाई परिवर्तन गर्न मेरो बुबाले ठूलो संघर्ष गर्नु भएको छ, उहाँको त्याग र बलिदानलाई यतिखेर सम्झन चाहन्छु, मेरो बुबाको सपना साकार भएको छ, अब भक्तपुरका जनता उकुसमुकुस भएर स्वतन्त्र हुनुभएको छ ।’ नेपाली कांग्रेसका किरण न्यौपानेले ४ हजार २८२ र नेकपा एमालेका सोमप्रसाद मिश्रले ३ हजार ७२१ मत प्राप्त गर्नु भएको जानकारी दिनुभयो । आजै समानुपातिकको मत गणना सुरु गरिने सूचना अधिकारी विसीले जानकारी दिनुभयो । --- # नेवार समुदायले आज म्हः पूजा र भोली किजा पुजा (भाई टीका) मनाउँदै Source: https://newskunda.com/archives/5598 Category: FEATURED NEWS, जीवन शैली, धर्म/संस्कृति, राजनीति, समाचार, समाज Last updated: 2026-11-10 भक्तपुर, २४ कात्तिक : नेपाल संवत् ११४७ को पहिलो दिन आज मंगलबार भक्तपुर जिल्लाका तीन नगरपालिकाका नेवार समुदायले आज म्हः पूजा र भोली बुधबार किजा पुजा अर्थात भाईटीका गरी नयाँ वर्ष मनाएका छन् । नेवार समुदायले प्रत्येक वर्ष तिहारमा गोवद्र्धन पूजाका दिन म्हः पूजा गर्ने परम्परा रहे अनुसार मध्यपुरथिमि नगरपालिका, सूर्यविनायक नगरपालिका र चाँगुनाायण नगरपालिकाका नेवार समुदायले आज साँझ घरघरमा आफ्नै शरीरका पुजा गर्दै म्हः पूजा मनाएका छन् । आजको दिन आफ्नो शरीरलाई ईश्वरको बास हुन्छ भन्ने मान्यता अनुसार म्हः पूजा अर्थात आफ्नै शरीर र आत्माकाृ पुजा गरिएको भक्तपुरका संस्कृतिविद् अनन्तराज जोशीले बताउनुभयो । भक्तपुर नगरपालिकाका नेवार समुदायले भने सोमबार म्हः पूजा र आज किजा पुजा मनाइरहेका छन् । पञ्चाङ्ग निर्णयक समितिले निर्धारण गरेको तिथि मितिलाई नमान्ने भन्दै भक्तपुर तलेजुका पूजारी, ज्योतिष, कर्माचार्य, नवदुर्गा देवगणको छलफलबाट कात्तिक २२ गते लक्ष्मी पूजा, २३ गते म्हः पूजा र २४ गते किजा पूजा गर्ने निर्णय गरेकाले नगरपालिकाले सोही अनुरुप पर्व मनाउन जारी गरेको सूचना अनुसार नै सोमबार म्हः पूजा र आज किजा पुजा गर्न आव्हान गरे अनुसार भक्तपुर नगरक्षेत्र भित्रका नेवार समुदायले यसै अनुसार पर्व मनाएका हुन् । एउटै जिल्लामा फरक फरक मितिमा म्हः पुजा र किजा पुजा मनाउने निर्णयले यहाँका नेवार समुदायमा अन्योल सृजना गर्नुका साथै तिथि मितिमा विवाद समेत निस्किएको छ । भक्तपुर नगरपालिका निवासी सुन्दर श्रेष्ठले भक्तपुर तलेजुले निकालेको साइत अनुसार पर्व मनाउने नगरपालिकाको निर्णय अनुरुप नै सोमबार म्हः पूजा र आज किजा पुजा गरिएको बताउदै भोलीबाट तिहार सकिएको बताउनु भयो । तर भक्तपुरका अन्य तीन नगरपालिकाका नेवास समदायले भने पञ्चाङ्ग निर्णयक समितिले निर्धारण गरे अनुसार नै आज म्हः पूजा गरिरहेको छन् भने र भोली बुधबार साँझ किजा पुजा अर्थात भाईटीका मनाउने भएका छन् । मध्यपुरथिमि नगरपालिकाका रञ्जनकुमार श्रेष्ठले आज म्हः पूजा र भोली किजा पुजा गर्ने बताउनुभयो । उहाँले परिवारका सबै सदस्य एकै ठाउँमा भेला भएर म्हः पूजा मनाएर पर्व मनाएको बताउनुभयो । नेवार समुदायले घरको आँगन, मटान वा बुइँगलमा रातो माटोले लिपपोत गरी चामलको पिठोबाट मण्डल बनाएर मण्डपमा अबिर, सुन्तला रङ, फूल, लाभा र फलफूलले सजाएर बिभिन्न परिकार राखेर दाजुभाईको पुजा गरि मनाउने बताउनुभयो । म्हः पूजामा घरकी ज्येष्ठ महिलाले परिवारका सदस्यलाई उमेरको क्रम अनुसार लहरै राखेर बत्ति बाल्ने, पूmलपातीले पुजा गर्ने, अक्षता, ओखर, फूल, फलफूल र मुटुमारीलगायत सामग्री राखेर पुजा गरि अण्डा, माछा वा मासु र रक्सी सगुनका रूपमा दिने चलन रहेको छ । संस्कृतिविद् जोशीले म्हः पूजाका दिन बालिएको बत्ति अर्थात दीप स्वर्ग, मत्र्य र पाताल तीनै लोकसम्म पुग्ने धार्मिक विश्वास रहेको बताउनुभयो । नेवार सुमदायले किजा पूजाका दिन साँझ आफ्ना दिदीबहिनीले पहिले भुइँमा रातो माटो लिपेर चामलको पीठोबाट मण्डल बनाइ त्यसमाथि दाजुभाइलाई लहरै राखेर पुजा गरि बिधिपूर्वक भाईटीका लगाएर बिभिन्न परिकार र रक्सि सगुन समेत दिने प्रचलन रहेको छ । --- # नेवार समुदायले गुँपुन्ही मनाउँदै Source: https://newskunda.com/archives/2910 Category: FEATURED NEWS, अर्थ, धर्म/संस्कृति, समाचार, समाज Last updated: 2023-08-30 भक्तपुर, १३ भदौ : नेवार समुदायले आज गुन्हुँपुन्ही पर्व मनाउँदैछ । नेवार समुदायले गुन्हुँपुन्ही पर्वमा नौ थरि गेडागुडीको मिश्रण भएको परिकार क्वाँटी खाने चलन छ । त्यसैले नेवार समुदायले यस दिनलाई क्वाटी पुन्ही पनि भन्ने गर्दछन् । नेवार समुदायमा गुन्हुँपुन्ही र गाईजात्राका छुट्टाछुट्टै धार्मिक विधिअनुसार कार्य गर्नुपर्दछ । गुन्हुँपुन्हीमा क्वाटी खानेमात्र नभई धानबारी, कुवा, इनार, धारालगायत खोलामा गएर भ्यागुतालाई पुज्ने र खाना खुवाउने परम्परा छ । साथै नेवार समुदायले यस दिन पञ्चतत्व अर्थात् होम गर्दा हाल्ने तत्वसहितको डोरो बाँध्ने प्रचलन रहेको छ । यसकारण एकै दिन दुई पर्व मनाउन व्यवहारिक कठिनाइ उत्पन्न भएकाले नगरपालिकाले सरोकारवालासँग आवश्यक छलफल गरी आज गुन्हुँपुन्ही मनाउने निर्णय गरेको थियो । सोहीअनुसार मध्यपुरथिमि, चाँगुनारायण र सूर्यविनायक नगरपालिकाले पनि आजै गुन्हुँपुन्ही मनाउने निर्णय गरी नगरपालिका मातहतका कार्यालयमा सार्वजनिक बिदासमेत दिएको छ । नेवार समुदायमा गुन्हुँपुन्हीमा पञ्चतत्वसहितको डोरो बाँध्दा भूतप्रेत, पिसाच र मृत्युको भयबाट जोगाउने विश्वास गरिन्छ । विषेशतः क्षेत्री बाहुनले लगाउने डोरो र नेवार समुदायले लगाउने डोरो रक्षा गर्नकै निम्ति भए पनि नेवार समुदायमा तान्त्रिक विधिले डोरो तयार गर्ने र वैदिक विधिले बाँध्ने चलन रहेको संस्कृतिविद् ओम धौभडेलले बताउनुभयो । नेवार समुदायमा डोरो बाँध्दा बलि राजाबाट रक्षा गरोस् भन्ने श्लोक वाचन गरी महिलाको बायाँ र पुरुषको दायाँ हातमा डोरो बाँध्ने गरिन्छ । नेपाल संवत्मा गुँलाथ्व पारुदेखि ञलाथ्व पारुसम्मको एक महिना गुँला अर्थात् नवौँ महिना हो । गुँलामा पर्ने भएकाले यसको नेवारीमा यसको नाम गुन्हुँपुन्ही रहन गएको र नवौँ महिना भएकाले नेवार समुदायले कम्तीमा नौ थरिका गेडागुडीको मिश्रण क्वाँटी खाने गरेको हो । यही प्रचलन नेवार समुदायबाट विस्तार भएर अन्य समुदायमा आजको दिन क्वाँटी खाने प्रचलन चलेको हो । क्वाँटी विशेषगरी मास, मुगी, केराउ, बोडी, चना, राजमा, सिमी, भटमास, मकै, बकुल्लालगायत नौ थरि गेडागुडीको मिश्रणबाट तयार गरिन्छ । रोपाइँ र धानबाली गोडमेलको बेला तथा वर्षात्को मौसम भएकाले तातो पोषणयुक्त आहारले शरीरलाई ताजगी बनाउने भएकाले पनि नेवार समुदायमा आहार विज्ञानअनुसार जनैपूर्णिमामा क्वाँटी खाने प्रचलन रहेको संस्कृतिविद् प्रा डा पुरुषोत्तमलोचन श्रेष्ठले जानकारी दिनुभयो । “खाद्यन्न विज्ञान र प्रकृतिको अनुपम मिलन नेवारी संस्कृतिमा रहेको छ । नेवार समुदाय मौसमअनुसारको चाडपर्व मनाउने र सोहीअनुसारका खानेकुरा खाने गर्दछन् । यसको एउटा उदाहरण श्रावण शुक्ल पूर्णिमामा क्वाँटी खाने प्रचलन हो”, उहाँले भनुभयो । भ्यागुताको पूजा श्रावण शुक्ल पूर्णिमाको अवसरमा नेवार समुदायले वर्षा गराउन मद्दत गर्ने जीव भ्यागुता पुज्ने प्रचलन रहेको छ । कृषकको मुख्य बाली धान लगाउने बेला पानी पार्न मद्दत पुर्याउने जीवका रूपमा भ्यागुतालाई लिने गरिन्छ । कृषकहरू प्राकृतिक देवताका रूपमा भ्यागुतालाई विभिन्न परिकारका भोजन खुवाएर पुज्ने गर्दछन् । वर्षा गराउने दूत तथा खेतबारीको शत्रु कीरा मारेर अन्न उब्जाउन सहयोग गर्ने प्राकृतिक देवताका रूपमा सिमीको पातमा चामल, रोटी, क्वाँटी, मुलाको ऐना र विषेश प्रकारको सुपारीलगायतका खाद्य परिकार राखेर धानखेत र पानीको स्रोत भएका ठाउँमा गई भ्यागुतालाई पूजा गरी भोजन गराउने परम्परा रहेको प्रा डा श्रेष्ठ बताउनुहुन्छ । जसलाई स्थानीय भाषामा ‘ब्याचा जाः नक वानेगु’ भनिन्छ । “मानिसको महान् गुरुमध्ये भ्यागुता पनि एक हो । त्यसैले आजको दिन गुरुलाई पुज्ने अवसरका रूपमा लिई नेवार समुदायले भ्यागुता पूजा गरी धानबारीसम्म गई खाना खुवाउने प्रचलन बसेको हो”, उहाँले भन्नुभयो । भक्तपुरका कुण्डमा मेला जनैपूर्णिमाको अवसरमा भक्तपुरका विभिन्न कुण्डमा मेला लागेको छ । भक्तपुरको औद्योगिक क्षेत्रभित्र रहेको गोसाइँकुण्डकै प्रतीक मानिने प्राचीन धल्चा पुखुः ९कालदह०मा बिहानैदेखि स्नान गर्ने भक्तजनको घुइँचो लागेको हो । यो दहमा स्नान गरी पोखरी छेउमा रहेको महादेव र दरबार स्क्वायरस्थित शिलु महादेव ९फसी देगः०को दर्शन गरे गोसाइँकुण्ड गएसरह पुण्य प्राप्त हुने जनविश्वास रहेको पाइन्छ । कालदहमा स्नानपछि भक्तजन जनै फेर्ने र रक्षा बन्धनको प्रतीक हातमा डोरो बाँध्ने गर्दछन् । गुन्हुँपुन्हीको दिन कुण्डमा स्नान गरी महादेवको दर्शन गरे गुरुको मन्त्र सिद्धी हुने विश्वास रहेको संस्कृतिकर्मी ओम धौभडेलले बताउनुभयो । --- # नेशनल प्याब्सन भक्तपुरद्धारा १९७ जना शिक्षकहरुलाई परिवर्तित नयाँ पाठ्यक्रमकोबारे प्रशिक्षण प्रदान Source: https://newskunda.com/archives/1986 Category: FEATURED NEWS, शिक्षा, समाचार, समाज Last updated: 2022-09-03 भक्तपुर; १८ भदौ । नेशनल प्याब्सन भक्तपुरले १९७ जना शिक्षकहरुलाई परिवर्तित नयाँ पाठ्यक्रमकोबारे प्रशिक्षण दिएको छ । पाठ्यक्रम विकास केन्द्रकै सम्बन्धित विषय विज्ञद्वारा सदस्य विद्यालयहरुमा अध्यापनरत नेपाली, अंग्रेजी, गणित, विज्ञान र सामाजिक गरी पाँच विषयका कक्षा चारदेखि कक्षा १० सम्मका छुट्टाछुट्टै समूहमा शिक्षकहरुलाई प्रशिक्षण दिएको हो । नेशनल प्याब्सनले आफ्ना सदस्य विद्यालयहरुका विषयगत शिक्षकहरुलाई परिवर्तित नयाँ पाठ्यक्रमकोबारे जानकारी दिने उदेश्यले आयोजना गरेको परिवर्तित नयाँ पाठ्यक्रम विषयक एक दिने अभिमुखीकरण कार्यक्रम–२०७९ मा शिक्षकहरु लाभान्वित भएको नेशनल प्याव्सन भक्तपुरका सचिव जयप्रकाश राईले जानकारी दिनु भयो । पाठ्यक्रम विकास केन्द्रकै सम्बन्धित विषय विज्ञद्वारा सदस्य विद्यालयहरुमा अध्यापनरत नेपाली, अंग्रेजी, गणित, विज्ञान र सामाजिक गरी पाँच विषयका कक्षा चारदेखि कक्षा १० सम्मका छुट्टाछुट्टै समूहमा शिक्षकहरुलाई परिवर्तित नयाँ पाठ्यक्रमकोबारे प्रशिक्षण गरिएकाउहाँले जानकारी दिनु भयो । कार्यक्रममा नेशनल प्याव्सनका राष्ट्रिय अध्यक्ष पाण्डव हमालले स्थानीय तहले नै यस्ता कार्यक्रम आयोजना गरी आफ्ना स्थानीय तहका शिक्षकहरुलाई नयाँ पाठ्यक्रमबारे प्रशिक्षण दिनु पर्ने औल्याउनु भयो । उहाँले स्थानीय तहले पाठ्यक्रम मार्फत सम्पूर्ण शिक्षकहरु माझ पुराउनु पर्नेमा त्यो जिम्मेवारी नेशनल प्याव्सन भक्तपुरले बहन गर्दै पाठ्यक्रम लागु हुदै गर्दा आयोजना गरेको कार्यक्रम निकै उपलब्धीमूलक हुने बताउनु भयो । नेशनल प्याब्सन भक्तपुरले निकै महत्वपूर्ण कार्यक्रमहरु नियमित रुपमा गर्दै आएको चर्चा गर्दै उहाँले यस्ता कार्यक्रमको प्रशंसा गर्नु भयो । कार्यक्रममा नेशनल प्याव्सनका केन्द्रीय महासचिव पारसमणि दाहाल लगाएतको बिभिन्न सरोकारवाला निकायका महत्वपूर्ण व्यक्तित्वहरुको सहभागिता रहेको थियो । त्यसअवसरमा सहभागी शिक्षकहरुले पनि पाठ्यक्रम सम्बन्धि प्रशिक्षण अन्य तालिम भन्दा पनि ज्यादै महत्वपूर्ण र उपलब्धी भएको भन्दै कार्यक्रममा सहभागी हुन पाउँदा निकै खुसी लागेको बताउनु भएको थियो । नेशनल प्याव्सन भक्तपुरका अध्यक्ष संजय खड्काले पाठ्यक्रम विकास केन्द्रले कक्षा १ देखि ३ को एकिकृत पाठ्यक्रम ल्याई सकेको र कक्षा ४,६,७ र ९ को नयाँ पाठ्यक्रममा आधारित रहेर लागु गरिसकेको बताउनु भयो । उहाँले भन्नुभयो, “ पाठ्यक्रम विकास केन्द्रले एकिकृत पाठ्यक्रम ल्याई सकेको छ, साथै आगामि शैक्षिक सत्र २०८० देखि कक्षा ५, ८ र १० को पनि नयाँ पाठ्यक्रम लागु हुने भएको छ । त्यसैले पाठ्यक्रम सम्बन्धि ज्ञान शिक्षकहरुले जान्नु र बुझ्नु पर्ने सबै भन्दा पहिलो ज्ञान भएकोले यो अभिमुखीकरण आयोजना गरेका हौँ ।” परिवर्तित पाठ्यक्रमको बारेमा विषय शिक्षकहरुमा पर्याप्त ज्ञान हुनुका साथै वार्षिक कार्य घण्टा, आन्तरिक एवं बाह्य मूल्याकंन, अन्तिम मूल्याकंन र विशिष्टिकरण तालिका सम्बन्धि बुझ्न पनि आजको यस प्रशिक्षणले टेवा पुग्ने अध्यक्ष खड्काले बताउनु भयो । --- # नेसनल प्याव्सन भक्तपुरको “स्पोर्ट्स ईभेन्ट-२०८२” सम्पन्न, बिभिन्न विद्याका खेलका विजेतालाई पुरस्कार वितरण Source: https://newskunda.com/archives/3215 Category: FEATURED NEWS, Uncategorized, धर्म/संस्कृति, रोचक, समाचार, समाज Last updated: 2025-12-05 भक्तपुर, १८ मंसिर ; नेसनल प्याव्सन भक्तपुरको आयोजनामा अन्तर विद्यालय खेलकूद प्रतियोगिता–२०८२ यहि मंसिर १५ गते सुरु भई १८ गते जिल्ला खेलकूद विकास समितिका अध्यक्ष राजु थापाको प्रमुख आतिथ्यमा समापन कार्यक्रम सम्पन्न भएको थियो । नेसनल प्याव्सन भक्तपुरले यस वर्ष गरेको माध्यमिक तहको छात्र फुटसल प्रतियोगितामा यूनिटी स्कुल विजेता बनेको थियो भने द्धितीय स्थान ऋतम्भरा पाठशाला, तृतीय स्थान ईडेन गार्डेन र सान्त्वना स्थान मदरल्याण्ड स्कुलले प्राप्त गरेको थियो ! त्यसै गरी फेयर प्ले टिम आरक्षण नेसनल स्कुलले प्राप्त गरेको थियो । उत्कृष्ट खेलाडि यूनिटीका कुमार सुनारी मगर, उत्कृष्ट गोलकिपर ऋतम्भराका आशिष लुईटेल र सर्वाधिक गोलकर्ता ईडेनका विपिन खड्का भएका थिए । आधारभूत तहको छात्र फुटसल प्रतियोगितामा ईडेन गार्डेन स्कुल विजेता बनेको थियो भने द्धितीय स्थान पाथिभरा एकेडेमी, तृतीय स्थान मदरल्याण्ड स्कुल र सान्त्वना स्थान ऋतम्भरा पाठशालाले प्राप्त गरेको थियो ! फेयर प्ले टिम जागृति विद्या सदनले साथै उत्कृष्ट खेलाडि र सर्वाधिक गोलकर्ता दुवैको उपाधि ईडेन गार्डेनका अनिश मगरले प्राप्त गर्न सफल भएका थिए भने उत्कृष्ट गोलकिपर पाथिभरा एकेडेमीका मल्लभ जगं थापाले जितेका थिए । प्रतियोगिताको अर्को खेल माध्यमिक तह छात्रा भलिबलमा ग्लीटर फ्यूचर स्कुल विजेता बन्न सफल भएको थियो । ऋतम्भरा पाठशाला द्धितीय, आरक्षण नेसनल एकेडेमी र ईडेन गार्डेन स्कुल दुवैले तृतीय स्थान हासिल गरेका थिए । साथै भलिबलमा फेयर प्ले टिम मदरल्याण्ड स्कुलले प्राप्त गरेको थियो । माध्यमिक तह छात्रा तर्फको व्याडमिन्टन प्रतियोगितामा आरक्षण नेसनल स्कुलकी सेलेस्टिना कार्की प्रथम, ऋतम्भरा पाठशालाकी अभि खत्री द्धितीय, मदरल्याण्ड स्कुलकी प्रतिज्ञा नेपाली र पाथिभरा एकेडेमीकी सजिना प्रधानागं तृतीय भएका थिए ! त्यसैगरी माध्यमिक तहको नै छात्र व्याडमिन्टन प्रतियोगितामा प्रथम स्थान ऋतम्भराको आशिष लुईटेल, द्धितीय स्थान पाथिभरा एकेडेमीको कृष्टोफे थापामगर, तृतीय स्थान ग्लीटर फ्यूचरको सोहित तामागं र आरक्षण नेसनल स्कुलको कसम कोइरालाले जित्न सफल भएका थिए । व्याडमिन्टनमा ईडेन गार्डेनको दिप्सन कार्की र जागृति विद्यासदनकी ह्यागंसिका राई दुवैले उदयमान खेलाडिको उपाधि प्राप्त गर्न सफल भएका थिए ! प्रतियोगिताको अर्को खेल माध्यमिक तह टेबुल टेनिसमा पनि ऋतम्भरा पाठशाला कै आशिष लुईटेल विजेता भएका थिए । उपविजेता भने मदरल्याण्ड स्कुलका रविन भट्ट भएका थिए । यूनिटी स्कुलका समीर पुरी र जागृति स्कुलका उज्ज्वल कार्कीले तृतीय स्थान ओगट्न सफल भएका थिए । उदयमान खेलाडिको उपाधि ईडेन गार्डेनका अभिरल श्रेष्ठले जितेका थिए ! नेसनल प्याव्सन भक्तपुरका कार्यसमिति सदस्य एवं खेलकूद मेलाका संयोजक अनिश राईले खेलकूद प्रतियोगितामा विद्यार्थी खेलाडिहरुको उत्साहजनक सहभागिता रहेको जानकारी दिदै “स्पोट्र्स ईभेन्ट–२०८२” सम्पन्न भएकोमा खुशि व्यक्त गरेका थिए । यस प्रकारको खेलकूद प्रतियोगिताले विद्यार्थीहरुलाई शारीरिक र मानसिक रुपमा दन्तुरुस्त राख्नुका साथै खेलप्रति रुचीले भविष्यमा राष्ट्रको लागि उत्कृष्ट खेलाडि तयार हुन सक्ने विश्वास व्यक्त गर्दै नेसनल प्याव्सन भक्तपुरका अध्यक्ष संजय खड्काले विजेता खेलाडि, सहभागि विद्यालय, खेल सम्पन्न गर्न सहयोग र साथ दिने सबैलाई धन्यवाद व्यक्त गर्नु भएको थियो । --- # नौ महिनामा १६ वटा गैँडाको मृत्यु Source: https://newskunda.com/archives/2719 Category: FEATURED NEWS, अपराध, अर्थ, समाचार, समाज Last updated: 2023-04-12 नवलपुर, २९ चैत : चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा दुईवटा गैँडा मृतावस्थामा भेटिएका छन् । निकुञ्जको अमलटारी सेक्टरअन्तर्गत मर्दी घोलस्थित नारायणी नदीको भङ्गालोमा एउटा र निकुञ्जको बगई माडी सेक्टरअन्तर्गत रिउ खोलाको दक्षिण किनारको काँस घारीमा अर्को गैँडा मृत फेला परेको हो । चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी एवं सहायक संरक्षण अधिकृत गणेशप्रसाद तिवारीले अमलटारी क्षेत्रमा करिब सात महिनाको पोथी गैँडा मृत भेटिएको बताउनुभयो । त्यसैगरी माडीको रिउ खोलामा किनारमा करिब छ महिनाको भाले गैँडा मृत भएको उहाँको भनाइ छ । भाले गैँडाको मृत्यु बाघको आक्रमणबाट भएको तिवारीले जानकारी दिनुभयो । मृतावस्थामा भेटिएका दुवै गैँडाको खाग नपलाएको तिवारीको भनाइ छ । निकुञ्जमा मृत भेटिएका दुई गैँडासँगै चालु आर्थिक वर्ष २०७९/८० मा हालसम्म १६ वटा गैँडाको मृत्यु भएको तिवारीले जानकारी दिनुभयो । यस वर्ष मृत भेटिएका गैँडामध्ये दुई वटा गैँडा चोरी शिकारीका कारण मरेका हुन् । --- # पत्रकार पेशल आचार्यसहित तीन पत्रकारलाई सम्मान Source: https://newskunda.com/archives/3309 Category: FEATURED NEWS, अर्थ, राजनीति, समाचार, समाज Last updated: 2026-01-07 भक्तपुर, २३ पुस । पत्रकार पेशल आचार्यसहित तीन पत्रकारलाई नेपाल पत्रकार महासंघ भक्तपुर शाखाले आज सम्मान गरेको छ । नेपाल पत्रकार महासंघ जिल्ला शाखा भक्तपुरको २९ औं स्थापना दिवसको अवसरमा लामो समयदेखि पत्रकारिता क्षेत्रमा पुर्याएका योगदानको कदर गर्दै राष्ट्रिय सञ्चार केन्द्रका अध्यक्ष एवं नेपाल अर्थडटकमका कार्यकारी अध्यक्ष समेत रहेका पत्रकार पेशल आर्चालाई १५ हजार रूपैयाँ राशिको स्व.भगवान दास राजकुमार महर्जन स्मृति पत्रकारिता पुरस्कारद्वारा सम्मान गरेको हो । कार्यक्रममा स्व.मैंयादेवी शिल्पकार स्मृति पत्रकारिता परस्कारबाट कान्तिपुर टेलिभिजनका फोटो पत्रकार विनोद कोजु र हेरिटेज नेपाल न्यूजकी लीला श्रेष्ठलाई जनही २ हजार ५ सय रूपैयाँ नगद सहित सम्मान गरेको हो । सूचना तथा सञ्चार प्रविधि मन्त्री जगदिश खरेलले दोसल्ला, सम्मान पत्र र नगद पुरस्कारसहित सम्मान गर्नु भएको हो । कार्यक्रममा सञ्चार तथा सूचना प्रबिधि मन्त्री जगदीश खरेलले आगामी फागुन २१ गते हुने आफ्नो उम्मेदवारी दिने या नदिनेबारे कुनै निर्णय नलिएको बताउनु भएको छ । मिडियामा आएका आफ्ना समाचारकाबारे स्पष्ट पार्दै मन्त्री खरेलले भन्नुभयो, “म चुनाबमा उठ्ने रे भन्ने कराहरु पनि आयो, फलानो पार्टीबाट उठ्ने कि, यो पार्टीबाट उठन् रे, यो क्षेत्रबाट उठ्ने रे, त्यो क्षेत्रबाट उठ्ने रे भन्ने पनि आयो, सञ्चार माध्यममा तर म यो स्पष्ट पार्न चाहन्छु कि मैले अहिलेसम्म चुनाबमा उठ्ने या नउठ्ने भन्ने केही पनि निर्णय गरेको छैन, आजको दिनसम्म कुनै पनि पार्टीमामा प्रवेश गरेको छैन, पार्टीमा गएको छैन, वार्ता गरेको छैन, छलफल गरेको छैन, आउँछु भनको छैन, जान्छु भनेको छैन, मैले केही भनेको छैन ।” प्रधानमन्त्री शुसिला कार्कीको नेतृत्वका सकरारको ध्यान सफल रुपमा चुनाब गराउनु नै रहेको बताउदै उहाँले आफ्नो ध्यान चुनाबमा केन्द्रीत भएपनि फरक ढंगले समाचार आउनुलाई कसरी विश्वास गर्ने भन्दै प्रश्न गर्नुभयो । पत्रकारिताले विश्वसनीयता, सन्तुलन र सत्यतथ्यलाई कायम राख्नुपर्नेमा जोड दिदै उहाँले फागनु २१ मा निर्वाचन हुदैछ, उक्त निर्वाचन निष्पक्ष, स्वतन्त्र, धाधली रहित ढंगबाछ सम्पन्न हुने बताउनु भयो । निर्वाचनमा सही, सत्यपरक र सन्तुलित सूचना एवं समाचार विश्वसनीय ढंगले सम्प्रेषण गर्न आग्रह उहाँले आग्रह गर्नुभयो । मन्त्री खरेलले चुनाब नजिकिदै गर्दा मतदाता शिक्षालाई प्रभावकारी पार्ने, चुनाबलाई निष्पक्ष, धाँधली, स्वतन्त्र बनाउने, सही उम्मेदवार छान्ने, सही ठाउँ सही तरिकाले भोट रद्ध नहुने गरि मतदान गर्ने र राम्रो नेतृत्व चयन गर्ने सन्दर्भमा सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण हुने औल्याउनुभयो । आमनागरिकले सञ्चार माध्यमबाट कुन पार्टी ठिक, कुन नेता ठिक, कुन चुनाब चिन्ह ठिक, कसरी मत हाल्ने, कसरी सही तरिकाले मत हाल्दा बदर हुदैन, मतदान केन्द्रमा सेवा सुबिधा के छ, सबैजना मतदानमा जानु पर्छ भन्ने कुरा जानकारी दिन लाग्नु पर्नेमा जोड दिनुभयो । मन्त्री खरेलले भन्नुभयो, “देश किन बन्न सकेन, कसका कारण बन्न सकेन, कति वटा व्यबस्था परिविर्तन भए, पञ्चायत आयो, प्रजातन्त्र आयो, लोकतन्त्र आयो, गणतन्त्र आयो, सबै व्यबस्था परिवर्तन भए, कयौ व्यक्तिहरु शासन व्यबस्थामा आए, सरकार चलाए, प्रधानमन्त्री चलाए, मन्त्रीहरु बने तर देश किन बनेने ?, जनताको अबस्था किन सुध्रने त ? किन जेन्जी जनआन्दोलन हुनु पर्यो, दर्जनौले बलदानी दिनु पर्यो भन्नेबारेमा समाचार माध्यमले समाचार ल्याउनु पर्छ ।” मलुकले परिवर्तन खोजेको छ, परिवर्तनका लागि अब फेरी मुलकमा रगत बग्न हुदैन, जेन्जी दाजूभाई दिदी बहिनीहरु मर्ने दिन फेरी आउनु हुदैन, फेरी बलिदानी दिनु पर्ने अबस्था आउनु हुदैन भन्दै उहाँले त्यस्तो दन आउन नदिन एउटा ठूलो अवसर आएको र आउँदो चुनाबबाट राम्रो व्यक्ति, राम्रो पार्टी, राम्रो नेतालाई नेतृत्वमा ल्याएर परिवर्तन गर्नु पर्ने बताउनुभयो । उहाँले नेपालमा मिडिया धेरै भएकाले व्यवसायीकरण तर्फ जान नसकेको बताउदै भन्नुभयो, “ हाम्रो देशमा करिब १३ हजार पत्रकार छन्, १३ हजार वटा नै सञ्चार माध्यम छ, त्यो भन्दा बढी होला, कसरी धान्या होला, कसलाई पत्याउन हो, कसलाई मान्ने हो, हाम्रा देशमा १३ हजार मिडिया आवश्यक हो कि होइन, धान्न सकिन्छ कि सकिदैन, यी सञ्चार माध्यम कसरी सर्भाइव गर्ने बडो जोखिमपूर्ण अबस्था छ, यसलाई सम्बद्ध निकायले गहन तबरले बुझ्नु पर्छ ।” मिडियाले मिस इन्फरमेशन, डिस इन्फरमेशन र फेक न्यूजको शिकार धेरै नै भइरहेको छ भन्ने आमनागरिकको भनाई रहेको बताउदै उहाँल यसलाई कसरी निरुत्साहित गर्ने र कसरी पत्रकारितामा व्यवसायीकता ल्याउने भन्नेबारेमा सोच्नु आवश्यक रहेको बताउनुभयो । वागमती प्रदेशका संस्कृति तथा पर्यटन मन्त्री सुरेश श्रेष्ठले पत्रकारिता क्षेत्रका सबै समस्या अहिलेको सरकारले समाधान गर्नु पर्नेमा जोड दिदै लाईक र भ्युअर्स आउने आशामा जथाभावी समाचार सम्पूेषण नगर्न आग्रह गर्नुभयो । मन्त्री श्रेष्ठले भन्नुभयो, “प्रदेश सरकार प्रति अनेकौ किसिमका भ्रमहरु फैलाउने, प्रदेश सरकारले गर्दा देशलाई ठूलो धनराशी घाटा भयो, मन्त्री, सांसदले धेरै सेवा सुबिधा लिए भनेर पनि आको छ, अनेकौ घाटा भयो भन्ने कराहरु आएका छन्, प्रदेशका माननीय र प्रदेशका सरकारले सबै सेवा सुबिधा आए भन्ने कुरा आएको छ । प्रदेश सरकारको विषयमा पनि पत्रकारले सत्य तथ्य लेखेर प्रदेश सरकार चाहिने हो कि हाइन, अहिलेको संरचनामा आवश्यक छ कि छैन भनेर लेखिदिन आग्रह गर्नुभयो ।‘ कार्यक्रममा राष्ट्रिय समाचार समितिका अध्यक्ष धर्मेन्द्र झाले प्रेसस्वतन्त्र र अभिव्यक्ति स्वतन्त्रतालाई फरक ढंगले बुझिदिनु पर्ने बताउनुभयो । उहाँले समाचार गहन विषय भएकाले सत्य, तथ्यमा आधारित भएर नै जानु पर्नेमा जोड दिनुभयो । कार्यक्रममा नेपाल पत्रकार महासंघ केन्द्रीय उपाध्यक्ष उम्मिद वागचन, भक्तपुरका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकाल, मध्यपुरथिमि नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठ, नेपाल पत्रकार महासंघ उपत्यका प्रदेश अध्यक्ष टेनिश रेक्का, महासंघका काठमाडौं अध्यक्ष शोभा अर्याल, ललितपुर अध्यक्ष रामहरि कार्की, पत्रकार कबिर राणा, शाखाको पूर्वअध्यक्ष नारायणसुन्दर किलम्बु, सम्मानित पत्रकार पेशल आचार्य, कार्यक्रमका सभापति एवं शाखा अध्यक्ष सुन्दर शिल्पकार, महासंघ भक्तपुर शाखा उपाध्यक्ष नविना खर्बुजा, उपाध्यक्ष हेमराज ढकाललगायतले पत्रकारको हकहितमा सरकार लाग्नु पर्नेमा जोड दिनुभयो । --- # पत्रकारको न्यूनतम मासिक पारिश्रिमक ४० हजार सिफारिस गर्न माग Source: https://newskunda.com/archives/2237 Category: FEATURED NEWS, राजनीति, समाचार Last updated: 2022-09-24 काठमाडौँ, ८ असोज : समाजवादी प्रेस संगठनको उपत्यका र बागमती प्रदेशको आज भएको संयुक्त भेलाले श्रमजीवी पत्रकार ऐनले व्यवस्था गरेका सेवासुविधा प्राप्तिका जारी आन्दोलनप्रति समर्थन गरेको छ । उपत्यका प्रदेश इन्चार्ज शन्तराम बिडारीका अनुसार सञ्चार प्रतिष्ठानहरूलाई तत्काल नियमित पारिश्रमिक, बक्यौता रकम र दशैँ भत्तालगायत अन्य सेवा सुविधा उपलब्ध गराउन माग गर्दै न्यूनतम पारिश्रमिक निर्धारण समितिलाई महँगीलाई दृष्टिगत गर्दै पत्रकारको न्यूनतम मासिक पारिश्रमिक रु ४० हजार सिफारिस गर्न माग गरेको छ । साना लगानीमा सञ्चालित स्वरोजगारमूलक मिडियाको संरक्षणका लागि सबै सरोकारवालासँग छलफल गरी विशेष कार्ययोजना ल्याउन केन्द्रीय सरकार र प्रदेश सरकारलाई सुझाव दिएको छ । साना लगानीका सञ्चारमाध्यमलाई सहुलियतस्वरुप कागज, ल्यापटप, विद्युतीय उपकरण, क्यामरालगायत सामग्री खरिद गर्न ५० प्रतिशत अनुदानको माग गर्दै भेलाले हाल पत्रपत्रिकालाई उपलब्ध गराइएको लोककल्याणकारी विज्ञापनवापतको रकम तत्काल शतप्रतिशत वृद्धि गर्न र अनलाइन मिडियालाई समेत लोककल्याणकारी विज्ञापन प्रदान गर्न आग्रह गरेको छ । भेलाले पारित गरेको १३ बुँदे विशेष प्रस्तावमा मिडिया काउन्सिल विधेयक जारी हुन नसकेकामा चिन्ता प्रकट गर्दै सरोकारवालाको सहमति समेतमा लामो छलफलपछि प्राप्त सुझावलाई समावेश गरेर विधेयक अगाडि बढाउन आग्रह गरेको छ । भेलाले प्रेस काउन्सिललगायतका निकायबाट वितरण हुने पुरस्कार तथा अन्य सहुलियतमा राजनीतिक आस्थाका आधारमा नभई निष्पक्षता तथा वैज्ञानिक, पारदर्शी र भेदभावरहित बनाउन आग्रह गरेको छ । देशैभरिका साना लगानी तथा स्वरोजगार सञ्चारमाध्यमलाई आन्तरिक राजस्व कार्यालयका अतिरिक्त स्थानीय तहमा व्यवसाय दर्ता गरी दोहोरो कर तिर्न बाध्य पारिएकामा आपत्ति प्रकट गर्दै सबै सञ्चारमाध्यमलाई लगाइएको दोहोरो करको व्यवस्था हटाउन माग गरेको भेलाले विज्ञापन बोर्डले उपलब्ध गराउने सुविधालाई सहज बनाउन र अन्यथा बोर्डको औचित्यताका प्रश्न उठाउने काम नगर्न आग्रह गरेको छ । ज्येष्ठ पत्रकारहरूका लागि सुरु गरिएको जीवनवृत्ति भत्ताको स्वागत गरेको छ । प्रतिनिधिसभा र राष्ट्रियसभाले पारित गरेर पठाएको विधेयक राष्ट्रपति विद्यादेवी भण्डारबाट प्रमाणीकरण गर्नुपर्ने संविधानको व्यवस्थालाई उल्लङ्घन गरेकामा खेद व्यक्त गरेको छ । --- # पथप्रदर्शक, पदयात्री र पर्यटकलाई कात्तिक १२ गते रातिबाट १३ र १४ गते यात्रा नगर्न टानको आग्रह Source: https://newskunda.com/archives/5221 Category: FEATURED NEWS, अर्थ, राजनीति, समाचार, समाज Last updated: 2026-10-28 काठमाडौँ, ११ कात्तिक : पर्वतीय पर्यटन व्यवसायीहरूको छाता संस्था ट्रेकिङ एजेन्सीज् एसोसिएसन अफ नेपाल (टान) ले अर्नव चक्रवातबाट हुनसक्ने प्रभावबाट उच्च सतर्कता अपनाउन पथप्रदर्शक, पदयात्री र पर्यटकलाई आग्रह गरेको छ । टानले एक सूचना जारी गरी बङ्गालको खाडीमा विकसित भएको ‘अर्नव चक्रवात’का कारण नेपालमा पर्न सक्ने प्रभावबाट उच्च सतर्कता अपनाउन सदस्य कम्पनी, पदयात्री तथा पर्यटकलाई आग्रह गरेको हो । टानले जल तथा मौसम विज्ञान विभाग र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको सूचना अनुसार उक्त चक्रवात कात्तिक ११ गते भारतको जमिन भूभागमा प्रवेश गरी कात्तिक १२ गते रातिबाट नेपालमा समेत प्रभाव सुरु हुने भन्दै सतर्कता अपनाउन भनेको छ । यही कात्तिक १३ र १४ गते चक्रवातको प्रभावका कारण तराई, चुरे तथा मध्यपहाडी क्षेत्रका विभिन्न भागमा चट्याङ, हुरीबताससहित मध्यमदेखि भारी वर्षा र उच्च पहाडी तथा हिमाली क्षेत्रमा भारी हिमपात, हिमआँधी तथा हिमपहिरोको उच्च जोखिम रहेको छ । टानले सम्भावित चक्रवातका कारण पर्न सक्ने प्रभावबारे आफ्ना गाइड, सहयोगी र पर्यटकलाई समयमै जानकारी गराएर सोहीअनुसारको पूर्वतयारीको प्रबन्ध मिलाउन आग्रह गरेको छ । यस्तै, मौसमसम्बन्धी जानकारीका लागि १११५ वा विपद्मा मद्दत माग ०१२३४ वा १०० वा १११४ मा सम्पर्क गर्न सकिने बताएको छ । कात्तिक १३ र १४ गत आधार शिविर ९जस्तैः घोराड, लार्के, काड्ला, सारीबुँद, छोला, सूर्यकुण्डलगायतका० र उच्च क्षेत्रका पर्यटकीय गन्तव्य ९तिलिचोलगायतका० बाट सुरक्षित स्थानमा पुग्न र कात्तिक १२ बाटै सो क्षेत्रतर्फको पदयात्रा रोकी सुरक्षित क्षेत्रमा नै बस्ने व्यवस्था मिलाउन आग्रह गरेको छ । पर्वतारोहणका लागि आधार शिविर जाने क्रममा रहेका सदस्य तथा सहयोगीलाई आगामी शुक्रबार र शनिबारसम्मका लागि आफ्नो यात्रा रोक्न वा सुरक्षित स्थानमा बस्ने व्यवस्था मिलाउन भनिएको छ । यस्तै, मध्य तथा उच्चपहाडी क्षेत्र तथा नदीतटीय क्षेत्र भएर पदयात्रा गर्दा बाढीको जोखिम भएका खोला तथा नदी आसपासका क्षेत्र र पहिरो संवेदनशील क्षेत्रमा नबस्न र हिँडडुल नगर्न आग्रह गरेको छ । टानका अध्यक्ष सागर पाण्डेले बाढी तथा पहिरोका कारण अस्थायी रूपमा मर्मतसम्भार गरी पदयात्राका लागि प्रयोगमा ल्याइएका मनास्लु क्षेत्रका तातोपानी, खोर्लाबेँसी, जगत, सोला, नामरुङलगायतका क्षेत्र, मनाङ क्षेत्रको खोत्रो, कोटो, चामेलगायतका क्षेत्र, म्याग्दी तथा मुस्ताङ क्षेत्रको पोखरेलगायतका क्षेत्रमा रहेका सडक मार्ग, पदमार्ग तथा अस्थायी पुल भएर यात्रा गर्दा विशेष सावधानी अपनाउन आग्रह गर्नुभयो । --- # पदयात्री र आरोहीको स्वास्थ्य जाँचका लागि चिकित्सकको टोली हिमालमा Source: https://newskunda.com/archives/3004 Category: FEATURED NEWS, जीवन शैली, समाचार, समाज, स्वास्थ्य Last updated: 2023-09-28 काठमाडौँ, ११ असोज : शरद ऋतुको आगमनसँगै हिमाली क्षेत्रमा पदयात्राका लागि जाने पदयात्री तथा आरोहीको स्वास्थ्य उपचारका लागि सात जनाको चिकित्सक टोली हिमालमा पुगेको छ । हिमालय उद्धार सङ्घले हिमाली क्षेत्रमा घुम्न जाने पदयात्री र साना हिमालका लागि गएका आरोहीको स्वास्थ्य जाँचका लागि मनाङ र सोलुखुम्बुमा चिकित्सकको टोली पठाएको हो । सङ्घका प्रमुख कार्यकारी अधिकृत (सिईओ) गोविन्द बस्यालले मनाङको मनाङगाउँ स्वास्थ्य चौकीमा चार र सोलुखुम्बुको फेरिचे स्वास्थ्य चौकीमा तीन चिकित्सक पठाइएको जानकारी दिनुभयो । उक्त टोलीले हिमालमा पुगेर स्वास्थ्य सेवाको काम सुरु गरिसकेको छ । स्वदेशी तथा विदेशी आरोही तीन हजार मिटरभन्दा माथि चढेपछि लेक लाग्ने र बिरामी हुने भएकाले प्राथमिक उपचारका लागि चिकित्सक पठाइएको उहाँको भनाइ छ । मनाङ गाउँमा पठाइएका चिकित्सकमध्ये तीन विदेशी र एक नेपाली रहेका छन् भने फेरिचेमा पठाइएका तीनै विदेशी चिकित्सक रहेका छन् । हिमालय उद्धार सङ्घले पदयात्री तथा आरोहीको स्वास्थ्य जाँचलाई सहज पुग्ने उदेश्यले मनाङगाउँ र फेरिचेमा आफ्नै खर्चमा स्वास्थ्यचौकी निर्माण गरि सेवा प्रदान गर्दै आइरहेको छ । सङ्घका अध्यक्ष डम्बर पराजुलीले शरद ऋतुको आगमनसँगै नेपाल घुम्न आएका विदेशी तथा स्वदेशी पर्यटक घुम्नका लागि हिमाली क्षेत्रतर्फ गइसकेकाले चिकित्सकको टोलीसमेत पठाइसकिएको बताउनुभयो । मनाङ जाने पर्वतारोही थोरङ्लापास, चुलु हिमाल, तिलिचो, अन्नपूर्ण–२, अन्नपूर्ण–४ लगायतमा आरोहण गर्ने गरेका छन् । यस्तै सोलुखुम्बुका लागि जाने पर्यटक भने आइल्याण्ड पिक, आमादब्लम, लोपुचे पिकलगायतमा चढ्ने गरेका छन् । शरद ऋतुमा सगरमाथा आरोहण गर्ने आरोही भने एकदमै कम भएकाले सगरमाथा आधार शिविरमा चिकित्सकको टोली नपठाइएको सो सङ्घले जनाएको छ । सन् १९७३ मा स्थापना भएको सङ्घले मनाङ, गोसाइकुण्ड, फेरिचे र सगरमाथा आधार शिविरमा डाक्टर पठाएर आरोहीको स्वास्थ्य जाँचमा सहयोग गर्दै आएको छ । सङ्घले स्वदेशी तथा विदेशी चिकित्सकलाई तालिम दिएर सो क्षेत्रमा पठाउँदै आएको छ । उक्त क्षेत्रमा जाने चिकित्सकलाई नेपाल मेडिकल काउन्सिलबाट अस्थायी दर्ता गर्ने र श्रम विभागबाट श्रम स्वीकृति लिएर पठाउने गरेको सिईओ बस्यालले बताउनुभयो । चिकित्सकको टोली सो क्षेत्रमा तीन महिना रहने सङ्घले जनाएको छ । --- # परमेश्वरको मण्डलीद्वारा भोटेकोशी बाढीपीडितलाई आपत्कालीन राहत Source: https://newskunda.com/archives/4637 Category: FEATURED NEWS, अर्थ, धर्म/संस्कृति, राजनीति, समाचार, समाज Last updated: 2026-10-08 - नारायण थापा नुवाकोट, २२ असोज । परमेश्वरको मण्डली विश्व सुसमाचार समाजले भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित रसुवा र नुवाकोटका बासिन्दाका लागि आपत्कालीन राहत सामग्री सहयोग गरेको छ। मण्डलीले बाढीपीडितका लागि नुवाकोटको विदुरस्थित जिल्ला प्रशासन कार्यालयमार्फत राहत सामग्री हस्तान्तरण गरेको हो। राहत सामग्रीमा १५ हजार २५० किलो चामल, ६ हजार १२५ किलो दाल र २ हजार लिटर खाने तेल रहेका छन्। कार्यक्रममा जिल्ला प्रशासन कार्यालयका प्रशासकिय अधिकृत होमनाथ दाहालले परमेश्वरको मण्डली विश्व सुसमाचार समाजले आज बाढीबाट प्रभावित परिवारको लागि आज राहत स्वरुप चामल, दाल र तेल हस्तान्तरण गर्नुभएको छ । हाल दशैको समयमा खाद्यान्न अभाव भएको उचित समयमा राहत वितरण गर्नुभएको छ । राहत वितरण गर्न यहाँसम्म आउनुभएको सबै परमेश्वरको मण्डली विश्व सुसमाचार समाजका सबै सदस्यहरुलाई धन्यवाद दिनुभयो । यस्तैगरी कार्यक्रममा पुर्वधार विकास कार्यालय नुवाकोटका इन्जिनियर रबिन खातीले परमेश्वरको मण्डली विश्व सुसमाचार समाजले आज बाढी पिढितका लागि खाद्यान्न ल्याउनुभएको छ, यसले खाद्यान्नको अभाव भएको यस जटिल अवस्थामा राहत वितरण गर्नुभएकोमा मणडलीलाई धन्यवाद व्यक्त गर्नुभयो । कार्यक्रममा विदुर नगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष निलम बाबु ढुङ्गेलले परमेश्वरको मण्डली विश्व सुसमाचार समाजले आपत्कालिन अवस्थामा राहत आएको थियो हाल दाताहरुको कमिले खाद्यान्नको चरम अभाव भएको अवस्थामा तपाईहरुले आज खाद्यान्न ल्याईदिनुभयो । आज मात्र नभएर अन्य समयमा पनि सहयोगको अपेक्षा राखेका छौ आउने दिनहरुमा हाम्रो नगरपालिका र वडाको तर्फबाट गर्नुपर्ने सहयोगहरु गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । बाढीबाट प्रभावित परिवारको दैनिक जीवनयापनमा सहयोग पुर्याउने तथा खाद्य आवश्यकतालाई केही हदसम्म सम्बोधन गर्ने उद्देश्यले राहत सामग्री उपलब्ध गराइएको मण्डलीले जनाएको छ। गत भदौ १० मा आएको भोटेकोशी बाढीका कारण रसुवा, नुवाकोटलगायत नदी तटीय क्षेत्रमा मानवीय तथा भौतिक क्षति भएको थियो। बाढीका कारण घर, सडक, पुल तथा अन्य आधारभूत संरचनामा क्षति पुगेको थियो। सरकारको प्रारम्भिक सर्वेक्षणअनुसार करिब ७ हजार ५७० घरमा क्षति पुगेको र करिब ३२ हजार ९०० जना प्रभावित भएको उल्लेख गरिएको छ। मण्डलीका अनुसार उक्त राहत सहयोग जलवायु उत्थानशीलताका लागि सञ्चालन भइरहेको ‘द्यगष्मि ज्यउभ१’ अभियानअन्तर्गत गरिएको हो। अभियानले बाढी, भारी वर्षा, अत्यधिक गर्मीलगायत जलवायुजन्य विपद्बाट प्रभावित समुदायलाई तत्काल सहयोग गर्नुका साथै विपद्को जोखिम न्यूनीकरण र स्थानीय समुदायको जलवायु उत्थानशीलता बढाउने उद्देश्य राखेको छ। मण्डलीका एक प्रतिनिधिले विपद्का कारण परिवार तथा जीवनयापनको आधार गुमाएर कठिनाइमा रहेका प्रभावितप्रति सहानुभूति व्यक्त गर्दै राहत सहयोगले उनीहरूको दैनिक जीवन पुनःस्थापना गर्न केही भए पनि सहयोग पुग्ने विश्वास व्यक्त गरे। आगामी दिनमा पनि स्थानीय समुदायसँग सहकार्य गर्दै विपद्बाट प्रभावित नागरिकलाई आवश्यक सहयोग गर्ने प्रतिबद्धता उनले जनाए। राहत सामग्री हस्तान्तरण कार्यक्रममा सहभागी मण्डलीका विश्वासीहरूले पनि बाढीपीडितहरू छिट्टै सामान्य दैनिक जीवनमा फर्कन सकून् भन्ने कामना गरेका थिए। परमेश्वरको मण्डलीका विश्वासीहरूले नेपालमा यसअघि पनि आपत्कालीन राहत, रक्तदान, वातावरण सरसफाइ तथा पुनःस्थापनालगायत विभिन्न सामाजिक सेवाका गतिविधि सञ्चालन गर्दै आएको जनाइएको छ। सन् २०१५ को विनाशकारी भूकम्पका समयमा खाद्यान्न तथा दैनिक उपभोग्य सामग्री सहयोग गर्नुका साथै प्रभावित क्षेत्रको पुनःस्थापना र भूकम्पबाट क्षतिग्रस्त विद्यालयहरूको पुनर्निर्माणमा समेत सहयोग गरेको मण्डलीको भनाइ छ। मण्डलीका अनुसार नेपालमा हालसम्म ७२ हजार ६८८ जनाले १ हजार ८४ वटा सामाजिक सेवाका गतिविधिमा सहभागिता जनाएका छन्। मानवीय तथा सामाजिक सेवाका गतिविधिका लागि बागमती प्रदेशको सामाजिक विकास मन्त्रालय, बुढानीलकण्ठ नगरपालिका, नेपाल रेडक्रस सोसाइटीलगायत विभिन्न निकायबाट प्रशंसा तथा कदरपत्र प्राप्त भएको पनि मण्डलीले जनाएको छ। मण्डलीले बागमती प्रदेशका भरतपुर र काठमाडौं, कोशी प्रदेशको सुन्दरहरैंचा, लुम्बिनी प्रदेशको नेपालगन्ज तथा कर्णाली प्रदेशको वीरेन्द्रनगरलगायत विभिन्न स्थानमा वातावरण सरसफाइ तथा समुदाय केन्द्रित सेवामूलक कार्यक्रम सञ्चालन गरेको जनाएको छ। त्यसैगरी स्थानीय समुदायमा रगतको अभाव कम गर्न नियमित रक्तदान कार्यक्रम पनि सञ्चालन गर्दै आएको छ। मण्डलीका अनुसार ‘निस्तार(चाडको प्रेम, जीवन बचाउने प्रेम विश्वव्यापी रक्तदान कार्यक्रम’ अन्तर्गत नेपालमा हालसम्म ५४ पटक बृहत् रक्तदान कार्यक्रम आयोजना गरिएको छ। परमेश्वरको मण्डलीको स्थापना सन् १९६४ मा दक्षिण कोरियामा भएको हो। मण्डलीका अनुसार विश्वका १७५ राष्ट्रका ७ हजार ८०० भन्दा बढी क्षेत्रमा करिब ४० लाख विश्वासी रहेका छन्। मण्डलीले सामाजिक सेवा, वातावरण संरक्षण, रक्तदान तथा विपद् राहतलगायत क्षेत्रमा विश्वव्यापी रूपमा विभिन्न गतिविधि सञ्चालन गर्दै आएको जनाएको छ। मण्डलीका अनुसार यस्ता सामाजिक तथा मानवीय सेवाका लागि विभिन्न देशका सरकारी तथा गैरसरकारी निकायबाट ६ हजार २०० भन्दा बढी पुरस्कार तथा सम्मान प्राप्त भएका छन्। --- # परराष्ट्र नीति संविधानमा उल्लेखित मापदण्डद्वारा निर्देशित छ : प्रम देउवा Source: https://newskunda.com/archives/1810 Category: FEATURED NEWS, राजनीति, समाचार Last updated: 2022-08-26 काठमाडौँ, १० भदौ : प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालको परराष्ट्र नीति संविधानमा उल्लेखित मापदण्डहरूद्वारा निर्देशित रहेको बताउनुभएको छ । साथै उहाँले संयुक्त राष्ट्र सङ्घको वडापत्रमा उल्लेखित सिद्धान्त, असंलग्नता, अन्तर्राष्ट्रिय कानुन र विश्व शान्तिका मूल्य–मान्यता हाम्रो परराष्ट्र नीतिको सार भएको स्पष्ट पार्नुभएको छ । नीति अनुसन्धान प्रतिष्ठानद्वारा आज यहाँ आयोजित ‘अन्तर्राष्ट्रिय सम्बन्ध : नेपाल र विश्व व्यवस्था’ विषयक सम्मेलनको उद्घाटन कार्यक्रममा उहाँले नेपालले सधैँ न्यायपूर्ण, समतामूलक, समावेशी र सबैका लागि निष्पक्ष विश्व व्यवस्थाको कुरा गर्दै आएको उल्लेख गर्नुभयो । प्रधानमन्त्री देउवाले भन्नुभयो, “हामी संयुक्त राष्ट्र सङ्घको वडापत्रमा उल्लिखित सिद्धान्तहरूको सम्मान गर्ने विश्व व्यवस्थाको लागि आह्वान गर्छौँ । हामी संयुक्त राष्ट्र सङ्घको केन्द्रमा रहेको बहुपक्षीयतामा दृढ विश्वास गर्छौं ।” कोभिड–१९ महामारीले विश्वमै जीविकोपार्जन र अर्थतन्त्रलाई बाधा पु¥याएको बताउँदै उहाँले हालको इन्धन, खाद्यान्न र रासायनिक मलको मूल्य वृद्धिले नेपाललगायत विकासोन्मुख देशहरूमा आर्थिक मन्दीका साथ आपूर्ति श्रृङ्खलामा संकट उत्पन्न भएको र लागत बढेको धारणा व्यक्त गर्नुभयो । सार्वभौम समानता, क्षेत्रीय अखण्डता, पारस्परिक हित र पारस्परिक लाभले हाम्रो वैदेशिक सम्बन्धको आचरणमा मार्गदर्शन गरेको बताउँदै उहाँले दुवै छिमेकीसँग सौहार्दपूर्ण र मैत्रीपूर्ण सम्बन्ध राख्छौँ भन्नुभयो । छिमेकी मुलुक, ठूला शक्तिहरू, विकास साझेदारहरू र आप्रवासी कामदारहरूको गन्तव्य देशहरूसँगको सम्बन्ध परम्परागत रूपमा मैत्रीपूर्ण र सहयोगात्मक रहेको उल्लेख गर्दै उहाँले अन्तर्राष्ट्रिय शान्तिमा नेपालको योगदान महत्वपूर्ण रहेको बताउनुभयो । नेपालका लागि इजरायलका राजदूत हनन गोदेरले नेपालसँग इजरायलको सम्बन्ध ऐतिहासिक तथा मैत्रीपूर्ण रहेका बताउँदै त्यसयता द्विपक्षीय सहयोग आदानप्रदान हुँदै आएको उल्लेख गर्नुभयो । नेपालस्थित संयुक्त राज्य अमेरिकी दूतावासका कार्यवाहक उपप्रमुख मिसन मार्क टेम्पलरले अमेरिका सदैव नेपालको लोकतन्त्र, मानवाधिकार र आर्थिक समृद्धिमा हातेमालो गर्न चाहन्छ भन्नुभयो । प्रतिष्ठानका निर्देशक डा दीपककुमार अधिकारी र सम्मेलन आयोजक समिति सदस्य सन्दिप रानाले सम्मेलनका उद्देश्य बारेमा अवगत गराउनुभएको थियो । आजदेखि तीन दिनसम्म हुने सम्मेलनमा नेपाल र भारतका ४० वर्षभन्दा कम उमेरका सरकारी तथा गैरसरकारी संस्थामा महत्वपूर्ण भूमिकामा रहनुभएका करिब एक सय विज्ञ युवाको सहभागिता रहेको बताइएको छ । सम्मेलनमा विज्ञहरुले आफ्ना कार्यपत्रहरू प्रस्तुत गर्ने प्रतिष्ठानका निर्देशक अधिकारीले जानकारी दिनुभयो । अन्तर्राष्ट्रिय सम्बन्धका विषयमा नवीनतम विचार युवा पुस्ताको मस्तिष्कबाट आओस् भन्ने सम्मेलनको मुख्य उद्देश्य रहेको छ । नयाँ पुस्ताले यस विषयमा जे विचारहरू प्रस्तुत गर्नुहुनेछ भविष्यमा अन्तर्राष्ट्रिय सम्बन्धका लागि पथपर्दशन बन्नेछ भन्ने आयोजकको विश्वास छ । निर्देशक अधिकारीले नेपालले भविष्यमा कस्ता नीतिहरूको आधारमा विश्वलाई हेर्ने भन्ने विषयमा यस कार्यक्रमले गहन विषयवस्तुको प्रकाशन गर्ने उल्लेख गर्नुभयो । सेमिनारमा वातावरण, संस्कृति, विश्व राजनीति, सुरक्षा, शान्ति, स्थिरता, व्यापार, प्रविधिलगायतका विषयमा बेग्लाबेग्लै सत्रमा छलफल हुनेछ । आजको युवा मस्तिष्कले के सोचेको छ र भविष्यमा त्यसलाई कसरी कार्यान्वयन गर्ने लक्ष्य युवाहरूका मनमा रहेको छ भन्ने कुराको यस कार्यक्रमबाट समाजले थाहा पाउने अवसर हुनुपर्दछ भन्ने आयोजकको ध्येय छ । सम्मेलनको समापन पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले यही भदौ १२ गते गर्ने तय भएको छ । --- # पर्यटक भिसामा आएर क्रिश्चियन मिशनका परिचालित दश विदेशी नागरिक पक्राउ Source: https://newskunda.com/archives/5227 Category: FEATURED NEWS, अपराध, अर्थ, राजनीति, समाचार, समाज Last updated: 2026-10-28 काठमाडौँ, ११ कात्तिक : पर्यटक भिसामा आइ क्रिश्चियन मिशनका लागि स्वास्थ्य शिविर सञ्चालन गर्ने दश विदेशी नागरिक पक्राउ परेका छन् । मोरङको कानेपोखरी गाउँपालिका–७, बरगाछीमा क्रिश्चियन धार्मिक गतिविधि प्रचारमा संलग्न रहेको ‘मर्सी डेभलपमेन्ट’ नामक संस्थाले पर्यटक भिसामा आएका विदेशी चिकित्सकसहित स्वास्थ्य शिविर सञ्चालन गरेको कारण दश जना विदेशी नागरिकहरूको कागजात जफत गरी अध्यागमन विभाग पठाइएको गृहमन्त्रालयले जनाएको छ । शिविरमा आवश्यक अनुमति नलिई पर्यटक भिसामा आएका विदेशी नागरिक संलग्न भएकाले विदेशी नागरिक अनुगमन जिल्ला समितिको निर्णयले उनीहरूको राहदानी आवश्यक कारबाहीका लागि बिभाग पठाइएको हो । यही कात्तिक ८ गतेदेखि चार दिनसम्म सञ्चालन गर्ने गरी सुरु गरिएको शिविरमा १० जना विदेशी नागरिकसहित सेवा दिइरहेका थिए । शिविरको तयारी पास्टर पावेल दङ्गालले गरेका थिए । स्थानीयस्तरमा अस्पताल निर्माण गर्ने उद्देश्यले प्रयोग गरिने भनिएको जग्गामा यसअघि पास्टर बाङदेलले क्रिश्चियन धार्मिक कक्षा सञ्चालन गर्दै आएका थिए । मोरङको कानेपोखरी बरगाछीका किराना व्यवसायी नवराज श्रेष्ठले अस्पताल निर्माणका लागि भन्दै तीन कट्ठा जग्गामा छ वटा साना–ठूला भवन निर्माण गरेको र सोही भवनमा हाल धार्मिक गतिविधि तथा अन्य कार्यक्रमका लागि प्रयोग भइरहेको विवाद सुरु भएपश्चात् स्थानीयलाई खुसी पार्न किराना व्यवसायी नवराज श्रेष्ठले शिविरको आयोजना गरेका थिए । हाल उक्त स्थानमा दुई जना पास्टर र केही सिलाइकटाइ प्रशिक्षक बस्दै आएको पाइएको छ । कार्यक्रममा ब्राजिल, क्यानडा र अमेरिकाका गरी १० जना विदेशी नागरिकको रहेको पाइएको छ । उनीहरू सन् २०२६ अक्टोबर २२ र २३ मा नेपाल प्रवेश गरेको तथा उनीहरूको भिसाको म्याद नोभेम्बर ६ देखि २१ सम्म रहेको देखिन्छ । निम्न उल्लेखित विदेशी नागरिकमध्ये तीन जना ब्राजिलका, दुई जना क्यानडाका र पाँच जना अमेरिकी नागरिक रहेको जनाइएको छ । --- # पश्चिम एसियाली युवा चेस च्याम्पियनसिप २०२६ मा सहभागी हुन नेपाली टोली भारत प्रस्थान Source: https://newskunda.com/archives/5011 Category: FEATURED NEWS, खेलकुद, समाचार Last updated: 2026-10-22 काठमाडौँ, ५ कात्तिकः भारतको गुजरातस्थित अहमदाबादमा यही अक्टोबर २२ देखि ३१ तारिखसम्म आयोजना हुने पश्चिम एसियाली युवा चेस च्याम्पियनसिप २०२६ मा सहभागी हुन त्यसतर्फ प्रस्थान गरेका छन् । नेपाल बुद्धिचाल महासङ्घका प्रवक्ता राजु ताम्राकारले आज बिहान त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा १८ जनाको खेल टोलीलाई बिदाइ गर्नुभएको हो । नेपाल बुद्धिचाल महासङ्घले केन्द्रीय सदस्य नीता सैंजुको नेतृत्वमा विभिन्न उमेर समूहका ११ खेलाडी, पाँच जना अभिभावक र निर्णायक गरी १८ सदस्यीय नेपाली टोली सहभागी भएका छन् । प्रतियोगितामा नेपाली खेलाडी छात्रतर्फ युवा ८ सुनव ओझा, युवा १० शुभाङ्ग प्रधान, युवा १२ अग्रिम सैंजू, युवा १४ आयुष भण्डारी र प्रबिर केसीले प्रतिस्पर्धा गर्नेछन् । यसैगरी छात्रातर्फ युवा १० अग्रता आचार्य, युवा १२ निहाना श्रेष्ठ, युवा १४ उज्जिवनी कँडेल, युवा १६ नेलिसा ओझाले प्रतिस्पर्धा गर्नेछन् । नेपाली टोलीमा अभिभावक भावना अमात्य, सरस्वती पौडेल, सिन्दिरा जोशी, बन्दना खड्का र नबिना कुटुवाल तथा प्रबिश प्रजापति निर्णायकको भूमिकामा रहनेछन् । पश्चिम एसियाली युवा चेस च्याम्पियनसिप नेपाली युवा खेलाडीका लागि अन्तरराष्ट्रियस्तरमा आफ्नो प्रतिभा प्रदर्शन गर्ने तथा क्षेत्रीय प्रतिस्पर्धाबाट अनुभव हासिल गर्ने अवसरका रूपमा रहेको प्रवक्ता ताम्राकारले बताउनुभयो । ((( --- # पहिरो खसेपछि बिपी राजमार्ग अवरुद्ध Source: https://newskunda.com/archives/5323 Category: FEATURED NEWS, राजनीति, समाचार, समाज Last updated: 2026-10-31 काभ्रेपलाञ्चोक, १४ कात्तिकः रोशी गाउँपालिका–९ पिन्थलीमा पहिरो खसेपछि बिपी राजमार्ग अवरुद्ध भएको छ । जिल्ला प्रहरी कार्यालयले रोशी गाउँपालिका–८ गिम्दीबेँसीमा पनि पहिरो खसेको जनाउँदै उक्त राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको बताएको छ । वर्षा जारी रहेकाले तत्काल बाटो खोल्न सहज नहुने उक्त कार्यालयका सूचना अधिकारी रविन विष्टले राससलाई बताउनुभयो । राजमार्गको अवस्था बुझेर मात्र यात्रा गर्न उहाँले सर्वसाधारणमा अनुरोध गर्नुभएको छ । --- # पहिलो पटक जिब्रो छेडी महाद्धिप बोकेर टोलटोल घुमे २७ वर्षीय सुजन Source: https://newskunda.com/archives/2764 Category: FEATURED NEWS, धर्म/संस्कृति, समाचार, समाज Last updated: 2023-04-15 भक्तपुर, २ बैशाख : मध्यान्हदेखिनै मध्यपुरथिमिको बोडे क्षेत्रमा मान्छेहरुको भीड बढ्दै गयो । हेर्दाहेर्दै मध्यपुरथिमि नगरपालिका बोडेको पाँचो गणेशको दक्षिण फर्केको पाटी आसपासदेखि बोडेको अधिकांश क्षेत्रमा मानिसहरुको भीड निकै बाक्लो भयो । बिस्केट जात्राको अवसरमा हरेक वर्ष २ गते मनाइने मध्यपुरथिमि बोडेको प्रसिद्ध जिब्रो छेड्ने जात्रा हेर्न दिउँसो १ बजेसम्म मानिसहरु खचाखच भए । दिउँसो २ बजे बासको चिम्टी बजाउँदै एकहुल मानिसहरु हातको साङ्लो बनाएर जिब्रो छेड्ने पाँचो गणेश मन्दिर क्षेत्रमा आएपछि सबैको ध्यान त्यतै केन्द्रित भयो, बिचमा जिब्रो छेड्न तयार भएर बोडेका सबै देवीदेवताको मन्दिरमा पुगेर पुजा गर्दै आईपुगे २७ वर्षीय सुजन वागश्रेष्ठ । बोडेका बासिन्दाले जयजयकार गरे । पाँचो गणेशको दक्षिण फर्केको पाटीमा बनाईएको मञ्चमा उक्लिए पछि यसअघि १२ पटक जिब्रो छेडाइसक्नु भएका कर्मीनाय कृष्णचन्द्र वाग श्रेष्ठ, नाय पमाः जलकृष्ण पिला श्रेष्ठ, अर्का पमा माइला भासिको श्रेष्ठ, यसअघि आठ पटक जिब्रो छेडाउनु भएका जुजुभाई वाग श्रेष्ठ पनि मञ्ममा उक्लिए । जिब्रो छेड्न तयार भएका सुजनका आफ्नै ठूलो बुबा कर्मीनाय कृष्णचन्द्रले वरिपरि अक्षता फूल छर्किएर देवीदेवतालाई सम्झदै धूप बत्ति बालेपछि एक महिनाअघि तयार पारी तेलमा डुबाइराखेको १० ईन्च लामो फलामको सुइरोले हजारौ मानिसहरूकै अगाडि वागश्रेष्ठको जिब्रो छेडिदिनु भयो । त्यसपछि उहाँले सबैलाई नमस्कार र अभिभावदन गरेपछि चन्द्राँकारकोे भ्वाय् अर्थात महाद्विप बोकेर निस्किए सुजन, सँगैसँगै बुद्धकृष्णले छोरा सुजनलाई अगाडि बढाइरहे । त्यसक्रममा जिब्रो छेडाएका अनुभवी जुजुभाईदेखि स्थानीय दीलकृष्ण प्रजापतिसमेतले पहिलो पटक जिब्रो छेडाएका सुजनसँगसँगै हिडेर हौसला प्रदान गरिरहे । महाद्विप बोकेर सुजनले करिब एकघण्टासम्म बोडेको टोलटोल घुमेर बिभिन्न देवी देवताका मन्दिरको परिक्रमा गरे । त्यसपछि जयजयकार गर्दै मन्दिरमा महालक्ष्मीको खट ल्याइ पुर्याईयो । त्यसको केही क्षणपछि भाँगु टोलमा पुगेर महालक्ष्मी मन्दिरको पाँच पटक परिक्रमा गरेपछि महाद्धिपलाई मन्दिरस बाहिर राखेर सुजन भित्र प्रवेश गरेपछि जिब्रोको सुईरो निकालेर मन्दिरको भित्तामा रहेको काठमा ठोकियो । त्यसपछि जात्रा पनि सम्पन्न भयो र हजारौको भीड बिस्तारै तितरवितर लाग्यो । चैत मसान्तको दिन बोडे महालक्ष्मी मन्दिर प्राङ्गणमा लिङ्गो उठाएपछि जिब्रो छेड्ने व्यक्तिले निराहार ब्रत बसेर आज जिब्रो छेडेपछि जिब्रोको घाउमा महालक्ष्मी मन्दिरको माटो झिकेर लाएर जिब्रो छेड्ने व्यक्तिले नाट्यश्वरको पूजा गरेका थिए । प्वाल भएको जिब्रोमा महालक्ष्मीको माटो लगाए घाउ निको हुने र त्यसमा अन्य औषधि लाउनु नपर्ने मान्यता रहेको जुजुभाई बताउनु हुन्छ । परम्परादेखि चल्दै आएकोे जिब्रो छेड्ने जात्रालाई लोप हुनबाट जोगाउन यसअघि नवौ पटक जिब्रो छेडेका बुद्धकृष्णकै कान्छो छोरा तयार भए र यसवर्ष पनि जात्राले निरन्तरता पायो । बुद्धकृष्ण भन्नुहुन्छ, “यो वर्ष सुजनले जिब्रो छेडायो, अर्को वर्ष पनि जिब्रो छेडेर जात्रालाई नियमित सञ्चालन गर्न यहाँका युवा पुस्ताहरु तयार हुनु पर्छ, यहाँको जात्रा यहीँको युवाले अब जोगाउने हो ।” मध्यपुरथिमिका पूर्व नगर प्रमुख मदनसुन्दर श्रेष्ठले जिब्रो छेड्ने ठाउँ साँघुरो भएपछि जात्रालाई सहज बनाउन आफ्नो पालामा जग्गा खरिद गरेर नयाँ पाटी बनाएर ठाउँ फराकिलो बनाएको बताउनु भयो । जात्रालाई व्यबस्थित गर्न नगरपालिकाले आवश्यक सहयोग गर्दै आएको नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठले बताउनु भयो । उहाँले मध्यपुरथिमिका जात्रा पर्वका लागि यसअघि गरिएको व्यबस्थालाई निरन्तरता दिएको बताउनु भयो । नगरपालिकाका उपप्रमुख विजयकृष्ण श्रेष्ठले यसवर्ष जात्रा हेर्नका लागि नेपाली काँग्रेसका सांसद दुर्लभ थापालगायतका बिभिन्न नेताहरु तथा माओवादी केन्द्रका नेताहरु आएको बताउनु भयो । जात्राको किम्बदन्ती अनुसार प्राचीनकालमा बोडेमा नीलबाराहीको दायाँबायाँ बस्ने भूत–प्रेत, पिशाच, ख्याक तथा कङ्कालले बोडेका मानिसलाई धेरै दुःख दिने गरेपछि तान्त्रिक भीमदत्त कर्माचार्यले तान्त्रिक विद्याले थापेको पासोमा त्यसलाई पारेर कपाल काटे, लुगा फुकाले र लामो सियो जबर्जस्ती जिब्रोमा घुसारी भाग्न नपाओस् भनी घँुघरु बाँधिदिए बलेको महाद्वीप काठको गहुङ्गो भारी बोकाएर बोडे घुमाए । कष्ट सहन नसकी पिशाचले आपूmलाई छाडिदिए जुनसुकै वाचा गर्ने बताएपछि भीमदत्तले अब उप्रान्त बोडे देशमा दुःख नदिने, बोडेमा रोग, अनिकाल, अनावृष्टि,अतिवृष्टि, महाभूकम्प हुन नदिने, धर्मको चेष्टा बढाउने र बोडेवासीले भनेझैँ सातवर्षसम्म सोही दिन जिब्रो छेड्न आउनुपर्ने वाचा गराई छाडिदिएको किंबदन्ती छ । एक रात सपनामा नीलबाराहीले आफ्नो द्वारपाललाई अपमानित गरेकाले भीमदत्तलाई बाँकी नराख्ने भनी आक्रोश व्यक्त गरेपछि पछुतो मान्दै भीमदत्तले जिब्रो छेड्नु अगाडि क्षमा पूजा गर्ने चलन चलाए, जुन अहिलेसम्म पनि कायमै छ । तर यो कथनलाई मान्न तयार छैनन्, बुद्धकृष्ण । उहाँ भन्नुहुन्छ, “यो जात्रा नील बाराही देवीको प्रतिष्ठासँग जोडिएको छ, जिब्रो छेड्ने व्यक्ति भूत, पिसाच कोही नभई नील बाराहीका देव गण हुन् । जिब्रो छेड्ने व्यक्तिलाई ख्याक र राक्षससँग जोडेर भ्रम फैलाउन नहुने बताउनु हुन्छ । जिब्रो छेड्ने व्यक्ति ख्याक वा राक्षर होइनन्, देवगण हुन् भन्ने सबैलाई बुझाउनु जरुरी रहेको उहाँले बताउनु भयो । --- # पाँच करोड २० लाख बैना लिएर व्यक्तिको जग्गा किर्ते गरि सरकारी जग्गासमेत बिक्री गर्न खोज्ने गिरोहका दुई पक्राउ Source: https://newskunda.com/archives/1043 Category: FEATURED NEWS, अपराध, समाचार, समाज Last updated: 2022-05-28 भक्तपुर, १४ जेठ : सार्वजनिक जग्गा सहित व्यक्तिको जग्गा किर्ते गरि बिक्री गर्न पाँच करोड २० लाख रुपैया बैना लिएर ठगि गरेको अभियोगमा प्रहरीले भक्तपुरबाट दुई जनालाई पक्राउ गरेको छ । प्रहरीले चाँगुनारायण नगरपालिका–७ का ७२ को केशवप्रसाद अधिकारीलाई कमलविनायकबाट र भक्तपुर नगरपालिका–८ बस्ने ईश्वर गाईजुलाई भक्तपुरस्थित मालपोत कार्यालयको गेटबाट पक्राउ गरि महानगरीय प्रहरी परिसर भक्तपुरको हिरासतमा राखेर अनुसन्धान सुरु गरेको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीका भक्तपुर जिल्ला कोषाध्यक्षसमेत रहेका अधिकारी र गाईजू बाहेक यस घट्नामा अन्य व्यक्तिको समेत संलग्नता रहेको हुनसक्ने स्थानीय र पीडितको भनाइ छ । खोटाङ बुईपा–३ घर भई हाल दिक्तेल रुपाकोट मझुवागढी न.पा–१४ बस्ने धनिराम राई समेतको जाहेरीका आधारमा काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले शुक्रबार पक्राउ गरि प्रहरी परिसर भक्तपुरलाई बुझाएको हो । महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक राजू केसीले महाशाखाले पक्राउ परेका व्यक्ति र मिसिल भक्तपुर परिसरलाई बुझाएको बताउदै भक्तपुर प्रहरीले आजैबाट थप अनुसन्धान गरि कानूनी प्रक्रिया अगाडि बढाउने बताउनु भयो । पक्राउ परेका अधिकारी र गाईजुले भक्तपुर साविक सुडाल गा.वि.स–४ ‘क’ मा रहेको बिभिन्न कित्ता नम्बरका अरुकै नामको जग्गा सम्बन्धित जग्गा धनीसंग अनुमती नलिई अनुमती लिएको छौ भन्दै झुक्याएको र त्यसंगै रहेको कि.नं. ३९९ को ०–४–०–० क्षेत्रफल सरकारी जग्गा समेत बिक्री गर्न करारनामा गरी बैना बापत रु. ५ करोड २० लाख रुपैयाँ लिएर ठगी गरेको अभियोग छ । प्रहरी नायब उपरीक्षक केसीले प्रहरीले सुक्ष्म रुपमा अनुसन्धान गर्ने बताउनु भयो । यद्यपी यस घट्नामा अधिकारी र गाइजूको मात्रै संलग्नता नरही अन्यको समेत मिलेमतो रहेको हुनसक्ने भएकाले प्रहरीले सुक्ष्म रुपमा अनुसन्धान गर्नु पर्ने पीडित पक्षले माग गरेका छन् । यस घट्नामा अन्य व्यक्तिसमेतको संलग्नता रहने अबस्था देखेपछि पक्राउ परेकालाई छुटाएर घट्नालाई साम्य बनाउन केही राजनीतिक दलका नेताहरु सक्रिय रहेको पीडित पक्षले आरोप लगाएका छन् । --- # पाँच जिल्लामा सवारी दुर्घटनामा पाँचको मृत्यु, ३१३ घाइते Source: https://newskunda.com/archives/5014 Category: FEATURED NEWS, समाचार, समाज Last updated: 2026-10-22 काठमाडौँ,५ कात्तिकः पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा भएको सवारी दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार काठमाडौँ, सुनसरी, मकवानपुर, मोरङ र तनहुँमा भएका सडक दुर्घटनामा ३१३ जना घाइते भएका छन् । काठमाडौँको टेकुस्थित अम्बे कम्प्लेक्स नजिकै त्रिपुरेश्वरबाट कालीमाटीतर्फ जाँदै गरेको बा। प्र ०२–०६३ प ९०९६ नम्बरको मोटरसाइकलको ठक्करबाट भारतीय नागरिक ४५ वर्षीय परमानन्द बैठाको मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका उनको उपचारका क्रममा त्रिवि शिक्षण अस्पताल, महाराजगन्जमा मृत्यु भएको हो । सुनसरीको इटहरी उपमहानगरपालिका–४ हलगडास्थित कोशी लोकमार्गमा को २७ प २०३६ नम्बरको मोटरसाइकलाई प्र १–०२–००१ ख ९९८५ नम्बरको बसले ठक्कर दिँदा मोटरसाइकल चालक इटहरी–८ का ६२ वर्षीय छत्रबहादुर भण्डारीको मृत्यु भएको छ । यस्तै, मकवानपुरको बकैया गाउँपालिका–५ श्रीपुरमा बा प्र ०८¬–००१ ह ०१०५ नंको अटो ‘ब्रेक फेल’ भई दुर्घटना हुँदा ४५ वर्षीय सन्तबहादुर माझीको मृत्यु भएको छ । मोरङको लेटाङ नगरपालिका–५ डिल्लेचोकस्थित भित्री सडकमा प्र १–०१–२४५ प ६३८० नम्बरको मोटरसाइकलले सोही ठाउँका ७० वर्षीय बलबहादुर विकलाई ठक्कर दिँदा निजको मृत्यु भएको प्रहरीले जनाएको छ । पृथ्वीराजमार्ग हुँदै तनहुँको डुम्रेबाट दमौलीतर्फ गइरहेको बा १८ च ४५८७ नम्बरको गाडीले व्यास नगरपालिका–१ अम्रेनी भन्ने स्थानमा ठक्कर दिँदा ४० वर्षीय एक पुरुषको मृत्यु भएको छ । निजको पहिचान नखुलेको प्रहरीले जनाएको छ । --- # पाँच दलीय गठबन्धन राष्ट्रको हितमा छ : प्रधानमन्त्री देउवा Source: https://newskunda.com/archives/751 Category: FEATURED NEWS, निर्वाचन, राजनीति, समाचार Last updated: 2022-05-08 दाङ, २५ वैशाख : नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले पाँच दलीय गठबन्धन ऐतिहासिक तथा राष्ट्रिय आवश्यकतामा निर्माण भएको बताउनुभएको छ । तुलसीपुरमा गठबन्धन दलले आज आयोजना गरेको चुनावी आमसभालाई सम्बोधन गर्दै उहाँले देशलाई दुर्घटनाबाट जोगाउन र राष्ट्रको हितमा गठबन्धनको आवश्यकता महसुस गरी गरिएको बताउनुभयो । प्रधानमन्त्री देउवाले गठबन्धनविरुद्ध शङ्का र उपशङ्का नगर्न आग्रह गर्दै उहाँले भन्नुभयो, “गठबन्धन बन्नुअघि कांग्रेसको अवस्था कस्तो थियो । आज हाम्रो नेतृत्वमा सरकार छ । \यो सरकारलाई टिकाउन लागि गठबन्धनको आवश्यक देखिन्छ ।” उहाँले गठबन्धनका उम्मेदवार वियजी बनाउनका लागि मेहनत गर्न कांग्रेस कार्यकर्तालाई आग्रहसमेत गर्नुभयो । आज नै प्रधानमन्त्रीसहित गठबन्धन दलका नेताले घोराहीमा आयोजना गरिएको चुनावी आमसभालाई सम्बोधन गर्दै हुनुहुन्छ । --- # पाँच वर्षमा थिमिको धेरै बिकास, बाँकी सबै बिकास र समृद्धिलाई अब पाँच वर्ष : नेता महेश बस्नेत Source: https://newskunda.com/archives/800 Category: FEATURED NEWS, राजनीति, समाचार, समाज Last updated: 2022-05-10 भक्तपुर, २७ बैशाख । नेकपा एमालेका पोलिटव्यूरो सदस्य एवं संघीय सांसद महेश बस्नेतले काँग्रेस माओवादीले अहिले एमाले बिरुद्ध भ्रम छरिरहेको बताउदै काँग्रेसले नजितेको ठाउँमा पैसा पठाउदिन भन्नु, रेणुले नजिते सबै सकिन्छ भन्नु गलत भएको टिप्पणी गर्नु भयो । एमालेका युवा नेता एवं पूर्वमन्त्री महेश बस्नेतले भन्नुभयो, “काँग्रेसले नजितेको ठाउँमा बजेट दिन्नौ भन्ने के यो देश आरजू देउवाको बाउको सम्पत्ति होइन, देउवाको ससुरालीको पेवा पनि होइन, अझै राणा शासनको झल्को दिन खोज्दैछन्, राणा शासन त सकिसक्यो, अझै चेत छैन ।” एमालेबाट मनमोहन अधिकारीले नेतृत्व गरेको सरकारदेखि केपी ओलीले नेतृत्व गरेको सरकारसम्म र नेपाली काँग्रेसले पटक पटक गरेको सरकारको नेतृत्वमा भएको बिकासलाई तुलना गरेर हेर्न जनतालाई आग्रह गर्दै उहाँले अहिलेसम्म गाउँको बिकास, देशको बिकास एमालेले मात्रै गरेको बताउनु भयो । गठबन्धनले देश ब्रम्हलुट मच्चाउन खोजेको भन्दै उहाँले आफ्नाले जिते हुने नजिते देश खत्तम हुने भन्नुले त्यसो पुष्टी हुने भन्दै उहाँले प्रचण्ड पुत्री रेणु दाहालले हारे पनि, काँग्रेसले हारे पनि बिकास नरोकिने बताउनु भयो । उहाँले भक्तपुरको मध्यपुरथिमि, चाँगुरनारायण र सूर्यविनायकलाई भ्रष्टाचार मुक्त राखेर बिकास गरेको बताउदै यो पाँच वर्षमा मध्यपुरमा एक अर्ब समपुरक शिर्षकमा आएको बजेट अब कसैले काट्न नसक्ने बताउनु भयो । उहाँले भन्नुभयो, “एमालेले नेतृत्व गरेको तीन वटै नगरपालिकाको बिकास हेर्नु्स उत्कृष्ठ नगरपालिकामा मध्यपुर देशभरकै तेश्रोमा आएको छ , यो कसले बनायो, एमालेको नेतृत्वले बनायो, मदन सुन्दरले बनायो, मध्यपुरका बासिन्दाले यसलाई देख्नु पर्दैन, महिला बिरोधी गठबन्धनलाई महिलाले भोट हाले पाप लाग्छ ।” मध्यपुरथिमिमा गठबन्धनले महिलाो अपमान गरेको भन्दै उहाँले गठबन्धनले महिलाको उम्मेदवार नदिएर समग्र महिलाको अधिकार खोसे पनि एमालेले उत्तरा नेपाललाई उपमेयरमा महिला उम्मेदवार बनाएर महिलाको अधिकार सुनिश्चित गरेको बताउनु भयो । एमालेले भक्तपुरका तीन नगरपालिका र २ नम्बर क्षेत्रमा विजयी भएपछि भक्तपुरमा बिकासको बाढी आएको, शान्ति सुरक्षा, सुव्यबस्था कायम भएकोले यी तीन नगरमा बसाई सराई बढिरहेको बताउदै उहाँले मध्यपुरथिमिमा अब काँग्रेसले बनाउने र बिसका गर्ने ठाउँ नरहेको बताउनु भयो । उहाँले थिमिको हाइवे, पेप्सीकोटा निकोसेरा सडक, नेपाल कोरिया मैत्री सडक, निकोसेरा सिन्टिटार सडक, बोडेमूलपानी सडक, लोकन्थली सडक, सानोठिमी धुन्चेपाखा सडक, हुलाक सडक, बाहाखा बजार बोडे सडक, निलबाराही सडक सबै सडक एमालेकै पालामा बनिसकेको छ, यहाँका ठूला साना सडक कतिै कालो प भए, कतै ढलान भए, अब बाँकी भएका नयाँ बस्ती र अन्य केही सडक एमालेले सम्पन्न गर्छ, एमालेले काँग्रेसलाई गर्ने ठाउँ काही बाँकी राख्दैन, बिकास एमालेले गर्छ, काँग्रेस सुतिरहन्छ, पार्टीको अधिवेशन आउँदा र चुनाब आउँदा मात्रै उठ्छ ।” मेलम्चीको खानेपानी मध्यपरथिमिमा झार्ने काम एमालेले गरेको बताउदै उहाँले अन्य खानेपानीको श्रोतसमेत समेटेर मध्यपुर थिमिको नयाँ पुरानो सबै बस्तीको घरघरमा खानेपानी पुर्याउने काम अबको कार्यकालमा गरिने नेता बस्नेतले बताउनु भयो । मध्यपुरमा अब हिलोमा हिड्न नपर्ने गरि मदन सुन्दरले बिकास गरेको बताउदै उहाँले सम्पदा बस्तीमा ढुङ्गा छापेको, सम्पदाको संरक्षण गरेको भन्दै उहाँले उपत्यकामा सम्पदा संरक्षण गर्ने एकमात्र थिमि रहेको भन्दै कोरोनाको महामारीमा मेयर श्रेष्ठले नेपाल कोरिया मैत्री अस्पतालले नमूनाको काम गरेको कसरी जनताले बिर्सनु उहाँले प्रश्न गर्नु भयो । काठमाडौंको रानी पोखरी मात्रै होइन थिमिको दुई पोखरी, काठमाडौंको धरहरा मात्रै होइन थिमिको मन्दिर, यहाँका दरबार, पाटी पौवा, एमालेकै पालामा बेनको भन्दै उहाँल् दोश्रो कार्यकालमा मध्यपुरमा एमालेले खानेपानी, ढल, र बाँकी रहेको काम गर्ने बताउनु भयो ।अहिलेको गठबन्धन काँग्रेस सिध्याउने गठबन्धन भएको बताउदै उहाँले काँग्रेसले ६० प्रतिशत लिएर ४० प्रतिशत गुमाइसकेको, प्रचण्डले र माधव नेपालले हारिसकेको भन्दै गठबन्धनका बिरुद्ध एमाले एक्लै पनि बलियो शक्ति रहेको उहाँको भनाइ थियो । यहाँले थिमिका युवालाई अब तीन दिन सचेत भएर रहन र चनाखो भएर रेकी गर्न निर्देशन दिदै भन्नुभयो, “धकारी भरि धान छ भनेर चुप लागेर बस्नु हुदैन, त्यो धानमा घुन, पुतली लाग्न दिनु हुदैन, राती आउँलान, प्रलोभन देलान, लोभलालच दिएर भड्काउलान्, त्यस्ता आए भने लखेट्नसु्, मतदानदेखि मतगणना सम्पन्न नभएसम्म चनाखो रहनुस् ।” नेकपा एमालेका जिल्ला अध्यक्ष बचन देउजाले मध्यपुरथिमिको समग्र विकासमा एमालेको बिकल्प नभएको भन्दै अबको पाँच वर्ष बहुमत सहित मध्यपुरमा एमालेलाई जनताले काम गर्न दिने अवसर प्रदान गर्न सूर्यमा मतदान गर्नु पर्ने बताउनु भयो । मेयरका प्रत्यासी मदन सुन्दर श्रेष्ठले अल्पमतमा हुँदा त थिमिको बिकासलाई नेपाल भरका नगरपालिका मध्ये उत्कृष्ठ तेश्रोमा पार्न सफल भएको बताउदै अब बहुमत सहित नगर पालिका चलाउँदा जनताको आवश्यकता पुरा गर्ने गरि विकास गर्न सकिने बताउनु भयो । एमालेबाट मेयर उम्मेदवार श्रेष्ठले भन्नुभयो, “मेरो पहिलो कार्यकाल सम्पदाको संरक्षणलाई उच्च प्राथमिकता दिए, अबको दोश्रो कार्यकाल सम्पदा बस्ती र सम्पदाको क्षेत्रका नगरदेशमा सिद्धि गणेशमा सुनको छानो हाल्ने, ज्यापू संग्रहालय बनाउने लगायतका बाँकी रहेको २० प्रतिशत कामलाई पूर्णता दिनेछु भने नयाँ बस्ती र शहरीकरुणा लागि ८० प्रतिशत लगानी गरेर नयाँ तथा पुराना बस्तीको बिकास, खानेपानी, ढल, सडक, पूर्वाधारका क्षेत्रमा जनचाहना र आवश्यकता अनुसार काम गर्ने प्रतिबद्धता व्यक्त गर्दछु ।” उहाँले विगत पाँच वर्ष सम्पदा संरक्षणमा अबको पाँच वर्ष १ देखि ९ वडासम्मका समग्र बिकास बाहेक अरुमा आफ्नो ध्यान नजाने बताउनु भयो । कार्यक्रममा उपमेयरको उम्मेदवार उत्तरा नेपालले मध्यपुरथिमिको नयाँ तथा पुराना बस्तीको बिकास र जनताको चाहना पुरा गर्न महिला नेतृत्वको रुपमा आफ्नो उम्मेदवारी रहेको भन्दै आफूले समग्र महिलाको प्रतिनिधित्व पनि गरिरहेको बताउनु भयो । --- # पार्टी नेतृत्वको दोहोरो चरित्र : वागमतीमा कारबाही गर्नु गलत Source: https://newskunda.com/archives/4607 Category: FEATURED NEWS, अर्थ, राजनीति, शिक्षा, समाचार, समाज Last updated: 2026-10-06 काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले पार्टीले पार्टीको नेतृत्वले पार्टी सञ्चालनमा दोहोरो चरित्र देखाएको बताउनु भएको छ । राप्रपाको एक कार्यक्रममा बोल्दै उहाँले पार्टी नेतृत्वको बोली र व्यबहारमा फरक परेको बताउनु भएको हो । राप्रपा संसदीय दलका नेता शाहीले भन्नुभयो, ‘एमालेलाई रातदिन गाली गर्या छौं, त्यहीँ एमालेसंग मिलेर चुनाव लडेका छौं, प्रदेश चाहिदैन भन्या छौं प्रदेशमै सांसद लडाएका छौं, यो कस्तो दोहोरो चरित्र हो ?’ उहाँले पार्टीका नेता र नेतृत्वको बोली र व्यबहार एउटै हुनु पर्ने बताउदै एउटै मुद्धामा कतै समर्थन र कतै कारबाही गर्नु गलत भएको बताउनुभयो । शाहीले भन्नुभयो, ‘कोशी प्रदेशमा सभामुख खाइरहेका छौं, लुम्बिनी प्रदेशमा उपसभामुख खाईरहेका छौं, गण्डकीमा राप्रपाले सरकार टिकाईराख्या छ, तर बागमतीमा कारबाही गरिरहेको छ । यो फरक र विभेद किन ?’ वागमती प्रदेशमा एमालेलाई सरकार निर्माणका लागि राप्रपाले साथ दिदाँ नेतृत्वले कारबाही गर्नु गलत भएको बताउदै उहाँले यस्ता गलत कार्यले पार्टीलाई हानी गर्ने बताउनुभयो । --- # पार्टीको जिम्मेवारी, जनताप्रतिको उत्तरदायित्व निर्वाह गर्दै सफल पारे किरण थापाले वडाध्यक्षदेखि स्वास्थ्यमन्त्रीसम्मको सफल यात्रा Source: https://newskunda.com/archives/3960 Category: FEATURED NEWS, अर्थ, राजनीति, शिक्षा, समाचार, समाज, स्वास्थ्य Last updated: 2026-08-01 काठमाडौं, १६ साउन । माननीय किरण थापा मगर वागमति प्रदेशका लागि मात्रै होईन राजनीतिक क्षेत्रमा नौलो नाम भने होईन । सामाजिक क्षेत्रदेखि राजनीतिसम्म चर्चामा रहेका वागमति प्रदेशका निवर्तमान् स्वास्थ्य मन्त्री किरण थापामगर नेकपा एमाले भित्र उदाउँदो र जिम्मेवार नेताको रुपमा परिचित हुदै आउनु भएको छ । **सामाजिक क्षेत्रमा किरण थापाको योगदान :** सामाजिक अभियन्ताको रुपमा समेत धेरै वर्षदेखि समाजमा परिचित किरण थापा सूर्यविनायक नगरपालिका वडा नं. ८ सिपाडोलमा रहेको प्रसिद्ध केदारनाथको शिर डोलेश्वर महादेव मन्दिर संरक्षण समितिको सचिव, उपाध्यक्ष हुदैँ कार्यबाहक अध्यक्षसम्मका भूमिकामा निर्वाह गर्नुभयो । त्यस अबधीमा उहाँले मन्दिरको भौतिक संरचना विकासदेखि केदारनाथको शिर घोषणा, मन्दिरमा महायज्ञको आयोजना, मन्दिरको चौतर्फीमा विकाससंगै विश्वमाझ यस मन्दिरको महत्वलाई चिनाउन उहाँको योगदानलाई कसैले बिर्सन सक्दैन । उहाँले १० वर्ष डोलेश्वरको विकासमा अनवरत रुपमा लाग्दै मन्दिरको विकास, संरक्षण, देश तथा विदेशमा यहाँको धार्मिक मान्यतालाई पुर्याउन ठूलो भूमिका निर्वाह गर्नुभयो । सामाजिक क्षेत्रमा सक्रिय रहने क्रममा उहाँले नेपाल रेडक्रस सोसाइटीको एसस्कर सदस्य, नेपाल रेडक्रस सोसाइटी, सिपाडोल उपशाखा तीन कार्यकाल सभापति, नेपाल रेडक्रस सोसाइटी भक्तपुर शाखाको दुई कार्यकाल उपसभापति गर्दै २० वर्ष रेडक्रसमा सक्रिय रहेर सामाजिक सेवामा निरन्तर लाग्नु भएको उहाँले रोटरी क्लब अफ भक्तपुर डिस्ट्रिक मेम्बर भएर सामाजिक कार्यलाई निरन्तरता दिदै आउनु भयो । नेपाल तेक्वान्दो संघ बागमती प्रदेश कोषाध्यक्ष, सूर्यविनायक उद्योग वाणिज्य संघको अध्यक्ष, सिपाडोल क्षेत्र परोपकार समाज सूर्यविनायक नपा वडा नं. ८ सिपाडोलको संरक्षक, आफ्नो घर आश्रम सूर्यविनायक नपा वडा नं. ८ सिपाडोलको बिशेष संरक्षक र विभिन्न खेलकुद तथा युवा क्लबहरूको संरक्षकलगायत बिभिन्न सामाजिक क्षेत्रमा रहेर नागरिको सेवामा निरिन्तर लागिरहने व्यक्तित्वको रुपमा उहाँलृ आफ्नो पहिचान बनाउन सफल हुनुभयो । **महाभूकम्पदेखि कोरोना महामारीसम्म उहाँको योगदान :** पूर्वमन्त्री किरण थापा मगरले स्वास्थ्य क्षेत्रमा समेत सहयोग र आफ्ना परिकल्पनालाई साकार पार्दै आएका धेरै उदाहरणहरु छन् । स्थानीयस्तरदेखि जिल्ला र बिभिन्न निकायमा स्वास्थ्य समस्यामा पर्दै आएका व्यक्तिहरुलाई बिभिन्न रुपमा सहयोग गर्दै आउनु भएका उहाँले २०७२ सालको भूकम्पमा धेरै पीडितहरुलाई राहत, पुर्नस्थापनादेखि २०७७ सालको कोरोना महामारीको रुपमा फैलिएको कोरोना महामारीमा समेत धेरै पीडितहरुलाई निःशुल्क पीसीआर परीक्षण, स्वास्थ्य सामग्री हस्तान्तरण, अक्सिजनको व्यबस्थापन, स्वास्थ्य जोखिमको पर्वाह नगरी संक्रमितलाई अस्पताल पुर्याउने, कतिपय संक्रमितको शव व्यबस्थापनसम्ममा सहयोग पुर्याएको स्मरण अहिले पनि ताजै छन् । कोरोना महामारीमा पैदलै हिडेर काठमाडौं उपत्यका छाडेर घर फर्कनेहरुका लागि जगातीदेखि बिभिन्न ठाउँमा निःशुल्क खाना र पानीको व्यबस्था, रातीको समयमा जगातीबाट सवारी साधनको व्यबस्था गरि निःशुल्क बिभिन्न जिल्लामा पठाउने कार्यमा समेत निरन्तर सहयोग पर्याउनु भयो । कोरोना महामारीमा खाडी मुलुकदेखि बिभिन्न देशबाट फर्कने ने्पालीहरुका लागि राख्न जगातीस्थित भातेढिकुरमा १०० शैयाको होल्डिङ्ग सेन्टरको स्थापना गर्नुभयो । विदेशबाट फर्किएका दुई हजार भन्दा बढीलाई निःशुल्क खाना, बस्न र फर्किने बेलामा स्वास्थ्य परीक्षणको व्यबस्था उहाँकै नेतृत्वमा सम्पन्न भयो । सूर्यविनायक नगरपालिका वडा नं. ८ को तत्कालिन वडा अध्यक्ष एवं नगरपालिकाको सामाजिक विकास संयोजकको जिम्मेवारी सम्हाल्नु भएको उहाँको यो परिकल्पनालाई नेकपा एमालेको युवा नेता महेश बस्नेतदेखि सूर्यविनायक नगरपालिकाका प्रमुख वासुदेव थापालगायतको सहयोग र साथ पनि उत्तिकै रहयो । **कोरोनामा महामारीले जन्माएको सूर्यविनायक नगर अस्पताल :** कोरोना महामारीमा आफ्नै नगरवासीले कारोना परीक्षणदेखि उपचारसम्ममा सास्ती ब्यहोर्नु परेपछि उहाँकै परिकल्पनामा जन्मियो जगाती चोकमा सूर्यविनायक नगर अस्पताल । त्यसो नगरपालिकाले दधिकोटमा नगर अस्पताल स्थापना गरेपनि बृहत सेवा सञ्चालन हुन सकिरहेको थिएन । कोरोना महामारी जस्तो भयावह अबस्थार्ला थेग्न सक्ने अस्पतालको आवश्यकता महसुस गर्दै किरण थापाको नगर जगातीस्थित इएटा तथा टायल कारखाना रहेको खाली जग्गामा नजर ठोक्कियो र सोही जग्गामा सूर्यविनायक नगर अस्पतालक निर्माणको परिकल्पना उहाँले गर्नुभयो । त्यही परिकल्पनालाई साकार पार्न नेता महेश बस्नेतदेखि नगर प्रमुख वासुदेव थापासंगको सरसल्लाहमा उहाँहरुको साथ पाएपछि नगरपालिकाले सुविधा सम्पन्न नगर अस्पताल सञ्चालनका निर्णय पछि अस्पताल निर्माणको प्रक्रिया सुरु भयो । जग्गा प्राप्तिदेखि इँटा टायल काराखानाको एउटा ब्लक भवन लिने, जग्गा मिलाउने, नयाँ भवन बनाउनेलगायतका प्रारिम्भक चरणमा उहाँकै अग्रसरतामा काम सम्पन्न हुदै गए । महेश बस्नेतकै पहलमा आएको संघीय सरकारदेखि नगरपालिकाले विनियोजित बजेट समेतले २५ शैयाको अस्पताल भवन निर्माण सम्पन्न गरि एमाले अध्यक्ष केपी शर्मा ओलीद्धारा उद्घाटन भयो । नगरपालिकाका प्रमख अध्यक्ष रहने गरि सञ्चालन भइरहेको सूर्यविनायक नगर अस्पतालमा अहिले विरामीको चाप मात्रै बढेको छैन, वागमति प्रदेशको स्वास्थ्य मन्त्री हुँदा गत असारको बजेटमा यस अस्पताललाई ट्रमा सेन्टरको रुपमा बिस्तार गरि अस्पतालको शैया बृद्धि गरि ५० शैयाको स्वीकृत गर्ने कार्य उहाँले नै गर्नु भयो भने बजेट ब्यबस्थान, बिभिन्न उपकरण हस्तान्नरणसमेत गर्नु भयो । दधिकोटमा नगर अस्पतालको शाखा सञ्चालन गर्ने गरि नयाँ भवन निर्माणका लागि समेत उहाँले बजेटको ब्यबस्थापन गर्नुभयो । **युवा रोजगारीमा प्रोत्साहन :** युवा स्वरोजगारका लागि तालिम, सहजीकरण र लगानी प्रवर्धनमा सक्रिय रहदै आउनु भएका माननीय किरण थापामगर राजनीतिमा आउनु अगाडि देखि नै एक सफल व्यवसायी पनि हो । काठमाडौं, भक्तपुरदेखि सिन्धुपाल्चोकसम्म उहाँको व्यवसायले सफलता हासिल गरेको थियो । व्यवसायीक जीवनलाई निरन्तरता दिदै राजनीतिमा प्रवेश गर्नु भएको उहाँले अहिले पनि ५०० भन्दा युवाहरुलाई प्रतक्ष्य एवं अप्रतक्ष्य रुपमा रोजगारी प्रदान गरिरहनु भएको छ । **जनप्रतिनिधि हुदाँ प्राप्त पारिश्रमिक समाजसेवामा :** माननीय किरण थापाको सूर्यविनायक नगरपालिकामा जनप्रतिनिधि हुँदाको अर्को प्रशंसनीय कदम भनेको आफ्नो पारिश्रमिकबाट अक्षय कोषको स्थापना गरि छात्रबृत्तिको व्यबस्थाले धेरै विद्यार्थीले अध्ययनको अवसर पा्राप्त गरेका छन् । उहाँ वडाध्यक्ष हुँदा कुनै पनि सरकारी भत्ता, पेट्रोल, फोन सेवा लगायत सेवा सुबिधा नलिएको र वडाबाट प्राप्त पारिश्रमिक भने बचत गरेर एकमुष्ठ रुं १५ लाख बराबरको जगतबहादुर स्मृति अक्षय कोष स्थापना गर्नु भयो । त्यही अक्षय कोषलाई हाल ४० लाख रुपैयाँ भन्दा बढी पुर्याएर सोही कोषबाट गरिब, जेहेन्दार विद्यार्थीलाई छात्रबृत्तिको व्यबस्था गरि हरेक वर्ष गरिब, निमुखाबालबालिकालाई छात्रबृत्ति, पोशाक, स्टेशनरी सामानहरु वितरण गरि सेवा प्रवाह गर्दै आएको छ । **वडा अध्यक्षदेखि स्वास्थ्य मन्त्रीसम्म विवादरहित र सफल यात्रा : ** सूर्यविनायक नगरपालिकाका वडा अध्यक्षको पाँच वर्षे कार्यकालमा कुनै विवादमा नपरेको थापा २०७९ मंसिर ४ मा भएको निर्वाचनमा भक्तपुर क्षेत्र नं. २ (क) बाट प्रदेश सभा सदस्यमा निर्वाचित भएपछि उहाँले राजनीतिसंगै सामाजिक सेवालाई पनि निरन्तरता दिद आउँनु भयो । त्यसै क्रममा वागमति प्रदेशमा सरकार गठन गर्ने क्रममा २०८१ साउन ९ गते उहाँ पहिलो पटक वागमति प्रदेशको स्वास्थ्य मन्त्रीमा नियुक्त हुनुभयो । स्वास्थ्य प्रत्येक नेपाली नागरिकको नैसर्गिक अधिकार हो, प्रदेशका ग्रामिण एवं विकट क्षेत्रका गरिब विरामीहरुलाई सहज स्वास्थ्य सेवाको पहुँच पुर्याउने परिकल्पनालाई साकार पार्दै उहाँले गाउँ गाउँमा स्वास्थ्य उपचार सेवा पुर्याउने लक्ष्य राख्दै मन्त्री भएको पहिलो दिनमा नै महत्वपूर्ण निर्णय गर्नुभयो । देशका धेरै कुना काप्चामा अझै नागरिकले सहज स्वास्थ्य औषधि उपचार पाउन नसक्दा अनाहकमा ज्यान जाने धेरै नेपाली नागरिकको पीडा अन्त्य गर्ने र पार्टीले दिएको जिम्मेवारी विना दाग पुरा गर्ने अठोटका साथ मन्त्रीको सपथ ग्रहण गरेर पदभार सम्हाल्ने बित्तिकै जनताको पक्षमा पहिलो निर्णय गर्नुभयो । उहाँले विपन्न परिवारका प्रदेशवासी क्यान्सरपीडितलाई स्वास्थ्य उपचारका लागि एक लाख सहुलियत प्रदान गर्ने पहिलो निर्णयले क्यान्सर रोगको उपचार गराईरहेका विरामीका लागि ठूलो राहत मिल्यो । त्यस्तै २०८२ साउन १९ गतेसम्म स्वास्थ्य मन्त्रीको जिम्मेवरी सम्हालेर स्वास्थ्य क्षेत्रमा रहेका बेथितिको अन्त्य गर्दै दूर दराजमा रहेका आमनागरिकलाई स्वास्थ्य उपचारको पहुँच पुर्याउन तल्लिन रहने क्रममा सरकार परिवर्तनसंगै २०८२ साउन २० गतेबाट पुनः स्वास्थ्य मन्त्रीको रुपमा दोश्रो पटक नियुक्त भएसंगै उहाँको बाँकी रहेको जनमुखी योजनाहरुलाई कार्यान्वयनमा ठूलो टेवा पुग्यो । **स्वास्थ्य मन्त्रालय सम्हाल्दा के के भए महत्वपूर्ण काम :** दुई वर्ष स्वास्थ्य मन्त्रालयको जिम्मेवारी सम्हाल्दा पहिलो दिनको पहिलो निर्णय नै वागमति प्रदेश भित्रका विपन्न परिवारका क्यान्सर रोगीका लागि रु. एक लाख अनुदान दिने निर्णय गर्नुभयो । त्यस लगत्तै स्वास्थ्य क्षेत्रमा गाँजिएर बसेका माफियाको अन्त्य भयो । स्वास्थ्य क्षेत्रका सबै बेतिथिको अन्त्य र कानून भन्दा बाहिर कुनै काम नगर्ने मन्त्रीको अडानका कारण तिरमिराएका माफियाले धेरै प्रयास गरेपनि नसके पछि स्वास्थ्य क्षेत्रको बेतिथिको अन्त्य भयो । गाउँ गाउँमा स्वास्थ्य सेवा र औषधि एवं उपकरण पुर्याउने र उपचार नपाएर कोही पनि नागरिकले ज्यान गुमाउन नपरोस भन्ने मूल उदेश्यले दूर दराजसम्म स्वास्थ्यका कार्यक्रमहरु पुग्न थाले । **मेरो स्वास्थ्य मेरो जिम्मेवारी अभियान :** मानसिक एवम् नसर्ने रोगहरु धेरै नै बढ्दै गएको पाईयो । अस्पतालमा नसर्ने रोगका विरामीहरुको चाप निकै बढ्दै गइरहेको देखेपछि त्यसलाई रोक्नु जरुरी ठानेर त्यसका लागि अभियान सञ्चालन गर्ने उहाँको परिकल्पनालाई साकार बनाउँन नसर्ने रोग रोकथाम तथा न्यूनीकरणका लागि जिल्लास्तरीय समन्वय समिति गठन गरियो । वागमती प्रदेशका १३ वटै जिल्लामा ‘मेरो स्वास्थ्य मेरो जिम्मेवारी’ अभियान सञ्चालन गरेर बागमती प्रदेशका सबै पालिका तहमा नसर्ने रोगबारे जनचेतना फैलाउने कार्यक्रम सञ्चालन गर्नुका साथै प्रदेशवासीको स्वास्थ्य सेवा पाउने अधिकार सुनिश्चित गर्ने कार्य गरियो । **‘एक जिल्ला एक स्वस्थ सहर’ घोषणा :** वागमती प्रदेश स्वास्थ्य मन्त्रालयले प्रदेशका १३ वटै जिल्लामा ‘एक जिल्ला एक स्वस्थ सहर’ घोषणा गर्ने तयारी गरेको छ । हामीले प्रत्येक जिल्लाको एउटा सहर वा पालिकालाई स्वस्थ्य सहर बनाएर घोषणा गर्नेगरी अभियान सञ्चालन गरियो । यसका लागि प्रदेशका १३ वटै जिल्लाका जनस्वास्थ्य कार्यालय प्रमुख, जिल्ला अस्पतालका प्रमुख एवं प्रतिनिधिलगायत सरोकार भएका अभिमुखीकरण गरि घोषणाको तयारीलाई अगाडि बढाईयो । प्रदेशका प्रत्येक जिल्लामा स्वास्थ्यमैत्री वातावरण निर्माण गर्ने, स्वास्थ्यका अत्यावश्यक पूर्वाधार पु¥याउने, जिल्लाका नागरिकको स्वास्थ्य, सरसफाइ तथा जीवनस्तर अभिवृद्धि गर्ने, सहज स्वास्थ्य सेवाको पहुँच पु¥याउने गरी ‘एक जिल्ला एक स्वस्थ सहर’ निर्माण अभियानलाई अगाडि बढाउने निर्णय गर्दै मन्त्रालयले कार्यान्वयनलाई अगाडि बढायो । **ऐन संशोधन एवं नियमावली जारी :** उहाँ स्वास्थ्य मन्त्री भएपछि विगतमा झण्डै दुई वर्षदेखि निस्क्रिय रहेको प्रदेश स्वास्थ्य सेवा ऐन, २०७५ लाई संशोधन गर्न उहाँको निरन्तरको प्रयास सफल भयो र प्रदेश स्वास्थ्य सेवा ऐन, २०७५ लाई संशोधन गरी प्रदेश स्वास्थ्य सेवा (पहिलो संशोधन) ऐन, २०८१ जारी गरियो । जसले स्वास्थ्य मन्त्रालयलाई काम गर्न निकै सहज भयो । लामो समयदेखि स्वास्थ्य संस्थाहरु दर्ता हुन र नविकरण हुन सकिरहेका थिएनन् । किरण थापा स्वास्थ्य मन्त्री भएपछि प्रदेश स्वास्थ्य सेवा नियमावली, २०८१, स्वास्थ्य संस्था सञ्चालन तथा व्यवस्थापन समिति सम्बन्धी नियमावली, २०८१ स्वास्थ्य संस्थाको आशयपत्र, सेवा सञ्चालन अनुमति, नवीकरण तथा स्तरोन्नति सम्बन्धी मापदण्ड, २०८१ जारी जारी गर्न सफल भयो । त्यसैगरि मन्त्रालयले २०८१ साल श्रावण २४ गते प्रदेशको स्वास्थ्य आपूर्ति व्यवस्थापनका लागि बायोमेडिकल वर्कसप सहितको सुबिधा सम्पन्न भवन भण्डारण कक्ष सञ्चालनमा ल्याएका छौं । सबै नीतिमा स्वास्थ्य कार्यान्वयन निर्देशिका, २०८१ सार्वजनिकीकरण गरेका छौं । स्वास्थ्यका दृष्टिकोणले संवेदनशिल भई सबै किसिमका नीति तथा योजना तर्जुमा र कार्यान्वयन गर्ने विषयतगत मन्त्रालय निकाय र स्थानीय तहहरूसँग पैरवी गरेका छौ । **लामो समय रोकिएको स्वास्थ्य संस्था दर्ता र नविकरण सुरु :** ऐन तथा विनियमावली जारीसंगै लामो समयदेखि रोकिएको बागमती प्रदेशमा स्वास्थ्य संस्था दर्ता तथा नवीकरण प्रणाली (HRRS) को डिजिटल पैणाली शुभारम्भ गरियो । लामो समयदेखि सञ्चालनमा रहेका तर दर्ता र नविकरण नभएका स्वास्थ्य संस्थाहरुलाई अनिवार्य रुपमा दर्ता र नविकरण गर्न सूचना जारी गरियो । अब दर्ता र नविकरणका लागि फाईल बोकेर मन्त्रालय र कार्यालय धाउनु पर्ने बाध्यताको अन्त्य गर्दै ऐन, नियमावली र मापदण्ड बमोजिम स्वास्थ्य संस्थाको अनुमति, नवीकरण, स्तरोन्नति लगायतका कार्यहरू विद्युतीय माध्यम (स्वास्थ्य संस्था दर्ता तथा नवीकरण प्रणाली Hospital Registration and Renewal System-HRRS को पहिलो सुरुवात गरेको मन्त्री किरण थापा बताउनुहुन्छ । स्वास्थ्य क्षेत्रका अनियमिततालाई पूर्ण रुपमा हटाएर अनलाइन सिस्टमको सुरुवात गरि मापदण्ड नपुगेकालाई समय तोकेर मापदण्ड पुर्याउन निर्देशन दिने, दर्ता नकिवरण गर्न समय यौ । अटेर गर्नेलाई कारबाही गर्ने र राम्रा गर्नेहरुलाई सहयोग गर्ने नीति लिएपछि अहिले वागमती प्रदेशका स्वास्थ्य संस्थाहरुको दर्ता तथा नविकरण धमाधम भईरहेका छन् । **मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको समस्या समाधान :** उहाँ मन्त्री भएपछि लामो समय रोकिएको मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन, २०७५ संसोधन गर्न सफल भयो । उहाँका अनुसार प्रतिष्ठान ऐन, २०७५ लाई संशोधन गर्न बनेको विधेयक प्रदेश सभाबाट पारित भयो । त्यसपछि शैक्षिक शत्र २०८१/०८२ का लागि एम.डी./एमएसका ७ वटा कार्यक्रमहरू Anesthesiology, MDGP, General Surgery, Internal Medicine, Obs and Gynae, Ortho, Pediatrics मा आठ जनालाई भर्ना गरी पहिलो वर्ष अध्ययन अध्यापन शुरुवात गर्यो । त्यसपछि ०८२/०८३ मा एमबिबिएस (MBBS) ५० वटा सिट निर्धारण गरि अध्ययन शुरुवात गरेको बताउदै उहाँले चिकित्सा विद्याका चारवटा कार्यक्रम जनस्वास्थ्य, ल्याब टेक्नोलोजी, नर्सिंङ र फार्मेसी स्नातक तहको अध्यापन भैरहेको र प्रतिष्ठानमा स्नातक तहमा अध्ययनरत ३५८ विद्यार्थीलाई तलबसहित दुई वर्ष सेवा गराएर एमडी तहको पढाइ सुरु गर्ने गरि कार्य भयो । **प्रदेश जनसंख्या नीति स्वीकृति :** बागमती प्रदेशको प्रदेश जनसंख्या नीति स्वीकृति भयो । त्यसले दीर्घकालिन रुपमा कार्यक्रमहरु ल्याउन सहयोग पुग्नेछ । त्यस्तै प्रादेशिक अस्पतालहरूमा नर्सिङ प्रमाणपत्र तह कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेर तयारी गरिएको छ । यसले प्रत्येक जिल्लाका प्रादेशिक अस्पतालमा नर्सिङ तहको अध्ययन गर्ने र त्यहाँ आवश्यक जनशक्ति सोही स्थानमा परिपूर्ति गर्ने लक्ष्य प्राप्तिका लागि प्रक्रियामा अगाडि बढेको छ । **जिल्लादेखि स्थानीय अस्पतालहरुको विकासका फड्को :** मन्त्री थापाकै नेतृत्वमा प्रत्येक जिल्ला अस्पतालहरुको सवलीकरण, गुणस्तरीय सेवा बिस्तार, उपकरण मैत्री बनाउनेदेखि विभिन्न कार्यक्रमहरु सञ्चालन गरियो । आधारभूत स्वास्थ्य सेवाको सबलीकरणको लागि स्थानीय तहका आधारभूत अस्पताल तथा स्वास्थ्य संस्थाहरुलाई आबश्यक भौतिक संरचना निर्माणका कार्य, औजार उपकरण तथा जनशक्ति व्यबस्थापनको लागि स्थानीय तहमा प्रदेश सरकारबाट आबश्यक बजेटको विनियोजन गरियो । **सिटी स्क्यानदेखि एमआरआई सेवा बिस्तार :** जिल्लाका अस्पतालहरुलाई उपकरण र प्रबिधि मैत्री बनाएर नागरिकको स्वास्थ्य उपचारका लागि सकेसम्म जिल्लान्तर जान नपर्ने गरि सेवा बिस्तार गर्नेे लक्ष्यको शुभारम्भ भयो । सोही अनुरुप मन्त्री थापाले भक्तपुर अस्पतालमा सिटी स्क्यान सेवा मेशिन सञ्चालनमा ल्याउनुका साथै एमआरआई मेशिन सञ्चालनका लागि पनि तयारी गर्नुभयो । भक्तपुरको ख्वप अस्पतालमा पनि सिटी स्क्यान सञ्चालनमा ल्याउनुका साथै एमआरआई सञ्चालनको लागि चालू आर्थिक वर्षमा १५ करोड बजेटको ब्यबस्थापन गर्न सफल हुनुभयो । प्रदेशका १३ वटै जिल्लामा आवश्यकताका आधारमा प्रबिधि र उपकरणहरु हस्तन्तरण गर्ने र सेवा बिस्तार गर्ने कार्यलाई उहाँको कार्यकालमा तिब्रता पायो । **आयुर्वेद तथा वैकल्पिक चिकित्सालयको विकास :** आयुर्वेद तथा वैकल्पिक चिकित्सालयको विकास र गुणस्तरीय सेवा बिस्तारका लागि स्वास्थ्य मन्त्रालय मार्फत उहाँको प्रयास जारी रहयो । आयुर्वेद तथा वैकल्पिक चिकित्सालय, चितवन र नुवाकोटको नवनिर्मित भवनबाट २५ शैयाको अन्तरंग सेवाको शुभारम्म गरिया । उहाँले नै उद्घाटन गर्नु भएको ती सेवामा विरामीहरु भर्ना भएरै उपचार सेवा लन थालेका छन् । त्यहाँबाट स्वास्थ्य परीक्षण, विरामी भर्ना र निःशुल्क औषधि वितरणले आर्युवेदप्रतिको विश्वासमा बढ्दै गएको छ । चितवनको चिकितसालयमा विरामी भर्ना गरेरै उपचार सेवा सुरु भएको छ । आयुर्वेद तथा वैकल्पिक चिकित्सालय, मकवानपुरको भवन निर्माण सम्पन्न भएको छ भने ललितपुरको भवन निर्माण शुरुवात भएको छ । **आयुर्वेद औषधि उत्पादन सुरु :** स्वास्थ्य मन्त्री भएपछि थापाले अब प्रदश सरकारले नै आयुर्वेद औषधि उत्पादन गर्नु पर्छ भन्ने परिकल्पना र अठोटले सार्थकता पायो । आमनागरिकलाई निःशुल्क औषधि वितरण गरियो । चितवनमा रहेको आयुर्वेद तथा वैकल्पिक चिकित्सालयको नयाँ भवनबाट सेवा बिस्तार गरेसंगै त्यहीको पुरानो भवनबाट आयुर्वेद औषधि उत्पादन केन्द्र्र सञ्चालन गरि त्यहाँबाट आयुर्वेदका ‘अश्वगन्धा, सेतोपलादि, आमलवक, अविपत्तिकर, त्रिफला, निम्वादि, विल्वादि, हिङ्गवाष्टक, महासुर्दशन, पुष्यानुग’ गरी १० प्रकारक चूर्ण आयुर्वेद औषधि उत्पादन र निःशुल्क वितरण गरियो । स्वास्थ्य मन्त्रालयले अन्य थप ११ प्रकारका आयुर्वेदिक औषधि उत्पादनको लागि अनुमति प्रदान गरेसंगै थप औषधि उत्पादन सुरु गरि निःशुल्क वितरणको कार्य अगाडि बढेको छ । आयुर्वेद तथा वैकल्पिक चिकित्सालयहरूबाट विशेषज्ञ (स्त्री प्रसूति, शालक्य, शल्य, कौमारवृत्य, मानसिक स्वास्थ्य) आयुर्वेद सेवा उपलब्ध गराईएको छ । मानसिक स्वास्थ्य प्रवद्र्धन, तनाव व्यावस्थापन, योग, ध्यान तथा शिरोधारा, पूर्व कर्म पञ्चकर्म सेवा प्रवाह गरिरहेको उहाँ बताउनुहुन्छ । आयुर्वेद तथा वैकल्पिक चिकित्सालयबाट ६ महिनादेखि ५ वर्षसम्मका बालबालिकालाई स्वर्णविन्दु प्राशन कार्यक्रममार्फत सेवा दिइरहेको, अस्पताल र आयुर्वेद तथा वैकल्पिक चिकित्सालयहरू भान्साघर औषधालय कार्यक्रम र पथ्य आहार कार्यक्रम सञ्चालन भइरहेको उहाँ बताउनुहुन्छ । **अस्पतालहरुमा इएमआर लागू : ** स्वास्थ्य मन्त्रालयले सबै प्रादेशिक अस्पतालहरुमा इएमआर (EMr) लागू गर्न आवश्यक हार्डवेयरलगायतको संरचना तयारी गरेर नै त्रिशुली अस्पताल, धादिंङ्ग अस्पताल, सिन्धुली अस्पताल तथा पशुपति चौैलागाई अस्पतालमा पूर्ण रुपमा एचइआर/ईएमआर (Her/EMr) लागु गरिएको छ, उहाँकै पहलमा सबै अस्पतालमा लागू गर्ने तयारीमा गरिएको थियो । **दूर चिकित्सा सेवादेखि तालिम सञ्चालन : ** २०८२ श्रावण १६ गते तत्कालीन नेपाल सरकारका सम्माननीय प्रधानमन्त्री के.पी शर्मा ओलीको प्रमुख आतिथ्यता तथा तत्कालिन माननीय मुख्यमन्त्री बहादुरसिंह लामाको विशेष आतिथ्तामा बागमती डिजिटल हेल्थ (Bagamati Digital Health) को शुभारम्भ गरियो । त्यसैदिनबाट भक्तपुर अस्पताललाई दूर चिकित्सा सेवा (TELEMEDICINE) को हब अस्पतालका रूपमा विकास गरी सिन्धुपाल्चोकको पाँचपोखरी थाङ्खपाल गाउँपालिकाको आधारभूत अस्पताललाई भक्तपुर अस्पतालको स्पोक अस्पतालका रूपमा जोडेर सेवा प्रदान गर्ने कार्य शुभारम्भ भयो । यसलाई विस्तार गर्नु आवश्यक छ । त्यति मात्रै होईन पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानसँगको सहकार्यमा विशेषज्ञ आवासीय चिकित्सक परिचालन गरी धादिङ र सिन्धुली अस्पतालमा विशेषज्ञ स्वास्थ्य सेवा विस्तार र प्रवाह गरिएको छ । त्यस्तै समुदायस्तरमा प्राथमिक स्वास्थ्य सेवा प्रदान गर्नका लागि पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानसँग २०८१ कात्तिक २ गते सम्झौता गरी रामेछाप, दोलखा, सिन्धुपाल्चोक, सिन्धुली, धादिङ, रसुवा र नुवाकोट जिल्ला तथा प्रादेशिक अस्पतालका स्वास्थ्यकर्मीहरूलाई पाँच ब्याचमा ९२ जनालाई तालिम प्रदान गरिएको छ । **ग्रामिण क्षेत्रमा स्वास्थ्य सेवाको पहुँच बिस्तार :** गर्भवती महिलाको स्वास्थ्यको लागि ग्रामिण क्षेत्रमा तालिमसहित पोटेबल अल्ट्रासाउण्ड मेशिन बिभिन्न पालिकामा उपलब्ध गराइएको छ । थापाको कार्यकालमा उपचार भन्दा रोग लाग्नै नदिने नीतिलाई प्राथमिकतामा राखेर स्वास्थ्य सेवा विस्तार गरियो । भक्तपुर अस्पतालमा मुटुरोग सेवा बिस्तार गरेको, ख्वप अस्पतालमा अत्याधुनिक एमआरआई मेसिन जडानका लागि १५ करोड रुपैयाँ बजेट विनियोजन गरेको, सूर्यविनायक नगर अस्पताल र धादिङ्गको गजुरी अस्पताललाई ट्रमा सेन्टरका रूपमा विकास गर्न बजेट विनियोजन गरियो । **गाउँ गाउँ पुग्यो स्वास्थ्य शिविर र उपकरण :** किरण थापा स्वास्थ्य मन्त्री भएपछि गाउँ गाउँमा स्वास्थ्य शिविर, औषधि वितरणदेखि बिभिन्न उपकरणहरु हस्तान्तरण गरेर गाउँमै सामान्य उपचारसम्मको व्यबस्था गर्ने योजना अनुसार काभ्रेपलाञ्चोकको महाभारत गाउँपालिकामा पहिलो पटक ‘ग्रामिण अल्ट्रासाउण्ड’ मेशिन हस्तान्रण गरियो । जसका कारण त्यहाँका गर्भवति महिलालाई स्वास्थ्य परीक्षणका लागि टाढा धाउनु पर्ने समस्याको अन्त्य भयो । त्यहीँ मन्त्री किरण थापा, स्वास्थ्य सचिव डा. सुमित्रा गौतमसहितका स्वास्थ्यकर्मीको टिम नै पुगेर बृहत स्वास्थ्य शिविर सञ्चालन गरि स्वास्थ्य परीक्षण, औषधि वितरण र थप पचारको व्यबस्था गरियो । प्रदेशका १३ वटै जिल्लाका विकट क्षेत्रका गाउँपालिकाहरुमा पनि आधारभूत स्वास्थ्य सेवाबाट समेत कतिपय नागरिक बञ्चित रहनु परेको अबस्थालाई अन्त्य गर्दै सबै नागरिकको पहुँचमा स्वास्थ्य सेवा पुर्याउन निरन्तर लाग्दै महाभारतदेखि चितवनको ठोरी, रामेछाप, मकवानपुरको राक्सिराङ गाउँपालिका, धादिङ्गको गंगाजमुना गाउँपालिकालगायत बिभिन्न जिल्लाका दूरदराजमा आयोजना गरिएको बृहत स्वास्थ्य शिविर, एकिकृत जनस्वास्थ्य तथा पोषण प्रबद्वन अभियान–सञ्चालन गर्दाे सरकार गाउँमै पुगेको अनुभूति दिलायो । सिन्धुपाल्चोकको मेलम्चीस्थित दुवाचौरका बासिन्दालाई अब भिडियो एक्सरे गर्न लामो बाटो हिडेर सदरमुकामसम्म जानु पर्ने बाध्याताको अन्त्य गर्न एक्सरे र अल्ट्रासाउन्ड मेशिन पुर्याएर सेवा बिस्तार गरियो । वागमति प्रदेशका कोही पनि नागरिक औषधि उपचार नपाएर ज्यान गमाउनु पर्ने अबस्था नआओस भनेर जनमुखी कार्यक्रम अगाडि सारेको उहाँले बताउनुभयो । ९८ प्रकारका निःशुल्क औषधि आम नागरिकको पहुँचमा कसरी पुर्याउन सकिन्छ भनेर उहाँ लागिरहनु भयो । **टेलिमेडिसिन हवको सुरुवात :** उहाँ मन्त्री भएपछि र्ओ उपलब्धीमूलक कार्य भनेको टेलिमेडिसिन हवका माध्यमबाट प्रदेशका अस्पतालहरुमा २४ सै घण्टा विशेषज्ञ सेवा प्रदान गर्ने गरि सेवा सुरु गर्नु पनि हो । भक्तपुर अस्पताल र मदन भण्डारी स्वास्थ्य बिज्ञान प्रतिष्ठान हेटौडाबाट यो सेवाको सुरुवात गरिएको छ । क्यामरा जोडेर स्क्रिनको माध्यमबाट डाक्टरको अगाडि स्क्रिन राखी सम्बन्धित अस्पतालको विरामीको अबस्था र रोगकाबारेमा सबै जानकारी गराएर विशेषज्ञ चिकित्सकले टेलिस्क्रिन मार्फत नै निर्देश गर्दै उपचार गराउने यो सेवाको बिस्तार गर्ने गरि अगाडि बढाईयो । **डिजिटल हेल्थ सेवा शुभारम्भ :** विरामीले घरमै बसेर अस्पतालको अबस्थाबारे जानकारी लिन सक्ने डिजिटल हेल्थ सेवाको उहाँले शुभारम्भ गर्नुभयो । मोवाइल एप्स निर्माण गरि आमनागरिकले आफ्नो घरमै बसेर कुन अस्पतालमा शैया कति खाली छन्, वा छैन, आफूले खोजेको सेवाका लागि कुन अस्पतालमा सहज हुन्छ, कुन अस्पतालमा भीड छ, कुन अस्पतालमा कति विरामी छन्, टिकट छ कि छैन भन्ने जानकारी लिन सक्ने गरि वागमती डिजिटल हेल्थ शुभारम्भ गरियो । वागमती प्रदेश मन्त्रालयले एप्सबाटै १३ वटै जिल्लाको अस्पतालहरुमा दिनभर कति संख्यामा विरामी आए, आकस्मिकमा कति, ओपिडीमा कति, भर्ना भएका कति, कति फर्किए, टिकट कतिवटा गयो, कुन विरामीलाई कुन औषधि कति बिक्री भयो, कति रकम संंकलन भयो, को कर्मचारी विदामा छन्, सबै मन्त्रालय वा जुनसुकै ठउँमा बसेर पनि हेर्न गरि मन्त्रालयमा थप सेवा बिस्तार गरेको छ । **ल्याबको रिपोर्ट लिन सहजीकरण :** ल्याबका रिपोर्ट लिन अस्पतालसम्म आउन नपर्ने गरि व्यबस्थापनको सुरुवात गरेका छ । उहाँले विरामीलाई ल्याबको रिपोर्ट लिन अस्पताल धाउनु नपर्ने व्यबस्थाको सुरुवात गर्नुभयो । ल्याबको रसिद काट्दा नै रसिदमै क्यूआर कोड दिने र त्यसैबाट ल्याबको रिपोर्ट घरमै बसेर हेर्न र प्रिन्ट गरेर निकाल्न सकिने गरि व्यबस्था भएको छ । मन्त्रालयले अस्पतालको सेवामा सेवाग्राहीले गुनासो राख्न सक्ने गरि इगुनासो (egunaso) एप्स् पनि सार्वजनिक गर्ने र सेवाग्राहीले घरमै बसेर क्यूआर कोडबाटै गुनासोको फोटो, भिडियो, अडियो, अक्षर लेखेर र आवाजबाट गुनासो पठाउन सकिने गरि कार्य अगाडि बढाएको छ । प्रदेशस्तरीय अस्पतालहरुमा फास्टट्रयाक ओपिडी सेवा पनि सञ्चालनमा ल्याउने तयारी गरिएको छ । मन्त्रालयले वागमती प्रदेश भरिका पत्रकारहरुलाई स्वास्थ्य बिमामा समेट्ने गरि कार्यक्रम अगाडि सारेका छ । **प्रदेशस्तरीय ल्याब भक्तपुरमा स्थापना :** धुलिखेलमा निस्क्रिय अबस्थामा रहेको वागमति प्रदेशस्तरीय ल्याबलाई भक्तपुरको सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक विद्यालयका पुरानो भवनमा सारेर पूर्ण रुपमा सञ्चालनमा ल्याएको छ । धुलिखेलमा राखिएको ल्याब पूर्ण रुपमा सञ्चाना आउन नसक्दा अन्तर्राष्ट्रियस्तरको गुणस्तरयुक्त उपकरणहरु जडान गरेर प्रदेशभरीका स्वास्थ्य संस्थाहरुको ल्याबका सम्पूर्ण परीक्षण यहीबाट सञ्चालन गरिएको छ । ल्याबको दर्ता, नविकरण पनि सूचारु गरिएको छ । ल्याबको आफ्नै भवन निर्माणका लागि जग्गा उपलब्ध गराएर चार रोपनी क्षेत्रफलमा आफ्नै भवन निर्माण कार्य सुरु गरेका छौं । **बिभिन्न अस्पतालमा डायलासिस सेवा सञ्चालन :** किरण थापा स्वास्थ्य मन्त्री भए लगत्तै वागमती प्रदेश १३ वटै प्रादेशिक अस्पतालमा डायलासिस सेवा बिस्तार गर्ने उदेश्यका साथ प्रदेश सरकारले खरिद गरेको १६ वटा डायलासिस मेशिन बिभिन्न अस्पतालहरुमा जडान गरेर सेवा सूचारु गरिएको छ । बाँकी रहेका रसुवा, काठमाडौंको टोखा अस्पतालमा पनि डायलासिस मेशिन जडान गर्ने गरि तयारी गरिएको छ । **एक जिल्ला, एक स्वस्थ सहर अभियान सुरु :** नसर्ने रोग विकराल बन्दै छ, त्यसबाट आमनागरिकलाई जोगाउन मन्त्रालयले यस वर्ष मेरो स्वास्थ्य, मेरो जिम्मेवारी, एक घण्टा मेरो लागि अभियान सञ्चालनमा ल्याएका छ । त्यस्तै “एक जिल्ला, एक स्वस्थ सहर” र “एक स्थानीय तह, एक नमुना स्वास्थ्य संस्था” जस्ता कार्यक्रम प्रदेशभर लागू गर्दै गुणस्तरीय स्वास्थ्य सेवाको पहुँच अभिबृद्धि गर्ने कार्यको सुरुवात गरिएको छं । नसर्ने रोग रोकथाम र न्यूनीकरण तथा मानसिक स्वास्थ्य प्रवर्धन सम्बन्धी प्रदेशस्तरीय तथा जिल्लास्तरीय समन्वय समन्वय समितिहरु गठन गरि क्रियाशील बनाइएको छ । **एक विद्यालय एक नर्स :** ‘एक विद्यालय एक नर्स कार्यक्रम’ प्रदेशका सबै विद्यालयमा पुर्याउने लक्ष्यका साथ हामी किरण थापा आफै सक्रिय हुनुभयो । कक्षा १२ सम्म अध्ययन अध्यापन हुने विभिन्न माध्यमिक विद्यालयमा करार सेवामा नर्सहरुलाई लिएको छ । अहिलेसम्म करिब ९०० सामुदायिक विद्यालयमा नर्स पठाउनुको साथै यसलाई बिस्तार गरेर सबै विद्यालयमा नर्स पुर्याउने लक्ष्य लिएको छ । विद्यालयमै नर्सबाट स्वास्थ्य सेवा पाएपछि शिक्षण सिकाई उत्प्रेरणा मिलेको र विद्यार्थीको स्वास्थ्य अवस्थाको नियमित परीक्षणले पठनपाठन सहजता हुने गरेको पाईएको छ । **किरण थापाको कार्यकालमा मन्त्रालयले गरेका अन्य काम : ** किरण थापा स्वास्थ्य मन्त्री भएर आए पछि मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौँडा अस्पताल, भक्तपुर अस्पताल, त्रिशुली अस्पताल, धादिङ अस्पताल र रसुवा अस्पतालमा जेष्ठ नागररक वार्ड सञ्चालन ल्याईयो । काठमाडौँ, भक्तपुर, ललितपुर, चितवन र मकवानपुरका १५ स्थानमा खुल्ला व्यायामशाला स्थापना गरिएको छ । चाौतारा अस्पताल, सिन्धुपाल्चोक, हेटौँडा अस्पताल, मकवानपुरमा मानसिक वार्ड स्थापना भई अन्तरङ्ग सेवा समेत सञ्चालन ल्याएको थियो । भक्तपुर अस्पतालबाट अल्जाइमर्ससम्बन्धी सेवा सुरु हुनुको साथै भक्तपुर अस्पतालमा नयाँ अपरेटिङ ब्लकको सुरुवात भई अस्पतालको क्षमता ७५ बाट १८६ बेडमा विस्तार गरेका छौं । भक्तपुर, त्रिशुली र सिन्धुली अस्पतालमा सिटी स्क्यान मेसिन जडान गरी सेवा सञ्चालन गरेका छौं । हेटौँडा, सिन्धुली, त्रिशुली र भक्तपुर अस्पतालमा छिट्टै जलन (बर्न) उपचार सेवा सञ्चालन गर्ने तयारी गरियो । गर्भवती महिलाको स्वास्थ्य सेवा सहज बनाउन ग्रामीण क्षेत्रमा तालिमप्राप्त जनशक्तिसहित पोर्टेबल अल्ट्रासाउन्ड मेसिन उपलब्ध गराईयो । **महिला स्वास्थ्य स्वयंसेविकालाई प्रोत्साहन : ** मन्त्रालयले स्वयंसेविकाहरुलाई प्रोत्साहनका कार्यक्रमहरु ल्यायो । महिला सामुदायिक स्वास्थ्य स्वंयसेविका दिवसको अवसरमा प्रत्येक स्वयंसविकाहरुलाई नगद पाँच हजार र सञ्चारको लागि थप एक हजार गरि ६ हजार रुपैयाँ सम्मान स्वरूप प्रदान गरियो । **प्रादेशिक अस्पतालहरुमा थप सेवा बिस्तार : ** थापा मन्त्री भएर आएपछि धेरै सेवाहरु बिस्तार भए । धेरै सेवाकाबारेमा माथि उल्लेख भइसके । बागमती प्रदेश सरकारले प्रतिबद्धता गरेको क्यान्सर रोगको उपचारमा थप ५० हजार रुपैयासम्म सहुलियतका लागि प्रदेशभर रहेका बिभिन्न १८ वटा अस्पतालहरूसँग सम्झौता गरी उपचारमा सहुलियत प्रदान गरिएको छ । हृदयघात रोगको उपचारका लागि सहुलियत प्रदान गरिएको छ । त्यस्तै गरि चितवनको बकुलहर रत्ननगर अस्पताल, धादिङ अस्पताल, भक्तपुर अस्पताल, हेटौँडा अस्पताल र त्रिशुली अस्पतालमा Digital Mammography Machine बाट स्तन क्यान्सरको स्क्रिनिङ्ग सेवा सुुरुवात भएको छ । महिलाको स्तन क्यान्सरको पहिचानमा धेरै सहज भएको छ । त्यसैगरि मेथिनकोट अस्पतालमा शल्यक्रिया सहितको प्रसूति सेवा सुरुवात भएको छ । त्यस्तै त्रिशुली अस्पताल, नुवाकोटमा सिटी स्क्यान सेवा प्रवाह गरिएको छ । नुवाकोट, काभ्रेपलाञ्चोक, भक्तपुर, सिन्धुली, धादिङ र सिन्धुपाल्चोक जिल्लामा विशेषज्ञ आँखा शिविरबाट सेवा प्रवाह गरिएको छ । त्यस्तै भक्तपुर अस्पतालमा Stroke Management सहित न्यूरोलोजी सेवा आरम्भ भएको छ । भक्तपुर अस्पतालबाट अल्जैमर्श सम्बन्धी सेवा प्रवाह भएको छ । भक्तपुर अस्पतालमा दुई सेट, बज्रबाराही चापागाउँ अस्पताल, टोखा चण्डेश्वरी अस्पताल, बकुलहर रत्ननगर अस्पताल, चौतारा अस्पताल, पशुपति चौलागाइ स्मृति अस्पताल र धादिङ अस्पतालमा आठ सेट एनेस्थेसिया वर्क स्टेशन व्यवस्थापन गरेका छौं । **अस्पतालहरुमा डायालासिस सेवा विस्तार :** भक्तपुर अस्पताल, धादिङ अस्पताल, त्रिशुली अस्पताल, बकुलहर रत्ननगर अस्पताल र मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौँडा अस्पतालमा जम्मा १६ वटा डायालासिस मेसिन थप गरी सेवा विस्तार गरिएका छौं । मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौँडा अस्पतालमा मुटु रोगसम्बन्धी विशेषज्ञ सेवा प्रारम्भ गरेका छौं । भक्तपुर अस्पतालमा मुटु सेवा बिस्तार गरेका छौ । मुटुको स्पेशल सेवा प्रवाह गर्ने कार्यक्रम ल्याएका छौं । **ट्राफिकलाई लागूपदार्थ सेवन परीक्षण किट हस्तान्तरण : ** सडक दुर्घटना न्यूनीकरण तथा लागू पदार्थको सेवन नियन्त्रण गर्न वागमती प्रदेश राजमार्ग सुरक्षा तथा ट्राफिक व्यबस्थापन समितिलाई १ हजार ३४० थान र जिल्ला प्रशासन कार्यालय मकवानपुर मार्फत जिल्ला ट्राफिक कार्यालय, मकवानपुरलाई ५०० थान लागूपदार्थ सेवन परीक्षण किट हस्तान्तरण गरेका छौं । आगामी आर्थिक बर्षमा दुर्घटनाका घाइतेको आकस्मिक उपचारको लागि धादिंङ्गको बैरेनी अस्पताल तथा भक्तपुरको सूर्यविनायक नगर अस्पतालमा लेबल पाँचको ट्रमा सेन्टर स्थापनाको लागि बजेट व्यबस्थापन गरेका छौं । **शैक्षिक कार्यक्रम सञ्चालन :** एकदमै छ, चिकित्सा विद्याका स्नातक तहका चारवटा कार्यक्रम (जनस्वास्थ्य, ल्याब टेक्नोलोजी, नर्सिङ र फार्मेसी) सञ्चालन भई ३५८ जना विद्यार्थी अध्ययरनत छन् । मदन भण्डारी स्वास्थ्य बिज्ञान प्रतिष्ठानबाट आठ वटा शैक्षिक कार्यक्रम सञ्चालनमा ल्याएको छ । **विपद जोखिम न्यूनिकरणका लागि कार्य सुरु : ** विपद जोखिम न्यूनिकरणका लागि स्वास्थ्य मन्त्रालयले प्रदेशस्तरीय द्रुत प्रतिकार्य समितिको सक्रियतामा ५९ वटा स्थानीय तहको द्रत प्रतिकार्य समिति (RCC) र द्रुत प्रतिकार्य समितिका समूह (RRT) लाई अभिमुखिकरण गरेका छौं । STAR (Strategic Toolkit for Assessing Risk को प्रयोग मार्फत बहुप्रकोपीय स्वास्थ्य विपद् जोखिम मूल्यांकन कार्यशाला गरी प्रतिवेदन तयार गरेका छौं । साथै आकस्मिक चिकित्सकीय समूह (EMT) परिचालन गरिएको छ । त्यस्तै अस्पतालहरूमा अस्पताल विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना (HDPRP) र जिल्ला तथा स्थानीय तहमा स्वास्थ्य विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना विकास तथा अद्यावधिक गरेका छौं । अस्पतालहरूमा आपतकालीन अवस्थाको व्यवस्थापनको पूर्वतयारी स्वरुप ड्रिल (Drill) अभ्यास गरेका छौं । प्रादेशिक स्वास्थ्य आपतकालीन कार्यसञ्चालन केन्द्र (PHEOC) बाट महामारिजन्य रोगहरू (डेङ्गी, कोभिड, हैजा) को दैनिक प्रतिवेदन तथा मिडिया मनिटरिङ गरेका छौं । २०८१ असोजको बाढी पहिरो पश्चात् Health Resources and Services Availability Monitoring को प्रयोग गरी स्वास्थ्य संस्थाहरूका क्षति लेखाजोखा गरिएको छ । विपन्न वर्गका लागि थप कार्यक्रम ः मन्त्रालयले सिमान्तकृत, लोपोन्मुख, आश्रममा आश्रित, अपाङ्गता (ख) वर्गका व्यक्ति र महिला सामुदायिक स्वास्थ्य स्वय ंसेविकाहरूको परिवारलाई स्वास्थ्य बिमामा आबद्ध गरी प्रिमियम बापत स्वास्थ्य बिमा बोर्डलाई भुक्तानी गर्ने कार्यको शुभारम्भ गरियो । त्यस्तै प्रदेशका स्थायी बासिन्दाको उपचारमा लाग्ने रक्त सञ्चार प्रयोग हुने ब्लड व्याग बापतको रकम मन्त्रालयले भुक्तानी गरेर जनतालाई निःशुल्क सेवा प्रवाह गर्ने कार्य गर्यो । सामाजिक सेवा इकाइ मार्फत विपन्न र असहाय र बेवारिसे, विपदका घाइते लगायतका लक्षित वर्गलाई निःशुल्क उपचार व्यवस्थापन भइरहेको छ । **अस्पतालहरुमा जनशक्ति थप :** प्रदेशका १३ वटै अस्पतालहरूमा दक्ष चिकित्सक र स्वास्थ्यकर्मीको आवश्यक जनशक्ति थपेर सेवा बिस्तार गर्दै सवालाई गुणस्तरीय र सहज बनाईएको छ । अस्पतालहरूमा विशेषीकृत सेवा, आवश्यक उपकरण र संरचना विस्तारका कार्य अगाडि बढाएको छ । स्वीकृत गरी दरबन्दी थप्ने, अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीहरूको दोहोरो चाप कम गर्दै सेवाको गुणस्तरमा सुधार ल्याउने कार्य गरिएको छ । भक्तपुर अस्पतालको नयाँ भवनका लागि प्रदेश सरकारले बजेटको व्यबस्था गरेका छ । भक्तपुर र सिन्धुली अस्पतालमार्फत आवश्यक जनशक्ति उत्पादनका लागि नर्सिङ कलेज सञ्चालन गर्ने तयारी गरिएको छ । **नसर्ने रोगका न्यनिकरणका कार्य : ** प्रदेशमा मृत्यु हुनेमध्ये ७१ प्रतिशत नसर्ने रोग र २९ प्रतिशत संक्रमणजन्य रोगका कारण हुने तथ्याङ्क रहेको छ । त्यसैले यसतर्फ सचेत नीतिहरू अपनाउदै नसर्ने रोग न्यूनिकरणका कार्यक्रमहरु अगाडि बढाएको छ । डिजिटल हेल्थ, टेलिमेडिसिन तथा नसर्ने रोगको निःशुल्क औषधोपचार सेवा सञ्चालन गरि भौतिक पूर्वाधार निर्माणमा अगाडि बढेको छ । नसर्ने रोग नियन्त्रण तथा मानसिक स्वास्थ्य प्रवद्र्धनका लागि प्रदेश तथा जिल्ला स्तरीय समन्वय समिति गठन गरि काठमाडौँ, भक्तपुर, चितवन र मकवानपुरका १५ स्थानमा खुला व्यायामशाला स्थापना गरेका छौं । **ग्रामिण क्षेत्रमा स्वाथ्य सेवा :** वागमती प्रदेशका १३ जिल्लाका दुर्गम स्थानहरूमा एकीकृत जनस्वास्थ्य तथा पोषण प्रबर्धन अभियान तथा विशेषज्ञ शिविर सञ्चालन गरी करिब सात हजार भन्दा बढिलाई सेवा प्रदान गरेका छौं । चितवन जिल्लाको माडी खैरहनी र रत्ननगर नगरपालिकामा सिकलसेल एनिमिया र थालेसेमियाको १६०२ जनाको निःशुल्क परीक्षण गगरेको छ । नेपाल सरकार र स्थानीय तहहरूसँगको सहकार्यमा किशोरीहरूलाई पाठेघरको क्यान्सर विरुद्ध Human Papilloma Virus खोप अभियान सञ्चालन गरी प्रदेशका करिब २ लाख ६० हजार जना किशोरीहरुलाई खोप लगाईएको छ । सहरमा मात्रै होईन, गाउँ गाउँ र दूर दरजका नागरिकले औषधि र उपचार नपाएर ज्यान जानु पर्ने अबस्थाको अन्त्य गर्दै स्वास्थ्य सेवाको पहुँच विस्तार गरिहरेको किरण थापा बताउनु हुन्छ । **मुख्यमन्त्रीको चर्चा :** वडाध्यक्षदेखि वागमती प्रदेश सभा सदस्य हुदै स्वास्थ्य मन्त्रीको जिम्मेवार सम्हाल्दा किरण थापा बेदाग निस्किएका छन् । उनको कार्यशैली, जनताप्रतिको उत्तरदायित्व, पार्टीप्रतिको वफादारिता र सबैसंग मिल्न सक्ने र कसैप्रति विभेद नराख्ने व्यक्तित्वको रुपमा परिचित किरण थापा यतिखेर वागमति प्रदेशको मुख्यमन्त्रीको चर्चाको शिखरमा रहेका छन् । केहीले पार्टी अध्यक्ष केपी ओलीको आर्शिवाद प्राप्त व्यक्तित्व भनिरहदाँ र केहीले राप्रपाबाट आएको व्यक्तित्व भन्दै भक्तपुरका मात्रै नभई सिंगो वागमति प्रदेशका एमालेजन भने किरण थापा पार्टीको सच्चा सिपाही भएको व्याख्या गरिरहेका छन् । देशमा विपद पर्दा जनताको सहयोगका लागि अग्रमोर्चामा उभिने र पार्टीलाई संकट पर्दा जस्तोसुकै जोखमको सामना गर्न तयार हुने व्यक्तित्व भएकै कारण जनता र पार्टीमा धेरैको मन जित्न सफल भएका हुन् । पार्टीमा लामो समय काम गरेका नेता भन्दा करिब १५ वर्ष अगाडि एमालेमा आएर पार्टीभित्र बफादार, पदमा रहदाँ ईमान्दार र विवादरहित व्यक्तित्वको छबि बनाउन सफल भएकाले मुख्यमन्त्रीमा उहाँ निर्बिकल्प भएको एमालेका स्थानीय तहका नेतादेखि केन्द्रीय नेता एवं पदाधिकारीहरु बताउँछन् । यसबारेमा स्वयं किरण थापा भने आफू पार्टीको सिपाही भएकाले पार्टीले दिएको कुनै पनि जिम्मेवारीलाई इमान्दारीताका साथ निर्वाह गर्ने र बेदाग भएर जिम्मेवारी पुरा गर्ने बताउनुहुन्छ । --- # पुराना डुङ्गाले फेवातालमा बढ्दो जोखिम Source: https://newskunda.com/archives/2648 Category: FEATURED NEWS, अर्थ, जीवन शैली, समाचार, समाज Last updated: 2023-03-19 खरा, ५ चैत : फेवातालमा साइँली, डुङ्गा सलल सम्झनामा तिम्रो तस्बिर झलल ...... स्वर : शिव परियार, सङ्गीत : रामचन्द्र काफ्ले, रचना : किरण घिमिरे । पर्यटकीय नगरी पोखराको गहनाको रूपमा लिइन्छ फेवाताललाई । फेवाताललाई लिएर निकै सुन्दर गीत साहित्य सृजना भएका छन् । आन्तरिक तथा बाह्य पर्यटकको उत्कृष्ट गन्तव्यको रूपमा रहेको फेवातालमा डुङ्गा सयर गरेर पर्यटकले निकै आनन्द लिने गर्दछन् । जति हेरे पनि नथाकिने फेवातालको सुन्दरतामा माछापुच्छ्रेको छाँया प्रकृति प्रेमीका लागि निकै लोभलाग्दो दृश्य हो । फेवातालमा डुङ्गामा सयर गर्दै माछापुच्छ्रेलगायतका हिमशृङ्खलाको सुन्दर दृश्य तालमा हेरेर फर्कन पर्यटक निकै लालयित हुने गरेको पाइन्छ । यद्यपि पछिल्लो समय भने यही सुन्दर ताल छेउमा अस्तव्यस्त पुराना डुङ्गाले फेवातालको सुन्दरतालाई घटाइरहेको छ । लामो समय भएका काठका डुङ्गा ताल किनारमा बेवारिसे अवस्थामा रहँदा तालको सुन्दरतामा असर पारिरहेको बताउनुहुन्छ लेकसाइड निवासी साहित्यकार लक्ष्मण थापा । “फेवातालको सुन्दरता बेचेर धेरै बाँचेका छन्, पोखराको गहना फेवातालको छेउछाउमा पुराना डुङगालाई बेवारिसे छोडिनु गैरजिम्मेवारपन हो । यसले फेवातालको सुन्दरतासँगै ताल पुरिने जोखिम पनि बढाउँदै लगेको छ”, उहाँले भन्नुभयो, “यसरी नै पुराना डुङगा अस्तव्यस्त छोड्ने हो भने कालान्तरमा फेवातालले आफ्नो अस्तित्व जोगाउन सक्दैन ।” फेवाताल किनारमा रहेका डुङ्गा वर्षायाममा पानीको सतह बढ्दा तालभित्र हराउने हुँदा ताल पुरिने जोखिम पनि बढ्दै गएको उहाँको भनाइ छ । योसँगै थापाले फेवातालसँगै जोडिएको भक्कल भन्ने ठाउँमा सिमपानीको चिसा खोलाले बगाएर ल्याएको माटो फेवातालमा मिसिँदा पनि ताल पुरिने जोखिम बढ्दै गएकोप्रति चिन्ता व्यक्त गर्नुभयो । फेवा डुङगा व्यवसायी सङ्गठनका अध्यक्ष बलराम गिरीले बेवारिसे अवस्थामा ताल किनारमा रहेका डुङ्गालाई वैशाख महिनाभित्र व्यवस्थापन गरिने जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “हामीले हालै बैठकबाट यही विषयमा निर्णय गरेका छौँ, चैत २० गतेबाट अनुगमन गर्छौं र वैशाख महिनाभित्र ताल किनार र तालभित्र रहेका डुङगाको व्यवस्थापन गर्नेछाँै ।” उहाँका अनुसार अहिले फेवा तालमा आठ घाटबाट (बाराही घाट, स्वीमिङ घाट, गौरीघाट, अम्मटघाट, फिस्टेलघाट, फेवाघाट, बङ्लादी घाट, पारिघाट) डुङगा सञ्चालन हुँदै आएको छ । फेवातालका लागि सातसय ६७ डुङ्गा सञ्चालित छन् । बाराही घाटबाट धेरै डुङ्गा सञ्चालन हुने गर्दछ । फेवाताल किनारमा बेवारिसे अवस्थामा रहेका करिब एक सय पचासदेखि दुई सयसम्म डुङ्गा हुन सक्ने उहाँको अनुमान छ । अनुगमनबाट सम्बन्धित डुङ्गा धनीलाई त्यसको उचित व्यवस्थापनका लागि पहल गर्न लगाउने तयारी भएको उहाँले जानकारी दिनुभयो । “हामीले डुबाएर राखेका डुङ्गालाई निकाल्ने मर्मतपछि प्रयोगमा ल्याउन मिल्नेलाई त्यहीअनुसार र नमिल्नेलाई तालबाहिर सम्बन्धित डुङ्गा धनीलाई नै व्यवस्थापन गर्न लगाउने गरी निर्णय गरेका छौँ । अब केही महिनामा ताल छेउमा बेवारिसे डुङ्गा देख्नुहुन्न”, गिरीले भन्नुभयो । पोखरा महानगरपालिका–६ का वडाध्यक्ष विष्णुप्रसाद भट्टराईले फेवाताल किनारमा देखिएका पुराना डुङ्गा व्यवस्थापनका लागि सम्बन्धित डुङ्गा व्यवसायीलाई एक महिनाको समय दिइएको बताउनुभयो । “फेवाताल किनारका बेवारिसे डुङ्गाको विषयलाई लिएर कुरा आएको छ, हामीले त्यसको व्यवस्थापनका लागि एक महिनाको समय दिएका छौँ, त्यो समयभित्र उहाँहरूले त्यसको व्यवस्थापन गर्नुभएन भने वडाले नै त्यस्ता डुङ्गाको व्यवस्थापन गर्नेछ ।” उहाँले डुङ्गा व्यवसायीले आफ्नो डुङ्गा प्रयोगविहीन भएपछि ताल छेउमा राख्दा तालको सुन्दरतामा असर परेकोप्रति वडाले चासो दिएको बताउनुभयो । अध्यक्ष भट्टराईले फेवातालको मुख्य स्थानमा सरसफाइका लागि दुई कर्मचारी राखेर नियमित सफाइ कार्य गरेको र ताल छेउका व्यवसायीलाई पनि ताल र आसपास क्षेत्रमा फोहर नफाल्न सचेत गराइरहेको जानकारी दिनुभयो । योसँगै वडा सदस्य पवित्र थापाको संयोजकत्वमा ‘हाम्रो सफा वैदाम’ अभियान सुुरु गरेको उहाँले बताउनुभयो । साथै ताल सरसफाइ र संरक्षणका लागि स्थानीय जलारीलाई पनि सक्रिय बनाएर कार्य गर्ने सम्बन्धमा वडाले निर्णय गरेको उहाँको भनाइ छ । --- # पूर्व राजा ज्ञानेन्द्रद्धारा तलेजु र भैरबको पूजा एवं दर्शन (फोटो फिचर) Source: https://newskunda.com/archives/2985 Category: FEATURED NEWS, अर्थ, तस्विर, धर्म/संस्कृति, राजनीति, समाचार, समाज Last updated: 2023-09-24 भक्तपुर, ७ असोज । विश्व सम्पदा सूचीँमा सुचिकृत नेपालको पुरानो ऐतिहासिक एवं पुरातात्विक सम्पदास्थल भक्तपुर दरबारस्क्वायरमा आइतबार दिउँसो १ बजेदेखिनै निकै भिडभाड थियो । १० वर्षको बालकदेखि ८० वर्षका जेष्ठ नागरिकहरु दरबारस्क्वायरको सत्तलमा हातमा नेपालको राष्ट्रिय झण्डा बोकेर बसिरहेका थिए । भीड निकै बढ्दै गयो । धिमे बाजा, नौमति बाजाहरु घन्किरहेका थिए । साँस्कृतिक महाकाली नाच नाचिरहेका थिए । लामबद्ध हजारौ नागरिकहरु दरबारस्क्वायको गेटदेखि गोल्डेन गेटसम्म बाक्लो रुपमा लामबद्ध थिए । कोहीको हातमा पुष्प गुच्छा त धेरैको हातमा नेपालका झण्डा हल्लिरहेको थियो । दरबारस्क्वायरको सिंगो प्राङ्नमा हजारौ नागरिक र उनीहरुले बोकेका नेपालको झण्डाले राताम्मे देखिन्थ्यो । खाली ठाउँ कतै थिएन, भईदेखि, मन्दिरको सिढीँ, सत्तल, पेटीँ मानिसको भिडले खचाखच भरिएको थियो । त्यो भीडमा जम्मा भएका सबैको एउटै चाहना थियो, नजिकबाट पूर्व राजालाई हेर्ने । करिब सवा तीन बजे पूर्व राजा ज्ञानेन्द्र शाहले दरबारस्क्वायमा प्रवेश गरेसँगै उनका पक्षमा नारावाजी गरेका थिए । राजा आउँ देश बचाउ, हाम्रो राजा हाम्रो देश प्राण भन्दा प्यारो छ, राजा सबैका साझा जस्ता नारा लगाएका थिए । भक्तपुरस्थित तलेजु र आकाश भैरबको पूजा एवं दर्शन गर्नु स्थानीयवासीको आग्रहलाई स्वीकार्दै आएका ज्ञानेन्द्रलाई तलेजु मन्दिरसम्म पुग्न निकै सकस भयो, त्यो भन्दा ठूलो सकस त उनको सुरक्षार्थ खटिएका सुरक्षाकर्मीलाई भयो । स्थानीय अनन्तप्रसाद धौभडेलको संयोजकत्वमा रामेश्वर थापा सदस्य सचिव रहेको आयोजक समितिका पदाधिकारीहरु, नेपाली सेनाका पूर्व जर्नेल तथा कर्णेलहरु, राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय नेता एवं पूर्वमन्त्री टंक ढकाल, राप्रपाका सहमहामन्त्री रबिन्द्रप्रताप शाह, केन्द्रीय सदस्य रामहरि थापा, जमुना थापा, मुकुन्द कार्की, भरत जंगम, रमा सिंह, प्रदेश सांसदलगायतले ज्ञानेन्द्रलाई स्वागत गरेका थिए । भक्तपुर दरबार क्षेत्रस्थित खौमा गेटबाट पैदल हिँडर भीडमा ठेलिदै गोल्डेन गेटभित्र प्रवेश गरेपछि भीडलाई रोक्न सुरक्षाकर्मीले गेटनै लाउनु पर्यो । करिब १५ मिनेट तलेजुको पूजा एवं दर्शन गरेका ज्ञानेन्द्र पैदलनै जनताको भीडलाई छिचोल्दै पाँचतले मन्दिर अगाडि रहेको आकाश भैरब मन्दिर पुगेका थिए । उनलाई हेर्न पाँचतले मन्दिरको प्रत्येक सिँटी र आसपासका घर एवं होटलका छतहरु भरिएका थिए । भैरब मन्दिरमा बेताल देवताको पुजा एवं प्रसाद ग्रहण पछि आकाश भैरबको पूजा एवं दर्शन गरेका थिए । उनलाई कार्यक्रमका संयोजक अनन्तप्रसाद धौभडेलले मन्दिरको महत्व र जात्रा पर्वकाबारेमा जानकारी गराएका थिए । मन्दिर भित्र विजयप्रसाद धौभडेललगायत पुजारीहरुले प्रसाद र भैरबको रथको प्रतिक सानो रथ प्रदान गरेका थिए । त्यसपछि बाहिरिएका ज्ञानेन्द्रलाई सवारी साधनसम्म पुग्न निकै कठिन भयो । गणतन्त्र घोषणापछि गद्दीविहीन बनेका पूर्व राजा ज्ञानेन्द्रले आज भक्तपुरको दरबारस्क्वायमा रहेको तलेजु भवानी र तौमढीमा रहेको आकाश भैरबको दर्शन एवं पुजा गर्ने आउने क्रममा उर्लिएको जनताको भीड यसअघि सायदै कुनै राजनीतिक दलको कार्यक्रम देखिएको थिएन । **होटलमा ज्ञानेन्द्रको स्थानीयसँग तीन घण्टा लामो भेट :** तलेजु भवानी र भैरवानाथको दर्शन पछि पूर्वराजा ज्ञानेन्द्रले सल्लाघारी स्थित होटल ग्रीनल्याण्डमा जनतासँग भेट गरेका थिए । करिब तीन घण्टा भन्दा बढी भेटमा बिताएका उनले ५०० भन्दा बढीसँग भेट गर्दै भक्तपुरवासीकोे आवाज सुनेका थिए । भेटने अधिकांशले उनलाई देश जेगाइदिन आग्रह गरेका थिए । भेट अबधीभरसँगै बसेका राप्रपाका सहमहामन्त्री रबिन्द्रप्रताप शाहले भेटना अधिकांश नागरिकले देश संकटमा पर्दै गएकाले देश जोगाइदिन आग्रह गरेको बताउनु हुन्छ । देशी विदेश गलत शक्तिले देशलाई बिग्रह, बिघठन र धार्मिक एवं साँस्कृतिक द्धन्द्धमा लैजान लागेको भन्दै पूर्वराजा ज्ञानेन्द्रसँग चिन्ता व्यक्त गरेको जानकारी दिए । भेटमा पूर्व जिल्ला उपसभापति एवं राप्रपाका केन्द्रीय नेता रामहरि थापाले देश संकटमा पर्दै गएको र राजनीतिक दलका वर्तमान् नेताहरुप्रति भरोसा र विश्वास हराउदै गएकाले देश जोगाइदिन आग्रह गरेको बताए । ज्ञानेन्द्रले भने भेटमा आउनेहरुसँग गुनासो मात्रै सुनेर टाउँको मात्रै हल्लाएर आश्वासन दिएका थिए । व्यक्तिगत रुपमा ज्ञानेन्द्रले देशको वर्तमान् अबस्थाबारे केही नबोले पनि जनताको माया लागेको र भक्तपुरका जनताले आफूप्रति गरेको विश्वास देखेर निकै खुसी लागेको बताए । --- # पूर्वसचिव किशोर थापाले गरे बालेनको डोजर अभियानको प्रक्रियाको विरोध Source: https://newskunda.com/archives/2219 Category: FEATURED NEWS, राजनीति, समाचार, समाज Last updated: 2022-09-24 काठमाडौं, ८ असोज । नेपाल सरकारका पूर्वसचिव किशोर थापाले कुनैपनि आयोजना अघि बढाउँदा स्थानीय जनता र सरोकारवालाहरुको सहभागिता बिना कार्यान्वयन गर्न नहुनेमा बताएका छन् । काठमाण्डौं महानगरको डोजर अभियानको विषयमा टुकुचा खोला अतिक्रमणबारे पीडित, महानगर प्रतिनिधि, र कानून विज्ञहरुसंगको अन्तक्रिया कार्यक्रममो बोल्दै टुकुचा खोला उत्खननबारे काठमाडौं महानगरको अहिलेकोे उदेश्य ठिक रहेपनि कार्यको प्रक्रिया र योजना ठिक नभएको बताए । कानूनी रुपमा बर्षाेदेखि उक्त क्षेत्रमा बसोबास गर्दै आएका पीडितहरु सँग आवश्यक छलफल, कानुनी परामर्श लगायतका योजनाको अध्ययन र छलफल बिनै काम अघि बढाउदा समाजमा समस्या र पीडितलाई न्यायमाथि व्यङ्ग्य भएको आभास हुन नदिन सरोकारलाहरुले ध्यान दिन आवश्यक रहेको उनको भनाई छ । शहरी विकासको सन्दर्भमा टकुचा खोला कस्तो हुनुपर्ने हो र त्यसलाई कस्तो बनाउनु पर्ने हो भन्नेबारे महानगरले योजना बिनै उत्खननमा लागेको बताउदै उनले ढल र फोहरको उचित व्यवस्थापन र नदी क्षेत्रमा भइरहेको अतिक्रमणलाई ध्यान दिएर डोजर अभियानलाई अगाडि बढाउनुपर्ने बताए । ‘यो योजनाको फाईदा र नोक्सान प्रभावित क्षेत्रकै स्थानीयहरुले बेहोर्ने हुन् । टुकुटा क्षेत्रमा नक्सा पास गरी कानुनी रुपमै बसोबास गर्दै आएका पीडित र अतिक्रमण गरी बसेकाहरुसंग छुट्टा छुट्टै छलफल गरेर समस्याको समाधानतर्फ लाग्न महानगर चुक्नु हुँदैन,’ उनले बताए । टुकुचालाई सभ्य रुपमा बग्न दिन त्यसक्षेत्रमा हरियाली, अतिक्रमण मुक्त अभियान चलाउँदा समावेशी सहरी योजना बनाउँदा नगरवासीलाई महानगरको योजना स्पष्ट रुपमा बुझाउन सक्नुपर्नेमा जोड दिए । इन्जिनियर योगेश मिश्रले काठमाडौं महानगरले टुकुचा उत्खनन सुरु गर्नु पूर्व नै सम्पूर्ण अध्ययन अनुसन्धान सुरु हुनुपर्नेमा जोड दिए । टुकुचा उत्खननबारे छानविनमा कुनै कमि कमजोरी देखिन नहुनेमा जोड दिदै उनले विधि र प्रक्रिया मिलायर कानुन नमिचिने गरी जनतामो मौलिकहकमा महानगर प्रष्ट हुन आवश्यक रहेको उनको भनाई । आफू स्वयंम टुकुचा पीडित रहेको बताउँदै आफ्ना बुबाको पालामा वि.सं २०२१ मा तत्कालिन पञ्चायतबाट नक्सा पास गरी कानुनी रुपमै सो क्षेत्रमा बसोबास गर्दै आएकाले आफूहरुलाई भूमाफियामा गणना नगर्न समेत आग्रह गरेका छन् । टुकुचा आफूहरुले नमिचेको बताउदै उनले अहिलेको अवस्थामा रहेको टुकुचा वीर शमसेरको पालादेखि सोही अवस्थामा रहेको बताए । आफ्नो घर मुनी टुकुचा परेको नक्सान भएकाले आफूले जग्गा किन्दा सो कार्य गर्ने सरकारी कर्मचारी, नापीका कर्मचारीहरु माथी अनुसन्धान अघि बढाउनुपने उनको माग रहेको छ । त्यस्तै कार्यक्रममा बोल्दै जलस्रोत विज्ञ अरुणभक्त श्रेष्ठले चुडालदेविको मन्दिरको कुवाबाट निस्केको पानीमा अरु खोल्साहरु मिसियर चुनदेवि मन्दिरबाट बनेको टुकुचा उत्खनन् गर्दा वस्तुगत अनुसन्धानबाट व्यवस्थानबारे निकास दिनुपर्नेमा जोड दिए । महानगरले उत्खननको योजना अघि बढाउदा लहैलहैमा भन्दा आवश्यक परामर्श, कानुनी प्रक्रियाका बारेमा स्थानीयहरुसंग छलफल गर्न आवश्यक रहेको बताए । कानुनी राज्यमा मानव तथा मेसिनको बल प्रयोगबाट मात्रै समस्या समाधान नहुने बताउदै उनले भोट र लोकप्रियताकै आधारमा यस्ता अभियान चलाउन नहुनेमा उनको जोड रहेको छ । त्यस्तै काुनव विद भरत खरेलले व्यक्तिगत तथा नीजि सम्पत्तीको वास्ता नगरी जोडर चलाउन नहुने बताए । सरकारी सम्पत्ती अतिक्रमण मै परेको भएपनि पीडितसंग भएको नक्सा, नक्साको मूल्याङकन, तत्कालिन समयमा नक्सा प्रदान गर्ने निकायहरुसंगको छलफलबाट अभियानलाई अघि बढाउन आवश्यक रहेको उनको भनाई छ । कानुनी दायर मिचेर कसैले पनि काम गर्न नसक्ने बतउदै उनले व्यक्तिको मौलिक हकको संरक्षणबारे समेत भुल्न नहुने बताए । --- # पृथ्वी राजमार्गमा बस र विङ्गनर ठोक्किँदा १६ घाइते Source: https://newskunda.com/archives/1503 Category: FEATURED NEWS, राजनीति, समाचार, समाज Last updated: 2022-07-21 चितवन, ५ साउन : पृथ्वी राजमार्गअन्तर्गत चुम्लिङटारमा बस र विङ्गनर (माइक्रो) गाडी एक आपसमा ठक्कर खाँदा १६ जना घाइते भएका छन् । काठमाडौँबाट बझाङ जाँदै गरेको ना६ख १३४० नम्बरको बस र भैरहवाबाट काठमाडौँतर्फ जाँदै गरेको लु२ख ३५०२ नम्बरको विङ्गनर गाडी इच्छाकामना गाउँपालिका–३ मा एक आपसमा ठोक्किएको हो । दुबै सवारी साधनमा सवार यात्रुहरूको उपचारका लागि भरतपुरका विभिन्न अस्पतालमा ल्याइएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । कार्यालयका प्रबक्ता नरहरि अधिकारीका अनुसार बस चालक प्रहरीको नियन्त्रणमा रहेका छन् भने विङ्गनरका चालक घाइते भएका छन् । घटनाको थप विवरण आउन बाँकी रहेको अधिकारीले जानकारी दिनुभयो । घटना आज साँझ ५ः२० वजे भएको हो । --- # पेट्राेल, डिजल र मट्टीतेलकाे मूल्य प्रतिलिटर १० रुपैयाँले घट्याे Source: https://newskunda.com/archives/1095 Category: FEATURED NEWS, अर्थ, समाचार Last updated: 2022-06-02 काठमाण्डाै, १९ जेठ : नेपाल आयल निगमले पेट्राेल, डिजल र मट्टीतेलमा प्रतिलिटर १०/१० रुपैयाँ घटाएकाे छ । आज बिहीवार राति १२ बजेदेखि लागू हुने गरी निगमले पेट्राेल, डिजल र मट्टीतेलकाे मूल्य घटाएकाे हाे । मूल्य घटेसँगै अब पेट्रोल लिटरकाे एक सय ७० र डिजल/मट्टीतेल लिटरकाे एक सय ५३ रुपैयाँमा झरेको छ । निगम सञ्चालक समितिकाे बैठकले पेट्राेलियम पदार्थकाे मूल्य घटाउने निर्णय गरेकाे हाे । यसअघि अर्थ मन्त्रालयले उद्याेग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई पत्र पठाएर पूर्वाधार कर घटाएर मूल्य समायाेजन गर्न भनेकाे थियाे । --- # पेट्रोलियम पदार्थको मूल्य बृद्धि, पेट्रोल प्रतिलिटर रु १७० पुग्यो Source: https://newskunda.com/archives/942 Category: FEATURED NEWS, निर्वाचन, राजनीति, समाचार Last updated: 2022-05-14 काठमाडौँ, ३१ वैशाख : नेपाल आयल निगमले आजराति १२ बजेदेखि लागू हुने गरी पेट्रोलिम पदार्थको मूल्य फेरि बढाएको छ । अन्तर्राष्ट्रिय बजारमा प्रशोधित तेलको मूल्य बढ्दै गएको भन्दै निगमले पेट्रोल, डिजेल र मट्टितेलमा साबिकको खुद्रा बिक्री मूल्यमा प्रतिलिटर रु १० ले बढाएको हो । जसअनुसार निगमको डिपो परिसरबाट १५ किलोमिटरसम्ममा पेट्रोल, डिजेल र मट्टिलेतको मूल्य क्रमशः रु १७० र १५३÷१५३ कायम गरिएको छ । एलपी ग्यास र हवाई इन्धनको मूल्य भने हाललाई यथावत् राखिएको छ । निगमले आज जारी गरेको विज्ञप्तिमा नयाँ खरिद लागत मूल्यअनुसार प्रतिलिटर पेट्रोलमा रु २३ रुपैयाँ २ पैसा, डिजेलमा रु ४० रुपैयाँ १३ पैसा घाटा रहेको तर मट्टितेलमा रु २ रुपैयाँ ८१ पैसा नाफा रहेको जनाइएको छ । हवाई इन्धनमा आन्तरिकतर्फ रु १२ रुपैयाँ ६४ पैसा र बाह्यतर्फ रु ६४ रुपैयाँ ६९ पैसा नाफा रहेको तर ग्यासमा प्रतिसिलिन्डर रु एक हजार ५० रुपैयाँ ८ पैसा घाटा रहेको जनाइएको छ । निगमलाई १५ दिनमा करिब रु पाँच अर्ब १९ करोड अझै घाटा रहेको विज्ञप्तिमा उल्लेख गरेको छ । --- # प्रतिनिधि सभामा के के भए आज दिनभर Source: https://newskunda.com/archives/2665 Category: FEATURED NEWS, राजनीति, समाचार Last updated: 2023-03-19 काडमाडौं, ५ चैत । आइतबार बसेको प्रतिनिधि सभाको बैठकमा ३ वटा विधेयक पेस भएको छ । राष्ट्रिय सभाबाट सन्देशसहित प्राप्त ‘अनुगमन तथा मूल्याङ्कन विधेयक २०७८’ प्रतिनिधि सभामा स्वीकृत भएको छ भने संवैधानिक परिषद्, काम कर्तव्य, अधिकार र कार्यविधि सम्बन्धी पहिलो संशोधन विधेयक २०७९ र बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक २०७९ प्रस्तुत भएको छ । यस्तै प्रतिनिधि सभा नियमावली २०७९ को मस्यौदामाथि संशोधनका प्रस्ताव पेस गर्नका लागि ७२ घण्टाको समय दिइएको छ । बैठकमा प्रस्तुत भएका संवैधानिक परिषद्, काम कर्तव्य, अधिकार र कार्यविधीसम्बन्धी पहिलो संशोधन विधेयक २०७९ र बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक २०७९ माथि नेमकिपा सांसद प्रेम सुवाल र राप्रपा सांसद ज्ञानेन्द्र शाहीले विरोधको सूचना पेस गरेका थिए । उनीहरुले दर्ता गरेको विरोधको सूचनाको सम्बन्धमा बोल्ने क्रममा सभामुख र सुवालबीच सवाल जवाफ भएको थियो भने सांसद शाहीले बोल्ने क्रममा आपत्ति जनाउँदै माओवादी केन्द्रका सांसदहरू आफ्नो सिटबाट उठेका थिए । यस्तै आजको बैठकदेखि एमाले प्रमुख प्रतिपक्षी दलको भूमिकामा आएको छ भने नेपाली कांग्रेस सत्तापक्षको सिटमा बस्न थालेको छ । **राष्ट्रिय सभाबाट प्राप्त ‘अनुगमन तथा मूल्याङ्कन विधेयक २०७८’स्वीकृत ** राष्ट्रिय सभाबाट सन्देशसहित प्राप्त अनुगमन तथा मूल्याङ्कन विधेयक २०७८’ लाई प्रतिनिधिसभाले स्वीकृत गरेको छ । सभामुख देवराज घिमिरेले राष्ट्रिय सभाबाट सन्देशसहित प्राप्त ‘अनुगमन तथा मूल्याङ्कन विधेयक २०७८’ लाई विचार गरियोस् भन्ने प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गरेका थिए । सो विधेयलाई नेमकिपा सांसद प्रेम सुवाल बाहेक बहुमत सांसदले स्वीकृत गरेका छन् । विधेयकमाथि संशोधन प्रस्ताव राख्नका लागि सभामुख घिमिरेले ७२ घण्टाको समय दिएका छन् । गत फागुन १२ गते प्रतिनिधि सभाको बैठकमा गणपूरक संख्या नपुग्दा यो विधेयकलाई निर्णयार्थ प्रस्तुत गर्न सकिएको थिएन । **सत्य निरुपणसम्बन्धी विधेयक प्रतिनिधि सभामा प्रस्तुत ** प्रतिनिधि सभामा बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग तेस्रो संशोधन विधेयक २०७९ प्रस्तुत भएको छ । बैठकमा कानुन न्याय तथा संसदीय मामिला मन्त्री समेत रहेका प्रधानमन्त्री प्रचण्डको तर्फबाट सञ्चार मन्त्री रेखा शर्माले सो विधेयक पेश गरेकी हुन् । यस्तै प्रतिनिधि सभा नियमावलीको मस्यौदा २०७९ माथि विचार गरियोस् भन्ने प्रस्ताव पनि प्रस्तुत भएको छ । मस्यौदामाथि संशोधनका लागि ७२ घण्टाको समय दिइएको छ । **प्रेम सुवालको प्रश्न–यो संसद् कि कुनै क्लब हो ?** नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवाल बोलिरहेका बेला उनको अगाडिबाट प्रधानमन्त्री प्रचण्ड हिँडेपछि उनले आपत्ति जनाए । बैठकमा प्रधानमन्त्री प्रचण्ड ढिलोगरी संसद् बैठकमा पुगेका थिए । जतिबेला सांसद सुवाल आफूले गरेको विरोधको सूचनामाथि बोलिरहेका थिए । प्रधानमन्त्री प्रचण्डको तर्फबाट सञ्चारमन्त्री रेखा शर्माले प्रतिनिधि सभामा प्रस्तुत गर्न लागेको संवैधानिक परिषद्को काम कर्तव्य र अधिकारको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक माथि सांसद सुवालले विरोधको सूचना दर्ता गरेका थिए । सो सूचनामाथि मन्त्री शर्माले प्रष्ट पारेपछि विरोधको सूचना फिर्ता लिने हो त्यसका लागि सभामुख घिमिरेले सांसद सुवाललाई समय दिएका थिए । सांसद सुवाल आफूले जुन विषयमा बोल्न समय पाएका थिए त्यसमा नबोली केही महिना अघि सप्तरी शोषिता दासलाई बोक्सीको आरोपमा निर्घात कुटपिट भएको र उनले न्याय नपाएको बताउन थाले । सभामुख घिमिरेले उनलाई आफूले समय दिएको विषयमा बोल्न ध्यानकर्षण गराएपछि सुवालले आफूले अघिल्ला बैठकमा पनि सोबारे कुरा उठाउँदा कुनै मन्त्रीबाट जवाफ नआएको बताउँदै सभामुखलाई संसद्को सदस्य जनताको प्रतिनिधि भएकोले जनताको कुरा उठाउन पाउने बताइरहेका थिए । सोही बेला उनको अगाडिबाट प्रधानमन्त्री प्रचण्ड आफ्नो सिटतर्फ गएपछि सांसद सुवालले आक्रोश व्यक्त गर्दै भन,‘संसद् सदस्य भनेको जनताको प्रतिनिधि हो । जनताको प्रतिनिधिले बोलेको विषय सरकारले सुनुवाइ गर्दैन भने यो संसदबाट प्रधानमन्त्री छनौट गर्नुको औचित्य हुँदैन । त्यसकारण संसदबाट निर्वाचित प्रधानमन्त्री हो भने संसद् सदस्यले उठाएको विषयको जवाफ आउनुपर्छ । जनता मरिरहेका छन्, किसानले मल पाइरहेका छैनन् । किन नपाउने किसानले मल ? किसानले मल नपाएपछि हामी सांसदले पनि खान पाउँदैनौँ नि चामल । (प्रचण्ड सुवालको अगाडिबाट आसनतर्फ जान्छन् ) प्रधानमन्त्री ज्यूले यसरी बोलिरहँदा अगाडिबाट क्रस गर्न पाइँदैन सभामुख महोदय । यो के हो ? यो संसद् हो कि क्लब हो ? क्लब हो भने क्लबको सामानहरू आउनुप¥यो यहाँ । गीत गाउँनेहरु आउनुप¥यो । अनि नाँच्ने गाउँनेहरु आउनुप¥यो । हैन भने संसद्को नियम त पालना हुनुप¥यो नि ।’ सभामुखले विषयवस्तुमा प्रवेश गर्न पुन आग्रह गरेपछि सुवालले आफूले विषय केन्द्रित रहेको भन्दै सिराहाको लहानमा एक व्यक्तिको हत्या भएको र गृह मन्त्रालय समेत सम्हालेका प्रधानमन्त्रीले जवाफ दिनुपर्छ कि पर्दैन भन्दै प्रश्न गरे । उनले आफूले दर्ता गरेको विरोधको सूचना फिर्ता नलिने समेत बताउँदै सांसदले उठाएको प्रश्न सरकारले दिँदैन भने त्यस्तो सरकारलाई राजीनामा गराउनुपर्ने बताए । **ज्ञानेन्द्र शाहीले संसदमा बोल्दा विरोधमा माओवादी सांसद जुरुक्क ** बैठकमा बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग तेस्रो संशोधन विधेयक २०७९ प्रस्तुत गर्ने क्रममा राप्रपा सांसद ज्ञानेन्द्र शाहीले बोल्ने क्रममा माओवादी सांसदहरूले आक्रोश व्यक्त गरेका छन् । प्रतिनिधि सभामा प्रस्तुत गर्न विरोधको सूचना दर्ता गरेका शाहीलाई सभामुखले फिर्ता लिन चाहेमा फिर्ता लिन समय दिएपछि शाहीले सो विधेयकमा मानवअधिकारको गम्भीर उल्लंघन र मानवअधिकारको उल्लंघन भन्ने कुरा उठेको र त्यसको परिभाषा अलग अलग गरिएकोप्रति आपत्ति जनाए । उनले मानव अधिकारको उल्लंघनको विषयमा हत्या राखिएको र पछाडि मानव अधिकारको उल्लंघन गर्नेहरुलाई माफी दिने भन्ने कुरा उल्लेख गरिएको भन्दै हत्या गरेपनि माफी दिने भन्दै प्रश्न गरे । उनले हिजो सरकार पक्षपनि नभएको र विद्रोही पक्षपनि नभएकोलाई क्रूरतापूर्वक हत्या गरिएको बताउँदै हत्या गर्नेलाई माफी दिने कुरा गलत भएको बताए । उनले विधेयकमा आँखामा छारो हाल्ने काम भएको मानवअधिकारको गम्भीर उल्लंघनको परिभाषाभित्र राख्नुपर्ने विषयलाई मानवअधिकार उल्लंघनको परिभाषाभित्र राखेर गलत परिभाषा गरेको आरोप लगाए । उनले भने–‘यहाँ हत्या र हिंसा गर्नेलाई खुल्लम खुला माफी दिने कुरा गरिएको छ । त्यसकारण यो परिभाषा नै गलत छ । दफा २९ को घ मा द्धन्द्धकालमा कसैले गरेको गम्भीर अपराधलाई प्रचलित कानुनअनुसार सजाय नगरी सजाय घटाउने विषय राखिएको छ । गम्भीर फौजदारी कसुरमा सजाय घटाउन पाइँदैन । यो न्याय र प्राकृतिक न्यायको सिद्धान्त विपरीत छ ।’ उनले यसो भनिरहँदा माओवादी केन्द्रका सांसद माधव सापकोटाले उठेर विरोध गरेका थिए भने माओवादीका प्रमुख सचेतक हितराज पाण्डे सहितका केही सांसदले हात उठाएर विरोध जनाए । सांसद शाही विधेयकमा पीडित र पिडकबीच सहमति भए विशेष अदालतमा मुद्दा नचली मेलमिलाप हुने विषय स्वीकार गर्न नसकिने बताए । सांसद शाही र सुवालले विरोधको सूचना फिर्ता नलिएपछि सभामुख घिमिरेलबेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग तेस्रो संशोधन विधेयक २०७९ माथिको विरोधको सूचनालाई निर्णयार्थ प्रस्तुत गरे । सांसद शाही र सुवालले दिएको विरोधको सूचना बहुमतले अस्वीकृत भएपछि सभामुखले प्रधानमन्त्रीको तर्फबाट सञ्चारमन्त्री रेखा शर्मालाई सो विधेयक प्रतिनिधि सभामा प्रस्तुत गर्न अनुमति दिएका थिए । **शान्तिप्रक्रियालाई छिट्टै टुङ्गोमा पु¥याउन सरकार प्रतिबद्ध छ : मन्त्री शर्मा ** संचार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले अन्तर्राष्ट्रिय मानवअधिकारका प्रचलित सिद्धान्त, प्रचलित कानुनका आधारमा बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग तेस्रो संशोधन विधेयक २०७९ ले आत्मसाथ गरेको बताएकी छिन् । सो विधेयकमाथि सांसदहरु ज्ञानेन्द्र शाही र प्रेम सुवालले दर्ता गरेको विरोधका सूचनामाथि उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री शर्माले नेपालको राजनीतिक परिवर्तनका लागि १० वर्षको जनयुद्ध, जनआन्दोलन, मधेस आन्दोलन, थरुहट आन्दोलनको परिणाम स्वरुप आज लोकतान्त्रिक गणतन्त्रको व्यवस्थामा रहेको स्मरण गराइन । उनले जनयुद्धका क्रममा घटेका घटनाका विषयलाई विस्तृत शान्ति सम्झौतामा संक्रमणकालीन न्यायको विषय बनाइने उल्लेख भएको र ६ महिनाभित्र टुङ्गोमा पु¥याइने उल्लेख भएपनि यसले लामो समय लिएको बताइन । सो कामलाई समयमा टुङ्गोमा पु¥याउन नसक्दा शान्ति प्रक्रियाका महत्त्वपूर्ण काम पूरा हुन नसकेको बताइन् । उनले सरकारले शान्ति प्रक्रियालाई छिटो टुङ्गोमा पु¥याउनका लागि नै सो विधेयक संसदमा प्रस्तुत गर्न लागेको बताइन् । शान्तिप्रक्रियालाई टुङ्गोमा पु¥याउन आयोग नेतृत्वबिहिन भएको उल्लेख गर्दै अघिल्लो सरकारले नै सो विधेयक अघि बढिसकेको अवस्थामा संसदको समय सकिएकोले विधेयक निष्क्रिय भएकोले केही संशोधन गरी अहिले विधेयक पेश गरेको उल्लेख गरिन् । **एमाले सचेतक महेश बर्तौलाको प्रश्न : यो कस्तो कसको सरकार हो ?** नेकपा एमालेका सचेतक महेश बर्तौलाले किसानलाई समयमा मल दिन नसक्ने यो कस्तो सरकार हो भन्दै प्रश्न गरे । प्रतिनिधि सभाको शून्य समयमा बोल्दै सांसद बर्तौलाले यो सरकार कसको हो ?भन्दै सरकारलाई प्रश्न गरे । उनले भने,‘यो सरकार कसको लागि काम गरिरहेको छ ? नेपालका किसानलाई समयमा एक बोरा मल समेत उपलब्ध गराउन नसक्ने यो सरकारले किसानको ढाड सेक्नेगरी, ढाड भाँच्नेगरी मलमा मूल्य वृद्धि गरेको छ । मलमा दिँदै आएको अनुदान कटौती गरेको छ । कहिलेबाट किसानले सरकारबाट यस खालको ज्यादतिपूर्ण अन्याय सहनुपर्ने हो ? भूमीहीन सुकुम्बासीहरुले लामो समयदेखि जग्गाधनी पूर्जा प्राप्त गर्न सकेका छैनन् । जग्गाधनी पुर्जा पाउनका लागि उनीहरुले कहिलेसम्म कुर्नुपर्ने हो ? म सरकारलाई प्रश्न गर्न चाहन्छु ।’ उनले लाखौं युवा बेरोजगार रहेको बेला उनीहरुका लागि सरकारको कुनै नीति नरहेको बताए । **‘धुर्मुस सुन्तलीले छोडेको रंगशाला सरकारले तुरुन्त बनाउनुप¥यो’ : रघुजी पन्त ** नेकपा एमालेका सांसद रघुजी पन्तले चितवनमा धुर्मुस सुन्तलीले बेबारिसे बनाएर छाडेको क्रिकेट रंगाशाला जिम्मा लिएर निर्माण गर्न आग्रह गरे । प्रतिनिधि सभाको शून्य समयमा बोल्दै सांसद पन्तले भन,‘चितवनमा धुर्मुस सुन्तलीले बनाएके रंगशाला बेवारिसे भएर बसेको छ । त्यसलाई सरकारले तुरुन्त लिनुप¥यो र त्यसलाई तिर्नुपर्ने पैसा तुरुन्त तिरेर त्यसको निर्माण सुरु गर्नुप¥यो । त्रिभुवन विश्वविद्यालयसँग समझदारी गरेर त्यहाँको रंगशालालाई बिस्तार गर्नुप¥यो र मुलपानीको रंगशालालाई बनाउँनुप¥यो ।’ उनले खेलाडीबाट अपेक्षा गर्ने खेलाडीले जितेको बेलामा एक दुई लाख रुपैयाँ दिएर अघिपछि भने सरकारले कानमा तेल हालेर बस्ने काम गरेको बताए । उनले भने,‘खेलाडीलाई जन्माउने भनेको आधारभूत संरचनाहरु, रंगशालाहरु बनाउनुप¥यो । महिला टोलीले सार्कमा जितेर आए उनीहरुले माग गरेका थिए महिलाहरुका लागि एउटा भलिबल रंगशाला बनाइदेऊ भनेर तर त्यसमा सरकारको तातो लागेको छैन । त्यसैले क्रिकेटमा हाम्रो सम्भावना छ । महिला भलिबलमा हाम्रो सम्भावना छ, सार्कमा फुटबलमा हाम्रो सम्भावना छ यस्ता सम्भावना भएका खेललाई अगाडि बढाउन सकिएको छैन ।’ **‘पत्रकार बिक्रीमा छन्’ भन्ने सभामुखको अभिव्यक्तिप्रति बैठकमा विरोध** सभामुख देवराज घिमिरेले ‘पत्रकार बिक्रीमा छन्’ भनेर दिएको अभिव्यक्तिप्रति सांसद रामहरि खतिवडाले विरोध जनाए । शुक्रवार सभामुख घिमिरेलाई भेट्न पुगेका नेपाल पत्रकार महासंघका प्रतिनिधि मण्डलसँग कुराकानी गर्दै उनले पत्रकारहरु बिक्रीमा रहेका अभिव्यक्ति दिएका थिए । आइतबारको संसद् बैठकमा बोल्दै सांसदहरुले सो अभिव्यक्तिप्रति विरोध जनाएका हुन् । नेपाली कांग्रेसका सांसद खतिवडाले व्यवस्थापिकाको प्रमुखको अभिव्यक्तिले प्रेस स्वतन्त्रतामाथि आघात पुगेको बताए । उनले सभामुखको अभिव्यक्तिले प्रेस स्वतन्त्रतामाथि आघात पुगेको भन्दै सभामुखको त्यसतर्फ ध्यानाकर्षण गराए । त्यसैगरी नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले बिक्री हुने पत्रकार कुन– कुन हुन भनेर पत्ता लगाउन सभामुखले छानबिन समिति बनाउनुपर्ने माग गरे । उनले सभामुखबाट उठेको विषय सार्वजनिक महत्त्वको विषय भएको उल्लेख गर्दै बिक्री हुने पत्रकारहरुका बारेमा छानबिन हुनैपर्ने बताए । **प्रधानमन्त्रीले भोलि विश्वासको मत लिने, सभामुखले गराए सदनलाई जानकारी :** प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भोलि सोमबार प्रतिनिधि सभामा विश्वासको मत लिने भएका छन् । प्रधानमन्त्री प्रचण्डले संविधानको धारा १०० को उपधारा २ बमोजिम र प्रतिनिधि सभा नियमावलीको व्यवस्था बमोजिम विश्वासको मत लिने प्रस्तावको सूचना दिएको सभामुख घिमिरेले जानकारी गराएका छन् । उनले भोलि दिउँसो १ बजे बस्ने प्रतिनिधि सभाको बैठकमा विश्वासको मत लिने कार्यक्रम रहेको सदनलाई जानकारी गराएका छन् । --- # प्रतिनिभि सभामा आसन परिवर्तन, प्रतिपक्षमा बस्यो एमाले Source: https://newskunda.com/archives/2662 Category: FEATURED NEWS, राजनीति, समाचार Last updated: 2023-03-19 काठमाडौं, ५ चैत । संघीय संसद्मा दलहरुको आसन परिवर्तन भएको छ । यसअघि, सत्तापक्षमा रहेका दल प्रतिपक्ष र प्रतिपक्षमा बसेका दलहरु सत्तापक्षको बेञ्चमा पुगेका छन् । आजदेखि प्रतिनिधिसभामा नेकपा (एमाले) प्रमुख प्रतिपक्षको बेञ्चमा बसेको छ । यसअघि, प्रतिपक्षमा बसेका दल नेपाली कांग्रेस र नेकपा (एकीकृत समाजवादी)ले आजैदेखि सत्तापक्षको बेञ्च पाएका छन् । मंसिर ४ मा भएको प्रतिनिधिसभा निर्वाचनबाट सरकार बनाउने म्यान्डेट नभएको स्वीकार गर्ने एमाले ६४ दिन सरकारमा बस्यो । पुस १० गते तत्कालीन पाँचदलीय गठबन्धन भत्काएर नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्री बनाएपछि एमाले सरकारमा गएको थियो । तर, राष्ट्रपति निर्वाचनसम्म आइपुग्दा सत्ता समीकरणमा फेरबदल आयो । प्रधानमन्त्री प्रचण्डले निर्वाचनअघिको पाँचदलीय गठबन्धनलाई आठदलीय गठबन्धनको रुपमा व्यूँताएपछि एमाले फागुन १५ गते सरकारबाट बाहिरिएको थियो । तर, कांग्रेस पनि प्रतिपक्षको बेञ्चमा प्रमुख भएर बसिरहँदा प्रमुख प्रतिपक्षीको विवाद हुने देखिएपछि फागुन १७ गतेका लागि बोलाइएइको प्रतिनिधिसभा बैठक आजसम्मका लागि स्थगित गरिएको थियो । यसबीचमा सत्ता गठबन्धनबाट राष्ट्रपतिमा रामचन्द्र पौडेल र उपराष्ट्रपतिमा रामसहायप्रसाद यादव निर्वाचित भइसकेका छन् । प्रमुख प्रतिपक्षको विषयमा आजको संसद् बैठकअघि नै संसद्मा देखिन सक्ने सम्भावित विवाद हल भइसकेको छ । कांग्रेसले आजैदेखि सत्तापक्षको बेञ्च रोजेको छ । पुस २६ मा विश्वासको मत दिएको एकीकृत समाजवादी पनि सत्तापक्ष बनेको छ । केन्द्रीय सत्तासँगै राष्ट्रपतिलगायतका पद गुमाएको एमाले प्रदेश सरकार गुमाउने संघारमा छ । तर, तत्कालीन चुनावी नतिजाले केही पनि पद नपाउने अवस्थामा पुगेको एमालेले केही पदहरु प्राप्त गरेकाले खासै गुनासो गर्नुपर्ने अवस्था नरहेको एमाले नेताहरु बताउँछन् । अब सत्ता राजनीतिको दाउपेचबाट बाहिर रहेर खरो प्रतिपक्षको रुपमा उत्रिने एमालेको तयारी छ । एमाले सचेतक महेश बर्तौला संसद्मा प्रतिपक्षको भूमिका कस्तो हुन्छ भन्ने आफूहरुले देखाउने बताउँछन् । उनले बाह्रखरीसँग भने, “संसदीय राजनीतिमा संसद् प्रतिपक्षको हो । हामी कस्तो हुन्छ देखिने प्रकारको भूमिका निर्वाह गर्र्छाैं । सिर्जनात्मक, रचनात्मक, संसदीय मूल्य मान्यतालाई सुदृढ बनाउने प्रकारले प्रतिपक्षको बेञ्चबाट एमालेको सशक्त प्रस्तुतीरकण रहनेछ ।” त्यस्तै, जनताको मुद्दा र संविधान कार्यान्वयनका विषयमा खबरदारी गरिने उनको भनाइ छ । “जनताका मुद्दा उठाउनेछौँ । संविधान कार्यान्वयनका लागि बनाउनुपर्ने दर्जनौँ कानुनहरु छन्, त्यसका बारेमा सरकारलाई खबरदारी गर्छौँ,” बर्तौलाले बाह्रखरीसँग भने, “संसद्प्रति सकारलाई पूर्ण जवाफदेही बनाएर नागरिक सेवा, जनउत्तरदायी प्रशासनका पक्षमा खबदारी गर्नेछौँ ।” त्यस्तै, एमाले सांसद रघुजी पन्त यसअघि कांग्रेसले प्रतिपक्षको भूमिका बिर्सिएर सत्तापक्ष बनेको आरोप लगाउँछन् । संसद्ले अब बल्ल प्रतिपक्ष पाएको उनको भनाइ छ । “कांग्रेस विश्वासको मत दिएदेखि नै सत्तापक्षमा बस्नुपर्ने हो । विश्वासको मतको कारणले मात्र होइन्, उसको भूमिका नै सत्तापक्ष जस्तो थियो,” पन्तले बाह्रखरीसँग भने, “कांग्रेसले प्रतिपक्षमा बसेर प्रतिपक्षको भूमिकालाई निस्तेज गर्यो । हामी त्यस्तो गर्दैैनौँ ।” पन्तले अब एमाले प्रतिपक्षमा बसेर सोहीअनुसारको भूमिका निर्वाह गर्ने बताउँछन् । “हामीले सरकारको समर्थन फिर्ता लिएपछि नै प्रतिपक्षमा बस्ने स्थिति बनेको हो । संसद्मा त बल्ल आजबाट स्थान परिवर्तन भयो,” उनी भन्छन्, “हामी सत्तापक्षमा हुँदा सत्तापक्षकै भूमिकामा रह्यौँ । अब प्रतिपक्षमा हुँदा प्रतिपक्षको भूमिकामा ह्ुन्छौँ ।” एमालेले प्रतिपक्षीको बेञ्चबाट जनताको हितविरुद्ध हुने कामको विरोध गर्दै संविधानको पक्षमा आवाज बुलन्द गर्ने पन्तले बताए । “प्रमुख प्रतिपक्षमा बसिसकेपछि सत्तापक्षलाई गलत काम गर्न नदिएर खबरदारी गर्ने काम हो । हाम्रो पार्टीले गम्भीरतापूर्वक गर्छ,” उनी बाह्रखरीसँग भन्छन्, “देश जनताको हितमा, संविधानको पक्षमा आवाज उठाउँछ । जनताविरुद्ध हुने कामलाई रोक्ने, खबरदारी गर्ने प्रयत्न गर्छ ।” --- # प्रत्येक नेपालीको टाउकोमा अब एक लाखभन्दा बढी राज्यको ऋण Source: https://newskunda.com/archives/5400 Category: FEATURED NEWS, अर्थ, राजनीति, समाचार, समाज Last updated: 2026-11-01 **काठमाडौं, १५ कात्तिक ।** नेपालको सार्वजनिक ऋण ३० खर्ब रुपैयाँ नाघेको छ। सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासिक (साउन–असोज) सम्म कुल सार्वजनिक ऋण ३० खर्ब ९ अर्ब ११ करोड रुपैयाँ पुगेको छ। यस आधारमा प्रत्येक नेपालीको भागमा एक लाख रुपैयाँभन्दा बढी ऋणभार परेको छ। गत आर्थिक वर्ष २०८२/८३ को अन्त्यसम्म सार्वजनिक ऋण २९ खर्ब ८१ अर्ब रुपैयाँ थियो। चालु आर्थिक वर्षको पहिलो तीन महिनामा सरकारले एक खर्ब २३ अर्ब ३२ करोड रुपैयाँ ऋण परिचालन गरेको छ। सोही अवधिमा ७७ अर्ब ७४ करोड रुपैयाँ साँवा भुक्तानी गरेको छ। विनिमय दरमा भएको परिवर्तनका कारण १८ अर्ब १६ करोड रुपैयाँ बराबरको लाभ भएपछि समग्र सार्वजनिक ऋण ३० खर्ब ९ अर्ब ११ करोड पुगेको कार्यालयले जनाएको छ। कुल ऋणमध्ये आन्तरिक ऋण १४ खर्ब १० अर्ब ३१ करोड र बाह्य ऋण १५ खर्ब ९८ अर्ब ८० करोड रुपैयाँ छ। सार्वजनिक ऋणमा आन्तरिक ऋणको हिस्सा ४६.८७ प्रतिशत र बाह्य ऋणको हिस्सा ५३.१३ प्रतिशत रहेको छ। कुल गार्हस्थ उत्पादन (जीडीपी) को तुलनामा सार्वजनिक ऋण ४५.५९ प्रतिशत पुगेको छ। यसमध्ये आन्तरिक ऋण २१.३७ प्रतिशत र बाह्य ऋण २४.२२ प्रतिशत रहेको कार्यालयको तथ्यांक छ। **६ खर्ब ५८ अर्ब ऋण उठाउने लक्ष्य** चालु आर्थिक वर्षमा सरकारले कुल ६ खर्ब ५८ अर्ब २८ करोड रुपैयाँ सार्वजनिक ऋण उठाउने लक्ष्य राखेको छ। पहिलो त्रैमासिकमा एक खर्ब २३ अर्ब ३२ करोड रुपैयाँ ऋण परिचालन भएको छ। यो वार्षिक लक्ष्यको १८.७३ प्रतिशत हो। सरकारले चालु आर्थिक वर्षमा चार खर्ब १० अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने लक्ष्य राखेकोमा असोज मसान्तसम्म एक खर्ब रुपैयाँ परिचालन गरिसकेको छ। यो लक्ष्यको २४.३९ प्रतिशत हो। त्यस्तै, दुई खर्ब ४८ अर्ब २८ करोड रुपैयाँ बाह्य ऋण उठाउने लक्ष्य राखिएकामा २३ अर्ब ३२ करोड रुपैयाँ मात्रै परिचालन भएको छ। यो वार्षिक लक्ष्यको ९.३९ प्रतिशत हो। सरकारले साउनमा २३ अर्ब ८४ करोड, भदौमा ३८ अर्ब १० करोड र असोजमा ६१ अर्ब ३७ करोड रुपैयाँ ऋण परिचालन गरेको छ। **ऋणको साँवाब्याज भुक्तानीमै तीन महिनामा करिब एक खर्ब खर्च** सरकारले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा ऋणको साँवाब्याज भुक्तानीमा ९८ अर्ब ८७ करोड ३५ लाख रुपैयाँ खर्च गरेको छ। यस अवधिमा साँवा भुक्तानीमा ७७ अर्ब ७४ करोड र ब्याज भुक्तानीमा २१ अर्ब १२ करोड रुपैयाँ खर्च भएको छ। आन्तरिक ऋणको साँवा भुक्तानीमा ६५ अर्ब १० करोड र ब्याजमा १७ अर्ब ६३ करोड रुपैयाँ खर्च भएको छ। त्यस्तै, बाह्य ऋणको साँवा भुक्तानीमा १२ अर्ब ६४ करोड र ब्याजमा तीन अर्ब ४९ करोड रुपैयाँ खर्च गरिएको छ। चालु आर्थिक वर्षमा सरकारले ऋण सेवाका लागि चार खर्ब १७ अर्ब ८८ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ। असोज मसान्तसम्म उक्त बजेटको २३.६६ प्रतिशत खर्च भइसकेको छ। यस अवधिमा पूर्वाधार विकासलगायतका पूँजीगत खर्च भने २८ अर्ब ४२ करोड रुपैयाँ मात्रै भएको महालेखा नियन्त्रक कार्यालयको तथ्यांक छ। यसले विकास खर्चको तुलनामा ऋणको साँवाब्याज भुक्तानीमा ठूलो रकम खर्च भइरहेको देखाउँछ। **एक दशकमा सार्वजनिक ऋण दोब्बरभन्दा बढी** अर्थ मन्त्रालयको तथ्यांकअनुसार पछिल्लो दशकमा नेपालको सार्वजनिक ऋण दोब्बरभन्दा बढी भएको छ। आर्थिक वर्ष २०७६/७७ सम्म मुलुकको सार्वजनिक ऋण १४ खर्ब ३३ अर्ब ४० करोड रुपैयाँ थियो। त्यसयता बढ्दै गएको ऋण अहिले ३० खर्ब नाघेको हो। सात वर्षअघि जीडीपीको ३८.०५ प्रतिशत रहेको सार्वजनिक ऋण अहिले ४५ प्रतिशतभन्दा माथि पुगेको छ। बढ्दो सार्वजनिक खर्च, वैदेशिक अनुदानमा आएको कमी र अपेक्षित राजस्व परिचालन हुन नसक्नु सार्वजनिक ऋण बढ्नुका प्रमुख कारण मानिएका छन्। विज्ञहरूका अनुसार ऋण उत्पादनमूलक क्षेत्रमा लगानी गरी प्रतिफल प्राप्त हुने अवस्था सुनिश्चित गर्न सके जीडीपीको तुलनामा ऋणको अनुपात उच्च भए पनि जोखिम कम हुन सक्छ। तर, नेपालमा ऋणको अपेक्षित प्रतिफल प्राप्त हुन नसकेको उनीहरूको विश्लेषण छ। २०८१ सालमा सरकारले गठन गरेको उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगको प्रतिवेदनले सार्वजनिक ऋणको आकार बढेअनुसार जीडीपी र राजस्व परिचालन वृद्धि हुन नसकेको उल्लेख गरेको छ। साँवाब्याज भुक्तानीको दायित्व बढ्दै जाँदा शिक्षा, स्वास्थ्य र सुरक्षाजस्ता अत्यावश्यक क्षेत्रमा बजेटको दबाब बढ्ने प्रतिवेदनको निष्कर्ष छ। **चालु र प्रशासनिक खर्चमा ऋण प्रयोग नगर्न आयोगको सुझाव** राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले आन्तरिक ऋण चालु र प्रशासनिक खर्चमा प्रयोग गर्न कडाइका साथ रोक लगाउन सरकारलाई सुझाव दिएको छ। आयोगले आन्तरिक ऋण रोजगारी सिर्जना गर्ने, दीर्घकालीन लाभ दिने र पूँजी निर्माणमा योगदान पुर्याउने आयोजनामा मात्र लगानी गर्नुपर्ने जनाएको छ। आयोगले चालु आर्थिक वर्षका लागि संघीय सरकारले जीडीपीको ५.५ प्रतिशतको सीमाभित्र रहेर आन्तरिक ऋण परिचालन गर्न सक्ने व्यवस्था गरेको छ। आयोगका अनुसार आर्थिक वर्ष २०८१/८२ मा खुद आन्तरिक ऋण परिचालन जीडीपीको १.४१ प्रतिशत मात्रै रहेको थियो। ऋण सेवाको खर्च बढ्दै गएकाले परिचालित अधिकांश आन्तरिक ऋण पुरानो ऋण भुक्तानीमै खर्च भएको आयोगको विश्लेषण छ। आयोगले आयोजनाको लागत–लाभ विश्लेषण, कुल वर्तमान मूल्य र आन्तरिक प्रतिफल दर अध्ययन गरेर लगानी गर्नुपर्ने सुझाव दिएको छ। ऋणबाट सञ्चालन हुने आयोजनाले उत्पादन वृद्धि, रोजगारी सिर्जना, आय वृद्धि, पूर्वाधार विकास र पूँजी निर्माणमा योगदान पुर्याउने सुनिश्चित हुनुपर्ने आयोगको भनाइ छ। त्यस्तै, तीनै तहका सरकारले बजेट तर्जुमा गर्दा कुन आयोजना वा कार्यक्रममा आन्तरिक ऋण परिचालन हुने हो भन्ने विवरण अनिवार्य रूपमा खुलाउनुपर्ने सुझाव दिइएको छ। सार्वजनिक ऋण व्यवस्थापन कार्यालयमार्फत तीनै तहबाट परिचालित आन्तरिक ऋण र समग्र सार्वजनिक ऋणको एकीकृत विद्युतीय सूचना व्यवस्थापन तथा प्रतिवेदन प्रणाली बनाउन पनि आयोगले भनेको छ। **सार्वजनिक ऋण पूँजी निर्माणमा खर्च नभएको महालेखाको निष्कर्ष** महालेखा परीक्षकको कार्यालयको ६३औँ वार्षिक प्रतिवेदनले सार्वजनिक ऋण पूँजी निर्माणमा पर्याप्त रूपमा खर्च हुन नसकेको औँल्याएको छ। ऋणबाट प्राप्त रकम कर्मचारी खर्च, सेवा तथा परामर्श र कार्यालय सञ्चालनजस्ता चालु शीर्षकमा समेत खर्च भएको प्रतिवेदनमा उल्लेख छ। महालेखाले विदेशी मुद्राको विनिमय जोखिम व्यवस्थापन गर्दै उत्पादकत्व बढाउने क्षेत्रमा मात्र ऋण परिचालन गर्न सुझाव दिएको छ। राजस्व असुली लक्ष्यअनुसार हुन नसक्दा आन्तरिक स्रोतमा दबाब परेको र ऋणको साँवाब्याज भुक्तानीको दायित्व बढ्दा अन्य खर्चका लागि समेत ऋणमा निर्भर हुनुपर्ने अवस्था देखिएको प्रतिवेदनको निष्कर्ष छ। महालेखाले चालु खर्चलाई वाञ्छित सीमामा राख्दै ऋण रकम प्रतिफल दिने आयोजनामा परिचालन गर्नुपर्ने सुझाव दिएको छ। --- # प्रदेश एवं संघीय निर्वाचनमा गठबन्धनको दुई तिहाई, कांग्रेस ठूलो दलः कांग्रेस उपसभापति खड्का Source: https://newskunda.com/archives/1247 Category: FEATURED NEWS, राजनीति, समाचार, समाज Last updated: 2022-06-11 भक्तपुर, २८ जेठ : नेपाली काँग्रेसका उपसभापति एवं पूर्वगृहमन्त्री पूर्णबहादुर खड्काले काँग्रेसले लिएको संकल्प पुरा गर्ने मिसनको नेतृत्व प्रधानमन्त्री शेरबहादुर देउवाले लिएको बताउनु भएको छ । आज भक्तपुरमा आयोजना भएको शहिद राधेश्याम जोन्छे स्मृति प्रतिष्ठानको दशौँ स्मृति सभा तथा छात्रबृत्ति एवं प्रमाणपत्र वितरण कार्यक्रममा बोल्दै उहाँले प्रधानमन्त्री देउवाको सबल र दृढ नेतृत्वले काँग्रेसले सफलता हासिल गरेको बताउनु भएको हो । उपसभापति खड्काले भन्नुभयो, “नेपाली काँग्रेसको उदेश्य प्राप्तिका लागि, काँग्रेसको संकल्प पुरा गर्न, काँग्रेसलाई ठूलो पाटी बनाउन र गठबन्धनसहित दुई तिहाई ल्याएर संविधान संशोधन गर्ने अहिलेको मिसनको नेतृत्व काँग्रेसले गरेको छ, पार्टी सभापति देउवाले गर्नु भएको छ ।” कुनै पनि एउटा पार्टीले मात्रै अब दुई तिहाई ल्याउन सक्ने अबस्था छैन, काँग्रेस एक्लैले पनि दुई तिहाई ल्याएर संविधान संशोधन गर्न सक्ने अबस्था छैन भन्दै उहाँले दुई तिहाईका लागि पनि गठबन्धन आवश्यक रहेको बताउनु भयो । वि.पि. कोइरालाले कम्युनिष्टसँग मिलेर कहिल्य जान हुन्न भने पनि कम्युनिष्टसँग मिलेर गणेशमान सिहंको नेतृत्वमा भएको लोकतान्त्रिक आन्दोलन सफल भएको भन्दै उहाँले अहिले पनि समय र परिस्थितिको आवश्यकतालाई हरेर कम्युनिष्टसँग गठबन्धन गर्नु परेको बताउनु भयो । उहाँले भन्नुभयो, “लोकतन्त्र बचाउन, संविधान संशोधन गर्न, बम, बन्दूक पड्काउने राजनीतिक रोक्दै शान्ति स्थापना कायम गर्न र समग्र देशको हितका लागि अहिले गठबन्धन भएको हो,यो गठबन्धनले मंसीरमा हुने संघ र प्रदेशको निर्वाचनमा दुई तिहाई ल्याउँछ ।” प्रधानमन्त्री देउवाले आफ्नो पार्टीलाई चुनौतीमा राखेर पनि सहि निर्णय लिन सक्नुहुँदो रैछ भन्ने एमसीसी पास गराएर प्रमाणित भएको भन्दै उपसभापति खड्काले भन्नुभयो, “एमसीसी पास भयो भने चुनाबमा काँग्रेस बढारिन्छ, नेपाल ध्वस्त हुन्छ, अमेरिकी सेनाले बुठ बजार्छन् भन्ने हल्ला र आन्दोलनको बीचमा चुनौती थापेर प्रधानमन्त्री देउवाले एमसीसी पास गराउनु भयो, आन्दोलनलाई शान्तिमा परिणत गराउदै बिरोधको कोलाहाललाई चिर्दै काँग्रेसले निर्णय गराएर चुनाबमा जनता माझ जादा जनताले काँग्रेसलाई ठूलो पार्टी बनाए, काँग्रेसलाई जनताले विश्वास गरे ।” जनताले फेरी पनि काँग्रेसलाई सच्चिएर जाने मौका दिएको भन्दै उहाँले विगतका गल्ती कमजोरीलाई सच्याउदै, आफूबाटै रुपान्तरण गर्दै काँग्रेसले परिकल्पना गरेको लोकतान्त्रिक समाजवाद प्राप्तिको बाटोमा सबै लाग्नु पर्नेमा जोड दिनु भयो । उपसभापति खड्काले भन्नुभयो, “जनताको विश्वासको कडिलाई काँग्रेसले अब ट्टन दिनु हुदैन, जनताको पक्षमा काम गर्दै जानु पर्छ, विगतमा जे गल्ती गरेपनि आजबाट रुख बाहेक सूर्य र हलोमा भोट हाल्दिन भन्ने संंकल्प प्रत्येक नेता कार्यकर्ताले गर्नु पर्छ ।” काँग्रेसबाट स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिलाई जनताको पक्षमा मन जितेर काम गर्न निर्देशन दिदै उहाँले भन्नुभयो, “काँग्रेस जनताको पार्टी हो भन्ने अनुभूति दिने गरि काम गर्नुस्, सम्पत्ति थप्ने कोसिस नगर्नुस, तपाईले आउँदो आ..ब.मा बाड्ने बजेटले मंसीरमा हुने संघ र प्रदेशको चुनावको परिणामलाई फरक पार्छ, सोही अनुरुप काम गर्नुस् ।” कार्यक्रममा नेपाली काँग्रेस वाग्मति प्रदेश सभापति एवं संसदीय दलका नेता इन्द्र बानियाँले शहिद राधेश्याम जोन्छेको स्मृति भवन निर्माण र शालिक निर्माण वाग्मति प्रदेशले गर्ने घोषणा गर्नु भयो । उहाँले प्रजातन्त्रमा शहीद पत्नी पनि मन्त्री हुने दिन आउँछ भन्ने सन्देश काँग्रेसले दिएको भन्दै काँग्रेस लोकतन्त्रको रक्षाका लागि उभिएको बताउनु भयो । त्यस अवसरमा काँग्रेस केन्द्रीय सदस्य रमा पौडेल, काँग्रेस भक्तपुर जिल्ला सभापति दुर्लभ थापालगायतले काँग्रेसले आगामी संघ र प्रदेशको निर्वाचनलाई लक्ष्य गरेर अगाडि बढ्नु पर्नेमा जोड दिनु भयो । कार्यक्रममा पदमबहादुर पौडेलले शहिद जोन्छेको स्मृति भवन र शालिक निर्माणका लागि सूर्यविनायक नगरपालिका–८ सिपाडोलको ३ आना २ पैसा क्षेत्रफल जग्गा प्रतिष्ठानलाई प्रदान गरेको घोषणा गर्नु भयो । कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष, कार्यक्रमका सभापति एवं वाग्मति प्रदेशकी उद्योग वाणिज्य तथा आपूर्ती राज्यमन्त्री रजनी जोन्छेँले आफ्ना पति शहिद राधेश्याम जोन्छेले गरेको योगदानको चर्चा गर्नु भयो । तत्कालिन जनयुद्धकालमा नेकपा माओवादीले भक्तपुरको कटुञ्जेस्थित घरमै बसिरहेका जोन्छेलाई २०५९ साल भदौ १६ गते गोली हानी घाइते बनाएको थियो । घाइते अबस्थामा हिडडुलसमेत गर्न नसकी उहाँको २०६९ साल जेठ २४ गते निधन भएको थियो । --- # प्रदेश भाषा दिवस–२०८३ सम्पन्न, भाषा संग्रहालय खोल्ने मुख्य मन्त्री बानियाँको घोषणा Source: https://newskunda.com/archives/3649 Category: FEATURED NEWS, अर्थ, कला तथा साहित्य, धर्म/संस्कृति, राजनीति, समाचार, समाज Last updated: 2026-05-07 भक्तपुर, २४ वैशाख : वागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाले वागमती प्रदेशका १३ जिल्लाका ११९ वटा स्थानीय तहले नेपाल (नेवारी) भाषा र तामाङ्ग भाषालाई व्यबहारिक रुपमा कार्यान्वयनमा ल्याउन निर्देशन दिनु भएको छ । आज वागमति प्रदेश संस्कृति तथा पर्यटन मन्त्रालयले भक्तपुरमा आयोजना गरेको प्रदेश भाषा दिवस–२०८३ को उद्घाटन गर्दै उहाँले शौचालयदेखि पालिका तथा सार्वजनिक स्थलमा सबैले देख्नेगरि नेपाली भाषाको साथै नेपाल भाषा र तामाङ्ग भाषामा सूचना वा बोर्डहरु राख्न निर्देशन दिनु भएको हो । भाषा, कला, संस्कृतिको संरक्षणका लागि आवश्यक परे प्रदेश सरकारले बजेट थप गर्ने बताउदै उहाँले मातृभाषाको संरक्षणले मात्रै आफ्नो इतिहास, संस्कृति र पहिचानको संरक्षण हुने बताउनु भयो । काठमाडौं उपत्यकामा भाषा संग्रहालय स्थापना गर्नु पर्ने बताउदै मुख्य मन्त्री बानियाँले भन्नुभयो, ‘ईतिहास र सम्पदाका सहरको रुपमा रहेको काठमाडौं उपत्यकाको तीन जिल्ला भक्तपुर, काठमाडौं, ललितपुर मध्ये एक जिल्लामा नेवारी, तामाङ्गलगायत सबै जातजातीको भाषा, कला, संस्कृति, परम्परा, संस्कार र संस्कृतिको संरक्षण गर्न एउटासंग्रहालय निर्माण गर्नेछौं, त्यसका लागि आउँदो बजेटमा ब्यबस्थ ागर्नेछौं ।’ मुख्यमन्त्री बानियाले भाषा, साहित्य र संस्कृति क्षेत्रमा योगदान पुर्याएका नेवारी भाषा साहित्यकार डा. पुष्पराज राजकर्णिकार र तामाङ भाषा साहित्यमा योगदान पु¥याएका राजेन्द्र थोकरलाई सम्मान गर्नुभयो । कार्यक्रममा वागमति प्रदेशका स्वास्थ्य मन्त्री किरण थापा, शिक्षा सामाजिक विकास मन्त्री कञ्चनवादे श्रेष्ठ, भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापति, आदिवासी जनजाति आयोगका अध्यक्ष रामबहादुर थापा मगर, नेपाल तामाङ घेदुङका महासचिव जगत डोङ, नेवा दे दबुका केन्द्रीय अध्यक्ष रश्मिला प्रजापति, प्रदेश सचिव दिपेन्द्र सुवेदीलगायतले सबै भाषा, कला, संस्कृतिको संरक्षण आवश्यक रहेको बताउनुभयो । कार्यक्रमका सभापति एवं बागमती प्रदेश संस्कृति तथा पर्यटन मन्त्री माननीय सुरेश श्रेष्ठले बागमती प्रदेश सरकारले सरकारी कामकाजी भाषा ऐन २०७९ कार्यान्वयनमा आएको दिनको सम्झनामा विगत तीन वर्षदेखि प्रत्येक वर्ष वैशाख २४ गते भाषा दिवस मनाउने निर्णय गरेकाले आजको कार्यक्रम आयोजना गरेको बताउनुभयो । उहाँले आजको कार्यक्रममा भाषाका अभियन्ता भनिएकाहरुको अन्तिमसम्म सहभागिता नरहनुले अभियन्ताहरुको भाषाको संरक्षणको नारा कर्मकाण्डी हुने आशंका उब्जाएको बताउनुभयो । यसअघि भक्तपुर क्याम्पस अगाडि दुधपाटीबाट बिभिन्न जातजातिको बाजा एवं संस्कृति झल्कने प्रस्तुतीसहित प्रभातफेरि सुरु भई कमल विनायक हुँदै लान्चा फल्चा पुगी कार्यक्रम सम्पन्न भएको थियो । मुख्यमन्त्री बानियाले भाषा दिवसको अवसरमा स्मारिका विमोचन गर्नुभएको थियो भने भाषा दिवस कार्यक्रममा विभिन्न मौलिक बाजा र नाचहरू पनि प्रदर्शन गरिएको थियो । --- # प्रदेश र सङ्घीय निर्वाचनसम्मै गठबन्धन : अध्यक्ष दाहाल Source: https://newskunda.com/archives/754 Category: FEATURED NEWS, राजनीति, समाचार Last updated: 2022-05-08 गण्डकी, २५ वैशाख : नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अहिलेको सत्ता गठबन्धन स्थानीय तहको निर्वाचनसम्म मात्र नभएर आगामी प्रदेश र सङ्घीय निर्वाचनसम्म कायम रहने बताउनुभएको छ । सत्तारुढ पाँच दलीय गठबन्धनले आज पोखरामा आयोजना गरेको चुनावीसभामा उहाँले गठबन्धन जन्मने दिनदेखि नै टुटाउने र यसलाई अघि बढ्न नदिने प्रयास भएका भन्दै उहाँले गठबन्धनको निरन्तरतामा जोड दिनुभयो । उहाँले भन्नुभयो, “राष्ट्र, संविधान र गणतन्त्रको रक्षाका लागि अघि बढेको गठन्धनलाई विभाजित गर्ने षड्यन्त्र भइरहेका छन्, गठबन्धनका शक्तिहरुले धेरै मेहनत र अप्ठ्यारोसँग जुधेर अहिलेको गठबन्धनलाई अघि बढाउनुपर्दछ, स्थानीय चुनावमा मात्र होइन, भोलि प्रदेश र सङ्घीय चुनावसम्म लैजानु आवश्यक छ ।” अध्यक्ष दाहालले देशमा राजनीतिक स्थिरता र आर्थिक विकासको नयाँ युगको सुरुआत यही गठबन्धनबाटै गर्ने सङ्कल्प लिइएको बताउनुभयो । संविधान, लोकतान्त्रिक गणतन्त्र, सङ्घीयता, समानुपातिक समावेशीको रक्षाका लागि गठबन्धनको जन्म भएको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले गठबन्धन गरेर प्रतिगमन र प्रतिक्रान्तिकारीका विरुद्ध सङ्घर्ष नगरेको भए देश दुर्घटनामा परिसक्थ्यो भन्नुभयो । उहाँले भन्नुभयो, “देशलाई प्रतिगमन र निरङ्कुशताबाट बचाउननै यो गठबन्धनको जन्म भएको हो ।” देशका छ महानगर र ११ उपमहानगरमा गठबन्धनका साझा उम्मेदवार छान्न सजिलो नभए पनि सबैले देशको समग्र राजनीतिक स्थितिलाई विचार गरेर नेपाली जनताको भाग्य र भविष्यप्रति इमान्दार भएर निर्णय उहाँले बताउनुभयो । गठबन्धनका साझा उम्मेदवारलाई विजयी गराउन उहाँले मतदातासमक्ष आग्रह गर्नुभयो । वैशाख ३० गतेको स्थानीय तह निर्वाचनमा पोखरा महानगरमा गठबन्धनबाट नेकपा (एकीकृत समाजवादी)का धनराज आचार्य प्रमुखमा र नेपाली कांग्रेसका कोपिला रानाभाट उपप्रमुखको उम्मेदवार हुनुहुन्छ । --- # प्रदेश सरकार खारेज गर्दै समानुपातिक निर्वाचन प्रणाली लागू गरौँ–राप्रपा अध्यक्ष लिङ्देनद्धारा माग Source: https://newskunda.com/archives/1325 Category: FEATURED NEWS, राजनीति, समाचार, समाज Last updated: 2022-06-14 भक्तपुर, ३१ जेठ : राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्री अध्यक्ष राजेन्द्र लिङ्देनले प्रदेश संरचना खारेज गर्नु पर्ने बताउनु भएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी दोलखा–काठमाडौं उपत्यका सम्पर्क समाजको दोस्रो अधिवेशनको आज जडिबुटीमा उद्घाटन गर्दै उहाँले देशलाई आर्थिक भार पार्ने तर उपलब्धी नहुने संघीय संरचना र प्रदेश सरकार आवश्यक नभएको भन्दै खारेज गर्नु पर्ने बताउनु भएको हो । गणतन्त्र सघीयता र धर्मनिरपेक्षताले यो देशको भलाई गर्दैन भन्दै उहाँले पछिल्लो समयमा यो प्रमाणित हुदै गएको दाबी गर्नु भयो । देशको राष्ट्र राजसंस्था, धर्म निरपेक्षको सट्टा सापेक्ष हिन्दु राष्ट्र पुर्नस्थापना गर्दै प्रदेश पूर्ण रुपमा खारेज गर्नु पर्ने बताउनु भयो । संघीयता एवं प्रदेश कामै नभएको भन्दै अध्यक्ष लिङ्देनले भन्नुभयो, “प्रदेश पूर्ण रुपमा खारेज गर्नु पर्छ, संघ र स्थानीय सरकालाई थप अधिकार सम्पन्न गर्नु पर्छ, देश भरि नै एउटा निर्वाचन क्षेत्र बनाएर पूर्ण समानुपातिक निर्वाचन प्रणाली लागू गर्नु पर्छ, प्रतक्ष्य जनताबाट निर्वाचित कार्यकारी प्रधानमन्त्रीको व्ययबस्था हुनु पर्छ ।” अहिलेको व्यबस्था सांसद बन्न जनताको भोट किन्नु पर्ने र सांसद किनेर प्रधानमन्त्री बनाउनु पर्ने अबस्था आएको आरोप लगाउदै यो व्यबस्था असफल भएको बताउनु भयो । कार्यक्रममा राप्रपा वाग्मति प्रदेश अध्यक्ष एवं पूर्वमन्त्री बिक्रम थापा, प्रवक्ता गोपाद दाहाल, सहायक महामन्त्री वियज खड्का, सहायक प्रवक्ता प्रविणकुमार ठोकर तामाङ, मोनिका श्रेष्ठ, पार्टीका दोलखा अध्यक्ष राजन बहादुर शिवाकोटी लगायतले कार्यकर्तालाई संगठन मजबुद बनाएर अगाडि बढ्न निर्देशन दिनु भयो । अध्यक्ष होमबहादुर केसी आपागाईको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो । ### समाजको अधिवेशनले आपागाईको नेतृत्व : त्यसै गरि समाजको अधिवेशनको बन्द सत्रले पुनः होमबहादुर केसी आपागाई अध्यक्षतामा ४५ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मतले चयन गरेको पार्टीका सहायक प्रवक्ता ठोकरले जानकारी दिनु भयो । समाजको वरिष्ट उपाध्यक्षमा निरज कोइराला, उपाध्यक्षमा यादव कार्की, उपाध्यक्षमा गंगाबहादुर बस्नेत (रामहरि), सचिवमा रुपक आचार्य, प्रवक्तामा राजेन्द्र खड्का, कोषाध्यक्षमा सपना घतानी, सह–कोषाध्यक्षमा सुभराज कार्की, सह–कोषाध्यक्षमा माधव थापा, सह सचिवमा पुष्पा कार्की निर्वाचित हुनु भएको छ । त्यसैगरि सदस्यहरुमा राजेन्द्र भन्डारी, सुरेन्द्रप्रसाद भन्डारी, सोभित्रा खड्का, रामशरण खड्का, राजकुमार थोकर, दिपेश खड्का, कृष्णबहादुर तामाङ, दिनेश विक, शिबहरी फुयाँल, रामचन्द्र घतानी, अँसु थापा, कृष्ण घतानी, हरि घतानी, श्रीमद कार्की, अजय थापा, दिपक कार्की, राजन बुढाथोकी, मनोज योन्जन, भोला शिवाकोटी, पुष्पा कार्की, राजेन्द्र बस्नेत, तारा खड्का, वीरबहादुर फुयाँल, भक्तबहादुर श्रेष्ठ, हरि न्यौपाने, अनिल रिजाल, अभिनाश खड्का, रामबहादुर खड्का, सुन्दर बस्नेत, उदय बस्नेत, सौरब कार्की, रामशरण केसी, राजेन्द्र बस्नेत, सागर दाहाल, केदार शाही, दिनेश कार्की, सुन्दर घिमिरे, सुजन पक्कुवाल, अम्बरबहादुर दर्जी, एल वि कार्की, शिबहरी पक्कुवाल चयन हुनु भएको छ । --- # प्रदेश सरकार नागरिकको अपेक्षाअनुसार जिम्मेवार, पारदर्शी र परिणाममुखी रूपमा अघि बढ्छ : मुख्यमन्त्री किरण थापा मगर Source: https://newskunda.com/archives/4335 Category: FEATURED NEWS, अर्थ, राजनीति, समाचार, समाज Last updated: 2026-09-19 हेटौँडा, ३ असोज । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले संविधान दिवस घोषणामा मात्रै सिमित नभई जनताले त्यसको प्रतक्ष्य अनुभूति गर्न सके मात्रै सफलता हुने बताउनु भएको छ । संविधान दिवस तथा राष्ट्रिय दिवस, २०८३ का अवसरमा आज हेटौँडामा प्रदेश सरकारले आयोजना गरेको संविधान दिवस तथा राष्ट्रिय दिवसको विशेष कार्यक्रममा सम्बोधन गर्दै उहाँले संविधानको सफलता यसको घोषणामा मात्र नभई प्रभावकारी कार्यान्वयन र नागरिकले दैनिक जीवनमा त्यसको प्रत्यक्ष अनुभूति गर्न पाउने अवस्थाबाट पुरा हुने बताउनु भएको हो । मुख्यमन्त्री थापा मगरले भन्नुभयो, “सार्वजनिक कार्यालयबाट सहज सेवा, समाजमा न्याय र सुरक्षा, युवाका लागि शिक्षा तथा रोजगारी, किसानका उत्पादनको उचित मूल्य, उद्यमीका लागि अनुकूल वातावरण र विपन्न नागरिकका लागि राज्यको संरक्षण सुनिश्चित हुनुपर्छ ।” उहाँले प्रशासनिक ढिलासुस्ती, विकास आयोजनाको न्यून प्रगति, बेरोजगारी, युवा पलायन, भ्रष्टाचारप्रतिको नागरिक चिन्ता तथा सार्वजनिक संस्थाप्रतिको घट्दो विश्वासलाई साझा चुनौतीका रूपमा लिदै यस्ता समस्या आरोप–प्रत्यारोपबाट नभई जिम्मेवारीबोध, सहकार्य र परिणाममुखी कार्यबाट समाधान गर्नुपर्ने उहाँले बताउनुभयो । मुख्यमन्त्री थापा मगरले भन्नुभयो, “संघीयताको प्रभावकारी कार्यान्वयनका लागि संघ, प्रदेश र स्थानीय तहबीच प्रभावकारी समन्वय आवश्यक रहेको छ । प्रदेश सरकार नागरिक र संघीय संरचनाबीचको महत्वपूर्ण सेतु हो, संविधानले प्रदेशलाई प्रदान गरेका अधिकारको कार्यान्वयन, आवश्यक कानून निर्माण तथा पर्याप्त स्रोत र जनशक्तिको व्यवस्था हुनुपर्छ । अधिकार, जिम्मेवारी र स्रोतबीच उचित सन्तुलन कायम गर्नु संघीयता सुदृढीकरणको आधार हो ।” बागमती प्रदेशमा कृषि, उद्योग, पर्यटन, ऊर्जा, शिक्षा, स्वास्थ्य, सञ्चार, प्रविधि तथा ऐतिहासिक र सांस्कृतिक सम्पदाका प्रशस्त सम्भावना रहेको बताउँदै उहाँले त्यस्ता सम्भावनाको उपयोगसँगै तीव्र सहरीकरण, वातावरणीय प्रदूषण, विपद् जोखिम, क्षेत्रीय असमानता र सार्वजनिक सेवामाथिको बढ्दो मागजस्ता चुनौती सम्बोधन गर्दै अगाडि जानु पर्ने औल्याउनुभयो । प्रदेश सरकार नागरिकको अपेक्षाअनुसार जिम्मेवार, पारदर्शी र परिणाममुखी रूपमा अघि बढ्छ : मुख्यमन्त्री थापा मगरले प्रदेश सरकार नागरिकको अपेक्षाअनुसार जिम्मेवार, पारदर्शी र परिणाममुखी रूपमा अघि बढ्ने बताउदै प्रदेश अन्तर्गतका सबै प्रशासनलाई सरल, प्रविधिमैत्री र उत्तरदायी बनाउने, सार्वजनिक खर्चमा अनुशासन कायम गर्ने तथा समयमै गुणस्तरीय आयोजना सम्पन्न गर्ने विषयलाई प्राथमिकता दिएर अगाडि बढ्ने बताउनुभयो । कानूनको शासन, शान्ति सुरक्षा, नागरिक अधिकारको संरक्षण र विपद् उत्थानशील पूर्वाधार निर्माणलाई प्रदेश सरकारले प्राथमिकतामा राखेको बताउदै मुख्यमन्त्री थापा मगरले सहकारी क्षेत्रमा देखिएका समस्या समाधान गर्दै सर्वसाधारण बचतकर्ताको हित संरक्षण गर्नु प्रदेश सरकारको महत्वपूर्ण जिम्मेवारी भएको बताउनुभयो । उहाँले सहकारी संस्थामा प्रभावकारी नियमन, सुशासन, पारदर्शिता र उत्तरदायित्व सुनिश्चित गर्ने तथा समस्याग्रस्त सहकारीका पीडित बचतकर्तालाई न्याय दिलाउने कार्यलाई प्राथमिकताका साथ अघि बढाइने बताउनुभयो । मुख्यमन्त्री थापा मगरले भन्नुभयो, “युवालाई स्वदेशमै अवसर उपलब्ध गराउन कृषि, पर्यटन, उद्योग, सूचना प्रविधि, सीप विकास र उद्यमशीलतालाई प्रोत्साहन गरिने छ । शिक्षा र स्वास्थ्य सेवामा गुणस्तर, पहुँच र समानता कायम गर्दै महिला, बालबालिका, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, दलित तथा पछाडि परेका समुदायको सम्मानजनक जीवन र अर्थपूर्ण सहभागितामा जोड दिइने छ ।” संविधानको कार्यान्वयन सरकारको मात्र जिम्मेवारी होइन, यसको कार्यान्वयनको लागि राजनीतिक दल, जनप्रतिनिधि, राष्ट्रसेवक कर्मचारी, निजी क्षेत्र, नागरिक समाज, सञ्चारजगत् र प्रत्येक नागरिकको जिम्मेवारी पनि उत्तिकै महत्वपूर्ण रहन्छ भन्दै उहाँले लोकतन्त्रमा विचार फरक हुन सक्छ तर राष्ट्रहित, संविधानको संरक्षण र नागरिक कल्याणका विषयमा साझा समझदारी र सहकार्य आवश्यक रहेकाले त्यसलाई बुझेर सबैले हातेमालो गर्दै अगाडि बढ्नु जरुरी रहेको आल्याउनुभयो । मुख्यमन्त्री थापा मगरले नेपालको संविधान राज्य सञ्चालनको कानूनी दस्तावेज मात्र नभई नेपाली जनताका अधिकार, आकांक्षा र साझा भविष्यको आधार भएको बताउनुभभयो । संविधानले संघीय लोकतान्त्रिक गणतन्त्र, समावेशिता, सामाजिक न्याय, मानव अधिकार, प्रेस स्वतन्त्रता, विधिको शासन र स्वतन्त्र न्यायपालिकालाई संस्थागत गरेको उल्लेख गर्दै उहाँले प्रत्येक नागरिकलाई सम्मानपूर्वक बाँच्न, शिक्षा, स्वास्थ्य, रोजगारी, सामाजिक सुरक्षा र न्यायमा पहुँच प्राप्त गर्ने आधार संविधानले प्रदान गरेको उहाँको भनाई थियो । मुख्यमन्त्री थापा मगरेले भन्नुभयो, “संविधान जारी भएपछि संघ, प्रदेश र स्थानीय तहसहितको संघीय शासन प्रणाली संस्थागत भएको र तीनै तहमा जनप्रतिनिधिमूलक संस्था सञ्चालनमा रहेको छ । नागरिकका धेरै सेवा स्थानीय तहसम्म पुगेको छ । प्रदेशहरूले आफ्नो आवश्यकता तथा विशेषताअनुसार नीति, कानून, योजना र कार्यक्रम निर्माण गरिरहेको छ ।” **संविधानप्रति प्रदेश सरकारको पूर्ण निष्ठा र इमानदारीपूर्वक काम गर्छ :** मुख्यमन्त्री थापा मगरले संविधानप्रति प्रदेश सरकारको पूर्ण निष्ठा दोहो¥याउँदै नागरिक अधिकारको संरक्षण, विधिको शासन, सुशासन, सामाजिक न्याय, समावेशी विकास तथा सुरक्षित र समृद्ध प्रदेश निर्माणका लागि इमानदारीपूर्वक काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले लोकतन्त्र, नागरिक स्वतन्त्रता र राष्ट्रिय हितका लागि जीवन उत्सर्ग गर्ने ज्ञात–अज्ञात सहिदप्रति सम्मान व्यक्त गर्दै विभिन्न लोकतान्त्रिक आन्दोलनका घाइते, बेपत्ता तथा योगदानकर्ताप्रति पनि उहाँले सम्मान प्रकट गर्नुभयो । समारोहमा प्रस्तुत सांस्कृतिक झाँकी, निबन्ध प्रतियोगिता तथा मैत्रीपूर्ण खेलकुदले बागमती प्रदेशको विविधता, सिर्जनशीलता, सहकार्य र सद्भावलाई उजागर गरेको भन्दै मुख्यमन्त्री थापा मगरले विद्यार्थी, कलाकार, खेलाडी तथा सहभागी संस्थालाई धन्यवाद तथा बधाई व्यक्त गर्नुभयो । कार्यक्रममा प्रमुख अतिथिका रूपमा उपस्थित प्रदेश प्रमुखप्रति कृतज्ञता व्यक्त गर्दै उहाँले समारोहको तयारी तथा व्यवस्थापनमा योगदान पु¥याउने मन्त्रालय, सरकारी निकाय, सुरक्षा निकाय, राष्ट्रसेवक कर्मचारी तथा सहयोगी सबैप्रति आभार व्यक्त गर्नुभयो । **विपद्पीडितको दुःखमा प्रदेश सरकार साथमा :** मुख्यमन्त्री थापा मगरले यसवर्षको संविधान दिवस मनाइरहँदा भोटेकोशी तथा त्रिशूली नदी प्रणालीमा आएको जलप्रलयबाट भएको मानवीय तथा भौतिक क्षतिलाई बिर्सन नसकिएको बताउनुभयो । प्रभावित क्षेत्रमा सुरक्षित बसोबास, अत्यावश्यक सेवा सञ्चालन, क्षतिग्रस्त पूर्वाधारको पुनर्निर्माण तथा नागरिकको जीविकोपार्जन पुनःस्थापनाका लागि संघीय सरकार र स्थानीय तहसँग समन्वय गरी पुनर्निर्माण तथा पुनर्लाभका कामलाई प्राथमिकताका साथ अघि बढाइने उहाँले बताउनुभयो । जलप्रलयमा ज्यान गुमाउने नागरिकप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै उहाँले शोकसन्तप्त परिवारजनप्रति समवेदना तथा घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्नुभयो । प्रभावित परिवार तथा समुदायको दुःखमा बागमती प्रदेश सरकार साथमा रहेको विश्वास दिलाउँदै उहाँले विपद्का समयमा खोज, उद्धार, उपचार र राहतमा खटिएका सुरक्षा निकाय, स्वास्थ्यकर्मी, राष्ट्रसेवक कर्मचारी, स्थानीय तह, जनप्रतिनिधि, स्वयंसेवक, निजी क्षेत्र, सञ्चारकर्मी तथा सहयोगी सबैप्रति उहाँले धन्यवाद व्यक्त गर्नुभयो । --- # प्रदेशमा सत्ता साझेदारी गर्ने नेकपा एमाले र नेकपाबीच तीन बुदेँ सहमति, वागमतिमा मुख्य मन्त्रीको जिम्मवारी किरण थापालाई दिने निश्चित Source: https://newskunda.com/archives/3940 Category: FEATURED NEWS, राजनीति, शिक्षा, समाचार, समाज, स्वास्थ्य Last updated: 2026-07-25 काठमाडौं ९ साउन। नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच आज शनिवार प्रदेश सरकारहरूमा सहकार्य गर्ने सहमति भएको छ । नेकपा एमालेले ३ र नेकपाले २ प्रदेशको नेतृत्व गर्नेगरी सहमति भए पछि एमाले अध्यक्ष कपी शर्मा ओली र नकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सहमति पत्रमा हस्ताक्षर गर्नु भएको छ। सहमति अनुसार, कोशी, बागमती र लुम्बिनी प्रदेशको नेतृत्व नेकपा एमालेले गर्ने तथा कर्णाली र सुदूरपश्चिमको नेतृत्व नेकपाले गर्ने सहमति भएको छ । सहमति पत्रमा प्रदेशसभामा सहकार्य गर्ने र संयुक्त सरकार गठन गर्ने उल्लेख छ। पछिल्लो समय प्रदेश सभामा बजेट निर्माणमा देखिएको असमझदारी, बजेट विहीनताको अवस्था र अस्थिर राजनीतिक प्रतिस्पर्धा लगायतका समस्याहरूलाई समाधान गर्दै जनताको चाहना अनुरूप राजनीतिक स्थिरता, सुशासन, सम्बृद्धि र प्रादेशिक विकासको गतिलाई तीव्र बनाउन एकैठाउँमा उभिएको उल्लेख छ। मधेश प्रदेश र गण्डकी प्रदेशमा भने प्रदेश सभामा प्रतिनिधित्व गर्ने अन्य राजनीतिक दलहरुसंग छलफल र परामर्श गरि सरकारको नेतृत्व र सहभागिताको स्वरुप तय गर्ने सहमतिमा उल्लेख छ । #### वागमतिमा मुख्य मन्त्रीको जिम्मवारी किरण थापालाई बलियो सम्भावना : **वागमति प्रदेशको मुख्य मन्त्री किरण थापाले नेतृत्व गर्ने बलियो सम्भावना रहेको एमाले एक नेताले जानकारी दिए । प्रदेश सरकारमा दुई वर्ष स्वास्थ्य मन्त्रीको जिम्मेवारी सम्हाल्दा कनै विवादमा नपरेका र स्वास्थ्यको क्षेत्रमा निकै प्रभावकारी काम गरेर उच्च छबी बनाएको भन्दै पाटीको नेता तथा कार्यकर्ताहरुले समेत मुख्यमन्त्रीको जिम्मेवारी किरण थापालाई दिनु पर्ने आवाज उठेको छ । पार्टी निकट श्रोतका अनुसार थापालाई मुख्य मन्त्रीको जिम्मेवारी दिने पार्टीभित्र करिब निश्चित भएको जानकारी दिनुभयो ।** --- # प्रधानमन्त्री दाहालले दोश्रो पटक भोलि विश्वासको मत लिने Source: https://newskunda.com/archives/2660 Category: FEATURED NEWS, राजनीति, समाचार, समाज Last updated: 2023-03-19 प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भोलि विश्वासको मत लिँदै हुनुहुन्छ । सत्ता गठबन्धन परिवर्तन भएसँगै प्रधानमन्त्री प्रचण्डले दोस्रो पटक विश्वासको मत लिन लाग्नुभएको हो । नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्रीमा नियुक्त हुनुभएपछि गत पुष २६ गते पहिलो पटक संसदवाट विश्वासको मत लिनुभएको थियो । एमालेका ७८, माओवादी केन्द्रका ३२, राष्ट्रिय स्वतन्त्र पार्टीका २०, राष्ट्रिय प्रजातन्त्र पार्टीका १४, जनता समाजवादी पार्टीका १२, जनमत पार्टीका ६, नागरिक उन्मुक्ति पार्टीका चार र अन्य तीन जना स्वतन्त्र सांसदको समर्थन प्रचण्डलाई थियो । जस अनुसार पहिलो पटक विश्वासको मत लिँदा प्रधानमन्त्री प्रचण्डले २ सय ६८ मत प्राप्त गर्नुभएको थियो । तर राष्ट्रपति निर्वाचनसम्म आइपुग्दा गठबन्धनको संरचना परिवर्तन भयो । राष्ट्रपति निर्वाचनमा नेकपा माओवादी केन्द्रसहित नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादी, जसपा, नागरिक उन्मुक्ति पार्टी, जनमत पार्टी, लोसपा र राष्ट्रिय जनमोर्चासहितको नयाँ गठबन्धन बन्यो । राष्ट्रपति निर्वाचनको पुर्व सन्ध्यामा राप्रपाले प्रचण्ड नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिँदै सरकारबाट बाहिरिने निर्णय गरेको थियो । त्यसपछि नेकपा एमाले पनि सरकारबाट बाहिरिँदै सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि पुनः विश्वासको मत लिनुपर्ने संवैधानिक बाध्यता आएको हो । विश्वासको मत लिने तयारी गरिरहँदा शनिवार बसेको सत्ता गठबन्धनले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने निर्णय गरेका छन् । अहिले सत्ता गठबन्धनमा १० दल सहभागी छन् । अहिले गठनबन्धनमा रहेका कांग्रेस -८९, माओवादी केन्द्र- ३२, जसपा- १२, नेकपा एस- १०, जनमत- ६, लोसपा- ४, नागरिक उन्मुक्ती पार्टी -३, राष्ट्रिय जनमोर्चा- १ सिट संसदमा प्रतिनिधित्व छ । यी दलहरुले विश्वासको मतदिदा प्रचण्ड नेतृत्व सरकारले स्पष्ट रुपमा पुन विश्वासको मत पाउने देखिन्छ । प्रधानमन्त्रीले बिश्वासको मत पाउन संसदमा रहेका १ सय ३८ सांसदको समर्थन चाहिन्छ । संविधानको धारा १०० को उपधारा (२) मा ‘प्रधानमन्त्रीले प्रतिनिधित्व गर्ने दल विभाजित भएमा वा सरकारमा सहभागी दलले आफ्नो समर्थन फिर्ता लिएमा ३० दिनभित्र प्रधानमन्त्रीले विश्वासको मतका लागि प्रतिनिधिसभा समक्ष प्रस्ताव राख्नुपर्नेछ’ भन्ने उल्लेख छ । यसैबीच, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफुले सवै दलको समर्थनमा विश्वासको मत पाउने बताउनुभएको छ । संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीहरुसँग सक्षिप्त प्रतिक्रिया दिँदै प्रधानमन्त्री प्रचण्डले आफुले शतप्रतिशत सांसदबाट विश्वासको मत पाउने बताउनुभएको हो । यसअघि आफुले विश्वासको मतमा ९९ दशमवल २५ प्रतिशत प्राप्त गरेको र अहिले शतप्रतिशत सांसदको विश्वासको मत पाउने अवस्था बनेको उहाँले बताउनुभयो । --- # प्रधानमन्त्री दाहालले सेनाको कवाज प्रदर्शनीको निरिक्षण Source: https://newskunda.com/archives/2725 Category: FEATURED NEWS, अर्थ, राजनीति, समाचार, समाज Last updated: 2023-04-12 भक्तपुर, २९ चैत : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय, अन्तर्राष्ट्रिय सुरक्षा वातावरणमा देखापरेका जटिल चुनौतीहरुबीच नेपाललाई सुरक्षित राख्न सक्ने गतिशिलता आजको आवश्यकता भएको बताउनु भएको छ । भक्तपुरस्थित सैनिक प्रतिष्ठान खरिपाटीमा आज सि.नं ६० अधिकृत क्याडेट तालिम र सि.नं ५० पदिक तथा विल्लादार अधिकृत क्याडेट तालिम पुरा गरेका शिक्षार्थीहरुलाई आयुक्त पद प्रदान कवाज प्रर्दशन कार्यक्रममा सहभागि हुदै उहाँले यस्तो बताउनु भएको हो । नव आयुक्तहरुलाई निर्देशन दिदै उहाँले भन्नुभयो, “विद्यमान राष्ट्रिय, अन्तर्राष्ट्रिय सुरक्षा वातारवण एवं त्यसका प्रभावका पूर्वानुमानहरु र त्यसबाट उत्पन्न हुन सक्ने परिस्थितिको सही आँकलन गरि जटिल चुनौतीहरुबीच नेपाललाई सुरक्षित राख्न सक्ने गतिशिलता आजको आवश्यकता हो ।” नेपाली सेनाले हासिल गरेको राष्ट्र र जनताको बिश्वास यसको कार्य सम्पादनमा स्पष्ट झल्कने गरेको उहाँले चर्चा गर्नुभयो । प्रधानमन्त्री दाहालले यस्तो संगठनको आयुक्त भई राष्ट्र सेवा गर्ने अवसर प्राप्त हुनु आफैमा एक गौरबपूर्ण उपलब्धी भएको भन्दै यस गर्वको क्षणलाई आफ्नो सैनिक सेवाको अन्तिम घडिसम्म कायम राख्दै राष्ट्र र राष्ट्रवासीको सेवामा तल्लिन हुन नव आयुक्त अधिकृतहरुलाई निर्देशनसमेत दिनुभयो । नवआयुक्तहरुको काँधमा एक गहन राष्ट्रिय जिम्मेवारी थपिएको छ भन्दै उहाँले यो राष्ट्रिय जिम्मेवारीलाई उत्कृष्ठ ढंगबाट सम्पादन गर्दै, जनताको सेवामा समर्पित हुदै नेपाली सेनाको छबिलाई थप उचाईमा पुर्याउने जिम्मेवारी पनि थपिएको बताउनु भयो । संसारभरी बीर गोर्खालीको देश भन्ने पहिचान पनि नेपाली सेनाकै बहादुरी र बिरताबाट हासिल भएको हो भन्दै उहाँले यस पहिचानलाई नेपाली सेनाले आधुनिक हातहतियार, प्रबिधिमैत्री, तालिम, श्रोत साधन र सम्पन्न उच्च हौसला युक्त उत्कृृष्ट सेनाको रुपमा स्थापित गरेको बताउनु भयो । नेपालको इतिहासमा नेपाली सेनाले पुर्याउृदै आएको अटुट योगदानलाई सधैव स्मरण गर्दै आगामी दिनमा पनि यसबाट प्ररेणा लिदै नवआयुक्तहरुले सक्दो योगदान दिने विश्वास उहाँले व्यक्त गर्नुभयो । संबैधानिक सरकारको मातहत र निर्देशनमा व्यबसायिक एवं मर्यादित संगठनको रुपमा स्थापित गर्न नेपाली सेनाले खेल्दै आएको भूमिका प्रशंसनीय रहेको उहाको भनाइ थियो । प्रधानमन्त्री दाहालले देश भित्र मात्रै नभई देश बाहिर समेत नेपाली शान्ति सेनाको रुपमा विश्वका बिभिन्न द्धन्द्धग्रस्त देशहरुमा शान्ति दूतमा रुपमा खटिएर विश्व शान्ति स्थापनार्थ पुर्याएको योगदानले नेपाललाई शान्ति सैनिकहरुको देशको रुपमा चिनाउन सफल भएको बताउनु भयो । आफ्ना बिबिध जिम्मेवारीहरुलाई उत्कृष्ठ र व्यबस्थित ढंगले निर्वाह गर्न सक्षम नेपाली सेना बहुआयामिक, सबल, सक्षम एवं सुदृढ संगठनको रुपमा राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा स्थापित भएको भन्दै उहाँले वर्तमान अबस्थामा हाम्रो मुलुक बिभिन्न परिस्थितिका बीच समृद्ध भविश्यतर्फ उन्मुख रहेको चर्चा गर्नुभयो । प्रधानमन्त्री दाहालले भन्नुभयो, “विकास र सम्बृद्धिका लागि नियम संगत रुपमा सुरक्षा र सुरक्षा सुदृढिकरणका लागि विकास अपरिहार्य छ । सुरक्षा चुनौतीका साथैै भविश्यमा देखा पर्न सक्ने अन्य चुनौतीको सामना गर्न नेपाली सेना सदैव सजग, सतर्क एवं तयार रहने विश्वास व्यक्त गर्दछु ।” यहाँबाट प्रदान गरिने तालिमलाई संसारका देशहरुले मान्यता दिएका बताउदै उहाँले भन्नुभयो, “आज संसारका बिभिन्न राष्ट्रका सैनिक संगठनहरुका लागि आधारभूत अधिकृत तालिमका लागि रोजाईमा पर्न सफल यस प्रतिष्ठानले आउदा दिनहरुमा समेत तालिमलाई समयसापेक्ष रुपमा सञ्चालन गर्ने र आफ्नो व्यबसायीक छबिलाई उच्च पार्दै जाने विश्वास व्यक्त गर्दछु ।” वर्तमान अबस्थामा तालिम लिने शिक्षार्थीहरु बढ्दै गएको तर तालिम इलाका घट्दै गएको अबस्थामा त्यसको समस्या समाधानका लागि यस तालिम केन्द्रको उपकेन्द्र निर्माणका लागि आफ्नो तर्फबाट पूर्ण रुपमा सहयोग गर्ने प्रतिबद्धता उहाँले व्यक्त गर्नुभयो । प्रधानमन्त्री दाहालले भन्नुभयो, “यस तालिममा मित्र राष्ट्र बंगलादेश, श्रीलंका र जाम्बियाका एक(एक जना अधिकृत समेत यो कवाजमा सहभागि हुनु भएको र विगतमा पनि बिभिन्न मित्र राष्ट्रबाट १० वर्षमा २३ जना आयुक्त भएको थाहा पाउदा मलाई गर्वको महसुस भएको छ ।” प्रधानमन्त्री दाहालले सि.नं ६० अधिकृत क्याडेट तालिममा उत्कृष्ट हुने कृष्ण खड्का र सि.नं ५० पदिक तथा विल्लादार अधिकृत क्याडेट तालिममा उत्कृष्ट हुने खगेन्द्र कार्कीलाई खुकुरी प्रदान गर्नु भयो । त्यस्तै महिलातर्फ उत्कृष्ट हुने अप्सरा बुढाथोकीलाई छडि अवार्ड प्रदान गर्नुभयो । सि.नं ६० अधिकृत क्याडेट तालिममा ८६ जना र सि.नं ५० पदिक तथा विल्लादार अधिकृत क्याडेट तालिममा ३५ जनाले तीनवर्षे तालिम पुरा गरि आयुक्त पद प्राप्त गर्नु भएको छ भने जाम्भियाका एक जनालेसमेत अधिकृत क्याडेट तालिम पुरा गर्नु भएको छ । कार्यक्रममा उपप्रधान तथा रक्षा मन्त्री पूर्णबहादुर खड्का, प्रधान सेनापति प्रभुराम शर्मा, सुरक्षा निकायका प्रमुखहरुलगायतको सहभागिता रहेको थियो । --- # प्रधानमन्त्री देउवा र संघका पदाधिकारीबीच छलफल, ११ बुँदे प्रस्ताव पेश Source: https://newskunda.com/archives/1219 Category: FEATURED NEWS, अर्थ, राजनीति, समाचार Last updated: 2022-06-09 भक्तपुर, २५ जेठ : प्रधानमन्त्री शेरबहादुर देउवा र भक्तपुर उद्योग वाणिज्य संघका टोलीबीच आज भक्तपुरको विकासकाबारेमा छलफल भएको छ । भक्तपुर उद्योग वाणिज्य संघकाका अध्यक्ष शिवप्रसाद मानन्धर नेतृत्वको पदाधिकारीसहितको टोलीले आज प्रधानमन्त्री निवस बालुवाटारमा प्रधानमन्त्री देउवासँग भेट गरि ११ बुँदे प्रस्ताव पेश गर्दै भक्तपुरको पूर्वाधार विकासका लागि पहल गरिदिन अनुरोध गरेको हो । संघले प्रधानमन्त्री देउवासमक्ष लोकतन्त्रको संस्थागत विकास र संविधानको पूर्ण पालना प्रति प्रतिवद्ध वर्तमान सरकारले भक्तपुरको विकासमा टेवा दिन अनुरोध गरेका हुन् । संघका अध्यक्ष मानन्धरले प्रधानमन्त्रीको दृढ अठोट र संकल्पका कारण हालै मुलुकमा स्थानीय तहको निर्वाचन शान्तिपूर्ण, भयरहित एवं व्यवस्थितरूपमा सम्पन्न भएको भन्दै निजी क्षेत्र पनि राजनीतिक स्थायित्व र आर्थिक समृद्धिप्रति अत्यन्त उत्साहित बन्न पुगेको बताउनु भयो । प्रधानमन्त्री समक्ष भक्तपुर नगरपालिकालाई ख्वप विश्वविद्यालय सञ्चालनका लागि स्वीकृत प्रदान गर्न उहाँले आग्रह गर्नु भयो । ख्वप विश्वविद्यालय सञ्चालनमा आए जनताले न्यून शुल्कमा नेपालमै विशेषत्र चिकित्सक उत्पादन गर्न सक्ने जानकारी गराउनु भयो । संघले प्रधानमन्त्री देउवासँग भक्तपुर नगरकोट जोड्ने सडक यथाशीघ्र कालोपत्रे सहित निर्माण सम्पन्न गर्न, सूर्यविनायक नगरपालिकामा पर्ने राष्ट्रिय प्राणी उद्यानको अविलम्ब निर्माण तथा सञ्चालनमा ल्याउन, भक्तपुरमा अन्तर्राष्ट्रियस्तरको सम्मेलन केन्द्र सभा हल निर्माण गर्न, पर्यटन पूर्वाधारको विकास गरी भक्तपुर आउने पर्यटकहरूको बसाई अवधि लम्ब्याउन तारे होटल निर्माणको प्रबन्ध गरिदिन, हालको भक्तपुर औद्योगिक क्षेत्रलाई हस्तकला ग्रामको रूपमा विकास गरी औद्योगिक क्षेत्रलाई यथाशीघ्र उचित स्थानमा स्थानान्तरण गर्न पहल गरिदिन आग्रह गरेको छ । त्यस्तै व्यावसायिक कृषि खेती गर्नको लागि नेपालमै मल कारखाना सञ्चालन गर्न, जिल्लाभित्र उत्पादित कृषि उपजको बजारीकरण लागि कृषि थोक बजार केन्द्रको निर्माण गरिदिन, स्वदेशी उत्पादनको प्रतिस्पर्धी क्षमता अभिवृद्धि गर्न श्रम ऐनमा आवश्यक सुधार गरी श्रम लागत छिमेकी मुलुक सरह बनाउन, नेपाली गार्मेन्ट उद्योगबाट उत्पादित बस्तु निर्यात गर्दा डण्डी र सिमेन्टमा जस्तै ८ प्रतिशत निर्यात अनुदान व्यवस्था गरिदिन, आ. व.२०७९÷०८० बजेटमा विद्युतीय सवारी साधनामा लगाएको करको दरमा खारेज गर्न, युवाहरूलाई स्वदेशमै बसेर उद्योग व्यवसाय गर्न प्रोत्साहन मिल्ने कार्यक्रमहरू ल्याउनु पर्ने र स्वदेशमा रोजगारी सिर्जना गरिदिन संघले प्रधानमन्त्री देउवासँग आग्रह गरेको छ । भेटमा प्रधानमन्त्री देउवाले संघको आग्रहलाई स्वीकार्दै आवश्यक पहल गर्ने जानकारी गराउनु भएको संघका सदस्य नविन प्रजापतिले जानकारी दिनु भयो । --- # प्रधानमन्त्री देउवाको गृह पालिका गन्यापधुरामा कांग्रेसका कार्की निर्वाचित Source: https://newskunda.com/archives/945 Category: FEATURED NEWS, निर्वाचन, राजनीति, समाचार Last updated: 2022-05-14 डडेलधुरा, ३१ वैशाख : प्रधानमन्त्री शेरबहादुर देउवाको गृह पालिका गन्यापधुरा गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार इन्द्रबहादुर कार्की निर्वाचित हुनुभएको छ । कार्कीले तीन हजार ३८४ मत पाप्त गर्नुभएको छ भने उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेस बिपीका सुरेन्द्र मालीले एक हजार ६०४ मत पाउनुभएको छ । त्यस्तै उपाध्यक्षमा पनि कांग्रेसकै उम्मेदवार ज्ञानुकुमारी सेटी विजयी हुनुभएको छ । उहाँले तीन हजार १३ मत पाउनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का इन्द्र महराले एक हजार ७०३ मत पाप्त गर्नुभएको छ । प्रधानमन्त्री देउवाले वडा नं १ को रुवाखोलाबाट मतदान गर्नुभएको थियो । अहिलेसम्म डडेल्धुरा जिल्लामा ११ वडाको मत परिणाम सार्वजनिक हुँदा नेपाली काँग्रेसले सात वडामा विजयी भएको छ भने एमाले एक वडामा विजयी, माओवादी केन्द्र एक, नेपाली कांग्रेस बिपी एक वडामा निर्वाचित भएको मुख्य निर्वाचन अधिकृत हरिप्रसाद शर्माले जानकारी दिनुभयो । --- # प्रधानमन्त्री देउवाको दूत बनेर एमाले अध्यक्ष ओली भेटन बालकोट पुगे गृह र कानूनमन्त्री Source: https://newskunda.com/archives/1352 Category: FEATURED NEWS, राजनीति, समाचार Last updated: 2022-06-17 भक्तपुर, ३ असार । देशमा सत्ता पक्ष र प्रतिपक्षको वाक युद्ध चलिरहेकै बेलामा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेटन आज दुई मन्त्री बालकोट स्थित उहाँकै निवासमा पुगेका छन् । संसदमा समेत सत्ता पक्ष र प्रतिपक्षबीच बिभिन्न विषयमा जुहारी चलिरहेकै बेलामा एमाले अध्यक्ष ओली भेट्न गृहमन्त्री बालकृष्ण खाँण र कानून मन्त्री गोविन्द्रप्रसाद शर्मा कोइराला साँझ बालकोटस्थित ओली निवासमा पुग्नुो हो । बालकोटस्थित ओली निवासमा ४ बजेर १७ मिनेटमा कानून मन्त्री कोइराला पुग्नु भएपछि सुरुमा एमाले अध्यक्ष ओली र मन्त्री कोइरालाबीच भेटवार्ता भएको ओलीको सचिवालयले जानकारी दिएको छ । उहाँहरुको भेटको बीचमा साँझ ५ बजेर १७ मिनेटमा गृहमन्त्री खाँण ओली निवास बालकोट पुग्नु भएको थियो । भेटवार्ता सकेर दुई मन्त्री ओली निवासबाट साँझ ६ बजेर ४५ मिनेटमा बाहिरिनु भएको थियो । प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट संसदमा विचाराधीन विधेयकहरूकोबारेमा ओलीसँग छलफल गर्न दुई मन्त्री बालकोट पुग्नु भएको बताइएको छ । भेटमा मुख्य गरि संसदमा रहेको नागरिकता विधेयकबारे छलफल भएको बताइएको छ । नेपाल नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयक राज्य व्यवस्था तथा सुशासन समितिले पास गरेर प्रतिनिधि सभामा पेस गरेको छ । नागरिकता विधेयश संसदबाट पारित गर्न एमालेको सहयोग गर्नेबारे छलफल भएको बताइएको छ । --- # प्रधानमन्त्री देउवाद्धारा ट्रेड युनियन कांग्रेस राष्ट्रिय सम्मेलनको उद्घाटन Source: https://newskunda.com/archives/1261 Category: FEATURED NEWS, राजनीति, समाचार, समाज Last updated: 2022-06-12 काठमाडौँ, २९ जेठ : प्रधानमन्त्री शेरबहादुर देउवाले कानुनमा व्यवस्था गरिएका श्रमिकका हक, अधिकार कार्यान्वयनमा सरकार प्रतिबद्ध भएर लाग्ने बताउनुभएको छ । नेपाल ट्रेड युनियन कांग्रेस राष्ट्रिय सम्मेलनको उद्घाटन समारोहलाई आज यहाँ सम्बोधन गर्नुहुँदै उहाँले योगदानमा आधारित सामाजिक सुरक्षा ऐनलाई पूर्णरूपमा कार्यान्वयन गर्न सरकारले कुनै कसर बाँकी नराख्नेमा जोड दिनुभयो । सामाजिक सुरक्षामा निजी तथा अनौपचारिक र वैदेशिक रोजगारीमा सहभागी भएकालाई पनि समावेश गरिने प्रधानमन्त्री देउवाको भनाइ छ । “श्रमिकका हक, अधिकार संरक्षणका लागि नेपाल ट्रेड युनियन कांग्रेसले उठाएका सबै माग पूरा गर्न अहिले कांग्रेसको एकल सरकार होइन, गठबन्धनमा सहमति जुटेअनुसार श्रमिकलाई हक, अधिकार दिन कञ्जुस्याइँ गरिँदैन, कर्मचारीको तलब वृद्धि, ज्येष्ठ नागरिकलाई ६८ वर्षमै सामाजिक सुरक्षा भत्ताले पनि श्रमिकलाई हक, अधिकारका लागि सहयोग गरेको छ”, उहाँले भन्नुभयो । श्रम बजारलाई चलायमान बनाउन सबै पक्षले मिलेर काम गर्नुपर्नेमा प्रधानमन्त्री देउवाको जोड थियो । खोपले कोभिड नियन्त्रणमा आए पनि रुस र युक्रेनबीचको युद्धले औद्योगिक क्षेत्र प्रभावित हुँदा श्रमिक वर्गलाई परेको प्रभाव अन्त्य गर्दै रोजगारी सिर्जनामा सरकारले काम गर्ने उहाँको वाचा थियो । नेपाल ट्रेड युनियन कांग्रेसका अध्यक्ष पुष्कर आचार्यले यसअघि प्रधानमन्त्री देउवाकै कार्यकाल विसं २०७४ मा आएको श्रम ऐन कार्यान्वयनमा ढिलाइ भएको उल्लेख गर्नुहुँदै देउवाकै अहिलेको कार्यकालमा त्यसको पूर्ण कार्यान्वन गर्न माग गर्नुभयो । “पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यकालमा तामझामका साथ नयाँ युगको सुरुआत भन्दै प्रत्येक विद्युत्का पोलमा विज्ञापन गरेर सामाजिक सुरक्षा कार्यान्वयन सुरु गरिएको दाबी गरे पनि केही हुन सकेन, चार वर्षमा नभएको काम अब केही समयमै गरेर देखाउन प्रधामन्त्री देउवासमक्ष अनुरोध गरेका छौँ”, उहाँले भन्नुभयो । सातै प्रदेशमा श्रम अदालत स्थापना गरी साना–साना कामका लागि श्रमिकलाई केन्द्रीय राजधानीमै आउनुपर्ने बाध्यता अन्त्य गर्न पनि अध्यक्ष आचार्यले सरकारको ध्यानाकर्षण गराउनुभयो । तीनै तहबीच श्रमिकलाई समन्वय गर्ने ढाँचा विकास गर्न पनि नेपाल ट्रेड युनियन कांग्रेसले अनुरोध गरेको छ । आयोजक संस्थाका वरिष्ठ उपाध्यक्ष महेन्द्रप्रसाद यादवले अन्तरिम संविधान, २०६३ मा उल्लेख भएको श्रम आयोग संविधानसभाबाट बनेको २०७२ को संविधानमा छुट्नु दुःखद् भएको बताउनुभयो । कांग्रेसको विधानमा पनि श्रमिकका विषयमा उल्लेख गरेर सम्मान गर्न पनि उहाँले अनुरोध गर्नुभयो । विसं २०३३ मा गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा विराटनगर जुट मिलमा कार्यरत श्रमिकले नेपाल ट्रेड युनियन कांग्रेसको स्थापना भएको थियो । स्थापनाकालदेखि नै नेपाल ट्रेड युनियन कांग्रेसले श्रमिकका हक, अधिकारका साथै प्रजातन्त्र स्थापनाका लागि आन्दोलन गरेको थियो । दुई दिनसम्म चल्ने सम्मेलनमा ७७ वटै जिल्लाका करिब दुई हजार प्रतिनिधिको उपस्थिति रहेको आयोजक समितिका सदस्य इन्द्रमणि उप्रेतीले राससलाई जानकारी दिनुभयो । सम्मेलनले नेपाल ट्रेड युनियन कांग्रेसको आगामी नीति तथा कार्यक्रममाथि छलफलसहित पारित गर्ने कार्यक्रम रहेको जनाइएको छ । --- # प्रधानमन्त्री प्रचण्ड पत्नी सीता दाहालको निधन Source: https://newskunda.com/archives/2825 Category: FEATURED NEWS, राजनीति, समाचार, समाज Last updated: 2023-07-12 **काठमाडौं, २७ असार ।** प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’की पत्नी सीता दाहालको निधन भएको छ । उहाँको आज बिहान ८ बजेर ३३ मिनेटमा नर्भिक अस्पतालमा निधन भएको हो । नर्भिक अस्पतालका प्रोफेसर डा. युवराज शर्माले सीता दाहालको निधन भएको पुष्टि गर्नुभएको छ । उहाँको स्वास्थ्य अवस्था गम्भीर भएपछि बुधबार बिहान नर्भिक अस्पताल लगिएको थियो । उपचारका क्रममा उहाँको ६९ वर्षको उमेरमा निधन भएको हो । यसबारे जानकारी दिन नर्भिक अस्पतालमा ९ः३० बजे पत्रकार सम्मेलन हुने प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ । --- # प्रधानमन्त्री बालेन्द्र शाह, मुख्यमन्त्री किरण थापालगायत जनप्रतिनिधिहरुबीच पुर्ननिर्माणबारे छलफल Source: https://newskunda.com/archives/4285 Category: FEATURED NEWS, अर्थ, राजनीति, समाचार, समाज Last updated: 2026-09-14 काठमाडौं, २९ भदौ । प्रधानमन्त्री बालेन्द्र शाह र वागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरबीच आज प्रधानमन्त्री कार्यालय सिंहदरबारमा भेटवार्ता भएको छ । विपद् प्रभावित स्थानीय तहका जनप्रतिनिधिसँग भएको छलफल कार्यक्रममा रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको अवस्था, तत्कालीन राहत तथा आवश्यकता साथै पुर्नस्थापनाका विषयमा प्रधानमन्त्री शाह, मुख्य मन्त्री थापा र बाढी प्रभावित पालिकाका जनप्रतिनिधिहरुसंग महत्वपूर्ण छलफल भएको छ । छलफलमा प्रधानमन्त्री शाहले बाढी प्रभावित क्षेत्रको पुर्ननिर्माण तथा स्थानीयवासीको पुर्नस्थापनाका लागि तीन तहकै सरकारको समन्वय र सहभागितामासंगै अगाडि बढ्नु पर्ने बताउनु भएको मुख्यमन्त्री किरण थापाले जानकारी दिनुभयो । प्रदेश सरकार संघीय सरकार र स्थानीय तहसँग हातेमालो गर्दै विपदबाट प्रभावित नागरिकको साथमा दृढतापूर्वक उभिने निर्णय भएको छ । **मुख्यमन्त्री थापाले भन्नुभयो, “बाढी प्रभावित क्षेत्रमा तत्काल राहतसँगै सुरक्षित पुर्नस्थापना, क्षतिग्रस्त पूर्वाधारको पुनर्निर्माण तथा प्रभावित क्षेत्रको दीर्घकालीन पुर्नउत्थानका लागि संघ, प्रदेश र स्थानीय तहबीच प्रभावकारी समन्वय र एकताका साथ अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छौं ।”** विपद्को पीडामा रहेका नागरिकलाई सरकारको उपस्थिति र सहयोग प्रत्यक्ष रूपमा अनुभूति हुने गरी काम गर्नु नै अहिलेको हाम्रो प्रमुख दायित्व भएको मुख्यमन्त्री थापाले प्रधानमन्त्री शाहलाई बताउनु भएको थियो । भविष्यमा प्रभावित क्षेत्रका नागरिकहरूको पुनस्र्थापनाका लागि संघीय सरकारसँग निरन्तर सहकार्य, समन्वय र सहजीकरण गर्न आफूहरू तयार रहेको प्रतिबद्धता जनप्रतिनिधिहरूले व्यक्त गर्नुभएको उहाँले जानकारी दिनुभयो । जनप्रतिनिधिहरूले बाढी प्रभावित क्षेत्रमा तत्काल सडक सञ्जाल विस्तार, बेपत्ता व्यक्तिहरूको खोजी, सम्भावित महामारी रोकथाम तथा होल्डिङ सेन्टरमा रहेका नागरिकहरूलाई अस्थायी बसोबासको प्रबन्ध मिलाउनेबारेमा पनि छलफल भएको मुख्यमन्त्री थापाले जानकारी दिनुभयो । बाढी प्रभावित तटीय क्षेत्रलाई हरियाली क्षेत्रका रूपमा विकास गर्दै नजिकैको सुरक्षित स्थानमा बस्ती स्थानान्तरण गर्नु पर्ने उहाँले बताउनु भएका थियो । छलफलमा गृहमन्त्री सुधन गुरुङ, पूर्वाधार विकासमन्त्री सुनिल लम्साल, सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिना र नुवाकोटका प्रतिनिधिसभासभा सदस्य अच्युतम लामिछाने, नुवाकोटको विदुर नगरपालिकाका प्रमुख राजन श्रेष्ठ, बेलकोटगढी नगरपालिकाका प्रमुख जगतबहादुर गुरुङ, किस्पाङ गाउँपालिकाका अध्यक्ष विरबल तामाङ, धादिङ सिद्धलेक गाउँपालिकाका अध्यक्ष परशुराम खतिवडा, तारकेश्वर गाउँपालिकाका अध्यक्ष शिव अधिकारी, रसुवाको उत्तरगया गाउँपालिकाका अध्यक्ष माधवप्रसाद अर्याल, कालिका गाउँपालिकाका अध्यक्ष हरिकृष्ण देवकोटा, आमाछोदिङमो गाउँपालिकाका अध्यक्ष बुचुङ तामाङलगायतको सहभागी रहेको थियो । --- # प्रधानमन्त्री राहत कोषमा रु १८ अर्ब नौ करोड ३२ लाख ३६ हजार ८५२ पुग्यो Source: https://newskunda.com/archives/5146 Category: FEATURED NEWS, अर्थ, राजनीति, समाचार, समाज Last updated: 2026-10-26 काठमाडौँ, ९ कात्तिकः रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग जुट्ने क्रम अझै जारी छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार कोषको विभिन्न बैङ्कका खातामा आजसम्म मौज्दात रकम रु १८ अर्ब नौ करोड ३२ लाख ३६ हजार ८५२ पुगेको छ । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका विभिन्न नौ वटा वाणिज्य बैङ्कमा मैज्दात रु १३ अर्ब ४८ करोड चार लाख २९ हजार ६४ र हिमालयन बैङ्क तथा लक्ष्मी सनराइज बैङ्कमा तीन करोड चार लाख ९१ हजार ४४४ अमेरिकी डलर पुगेको छ । --- # प्रधानमन्त्री राहत कोषमा शुक्रबार बेलुकीसम्म ४ अर्ब ३८ करोड ८ लाख ५२ हजार २५२ रुपैयाँ संकलन Source: https://newskunda.com/archives/4166 Category: FEATURED NEWS, अर्थ, राजनीति, समाचार, समाज Last updated: 2026-08-28 काठमाडौं, १२ भदौ । प्रधानमन्त्री राहत कोषमा शुक्रबार बेलुकीसम्म ४ अर्ब ३८ करोड ८ लाख ५२ हजार २५२ रुपैयाँ संकलन भएको छ। यो रकम नौ वटा वाणिज्य बैंकका खातामा जम्मा भएको नेपाली रकम हो । यस्तै थप दुईवटा बैंक हिमालयन र लक्ष्मीमा ६ लाख ८० हजार ६१८ अमेरिकी डलर (करिब १० करोड ३८ लाख रुपैयाँ नेपाली) जम्मा भएको छ । यो जम्मा दुई दिनमा प्राप्त भएको सहयोग हो । बिहिबार अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ६ घण्टा अवधिमै २७ करोड ३३ लाख नगद सहयोग बुझिलिनु भएको थियोे । आज शुक्रबार २७ फरक संस्था एवम् व्यक्तिहरुले ३८ करोड ५५ लाख रुपैयाँ नगद अर्थमन्त्रीमार्फत सरकारलाई बुझाउनु भएको छ । स्वदेश वा परदेशबाट मन फुकाएर सहयोगहरु आइरहेको देखिन्छ । प्रतिदिन झण्डै सवा दुई अर्वको दरले नगद सरकारको खातामा प्राप्त भइरहेको छ । --- # प्रधानमन्त्री वालेन्द्र शाह र रवि लामिछानेसँग भारतीय विदेश सचिव मिश्रीको शिष्टाचार भेट Source: https://newskunda.com/archives/5507 Category: FEATURED NEWS, राजनीति Last updated: 2026-11-05 **काठमाडौँ, कात्तिक १९ गते ।** भारतीय विदेश सचिव विक्रम मिश्रीले प्रधानमन्त्री वालेन्द्र शाह र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसँग शिष्टाचार भेटवार्ता गर्नुभएको छ। नेपालको दुई दिने औपचारिक भ्रमणमा आउनुभएका मिश्रीले बिहीबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानमन्त्री शाहसँग र बूढानीलकण्ठमा सभापति लामिछानेसँग भेटवार्ता गर्नुभएको हो। प्रधानमन्त्री शाहसँगको भेटमा नेपाल–भारत द्विपक्षीय सम्बन्ध, विपद् व्यवस्थापन, खेलकुद विकास, ऊर्जा, जलस्रोत, व्यापार–पारवहन तथा उड्डयनलगायत विषयमा छलफल भएको थियो। भेटका क्रममा प्रधानमन्त्री शाहले नेपालमा हालै गएको विनाशकारी रसुवा–भोटेकोशी बाढीपछि भारत सरकारले ‘फर्स्ट रेस्पोन्डर’का रूपमा राहत सामग्री उपलब्ध गराउनुका साथै उद्धार टोली खटाएर पुर्याएको सहयोगप्रति आभार व्यक्त गर्नुभयो। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले विपद्का बेला फोनमार्फत सहयोगको ऐक्यबद्धता जनाउनुभएकोमा पनि उहाँले धन्यवाद दिनुभयो। प्रधानमन्त्री शाहले नेपालको खेलकुद क्षेत्रको विकासका लागि भारतसँग कसरी सहकार्य गर्न सकिन्छ भन्ने विषयमा समेत चासो व्यक्त गर्नुभएको थियो। भेटमा भारतीय विदेश सचिव मिश्रीले प्रधानमन्त्री शाहको आसन्न भारत भ्रमणलाई लिएर भारतीय प्रधानमन्त्री मोदीको सन्देश सुनाउँदै भ्रमणको तयारी तीव्र पारिएको जानकारी गराउनुभयो। उहाँले प्रधानमन्त्री शाहको भारत भ्रमण सफल बनाउन भारतले आवश्यक तयारी गरिरहेको बताउनुभयो। मिश्रीले ऊर्जा, जलस्रोत, व्यापार–पारवहन र उड्डयनसम्बन्धी नेपाल–भारत द्विपक्षीय संयन्त्रका नियमित बैठकहरू सफलतापूर्वक सम्पन्न भएको जानकारी पनि गराउनुभयो। भारतको अयोध्यादेखि नेपालको जनकपुरसम्म रेलमार्ग सञ्चालनका लागि आवश्यक तयारी पूरा भएको उल्लेख गर्दै उहाँले बिहीबार उक्त मार्गमा रेल परीक्षणसमेत गरिएको जानकारी प्रधानमन्त्री शाहलाई गराउनुभयो। यसैगरी, भारतीय विदेश सचिव मिश्रीले रास्वपा सभापति रवि लामिछानेसँग पनि शिष्टाचार भेटवार्ता गर्नुभएको थियो। बूढानीलकण्ठमा भएको भेटमा सभापति लामिछानेले आफ्नो विगतको औपचारिक भारत भ्रमणको स्मरण गर्दै आगामी दिनमा नेपाल र भारतबीच हुन लागेका उच्चस्तरीय भ्रमणहरूको सफलताका लागि शुभकामना व्यक्त गर्नुभयो। भेटका क्रममा लामिछानेले नेपालले विकास तथा आर्थिक कूटनीतिमा जोड दिइरहेको उल्लेख गर्नुभयो। उहाँहरूबीच नेपाल–भारतको बहुआयामिक सम्बन्ध, दुई मुलुकबीचको गहिरो सम्बन्धलाई थप प्रगाढ बनाउने तथा आपसी सहकार्यका विषयमा छलफल भएको थियो। भारतीय विदेश सचिव मिश्रीको नेपाल भ्रमणलाई नेपाल–भारतबीचको उच्चस्तरीय कूटनीतिक सम्बन्धलाई थप सुदृढ बनाउने अवसरका रूपमा हेरिएको छ। --- # प्रधानमन्त्री शाहद्धारा निर्देशन :घाइतेको ज्यान जोगाउनु, बेपत्ताको खोजी र प्रभावितलाई सुरक्षा दिनु सरकारको पहिलो प्राथमिकता Source: https://newskunda.com/archives/4108 Category: FEATURED NEWS, अर्थ, राजनीति, समाचार, समाज, स्वास्थ्य Last updated: 2026-08-26 काठमाडौँ, १० भदौ : प्रधानमन्त्री वालेन्द्र शाहले सरकारको अहिलेको पहिलो प्राथमिकता घाइतेहरूको ज्यान जोगाउनु, बेपत्ता भएकाहरूको खोजी गरिनु र प्रभावित मानिसहरूलाई सुरक्षा दिनु रहेको बताउनुभएको छ । आज सामाजिक सञ्जालमार्फत बाढी प्रभावित क्षेत्र तथा अन्य क्षेत्रका नागरिकहरूलाई अपिल गर्दै सरकारले सम्पूर्ण ध्यान उद्धार, खोजी र राहतमा खर्चिएको बताउनुभएको हो । “आज म अत्यन्तै भारी मन लिएर तपाईंहरूमाझ उभिएको छु । आज बिहान रसुवाको भोटेकोशी नदीमा अचानक आएको भीषण बाढीले पुर्याएको ठूलो मानवीय र भौतिक क्षतिले सिङ्गो देशलाई नै स्तब्ध र मर्महत बनाएको छ । प्राकृतिक विपद्को यो अप्रत्याशित बज्रपातले हाम्रा धेरै दाजुभाइ, दिदीबहिनी र साना–साना बालबालिकाहरूलाई गहिरो पीडामा धकेलेको छ”, उहाँले भन्नुभएको छ । प्रधानमन्त्री शाहका अनुसार बाढीका कारण हालसम्म ९५ जनाले ज्यान गुमाइसक्नुभएको छ । “म नेपाल सरकार र व्यक्तिगत तर्फबाट ज्यान गुमाउनुहुने ती सम्पूर्ण मृतकहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु । आफ्नो मान्छे, आफ्नो परिवार र सर्वस्व गुमाएर शोकमा डुब्नुभएका ती दाजुभाइ तथा दिदीबहिनीहरूमा गहिरो समवेदना व्यक्त गर्दछु । तपाईंहरूको यो असैह्य पीडामा सिङ्गो नेपाल सरकार र सम्पूर्ण देशबासी साथमा छौँ । बाढीमा परी घाइते हुनुभएका र अस्पतालमा उपचार गराइरहनुभएका सबै नागरिकहरूको छिटोभन्दा छिटो स्वास्थ्य लाभको कामना गर्दछु”, उहाँले भन्नुभएको छ । उहाँले दुःखद् खबर पाउनासाथ सरकारले ढिला नगरी आफ्ना सम्पूर्ण शक्ति र संयन्त्रहरूलाई हजारौँको सङ्ख्यामा उद्धार कार्यमा परिचालन गरेको समेत उल्लेख गर्नुभएको छ । बाढी गएलगत्तै राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको आकस्मिक बैठक बस्यो । त्यसलगत्तै राष्ट्रिय परिषद्को बैठक र मन्त्रिपरिषद्को बैठक समेत बसेर उद्धार, खोज र राहत कार्यलाई कसरी तीव्र बनाउने भन्नेबारे महत्त्वपूर्ण निर्णयहरू गरिएको उहाँको भनाइ छ । बाढी प्रभावित क्षेत्रमा नागरिकहरूको ज्यान जोगाउन र खोजतलास गर्न नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीका टोलीहरूलाई तत्कालै मैदानमा उतारिएको प्रधानमन्त्री शाहले जानकारी दिनुभयो । प्रधानमन्त्री शाहका अनुसार घाइते नागरिकहरूको सहज र निःशुल्क उपचारका लागि काठमाडौँको वीर अस्पताल र राष्ट्रिय ट्रमा सेन्टरमा १०० वटा शय्या छुट्याइएको छ । उपत्यकाका अन्य सबै ठूला अस्पतालहरूलाई पनि जुनसुकै बेला घाइतेको उपचारका लागि तयारी अवस्थामा राखिएको छ । सरकारले प्रभावित क्षेत्रमै मेडिकल टिम खटाएर घाइतेहरूको उद्धार र प्राथमिक उपचार गरिरहेको छ । काठमाडौँको राष्ट्रिय ट्रमा सेन्टर, विभिन्न सुरक्षा निकायहरूबाट चिकित्सकसहितको स्वास्थ्यकर्मीको टोली तत्कालै पठाइएको छ । यस्तै, नेपाल स्काउट, विश्व स्वास्थ्य सङ्गठनलगायत निकायबाट पनि चिकित्सक, उद्धारकर्मी र स्वास्थ्य सामग्री बाढीप्रभावित क्षेत्रमा पठाइसकिएको छ । आपत्कालीन स्वास्थ्य सेवा, औषधी र रगतको अभाव नहोस् भनेर रक्तसञ्चार केन्द्र, बागमती र गण्डकी प्रदेशका स्वास्थ्य मन्त्रालयहरू, नेपाल रेडक्रस सोसाइटी, लायन्स क्लब र नेपाल स्काउटजस्ता सङ्घसंस्थाहरूसँग निरन्तर समन्वय भइरहेको छ । बाढीग्रस्त क्षेत्रका सङ्घीय सांसदहरूसँग हामीले परामर्श गरी स्थानीय तहमा कहाँ के सहयोग आवश्यक छ, सोही अनुसार सहजिकरण गरिरहेका छौँ । घाइतेहरूको थप विवरण संकलन गर्ने काम अझै निरन्तर जारी छ । यो विपद्बाट नागरिकलाई बचाउन र उहाँहरूको जनजीवन सामान्य बनाउन सरकार लागिरहनेछ । बाढीमा हराइरहेका नागरिकहरूको खोजतलासलाई अझ तीव्र पारिनेछ । घाइतेहरूको पूर्ण विवरण र बाढीले पुर्याएको क्षतिको विस्तृत विवरण सङ्कलन गरिनेछ । आज रातभर पनि उद्धार कार्य जारी नै रहने उहाँको भनाइ छ । “नुवाकोटको विदुर, रसुवाको उत्तरगया र गोसाइँकुण्ड, धादिङको गजुरी, गल्छी, बेनीघाट, त्रिपुरासुन्दरी र सिद्धलेख तथा गोरखाको शहीद लखन र गण्डकी गाउँपालिका बाढीबाट बढी प्रभावित भएका छन् । यी सबै क्षेत्रका पीडित परिवारहरूसम्म खानेकुरा, सफा खानेपानी, औषधी र अस्थायी बसोबासको व्यवस्था तुरुन्त पुर्याइने छ”, प्रधानमन्त्री शाहले भन्नुभएको छ । बाढीका कारण भत्किएका सडक, पुल, बिजुली र खानेपानीका आयोजनाहरूलाई प्राथमिकताका साथ पुनर्निर्माण गरी जनजीवनलाई पुनः पुरानै अवस्थामा फर्काइनेछ । विस्थापित भएका परिवारहरूलाई सुरक्षित स्थानमा पुनःस्थापना गरिनेछ उहाँको भनाइ छ । प्रधानमन्त्री शाहले भन्नुभएको छ, “तपाईंहरूले भोग्नुपरेको पीडा र गुमाएको क्षति सानो छैन । तर म तपाईंहरूलाई विश्वास दिलाउन चाहन्छु—यो कठिन घडीमा तपाईंहरू एक्लो हुनुहुन्न । राज्य आफ्ना सम्पूर्ण साधन र स्रोतका साथ तपाईंहरूकै साथमा छ । कृपया धैर्य धारण गर्नुहोला । तपाईंहरूको उद्धार, उपचार, खानपिन र बसोबासको पूर्ण जिम्मेवारी सरकारले लिन्छ ।” यस्तो विपद्को बेला हामी सबै एक ढिक्का हुन आग्रह गर्दै उहाँले सम्पूर्ण सामाजिक सङ्घसंस्था, उद्योगी–व्यवसायी, युवा स्वयंसेवक र आम नागरिकहरूलाई सरकारले चलाएको राहत र उद्धार अभियानमा आ–आफ्नो ठाउँबाट हात बढाउन र सहयोग गर्न हार्दिक अनुरोध समेत गर्नुभएको छ । --- # प्रधानमन्त्री साहको महादेव खोला खानेपानी बहुउद्देश्यीय परियोजनामा निर्माणमा चासो, सांसदसहित प्रधानमन्त्रीको कार्यालयको टोलीद्धारा अनुगमन Source: https://newskunda.com/archives/4233 Category: FEATURED NEWS, अर्थ, राजनीति, समाचार, समाज Last updated: 2026-09-10 भक्तपुर, २५ भदौ । चाँगुनारायण नगरपालिका वडा नं. ६ र वडा नं.७ को सिमानामा रहेको महादेव खोला खानेपानी बहुउद्देश्यीय परियोजनामा निर्माणका लागि प्रधानमन्त्री बालेन्द्र साहले चासो दिनु भएको छ । आज प्रधानमन्त्री कार्ययालयको निर्देशनमा पुर्वाधार विकासमन्त्री सुनिल लम्सालको निजी सचिव राजेन्द्रबहादुर बम, सल्लाकार संजिव बिक्रम राणा, भक्तपुर क्षेत्र नं. १ का संघीय सांसद रूकेश रंजित, क्षेत्र नं. २ का सांसद राजिव खत्री, सांसद प्रमिला कुलुजु, खानेपानी विभागका सिनियर डिभिजन इन्जिनिय राजु महतलगायत स्थानीय जनप्रतिनिधिको टोलीले परियोजना क्षेत्रको अनुगमन गरेको छ । अनुगमन पछि सांसद रुकेश रजितले उपत्यकामै खानेपानीको अभाव भइरहेको अबस्थामा यस परियोजना पुरा गर्न नेपाल सरकार एवं प्रधानमन्त्रीले नै चासो दिएकाले अब यसको निर्माण सम्पन्न हुन्छ भन्नेमा आफू ढुक्क रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “सरकारको तर्फबाट हामीले पनि विशष् पहल गरिरहेका छौं, यो परियोजना धेरै पटक अध्ययन भएको छ, यसको डिपिआर बनिसकेको छ, तर काम नभएर झुण्डिरहेको अबस्थामा छ, उपत्यकाकै लागि खानेपानीको प्रमुख श्रोत बन्न सक्ने र उपत्यकाको पूर्वी क्षेत्रलाई खानेपानीको श्रोत पूर्ति गर्न सक्ने यो योजना पुरा हुन्छ भन्नेमा हामी विश्वस्त छौं ।” अनुगमन पछि अर्का सांसद राजिब खत्रीले प्रधानमन्त्री कार्यालयमा यस परियोजनााबारेमा छलफल भएर नै आज प्रधानमन्त्री कार्यालयसहितको टोली अनुगमनमा आएको बताउनुभयो । उहाँले यस आयोजना सम्पन्न भयो भने भक्तपुरको दुबै क्षेत्र अर्थात समग्र भक्तपुर नै लाभान्वित हुने भएकाले पहिला नै डिपिआर तयार भएर अडेकिएकोे गाँठो फुकाएर परियोजना सम्पन्न गराउँने बताउनुभयो । अर्का सांसद प्रमिला कुलुजुले भक्तपुरमा साताको एक दिन मात्रै पानी आउने गरेको बताउदै अहिलेका सरकारले यो आयोजनालाई सम्पन्न गर्ने बताउनुभयो । खानेपानी विभागका सिनियर डिभिजन इन्जिनिय राजु महतले यस आयोजनाको चार वर्ष अगाडि नै अध्ययन गरेर इआईएको स्वीकृतिका लागि वन तथा वातावरण मन्त्रालयमा पुगेर अडकिएको बताउदै मन्त्रायबाट स्वीकृत भएर आए लगत्तै थप काम अगाडि बढाउन सकिने बताउनुभयो । उहाँले ४८ मिटरका लामो डयाम, १३ हेक्टरमा पानी सुरक्षित रहने गरि डिपिआर तयार भएको बताउदै यो निर्माण सम्पन्न भएमा प्रति व्यक्ति प्रत्येक दिन १०० लिटरको दरले पानीको खपत गर्दा पनि ४० हजार नागरिकलाई पानी पुग्ने बताउनुभयो । चाँगुनारायण नगरपालिकाका वडा नं. ७ का वडाध्यक्ष श्यामकृष्ण नायजुले विगतको सरकारले आयोजना निर्माण सुरु गर्ने गरि नगरपालिकाले बहुआयामिक खानेपानीका श्रोत भण्डारण गर्ने गरि डिपिआर गरि अधिकतम प्रयास गर्दा पनि काम रोकिएको बताउदै अहिलेको स्थिर सरकारले यो परियोजना निर्माण सम्पन्न गरे भक्तपुरका लागि खानेपानीका दीर्घकालिन समस्या समाधान हुने बताउनुभयो । सरकारले आर्थिक वर्ष २०८०÷०८१ को बजेट वक्तव्यमै भक्तपुरको खानेपानी आवश्यकताको दिगो व्यवस्थापनका लागि महादेव खोलाबाट पानी आपूर्तिको सम्भाव्यता अध्ययन लगायत पूर्वतयारीको कार्य सम्पन्न गरी योजना अगाडि बढाउने घोषणा गरेको थियो । जलाशय निर्माणका लागि तत्कालिन सरकारले २०७३ सालमै अध्ययन र डिपिआर निर्माणका लागि मात्रै रु एक करोड ३५ लाख बजेट विनियोजन गरेको थियो । यो आयोजना सम्पन्न भएमा भक्तपुरका २० हजार घरधुरीका एक लाख जनतालाई दैनिक प्रतिव्यक्ति १०० लिटरका दरले पानी वितरण गर्न सक्ने र आयोजना सम्पन्न भएपछि दैनिक एक करोड लिटर पानी वितरण गर्न सकिने अध्ययनमा उल्लेख छ । यस क्षेत्रमा रहेका विभिन्न मूल, वर्षात् र मुहानपोखरीको पानी संकलन गरी शुद्धीकरण गरेर वितरण गर्ने योजना रहेकोे उहाँको भनाइ छ । अध्ययन र डिजाइन प्रतिवेदनमा पहिलो चरणमा काठमाडाँै उपत्यका खानेपानी लिमिटेडले सञ्चालन गरेको मुहानपोखरीकै संरचना प्रयोग र पुनःनिर्माण तथा प्रशोधन केन्द्र, पाइप लाइन र मर्मत गर्ने र पानीपोखरी थप गर्दै लैजाने उल्लेख छ । --- # प्रधानमन्त्री सुशीला कार्कीको सन्देश : लैङ्गिक समानता, लोकतान्त्रिक मूल्य र सामाजिक न्यायको संस्कृतिलाई अझ सुदृढ बनाउन हातेमालो गर्न आह्वान Source: https://newskunda.com/archives/3448 Category: FEATURED NEWS, राजनीति, समाचार, समाज Last updated: 2026-03-08 काठमाडौँ, २४ फागुनः प्रधानमन्त्री सुशीला कार्कीले लैङ्गिक समानता, लोकतान्त्रिक मूल्य र सामाजिक न्यायको संस्कृतिलाई अझ सुदृढ बनाउन हातेमालो गर्न आह्वान गर्नुभएको छ । अन्तरराष्ट्रिय महिला दिवसको अवसरमा आज शुभकामना व्यक्त गर्दै उहाँले अझै पनि धेरै महिला गुणस्तरीय शिक्षा, आधारभूत स्वास्थ्य सेवा, सम्मानजनक रोजगारी र नेतृत्व तहमा सार्थक सहभागिताबाट वञ्चित भएको उल्लेख गर्नुभयो । उहाँले भन्नुभएको छ, “उनीहरुलाई अझै विश्वास गरिहाल्ने र रु भन्ने मनोविज्ञान ज्युँ का त्यूँ छ । हिजो चुलाचौकामा बेहोरेको विभेद्को नयाँ स्वरुप आज कार्यस्थलमा छ ।” अब हाम्रो लक्ष्य केवल सहभागिता बढाउने मात्र होइन, अर्थपूर्ण र गुणस्तरीय सहभागिता सुनिश्चित गर्नुपर्ने उहाँको भनाइ छ । “अहिले शिक्षाको विस्तार भएको छ, चेतनाको स्तर उठेको छ । त्यसैले महिला अधिकारका लागि अझ दृढताका साथ अगाडि बढिरहेका छन् । हामीले यो पनि बुझ्नुपर्छ कि सबै महिलाको अवस्था समान छैन,” सन्देशमा भनिएको छ । उहाँले समाजमा पछि परेको, विकासको मूलधारबाट वञ्चित समुदायका महिला अझै बढी प्रताडित भएको पनि उल्लेख गर्नुभएको छ । उहाँले विशेषगरी दलित महिला, कर्णालीका महिला, मधेसका महिला तथा सीमान्तकृत समुदायका महिलाको आवाज राज्यको नीति निर्माणमा अझ स्पष्ट रूपमा प्रतिविम्बित हुन आवश्यक रहेको बताउनुभएको छ । प्रधानमन्त्री कार्कीले समानता, सशक्तीकरण र सामाजिक न्यायको आधारमा समतामूलक समाज निर्माण गर्नु आजको ऐतिहासिक दायित्व भएको र त्यो दायित्व राज्यको मात्र नभइ राजनीतिक दलहरू, नागरिक समाज, निजी क्षेत्र, सञ्चार जगत, राष्ट्रिय तथा अन्तरराष्ट्रिय विकास साझेदारको साझा जिम्मेवारी भएको उल्लेख गर्नुभएको छ । उहाँले भन्नुभएको छ, “जब महिलाले सम्मान, सुरक्षा र समान अवसर प्राप्त गर्नेछन्, तब मात्र लोकतन्त्र सुदृढ हुन्छ । तब मात्र संविधानको मर्म कार्यान्वयन हुन्छ । तब मात्र समृद्ध, न्यायपूर्ण र समतामूलक नेपाल निर्माण सम्भव हुन्छ ।” उहाँले दिवसले हामी सबैमा समानता, न्याय, समावेशीता र लोकतान्त्रिक चेतनालाई अझ सशक्त बनाओस् भन्ने शुभकामना पनि गर्नुभएको छ । ((( --- # प्रमुख प्रशासकीय अधिकृत मोहनकुमार श्रेष्ठलाई चाँगुनारायण नगरपालिकाबाट बिदाइ Source: https://newskunda.com/archives/5180 Category: FEATURED NEWS, अर्थ, राजनीति, समाचार, समाज Last updated: 2026-10-27 भक्तपुर, १० कात्तिक । चाँगुनारायण नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मोहनकुमार श्रेष्ठलाई नगरपालिकाबाट बिदाइ गरिएको छ । उहाँको सरुवा भएपछि नगरपालिकाल आज आयोजना गरेको विदाई तथा फेरि भेटौँला कार्यक्रममा नगर प्रमुख जीवन खत्रीले खादा ओढाएर कदर पत्र प्रदान गरि विदाई गर्नु भएको हो । नगर प्रमुख खत्रीले यस नगरपालिकामा कार्यरत रहँदा उहाँले पुर्याउनुभएको योगदान, सहयोग, समन्वय तथा सेवाप्रतिको समर्पणका लागि चाँगुनारायण नगरपालिका परिवार हार्दिक आभार तथा कृतज्ञता गरेको बताउनुभयो । थाहा नगरपालिका, मकवानपुरमा उहाँले आगामी कार्यकाल रहने भएकाले उहाँको कार्यकाल सफल, सुखद र उपलब्धिमूलक रहोस् र नयाँ कार्यस्थलमा समेत उहाँको ज्ञान, अनुभव, कुशल नेतृत्व र कार्यक्षमताले संस्थागत विकास तथा जनसेवामा थप योगदान पुर्याउन सकोस् भन्ने हार्दिक शुभकामना व्यक्त गर्नुभयो । --- # प्रहरी जवान आधारभुत तालिम ६/२०२ औं समूहको दीक्षान्त समारोह सम्पन्न Source: https://newskunda.com/archives/1780 Category: FEATURED NEWS, जीवन शैली, समाचार, समाज Last updated: 2022-08-25 वाग्मति, ९ भदौ । बागमती प्रदेश प्रहरी तालिम केन्द्र, दुधौली सिन्धुलीमा सञ्चालित प्रहरी जवान आधारभूत तालिम ६/२०२ औं समूहको दीक्षान्त समारोह आजे बागमती प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरिक्षक किरण बज्राचार्यको प्रमुख आतिथ्यमा सम्पन्न भएको छ । समारोहमा प्रहरी नायव महानिरिक्षक बज्राचार्यले उत्कृष्ट प्रशिक्षार्थी प्रहरी जवानहरुलाई पुरस्कार वितरण तथा तालिम प्रशिक्षणको क्रममा महत्वपुर्ण योगदान पुर्याउने प्रशिक्षकहरुलाई पुरस्कार वितरण गर्नुभयो । उहाँले नेपाल प्रहरी संगठनको महत्वपूर्ण जिम्मेवारी निर्वाहको लागि लगनशिल, कर्मठ र योग्य प्रहरी कर्मचारीको रुपमा प्रहरीले पालना गर्नु पर्ने जुनसुकै चुनौती एवंम् जिम्मेवारीका साथ दिक्षित भईजाने प्रशिक्षार्थी प्रहरी जवानहरुलाई आगामी कार्य सफलताको शुभकामना एवंम् हार्दिक बधाई व्यक्त गर्नु भयो । उहाँले प्रशिक्षणको क्रममा सिकेका ज्ञान, कौशल, सिप, कलालाई अनुशासित एवंम् व्यवसायिक आचरण भित्र रहेर तोकिएको जिम्मेवारी पुरा गरी कार्यक्षेत्रमा कार्यसम्पादन पुरा गर्ने क्रममा आफूलाई संयमित राख्दै पारदर्शी र निष्पक्ष कार्यशैलीकासाथ व्यावसायिक धर्म निर्वाह गर्नु पर्ने बताउनुभयो । समारोहमा यस केन्द्रका प्रहरी वरिष्ठ उपरिक्षक मोहन प्रसाद पोखरेलले सपथ ग्रहण गराउनुको भएको थियो । दीक्षित भई जाने प्रशिक्षार्थी प्रहरी जवानहरुले तालिममा हासिल गरेका ज्ञान, सीप र कौशललाई कार्यक्षेत्रमा प्रतिबद्ध भएर कार्यान्वयन गर्ने तथा प्रहरी संगठनको मान प्रतिष्ठा उच्च वनाउन सफल हुने उहाँले विश्वास व्यक्त गर्नुभयो । कार्यक्रममा बागमती प्रदेश प्रहरी तालिम केन्द्रका तालिम संयोजक प्रहरी नायव उपरीक्षक नारायण रंजितकारले तालिम सम्वन्धि प्रतिवेदन प्रस्तुत गर्दै, प्रशिक्षण कार्यक्रमको दौरानमा प्रशिक्षार्थीहरुले प्रदर्शन गरेको उच्च कोटिको अनुशासन, अदम्य साहस, सामुहिक भावनाको विकाश, लगनशिलता, सकरात्मक सोच, अभिरुची एवं धैर्यताकासाथ तालिम सम्पन्न गरी आज दीक्षित हुने सम्पूर्ण प्रहरी प्रशिक्षार्थी जवानहरुलाई राष्ट्र र नागरिक सेवालाई जीवनको लक्ष्य ठानी बफादार र सच्चा प्रहरीको रुपमा आफूलाई चिनाउन प्रहरी जवानहरु सफल हुन आग्रह गर्नु भयो । तालिममा सर्वप्रथम, अध्ययन प्रथम प्रशिक्षार्थी प्रहरी जवान शोभाकान्त पासवान, सर्वद्वितीय प्रशिक्षार्थी प्रहरी जवान किरण गुरुङ, सर्वतृतीय प्रशिक्षार्थी प्रहरी जवान चित्र कुमार रोका, कवाज प्रथम प्रशिक्षार्थी प्रहरी जवान यम कुमार माझि, शारीरिक व्यायाम प्रथम प्रशिक्षार्थी प्रहरी जवान रामजित राई, चाँदमारी प्रथम प्रशिक्षार्थी प्रहरी जवान राकेश राई र प्रहरी युक्ति तथा कारबाही प्रथम हुने प्रशिक्षार्थी प्रहरी जवान अनिश राई रहेका छन् । दीक्षान्त समारोहमा नेपाल प्रहरीका उच्च पदस्थ अधिकारी, अधिकृतहरु, जन प्रतिनिधीहरु, सामाजिक संघ संस्थामा आवद्ध व्यक्तित्व एवंम् पदाधिकारीहरु, अमर प्रहरी परिवार एवंम् पुर्व प्रहरी कर्मचारीहरु, स्थानिय समाजसेवी, सकल दर्जाका प्रहरी कर्मचारीहरु, प्रशिक्षार्थीहरुका अभिभावकहरु तथा अन्य आमन्त्रित व्यक्तित्वको उपस्थिति रहेको थियो । --- # प्रहरी महानिरीक्षक दानबहादुर कार्कीसँग जोडेर सार्वजनिक भएका अपुष्ट भएको विज्ञप्ती मार्फत प्रहरीको दाबी Source: https://newskunda.com/archives/5290 Category: FEATURED NEWS, राजनीति, समाचार, समाज Last updated: 2026-10-29 काठमाडौँ, १२ कात्तिकः नेपाल प्रहरीले सरकारको नीति निर्देशनअनुसार नागरिकप्रतिको विधिसम्मत जिम्मेवारी एवं उत्तरदायित्व निर्वाह गर्न प्रहरी सङ्गठन सदैव समर्पित रहेको स्पष्ट पारेको छ । केन्द्रीय प्रहरी प्रवक्ता अविनारायण काफ्लेले आज विज्ञप्ति जारी गर्दै कुनै पनि प्रकारका भ्रामक प्रचार, अनावश्यक दबाब वा गैरकानुनी गतिविधिबाट विचलित नभई संवैधानिक तथा कानुनी जिम्मेवारी पूरा गर्न प्रहरी कटिबद्ध रहेको स्पष्ट पार्नुभयो । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीसँग जोडेर सार्वजनिक भएका अपुष्ट र अनुमानका समाचार तथा टिप्पणीले आमनागरिकमा भ्रम सिर्जना गरेको भन्दै उहाँले अपुष्ट, भ्रामक, तथ्यहिन र स्वार्थकेन्द्रित सूचनाको पछि नलाग्न अनुरोध गर्नुभएको छ । “सङ्गठनको प्रतिष्ठा, व्यावसाययिकता तथा कार्यसम्पादनमाथि भ्रम सिर्जना गर्ने उद्देश्यले नियोजितरुपमा भ्रामक सूचना सम्प्रेषण गरी नेपाल प्रहरीलाई कमजोर बनाउने वा सुरक्षा सङ्गठनलाई विवादमा तानेर सरकारविरुद्ध खेल्न सकिन्छ भन्ने सोच बनाएका सीमित व्यक्तिको चालबाजीलाई आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीको प्रक्रिया अगाडि बढाइनेछ”, केन्द्रीय प्रहरी प्रवक्ता काफ्लेद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । --- # फरार प्रजापति पक्राउ Source: https://newskunda.com/archives/1866 Category: FEATURED NEWS, अपराध, समाचार, समाज Last updated: 2022-08-30 भक्तपुर, १४ भदौ : भक्तपुर जिल्ला अदालतको फैसला कार्यान्वयन नगरी फरार रहेको मध्यपुरथिमि नगरपालिका, ५ बस्ने ५४ का वर्षीय हरिकृष्ण प्रजापतिलाई प्रहरीले आज पक्राउ गरेको छ । जिल्ला अदालत भक्तपुरले २०७८ साल असोज ४ गते ‘दुषित लिखत दर्ता बदर, हक कायम समेत’ कसुरमा नौ लाख २४ हजार ८७० रुपैयाँ जरिवाना फैसला गरेपछि फरार प्रजापतिलाई आज पक्राउ गरेको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक राजू पाण्डेले जानकारी दिनु भयो । पक्राउ परेका प्रजापतिलाई फैसला कार्यान्वयनका लागि आजै भक्तपुर जिल्ला अदालतमा पेश गरिएको उहाँले जानकारी दिनु भयो । --- # फरार मध्ये थप १० जना पक्राउ, अझै शव परीक्षण भएन, छानबिन समितिको काम सुरु Source: https://newskunda.com/archives/2902 Category: FEATURED NEWS, अपराध, अर्थ, समाचार, समाज Last updated: 2023-08-22 भक्तपुर, ५ भदौ : मध्यपुरथिमि नगरपालिका–२ सानोठिमीस्थित बाल सुधार गृहबाट सोमबार फरार भएका मध्ये प्रहरीले आज थप १० जनालाई पक्राउ गरेको छ । सोमबार दिउँसो सुधार गृहको पछाडिको गेट फोडेर भागेका २२१ जना बन्दी मध्ये प्रहरीले पक्राउ गर्न बाँकी १७ जना मध्ये आजदिनभरीमा १० जना पक्राउ गरेको प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक प्रजित केसीले जानकारी दिनुभयो । फरार रहेका मध्ये हिजो सोमबार रातीसम्ममा १०४ जनालाई पक्राउ गरेको र आज थप १० जनालाई उपत्यकाका बिभिन्न ठाउँबाट पक्राउ गरेको उहाँले जानकारी दिनुभयो । बाँकी सात जनाको पनि भोलीसम्म पक्राउ गरिसक्ने उहाँले बताउनु भयो । जिल्ला प्रहरी कार्यालय रामेछापबाट २०७७ जेठ २९ गते १८ वर्षको उमेरमा पाँच वर्षीय बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा सजाय भुक्तान गर्न बाल सुधार गृह सानोठिमीमा ल्याईएका रामेछापको मन्थली नगरपालिका–३, कठजोरका २१ वर्षीय कमल बस्नेतको उच्च ज्वरोलगायतका कारण आइतबार बिहान मृत्यु भएपछि सुधार गृहमा सुरु भएको घट्ना सोमबार भयाबह अबस्थामा पुगेको थियो । सोमबार दिउँसो घरेलु हतियार लिएर गेट फोडेर बाहिर निस्किएका बन्दीले प्रहरीलाई लखेट्दै कुट्ने र लखेट्ने गरेपछि प्रहरीले २ राउण्ड अश्रृग्याँस प्रहार गर्नुका साथै तीन राउण्ड गोली चलाएको थियो । घट्ना १९ सुरक्षाकर्मी र १० जना बन्दी गरि २९ जना घाइते भएका थिए । केही घाइते उपचार पश्चात फर्किएको र बाँकीको उपत्यकाका बिभिन्न अस्पतालमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ । सुधार गृहबाट उपचारका लागि नागरिक अस्पताल पुर्याएपछि मृत्यु भएका बस्नेतको अझै शव परीक्षण सुरु भएको छैन । मृतकका परिवार तथा आफन्तले प्रहरीमा जाहेरी नदिएकै कारण शवको परीक्षण हुन नसकेको प्रहरी उपरीक्षक केसीले जानकारी दिनुभयो । उहाँले मृतकका परिवारसँग भएको छलफलमा भोली जाहेरी दिने र त्यसपछि शव परीक्षण गर्ने तयारी भएको जानकारी दिनुभयो ।सुधार गृहभित्र आइतबारबाट भएको घट्नाले उग्ररुप लिए पछि तीनदिनदेखि यहाँ रहेका बालबालिकाहरु भने त्रसित रहेका छन् । **छानबिन सुरु :** आइतबारको घट्ना पछि जिल्ला सुरक्षा समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालको अध्यक्षतामा बसेको बैठकले घट्नाबारे यथार्थ बुझ्न सहायक प्रमुख जिल्ला अधिकारी डोरेन्द्रप्रसाद निरौलाको नेतृत्वमा गठन गरेको छानविन समितिले आजदेखि काम सुरु गरेको छ । घटनाको अनुसन्धान तथा छानविन गरि सत्य तथ्य ल्याउन सहायक सिडिओ निरौलाको नेतृत्वमा प्रहरी परिसर भक्तपुरका डिएसपी बसन्त पाठक, जिल्ला प्रशासन कार्यालयका अधिकृत अशोककुमार पोखरेल सदस्य सचिव र महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका अधिकृत प्रतिनिधि सदस्य रहेको छनबिन समिति गठन गरेकोमा त्यस समितिले आजैबाट आफ्नो काम सुरु गरेको प्रमुख जिल्ला अधिकारी रिजालले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “छानबिन समितिले आजैबाट आफ्नो काम सुरु गरेको छ । आज समितिको टोलीले सुधार गृह गएर त्यहाँका बन्दी, कर्मचारी, व्यबस्थापकलगायतका बिभिन्नन व्यक्तिहरुसँग सोधपुछ गर्ने काम सुरु भएको छ । सातदिन भित्र यसको प्रतिवेदन आएपछि सुधार गृह र घट्नाको बास्तविकता आउने छ ।” त्यसैगरी बालबन्दीबाट सोमबार फरार हुनेक्रममा सुधार गृह र यूसेप नेपालमा भएको तोडफोडको यकिन क्षति बिबरण संकलन गर्ने कार्य आज भएको उहाँले बताउनु भयो । भोलीसम्म क्षतिको पूर्ण बिबरण आउने उउहाँले जानकारी दिनुभयो । --- # फर्किएनन् तीन सन्तान, मृत्यु दर्ताको प्रमाणपत्र माग्दै परिवार Source: https://newskunda.com/archives/3536 Category: FEATURED NEWS, धर्म/संस्कृति, राजनीति, समाचार, समाज Last updated: 2026-04-06 भक्तपुर, २३ चैतः यहाँको सूर्यविनायक नगरपालिका–४ हर्षचोकस्थित ओम सृजनशील समाज बस्तीका ६६ वर्षीय कृष्णबहादुर श्रेष्ठ सेतो कपडामा कोरा बारेर आफ्ना तीन छोराछोरीको किरियामा बस्नुभएको आज आठौँ दिन बितेको छ । कृष्णबहादुर र उहाँकी श्रीमती सरिता श्रेष्ठ अझै शोकबाट तङ्ग्रिनुभएको छैन । गत असोज १८ गते लाङटाङ घुम्न जाँदा बेपत्ता भएका छोरीहरु २६ वर्षीया सनिता, २४ वर्षीया संस्कृति र २० वर्षीय छोरा ‘किसन’ भन्ने चितलालको ६ महिनापछि यही चैत १६ गते कुशको शव बनाएर अन्त्येष्टी गरेसँगै बुवा कृष्णबहादुर किरियामा बस्नुभएको हो । रोट्र्याक क्लबको नेतृत्वमा गत असोज १६ गते दसैँको टीका लगाएर १७ गते बिहान पाँचदिने यात्रामा घुम्न हिँडेका छोराछोरी नफर्किएपछिको पीडा भनिसाध्य छैन । १६ जनाको टोली लाङटाङ निस्किएका उनीहरु १८ गते दिउँसो करिब ५ बजे बेरिङ खोल्सा तर्ने क्रममा आएको पहिरोसँगैको लेदो पानीले बगाएर गहिरो खाँचमा बेपत्ता भएका थिए । घटनास्थल आसपासमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीसहितको सुरक्षा टोलीले कैयौँ दिन लगाएर खोज्दा पनि शव नभेटिएपछि रसुवाका प्रमुख जिल्ला अधिकारीले घटना विवरणसहित पठाएको पत्रका आधारमा उनीहरु जीवित नरहेको ठहर गर्दै परिवारले कुशको शव बनाएर दाहसंस्कार गरेका हुन् । उनीहरुसँगै बेपत्ता भएका भक्तपुर नगरपालिका–१० घर भइ काठमाडौँ बस्ने २३ वर्षीय रवि श्रेष्ठसमेत अहिलेसम्म भेटिएका छैनन् । प्रत्यक्षदर्शीका अनुसार यात्राका क्रममा खोल्सा तर्ने क्रममा अचानक माथिबाट आएको पहिरोसँगैको लेदोमा पहिलोपटक सनिता बगिन् र उनलाई बचाउन गएकी बहिनी संस्कृति पनि बगिन्, फेरि उनलाई बचाउन जाँदा भाइ कृष्ण समेतलाई बगायो । उनीहरुलाई बचाउन भनेर गएका साथी रविलाई समेत बगाएपछि चारै जना बेपत्ता भएका थिए । किरियामा बस्नुभएका बुवा कृष्णबहादुर भन्नुहुन्छ, “एकै पटक तीन सन्तान गुमाउनुको पीडा त छँदैछ तर, राज्यले दिने मृत्यु दर्ताको प्रमाणपत्रसमेत परिवारले नपाउँदा भने पीडामाथि पीडा थपिएको छ, सरकार हामीलाई तीन सन्तानको मृत्यु प्रमाणपत्र दिलाइ देऊ ।” उनीहरुको मृत्यु प्रमाणपत्र नपाउँदा बिमादेखि बैङ्क खातामा रहेको रकम बाबुआमाको खातामा सार्न पाएका छैनन् । उहाँ भन्नहुन्छ, “मृत्यु प्रमाणपत्र लिन वडा, नगरपालिका, भक्तपुर जिल्ला अदालतदेखि गृहमन्त्रालयसम्म धायौँ, तर अझै पाएनौँ, सन्तानको सद्गत गरिसक्यौँ, बेपत्ता भएको र बेपत्ता जीवित नहुने अवस्था सबैलाई थाहा छ, यो लुकेको घटना त होइन नि, त्यसैले कानुनको कुन धारा प्रयोग गरेर हुन्छ सरकार तीन सन्तानको मृत्यु प्रमाणपत्र दिलाई देऊ ।” वडा कार्यालयले बेपत्ता भएको १२ वर्ष नभई मृत्यु प्रमाणपत्र दिन र सिफारिस गर्न नमिल्ने भनेर पन्छाइ दिएको, नगरपालिकाले पनि त्यही जवाफ दिएको बताउँदै काका केशव श्रेष्ठले जिल्ला अदालतमा समेत रसुवाको सबै पत्र र विवरण बुझाउँदा पनि मृत्यु दर्ताको प्रमाण पत्र नपाएको बताउनुहुन्छ । --- # फागुन २१ को निर्वाचन देशलाई दिगो शान्ति, स्थिरता, उज्यालो र अस्थिरता, अशान्ति चाहनेहरूबीचको जनमत संग्रह हो : काँग्रेस महामन्त्री घिमिरे Source: https://newskunda.com/archives/3386 Category: FEATURED NEWS, राजनीति, समाचार Last updated: 2026-02-14 भक्तपुर, २ फागुन : नेपाली कांग्रेसका महामन्त्री गुरुराज घिमिरेले कोमामा रहेको संविधानलाई ब्युझाउनको लागि फागुन २१ को निर्वाचन अनिवार्य रहेको बताउनु भएको छ । नेपाली कांग्रेस भक्तपुर क्षेत्र नम्बर २ निर्वाचन परिचालन कमिटिले आज बालकोटमा आयोजना गरेको बृहत कार्यकर्ता भेलामा सम्बोधन गर्दै महामन्त्री घिमिरेले जेनजी आन्दोलन पछि सृजना भएको विषम परिस्थितिमा गठन गरेको सरकारको नेतृत्वले ६ महिनाभित्र तोकिएको समयमै निर्वाचन सम्पन्न गराउने बाटो तर्फ उन्मुख भएको भन्दै सकारात्मक भएको टिप्पणी गर्नुभयो । फागुन २१ को निर्वाचन शान्ति चाहने, स्थिरता चाहने, उज्यालो र देशलाई दिगो शान्ति चाहनेहरु र अस्थिरता चाहने अशान्ति चाहनेहरूबीचको जनमत संग्रहको रूपमा आफूले लिएको उहाँले बताउनु भयो । महामन्त्री घिमिरेले जेन्जी आन्दोलनपछि उत्पन्न परिस्थितिलाई नेपाली काग्रेसले सम्बोधन गर्दै विशेष महाधिवेशन मार्फत गगन थापाको नेतृत्वको नेपाली कांग्रेसमा रुपान्तरण गरेको बताउनु भयो । उहाँले यो विषम परिस्थितिलाई मध्यनजर गर्दै कांग्रेसका सबै नेता तथा कार्यकर्ताले १६५ वटै निर्वाचन क्षेत्रमध्ये १६४ वटा निर्वाचन क्षेत्रमा नेपाली कांग्रेसका उम्मेदवारलाई विजय गराउन लाग्नुपर्ने बताउनुभयो । महामन्त्री घिमिरेले नेपाली काग्रेसले एक वर्षभित्र नियमित महाधिवेशन गराउने भन्दै विशेष महाधिवेशन विषम परिस्थितिमा गर्नुपर्ने बाध्यता आइपरेको समेत बताउनुभयो । उहाँले अग्रज नेताहरूलाई सम्मान रहेको समेत बताउदै संसद भ्युटाउन र संविधान जोगाउनको लागि यो फागुन २१ गतेको निर्वाचन अनिवार्य रहेको समेत उहाँको भनाइ थियो । २४ गतेको जिन्जी आन्दोलनले विश्वलाई नयाँ पाठ सिकाएको बताउदै उहाँले नयाँ पुस्ताले चाहेमा जे पनि हुनसक्छ भन्ने उदाहरण जिन्जी पुस्ताको आन्दोलन भएको बताउनुभयो । ०६२÷०६३ को जनआन्दोलनमा दुई थोपा आँसु नबगाउनेहरू अहिले आएर जे पायो त्यही बोलिरहेको समेत उहाँको आरोप थियो । --- # फुटबल खेल्दै मुख्यमन्त्री, मुख्यमन्त्री र मुख्यसचिव नेतृत्व टिमद्धारा प्रतिस्पर्धा, Source: https://newskunda.com/archives/4317 Category: FEATURED NEWS, अर्थ, खेलकुद, राजनीति, समाचार, समाज Last updated: 2026-09-17 हेटौडा, १ असोज । संविधान दिवसको अवसरमा बागमती प्रदेशका ्मुख्यमन्त्री किरण थापा मगरको टिम र प्रमुखसचिवसहितको टिमबीच आज मैत्रीपूर्ण फुटबल खेल सम्पन्न भएको छ । संविधान दिवसलाई उत्साह, उमंग, आपसी सद्भाव र सहकार्यका साथ मनाउने उद्देश्यले आयोजना गरेको यस मैत्रीपूर्ण खेलले प्रदेश सरकारको राजनीतिक नेतृत्व र प्रशासनिक नेतृत्वबीचको आत्मीयता, सहकार्य, समन्वय र टीम भावना अझ सुदृढ बनाएको मुख्यमन्त्री थापाले बताउनु भयो । मुख्यमन्त्री किरण थापाले भन्नुभयो, ‘खेलकुद केवल शारीरिक तन्दुरुस्ती मात्र होइन, यसले अनुशासन, सहकार्य, नेतृत्व क्षमता, आपसी विश्वास र एकताको भावना समेत अभिवृद्धि गर्दछ । सरकारको प्रभावकारी कार्यसम्पादनका लागि नेतृत्व र कर्मचारीबीचको सहकार्य र समन्वय अपरिहार्य हुन्छ ।’ संविधानले दिएको जिम्मेवारीलाई आत्मसात् गर्दै सुशासन, विकास, सेवा प्रवाह र समृद्ध बागमती निर्माणका लागि हातेमालो गर्दै अघि बढ्ने प्रतिबद्धतासहित संविधान दिवसलाई थप उत्साहपूर्ण र स्मरणीय बनाइएको उहाँले बताउनुभयो । --- # फुटले धोका भयो : अध्यक्ष दाहाल Source: https://newskunda.com/archives/2234 Category: FEATURED NEWS, राजनीति, समाचार Last updated: 2022-09-24 काठमाडौँ, ८ असोज : नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादी शक्ति विभाजित हुँदा नेपाल र नेपाली जनतालाई धोका भएको र अब समाजवादका लागि एउटा नयाँ खालको सङ्घर्षको आवश्यकता भएको बताउनुभएको छ । नेपाल समाजवादी पार्टीले आज यहाँ आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले डा बाबुराम भट्टराई र आफू मिल्दा नेपालमा युगान्तकारी जनयुद्ध सफल भएको उल्लेख गर्दै अब समाजवादका लागि पनि आफूहरु मिल्नै पर्ने निष्कर्षमा पुगेको बताउनुभयो । उहाँले भन्नुभयो, “ भट्टराई र मैले नै जनयुद्धमा जाने निर्णयको लेखाजोखा गरेका हौँ । सोही अनुसार भएको १० वर्षको त्यो जनयुद्धले देश लाई ठूलो उथलपुथल ग¥यो । अहिले फेरि समाजवादका लागि एउटा नयाँ खालको सङ्घर्षको आवश्यकता छ भन्ने निष्कर्षमा पुगेका छौँ ।” माओवादी विभाजनको तीतो प्रयोग नेपाली समाजमा भएको र त्यसले परिणाम सही ल्याउन नसकेको निष्कर्षमा भट्टराई र आफू पुगेको दोहो¥याउँदै अध्यक्ष दाहालले भन्नुभयो, “यी प्रयोग गर्दा हाम्रो उद्देश्य जतिसुकै राम्रो र ठूलो भए पनि सफल हुन सकेन ।” घटनाक्रमले के साबित ग¥यो भने हामी अलग–अलग प्रयोग गर्न हिँड्दा माओवादी जनयुद्ध, त्यसको ऐतिहासिक भूमिका, त्यसले स्थापित गरेका मूल्य मान्यता, त्यसले ल्याएका परिवर्तन धरापमा पर्ने खतरा देखापरेको उहाँले उल्लेख गर्नुभयो । जनविरोधी शक्तिले माओवादी आन्दोलनका नेता–कार्यकर्तालाई अपमानित गर्ने र यसका उपलब्धि उल्ट्याउन अनेक खालाका कसरत गर्ने बीचमा देखापरेको उहाँको भनाइ छ । पछिल्ला दिनमा देखिएका घटनाको समीक्षा गर्न आवश्यक देखिएको उल्लेख गर्दै अध्यक्ष दाहालले यसको समीक्षा नगर्ने हो भने युगान्तकारी आन्दोलनका उपलब्धि नै उल्टिने र देश फेरि अराजकतातिर जाने खतरा सबैले महसुस गरेको पनि स्पष्ट पार्नुभयो । “यो परिवर्तन ल्याउन जसले विचार र राजनीतिक दृष्टिकोणको नेतृत्व ग¥यो उनीहरू अलग–अलग हुँदा प्रतिक्रान्ति र प्रतिगमनले टाउको उठाउने प्रत्यक्ष महसुस ग¥यौँ,” अध्यक्ष दाहालले भन्नुभयो, “प्रचण्ड–बाबुराम दुई नाम भएर मात्र परिवर्तन आएको होइन । नेपाली जनताले ठूलो बलिदान र त्यागबाट पैदा गरेका नाम हुन् यी । इतिहासले पैदा गरेको नेतृत्व अलग हुँदा आन्दोलन नै धक्का खाँदो रहेछ भन्ने तीतो मार्मिक यथार्थ भोगिरहेका छौँ ।” “बाबुराम–प्रचण्ड मिल्दा एक प्लस एक दुई मात्र हुने होइन, यसको महत्व ठूलो हुन्छ”, उहाँले भन्नुभयो, “हामी एक अर्काका पूरक हौँ । हामी परिवर्तनका वाहक हौँ । अब हामीहरू समाजवादको नयाँ मोडल दिन्छौँ ।” संविधानको घोषणापछि आफूले एमालेसँग एकता र भट्टराईले नयाँ शक्तिको स्थापना गर्ने दुस्साहसिक प्रयोग गरेको उल्लेख गर्दै अध्यक्ष दाहालले ती दुवै प्रयोग असफल भएको स्वीकार गर्नुभयो । उहाँले भट्टराई र आफू केही महिनादेखि निरन्तर छलफलमा रहेको र छलफलको निष्कर्ष फुट होइन एकता नै भएको र एकता सङ्घर्ष रुपान्तरणमा पनि मुख्यतः रुपान्तरण नै रहेको बताउनुभयो । नेपालमा फेरि युगलाई सन्देश दिने गरी समाजवादको नयाँ क्रान्तिको आधारशिला खडा गर्न सक्छौँ कि सक्दैनौँ भनेर आफूहरुले छलफल गरेको अध्यक्ष दाहालको भनाइ छ । उहाँले एकता चुनावका लागि मात्रै नभएको स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो, “ यो निर्णय चुनावका लागि मात्र गरिएको होइन, त्योभन्दा धेरै माथि उठ्न बल गरिएको छ, यो देशलाई समृद्धिको विकासको नयाँ मोडल हामीले दिनुपर्छ । हामीले नै दिन सक्छौँ ।” कार्यक्रममा नेपाल समाजवादी पार्टीका अध्यक्ष डा बाबुराम भट्टराईले राजनीतिक आन्दोलनबाट प्राप्त भएको उपलब्धिलाई संस्थागत गरेर अगाडि जाने सङ्कल्पका साथ आफूहरु अगाडि बढेको बताउनुभयो । --- # बकुलहर रत्ननगर अस्पताल चितवनदेखि बिभिन्न जिल्लाका विरामीको भरोसा र बरदान बन्दै Source: https://newskunda.com/archives/3846 Category: FEATURED NEWS, अर्थ, राजनीति, समाचार, समाज, स्वास्थ्य Last updated: 2026-06-17 -रमेश गिरी भक्तपुर २ असार । बागमती प्रदेश अन्तर्गत चितवनको रत्ननगर नगरपालिका–२ स्थित टाँडी बजारको उत्तरतर्फ अवस्थित बकुलहर रत्ननगर अस्पताल यतिखेर स्थानीयवासीका लागि मात्रै नभई मध्यम र निम्न वर्गका माझी समुदायदेखि राउटे बस्तीका विरामीसमेतका लागि स्वास्थ्य उपचारमा बरदान बनेको छ । पूर्ब पश्चिम राजमार्गबाट करिब ५० मिटरको दुरीमा पूर्वी चितवनको टाँडी बजारमा स्थानीयको मन र विश्वास जित्दै अगाडि बढिरहेको अस्पताल हो बकुलहर रत्ननगर अस्पताल । भरतपुरबाट ११ कि. मी. दुरीमा रहेको यस अस्पताल पूर्वी चितवनको एकमात्र प्रदेश अन्तर्गतको जिल्ला अस्पताल हो । विक्रम सम्वत २०२४ सालमा बकुलहर स्वास्थ्य चौकीको नाममा सरकारले स्थापना गरेका स्वास्थ्य चौकीलाई नेपाल सरकारले २०६५ सालमा सेवा बिस्तार गरि १५ शय्याको जिल्ला अस्पतालको रुपमा सञ्चालनमा ल्याएको थियो । देशमा संंघीयता कार्यान्वयनसँगै २०७७ मङसिर १८ को नेपाल सरकारको निर्णय अनसार यस अस्पताललाई बागमती प्रदेश अन्तर्गंत राखेपछि प्रदेश सरकारको मातहतमा अस्पताल सञ्चलन हुदै आएको छ । प्रदेश सरकारको २०७७ फागुन १३ को निर्णय अनुसार यस अस्पताललाई १५ शय्या बढाएर ५० शय्यामा स्तरवृद्धसंगै अस्पतालले सेवा पनि बिस्तार गदै गयो । २०८० सालमा प्रदेश सरकारले अस्पतालको पुन स्तरवृद्धि गर्दै १०० शय्या पुर्याए पछि सेवा बिस्तार गरि गुणस्तरीय सेवा प्रवाहमा अब्बल बन्दै माडीको मात्रै नभई पूर्व चितवनवासीको विश्वास जित्दै आएको छ । छाला रोगको नेपालकै उत्कष्ठ प्रबिधिबाट जाच गरि उपचार गर्ने भएपछि यहाँ भरतपुरदेखि काठमाडौंसम्मका विरामीहरु छालाकै उपचारका लागि आउने गरेका छन् । मध्यम वर्ग र न्यून वर्गका व्यक्तिहरुको निःशुल्क उपचार हुदै आएको छ । **स्वास्थ मन्त्री किरण थापा :** वागमति प्रदेशका स्वास्थ मन्त्री किरण थापा मगरले रत्न नगरको बकुलहर अस्पताललाई गुास्तरीय सेवा बिस्तारसंगै नमूनाको अस्पतालको रुपमा विकास गर्ने लक्ष्य अनुसार अगाडि बढेको बताउनु हुन्छ । दैनिक विरामीको चाप बढ्दै गएको यस अस्पतालमा उपचारका लागि आउने विरामीले गुणस्तरीय स्वास्थ्य सेवाको अनभूति र विश्वास जितेर जानसक्ने गरि विकास गर्दै २०० शय्यामा विस्तार गर्ने गरि सरकार निरन्तर लागिरहेको उहाँ बताउनुहुन्छ । मन्त्री थापा मगरले भन्नुभयो, ‘अस्पतालमा विरामीको चाप निकै बढ्दै गएको छ, अस्पतालको भौतिक संरचना, जनशक्ति व्यबस्थापनदेखि उपकरण युक्त एवं प्रबिधि मैत्री बनाउन प्रदेश स्वास्थ्य मन्त्रालय लागिरहेको छ । अस्पतालले नर्सिङ्ग कलेज सञ्चालनका लागि तयारी गरेकाले स्वीकृतीको तयारीमा छौ । यहाँ आउने कोही पनि विरामी पैसा नभएकै कारण ज्यान गमाउनु पर्ने अबस्थाको अन्त्य गर्ने गरि सेवा प्रवाह भइरहेको छ ।’ अस्पतालमा मात्रै नभई विरामीको सेवा गर्न दुर्गम गाउँमा उपकरण समेत लिएर गई स्वास्थ्य शिविर सञ्चालन गरि स्वास्थ्य परीक्षणदेखि निःशुल्क उपचारसम्मको व्यबस्था गरेको उहाँ बताउनुहुन्छ । उहाँले प्रदेशबाट सञ्चालित सबै अस्पताल, आर्युवेद अस्पतालहरुलाई प्रबिधि मैत्री बनाउँदै औषधि उत्पादनसमेत सुरु गरेको बताउनुभयो । सचिव डा. सुमित्रा गौतम : वागमति प्रदेश स्वास्थ्य मन्त्रालयकी सचिव डा. सुमित्रा गौतमले वागमति प्रदेशको १३ वटै जिल्ला अस्पतालको स्तरोन्नती, बिशेषज्ञ सेवाहरु बिस्तार, प्रबिधि मैत्री, उपकरण मैत्री बनाउनेदेखि शैक्षिक कार्यक्रमहरु सञ्चालन गर्ने गरि व्यबस्थापनको तयारी गरेको बताउनु हुन्छ । प्रदेश सरकारले औषधि उत्पादनलाई समेत विस्तार गर्दै लागेको बताउदै सबै अस्पतालमा डायलासिस मेशिन सञ्चालन गर्ने, मेमोग्राम मेशिन सञ्चालन गर्ने, मुटु सेवाको उपचार विस्तार गर्ने, प्रत्येक नागकरिलाई स्वास्थ्य सेवाको पहुँच पुर्याउने गरि मन्त्रालयले सेवा बिस्तार गरिरहेको उहाँले बताउनुभयो । बकुलहर रत्न नगर अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. अंकुर पौडेलले २०२४ मा स्वास्थ्य चौकीको रुपमा स्थापना भई २०६५ सालमा नेपाल सरकारबाट जिल्ला अस्पतालको मान्यता प्राप्त गरि १५ शय्यामा बिस्तार भएको बताउनु हुन्छ । २०७७ मा प्रदेश सरकारले ५० शय्याको प्रादेशिक अस्पतालको रुपमा बिस्तार गरेसंगै सेवा बिस्तार गर्दै लगेको बताउदै उहाँले २०८० सालमा १०० शैयाको सकेण्डरी बि लेबलको अस्पतालको रुपमा स्तरोन्नती गरि निरन्तर सेवा प्रवाह गरिरहेको बताउनु हुन्छ । मेसु डा. पौडेल भन्नुहुन्छ, ‘अस्पतालले ओपिडीतर्फ १० वटा विशेषज्ञ सेवाहरु सञ्चालन गरिरहको छ, १० शय्याको हेमो डायलासिस सेवा तीन सिफ्टमा दैनिक ७५ जनासम्म विरामीलाई सेवा दिइरहेका छौं, ६ शय्या थप गर्ने तयारी भइरहेको छ । पाँच शय्याको आईसियू, सेवालगायत २४ घण्टा आकस्मिक सेवा, अर्थोपेडिक सर्जरी, नेपालका ठूला अस्पतालका भन्दा राम्रा र अत्याधुनिक ल्याब यहाँ रहेको छ ।’ प्रत्येक ओपिडीमा टोकन र बिलिङ्गको व्यबस्था रहेको बताउदै उहाँले अस्पतालमा दैनिक १५ सयसम्म विरामीहरु आउने गरेको, जनरल फिजिसियनमा ५० प्रतिशत विरामी आउने गरेको बताउदै उहाँले दरबन्दी र भौतिक संरचना भने अपुग रहेको बताउनुभयो । हाल अस्पतालको ब्लक ए र सिबाट सेवा सञ्चालन भइरहेको र ब्लक बि निर्माणको अन्तिम चरणमा पुगेको उहाँले बताउनुभयो । अस्पतालले सस्तो, सुलभ र गुणस्तरीय सेवा प्रदान गर्ने प्रतिबद्धता रहेको भन्दै उहाँले सिटी स्क्यान, मुटुको विरामीलाई क्याथ ल्याबको आवश्यकता पर्दा मात्रै विरामी रिफर गर्ने गरेको र त्यसबाहेक सबै स्पेशलिस्ट सेवाहरु प्रवाह गर्दै आएको मेसु डा. पौडेल बताउनुहुन्छ । रोग निको पार्ने मात्र नभई कसरी विरामीको मन जित्न सकिन्छ भनेर लागिरहेको अस्पतलले सबै डिजिटलाईज गर्ने गरि अगाडि बढाएको छ । अस्पतालले रिफरको लागि छुट्टै ओपिडि सेवा सञ्चालन गरेको छ भने अटोमेटिक ल्याब मेशिन सञ्चालनमा छ । अस्पतालले सुपरस्पेशिलिस्ट सेवा थप गर्दै जाने क्रममा स्वस्थ्य सेवा मात्रै नभई शैक्षिक सेन्टरको रुपमा समेत अस्पताललाई विकास गर्ने लक्ष्य लिएको र अस्पतालले नर्सिङ्ग कलेज सञ्चालनको तयारी गरेको छ । अस्पतालमा दुई वटा ओटी बिस्तार गर्ने, २४ सै घण्टा यूरोलोजीदेखि आँखाको सर्जरी सेवा विस्तारको तयारी गरेको उहाँ बताउनुहुन्छ । अस्पताल सञ्चालन तथा व्यबस्थापन समितिका अध्यक्ष गोपाल राज कर्माचार्य अस्पताल स्थापना अगाडिको अबस्था सम्झदै स्वास्थ्य चौकीमा सिटामोल लिन मात्रै विरामी आउने गरेको सम्झानु हुन्छ । स्वास्थ्य चौकीमा सेवा लिन चितवन नै पुग्नु पर्ने बाध्यतालाई अन्त्य गर्न ‘हामीले नगरे कसले गर्ने’ भन्ने नाराका साथ अस्पताल निर्माणमा जुटेको उहाँ स्मरण गर्नुहुन्छ । उहाँले भन्नुभयो, ‘उद्योग वाणिज्य संघको अध्यक्ष हुँदा उद्योग वाणिज्य संघ र रत्ननगर अस्पतालको साझेदारीमा स्वास्थ्य चौकीलाई अस्पताल बनाउने अभियान सुरु गरेका हौं, त्यसपछि भने धान्याञ्चल महायज्ञ लगाएर एक करोड ६८ लाख रकम संकलन गरि नयाँ भवन निर्माण गरि अस्पतालमा सेवा बिस्तार गर्यौ, अस्पताललाई आजको अबस्थासम्म पुर्याउन स्वीजरल्याण्डको दातृ निकाय शान्ति मेड नेपालको योगदानलाई बिर्सन सकिदैन ।’ शान्ति मेड नेपालले नयाँ भवन निर्माण, सम्पूर्ण फनिचर, प्रबिधि र आधुनिक उपकरणका व्यबस्था गरि देशकै उत्कृष्ट छाला रोगको उपचार सुरु गरेपछि धादिङ्ग र गोरखादेखि विरामी आउँने गरेको उहाँ बताउनुहुन्छ । अस्पतालमा मातृ शिशु कक्ष विस्तारका लागि भवन निर्माण भइरहेको छ । उच्चस्तरीय प्रबिधि जडित ल्याब सेवा सञ्चालन गरेपनि सिटी स्क्यान नुहँदा त्यसका लागि विरामी रिफर गर्नु पर्ने बाध्यता रहेको बताउनुहुन्छ। विपन्न, अति विपन्न, सिमान्तकृत व्यक्ति माझी, चेपाङ्ग, चमार, थारु समुदायका विरामीलाई उपचार खर्च नभएर फर्कनु पर्ने अबस्था नभएको भन्दै उहाँले नगरपालिकाका कोष, स्वास्थ्य बिमा र अन्य श्रोतबाट पैसा नभएका विरामीको निःशुल्क उचार सेवा प्रदान गर्दै आएको अस्पतालका अध्यक्ष कर्माचार्य बताउनुहुन्छ । यहाँको सेवाले पूर्व चितवन मात्रै नभई पश्चिम चिवनवासीका मन र विश्वास जित्न सफल भएको बताउदै मिर्गौलाको विरामीले राम्रो सेवा पाएको बताउनुहुन्छ अस्पतालका पूर्व अध्यक्ष देवेन्द्रकुमार श्रेष्ठ । अस्पतललाई अझै प्रबिधि मैत्री बनाउन केन्द्रीय, सरकार, प्रदेश सरकार र स्थानीय सरकारको सहयोग लिने प्रयास भइरहेको उहाँ बताउनुहुन्छ । नेपालमै पहिलो पब्लिक प्राईभेट पार्टनरसिपको अबधारणा यही अस्पतालको निर्माणको क्रममा सुरु भएको दाबी गर्नुहुन्छ, अस्पतालका संस्थापक अध्यक्ष एवं रत्ननगर नगरपालिकाका पूर्व मेयर नारायण वन । तत्कालिन समयमा पूर्व चितवनमा कुनै अस्पताल नभएको अबस्थामा राजमार्गमा हुने ठूला दुर्घटनामा परेकाहरुको ज्यान बचाउन पनि अस्पताल चाहिन्छ भनेर २०५८ मंसिर ४ गते धान्यचल महायज्ञ गरि संकलित रकमबाट भूकम्पीय जोखिम रहित प्रबिधिको प्रयोग गरेर २२ हजार स्क्वायरमा भवन निर्माण गरि स्वास्थय चौकीलाई अस्पतालको रुपमा विस्तार गरेकाबताउनुहुन्छ । २०७४ मा नगर प्रमुख भएपछि अस्पतालमा जनशक्ति र उपकरण थप गरेको बताउदै उहाँले अहिले छालाका लागि मेचीदखि महाकालीसम्मका विरामी यस अस्पतालमा आउने गरेको बताउनुहुन्छ । उच्च गुणस्तरीय उपकरण रहेको यस अस्पतालको ल्याब १० ठाउँमा राखिएको र फरक फरक रोगको फरक ठाउँबाट ल्याब टेष्ट गर्ने र रिर्पोट प्रवाह गर्ने व्यबस्था गरिएको ल्याब टेक्निसियन सुरज अधिकारी बताउनुहुन्छ । एकै पटकमा १२० जनाको र एक घण्टामा ४०० जनाको रिपोर्ट दिन सक्ने यहाँको ल्याबमा २५ जना जनशक्तिले विश्वसनीय रिपोर्ट प्रवाह गर्दै आएको बताउदै उहाँले क्यान्सर जन्य रोगदेखि शरीरका ट्युमर पत्ता लगाउन यहाँको ल्याब सक्षम रहेको दाबी गर्नुहुन्छ । विगतको अबस्थालाई फर्केदा हेर्दा दैनिक १५ जना विरामी पनि नआउने यस अस्पताल आजको अबस्थासम्म आईपुग्दा कालिका, राप्ती, खैरेनी, धादिङ्ग, गोरखा, तनहुका दैनिक १५ सयसम्म विरामी आउने गरेको उहाँ बताउनुहुन्छ । अस्पतालको गुणस्तरीय सेवामा विरामी सन्तुष्ट रहेको स्थानीयवासी एवं रत्ननगर खानेपानी उपभोक्ता समितिका सचिव प्रताप डल्लाकोटी बताउनुहुन्छ । यहाँ आउने विरामीको उपचारमा खर्च कम लाग्ने र गणस्तरीय सेवा प्रभावकारी भएकै कारण विरामीका चाप बढेको उहाँ बताउनुहुन्छ । यस अस्पताललाई सिटीस्क्यान, एमआरआईलगायत सबै प्रबिधि र उपकरण युक्त बनाउन संघीय सरकारले चासो दिनु पर्ने बताउदै उहाँले वर्तमान् सरकारका सभामुखदेखि सांसद र मन्त्रीको नजर आफ्नो क्षेत्रमा परेमा देशकै उत्कृष्ठ अस्पताल बन्न धेरै समय नलाग्ने उहाँ बताउनुहुन्छ । कक्षा ६ पढ्दै गरेकी १६ वर्षीया छोरी सविनाको उपचारका लागि सात दिनदेखि अस्पतालमा बस्दै आउनु भएका कदम चेपाङ्ग छोरीको उपचार अस्पतालले पूर्ण रुपमा निःशूुल्क गरिदिएको निकै खुसी हुनुभयो । आफ्नो उपचारका लागि आउनु भएका कुमार लामा, फोक्सोका उपचारका लागि आउनु भएका राप्तीकाा कलाकार रुद्रराज कडेँल यहाँको उपचारबाट सन्तुष्ठ र खुसी रहेको बताउनुहुन्छ । आफ्नो देशमा भन्दा बढी नेपालमा बसेर नेपाल र नेपाली जनतामा समर्पित यस अस्पतालका लागि बिर्सनै नसकिने नाम हो शान्ति मेड नेपालकी अध्यक्ष एवं स्वीट्जरल्याण्डकी पूर्व सांसद ८२ वर्षीय छाला रोग विशेषज्ञ डा. रुथ गोन्सेथ (च्गतज न्यलकबतज) । यस अस्पतालको विकासका स्वीस सरकारको एक अर्ब लगानी भइसकेको बताउनुु हुन्छ शान्ति मेड नेपालकी कर्मचारी रंजिता पौडेल । अस्पताललाई छाला रोग विषेशज्ञ सेवा प्रदान गर्न मात्र नभई डा. रुथले नेपालमै पहिलो पटक २१ दशमलव ६ किलावाटको सौर्य उर्जा उत्पादन गरि सोलारबाट हेमोलायलासिस सेवा सञ्चालन गर्नेदेखि हालसम्म यस रत्ननगर बकुलहर अस्पतालको भौतिक संरचना, उपकरण खरिद, सौर्य उर्जा, फर्निचर एवं फर्निसिङ्ग, ल्याब, बिभिन्न उपकरण खरिद लगायतमा खर्च गरिसकेको छ । हाल पनि यहाँका स्वास्थ्यकर्मीहरुलाई मासिक सात लाख ५० हजार तलब दिएर सात जना विशेषज्ञसहितको २७ जना कर्मचारीको व्यबस्था गरि अनवरत सेवा सञ्चालन गरिरहेको पौडेल बताउनुहुन्छ । छाला रोग, यौन रोग, हाडजोर्नी, प्रसुति रोगलगायतमा सहयोग गर्नुका साथ विभिन्न मंहगाा उपकरण जडानमा समेत ठूलो सहयोग पुर्याएको छ । छाला रोगका लागि छालाको फोटो थेरापी मेशिन समेत यही छ । यस अस्पतालमा गुणस्तरीय सेवा र विरामीको उपचार विपन्न वर्गको निःशुल्क उपचारले विरामीको चाप बढेसंगै वागमति प्रदेशको उत्कृष्ठ अस्पताल बनाउन प्रदेश सरकारसंगै रत्न नगरलाई जन्मथलो बनाएर केन्द्रीय राजधानी काठमाडौंलाई कर्मथलो बनाउँदै आएका रत्न नगरका रत्नहरु अर्थात नेता, राजनीतिज्ञ, व्यापारीलगायतको सहयोग खेजी रहेको छ बकुलहर रत्न नगर अस्पताल । --- # बङ्गालको खाडीमा विकसित चक्रवात ‘अर्णव’को प्रभावले आगामी विहिबारदेखि भारी वर्षा हिमपात हुने सम्भावना Source: https://newskunda.com/archives/5143 Category: FEATURED NEWS, समाचार, समाज Last updated: 2026-10-26 काठमाडौँ, ९ कात्तिकः नेपाल मौसम विज्ञान विभागले बङ्गालको खाडीमा विकसित चक्रवात ‘अर्णव’को प्रभावले आगामी विहिबारदेखि सुरू भई विषेशगरी शुक्रबार र शनिबार नेपालका विभिन्न स्थानमा वर्षाको गतिविधि बढ्नुका साथै हिमपात हुने सम्भावना रहेको रहेको जनाएको छ । विभागले आज बिषेश बुलेटिन जारी गर्दै केही स्थानमा भारी वर्षाको पनि सम्भावना रहेकाले उच्च सतर्कता अपनाउन अनुरोध गरेको छ । विभागको अनुसार बङ्गालको खाडीमा रहेको उक्त चक्रवात क्रमशः शक्तिशाली बन्दै उत्तरपश्चिम दिशातर्फ अघि बढ्ने र भारतको आन्ध्र प्रदेश तथा विशाखापट्टनमको बीचमा पर्ने यानम नजिक तटीय क्षेत्रमा प्रवेश गर्ने सम्भावना रहेको छ । यसको प्रभावले नेपालमा मौसम बदली भई वर्षा र हिमपात हुनसक्ने विभागले जनाएको छ । बुलेटिनअनुसार कात्तिक १२ गते बिहीबारदेखि मौसममा परिवर्तन सुरु हुने र विशेषगरी शुक्रबार तथा शनिबार कोशी, बागमती, मधेस, गण्डकी र लुम्बिनी प्रदेशका विभिन्न क्षेत्रमा वर्षाको सम्भावना छ । कात्तिक १३ गते शुक्रबारदेखि १४ गते शनिबारसम्म कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका धेरै स्थानमा मेघगर्जन, चट्याङ तथा हावाहुरीसहित मध्यम वर्षा हुने सम्भावना रहेको छ । केही स्थानमा भारी वर्षा हुनसक्न विभाग अन्तर्गत मौसम पूर्वानुमान माहाशाखाले जनाएको छ । लुम्बिनी प्रदेशका केही स्थानमा पनि मध्यमदेखि भारी वर्षा हुनसक्ने पूर्वानुमान गरिएको छ । यसैगरी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जन, चट्याङ तथा हावाहुरीसहित मध्यम वर्षा र एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । देशका उच्च पहाडी तथा हिमाली भू–भागमा भारी हिमपात, हिमआँधी तथा हिमपहिरोको जोखिम रहेको महाशाखाले जनाएको छ । सम्भावित वर्षाका कारण धानबाली भित्र्याउनेकार्य प्रभावित हुनसक्ने भएकाले किसानलाई आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ । उच्च पहाडी तथा हिमाली क्षेत्रमा भ्रमण गर्ने पर्यटकलाई मौसमको अवस्था बुझेर मात्र यात्रा गर्न तथा प्रतिकूल मौसमका बेला सुरक्षित स्थानमा रहन आग्रह गरिएको छ । वर्षा र हिमपातका कारण चिसो बढ्नुका साथै बाढी, पहिरो, सडक अवरोध तथा हवाई यातायात प्रभावित हुनसक्ने भएकाले सर्वसाधारण र सम्बन्धित निकायलाई पूर्वतयारी गर्न महाशाखाले अनुरोध गरेको छ । --- # बजारको मागमा आधारित पाठ्यक्रम आवश्यक छः मन्त्री पोखरेल Source: https://newskunda.com/archives/5277 Category: FEATURED NEWS, कला तथा साहित्य, राजनीति, शिक्षा, समाचार, समाज Last updated: 2026-10-29 बागमती, १२ कात्तिकः शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले बजारको मागमा आधारित पाठ्यक्रम आवश्यक भएको बताउनुभएको छ । बागमती विश्वविद्यालयद्वारा हेटौँडामा आयोजित दिवसीय ‘नेपालको उच्च शिक्षा प्रणाली सुदृढीकरणः प्रादेशिक विश्वविद्यालय व्यवस्थापन र समन्वय’ विषयक दुई दिवसीय गोष्ठीको उद्घाटन गर्दै मन्त्री पोखरेलले विश्वविद्याल सञ्चालन गर्दा औचित्य पुष्टि गर्ने गरी खोल्नुपर्ने बताउनुभयो । विश्वविद्यालयहरू भूगोलको आवश्यकताअनुसार सञ्चालन गर्नुपर्नेमा जोड दिँदै मन्त्री पोखरेलले खोलिएका विश्वविद्यालयले भूगोलको आवश्यकता उक्त क्षेत्रले खोजेको रोजगारी जस्ता विषयलाई सम्बोधन गर्न सक्नुपर्ने बताउनुभयो । सङ्घीय र प्रादेशिक विश्वविद्यालयबिचको सम्बन्ध तथा विश्वविद्यालय अनुदान आयोगको भूमिकाबारे देखिएको अन्योलता हटाउनुु आवश्यक भएको उल्लेख गर्दै उहाँले विश्वविद्यालय स्थापना पूर्वआयोगसँग परामर्श र समन्वय गरिएको भए वर्तमानमा देखिएका कतिपय समस्या उक्त समयमा नै समाधान हुन सक्ने बताउनुभयो । संविधानअनुसार प्रदेशमा एकभन्दा बढी विश्वविद्यालय स्थापना गर्न सकिने भए पनि आगामी दिनमा खुल्ने विश्वविद्यालयका विषयमा सुरुदेखि नै आयोगसँग समन्वय गर्नुपर्नेमा उहाँको जोड छ । शिक्षामा लगानी गर्ने कुरामा सरकार पछि नहट्ने बताउँदै मन्त्री पोखरेलले आवश्यकता र उपलब्ध स्रोतका आधारमा लगानी बढाइने धारणा राख्नुभयो । नतिजामुखी पाठ्यक्रमको निर्माण, प्रयोग र गुणस्तरको सुनिश्चितता सम्बन्धी व्यवस्था अब बन्ने ऐनमा स्पष्ट हुनु जरुरी रहेको उहाँको भनाइ थियो । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले विश्वविद्यालयबाट उत्पादित जनशक्ति रोजगार मात्र नभई समाजलाई योगदान गर्न सक्ने किसिमको हुनुपर्ने बताउनुभयो । हाम्रा शैक्षिक संस्थाहरू समाजको आवश्यकतासँग जोडिनुपर्ने बताउँदै उहाँले बजारको वर्तमानको मागसँगै भविष्यमा आवश्यक पर्ने जनशक्तिको अनुमान पनि गर्नुपर्ने बताउनुभयो । वर्तमान विश्व ज्ञान र नवप्रवर्तनमा आधारित भएको बताउँदै उहाँले समयको मागलाई आत्मसात् गर्नु आवश्यक हुने बताउनुभयो । बागमती विश्वविद्यालयका अध्यक्ष प्रा डा चन्द्रमणि पौडेलले बागमती विश्वविद्यालयले समयसापेक्ष आवश्यकतालाई दृष्टिगत गरी पाठ्यक्रम तयार गरी अध्ययनअध्यापन गराइरहेको बताउनुभयो । नेपालको शिक्षा प्रणालीमा गुणस्तर निर्धारण, नियन्त्रण तथा प्रवर्द्धन गर्ने स्वायत्त निकायको निर्माण हुन नसकेको उहाँले बताउनुभयो । शुक्रबारसम्म चल्ने कार्यशालामा प्रदेशगत प्रस्तुति, विषय क्षेत्रगत समूह छलफल र प्रस्तुतिसँगै प्रदेश विश्वविद्यालय फोरम गठनलगायतका कार्यक्रम रहेको आयोजकले जनाएको छ । --- # बडा दसैँको उल्लास छाडेर रोजगारीको खोजीमा विदेसिने नेपाली युवाको लर्को Source: https://newskunda.com/archives/5016 Category: FEATURED NEWS, अर्थ, समाचार, समाज Last updated: 2026-10-22 काठमाडौँ, ५ कात्तिकः नेपालीहरूको प्रमुख पर्व बडादसैँमा पनि रोजगारी, अध्ययन तथा अन्य विभिन्न कामका सिलसिलामा विदेसिने क्रम जारी छ । दसैँको उल्लास, पारिवारिक भेटघाट र मान्यजनबाट टीका तथा जमरा ग्रहण गर्ने चटारो चलिरहेका बेला पनि आफ्नो भविष्य निर्माण र परिवारको आर्थिक अवस्था सुधार्ने उद्देश्यले सयौँ नेपाली युवायुवती विदेश प्रस्थान गरिरहेका छन् । काठमाडौँस्थित त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा आज पनि विदेश जाने यात्रुको भीडभाड त्यत्तिकै देखिन्छ । विमानस्थल हुँदै विभिन्न देशका लागि प्रस्थान गर्ने नेपालीमध्ये अधिकांश रोजगारीको खोजीमा विदेश जाने युवायुवती देखिन्छन् । यसका साथै उच्च शिक्षा हासिल गर्न, परिवारका सदस्यलाई भेट्न तथा अन्य व्यक्तिगत कामका लागि विदेश जाने नेपाली पनि विमानस्थलमा देखिएको छ । चाडपर्वका बेला परिवारसँग बसेर खुसी साटासाट गर्ने, आफन्त तथा इष्टमित्रसँग भेटघाट गर्ने र मान्यजनबाट आशीर्वाद लिने नेपाली परम्परा छ । तर केही वर्षदेखि रोजगारी, आर्थिक अवसर र सुनौलो भविष्यको खोजीमा विदेसिने युवाको सङ्ख्या बढ्दो छ । अन्तरराष्ट्रिय विमानस्थलमा देखिने युवाको भीडले नेपाली समाजको बदलिँदो आर्थिक तथा सामाजिक अवस्थालाई चित्रण गर्छ । आफ्नै गाउँघर, सहर–बजार अर्थात् स्वदेशमा अध्ययन तथा पेसा–व्यवसाय गर्न छोडेर विदेशतर्फ आकर्षित हुने आमप्रवृत्तिका कारण गाउँघर रित्तो भई खेतबारी बाँझिएको अवस्था छ । यसैबीच, रोजगारीका लागि विदेसिन लागेका सिरहाका लखनकुमार यादवले नेपालमा पर्याप्त रोजगारीका अवसर नहुँदा विदेश जान बाध्य भएको बताउनुभयो । उहाँले भन्नुभयो, “योग्यता र क्षमताअनुसारको काम स्वदेशमै पाउने सुनिश्चित भइदिएको भए दसैँको बीचमा परिवार छाडेर विदेश जाने मन थिएन । आफूसहित परिवारको भविष्यका लागि विदेश जाँदैछु ।” शिक्षा, स्वास्थ्यको व्यवस्थासहित परिवारको दैनिकी चलाउने, आर्थिक अवस्था सुधार्ने र भविष्यका लागि केही बचत गर्ने उद्देश्यले नेपाली युवा विदेसिने गरेको उहाँको भनाइ छ । विमानस्थलमै भेटिनुभएका गुल्मीका प्रकाश खत्री स्वदेशमा पर्याप्त रोजगारीका अवसर सिर्जना नहुँदा आफ्नो भविष्य निर्माणका लागि युवा पुस्ताको विदेश रोजाइ हुने गरेको बताउनुहुन्छ । “नेपालमा रोजगारीको अवसर नभएको, भएपनि सेवासुविधा न्यून रहेको र एकाधबाहेक विदेश जानेहरुको आर्थिक, शैक्षिक तथा सामाजिक हैसियत राम्रो देखिएकाले चाडपर्वमा रमाउने भन्दा पनि सुनौलो भविष्यका लागि विदेशलाई नै रोज्नुपर्ने अवस्था छ,” उहाँले भन्नुभयो । यसैगरी, छोरालाई विदेश पठाउन विमानस्थल आउनुभएका कैलालीका ठक्कर कलेल वैदेशिक रोजगारीले परिवारको आर्थिक अवस्था सुधार्न तथा जीवनस्तर उकास्न सहयोग पु¥याए पनि देशभित्रको सक्रिय जनशक्ति यसरी विदेसिँदा मुलुकमा दीर्घकालीन चुनौती उत्पन्न हुनसक्ने बताउनुहुन्छ । दक्ष तथा मेहनती युवा विदेश पलायन हुँदा कृषि, उद्योग, निर्माण, पर्यटन र उत्पादनमूलक क्षेत्रमा आवश्यक जनशक्तिको अभाव हुन सक्ने उहाँको चिन्ता छ । --- # बढीग्रस्त क्षेत्रको अनुगमन पछि मुख्यमन्त्री किरण थापाले भन्नुभयो : बाढी पहिरो घाईतेको निःशुल्क उपचारको व्यबस्था Source: https://newskunda.com/archives/4114 Category: FEATURED NEWS, अर्थ, राजनीति, समाचार, समाज, स्वास्थ्य Last updated: 2026-08-26 भक्तपुर, १० भदौ : वागमती प्रदेशको मुख्यमन्त्री किरण थापा मगरले रसुवामा आएको बाढीपहिरोबाट घाइते भएका नागरिकहरूको निःशुल्क उपचारको व्यवस्था गरिएको बताउनु भएको छ । आज नुवाकोट पुगेर बाढीग्रस्त क्षेत्रको अनुगमन पछि उहाँले भोटेकोशी हुँदै त्रिशूली नदीमा परेर बाढी पहिरो घाईतेको निःशुल्क उपचारको व्यबस्था गरिएको बताउनु भयो । मुख्यमन्त्री थापा मगरले भन्नुभयो, “विपदमा जीवनको रक्षा नै हाम्रो पहिलो जिम्मेवारी हो, रसुवामा आएको बाढीपहिरोबाट घाइते भएका नागरिकहरूको बागमती प्रदेशका प्रादेशिक अस्पतालहरू तथा आयुर्वेदिक अस्पतालहरूमा निःशुल्क उपचारको व्यवस्था गरेका छौं, भक्तपुर अस्पताल, टोखा चण्डेश्वरी अस्पताल र बज्रवाराही अस्पतालबाट स्वास्थ्यकर्मीहरू आकस्मिक उपचारका लागि रसुवा र त्रिशूलीमा खटाएका छौं, भक्तपुर अस्पतालमा थप आकस्मिक कक्ष तथा आइसीयु कक्षहरूको व्यवस्था गरी निःशुल्क उपचार सेवा उपलब्ध गराएका छौं ।” आवश्यक उपचारका लागि सम्बन्धित बिरामीहरूलाई भक्तपुर अस्पताल तथा बागमती प्रदेश अन्तर्गतका अन्य प्रादेशिक अस्पतालहरूमा सम्पर्क गर्न समेत मुख्यमन्त्री थापा मगरले हनुरोध गर्नुभयो । बागमती प्रदेशका रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवन जिल्लाका विभिन्न नदीतटीय क्षेत्रमा बाढीका कारण गम्भीर जोखिम र क्षति उत्पन्न भएको भन्दै भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीको प्रभाव क्रमशः तल्लो तटीय क्षेत्रमा समेत अनुगमनमा देखिएको बताउनुभयो । मुख्यमन्त्री थापामगरले भन्नुभयो, “प्रदेश सरकार यस विपद्को घडीमा नागरिकको जीवन रक्षा, उद्धार, उपचार तथा राहतलाई सर्वोच्च प्राथमिकता दिई परिचालित भएका छौं । प्रभावित क्षेत्र तथा आसपासका विभिन्न सुरक्षित स्थानमा तत्कालका लागि आवश्यक स्वास्थ्य सेवा, औषधि उपचार, खानेपानी, खाद्यान्न तथा आश्रय, बसोबासको व्यवस्था मिलाउने कार्य भइरहेको छ । दीर्घकालीन तथा थप व्यवस्थित व्यवस्थापन नहुँदासम्म आवश्यकताअनुसार यस्ता अस्थायी व्यवस्थालाई निरन्तरता दिइने बताउनुभयो ।” हालको मौसम उद्धार तथा खोजी कार्यका लागि समेत प्रतिकूल रहेको बताउदै निरन्तर वर्षा, नदीको जलस्तरमा हुन सक्ने उतारचढाव तथा सडक र सञ्चार पूर्वाधारमा भएको क्षतिका कारण उद्धार कार्यमा थप चुनौती उत्पन्न भएको उहाँले बताउनुभयो । उहाँले नेपाल सरकार, सुरक्षा निकाय, स्थानीय तह तथा सम्बन्धित सबै निकायसँगको समन्वयमा खोज, उद्धार, उपचार र राहत कार्यलाई अधिकतम रूपमा प्रभावकारी बनाउने प्रयास भइरहेको बताउनुभयो । नदी किनार तथा तल्लो तटीय क्षेत्रमा बसोबास गर्न सम्पूर्ण नागरिकलाई तत्काल सुरक्षित र उच्च स्थानतर्फ सर्न अनुरोध गर्दै निरन्तर वर्षा भइरहेको अवस्थामा भिरालो तथा ठाडो भू–भागमा पहिरोको सम्भावना उच्च रहन सक्ने भएकाले त्यस्ता क्षेत्रमा बसोबास गर्ने नागरिकहरू पनि उच्च सतर्कता अपनाउन आव्हान गर्नुभयो । पहिरोको जोखिम देखिएमा वा जमिन चर्किने, ढुंगा–माटो खस्ने, पानीको बहाव अस्वाभाविक रूपमा बढ्ने जस्ता संकेत देखिएमा तत्काल सुरक्षित स्थानमा जान आग्रह गर्दै उहाँले नदी, खोला तथा बाढी प्रभावित क्षेत्रमा अनावश्यक आवतजावत नगर्न, उद्धार कार्यमा खटिएका सुरक्षाकर्मी तथा प्राविधिक टोलीलाई आवश्यक सहयोग गर्न आव्हान गर्नुभयो । अहिलेको कठिन परिस्थितिमा प्रदेश सरकार नागरिकको साथमा रहेको बताउदै उहाँले सबै सरकारी निकाय, स्थानीय तह, सुरक्षा निकाय, स्वास्थ्यकर्मी, स्वयंसेवक तथा सामाजिक संघसंस्थालाई एकजुट भई मानवीय उद्धार तथा राहत कार्यमा जुट्न आह्वान गर्नुभयो । --- # बढ्दै भक्तपुरमा अपराध, एक वर्षमा ८३२ वटा घट्ना, एक हजार ६ अभियुक्त, ७४५ पक्राउ, २६३ जना फरार Source: https://newskunda.com/archives/1625 Category: FEATURED NEWS, अपराध, समाचार, समाज Last updated: 2022-07-31 भक्तपुर, १५ साउन : भक्तपुरमा गतवर्षहरुको तुलनामा अपराधको घट्ना बढ्दै गएको छ । आज महानगरीय प्रहरी परिसर भक्तपुरमा आर्थिक वर्ष २०७८/०७९ मा भएका बिभिन्न अपराधका घट्नाबारे जानकारी दिन आयोजना गरेको पत्रकार सम्मेलनमा परिषर प्रमुख एवं प्रहरी उपरीक्षक शिवकुमार श्रेष्ठले यसबारे जानकारी दिदै भक्तपुरमा अपराधको घट्ना बढेको बताउनु भएको हो । पत्रकार सम्मेलनमा यसबारे जानकारी दिदै प्रहरी उपरीक्षक श्रेष्ठले भन्नुभयो, “अपराधका घट्नाहरु बढ्दै छ, आर्थिक वर्ष २०७६/०७७ मा ६५२ वटा अपराधका घटना भएको भक्तपुरमा आर्थिक वर्ष २०७७/०७८ मा ५६५ घट्ना थियो, तर आर्थिक वर्ष २०७८/०७९ मा अपराधका घट्ना बढेर असार मसान्सम्म ८३२ वटा पुगेको छ, अपराधसँगै चुनौती थपिएका छन् ।” प्रहरी परिसर भक्तपुुरले आ.व. २०७८/०७९ मा ६६० वटा अपराधका घट्ना घट्ने अनुमान गरेकोमा अनुमान भन्दा घट्ना बढी भएको उहाँको भनाई थियो । भक्तपुरमा बलात्कार, बलात्कार उद्योग, हत्या, चोरी, ठगी, चेक बाउन्स, लागू औषध कारोबार तथा सेवन अध्याधिक बढेको पाईएको छ । यहाँ घटेका अपराध मध्ये १४ दशमलव ६६ प्रतिशत घट्ना महिला तथा बालबालिका सम्बन्धी रहेको उहाँले जानकारी दिनु भयो । एक वर्षको अबधिमा भक्तपुरमा बैंकिङ् कसुरमा २४७, चोरीमा ९७, अभद्र व्यबहारमा ७०, झुण्डिएर मृत्युमा ६०, भवितव्य ज्यान, ५२, फुटकर ज्यान ५२, लागू औषधमा ४२, जबरजस्ती करणीमा ४०, सवारी ज्यानमा ३१, ज्यान मार्ने उद्योग १९, विष सेवनमा १७, जुवामा १६, बहुबिवाहमा १२, ठगीमा ११, जबरजस्ती करणी उद्योगमा नौ, कर्तव्य ज्यानमा सात, मानव बेचबिखनमा सात, आत्महत्या दुरुत्साहनमा सात, बाल यौन दुव्र्यबहारमा चार, मुद्रा सम्बन्धी कसुरमा चार, चोरी उद्योगमा तीन मुद्धा दर्ता भएका छन् । त्यस्तै सवारी अंगभंगमा तीन, गम्भिर उत्तेजनामा कुटपिट गरेकोमा तीन, बगलीमारामा दुई, हामफाली आत्महत्या गरेकोमा दुई, लिखत सम्बन्धी कसुरमा दुई, पशु सम्बन्धी कसरमा दुई, जेष्ठ नागरिक सम्बन्धी कसुरमा दुई, अपराधिक उपद्रवमा दुई, संक्रमण रोग फैलाउनेमा दुई, बिस्फोटक पदार्थमा एक, चक्कुले घाँटी रेटी मृत्युमा एक, सार्वजनिक स्थलमा यौन कार्य गरेकोमा एक, बैंकिङ तथा बित्तिय कसुरमा एक, अपरहणमा एक, नागरिकता सम्बन्धी कसुरमा एक, गर्भ संरक्षक सम्बन्धी कसुरमा एक, बालबालिका सम्बन्धी कसुरमा एक र जातीय भेदभाव तथा छुवाछुतमा एक गरि कूल ८३२ वटा मुद्धा दर्ता भएको उहाँले जानकारी दिनु भयो । यी घट्नामा एक हजार ६ जना अभियुक्त रहेको मध्ये ७४५ जना पक्राउ परे पनि २६३ जना अझै फरार रहेको उहाँको भनाइ छ । पत्रकार सम्मेलनमा परिसरका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक राजू पाण्डेले अपराधमा कूल घट्ना र अभियुक्त मध्ये ७४ दशमलव ५ प्रतिशत, बैंकिक कसुरमा २१ दशमलव ५ प्रतिशत र अन्यमा ९१ दशमलव तीन प्रतिशत अभियुक्त पक्राउ परेको जानकारी दिनु भयो । कार्यक्रममा प्रहरी उपरीक्षक श्रेष्ठले धेरै घट्नाको कारक लागू औषधनै रहेको बताउदै लागू औषध, जबरजस्ती करणी, चोरी जस्ता घट्ना हरेक वर्ष ११ प्रतिशतका दरले बढीरहेको भन्दै यसलाई नियन्त्रण गर्न सिंगो समाज सक्रिय हुनु पर्ने बताउनु भयो । --- # बढ्यो दूधको मूल्य, चैत २ गतेदेखि यस्तो छ नयाँ मूल्य Source: https://newskunda.com/archives/2609 Category: FEATURED NEWS, अर्थ, समाचार, समाज Last updated: 2023-03-15 काठमाडौं : सरकारी स्वामित्वको दुग्ध विकास संस्थान(डीडीसी)ले बिहीबारदेखि लागू हुनेगरी दूधको मूल्य बढाएको छ। संस्थानले बिहीबारदेखि नयाँ मूल्य प्रिन्ट भएको प्याकेट दूध बजारमा पठाउने भएको छ। डीडीसीका महाप्रवन्धक सन्जिव झाले सरकारी निर्णयअनुसार किसानलाई बढेको मूल्य दिइसकेको र बिहीबारदेखि त्यो मूल्य उपभोक्तालाई पर्ने जानकारी दिए। ‘बुधबारदेखि नै किसानले बढेको मूल्य पाएका छन्,’ उनले भने, ‘त्यहि मूल्य बिहीबारदेखि हामीले उपभोक्ताबाट लिने हो।’ अब स्टान्डर्ड दूध (निलो प्याकेटको) मूल्य प्रतिलिटर ११ रुपैयाँ बढ्ने भएको छ। हाल प्रतिलिटर ८६ रूपैयाँ रहेको मूल्य बिहीबारदेखि ९७ रूपैयाँ पर्नेछ। त्यस्तै संस्थानले गाईको दूधको मूल्य प्रतिलिटर १४ रूपैयाँ बढाएको छ।बिहीबारदेखि गाईको दूधको मूल्य उपभोक्तालाई प्रतिलिटर ११६ रूपैयाँ पर्नेछ। संस्थानले क्रिमयुक्त दूध (हरियो प्याकेट)को मूल्य प्रतिलिटर १६ रूपैयाँ बढाएको छ। बिहीबारदेखि हरियो प्याकेटको दूधको मूल्य उपभोक्तालाई प्रतिलिटर १३० रूपैयाँ पर्नेछ। चिया दूधको मूल्य प्रतिलिटर १० रूपैयाँ बढेर ९० रुपैयाँ हुने भएको छ। --- # बलात्कार गरेको अभियोगमा गिरफ्तार Source: https://newskunda.com/archives/2273 Category: FEATURED NEWS, अपराध, समाचार, समाज Last updated: 2022-09-27 भक्तपुर, ११ असोज । १९ वर्षीया किशोरीलाई जबरजस्ती बलात्कार गरेको अभियोगमा रामेछाप उमाकुण्ड गाउँपालिका–३ घर भई हाल भक्तपुर चाँगुनारायण नगरपालिका–२ दुवाकोट तल्लो हाईट बस्ने ३९ वर्षीय जयन्त थापालाई असोज ११ गते मंगलबार प्रहरीले गिरफ्तार गरेको छ । गत भदौ २१ गते दिउँसो आफ्नै घर कोठा बोलाएर जबरजस्ती करणी गरी फरार रहेको पीडित किशोरीले महानगरीय प्रहरी बृत्त थिमिमा भदौ २२ गते उजुरी गरेपछि प्रहरीले आरोपीको खोजी सुरु गरेको थियो । कप्रहरीले थापालाई घरमा आएको जानकारी पाए लगत्तै गिरफ्तार गरेको र थप अनुसन्धान अगाडि बढाएको डिएसपी राजू पाण्डेले जानकारी दिनु भयो । पीडित किशोरीको भक्तपुर अस्पतालमा स्वास्थ्य परीक्षण २२ गते गरिएको प्रहरीको भनाइ छ । --- # बाख्राले जन्मायो एकै पटक पाँच पाठापाठी, किसानको घरमा खुसी Source: https://newskunda.com/archives/1894 Category: FEATURED NEWS, अर्थ, समाचार, समाज Last updated: 2022-08-31 भक्तपुर, १५ भदौ । दुई देखि तीनवटासम्म पाठापाठी पाउदै आएको बाख्राले एकै बेतमा पाँच वटा पाठापाठी पाए पछि को किसान खुसी हुदैन र ? यस्तै खुसी आएको छ भक्तपुरको सूर्यविनायक–५ कटुन्जेका मिना भुजुको घरमा । एक छोरा र एक छोरी अष्ट्रेलिया अध्ययनरत तथा एक छोरी बैंकमा अधिकृतस्तरमा कार्यरत मिनाको श्रीमान पत्रकार अमर भुजु पनि अधिकांश समयमा व्यबस्त हुने भएपछि घरमा समय कटाउनकै लागि भएपछि पुस्तौदेखि गर्दै आएको कृषि एवं पशुपालनलाई निरन्तरता दिदै आएको उहाँको घरमा पहिलो पटक ३ पाठी र २ पाठा जन्माए पछि उहाँको खुसीले मन प्रफुल्ल बनेको हो । पाँच वटै पाठा पाठी स्वस्थ रहेको बताउदै उहाँले विगतमा झै यस वर्ष पनि दुई वा तीन वटा पाठापाठी पाउँने अपेक्षा गरेपनि पाँच वटा जन्मिए पछि त्यसलाई गाईको दूध खुवाएर हुर्काउने बताउनु भयो । नेपाल पत्रकार महासंघ उपत्यका प्रदेशका सचिव एवं पत्रकार महासंघ भक्तपुरका पूर्व अध्यक्ष दबाब साप्ताहिकका प्रकाशक, सम्पादक अमर भुजुले बा्रखाले पाँच पाठा पाठी पाए पछि श्रीमति मिनाको निकै खुसी रहेको बताउनु भयो । मिनाले आफ्नो घरमा उन्नत जातको बाख्रा पालेको र यसको स्याहार तथा आहार बिहारमा राम्रो ध्यान दिएकाले पाठा पाठी पनि स्वस्थ्य जन्मिएको भन्दै यस्ता किसानलाई स्थानीय सरकारले पुरस्कृत गर्ने र व्यवसायिक बाख्रा पालनका लागि प्रोत्साहन गर्नु पर्ने बताउनु भयो । --- # बागमती प्रदेश सरकार मन्त्रिपरिषद्को निर्णय, प्रदेशमा १८० कार्यालय र ४६८० दरबन्दी राख्ने निर्णय, घट्यो दरबन्दी Source: https://newskunda.com/archives/4309 Category: FEATURED NEWS, अर्थ, राजनीति, समाचार, समाज Last updated: 2026-09-17 हेटौँडा, १ असोजः बागमती प्रदेश सरकारले प्रदेशअन्तर्गतका कार्यालय तथा निकायको सङ्गठन तथा व्यवस्थापन ९ओएनएम० सर्वेक्षणसम्बन्धी खाका स्वीकृत गर्दै हाल कायम दरबन्दीमध्ये १३४ पद घटाउने निर्णय गरेको छ । बिहीबार बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले प्रदेशअन्तर्गत कार्यालयको सङ्ख्या १८० कायम गर्ने तथा हाल कायम चार हजार ८१४ दरबन्दीलाई घटाएर चार हजार ६८० कायम गर्ने निर्णय गरेको हो । प्रदेश सरकारका प्रवक्ता एवं भौतिक पूर्वाधार विकासमन्त्री भरतबहादुर केसीले मन्त्रिपरिषद् बैठकपछि निर्णय सार्वजनिक गर्दै ओएनएम सर्वेक्षणका लागि आवश्यक खाका स्वीकृत गरिएको र त्यसअनुसार १३४ दरबन्दी घट्ने जानकारी दिनुभयो । बैठकले बागमती प्रदेशको समस्याग्रस्त सहकारी व्यवस्थापन समितिका लागि सदस्य सचिवदेखि कार्यालय सहयोगीसम्म २४ जनाको अस्थायी दरबन्दी स्वीकृत गरेको छ । समितिको काम सम्पन्न भएपछि ती अस्थायी दरबन्दी स्वतः समाप्त हुने व्यवस्था गरिएको मन्त्री केसीले जानकारी दिनुभयो । मन्त्रिपरिषद् बैठकले कृषि, पशुपन्छी, वन तथा वातावरण मन्त्रालयअन्तर्गत प्रदेश वन सेवा केन्द्रका प्रमुख एवं ११औँ तहका कर्मचारी निरञ्जन श्रेष्ठले दिनुभएको राजीनामा स्वीकृत गरेको प्रवक्ता केसीले जानकारी दिनुभयो । ((( --- # बागमती प्रदेश सरकारबाट एमाले बाहिरियो, ६ मन्त्रीको सामूहिक राजीनामा, सरकारलाई दिएको समर्थन पनि फिर्ता Source: https://newskunda.com/archives/3936 Category: FEATURED NEWS, अर्थ, राजनीति, समाचार, समाज Last updated: 2026-07-22 भक्तपुर, ६ साउन । बागमती प्रदेश सरकारबाट नेकपा एमाले बाहिरिएको छ । सरकारमा सहभागि भएका एमालेका छ जना मन्त्रीले आज संयुक्त राजिनामा बुझाए संगै एमाले सरकारबाट बाहिरिएको वागमति प्रदेशका निवर्तमान् स्वास्थ्य मन्त्री किरण थापा मगरले जानकारी दिनुभयो । उहाँलृ सबै मन्त्रीले आज मुख्यमन्त्री इन्द्रबहादुर बानियाँसमक्ष सामूहिक राजीनामा बुझाएको जानकारी दिनुभयो । नेपाली कांग्रेस र नेकपा एमालेबीच दुरी बढेपछि कांग्रेससँगको सत्ता गठबन्धन तोड्दै नेकपा एमाले सरकारबाट बाहिरिएको हो । बागमती प्रदेश सरकारमा एमालेबाट स्वास्एथ्य मन्त्री किरण थापा मगर, कृषि, पशुपन्छी, वन तथा वातावरणमन्त्री मधुसूदन पौडेल, उद्योग, पर्यटन, श्रम तथा यातायातमन्त्री बिन्दु श्रेष्ठ र भौतिक पूर्वाधार विकासमन्त्री डा. दिनेशचन्द्र देवकोटा रहेका थिए । प्रदेश सरकारले मन्त्रालयको सङ्ख्या १४ बाट घटाएर आठ कायम गरेपछि मुख्य मन्त्री बानियाँले यसअघिका स्वास्स्थ मन्त्री किरण थापा मगर, जयराम थापा र भरतबहादुर केसीलाई मन्त्रालयका जम्मेवारी नदिई साउन १ गतेदेखि विनाविभागीय मन्त्री बनाएका थिए । एमालेले राजीनामा बुझाएर सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि बानियाँ नेतृत्वको सरकार अल्पमतमा परेको छ । यसअघि नेपाली काँग्रेस र नेकपा एमालेबीच सरकारको नेतृत्वमा आलोपालो गर्ने सहमति भए अनुसार अबको सरकारको नेतृत्व एमालेले गर्ने पालो भएपनि मुख्य मन्त्री बानियाँले सरकार छाड्न नमाने पछि बिवाद सुरु भएको थियो । नेपाली काँग्रेसका सभापति गगन थापाले सातै प्रदेशमा एमालेसंगको सञ साझेदारी तोड्ने निर्णय गरेसंगै ६ वटा प्रदेशका सरकार धरापमा परेको थियो । पछिल्लो समयमा प्रदेशमा नयाँ सत्ता गठबन्धन गर्न नेकपा एमाले र नेकपा सहमति नजिक पुगिसकेका छन् । यधपी कुन प्रदेशमा कसले नेतृत्व गर्ने र अर्को दलले कुन कुन मन्त्रायल लिने भन्ने टुंगो लाग्न बाँकी रहेको निवर्तमान स्वास्थ्य मन्त्री किरण थापा मगरले जानकारी दिनुभयो। नेपाली काँग्रेसका केही नेताले भने स्थानीय तह र प्रदेश सरकारको निर्वाचनका मुखमा एमालेसंगको सञ साझेदारीलाई पार्टी सभापति गगन थापाले तोडेर गपल्त गरेको भन्दै आक्रोस पोखेका छन् । --- # बागमती प्रदेश सरकारले नवदुर्गा जात्रा सञ्चालनार्थ सहयोग स्वरुप एक लाख रुपैयाँ उपलब्ध, मुख्यमन्त्री किरण थापाद्धारा रकमसहित सम्मान प्रदान Source: https://newskunda.com/archives/5095 Category: FEATURED NEWS, अर्थ, धर्म/संस्कृति, राजनीति, समाचार, समाज Last updated: 2026-10-25 भक्तपुर, ८ कात्तिक । बागमती प्रदेश सरकारले भक्तपुरको नवदुर्गा जात्रा सञ्चालनार्थ सहयोग स्वरुप एक लाख रुपैयाँ उपलब्ध गराएको छ। आज भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजा व्यवस्थापन सस्थालाई वागमती प्रदेशको मुख्यमन्त्री किरण थापा मगरले संस्थाका पदाधिकारीहरु चेक हस्तान्तरण गर्नु भयो । कोजाग्रत पूर्णिमाका अवसरमा आज नवदुर्गा मन्दिर परिषरमा प्रदेश सरकारका मुख्यमन्त्री किरण थापामगरले मन्दिर व्यवस्थापनका संस्थाका अध्यक्षका अध्यक्ष बालगोपाल बनमालालाई सो रकम हस्तान्तरण गर्नु भयो । मन्दिर परिषरमा राष्ट्रपति रामचन्द्र पौडेल समेत सहभागी रहेको अबस्थामा मुख्य मन्त्री थापा, बागमती प्रदेश सरकारका उद्योग, पर्यटन, श्रम तथा यातायात मन्त्री राजेन्द्र प्रजापति प्रतिनिधि सभा सदस्य रुकेश रन्जित र डा गङ्गालक्ष्मी अवाल, भक्तपुरका प्रमुख जिल्ला अधिकारी बिनोदकुमार खड्कालगायतको उपस्थितमा एक लाखको चेक र सम्मान पत्र हस्तान्तरण गरिएको हो । नवदुर्गाको पूजा व्यवस्थापनमा सहयोग स्वरुप रकम उपलब्ध गराएको मुख्यमन्त्री थापामगरले बताउनु भयो । प्रदेश सरकारले सो सहयोग हरेक वर्ष प्रदान गर्ने गरी निर्णय गरिएको बताउदै उहाँले अन्य आवश्यक सहयोग गर्ने बताउनुभयो । --- # बागमती प्रदेश सरकारले ल्यायो ‘हेलो सिएम’ सेवा, अब सोझै मुख्यमन्त्रीलाई समस्या राख्न सकिने Source: https://newskunda.com/archives/4306 Category: FEATURED NEWS, अर्थ, राजनीति, समाचार, समाज Last updated: 2026-09-17 हेटौडा, १ असोज । वागमती प्रदेशका नागरिकले सरकारी निकायको कार्यमा कुनै गुनासो गर्नु परेमा वा सुझाब दिनु परे सिधै हेलो सिएममा फोन गर्न सक्ने व्यबस्था गरेको छ । वागमती प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले ‘हेलो सिएम’ सेवा सञ्चालनमा ल्याउदै यस सेवा मार्फत प्रदेश सरकारसँग सम्बन्धित गुनासो, सुझाव, समस्या तथा आवश्यक जानकारी लिन सकिने व्यबस्था गरेको हो । नागरिकले अब घरमै बसेर निःशुल्क तथा प्रविधिको प्रयोग गरी आफ्ना गुनासाहरू सरकारसमक्ष पु¥याउन सक्ने व्यबस्था गरिएको छ । टोल फ्री नं, ह्वाट्सयाप, इमेल वा अनलाइन प्रणालीमार्फत सुझाव, गुनासो तथा जानकारी लिन सकिने मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले जानकारी दिएको छ । मुख्यमन्त्री तथा मन्त्रीपरिषद कार्यालयले मातहत सञ्चालन हुने ‘हेलो सिएम’ मा आमनागरिकले सिधै फोन गरेर आफ्नो करा राख्ने व्यबस्था गरेको मुख्यमन्त्रीको सचिवालयले जानकारी दिएको छ । प्रदेश सरकारले नागरिकका समस्या, गुनासो तथा सुझावहरूलाई प्रत्यक्ष रूपमा सुनुवाइ गर्ने उद्देश्यले ‘हेलो सिएम’ (गुनासो व्यवस्थापन तथा नागरिक संवाद) सेवालाई थप प्रभावकारी र सहज बनाएको हो । मुख्यमन्त्री कार्यालयका अनुसार गुनासो पेस गर्ने प्रमुख माध्यमहरू यस प्रकार रहेको छ । टोल फ्री नम्बरः १६६०५७५२८९८ WhatsApp नम्बरः ९८५५०९१४५६ इमेलः ocmcm@bagamati.gov.np अनलाइन पोर्टलः httpsM/gunaso.bagamati.gov.np र अनलाइनमार्फत सोझै गुनासो दर्ता गर्नका लागि आधिकारिक ब्यानरमा दिइएको QR Code स्क्यान गरेर पनि सम्बन्धित विषयमा जिज्ञासा, गुनासो र सुझाब राख्न सकिने ब्यबस्था गरिएको छ । --- # बागमती प्रदेश सरकारले संगठन तथा व्यवस्थापन (ओएन्डएम) सर्वेक्षणको प्रारम्भिक खाका स्वीकृत, प्रदेशमातहतका कार्यालयको संख्या १८०, चार हजार ६८० बनाइयो Source: https://newskunda.com/archives/4312 Category: FEATURED NEWS, अर्थ, राजनीति, समाज Last updated: 2026-09-17 हेटौडा, १ असोज । बागमती प्रदेश सरकारले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमातहत अघि बढाइएको संगठन तथा व्यवस्थापन (ओएन्डएम) सर्वेक्षणको प्रारम्भिक खाका स्वीकृत गरेको छ। प्रस्तावित संरचनाअनुसार प्रदेशमातहतका कार्यालयको संख्या १८० कायम प्रस्ताव गरिएको छ भने हाल कायम चार हजार ८१४ दरबन्दी घटाएर चार हजार ६८० बनाइएको छ। प्रदेश सरकारका प्रवक्ता एवं भौतिक पूर्वाधार विकासमन्त्री भरतबहादुर केसीले मन्त्रिपरिषद् बैठकले ओएन्डएम सर्वेक्षणअन्तर्गत प्रस्तावित संरचनाको खाका स्वीकृत गरेको जानकारी दिए। ‘अहिले प्रदेशमा मौजुदा दरबन्दी चार हजार ८१४ छ। प्रस्तावित संरचनामा चार हजार ६८० कायम गरिएको छ,’ मन्त्री केसीले भने, ‘यसअनुसार १३४ दरबन्दी घट्नेछ। प्रदेशमातहतका कार्यालयको संख्या १८० कायम गर्ने प्रस्ताव पनि स्वीकृत भएको छ।’ प्रदेश सरकारको प्रशासनिक संरचना र जनशक्ति व्यवस्थापनलाई पुनरवलोकन गर्ने क्रममा ओएन्डएम सर्वेक्षण अघि बढाइएको उनले जानकारी दिए। स्वीकृत खाकाअनुसार प्रदेशका कार्यालय तथा जनशक्तिको संरचनामा पुनर्संयोजन हुने मन्त्री केसीको भनाइ छ। **समस्याग्रस्त सहकारी व्यवस्थापन समितिमा २४ अस्थायी दरबन्दी** मन्त्रिपरिषद् बैठकले बागमती प्रदेश समस्याग्रस्त सहकारी व्यवस्थापन समितिका लागि २४ अस्थायी दरबन्दीसमेत स्वीकृत गरेको छ। सदस्यसचिवदेखि कार्यालय सहयोगीसम्म गरी २४ जनाको अस्थायी दरबन्दी स्वीकृत गरिएको प्रवक्ता केसीले जानकारी दिए। ‘समस्याग्रस्त सहकारी व्यवस्थापन समितिका लागि सदस्यसचिवदेखि कार्यालय सहयोगीसम्म जम्मा २४ जनाको अस्थायी दरबन्दी स्वीकृत भएको छ,’ उनले भने, ‘समितिको काम सकिएपछि ती पद स्वतः समाप्त हुने गरी व्यवस्था गरिएको छ।’ यस्तै, बैठकले खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्रालयमातहतका विभिन्न खानेपानी तथा सरसफाइ डिभिजनमा ९० अस्थायी दरबन्दी स्वीकृत गरेको छ। खानेपानी सहायक, पम्प अपरेटर, सहायक पम्प अपरेटर, हलुका सवारीचालक, कार्यालय सहयोगी, महिला कार्यकर्ता तथा अन्य प्राविधिक र सहयोगी पद गरी ९० दरबन्दी स्वीकृत गरिएको प्रवक्ता केसीले जानकारी दिए। उनका अनुसार ती पदमा विगतदेखि नै अस्थायी रूपमा कार्यरत जनशक्तिको व्यवस्थापनका लागि दरबन्दी स्वीकृत गरिएको हो। यसैगरी, बैठकले प्रदेश वन सेवा केन्द्रका प्रमुख निरञ्जन श्रेष्ठको राजीनामा स्वीकृत गरेको छ। ११औँ तहका श्रेष्ठले दिएको राजीनामा मन्त्रिपरिष --- # बागमती प्रदेशका मन्त्रीहरुसँग कार्यसम्पादन सम्झौता गर्दै मुख्यमन्त्री किरण थापाले भन्नुभयो : अबको दुई सय दिन विकास निर्माणमा तीव्रता दिनुस् Source: https://newskunda.com/archives/4510 Category: FEATURED NEWS, अर्थ, जीवन शैली, राजनीति, समाचार, समाज, स्वास्थ्य Last updated: 2026-09-29 हेटौँडा, १३ असोज । वाग्मती प्रदेश सरकारले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, हेटौँडामा मंगलबार आयोजित कार्यक्रममा आठ मन्त्रीसंग कार्यसम्पादन सम्झौता सम्पन्न गरेको छ । वाग्मती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले प्रदेश सरकारका आठ मन्त्रीसँग आर्थिक वर्ष २०८३÷८४ का लागि एक वर्षे कार्यसम्पादन सम्झौता गर्नुभएको हो । मुख्यमन्त्री थापा मगरले मन्त्रालयबाट सम्पादन गर्नुपर्ने काम, कार्यक्रम तथा आयोजनालाई निर्धारित समयसीमा र गुणस्तरअनुसार सम्पन्न गर्ने प्रतिबद्धतासहित मन्त्रीहरूसँग कार्यसम्पादन सम्झौता गर्नुभएको हो । कार्यक्रममा बोल्दै मुख्यमन्त्री थापा मगरले चालु आर्थिक वर्षको दुई महिना बितिसकेको उल्लेख गर्दै अबको करिब दुई सय दिन विकास निर्माणका कामलाई तीव्रता दिनुपर्ने बताउनुभयो । दुई दिनको सार्वजनिक बिदाका कारण काम गर्ने समयसमेत सीमित रहेकाले विकाससँग सम्बन्धित मन्त्रालयले काममा ढिलासुस्ती गरे वार्षिक प्रगति हासिल गर्न कठिन हुने उहाँले बताउनु भयो । मुख्यमन्त्री थापाले भन्नुभयो, “अब हाम्रो काम गर्ने भनेको मोटामोटी दुई सय दिन हो । विकासकै मन्त्रालयहरूमा काममा ढिलासुस्ती ग¥यौँ भने यो वर्षको प्रगति देखाउन सक्दैनौँ, त्यसैले निर्धारित समयमा सबैले काम सक्नु पर्छ ।” उहाँले मन्त्रालयअन्तर्गतका कार्यालय प्रमुख तथा कर्मचारीलाई बजेटमा समावेश कार्यक्रम कार्यान्वयनका लागि स्पष्ट कार्ययोजना बनाएर छिटोछरितो रूपमा काम गर्न निर्देशन दिनुभयो । मन्त्री, सचिव तथा कार्यालय प्रमुखहरूले आफू मातहतका कार्यक्रमको नियमित समीक्षा गर्दै देखिने गरी परिणाममुखी काम गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । प्रदेश सुशासन ऐन, २०७७ को दफा १९ तथा प्रदेश सुशासन नियमावली, २०७७ को नियम ९ बमोजिम नतिजा सूचकमा आधारित भएर कार्यसम्पादन सम्झौता गरिएको प्रदेश हो । निश्चित अवधिभित्र काम सम्पन्न गर्नुपर्ने, निश्चित परिणाम हासिल गर्नुपर्ने तथा प्रदेश सरकारका प्राथमिकताका कार्यक्रम र आयोजना कार्यान्वयन गर्नुपर्ने अवस्थामा कार्यसम्पादन सम्झौता गर्न सकिने कानुनी व्यवस्था रहेको छ । सम्झौताअनुसार प्रदेश सरकारको आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम र बजेटमा समावेश कार्यक्रमलाई निर्धारित समयमै कार्यान्वयन गर्नुपर्नेछ भने प्रगति विवरणसमेत सम्बन्धित निकायमा नियमित रूपमा पेस गर्नुपर्ने व्यवस्था गरिएको छ । कार्यसम्पादन सम्झौता गर्ने मन्त्रीहरूमा नेकपा एमालेबाट भौतिक पूर्वाधार विकासमन्त्री भरतबहादुर केसी र बिनाविभागीय मन्त्री ज्ञानबहादुर तामाङ, नेकपाबाट आर्थिक मामिला तथा योजनामन्त्री सरल सहयात्री पौडेल तथा कृषि, पशुपन्छी, वन तथा वातावरणमन्त्री रमा आले मगर रहनुभएको छ। त्यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट खानेपानी, ऊर्जा तथा सिँचाइमन्त्री राजु विष्ट, स्वास्थ्य तथा सामाजिक विकासमन्त्री गिरबहादुर तामाङ तथा उद्योग, पर्यटन, श्रम तथा यातायातमन्त्री राजेन्द्र प्रजापतिले पनि मुख्यमन्त्रीसँग कार्यसम्पादन सम्झौता गर्नुभएको छ । गत भदौ ४ गते नेकपा एमाले, राप्रपा र नेकपा सहभागी नयाँ संयुक्त सरकार गठन भएको थियो । वाग्मती प्रदेशमा अघिल्ला सरकारका पालादेखि नै मुख्यमन्त्री, मन्त्री तथा प्रमुख सचिवबीच कार्यसम्पादन सम्झौता हुँदै आएको छ । --- # बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले नेपाल भाषा मंकाः खलःको कार्यालय निरीक्षण Source: https://newskunda.com/archives/5031 Category: FEATURED NEWS, अर्थ, धर्म/संस्कृति, राजनीति, समाचार, समाज Last updated: 2026-10-22 काठमाडौं, ५ कात्तिक । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले नेपाल भाषासहित प्रदेशका सम्पूर्ण मौलिक भाषाको संरक्षण, संवर्द्धन र व्यावहारिक प्रयोगलाई प्रभावकारी बनाउन आवश्यक कानुनी प्रक्रिया अघि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । बिहीबार काठमाडौंस्थित नेपाल भाषा मंकाः खलःको कार्यालय निरीक्षण तथा भाषा, कला, संस्कृति र मौलिक पहिचानको संरक्षण एवं प्रवर्द्धनका विषयमा सरोकारवालासँग छलफल गर्दै मुख्यमन्त्री थापा मगरले भाषा ऐनअनुसार आवश्यक नियमावली तथा कार्यविधि निर्माणको प्रक्रिया अघि बढाउने बताउनुभएको हो । उहाँले भाषा र संस्कृति कुनै समुदायको विगतसँग मात्र जोडिएका विषय नभई भावी पुस्ताको पहिचानसँग समेत अभिन्न रूपमा जोडिएको उल्लेख गर्नुभयो । ‘हाम्रा भाषा, लिपि, कला, संस्कृति र परम्परा केवल विगतका सम्पदा मात्र होइनन्, भावी पुस्तालाई हस्तान्तरण गर्नुपर्ने अमूल्य पहिचान पनि हुन्,’ मुख्यमन्त्री थापा मगरले भन्नुभयो, ‘यिनको संरक्षण, प्रवर्द्धन र पुस्तान्तरणका लागि बागमती प्रदेश सरकार प्रतिबद्ध छ ।’ नेपाल भाषासहित बागमती प्रदेशमा प्रचलनमा रहेका मौलिक भाषाहरूको संरक्षण र प्रवर्द्धनका लागि नीतिगत तथा कानुनी व्यवस्था कार्यान्वयनमा जोड दिनुपर्ने उहाँको भनाइ छ । भाषा, लिपि, कला र संस्कृतिको संरक्षणले समुदायको मौलिक पहिचान जोगाउन मद्दत पुग्ने भएकाले तिनको पुस्तान्तरण र व्यावहारिक प्रयोगलाई प्राथमिकता दिनुपर्ने उहाँले बताउनुभयो । नेपाल भाषा मंकाः खलःको कार्यालय निरीक्षणका क्रममा भएको छलफलमा भाषा, कला, संस्कृति तथा मौलिक पहिचानको संरक्षण र प्रवर्द्धनका विषयमा सरोकारवालासँग विचार विमर्श गरिएको थियो । मुख्यमन्त्री थापा मगरले प्रदेशभित्रका मौलिक भाषा तथा सांस्कृतिक सम्पदाको संरक्षणका लागि आवश्यक नियमावली र कार्यविधि निर्माणको प्रक्रिया अघि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । --- # बागमती प्रदेशका मुख्यमन्त्री किरण थापाले ५७ मत सहित पाए विश्वासको मत Source: https://newskunda.com/archives/4067 Category: FEATURED NEWS, अर्थ, राजनीति, समाचार, समाज Last updated: 2026-08-25 हेटौडा, ९ भदौ । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले मंगलबार बसेको प्रदेशसभामा विश्वासको मत पा्राप्त गर्नु भएको छ । प्रदेशसभा बैठकमा उहाँले माग्नुभएको विश्वासको मतको पक्षमा ५७ मत परेको छ भने बैठकमा उपस्थित ५८ प्रदेशसभा सदस्यमध्ये एक जना मतदानमा सहभागी नभएको जनाइएको छ। बागमती प्रदेशसभामा हाल १०४ सभा सदस्य कायम रहेकोमा ५८ जना सदस्यले मुख्यमन्त्री थापाको पक्षमा मतदान गरेका हुन् । विश्वासको मतको विपक्षमा शून्य र तटस्थ शून्य मत रहेको छ । मुख्यमन्त्री थापालाई नेकपा एमाले, नेकपाका सबै प्रदेशसभा सदस्य तथा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सात जना सदस्यले विश्वासको मत दिनुभएको छ । नेपाली कांग्रेस लगायत विपक्षी दलका प्रदेश सभा सदस्इहरु भने बैठकमा अनुपस्थिति रहेका थिए । बागमती प्रदेशसभामा नेकपा एमालेका उपसभामुखबाहेक २४, नेकपाका २६, राप्रपाका १२, नेपाली कांग्रेसका ३६, नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का ३ र हाम्रो नेपाली पार्टीका २ जना सदस्य छन्। बैठकको अध्यक्षता गर्नु भएको उपसभामुख भने मतदानमा सहभागि हुनु भएन । नेपाली कांग्रेसले भने सरकार गठनको प्रक्रिया सम्बन्धी मुद्दा अदालतमा विचाराधीन रहेको अवस्थामा मुख्यमन्त्रीले विश्वासको मत लिन नहुने भन्दै प्रदेशसभा बैठक बहिष्कार गरेको हो। --- # बागमती प्रदेशका मुख्यमन्त्री किरण थापाले नेपाल रेडक्रस सोसाइटी केन्द्रीय कार्यालयको भ्रमण Source: https://newskunda.com/archives/5450 Category: FEATURED NEWS, अर्थ, राजनीति, समाचार, समाज, स्वास्थ्य Last updated: 2026-11-02 काठमाडौँ, १६ कात्तिक : बागमती प्रदेशका मुख्यमन्त्री किरण थापाले नेपाल रेडक्रस सोसाइटी केन्द्रीय कार्यालयको भ्रमण गर्नुभएको छ । भ्रमणका क्रममा उहाँले नेपाल रेडक्रससँगको आफ्नो पुरानो सम्बन्ध स्मरण गर्दै मानवीय सेवामा संस्थाले पुर्याउँदै आएको योगदानको प्रशंसा गर्नुभयो । उहाँले आफ्नो कर्मजीवनको प्रारम्भिक यात्रा नेपाल रेडक्रसबाटै सुरु भएको स्मरण गर्नुभयो । आफू नेपाल रेडक्रसको एशस्कर सदस्य रही मानवीय सेवामा संलग्न हुँदा नेत्तृत्व विकास, जन सम्पर्क, प्राथमिक उपचार, प्रकोप व्यवस्थापनसम्बन्धी सीप जीवनमा निकै उपयोगी रहेको बताउनुभयो । उहाँले आगामी दिनमा पनि व्यक्तिगत तथा बागमती प्रदेश सरकारका तर्फबाट नेपाल रेडक्रसलाई आवश्यक सहयोग र सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । नेपाल रेडक्रस सोसाइटीका अध्यक्ष डा विशालकुमार भण्डारी र महामन्त्री ऋषिरमण खनालले मुख्यमन्त्री थापालाई स्वागत गर्नुभएको थियो । सो अवसरमा विपद् प्रतिकार्य, प्रभावित समुदायको पुनर्लाभ तथा पुनःस्थापना र मानवीय सेवाका क्षेत्रमा नेपाल रेडक्रसले गरिरहेका कार्यबारे छलफल भएको थियो । मुख्यमन्त्रीको भ्रमणकै अवसरमा रसुवाको बाढी प्रभावित समुदायको पुनर्लाभ तथा पुनःस्थापनाका लागि कालिका गाउँपालिका र नेपाल रेडक्रस सोसाइटी रसुवा जिल्ला शाखाबिच सम्झौतापत्रमा हस्ताक्षर भएको छ । सम्झौतापत्रमा कालिका गाउँपालिकाका अध्यक्ष हरिकृष्ण देवकोटा र नेपाल रेडक्रस सोसाइटी रसुवा जिल्ला शाखाका उपसभापति नीलकण्ठ आचार्यले हस्ताक्षर गर्नुभएको हो । सम्झौताअनुसार बाढी प्रभावित परिवारको तत्कालीन आवश्यकता सम्बोधन गर्नुका साथै स्वास्थ्य, खानेपानी, सरसफाइ तथा स्वच्छता, आवास, जीविकोपार्जन पुनःस्थापना, नगद सहायता र विपद् जोखिम न्यूनीकरणलगायतका क्षेत्रमा सहकार्य गरिनेछ । यसअन्तर्गत प्रभावित परिवारलाई बहुउद्देश्यीय नगद सहायता, जीविकोपार्जन पुनःस्थापनाका लागि सहयोग, अस्थायी आवास तथा घरभाडा सहायता र मृत्यु वा बेपत्ता भएका व्यक्तिका परिवारका लागि निर्धारित मापदण्डअनुसार सहयोग उपलब्ध गराउने योजना समेटिएको छ । नेपाल रेडक्रसका अध्यक्ष डा।विशालकुमार भण्डारीले नेपाल रेडक्रसले विपद् प्रभावित समुदायको आवश्यकता र प्राथमिकतालाई केन्द्रमा राखी पारदर्शिता, जवाफदेहिता, समावेशिता तथा स्थानीय समुदायको सहभागितालाई सुनिश्चित गर्दै कार्यक्रम कार्यान्वयन गर्ने बताउनुभयो । उहाँले नेपाल रेडक्रस, स्थानीय सरकार र प्रदेश सरकार बिचको समन्वय तथा सहकार्यले बाढी प्रभावित समुदायको पुनर्लाभ र पुनःस्थापनालाई थप प्रभावकारी बनाउने विश्वास व्यक्त गर्नभएको थियो । मुख्यमन्त्रीको भ्रमण पश्चात् नेपाल रेडक्रस, प्रदेश सरकार र स्थानीय तह बिचको समन्वय तथा सहकार्यले विपद् प्रभावित समुदायको आवश्यकता सम्बोधन, पुनर्लाभ र दीर्घकालीन पुनःस्थापनामा महत्त्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ । --- # बागमती प्रदेशका मुख्यमन्त्री किरण थापाले मानव कल्याण समाजअन्तर्गत सञ्चालित बाल सेवाघरको निरीक्षण, बालबालिकालाई टिकाजमरा लगाई आर्शिवाद प्रदान Source: https://newskunda.com/archives/5074 Category: FEATURED NEWS, अर्थ, धर्म/संस्कृति, राजनीति, समाचार, समाज Last updated: 2026-10-25 काभ्रेपलाञ्चोक, ८ कात्तिक । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापाले काभ्रेपलाञ्चोक जिल्लाको पनौती नगरपालिका–५, लमलेस्थित मानव कल्याण समाजअन्तर्गत सञ्चालित बाल सेवाघरको आइतबार स्थलगत निरीक्षण गर्नुभएको छ। निरीक्षणका क्रममा मुख्यमन्त्री थापाले मानव सेवा घरको अवस्था, सञ्चालन प्रक्रिया तथा त्यहाँ आश्रित बालबालिकाको हेरचाह, संरक्षण र सेवा व्यवस्थापनबारे जानकारी लिनुभएको थियो। उहाँले घरबारविहीन, असहाय, बेसहारा तथा अभिभावकविहीन व्यक्तिहरूलाई आश्रय प्रदान गर्दै मानव सेवामा समर्पित संस्थाको भूमिकाको प्रशंसा गर्नुभयो। अशक्त, असहाय तथा बेसहारा व्यक्तिहरूको सहारा बनेर मानव सेवा घरले मानवीय सेवाको उदाहरण प्रस्तुत गरेको उल्लेख गर्दै मुख्यमन्त्री थापाले परिस्थितिले कठिनाइमा पारेका बालबालिकाको संरक्षण र भविष्य निर्माणमा यस्ता संस्थाको योगदान महत्त्वपूर्ण रहेको बताउनुभयो। ‘आजका बालबालिका भोलिका राष्ट्रका कर्णधार हुन्’ भन्दै उहाँले सबै बालबालिकाको आधारभूत आवश्यकता पूरा गर्नु, उनीहरूलाई उचित हेरचाह र संरक्षण प्रदान गर्नु तथा सुरक्षित भविष्य निर्माणका लागि अवसर उपलब्ध गराउनु सबैको साझा दायित्व भएको धारणा व्यक्त गर्नुभयो। स्थलगत निरीक्षणका क्रममा मानव सेवा घरको वास्तविक अवस्था बुझ्ने तथा त्यहाँ आश्रित बालबालिकाको हेरचाह र सेवा व्यवस्थापनबारे जानकारी लिने अवसर प्राप्त भएको उल्लेख गर्दै मुख्यमन्त्री थापाले संस्थामा सेवा प्रदान गर्ने सबैप्रति आभार व्यक्त गर्नुभयो। सो क्रममा मुख्यमन्त्री थापाले घरबारविहीन, असहाय, टुहुरा तथा सडकबाट उद्धार गरी ल्याइएका बालबालिकासँग भेटघाट गर्नुभएको थियो। उहाँले बालबालिकालाई टीका र जमरा लगाइदिँदै विजयादशमीको शुभकामना आदानप्रदान गर्नुभयो। ‘हुनेबाट सहयोग, नहुनेलाई उपयोग’ भन्ने मूल नारालाई आत्मसात् गर्दै समाजमा रहेका असहाय तथा अभिभावकविहीन बालबालिकासँग दसैँको खुसी साटासाट गर्न पाउँदा अत्यन्तै आत्मीय र भावुक अनुभूति भएको मुख्यमन्त्री थापाले बताउनुभयो। मानव सेवा घरजस्ता संस्थाले कठिन परिस्थितिमा रहेका बालबालिकालाई आश्रय, माया, संरक्षण र उज्ज्वल भविष्यको आशा प्रदान गर्दै आएको उल्लेख गर्दै उहाँले बालबालिकाको अधिकार, सम्मान र आधारभूत आवश्यकताको सुनिश्चितताका लागि समाजका सबै पक्ष जिम्मेवार हुनुपर्ने बताउनुभयाे । मुख्यमन्त्री थापाको निरीक्षण तथा बालबालिकासँगको दसैँ शुभकामना आदानप्रदानले मानवीय सेवा, सामाजिक उत्तरदायित्व र असहाय बालबालिकाको संरक्षणप्रति सामूहिक प्रतिबद्धताको महत्त्वलाई जगाएकाे छ । --- # बागमती प्रदेशका मुख्यमन्त्री थापा र मन्त्री मगरबीच कार्यसम्पादन सम्झौता Source: https://newskunda.com/archives/5154 Category: FEATURED NEWS, अर्थ, राजनीति, समाचार, समाज Last updated: 2026-10-26 हेटौँडा, ९ कात्तिक : बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगर र कृषि, पशुपन्छी, वन तथा वातावरणमन्त्री रमा आलेमगरबीच आज कार्यसम्पादन सम्झौता भएको छ । चालु आर्थिक वर्ष २०८३र८४ को नीति तथा कार्यक्रम र बजेटमा समावेश योजना तथा आयोजनालाई निर्धारित समयभित्र प्रभावकारी रूपमा कार्यान्वयन गर्ने उद्देश्यले सम्झौता गरिएको हो । मुख्यमन्त्री थापाले यसअघि प्रदेश सरकारका अन्य मन्त्रीहरूसँग कार्यसम्पादन सम्झौता गरिसक्नुभएको थियो । स्वास्थ्य समस्याका कारण अन्य मन्त्रीहरूसँगै पद तथा गोपनीयताको शपथ लिन नसक्नुभएकी मन्त्री मगरले गत असोज २ गते मात्रै मन्त्रालयको जिम्मेवारी सम्हाल्नुभएको थियो । सम्झौतामार्फत मन्त्रालयअन्तर्गतका योजना तथा कार्यक्रमलाई निर्धारित समय र गुणस्तरअनुसार कार्यान्वयन गर्ने, बजेटको प्रभावकारी उपयोग गर्ने तथा कार्यसम्पादनलाई परिणाममुखी बनाउने लक्ष्य राखिएको छ । मुख्यमन्त्री थापाले प्रदेश सरकारका मन्त्रीहरूसँग कार्यसम्पादन सम्झौता गरे पनि नेकपा ९एमाले० बाट मन्त्री बन्नुभएका ज्ञानबहादुर तामाङले भने हालसम्म मन्त्रालयको जिम्मेवारी पाउनुभएको छैन । उहाँ विना विभागीय मन्त्रीका रूपमा रहनुभएको छ । कार्यसम्पादन सम्झौतापछि मन्त्रालयअन्तर्गतका योजना तथा कार्यक्रमलाई प्रभावकारी रूपमा अघि बढाउने प्रतिबद्धता मन्त्री मगरले व्यक्त गर्नुभएको छ । --- # बागमती प्रदेशको मुख्यमन्त्री किरण थापाद्वारा रत्ननगर बकुलहर अस्पताल अनुगमन एवम् सम्मान Source: https://newskunda.com/archives/4501 Category: FEATURED NEWS, अर्थ, राजनीति, समाचार, समाज Last updated: 2026-09-29 चितवन, १३ असोज। बागमती प्रदेशका किरण थापाद्वारा आज बागमती प्रादेशिक रत्ननगर बकुलहर अस्पतालको अनुगमन गरी अस्पतालबाट प्रवाह भइरहेको स्वास्थ्य सेवा, भौतिक पूर्वाधार, जनशक्ति व्यवस्थापन तथा सेवा विस्तारका विषयमा जानकारी लिनु भएको छ। अनुगमनका क्रममा नागरिकलाई सहज, गुणस्तरीय र प्रभावकारी स्वास्थ्य सेवा उपलब्ध गराउनु प्रदेश सरकारको प्रमुख प्राथमिकता रहेको उहाँले बताउनु भयो। अस्पतालको सेवा प्रवाहलाई थप व्यवस्थित र प्रभावकारी बनाउन आवश्यक स्रोत, साधन तथा पूर्वाधारको उचित व्यवस्थापन गर्दै अघि बढ्न सम्बन्धित निकायलाई निर्देशन दिएको उहाँले बताउनु भयो । यस अवसरमा अस्पतालको सेवा प्रवाह र स्वास्थ्य क्षेत्रमा पु¥याउनुभएको योगदानको उच्च मूल्याङ्कन गर्दै उत्कृष्ट कार्यसम्पादन गर्ने स्वास्थ्यकर्मी तथा कर्मचारीहरूलाई सम्मान गरिएको छ। सम्मानले कर्मचारीहरूको समर्पण, मेहनत र सेवाभावले नागरिकको स्वास्थ्य सेवाप्रतिको विश्वास अझ मजबुत बनाउन महत्वपूर्ण योगदान पु¥याएको उहाँले बताउनु भयो । स्वास्थ्यकर्मीहरूको मनोबल उच्च राख्दै स्वास्थ्य संस्थाको क्षमता अभिवृद्धि र सेवा गुणस्तर सुधारमार्फत ‘स्वस्थ नागरिक, समृद्ध बागमती’ निर्माणको अभियानलाई थप प्रभावकारी बनाउँदै लैजाने मुख्यमन्त्री थापाले प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले प्राथमिकताका आधारमा बागमती प्रदेश सरकारले अस्पतालहरूको स्तरोन्नति, जनशक्ति व्यवस्थापन, उपकरण थप र सेवा विस्तार गर्दै लगेको बताउनुभयो। जनशक्तिको कमी र पर्याप्त ठाउँ÷भवनको अभावले गर्दा सोचे अनुसार पूर्ण रूपमा सेवा विस्तार गर्न समस्या भइरहेको, बकुलहर रत्ननगर अस्पतालको नया भवन निर्माणको म्याद सकिँदा पनि काम पुरा नगर्ने र सम्पर्कमा नआउने निर्माण व्यवसायीको ठेक्का रद्द गरी कानुनी कारबाही तथा बैङ्क ग्यारेन्टी रोक्ने प्रक्रिया अघि बढाइने उहाँले बताउनुभयो। उपचारका लागि अन्य जिल्ला धाउनु नपरोस् भन्नाका खातिर अस्पतालहरूमा विशिष्टीकृत र विशेषज्ञ सेवाहरू विस्तार गर्ने स्वास्थ्य क्षेत्रलाई बजेटमा प्राथमिकतामा स्वास्थ्य चौकीको रूपमा रहेको यो अस्पताल प्रादेशिक अस्पताल बनेपछि दैनिक औसतन १२ सयसम्म बिरामी आउने गरेको बताउनुभयो। सामान्य घटनालाई लिएर अस्पतालमा तोडफोड र स्वास्थ्यकर्मीमाथि हातपात नगर्न तथा त्यस्ता कार्यलाई समाजका बुद्धिजीवी र जनप्रतिनिधिहरूले सहजीकरण गरिदिन अनुरोध गर्नुभयो। सिटी स्क्यानको आवश्यकतालाई महसुस गर्दै यसपालि बजेट व्यवस्थापन र जोड दिन मन्त्री आफैँ लागिपर्ने प्रतिबद्धता व्यक्त गर्दै उहाँले स्वास्थ्य मन्त्रालयलाई भर्चुअल÷डिजिटल सेवामा लैजान डिजिटल एप्स, अनलाइन टिकट, र इलेक्ट्रोनिक मेडिकल रेकर्ड (भ्ःच्) मार्फत ’पेपरलेस’ बनाउने सुरुवात भइसकेको बताउनु भयो । बागमती प्रदेशका प्रादेशिक अस्पतालहरूमा टेलीमेडिसिन सेवा सुरु गरिएको बताउदै उहाँले ३९६ वटा आधारभूत अस्पतालहरूमा जनशक्ति र उपकरणको कमीलाई सम्बोधन गर्न हेटौँडा, भक्तपुर र सिन्धुली अस्पताललाई ’टेलीमेडिसिन हब’ बनाएर २४ सै घण्टा परामर्श सेवा दिने व्यवस्था मिलाइएको बताउनुभयो। हाल बागमती प्रदेशमा स्वास्थ्य क्षेत्रमा ४.५ प्रतिशत मात्र बजेट विनियोजन भएको र डब्लुएचओ (WHO) को मापदण्ड अनुसार १० प्रतिशत पु¥याउन आगामी बजेटमा स्वास्थ्यलाई पहिलो प्राथमिकता दिइने बताउँदै उहाँले प्रदेशका सरकारी अस्पतालहरूमा बिरामीको चाप र विश्वास बढेकाले स्वास्थ्य सेवालाई अझ व्यवस्थित र प्रभावकारी बनाउन बागमती प्रदेश सरकार निरन्तर र दत्तचित्त भएर लागिपर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । --- # बागमती प्रदेशमा मन्त्रिपरिषद् विस्तार Source: https://newskunda.com/archives/4320 Category: FEATURED NEWS, अर्थ, राजनीति, समाचार, समाज Last updated: 2026-09-18 हेटौँडा, २ असोजः बागमती प्रदेशमा मन्त्रिपरिषद् विस्तार गरिएको छ । नेपाली कम्युष्टि पार्टी (नेकपा) बाट रमा आलेमगर कृषि, पशुपन्छी, वन तथा वातावरणमन्त्री नियुक्त हुनुभएको छ । उहाँले पद तथा गोपनीयताको शपथ लिनुभएको छ । प्रदेश प्रमुख दीपकप्रसाद देवकोटा मन्त्री आलेमगरलाई शपथ गराउनुभएको हो । मुख्यमन्त्री किरण थापामगरले आलेलाई शुक्रबार मन्त्री पदमा नियुक्त गर्नुभएको थियो । आले काठमाडौँ क्षेत्र नम्बर १० को प्रदेशसभा (२) बाट प्रत्यक्ष निर्वाचित हुनुभएको थियो । उहाँ यसअघि शालिकराम जमकट्टेल नेतृत्वको सरकारमा युवा तथा खेलकुदमन्त्री हुनुभएको थियो । मुख्यमन्त्री थापाले यसअघि नै मन्त्रालय विभाजन गरिसक्नुभएको भए पनि प्राविधिक कारणले कृषि, पशुपन्छी, वन तथा वातावरण मन्त्रालय आफैँ मातहतमा राख्नुभएको थियो। मन्त्री आलेमगरको नियुक्तिसँगै उक्त मन्त्रालयले समेत नेतृत्व पाएको छ। बागमती प्रदेशमा नेपाल कम्युनिष्ट पार्टी (एमाले)को नेतृत्वमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र नेकपाको सहभागितामा प्रदेश सरकार गठन भएको छ। प्रदेश सरकारमा हाल आठ वटा मन्त्रालय रहेका छन्। --- # बागमती प्रदेशलाई योग, स्वास्थ्य, पर्यटन र समृद्धिको नमुना प्रदेश बनाउछौं : मुख्यमन्त्री किरण थापा मगर Source: https://newskunda.com/archives/4682 Category: FEATURED NEWS, अर्थ, राजनीति, शिक्षा, समाचार, समाज Last updated: 2026-10-19 भक्तपुर, २५ असोज : वागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले बागमती प्रदेशलाई योग, स्वास्थ्य र समृद्धिको नमुना प्रदेश बनाउने घोषणा गर्नु भएको छ । आज पातञ्जल योग समिति नेपालको आयोजना तथा शुभकामना सामूहिक योग साधना केन्द्रको व्यवस्थापनमा भक्तपुरमा आयोजना गरेको सम्मान कार्यक्रममा बोल्दै उहाँले बागमती प्रदेशका नागरिकको पहुँचमा योग र स्वस्थ जीवनशैली पु¥याउन ‘प्रादेशिक योग परिषद्’ निर्माण गर्ने बताउनु भएको हो । मुख्य मन्त्री थापाले भक्तपुर जिल्लालाई योग, शिक्षा, स्वास्थ्य र पर्यटनको एकीकृत हबका रूपमा रूपान्तरण गर्दै बागमती प्रदेशका १३ वटै जिल्लामध्ये एक मुख्य नमुना जिल्ला बनाउने आधारशिला तयार भइरहेको बताउनुभयो । बागमती प्रदेश सरकार, स्वास्थ्य मन्त्रालयअन्तर्गत गठित प्रादेशिक योग समितिका सदस्य एवं पातञ्जल योग समितिका महासचिव डा. नवराज काफ्लेले प्रादेशिक योग परिषद् निर्माणको प्राविधिक तथा नीतिगत गृहकार्य द्रुत गतिमा भइरहेको बताउनुभयो । कार्यक्रममा संस्थाका संरक्षक बालमुकुन्द सुवाल, कार्यक्रमका सभापति तथा पातञ्जल योग समिति नेपालका अध्यक्ष सुदर्शन सुवेदीलगायतले देशभर योग साधनाको प्रचार–प्रसार, साधकहरूको सशक्तिकरणलाई पुर्याउनु पर्ने बताउनुभयो । --- # बागी उम्मेदवारका कारण पार्टी पराजित भए कसैलाई छुट हुदैन : प्रधानमन्त्री देउवा Source: https://newskunda.com/archives/786 Category: FEATURED NEWS, निर्वाचन, राजनीति, समाचार, समाज Last updated: 2022-05-10 धनगढी, २६ वैशाख : नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले आउने चुनावमा बागी उम्मेदवारका कारण पराजित भएमा पार्टीले छुट नदिने बताउनुभएको छ । धनगढीमा आज आयोजित चुनावीसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले बागी उम्मेदवारकै कारण पराजित भएमा पार्टीले बागी उम्मेदवारलाई कारबाही गर्ने बताउनुभएको हो । चुनावमा उठेका पार्टीका बागी उम्मेदवारलाई आ–आफ्नो उम्मेदवारी फिर्ता लिएर पार्टीका उम्मेदवारलाई विजयी गराउन उहाँले आग्रह गर्नुभयो । प्रधानमन्त्री देउवाले वर्तमान संविधानले जथाभावीरुपमा संसद् विघटन गर्ने प्रावधान प्रधानमन्त्रीलाई नदिएको भए पनि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले बिनाकारण संसद् विघटन गर्दा आफूसहित नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल, नेकपा एमालेका तत्कालीन नेता माधव नेपालले विरोध गरेको बताउनुभयो । उहाँले भन्नुभयो ‘‘संसद् भङ्ग गर्ने एमालेले संसद् पुनःस्थापित हुँदा पनि चल्न दिएको छैन, चुनाव जितेमा ओलीजीले फेरि त्यही काम गर्ने हुन्, त्यसैले आगामी सबै निर्वाचनहरु गठबन्धनले नै जित्नुपर्छ ।’’ देउवाले सुदूरपश्चिम प्रदेश आफ्ना लागि अत्यन्त महत्वपूर्ण रहेको बताउँदै सुदूरपश्चिमकै कारण आफू देशको प्रधानमन्त्री भएको बताउनुभयो । देउवाले सुदूरपश्चिम प्रदेशको विकासका लागि आफूले सक्दो विकास गर्ने प्रतिबद्धता व्यक्त गर्दै खुटिया—दिपायल—बझाङसम्मको सडक, कर्णाली नदी किनारै किनार हुँदै अछाम जोड्ने सडक, निर्माणका लागि पहल गर्ने बताउनुभयो । प्रधानमन्त्री देउवाले विकासका लागि सुदूरपश्चिम प्रदेशलाई पहिलो प्राथमिकता दिएर आफूले काम गर्नेसमेत बताउनुभयो । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गठबन्धन दलहरुले देशलाई दुर्घटना हुनबाट जोगाएको बताउँदै यही गठबन्धनमार्फत् मुलुकमा स्थायीत्व कामय राख्दै नयाँ युगको सुरुआत गरिने बताउनुभयो । उहाँले अहिलेको गठबन्धन दलका शीर्ष नेताहरुबीच विवाद र असमझदारी सिर्जना गरेर गबन्धनलाई विभाजित गर्ने षडयन्त्र गर्ने तत्व सक्रिय रहेकोले सचेत हुनुपर्ने बताउनुभयो । अध्यक्ष प्रचण्डले ठूलो त्याग र बलिदानबाट प्राप्त राजनीतिक उपलब्धि र जनताका अधिकारको रक्षाका लागि गठबन्धन बनेको बताउँदै आउने चुनावमा गठबन्धन दलका साझा उम्मेदवारलाई विजयी बनाउन आग्रह गर्नुभयो । नेकपा (एकीकृत समाजवादी)का उपाध्यक्ष प्रमेश हमालले नेकपा एमाले सर्वसत्तावादी चिन्तन बोकेर अगाडि बढ्दा देशमा समस्या आएको आरोप लगाउनुभयो । सभामा नेपाली कांग्रेसका केन्द्रीय सहमहामन्त्री फरमुल्लाह मन्सुर, नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा आराजु राणा देउवा, धनगढी उपमहानगरपालिकाका प्रमुखका प्रत्यासी एवं नेपाली कांग्रेसका केन्द्रीय सदस्य नृपबहादुर वड, नेकपा (एकीकृत समाजवादी)का केन्द्रीय सदस्य दीर्घ सोडारीलगायतका वक्ताले गठबन्धनका उम्मेदवाहरुलाई मत दिएर जिताउन आग्रह गर्नुभयो । उपमहानगरपालिकाका प्रमुखका प्रत्यासी नृपबहादुर वडलाई समर्थन गर्नुभएका प्रमुखका स्वतन्त्र उम्मेदवार मदनकृष्ण भट्टलाई कांग्रेस सभापति देउवाले स्वागत गर्नुभएको थियो । --- # बागीश्वरी माध्यमिक विद्यालयको ६७ औं, बागीश्वरी कलेजको १८ औं र बागीश्वरी कलेज अफ म्यानेजमेन्टको तेस्रो वार्षिकोत्सव Source: https://newskunda.com/archives/3470 Category: FEATURED NEWS, राजनीति, समाचार, समाज Last updated: 2026-03-12 भक्तपुर, २८ फागुन : बागीश्वरी माध्यमिक विद्यालयको ६७ औं, बागीश्वरी कलेजको १८ औं र बागीश्वरी कलेज अफ म्यानेजमेन्टको तेस्रो वार्षिकोत्सव विविध कार्यक्रम गरी आज सम्पन्न भयो । वार्षिकोत्सवको अवसरमा कार्यक्रमका प्रमुख अतिथि नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले बागीश्वरी स्मारिका, साहित्यक संगालो र विद्यालय गीत बिमोचन गर्नुभयो । कार्यक्रमका प्रमुख अतिथि तथा अतिथिहरूले उत्कृष्ट शिक्षक कर्मचारी र विद्यार्थीहरूलाई पुरस्कार, सम्मान तथा छात्रवृत्ति हस्तान्तरण गर्नुभयो । कार्यक्रमको उद्घाटन गर्दै अध्यक्ष बिजुक्छेँले विश्वविद्यालयहरु मुलुकको उच्च शिक्षाको आधार तय गर्ने महत्वपूर्ण निकाय भएको बताउँदै देशभक्त र इमानदार व्यक्तिहरु राजनीतिमा आउनुपर्ने बताउनुभयो । सत्तासीन दलले स्वच्छ राजनीति नगरेरै देशको राजनीतिमा उतारचढाव भइरहेको हो भन्दै उहाँले युवाहरु राजनीतिबाट टाढा बस्ने होइन, राजनीतिलाई सुधार्ने जिम्मेवारीकासाथ अगाडि बढ्नुपर्छ भन्नुभयो । भक्तपुर नगरपालिकाले भक्तपुरलाई शैक्षिक रुपमा अगाडि बढाउन र समाजलाई शिक्षित बनाउने उद्देश्यले विभिन्न कलेजहरु सञ्चालनमा ल्याएको स्मरण गर्दै उहाँले जनतालाई राजनैतिक रुपमा सेचत र संगठित बनाउन सकेमात्र सभ्य समाजको परिकल्पना पूरा हुने बताउनुभयो । निर्वाचनले जनताको चेतनास्तर स्पष्ट रुपमा प्रस्तुत गर्ने बताउँदै उहाँले निर्वाचनको समयमा हुने विदेशी र आर्थिक चलखेलबारे पनि जनताहरुले सजग हुनुपर्ने बताउनुभयो । नेपालमा विदेशीहरुको चलखेल व्यापक भइरहेको स्पष्ट पार्दै अध्यक्ष बिजुक्छेँले युवा विद्यार्थीहरुलाई विदेश पलायनबाट रोक्न सरकारले अब पनि ढिला गरे देशले ठूलो दुर्घटना व्यहोर्नुपर्ने अवस्था सिर्जना हुने बताउनुभयो । कार्यक्रमका सभापति, बागीश्वरी कलेज व्यवस्थापन समितिका अध्यक्ष एवम् भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले २०६४ सालमा स्थापना भएको बागीश्वरी कलेज क्यु.ए.ए.प्राप्त भक्तपुर जिल्लाकै पहिलो कलेज भएको बताउनुभयो । देश बनाउने वा बिगार्नेमा बुद्धिजीवीहरुको महत्वपूर्ण भूमिका हुने बताउँदै शिक्षित जनता राजनैतिक रुपमा सचेत र संगठित भए मात्र देश सही दिशामा जाने बताउनुभयो । कलेजले राष्ट्रिय र अन्तर्राष्ट्रिय सम्मेलन गर्नेमा जोड दिँदै जाने बताउँदै उहाँले शैक्षिक संस्थाहरुले सचेत र देशभक्त नागरिक उत्पादनमा ध्यान दिनुपर्ने बताउनुभयो । नेमकिपा बागमती प्रदेशसभा सदस्य सुरेन्द्रराज गोसाईले विद्यार्थीहरुमाझ किताबी ज्ञानसँगसँगै आलोचनात्मक दृष्टिकोणको विषयमा पनि छलफल आवश्यक भएको बताउँदै राजनैतिक नैतिकतामा संकट आउनुमा विद्यालय शिक्षाको पनि महत्वपूर्ण भूमिका रहेको हुन्छ भन्नुभयो । सांसद गोसाईले देशलाई राम्रो गर्ने या नगर्ने भन्ने कुरा सत्तासीन दलका नेताहरूको हातमा हुन्छ या राजनीतिक नेतृत्वमा भरपर्छ । राजनीति नीति निर्माण गर्ने क्षेत्र भएकोले राजनीतिमा इमानदारी र नैतिकता महत्वपूर्ण हुने बताउँदै उहाँले नेपालमा पपुलिजमको लहरले नेपालको राजनीति नै संकटमा परेकोछ भन्दै नेपाल पनि पपुलिजमको सिकार हुँदै गइरहेकोमा चिन्ता व्यक्त गर्नुभयो । अमेरिकी साम्राज्यवादले संसारमा साम्राज्यवादको नाइकेको रुपमा आक्रमक ढंगले प्रस्तुत भइरहेको बताउँदै उहाँले अमेरिकी साम्राज्यवादको विरोधमा भियतनामी जनताले लडिरहेको वीरतापूर्ण इतिहासबाट नेपालले पनि पाठ सिक्नुपर्ने बताउनुभयो । बागमती प्रदेश सभा सदस्य सृजना सैंजुले शैक्षिक, सामाजिक, राजनीतिक रुपमा महिलाहरुको अग्ररता नेपाली समाजमा पनि उल्लेखनीय रहँदै आएको बताउनुभयो । बलात्कार जस्तो जघन्य अपराध गर्नेलाई मृत्युदण्डको सजायको बन्दोबस्त हुनुपर्छ भन्दै ढिलो न्याय दिनु पनि अन्याय हो, उहाँले भन्नुभयो । उहाँले समाजका बेथितिहरुविरुद्ध लड्ने शिक्षा आजको आवश्यकता हो भन्दै उहाँले अर्थतन्त्रसँग जोडिएको शिक्षालाई विशेष जोड दिनुपर्ने बताउनुभयो । कार्यक्रममा भक्तपुर नपा वडा नं. ९ का वडाध्यक्ष एवम् बागीश्वरी मावि व्यवस्थापन समितिका अध्यक्ष रवीन्द्र ज्याख्वले पनि बोल्नुभएको थियो । कार्यक्रममा बागीश्वरी माविका प्रअ कृष्णप्रसाद कर्माचार्य, बागीश्वरी कलेज अफ म्यानेजमेन्टका प्राचार्य कृष्णप्रसाद धन्छा र बागीश्वरी कलेजका प्राचार्य धनकुमार श्रेष्ठले वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभयो । कार्यक्रममा वार्षिकोत्सव समारोह समितिका संयोजक ज्ञानेन्द्र श्रेष्ठले स्वागत मन्तव्य र विद्यार्थी प्रतिनिधि एम.बी.एस. पहिलो सेमेस्टरका तुल्सीराम दुवाल, बागीश्वरी मावि विद्यार्थी हित समितिका निशा थापाले शुभकामना मन्तव्य राख्नुभयो भने शिक्षक मंगलेश्वर ध्वजूले पनि बोल्नुभयो । --- # बाजागाजासहित इन्द्रायणीलाई इन्द्र दह पुर्याई मेला सुरु, रातभरि दिपावली गरि मनाइने Source: https://newskunda.com/archives/3023 Category: FEATURED NEWS, धर्म/संस्कृति, समाचार, समाज Last updated: 2023-09-28 भक्तपुर, ११ असोज : इन्द्र जात्राको तेश्रो दिन आज साँझ भक्तपुरको इन्द्र दह अर्थात सिद्धपोखरीमा इन्द्र देवतालाई बिराजमान गराई पोखरीको वरिपरि दिपावली गरि भव्य इन्द्र जात्रा मेला सुरु भएको छ । भक्तपुर नगरपालिका खौमास्थित इन्द्रायणी द्यो छें अर्थात देवगृहबाट बाजागाजासहित इन्द्रायणी देवताको मूर्तिलाई खटमा विराजमान गराई ‘वाचा मुकेगु’ भनी आधा देश परिक्रमा गराइ बाजागाजासहित धुमधामसँग इन्द्र दह अर्थात सिद्धपोखरीमा पु¥याई साँझबाट मेला सुरु भएको छ । भाद्र शुक्ल चतुर्थीको दिन साँझ दिपावली गरी मध्यरातिसम्म मेला लाग्ने र भाद्र शुक्ल पूर्णिमाको दिन बिहानैबाट इन्द्रदहमा स्नान गरी इन्द्रको पूजा गर्न दर्शनार्थीको घुइँचो लाग्ने गर्दछ । भाद्र शुक्ल चतुर्थीको दिन साँझबाट सुरु हुने मेला पूर्णिमामा दिनभर मेला गरि साँझ इन्द्र देवताको मूर्तिलाई खटमा राखी भक्तपुर देश यात्रा गर्दै द्यों छेमा भित्र्याएपछि मेला सम्पन्न हुने परम्परा रहेको संस्कृति एवं इतिहासविद प्रा.डा. पुरुषोत्तमलोचन श्रेष्ठले जानकारी दिनुभयो । नेपाल सम्बत् २१८ मा शक्तिशाली युवराजको रुपमा चिनिएका इन्द्रदेवले आफ्नो नाममा उपत्यकाकै ठूलो पोखरी निर्माण गराएका कारण यो पोखरीको नाम इन्द्र दह रहन गएको उहाँको भनाइ छ । स्वर्गका राजा इन्द्रले स्नान गरेको हुँदा यसको नाम इन्द्र दह रहेको धार्मिक विश्वास छ । यसलाई ‘ञँंकीदह’ पनि भनिन्छ । यसै दहमा भाद्र शुक्ल चतुर्दशीका ‘चाक मता च्याकेगु’ भनी चारैतिर बत्ती बाल्ने चलन छ । कृष्णदेखि रिसाएका इन्द्रले जनतालाई दुःख दिन ठूलो असिना, पानी पारेपछि कृष्णले गोर्वधन पहाड औंलाले उठाएर जनताको रक्षा गरेको दिनको सम्झनामा स्वरुप पनि इन्द्र दहमा मेला लाग्ने गरेको उहाँले बताउनु भयो । राजतन्त्रको पराजय र जनताको विजयीको रुपमा पनि यो जात्रा मनाइने गरेको श्रेष्ठको भनाइ छ । इन्द्र दहमा स्नान गरि समय् अर्थात भोज चढाएर, भाज खाएर यँयापुन्ही मान्ने गर्दछन् । समय अर्थात छ्वय्ला, सारां (कर्कलोको अचार), भिजाएको केराउ, काक्रो लगायतका परिकार विशेष रूपले खाने र साँझ इन्द्रायणीलाई पुनः रथमा विराजमा गराई बाजागाजासहित भक्तपुरको आधा देश परिक्रमा गराई देवगृह भित्र्याए पछि मेला सम्पन्न हुने परम्परा रहेको छ । --- # बाढी प्रभावित क्षेत्रका जनप्रतिनिधिहरूले संघीय सरकारसँग समन्वय गर्न कठिनाइ भोगिरहेका छन् : मुख्यमन्त्री थापा मगर Source: https://newskunda.com/archives/4506 Category: FEATURED NEWS, अर्थ, राजनीति, समाचार, समाज, स्वास्थ्य Last updated: 2026-09-29 चितवन, १३ असोज । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले बाढी प्रभावित क्षेत्रका जनप्रतिनिधिहरूले संघीय सरकारसँग समन्वय गर्न कठिनाइ भोगिरहेको बताउनुभएको छ । जिल्ला समन्वय समिति चितवनद्वारा आयोजित स्थानीय तह तथा जिल्लास्थित सरकारी कार्यालयहरूको कामको समीक्षा कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री थापामगरले भोटेकोसी बाढीपछि उद्धार, राहत तथा पुनर्निर्माणका क्रममा संघीय सरकारसँग आवश्यक समन्वय हुन नसकेको बताउनुभएको हो । मुख्यमन्त्री थापामगरले भन्नुभयो, “बाढी प्रभावित क्षेत्रका जनप्रतिनिधिहरूले संघीय सरकारका प्रतिनिधिसँग समन्वयका लागि सम्पर्क गर्न खोज्दा समेत सहज पहुँच नपाएको गुनासो गरेका छन्। स्थानीय तहका जनप्रतिनिधिहरूले समन्वयका लागि संघीय सरकारका प्रतिनिधि नभेटेपछि आफूलाई नै समन्वय गरिदिन अनुरोध गर्नुभएको छ।” बाढी प्रभावित क्षेत्रको अवस्था सामान्य बनाउन प्रदेश सरकारले तीव्र गतिमा काम गरिरहेको उहाँले बताउनुभयो। भोटेकोसी बाढीका कारण त्रिशूली नदी वारिपारि सम्पर्क विच्छेद भएका क्षेत्रमा तत्कालका लागि ७ वटा तुइन सञ्चालनमा ल्याइएको उहाँले जानकारी दिनुभयो। त्यस्तै, प्रभावित क्षेत्रमा यातायात तथा आवागमन सहज बनाउन २ वटा बेलिब्रिज र ५ वटा झोलुङ्गे पुल निर्माणको प्रक्रिया अघि बढाइएको मुख्यमन्त्री थापामगरले बताउनुभयो। उहाँका अनुसार द्रुत प्रक्रियाबाट ठेक्का सम्झौता गरी ती संरचनाको निर्माण अघि बढाउने तयारी भइरहेको छ। राहत तथा पुनर्स्थापनाका लागि प्रदेश सरकारले बाढीका कारण ज्यान गुमाएका व्यक्तिका परिवारलाई समेत आर्थिक सहयोग गर्ने निर्णय गरेको उहाँले जानकारी दिनुभयो। प्रदेश सरकारले मृतकको किरिया खर्चबापत प्रतिव्यक्ति २५ हजार रुपैयाँ र मृतकका परिवारलाई प्रतिव्यक्ति १ लाख रुपैयाँ स्थानीय तहमार्फत उपलब्ध गराउने निर्णय गरेको उहाँको भनाइ छ। प्राकृतिक विपत्तिको कठिन अवस्थामा सबै तहका सरकार र स्थानीय समुदायबीच सहकार्य आवश्यक रहेको उल्लेख गर्दै मुख्यमन्त्री थापामगरले चितवनका स्थानीय तहहरूलाई समेत बाढीबाट अति प्रभावित पालिकाहरूलाई आवश्यक सहयोग गर्न आग्रह गर्नुभयो। उहाँले विपत्तिबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनामा सबै पक्षले हातेमालो गरेर अघि बढ्नुपर्नेमा जोड दिनुभयो। --- # बाढी प्रभावित क्षेत्रको पुर्ननिर्माणदेखि जिविकोपार्जन सम्मका कार्य अगाडि बढाउछौं : मुख्यमन्त्री किरण थापा मगर Source: https://newskunda.com/archives/4569 Category: FEATURED NEWS, अर्थ, राजनीति, शिक्षा, समाचार, समाज Last updated: 2026-10-04 भक्तपुर, १८ असोज : वागमती प्रदेश सरकारले रसुवा भोटेकोशी बाढीका कारण क्षतिग्रस्त क्षेत्रको पुर्ननिर्माणदेखि जिविकोपार्जन सम्मका कार्य अगाडि बढाउने भएको छ । आज प्रदेशका मुख्यमन्त्री किरण थापा मगर, बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगर, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण (ल्म्च्च्ःब्) का प्रमुख कार्यकारी अधिकृत डा. धर्मराज उप्रेती तथा वागमती प्रदेश नीति तथा योजना आयोगका सदस्य डा. दीपकविक्रम थापा क्षेत्रीबीच विपदपछिको पुनस्र्थापना, पुनर्निर्माण तथा भूमि विकास एकीकृत विकासका मोडल लगायतका बिषयमा छलफल भएको हो । प्रदेश सरकारले केवल पुनःनिर्माण मात्र नभएर दिगो ब्यबस्थापनसहितको पुनः निर्माण व्यबस्थापन र जनजिविकाका लागि पुनरोत्थानसहितका बिभिन्न कार्यहरु सन्चालन गर्ने निष्कर्षमा पुगेको हो । भोटेकोशी बाढी पहिरो लगायतका विपदवाट प्रभावित क्षेत्रको पुनस्र्थापना तथा पुनर्निर्माणलाई व्यवस्थित, सुरक्षित र दिगो बनाउने, भूमि विकास तथा सुरक्षित बस्ती व्यवस्थापन एकीकृत विकासका मोडल तयार गर्ने, पूर्वाधार पुनर्निर्माण, संघ–प्रदेश–स्थानीय तहबीच समन्वय तथा आवश्यक योजना र कार्यढाँचा निर्माणका विषयमा छलफल गरिएको मुख्यमन्त्री थापाले जानकारी दिनुभयो । प्रभावित समुदायको आवश्यकता र स्थानीय अवस्थालाई प्राथमिकतामा राख्दै द्यगष्मि द्यबअप द्यभततभच को अवधारणाअनुसार पुनर्निर्माण अघि बढाउने उहाँले बताउनुभयो । आगामी दिनमा विपद जोखिम न्यूनीकरणलाई विकास योजनासँग एकीकृत गर्ने विषयमा समेत जोड दिइएको जानकारी दिदै उहाँले बाढीग्रस्त क्षेत्रमा प्रदेश सरकारले केवल पुनःनिर्माण मात्र नभई दिगो ब्यबस्थापनसहितको पुनः निर्माण व्यबस्थापन र जनजिविकाको पुनरोत्थानका कार्यक्रमलाई अगाडि बढाउने निर्णयमा पुगेको बताउनुभयो । --- # बाढीपहिराको जोखिम र पाठ्यपुस्तक अभावले विद्यार्थी घट्दै Source: https://newskunda.com/archives/1057 Category: FEATURED NEWS, शिक्षा, समाचार Last updated: 2022-05-31 मनाङ, १७ जेठ : मनाङमा गत वर्ष बाढीपहिरोले धेरै क्षति पु¥यायो । बर्षाको पछिल्लो अवस्थाले बाढीपहिरोको असर यस वर्ष अझ बढी विद्यालय र विद्यार्थीमा देखिने भएको छ । विद्यालय क्षेत्र तथा बस्तीमा बाढीपहिरोको जोखिमका कारण यहाँका अभिभावकले बालबालिका अन्यत्र सार्न थालेका छन् । जिल्लामा बाढीपहिरोका कारण अभिभावकले विद्यार्थी आफन्तकोमा राखेर अध्यापन गराउन विद्यालय परिवर्तन गर्न थालेको लोकप्रिय माध्यमिक विद्यालय चामेका प्रधानाध्यापक कृष्णदास कोइरालाले बताउनुभयो । “बाढीपहिरोको जोखिम अझै पनि छ, कतिपय निजी आवास निर्माण हुन सकेका छैनन् । अभिभावकले बाढीपहिरो आए आफू भागांैला तर बालबालिका भाग्न सक्दैनन् भनेर अन्यत्रै आफन्तकोमा राखेर पढाउने भएकाले विद्यार्थी घट्दो अवस्थामा रहेका छन्,” प्रअ कोइरालाले भन्नुभयो । साथै पाठ्यपुस्तक अभावले पठनपाठनमा अझ समस्या थपिएर पठनपाठन सकस भएको उहाँ बताउनुहुन्छ । मनाङमा शैक्षिक सत्र आधा सकिन लागेको छ । तर, विद्यार्थीको पठनपाठन राम्रोसँग हुन सकेको छैन । विद्यार्थीहरु विद्यालय आए पनि पुस्तक जिल्लामा आइनपुग्दा पठनपाठनमा सकस भएको कोइरालाले बताउनुभयो । उहाँका अनुसार पुस्तकका ‘टपिक्स डाउनलोड’ गरी सम्भव भएसम्म विद्यार्थीहरुलाई प्रिन्ट गरेर दिँदै पठनपाठन हुँदै आएको छ । “टपिक्स डाउनलोड गर्ने र फोटोकपी गरेर पठनपाठनलाई अगाडि बढाएका छौँ, महाविपत्तिले त्रास नै त्रासमा पठनपाठन गराइरहेको अवस्थामा पाठ्पुस्तकको अभावले समस्या थपिएको छ,” कोइरालाले भन्नुभयो । लोकप्रिय माध्यमिक विद्यालय कक्षा १० मा अध्ययनरत छात्रा सरिता गुरुङ पाठ्यपुस्तक नपाउँदा पुस्तक हेरेर गृहकार्य गर्न समस्या भएको बताउनुहुन्छ । शिक्षकले सकेको सहज बनाउन खोजे पनि पुस्तकमा हेरेर पठनपाठन गर्न नपाउँदा अध्ययनमा समस्या थपिएको उहाँ बताउनुहुन्छ । “शिक्षकले दिएका होमवर्क गर्दा पुस्तक हेर्न नपाउँदा समस्या हुन्छ, शिक्षकले पढाएका तर घरमा पुस्तक हेर्न नपाउँदा होमवर्क गर्न समस्या हुन्छ”, उहाँँले भन्नुभयो । लोकप्रिय मावि कक्षा १० मा अध्ययनरत छात्र जयराम थापाले नयाँ शैक्षिक सत्र शुरु भए पनि पुस्तक अभावमा शिक्षकले विभिन्न माध्यमबाट पठनपाठन अगाडि बढिरहेको बताउनुभयो । शिक्षकले पुस्तकको ‘हेन्सआउट’ दिने गरेकाले पठनपाठनमा समस्या खासै नभएको उहाँको भनाई छ । प्रकाश ज्योति माध्यमिक विद्यालयका प्रधानाध्यापक जगराम विश्वकर्माले गतवर्षको बाढीपहिरोले विद्यालयको क्षतविक्षत भएको र दुई शौचालय, एउटा हल क्षति भएपछि बर्षायाममा त्रास रहेको बताउनुभयो । प्राकृतिक विपत्तिको जोखिम न्यूनीकरणका लागि लागिरहेको भए पनि अभिभावकले विद्यार्थी अन्यत्र लैजाने क्रम जारी रहेको विश्वकर्माले बताउनुभयो । “अभिभावकले बालबालिकालाई जोखिममा पढाउन नसक्ने भन्दै अन्यत्र लैजाने प्रक्रियाका लागि आउने गर्नुभएको छ । जोखिमपूर्ण अवस्थाबाट जोगाउँदै विद्यार्थीलाई सहज बनाउन सम्बन्धित निकायले ध्यान दिनुपर्छ । तर, बाढीपहिरोको जोखिमले विद्यार्थी घट्दो अवस्थामा रहेको छ,” उहाँले भन्नुभयो । विद्यालयका प्रधानाध्यापक श्याम पन्थीले गत वर्षको बाढीले मनाङवासीलाई त्रसित बनाएको बताउनुभयो । “बाढीपहिरोले क्षति पुगेको निजी आवास अभिभावकले बनाउन सकेका छैनन् । यसवर्ष पनि बाढीपहिरोले त्रास हुने हो कि भन्ने अवस्था रहेको छ । अभिभावकहरु बाढीको त्रासले बालबालिकालाई अन्यत्र सार्ने गरेका छन्”, पन्थीले भन्नुभयो । विद्यालयमा बालबालिकाको सङ्ख्या घट्दो अवस्था रहेको उहाँ बताउनुहुन्छ । “विद्यालय क्षेत्रमा तटबन्धन गरिएको छैन, विद्यालयका तीन वटा कक्षा यस शैक्षिक सत्रमा खाली भएको छ । अभिभावकले आफ्ना आफन्तको राखेर पढाउनका लागि लैजाने भएकाले विद्यालय नै शून्य हुने अवस्थामा पुगेको छ,” प्रधानाध्यापक पन्थीले भन्नुभयो । बाढीको त्रासलाई न्यूनीकरण गर्नुपर्ने, विद्यालय परिसरको संरक्षण र सुरक्षित बनाउन सङ्घ, प्रदेश र स्थानीय सरकारले प्राथमिकता दिन सके विद्यालयमा विद्यार्थी फर्काउन सकिने अपेक्षा गरिएको छ । शिक्षा विकास तथा समन्वय एकाईका प्रमुख मतिलाल चपाईले नयाँ शैक्षिक सत्र सुरु भइसक्दासम्म पनि जिल्लामा आवश्यक पाठ्यपुस्तक आइनपुगेको बताउनुभयो । जनक शिक्षा सामग्री केन्द्रले मनाङका लागि आंशिक पाठ्यपुस्तक पठाएको खबर भने पाएको उहाँ बताउनुहुन्छ । “आंशिक पाठ्यपुस्तकले पनि विद्यार्थीको पठपाठनमा सहयोग पुग्ने अपेक्षा गरेका छौँ,” उहाँले भन्नुभयो । विकट क्षेत्रमा बाढीपहिरोको जोखिम र पाठ्यपुस्तक समयमा पुग्न नसक्नुले शैक्षिक सत्र सुरु हुनु अगावै विद्यार्थीहरु अन्यत्र सर्ने प्रक्रियाले जिल्लामा विद्यार्थी घट्ने क्रममा छ । --- # बाढीपहिरोका कारण मुलुकका १२ वटाभन्दा बढी सडकखण्ड अवरुद्ध Source: https://newskunda.com/archives/5338 Category: FEATURED NEWS, समाचार, समाज Last updated: 2026-10-31 काठमाडौँ, १४ कात्तिकः बाढीपहिरोका कारण पृथ्वीराजमार्गसहित मुलुकका १२ वटाभन्दा बढी सडकखण्ड अवरुद्ध भएका छन् । धादिङको गजुरी गाउँपालिका(२ परेवाभिरस्थित पृथ्वीराजमार्गमा अविरल वर्षाका कारण माथिबाट पहिरो आएर दुईतर्फी पूर्ण रूपमा सडक अवरुद्ध भएको प्रहरी प्रधान कार्यालयले जनाए को छ । प्रहरी प्रधान कार्यालयका अनुसार बिपी राजमार्गको काभ्रे खण्डमा पनि सडक अवरुद्ध भएको छ । आज बिहान ४ः५५ बजेदेखि काभ्रेको रोशी गाउँपालिका(९ पिनथली र वडा नम्बर ८ स्थित गिम्दीबेँसीस्थित बिपी राजमार्गमा खहरेखोलाबाट ढुङ्गामाटोसहित लेदो आएर सडक पूर्ण रूपमा अवरुद्ध भएको छ । आज बिहानदेखि सुर्खेतको बराहताल गाउँपालिका(७ औलिसेस्थित कर्णाली राजमार्गमा सडक माथिबाट सुख्खा पहिरो आएर बाटो पूर्ण रूपमा अवरोध भएको छ । त्यसैगरी, मध्यपहाडी राजमार्गको खोटाङ खण्डमा पनि अवरुद्ध भएको छ भने ललितपुर बागमती खोला करिडोर र कान्तिलोकपथका विभिन्न खण्ड पनि अवरुद्ध भएको छ । सो कान्तिलोकपथका ललितपुर महानगरपालिका(२ बल्खु, सुन्दरीघाटस्थित रहेको करिडोरको बाटोमा अविरल वर्षाका कारणले पानीको बहाव बढेपछि आवागमन पूर्ण रूपमा अवरुद्ध भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । साथै कालीगण्डकी कोरिडोरअन्तर्गत गुल्मीको कालीगण्डकी गाउँपालिका(२ राक्सेस्थित कालीगण्डकी करिडोर सडकखण्डमा बाटो माथिबाट लेदोसहितको पहिरो आएर सडक अवरुद्ध भएको छ । त्यसैगरी, कालीगण्डकी कोरिडोर अन्तर्गतको पाल्पाखण्डमा रामपुर नगरपालिका(१ कासिबन स्थित कालीगण्डकी करिडोर पक्की सडकखण्डमा माथिबाट ढुङ्गासहितको पहिरो आएर बाटो पूर्ण रूपमा अवरुद्ध भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । साथै मुगुको छाँयानाथ रारा नगरपालिका(७ ताल्चास्थित नाग्म गमगढी सडकखण्ड पनि अवरुद्ध भएको छ । --- # बाढीमा परेर ज्यान गुमाएकाहरुको आत्माको चीर शान्तिको कामना गर्दै सूर्यविनायकमा दीप प्रज्जवलन Source: https://newskunda.com/archives/4211 Category: FEATURED NEWS, अपराध, अर्थ, धर्म/संस्कृति, राजनीति, शिक्षा, समाचार, समाज Last updated: 2026-09-07 भक्तपुर, २२ भदौ : यही भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा परेर ज्यान गुमाएका स्वदेशी तथा विदेशी नागरिकको सम्झनामा सूर्यविनायकमा दीप प्रज्वलन गरेको छ । वागमती प्रदेशका मुख्यमन्त्रत्री किरण थापा मगरसहित स्थानीय नागरिक समाजले आज साँझ बाढीमा परी ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली अर्पण गर्नुका साथै बेपत्ता व्यक्तिको शीघ्र उद्धार र सकुशलताको कामना गरेको हो । कार्यक्रममा नेकपा एमालेका जिल्ला अध्यक्ष वचन देउजा, जिल्ला कमिटीका पदाधिकारी एवं सदस्यहरु, सूर्यविनायक वडा नं. १ का वडाध्यक्ष सानुकाजी कायस्थ, वडा नं. ५ का वडाध्यक्ष राजकुमार जोशी, वडा नं. ७ का वडा अध्यक्ष एवं सूर्यविनायक नगरपालिकाका प्रवक्ता रविन्द्र सापकोटा, वडा नं. ८ का वडा अध्यक्ष पुष्पराज बस्नेत, वडा नं. १० का वडा अध्यक्ष शिवराम राउत, वडाका बिभिन्न निकायको प्रतिनिधिहरु, विद्यार्थी एवं अभिभावक, सरोकारवाला निकायलगायतका व्यक्तिहरुको सहभागिता रहेको थियो । मुख्यमन्त्री थापाले दीप प्रज्वलन गरि शुभारम्भ भएको कार्यक्रममा नागरिक समाजको तर्फबाट सयौ व्यक्तिले हातमा मैनबत्ति बालेर मृतक व्यक्ति प्रति शान्तिको कामना गरेको थियो । सहभागीले बाढीमा ज्यान गुमाएका सबैप्रति मौनधारण गर्दै श्रद्धाञ्जली व्यक्त गर्नुका साथै दिवङ्गत आत्माको चिरशान्तिको कामना गर्नुभएको थियो । बाढीले रसुवा, नुवाकोटलगायतका जिल्लामा बस्ती, सडक, पुल तथा जलविद्युत् आयोजनामा पनि क्षति पु¥याएको थियो । --- # बाबुआमाको हेरचाह नगर्ने छोराछोरीको सम्पत्ति खोसिने Source: https://newskunda.com/archives/1464 Category: FEATURED NEWS, राजनीति, समाचार Last updated: 2022-07-20 काठमाडौं, ४ साउन । ज्येष्ठ नागरिकप्रति सन्तानको दायित्व बाध्यकारी हुने गरी संघीय संसदले कानुन बनाएको छ । राष्ट्रिय सभाबाट पारित भएको ‘ज्येष्ठ नागरिक सम्बन्धी (पहिलो संशोधन) विधेयकलाई बुधबार प्रतिनिधिसभाले पनि सर्वसम्मत रुपमा पारित गरेको हो । वृद्धवृद्धाले जीवनयापनमा समस्या आए सम्बन्धित स्थानीय तहमा उजुरी गर्न सक्ने, उजुरीका आधारमा स्थानीय तहले हकवालाको हैसियतअनुसार रकम असुल गरी ज्येष्ठ नागरिकलाई दिनुपर्ने गरी कानुन निर्माण भएको छ । हकवालाको आम्दानीले ज्येष्ठ नागरिकको जीवन निर्वाह गर्न कठिन भए सम्बन्धित स्थानीय तहले पालनपोषण गर्नुपर्ने कानुनी व्यवस्था छ । ज्येष्ठ नागरिकको पालनपोषण नगर्ने छोराछोरी वा नजिकका नातेदारको सम्पत्ति स्थानीय तहको स्वामित्वमा ल्याउन सक्नेछ । प्रतिनिधिसभाको महिला तथा सामाजिक समितिकी सभापति निरु देवी पालका अनुसार पारित विधेयक अनुसार जेष्ठ नागरिक बाबुआमाको हेरचाह नगर्ने सन्तानको सम्पत्तिलाई स्थानीय तहले आफ्नो स्वामित्वमा लिएर जेष्ठ नागरिकको हेरचाहका लागि उपयोग गर्न पाउनेछ । ‘कसैगरी जेष्ठ नागरिकप्रति सन्तानको दायित्व बाध्यकारी गराउन खोजिएको हो । त्यस क्रममा स्थानीय तहले सन्तानको सम्पत्ति आफ्नो स्वामित्वमा लिएर समेत जेष्ठ नागरिकको पालनपोषण गर्नेछ । सन्तानको सम्पत्ति र आम्दानीले पालनपोषण गर्न नसक्ने भए त्यस्ता ज्येष्ठ नागरिकको पालनपोषणको जिम्मा स्थानीय सरकारको हुनेछ’ उनले भनिन् । प्रतिनिधिसभाबाट पारित विधेयकमा भनिएको छ, ‘हेरचाह नगरिएका वा अलपत्र अवस्थामा रहेका ज्येष्ठ नागरिकको जायजेथा वा अंशभाग भएमा स्थानीय तहले आफ्नो स्वामित्वमा ल्याई निजको हकहितका लागि परिचालन गर्नेछ ।’ हकवालाले पालनपोषण नगरेर अलपत्र परेका ज्येष्ठ नागरिकलाई हेरचाह केन्द्रमा राखी पालनपोषण तथा हेरचाह गर्ने व्यवस्था स्थानीय तहले मिलाउनुपर्नेछ । पारित विधेयक अनुसार आमाबुवाले पालनपोषण नगरेका सन्तानले भने ज्येष्ठ नागरिकको हेरचाह गर्न बाध्य हुने छैन । ‘हामीले हाम्रो औकात अनुसार ज्येष्ठ नागरिकको जिम्मा राज्यले लिने, सन्तानलाई नै जिम्मेवार बनाउन खोजका हौं’ विधेयक पारित हुनुअघि महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री रेग्मीले भनेकी छन् । विधेयक पारित भएसँगै बाबुआमाको सम्पत्तिमा दावी गर्ने तर उनीहरुको हेरचाहमा ध्यान नदिने प्रवृत्ति निरुत्साहित हुने मन्त्री रेग्मीले बताइन् । ‘सन्तानलाई नै जिम्मेवार बनाउन खोजिएको छ । यदि जिम्मेवारी बहन नगेरको खण्डमा ज्येष्ठ नागरिकलाई अलपत्र पार्न हुन्न भन्ने सरकारको मनसाय छ’ मन्त्री रेग्मीले भनिन्, ‘वृद्धाश्रममा राखेर समाधान खोज्न हुँदैन । जीवनभर कमाइ गरेर बनाएको घर नै ज्येष्ठ नागरिकको मन्दिर हो । त्यहाँबाट अन्यत्र सार्ने प्रयास गर्न हुँदैन ।’ **बाबुआमाको नाममा रकम जम्मा गर्नुपर्ने** पारित विधेयकमा आम्दानी गर्ने छोराछोरीले ज्येष्ठ नागरिक बाबुआमाको नाममा रकम जम्मा गर्नुपर्ने व्यवस्था छ । ज्येष्ठ नागरिकको नाममा रकम जम्मा गर्न लगाउनुअघि छोराछोरी वा हकवालाको आर्थिक हैसियत पहिचान गर्ने भनिएको छ । हकवालाले ज्येष्ठ नागरिकलाई पालनपोषण गर्न नसक्ने भए के गर्ने भन्नेमा भने विधेयक मौन छ । तर, निश्चित वार्षिक आम्दानीभन्दा बढी आम्दानी गरिरहेका बाबुआमाका लागि भने छोराछोरी वा हकवालाले रकम जम्मा गर्नुपर्दैन । तर यस्तो वार्षिक आम्दानीको सीमा ऐनमा तोकिएको छैन । यस्ता अस्पष्टताहरु नियमावलीमा समेटिने महिला तथा बालबालिका मन्त्री उमा रेग्मीले बताएकी छन् । विधेयक प्रमाणीकरण भई लागू भएपछि सम्बन्धित मन्त्रालयले नियमावली बनाउन सक्नेछ । ‘नियमित पारिश्रमिक, निवृत्तिभरण पाइसकेका बाहेकका ज्येष्ठ नागरिकहरुलाई यदि उनको कुनै पनि आम्दानी छैन भने छोराछोरीले कम्तीमा निश्चित रकम जम्मा गर्नुपर्ने भनेर लेखेका छौं । अब नियमावली बनाउँदा आफ्नो आम्दानीको यति रकम बाबुआमाको खातामा जम्मा गर्नुपर्छ भनेर तोक्नेछौं’ मन्त्री रेग्मीले भनिन् । उनका अनुसार ज्येष्ठ नागरिक बाबु र आमा सँगै रहेको र संयुक्त बैंक खाता भएमा छोराछोरीले सोही खातामा रकम जम्मा गर्नुपर्नेछ । यदि बाबु र आमा अलग अलग छन् भने आफूसँग आश्रित ज्येष्ठ नागरिकको खातामा रकम जम्मा गर्नुपर्छ । प्रतिनिधिसभाबाट पारित यो विधेयक फेरि राष्ट्रिय सभामा जान्छ । प्रतिनिधिसभाले गरेको संशोधन राष्ट्रिय सभाले स्वीकार गरेको खण्डमा राष्ट्रिय सभाका अध्यक्षबाट प्रमाणित हुँदै प्रमाणीकरणका लागि राष्ट्रपतिसमक्ष पुग्छ । राष्ट्रपतिले प्रमाणीकरण गरेपछि ज्येष्ठ नागरिक बाबुआमाप्रति सन्तानको दायित्व कानुनी रुपमै बाध्यकारी हुनेछ । **ज्येष्ठ नागरिक इजलास गठन गरिने** विधेयकमा ज्येष्ठ नागरिक इजलास गठन गर्ने विषय पनि राखिएको छ । यो प्रस्ताव विधेयकमा नभए पनि बुधबारको प्रतिनिधिसभाको बैठकमै मन्त्री रेग्मीले राखेकी हुन् । ‘यस ऐन बमोजिम ज्येष्ठ नागरिकले गरेको कसुरजन्य कार्यको सुरु कारबाही, सुनुवाइ र किनारा गर्न नेपाल सरकारले न्याय परिषदको सिफारिसमा ज्येष्ठ नागरिक इजलास गर्न गर्न सक्नेछ’ मन्त्री रेग्मीले विधेयकमा थप्न प्रस्ताव राखिन् । मन्त्री रेग्मीले ज्येष्ठ नागरिक इजलास जरुरी रहेको र ‘ज्येष्ठ नागरिकलाई कसैले पनि दुर्व्यवहार गर्न नपाउने’ कानुनी व्यवस्था गर्न यो प्रस्ताव राख्नुपरेको बताइन् । जसलाई प्रतिनिधिसभाले सर्वसम्मत रुपमा स्वीकार गरेको छ । साथसाथै सरकारले ज्येष्ठ नागरिकहरुको हेरचाहका लाग केयर गिभर उत्पादन गर्न बजेट नै छुट्याएको जानकारी दिइन् । ‘हामी ज्येष्ठ नागरिकको स्याहारसुसार गर्नको निमित्त विदेश जान्छौं । त्यो प्रचलन नभएका कारण नेपालमा समस्या भएको हुन सक्छ भनेर स्याहारसुसार गर्ने केयर गिभरहरुका लागि तालिमहरुको व्यवस्था गरिएको छ’ मन्त्री रेग्मीले भनिन् । उनले अघि भनिन्, ‘छोराछोरीले पैसाको ओइरो पठाएर पनि जेष्ठ नागरिकको स्याहारसुसार हुँदैन । यसकारण केयर गिभर तयार भएपछि हुने खानेले त्यसको प्रयोग गर्न सक्नुहुन्छ । हुँदा खानेको पनि परिवारले हेरेन भने राज्य जिम्मेवार हुन्छ, राज्यले हेर्छ ।’ --- # बारामा गोली लागेका किशोरलाई काठमाडौँ ल्याएर शिक्षण अस्पतालमा उपचार हुदै Source: https://newskunda.com/archives/5394 Category: FEATURED NEWS, अपराध, राजनीति, समाचार, समाज, स्वास्थ्य Last updated: 2026-11-01 काठमाडौँ, १५ कात्तिक। बाराको फेटा गाउँपालिकामा भएको झडपमा घाईते भएका १६ वर्षीय किशोर पासवानलाई थप उपचारका लागि आज काठमाडौं ल्याईएको छ । पासवानलाई काठमाडौँ ल्याइएपछि त्रिवि शिक्षण अस्पतालमा भर्ना गरि उपचार भइरहेको छ । सङ्घीय सरकारको अनुदानमा नवनिर्मित १५ बेडको अस्पताल उद्घाटन गर्ने कार्यक्रममा विवादबीच झडप हुँदा शनिवार बारामा प्रहरीको गोली चलाउँदा स्थानीय आदित्य पासवान घाईते भएका थिए । गोली लागेपछि शनिवार पासवानलाई विरगञ्जस्थित नेशनल मेडिकल कलेजमा उपचार गरिएको थियो । त्यस अस्पतालले रिफर गरेपछि उनलाई सेनाको हेलिकप्टरमार्फत काठमाडौँ पठाइएको बाराका एसपी नरेन्द्र कुँवरले जानकारी दिए । नेशनल कलेजका पेडियाट्रिक सर्जन डा. विनोद कुमार राय तथा चिकित्सकीय टोलीले शल्यक्रिया गरी बालकको तिघ्राबाट गोली निकालेका थिए। घटना छानबिन गर्न मधेस प्रदेश प्रहरी कार्यालयका एसएसपी प्रभु ढकालको नेतृत्वमा ३ सदस्यीय छानबिन समिति गठन गरिएको छ । --- # बाल सुधार गृह काण्ड, यस्तो थियो, सम्पूर्ण घट्नाक्रम Source: https://newskunda.com/archives/2899 Category: FEATURED NEWS, अपराध, राजनीति, समाचार, समाज Last updated: 2023-08-22 भक्तपुर, ४ भदौ । मध्यपुरथिमि नगरपालिका–२ सानोठिमीस्थित बाल सुधार गृहमा आइतबारदेखि तनाबग्रस्त थियो । आइतबार अचानक एक बन्दीको सुधार गृहमै मृत्यु भएपछि सुरु भएको तनाबले सोमबारसम्म आइपुग्दा विकराल रुप लियो । आइतबारको घट्ना पछि निकै त्रासमा रहेका बन्दीहरुले सोमबार मध्यान्हपछि बाल सुधार गृहको पछाडिको गेट तोडफोड मात्रै गरेनन्, सुधार गृहमा रहेका २२१ जना बाहिर निस्केर प्रहरी माथिनै जाईलागे । मुख्य गेट तोडफोड गरि बाहिर निस्केका बालबन्दी र प्रहरीबीच झडप हुँदा २४ जना घाइते भएका छन् । प्रहरीले तीन राउण्ड गोली चलाउदा दुई जना बालबन्दीलाई गोली लागेर घाइते भएका छन् । बन्दीतर्फ घाइते भएका ६ जना मध्ये दुई जनालाई गोली लागेको छ । त्यसमध्ये एक गम्भिर एकको बस्र अस्पतालस्थित ट्रमा सेन्टरमा उपचार भइरहेको छ । सोमबारको घट्नामा बालबन्दीको आक्रमणबाट नेपाल प्रहरीका प्रहरी निरीक्षकसहित १० जना, शसस्त्र प्रहरीको आठ जना घाइते भएको प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक प्रजित केसीले जानकारी दिए । बन्दीको आक्रमणबाट हात भाचिएका प्रहरी निरीक्षक सञ्जिव ओलीको मध्यपुर अस्पतालमा उपचार भइरहेको छ । घाइतेको भक्तपुरको नागरिक कम्युनिटी अस्पताल, मध्यपुर अस्पताल बीर अस्पताल, त्रिबि शिक्षण अस्पतालमा उपचार भइरहेको प्रहरीले जानकारी दिए । बाल सुधार गृहमा रहेका २९९ जना बालबन्दी मध्ये सुधार गृहको गेट तोडफोड गरेर २२१ जना फरार भएका थिए । भक्तपुर र काठमाडौंका बिभिन्न ठाउँबाट प्रहरीले १०४ जनालाई पक्राउ गरेको प्रहरी उपरीक्षक केसीले जानकारी दिए । फरार रहेका मध्ये सबै नेपाली र धेरै तराईमूलका रहेका जानकारी दिदै उनले थप १७ जना पनि रातभरीमा पक्राउ गरिसक्ने दाबी गरे । सुधार गृह भित्र रहेको केटी बन्दी र केही बालकहरु भने गृहमै त्रसित भएर बसेका थिए । बन्दीले गेट तोडफोड गरेर बाहिर निस्कदै घरेलु हतियार र ढुङ्गा प्रहार गरि प्रहरी माथिनै आक्रमण गरेपछि स्थिति नियन्त्रणमा लिन बाध्य भएर प्रहरीले गोली चलाउनु परेको प्रहरी उपरीक्षक केसीले जानकारी दिए । सुधार गृहको भान्छालगायतमा रहेको लाठी, भाला, खुकुरी, चक्कुलगायतका हतियार लिएर बाहिर निस्केका बन्दीले प्रहरी माथि आक्रमण गरेपछि प्रहरीको भागदौड चलेको प्रतक्ष्यदर्शी स्थानीयले बताए । प्रतक्ष्यदर्शीका अनुसार बन्दीले उनीहरुलाई सानोठिमीको एसओएससम्म लखेटेको, केहीलाई कुटपिट गरेको, ढुङ्गाले हानेको र नारा लगाउदै सडक सडक हिडेका थिए । भक्तपुरका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले गोली चलाउन आफूले आदेश नदिएको जानकारी दिए । अबस्था भयावह भएपछि प्रहरीले गोली चलाउन बाध्य भएको जानकारी पाएको सुनाए । सुधार गृहका गेट तोडफोड गरेर बाहिर निस्केको बालबन्दीले सुधार गृहका बिभिन्न सामानहरु तोडफोड गरेका छन् । सुधार गृहको व्यबस्थापन गर्दै आएको यूसेप नेपालको कार्यालयमासमेत उनीहरुले तोडफोड गरेका छन् । यूसेप नेपालका कार्यकारी निर्देशक केशव सुवालले आइतबारको घट्नाबारे गृह मन्त्रालयमा छलफलका लागि गएको बेलामा यता यस्तो घट्ना भउको भन्दै बन्दीको तोडफोडबाट यूसेपमा कति क्षति भयो भन्नेबारेमा यकिन भइनसकेको बताए । **सुधार गृह भित्र बन्दीबीच गुम्सिएको आक्रोस पोखियो :** बाल सुधार गृहभित्र बन्दीमा वर्षौदेखि आक्रोस थियो । घट्नाबारे जानकारी दिदै एक बन्दीले भने, “आजको घट्ना हिजोको घट्नासँग मात्रै जोडिएको छैन, यहाँ भित्र वर्षैदेखि गुम्सिएर रहेको आक्रोस एकै पटक पोखिएको हो । यहाँ भित्र बन्दीलाई हुने विभेद, गुणस्तरहिन खाना, पानी, शिक्षाको अवसर धेरै छन्, मैले यहाँको सुधारका लागि २० वटा बुँदा बनाएर माग गर्न खोज्दा मैमाथि जाइलाग्ने काम भयो ।” पाँच वर्षदेखि सुधार गृहमा रहेका अर्का एक बालबन्दीका अनुसार सुधार गृहभित्रै बन्दीका दुई वटा गुट छन् । सुधार गृहका इन्चार्ज एवं व्यबस्थापन समूहसँग निकट रहेका गुटले अर्को पक्षलाई पेल्ने, हेप्ने र विभेद गर्दै आएको थियो । सोमबार पनि सुधार गृहभित्रै यी दुई समूहबीच झडप भएको थियो । झडपमा तोडफोडसमेत भएको थियो । गुणस्तरीय खाना, पानी, सहज शिक्षा, समयमै औषधि उपचार नपाउने त्रासमा सधै यहाँको बन्दी रहनु परेको ती बालकले बताए । त्यहाँ भित्रको विभेदको आक्रोस पनि सोमबारको घट्नाको एउटा रुप भएको उनकौ भनाइ थियो । **के के भयो, आइतबार र सोमबार :** शनिबार राती खाना खाएर सुतेका रामेछापको मन्थली नगरपालिका–३, कठजोरका २१ वर्षीय कमल बस्नेत आइतबार बिहान उठेनन् । जिल्ला प्रहरी कार्यालय रामेछापबाट २०७७ जेठ २९ गते १८ वर्षको उमेरमा पाँच वर्षीय बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा सजाय भुक्तान गर्न बाल सुधार गृह सानोठिमीमा ल्याईएका बस्नेतको आइतबार ओछ्यानमा बेहोस अबस्थामा थिए । एक बन्दीका अनुसार उनले समयमै उपचार नपाउँदा उनको त्यहीँ मृत्यु भइसकेको थियो । आइतबार बिहान बस्नेतलाई उपचारका लागि गठ्ठाघरस्थित नागरिक कम्युनिटी अस्पताल पुर्याईयो तर चिकित्सकले मृत्यु भइसकेको जानकारी गराए । मृतकको बाँया खुट्टाको तिघ्रामा पिलो आएको र पहिलादेखिनै आँखामा समस्या रहेको भएपनि शनिबारदेखिनै उनलाई ज्वरो आएपछि सुधार गृहका इन्चार्जले मृतकका दाजुलाई खबर गरेका थिए । त्यसपछि शनिवार राती ज्वरो आयो भन्दै सिटामोल खाएर सुतेपनि बस्नेत बिहान उठेनन् । बस्नेतको मृत्यु पछि सुधार गृहमा बालबन्दीमा त्रास उत्पन्न भएको एक बन्दीले बताए । दिउँसो मृतकका आफन्तले बाहिरबाट नाराबाजी गरेपछि पुरुष थुनुवाले भित्रैबाट उसको पक्षमा नाराबाजी गरेका थिए । त्यसपछि आइतबार दिउँसैबाट सुधार गृहको स्थिति तनाबग्रस्त बनेको थियो । मृतकका आफन्तले समयमै उपचार नपाउँदा ज्यान गएको भन्दै घट्नाको निष्पक्ष छानबिन गर्नु पर्ने, दोषीलाई कारबाही गर्नुपर्ने र उचित क्षतिपूर्ती दिनुपर्ने माग गर्दै नाराबाजी गरेका थिए । आइतबार दिउँसो आफन्तले घटनाबारे बुझ्न खोज्दा उल्टै प्रहरी बृत्त थिमिका प्रहरीले पीडित पक्षमाथि दुव्र्यवहार गरेको आफन्तले आरोप लगाएका थिए । भक्तपुरका प्रमुख जिल्ला अधिकारी एवं जिल्ला सुरक्षा समितिका संयोजक खगेन्द्रप्रसाद रिजालको अध्यक्षतामा आइतबार सुरक्षा निकायका प्रमुख र मृतक परिवारसँग जिल्ला प्रशासन कार्यालयमा भएको छलफलमा दुबै पक्षबीच सहमति भएको थियो । छलफलपछि घट्नाबारे यथार्थ बुझ्न सहायक प्रमुख जिल्ला अधिकारी डोरेन्द्रप्रसाद निरौलाको नेतृत्वमा प्रहरी परिसर भक्तपुरका डिएसपी बसन्त पाठक, जिल्ला प्रशासन कार्यालयका अधिकृत अशोककुमार पोखरेल सदस्य सचिव र महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका अधिकृत प्रतिनिधि सदस्य रहेको छनबिन समिति गठन गर्दै समितिलाई सात दिनभित्र सत्यतथ्य छानविन गरी प्रतिवेदन पेश गर्ने, जम्मेवारी तोकेको थियो । घट्नाबारे सत्यतथ्य अनुसन्धान गर्ने, शवको परीक्षण गर्ने र त्यसको रिपोर्ट एवं छानबिन समितिको प्रतिवेदनकोअ ाधारममा क्षतिपूर्तिको लागि माथिल्लो निकायमा लेखि पठाउने र सोमबार घट्नाकाबारेमा प्रहरीमा जाहेरी दिने सहमति भएको थियो । मृतक परिवारसँग भएको सहमति अनुसार सोमबार मृतक परिवार प्रहरी कार्यालयमा मध्यान्हसम्म नआएपछि प्रजिअ रिजाल आफैले सहायक प्रमुख जिल्ला अधिकारी निरौलालाई मृतकका आफन्तलाई जाहेरी दिन आउन आग्रहसमेत गर्न लगाएको प्रजिअ रिजालले बताए । तर मृतकका आफन्त अचानक सोमबार मध्यान्ह पछि बाल सुधार गृह गएर नाराबाजी गर्न थालेपछि आक्रोसित सुधार गृहका बन्दीहरुले नाराबाजी गर्दै गेट फुटाएर बाहिर निस्किए पछि अबस्था तनाबग्रस्त बनेको उनको भनाइ थियो । त्यसलगत्तै बन्दीले भित्रैबाट नाराबाजी गर्दै सुधार गृहको भान्छामा रहेको खुकुरी, चक्कु, लाठी, भाला लगायतका हतियार लिएर निस्केपछि बाहिर रहेका प्रहरीलाई आक्रमण गरेको उनले बताए । एकैपटक ठूलो संख्यामा बन्दी निस्केर प्रहरीलाई लखेटेका थिए । प्रतक्ष्यदर्शीका अनुसार प्रहरीहरुलाई बन्दीले सानोठिमी एसओएससम्म लखेटेका थिए भने केहीलाई कुटपिट गरेका थिए । प्रहरी माथि ढुङ्गा प्रहार गरेका थिए । झडपमा प्रहरीले दुई राउण्ड अश्रुग्यास र तीन राउण्ड गोली चलाएको र दुई बन्दी घाइते भएको प्रहरीको भनाइ छ । बन्दीले समूहमै नाराबाजी गर्दै पैदल काठमाडौं तर्फ गएका थिए, कही बन्दी त्यहीँबाट फरार भएका थिए । यूसेपका अनुसार केही बन्दी पछि आफै फर्किएर सुधार गृहमै आएका थिए । प्रहरी र प्रशासनले भने सोमबारको घट्ना मृतक बस्नेतका आफन्तको लापर्वाही र आइतबारको सहमति विपरितको जाहेरी नदिई सुधार गृहमै गएर नाराबाजी गरि बन्दीलाई भड्काउदा भएको उपज भएको आरोप लगाएको छ । जिल्ला प्रशासन कार्यालयमा भएको सहमति हिजो साँझ घट्नाले सहज रुप लिएपनि आज दिउँसो सहमति विपरित मृतकका आफन्त फेरी सुधार गृह गएर नाराबाजी गरेपछि सोमबारको घट्ना भएकोे प्रहरीको भनाइ छ । **राज्यको चरम लापर्वाही :** सरकारले हत्या, बलात्कारलगायत बिभिन्न अपराधका घट्नामा दोषी ठहर गरेका बालबालिकालाई कारागारमा नराखी बाल सुधार गृहमा राखेर शिक्षा, स्वास्थ्य, खानपानलगायतको व्यबस्था गर्दै आएका छ । सरकारले देशभर भक्तपुर, मोरङ, कास्की, बाँके, मकवानपुर, डोटी, पर्सा र रुपन्देहीमा बाल सुधार गृह सञ्चालन गरेको छ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय अन्तरगत सरकारले बालसुधार गृह चलाउँदै आएको छ । केही बाल सुधार गृहको व्यबस्थापनको जिम्मेवारी भने गैर सरकारी संस्थाले लिदै आएको छ । सानोठिमीमा रहेको बाल सुधार गृहको व्यबस्थापनको जिम्मेवारी भने गैरसरकारी संस्था यूसेप नेपालले लिदै आएको छ । वर्षौदेखि बाल सुधार गृहको क्षमता भन्दा बढी बन्दीहरु यहाँ राखिएको छ । यूसेप नेपालले यहाँको सुधार गृहको क्षमता बृद्धि गर्न र सेवा सुबिधा थप गर्न पटक पटक माग गरे पनि राज्यले नसुनेको यूसेपको भनाइ छ । यूसेप नेपालका निर्देशक केशव सुवालका अनुसार बाल सुधार गृहमा क्षमताभन्दा बढी बालबन्दीहरु रहेका छन् । यहाँ २१० जनाको क्षमता रहेपछि बिभिन्न अपराधका घट्नामा परेर सुधार गृहमा रहेका ४३ जना बालिका र २५६ बालक हाल २९९ बन्दी रहेका छन् । यूसेप नेपालले यहाँको क्षमता बढाउन, १८ वर्ष उमेर नाघेकालाई अन्यत्र सार्न, कम्तीमा शिक्षा १२ सम्म अध्ययनका लागि यहीँ व्यबस्थापन गर्न, सेवा सुबिधा एवं बजेट बढाउन पटक पटक माग गरेपनि सुनुवाई नभएपछि कठिन रुपमा व्यबस्थापन गर्दै आएको थियो । सुधार गृहभित्र गुणस्तरीय खाना, शुद्ध पिउँने पानीसमेतको व्यबस्था नभएको, सुधार गृह भित्रै विभेद हुने गरेको, २२ वर्षभन्दा माथिका उमेरका पुरुष एवं युवतीलाई पनि सुधार गृहमै राख्ने गरेको, बालबालिकाको उमेर नाघेपछि अयन्त्रै नलैजादा बेला बेलामा आन्तरिक रुपमा पनि बिवाद हुदै आएको एक बन्दीले बताए । बन्दी बीचनै दुई गुट रहेको, बिरामी पर्दा समयमै उपचार र औषधिको व्यबस्था नहुने गरेको, उच्च शिक्षा अध्ययन गर्न समस्या भएको बताए । राज्यले सुधार गृहको क्षमता अभिबृद्धि गर्ने, उमेर नाघेकालाई अन्यत्र सार्ने र पर्याप्त बजेट एवं सेवा सुबिधा उपलब्ध नगराउदाको परिणाम पनि यो घट्नासँग जोडिएको ती बन्दीले बताए । **सुरक्षाकर्मीतर्फ १९ र बालबन्दीतर्फ १० घाईते, बिभिन्न सामान तोडफोड :** बाल सुधार गृहमा आज प्रहरी र बन्दीबीच भएको झडपमा २९ जना घाइते भएका छन् । जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक प्रजित केसीले राती नौ बजे घट्नामा घाइते र क्षतिको अन्तिम विवरण आएको जानकारी दिदै सुरक्षाकर्मी तर्फ १९ जना र बन्दीतर्फ १० जना घाइते भएको बताउनुभयो । घाईते प्रहरी मध्ये थिमि वृत्तका प्रहरी निरीक्षक सञ्जिव ओलीको दाहिने हात भाँचिएर मध्यपुर अस्पतालबाट थप उपचारका लागि प्रहरी अस्पताल महाराजगञ्ज रिफर गरिएको छ । काठमाण्डौँ कारागार दरबन्दी भई हाल परिसर भक्तपुरमा कार्यरत ३४ वर्षीय प्रहरी हवल्दार चन्द्रमाया राईको दाहिने खुट्टा भाँचिएको भक्तपुर अस्पतालमा उपचार भइरहेको उहाँले जानकारी दिनुभयो । घट्नामा थिमि वृत्तका प्रहरी नायव उपरीक्षक रविन श्रेष्ठको दाहिने नली खुट्टामा चोट लागेको, प्रहरी परिसर भक्तपुरका प्रहरी जवान लक्ष्मण खड्का, बरिष्ठ प्रहरी हवल्दार बेलकुमारी बुढाथोकी, प्रहरी हवल्दार सूर्य बस्नेत, हवल्दार ३८ वर्षीय श्यामसुन्दर ठाकुर, प्रहरी जवान पुनम टमाटा, प्रहरी सहायक हवल्दार बादुरे राउत, प्रहरी जवान सन्तोष पचभैया, प्रहरी जवान भरत अड्केजाको भक्तपुर अस्प्ताल, मध्यपुर अस्पताल र भक्तपुर इन्टरनेशनल अस्पतालमा उपचार भएको प्रहरी उपरीक्षक केसीले जानकारी दिएको थियो । यसैगरी सशस्त्र प्रहरी बलतर्फ घाइते भएका वरिष्ठ प्रहरी हवल्दार हरिशरण थापा, प्रहरी सहायक हवल्दारहरु माधव अधिकारी, ज्ञानबहादुर महत, प्रहरी जवानहरु राम प्रवेश सिंह, उमेश कुमार कलवार, राधिका थापा, कल्पना श्रेष्ठ, सुदन सुवाल उनीहरु सबैलाई थप उपचारका लागि सशस्त्र प्रहरी अस्पताल बलम्बू रिफर गरिएको छ । त्यस्तै बाल बन्दीतर्फ घाइते हुनेहरुमा १८ वर्षिय साहिनी गोपाली, २२ वर्षिय दिले परियार, २१ वर्षिय विश्वास गपाली, २२ वर्षिय अर्जुन नेपाली, १८ वर्षिय सन्देश खत्री, २० वर्षिय दिनेश पुन मगर, २२ वर्षिय विशाल पाण्डे, १८ वर्षिय शंकर घर्ती, २२ वर्षिय उमेश कार्की, २० वर्षिय सञ्जिव तामाङ रहेका छन । घाइते मध्ये घर्तीको बीर अस्पतालको ट्रमा सेन्टरमा र अन्यको नागरिक अस्पताल, भक्तपुर इन्टरनेशनल अस्पताल, मध्यपुर अस्पताललगायतमा उपचार भइरहेको छ । त्यसैगरि सुधार गृहको गेट तोडेर बाहरि निस्कने क्रममा बाल बन्दीहरुले बिभिनन सामानहरु तोडफोड गरि क्षति पुर्याएका छन् । प्रहरी उपरीक्षक केसीका अनुसार बालसुधार गृह कार्यालय को १ नं को पोष्टमा रहेको कुर्ची, टेवल, सिसाको वत्ती फुटाएको, एक थान टिभि, युसेफ नेपालका कार्यालयका झ्यालका सिसा, बत्तिहरु, टेको, सिसि क्यामरा, कम्युटरको स्टेन तार राउटर र कुर्सी फुटाएर क्षति पुर्याएको छ । त्यस्तै बाल सुधार गृह भवन क्षती, कुर्सी, वेन्च, झ्याल, ढोका लाईटमा क्षति पुगेको छभने बालबन्दी बस्ने व्यारेकको झ्यालको सिसा, वाडेनको कार्यकक्षमा रहेको सिसिटिभी क्यामरा, मनिटर र दराज टेबल फुटाएर क्षति पुर्याएका छन् । --- # बालकरामले हजारौको अगाडि जिब्रो छेडेर गरे पुशपतिको यात्रा Source: https://newskunda.com/archives/3043 Category: FEATURED NEWS, अर्थ, जीवन शैली, धर्म/संस्कृति, समाचार, समाज Last updated: 2023-09-30 -रमेश गिरी भक्तपुर, १२ असोज : मध्यपुरथिमि नगरपालिका–५ दिगुली अर्थात दिगुटोलको दिगु भैरब मन्दिर अगाडि साँझदेखिनै मानिसहरुको भीड बढिरहेको थियो । आश्विन शुल्क पूर्णिमा अर्थात येँया पुन्हिको दिन आज रात्रीकालिन प्रहरमा मध्यपुरथिमिको लाय्कु दरवार परिसरमा जिब्रो छेडेर थिमिदेखि पशुपति मन्दिरसम्मको यात्रा गरिने भएपछि प्रतक्ष्य रुपमा हेर्न हजारौ मानिसको भीड राती ७ः३० बजेसम्म निकै बाक्लो देखिएको थियो । मध्यपुरथिमि नगरपालिकामा दिगु टोलमा ३५० वर्ष भन्दा अगाडिदेखि चल्दै आएको जिब्रो छड्ने जात्रा लोपोन्मुख अबस्थाबाट जोगाउदै यसवर्ष मध्यपुरथिमि नगरपालिका–५ चोडेटोल निवासी बालकराम नानीचा श्रेष्ठले जिब्रो छेडेर मध्यपुरथिमिबाट पशुपतिसम्म पुगेर पुनः फर्किएर बालकुमारी मन्दिरसम्म आउने भएपछि प्रतक्ष्य हेर्न र थिमिदेखि पशुपतिसम्मको यात्रालाई साथ दिन हजारौ स्थानीयवासीको भीड जम्मा भएकोृ थियो । मध्यपुरथिमि नगरपालिका–५ चोडेटोल निवासी बालकराम नानीचा श्रेष्ठले दिगु भैरब मन्दिर अगाडि बनाएको स्टेजमा बसेर आज राती ७ ः ४५ बजे हजारौ मानिसको अगाडि जिब्रो छेडाउनु भएको हो । हजारौ जनमानसको अगाडि तीनवटा सियो भएको सुईरोले जिब्रो छेडाएर ४० किलोको महाद्धिप बोकेर थिमिदेखि पशुपतिसम्मको यात्रा सुरु गर्नुभयो । जात्रा स्थलमा प्रतक्ष्य रुपमा जिब्रो छेडेको जात्रा हेरेपछि संस्कृति पर्यटन तथा नागरिक उद्यान मन्त्री मन्त्री सुजन किराँतीले यसअघि पत्रपत्रिका र टेलिभिजनतिर मात्रै हेरकोमा आज आज प्रतक्ष्य देख्ने मौका पाएको बताउनु भयो । उहाँले यो जात्रालाई विश्वव्यापी रुपमा ब्राण्डिङ गर्नसके लाखौ पर्यटक ल्याउन सकिने बताउनु भयो । “यो जात्रालाई विश्वव्यापी ब्राण्डिङ गरेर लाखौ पर्यटक भित्रयाउन पर्ने रहेछ, आउँदो वर्ष सबैसँग सल्लाह गरेर यसलाई अझै भव्य बनाउनु पर्छ,” मन्त्री किरातीले भन्नुभयो, “संस्कृतिलाई जोगाउन सकेन भने अमर नरहन सक्छ, त्यसैले नेपालमा संस्कृतिलाई पर्यटन उद्योगसँग जोडेर लैजानु पर्र्छ, नेपालको संस्कृतिमा पर्यटन मिसाउनु पर्छ, यसबाट व्यापक रुपमा पर्यटक भित्रयाउन सकिन्छ ।” मन्त्री किराँतीसमेत पैदलनै पशुपति मन्दिरसम्म पुगेर पशुपति मन्दिर भित्र चाँदीको कचौरामा सुनको चम्चाले जिब्रो छेड्ने बालकरामको जिब्रोले तेल हालिदिने बताउनुभयो । कार्यक्रममा संस्कृति पर्यटन तथा नागरिक उद्यान मन्त्री मन्त्री सुजन किराँती, प्रतिनिधि सभाका सांसद दुर्लभ थापा, वागमित प्रदेश सभा सदस्य सुरेश श्रेष्ठ, प्रतिमा श्रेष्ठ, भुवनकेशरी श्रेष्ठ, पशुपति विकास कोषका सदस्य सचिव डा. मिलनकुमार थापाले प्रतक्ष्य रुपमा जात्रास्थलमा रहेर जात्राको अवलोकन गर्नुभएको थियो । बालकरामले भने जिब्रो छेडेर दिगु भैरब मन्दिर अगाडि जिब्रो छेडेर महाद्धिप बोकेर चोडे टोलको कामदेव, महालक्ष्मी, निलवर्ण गणेश, मन्दिरमा दर्शन गरि सिद्धिकालीमाईको मन्दिर हुदै सिद्धिकाली चोक, सानोठिमी, सिनामंगल, महादेव चोक, पेप्सीकोला चोक, एयरपोर्ट १० नं. गेट (पूर्वी गेट), सान बैंकवेट चोक, गुहेश्वरी हुदै पशुपतिनाथको मन्दिर प्रवेश गरि परिक्रमा गर्दै त्यही मार्ग हुदै थिमि आएर बालकुमारी मन्दिरमा दर्शन गरि सियो झिकेर आजको जात्रा सम्पन्न गर्ने येयाँ पुनिहया मेंयः तवनेगु जात्रा व्यबस्थापन समितिका अध्यक्ष चन्द्रभक्त श्रेष्ठले जानकारी दिनुभयो । जिब्रो छेडाउनु अगाडि बालकरामले भन्नुभयोे, “यस पटक म इतिहास रच्ने लक्ष्यका साथ जिब्रो छेडाएर पशुपतिसम्म जाने निर्णय गरेको हुँ, यसअघि पहिलो पटक मैले २०७५ सालमा जिब्रो छेडेर थिमि घुमेको थिए, यसवर्ष पशुपतिसम्मको यात्रा पुरा गर्ने आँट गरेको छु, माता बालकुमारीकोे शक्तिले त्यो यात्रा पुरा गर्नेछु ।” मध्यपुरथिमि दिगुटोलदेखि पशुपतिनाथ मन्दिरसम्मको जादा र आउँदा १७ किलो मिटरको यात्रा पुरा गर्ने उहाँले बताउनुभयो । जिब्रो छेडेर ४० किलो तौलको महाद्धिप बोकेर मध्यपुरथिमिबाट गुहेश्वरी हुदै पशुपति मन्दिर भित्र प्रवेश गरि दर्शन गर्दै पुन मध्यपुरथिमिको बालकुमारी आएर सुईरो निकाल्ने गरि जात्रा सुरु गरेको हो । प्रतक्ष्य रुपमा जात्रा हेर्न मध्यपुरथिमिका स्थानीयवासीका साथै भक्तपुर, काठमाडौं, ललितपुर, किर्तिपुर लगायतका बिभिन्न ठाउँबाट जात्रा हेर्न आउनेको धुुइरो लागेको थियो । मध्यपुरथिमिका नगर प्रमुख सुरेन्द्र श्रेष्ठले ३५० वर्ष भन्दा अगाडिदेखि जिब्रो छेडिदै आएको यो जात्रालाई निरन्रता दिन र यसवर्षको जात्रा सहज रुपमा सम्पन्न गर्न नगरपालिकाले आवश्यक सबै सहयोग गर्ने बताउनु भयो । उहाँले जात्राका लागि आवश्यक सहयोग रकम उपलब्ध गराएको, जात्रा स्थलमा भीड कम गर्न दुई ठाउँमा प्रोजेक्टर राखेर जात्राको प्रतक्ष्य प्रशारण गर्ने व्यबस्था गरेको र जात्रालाई विजवन्त राख्न नगरपालिकाले आवश्यक सहयोग गर्ने बताउनु भयो । नगरपालिकाका उपप्रमुख विजयकृष्ण श्रेष्ठले मध्यपुरथिमिको ऐतिहासिक पहिचानलाई यो जात्राले विश्वभर फैलाउने बताउदै यस्ता जात्रा परम्परा जोगाउन सरकारको पनि साथ र सहयोग आवश्यक रहेको बताउनुभयो । ऐतिहासिक यो जात्रा वि. सं २०२६ सालदेखि लोप भएपनि वि.सं. २०५० सालबाट मध्यपुरथिमि चोडे टोल निवासी कृष्णनानी श्रेष्ठले तीन पटक जिब्रो छेडाएर जात्रालाई पुर्नजीवन दिएको बताउनुभयो । त्यसपछि वि.सं २०६३ सालदेखि सञ्चालन हुन नसकेकोमा वि.सं. २०७४ मा मध्यपुरथिमि –४, बालकुमारी निवासी विरेन्द्रभक्त गजु श्रेष्ठले जिब्रो छेडाउनु भएको बताउनु भयो । जात्रामा हजारौको सहभागिता रहेको छ । --- # बालकोट रागिनी हाईटस्थित भित्री बस्तीमा नयाँ ढल खन्दा माटोको ढिस्कोले परिदाँ एक मजदुरको मृत्यु, एक घाइते Source: https://newskunda.com/archives/2776 Category: FEATURED NEWS, अपराध, समाचार, समाज Last updated: 2023-04-16 भक्तपुर, ३ बैशाख : कौशल्टार–सिरुटार जाने सडक खण्डको भित्री बस्ती नयाँ ढल खन्दा माटोको ढिस्कोले पुरिदाँ आज अपरान्ह एक मजदुरको मृत्यु भएको छ भने अर्का एक मजदुर गम्भिर घाइते भएका छन् । सूर्यविनायक नगरपालिका–२ बालकोट रागिनी हाईटस्थित भित्री बस्तीमा नयाँ ढल बिस्तारको लागि खाल्डो खन्ने क्रममा एक्कासी माथिबाट माटोको ढिस्को खसेर पुरिदा सुनसरी गढी गाँउपालिका–२ घरभई हाल बालकोट बस्ने २२ वर्षीय नितेश ऋषिदेवको मृत्यु भएको हो । माटोको ढिस्कोले पुरिदाँ सुनसरी गढी गाँउपालिका–२ घरभई हाल बालकोट बस्ने ३० वर्षीय सियाराम ऋषिदेवको कौशल्टारस्थित भक्तपुर इन्टरनेशनल अस्पतालमा गम्भिर अबस्थामा उपचार भइरहेको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक बसन्त पाठकले जानकारी दिनुभयो । घट्ना पछि प्रहरी वृत्त थिमिबाट १८ जनाको प्रहरी टोली, नेपाली सेना, सशस्त्र प्रहरी, स्थानियसमेतको सहयोगमा उद्धार गरी घाईते दुबैलाई उपचारको लागि भक्तपुर इन्टरनेशनल अस्पताल पठाइएको उहाँले जानकारी दिनुभयो । उपचारकै क्रममा एकको मृत्यु भएको र अर्का मजदुरको उपचार भइरहेको उहाँले जानकारी दिनुभयो । घट्नाबारे थप अनुसन्धान भइरहेको प्रनाउ पाठकले बताउनुभयो । --- # बालकोटस्थित घरबाट एमाले अध्यक्ष ओलीले भन्नुभयो : ‘हामी न पहिला भागेका थियौँ, न अहिले भाग्छौँ, न कहिल्यै भाग्छौँ’ Source: https://newskunda.com/archives/4228 Category: FEATURED NEWS, अर्थ, राजनीति, समाचार, समाज Last updated: 2026-09-09 भक्तपुर, २४ भदौ । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आफूहरू देश छाडेर भाग्ने व्यक्ति नभएको बताउनुभएको छ। गत वर्ष भदौ २४ गते जेन–जी आन्दोलनका क्रममा आगजनी गरिएको बालकोटस्थित आफ्नो निवासको बुधबार अवलोकन गर्ने क्रममा ओलीले आफूहरू विगतमा पनि नभागेको, अहिले पनि नभाग्ने र भविष्यमा समेत नभाग्ने बताउनुभएको हो। उहाँले आफूहरू नेपाली मूलका नागरिक भएको उल्लेख गर्दै अरू कसैले उभ्याएको नभई आफ्नै संघर्ष र योगदानबाट स्थापित भएको दाबी गर्नुभयो। ओलीले भन्नुभयो, “हामी न पहिला भागेका थियौँ, न अहिले भाग्छौँ, न कहिल्यै भाग्छौँ । यो देश हाम्रो पनि हो । हामी अन्य ओरिजनको होइन, नेपाली ओरिजनको हो । हामी अरूले उभ्याएको होइन ।” जेन–जी आन्दोलनका क्रममा भएको आगजनीबाट आफ्नो निवासमा पुगेको क्षतिको अवलोकन गर्न ओली बुधबार बालकोट पुग्नुभएको थियो। अवलोकनका क्रममा उहाँले आन्दोलनका क्रममा भएको घटनाप्रति धारणा राख्दै आफूहरू देश र जनताबाट नभाग्ने सन्देश दिनुभएको हो। --- # बालबालिकाका समाचारलाई प्राथमिकता दिन सरोकारवालाको माग Source: https://newskunda.com/archives/3171 Category: FEATURED NEWS, राजनीति, शिक्षा, समाचार, समाज Last updated: 2025-11-23 काठमाडौं, ७ मङ्सिर : देशको भोलीको भविश्य बोकेका बालवालिकाको विषयका समाचारलाई राष्ट्रियस्तरका सञ्चार माध्यमले प्रथामिकतामा राख्नु पर्ने बिभिन्न सञ्चार माध्यमका सञ्चारकर्मी एवं सरोकारवालाहरुले माग गरेका छन् , आज बालबालिका र सञ्चार समूहले आयोजना गरेको बाल अधिकार सम्बन्धी अन्तरक्रिया कार्यक्रममा सहभागिहरुले बालबालिका सम्बन्धी महत्वपूर्ण सर्यौ विषय बस्तु भएपनि त्यसलाई उठान गर्न नसक्दा बालबालिका पीडित बन्दै गएको बताईएको छ । पछिल्लो समय सरकारी निकायले सार्वजनिक गरेको तथ्यांक अनुसार पनि बालबालिकामा सहजै सामाजिक सञ्जालको पहुँचले ल्याएको बिकृतिले धेरैको भविश्य ओझेलमा परेको तथ्य एवं तथ्यांकमाथि छलफल गर्दै सामाजिक सञ्जालको दुरुपयोगले बालकहरु कुलत र गेममा फस्दै जाने, बालिकाहरु दुव्र्यबहारमा फस्दै जाने गरेकाले यसबारे बालबालका र अभिभावकलाई सचेतना जगाउनु पर्ने आवश्यकता रहेको बताईउको छ । कार्यक्रममा सिविसकी अध्यक्ष विमला ज्ञवालीले बालबालिकामा बिभिन्न नयाँ समस्याहरु थपिदै आएको बताउदै सामाजिक सञ्जालको दुरुपयोगले बालबालिकाको शारीरिक र मानसिक समस्या थपिदै गएको बताउनुभयो । उहाँले बालबालिकाका महत्वपूर्ण सयौ विषयबस्तु समाचार माध्यममा उठान नहुँदा बालबालिकाको भविश्य मात्रै नभई देशकै भविश्य आझेलमा पर्न सक्ने बताउदै सामाजिक क्षेत्रका बालबालिकाका विषयलाई समाचार माध्यमले प्राथमिकतामा राखेर समाचार सम्प्रेषण गर्नु पर्ने बताउनुभयो । कार्यक्रममा सञ्चारकर्मी रमेश गिरीले बालश्रम, बाल यौन दुव्र्यबहारको भयावह अबस्था र बालबालिकाको सहभागिताका सवालमा कार्यपत्र प्रस्तुत गर्नु भएको थियो । उहाँले समाचार संस्थाहरुले बालबालिकाको जोखिमका अनगिन्ती विषयहरुलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्न सके यसले ठूलो सचेतनाको काम गर्ने र बालबालिकालाइई जोखिमबाट बाहिर ल्याउन ठूलो भूमिका निर्वाह हुने बताउनुभयो । कार्यक्रममा बालबालिका र सञ्चार समूहका संयोजक गोविन्द खड्काले नेपालका बालबालिकाका प्रमुख सवालका विषयमा कार्यपत्र प्रस्तुत गर्दै नेपालको बालबालिकाको अबस्था, सरकारी तथ्यांक र बालबालिकाको भविश्य निर्धारणमा मिडियाको भूमिकाकाबारेमा चर्चा गर्नभयो । राजनीतिक दलको कार्यक्रमदेखि जेनजी आन्दोलनसम्म बालबालिकाको प्रयोगले ल्याएको मानसिक र शारीरिक समस्याकासाथै शिक्षा, स्वास्थ्य, बाल अधिकारका क्षेत्रमा सहभागि बिभिन्न सञ्चार माध्यममा कार्यरत सञ्चारकर्मीहरुले समाचारमा उठाउनु पर्ने विषयहरु माथि चर्चा गर्नु भएको थियो । कार्यक्रममा सिविसका परियोजना संयोजक उमंग मैनालीले बालश्रम, जोखिममा रहेका बालबालिका, उनीहरुको शिक्षा, स्वास्थ्यको सवाल, उद्धार गरिएका बालबालिका, यौन दुव्र्यबहारमा परेका बालबालिकाका लागि गरिएका कानूनी सहायता, अभिभावक जिविका पार्जन परियोजना लगायतकाबारेमा चर्चा गर्दै सञ्चार माध्यमले बालबालिकाको विषयलाई उठान गर्न सके समास्या समाधानमा राज्यर्ला समेत दबाब पुग्ने बताउनुभयो । --- # बालबालिकाको दृष्टिकोणमा प्रहरीप्रति मित्रताको भावना जागृत हुन आवश्यक : परिषद्की सदस्य सचिव ढकाल Source: https://newskunda.com/archives/3260 Category: FEATURED NEWS, Uncategorized, कला तथा साहित्य, मनोरञ्जन, समाचार Last updated: 2025-12-25 काठमाडौं, २९ मंसिर । विगत ३१ वर्षदेखि बालअधिकारको संरक्षणका लागि कार्य गर्दै आएको सिविसकी अध्यक्ष विमला ज्ञवालीले एक मात्रै बालबालिका हिंसामा परे भने पनि सबै बालबालिका असुरक्षित छन् भन्ने सम्झनु पर्ने बताउनु भएको छ । काठमाडौंमा सोमबार राष्ट्रिय बाल अधिकार परिषद् ललितपुरको आयोजना तथा सिविसको सहकार्यमा आयोजना गरिएको बालबालिका केन्द्रीत अनुसन्धान सम्बन्धी छलफल कार्यक्रममा बालअधिकारको सवालमा बोल्दै उहाँले यस्तो बताउनु भएको हो । उहाँले भन्नुभयो, “एक मात्र बालबालिका पनि सडकमा कुनै पनि प्रकारको दुव्र्यबहार वा हिंसामा पर्छ भने कुनै पनि बालबालिका सुरक्षित छैनन् भन्ने बुझेर काम गर्नुपर्छ ।” बालबालिका हिंसामा पर्दा आउने दबाबका समस्यालाई कानूनको कार्यान्वयन गर्ने निकायले निकासमा पुर्याएर पीडितलाई न्याय दिने मामिलामा शसक्त भएर उभनु पर्नेमा जोड दिदै उहाँले बालबालिकामाथि हुने घटनाको अनुसन्धान गर्दा मानव अधिकार, संवेदनशीलता र मनोवैज्ञानिक पक्षलाई केन्द्रमा राख्नुपर्ने उनीहरूको डर, पीडा र मनोभावनालाई बुझेर अनुसन्धानलाई चुस्त बनाउनु पर्नेमा जोड दिनुभयो । उहाँले बालअधिकारको क्षेत्रमा विगत ३१ वर्षदेखि कार्य गर्दै आएका सिविसले प्रहरीसंगका अनुसन्धानदेखि प्रभावकारी बनाउँन उजरी दिने न्याय प्रणालीमा जाने, लैजाने, कार्यमा सहजीकरण गर्दै आएको स्मरण गर्नुभयो । प्रहरीमा आउने बालहिंसाका घट्नामा उजुरी लिनेक्रममा व्यबहारमा पनि बालमैत्री र सहजता हुनुपर्ने औल्याउँदै उहाँले बालमनोपरापर्शको आवश्यकतासमेत प्रही कार्यालयमा पर्ने बताउनुभयो । कार्यक्रममा राष्ट्रिय बाल अधिकार परिषद्की सदस्य सचिव इन्द्रादेवी ढकालले कानूनको विवादमा परेका विषयलाई प्रहरीले सहजता, फलदायी गोपनीयता र न्यायिक प्रक्रियालाई सहजता बनाउँन आवश्यक रहेको बताउनुभयो । उहाँले बालबालिका सम्बन्धी उजुरीको अनुसन्धानलाई बालमैत्री बनाउनु पर्नेमा जोड दिदै बालबालिकाको अधिकारलाई सुनिश्चित गर्दै समुन्नत समाज निर्माण गर्न अझै पनि नीति निर्माणमा सुधार आवश्यक रहेको बताउनुभयो । परिवार र आफन्तबाट हुने हिंसाका घट्नामा धेरै जसो मुद्धा चल्न नदिने र भित्रभित्रै मिलाउने समस्याहर रहेको बताउदै उहाँले नौ वर्षमा एक वटा बाल सुधार गृह नुवाकाटेमा थपिदा बल्ल नौ वटा पुगे पनि अझै सुधार गृह थप आवश्यक रहेकाले यसबारेमा पनि मन्त्रीसंग छलफल गरिने बताउनुभयो । उहाँले बालबालिका सम्बन्धी उजुरीको अनुसन्धानलाई बालमैत्री बनाउनु पर्नेमा जोड दिदै बालबालिकाको अधिकारलाई सुनिश्चित गर्दै समुन्नत समाज निर्माण गर्न अझै पनि नीति निर्माणमा सुधार आवश्यक रहेको बताउनुभयो । उहाँले हिसा एवं पीडामा परेका बालबालिकादेखि किशोरी र महिलाहरुलाई उद्धार पछि राख्ने सुरक्षित आवास अत्यावश्यक रहेकाले मन्त्रालयसंग यसबारेमा कुरा गर्ने बताउनुभयो । एक प्रदेशमा कम्तीमा एक सुरक्षित आवास आवश्यक रहेको बताउदै नयाँ आएको मन्त्रीसंग यसबारेमा कुरा गर्ने बताउनुभयो ।कार्यक्रममा सहभागि बालिका विपना बस्नेतले उजरी लिएर प्रहरीमा जानै बालबालिकालाई डर लाग्ने बताउदै बालबालिकासंग प्रहरीको सम्बन्ध राम्रो हुनु पर्ने बताउनुभयो । कार्यक्रममा राष्ट्रिय बालअधिकर परिषद्का सूचना अधिकृत रामबहादुर चन्दले कार्यपत्र प्रस्तुत गर्दै प्रहरीले कानूनलाई कार्यान्वयनमा ल्याउन कुनै दबाबमा पर्न नहुने औल्याउनुभयो । उहाँले कार्यपत्र प्रस्तुत गर्दै कानूनमा अनुसन्धान, बालबालिका सम्बन्धी ऐन–२०७५, पीडित बालबालिकाको अधिकार, अनकूल न्यायको व्यबस्थालगायतकाबारेमा जानकारी गराउनु भएको थियो । नेपाल प्रहरी अपारध अनुसन्धान विद्यालयका प्रहरी निरीक्षक महेन्द्र अर्यालले कार्यपत्र प्रस्तुत गर्दै कानूनी अबस्था, प्रहरीको व्यबस्थालगायतकाबारेमा जानकारी गराउनु भएको थियो । कार्यक्रममा बालबालिका खोजतलास समन्वय केन्द्र १०४ का प्रमुख प्रहरी नायब उपरिक्षक दिनेश घिमिरेले बालबालिकासँग सम्बन्धित अनुसन्धान संवेदनशील हुने भएकाले सबै निकायबीच समन्वय, साझा बुझाइ र बालमैत्री दृष्टिकोण अत्यावश्यक छ भन्दै यस्ता छलफलले व्यवहारिक सुधारमा सहयोग पर्याउनु पर्ने बताउनुभयो । प्रहरी निरीक्षक सरिता विश्वकर्मा, केन्द्रीय अनुसन्धान व्यूरोका राजेश घजु, वरिष्ट प्रहरी सही एकता न्यौपाने, लागू औषध कार्यादलयका लेखनाथ आचार्य, प्रहरी सहायक निरिक्षक वसन्त घिमिरेलगायत भक्तपुर, काठमाडौं र ललितपुरका बिभिन्न प्रहरी कार्यालयमा कार्यरत महिला सेलका प्रहरीहरुले हिंसा पीडित बालबालिकाको अबस्था, उद्धारपछि राख्ने सुरक्षित आवासको अभाव र बिभिन्न समस्याहरुकोबारेमा छलफल गर्नु भएको थियो । उहाँले बालबालिकासँग सम्बन्धित अनुसन्धान संवेदनशील हुने भएकाले सबै निकायबीच समन्वय, साझा बुझाइ र बालमैत्री दृष्टिकोण अत्यावश्यक रहेको बताउदै बालबालिकाको उद्धारका लागि केन्द्रले सहजिकरण गर्न प्र्रहरीलाई कसरी सघाउदई आएको बताउनुभयो । बाल सल्लाहकार समिति सम्बन्ध बालबालिकाहरुले बालमैत्री अनुसन्धान प्रक्रियाको सुनिश्चिताअको लागि आग्रह गर्नभयो । कार्यक्रममा सिविसकी टिम लिडर रुजा पोखरेलले कार्यक्रमको उद्देश्यबारे जानकारी गराउँदै नीति र व्यवहारबीचको दूरी घटाउन यस्ता बहुपक्षीय छलफल प्रभावकारी माध्यम हुने बताउनुभयो । --- # बालबालिकामा बढ्दै आँखा क्यान्सर Source: https://newskunda.com/archives/2580 Category: FEATURED NEWS, समाचार, समाज, स्वास्थ्य Last updated: 2023-03-14 काठमाण्डौं । नेपालमा प्रतिवर्ष ५० बालबालिकामा आँखाको क्यान्सर (रेटिनोब्लास्टोमा) हुने गरेको एक सर्वेक्षणले देखाएको छ। हालै विभिन्न अस्पतालमा उपचारमा पुगेका बिरामीलाई लिएर गरिएको सर्वेक्षणले नेपालमा प्रतिवर्ष ५० बालबालिकामा आँखाको नयाँ क्यान्सर हुने अनुमान गरेको हो। बुधबार तिलगंगा आँखा अस्पतालले विश्व बाल क्यान्सर दिवस मनाउने क्रममा यस्तो तथ्यांक सार्वजनिक गरेको हो। तिलगंगा आँखा अस्पतालका अकुलोप्लास्टिक सर्जन डा. रोहित सैंजू भने सर्वेक्षणले अनुमान गरेभन्दा बढी बालबालिकामा आँखाको क्यान्सर हुन सक्ने बताउँछन्। ‘प्रतिवर्ष ५० जना अनुमानित तथ्यांक मात्र हो, योभन्दा बढी हुन सक्छ,’ उनले भने। तीमध्ये तिलगंगा आँखा प्रतिष्ठानमा मात्र ३५ देखि ४५ जना आँखामा क्यान्सर भएका बालबालिकाको उपचार हुने गरेको छ। उपचारमा पुगेकामध्ये १५ जनामा दुवै आँखामा क्यान्सर भएको फेला परेको छ। विश्वभरि बालबालिकामा हुने क्यान्सरमध्ये आँखाको क्यान्सरले ३ प्रतिशत ओगटेको छ। विश्वव्यापी रूपमा हेर्दा प्रति १५ देखि २० हजार जीवित जन्मेका शिशुमध्ये एउटामा आँखाको क्यान्सर हुन्छ। पाँच वर्षमुनिका बालबालिकामा हुने आँखाको क्यान्सर समयमै उपचार नगरे मृत्युसमेत हुने हुनाले सुरुमै पहिचान भए उपचार हुन सक्ने डा. सैजूको भनाइ छ। बेलैमा उपचार गरी बालबालिकामा हुने आँखाको क्यान्सरबाट बचाउन सकिने उनी बताउँछन्। नेपालमा पछिल्लो समय आँखाको क्यान्सरबारे केही जनचेतना बढ्दै गएकाले उपचारमा आउनेको संख्या पनि बढ्दै गएको प्रतिष्ठानकी अकुलोप्लास्टिक एवं अकुलोअन्कोलोजिस्ट डा. पूर्णिमा स्थापितले बताइन्। तर थप जनचेतनाको आवश्यकता भने रहेको उनको भनाइ छ। आँखाको क्यान्सर पाँच वर्ष मुनिका बालबालिकालाई हुने गर्छ। सात वर्षसम्मका केही बालबालिकामा पनि यो रोग देखिन सक्छ। यो रोगको संक्रमण आँखाको भित्री भागबाट मासु पलाएर पुरै आँखामा फैलिन्छ र अन्धोपनको अवस्थामा पुर्याउँछ। यो रोगको समयमै पत्ता लागेन र पत्ता लागे पनि सही उपचार हुन सकेन भने शरीरको अन्य भागमा पनि फैलिएर बालबालिकाको ज्यानै जान सक्छ। आँखाको नानीको भाग सेतो तथा रातो हुने लक्षण देखिएर रोग छिप्पिँदै गए आँखा डेढो हुने, आँखाको डल्लो बाहिर निस्कने, हेराइमा सन्तुलन नहुँदा बच्चा पटकपटक ठोक्किनेजस्ता लक्षण देखिन्छन्। पाँच वर्षभित्रका बालबालिकाले टेढो हेरे, आँखाभित्र कुनै डल्लो देखा परे, आँखा रातो भए, बालबालिका लड्न थाले आँखाको क्यान्सर हुन सक्ने भएकले चाँडो उपचारमा पुगे निको हुने सक्भावना उच्च हुने डा. सैजूले बताए। शिशु जन्मेपछि एकपटक अनिवार्य आँखा जाँच गराए त्यस्तो क्यान्सरबाट छ कि छैन पत्ता लाग्ने र छ भने मृत्युको सम्भावनाबाट टार्न सकिने चिकित्सकहरू बताउँछन्। नेपालका विभिन्न आँखा अस्पतालमा बालबालिकामा हुने आँखाको क्यान्सरको पहिचान भए पनि पूर्ण रूपमा उपचार हुने गरी तिलगंगा आँखा प्रतिष्ठानले छुट्टै एकाइ नै स्थापना गरी उपचार गर्दे आएको छ। **तिलगंगामा निःशुल्क उपचार ** तिलगंगा आँखा प्रतिष्ठानमा अबदेखि आँखा क्यान्सरको उपचार निःशुल्क हुने भएको छ। अस्पतालसँग सहकार्य गर्दै आएको ओपन आई नेपालले अस्टे«ेलियाको क्याथोलिक युनिभर्सिटीसँगको सहकार्यमा आगामी चार वर्षसम्म निःशुल्क सेवा दिने घोषणा गरेको हो। यो सेवाको उद्घाटन क्यान्सरपीडित कर्ण शाक्यले गरे। उनले आँखा उपचारका लागि ५ लाख ५० हजार रूपैयाँ दिने भनी सम्झौतामा हस्ताक्षर गरेका छन्। यो उपचारअन्तर्गत क्यान्सरका कारण आँखा गुमाएका बालबालिकाको कृत्रिम आँखा पुनःस्थापना हुने अस्पतालकी अकुलोप्लास्टो तथा आँखा क्यान्सर विशेषज्ञ डा. पूर्णिमा राजकर्णिकारले जानकारी दिइन्। --- # बालिका बलात्कार गरि फरार तुल्सीब्याख्यो २५ वर्ष पछि पक्राउ Source: https://newskunda.com/archives/1957 Category: FEATURED NEWS, अपराध, राजनीति, समाज Last updated: 2022-09-02 भक्तपुर, १७ भदौ : एक ६ वर्षीया बालिकालाई २०५४ साल मंसीर ८ गते जवरजस्ती करणी गरि फरार रहेका भक्तपुर नगरपालिका–११ क्वाछेँ घरभई पोखरा बस्दै आएका ४० वर्षीय दिपक तुल्सीब्याखोलाई २५ वर्षपछि प्रहरीले पक्राउ गरेको छ । बलात्कार मुद्धामा दोषी ठहर गर्दै २०६३ माघ ८ गते सर्वोच्च अदालतले ८ बर्ष कैद र निजको आधा भाग अंश सर्वस्व गरी पीडित बालिकालाई भराई दिने फैसला पछि फरार तुल्सीब्याखोलाई महानगरीय प्रहरी परिसर भक्तपुरको टोलीले कास्की प्रहरीको समन्वयमा पोखराबाटै पक्राउ गरि भक्तपुर ल्याएको प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक राजू पाण्डेले जानकारी दिनु भयो । फरार तुल्सीब्याखो पोखरामा बसोबास गरि ब्यवसाय सञ्चालन गर्दै आएको गोप्य सूचनाको आधारमा पोखराबाटै हिजो पक्राउ गरि भक्तपुर ल्याएर आज फैसला कार्यान्वयनका लागि भक्तपुर जिल्ला अदालतमा पेश गरिएको उहाँले जानकारी दिनु भयो । अदालतले आजै तुल्सीब्याखोलाई काठमाडौं डिल्लीबजारस्थित जगन्नाथ देवल कारागार चलान गरेको प्रनाउ पाण्डेले जानकारी दिनुभयो । --- # बालुवाटारबाट भागेको होइन, ज्यान जोगाउन निस्किएको हुँ: केपी ओली Source: https://newskunda.com/archives/3222 Category: FEATURED NEWS, राजनीति, समाचार, समाज Last updated: 2025-12-11 काठमाडौँ, २५ मंसिर : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जेनजी आन्दोलनपछि आफू प्रधानमन्त्री निवास बालुवाटारबाट ‘भागेको’ भन्ने आरोप अस्वीकार गर्नुभएको छ। आफू भागेको नभई मुकाम परिवर्तन मात्रै गरेको उहाँको भनाइ छ । बिहीबार राजधानीमा सम्पादकहरूसँगको अन्तर्क्रियामा बोल्दै ओलीले आफू भागेको नभई राजनीतिक षड्यन्त्र र घेराबन्दीबाट जोगिन सुरक्षित स्थानमा सरेको बताउनुभएको हो। अध्यक्ष ओलीले महाभारतको ‘लाक्षागृह’ को प्रसङ्ग पनि सुनाउनुभयो। अध्यक्ष ओलीले विपक्षी गठबन्धनका नेताहरूलाई कौरव पक्षका दुर्योधन, शकुनि र दुशासनसँग तुलना गर्दै पाण्डवहरूको उदाहरण दिएर भाग्नु पनि कहिलेकाहीँ बुद्धिमत्तापूर्ण हुने तर्क गर्नुभयो । भाग्न त कौरवहरूले–दुर्योधन, शकुनि र दुशासनहरूले लाक्षागृह बनाएर भित्रै जलाएर मार्न खोज्दा पाण्डवहरू पनि एकतिरबाट आगो लगाएपछि अर्कातिरबाट भाग्दिए,’ अध्यक्ष ओलीले भन्नुभयो, ‘भागेकै हुन् पाण्डवहरू। तर उनीहरू कातर भएर भागेको होइन, बुद्धि पुर्याएर भागेका हुन्।’ अध्यक्ष ओलीले आफूलाई चौतर्फी घेराबन्दी गरेर सिध्याउन खोजिएपछि अस्तित्व रक्षाका लागि बालुवाटार छोड्नु परेको तर्क गर्नुभयो। ‘दुष्टहरूको घेराबन्दी तोड्नु पर्दो रहेछ, त्यस्ता प्रयासहरूलाई असफल पार्नु पर्दो रहेछ, जस्तो पाण्डवले पारेका थिए,’ उहाँले भन्नुभयो। अध्यक्ष ओलीले आफू त्यतिबेला कामचलाउ प्रधानमन्त्रीकै हैसियतमा रहेको भन्दै भाग्यो भन्ने टिप्पणीलाई अस्वीकार गर्नुभयो। उहाँले प्रश्न गर्नुभयो, ‘म केयरटेकर प्रधानमन्त्री छँदै थिएँ । भागेर केयरटेकर प्रधानमन्त्री हुन्छ ? प्रधानमन्त्री भाग्यो भनेको केयरटेकर भएर भाग्छ ?’ विपक्षीहरूले आफूलाई जितेर लखेटेको नभई आफूले नै मुकाम परिवर्तन गरेको उहाँको दाबी थियो। ‘मैले किन बालुवाटार छोडे भन्दा नछोड्न सक्थेँ,’ अध्यक्ष ओलीले भन्नुभयो, ‘वल्लो घरबाट पल्लो घर सर्दिएँ भने राम्रो होइन ?’ विपक्षीहरूले ‘ओली भाग्यो’ भन्दै गरेको टिप्पणीप्रति व्यङ्ग्य गर्दै अध्यक्ष ओलीले यसलाई केटाकेटीको रमाइलोसँग तुलना गर्नुभयो। ‘भाग्यो, भाग्यो भन्दा बच्चाबच्चीहरू खुसी हुन्छन् क्या ! उसले खेदे जस्तो गर्छ, आफू कुद्दिनु पर्छ,’ ओलीले भन्नुभयो, ‘म कार्यवाही प्रधानमन्त्री चलाइराखेको छु, भाग्यो कसरी ?’ अध्यक्ष ओलीले आफूमाथि भएको घेराबन्दी र आक्रमणबाट जोगिनुलाई कायरता नभई बुद्धिमत्तापूर्ण कदम भएको जिकिर गर्नुभयो। --- # बालेन साहदेखि पूर्व अमेरिकन राजदूतसमेत भक्तपुरको सम्पदा भ्रमणमा Source: https://newskunda.com/archives/2096 Category: FEATURED NEWS, राजनीति, समाचार, समाज Last updated: 2022-09-10 भक्तपुर, २५ भदौ : काठमाडौं महानगरपालिकालगायत देशका बिभिन्न नगरपालिकाका प्रमुख, उपप्रमुख, प्रशासकीय अधिकृत र विदेशी पाहुनासहित ७५ जनाको टोलीले आज भक्तपुर नगरपालिकाको ऐतिहासिक सम्पदाहरुको अवलोकन गर्नु भएको छ । काठमाडौं महानगरपालिकाका नगर प्रमुख बालेन साह, काठमाडौं महानगरपालिका उपप्रमुख सुनिता डंगोल, जुम्लाको चन्दननाथ नगरपालिकाका प्रमुख राजु सिंह कठायत, उपप्रमुख रामदेवी खड्का, नवलपरासीको रामग्राम नगरपालिकाका प्रमुख धनपत यादव र उपप्रमुख सम्झना चौधरी, सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङ र उपप्रमुख उमा प्रधान, धनकुटाको पाख्रीबास नपाका प्रमुख ज्ञानबहादुर गुरुङ र उपप्रमुख नम्रता गौतम, डडेलधुराको अमरगढी नपाका प्रमुख डिल्लीराज जोशी र उपप्रमुख पार्वती झुकाल र नेपालका लागि अमेरिकाका पूर्वराजदूत स्कट हेनरी डेल्सी र नगर पार्सद सदस्य मोहम्मद हुसेन सरिफ र प्रशासकीय अधिकृतहरुसहितको टोलीले भक्तपुरको दरबार स्क्वायर क्षेत्र, पाँचतले मन्दिर हुँदै पैदल यात्रा गर्दै दत्तात्रय मन्दिर क्षेत्रका सम्पदाहरुको स्थलगत अवलोकन भ्रमण गर्नुभएको छ । इन्द्रजात्रा अवलोकन गर्न काठमाडौं आउनुभएका भ्रमण टोलीलाई भक्तपुर नगरपालिकाले आफ्नै नगरपालिका कार्यालयको सभाकक्षमा नगर प्रमुख सुनिल प्रजापतिले भादगाउँले टोपी र उपप्रमुख रजनी जोशीले नगरपालिकाको लोगो अंकित परम्परागत खादा र महिला अतिथिहरुलाई सुर्के थैली उपहारसहित स्वागत गर्नुभयो । कार्यक्रममा प्रमुख प्रजापतिले भक्तपुर नगरपालिका वैज्ञानिक समाजवादप्रति आस्थावान जनप्रतिनिधि कार्यरत रहेको बताउदै भक्तपुरमा मौलिक शैलीमा घर बनाउनेलाई प्रोत्साहनस्वरुप आर्थिक अनुदान प्रदान गर्दै आइरहेको, विकास निर्माणमा जनसहभागिता र सम्पदा संरक्षणमा उल्लेखनीय कार्यहरु गर्दै संविधानले निर्दिष्ट गरेको समाजवादउन्मुख बाटोतर्फ नगरपालिका अगाडि बढिरहेको बताउनुभयो । नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले देख्नुभएको १०० वर्षपछिको भक्तपुरको आधारहरु निर्माण गरिरहेको बताउदै प्रजापतिले जनप्रतिनिधिहरुबीचको अनुभव आदानप्रदानले एक अर्काबाट सिक्दै अगाडि बढ्न ऊर्जा प्राप्त हुनेमा जोड दिनु भयो । निर्वाचनका समयमा जनतासँग गरेको बाचा पुरा गर्दै जनतासँग नजिकमा रहेर काम गर्ने स्थानीय सरकारहरुले इमानदारीपूर्वक आफ्नो जिम्मेवारी निर्वाह गर्नु पर्नेमा जोड दिनु भयो । उहाँले आत्मनिर्भरतालाई जोड दिएर विदेशीको सहयोगलाई अस्वीकार गर्दै जनताको साथ र सहयोगमा भक्तपुर नगरपालिकाले यहाँका सम्पदाहरुको पुनःनिर्माण एवं जीर्णोद्धार गरिरहेको जानकारी गराउनु भयो । कार्यक्रममा भक्तपुर नपाका उपप्रमुख रजनी जोशीले भक्तपुर नगरपालिकाको संक्षिप्त प्रस्तुतीकरण देखाउदै कला संस्कृतिमा धनी भक्तपुर नगरलाई विश्वकै हेर्न लायक सहरको रुपमा विकास गर्न नगरपालिका लागि रहेको बताउनु भयो । त्यसअवसरमा काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहले भक्तपुरको मौलिकता, सम्पदा जगेर्ना र सरसफाईबाट आफू निकै प्रभावित भएको भन्दै ठेक्का पट्टाबाट हुने सम्पदा निर्माण र विकास निर्माणका गतिविधिहरुको नियमित अनुगमन हुनुपर्ने बताउनु भयो । विदेशीको सहयोगले नेपाल बन्दैन भन्ने भक्तपुर ज्वलन्त उदाहरणको रुपमा रहेको बताउदै उहाँले शिक्षा र स्वास्थ्य क्षेत्रमा भइरहेको व्यापारीकरण बन्द गरि जनताको आधारभूत आवश्यकतामा पर्ने विषयहरुको जिम्मा राज्यले लिनु पर्नेमा जोड दिनुभयो । कार्यक्रममा बिराटनगरका महानपाका प्रमुख नागेश कोइरालाले महानपा र नपाबीचको समन्वय र सहकार्य आगामी दिनहरुमा अझ प्रगाढ र सुमधुर रहने विश्वास व्यक्त गर्दै मूर्त, अमूर्त सम्पदाहरु काठमाडौं उपत्यकाको विशेषता नै रहेको तर भक्तपुर र बिराटनगरबीच कृषि क्षेत्रमा समानता रहेको बताउनुभयो । उपप्रमुखको तर्फबाट रामग्राम नपाका उपप्रमुख सम्झना चौधरी र भक्तपुर नपाका वडा नं. ९ का वडाध्यक्ष रबिन्द्र ज्याख्वले नगरपालिकाहरुबीचको सम्बन्ध र उपलब्धी एकअर्कामा परिचित गराउनु पर्नेमा जोड दिनु भयो । सम्पदाको अवलोकन पश्चात नगर प्रमुख प्रजापतिले उहाँहरुलाई प्रसिद्ध मयुर झ्याल र नगरपालिकाका प्रकाशनहरु उपहार स्वरुप प्रदान गर्नुभएको थियो । --- # बालेनले दिए नेपाली सेना र प्रहरी कार्यालयलाई बहाल कर बुझाउन १० दिने अल्टिमेटमल Source: https://newskunda.com/archives/2055 Category: FEATURED NEWS, राजनीति, समाचार, समाज Last updated: 2022-09-08 काठमाडौँ, २३ भदौ । काठमाडौं महानगरपालिकाले नेपाली सेना र प्रहरीसहित तीन सरकारी निकायलाई घर बहाल कर बुझाउन १० दिने अल्टिमेटम दिएको छ। नेपाली सेनाको केन्द्रीय कार्यालय थापाथली, समाज कल्याण परिषद लैनचौर र नेपाल प्रहरी प्रधान कार्यालय नक्साललाई बहाल कर बुझाउन १० दिने अल्टिमेटम दिएको महानगरपालिकाका विभागीय प्रमुख शिवराज अधिकारीले जानकारी दिए। अधिकारीका अनुसार ती अन्तर्गतका कार्यालयले आफ्नो क्षेत्रभित्र बहालमा लगाएका थिए। उनीहरूले बहाल लगाई आम्दानी गरेको कर बुझाउन महानगरले पटक-पटक ताकेता गर्दै आएको उनले बताए। ताकेता गर्दा पनि अहिलेसम्म कर नबुझएकाले सम्बन्धित निकायलाई बहाल आम्दानीको विवरणसहित कर बुझाउन समयसीमा दिइएको हो। महानगरले वडा कार्यालयमा गई नियमानुसारको जरिवानासहित बहाल कर बुझाउन भनेको छ। यी निकायले कर नबुझाए महानगरपालिकाको राजस्व ऐन, २०७५ बमोजिम कारबाही गरी कर असुल गरिने जनाएको छ। --- # बासुदेव थापा ल्याउछौ, ल्याउछौ भन्दै सिपाडोलमा मतदाताको एउटै स्वर ‘हातले सूर्यलाई छेकिन्न, एमालेबाहेक अरुलाई देखिन्न’ Source: https://newskunda.com/archives/679 Category: FEATURED NEWS, निर्वाचन, राजनीति, समाचार Last updated: 2022-05-06 भक्तपुर, २३ बैशाख । नेकपा एमाले सूर्यविनायक नगरकमिटीको आयोजनामा आज वडा नं. ८ मा नेकपा एमालेको सयौँ व्यक्तिको सहभागितामा घरदैलो कार्यक्रम सम्पन्न भएको छ । सूर्यविनाकको गणेश मन्दिरबाट एमाले जिल्ला कमिटी सदस्य एवं सूर्यविनायक वडा नं. ८ का निवर्तमान वडाध्यक्ष किरण थापाको नेतृत्वमा भएको सयौँ मतदाता सहभागि र्यालीमा मतदाताले नाच गान गर्दै उल्लासका साथ घर दैलो गरेका छन् । नेकपा एमाले पोलिटव्यूरो सदस्य एवं संघीय सांसद महेश बस्नेतको प्रमुख आतिथ्यता, वागमती प्रदेशका सांसद शशीजंग थापाको विशेष आतिथ्यतामा एमालेको तर्फबाट सूर्यविनायक नगरपालिकाका प्रमुख पदका उम्मेदवार बासुदेव थापा, उपप्रमुख पदका उम्मेदवारसरिता तिमिल्सना भट्टराई, वडाध्यक्ष पदका युवा उम्मेदवार पुष्पराज बस्नेत, वडा सदस्यका उम्मेदवारहरु सावित्री मिश्र, अञ्जना नेपाली, विक्रम तामाङ तथा विश्वराज त्वानाबासु जनताको घरदैलो पुग्नु भएको थियो । सयौँ कार्यकर्ता र मतदाताका साथमा जनताको घर दैलो पुगेर सूर्यमा मतदान गर्न आव्हान गर्नु भयो । घर दैलो कार्यक्रमको र्यालीमा बोल्दै एमाले नेता एवं वडाध्यक्ष किरण थापाले यस क्षेत्रमा एमालेको तीन तहको सरकारको पालामा भएको बिकास र आफ्नो कुशल नेतृत्वका कारण यो वडा यहीँ निर्वाचनबाट एमालेको लालकिल्ला घोषणा हुने बताउनु भयो । २०७४ सालको निर्वाचनमा जनताले दिएको मतको उच्च सम्मान गर्दै वडा नं. ८ क्षेत्रको बिकासमा पुर्याएको योगदानलाई जनताले कहिल्य नबिर्सने भन्दै उहाँले बिकास र समृद्धिका लागि नेकपा एमालेलाई जनताले मत दिनेमा आफू पुरा विश्वस्त रहेको बताउनु भयो । जनताको घर दैलोमा पुग्दा कार्यकर्ताले पाँच दलीय गठबन्धन ठग बन्धन हो भन्दै आफ्ना श्रीमति, छोरा, छोरी, साला, साली, भाई, बुहारी, दिदी, भिनाजु, साडदाईका लागि भएको गठबन्धन देशका लागि घातक भएको बताएका थिए । --- # बिकसित ठाउँको कुनै सुन्दर टुक्रा ल्याएर राखिदिएको जस्तो छ यहाँको सुन्दर नमूना हेर्न भक्तपुर आए हुन्छ : एमाले नेता एवं सांसद महेश बस्नेत Source: https://newskunda.com/archives/1834 Category: FEATURED NEWS, खेलकुद, राजनीति, समाचार Last updated: 2022-08-27 भक्तपुर, ११ भदौ । नेकपा एमालेका पोलिटव्यूरो सदस्य महेश बस्नेतले ध्वंसले बिकास नभई निर्माणबाट मात्रै बिकास हुने बताउनु भएको छ । नेपाल सोतोकान कराते संघ भक्तपुर जिल्ला समितिद्धारा आज सञ्चालित बहुउध्देशीय न्हाकाटी डोजो प्रथम इन्टर डो च्याम्पियनशिप प्रतियोगिता -२०७९ को उद्घाटन गर्दै उहाँले ध्वंस नगरी निर्माणबाटै आफ्नो निर्वाचन क्षेत्रको विकास गरि सुन्दर बस्ती भएको उदाहरण दिनु भयो । उहाँले कुनै सामान किन्न होस् कि, खाना खाजा खान होस, पार्टी प्यालेसदेखि होटल अहिले भक्तपुरमै सञ्चालनमा आएको चर्चा गर्दै भन्नु भयो, “यहाँको समग्र विकास देख्दा कुनै बिकसित ठाउँको कुनै सुन्दर टुक्रा यहाँ ल्याएर राखिदिएको जस्तो देखिएको छ । यसबाट के पुष्टी हुन्छ भने एउटा असल जनप्रतिनिधि चुन्नु भयो भने चार पाँच वर्षमै नाटकीय र अमूल परिवर्तन हुन्छ भन्ने प्रमाणित यहीँबाट भएको उहाँले बताउनु भयो ।” प्रतिनिधि सभा सदस्य एवं पूर्वमन्त्री बस्नेतले भन्नुभयो, “काठमाडौँका मेयरहरूले नक्सा पास नभएका संरचनाहरूमा डोजर चलाएर आतंक मच्चाइरहे उपत्यका बस्न लायकको रहदैन, डोजर आतंक मच्चाइरहने हो भने काठमाडौँबाट भागेर अन्यत्र जानुपर्ने अबस्था आउन सक्छ, ध्वंसको क्षेत्र बन्ने निश्चित हुन्छ, केही मानिसले साथ दिए भन्दै कानुन मिचेर जनतालाई दुःख दिने काम गर्नु हुदैन ।” निर्माणलेनै सुन्दरता ल्याउछ भन्दै उहाँले काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साहलाई एक पटक भक्तपुर क्षेत्र नं. २ को अवलोकन गरि ध्वंस नगरी निर्माणबाटै गरेको बिकासको सुन्दर नमूना हेर्न आउन आग्रह गर्नु भयो । संविधानमा दुई पटक भन्दा बढी प्रधानमन्त्री वा सांसद हुन नपाउने गरी व्यवस्था गर्न माग नेता बस्नेतले प्रत्यक्ष निर्वाचित सांसद र मन्त्रीहरु कति पटक दोहरिने भन्ने नीति नै निर्माण गर्नु पर्नेमा जोड दिनु भयो । समानुपातिक तर्फ अनिश्चितकालसम्मका लागि अवसर दिने व्यबस्था गलत भएको उहाँको भनाइ छ । संक्रमणकालीन न्यायसम्बन्धी विधेयक पीडक मैत्री बनाउन खोजिएको आरोप लगाउदै उहाँले नेकपा एमाले अहिले पनि कमजोर नरहेकोले र निर्वाचनमा प्रत्यक्षतर्फ ७० भन्दा बढी सिट जित्ने दाबी प्रस्तुत गर्नु भयो । --- # बिकासको बिरोध गर्ने, बिकासको बजेट काट्ने काँग्रेसलाई जनताले कसरी भोट दिनु : एमालेका युवा नेता महेश बस्नेत Source: https://newskunda.com/archives/664 Category: FEATURED NEWS, निर्वाचन, राजनीति, समाचार Last updated: 2022-05-05 #### पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले भन्नु भयो, “हामीले भक्तपुरमा १६ अर्बको बजेट ल्याएर बिकास गर्यौ, सूर्यविनायक नगरपालिकाको बिकासमा फड्को मार्यौ, तर काँग्रेसले हामीले ल्याएको बिकासको बिरोध गर्दै आयो, केपी ओलीको नेतृत्वको सरकारको पालामा ल्याएको बजेट काट्न यहाँका कांग्रेसका नेता मन्त्रालय धाए, आएको बिकासको बिरोध गर्ने, आएको बजेट काट्न जाने कांग्रेसले चुनाबमा यहीँका जनतासँग फेरी बिकास गर्छौ भनेर कुन नैतिकताले जनताको घर दैलोमा गएको छ ?” ============================================================ भक्तपुर, २२ बैशाख । नेकपा एमालेको पोलिटव्युरो सदस्य एवं युवा नेता महेश बस्नेतले आफ्नै गाउँमा आएको बिकासको बिरोध गर्ने काँग्रेसलाई जनताले पत्याउने आधार नभएको बताउनु भएको छ । नेकपा एमाले सूर्यविनायक नगर कमिटीद्वारा आयोजित नेकपा (एमाले) सूर्यविनायक नगरपालिका स्थानीय तह निर्वाचन २०७९ को प्रतिबद्धता पत्र सार्वजनिक कार्यक्रममा बोल्दै उहाँले आफ्नै नगर र वडामा आएको बिकासको बिरोध गर्ने, बिकासको बजेट काट्न जाने काँग्रेस जनताको घरदैलोमा भोट माग्न जाने आधार गुमाएको बताउनु भयो। पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले भन्नु भयो, “हामीले भक्तपुरमा १६ अर्बको बजेट ल्याएर बिकास गर्यौ, सूर्यविनायक नगरपालिकाको बिकासमा फड्को मार्यौ, तर काँग्रेसले हामीले ल्याएको बिकासको बिरोध गर्दै आयो, केपी ओलीको नेतृत्वको सरकारको पालामा ल्याएको बजेट काट्न यहाँका कांग्रेसका नेता मन्त्रालय धाए, आएको बिकासको बिरोध गर्ने, आएको बजेट काट्न जाने कांग्रेसले चुनाबमा यहीँका जनतासँग फेरी बिकास गर्छौ भनेर कुन नैतिकताले जनताको घर दैलोमा गएको छ ?” नौ महिनाको गठबन्धन सरकारमा सूर्यविनायक क्षेत्रमा बिकासका लागि ९ हजार रुपैया पनि ल्याउन नसक्ने कांग्रेसका नेताले हामीले जिते बिकास गर्छौ भन्नु हाँस्यासपद रहेको बताए । एमालेको पालामा भएको बिकासलाई जनताले देखिरहेको बताउदै बस्नेतले एमालेले जितेका वडामा बिकास हुने कांग्रेसले जितेको वडामा बिकास हुन नसक्नुले पनि कांग्रेसको बिकासको गतिलाई जनताले बुझ्नु पर्ने बताउनु भयो । “हामीले सूर्यविनायक नगरपालिकामा बिकास गर्न संघीय सरकार, प्रदेश सरकारबाट बजेट ल्यायौ? नगरपालिकाबाट बिनियोजित बजेट बिना भेदभाव प्रत्येक वडाको पठाइएको छ, तर एमालेले जितेको वडामा विकास हुने कांग्रेसले जितेको वडामा बिकास नहुने किन, जनताले त्यसलाई बुझेर बिकास गर्ने, जनताको भावना बुझ्ने पार्टी एमालेलाई मतदान गर्नु पर्छ, नत्र नगरपालिकाको बिकासले पूर्णता पाउदैन ।” बस्नेतले भन्नु भयो । जनताले नेपाली कांग्रेसलाई समर्थन गर्नु भनेको आफ्नो अनुहारमा आफै मखुण्डो लगाएर हिड्नु जस्तै हो भन्दै युवा नेता बस्नेतले कांग्रेस भन्ने पार्टीनै विकास विरोधी पार्टी भएको यथार्थ जनताले अब बुझ्नु पर्ने औल्याउनु भयो । उहाँले भन्नुभयो, ‘अहिले मात्रै होइन, जगन्नाथ आचार्यको पालादेखि गुण्डुलाई कांग्रेसले हेप्दै आएको थियो, कांग्रेसले गुण्डुलाई अपमान गरेको, गुण्डुलाई हेपेको, गुण्डुलाई दोस्रो दर्जाको नागरिकको रुपमा व्यबहार गरेको, कुनै नैतिकता र इमान्दारिता नभएको कांग्रेसले जनतासँग भोट माग्ने आधार गुमाइसकेको छ ।” जनताले यो पाँच वर्षको बिकासलाई हेरेर मूल्यांकन गरेको बताउदै नेता बस्नेतले एमालेप्रतिको उत्साह देखेर सूर्यविनायक नगरपालिकामा निर्वाचन लड्न नभई जित्न गइरहेका बताउनु भयो । भक्तपुर क्षेत्र नं. २ मा १५ वर्ष कांग्रेसले १० वर्ष नेपाल मजदुर किसान पार्टीले गरि २५ वर्ष शासन गर्दा यहाँको विकासमा अध्यारो युगमा सिमित बनेको भन्दै एमालेका युवा नेता बस्नेतले भर्खर पाँच वर्ष नेकपा एमालेले शासन गरिरहँदा विकास र समृद्धिको युग आएको बताउनु भयो । एमालेका नेता, कार्यकर्ता भोट माग्ने बेलामा मात्रै नभई हरेक दिन बिकासका काम लिएर जनताको घर दैलोमा पुगेको, जनताको सुखदुखको सारथी भएको र यहाँको शिक्षा, स्वास्थ्य, सडक, ढल, खानेपानी, विद्युत, पार्क, सडक बत्ति, उज्यालो नगरपालिका, पुललगायतका क्षेत्रहरुमा अघिल्लो निर्वाचनमा घोषणा पत्रमा लेखेको भन्दा १० औं गुणा बढी काम गरेर जनतालाई देखाएकाले जनताले फेरी पनि एमालेलाई विश्वास गर्ने बताउनु भयो । सूर्यविनायक नगरपालिकाको प्रतिबद्धता पत्र सार्वजनिक कार्यक्रममा सांसद बस्नेतसँगै, वाग्मति प्रदेश सभा सदस्य शशीजंग थापा, एमालेका केन्द्रीय सदस्य सोमप्रसाद मिश्र, एमाले वाग्मती प्रदेश सदस्य एवं एमालेका पूर्व जिल्ला अध्यक्ष राजेन्द राजथला, एमाले भक्तपुर जिल्ला अध्यक्ष बचन देउजा, सूर्यविनायक मेयरका उम्मेदवार बासुदेव थापा, उपमेयरका उम्मेदवार सरिता तिमिल्सिना भट्टराई, वडाध्यक्षका उम्मेदवार रविन्द्र सापकोटा, वडा सदस्यका उम्मेदवारहरु, जिल्ला समन्वय समिति भक्तपुरका उपप्रमुख सरिता कुँवर तथा एमालेका नेता तथा कार्यकर्ताको सहभागिता रहेको थियो । एमालेको घरदैलो अभियानमा जनलहरले उत्साह थपेको थियो । --- # बिक्री भएको ऐतिहासिक कमल पोखरी फर्काउन अदालतमै मध्यपुरथिमिवासीको धर्ना Source: https://newskunda.com/archives/1298 Category: FEATURED NEWS, राजनीति, समाचार Last updated: 2022-06-14 भक्तपुर, ३१ जेठ : मध्यपुरथिमि नगरपालिका–८ बोडेस्थित सयौँ वर्ष अगाडिदेखि धार्मिक, ऐतिहासिक एवं साँस्कृतिक रुपमा रहेको कमल पोखरी अर्थात पलिस्वाँ पुखुःसार्वजनिक रुपमा फर्काउन माग गर्दै बोडेका बासिन्दाले आज उच्च अदालत पाटनमा धर्ना दिएका छन् । धार्मिक र साँस्कृतिक महत्व बोकेको पोखरीमाथि विभिन्न चलखेल गर्दै अवैध रुपमा दर्ता तथा किनबेच गरि पोखरी पुरेर जग्गा टुक्राउन डोजर आए पछि पोखरी बिक्री भएको चाल पाएका मध्यपुरथिमिका बासिन्दाले पोखरी सार्वजनिक रुपमा फर्काउन माग गर्दै आज अदालतमा धर्ना दिएका हुन् । उच्च अदालत पाटन परिसर बाहिर मध्यपुरथिमिका बासिन्दाल हातहातमा प्ले कार्ड बोकेर धर्ना दिदै भूमाफिया बिरुद्ध नारा लगाई रहेका छन् । महिला, पुरुषदेखि जेष्ठ नागरिक समेत गरि १०० भन्दा बढी स्थानीयवासीको धर्नामा संम्पदा संरक्षण सम्बन्धी बिभिन्न नारा लेखिएका प्ले कार्ड हात, छाती र टाउँकोमा राखेर धर्ना दिइ रहेका छन् । हाम्रो सम्पदा हाम्रो पहिचान, सार्वजनिक सम्पदा जोगाआँै, हाम्रो सम्पदा फिर्ता गर, भूमाफियालाई कारबाही गर, कमल पोखरी हाम्रो हो, संरक्षण गरौँ जस्ता नारा लेखिएको प्ले कार्ड बोकेर धर्ना दिइरहेका स्थानीय बिरेन्द्र जयनाले जानकारी दिनु भयो । तत्कालीन बोडे गाउँ पञ्चायत–६ कित्ता नं. १ को १५ रोपनी ९ आना सार्वजनिक पोखरी २०४२ साल असार ३१ गते कान्छी पोडेनीको नाममा दर्ता भई २०५१ साल माघ २२ गते अधिकृत वारेशनामा बकसपत्र गरी मनाङ्ग घरभई काठमाडौं ठमेल बस्ने ग्ल्याल्पो गुरुङ्गको नाममा पास भएको थियो । जसमध्ये १३ रोपनी ९ आना ग्ल्याल्पोको नाममा, १ रोपनी तेन्जी शेर्पिणीको नाममा, एक रोपनी कर्सी जद्योना गुरुङ्गको नाममा पास गरी हाल ग्ल्याल्पोले अन्य विभिन्न व्यक्तिको नाममा जग्गा पास गरेर बिक्री गरेको पाइएको धर्नामा सहभागि स्थानीय बताउँछन् । स्थानीय गणेशमान चक्रधरको संयोजकत्वमा ऐतिहासिक कमल पोखरी (पलिस्वाँ पुखुः) संरक्षण समितिनै गठन गरी पोखरीको धनीपूर्जा खारेज गरी पोखरीलाई सार्वजनिक कायम गर्न माग गर्दै मुद्धा दायर भएको थियो । त्यसो त यसअघि जिल्ला अदालत भक्तपुरले उक्त मुद्धामा २०७५ साल असार १९ गते मंगलबार वादी कान्छा चक्रधर र प्रतिवादी सुर्जेराम श्रेष्ठसमेत भएको उक्त मुद्दामा जिल्ला न्यायाधीश मातृकाप्रसाद मरासिनीको इजलासले मध्यपुरथिमि–८ बोडेस्थित कमलपोखरीलाई सार्वजनिक कायम गरी संरक्षण गर्नुपर्ने फैसला गरेको थियो । जग्गा खरिद गर्ने पक्ष जिल्ला अदालतको फैसला बिरुद्ध उच्च अदालत पाटनमा मुद्धा दर्ता गराएका थिए । आज उच्च अदालतमा अन्तिम फैसला हुने चर्चा चले पछि स्थानीयवासी पोखरीलाई सार्वजनिक रुपमा नै फर्काउनु पर्ने, जिल्ला अदालतको फैसलालाई सदर गर्नु पर्ने माग गर्दै धर्ना दिएका हुन् । अदालत परिसरमा पूर्व नगरप्रमुख मदनसुन्दर श्रेष्ठ, पोखरी संरक्षण समितिका संयोजक चक्रधर, वडा नं. ८ का वडाध्यक्ष रमेश थापा श्रेष्ठसहित जनप्रतिनिधि, नगरपालिकाका कर्मचारी, पूर्व जनप्रतिनिधिहरु, बिभिन्न पार्टीका प्रतिनिधिहरु र स्थानीयवासीहरु पुगेका छन् । जिल्ला अदालतको फैसला आउने बित्तिक मध्यपुरथिमि नगरपालिकाले उक्त पोखरीको संरक्षण अभियान सुरु गरेको थियो । पूर्वनगर प्रमुख श्रेष्ठले जिल्ला अदालतको फैसला कार्यान्वयनका लागि नगरपालिकाबाट ७५ लाख बजेट विनियोजन गरेर कमल पोखरी संरक्षण गरेको, पोखरीलाई दाँची अप्पा, माँअप्पा इँटाको प्रयोग गरेर कलात्मक र ऐतिहासिक शैलीमा पुनःनिर्माण गरी वरिपरि बार लगाइएको, पोखरीको वरिपरि निर्माण भएको १० फिट चौडाइको ढलानसहितको फुटपाथ त्यसमाथि पोखरीको डिलमा तेलिया इँटा छापेर खाली खुट्टाले पनि हिँड्न मिल्ने बनाइएको, पाँच लाख रुपैयाँको लागतमा दुईवटा डुङ्गा सञ्चालनमा ल्याएको, दुई हजार माछाको भुरा पनि छाडेको बताउदै अहिले पोखरीमा रोपिएको कमलको बिरुवाबाट फूल फुल्न थालेको बताउनु भयो । यहीँ पोखरीमा फुलेको कमलको फूल यहीँको लायकू दरबारमा दसैँमा तलेजुलाई चढाउने, कमलको पातमा तलेजुको पुजारीले भोज खानु पर्ने, साउनमा हुने नीलबाराही नाचमा यहीँकोे फूल चढाएर जात्रा चलाउने र जिब्रो छड्ने जात्रा चलाउने ५० वर्ष अगाडिको परम्परालाई नगरपालिकाले यसै वर्षदेखि सुरु गरेको बताउदै श्रेष्ठले उच्च अदालतले पनि जनताकै पक्षमा फैसला सुनाउने अपेक्षा गरेको बताउनु भयो । स्थानीय बिरेन्द्र जयना भन्नुहुन्छ “हामी बच्चा हुँदा पोखरीमा कमल फुल्थ्यो, पौडी खेलिन्थ्यो, पछि पुरियो, फोहर भयो, किनबेच भयो, बोडेका बासिन्दा पोखरी जोगाउन लागिरहयौँ, पोखरीमा अहिले कमलको फूल फुल्यो यो ठाउँ हेर्दा हेर्दै आन्तरिक पर्यटनको गन्तव्य बन्यो । आज यही कमल पोखरी फकाएन सेतै कपाल फुलेका बा, आमा समेत अदालतमा आउनु भएको छ ।” स्थानीयले जिल्ला अदालत भक्तपुरको फैसलालाई उच्च अदालतले सदर गर्ने विश्वासमा रहेकै बेलामा मिलापत्र गर्ने गरि प्रस्ताव आएपछि स्थानीय थप आक्रोसित बन्दै मिलापत्र गर्न पाइदैन भन्दै सार्वजनिक सम्पादा बिक्री गर्न पाइदैन जस्ता नारा लगाएको स्थानीय कृष्णभक्त पाँ श्रेष्ठले बताउनु भयो । यसबारेमा कमल पोखरी संरक्षण समितिका संयोजक चक्रधरले मुद्धाको अन्तिम किनारा लाग्ने चरणमा पुगेको भन्दै पोखरी खरिद गर्ने पक्षबाट मिलापत्र गर्ने प्रस्ताव आए पनि उच्च अदालतको फैसला नै अन्तिम हुने बताउनु भयो । पोखरीलाई सार्वजनिक रुपमानै फर्काउनु पर्ने माग गर्दै अदालत परिसर पुग्नु भएका मध्यपुरथिमि–८ का वडाध्यक्ष श्रेष्ठले दुई पक्षका कानून व्यवसायीले मिलापत्र गरेर पोखरीलाई सार्वजनिक गर्ने प्रस्ताव ल्याए पनि अदालतमा मुद्धा रहेकाले मिलापत्र तर्फ नलागी फैसला नै कुर्नु पर्ने भएको बताउनु भयो । अदालतमा मिलापत्र गरेर पोखरीलाई सार्वजनिक बनाउने, पोखरी किन्ने समूहलाई क्षतिपूर्तिको व्यबस्था गर्ने र उनीहरुलाई मध्यपुरथिमिमा सम्मान गर्ने प्रस्ताव आएपछि स्थानीय थप आक्रोसित हुदै पोखरी किनबेच गर्नेलाई कारबाही गर्नु पर्ने माग राखेका छन् । --- # बिरामी भेटन गएका एमाले उम्मेदवारलाई काँग्रेस कार्यकर्ताद्धारा आक्रमण Source: https://newskunda.com/archives/886 Category: FEATURED NEWS, अपराध, निर्वाचन, राजनीति, समाचार Last updated: 2022-05-12 भक्तपुर, २९ बैशाख । मोटरसाइकल दुर्घटना परेर घाइते भएका पार्टीको कार्यकर्तालाई भेट्न जादै गरेका एमालेका उम्मेदवारलाई काँग्रेस कार्यकर्ताले आक्रमण गरि कुटपिट गरेका छन् । नेकपा एमालेको तर्फबाट सूर्यबिनायक नगरपालिका वडा न. ५ का वडा अध्यक्षका उम्मेदवार राजकुमार जोशी र वडा सदस्यको उम्मेदवार मनोज थापा विरामी भेट्न जादै गरेको अबस्थामा झूटो आरोप लगाउदै कुटपिट गरेर घाइते बनाएका छन् । निवर्तमान वडाध्यक्षसमेत रहेका जोशीले भने “हामी बैशाख २७ गते चुनदेवीमा स्कुटर दुर्घटना भई मध्यपुर अस्पतालमा उपचार गरिरहेका हाम्रो पार्टीका सदस्य सुजन त्वायनालाई भेटघाट गर्न जादै थियौं, हामी चढेको गाडीलाई गुण्डा शैलीमा ३÷४ वटा मोटरसाइकलमा आएका कांग्रेस कार्यकर्ताहरुले अपशब्द प्रयोग गरी थप व्यक्तिहरु र प्रहरीलाई बोलाई गाडी खानतलासी गरे, प्रहरीले गाडी र हाम्रो खानतलासी गर्यो, तर कुनै प्रचार सामग्री र पैसा नभेटे पछि त्यस विषयमा छलफल गरेर घर फर्कने क्रममा फेरी स्थानीय नेपाल तरुण दल भक्तपुर जिल्ला अध्यक्ष राजु थापाको भाइ पर्ने प्रदिप थापा (बटे) भन्नेले निर्वतमान न.स.स एवं हाल एमालेबाट न.स.स पदका उम्मेदवार मनोज थापालाई एक्कासी सांघातिक आक्रमण गरि कुटपिट गरे ।” निवर्तमान वडाअध्यक्षसमेत रहनु भएका जोशीले आफूसहितको उम्मेदवारलाई काग्रेस कार्यकर्ताले झुटो आरोप लगाउदै आक्रमण गरेको र एमाले बिरुद्ध जनतालाई भ्रम फैलाउन केही सञ्चार माध्यमहरुमा ‘पैसा बाढ्न हिडेका एमालेका वडाध्यक्षका उम्मेदवार र वडा सदस्य कटुञ्जेमा नियन्त्रणमा’ भन्ने भ्रम पूर्ण समाचार सम्प्रेषण गर्न लगाएको भन्दै आपत्ति जनाएका छन् । नेकपा एमाले सबै खाले निर्वाचनलाई अत्यन्त शान्तिपुर्ण र सौहार्दपूर्ण तबरले सफल बनाउन प्रतिवद्ध जनाउदै निर्वाचन आचारसहिंताको पूर्णपालन गर्न र गराउन प्रतिबद्ध रहदै आएको अबस्थामा झूटो आरोप लगाउदै कांग्रेसले गाडीमै आक्रमण गरेर कुटपिट गरेको उनको भनाइ छ । अध्यक्षका प्रत्यासी उम्मेदवार तथा निवर्तमान वडाध्यक्ष जोशीले कांग्रेसले चुनावमा झुटको राजनीतिक फण्डामात्र मच्चाएको भन्दै काँग्रेसको योजनाबद्ध रुपमा फैलाएको भ्रममा नपर्न आम मतदाताहरुलाई हार्दिक अपिल गरेका छन् । यसबारेमा बुझ्दा महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी प्रमुख शिवकुमार श्रेष्ठले मौन अवधिमा एमाले र कांग्रेस दुवै पक्ष रातको समयमा हिडेको तर एमालेका उम्मेदवारहरुले पैसा बाढेको भन्ने प्रमाण कही कतै नभेटिएको बताए । दुवै पक्षको दावी फरक फरक भएता पनि पैसा बाँढेको प्रमाण पुग्ने कुनै पनि ठोस आधार नभएको एसपी श्रेष्ठको भनाइ छ । कांग्रेसको आक्रमण र भ्रम फैलाउने गतिविधिलाई कडा शब्दमा खण्डन गर्दै एमाले निकट राष्ट्रिय युवा संघको युथ फोर्सका जिल्ला प्रमुख रविन थापाले कांग्रेस तथा केही मिडियाको गलत प्रयोग गरेको भन्दै समाचारलाई पुष्टी गर्न चुनौती दिए । एमाले कार्यकर्ता माथि आक्रमण गरेर कानूनी फन्दामा परिने डरले भ्रम फैलाएको भन्दै कति पैसा कुन घरमा वा गाडीमा बरामद भयो ? प्रमाण पेश गर्न र सत्यता बुझेर समाचार लेख्न चुनौती दिनु भए । --- # बिस्केट जात्राको लिङ्गो ढालियो, भैरब र भद्रकालीको रथ जुधाइयो Source: https://newskunda.com/archives/2748 Category: FEATURED NEWS, धर्म/संस्कृति, समाचार, समाज Last updated: 2023-04-14 भक्तपुर, १ वैशाख : भक्तपुरको प्रसिद्घ बिस्केट जात्राको प्रमुख जात्रा मानिने लिङ्गो जात्रा आज साँझ ६ बजेर २ मिनेटमा लिङ्गो ढालेर सम्पन्न भएको छ । तान्त्रिक विधिअनुरूप पुजाअर्चना गरी आज साँझ लिङ्गो ढालिएर यो जात्रा सम्पन्न गरिएको हो । बिस्केट जात्राको चौथो दिन चैत ३० गते हिजो करिब पौने चार घण्टाको प्रयास पछि राती ७ बजेर ४० मिनेटमा भेलुखेल स्थित ल्यासिंखेलमा लिङ्गो ठड्याइएको थियो । पचपन्न हात लामो लिङ्गो तान्त्रिक विधिपूर्वक दशकर्म विधान गरी आज एक घण्टाको प्रयास पछि ढालिएको थियो । लिङ्गो ठड्याउनु अघि लिङ्गोको कोखा (टुप्पो)मा नाग र नागिनीको प्रतिकस्वरूप दुईवटा विश्व ध्वजा बाँधेर अष्टमातृकाका प्रतिक आठ वटा डोरीले तानेर उक्त लिङ्गो ठड्याइने प्रचलन रहेको छ । त्यही आठ वटा डोरीले आठ कुनामा बसेर लिङ्गो ढालिएको थियो । लिङ्गोको कोखामा झुण्ड्याइएका दुईवटा ध्वजालाई वीरध्वजा, विश्वध्वजा, र आकाशभैरवका ध्वजासमेत भनिन्छ । भक्तपुरको प्रसिद्घ बिस्केटको लिङ्गो जात्रा हेर्नाले सुख, समृद्घि,सहकाल आउनुका साथै शत्रु नाश हन्छन् भन्ने धार्मिक मान्यता रहेकाले यस जात्रालाई शत्रुहन्ता जात्रा पनि भन्ने गरिएको इतिहास तथा संस्कृतिविद्हरू बताउनुहुन्छ । लिङ्गो उभ्याइने र ढाल्ने जात्रा नै बिस्केटको प्रमुख जात्रा हो । मल्ल राजाहरूले भैरवनाथ र भद्रकालीको रथ जात्रा समावेश गरी तान्त्रिक पूजा विधि विधानसमेत थप गरी आठ रात नौ दिनसम्म जात्रा मनाउने प्रचलन थालिएको बताइन्छ । लिङ्गो ढालेपछि ल्योसिङखेलबाट भैरवनाथको रथ गःहिटीमा ल्याएर भैरवनाथ र भद्रकालीको रथ जुधाईएको छ । यसलाई स्थानीय भाषामा द्यो ल्वाकिगु भनिन्छ । जात्रामा रथ जुधाउनु अघि बेताल देवतालाई गःहिटीमा ल्याएपछि झ्यालबाट कुखुरा दिई बली चढाएर रथ जुधाउने परम्परा रहेको छ । भैरवनाथ र भद्रकालीको रथ जुधाउने जात्रा सम्पन्न भएपछि ती दुवै देवदेवीको पूजा गरिने परम्परा छ । --- # बिस्केट जात्रामा ३६ सिसि क्यामरा, तीन ड्रोनबाट निगरानी Source: https://newskunda.com/archives/3533 Category: FEATURED NEWS, धर्म/संस्कृति, राजनीति, समाचार, समाज Last updated: 2026-04-05 भक्तपुर, २२ चैत : तान्त्रिक बिधि अनुसार भक्तपुरमा नौ दिन आठरात सम्म भव्य रुपमा मनाईने ऐतिहासिक बिस्का (बिस्केट) जात्रामा ढुङ्गा हान्ने र जात्रा बिथोल्न खोज्नेलाई कडा कारबाही गरिने भएको छ । आज जिल्ला प्रशासन कार्यालय भक्तपुरमा प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालको नेतृत्वमा जात्रा सञ्चारन र सुरक्षा सम्बन्धी सुरक्षा निकाय एव सरोकारवाला निकायसंगको बैठकमा यस्तो निर्णय गरेको हो । बैठकले जात्रामा हुलदंगा गर्ने, ढुङ्गा हानाहान गर्ने, झैझगडा गर्नेलाई जात्रा अवधि भर हिरासतमा राखेर मुद्दा चलाउने र कहिल्य विदेश जान नपाउने गरी प्रहरी रिपोर्टमा कालोसूचीँमा रेकर्ड राख्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी ढकालले जानकारी दिनुभयो । जात्रामा शान्ति सुरक्षा कायम गर्न र जात्रा बिथौलन खोज्नेको सहज पहिचान गर्ने उदेश्यले जात्रास्थल आसपास क्षेत्रमा ३६ वटा सिसि क्यामेरा जडान गरि सञ्चालन गरिने र तीन वटा ड्रोन क्यामेराले समेत जात्राको निगरानी गरिने जिल्ला प्रहरी परिसर भक्तपुरका प्रमुख एवं प्रहरी उपरीक्षक सूर्यबहादुर खड्काले बताउनुभयो । सिसि क्यामरा प्रहरी कन्ट्रोल रुमबाट २४ सै घण्टा निगरानी गरिने जानकारी दिदै उहाँले गलत गतिबिधि गर्नेलाई तत्काल पक्राउ गरिने उहाँले जानकारी दिनुभयो । त्यसैगरि जात्रा अवधिभर भक्तपुरमा मादक पदार्थ बिक्री वितरण एवं ओसारपसारमा रोक लगाउने निर्णय गरेको छ । मादक पदार्थ बिक्री वितरण एवं ओसार पसार गर्ने, खुल्लमखुल्ला मदिरा सेवन गर्नेलाई समेत कारबाही गर्ने उहाँले बताउनुभयो । जात्रा अबधीभर शान्ति सुरक्षाका लागि नेपाल प्रहरी, शसस्त्र प्रहरी, सादा पोशाकका प्रहरी परिचालन गर्ने, भक्तपुरका अस्पतालहरुलाई आपतकालिन उपचारका लागि तयारी अबस्थामा राखिने, जिल्लाका एम्बुलेन्सहरुलाई जात्रास्थल आसपसमा समेत तयारी अबस्थामा राखिने, दमकल तयारी अवस्थामा राख्न निर्देशन दिएको छ । यसवर्षको बिस्का जात्रा २७ चैतदेखि ५ वैशाखसम्म सञ्चालन हुनेछ । जात्रा सञ्चालनका लागि रथ निर्माणदेखि आवश्यक तयारीसमेत गुठी कार्यालयले गरिरहेको छ । --- # बी.पी. विचार, राष्ट्रिय राजनीति र कांग्रेसबारे भक्तपुरमा विचार गोष्ठीको तयारी पुरा, सहभागि हुन आग्रह Source: https://newskunda.com/archives/4219 Category: FEATURED NEWS, अर्थ, राजनीति, समाचार, समाज Last updated: 2026-09-08 भक्तपुर, २३ भदौ । नेपाली कांग्रेस भक्तपुर जिल्ला कार्यसमितिले नेपाली कांग्रेसका संस्थापक नेता तथा जननायक बी.पी. कोइरालाको ११३ औँ जन्मजयन्ती भव्य रुपमा मनाउने भएको छ । आज नेपाली काँग्रेस भक्तपुर जिल्ला कार्यसमितिका सभापति दूर्लभ थापाले प्रेस विज्ञप्ती जारी गर्दै बुधबार ‘बी.पी. विचार, राष्ट्रिय राजनीति र नेपाली कांग्रेस’ विषयक विचार गोष्ठी आयोजना गर्ने र त्यसको तयारी पुरा भएको बताउनुभयो । जिल्ला सभापति थापाले बी.पी. कोइरालाले प्रतिपादन गर्नुभएको राष्ट्रियता, लोकतन्त्र र समाजवादका आदर्श तथा वर्तमान राष्ट्रिय राजनीतिको समसामयिक अवस्थाका विषयमा गहन छलफल गर्न गोष्ठी आयोजना गरेको बताउनु भयो । जिल्ला सभापति दूर्लभ थापाले भन्नुभयो, “यो गोष्ठी नितान्त नेपाली काँग्रेसको कार्यक्रम हो, यने कुनै गुट वा समूहको भेला वा कार्यक्रम होईन, नेपाली कांग्रेस भक्तपुर जिल्ला कार्यसमितिको आधिकारिक कार्यक्रम भएकाले सबै काँगे्रसजनलाई कार्यक्रममा सहभागि आग्रह गर्दछौं ।” यही भदौ २४ गते बुधबार दिउँसो १ बजे भक्तपुरको राधेराधेस्थित हेरिटेज पार्टी प्यालेसमा आयोजना हुने विचार गोष्ठीमा लोकतन्त्रवादी विचारधारामा विश्वास राख्ने नेपाली कांग्रेसका सम्पूर्ण नेता, कार्यकर्ता तथा शुभेच्छुकलाई उपस्थितिका लागि जिल्ला कार्यसमितिले आह्वान गरेको छ । उहाँले बी.पी. कोइरालाको राजनीतिक विचार र वर्तमान राष्ट्रिय राजनीतिको अवस्थामाथि छलफल गरी लोकतान्त्रिक तथा समाजवादी आदर्शलाई समसामयिक सन्दर्भमा अघि बढाउने उद्देश्य रहेको बताउनुभयो । --- # बेलबारी गोल्डकप : सीवेस्ट बङ्गाललाई हराउँदै सिरहा विजयी Source: https://newskunda.com/archives/2346 Category: FEATURED NEWS, खेलकुद, समाचार, समाज Last updated: 2022-11-02 मोरङ, १६ कात्तिक (रासस) : पाँचौँ बेलबारी बुद्धएयर अन्तर्राष्ट्रिय आमन्त्रण फुटबलको दोस्रो प्रि–क्वार्टरफाइनल खेलमा एमएमएफ सीवेस्ट बङ्गाल भारतलाई १–३ गोलले हराउँदै सहलेस युथ क्लब सिरहा क्वार्टरफाइनलमा प्रवेश गरेको छ । मोरङको बेलबारी–११ स्थित लक्ष्मी माविको खेल मैदानमा आज भएको प्रतियोगितामा भारत पहिलो खेलबाटै बाहिरिएको हो । सिराहासँगको प्रतिस्पर्धामा गोलको तालमेल मिलाउन नसक्नु भारतका लागि दुर्भाग्यपूर्ण बन्यो । बिहीबार हुने क्वार्टरफाइनल खेल झापाको रोलिङ क्लब धुलाबारी तथा आयोजक डाँगीहाट युथ क्लबबीच हुने प्रतियोगिता संयोजक विक्रम वान्तवा राईले जानकारी दिनुभयो । यही कात्तिक २५ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा नेपालका सात र विदेशका तीन गरी १० वटा टिमको सहभागिता रहेको छ । --- # बेलायतबाट फिर्ता ल्याइएका दुई पुरातात्विक कलात्मक सामग्री सङ्ग्रहालयलाई हस्तान्तरण Source: https://newskunda.com/archives/1768 Category: FEATURED NEWS, राजनीति, समाचार, समाज Last updated: 2022-08-25 काठमाडौँ, ९ भदौ : पुरातत्व विभागले बेलायतबाट नेपाल फिर्ता भएका दुई वटा पुरातात्विक एवं सांस्कृतिक महत्वका कलावस्तु र मूर्ति राष्ट्रिय सङ्ग्रहालयलाई हस्तान्तरण गरेको छ । ती दुई वटा पुरातात्विक महत्वका कलावस्तु आज यहाँ आयोजित एक कार्यक्रमबीच विभागका महानिर्देशक दामोदार गौतमले सङ्ग्रहालयका निर्देशक जयराम श्रेष्ठलाई हस्तान्तरण गर्नुभएको हो । नेपालबाट चोरी भएका दुई पुरातात्विक कलात्मक वस्तु लण्डनस्थित नेपाली राजदूतावास, त्यहाँको मेट्रोपोलिटन पुलिस र नेपालको पर्यटन मन्त्रालय र अर्थमन्त्रालयको समन्वयमा स्वदेशी फिर्ता गरिएको विभागले जनाएको छ । बेलायतबाट फिर्ता ल्याइएको सांस्कृतिक महत्वका र पुरातात्विक महत्वका दुई सम्पदा सङ्ग्रहालयलाई हस्तान्तरण गरिएको विभागका महानिर्देशक गौतमले जानकारी दिनुभयो । उहाँले नेपालको स्वामित्व भएका अरु धेरै चलायमान थप सांस्कृतिक सम्पदा पहिचान भई नेपाल फर्किने क्रममा रहेको बताउनुभयो । पुरातात्विक कलावस्तुमध्ये काठको कलात्मक तोरण कला शैलीको हिसाबले १७औँ वा १८औँ शताब्दीतिर बनेको मानिएको छ । उक्त तोरण काठमाडौँ महानगरपालिका–२३ मा रहेको कुमारी वहाको प्रवेशद्वार माथिबाट सन् १९८०–९० को दशकमा चोरी भएको थियो । यस्तै प्रस्तरबाट निर्मित नमस्कार मुद्रामा बसेको भक्तको मूर्ति कलाशैलीको हिसाबले १६औँ वा १७औँ शताब्दीमा बनेको मानिएको छ । उक्त मूर्ति कामनपा वडा नं २३ मञ्जुश्री मन्दिर नजिकै रहेको ओम बहालबाट सन् १९८० मा हराएको थियो । ती कलात्मक सामग्री विभिन्न माध्यम हुँदै लण्डनमा पुगेको र उत्पत्तिस्थल नेपाल भएको पुष्टि भएपछि लण्डनस्थित मेट्रोपोलिटन पुलिसको सहयोगमा १८ मार्च २०२२ मा लण्डनस्थित नेपाली राजदूतावासलाई हस्तान्तरण गरिएको थियो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले कलात्मक वस्तुको बीमा तथा ढुवानीको खर्च बेहोरेर ती कलात्मक वस्तु नेपाल ल्याइएको हो । नमस्ते एटुजेट कम्पनी लण्डनसँग समन्वय गरी कलात्मक सामग्रीहरु भदौ ७ गते टर्किस एयरबाट इस्तानबुल हुँदै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेको विभागको प्रेस विज्ञप्तिमा उल्लेख छ । हालसम्म भारत, तिब्बत, अस्ट्रिया, अमेरिका, जर्मनी, इटाली र युरोपियन नागरिकबाट गरी जम्मा ७२ थान मूर्तिहरु, धार्मिक ग्रन्थ तथा कलावस्तु साथै बेलायतबाट २०५२ चैत १९ मा फिर्ता भएका १९ थान र भदौ ७ गते फिर्ता भएका दुई थान कलात्मक वस्तु गरी जम्मा ९३ थान कलात्मक वस्तु विभिन्न राष्ट्रिय अन्तर्राष्ट्रिय व्यक्ति तथा सङ्घसंस्थाको प्रयासबाट फिर्ता भइसकेको विभागले जनाएको छ । यसबाहेक अमेरिका, फ्रान्स, बेलायत, जर्मनी, अस्ट्रेलिया जस्ता देशबाट थप अरु केही कलावस्तु फिर्ताका लागि कूटनीतिक पहल भइरहेको छ । महानिर्देशक गौतमले नेपाल फिर्ता भएका पुरातात्विक वस्तुको कानूनी प्रक्रिया पु¥याएर हराएका स्थानमा कलावस्तु प्रतिस्थापन गरिने जानकारी दिनुभयो । विभिन्न माध्यमबाट नेपालको सम्पदा पहिचान भएका मूर्तिको फिर्ता गर्ने, विभिन्न देशमा छरिएका मूर्तिको संरक्षण गर्न र मूर्ति भविष्यमा हराउन नदिन सचेतना अभिवृद्धि गरिनेछ । पर्यटन मन्त्रालयले हराएर विभिन्न मुलुकमा फेला परेका सम्पदाको नेपाल फिर्ताका लागि बजेट विनियोजन गरेर काम गरिरहेको विभागले जनाएको छ । --- # बैंकहरुबीच किन चल्यो त हानाथाप ? Source: https://newskunda.com/archives/2222 Category: FEATURED NEWS, अर्थ, लेख, समाज Last updated: 2022-09-24 अनुसा थापा (भक्तपुर) काठमाडौं ।पछिल्लो समय बैंक र सहकारीले ब्याजदर ह्वात्तै बढाएका छन् । बैंकले १५–१८ प्रतिशत व्याज दिन्छु भनेर सर्वसाधारण तान्न खोजेका छन् । १० हजार होस् या १० लाख होस् बैंकले ब्याजदर ह्वात्तै बढाएको छ । अझ मुद्धती खातामा पाँच वर्ष राख्नेलाई २० प्रतिशतसम्म ब्याज दिने बताउदैं आएका छन् । अहिले बैंक नै पिच्छे ब्याजदर फरकफरक छ । अर्काको बैंकमा भएको पैसा तान्नका लागि बैंकहरुबीच नै हानाथाप भएको छ । एउटाले १३ प्रतिशत दिइरहेको छ भने अर्को बैंकले १८ प्रतिशत ब्याज दिन्छु भनेर लोभ्याइरहेका छन् । केही समययता बैंकहरुको अवस्था नाजुक भइसकेको छ । तरलताको अभावले गर्दा बैंकहरुलाई बचतकर्ताको रकम फिर्ता गर्न पनि सकस परेको छ । बचतकर्ता चेक लिएर बैंक पुग्यो भने विभिन्न बहाना बनाएर पैसा फिर्ता दिन खोज्दैनन् । तातोचिसो भन्दै झुल्याउने अनि व्याज बढाइदिने प्रलोभनमा पार्ने । जसरी हुन्छ, बैंकमा भएको रकम त्यही रोक्न खोज्छन् । अहिले हरेक बैंकले भकाभक व्याजदर बढाइरहेको छ । बचतकर्ताहरु पनि जुन बैंकले बढी व्याज दिन्छ त्यतै दौडिरहेका छन् । एउटाबाट निकालेर अर्कोमा लगेर राख्ने क्रम बढेको छ । यता, बैकबाट ऋणबाट खाने ऋणीहरु अहिले तनावमा देखिएका छन् । बैंकको ऋण तिर्न नसक्ने भयौं भनेर उनीहरुले हात उठाइसकेका छन् । बैंकले बढी ब्याज देखाएर पैसा त उठाएका छन्, तर कहाँ लगानी गर्ने ? उद्योग व्यवसायीले व्याजदर बढी भयो भनेर विरोध गरिरहेका छन् । बैंकले जसरी बढी ब्याजमा डिपोजटकर्ताबाट रकम असुलेको छ त्यसैगरी लगानी गर्न पनि त सक्नुपर्ला । वित्तिय संस्था डुबिसकेको छ भनेर दुई वर्ष अघिदेखि नै अड्कलबाजी गर्न थालिएको थियो । सहकारीहरु भाग्छन् भनेर पहिले हल्ला भएको थियो अहिले प्रमाणित भइसकेको छ । बैंकको जोखिमपूर्ण लगानीले सबैलाई चुलुम्मै डुबायो । अहिले घरजग्गामा स्वाटै मन्दी आएको छ । पाँच दशक अगाडिको रेट र अहिलेको रेट उति नै छ । मालपोत कार्यालयमा घरजग्गा नामसारी ठप्पजस्तै छ । दिनमा एकदुई वटा पनि नामसारी हुदैन् । बजारमा घरजग्गा बेच्ने यत्तिकै छ किन्ने कोही पनि छैनन् । यता, कुनै दिन २२ अर्बसम्म कारोबार भएको सेयर अहिले ६५ करोडमै सिमित बनेको छ । तीन हजार प्रतिकित्ता किनेको सेयर २० रुपैयाँमा बेच्छु भन्दा पनि किन्ने कोही भेटिदैनन् । कर्जा लिएर सवारी साधन किन्नेहरुले पनि हात उठाएका छन् । गाडी लिलाम गर हामी कर्जा तिर्न सक्दैनौं भनेर ऋणीहरु सडकमा आइसकेका छन् । बरु, घरजग्गा र सेयर नै लिलाम गर्ने पक्षमा ऋणीहरु छन् । सहकारीहरुले २२ देखि ३६ प्रतिशत ब्याज दिन्छौ भनेर पैसा उठाइरहेका छन् । बैंक र सहकारीले राखेको पैसा फिर्ता नदिएपछि मिटरब्याजमा पैसा चलाउनेहरु बढेको बताइन्छ । मिटरब्याजमा पैसा लिएर आफ्नो समस्या हल गरेका कुराहरु बाहिर आइरहेका छन् । पछिल्लो समय मिटरब्याजमा लगानी गर्नेको संख्या ह्वात्तै बढेको छ । वित्तिय संस्थाबाट ऋण लिनेहरु ऋण तिर्नुको साटो सडकमा उत्रिनेतिर लागिपरेका छन् । यहाँबाट राजनीति छिरेको छ । ऋण लिइसकेपछि तिर्नु हरेक ऋणीको दायित्व हो । तर, ऋण तिर्न छाडेर वित्तिय संस्थालाई चक्नाचुर बनाउनतिर ऋणीहरु लागेका छन् । बैंक फाइनेन्सबाट लिएको ब्याजदर मँहगो भयो भनेर उद्योग व्यवसायीहरु पछि हटेका छन् । उनीहरुले बैंकबाट लिएको कर्जा तिर्न सक्दैनौ भनेर घोषणा गरिदिएका छन् । यता, होटल व्यवसायी, यातायात व्यवसायी, सेयर होल्डर, घरजग्गा व्यवसायी, निर्माण व्यवसायीहरुले पनि आन्दोलन छेड्ने भएका छन् । अब ऋणमा पनि राजनीति हुन्छ, बैंक फाइनेन्स डुबाउने खेल अगाडि बढेको छ । पर्दाभित्र बसेर राजनीतिक दलहरुले कर्जा लिनेहरुलाई सडकमा उत्रिन लगाउछन् । माइतीघरमा दिनहु धर्ना हुन्छ । अनशन बसेर बैंकलाई घुँडा टेक्न बाध्य बनाउछन् । ऋण तिर्न जानुको साटो माइतीघरमा आन्दोलन गर्न जान्छन् । जिल्लाजिल्लामा विरोध शुरु हुन्छ । राजनीतिक दलको झोले बन्छन्, सडकमा कराउदैं हिड्छन् । त्यसपछि बै.कको स्थिति थप नाजुक बन्छ । बैंकले कर्मचारीलाई तलब खुवाउन सक्दैन्, घरभाडा तिर्न सक्दैन् । यता, कर्जा दिदा राखेका धितो पनि बिक्री हुदैन् । अनि बैंकको त भागाभाग शुरु भइहाल्छ । अन्त्यमा डुब्ने भनेको बैंक हो । पहिलेपहिले ५० लाखको जग्गा धितो राखेर २० लाख ऋण लिन्थे । भोलि कर्जा तिर्न गाह्रो परे जग्गा बेचेर बैंकको कर्जा तिर्थे भने बाँकी भएको पैसा आफ्नै हुन्थ्यो । तर, अहिले त जग्गाको मूल्यमै मन्दी छाएको छ । बरु जग्गै छोडिदिने पक्षमा ऋणीहरु देखिन्छन् । बैंक फाइनेन्ससंग अन्तिम विकल्प भनेको धितो स्वीकार गर्नु हो । तर, धितो स्वीकारेर पनि के गर्नु ? धितो बिक्री हुदैंन् । बैंक त चारैतिरबाट फसिसकेको छ । धितोको मूल्य घटेपछि र बिक्री नभएपछि जनताको पैसा बैंकले कसरी फिर्ता गर्छ ? सावा त तिर्न सक्दैन् भने ब्याजको कुरै छोडौं । जग्गा र सेयरको मूल्य बढाउने नै व्यापारी हुन् । बैंक र सरकारले चाहेर जग्गा र सेयरको मूल्य बढ्दैन् । तर, अहिले व्यापारीहरुमै भागाभाग मच्चिएको छ । सेयर र जग्गाको मूल्य घटेर उनीहरुले नै ऋण तिर्न सकेका छैनन् । सरकारले पहिल्यै बैंक फाइनेन्समा अंकुशे लगाइदिएको भए आज यस्तो अवस्था आउदैनथ्यो । नेपाल राष्ट्र बैंक र सहकारी विभागले नियमन नगर्दा र छाडा छोडिदिँदा आज यस्तो दुर्दशा लाग्यो । नाफाको पछाडि भागिरहेको बैंक फाइनेन्सले कहिल्यै पछाडि फर्केर हेरेन् । सधैं नाफा भइरहन्छ, हामी रातदिन धनी भइरहन्छौं भन्ने सपना अहिले आएर टुक्राटुक्रा भएको छ । बैंक र सहकारीले यत्रो ब्याज दिने प्रलोभनमा पारेर पैसा उठाउदा राष्ट्र बैंक र सहकारी विभाग के हेरेर बसेको छ ? ब्याजको लोभमा पारेर सावा नै डुब्ने अवस्था आँउछ । यस्तो हुँदा पनि सम्बन्धित निकाय हात बाँधेर बस्नाले के अर्थ लाग्छ ? सरकार पनि कतै जनताको पैसा डुबाउने खेलमा सामेल त छैन् ? सवाल उठेको छ । दिनानुदिन सहकारीहरु बचतकर्ताको रकम कुम्ल्याएर भागेको खबरहरु बाहिर आइरहेका छन् । नभागेकालाई समेत दैनिक पाँच हजार फिर्ता गर्न गाह्रो छ । यता, बैंकले एक लाखको चेक साट्न सक्दैन् । अबको एक वर्षमा धेरै बैंक फाइनेन्स डुब्छ भनेर अड्कलबाजी लगाउन थालिएको छ । बढी व्याजको प्रलोभनमा परेर पैसा नराख्नुस भनेर सरकारले सचेत गराएका छैनन् । सहकारी विभागले १६ दशमलव ३ प्रतिशतभन्दा बढी व्याजमा कर्जा लगानी पाइदैन भनेर प्रावधान बनाएको छ । यता, सेवाशुल्क एक प्रतिशत मात्र लिन पाउने भनिएको छ । तर, सहकारीहरुले २२ देखि ४३ प्रतिशतमा कर्जा लगानी गरेका छन् । अनि खोइ त सहकारी विभाग ? विभागले बनाएको नियमकानूनको धज्जी सहकारीहरुले उडाइरहेका छन् । विभागको महानिर्देशक गैरजिम्मेवार हुँदा बचतकर्ता र ऋणी दुवै ठगिए । सहकारीको कारणले गर्दा आज देशको अर्थतन्त्र धरासायी बन्यो । कर्जा लिनेहरु त डुबि नै हाले । कतिपयको घरमा रुवावासी चलेको छ । चाँडो नाफा कमाउन र घुस खानका लागि जनताको पैसा दाउमा लगाए । न कानून नै यिनीहरुले माने । आखिरी सरकारभन्दा बलियो त बैंक फाइनेन्स रहेछ भन्ने कुरा स्पष्ट भयो । बढी ब्याजको लोभमा परेर बैंकमा लगेर पैसा राख्दा सावा नै डुब्न सक्छ । त्यसैले, जनता आफैंमा चेतनशील हुनुपर्यो । कतिपय बैंकल विज्ञापन गरेर पैसा उठाउन खोजेका छन् । विज्ञापनमा समेत प्रलोभनमा पार्ने विषयहरु मात्र समेटिएको छ । विज्ञापनको भरमा जनताले बैंक फाइनेन्समा लगेर पैसा राख्नुहुन्न । कानुनमा विज्ञापन बजाउन रोक लगाइएको छ तर कत्ति पनि टेरेका छैनन् । घरभाडा तिर्न, कर्मचारीलाई तलब खुवाउन गाह्रो परेपछि कतिपय बैंकले शाखा बन्द गर्दै आएका छन् । बैंक फाइनेन्स एउटा व्यापारिक संस्था हो । जति नाफा हुन्छ त्यति खाने त हो । तर, अहिले सबैतिर मन्दी छाएको छ । भएका कर्मचारीलाई तलब दिनसमेत गाह्रो परेको अवस्था छ । बैंक फाइनेन्सकै कारणले ऋणी र बचतकर्ता दुवै ‘घर न घाट’ को हुने भए । हामीले यति नाफा कमायौं भनेर झुठो विवरण सार्वजनिक गरेर जनता लुट्ने काम भइरहेको छ । बुढाबुढी र धेरै बचत गर्नेलाई सम्मान गरेजस्तो देखाएर सहकारीहरुले ठगिरहेका छन् । --- # बोडेमा साहुको हत्या, चार पक्राउ Source: https://newskunda.com/archives/1255 Category: FEATURED NEWS, अपराध, समाचार, समाज Last updated: 2022-06-12 भक्तपुर, २९ जेठ । मध्यपुरथिमि नगरपालिका–८ बोडेकास्थानीय ५१ वर्षीय कल्याण साहुको हत्या गरिएको अबस्थामा जेठ २९ गते घर नजिकै टहरामा शव भेटिएको छ । काठको फर्माले हानेर हत्या गरेको अबस्थामा बोडेको लर्डबुद्ध स्कुल अगाडि निर्माणाधिन टहरामा साहुको शव घोप्टो परेको अबस्थामा भेटिएको महानगरीय प्रहरी परिसर भक्तपुरका डिएसपी राजु पाण्डेले जानकारी दिनु भयो । घट्ना परिवारबाट भएको हो वा अन्यबाट भन्ने अनुसन्धान भइरहेको जानकारी उहाँले दिनु भयो । प्रहरीले घट्नास्थलबाट रगताम्मे भएको फर्मा बरामद गरेको जानकारी दिदै उहाँले हत्या आशंकामा चार जनालाई पक्राउ गरेर अनुसन्धान गरिरहेको प्रनाउ पाण्डेले जानकारी दिनु भयो । प्रहरीले शव पोष्ट मार्डमका लागि शिक्षण अस्पताल दुवाकोट पठाएर अनुसन्धान सुरु गरेको छ । --- # बौद्ध समुदायले मनाइने गुँला पर्व आजबाट सुरु Source: https://newskunda.com/archives/2891 Category: FEATURED NEWS, अर्थ, जीवन शैली, धर्म/संस्कृति, राजनीति, समाचार, समाज Last updated: 2023-08-17 भक्तपुर, ३२ साउन । चान्द्रमासअनुसार श्रावण शुक्ल प्रतिपदादेखि भाद्र शुक्ल प्रतिपदासम्म नेवार समुदायले एक महिनासम्म मनाउने गुँला पर्व आजबाट सुरु भएको छ । बिशेष गरि बौद्ध समुदायले मनाइने यो पर्वमा सांस्कृतिक बाजागाजाका साथमा बुद्ध भगवानको भजनकीर्तन गाएर मठमन्दिर, बौद्ध चैत्य परिक्रममा गर्ने गरिन्छ । नेपाल भाषामा ‘गुँ’ को अर्थ नवौं र ‘ला’ को अर्थ महिना हो । यसरी गुँलाको अर्थ नवौं महिना भन्ने बुझिन्छ । आजै बिहानबाट बिभिन्न स्थानीय बौद्ध चैत्यहरुको परिक्रमा सुरु भएको यो पर्व भदौ ३० गते सम्पन्न हुनेछ । बौद्ध समुदायबाहेक हिन्दु धर्मावलम्वीका नेवार समुदायले पनि पछिल्लो वर्षहरुमा यो पर्व मनाउन थालेको स्थानीय संस्कृकर्मी रामशेखर शाक्यले बताउनु भयो । हरेक दिन दुईदेखि ३०० धर्मावलम्बीको सहभागिता रहने गुँला बाजाले प्रत्येक बिहान नगरका विभिन्न मठमन्दिर, बौद्ध विहार र चैत्य परिक्रमा गरेर विशेष पूजाआजाका साथ मनाउने उहाँलेक बताउनु भयो । यो पर्वको एक महिनाको अवधिमा नागपञ्चमीका दिन चाँगुनारायण मन्दिरमा, गाईजात्राका दिन भक्तपुर सहरको विभिन्न मठमन्दिर, देवालय र विहारको परिक्रमा समेत गर्ने प्रचलन छ । यस पर्वमा विशेषगरी स्वयम्भू महाचैत्य, बौद्ध चैत्य, स्थानीइ बहाः, बही, चैत्यलगायत उपत्यकाका विभिन्न चैत्यस्थलको दैनिक परिक्रमा गरिन्छ । यो पर्वमा राँगा, भेडाको सिङबाट बनाइएको ‘न्याकुँ’ बाजा, दाफा, धाः, बाँसुरी, धिमे, भुस्यालगायत नौ बाजा बजाएर परिक्रमा गर्ने प्रचलन छ । काठमाडौंवासीले स्वयम्भू महाचैत्य दर्शन गरेपछि शोभा भगवती हुँदै विजयेश्वरी र त्यहाँबाट केलटोलस्थित सेतो मत्स्येन्द्रनाथ दर्शन गर्ने, ललितपुरवासीले पाटन र चोभारस्थित मत्स्येन्द्रनाथ मन्दिर, मन्जुश्री, गोल्डेन टेम्पल लगायत पाटनका विभिन्न विहार÷महाविहारमा पूजा गर्न गर्ने गर्दछन् । भक्तपुर र मध्यपुरथिमिमा पनि यो पर्व बिभिन्न बहाः बहि, चैतयलगायतको परिक्रमा गरि मनाउने गरिन्छ । धार्मिक दृष्टिकोणले यस पर्वसँगै नाग पञ्चमी, पञ्चदान, रक्षाबन्धन जनैपूर्णिमा, गाईजात्रा, मतःयाः, देवपत्तनमा खड्गजात्रा, कृष्णाष्टमी, बाबुको मुख हेर्ने पर्व आउँछन् । उपत्यकावासीले गाईजात्रा सापारुका दिन ललितपुरस्थित कुम्भेश्वर मन्दिर, काठमाडौँको स्वयम्भू, शोभा भगवती, गणबहालको सेतो मच्छिन्द्र्रनाथ र अन्तिम दिन ललितपुरको बुङ्मती, खोकना, कीर्तिपुरको जलविनायक र चोभारको आदित्यनाथ मन्दिरमा गएर विशेष पूजाआजा गरी सम्पन्न गर्ने गुरु महाबीर बज्राचार्यले बताउनुभयो । कतिपय ठाउँमा गुँला पर्वमा बजाउने बाजागाजामा आर्थिक अभाव र जनशक्ति अभावका कारण कपाली समुदायले बजाउने म्वाली बाजाबिना नै गुँला पर्व मनाएको गरिएको छ । गुरु बज्राचार्यले यो पर्वमा एक महिनासम्म दशशीलको पालना गर्नु पर्ने बताउनु हुन्छ । त्यो नसक्नेले अष्टशील र त्यो पनि नसक्नेले पञ्चशील पालना गर्नुपर्ने भन्दै यो अबधीमा कम्तीमा पनि प्राणी हिंसा नगर्ने, कसैले नदिइ केही पनि नलिने, नराम्रो काम गर्ने, झुटो कुरा नबोल्ने, लागुपदार्थ एवं मद्यपान नगर्ने, परस्त्री सम्पर्क नगर्ने बताउनुहुन्छ । सकेसम्म अग्लो खाटमा नसुत्ने, मनोरञ्जन नगर्ने, समयमै भोजन गर्ने, आभूषण ग्रहण नगर्ने र ब्रह्मचर्यमा बस्ने सके दशशीलनै पालना हुने उहाँले बताउनुभयो । त्यस्तै यसवर्ष आज बिहान मध्यपुरथिमि नगरपालिका–१, लोहकिल्थलीस्थित दिव्यश्वरी ज्ञानमाला भजन खलःले गुँला यात्रा निकालेको छ । खलले सार्वजनिक रुपमा आव्हान गरि गुँला पर्वको अवसरमा ४ गते चाँगुनारायण, ६ गते बुधवार साँखु बज्रयोगिनी,१३ गते काभ्रेपलाञ्चोकको नमो बुद्ध, २० बुधवार बाडेगाउँ, २७ गते ललितपुरको जलविनायक र कार्यविनायक तथा ३० गतेस्वम्भु महाचैत्यको परिक्रमा गर्ने गरि पर्वमा सहभागि हुन आव्हान गरेको छ । स्थानीयले महिलाहरुले नेवारी पोशाक लगाएर परिक्रमा र्गे प्रचलनछ । स्थानीयले बौद्ध चैत्यसँगै इष्टदेवता, गणेश, भीमसेन भैरवलगायतका देवी देवताको समेत परिक्रमा गर्ने प्रचलन बढेको छ । पर्व अबधीभर माछा मासु, जाँडरक्सी, गुन्द्रुक खान नहुने नियम छ । आज बिहानैदेखि मधयपुरथिपम, भक्तपुरका बिभिन्न चैतयहरुमा नौ बाजा बजाउदै परिक्रमा गरि गुलाँ पर्व सुरु भएको छ । --- # ब्रम्हायणी जात्रा बिहानैदेखि हजारौँको भीड, दिनभर मेला, शरीरमा बत्ति बालेर मन्दिर पुगे भक्तजन Source: https://newskunda.com/archives/4948 Category: FEATURED NEWS, अर्थ, धर्म/संस्कृति, राजनीति, समाचार, समाज Last updated: 2026-10-21 भक्तपुर, ४ कात्तिक : प्रत्येक वर्ष विजयादशमीको दिन भक्तपुरको ब्रम्हायणी मन्दिरमा लाग्ने ब्रम्हायणी जात्रामा रातिदेखिनै दर्शनार्थीको भीड लागेको छ । नवदुर्गाको शक्तिपीठका रूपमा मानिने ब्रम्हायणी मन्दिरमा आज त्रिपुरा सुन्दरी प्रकट हुने जनविश्वास अनुरूप परम्परादेखि नै विजयादशमीको दिन यहाँ भव्य मेला लाग्ने गर्दछ । भक्तपुरवासीले धिमेबाजा बजाउँदै घरघरबाट मध्यरातीदेखि नै ब्रम्हायणीमा मेला भर्न भीड लागेको थियो । व्रत बसेकाहरू घरदेखि मन्दिरसम्म घस्रिँदै, पल्टिँदै र शरीरमा ५, ७ र १८ वटा दीप (दियो) बालेर ब्रम्हायणी मन्दिर जाने र पूजा गर्ने प्रचलन रहे अनुसार यहाँका बासिन्दाले शरीरमा बत्ति बालेर र शरीर नापेर ब्रम्हायणीसम्मको याा पुरा गरेका छन् । यो परम्पराले मनोकाङ्क्षा पूरा हुने, धर्म प्राप्त हुने जनविश्वास रहेको छ । मन्दिरमा आज नवदुर्गा प्रकट हुने विश्वासका साथ दिनभरी नै भव्य मेला लाग्ने गर्दछ भने नेवार समुदायले आज मोहिनी नखः गरि घरघरमा कालो टीका लगाएपछि प्रत्येक घरबाट पुजा लिएर मन्दिर जानै पर्ने परम्पराका कारण दिनभर हजारौको भीड लाग्ने गर्दछ । ब्रम्हायणी मन्दिरमा पूजा गर्न भक्तपुर, मध्यपुरथिमि, ताथली, सुडाल, बागेश्वरी, चित्तपोल, सिपाडोल, नंखेल, गुण्डुलगायत काभ्रे, ललितपुर र काठमाडौँदेखिका भक्तजनहरू आउने गर्दछन् । मन्दिरमा जमरा, हाँसको फूल, हाँस, बोका, कुखुराको भालेको बलीसमेत दिने गरिन्छ । गाँठेमंगलका दिन नवदुर्गा मन्दिरमा ल्याएर पालिएको महिषासुर दैत्यको प्रतिक खःमेय अर्थात राँगोलाई हिजा साँझ नवदुर्गा मन्दिरबाट जाँड खुवाएर मत्ताएर अबिर र तेल दलेर दौडाउदै, लखेट्दै ब्रम्हायनी मन्दिर पुर्याएर बद्य गरेपछि रातीदेखि नै यो जात्रा सुरु भएको थियो ।––– --- # भक्तपुर अदालतको फैसला सदर गर्दै बिक्री भएको कमल पोखरी सार्वजनिकनै हुने उच्च अदालतको फैसला, खुसीयालाी मनाउदै बोडेवासीले गरे बाजागाजासहित पोखरी परिक्रमा Source: https://newskunda.com/archives/1332 Category: FEATURED NEWS, समाचार, समाज Last updated: 2022-06-15 भक्तपुर, १ असार : मध्यपुरथिमि नगरपालिका–८ बोडेस्थित सयौँ वर्ष पुरानो धार्मिक, ऐतिहासिक एवं साँस्कृतिक महत्व बोकेको कमल पोखरी अर्थात पलिस्वाँ पुखुःसार्वजनिक नै रहेको अदालतले फैसला गरेको छ । आज उच्च अदालत पाटनले कमल पोखरीको मुद्धाको अन्तिम किनारा लगाउदै उक्त पोखरी सार्वजनिक नै रहेको फैसला गरेको हो । अदालत परिसरबाट मध्यपुरथिमि नगरपालिकाका पूर्व नगर प्रमुख मदनसुन्दर श्रेष्ठले उच्च अदालत पाटनका न्यायाधिसद्धय राजेन्द्र खरेल र रमेश ढकालको संयुक्त इजलालसले भक्तपुर जिल्ला अदालतको फैसलालाई सदर गर्दै कमल पोखरी सार्वजनिक रहेको फैसला गर्नु भएको जानकारी दिनु भयो । उहाँले भन्नुभयो, “कमल पोखरी बिक्री भएपछि बोडेका बासिन्दाले पोखरी जोगाउन संरक्षण समिति बनाएर अभियाननै चाल्नु भयो, भक्तपुर जिल्ला अदालतले २०७५ साल असार १९ गते पोखरी सार्वजनिक भएको फैसला गर्दै संरक्षणलाई आदेश दिए पछि नगरपालिकाले तत्कालै ७५ लाखको बजेट विनियोजन गरेर संरक्षण अभियान थाल्यौ, आज फेरी जनताको पक्षमा फैसला आउँदा हामी खुसी भएका छौँ ।” पाटन उच्च अदालतको प्रत्येक पेशीदेखि हिजो र आजसम्म बोडेका युवा, महिला, जेष्ठ नागरिक, जनप्रतिनिधिदेखि यहाँका बासिन्दाले अदालत परिषर क्षेत्रमा पोखरी सार्वजनिक रुपमा फर्काउन माग गर्दै हात हातमा प्ले कार्ड बोकेर धर्ना दिएका थिए । अदालतको फैसला आउने बित्तिकै धर्नामा बसेका स्थानीयवासीमा खुसीयाली छाएको स्थानीयवासी एवं शिक्षासेवी बिरेन्द्र जयनाले बताउनु भयो । उहाँले भन्नुभयो, “आज जनताको जित भएको छ, यो फैसलाले सिंगो बोडेवासी र मध्यपुरवासीमा खुसी छाएको छ, सेतै कपाल फुलेका जेष्ठ नागरिकदेखि महिला, युवा, नेतासमेतले घाम पानी नभनी पोखरी फर्काउन लागिपर्नु भएको थियो । यो फैसलाले सार्वजनिक सम्पत्तिमा आँखा लगाउने भूमाफियालाई सचेत गराएको र जनताको पक्षमा फैसला आएको छ ।” आज दिनभर पूर्व नगर प्रमुख श्रेष्ठ, वर्तमान् नगर प्रमुख सुरेन्द्र श्रेष्ठ, उपप्रमुख विजय श्रेष्ठ, ८ नं.का वडाध्यक्ष रमेश थापा श्रेष्ठ, कमल पोखरी संरक्षण समितिका संयोजक गणेशमान चक्रधर, अन्य जनप्रतिनिधि, नगरपालिकाका कर्मचारी तथा स्थानीयवासी जनताको पक्षमा फैसला आउने आशामा अदालत परिसरमा बस्नु भएको थियो । तत्कालीन बोडे गाउँ पञ्चायत–६ कित्ता नं. १ को १५ रोपनी ९ आना सार्वजनिक पोखरी २०४२ साल असार ३१ गते पोखरीको रेखदेख गर्ने कान्छी पोडेनीको नाममा दर्ता भई २०५१ साल माघ २२ गते अधिकृत वारेशनामा बकसपत्र गरी मनाङ्ग घरभई काठमाडौं ठमेल बस्ने ग्ल्याल्पो गुरुङ्गको नाममा पास भएको थियो । जसमध्ये १३ रोपनी ९ आना ग्ल्याल्पोको नाममा, १ रोपनी तेन्जी शेर्पिणीको नाममा, एक रोपनी कर्सी जद्योना गुरुङ्गको नाममा पास गरी हाल ग्ल्याल्पोले अन्य विभिन्न व्यक्तिको नाममा जग्गा पास गरेर बिक्री गरेको पाइएको थियो । स्थानीय गणेशमान चक्रधरको संयोजकत्वमा ऐतिहासिक कमल पोखरी (पलिस्वाँ पुखुः) संरक्षण समितिनै गठन गरी पोखरीको धनीपूर्जा खारेज गरी पोखरीलाई सार्वजनिक कायम गर्न माग गर्दै मुद्धा दायर गरेका थिए । त्यसपछि जिल्ला अदालत भक्तपुरले २०७५ साल असार १९ गते मंगलबार वादी कान्छा चक्रधर र प्रतिवादी सुर्जेराम श्रेष्ठसमेत भएको उक्त मुद्दामा जिल्ला न्यायाधीश मातृकाप्रसाद मरासिनीको इजलासले मध्यपुरथिमि–८ बोडेस्थित कमलपोखरीलाई सार्वजनिक कायम गरी संरक्षण गर्नुपर्ने फैसला सुनाउदै पोखरीको संरक्षण गर्न आदेश जारी गरेको थियो । जग्गा खरिद गर्ने पक्ष जिल्ला अदालतको फैसला बिरुद्ध उच्च अदालत पाटनमा मुद्धा दर्ता गराएका थिए । अवैध रुपमा दर्ता तथा किनबेच गरि पोखरी पुरेर जग्गा टुक्राउन डोजर आए पछि मात्रै पोखरी बिक्री भएको स्थानीयले चाल पाएका थिए । मध्यपुरथिमि नगरपालिकाले दुई वर्ष लगाएर कमल पोखरी संरक्षण अभियान चलाउदै पोखरी सफा गर्ने, पोखरीमा पानी भर्ने वरिपरि ढुङ्गाको पर्खाल निर्माण गर्दै पोखरीको वरिपरि दाँची अप्पा, माँअप्पा इँटाको प्रयोग गरेर कलात्मक र ऐतिहासिक शैलीमा पुनःनिर्माण गरी बार लगाइएको छ । पोखरीको वरिपरि निर्माण भएको १० फिट चौडाइको ढलानसहितको फुटपाथ त्यसमाथि पोखरीको डिलमा तेलिया इँटा छापेर खाली खुट्टाले पनि हिँड्न मिल्ने बनाइएको छ । पोखरीमा पाँच लाखको लागतमा दुईवटा डुङ्गा सञ्चालनमा ल्याएको, दुई हजार माछाको भुरा छाडेको र पोखरीमा रोपिएको कमलको बिरुवाबाट अहिले फूल फुल्न थालेको छ । पोखरीमा अहिले आन्तरिक पर्यटकको गन्तव्य बनेको छ । यहीँ पोखरीमा फुलेको कमलको फूल यहीँको लायकू दरबारमा दसैँमा तलेजुलाई चढाउने, कमलको पातमा तलेजुको पुजारीले भोज खानु पर्ने, साउनमा हुने नीलबाराही नाचमा यहीँकोे फूल चढाएर जात्रा चलाउने र जिब्रो छेड्ने जात्रा चलाउने ५० वर्ष अगाडिको परम्परालाई नगरपालिकाले यसै वर्षदेखि सुरु गर्न पाएको श्रेष्ठले बताउनु भयो । उच्च अदालतको फैसलामा खुसीयाली मनाउदै आज साँझदेखि बोडेमा बाजागाजासहित र्याली प्रर्दशन गरिएको बोडे युवा क्लबका दीलकृष्ण प्रजापतिले जानकारी दिनु भयो । उहाँले वर्तमान् र पूर्व जनप्रतिनिधि, स्थानीयवासीहरुले धिमे बाजा बजाएर बोडे र यहाँको कमल पोखरी परिक्रमा गरि खुसीयाली मनाएको जानकारी दिनु भयो । --- # भक्तपुर अस्पताल देशभरकै उत्कष्ठ अस्पताल घोषणा Source: https://newskunda.com/archives/3700 Category: FEATURED NEWS, अर्थ, राजनीति, समाचार, समाज, स्वास्थ्य Last updated: 2026-05-22 भक्तपुर, ७ जेष्ठ : भक्तपुर अस्पताल आज देशभरीकै उत्कृष्ट अस्पताल घोषणा भएको छ । सेकेण्डरी बी लेभलबाट सेकेण्डरी ए लेभलका अस्पतालहरुको न्युनतम सेवा मापदण्डमा देशभरीका बी लेभका १०० देखि ३०० शैयासम्मका अस्पतालहरुमा भक्तपुर अस्पताल देशभरकीकै उत्कृष्ट अस्पताल आज घोषणा भएको अस्पतालका निमित्त निर्देशक डा. सुरेन्द्र भट्टले बताउनुभयो । बागमती प्रदेश सरकार, स्वास्थ्य मन्त्रालय, स्वास्थ्य निर्देशनालयद्धारा गत जेठ ५ र ६ गते बिज्ञहरु सहित गरिएको न्युनतम सेवा मापदण्ड (एमएमएस) मुल्यांकन आज गरिएकोे मुल्यांकन समितिले आज भक्तपुर अस्पतालमा आयोजित कार्यक्रममा सार्वजनिक गरिे मुल्याकनमा ९३ प्रतिशत अंक प्राप्त गरि देशभरकै उत्कृष्ट अस्पताल घोषणा भएको हो । गतवर्ष उक्त अस्पतालले ९० अंक ल्याएर देशभरीमै उत्कृष्ट भएकोमा यसवर्ष अस्पतालले यसवर्र्ष ३ अंक सुधार गर्दै ९३ अंक ल्याएर देशभरीकै उत्कृष्ट भएको हो । आज अस्पतालमा आयोजित न्युनतम सेवा मापदण्ड तथा क्लिनिकल अडिटको समिक्षा कार्यक्रममा बोल्दै स्वास्थ्य निर्देशनालय बागमतीका निर्देशक डा.नरेन्द्र कुमार झाले अस्पतालका कर्मचारीहरुको लगनशीलता र मिहनेनतले भक्तपुर अस्पताल उत्कृष्ट भएको बताउनुभयो । अस्पताल व्यवस्थापन समितिका अध्यक्ष ज्ञानराम श्रेष्ठले अस्पताललाई विशिष्टकृत गर्दै लैजाने बताउदै अस्पतालमा न्युरो सर्जरीको लागि स्तोरन्नती गर्ने प्रयास भइरहेको बताउदै अस्पतालमा अझै सेवा र सुबिधा थप गर्ने बताउनुभयो । --- # भक्तपुर अस्पताल प्रदेशकै उत्कृष्ट घोषणा Source: https://newskunda.com/archives/3168 Category: FEATURED NEWS, अर्थ, राजनीति, समाचार, समाज, स्वास्थ्य Last updated: 2025-11-20 भक्तपुर, ४ मङ्सिरः भक्तपुर अस्पताल यस वर्ष पनि बागमती प्रदेशभित्रका अस्पतालमध्ये प्रदेशकै उत्कृष्ट अस्पताल घोषणा भएको छ । बागमती प्रदेश स्वास्थ्य मन्त्रालयले प्रदेशभित्रका अस्पताल, जनस्वास्थ्य कार्यालय र आयुर्वेदिक अस्पतालको आयुर्वेद तथा वैकल्पिक चिकित्साको मूल्याङ्कन गरी उत्कृष्ट घोषणा गरेको हो । प्रदेश मातहत रहेका प्रादेशिक अस्पतालमध्ये सबैभन्दा बढी अङ्क ल्याउँदै भक्तपुर अस्पताल प्रदेशकै उत्कृष्ट अस्पताल घोषित भएको बागमती प्रदेश स्वास्थ्य मन्त्रालयका सचिव डा सुमित्रा गौतमले जानकारी दिनुभयो । अस्पतालले प्रदान गर्ने सेवासुविधा, कार्यसम्पादनका विभिन्न शीर्षकअन्तर्गत रहेका सूचकको मूल्याङ्कनमा कूल १०० अङ्कमध्ये भक्तपुर अस्पतालले ७१ दशमलव १० अङ्क प्राप्त गर्दै भक्तपुर अस्पताल उत्कृष्ट घोषित भएको जानकारी दिनुभयो । मन्त्रालयकी सचिव डा गौतम यस अस्पतालमा मेडिकल सुपरिटेन्डेन्ट भएर आएपछि रिफरल सेन्टरका रुपमा रहेको भक्तपुर अस्पतालाई नमुनाका रुपमा सेवा विस्तार गर्दै प्रदेशको उत्कृष्ट अस्पताल बनाउन सफल हुनु भएको थियो । भक्तपुर अस्पतालका निमित्त निर्देशक डा सुरेन्द्र भट्टले यस वर्ष पनि प्रदेशभित्रको अस्पतालमध्ये भक्तपुर अस्पताल उत्कृष्ट भएको बताउँदै केन्द्रीय मूल्याङ्कनमा पनि पुनःउत्कृष्ट हुनेगरी कार्यसम्पादन गरिरहेको बताउनुभयो । एक सय अङ्कमध्ये ७० दशमलव ७२ प्राप्त गरी त्रिशूली अस्पताल प्रदेशमा दोस्रो हुन सफल भएको छ भने चौतारा अस्पताल तेस्रो भएको छ । त्यसैगरी, बागमती प्रदेश सरकार मातहत रहेका जनस्वास्थ्य कार्यालयमध्ये सबैभन्दा बढी अङ्क ल्याउँदै जनस्वास्थ्य कार्यालय ललितपुर प्रदेशकै उत्कृष्ट जिल्ला घोषित भएको छ । जनस्वास्थ्य कार्यालय धादिङ ७० दशमलव ८६ अङ्क प्राप्त गरी दोस्रो भएको छ भने जनस्वास्थ्य कार्यालय काभ्रेपलाञ्चोकले ७० दशमलव ६४ अङ्क प्राप्त गरी तेस्रो भएको उहाँले जानकारी दिनुभयो । आयुर्वेद तथा वैकल्पिक चिकित्सालयतर्फ सिन्धुली जिल्ला ७२ दशमलव ६० अङ्क प्राप्त गरी उत्कृष्ट भएको छ । आयुर्वेद तथा वैकल्पिक चिकित्सालय नुवाकोटले ७० दशमलव १० अङ्क प्राप्त गरी दोस्रो र चितवन जिल्ला तेस्रो भएको छ । प्रदेशका स्वास्थ्यमन्त्री किरण थापाले बागमती प्रदेश स्वास्थ्य मन्त्रालयले प्रदेशका १३ वटै जिल्लाका अस्पताल जनस्वास्थ्य कार्यालय र आयुर्वेद तथा वैकल्पिक चिकित्सालयको सेवा विस्तार, दक्ष जनशक्ति व्यवस्थापन, उपकरण थप गर्दै गुणस्तरीय सेवा प्रवाहमा जोड दिँदै अगाडि बढेको बताउनुभयो । कुनै पनि स्वास्थ्य नराखी मन्त्रालयको नीति र निर्देशनअनुसार काम गर्न निर्देशन दिँदै उहाँले कतैबाट पनि गुनासो नआउने गरी काम गर्नुपर्ने बताउनुभयो । --- # भक्तपुर अस्पतालको मेसुमा डा. गौतम नियुक्त, बच्चाको ओपिडी निःशुल्क गर्ने, बन्द भएको सेवा पुनः सञ्चालन गर्ने निर्णय Source: https://newskunda.com/archives/2164 Category: FEATURED NEWS, समाचार, स्वास्थ्य Last updated: 2022-09-15 #### उहाँको कार्यकालमा भक्तपुर अस्पतालले समग्र मूल्याङ्कनमा ८२ अंक प्राप्त गरी २०७७ सालमा प्रदेश अस्पतालहरुमा सर्वोउत्कृष्ट अस्पताल घोषणा भइ पुरस्कार प्राप्न गर्न सफल भएको थियो । अस्पतालले गुणस्तरीय सेवा बिस्तार र सहज उपचार सञ्चालन गरेपछि अस्पतालमा दैनिक ८०० देखि १००० सम्म विरामीको चाप बढेको थियो । **========================================** भक्तपुर, ३० भदौ : वागमती प्रदेश सरकार स्वास्थ्य मन्त्रालयले भक्तपुर अस्पतालको मेडिकल सुपरिटेण्डेन्टमा डा. सुमित्रा गौतमलाई नियुक्त गरेको छ । मन्त्रालयले उहाँलाई बुधबार दोश्रो पटक भक्तपुर अस्पतालको मेसुमा नियुक्त गरेसँगै पदबहाली गर्दै उहाँले आजबाट लागू हुने गरि बालबालिकाको ओपिडी सेवा निःशुल्क गर्ने निर्णय गरेको जानकारी दिनु भयो । त्यस्तै अस्पतालमा आउने बेवारिसे विरामीको उपचार निःशुल्क गर्ने र बेवारिसे शवको व्यबस्थापनसमेत निःशुल्क गर्ने निर्णय गरेको छ । यसअघि अस्पताल प्रशासनले बेवारिसे विरामीको उपचार नगरी फर्काउने गरेको र विगतमा गर्दै आएको बेवारिसे शवको व्यबस्थापन समेत रोकेको थियो । भक्तपुर अस्पताल विकास समितिका अध्यक्ष मिलन सुवालले डा. गौतमलाई अस्पतालमा स्वागत गर्दै समिति र अस्पताल व्यबस्थापनले विरामीको महत्वपूर्ण सेवा सञ्चालनकाबारेमा बिभिन्न निर्णयहरु गरेको अध्यक्ष सुवालले जानकारी दिनु भयो । कोरोमा भाइरस संक्रमणको जटिल अबस्थामा तत्कालिन मेसु रहदा डा.गौतमले भक्तपुरमै पहिलो पटक पीसीआर टेष्टका लागि स्वाब संकलन, कोरोना उपचार सेवा एवं भेन्टिलेटरसहितको कोरोना आईसियू, बच्चाको लागि एनआइसियू, एचडियूलगायन अन्य बिभिन्न सेवाहरु बिस्तार गर्नु भएको थियो । उहाँको कार्यकालमा भक्तपुर अस्पतालले समग्र मूल्याङ्कनमा ८२ अंक प्राप्त गरी २०७७ सालमा प्रदेश अस्पतालहरुमा सर्वोउत्कृष्ट अस्पताल घोषणा भइ पुरस्कार प्राप्न गर्न सफल भएको थियो । अस्पतालले गुणस्तरीय सेवा बिस्तार र सहज उपचार सञ्चालन गरेपछि अस्पतालमा दैनिक ८०० देखि १००० सम्म विरामीको चाप बढेको थियो । डा. गौतमको सरुवा गरि प्रदेश मन्त्रालयले सोही अस्पतालमा कार्यरत जुनियर डा.श्रीधर अर्याललाई निमित्त मेसुको जिम्मेवारी दिएपछि अस्पतालमा बेतिथि बढेको र विरामीको उपचार नगरी निजी अस्पताल रेफर गर्न थालेको भन्दै विरामी र स्थानीयद्धारा बिरोध गर्दै आएका थिए । अस्पतालले सञ्चालनमा रहेको आइसियू, एनआइसियू, एचडियू सेवा बन्द गर्नुको साथै निजी क्लिनिक र औषधि पसलमा विरामी पठाउन थालेको भन्दै विरामीको चाप घटेर दैनिक ४०० मा झरेको अस्पताल प्रशासनले जनाएको थियो । अस्पतालमा हुदै आएको शल्यक्रियासमेत ३ बजेपछि राखेर निजी क्लिनिकका रुपमा सञ्चालन गरि मंहगो शुल्क लिएको, मेसु अर्यालले प्रत्येक शल्यक्रियामा प्रतिशतका आधारमा कमिसन लिने गरेको र मासिक पाँच लाखसम्म कमिसन बुझेको भन्दै अस्पतालको कर्मचारी र चिकित्सकले बिरोध गर्दै आएको थिए । अस्पतालमा व्यापक भ्रष्टाचार भएको भन्दै अख्तियारमा समेत पटक पटक उजुरी परेको प्रशासनका कर्मचारीले जानकारी दिएको छ । भक्तपुर अस्पताललाई फेरी पनि नमूना अस्पताल बनाउने डाक्टर गौतमले बताउनु भएको छ । उहाँले भक्तपुर अस्पताललाई फेरी पनि उत्कृष्ट बनाउने, बन्द भएका सेवाहरु तत्कालै सूचारु गर्ने, यहाँका बेतिथिहरुलाई रोक्ने, भक्तपुर र पूर्वका बिभिन्न जिल्लाबाट आउने विरामीलाई उपचारका लागि रेफर भएर जानु नर्पे गरि सेवा सञ्चालन गर्ने उहाँले प्रतिबद्धता व्यक्त गर्नु भएको छ । --- # भक्तपुर अस्पतालमा कार्यकारी निर्देशक डा. सुरेन्द्र भट्टसहित कर्मचारीले गरे नवनियुक्त अध्यक्ष ज्ञानराम श्रेष्ठलाई स्वागत Source: https://newskunda.com/archives/3279 Category: FEATURED NEWS, अर्थ, राजनीति, समाचार, समाज, स्वास्थ्य Last updated: 2025-12-31 भक्तपुर, १६ पुस । भक्तपुर अस्पताल सञ्चालन तथा व्यवस्थापन समितिको अध्यक्षमा नियुक्त हुनुभएका ज्ञानराम श्रेष्ठले आज पदभार ग्रहण गर्नुभएको छ । वागमती प्रदेश सरकार स्वास्थ्य मन्त्रालयले अध्यक्षमा नियुक्त गरेसंगै अस्पतालले आज आयोजना गरेको स्वागत कार्यक्रमसंगै पदभार ग्रहण कार्यक्रममा आज पदभार ग्रहण गर्दै उहाँले अस्पतालको सेवा बिस्तार र अस्पतालको बिकासमा निस्वार्थ रुपमा कार्य गर्ने प्रतिवद्द्ता व्यक्त गर्नुभयो । उहाँले अस्पतालमा गुनासो नआउने गरि अस्पताल प्रमुख र प्रशासनसंग हातेमालो गर्दै विरामीलाई सेवा प्राप्त गर्न सहज हुने गरि गुणस्तरीय सेवाको निरन्तरता एवं थप सेवा बिस्तारमा आफ्ना ध्यान केन्द्रीत हुने नवनियुक्त अध्यक्ष श्रेष्ठले बताउनुभयो । उहाँले आफ्नो कार्यकालमा अस्पताल प्रशासन र कर्मचारीले अस्पतालको विकासको क्षेत्रमा भरपुर सहयोग लिन सक्ने बताउनुभयो । कार्यक्रममा भक्तपुर अस्पतालमा कार्यकारी निर्देशक डा. सुरेन्द्र भट्टले उहाँलाई अस्पतालमा स्वागत गर्दै बधाई ज्ञापन गर्नु भएको थियो । उहाँले नवनियुक्त अध्यक्ष श्रेष्ठलाई नेपालको प्रमुख स्वास्थ्य संस्था मध्ये एक भक्तपुर अस्पताल वागमती प्रदेशको मात्रै नभई देशभरकै अस्पतालमध्येमा उत्कृष्टताको पहिचान बनाएको बताउदै सबै मिलेर अस्पतालको उक्त साखलाई घट्न नदिने गरि गुणस्तरीय सेवा प्रवाहमा सबै जु्नु पर्ने बताउनुभयो । अस्पतालका निर्देशक डा. भट्टले अस्पतालको स्थापनाकालदेखि हालसम्मको प्रगति विवरण, अवसर, चुनौती र अझै गर्नुपर्ने कार्यकाबारेमा जानकारी गराउनु भएको थियो । कार्यक्रममा अस्पतालका कर्मचारीहरुले फूलमालाले स्वागत गर्दै बधाई तथा शुभकामना व्यक्त गरेका थिए । यसअघि अस्पतालको सञ्चालन र व्यवस्थापन समितिमा नियुक्त हुुनु भएका अध्यक्ष शशिजंग थापाले ठिक एक वर्षको अबधी पुरा गरि गत १५ गते राजिनामा दिएपछि रिक्त अध्यक्ष पदमा मन्त्रालयले श्रेष्ठलाई नयाँ अध्यक्षको रुपमा नियुक्त गरेको थियो । बागमती प्रदेश अन्तर्गतका जिल्ला मध्येकै सर्वोत्कृष्ट अस्पतालको रुपमा स्थापित हुन सफल भक्तपुर अस्पताललाई यथावत् स्थानमा राखिराख्ने जिम्मेवारी र चुनौती पनि उहाँ माथि थपिएको छ । उहाँको नेतृत्वमा भक्तपुर अस्पतालले थप उत्कृष्टता हासिल गर्ने र सेवा विस्तारमा सकारात्मक परिवर्तन ल्याउने विश्वास गरिएको छ । --- # भक्तपुर अस्पताललाई सफलता, एक सातामा विशिष्टिकृत दुई शल्यक्रिया Source: https://newskunda.com/archives/3872 Category: FEATURED NEWS, अर्थ, राजनीति, समाचार, समाज, स्वास्थ्य Last updated: 2026-07-03 भक्तपुर, १९ असार : भक्तपुर अस्पतालले पहिलो पटक मेरुदण्ड (स्पाइन) को भाचिएको एक बिरामीको आज सफल रुपमा स्पाइन स्टेबिलाइजेसन (क्उष्लब िक्तबदष्ष्शिबतष्यल) शल्यक्रिया सम्पन्न गरेको छ । लडेर ढाडमा गम्भीर चोट लागेर मेरुदण्ड भाचिएर भक्तपुर अस्पतालमा भर्ना हुनु भएका ४२ वर्षीय रघु खड्काको अर्थोपेडिक तथा ट्रमा सर्जरी विभागका विशेषज्ञ चिकित्सकहरूको टोलीद्वारा आज सफलतापूर्वक स्पाइन शल्यक्रिया सम्पन्न गरिएको भक्तपुर अस्पतालका अर्थोपेडिक सर्जनहरू डा. मधु पाण्डेले जानकारी दिनुभयो । भक्तपुर अस्पतालका अर्थोपेडिक सर्जनहरू डा. मधु पाण्डे, डा. शैलेन्द्र महर्जन, डा. बिनित ढकाल तथा डा. रोशन ग्वाछासहित एनेस्थेसिया विशेषज्ञ डा. दीपक लोहला, अनेस्थेसिया टोली तथा नर्सिङ टोलीद्वारा आज सफलतापूर्वक शल्यक्रिया सम्पन्न गरिएको अस्पतालका कार्यकारी निर्देशक डा. त्रिभुवन चन्द्र झाले जानकारी दिनुभयो । चिकित्सकहरूको निगरानीमा विरामीले स्वास्थ्य लाभ गरिरहनु भएको जानकारी दिदै उहाँले सफल स्पाइन शल्यक्रियाले भक्तपुर अस्पतालको विशेषज्ञ सेवा, आधुनिक स्पाइन शल्यक्रिया क्षमता तथा जटिल ट्रमा बिरामीहरूको सुरक्षित व्यवस्थापनप्रतिको प्रतिबद्धतालाई थप सुदृढ बनाएको बताउनु भयो । भक्तपुर अस्पतालले यसअघि यही असार १५ गते डेक्स्ट्रोकार्डिया (म्भहतचयअबचमष्ब) अर्थात् मुटु छातीको दायाँ भागमा रहेको विशेष जन्मजात अवस्थाका बिरामीमा बायाँ घुँडाको सफल टोटल नी रिप्लेसमेन्ट (त्यतब िप्लभभ च्भउबिअझभलत) अर्थात घुँडा प्रत्यारोपण शल्यक्रिया समेत पहिलो पटक सम्पन्न गरेको थिया्े । लामो समयदेखि घुँडाको (ब्मखबलअभम इकतभयबचतजचष्तष्क) बाट पीडित ५८ वर्षीया भगवती नेपालको भक्तपुर अस्पतालले पहिलो पटक घुँडा प्रत्यारोपण (जोर्नी फेर्ने) शल्यक्रिया गरिएको अस्पतालका कार्यकारी निर्देशक डा. झाले जानकारी दिनुभयो । भक्तपुर अस्पतालका अर्थोपेडिक सर्जनहरू डा. मधु पाण्डे, डा. शैलेन्द्र महर्जन, डा. बिनित ढकाल तथा डा. रोशन ग्वाछालगायतको टोलीद्वारा सफलतापूर्वक सम्पन्न गरिएको शल्यक्रिया विरामीको अबस्थामा निकै सुधार भएको उहाँले बताउनुभयो । उक्त शल्यक्रियाको लागि जापानबाट नेपाल आएर डा. हिरनाका तकाफुमीले सहयोग गरेको उहाँले जानकारी दिनुभयो । अस्पतालको यी उपलब्धि केवल एउटा शल्यक्रियाको सफलता मात्र नभई अस्पतालमा आधुनिक हाडजोर्नी उपचार सेवाको विस्तार र विशेषज्ञ सेवाको विकासतर्फको महत्वपूर्ण कोशेढुङ्गा सावित भएको डा. पाण्डेले बताउनुभयो । उहाँले भन्नुभयो, “घुँडाको जोर्नी उमेरसँगै घुँडा खिईने समस्या, चोट पटक पछि हुने तथा अन्य दीर्घकालीन जोर्नीसम्बन्धी रोगका कारण धेरै बिरामीले लामो समयसम्म असह्य पीडा, हिँडडुलमा कठिनाइ तथा दैनिक जीवनका सामान्य गतिविधिसमेत गर्न नसक्ने अवस्था भोगिरहेका हुन्छन्, यस्ता बिरामीका लागि औषधि, फिजियोथेरापी तथा अन्य संरक्षणात्मक उपचारले पर्याप्त सुधार नगरेका प्रभावकारी र दीर्घकालीन उपचारको विकल्पका रुपमा घुँडाको प्रत्यारोण गर्ने गरिन्छ, यो उपलब्धी भक्तपुर अस्पतालले हासिल गरेको छ ।” शल्यक्रियापछि बिरामीको स्वास्थ्य अवस्था अत्यन्त सन्तोषजनक रहेको उहाँले बताउनुभयो । वागमती प्रदेशको स्वास्थ्य मन्त्री किरण थापाले भक्तपुर अस्पतालले एकसातामा जटिल दुई वटा शल्यक्रिया सफलतापूर्वक सम्पन्न गरेर अस्पतालको बढ्दो क्षमता, आधुनिक प्रविधिको उपयोग तथा विशेषज्ञ जनशक्तिको उत्कृष्ट उदाहरण भएको बताउनुभयो । अस्पतालमा यस्तो सेवा उपलब्ध भएसँगै घुँडाको गम्भीर समस्याबाट पीडित बिरामीहरूले आफ्नै सरकारी अस्पतालमा गुणस्तरीय, सुरक्षित तथा विशेषज्ञ उपचार सेवा प्राप्त गर्न सक्ने बताउदै उहाँले प्रदेशले सञ्चालन गरेको विशिष्टिकृत सेवा सञ्चालनले सफलता हासिल गरेको बताउनुभयो । भक्तपुर अस्पतालको विशेषज्ञ सेवा, आधुनिक शल्यक्रिया क्षमता तथा जटिल अवस्थाका बिरामीहरूको सुरक्षित व्यवस्थापनप्रतिको प्रतिबद्धतालाई थप सुदृढ बनाएको मन्त्री थापाले बताउनुभयो । डा.पाण्डेले आगामी दिनमा जोनी प्रत्यारोपण लगायत अर्थोपेडिक सेवाको थप विस्तारका लागि प्रदेश स्वास्थ्य मन्त्रालयले दिएको नयाँ ऊर्जा र प्रेरणाले सफलता हासिल गरेको र थप प्रेरणा मिल्ने गर्ने विश्वास लिएको बताउनुभयो । करिब आठ वर्ष अगाडिसम्म रिफरल सेन्टरको रुपमा रहेको भक्तपुर अस्पतालमा मेडिकल सुपरिटेण्डेन्टको रुपमा आएर डा. सुमित्रा गौतमले नेतृत्व लिएपछि अस्पतालले गुणस्तरीय सेवा बिस्तार गर्दै देशभरकै उत्कृष्ट अस्पताल बनाउन सफल भएको थियो । हाल वागमती प्रदेशको स्वास्थ्य सचिवको जिम्मेवारी सम्हालि रहनु भएकी डा. गौतमले भक्तपुर अस्पतालका गुणस्तरीय सेवा खस्किन नदिन र अस्पताललाई प्रबिधि मैत्री एवं गुणस्तरीय उपकरणमैत्री बनाउन बजेट व्यबस्थापन गर्दै आउनु भएका छन् । --- # भक्तपुर उद्योग वाणिज्य संघका महासचिवबाहेक सबै पद सर्वसम्मत चयन, महासचिवमा प्रजापति र रंजितको भिडन्त Source: https://newskunda.com/archives/3330 Category: FEATURED NEWS, अर्थ, राजनीति, समाचार, समाज Last updated: 2026-01-10 भक्तपुर, २६ पुस : भक्तपुर उद्योग वाणिज्य संघको ३८ औँ वार्षिक साधारण सभा तथा अधिवेशनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता सर्वसम्मतको बाधक बनेका छन् । भक्तपुर उद्योग वाणिज्य संघको अध्यक्षमा वरिष्ट उपाध्यक्ष कृष्ण मुरारी न्यौपानेले सर्वसम्मत निर्वाचित भएका छन् । संघले वरिष्ट उपाध्यक्षलाई स्वतः अध्यक्ष बनाउने परम्परा कायम गर्दै आए अनुरुप न्यौपानेलाई सर्वसम्मत अध्यक्ष चयन गरेको हो । वरिष्ठ उपाध्यक्षमा राजेन्द्रप्रसाद प्रजापति, उपाध्यक्ष एसोसिएटतर्फ गणेशहरि प्रजापति, उपाध्यक्ष साधारणतर्फ दिनेश गोसाई र सचिवमा गौतम सुजखू सर्वसम्मत निर्वाचित हुने भएका छन् । उपाध्यक्ष वस्तुगततर्फ महेन्द्र खायमली र विश्वराम दुवाल, महासचिवमा वर्तमान महासचिव नविन प्रजापति र रुकेश रञ्जित तथा कोषाध्यक्षमा राजेश त्वानाबासु र रञ्जित मारिखूले उम्मेदवारी दिएको सर्वसम्मतका लागि अथक प्रयास गरेपछि शुक्रबार राती ११ बजे उपाध्यक्ष र कोषाध्यक्षमा समेत सर्वसम्मत गरिएको छ । शुक्रबार राती ११ बजे सबै पदमा सर्वसम्मत गर्नका लागि उपाध्यक्ष वस्तुगततर्फ महेन्द्र खायमलीले उम्मेदवारी फिर्ता लिएको र कोषाध्यक्षमा राजेश त्वानाबासुले उम्मेदवारी फिर्ता लिएको संघका सल्लाहकारले जानकारी दिएका छन् । सल्लाहकारका अनुसार महासचिवमा नविन प्रजापतिलाई सर्वसम्मत निर्वाचन गराउने शर्तमा उपाध्यक्ष पदका दबेदार खायमली र कोषाध्यक्ष पदका उम्मेदवार त्वायनावासुले उम्मेदवारी फिर्ता लिएपनि रास्वपाका नेता समेत रहेका महासचिव पदका प्रत्यासी रुकेश रञ्जितले भने उम्मेदवारी फिर्ता नलिएपछि महासभविमा मात्रै निर्वाचन गर्नु पर्ने अबस्था आएको जानकारी दिएका छन् । सल्लाहकारका अनुसार बस्तुगत उपाध्यक्षमा विश्वराम दुवाल, कोषाध्यक्षमा रञ्जित मारिखु र सदस्यमा एक जनाले फिर्ता लिएपछ सब पद सर्वसम्मत भएको तर महासचिवमा भने वर्तमान महासचिव नविन प्रजापति र रुकेश रञ्जितबीच प्रतिस्पर्धा हुने भएको हो । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा भक्तपुर क्षेत्र नं १ मा रास्वपाका प्रतक्ष्यतर्फका उम्मेदवार समेत रहेका रुकेश रञ्जितले भने महासचिवमा फिर्ता नलिदाँ सर्वसम्मतमा बाक बनेको सल्लाहकार टिमले जानकारी दिएका छन् । श्रोतका अनुसार रुकेश रञ्जितले उम्मेदवारी फिर्ता लिएर सर्वसम्मत बनाउने तयारी गर्दा रास्वपाका जिल्ला तथा केन्द्रीय समितिका नेताहरुले ठूलो दबाब दिएर कुनै हालतमा उम्मेदवारी फिर्ता नलिन र निर्वाचनमा जान दबाब दिएपछि रास्वपाका दबाबकै कारण उम्मेदवारी फिर्ता लिन नसकेको श्रोतको दाबी छ । संघका एक सल्लाहकारले व्यवसायीहरुको छाता संगठन भएको संघमा रास्वपले राजनीतिक हस्तक्षेप गर्न खोजेको भन्दै राजनीतिक हस्तक्षेप कुनै हालतमा मान्य नहुने बताए । संघमा रास्वपाको हस्तक्षेपका कारण बन्दाबन्दैको सर्वसम्मत भाडिएर महासचिव पदमा मात्रै मतदान गर्नु पर्ने अबस्था आए त्यसको जवाफ संघका सदस्यहरुले मतदानबाट दिने बताएका छन् । **महासचिव पदका उम्मेदवार को हुन नविन प्रजापति :** संघका वर्तमान् महासचिव नविन प्रजापति भक्तपुर जन्मे हुर्किएका स्थानीइ सफल एवं एक जिम्मेवार व्यवसायी हन् । स्थानीय बजारको अवस्था, व्यवसाय गर्दा आउने उतार–चढाव र दैनिक संघर्ष उनले आफ्नो नजिकबाट बुझेका छन् । इमानदारी, निरन्तर परिश्रम र व्यवहारिक सोचका कारण उहाँले व्यापारिक क्षेत्रमा विश्वास र सम्मान कमाएका प्रजापति हरेक दिन व्यवसायीको हितका लागि काम गर्दै आएका र जिल्लाका कुनै पनि व्यवसायीलाइ कुनै पनि समस्या पदाए अग्रमोर्चामा उभिएर व्यवसायीको पक्षमा समस्या समाधान गर्न उभिने निडर व्यक्ति पनि हुन् । साना तथा मझौला व्यवसायीका वास्तविक समस्या पहिचान गर्ने र व्यवहारिक समाधान खोज्ने उनको क्षमता नै उनको बलियो पक्ष हो । व्यवसायसँगै उनले विगत २० वर्षभन्दा बढी समयदेखि समाजसेवामा निरन्तर सक्रिय रहँदै आएका छन् । शिक्षा, युवा सशक्तिकरण र सामाजिक उत्तरदायित्वका क्षेत्रमा उनको योगदान देखावटीभन्दा पनि परिणाममुखी र प्रभावकारी बन्दै आएको छ । खेलकुदमार्फत युवामा अनुशासन, सहकार्य र सकारात्मक सोच विकास गर्न सधैं अग्रसर रहने उनी सबल युवा बिना दिगो व्यवसाय एवं सबल समाज सम्भव नहुने बताउछन् । भक्तपुर उद्योग वाणिज्य संघको महासचिव पदमा आफ्ना उम्मेदवारी कुनै व्यक्तिगत स्वार्थका लागि होइन, भक्तपुरका व्यवसायीका समस्या सुन्न, बुझ्न, समाधान गर्न र सधै व्यवसायीको हक र हितका लागि लाग्न रहेको छ । व्यवसायीक संघर्षबाट माथि उठेर परिणाम दिन सक्ने नेतृत्वको रुपमा चिनिदै आएका नविन प्रजापति व्यवसायका वास्तविक समस्या बुझ्ने, नीतिगत कमजोरी पहिचान गर्ने र समाधान कार्यान्वयन गर्ने क्षमता भएको व्क्तित्व हुन् । कागजी भाषण होइन, व्यवहारिक निर्णय र ठोस काम उनको पहिचान भएको व्यवसायीहरु नै बताउँछन् । २० वर्षदेखिको निस्वार्थ समाजसेवा समाजका हरेक वर्गसँग प्रत्यक्ष जोडिएको अनुभवले उनलाई उत्तरदायी, पारदर्शी र सक्षम बनाएको छ । नेतृत्व अनुशासन, टिमवर्क र एकताको अभ्यास आजको उद्योग–व्यापार नेतृत्वका लागि अत्यावश्यक छ—जुन गुण नविन प्रजापतिमा स्पष्ट देखिने व्यवसायीहरु बताउँछन् । --- # भक्तपुर उद्योग वाणिज्य संघको ३८ औँ वार्षिक साधारण सभा तथा अधिवेशनको उद्घाटन Source: https://newskunda.com/archives/3315 Category: FEATURED NEWS, अर्थ, राजनीति, समाचार, समाज Last updated: 2026-01-09 भक्तपुर, २५ पुस : नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी लगानीमा सञ्चालनमा रहेका औद्योगिक क्षेत्रलाई शान्ति क्षेत्र घोषणा गर्ने सरकारले तयारी गरेको बताउनु भएको छ । आज भक्तपुर उद्योग वाणिज्य संघको ३८ औँ वार्षिक साधारण सभा तथा अधिवेशनको उद्घाटनमा बोल्दै उहाँले महासंघको मागलाई सरकारले सकारात्मक रुपमा लिएर घोषणाको तयारी गरेको बताउनु भएको हो । महासंघ ढकालले भन्नुभयो, “स्कुललाई जस्तै निजी लगानीका औद्योगिक क्षेत्रलाई पनि शान्ति क्षेत्र घोषणा गनै सरकारसंग माग गरका थियौ, मन्त्री परिषद्ले यसलाई पारित गरेको जानकारी पाएका छौँ, सरकराले अब छिट्टै शान्ति क्षेत्र घोषणा गरेपछि निजी क्षेत्रमा कुनै प्रकारको बन्द, अडताल, तोडफोड, आगजनी निषेध हुन्छ ।” अध्यक्ष ढकालले गत भदौ २३–२४ का प्रदर्शनका क्रममा उद्योग र निजी सम्पत्तिमा आक्रमण गर्नेहरू माथि कानूनी कारबाही गर्नुपर्नेमा उहाँले माग गर्नुभयो । उहाँले निजी क्षेत्रको मनोबल खस्किएको र लगानी मैत्री वातावरणका छैन भन्ने भाष्यलाई चिर्दै महासंघको पहलमा निजी क्षेत्रका व्यवसायीहरु जुटर १० अर्ब रुपैयाँ पूँजीको नेपाल डेभलपमेन्ट कम्पनी स्थापनाको कार्य भएको बताउनुभयो । कम्पनीले ठूला पूर्वाधार परियोजनामा निजी क्षेत्रको सहभागिता र उत्पादनमूलक क्षेत्रमा लगानी तथा रोजगारी सिर्जना गर्ने लक्ष्य राखेको बताउदै उच्चस्तरीय आर्थिक सुधार आयोग गठन एवं लगानीमैत्री वातावरणको लागि विभिन्न कानून संशोधनमा महासंघले महत्वपूर्ण योगदान दिएको बताउनुभयो । महासंघ अध्यक्ष ढकालले निजी लगानी गरिरहेका व्यवसायी एवं महासंघलाई सरकारले प्रतिपक्षको रुपमा व्यबहार गर्न नहुने बताउदै राज्यको आर्थिक सम्बृद्धिको मेरुदण्डको रुपमा रहेकाले राज्यले समाज व्यबहार गर्नु पर्ने औल्यानुभयो । भक्तपुरलाई ऐतिहासिक, सांस्कृतिक, पर्यटकीय र परम्परागत उद्योग तथा साना–मझौला व्यवसायको केन्द्रका रूपमा चिनाउँदै अध्यक्ष ढकालले स्थानीय वाणिज्य संघहरूको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो । कार्यक्रममा संघका भक्तपुर अध्यक्ष रोशनीमैया धौबञ्जा, महासचिव नविन प्रजापतिलगायतले भक्तपुरलाई पर्यटन र हस्तकला उद्योगबाट समुन्नत बनाउन लागिरहेको बताउनुभयो । --- # भक्तपुर उद्योग वाणिज्य संघको अध्यक्षमा न्यौपानेसहित केही पद सर्वसम्मत Source: https://newskunda.com/archives/3318 Category: FEATURED NEWS, अर्थ, राजनीति, समाचार, समाज Last updated: 2026-01-09 भक्तपुर, २५ पुस : भक्तपुर उद्योग वाणिज्य संघको अध्यक्षमा वरिष्ट उपाध्यक्ष कृष्ण मुरारी न्यौपानेले सर्वसम्मत निर्वाचित हनु भएको छ । संघको ३८ औँ वार्षिक साधारण सभा तथा अधिवेशनको आज उद्घाटन बन्द सत्र तथा २६ गते हुने नर्वाचन कार्यतालिका अनुसार केही पदमा सर्वसम्मत भएको र केही पदमा निर्वाचन हुने भएको हो । संघले वरिष्ट उपाध्यक्षलाई स्वतः अध्यक्ष बनाउने परम्परा कायम गर्दै आए अनुरुप न्यौपानेलाई सर्वसम्मत अध्यक्ष चयन गरेको महासचिव नविन प्रजापतिले जानकारी दिनुभयो । त्यसैगरि वरिष्ठ उपाध्यक्षमा राजेन्द्रप्रसाद प्रजापति, उपाध्यक्ष एसोसिएटतर्फ गणेशहरि प्रजापति, उपाध्यक्ष साधारणतर्फ दिनेश गोसाई र सचिवमा गौतम सुजखू सर्वसम्मत निर्वाचित हुने भएको उहाँले जानकारी दिनुभयो । आज साँझसम्म सबै पदमा सर्वसम्मत गर्ने प्रयास जारी रहेको बताउदै महाचसवि प्रजापतिले सबै दिमा आज साँझसम्म सर्वसम्मतको प्रयास भइरहेको उहाँले जानकारी दिनुभयो । उपाध्यक्ष वस्तुगततर्फ महेन्द्र खायमली र विश्वराम दुवाल, महासचिवमा वर्तमान महासचिव नविन प्रजापति र रुकेश रञ्जित तथा कोषाध्यक्षमा राजेश त्वानाबासु र रञ्जित मारिखूले उम्मेदवारी दिएपछि निर्वाचन हुने भएको छ । सदस्यहरु ११ जना निर्वाचित हुनुपर्नेमा १२ जनाको उम्मेदवारी परेकाले सवैसम्मतको प्रयास भइरहेको उहाँले जानकारी दिनुभयो । महासचिव प्रजातिका अनुसार सबै पदमा सर्वसम्मतको प्रयास भइरहेको उहाँले जानकारी दिनुभयो । सर्वसम्मत नभएका केही पदमा मात्रै निर्वाचन हुने र २६ गते बिहान मतदान हुने नानकारी दिनुभयो । --- # भक्तपुर काँग्रेस फागुन २१ को निर्वाचनमा होमियो, निर्वाचन पछि नियमित महाधिवेशनको तयारीमा जट्छौं Source: https://newskunda.com/archives/3306 Category: FEATURED NEWS, राजनीति, समाचार, समाज Last updated: 2026-01-05 भक्तपुर, २१ पुस । नेपाली कांग्रेस भक्तपुर जिल्ला नियमित महाधिवेशनको प्रतिक्षा गर्दै आगामी फागुन २१ हुने प्रतिनिधिसभाको निर्वाचनको तयारीमा होमिएको बताएको छ । आज नेपाली काँग्रेस भक्तपर जिल्ला समितिले पार्टी कार्यालयमा आयोजना गरेको पत्रकार सम्मेलनमा भक्तपुर काँग्रेस विशेष महाधिवेशनको पक्षमा नरहेको र निर्वाचनको तयारीमा होमिएको बताएको हो । पत्रकार सम्मेलनमा नेपाली काँग्रेस भक्तपुर जिल्ला सभापति एवं निवर्तमान् सांसद दूर्लभ थापाले जिल्लाका ७० प्रतिशत महाधिवेशन प्रतिनिधि तथा महासमिति सदस्यहरूले पार्टीलाई विधि, विधान र निर्धारित कार्यतालिका अनुसार अघि बढाउन नियमित महाधिवेशन नै उपयुक्त हुने बताएको भन्दैं पार्टीभित्रको एकता, अनुशासन र संगठन सुदृढीकरणका लागि पनि समयमै नियमित महाधिवेशन आवश्यक रहेको बताउनुभयो । भक्तपुरका ७० प्रतिशत महाधिवेशन प्रतिनिधि एवं महासमिति सदस्यहरुले हस्ताक्षर बुझाउँदै विशेष महाधिवेशनको पक्षमा नरहेको र नियमित महाधिवेशाको माग गरेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, ‘नेपाली काँग्रेस भक्तपुर जिल्ला पार्टीको बिधि र बिधानअनुसार चल्न एक ढिक्का भएको छ । पार्टीको निर्णयानुसार हामी नियमित महाधिवेशनको पक्षमा छौं, जिल्लाका ७५ प्रतिशत महाधिवेशन प्रतिनिधि एवं महासमिति सदस्यहरुले नियमित महाधिवेशन गर्न माग गरेका छन्, त्यसैले हामी यतिखेर आगामी फागुन २१ को निर्वाचन सफल बनाउन निर्वाचनको तयारीमा होमिएका छौँ ।’ पत्रकार सम्मेलनमामा उहाँले ७० प्रतिशत भन्दा बढी महाधिवेशन प्रतिनिधि र महासमिति सदस्यहरुले नियमित महाधिवेशनको पक्षमा हस्ताक्षर गरेको बताउदै फागुन २१ गतेको निर्वाचनको लागि समानुपातिकको उम्मेदवारी दर्ता भइसकेको र प्रत्यक्षतर्फको उम्मेदवार चयनको प्रक्रिया शुरु भइसकेको अवस्थामा विशेष महाधिवेशनको औचित्य सकिएको बताउनुभयो । पार्टीको केन्द्रीय कार्यसम्पादन समिति बैठकको निर्णायानुसार बैशाखमा तोकिएको नियमित महाधिवेशनको पक्षमा रहेको बताउदै सभापति थापाले भक्तपुरमा क्रियासिल सदस्यता ८२ प्रतिशतले नविकरण गरेको र थप २५ प्रतिशत नयाँ क्रियासिल सदस्यता वितरण गरेको बताउनुभयो । भक्तपुरका क्षेत्र नम्वर १ मा सर्वसम्मत तरिकाले प्रत्यक्ष तर्फको उम्मेदवार चयन गरेको र २ नम्वर क्षेत्रमा सहमतिको प्रयास भइरहेको बताउदै उहाँले समानुपातिकवाट भक्तपुरवाट विनोद कायस्थ, गणेशमान चक्रधर, र गगांलक्ष्मी अवाल चयन भएको बताउनुभयो। पार्टीको केन्द्रीय महाधिवेशन बैशाख २७ देखि २९ सम्म ताकिएकाले नेपाली कांग्रेस भक्तपुर सोहि अनुसार अघि बढ्ने बताउदै उहाँले देश नै गम्भिर मोडमा उभिएको बेला नेपाली कांग्रेस एक ढिक्का भएर पार्टीको नियमित महाधिवेशन गरी वडा तहदेखी केन्द्रीय नेतृत्व गर्नु आजको आवश्यकता भएको सभापति थापाले बताउनुभयो । उहाँले भन्नुभयो, ‘जिल्ला जिल्लामा क्रियाशिल सदस्यता टुङ्याउन अझै बाँकी रहेको अबस्था र देश निर्वाचनमय भएको अबस्थामा हामीले विशेष महाधिवेशन भनेर बस्ने यो समय होइन । पहिला निर्वाचन सफल पाराँै, त्यसपछि केन्द्रीय समितिको निर्णयानुसार महाधिवेशनमा पार्टी जानेनै छ । भक्तपुर काँग्रेस एक ढिक्का भएर निर्वाचनमा होमियौं ।’ आगामी निर्वाचनमा काँग्रेस भक्तपुरको सबै क्षेमा जित सुनिश्चित गर्ने गरि तयारीमा जुटिसकेको बताउदै उहाँले केही नयाँ भन्नेहरुले सामाजिक सञ्जालमा काँग्रेस कमजोर भयो, केही बोल्दैन भन्ने भ्रम फैलाएको टिप्पणी गर्दै उहाँले भक्तपुरमा काँग्रेस बलियो रहेको बताउनुभयो । केही विदेशी शक्तिको आडमा भ्रम फैलाएर केही मच्चिरहेको टिप्पणी गर्दै उहाँले काँग्रेस एमालेको घरघर खोजी खोजी आक्रमण गर्ने, नेताहरु माथि भ्रम फैलाउने र पार्टी भित्रै विवाद ल्याउन खोज्नेहरुलाई काँग्रेसले आफ्नो शक्ति देखाउने बताउनुभयो । भक्तपुर काँग्रेस एक्लै चुनाबमा गएर विजयी हुन सक्षम रहेको बताउदै उहाँले पार्टीको केन्द्रीय निर्णयले पार्टीहरु मिलेर चुनामा जाने अबस्था आएपनि काँग्रेस तयार रहेको बताउनुभयो । जिल्ला सभापति थापाले फागुन २१ गते हुने निर्वाचनका लागि समानुपातिकतर्फको उम्मेदवारी दर्ता भइसकेको र प्रत्यक्षतर्फका उम्मेदवार चयन प्रक्रिया सुरु भइसकेको अवस्थामा विशेष महाधिवेशनको कुनै औचित्य नरहेको बताउन भयो । कार्यक्रममा जिल्ला समितिको पदाधिकारीहरु, भावी उम्मेदवारको बन्द सूचीमा परेका उम्मेदवारहरु, नगर प्रमुखहरुको समेत सहभागिता रहेको थियो । --- # भक्तपुर क्यान्सर अस्पतालमा शय्या अभावले बिरामी उपचार सेवा प्रभावित Source: https://newskunda.com/archives/4366 Category: FEATURED NEWS, अर्थ, राजनीति, समाचार, समाज, स्वास्थ्य Last updated: 2026-09-20 भक्तपुर, ४ असोज : भक्तपुरस्थित भक्तपुर क्यान्सर अस्पतालमा शय्या अभावले बिरामी उपचार सेवा नपाई फर्कनु परेको छ । साँघुरो ठाउँमा अस्पताल सञ्चालन गर्नु परेकाले बिरामीलाई उपचार सेवा प्रवाह गर्न नसकेको अस्पतालले जनाएको छ । अस्पताल भर्ना गरेर उपचार गर्नुपर्ने बिरामीलाई शय्या अभावले फर्काउनु परेको अस्पतालका निर्देशक डा उज्ज्वल चालिसेले जानकारी दिनुभयो । उहाँले अस्पतालमा उपचारका सबै सेवा भए पनि शय्या अभावले बिरामीको उपचार गर्न नसकिएको बताउनुभयो । “हामीसँग क्यान्सरको उपचारको सेवा सबै उपलब्ध छ”, निर्देशक डा चालिसेले भन्नुभयो, “तर बिरामी राख्ने ठाउँ नभएर उपचार दिन सकेका छैनाँै ।” उहाँका अनुसार अस्पतालले दैनिक ३० क्यान्सरका बिरामीलाई उपचार सेवा दिनुपर्ने भए पनि शय्या अभावले समस्या भएको छ । तीमध्ये भर्ना गरेर क्यान्सरको उपचार गर्नुपर्ने १५ जना र १५ जना डे–केयरमा क्यान्सरको बिरामी रहेका छन् । शल्यक्रिया र रेडियसन गर्न दुई हप्ता कुर्नुपर्ने बाध्यता रहेको छ । बिरामी उपचारका लागि कुर्नुपरेपछि महँगो उपचार गर्न निजी अस्पताल तथा भारत जान बाध्य भएका छन् । “सेवा प्रभाव गर्ने क्षमता भए पनि हामीसँग पूर्वाधार छैन”, कार्यकारी निर्देशक डा चालिसेले भन्नुभयो, “पूर्वाधार अभावले हामीले गरिबी विपन्न बिरामीको उपचार गर्न नपाएर फर्काइरहेका छौँ । ती बिरामीले ऋण खोजेर निजी तथा भारतका अस्पतालमा उपचार गर्न जान बाध्य छन् ।” अस्पतालमा क्यान्सर उपचारका लागि ९० प्रतिशत सुविधा भए पनि बिरामीलाई शय्या अभावले अयन्त्र पठाउनुपर्ने बाध्यता छ । नेपाल अर्बुद रोग निवारण सङ्घले सञ्चालन गर्दै आएको उक्त अस्पताल २०७७ सालमा सरकारले विकास समितिअन्तर्गत ल्याएर सरकारी बनाएको हो । अहिले भक्तपुर अस्पतालको जग्गामा सङ्घ बनाएको भौतिक पूर्वाधारमा अस्पतालले सञ्चालन भइरहेको छ । अस्पतालका कार्यकारी निर्देशक डा चालिसले सरकारसँग पटकपटक आग्रह गरेर अन्यत्र सारेर अस्पतालको क्षमता बढाउन माग गरे पनि सुनुवाइ नभएको बताउनुभयो । “सरकारले हामीलाई उपयुक्त ठाउँमा जग्गा उपलब्ध गराएर भवन बनाइदिएपछि दैनिक विरामीलाई हामीले फिर्ता गर्नुपर्ने अवस्था आउने थिएन”, उहाँले भन्नुभयो, “हामी उपचार गर्नसक्ने सक्षम भए पनि ठाउँ अभावले बिरामीको उपचार दिन नसकेकामा दुःख लाग्छ ।” निर्देशक डा चालिसेका अनुसार क्यान्सर अस्पतालका लागि भक्तपुरमा तीन ठाउँमा जग्गा हेरिएको छ । चाँगुनारायणको छालिङ, सूर्यविनायक र मूलपानीमा गरी तीन ठाउँ हेरे पनि जग्गा प्राप्त प्रक्रियाले अहिलेसममा जग्गा प्राप्ति भएको छैन । एक सय ६५ शय्याको अस्पतालमा दैनिक ७०० भन्दाबढी बिरामी उपचार लागि आउने गर्दछन् । यो सङ्ख्या गत वर्षभन्दा दोब्बर हो । “अस्पतालको प्रदान गर्ने सेवा गुणस्तरीय भएर होला अहिले अस्पतालमा गत वर्षभन्दा दोब्बर बिरामी आउने गरेका छन्”, निर्देशक डा चालिसेले भन्नुभयो, “दोब्बर बिरामीलाई उपचार गर्न सक्षम भए पनि पूर्वाधारको कमी छ ।” उपचारमा आएकामध्ये ८० प्रतिशत क्यान्सरका बिरामी हुन् । अस्पतालमा दैनिक आठदेखि १० जनासम्म शल्यक्रिया, ७० जना किमो चढाउनुपर्ने र १५० जनाको रेडियसन गर्नुपर्ने हुन्छ । अस्पताल साँघुरो ठाउँमा सञ्चालन गर्नुपरेकाले बिरामीलाई पनि सहज रुपमा उपचार दिन सकिएको छैन । “यति सानो ठाउँमा क्यान्सरका बिरामीको उपचार गर्न मिल्दैन तर पनि हामीले बाध्य भएर साँघुरो ठाउँमा गुणस्तरीय सेवा दिएका छौ”, कार्यकारी निर्देशक डा चालिसेले भन्नुभयो । --- # भक्तपुर क्षेत्र नंं २ मा समानुपातिक तर्फ पनि रास्वपा पहिलो, एकमा रास्वपाको अग्रता कायमै Source: https://newskunda.com/archives/3439 Category: FEATURED NEWS, निर्वाचन, राजनीति, समाचार, समाज Last updated: 2026-03-08 भक्तपुर, २४ फागुन : भक्तपुर क्षेत्र नं.२ मा समानुपातिक तर्फको मतगणना सम्पन्न भएको छ । आज सम्पन्न मतगणनाको अन्तिम मतपरिणाम अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ४३ हजार ३२२ मत ल्याएर पहिलो बनेको मतदान अधिकृत राधिका सुवालले जानकारी दिनुभयो । त्यस्तै नेपाली काँग्रेसले ८ हजार ७७८, नेकपा (एमाले)ले ८ हजार ३९०, नेमकिपाले ३ हजार ५२१, नेपाल कम्यनिष्ट पार्टी (नेकपा) ले १ हजार ९३०, राप्रपाले २ हजार ८३२, श्रम संस्कृति पार्टीले १ हजार ७५ मत प्राप्त गरेका छन् । मत परिणाम अनुसार भक्तपुर क्षेत्र नं. २ मा नेपाली काँग्रेस दोश्रो र नेकपा एमाले तेश्रो भएका छन् । त्यसैगरि भक्तपुर क्षेत्र नं. १ मा आज बिहान ११ बजेबाट समानुपातिक तर्फको मतगणना सुरु भएको छ । आज दिउँसो १ बजेसम्मको मत परिणाम अनुसार (रास्वपा)ले ११ हजार ७११ मत ल्याएर पहिलो बनेको जिल्ला निर्वाचन कार्यालय भक्तपुरका सूचना अधिकारी भिम बिसीले जानकारी दिनुभयो । त्यस्तै नेपाली काँग्रेसले १ हजार ५६५, नेकपा (एमाले)ले १ हजार ६५, नेमकिपाले ३ हजार ६५४, नेपाल कम्यनिष्ट पार्टी (नेकपा) ले ३२७, राप्रपाले ७३१, श्रम संस्कृति पार्टीले १९२ मत प्राप्त गरेका छन् । क्षेत्र नं. १ मा मतगणना जारी रहेको उहाँले जानकारी दिनुभयो । --- # भक्तपुर जिल्ला अन्तर क्लबस्तरीय सूर्यविनायक मेयर कप ब्याडमिन्टन प्रतियोगितामा कटुन्जे ब्याडमिन्टन क्लब बन्यो विजेता Source: https://newskunda.com/archives/5575 Category: FEATURED NEWS, खेलकुद, समाचार, समाज Last updated: 2026-11-09 भक्तपुर, । दुई स्वर्ण र दुई रजत पदक हात पार्दै सूर्यविनायकस्थित कटुन्जे ब्याडमिन्टन क्लब जिल्ला अन्तर क्लबस्तरीय सूर्यविनायक मेयर कप ब्याडमिन्टन प्रतियोगिता–२०८३ को विजेता बनेको छ । सूर्यविनायक नगरपालिकाको सूर्यविनायक नगर खेलकुद विकास समितिको आयोजनामा वडा नं. ८ स्थित चन्द्र वैभव ब्याडमिन्टन क्लबमा आइतबार सम्पन्न प्रतियोगितामा ४८ टिमलाई पछाडि पार्दै क्लब विजेता बनेको समितिका सदस्य सचिव दिपक थापाले जानकारी दिनुभयो । प्रतियोगितामा पुरुष एकल यू–१७ तर्फ कटुन्जे ब्याडमिन्टन क्लबका अच्युत ढुंगेल प्रथम, सोही क्लबका सुलभ थापालिया दोस्रो र पीबीसीका अपूर्व पोखरेल तथा एसवाईसीका सजिन खजु तेस्रो भएका छन् । पुरुष एकल खुलातर्फ डीसीबीका रेसोड सुवाल प्रथम, सोही क्लबका बिराज बोहोरा दोस्रो र डीसीबीकै अस्तमान चक्रधर तथा पीबीजीका कान्तिराम ढुंगाना तेस्रो भएका छन् । पुरुष युगलतर्फ कटुन्जे ब्याडमिन्टन क्लबका विशाल श्रेष्ठ र राजकुमार निरौलाको जोडी प्रथम भयो भने डीसीबीका कुमार शाक्य र रोचक राईको जोडी दोस्रो भएका छन् । एसवाईसीका रवीन्द्र घेमोसु र राजेश खाइतु एवं सीवाईसीका जयराज खड्का र प्रज्ज्वल पाण्डेको जोडी तेस्रोमा चित्त बुझाएका छन् । भेटरान्सतर्फ चन्द्र वैभव ब्याडमिन्टन क्लबका दीपक बस्नेत र युवराज श्रेष्ठको जोडी प्रथम तथा कटुन्जे ब्याडमिन्टन क्लबका सबिन ढुंगेल र कृष्ण गोपाल सुवालको जोडी दोस्रो भएको सदस्य सचिव थापाले बताउनुभयो । समापन कार्यक्रममा नगर प्रमुख वासुदेव थापाले विजेता, उपविजेता तथा तेस्रो हुने टिमलाई क्रमशः ३० हजार, २० हजार र १० हजार रुपैयाँसहित ट्रफी तथा मेडल प्रदान गर्नुभयो । प्रतियोगितामा उत्कृष्ट खेलाडी घोषित भएका दीपक बस्नेतले ट्रफीसहित आठ हजार रुपैयाँ र उदयमान खेलाडी घोषित अच्युत ढुंगेललाई ट्रफीसहित पाँच हजार रुपैयाँ पुरस्कार प्रदान गरिएको छ । सूर्यविनायक नगरपालिकामा नगर खेलकुद विकास समिति गठन गरि नगरपालिकाले खेलकुदको विकासमा टेवा पर्याउदै आएको बताउदै नगर प्रमुख वाुिदेव थापाले खेलकुदको विकासका लागि नगरपालिकाले यस वर्ष एक करोड रुपैयाँको बजेट विनियोजन गरेको बताउनुभयो । जनस्तरमै खेलाडी उत्पादन गर्न नगरपालिकाले समिति मार्फत विभिन्न खेलको निःशुल्क प्रशिक्षण सञ्चालन गर्दै आएको बताउदै उहाँले सूर्यविनायकबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी उत्पादन गर्ने लक्ष्य नगरपालिकाले राखेको बताउनुभयो । प्रत्येक वडामा एक खेल मदान र नगरपालिकाको ५० रोपनी जग्गामा नगर खेलकुद मैदान निर्माण प्रक्रिया जारी रहेको उहाँले बताउनुभयो । --- # भक्तपुर जिल्ला सूर्यविनायक चेस प्रतियोगिता–२०८३ सूर्यविनायकमा सुरु , ६६ जना खेलाडीहरूबीच प्रतिस्पर्धा Source: https://newskunda.com/archives/3726 Category: FEATURED NEWS, खेलकुद, राजनीति, समाचार, समाज Last updated: 2026-05-30 भक्तपुर, १६ जेठ : भक्तपुर जिल्लाव्यापी सूर्यविनयक चेस प्रतियोगिता–२०८३ आजदेखि सूर्यविनायकमा सुरु भएको छ । सूर्यविनायक नगर खेलकुद विकास समितिको आयोजना एवं सूर्यविनायक नगरपालिकाको सहयोगमा सल्लाघारीस्थित दिव्यश्री पार्टी प्यालेसमा सुरु भएको प्रतियोगिताको सूर्यविनायक नगरपालिकाका प्रवक्ता एवं सामाजिक विकास महाशाखाका संयोजक रविन्द्र सापकोटाले उद्घाटन गर्नुभयो । नगरपालिकाले स्थानीय तहबाटै खेलकुदलाई प्रोत्साहन गर्ने र दीर्घकालीन रूपमा राष्ट्रियस्तरका खेलाडी उत्पादन गर्र्ने गरि वार्षिक कार्यक्रम नै तयार पारी प्रत्येक महिनामा एक वटा खेल प्रतियोगिता आयोजना गर्दै आएको बताउनुभयो । उहाँले ग्रासरुढ फुटबल प्रशिक्षणदेखि बिभिन्न खेल प्रतियोसगताहरु आयोजना गरेर नगरपालिकाले खेलकुदको बिकास र खेलाडीलाई प्रोत्साहन दिएको बताउदै उहाँले बुद्धिचालले मानसिक र बौद्धिक विकासमा टेवा दिने बताउनुभयो । स्थानीयस्तरमा बुद्धिचाल खेलको विकास, प्रतिभा पहिचान र खेलाडी उत्पादनका लागि यस्ता प्रतियोगिताले महत्वपूर्ण भूमिका खेल्ने उहाँले बताउनुभयो । कार्यक्रममा समितिका सदस्य–सचिव दीपक थापाले प्रतियोगितामा जिल्लाभरिका ६६ जना खेलाडीहरूबीच प्रतिस्पर्धा रहेको बताउनुभयो । प्रतियोगितामा प्रथम हुने खेलाडीलाई नगद रु. १५ हजार, दोश्रो हुनेलाई रु. १० हजार, तेश्रो हुनेलाई रु. ५ हजार, चौथो हुनेलाई रु. ३ हजार र पाँचौ हुनेलाई रु. ३ हजार नगद, सहित महिला तथा पुरुष गरि कूल ६७ हजार ५०० रुपैयाँ नगद पुरस्कारको व्यवस्था गरिएको उहाँले जानकारी दिनुभयो । सदस्य सचिव थापाले यस प्रतियोगिताबाट उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूले आगामी तेस्रो बागमती प्रदेशस्तरीय खेलकुद प्रतियोगितामा भक्तपुर जिल्लाको प्रतिनिधित्व गर्ने अवसर प्राप्त गर्ने बताउनुभयो । कर्यक्रममा कार्यपालिका सदस्य कमला पोखरेल, जिल्ला खेलकुद विकास समिति सदस्य अनन्त वैद्य, नेपाल बुद्धिचाल महासंघका केन्द्रीय सदस्य निराजन प्रजापति र भक्तपुर जिल्ला चेस संघका अध्यक्ष बद्री दुवाल लगायतको सहभागिता रहेको थियो । --- # भक्तपुर जिल्लास्तरीय सूर्यविनायक चेस च्याम्पियनसिप–२०८३ सम्पन्न Source: https://newskunda.com/archives/3745 Category: FEATURED NEWS, खेलकुद, समाचार, समाज Last updated: 2026-05-31 भक्तपुर, १७ जेठ : सूर्यविनायक नगरपालिकाको आयोजनामा भक्तपुर जिल्लाका खेलाडीहरूका लागि आयोजित भक्तपुर जिल्लास्तरीय सूर्यविनायक चेस च्याम्पियनसिप–२०८३ को उपाधी निकेन कुसथाले हात पार्नु भएको छ । आज सम्पन्न दुईदिने प्रतियोगितामा प्रथम हुदै कुसाथाले नगद पुरस्कार रु. १५ हजार, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नु भएको कार्यक्रमका सभापति सूर्यविनायक नगर खेलकुद विकास समितिका सदस्य सचिव दीपक थापाले जानकारी दिनुभयो । प्रतियोगितामा गणेशमान दुवाल द्वितिय, पुरुषोत्तम दुवाल तृतीय हुदै नगद रु. क्रमश १० हजार र पाँच हजार तथा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नु भएको उहाँले जानकारी दिनुभयोे । प्रतियोगितमा चौथो हुने सुमन सुवाल र पाँचौ हुने गणेश अवालले जनही तीन हजार पुरस्कार र प्रमाणपत्र प्राप्त गर्नुभयो भने विभिन्न उमेर समूह तथा विशेष विधातर्फ पनि उत्कृष्ट खेलाडीहरूलाई सम्मान गरिएको सदस्य सचिव थापाले जानकारी दिनुभयो । विजयी खेलाडीहरुलाई जिल्ला खेलकुद विकास समितिका अध्यक्ष राजु थापाले पुरस्कार प्रदान गर्नुभयो । बेस्ट महिलातर्फ श्रेसा दुवाल प्रथम र मानस्विनी शर्मा द्वितिय हुनुभयो भने भने यू–१६ बालिकातर्फ राजश्री कोजु उत्कृष्ट घोषित हुनुभयो । प्रथम र दोश्रो हुने खेलाडीलाई रु तीन हजार र १५ सय नगद पुरस्कार एवं प्रमाण पत्र प्रदान गरिएको थियो । प्रतियोगिताबाट खुल्ला एवं महिला दुवै विधामा प्रथम, द्वितिय र तृतीय हुने खेलाडीहरूले आगामी बागमती प्रदेशस्तरीय खेलकुद प्रतियोगितामा भक्तपुर जिल्लाको प्रतिनिधित्व गर्ने अवसर प्राप्त गर्ने उहाँले बताउनुभयो । प्रतियोगिताको मुख्य निर्णायक निरञ्जन प्रजापति रहेका थिए भने खुल्ला तथा महिला दुवै विधाबाट उत्कृष्ट प्रथम, द्वितीय र तृतीय स्थान हासिल गरेका ३÷३ जना खेलाडीहरू बागमती प्रदेश स्तरीय खेलकुद प्रतियोगिताका लागि छनोट भएको घोषणा समेत गर्नुभएको थियो । प्रतियोगिताले भक्तपुर जिल्लामा चेस खेलको विकास, खेलाडीहरूको पहिचान तथा प्रतिस्पर्धात्मक वातावरण निर्माणमा महत्वपूर्ण योगदान पुर्याएको आयोजकले जनाएको छ । --- # भक्तपुर जिसस निर्वाचन, नेतृत्व गर्ने अवसरबाट चुक्दै नेमकिपा Source: https://newskunda.com/archives/1099 Category: FEATURED NEWS, निर्वाचन, राजनीति, समाचार Last updated: 2022-06-03 **नेमकिपाले भने एमसीसी समर्थन पार्टीसँग मिलेर जान नसकिने जवाफ फर्काएको बताइएको छ । छलफलमा नेमकिपाले एमसीसी पक्षधर दलसँग कुनै हालतमा सहकार्य नगर्ने र गर्नै परे एमसीसी गलत हो, यसलाई मान्दैनौ, हामी यसको बिरोध गर्छौ भनेर हस्ताक्षर गर्नु पर्ने शर्त अगाडि सारेको कांग्रेस एमालेका नेताहरुले बताएका छन् ।**========================================= भक्तपुर, २० जेठ : जिल्ला समन्वय समिति भक्तपुरको निर्वाचन यहीँ जेठ २८ गते हुने भएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयले यहीँ १९ गते निर्वाचन कार्यतालिका सार्वजनिक गर्दै २३ गते उम्मेदवारी दर्ता र २८ गते निर्वाचन गर्ने जानकारी दिएको छ । मुख्य निर्वाचन अधिकृत गोपालप्रसाद बास्तोलाले १९ गते मतदाता नामावली प्रकाशनसँगै निर्वाचन प्रक्रिया सुरु भएको र निर्वाचन तालिका अनुसार सबै प्रक्रिया पुरा गरेर २८ गते शनिवार निर्वाचन गरि सोही दिन मतगणना गरि घोषणा गरिने जानकारी दिनु भयो । आगामी पाँच वर्षे कार्यकालका लागि हुने निर्वाचनमा यस पटक नेपाल मजदुर किसान पार्टी निर्णायक हुने भएको छ । नेपाली कांग्रेस र एमालेको बराबर मतभार भएपछि नेमकिपा निर्णायक हुने भएको हो । भक्तपुरका चार नगरपालिकामा प्रमुख र उपप्रमुख गरि आठ जनाले मतदान गर्न पाउने व्यबस्था छ । जसमा नेकपा एमालेको ३, नेपाली कांग्रेसको २, नेमकिपाको २ र नेकपा माओवादी केन्द्रको १ जना मतदाता रहेका छन् । अहिलेकै अवस्थामा गठबन्धनमा रहेका कांग्रेस र माओवादी मिल्दा ३ मत हुने हुँदा एमाले र गठबन्धनबबीच बराबर मतभार रहन्छ । यस्तो अबस्थामा २ मतभार रहेको नेमकिपा निर्णायक हुने भएको हो । नेमकिपा निर्णायक हुने भएपछि कांग्रेस र एमालेको जिल्ला नेतृत्व तहले जिससमा सहकार्य गरेर जान नेमकिपासँग छलफल अगाडि बढाएको बताएका छन् । नेपाली कांग्रेसका जिल्ला सभापित दुर्लभ थापाले कसैको बहुमत नभएको अबस्थामा जिससमा सबै मिलेर जान सके राम्रो हुने भन्दै यसका लागि दुई तीन चरणमा छलफल भइरहेको जानकारी दिनु भयो । उहाँले भन्नुभयो, “नेमकिपासँग पनि एक चरणमा छलफल भएको हो, तर उहाँहरुको कुरा एमसीसीसँग पनि जोडिएको रहेछ, जिल्ला समन्वय समिति भनेको नगरपालिकाहरुसँग समन्वय गर्ने निकाय हो, सबै पार्टी मिलेर जान सके राम्रो भनेर एमालेसँग पनि यसबारेमा छलफल भइरहेको छ ।” कांग्रेस सभापति थापाले समन्वय गर्ने निकाय जिसस भएकाले काँग्रेस, एमाले मिलेरै जान सके अझ राम्रो हुने भन्दै कतै सहमति नभए बराबर मतभार रहेको काँग्रेस गठबन्धन र एमालेबीच अन्तिममा गोलाप्रथाबाट टुङ्गोमा पुग्न सकिने बताउनु भयो । एमालेका भक्तपुर जिल्ला अध्यक्ष बचत देउजाले नेमकिपासँग यसबारेमा दुई तीन चरणमा छलफल भएको तर जवाफ नआएको बताउनु भयो । एमाले अध्यक्ष देउजाले भन्नुभयो, “एमालेले नेमकिपासँग छलफल गर्दै आएको छ, तर उहाँको स्पष्ट धारणा केही आएको छैन । नेमकिपाबाट केही स्पष्ट कुरा नआएकाले सहकार्य हुनेमा यसै भन्न सकिने अबस्था छैन, मतभार भएका सबै दल मिलेर जान सके अझै राम्रो हुन्छ, अन्त्यमा कुनै सहमति बन्न नसके गोलाप्रथा छदैछ ।” एमाले र कांग्रेस दुबै दलले नेमकिपालाई जिसस प्रमुख सहित सदस्यहरु दिने र उपप्रमुखसहित केही सदस्य आफ्नो पार्टीले लिने गरि प्रस्ताव लगेको दुबै पार्टीका नेताहरुले बताएका छन् । तर नेमकिपाले भने एमसीसी समर्थन पार्टीसँग मिलेर जान नसकिने जवाफ फर्काएको बताइएको छ । छलफलमा नेमकिपाले एमसीसी पक्षधर दलसँग कुनै हालतमा सहकार्य नगर्ने र गर्नै परे एमसीसी गलत हो, यसलाई मान्दैनौ, हामी यसको बिरोध गर्छौ भनेर हस्ताक्षर गर्नु पर्ने शर्त अगाडि सारेको कांग्रेस एमालेका नेताहरुले बताएका छन् । नेमकिपाका केन्द्रीय सचिव प्रेम सुवालले भने जिससमा समन्वय गरेर जानेबारेमा कांग्रेस र एमालेसंग आफूसंग कुनै छलफल नभएको बताउनु भयो । उहाँले भन्नुभयो, “अहिलेसम्म यसबारेमा मसंग कांग्रेस, एमालेका कोही पनि नेताको कुरा भएको छैन, उहाँहरुले कोसंग कुरा गर्नु भो थाहा पनि छैन, यसबारेमा पार्टीमा छलफल भएर पार्टीले आधिकारिक निर्णय नगरेसम्म केही भन्न सक्दैनौ ।” नेमकिपाका एक जिल्ला नेताले भने कांग्रेस र एमाले दुबै दलले नेमकिपालाई जिसस प्रमुखसहित बहुमत सदस्यहरु दिने प्रस्ताव ल्याएको स्वीकार्नु भयो । नेमकिपाले राखेको शर्तका बारेमा पनि लचक भएर जानेबारेमा छलफल भएको जानकारी दिदै ती नेताले पार्टीको एउटै नीति एमसीसी पक्षघरसँग सहमति र सहकार्य गरेर जान सकिदैन भन्ने जवाफ केन्द्रबाट आएकाले यसबारेमा जिल्ला तहले केही गर्न नसक्ने बताउनु भयो । त्यसो त यसअघि पनि नेमकिपाले जिससलाई काम नलाग्ने निकायका भएकाले जिससलाई खारेज गर्नुपर्ने माग राख्दै आएको थियो । २०७४ को जिससको निर्वाचनमा भने कांग्रेसको उम्मेदवारी नपरेपछि बहुमत रहेको एमाले र दुई मत रहेको नेमकिपाबीच निर्वाचन भएको थियो । पाँच मत रहेको एमालेले जिसस प्रमुखमा नवराज गेलालसहित सबै पदमा उम्मेदवारी दिएको थियो भने नेमकिपाले जिसस प्रमुखमा कमला भारती गिरीलाई उम्मेदवारी दिएको थियो । नेतृत्व गर्ने अवसर पाउँदा पनि नेमकिपा नेतृत्व लिन नचाहने तर बिरोध मात्रै गर्ने भन्दै कार्यकर्ता तहमै चर्चा चल्न थालेको छ । एमसीसी पक्षघरसँग सहकार्य नगर्ने पार्टीको नीति र निर्देशन विपरित केहीदिन अघि मात्रै चाँगुनारायण नगर कार्यपालिकाको निर्वाचनमा नेमकिपाले पाँच मत प्रदान गर्दै कांग्रेसलाई बहुमत दिएर विजयी गराएको थियो । कांग्रेस र एमाले दुबैको कार्यपालिकामा बहुमत नपुग्दा नेमकिपाले जता साथ दियो त्यतै बहुमत पुग्ने अबस्थामा पार्टी नीति र निर्देशन विपरित नै नेमकिपाका जनप्रतिनिधिले कांग्रेससंग सहकार्य गर्दै कार्यपालिकामा जाने आफ्नो अवसर प्राप्त गरेका थिए । --- # भक्तपुर जिसस प्रमुखमा एमालेका थापा सहित बहुमत निर्वाचित Source: https://newskunda.com/archives/1250 Category: FEATURED NEWS, निर्वाचन, राजनीति, समाचार, समाज Last updated: 2022-06-11 भक्तपुर, २८ जेठ : जिल्ला समन्वय समिति भक्तपुरका अध्यक्षमा एमालेका ईश्वर थापा निर्वाचित हुनु भएको छ । मुख्य निर्वाचन कार्यालय भक्तपुरले आज सञ्चालन गरेको निर्वाचनमा काँग्रेस र एमालेको बराबर मत आएपछि गोलाप्रथाबाट प्रमुख, उपप्रमुख र सदस्यको छनौट गरिएको थियो । गोलाप्रथाबाट छनौट गर्दा जिसस प्रमुखमा एमालेका थापा र उप प्रमुखमा काँग्रेसकी सुजाता बाडे निर्वाचित हुनु भएको छ । त्यस्तै सदस्यहरुमा सदस्यहरुमा एमालेका नानु कार्की, मन्जु कार्की, विश्वराम त्वायनाबासु र राम माया मिजारले गोला तानेर निर्वाचित हुनु भएको छ । कांग्रेसबाट भने सदस्यमा बिनु केसीले गोला तानेर विजय हासिल गर्नु भएको छ । भक्तपुरका चार नगरपालिकामा निर्वाचित नगर प्रमुख र उपप्रमुख आठ जना मध्ये नेकपा एमालेका दुई प्रमुख र एक उपप्रमुखसहित तीन मत, नेपाली कांग्रेसको दुई प्रमुख सहित दुई मत, नेकपा माओवादी केन्द्रका एक उपप्रमुख सहित एक मत र नेपाल मजदुर किसान पार्टीको प्रमुख र उपप्रमुख सहित दुई मत गरि कूल आठ मत रहेको थियो । एमाले, काँग्रेस र नेमकिपा तीन वटै दलले आ–आफ्नो उम्मेदवारी उठाए पनि काँग्रेस र एमालेले अन्तिम समयसम्म पनि नेमकिपालाई प्रमुखसहित सदस्य दिएर बहुमत जुटाउन खोजे पनि नेमकिपाले एमसीसी पक्षधर दलसँग कुनै पनि साझेदारी नगर्ने अडान राख्दै आएको थियो । अन्तिममा एमाले र काँग्रेसबीच पनि मिलेर जाने प्रयास असफल भए पछि अन्तमा भएको मतदानमा एमालेका उम्मेदवारले तीन मत र काँग्रेस तथा माओवादी केन्द्रका उम्मेदवारले तीन मत गरि बराबर मत प्राप्त गरे पछि गोलाप्रथा गरिएको थियो । मत बराबर भएपछि गोलाप्रथा गर्दा जिसस प्रमुखसहित ५ जना एमालेबाट र उपप्रमुखसहित २ जना काँग्रेसबाट निर्वाचित भएका छन् । निर्वाचित पदाधिकारीलाई एमालेका पोलिटव्यूरो सदस्य, प्रतिनिधि सभाका सांसद एवं पूर्वमन्त्री महेश बस्नेतले खादा तथा माला लगाएर बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्नु भयो । त्यस्ते निर्वाचिन हुनेहरुलाई सूर्यविनायक नगरपालिकाका प्रमुख वासुदेव थापा, उपप्रमुख सरिता तिमिल्सिना भट्टराई, चाँगुनारायण नगरपालिकाका उपप्रमुख रमेश बुढाथोकी, पूर्व नगरप्रमुख सोमप्रसाद मिश्रलगायत एमालेका नेताहरुले बधाई तथा शुभकामना प्रदान गर्नु भयो । --- # भक्तपुर नगरपालिकामा आजदेखि मेलम्चीको पानी वितरण सुरु Source: https://newskunda.com/archives/1015 Category: FEATURED NEWS, जीवन शैली, समाचार, समाज Last updated: 2022-05-26 भक्तपुर, १२ जेठ । बहुप्रतिक्षित मेलम्ची खानेपानी आयोजनाको पानी बिहीबार दिउँसो १२ बजेदेखि भक्तपुरबासीहरुको धारामा खसेको छ । भक्तपुर नगरपालिकामा आजदेखि मेलम्चीको पानी वितरण सुरु गरेको छ । हाललाई कटुञ्जेस्थित खानेपानी ट्याड्ढकीबाट भक्तपुर नपा वडा नं. १, २, ३, ४ र ५ वडामा आजदेखि मेलम्चीको खानेपानी वितरण सुरु भएको हो । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापति र केयुकेएल भक्तपुरका निवर्तमान प्रमुख सुरेन्द्र हिमालय श्रेष्ठले बिहीबार संयुक्त रुपमा मेलम्चीको पानीको साँचो खोली भक्तपुरबासीहरुको घरघरमा खानेपानी वितरण सुरु गरिएको हो । कार्यक्रममा नगर प्रमुख प्रजापतिले भक्तपुर नपाले खानेपानीको समस्या समाधानतर्फ सुरुदेखि आवश्यक पहल गरिरहेको र निर्वाचनमा पनि खानेपानीलाई पहिलो प्राथमिकतामा राख्दै जनतालाई जेठको दोस्रो हप्ताभित्र मेलम्चीको पानी वितरण गर्नेमा जोड दिँदै आउनुभएको थियो । उहाँले भक्तपुरमा मेलम्चीको पानी वितरण सुरु भएसँगै जनताहरु निकै खुशी भएको बताउनुभयो । सोही क्रममा केयुकेएल भक्तपुरका सुरेन्द्रहिमालय श्रेष्ठले भक्तपुरबासी जनतालाई मेलम्चीको खानेपानी वितरण गर्न सफल भएकोमा गौरवान्वित महसुस भएको बताउनुहुँदै भक्तपुरमा अब खानेपानीको समस्या सहज हुने बताउनुभयो । मेलम्चीको पानी वितरणसंगै भक्तपुरका स्थानीयहरु निकै खुशी देखिएका थिए । विगत २० वर्षदेखि खानेपानीको समस्या भोगिरहेका खौमा, इटाछेँ, बोलाछेँ, टौमढीलगायतका स्थानीयहरुले मेलम्चीको पानी वितरण भएसँगै नगर प्रमुख सुनिल प्रजापतिलाई धन्यवाद समेत दिएका थिए । पानी वितरणसँगै ठाउँ ठाउँमा पाइपहरु फुटेर पानी चुहिएको पनि देखिएको छ । त्यसलाई छिटै नै व्यवस्थापन गर्नुपर्ने स्थानीयबासीहरुको माग पनि रहेको छ । --- # भक्तपुर नपा–१ र ३ मा नेमकिपा विजयी Source: https://newskunda.com/archives/965 Category: FEATURED NEWS, निर्वाचन, राजनीति, समाचार Last updated: 2022-05-15 भक्तपुर, १ जेठ । भक्तपुर नगरपालिका वडा नं. १ मा २ हजार १२२ मत ल्याएर नेमकिपाका उम्मेदवार श्यामकृष्ण खत्रीसहितको प्यानल विजयी हुनु भएको छ । सदस्यहरुमा कल्पना शिल्पकार, गंगालक्ष्मी वगनु, सूर्यप्रसाद श्रेष्ठ विजयी हुनु भएको छ । भक्तपुर नपा वडा नं. ३ मा पनि नेमकिपाको राजकृष्ण गोराले २ हजार ४४० मत ल्याएर विजयी हुनु भएको छ । सदस्यहरुमा सुनिता अवाल, कृष्ण गोपा चगुठी र राजकुमार शिल्पकार विजयी हुनु भएको छ । भक्तपुरमा नेमकिपाले निकै फराकिलो अन्तरमा कांग्रेस र एमालेलाई पछाडि पार्दै विजयी हासिल गर्नु भएको हो । मत गणना जारी रहेको छ । --- # भक्तपुर नपाद्वारा संस्कृतिकर्मी तथा सांस्कृतिक गुरुहरूको सम्मान Source: https://newskunda.com/archives/2294 Category: FEATURED NEWS, अर्थ, कला तथा साहित्य, राजनीति, समाचार, समाज Last updated: 2022-09-27 भक्तपुर, ११ असोज : ४३ औं विश्व पर्यटन दिवसको अवसरमा गाईजात्रा पर्व २०७९ मा प्रदर्शन गरेका घिन्ताङघिसी तथा परम्परागत एवम् आधुनिक विधाका विजेताहरुलाई पुरस्कार तथा प्रमाणपत्र वितरण तथा भक्तपुरका सांस्कृतिक गुरुहरुको सम्मान कार्यक्रम मंगलबार भक्तपुरको दरबार क्षेत्रमा भव्य समारोहबीच सम्पन्न भयो । कार्यक्रमको नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले पानसमा दीप प्रज्ज्वलन गरी उद्घाटन गर्नुभएको थियो । कार्यक्रममा बोल्नुहुँदै अध्यक्ष बिजुक्छेँले हाम्रो कला संस्कृति नै हाम्रो सम्पत्ति हो र यसको संरक्षण गर्न स्थानीय सरकार, सहकारी संस्था र विद्यालयहरु क्रियाशील हुनुपर्ने बताउनुभयो । परम्परागत सांस्कृतिक नाच र अन्य गतिविधिहरुमा महिलाहरुको उत्साहजनक सहभागिता बढ्दै गएको बताउनुहुँदै उहाँले भक्तपुरको कला संस्कृति जगेर्णामा यहाँका कलाकार, लोहँकर्मी र सिकर्मीको योगदान उल्लेखनीय छ भन्नुभयो । भक्तपुर नपाले पर्यटन शुल्कबाट उठाएको रकमबाट यहाँको सरसफाई, शिक्षा, स्वास्थ्य, सम्पदा पुनःनिर्माणलगायतका क्षेत्रमा निकै सुधार हुँदै गएको बताउनुहुँदै अध्यक्ष बिजुक्छेँले भक्तपुरको समाजवादी मोडल हेर्न देशभरिका जनप्रतिनिधि, पत्रकार र शुभचिन्तकहरुले भक्तपुर भ्रमणले अझ व्यापकता लिँदै गएको छ भन्नुभयो । भक्तपुर आफैमा एउटा खुल्ला विश्वविद्यालयको रुपमा रहेको बताउनुहुँदै अध्यक्ष बिजुक्छेँले सांस्कृतिक गुरुहरु स्वयम् समाजका सम्मानित प्राध्यापकको रुपमा रहेको बताउनुभयो । सरकारको मुख नताकी भक्तपुर नपाले आफ्नै बलबुत्तामा गरेको विकास निर्माण कार्यले आज विश्वमै ख्याति कमाइरहेको बताउनुहुँदै उहाँले चाडबाडमा हुने फोहर व्यवस्थापनमा नगरबासी स्वयम् सचेत भए भक्तपुर नगर अझ सुन्दर र व्यवस्थित हुने बताउनुभयो । नेमकिपाका केन्द्रीय सचिव प्रेम सुवालले बलियो अर्थतन्त्रले देशको मूल्य मान्यता बढ्ने भन्दै देशको अर्थतन्त्र बलियो बनाउन सरकार बलियो र सरकारमा जाने राजनीतिक दलहरु इमानदार हुनुपर्छ भन्नुभयो । भूकम्पपछिको पुनःनिर्माणमा ढिलाइ गर्न नहुनेतर्फ सचेत पार्नुहुँदै उहाँले भक्तपुरको दरबार क्षेत्रमा अवस्थित राष्ट्रिय कला संग्रहालयको भवन पुनःनिर्माण मल्लकालीन शैलीमा गर्नुपर्नेमा जोड दिनुभयो । निर्वाचन निकै भड्किलो र खर्चिलो हुँदै गइरहेको बताउनुहुँदै उहाँले मंसिरमा हुने निर्वाचनको मिति घोषणा भएकै दिनदेखि चुनावमा भाग नलिने व्यक्तिहरुको तटस्थ निर्वाचन सरकार गठन गर्नुपर्ने धारणा राख्नुभयो । सचिव सुवालले भन्नुभयो, ‘भूगोल र संस्कृतिको अध्ययन गर्न पर्यटकहरु एक देशबाट अर्को देश घुम्ने गर्छन् । पर्यटन उद्योग प्रवद्र्धन गर्नु भनेकै हाम्रो कला, संस्कृति, सम्पदा विश्वमाझ चिनाउन हो ।’ भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुरलाई सांस्कृतिक क्षेत्रमा अगाडि बढाउन र आजको स्थितिमा पु¥याउन सांस्कृतिक गुरुहरुको योगदान कदरयोग्य भएको बताउनुहुँदै सांस्कृतिक गुरुहरु विश्वविद्यालयको प्रमाणपत्र विनाका प्राध्यापकहरु हुन् भन्नुभयो । उहाँले देशका विभिन्न क्षेत्रका सम्पदाहरुको पुनःनिर्माणमा भक्तपुरकै कालिगढहरुको खोजी हुने क्रम सुरु भएको बताउनुहुँदै भक्तपुर नपाले अग्रजहरुले सुरु गरेका कार्यलाई निरन्तरता दिँदै यहाँका जनतालाई रोजगारीको निम्ति विभिन्न सीपमूलक तालिम पनि सञ्चालन गर्नुका साथै सीप र प्रविधि भक्तपुरमा मात्रै सीमित नराखी देशभर फैलाउने अवसर पनि प्राप्त भएको बताउनुभयो । पर्यटकीय गन्तव्यस्थल र सांस्कृतिक नगरको रुपमा विकास भइरहेको भक्तपुर नगरलाई कतिपय विद्धानहरुले जीवित संग्रहालयको रुपमा परिभाषित गरिरहेको प्रसंग जोडदै उहाँले पारदर्शी र आर्थिक अनुशासनलाई कडाइका साथ लागू गर्दै भक्तपुर नगरलाई भ्रष्टाचारमुक्त नगरको रुपमा विकास गर्दै अगाडि बढिरहेको बताउनुभयो । त्यस्तै नेमकिपाका केन्द्रीय सदस्य सुरेन्द्रराज गोसाइँले सापारुको सांस्कृतिक गतिविधिमा महिलाहरुको उत्साहजनक रुपमा कलाकारको रुपमा सहभागिता रहनु आफैमा राम्रो पक्ष हो र अझ व्यवस्थित रुपमा उत्साहित बनाउँदै लानु आवश्यक छ भन्नुभयो । इतिहास जोगाउने अभियानमा भक्तपुर नपा निरन्तर अगाडि बढ्नुपर्छ भन्दै उहाँले छिमेकी देश चीनका विशिष्ट व्यक्तित्वहरुको मनपर्ने ठाउँको रुपमा भक्तपुर रहेको र उहाँहरुले यस ठाउँकाबारे उच्च मूल्यांकन गर्दै आउनुभएको स्मरण गर्नुभयो । उहाँले सांस्कृतिक हमलाविरुद्ध हामी राजनीतिक, वैचारिक र सैद्धान्तिक रुपमा लड्न तयारी अवस्थामा रहनुपर्ने आवश्यकता औंल्याउनुभयो । संस्कृतिविद् विश्वमोहन जोशीले संस्कृति भनेको हाम्रो जीवनचर्या भएको बताउनुहुँदै साँस्कृतिक अतिक्रमणले हाम्रो भाषा र पहिचानमा खतरा पुग्ने भएकोले भक्तपुर नपाले सँस्कृतिलाई हस्तान्तरण गरिरहेको कार्य प्रशंसनीय रहेको बताउनुभयो । सांस्कृतिक मूल्यांकनकर्ता इन्दिरा लाछिमस्यूले गाईजात्रामा नयाँ पुस्ता र महिलाहरुको सहभागिता उत्साहजनक रहेको बताउनुहुँदै आफूले सिकेको सीप र कला नयाँ पुस्तामा पुस्तान्तरण गर्नु हाम्रो कर्तव्य भएको बताउनुभयो । कार्यक्रममा भक्तपुर नपा वडा नं. ७ का वडाध्यक्ष उकेश कवांले सांस्कृतिक विधाहरुको मूल्यांकनको समीक्षा गर्नुहुँदै प्रतियोगिताको मूल्यांकन निष्पक्ष ढंगबाट भएको बताउनुभयो । कार्यक्रममा भक्तपुर नपाका प्रमुख प्रशासकीय अधिकृत कृष्ण गिरीले स्वागत मन्तव्य राख्नुभएको थियो भने भक्तपुर नपा वडा नं. ९ का वडाध्यक्ष रबिन्द्र ज्याख्वले पनि बोल्नुभएको थियो । उक्त कार्यक्रममा प्रमुख अतिथि बिजुक्छेँले प्रत्येक वडाबाट २२ जना सांस्कृतिक गुरुहरुलाई दोसल्ला ओढाई नगद रु. १५,०००।– सहित सम्मान पत्र प्रदान गर्नुभएको थियो भने उहाँले उत्कृष्ट कलाकारहरुलाई पुरस्कार वितरण गर्नुभएको थियो । त्यस्तै विशेष अतिथि सुवालले घिन्ताङघिसी, माक प्याखं, आधुनिक विधा र परम्परागत विधाका विजेताहरुलाई पुरस्कार वितरण गर्नुभएको थियो भने प्रमुख प्रजापतिले प्रतियोगिताका मूल्यांकनकर्ताहरु र सहयोगी सबैलाई मायाको चिनो प्रदान गर्नुभएको थियो । कार्यक्रममा प्रतियोगितामा प्रथम हुन सफल माक प्याखंमा प्रथम हुन सफल कोतदेवी दाफा भजनको माक प्याखं, देवी प्याखंमा प्रथम हुन सफल गलसी पुखुको देवी प्याखं, दोस्रो हुन सफल पासा पुच समूहको लाखो प्याखं देखाइएको थियो । --- # भक्तपुर महोत्सवमा एक लाख भन्दा बढीको आगमन, रु. ५० लाखको कारोबार Source: https://newskunda.com/archives/3600 Category: FEATURED NEWS, अर्थ, मनोरञ्जन, राजनीति, समाचार, समाज Last updated: 2026-04-17 भक्तपुर, ४ बैशाख : नयाँवर्ष २०८३ सालको अवसर पारे भक्तपुरको सल्लाघारीस्थित १०९ रोपनी चौरमा आयोजना भइरहेको ‘दशौं भक्तपुर औद्योगिक, सांस्कृतिक, पर्यटन, कृषि तथा व्यापार महोत्सव–२०८२÷०८३’ आजसम्म एक लाख भन्दा बढी दर्शक तथा उपभोक्ताको आगमन भइसकेको छ । औद्योगिक शान्ति नेपाल संस्थाले चैत २६ गतेबाट सञ्चालन गरेको महोत्सवमा आज नौ दिनसम्म एक लाख भन्दा बढी दर्शक तथा उपभोक्ताको आगमन भइसकेको संस्थाका अध्यक्ष सन्दिप महतले जानकारी दिनुभयो । महोत्सवमा एकैछानामुनी दैनिक उपभोग्य सामग्री र बिभिन्न सामानहरु पाउँने भएपछि उपभोक्ताको भीड बढ्दै गएको र आजसम्म १८० भन्दा बढी स्टलबाट ५० लाख भन्दा बढीको कारोबार भएको उहाँले जानकारी दिनुभयो । स्थानीय उत्पादनलाई बजार प्रबद्र्धन गर्ने, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ब्राण्डका बिभिन्न सामानहरु एकै थलोमा सुपथ मुल्यमा उपलब्ध गराउने, भक्तपरको कला, संस्कृति, उत्पादन र साँस्कृतिक परम्परालाई कै थलोमा प्रर्दशन गर्दै प्रचार गर्ने उदेश्यले नयाँ वर्षको अवसरमा महोत्सवको आयोजना गरेको उहाँले जानकारी दिनुभयो । महोत्सवमा मानवीय दैनिक जीवनमा प्रयोगमा आउने दैनिक उपभोग्य सामाग्रीहरु, खाद्यान्नका सामाग्रीहरु, बिभिन्न्न प्रकारका लत्ताकपडाहरु, जुत्ताहरु, कृषि तथा हस्तकलाका सामाग्रीहरु, औधोगिक उत्पादन, काष्ठकला, माटोका भाडा, स्थानीय घरेलु उत्पादन, सूचना तथा बिज्ञान प्रबिधि, अटो मोवाइल, विद्युतीय मेशिन कृषि औजार, मोवाईल तथा ईलेक्ट्रोनिक्स सामानको प्रर्दशनी तथा बिक्री लागि राखिएको उहाँले जानकारी दिनुभयो । बैशाख ६ गतेसम्म सञ्चालन हुने महोत्सवमा दैनिक उपभोग्य सामग्री, लत्ता कपडाको स्टलमा दैनिक उपभोक्ताको भिड लागेको उहाँले जानकारी दिनुभयो । महोत्सवमा मुख्य आकर्षणको रुपमा राखिएको ‘लन्डन ब्रिज’ मा फोटो तथा भिडियो खिच्नेहरुको उत्तिकै भिड देखिन्छ भने बालबालिकादेखि यवायुवतीसम्म बाल उद्यान, रोटी पिङ्ग, ड्रागन ट्रेन, नाउ तथा बच्चाको बिभिन्न प्रकारको खेलौना, र बिभिन्न प्रकारका खानामा उपभोक्ताको त्यतिकै भिड देखिन्छ । ### दैनिक चर्चित गायक गायिकाको साँस्कृतिक महोत्सव, पहिलो पटक भक्तपुर वाइल्ड फायर नाइट महोत्सवमा दैनिक रुपमा चर्चित गायकगायिकाले यहाँको सांगीतिक माहौललाई महोत्सवको रुपमा परिणत गरेको छ । राष्ट्रियस्तरका ख्याती प्राप्त कलाकारहरुको गीत, संगीतले महोत्सवमा युवा पुस्ताको भीड उत्तिकै बढेको छ । चर्चित गायक रामकृष्ण ढकालदेखि गायिका रचना रिमालसम्मले महोत्सवलाई उत्सवमय बनाएका छन् । गायितका एलिना चौहान, मञ्जु पौडेल, रोज मोक्तान, मदन बिष्ट, रमेश मेलोडी, जंकि रोयल्स ब्यण्ड, भोजराज काफ्लेलगायत दर्जना कलाकारको दैनिक प्रस्तुतीले साँगीतिक महोत्ुवमय बनेको छ । महात्सवकै अबसरमा भोली शनिवार साँझ प्रमोद खरेल एण्ड परम्परा ब्याण्ड र दुर्गेश थापाको प्रस्तुती रहने गरि भक्तपुर वाइल्ड फायर नाइट आयोजन गर्ने भएको आज संस्थाका अध्यक्ष महतले जानकारी दिनुभयो । कन्सर्टमा दुश्मन हेरेको हेरैलगायतका दर्जनौ चर्चित गीत गाएक थापा र चर्चित गायम खरेल एण्ड परम्परा ब्याण्डको भव्य प्रस्तुती रहने उहाँले जानकारी दिनुभयो । अध्यक्ष महतले भक्तपुरमा पहिलो पटक दुर्गेश र खरेलले एकै मञ्मा र एकै पटक प्रस्तुती दिन लागेको जानकारी दिदै यो जोडीको प्रस्तुती हेर्न हजारौ दर्शकको आगमन हुने गरि तयारी पुरा गरेको जानकारी दिनुभयो । सांगीतिक प्रस्तुतीसंगै हाँस्य व्यङ्ग्य, फेशन शो, नृत्य प्रतियोगिताले महोत्सवलाई थप आकर्षण बनाएको उहाँ बताउनुहुन्छ । --- # भक्तपुर मालपोतमा कार्यरत तत्कालिन नायब सुब्बाको ९ करोड ७२ लाख अबैध सम्पत्ति, अख्तियारले चलायो मुद्धा Source: https://newskunda.com/archives/5453 Category: FEATURED NEWS, अपराध, अर्थ, राजनीति, समाचार, समाज Last updated: 2026-11-02 - **मालपोत कार्यालयका तत्कालीन सुब्बा यदुनाथ आचार्यमाथि ९ करोड ७२ लाख ७१ हजार ९८९ रुपैयाँ ८३ पैसा गैरकानुनी सम्पत्ति आर्जन गरेको अभियोगमा अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको छ।** - **अख्तियारले आचार्य, उनकी पत्नी ललिता राजभण्डारी र अन्य प्रतिवादीमाथि कैद, जरिबाना र लुकाइछिपाइ राखिएको सम्पत्ति जफतको माग गरेको छ।** - **सम्पत्ति शुद्धीकरणमा आचार्य र राजभण्डारीबाट ९ करोड १९ लाख ८४ हजार ५७६ रुपैयाँ १९ पैसा र अन्य दुईबाट ३८ लाख ८६ हजार १८२ रुपैयाँ असुल गर्न माग गरिएको छ।** **============================================** काठमाडौं, १६ कात्तिक। मालपोत कार्यालयका तत्कालीन सुब्बा यदुनाथ आचार्यले साढे ९ करोड बढी रकम भ्रष्टाचारबाट अकुत सम्पत्ति आर्जन गरेको अभियोगमा मुद्दा दायर भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आरोगले उनीमाथि ९ करोड ७२ लाखभन्दा बढी गैरकानुनी सम्पत्ति आर्जन गरेको अभियोगमा विशेष अदालतमा मुद्दा दायर गरेको हो। अख्तियारले उनीसँगै उनका परिवारका सदस्य तथा अन्यलाई सजायको मागसहित आज मुद्दा दायर गरेको छ। आचार्य आचार्य खोटाङमा गाविस सचिव भई २०५४ माघ २ गते सुरु नियुक्ति पाएयता २०८० मंसिर २१ सम्मको अवधिलाई अनुसन्धानको जाँच अवधि कायम गरिएको छ। उनी र उनकी श्रीमतीको पारिश्रमिक, बचत, घरजग्गा बिक्री आय, बैंक तथा बित्तीय संस्थाबाट ऋण कर्जा आय, बैना रकम फिर्ता आय, कृषि आय र व्याज आय गरी जम्मा ६ करोड २५ लाख ६३ हजार ३४५ रूपैयाँ ४८ पैसा वैधानिक आय गरेको देखिएको अख्तियारको दाबी छ। ‘जाँच अवधिमा निजको व्ययतर्फ जग्गा खरिद, घरजग्गा खरिद, रजिस्ट्रेसन दस्तुर भुक्तानी, पुँजीगत लाभकर भुक्तानी, हलेसी डिपार्टमेन्ट स्टोर प्रा.लि.मा लगानी, जग्गा खरिद बैना भुक्तानी विभिन्न व्यक्तिहरूलाई ऋण सापटी दिएको, सवारीसाधन खरिद, अध्ययन खर्च भुक्तानी, सेयर खरिद, बैंक तथा वित्तीय संस्थाको ऋण सापटी भुक्तानी, बैंक मौज्दात र फ्रिज दराज खरिद गरी जम्मा १५ करोड ९८ लाख ३५ हजार ३३५ रुपैयाँ ३१ पैसाबराबरको सम्पत्ति खर्च तथा लगानी गरेको देखिएको छ,’ अख्तियारले भनेको छ। त्यस्तै अख्तियारले जाँच अवधिको कुल आयबाट व्यय घटाउँदा ९ करोड ७२ लाख ७१ हजार ९८९ रूपैयाँ र ८३ बराबर गैरकानुनी सम्पत्ति आर्जन गरेको ठहर गरेको छ।आचार्यले अन्य प्रतिवादीहरूसँगको संलग्नतामा आपराधिक क्रियाकलापबाट आर्जित गरेको भन्दै भ्रष्टाचार निवारण ऐन, २०५९ अनुरुप सजाय माग दाबी छ । कैद र जरिबानासहित लुकाइछिपाइ राखिएको सम्पत्तिसमेत जफत गर्न अख्तियारको माग छ । आचार्यकी पत्नी ललिता राजभण्डारीलाई पनि भ्रष्टाचारमा त्यति नै विगो मागदाबी छ । आचार्यको छोरी निलु र सरूलाई सम्पत्ति जफत प्रयोजनार्थ मात्र प्रतिवादी कायम गरिएको छ । कसुरजन्य कार्यको नगद तथा अन्य गैरकानुनी लाभ प्राप्त गर्ने प्रकृतिको मतियारमा संलग्न रहेको भन्दै भक्तपुरको मध्यपुर ठिमी नगरपालिका–२ बस्ने प्रभा बस्नेत र काठमाडौं महानगरपालिका– ३२, पेप्सीकोला बस्ने कुमारी कटुवालविरुद्ध पनि ३८ लाख ८६ हजार १८२ रुपैयाँ विगो दाबी गर्दै सजायको माग छ । सम्पत्ति शुद्धीकरणमा आचार्य र उनकी पत्नी राजभण्डारीबाट भिन्नै ९ करोड १९ लाख ८४ हजार ५७६ रूपैयाँ र १९ पैसा असुल गर्न अख्तियारको माग छ । सम्पत्ति शुद्धीकरण अर्का प्रतिवादी प्रभा बस्नेत र कुमारी कटुवालबाट ३८ लाख ८६ हजार १८२ रुपैयाँ आठ पैसा असुल गर्न माग छ । --- # भक्तपुर र काठमाडौँबाट जुवातास खेलिरहेका १० जना पक्राउ Source: https://newskunda.com/archives/2240 Category: FEATURED NEWS, अपराध, अर्थ, समाचार Last updated: 2022-09-24 काठमाडौ., ८ असाज । काठमाडौँको गोकर्णेश्वर नगरपालिका(५ नयाँबस्ती बस्ने माधव गौतमको घरमा जुवातास खेलिरहेको अवस्थामा सिन्धुपाल्चोक पाँचपोखरी गाउँपालिका(७ घर भएका ५२ वर्षीय मिङमार तामाङ समेत ५ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ४२ हजार ७ सय ८० रुपैयाँ र ३ बुक तास सहित फेला पारी पक्राउ गरेको हो । त्यस्तै भक्तपुर नगरपालिका-५ गोलमढी बस्ने अमित ज्याख्वको जुजु नेवा किचेन रेष्टुरेण्टमा जुवातास खेलिरहेको अवस्थामा सोही नगरपालिका(१० कमलविनायक बस्ने २६ वर्षीय सुदीप वैद्यसमेत ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २९ हजार १ सय ९० रुपैयाँ र ४ बुक ताससहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । --- # भक्तपुर–ताथली–नालागढीँ २५ किलोमिटरको साइकलिङ एवं हाइकिङ उत्साहजनक सहभागि Source: https://newskunda.com/archives/3139 Category: FEATURED NEWS, अर्थ, राजनीति, समाचार, समाज Last updated: 2025-06-21 भक्तपुर, ७ असार : नगरकोट भ्रमण वर्ष–२०८२ को अवसरमा चाँगुनारायण नगरपालिका क्षेत्रभित्र ओझेलमा परेका ऐतिहासिक सम्पदा एवं पर्यटकीय गन्तव्यबारे पर्यटकलाई आकर्षित गर्न आयोजना आज आयोजना गरेको साइकलिङ तथा हाइकिङ सुरु भएको छ । चाँगुनारायण नगरपालिका–९ स्थित श्रीदक्षिणकाली युवा समूहले आज भक्तपुरको ब्रम्हायणी मन्दिरमा आयोजना गरेको भक्तपुर–ताथली–नालागढीँ साइकलिङ तथा हाइकिङको चाँगुनारायण नगरपालिकाका प्रमुख जीवन खत्रीले रिबन काटेर साईकल यात्रा सुरु गर्दै उद्घाटन गर्नु भएको हो । कार्यक्रममा खत्रीले चाँगुनारायण नगरपालिका क्षेत्र भित्र १ देखि ९ वटै वडामा रहेका ऐतिहासिक एवं धार्मिक सम्पदा, पर्यटकीय गन्तव्यका क्षेत्रहरुको प्रचार गर्ने र लुकेर रहेका सम्पदा एवं पर्यटकीय क्षेत्रको पहिचार, संरक्षण र उजागर गर्न नगरकोट भैमण वर्ष सफल हुने बताउनुभयो । आफ्नो ठाउँको विकास गर्न, आफु जन्मेको ठाउँको पहिचान बनाउदै पर्यटकीय क्षेत्रको रुपमा पहिचान गराउन युवाहरु लाग्नु पर्ने बताउदै उहाँले दक्षिणकाली युवा समूहजस्तै नमूना रुवमा सबै क्षेत्रका युवाहरु जागरुक भए विकास छिट्टै सम्भव हुने बताउनुभयो । आजको साइकल यात्राले चाँँगुनारायणका बिभिन्न ठाउँ, ताथली, नालागढीँ, टावर, ऐतिहासिक गढीलगायतको क्षेत्रमा पर्यटकीय पहिचान बनाउन सफल हुने बताउदै उहाँले सबैलाई यसैगरि लाग्न नगर प्रमुख खत्रीले आव्हान गर्नुभयो । कार्यक्रममा नगरकोट भ्रमण वर्ष–२०८२ को सचिवालयका बिज्ञ डा. घनश्याम खतिवडाले अथाह पर्यटकीय गन्तव्य रहेको र पर्यटक प्रर्बद्धनमा अथाह सम्भावना रहेको चाँगुनारायण नगरपालिका क्षेत्रलाई पर्याप्त प्रचारप्रसार गर्दै पर्यटकीय गतिबिधि बढाउन सके ओझेलमा परेका गन्तव्यमा पनि पर्यटकको आगमन बढ्ने बताउनुभयो । कार्यक्रमका सभापति एवं समूहका अध्यक्ष सुरेशराज गिरीले ओझेलमा परेको पर्यटकीय क्षेत्र ताथली, सुडाल, नालागढीँलगायतका बिभिन्न क्षेत्रमा पर्यटकीय गन्तव्य बनाउने उदेश्यले आज आयोजना गरिएको साइकलिङ तथा हाइकिङ कार्यक्रम पर्यटकको आगमन बढाउने बताउनुभयो । भक्तपुर नगरपालिका र चाँगुनारायण नगरपालिकाको सिमानामा रहेको ब्रम्हायणी मन्दिर परिसरबाट सुरु भएको साइकलिङ तथा हाइकिङ चाँगुनारायण नगरपालिका–९ ताथलीस्थित ऐतिहासिक, धार्मिक, सांस्कृतिक सम्पदाको प्रचारप्रसारमा सहयोग पुर्याई पर्यटकलाई आकर्षित गर्न टेवा पुग्ने बताउनु भयो । भक्तपुर, काठमाडौं र ललितपुरलगायतका बिभिन्न क्षेत्रबाट सहभागि भएका २५० साइकल यात्रीको सहभागिता रहेको यात्रा ब्रम्हायणी मन्दिरबाट सुरु भई इथाचा–चुनदेवी मन्दिर, डाडाँपाटी–धाराकुलो फैडोका, कडेलापाला दक्षिणकाली मन्दिर,गिरी, बस्नेत, खड्का, छँुका टोल, देवी मा.वि. सौडोल–गँचा, माथिल्लो खड्का, बुढाथोकी टोल, गोेठाले चौर (बस्नेत स्टोर), ताथली पुल, नालाछाप चिलाउने घारी–अमलडोल (नाला मुम्बा, गुम्बा, पुजारीपाटी–चट्टान अभिलेख, खावा भ्यू टावर, नाला भ्यू टावर, कलससी–ठूली ब्रम्हायणी मन्दिर, सुडाल बनमाला, राउत, खत्री, खड्का टोल–विन्दबासिनी मन्दिर, साखकर्मी टोल, फैढोकामा आज अपरान्ह २५ किलोमिटर यात्रा सम्पन्न गरिने अध्यक्ष गिरीले बताउनुभयो । साइकलिङ तथा हाइकिङका व्यबस्थापक नविन बस्नेतले प्रत्येक सहभागिलाई ५० हजार बराबरको दूर्घटना बिमाको व्यबस्था गरिएको जानकारी दिदै साइकलिङ गर्दा हुने दुर्घटना वा स्वास्थ्य सेवाको लागि नेपाल रेडक्रस सोसाइटीसँग समन्वय गरिएको उहाँले बताउनुभयो । साइकलिङ तथा हाइकिङ यात्रामा बिभिन्न ठाउँमा यात्रीलाई स्वागत सत्कार गरिएको छ । --- # भक्तपुरका किसानले सडक किनारमा धान सुकाउदै, धान भित्रयाउने चटारो Source: https://newskunda.com/archives/5133 Category: FEATURED NEWS, अर्थ, समाचार, समाज Last updated: 2026-10-26 भक्तपुर, ९ कात्तिक । हिजोआज भक्तपुरमा फरक दृश्य देख्न सकिन्छ, त्यो हो बाटाबाटोमा धान सुकाएको । दसैँ तिहारको आगमनसँगै भक्तपुरका विभिन्न बस्तीमा घर अगाडि, सडक किनार तथा खाली ठाउँमा धान सुकाउने पुरानो चलन यतिखेर देख्न सकिन्छ । आधुनिक घर, बदलिँदो जीवनशैली र प्रविधिको विकाससँगै धेरै कुरा परिवर्तन भए पनि भक्तपुरमा धान सुकाउने यो पुरानो चलनले बटुवाहरुलाई भने समस्या परेको छ । धान काटेर भित्र्याएउने समय सुरु भएसँगै भक्तपुरका किसानलाई धान सुकाउने, केलाउने र भण्डारण गर्न यतिखेर भने चटारो छ । विशेषगरी दसैँ तिहारको समयमा भक्तपुरका विभिन्न टोलका सडक तथा खुला ठाउँमा धान सुकाइरहेको देख्न सकिन्छ । सडकमा सुकाएको धानले यहाँको कृषि परम्परा, स्थानीय जीवनशैली र संस्कृतिलाई झल्काउँछ । भक्तपुरमा धान सुकाउँदै गर्नुभएकी मनिषा मचामसीका अनुसार दसैँ तिहारको समय बाटोमा धान सुकाउने दृश्य यहाँका लागि नयाँ नभएको बताउनुभयो । पहिले भक्तपुरका अधिकांश घरमा झिँगटीको छाना हुने भएकाले घरको कौसीमा धान सुकाउन सम्भव नभएको उहाँले बताउनुभयो । त्यसैले किसानले सडक, घर अगाडिको खुला ठाउँ तथा उपलब्ध खाली स्थानमा धान सुकाउने गरेको उहाँले बताउनुभयो । झिँगटीको छाना हुने भएकाले सबैले खुला ठाउँमै धान सुकाउने गर्थे, उहाँले भन्नुभयो, “अहिले ढलान गरेका घर बनेका, कौशी भएका घरमा कतिपयले त्यहीँ धान सुकाउने गरेको उहाँले बताउनुुभयो । भक्तपुरको परम्परागत बस्तीमा घरहरू एकअर्कासँग जोडिएका र खुला ठाउँ सीमित रहेकाले सडक नै धान सुकाउने महत्त्वपूर्ण स्थानका रूपमा प्रयोग हुँदै आएको छ । घाम लागेका बेला धान फिँजाएर सुकाउने र घाम अस्ताउन थालेपछि उठाएर सुरक्षित राख्ने चलन अझै कायम छ । स्थानीय राजमति कासिछ्वाका अनुसार पहिले सडकमा धान सुकाउनसमेत पालो कुर्नुपर्ने अवस्था थियो । घरमा उत्पादन भएको धान सुकाउनका लागि उपयुक्त खुला ठाउँ पाउनु सजिलो थिएन । धान चोरी हुने डरले राति धानको थुप्रो कुरेर बस्नुपर्ने अवस्था रहेको उहाँले बताउनुभयो । राति धान चोरी होला भन्ने डर हुन्थ्यो । त्यसैले राति धानको थुप्रोसँगै सुत्ने गरेका छौँ, उहाँले भन्नुभयो । अहिले भने धान उत्पादन र सुकाउनुपर्ने परिमाण घट्दै गएको छ । सडक आसपासमा सिसी क्यामेरा जडान हुन थालेकाले धान कुरेर रात बिताउनुपर्ने अवस्था कम भएको छ । धान सुकाउने तरिका समयसँगै परिवर्तन भएको छ । पहिले सडकमा धान सुकाउनुअघि रातोमाटोले लिप्ने चलन थियो । सडकको सतह सफा गरी रातोमाटोले लिपेर त्यसैमाथि धान फिँजाउने गरिन्थ्यो । अहिले भने धान सफा राख्न बोरा, प्लास्टिक वा त्रिपाल ओछ्याएर सुकाउने चलन बढेको छ । सडकमा धान सुकाउँदा पैदलयात्रु तथा सवारीसाधनको आवागमनमा भने असहज हुने गरेको छ । --- # भक्तपुरका खानेपानीका जारभित्र किरा र लेऊ, अनुगमन टोलीद्धारा जार नष्ट Source: https://newskunda.com/archives/1481 Category: FEATURED NEWS, अर्थ, समाचार, समाज Last updated: 2022-07-20 भक्तपुर, : काठमाडौं उपत्यका भित्रै हैजाको महामारी फैलिएको वर्तमान् समयमा सर्वसाधारणले पैसा तिरेर पिउँने पानी माथि पानी उत्पादन कम्पनीहरुले अत्यन्तै लापर्वाही गरेको पाईएको छ । जिल्ला प्रशासन कार्यलय भक्तपुरका सहायक प्रमुख जिल्ला अधिकारी माधबप्रसाद शर्माको नेतृत्वमा चाँगुनारायण नगरपालिका–३ झौखेलमा सञ्चालित बिभिन्न खानेपानी कम्पनीहरुका अनुगमनका क्रममा यस्तो लापर्वाही भेटिएको हो । सर्वसाधारणले प्रति बोतल तथा जारलाई रु. २० देखि रु. ५० सम्म तिरेर पिउँदै आएका यहाँका बिभिन्न खानेपानी कम्पनीहरुले अत्यन्तै पुराना जारहरु, कुहिएको लेऊ समेत भेटिएका जारहरुलाई अनुगमन टोलीले नष्ट गरेको छ । बिभिन्न ब्राण्डका खानेपानीको जारभित्र किरा र लेउ भेटिएको जनगुनासो बढेपछि जिप्रका भक्तपुरको नेतृत्वमा खाद्य प्रबिधि तथा गुण नियन्त्रण बिभाग, उपभोक्ता महासंघ, जिल्ला घरेलु कार्यालय, उद्योग वाणिज्य संघ, पत्रकारहरुलगायत विज्ञ र सरोकारवाला निकायसहितको टोलीले अनुगमन गरि खानेपानीमा लापर्वाही भएको पाईएको हो । यहाँका बिभिन्न खानेपानी उद्योगको स्थलगत अनुगमनमा फेला परेका सयौंको संख्याका पुराना जार नष्ट गरिएको सहायक प्रमुख जिल्ला अधिकारी शर्माले जानकारी दिनु भयो । पुराना जारको अत्याधिक प्रयोगले पानीमा किरा भेटिएको, लेउ भेटिएको र मानवीय स्वास्थ्यसँग खेलबाड गरेको पाईएको बताउदै उहाँले भेटिएको त्यस्ता जारलाई नष्ट गरि पानी उद्योगलाई सचेत गराईएको बताउनु भयो । खानेपानी उद्योगहरुको गम्भीर गल्तीको कारण जनतालाई किरा खुवाएर मानवीय स्वास्थसँग गम्भीर खेलवाड गरिरहेको समेत पुष्टि भएको भन्दै उहाँले त्यस्ता उद्योगलाई कारबाहीको दायरामा ल्याउने बताउनु भयो । अनुगमनका क्रममा पानी उद्योगबाट दुई वटा उद्योगको पानी परीक्षणका लागि नमूना संकलन गर्दै खाद्य प्रबिधि तथा गुण नियन्त्रण बिभागमा पठाइएको छ । --- # भक्तपुरका तीन नगरपालिकाका नव निर्वाचित प्रमुख तथा उपप्रमुखहरुलाई बधाई Source: https://newskunda.com/archives/1021 Category: FEATURED NEWS, अर्थ, राजनीति, समाचार, समाज Last updated: 2022-05-26 भक्तपुर, १२ जेठ । भक्तपुर उद्योग वाणिज्य संघका अध्यक्ष शिव प्रसाद मानन्धरको नेतृत्वमा गएको पदाधिकारी एवं कार्य समिति सदस्यहरुको टोलीले तीन छुट्टाछुट्टै कार्यक्रमहरुमा चाँगुनारायण नगरपालिकाका नव निर्वाचित प्रमुख जीवन खत्री, उपप्रमुख रमेश बुढाथोकी, मध्यपुरठिमी नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठ, उप प्रमुख विजय कृष्ण श्रेष्ठ तथा सूर्यविनायक नगरपालिकाका प्रमुख बासुदेव थापा र उप प्रमुख सरिता भट्टराई (तिमिल्सेना)लाई बधाई एवं शुभकामना व्यक्त गरेको छ । कार्यक्रममा नव निवार्चित प्रमुख तथा उप प्रमुखहरुले बधाई तथा शुभकामनाको लागि भक्तपुर उद्योग वाणिज्य संघ परिवारलाई धन्यवाद दिदै उहाँहरु सबैले संघसित सहकार्य गरी स्थानीय आर्थिक उत्थानका कार्य गर्ने बताउनु भएको थियो । त्यस अवसरमा भक्तपुर उद्योग वाणिज्य संघका अध्यक्ष शिवप्रसाद मानन्धरले नव निर्वाचित प्रमुख, उप प्रमुख लगायत नगरपालिकाका सम्पूर्ण निर्वाचित पदाधिकारीहरुलाई बधाई तथा शुभकामना व्यक्त गर्दै भक्तपुर जिल्लाका नगरपालिकाहरुले आगामी दिनहरुमा भक्तपुर उद्योग वाणिज्य संघ संग मिलेर यी नगरहरुको स्वास्थ्य, सर–सफाई, पर्यटन, र पर्यावरणीय सुधारमा सहकार्य गरी अघि बढनु पर्ने आवश्यकता औंल्याउनु भयो र यसका साथ साथै उहाँले भक्तपुरको उद्योग व्यवसायको हित र प्रबद्र्धनका लागि नगरको भावी योजनामा यहाँको हस्तकला, कृषि तथा पर्यटन क्षेत्रको विकासलाई विशेष प्राथमिकता दिएर कार्यक्रमहरु लागू गर्न अनुरोध गर्नु भयो । उहाँले युवा तथा महिलाहरुको लागि सीप विकास तालिम र उद्यमशीलता विकास सम्बन्धी कार्य गरी स्वरोजगार प्रवद्र्धनमा मिलेर जानु पर्ने विषयमा जोड दिनुका साथै नगरहरुको विकासमा सहयोगी भूमिका निर्वाह गर्न संघ तयार रहेको बताउनु भएको थियो । उक्त अवसरमा संघका निवर्तमान अध्यक्ष प्रदीप श्रेष्ठ, बरिष्ठ उपाध्यक्ष रोशनी मैयाँ धौबन्जा, उपाध्यक्ष कृष्णमुरारी न्यौपाने, उपाध्यक्ष राजेन्द्र प्रजापति, उपाध्यक्ष गणेशहरी प्रजापति, महासचिव दिनेश गोसाई, सचिव विश्वराम दुवाल तथा कार्य समिति सदस्यहरु नविन प्रजापति, अमरबहादुर मानन्धर, गोकर्ण न्यौपाने, जितेन्द्र खायमली, राजेश त्वानाबासु, श्याम मानन्धर, मधुसुदन खडका, रोशन राज अर्याल, र सुरेन्द्र प्रजापतिको पनि उपस्थिति रहेको थियो । --- # भक्तपुरका दुई निर्वाचन क्षेत्रमा उम्मेदवारी दर्ता सम्पन्न, क्षेत्र नं. १ मा २५ जना र क्षेत्र नं. २ मा ३२ जनाको जम्मेदवारी दर्ता Source: https://newskunda.com/archives/3342 Category: FEATURED NEWS, निर्वाचन, राजनीति, समाचार Last updated: 2026-01-20 भक्तपुर, ६ माघ ः आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनका लागि भक्तपुर क्षेत्र नं. १ बाट नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सचिव प्रेम सुवाल र क्षेत्र नं. २ बाट नेकपा (एमाले)का केन्द्रीय सचिव महेश बस्नेतले उम्मेदवारी दर्ता गराउनु भएको छ । क्षेत्र नं. १ का सुवाल र क्षेत्र न. २ का बस्नेत फरक पार्टीका केन्द्रीय सचिव हुन् भने दुबै जना यसअघि प्रतिनिधि सभा सदस्यमा निर्वाचित भइसकेका परिचित अनुहार हन् । दुबै क्षेत्रमा अन्य बिभिन्न राजनीतिक दल र स्वतन्त्र उम्मेदवार दिने उम्मेदवारहरु भने अधिकांश नयाँ अनुहार रहेका छन् । निर्वाचन क्षेत्र नं. १ बाट बिभिन्न राजनीतिक दल र स्वतन्त्र गरि २५ जनाले उम्मेदवारी दर्ता गराउनु भएको छ भने क्षेत्र नं. २ बाट राजनीतिक दल र स्वतन्त्र उम्मेदवार गरि ३२ जनाले उम्मेदवारी दर्ता गराउनु भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ । भक्तपुर क्षेत्र न. १ बाट प्रतिनिधिसभा निर्वाचन–२०८२ का लागि नेपाल कम्युनिष्ट पार्टी एमालेबाट सोम मिश्र, नेपाली काँग्रेसबाट किरण न्यौपाने, नेपाल मजदुर किसान पार्टीबाट प्रेम सुवाल, राष्ट्रिय स्वतन्त्र पार्टीबाट रुकेश रञ्जित, नेपाली कम्युनिष्ट पार्टीबाट हरिराम लवजु, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट भरतबहादुर खड्काले उम्मेदवारी दर्ता गराउनु भएको छ । त्यसैगरि उज्यालो पार्टी नेपाल पार्टीबाट रमेश बल्ल, आम जनता पाटीबाट देवेन्द्र ठाकुर, राष्ट्रिय जनमोर्चा पार्टीबाट ईश्वरीप्रसाद पैयानी, जनता समाजवादी पार्टी (जसपा) नेपालबाट श्यामसुन्दर शिल्पकार, नेकपा (माओवादी) पार्टीबाट चन्द्रमान कोजु, मितेरी पाटी नेपालबाट सावित्री न्यौपाने, नेपालका लागि नेपाली पाटीबाट दिपक पोखरेलले उम्मेदवारी दिनु भएको छ । त्यस्तै स्वतन्त्र उम्मेदवारी दिनेहरुमा सुजिता बुढाथोकी, विष्णुराम दुमरु, राजेश्वरी प्रजापति, सुदिप न्यौपाने, पुण्यराम सुवाल, राजु श्रेष्ठ, दशरथ थापा, सुरेश कोजु, बालकृष्ण खाइतुले उम्मेदवारी दिनु भएको छ । त्यसैगरि क्षेत्र नं. २ मा नेकपा एमालेका केन्द्रीय सचिव महेश बस्नेतले उम्मेदवारी दर्ता गराउनु भएको छ भने नेपाली काँग्रेसबाट कबिर राणाले उम्मेदवारी दर्ता गराउनु भएको छ । त्यसैगरि नेपाली कम्युनिष्ट पार्टी रामप्रसाद सापकोटा, उज्यालो नेपाल पार्टीबाट जितराम लामा, राष्ट्रिय स्वतन्त्र पार्टीबाट राजिव खत्री, नेपाल मजदुर किसान पार्टीबाट रमेश वैद्य, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट विक्रम थापा, श्रम संकृति पार्टी अर्जुन बासु, त्रीमुल नेपालबाट राकेश श्रेष्ठ, नेपाल जनसेवा पार्टी जानुका पाठक, प्रगतिशील लोकतान्त्रिक पार्टीबाट जन्मदेव जैसी, नेपाल कम्युनिस्ट पाटी संयुक्त लोककृष्ण दाहाल, जनता समाजवादी पार्टी नेपालबाट नवीन श्रेष्ठ, नेकपा माओवादी प्रकाशराज ढुङ्गेल, मंगोल नेशनल अर्गनाइजेसनबाट पेम्वा घले, नेपालका लागि नेपाली पार्टीबाट राजेश बाडेले उम्मेदवारी दर्ता गराउनु भएको छ । त्यसैगरि स्वतन्त्रबाट आनन्द कार्की, मधु प्रकाश साहुखल, श्यामकृष्ण धुख्वा, लक्ष्मि बास्तोला पौडेल, बालकृष्ण थापा, ओमकृष्ण कुटु, नवीनकुमार महत, साजन ढकाल, सुवर्ण थापा, रेणु श्रेष्ठ, अर्चना भट्टराई, अनिता भट्टराई, सविन महत, प्रदिपकुमार रूपाखेतीले उम्मेदवारी दर्ता गर्नु भएको छ । --- # भक्तपुरका मतदाता भन्छन् : ‘हाम्रालाई होइन राम्रालाई भोट’ Source: https://newskunda.com/archives/857 Category: FEATURED NEWS, निर्वाचन, राजनीति, समाचार, समाज Last updated: 2022-05-10 भक्तपुर, २७ बैशाख : गहुँ भित्रयाउने चटारोमा परेका भक्तपुरका किसान, व्यापारी, महिला, पहिलो पटक मतदान गर्न लागेका युवा युवती ३० गतेको स्थानीय तहको निर्वाचनमा हाम्रालाई नभई राम्रालाई भोट दिने बताउन थालेका छन् । गहुँ काट्दै गरेको खेतमा होस कि, चिया पसलमा, कलेज गएर फर्कदै गरेका विद्यार्थीलाई होस कि, घरमा काम गर्ने महिला, जेष्ठ नागरिक अचेल सबैको उस्तै भावना सुनिन्छ, ‘हाम्रालाई होइन राम्रालाई भोट ।’ सूर्यविनायक नगरपालिका–१ सिरुटारकी १९ वर्षीया सम्झना खड्का पहिलो पटक मतदान गर्ने प्रतिक्षामा हुनुहुन्छ । उहाँ उत्साहित हुदै भन्नुहुन्छ, “म त पहिलो पटक मतदान गर्न लागेकी हुँ, आफ्नो गाउँको बिकास गर्न सक्ने, क्षमतावान र पुरा गर्न सक्ने विकासको योजना ल्याउने, युवा वर्गको हित गर्ने उम्मेदवारलाई भोट हाल्ने छु । मेरो पहिलो मत खेर नजाओस्, झूटा आश्वासन दिने आफन्त दिने हाम्रानै भए पनि काम गर्न सक्ने राम्रालाई भोट दिन्छु ।” कसलाई भोट दिने भनेर परिवारमा छलफल हुने गरेको भन्दै उहाँले परिवारलाई पनि राम्रो काम गर्न सक्नेलाई भोट दिन सुझाब दिएको बताउदै भोटको सवालमा कसैले दबाब नदिएको बताउनु हुन्छ । सूर्यविनायक–४ दधिकोटकी पूजा न्यौपाने कतिपय दलले चित्तै नबुझ्ने र जनतासँग नभिजेका मानिसलाई उम्मेदवार बनाएको भन्दै गाउँका उम्मेदवार कसले गाउँको बिसका गर्न सक्छ भन्ने सही आँकलन गरेर राम्रा नेतालाई भोट दिने बताउनु हुन्छ । आफ्नो नगरमा आफ्नो वडामा को र कस्तो व्यक्ति कुन दल वा स्वतन्त्रबाट उठेका छन्, अधिकांशलाई चिन्ने भएकाले मतदान गर्न समस्या नहुने मतदाताहरुको भनाइ छ । विगत पाँच वर्षमा जितेर जाने पार्टीले गरेको बिकासलाई पनि मूल्यांकन गर्ने बताउनु हुन्छ सूर्यविनायक–५ कि अनिता पाण्डे । उहाँले भन्नुभयो, “मतदातालाई यस पटक मत दिन सजिलो छ, विगतमा जितेर जाने नेताले कति बिकास गरे, बिकासका सवालमा हार्ने दलहरुले पहल गरे कि गरेनन्, भ्रष्टाचार भयो कि भएन, सडक, खानेपानी, ढल टोल टोलमा पुग्यो कि पुगेन, चुनाब पछि जितेका र हारेका पार्टीका नेताहरु आफ्नो गाउँमा आए कि आएनन्, जनताको सुख दुखमा नेताहरु साथ दिन आए कि आएनन्, कोरोना महामारीमा नेताहरु जनताको समस्या समाधान गरे कि गरेनन् यी सबै मूल्यांकन गरेर मतदान गर्ने बिचार गरेको छु ।” सबै दलका घोषणा पत्रमा आर्दशता कोरिएको भए पनि कति गर्नै नसक्ने योजनाको आश्वासन दिने गरेको पाइएको बताउनु हुन्छ चाँगुनारायण नगरपालिका–९ की ३१ वर्षीया रेणुका बस्नेत । उहाँले भन्नुभयो, “दल धेरै छन्, उम्मेदवार पनि धेरै छन्, तर गाउँको बिकास गर्न सक्ने नेता हामी चुन्न सक्छौँ, हिजोका काम, भोली हुने कामको लेखाजोखा हामी गर्न सक्छौँ, हामी महिलाको हक, अधिकार सुनिश्चित गर्ने र महिलालाई रोजगारसँग जोडेर लैजान सक्ने नेतालाई भोट हाल्ने निधो मैले गरेको छु, म हाम्रालाई भन्दा पनि राम्रालाई भोट हाल्छु ।” चाँगुनारायण नगरपालिका–७ वागेश्वरीका ७६ वर्षीय रामशरण काफ्लेले जेष्ठ नागरिकको समस्या बुझ्नेलाई भोट हाल्ने बताउनु हुन्छ । उहाँ भन्नुहुन्छ, “हामी बुढाबुढी यसो बिहान बेलुका साथीभाई भेटघाट गर्ने मिलन चौतारी, पाटी पौवा बनाइदिने, बृद्ध भत्ता, पेन्सन घरमै ल्याउने व्यबस्था गरिदिने, भजन किर्तन गर्ने ठाउँ बनाइदिने नेतालाई भोट हाल्न पाए हुन्थ्यो भन्ने लागेको छ ।” चाँगुनारायण नगरपालिका–६ नगरकोटका सुवास लामा गरिबका लागि शिक्षा, स्वास्थ्य निःशुल्क गर्ने, युवा बेरोजगारलाई रोजगार दिने, गाउँमै उद्यमी हुने कार्यक्रम ल्याउने, युवाहरुलाई व्यवसायमा प्रोत्साहन दिने, निव्र्याजी ऋणको व्यबस्था गर्ने, भ्रष्टाचार गर्दिन भनेर संकल्प गर्ने नेतालाई भोट दिने बताउनु हुन्छ । चाँगुनारायणमा पर्याप्त कृषि, पर्यटनको सम्भावना रहेकाले त्यसबाट पनि रोजगारीको सृजना गर्न सक्ने मतदाताहरु बताउँछन् । स्थानीय तहमा अहिलेसम्म नेमकिपाले एकछत्र राज गर्दै आएको भक्तपुर नगरपालिकाका बासिन्दा गरिब जनताको पक्षमा, किसानको पक्षमा आवाज उठाउने र किसानलाई मलको व्यबस्था गर्न सक्ने नेतालाई भोट दिने बताउछन् । “कृषि प्रधान देश, मल कारखाना छैन, भक्तपुर जिल्लाभरीका किसानले सधै मल अभाव खेप्नु परेको छ, केन्द्रीय सरकारसम्म मल कारखाना नेपालमै खोल्न र किसानलाई मलको सहजै व्यबस्था गर्न सक्ने नेता हामीलाई चाहिएको छ” भन्नुहुन्छ, भक्तपुर नगरपालिका–९ का किसान सानुकान्छा प्रजापति । भक्तपुर नगरपालिका व्यासीका सन्देश सुवाल सानो, सुन्दर सम्पदाको शहर भक्तपुरमा कोर क्षेत्र भन्दा बाहिर पनि बिकासको योजना नेताहरुले बनाउनु पर्ने बताउनु हुन्छ । भक्तपुरको पुरानो बस्ती भन्दा बाहिर पनि भक्तपुर छ, सिंगो भक्तपुर क्षेत्रलाई विभेद रहित रुपमा बिकास गर्ने एजेण्डा बोक्ने नेताको पहिचान गरेर मतदान गर्ने सुवाल बताउनु हुन्छ । मध्यपुरथिमिका बासिन्दा सम्पदाको बिकासले मख्ख छन् । यहाँका बासिन्दा सडक, ढल, खानेपानी र नगरपालिकाले प्रवाह गर्ने सेवामा सहजता गर्न सक्ने उम्मेदवारलाई मतदान गर्ने बताउँछन् । मध्यपुरथिमि नगरपालिका–१ लोकन्थलीकी शान्ता मैनाली बताउनु हुन्छ । उहाँ भन्नुहुन्छ, “मध्यपुरका सम्पदा बिकास भएर हामी खुसी छौँ, कौशी खेती बढेर पनि खुसी छौँ, तर यहाँको सम्पदा मात्रै होइन, यहाँ रहेको खानेपानी, ढल, भित्री सडक, नयाँ बस्ती बिकासको योजना ल्याएर जनतासँग प्रतक्ष्य रुपमा सधै हुलमिल हुने, चुनाबमा मात्रै नभइ अरु बेलामा पनि जनताको घरदैलोमा समस्या बुझ्न जाने नेतालाई भोट दिने बताउनु हुन्छ । उहाँ हाम्रालाई होइन राम्रालाई रोजौँ भन्ने भावना सबैमा हुनु पर्ने बताउनु हुन्छ । --- # भक्तपुरका मतदान केन्द्र एवं स्थल परिमार्जन, ७७ वटा मतदान स्थल र २१९ वटा मतदान केन्द्र निर्धारण Source: https://newskunda.com/archives/1658 Category: FEATURED NEWS, निर्वाचन, राजनीति, समाचार, समाज Last updated: 2022-08-04 भक्तपुर, १९ साउन : भक्तपुरको मतदान केन्द्रहरु परिमार्जन गरिएको छ । यसअघिका निर्वाचनमा कतिपय मतदान केन्द्रहरु अनावश्यक ठाउँमा रहेको, कतिपय संवेदनशील क्षेत्रमा रहेको, कतिपय सडकमै र कतिपय कम्पाण्ड नभएको स्कुलमा मतदान केन्द्र रहदाँ समस्या परेको गुनासो आए पछि मतदान केन्द्रहरु परिवर्तन गरेको हो । मतदान स्थल तथा मतदान केन्द निर्धारण कार्यविधि¸२०७७ बमोजिम भक्तपुर जिल्लामा रहेका ७७ वटा मतदान स्थल र २१९ वटा मतदान केन्द्रहरुमध्ये जिल्ला मतदान स्थल तथा मतदान केन्द्र सिफारिस समितिको यहीँ साउन १२ गते तथा मतदान केन्द्र सिफारिस कार्यदलको यहीँ साउन १६ गते बसेको बैठकको निर्णयानुसार गरिएको सिफारिस अनुसार मतदान केन्द्र तथा स्थलहरु परिवर्तन गरिएको जिल्ला निर्वाचन कार्यालय भक्तपुरका प्रमुख नरेन्द्रप्रसाद न्यौपानेले जानकारी दिनु भयो । विगतमा रहेको ३३ वटा मतदान स्थलको त्रुटीहरु सच्याउने क्रममा भक्तपुर नगरपालिकाकोः एक, चाँगुनारायण नगरपालिकाको ६, सूर्यविनायक नगरपालिकाकोः २२, मध्यपुरथिमि नगरपालिकाको चार मतदान स्थलहरुको त्रुटी सच्याईएको उहाँले जानकारी दिनु भयो । त्यसै गरि भक्तपुर नगरपालिकामा तीन, मध्यपुरथिमि नगरपालिकामा तीन, चाँगुनारायण नगरपालिकामा दुई गरि कूल आठ वटा मतदान स्थलहरु नयाँ कायम गरिएको उहाँले जानकारी दिनु भयो । त्यसैगरि आठ वटा मतदान स्थलहरु हटाइएको र एक वटा मतदान केन्द्र गाभिएको कार्यालयका प्रमुख न्यौपानेले जानकारी दिनु भयो । मध्यपुर थिमि नगरपालिका(४ को दथुटोल परिवार नियोजन क्लिनिक सोही वडाको अर्को मतदान स्थल आदर्श मा.वि. लायकुटोलमा गाभिएको उहाँले जानकारी दिनु भयो । जिल्ला निर्वाचन कार्यालय भक्तपुरका सूचना अधिकारी भिमबहादुर बिसीले निर्वाचन केन्द्र तथा स्थल परिमार्जन गरे पछि अब भक्तपुर जिल्लामा अब ७६ वटा मतदान स्थल र २१९ वटा मतदान केन्द्र निर्धारण गरिएको जानकारी दिनु भयो । यस अघिको स्थानीय तहको निर्वाचनमा भक्तपुरमा ७७ वटा मतदान स्थल केन्द्र रहेकोमा एक वटा भने मर्ज गरेसँगै घटेको उहाँले जानकारी दिनु भयो । सूचना अधिकारी बिसीले विगतमा केही मतदान केन्द्रमा निकै समस्या परेकाले अबको निर्वाचनमा मतदानमा सहज हुने बताउनु भयो --- # भक्तपुरका मसाज सेन्टरबाट ६४ जना र अन्य गरि ७९ जना पक्राउ Source: https://newskunda.com/archives/3672 Category: FEATURED NEWS, अर्थ, राजनीति, समाचार, समाज Last updated: 2026-05-09 भक्तपुर, २६ बैशाख : जिल्ला प्रहरी परिसर भक्तपुरले आज स्वीप अपरेशन सञ्चालन गरि मसाज, स्पा सेन्टर र अन्य क्षेत्रमा छापामारी ७९ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर भक्तपुर, प्रहरी वृत्त ठिमी र प्रहरी वृत्त जगातीबाट खटिएको प्रहरी टोलीले आज मध्यपुरथिमि, राधेराधे, सूर्यविनायक र भक्तपुरका बिभिन्न ठाउँमा सञ्चालनमा रहेको मसाज सेन्टर, स्पा सेन्टरलगायतमा छापामारि सेन्टरमा काम गर्ने ४२ जना महिला र २२ जना पुरुष गरी ६४ जनालाई पक्राउ गरेको हो । स्वीप अप्रशेनका क्रममा अन्य बिभिन्न क्षेत्रबाट थप १५ जनालाई प्रहरीले पक्राउ गरि अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक प्रकाश जबेगुले जानकारी दिनुभयो । हाल भक्तपुर जिल्लाभरिमा १०० भन्दा बढी मसाज तथा स्पा सेन्टरहरु सञ्चालनमा रहेका छन् । राधेराधेको एक किलोमिटर आसपास क्षेत्रमा मात्रै ११ वटा मसाज सेन्टर सञ्चालनमा छन् । प्रहरीले मसाज सेन्टरमा सादा प्रहरीलाई ग्राहक बनाएर पठाउँदै पक्राउ गर्दै गरेको थियो । --- # भक्तपुरका विद्यार्थी उच्च शिक्षा अध्ययन गर्न राजधानी जानै पर्दैन, अब भक्तपुरमै राजधानी कलेज Source: https://newskunda.com/archives/1497 Category: FEATURED NEWS, शिक्षा, समाचार, समाज Last updated: 2022-07-20 भक्तपुर, । मानविकी, व्यवस्थापन, शिक्षा र कानून संकायमा अध्ययन गर्न चाहने विद्यार्थीहरुका लागि भक्तपुरमा राजधानीँ कलेज सञ्चालनमा आएको छ । काठमाडौंको वानेश्वरमा सञ्चालन हुदै आएको उक्त राजधानी कलेज अब भक्तपुरका विद्यार्थीका लागि लक्ष्ति गरि गुणस्तरीय शिक्षा प्रदान गर्ने लक्ष्यका साथ यसै शैक्षिक सत्रदेखि सञ्चालनमा आउने भएको छ । भक्तपुरलाई उत्कृष्ट शैक्षिक गन्तव्य बनाउने लक्ष्यका साथ शैक्षिक क्षेत्रका बिद्धत व्यक्तिहरुले गरिरहेको प्रयासलाई साकार पार्ने लक्ष्यका साथ भक्तपुरको कमलविनायकस्थित रोम्बस सेकेन्डरी स्कूलको व्यवस्थापनमासञ्चालनमा आउन लागेको कलेजका प्राचार्य डा. राजेन्द्र कोजूले जानकारी दिनु भयो । कलेज चाँगुनारायण नगरपालिका वडा नम्बर ७ बागेश्वरी र भक्तपुर नगरपालिका वडा नम्बर १० को सिमानामा रहेको कमलविनायक क्षेत्रमा सञ्चालन आउने बताउदै उहाँले कलेजले आफ्नो छुट्टै भवन समेत निर्माण गरिरहेको बताउनु भयो । विद्यालय शिक्षाको क्षेत्रमा निकै छिटो फड्को मार्न र दुई दशकदेखि शैक्षिक क्षेत्रको अनुभव संगाल्दै आउनु भएका डा. कोजूको मुख्य व्यबस्थापनमा सञ्चालनमा आउन लागेको उक्त कलेजलाई विद्यार्थीको पहिलो रोजाइको कलेज बनाउने गरि अगाडि बढेको बताउनु भयो । शिक्षा र पर्यटनका लागि भक्तपुर भन्ने नाराका साथ अध्यापन सुरु गर्न लागेको कलेजले विद्यार्थीहरुलाई सरल, सहज शुल्कमा अध्ययन गराउने र विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने बताउदै प्राचार्य डा. कोजूले सरल शुल्कमा गुणस्तरीय शिक्षा अर्को लक्ष्य रहेको बताउनु भयो । यस वर्ष कक्षा ११ मा नयाँ भर्ना खुल्ला गरेर विद्यार्थी आव्हान गरेको बताउदै उहाँले विद्यार्थी भर्नाका लागि साउन ७ गतेसम्म फाराम भर्न आव्हान गरेको जानकारी दिनु भयो । गरिब, जेहेन्दार र अनुशासित विद्याथीृका लागि पहिलो परीक्षा साउन ७ गते सञ्चालन गर्ने जानकारी दिदै प्राचार्य डा. कोजूले कलेजको कार्यक्षेत्र रहेका पालिकाहरूसँग समन्वय गरि पढ्दै कमाउँदै भन्ने अवधारणालाई आत्मासात गर्दै शैक्षिक कायृक्रम अगाडि बढाउने बताउनु भयो । विद्यार्थीहरुलाई आकर्षित गर्न कलेजले शैक्षिक पदयात्रा समेत सञ्चालन गरेको छ । त्यसैगरि विद्यार्थीहरुलाई कुन विषय पढ्दा उपयुक्त हुन्छ भनेर परामर्शसमेत सञ्चालन गरेको छ । यस कलेजमा अध्ययन गर्ने विद्यार्थीले कक्षा १२ उत्तीर्ण गर्ने बेलासम्म सीप र शिक्षा दुबै लिएर जाने बताउदै उहाँले विद्याथीृका लागि पाँचवटा बस र तत्कालका लागि कक्षा ११ का लागि चार वटा भवन तयार पारेको बताउनु भयो । भक्तपुर नगरपालिका १० कमलविनायकमा रहेको रोम्बस स्कुलमा भने स्थापनाको छोटो समयमै ५५० विद्यार्थी अध्ययनरत रहेको उहाँको भनाइ छ । --- # भक्तपुरका विद्यालयहरुमा अब पढाई र खेलकुद सँगसँगै सञ्चालन Source: https://newskunda.com/archives/2866 Category: FEATURED NEWS, अर्थ, खेलकुद, राजनीति, शिक्षा, समाचार, समाज Last updated: 2023-07-24 भक्तपुर, ८ साउन । भक्तपुरका विद्यालयहरुले अब विद्यार्थीलाई पढाईसँगै बिभिन्न खेलका प्रशिक्षण दिदै खेलकुदको बिकास गर्ने भएको छ । प्याव्सन जिल्ला कार्यसमिति भक्तपुरको व्यवस्थापनमा भक्तपुर जिल्ला खेलकुद विकास समितिले आज उहाँ आयोजना गरेको ‘हामी विद्यालय अभियान अन्तर्गत विद्यार्थीलाई खेलकुदप्रति अभिप्रेरित’ विषयक अन्तरक्रिया कार्यक्रममा प्याब्सन र समितिले स्कुलस्कुलमा खेलकुद प्रशिक्षण सञ्चालन गर्ने सहमति भएको हो । खेल गतिविधिमा विद्यार्थीलाई सक्रिय बनाए उनीहरुको पढाई बिग्रिन्छ भन्ने अभिभावक र शिक्षक, प्रिन्सिपलको मान्यतालाई चिर्दै, विद्यार्थीहरुलाई खेलसँगै पढाई पनि राम्रो बनाउन सकिने र विद्यार्थीमा बढ्दो मोवाइलको लत हटाउन सकिने कार्यक्रममा सहभागि खेल प्रशिक्षकहरुले बताएका छन् । विद्यार्थीलाई विद्यालयमा खेलकुदप्रति अभिप्रेरित गर्ने र राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका खेलाडी उत्पादन गर्ने हेतुले प्याब्सन एवं खेलकुद विकास समितिको पहलमा विद्यालय तहबाटै खेलकुदमा सहभागि गराउन प्रशिक्षण दिने भएको हो । कार्यक्रममा भक्तपुर जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दीपक थापाले राजधानीसँगै जोडिएको भक्तपुरमा एउटा राम्रो खेल मैदान र कबर्ड हल समेत नहुदा खेल गतिविधि आयोजना गर्न कठिनाइ भएको उहाँले बताउनु भयो । विद्यालय तहबाट उत्पादित उत्कृष्ठ खेलाडीहरु विद्यालय तहको अध्ययन सकेपछि खेलकुदमा भविष्य नदेखेर पलायन हुने अबस्था रहेकाले खेलाडीको भविष्य सुनिश्चित हुने वातावरण बनाउनु पर्ने उहाँले बताउनुभयोे । विद्यालयमा खेलकुद विकासका लागि समितिले सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाउदै समितिका अध्यक्ष थापाले राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता अन्तर्गत विभिन्न खेलहरुमा समेत विद्यार्थीलाई सहभागि जनाउन स्कुलहरुलाई प्रशिक्षकहरुको व्यबस्था समितिले गर्ने बताउनुभयो । प्याव्सन भक्तपुर जिल्ला समितिका अध्यक्ष सुरेन्द्र श्रेष्ठले विद्यालयहरुमा खेलकुद विकास प्रशिक्षणका लागि बिभिन्न समस्याहरु भने रहेको बताउनुभयो । खेलकुद प्रशिक्षणका लागि एउटै स्कुलले धेरै जना प्रशिक्षक राख्नुपर्ने, खेल सिक्नेक्रममा विद्यार्थी घाइते हुँदा उपचारसमेत विद्यालयले गर्नुपर्ने तर त्यसको लागि आर्थिक भार थपिने भएकाले विद्यालय आफैले सबै प्रशिक्षक एवं उपचारको व्यबस्थापन भने गर्न नसक्ने बताउन भयो । मध्यपुरथिमि नगरप्याब्सनका अध्यक्ष निलेश आचार्यले विद्यार्थीहरु विविध खेलमा रुचि राख्ने तर त्यस अनुसारको प्रशिक्षक राख्न नसकिने अवस्था रहेकाले विद्यार्थीहरुलाई प्रशिक्षकको व्यबसथा गर्नुपर्ने बताउनुभयो । कार्यक्रममा सहभागिहरुले भक्तपुरमा राष्ट्रिय अन्तर्राष्ट्रिय मेडल प्राप्त धेरै खेलाडीहरु भएपनि तिनीहरुको पहिचान र संरक्षण गर्न नसकेको चर्चा गर्दै खेलकूद क्षेत्रमा बढी सक्रिय हुने समय विद्यालय तहमै खेल विकासका पूर्वाधार र तालिमहरुको आवश्यकतामा जोड दिएका थिए । विद्यार्थीहरुलाई खेलकूदमा आकर्षित गर्दै पढाई पनि राम्रो बनाएको उदाहरण धेरै रहेको भन्दै कवड्डी खेलका प्रशिक्षक पशुपति प्रजापतिले कवर्डी खेल प्रशिक्षण दिन चाहने विद्यालयलाई भक्तपुर जिल्ला कवड््डी संघबाट प्रशिक्षिक उपलब्ध गराउने बताउनुभयो । कार्यक्रममा रामशरण त्वाती, श्याम तजलेलगायतका खेलाडी तथा विभिन्न स्कुलका प्रिन्सिपलहरुले विद्यालयमा बिभिन्न खेलको प्रशिक्षण सञ्चालन गर्ने बताएका थिए । --- # भक्तपुरका शक्ति पिठहरुमा (राती लाग्ने) नौराते अर्थात नवरात्री मेला सुरु Source: https://newskunda.com/archives/4688 Category: FEATURED NEWS, अर्थ, धर्म/संस्कृति, राजनीति, समाचार, समाज Last updated: 2026-10-19 भक्तपुर, २५ असोज : घटस्थापनाका दिन आज साँझबाट भक्तपुरका बिभिन्न शक्ति पिठहरुमा नौ राते अर्थात नवरात्री मेला सुरु भएको छ । आश्विन शुक्ल प्रतिपदाको दिन आजबाट ब्रम्हायणी मन्दिरमा नवरात्री मेला सुरु भएको छ । मेला भर्न रातभरी दर्शनार्थीहरुले ब्रम्हायणीमा गएर मेला भर्ने परम्परा रहेको छ । भक्तपुरका नौ वटा शक्ति पिठहरुमा नौ दिनसम्म राती मेला लाग्ने गर्दछ । घटस्थापनाको दिनबाट सुरु हुने यो मेलामा यहाँका विभिन्न नौ शक्तिपीठमा नवरात्री मेला भर्ने गरिन्छ । रातको समयमा यहाँका बासिन्दाले शक्तिपीठहरुमा गएर पूजा गर्ने र मेला भर्ने गर्दछन् । टोल टोलबाट स्थानीयवासीहरु बिभिन्न बाजागाजा सहित मन्दिरमा गएर पूजा गर्ने परम्रपरा रहेको छ । नवरात्रि मेलाको पहिलो दिन आज ब्रह्मायणी, दोस्रो दिन महेश्वरी, तेस्रो दिन कुमारी, चौथो दिन भद्रकाली, पाँचौँ दिन बाराही, छैटौँ दिन इन्द्रायणी, सातौँ दिन महाकाली, आठौँ दिन महालक्ष्मी, नवौँ दिन त्रिपुरासुन्दरी र अन्तिममा विजयादशमीको दिन पुनः ब्रह्मायणीमा भव्य मेला गर्दै दशैँको नवरात्री समापन गर्ने प्रचलन रहेको भक्तपुरका संस्कृतिविद प्रकाश धौभडेलले जानकारी दिनुभयो । नवमीको दिन राती महिषासुरु दैत्यको प्रतिकका रुपमा लिईने खमेय जात्रा मनाउने गरिन्छ । नवदुर्गा मन्दिरबाट मदिरा सेवन गराई पूजा गरेको खमये (राँगो) लाई दौडाउदै ब्रम्हायणी मन्दिरमा पुर्याएर बलि दिने प्रचलन रहेको छ । नवमीको दिन रातीभरी र दशमीको दिनभरी ब्रम्हायणी मन्दिरमा हजारौको भीडमा ठूलो मेला लाग्ने गर्दछ । त्यसको भोलीपल्ट राती भक्तपुर दरबार स्क्वायरबाट तलेजु भवानीको वाहन सेतो घोडा पायो जात्रा अर्थात खड्ग जात्रा गरी नगर परिक्रमा गर्ने गरिन्छ । स्थानीयले यसलाई पायो न्हयाकेगू जात्रा पनि भन्ने गर्दछन् । भक्तपुरमा दशैंमा मनाइने जात्रा नवदुर्गाको उत्पत्तिसँग सम्बन्धित रहेको संस्कृतिविद् धौभडेल बताउनुहुन्छ । नवदुर्गाका नौ स्वरुप जीवित हुने परम्पराको रुपमा नौराते अर्थात नवरात्री जात्रा चलिआएको उहाँको भनाइ छ । यसअघि मृत्युवरण गरेका नवदुर्गा गण दशैँ सुरु भएसँगै जीवित हुने विश्वास गरिने उहाँले जानकारी दिनुभयो । उहाँले यो जात्रालाई असत्यमाथि सत्यको विजयका रुपमा मनाउने गरेको बताउनुभयो । --- # भक्तपुरका शिवालयमा महिलाहरुको भीड जातीय एकता र सद्भावका साथ साझा पर्वका रुपमा मनाए तीज Source: https://newskunda.com/archives/1869 Category: FEATURED NEWS, जीवन शैली, समाचार, समाज Last updated: 2022-08-30 भक्तपुर १४ भदौं : महिलाको प्रमुख चाँडका रुपमा रहेको तीज पर्वका अवसरमा आज भक्तपुरका प्रमुख शिवालयहरुमा बिहानैदेखि ब्रतालु महिलाहरुको भीड लागेको छ । भक्तपुरका प्रसिद्ध शिवालयहरुमा आज पूजा गर्ने र नाचगान गर्ने महिलाहरुको भीड लागेको हो । ब्रम्हा, बिष्णु र महादेवको त्रिमुर्तिको रुपमा मानिने भक्तपुरको प्रसिद्ध दत्तात्रय मन्दिरमा आज बिहानैदेखि नै महिलाहरुको भिड लागेको हो । जिल्लाका बिभिन्न ठाउँबाट आएका हजारौ महिलाहरुको बिहानैदेखि लामबद्ध भएर पूजा एवं दर्शन गर्नुका साथै नाचगान गरेका छन् । त्यसैगसिूर्यविनायक नगरपालिका( सिपाडोलस्थित डोलेश्वर महादेव मन्दिर र आशापुरी महादेव मन्दिरमा पनि बिहानैदेखि महिलाको भीड लागेको छ । डोलेश्वर मन्दिर व्यबस्थापन समितिले बिहानै देखि स्वंमसेवक परिचालन गरि लाइन व्यबस्थापन गरेको छ भने ब्रतालु महिलालाई नाँचगान गर्ने छुट्टै व्यबस्था समेत गरेको मन्दिर व्यबस्थापन समितिका सहकोषाध्यक्ष सदसलप केसीले जानकारी दिनु भयो । मन्दिरमा उपत्यका बिभिन्न ठाउँबाट महिलाहरुको ओईरो लागेको उहाँले बताउनुभयो । सिपाडोलकै आशापुरी महादेव मन्दिरमा पनि बिभिन्न ठाउँबाट आएका श्रद्धालु महिलाहरुको भीड लाग्नुको साथै दिनभर नाचगान चलेको छ । यता सूर्यविनायक(१० चित्तपोलमा रहेका कैलाशनाथ महादेव मन्दिरमा समेत बिहानैदेखि महिलाको भीड लागेको छ । भक्तपुर सिरुटारको गुप्तेश्वर महादेव, सोमलिङ्गेश्वर, सुवर्णेश्वर, आशापुरी, अनन्तलिङ्गेश्वर, लटरम्बेश्वरलगायतका महादेव मन्दिरमा बिहानैदेखि महिलाहरुको भीड लागेको छ । नेपाली हिन्दू महिलाहरूको ठूलो चाड तीज ब्राम्हण, क्षेत्री लगायतको समुदाय मात्र नभई, नेवार सहितका अन्य जनजातीहरुले पनि साझा पर्वका रुपमा तीज मनाएका छन् । विशेषगरि बाहुन क्षेत्रीलगायतले मनाउदै आएको तीज पर्व अहिले यहाँका नेवार लगायत अन्य जातजातिका समुदायले जातीय एकता र सद्भावका साथ साझा पर्वका रुपमा ब्रत बस्ने, दर खाने र नाचगान गरेर तीज मनाएका छन् । भक्तपुरको दत्तात्रय मन्दिरमा आज दर्शन तथा पूजा गर्न भक्तपुरको दोलखा भरघई थिमिबाट आउनु भएकी शान्ति श्रेष्ठले आफूले पनि यस वर्षदेखि दर खाने, तीजको ब्रत बसेर दत्तात्रयको दर्शन गर्न आएको बताउनु भयो । उहाँले बिहान डोलेश्वर मन्दिर गएर दिउँसो दत्तात्रय आएको बताउदै आफूले पनि यसवर्षदेखि नाचगान गरेर तीज मनाउन लागेको बताउनु भयो । उहाँले भन्नुभयो, “देवताको दर्शन गरेर ब्रत बस्न पनि यो जातले हुने त्यो जातले नहुने भन्ने हुन्छ र ? छिमेकीको कुरा सुन्दा ठिक लाग्यो, त्यसैले यसवर्षदेखि तीज मनाउन थालेको हुँ, हिजो दर खाइयो, नाचगान गरियो, आज पनि पूजा गरेर नाचगान गरेर तीज मनाएको छौँ ।” शिवालयहरुमा जाने, नाचगान गर्ने र यसलाई साझा पर्वका रुपमा मान्दै तीज मनाएका हुन् । बौद्ध धर्म मान्दै आएका समुदायले पनि हिन्दू धर्मावलम्बीहरुसंगै तीज मनाएका छन् । भक्तपुरकी समिता ध्वजुले विगतमा बाहुन क्षेत्रीले मात्रै तीज मनाउदा रहर लाग्ने गरे पनि नेवार समुदायले मनाउने होईन भनेर मानिदैनथ्यो तर अहिले समयको परिवर्तनसंगै नेवार एवं अन्यजनजातिहरुले पनि मनाउन थालेको बताउनुभयो । उहाँले भन्नुभयो, “यो सबै हिन्दू महिलाको चाँड हो, महिलाहरुले स्वतन्त्र भएर अपनत्व गरेर मनाउने चाँड रहेछ, तीजलाई यसलाई बाहुन क्षेत्रीको मात्र चाँड भनेर हेरिनु हुदैन, समयको परिवर्तनसंगै यो चाँडलाई सबै महिलाले हासखेल गरेर रमाईलोसंग मनाउनुपर्छ ।” भक्तपुरकै ५८ वर्षकी कान्छीमाया श्रेष्ठले पहिला आफूहरुले तीज नमाने पनि अहिले छोरी बुहारीले तीज मानेर रमाएको देख्दा खुसी लाग्ने गरेको बताउनुहुन्छ । बाहुनक्ष् ोत्री महिलाले तीजमा रातो पहिरन, रातै टिका, सिन्दुर, पोते, रातै चुरा लगाएर गीत गाएर नाचगान गरेको देखेर रहर लाग्ने गरेको बताउदै उहाँले अहिले तीजमा आफूहरु पनि रमाईलो गर्न पाएकोमा खुसी लागेको बताउनुहुन्छ । अहिलेको तीजले जातीय एकता र सद्भावलाई अझ मजबुद बनाएको छ । बिभिन्न जातजातिका महिला एकै थलोमा बसेर तीज कार्यक्रममा नाचगान गर्दै एकताबद्ध रुपमा मनाउनुलाई सबै जातजातिका महिलाले सकारात्मक रुपमा लिएका छन् । दर खाने र तीज कार्यक्रममा समेत यहाँका सबै जातजातिका महिलाहरु भेला भएर सामुहिक दलखाने परम्परा केहीवर्ष यता बस्दै आएको मध्यपुरथिमि राधेराधे संगम कोलोनीका सर्मिला यादव बताउनु हुन्छ । तीजलाई जातीय एकता र सद्भावको पर्वको रुपमा लैजादा साँस्कृतिक महत्व अझ झल्किने उहाँ बताउनु हुन्छ --- # भक्तपुरको उद्योगमा आगलागी, मुख्यमन्त्री थापामगरबाट निरीक्षण Source: https://newskunda.com/archives/4578 Category: FEATURED NEWS, अर्थ, राजनीति, शिक्षा, समाचार, समाज Last updated: 2026-10-05 भक्तपुर, १९ असोज : सुर्यविनायक नगरपालिका–८ जगातीस्थित कँपलिचोकमा सञ्चालित प्लास्टिक दाना वनाउने कारखानामा आज आगलागी भएको छ । नवराज भट्टले सञ्चालन गरेको विके सप्लायर्समा आज विहान ६ वजे आगलागी भएको हो । आगलागी भए लगत्तै वागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले आगलागी भएको उद्योगको निरीक्षण गर्नु भयो । उहाँले आगलागीको कारण र अबस्थाबारे जानकारी लिदै आगलातीबाट भएको क्षतिको विवरण लिनु भयो । मुख्यमन्त्री थापाले उद्योग सञ्चालनमा आगलागी हुनबाट जोगाउँन सचेतना अबलम्बन गर्नु पर्ने बताउदै उद्योगमा हुने समस्या समाधानका लागि प्रदेश सरकारले आवश्यक सहयोग गर्ने बताउनुभयो । आगलागी भएपछि जुद्ध बारुण यन्त्र भक्तपुरको दमकल र स्थानियहरूको सहायताबाट करिब दुई घण्टामा आगो नियन्त्रणमा लिएको छ । जुद्ध बारुण यन्त्र कार्यालय भक्तपुरका प्रमुख विजय धौभडेलले आगोलागीबाट ठूलो क्षति भएको जानकारी दिनुभयो । उहाँका अनुसार आगलागीका कारण कारखानामा रहेका मेसिन र प्लास्टिकका कच्चा पदार्थ पुर्ण रूपमा क्षति भएको छ भने कारखानासंगै रहेको दिनेश मचामसीको घरमा क्षति पुगेको जानकारी दिनुभयो । आगलागीबाट करिब ४० लाख भन्दा बढी क्षति प्रहरीले जानकारी दिएको छ । आगलागीको कारण भने खुलेको छैन भने घट्नास्थलमा प्रहरीले मुचुल्का उठाउने कार्य गरिहरको छ । --- # भक्तपुरको एक फर्निचर एवं सोफा कारखानामा भिषण आगोलागी Source: https://newskunda.com/archives/2800 Category: FEATURED NEWS, अर्थ, समाज Last updated: 2023-05-14 भक्तपुर, ३१ बैशाख : भक्तपुरको एक फर्निचर एवं सोफा कारखानामा भिषण आगोलागी भएको छ । आज साँझ भक्तपुरको सूर्यविनायक नगरपालिका–५, चुनदेवीस्थित एक फर्निचर तथा सोफा कारखानामा राती ७ बजेदेखि भएको आगलागी नियन्त्रणको प्रयास राती ९ बजेसम्म जारी रहेको प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक प्रजित केसीले जानकारी दिनुभयो । उहाँले साँझदेखि सुरु भएको आगलागी के कारणले भएको र कति मूल्य बराबरको क्षति भयो भन्नेबारेमा यकिन नभएको बताउदै उहाँले आगोलागी पूर्ण रुपमा नियन्त्रणमा आएपछिबारे सबै विबरण आउने बताउनु भयो । उहाँले भन्नुभयो, “ठूलो फर्निचर कारखानामा आगोलागी भएको छ, कारखाना कसको हो, के कति मूल्य बराबरको सामान क्षति भयो, आगोलागीको कारण के हो भन्ने बिबरण आएको छैन, सबै निकाय आगो नियन्त्रणका लागि सक्रिय छन्, पूर्ण रुपमा आगो नियन्त्रणमा आएपछि प्रहरीले मुचुल्का गरेपछि मात्रै सबै बिबरण आउँछ ।” आगोलागी नियन्त्रणमा घट्नास्थलमै रहेर सक्रिय रहनु भएका जुद्ध बारुण यन्त्र भक्तपुरका सूचना अधिकारी एवं अग्नि नियन्त्रक बिज्ञ विजयप्रसाद धौभडेलले ९० प्रतिशत आगो नियन्त्रणमा आएको र बाँकी आगो नियन्त्रणको प्रयास भइरहेको बताउनु भयो । फर्निचर काराखानामा भएको आगोलागीबाट सँगैको एक घरमा सामान्य क्षति पुगेपनि मानविय क्षति कतै नभएको र कारखानासँगैको अर्को दुईवटा घरलाई क्षति हुनबाट जोगाएको उहाँले बताउनुभयो । जुद्ध बारुण यन्त्र भक्तपुरका तीन वटा, काठमाण्डौ र ललितपुरका दुई वटा गरि पाँच वटा दमकल, नेपाल प्रहरी, शसस्त्र प्रहरी, नेपाली सेनासहितको सहयोगमा आगो नियन्त्रणको प्रयास भइरहेको उहाँले बताउनु भयो । अचानक हावाहरीसहित भइरहेको वर्षाका कारणले आगलागी नियन्त्रणमा ल्याउन समस्या भइरहेको उहाँले बताउनु भयो । --- # भक्तपुरको चाँगुनारायण केन्द्रबिन्दु भएर ४.७ रेक्टरस्केलको भूकम्प Source: https://newskunda.com/archives/1244 Category: FEATURED NEWS, समाचार, समाज Last updated: 2022-06-11 काठमाडौँ, २८ जेठ : भक्तपुर जिल्लाको चाँगुनारायण आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज बिहान २ बजेर ३६ मिनेट जाँदा भक्तपुरको चाँगुनारायण आसपास केन्द्रबिन्दु भएर ४.७ रेक्टरस्केलको भूकम्प गएको हो । उक्त भूकम्प गोरखा भूकम्पको परकम्प भएको केन्द्रले जनाएको छ । केन्द्रका भूकम्पविद् सुजनकुमार सुवेदीले विसं २०७२ वैशाख १२ गते गोरखा भूकम्पपछि नेपालमा ४ रेक्टरस्केलभन्दा माथिका ५८३ परकम्प गएको राससलाई जानकारी दिनुभयो । उक्त भूकम्पको धक्का काठमाडौँ उपत्यकाका साथै आसपासका जिल्लामा समेत महसुस गरिएको थियो । --- # भक्तपुरको तीनवटै नगरपालिका एमालेले जित्छ, भक्तपुरमा जग हल्लायौँ, यो चुनाबमा खाता खोल्छौ : महेश बस्नेत Source: https://newskunda.com/archives/726 Category: FEATURED NEWS, निर्वाचन, राजनीति, समाचार Last updated: 2022-05-08 भक्तपुर, २४ बैशाख । नेकपा एमालेका पोलिटव्यूरो सदस्य एवं प्रतिनिधि सभाका सांसद महेश बस्नेतले भक्तपुरका तीन वटै नगरपालिका एमालेले जित्ने दाबी गर्नु भएको छ । नेकपा एमाले भक्तपुर नगर कमिटीले शनिवार भक्तपुरको टौमढीमा आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै उहाँले यसअघि एमालेले नेतृत्व गरेको सूर्यविनायक, चाँगुनारायण र मध्यपुरथिमि तीन वटै नगरपालिका बैशाख ३० गतेको चुनाबमा पनि एमालेले जित्ने दाबी गर्नु भएको हो । एमालेका युवा नेता एवं पूर्वमन्त्री बस्नेतले भन्नुभयो, “जनताले सही मूल्यांकन गर्ने छन्, ४० वर्षसम्म हुन नसकेको भक्तपुरको बिकास ५ वर्षमा भएको छ, एमालेले नेतृत्व गरेको तीन वटा नगरपालिकामा भएको विकास देखेका जनताले भक्तपुरलाई बिकास, समृद्ध र सुखी बनाउन एमालेलाई नै रोज्छन्, भुत्ते गठबन्धनले केही गर्दै, एमालेलाई जनताले ल्याउछन् ल्याउछन् ।” भक्तपुर नगरपालिकाले नगर भित्रका जनताको पक्षमा काम गर्न नसक्दा यहाँका जनता पुस्तौदेखि जस्ताको तस्तै रहेको तर अन्य नगरपालिकाका विकाससँगै आएको परिवर्तन र जनताको स्तर माथि उठेपछि भक्तपुरका जनता सूर्यविनायक र चाँगुनारायणमा बसाई सर्ने क्रम तिब्र रहेको भन्दै उहाँले एमाले, एमालेले गरेको बिकास र महेश बस्नेत नेमकिपाका लागि टाउँको दुखाई बनेको बताउनु भयो । हिजोको धनी भनेको भक्तपुर नगरपालिका र यहाँको जनताकोस्तर जहाँको त्यही छ, हिजोको गरिब भनेको सूर्यविनायक र चाँगुनारायण आज कहाँ पुग्यो, यहाँका जनताले हेर्दै नेमकिपालाई सपारी रहेको टिप्पणी गर्नु भयो । भक्तपुर नगरपालिकामा समेत यस वर्ष एउटा वडामा मात्रै भए पनि खाता खोल्ने दाबी गर्दै उहाँले भन्नुभयो, “भक्तपुर नगरपालिका भित्र एमाले छिरिसकेको छ, नेमकिपाका नेता, कार्यकर्ता एमालेमा प्रवेश गरिरहेका छन्, नेमकिपाको कुर्सी एमालेले यस पटक जगैसम्म हल्लाएको छ, अब एमाले भक्तपुरमा आउँछ, आउँछ, एउटा वडामा भए पनि यसवर्ष एमालेले खाता खोल्छ ।” भक्तपुर नगर भित्र २०७४ सालको निर्वाचनमा ३ हजार भोट लिएको एमालेले प्रदेश सभाको निर्वाचनमा रोमन शिलाकारलाई उठाउँदा ८ हजारभन्दा बढी भोट ल्यायो, यो चुनाबमा एमालेले १० हजार भोट ल्यायो भने हाम्रो लागि त्यो जित हुनेछ भन्दै उहाँले यो वर्ष भक्तपुर नगरपालिकामा कमसेकम १ वटा वडामा एमालेले खाता खोल्ने संकल्प लिएको बताउनु भयो । अम्बा एक पटक टोक्न गाह्रो हुन्छ, त्यसपछि सिंगो अम्बा खान सजिलो हुन्छ, एमालेले यस पटक एउटा गाँस त खायो खायो भन्दै सांसद बस्नेतले भन्नुभयो, “नेमकिपामा जीवन अर्पण गर्नु भएका ज्ञानबहादुर न्याईच्याई माथि अन्याय गर्ने नेमकिपा बिरुद्ध एमालेबाट उहाँकै छोरा रमेश न्याईच्याई वडाध्यक्षमा उठ्नु भएको छ, उहाँको योगदानको मूल्यांकन गरेर यहाँको जनताले भोट उहाँलाई दिनेछन्, यस पटक रमेश न्याईच्याई नेमकिपालाई परास्त गरेर भक्तपुर नगरपालिकामा प्रवेश गर्नेछन्, अनि पाँच वर्ष भित्र भक्तपुर नगरपालिकाबाट पनि नेमकिपालाई बिदाई गर्छौँ ।” भक्तपुरमा एमाले प्रवेश गर्छ भन्ने डरले २०७४ को निर्वाचनमा २ नं. क्षेत्रमा परेको भक्तपुरको ८ वटा वडाको विषयमा नेमकिपाले झगडा गरेरै ती वडाहरु थपेको बताउदै उहाँले अहिले सूर्यविनायक र मध्यपुरथिमि नगरपालिकामा नेमकिपाले आफ्नो अस्तित्व जोगाउन नसक्ने अबस्थामा पुगेको बताउनु भयो् । भक्तपुर क्षेत्र नं. २ मा नेमकिपाले ३ हजार भोट ल्याउन नसक्ने अबस्थामा पुगेको उहाँको आरोप छ । सरकारले पठाउने समपुरक बजेट हरेक वर्ष यो जिल्लामा सबभन्दा बढी भक्तपुर नगरपालिकामा आउँने गरेको बताउदै उहाँले भन्नुभयो, “सूर्यविनायकमा ६० करोड, चाँगुनारायणमा ५५ करोड र भक्तपुरमा १ अर्ब बजेट आउँछ, आन्तरिक आय तर्फ सूर्यविनायकको वर्षमा १२ करोड, चाँगुनारायणको १८ करोड र भक्तपुरको एक अर्ब हुन्छ, भौगोलिक रुपमा हेर्ने हो भने सबभन्दा सानो पालिका भक्तपुर नगरपालिका हो, त्यो २ अर्ब पैसा ख्वपमा कलेजमा सकियो भन्न मिल्छ ? यहाँको जनताले तिरेको कर खै ? जनता झक्किएका छन् ।” भक्तपुर नगरपालिकाले अहिलेसम्म एने, कानून नबनाई ख्पव कलेज चलाएको आरोप लगाउदै उहाँले भक्तपुरकै पुरोना भक्तपुर क्याम्पस बनाउन कुनै सहयोग नगर्ने, आफ्नै जनताले दैलोमै उपचार पाउने १०० भन्दा बर्ष भन्दा पुरोना भक्तपुर अस्पताल बनाउन, त्यहाँ आईसियू, भेन्टिलेटर राख्न, कुनै पहल नगर्ने भक्तपुर नगरपालिकाले उल्टै अस्पतालको साँघुरो जग्गामा स्मार्ट शौचालय बनाएर पैसा उठाउनुले पनि उसको नियत प्रष्ट हुने बताउनु भयो । सरकारकै बजेटबाट सूर्यविनायक र चाँगुनारायणमा आईसियू र अक्सिजन प्लान्टसहितको अस्पताल बनाएको तर ख्वप अस्पतालका लागि जनतासँग ६ करोड चन्दा उठाउने नगरपालिकाले भक्तपुरका लागि सरकारले छुट्याएको २८ करोड लिन केन्द्रीय र प्रदेश सरकारसँग समन्वय नगरेको उहाँको भनाइ थियो । अरुलाई भ्रष्टाचार गर्यो भन्ने नेमकिपाले डोलेश्वरमा बनाएको मन्दिर र सूर्यविनायकमा सडक, पुल निर्माणको काम र लागत र भक्तपुर नगरपालिकाले बनाएको पुल र त्यसको लागत दाजेर हेरे पुग्छ भन्दै उहाँले भक्तपुर नगरपालिकाले गरेको जग्गा एकीकरण आयोजनाबाट गरिबमाथि गरेको शोषण र भ्रष्टाचारकै कारण अहिले नेमकिपा बिरुद्ध आवाज उठेको बताउनु भयो । भूकम्पले भक्तपुरमा सबभन्दा बढी क्षति पुग्दा दैलोको नगरपालिका र नेमकिपाले केही नगरे पछि यहाँका जनतालाई आफूले बस्ने बाँसदेखि गाँससम्मको व्यबस्था गरेको चर्चा गर्दै नेता बस्नेतले भन्नुभयो,“भूकम्प गएर धेरै जनधनको क्षति हुँदा नेमकिपा कहाँ भाग्यो ? त्यतिखेर यहाँका जनतालाई राहत दिन एमाले आउनु पर्यो, मैले भक्तपुर नगरपालिका भित्र २१०० वटा टहरा बनाएर दिए, जस्ता दिए, खानलाई राहत वितरण गरे, प्रत्येक मृतक परिवारलाई १ हजार राहत दिए, कोभिड महामारीमा नेमकिपाले त्यस्तै गर्यो ।” हनुमन्ते सफाई अभियान १०० हप्ता र अरनिको राजमार्ग सफाई २ महिने अभियान चलाउदा नेमकिपा नआएको र जानेलाई कारबाही गर्ने धम्की दिएको भन्दै अरनिको राजमार्गमा उज्यालो बनाउने अभियान चलाएर सडकमा बत्ति हाल्ने क्रममा राधे राधेसम्म सडक बत्ति भएको तर यता भक्तपुरमा अध्यारोमा राख्न भक्तपुर नगरपालिकाले बत्ति हाल्न नदिदाँ हनुमन्ते पुलदेखि सूर्यविनायकसम्म बत्ति हाल्ने योजना पुरा गर्न नपाउँदा सडक अध्यारै भएको बताउनु भयो । हनुमन्ते करिडोर निर्माण गर्न आफूले २ अर्ब बजेट ल्याएर भक्तपुरका ३ ठाउँबाट ७० लाखका दरले सुरु गर्न लाग्दा सूर्यविनाक र मध्यपुरथिमि क्षेत्रमा करिडोर बनेपनि भक्तपुर नगरपालिका क्षेत्रमा हनुमन्ते करिडोर बन्न नदिदाँ रोकिएको बताउनु भयो । भूकम्पले भत्किएका विद्यालय बनाउन भक्तपुर नगरपालिकाले नदिएको भन्दै उहाँले सूर्यविनायकमा ३४ वटा, चाँगुनारायणमा ४८ वटा विद्यालय पुर्ननिर्माण हुँदा भक्तपुरमा ८ वटामात्रै पुर्ननिर्माण भएको बताउनु भयो । भक्तपुरमा स्मार्ट सिटीदेखि रंगशालासम्म निर्माणसम्मको बिरोध गर्ने यो नगरपालिकाले आफूले गरेको इँता पाखे, कमल विनायक, लिवालीमा गरेको जग्गा प्लटिङमा भ्रष्टाचार गरे पछि जनता बाध्य भएर बिरोधमा उत्रिएको भनाइ राख्नु भयो । --- # भक्तपुरको दरबारस्क्वायरमा टी(२० विश्वकप ट्रफी प्रर्दशनी Source: https://newskunda.com/archives/1912 Category: FEATURED NEWS, खेलकुद, समाचार, समाज Last updated: 2022-08-31 भक्तपुर, १५ भदौ : भक्तपुरको दरबार स्क्वायरमा आज टी(२० विश्वकप ट्रफी प्रर्दशनीमा राखिएको छ । आज दिउँसो १ बजेसम्म ऐतिहासिक सम्पदास्थल दरबारस्क्वायरमा प्रर्दशनमा राखिएको आईसीसी पुरुष ट्वान्टी(२० विश्वकप क्रिकेटको ट्रफी खेलाडी, विद्यार्थीलगायत हजारौले अबलोकन गरेका छन् । विश्वको १३ राष्ट्रको ३५ स्थानमा प्रदर्शन गरिने विश्वकपको १०० दिने ट्रफी भ्रमणअन्तर्गत अस्ट्रेलियामा यसै वर्ष आयोजना हुने टी(२० विश्वकप ट्रफी नेपालमा ल्याएर भक्तपुर दरबार स्क्वायरमा प्रर्दशन गरिएको हो । ट्रफी नेपालमा दुई दिन राखिने छ । प्रदर्शनीमा नेपाली टिमका पूर्वकप्तान विनोद दास, खेलाडी शरद् भेषावकर, महबुब आलम, रुबिना क्षेत्री र कलाकार सरोज खनाललगायतको सहभागितामा कार्यक्रमको महत्वमाथि प्रकाश पारिएको थियो । कार्यक्रममा धिमे बाजा, लाखे नाच लगायत प्रर्दशन गरिएको थियो । दरबार स्क्वायरबाट टौमढी पाँच तले मन्दिर क्षेत्रमा पनि ट्रफी प्रर्दशनी गरिएको थियो । नेपालमा ल्याइएको क्रिकेटको विश्वकप ट्रफी सर्वोच्च शिखर सगरमाथाको आधार शिविरमा रहेको गोक्यो तालमा प्रदर्शनी गरिने क्यानले जानकारी दिएको छ । यसअघि सन् २०१८ मा एकदिवसीय विश्वकपको ट्रफी पनि प्रर्दशनीका लागि नेपाल ल्याइएको थियो । अस्ट्रेलियाको ७ सहरमा आयोजना हुने विश्वकप अक्टोबर १६ देखि नोभेम्बर १३ सम्म हुनेछ । विश्वकपमा १६ राष्ट्रले प्रतिस्पर्धा गर्ने भएका छन् । --- # भक्तपुरको रिसोर्टमा किशोरी बलात्कार Source: https://newskunda.com/archives/2905 Category: FEATURED NEWS, अपराध, समाचार, समाज Last updated: 2023-08-30 भक्तपुर, १२ भदौ । भक्तपुरमा नाबालिगको बलात्कार आरोपमा एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा इलामको इलाम नगरपालिका–९ का ५२ वर्षीय सूर्यबहादुर भण्डारी छन् । १७ वर्षीया किशोरीको बलात्कार गरेको आरोपमा भण्डारीलाई सोमबार साँझ प्रहरीले नियन्त्रणमा लिएको हो । उनी काठमाडौंको नरेफाँटमा बस्दै आएका थिए । गएको आइतबार दिउँसो भक्तपुरको सूर्यविनायक नगरपालिका–९, पलासेस्थित रिसोर्टमा भण्डारीले ती किशोरीको बलात्कार गरेको आरोप छ । सो उजुरीपछि जिल्ला प्रहरी परिसर भक्तपुरबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो । घटनाका सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । --- # भक्तपुरको सल्लाघारीमा बुधबारबाट सुरु हुने दशैं रमाइलो महोत्सव–२०८३ को तयारी पुरा Source: https://newskunda.com/archives/4582 Category: FEATURED NEWS, अर्थ, राजनीति, शिक्षा, समाचार, समाज Last updated: 2026-10-05 भक्तपुर, १९ असोज : नजिकिदै दशैंमा उपभेक्तालाई एकै ठाउँमा सहज, सुर्वसुलभ र गुणस्तरीय सामान उपलब्ध गराउने उदेश्यले भक्तपुरको सल्लाघारीस्थित खुल्ला चौरमा यहीँ २१ गते बुधबारबाट सुरु हुने दशैं रमाइलो महोत्सव–२०८३ को तयारी पुरा गरेको छ । आज भक्तपुरको सल्लाघारीमा महोत्सव आयोजक संस्था औद्योगिक मेला महोत्सव प्रतिष्ठान नेपालले आयोजना गरेको पत्रकार सम्मेलनमा प्रतिष्ठानका बलराम श्रेष्ठले बडादसैँको अवसर पारेर हुने ‘दसैँ रमाइलो महोत्सव–२०८३’ असोज ३० गतेसम्म सञ्चालन हुने बताउनुभयो । उहाँले भन्नुभयो, “मेलामा दशैंलाई लक्षित गरि विशेष गरि गुणस्तरीय खाद्यान्न र लत्ता कपडा आम उपभोक्ताका लागि सहज, सर्वसलुभ रुपमा उपलब्ध गराउने छौं, मेलामा ७० वटा स्टल रहने छ । मेला अबधीभर बिभिन्न साँस्कृतिक कार्यक्रम समेत दैनिक रुपमा सञ्चालन हुनेछ ।” पत्रकार सम्मेलनमा मेला आयोजक समितिका संयोजक संगम लामाले एक लाख भन्दा बढी उपभोक्ताको आगमन हुने अपेक्षा गरिएको मेलामा दैनिक जीवनमा प्रयोग हुने खाद्यान्न, लत्ता कपडासंगै अटोमोबाइल, जुत्ता–चप्पल, कृषि तथा हस्तकलाका सामग्रीलगायतका बिभिन्न वस्तुहरुको प्रदर्शनी तथा बिक्रीका लागि राखिने जानकारी दिनुभयो । मनोरञ्जनका लागि मेलामा बाल उद्यान, रोटेपिङ, झुला, नाउ, मिनी बञ्जी जम्प, वाटर बल, मिकी माउस, ट्राम्पोलिनलगायतका बिभिन्न खेल तथा मनोरञ्जनका सामग्री राखिने उहाँले बताउनुभयो । राष्ट्रिय तथा स्थानीय कलाकारहरूको दैनिक सांस्कृतिक प्रस्तुति, हास्यव्यङ्य र गीत–गायनसहित मेलामा हरेक दिन खुला नृत्य प्रतियोगिता समेत आयोजना गरिने उहाँले बताउनुभयो । मेलाले भक्तपुरको आन्तरिक पर्यटनको विकास हुनुका साथै स्थानीय उत्पादन, व्यापार, कला–संस्कृति तथा पर्यटन प्रवद्र्धनमा समेत सहयोग पुग्ने अपेक्षा गरिएको संयोजक लामाले बताउनुभयो । --- # भक्तपुरबाट रु. १५ लाखको नक्कली नोट सहित नौ जनालाई प्रहरीले पक्राउ Source: https://newskunda.com/archives/2874 Category: FEATURED NEWS, अपराध, अर्थ, राजनीति, समाचार, समाज Last updated: 2023-08-11 भक्तपुर, २५ साउन । भक्तपुरबाट रु. १५ लाखको नक्कली नोट सहित नौ जनालाई प्रहरीले पक्राउ गरेको छ । सिन्धुपाल्चोक बलेफी नगरपालिका–७ घर भई हाल चाँगुनारायण नगरपालिका–४ बुढाथोकी गाउँमा बस्दै आएका ४० वर्षीय अर्जुन सुवेदीको कोठाबाट नक्कली नोट र नोट छाप्ने मेशिनसहित नौ जनालाई पक्राउ गरेको प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक प्रजित केसीले जानकारी दिनुभयो । पक्राउ पर्नेमा सिन्धुपाल्चोक बलेफी नगरपालिका–७ घरभई हाल चाँगुनारायण बस्ने ४० वर्षीय सुवेदी, सुनकोशी गाउँपालिका–६ घर भई काठमाडौं मुलपानी बस्नेद्धय २१ वर्षीय मिलन भण्डारी र २३ वर्षीय श्रीकृष्ण भण्डारी, सिन्धुपाल्चोक सुनकोशी गा.पा.–६ घरभई हाल काठमाडौं पेप्सीकोला सनसिटी बस्ने २६ वर्षीय शुसिल कार्की र सिन्धुपाल्चोक सुनकोशी गा.पा.–६ घरभई मुलपानी बस्ने ३२ वर्षीय शिव भण्डारी रहेका छन् । प्रहरी उपरीक्षक केसीका अनुसार नवलपरासी सराबल गा.पा.–१ घर भई हाल काठमाडौं बस्ने वर्ष ३५ वर्षीया पार्वती नेपाली, गुल्मी वडागाउँ गा.पा.–२ घर भई हाल सामाखुशी बस्ने २७ वर्षीय सागर आचार्य, अछाम घर भई हाल काठमाण्डौँ मातातिर्थ बस्ने २३ वर्षीय अर्जुन बुढा र झापा घर भई हाल काठमाडौँ सामाखुशी बस्ने २४ वर्षीय युवराज राईलाई पक्राउ गरेको छ । पक्राउ परेकाहरुको साथबाट रु १५,०००,०० बराबरको एक हजार दरका १५०० थान नेपाली नक्कली नोट, नोट प्रिन्ट गर्ने कलर प्रिन्टर एक थान, कम्युटर एक थान, मोबाईल १२ थान र चार वटा स्कुटर बरामद गरेको प्रहरी उपरीक्षक केसीले जानकारी दिनुभयो । थानकोट प्रहरीको सहायताबाट प्रहरीले थानकोट र भक्तपुरबाट उनीहरुलाई पक्राउ गरेको उहाँले जानकारी दिनुभयो । पक्राउ परेकाहरुलाई आवश्यक अनुसन्धान गर्दै आजै म्याद थप गरि आवश्यक कारबाही अगाडि बढाउने उहाँले जानकारी दिनुभयो । --- # भक्तपुरमा ६ महिनाको अबधीमा २४० वटा मानव अधिकार हननका घट्ना, अपराधका ४७३ वटा घट्ना सार्वजनिक Source: https://newskunda.com/archives/1395 Category: FEATURED NEWS, राजनीति, समाचार, समाज Last updated: 2022-06-27 भक्तपुर, १३ असार : भक्तपुर जिल्लामा विगत ६ महिनामा मानव अधिकार हननका २४० वटा घट्नासहित कूल ४७३ वटा घटना बिभिन्न घट्नाहरु घटेका छन् । आज अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) भक्तपुरले यहाँ आयोजना गरेको अर्धवार्षिक पूर्व समीक्षा कार्यक्रममा २०२२ जनवरीदेखि जुनसम्म भक्तपुरमा भएका मानव अधिकार हननका घट्नाको सार्वजनिक गर्दै यस्तो जानकारी दिएको हो । इन्सेक भक्तपुरले सार्वजनिक गरेको तथ्यांक अनुसार यो ६ महिनाको अबधीमा पाँच जनाको हत्या, तीन जना आफ्नै परिवारबाट हत्या, नौ जनाको हत्या प्रयास, १४ जनाको बलात्कार, दुई जनाको बलात्कार प्रयास, चारजना बहुबिवाहको, एक जना मानव बेचबिखन तथा ओसारपसर र एक जना अपहरण उद्योगबाट पीडित भएका छन् । त्यस्तै अभद्र व्यबहारबाट ३७ जना महिला पीडित भएका छन् भने घरेलु हिंसाबाट पाँच जना महिला, पाँच ठगिबाट जना आत्महत्या दुरुत्साहनबाट दुई जना पीडित भएका छन् । भक्तपुर जिल्ला अदालनतमा सम्बन्ध बिच्छेदका लागि १७४ जनाको मुद्धा दर्ता गराएकोमा १२१ जनाको सम्बन्ध बिच्छेद भएको छ । बैंकिङ् कसुरबाट १२८ जना लागू औषधमा १३, पशु जन्य अपराधमा १ जना, चोरीका घट्ना ३१, चोरी गर्ने उद्योगमा एक, जुवाका ६ वटा घट्ना भएका छन् । यसअबधीमा आत्महत्याका घट्नाबाट ३४ जनाको ज्यान गएको छ । त्यस्तै बालिबालिका, महिला, पुरुष गरि ११७ जना हराएकोमा ९३ जना भेटिएका छन् । त्यस्तै सवारी दुर्घटनामा १५ जनाको ज्यान गएको छभने दुई जनाको अंगभंग भएको छ । कार्यक्रममा महानगरीय पहरी परिसर भक्तपुरका प्रमुख शिबकुमार श्रेष्ठले अपराधको मुख्य कारक तत्व लागू औषधको कारोबार एवं दुव्र्यसनी र मदिरा सेवननै रहेको बताउदै यसलाई सरकारले कडाईका साथ नियन्त्रणकोनीति लिनु पर्ने बताउनु भयो । उहाँले भक्तपुरमा पहिलो लागू औषध, दोश्रोमा बलात्कार, तेश्रोमा चोरी, चौथोमा सवारी ज्यान, पाँचौमा ठगी जस्ता समस्या जटिल बन्दै आएको बताउदै अपराध मुक्त समाज निर्माणका लागि समुदायले आफ्नो समाजलाई अपराध मुक्त बनाउने अभियान सञ्चालन गर्नेमा जोड दिनु भयो । बलात्कारमा ३० प्रतिशत त गलत नियतले फसाउनका लागि आएका उजुरी हुने गरेको बताउनै उहाँले भक्तपुरमा कुनै पनि समस्या र उजुरी गर्नु परेमा कसैको भनसुन नगरी सिधै प्रहरी परिसरको सोधपुछमा आएर सम्पर्क गरे पुग्ने बताउनुभयो । कार्यक्रममा नेपाल बार एशोसियसन भक्तपुरका अध्यक्ष रबिन्द्र प्रधानले यातायात मजदुर, इँटा भट्टा, बालुवा तथा माटो खानी, श्रम क्षेत्रमा अपराधका घट्ना बढी हुने गरेको बताउदै अधिकार प्रयोगका नाममा छाडा र दुरुपयोग भइरहेको औल्याउनु भयो । कार्यक्रममा गैरसरकारी संस्था महासंघ भक्तपुरका अध्यक्ष नारायण न्यौपानेले अपराध नियन्त्रणमा गैससले अभियान नै सञ्चालन गरेको बताउनु भयो । नेपाल पत्रकार महासंघ भक्तपुरका सल्लाहकार एवं पूर्वअध्यक्ष पुष्करराज बुढाथोकीले अपराधको मुख्य कारक तत्वको खोजीलाई त्यसलाई जरैदेखि उखेल्नु पर्ने बताउनु भयो । त्यसअवसरमा गैसस महासंघका कोषाध्यक्ष पहलमान श्रेष्ठ, मानव अधिकारकर्मी युवराज घिमिरे, सिविसका महासचिव अनिता पाण्डे, पत्रकार रामचन्द्र प्रजापति , गैससकी सीता अधिकारी, इन्सेकका भक्तपुर सहजकर्ता राजु मंग्रान्ती, मानव अधिकार समूहका अध्यक्ष बच्चुराम न्यौपानेलगायतले मानव अधिकारको वर्तमान् अबस्थाकाबारेमा चर्चा गर्नु भएको थियो । --- # भक्तपुरमा ७६ प्रतिहत मत खस्यो, सबभन्दा बढी चाँगुनारायणमा खस्यो, आजैबाट मतगणना गरिने Source: https://newskunda.com/archives/922 Category: FEATURED NEWS, निर्वाचन, राजनीति, समाज Last updated: 2022-05-13 भक्तपुर, ३० बैशाख ; आज सम्पन्न भएको स्थानीय तह निर्वाचनमा भक्तपुर जिल्लामा ७६ प्रतिशत मत खसेको छ । जिल्लाको चार वटै नगरपालिकामा बिहान ७ बजेदेखि शान्तिपूर्ण रुपमा सुरु भएको मतदान दिनभर उत्साह जनक रुपमा साँझ ५ बजे शान्तिपूर्ण रुपमा सम्पन्न भएको जिल्ला निर्वाचन कार्यालय भक्तपुरका प्रमुख नरेन्द्रप्रसाद न्यौपानेले जानकारी दिनु भयो । उहाँले भन्नुभयो, “भक्तपुर जिल्लाभर शान्तिपूर्ण रुपमा मतदान सुरु भइ सम्पन्न भएको छ, मतदाताको उत्साह जनक रुमा सहभागिता रहेको पाइयो, जिल्लामा कूल ७६ प्रतिशत मत खस्यो ।” उहाँका अनुसार भक्तपुर नगरपालिकामा ७६ प्रतिशत, मध्यपुरथिमि नगरपालिकामा ७५ प्रतिशत, चाँगुनारायण नगरपालिकामा ७७ प्रतिशत र सूर्यविनायक नगरपालिकामा ७५ प्रतिशत मत खसेको छ । जिल्लामा कूल एक लाख ८९ हजार ५८४ मतदाता रहेका छन् । जसमध्ये भक्तपुर नगरपालिकामा ५७ हजार २७०, चाँगुनारायण नगरपालिकामा ४३ हजार १०४, सूर्यविनायक नगरपालिकामा ४७ हजार ३६७ र मध्यपुरथिमि नगरपालिकामा ४१ हजार ८४३ जना छन् । मतदान सम्पन्न भएपछि जिल्लाको चार वटै नगरपालिकाकामा रहेको ७७ मतदान स्थलमाको २१९ मतदान केन्द्रबाट मत पेटिका मत गणना स्थलमा ल्याउने क्रम जारी छ । प्रमुख न्यौपानेले भन्नुभयो, “जिल्लाको चार वटै नगरपालिकाका मतदान केन्द्रबाट मत पेटिका मत गणना स्थलमा ल्याउने क्रम जारी छ, सबै मत पेटिका आए पछि त्यसलाई रुजू गरि सर्वदलइि बैठक राखेर सोही निर्णय अनुसार मतगणना सुरु गर्छौँ ।” उहाँले मतगणना आज रातीबाटै सुरु हुने जानकारी दिदै मतगणना स्थललाई सुरक्षित राख्न तार जारीले घेरिएको र सबै मतगणना स्थलमा सीसी क्यामरा जडान गरिएको जानकार िदिनु भयो । भक्तपुर नगरपालिकाको दरबारस्क्वायरस्थित जनज्योती पुस्तकालयको पुरोना भवन, मध्यपुरथिमिको बोडेस्थित कृषि बिकास तालिम केन्द्रमा, सूर्यविनायकको प्राणी उद्यानको कार्यालयमा र चाँगुनारायणको नेपाल विद्युत प्राधिकरण तालिम भवन खरिपाटीमा मत गणना हुने भएको छ । त्यसैगरि मध्यपुरथिमिस्थित निर्वाचन अधिकृतको कार्यालयले मध्यपुरथिमिबाट मत पेटिका सबै आइसकेको जानकारी दिएको छ । थिमिका सहायक निर्वाचन अधिकृत केशव सिलवालले थिमि नगरपालिका भित्रका सबै मत पेटिका आइसकेकाले आजैबाट मत गणना सुरु गर्ने तयारी गरिएको जानकारी दिनु भयो । भक्तपुर नगरपालिकामा पनि सबै मत पेटिका आइसकेकाले आजैबाट मत गणना सुरु गरिने तयारी भएको बताइएको छ । --- # भक्तपुरमा आज इन्द्र जात्रा इन्द्रायणीलाई द्यो छेँ बाट देवराज इन्द्रको खट जात्रा गरि देश घुमाइदै Source: https://newskunda.com/archives/4440 Category: FEATURED NEWS, अर्थ, धर्म/संस्कृति, राजनीति, समाचार, समाज Last updated: 2026-09-25 भक्तपुर, ९ असोज : भक्तपुर नगरपालिका खौमास्थित इन्द्रायणी द्यो छें अर्थात देवगृहबाट बाजागाजासहित इन्द्रायणी देवताको मूर्तिलाई खटमा विराजमान गराई आज भक्तपुरमा भव्य रुपमा इन्द्र जात्रा सुरु भएको छ । इन्द्र जात्राको दिन सुरु आज स्थानीयले इन्द्रायणी देवताको मूर्तिलाई खटमा राखेर खट जात्रा गरि ‘वाचा मुकेगु’ भनी आधा देश परिक्रमा गराई बाजागाजासहित धुमधामसँग इन्द्र दह अर्थात सिद्धपोखरीमा पु¥याएर जात्रा मनाउन सुरु गरेका छन् । भक्तपुरको इन्द्र दह अर्थात सिद्धपोखरीमा इन्द्रायणी देवतालाई पुर्याए पछि आज साँझदेखि रातभरि र भोली दिनभर यहाँ भव्य मेला लाग्ने गर्दछ । आज भक्तपुरको बिभिन्न क्षेत्रमा देवतालाई घुमाएर साँझ इन्द्र दह अर्थात सिद्ध पोखरी पुर्याएपछि हजारौको भीडले रातभर जात्रा गरि भोली पूर्णिमामा दिनभर मेला गरि साँझ बाजागाजाका साथ पुनः भक्तपुर नगरपालिका खौमास्थित इन्द्रायणी द्यो छें अर्थात देवगृहमा भित्रयाएर इन्द्र जात्रा सम्पन्न गर्ने परम्परा छ । नेपाल सम्बत् २१८ मा इन्द्रदेवले आफ्नो नाममा उपत्यकाकै ठूलो पोखरी निर्माण गराएका कारण यो पोखरीको नाम इन्द्र दह रहन गएको भनाई संस्कृतकर्मी यज्ञराज जोशीले जानकारी दिनुभयो । स्वर्गका राजा इन्द्रले स्नान गरेको हुँदा यसको नाम इन्द्र दह रहेको धार्मिक विश्वास छ भन्दै उहाँले यसलाई ‘ञँंकीदह’ पनि भन्ने गरिएको उहाँ बताउनुहुन्छ । यसै दहमा भाद्र शुक्ल चतुर्दशीका ‘चाक मता च्याकेगु’ भनी चारैतिर बत्ती बालेर झिलिमिली बनाउने प्रचलन छ । कृष्णदेखि रिसाएका इन्द्रले जनतालाई दुःख दिन ठूलो असिना, पानी पारेपछि कृष्णले गोर्वधन पहाड औंलाले उठाएर जनताको रक्षा गरेको दिनको सम्झनामा स्वरुप पनि इन्द्र दहमा मेला लाग्ने गरेको ईतिहासविद् प्रा.डा. पुरुषोत्तम लोचन श्रेष्ठ बताउनु हुन्छ । राजतन्त्रको पराजय र जनताको विजयीको रुपमा पनि यो जात्रा मनाइने गरेको श्रेष्ठको भनाइ छ । --- # भक्तपुरमा आज बिहान ७ बजेदेखि प्रतिनिधि निर्वाचन शान्तिपूर्ण रुपमा सुरु Source: https://newskunda.com/archives/3423 Category: FEATURED NEWS, निर्वाचन, राजनीति Last updated: 2026-03-05 भक्तपुर, २१ फागुन : भक्तपुरमा आज बिहान ७ बजेदेखि प्रतिनिधि निर्वाचन शान्तिपूर्ण रुपमा सुरु भएको छ । जिल्लाका दुबै निर्वाचन क्षेत्रका मतदान केन्द्रहरुमा शान्तिपूर्ण रुपमा मतदान सुरु भएको जिल्लाका प्रमुख जिल्ला अधिकारी उमेशप्रसाद ढकालले जानकारी दिनुभयो । भक्तपुरका दुई वटा निर्वाचन क्षेत्रमा मध्ये १ नं. क्षेत्रमा ३७ मतदान स्थल र ११९ मतदान केन्द्र रहेका छन् । पुरुष भन्दा महिला मतदाता बढी रहेको क्षेत्र नं. १ मा ५२ हजार ६६ पुरुष मतदाता र ५४ हजार ९८८ महिला मतदाता गरि कूल एक लाख सात हजार ५४ जना मतदाता रहेका छन् । त्यसैगरि भक्तपुर क्षेत्र नं. २ मा रहेको ३९ मतदान स्थलमा ११४ वटा मतदान केन्द्र रहेको छन् । पुरुष भन्दा महिला मतदाता बढी रहेको यस क्षेत्रमा ४८ हजार ०७४ जना पुरुष मतदाता र ५० हजार २७७ महिला मतदाता तथा अन्य पाँच गरि कूल ९८ हजार ३५६ मतदाता रहेको जिल्ला निर्वाचन कार्यालय भक्तपुरका प्रमुख प्रकाश मगरले जानकारी दिनुभयो । क्षेत्र नं. १ मा बिभिन्न राजनीतिक दलबाट १६ र स्वतन्त्रबाट ९ गरि २५ जना उम्मेदवार रहेकोमा ३ जना महिला उम्मेदवार रहेका छन् भने क्षेत्र नं. २ मा विभिन्न राजनीतिक दलबाट १७, स्वतन्त्र १५ गरि कूल ३२ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । ेती मध्य ६ जना महिला उम्मेदवार रहेको मगरले जानकारी दिनुभयो । जिल्लाका प्रत्येक निर्वाचन केन्द्रमा छ जना कर्मचारी र तीनजना स्वयंसेवक खटाइएको तथा जिल्लामा एक हजार ४०० कर्मचारी, ७०० स्वयंसेवक, तीन हजार २०० सुरक्षाकर्मी खटाइएको भक्तपरका प्रमुख जिल्ला अधिकारी ढकालले जानकारी दिनुभयो । बिहानैबाट मतदान केन्द्र पुगेका मतदाताले उत्साहित भएर मतदान गरेका छन् भने मतदान गर्न उत्साहित हुदै मतदान केन्द्र पुग्नेको भीड लाग्न थालेको छ । एमाले अध्यक्ष ओलीदेखि विजुक्छेंसम्मले मतदान गर्दै ः भक्तपुरको सूर्यविनायक नगरपालिका–२ बालकोटस्थित महेन्द्र शान्ति मावि मतदान केन्द्रबाट एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आज विहान ११ः३० बजे मतदान गर्नु हुने भएको छ । त्यसैगरि नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छेले भने विहान ११ बजे विद्यार्थी निकेतन मावि मतदान केन्द्रबाट मतदान गर्ने हुनुभएको छ । एमालेका केन्द्रीय सचिव महेश बस्नेतले गुण्डुस्थित भैरवी निमावि मतदान केन्द्रबाट विहान ११ बजे मतदान गर्ने जानकारी दिनुभएको छ । मतदानलाई शान्तिपूर्ण रुपमा सम्पन्न गराउन सुरक्षा व्यबस्था कडा पारिएको छ । मतदान गर्न पहिचान खुल्ने ६ वटा मध्ये एउटा परिचय पत्र लिएर जान सक्ने निर्वाचन आयोगले जनाएको छ । मतदाता परिचयपत्रको सक्कल प्रति नभएमा नेपाली नागरिकता, सवारी चालक अनुमतिपत्र, राहदानी, राष्ट्रिय परिचयपत्र वा जग्गा धनी प्रमाण पूर्जाको सक्कल प्रतिमध्ये कुनै एकले मतदान गर्न पाइने आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीले जानकारी दिनुभयो । --- # भक्तपुरमा एक महिनामा बिभिन्न अपराध सम्बन्धी १७९ वटा घट्नाका मुद्दा दर्ता, जघन्य अपराध १० वटा Source: https://newskunda.com/archives/4364 Category: FEATURED NEWS, अपराध, अर्थ, राजनीति, समाचार, समाज Last updated: 2026-09-20 भक्तपुर, ४ असोज : जिल्ला प्रहरी परिसर भक्तपुरले गत भदौ महिनामा बिभिन्न अपराध सम्बन्धी १७९ वटा मुद्दा दर्ता गरेको छ । परिषरले आज एक महिनामा भएका अपराधका घट्नाबारे जानकारी दिदै दर्ता भएका मुद्दा मध्ये ५७ वटा फछ्र्योट भएको परिषरका प्रमुख एवं प्रहरी उपरीक्षक सूर्यबहादुर खड्काले जानकारी दिनुभयो । एक महिनाको अबधीमा भक्तपुरमा जघन्य अपराधतर्फ हत्या एक, जबरजस्ती करणी पाँच, लागू औषधका तीन र हातहतियार खरखजनातर्फ एक गरि कूल १० वटा मुद्धा दर्ता भई कारबाहीका लागि गएको उहाँले जानकारी दिनुभयो । आर्थिक अपराधतर्फ कुल ९६ वटा मुद्दा दर्ता भएकोमा सबैभन्दा बढी बैंकिङ कसुरका ७७ वटा र ठगीका १९ वटा मुद्दा रहेको र १२ वर्ष पुरानो सवारी ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ गरेको जानकारी दिनुभयो । त्यसैगरि अदालतबाट सजाय तथा जरिवाना ठहर भई फरार रहेका ६५ जना प्रतिवादीहरू पक्राउ गरिएको र कुल ४४ वर्ष ६ महिना ३ दिन कैद सजाय भुक्तानका लागि पठाइएको जानकारी दिनुभयो । यसक्रममा एक करोड २२ लाख १९ हजार ५७० रुपैयाँ जरिवाना असुली गरिएको जानकारी दिनुभयो । त्यसैगरि महिला, बालबालिका तथा ज्येष्ठ नागरिकसँग सम्बन्धित नौ वटा मुद्दा दर्ता भएको घरेलु हिंसातर्फ परेका १३ वटा उजुरी परेको, जिल्लामा कुल २३ वटा सवारी दुर्घटना मध्ये एक जनाको मृत्यु र ३५ जना घाइते भएको, २ हजार ९४७ वटा सवारी साधनलाई कारबाही गरी १३ लाख ९२ हजार ५०० राजस्व संकलन गरेको उहाँले जानकारी दिनुभयो । प्रहरीले सृजनानगरबाट १९ वर्षीय रामकृष्ण शर्माको साथबाट १२ राउन्ड अवैध गोली बरामद गर्नुको साथै कर्तव्य ज्यान मुद्दा चाँगुनारायणका राकेश पराजुली र भक्तपुरका किशोर चौगुठीलाई पुर्पक्षका लागि कारागार चलान गरिएको जिल्ला प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी दीपक कुमार कार्कीले जानकारी दिनुभयो । --- # भक्तपुरमा एकै दिन छुट्टछुटै स्थानमा खसेर तीन जनाको मृत्यु, एक घट्नामा २७ जना पक्राउ Source: https://newskunda.com/archives/3923 Category: FEATURED NEWS, अपराध, अर्थ, समाचार, समाज, स्वास्थ्य Last updated: 2026-07-20 भक्तपुर, ३ साउन । भक्तपुरमा आज एकैदिन दुई होटल र एक घरमा गरि तीन जनाको खसेर मृत्यु भएको छ । भक्तपुरको सूर्यविनायक नगरपालिका १ स्थित सिरुटार उपयोगी चोकमा ७० वर्षिया चिकित्सक डा. सरिना जोशीको आफ्नै चार तल्ले घरको छतवाट खसेर मृत्यु छ । बिहान छिमेकीले थाहा पाएपछि कौशलीटारस्थित भक्तपुर इन्टरनेशनल अस्पतालमा पचारका लागि लगिएकोमा चिकित्सकले मृत्यु भइसकेको जानकारी दिएको प्रहरीले जनाएको छ । नाक, कान, घाँटीको वरिष्ट चिकित्सक जोशीको काठमाडौं मेडकल कलेज दुवाकोटमा शव परीक्षण पछि आजै परिवारले पशुपतिमा दाहसंस्कार गरेका छन् । त्यसैगरि भक्तपुरको सूर्यविनायक नगरपालिका ७ स्थित घ्याम्पेडाँडाको एक होटलवाट खसेर वर्दीया घर भई हाल भक्तपुरको सल्लाघारी बस्ने २७ वर्षिय राज कार्कीको मृत्यु भएको प्रहरीले जनाएको छ । जन्मदिन मनाउन एकै ठाउँ जम्मा भएका उनीहरु बीच झगडा समेत भएको प्रारम्भिक अनुसन्धनमा खुलेको प्रहरीले जनाएको छ । घटना पछि कार्कीका साथीहरू र झगडा छुट्टाउन जानेहरू समेत गरि २७ जनालाई प्रहरीले पक्रउा गरि सोधपुछ र अनुसन्धान गरिरहेको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी नायव उपरीक्षक दीपक कार्कीले जानकारी दिनुभयो। यस्तै भक्तपुर नगरपालिका–१ दुधपाटीस्थित लुम्बिनी गेष्ट हाउसको झ्यालबाट खसेर एक १८ वर्षीया सलिना श्रेष्ठको मृत्यु भएको छ। दोलखा घर भई हाल चाँगुनारायण नगरपालिका–९ टेडोल बस्दै आएकी श्रेष्ठको आज बिहान करिब ३ बजे गेष्ट हाउसको झ्यालबाट खसेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । श्रेष्ठलाई नजकैको भक्तपुर अस्पताल लगिएकोमा चिकित्सकले मृत्यु भएको जानकारी गराएका थिए । घटनाका सम्बन्धमा प्रहरीले सलिनासँगै गेष्ट हाउसमा बसेका चार जनालाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान अघि बढाएको जनाएको छ। --- # भक्तपुरमा क्याथल्याबसहित मुटु रोगको उपचार सेवा सञ्चालन गर्न आवश्यक : मुख्यमन्त्री थापा Source: https://newskunda.com/archives/5403 Category: FEATURED NEWS, अर्थ, राजनीति, समाचार, समाज, स्वास्थ्य Last updated: 2026-11-01 भक्तपुर, १५ कात्तिक : बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले भक्तपुरमा क्याथल्याबसहित मुटु रोगको उपचार सेवा सञ्चालन गर्न लागिरहेको बताउनु भएको छ । आज मध्यपुरथिमि नगरपालिकास्थित नेपाल–कोरिया मैत्री नगरपालिका अस्पतालको आकस्मिक अनुगमनका गर्दै उहाँले ह्दयघातका विरामीको ज्यान बचाउँन भक्तपुरमा मुटु रोगको उपचार गर्ने अस्पताल आवश्यक रहेको बताउनु भएको हो । मुख्यमन्त्री थापाले नेपाल–कोरिया मैत्री नगरपालिका अस्पताललाई क्याथल्याबसहितको मुटु रोग सेवा सञ्चालन गर्न आग्रह गर्दै क्याथ ल्याब सञ्चालनका लागि प्रदेश सरकारले सहयोग गर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “भक्तपुरमा मुटु रोगको उपचार सुरु गर्नु पर्ने अत्यावश्यक छ, त्यसका लागि प्रदेश सरकारले आवश्यक सहयोग गर्छ । यस अस्पतालमा क्याथल्याब सेवा सञ्चालन गर्नुस्, त्यसका लागि प्रदेश सरकारले आवश्यक सहयोग गर्छ ।” प्रत्येक नागरिकले सहज, सुलभ र गुणस्तरीय स्वास्थ्य सेवा पाउनुपर्ने बताउदै प्रत्येक नागरिकलाई सरल, सुलभ र गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउनु सरकार तथा स्वास्थ्य संस्थाहरूको उत्तिकै दायित्व रहेको बताउनुभयो । मुख्यमन्त्री थापा मगरले अस्पतालले प्रवाह गरेका सबै सेवाहरुको अनुगमन गर्नुका साथै विरामीहरुसंग भेट गरि अस्पतालले प्रवाह गरेको सेवा र सन्तुष्टीबारे जानकारी लिनु भएको थियो । अनुगमनमा अस्पतालका मेडिकल डाइरेक्टर डा. डि.के. रौशनले अस्पतालले प्रवाह गरेको सबै सेवाकाबारेमा मुख्यमन्त्री थापालाई जानकारी गराउनु भएको थियो । अस्पतालले विस्तार गरेको नयाँ बन्दै गरेको भवनकोबारेमा जानकारी दिदै उहाँले अस्पताललाई १०० शैयामा बिस्तार गर्नका लागि प्रदेश सरकारकाबाट अनुमति प्रदान गर्न आग्रह गर्नुभयो । डाइरेक्टर रौशनले भन्नुभयो, “दक्षिण कोरिया सरकारको सहयोगमा सुविधा सम्पन्न नयाँ भवन निर्माणको अन्तिम चरणमा पुगेको छ, देशभरका विरामीको चाँप एकदमै बढ्दो छ, दैनिक १००० भन्दा बढी विरामी आउँछन्, अस्पताल १०० शैयामा सञ्चालन गर्न अनमति माग गरेका छौं, अनुमति दिन आग्रह गर्दछौं ।” अस्पतालको प्रशासन अधिकृत रुपेश श्रेष्ठले अस्पतालले पुरा गरेका सेवा र कार्यविवरणकाबारेमा मुख्यमन्त्री थापालाई जानकारी गराउनु भएको थियो । --- # भक्तपुरमा चथाः पर्व मनाइँदै Source: https://newskunda.com/archives/1849 Category: FEATURED NEWS, समाचार, समाज Last updated: 2022-08-30 भक्तपुर, १४ भदौ : नेवार समुदायले भाद्र शुक्ल चतुर्थीको साँझ मनाइने चथाः पूजा भक्तपुरमा आजै मनाइने भएको छ । पञ्चाङ्ग निर्णायक समितिको पात्रोअनुसार भदौ १५ गते भाद्र शुक्ल चतुर्थी भए पनि आज साँझ नै चतुर्थी पर्न आएका कारण आजै मनाउन लागिएको हो । नेवा सँस्कृतिमा तिथि र मिति मिलाएर साँस्कृतिक पर्व मनाउनुपर्ने भएकाले आजै मनाउन लागिएको भैरवनाथका पूजारी माइला छुङ्काले बताउनुभयो । गणेश चतुर्थीको अवसरमा नेवार समुदायले घर चोख्याएर साँझ परिवारका सबै सदस्य बसेर गणेश र चन्द्रमालाई जीवनमा चोर दोष कहिल्यै नलागोस भन्ने कामनासहित पूजा गर्दछन । भगवान गणेशको जन्म दिन समेत मानिएको चतुर्थीको साँझ कौशी वा झ्यालमा चथा गणेश र चन्द्रमाको पूजा गर्ने परम्परा छ । गणेश र चन्द्रमाको पूजा गरे जीवनमा चोर दोष नलाग्ने विश्वास छ । चतुर्थीको दिन पूजा गर्दा चथा गणेशको तस्बिरलाई पला लप्ते (कमलको पात) वा जेला लप्ते (हल्दीको पात जस्तो)मा राखेर दुबो, मुला र लडडु, नैवेद्य, खाइसी, अदुवाको बोट, काँक्रो, भुटेको आरुको बीऊ, नासपाती, केरा, स्याउ, अनार, अम्वा, हाँडे ओखर, मसला, मकै, भटमास, गहुँ, केराउ, चना, बकुल्ला र बदाम भुटेको गेडागुडी चढाइन्छ । यसरी विधिवतरुपमा पूजा सकेपछि परिवारका सबै सदस्य प्रसादको रुपमा गणेश र चन्द्रमालाई चढाएको फलफुल तथा गेडागुडी खाने चलन छ । आजको दिन चथा गणेशलाई विभिन्न पकवानसँगै विषेशगरी दुवो, लड्डु र मुला चढाउँदा गणेश खुशी भई जीवनमा चिताएको मनोकामना पूरा हुने विश्वास छ । चतुर्थीको अवसरमा नेवार समुदायमा चन्द्रमाको पूजा गर्ने परम्परा छ । एक थरी समुदाय चन्द्रमाको दर्शन गर्न नहुने मान्यताका साथै घरको सबै झ्याल ढोकामा पर्दा वा कपडा राखेर चन्द्रमाको प्रकाशसमेत घरभित्र छिर्न नसक्ने गरी लुकेर पूजा गर्ने गर्दछन् । अर्को समुदाय घरको आँगनमा घरका सबै सदस्य जम्मा भएर चन्द्रमाको प्रतिक्षामा बस्ने र चन्द्रमा देखापरेपछि मात्र चथा गणेशको पूजा गरी प्रसाद खाएर घरभित्र पस्ने चलन छ । गणेश चतुर्थीलाई भक्तपुरका नेवार समुदायले १०औैँ भित्र्याउने चाडका रुपमा लिने गरेको छ । दशैंको प्रारम्भ पर्वको रुपमा लिने भएकाले नेवार समुदायले आजको दिन विशेषगरि घरघरमा मासु भित्र्याउने चलन छ । नेवार समुदायमा चथाःपर्व राम्रो भए दशै पनि राम्रो हुने धार्मिक मान्यता र विश्वास छ । त्यही आज बेलुका घर परिवारका सबै सदस्य लाइनले बसेर भोज खाने चलन छ । आजकै दिन भक्तपुरका किसानले आ–आफ्ना अदुवा खेतीको पूजा गरी नयाँ अदुवा निकाल्ने चलन छ । आजकै दिन इन्द्रजात्राका लागि भक्तपुरबाट काठमाडौँको बसन्तपुरसम्म लिङ्गो लैजाने परम्परा छ । इन्द्रजात्राको अवसरमा बसन्तपुरमा ठड्याउने लिङ्गो भक्तपुरको चित्तापोलस्थित लिङ्गेवनबाट ल्याइन्छ । लिङ््गेवनमा विधिपूर्वक पूजा गरेपछि बली दिने बोकालाई छोड्ने र सो बोकाले जुन रुखलाई छुन्छ सोही रुख काटेर ल्याउनुपर्ने परम्परा छ । --- # भक्तपुरमा टिपरको ठक्करबाट भारतीय नागरिकको मृत्यु Source: https://newskunda.com/archives/3623 Category: FEATURED NEWS, राजनीति, समाचार, समाज Last updated: 2026-05-04 भक्तपुर, २१ बैशाख : भक्तपुरमा आज बा.४ ख ३१५६ नम्बरको टिपरले ठक्कर दिदाँ एक भारतीय नागरिकको मृत्यु भएको छ । भक्तपुर नगरपालिका–५ स्थित आदर्शमा आज टिपरको ठक्करबाट पैदलयात्री ४३ वर्षीय भारतीय नागरिक विसुनदेव सहनीको मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षण स्वरुप शर्माले जानकरी दिएको छ । काभ्रेपलान्चोकको मण्डनदेउपुर नगरपालिका–१० ज्यामिरे घरभई बनेपा बस्दै आएका टिपर चालक ३६ वर्षीय श्यामकुमार तामाङलाई भने प्रहरीले पक्राउ गरि घट्नाको थप अनुसन्धान सुरु गरेको उहाँले जानकारी दिनुभयो । --- # भक्तपुरमा तीनदिने ‘रोटरी पुस्तक प्रदर्शनी–२०८३’ सुरु, बिजुक्छेंद्धारा उद्घाटन Source: https://newskunda.com/archives/5272 Category: FEATURED NEWS, अर्थ, कला तथा साहित्य, राजनीति, शिक्षा, समाचार, समाज Last updated: 2026-10-29 भक्तपुर, १२ कात्तिक : नेपाल मजदुर किसान पाटीृका अध्यक्ष नारायणमान बिजुक्छेंले आजबाट भक्तपुरको दरबार स्क्वायरमा सुरु भएको तीन दिने ‘रोटरी पुस्तक प्रदर्शनी–२०८३’ को उद्घाटन गर्नु भएको छ । रोटरी क्लब अफ भक्तपुरले पुस्तक तथा पठन संस्कृतिको प्रवद्र्धन गर्ने उद्देश्यले आजबाट सुरु भई १४ गतेसम्म सचालन पुस्तक प्रदर्शनीको बिजुक्छेले उद्घाटन गर्नु भएको हो । बिजुक्छेले असहलेको युवा पुस्तामा पठन संस्कृतिो विकास गर्नु अत्यावश्यक रहेको बताउदै राजनीतिक शास्त्रतर्फ पनि विद्यार्थी र युवा पुस्ताको अध्ययन आवश्यक रहेको बताउनुभयो । रोटरी क्लब अफ भक्तपुरका अध्यक्ष दशरथ प्रजापतिले प्रदर्शनीमा साहित्य, कला, संस्कृति र बौद्धिक विमर्शसँग सम्बन्धित विभिन्न पुस्तक प्रर्दशनी गर्नुका साथै त्यसबारेमा गतिविधि सञ्चालन गरिने बताउनुभयो । कार्यक्रममा पुस्तक विमोचन तथा लेखक भेटघाट, जिल्लाव्यापी अन्तरविद्यालय चित्रकला प्रतियोगिता, ‘ख्वप गजल’ कार्यक्रम तथा ‘भक्तपुर हिजो, आज र भोलि’ विषयक प्यानल छलफल गर्ने, भक्तपुरको मौलिकता, सम्पदा, संस्कृति र विकासका सवालमा छलफल गर्ने उहाँले बताउनुभयो । प्रदर्शनीलाई पुस्तकप्रेमी, विद्यार्थी, लेखक, साहित्यकार तथा सिर्जनात्मक क्षेत्रमा रुचि राख्ने व्यक्तिहरूका लागि साझा मञ्चका रूपमा विकास गर्ने लक्ष्य राखिएको उहाँले बताउनुभयो । पुस्तक विमोचन तथा लेखक भेटघाट कार्यक्रमले पाठक र सर्जकबीच प्रत्यक्ष संवादको अवसर सिर्जना गर्ने र यसबाट पाठकले लेखकका विचार, सिर्जना र लेखन यात्राबारे जानकारी लिन सक्ने उहाँले बताउनुभयो । --- # भक्तपुरमा तोडियो गठबन्धन, चारवटै पालिकामा दलहरुको उम्मेदवारी दर्ता, काँग्रेस एमालेबाटै वागी उम्मेदवार, मध्यरातीसम्म मनोनयन हुने Source: https://newskunda.com/archives/473 Category: FEATURED NEWS, निर्वाचन, राजनीति, समाचार Last updated: 2022-05-01 भक्तपुर, १२ बैशाख । आउँदो ३० गते हुने स्थानीय तहको निर्वाचनमा सत्ता गठबन्धन नेपाली काँग्रेस र नेकपा एमालेसहित बिभिन्न दलले उम्मेदवारी दर्ता गराएका छन् । निर्वाचन आयोगले आज र हिजो दुईदिन मनोनयन दार्त गर्ने मिति तोके पनि हिजो केही स्वतन्त्र उम्मेदवारले मनोनयन गरेपछि आज ३ बजेपछि मात्रै ठूला दल उम्मेदवारी दर्ता गर्न गए पछि मनोनयन दर्ताका लागि राती ८ बजेसम्म पनि आकांक्षीहरुको लाइन लामो रहेको छ । २०७४ को निर्वाचनमा मध्यपुरथिमि, सूर्यविनायक र चाँगुनारायण नगरपालिकामा जीत हासिल गरेको एमालेले यसवर्ष उम्मेदवार दोहोर्याएको छ । एमालेबाट सूर्यविनायक नगरको प्रमुखमा वासुदेव थापा र उपप्रमुखमा सरिता भट्टराईले, मध्यपुरथिमि नगर प्रमुखमा मदनसुन्दर श्रेष्ठ र उपप्रमुखमा उत्तरा नेपाल, चाँगुनारायण नगरपालिका प्रमुखमा बिना बास्तोला र उपप्रमुखमा रमेश बुढाथोकी, भक्तपुर नगरपालिकाको प्रमुखमा रबिन्द्र लाछिमस्यु र उपप्रमुखमा रञ्जना खर्बुजाले मनोनयन दर्ता गराउनु भएको छ । सूर्यविनायकका थापा, मध्यपुरका श्रेष्ठले यस पटक पनि प्रमुखमा दोहोर्याएर उम्मेदवारी दिएका छन् भने चाँगुनाराणमा उपप्रमुख वास्तोलाले प्रमुखमा उम्मेदवारी दिनु भएको छ । नेपाली काँग्रेससहितले केही वडामा सहमति गर्न ढिलाई गरेपछि पाँच बजे अगाडि मात्रै मनोनयनका लागि गएको छ । काँग्रेसको अधिकांश पालिकामा ८ बजेसम्म मनोनयन दर्ता गराउन लामबद्ध रहेको मध्यपुरथिमि निर्वाचन अधिकृतको कार्यालयमा खटिनु भएका केशव सिलवालले जानकारी दिनु भयो । भक्तपुरमा सत्ता गठबन्धनको तालमेल र सहमति तोडिएको छ । आज दिउँसो ४ बजेसम्म पनि काँग्रेससँग सहमति नभए पछि नेकपा माओवादी केन्द्रले पालिकाहरुमा गठबन्धन बाहिर रहेर छुट्टै उम्मेदवारी दर्ता गराएको माओवादी केन्द्रका केन्द्रीय सदस्य डिपी ढकालले जानकारी दिनु भयो । गठबन्धन तोडिए पछि नेपाली काँग्रेसबाट चाँगुनारायणको प्रमुखमा जीवन खत्री, उपप्रमुखमा सुभद्रा काफ्ले, भक्तपुर नगरपालिका प्रमुखमा काँग्रेसबाट रामप्रसाद कासुला, उपप्रमुखमा नेकपा (एकीकृत) समाजवादीबाट ओमचरण श्रेष्ठ, सूर्यविनायक नगरपालिका प्रमुखमा काँग्रेसबाट निशान ढुङ्गेल, उपप्रमुखमा एकिकृत समाजवादीबाट श्यामसुन्दर बस्नेत र मध्यपुरथिमि नगरपालिका प्रमुखमा काँग्रेसबाट सुरेन्द्र श्रेष्ठ र उपप्रमुखमा नेकपा (माओवादी) केन्द्रबाट विजय श्रेष्ठले उम्मेदवारी दर्ता गराउनु भएको नेपाली काँग्रेस जिल्ला सभापति दुर्लभ थापा र समाजवादीका जिल्ला अध्यक्ष श्यामसुन्दर बस्नेतले जानकारी दिनुभयो । गठबन्धनमा सहमति कार्यान्वयन गर्न काँग्रेसले नमानेको भन्दैसत्ता गठबन्धनको तालमेल र सहमति भक्तपुरमा तोडिएको छ । आज दिउँसो ४ बजेसम्म पनि काँग्रेससँग सहमति नभए पछि नेकपा माओवादी केन्द्रले पालिकाहरुमा गठबन्धन बाहिर रहेर छुट्टै उम्मेदवारी दर्ता गराएको माओवादी केन्द्रका केन्द्रीय सदस्य डिपी ढकालले जानकारी दिनु भयो । उहाँका अनुसार नेकपा माओवादी केन्द्रबाट भक्तपुर नगरपालिका प्रमुखमा तुलसी भक्त सुवाल, उपप्रमुखमा इन्द्रमाया सुवाल, सूर्यविनायक नगरपालिकाको प्रमुखमा कल्पदिप राई र यपप्रमुखमा पवित्रा चौलागाई र चाँगुनारायण नगरपालिकाको प्रमुखमा नरेश खड्का र उपप्रमुखमा चण्डिका पाण्डेले उम्मेदवारी दर्ता गराउनु भएको हो । त्यस्तै नेपाल मजदुर किसान पार्टीले भक्तपुर नगरपालिकाको प्रमुख र उपप्रमुखमा दोहोर्याउने भएको छ । नेमकिपाले भक्तपुरको प्रमुखमा सुनिल प्रजापति र उपप्रमुखमा रजनी जोशी, सूर्यविनायक प्रमुखमा श्याम बिसंखे र उपप्रमुख चनमति खुलीमुली, चाँगुनारायणको प्रमुखमा केशव तिमिल्सिना, उपप्रमुखमा कल्पना लामा र मध्यपुरथिमिको प्रमुखमा आशाहरि प्रजापति र उपप्रमुखमा दीक्षा बाँडेले मनोनयन दर्ता गर्नु भएको नेमकिपाका भक्तपुर जिल्ला अध्यक्ष सुरेन्द्रराज गोसाईले जानकारी दिनु भयो । त्यसैगरि राष्ट्रिय प्रजातन्त्र पार्टीले चाँगुनारायण नगरपालिकाको प्रमुखमा रबिन्द्रप्रताप शाह, उपप्रमुखमा मञ्जु कार्की भक्तपुर नगरको प्रमुखमा बद्री लाखाजू, उपप्रमुखमा लक्ष्मी छुस्यावाग, मध्यपुरथिमिको प्रमुखमा भुवन वागश्रेष्ठ, उपप्रमुखमा शान्ति श्रेष्ठ, सूर्यविनायकको प्रमुखमा राधिका रानाभाट र उपप्रमुखमा प्रविण ढुङ्गेलले मनोनयन दर्ता गराउनु भएको राप्रपाका सहमहामन्त्री शाहले जानकारी दिनु भयो । जिल्लाका चार पालिकाको ३८ वटा वडामा नेपाली काँग्रेस, एमाले, माओवादी केन्द्र, नेमकिपा र राप्रपाले सबै पदाधिकारीमा उम्मेदवारी दर्ता गराएको छ । उम्मेदवारी दर्ताकै क्रममा सूर्यविनायक नगरपालिकामा नेतृत्वले आफूलाई धोका दिएको भन्दै नेपाली काँग्रेस पूर्व क्षेत्रीय सभापति एवं महाधिवेशन प्रतिनिधि नारायण खायमलीले पार्टीको साधारण सदस्य समेत नरहने गरि आजै राजीनामा दिनु भएको छ । उहाँले पार्टीलाई राजीनामा दिएर सूर्यविनायक नगरपालिकाको प्रमुखमा उम्मेदवारी दर्ता गराउनु भएको छ । पार्टीले आफूलाई पटक पटक धोका दिएर खेलाएको भन्दै आफूले काँग्रेस बिरुद्ध बागी उम्मेदवारी नदिई स्वतन्त्र भएर उम्मेदवारी दिएको बताउनु भयो । नेकपा एमाले सूर्यविनायक नगरपालिकाको उपप्रमुखमा पनि एमालेकी सरस्वती घिमिरेले बागी उम्मेदवारी दिनु भएको छ । एमालेबाटै सूर्यविनायक वडा नं. २ को वडाध्यक्षमा स्वतन्त्र भन्दै निरोज कार्की र वडा नं. १० को वडाध्यक्षमा कृष्णबहादुर कार्कीले स्वतन्त्र उम्मेदवार भन्दै बागी उम्मेदवारी दर्ता गराउनु भएको छ । जिल्लाका चार वटै नगरपालिकामा बिभिन्न पदमा नोमिनेशन दर्ता गर्ने कामनै राती १० बजेसम्म पनि जारी रहने र अन्तिम नामावली तयार पार्ने मध्यराती हुने सम्भावना रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ । --- # भक्तपुरमा नौ दिन आठरातसम्म मनाइने बिस्केट जात्रा Source: https://newskunda.com/archives/2744 Category: FEATURED NEWS, धर्म/संस्कृति, समाचार, समाज Last updated: 2023-04-14 -रमेश गिरी भक्तपुर, १ बैशाख : भक्तपुर जात्रामय बनेको छ । नयाँवर्षको संघारमा भक्तपुरमा नौ दिन आठरातसम्म मनाइने बिस्केट जात्राले यतिखेर स्वदेशी तथा विदेशी पर्यटकलाईसमेत आकर्षित बनाएको छ । यहाँका नेवार समुदायले महत्वपूर्ण पर्वका रुपमा बिस्काः अर्थात बिस्केट जात्रा मनाउने गर्दछन् । स्वदेशका परिवार आफन्त मात्रै नभई विदेशमा रहेका आफन्त र परिवार पनि बिस्केट जात्राका लागि घर फर्कने गर्दछन् । भक्तपुर जिल्लाभरीनै हर्षोल्लासका साथ मनाइने यो जात्रा ऐतिहासिक पक्ष मात्रै नभई पूर्णरुपमा तान्त्रिक एवं धार्मिक बिधि अनुरुप मनाउने गरिन्छ । **के हो बिस्काः जात्रा :** बिस्काः जात्राका ऐतिहासिक पक्षका सम्बन्धमा थिमिमा प्राप्त नेपाल संम्बत् ५०० को तमसुक पत्रमा विश्व केतुलाई सम्झाउने पर्यायको रुपमा बिसिक शब्द उल्लेख भएको पाइएको संस्कृतिविद् एवं इतिहासविद् प्रा. डा. पुरुषोत्तमलोचन श्रेष्ठ बताउनु हुन्छ । भक्तपुर टौमढीस्थित यक्ष मल्लको पालाको शिलालेखमा यसलाई विश्व जात्रा भनी उल्लेख गरिएको छ । भक्तपुरको राजदरबारमा नेपालसम्वत् ८०८ र ८१८ को राजा जीतामित्र र भूपतिन्द्र मल्लको पालामा लेखिएको अभिलेखमा विस्क्यात शब्द उल्लेख रहेको उहाँको भनाइ छ । परापूर्व कालमा यो जात्रा दुई दिन मात्र मनाइन्थ्यो । बिस्का जात्राको मूल जात्रा भनेकै चैत्र शुक्ल मसान्तको दिन विश्वकेतुसहित योसीं द्यः(लिङ्गों) उठाई त्यसमा एक जोडा ध्वजा फहराउनु अनि वैशाख सक्रान्तिको दिन उक्त योसीं ढाल्नु हो । यक्ष मल्लको टौमढीको ने. सं. ५६१ को शिलापत्रमा तत्कालीन नेपाल मण्डलको राजधानी भक्तपुर शहरमा वर्षभरि मनाउने विभिन्न जात्रा चाडपर्व संस्कृतिको उल्लेख गर्ने क्रममा यसलाई ‘विश्वजात्रा’ को उल्लेख गरिएको छ । त्यस्तै ने.सं.६४१ को भूमिसम्वन्धि तमसुक ताडपत्रमा “विसक जात्रा” उल्लेख छ । ने.सं. ७१२ देखि जात्रा सम्बन्धमा टिपिएको नें .संं. ९१८ मा लेखिएको ठ्यासफुमा समेत ठाँउ ठाँउमा विश्वजात्रा नै भनिएको पाईन्छ । यता ने.सं. ८०८ को राजा जितामित्र मल्लको अभिलेखमा “विसक्यात” उल्लेख छ । त्यस्तै भतmपुरका अर्का राजा भूपतिन्द्र मल्लको मालती चोकको अभिलेखमा पनि विसक्यात रहेको छ । किँरातीहरुलाई पराजित गर्न सफल भएपछि लिच्छवीहरुले यो जात्रा मनाएको भनाइ छ । लिच्छवी वंशको लामो इतिहासमा प्राचीन भक्तपुर नगरको पतन पछि मध्यकालमा लिच्छवी राजा आनन्द देवले स्थापना गरेको भक्तपुर बिशाल नेपाल मण्डलकै राजधानी थियो । जुन यक्ष मल्लसम्म निरन्तर रहयो । यस अवधिको करिव ३६७ बर्षजति भक्तपुर नेपाल मण्डलकै राजधानी रहेको थियो । त्यतिबेला भक्तपुर नगरको वरपर प्रशस्त जंगलहरु रहेको हुँदा सवैतिरबाट जात्रा हेर्न सकियोस् भनेर ठूलो र अग्लो काठको लिगों उठाउने गरियो । जसमा पछि एक जोडा ध्वजा थपियो । यसरी दुई दिन मात्र चल्ने जात्रामा काशी विश्वनाथ र भद्रकालीको समेत जात्रा गर्ने प्रचलन मल्लकालको मध्यतिर सुरु भएको भनाइ छ । भक्तपुरका राजा राय मल्लको समयमा भक्तपुर अधिनस्थ कयौं राज्य स्वतन्त्र हुदै भक्तपुरको भू–भाग सानो हुदै गएकोलाई उनका छोरा भुवन मल्लले आफ्नो अधिकार भएको टोखा, सुनाकोठी, थिमि, नगदेश, बोडे, साँगा, श्रीखण्डपुर चौकोट जस्ता ठाउँहरुमा समेत विस्काः मनाउने चलन चलाएको बताइन्छ । भक्तपुरको विस्काः जात्रालाई भैरव र भद्रकालीको रथ बनाई जात्रा चलाउनेदेखि अन्य देवदेवीहरुको समेत जात्रा पुजापर्व गर्ने परम्परा बसाउनमा भक्तपुरका विश्व मल्ल, गंगारानी, जर्गज्योति मल्ल, जगतप्रकाश मल्ल, जितामित्र मल्ल, भुपतिन्द्र मल्लको योगदान रहेको बताइन्छ । अहिलेसम्म तलेजुमा बिस्काः जात्राको संकल्प पूजामा विश्व जात्रा महापर्व भनेर सम्बोधन गरिने बताउदै उहाँले संस्कृत शब्द विश्व केतु पछिल्लो कालखण्डमा नेवारी नामाकरणअनुसार विसिक, बिस्क हुँदै बिस्का हुन पुगेको बताउनु हुन्छ । त्यसैको बिस्काबाट अपभ्रंस भएर बिस्केट हुन पुगेको हो । नेवारीमा अहिले पनि यो जात्रालाई बिस्काः जात्रा भन्ने गरिन्छ । विक्रमसम्वत् अनुसार सौरमासको आधारमा चल्ने विस्केट जात्रा बिःसीत (नागनागिन म¥यो) भन्ने भावका आधारमा लिच्छविकालदेखि मनाउँदै आएको हो भन्ने पनि भनाइ छ । **जात्रा कहिलेबाट सुरु हुन्छ :** विश्वमा नेपालको संस्कृतिलाई चिनाउने महत्वपूर्ण जात्रामध्ये एक मानिने विस्केट जात्राको पहिलो दिन चैत २७ गते बिहान स्थानीय बासिन्दा, मध्यान्हमा गुठी संस्थाबट सरकारी पूजा र त्यसपछि टोलको पूजा सकेपछि गरेपछि स्थानीय काठैकाठले प्यागोडा शैलीमा निर्माण गरिएको ३ तल्ले भैरवनाथको रथमा खड्ग, तरवार, निशान राखिसकेपछि भैरवनाथको मूल देवता र बेताल देवतालाई विराजमान गराई भैरवनाथ र भद्रकालीको रथ तानेर सुरु हुने गर्दछ । पाँचतल्ले मन्दिर प्राङ्गणबाट भैरबको रथलाई ठने (माथिल्लो) र क्वने (तल्लो) क्षेत्रमा तानेर लैजाने परम्परा रहेको छ । यसरी तानातान गर्ने क्रममा थनेतर्फ पहिला तानेर लानसके दत्तात्रयसम्म लैजाने र त्यहाँबाट तानेर पुनः टौमढीहुँदै क्वनेतर्फको टेखापुखुसम्म ल्याएर त्यहाँबाट पनि फर्काएर गःहिटीमा रथ पु¥याएपछि पहिलो दिनको जात्रा सम्पन्न हुने गर्दछ । रथमा जुुसी बजु, कर्माचार्य, तलेजुको मूल पुजारी, गुठी नाइके, भैरव नाइके, कर्मी नाइके, चौगुठीलगायत तोकिएका आवश्यक व्यक्तिहरू बाहेक अन्य व्यक्तिहरू छढ्न नहुने मान्यता रहेपछि पछिल्लो केही वर्षयता रथमा जो पनि चढेर बिकृति फैलाउने गरेको पाईएको छ । यो जात्रासँगै भक्तपुर नौ दिन आठ रात जात्राको रौनकमा झुम्ने छ । भैरवनाथको रथ तान्न शुरु भएपछि तौमढीबाट माथि र तलका बासिन्दाले तानेर भैरवनाथको रथ गःहिटीमा पु¥याए पछि पहिलो दिनको जात्रा सम्पन्न गरिन्छ । जात्राको मुख्य आकर्षण पहिलो दिन २७ गते र अन्तिम दिन ५ गते रथ तानातान गर्नु हो भने ३० गते ल्यासिंखेलमा ५५ हात लामो लिङगो उठाउने र बैशाख १ गते दिनभर जात्रा गरेर साँझ लिङ्गो ढालेर मनाउने मुख्य जात्रा हो । **यस्तो छ जात्राको किंम्बदन्ती : ** जात्राकोबारेमा फरक फरक किंमबदन्ती रहेको छ । पहिलो किम्वदन्ती अनुसार प्राचिन भक्तपुर राज्यको दरबारकी राजकुमारीसँग बिवाह गर्न बलवान राजकुमारको खोजी गर्ने क्रममा बिभिन्न राज्यबाट राजकुमारहरु आउने र पहिलो दिन राजकुमारीसँग रात बिताउने क्रममा राजकुमारीको नाकको प्वालबाट दुईवटा नागनागिन निस्केर राजकुमारलाई डसेर मार्ने गर्दथे । धेरै राजकुमारको त्यसरी मृत्यु भएपछि एक तान्त्रिकले एक रात आफ्नो तन्त्र विद्याबाट राजकुमारीको निाकबाट निस्केको नागनागिनलाई तरबारले काटेर झुण्ड्याएको खुसीयालीमा राजाले यो जात्रा मनाउन लगाएको किम्वदन्ती चर्चामा छ । तर यसबारेमा ईतिहासविद् प्रा.डा. श्रेष्ठ बिस्का जात्राको प्रचलित किंवदन्ती गलत भएको बताउनु हुन्छ । उहाँ भन्नुहुन्छ, “यो जात्रा विश्वनाथ भैरवको मात्र नभई उनकै शक्ति भद्रकालीको पनि हो । विश्व भैरवनाथको प्रतिक लिंगोमा फहराइने एकजोडी हलिपत (ध्वजा) साक्षात भैरव र भद्रकालीको हो । यसलाई जबरजस्ती वि को अर्थ सर्प र स्यातको अर्थ मारियो भन्ने अर्थमा बिस्क, बिस्का, बिस्केत चल्दै आएको भम्र फैलाएर जात्राको धार्मिक तथा ऐतिहासिक पक्षलाई भ्रम फौलाउन खोजिएको छ ।” यो जात्राको विषयमा अहिलेसम्म चलेका प्रमाण, अभिलेखक र मल्लकालिन राजा जगत प्रकाश मल्लदेखि शाह वंशिय राजा त्रिभुवन, ज्ञानेन्द्र र तत्कालिन प्रधानमन्त्री गिरिजाले फेरेका हलिपतमा हेर्न हो भन्ने विश्व केतु, विर ध्वजा लेखिएको छ । यसर्थमा पनि विश्व नाथको ध्वजा विश्वध्वजा हो । वीर ध्वजा हो भन्ने कुरा स्पष्ट छ । यसमा वीर भनेर भैरवको वाहान वीर बेताललाई भनिएको हो । त्यस मानेमा पनि यो ध्वाजा विश्व ध्वाजा र वीर ध्वाजा मान्न सकिन्छ । तर जनमानसमा यो नागनागिनी भनेर प्रचलित छ यो गलत हो । यो जात्रा किरातहरुसंगको युद्धमा विजयी भएपछि लिच्छवी राजाहरुले खुसीयालीमा दुई दिन मनाएको र मछि मल्ल राजाले यसलाई भैरब र भद्रकालीको जात्रा थप गरि आठ रात नौ दिन पुर्याएको बताइन्छ । **नौ दिनसम्म जात्रामा के के हुन्छ :** प्राचीनकालदेखि चल्दै आएको विस्का जात्रामा नकिंजु (खुसिं) अजिमा भद्रकालीको द्यःखः (रथ) जात्रा समेत थप गरे पछि पनि पुनः पछि फेरि काशी विश्वनाथ भैरबको जात्रा समेत समाबेश गरि विस्का जात्रा संचालन गर्दै भक्तपुरवासिले मोहनी नखः( पर्व) पछिको प्रमूख चाडपर्वका रुपमा मनाउँदै आएको पाइन्छ । जात्राको पहिलो दिन भैरवनाथको रथ तान्नेर (क्वने) तल्लो क्षेत्र टौमढी, बुलुचा, घट्खा, नासमना, मुलाखु, वंशगोपाल, तेखापुखु र ठने (माथिल्लो क्षेत्र) क्वाछे, साकोठा, सुकुलढोका, गोल्मढी, इनाचो, दत्तात्रय स्थानसम्म रथ तानेर पुनः सोही स्थानमा फर्काइन्छ र भैरव र भद्रकालीको रथजात्रा गरी अन्तमा गःहिटीमा रथ पु¥याई पहिलो दिनको जात्रा सम्पन्न हुने गर्दछ । रथको अगाडि भागमा छ वटा र पछाडि चार वटा लामो लठारो (डोरी) समातेर दुबै तर्फका जात्रालुहरूले रथलाई ‘होस्से..हैसे...हा..हा..’ गर्दै आफ्नो तर्फ तानेर जात्रा मनाइन्छ । रथ तान्ने जात्रामा हजारौं स्थानीय बासिन्दाहरूले रथको अगाडि पछाडि डोरी तानातान गरेर आ–आफ्नो टोलमा लैजान खोज्छन् । रथ तानातान गर्नु नै यस जात्राको मुख्य आर्कषक हो, विस्केट जात्राको पहिलो दिनलाई द्यो क्वहाँ विजाइगु (देवता तल्ल आगमन हुने) भनिन्छ । त्यसदिन बेलुकी सम्पूर्ण देवगणहरु आ– आफ्ना देवगृहको आसनबाट तल विराजमान हुन्छन् वा गराईन्छन् । यसलाई स्थानिय न्हाषामा द्यःक्वहाँ बिज्याकेगु भन्ने गरिन्छन् । दोस्रो दिन भद्रकाली रथलाई गःहिटीस्थित खलाटोलमा अजिमा द्योछें (भद्रकाली देवघर) मा पु¥याइन्छ । तेस्रो दिन गःहिटीमा भैरवनाथलाई बली चढाई गुठी संस्थानद्वारा सरकारी पूजा गरिन्छ । उक्त बलिपुजाको मासु प्रसादकारुपमा लाकुलाछेबासीलाई बाँडिन्छ जसलाई स्थानीय भाषामा स्याःको त्याःको भनिन्छ । विस्केटको चौथो दिन पुरानो वर्षको अन्तिम दिन चैतको ३० गते बिहान तालाक्वस्थित कुमाले टोलमा हात नभएको लिङ्गो (ल्हामरु म्ह) उभ्याइन्छ भन्ने साँझपखः तान्त्रिक विधिपूर्वक दशकर्म विधान गरी ५५ हात लामो लिङ्गो उभ्याइन्छ । पुरानो वर्षको विदाइ र नयाँ वर्षको आगमनको पूर्वसन्ध्यामा लिङ्गो उभ्याउने गरिन्छ । भैरवनाथको प्रतिक मानिने लिङ्गोको शीर्ष भाग र हातहरू नौलो कपडाले बेरिएको हुन्छ । लिङ्गो कोखामा झुण्ड्याइएका दुई ध्वजाहरूलाई वीरध्वजा, विश्वध्वजा आकाशभैरवका ध्वजासमेत भनिन्छ । एकजोडी ध्वजाहरू फुकाएपछि एउटा संवत्सर फेरिने हुनाले बीचमा फुकाएर हेर्न हुँदैन भन्ने धार्मिक मान्यता रहेको छ । लिङ्गो उभ्याउन बाँडिएका आठवटा डोरीलाई अष्टमात्रिकाको प्रतिक मानिन्छ । लिङ्गो उभ्याउने क्रममा नवदुर्गा देवगण यहाँ उपस्थित हुन्छ । र लिङ्गो उभ्याउने जात्रा सकिएपछि तलेजुमा दुमाजुको विशेष जात्रा र पूजा गर्ने चलन रहेको छ । विस्केट जात्रा हेर्नाले शत्रुहरू नाश हुन्छन् भन्ने धार्मिक मान्यता रहेकाले त्यसैले यस जात्रालाई शत्रुहन्ता जात्रा पनि भनिन्छ । यस दिन भैरवनाथ र भद्रकालीको रथ पनि यसै स्थानमा पु¥याइन्छ । र लिङ्गो उठ्नासाथ स्थानीय बाराही देवीको तिंप्वा जात्रा मनाइन्छ । विस्केटको पाँचाँै दिन नयाँ वर्ष बैशाख १ गतेका दिन लिङ्गो ढालिन्छ । त्यसको लगतै खँला टोलमा (रथ जुधाउने टोलमा) भैरवनाथ र भद्रकालीको रथलाई एक आपसमा जुधाइने परम्परा रहेको छ । जसलाई स्थानीय भाषामा द्यो ल्वाकिगु भनिन्छ । र साँझपख दुमाजु देवीको जात्रासमेत गरिन्छ । लिङ्गो उभ्याउने र ढाल्ने जात्रा नै विस्केटको प्रमुख जात्रा हो । मल्ल राजाहरूले भैरवनाथ र भद्रकालीको रथ जात्रा समावेश गरी तान्त्रिक पूजा विधि–विधानसमेत थप गरी आठ रात नौ दिनसम्म जात्रा मनाउने प्रचलन थालिएको इतिहास तथा संस्कृतिविद्हरू बताउँछन् । जात्राको छैठो दिन नगरको मध्य भागमा महाकाली र महालक्ष्मीको खट् जुधाउने जात्रा, सातौं दिन ब्रम्हायणी र महेश्वरीको तिप्वाजात्राका साथ खट जुधाउने जात्रा हुन्छ । जात्राको आठौं दिन भक्तपुर नगरमा रहेका सम्पूर्ण देवीदेवताको सगुण पूजा जात्रा हुन्छ । यसलाई स्थानीय भाषामा द्यो स्वंगँ विइगु भनिन्छ । विस्केट जात्राको अन्तिम दिन वैशाख ५ गतेका दिन भैरवनाथ र भद्रकालीको रथ तानेर जात्रा समापन हुने गर्दछ । यस दिनलाई स्थानीय भाषामा द्यो (देवता) थाहा विज्याइगु अर्थात् देवतामाथि सवार हुने भनिन्छ । यस दिन विस्केट जात्रा पहिलो दिनजस्तै भैरवनाथ र भद्रकालीको रथ तानेर सम्पन हुने गर्दछ । जात्रा अबधीमा भक्तपुर नगरभित्रका सम्पूर्ण अष्टमातृका देवीहरु, गणेश, भैरव, कुमारी आदि देवदेवीहरुको जात्राले नगर शोभायमान हुन्छ । **के हो ढुङ्गा हान्ने प्रचलन :** यो जात्रा विगत पाँच दशकदेखि ढुङ्गा हान्ने जात्राको रुपमा समेत परिचित हुदै आएको छ । यसवर्ष पनि जात्राको पहिलो दिन भैरबको रथलाई दत्तात्रय पुर्याए पछि राती १ बजेबाट बिहान ४ बजेसम्म ढुङ्गा हानाहान हुदाँ २३ जना घाइते भएका थिए भने १० जना पक्राउ परेका थिए । भक्तपुरका समाजसेवी तथा धेरै वर्ष जात्राको पुजा ब्यबस्थापन समितिका संयोजक रहनु भएका अनन्तप्रसाद धौभडेलले २०२३ साल अगाडिसम्म टौमढीको रथलाई दुबैतर्फका बासिन्दाले तानेर गःहिटी पुर्याएर राख्दा तलका बासिन्दाले रथ गःहिटी लैजादा रथले अरुको घर नछोओस, नबिग्रियोस भनेर ब्यालेन्स मिलाउन माथिका बासिन्दाले तान्ने गर्दथे । २०२३ सालमा रथ तान्ने क्रममा अचानक कसैले सोडा भरिएको सिसिको बोतलले हानेपछि एक्कासी जात्रा भड्किएर दुबैतर्फका बासिन्दा बिच ढुङ्गा हानाहान भयो, त्यही साल सुरुभएको बिकृति अहिले परम्परा बन्दै जान थालेकोमा धौभडेल चिन्ता ब्यक्त गर्नुहुन्छ । रथलाई माथि लगे क्वाछेसम्म र तल लगे बोलाछेंसम्म मात्रै लैजानुपर्नेमा जथाभावी गर्न थालेर जात्रामा बिकृति भित्रिन थालेका उहाँ बताउनु हुन्छ । --- # भक्तपुरमा पहिलो शनिवार भक्तपुर वाइल्ड फायर नाइट हुदै Source: https://newskunda.com/archives/3604 Category: FEATURED NEWS, मनोरञ्जन, राजनीति, शिक्षा, समाचार, समाज Last updated: 2026-04-17 भक्तपुर, ४ बैशाख : नयाँवर्ष २०८३ सालको अवसरमा भोली शनिवार प्रमोद खरेल एण्ड परम्परा ब्याण्ड र दुर्गेश थापाको प्रस्तुती एकै मञ्चमा हेर्न पाइने भएको छ । भक्तपुरको सल्लाघारीस्थित १०९ रोपनी चौरमा आयोजना भइरहेको ‘दशौं भक्तपुर औद्योगिक, सांस्कृतिक, पर्यटन, कृषि तथा व्यापार महोत्सवमा आयोजक औद्योगिक शान्ति नेपाल संस्थाले आयोजना गर्ने भक्तपुर वाइल्ड फायर नाइटमा चर्चित गायकहरुको दमदार प्रस्तुतीलाई दर्शकहरुले अगाडिबाटै नियाल्न पाउने भएका हुन् । भक्तपुरमै पहिलो पटक भक्तपुरको महोत्सवस्थलमै प्रमोद खरेल एण्ड परम्परा ब्याण्ड र दुर्गेश थापाको प्रस्तुती रहने गरि भक्तपुर वाइल्ड फायर नाइटो आयोजना गरिएको संस्थाका अध्यक्ष सन्दिप महतले जानकारी दिनुभयो । कन्सर्टमा दुश्मन हेरेको हेरैलगायतका दर्जनौ चर्चित गीत गाएका थापा र चर्चित गायम खरेल एण्ड परम्परा ब्याण्डको भव्य प्रस्तुती रहने उहाँले जानकारी दिनुभयो । अध्यक्ष महतले भक्तपुरमा पहिलो पटक दुर्गेश र खरेलले एकै मञ्चमा र एकै पटक प्रस्तुती दिन लागेको जानकारी दिदै यो जोडीको प्रस्तुती हेर्न हजारौ दर्शकको आगमन हुने गरि तयारी पुरा गरेको जानकारी दिनुभयो । कन्सर्ट हेर्न चाहनेले खल्ती लगायतका एप्स प्रयोग गरी २५० र ५०० रुपैयाँको टिकट लिन सक्ने व्यवस्था मिलाइएको अध्यक्ष महतको जानकारी दिनुभयो । महोत्सवमा यसअघि दैनिक रुपमा राष्ट्रियस्तरका ख्याती प्राप्त कलाकारहरुको गीत, संगीतले महोत्सव तताईरहेका छन् । चर्चित गायक रामकृष्ण ढकालदेखि गायिका रचना रिमालसम्मले महोत्सवलाई उत्सवमय बनाएका छन् । लोकगायक नवराज घोरासैनीदेखि गायितका एलिना चौहान, मञ्जु पौडेल, रोज मोक्तान, मदन बिष्ट, रमेश मेलोडी, जंकि रोयल्स ब्यण्ड, भोजराज काफ्लेलगायत दर्जना कलाकारको दैनिक प्रस्तुतीले साँगीतिक महोत्सवमय बनेको छ । महोत्सवको आज नवौ दिनसम्म करिब एक लाख दर्शकले अवलोकन गरिसकेका छन् भने महोत्सव बैशाख ७ गते सम्पन्न हुने महोत्सवका संयोजक दिपक थापाले जानकारी दिनुभयो । --- # भक्तपुरमा प्रमुखमा ११ जना उपप्रमुखमा एक जनाले उपप्रमुखमा उम्मेदवारी दर्ता Source: https://newskunda.com/archives/455 Category: FEATURED NEWS, निर्वाचन, राजनीति, समाचार Last updated: 2022-05-01 भक्तपुर, ११ बैशाख : आगामी ३० गते हुने स्थानीय तहको निर्वाचनका उम्मेदवारी दर्ता गर्ने आज पहिलो दिन भक्तपुर जिल्लामा ११ जनाले नगर प्रमुखका लागि उम्मेदवारी दर्ता गराएका छन् । जिल्लाका चार वटा नगरपालिकाहरुमा ११ जनाले नगर प्रमुखमा उम्मेदवारी दर्ता गराएको भक्तपुरका मुख्य निर्वाचन अधिकृत गोपालप्रसाद बास्कोटाले जानकारी दिनु भयो । भक्तपुर नगरपालिकाको लागि तीन जना प्रमुख, एक जना उपप्रमुख र ८ जनाले वडाअध्यक्षका लागि उम्मेदवारी दर्ता गराएका हुन भने मध्यपुरथिमि नगरपालिकाको प्रमुखका लागि चार जनाले प्रमुखमा, एक जनाले उपप्रमुखमा, एक जनाले वडाध्यक्ष र दुई जनाले सदस्यमा उम्मेदवारी दर्ता गराएका हुन । यसैगरी चाँगुनारायण नगरपालिकामा दुई प्रमुख, एक उपप्रमुख, दुई वडाध्यक्ष र सुर्यविनायक नगरपालिकामा दुई प्रमुख तथा दुई वडाध्यक्षले उम्मेदवारी दर्ता गराएको उहाँले जानकारी दिनु भयो । स्थानीय तहको निर्वाचनका लागि भक्तपुरमा ६ राष्ट्रिय दल र अन्य २८ दल सहित ३४ दल जिल्ला निर्वाचन कार्यालयमा दर्ता भएको जिल्ला निर्वाचन कार्यालय भक्तपुरका कार्यालय प्रमुख नरेन्द्रप्रसाद न्यौपानेले जानकारी दिनुभयो । --- # भक्तपुरमा मनसुन तयारी प्रतिकार्य योजना लागू, खोज तथा उद्धारका सामग्री, जनशक्ति र आश्रयस्थल तयारी अबस्थामा राख्न निर्देशन Source: https://newskunda.com/archives/1234 Category: FEATURED NEWS, राजनीति, समाचार, समाज Last updated: 2022-06-09 भक्तपुर, २६ जेठ : मनसुन सुरु भएसँगै भक्तपुरमा सम्भावित विपद व्यबस्थापनलाई मजबुद बनाउन मनसुन प्रतिकार्य योजना लागू गरिएको छ । भक्तपुरका प्रमुख जिल्ला अधिकारी एवं विपद व्यवस्थापन समितिकी अध्यक्ष रुद्रदेवी शर्माको अध्यक्षता जिल्लाका चार नगरपालिकाका प्रमुखहरु, सुरक्षा निकायका प्रमुखहरु एवं सरोकारवाला निकायको संयुक्त बैठकको निर्णयले प्रतिकार्य योजना लागू गरेको हो । वर्षामा बाढी, पहिरोलगायतका विपदका जोखिमहरु बढ्ने भएकाले जिल्लाका चार वटै स्थानीय तहहरु भक्तपुर, मध्यपुरथिमि, सूर्यविनायक र चाँगुनारायण नगरपालिकामा विपदको जोखिम रहेका ठाउँहरुको पहिचान गर्ने र विपद परेमा आश्रय लिने ठाउँहरुको समेत पहिचान गरि तयारी अबस्थामा राख्ने भएको प्रजिअ एवं समितिका संयोजक शर्माले जानकारी दिनु भयो । प्रजिअ शर्माले भन्नुभयो, “चार वटै नगरपालिकाका प्रमुखहरु, सुरक्षा निकायका प्रमुखहरु, विपदसँग सरोकार राख्ने निकाय एवं सम्बन्ध व्यक्तिहरुको छलफलबाट भक्तपुरमा विपद व्यबस्थापनका लागि आवश्यक सम्पूर्ण तयारी गर्ने निर्णय भएको छ ।” यहाँका सबै नगरपालिकाका प्रमुखहरुले आ–आफ्नो नगरपालिका क्षेत्रमा विपद जोखिम क्षेत्रको पहिचान गरेर विपद रोकथामका कार्यहरु गर्ने, विपद परेमा आश्रय स्थलको व्यबस्था गर्ने, उद्धारका लागि आवश्यक औजार एवं जनशक्ति तयारी अबस्थामा राख्ने सहमति भएको भन्दै उहाँले विपद व्यबस्थापनका लागि सिंगो भक्तपुर जिल्ला तयारी अबस्थामा रहेको बताउनु भयो । प्रजिअ शर्माले सुरक्षा निकायका प्रमुखहरुलाई सुरक्षा निकायसँग रहेको उद्धारका सम्पूर्ण सामग्रीहरु बोट, साबेल, डोरी, लाईफ ज्याकेट लगायतका अन्य आवश्यक सामाग्री तयारी अबस्थामा राख्न समेत निर्देशन दिनु भयो । नेपाली सेना, नेपाल प्रहरी, शसस्त्र प्रहरीका प्रमुखहरुले खोज तथा उद्धारका सामग्रीहरु एवं तालिम प्राप्त जनशक्ति सबै तयारी अबस्थामा राखिएको जानकारी दिनु भयो । जिल्लाका चार वटै नगरपालिकाले पनि त्यस्ता खोज तथा उद्धारका सामग्रीहरु र जनशक्ति तयारी अबस्थामा राख्ने भएको छ । कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापति, मध्यपुरथिमि नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठ, सूर्यविनायक नगरपालिकाका प्रमुख वासुदेव थापा र चाँगुनारायण नगरपालिकाका प्रमुख जीवन खत्रीले आफ्ना नगरपालिकाका लागि आवश्यक पर्ने खोज तथा उद्धारका सामग्री तयारी अबस्थामा राख्ने र आवश्यक जनशक्ति पनि तयार गर्ने बताउनु भएको छ । वर्षायाममा मुख्यगरि भक्तपुर र मध्यपुरथिमि नगरपालिकाका नदी आसपास क्षेत्र डुबानको चपेडामा पर्दै आएको छभने सूर्यविनायक र चाँगुनारायण नगरपालिकाको ग्रामिण एवं पहाडी क्षेत्रहरु पहिलोको जोखिममा पर्दै आएको छ । चाँगुनारायण र सूर्यविनायक नगरपालिका क्षेत्रमा अत्याधिक रुपमा अबैध जग्गा खण्डिकरण एवं प्लानिङहरु रहेकाले पहिरोको जोखिम बढेको नगर प्रमुखहरुले बताउनु भयो । चागनारायणका प्रमुख खत्रीले अबैध रुपमा सञ्चालित जग्गा प्लानिङदेखि जग्गा सम्याउने बाहनामा जथाभावी डोजर लगाउने, सार्वजनिक जग्गा अतिक्रमण गर्ने क्रम अत्याधिक रहेकाले यसलाई रोक्न आफूले पहल सुरु गरेको बताउदै यसमा प्रहरी प्रशासनको प्भावकारी रुपमा साथ र सहयोग जुटाइदिन आग्रह गर्नु भयो । जथाभावी डोजर लगाउँदा यहाँका बस्तीहरु नै जोखिममा परेको भन्दै यसलाई रोक्नु अत्यावश्यक भएको औल्याउनु भयो । प्रजिअ शर्माले सार्वजनिक सम्पत्तिको रक्षा गर्न, अतिक्रमणमा परेको सार्वजनिक जग्गा फिर्ता गर्न, सरकारी निकाय रहेका स्थानको सार्वजनिक सम्पत्तिको निस्सा संकलन गर्न, नगरपालिकाहरुले आफ्नो क्षेत्रमा रहेको सार्वजनिक जग्गा र सम्पत्तिको विवरण संकलन गरि दुरुस्त राख्न, अबैध ढुङ्गा, माटो, बालुवा खानी सञ्चालनलाई तत्काल रोक्न, जथाभावी डोजर चलाउनेलाई नियन्त्रण गर्न र जग्गा खण्डिकरण रोक्न निर्देशन दिनु भयो । कार्यक्रममा जिल्लाका चार वटै नगरपालिकाका नवनिर्वाचित प्रमुख तथा उपप्रमुखहरुलाई प्रजिअ शर्माले टीका तथा खादा लगाएर बधाई तथा शुभकामना व्यक्त गर्नु भएको थियो । --- # भक्तपुरमा राष्ट्रको लागि दुई घण्टे अभियान सञ्चालन Source: https://newskunda.com/archives/2643 Category: FEATURED NEWS, अर्थ, राजनीति, समाचार, समाज Last updated: 2023-03-18 भक्तपुर, ४ चैत : भक्तपुरलाई सफा, सुन्दर र यहाँको नदीलाई सफा राख्ने उदेश्यले हनुमन्ते सफाई अभियानले राष्ट्रको लागि दुई घण्टे अभियान सुरु गरेको छ । अभियान हरेक शनिवार सञ्चालन हुने भएको छ । अभियान अन्तर्गत आज अरनिको राजमार्ग खण्ड अन्तर्गत मध्यपुरथिमि नगरपालिका–१ लोकन्थली क्षेत्रको सडक सरसफाइ गरेको हनुमन्ते सफाई अभियानका अभियन्ता नरेश रञ्जितले जानकारी दिनुभयो । अभियानका प्रमुख सल्लाकार पुर्व उधोग मन्त्री महेश बस्नेत, मध्यपुरथिमि नगरपालिका–१ का वडा अध्यक्ष बाबुकाजी डंगोल, बागमती सफाई अभियानका डा.राजु अधिकारीलगायतको सहभागितामा सफाई गरिएको हो । अभियानमा नेपाल फुलबारी, नेप्सेम्याक, दिव्यश्वरी सहयोगी हात, स्वच्छ वातावरण सञ्जाल, पातञ्जल योग समिति, वेभ ग्रेप नेपाल, दक्षिणकाली सहकारी, आस्था महिला विद्यालय, गैरसरकारी संस्था महासंघलगायत विभिन्न संघसस्था र व्यक्तित्वहरुको सहभागिता रहेको थियो । आगामी हस्ताको शनिवार कौशलटार चोकमा सरसफाई गरिने अभियन्ता रंजितले बताउनुभयो । --- # भक्तपुरमा स्टार्टअप र नवप्रर्वतन उद्यमी विकास सम्मेलन एवं प्रर्दशनी सम्पन्न Source: https://newskunda.com/archives/3687 Category: FEATURED NEWS, अर्थ, राजनीति, समाचार, समाज Last updated: 2026-05-17 भक्तपुर, ३ जेठ : भक्तपुरमा वागमति प्रदेशस्तरीय एक दिवसीय ‘स्टार्टअप र नवप्रवर्तन उद्यमी विकास सम्मेलन’ सम्पन्न भएको छ । भक्तपुर उद्योग वाणिज्य संघको आयोजनामा वागमति प्रदेश सरकार उद्योग वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालयको सहकार्यमा आज भक्तपुरमा सम्पन्न सम्मेलनमा युवा उद्यमीहरुले उद्योगको विकास र रोजगारीको अवसर सृजनाकोबारेमा बृहत छलफल भएको थियो । सम्मेलनको उद्घाटन गर्दै वागमति प्रदेश उद्योग वाणिज्य, भूमि तथा प्रशासन मन्त्री बिन्दु श्रेष्ठले नवप्रवर्तन उद्यमी विकासमा प्रदेश सरकारले उद्योगीहरुसंग सहकार्य गर्ने गरि अगाडि बढ्न तयार रहेको बताउनुभयो । उहाँले युवा उद्यमीहरुको विकासका लागि प्रदेश सरकारले आवश्पक सहकार्य गर्न तयार रहेको बताउदै युवा पुस्तालाई वैदेशिक रोजगारीमा जान रोक्नका लागि स्वदेशमै रोजगारीको वातावरण बनाउन उद्यमीहरु लाग्नु पर्ने बताउनुभयो । कार्यक्रममा भक्तपुरका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकाल, नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष दिलसुन्दर श्रेष्ठ, उद्योग वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालयका सचिव जीवलाल भुसाल, नेपाल उद्योग वाणिज्य महासंघ वागमति प्रदेशका अध्यक्ष वेदबहादुर श्रेष्ठ, उद्योग वाणिज्य संघ भक्तपुरका वरिष्ठ उपाध्यक्ष राजेन्द्रप्रसाद प्रजापतिलगायतले नयाँ उद्यमीका विकासमा तीन तहकै सरकारले सहकार्यका नीति ल्याउँदै दिगो उद्योग व्यबस्थापनका लागि सहयोग गर्नु पर्ने बताउनुभयो । सम्मेलनमा वागमति प्रदेश भित्रका ५०० भन्दा बढी युवा उद्यमी तथा व्यवसायीहरु सहभागिता रहेको बताउदै युवा उद्यमीको विकास र नयाँ उद्यमीको प्रवर्दनको अभियान सम्मेलनले सुरु गरेको युवा उद्यमी उपसमितिका संयोजक एवं सम्मेलनका संयोजक कृतन अवालले बताउनुभयो । एक व्यवसायीले सुरु गरेको व्यवसायलाई नै अरुले कपि गरेर एउटै व्यवसाय धेरैले सञ्चालन गर्ने प्रबृत्तिको अन्त्य गरि बजारको आवश्यकताको पहिचान गरेर फरक फरक व्यवसाय एवं उद्योग सञ्चालनमा लाग्नु पर्ने सम्मेलनको निष्कर्ष रहेको उहाँले बताउनुभयो । सम्मेलनले स्टार्टअप तथा नवप्रवर्तन संस्कृतिका विकास, यवा उद्यामशीलतालाई प्रवद्र्धन, लगानी तथा वजार पहुँच विस्तार, नीति समन्वय एवं नप्रवर्तन मैत्री वातावरण निर्माण गनेैबारेमा सम्मेलनमा छलफल भएको भक्तपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्णमुरारी न्यौपानेले बताउनुभयो । सम्मेलनमा प्यानल डिस्कसन, फाउण्डर स्टोरी सेसन, स्टार्टअप प्रदर्शनी तथा पिच डेक सेसनको समेत आयोजना गरि उद्योगको विकासकाबारेमा व्यापक छलmल गरेको थियो । बिज्ञहरुको रुपमा सुबास शर्मा, विनायक शाह, डा. प्रकाशकुमार श्रेष्ठ, दर्शना श्रेष्ठ, बलराम सञ्जेल र सुगारिका केसीले प्यानल छलफल गरि उद्योगको नयाँ मोडलहरुकोबारेमा चर्चा गर्नु भएको थियो । सफल उद्यमीहरूले आफ्नो उद्यम यात्रा, संघर्ष, सिकाइ र सफलताका अनुभवहरू प्रस्तुत गर्नु भएको थियो भने सैफ गौचन, श्रीया गिरी, सन्तोष पाण्डेय, निष्ठा कायस्थ, केश्मा थापालगायतले आफ्नो व्यवसायिक अवधारणा तथा स्टार्टअप योजनाहरू विज्ञहरूको समूहसमक्ष प्रस्तुत गर्नु भएको थियो । सम्मेलनमा विभिन्न स्टार्टअप तथा नवप्रवर्तन उद्यमद्वारा उत्पादित सेवा तथा वस्तुहरूको ३० वटा स्टल राखेर प्रदर्शनी गरिएको उपसमितिका संयोजक अवालले जानकारी दिनुभयो । यसैगरी, संघले यहीँ जेठ १५ र १६ गते दोस्रो भक्तपुर औद्योगिक प्रवद्र्धन व्यापार मेला–२०८३ आयोजन ागर्ने भएको छ । ‘हस्तकला, मौलिक संस्कृति र दिगो पर्यटन–विकसित र व्यवसायिक भक्तपुर हाम्रो चिन्तन’ भन्ने नाराका साथ उद्योग तथा वाणिज्य कार्यालय भक्तपुरको सहकार्यमा भक्तपुर नगरपालिकास्थित भक्तपुर औद्योगिक क्षेत्र परिसरमा मेला सञ्चालन गर्ने कार्यक्रममा जानकारी दिएको हो । --- # भक्तपुरमै पहिलो पटक ‘फिस टनेल एक्स्पो २०८२’ सुरु Source: https://newskunda.com/archives/3134 Category: FEATURED NEWS, अर्थ, मनोरञ्जन, राजनीति, समाचार, समाज Last updated: 2025-06-20 भक्तपुर, ६ असार. । मध्यपुरथिमि नगरपालिका–५ राधेराधेमा आजबाट ‘फिस टनेल एक्स्पो २०८२’ सुरु भएको छ । औद्योगिक शान्ति नेपाल संस्थाले भक्तपुरमै पहिलो पटक आयोजना गरेको एक्स्पोको आज भक्तपुरका संघीय सांसद दूर्लभ थापाले उद्घाटन गर्नुभयो । एक्स्पोमा आकर्षणको रूपमा फिस टनेल र सुनामी राइड रहेको छ । साउन १० गतेसम्म सञ्चालनमा हुने एक्स्पोमा नेपालमै दोश्रो पटक र भक्तपुरमै पहिलो पटक समुद्र मुनी गएरै विभिन्न प्रजातिका माछा हेरेजस्तो अनुभव हुने गरी फिस टनेल र सुनामी राइड सञ्चालनमा ल्याएको आयोजक संस्थाका अध्यक्ष सन्दीप महतले जानकारी दिनुभयो । संस्थाका अध्यक्ष महतले भन्नुभयो, “एक्स्पोको मुख्य आकर्षणका रूपमा प्रस्तुत गरिएको ‘फिस टनेल’ नेपालमा हालसम्मकै सबैभन्दा ठूलो जलजीव अवलोकन टनेल हो । सुरुङ आकारको यस टनेलभित्र आगन्तुकहरू चारैतिर पारदर्शी पर्खालभित्र पौडिरहेका रंगीचंगी समुद्री माछाहरू नजिकबाट हेर्न सक्नेछन् । टनेलभित्र विशेष लाइटिङ र ध्वनि प्रणालीमार्फत समुद्रको वास्तविक वातावरण निर्माण गरिएको छ । यहाँ टिकटक बनाउने र फोटो भिडियो लिनेहरुका लागि उचित गन्तव्य समेत रहको छ ।” दुर्लभ तथा रंगीन समुद्रमा पाईने १६० प्रजातिका माछा नेपालमा दोश्रो पटक सार्वजनिक अवलोकनका लागि भारत हुदै ल्याईएको छ । एक्स्पोको टनेल बालबालिका, विद्यार्थी तथा जलजीवप्रेमीहरूका लागि ज्ञानवर्धक तथा मनोरञ्जनात्मक माध्यम हुने अध्यक्ष महतले बताउनु भयो । समुद्री लहरजस्तै हल्लिएको अनुभूति हुने ‘सुनामी राइड’ एक्स्पोको अर्को आकर्षणको रुपमा रहेको छ । सुनामी राइडमा आगन्तुकहरूले वास्तविक सुनामीको धक्का महसुस गर्नेछन् । एक्स्पोमा बालबालिकादेखि युवा वर्ग लक्षित विभिन्न प्रकारका पिङहरु रोटे पिङ, कोलम्बस, ड्रागन राइड, जम्पिङ्गलगायतका बिभिन्न खेलहरुसमेत रहेको छ । साथै नेवारी खाजा, सम्बेबजीलगायत बिभिन्न खानाको परिकार, गेम जोन र फोटो स्पटसमेतको एक्स्पोमा व्यबस्था गरिएको छ । प्रत्येक दिन एक्स्पो बिहान १० बजेदेखि साँझ ८ बजेसम्म सर्वसाधारणका लागि खुला रहनेछ । कार्यक्रमको उद्घाटनमा सांसद थापाले यसप्रकारको एक्स्पो यहाँका बासिन्दाका लागि नौलो अनूभूति हुने बताउदै यसले आन्तरिक पर्यटनको प्रबद्र्धन, आर्थिक उन्नतीका लागि टेवा पुग्ने बताउनुभयो । स्थानीय पर्यटन प्रवद्र्धन, पारिवारिक मनोरञ्जन तथा बालबालिकालाई जलजीवसम्बन्धी जानकारी दिन एक्स्पो सफल हुनेउहाँले बताउनुभयो । --- # भक्तपुरलाई शिक्षा, स्वास्थ्य र पर्यटन र व्यवसायको हव बनाउँछौं : मुख्यमन्त्री किरण थापा Source: https://newskunda.com/archives/4398 Category: FEATURED NEWS, अर्थ, राजनीति, समाचार, समाज Last updated: 2026-09-23 भक्तपुर, ७ असोज । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापाले भक्तपुरलाई शिक्षा, स्वास्थ्य र पर्यटनको हव बनाउने बताउनु भएको छ । आज भक्तपुरको वागमती क्लबले आयोजना गरेको स्वागत तथा बधाई कार्यक्रममा बोल्दै उहाँले भक्तपुरलाई स्वास्थ्य शिक्षादेखि पर्यटनको हव बनाउन आफ्नो ध्यान केन्द्रीत रहने बताउनु भएको हो । मुख्यमन्त्री थापाले भन्नुभयो, “भक्तपुरवासीलाई अब कुनै पनि रोगको उपचार गर्न काठमाडौं वा धुलिखेल जानु नपरोस भनेर लागेको छु, यसको लागि भक्तपुर अस्पताल, ख्वप अस्पताल, सूर्यविनायक नगर अस्पताल, नेपाल कोरिया मैत्री नगर अस्पताल, क्यान्सर अस्पताल, मानव अंग प्रत्यारोपण केन्द्र, क्षयरोग अस्पताल, निजी अस्पतालहरु लगायत भक्तपुरमा सञ्चालित सबै सरकारी तथा निजी अस्पताललसंग दुई तीन महिनामै समन्वय गरेर प्रत्येक अस्पतालमा एक–एक वटा विशेषज्ञ सेवा सञ्चालन गर्ने गराउने छौं र सबै उपचार भक्तपुरमै हुने गरि स्वासथ्यको हव बनाउँने छौं ।” मुख्यमन्त्री थापाले भक्तपुर सानो जिल्ला, तर सबै भन्दा बढी जनघनत्व भएका जिल्ला भएकाले भक्तपुरमा गएपछि सबै रोगको उपचार हुन्छ भन्ने सन्देश दिन भक्तपुरलाई स्वास्थ्यको हव बनाउन कन्द्रीत भएको बताउनुभयो । उहाँले भक्तपुरमा उपचार गर्न ७७ वटा जिल्लाका नागरिक आउँने भएपछि यहाँका स्थानीयको आर्थिक अबस्था र आन्तरिक पर्यटनका विकास र रोजगारीमा बृद्धि हुन्छ, तीन महिना भित्र सरकारी र निजी अस्पतालसंग समन्वय गरेर यो पुरा गर्ने सबै उपचार जिल्ला मै गर्ने गरि सेवा बिस्तार गर्ने उहाँले बताउनुभयो । भक्तपुरमा गुणस्तरयि शिक्षा र कलेजहरुमा बिभिन्न संकायका विषय सञ्चालन गर्ने, गराउने र भक्तपुर आए पछि सबै संकायको पढाई यहीँ हुन्छ भन्ने सन्देश दिएर शैक्षिक हव समेत बनाउने गरि योजना अगाडि बढाएको बताउनुभयो । मुख्यमन्त्री थापाले भन्नुभयो, “भक्तपुरको विकास र सम्बृद्धिमा कसरी जोड्ने, भक्तपुरलाई व्यवसायीक हव कसरी बनाउने, व्यवसायीहरुका समस्या कसरी सम्बोधन गर्ने, यहाँ कुनै कमीकमजोरीहरु छन् भने कसरी सुधारेर लैजाने भने म लागिरहेको छु, म यसमा केन्द्रीत हुन्छु ।” मुख्यमन्त्री थापाले भन्नुभयो, “भक्तपुरमा होटल व्यबसायी धेरै छन् तर विदेशी पर्यटक भक्तपुर नगर घुमेर काठमाडौं फर्कन्छन्, भक्तपुरमा यति राम्रा र धेरै होटल छन् भन्ने कति पर्यटकलाई थाहा छैन, त्यसैले यहाँका युवालाई लक्षित गरि टुरिष्ट गाईड तालिम दिएर राजेगारी बृद्धि गर्ने, भक्तपुर, चाँगुनारायण, नगरकोट, रानीकोट, सूर्यविनायक, मध्यपुरथिमि सबै क्षेत्रमा पर्यटनको विकास गर्दै पर्यटकको हव बनाउँन म लागिरहेको छु, यहाँको पर्यटकीय क्षेत्रको विकास पनि गर्ने गरि अगाडि बढेका छौ ।” यहाँको व्यवसायको विकास लागि व्यवसायीहरुसंगै समन्वय गर्दै अगाडि बढ्ने बताउदै अधूरो विकासका योजनाहरु पुरा गर्न केन्द्रीत रहने उहाँले बताउनुभयो । वागमती प्रदेशले के के गर्नपर्छ, निर्धक्क भएर भन्न व्यवसायीहरुलाई आग्रह गर्दै उहाँले भक्तपुरलाई पर्यटन, व्यवसाय, शिक्षा, स्वास्थ्य सबै क्षेत्रको विकासमा लाग्ने बताउनुभयो । --- # भगवान गणेशबाट सिक्नुस् यी ६ कुरा जीवनमा कायापलट हुन्छ Source: https://newskunda.com/archives/1084 Category: FEATURED NEWS, रोचक, समाचार, समाज Last updated: 2022-05-31 काठमाडौं, १७ जेठ : हिन्दु धर्मावलम्बीहरुले हप्ताको सातै बारलाई विभिन्न देवी देवताको बारको रुपमा लिन्छन् र सोहि बारमा भगवानको प्रार्थना गर्छन् । सोहि अनुरुप आज मंगबारको दिन कार्यसिद्धिको लागि गणेश भगवानको पुजाआजा गरिन्छ । भगवान गणेशको पुजा आराधना नगरी कुनै कार्य गर्दा पनि सफल हुँदैन भन्ने धार्मिक मान्यता छ । गणेशका अतिरीक्त यस दिन कालीमाता, दुर्गा माता र हनुमानको पनि पुजा आराधना गरिन्छ । भगवान गणेशलाई सिद्धिविनायक भनेर पनि पुकारीन्छ । मंगलबार गणेश मन्दिरहरुमा भिड लाग्छ । भनिन्छ नि, कुनैपनि नयाँ काम थालनी गर्दा भगवान गणेशको पूजा अर्चनाबाट थाल्नुपर्छ ।हात्तिको जस्तो शिर, मानिसको जस्तो बडेमानको भूडी, हात्तिको जस्तो लामो मोटो नाक, लामा लामा कान भएका गणेशको यी संरचनाबारे विभिन्न किस्साहरु जेडिएको पाईन्छ । १ .भगवान गणेशको हात्तिको जस्तो शिर हुनुको अर्थ:भगवान गणेशको शिर हात्तीको जस्तै छ। त्यसैले कुनैपनि काम गर्दा उच्च शिर लिएर अर्थात् जसरी हात्तिलाई संसारको सबैभन्दा ठूलो थलचर प्राणिको रूपमा लिइन्छ। त्यसरी नै मान्छेले आफुले समाजमा शिर झुकाउनु नपरोस् भन्ने प्रार्थना गर्ने गर्छन् । विज्ञान भन्छ, हात्ती संसारको सबैभन्दा ठूलो थलचर प्राणि भएतापनि यसको आँखा तुलनात्मक रुपमा सानो हुने हुँदा अरु सबै चिजहरू आफु भन्दा ठूलो देख्छ । तसर्थ गणेश भगवानको आकृतिमा देखिएको हात्तीको शिरबाट यो सिक्नु कि संसारमा भएका हरेक जीवलाई आफु भन्दा ठूलो हो भन्ने भावना राख्नु पर्छ । अनिमात्रै सफलता प्राप्त हुन्छ । २ . भगवान गणेशको कानको अर्थ:पक्कै पनि तपाईले याद गर्नुभएको होला भगवान गणेशका कानहरू ठुला छन्। यसको अर्थ हुन्छ, मानिसले कुनै पनि कामको थालनी गर्दा सबैको कुरा सुन्नु र बुझ्नु पर्छ। हाम्रा दुई कानको सार पनि त्यहि नै हो । सबैको कुराहरू ध्यान दिएर सुन्ने मानिस अन्य मानिस भन्दा बुद्धिमत्ता हुन्छ । आफ्नो मनमौजी गर्ने मान्छे कहिल्यै पनि सफल हुन सक्दैन। गणेश भगवान्को कान ठूलो हुनुको आफ्नो बारेमा नराम्रो कुरा सुन्ने हिम्मत जुटाउनुपर्छ । त्यसैले हामीले कुनै पनि कामको सुरु गर्दा भगवान श्री गणेशका ठुला कानहरूलाई स्मरण गर्नु राम्रो हुन्छ भन्ने अर्थ शास्त्रहरुमा छ । ३ . नाक लामो हुनुको अर्थ:लामो नाक भएको मानिसलाई कस्तो गणेश जस्तो भन्ने गरीन्छ नि । पक्कै पनि त्यसको अर्थ छ । भगवान गणेशको नाक लामो हुनुको अर्थ कुनैपनि मान्छेले काम अथवा कार्यथालनी गर्दा आफ्नो ला’ज ९इ’ज्जत० बचाएर गर्नुपर्ने हुन्छ। समाजमा प्रचलित उखान छ कि फलानाले नाक का’ट्यो । यसर्थ समाजमा इज्जत बचाउने काम म बाट होओस् भनेर गणेश भगवान्को लामो नाकलाई स्मरण गरी दृढ भएर सकारात्मक सोँचका साथ कार्य थालनी गर्दा अवश्य पनि कार्यसिद्धि हुन्छ । ४ .पेट ठूलो हुनुको अर्थ :भगवान गणेशको पेट ठूलो छ। किन होला अनुमान गर्नुहोस् त । यसको अर्थ हो कुनै पनि कामको थालनी गर्दा सजिलो छैन । मानिसले गरेको रि’स, रा’ग, द्धे’ष, ई’ष्र्या, भए नभएका कुराहरू, राम्रा नराम्रा कुरा, खुट्टा तान्ने, डा’ह गर्ने, क्रिया प्रतिक्रिया सुन्नुपर्छ । ति कुरालाई मनमै दबाएर पैतालामूनि टेकेर पचाउनु पर्नेहुन्छ। राम्रा कुराहरूलाई मनभित्र केन्द्रित गर्न सक्नुपर्छ । मन नाङ्लोजस्तो बनाउनुपर्छ । झ’गडा गर्नतिर लागियो भने त काममा बा’धा आईहाल्छ नि । ५ . चारवटा हातहरू हुनुको अर्थ :पक्कै याद गर्नुभएको छ, भगवान श्री गणेशका चार वटा हातहरू छन्। तिनमा बन्चरो, लड्डु, वर मुद्रा र फूल छन्। यसको अर्थ हुन्छ, दया, दण्ड, कोमलता र मिठास । कुनै पनि कामको थालनी गर्दा यी चार कुरालाई अस्त्र बनाएर कार्य थालनी गर्दा निकै उत्तम हुन्छ । काममा बा’धा व्य’वधान आउँदैन । ६ . भगवान गणेशले वाहन मुसो रोज्नुको कारण यस्तो :सम्झनुहोस् त हिरा कत्रो हुन्छ अनि आँखाको नानी ? पक्कैपनि बहुमुल्य कुराहरुको आकार सानो हुन्छ । मुसो सानो हुन्छ । तर बहुतै चलाख । मुसाले समुन्द्र पारीवाट अन्नहरूको बिउ ल्याएर प्राणीहरुको ज्यान बचाएको हो भन्ने धार्मिक मन्थन पाईन्छ । अक्सर मान्छेहरु सानो कुराहरुलाई आनाकानी गर्छन् । तर हरेक कुराको आकार हेरेर त्यसको बारेमा आँकलन गर्नु गलत हुन्छ । तसर्थ हामीहरूले कुनै पनि कामको थालनी गर्दा भगवान गणेशबाट यो सिक्नुपर्छ चलाख र बुद्धिमान अनि सल्लाह सुझावका लागि उपयुक्त पात्र छान्नुपर्छ । न कि उसको आकार । भनिन्छ, असल शिक्षा बालकबाट लिनुपर्छ । --- # भदौ २३ र २४ को घटनासम्बन्धी जाँचबुझ आयोगले एक हजार पृष्ठको प्रतिवेदन प्रधानमन्त्री सुशीला कार्कीलाई बुझायो बुझायो Source: https://newskunda.com/archives/3445 Category: FEATURED NEWS, निर्वाचन, राजनीति, समाचार, समाज Last updated: 2026-03-08 काठमाडौँ, २४ फागुनः प्रधानमन्त्री सुशीला कार्कीसमक्ष भदौ २३ र २४ को घटनासम्बन्धी जाँचबुझ आयोगले एक हजार पृष्ठको प्रतिवेदन प्रस्तुत गरेको छ । पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको अध्यक्षतामा गठित आयोगमा नेपाल प्रहरीका पूर्वप्रहरी अतिरिक्त महानिरीक्षक विज्ञानराज शर्मा र कानुनविद् विश्वेश्वरप्रसाद भण्डारी सदस्य हुनुहुन्थ्यो । प्रधानमन्त्रीसमक्ष प्रतिवेदन पेस गरेपछि आयोगका सदस्य शर्माले करिब २०० जनालाई सोधपुछ गरिएको र विज्ञहरुसँग पनि राय लिएर तयार गरिएको प्रतिवेदनमा दोषीमाथि कारबाहीको सिफारिस गरिएको जानकारी दिनुभयो । आयोगका अध्यक्ष गौरीबहादुर कार्कीले आफूहरूले इमानदारीसाथ काम गरेको र बिनाकुनै पूर्वाग्रह जे देख्यो त्यही कुरा प्रतिवेदनमा राखेको जानकारी दिनुभयो। भविष्यमा यस्तो घटना नहोस् भनेर सुझाव पनि प्रतिवेदनमा राखेको उहाँले बताउनुभयो। उहाँले भन्नुभयो, ‘कुशासनका कारण यो घटना भएको छ। नियमनकारी निकायहरूलाई विकृत पारिएको छ। न्यायपालिका, कार्यपालिका सबैतिर ढिलासुस्ती छ। न्यायाधीशदेखि संवैधानिक नियुक्तिसमेत दलीय भागबण्डामा गर्ने प्रवृत्तिले आक्रोश बढेको पाइएको छ। यो प्रतिवेदन कार्यान्वयन भएमा देशको मुहार फेरिन्छ।’ आयोगका सदस्य विज्ञानराज शर्माले यो प्रतिवेदन जाँचबुझ मात्र भएकाले अब कारबाही गर्ने निकायले अनुसन्धान गर्नुपर्ने र यसमा अनुसन्धानका लागि आधार तयार गरिदिएको बताउनुभयो। अर्का सदस्य विश्वेश्वर भण्डारीले सुशासनका लागि के गर्ने भन्ने विषयमा प्रतिवेदनले उल्लेख गरेका कुरा कार्यान्वयन गर्न सके मुलुकको अवस्था धेरै फेरिन सक्ने बताउनुभयो। --- # भदौ २४ मा खराने ग्याङको घर मात्र होइन, केपी ओलीलाई नै जलाउने योजना थियो : राधिका शाक्य Source: https://newskunda.com/archives/4225 Category: FEATURED NEWS, अर्थ, राजनीति, समाचार, समाज Last updated: 2026-09-09 **भक्तपुर, २४ भदौ ।** नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीकी धर्मपत्नी राधिका शाक्यले गत वर्ष भदौ २४ गते बालकोटस्थित आफ्नो घरमा भएको आगजनीको उद्देश्य सम्पत्ति जलाउनुमा मात्र सीमित नरहेको दाबी गर्नुभएको छ। उहाँले उक्त घटनामा केपी शर्मा ओलीलाई समेत निशाना बनाइएको दाबी गर्नुभएको हो। बालकोटस्थित आगजनीबाट क्षतिग्रस्त घर परिसरमा बुधबार आफ्नो अनुभूति समेटिएको पुस्तक ‘सपनाको भग्नावशेष’ विमोचन गर्दै शाक्यले आफूहरूले भोगेको घटनालाई स्मरण गर्नुभएको हो। उहाँले गत वर्षको भदौ २४ आफूहरूको जीवनकै सबैभन्दा भयावह दिनमध्ये एक रहेको बताउनुभयो। शाक्यले घटनाको उद्देश्य घर र सम्पत्ति नष्ट गर्नु मात्रै नभएको दाबी गर्दै भन्नुभयो, “खरानी ग्याङको आशय आगो लगाउने मात्र थिएन, केपी ओलीलाई नै जलाउने योजना थियो।” उहाँले त्यतिबेला आफूहरूलाई ज्यान गुमाउनुपर्ने अवस्था सिर्जना भएको भए आजको दिन आफूहरूको पहिलो पुण्यतिथि हुने बताउनुभयो। “यदि २०८२ साल भदौ २४ गते हामीलाई जलाएको भए आज कालो दिनसँगै एक वर्षको पुण्यतिथि हुन्थ्यो हाम्रो,” उहाँले भन्नुभयो। शाक्यले पछिल्लो समय पनि ओलीमाथि विभिन्न आरोप र लाञ्छना लगाउने क्रम नरोकिएको गुनासो गर्नुभयो। आफूहरू जीवनको अन्तिम समयसम्म देशको सेवा गर्ने भावनाका साथ अघि बढिरहेको उल्लेख गर्दै उहाँले राजनीतिक आरोप–प्रत्यारोपका बाबजुद आफूहरू कर्तव्यबाट विचलित नहुने बताउनुभयो। “एकमुठी सास रहेसम्म यो देशको सेवा गर्ने पवित्र भावनाका साथ बाँचिरहेका हामीलाई अनेकौँ आरोप र लाञ्छना लगाइरहेका छन्,” उहाँले भन्नुभयो। शाक्यले आफूहरू कर्तव्यपथबाट कहिल्यै पछि नहट्ने बताउँदै आफूहरूमाथि अन्याय गर्नेहरू नै अन्ततः पतन हुने दाबीसमेत गर्नुभयो। वर्तमान सरकार र आफूहरूमाथि भइरहेको व्यवहारबाट आफूहरू विचलित नहुने उल्लेख गर्दै जस्तोसुकै परिस्थितिको सामना गर्न तयार रहेको उहाँको भनाइ थियो। उहाँले आफूहरूले भोगेको पीडा र घटनाक्रमलाई पुस्तकमा दस्तावेजीकरण गरेको जानकारी दिनुभयो। ‘सपनाको भग्नावशेष’ मा भदौ २३ गतेदेखि सुरु भएका घटनादेखि त्यसपछिका विभिन्न घटनाक्रम र आफूले भोगेका अनुभूतिहरू समेटिएको उहाँले बताउनुभयो। पुस्तक विमोचनका क्रममा शाक्यले गत वर्षको घटनालाई केवल व्यक्तिगत क्षति र पारिवारिक पीडाका रूपमा मात्र नभई आफूहरूले भोगेको एउटा राजनीतिक तथा सामाजिक अनुभवका रूपमा समेत प्रस्तुत गर्नुभएको छ। उहाँले जनताको माया र सद्भावकै कारण आफूहरू आज जीवित रहेको बताउँदै कठिन परिस्थितिमा साथ दिने सबैप्रति आभार व्यक्त गर्नुभयो। --- # भरतपुर विकासको जिम्मा मलाई दिनुहोस् : अध्यक्ष ओली Source: https://newskunda.com/archives/760 Category: FEATURED NEWS, निर्वाचन, राजनीति, समाचार Last updated: 2022-05-08 चितवन, २५ वैशाख : नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले भरतपुरको विकासको जिम्मा आफूलाई दिन आग्रह गर्नुभएको छ । नेकपा (एमाले) चितवनले आज यहाँ आयोजना गरेको चुनावीसभालाई सम्बोधन गर्दै उहाँले एमालेका उम्मेदवारले जित हासिल गरेमा विकासको जिम्मा आफ्नो हुने बताउनुभयो । प्रतिनिधिसभाको निर्वाचनपछि एमालेको नेतृत्वमा सरकार बन्ने भन्दै उहाँले भन्नुभयो, “यहाँ विजयी सुवेदीलाई जिताउनुहोस्, विकासको जिम्मा मेरो ।” सुवेदीको पार्टीको माथिल्लो नेतृत्वसँग हटलाइन सम्बन्ध भएको भन्दै उहाँले विकासमा पहुँच पुग्ने बताउनुभयो । भरतपुर महानगरलाई आधुनिक सहरसँग स्मार्ट सिटी बनाउनुपर्ने भन्दै उहाँले यो काम सुवेदीबाट सम्भव भएको बताउनुभयो । गठबन्धन लामो समय नटिक्ने भन्दै उहाँले निर्वाचन खटिने राष्ट्रसेवक कर्मचारी, सेना, प्रहरीसँग परोक्ष र प्रत्यक्ष भूमिका खेल्ने सबैलाई विचलित नभई निर्वाचन निष्पक्ष बनाउन आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, “एमाले र एमालेको नेतृत्वको यस अभियानमा कुनै सहयोग गर्नु पर्दैन, निष्पक्ष, शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्नुहोस् ।” उहाँले थप्नुभयो, “निर्वाचनपछि एमालेको सरकार बन्छ ।” एमालेले सरकारमा खुट्टा टेक्यो कि विकासको गति पाँचौँ गियरमा कुद्ने भन्दै उहाँले विभिन्न समस्या झेलेर पनि काम गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “एमाले सरकारमा ग¥यो कि नाकाबन्दीको सामना, गर्छ, उत्तरतिरबाट पारवाहको बाटो खुल्छ, विकासका गति अघि बढ्छन् ।” निर्वाचन देश बनाउने सवाल भएको भन्दै उहाँले एमालेले राष्ट्रिय अभियानको अगुवाई गरिरहेको दाबी गर्नुभयो । निर्वाचन आयोगले पार्टीका झण्डाका विषयमा जारी गरेको आदेशप्रति संकेत गर्दै उहाँले भन्नुभयो, “निर्वाचन आयोगले कसलाई जारी गरेको आदेश ? पाँच दलका नेताहरू सँगसँगै हिँडेर एकले अर्काका लागि भोट मागिरहेका छन् । एकले अर्काे झण्डा र उम्मेदवार बोकेको छ । अर्कैको प्रचार गरेकोछ ।” सभामा पार्टी उपाध्यक्ष रामबहादुर थापाले समृद्ध नेपाल र समाजवादको बाटोमा जाने पार्टी एमाले भएको बताउनुभयो । उहाँले भन्नुभयो, “नेपालमा समाजवादको आधार सिर्जना गर्ने हो, पूर्णरुपमा विदेशी हस्तक्षेप रोक्ने काम एमालेले गर्छ ।” राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष विक्रम पाण्डेले देशमा राष्ट्रवादीहरुको एकता चितवनको माडी र भरतपुरबाट सुरु भएको बताउनुभयो । उहाँले भन्नुभयो, “नेपालका सुन्दर महानगरपालिका र नगरपालिका बनाउने उद्देश्यका साथ हामी हिँडेका छौँ ।” सभामा एमाले नेता, काशिनाथ अधिकारी, नेतृ सीता पौडेल, देवी ज्ञवाली, जगन्नाथ थपलिया, कृष्णभक्त पोखरेल, रामप्रसाद न्यौपाने लगायतले सम्बोधन गर्नुभएको थियो । सो अवसरमा भरतपुरमा एमालेका तर्फबाट प्रमुखका उम्मेदवार विजय सुवेदीले आफ्ना भावी योजनाका बारेमा बताउनुभएको थियो । भरतपुर महानगरपालिका र माडी नगरपालिकामा एमाले र राप्रपाबीच तालमेल भएको छ । ––– --- # भरिदै कुलेखानी जलाशय, तल्लो तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन आग्रह Source: https://newskunda.com/archives/5335 Category: FEATURED NEWS, अर्थ, राजनीति, समाचार, समाज Last updated: 2026-10-31 हेटौँडा, १४ कात्तिकः लगातारको वर्षाले कुलेखानी जलाशय भरिन लागेसँगै तल्लो तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन आग्रह गरिएको छ । जलाशयमा पानीको सतह एक हजार ५२७ दशमलव ९३ मिटर पुगेको छ । जलाशयको अधिकतम भण्डारण क्षमता एक हजार ५३० मिटर हो । कुलेखानी प्रथम जलविद्युत् केन्द्रका प्रमुख प्रह्लाद राउतका अनुसार जलाधार क्षेत्रमा निरन्तर भारी वर्षा भइरहेकाले जलाशयको सतह तीव्र गतिमा बढिरहेको छ । मकवानपुरका प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीले जलाशयको सतह केही घण्टामै एक हजार ५२८ मिटर नाघ्न सक्ने भएकाले तल्लो तटीय क्षेत्र तथा नदीकिनार आसपासका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गर्नुभएको छ । साथै, उहाँले नदीकिनारबाट टाढा अग्लो र सुरक्षित स्थानमा बस्न तथा आयोजनाबाट जारी सूचना र मोबाइलमा प्राप्त हुने एसएमएसमा उल्लेखित निर्देशन पालना गर्न अनुरोध गर्नुभएको छ । जलविद्युत् केन्द्रले चेतावनी जारी गरेको छ । जलाशयको सतह सन्तुलित राख्न बाँधका ढोका खोल्नुपर्ने अवस्थामा चेतावनीको साइरन बजाइने केन्द्रका प्रमुख राउतले राससलाई बताउनुभयो । उहाँले देउराली–सिस्नेरी सडकखण्ड प्रयोगमा पनि सावधानी अपनाउन आग्रह गर्नुभएको छ । --- # भाइटीकाको दिन हल्का वर्षाको सम्भावना, भोलिपल्टदेखि मौसम खुल्ने Source: https://newskunda.com/archives/5560 Category: FEATURED NEWS Last updated: 2026-11-08 **काठमाडौं ।** यस वर्षको भाइटीकाका दिन देशका केही स्थानमा हल्का वर्षा हुन सक्ने मौसमविद्हरूले पूर्वानुमान गरेका छन्। कमजोर पश्चिमी वायुको प्रभावका कारण नेपालको पूर्वी आधा भागका केही स्थानमा वर्षाको सम्भावना रहेको हो। मौसमविद् विनोद पोखरेलका अनुसार काठमाडौं उपत्यकाका केही स्थानमा समेत हल्का वर्षा हुन सक्छ। यद्यपि, हालको मौसम पूर्वानुमानमा ठूलो वर्षाको संकेत नदेखिएकाले टीका लगाउन तथा आवतजावत गर्न खासै समस्या नहुने उनको भनाइ छ। भाइटीकाको दिन सामान्य बदलीसँगै छिटपुट वर्षा हुन सक्ने भए पनि त्यसको भोलिपल्टदेखि भने मौसम क्रमशः खुल्ने र घाम लाग्ने सम्भावना रहेको मौसमविद्हरूले बताएका छन्। यससँगै तिहारको अन्तिम दिन भाइटीकामा मौसमले सामान्य प्रभाव पार्न सक्ने भए पनि त्यसपछिका दिनमा मौसम अनुकूल रहने अपेक्षा गरिएको छ। --- # भाइटीकामा सशस्त्र प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा तीन रुटबाट सञ्चालन Source: https://newskunda.com/archives/5606 Category: FEATURED NEWS Last updated: 2026-11-11 **काठमाडौं ।** भाइटीकाका दिन सार्वजनिक यातायातको अभाव हुन नदिन सशस्त्र प्रहरी बल नेपालले काठमाडौं उपत्यकासहित भक्तपुरमा तीनवटा बसमार्फत निःशुल्क यातायात सेवा सञ्चालन गरेको छ। तिहारका बेला सार्वजनिक सवारीसाधन कम सञ्चालन हुने हुँदा सर्वसाधारणको आवतजावत सहज बनाउन सशस्त्र प्रहरीले यस्तो व्यवस्था गरेको हो। सशस्त्र प्रहरी बलका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाका अनुसार सेवा बिहान ८ बजेदेखि बेलुकी ५ बजेसम्म उपलब्ध हुनेछ। सञ्चालन गरिएका तीनवटा बसमध्ये पहिलो बस सशस्त्र प्रहरी बलको प्रधान कार्यालयबाट छुटेर बालाजु, नयाँ बसपार्क, कोटेश्वर, सातदोबाटो र बल्खु हुँदै विभिन्न स्थानमा पुग्नेछ। दोस्रो बस प्रधान कार्यालयबाटै सुरु भई सीतापाइला, कलंकी, बल्खु, कोटेश्वर र नयाँ बसपार्क हुँदै सञ्चालन हुनेछ। त्यसैगरी, तेस्रो बस स्वयम्भूबाट भक्तपुरसम्म सञ्चालन हुनेछ। उक्त बसले स्वयम्भू, कलंकी, बानेश्वर, कोटेश्वर, पेप्सिकोला, सानोठिमी, पुरानोठिमी, सल्लाघारी र लोकन्थली हुँदै पुनः बानेश्वर, कलंकी र स्वयम्भूसम्मको रुट समेट्नेछ। चाडपर्वका समयमा सार्वजनिक यातायातको असुविधा कम गरी यात्रुलाई सहज सेवा उपलब्ध गराउने उद्देश्यले सशस्त्र प्रहरीले विगतदेखि नै भाइटीकाका दिन निःशुल्क बस सेवा सञ्चालन गर्दै आएको छ। --- # भाईकृष्ण श्रेष्ठको नेतृत्वमा राष्ट्रिय स्वतन्त्र पार्टी सूर्यविनायक नगर समितिको नयाँ कार्यसमिति चयन Source: https://newskunda.com/archives/3759 Category: FEATURED NEWS, राजनीति, समाचार, समाज Last updated: 2026-06-02 भक्तपुर । राष्ट्रिय स्वतन्त्र पार्टी सूर्यविनायक नगर अधिवेशनबाट भाईकृष्ण श्रेष्ठ अध्यक्षमा सर्ववम्मत चयन हुनु भएको छ । सूर्यविनायकमा सम्पन्न अधिवेशनले श्रेष्ठको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित गरेको हो । नगर समितिको उपाध्यक्षमा राजु राउत उपसभापति, यशोदा बस्नेत खत्री सचिव, शुसिल ढुङ्गेल सहसचिवमा चयन हुनु भएको छ । त्यसैगरि सदस्यहरुमा दिपेन्द्र परियार, उषा वन कार्की, कोपिला आचार्य, श्याम न्यौपाने, सन्तोषी नगरकोटी, श्यामकुमार महत, दिनेश राणाभाट, मनोहरि थापा र राजकुमार श्रेष्ठ चयन हुनु भएको छ । अधिवेशनले साजन विक र सन्ताष थापालाई केन्द्रीय प्रतिनिधिमा चयन गरेको नवनिर्वाचिन अध्यक्ष भाईकृष्ण श्रेष्ठले जानकारी दिनुभयो । --- # भोट किन्न राती गुण्डु पुगेर भोज खाइरहेका कांग्रेस नेता परे जनताको घेराबन्दीमा Source: https://newskunda.com/archives/893 Category: FEATURED NEWS, अपराध, समाचार Last updated: 2022-05-13 भक्तपुर । सुर्यबिनायक नगरपालिका ७ गुण्डुका जनतालाई पैसा बाड्न र प्रलोभन दिदै हिडेका कांग्रेसका वडा अध्यक्षका उम्मेदवार हरि खडका, क्षेत्रीय सभापति भेषबहादुर कार्की र जिल्ला सचिब शुशिल बस्नेत सहितको टोलीलाई जनताले राती १० बजे घेराबन्दीमा पारेका छन् । कांग्रेसको उक्त टोलीले ३ वटा गाडी र २० वटा मोटरसाइकलमा मतदाताको भोट किन्न राति साँडे १० बजे धोबिखोला स्थित पिपल डाँडामा भोज खाइरहदा स्थानियको घेरामा परेका हुन् । एमालेका प्रभावाली नेता महेश बस्नेतको घर भएको र एमालेको लालकिल्ला मानिएको त्यस क्षेत्रमा कांग्रेसले निर्वाचन आचार संहिता विपरित गरेको उक्त कार्यको स्थानीय जनताले घोर बिरोध गरेका छन् । राती १० बजे उनीहरुलाई घ्याम्पेडाँडा, खहरे र अन्तलिङ्गेश्वरबाट स्थानियले घेरा हालेपछि गुण्डु क्षेत्र राति ३ बजे सम्म तनाब ग्रस्त बनेको स्थानीयले बताएका छन् । राति नै कांग्रेस जिल्ला सभापति दुर्लभ थापा निकै अत्तालिदै प्रधान्मन्त्री देउवा र बाल्कृष्ण खाँडसंग सहयोग मागे पछि मध्यराती १ बजे डिएसपीको नेतृत्वको जनपथ, सशस्त्र र सेनाको टोली घटना स्थलमा पुगेर आक्रोसित स्थानीयलाई सम्झाएर राती नै काग्रेस नेता कर्यकर्ताको उद्धार गरेको स्थानीयले जानकारी दिएका छन् । अहिलेसम्मका विगतमा निर्वाचनमा शान्तिपुर्ण ढंगले निर्बाचन हुने भक्तपुरमा हिजो पनि बिरामी हेरेर फर्कने क्रममा सूर्यबिनायक–५ कटुन्जेमा एमाले अध्यक्ष उम्मेदवार रहेका राजकुमार जोशी र सद्स्य उम्मेदवार मनोज थापा समेतलाई कांग्रेस नेता कार्यकर्ताले दुव्र्यबहार गरि हात पात गरेका थिए । अघिल्ला निर्बाचनमा समेत संबेदनशिल ठानिएका बालकोटको गणेश प्राबि र महेन्द्रशान्ति मतदान केन्द्र एवं कटुन्जेको वार्ड कार्यालय, शुसिला भैरब मतदान केन्द्रमा कांग्रेसले कुने हर्कत गर्यो भने एमालेको बलियो पकड भएको सिरुटार दधिकोट गुण्डु सिपाडोल चित्तपोल नंखेलमा रहेका १२ वटा केन्द्रमा समस्या हुन सक्ने बताइएको छ । प्रशासनले सबैतिर शान्तिपूर्ण रुपमा निर्वाचन सम्पन्न गर्ने वातावरण मिलाउन र शान्निपूर्ण निर्वाचन सम्पन्न गराउन एमाले भक्तपुरले आव्हान गरेको छ । --- # भोटेकोशी बाढी : घरपरिवार र व्यवसायम रु ७९ अर्बको क्षति Source: https://newskunda.com/archives/5187 Category: FEATURED NEWS, अर्थ, राजनीति, समाचार, समाज Last updated: 2026-10-27 काठमाडौँ, १० कात्तिक । रसुवाको भोटेकोशी बाढीका कारण घरपरिवार र व्यवसायरप्रतिष्ठानतर्फ रु ७९ अर्ब १७ करोड बराबरको क्षति भएको छ । राष्ट्रिय योजना आयोगले सार्वजनिक गरेको घरपरिवार तथा प्रतिष्ठानसँग सम्बन्धित सर्वेक्षणको प्रारम्भिक विवरणमा घरपरिवारतर्फ रु ६९ अर्ब ५७ करोड र व्यवसायरप्रतिष्ठानतर्फ रु नौ अर्ब ६० करोड बराबरको क्षति भएको उल्लेख छ । सर्वेक्षणअनुसार आर्थिक क्षतिसम्बन्धी प्रारम्भिक विवरणमा घर भएको जग्गा ९आफ्नै स्वामित्वको० अन्तर्गत ५४ दशमलव ६५ हेक्टर क्षेत्रफलमा क्षति पुगेको छ । जसमा घडेरीमा भएको क्षति रु १३ अर्ब २६ करोड र घर निर्माण लागत रु ११ अर्ब ९५ करोडको छ । बाढीका कारण तीन हजार ६१० परिवारको स्वामित्वमा रहेको ५०७ दशमलव ९७ हेक्टर क्षेत्रफल जग्गा जमिन अर्थात रु ३५ अर्ब ४४ करोड बराबरको क्षति भएको छ । त्यसैगरी दुई हजार ९५१ परिवारको खेतबारीमा लगाएको बालीमा क्षति पुगेको छ । जुन रु २३ करोड २१ लाख क्षति हो । त्यसैगरी एक हजार ८७६ परिवारको भण्डारणमा रहेको खाद्यान्नमा क्षति पुग्दा रु १० करोड ४१ लाख बराबरको क्षति पुगेको छ । पशुपन्छीतर्फ एक हजार ११ परिवारले पालेको रु २१ करोड ४२ लाख बराबरका पशुपन्छीरमाछामा क्षति भएको छ । आयोगका अनुसार सवारीसाधनतर्फ एक हजार ११५ परिवारको रु एक अर्ब २४ करोड बराबरको क्षति भएको छ । साथै बहूमूल्य, सांस्कृतिक तथा पुरातात्विक वस्तुतर्फ दुई हजार ३३० परिवारको रु पाँच अर्ब दुई लाख बराबरको क्षति भएको छ । बाढीका कारण स्थायी प्रकृतिका ९टिकाउ हुने० घरायसी वस्तुमा पनि क्षति पुगेको छ । जसमा तीन हजार १८७ परिवारले रु एक अर्ब ४५ करोड बराबरको सम्पत्ति गुमाएका छन् । साथै अस्थायी प्रकृतिका ९टिकाउ नहुने० घरायसी वस्तुमा पनि दुई हजार ७६९ परिवारले रु ६६ करोड ३५ लाख बराबरको क्षति बेहोरेका छन् । आयोगका अनुसार बाढीका कारण कूल छ हजार ८१७ परिवार, ३२ हजार ८७२ जना व्यक्ति, ४९९ प्रतिष्ठान प्रभावित भएका थिए । पूर्ण क्षति भएका आवासीय संरचनाको सङ्ख्या दुई हजार ९८९ छ । प्रभावित घरपरिवारतर्फ धादिङमा ९४८, गोरखामा १०८, नुवाकोटमा तीन हजार ८४१ र सुवामा एक हजार ९२० सङ्ख्या छ । साथै प्रतिष्ठानतर्फ धादिङमा १०४, गोरखामा १५, नुवाकोटमा ३२३ र रसुवामा ५७ वटा प्रभावित भएका छन् । सर्वेक्षणमा अनलाइन एप र ट्याब्लेटसहित कर्मचारी परिचालन गरिएको थियो । जसमा चार जिल्लाका १५ स्थायीय तहमा ५८ टोली र १५६ जनशक्ति परिचालन गरिएको थियो । --- # भोटेकोशी बाढीः ४०३ पर्यटक सम्पर्कविहीन Source: https://newskunda.com/archives/4121 Category: FEATURED NEWS, अर्थ, राजनीति, समाचार, समाज, स्वास्थ्य Last updated: 2026-08-26 काठमाडौँ, १० भदौ : रसुवाको भोटेकोशीमा आएको बाढीमा परेर ४०३ पर्यटक सम्पर्कविहीन भएका छन् । नेपाल पर्यटन बोर्डले दिएको जानकारीअनुसार आज बिहान भोटेकोशीमा आएको बाढीमा परेर ६२ नेपाली र ३४१ विदेशी पर्यटक सम्पर्कविहीन भएका हुन् । पर्यटन बोर्डका निमित्त प्रमुख कार्यकारी अधिकृत (सिइओ) हिक्मतसिंह ऐरले विभिन्न कम्पनीमार्फत गोसाइँकुण्ड र कैलाश मानसरोवर गएका ४०३ पर्यटक सम्पर्कविहीन भएको जानकारी दिनुभयो । सम्पर्कविहीन हुनेमा २०३ पुरुष र २०० महिला रहेका छन् । बेपत्ता हुनेमा सबैभन्दा धेरै भारतीय पर्यटक रहेका छन् । हालसम्म भारतका १३३, अमेरिकाका ४७, अष्ट्रेलियाका ३४ जना, संयुक्त अधिराज्य बेलायतका ३३ जना, क्यानडाका २४ जना, मलेसियाका १९ जना, युक्रेनका सात जना, सिङ्गापुर र दक्षिण अफ्रिकाका छ/छ जना, न्युजिल्याण्ड र जापानका पाँच/पाँच जना रहेका छन् । यसबाहेक जर्मनी, फ्रान्स, रुस, स्पेन, आयरल्याण्ड, नेदरल्याण्ड लगायतका २५ भन्दा बढी देशका नागरिक बाढीमा परेर सम्पर्कविहीन भएको नेपाल पर्यटन बोर्डले जनाएको छ । बाढीले टिमुरे र स्याफ्रुबेँसी क्षेत्रका बस्ती, प्रहरीचौकी र भन्सार कार्यालयमा ठूलो क्षति पुर्याएको छ । बाढीका कारण रसुवागढी नाका जोड्ने सडक र पुलहरू समेत क्षतिग्रस्त भएको छ । नेपाल पर्यटन बोर्डले कुनै पनि जानकारी वा सहयोगका लागि टोल फ्री नम्बर १२३४, हटलाइन नम्बर ११४४ र पर्यटन प्रहरी ९८५१२८९४४५ मा सम्पर्क गर्न भनेको छ । --- # भोटेकोशी बाढी पीडितका लागि चाँगुनारायण नगरपालिकाले प्रधानमन्त्री राहत कोषमा रु. ५० लाख ३५ हजार सहयोग गर्ने घोषणा, जिल्लामा चाँगुनारायणबाट पहिलो घोषणा Source: https://newskunda.com/archives/4147 Category: FEATURED NEWS, अर्थ, राजनीति, समाचार, समाज, स्वास्थ्य Last updated: 2026-08-27 भक्तपुर, ११ भदौ : चाँगुनारायण नगरपालिकाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा कुल ५० लाख ३५ हजार रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ । आज नगरपालिकामा नगर प्रमुख जीवन खत्रीको अध्यक्षतामा बसेको नगरपालिकाको स्थानीय विपद् व्यवस्थापन समितिको बैठकको निर्णयअनुसार भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापना कार्यमा सहयोग पु¥याउन उक्तरकम प्रदान गर्ने निर्णय गरेको हो । नगरपालिका प्रमुख खत्रीले बाढीका कारण रसुवा, नुवाकोटलगायतका जिल्लामा ठूलो जनधनको क्षति भएको र त्यसबाट प्रभावित नागरिकलाई तत्काल उद्धार, राहत र पुर्नस्थापनामा सहयोग पुर्याउने उदेश्यले उक्त रकम प्रदान गर्ने निर्णय गरेको बताउनुभयो । नगर प्रमुख खत्रीले स्थानीय विपद् व्यवस्थापन कोषबाट १० लाख रुपैयाँ, जनप्रतिनिधिबाट एक महिनाको तलब तथा सेवा सुविधा वापतको रकम रु. ७ लाख, कर्मचारीबाट तह अनुसार दुईदिनदेखि सात दिनसम्मको तलब सविभाहरु ग्रि २० लाख ३५ हजार रुपैयाँ र चाँगुनारायण नगरपालिकाका शिक्षकहरूबाट १३ लाख रुपैयाँ गरि ५० लाख ३५ हजार रुपैया रकम जम्मा गरि कोषमा हस्तान्तरण गरिने निर्णय भएको नगर प्रमुख खत्रीले बताउनुभयो । [File0001](https://newskunda.com/wp-content/uploads/2026/08/File0001.pdf) --- # भोटेकोशी बाढी प्रभावित क्षेत्रमा अब पुर्नस्थापना र पुनर्निर्माणको कामलाई प्राथमिकताका साथ अघि बढाउनुपर्छ : मुख्यमन्त्री किरण थापा Source: https://newskunda.com/archives/4646 Category: FEATURED NEWS, अर्थ, राजनीति, समाचार, समाज Last updated: 2026-10-08 हेटौँडा, २२ असोज । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापाले विपद्का कारण ठूलो धनजनको क्षति भएको अवस्थामा अब उद्धार र राहतपछि पुनस्र्थापना तथा पुनर्निर्माणलाई प्राथमिकतामा राखेर अघि बढ्न निर्देशन दिनुभएको छ । मुख्यमन्त्री कार्यालयस्थित प्रदेश सुशासन केन्द्र, हेटौँडाको सभाहलमा आज आयोजित बागमती प्रदेशको आर्थिक वर्ष २०८२÷८३ को वार्षिक प्रगति समीक्षा तथा मन्त्रालयगत विकास समस्या समाधान समितिको बैठकमा धारणा राख्दै मुख्यमन्त्री थापाले विपद्पछिको पुनर्निर्माणका लागि आवश्यक स्रोत व्यवस्थापन गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभयो। उहाँले प्रदेशमा भएको विपद्का कारण ठूलो धनजनको क्षति हुनुका साथै धेरै नागरिक बेपत्ता भएको उल्लेख गर्दै बेपत्ता व्यक्तिका परिवारलाई राहत तथा क्षतिपूर्तिको प्रक्रिया अघि बढाउने विषयमा संघीय सरकारबाट निर्णय भइसकेको जानकारी दिनुभयो । संघीय क्याबिनेटबाट बेपत्ता भएका व्यक्तिहरूको राहत तथा क्षतिपूर्तिका लागि ४५ दिनभित्र प्रक्रिया अघि बढाउने निर्णय भएको बताउँदै मुख्यमन्त्री थापाले प्रदेश सरकारले पनि विपद्का कारण ज्यान गुमाएका व्यक्तिका परिवारलाई प्रतिव्यक्ति एक लाख रुपैयाँ क्षतिपूर्ति दिने निर्णय गरिसकेको जानकारी दिनुभयो। उहाँले उद्धार, उपचार तथा खाद्यान्न वितरणको काम सम्पन्न भइसकेकाले अब पुनस्र्थापना र पुनर्निर्माणलाई केन्द्रमा राखेर काम अघि बढाउनुपर्ने बताउनुभयो। “उद्धार, उपचार र खाद्यान्न वितरणको काम सम्पन्न भइसकेको छ। अब आन्तरिक मामिला मन्त्रालयको संयोजकत्वमा पुनस्र्थापना र पुनर्निर्माणको कामलाई प्राथमिकताका साथ अघि बढाउनुपर्छ,” मुख्यमन्त्री थापाले भन्नुभयो। बजेटको सीमा रहेकाले विपद् प्रभावित क्षेत्रको पुनस्र्थापनाका लागि आवश्यक स्रोत व्यवस्थापन गर्न अन्य मन्त्रालयका गैरप्राथमिक कार्यक्रम तथा बजेट कटौती गरेर प्रभावित क्षेत्रमा परिचालन गर्न सकिने उहाँले बताउनुभयो। “बजेटको सीमा छ, त्यसैले गैरप्राथमिक कार्यक्रम वा बजेट कटौती गरेर भए पनि विपद् प्रभावित क्षेत्रको पुनस्र्थापनामा स्रोत परिचालन गर्नुपर्छ,” उहाँले भन्नुभयो । मुख्यमन्त्री थापाले राजनीतिक नेतृत्व अस्थायी भए पनि कर्मचारी संयन्त्र स्थायी सरकार भएकाले प्रदेशको सेवा प्रवाह र विकास निर्माणमा कर्मचारीको भूमिका महत्वपूर्ण हुने बताउनुभयो। उहाँले सम्पूर्ण कर्मचारीलाई इमानदारी, जिम्मेवारीबोध र कर्तव्यनिष्ठ भएर काम गर्न निर्देशन दिनुभयो। कानुन, ऐन वा कार्यविधिका कारण काम गर्न समस्या देखिए त्यसलाई सरकारले आवश्यक प्रक्रिया पूरा गरी समाधान गर्ने उहाँको भनाइ थियो। “राजनीतिक नेतृत्व अस्थायी हुन्छ, कर्मचारी संयन्त्र नै स्थायी सरकार हो। त्यसैले सेवा प्रवाह र मन्त्रालयको प्रगतिमा कर्मचारीको भूमिका महत्वपूर्ण हुन्छ। इमानदारी र जिम्मेवारीबोधका साथ काम गर्नुपर्छ,” मुख्यमन्त्री थापाले भन्नुभयो। कार्यविधि वा ऐन–कानुनका कारण काम अघि बढाउन समस्या भए सरकार त्यसलाई संशोधन वा नयाँ कानुन निर्माणमार्फत समाधान गर्न तयार रहेको उहाँले बताउनुभयो। मुख्यमन्त्री थापाले समस्याग्रस्त सहकारीका बचतकर्ताको रकम फिर्ता गर्ने विषयलाई पनि प्राथमिकतामा राख्न निर्देशन दिनुभएको छ। समस्याग्रस्त सहकारीको सम्पत्ति लिलाम गरी बचतकर्ताको रकम फिर्ता गराउने प्रक्रिया अघि बढाइने उहाँले बताउनुभयो। सहकारी सञ्चालक वा अन्य कुनै पक्षको दबाब तथा प्रभावमा नपरी कानुनअनुसार काम गर्न कर्मचारीलाई निर्देशन दिँदै उहाँले विगतका साझा सहकारी संघ–संस्थाको सम्पत्तिको समेत यकिन गरी प्रदेश मातहत ल्याउने र व्यवस्थित गर्ने प्रक्रिया अघि बढाउनुपर्ने बताउनुभयो। “सहकारी सञ्चालक वा कसैको दबाब र प्रभावमा नपरी कानुनअनुसार निर्धक्क भएर काम गर्नुपर्छ। बचतकर्ताको रकम फिर्ता गराउने विषयमा सरकार गम्भीर छ,” मुख्यमन्त्री थापाले भन्नुभयो। बैठकमा मुख्यमन्त्री थापाले चाडपर्वको समयमा काठमाडौं उपत्यकाबाट बाहिरिने यात्रुको चापलाई ध्यानमा राख्दै चोरी, डकैती नियन्त्रण तथा ट्राफिक व्यवस्थापनलाई चुस्त बनाउन निर्देशन दिनुभयो। लामो दूरीका सवारीसाधनमा चालकले अनिवार्य रूपमा पालो फेर्ने व्यवस्था लागू भएको छ वा छैन भन्ने विषयमा कडाइका साथ अनुगमन गर्न उहाँले सम्बन्धित निकायलाई निर्देशन दिनुभयो। त्यस्तै, सवारी चालकले लागुऔषध सेवन गरी सवारी चलाउने अवस्था रोक्न स्वास्थ्य मन्त्रालयसँगको समन्वयमा पर्याप्त परीक्षण किट तथा आवश्यक प्राविधिक जनशक्ति, विशेषगरी ल्याब टेक्निसियनको व्यवस्था गर्नुपर्ने उहाँले बताउनुभयो। लागुऔषध सेवन गरी सवारी चलाउने चालकको चालक अनुमतिपत्र खारेज गर्ने र त्यसबारे सार्वजनिक सूचना प्रकाशन गर्ने गरी आवश्यक कानुनी व्यवस्था गर्नुपर्नेमा पनि मुख्यमन्त्री थापाले जोड दिनुभयो। बागमती प्रदेशमै फोरेन्सिक ल्याब स्थापना भइसकेकाले लागुऔषध सेवन तथा अन्य आपराधिक घटनासँग सम्बन्धित अनुसन्धानमा समेत सहज हुने मुख्यमन्त्री थापाले बताउनुभयो। उहाँका अनुसार फोरेन्सिक ल्याबबाट लागुऔषध तथा अन्य मुद्दासँग सम्बन्धित परीक्षणको ल्याब रिपोर्ट १५ दिनभित्रै प्राप्त हुने व्यवस्था भएकाले अनुसन्धान प्रक्रियालाई थप प्रभावकारी बनाउन सहयोग पुग्नेछ। बैठकको अध्यक्षता आन्तरिक मामिला, कानुन तथा सहकारी मन्त्रालयका सचिव महेश भट्टराईले गर्नुभएको थियो। बैठकमा प्रदेश नीति तथा योजना आयोगका सदस्य डा. दीपकविक्रम थापा क्षेत्री, बागमती प्रदेश प्रहरी कार्यालयका प्रमुख डीआईजी दीपक रेग्मी, सञ्चार रजिस्ट्रार रेवती सापकोटा, सशस्त्र प्रहरीका डीएसपी प्रकाश पौडेललगायतको सहभागिता रहेको थियो। बैठकमा वार्षिक प्रगति तथा मन्त्रालयगत विकासका समस्या र समाधानका विषयमा महाशाखा प्रमुख पदम ओझाले प्रस्तुतिकरण गर्नुभएको थियो। बैठकमा प्रदेश सरकारका विभिन्न मन्त्रालय तथा निकायका प्रगति, समस्या, चुनौती र आगामी कार्यदिशाबारे छलफल भएको थियो। --- # भोटेकोशी बाढी प्रभावित क्षेत्रमा प्रधानमन्त्री साह र मुख्यमन्त्री थापामगरसंगसंगै Source: https://newskunda.com/archives/4143 Category: FEATURED NEWS, राजनीति, समाचार, समाज, स्वास्थ्य Last updated: 2026-08-27 नुवाकोट, ११ भदौ । प्रधानमन्त्री बालेन्द्र साह र वागमती प्रदेशको मुख्यमन्त्री किरण थापामगर भोटेकोशी बाढी प्रभावित क्षेत्रको अनुगमन गरि उद्धार र घाईतेको अबस्था बुझ्नु भएको छ । यस क्रममा मुख्य मन्त्री थापामगरले बाढी प्रभावित क्षेत्रमा आफू निरन्तर उद्धार, उपचार र पीडितको खानेबस्ने व्यबस्थापनमा निरन्तर खटिरहेको जानकारी दिनुभयो । रसुवामा आएको बाढीले पुर्याएको पीडामा प्रदेश सरकार जनताको साथमा रहेको बताउदै अहिलेको कठिन समयमा धैर्य र हिम्मत गरेर अगाडि बढ्नु पर्ने बताउनुभयो । उहाँले जनताको दुःखमा साथ, संकटमा अग्रसरता र समाधानका लागि निरन्तर प्रयासमा, रसुवा फेरि उठ्नेछ, हामी मिलेर उठाउनेछौँ भन्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । --- # भोटेकोशीको बाढीमा घरबास गुमाएकालाई प्रदेश सरकारले आवास बनाईदिने र रोजगारीको व्यबस्था गर्ने भएका र्छौ : मुख्यमन्त्री किरण थापा Source: https://newskunda.com/archives/4241 Category: FEATURED NEWS, राजनीति, समाचार, समाज Last updated: 2026-09-12 भक्तपुर, २७ भदौ : बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले रसुवाको भोटेकोशीमा आएको बाढीबाट प्रभावित भएर घरवास गुमाएका नागरिकलाई प्रदेश सरकारले पुर्नवासको व्यबस्थ ागर्ने बताउनु भएको छ । आज भक्तपुरका सञ्चारकर्मीहरुसंग सूर्यविनायकमा यसबारे जानकारी दिदै उहाँले घरबास गुमाएकाहरुको लागि प्रदेश सरकारले बस्ती निर्माण गरेर पुर्नवासको व्यबस्था गर्ने बताउनु भयो । मुख्यमन्त्री थापाले भन्नुभयो, “रसुवामा आएको बाढीले बगाएको भोटेकोशी र त्रिशूली नदीको दायाँ–बायाँ क्षेत्रमा पुनः बस्ती बसाल्न हुदैन किनकी भोटेकोशी र त्रिशूली नदी किनारका क्षेत्र अझै जोखिमपूर्ण छ, त्यसैले वागमती प्रदेश सरकारले घरबास गुमाएका नागरिकका लागि दीर्घकालीन सोचका साथ बस्ती विकास गर्ने तयारी गरेको छ ।” उहाँले त्यस्ता नागरिकका लागि स्थानीय तहले जग्गा उपलब्ध गराउने र प्रदेश सरकारले बस्ती निर्माण गर्ने सहमति भएको बताउदै नुवाकोटका पीडितका लागि विदुर नगरपालिकामा जग्गा उपलब्ध गराउने भएको र रसुवाका लागि जग्गा खोजी रहेको बताउनुभयो । मुख्यमन्त्री थापाले वागमती प्रदेश सरकारले बाढी तथा विपद् प्रभावित नागरिकका लागि स्थायी आवास निर्माणलाई पहिलो प्राथमिकतामा राखेर अगाडि बढाएको बताउदै तत्कालीन राहतसँगै प्रभावित नागरिकलाई दीर्घकालीन रूपमा सुरक्षित स्थानमा पुनस्र्थापना गर्न प्रदेश सरकार केन्द्रित रहेको बताउनुभयो । उहाँले रसुवामा आएको बाढीपीडितका विस्थापित परिवारलाई रोजगारीको व्यवस्था समेत गरिन्े बताउनुभयो । मुख्यमन्त्री थापाले भन्नुभयो, “भोटेकोशीमा आएको बाढीका प्रभावितहरुलाई उद्योग वाणिज्य महासंघ तथा उद्योगीहरुसँगको सहकार्यमा रोजगारीको व्यवस्था गर्ने भएका र्छौ । त्यसका लागि हामीले पहल र छलफल सुरु गरिसकेको र्छौ । त्यसैगरि प्रभावित क्षेत्रका बालबालिकालाई कक्षा १२ सम्म निशुल्क शिक्षा, आवासको जिम्मेवारी लिने प्रदेश सरकारले निर्णय गरी आवश्यक प्रक्रिया अगाडि बढाएका र्छौ ।” --- # भोटेकोसी बाढीबाट विद्यालय गुमाएका त्रिभुवन त्रिशूली माविका एक हजार ४३७ विद्यार्थीलाई सहयोग Source: https://newskunda.com/archives/5380 Category: FEATURED NEWS, अर्थ, राजनीति, शिक्षा, समाचार, समाज Last updated: 2026-10-31 नुवाकोट, १४ कात्तिक : रसुवामा गएको बाढीले विद्यालय भवन बगाएपछि प्रभावित भएका नुवाकोटको विदुरस्थित त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयका एक हजार ४३७ विद्यार्थीलाई राहत सामग्री प्रदान गरिएको छ । एफकेबी युकेको सहयोगमा बास नेपालले विद्यालयमै पुगेर २५० छात्रालाई पुनःप्रयोग गर्न मिल्ने प्याडसहितको फ्रिडम किट ब्याग र ३०० छात्रलाई दैनिक उपभोग्य, स्वास्थ्य तथा प्राथमिक उपचार सामग्रीसहितको हाइजेनिक किट वितरण गरेको हो । त्यस्तै, जनजीवन फाउन्डेसन भारत तथा नेपालगन्जका विभिन्न संस्था र व्यक्तिको सहयोगमा एक हजार २८६ वटा स्टेसनरी सामग्री, ४७२ विद्यार्थीलाई लत्ताकपडा, १३७ वटा भाँडाकुँडा, २३ थान ओढ्ने–ओछ्याउने कपडा र ५१ जनालाई झोला वितरण गरिएको छ । बास नेपालका अनुसार कुल रु १० लाख बराबरको सहयोग उपलब्ध गराइएको हो । विदुर नगरपालिका–१ का वडाध्यक्ष लेलिन रञ्जितको उपस्थिति तथा विद्यालय व्यवस्थापन समिति अध्यक्ष शर्मिला श्रेष्ठको अध्यक्षतामा सामग्री हस्तान्तरण गरिएको थियो । विद्यालयका प्रधानाध्यापक राजेन्द्र दवाडीले सहयोगप्रति आभार व्यक्त गर्दै विद्यार्थीलाई मनोसामाजिक सेवा उपलब्ध गराउन बास नेपालसँग आग्रह गर्नुभयो । बाढी आउन लागेको मौखिक सूचना पाएपछि विद्यालयले त्रिशूली नदी किनारमा रहेको विद्यालयका एक हजार ६०० भन्दा बढी विद्यार्थीलाई घर पठाएको थियो । त्यसैले मानवीय क्षति हुन पाएन । विद्यार्थी र शिक्षक घर पुगेको केही समयमै विद्यालय भवन बाढीले पूर्ण रूपमा बगाएको थियो । विद्यालय भवन बगेपछि बन्द भएको विद्यालयले असोज १ गतेदेखि विदुर नगरपालिका–१ को कलोनीस्थित यातायात तथा भौतिक मन्त्रालयअन्तर्गतको भवन निर्माण शाखाको भवनमा अस्थायी रूपमा पठनपाठन सञ्चालन गर्दै आएको छ । --- # भोलीबाट सुरु हुने एसईई परीक्षाको सबै तयारी पुरा Source: https://newskunda.com/archives/425 Category: FEATURED NEWS, शिक्षा, समाचार Last updated: 2022-04-21 भक्तपुर, ८ बैशाख : बैशाख ९ गते अर्थात भोली बिहान ८ बजेदेखि देशभर एकैसाथ सुरु हुने यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को सम्पूर्ण तयारी पुरा भएको छ । कोरोना महामारीका कारण शैक्षिक सत्र २०७७ र २०७६ मा विद्यालयले गरेको आन्तरिक मूल्याङ्कनकै आधारमा परीक्षा बोर्डले एसईईको नतिजा सार्वजनिक गरेको थियो । यस वर्ष भने सामान्य स्वाथ्य मापदण्ड पुरा गर्दै भौतिक उपस्थितिमै सञ्चालन गर्ने गरि तयारी पुरा भएको राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माले जानकारी दिनु भयो । परीक्षाका लागि ती केन्द्रहरुमा आवश्यक पर्ने प्रश्नपत्र, उत्तरपुस्तिका लगायतका आवश्यक सामग्रीहरु जिल्लाजिल्ला पठाइसकेको उहाँले जानकारी दिनु भयो । एसईईका परीक्षा नियन्त्रक अर्जुन रायमाझीले एसईई परीक्षाका लागि देशभर २ हजार ७ परीक्षा केन्द्र निर्धारण गरेको जानकारी दिनु भयो । उहाँले परीक्षामा यस वर्ष ११ हजार ६१५ विद्यालयबाट नियमिततर्फ छात्र १ लाख ५७ हजार ९१४ र छात्रा २ लाख ५७ हजार ५३ जना कूल ५ लाख १४ हजार ९६७ परीक्षार्थी परीक्षामा सहभागि हुने भएका छन् । दुई वर्षदेखि रोकिएको ग्रेड वृद्धितर्फ ११ हजार ४५४ विद्यार्थी र प्राविधिक धारकातर्फका २९९ वटा विद्यालयका १४ हजार ५६४ विद्यार्थी पनि एसईई परीक्षामा सहभागि हुदैछन् । परीक्षामा सबभन्दा कम मनाङ जिल्लाबाट ४३ विद्यार्थी सहभागी हुँदैछन् । एसईईमा नेपालीले जापानमा सञ्चालन गरेको एक विद्यालयका २० विद्यार्थी पनि सहभागी हुने भएका छन् । बोर्डले परीक्षालाई मर्यादित एवं व्यवस्थित बनाउन प्रदेशस्थित सामाजिक विकास मन्त्रालय र जिल्ला परीक्षा समन्वय समितिको व्यवस्थापनमा प्रदेश परीक्षा व्यबस्थापन समिति गठन गरेको छ । यस वर्षको एसईई परीक्षा सञ्चालनका लागि प्रदेश परीक्षा व्यबस्थापन समिति, परीक्षाको अनुगमनदेखि उत्तर पुस्तिका परीक्षण, संपरिक्षण र रुजुको काम समेत गर्ने भएको अध्यक्ष शर्माले जानकारी दिनु भयो । परीक्षाका लागि प्रदेश परीक्षा व्यवस्थापन समितिमार्फत जिल्ला परीक्षा समन्वय समितिलाई परिचालन गरेको छ । बोर्डले प्रदेशसँग समन्वय गर्ने र प्रदेशअनुसारका सबै जिल्लालाई प्रदेशले निर्देशन दिने तथा अनुगमन गर्ने गरि व्यबस्था गरिएको छ । प्रदेश परीक्षा व्यबस्थापन समितिले विद्यार्थीको प्राप्ताङ्क पठाएपछि अन्तिममा त्यसलाई रुजु गरेर बोर्डले नतिजा प्रकाशन गर्ने उहाँले बताउनु भयो । अध्यक्ष शर्माले भन्नुभयो, “यस वर्ष एक महिना ढिलो गरि परीक्षा सुर हुदैछ, बोर्डले परीक्षाका नियमावली संशोधन गरेर प्रदेशलाई धेरै जिम्मेवारी दिएको छ, त्यसले नतिजाका केही दिन तल माथि हुन सक्ला, यद्यपी बोर्डले बोर्डले साउन १ देखि कक्षा ११ को शैक्षिक सत्र सुरु हुनुअघि नै एसईईको नतिजा सार्वजनिक गरिसक्ने लक्ष्य लिएका छौँ ।” कोरोना महामारीका कारण गत वर्षको पढाई प्रभाभिव भएपछि चैत महिनाभर कक्षा सञ्चालन गर्ने र वैशाखमा परीक्षा सम्पन्न गरि भर्ना अभियान सञ्चालन गरेर जेठ १ देखि कक्षा १–१० को आगामी शैक्षिक सत्र सुरु गर्ने गरि शिक्षा मन्त्रालयले व्यबस्था गरेको छ ।––– --- # म निर्वाचित भएमा तलब, भत्ता र सुबिधा केही लिन्न, नगरको बिकास र जनताको उन्नतीमा लाग्नेछु – चाँगुनारायणका उपमेयरका प्रत्यासी रमेश बुढाथोकी Source: https://newskunda.com/archives/838 Category: FEATURED NEWS, राजनीति, समाचार Last updated: 2022-05-10 **बुढाथोकीले भन्नुभयो, “म जनताको सेवक हुँ, जनताको सेवा गर्न पार्टीले उपमेयरमा उठाएको हो, त्यसैले मलाई जनताले मत दिएर निर्वाचित गराएमा मतको कदर गर्दै मलाई सरकारले दिने कुनै पनि सेवा सुबिधा नलिने घोषणा गर्दछु ।”** ================================================ भक्तपुर, २७ बैशाख । नेपाल कम्युनिष्ट पार्टी नेकपा (एमाले) बाट चाँगुनारायण नगरपालिकाको उपमेयरका उम्मेदवार रमेश बुढाथोकीले आगामी पाँच वर्षका लागि चाँगुनारायणवासीले उपमेयरमा विजयी गराए आफूले नगरपालिकाबाट पाउने कुनै पनि सेवा, सुविधा र तलब भत्ता नलिने घोषणा गर्नु भएको छ । चाँगुनारायणवासीको नाममा सूर्यमा मतदान गरि एमालेलाई विजयी बनाउन आव्हान गर्दै आफूले कुनै पनि सेवा सुबिधा नलिई जनताको सेवामा समर्पित रहने बताउनु भयो । उपमेयरका प्रत्यासी बुढाथोकीले भन्नुभयो, “म जनताको सेवक हुँ, जनताको सेवा गर्न पार्टीले उपमेयरमा उठाएको हो, त्यसैले मलाई जनताले मत दिएर निर्वाचित गराएमा मतको कदर गर्दै मलाई सरकारले दिने कुनै पनि सेवा सुबिधा नलिने घोषणा गर्दछु ।” सरकारले उपलब्ध गराउने तलब, भत्ता, गाडी लगायतका कुनै सेवा सुविधा नलिई जनताको जीवन स्तर उकास्ने, आर्थिक, शैक्षिक, स्वास्थ्य सेवा, कृषिमा आधुनिकिकरण, पशुपालन तथा नगदे बालीमा प्रोत्सानका जस्ता कामका लागि आफू निरन्तर खट्ने प्रतिबद्धता व्यक्त गर्नु भयो । उहाँले नगरपालिकालाई भ्रष्टाचार मुक्त बनाउने घोषणा गर्दै पार्टीको निर्देशन र जनताको चाहना अनुसार बिकासमा आफू लाग्ने बताउनु भयो । उपमेयरका उम्मेदवार बुढाथोकीले चाँगुनारायाण इन्जिनियरिङ कलेजलाई नगरपालिकाको मातहतमा सञ्चालन गर्ने, एक घर एक रोजगारीको कार्यक्रम मार्फत दुई हजार युवालाई रोजगारी दिने, एक घर एक धारा सबै घरमा पुर्याउने, १ देखि ९ वडासम्मका स्वास्थ्य कार्यलयमा एम्बुलेन्स र एक जना विज्ञको व्यवस्थापन गर्ने, न्याय प्रणालीलाई विभेदरहित रुपमा सम्पन्न गर्ने, मेयर उद्यमशीलता तथा उपमेयर उद्यमशीलतामार्फत स्वरोजगारी मूलक कार्यक्रम सञ्चालन गर्ने, सडक तर्फ १०६ किलोमिटर सडक कालोपत्र गर्ने, एक वडा एक बाल उद्यान निर्माण गर्ने लगायतका योजना सार्वजनिक गर्नु भयो । आफू निर्वाचित भएमा तीन महिना भित्र नगरका सबै कृषकको सूचीँकरण गरि सबै किसानलाई अनुदानमा बिऊँ बिजन र कृषि औजार प्रदान गर्ने, प्रत्येक वडामा कृषिको बिउ विजन एवं मलखादको सुपथ मूल्य पसल सञ्चालन गर्ने, एक नगर एक कृषि उत्पादन, माटो परीक्षण केन्द्र संचालन गरिने, जैबिक र प्राङ्गारिक मल उत्पादनमा अनुदान प्रदान गर्ने, कृषि बजारको व्यबस्था एवं कृषि उत्पादनको संरक्षणका लागि कोल्ड स्टोर स्थापना, एक घर दुई फलफूल बिरुवा लगाउने कार्यक्रम लागू गरिने उहाँले बताउनु भयो । उम्मेदवार बुढाथोकीले स्वास्थ्य तर्फ स्वास्थय बिमा कार्यक्रम मार्फत प्रत्येक नागरिकलाई अनुदान प्रदान गरिने, दलित तथा अल्पसंख्यक नागरिकलाई सतप्रतिशत स्वास्थ्य बिमा अनुदानको वयबस्था गर्ने, चाँगुनारायण नगर अस्पताललाई विशेषज्ञ सेवा सहित एमआरआई, सिटी स्क्यान, मेशिन सञ्चालन गर्ने, सुत्ेकरी महिलालाई निःशुल्क एम्बुलेन्स सेवा र सुत्केरी स्याहार खर्च रु. ३५ सय उपलब्ध गराउने, प्रत्येक वडामा आयुर्वेदिक तथा बैकल्पिक स्वास्थ्य सेवा पुर्याउने संकल्प समेत उहाँले गर्नु भयो । बुढाथोकीले ७० वर्ष माथिका जेष्ठ नागरिकका लागि घरमै निःशुल्क स्वास्थ्य परीक्षणको व्यबस्था, स्वास्थ्य चौकीहरुमा ल्याबसहितको प्रबिधि युक्त बनाई स्तरोन्नती गरिने, दम एवं स्वास प्रश्वासका विरामीलाई न्यूनतम मूल्यमा अक्सिजनको व्यबस्था गरिने घोषणा गर्नु भएको छ । उपमेयरका प्रत्यासी बुढाथोकीले युवाहरुका लागि चाँगुनारायणमा आबिस्कार केन्द्र स्थापना गरि युवाहरुको बौद्धिक प्रतिभा प्रस्फुटाका क्रियाकलाप गराइने, कृषि, पर्यटनतर्फ युवाहरुलाई आकर्षित गर्न गाई फार्म, कुखुरा फार्म, तरकारीको टनेल खेती, नगदे बाली, कार्यक्रम ल्याउने, फलफूल खेती मत्स्यपालन, बेमौषमी खेतीलगायतमा अनुदान सहुलियत कार्यक्रम सञ्चालन गर्ने, एक वडा एक खेल पहिचान, तथा कबर्ड हल र रंगशाला निर्माण गरिने बताउनु भयो । विकास र समृद्ध पूर्ण नगरपालिका निर्माण गर्न सूर्यमा मतदान गर्न उहाँले नगरवासीलाई आग्रह गर्नु भयो । --- # मख्यमन्त्री किरण थापाद्धारा बाढी प्रभावित नुवाकोटवासीका पुर्नस्थापनाको लागि आवास निर्माण गर्न जग्गाको निरीक्षण Source: https://newskunda.com/archives/4433 Category: FEATURED NEWS, अपराध, अर्थ, राजनीति, समाचार, समाज, स्वास्थ्य Last updated: 2026-09-24 नुवाकोट, ८ असोज ः भोटेकोसी हुँदै त्रिशूली नदीमा आएको बाढीले प्रभावित विदुर नगरपालिकाको बासिन्दाका लागि आवास निर्माण गर्न बिहिबार बागमती प्रदेसका मुख्यमन्त्री किरण थापामगरले विदुर नगरपालिका वडा नं २ स्थित सार्वजनिक जग्गाको अवलोकन गर्नु भएको छ । बागमती प्रदेश सरकारले एक हजार घर निर्माण गर्न बजेट छुट्टाएकाले त्यसका लागि आवश्यक कार्यविधि जारी भएलगत्तै आवास निर्माण कार्य सुरु गर्ने उहाँले जानकारी दिनुभयो । बाढी प्रभावित नागरिकको सुरक्षित पुनस्र्थापना र आवासको सुनिश्चितताका लागि सरकार प्रतिबद्ध रहेको मुख्यमन्त्री थापाले बताउनुभयो । --- # मङ्सिर ४ को निर्वाचन सुरक्षार्थ ७१ हजार छ सय ९३ प्रहरी कर्मचारी परिचालन हुने Source: https://newskunda.com/archives/1805 Category: FEATURED NEWS, निर्वाचन, राजनीति, समाचार Last updated: 2022-08-26 काठमाडौँ, १० भदौ :आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा नेपाल प्रहरीले ७१ हजार छ सय ९३ प्रहरी कर्मचारी परिचालन गर्ने भएको छ । गत वैशाख ३० को सम्पन्न स्थानीय तह निर्वाचनमा करिव १० हजार बढी प्रहरी परिचालन गर्न लागिएको हो । निर्वाचनअन्तर्गत मतदानको दिन आउन ८६ दिन बाँकी छ । प्रहरी महानिरीक्षक धीरजप्रताव सिंहले प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्ष र समानुपातिक तथा प्रदेशसभा निर्वाचनमा पनि प्रत्यक्ष र समानुपातिक निर्वाचन हुने भएकाले पनि एक ठाउँमा मत खसालिसकेपछि पुनःअर्को ठाउँमा मत खसाल्नुपर्ने अवस्था रहने हुँदा पनि सुरक्षा जनशक्ति बढी आवश्यकपर्ने जानकारी दिनुभयो । केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक टेकप्रसाद राईले निर्वाचनलाई निष्पक्ष, भयरहित वातावरणमा सम्पन्न गर्न स्थानीय तह निर्वाचनभन्दा म्यादी प्रहरी पनि थप २० हजार बढी प्रस्ताव गरिएको जानकारी दिनुभयो । गत स्थानीय निर्वाचनमा एक लाख म्यादी प्रहरी भर्ना गरिएकामा यसपटक एक लाख २० हजार भर्नाका लागि तालकु गृहमन्त्रालयमा प्रस्ताव पेश गरिएको छ । उहाँले सङ्घ र प्रदेश निर्वाचनमा कैदीबन्दीसहित पाँच लाख मतदाता बढ्ने र मतदान केन्द्रसमेत थप हुने अनुमान गरिएअनुसार सुरक्षाकर्मी बढाइएको हो । गृहमन्त्रालयबाट प्रस्ताव पारित भएर आएपछि मात्रै अन्य औपचारिक काम अघि बढ्ने जनाउँदै उहाँले अहिले आन्तरिक तयारीका काम चलिरहेको जानकारी दिनुभयो । नेपाल प्रहरीले यसअघि नै प्रहरी अतिरिक्त महानिरीक्षक सहकुलबहादुर थापाका नेतृत्वमा प्रहरीको केन्द्रीय निर्वाचन सेल र मातहतका कार्यालय, प्रदेश तथा जिल्लामा आवश्यकतानुसार सेल गठन गरी आवश्यक कार्य प्रक्रिया अघि बढाइएको छ । प्रदेशमा प्रहरी वरिष्ठ उपरीक्षक, प्रहरी उपरीक्षकको नेतृत्व रहेको जिल्लामा प्रहरी नायब उपरीक्षक तथा प्रहरी नायब उपरीक्षकको नेतृत्व रहेको जिल्लामा प्रहरी निरीक्षकको नेतृत्वमा निर्वाचन सेल गठन गरिएको छ । “उम्मेदवार सङ्ख्या, निर्वाचन कार्यालय, मतदान केन्द्र, निर्वाचन सामग्री, मतपेटिका, मतदानस्थल तथा रुट सबै प्रारम्भिकरुपमा यकिन गरेर आवश्यक सुरक्षा तयारी गरिएको छ”, प्रवक्ता राईले रासससँग भन्नुभयो, “माथिबाट निर्णय भएर आएपछि बाँकी काम अघि बढ्छ ।” प्रहरीले सामान्य, संवेदनशील र अतिसंवेदनशील छुट्याएर मतदानस्थलको पहिचानसँगै सोहीअनुसार प्रहरी कर्मचारी खटाउने गरी योजना बनाएको छ । प्रहरीले यसअघि नै मङ्सिर ४ को सङ्घ र प्रदेश निर्वाचनका लागि कुल एक हजार चार सय ९४ सवारी साधन, सात सय बढी सञ्चार सेट आवश्यक रहेको भनी मन्त्रालयमा लेखेर पठाइसकेको छ । पेश गरिएको प्रस्तावमा आवश्यक हातहतियारको पनि माग गरिएको छ । उहाँले हतियार अपुग भएमा नेपाली सेनाबाट बहालगिरीमा ल्याएर प्रयोग गरिने जानकारी दिनुभयो । सञ्चार सेट सम्भव भएन भने प्रहरीका मोबाइललाई सञ्चार सेटका रुपमा प्रयोग गरी उनीहरु लाई रिचार्ज कार्ड उपलब्ध गराउने योजना बनाइएको छ । प्रवक्ता राईले भन्नुभयो, “स्थानीय तहको झैँ सङ्घीय र प्रदेश निर्वाचन शान्तिपूर्णरुपमा सम्पन्न गर्न नेपाल प्रहरीलाई अवसर आएको छ, यो अवसर जो कोहीलाई आउँदैन, त्यसकारण नेपाल प्रहरीका जवानदेखि अधिकृत उत्साहित छन्, निर्वाचनलाई शान्तिपूर्ण बनाउन आतुर छन् ।” प्रहरी कर्मचारीबाट भने निर्वाचनमा खटिने अन्य सबै कर्मचारी बराबरको खाजा भत्ता दिएमा थप उत्साहित हुने जनाइएको छ । केन्द्रीय सुरक्षा योजना बन्दै गृहमन्त्रालयले पनि आफ्नो निर्वाचन सुरक्षाको तयारीलाई तीव्र पारेको छ । गृहसचिव टेकनारायण पाण्डेको नेतृत्वमा सबै सुरक्षा निकायका प्रमुख सदस्य रहेको केन्द्रीय निर्वाचन सुरक्षा सेल गठन गरी तीव्ररुपमा कार्य अघि बढाइएको गृह प्रवक्ता फणिन्द्रमणि पोखरेले जानकारी दिनुभयो । उहाँले सोहीअनुसार प्रदेश मुख्य सचिवको नेतृत्वमा प्रदेश सुरक्षा समन्वय सेल गठन गरिएको जानकारी दिनुभयो । त्यस्तै प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा जिल्ला निर्वाचन सेल तथा कमाण्ड पोष्ट गठन गरिएको छ । यस्तै केन्द्रीय सुरक्षा योजना पनि बन्दै गरेको उहाँले जानकारी दिनुभयो । सुरक्षाकर्मीलगायतको स्रोतसाधन जनशक्तिलगायतमा विषयमा अर्थ मन्त्रालयमा लेखेर पठाएको जानकारी दिँदै उहाँले स्वीकृत भएर आएलगत्तै औपचारिकरुपमा काम अघि बढ्ने जानकारी दिनुभयो । “गाडी भत्ता, अन्य बन्दोेबस्तीका सामान, म्यादी प्रहरी, सञ्चार सेट सबै लेखेर पठाएका छौँ”, प्रवक्ता पोखरेलले भन्नुभयो । --- # मत माग्ने पत्रकार सङ्गठनलाई आयोगको स्पष्टीकरण Source: https://newskunda.com/archives/739 Category: FEATURED NEWS, निर्वाचन, राजनीति, समाचार Last updated: 2022-05-08 काठमाडौँ, २५ वैशाख : निर्वाचन आयोगले निर्वाचन आचारसंहिता विपरीत स्थानीय तह निर्वाचनका सन्दर्भमा मतदाताहरूलाई अपिलको विषयको विज्ञप्ति सार्वजनिक गर्ने विभिन्न पाँच पत्रकार सङ्गठनलाई २४ घण्टाभित्र स्पष्टीकरण पेश गर्न जवाफ माग गरेको छ । आयोगले नेपाल प्रेस युनियनका अध्यक्ष बद्री सिग्देल, प्रेस सेन्टर नेपालका अध्यक्ष विष्णु सापकोटा, समाजवादी प्रेस सङ्गठन नेपालका अध्यक्ष शम्भु श्रेष्ठ, प्रेस मञ्च नेपालका अध्यक्ष केशव अर्याल र प्रगतिशील पत्रकार सङ्घ नेपालका सचिव श्यामलाल पोखरेललाई स्पष्टीकरण सोधेको हो । उहाँहरूले संयुक्त अपिल जारी गरी पहिलो प्रवृत्तिका रुपमा सत्तारुढ पाँच दलीय वामलोकतान्त्रिक गठबन्धन अगाडि आएको र दोस्रो प्रवृत्तिको प्रतिनिधित्व प्रतिगमनको नेतृत्व गर्ने नेकपा एमालेले गरेको भन्दै सत्ता गठबन्धनलाई मतदानका लागि गर्नुभएको आग्रह निर्वाचन आचारसंहिता, २०७८ विपरीत भएको आयोगको भनाइ छ । निर्वाचन आचारसंहिता, २०७८ को दफा २२ मा सञ्चार प्रतिष्ठान, सम्बद्ध कर्मचारी तथा पत्रकारले पालना गर्नुपर्ने आचरणको खण्ड ९ख० मा सञ्चार प्रतिष्ठान, सोमा सम्बद्ध कर्मचारी तथा पत्रकारले कसैको पक्ष वा विपक्षमा समाचार प्रकाशन वा प्रसारण गर्न नहुने व्यवस्था छ । सोही दफाको खण्ड ९घ० मा सञ्चार प्रतिष्ठान, सोमा सम्बद्ध कर्मचारी तथा पत्रकारले राजनीतिक दल वा उम्मेदवारको निर्वाचन प्रचारप्रसारको लागि निःशुल्क वा प्रायोजित विज्ञापन प्रकाशन, प्रसारण वा सम्प्रेषण गर्न नहुने व्यवस्था छ । “यस सन्दर्भमा स्वतन्त्र पत्रकारहरूको पेशागत सङ्गठनको तर्फबाट तपाईंले हस्ताक्षर गरी विज्ञप्ति जारी गर्नु निर्वाचन आचारसंहिता विपरीत हुन्छ, हुँदैन रु स्वतन्त्र पत्रकारको पेशागत सङ्गठनको अध्यक्ष÷सचिवले कुनै अमुक राजनीतिक दलको÷दल पक्ष वा विपक्षमा विज्ञप्ति जारी गर्न मिल्छ, मिल्दैन ”, आयोगको स्पष्टीकरणमा भनिएको छ, “कुनै राजनीतिक समूहप्रति पक्षधरता प्रकट गरी मतदातालाई कुनै अमुक गठबन्धनका उम्मेदवारलाई मतदान गर्न भनी विज्ञप्ति जारी गर्ने कार्य पत्रकार वा पत्रकारको सङ्घरसङ्गठनको पेशागत मर्यादाभित्र पर्छ, पर्दैन रु पत्रकारको पेशागत सङ्गठन अमुक गठबन्धनका पक्षमा उभिने विषयले प्रेस स्वतन्त्रता कुण्ठित हुन्छ, हुँदैन । पत्रकारिताको क्षेत्र र राजनीतिक क्षेत्र भिन्न हो, होइन रु” आयोगलले कुनै पनि सञ्चार प्रतिष्ठान सम्बद्ध कर्मचारी र पत्रकारले पेशागत सङ्घरसङ्गठनमा आबद्ध भई सोमार्फत निर्वाचन आचारसंहिता विपरीत वक्तव्य जारी गर्दा आचारसंहिता उल्लल्घन हुँदैन भन्ने दलिल पेश गर्न मिल्छ, मिल्दैन रु भन्दै पत्र प्राप्त भएको समयले २४ घण्टाभित्र उक्त विज्ञप्ति हटाई सोही समयभित्र आयोगमा प्राप्त हुने गरी लिखित जवाफ पेश गर्न आग्रह गरेको छ । --- # मतदाता भन्छन्, ‘एमाले आए सबै कुरा पाइन्छ, सूर्यविनायकको विकासमा बासुदेव थापानै चाहिन्छ’ ( फोटो फिचर) Source: https://newskunda.com/archives/792 Category: FEATURED NEWS, निर्वाचन, राजनीति, समाचार, समाज Last updated: 2022-05-10 **नगर प्रमुखका उम्मेदवार वासुदेव थापा जनतालाई आफूले पाँच वर्षसम्म नझुक्याएको, जनताको काम गर्दा कुनै दिन विदेश घुम्ने र नगरपालिका जथाभावी छाडेर जाने नगरेको, शिक्षा, स्वास्थ्य, सडक, खानेपानी, पुल सबै विकास गरेको बताउदै अबको चुनाबमा विजयी भएर सूर्यविनायकको बाँकी बिकासका काम सबै पुरा गर्ने बताउनु भयो ।** =================================================== भक्तपुर, २६ बैशाख । ‘एमाले आए सबै कुरा पाइन्छ, सूर्यविनायकको विकासमा बासुदेव थापानै चाहिन्छ’ एमालेको घरदैलो कार्यक्रमको आज अन्तिम दिन सूर्यविनायकको चित्तपोलमा एक महिलाले गाएको गीत हो यो । नेकपा एमाले सूर्यविनायक नगर कमिटीले आयोजना गरेको चुनावी घर दैलो कार्यक्रमको आज अन्तिम दिन सूर्यविनायक नगर प्रमुखको उम्मेदवार वासुदेव थापा घर अगाडि आए पछि हसिलो अनुहार लगाउदै उनले गीत गाएकी हुन् । एमालेले बालबालिका, युवा युवती, महिलादेखि बृद्धबृद्धासम्मका लागि कार्यक्रमहरु ल्याएको भन्दै ती महिलाले भनिन्, ‘बासुदेवको काम देखिसकेका छौँ, झलमल्ल बिकास भएका छन्, पाँच वर्षमा यति धेरै गर्न सक्नेले अब पाँच वर्षमा अझै विकास गर्छन्, अब एक पटक त उहाँलाई नै भोट दिने हो ।’ सूर्यविनायक नपा–९ नंखेल काक्राबारीमा सन्ते तामाङले एमालेकै कारण दुर्गम भएको काक्राबारीले बिकासको मुहान हेर्न पाएको बताउदै एमाले बाहेक अरुलाई नदेख्ने बताउनु भयो । उहाँले भन्नुभयो, ‘पहिला पहिलाको चुनाव पछि नेताहरु देख्नै पाइदैनथ्यो, एमालेले जिते पछि त कार्यक्रम भइ राख्छ, हाम्रो बाटो बन्यो, स्कुल बन्यो, एमाले आए पछि हाम्रो गाउँमा बिकास आयो त्यसैले ३० गतेको चुनाबमा सूर्यलाई भोट हाल्ने हो, बासुदेव दाईको टिमलाई जिताउने हो ।’ प्रत्येक वडामा घर दैलोको क्रममा एमालेका युवा नेता महेश बस्नेत, अर्का नेता शशी जंग थापा, जिल्लाका नेताहरु र मेयर उपमेयर, वडा अध्यक्षको उम्मेदवारहरु लर्को लागेर पुग्दा चोक चोकमा स्वागत गर्ने, अबिर, फूल माला, खादा लगाईदिएर विजयीका आर्शिवाद दिने गरेको घर दैलोमा हिड्ने कार्यकर्ता बताउँछन् । घरदैलोमा एमाले आयो भने पछि बृद्धबृद्धा पनि बाटोमा आएर आर्शिवाद दिने गरेको, महिलाहरु चोक चोकमा नाच्ने गरेको भन्दै अब पाँच वर्षका लागि फेरी एमाले नै ल्याउने हो भन्ने गरेका छन् । नगर प्रमुखका उम्मेदवार वासुदेव थापा जनतालाई आफूले पाँच वर्षसम्म नझुक्याएको, जनताको काम गर्दा कुनै दिन विदेश घुम्ने र नगरपालिका जथाभावी छाडेर जाने नगरेको, शिक्षा, स्वास्थ्य, सडक, खानेपानी, पुल सबै विकास गरेको बताउदै अबको चुनाबमा विजयी भएर सूर्यविनायकको बाँकी बिकासका काम सबै पुरा गर्ने बताउनु भयो । आफूले भ्रष्टाचार नगरेको, जनताको काम नरोकेको, सूर्यविनायकको विकासमा अहोरात्र खटिएको बताउदै थापाले एमालेले यस पटक सूर्यविनायकको १० वटै वडा र नगर प्रमुख तथा उपप्मुख जित्ने बताउनु भयो । एमाले सूर्यविनायक नगर कमिटी अध्यक्ष एवं वडा नं. ७ का वडाध्यक्षका उम्मेदवार रबिन्द्र सापकोटाले एमाले भित्र अब कुनै विवाद, असन्तुष्टी नरहेको बताउदै अलिअलि कार्यकर्ता माझ भएको असन्तुष्टीहरु सबै मिलेको बताउनु भयो । सूर्यविनायक नगरपालिकाको वडा नं. १ देखि १० सम्म आयोजना गरेको घर दैलो कार्यक्रममा एमालेका युवा नेता महेश बस्नेतले नेतृत्व गरेको ठाउँमा एमालेको सधै जीत हुने बताउदै एमालेले पाँच वर्षमा गरेको विकासको प्रंशसा गरि मतदाताले फेरी पनि एमालेकै नेतृत्व आउनु पर्ने बताए । --- # मतदाता शिक्षा : लोकदोहोरीदेखि भजनसम्म Source: https://newskunda.com/archives/865 Category: FEATURED NEWS, निर्वाचन, राजनीति, समाचार Last updated: 2022-05-11 काठमाडौँ, २८ वैशाख : “पहिला पहिला निर्वाचन आयोगले मत दिने स्थानहरुमै टोली खटाएर मतदाता शिक्षा दिने गर्दथ्यो ? यस पटक त्यस्तो टोली आउँदैन ?” आयोगको कान्तिपथस्थित कार्यालयमा सञ्चालित पैसा नलाग्ने कल सेन्टर—११०२ मा अहिले दैनिक यस प्रकारका धेरै जिज्ञाशा आउने गरेका छन् । यस पटक आयोगले कम खर्च र स्मार्टरुपमा मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरेका कारण स्थानीय तहमा यसका लागि घरदैलोमा टोली पठाएको छैन । त्यसरी टोली नजाँदा बदर मत बढ्ने त होइन ? भन्ने प्रश्न पनि उत्पन्न भएका बेला निर्वाचन आयोगले श्रव्यदृष्य सामग्री र विभिन्न सन्देश तयार गरेर आयोगको आफ्नै फेसबुक, युट्युब, ट्वीटर, भाइबरमा नियमित प्रसारण गरिरहेको छ । आयोगले विशिष्ट व्यक्ति, लोकप्रिय कलाकार र व्यक्तित्वहरुलाई समेटेर निर्वाचनको महत्व, आचारसंहिताका व्यवस्थाका विषयका आधारमा सन्देश तयार गरेको छ । जोगीले फेरि लगाउने शैलीमा मनोज गजुरेल, पुराणवाचक दिनबन्धु पोखरेलको पुराण वाचनको क्यारिकेचरमा कलाकार सुवोध गौतमले मतदातालाई स्थानीय तह निर्वाचनबारे सरलरुपमा बुझाउने सन्देश पस्कनुभएको छ । यस्तै वरिष्ठ कलाकारहरु मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य, कलाकारहरु सीताराम कट्टेल र कुञ्जना घिमिरे, (धुर्मुस—सुन्तली), केदार घिमिरे (माग्ने बुढा), दीपकराज गिरी, दिपाश्री निरौलालगायत, दमन रुपाखेतीका प्रस्तुतिका साथै गायकहरु पशुपति शर्मा र मनमाया वाइवाको लोकदोहोरी पनि मततदाता शिक्षा सन्देशका रुपमा प्रयोग गरिएको छ । निर्वाचन आयुक्त डा जानकीकुमारी तुलाधरले ती सन्देशलाई १६ राष्ट्रिय दैनिक र २८ टेलिभिजन (रेडियो नेपाल, नेपाल टेलिभिजनसहित) बाट पनि प्रसारण भइरहेको छ । निर्वाचन तथा मतदाता शिक्षा नीति, २०७८ र निर्वाचन शिक्षा तथा मतदाता शिक्षा निर्देशिका, २०७८ स्वीकृत गरी कार्यक्रम सञ्चालन गरिरहेको जानकारी दिनुभयो । उहाँले आयोगले ब्रोसर, लिफ्टलेट, पर्चा, पम्प्लेट, नमूना मतपत्र, पोष्टरलगायतका सामग्री छपाई गरेर वितरण पनि गरिसकेको र कसरी मतदात गर्न सकिन्छ भन्ने सही तरिकाबारे बुँदागत सर्कुलर पनि गरिसकेको बताउनुभयो । “हामी कागजी प्रकारको शिक्षाभन्दा यस पटक भर्चुअल माध्यमको शिक्षामा केन्द्रित भएका छौँ । यसमा दल, उम्मेदवार र नागरिक समाजको पनि सक्रिय भूमिका हुन आवश्यक छ ।” आयोगमा मतदाता शिक्षासमेत हेर्ने आयुक्त डा तुलाधरले भन्नुभयो, “कुनै पनि मतदाता सचेतनतापूर्वक मतदान गर्न पाउने अधिकारबाट वञ्चित नहोस् भन्ने आयोगको मनसाय रहेको छ । हरेक रुचिका मतदातालाई सम्बोधन गर्ने गरी विविध सामग्री तयार गरेर प्रवाह गरेका छौँ । “आयोगले ७७ जिल्लाका मुख्य निर्वाचन अधिकृतको कार्यालय, ६७६ निर्वाचन अधिकृतको कार्यालय, सात प्रदेशका प्रदेश निर्वाचन कार्यालय, ७० जिल्ला जिल्ला निर्वाचन कार्यालयलाई पत्राचार गरी सो निर्देशन दिएको छ । निर्वाचन प्रचारप्रसार तथा मतदाता शिक्षा कार्यक्रम अन्तर्गत निर्वाचन तथा मतदाता शिक्षा निर्देशिका तथा स्थानीय तह निर्वाचन निर्देशिकामा मतदानस्थलमा मतदाता सूचना कक्षको माध्यमबाट मतदाता शिक्षा कार्यक्रम सञ्चालन गर्ने व्यवस्था भएकोमा मतदानको दिन (वैशाख ३० गते) उक्त कार्यक्रम नगरी मतदानको अघिल्ला दुई दिन (वैशाख २८ र २९ गते) मतदान स्थलहरुमा सम्बन्धित मतदान अधिकृतहरुको नेतृत्वमा खटिने मतदान टोलीबाट आयोगले उपलब्ध गराएका मतदाता परिचयपत्रको वितरण गर्ने र आयोगले उपलब्ध गराएका नमूना मतपत्र लगायतका पोष्टर, ब्रोसर आदि छपाई सामग्रीको माध्यम मतदान गर्ने सही तरिका बुझाउन आग्रह गरिएको छ । निर्देशनमा मतदान अधिकृतको नेतृत्वमा खटिएको मतदान कार्यटोली मतदानस्थलमा पुगेपछि वैशाख २८ र २९ गतेका दिन सबै मतदातालाई मतदान गर्ने तरिका र मतदाता शिक्षाको लागि उपस्थित हुन सूचना दिने र यस कार्यको लागि आवश्यकता अनुसार सर्वदलीय सर्वपक्षीय सहयोग लिने, मतदानस्थलमा उपस्थित मतदातालाई नमूना मतपत्र देखाएर मतदान गर्ने तरिकाको बारेमा निष्पक्ष रुपमा जानकारी दिने, मतदान गर्ने तरिका बारेमा मतदातालाई जानकारी गराउँदा कुनै पनि राजनीतिक दलको निर्वाचन चिन्हको नाम नलिने, मतदातालाई मतदाता शिक्षासम्बन्धी जानकारी दिएपछि मतदान गर्ने दिन वैशाख ३० गते शुक्रबार बिहान ७.०० देखि अपरान्ह ५ बजेभित्र मतदान गर्न आउन आग्रह गर्ने उल्लेख रहेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिनुभयो । यस्तै मतदान गर्न जाँदा मतदाताले मतदाता परिचयपत्र वा आयोगले तोकेको परिचय खुल्ने अन्य परिचयपत्र लिई जान भन्ने, मतपत्रमा स्वस्तिक छाप लगाई मतदान गर्ने तरिकाको बारेमा मतदातालाई मतपत्रमा सातवटा निर्वाचन चिन्हमा मतसङ्केत गरी मतदान गर्नुपर्ने, पहिलो ठाडो लहरमा प्रमुख वा अध्यक्ष पदको उम्मेदवारको निर्वाचन चिन्हहरुमध्ये एउटा चिन्हमा, दोस्रो ठाडो लहरमा उपप्रमुख वा उपाध्यक्ष पदको उम्मेदवारको निर्वाचन चिन्हहरुमध्ये एउटा चिन्हमा, तेस्रो ठाडो लहरमा वडा अध्यक्ष पदको उम्मेदवारको निर्वाचन चिन्हहरुमध्ये एउटा चिन्हमा, चौथो ठाडो लहरमा महिला सदस्य पदको उम्मेदवारको निर्वाचन चिन्हहरुमध्ये एउटा चिन्हमा, पाँचौँ ठाडो लहरमा दलित महिला सदस्य पदको उम्मेदवारको निर्वाचन चिन्हहरुमध्ये एउटा चिन्हमा, छैठौँ र साताँै ठाडो लहरमा रहेका दुई सदस्य पदका उम्मेदवारहरुको निर्वाचन चिन्हहरुमध्ये कुनै दुई निर्वाचन चिन्हमा छुट्टाछुट्टै छाप लगाई दुई उम्मेदवारलाई मतदान गनुपर्ने आयोगले जनाएको छ । स्थानीय तह निर्वाचनमा विभिन्न राजनीतिक दलका ३५५ जना विभिन्न पदाधिकारी निर्विरोध निर्वाचित भइसकेका छन्, भने छ वडा अध्यक्षसहित ३५ स्वतन्त्र सदस्य निर्विरोध निर्वाचित भएका छन् । यो निर्वाचनमा १० हजार ७५६ मतदानस्थलका २१ हजार ९५५ मतदान केन्द्रबाट एक करोड ७७ लाख ३३ हजार ७२३ मतदाताले जम्मा ३५ हजार २२१ मध्ये निर्विरोध निर्वाचित भएका बाहेकका पदमा प्रतिनिधि छनोट गर्नेछन् । मतदान केन्द्रमा आवश्यक हुने निर्वाचन सामग्रीसहित एक लाख ९ हजार ८८ कर्मचारी र ६५ हजार ८६५स्वयंसेवक आ–आप्mनो मतदान केन्द्रमा पुगिसकेका छन् । निर्वाचनमा भाग लिने भनी दर्ता भएका ७९ वटा राजनीतिक दलहरुमध्ये जम्मा ६५ राजनीतिक दलहरु चुनावी प्रतिस्पर्धामा रहेका छन । ५५ हजार ६९८ महिला र ८९ हजार ३१३ पुरुष गरी विभिन्न राजनीतिक दल र स्वतन्त्र उम्मेदवारसमेत जम्मा एक लाख ४५ हजार ११ चुनावी प्रतिस्पर्धामा छन् । निर्वाचनमा मतदाताले शान्तिपूर्ण वातावरणमा निर्वाधरुपले मतदान गर्ने अधिकारको सुनिश्चितताका लागि शान्ति सुरक्षाको व्यवस्था मिलाउन सरकारलगायत सम्बन्धित स्थानीय प्रशासनहरुलाई आवश्यक निर्देशन दिइसकिएको र सो बमोजिम निर्वाचन सुरक्षा व्यवस्थालाई प्रभावकारी बनाइएको आयोगले जनाएको छ । --- # मतदान केन्द्रभित्र फोटो खिच्न नपाइने Source: https://newskunda.com/archives/859 Category: FEATURED NEWS, निर्वाचन, समाचार, समाज Last updated: 2022-05-11 काठमाडौँ, २८ वैशाख : निर्वाचन आयोगले वैशाख ३० गते हुने स्थानीय तह सदस्यको निर्वाचन स्वच्छ, स्वतन्त्र र भयमुक्त वातावरणमा सम्पन्न गर्न मतदान केन्द्रमा जाँदा ध्यान दिनुपर्ने पक्षबारे स्पष्ट गरेको छ । स्थानीय तह निर्वाचन निर्देशिका, २०७८ ले गरेका व्यवस्थाका आधारमा आयोगले मतदानको दिन मतदान केन्द्रभित्र मतदाता, उम्मेदवार वा निजको एक जना निर्वाचन प्रतिनिधि वा मतदान प्रतिनिधि, आयोगबाट अनुमति प्राप्त पर्यवेक्षक, आयोग वा निर्वाचन अधिकृत वा मतदान अधिकृतबाट अनुमति पाएका व्यक्ति, महिला मतदाताको साथमा रहेको बढीमा पाँच वर्षको नाबालक एवं दृष्टिविहीन वा शारीरिकरूपले अशक्त मतदाताको सहयोगका लागि साथमा आएको एकाघरको परिवारको सदस्यलाई मात्र प्रवेश गर्न दिने व्यवस्था रहेको छ तर मादकपदार्थ सेवन गरेको व्यक्ति मतदाता भए तापनि मतदान अधिकृतबाट मतदान केन्द्रमा प्रवेश गर्न दिइने छैन । त्यस्तै मतदान केन्द्रमा प्रवेश गर्न अनुमति पाएको मतदाता वा अन्य कुनै व्यक्तिले मतदान केन्द्रभित्र मोबाइल क्यामेरा तथा फोटो खिच्ने सामग्री, सलाइ, लाइटरजस्ता प्रज्वलनशील एसिड पदार्थ, कुनै प्रकारको हातहतियार, नमूना मतपत्रलगायतका कागजात, कुनै राजनीतिक दल वा उम्मेदवारको निर्वाचन चिह्न भएको वा सङ्केत जनिने कुनै वस्तु लैजान नपाइने आयोगका प्रवक्ता एवं सहसचिव शालिग्राम शर्मा पौडेलले आज जारी गरेको विज्ञप्तिमा जनाइएको छ । “उपरोक्त बमोजिमका कुनै कार्य कहीँकतैबाट भएमा कानूनबमोजिम कारबाही हुने हुँदा मतदान कार्यलाई स्वच्छ, सहज र व्यवस्थित ढङ्गले सञ्चालनमा सहयोग गर्न सबै मतदाता, राजनीतिक दल, नागरिक समाज, पत्रकार तथा निर्वाचनका सबै सरोकारवालालाई आयोग हार्दिक अपिल गर्दछ ।” विज्ञप्तिमा भनिएको छ । --- # मतसंकेत गर्न नसक्ने मतदाताको सहयोगीबारे स्पष्ट Source: https://newskunda.com/archives/745 Category: FEATURED NEWS, निर्वाचन, राजनीति, समाचार Last updated: 2022-05-08 काठमाडौँ, २५ वैशाख : निर्वाचन आयोगले यही वैशाख ३० गते सम्पन्न हुने स्थानीय तह सदस्य निर्वाचनको सन्दर्भमा दृष्टिविहीन वा शारीरिक अशक्तता भएको वा अरु कुनै कारणले आफैँ मत संकेत गर्न नसक्ने भर्ई मतदाताले आफ्नो साथमा आएको एकाघरको परिवारको सदस्यलाई मत संकेत गर्ने गोप्य स्थानमा आपूmसँगै लैजाने अनुमति मागेमा मतदान अधिकृतले त्यस्तो व्यक्तिलाई मतदाताको साथमा मत संकेत गर्ने गोप्यस्थनमा प्रवेश गर्न अनुमति दिनुपर्ने प्रावधानबारे थप स्पष्ट पारेको छ । दृष्टिविहीन वा शारीरिक अशक्त भएको मतदाताको साथमा परिवारको सदस्यलाईसँगै जान अनुमति दिँदा एक्लै मतदान कक्षमा गई आफैँ मतदान गर्न असमर्थ व्यक्ति हो होइन एकीन गरी अनुमति दिनुपर्ने, दृष्टिविहीन मतदाता वा मतपत्रमा मत संकेत गर्न नसक्ने मतदाताको साथमा जाने व्यक्तिले मतदान अधिकृतको रोहवरमा सम्बन्धित मतदाताले भने बमोजिमको निर्वाचन चिह्नमा मत संकेत गर्नुपर्ने व्यवस्था रहेको छ । कुनै मतदाताले दृष्टिविहीन वा शारीरिक अशक्तता भएको वा अरु कुनै कारणवश आफैँ मत संकेत गर्न नसक्ने भई मत संकेत गर्ने काममा सहयोग पु¥याउन मतदान अधिकृतलाई अनुरोध गरेमा र मतदान अधिकृतलाई सो कुरा उपयुक्त लागेमा मतदान अधिकृतले त्यस्तो मतदाताको मतपत्रमा निजको इच्छाअनुसार मत संकेत गर्ने काममा सहयोग गर्नुपर्ने व्यवस्था स्थानीय तह निर्वाचन निर्देशिकामा रहेको छ । सो व्यवस्थाअनुसार कुनै मतदाताको कुनै एकाघरको परिवारको सदस्य उसको वारिस नभई सहयोगी मात्र भएको आयोगका प्रवक्ता एवं सहसचिव शालिग्राम शर्मा पौडेलले आज जारी गर्नुभएको विज्ञप्तिमा स्पष्ट गरिएको छ । --- # मदरल्याण्डको वार्षिकोत्सव सम्पन्न Source: https://newskunda.com/archives/2731 Category: FEATURED NEWS, शिक्षा, समाचार, समाज Last updated: 2023-04-12 भक्तपुर । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पदक पाउन सफल र भक्तपुरको एक अब्बल विद्यालयको रुपको चिनाउन सफल मदरल्याण्ड स्कुलले आफ्नो वार्षिकोत्सवको अवसरमा विद्यार्थी सम्मान एवं प्रतिभा प्रस्तुतीकरण कार्यक्रम करिब ६७८ अभिभावकहरुको उपस्थितिमा चैत्र २५ गते भव्यताका साथ सम्पन्न गरेको छ । विद्यालयको वार्षिकोत्सवको अवसरमा नेशनल प्याब्सनका केन्द्रीय अध्यक्ष पाण्डव हमालको प्रमुख आतिथ्यतामा विविध विधामा उत्कृष्ट भएकालाई सम्मान, पुरस्कार वितरण तथा प्रतिभा प्रस्तुतिकरण कार्यक्रम–२०७९ मा बोल्दै हमालले विद्यार्थीहरुलाई गुणस्तर शिक्षा प्रदान गर्दै अतिरिक्त क्रियाकलापमा अब्बल बनाउँदै व्यवहारिक शिक्षा दिनुपर्ने चुनौतीका साथ निजी विद्यालय अघि बढेको धारणा राखे । उनले भक्तपुरको मदरल्याण्ड स्कूलले शैक्षिक क्षेत्रमा गरेको योगदान अतुलनीय रहेको स्मरण गराउँदै ८०० भन्दा बढी विद्यार्थीहरु पढ्ने मदरल्याण्ड स्कूलले विद्यार्थीहरुको लागि जति मिहिनेत गरेको छ त्यो प्रशंसनीय रहेको धारणा राखे । कार्यक्रममा विशिष्ट अतिथि सूर्यविनायक नगरपालिकाका उप प्रमुख सरिता तिमिल्सिना भट्टराईले सुर्यविनायक नगरपालिकामा मदरल्याण्ड जस्तो उत्कृष्ट विद्यालय हुनु गौरवको कुरा गर्दै नगरपालिकालाई शैक्षिक गन्तव्य बनाउन अगाडि बढेको बताउनु भयो । अर्का विशिष्ट अतिथि नेशनल प्याव्सनका राष्ट्रिय सह–अध्यक्ष सुवास न्यौपानेले भक्तपुर नेशनल प्याव्सनका अध्यक्ष समेत रहनु भएका संजय खड्काको नेतृत्वमा संचालित मदरल्याण्ड स्कुलले विद्यार्थीहरुको हरेक क्षमता र प्रतिभालाई बाहिर ल्याउने कार्य गरेका हुनाले अभिभावकहरुले ढुक्क भएर मदरल्याण्ड स्कुलमा भर्ना गरी आफ्नो बच्चाहरु जिम्मा दिन सुझाव दिनु भयो । कार्यक्रममा अतिथि सूर्यविनायक नगरपालिकाका सामाजिक विकास समिति संयोजक, प्रवक्ता र वडा नं ७ का अध्यक्ष रविन्द्र सापकोटाले मदरल्याण्ड स्कुलको विविध प्रतिभा प्रस्तुति र कार्यक्रमबाट सबैले सिक्नु पर्ने बताउँदै नगरपालिका भित्र संचालित सबै विद्यालयहरुलाई नियमन गरी व्यवस्थित बनाउने कुरामा जोड दिनु भएको थियो । उक्त कार्यक्रममा सूर्यविनायक वडा नं ८ का वडाध्यक्ष पुष्पराज वस्नेत, नेशनल प्याव्सनका केन्द्रीय सह–कोषाध्यक्ष तथा एम्नेष्टी ईन्टरनेशनल नेपालका पूर्व केन्द्रीय अध्यक्ष विक्रम ढुकुछु, नेशनल प्याव्सनका केन्द्रिय सदस्य तथा ईप्सन भक्तपुर अध्यक्ष जिबी खड्का, विद्यालय व्यवस्थापन समितिका सदस्य तथा त्रिविका उप प्राध्यापक डा।कृष्ण प्रसाद ग्वाछा, प्याव्सन भक्तपुरका अध्यक्ष सुरेन्द्र तबुन्जा श्रेष्ठ, हिसान भक्तपुर अध्यक्ष अनिल कस्पाल, अभिभावक संघ भक्तपुरका अध्यक्ष राम कृष्ण प्रजापति, जिल्ला खेलकूद समितिका अध्यक्ष दिपक थापा लगायतले सम्मान तथा पुरस्कार वितरण गरी मदरल्याण्ड स्कुलको प्रसंशा गर्दै सफलताको शुभेच्छा प्रदान गर्नु भएको थियो । कार्यक्रममा विद्यालयका प्रिन्सिपल संजय खड्काले विद्यालयमा भएको प्रगति र आगामी कार्य योजना उल्लेख गरेका थिए । खड्काले शैक्षिक क्षेत्रमा मदरल्याण्डलाई उत्कृष्ट बनाउँदै विद्यार्थीहरुलाई व्यवहारिक ज्ञानका साथै हर क्षेत्रमा अब्बल बनाउन आफू लागि परेको हुनाले अभिभावकहरुको अझ मजवुद साथ चाहिएको बताए । उनले बालबालिकालाई समय सापेक्ष शिक्षा प्रदान गर्न र विविध क्षमता प्रदर्शनमा मदरल्याण्ड छुट्टै ब्राण्ड बन्दै गएको धारणा राखे । कार्यक्रममा मदरल्याण्ड स्कुलको लागि नगर, जिल्ला, प्रदेश, राष्ट्रिय र अन्तर्राष्ट्रिय पदक भित्र्याउने ५८ जना विद्यार्थीहरुलाई सम्मान गरिएको थियो । शैक्षिक वर्ष २०७९ मा वर्षभरि विविध विधामा उत्कृष्ट हुने १० विद्यार्थीहरुलाई पुरस्कार प्रदान गरिएको थियो १ कक्षागत प्रथम, द्धितीय र तृतीय स्थान हासिल गर्ने विद्यार्थीहरुलाई पुरस्कृत गरिनुको साथै प्रिस्कुलबाट अपग्रेड हुने सबै विद्यार्थीहरुलाई मायाको चिनो दिइएको र युकेजीबाट अपग्रेड भई कक्षा १ मा पुग्न सफल विद्यार्थीहरु दिक्षित गरिएको थियो । कार्यक्रममा विद्यालयमा १० वर्ष भन्दा लामो समय सेवा प्रदान गर्दै आएका शिक्षक तथा कर्मचारीहरु राधेश्याम केसी, राधेश्याम कासुला, सविना केसी, दिलदेवी देउला, रुपा थापा र माया केसीलाई दीर्घ सेवा सम्मान प्रदान गरिएको थियो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामकृष्ण खड्काको सभापतित्वमा सम्पन्न कार्यक्रममा विद्यार्थीहरुले नेपाली मौलिक संस्कृति झल्कने आकर्षक नृत्यहरु, गीत तथा नाटकका साथै विद्यार्थीहरुले उसु, कराँते, तेक्वाण्डोका डेमो समेत प्रस्तुत गरेका थिए । --- # मधयपुरथिमिमा वः फेस्टिभल हुदै Source: https://newskunda.com/archives/2803 Category: FEATURED NEWS, अर्थ, समाचार, समाज Last updated: 2023-05-14 भक्तपुर, ३१ बैशाख : नेवार समुदायका विभिन्न प्रकारका खानाका परिकार मध्येको एउटा विशेष खानाको परिकारको नाम हो वः अर्थात् बारा। यही खाद्य प्रकारको बारेमा भक्तपुरमा महोत्सव हुने भएको छ। सिथि नखः (एक प्रकारको पर्व) को अवसरमा मध्यपुर थिमिको आयोजनामा मध्यपुर पर्यटन विकास समिति संयोजनमा फेष्टिभल हुन लागेको हो। फेष्टिभल जेठ ५ गते शनिवार १० बजेदेखि बेलुकाको ७ बजेसम्म मध्यपुर थिमि नगरपालिका वडा नं ४ दुईपोखरीमा हुने छ। वः (मास, मुगी तथा अन्य विभिन्न गेडागुडी भिजाइ सफा गरी पिसेर आफूलाइ मनपर्दो अण्डा, मासु तथा मरमसला मिलाइ टावामा विभिन्न आकार प्रकार दिई पकाइने खाना) को परिकार हो। नेवा समुदायको अन्य विभिन्न परिकार र खानाको स्वाद चखाउने र सो खानाकोबारेमा आन्तरिक र वाह्य पर्यटकलाई विशेष जनाकारी गराई मध्यपुर थिमिका पर्यटकीय गन्तव्यको पहिचान, विकास र प्रवर्द्धन गरी स्थानिय समुदायका आय आजन गर्ने उद्देश्य लिइ व फेस्टिभल गर्न लागिरहेको जनाएको छ। आइतबार आयोजित पत्रकार सम्मेलनमा मध्यपुर थिमि नगरपालिका वडा नं ४ का वडा अध्यक्ष बालकृष्ण श्रेष्ठले फेस्टिभलले मध्यपुरका जनतालाइ आय आर्जन गराउने र समृद्ध मध्यपुर बनाउने अभियानलाई सार्थक बनाउने विश्वास व्यक्त गरे। मध्यपुरमा अनवरत रुपमा रहेका प्राकृतिक सौन्दयता, विभिन्न पर्यटकीय आकर्षण कला संस्कृति र सम्पदा, कलात्मक मठमन्दिर, पाटीपौवा, सत्तल, बिहार र कैयौ उत्कृष्ट तथा साम्प्रदायिक सहिष्णुताको बस्ती र स्मारक क्षेत्र देशविदेशको कुनाकाप्चा पुरयाई यहाँको हरेक ठाउँ र हरेक अद्वितीय जनमोल रत्नहरुको सौहादपूर्ण र अमूल्य प्याकेज निर्माण गरी मध्यपुरमा भएको माटोको भाँडो बनाउने सेरामिक्स र अनेकौं हस्तकलालाई संरक्षण गरी मध्यपुरलाई पर्यटकीय गन्तव्य बनाउने उद्देश्यसहित फेष्टिबल गर्न लागेको उनले जनाए। मध्यपुर पर्यटन विकास समितिका संयोजक रमेश प्रजापतिले पर्यटकहरुलाई तथा आन्तरिक पर्यटकहरुलाई देखाउनको निमित्त फेष्टिबल गर्न गइरहेको बताए। मध्यपुर थिमि नगरपालिकाबाट उपलव्ध गराउने पाँच लाख र आफ्नै लागत सहभागिता र बाकी दुईलाख मात्र स्वतःस्फुर्त रुपमा सहयोग गर्न चाहने व्यापारिक संघसंस्थाको सहयोगमा गरी जम्मा सात लाखको सिमाभित्र रही व फेस्टिभल गर्न गइरहेको उनले जनाए। फेष्टिभलमा १५ वटा काठमाडौ उपत्यकाका ख्याति प्राप्त नेवारी रेस्टुरेन्टहरुलगायत यहाँका स्थानीय नेवारी आमा तथा महिला समूहलगायत आफ्नो विभिन्न परिकारका नेवारी खाना रहने छन्। समितिका सचिव शिवसुन्दर श्रेष्ठले दुईपोखरीमा १५ वटा खानाको स्थल र १० वटा मध्यपुर थिमिका जनताले उत्पादन गरेका परम्परगत तथा सांस्कृतिक उत्पादन तथा हस्तकलाका सामान बिक्रीवितरण गर्ने स्थान उपलब्ध गराउने जनाए। यसका अलावा दिनभरिजसो नेवारी संस्कृति लगायत अन्य गीतसंगितले मनोरज्जन गराउने व्यवस्था समेत भएको उनले बताए। **के हो वः? ** नेपाल भाषाको वः शव्दको अर्थ वारा हो। यो नेवार समुदायको विशेष खानाको परिकार हो। वः अर्था्त बारा भनेको विशेष गरेर मास वा मुगीको दालबाट बनाइन्छ। यो तावामा थोरै तेल हालेर ओल्टाइपोल्टाई गरेर पकाइन्छ। वः नेवार समुदायका लोकप्रिय परिकारमध्ये एक प्रमुख परिकार हो। त्यसो भनेर यो दिनदिनै पकाएर खाइँंदैन बरु परम्परा अनुसार विशेष चाँंडपर्वहरुमा मात्रै खाइन्छ। यो सिठी नख (सिथिः नख) लगायत चाडपर्वमा सपरिवार मिलेर खाइन्छ। वः का विभिन्न प्रकारहरु छन्। --- # मध्यपुरथिमि नगरपालिकाको आयोजनामा सानोठिमी खेल मैदानमा एक महिने लिग आज सुरु Source: https://newskunda.com/archives/2255 Category: FEATURED NEWS, खेलकुद, समाचार, समाज Last updated: 2022-09-24 भक्तपुर, ८ असोज : सानोठिमीस्थित खेल मैदानमा आजबाट एक महिने मध्यपुरथिमि वडाव्यापी लिग फुटबल प्रतियोगिता २०७९ सुरु भएको छ । मध्यपुरथिमि नगरपालिकाको आयोजना तथा मध्यपुर युथ एशोसियसनको संयोजनमा सुरु भएको प्रतियोगिताको नगर प्रमुख सुरेन्द्र श्रेष्ठले खेलाडीलाई बल हस्तान्तरण गर्दै सुरु गर्नु भएको हो । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी उत्पादन गर्ने उदेश्यले मध्यपुरथिमि नगरपालिकाले अब हरेक वर्ष वडा लिगको आयोजना गरेर फुटबल खेलको हवको रुपमा नगरपालिकालाई बिकास गर्ने नगर पालिकाका उपप्रमुख विजय श्रेष्ठले जानकारी दिनु भयो । उहाँले मध्यपुरथिमि नगरपालिकालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी उत्पादन गर्ने खेलकुद हवको रुपमा बिकास गर्ने लक्ष्यका साथ २०५६ सालपछि पहिलो पटक वडा लिग प्रतियोगिताको आयोजना गरेको बताउनु भयो । बिभिन्न खेलमा राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तर बिजेता सफल बिभिन्न खेलाडीहरुको नाम लिदै उहाँले मध्यपुरथिमि नगरपालिकाले सानोठिमी खेल मैदानमा पाँच हजार दर्शक अट्ने मिनि रंगशाला र कबर्ड हल बनाउने बताउनु भयो । मध्यपुर युथ एशोसियसनलाई ए डिभिजनमा पुर्याउन नगरपालिकाले आवश्यक सहयोग गर्ने बताउदै यो प्रतियोगितामा उत्कृष्ट सबै वडाका खेलाडीलाई समेटर नगरपालिका आफ्नै फुटबल टिक बनाउने बताउनु भयो । कार्यक्रममा नगरपालिकाका उपप्रमुख विजयकृष्ण श्रेष्ठले नगरपालिकाले फुटबललगायत बिभिन्न खेलको बिसका गर्ने उदेश्यले यस वर्ष ८० लाख बजेट विनियोजन गरेको बताउदै नगरपालिकाले अब हरेक वर्ष वडा लिगको आयोजना गर्ने बताउनु भयो । उहाँले सहभागी प्रत्येक टोलीलाई जर्सी र फुटबल उपलब्ध गराएको बताउदै प्रत्येक खेलाडीहरुको प्रति व्यक्ति रु. पाँच लाख बराबरको दुर्घटना बिमा गरिएको बताउनु भयो । मध्यपुरथिमिकाका स्थायी बासिन्दाको सहभागिता जनाउने गरि प्रत्येक वडाबाट एक–एक वटा टिम सहभागी गराई राउण्ड रोविन लिग अनुसार खेल खेलाइएको प्रतियोगिताका संयोजक एवं मध्यपुर युथ एशोसियसनका उपाध्यक्ष अष्टकुमार कवेँले बताउनु भयो । उहाँले कुल ३६ खेल हुने प्रतियोगितामा प्रत्येक टोलीले ८ खेल खेल्ने बताउदै यो प्रतियोगिताले मध्यपुरमा खेलकुदको बिकासमा ठूलो टेवा पुग्ने बताउनु भयो । कार्यक्रमका सभापति एवं एशोसियसनका अध्यक्ष उपेन्द्रमान सिंहले प्रतियोगिताको विजेतालाई आकर्षक ट्रफिका साथै नगद दुई लाख ५० हजार रुपैंयाँ, दोस्रो हुनेलाई एक लाख २५ हजार र तेस्रो हुनेलाई ६० हजार नगद पुरस्कार तथा प्रतियोगिताको अनुशासित टोलीलाई नगद रु. २५ हजारसहित फेयरप्ले अवार्ड प्रदान गरिने जानकारी दिनु भयो । प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडीले नगद रु.२० हजार, उत्कृष्ट गोलकिपर, मिडफिल्डर, डिफेण्डर र स्ट्राइकरले जनही नगद रु. १० हजार पुरस्कार प्रदान गरिने बताउदै उहाँले प्रत्येक खेलका उत्कृष्ट खेलाडीलाई म्यान अफ दि म्याचको ट्रफी प्रदान गरिने जानकारी दिनु भयो । प्रतियोगिताका कुल अनुमानित लागत २५ लाख रहेकोमा नगरपालिकाले २० लाख रुपैया उपलब्ध गराएको छ भने बाँकी रकम स्थानीय बैंकहरुले सहयोग गर्ने भएको प्रतियोगिताका प्रचार प्रसार संयोजक हरिदास प्रजापतिले जानकारी दिनु भयो । कार्यक्रममा एशोसियसनका अध्यक्ष सिंहले नगर प्रमुख श्रेष्ठ, उपप्रमुख श्रेष्ठ, सबै वडाका वडाध्यक्ष, सहयोग गर्ने खेलाडी लगायत निकायलाई सम्मान गर्नु भएको थियो । कात्तिक ८ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको आज पहिलो दिन वडा नं. १ र ४ को टिमबीच भएको खेलमा वडा ४ को शून्यका बिरुद्ध वडा नं. १ ले दुई गोल गर्दै अग्रता लिएको छ । --- # मध्यपुरथिमि नगरपालिकाको नगर कार्यपालिकामा नेपाली कांग्रेस-माओवादी गठबन्धन विजयी Source: https://newskunda.com/archives/1080 Category: FEATURED NEWS, निर्वाचन, राजनीति, समाचार Last updated: 2022-05-31 भक्तपुर, १७ जेठ । मध्यपुरथिमि नगरपालिकाको नगर कार्यपालिकामा नेपाली कांग्रेससहितको गठबन्धन विजयी भएको छ । आज भएको कार्यपालिकाको निर्वाचनमा २८ मत प्राप्त गरि गठबन्धन विजयी भएको मध्यपुरथिमिका सहायक निर्वाचन अधिकृत केशव सिलवालले जानकारी दिनु भयो । पाँच महिला कार्यपालिका सदस्यतर्फ कांग्रेसका उज्वला थापा श्रेष्ठ, तुइलमाया चक्रधर, शर्मिला विश्वकर्मा, सरस्वती खड्का र सीता विश्वकर्मा विजयी हुनु भएको छ । कांग्रेसबाट दलित एवं अल्पसंख्यकतर्फ जसे सार्की र सरोज परियार विजयी हुनु भएको छभने माओवादी केन्द्रबाट दलित एवं अल्पसंख्यकतर्फ बालकृष्ण परियार विजयी हुनु भएको सिलवालले जानकारी दिनु भयो । आठ कार्यपालिका सदस्यमध्ये कांग्रेसले सात र माओवादीले एक सदस्यमा भागबन्डा गरेका छन् । मध्यपुरथिमिमा गठबन्धनको कार्यपालिकामा एकल बहुमत पुगेको छ । विजयी कार्यपालिका सदस्यहरुलाई निर्वाचत अधिकृत मैंया कडेँलले प्रमाण पत्र प्रदान गर्नु भयो भने नगर प्रमुख सुरेन्द्र श्रेष्ठले सपथ सुवाउनु भयो । --- # मध्यपुरथिमि नगरपालिकाद्धारा भोलीबाट आयोजना हुने मध्यपुरथिमि वडा व्यापी लिग फुटबल प्रतियोगिता २०७९’ तयारी पुरा Source: https://newskunda.com/archives/2211 Category: FEATURED NEWS, खेलकुद, समाचार, समाज Last updated: 2022-09-23 भक्तपुर, ७ असोज । मध्यपुरथिमि नगरपालिकाले पहिलो पटक भोली असोज ८ गतेबाट सुरु गर्न लागेको एक महिने ‘मध्यपुरथिमि वडा व्यापी लिग फुटबल प्रतियोगिता २०७९’ तयारी पुरा गरेको छ । मध्यपुरथिमि नगरपालिकाले आज मध्यपुर युथ एशोसियसनको खेल मैदानमा आयोजना गरेको पत्रकार सम्मेलनमा यसबारे जानकारी दिदै मध्यपुर युथ एशोसियसनको संयोजनमा प्रतियोगिता असोज ८ देखि कात्तिक ७ गतेसम्म सञ्चालन हुने नगर प्रमुख सुरेन्द्र श्रेष्ठले बताउनु भयो । उहाँले नगरपालिकाले यसअघि खेलकुद प्रतियोगितालाई आर्थिक सहयोग गर्दै आएपनि पहिलो पटक नगरपालिका आफैले प्रतियोगिताको रुपमा फुटबल टुनामेन्ट गर्न लागेको बताउदै यो लिगबाट उत्कृष्ट खेलाडी छनोट गरी नगरपालिका टिम अर्थात आफ्नै क्लब गठन गर्ने बताउनु भयो । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी उत्पादन गर्ने उदेश्यले मध्यपुरथिमि नगरपालिकाले अब हरेक वर्ष वडा लिगको आयोजना गरेर फुटबल खेलको हवको रुपमा नगरपालिकालाई बिकास गर्ने नगर पालिकाका उपप्रमुख विजय श्रेष्ठले जानकारी दिनु भयो । उहाँले खेलाडीहरुलाई पलायन हुन बाट जोगाउन र खेलप्रति युवाहरुको आकर्षण बढाउन पनि नगरपालिकाले बजेट विनियोजन गरेको बताउदै यसलाई निरन्तरता दिने बताउनु भयो । मध्यपुरथिमिकाका स्थायी बासिन्दाले मात्रै सहभागिता जनाउन पाउने गरि प्रत्येक वडाबाट एक एक वटा टिम सहभागी हुने प्रतियोगिता राउण्ड रोविन लिग अनुसार खेलाईनेछ भने प्रतियोगितामा कुल ३६ खेल हुनेछ भने प्रत्येक टोलीले ८ खेल खेल्ने प्रतियोगिताका संयोजक एवं मध्यपुर युथ एशोसियसनका उपाध्यक्ष अष्टकुमार कवेँले बताउनु भयो । उहाँले मध्यपुरथिमिमा फुटबलको विकास गर्नु, स्थानीयस्तरमा खेलाडी उत्पादन गर्नु, खेलाडीहरुमा भएको प्रतिभालाई प्रस्फुटन गराई राष्ट्रिय लिगका साथै राष्ट्रिय टोलीमा सहभागी गराउने र युवाहरुलाई खेलकुदको माध्यमबाट राष्ट्र विकासमा सहभागी गराउने रहेको प्रतियोगिता कवेले बताउनु भयो । कार्यक्रमका सभापति एवं एशोसियसनका अध्यक्ष उपेन्द्रमान सिंहले प्रतियोगिताको विजेतालाई आकर्षक ट्रफिका साथै नगद दुई लाख ५० हजार रुपैंयाँ, दोस्रो हुनेलाई एक लाख २५ हजार र तेस्रो हुनेलाई ६० हजार नगद पुरस्कार तथा प्रतियोगिताको अनुशासित टोलीलाई नगद रु. २५ हजारसहित फेयरप्ले अवार्ड प्रदान गरिने जानकारी दिनु भयो । प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडीले नगद रु.२० हजार, उत्कृष्ट गोलकिपर, मिडफिल्डर, डिफेण्डर र स्ट्राइकरले जनही नगद रु. १० हजार पुरस्कार प्रदान गरिने बताउदै उहाँले प्रत्येक खेलका उत्कृष्ट खेलाडीलाई म्यान अफ दि म्याचको ट्रफी प्रदान गरिने जानकारी दिनु भयो । मध्यपुर युथ एशोसियसनलाई पुनः ए डिभिजनमा पुर्याउने चूनौती रहेकाले त्यसका लागि समेत बजेट ब्यबस्थापनकोअवश्यकता रहेको बताउनु भयो । उहाँले अबको प्रतियोगितामा एशोसियसनलाई ए डिभिजनमा पुर्याउने अठोट गर्नु भयो । प्रतियोगिताका कुल अनुमानित लागत २५ लाख रहेकोमा नगरपालिकाले २० लाख रुपैया उपलब्ध गराएको छ भने बाँकी रकम स्थानीय बैंकहरुले सहयोग गर्ने भएको प्रतियोगिताका प्रचार प्रसार संयोजक हरिदास प्रजापतिले जानकारी दिनु भयो । उहाँले सहभागी प्रत्येक टोलीलाई जर्सी र फुटबल उपलब्ध गराएको छ भने खेलाडीहरुको दुर्घटना बिमा गरिएको बताउनु भयो । प्रतियोगितालाई भव्य र सभ्यरुपमा सफल बनाउन विभिन्न समिति उपसमितिहरु गठन गरिएको प्रजापतिले बताउनु भयो । उहाँका अनुसार एशोसियसनका उपाध्यक्ष अष्ट कवेको संयोजकत्वमा प्रतियोगिता संयोजक समिति, लिग डाइरेक्टर र म्याच कमिस्नर एशोसियसनका अध्यक्ष उपेन्द्रमान सिंह, कोषाध्यक्ष मनोज अधिकारीको संयोजकत्वमा स्वास्थ्य समिति, उज्वल श्रेष्ठको संयोजकत्वमा सुरक्षा समिति, हरिदास प्रजापतिको संयोजकत्वमा प्रचार प्रसार समिति, भेनु कोअर्डिनेटर राजेश श्रेष्ठ, अतिथि सत्कार समितिमा सचिव सुरेन्द्र श्रेष्ठ र सुनिल श्रेष्ठ, लजेष्टिक व्यवस्थापन ज्ञानु रञ्जित र लोकल जनरल कोअर्डिनेटर सविन रञ्जित रहेको पत्रकार सम्मेलनमा बताइएको छ । --- # मध्यपुरथिमि–१ मा कांग्रेस विजयी Source: https://newskunda.com/archives/949 Category: FEATURED NEWS, निर्वाचन, राजनीति, समाचार Last updated: 2022-05-14 भक्तपुर, ३१ बैशाख । मध्यपुरथिमि नगरपालिकामा नेपाली कांग्रेस विजयी सुरुवात गरेको छ । मध्यपुरथिमि नगरपालिका वडा नं. १ को वडाध्यक्षमा नेपाली कांग्रेसमा बाबुकाजी डंगोल १ हजार ७०६ मतले विजयी हुनु भएको हो । उहाँको प्रतिद्धन्द्धी नेकपा एमालेका कृष्णगोपाल प्याथले १ हजार २९० मत प्राप्त गर्नु भएको छ । त्यसै वडा सदस्यहरुमा कांग्रेसका कान्छाराम द्वारे, महिला सदस्य सरस्वती खड्का, दलित महिला सदस्य रिमा परियार विजयी हुनु भएको छ । गठबन्धनबाट उम्मेदवारी दिएका वडा सदस्यलाई पछि पार्दै एमालेबाट सदस्यमा श्यामकृष्ण प्रजापति विजयी हुनु भएको मध्यपुरथिमि निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ । --- # मध्यपुरथिमि–२ मा एमालेलेको बहुमत सदस्य विजयी Source: https://newskunda.com/archives/962 Category: FEATURED NEWS, निर्वाचन, राजनीति, समाचार Last updated: 2022-05-15 भक्तपुर, १ जेठ : मध्यपुरथिमि नगरपालिका–२ को वडाध्यक्षमा नेपाली कांग्रेसको श्रीकृष्ण श्रेष्ठ विजयी हुनु भएको छ । उहाँले ९८८ मत प्राप्त गरि विजयी हुनु भएको हो । उहाँको प्रतिद्धन्द्धी नेकपा एमालेको प्रकाश थापामगरले ८९४ मत प्राप्त गर्नु भएको छ । वडा सदस्यहरुमा भने नेकपा एमालेका रबिन सिजापति, अम्बिका रजत र सरिता अर्याल विजयी हुनु भएको छ । वडा सदस्यमा काग्रेसका शेखर थापामगर विजयी हुनु भएको छ । नेकपा एमालेले एक सदस्य समेत जित्न नसकेको यो वडामा यस पटकको निर्वाचनमा एमालेले तीन वटा सदस्य जीत हासिल गरेर बहुमत कायम गरेको छ । एमालेले थिमिका कांग्रेसको पक्कड मानिएको ठाउँहरुमा आफ्नो जीत हासि गर्दै आउन थालेको छ । मध्यपुरको १ वडामा एक सदस्य र २ वडामा तीन सदस्य जित हासिल गर्नु एमालेको लागि ठूलै उपलब्धी मान्दै एमालेबाट मेयरका उम्मेदवार मदन सुन्दर श्रेष्ठले मध्यपुरथिमिमा एमालेको मत धेरै सुधार भएको उहाँले बताउनु भयो । आफ्नो भने प्रतिस्पर्धात्मक मत आइरहेको बताउनु भयो । --- # मध्यपुरथिमि, सूर्यविनायक र चाँगुनारायणमा कांग्रेसको अग्रता, भक्तपुरमा नेमकिपा अगाडि, मतगणना जारी Source: https://newskunda.com/archives/925 Category: FEATURED NEWS, निर्वाचन, राजनीति, समाचार Last updated: 2022-05-14 भक्तपुर, ३१ बैशाख : भक्तपुरका चार नगरपालिका मध्ये तीन वटा नपामा नेपाली कांग्रेस र एकमा नेपाल मजदुर किसान पार्टीले अग्रता लिएको छ । नेकपा एमाले विजयी हासिल गर्दै आएको सूर्यविनायक, चाँगुनारायण र मध्यपुरथिमिमा नेपाली कांग्रेसले र भक्तपुर नगरपालिकामा नेमकिपाले अग्रता लिएको छ । राती १ बजेदेखि मतगणना भएको सूर्यविनायक नगरपालिकाको वडा नं. १ सिरुटारको मतगणनामा सूर्यविनायकको नगर प्रमुखमा काँग्रेसका निशान ढुंगेलले ४६३ मत ल्याउँदा एमालेका उम्मेदवार बासुदेव थापाको ४२८ मत आएको छ । उपप्रमुखमा एमालेको उम्मेदवार सरिता भट्टराईले ४३२ मत ल्याएर अग्रता कायम गर्नु भएको छभने गठबन्धनबाट नेकपा एकीकृत समाजवादीका श्यामसुन्दर बस्नेत २२६ मतसहित प्रतिस्पर्धा गरिरहेका छन् । वडाध्यक्षमा एमाले ३९०, कांग्रेसले २७० र राप्रपाले ३०६ मत प्राप्त गरेका छन् । त्यसैगरि चाँगुनारायणमा धेरै बिवादकाबीच बिहान ११ः३० बजेबाट वडा नं. १ र २ बाट सुरु भएको मत गणना अनुसार नेपाली काँग्रेसले सुरुदेखिनै अग्रता लिएको छ । चाँगुनारायण नगरपालिको पछिल्लो मतगणना अनुसार नगर प्रमुखमा नेपाली कांग्रेसका जीवन खत्रीले १२९ ल्याउदा एमालेका बिणा बास्तोलाको १२० ल्याउनु भएको छ । उपप्रमुखमा एमालेको रमेश बुढाथोकीको १२९ मत आउँदा कांग्रेसका सुभद्रा काफ्लको ११४ मत प्राप्त गर्नु भएको छ । वडाध्यक्षमा तर्फ दुबै वडामा एमालेले अग्रता लिएको छ । निर्वाचन अधिकृतको व्यबस्थापनको कमजोरीका कारण हिजोनै मत गणना सुरु गर्ने भनिए पनि आज ढिलो गरि मतगणना सुरु भएको हो । त्यस्तै मध्यपुरथिमि नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका सुरेन्द्र श्रेष्ठले एक हजार १४० ल्उादा एमालेका मदनसुन्दर श्रेष्ठले ८२२ मत प्राप्त गर्नु भएको छ । उपप्रमुखमा एमालेको उत्तरा नेपालले ९५७ ल्याउँदा गठबन्धन तर्फ नेकपा माओवादी केन्द्रका विजयकृष्ण श्रेष्ठले ७६४ मत प्राप्त गर्नु भएको छ । वडाध्यक्षमा तर्फ वडा नं. १ का नेपाली कांग्रेसको १ हजार ७५ र नेकपा एमालेको ८२६ मत प्राप्त गर्नु भएको छ । यी तीनवटै नगरपालिकामा नेपाली कांग्रेस र एमालेको प्रतिस्पर्धा भइरहेको छभने मत गणना जारी रहेको छ । त्यस्तै नेमकिपाको पक्कड रहेको भक्तपुर नगरपालिकामा भने एकै पटक तीन वटा वडाबाट मत गणना सुरु भएको छ । जसमा नगर प्रमुखमा नेमकिपाको सुनिल प्रजापति २ हजार १५, एमालेका रबीन्द्र लाछिमस्युले १५९ मत तथा उपप्रमुखमा नेमकिपाको रजनी जोशीले २ हजार १७ मत र एमालेको रञ्जना खर्बुजाले १५७ मत प्राप्त गर्नु भएको छ । चार वटै पालिकामा मतगणना जारी रहेको मुख्य निर्वाचन अधिकृत गोपालप्रसाद बास्तोलाले जानकारी दिनु भयो । --- # मध्यपुरथिमिका पाँच सय १९ लाई लालपुर्जा Source: https://newskunda.com/archives/1761 Category: FEATURED NEWS, राजनीति, समाचार, समाज Last updated: 2022-08-25 भक्तपुर, ९ भदौ : नापी कार्यालय भक्तपुरले नाप जाँच गरी हाल साविक गरेको पाँच सय १९ थान जग्गाधनी पुर्जा मध्यपुरथिमि नगरपालिका–५ र ७ का स्थानीय स्ववासीलाई वितरण गरिएको छ । आज मध्यपुरथिमि नगरपालिका कार्यालयमा नापी कार्यालयले आयोजना गरेको पुर्जा वितरण कार्यक्रममा पाँच सय १९ थान स्ववासीलाई उनीहरुले भोग चलन गर्दै आएको जग्गाधनी पुर्जा वितरण गरिएको नापी कार्यालय भक्तपुरका प्रमुख मग्नु दत्तले जानकारी दिनुभयो । उहाँले २०२१ सालमा प्राविधिक कारणले नापजाँच हुन नसकेको र परापूर्वकालदेखि हकभोग गरी बसोबास गरिरहेको हकमा जग्गा नापजाँच ऐन २०१९ को दफा ६(५) बमोजिम नाप जाँच भई तयार भएका जग्गाधनी पुर्जा वितरण गरिएको बताउनुभयो । मध्यपुरथिमि नगरपालिकाको साविक १७ वटा वडा मध्ये हालसाविक लागु भएको वि. सं. २०६४ देखि २०७६ सम्म ८ वटा वडाको सीमित पुर्जा वितरण भएको र हाल तीन वर्षको अवधिमा थप आठ वटा वडाको पुर्जा वितरण भएको उहाँले जानकारी दिनुभयो । सुकुम्वासी जस्तै बसेर अनेकौ समस्या झेल्दै आएका स्थानीय स्वबासीलाई नगरपालिकाको पहलमा जग्गा धनी पूर्जा वितरण गरिएको नगरप्रमुख सुरेन्द्र श्रेष्ठले बताउनुभयो । भोली पनि पूर्जा वितरण कार्य जारी रहने उहाँले बताउनुभयो । --- # मध्यपुरथिमिको प्रसिद्ध गणेश चाकु वासको चाकु स्वादै मिठो, सिंगो परिवार चाकु बनाउनै व्यबस्त Source: https://newskunda.com/archives/2523 Category: FEATURED NEWS, अर्थ, समाचार, समाज Last updated: 2023-01-13 भक्तपुर, २९ पुस : माघे संक्रान्ती नजिकै आइसक्यो । मध्यपुरथिमि नगरपालिका–४ दुई पोखरी इनाय टोलका व्यापारीलाई भने यतिखेर चाकु बनाउन भ्याई नभ्याई भएको छ । मध्यपुरथिमिमा पहिलो पटक ५८ वर्षअघि बाबु गणेशप्रसाद श्रेष्ठले सुरु गर्नु भएको चाकु बनाउने पेशा नाती पुस्तासम्म पनि उत्तिकै प्रख्यात छ । माघे संक्रान्ति नजिकिएसँगै त उहाँका छोरा उत्तमराज श्रेष्ठको परिवारलाई एकमहिना अघिदेखि चाकु बनाउन भ्याईनभ्याई भएको हो । थिमिमा चाकु उत्पादन गर्ने वर्षौ पुरानो एकमात्र गणेश चाकु वासको नामबाट प्रख्यात श्रेष्ठले माघे संक्रान्तिका लागि मात्रै नभई वर्षदिन भरी नै चाकु बनाउने भएपछि यहाँको चाकु र पुष्टकारी स्वदेशमा मात्रै नभई विदेशमा पनि प्रख्यात रहेको बताउनु हुन्छ व्यवसायी श्रेष्ठ । अहिले माघे संक्रान्ति नजिकिदै गर्दा अलि भिड बढेको र जाडो बढेका कारण चाकुको मागलाई धान्न धौ धौ परेको उहाँको भनाइ छ । विगत एक महिनादेखि उहाँको परिवारसहित दैनिक २५ जनालाई चाकु र तीलको कालो तथा सेता लड्डु (तिलौरी) बनाउन भ्याईनभ्याई छ । उहाँ भन्नुहुन्छ, “माघे संक्रान्ति नजिकिए पछि चाकु लिन आउनेको अलि बढी भीड लाग्छ, तर यहाँ उत्पादन भएको चाकु र पुष्टकारीलाई औषधिको रुपमा प्रयोग गर्न पनि टाढाटाढाबाट लिन आउँछन्, चाकु खायो भने खोकी लाग्छ भन्छन्, तर हाम्रो यहाँको चाकुले खोकी निको पार्छ, सुत्केरी चाकु पनि हाम्रो प्रख्यात छ, गर्भवति महिला, सुत्केरी महिलाका लागि पनि टाढा टाढाबाट यहीँ चाकु लिन आउँछन्, महिलामा रगत बग्ने समस्या भयो भने पनि चाकु लिन यहीँ आउँछन् ।” सुत्केरीले यहाँको चाकु खादा चिसो नलाग्ने, बच्चाका लागि पर्याप्त दूध आउने, सुत्केरीको शरीरलाई बाधन मद्धत पुग्ने भएकाले जाडोमा मात्र नभई गर्मी मौषममा पनि चाकु लिन आउने गरेको उहाँ बताउनु हुन्छ । चाकु बनाउन व्यबस्त सुदिप श्रेष्ठ जाडोमा मात्रै नभई यहाँ वैशाख जेठको गर्मीमा पनि दैनिक ७ देखि १० किलो, असोज कात्तिकमा दैनिक १५ देखि २० किलो चाकु र पुष्टकारी बिक्री हुने गरेको सुनाउनु हुन्छ । पुसमा जाडो बढेपछि भने दैनिक ५० किलोसम्म चाकु र पुष्टकारी बिक्री गर्ने गरेको र अहिले माघे संक्रान्तिका लागि भने उपत्यका र बाहिरबाटसमेत माग अत्याधिक आउने भएकाले दैनिक २०० किलोसम्म बिक्री हुने गरेको बताउनु हुन्छ । उहाँ भन्नुहुन्छ, “चाकु लिनेको १० दिन अगाडिदेखिनै भीड छ, माघे संक्रान्तिको दिन त ४०० देखि ५०० किलोसम्म चाँकु बिक्री हुन्छ । संक्रान्ति पछि पनि यहाँ चाँकु बिक्री हुन्छ, अहिले हामी २५ जना चाकु बनाउन, प्याकिङ् गर्न र बिक्रीका लागि खटिएका छौँ ।” भकभकी उम्लिएको दूधमा सख्खर, नरिवल, छोगडा, कुराउनी, र बिभिन्न मसलाहरुको प्रयोग गरेर बनाइने चाकु लिन भक्तपुर, काठमाडौ, ललितपुर, साँखु, पनौती र उपत्यका बाहिरबाट समेत आउने गरेको सुनाउनु हुन्छ चाँकु प्याकिङमा व्यबस्त सुरेन्द्र श्रेष्ठ । एक पाउँ, आधा किलो र एक किलो प्याकिङमा पाइने यहाँको चाकु प्रख्यात भएकै कारण स्वदेश तथा विदेशमा उपहार दिन र सुत्केरीलाई खुवाउन टाढादेखि यहाँ चाकु लिन आउने गरेको किस्सा उहाँ सुनाउनु हुन्छ । यहाँको चाकु काठमाडौं उपत्यका मात्रै नभई उपत्यका बाहिर बस्ने नेपालीहरुले पनि लैजाने गरेका छन् । यहाँको चाकु खादा फरक स्वाद, मिठास र औषधिजन्य गुण रहेको दाबी गर्नुहुन्छ उत्तमराज । यहाँको चाँकु भारत, अमेरिका, अष्ट्रलिया, जापानलगायतका बिभिन्न देशमासमेत पुग्ने गर्दछ । विदेश जाने बेलामा चाकु कोसेली पठाउने र विदेशमा बस्ने नेपालीहरुले पनि यहाँको चाकु नै माग गर्ने भएकाले विदेशमा पनि कोसेली स्वरुप लैजाने गरेको उहाँ बताउनु हुन्छ । केहीवर्ष अगाडिसम्म प्रतिकिलो रु ५०० मा बिक्री गरेको चाँकु हरेक वर्ष कच्चा पदार्थको मूल्य बढ्दै गएपछि अहिले किलोको ७०० रुपैयामा बिक्री गरेको उहाँ बताउनु हुन्छ । बाजेले सुरु गरेको चाकु व्यवसायबाट राम्रो जिविकोपार्जन हुने भएपछि बाबुलाई साथ दिँदै आउनु भएका सुदिपले पनि यो पेशालाई निरन्तरता दिदै आएको बताउनु हुन्छ । --- # मध्यपुरथिमिमा ६२ वर्ष पछि जीवित देवी कुमारी दर्शन एवं टीका ग्रहण गर्ने परम्परा सुरु Source: https://newskunda.com/archives/4958 Category: FEATURED NEWS, अर्थ, धर्म/संस्कृति, राजनीति, समाचार, समाज Last updated: 2026-10-21 भक्तपुर, ४ कात्तिक : भक्तपुरको मध्यपुरथिमिमा लोपोन्मुख अबस्थामा पुगेको जीवित देवी कुमारी दर्शन गराउने परम्परा रोकिएको ६२ वर्षपछि आजबाट पुन सुरु भएको छ । स्थानीय शाक्य, बज्राचार्य तथा अभियन्ताको पहल एवं लायकू पःमां, कर्माचार्य तथा बज्राचार्यहरूबीच छलफलबाट धार्मिक एवं ऐतिहासिक महत्व बोकेको कुमारी दर्शन गराउने परम्परा आजबाट पुनः जीवित भएको हो । मध्यपुरथिमि चपाचोकी चार वर्षीया आयुषी बज्राचार्य यसवर्ष जीवित देवी कुमारीका रूपमा नियुक्त गरिएको थियो । आज उहाँलाई आदर्शस्थित लायकु दरबारमा राखेर सर्वसाधारणले दर्शन एवं कुमारीको हातबाट टीका ग्रहण गरेका थिए । करिब ६२ वर्ष अगाडिसम्म मध्यपुरथिमिमा जीवित देवी कुमारीलाई पुज्ने परम्परा रहदै आएकोमा आथिक लगायत बिभिन्न कारणले ऐतिहासिक एवं मल्लकालिन परम्परा रोकिएको बताउनु हुन्छ संस्कृतिकर्मी एवं पमा नाइके श्यामकाजी पमा श्रेष्ठ । राजा राय मल्ले नोल सम्बत ६११ मा जीवित देवी कुमारीलाई तलेजु भवानीको दोश्रो रुपमा पुजिदै आएको उहाँले बताउनुभयो । उहाँले थिमिमा पनि भक्तपुरको एकान्त कुमारी छनौट गरेजस्तै सबै बिधि बिधान पुर्याएर भक्तपुरको क्वाठण्डौस्थित प्रसन्न महाबिहारबाट दुईदेखि पाँच वर्षको कन्यालाई कुमारीको रुपमा छनौट गर्ने परम्परा अनुसार नै मध्यपुरथिमिमा चार वर्षीया आयुषी बज्रार्चालाई कुमारीमा छनौट गरिएको बताउनुभयो । पमा नाईके श्यामकाजीले भन्नुभयो, “मध्यपुरथिमिमा करिब ६०÷६२ वर्षपछि आज जीवित देदी कुमारी पुज्ने, दर्शन गर्ने र टीका लगाउने परम्परा पुनः सुरु भएको छ, आज कुमारीका पिता सुरेश बज्राचार्यले बोकेर कुमारीलाई ममा नाइकेको भएकाले मेरो घरमा ल्याउनु भयो, मैले कुमारीको हातको टीका ग्रहण गरेर दक्षिणा र सुगन दिएपछि बालकुमारी परिक्रमा गराई लायकु दरबारमा राखेर दिनभर स्थानीयले कुमारीको हातबाट टीका ग्रहण गर्नु भएको छ ।” मध्यपुरथिमिमा कुमारी घर नहुदाँ कुमारीलाई कुमारी घरमा राख्न नपाएको भन्दै नगरपालिकाले कुमारी घरको व्यबस्था गरिदिनु पर्ने र यो परम्परालाई हरेक वर्ष निरन्तरता दिने व्यबस्था गर्नु पर्ने उहाँले बताउनुभयो । मल्लकालीन दरबार रहेका स्थानमा तुलजा भवानीको प्रतीकका रूपमा जीवित देवी कुमारी रहने परम्परा रहदै आएको पाईन्छ । सिम्रौनगढका राजा हरिसिंहदेवमार्फत तुलजा भवानीलाई नेपालमण्डलमा ल्याइएको र त्यसपछि तुलजा भवानी मल्ल राजाहरूकी आराध्य देवीका रूपमा प्रतिष्ठित हुनुभएको एतिहासिक एवं धार्मिक मान्यता रहदै आएको छ । तुलजा भवानीको आराधनाका लागि मल्लकालीन दरबार परिसरमा तलेजु मन्दिर स्थापना गर्ने परम्परा सुरु भएको र तलेजु भवानीकै प्रतीकका रूपमा कुमारी माजुलाई पूजा आराधना गर्ने धार्मिक मान्यता रहदै आएको छ । यसअघि मध्यपुर थिमि–५ स्थित हात्तिमहांकालको याचिं बहाःबाट छ वर्षीया एब्रिना बज्राचार्य थिमि कुमारीका रूपमा नियुक्त हुनुभएको थियो । --- # मध्यपुरथिमिमा मतदान केन्द्रको निरिक्षण, प्रचार सामग्री हटाइयो Source: https://newskunda.com/archives/872 Category: FEATURED NEWS, निर्वाचन, राजनीति, समाचार, समाज Last updated: 2022-05-11 भक्तपुर, २८ बैशाख । स्थानीय तहको निर्वाचन आउँन दुई दिन बाँकी हुँदा बुधबार जिल्लाका बिभिन्न मतदान स्थल तथा मतदान केन्द्रहरुको अनुगमन गरिएको छ । प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माको नेतृत्वमा जिल्लाका बिभिन्न ठाउँका मतदान केन्द्र एवं मतदान स्थल र मतगणना स्थलको अनुगमन गरिएको हो । मतदान स्थलको तयारी कस्तो भइरहेको छ, मतदान पछि कसरी मतपेटिका लैजाने, मतगणना स्थलको तयारी कस्तो छ, थप गर्नु पर्ने अबस्था छ कि छैन लगायतकाबारेमा अनुगमन गरिएको प्रजिअ शर्माले जानकारी दिनु भयो । मध्यपुरथिमिस्थित निर्वाचन अधिकृतको कार्यालयले यहाँका बिभिन्न मतदान केन्द्रहरुको अनुगमन सम्पन्न गरेको छ । मौन अबधीमा पनि आचार संहिता पालना भए नभएको र मतदान स्थलको अबस्था कस्तो छ भन्ने जानारी लिदै आवश्यक तयारी पुरा गर्न अनुगमन गरिएको सहायक निर्वाचन अधिकृत केशव सिलवालले जानकारी दिनुभयो । सहायक प्रमुख जिल्ला अधिकारी माधव प्रसाद शर्मा, निर्वाचन अधिकृत मैँया कडेँल, सहायक मतदान अधिकृत केशव सिलवाल, नेपाली सेनाको भैरबवाण गुल्म गठ्ठाघरका मेजर परशुराम थापा, प्रहरी बृत्त थिमिका प्रहरी नायब उपरीक्षक हरिनारायण चौधरी, शसस्त्र प्रहरी दुवाकोट गणका प्रहरी नायब उपरीक्षक सुरज कार्कीलगायतको टोलीले बिभिन्न मतदान स्थलको अनगुमन गरेको हो । अनुगमनमा मतदानस्थल लगायतका क्षेत्रमा आचारसंहिता विपरित बिभिन्न राजनीतिक दलका झण्डा, फ्लेक्स, मतदान चिन्हलगायतका प्रचार सामग्रीहरु तत्काल हटाउन लगाएको सहायक निर्वाचन अधिकृत सिलवालले जानकारी दिनु भयो । मौषमको प्रतिकुल अबस्थाको मध्यनगर गर्दै मतदान केन्द्र र स्थलको तयारी गर्न निर्देशन दिएको जानकारी दिनु भयो । आजै मतदान केन्द्रबाट मतदाता परिचय पत्र वितरण कार्यको समेत अनुगमन गरिएको उहाँले जानकारी दिनु भयो । मतदानको सबै तयारी पुरा भएको समेत उहाँले जानकारी दिनु भयो । --- # मध्यपुरथिमिमा सम्पदा पदयात्रा–२०२३ को उद्घाटन गर्दै प्रदेश पर्यटन मन्त्री महर्जनले भने : सम्पदामा पर्यटक भित्रर्याऔँ Source: https://newskunda.com/archives/3047 Category: FEATURED NEWS, अर्थ, कला तथा साहित्य, धर्म/संस्कृति, राजनीति, समाचार, समाज Last updated: 2023-09-30 भक्तपुर, १३ असोज : विश्व मुटु दिवसको अवसरमा “मुटुको प्रयोग गर्नुहोस् मुटुकोबारेमा थाहा पाउनुहोस्” भन्ने नाराका साथ मध्यपुरथिमिमा आज तीन घण्टा लामो सम्पदा पदयात्रा (ज्भचष्तबनभ ध्बपि–द्दण्द्दघ) आयोजना गरिएको छ । आज वागमति प्रदेशका संस्कृति तथा पर्यटन मन्त्री पुकार महर्जनले थिमि शंखधर चोकमा रहेको शंखधर साख्वाको शालिकमा माल्र्यापण गर्दै उद्घाटन गर्नु भयो । उहाँले नेपालको आथिएक मेरुदण्ड बलियो बनाउने आधार पर्यटन भएकाले यहाँका ऐतिहासिक एवं पुरातात्विक सम्पदाको अवलोकनका लागि पर्यटकलाई ल्याउन सक्ने वातावरण बनाउनु पर्ने बताउनु भयो । उहाँले सम्पदास्थलमा पर्यटनको विकास गर्न सके आर्थिक विकास हुने बताउनुभयो । लायन्स क्लब अफ भक्तपुर बालकोट, लायन्स क्लब अफ भक्तपुर मेरिगोण्ड, लायन्स क्लब अफ भक्तपुर चाँगुनारायण, लायन्स क्लब अफ भक्तपुर प्रिन्सिपल र लायन्स क्लब अफ भक्तपुर नीलकंठेश्वरले संयुक्त रुपमा मानव मुटु बचाउने सन्देश प्रवाह गर्ने मुख्य उदेश्यसहित सम्पदा पदयात्रा आयोजना गरेको लायन्स इन्टरनेशनल डिस्ट्रक ३२५ एच एमडि ३२५ चिफ चार्टर प्रिसिडेण्ट एमजेएफको संयोजक एवं कार्यक्रम संयोजक उद्धव सिलवालले बताउनुभयो । सम्पदा पदयात्रा शंखधर चोकबाट सुरु भएको पदयात्रा बालकुमारी मन्दिर, दुई पोखरी, भुलाँखेल, पाटी बिहार, सिद्धिकाली मन्दिर, सिद्धि गणेश मन्दिर, नगदेश, बुद्धबिहर नगदेश, नीलकण्ठेश्वोर, टिगनी, नलिबाराही, बोडे, कमलपोखरी हुँदै बोडेको कुमारी मन्दिर परिसरमा पुगेर विविध सांस्कृतिक कार्यक्रमको आयोजना गरि सम्पन्न भएको थियो । कार्यक्रम आयोजक समितिको प्रकाशन तथा प्रचारप्रसार उपसमितिका संयोजक तिर्थराज भट्टले पदयात्राका क्रममा सम्पदा अवलोकनसँगै सम्बन्धित सम्पदाविद्बाट यात्रामा सहभागिहरुलाई प्रत्येक सम्पदास्थलमै सम्पदाको महत्वकोबारेमा जानकारी गराएको बताउनु भयो । कार्यक्रममा साँंस्कृतिक झाकी, नृत्य प्रस्तुत गरिएको र मुटु रोगबाट बच्ने एवं बचाउनेबारे जनचेताना प्रवाह गरिएको थियो । लाइन्स क्लबका डिस्ट्रिक्ट गर्भनर लायन शम्भु थापाले नेपालमा १५ जिल्लामा ४८ हजार लायन्सका सदस्यहरु रहेको नेपालका लायनहरुकै सहयोगबाट संकलित रकम समाजसृेवामा खर्च भइरहेको बताउनुभयो । उहाँले इन्टरनेशनल लायन्स क्लबमार्फत आएको बजेटबाट काठमाडौंका तीनकुनेमा आँखा अस्पताल सञ्चालन गरेको, यसै साताबाट किर्तिपुरमा अत्याधुनिक प्रबिधि जडित ब्लड बैंक सञ्चालनमा ल्याउन लागेको, कयौ अस्पताललाई प्राबिधिक सामाग्री हस्तान्तरण गरेको, अस्पताल विद्यालय भवन निर्माणमा सहयोग गर्दै आएको बताउदै नेपालको सामाजिक बिकासको क्षेत्रमा टेवा पुर्याउदै आएको चर्चा गर्नुभयो । समाजमा मुटु रोगी बढेको र किशोर तथा युवा वर्गमा पनि ह्दयघातका बिरामी अत्याधिक बढेकाले मुटु रोगबारे सचेतना दिन र ओझेलमा रहेको मध्यपुरथिमिको सम्पदालाई विश्वमाझ उजागर गर्न सम्पदा पदयात्रा गरिएको संयोजक सिलवालले बताउनुभयो । पदयात्रामा मन्त्री महर्जनसँगै वागमति प्रदेश सभा सदस्यद्धय सकुन्तला श्रेष्ठ, धनेश्वरी श्रेष्ठ, प्रदेश सभाका पूर्व राज्य मन्त्री रजनी जोन्छे, मध्यपुरथिमि नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठ, पूर्व प्रमुख मदनकृष्ण श्रेष्ठलगायतका जनप्रतिनिधि, मेरिगोल्ड स्कुल, चाणक्य कलेजका विद्यार्थी, नेपाल स्काउट, लायन्स क्लबका पदाधिकारी एवं लायनहरुको सहभागिता रहेको थियो । --- # मध्यपुरथिमिवासीले सिद्धिकाली, बिष्णुबीर र चान्हृेसिया जात्रा मनाए Source: https://newskunda.com/archives/2752 Category: FEATURED NEWS, धर्म/संस्कृति, समाचार, समाज Last updated: 2023-04-14 भक्तपुर, १ वैशाख : एउटा समूह धिमे बाजा, झ्याली बजाउदै अगाडि लागेका, सँगै अर्को समूह कपासको बत्ति धपक्कै बल्ने चिराग हातहातमा लिएर पछिपछि लागेका र त्यसपछि टोलटोलमा सिद्धिकाली र बिष्णुवीर देवता बिराजमान खट बोकेर टोलटोल घुमिरहेका । साँझ ढल्केर रात पर्दै जादा धिमे बाजाको लयमा लठ्ठ परेको थिमिबासीमा जात्राको रौनकले ढपक्क ढाकेको छ । मानौ अरु कुनै दुनियाँ छैन, संसार यहीँ जात्रा भित्रै छ । बिस्केट जात्राको अवसरमा प्रत्येक वर्ष बैशाख १ गते साँझदेखि रातीसम्म मनाइने प्रसिद्ध जात्रा हो विष्णुवीर र सिद्धिकाली जात्रा । विष्णुवीर मन्दिरबाट साँझ देवतासहितको खट बोकेर टोलटोलमा गएर जात्रा मनाउने गरिन्छ । यस जात्रामा सुरूमा स्थानीय प्रथम गणेशलाई पाङ्गु टोलमा तीन पटकसम्म लिन जाने, विष्णुवीरलाई सुङ्गा टोलबाट तछुटोलको गणेश, प्रथम गणेश, वामुने गणेश, थासमा गणेशलगायत विभिन्न देवगणसहित इनाय् टोल, हात्ती महाङ्काल, भुलाँखेल, चोडे, सिवाटोल, दथुटोल, लाछी, वामुने टोल हुँदै पुनः तछुटोल र सुङ्गा टोलमा परिक्रमा गर्दै बालकुमारी मन्दिरमा परिक्रमा गराएको छ । बालकुमारी मन्दिरको डबलीमा राखिएको विष्णुवीरसहितको देवगणलाई स्थानीय बासिन्दाले पूजा गरेपछि विष्णुवीरलाई सुङ्गाटोलबाट पाङ्गु टोलमा लैजाँदा नेवारी परम्पराअनुरूप मान्छे मर्दा बजाइने सिं बाजा बजाउँदै लाने प्रचलन रहेको स्थानीय संस्कृतकर्मी अर्जुन श्रेष्ठ बताउनु हुन्छ । विष्णुवीरलाई कुनै पनि भूतप्रेतले छुन नसकोस् भनी उक्त बाजा बजाउने गरिएको र जात्रामा मलामी जाँदा झैं टोपी फुकालेर जाने परम्परा रहेको उहाँको भनाइ छ । त्यसैगरि प्रसिद्ध सिद्धिकाली मन्दिरमा सिद्धिकालीको खटमा मूल देवतालाई बिराजमान गराई बिधि पूर्वक पूजा सम्पन्न गरेपछि खट बोकेर टोलटोलमा गएर जात्रा मनाइएको छ । यस जात्रामा सिद्धिकालीको खटलाईे हात्ती महाङ्काल, कुमाननी, तुलाननी हुँदै जात्रा चपाचो पु¥याई स्वङ्गापुरको दुना फल्चा परिक्रमा गराई भुलाँखेल हुँदै चपाचोबाट सिद्धिकालीको आफ्नै स्थानमा विराजमान गराइन्छ । विष्णुवीर, दक्षिण बाराही, बालकुमारीलगायतका अन्य देवगणलाई सिन्दुर चढाई आ–आफ्नो स्थानमा विराजमान गराएपछि आज रातीनै यो जात्रा विसर्जन गरिने परम्परा रहेको सिद्धिकाली मन्दिर व्यबस्थापन समितिका श्रीकृष्ण प्रजापति बताउनु हुन्छ । थिमिका देवगणलाई पूजा गर्ने, बालकुमारी मन्दिरभित्र वर्ष दिनसम्म कपाल नकाटेका पाँच कुमारलाई भोजन गराई, बालकुमारीलाई योमरी जात्रा समेत मनाउने परम्परा रहेको छ । चान्हेसिया अर्थात रात्रिको जात्रा : यसैगरी मध्यपरथिमिमा राती मनाइने चान्हेसिया अर्थात रात्रिको जात्रा भने सम्पन्न भएको छ । नयाँ वर्ष एवम् बिस्केटजात्राको अवसरमा परापूर्वकालदेखि मनाइने उक्त जात्रा दुईगते राती करिब २ बजे बालकुमारी माईलाई लायकु दरबारभित्र रहेको तलेजुबाट देवता (द्यो) पिचालाई तान्त्रिक विधिअनुरूप आसनमा पूजा गरी खटमा राखिएको थियो । मध्यपुरथिमिका बासिन्दाले मनाउने उक्त जात्रामा साँझ बालकुमारीलाई थिमिको लायकू दरबारबाट जात्रा गरी बालकुमारी मन्दिरमा ल्याएर विराजमान गराई चान्हेसिया जात्रा सुरु गरिएको मध्यपुरथिमि नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठले बताउनु भयो । चान्हेसिया जात्रामा सर्वप्रथम त दिगुटोलस्थित दिगु भैरवलाई आचाजु कर्माचार्यको घरबाट लायकूमा ल्याइन्छ भने त्यसपछि तलेजुबाट बालकुमारीलाई ढकीमा राखेर कपडाले छोपी लायकू अगाडि ल्याएर जात्रा मनाइन्छ । त्यसपछि भने खटमा राखी बालकुमारी मन्दिरमा विराजमान गराइन्छ । जात्रामा थिमिका अधिकांश घरघरबाट चिराग बालेर र धिमाय बजाई दक्षिणबाराही, हरिसिद्धि र अजिमा देवतालाई ल्याएपछि पुनः बालकुमारीबाट शंखधर चोक हुँदै क्वाछेँस्थित दक्षिण बाराही मन्दिर परिक्रमा गराएको थियो । त्यसपछि तछुटोल, विष्णुवीर मन्दिर परिक्रमा गराई बालकुमारी मन्दिरमा ल्याइपु¥याएर पाँच पटक परिक्रमा गराएपछि सोही स्थानमा आ–आफ्नो आसनमा खटहरुलाई राखेपछि चान्हेसिया जात्रा सम्पन्न भएको थियो । यस जात्रा मनाउँदा प्रत्येक घरबाट चिराग बालेर हात हातमा लिएर मन्दिर परिक्रमा गर्ने गरिन्छ । यो पर्व लोप हुन नदिन नगरपालिकामा ‘चिलाख (चिराग) गुठी’ नै स्थापना गराएको छ --- # मध्यपुरथिमीमा एमालेको इतिहास ब्रेक Source: https://newskunda.com/archives/953 Category: FEATURED NEWS, निर्वाचन, राजनीति, समाचार Last updated: 2022-05-14 भक्तपुर, ३१ बैशाख : नेपाली कांग्रेसले एमालेलाई क्लीन स्वीप गर्दै आएको मध्यपुरथिमी नगरपालिकामा वडा नं. १ मा एमालेले पहिलो पटक इतिहास ब्रेक गरेको छ । स्थानीय तहको मतगणनाको परिणाम आइरहदाँ यस वडामा पहिलो पटक एमालेका सदस्यले जीत हासिल गर्दै वडामा इन्ट्रि गर्ने मौका पाएको छ । गठबन्धनबाट उम्मेदवारी दिएका वडा सदस्यलाई पछि पार्दै एमालेबाट सदस्यमा उम्मेदवारी दिएका श्यामकृष्ण प्रजापति विजयी भए पछि पहिलो पटक यो वडामा एमालेले एमालेले इतिहास ब्रेक गर्दै इन्ट्रि गरेको हो । उक्त वडामा वडाध्यक्ष सहित अरु सदस्यमा विजयी हात पारेको कांग्रेसले यस वडामा गठबन्धनबाट उम्मेदवारी दिएका नेकपा माओवादी केन्द्रका सदस्य भने पराजित भएका छन् । एमालेबाट मेयरमा उम्मेदवारी दिनु भएका मदन सुन्दर श्रेष्ठले यो वडामा एमालेको एउटा सदस्यले मात्रै जीत हासि गरे पनि यसलाई इतिहास ब्रेकको रुपमा लिएको र एमालेको वडामा पहिलो इन्ट्रिलाई पनि एमालेले सफलताको रुपमा लिएको बताए । --- # मध्यपुरमा मौलिकता संरक्षण अभियान सुरू Source: https://newskunda.com/archives/1877 Category: FEATURED NEWS, राजनीति, समाचार, समाज Last updated: 2022-08-30 मध्यपुर थिमि, १४ भदौ : मध्यपुर थिमि नगरपालिकाले स्थानीय बस्ती, चोक, स्थान, सडक, टोल र गल्लीहरुको मौलिक नामलाई पुनर्जीवित गर्ने भएको छ । त्यसका लागि नगरपालिकाले एक समितिसमेत गठन गरेको छ । नगरपालिका क्षेत्रभित्र तीव्र गतिमा बढेको सहरीकरण तथा बस्ती विस्तारसँगै जथाभावी टोल, सडक र गल्लीहरुको नामकरण गर्ने प्रवृत्ति बढेको र त्यसले स्थानीय मौलिक नामहरुको अस्तित्व लोप हुने अवस्थामा पुगेको भन्दै नगरपालिकाले मौलिक नामलाई पुनर्जीवित गर्ने अभियान थालेको हो । सो सम्बन्धमा आज नगपालिकामा आयोजित सरोकारवालाहरुसँगको छलफलले एक समिति गठन गर्ने निर्णय गरेको छ । नगरप्रमुख सुरेन्द्र श्रेष्ठको अध्यक्षतामा सम्पन्न छलफलले स्थानीय अभियन्ता राजेन्द्र तुबन्जा श्रेष्ठको संयोजकत्वमा समिति गठन गरेको हो । समितिमा मध्यपुर थिमि नगरपालिका स्थापना हुनुअघि तत्कालीन पाँच वटा गाविसको प्रतिनिधित्व हुने गरी प्रत्येक गाविसबाट हाललाई दुई÷दुई जना सदस्य चयन गरिएको छ । समितिको सदस्यमा तत्कालीन दिव्यश्वरी गाविसबाट जगतकृष्ण प्रजापति र सुरेन्द्रबहादुर सिजापति, बालकुमारी गाविसबाट बाबुकाजी साछें श्रेष्ठ र कृष्णकाजी (केके) मानन्धर, चपाचोबाट धर्मसुन्दर बज्राचार्य र श्यामकृष्ण मानन्धर, नगदेशबाट तुल्सीभक्त घजु र विनोद कोजु तथा बोडेबाट विनोद खम्बु र भरत ध्वँ सदस्य हुनुहन्छ । समितिमा आवश्यकतानुसार १० जना थप गरिने संयोजक श्रेष्ठले बताउनुभयो । समितिले वडाध्यक्षहरुसँग आवश्यक छलफल, सहकार्य र समन्वय गरी मध्यपुर थिमि नगरभित्रका परम्परागत एवं ऐतिहासिक मौलिक नामहरुको सङ्कलन, सङ्कलित नामहरुको अध्ययन अनुसन्धान गरी प्रतिस्थापनका लागि नगरपालिका समक्ष सिफारिस गर्नेछ । समितिको सिफारिसका आधारमा नगरपालिकाले स्थानीय मौलिक नामहरुको प्रतिस्थापन गर्दै जाने नगरप्रमुख श्रेष्ठले बताउनुभयो । समितिले नगरपालिकाले निर्माण गर्ने कार्यविधिको अधीनमा रहेर कार्य गर्नेछ । त्यसका लागि कार्यविधिको मस्यौदा तयारी भइरहेको समितिका संयोजक राजेन्द्र श्रेष्ठले बताउनुभयो । कार्यविधि निर्माण भएपछि नगरपालिकाले समितिलाई कार्यादेश दिने र सोहीअनुसार समितिले प्रतिवेदन तयार गरी नगरपालिकालाई बुझाउने नगरपालिकाका उपप्रमुख विजय कृष्ण श्रेष्ठले बताउनुभयो । --- # मध्यपुरमा राँगो भन्दै रोगी भैँसीको मासु बजारमा Source: https://newskunda.com/archives/2243 Category: FEATURED NEWS, अर्थ, राजनीति, लेख, समाचार Last updated: 2022-10-31 भक्तपुर, ८ असोज : नजिकै सिद्धिकाली मन्दिर । मन्दिरको पूर्वपट्टि मध्यपुरथिमि नगरपालिका–५ हात्तिमहांकालमा रहेको सिद्धिकाली मिट फ्रेस सेन्टरको नाममा २५ वर्ष अगाडिदेखि सञ्चालित बधशाला । बधशालाको खाली भुईमा बुढा भैसीँ काटेर मासुहरु छरपष्ट छरिएका । सँगै गोठमा बध गर्ने तयारीका लागि बाधिएका आठ वटा भैसीँ । त्यहीँ गोठबाट बगेर आएको मलमुत्र बिक्रीका लागि काटिदै गरेको मासुमै मिसिएर ढलतिर बगिरहेको । मासु, रगत, आन्द्रा, कलेजो, फोक्सोमा झिंगा भन्किरहेको । खुद्रा पसलमा बिक्रीका लागि मासु लैजान भेला भएका मासु पसल सञ्चालकहरु त्यही फोहोर भैसीको मासु बिक्री गर्न लैजाने तयारी गरिरहेका । अत्यन्तै घिनलाग्दो दृश्य हो, यहाँको बधशालाको । बस्तीमा तीन बधशाला सबैको अबस्था उस्तै नै छ । जिल्ला प्रशासन कार्यालय भक्तपुरको नेतृत्वमा मध्यपुरथिमि नगरपालिका भित्रका बिभिन्न बधबास्थित एवं मासु पसलहरुमा गरिएको अनुगमनका दृश्य फोहोर, घिनलाग्दो मात्रै थिए । वर्षौदेखि कानून उलंघन गरेर आमउपभोक्ता ठग्दै उनीहरुको स्वास्थ्यमाथि चरम खेलबाड थियो । अनुगमनमा निस्केको टोली मध्येका अधिकांशले भन्दै थिए, ‘छि, भैसीँको मासु, त्यो पनि यस्तो फोहोर र लापर्वाही ? हजारौ उपभोक्ता ठगि गर्दै मानवीय स्वास्थ्य माथि खेलबाड गर्नेलाई त जति कारबाही गरे पनि कम हुन्छ ।’ सहायक प्रमुख जिल्ला अधिकारी माधवप्रसाद शर्माको नेतृत्वमा गएको अनुगमनमा रत्नदेवी खड्गी, बुधरत्न शाहीले सञ्चालन गरेको सिद्धिकाली मिट फ्रेस सेन्टरले भैसीँ काटेर राँगोको मासु भन्दै बिक्री गरेको, बधशालामै भैसीँ बाधेर मलमुत्र काटेको मासुमै मिसिने गरेको, बधस्थल दर्ता नगरी सञ्चालन गरेको, वातावरण प्रतिकुल पार्ने गरि लादी फालिएकोलगायतका कसुर देखिए पछि टोलीले रु. २० हजार जरिवाना लगाएको छ । पसलमा बिक्रीका लागि मासु लैजान कुरिरहेकी कमला खड्गीले भैसीँकै मासु भन्ने थाहा पाएर पनि बिक्रीका लागि लैजाने गरेको बताउनु भयो । उहाँले भन्नुभयो, “धेरै जस्तो ग्राहक छालामा बाक्लो बोसो भएको मासु खोज्न आउँछन्, त्यस्तो मासु भैसीको मात्रै हुन्छ, मःमः मसलमा पनि बोसो भएकै मासु खोज्न आउँछन्, त्यसैले बिक्री गर्न भैसीको मासु लाने गरेको हो ।” ग्राहकले भैसीको मासु बिक्री गर्दा पनि राँगोकै भन्ने बुझेर लैजाने गरेको र भैसीको मासु पनि राँगोकै मासुको मूल्यमा बिक्री गर्ने गरेको उहाँले बताउनु भयो । अनुगमन हेर्न आएकी एक छिमेकीले टोलीमाथि गुनासो गर्दै भन्नुभयो, “अनुगमन गरेर मात्रै हुदैन, सिमाना कटाएर भैसीँ नेपाल ल्याउन दिनै भएन, यहाँ कति बुढा, रोगी र कहिले त पेटमा बच्चा भएको भैसीँ पनि काट्छन्, त्यस्तो मासु बजारमा जान्छ ।” नजिकै रहेको जय श्री बालकुमारी बफलो सप्लायर्स र भगवाणकृष्ण खड्गीले सञ्चालन गरेको सिद्धिकाली मिट सप्लायर्सको अबस्था पनि उस्तै थियो । दुबै बधशाला २५ वर्ष अगाडिदेखि नै दर्ता बिनानै सञ्चालनमा रहेको कामदारहरुले बताए । ती दुबै बधशालामा पनि भुईमै राँगो काटेर नजिकै लादी राखिएको, रगत, मासु फोहोर भुईमै राखेर काटिएर बजार पठाएको, बधशाखा अत्यन्तै फोहोर रहेको, हड्डीहरुको व्यबस्थापन नगरिएको पाइएको थियो । अनुगमन टोलीले बालकुमारी बफलो सप्लायर्स र सिद्धिकाली मिट सप्लायर्सलाई पहिलो पटकलाई चेतावनी दिदै रु. १० हजारका दरले जरिवाना लगाएको छ भने बधशाला दर्ता गर्न र मापदण्ड भित्र रहेर मात्रै सञ्चालन गर्न निर्देशन दिएको सहायक प्रजिअ शर्माले जानकारी दिनु भयो । सिद्धिकाली मिट सप्लायर्सका सञ्चालकले भने मध्यपुरथिमि नगरपालिकाले बधशाला दर्ता गर्न जादा दर्ता नगरी पठाएको र नगरपालिकाले यसअघि कुनै अनुगमन नगरेको, बधशाला कसरी सञ्चालन गर्ने भनेर जानकारी नगराएको गुनासो गरेका थिए । अनुगमन टोलीले बाहाखा, बोडे, नगरदेश लगायतका मासु पसल अनुगमन गर्दा सबै पसल अत्यन्तै फोहोर र मापदण्ड भित्र नरहेको पाइए पछि जरिवाना लगाएको छ । अनुगमनमा लक्ष्मी खड्गी, विनोद खड्गी, रमेश खड्गी भनिने बुद्धिबहादुर खड्गी, सुनिल खड्गीको पसल र अरनिको फ्रेस हाउस गरि पाँच वटै पसललाई रु. पाँच हजारका दरले जरिवाना लगाएको छभने दिलकाजी मासु पसललाई रु. दुई हजार जरिवाना लगाएको छ । सबैलाई चार दिन भित्र जिल्ला प्रशासन कार्यालयमा हाजिर हुन निर्देशन दिएको र रामेछाप फ्रेस मिटलाई अझै सफा गर्न सचेत गराएको सहायक प्रजिअ शर्माले जानकारी दिनु भयो । टोलीले तीन बधशाला र सात मासु पसलको अनुगमन गरि कूल रु. ६७ हजार जरिवाना लगाएको जानकारी दिदै सहायक प्रजिअ एवं टोलीका संयोजक शर्माले उपभोक्ता संरक्षण ऐन २०७५ को दफा २८ खण्ड (क) र (ग) अनुसार जरिवना गरि दर्ता नभएका पसललाई सम्बन्धित निकायमा दर्ता गर्न, नियमित रुपमा नविकरण गर्न, हरेक वर्ष कर चुक्ता गर्न, सरसफाई गर्न, मूल्य सूचीँ टाँस्न र मापदण्ड भित्र रहेर व्यवसाय सञ्चालन गर्न निर्देशन दिएको बताउनु भयो । अनुगमनमा घरेलु तथा साना उद्योग कार्यालय भक्तपुरका प्रमुख उमेशकुमार दाहालले अत्यन्तै अब्यबस्थित, फोहोर, लापर्वाही रुपमा व्यबसाय सञ्चालन गरेको र पशुको स्वास्थ्यसमेत जाँच नगरी अस्वस्थकर मासु बिक्री गरिएको पाइएको बताउनु भयो । यस्ता व्यबसायीले अटेर गरे कडा कारबाहीको नीति अबलम्बन गर्नु पर्ने उहाँले बताउनु भयो । अनुगमनमा मध्यपुरथिमि नगरपालिकाका शाखा अधिकृत धनकुष्ण श्रेष्ठले नगरपालिकाले बधशाला प्रक्रिया सबै पुर्याएर आएमा व्यवसाय दर्ता गर्ने बताउदै नगरपालिकाले पनि यस्ता अनुगमनलाई तिब्रता दिएर कडा कारबाहीको नीति लिने बताउनु भयो । अनुगमनमै संलग्न राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष मनोज थापाले बधशाला र मासु पसलको अनुगमनले प्रष्ट रुपमा व्यवसायीले मानवीय स्वास्थ्यमाथि चरम लापर्वाही गरेको पाइएकाले कडा कारबाही गर्नु पर्ने बताउनु भयो । उहाँले भन्नुभयो, “राँगो भनेर भैसीँ काटेर बिक्री गर्नु कानूनमा पनि दण्डनीय हो, बधशालाको आफ्नै मापदण्ड छ, त्यसको पालना नगरी खुल्ला भुईमा भैसी र राँगो काटेर पसल पसलमा मासु पठाएर दैनिक हजारौ उपभोक्ता ठग्ने र उनीहरुको स्वास्थ्य माथि खेडबाड गर्ने काम भएको छ, अचम्म, यस्तो हुँदा पनि यहाँको नगरपालिकाले के हेरेर बसिरहेको छ ?” अनुगमनमै रहेका भक्तपुर उद्योग वाणिज्य संघका प्रतिनिधि विश्वराम दुवालले बधशाला र मासु पसल हेर्दा अत्यन्तै निकृष्ट देखिएको बताउनु भयो । व्यबसायीले व्यवसाय सञ्चालन गर्दा न्यूनतम मापदण्ड पनि पालना नगर्ने र दैनिक उपभोग्य एवं यस्ता मासुजन्य पदार्थ जसले छिट्टै रोग निम्त्याउन सक्छ, त्यस्तो व्यबसाय सञ्चालनमा संवेदनशील हुनु पर्नेमा लापर्वाही गरेको पाइएको बताउनु भयो । भक्तपुरकी प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले भने २०७९ साउनदेखि आजसम्म जिल्ला प्रशासन कार्यालयको संयोजनमा ६५ वटा पसल र फर्महरुको अनुगमन गरेको बताउनु भयो । उहाँले भन्नुभयो, “यो अबधीको अनुगमनमा चार लाख १६ हजार रुपैयाँ जरिवाना र ११ लाख बराबरको म्याद गुज्रेको खाद्यान्न जफत गरि नष्ट गरेका छौँ, हाम्रो उदेश्य जरिवाना लगाउने र नष्ट गर्ने भन्दा पनि व्यबसायलाई स्वच्छ सफा, नियमसंगत र कानूनको दायरामा ल्याउने प्रयास हो ।” उहाँले दशैँ, तिहार लगायतको चाँडपर्व नजिकिएकाले बजार अनुगमनलाई अझै तिब्रता दिने बताउनु भयो । --- # मध्यपुरवासीका माझ एमालेबाट मेयरका उम्मेदवार मदन सुन्दर श्रेष्ठको अपिल Source: https://newskunda.com/archives/832 Category: FEATURED NEWS, निर्वाचन, राजनीति, समाचार Last updated: 2022-05-10 #### =========================================== #### आदरणीय नगरबासी आमा–बुबा, दाजु–भाई तथा दिदी–बहिनीहरु ! नगरबासी जनसमुदायहरुलाई जगजाहेरै छ, गत स्थानीय तह निर्वाचन २०७४ मा यस मध्यपुर थिमि नगरपालिका (जम्मा ९ वटा वडा) बाट प्रत्यक्ष निर्वाचित हुनु पर्ने कूल ४७ जना जनप्रतिनिधि (नगर प्रमुखदेखि वडा सदस्यसम्म) मध्ये हाम्रो पार्टी नेकपा (एमाले) का तर्फबाट नेतृत्व (नगर प्रमुख) सहित १ जना वडाध्यक्ष र ६ जना वडा सदस्य गरी जम्मा ८ जना जनप्रतिनिधि मात्र निर्वाचित भएका थियौं । त्यसकारण पनि नगरसभाको व्यवस्थापिका तथा कार्यपालिका (कार्यकारिणी) मा हामीलाई स्वतः असुविधायुक्त अल्पमतको नेतृत्व गर्ने बाध्यता भयो । त्यस्तो असहज एवं असुविधायुक्त जनमतका अलावा अप्रत्यासित विश्वव्यापी रुपमा फैलिएको विल्कुलै नयाँ अपरिचित महामारी ‘कोभिड १९’ ले पनि हामीलाई थप प्रताडित बनायो । तथापी हरेक पिडादायीक परिवेशमा हामी सहासपूर्वक जुधि रह्यौं । विगत ५ बर्षे अल्पमतको नेतृत्व र महामारीको प्रतिकुलताका बीच हामीले यस नगरलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा नमुना नगरका रुपमा चिनाउन सफल भएका छौं । यस तथ्यलाई ‘एशियन टाउनस्केप अवार्ड’ तथा स्वतन्त्र सर्वेक्षणबाट मुलुककै तेश्रो उत्कृष्ट नगरका रुपमा पाएको सम्मानले पनि पुष्टि गर्दछ । आज हामीले हाम्रो नगर क्षेत्रमा गरेका थुप्रै गर्व गर्न लायक ऐतिहासिक कार्यहरुमध्ये केही महत्वपूर्ण उपलब्धिहरुलाई यस पुस्तिका मार्फत स्मरण गर्न खोजेका छौं । धन्यवाद ! अभिवादन ! #### ==================================================== कोरिया नेपाल मैत्री अस्पताललाई ३०० शैयामा बिस्तार गर्न जापानी रिकिसी प्रबिधि मार्फत नगर भरीको फोहोर व्यबस्थापन गर्ने एकतृत रुपमा तीन तहका अपाङ्ता भएका बालबालिकाहरुको विद्यालय सञ्चालन गर्ने शिक्षा, स्वास्थ्य, सहकारीसहितको ऐन बनाइने पर्यटन विकासको लागि नगर पर्यटन बोर्ड गठन गरि गन्तव्य मध्यपुरलाई पूर्णता दिन बिज्ञ समूह सम्मिलिन नगर सहरी योजना गठन गरि व्यबस्थित शहर निर्माण गर्न पुराना तथा नयाँ बस्तीमा खानेपानी सेवा बिस्तार गर्न फूटबल, कराते सहित समग्र खेलकुदको बिकास गर्न संस्कृति र सम्पदालाई पर्यटन व्यवसायसँग जोड्न नगरपालिकामा पूर्ण रुपमा शुसासन कायम गर्न #### ================================================== भक्तपुर, २७ बैशाख । २०७४ जेठदेखि २०७८ बैशाख ११ गतेसम्म मध्यपुरथिमि नगरपालिकाको प्रमुखको रुपमा नगरपालिका सञ्चालन गरिरहदाँ अल्पमतमा रहदाँ पनि मध्यपुर थिमिलाई विवमा चिनाउने गरि बिकासका काम गर्ने नगर प्रमुख हुन मदन सुन्दर श्रेष्ठ । यो पाँच वर्षको अन्तरालमा यहाँका जनताले धेरै विकास देखे, धेरै परिवर्तन देखे । जनताको आँखाबाट, जनताको मनबाट भन्नु पर्दा मदन सुन्दरलाई भोट दिएर जिताएकोमा यहाँका जनतालाई कुनै पछुतो छैन, बरु खुसी छन् । नगरपालिकाबाट गलत काम गराएर फाइदा लिन नसक्ने एकाधको चित्त देखेको होला तर समग्र विकासमा उनको ध्यान गइरहयो । मध्यपुरमा मेयरले केही गरेन भन्नेहरु त्यहीँ जनताको आँखामा खै कसरी छारो हाल्न सक्छन् । पाँच वर्ष अघि यहीँ मध्यपुरथिमि नगरपालिका भ्रष्टाचारमा दोस्रो नम्बरमा रहेको यो नगरपालिका थियो । अहिले भ्रष्टाचार मुक्त नगरपालिका बनेको छ । नगरवासीले यसमा गर्व गर्ने ठाउँ छ । सम्पदा संरक्षणमा मध्यपुर थिमि अग्रणी नगरपालिकाको रुपमा रहन सफल भयो । विगतदेखि नै काठमाडौं, भक्तपुर, ललितपुर सम्पदा शहरको रुपमा स्थापित थियो । पछिल्लो कालखण्डमा स्थानीय तह आइसकेपछि मध्यपुर थिमी नगरपालिका सम्पदा पुनर्निर्माणमा, सम्पदा संरक्षण, मुर्तअमुर्त कला संरक्षणका कारण उत्कृष्ठ नगरपालिकाको रुपमा स्थापित भएको छ । स्वास्थ्य क्षेत्रमा अरु नगरपालिकाहरु १५ बेडको अस्पताल सञ्चालन गर्न नै गाह्रो भइरहेको अबस्थामा मध्यपुर थिमि नगरपालिकाले रुपमा १०० बेडको अस्पताल सञ्चालन गर्न सफल भयो । कोभिडको बेलामा नगर प्रमुख एक दिन घरमा नबसी जनताको उपचारका लागि अस्पतालमा बेड थप्नेदेखि आइसियू तयार गर्ने र अक्सिजन प्लान्ट सञ्चालनसम्मको काम गरेकै हुन् । हामीले अक्सिजन प्लान्ट, एचडीयू, आईसीयू, अक्सिजन कन्सेन्ट्रेटर र पीसीआर ल्याब समेत अहिलेसम्म सञ्चालनमा ल्यायौं । यसको आधारमा स्वास्थ्य क्षेत्रमा पनि नमुना र उत्कृष्ट रहेको छ । अहिले पनि कोरियन सरकारबाट १ अर्ब ५ करोड भन्दा बढी रकमले अस्पतालका लागि ल्याउन सफल भएका छन् । के यो उनले गरेका प्रशंसनीय काम होइन र ? यो अस्पताललाई ३०० बेडको सुविधा सम्पन्न अत्याधुनिक अस्पताल बनाउने उनको योजना सफल पार्न उनको नेतृत्व आवश्यक छैन र ? फेहोर मैला व्यवस्थापनको सन्दर्भमा मेयर मदन सुन्दरले जापानिज प्रविधिलाइ भित्र्याएर रिकीसी कम्पोष्ट मल बनाउन सुरु गरेकै हुन् । नगरपालिकको एउटा वडामा मात्रै भएपनि नमुनाको रुपमा सुरु भएको यो काम अरु वडामा पनि बिस्तार गर्ने र देभरी नै यो नमूना पस्कन सक्ने आधार खडा गरेका छन् । कुहिने फोहोरलाइ गन्ध नआउने गरि कम्पोष्ट मल बनाएर नमूना देखाउन उनी सफल भएका छन् । राष्ट्रपति कार्यालयको प्राङ्गणलगायत विशिष्ट व्यक्तिहरुको घर करेसामा फल्ने तरकारमिा यही मल प्रयोग भइरहेको छ । मध्यपुर थिमि पुरानो र नयाँ बस्तीको फ्युजन नगरपालिकाको रुपमा रहेको छ । मदन सुन्दरले मेयर भएर आए पछि पुराना बस्तीको सम्पदा संरक्षणका साथसाथ नयाँ बस्ती व्यवस्थित शहरीकरण अभियान सञ्चालन गरेका छन् । यस अन्तर्गत चार वटा जग्गा एकीकरण आयोजना सञ्चालनमा ल्याएका छन् । यो वर्ष थप ७ वटा जग्गा एकीकरण आयोजना सञ्चालन गर्ने निर्णय गरेका छन् । यसको लागि नेपालमै पहिलो पटक हामीले नगरपालिकाकाट वस्ती विकास र जग्गा एकीकरण ऐन निर्माण गरी कार्यान्वयनमा ल्याएका छन् । अबको पाँच वर्षमा यसलाई पूर्णता दिने योजना छदैछ । नगरपालिकामा अपाङ्गताको क्षेत्रमा पनि काम गरिरहेको यस नगरपालिकामा तीन तहका अपाङ्गता भएकाको लागि छुट्टाछुट्टै विद्यालयहरु सञ्चालन गरिरहेको छ । अबको पाँच वर्षमा एउटै छानामुनि ल्याएर एकीकृत अपाङ्ग बालबालिकाको एउटा समग्र विद्यालय नमुना विद्यालयको रुपमा सञ्चालन गर्ने योजना बाँकी छ । समग्रमा यी कामहरु गर्दै हामीले मध्यपुर थिमीलाई समृद्ध थिमी बनाउने अभियान बाँकी नै रह्यो । नगरपालिकाले जेष्ठ नागरिकको लागि, बालबालीका र महिलाहरुको लागि पनि प्याकेजकै रुपमा कार्यक्रमहरु सञ्चालन गरि रहेको र अब थप गर्ने योजना उनीसँग छ । लघु उद्यमशीलता विकास तालिम सञ्चालनमा विभिन्न कार्यक्रम गर्दै आएको छ । सडक कालोपत्रे गर्ने ढल निकास सामान्य प्रक्रियामा रहेपनि खानेपानी व्यवस्थापनमा मध्यपुर थिमी उपत्यकाका १८ वटा स्थानीय तहमध्यकै उत्कृष्ठ रहेको छ । पहिलो कार्यकालको पाँच वर्षमा यस्ता उपलब्धिहरु भए, यसलाई पूरा गर्न र यी उपलब्धिहरुलाई सम्पूर्ण नगरवासीको पहुँचमा पुर्याउदै नयाँ योजनाहरु कार्यान्वयना ल्याउन दोस्रो कार्यकालको लागि अब थप पाँच वर्षलाई मदन सुन्दर माथि विश्वास गर्ने यी धेरै आधारहरु छन् । सम्पदाको क्षेत्रमा मात्रै २५ वटा पोखरी महध्ये १७ वटा पोखरीहरु पुनर्निर्माण सम्पन्न गरेका छन् । अबको पाँच वर्षमा बाँकी ८ वटा पोखरी पुर्न निर्माण गर्ने, बालकुमारी मन्दिरमा दोस्रो तल्ला सुनौलो छाना छाउने, गणेश मन्दिरको पुनर्निर्माण शुन्यबाट सुरु गरिएकोमा यसलाई यसलाई पनि पूर्णता दिने, स्वास्थ्य क्षेत्रमा नेपाल कोरिया मैत्री नगर अस्पतालको स्तरोन्नतिको लागि कोरियाली संसदबाट १ अर्ब ५ करोडको सहयोग रकम स्वीकृत भएकाले अब त्यसलाई सदुपयोग गरेर अस्पताललाई ३०० बेडको सम्पुर्ण उपकरण सहितको अस्पताल बनाउने योजना पूरा गर्नुपर्न छ । यसको आधारमा नर्सिङ कलेज सञ्चालन गर्दै मेडिकल कलेज लागि तयार गरि मध्यपुरथिमिका छोराछोरीलाई यहीँबाट डाक्टर पढ्न पाउने अबसर दिलाउने अभियान पुरा गराउने उनको लक्ष्यलाई साकार पार्नु छ । सम्पदा र विकास निर्माणलाई पर्यटनसँग जोड्दै आर्थिक क्रियाकलापलाई गतिमान चलायमान बनाउन भाइब्रेट इकोनोमी बनाएर यहाँको जीवनस्तर उकास्ने उनको अभियान पनि बाँकी नै छ । पछिल्लो कालखण्डमा स्थानीय तह आइसकेपछि मध्यपुर थिमी नगरपालिका सम्पदा पुनर्निर्माणमा, सम्पदा संरक्षण, मुर्तअमुर्त कला संरक्षणका कारण उत्कृष्ठ नगरपालिकाको रुपमा यो नगरपालिका स्थापित भएको छ । यस्तै मैले फेहोर मैला व्यवस्थापनको सन्दर्भमा जापानिज प्रविधिलाइ भित्र्याएर रिकीसी कम्पोष्ट मल बनाउन सुरु गरेको छ । नगरपालिकको एउटा वडामा मात्रै भएपनि कुहिने फोहोरलाइ गन्ध नआउने गरि कम्पोष्ट मल बनाउन नमुनाको रुपमा काम गर्न सफल भएको यो अभियानलाई सबै वडमा लैजानु नै पर्ने छ । कुहिने फोहोरलाइ गन्ध नआउने गरि कम्पोष्ट मल बनाउन सकिन्छ र यो मल बिक्री समेत गर्ने योजना छ । मध्यपुर थिमि पुरानो र नयाँ बस्तीको फ्युजन नगरपालिकाको रुपमा रहेको छ । हामीले पुराना बस्तीको सम्पदा संरक्षणका साथसाथ नयाँ बस्ती व्यवस्थित शहरीकरण अभियान सञ्चालन गरेको छ । मध्यपुरमा ४ वटा जग्गा एकीकरण आयोजना सञ्चालनमा गरेकोमा यो वर्ष थप ७ वटा जग्गा एकीकरण आयोजना सञ्चालन गर्ने निर्णय कार्यान्वयनमा ल्याउनु छ । जग्गा एकीकरण आयोजना लागु गर्ने सन्दर्भमा नगरपालिकाले बनाएको ऐन सञ्चालनमा ल्याउनु छ । अपाङ्गताको क्षेत्रमा पनि काम गरिरहेकोमा मध्यपुर थिमि क्षेत्रमा ३ तहका अपाङ्गताको विद्यालयको छुट्टाछुट्टै विद्यालयहरु स्थापना गरेर सञ्चालन भइरहेकोमा मदन सुन्दर श्रेष्ठले तीन वटा विद्यालयलाई एउटै छानामुनि ल्याएर एकीकृत अपाङ्ग बालबालिकाको एउटा समग्र नमुना विद्यालयको रुपमा सञ्चालन गर्ने योजना बाँकी नै छ । नगरपालिकाले जेष्ठ नागरिकको लागि, बालबालीका र महिलाहरुको लागि पनि प्याकेजकै रुपमा कार्यक्रमहरु सञ्चालन गरिराखेको छ । यो ५ वर्षमा लघु उद्यमशीलता विकास तालिम सञ्चालनमा विभिन्न कार्यक्रम गर्दै आर्थिक उन्नतीसँगै जोडने काम सुरु भएको छ । सडक कालोपत्रे गर्ने ढल निकास सामान्य प्रक्रियामा रहेपनि खानेपानी व्यवस्थापनमा मध्यपुर थिमी उपत्यकाका १८ वटा स्थानीय तहमध्यकै उत्कृष्ठ रहेको छ । सम्पदाको क्षेत्रमा मध्यपुरथिमि भित्र रहेका २५ वटा पोखरी मध्ये १७ वटा पोखरीहरु पुनर्निर्माण सम्पन्न भए भने ८ वटा पोखरी बाँकी नै छन् । बालकुमारी मन्दिरमा दोस्रो तल्ला सुनौलो छाना छाउन बाँकी छ भने गणेश मन्दिरको पुनर्निर्माण शुन्यबाट सुरु गरिएकाले यसलाई पनि पूर्णता दिन बाँकी छ । अबको पाँच वर्षमा यी काम सम्पन्न गर्नु पर्नेछ । यस्तै, स्वास्थ्य क्षेत्रमा काम गर्दा नेपाल कोरिया मैत्री नगर अस्पतालको स्तरोन्नतिको लागि अहोरात्र खटिएका मदन सुन्दरले कोरियाली संसदबाट १ अर्ब ५ करोडको सहयोग रकम स्वीकृत गर्न सफल भएका छन् । त्यसलाई सदुपयोग गरेर अस्पताललाई रुपान्तरण गरेर ३०० बेडको सम्पुर्ण उपकरण सहितको अस्पताल बनाउने योजना पूरा पुरा गर्ने उनको उदेश्य रहेको छ । यसको आधारमा नर्सिङ कलेज सञ्चालन गर्ने र मेडिकल कलेज समेत सञ्चालन गरेर मध्यपुरका छोराछोरीलाई आफ्नै अस्पतालमा डाक्टर पढ्न सक्ने अबस्थामा पुर्याउने उनको लक्ष्य पुरा गर्नै बाँकी छ । सम्पदा र विकास निर्माणलाई पर्यटनसँग जोड्दै आर्थिक क्रियाकलापलाई गतिमान चलायमान बनाउन भाइब्रेट इकोनोमी बनाएर यहाँका जनताको जीवनस्तर उकास्ने मदन सुन्दरको लक्ष्य र अभियान बाँकी नै छ । पहिलो कार्यकालमा यी जे जति उपलब्धिहरु भए, यसलाई पूरा गर्न र यी उपलब्धिहरुलाई सम्पूर्ण नगरवासीको पहुँचमा पुर्याउन समय अभाव भएकोले दोस्रंो दोस्रो कार्यकालको लागि उम्मेदवारी दिएको मदन सुन्दर श्रेष्ठले बताएका छन् । समग्रमा यी कामहरु गर्दै मध्यपुर थिमीलाई समृद्ध थिमी बनाउने अभियान बाँकी नै रहेकोले अब एक कार्यकालका लागि सूर्य चिन्हमा मतदान गर्दै विजयी गराउन मदन सुन्दर श्रेष्ठले नगरवासीसँग आव्हान गर्नु भएको छ । --- # मध्यरातिदेखि मौन अवधि सुरु : उम्मेदवार मौन, निर्वाचन आयोग जागा Source: https://newskunda.com/archives/852 Category: FEATURED NEWS, निर्वाचन, राजनीति, समाचार Last updated: 2022-05-10 काठमाडौँ, २७ वैशाख : तीन दिनपछि हुने स्थानीय तह निर्वाचनका लागि आज मध्यरातिदेखि सुरु हुने मौनअवधिमा निर्वाचनमा सहभागी राजनीतिक दल, उम्मेदवार र तिनका समर्थनले प्रचारप्रसार गर्न पाउँदैनन् भने सो अवधिको अनुगमन कार्यलाई निर्वाचन आयोगले प्रभावकारी बनाउने भएको छ । निर्वाचन अचारसंहिता, २०७८ बमोजिम मौन अवधिमा कुनै माध्यमबाट निर्वाचन प्रचारप्रसार गर्न तथा मतदातालाई प्रभाव पार्ने किसिमका कुनै पनि गतिविधि गर्न नपाइने हुँदा सो अवधिमा उम्मेदवार, दलका कार्यकर्ता तथा सम्बन्धित व्यक्तिको सम्बन्धमा निगरानी राखी त्यस्तो गतिविधि हुन नदिने तथा मतदानको दिन मतदातालाई सुरक्षितरूपमा मतदान केन्द्रसम्म पुग्न र मतदान केन्द्रबाट फर्किन सक्ने वातावरण निर्माण गर्न आयोगले आज आह्वान गरेको छ । सो अवधिमा मतदातालाई कुनै पनि प्रकारको अवरोध हुन नदिन आवश्यक व्यवस्था मिलाउन मुख्य निर्वाचन अधिकृत, निर्वाचन अधिकृत तथा सबै स्थानीय प्रशासनलाई आयोगले निर्देशनसमेत दिएको छ । निर्वाचनको व्यवस्थापकीय कार्यलाई थप सहज बनाउन, राजनीतिक दल तथा उम्मेदवारबाट हुने अवाञ्छित गतिविधिलाई रोक्न तथा मतदानका लागि सुरक्षित तथा भयरहित वातावरण सिर्जना गर्न निर्वाचनमा मौन अवधि आवश्यक हुन्छ । यो अवधि मतदानको समयभन्दा ४८ घण्टा अगाडिअर्थात् आज वैशाख २७ गते मङ्गलबार राति १२ बजेदेखि सुरु हुँदैछ । यस अवधिमा राजनीतिक दलका पदाधिकारी वा उम्मेदवार तथा दलको भ्रातृ सङ्गठन वा सम्बन्धित व्यक्तिले निर्वाचन प्रचारप्रसारलगायत कुनै पनि प्रकारका छलफल, अन्तक्र्रिया, सभा सम्मेलन, कार्यशाला गोष्ठी आदि गर्न नहुने, राजनीतिक दल वा उम्मेदवारका प्रचारप्रसारका सामग्री राखिएको भए तत्काल हटाउनुपर्ने, कुनै पनि विधि, प्रक्रिया वा माध्यमबाट मत माग्न वा निर्वाचन प्रचारप्रसार गर्न नहुने, सामाजिक सञ्जाल, अनलाइन, छापा वा अन्य कुनै माध्यमबाट राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा कुनै सन्देश, सूचना वा प्रचारप्रसारका सामग्री पोष्ट वा शेयर गर्न, गराउन नहुने हुँदा यसबमोजिम आचरण पालन गरिदिन प्रमुख निर्वाचन आयुक्तसहित पाँचै जना आयुक्तहरु र आयोगका सचिवको उपस्थितिमा आज भएको पत्रकार सम्मेलनमा सम्बन्धित सबैमा आग्रह गरिएको छ । स्थानीय तह सदस्य निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय र भयमुक्त वातावरणमा सम्पन्न गर्न मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालयबाट सम्पूर्ण तयारी पूरा भइसकेका छन् । प्रमुख आयुक्त दिनेशकुमार थपलियाले निर्वाचनमा कसैको डर, धाकधम्की र त्रास नमानी निर्धक्क भएर आफूले रोजेको प्रतिनिधिलाई मतदान गर्न आयोग सम्पूर्ण मतदातालाई अपिल गर्दै त्यसका लागि साथ दिन सञ्चारमाध्यम, नागरिक समाज र सबैमा आग्रह गर्नुभयो । आँकडामा स्थानीय तह निर्वाचन यस निर्वाचनमा विभिन्न राजनीतिक दलका ३५५ जना विभिन्न पदाधिकारी निर्विरोध निर्वाचित भइसकेका छन् भने छ वडा अध्यक्षसहित ३५ जना स्वतन्त्र सदस्य निर्विरोध निर्वाचित भएका छन् । यो निर्वाचनमा १० हजार ७५६ मतदानस्थलका २१ हजार ९५५ मतदान केन्द्रबाट एक करोड ७७ लाख ३३ हजार ७२३ मतदाताले जम्मा ३५ हजार २२१ जनामध्ये निर्विरोध निर्वाचित भएकाबाहेकका पदमा प्रतिनिधि छनोट गर्नेछन् । मतदान केन्द्रमा आवश्यक हुने निर्वाचन सामग्रीसहित एक लाख नौ हजार ८८ कर्मचारी र ६५ हजार ८६५ जना स्वयंसेवक आ–आफ्नो मतदान केन्द्रमा पुगिसकेका छन् । स्थानीय तह निर्वाचनमा भाग लिने भनी दर्ता भएका ७९ वटा राजनीतिक दलहरुमध्ये जम्मा ६५ वटा राजनीतिक दलहरु चुनावी प्रतिस्पर्धामा रहेका छन । ५५ हजार ६९८ जना महिला र ८९ हजार ३१३ जना पुरुष गरी विभिन्न राजनीतिक दल र स्वतन्त्र उम्मेदवारसमेत जम्मा एक लाख ४५ हजार ११ चुनावी प्रतिस्पर्धामा रहेका छन् । निर्वाचनमा मतदाताले शान्तिपूर्ण वातावरणमा निर्वाधरूपले मतदान गर्ने अधिकारको सुनिश्चितताका लागि शान्ति सुरक्षाको कडा व्यवस्था मिलाउन नेपाल सरकारलगायत सम्बन्धित स्थानीय प्रशासनहरुलाई आवश्यक निर्देशन दिइसकिएको र सोबमोजिम निर्वाचन सुरक्षा व्यवस्थालाई प्रभावकारी बनाइएको आयोगले जनाएको छ । आचारसंहिता उल्लङ्घनमा कारबाही जारी निर्वाचन आचारसंहिता उल्लङ्घन गर्ने विभिन्न दल, उम्मेदवार र व्यक्तिलाई आयोगमा प्राप्त उजुरी र जानकारीका आधारमा आचारसंहिताविपरीत भएका कार्य हटाउन आदेश दिने, स्पष्टीकरण सोध्ने, सचेत गराउनेजस्ता कार्य भइरहेका छन् भने प्राप्त जवाफको अध्ययन र छानबिनको कार्य भइरहेको आयोगले जनाएको छ । आचारसंहिताको पूर्ण कार्यान्वयनका लागि आयोगले उल्लङ्घनका घटनामा तत्काल कारबाही गर्नसक्ने अधिकार समेत नेपाल सरकारका सहसचिवको नेतृत्वमा १९ वटा उच्चस्तरीय टोली तुलनात्मकरूपमा संवेदनशील ठानिएका विभिन्न स्थानमा परिचालन गरेको छ । यस्ता अनुगमन टोलीलाई निर्वाचनको गोपनीयतामा प्रतिकूल असर नपर्ने गरी निर्वाचनका कार्यसँग सम्बन्धित दृश्यको छायाङ्कन गर्न आवश्यकताअनुसार भिडियो क्यामेरा वा अन्य विद्युतीय उपकरण प्रयोग गरी दृश्य छायाङ्कन गर्नसक्ने र मौन अवधिमा आमसभा, कार्यशाला, गोष्ठी, सम्मेलन, भोजभतेर, पैसा बाँड्ने काम भए–नभएको र सामाजिक सञ्जालमा मिथ्या सूचना, दुष्प्रचार र द्वेषपूर्ण अभिव्यक्ति दिने काम भए नभएको अनुगमन गरी त्यस्तो कार्य भए÷गरेको पाइएमा तत्काल आवश्यक कारबाही गरी आयोगलाई जानकारी गराउने अधिकार दिइएको छ । आचारसंहिता उल्लङ्घनको अनुगमनका लागि विभिन्न तहमा संरचना बनाइएका छन् । आयोगका अनुगमन हेर्ने आयुक्तको संयोजकत्वमा केन्द्रीय आचारसंहिता अनुगमन समिति, जिल्लामा मुख्य निर्वाचन अधिकृतको संयोजकत्वमा जिल्ला आचारसंहिता अनुगमन समिति र स्थानीय तहमा निर्वाचन अधिकृतको संयोजकत्वमा स्थानीय तहको आचारसंहिता अनुगमन समितिको प्रबन्ध गरिएको छ । यी संरचनाका अतिरिक्त विशेष संवेदनशील मानिएका जिल्ला र पालिकामा विशेष अनुगमनका लागि अधिकार प्रत्यायोजनसहित विशेष अनुगमन टोली खटाइएको छ । निर्वाचनमा सुरक्षाको प्रत्याभूति हुने गरी आवश्यक व्यवस्था मिलाइएको छ, जसअन्तरगत नेपाली सेनासहित तीन घेराको सुरक्षा प्रबन्ध गरिएको छ । सीमा नाका बन्द मतदानको कार्य सम्पन्न नभएसम्मका लागि सबै अन्तर्राष्ट्रिय सीमाबाट हुने आवतजावत र मतदान हुने दिन आन्तरिकरूपमा सञ्चालन हुने सबै प्रकारका यातायात बन्द गर्ने व्यवस्था मिलाइएको छ । उम्मेदवार र अत्यावश्क सेवाका लागि सवारी आवागमन अनुमतिको मापदण्ड जारी गरी पास उपलब्ध गराउने व्यवस्था गरिएको छ । निर्वाचनमा शान्ति सुरक्षाको स्थिति कायम राख्न मौन अवधि सुरु भएपछि मतदानको कार्य सम्पन्न नभएसम्मका लागि स्थानीय प्रशासनको समन्वयमा तोकेका क्षेत्रमा मादक पदार्थको बिक्री वितरण र सेवन गर्न सख्त निषेध गरिएको छ । मौनअवधिका लागि कल ब्याक टोन अहिले निर्वाचनको मौनअवधि सुरु भइसकेको छ । यस अवधिमा कुनै पनि विधि, प्रक्रिया वा माध्यमबाट मत नमाग्न, निर्वाचन प्रचारप्रसार नगर्न, छलफल, अन्तक्र्रिया, सभा सम्मेलन, कार्यशाला, गोष्ठी नगर्न, सामाजिक सञ्जाल, अनलाइन, छापा वा अन्य माध्यमबाट दल वा उम्मेदवारको पक्ष वा विपक्षमा सन्देश पोष्ट वा शेयर नगर्न नगराउन आयोग सबैमा अनुरोध गर्दछ । --- # मध्यराती टुङ्ग्यायो गठबन्धनसहित काँग्रेस र एमालेले उम्मेदवार Source: https://newskunda.com/archives/464 Category: FEATURED NEWS, निर्वाचन, राजनीति, समाचार Last updated: 2022-05-01 भक्तपुर, १२ बैशाख : आउँदो ३० गते हुने स्थानीय तहको निर्वाचनमा उम्मेदवार छान्न सकस भए पछि नेपाली काँग्रेस र नेकपा एमाले मध्यराती उम्मेदवार छनौट गरेका छन् । जिल्ला तहमा गठबन्धनसहितको बैठकले उम्मेदवार छनौटमा सकस परेपछि प्रदेशमा बसेको छलफलले उम्मेदवार टुङ्ग्याएको हो । एमालेको पनि उम्मेदवार छनौटमा सकस परेपछि धुलिखेलको एक रिसोर्टमा बसेर राती उम्मेदवारको नाम टुङ्ग्याएको एक नेताले बताए । सूर्यविनायक र मध्यपुरथिमि नगरपालिकामा एमालेले पुरानै नगर प्रमुखलाई दोहोर्याउने भएको छ भने चाँगुनारायणमा पुरानो उपप्रमुखलाई प्रमुखमा ल्याएर महिलालाई प्रमुखको उम्मेदवार बनाउने भएको छ । एमालेले सूर्यविनायक नगरको प्रमुखमा वासुदेव थापा र उपप्रमुखमा सरिता भट्टराईलाई उम्मेदार बनाउने निर्णय गरेको छभने मध्यपुर थिमि नगरमा मदनसुन्दर श्रेष्ठलाई प्रमुख र उत्तरा नेपाललाई उपप्रमुखको उम्मेदवार बनाउने भएको छ । त्यस्तै चाँगुनारायण नगरपालिकामा भने यसअघि उपप्रमुखको जिम्मेवारी सम्हाल्नु भएकी बिना बास्तोलालाई प्रमुख र उपप्रमुखमा रमेश बुढाथोकीलाई उम्मेदवार बनाउने निर्णय गरेको एमालेले जानकारी दिएको छ । यता सत्ता गठबन्धनमा भने मध्यरातीसम्म भएको छलफलमा माओवादी केन्द्रले चाँगुनारायणको प्रमुखको दाबी गरेपनि दुबै काँग्रेसले लिएको छ । गठबन्धनबाट चाँगुनारायण नगरपालिकाको प्रमुख तथा उपप्रमुख दुबै काँग्रेसले पाएको छ । काँग्रेसले चाँगुनारायणको प्रमुखमा जीवन खत्रीलाई उम्मेदवार बनाउने भएको छ । उपप्रमुखमा सुभद्रा काफ्लेलाई उम्मेदवार बनाउने भएको छ । भक्तपुर नगरपालिका प्रमुखमा काँग्रेसबाट रामप्रसाद कासुला, उपप्रमुखमा नेकपा (एकीकृत) समाजवादीबाट ओमचरण श्रेष्ठ, चाँगुनारायण नगरपालिकामा प्रमुखमा काँग्रेसबाट निशान ढुङ्गेल, उपप्रमुखमा समाजवादीबाट श्यामसुन्दर बस्नेत र मध्यपुरथिमि नगरपालिका प्रमुखमा काँग्रेसबाट सुरेन्द्र श्रेष्ठ र उपप्रमुखमा नेकपा माओवादी केन्द्रबाट विजय श्रेष्ठलाई उम्मेदवार बनाउने निर्णय भएको छ । नेपाल मजदुर किसान पार्टीले उम्मेदवारहरुको नाम सार्वजनिक गरेको छैन भने राप्रपा र राप्रपा नेपालले चारवटै नगरपालिकामा छुट्टा छुट्टै उम्मेदवार खडा गर्ने भएको छ । --- # मनसुन सक्रिय बन्दै, सतर्कता अपनाउन आग्रह Source: https://newskunda.com/archives/4377 Category: FEATURED NEWS, राजनीति, समाचार, समाज Last updated: 2026-09-21 काठमाडौँ, ५ असोजः आगामी शुक्रबारदेखि सोमबारसम्म देशका विभिन्न स्थानमा भारीदेखि अतिभारी वर्षाको सम्भावना रहेको नेपाल मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले आज जारी गरेको विशेष मौसम ‘बुलेटिन’अनुसार शुक्रबारदेखि असोज ११ गते सोमबारसम्म गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा मेघगर्जन/चट्याङ/हावाहुरीसहित भारीदेखि अतिभारी वर्षा तथा एक-दुई स्थानमा अति भारी वर्षाको सम्भावना रहेको जनाएको छ । त्यसैगरी, मधेस प्रदेश तथा कोशी, बागमती र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मेघगर्जन, चट्याङ तथा हावाहुरीसहित भारीदेखि अतिभारी वर्षा र कर्णाली प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । देशका अधिकांश स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्म वर्षा हुने सम्भावना रहेकाले यात्राका क्रममा आवश्यक सतर्कता अपनाउन महाशाखाले सबैमा अनुरोध गरेको छ । महाशाखाका अनुसार हाल बङ्गालको खाडीको मध्य भू-भाग आसपास रहेको न्यून चापीय क्षेत्र थप शक्तिशाली बन्दै बलियो न्यून चापीय क्षेत्रमा परिणत भई पश्चिम-उत्तरपश्चिम दिशातर्फ सर्ने देखिएको छ । यसको प्रभाव बुधबारदेखि कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा वर्षाको गतिविधि बढ्दै जाने पूर्वानुमान गरिएको छ । महाशाखाले ठूला तथा साना नदी नाला र खोलानालामा पानीको सतह बढ्न सक्ने, दैनिक जनजीवन, कृषि, स्वास्थ्य, पर्यटन लगायतका क्षेत्रमा असर पर्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ । विशेषगरी हिमाली भू-भागमा भारी हिमपात हुन सक्ने भएकाले हिमाली पदयात्रा तथा पर्वतारोहणमा जानेले सम्बन्धित क्षेत्रको मौसमबारे जानकारी लिएर उच्च सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ । --- # मनोहरा खोला पसे पछि सुकुम्वासी बस्तीको बिजोग Source: https://newskunda.com/archives/1711 Category: FEATURED NEWS, समाचार, समाज Last updated: 2022-08-10 भक्तपुर, २५ साउन : गएराती परेको अविरल बर्षाको कारण भक्तपुर मनोहरा सुकुम्वासी बस्ती डुबानमा परेको छभने जिल्लाका बिभिन्न क्षेत्रमा पशु चौपायाहरु बगाएर क्षति पुर्याएको छ । मध्यराती १२ बजेदेखि मध्यपुरथिमि नगरपालिका–१ मनोहरा खोलाको किनारामा रहेका सुकुम्वासी बस्तीको ८८० घरमध्ये करिब ८०० घर डुबानमा परेको रातीदेखिनै उद्धारमा खटिनु भएका वाग्मति प्रदेश खेलकुद विकास परिषदका सदस्य एवं भक्तपुर जिल्ला खेलकुद विसका समितिका पूर्व अध्यक्ष श्रीभक्त कासिछ्वाले जानकारी दिनु भयो । उहाँले भन्नुभयो, “राती १२ बजे वाग्मति प्रदेश सभा सदस्य प्रतिमा श्रेष्ठले सुकुम्वासी बस्ती डुबानमा परेको जानकारी दिए पछि उहाँ सहित हाम्रो टोली रातीदेखिनै बस्तीमा पसेर उद्धारमा खटियौ, दुईवटा डोजर ल्याएर पर्खाल भत्काएर पानी बाहिर पठाउने र बस्तीको बासिन्दाको बिहानसम्म हामी उद्धारमै खटिएका छौ ।” चाँगुनारायण उद्योग वाणिज्य संघका अध्यक्ष समेत रहनु भएका कासिछ्वाले मध्यराती बस्तीमा ज्यान जोगाउन भागाभाग मच्चिएको बताउदै कोही अरनिको राजमार्गको सडकमा आइपुगेका र कोही घरको छतमा बसिरहेको पाइएको बताउनु भयो । राती नेपाल प्रहरी, शसस्त्र प्रहरीको टोली पनि उद्धारमा खटिएको उहाँले जानकारी दिनु भयो । सुकुम्वासी बस्ती डुबानमा पर्दा घर भित्रका लत्ता कपडा, खाद्यान्न र अन्य सामानहरु नष्ट भएको, यहाँका कुखुरा र बंगुरहरु बगाएको तथा अहिले बिहान खानेकुरा समेत नभएकाले राहतको व्यबस्था गर्नु जरुरी रहेको उहाँले बताउनु भयो । बस्ती भित्रका बालबालिका र जेष्ठ नागरिक बढी मारमा परेको बताउदै उहाँले भन्नुभयो, “यहाँको अबस्था बिजोग छ, पानी पर्ने बित्तिकै बस्तीको बासिन्दा त्रासमा बस्नु पर्ने, सुकुम्वासी बस्तीको समस्या समाधानमा सरकारले चासो दिनु पर्ने अत्यावश्यक देखियो ।” महानगरीय प्रहरी परिसर भक्तपुरका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक राजू पाण्डेले मध्यपुरथिमि नगरपालिका वडा नं. १ र २ का मनहरा नदीको सुकुम्वासी बस्तीमा भएको डुबानमा क्षतिको विवरण संकलन कार्य भइरहेको बताउनु भयो । उहाँले बस्तीमा लत्ता कपडा, खाद्यान्न र अन्य सामानमा क्षति पुगेको, पशु चौपायाहरु बगाएको तर मानवीय क्षति भने नभएको बताउनु भयो । उहाँले मनोहरा नदी किनारामा दिब्यश्वरी प्लानिङमा बस्ने अम्मर लामाको बंगुर फर्मबाट प्रहरीले ५०० वटा हाँ, २०० वटा बंगुर र २ वटा गाई उद्धार गरि सुरक्षित स्थानमा सारिएको जानकारी दिनु भयो । त्यस्तै मनोहरा खोला किनारमा रहेको सुकुम्वासी बस्तीमा खोलाले कटान गरी माटोको ढिस्को खस्दा खोलाको धार परिवर्तन भई ८० वटा घर टहरामा पानी पसेको जानकारी दिनु भयो । सानोठिमी तर्फको मनोहरा नदी किनारमा सिन्धुली कमलामाई नगरपालिका–७ घर भई हाल सानोठिमी दिब्यश्वरी प्लानिङ स्थित टहरामा बस्ने पेमा तामाङको टहरामा रहेको २६ बोरा चामलमा क्षति भएको गिरीराज कुखुराको ४५ वटा चल्ला बगाएको जानकारी दिनु भयो । सुकुम्पासी बस्तीको क्षतिको बिवरण संकलन कार्य प्रहरीले गरिरहेको उहाँले बताउनु भयो । यता चाँगुनारायण नगरपालिका –४ मा मनोहरा खोला निलोपुल नजिक सुनसरी घरभई सोही स्थानमाा बंगुर फर्म सञ्चालन गरेका हरि राईको बंगुर फर्मबाट चार वटा बंगुर बगाएको प्रनाउ पाण्डेले जानकारी दिनु भयो । चांगुनारायण–१ दुवाकोट बेसी मनोहरा खोला किनारका २० वटा घर टहरामा पानी पसेको र एक टहरामा बस्ने चार जनाको उद्धार गरी सुरक्षित स्थानमा सारिएको उहाँले जानकारी दिनु भयो । बाढी र पहिरोको जोखिम बढेकोले सचेत रहनु उहाँले आग्रह गर्नु भयो । --- # मनोहरा खोलामा राती आयो बाढी, स्थानीयलाई सुरक्षित स्थानमा सारियो Source: https://newskunda.com/archives/4294 Category: FEATURED NEWS, अर्थ, राजनीति, समाचार, समाज Last updated: 2026-09-14 भक्तपुर, २९ भदौ : भक्तपुर र काठमाडौंको सिमाना भएर बग्ने मनोहरा खोलामा पानीको बहाव बढेर पुलसम्म छोए पछि खोला किनारामा टहरा एवं घर बनाएर बसोबास गर्दै आएका स्थानीय बस्ती छाडेर भक्तपुरको लोकन्थली हाईटमा पुगेका छन् । चाँगुनारायण नगरपालिकाको नगरकोटदेखि काठमाडौंको साँखुलगातका क्षेत्रमा साँझ परेको ठूलो वर्षाका कारण आएको बाढीले खोला किनाराबाट बस्तीमा पानी पसेर टहराहरुमा पानी पसेपछि १०० भन्दा बढी स्थानीयले त्रासमा राती ९ बजे नै बस्ती छाडेर लोकन्थलीको हाईटमा पुगेर बसेको स्थानीय कमलनाथ प्रसाईले जानकारी दिनुभयो । राती ८ बजेपछि पानीको बहाब बढेको र ९ बजेपछि खोलाको बहाब बढेर साईरन बजाएर अलर्ट गर्दै सुरक्षित स्थानमा जान आग्रह गरिएको उहाँले जानकारी दिनुभयो । भोटेकोशी बाढीको वितण्डाको कारण पनि मनोहरा खोलामा आएको बाढीले थप त्रास बनाएर सुरक्षित हुन लोकन्थलीको हाईटमा बच्चादेखि बुढासम्म पुगेको उहाँले बताउनुभयो । सरकारले मनोहरा सुकुम्वासी बस्ती हटाए पछि जडिबुटी पेप्सीकोलाको पश्चिमतर्फ निजी जग्गा भाडामा लिएर र आफ्नै जग्गामा घर टहरा बनाएर बसेकाहरुको बस्ती भित्र बाढी पसेको हो । जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक सुर्य बहादुर खड्काले मनोहरा खोलामा बाढीको बहाव बढेसँगै राती नैे प्रहरीले खोला किनारका बस्तीमा प्रहरी परिचालन गरे स्थानीयलाई सुरक्षित स्थानमा सारेको जानकारी दिनुभयो । उहाँले आवश्यक पर्दा उद्धारको लागि सुरक्षाकर्मी तयारी अबस्थामा रहेको भए पछि राती १० बजेपछि खोलामा पानीको बहाब घटेको बताउदै उहाँले प्रहरी मनोहरा किराना क्षेत्रमा खटिएको बताउनुभयो । --- # मन्त्री तामाङद्धारा दशैं रमाइलो महोत्सव –२०८३ को उद्घाटन, सल्लाघारीमा भव्य रुपमा सुरु भयो, दशै मेला Source: https://newskunda.com/archives/4633 Category: FEATURED NEWS, अर्थ, धर्म/संस्कृति, मनोरञ्जन, राजनीति, समाचार, समाज Last updated: 2026-10-08 भक्तपुर, २२ असोज : वागमती प्रदेशका विना विभागिय मन्त्री ज्ञानबहादुर तामाङले आजबाट भक्तपुरको सल्लाघारीमा सुरु भएको दशैं रमाइलो महोत्सव–२०८३ को उद्घाटन गर्नु भएको छ । सल्लाघारीस्थित नेपाल ट्रष्टको चौरमा आयोजना गरेको मेलाको उद्घाटन गर्दै उहाँले दशै तिहार नजिकिदै गर्दा कालो बजारी बढ्ने भएकाले मेलामा सर्वुसुलभ रुपमा सामान उपलब्ध गराउनु पर्ने बताउनुभयो । उहाँले स्थानीय तथा महोत्वले स्थानीय उद्योग, घरेलु उत्पादन र कला संस्कृतिको प्रबद्र्धनमा महत्वपूर्ण योगदान पुर्याउने बताउनुभयो । कार्यक्रममा प्रतिष्ठानका बलराम श्रेष्ठले ‘दसैँ रमाइलो महोत्सव–२०८३’ असोज ३० गतेसम्म सञ्चालन हुने बताउदै ७० वटा स्टल रहेको मेलामा गुणस्तरीय खाद्यान्न र लत्ता कपडा आम उपभोक्ताका लागि सहज, सर्वसलुभ रुपमा उपलब्ध गराएको बताउनुभयो । मेला आयोजक समितिका संयोजक संगम लामाले एक लाख भन्दा बढी उपभोक्ताले मेलाको अवलोकन गर्ने अपेक्षा गरिएको बताउदै मेलामा दैनिक जीवनमा प्रयोग हुने खाद्यान्न, लत्ता कपडासंगै अटोमोबाइल, जुत्ता–चप्पल, कृषि तथा हस्तकलाका सामग्रीलगायतका बिभिन्न वस्तुहरुको प्रदर्शनी तथा बिक्रीका लागि राखिएको बताउनुभयोे । मनोरञ्जनका लागि मेलामा बाल उद्यान, रोटेपिङ, झुला, नाउ, मिनी बञ्जी जम्प, वाटर बल, मिकी माउस, ट्राम्पोलिनलगायतका बिभिन्न खेल तथा मनोरञ्जनका सामग्री राखिएको बताउदै उहाँले दैनिक राष्ट्रिय तथा स्थानीय कलाकारहरूको सांस्कृतिक प्रस्तुति, हास्यव्यङ्य र गीत–गायन तथा नृत्य प्रतियोगिता रहेको बताउनुभयो । मेलाले भक्तपुरको आन्तरिक पर्यटनको विकास हुनुका साथै स्थानीय उत्पादन, व्यापार, कला–संस्कृति तथा पर्यटन प्रवद्र्धनमा समेत सहयोग पुग्ने अपेक्षा गरिएको संयोजक लामाले बताउनुभयो । --- # मन्त्री थापाद्धारा पाठेघरको मुखको क्यान्सरविरुद्ध एचपिभि खोप अभियान शुभारम्भ Source: https://newskunda.com/archives/3361 Category: FEATURED NEWS, अर्थ, राजनीति, समाचार, समाज, स्वास्थ्य Last updated: 2026-02-09 भक्तपुर, २६ माघ : वागमति प्रदेशका स्वास्थ्य मन्त्री किरण थापाले आज भक्तपुरमा किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्ध ‘ह्युमन पापिलोमा भाइरस’ (एचपीभी) खोप लगाइने अभियान शुभारम्भ गर्नु भएको छ । आज जिल्ला जनस्वास्थ्य कार्यालय भक्तपुरले सूर्यविनायकमा आयोजना गरेको खोप अभियान शुभारम्भ कार्यक्रममा मन्त्री थापा मगरले खोप हस्तान्नरण गर्दै अभियानको सुरुवात गर्नु भएको हो । अभियान सफल पार्न सबैमा आव्हान गर्दै उहाँले सरकारले गतवर्ष र यसवर्ष निःशुल्क खोप उपलब्ध गराएकाले खोप नछुटाउन आव्हान गर्नुभयो । नेपालमा भयावह बन्दै गएको क्यान्सर रोगमा पनि पहिलो नम्बरमा रहेको पाठेघरको मुखको क्यान्सर रोगलाई निर्मल पार्न सरकारले सञ्चालन गरेको खोप अभियानमा कोही किशोरी छुट्न नहुने बताउनुभयो । उहाँले नेपालमा पाठेघरको मुखको क्यान्सरका कारण प्रत्येक दिन चारजनाको मृत्यु हुने गरेको तथ्यांक रहेको बताउदै खोप अभियान सफल पार्न सरकारले अभियान सञ्चालन गरेको बताउनुभयो । कार्यक्रममा वागमति प्रदेश स्वास्थ्य मन्त्रालयका सचिव एवं प्रसुति रोग विशेषज्ञ डा. सुमित्रा गौतमले नेपालमा पनि पाठेघरको मुखको क्यान्सर न्यूनिकरणका लागि लगाईने यो खोप शारीरिक सम्पर्क तथा यौन क्रियाकलापमा सक्रिय नहुँदैको अवस्थामा दिँदा प्रभावकारी हुने भएकाले १० देखि १४ वर्ष उमेर समूहलाई लक्षित गरिएको बताउनुभयो । उहाँले महिलामा हुने क्यान्सरमध्ये पाठेघरको मुखको क्यान्सर नेपालमा पहिलो स्थानमा रहेको र स्तन क्यान्सर दोश्रोमा रहेको बताउदै वागमती प्रदेशका १३ जिल्लामा खोप अभियानलाई सफल बनाउन जिल्ला, स्थानीय तह र अन्य विभिन्न निकायसंग समन्वय गरि अभियान सञ्चालन गरेको बताउनुभयो । कार्यक्रममा जिल्ला जनस्वास्थ्य कार्यालय भक्तपुरकी प्रमुख अञ्जना खड्काले भक्तपुरमा आजदेखि फागुण १ गतेसम्म सञ्चलन हुने खोप अभियानमा यसवर्ष ३५ वटा स्वास्थ्य संस्था एवं खोप केन्द्र र ८० वटा विद्यालयबाट भक्तपुरमा तीन हजार ८८१ जना किशोरीलाई खोप लगाईने बताउनुभयो । जसमा कक्षा ६ मा अध्ययनरत तीन हजार ८४९ जना किशोरी, १० वर्ष उमेर समूहका १६३ जना र गतवर्ष खोप लगाउन छुट भएका ७ देखि १० वर्ष उमेर समूहका ३० जना किशोरीलाई खोप लगाईने भएको उहाँले बताउनुभयो । अभियानमा सूर्यविनायक नगरपालिकाका ८८५ जना, १० वर्ष उमेर समूहका ७१ जना, कक्षा ७ देखि १० छाडेका विद्यार्थी ३० जना र ११–१४ वर्ष उमेर समूहका २० जना किशारीलाई खोप लगाईने छ । मध्यपुरथिमि नगरपालिकामा ९२१ जना, १० वर्ष उमेर समूहका २६ जना, भक्तपुर नगरपालिकामा एक हजार ५१५ जना र चाँगुनारायण नगरपालिकामा ५२९ जना, १० वर्ष उमेर समूहका ६६ जना किशारीलाई खोप लगाईने छ । जिल्ला १० वर्ष उमेर समूहका किशोरी १६३ जना र कक्षा ७–१० का गत वर्ष खोप लगाउन छुटेका ३० जना तथा ११ देखि १४ वर्ष उमेर समूहका विद्यालय बाहिरका कशोरी–किशोर २० जना किशारीलाई अभियानमा खोप लगाईने छ । फागुन १ गतेसम्मको अभियानमा छुटेका किशोरीहलाई फागुन ४ र ५ गते खोप केन्द्रमार्फत खोप लगाईने प्रमुख खड्काले जानकारी दिनुभयो । उहाँले भक्तपुरमै अन्य जिल्लाकालागि पनि खोप भण्डारण केन्द्र रहेकाले संकलित विवरण भन्दा बढी खोप लगाउनु पर्ने भएमा पनि खोप थप गर्न सहज हुने उहाँले बताउनुभयो । गतवर्ष छुटेका, इँट्टा भट्टादेखि विभिन्न क्षेत्रबाट आएका तथा विद्यालय बाहिर रहेका किशोरीहरुलाई समेत अभियानमै एचपिभि खोप दिन कार्याल्यले व्यबस्था गरेको उहाँले जानकारी दिनुभयो । **देशभरका तीन लाख ५० हजार किशोरीलाई खोप दिईने :** सरकारले देशका बिभिन्न जिल्लामा आइतबारदेखि सुरु खोप अभियान फागुन १५ गतेम्म खोप अभियान सञ्चालन गर्नेछ । कक्षा ६ मा अध्ययनरत सबै र विद्यालयबाहिर रहेका १० वर्ष उमेरका तथा गत वर्ष खोप दिन छुटेका हाल कक्षा ७ देखि १० सम्म अध्ययनरत र विद्यालयबाहिर रहेका ११ देखि १४ वर्षका कुल तीन लाख ५० हजार ५०० किशोरीलाई एसपिभि खोप दिईने लक्ष्य राखेको स्वास्थ्य सेवा विभाग, परिवार कल्याण महाशाखाका, बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख डा. अभियान गौतमले जानकारी दिनुभयो । पाठेघरको क्यान्सरको रोकथामका लागि अमेरिकाबाट सुरु भएको यो खोप नेपालमा गत वर्षदेखि फागुन २२ गतेबाट अभियानका रुपमा लगाउन सुरु भएको थियो । एचपिभी खोपलाई विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले नै सुरक्षित घोषणा गरिसकेको यो खोप अमेरिकासहित १९४ देशमा प्रयोग भइरहेको बताईएको छ । गत वर्ष १० देखि १४ वर्ष उमेर समूहका १६ लाख ८८ हजार ६८८ बालिकालाई एचपिभी खोप लगाइएको थियो । खोप अभियानमा देशभर १५ हजारभन्दा बढी स्वास्थ्य स्वयंसेविका परिचालन भएका छन् । --- # मन्त्रीपरिषद् बिस्तारबारे छलफल गर्न बालकोटस्थित ओली निवास पुगे प्रधानमन्त्री प्रचण्ड Source: https://newskunda.com/archives/2503 Category: FEATURED NEWS, राजनीति, समाचार Last updated: 2023-01-11 भक्तपुर, २७ पुस : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सत्ता साझेदार दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच आज भेटवार्ता भएको छ । आज साँझ करिब साडे ६ बजे बालकोटस्थित ओली निवास पुग्नु भएका प्रधानमन्त्री दाहाल र ओलीबीच करिब डेढ घण्टा भेटवार्ता पछि राती ८ बजे प्रधानमन्त्री दाहाल बालकोटबाट बालुवाटार फर्किनु भएको छ । प्रचण्ड र ओलीबीच सरकारलाई पूर्णता दिएर संघीय मन्त्रीहरुको बाँडफाँटका विषयमा छलफल भएको एमाले अध्यक्ष ओलीको प्रेस संयोजक रामशरण बजगाईले जानकारी दिनुभयो । मंगलबार प्रधानमन्त्री दाहाललाई नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी नेपाल, लोकतान्त्रिक समाजवादी पार्टी, नेकपा (एकीकृत समाजवादी), नागरिक उन्मुक्ति पार्टी, जनमत पार्टी र केही स्वतन्त्र सांसदले दिएको विश्वासको मतकोबारेमा पनि भेटमा छलफलमा छलफल भएको बताइएको छ । छलफलमा मन्त्रीपरिषद विस्तार, मन्त्रालयको भागवण्डा, सरकारको नीति तथा कार्यक्रमको कार्यन्वयन, सभामुखको निर्वाचन लगायतको समसामयीक राजनीतिक बिषयमा गहन छलफल भएको ओलीका प्रेस संयोजक बजगार्यले जानकारी दिनु भयो । आगामी शुक्रबारसम्म केही राज्यमन्त्रीसहित २५ जनाको मन्त्रिपरिषद बिस्तार गर्ने र मन्त्री भएकाहरुलाई पनि मन्त्रालयको जिम्मेवारी दिनेबारेमा छलफल भएको बताइएको छ । सत्ता साझेदार दलहरुबीच छलफल र समन्वयमा मन्त्रालयको संख्या र विभाग बाँडफाँट गरिने बताइएको छ । --- # मल ल्याउन नसकेका मन्त्रीहरुलाई कारबाही गर्न र अर्थमन्त्रीको विषयमा छानविन गर्न महेश बस्नेतको माग Source: https://newskunda.com/archives/1280 Category: FEATURED NEWS, राजनीति, समाचार Last updated: 2022-06-13 काठमाडौँ, ३० जेठ । नेकपा एमालेका सांसद महेश बस्नेतले मल ल्याउन नसकेका मन्त्रीहरुलाई कारबाही गर्न माग गरेका छन्। सोमबार प्रतिनिधिसभामा मल अभाव सम्बन्धी जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथिको छलफलमा भाग लिँदै उनले सो माग गरेका हुन्। कृषि बाटै ८ प्रतिशत आर्थिक वृद्धि गर्ने भनिरहेको बेला किसानले मल नपाउने अवस्था रहेकोले उनले भने, ‘मल ल्याउन नसकेका मन्त्रीहरुलाई कारबाही हुनुपर्छ।’ त्यस्तै, फोहोरलाई कम्पोष्ट मल बनाउने योजना बनाउन किन कार्यान्वयन नभएको भन्दै जवाफ खोज्न सरकारसँग माग गरेका छन्। त्यस्तै आर्थिक वर्ष २०७९/ ८० को बजेट निर्माणका क्रममा अर्थमन्त्री जनार्दन शर्माले अनाधिकृत रुपमा एक पूर्वकर्मचारीलाई सहभागी गराएको विषय बाहिर आएपछि संसदमा प्रश्न उठेको हो । सांसद महेश बस्नेतले अर्थमन्त्रीको विषयमा प्रश्न उठेको भन्दै छानविनको माग समेत गरे । उनले भने, ‘आज मात्रै हामीले समाचार सुन्यौं । अर्थमन्त्रीज्यूले भन्सारका दररेटहरु र करका दररेटहरु परिवर्तन गर्न अघिल्लो दिन राति एकजना पूर्वसुब्बालाई ल्याएर गडबडी गर्नुभयो । वायर कारखानादेखि लिएर सेनेटरी प्याड सबै कुरामा तमाम दररेटहरु खारेज गरेर अर्थमन्त्रीज्यूले नियमित कमिसन खाने योजना बनाउनुभयो भन्ने कुरा सुन्यौं ।’ सांसद बस्नेतले नीतिगत सुधारदेखि मन्त्रीहरुको व्यवहार परिवर्तन हुन जरुरी रहेको बताए । सिमेन्ट र रडमा महिनाको ३० करोड विद्युत तिर्ने कारखानालाई १५ प्रतिशत छुट दिनएर एक मुष्ट करोडौं रकम आम्दानी लिने कुरा बाहिर आएको भन्दै उनले अर्थमन्त्रीको भूमिकामाथि प्रश्न गरे। उनले भने, ‘सिमेन्ट र रडमा महिनाको ३० करोड विद्युत तिर्ने कारखानाहरुलाई १५ प्रतिशत छुट दिने कुराले एक मुष्ट करोडौ रकम आम्दानी लिएको कुरा, महिनाको ३७ लाख रुपैंया नियमित लिएको कुरा पनि आएको छ । रोम जलिरहेछ निरोहरु बाँसुरी बजाइरहेछन् भन्ने कुरा देखिरहेका छौं । यो विषय छानविन हुनुपर्छ । ’ --- # मल्लकालीन युद्धको झल्को दिने खाँ पिहाँवइगु जात्रा सम्पन्न Source: https://newskunda.com/archives/4994 Category: FEATURED NEWS, अर्थ, धर्म/संस्कृति, समाचार, समाज Last updated: 2026-10-22 भक्तपुर, ५ कात्तिक दसैँको विजयादशमीको भोली पल्ट आज पापांकुश एकादशीको दिन मध्यपुरथिमिमा मल्लकालीन युद्धको झल्को दिने खाँ पिहाँवइगु (खाँ निस्कने) जात्रा सम्पन्न भएको छ । तत्कालीन राजदरबारको रुपमा रहेको लाय्कु दरबारस्थित तलेजु भवानीको द्यो छेंबाट खड्ग, तरबार, ढाल, युद्धकवजलगायत मल्लकालीन युद्धमा प्रयोग हुने हातहतियार बोकेर युद्ध कला प्रदर्शन गर्दै उक्त जात्रा सम्पन्न गरिएको संस्कृतिकर्मी एवं जात्राका पमा नाइके श्यामकाजी पमा श्रेष्ठले जानकारी दिनुभयो । दरबारसँग सम्बन्धित फरक समुदायलाई सहभागी गराइने खाँ पिहाँवइगु जात्रामा गुठीयारले सेतो जामा लगाई खड्ग, ढाल, भाला, तरबारलगायतमा युद्धमा प्रयोग हुने हतियार हातमा बोकेर नगरका विभिन्न टोलमा युद्ध गरे जस्तै गरि तत्कालीन समयको युद्धकला प्रदर्शन गरिएको छ । लायकु दरबारबाट निकालिने यो जात्रालाई थहनेया टोल (माथिल्लो टोल)को रूपमा इनाएटोल, दुईपोखरी हुँदै दिगु भैरवसम्म र कोहनेया टोल (तल्लो टोल)को रूपमा दथुटोल हुँदै बालकुमारीसम्म प्रदर्शन गरिएको थियो । जात्रामा दसैंको नवमीमा तलेजु भवानीलाई चढाइएको बलि र कोतभित्र अवस्थित देवता र दरबारको राजदण्ड समेत लिएर नगर परिक्रमा गराइएको पमा नाइके श्रेष्ठले बताउनुभयो । विशेष गरी यो जात्रामा नायः पःमां (तत्कालीन दरबारका प्रशासक, श्रेष्ठ थरका), कर्माचार्य, जोशी, कुटु, प्याथः (प्रजापति), खड्गी समुदायको प्रत्यक्ष संलग्नता रहने गर्दछ । जात्रामा महानवमीको राति तलेजुमा महिषाुर राक्षसको प्रतिकका रुपमा बलि दिइएको खःम्येको (राँगाको) टाउकोको समेत प्रर्दशनी गरि असत्य माथि सत्यको जित र अधर्म माथि धर्मको जित भएको खुसीयालीमा महिषासर दैत्यको छेदन गरिएको शिर र खुसीयालीमा युद्ध कला प्रर्दशन गर्दै नगर परिक्रमा गरिएको उहाँले बताउनुभयो । जात्राका अवसरमा बालकुमारी कालो ढुङ्गाको प्वालमा राखेर पमा नाईके श्रेष्ठले भुईंफसी (कुभिन्डो) मार हानेर बलि दिइन्छ । बलि दिइएको कुभिन्डो प्रसादको रुपमा लिए रोगबाट बच्न सकिने जनविश्वास रहेकाले कुभिण्डो लिनेको भीड लाग्ने गर्दछ । जात्राको अन्तिममा भुईंफसी (मार हान्ने) भएकाले यसलाई भुईंफसी पालेगु जात्रा पनि भन्ने गरिएको स्थानीयले अर्जुन श्रेष्ठले जानकारी दिनुभयो । जात्रा अवलोकनका लागि स्थानीयवासीदेखि बिभिन्न ठाउँबाट आएकाहरुको ठूलो भीड लागेको थियो । --- # मंसिर ६ गते एमालेले गर्ने शान्तिपूर्ण र्‍यालीकै माध्यमबाट ‘शान्तिपूर्ण प्रदर्शन कस्तो हुन्छ : केपी शर्मा ओली Source: https://newskunda.com/archives/3143 Category: FEATURED NEWS, राजनीति, समाचार, समाज Last updated: 2025-11-19 काठमाडौं, मंसिर ३ । नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले बारामा विमानस्थलमा तोडफोड गर्दै एमालेको सभा अवरुद्ध गर्न खोज्ने समूहलाई ‘जेनजी’का नाममा पहिचान गर्न खोजिए पनि उनीहरू वास्तविकतामा अपराधी, असामाजिक र राष्ट्र विरोधी भएको टिप्पणी गर्नुभएको छ। बुधबार च्यासलमा आयोजित एमाले स्थानीय विकास विभागको ‘स्थानीय तहका जनप्रतिनिधिको भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रममा उहाँले बारामा देखिएको व्यवहारले लोकतान्त्रिक अभ्यास, शान्ति–सुरक्षा र राष्ट्रिय हितमै चोट पुर्याएको बताउनुभयो। ‘यी सामाजिक तत्त्व होइनन्, असामाजिक तत्त्व हुन् , अराष्ट्रिय, देशद्रोही तत्त्व हुन्,’ उहाँले कडा शब्दमा प्रतिक्रिया जनाउनुभयो। उहाँले मंसिर ६ गते एमालेले गर्ने शान्तिपूर्ण र्यालीकै माध्यमबाट ‘शान्तिपूर्ण प्रदर्शन कस्तो हुन्छ’ भन्ने देखाइने उल्लेख गर्दै पछिल्लो समय लुटपाट, तोडफोड र आगजनीमै सीमित र्यालीहरूको अस्वाभाविकता बढ्दै गएको टिप्पणी गर्नुभयो। राष्ट्रिय झण्डा फहराउने प्रतीक भएको बताउँदै उहाँले अपराध गर्ने समूहहरूले झण्डालाई ओढेर दुरुपयोग गरेको बताउनुभयो । झण्डा उनीहरूले आफ्नो पहिचानका लागि ओढेका ओलीको भनाइ छ । पार्टीभित्रको अनुशासन र ऐक्यबद्धताको सन्दर्भमा उहाँले हालको संवेदनशील राजनीतिक चरणमा सबै नेता–कार्यकर्ता एकढिक्का हुनुपर्नेमा जोड दिनुभयो। ‘केही साथीहरू अहिले विरोधीको लहैलहैमा लागेर अन्तरसंघर्ष भन्छन्, के हो अन्तरसंघर्ष भनेको ?’ उहाँले चेतावनी दिनुभयो। देशका लागि लड्न सक्ने, दृढ सङ्कल्पका साथ अघि बढ्ने राजनीतिक शक्ति आवश्यक रहेको उल्लेख गर्दै उहाँले अहङ्कारमा भरिएका व्यक्तिहरूलाई थुपारेर देश बन्न नसक्ने टिप्पणी गर्नुभयो। ‘वृद्धाश्रम बनाएर पार्टी चल्दैन,’ उहाँले व्यङ्ग्य गर्दै भन्नुभयो। माओवादी केन्द्रका अध्यक्ष प्रचण्डप्रति टिप्पणी गर्दै उहाँले ‘प्रचण्डका साथीहरू नै अहिले उहाँलाई घेरेर सिद्ध्याउने’ भन्दै वर्तमान राजनीतिक परिस्थितिमा सतर्क रहन आवश्यक रहेको बताउनुभयो। उहाँले राजनीतिक दौडमा नचिप्लन नेताहरूलाई आग्रह गर्नुभयो । देश निर्माणको जिम्मेवारी सबैले आफ्नै पुस्ताकै हातले वहन गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । --- # महिलालाई कानूनी अधिकारबारे जानकारी दिन छहारी साकोसको महिला हिंसा सम्बन्धि अभिमुखीकरण सम्पन्न Source: https://newskunda.com/archives/1144 Category: FEATURED NEWS, अर्थ, शिक्षा, समाचार, समाज Last updated: 2022-06-05 भक्तपुर, २२ जेठ । सूर्यविनायक नगरपालिका–४ दधिकोट गाम्चा चोकमा रहेको छहारी साकोसले यहाँका महिलाहरुलाई महिला अधिकार प्रत्यायोजित गर्दै महिला हिंसा रोक्ने उदेश्यले एक दिने महिला हिंसा सम्बन्धि कानूनी परामर्शको आयोजना गरेको छ । यही जेठ २१ गते शनिवार छहारी साकोसको आफ्नै सभा कक्षमा युवा विकास तथा अध्ययन केन्द्रकोे सहयोगमा आयोजना भएको महिला हिंसा तथा लैगिक अधिकार सम्बन्धी एकदिने अभिमुखीकरण कार्यक्रममा महिला अधिकार र हिंसा रोकथाम तथा कानूनी अधिकारकाबारेमा परामर्श दिएको संस्थाका अध्यक्ष कृष्णहरि खड्काले जानकारी दिनु भयो । छहारी साकोसमा आवद्ध महिलाहरुलाई कानूनी परामर्श दिने र कानूनबारेमा कानूनी अधिकारकाबारेमा दक्ष बनाउने उदेश्यले सञ्चालन गरेको परामर्श कार्यक्रममा केन्द्रका सुमन न्यौपानेले परामर्श दिनु भएको थियो । कार्यक्रममा महिलाहरुले आफूमा रहेको महिला हिंंसा, कानूनी उपचार, कानूनी प्रक्रिया, महिला अधिकारकोबारेमा जानकारी गराएको संस्थाका अध्यक्ष खड्काले जानकारी दिनु भयो । संस्थाका कोषाध्यक्ष प्रविण शंखदेवले संविधानमा उल्लेख भएका, ऐन कानूनले महिलालाई दिएका अधिकार पनि कतिपय अबस्थामा कानूनी प्रक्रिाय थाहा नपाउँदा महिला पछाडि परेको अबस्थामा संस्थाले यस प्रकारको कानूनी परामर्श दिएको बताउनु भयो । यसले महिलाहरुको हक, अधिकार सुनिश्चित गर्दै कानूनी अधिकार व्यबहारमा लागू गर्न तालिमले प्रभावकारी भूमिका निर्वाह गर्नेउहाँले बताउनु भयो । समाजका हुने महिला हिंसा रोक्दै समाजलाई स्वच्छ बनाउने उदेश्यले आयोजना गरेको एकदिने परामर्श अत्यन्तै उपयोगी रहेको सहभागि महिलाहरुले बताएका छन् । --- # महेश बस्नेतको गर्जन : मैदानमा कमजोरले बैशाखी खोज्छ, कांग्रेसको बैशाखी प्रचण्ड र माधव, बाँदरको पुच्छर लौरो न हतियार Source: https://newskunda.com/archives/589 Category: FEATURED NEWS, निर्वाचन, राजनीति, समाचार Last updated: 2022-05-01 भक्तपुर, १८ बैशाख । नेकपा एमालेका प्रभावशाली युवा नेता एवं एमालेको पोलिटव्युरो सदस्य महेश बस्नेतले नेपालको राजनीति आज पनि एमाले र केपी शर्मा ओली वरिपरि घुमिरहेको बताउनु भएको छ । आगामी ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि एमालेको चाँगुनारायण नगरपालिकाले आजबाट गरेको घरदैलो अभियान अन्तर्गत वडा नं. १ सरस्वती खेलमा आयोजित कार्यक्रममा बोल्दै उहाँले नेपालको राजनीतिमा अहिले पनि एमाले बलियो शक्ति रहेको बताउनु भय **मैदानमा जो कमजोर छ, उसैले साथी खोज्छ भन्दै पूर्वमन्त्री एवं प्रतिनिधिसभाका सांसद बस्नेतले भन्नुभयो, “मैदानमा जो कमजोर छ, त्यसले साथी खोज्छ, जो घाइते छ, त्यसले बैशाखी खोज्छ, एमाले बलिाये छ, त्यहीँ भएर एक्लै मैदानमा छ, कांग्रेस घाइते छ, त्यसैले प्रचण्ड र माधव नेपाल दुईतिर बैशाखी टेकेर आएको छ, तर बिचरा त्यो बैशाखी के काम, बाँदरको पुच्छर लौरो न हतियार भने जस्तै हो ।”** उहाँले स्थानीय पालिकामा मात्रै होइन, प्रदेश र केन्द्रमा समेत एमालेको सरकार बन्ने ठोकुवा गर्दै भूमाफियाले कब्जा गरेको सबै सार्वजनिक जग्गा एमालेको सरकार फिर्ता गराउने सार्वजनिक जग्गाको संरक्षण गर्ने बताउनु भयो । “ सरस्वती खेलको बसपार्कमा १९ रोपनी जग्गा भूमाफियाले कब्जा गरे, त्यो हाम्रो कारणले रोकिएको छ, त्यसलाई सरकारीकरण गर्न हामी फेरी लाग्ने छौँ, हामीले अन्तिम चरणमा पुर्याएको थियौ, सरकारीकरण गर्न तर गठबन्धनको सरकार आएपछि त्यो काम रोकिएको छ । एमाले फेरी सरकारमा आउँछ, सार्वजनिक जग्गाको संरषण गर्छ, सार्वजनिक जग्गा खाने माफियालाई जेलमा लगेर कोच्छ ।” उहाँले बेसीँमा ११ रोपनी, कमल पोखरीमा १५ रोपनी, दक्षिण नारायणीमा १७ रोपनी जग्गा, मनोहरामा ४४ रोपनी र हनुमन्तेमा ५४ रोपनी सार्वजनिक जग्गा पूर्व भुमि सुधार मन्त्री नेपाली कांग्रेसका पूर्व बरिष्ठ नेताले कान्छी श्रीमतिको नाममा गराएको भन्दै सार्वजनिक जग्गा दर्ता गरेर खाने पार्टीका साथीहरु आज ठुला–ठुला कुरा गर्ने भन्दै व्यङ्ग्य गर्नु भयो । नगरकोटमा २०५ रोपनी जग्गामा कब्जा गरेर बनाएको टहरा भत्काउने मेयर सोमप्रसाद मिश्र र उपमेयर बिना बास्तोलालाईू ‘स्यलुट’ गर्न चाहान्छु भन्दै उहाँले २२ ओटा टहराको त एउटा नेताले भाडा उठाएर खादो रैछ भन्नु भयो । त्यस्ता २०५ ओटा टहरा खाली कस्ले गरायो भने त्यो नेकपा एमालेले गरायो । त्यो भएर सार्वजनिक जग्गा हामी संरक्षण गछौं । कार्यक्रममा उहाँले वडा नं. १ मात्रै होइन सिंगो नगरपालिका एमालेलृ विजयी हासिल गर्ने र उपत्यकामै पहिलो महिला नेतृत्व पालिका चाँगुनारायण हुने उहाँले बताउनु भयो । कार्यक्रममा उहाँले नेपाली कांग्रेस, माओवादी केन्द्र, राप्रपा, नेकपा एस छाडेर आउने ५५ जनालाई टीका तथा खादा लगाएर एमालेमा प्रवेश गराउनु भयो । --- # महेश्वर पन्तको “सुनको धारो, चाँदीको पँधेरो” Source: https://newskunda.com/archives/3569 Category: FEATURED NEWS, अर्थ, कला तथा साहित्य, मनोरञ्जन, समाचार Last updated: 2026-04-10 #### काठमाडौं, २७ र्चैत । साहित्यकार संगीतकार महेश्वर पन्तको “सुनको धारो चाँदीको पँधेरो” गीत सार्वजनिक भएको छ । स्रष्टा महेश्वर पन्तले लेख्नुभएको गीतको संगीत संकलक गीतकार स्वयं हुन् भने गीतमा चर्चित लोक गायक खेम सेन्चुरी र समीक्षा अधिकारीले स्वर दिएका छन् । यस गीतको भिडियोलाई निर्देशक शिव विकले निर्देशन गरेका हुन् । भिडियोमा मोडलका रुपमा अञ्जलि अधिकारी र प्रभातपल ठकुरी रहेका छन् भने कलाकार साहित्यकार रमेश दाहाल, गीतकार महेश्वर पन्तलाई अतिथिको रुपमा भिडियोमा देख्न सकिन्छ । उक्त गीत तथा म्युजिक भिडियो नेपाली लोक संस्कृतिका अग्र पुरुष कालीभक्त पन्तका नाममा स्थापित कालीभक्त–कृष्णा पन्त स्मृति प्रतिष्ठानले उत्पादन गरेको हो । नेपाली डाँडाँ पाखामा गुन्जने नेपाली लोकभाका गीत संगीतको प्रवर्द्धन तथा उत्थानका लागि कालीभक्त–कृष्णा पन्त स्मृति प्रतिष्ठानले “आमा सानिमा, फूलको थुँगा खस्यो पानीमा”, ‘सुनको धारो चाँदीको पँधेरो” गीत बजारमा ल्याएको हो । प्रस्तुत गीतले नेपाली लोक गीतसंगीतको क्षेत्रमा नयाँ उचाइ थप्ने कुरा म्युजिक भिडियो सार्वजनिक कार्यक्रमका सभापति धर्मराज स्मृति प्रतिष्ठानका अध्यक्ष मदनराज थापाले बताए । त्यसैगरी कार्यक्रमका प्रमुख अतिथि अनेसास नेपाल च्याप्टरका अध्यक्ष राजेन्द्र के.सी.ले प्रस्तुत सुनको धारो चाँदीको पँधेरो गीत बजारमा आएका गीतमध्ये उत्कृष्ट लोकगीत भएको कुरा बताए भने यसले लोप हुँदै गएको गाउँघरका रोधी घरलाई ब्युँताउ ने कुरामा विश्वास व्यक्त गरे । त्यस्तै भिडियोका अतिथका रुपमा अभिनय गर्ने कलाकार रमेश दाहालले प्रस्तुत गीतले स्रोतालाई नाँचूनाँचू बनाउने उत्कृष्ट लोक गीत रहेको बताए । त्यसैगरी अनेसास सिक्किम च्याप्टरकी सदस्य विष्णुमाया कट्टेलले स्रष्टा महेश्वर पन्तको प्रस्तुत गीत नेपाली लोक गीत संगीतको क्षेत्र नमूनाको रुपमा रहने कुरा बताइन् । राष्ट्रिका साहित्य प्रतिष्ठानका अध्यक्ष ऋषभदेव घिमिरेले संचालन गरेको कार्यक्रममा गीतकार महेश्वर पन्तले म्युजिक भिडियो बजारमा ल्याउनका लागि परोक्ष अपरोक्ष रुपमा सहयोग गर्ने सबैलाई धन्यवाद दिँदै आफूले लोकगीत-संगीत तथा साहित्यलाई विश्वव्यापी बनाउनका लागि एक दशकअघि नै कालीभक्त पन्त नेपाली लोक साहित्य अन्र्तष्ट्रिय पुरस्कारको स्थापना गरेको कुरा बताए । त्यस्तै अनेसास, नेपाल च्याप्टरका सदस्य साहितयकार डिआर राई, इन्दिरा ढकाल, हरिबोल ढकाललगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । --- # माओवादी कार्यकर्ता एमाले प्रवेश Source: https://newskunda.com/archives/2083 Category: FEATURED NEWS, राजनीति, समाचार Last updated: 2022-09-09 भक्तपुर, २४ भदौ : नेकपा एमालेका महासचिव शंकर पोखरेलले आगामी मंसीर ४ गते हुने संघ र प्रदेशको निर्वाचनमा एमालेको बहुमत ल्याउने गरि कार्यक्षेत्रमा लाग्न कार्यकर्तालाई निर्देशन दिनु भएको छ । आज भक्तपुरमा राष्ट्रिय युवा संघ नेपाल वागमती प्रदेश सभाको प्रथम अधिवेशन तथा प्रदेश स्तरीय निर्वाचन परिचालन भेलामा बोल्दै उहाँले एमाले पार्टीले एक्लै चुनाब लड्ने बताउदै गठबन्धनलाई परास्त गर्न एक भएर चुनाबी अभियानमा लाग्न निर्देशन दिनु भएको हो । जिल्लास्तरमा अबस्था र आवश्यकता हेरेर पार्टी जिल्ला कमिटीको चाहनामा तालमेल गर्न पार्टी केन्द्रीय कमिटीले भने नरोक्ने उहाँले बताउनु भयो । पार्टीको नीति अनुसार केन्द्रीत रहेर आगामी निर्वाचनमा एमालेको जनलहर ल्याउने गरी लाग्न युवा कार्यकर्ताहरुलाई निर्देशन दिनु भयो । नेकपा एमालेका पोलिटब्युरो सदस्य एवं राष्ट्रिय युवा संघ नेपालका फ्याक्सन इन्चार्ज माननीय महेश बस्नेतले आगामी प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा ‘एक बुथ दुई सय युथ’ परिचालन गर्ने घोषणा गर्नुभएको छ । भक्तपुरमा आयोजित राष्ट्रिय युवा संघ नेपालको बागमती प्रदेश कमिटीको भेलालाई संबोधन गर्दै नेता बस्नेतले यस्तो बताउनुभएको हो । ‘निर्वाचनको उम्मेदवारी छनौट,मतदान प्रकृया देखि मतगणना प्रक्रिया हुँदै बिजय घोषणासभा सम्म युथफोर्सको मुख्य भुमिका हुनेछ।युथफोर्स कुनैपनी कार्यमा ब्याक नहुने,गठबन्धनले सत्ताको दुरुपयोग गरेर।प्रहरी प्रशासन लगाएर आफू बलियो भएको स्थनमा हामी माथी भौतिक आक्रमण पनि गर्न सक्छन्।’ ‘हामी संयामित र अनुशासित भएर जान्छौं।हामी प्रहरी प्रशासनको सहयोग लिन्छौं।प्रशासनले सहयोग दिएमा हामी त्यही ढङ्गले समस्या हल गर्छौं।यदि प्रहरी प्रशासनले सहयोग गरेन भने हामी मुखले सम्झाउछौं।मुखले सम्झाउंदा मान्ने स्थिति भएन भने हातगोडाले पनि सम्झाउन युवा संघ नेपाल तयार रहेको छ।कानुन मिचेर हामिमाथी आक्रमणनै गर्दा राष्ट्रिय युवा संघ निरीह भएर नबस्ने जनाउनु भएको छ।’ त्यस्तै,मंसिरको ४ को निर्वाचनपछि आफ्नो पार्टी नेकपा एमालेले सरकार बनाउने दावी गर्दै देशमा विकास निर्माणको कार्य हुन नदिन।भ्रष्टाचारीहरुलाई संरक्षण दिन राष्ट्रियतालाई समाप्त पार्नको लागि सत्तारुढ गठबन्धन एमालेको बिरुद्ध लागि परेको र गठबन्धनको त्यो सपना पूरा हुन नदिने पनि बताउनुभएको छ । आज भक्तपुरमा आयोजित राष्ट्रिय युवा संघ बागमती प्रदेश कमिटीको ऐतिहासिक पहिलो अधिवेशनमा दर्जनौं युवाहरु विभिन्न पार्टी परित्याग गरी एमालेमा प्रवेश गरेका छन् । नेकपा एमालेको युवा नेता तथा व्यवसायी किरण थापाको पहलमा आज चार दर्जना युवाहरु एमालेमा प्रवेश गरेका हुन् । कांग्रेस, माओवादी लगायतका ४८ जना युवाहरु एमालेमा प्रवेश गरेका हुन् । प्रवेश गर्नेहरुमा सूर्यविनायक नगरपालिका वडा नं ९ का युवाहरु एमालेमा प्रवेश गरेका हुन् । जिल्लाको विकास र समृद्धिको नेतृत्व एमालेको विकल्प नभएको उल्लेख गर्दै युवाहरु एमालेमा प्रवेश गरेका हुन् । नवप्रवेशीलाई एमालेका महासचिव शंकर पोखरेल, पोलिटव्युरो सदस्य महेश बस्नेत, संघका केन्द्रीय अध्यक्ष किरण पौडेल, पार्टीका जिल्ला अध्यक्ष बचन देउजा तथा संघको केन्द्रीय कमिटीका पदाधिकारीहरुले अविर तथा खादा लगाएर एमालेमा प्रवेश गराउनुभयो । गठबन्धनका नाममा मुलुक र जनताको हित नभई आफ्नो र आफ्नो परिवारको हितमा मात्र काम गरेकाले अबको दिनमा मुलुकको नेतृत्वमा एमालेको हुनुपर्ने भन्दै उक्त युवाहरु एमालेमा प्रवेश गरेका हुन् । गठबन्धनले आफन्तवानको साथ साथै भ्रष्टाचार, अनियमितता, विभिन्न प्रकारका राष्ट्रघाती कदम, गैरकानुनी गतिविधि सैह्य नभएकाले एमाले प्रवेश गरेको नवप्रवेशी युवाहरुले उल्लेख गरेका छन् । नवप्रवेशी युवाहरुले नेकपा एमालेको पोलिटव्युरो सदस्य, पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतको नेतृत्वमा भक्तपुरको विकासले कायापल ल्याएको उल्लेख गर्दै अबको उज्वल राजनीतिक भविष्य तथा भक्तपुरको विकासमा एमालेमा रहेर जस्तोसुकै कठिन परिस्थितीलाई पनि सामना गरी अगाडी बढ्ने प्रतिवद्धता जनाए । यो सँगै भक्तपुर क्षेत्र नं. २ मा गठबन्धनलाई दैनिक रुपमा क्षती हुँदै गएको छ भने एमालेलाई विजयी यात्राको शिखर चुम्दै गएको बुझ्न सकिन्छ । --- # माओवादीको प्रचार गरेको भन्दै कुलमानलाई सोध्यो निर्वाचन आयोगले स्पष्टिकरण Source: https://newskunda.com/archives/395 Category: FEATURED NEWS, राजनीति, समाचार Last updated: 2022-04-14 काठमाडौं, १ वैशाख । निर्वाचन आयोगले नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङलाई स्पष्टीकरण पत्र काटेको छ । नेकपा माओवादी केन्द्रको प्रचारसामग्रीमा निर्वाचन आचारसंहिताविपरीत घिसिङको तस्बिर प्रयोग गरिएपछि आयोगले स्पष्टीकरण सोधेको हो । प्रचार सामग्रीमा तस्बिर प्रयोग गर्दा अनुमति लिए/नलिएबारे जानकारी लिन घिसिङलाई पत्र काटिएको आयोग स्रोतले जनाएको छ । स्पष्टीकरणको समयावधि सात दिन दिइएको छ । माओवादीको प्रचार सामग्रीमा आफ्नो अनुमतिबेगर तस्बिर प्रयोग गरिएको घिसिङले बताएका छन् । तर उनले यसबारे अहिलेसम्म निर्वाचन आयोगलाई जानकारी गराएका छैनन् । आयोगले घिसिङसँग यसबारे पनि प्रश्न गरेको छ । त्यसैगरी गण्डकी प्रदेशका सभामुख नेत्रप्रसाद अधिकारीलाई पनि आयोगले स्पष्टीकरण सोधेको छ । सार्वजनिक कार्यक्रममा निर्वाचन खर्च ढाँटेर आयोगमा विवरण पेश गरेको अभिव्यक्ति दिएपछि आयोगले उनलाई स्पष्टीकरण सोधेको हो । उनलाई पनि सात दिनभित्र लिखित जवाफ दिन भनिएको छ । --- # माध्यमिक शिक्षा परीक्षा अर्थात एसईई परीक्षाको तयारी पुरा Source: https://newskunda.com/archives/3510 Category: FEATURED NEWS, अर्थ, राजनीति, शिक्षा, समाचार, समाज Last updated: 2026-03-27 भक्तपुर, १३ चैत : राष्ट्रिय परीक्षा बोर्डले यहीँ चैत १९ देखिदेखि देशभरका सबै परीक्षा केन्द्रबाट एकै समयमा सुरु गर्ने यसवर्षको माध्यमिक शिक्षा परीक्षा अर्थात एसईई परीक्षाको तयारी पुरा गरेको छ । चैत २९ गते सम्पन्न हुने एसईई परीक्षामा यसवर्ष पाँच लाख १२ हजार ४२१ जना विद्यार्थीले परीक्षा दिने कक्षा १० का परीक्षा नियन्त्रक टुकराज अधिकारीले जानकारी दिनुभयो । **परीक्षा दिनेमा छात्राको संख्या बढी :** जसमध्ये नियमिततर्फ चार लाख ४१ हजार ५६६ जनाले र ग्रेडवृद्धितर्फ ७० हजार ८५५ जनाले परीक्षा दिने भएका छन् । परीक्षा दिनेमा छात्राको संख्या बढी रहेको छ । यसवर्ष दुई लाख ५७ हजार ६१३ जना छात्रा, दुई लाख ५४ हजार ८०७ छात्र र अन्य ७ जना परीक्षामा सहभागि हुने भएका छन् । जापानको एक परीक्षा केन्द्रबाट २३ जनाले परीक्षा दिदैछन् । **सबभन्दा बढी विद्यार्थी वागमती, कम कर्णाली :** यसवर्ष सात प्रदेश मध्ये कोशी प्रदेशबाट ८२ हजार ४८७ जना, मधेश प्रदेशबाट ९० हजार २४३ जना, वागमती प्रदेशबाट एक लाख नौ हजार ५१३ जना, गण्डकी प्रदेशबाट ४३ हजार ९७२ जना, लुम्बिनी प्रदेशबाट ९१ हजार ८०२ जना, कर्णाली प्रदेशबाट ३९ हजार ७६९ जना र सुदुर पश्चिमबाट ५४ हजार ६३५ जना विद्यार्थी परीक्षामा सहभागि हुनेछन् । बोर्डले परीक्षाका लागि देशभर एक हजार ९६६ परीक्षा केन्द्र निर्धारण गरेको छभने देशभरका ११ हजार ३७९ विद्यालयका विद्यार्थी परीक्षामा सहभागि हुने भएका छन् । परीक्षाको सम्पूर्ण तयारी पुरा गरेको परीक्षा नियन्त्रक अधिकारीले जानकारी दिनुभयो । **यस्तो छ परीक्षा तालिका :** चैत १९ गते विहान ८ बजेदेखि देशभर एकैसाथ सुरु हुने परीक्षाको पहिलो दिन अनिवार्य अंग्रेजी विषयको परीक्षा सञ्चालन हुनेछ भने चैत २० गते अनिवार्य नेपाली, २२ गते अनिवार्य गणित, २३ गते विज्ञान तथा प्रविधि, २४ गते सामाजिक अध्ययन, २५ गते ऐच्छिक प्रथम खण्डका सबै विषय र २६ गते ऐच्छिक द्वितीय खण्डका सबै विषय र चैत २७, २८ एवं २९ गते प्राविधिक धारका बाँकी विषयहरूको परीक्षा सञ्चालन हुने उहाँले जानकारी दिनुभयो । **परीक्षा अनुगमनमा रोक : ** बोर्डले यसवर्ष एसइई परीक्षाको सामूहिक अनुगमनमा रोक लगाएको छ । परीक्षा केन्द्र अनुगमनका नाममा विभिन्न संघसंगठनका प्रतिनिधि हलमा प्रवेश गर्दा परीक्षा दिइरहेका परीक्षार्थीको लेखन कार्यमा अवरोध पुगेको गुनासो व्यापक आएपछि बोर्डले सामूहिक अनुगमनमा रोक लगाएको उहाँले जानकारी दिनुभयो । अनुगमनका लागि प्रत्येक जिल्लामा प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा गठन गरिएको जिल्ला परीक्षा समन्वय समितिका आधिकारिक प्रतिनिधिबाट परीक्षा केन्द्रको बाहिर मात्र अनुगमन गर्ने बोर्डले निर्णय गरेको उहाँले जानकारी दिनुभया । पत्रकारले परीक्षा केन्द्रको बाहिरी दृश्य मात्र छायांकन गर्न वा तस्विर लिन मिल्ने जानकारी दिदै उहाँले परीक्षा हलमा केन्द्राध्यक्ष तथा त्यस दिन खटिएका प्रतिनिधिले मात्र अनुगमन गर्न सक्ने व्यवस्था गरिएको जानकारी दिनुभयो । परीक्षा हलभित्र दृश्य छायाकन गरी सामाजिक सञ्जालमा राखेर विद्यार्थीमा विचलन नल्याउन बोर्डले सबैमा आग्रह गरेको छ । **जिल्ला जिल्ला पुग्यो प्रश्नपत्र :** परीक्षा नियन्त्रण कार्यालयले सातै प्रदेशका लागि सबै जिल्लामा प्रश्नपत्र पुर्याएको छ । जनक शिक्षा सामग्री केन्द्र लिमिटेडमा छपाई सम्पन्न गरेको प्रश्नपत्र ढुवानी गरि सुरक्षा नियकाको सहयोगमा सब जिल्लामा पुर्याई सकेको परीक्षा नियन्त्रक अधिकारीले जानकारी दिनुभयो । सातै प्रदेशमा फरक प्रश्न पत्र छपाई गरिएको छ । उहाँका अनुसार परीक्षामा सोधिने प्रश्न ६ वटै अनिवार्य विषयका प्रदेश अनुसार फरकफरक प्रश्नपत्र छापिएको र यदि कतै प्रश्नपत्र बाहिरियो भने पनि सम्बन्धित प्रदेशको निश्चित विषयको मात्र परीक्षा रद्ध गरि पुनः प्रश्नपत्र छपाई गर्न सकिने व्यबस्था गरिएको छ । **यस्तो छ सुरक्षा व्यबस्था :** प्रत्येक परीक्षा केन्द्रमा जिल्ला परीक्षा समितिले तय गरे अनुसार आवश्यकताको आधारमा सुरक्षाकर्म परिचालन हुनेछन् । यद्यपी प्रत्येक केन्द्रमा १५ जना प्रहरी, एक केन्द्राध्यक्ष, एक सहायक केन्द्राध्यक्ष, २० जना परीक्षार्थी बराबर एक निरीक्षक, १०० परीक्षार्थी बराबर एक कायालय सहयोगी र अन्य दुई कर्मचारीको व्यबस्था गरिएको बोर्डले जानकारी दिएको छ । --- # मानव अधिकार रक्षकहरुको संरक्षण र सम्बर्धनको सरकोर विषयक अन्तरक्रिया सम्पन्न Source: https://newskunda.com/archives/1839 Category: FEATURED NEWS, समाचार, समाज Last updated: 2022-08-28 हेटौँडा, १२ भदौ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) बागमती प्रदेश हेटौँडाको आयोजना तथा युरोपियन युनियनको सहयोगमा ०७९ भदौ १२ गते हेटौँडामा “नेपालमा मानव अधिकारको रक्षकको संरक्षण र सम्बद्र्धनको सरोकार” विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भयो । कार्यक्रममा प्रमुख अतिथि गैसस महासङ्घका केन्द्रीय सचिव बुद्धशरण लामाले मानव अधिकार रक्षकको अधिकार संरक्षणका लागि उठाउँदै आउको आवाज कमजोर हुँदै गएको अवस्थामा आयोजना गरिएको यस कार्यक्रमले रक्षकको संरक्षण र सम्बर्धनमा टेवा पुग्ने बताउनु भयो । सचिव लामाले राष्ट्रिय मानव अधिकार आयोगलाई मानव अधिकार रक्षकको संरक्षण र सम्बद्धनका लागि मुख्य भूमिका निर्वाह गर्नको लागि जिम्मेवार बनाउन लागि पर्ने बताउनु भयो । कार्यक्रमको अध्यक्षता गर्नु भएकी गैसस महासङ्घ बागमती प्रदेशकी अध्यक्ष आरती पाठकले राजनीतिक आस्था आफ्नो ठाउँमा भए पनि पीडितको न्यायको लागि आवाज उठाउन आआफ्नो क्षेत्रबाट भूमिका निर्वाह गर्नु पर्ने अवस्था रहेको बताउनु भयो । यस अवस्थामा एकै समयमा दुई बेग्ला बेग्लै भूमिका निर्वाह नगरी पीडितका न्यायका लागि पहलकर्मी गर्ने व्यक्तिलाई मानव अधिकार रक्षककै रूपमा लिनु पर्ने बताउनु भयो । समाजमा आवश्यकता अनुसारको भूमिका निर्वाह गर्नु पर्ने बाध्यताले कहीले काहीँ कोही कसैलाई अर्कै भूमिका निर्भाह गरेको अवस्थामा उसले मानव अधिकार रक्षकको भूमिका निर्वाह गर्न सक्दैन र नगर भन्न नहुने उहाँको धारण थियो । कार्यक्रमको उद्देश्य माथि प्रकाश पार्दै इन्सेक बागमती प्रदेशका कार्यक्रम संयोजक गणेश भण्डारीले मानव अधिकार रक्षकहरूको अधिकार संरक्षणका राष्ट्रिय मानव अधिकार आयोगले जारी गरेको मानव अधिकार निर्देशिका, नेपाल सरकारले २०७७ मा गृह मन्त्रालयमार्फत ल्याएको मानव अधिकार रक्षकहरू संरक्षणका लागि आदेशे लगायतको कार्यान्वयनको अवस्था उल्लेख गर्नु भएको थियो । उहाँले संयुक्त राष्ट्र सङ्घले १९९८ मा पारित गरेको मानव अधिकार रक्षकको घोषणा पत्र, राष्ट्रिय मानव अधिकार आयोगले २०६९ मा जारी गरेको मानव अधिकार रक्षकसम्बन्धी निर्देशिका र यसपछि नेपालमा मानव अधिकार रक्षकका लागि लागि निर्माण भएका व्यवस्था तथा प्रवधानहरूका बारेमा प्रस्तुती गर्नु भएको थियो । भण्डारीले यि माथिका प्रवाधानले केही हदसम्म भए पनि मानव अधिकार रक्षकलाई कसैबाट धाक, धम्की वा दुर्व्यवहार भएको अवस्थामा राष्ट्रिय मानव अधिकार आयोगमा उजुरी गर्न सक्ने अवस्था रहेको उल्लेख गर्नु भयो । उहाँले नेपालमा सन् २०२१ यता मानव अधिकार उल्लङ्घनका घटनामा पीडित भएका मानव अधिकार रक्षकहरूको सङ्ख्या र अवस्था बारे पनि प्रस्तुति गर्नु भएको थियो । मानव अधिकार उल्लङ्घनका घटनाका पीडिकलाई कानुनी कारबाही हुन पर्ने आवज उठाउने मानव अधिकार रक्षक पीडित भएका अधिकांश घटनामा भने पीडित र पीडकबीचको सहमतिमा टुङ्गिने गरेको पाइएको भण्डारीले उल्लेख गर्नु भयो । उहाँले मानव अधिकार रक्षकहरूको संरक्षणको मुख्य जिम्मेवारी राज्यको भएकोले राज्यका निकायहरुलाई थप जवाफदेही बनाउन आवश्यक रहेकोले यस्ता कार्यक्रमले त्यस प्रकृयालाई थप सहयोग पु¥याउन यस कार्यक्रमको आयोजना गरिएको बताउनु भयो । पत्रकार महासङ्घ बागमती प्रदेशका महासचिव कृष्ण सारु मगरले पीडितलाई न्याय र मानव अधिकार रक्षकको सुरक्षा राज्यले गर्नु पर्नेमा अझै त्यसो हुन नसकेको बताउनु भयो । उहाँले मानव अधिकार रक्षकको भूमिकामा अग्रपङ्तिमा रहेका पत्रकारहरूमा सूचना सङ्कलन गर्न सीप, ज्ञान, प्रक्रिया थाहा नहुदाँ चुनौती आउने गरेकाले पीडितहरूको न्यायको लागि काम गर्दा त्यस्ता घटनाहरूको सामूहिक रूपमा सूचना तथा अनुसन्धान गर्न जरूरी रहेको बताउनु भयो । साथै उहाँले मानव अधिकार रक्षक बन्न पत्रकार तथा अधिकारकर्मी बन्ने मोहले परिचय पत्रको दुरुपयोग हुने गरेकोले यसलाई राक्नु पर्ने आवश्यकता रहेको औँल्याउनु भयो । गैसस महासङ्घ बागमती प्रदेशका उपाध्यक्ष कमलकुमार विश्वकर्माले मानव अधिकार रक्षकहरूको आवाज पनि पक्षधर रूपमा आउने हुँदा रक्षकहरूलाई थप जोखिम भएको बताउनु भयो । उहाँले दलितको सवालमा दलित अधिकारकर्मीले मात्र आवाज उठाउँदा पीडितको न्यायमा पहुँच पुग्न नसकेको अवस्था भएकोले सबै खाले पीडितको न्यायको लागि मानव अधिकार रक्षकहरू एक हुनु पर्ने बताउनु भयो । गैसस महासङ्घ मकवानपुर शाखाका अध्यक्ष डाक्टर कृष्ण धितालले मानव अधिकार रक्षकहरू राजनीतिक रूपमा कतै न कतै आवद्ध हुने हुँदा मानव अधिकार रक्षकको भूमिका निर्वाह गर्दा जोखम बढी हुने गरेको बताउनु भयो । उहाँले मानव अधिकार रक्षकका रूपमा आवद्ध हुनलाई कुनै पनि पक्षधरता हुन नहुने बताउँदै यस खालको संयत्र जिल्लामा निमार्ण गरी अघि बढ्न अनुरोध गर्नु भयो । सिवीन मकवानपुरका प्रवन्धक तथा बाल कल्याण समिति बागमती प्रदेशका सदस्य झविन्द्र ज्ञवालीले मानव अधिकार रक्षक सम्बन्धी ज्ञान स्थानीय तहको पनि वडा स्तरमा आवश्यक रहेको बताउनु भयो । उहाँले पीडितको न्यायका लागि सबै भन्दा बढी वडास्तरमा काम गर्न आवश्यक रहेकोले मानव अधिकार रक्षकको आवश्यकता र बुझाई वडा वडामा आवश्यक रहेको उहाँको भनाई थियो । समृद्ध समाज दैनिकका सम्पादक सुरेस श्रेष्ठले मानव अधिकार रक्षकहरू राजनीतिक रूपमा विभाजित भएर कार्य गर्नुले आलोचनाको विषय भन्ने गरेको बताउनु भयो । मानव अधिकार रक्षकको लागि मात्र हैन कुनै पनि ऐन कानुन भन्दा प्रयाप्त बहस र छलफल हुने अवस्था नरहेकोले मानव अधिकार रक्षकको संरक्षणका लागि बन्ने ऐन कानुन पनि अपूर्ण नै हुने गरेको उहाँको धारण थियो । श्रेष्ठले संसदबाट आउनुपर्ने विधयक अध्यादेशबाट आउने गरेकोमा यसमा सम्बन्धित प्रदेशस्तरीय मन्त्रीको ध्यानाकर्षण गराउँदा संसदबाट ल्याउँदा ६ महिना लाग्ने भएकोले अध्यादेशबाट ल्याएको जवाफ पाएको बताउनु भयो । यसरी लोकतान्त्रिक पद्धतिबाटसरोकारवाला र विधायिकाबाट प्रयाप्त समय छलफल र बहसपछि आउने ऐन तथा विधयकहरू अध्यादेशबाट आउँदा अपूर्ण र एक पक्षिय तथा निरङ्कुशताको लेस रहने गरेको श्रेष्ठको धारण थियो । अधिकार नेपालका दिपेन्द्र पाठकले पीडितहरूले लामो समयसम्म न्याय नपाउँदा मानव अधिकार रक्षकलाई प्रश्न आउने गरेको बताउनु भयो । उहाँले निर्मला पन्थको घटनामा एक खालको मानव अधिकार दृष्टिकोण, रुकुम घटनामा अर्को खालको मानव अधिकार दृष्टिकोण मानव अधिकार रक्षकबाट आउने हुँनाले मानव अधिकार रक्षकको काममा बेला बखत प्रश्न उठ्ने गरेको बताउनु भयो । हिमराइट्स मकवानपुरकी कार्यक्रम संयोजक कुमारी वाइवाले मानव अधिकार रक्षकहरूलाई राज्यले सहयोग गर्ने प्रणाली नभएका कारण मानव अधिकार रक्षकलाई बेला बखत काम गर्न समस्या परेको बताउँदैले राज्यले मानव अधिकार रक्षकको सुरक्षा र चुनौतीमा नीतिगत सुरक्षा दिनुपर्ने बताउनु भयो । माइती नेपालकी कार्यक्रम संयोजक माया लामाले मानव अधिकार रक्षकमाथि हुने साङ्घातिक हिंसाको बारेमा आवाज उठ्ने गरे पनि मानसिक हिंसाको सम्बोधन हुन नसकेको बताउनु भयो । मानव अधिकार रक्षकमाथि हुने अप्रत्यक्ष हिंसाका घटना जस्तै राति राति फोन गरेर मैले जानेको छु के गर्ने भन्ने जस्ता धम्की दिने, कहाँ कार्यरत हो त्यो थाहा छ भन्ने जस्ता मानसिक हिंसाका घटनाको सम्बोधन गर्नको लागि मनोपरामर्श सेवा आवश्यक रहेको लामाले औँल्याउनु भयो । नेपाल मानव अधिकार सङ्गठनकी मकवानपुर जिल्लाकी पूर्व अध्यक्ष तथा अधिवक्ता अप्सरा बस्नेतले कार्यस्थलमै पनि पीडक पक्षबाट प्रत्यक्ष अप्रत्यक्ष धम्की आउने गरेको अनुभव सुनाउँदै जोखिमको सामना गर्ने हिम्मत मानव अधिकार रक्षकमा हुन पर्ने बताउनु भयो । उहाँले पीडितको पक्षमा वकालत गर्दा धम्की आउने गरेकोले मानव अधिकार रक्षकलाई काम गर्न चुनौती रहेको भन्दै यसका लागि संयुक्त रूपमा आवाज उठाउँदा भने जोखिम केही भए पनि कम हुने उल्लेख गर्नु भयो । राष्ट्रिय अपाङ्ग महासङ्घकी जमुना तितुङले प्रत्यक्ष हुने घटनाका आधारमा पीडित हुनेहरूको अधिकारको क्षेत्रमा आवज उढ्ने गरे पनि नागरिकका सरोकारका विषयहरू शिक्षा, स्वास्थ्य, खाद्य, आवास तथा वातावरण लगायतका सरोकारका विषयहरूमा मानव अधिकार रक्षकहरुको ध्यान नपुगेको बताउनु भयो । आम नागरिकहरूको आधारभूत आवस्यकताहरूलाई राज्यले प्राथमिकतामा नपार्दा नागरिकको मौलिक हकको अधिकार हनन् भइरहेको उहाँले बताउनु भयो --- # मानव बेचविखनका अभियुक्तलाई मकाउबाट झिकाइयो, ब्युरोबाट अनुसन्धान हुँदै Source: https://newskunda.com/archives/1864 Category: FEATURED NEWS, अपराध, समाचार, समाज Last updated: 2022-08-30 काठमाडौँ, १४ भदौ : इन्टरपोलबाट रेड नोटिस जारी भएको मानव बेचविखन तथा ओसारपसार मुद्दाका फरार अभियुक्त लमजुङ दोर्दी गाउँपालिका–१ का ३८ वर्षीय नारायणप्रसाद अधिकारीलाई आज प्रहरीले पक्राउ गरेको छ । मानव बेचविखन तथा ओसारपसार मुद्दामा संलग्न रही फरार रहेका अधिकारीलाई प्रहरीको मानव बेचविखन अनुसन्धान ब्युरोको अनुरोधमा इन्टरपोल महासचिवालयबाट रेड नोटिस जारी भई खोजी गर्ने क्रममा इन्टरपोल मकाउको समन्वयमा नेपाल ल्याइएको हो । आज नेपाल भिकाइएका उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीको इन्टरपोल शाखाको टोलीले नियन्त्रणमा लिई थप कारबाहीका लागि ब्युरोमा पठाएको छ । अधिकारीले सुरुमा मासिक रु एक लाख ५० हजार तलब हुने गरी क्यानेडाली कम्पनीमा रोजगारी मिलाइदिने बहानामा पीडितको २५/२५ सय डलर र पासपोर्टसमेत लिएका खुलेको छ । त्यसपछि उनले संयुक्त अरब इमिरेट्समा राखेकोमा त्यहाँबाट लिबिया हुँदै इटाली लाने भनी पुनः रु तीन लाख आफ्नो श्रीमतीको बैंकको खातामा जम्मा गर्न लगाई पीडितलाई लिबियाको शरणार्थी क्याम्पमा पु¥याएका थिए । क्याम्पमै रहेको अवस्थामा लिबियास्थित नेपाली सेनाको शान्ति सेना मिसन, इजिप्टस्थित नेपाली राजदूतावास र आईओएमको समन्वयमा पीडितलाई नेपाल फिर्ता ल्याइएको थियो । --- # मानविकी समाज विज्ञान हो, यसको महत्व कम छैन : विज्ञ Source: https://newskunda.com/archives/1474 Category: FEATURED NEWS, शिक्षा, समाचार Last updated: 2022-07-20 भक्तपुर, ४ साउन । मानविकी समाज विज्ञान भएकाले यसको महत्व धेरै रहेको एक कार्यक्रमका सहभागीले बताएका छन् । मानविकी तथा समाज विज्ञान र युवा विषयमा ख्वप कलेज देकोचा भक्तपुरले आयोजना गरेको अन्तरक्रियामा सहभागी वक्ताहरुले मानविकीले मानिसलाई प्रश्न गर्न सिकाउने बताए । बागमति प्रदेशका सांसद सृजना सैंजूले मानविकीको अध्ययनले विद्यार्थीलाई प्रश्न गर्न सिकाउने बताइन् । सैजूले मानविकीको मुख्य आकर्षण भनेकै प्रश्न गर्न सिकाउनु रहेको बताइन् । यसको अध्ययनले विद्यार्थीमा समाज किन वर्गमा विभाजित छ भन्ने प्रश्न गराउन सिकाउँंछ, उनले भनिन्, समाज धनी र गरिव दुई वर्गमा विभाजित छ भन्ने प्रश्न गर्न सिकाउँंछ । उनले वास्तवमा प्रश्न नै ठूलो हतियार भएको बताइन् । प्रश्न गर्नसक्ने क्षमताले समाधान निस्कने उनको भनाई थियो । उनले मानविकी संकाय अध्ध्ययन गर्नु भनेको समाज अध्ययन गर्नु रहेको बताए । समाज अध्ययन गर्नु भनेको समाजका समस्याहरु खोतलखातल गर्न सिकाउनु र समाधानहरु पता लगाउन सक्ने बनाउनु हो, उनले भनिन् । कार्यक्रम चार चरणमा विभाजन गरी भएको थियो । पहिलो चरणमा मानविकी संकायको विषयमा कलेजको मानबिकी संकाय अन्तर्गत विए विएएसडव्लू तथा एमए इगलिशका इन्चार्ज कमिनिका न्याइच्याईले प्रस्तुतीकरण गरेका थिए । दोश्रो चरणमा कलेजका पत्रकारिताका सहप्राध्यापक सृजना खड्काको मध्यस्थतामा बागमति प्रदेशका सांसदद्धय सुरेन्द्रराज गोसाई र सृजना सैंजूसँंग मानविकी संकायबारे छलफल गरिएको थियो । तेश्रो चरणमा सहभागीहरुसँंग प्रश्न लिएर प्रश्नउतर गरिएको थियो । अन्तिम चरणको फिडब्याक सेसनमा कलेजका प्राचार्य रुपक जोशी, सहप्राचार्य डा राजेशकुमार श्रेष्ठ र ख्वप माविका प्राचार्य प्रकाशकुमार श्रेष्ठले मन्तव्य राखेका थिए । कार्यक्रममा विभिन्न कलेज र विद्यालयहरुमा अध्ययनरत विद्यार्थी, प्राध्यापक, शिक्षकहरु सहभागी भएका थिए । मानविकी संकायको महत्वबारे युवा जमातलाई बुझाई यसलाई अझ ब्यापक बनाउन कार्यक्रम गरेको कलेजले जनाएको छ । आयोजक कलेजमा विज्ञान, व्यवस्थापन, मानविकी र शिक्षा गरी चार वटै संकायमा स्नातकोतर तहसम्म नै अध्ययन हुन्छ । --- # मिटरब्याज पीडितका समस्या, दुई हजारभन्दा बढी उजुरी Source: https://newskunda.com/archives/2688 Category: FEATURED NEWS, अर्थ, रोचक, समाज Last updated: 2026-10-20 काठमाडौँ, १४ चैत : आफ्ना समस्या सरकारलाई सुनाउन मिटरब्याज पीडित महोत्तरीको बर्दिवासदेखि ११ दिन पैदल हिँडेर काठमाडौँ आए । उनीहरूले मङ्गलबार टङ्गालमा धर्ना दिएपछि छलफलका लागि सरकारले चार सदस्यीय वार्ता टोली गठन ग¥यो । धर्ना बसेका पीडितसँग छलफलका लागि मङ्गलबार बिहान गृह मन्त्रालयका सहसचिव केदारनाथ शर्मा, काठमाडौँका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायलगायतको सरकारी टोली टङ्गाल पुगेको थियो । तर उनीहरूले प्रधानमन्त्रीलाई भेटेरै आफ्ना कुरा राख्ने भनेपछि दुई पक्षबीच सहजीकरणका लागि वार्ता टोली बनाइएको हो । आजै सरकारले मिटरब्याजलाई अपराध घोषणा गर्ने प्रावधानसहित मुलुकी अपराध संहितामा संशोधन गर्ने निर्णय गरेको छ । पछिल्ला घटनाक्रम यिनै हुन् । तर साहु महाजन, सुदखोर, मिटरब्याजीबाट पीडित भएकाहरूले सरकारलाई गुहारेको यो पहिलो पटक होइन । तराईका जिल्लामा मिटरब्याजी विरुद्धका आन्दोलन बेला–बेला भइरहन्छन् । काठमाडौँ केन्द्रित आन्दोलन नै यसभन्दा अघि दुईपटक भइसकेका छन् । गत दसैँअघि मिटरब्याज पीडितले डेढ महिनाभन्दा लामो समयसम्म माइतीघरमा धर्ना दिए । सरकार र ‘मिटरब्याज तथा ठगी विरुद्ध किसान मजदुुर सङ्घर्ष समिति’ बीच पाँच बुँदे सहमति भएपछि त्यो आन्दोलन रोकियो । त्यसअघि गत जेठ २८ गतेदेखि उनीहरूले माइतीघरमा दुई हप्तासम्म धर्ना गरेका थिए । त्यो बेला पनि सरकारले उनीहरूका समस्या समाधानका लागि पहल गर्ने आश्वासन दिएको थियो । अति उच्च ब्याजदरमा ऋण दिने, किर्ते कागज बनाउने र छलपूर्वक जायजेथा हडप्ने सुदखोर प्रवृत्तिबाट पीडित भएकाले धर्ना दिन थालेपछि सरकारले पनि यो समस्याबारे केही निर्णय लिएको देखिन्छ । गत साउन २७ गतेको गृहमन्त्रिस्तरीय निर्णयबाट मिटरब्याज अपराध नियन्त्रणका उपाय सिफारिस गर्न कार्यदल गठन भएको थियो । गृह मन्त्रालयका तत्कालीन सहसचिव डा भीष्मकुमार भुसालको संयोजकत्वमा गठित ‘मिटरब्याजी अपराध नियन्त्रण सिफारिस कार्यदल’ को प्रतिवेदनअनुसार गत भदौ २१ गतेसम्म देशभरबाट दुई हजार दुई सय ८९ उजुरी विभिन्न जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयमा दर्ता भएको उल्लेख गरेको छ । यद्यपि, कार्यदलले एक हजार नौ सय ३७ उजुरीको विश्लेषण गरेको थियो । त्यो बेलासम्म प्राप्त उजुरीमध्ये मधेस प्रदेशका मात्रै एक हजार तीन सय ३० उजुरी थिए । कोशी प्रदेशमा ९२, बागमती प्रदेशमा दुई सय दुई, गण्डकी प्रदेशमा ३५, लुम्बिनी प्रदेशमा दुई सय ११, कर्णाली प्रदेशमा २२ र सुदूरपश्चिम प्रदेशमा ४५ उजुरी परेका थिए । कार्यदलको प्रतिवेदनअनुसार देशभरबाट परेका उजुरीमध्ये सर्लाही जिल्लामा मात्रै २२ प्रतिशत अर्थात चार सय २७ उजुरी परेको देखिन्छ । मधेस प्रदेशका सबै जिल्लामा मिटरब्याजी विरुद्ध उजुरी दर्ता भएका छन् । सिरहामा दुई सय ८९, महोत्तरीमा एक सय ९१, धनुषामा एक सय ४०, सप्तरीमा एक सय १४, पर्सामा ८३, बारामा ४५ र रौतहटमा ४१ उजुरी दर्ता भएको देखिन्छ । भौगोलिक हिसाबले कूल उजुरीको ८६ प्रतिशत अर्थात् एक हजार छ सय ७६ उजुरी तराई र भित्री मधेस क्षेत्रबाट परेको छ । पहाडी जिल्लामा दुई सय ५९ र हिमाली जिल्लामा दुई वटा मात्रै उजुरी परेको देखिन्छ । एकै व्यक्तिले २३ जनासम्मलाई कारबाहीको माग गर्दै उजुरी हालेको छ भने एउटै व्यक्ति विरुद्ध चार वटासम्म उजुरी परेको प्रतिवेदनमा उल्लेख छ । उक्त कार्यदलले समस्या समाधानका लागि सरकारलाई सुझाव पनि दिएको थियो । आगामी दिनमा यस्तो अपराध न्यूनीकरण गर्न अवलम्बन गर्नुपर्ने उपायहरूका सम्बन्धमा सिफारिससहितको प्रतिवेदन कार्यदलले तयार पारेको देखिन्छ । विभिन्न निकायमा परेका उजुरीमाथि तत्काल छानबिन र कारबाहीलाई निरन्तरता दिनुपर्ने, यो विषयमा सङ्घीय एकाइको भूमिका र राजनीतिक प्रतिबद्धता कायम हुनुपर्ने, नागरिकमा कानूनी सचेतना र वित्तीय साक्षारताका लागि पहल गरिनुपर्नेलगायतका सुझाव कार्यदलले दिएको थियो । सरकार के गर्दैछ ? मिटरब्याज पीडितसँग यसअघि भएका सम्झौता क्रमशः कार्यान्वयन भइरहेको र मिटरब्याज अपराधसँग सम्बन्धित कानून निर्माणको क्रममा रहेको गृहसचिव विनोदप्रकाश सिंह बताउनुहुन्छ । “पीडितसँग सरकारले पहिले गरेका सम्झौता कार्यान्वयन भइरहेका छन् । यस्तो अपराधबारे कसिलो कानून बनाउन मस्यौदा तयार पारेर कानून मन्त्रालय पठाइएको छ”, गृहसचिव सिंहले भन्नुभयो । आन्दोलनरत मिटरब्याज पीडितसँग छलफल गर्न सरकारले आज वार्ता टोली गठन गरेको छ । पीडितका मागबारे बुझ्न चार सदस्यीय टोली गठन गरिएको हो । वार्ता टोलीमा गृह मन्त्रालयका सहसचिव रुद्रादेवी शर्मा, गृह मन्त्रालयकै उपसचिव दिलकुमार तामाङ, प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका उपसचिव उमाकान्त अधिकारी र कानून न्याय तथा संसदीय मामिला मन्त्रालयका उपसचिव जङ्गबहादुर डङ्गा रहनुभएको छ । मिटरब्याज पीडितलाई प्रधानमन्त्रीले भेट्नुअघि छलफल गर्नका लागि वार्ता टोली बनाइएको गृह मन्त्रालयका उपसचिव दिलकुमार तामाङले बताउनुभयो । “उहाँहरू प्रधानमन्त्रीलाई भेट्ने भनेर आज बालुवाटार पुग्नुभएको थियो । प्रधानमन्त्रीलाई भेट्नुभन्दा अघि मागबारे बुझ्ने, समस्या समाधानका लागि हामीले गरिरहेको पहलबारे पनि उहाँहरूलाई जानकारी गराउने र प्रधानमन्त्रीसँगको भेटपछि समस्याको तार्किक निष्कर्षमा पु¥याउने गरी हामीले काम गर्न खोजेका छौँ”, उहाँले भन्नुभयो । आज गठन गरिएको चार सदस्यीय टोलीले भेटेपछि मिटर ब्याज पीडितसँग छलफल गरेपछि प्रधानमन्त्रीले भेट्ने समय तय गरिने जनाइएको छ । के हुन् माग ? मिटरब्याज अपराधमा संलग्नलाई कारबाही गर्नुपर्ने, मिटरब्याज अपराध विरुद्ध कानून निर्माण गर्नुपर्ने, तमसुक व्यवस्था खारेज गर्नुपर्ने, झुट्टा मुद्दामा गिरफ्तार गरिएका पीडितलाई रिहा गरिनुपर्नेलगायतका माग उनीहरूका छन् । मिटरब्याजीहरूले फर्जी तमसुक तयार पार्ने गरेको, ऋण भुक्तानीपछि पनि तमसुक नष्ट नगरेको र त्यसैका आधारमा मुद्दा दायर गर्ने गरेको उनीहरूको भनाइ छ । जसकारण तमसुक व्यवस्था खारेज हुनुपर्ने पीडितहरूको माग छ । गत भदौ ६ गते गृह मन्त्रालयले सबै जिल्ला प्रशासन कार्यालयलाई पत्राचार गर्दै मिटरब्याज पीडितका उजुरी सङ्कलन गर्न र त्यस्ता उजुरीमाथि कारबाही गर्न निर्देशन दिएको थियो । अदालतको प्रक्रियामा गएका मुद्दामा जिल्ला प्रशासन कार्यालयले काम गर्न नसक्ने महोत्तरीका प्रमुख जिल्ला अधिकारी दीपककुमार पहाडी बताउनुहुन्छ । “धेरैजसो अदालतबाट फैसला भइसकेका र मुद्दा दायर भएर फैसलाको क्रममा रहेका छन् । अदालतमा विचाराधीन रहेका विषयमाथि जिल्ला प्रशासनले केही निर्णय लिन सक्ने अवस्था हुँदैन । अदालतमा प्रवेश गरेका विषयलाई हामीले केहि गर्न सक्दैनौँ”, उहाँले भन्नुभयो । महोत्तरी जिल्ला प्रशासन कार्यालयनमा हालसम्म दुई सय ६२ यस्ता मुद्दा दर्ता भएकामा छ वटा मुद्दा मात्रै मेलमिलापमा गएको पनि प्रमुख जिल्ला अधिकारी पहाडीले बताउनुभयो । मिटरब्याज पीडितसँग छलफलको क्रम नियमित नै चलिरहेको पनि उहाँको भनाइ छ । मानव अधिकार आयोगको चासो गत साउन र भदौमा काठमाडौँमा आन्दोलन गरेका मिटरब्याज पीडितहरूले राष्ट्रिय मानव मानवअधिकार आयोगमा पनि उजुरी दर्ता गरेका थिए । मिटरब्याज, दृष्टिबन्धक तथा छिनुवा पासबाट पीडित बनाएर नागरिक हकको उल्लङ्घन भएको भन्दै आयोगमा गत साउन ३१ गते उजुरीमा दर्ता भएको थियो । मिटरब्याज पीडितको आन्दोलनबारे त्यो बेला अनुगमन गरेको आयोगका प्रवक्ता डा टीकाराम पोखरेल बताउनुहुन्छ । मिटरब्याज पीडितको अहिलेको आन्दोलनबारे पनि आयोगको चासो रहेको उहाँको भनाइ छ । “पीडितहरूले आन्दोलन गरिरहेका छन् । उनीहरू समस्यामा छन् भन्ने जगजाहेर नै छ । तर समस्याको जरो के हो भन्नेबारे आयोगले अध्ययन गर्ने कि भन्ने भएको छ । पीडामा परेकाहरूले न्याय पाउनुपर्छ ।” उहाँले भन्नुभयो । गत भदौमा भएको आन्दोलनका क्रममा सरकारबाट बल प्रयोग भएपछि आयोगले शान्तिपूर्ण आन्दोलन गर्न पाउनुपर्ने र उनीहरूको समस्या समाधानका लागि सरकारले पहल गर्नुपर्ने सुझाव दिएको पोखरेलको भनाइ छ । --- # मिड भ्याली कलेजले आजबाट सुरु गरेको दोस्रो अन्तर विद्यालय विज्ञान तथा सूचना प्रविधि प्रर्दशनी–२०८२ Source: https://newskunda.com/archives/3180 Category: FEATURED NEWS, राजनीति, शिक्षा, समाचार, समाज Last updated: 2025-11-27 भक्तपुर, ११ मङ्सिर : मिड भ्याली कलेजले आजबाट सुरु गरेको दोस्रो अन्तर विद्यालय विज्ञान तथा सूचना प्रविधि प्रर्दशनी–२०८२ को आज एकैदिन पाँच हजारभन्दा बढी विद्यार्थीले अवलोकन गरेका छन् । मध्यपुरठिमीस्थित कलेज प्राङ्गणमा आयोजना भएको प्रदर्शनीमा भक्तपुरका ६० भन्दा बढी र काठमाडौं, ललितपुर एवं काभ्रेपलाञ्चोकका गरि कूल ६७ वटा विद्यालयका विद्यार्थीद्वारा निर्मित बिज्ञान तथा प्रबिधि सम्बन्धी ९३ वटा उपकरण एवं सामाग्रीहरू प्रदर्शनीमा राखिएका छन् । दुई दिनसम्म सञ्चालन हुने प्रर्दशनीमा उपत्यकाका बिभिन्न विद्यालयका १० हजार भन्दा बढी विद्यार्थीले अवलोकन गर्ने लक्ष्य राखिएको मिड भ्याली कलेजका निर्देशक कमल अर्यालले जानकारी दिनुभयो । प्रर्दशनीमा विभिन्न विद्यालयमा अध्ययनरत विद्यार्थीहरूले विज्ञान र सूचना प्रविधि तर्फको नविनम प्रयोगलाई जोड दिदैँ निर्माण गरेका स्मार्ट सिटी, वाटर सिस्टम, वाटर पोलुसन, स्मार्ट होम, सौर्य उर्जा, स्वास्थ्य, भवन निर्माण लगायतका विभिन्न उपकरण एवं सामाग्रीहरू प्रदर्शन गरिएको छ । विद्यार्थीहरुको सिर्जनात्मक क्षमता अभिवृद्धि र व्यवहारिक शिक्षालाई विशेष जोड दिने उदेश्यले आयोजना गरेको प्रर्दशनीमा अवलोकनमा लागि उपत्यकका विभिन्न विद्यालयका विद्यार्थीहरुको भिड बढेको बताउनुभयो । उहाँले प्रर्दशनीमा सहभागि बिभिन्न विद्यालयका विद्यार्थीले कल्पनै नगरेका नव अन्वेषणमुलक सूचना प्रविधिका उपकरणहरु उत्पादन गरेको बताउनु भयो । कार्यक्रमका उद्घाटन गर्दै प्रा.डा रामेश्वर अधिकारीले यस प्रकारको प्रर्दशनीले विद्यार्थीहरुलाई सैद्धान्तिक ज्ञान मात्र नभई व्यवहारिक ज्ञान प्रदान गर्नुका साथै विज्ञान तथा प्रविधि तर्फको अन्वेषणमा उत्प्रेरणा जगाउन मद्धत पुग्ने बताउनु भयो । प्रर्दशनी अवलोकनमा सहभागि नेशनल प्याब्सन भक्तपुरका अध्यक्ष एवं मदरल्याण्ड स्कूलका प्रिन्सिपल सञ्जय खड्काले यस प्रकारका प्रर्दशनीले विद्यार्थीलाई खोज तथा अनुसन्धानका लागि अभिप्रेरित गर्ने बताउदै वातावरण संरक्षणमा टेवा पुग्ने बताउनुभयो । तीनवटा विद्यालयको टिम र एउटा सबैभन्दा बढी भोट पाउने टिमलाई पुरस्कृत गरिने भएको छ । सहभागि प्रत्येक टिमलाई रु. ६ हजार प्रदान गरेको कलेजले प्रदर्शनीमा प्रथम हुनेलाई टिमलाई ३० हजार, दोस्रोलाई रु. २० हजार र तेस्रोलाई रु. १० हजार पुरस्कार, शिल्ड तथा प्रमाणपत्र निर्देशक र्आलले जानकारी दिनुभयो । --- # मुख्यमन्त्री आफै धुन्चेमा अलपत्रहरु परेकाहरुको उद्धार खटिदै Source: https://newskunda.com/archives/4156 Category: FEATURED NEWS, अर्थ, राजनीति, समाचार, समाज, स्वास्थ्य Last updated: 2026-08-28 भक्तपुर, १२ भदौ : वागमती प्रदेशका मुख्यमन्त्री किरण थापाले धुन्चेमा अलपत्र परेको यात्रु तथा स्थानीयहरुको उद्धार सुरु गर्नु भएको छ । रसुवा भोटेकोशीमा आएको बाढीले ठूलो जनधनको क्षति पुर्याएपछि बुधबार ३ बजेदेखि नुवाकोटमा बसेर पीडितको उद्धार र राहत वितरमा सक्रिए रहदै आउनु भएका उहाँले आज बिहानदेखि धुन्चेमा अलपत्र परेकाहरुको उद्धार गरि बिभिन्न जिल्लामा पठाउने कार्यको सुरुवात गरेको बताउनु भएको छ । मुख्यमन्त्री थापाले भन्नुभयो, “प्रदेश सरकार निरन्तर जनताको पीडामा सहभागि छ, आज बिहानैदेखि धुन्चेमा म आफै बसेर यहाँ अलपत्र परेका स्थानीय र गोसाई कुण्डको यात्रामा अलपत्र परेकाहरुको उद्धार गरि बसमा हालेर नुवाकोट र त्यहाँबाट अर्को साधनमा हालेर सम्बीन्धत जिल्ला पठाउने कार्य सुरु गरेका छौं ।” उहाँले अलपत्र परेकाहरुलाई धुन्चे बजारमा आउन आव्हान गर्दै बसहरुको व्यबस्था गरेर अलपत्र परेकालाई उद्धार गरि पठाउने कार्य सुरु भएको बताउनुभयो । नुवाकोटमा दुई डोजरले बाटो खुलाउँदै हिजो बेत्रावती, उत्तरगया हुदै राती ८ बजे धुन्चे पुग्नु भएको मुख्त्रीमन्त्री थापामगरले धुन्चेसम्म पुग्दा स्थिति भयावह भएको बताउनुभयो । मुख्यमन्त्री थापामगरले भन्नुभयो, “म हिजो बेलुका धुन्चे आईपुगेँ, धेरै मानिस अलपत्र छन्, स्थिति भयावह छ, लाश यत्रतत्र छरिएका छन्, गाडीभित्र पर्यटकको शव छन्, चार हजारको मृत्यु भएको आशंका छ, तीर्थयात्रुहरु अलपत्र छन्, त्यसैले अलपत्र नागरिकको उद्धार गरि बसमा हालेर पठाउन सुरु गरेका छौं ।” उहाँले रसुवा, नुवाकोट र धादिङका बिभिन्न ठाउँमा सेल्टर बनाएर १०० जना स्वास्थ्यकर्मीको टोली परिचालन गरि स्वास्थ्य शिविर सञ्चालन गरेको, बाढी पीडितहरुको लागि टेण्ड हालेर, स्कुल, सामुदायीक भवनलगायतमा राखेको, खानाको ब्यबस्था गरेको बताउनुभयो । प्रदेश सरकार निरन्तर सडक खुलाउने, शव निकाल्ने, शव पहिचान गर्ने, खोजी तथा उद्धार गर्ने, गाँस र वासको व्यबस्थापन गर्ने, स्वास्थ्य शिविर र औषधिको व्यबस्था गर्नेलगायतको कार्य निरन्तर गरिरहेको उहाँले बताउनुभयो । --- # मुख्यमन्त्री ईन्द्र बानियाँले आज भक्तपुर अस्पतालको अवलोकन Source: https://newskunda.com/archives/3608 Category: FEATURED NEWS, अर्थ, मनोरञ्जन, राजनीति, शिक्षा, समाचार, समाज Last updated: 2026-04-17 भक्तपुर, ४ बैशाख : वागमती प्रदेशका मुख्यमन्त्री ईन्द्र बानियाँले आज भक्तपुर अस्पतालको अवलोकन गरि गुणस्तरीय सेवा प्रदान गर्न कुनै कसर बाँकी नराख्न निर्देशन दिनुभयो । उहाँले अस्पतालले प्रदान गरेका सेवाहरुकोबारेमा जानकारी लिदै अस्पतालको नयाँ तथा पुरना भवनमा विरामीलाई दिईरहेको सेवा र सुबिधाकाबारेमा जानकारी लिनुभयो । अस्पताल भवन अभाव भएपछि अस्प्तालको पुरानो भवन भत्काएर सोही ठाउँमा सुबिधा सम्पन्न नयाँ भवन निर्माणका लागि वागमती प्रदेश स्वास्थ्य मन्त्री किरण थापाको सिफारिसमा माग भएअनुसार भवन निर्माणका लागि प्रदेश मन्त्रिपरिषदले ६२ करोड रूपैयाको बजेट सुनिश्चित गरेको बताउनु भयो । उहाँले चालू आर्थिक वर्षमै अस्पताल भवन निर्माणको प्रक्रिया पुरा गर्ने गरि बजेट निकासाको प्रक्रियालाई प्रदेश फर्किए लगत्तै टुङ्याउने बताउनुभयो । कार्यक्रममा वागमती प्रदेशका संस्कृति तथा पर्यटन मन्त्री सुरेश श्रेष्ठले अस्पतालको नयाँ भवन अपरिहार्य रहेको बताउदै भक्तपर अस्पताल देशकै नमूना उत्कृष्ठ अस्पताल बनेकोमा प्रंशसा गर्नुभयो । मुख्यमन्त्री बानियाँसहितको टोलीलाई अस्पताल संचालन तथा ब्यवस्थापन समितिका अध्यक्ष ज्ञानराम श्रेष्ठले अस्पतालको वर्तमान अबस्थाकाबारेमा जानकारी गराउनु भयो । अस्पतालका निर्देशक डा. सुरेन्द्र भट्टले अस्पतालले दिदै आएको सवा, बिस्तारिस सेवा, जडित पैबधि एवं उपकरणहरु, बहिरंग, अन्तरंगदेखि शल्यक्रियासम्मका प्रगति र भावी योजनाकाबारेमा जानकारी गराउनु भएको थियो । ### बानियाँद्धारा ख्वप अस्पतालदेखि सम्पदासम्मको अवलोकन : मुख्यमन्त्री बानियाँले भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप अस्पतालको निरीक्षण गर्दै अस्पतालले प्रवाह गरेको सेवाकाबारेमा चासोका साथ निरीक्षण गर्नु भएको थियो । नगरपालिकाद्धारा सञ्चालित ख्वप ईन्जिनियरिङ्ग कलेज, ख्वप कलेज अफ इन्जिनियरिङ्ग, ख्वप कलेज, ख्वप मावि र निर्माणाधीन अरनिको सभाभवनको स्थलगत अवलोकलन गर्नुका साथै भक्तपुरका ऐतिहासिक सम्पदाहरुको समेत अवलोकन गर्नु भएको थियो । मुख्यमन्त्री बानियाँले भक्तपुर नपाले शिक्षा, स्वास्थ्य, सम्पदा संरक्षणलगायत आफ्नै पहलमा गरिरहेको कार्य सराहनीय रहेको बताउनुहुँदै स्थानीय तहले सञ्चालन गरेको अस्पताल प्रादेशिक सरहको मान्यता दिन आवश्यक कानुन संशोधन गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो । नगरप्रमुख प्रजापतिले मुख्यमन्त्री बानियाँलाई भक्तपुर नगरपालिकाद्धारा सञ्चालित अस्पताल, शैक्षिक संस्थाहरुदेखि सम्पदासम्मको अवलोकन गराउदै त्यसबारे जानकारी गराउनु भएको थियो । --- # मुख्यमन्त्री कार्यालयमा आपतकालिन बैठक सुरु, मुख्यमन्त्री किरण थापा मगर प्रभावित क्षेत्रको अनुगमनमा जादै Source: https://newskunda.com/archives/4084 Category: FEATURED NEWS, अर्थ, समाचार, समाज, स्वास्थ्य Last updated: 2026-08-26 हेटौडा, १० भदौ : वागमती प्रदेशको मुख्यमन्त्री किरण थापामगरको नेतृत्वमा आज मुख्यमन्त्री कार्यालयमा प्रदेश विपद् व्यवस्थापन कार्यकारी समितिको आपतकालिन बैठक सुरु भएको छ । रसुवामा आएको भिषण बाढीका कारण पुगेको क्षति र तत्काल उद्धार, खोजी एवं औषधि उपचार र अन्य व्यबस्थापनका लागि उचित व्यबस्था गर्नका लागि आपतकालिन बैठक सुरु भएको मुख्यमन्त्री थापा मगरले जानकारी दिनुभयो । आपतकालिन बैठकमा प्रदेशका मन्त्रीहरु, सचिवहरु, विपदका पदाधिकारीहरु, प्रमुख जिल्ला अधिकारीसहित सुरक्षा निकायका प्रमुखहरु, विपत क्षेत्रका प्रदेश सभा सदस्यहरुको टोली सहित बैठक बसेको उहाँले जानकारी दिनुभयो । प्रदेश सरकारले विपत क्षेत्रको अवलोकन गर्ने, तत्काल गर्नु पर्ने कार्यहरुका लागि तयारी गरेको जानकारी दिदै उहाँले प्रदेशका बाढी प्रभावित क्षेत्र र जोखिममा रहेका क्षेत्रका वासिन्दालाई सुरक्षित स्थानमा जान आव्हान गर्नु भयो । मुख्यमन्त्री थापा मगरले भन्नुभयो, “वागमती प्रदेश सरकारले यो विपदको घडीमा गर्नुपर्ने सम्पूूर्ण कार्य तत्कालै गर्नेछ, त्यसको तयारीमा जुटिसक्यो, बैठक लगत्तै प्रभावित क्षेत्रको अवलोकन गरेर थप आवश्यक व्यबस्था गर्नेछौं, खोजी, उद्धार कार्य, औषधि उपचारको व्यबस्थालगायतका प्रदेश सरकार तयारी छ, यो संकटको घडीमा बाढी प्रभावित क्षेत्रका बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले भोटेकोशी नदीमा आएको बाढीका कारण जोखिम बढेको भन्दै रसुवा लगायतका जिल्लाका बासिन्दालाई सुरक्षित रहन आह्वान गर्दछु ।” उहाँले रसुवा, धादिङ, गोरखा, नुवाकोट, चितवन आसपास तथा नदी–खोला किनार र तल्लो भूभागका बस्तीमा रहनुभएका सम्पूर्ण नागरिकलाई उच्च सतर्कता अपनाउन, बालबालिका, ज्येष्ठ नागरिक, अशक्त तथा गर्भवती महिलाको सुरक्षामा र सुरक्षित स्थानमा जान नदी तथा खोला किनारमा नबस्न, जोखिमयुक्त स्थान तत्काल छोडी सुरक्षित जान आग्रह गर्नुभयो । --- # मुख्यमन्त्री किरण थापा मगर बाढीपीडितलाई साथ दिन जब नदी किनारामा पुगे Source: https://newskunda.com/archives/4479 Category: FEATURED NEWS, अर्थ, राजनीति, समाचार, समाज Last updated: 2026-09-29 चितवन, १३ असोज । वाग्मती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले विपद्को यस कठिन घडीमा बाढीपीडित परिवारलाई धैर्य गर्न आग्रह आग्रह गर्नु भएको छ । चितवनमा नारायणी नदीमा आएको बाढीबाट प्रभावित क्षेत्रको आज बिहानै अवलोकन गर्दै बाढीपीडित परिवारलाई धैर्य गर्न आग्रह गर्दै प्रदेश सरकार पीडितको साथमा रहेको बताउनु भएको हो । मुख्यमन्त्री थापा मगरले तत्काल उद्धार, सुरक्षित स्थानान्तरण तथा राहतका कामलाई प्राथमिकताका साथ अघि बढाइने बताउनुभयो । उहाँले बाढीबाट क्षतिग्रस्त पूर्वाधार तथा खेतीयोग्य जमिनको क्षतिको विवरण संकलन भइरहेको जानकारी दिँदै राहतपछि पुनर्निर्माणको कामलाई समेत प्रभावकारी रूपमा अघि बढाउने बताउनुभयो । मुख्यमन्त्री थापा मगरले भन्नुभयो, “प्रदेश सरकार बाढीपीडित जनताको साथमा छ, हामी उद्धार, राहत वितरण र पुर्नस्थापनामा लाग्छौ । नारायणी नदीबाट हुने दीर्घकालीन क्षतिको समाधानका लागि पनि संघीय सरकारसँग आवश्यक समन्वय गरी काम अघि बढाउने छौं, त्यसका लागि आवश्यक योजना तथा संरचनागत पहल गर्नेछौं ।” विपद् व्यवस्थापनलाई थप प्रभावकारी बनाउन छुट्टै प्राधिकरण गठन गरेर काम गर्ने तयारीसमेत गरिरहेको बताउदै मुख्यमन्त्री थापा मगरले बाढी प्रभावित नागरिकको उद्धारदेखि सुरक्षित स्थानान्तरण, राहत वितरण र त्यसपछि पुनर्निर्माणसम्मका कार्यमा प्रदेश सरकारले आवश्यक भूमिका निर्वाह गर्ने बताउनुभयो । --- # मुख्यमन्त्री किरण थापा मगरद्धारा हेटौँडा क्याम्पसमा फस्र्ट ग्राजुएट कन्फ्रेन्सको उद्घाटन Source: https://newskunda.com/archives/4546 Category: FEATURED NEWS, अर्थ, राजनीति, शिक्षा, समाचार, समाज, स्वास्थ्य Last updated: 2026-10-02 हेटौँडा, १६ असोज । वागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले विश्वविद्यालयलाई ज्ञान निर्माण, अनुसन्धान र नयाँ विचारको केन्द्रका रूपमा विकास गर्नुपर्ने बताउनु भएको छ । वन विज्ञान अध्ययन संस्थान, हेटौँडा क्याम्पसद्वारा आयोजित फस्र्ट ग्राजुएट कन्फ्रेन्सको आज उद्घाटन गर्दै उहाँले मन्तव्य राख्दै मुख्यमन्त्री थापा मगरले युवाहरूले आफ्नो ज्ञान र सीपलाई स्थानीय आवश्यकता, वन, वातावरण र जैविक विविधताको संरक्षणमा प्रयोग गर्नुपर्ने बताउनु भएको छ । शिक्षा र ज्ञानलाई समाज, राष्ट्र तथा वातावरणको हितमा प्रयोग गर्नुपर्ने बताउँदै मुख्यमन्त्री थापा मगरले वन क्षेत्र वातावरणीय सन्तुलन, जैविक विविधता संरक्षण, जलाधार तथा माटो संरक्षणसँगै नागरिकको जीविकोपार्जनको महत्वपूर्र्ण आधार रहेको चर्चा गर्नुभयो । उहाँले वन तथा वातावरणसँग सम्बन्धित विषयमा दक्ष जनशक्ति उत्पादनसँगै उनीहरूले हासिल गरेको ज्ञान, अनुसन्धान र सीपलाई प्रदेशको वन तथा प्राकृतिक स्रोत व्यवस्थापनमा प्रभावकारी रूपमा उपयोग गर्नुपर्नेमा जोड दिनुभयो । “शिक्षा र ज्ञानलाई केवल व्यक्तिगत उपलब्धिमा सीमित नराखी समाज, राष्ट्र र वातावरणको हितमा प्रयोग गर्नुपर्छ। वन विज्ञानबाट उत्पादित दक्ष जनशक्तिको ज्ञान, अनुसन्धान र सीपलाई प्रदेशको वन तथा प्राकृतिक स्रोत व्यवस्थापनमा जोड्न आवश्यक छ,” मुख्यमन्त्री थापा मगरले भन्नुभयो । मुख्यमन्त्रीले पछिल्लो समय जलवायु परिवर्तन, वन डढेलो, जैविक विविधताको ह्रास तथा मानव–वन्यजन्तु द्वन्द्व वन तथा वातावरण संरक्षणका प्रमुख चुनौतीका रूपमा देखापरेको उल्लेख गर्नुभयो । यस्ता चुनौतीको सामना गर्न सरकारको एकल प्रयास पर्याप्त नहुने भन्दै उहाँले विश्वविद्यालय, अनुसन्धान संस्था, समुदाय तथा निजी क्षेत्रबीच सहकार्य आवश्यक रहेको बताउनुभयो । “वन तथा वातावरण संरक्षणका लागि सरकार, विश्वविद्यालय, अनुसन्धान संस्था, समुदाय र निजी क्षेत्रबीच सहकार्य आवश्यक छ। सबै पक्षको ज्ञान, अनुभव र प्रविधिलाई एकीकृत गरेर मात्रै प्राकृतिक स्रोतको दिगो व्यवस्थापन गर्न सकिन्छ,”उहाँले भन्नुभयो । बागमती प्रदेशमा प्राकृतिक स्रोत संरक्षण र आर्थिक विकासबीच सन्तुलन कायम गर्दै दिगो विकासलाई प्राथमिकता दिनुपर्नेमा पनि मुख्यमन्त्रीले जोड दिनुभयो । प्राकृतिक स्रोतको संरक्षणसँगै त्यसबाट प्राप्त हुने अवसर र लाभलाई स्थानीय समुदायको आर्थिक तथा सामाजिक विकाससँग जोड्नुपर्ने उहाँको भनाइ थियो । उहाँले वन विज्ञान तथा वातावरणका क्षेत्रमा हुने अनुसन्धानलाई नीति निर्माण र स्थानीय तहमा देखिएका वास्तविक समस्याको समाधानसँग जोड्नुपर्ने बताउनुभयो । “अनुसन्धानलाई केवल शैक्षिक उपलब्धिमा सीमित नराखी नीति निर्माण र स्थानीय समस्याको समाधानसँग जोड्नुपर्छ । हाम्रो अनुसन्धानले समाज र वातावरणका वास्तविक समस्या समाधान गर्न सक्ने आधार तयार गर्नुपर्छ,” मुख्यमन्त्री थापा मगरले भन्नुभयो । युवाहरूले आफूले हासिल गरेको ज्ञान र सीपलाई स्थानीय आवश्यकता तथा वन, वातावरण र जैविक विविधताको संरक्षणमा प्रयोग गर्नुपर्नेमा उहाँले जोड दिनुभयो। वन विज्ञान अध्ययन पूरा गरेका विद्यार्थीहरूलाई देश र प्रदेशको प्राकृतिक स्रोत व्यवस्थापनमा योगदान पु¥याउने महत्त्वपूर्ण जनशक्तिका रूपमा विकास गर्नुपर्ने उहाँको भनाइ थियो । मुख्यमन्त्रीले विश्वविद्यालयलाई ज्ञान निर्माण, अनुसन्धान र नयाँ विचारको केन्द्रका रूपमा विकास गर्नुपर्ने बताउनुभयो । बदलिँदो वातावरणीय चुनौती र प्राकृतिक स्रोत व्यवस्थापनका नयाँ आयामलाई सम्बोधन गर्न विश्वविद्यालयले समयानुकूल अनुसन्धान तथा नवप्रवर्तनलाई प्राथमिकता दिनुपर्ने उहाँले उल्लेख गर्नुभयो । फस्र्ट ग्राजुएट कन्फ्रेन्सले विद्यार्थी, प्राध्यापक, अनुसन्धानकर्ता तथा नीति निर्माताबीच ज्ञान, अनुभव र विचार आदान–प्रदान गर्ने महत्त्वपूर्ण अवसर प्रदान गर्ने विश्वाससमेत मुख्यमन्त्री थापा मगरले व्यक्त गर्नुभयो । उहाँले यस्ता सम्मेलनले वन विज्ञान, वातावरण संरक्षण, जैविक विविधता तथा प्राकृतिक स्रोत व्यवस्थापनका क्षेत्रमा नयाँ सोच र अनुसन्धानका सम्भावनालाई थप विस्तार गर्ने बताउनुभयो । --- # मुख्यमन्त्री किरण थापा मगरद्धारा हेटौडामा तेक्वान्दो प्रतियोगिताको उद्घाटन Source: https://newskunda.com/archives/4352 Category: FEATURED NEWS, अर्थ, खेलकुद, राजनीति, समाचार, समाज Last updated: 2026-09-19 हेटौडा, ३ असोज । वागमती प्रदेशको मुख्यमन्त्री किरण थापा मगरले हेटौंडा उपमहानगरपालिका वडा नं. ४ कार्यालयको आयोजनामा आजबाट सुरु भएको नगरस्तरिय जुनियर आमन्त्रण तेक्वान्दो प्रतियोगिताको उद्घाटन गर्नु भएको छ । उहाँले खेलको उद्घाटन गर्दै बागमती प्रदेश सरकारले खेलकुद क्षेत्रको विकास र खेलाडीहरूको प्रोत्साहनका लागि सदैव प्रतिबद्ध रहेको बताउनुभयो । उहाँले खेलकुद प्रवद्र्धनको यस्ता सकारात्मक प्रयास सबै तिर सञ्चालन हुने सके युवाहरु खेलकुदप्रति आकर्षित हुने र देशले नयाँ नयाँ खेलाडीहरु पाउने बताउनुभयो । तल्लो तहदेखि नै खेलाडीहरूको पहिचान र विकास गर्न यस्ता स्थानीय स्तरका प्रतियोगिताहरू कोशेढुङ्गा सावित हुने बताउदै उहाँले खेलाडी राष्ट्रका गौरव र गहना भएको चर्चा गर्नुभयो । उदीयमान खेलाडीहरूलाई खेल भावनाका साथ उत्कृष्ट प्रदर्शन गर्न आग्रह गर्दै उहाँले खेलकुदले अनुशासन र स्वस्थ शरीरका लागि महत्वपूर्ण हुने बताउदै खेलकुदलाई विद्यालय र स्थानीय तहले चासो दिएर अगाडि बढाउनु पर्ने बताउनुभयो । --- # मुख्यमन्त्री किरण थापाद्धारा डोलेश्वरको पुजा, वागमती प्रदेशलाई पर्यटकको हव बनाउँछौ : मुख्यमन्त्री थापा Source: https://newskunda.com/archives/4051 Category: FEATURED NEWS, अर्थ, धर्म/संस्कृति, राजनीति, समाचार, समाज Last updated: 2026-08-22 भक्तपुर, ६ भदौ : वागमती प्रदेशको नवनियुक्त मुख्यमन्त्री किरण थापा मगरले शनिवार बिहान आफ्नै गाउँको प्रसिद्ध डालेश्वर महादेव मन्दिरमा पुजा एवं दर्शन गर्नु भएको छ । केदारनाथको शीर डोलेश्वर महादेव संरक्षण तथा विकास समितिको पूर्व कार्यकाहब अध्यक्ष, उपाध्यक्ष रहेर मन्दिरमा महायज्ञ आयोजना गर्न, केदारनाथको शीर भाग घोषणा गर्नदेखि मन्दिरको चौतर्फी विकासमा ठूलो योगदान पुर्याउनु भएको उहाँले मुख्यमन्त्री भएपछि आज पहिलो पटक डोश्वरको पुजा गर आर्शिवाद लिनु भएको हो । उहाँले डोलेश्वरको आर्शवादबाट वागमती प्रदेशको सम्बद्धिको यात्रा सुरु भएको बताउनुभयो । शनिवार आफ्नो जन्मगाउँ सूर्यविनायक नगरपालिका वडा नं. ८ सिपाडोलस्थित प्रसिद्ध डोलेश्वर महादेव मन्दिरमा केदारनाथको शीर डोलेश्वर महादेव संरक्षण तथा विकास समितिले आयोजित स्वागत तथा बधाई कार्यक्रममा मुख्यमन्त्री किरण थापा मगरले वागमती प्रदेशलाई धार्मिक पर्यटकीय क्षेत्रको हव बनाउने लक्ष्य रहेको बताउनु भयो । उहाँले सिंगो वागमती प्रदेश पर्यटकीय गन्तव्यको हव बन्न सक्ने भन्दै पर्यटकीय विकासको अथाह सम्भावना रहेको प्रदेशको १३ वटै जिल्लालाई पर्यटकीय विकासमा जोड दिने बताउनुभयो । मुख्यमन्त्री थापाले भन्नुभयो, “भक्तपुर आफैमा पर्यटकीय क्षेत्र हो, सूर्यविनायक क्षेत्रलाई धार्मिक पर्यटकीय गन्तव्य बन्दैछ, विश्वभरका पर्यटक र विषेशगरि हरेक वर्ष हजारौ भारतीय पर्यटक डोलेश्वर आउन थालेका छन् । यसैगरि सबै जिल्लामा पर्यटनको विकास गर्दै युवा रोजगारीलाई बढाउने हाम्रो योजना र लक्ष्य छ ।” उहाँले डोलेश्वर महादेवको आर्शिवाद, आस्था, संस्कृति र जनेिवाका संकल्पसंगै वागमती प्रदेशको सम्बृद्धिको यात्रा सुरु भएको बताउदै १३ वटै जिल्लाको जनभावनालाई समेटेर प्रदेशको सम्बृद्धीमा अगाडि बढ्ने संकल्प गर्नुभयो । कार्यक्रममा वडा अध्यक्ष पुष्पराज बस्नेत, समितिका अध्यक्ष धर्मराज बस्नेतलगायतले डोलेश्वर महादेव मन्दिरलाई आजका अबस्थासम्म पुर्याउन मुख्यमन्त्री थापाको ठूलो योगदान रहेको चर्चा गर्दै यसको विकासमा थप सहयोग पुग्ने बताउनुभयो । कार्यक्रममा मुख्यमन्त्री थापालाई समितिले सम्मान गरेको समितिका सचिव हरिशरण बस्नेतले जानकारी दिनुभयो । --- # मुख्यमन्त्री किरण थापाद्धारा नेपालको प्रतिनिधित्व गर्दै ४६ औँ चेस ओलम्पियाडमा सहभागी हुन प्रस्थान गर्न लागेको नेपाली चेस टोलीलाई विदाई Source: https://newskunda.com/archives/4258 Category: FEATURED NEWS, खेलकुद, राजनीति, समाचार, समाज Last updated: 2026-09-13 भक्तपुर, २८ भदौ : बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले नेपाली खेलाडीले खेलको माध्यमबाट पनि विश्वभर नेपाललाई चिनाउन सफल भएको बताउनु भएको छ । आज नेपालको प्रतिनिधित्व गर्दै ४६ औँ चेस ओलम्पियाडमा सहभागी हुन उज्वेकिस्तानको समरकान्टतर्फ प्रस्थान गर्न लागेको नेपाली चेस टोलीलाई विदाई तथा शुभकामना कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनु भएको हो । उहाँले विश्वस्तरीय प्रतिस्पर्धामा नेपालको झण्डा उँचो राख्दै आफ्नो प्रतिभा, मेहनत, अनुशासन र आत्मविश्वासका साथ उत्कृष्ट खेल प्रदर्शन गरि नेपाललाई विश्वभर चिनाउन सफल हुन भन्दै शुभकामना व्यक्त गर्नुभयो । मुख्यमन्त्री थापाले भन्नुभयो, “तपाईंहरूको सफलता नेपाली खेलकुदको सफलता हो, राष्ट्रको गौरव हो, नेपालको नाम अन्तर्राष्ट्रिय चेस जगतमा अझ उज्यालो बनाउँदै ऐतिहासिक उपलब्धि हासिल गर्न सक्नुहोस् भन्ने शुभकामना व्यक्त गर्दछु ।” प्रतियोगिता १४ देखि २८ सेप्टेम्बरसम्म सञ्चालन हुनेछ । --- # मुख्यमन्त्री किरण थापाद्धारा बुढीगण्डकी नदीमा आएको बाढीबाट सुरक्षित रहन नागरिकमा आव्हान Source: https://newskunda.com/archives/4691 Category: FEATURED NEWS, अर्थ, राजनीति, समाचार, समाज Last updated: 2026-10-19 भक्तपुर, २५ असोज : वागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले आज आइतबार बिहान गोरखा जिल्लास्थित बुढीगण्डकी नदीमा ठूलो आवाजसहित अचानक बाढी आएको सूचना प्राप्त भएको बताउदै यसबाट हुने क्षतिबाट बच्न र बचाउन आव्हान गर्नु भएको छ । माथिल्लो तटीय क्षेत्रमा वर्षा भएको पुष्टि नभएको अवस्थामा बाढी आउनुको कारण हालसम्म यकिन हुन नसकेको भन्दै उहाँले नदी आसपासका केही गाउँबस्तीमा क्षति पुगेको जानकारी प्राप्त भएकाले सबैलाई सचेत रहन र सुरक्षित स्थानतर्फ जान आव्हान गर्नु भएको हो । उहाँले भन्नुभयो, बुढीगण्डकी नदीको तल्लो तटीय क्षेत्र तथा बुढीगण्डकी–त्रिशूली नदीको दोभानदेखि धादिङको बेनीघाट, विशालटार हुँदै नारायणगढसम्म त्रिशूली नदी आसपासका क्षेत्रमा आकस्मिक बाढीको जोखिम रहन सक्ने भएकाले सम्बन्धित सबै निकाय तथा आम नागरिकमा उच्च सतर्कता अपनाउन बागमती प्रदेश सरकार हार्दिक अनुरोध गर्दछ। यस सम्बन्धमा देहायबमोजिमका सावधानी तथा प्रतिकार्यका उपायहरू अवलम्बन गर्न अनुरोध गर्दै उहाँले नदी तटीय क्षेत्रका बासिन्दाहरूले नदीको जलस्तर र बहावमा अचानक परिवर्तन हुन सक्ने सम्भावनालाई ध्यानमा राखी सतर्क रहनुहुन तथा जोखिमयुक्त स्थानमा रहेका व्यक्तिहरू सुरक्षित र उच्च स्थानमा जानुहुन आव्हान गर्नुभयो । मुख्यमन्त्री थापाले नदी किनार तथा तल्लो तटीय क्षेत्रमा अनावश्यक आवतजावत नगर्न, नदीमा प्रवेश नगर्न तथा जोखिमपूर्ण गतिविधिबाट टाढा रहन सबैमा अनुरोध गर्दै पृथ्वी राजमार्गको त्रिशूली नदी आसपासको खण्डमा, विशेषतः बुढीगण्डकी–त्रिशूली दोभानदेखि बेनीघाट, विशालटार हुँदै नारायणगढसम्मको क्षेत्रमा सम्भावित जोखिमलाई मध्यनजर गर्दै सम्बन्धित निकायहरूले तत्काल स्थलगत जोखिम मूल्याङ्कन गरी आवश्यकताअनुसार सवारी आवागमन रोक्ने, नियमन गर्ने वा वैकल्पिक व्यवस्था मिलाउने कार्य गर्न अनुरोध गर्नुभयो । उहाँले सम्बन्धित जिल्ला प्रशासन कार्यालय, स्थानीय तह, सुरक्षा निकाय तथा विपद् व्यवस्थापनमा संलग्न निकायहरूले सम्भावित जोखिम क्षेत्रको निरन्तर अनुगमन, पूर्वसूचना सम्प्रेषण, आवश्यक उद्धार तथा राहत सामग्रीको तयारी र अन्तरनिकाय समन्वयलाई प्रभावकारी बनाउन अनुरोध गर्नुभयो । आम नागरिकहरूले सम्बन्धित आधिकारिक निकायबाट जारी हुने सूचना तथा निर्देशनको पालना गर्नुहुन र अपुष्ट सूचना सम्प्रेषण नगर्नुहुन अनुरोध गर्दै बाढीको सम्भावित कारण, प्रभाव तथा क्षतिको विवरण यकिन गर्ने कार्यमा सम्बन्धित निकायहरूबाट आवश्यक जानकारी संकलन तथा समन्वय हुनुपर्ने भएकाले परिस्थितिको संवेदनशीलतालाई ध्यानमा राखी सबै पक्षलाई जिम्मेवार र सतर्क रहन अनुरोध गर्नुभयो । यस विषम परिस्थितिमा नागरिकको जीवन रक्षा, जनधनको सुरक्षा तथा सम्भावित क्षति न्यूनीकरणका लागि सम्बन्धित सबै निकाय, स्थानीय तह, सुरक्षा संयन्त्र र आम नागरिकबाट आवश्यक सहयोग, समन्वय तथा सतर्कताको अपेक्षा गरिएको उहाँले जारी बिज्ञप्तीमा भनिएको छ । --- # मुख्यमन्त्री किरण थापामगरले भन्नुभयो : हामी भोटेकोशीको बाढीमा हराएकाको खोजीमा खटिएका छौं, उद्धारका लागि हामीलाई सम्पर्क गर्नु होस् Source: https://newskunda.com/archives/4127 Category: FEATURED NEWS, अर्थ, राजनीति, समाचार, समाज, स्वास्थ्य Last updated: 2026-08-27 भक्तपुर, ११ भदौ : वागमती प्रदेशको मुख्यमन्त्री किरण थापामगरले भोटेकोशी बाढीपहिरो अलपत्र परेका र सम्पर्कमा नरहेकाहरुकोबारेमा तत्काल जानकारी गराउन आफन्त र पीडित परिवारलाई आव्हान गर्नु भएको छ । आज बिहान नुवाकोटको बाढीग्रस्त क्षेत्रबाट सबैमा आव्हान गर्दै उहाँले वागमती प्रदेश भित्रका हटाएका र सम्पर्कमा नआएकाहरुका लागि प्रदेश सरकार उद्धारमा खटिएको बताउदै सिधै आफैलाई सम्पर्क गर्न आइहान गर्नुभयो । मुख्यमन्त्री थापामगरले आज राससका रमेश गिरीसंग भन्नुभयो, “हिजो दिउँसोदेखि नै मेरै नेतृत्वमा प्रदेश सरकार खोजी, उद्धार, घाईतेको उपचार र घरबाहर बिहिन भएकाहरुलाई खाने बस्ने व्यबस्था गरिरहेका छौ, कोही अलपत्र हुनुहुन्छ, कोही सम्पर्कमा आउनु भएको छैन भने सिधै मलाई र प्रदेश संयन्त्रलाई फोन गरेर खबर गर्नुस्, हामी तत्काल उद्धार गछौं ।” हेटौडामा आपतकालिन बैठक बसेर उद्धार, उपचार र राहतको निर्णय गरि मुख्य मन्त्री थापामगरको नेतृत्वमा आर्थिक मामिला तथा योजना मन्त्री सरल सहयात्री, स्वास्थ्य तथा सामाजिक मन्त्री गिरबहादुर तामाङ, प्रदेशका मुख्य सचिव, विभागिय सचिवहरु र स्वास्थ्यकर्मीहरु सहितको टोली आज पनि बिहानैदेखि फिल्डमा खटिएको छ । मुख्यमन्त्री थापामगरले भन्नुभयो, “यतिखेर सम्पूर्ण प्रदेश संयन्त्र प्रभावित क्षेत्रमा प्रत्यक्ष रुपमा खटिएका छौं, उद्धार, खोजी, राहत तथा तत्कालीन व्यवस्थापनमा कुनै कमी हुन नदिन हामी आफैं प्रभावित क्षेत्रमै हिजोदेखि खटिएका छौ, रसुवामा तपाईंका आफन्त अलपत्र पर्नुभएको छ, सम्पर्कविहीन वा हराइरहनुभएको छ भने तुरुन्त प्रदेश संयन्त्रसँग सिधै सम्पर्क गर्नुहोस हामी तत्काल हेलिकप्टरबाट उद्धार गछौं ।” **सम्पर्कका लागि उहाँले मुख्यमन्त्री किरण थापागरको मोवाइल नं. ९८५१०८१८७६, स्वकीय सचिव सञ्जिब थापा ९८५१२३१६४०, प्रकाश दाहालको ९८५५०३१४६४ नम्बर र प्रदेशका निकायहरुलाई सिधै सम्पर्क गर्न आग्रह गर्नुभयो । ** मुख्यमन्त्रीको नेतृत्वमा बुधबार भक्तपुर अस्पताल, टोखा चण्डेश्वरी अस्पताल, बज्रवाराही अस्पतालबाटलगायतबाट १०० जनाको चिकित्सकसहितको स्वास्थ्यकर्मीको टोलीले उद्धार गरिएका घाईतहरुको प्रारम्भिक उपचार र निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिरहेको उहाँले जानकारुी दिनुभयो । **मुख्यमन्त्री थापामगरले भन्नुभयो, “विपदमा जीवनको रक्षा नै हाम्रो पहिलो जिम्मेवारी हो, रसुवामा आएको बाढीपहिरोबाट घाइते भएका नागरिकहरूको बागमती प्रदेशका प्रादेशिक अस्पतालहरू तथा आयुर्वेदिक अस्पतालहरूमा निःशुल्क उपचारको व्यवस्था गरेका छौं, भक्तपुर अस्पताल, टोखा चण्डेश्वरी अस्पताल र बज्रवाराही अस्पतालबाट स्वास्थ्यकर्मीहरू आकस्मिक उपचारका लागि रसुवा र त्रिशूलीमा खटाएका छौं, भक्तपुर अस्पतालमा थप आकस्मिक कक्ष तथा आइसीयु कक्षहरूको व्यवस्था गरी निःशुल्क उपचार सेवा उपलब्ध गराएका छौं ।”** बाढीमा परेर घरबार बिहिन भएकाहरुका लागि अस्थायी बसोबासको व्यबस्था प्रदेश सरकारले गरेको बताउदै टेण्ड, स्कुल, सामुदायिक भवनलगायतमा बस्ने व्यबस्था र खाने व्यबस्था मिलाएको उहाँले जानकारी दिनुभयो । आवश्यक उपचारका लागि सम्बन्धित बिरामीहरूलाई भक्तपुर अस्पताल तथा बागमती प्रदेश अन्तर्गतका अन्य प्रादेशिक अस्पतालहरूमा सम्पर्क गर्न समेत मुख्यमन्त्री थापामगरले हनुरोध गर्नुभयो । मुख्यमन्त्री थापामगरले भन्नुभयो, “प्रदेश सरकार यस विपद्को घडीमा नागरिकको जीवन रक्षा, उद्धार, उपचार तथा राहतलाई सर्वोच्च प्राथमिकता दिई परिचालित भएका छौं । प्रभावित क्षेत्र तथा आसपासका विभिन्न सुरक्षित स्थानमा तत्कालका लागि आवश्यक स्वास्थ्य सेवा, औषधि उपचार, खानेपानी, खाद्यान्न तथा आश्रय, बसोबासको व्यवस्था मिलाउने कार्य गरिरहेका छौं। दीर्घकालीन तथा थप व्यवस्थित व्यवस्थापन नहुँदासम्म आवश्यकताअनुसार यस्ता अस्थायी व्यवस्थालाई निरन्तरता दिने छौं ।” Video: https://newskunda.com/wp-content/uploads/2026/08/WhatsApp-Video-2026-08-27-at-9.24.00-AM.mp4 --- # मुख्यमन्त्री किरण थापाले बाढी तथा पहिरोबाट प्रभावित नागरिकको उद्धार र राहत कार्यमा कुनै कमी हुन नदिने प्रतिबद्धता Source: https://newskunda.com/archives/4159 Category: FEATURED NEWS, अर्थ, राजनीति, समाचार, समाज, स्वास्थ्य Last updated: 2026-08-28 काठमाडौं, भदौ १२ । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापाले बाढी तथा पहिरोबाट प्रभावित नागरिकको उद्धार र राहत कार्यमा कुनै कमी हुन नदिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। रसुवामा आएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रको स्थलगत निरीक्षण तथा उद्धार, राहत र व्यवस्थापनको अवस्था बुझ्न रसुवा पुग्नुभएका मुख्यमन्त्री थापाले विपद्को यस कठिन अवस्थामा नागरिकको जीवनरक्षा र तत्कालीन आवश्यकता पूरा गर्न प्रदेश सरकारका सबै संयन्त्र परिचालन गरिएको बताउनुभएको हो। मुख्यमन्त्री थापले प्रभावित नागरिकका लागि तत्काल आवश्यक पर्ने खाना, सुरक्षित आवास, औषधि, इन्धन तथा यातायातको व्यवस्थापनलाई उच्च प्राथमिकतामा राखिएको जानकारी दिनुभएको छ। उद्धार तथा राहत कार्यमा स्रोतसाधनको अभाव हुन नदिन सम्बन्धित निकायलाई आवश्यक निर्देशन दिइएको उहाँले बताउनुभएको छ। रसुवा र नुवाकोटका विभिन्न क्षेत्रमा बाढी तथा पहिरोका कारण सडक सम्पर्क विच्छेद भएको र नागरिक तथा आन्तरिक तथा बाह्य पर्यटकसमेत विभिन्न स्थानमा फसेको जानकारी आएपछि प्रदेश सरकारले उद्धार कार्यलाई तीव्रता दिएको उहाँको भनाइ छ। फसेका नागरिक तथा पर्यटकलाई सुरक्षित स्थानमा ल्याउन यातायातको व्यवस्था मिलाउने, प्रभावित क्षेत्रमा खाना तथा खानेपानी पुर्याउने, विद्युत् सेवा अवरुद्ध भएका स्थानमा जेनेरेटर तथा इन्धनको व्यवस्था गर्ने कामलाई प्राथमिकताका साथ अघि बढाइएको मुख्यमन्त्री थापले बताउनुभएको छ। उहाँका अनुसार धुन्चे जाने मुख्य सडक बाढी तथा पहिरोका कारण अवरुद्ध भएकाले सडक सञ्चालनका लागि काम भइरहेको छ। सडक खुलेपछि प्रभावित क्षेत्रमा राहत सामग्री पुर्याउन तथा फसेका नागरिकलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न थप सहज हुनेछ। नुवाकोटको ढिकुरे, बाहुनबेसी, नर्डा, छाप, लच्याङ, नौकुण्ड, सरनथली, पाटिखर्क, चिलाउने गाउँ, घिचेत, पुङखोला, पर्च्याङ, भोर्ले, अम्बास, बेत्रावती हुँदै रसुवा जाने सडकखण्डलाई सञ्चालनयोग्य बनाउन आवश्यक काम अघि बढाइएको उहाँले जानकारी दिनुभएको छ। मुख्यमन्त्री थापले सडक सम्पर्क तत्काल जोडिन नसकेका स्थानमा वैकल्पिक मार्ग प्रयोग गर्ने तथा आवश्यक परे पैदलै भए पनि प्रभावित नागरिकलाई यातायात सञ्चालन भइरहेको स्थानसम्म पुर्याउने व्यवस्था मिलाइने बताउनुभएको छ। रसुवा पुगेपछि मुख्यमन्त्री थापले सुरक्षा निकाय, स्थानीय तह, जिल्ला प्रशासन तथा सम्बन्धित निकायका प्रतिनिधिसँग छलफल गरी उद्धार, उपचार तथा राहतको अवस्थाबारे जानकारी लिनुभएको छ। उहाँले विपद्मा परेका नागरिकलाई तत्काल सहयोग पुर्याउन प्रदेश सरकारका सबै संयन्त्र परिचालन गरिएको बताउनुभएको छ। मुख्यमन्त्री थापामगरले विपद्को अवस्थामा सरकारको पहिलो दायित्व नागरिकको जीवनरक्षा भएको उल्लेख गर्दै प्रभावित नागरिकलाई तत्काल राहत उपलब्ध गराउनेदेखि सुरक्षित पुनःस्थापनासम्म प्रदेश सरकार निरन्तर सक्रिय रहने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। उहाँले विपद्का कारण घरबारविहीन तथा विस्थापित भएका नागरिकलाई सुरक्षित आवासको व्यवस्था, घाइतेको उपचार, खाद्यान्न तथा खानेपानीको आपूर्ति र अत्यावश्यक इन्धन तथा यातायातको व्यवस्थापनमा कुनै कमी हुन नदिने बताउनुभएको छ। --- # मुख्यमन्त्री थापा र पर्यटनमन्त्री प्रजापतिद्धारा शंखधर साख्वाः संग्रहालयको अवलोकन Source: https://newskunda.com/archives/4466 Category: FEATURED NEWS, अर्थ, राजनीति, समाचार, समाज Last updated: 2026-09-27 भक्तपुर, ११ असोज : मुख्यमन्त्री किरण थापा र उद्योग, पर्यटन, श्रम तथा यातायात मन्त्री राजेन्द्र प्रजापतिले आज राष्ट्रिय विभूति शंखधर साख्वाः संग्रहालयको अवलोकन गर्नु भएको छ । मध्यपुरथिमि शंखधर चोकस्थित राष्ट्रिय विभूति शंखधर साख्वाः प्रतिष्ठानले सञ्चालन गरेको संग्रहालयको उहाँले अवलोकन गर्दै साख्वाःको योगदानकाबारेमा जानकारी लिनु भएको थियो । मुख्यमन्त्री थापाले शंखधर साख्वाःको योगदानलाई देशभर फैलाउँदै नेपाल संम्वत समग्र नेपालीहरुको सम्वत भएको प्रचार गर्नु आवश्यक रहेको बताउनुभयो । मन्त्री प्रजापतिले नेपाल सम्बत र शंखधर साख्वाःको योगदानको संचालित गतिविधि चासो दिनु भएको थियो । अवालेकनमा प्रतिनिधि सभा सदस्य मदनकृष्ण श्रेष्ठ र प्रदेश पर्यटन मन्त्रालयका सचिव दीपेन्द्र सुबेदीलगायतलाई प्रतिष्ठानका अध्यक्ष ज्ञानराम प्रजापतिले शंखधर साख्वाःको योगदानकाबारेमा जानकारी गराउनु भएको थियो । उहाँले तीन तहकै सरकारले साख्वाःको संग्रहालयको बिस्तार गर्न र देशभर साख्वाःको योगदानलाई पुर्याउन सहयोग गर्न आग्रह गर्नुभयो । --- # मुख्यमन्त्री थापाद्धारा घट्टे खोलाको बाढीले स्थलगत अबलोकन, क्षति रोक्न तत्काल रु. दुई करोड दिने प्रतिबद्धता Source: https://newskunda.com/archives/4460 Category: FEATURED NEWS, अर्थ, राजनीति, समाचार, समाज Last updated: 2026-09-27 भक्तपुर, ११ असोज : आज बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले विगत तीन दिनदेखि अविरल परेको वर्षाका कारण जोखिममा परेको बस्तीको स्थलगत निरीक्षण गर्नु भएको छ । भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नं.४ र ५ को सिमानाबाट बग्ने घट्टे खोलामा आएको बाढीले जमिन कटान गरि बस्ती जोखिममा परेपछि प्रभावित क्षेत्रको स्थलगत निरीक्षण गर्दै उहाँले विपद रोक्न तत्काल प्रदेश सरकारले दुई करोडको बजेट व्यबस्थान गर्ने बताउनु भएको छ । स्थलगत निरीक्षणका क्रममा मुख्यमन्त्री थापा मगरले बाढीबाट प्रभावित तथा कटान भएका क्षेत्रको अवस्थाबारे जानकारी लिदै विपद्का कारण उत्पन्न जोखिमलाई तत्काल सम्बोधन गर्न आवश्यक संरक्षण तथा व्यवस्थापनका काम अघि बढाइने बताउनुभयो । मुख्यमन्त्री थापाले भन्नुभयो, “प्रभावित क्षेत्रको तत्काल संरक्षण तथा आवश्यक व्यवस्थापनका लागि बागमती प्रदेश सरकारको विपद् कोषबाट रु. २ करोड बजेट व्यवस्थापन गर्नेछौं । विपद्को समयमा नागरिकको सुरक्षा, जोखिम न्यूनीकरण तथा आवश्यक पूर्वाधारको संरक्षणलाई प्रदेश सरकारले प्राथमिकतामा राखेकाले क्षति रोक्न तत्काल आवश्यक कदम चाल्नेछौं ।” बाढी तथा कटानको अबस्थाबारे सूर्यविनायक नगरपालिका वडा नं ५ का वडा अध्यक्ष राजकुमार जोशीले जानकारी गराउँनु भएको थियो । --- # मुख्यमन्त्री थापाद्धारा जिब्रो छेड्ने श्रेष्ठलाई रु. दुईलाख सहित सम्मान प्रदान Source: https://newskunda.com/archives/4473 Category: FEATURED NEWS, अर्थ, धर्म/संस्कृति, राजनीति, समाचार, समाज Last updated: 2026-09-27 भक्तपुर, ११ असोज : वागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले मध्यपुरथिमिमा आयोजना गरिएको जिब्रो छेड्ने जात्रामा पाँचौ पटक जिब्रो छेड्ने नगद रु. दुई लाख सहित सम्मान गर्नु भएको छ । जात्राको अवसरमा थिमिमा आयोजित कार्यक्रममा उहाँले वीरेन्द्र कसजु श्रेष्ठलाई ऐतिहासिक जिब्रो छेड्ने जात्राको संरक्षणका लागि एवं जिब्रो छेड्ने व्यक्तिलाई प्रोत्साहन स्वरूप प्रदेश सरकारले प्रदान गरेको रु. २ लाख रकम सहित उहाँले सम्मान गर्नु भएको हो । श्रेष्ठलाई मुख्यमन्त्री थापाले नगदसहित सम्मान पत्र प्रदान गर्नु भयो भने प्रदेशको उद्योग, पर्यटन तथा यातायात मन्त्री राजेन्द्र प्रजापतिले दोसल्ला ओढाएर सम्मान गर्नुभयो । कार्यक्रममा मुख्यमन्त्री थापाले ऐतिहासिक, कला, संस्कृति, मूर्त तथा अमूर्त सम्पदाको संरक्षण, जात्रा, पर्वको संरक्षणका लागि प्रदेश सरकारले समन्वय र सहयोग गर्ने बताउनु भयो । उहाँले ऐतिहासिक सम्पदा, पर्व, जात्राले पर्यटकलाई आकर्षित गर्न सक्नु पर्ने भन्दै प्रदेश सरकारले भक्तपुरलाई स्वास्थ्य, शिक्षा र पर्यटनको हव बनाउन बजेटको व्यबस्था गरेको बताउनुभयो । --- # मुख्यमन्त्री थापामगरको टोली लिएर विपद प्रभावित क्षेत्रको अनुगमनमा प्रस्थान Source: https://newskunda.com/archives/4097 Category: FEATURED NEWS, अर्थ, राजनीति, समाचार, समाज, स्वास्थ्य Last updated: 2026-08-26 भक्तपुर, १० भदौं । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगर सहितको टोली भीषण बाढीपछि आएको विपद् प्रभावित क्षेत्रको अनुगमन एवं अवलाकनका लागि प्रस्थान गरेको छ । आज प्रदेश मुख्यमन्त्रीको कार्यालयमा बसेको प्रदेश विपद् व्यवस्थापन कार्यकारी समितिको बैठक सम्पन्न भएलगत्तै विपद क्षेत्रको अनुमगनमा टोली प्रस्थान गरेको हो । मुख्यमन्त्री थापामगरको नेतृत्वमा आर्थिक मामिला तथा योजना मन्त्री सरल सहयात्री पौडेल, स्वास्थ्य तथा सामाजिक विकासमन्त्री गिरबहादुर तामाङ, बिभिन्न मन्त्रालयका सचिवहरु, विपद बिज्ञहरुको टोली काठमाडौं हुदै नुवाकोटमा बट्टारसम्म पुगेर विपद क्षेत्रको अनुगमन गरि थप तयारी गर्ने उहाँले बताउनुभयो । मुख्यमन्त्री थापा मगरले भन्नुभयो, “हेटौडाबाट हामी काठमाडौं पुगिसक्यौ, आज नुवाकोटको बट्टारसम्म पुगेर त्यहाँ पुगेको केन्द्रीय सरकारको टोली, प्रमख जिल्ला अधिकारीहरु, सुरक्षा निकायको टोली, स्वास्थ्य टोलीलगायतसंग विशेष छलफल गर्ने, विपद क्षेत्रको अनुगमन गर्छौ । तत्कालै आवश्यक थप कार्यका गर्नेछौ, प्रदेश सरकार यो विदको घडीमा कही कतै अलमल नगरी जनताको सेवामा क्रियासिल रहन्छ ।” उहाँले रसुवामा आएको भीषण बाढीपछि विपद् प्रभावित क्षेत्रमा तत्काल उद्धार, राहत तथा आवश्यक स्वास्थ्य सेवा उपलब्ध गराउन निर्देशन दिएको जानकारी दिदै मुख्यमन्त्री थापामगरले भन्नुभयो, “विपदमा परेका नागरिकको उद्धार तथा राहतलाई पहिलो प्राथमिकतामा राखेर काम गर्न, तत्काल घाइते तथा विपदमा परेकाहरूको उद्धार गरी राहत वितरण गर्न, प्रभावित क्षेत्रमा स्वास्थ्य उपचार तथा उद्धार टोली परिचालन गर्न, विस्थापित तथा प्रभावित नागरिकका लागि खाना र आवासको व्यवस्था मिलाउन र स्वच्छ खानेपानीको तत्काल व्यवस्थापन गर्न निर्देशन दिएका छौ, त्यसका लागि तत् निकायले काम सुरु गरिसकेको छ ।” बाढीबाट प्रभावित क्षेत्रमा तत्काल आवश्यक पर्ने खाद्यान्न, खानेपानी, स्वास्थ्य उपचार, अस्थायी आवास तथा अन्य राहत सामग्रीको व्यवस्थापनलाई प्राथमिकताका साथ अघि बढाउनमेत सम्बन्धीत मन्त्रालय, निकायलाई निर्देशन दिएको बताउनुभयो । रसुवामा बाढीका कारण जनधनमा क्षति पुगेपछि प्रदेश सरकारले स्थानीय तह, सुरक्षा निकाय तथा सम्बन्धित सरकारी संयन्त्रसँग समन्वय गरी उद्धार, राहत र पुनःस्थापनाका कामलाई ढिलो नगरी प्रभावकारी बनाउने उहाँले जानकारी दिनुभयोे । यसअघि बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री सरल सहयात्री पौडेल, स्वास्थ्य तथा सामाजिक विकासमन्त्री गिरबहादुर तामाङ, भौतिक पूर्वाधार विकासमन्त्री भरत केसी, मन्त्री ज्ञानबहादुर तामाङ, उद्योग, पर्यटन, श्रम तथा यातायातमन्त्री राजेन्द्र प्रजापति, खानेपानी, ऊर्जा तथा सिँचाइमन्त्री राजु बिष्ट, पूर्व आर्थिक मामिला तथा योजनामन्त्री प्रभात तामाङ लगायत सहभागी थिए। त्यस्तै प्रदेशसभा सदस्यहरू रमेश महत र इन्द्रप्रसाद गोतामे, पूर्व उपसभामुख राधिका तामाङ, विभिन्न मन्त्रालयका सचिव तथा सुरक्षा निकायका उच्च अधिकारीहरूको समेत बैठकमा उपस्थिति रहेको मुख्यमन्त्रीका स्वकीय सचिव सञ्जिव थापाले जानकारी दिनुभयो । --- # मुख्यमन्त्री, नगर प्रमुख र पत्रकारहरु सम्मानित पत्रकार टेकराज थामीलाई मरणोपरान्त पत्रकारिता पुरस्कार प्रदान Source: https://newskunda.com/archives/4652 Category: FEATURED NEWS, अर्थ, राजनीति, शिक्षा, समाचार, समाज, स्वास्थ्य Last updated: 2026-10-10 भक्तपुर, २४ असोज : क्रियासिल पत्रकार मञ्च भक्तपुरले बिभिन्न व्यक्तिहरुलाई पत्रकारिता पुरस्कार एवं सम्मान प्रदान गरेको छ । मञ्चले आज होटल सिटी गाउँ भक्तपुरमा आयोजना गरेको १६ औ वार्षिक साधारण सभा, छैठौ केन्द्रीय अधिवेशन तथा सम्मान कार्यक्रममा मञ्चका अध्यक्ष रमेश गिरीले वागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरलाई सम्मान गर्नु भएको हो । कार्यक्रममा स्थानीय तहको विकासमा उल्लेख्य योगदान पुर्याए वापत सूर्यविनायक नगरपालिकाका प्रमुख वासुदेव थापालाई र भक्तपर अस्पतालको विकास र समग्र वागती प्रदेशको स्वास्थ्य क्षेत्रमा सुधार ल्याउन सफल वागमती प्रदेश स्वास्थ्य मन्त्रालयकी सचिव डा. सुमित्रा गौतमलाई सम्मान गरिएको छ । त्यसैगरि भदौ १० गतेको रसुवा भोटेकोशी बाढीमा परेर बेपत्ता भई ज्यान गमाउनु भएका अग्रज पत्रकार एवं नयाँ पत्रिका दैनिकमा कार्यरत पत्रकार टेकराज थामीलाई नगद रु. पाँच हजार सहित प्रदान गरिएको मरणोपरान्त क्रियासिल पत्रकारिता पुरस्कार उहाँकी पत्नी एवं पत्रकार कालिका खड्कालाई प्रदान गरएको छ । त्यस्तै भक्तपुरमा रहेर कान्तिपुर टेलिभिजनमा कार्यरत एवं नेपाल पत्रकार महासंघ भक्तपुरका अध्यक्ष सुन्दर शिल्पकारलाई नगद रु. पाँच हजारसहित स्व.लक्ष्मीमाया कासिछ्वा क्रियासिल पत्रकारिता पुरस्कारबाट सम्मान गरिएको छ । कार्यक्रममा मुख्यमन्त्री थापाले पत्रकारहरूले गुगलमा उपलब्ध सूचनामा मात्र सीमित नभई भूगोलमै पुगेर वास्तविकता बुझेर मात्रै समाचार लेख्नु पर्ने बताउनुभयो । देशको विकास र समृद्धिमा पत्रकारहरूको भूमिका महत्वपूर्ण रहेको भन्दै उहाँले जनप्रतिनिधिलाई खबरदारी गर्ने, विकृति उजागर गर्ने र यथार्थपरक समाचार सम्प्रेषण गर्न आग्रह गर्नुभयो । वागमती प्रदेश सरकारले संघीय सरकार र स्थानीय तहसँग समन्वय गरी विपद्पछिको पुनर्निर्माण तथा पुनःस्थापनाको काम अघि बढाइरहेको बताउनुभयो । उहाँले भोटेकोशी बाढी प्रभावित क्षेत्रमा प्रदेश सरकारले पाँचवटा झोलुङ्गे पुल र दुईवटा बेलीब्रिज निर्माणका लागि ठेक्का प्रक्रिया अघि बढाएको बताउनुभयो । मुख्यमन्त्री थापा मगरले बागमती प्रदेशका ९१ प्रतिशत नागरिकका घरमा खानेपानी पुगेको र प्रत्येक वडाको केन्द्रसम्म सडक पहुँच विस्तार भएको बताउनुुभयो । प्रदेश सरकारले गरेका कामको पर्याप्त प्रचारप्रसार हुन नसकेको चर्चा गर्दै उहाँले संघीयतालाई कार्यकर्ता व्यवस्थापन गर्ने माध्यमका रूपमा मात्र चित्रण गर्ने भाष्यलाई चिर्न आवश्यक रहेको बताउनुभयो । उहाँले तीनै तहका सरकारबीच समन्वय र सहकार्यमा बाढी प्रभावित क्षेत्रको पुर्ननिर्माणमा जुट्नु पर्ने बताउनुभयो । भक्तपुरलाई शिक्षा, स्वास्थ्य र पर्यटनको हव बनाउन प्रदेश सरकार लागेको भन्दै त्यसका लागि सबैको सहयोग आवश्यक रहेको बताउनुभयो । वागमती प्रदेशका स्वास्थ्य सचिव डा. सुमित्रा गौतमले वागमती प्रदेशले पत्रकारहरुको निःशुल्क स्वास्थ्य उपचारको व्यबस्था गरेको बताउँदै त्यसका लागि पत्रकार महासंघको सिफारसि भए पुग्ने बताउनुभयो । कार्यक्रममा सूर्यविनायक नगरपालिका नगर प्रमुख वासुदेव थापाले समाचार संकलन गर्दा र लेख्दा पत्रकारले दलगत स्वार्थमा नभई निष्पक्ष रुपमा समाचार सम्प्रेषढा गर्नु पर्ने औल्याउनुभो । कार्यक्रममा सूर्यविनायक नगरपालिकाका प्रवक्ता रविन्द्र सापकोटाले सूर्यविनायकको विकासमा विगत १० वर्षमा ठूलो फड्को मारेको बताउनुभयो । कार्यक्रममा क्रियासिल पत्रकार मञ्चको अध्यक्ष रमेश गिरी, उपाध्यक्ष मकर श्रेष्ठ, कोषायध्यक्ष एवं कार्यक्रम संयोजक पुष्कर राज बुढाथोकी, सचिव अञ्जना शिल्पकारले पत्रकारको समग्र विकास, पहिचान र अधिकारका लागि मञ्च सक्रिय रहदै आएको बताउनुभयो । --- # मुख्यमन्त्रीको निर्देशन लगत्तै सचिवको संयोजनमा विपद क्षेत्रमा खटियो काठमाडौंका तीन अस्पतालको स्वास्थ्य टोली Source: https://newskunda.com/archives/4102 Category: FEATURED NEWS, राजनीति, समाचार, समाज, स्वास्थ्य Last updated: 2026-08-26 भक्तपुर, १० भदौं । बागमती प्रदेश सरकारले बाढी तथा विपद्का कारण प्रभावित क्षेत्रमा आपत्कालीन स्वास्थ्य सेवा उपलब्ध गराउन प्रदेशअन्तर्गतका अस्पतालबाट स्वास्थ्यकर्मी परिचालन थालेको छ । प्रदेशका मुख्यमन्त्री किरण थापामगरले स्वासथ्य टोली विपद क्षेत्रमा पठाउन निर्देशन दिए लगत्तै प्रदेशका स्वास्थ्य सचिव डा सुमित्रा गौतमको संयोजनमा क्षतिग्रस्त तथा प्रभावित क्षेत्रमा आकस्मिक स्वास्थ्य टोली खटाइएको हो । विपद क्षेत्रमा बाढीपीडितको उपचारका लागि भक्तपुर अस्पतालबाट डा. दिवाकर सुवेदी (हाडजोर्नी तथा नशा रोग विशेषज्ञ), डा. विजय भट्ट (जनरल सर्जन), डा. कविकान्त चौधरी (मेडिकल अधिकृत), दिपेश खड्का (आइटी इन्जिनियर), सङ्गिता प्याकुरेल (स्टाफ नर्स) र अलिसा पोट्रेल (हेल्थ असिस्टेन्ट) सम्मिलित टोली प्रभावित क्षेत्रतर्फ प्रस्थान गरेको बागमती स्वास्थ्य मन्त्रालयकी सचिव डा. सुमित्रा गौतमले जानकारी दिनुभयो । त्यसैगरि काठमाडौंको टोखा चण्डेश्वरी अस्पतालबाट त्रिशूलीतर्फ आकस्मिक स्वास्थ्य टोली परिचालन गरिएको जानकारी दिदै उहाँले टोलीमा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. लक्ष्मण खड्का, हाडजोर्नी तथा नशा रोग विशेषज्ञ डा. सिबेश बर्मा, एनेस्थेसिया सहायक सङ्गिता छत्कुली, औषधि तथा स्वास्थ्य सामग्री व्यवस्थापनका लागि स्टोरकिपर लीलाबहादुर श्रेष्ठ, हेल्थ असिस्टेन्ट छिद्धोकुमारी राना र सवारी चालक उत्तरकुमार गुरुङ प्रभावित क्षेत्रतर्फ प्रस्थान गरेको उहाँले बताउनुभयो । त्यस्तै काठमाडौंको बज्रबाराही अस्पतालबाट आकस्मिक स्वास्थ्य टोली प्रभावित क्षेत्रमा परिचालन गरिएको बताउदै सचिव डां गौतमले हाडजोर्नी तथा नशा रोग विशेषज्ञ डा. कासिन नेपाली, मेडिकल अधिकृत डा. आयुषजङ्ग थापा, एनेस्थेसिया सहायक सूर्य बम, हेल्थ असिस्टेन्ट महेन्द्र थापा र स्टाफ नर्स सण्डिला महतको टोली प्रस्थान गरेको बताउनुभयो । प्रदेश सरकारले अन्य प्रादेशिक अस्पतालबाट स्वास्थ्यकर्मी परिचालनको तयारी गरिरहेको जानकारी दिदै उहाँले विपद्को अवस्था थप जटिल हुन सक्ने भन्दै प्रदेशअन्तर्गतका सम्पूर्ण अस्पताललाई आवश्यक औषधि, स्वास्थ्य सामग्री तथा जनशक्तिसहित तयारी अवस्थामा रहन निर्देशन दिइएको सचिव डा. गौतमले बताउनुभयो । --- # मुख्यमन्त्रीको रसुवा लगायत जिल्लाबासीलाई सुरक्षित रहन सार्वजनिक अपिल Source: https://newskunda.com/archives/4076 Category: FEATURED NEWS, अर्थ, राजनीति, समाचार, समाज Last updated: 2026-08-26 हेटौडा, १० भदौ । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले भोटेकोशी नदीमा आएको बाढीका कारण जोखिम बढेको भन्दै रसुवा लगायतका जिल्लाका बासिन्दालाई सुरक्षित रहन आह्वान गर्नु भएको छ । उहाँले सेवा रसुवा, धादिङ, गोरखा, नुवाकोट, चितवन आसपास तथा नदी–खोला किनार र तल्लो भूभागका बस्तीमा रहनुभएका सम्पूर्ण नागरिकलाई उच्च सतर्कता अपनाउन हार्दिक अपिल गर्नुभएको छ। अपिल गर्दै उहाँले भन्नुभयो, " विशेषगरी नदी तथा खोला किनारमा नबस्नुहोस्, जोखिमयुक्त स्थान तत्काल छोडी सुरक्षित तथा उच्च स्थानतर्फ सर्नुहोस्। बालबालिका, ज्येष्ठ नागरिक, अशक्त तथा गर्भवती महिलाको सुरक्षामा विशेष ध्यान दिनुहोस् र आफ्ना परिवार, छिमेकी तथा आसपासका नागरिकलाई समेत तत्काल जानकारी गराउनुहोस्।" उहाँले सम्बन्धित स्थानीय प्रशासन, सुरक्षा निकाय तथा उद्धारमा खटिएका निकायबाट जारी हुने सूचना र निर्देशनलाई अनिवार्य रूपमा पालना गर्नुहुन अनुरोध गर्दै, जटिल समयमा सतर्कता र सुरक्षित रहन आग्रह गर्नु भयो। --- # मुन्दुम पदमार्गको जानकारी अब वेबसाइटबाटै, पर्यटन प्रवर्द्धनमा डिजिटल पहल Source: https://newskunda.com/archives/5557 Category: FEATURED NEWS Last updated: 2026-11-08 **भोजपुर ।** पूर्वी नेपालको प्रमुख पर्यटकीय गन्तव्यका रूपमा परिचित मुन्दुम पदमार्गको प्रचारप्रसार तथा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले छुट्टै वेबसाइट सञ्चालनमा ल्याइएको छ। वेबसाइटमार्फत आन्तरिक तथा बाह्य पर्यटकले पदमार्गको पर्यटकीय महत्व, प्राकृतिक सौन्दर्य र पदयात्रासम्बन्धी आवश्यक जानकारी सहजै प्राप्त गर्न सक्नेछन्। कोशी प्रदेशको पर्यटन, वन तथा वातावरण मन्त्रालयले सञ्चालनमा ल्याएको वेबसाइटबाट मुन्दुम पदमार्गसहित प्रदेशका अन्य पर्यटकीय क्षेत्रबारे समेत जानकारी लिन सकिने टेम्केमैयुङ गाउँपालिकाका अध्यक्ष सरोज बस्नेतले जानकारी दिए। उनका अनुसार वेबसाइटले पदयात्रामा आउने पर्यटकलाई आवश्यक सूचना डिजिटल माध्यमबाट उपलब्ध गराउनुका साथै यात्रा योजना बनाउनसमेत सहज बनाउनेछ। वेबसाइटमा पदमार्गको अवस्थिति, पदयात्राका गन्तव्य, प्राकृतिक तथा सांस्कृतिक विशेषता, स्थानीय रहनसहन र विभिन्न पर्यटकीय आकर्षणबारे जानकारी समेटिएको छ। भोजपुर, खोटाङलगायत आसपासका क्षेत्रलाई जोड्ने मुन्दुम पदमार्ग प्राकृतिक सुन्दरता, हिमाली दृश्य, किरात संस्कृति तथा ऐतिहासिक र धार्मिक महत्वका स्थलका कारण पूर्वी नेपालको आकर्षक पदयात्रा गन्तव्यका रूपमा स्थापित हुँदै गएको छ। वेबसाइट सञ्चालनले मुन्दुम पदमार्गको पहिचान राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा विस्तार गर्न सहयोग पुग्ने गाउँपालिकाले विश्वास लिएको छ। यसबाट पर्यटकलाई पदयात्राको तयारी र योजना बनाउन सहज हुनुका साथै स्थानीय होटल, घरबास (होमस्टे), पर्यटन व्यवसाय तथा अन्य आर्थिक गतिविधिमा समेत सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ। मुन्दुम पदमार्गको व्यवस्थित प्रचारप्रसार र पर्यटन विकासका लागि डिजिटल प्रविधिको प्रयोगलाई महत्वपूर्ण उपलब्धिका रूपमा लिइएको छ। --- # मुलमानको‘रोजा’ भोलि Source: https://newskunda.com/archives/2796 Category: FEATURED NEWS, धर्म/संस्कृति, समाचार, समाज Last updated: 2023-04-21 विराटनगर, ८ वैशाख : ईस्लाम धर्मावलम्वीको महान पर्व ‘इदुलफित्र’ भोलि हुने भएको छ । यो पर्वका लागि मुसलमानले एक महिना ब्रत बसेका थिए । जसलाई ‘रोजा’ भनिन्छ । एक महिनासम्म चल्ने ‘रमजान’ पर्वमा मुुसलमान दिनमा निराहार बस्छन् । बिहानको समय ३ः२० मिनेटमा ‘सेहरी’ हलुका खानेकुरा खाएर दिनभर निराहर बस्ने मुसलमान ब्रतालु सूर्यास्त भएपछि ‘एफतार’ मिठो खानेकुरा खाएर रोजा खोल्ने चलन रहेको छ । रमजान उर्दू क्यालेण्डरअनुसार हिजरी सम्बत् १४४४ हो भने रमजान महिना नवौँ महिना हो । रमजान महिनामा नै मुसलमानको सबैभन्दा ठूलो ग्रन्थ कुरान अवतरण भएको हो भने यो महिनामा अल्लाहको कृतज्ञता प्राप्त हुने विश्वास लिएको छ । दान दिनु गरिब र दीन दुःखीलाई सेवा गर्नु, जकात निकाल्नु यो महिनाको ठूलो विशेषता हो । रमजानामा ब्रत बस्ने आज साँझ पश्चिम दिशामा आकाश हेरेर चन्द्रमा हेर्ने र चन्द्रमा नजर आएमा अत्यधिक खुशी हुने र एकआपसमा इदमुबारक बधाई सटासाट गर्ने प्रचलन रहँदै आएको छ । रमजान महिना मुसलमानका लागि निकै महत्वपूर्ण एवं पवित्र हो र यसमा मुसलमानका पाँच आधार स्तम्भमा हज बाहेक सबै स्तम्भ पूरा हुने गर्दछ । इदुलफित्र मनाउनका लागि भोलि मुसलमान ‘इदगाह’ वा ‘मस्जिद’मा भेला भएर सामूहिकरुपमा नमाज पढ्ने गर्दछन् । इदुलफित्र मनाउनका लागि मुसलमान आज बिहानैदेखि तयारीमा जुटेको पाइएका छन् । --- # मुुख्यमन्त्री किरण थापा र महासंघका अध्यक्ष अञ्जन श्रेष्ठबीच भएको भेटवार्ता, भोटेकोशी बाढी प्रभाभितका लागि सहकार्य गर्ने सहमति Source: https://newskunda.com/archives/4269 Category: FEATURED NEWS, अर्थ, धर्म/संस्कृति, राजनीति, समाचार, समाज Last updated: 2026-09-13 भक्तपुर, २८ भदौ : वागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले रसुवा भोटेकोशी बाढीको विपदमा परेका बालबालिकाका लागि शिक्षा, युवा रोजगारी सिर्जना तथा स्थानीय अर्थतन्त्र पुर्नजीवनका लागि नेपाल उद्योग वाणिज्य महासंघसँग सहकार्य आवश्यक रहेको बताउनु भएको छ । आज मुख्यमन्त्री थापा र नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठबीच भएको भेटवार्ता एवं छलफलमा विपद्बाट प्रभावित क्षेत्रको पुनःस्थापना तथा पुनर्निर्माणमा निजी क्षेत्रको सहयोग सराहनीय रहेको भन्दै बाढी प्रभावित क्षेत्रमा शिक्षा, रोजगारी र अर्थतन्त्रको विकासमा महासंघको सहकार्य र सहयोग आवश्यक रहेको बताउनु भएको हो । मुख्यमन्त्री थापाले बागमती प्रदेशका सडक तथा अन्य पूर्वाधार विकासमा सार्वजनिक–निजी साझेदारी (पीपीपी) मोडलमा काम गर्न गर्न महासंघलाई प्रसताव राख्नुभयो । उहाँले भन्नुभयो, “बागमती प्रदेश सरकार प्रदेशको आर्थिक विकासमा निजी क्षेत्रलाई महत्वपूर्ण साझेदारका रूपमा लिएर अघि बढ्न चाहन्छ । पूर्वाधार विकासमा पीपीपी मोडलमा जानु पर्दछ । निजी क्षेत्रका नीतिगत र व्यावहारिक समस्या समाधान तथा सहजिकरणका लागि प्रदेश सरकार प्रतिबद्ध छ ।” कार्यक्रममा प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री सरल सहयात्री पौडेलले विपद्बाट घरबारविहीन भएका तर काम गर्न इच्छुक नागरिकलाई रोजगारीसँग जोड्न ‘विपद् श्रम बैंक’ स्थापना गरी महासंघसँगको सहकार्यमा कार्यक्रम अघि बढाउन सकिने बताउनुभयो । उहाँले पालिका र जिल्लामा हुने उत्पादनलाई बजारसंग जोडन महासंघको सहयोग आवश्यक रहने बताउनु भयो । महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले विपद्पछि तत्कालै महासंघ राहत, उद्धार तथा पुनःस्थापनाका कार्यमा सक्रिय रहेको अबस्थामा बाढीमा प्रभावित उद्योग–व्यवसायलाई पुनः सञ्चालन गर्ने वातावरण निर्माण गर्न प्रदेश सरकारसँग सहकार्य गर्न महासंघ तयार रहेको बताउनुभयो । उहाँले बागमती प्रदेशमा लगानी र उद्यमशीलता विस्तार गर्न महासंघ सकारात्मक रहेको बताउदै महासंघले स्थानीयस्तरमा नयाँ बजार स्थापना, अस्पताल स्थापना तथा विद्यालय पुनःनिर्माणमा काम गर्न सहयोग गर्ने बताउनुभयो । महासंघका अध्यक्ष श्रेष्ठले विपद्बाट प्रभावित तथा रोजगारीको आवश्यकता भएका व्यक्तिलाई लक्षित गरी ‘विपद् रोजगार बैंक’ स्थापना, आवश्यकताअनुसार सीपमूलक तालिम सञ्चालन तथा प्रभावित स्थानीय क्षेत्रमा नयाँ बजार विकास गर्न महासंघले सहकार्य गर्न तयार रहेको बताउनुभयो । भेटवार्तामा महासंघका वरिष्ठ उपाध्यक्ष सुरकृष्ण वैद्यले बागमती प्रदेशभित्रका उद्योग वाणिज्य संघ तथा निजी क्षेत्रका प्रतिनिधिमार्फत स्थानीय तहमा देखिएका समस्या र सम्भावनालाई पहिचान गरी प्रदेश सरकारसँग समन्वय गर्न महासंघ तयार रहेको बताउनुभयो । महासंघका कोषाध्यक्ष मनिषलाल प्रधान, बागमती प्रदेश अध्यक्ष वेदबहादुर श्रेष्ठ तथा महासंघका केन्द्रीय सदस्य एवं सामाजिक सेवा तथा विपद् तथा देवीप्रकोप समितिका सभापति राजकुमार कार्की लगायतले नेपाल चीन रसुवा नाका पूर्णरुपमा बन्द रहेको, तातोपानी नाकाको अवस्था राम्रो नभएको र अहिले कोराला नाका मात्र सञ्चालनमा रहेको अवस्थामा चीनसंगको व्यापारका लागि विकल्प खोज्नु पर्ने बताउनुभयो । छलफलमा दुवै पक्षले प्रदेशको आर्थिक विकास, निजी क्षेत्रको लगानी विस्तार तथा उद्यमशीलता प्रवद्र्धनका लागि आपसी समन्वयलाई थप सुदृढ गर्दै सहकार्यका ठोस क्षेत्र पहिचान गरी आगामी दिनमा परिणाममुखी रूपमा अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन् । --- # मेयर बासुदेव थापालाई एमाले अध्यक्ष ओलीको शुभकामना, ३ बजे सूर्यविनायकबाट विजय र्याली Source: https://newskunda.com/archives/984 Category: FEATURED NEWS, निर्वाचन, राजनीति, समाचार Last updated: 2022-05-19 भक्तपुर, ५ जेठ । सूर्यविनायक नगरपालिका क्षेत्रमा बस्दै आउनु भएका एमाले अध्यक्ष केपी शर्मा ओलीले सूर्यविनायक नगरपालिकाको प्रमुख, उपप्रमुखसहित विजयी हुने एमालेका सबै उम्मेदवारलाई बधाई तथा शुभकामना दिनु भएको छ । आज बिहान बालकोटस्थित आफ्नै निवासमा नवनिर्वाचित नगर प्रमुख बासुदेव थापा र उपप्रमुख सरिता तिमिल्सििना भट्टराईलाई उहाँले टीका तथा खादा लगाइदिएर बधाई दिनु भएको हो । बिजयी भए पछि ओली निवास पुग्नु भएको प्रमुख थापा र उपप्रमुख भट्टराईलाई उहाँले बधाई तथा शुभकामना दिदै सूर्यविनायकको बिकास, समृद्धि र जनताको उन्नतीका लागि कुनै कसर नराखी काम गर्न सुझाब दिनु भयो । जनताको मन जित्दै जनचाहना र आवश्यकतालाई बुझेर एमालेको सान जोगाउदै काम गर्न उहाँले शुभकामना दिनु भयो । त्यसैगरि आजै नेकपा एमालेले दिउँसो ३ बजे सूर्यविनायकस्थित पार्टी कार्यालयबाट विजय र्याली आयोजना गर्ने भएको छ । सूर्यविनायक पार्टी कार्यालयबाट निस्कने विजय र्याली सूर्यविनायक नगरपालिकाको सुन्दरबस्ती, पाण्डुबजार, सल्लाघारी हुदै कटुञ्जेस्थित चक्रपाणाी चोकमा पुगेर सभामा परिणत हुने भएको छ । --- # मेयरका उम्मेदवार वासुदेव थापाले ३०० विद्यार्थीमाझ गरे प्रतिज्ञा : विकास गर्न छाड्दैनौ, भ्रष्टाचार गर्दैनौ Source: https://newskunda.com/archives/766 Category: FEATURED NEWS, निर्वाचन, राजनीति, समाचार Last updated: 2022-05-08 **वासुदेव थापाले भन्नुभयो : विगत पाँच वर्षमा आफू मेयर हुँदा नगरपालिकामा सामुदायिक शिक्षाको बिकास गरेको, स्वास्थ्य संस्था र सेवाको विकास गरेको, सूर्यविनायक अस्पताल सञ्चालन गरेको, कृषिको क्षेत्रमा लगानी तथा विकास गरेको, मठ मन्दिर, धार्मिक संम्पदाहरुको पुर्ननिर्माूण एवं संरक्षण गरेको, घरघरमा खानेपानी पुर्याउन एक घर एक धारा अभियान चलाएको, सबै वडामा जाने सडक कालो पत्र गरेको, सडकको स्तरोन्नती गरेको, पुलहरु निर्माण गरेको, सामुदायिक भवन बनाएको, बालबालिका, किशोर किशोरी, युवा, महिलादेखि जेष्ठ नागरिकसम्मका लागि बिभिन्न कार्यक्रम सञ्चालन गरेको, पर्यटनको बिकास गरेको, सडक बत्ति जडान गरेको छ ।** ============================================= भक्तपुर, २५ बैशाख । आउँदो ३० गने हुने स्थानीय तहको निर्वाचनमा सूर्यविनायक नगरपालिकाका लागि एमालेबाट मेयरका उम्मेदवार वासुदेव थापाले सूर्यविनायक नगरक्षेत्रका ३०० विद्यार्थी माझ विकास गर्ने र भ्रष्टाचार नगर्ने प्रतिज्ञा गर्नु भएको छ । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन, सूर्यविनायक नगर कमिटीले वैशाख २४ गते सूर्यविनायक नगरपालिकाको लागि हुन लागेको आसन्न चुनावमा नेकपा (एमाले) का उम्मेदवारसँग ‘विद्यार्थीसँग उम्मेदवार’ कार्यक्रममा उहाँले यस्तो प्रतिज्ञा गर्नु भएको हो । सूर्य ध्वजावाहक उम्मेदवारलाई नै किन भोट भन्ने सवालमा विद्यार्थीमाझ बोल्दै उहाँले विगत पाँच वर्षमा आफू मेयर हुँदा नगरपालिकामा सामुदायिक शिक्षाको बिकास गरेको, स्वास्थ्य संस्था र सेवाको विकास गरेको, सूर्यविनायक अस्पताल सञ्चालन गरेको, कृषिको क्षेत्रमा लगानी तथा विकास गरेको, मठ मन्दिर, धार्मिक संम्पदाहरुको पुर्ननिर्माूण एवं संरक्षण गरेको, घरघरमा खानेपानी पुर्याउन एक घर एक धारा अभियान चलाएको, सबै वडामा जाने सडक कालो पत्र गरेको, सडकको स्तरोन्नती गरेको, पुलहरु निर्माण गरेको, सामुदायिक भवन बनाएको, बालबालिका, किशोर किशोरी, युवा, महिलादेखि जेष्ठ नागरिकसम्मका लागि बिभिन्न कार्यक्रम सञ्चालन गरेको, पर्यटनको बिकास गरेको, सडक बत्ति जडान गरेको उहाँले बताउनु भयो । मेयरका प्रत्यासी बासुदेव थापाले अब पाँच वर्षका लागि नगर प्रमुखमा विजयी भएर सडक, पुल, खानेपानी, शिव सर्किट, पर्यटन, शिक्षा, स्वास्थ्य, वातावरणका क्षेत्रमा बाँकी काम सम्पन्न गरेर सूर्यविनायकलाई विकास र समृद्ध सूर्यविनायक बनाउने र नगरभित्र भ्रष्टाचार लगायतका गतिविधि नियन्त्रण गर्दै शून्य सहनशीलता अपनाउने प्रतिज्ञा गर्नु भयो । कार्यक्रममा नगरपालिकाका नेकपा (एमाले)का तर्फबाट नगर उपप्रमुख पदका उम्मेद्वार सरिता तिमिल्सिना भट्टराईले विद्यार्थीहरूबाट आएका प्रश्न, एवं जिज्ञासाको जवाफ दिदै नगरपालिकाको भावी रोडम्याप र आगामी दिनमा गर्नु पर्ने बिभिन्न उपलब्धीमूलक कार्यक्रमहरुको बारेमा जानकारी दिनु भयो । अर्थशास्त्रमा दख्खल राख्नुभएकी भट्टराईले हाट बजारलाई व्यवस्थित गर्ने सम्बन्धमा, ’स्थानीय उत्पादन, स्थानीय उपभोग’, बजारसँग किसानलाई जोड्ने, बौद्दिक सर्कल बनाएर कार्य गर्ने र यसका लागि विभिन्न क्षेत्रका बौद्दिकलाई पनि समेटेर नगरपालिका सञ्चालन गर्ने, विद्यालय पाठ्यक्रममा पनि राजनीति, अर्थशास्त्र र कानुनका विषयलाई समेटेर अघि बढ्ने, महिला, बालबालिका, युवा र जेष्ठ नागरिक मैत्री कायृक्रम सञ्चालन गर्ने, युवा रोजगारीको प्रबद्र्धन गर्नेबारेमा आफ्नो योजना प्रस्तुत गर्नु भएको थियो । उहाँले आगामी दिनहरूमा पनि अनेरास्ववियुले नगरपालिकाका पदाधिकारीहरूलाई झक्झकाउनु पर्ने र पार्टीको आन्तरिक लोकतन्त्रका निम्ति पनि अनेरास्ववियु आवश्यक रहेको बताउनु भयो । कार्यक्रममा १० जना विद्यार्थीले उम्मेदवारलाई प्रश्न राख्नुभएको थियो । कानुनका विद्यार्थीको पनि उल्लेख्य सहभागिता रहेको कार्यक्रममा स्थानीय सरकार सञ्चालन ऐन, २०७४ का विविध विषयमा उम्मेदवारकोे योजनाबारे प्रश्न राखेका थिए । नेकपा एमाले सूर्यबिनायक नगरकमिटीका अध्यक्ष एवम सूर्यबिनायक नगरपालिका–७ का वडाध्यक्षका उम्मेदवार रबिन्द्र सापकोटाले नगरपालिकाले भौतिक बिकासमा उल्लेख्य कार्य सम्पन्न गरेको चर्चा गर्दै अबको दिशा समृद्ध नगरपालिका सुखी नगरबासी बनाउने रहेको बताउनुभयो । सहभागी बिद्यार्थीहरुबाट उठेको प्रश्न तथा सुझावलाइ सम्बोधन गर्दै सापकोटाले नगरपालिका नेकपा एमाले जित हासिल गर्ने र सामाजिक आर्थिक रुपान्तरणमा जोड दिने बताउनुभयो । कार्यक्रममा अनेरास्ववियु भक्तपुर जिल्ला कमिटी अध्यक्ष हरिशरण बस्नेतले सार्वजनिक शिक्षा र स्वास्थ्यका विषयमा उम्मेदवारले गम्भीरतापूर्वक सोची कार्यक्रम अघि लानुपर्नेमा जोड दिनुभयो । त्यस अवसरमा अनेरास्ववियु भक्तपुर जिल्ला कमिटी सदस्य सुजन अधिकारीले नगर प्रमुख र उपप्रमुखले जनताको मन र विश्वास जित्नु पर्ने औलायनउनु भयो । गठबन्धनले उपप्रमुख पदमा अरू कोही नपाएर एमाले पार्टीबाट चोइटिएर गएका पार्टीका मान्छेलाई टिकट दिएकाले र प्रमुख÷उपप्रमुख पदमा दुवै पुरुष उम्मेदवार दिदै महिलाको सहभागितालाई ओझेल पारेकाले उपप्रमुख पदका उम्मेदवाराको सहज जित निस्कने अध्ययनले देखाएको दाबी गर्नु भयो । कार्यक्रमको समापन गर्दै अनेरास्ववियु नगर कमिटी अध्यक्ष श्रीकृष्ण थापाले अनेरास्ववियुले यस चुनावलाई स्वच्छ र निष्पक्ष बनाउन केही दिन युद्धस्तरमा खटिनुपर्ने कुरालाई प्रकाश पार्दै सूर्यविनायक नगरपालिकाका प्रत्येक वडामा घटीमा पनि १० जना अनेरास्ववियुका कार्यकर्ता खटाउने गरि योजना बनाएको बताउनु भयो । नेकपा (एमाले)ले निष्पक्ष र धाँधलीरहित चुनाव गर्नुपर्ने कुरामा सदा अडिग रहेको जनाउँदै अनेरास्ववियु नगर कमिटीका उपाध्यक्ष नविन खत्रीले यसका लागि कमिटीका सबै साथीहरू सतर्क रहेनुपर्ने कुरामा जोड दिनुभयो । --- # मोटरसाइकल चोरी एवं बलात्कार अभियोगमा पाण्डे र थापा पक्राउ Source: https://newskunda.com/archives/1723 Category: FEATURED NEWS, अपराध, समाचार, समाज Last updated: 2022-08-18 भक्तपुर, २ भदौ : एक २५ वर्षीया महिलालाई बलात्कार गरि फरार रहेका सूर्यविनायक नगरपालिका–८ का ५० वर्षीय चण्डेश्वर थापालाई प्रहरीले पक्राउ गरेको छ । गत साउन २५ गते बलात्कार गरि फरार भएका थापालाई महानगरीय प्रहरी बृत्त थिमिको टोलीले मध्यपुरथिमि नगरपालिका–४ नयाँठिमीबाट पक्राउ गरेको प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक राजू पाण्डेले जानकारी दिनु भयो । आजै प्रहरीले पक्राउ परेका थापा बिरुद्ध कानूनी प्रक्रिया अगाडि बढाउदै थप अनुसन्धान सुरु गरेको उहाँले जानकारी दिनु भयो । त्यसैगरि भक्तपुर नगरपालिका–१ दुधपाटीस्थित रानीपोखरीबाट प्रदेश ३–०२–०१३ प. २६९५ नम्बरको मोटरसाईकल चोरी गरेको अभियोगमा प्रहरीले मोटरसाइकलसहित काभ्रेपलाञ्चोक पाँचखाल नगरपालिका–१३ घरभई मध्यपुरथिमि –४ नयाँ थिमि बस्ने २२ वर्षीय अनिष पाण्डेलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेका पाण्डेलाई आजै जिल्ला अदालत भक्तपुरमा चोरी कसुरमा मुद्धा दर्ता गरि थप अनुसन्धान सुरु भएको प्रनाउ पाण्डेले जानकार िदिनु भयो । --- # मौन अवधिमा दुई पक्षीय झडप, बम विष्फोटसम्म Source: https://newskunda.com/archives/878 Category: FEATURED NEWS, अपराध, निर्वाचन, राजनीति, समाचार Last updated: 2022-05-11 स्थानीय तह निर्वाचनको मौन अवधि वैशाख २७ मा मध्यरातदेखि शुरु भएको छ । मौन अवधिमा कुनैपनि कार्यक्रम गर्न र मत माग्न निर्वाचन आयोगले निषेध गरेको छ । तर, सो अवधिमा पनि बुधवार दिनभर झडपका घटना भइरहे ।रुपन्देहीको बुटवल उप–महानगरपालिकामा एमालेबाट मेयरका उम्मेदवार बाबुराम भट्टराईले पैसा बाँड्न खोजेको आरोप लागेको छ । भट्टराई पत्नी माया भट्टराईलाई पैसा बाँड्न खोजेको आरोपमा स्थानीयले नियन्त्रणमा लिएर प्रहरीलाई खबर गरेका थिए । वुटवल–१२ स्थित देवीनगरको सुकुम्बासी बस्तीमा उनले पैसा बाँड्न खोजेको आरोप स्थानीयले लगाएका छन् । तर, उनको साथमा पैसा फेला नगरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका एसपी रविन्द्र रेग्मीले रातोपाटीलाई बताए । उनले भने–‘पैसा भेटिएको छैन, विवाद समाधान भैसक्यो ।’ पैसा बाँड्न खोजेको विवाद समाधान भएको केही घण्टामा बुटवलको मिलनचोकमा बम विष्फोट भएको छ । ईलाका प्रहरी कार्यालय बुटवलका अनुसार मिलनचोकस्थित सनराइज बैंक अगाडि विष्फोट भएको थियो । विष्फोटबारे प्रहरीले अनुसन्धान गरिरहेको छ । प्युठानमा मौन अवधिमा भेला भएका सत्ता गठबन्धन र नेकपा एमालेका कार्यकर्ताको बीचमा झडप भएको छ । सरुमारानी गाउँपालिका–३ मा झडप हुँदा ४ जना घाइते भएका प्युठानकी प्रमुख जिल्ला अधिकारी सुनिता नेपालले बताइन् । घाइते हुनेहरुमा शंकर विश्वकर्मा, टेकेन्द्र मस्याङ्गी, गुमानसिंह लम्तरी र रमेश राना छन् । घाइते मध्येका रमेश राना सत्तारुढ गठबन्धनका कार्यकर्ता हुन् । उनलाई उपचारका लागि बुटवल लगिएको छ । अरु ३ जना एमालेका कार्यकर्ता हुन् । --- # म्याथ पार्कको सुरुआत Source: https://newskunda.com/archives/2583 Category: FEATURED NEWS, शिक्षा, समाचार, समाज Last updated: 2023-03-14 काठमाडौँ, ३० फागुन : विद्यार्थीलाई गणित विषय गाह्रो हुन्छ भन्ने मानसिकताबाट टाढा राख्न नेपालमा पहिलो पटक गणित उद्यान (म्याथ पार्क) को सुरुआत गरिएको छ । गणितलाई प्रयोगात्मक र जीवनोपयोगी बनाउने उद्देश्यले म्याथ पार्कको सुरुआत गरिएको हो । बूढानीलकण्ठस्थित इम्पेरियल वल्र्ड स्कुलले स्थापना गरेको म्याथ पार्कको आज उद्घाटन गरिएको छ । पाई डे तथा अन्तर्राष्ट्रिय गणित दिवसको अवसर पारेर आयोजित कार्यक्रममा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव प्रमिलादेवी बज्राचार्यले पार्कको उद्घाटन गर्नुभयो । म्याथ पार्कमा विद्यार्थीहरूले गणितलाई प्रयोग गरेर रमाउँदै सिक्ने अवसर प्राप्त गर्नेछन् । गणित विषय गाह्रो हुन्छ, भन्ने मानसिकताबाट विद्यार्थीलाई टाढा राख्न म्याथ पार्कको भूमिका रहने छ । साथै शिक्षकको अनुपस्थितिमा पनि विद्यार्थीहरूले आफैँ म्याथ पार्कमा गणितका नयाँ कुरा सिक्न सक्छन् जसले कक्षा कोठाको शिक्षणमा पनि सहयोग पुग्ने छ । विज्ञान प्रविधि सचिव बज्राचार्यले नेपालमा पहिलो म्याथ पार्क निर्माणले शिक्षा क्षेत्रमा नयाँ कुरा थपिएको बताउनुभयो । उहाँले विज्ञान र गणित विषयप्रति विद्यार्थीको आकर्षण कम हुने गरेको भन्दै म्याथ पार्कले विद्यार्थीलाई सहज हुने धारणा बताउनुभयो । मन्त्रालयले स्टिम शिक्षाका सामग्री तयार पार्ने कार्य भइरहेको जानकारी दिँदै पूरा भएपछि विद्यालयलाई वितरण गरेर शिक्षकलाई यसबारे तालिम दिन तयारी गरेकोसमेत उहाँले जानकारी दिनुभयो । नेपाल शिक्षक महासङ्घकी अध्यक्ष कमला तुलाधरले यस्ता खालका पार्क सबै विद्यालयमा हुन आवश्यक रहेको बताउनुभयो । अङ्ग्रेजी जानीनजानी बोल्ने गरे पनि गणित आउँदैन भन्ने र यसलाई महत्त्वका साथ नहेरिएको काठमाडौँ विश्वविद्यालय स्कुल अफ एजुकेशन, स्टिम विभागका प्रमुख विनोद पन्तले बताउनुभयो । विद्यालयकी प्रिन्सिपल जुनिता शाही कार्कीले विद्यालयको गणित विभागका कारण म्याथ पार्क निर्माण गर्न सकिएको जानकारी दिनुभयो । --- # यस कारण फेरी मध्यपुरथिमिमा मदन सुन्दर श्रेष्ठलाई भोट, पाँच वर्षमा अहोरात्र थिमिको बिकासमा खटिएका श्रेष्ठले गरे यस्ता काम (महत्वपूर्ण बिबरण) Source: https://newskunda.com/archives/774 Category: FEATURED NEWS, निर्वाचन, राजनीति, समाचार, समाज Last updated: 2022-05-09 **मध्यपुरथिमिमा मदन सुन्दर श्रेष्ठले के गर्यो ? केही गर्न सकेन भन्नेहरुका लागि पाँच वर्षको अबधीमा के के काम भए, अल्पमतमा हुँदा त यति धेरै काम गर्न सक्ने नगर प्रमुखले यति धेरै काम सफल भए भने फेरी पनि जनताको मन मनबाट सूर्यलाई मतदान गरि विजयी गराएमा मध्यपुरथिमिको बाँकी विकासलाई पूर्णता दिने घोषणा उहाँले गर्नु भएको छ ।** **==================================================** भक्तपुर, २६ बैशाख । मध्यपुरथिमि नगरपालिकामा २०७४ साल जेठदेखि २०७८ बैशाख १२ गतेसम्म स्थानीय सरकारको नेतृत्व गर्नु भएका मध्यपुरथिमिका निवर्तमान नगर प्रमुख मदन सुन्दर श्रेष्ठले मध्यपुरथिमिको बिकासमा दिलोज्यान लगाएर काम गर्नु भएको छ । अल्पमतको नेतृत्व सञ्चालन गरेर बहुमत प्रतिनिधिहरुसँगको असहयोगका बीचमा पनि नगर प्रमुख श्रेष्ठले मध्यपुरथिमि नगरपालिकालाई बाह्य तथा आन्तरिक पर्यटकको गन्तव्य मात्रै बनाएनन् विश्वमै मध्यपुरथिमिको पहिचानलाई पुर्याउन सफल भएर नेपालकै पहिलो शियन टाउनस्केप अवार्ड प्राप्त गर्ने नगरपालिका घोषित भए । मूर्त मात्रै नभई अमूर्त कला, संस्कृतिको संरक्षण गरेका श्रेष्ठले आफ्नो कार्यकालमा सम्पन्न गरेका बिभिन्न आयोजनाहरुको बिस्तृत विवरण यस प्रकार रहेको छ । मध्यपुरथिमिमा मदन सुन्दर श्रेष्ठले के गर्यो ? केही गर्न सकने भन्नेहरुका लागि पाँच वर्षको अबधीमा भएका कामका विवरण प्रस्तुत गरिएको छ । अल्पमतमा हुँदा त यति धेरै काम गर्न सक्ने नगर प्रमुखले फेरी पनि जनताको मन मनबाट सूर्यलाई मतदान गरि विजयी गराएमा मध्यपुरथिमिको बाँकी विकासलाई पूर्णता दिने घोषणा उहाँले गर्नु भएको छ । सुशासन, समृद्धि र समाजवादको आधार, मध्यपुर थिमि नगरपालिकामा एमालेको सरकार भन्ने नाराका साथ नगर प्रमुखमा पुनः उम्मेदवारी दिनु भएका निवर्तमान मेयर तथा हाल मेयर पदका उम्मेदवार मदनसुन्दर श्रेष्ठले विगत पाँच वर्षमा गरेको विकासका कामहरुको विवरण यस प्रकार रहेको छ । संस्कृति र पर्यटनको बिकासमा हरियाली पार्क निर्माण तर्फमा अतुलनीय काम गर्नु भएका उहाँले मध्यपुरििम क्षेत्रमा निर्माण गर्नु भएको हरियाली पार्कहरु यस प्रकार रहेका छन् । १) शंखधर पार्क, २) यमा पार्क, ३) आल्चको पार्क, ४) सिद्धिकाली कुतिगः डाँडा, ५) निलवर्ण चोडे पार्क, ६) तछुताँ पार्क, ७) गयर डोफो, नगदेश, ८) चिहान पार्क, बोडे, ९) लोकन्थली बाल उद्यान पार्क, १०) सानोठिमी पार्क, ११) कुमारी पार्क, बोडेको निर्माण सम्पन्न गरेर मध्यपुर थिमिलाई सुन्दर पार्कको सहरको नमूना दिन सफल हुनु भएको छ । त्यस्तै वर्षौदेखि पहिचान मेटिन खोजेको, पुरिएका पोखरीहरुलाई नयाँ जीवन दिएर मध्यपुरथिमि सम्पदामा पोखरीहरुको पनि सहर हो भनेर पहिचान थप्न सफल हुनु भएको छ । नगर प्रमुख हुँदा आफ्नो पाँच वर्षे कार्यकालमा मध्यपुरथिमि भित्रका पुनर्निर्माण सम्पन्न गरिएका पोखरीहरु यस प्रकार रहेका छन् । १) दक्षिण बराही पोखरी, दक्षिणबाराही, क्वाछेँ, २) वामुने पोखरी, थिमि, ३) बालकुमारी पोखरी, थिमि, ४) विष्णुकुण्ड पोखरी, थिमि, ५) कयेकू ताँ पोखरी, थिमि, ६) निगूपुखू, थिमि, ७) सिवा पोखरी, थिमि, ८) भुलांखेल पोखरी, थिमि, ९) गुंलापुखू, नगदेश, १०) पलेस्वाँ पुखू, बोडे, ११) खाँसी पोखरी, बोडे, १२) द्योबु पोखरी, बोडे, १३) कुमारी पोखरी, बोडे, १४) लाछि पोखरी, बोडे, १५) नछुटोल पोखरी, बोडे, १६) ख्वपलाँ पोखरी, बोडेको पुर्न निर्माण सम्पन्न भएका छन् अन्य पोखरीहरुको पुर्न निर्माण सम्पन्न गर्ने उहाँको लक्ष्य रहेको छ । त्यसैगरि जीर्ण बनेर पहिचान मेटिन खोजेका मध्यपुरथिमि नगरपालिका भित्रका ऐतिहासिक दरबार र बुद्धबिहारहरु पुर्न निर्माण सम्पन्न गर्न सफल भएका छन । श्रेष्ठ आफू नगर प्रमुख हुँदा पुर्ननिर्माण गराएका दरबारहरु मध्ये १) लाय्कू दरबार, बोडे, २) लाय्कू दरबार, थिमि, ३) लाय्कू दरबार, नगदेश रहेका छन् भने बुद्ध विहारहरु तर्फ १) पाटी बिहार, थिमि, २) गुणकीर्ति महाविहार, दिगुटोल, थिमि, ३) जेटवर्ण बिहार (दथु बहाः), चपाचो, ४) बुद्धविहार, नगदेश रहेका छन् । जसले मध्यपुरथिमिको पहिचानलाई उच्च बनाउन सफल भएका छन् । त्यसैगरि मध्यपुरथिमि भित्रका बिभिन्न ऐतिहासिक फल्चा अर्थात पाटीृहरुले पनि नयाँ जीवन पाएका छन् । यहाँका २५ वटा पाटी अर्थात फल्चाहरुको पुर्ननिर्माण यस प्रकार रहेका छन् । पाँच वर्षमा पुनर्निर्माण भएका फल्चाहरुमा १) तछुटोल पाटी, २) कयेकू ताँ फल्चा, ३) दथुटोल फल्चा– २ वटा, ४) वामुने फल्चा– २ वटा, ५) भुलांखेल फल्चा, ६) सिवा फल्चा– २ वटा, ७) भाः फल्चा, शंखधरचोक, ८) सुंगा फल्चा, ९) कय्कूतां फल्चा– २ वटा, १०) ताःद्यो फल्चा, ११) निगूपुखू फल्चा, १२) लाभाडोल फल्चा, १३) चोडे फल्चा, १४) कुम्हाननी फल्चा, १५) नासःननी फल्चा, १६) लाछि फल्चा, नगदेश, १७) वाः ननी फल्चा, नगदेश, १८) थिमि लाँ फल्चा, बोडे, १९) पाँचो फल्चा– २ वटा, बोडे, २०) कुमारी द्यो फल्चा– २ वटा, बोडे, २१) द्योबु फल्चा, बोडेको पुर्न निर्माणले मध्यपुरथिमि भित्रको ऐतिहासिक पहिचानलाई उच्च बनाएको छभने जेष्ठ नागरिकदेखि धार्मिक भजनखलका लागिसमेत निकै सहज र उपलब्धी बनेको छ । त्यस्तै मध्यपुरथिमि नगरपालिका भित्र कतिपय पुरिएका, कतिपय लोपोन्मुख अबस्थामा पुगेका र जीर्ण बनेका ढुङेधारा अर्थात हिटीहरुले पनि नयाँ जीवन पाएका छन् । मल्लकालिन शैलीमा पुर्न निर्माण भएका ल्वहंहिटी (ढुंगेधारा)हरु पुनर्निर्माण यस प्रकार रहेका छन् । १) क्वलाखू हिटी, २) कय्कूतां हिटी, ३) नाय् हिटी– २ वटा, ४) बप्पा हिटी, ५) स्वधाः हिटी, ६) पुं हिटी, ७) ब्रम्ह हिटी, चोडे, ८) थापा हिटी, लाभाडोल, ९) सिद्धिकाली हिटी, १०) न्हूहिटी, नगदेश, ११) बाघ धारा, धुंचोपाखा, १३) चिहान पार्क हिटी– ३ वटा, बोडे, १३) कुमारी हिटी– ३ वटा, बोडे, १४) विष्णुघाट हिटी, बोडे, १५) लाछिहिटी, बोडे, १६) नछुटोल हिटी, बोडे, १७) ख्वपलाँ हिटी, बोडे, १८) निलबाराही हिटी, १९) इनारहरुको पुनर्निर्माण सम्पन्न भएको छ ।' मध्यपुर थिमिमा रहेका दर्जनौं इनारहरुलाई परम्परागत शैलीमै पुनर्निर्माण गरिएका छन् भने बाँकी रहेको अरु हिटीहरुको पुर्ननिर्माण गर्ने योजना श्रेष्ठसँग रहेको छ । त्यस्तै मध्यपुरथिमिका पुराना बस्तीहरुलाई परम्परागत बस्तीको रुपमा पहिचान दिदै बिकास गर्ने उदेश्यले विगत पाँच वर्षमा सम्पदा बस्तीहरुमा ढुंगा छपाईका काम पनि भएको छन् । मध्यपुर थिमिको प्रमुख सांस्कृतिक एवं सम्पदा बस्तीहरुका साथै नयाँ बस्ति विकास भएको स्थानमा समेत ढुंगा छपाई गरिएको छ । त्यसैगरि पाँच वर्षको अन्तरालमा श्रेष्ठले विभिन्न मन्दिरहरुको पुनर्निर्माण समेत सम्पन्न गर्न भ्याएका छन् । परम्परागत शैलीमा पुर्न निर्माण गरिएका ऐतिहासिक मन्दिरहरु यस प्रकार रहेका छन् । १) सिद्धिगणेश मन्दिर, नगदेश २) कुमारी मन्दिर, बोडे, ३) निलबाराही मन्दिर, ४) सिद्धिकाली मन्दिर, ५) बालकुमारी मन्दिर, ६) भवानी शंकर (ताःद्यो) मन्दिर, ७) थासमां गणेश, ८) वामुने गणेश, ९) तछुटोल गणेश, १०) अजिमा द्यो, ११) कृष्ण मन्दिर, १२) महादेव मन्दिर, सिद्धिकाली, १३) सरस्वती मन्दिर, सिद्धिकाली, १४) भिमसेन मन्दिर, बहाखा, १५) महादेव मन्दिर बहाखा, १६) बप्पा महादेव, १७) ताःद्यो मन्दिर, बोडे, १८) सरस्वती मन्दिर, बोडे, १९) गणेश मन्दिर बोडेको पुर्ननिर्माण सम्पन्न भएको छ । त्यसैगरि मध्यपुरथिमिका बिभिन्न ऐतिहासिक बस्तीहरुको पहिचान दिन प्रवेशद्धार समेत निर्माण गरिएको छ । परम्परागत शैलीमा निर्माण भएका प्रवेशद्वारहरुमा नगदेश जाने १) नगदेश प्रवेशद्वार, २) निलबाराही प्रवेशद्वार, ३) थिमिलाँ प्रवेशद्वार, ४) ख्वपलाँ प्रवेशद्वार, ५) सिद्धिकाली प्रवेशद्वार रहेका छन् । मूर्त कला, संस्कृतिहरुको मात्रै नभई अमूर्त सम्पदाहरुको समेत संरक्षण गरेर यहाँका अमूर्त कलालाई पुर्न जीवन दिन सफल मदन सुन्दर श्रेष्ठले यहाँका लोप भइसकेको र बन्द भइसकेको ऐतिहासिक नाचहरुलाई पुर्न सञ्चालनमा ल्याउन सफल हुनु भएको छ । मध्यपुरथिमिमा पुर्नजीवन पाएका नाचहरु यस प्रकार रहेका छन् । १) लाय्कू भैलः २) महाकाली नाच, ३) निलबाराही नाच ४) नागाचा प्याखं, ५) पुलुकिसी नाच, ६) सलचा प्याचं रहेका छन् भने विभिन्न जात्रा एवं पर्वहरुलाई पनि पुर्नजीवन दिन सफल हुनु भएको छ । कला, संस्कृति, मठ मन्दिर, पोखरी पार्क बाहेक मदन सुन्दरले अरु केही बिकास गरेन भन्नेहरुलाई त्यस बाहेक अरु बिकासका काम पनि तिब गतिमा गरेको उदाहरण प्रशस्तै छन् । जसमध्ये खानेपानीतर्फ १) ट्रंक लाइन विस्तार, २) सडकको दुई साइडमा खानेपानी पाइपको विस्तार, ३) टिबी हस्पितल, लोकन्थली, इन्द्रकमलमा पानी ट्याङ्कीको निर्माण गरी थप ३० लाख लिटर क्षमतामा विस्तार, मेलम्ची खानेपानी आयोजनालाई समग्र भक्तपुर जिल्ला मै वितरण गर्न, पाइपलाइन विस्तारको काम सम्पन्न भएका छन् । त्यस्तै ढल ब्यवस्थापनतर्फ विगतमा ढलको समस्या भएको स्थानमा नयाँ ढल राखि ब्यवस्थापन गरिएको छभने ढल नपुगेको नयाँ बस्तीहरुमा ढल, खानेपानीसमेतको ब्यवस्था गरी बाटो तथा सडक सुधार गरिएको छ । त्यस्तै नगरपालिका भित्रका सडक बिस्तारको काम पनि सम्पन्न भएका छन् । जसमा १) पेप्सीकोला–निकोसेरा सडकलाई स्तरन्नोत्तरी गरी कालोपत्र गर्ने कार्य, २) बहाखाबजार–मुलपानी सडकलाई स्तरन्नोत्तरी गरी कालोपत्र गर्ने कार्य, ३) सुन्दरनगर–सिद्धिकाली सडकलाई स्तरन्नोत्तरी गरी कालोपत्र गर्ने कार्य, ४) गठ्ठाघर–सानोठिमी सडकलाई स्तरन्नोत्तरी गरी कालोपत्र, गर्ने कार्य, ५) निकोसेरा–गाखु सडकलाई स्तरन्नोत्तरी गरी कालोपत्र गर्ने कार्य, ६) शंखधरचोक–हनुमन्ते पुल सडकलाई स्तरन्नोत्तरी गरी कालोपत्र गर्ने कार्य, ७) शंखधरचोक–बाय्रिलाँ दक्षिणबाराही जाने हनुमन्ते पुल सडक निर्माण र कालोपत्र गर्ने कार्य, ८) नगरपालिका कार्यालय जाने सडकलाई स्तरन्नोत्तरी गरी कालोपत्र गर्ने कार्य सम्पन्न गरिएको छ । आगामी पाँच वर्ष भित्र बाँकी खानेपानी, ढल र सडकको काम सम्पन्न गर्ने योजना बनाएकोमा कमेरोटार जग्गा एकीकरण आयोजना भित्रको सबै सडक कालेपत्र गर्ने गरि सुरु भएको छ । नगर पालिकामा स्वास्थ्य सेवाले निकै फड्को मारेको छ । स्वास्थ्य बिमादेखि उपचारसम्ममा नगरपालिकाले ठूलो र प्रभावकारी कदम चाल्न सफल भएको छ । कोरोना महामारीमा आफै निकै खटिएर जनताको स्वास्थ्य सुरक्षाका लागि नेपालमै पहिलो पटक पीसीआर मेशिन सञ्चालन गर्न, अक्सिजन प्लान्ट सञ्चालन गर्न, कोरोनाको उपचार सफल रुपमा सम्पन्न गर्न आईसियू र एनआइसियूलगायतका बिभिन्न सेवाहरु संकटका बाबबजुत पनि सम्पन्न गर्न सफल हुनु भएको छ । स्वास्थ्यतर्फ विगतमा कोरिया–नेपाल अस्पताल नामांकरण भै रहेकोलाई नेपाल–कोरिया मैत्री नगरपालिका अस्पताल नाम परिवर्तन गरी विधिवत रुपमा नगरपालिका अन्तरगत ल्याएर ब्यवस्थित रुपमा नगरवासीलाई स्वास्थ्य सेवा पु¥याउन उहाँ सफल हुनु भएको छ । त्यस्तै स्वास्थ्य बिमालाई प्रभावकारी रुपमा विस्तार गरी संचालन गरेको, सरकारले स्वास्थ्य बिमाको रकम भुक्तानी नदिंदा केहि समय बिमा स्थगित गरी नगरपालिका आफैले नगरबासीलाई सहुलियतमा सेवा प्रदान गरेको, स्वास्थ्य बिमा सेवा बन्द गरी भुक्तानीको लागि सरकारलाई दबाब दिएपछि ७ करोड भुक्तानी प्राप्ति पछि पुनः स्वास्थ्य बिमालाई निरन्तर संचालन गरेको, गम्भीर प्रकृतिको रोग लागेका नगरबासीहरुलाई घरघरमा अक्सिजन सेवा दिदै आएको, नेपाल–कोरिया मैत्री नगरपालिका अस्पताललाई ३०० बेडको क्षमता विस्तार गर्न कोरिया सरकारबाट करिब १ अर्ब ५ करोड रुपैंया अनुदान सहयोग सुनिश्चित गरेको, पालिकाहरु मध्ये नेपाल–कोरिया नगरपालिका अस्पतालमा कोभिड– १९ महामारीको समयमा पीसिआर ल्याब स्थापना गरी पीसिआर परीक्षण गरेको, आफ्नै अक्सिजन प्लान्ट स्थापना गरी एचडियू, आइसियू संचालन गरी विरामीको उपचार गर्न सफल भएको थियो । त्यस्तै शिक्षातर्फ सामुदायिक विद्यालयको पुनर्निर्माण, भौतिक, कम्प्यृटर, प्रिन्टर सहयोग, पालिकास्तरिय आधारभूत तहको परीक्षा शुल्क विद्यार्थीहरुलाई निःशुल्क गरी संचालन गर्न सफल भएका छन् । खेलकूदको बिकासमा टेवा पुर्याउदै आउनु भएका नगर प्रमुखले मध्यपुरथिमि क्षेत्रभित्र ३ वटा फुटबल खेल मैदान ब्यवस्थित गरेको, कमेरोटार, भाँगु लगायतका स्थानमा फुटस्टल निर्माण गरेको, कराते एकेडेमीको स्थापना गरेको, भवन निर्माण, जिम्नाष्टिक कभर्ड हल निर्माण, बोडे, कराते, जिम्नाष्टिक, बडिबिल्डिङ्ग, भारातोलन, चेस, ब्याडमिन्टन, लफुडस्टल, फुटबल लगायत राष्ट्रिय एवं अन्तर्राष्ट्रिय प्रतियोगिताको आयोजना तथा सहकार्य गर्दै आएको छ । त्यसै गरि मध्यपुरथिमि नगरपालिका भित्रका सार्वजनिक जग्गा संरक्षण गर्ने काम पनि गरिएको छ । भू–माफियाहरुले अतिक्रमण गरेको सार्वजनिक जग्गाहरु संरक्षणमा उल्लेख्य काम सम्पन्न गरेको छ । सामुदायिक भवनहरु निर्माण तर्फ भने नगरपालिकाले शंखधर साख्वाः सामुदायिक भवन निर्माण गरी नेपाल संवतका प्रवर्तक राष्ट्रिय विभूति शंखधर साख्वाः प्रतिष्ठानलाई हस्तान्तरण र सोही भवनमा पर्यटकीय सूचना केन्द्र समेत स्थापना गरेको छ । त्यस्तै मध्यपुर थिमि नगरका विभिन्न वडा कार्यालयहरुको भवन निर्माण सम्पन्न गरिएको छ । वडा कार्यालय भवनको निर्माण गर्ने क्रममा वडा नं. १ कार्यालय भवन, वडा नं. ३ कार्यालय भवन, वडा नं. ७ कार्यालय भवन निर्माण गर्न सफल भएको छ । नगरपालिकाले आफ्ना नगरवासीलाई प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा रोजगारीको व्यबस्था गरेको छ । जसमध्ये नेपाल–कोरिया मैत्री नगरपालिका अस्पतालमा २५० भन्दा बढीलाई थप प्रत्यक्ष रोजगारी प्रदान गरिएको छभने नगर प्रहरीमा २५ जना, तीन जना दृष्टिविहिनलाई ब्यवस्था, फोहर मैला ब्यवस्थापनमा रोजजारीको अवसर प्रदान गर्नुका साथै दर्जनौं सम्पदा पुनर्निर्माणमा सयौं जना स्थानीय डकर्मी, कलाल्मक सिकर्मी, महिलाहरुलाई रोजगारी प्रदान गर्न सफल भएको छ । त्यस्तै नगरवासीलाई सहज र सुलभ रुपमा सुशासनको प्रत्याभूति दिलाउदै बिभिन्न कामहरु गरेको छ । नगरपालिकाले हरेक वडालाई अधिकार सम्पन्न गर्नुका साथै नगरपालिकाले महाशाखा बनाई कार्य सम्पदान गरी सुशासन कायम गरेको छ । नक्सा पासलाई प्रविधि मैत्री बनाई अनलाइन नक्सा पासको नीति अबलम्बन गरेको, विगतमा ब्यापक भ्रष्टाचारको रुपमा बदनाम भएको नगरपालिकालाई भ्रष्टाचारको जालो तोडेर भ्रष्टाचार नियन्त्रण गरेको निवर्तमान् नगर प्रमुख एवं मेयरका उम्मेदवार मदन सुन्दर श्रेष्ठले जानकारी दिनु भयो । फोहरमैलाको ब्यवस्थापनमा पनि उल्लेख्य काम गर्न सफल यस नगरपालिकामा जापानी ऋल्द्यल्ी प्रविधि भित्रयाई घरघरबाट निस्कने कुहिने फोहरबाट कम्पोष्ट मल उत्पादन गरी मध्यपुर थिमिको फोहर मध्यपुर थिमिमै ब्यवस्थापन गर्ने कार्य थालनी गरेकोगरेको छ । यसलाई नगरपालिकाको सबै वडाको फोहोर व्यबस्थापन गर्ने गरि बिस्तार गर्ने योजना रहेको छ । त्यस्तै नगर विकास प्राधिकरणसँग एक्लै लड्दै आएका श्रेष्ठले दुई वटा आयोजना हस्तान्तरण गरी स्वामित्व ग्रहण गर्न सफल भएको छ । वर्षौदेखि सम्पन्न हुन नसकि रहेको कमेरोटार जग्गा एकीकरण आयोजना र दिब्यवरी जग्गा एकीकरण आयोजनालाई नगर पालिकाले आफ्नो मातहत ल्याएर छिटोभन्दा छिटो सम्पन्न गर्ने योजनाका साथ तिब्र काम गर्न सफल भएको छ । त्यस्तै नगरपालिकाले बस्ती विकास ऐनसमेत पारित गरेको छ । नेपालका पालिकाहरु मध्ये मध्यपुर थिमि नगरपालिकाले पहिलो पटक बस्ती विकास तथा जग्गा एकीकरण आयोजना संचालन ऐन २०७७ बनाएको हो । नगरपालिकामा चोरी बढेपछि सुरक्षा प्रबन्धसमेत मिलाइएको छ । मध्यपुर थिमिस्थित मठमन्दिर, पाटी पौवा आदिका मूर्ति चोरी हुनेक्रम रोक्न सम्पदानै कुरु हुने गरि राखिएको फलामे बार हटाएर त्यसको ठाउँमा सुरक्षा प्रबन्ध मिलाउन नेपाल प्रहरीसमेतको सहयोग र समन्वयमा सिसि क्यामेरा जडान गरी सुरक्षा प्रबन्ध मिलाएको छभने मध्यपुरथिमिको राजमार्ग क्षेत्रमा हुने सवारी दुर्घटना न्यूनीकरण गर्न सिसि क्यामेरा जडान गरी नेपाल प्रहरीको सहयोगमा अनुगमन तथा सुरक्षा ब्यवस्था मिलाएको छ । त्यस्तै नगरको विकास, संस्कृतिको सम्बद्र्धन र प्रबद्र्धन, प्रचारप्रसार लगायतको लागि स्थानीय रुपमा क्रियाशिल गैर सरकारी संस्थासंग सहकार्य गरी विभिन्न कार्यहरु सम्पन्न गरेको, मध्यपुर थिमि नगरलाई गन्तब्य मध्यपुरको रुपमा विकास गर्न यससंग सम्बन्धित संस्था, छापा, अनलाइन, टिभी लगायत संचार क्षेत्र तथा संचारकर्मीहरुको सहयोगबाट नगरलाई गौरब गर्न लायक बनाउन श्रेष्ठ सफल हुनु भएको छ । त्यस्तै कृषितर्फ आधुनिक कृषि खेती गर्न कृषकलाई तालिम तथा आधुनिक कृषि सामग्री वितरण गरेको र बढ्दो सहरीकरणलाई ध्यान दिएर कौशी खेतीको तालिम तथा प्रबद्र्धन गरेको छ । निवर्तमान नगर प्रमुख एवं स्थानीय तह निर्वाचन २०७९ को मेयर पदमाका प्रत्यासी मदन सुन्दर श्रेष्ठले आउँदो ३० गते हुने निर्वाचनमा सूर्य चिन्हमा छाप लगाई बिजयी गराएमा जनप्रतिनिधिहरु शासक होइन, जनताका सेवक हुने अनुभूति गर्ने गरि काम गर्ने, सामाजिक जागरण र विकासका अभियन्ता भएर काम गर्ने, हाम्रो नेतृत्वमा रहेका पालिकाहरु सुशासनमा नमूना बनाउने,सदाचारमा दृष्टान्त स्थापित गर्ने, आफूले कुनै भ्रष्टाचार नगर्ने र अरुलाई पनि भ्रष्टाचार गर्न नदिने, भ्रष्टाचार नियन्त्रण गर्ने, भ्रष्टाचारी, ब्यभिचारी, अनियमितता र सार्वजनिक सम्पत्तिको दोहन गर्नेहरुलाई कानूनी कार्वाहीको दायरामा ल्याउने प्रतिबद्धता व्यक्त गर्दै मध्यपुरथिमिका बासिन्दासँग अब पाँच वर्षका लागि आफूलाई मत दिई निर्वाचित गराइदिन हुन आव्हान गर्नु भएको छ । --- # यस कारण महत्वपूर्ण इन्द्रजात्रा Source: https://newskunda.com/archives/2074 Category: FEATURED NEWS, समाचार, समाज Last updated: 2022-09-09 काठमाडौँ, २४ भदौ : राजधानी काठमाडौँको प्रसिद्ध इन्द्रजात्रा परम्परागत सांस्कृतिक पर्वको निरन्तरता मात्र नभई आपसी सद्भाव र भाइचारा अभिवृद्धिको उपयुक्त माध्यम पनि हो । विशेष गरी काठमाडौँका नेवार समुदायले महान्पर्वका रुपमा धुमधामसँग मनाइने इन्द्रजात्रा नेवारी समुदायमा मात्र सीमित नभई राष्ट्रिय पर्वका रुपमा स्थापित भएको जानकारहरु बताउँछन् । इन्द्रजात्रा परम्परागत सांस्कृतिक पर्वको निरन्तरताका साथै सांस्कृतिक सम्बन्धलाई बलियो बनाउने महत्वपूर्ण आधार रहेको ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले बताउनुभयो । “इन्द्र जात्राको धार्मिक, ऐतिहासिक सम्बन्ध रहेको छ, यो जात्राको खेतीसँग पनि सम्बन्ध छ, ऐतिहासिकरुपमा भन्नुपर्दा आजैका दिन पृथ्वीनारायण शाहले काठमाडौँ विजय हासिल गर्नुभएको, मल्लराजाले आफ्नो शासनकाल गुमाएको दुई परिघटनाको संयोग रहेको छ ।” राष्ट्रिय र अन्तर्राष्ट्रिय सम्बन्ध विस्तारका निम्ति पनि इन्द्रजात्रा पर्वको महत्व फराकिलो बनेको छ । मुलुकको संस्कृतिको जगेर्नाका साथै विदेशी नागरिकलाई आकर्षण गर्ने कार्यक्रमका रुपमा पनि पहिचान थपिएको छ । वसन्तपुर दरबार क्षेत्रका पुरातात्विक महत्वका सम्पदा, विभिन्न देवीदेवताको मठमन्दिर, जात्रा, पर्व आदिले काठमाडौँको संस्कृति र सभ्यतालाई संसारभर चिनाएको छ । यसैका माध्यमबाट नेपालको पहिचान विश्वभर फैलिएको छ । महानगर प्रमुख महर्जनले वर्षा र सहकालका देवताका रुपमा मानिने ललितपुरको प्रसिद्ध मच्छिन्द्रनाथको जात्रा र काठमाडौँको सेतो मच्छिन्द्रनाथको जात्रा दुई सहरको महत्व र सम्बन्धलाई जोड्ने महत्वपूर्ण पर्व भएको र यसले दुई सहरको मैत्रीपूर्ण सम्बन्धलाई बलियो बनाएको धारणा राख्नुभयो । उहाँले मच्छिन्द्रनाथको जात्रा ललितपुरको मात्र नभई उपत्यका र समग्र देशभरकै महत्वपूर्ण पर्व भएको पनि बताउनुभयो । जात्राका क्रममा विभिन्न देवीदेवताको गण, पुलुकिसी (ऐरावत हात्ती), सवःभक्कु, महाकाली, लाखे, झ्यालिञ्चा, ख्याक आदिले पनि तिनै देवदेवताको रथसँगै आज सहर परिक्रमा गरेका छन् । भाद्र शुक्ल चतुर्दशीका दिन मुख्यरूपमा मनाइने इन्द्रजात्रा अवलोकनमा देशका विशिष्ठ व्यक्ति, नेपालस्थित विदेशी कूटनीतिक नियोगका प्रतिनिधिलगायतको उपस्थिति रहन्छ । जात्रा अवलोकनका लागि हरेक वर्ष वसन्तपुर दरबार क्षेत्रमा ठूलो सङ्ख्यामा स्थानीयवासी र सर्वसाधारणको घुइँचो लाग्ने गर्छ । स्वदेशी मात्र हैन विदेशी पर्यटकसमेत जात्राको उत्सुकतापूर्व अवलोकन गर्ने गर्छन् । पाख्रिबास नगरपालीका धनकुटाका प्रमुख ज्ञानबहादुर गुरुङले इन्द्रजात्रा राष्ट्रिय पर्वमात्र नभएर अन्तर्राष्ट्रिय पर्वका रुपमा मान्ने अवस्था सिर्जना भएको बताउनुभयो । उहाँले देशको सांस्कृतिक सम्पदाको संरक्षण प्रवद्र्धनका साथै विदेशी पर्यटक आकर्षण गर्न यसबाट महत्वपूर्ण टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो । “देशमा मात्र हैन विदेशमा पनि यो पर्वलाई महत्वका साथ लिने गरिएको छ । यसले परम्परागत संस्कृतिको जगेर्ना गर्दै विदेशी पर्यटकलाई आकर्षण गर्न महत्वपूर्ण भूमिका खेलेको छ”, नगरप्रमुख गुरुङले भन्नुभयो । जात्राका अवसरमा महानगरले छवटै महानगर र भगिनी सम्बन्ध भएका सातवटा नगरप्रमुख एवं प्रतिनिधिलाई बोलाएर सम्पदा यात्रा र पुरातात्विक महत्वका सम्पदाको भ्रमण गराउने गरेको छ । काठमाडौँ महानगरपालिका वडा नं १५ का अध्यक्ष ईश्वरमान डङ्गोलले इन्द्र जात्रा अन्तर्राष्ट्रिय सम्बन्ध विस्तार गर्ने महत्वपूर्ण माध्यम बनेको बताउनुभयो । जात्राका अवसरमा महानगरले भगिनी सम्बन्ध भएको भारत, चीन, जापान, अमेरिकालगायत मुलुकका प्रतिनिधिलाई बोलाउने गरेको र यो पटक पनि केही मुलुकबाट जात्रा अवलोकनका लागि पाहुना आएको जानकारी दिनुभयो । जात्राको अवलोकनका लागि स्वतःस्फूर्तरुपमा उल्लेख्य सङ्ख्यामा सर्वसाधारण उपस्थित हुने गरेको उहाँले जानकारी दिनुभयो । कोभिड–१९ महामारीका कारण इन्द्रजात्रा उत्सवका रुपमा मनाउन नपाइए पनि विधिपूर्वक मनाइएको थियो । यो वर्षभने भब्यरुपमा जात्रा मनाइएको छ । काठमाडौँ महानगरपालिकाको सम्पदा विभागका उपनिर्देशक श्रीजु प्रधानले काठमाडौँका नेवारी समुदायको महत्वपूर्ण चाड इन्द्रजात्रा भएको र यो पर्व देश तथा विदेशमा पनि मनाइने गरेको बताउनुभयो । किंवदन्तीअनुसार स्वर्गबाट इन्द्रको आमाले पारिजातको फूल खोज्न पठाएको र फूल भेटिएपछि कान्तिपुर नगरीको एक किसानको घरमा आश्रय लिएर बसेको व्यक्ति चोर भनेर किसानले समातेर सात दिनसम्म बाँधेर राखेका थिए । इन्द्रको आमा छोरो हरायो भनेर खोज्दै जादा वसन्तपुर क्षेत्रमा भेटिएपछि इन्द्रकी आमाले मेरो छोरालाई छाडिदेउ त्यसबापत के चाहन्छौँ म वरदान दिन्छु भनेपछि आजैको दिनलाई इन्द्र जात्राका रुपमा मनाइन्छ । इन्द्रजात्रा नेवारी समुदायको महत्वपूर्ण चाड मानिन्छ । आफन्त विशेषगरी छोरी ज्वाइँलाई बोलाएर विभिन्न परिकार भोजन गराउने चलन रहेको छ । वर्षा र सहकालका देवता देवराज इन्द्रको पूजा, आरधना गरी मनाइने परम्परागत इन्द्रजात्रा काठमाडौँ, ललितपुर, भक्तपुर, धुलिखेल, दोलखालगायत स्थानमा पनि मनाइन्छ । भाद्र शुक्ल द्वादशीका दिन हनुमानढोका अगाडि धार्मिक विधिपूर्वक इन्द्रध्वजासहितको लिङ्गो ठड्याइएपछि प्रारम्भ हुने यो जात्रा विभिन्न प्रकारका नाचगान, रथयात्रा र देवदेवताको पूजाआजा गरी आठ दिनसम्म मनाइन्छ । यसरी लिङ्गो ठड्याइने प्रक्रियालाई ‘इन्द्रध्वजोत्थान’ पनि भनिन्छ । लिङ्गोका फेदमा भैरवको पूजा गरिन्छ । शत्रु पराजय भएपछि विजय मनाउने पर्वका रुपमा इन्द्रजात्रा मनाउने गरिएको हो । इन्द्रध्वजको पूजा गरी शक्ति प्राप्त गरेर प्रदर्शन गर्ने पर्वका रुपमा पनि इन्द्रजात्रालाई लिइन्छ ।--- --- # यस वर्षको एसईई परीक्षाको नतिजा असार ३२ गते सार्वजनिक हुदै Source: https://newskunda.com/archives/1360 Category: FEATURED NEWS, शिक्षा, समाचार, समाज Last updated: 2022-06-21 भक्तपुर, ७ असार :राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा असार ३२ गते भित्र सार्वजनिक गर्ने भएको छ । बोर्डका अध्यक्ष डा.महाश्रम शर्माले अहिले एसईई परीक्षाकोसमयमै सार्वजनिक गर्नका लागि आवश्यक कार्य नितब्र रुपमा भइरहेको जानकारी दिदै प्राबिधिक रुपमा कुनै समस्या नआए असार ३२ गते भित्र नतिजा सार्वजनिक गर्ने गरि काम भइरहेको बताउनु भयो । राष्ट्रिय परीक्षा बोर्ड एसईई (कक्षा १०) का परीक्षा नियन्त्रक अर्जुन रायामाझीले असार ३२ गते एसईई परीक्षाको नतिजा सार्वजनिक गर्ने तयारी गरेको जानकारी दिनु भयो । अहिले उत्तर पुस्तिका परीक्षणको काम सम्पन्न गरी संपरीक्षणको काम समेत अन्तिम चरणमा पुगेको जानकारी दिदै उहाँले कम्प्युटर इन्ट्री गर्ने, रुजु गर्ने लगायतका काम भइरहेको जानकारी दिनु भयो । सम्पुर्ण काम सकेर असारको अन्तिम दिन अर्थात् असार ३२ गते नतिजा सार्वजनिक गरिने परीक्षा नियन्त्रक रायामाझीले बताए । कार्यालयले असार २० सम्ममा प्राप्ताङ्क इन्ट्री गर्ने, २१ र २२ मा मिस म्याच गर्ने र २३ देखि २९ गतेसम्म टेबुलेसन गर्ने र ३२ मा नतिजा सार्वजनिक गर्ने गरि कार्ययोजना बनाएर काम भइरहेको भन्दै उहाँले प्राबिधिक रुपमा समस्या नआए असार ३२ गते नतिजा सार्वजनिक हुन्छ भन्नु भयो । यस अघि चार महिनामा सार्वजनिक हुँदै आएको परीक्षाफल यसवर्ष करिब दुई महिनामै सार्वजनिक गर्ने गरि काम भइरहेको परीक्षा नियन्त्रक रायमाझीले जानकारी दिनु भयो । कोरोनाका कारण दुई वर्ष आन्तरिक मूल्यांकनबाट नसतजा सार्वजनिक भए पनि दुई वर्ष पछि बोर्डले विद्यार्थीको भौतिक उपस्थितिमै गत वैशाख ९ गतेदेखि २० गतेसम्म परीक्षा सञ्चालन गरेको थियो । दुई हजार ७ परीक्षा केन्द्रबाट ११ हजार ६१५ विद्यालयका २ लाख ५७ हजार ९२४ छात्रा र २ लाख ५७ हजार ५३ छात्र गरि ५ लाख १४ हजार ९७७ परीक्षार्थीले परीक्षा दिएका परीक्षा नियन्त्रक रायामाझीले जानकारी दिनु भयो । बोर्डले ६१ विषयमा परीक्षा सञ्चालन भएको थियो । --- # यस वर्षको विजया दशमी : टीकाको उत्तम साइत ११ः५१ बजे Source: https://newskunda.com/archives/2175 Category: FEATURED NEWS, धर्म/संस्कृति, समाचार, समाज Last updated: 2022-09-16 काठमाडौँ, ३१ भदौ : यस वर्ष विजयादशमीको साइत असोज १९ गते बुधबार बिहान ११ः५१ बजे उत्तम रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । त्यस दिन बिहान १०ः३४ बजे देवी विसर्जन गरी ११ः५१ बजेको साइतमा मान्यजनबाट देवीको प्रसादका रूपमा टीका लगाउन सकिने समितिले जनाएको छ । पूर्वी मोहडा गरेर टीका लगाउनुपर्ने पनि समितिले जनाएको छ । विजयादशमीका दिन दिनभर टीका लगाउन सकिने भए पनि साइतमै टीका लगाउन चाहनेका लागि यो साइत दिइएको समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले राससलाई जानकारी दिनुभयो । राज्य सञ्चालकले भने समितिले तोकेकै साइतमा मान्यजनबाट टीका, प्रसाद थाप्नुपर्ने उहाँले बताउनुभयो । देवीको प्रसादका रूपमा देशका धेरै भागमा कोजाग्रत पूर्णिमाका दिनसम्म मान्यजनबाट टीका र आशीर्वाद थाप्ने गरिन्छ । केही भागमा भने विजयादशमीका दिनमात्र देवीको प्रसादका रूपमा टीका थाप्ने गरिन्छ । नेपालमा राष्ट्रिय चाडका रूपमा दशैँ मनाउने गरिन्छ । दशैँमा वातावरण नै उल्लासमय बन्छ । विभिन्न पेशा र व्यवसायका क्रममा थातथलोभन्दा टाढा रहेका नेपाली मान्यजनको आशीर्वाद थाप्न घर फर्कने गर्छन् । शरद ऋतुको उल्लासमय वातावरणमा मनाइने दशैँमा विशेषगरी नवदुर्गा भवानीको विशेष पूजा, आराधना गरिन्छ । **असोज १० गते बिहान १०ः२३ बजे घटस्थापनाको शुभ साइत :** यस वर्ष असोज १० गते सोमबारदेखि नवरात्रारम्भ हुँदैछ । नवरात्रको पहिलो दिन घटस्थापना गरिन्छ । घटस्थापनाका लागि बिहान १०ः२३ बजेको साइत शुभ रहेको छ । असोज ११ गते झण्डा फेर्ने साइत ११ः११ बजे उत्तम रहेको समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुङ्गेलले बताउनुभयो । झण्डा फेर्दा पूर्व मोहडा गरेर फेर्नुपर्ने पनि उहाँले सुनाउनुभयो । असोज १४ गते शुक्रबार पचलीभैरव यात्रा हुने भएको छ । असोज १६ गते आइतबार फूलपाती पर्व परेको छ । यसै दिन बिहान १०ः०५ बजे तुलजा भवानी यात्राको साइत जुरेको छ । तुलजा भवानीलाई स्थिरासनमा राख्ने साइत बिहान ११ः३५ बजेको छ । असोज १७ गते सोमबार महाअष्टमी पर्व परेको छ । राति भने कालरात्रि पर्व मनाइन्छ । असोज १८ गते मङ्गलबार महानवमी पर्व परेको छ । असोज १९ गते बुधबार विजयादशमी पर्व परेको छ । नेपालीको महान् पर्व बडादशैँको यो मुख्य दिन हो । यस दिन बिहान ७ः३५ बजे तुलजा भवानी यात्राको साइत छ । तुलजा भवानीलाई स्थिरासनमा राख्ने साइत भने ८ः४७ बजे रहेको समितिले जनाएको छ । खड्गयात्रा पनि यसै दिन परेको छ । असोज २२ गते शनिबार सबै बलिपूर्ति गर्नुपर्ने छ । असोज २३ गते आइतबार कोजाग्रत पूर्णिमा पर्व परेको छ । यस दिन बेलुकी घर घरमा धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरेपछि १५ दिन लामो दुर्गा पक्ष अर्थात् दशैँ पर्व समापन हुन्छ । बडा दशैँका अवसरमा बजार पसलमा पनि भीड हुने गर्छ । राम्रो लगाउने र मीठो खाने पर्वका रूपमा पनि यसलाई उल्लासमय वातावरणमा मनाइन्छ । दशैँ नजिकिएसँगै बजारमा भीड बढ्न थालेको छ । दशैँमा सहुलियत मूल्यमा खाद्य पदार्थ बिक्री वितरणका लागि सरकारले सुपथ मूल्य पसल पनि सञ्चालन गर्दै आएको छ । दशैँमा विशेषगरी बालबालिकाले पिङ खेल्ने, चङ्गा उडाउने गर्छन् । दशैँ पर्व बालबालिकाकै लागि हो भन्ने उखान पनि नेपाली समाजमा रहेको छ ।बालबालिकाले रमाइलो गर्ने यो पर्वलाई प्रौढले भने देवीको पूजा, उपासना गरी मनाउँछन् । यस पर्वका अवसरमा देशभरका शक्तिपीठमा भक्तजनको विशेष उपस्थिति रहन्छ । शक्तिपीठमा बलिसहित पूजा गर्ने भक्तजनको पनि बाक्लो उपस्थिति रहन्छ । --- # यसवर्ष तिहारमा करिब रु ४० करोड ५० लाखको फूल बिक्री हुने Source: https://newskunda.com/archives/5189 Category: FEATURED NEWS, अर्थ, समाचार, समाज Last updated: 2026-10-27 काठमाडौँ, १० कात्तिक : आगामी तिहारमा काठमाडौँ उपत्यका करिब ५२ लाख वटा फूलका माला खपत हुने अनुमान गरिएको छ । फ्लोरिकल्चर एसोसिएसन नेपालद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा आगामी तिहारमा सयपत्री फूलका ४५ लाख र मखमलीका छ लाख, गोदावरीका २० हजार र मिक्स फूलका ६० हजार माला खपत हुने जनाएको छ । फ्लोरिकल्चर एसोसिएसन नेपालका अध्यक्ष राजेशभक्त श्रेष्ठले यस पटकको तिहारमा स्वदेशी उत्पादनकै फूल र मालाले धान्ने दाबी गर्नुभयो ।“तिहारमा करिब ५२ लाख विभिन्न फूलका माला आवश्यक पर्ने अनुमान गरेका छौँ”, उहाँले भन्नुभयो, “५२ लाख फूलका मालाका लागि करिब ४८ करोडको कारोबार हुने अपेक्षा गरिएको छ ।” अध्यक्ष श्रेष्ठले एसोसिएसनले ५२ लाख मालामध्ये करिब ४० लाख माला स्वदेशी उत्पादनबाटै हुने अपेक्षा गरिएको जानकारी दिनुभयो । एसोसिएसनका अनुसार यसपालिको तिहारमा सयपत्री फूलको ४५ लाख मालालाई औसत रु ९० को थोक मूल्यको आधारमा रु ४० करोड ५० लाख, मखमली फूलको छ लाख मालालाई औसत थोक मूल्य रु ४५ का दरले रु दुई करोड ७० लाख, गोदाबरी फूलको २० हजार मालालाई औसत थोक मूल्य रु एक हजार २०० का दरले रु दुई करोड ४० लाख र मिक्स फूलको ६० हजार मालालाई औसत थोक मूल्य रु ४०० का दरले दुई करोड ४० लाख पर्ने बताइएको छ । यसैबीच एसोसिएसनले यही कात्तिक १२ गतेदेखि १६ गतेसम्म ललितपुरको जावलाखेलमा १९औँ गोदावरी फूल प्रतियोगितात्मक प्रदर्शनी गर्ने भएको एसोसिएसनका उपाध्यक्ष तथा मेला संयोजक सुमन महर्जनले जानकारी दिनुभयो । मेलामा सेल्फिसहित ७८ वटा व्यावसायिक फूलका कक्ष रहने छन् । मेलामा ४५० प्रजातिका फूल तथा बिरुवा राखिने आयोजक संस्थाले जनाएको छ । मेलाको करिब ३९ हजार जनाले अवलोकन गर्ने अनुमान गरिएको छ । ((( --- # यसवर्ष पनि ३९ वर्षीय विरेन्द्रभक्त श्रेष्ठले पाँचौ पटक जिब्रो छेडेर जात्रा मनाउँने Source: https://newskunda.com/archives/4331 Category: FEATURED NEWS, अर्थ, कला तथा साहित्य, धर्म/संस्कृति, राजनीति, समाचार, समाज Last updated: 2026-09-18 भक्तपुर, २ असोज । मध्यपुरथिमि नगरपालिका–४ बालकुमारी निवासी ३९ वर्षीय विरेन्द्रभक्त गजू श्रेष्ठले यसवर्ष पनि पाँचौ पटक जिब्रो छेडेर लोपोन्मुख अबस्थामा पुगिसकेको जात्रा एवं परम्परालाई जिवन्त राख्नु हुने भएको छ । भाद्र शुक्ल पूर्णिमाको दिन साँझ यहीँ असोज १० गते शनिवार इन्द्रजात्राको भोलिपल्ट साँझ येंया पुन्हिया मेय् प्वाः खनेगु जात्रा अर्थात जिब्रो छेड्ने जात्रामा श्रेष्ठले यसवर्ष पनि जिब्रो छेड्ने जात्रालाई निरन्तरता दिने उहाँले जानकारी दिनुभयो । बिचबिचमा चल्दै रोकिदै आएको यो जात्रा २०६३ सालदेखि निरन्तर राकिदै ११ वर्षको अन्तरालपछि २०७४ मा वीरेंद्रभक्तकै अगुवाइमा पुनः सुरु भएको थियो । त्यसयता उनले २०७९, २०८१ र २०८२ सालमा पनि जिब्रो छेडेका थिए भने यसवर्ष पनि जिब्रो छेडेर जात्रालाई निरन्तरता दिनु हुने भएको हो । २०७५ सालमा बालकराम श्रेष्ठले एकपटक जिब्रो छेडाएको र कोरोना महामारीले रोकिएकोमा २०७९ मा वीरेंद्रभक्तले पुनः जात्रालाई निरन्तरता दिनु भएको हो । मध्यपुर थिमिका कृष्ण नानिचा श्रेष्ठले २०५२, ०५७ र ०६३ मा जिब्रो छेडाउन भएको थियो । आर्थिक अभावका कारण चल्दै र रोकिदै आएको यो जात्रा सञ्चालनमा करिब ६ लाख रुपैयाँभन्दा बढीको खर्च हुने र नगरपालिकाले सहयोग गरेको भन्दा बढी रकम जिब्रो छेड्ने व्यक्ति र स्थानीयले खर्च गर्दै आएको छ । जात्राको क्रममा मध्यपुरथिमिको दिगुभैरब मन्दिरको डबलीमा हजारौ व्यक्तिको अगाडि जिब्रो छेडेर जात्रा सुरु हुने भएको छ । जिब्रो छेडेपछि जिब्रो छेड्ने व्यक्तिको ईच्छा अनुसार पशुपतिनाथको मन्दिरसम्म पुग्ने गरेको छ । उहाँले २०८२ सालमा जिब्रो छेडेर सयौ स्थानीयका साथमा करिब ३० किलोको महाद्धिप बोकेर खाली खुट्टा नै पशुपतिनाथका मन्दिरसम्म पुगेर फर्किदा २८ किलोमिटर लामो सडक खाली खुट्टा हिडेरै यात्रा गर्नु भएको थियो । उहाँले २०८२ सालमा भने जिब्रो छोडेर दिगुटोलबाट सुरुभएको जात्रा बालकुमारी मन्दिर, तछुटोल, बिष्णुबिर मन्दिर, यमाटोल, मरुटोल, शंखधर चोकथिमि, सूर्यविनाक नगरपालिका–४ मा पर्ने दक्षिण बाराही मन्दिर (क्वाछे) हुदै पुन शंखधर चोक हुदै मुख्य सडकबाट राधे राधे, सल्लाघारी, भक्तपुर नगरपालिका क्षेत्र प्रवेश गर्दै चोङ्गा गणेश, सिद्ध पोखरी, नः पुखु, दरबार स्क्वायर, पाँचतले मन्दिर, सुकुलढोका, दत्तात्रय मन्दिर, क्वाठण्डौ, नवदुर्गा मन्दिर (द्यो छें), साक्वःलान रुट हुँदै पुनः पाँचतले मन्दिर, बंशगोपाल, सिद्ध पोखरी, सल्लाघारी चोङ्गा गणेश मध्यपुरथिमिको निकोसेरा, नगरपालिका चोक, पाटी बिहार, गुङ चिवा, भिमसेन चोक, गणेश स्कुल, नगदेश, सिद्दी गणेश मन्दिर, गार्चा चोक, सिद्धिकाली चोक, सिद्धिकाली मन्दिर, भुलाँखेल, चोडे, दुई पोखरी हुदै बालकुमारी मन्दिरसम्मको १३ किलोमिटरको यात्रा पुरा गरि जिब्रोबाट सियो निकालेर जात्रा बिसर्जन गरिएको थियो । किम्बदन्तीअनुसार प्राचिनकालमा थिमिमा भूतप्रेत र पिशाचहरूको आतंक मच्चाएर जथाभावी मानिस मार्ने गरेपछि यसलाई नियन्त्रण गर्न एक जनाको जिब्रो छेडी नगर परिक्रमा गराइएको र त्यसपछि भूत, प्रेत, पिशाच भागेर शान्ति स्थापना भएको भनाई छ । भाद्र शुक्ल पूर्णिमाको साँझ, तेलमा डुबाइएको करिब एक फिट लामो फलामको सियो दिगु भैरव मन्दिरको डबलीमा पूजा गरेर जिब्रो छडेर पुशपतिसम्मको यात्रा गर्दै अन्तिमा पुन : बालकुमारी मन्दिर पुगेर सियो निकाल्ने परम्परा रहेको छ । जात्राले मनाएपछि नगरमा रोग, अनिकाल, प्राकृतिक विपत्तिबाट जोगिने विश्वास रहदै आएको छ । --- # यसवर्ष भक्तपुरलाई हेर्ने सरकारको बक्रदृष्टि परेको छ, बिकासमा समन्वय गरेर अगाडि बढौँ : सांसद एवं पूर्वमन्त्री महेश बस्नेत Source: https://newskunda.com/archives/1290 Category: FEATURED NEWS, अर्थ, राजनीति, समाचार, समाज Last updated: 2022-06-13 भक्तपुर, ३० जेठ । नेकपा एमालेको पोलिटव्यूरो सदस्य एवं प्रतिनिधि सभा सांसद महेश बस्नेतले भक्तपुरको बिकासमा वर्तमान् सरकारको बक्रदृष्टि परेको बताउनु भएको छ । जिल्ला समन्वय समिति भक्तपुरमा आज आयोजना गरेको सपथ ग्रहण एवं बधाई कार्यक्रममा बोल्दै उहाँले विगतका वर्षहरुमा भक्तपुरमा आएका बजेट र योजना वर्तमान् शेरबहादुर देउवा नेतृत्व सरकारले काटेको बताउनु भयो । उहाँले सरकारले आगामी आ.ब.का लाीग ल्याएको बजेटमा समेत भक्तपुरका धेरै नियमित बिकासका योजना र बजेट काटेर सरकारले भक्तपुरलाई हेर्न बक्रदेष्टि प्रयोग गरेको बताउनु भएको हो । ओली नेतृत्व सरकारमा विनियोजन भएको बजेट र आयोजनाको चर्चा गर्दै उहाँले भन्नुभयो, “संघबाट बजेट आएर बन्न नसकेको हनुमन्ते कोरिडोर, मनोहरा कोरिडोर, गठ्ठाघरको पाँच हजार क्षमताको सभा हल, सूर्यविनायकको प्राणी उद्यान, दुई वटा डिपिआर सम्पन्न भएका स्मार्ट सिटी , अर्को डिपिआर बन्दै गरेको स्मार्ट सिटी, बजेट विनियोजन भएर टेण्डर गर्न नसकेको सूर्यविनायक धुलिखेल सडक खण्ड, नौ अर्ब बजेटको सुनिश्चता गरेर अघिल्लो चालू आ.ब.मा रु. २ अर्ब बजेट तोकिएको त्यस सडक निर्माणका लागि टेण्डर गर्ने कुरामा जिससको समन्वय गर्दै आयोजना पुरा गर्न पहल कदमी पुग्नु आवश्यक छ ।” दुवाकोटमा वीर अस्पतालको भवन निर्माणमा २ अर्ब, सडक निर्माणमा एक अर्ब गरि रु.३ अर्ब बजेट विनियोजना भएको तर त्यसलाई व्यबस्थित गर्न नसकेको उहाँको गुनासो छ । निजी क्षेत्रले सञ्चालन गरेको क्यान्सर अस्पताललाई सरकारीकरण गरेर क्यान्सर सेन्टरको बनाउन ओली नेतृत्व सरकारले २ अर्ब बजेट छुट्याएको र त्यसको लागि जग्गाको खोजी भए पनि अगाडि बढाउन नसकेको बताउनु भयो । उहाँले जिल्ला समन्वय समिति, जिल्ला प्रशासन कार्यालय, महानगरीय प्रहरी परिसर, नगर विकासलगायतका जिल्लाका ६ वटा सरकारी कार्यालयहरु निर्माण गर्न भन्दै जगातीस्थित इँटा टायल कारखानाले ओगटेको २५ रोपनी जग्गामा आयोजना अगाडि बढाउन पुर्ननिर्माण प्राधिकरणले रु.२ अर्ब बजेटको व्यबस्था गरे पनि असार मसान्त आउन लागिसक्दा पनि टेण्डर हुन नसक्नु दुर्भाग्यको कुरा भएको बताउनु भयो । इँटा टायल कारखानाले ओगटेको जमिनमा सहमति लिन उद्योग मन्त्रालयले अर्थ मन्त्रालयलाई पत्र पठाउँदा पनि अर्थले बेवास्ता गरेको भन्दै उहाँले यी दुई मन्त्रालयबीचको सहमति नबन्दा र अर्थ मन्त्रालयले जग्गाको स्वामित्व दिन नमान्दा यो दायित्व जिल्ला समन्वय समिति, जिल्ला प्रशासन कार्यालय, सूर्यविनायक नगरपालिका, प्रहरी परिसरले लिएर आयोजना सम्पन्न गर्न गराउन पहल गर्नु पर्नेमा उहाँले जोड दिनु भयो । उहाँले हेर्दाहेर्दै एक महिना भित्र भक्तपुरमा आएको २ अर्ब रुपैयाँ ल्याप्स भयो भने त्यो सिंगो भक्तपुरकै लागि बिडम्बना हुने बताउनु भयो । पूर्वमन्त्री एवं सांसद बस्नेतले भन्नुभयो, “यसअघि स्मार्ट सिटिलाई १÷१ अर्ब गरि २ अर्ब बजेट छुटिएको थियो, यसवर्ष रातो किताबलाई हेर्दा भक्तपुरलाई हेर्ने सरकारको बक्रदृष्टि परेको छ, विगतमा भएका धेरै योजनाको अहिलेको बजेटमा काटिएको छ ।” उहाँले डोलिडारको अफिस खारेज भएको भन्दै ओली नेतृत्व सरकारको पालामा ४० करोडको बजेट विनियोजन भई सुरु भएको बालकुमारी रानीकोट पनौती २१ किमि सडक निर्माणको काम भइरहेको अबस्थामा वर्तमान शेरबहादुर देउवा नेतृत्व सरकारले ल्याएको यसपालीको बजेटमा यसलाई हटाएको बताउनु भयो । अहिलेको सरकारले निर्माण भइरहेको डोलेश्वर पलासँे सडकको बजेट हराएको, वागेश्वरी हेल्थ पोष्टको जाने सडक, वागेश्वरी हेल्थ पोष्टबाट जाने सडक, सुडाल गोसंपुलबाट अगाडि जाने सडकको बजेट हराएको भन्दै उहाँले डोलीडारले विगतमा गरेको महत्वपूर्ण पाँच वटा सडकको बजेट यसपाली सरकारले काटि दिएको बताउनु भयो । त्यसैगरि विश्व बैंक र एशिलायी बिकास बैंकको सहयोगमा भक्तपुरका पाँच वटा महत्वपूर्ण सडक प्रस्ताव गरेको बताउदै नेता बस्नेतले भन्नुभयो, “थानकोट भक्तपुर प्रशारण लाइन २० मिटरका चौडा सडक, सिरुटारदेखि झौखेलसम्मको उत्तर दक्षिण जोडेने बिशेष गरि महत्वपूर्ण सडकको रुपमा डिपिआर गरेको, खिम्ती जलविद्युत परियोजना र सुनकोशी जलविद्युत परियोजनाबाट सूर्यविनायक र मध्यपुर, चाँगनाुरायण र मध्यपुर गरि दुई वटा भूभागलाई समेट्ने गरि २० मिटर चौडाको सडकको डिपिआर सम्पन्न गरेको, गुण्डुको तारकेश्वरदेखि घ्याम्पे डाँडा र नैचाल काक्राबारी हँुदै पलासे सडक, चाँगुनारायण फास्ट ट्रयाक सडक निर्माण गर्ने योजना थियो, त्यो सडक अहिले प्रदेशमा पठाइयो भन्ने सुनेको छु, प्रदेशमा पनि हराउने अबस्था छ ।” प्रदेश सरकारका कर्मचारीहरुका अनुसार भक्तपुरका फाइल अहिले घोप्ट्याएर राखिएको बताउदै बिकास योजनामा पूर्वाग्रह राखेर हामीले ल्याएको बजेट र आयेनजना हराउने अबस्था आउँदा अब भक्तपुर बिकासमा पछाडि परेको भान भएको बताउनु भयो । भक्तपुरको बिकास गर्न सबै राजनीतिक दलहरु मिलेर बजेट ल्याउन लाग्नु पर्छ भन्दै उहाँले यसका लागि जिससले भूमिका खेल्नु पर्नेमा जोड दिनु भयो । संघीय सांसदको भूमिकाले बिधि र कानून निर्माण मात्रै नभई विकास निर्माणको पहल पनि गर्ने प्रतिबद्धता कार्यक्रममा उहाँले व्यक्त गर्नु भयो । सांसदले बिकासमा पहल नगर्ने हो भने बिकासको गति अगाडि बढ्दैन भन्दै उहाँले हामीले बिकास गर्न सक्छौ कि सक्दैनौ, भन्दा पनि बजेट ल्याएर बिकासका गतिबिधिलाई अगाडि बढाउनु पर्नेमा जोड दिनु भयो । जिल्लाका स्थानीय तह र दलहरुबीचको समझदारी बनाउने काममा जिल्ला समन्वय समितिले महत्वपूर्ण भूमिका खेल्नु पर्ने बताउनु भयो । उहाँले अहिले संविधानले दिएको अधिकार प्रयोग गर्दै समन्वय गर्ने, अुनगमन गर्ने, क्षमताको अभिबृद्धि गर्ने लगायतको अधिकारलाई सही ढंगले सदुपयोग गर्न उहाँले जिसस पदाधिकारीलाई आग्रह गर्नु भयो । संविधान निर्माण गर्दानै तीन तहको सरकार बनाउन दलहरुबीच सहमति बने पछि जिल्ला तहको कुनै संरचना बनाउने नि कि नबनाउने भन्नेमा लामो बहस चलेर सहमतिमै संविधानमा जिससको परिकल्पना गरेको भन्दै उहाँले जिल्लाको निर्वाचन क्षेत्र, नगरपालिका भनिरहदाँ संबिधान र कानूनले जिससलाई तहको रुपमा स्वीकार नगरे पनि यसलाई संघ, प्रदेश र स्थानीय पछिको चौथो तहको सरकारको रुपमा लिन सकिने बताउनु भयो । पूर्वमन्त्रीसमेत रहनु भएका सांसद बस्नेतले जिससलाई अस्विकार गर्ने प्रबृत्ति पनि देखिएको भन्दै यस्तो प्रबृत्तिलाई दलहरुले सच्याउनु जानु पर्नेमा जोड दिनु भयो । तीन वर्ष अगाडि हनुमन्तेमा बाढी आउँदा भौतिक र मानवीय क्षति हुनबाट रोक्न जिल्ला प्रशासन कार्यालय र प्रहरीले खेलेको महत्वपूर्ण भूमिकाको स्मरण गर्दै उहाँले विपद व्यबस्थापनमा सबभन्दा बढी तयारी गर्ने जिल्ला सम्भवत भक्तपुर नै रहेको चर्चा गर्नु भयो । यहाँका उद्योग व्यवसायीहरुसँग चन्दा उठाएर करिब रु.२४ लाख संकलन गरेर प्राकृतिक प्रकोपसँग सबिन्धत उद्धार सामाग्रीहरु खरिद गरि सूर्यविनायकस्थित नेपाली सेनाको ब्यारेकमा राखिएको बताउदै उहाँले अरनिको राजमार्गमा दुर्घटना नियन्त्रणका लागि यहाँका व्यवसायीहरुले रु. ७३ लाख भन्दा बढी पैसा उठाएर सीसी क्यारमेरा राख्ने काम गरेको बताउनु भयो । उहाँले १०० हप्तासम्म हनुमन्ते सफाई अभियान, अरनिको राजमार्ग सफाई अभियान चलाएको स्मरण गर्दै उज्यालो भक्तपुर, सडकको सौन्दर्यता बिकास गर्ने काम गरेको बताउदै जिल्लाको बिकासमा यसअघि पनि जिल्ला समन्वय समितिको महत्वपूर्ण भूमिका खेलेको बताउनु भयो । विगत पाँच वर्षलाई सम्झदा भक्तपुरको सन्दर्भमा जिससले हरेक विषयमा महत्वपूर्ण काम गरेको चर्चा गर्दै यो पाँच वर्ष बिकासको दृष्टिकोणले धेरै बजेट ल्याउन सफल भएको र चालू आयोजना धेरै अगाडि बढेको बताउनु भयो । जिल्लाको बिकासमा संघ र प्रदेशबाट आएको बजेटलाई उचित व्यबस्थापन गरेको भन्दै उहाँले त्यसको अनुगमनको क्षेत्रमा समेत जिससले राम्रो र महत्वपूर्ण भूमिका निर्वाह गर्दैनिर्देशिका जारी गरेको, प्राकृतिक श्रोत साधनमा उपयोगका लागि निर्देशिका जारी गरेको बताउनु भयो । जिससले आफ्नो बजेटलाई सही ढंगले प्रयोग गरेको बताउदै एमालेका युवा नेता बस्नेतले भन्नुभयो, “सूर्यविनायक नगरपालिकाको भवन बनाउन ३ करोड, चाँगुनारायण नगरको भवन निर्माण गर्न ३ करोड, शिक्षाको आयोजना पुरा गर्न, स्वास्थ्यका आयोजना, वडाका कार्यालय निर्माण गर्न जिससले २८ करोड भन्दा बढी बजेट विनियोजना गरको छ । भक्तपुरका सबै राजनीतिक दलले जिल्ला समन्वय समितिप्रति कारात्मक भूमिका खेल्दै आएको छ ।” दलहरुबीचको समझदारी बनाउने काममा पनि जिससले महत्वपूर्ण भूमिका खेल्नु पर्नेमा जोड दिदै उहाँले अरनिको हाइवे सुरक्षित राख्न, हनुमन्ते सफाई अगाडि बढाउन, चारवटै नगरपालिकासँग समन्वय गर्न जिससको भूमिका हुनु पर्ने बताउनु भयो । जिससका नवनिर्वाचित सबैलाई सल्लाह गरेर, मिलेर बिकासको काम गरौ । बिकासमा आग्रह पूर्वाग्रह नराखौ उहाँले भन्नुभयो । --- # यस्तो छ १५ सदस्यीय मन्त्रिपरिषद् Source: https://newskunda.com/archives/3515 Category: FEATURED NEWS, राजनीति, समाचार, समाज Last updated: 2026-03-27 काठमाडौँ, १३ चैत । नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा १५ सदस्यीय मन्त्रिपरिषद् गठन भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले आज नवनियुक्त प्रधानमन्त्री शाहको उपस्थितिमा राष्ट्रपतिको कार्यालयमा आयोजित विशेष समारोहमा नवनियुक्त मन्त्रीहरुलाई पद तथा गोपनीयताको शपथ गराउनुभयो । सो अवसरमा डा स्वर्णिम वाग्ले अर्थमन्त्री, सुधन गुरूङ गृहमन्त्री, शिशिर खनाल परराष्ट्रमन्त्री, सुनील लम्साल भौतिक पूर्वाधार तथा यातायात एवं सहरी विकासमन्त्री, विराजभक्त श्रेष्ठ ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री, खड्गराज पौडेल संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री, सस्मित पोखरेल शिक्षा, विज्ञान तथा प्रविधि एवं खेलकुदमन्त्री, निशा मेहता स्वास्थ्य तथा जनसङ्ख्या एवं खानेपानीमन्त्री, डा विक्रम तिमिल्सिना सञ्चार तथा सूचना प्रविधिमन्त्री, प्रतिभा रावल सामान्य प्रशासन तथा भूमि व्यवस्था तथा गरिबी निवारणमन्त्री, सोविता गौतम कानुन, न्याय तथा संसदीय मामिलामन्त्री, गीता चौधरी कृषि तथा पशुपक्षी एवं वन तथा वातावारणमन्त्री, डा दीपक साह श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री र सीता वादी महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्रीको शपथ लिनुभएको थियो । यसैगरी, रक्षा र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको जिम्मेवारी भने हाल प्रधानमन्त्री शाहले आफैँ सम्हाल्नुभएको छ । राष्ट्रपति पौडेलले आजै बिहान शाहलाई नेपालको संविधानको धारा ७६ को उपधारा ९१० बमोजिम प्रधानमन्त्री पदमा नियुक्त गर्नुभएको थियो । समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, निवर्तमान प्रधानमन्त्री सुशीला कार्की, प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत, राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाल उपस्थित हुनुहुन्थ्यो । समारोहमा पूर्वप्रधानमन्त्री, मन्त्रिपरिषद्का पूर्वअध्यक्ष, संवैधानिक निकायका प्रमुख, सरकारका विशिष्ठ श्रेणीका अधिकृत, सुरक्षा निकायका प्रमुख, यहाँस्थित विभिन्न कूटनीतिक नियोगका पदाधिकारीलगायत उपस्थित हुनुहुन्थ्यो । --- # यातायात कार्यालय भक्तपुरद्धारा दुई लाख ३८ हजार सवारी अनुमति पत्र आएकोमा ९० हजार सवारी चालक अनुमति पत्र बितरण Source: https://newskunda.com/archives/3912 Category: FEATURED NEWS, अर्थ, राजनीति, समाचार, समाज Last updated: 2026-07-15 भक्तपुर, ३१ असार ः यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमति पत्र भक्तपुरले ९० हजार सवारी चालक अनमति पत्र (लाइसेन्स कार्ड) बितरण गरेको छ । नयाँ तथा पुरानो छपाई रोकिएका सवारी चालक अनुमति पत्र छपाई सम्पन्न भई आएपछि वितरण सुरु गरेपछि तीन महिनामा दुई लाख ३८ हजार कार्ड छपाई सकेर भक्तपुर कार्यालयमा आएकोमा ९० हजार सवारी चालक अनुमति पत्र बितरण गरेको कार्यालयका सूचना अधिकारी जीवन बस्नेतले जानकारी दिनुभयो । पाँच बर्ष पछि कार्ड छापिएर आए लगत्तै कार्यालयमा दैनिक एक हजारदेखि एक हजार ८०० सम्म वितरण गर्दै आएको बताउनु भयो । कार्यालयले स्कुटर, मोटरसाइकल, साना ठुला गाडीको लिखित परीक्षा, लाइसेन्सको नविकरण ट्रायल परीक्षा लगायतका काम गर्दै आएको छ । दैनिक दुई हजारलाई सेवा दिदै आएको कार्यालयले चालु आर्थिक वर्षको असार ३१ गतेसम्म १९ करोड ८२ लाख ६० हजार ९०० रुपैँया राजश्व संकलन गरेको उहाँले जानकारी दिनुभयो । जेन्जी आन्दोलनमा कार्यालय जलाएका कारण एक करोड ९० लाखको क्षति भएको उहाँले जानकारी दिनुभयो । कार्यालयले गत आर्थिक वर्ष २०८१/०८२ मा २२ करोड एक लाख २२ हजार रुपैया राजश्व संकलन गरेको थियो । आर्थिक वर्ष २०८०/०८१ मा त्यो रकम २६ करोड ९२ लाख ५५ हजार र २०७९/०८० मा २९ करोड १३ लाख १५ हजार रुपैयाँ राजश्व संकलन गरेको उहाँले जानकारी दिनुभयो । --- # योग र ध्यान केवल शारीरिक तथा मानसिक स्वास्थ्यको अभ्यासमात्र नभई आत्मा र परमात्मालाइ जोडने उच्चतम साधना विधि पनि हो : मुख्यमन्त्री किरण थापा मगर Source: https://newskunda.com/archives/5462 Category: FEATURED NEWS, अर्थ, राजनीति, समाचार, समाज, स्वास्थ्य Last updated: 2026-11-03 हेटौडा, १७ कात्तिक । वागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले योग र ध्यान केवल शारीरिक तथा मानसिक स्वस्ताथ्यको अभ्यासमात्र नभई आत्मा र परमात्मालाइ जोडने उच्चतम साधना विधि पनि भएको बताउनु भएको छ । बुधबार बिहान हेटौडामा पतञ्जली योग समितिले आयोजना गरेको पाँच दिने निःशुल्क योग शिविरमा सहभागि हुदै उहाँले योग कसरत मात्र नभई आत्मा र परमात्मालाइ जोडने उच्चतम साधना विधि पनि भएको बताउनु भयो । मुख्यमन्त्री थापाले भन्नुभयो, “योग र ध्यान शारीरिक स्वास्थ्य र मानसिक तन्दुरुस्तताका साथै मानसिकक बिकारहरुलाई बाहिर फालेर शुद्व मन लिई सारा प्राणीहरु प्रति करुणाभाव जगाउने तथा आफुलार्इ आफू को हु भन्ने आत्माबोध समेत गराउने एक विशिष्टतम हाम्रो प्राचिन पद्वती हो । त्यसैले ध्यान गरौ योग गरौ स्वस्थ बनौ संसारलाइ नै हाम्रो ज्ञान र अभ्यासको एक उच्चतम साधनाको माध्यमद्वारा स्वस्थ र जाग्रीत बनाउने महाअभियानमा जुटौ ।” उहाँल बाग्मती प्रदेश सरकारले हाम्रो प्राचिन विधि पद्वती तथा परम्परालाई आधुनिकतासंग जोड्दै नागरिकहरुलार्इ जाग्रित वनाउदै स्वस्थ जीवन निर्माणको महाअभियानमा सबैले साथ र सहयोग गरिदिन आग्रह गर्नुभयो । --- # यौन दुर्व्यवहारको आरोपमा सर्वनाम शिक्षालयका वार्डेन पक्राउ Source: https://newskunda.com/archives/1109 Category: FEATURED NEWS, अपराध, समाचार, समाज Last updated: 2022-06-04 काठमाण्डाै, २१ जेठ । छात्राहरूमाथि याैन दुर्व्यवहार गरेकाे आराेप लागेका जाेरपाटीकाे सर्वनाम शिक्षालयका वार्डेन पक्राउ परेका छन् ।शिक्षालयका वार्डेन रामजी बस्नेतलाई रामेछाप प्रहरीकाे समन्वयमा पक्राउ गरिएकाे हाे । अहिले उनलाई काठमाण्डाै ल्याउँदै गरिएकाे प्रहरी नायब उपरीक्षक ढुण्डीराज न्याैपानेले जानकारी दिनुभयाे । १२, १३ र १५ वर्षीया बालिकालाई वार्डेन रामजी बस्नेतले झन्डै चार महिनाअघि यौन दुर्व्यवहार गरेको विद्यार्थी र अभिभावकको आरोप छ । यसै विषयमा आज शिक्षालयका प्रधानाध्यापक र विद्यार्थी तथा अभिभावकबीच भनाभन हुँदा अवस्था तनावपूर्ण बनेको थियो । १५ वर्षसम्म सर्वनाम शिक्षालयमै शिक्षकको रूपमा कार्यरत बस्नेत अहिले वार्डेनको जिम्मेवारीमा रहेको र १५ वर्षमुनिका तीन जना बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा विद्यार्थी र अभिभावक आक्रोशित बनेका न्यौपानेले जानकारी दिनुभयो । पक्राउ परेका बस्नेतमाथि जाहेरी दर्ताको प्रक्रिया सुरु भएको प्रहरीले जनाएको छ । --- # रक्तदान कार्यक्रम सम्पन्न Source: https://newskunda.com/archives/2677 Category: FEATURED NEWS, राजनीति, समाचार, समाज Last updated: 2023-03-25 भक्तपुर, ११ चैत । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को मिसन ग्रासरुट पार्टी अभियान अन्तर्गत नेकपा (एमाले) सूर्यविनायक ५ नं. वडा कमिटी भक्तपुरले रक्तदान जस्तो महादान कार्यक्रम आयोजना गरेको छ । कटुञ्जेमा आज आयोजना गरेको रक्तदान कार्यक्रममा ६३ जना रक्तदाताले रक्तदान गर्नु भएको छ । कार्यक्रमका प्रमुख अतिथि नेकपा एमाले भक्तपुरका उपाध्यक्ष एवं सूर्यविनायक नगरपालिकाका प्रमुख वासुदेव थापाले रक्तदाताहरुलाई प्रमाणपत्र वितरण गर्नुभई सहभागि सबैलाई धन्यवाद वयक्त गर्नु भयो । उक्त कार्यक्रममा नेकपा (एमाले) वागमती प्रदेश कमिटीका सदस्य एवं मिसन ग्रासरुट अभियान अन्तर्गत ५ नं. वडामा खटि आउनु भएका केदार अधिकारी, जिल्ला कमिटी सदस्य एवं सूर्यविनायक नगर इन्चार्ज तथा सूनपा ५ का वडाध्यक्ष राजकुमार जोशीले सबै सहभागिहरुलाई धन्यवाद दिनु भयो । जोशीले देशको सबै क्षेत्रमा नजर पुर्याउने शक्ति नेकपा (एमाले) नै हो र देशको राजनीतिक स्थायित्व समस्याको समाधान, खुसी नेपाली, समृद्ध नेपाल र बिकास निर्माणको नेतृत्व गर्न सक्ने पार्टी भनेकै नेकपा (एमाले) हो भनेर फेरी एक पटक प्रमाणित गर्न सफल भएको बताउनु भयो । उहाँले आगामी दिनमा पनि यस्ता कार्यक्रमहरुमा सहभागिताका लागि अनुरोध गर्दै पार्टीलाई यो बेला परेको अप्ठ्यारोमा सबै तिता मिठा कुरालाई बिर्सेर संगठन निर्माणमा लाग्नु पर्ने बताउनु भयो । कमिटीका अध्यक्ष मधु थापाको अध्यक्षतामा सचिव इन्दिरा उपाध्याय, उपाध्यक्ष सुमन कसपाल, जिल्ला कमिटी सदस्य मनोज थापा, अशोक ढुङ्गेल, बासुदेव पोखरेल, समाजसेवी एवं नेकपा एमालेका नेता रामशरण देउजासमेतको उपस्थिति रहेको थियो । --- # रसुवा बाढीमा ज्यान गुमाएका गिरीका परिवारको आँगनमा पुग्नु भयो मुख्यमन्त्री किरण थापा Source: https://newskunda.com/archives/4380 Category: FEATURED NEWS, तस्विर, राजनीति, समाचार, समाज, स्वास्थ्य Last updated: 2026-09-21 **काठमाडौं, ५ असोज ।** बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले रसुवामा भदौ १० गते आएको भीषण बाढीमा परी ज्यान गुमाउनुभएका काभ्रेको बनेपा नगरपालिका–१० निवासी स्वर्गीय प्रह्लाद गिरीका परिवारजनसँग भेटघाट गर्नुभएको छ। सोमबार गिरीको निवासमै पुगेर मुख्यमन्त्री थापाले शोकसन्तप्त परिवारजनसँग भेट गरी दुःख तथा समवेदना व्यक्त गर्नुभएको हो। उहाँले परिवारजनको पीडा सुन्दै यस दुःखद घटनाले गिरी परिवारसँगै सबैलाई मर्माहत बनाएको बताउनुभयो। ‘यस दुःखद घटनाले परिवारजनसँगै हामी सबैलाई मर्माहत बनाएको छ,’ भेटका क्रममा मुख्यमन्त्री थापाले भन्नुभयो। विपद्को यस कठिन घडीमा बागमती प्रदेश सरकार शोकसन्तप्त परिवारको साथमा रहेको र आगामी दिनमा पनि साथ दिइरहने उहाँले प्रतिबद्धता व्यक्त गर्नुभयो। मुख्यमन्त्री थापाले स्वर्गीय गिरीप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा धैर्य धारण गर्ने शक्ति प्राप्त होस् भन्ने कामना गर्नुभयो। ‘दुःख र पीडाको यस क्षणमा परिवारजनलाई धैर्य धारण गर्ने शक्ति प्राप्त होस् भन्ने कामना गर्दछु। स्वर्गीय प्रह्लाद गिरीप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्दछु,’ उहाँले भन्नुभयो। मुख्यमन्त्री थापासँगै बागमती प्रदेशका भौतिक पूर्वाधारमन्त्री भरत केसीलगायत गिरीको निवास पुग्नुभएको थियो। --- # रसुवाका बाढीपहिरोबाट विस्थापित नागरिकलाई विपद्को कठिन घडीमा प्रदेश सरकारले एक्लो महसुस हुन दिदैन : मुख्यमन्त्री किरण थापा Source: https://newskunda.com/archives/4252 Category: FEATURED NEWS, धर्म/संस्कृति, राजनीति, समाचार, समाज Last updated: 2026-09-12 काठमाडौं, २७ भदौ । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले रसुवाका बाढीपहिरोबाट विस्थापित नागरिकलाई विपद्को कठिन घडीमा राज्यले एक्लो महसुस हुन नदिने बताउनुभएको छ । मुख्यमन्त्री थापा मगरले काठमाडौंस्थित घोसर (यल्लो) गुम्बामा आश्रय लिएर बसिरहेका रसुवाका बाढीपहिरो प्रभावित १७५ घरधुरीका ५२० जना नागरिकसँग प्रत्यक्ष भेटघाट गरी उहाँहरूका पीडा, समस्या, गुनासा तथा तत्काल आवश्यकताबारे जानकारी लिनुभएको हो । विपद्का कारण घरबार, सम्पत्ति र जीवनयापनका आधार गुमाउनुपरेका नागरिकको पीडा केवल सुन्ने विषय नभई राज्यको जिम्मेवारी र साझा दायित्व भएको मुख्यमन्त्री थापा मगरले बताउनुभएको छ । उहाँले प्रभावित परिवारलाई तत्काल आवश्यक राहत, सुरक्षित बसोबास, स्वास्थ्य सेवा तथा अन्य अत्यावश्यक सेवाको सुनिश्चितता गर्न प्रदेश सरकारले प्रभावकारी रूपमा काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । मुख्यमन्त्री थापा मगरले तत्कालीन राहतमा मात्र सीमित नभई प्रभावित नागरिकको दीर्घकालीन पुनःस्थापना र पुनर्निर्माणलाई समेत प्राथमिकतामा राखेर प्रदेश सरकारले निरन्तर काम गर्ने बताउनुभएको छ । ‘विपद्को घडीमा नागरिकलाई एक्लो महसुस हुन नदिने, पीडामा साथ दिने र आवश्यक सहयोग तथा समन्वयलाई प्रभावकारी बनाउने’ प्रदेश सरकारको स्पष्ट प्राथमिकता रहेको उहाँले प्रस्ट पार्नुभएको छ । रसुवामा आएको बाढीपहिरोका कारण ठूलो जनधनको क्षति भएपछि प्रभावित परिवार विभिन्न स्थानमा आश्रय लिएर बसिरहेका छन् । यस्तो अवस्थामा विस्थापित परिवारको तत्कालीन आवश्यकता सम्बोधनसँगै सुरक्षित र सम्मानजनक पुनःस्थापनाका लागि संघ, प्रदेश र स्थानीय तहबीच प्रभावकारी समन्वय आवश्यक रहेको मुख्यमन्त्री थापा मगरले बताउनुभएको छ । उहाँले प्रभावित नागरिकको दुःखमा प्रदेश सरकार निरन्तर साथमा रहने प्रतिबद्धता व्यक्त गर्दै राहत, पुनःस्थापना र पुनर्निर्माणका कामलाई प्रभावकारी रूपमा अघि बढाइने बताउनुभएको छ । विस्थापित परिवारको समस्या राहत वितरणमा मात्र सीमित नराखी सुरक्षित बसोबासदेखि दीर्घकालीन पुनःस्थापना र पुनर्निर्माणसम्म जोडेर अघि बढाउने उहाँको भनाइ छ । मुख्यमन्त्री थापा मगरले प्रभावित परिवारको वास्तविक आवश्यकता र अवस्थाका आधारमा प्रदेश सरकारले आवश्यक सहयोग तथा समन्वयलाई थप प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । उहाँले विपद्मा पीडित नागरिकको साथमा सरकार रहेको सन्देश दिँदै ‘दुःखमा साथ, विपद्मा सहयोग’ भन्ने भावनाका साथ प्रदेश सरकार प्रभावित नागरिकको पक्षमा निरन्तर क्रियाशील रहने बताउनुभएको छ । --- # राजनीतिक अपराधीहरुबाट सामाजिक सञ्जालमा एमाले नेता महेश बस्नेत बिरुद्ध प्रचार, प्रतिवाद गर्न एमालेको निर्देशन Source: https://newskunda.com/archives/1937 Category: FEATURED NEWS, निर्वाचन, राजनीति, समाचार, समाज Last updated: 2022-09-01 भक्तपुर, १५ भदौ । भक्तपुर क्षेत्र नं. २ मा एमालेका प्रभावशाली नेता महेश बस्नेतलाई आगामी निर्वाचनमा पनि पराजित गर्न सकिदैन भन्ने हारको मानसिकताले ग्रसित संगठनबाट परिचालित राजनीतिक अपराधीहरुको गलत र भ्रामक प्रचार बिरुछ नेकपा एमाले भक्तपुर जिल्ला कमिटीले प्रतिवाद गर्न आफ्ना कार्यकर्तालाई निर्देशन दिएको छ । नेकपा एमालेका पोलिटव्यूरो सदस्य तथा भक्तपुर क्षेत्र नं. २ का प्रतिनिधि सभा सदस्य एमालेका प्रभावशाली नेता महेश बस्नेतले बिभिन्न पार्टी परित्याग गरेकालाई एमालेमा भित्रयाउने अभियान नै सुरु गरेर एमालेलाई बलियो खम्बको रुपमा उभ्याए पछि तिल्मििलाएका अराजक तत्वहरुले आम जनतामा भ्रम फैलाउने गरि सामाजिक सञ्जालमा अभिव्यक्ति दिने, गलत व्यक्तिको तस्विर तथा भिडियो सम्प्रेषण गर्दै नेता बस्नेतको नाम जोडेर प्रचार गर्ने र चरित्र हत्या गर्ने कुप्रचार बिरुद्ध एक भएर प्रतिवादमा उत्रिन नेकपा एमाले भक्तपुरले आफ्ना कार्यकर्तालाई आव्हान गरेको छ । नेकपा एमाले भक्तपुर जिल्ला अध्यक्ष बचन देउजाले हस्ताक्षर गरि सार्वजनिक गरेको बिज्ञप्तीमा भक्तपुर जिल्ला क्षेत्र नं. २ का प्रतिनिधि सभा सदस्य, राष्ट्रिय युवा संघका पूर्व अध्यक्ष एवं वर्तमान इन्चार्ज, नेपालको राजनीतिमा युवा पुस्तामा समकालिन मध्येका कुशल संगठन र लाखौ युवाका प्रेरणाको श्रोत महेश बस्नेतको निरन्तरको राजनीतिक सक्रियताबाट बिचलित केही अराजक व्यक्ति र संगठनले राजनीतिक अपराधीहरुबाट सामाजिक सञ्जालमा सुनुयोजित रुपमा प्रेषित दुषित समाचार प्रति पार्टीले खेद व्यक्त गरेको छ । एमाले भक्तपुर जिल्ला कमिटी अध्यक्ष वचन देउजाद्धारा आज जारी बिज्ञप्तीमा सार्वजनिक गर्दै आगामी मंसिर ४ गते हुने निर्वाचनमा हारको मानसिकताबाट ग्रसित भइ तिल्मिलाएका अराजक समूहले विक्षिप्तताको प्रमाणस्वरुप चरित्रहत्या गर्ने कार्यको जति निन्दा गरे पनि कम हुन्छ भनिएको छ । सुनुयोजित रुपमा चरित्रहत्या गर्ने उदेश्यले सामाजिक सञ्जालमा केही अराजक तत्वले फैलाएको भ्रामक सामग्री प्रति नेकपा एमाले भक्तपुर जिल्ला कमिटीले गम्भिर आपत्ति जनाएको छ । यस्तो प्रचारलाई विश्वास नगरी त्यसको प्रतिवाद गर्न समेत एमाले अध्यक्ष देउजाले कार्यकर्तालाई आव्ह्वान गर्नु भएको छ । केही पार्टी तथा दिनप्रतिदिन कमजोर बन्दै गएको संगठनका अराजक तत्वले नेकपा एमालेसँग आगामी निर्वाचनमा प्रतिष्पर्धा गर्न नसक्ने भए पनि एमाले पार्टीका नेताहरुको दुष्प्रचारमा लाग्नु नै अराजक जत्थाको रणनीति भएकाले आम पार्टी कार्यकर्ता र जनसमुदायले सचेतनापूर्वक आफ्नो तह र तप्काबाट त्यस्ता कार्यको शसक्त प्रतिरोध गर्न तथा अपराधिक क्रियाकलापमा संलग्नलाई कानूनी कारबाही गर्न सरकारसँग माग गरेको छ । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले केही दिन अगाडिदेखि अबैध संरचना भत्काउन थालेको कदम विरुद्ध अभिव्यक्ति दिएपछि आलोचना खेप्दै आउनु भएका प्रतिनिधि सभा सदस्य तथा पूर्व मन्त्रीसमेत रहनु भएका बस्नेत माथि लगाईएको लाञ्छना तथ्यहिन सामग्री र गलत प्रचार प्रति एमालेले गम्भिर आपत्ति जनाउदै ध्यानाकर्षण भएको जनाएको छ । काठमाडौं महानगरपालिकाले अल्फाबिटा कम्प्लेक्सको संरचना भत्काएपछि नेता बस्नेतले अरुको सम्पत्ति जथाभावी भत्काउन नहुने, भत्काउनु अगाडिको नियम पालना गर्नु पर्ने, निश्चित समय दिनु पर्ने, व्यापारीहरुको लाखौ, करोडौको क्षति भएकाले क्षतिपूर्तिको व्यबस्था गर्नु पर्ने जस्ता बिचार राख्दा अराजक तत्वले अराजक शैलीमा उहाँ बिरुद्ध सामाजिक सञ्चालमा प्रचार गर्दै आएका छन् । एमालेका नेता तथा कार्यकर्ताले त्यस्ता गलत र भ्रामक प्रचारप्रति सामाजिक सञ्चालबाटै शसक्त प्रतिकार गर्दै आएको छ भने नेता बस्नेतले समेत त्यस्ता अराजक तत्वलाई साइबर क्राइम लगाएर कारबाही गर्न माग गर्नु भएको छ । --- # राजनीतिक दललाई आयोगको ६० बुँदे निर्देशन Source: https://newskunda.com/archives/2285 Category: FEATURED NEWS, निर्वाचन, राजनीति, समाचार Last updated: 2022-09-27 काठमाडौँ, ११ असोज : निर्वाचन आयोगले आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, पारदर्शी र भयमुक्त बनाउन राजनीतिक दलहरुलाई ६० बुँदे निर्देशन दिएको छ । आयोगको आज बसेको बैठकले निर्वाचन (कसुर तथा सजाय) ऐन, २०७३ र निर्वाचन आचारसंहिता, २०७९ मा भएका कानुनी व्यवस्था कार्यान्वयन र परिपालना गर्न निर्वाचन प्रयोजनका लागि दर्ता भएका राजनीतिक दललाई सो निर्देशन दिएको हो । दर्ता भएका दलहरुले निर्वाचनको सिलसिलामा कुनै पनि व्यक्तिलाई उम्मेदवार दिन वा प्रचारप्रचार गर्न, मतदानको अधिकारबाट वञ्चित गराउन, हातहतियार वा विस्फोटक पदार्थ प्रदर्शन वा प्रयोग गर्न नपाउने आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिनुभयो । निर्वाचनको अवधिभित्र कुनै पनि मतदातालाई मतदानको अधिकार प्रयोग गर्न वा नगर्नका लागि तथा मतदानको अधिकार प्रयोग गरे वा नगरेबापत उपहार, पुरस्कार, इनाम, दानदातव्य र बकसका रुपमा नगद वा जिन्सी नदिन, सार्वजनिक भोजभतेरको आयोजना नगर्न आयोगले निर्देशन दिएको छ । --- # राजनीतिमा त्यागले नै अगाडिको बाटो खुल्छ : उपाध्यक्ष एवं मन्त्री किरण थापा मगर Source: https://newskunda.com/archives/3188 Category: FEATURED NEWS, अर्थ, राजनीति, समाचार, समाज Last updated: 2025-11-29 काठमाडौं, १३ मंसिर । नेकपा एमालेका नेता एवं वाग्मती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापा मगरले राजनीतिमा त्याग गर्न सके आफ्ना लागि अर्को १० वटा बाटो खेुल्न सक्ने बताउनु भएको छ । भक्तपुरमा २४ घण्टादेखि एमालेको महाधिवेशन प्रतिनिधि छनौटलाई सर्वसम्मत बनाउन निरन्तर लाग्नु भएका पार्टी जिल्ला उपाध्यक्षसमेत रहेका थापाले सहिमतिको बाटोलाई पार्टीलाई थप बलियो बनाउने बताउनु भयो । आज पार्टीको महाधिवेशन प्रतिनिधि छनौटमा सर्वसम्मत भएपछि आफ्नो उम्मदवारीसमेत छाडर उहाँले भन्नुभयो, राजनीतिमा सधैँ अगाडि बढ्ने मात्र नभई पछि सर्न पनि सक्नु पर्छ । राजनीतिमा एक कदम पछाडि सर्दा १० कदम अगाडिको बाटो खुल्छ । ”, उहाँको भनाइ छ । भक्तपुर क्षेत्र नं..२ बाट पार्टी राष्ट्रिय महाधिवेशन प्रतिनिधि सर्वसम्मत चयन गर्नको लागि एक कदम पछि हटेर त्याग र योगदान गर्ने नेताहरू प्रति उहाँले कृतज्ञता व्यक्त गर्नु भएको छ । उहाँले पनि आफ्नो उम्मेदवारी सहमतिकै लागि त्याग गर्नु भएको थियो । त्यसको लागि पहल गर्नुहुने अग्रज नेता प्रति उहाँले आभार पनि व्यक्त गर्नु भयो । सर्वसहमतिका लागि पार्टीका नेताहरु महेश बस्नेत, बचन देउजा, किरण थापा र बासुदेव थापालगायतको नेताहरु निरन्तर रुपमा वार्ता र छलफलमा लाग्नु भएको थियो । थापाले सम्पूर्ण महाधिवेशन प्रतिनिधिलाई बधाई दिनुभएको छ । भक्तपुर २ बाट महाधिवेशन प्रतिनिधिको लागि आकांक्षी धेरै भए पनि सर्वसम्मतिबाट नै प्रतिनिधि चुनिएका छन् । --- # राती जगातीमा दुर्घटना एकको मृत्यु, दुई घाइते Source: https://newskunda.com/archives/2945 Category: FEATURED NEWS, अपराध, अर्थ, राजनीति, समाचार Last updated: 2023-09-08 भक्तपुर, २२ भदौ । अरनिको राजमार्ग खण्ड अन्तर्गत सूर्यविनायक नगरपालिका–८, जगातीको आदर्श बसस्टप नजिकै अहिले राती ८ बजे भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छभने दुई जना गम्भिर घाइते भएका छन् । दुर्घटनामा काभ्रेपलान्चोक जिल्ला बनेपा नगरपालिका–२ घिमिरे गाउँकी २५ वर्षीया नबिना काफ्ले घिमिरेको घट्नास्थलमै मृत्यु भएको छ । आज राती जगातीबाट सूर्यविनायक तर्फ जादै गरेको बागमती प्रदेश–०२–०२३ प. २८५९ नं को मोटरसाइकल र सूर्यीवनायकबाट जगातीतर्फ जादै गरेकोे प्रदेश नं ३–०२–००२ प. ६९३ नं को मोटरसाइकल एक आपसमा ठोक्किएर प्रदेश नं ३–०२–००२ प. ६९३ न को मोटरसाइकल अनियन्त्रित भई सूर्यविनायकबाट जागाती तर्फ आउदै गरेको बागमती प्रदेश ०३–००१ ख. २४११ नं को मालबाहक टेलर गाडीमा ठोक्किएर दुर्घटना भएको प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक प्रजित केसीले जानकारी दिनुभयो । घट्नामा मोटरसाइकल पछाडि सवार घिमिरेको मृत्यु भएको र मृतकको शव परीक्षणका लागि काठमाडौं मेडिकल कलेज, दुवाकोटमा लगिएइको उहाँले जानकारी दिनुभयो । दुर्घटनामा मोटरसाइकल चालक काभ्रेप लाञ्चोक बनेपा न.पा.२ घिमिरे गाँउ बस्ने वर्ष ३० को किरण घिमिरे र अकौ मोटरसाइकल चालक ओखलढुङ्गा.सुनकोशी गाउँपालिका–४ घर भई हाल सूर्यविनायक नगरपालिका नलिन्चोक बस्ने प्रहरी जवान ३२ वर्षीय हिरा बडालको मध्यपुर अस्पतालमा उपचार भइरहेको प्रहरी उपरीक्षक केसीले जानकारी दिनुभयो । दुर्घटनामा परेको तीनवटै सवारी साधन र मालबाहक टेलर गाडी चालक पर्सा जिल्ला विरगन्ज महानगरपालिका–२ बस्ने २५ वर्षीय हासिब हुसेनलाई प्रहरीले नियन्त्रणमा लिएर प्रहरी बृत्त जगातीमा राखेर अनुसन्धान गरिरहेको उहाँले जानकारी दिनुभयो । --- # रानीकोटको भिजेल हाईल्याण्ड रिसोर्ट एशियाली ट्राभल अवार्ड साटा–२०२६ का लागि मनोनयनमा Source: https://newskunda.com/archives/3691 Category: FEATURED NEWS, राजनीति, समाचार, समाज Last updated: 2026-05-19 **उहाँले भन्नुभयो, ‘नेपालमा फस्टाउँदै गएको पर्यटन व्यवायलाई विश्वमाझ पुर्याउन सिंगो नेपाली पर्यटन क्षेत्रका लागि यो महत्वपूर्ण उपलब्धि पनि हो, अन्तर्राष्ट्रियस्तरमा नेपाली होटल तथा रिसोर्टको उपस्थिति बढ्दै जानु नेपालको पर्यटन प्रवद्र्धनका लागि सकारात्मक हो ।’** भक्तपुर, ५ जेठ : नगरकोटपछिको दोश्रो चर्चित पर्यटकीय क्षेत्रको रुपमा पहिचान बनेको भक्तपुरको रानीकोटस्थित भिजेल हाईल्याण्ड रिसोर्ट दक्षिण एशियाकै प्रतिष्ठित एशियाली ट्राभल अवार्ड साटा–२०२६ का लागि मनोनयनमा परेको छ । दक्षिण एशियाली पर्यटन तथा होटल उद्योगमा महत्वपूर्ण मानिदै आएको साटा अवार्डले हरेकवर्ष विश्वभरका उत्कृष्ट होटल, रिसोर्ट, ट्राभल कम्पनी, पर्यटन व्यवसायलाई सम्मान गर्दै आएको छ । अवार्डका लागि यसवर्ष रानीकोटस्थित भिलेज हाईल्याण्ड रिसोर्ट मनोनयनमा परेको हो । रानीकोटको पर्यटकीय विकासका लागि २० वर्ष अगाडिदेखि निरन्तर लाग्दै आउनु भएका पर्यटन व्यवसायी रामसुन्दर बकेले सञ्चालन गरेको रानीकोटको भिलेज हाईल्याण्ड रिसोर्ट अवार्डका लागि मनोनयमा पर्दा यहाँका पर्यटन व्यवसायी उत्साहित भएको बताउनुभयो । पर्यटन व्यवसायी बकेंले भन्नुभयो, ‘नेपालमा फस्टाउँदै गएको पर्यटन व्यवायलाई विश्वमाझ पुर्याउन सिंगो नेपाली पर्यटन क्षेत्रका लागि यो महत्वपूर्ण उपलब्धि पनि हो, अन्तर्राष्ट्रियस्तरमा नेपाली होटल तथा रिसोर्टको उपस्थिति बढ्दै जानु नेपालको पर्यटन प्रवद्र्धनका लागि सकारात्मक हो ।’ नेपालको पर्यटकीय पहिचानलाई विश्वभर पुर्याउँदै विदेशी पर्यटकलाई नेपालमा आकर्षित गर्ने सुनौलो अवसर जुरेको भन्दै उहाँले रानीकोटको प्राकृतिक छटा, शान्त, हरियाली, परिवर्तित मौषम, प्रसिद्ध आठ हिमाल एवं उपत्यकाको मनोरम दृश्यावलोकनले आन्तरिक तथा बाह्य पर्यटकलाई लोभ्याउने गरेको उहाँ बताउनुहुन्छ । भक्तपुरको सूर्यविनायक नगरपालिका–८ र काभ्रेको पनौती नगरपालिका–१ र्यालेको संगमस्थलसमेत रहेको रानीकोटमा पर्यटकीय चाप बढेसंगै दर्जन साना तथा ठूला होटल यहाँ थपिएका छन् । यहाँबाट काठमाण्डौं उपत्यकासहित लाङटाङ हिमशृंखलासम्मको मनोरम दृश्यावलोकन गर्न सकिन्छ भन्दै उहाँले यहाँ हाइकिङ, नेचर वाक, बर्ड वाचिङ, ग्रामिण पर्यटनको अनुभव लिदै ऐतिहासिक रानीकोट गढीँदेखि प्रसिद्ध बाघ भैरब मन्दिर, घयाम्पेडाँडा, पारीपट्टीको डोलेश्वर महादेव मन्दिर, प्रसिद्ध आशापुरी मन्दिर, बोकाचो गढीसम्मको दुईघण्टासम्मको हाईकिङ्गसमेत गर्न सकिने बताउनुहुन्छ । रिसोर्टले आफ्नो आधिकारिक सामाजिक सञ्जालमार्फत साटा २०२६ को मनोनयनबारे जानकारी दिँदै समर्थक तथा शुभेच्छुकलाई अनलाइन भोट गर्दै पर्यटनव्यवसायीलाई उत्साह थप्न आग्रह समेत गरेको छ । सन् २०१६ देखि विश्वभरका पर्यटन व्यवसाय र व्यवसायीलाई उत्साह एवं अभिप्रैरित गर्ने उदेश्यले अन्तर्राष्ट्रिय अवार्डको रुपमा सञ्चालन हुँदै आएको दक्षिण एसियाली ट्राभल अवाड्र्स साटा नेपालका लागि पनि अवसरका बन्दै आएको छ । नेपाल, भारत, श्रीलंका, माल्दिभ्स, भुटान तथा बंगलादेशलगायत दक्षिण एसियाली मुलुकका पर्यटन तथा होटल व्यवसायबीच साटामा प्रतिस्पर्धा हुने पर्यटन व्यवसायी बकेले जानकारी दिनुभयो । --- # रानीवान केन्द्रविन्दु भएर भूकम्प Source: https://newskunda.com/archives/2550 Category: FEATURED NEWS, समाचार, समाज Last updated: 2023-03-13 काठमाडौँ, २९ फागुन : दैलेख जिल्लाको रानीवान केन्द्रविन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार आज साँझ ६ बजेर ५६ मिनेट जाँदा दैलेख जिल्लाको रानीवान केन्द्रविन्दु भएर ४.१ रेक्टर स्केलको भूकम्प गएको हो । यसअघि यही फागुन २१ गते अछाम र काभ्रेपलाञ्चोक केन्द्रविन्दु भएर दुई वटा भूकम्प गएको थियो । --- # राप्रपा र कांग्रेस परित्याग गरि एमालेमा प्रवेश, अध्यक्ष ओलीद्धारा स्वागत Source: https://newskunda.com/archives/709 Category: FEATURED NEWS, राजनीति, समाचार Last updated: 2022-05-07 भक्तपुर, २४ बैशाख । स्थानीय तहको निर्वाचन नजिकिदै आउँदा पनि नेकपा एमाले पार्टी प्रवेश गर्नेहरुको क्रेज घटेको छैन । सत्ता गठबन्धनको नौ महिनामा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकिकृत समाजवादीलगायतको गठबन्धनले आफू, आफ्ना र आफन्तको स्वार्थ पूर्तीको काम मात्रै गरेको तर नेकपा एमालेले देश बिकासमा महत्वपूर्ण भूमिका खेलेको भन्दै एमालेमा प्रवेश गर्नेको लहर चलेको छ । स्थानीय तह निर्वाचनको मुखमा सूर्यविनायक नगरपालिका–१० चितापोलमा २०७४ को निर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टीबाट वडा अध्यक्ष पदमा ६३५ मत प्राप्त गरि दोस्रो पार्टी भएको भगवान थापा एमाले प्रवेश गरेका छन् । वडाध्यक्षमा एमालेसँग पराजित भएका थापासहितको टोली राष्ट्रिय प्रजातन्त्र पार्टी परित्याग गरि एमाले प्रवेश गरेका हुन् । त्यसै गरि नेपाली काँग्रेस परित्याग गरि ऋषिराम थापा नेकपा एमाले प्रवेश गरेका छन् । दुवै नेतासहितको टोलीलाई नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री के पि शर्मा ओलीले टीका तथा खादा लगाएर एमाले प्रवेश गराउनु भएको छ । बालकोटस्थित ओली निवासमा पुगेर पार्टी प्रवेश गर्नु भएका थापाद्धयले ३० गते हुने स्थानीय तहको निर्वाचनमा नेकपा एमालेका मेयरका उम्मेदवार वासुदेव थापा, उपमेयरका उम्मेदवार सरिता तिम्सिना भट्टराई तथा सूर्यविनायक नगरपालिका १ देखि १० वटै वडाका वडाध्यक्ष एवं सदस्यहरुलाई विजयी गराउन आफूहरु लाग्ने प्रतिबद्धता व्यक्त गर्नु भएको छ । --- # राप्रपाद्धारा किसानलाई मलको माग गर्दै कृषि कार्यालयमा धर्ना Source: https://newskunda.com/archives/1385 Category: FEATURED NEWS, राजनीति, समाचार, समाज Last updated: 2022-06-27 भक्तपुर, १३ असार : राष्ट्रिय प्रजातन्त्र पार्टी भक्तपुरले किसानलाई रासायनीक मल उपलब्ध गराउन माग गर्दै आज दिनभर जिल्ला कृषि विकास कार्यालय भक्तपुरमा धर्ना दिएका छन् । राप्रपाका सह–महामन्त्री रबिन्द्रप्रताप शाहको नेतृत्वमा केन्द्रीय सदस्य रामेश्वर थापा, जिल्ला अध्यक्ष रामशरण लामिछानेसहित सयौं नेता तथा कार्यकर्ताले बिरोध र्याली प्रर्दशन गर्दै धर्ना दिएका हुन् । असारमा धान रोपेर खेती गर्ने बेलामा रासायनीक मल नदिएको भन्दै सल्लाघारीबाट सुरु भएको बिरोध र्याली सूर्यविनायकस्थित कृषि बिकास कार्यालय अगाडि धर्ना दिएर बिरोध प्रर्दशन गरेको थियो । कार्यक्रममा सह–महामन्त्री शाहले तत्काल किसानका लागि मलको व्यबस्था गर्न माग गर्नु भयो । असार आउदै छ भन्ने सरकारलाई थाहा नभएको होइन भन्दै उहाँले हरेक वर्ष खेती गर्ने बेलामा मलको हाहाकार हुँदा उत्पादनमा असर परेको भन्दै मल उपलब्ध गराउनु पर्ने बताउनु भयो । --- # राष्ट्रको लागि दुईघण्टा अभियानद्धारा अरनिको राजमार्ग खण्ड राधेराधे थिमिमा असारे फूलको बृक्षारोपण Source: https://newskunda.com/archives/2836 Category: FEATURED NEWS, अर्थ, जीवन शैली, राजनीति, समाचार, समाज Last updated: 2023-07-15 भक्तपुर, ३० असार : राष्ट्रको लागि दुई घण्टा अभियान अन्तर्गत आज १९ औ हप्तामा अरनिको राजमार्ग खण्डको राधेराधेदेखि राष्ट्रिय क्षयरोग केन्द्र अगाडिसम्म असारे फूलको बिरुवा रोपेर मनाइएको छ । अरनिको राजमार्ग खण्डलाई सुन्दर, सफा, हराभरा बनाउने र यहाँका खोला, नदीलाई सफा गरि सुन्दर भक्तपुरको परिकल्पना गर्दै १०० हप्ताको हनुमन्ते सफाई अभियान सफलताका साथ सम्पन्न गरेको समूहले सुरु गरेको राष्ट्रको लागि दुई घण्टा अभियान आज १९ औँ हप्तामा बृक्षारोपण गरिएको हो । सूर्यविनायक र मध्यपुरथिमि नगरपालिकाको सहयोगलगायत बिभिन्न सरकारी तथा गैरसरकारी निकाय, सामाजिक संस्थाहरु, अभियानमा निरन्तर लाग्दै आएका अभियन्ताहरुको सहभागितामा आज भएको बृक्षारोपणमा सूर्यविनायक नगरपालिकाका प्रमुख वासुदेव थापा, मध्यपुरथिमि नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठ, सूर्यविनायक नगरपालिकाका उपप्रमुख सरिता भट्टराई, मध्यपुरथिमिका उपप्रमुख विजयकृष्ण श्रेष्ठ, राष्ट्रका लागि दुई घण्टा अभियानका अध्यक्ष मधु ढुङ्गेल, नरेश रंजित, बागमती प्रदेश मुख्यमन्त्री प्रमुख सल्लाकार डिपी ढकाल, नेकपा माओवादी केन्द्र जिल्ला ईन्चार्ज दिलिपकुमार प्रजापति, नेकपा एमाले जिल्ला अध्क्षय बचन देउजालगायत जनप्रतिनिधिहरु लगायत करिब ६० जनाको सहभागितामा असारे फूलको बृक्षारोपण गरिएको थियो । नेपाल फुलबारी, नेप्सेम्याक, दिव्यश्वरी सहयोगी हात, नेपाल स्वच्छ वातावरण सृजना केन्द्र, डिवाईन युथ क्लब नेपाल, सामुदायिक प्रहरी, ट्राफिक प्रहरी, पातन्जल योग समितीलगायत बिभिन्न संघसंस्थाहरुको अभियानमा सहभागिता रहेको थियो । अभियानमा राजमार्गको सरसफाई, मठ मन्दिरको सरसफाई, नदीहरुको सरसफाई गर्दै आएकोमा आज राजमार्गको दायाँबाया २०० वटा असारे फूलको बिरुवा रोपिएको अभियानका उपाध्यक्ष नरेश रञ्जितले जानकारी दिनुभयो । उहाँले आगामी दिनमा कल्की, पैयुलगायतका अन्य बिरुवा रोपिने बताउनुभयो । त्यसैगरि राधेराधे चोकलाई आज क्लिन ग्रिन हाइवे नामाकण गरि गुरुयोजना सार्वजनिक गरिएको छ । आज क्लिन ग्रिन हाइवेको उद्घाटन सूर्यविनायक नपाका प्रमुख थापा र मध्यपुरथिमिका प्रमुख श्रेष्ठले संयुक्त रुपमा गर्नुभयो । श्यामा श्यामा धाम राधेराधे र राष्ट्रका लागि दुई घण्टा अभियानका सहयोग एवं समन्वयमा डिभाइन युथ क्लब राधेराधेले बिभिन्न फलफूल तथा बिभिन्न जातका फूलहरु, दूबो रोपेर हरियाली निर्माण गरि यस क्षेत्रलाई सधै सफा राख्ने योजना अनुरुप तयार गरिएको क्लिन ग्रिन हाइवेको आज उद्घाटन गरिएको रञ्जितले जानकारी दिनुभयो । --- # राष्ट्रपति पौडेलद्धारा प्रधानमन्त्रीलाई नागरिकको खोज तथा उद्धारमा सबै संयन्त्र प्रयोग गर्नु आग्रह Source: https://newskunda.com/archives/4105 Category: FEATURED NEWS, अर्थ, राजनीति, समाचार, समाज Last updated: 2026-08-26 काठमाडौँ,१० भदौ । राष्ट्रपति रामचन्द्र पौडेलले आज बिहान रसुवाको भोटेकोशी नदीमा आएको बाढीले तटीय क्षेत्रमा पुर्याएको क्षतिबाट विपद्मा परेका नागरिकको खोज, उद्धार र राहतको कार्यमा राज्यका सबै संयन्त्र परिचालन गर्न प्रधानमन्त्री वालेन्द्र शाहलाई आग्रह गर्नुभएको छ । राष्ट्रपति पौडेलले आज साँझ प्रधानमन्त्री शाहलाई टेलिफोन गरी सो विपद्बारे जानकारी लिँदै पीडामा परेका जनताको उद्धार, राहत र खोज कार्यलाई तिव्रता दिन आग्रह गर्नुभएको राष्ट्रपति पौडेलका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिनुभयो । वार्ताका क्रममा प्रधानमन्त्री शाहले रसुवामा गएको बाढीबाट भएको जनधनको क्षतिबारे राष्ट्रपतिलाई जानकारी गराउँदै सरकारले विपद्मा परेकालाई सहयोग, उद्धार राहतका लागि राज्यका सबैं सयन्त्र परिचालन गरी हरसम्भव सबै सहयोग जुटाउन कुनै कमी नगर्ने बताउनुभएको प्रेस सल्लाहकार पोखरेलले जानकारी दिनुभयो । यसअघि राष्ट्रपति रामचन्द्र पौडेलले भोटेकोशी नदीमा अकस्मात गएको बाढीबाट भएको धनजनको क्षतिको खबरले आफूलाई अत्यन्त दुःखी बनाएको बताउनुभएको थियो । उहाँले विपद्को यस घडीमा उद्धार र राहतलाई तिव्रता दिन सरकार, राजनीतिक दल, सामाजिक सङ्घसंस्था, सुरक्षासहित सम्पूर्ण निकाय र आम नागरिकलाई आह्वान गर्नुभएको थियो । साथै, तल्लो तटीय क्षेत्रका सर्वसाधारणलाई सर्तक रहँदै आवश्यक समन्वय एवम् सहयोगमा जुट्न पनि उहाँले आग्रह गर्नुभएको थियो । --- # राष्ट्रपति पौडेलद्धारा स्वं गणेशमान सिंहको पूर्णकदको प्रतिमाको अनावरण Source: https://newskunda.com/archives/2979 Category: FEATURED NEWS, अर्थ, जीवन शैली, राजनीति, समाचार Last updated: 2023-09-19 भक्तपुर, २ असोज । राष्ट्रपति रामचन्द्र पौडेलले आज भक्तपुर पुगेर लौहपुरुष स्व.गणेशमान सिंहको एक हजार २ किलो ढलोट प्रयोग गरी निर्माण गरिएको १२ फिट अग्लो पूर्णकदको शालिक अनावरण गर्नु भएको छ । गणेशमान सिंह स्मृति वाटिका तथा प्रतिभा स्थापना संरक्षण समितिले सूर्यविनायक नगरपालिका–५ कटुञ्जेस्थित गणेशमान बाटिकास्थलमा निर्माण गरेको शालिकको उहाँले अनावरण गर्नु भएको हो । कार्यक्रममा बोल्दै उहाँले गणेशमान सिंहले राजनीति सत्ता र स्वार्थका लागि नभई देश र जनताको लागि हो भन्ने मान्यता स्थापित गरेर गएको बताउनुभयो । उहाँले सारा नेपालीले नेता मानेको एक मात्र व्यक्ति गणेशमान सिंहनै भएको बताउदै भन्नुभयो, “गणेशमानलाई म सधै सर्वमान्य नेता मान्छु, देशमा एक पटक सारा नेपालीले नेता मानेको व्यक्ति गणेशमान नै हो, को वामपन्थी, को दक्षिणपन्थी सबैले नेता मानेका र २०४६ सालको जनआन्दोलनमा फरक विचार भएका पार्टीलाई पनि उहाँकै नेतृत्वमा एकै ठाउँमा ल्याएर जनआन्दोलनको नेतृत्व गर्ने नेता उहाँनै हो ।” २००७ सालबाटै प्रजातन्त्र उदयको युग सुरु भएको भन्दै उहाँले २०१७ सालसम्म देशलाई आधुनिक युगमा डार्याउने कालखण्डको रुपमा लिए पनि २०१७ सालमा निरंकुश शासन पछि २०४६ सालको जनआन्दोलन र उपलब्धीमा उहाँकै देन रहेको चर्चा गर्नुभयो । राष्ट्रपति पौडेलले जहानिया राणा शासनदेखि एकतन्त्रीय पंचायती शासन बिरुद्ध जनाअधिकार स्थापित गर्न प्रजातन्त्र प्राप्तिका लागि कठिन योगदान दिने योद्धाको नाम गणेशमान हो भन्दै उहाँले २०४६ सालको जनान्दोलन सफल भएपछि राजाले प्रधानमन्त्री पद दिदाँ पनि नलिएर समकक्षी नेतालाई सुम्पेर त्योग, आदर्श र निष्ठाको राजनीति गरेर उहाँले सबै नदलका नेतालाई प्रेरणा दिएको बताउनुभयो । उहाँले भन्नुभयो, “यो ठाउँमा गणेशमानजीको शालिक बन्यो, वाटिका बन्यो भनेर कसैले चित्त दुखाउनु पर्ने ठाउँ छैन, बरु खुसी हुनुहोस्, यहाँ देशका अमूल्य निधीको ठाउा बन्न पुगेको छ, यस क्षेत्रलाई आन्तरिक मात्रै नभई विदेशबाट आउने पर्यटकीय क्षेत्रको रुपमा बिकास गर्नुहा्ेस् ।” यहाँको बाँकी संरना पुरा गर्न राज्यले टेवा पुर्याउनु पर्ने औल्याउनुभयो । कार्यक्रममा राष्ट्रपछि पौडेलले वाटिका एवं प्रतिमा निर्माणका परिकल्पनाकार एवं पूर्व सांसद स्व. रामेश्वर ढुङ्गेललाई मरणोपरान्त सम्मान गर्नु भयो । स्व. ढुङ्गलका छोरा अनुप र नाती अक्षेप ढुङ्ललाई उक्त सम्मान पत्र हस्तान्तरण गर्नुभयो । साथै गणेशमान सिंहको प्रतिमा निर्माण गर्ने कलाकार महेश तुलाधरलाई पनि सम्मान गर्नुभयो । उहाँले समितिले प्रकाशन गरेको स्मारिक गणेशमान वाटिकाको बिमोचन गर्नुभयो । कार्यक्रममा अर्थमन्त्री डा. प्रकाशशरण महतले सबैका लागि प्रेरणाको श्रोत बन्नु भएका गणेशमानले लोकतान्त्रिक अधिकार प्राप्तिका लागि गरेको अतुलनिय योगदान, कानूनी शासन स्थापनाका लागि गरेको त्यागकाबारेमा नयाँ पिढीँलाई जानकारी गराउनुु पर्ने बताउनुभयो । नेता सिंह र उहाँजस्ता अरु नेताको योगदानका कारण समावेशी लोकतान्त्रिक संविधान जारी गर्न सफल भएको भन्दै उहाँले वाटिकामा अधुरा रहेका संरचना निर्माणलाई पुरा गर्न स्थानीय, प्रदेश सरकारसँगै केन्द्रीय सरकारले सहयोग गर्ने विश्वास व्यक्त गर्नुभयो । यस क्षेत्रलाई विशिष्ट पार्क, दर्शनीय व्यक्तित्वहरुको स्मरण गर्ने स्थलको रुपमा बिकास गर्न बाँकी रहेका काम पुरा गर्ने बताउनुभयो । उहाँले देश आर्थिक संकटमा गुज्रेका अबस्थामा स्वद्श र विद्ेशमा रहेका नेपालीलाई यहाँ लगानी गर्न, लगानी बढाउन अभिप्रेरित गर्ने अभियान सुरु गर्नु पर्ने बताउनुभयो । कार्यक्रममा गणेशमान सिंह फाउण्डेसनका अध्यक्ष प्रकाशमान सिंहले देशलाई स्वतन्त्र बनाउदै जनाधिकार स्थापित गर्ने ६ दशक लामो राजनीतिक जीवनमा १५ वर्ष जेल र १५ वर्ष निर्वासित जीवन बिताउनु भएका गणेशमानलाई कुनै पनि पुस्ताले बिर्सन नहुने बताउनुभयो । २०४६ सालको जनआन्दोलनमा बिभिन्न बिचार बोकेका दलहरुलाई समेत उहाँकै पहलमा एकै ठाउँमा ल्याएर आन्दोलनको नेतृत्व गर्दै प्रजातन्त्र प्राप्ति गरेको चर्चा गर्नुभयो । त्यसअवसरमा प्रतिनिधिसभाका सांसद दूर्लभ थापाले गणेशमान बाटिका निर्माण सुरु भएपछि केही तत्व यसलाई पुरा हुन नदिन, वाटिकाको नाममा आइसकेको जग्गा समेत फिर्ता गर्ने षडयन्त्रमा लागेको भन्दै त्यस्ता तत्व प्रजातन्त्रप्रेमी हुन नसक्ने बताउनुभयो । सूर्यविनायक नगरपालिकाका प्रमुख वासुदेव थापा, समितिका सचिव कृष्णमुरारी न्यौपानेले लौह पुरुष, सर्वोच्च नेता गणेशमानको योगदानलाई वाटिकाले सधै जिवित राख्ने बताउनुभयो । कार्यक्रमका सभापति एवं समितिका अध्यक्ष माथवरसिंह बस्नेतले २०५४ सालमा स्थापना भएको समितिले तत्कालिन कटुन्जे गाविसको सिफारिसमा तत्कालिन राजा बिरेन्द्र वीरबिक्रम शाहको पालामा लोकेन्द्रबहादुर चन्द प्रधानमन्त्री हुँदा मन्त्रीपरिषद् बैठकले पारित गरि कित्ता नं. ४२१ को १४८ रोपनी ५ आना जग्गा वाटिका स्थापना गर्न समितिको नाममा नामसारी गरेपछि उक्त स्थलमा गणेशमानको शालिक एवं वाटिका निर्माण भएको बताउनुभयो । तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले ०५४ सालमा वाटिकाको शिलान्यास गर्नु भएपछि२०७२ साल कात्तिक २४ गते वाटिकामा गणेशमान सिंहको प्रतिमा अनावरण गर्ने लक्ष्यका साथ सुरु भई २०५७ मै करिब रु. एक करोडको लागतमा स्व. सिंहको पूर्ण कदको शालिक निर्माण सम्पन्न भएपनि अनावरण गर्ने अवसर आज प्राप्त भएको उहाँले बताउनुभयो । समितिले त्यस क्षेत्रमा अन्तर्राष्ट्रियस्तरको उद्यान, बहुउद्देश्यीय भवन, प्रजातान्त्रिक जनआन्दोलनका योद्धाहरूको जीवनी झल्किने संग्रहालय, भ्यु टावर, वनभोज स्थल, आधुनिक बगैंचा, बालबालिका उद्यान, अतिथि गृह, चमेना गृह, रोपवे तथा पर्यटकीय गन्तव्य, स्वं सिंहले प्रजातान्त्रिक आन्दोलनमा गरेका संघर्ष र त्यागकाबारेमा बिस्तृत विवरणका अतिरिक्त प्रजातान्त्रिक शहीदहरूको जीवनी समेटेर राख्ने गरि संग्रहालयय निर्माण, प्रजातान्त्रिक योद्धाहरुको संघर्षकाबारेमा अध्ययन, अनुसन्धान गर्ने, गराउने, प्रजातन्त्रका आदर्श, मूल्य र मान्यतामाथि विज्ञ, अनुभवीहरूबाट प्रवचन गराउने, थलोको रुपमा बिकास गर्ने गरि ३४ करोडको गुरुयोजना तयार पारेको छ । यद्यपी करिब रु. चार करोडको लागतमा अहिलेसम्म शालिक प्रवेश गर्ने मूलद्धार निर्माण सम्पन्न भएको, सिढँी मर्मत गरिएको, समितिको आफ्नै कार्यालय भवन, केही वनभोज स्थल, सार्वजनिक शौचालय निर्माण भएको, वाटिकालाई सुन्दर बगैचाका रुपमा परिणत गरेको र बजेट अभावले अन्य संरचना निर्माण भने पुरा हुन बाँकी रहेकोे समितिका अध्यक्ष बस्नेतले जानकारी दिनुभयो । --- # राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्रा अवलोकन Source: https://newskunda.com/archives/3013 Category: FEATURED NEWS, कला तथा साहित्य, जीवन शैली, धर्म/संस्कृति, समाचार, समाज Last updated: 2023-09-28 काठमाडौँ, ११ असोज : राष्ट्रपति रामचन्द्र पौडेलले ईन्द्रजात्रा अवलोकन गर्नुभएको छ । सांस्कृतिक एवं ऐतिहासिक पर्व इन्द्रजात्राका अवसरमा राष्ट्रपति पौडल जुद्ध सालिकदेखि पैदल हनुमाढोका दरबार क्षेत्रस्थित गद्दबैठक जानु भई जात्रा अवलोकन गर्नुभएको उहाँका प्रस सल्लाहकार किरण पोखरेलले जानकारी दिनुभयो । इन्द्रजात्रा अवलोकन गर्न राष्ट्राध्यक्ष जुद् सालिकबाट पैदल गएको यो पहिलोपटक हो । यसअघिका राष्ट्रपति र राजा गद्द बैठकअघिसम्म नै गाडीमा जाने गर्नुभएको थियो । जात्रा अवलोकन गर्न उपराष्ट्रपति रामसहाय प्रसाद यादव, प्रधानन्यायधीश विश्म्रप्रसाद श्रेष्ठ, सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनालगायत मन्त्रीगण, सांसद, प्रदेशसभा सदस्य, स्थानीय तहका जनप्रतिनिधिलगायत सहभागी पनि पैदल नै गद्द बैठकसम्म जानुभएको थियो । जात्राका अवसरमा राष्ट्रपति पौडेलले श्रीगणेश, श्रीभैरव र श्रीकुमारीको रथमा दक्षिणा चढाई यात्रा गराउने अनुमति दिनुभएको थियो । यसपछि श्रीगणेश, श्रीभैरव र श्रीकुमारीको रथयात्रा गरिएको थियो । भाद्र शुक्ल द्वादशीका दिन मङ्गलबार बिहान हनुमानढोका दरबार क्षेत्रमा इन्द्रध्वजोत्थान गरी सुुरु भएको इन्द्रजात्राको आज मुख्य दिन हो । आज तल्लो टोलमा रथयात्रा चलाइने गुठी संस्थान काठमाडौँ शाखाले जनाएको छ । **शुक्रबार माथिल्लो टोलमा रथयात्रा गरिने** असोज १५ गते महिलाले मात्र रथ तानी नानीचा यात्रा चलाइने छ । यसै दिन बेलुकी राष्ट्रपति पौडेल हनुमानढोका दरबार जानु भई कुमारीबाट टीका एवं प्रसाद ग्रहण गर्नुहुनेछ । टीकाप्रसाद ग्रहण गरेपछि राष्ट्राध्यक्षले कुमारीसँग खड्ग साट्ने परम्परासमेत छ । असोज १५ गते सोमबार राति ८ः३७ बजे इन्द्रध्वज पातन गरेपछि दुई हप्ताभन्दा लामो इन्द्रजात्रा समाप्त हुन्छ । पातन गरेपछि इन्द्रजात्राको लिङ्गोलाई टेकु दोभानस्थित बाग्मती किनारमा सेलाइन्छ । लिङ्गो सेलाउन घिसारेर लैजाने परम्परा छ । नेपाल पञ्चाङ्ग निर्णायक समितिले निकालेको साइतमा लिङ्गोका लागि रुख काट्न वनयात्रा गरेपछि यो जात्राको प्रक्रिया सुरु हुन्छ । वनयात्रा, रुख कटान, लिङ्गो नगर प्रवेश लगायतको विधिपछि भाद्र शुक्ल द्वादशीका दिन इन्द्र ध्वजोत्थान गरिन्छ । इन्द्रजात्रा प्रताप मल्लको पालामा सुरु भएको विश्वास गरिन्छ । इन्द्रजात्रामा रथयात्राको चलन भने राजा गुणकामदेवले सुरु गर्नुभएको थियो । उपत्यकामा मनाइनेमध्ये यो लामो जात्रा हो । वर्षा र सहकालका देवताका रुपमा पूजिने इन्द्रको आज विधिपूर्वक पूजा आज पनि गरिएको थियो । जात्राका अवसरमा लाखे नाच, दशअवतार नाच लगायत, महाकाली नाच, रामचन्द्र नाच, पुलुकिसी नाचलगायत सांस्कृतिक झाँकी, नाचगान हुने गर्छ । यस पर्वका अवसरमा काठमाडौँ उपत्यकामा सार्वजनिक बिदा दिइएको छ । --- # राष्ट्रपति भण्डारी पशुपतिमा Source: https://newskunda.com/archives/1885 Category: FEATURED NEWS, राजनीति, समाचार, समाज Last updated: 2022-08-30 काठमाडौँ, १४ भदौ : राष्ट्रपति विद्यादेवी भण्डारी आज हरितालिका तीजका अवसरमा पशुपतिनाथ मन्दिरको दर्शन गर्नुभएको छ । राष्ट्रपति भण्डारीले आज साँझ सो मन्दिरमा पुगेर मन्दिरको दर्शन र पूजाआजा गर्नाका साथै ब्रतालु महिलालाई तीजको शुभकामना दिनुभयो । राष्ट्रपति त्यहाँ पुग्दा संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री जीवनराम श्रेष्ठ, पशुपति क्षेत्र विकास कोषका पदाधिकारीले स्वागत गर्नुभएको थियो । --- # राष्ट्रपति भण्डारीद्वारा दुई अध्यादेश जारी Source: https://newskunda.com/archives/736 Category: FEATURED NEWS, राजनीति, समाचार Last updated: 2022-05-08 काठमाडौँ, २५ वैशाख : राष्ट्रपति विद्यादेवी भण्डारीले दुई अध्यादेश जारी गर्नुभएको छ । राष्ट्रपति भण्डारीले औषधि (तेस्रो संशोधन), अध्यादेश, २०७९ र स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी (पहिलो संशोधन) अध्यादेश, २०७९ जारी गर्नुभएको हो । राष्ट्रिपति कार्यालयका प्रवक्ता सागर आचार्यले आज जारी गर्नुभएको प्रेस विज्ञप्तिमा नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा उक्त दुई अध्यादेश जारी गर्नुभएको उल्लेख छ । --- # राष्ट्रपति भण्डारीद्वारा दुवै सदनको अधिवेशन आह्वान Source: https://newskunda.com/archives/763 Category: FEATURED NEWS, राजनीति, समाचार Last updated: 2022-05-08 काठमाडौँ, २५ वैशाख : राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी जेठ ३ गते मङ्गलबार अपराह्न ४ बजे सङ्घीय संसद्को दुवै सदनको अधिवेशन आह्वान गर्नुभएको छ । राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा, ९३ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्ले आज गरेको सिफारिसअनुुसार उक्त दिन दुवै सदनको अधिवेशन आह्वान गर्नुभएको हो । राष्ट्रिपति कार्यालयका प्रवक्ता सागर आचार्यले आज जारी गर्नुभएको प्रेस विज्ञप्तिमा भनिएको छ, “नेपालको संविधानको धारा, ९३ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०७९÷१÷२५ को सिफारिसमा संवत् २०७९ साल जेठ ३ गते मङ्गलबारका दिन १६ः०० अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, बानेश्वरमा सङ्घीय संसद्को दुवै सदनको अधिवेशन आह्वान गर्नुभएको छ ।” --- # राष्ट्रपति भण्डारीबाट पूर्वप्रधानमन्त्री ओलीलाई ‘मेधावी योगदान पदक’ प्रदान Source: https://newskunda.com/archives/383 Category: FEATURED NEWS, Uncategorized, राजनीति, समाचार Last updated: 2022-04-14 काठमाडौँ, १ वैशाख : राष्ट्रपति विद्यादेवी भण्डारीले पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलाई विश्व स्काउट सङ्गठन, एशिया प्रशान्त क्षेत्रको ठूलो मानिने ‘मेधावी योगदान पदक’ प्रदान गर्नुभएको छ । नेपाल स्काउटद्वारा आज आयोजित समारोहमा राष्ट्रपति भण्डारीबाट सो पदक प्रदान गरिएको हो । प्रधानमन्त्री रहँदा नेपाल स्काउटको अभियान विकास, विस्तार र प्रवद्र्धनमार्फत बालबालिका तथा युवाको सर्वपक्षीय विकासमा पु¥याएको योगदानको कदर गर्दै ओलीलाई सो पदक प्रदान गरिएको हो । समारोहमा राष्ट्रपति भण्डारीले शान्तिपूर्ण राजनीतिक यात्राका क्रममा लामो जेल जीवन बिताएर मुलुकका लागि पूर्वप्रधानमन्त्री ओलीले दिनुभएको योगदानप्रति ‘मेधावी योगदान पदक’ ले गौरव प्रदान गर्ने बताउनुभयो । उहाँले स्वयंसेवा र अनुशासनका माध्यमबाट नेतृत्व विकास गराउन स्काउटको सान्दर्भिकता रहेको उल्लेख गर्दै नेपाली बालबालिका र युवालाई अनुशासित, जागरुक र कर्तव्यनिष्ट बनाइ विश्वस्तरमा प्रतिस्पर्धी तुल्याउन स्काउटले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताउनुभयो । राष्ट्रपति भण्डारीले चुनौतीको सामाना गर्दै नेपाल स्काउटले आफूलाई हरेक प्रदेश र पालिकास्तरमा विस्तार गर्न सकेकामा प्रशंसा पनि गर्नुभयो । पदक ग्रहणपछि अध्यक्ष ओलीले मानव कल्याणका लागि अझै गतिशील र सङ्गठित हुन स्काउटलाई आग्रह गर्दै चारित्रिक र नैतिक हिसाबले आदर्शवान समाज निर्माणमा अग्रसर हुनुपर्ने बताउनुभयो । स्काउटलाई अप्ठ्याराका साथीका रुपमा उहाँले चित्रण गर्नुभयो । समारोहमा विश्व स्काउट सङ्गठन, एशिया प्रशान्त क्षेत्रका अध्यक्ष, निर्देशकलगायत विदेशी पाहुनाको सहभागिता थियो । सो अवसरमा नेपालका ज्येष्ठ स्काउट कलाकार प्रा गोविन्दनारायण ज्यापुलाई पनि सम्मान गरिएको थियो । नेपाल स्काउटका राष्ट्रिय संयोजक लोकबहादुर भण्डारीका अनुसार अध्यक्ष ओली सो पदक प्राप्त गर्ने पहिलो नेपाली हुनुहुन्छ । नेपाल स्काउट ऐन २०५० ले प्रधानमन्त्रीलाई नेपाल स्काउटको संरक्षक हुने कानुनी व्यवस्था गरेको छ । प्रधानमन्त्रीकै रुपमा ओलीले विभिन्न स्काउट कार्यक्रममा सहभागिता जनाउनुका साथै ‘बालबालिकासँग प्रधानमन्त्री’ भन्ने कार्यक्रम सुरु गराउनुभएको थियो । ओलीकै पहलकदमीमा पछिल्लो समय नेपाल स्काउटको संरचना ७५३ वटै पालिकामा विस्तार भएको छ भने बजेटमै प्रबन्ध भई देशका सबै विद्यालयमा स्काउट एकाइ सञ्चालन गर्ने कार्य थालनी भएको छ । --- # राष्ट्रपति भण्डारीलाई अभिनन्दन तथा सम्मान Source: https://newskunda.com/archives/1258 Category: FEATURED NEWS, राजनीति, समाचार, समाज Last updated: 2022-06-12 काठमाडौँ, २९ जेठ : राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालमा लायन्स क्लबले स्वास्थ्य, शिक्षा र प्राकृतिक विपद््का क्षेत्रमा गरेको योगदान महत्वपूर्ण रहेको बताउनुभएको छ । राष्ट्रपति कार्यालय शीतल निवासमा लायन्स क्लब अफ इन्टरनेसनलले आज आयोजना गरेको अभिनन्दन तथा सम्मान कार्यक्रममा उहाँले क्लबले नेपालको अस्पताल, विद्यालय र बालगृह सञ्चालनमा पु¥याएको योगदानको चर्चा गर्नुभयो । “नेपालमा लायन्स क्लबले अस्पताल, विद्यालय,क बालगृहलगायत सञ्चालन गरिरहेको छ”, राष्ट्रपति भण्डारीले भन्नुभयो, “यस्ता परियोजना सञ्चालन गर्दा न्यून प्रशासनिक खर्च लाग्ने गरेको सुन्दा खुशी लाग्यो ।” कृषिमा व्यवसायीकरण र आधुनिकीकरण गर्न राज्यले ध्यान दिइरहेको र देशलाई रोजगार तथा आत्मनिर्भर बनाउन सामाजिक संस्थाको ठूलो भूमिका उहाँले उल्लेख गर्नुभयो । राष्ट्रपति भण्डारीले भूकम्प, बाढीपहिराजस्ता समस्याले वर्षाको समयमा ठूलो धनजनको क्षति पु¥याउने गरेको हुँदा राज्यका साथसाथै सामाजिक संस्थाले पनि प्रकोप न्यूनीकरणमा सहयोेग गर्नुपर्ने बताउनुभयो । उक्त समारोहमा क्लबले राष्ट्रपति भण्डारीलाई अभिनन्दन गरेको थियो । कार्यक्रममा लायन्स क्लबले नेपालमा गरेको कामको विषयमा वृत्तचित्र समेत प्रस्तुत गरेको थियो । वृत्तचित्रमा आखाँ अस्पताल निर्माण, भूकम्पपछि १८ सामुदायिक विद्यालय निर्माण गरेर समुदायमा हस्तान्तरण तथा त्रिभुवन विश्वविद्यालयसँग सहकार्य गरी बल्ड बैंक स्थापना गर्ने तयारी भइरहेको जस्ता विषय समेटिएका थिए । सो अवसरमा क्लबका संस्थापक मूलचन्द राठी र किसनलाल दुगडलाई सम्मान गरिएको थियो । यस्तै प्रजातन्त्र ल्याउन १०० तोला सुन दिएर सहयोग गर्नुभएकी इन्दुदेवी नौखलाई पनि सो अवसरमा राष्ट्रपति भण्डारीले सम्मान गर्नुभएको थियो । कार्यक्रममा समाजसेवीत्रय नन्दकिशोर राठी, मुकुन्दराज पाण्डे र शेषनारायण श्रेष्ठलाई राष्ट्रपति भण्डारीले सम्मान गर्नुभएको थियो । क्लबका अध्यक्ष रेवतबहादुर कार्कीले नेपालमा शिक्षा, स्वास्थ्य र प्राकृतिक प्रकोपको क्षेत्रमा सक्दो सेवा गर्ने प्रयास गरिरहेको र आगामी दिनमा पनि प्रयास जारी रहने बताउनुभयो । नेपालमा पहिलो पटक सन् १९७१ मा लायन्स क्लब अफ विराटनगरका नाममा पूर्वप्रधानमन्त्री स्व मात्रिकाप्रसाद कोइरालाको नेतृत्वमा स्थापना भएको थियो । अहिले नेपालमा करिब दुई हजार क्लब स्थापना भइसकेका छन् । लायन्स क्लबको मुख्य उद्देश्य समाज सेवा गर्ने हो । क्लबले खासगरी शिक्षा, स्वास्थ्य र प्राकृतिक विपद्को समयमा सहयोग गर्दै आएको छ । --- # राष्ट्रपति भण्डारीले १३ विधेयक प्रमाणीकरण Source: https://newskunda.com/archives/1423 Category: FEATURED NEWS, राजनीति, समाचार Last updated: 2022-07-15 काठमाडौँ, ३१ असार : राष्ट्रपति विद्यादेवी भण्डारीले सङ्घीय संसद्को दुवै सदनको बैठकबाट पारित भई प्रमाणीकरणको लागि पेश हुन आएका विभित्र १३ विधेयक नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम आज प्रमाणीकरण गर्नुभएको छ । विधेयकको नाम र प्रमाणीकरण मिति यस प्रकारको छ । १. लोकसेवा आयोग सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक २०७९÷३÷३१, २. आर्थिक वर्ष २०७९÷०८० को सेवा र कार्यको लागि सङ्घीय सञ्चित कोषबाट केही रकम विनियोजन र खर्च गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७९÷३÷३१, ३. ऋण तथा जमानत ऐन, २०२५ लाई संशोधन गर्न बनेको विधेयक २०७९÷३÷३१, ४. राष्ट्र ऋण उठाउने अधिकारको व्यवस्था गर्न बनेको विधेयक २०७९÷३÷३१, ५. नेपाल सरकारको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक २०७९÷३÷३१, ६. तेजाब तथा अन्य घातक रासायनिक पदार्थको नियमनका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७९÷३÷३१, ७. यौन हिंसा विरूद्धका केही ऐनलाई संशोधन गर्न बनेको विधेयक २०७९÷३÷३१, ८. फौजदारी कसूर तथा फौजदारी कार्यविधि सम्बन्धी केही ऐनलाई संशोधन गर्न बनेको विधेयक २०७९÷३÷३१, ९. नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय) ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयक २०७९÷३÷३१, १०. सामाजिक सुरक्षा ऐन, २०७५ लाई संशोधन गर्न बनेको विधेयक २०७९÷३÷३१, ११. औषधि ऐन, २०३५ लाई संशोधन गर्न बनेको विधेयक २०७९÷३÷३१, १२. स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन, २०६६ लाई संशोधन गर्न बनेको विधेयक २०७९÷३÷३१ र १३ रेल्वे सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७९÷३÷३१ रहेको छ । --- # राष्ट्रपति भण्डारीसँग अध्यक्ष लीको भेटवार्ता, द्विपक्षीय हितका विषयमा छलफल Source: https://newskunda.com/archives/2158 Category: FEATURED NEWS, राजनीति, समाचार Last updated: 2022-09-14 काठमाडौँ, २९ भदौ : राष्ट्रपति विद्यादेवी भण्डारीसँग जनवादी गणतन्त्र चीनको राष्ट्रिय जनकंग्रेस, स्थायी समितिका अध्यक्ष ली चान्शुले शिष्टाचार भेटवार्ता गर्नुभएको छ । राष्ट्रपतिको कार्यालयमा आज अपराह्न भएको प्रतिनिधिमण्डलस्तरीय भेटवार्तामा उहाँहरुबीच द्विपक्षीय आपसी हितका विविध विषयमा कुराकानी भएको थियो । सभामुख अग्निप्रसाद सापकोटाको मैत्रीपूर्ण निमन्त्रणामा नेपालको चार दिने औपचारिक भ्रमणमा क्रममा अध्यक्ष ली सोमबार विशेष विमानबाट काठमाडौँ आइपुग्नुभएको हो । भेटमा राष्ट्रपति भण्डारीले दुई देशबीचको परम्परागत मित्रवत् सम्बन्धका बारेमा चर्चा गर्दै यस्ता उच्चस्तरीय भेटवार्ताले सम्बन्ध थप सुदृढ हुने विश्वास व्यक्त गर्नुभएको थियो । सो अवसरमा अध्यक्ष लीले यस अघि सन् २०१९ अक्टोबरमा चिनियाँ राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमणका क्रममा भएका सहमति सम्झौता कार्यान्वयन गर्ने आफ्नो लक्ष्य भएको बताउनुभएको थियो । राष्ट्रपति सीको नेपाल भ्रमणले दुई देशबीचको सम्बन्ध थप सुदृढ भएको उहाँको भनाइ थियो । भेटवार्तामा अध्यक्ष लीले राजनीतिक पारस्परिक विश्वास अझ सुदृढ गर्नु र विविध क्षेत्रका सहाकर्यलाई गहन बनाउनु आफ्नो भ्रमणको उद्देश्य रहेको बताउनुभएको परराष्ट्र मन्त्रालयले जनाएको छ । उहाँले नेपालको संविधान दिवसका अवसरमा शुभकामना दिनुभएको थियो । यसैगरी आज बिहान चिनियाँ नेता ली नेतृत्वको प्रतिनिधिमण्डलले भक्तपुर दरबार क्षेत्रमा भूकम्पपछिको पुनःनिर्माण परियोजनाको अवलोकन र निरीक्षण तथा स्थानीय कला संस्कृतिको अवलोकन गरेको थियो । भ्रमणको पहिलो दिन सोमबार सभामुख सापकोटा र अध्यक्ष लीले संसद् भवन नयाँ बानेश्वरमा संसदीय प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय वार्ता गरी सहयोगसम्बन्धी छबँुदे सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको थियो । प्रधानमन्त्री शेरबहादुर देउवासँग उहाँले मङ्गलबार अपराह्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा शिष्टाचार भेटवार्ता गर्नुभएको थियो । प्रतिनिधिमण्डलस्तरीय भेटवार्तामा उहाँहरुबीच द्विपक्षीय व्यापार, लगानी, कनेक्टिभिटी, चीनमा अध्ययनरत नेपाली विद्यार्थीको अध्ययन निरन्तरताका लागि फिर्ता, यात्रु उडान सुचारु गर्ने, सीमा बन्दरगाह खोल्नेलगायत आपसी हितका विविध विषयमा छलफल भएको थियो । मङ्गलबार नै अध्यक्ष ली र राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाबीच शिष्टाचार भेटवार्ता भएको थियो । सो अवसरमा नेपाल–चीन सम्बन्धका विभिन्न विषयमा अन्तरसंसदीय आदानप्रदान र सहकार्यका विषयमा छलफल भएको थियो । मङ्गलबार नै प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग अध्यक्ष लीले संसद् भवन नयाँ बानेश्वरमा शिष्टाचार भेटवार्ता गर्नुभएको थियो । भेटवार्तामा द्विपक्षीय आपसीहितका विविध विषयमा छलफल भएको जनाइएको छ । मङ्गलबार नै दिउँसो परराष्ट्रमन्त्री डा नारायण खड्काले अध्यक्ष लीसँग शिष्टाचार भेटवार्ता गर्नुभएको थियो । भेटवार्तामा दुई पक्षबीच नेपाल–चीन सम्बन्धका विभिन्न पक्षमा विचार आदानप्रदान भएको थियो । अध्यक्ष ली नेतृत्वमा छ जना चिनियाँ उच्च अधिकारी, सुरक्षाकर्मी, सञ्चारकर्मी र अन्य स्टाफसहित ६७ सदस्यीय प्रतिनिधिमण्डल रहेको मन्त्रालयले जनाएको छ । अध्यक्ष ली भ्रमण सम्पन्न गरी भोलि भदौ ३० गते बिहान विशेष विमानबाटै स्वदेश फर्कनुहुने कार्यक्रम छ । --- # राष्ट्रपतिले सैनिक शासन लागू गरेर भए पनि देश बचाउनु पर्छ : बिजुक्छें Source: https://newskunda.com/archives/1980 Category: FEATURED NEWS, राजनीति, समाचार, समाज Last updated: 2022-09-03 भक्तपुर, १८ भदौ । नेपाल मजदुर किसान पार्टीका केन्द्रीय अध्यक्ष नारायणमान बिजुक्छेँले नागरिकता विधेयक देशघाती भएको रहेको बताउनु भएको छ । नेमकिपाको केन्द्रीय समितिको बैठकमा बोल्दै उहाँले यो विधेयकको कारण देश नै नरहने परिस्थिति आउने हुँदा राष्ट्रपतिले सैनिक शासन लागू गरेर भए पनि देश बचाउनुपर्ने बताउनु भएको हो । उहाँले आगामी निर्वाचनमा पनि नेमकिपाले भाग लिने तर पुँजीवादी सरकारमा भने नजाने बताउनु भयो । आगामी निर्वाचनमा पनि नेमकिपाले लेनिनवादी सिद्धान्तअनुसार संसद्को क्रान्तिकारी उपयोग गर्ने बताउदै उहाँले देशघाती नागरिकता विधेयक, एमसीसी सम्झौता र एसपीपी समझदारीका पक्षधरहरूको आगामी निर्वाचनमा जनताले मत नदिएर हराउनु पर्ने उहाँले धारणा राख्नु भयो । शासक दलहरूको अकर्मण्यताको कारण राजनीतिप्रति नै जनताको वितृष्णा देखिएको बताउनु भयो । उहाँले आगामी निर्वाचनमा पनि सिद्धान्तहीन गठबन्धन गर्नेहरूविरुद्ध नेमकिपाले सैद्धान्तिक संघर्ष गर्ने बताउनु भयो । सत्तामा बस्दै आएका नेपालका कम्युनिस्ट पार्टीहरूले समाजवादबारे भ्रम छरेको टिप्पणी गर्दै अध्यक्ष बिजुक्छेले समाजवादमा उत्पादनका मुख्य मुख्य साधन र सेवा सामाजिकीकरण, शिक्षा र स्वास्थ्य निःशुल्कको व्यवस्था, व्यक्तित्व विकासमा समान अवसर, धनी र गरिबको दूरी कम गर्ने, गाउँ र सहरबीचको भेद कम गर्नेजस्ता बन्दोबस्त लागू हुनुपर्नेमा जोड दिनु भयो । बैठकमा नेमकिपाका केन्द्रीय सचिव प्रेम सुवालले पार्टी केन्द्रीय समितिको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । पार्टीको केन्द्रीय परिषद् बैठक आज र भोली १९ चल्ने बताइएको छ । केन्द्रीय परिषद्को बैठकमा केन्द्रीय पदाधिकारी तथा सदस्यहरू, जिल्लाका अध्यक्षहरू, जनवर्गीय संगठन तथा पेशागत संगठनका पदाधिकारीहरूको सहभागिता रहेको नेमकिपाले जानकारी दिएको छ । --- # राष्ट्रव्यापी गजेन्द्रमोक्ष नारायण मुक्तिनाथ रथयात्रा आज भक्तपुरमा भव्य स्वागत Source: https://newskunda.com/archives/5268 Category: FEATURED NEWS, अर्थ, धर्म/संस्कृति, राजनीति, समाचार, समाज Last updated: 2026-10-29 भक्तपुर, १२ कात्तिक : नेपालका पौराणिक तीर्थस्थलहरूको प्रचार गरी धार्मिक पर्यटनको प्रवद्र्धन, राष्ट्रिय एकताको सुदृढीकरण, सनातन वैदिक संस्कृतिको संरक्षण तथा वैदिक विश्वविद्यालय स्थापनाको मूल उद्देश्यका साथ सुरु भएको राष्ट्रव्यापी श्रीगजेन्द्रमोक्ष नारायण मुक्तिनाथ रथयात्रा आज भक्तपुरमा आइपुगेको छ । मुक्तिनाथ पिठाधीश्वर स्वामी कमलनयनाचार्यले यही कात्तिक ८ गते आइतबार कोजाग्रत पूर्णिमाको दिन पवित्र मुक्तिनाथधामबाट शुभारम्भ भएको रथयात्रा आज बाग्लुङ्ग, पोखरा हुदै आज भक्तपुर आईपुगेपछि मध्यपुरथिमिस्थित राधेराधे संगम कोलोनीमा भव्य स्वागत गरिएको हो । नेपाल तीर्थस्थल विकास राष्ट्रिय समितिको आयोजनामा भएको रथयात्रामा आज राधेराधेस्थित संगम कोलोनीमा स्थानीयवासीले भव्य स्वागत गरि पुजा तथा प्रसाद अर्पण गरेको कमेरोटार संयोजक समाजका अध्यक्ष इन्द्रबहादुर श्रेष्ठले जानकारी दिनुभयो । नेपालका पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका विभिन्न धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक महत्वका पौराणिक पवित्रस्थलहरू पुगेर आगामी मङ्सिर १ गतेसम्म राष्ट्रव्यापी रूपमा परिक्रमा गर्ने गरि यात्रा जारी रहेको छ । रथयात्राको समापन पछि नवलपुरस्थित श्रीगजेन्द्रमोक्षधाम, त्रिवेणीधाममा वैदिक विश्वविद्यालय स्थापना गर्ने उद्देश्यले आगामी मंसिर १ गतेदेखि अष्टाचल धनधान्याचल श्रीगजेन्द्रमोक्ष नारायण वैभव विराट महायज्ञमा सुरु हुने बताईएको छ । --- # राष्ट्रिय एकता तथा मेलमिलाप दिवसका अवसरमा नेपाली काँग्रेस भक्तपुर जिल्ला कार्यसमितिद्धारा “विचार गोष्ठी” को आयोजना Source: https://newskunda.com/archives/3292 Category: FEATURED NEWS, अर्थ, राजनीति, समाचार, समाज Last updated: 2025-12-31 भक्तपुर, १६ पुस । राष्ट्रिय सभाका प्रमुख सचेतक तथा नेपाली काँग्रेसका वरिष्ठ नेता कृष्णप्रसाद सिटौलाले आगामी फागुन २१ गते प्रतिनिधि सभाको निर्वाचन सम्पन्न गर्न कुनै कसर बाँकी राख्नु नहुने बताउनु भएको छ । आज राष्ट्रिय एकता तथा मेलमिलाप दिवसका अवसरमा आज नेपाली काँग्रेस भक्तपुर जिल्ला कार्यसमितिले जिल्ला पार्टी कार्यालयमा आयोजना गरेको “विचार गोष्ठी” मा बोल्दै उहाँले सरकारले फागुन २१ मै निर्वाचन गर्नु पर्ने बताउनु भएको हो । नेपाली काँग्रेस लगायत दलहरु यतिखेर निर्वाचनको पक्षमा उभिएर चुनाबमा होमिएको बताउदै उहाँले यो उपयुक्त वातावरणलाई सरकारले उपयोग गर्नुपर्नेमा जोड दिनुभयो । काँग्रेस नेता सिटौलाले भन्नुभयो, “सरकारले फागुन २१ मा जसरी पनि चुनाब गर्नुपर्छ, काँग्रेस जनादेशको विपक्षमा जादैन, त्यसैले चुनाबमा सहभागि हुन्छ, तर यस्तो अनुकूल वातावरणमा पनि फागुन २१ मा चुनाब हुन सकेन भने देशलाई अनिर्णयको बन्दी बनाएर राख्नु हुदैन, संसद पुर्नस्थापनाको बिकल्प रहदैन, त्यो अबस्थामा संसद पुर्नस्थापना हुनुपर्छ ।” विपीको मेलमिलापको नीति आज पनि समाजवाद स्थापनाका लागि उत्तिकै सान्दर्भिकता रहेको बताउदै उहाँले विपीकै सिद्धान्त र नीति अनुरुप नै शिक्षा, स्वास्थ्य, विकास गाउँगाउँमा पुगेको बताउनुभयो । कार्यक्रममा नेपाली काँग्रेस भक्तपुर जिल्ला सभापित दूर्लभ थापाले नेपाली काँग्रेस चुनावको तयारीमा जुटिसकेको बताउदै काँग्रेस एकढिक्का भएर निर्वाचनमा जानु पर्ने औल्याउनुभयो । उहाँले महाधिवेशनको विवादमा अहिले अल्झिनु नहुनेमा जोड दिदै ८० प्रतिशत क्रियासिल सदस्यको विवाद टुङ्गिसकेको अबस्थामा काँग्रेसले विशेष महाधिवेशन वा नियमित महाधिवेशन गर्न तयार रहने बताउनुभयो । उहाँले विपीको मेलमिलाप नीतिलाई आत्मसात गर्दै काँग्रेस अगाडि बढ्नु पर्नेमा जोड दिनुभयो । कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रीय सदस्य मदनकृष्ण श्रेष्ठ, जिल्ला उपसभापति उर्मिला वन, क्षेत्रीय सभापति भेषबहादुर कार्कीलगायतका नेताहरुले लोकतान्त्रिक मूल्य, मान्यता, राष्ट्रिय एकता, मेलमिलाप र सहकार्यकै मार्गबाट मुलुकलाई समृद्धि र स्थायित्वतर्फ अघि बढाउन नेपाली काँग्रेस सदैव प्रतिबद्ध रहने बताउनुभयो । --- # राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागबाट विवरण लिएर मतदाता नामावली अद्यावधिक गरिने Source: https://newskunda.com/archives/5367 Category: FEATURED NEWS, अर्थ, निर्वाचन, राजनीति, समाचार, समाज Last updated: 2026-10-31 काठमाडौँ, १४ कात्तिकः निर्वाचन आयोगले राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागबाट विवरण लिएर मतदाता नामावली अद्यावधिक तथा विवरण प्रमाणीकरण गर्ने भएको छ । निर्वाचन आयोग र विभागबीच व्यक्तिगत घटना दर्ता तथा सामाजिक सुरक्षा व्यवस्थापन सूचना प्रणालीमा रहेका विवरण उपयोग गरी मतदाता नामावली अद्यावधिक गर्ने समझदारीअनुरुप सो कार्य अघि बढ्ने भएको हो । आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार समझदारीअनुसार विभागले आफ्नो प्रणालीमा रहेका व्यक्तिगत घटना दर्तासम्बन्धी विवरण सुरक्षित प्राविधिक माध्यमबाट आयोगलाई उपलब्ध गराउनेछ । मतदाता नामावली अद्यावधिक प्रक्रियालाई थप सहज, व्यवस्थित र प्रभावकारी बनाउने उद्देश्यले दुई निकायबीच यही कात्तिक १२ गते समझदारीपत्रमा हस्ताक्षर भएको थियो । विवरणको सुरक्षित आदानप्रदान तथा उपयोगका लागि आवश्यक प्राविधिक प्रणाली विकास, तथ्याङ्कको सुरक्षा र गोपनीयता कायम गर्ने व्यवस्था मिलाइने समझदारीपत्रमा उल्लेख छ । साथै, समझदारी कार्यान्वयनका क्रममा उत्पन्न हुने प्राविधिक विषय समाधान गर्न दुवैपक्षका प्रतिनिधि सम्मिलित संयुक्त प्राविधिक कार्यसमूह गठन गरिनेछ । यस सहकार्यबाट व्यक्तिगत घटना दर्ता तथा सामाजिक सुरक्षा व्यवस्थापन सूचना प्रणालीमा रहेका विवरणको उपयोगमार्फत मतदाता नामावली अद्यावधिक तथा प्रमाणीकरण कार्य थप व्यवस्थित, विश्वसनीय र प्रभावकारी बन्ने अपेक्षा गरिएको छ । --- # राष्ट्रिय विभूति शंखधर साख्वाःको प्रतिमामा माल्यार्पण Source: https://newskunda.com/archives/5588 Category: FEATURED NEWS, अर्थ, धर्म/संस्कृति, राजनीति, समाचार, समाज Last updated: 2026-11-10 भक्तपुर, २४ कात्तिक : प्रतिनिधी सभाका सभामुख डोलप्रसाद अर्यालले सार्वजनिक हितका लागि व्यक्तिगत स्वार्थ भन्दा माथि उठेर देश र जनताको लागि काम गर्नु पर्ने बताउनु भएको छ । आज मध्यपुरथिमि शंखधर चोकमा राष्ट्रिय विभूति शंखधर साख्वाः प्रतिष्ठानले नेपाल संवत १४४७ मा आयोजना गरेको शुभकामना तथा साख्वाःको प्रतिमामा माल्यार्पण कार्यक्रममा बोल्दै राष्ट्रिय विभूति साख्वाले यस्तो सन्देश दिएको बताउनु भएको हो । उहाँले भन्नुभयो, “सार्वजनिक हितका लागि व्यक्तिगत स्वार्थ भन्दा माथि उठेर देश र जनताको लागि काम गर्नु पर्छ भन्ने सन्देश शंखधर साख्वाले दिनु भएको छ । यही मूल्य आजको राजनीतिक, प्रशासन र सामाजिक जीवनमा आत्मसात गर्न आवश्यक छ ।” नेपाल सम्वत केवल वर्ष गणना गर्ने आधार नभई नेपालको ऐतिहासिक सभ्यता, मौलक संस्कृति र राष्ट्रिय पहिचानको जिवन्त प्रतिक पनि हो भन्दै उहाँले साख्वाले आफ्ना व्यक्तिगत सम्पत्ति जनतमाा समर्पित गर्दै जनताको ऋण मोचन गर्ने ऐतिहासिक योगदान, सामाजिक न्याय र लोक कल्याणको अनुमप उदाहरण दिएको चर्चा गर्नुभयो । नेपाल सम्वतलाई सरकारी कामकाज, सार्वजनिक अभिलेख, शैक्षिक क्षेत्र र डिजिटल प्रणालीमा प्रयोग विस्तार गर्न सरकारले नीति र आवश्यक बजेटको व्यबस्था गर्दै प्रभावकारी कार्ययोजना बनाउनु पर्ने उहाँले बताउनुभयो । इतिहास र ंसंस्कृतिको संरक्षण गर्ने, सार्वजनिक जीवनमा इमान्दारिता, जवाफदेहिता कायम गर्ने तथा विविधताबीचको एकता एवं सामाजिक सद्भावलाई अझ बलियो बनाउन सबैले संकल्प गर्नु पर्ने औल्याउँनु भयो । उहाँले लोकतान्त्रिक एकता, सम्बृद्धि, सहकार्यको भावना र पहिचान कायम गर्दै लोकतान्त्रिक मूल्य बलियो बन्नु पर्ने र राष्ट्र सम्मुन्नतीका लागि सबै अगाडि बढ्नु पर्ने बताउनुभयो । कार्यक्रममा वागमति प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले शंखधर सख्वाःको योगदानको चर्चा गर्दै वागमती प्रदेश सरकारले प्रतिष्ठानका लागि बजेट ब्यबस्थापन गर्दै आएको र जातजाती, भाषा, संस्कृतिको संरक्षण र जेगर्नाका लागि बजेट ब्यबीथापन गर्दै आएको बताउनुभयो । भाषा, साहित्य, कला, संस्कृतिको उत्थानका लागि संग्रहालय निर्माणका लागि विकास र संरक्षणका लागि, प्रत्ेक जिल्ला जिल्लामा शंखधर साख्वाः प्रतिष्ठान निर्काणका लागि बजेट विनियोजन दोलखाबाट सुरु गरेको, वागमती प्रदेश सरकारले नेपाल भाषा र तामाङ्ग भाषालाई सरकारी कामकाजका लागि प्रयोगमा ल्याउन ऐन बनाएर लागू गरेको बताउदै कोशी प्रदेशले पनि हालै १३ वटा भाषालाई कामकाजमा प्रयोगमा ल्याएको बताउनुभयो कार्यक्रममा मध्यपुरथिमि नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठले नगरपालिकाले शंखधर साख्वाःको संग्रहालय निर्माण कार्य अगाडि बढाएको बताउदै साख्वाःको जिवन्त योगदानलाई एैतिहासिक रुपमा राख्न बिभिन्न योजना अगाडि सारेको बताउनुभयो । त्यसअवसरमा सभामुख अर्याल, गृहमन्त्री सुदन गुरुङ्ग, वागमती प्रदेशका मुख्यमन्त्री थापा मगरलगात अतिथिहरुले शंखधर चोकमा रहेको साख्वाःको प्रतिमामा माल्र्यापण गर्नु भएको थियो । कार्यक्रममा नेपाली काँग्रेसका उपसभापति मधु आचार्य, प्रतिनिधिसभाका सदस्य रुकेश रंजित, प्रतिष्ठानका सस्थापक अध्यक्ष एवं सांसद मदनकृष्ण श्रेष्ठ, प्रतिष्ठानका अध्यक्ष ज्ञानराम श्रेष्ठलगायतले साख्वाःले पुर्याएको योगदानको चर्चा गर्दै देशभरका सबै जिल्लामा साख्वाःको प्रतिमा स्थापना गर्ने अभियान सुरु गरेको बताउनुभयो । त्यसअवसरमा संस्कृति तथा पर्यटन मन्त्रालयले प्रदान गरेको एक लाख ११ हजार १११ रुपैयाको पुरस्कार ईतिहासकार हरिराम जोशीलाई र प्रतिष्ठानले प्रदान गरेको एक लाख ११ हजार १११ रुपैयाको संस्थागत पुरस्कार शंखधर साख्वाः निर्माण समिति चरिकोटलाई प्रदान गरिएको छ । प्रतिष्ठानको प्रकाशन गरेको स्मारिका विमोचन गर्नुका साथै बिभिन्न साँस्कृतिक प्रस्तुती प्रर्दशन गरिएको थियो । --- # राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक सञ्चालन Source: https://newskunda.com/archives/5344 Category: FEATURED NEWS, अर्थ, राजनीति, समाचार, समाज Last updated: 2026-10-31 काठमाडौं, १४ कात्तिक । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक पार्टीको केन्द्रीय कार्यालय वनस्थलीमा चलिरहेको छ। सभापति रवि लामिछानेले अध्यक्षमा बसेको बैठकमा समसामयिक विषयमा केन्द्रित रहेको प्रवक्ता जगदीश खरेलले बताउनु भयो । बैठकमा पछिल्ला राजनीतिक घट्नाक्रमकाबारेमा पनि छलफल भइरहेको बताईएको छ । --- # राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) हालसम्म ११९ क्षेत्रमा विजयी, कांग्रेसले १७ क्षेत्रमा जित हासिल Source: https://newskunda.com/archives/3451 Category: FEATURED NEWS, निर्वाचन, राजनीति, समाचार, समाज Last updated: 2026-03-08 काठमाडौँ, २४ फागुनः प्रतिनिधिसभा सदस्य निर्वाचनको जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) हालसम्म ११९ क्षेत्रमा विजयी भएकोे छ । आज साँझ ५ बजेसम्मको परिणामअनुसार रास्वपाका उम्मेदवारले छ निर्वाचन क्षेत्रमा अग्रता हासिल गरिरहनुभएका छन् । निर्वाचन आयोगका अनुसार हालसम्म १५५ स्थानको मतगणना सार्वजनिक भएकामा नेपाली कांग्रेसले १७ क्षेत्रमा जित हासिल गरेको छ । त्यस्तै, नेकपा (एमाले) सात स्थानमा विजयी भएको छ भने तीन स्थानमा अगाडि रहेको छ । आयोगका अनुसार नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का तर्फबाट हालसम्म सात उम्मेदवार विजयी हुनुभएको छ । यस्तै, श्रम संस्कृति पार्टीका तीन जना उम्मेदवार विजयी हुनुभएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी र स्वतन्त्र उम्मेदवार एक–एक स्थानमा विजयी हुनुभएको छ । समानुपातिकतर्फ प्रतिनिधिसभा सदस्यको फागुन २१ गते सम्पन्न समानुपातिक निर्वाचनतर्फ हालसम्म ४५ लाख ३० हजार ९१३ मतगणना सम्पन्न भएको छ । त्यसमध्ये रास्वपाले २२ लाख ३९ हजार ८७०, कांग्रेसले सात लाख ६० हजार ४८५, एमालेले छ लाख ४६ हजार ७७० र नेकपाले तीन लाख चार हजार ६२, राप्रपाले एक लाख ६३ हजार १५१ र श्रम संस्कृति पार्टीले एक लाख सात हजार ३२ मत प्राप्त गरेको छ । --- # राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछाने भारत प्रस्थान Source: https://newskunda.com/archives/5040 Category: FEATURED NEWS, धर्म/संस्कृति, राजनीति, समाचार Last updated: 2026-10-23 काठमाडौँ, ६ कात्तिक : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने तीर्थाटनका लागि भारत प्रस्थान गर्नु भएको छ । उहाँ तीन दिने भ्रमणका लागि आज भारत जान भएको उहाँको सचिवालयले जानकारी दिएको छ । सभापति लामिछाने धनगढी विमानस्थलमा सञ्चारकर्मीसंग कुरा गदै आफ्नो भारत भ्रमण नितान्त व्यक्तिगत र धार्मिक भ्रमण भएको बताउनुभयो । उहाँले भ्रमणका क्रममा भारतको उत्तराखण्ड, नैनीतालस्थित कैँची धाम र आसामको गुवाहाटीस्थित कामाख्या देवीको पूजाअर्चना गर्ने बताउनुभयो । उहाँको साथमा उहाँको श्रमिति निकिता पौडेलको पनि सहभागिता रहेको छ । --- # राससकर्मी श्रेष्ठले स्थापना गरेको ‘स्व. हरिलाल श्रीलक्ष्मी श्रेष्ठ लुमन्ति पत्रकारिता सिरपा’ पत्रकार कृष्ण प्रजापतिलाई प्रदान Source: https://newskunda.com/archives/1960 Category: FEATURED NEWS, जीवन शैली Last updated: 2022-09-02 भक्तपुर, १७ भदौ : राष्ट्रिय समाचार समितिका फोटो पत्रकार रत्न श्रेष्ठले आफ्ना स्वर्गीय बुवाआमाको स्मृतिमा स्थापना गरेको ‘स्व. हरिलाल श्रीलक्ष्मी श्रेष्ठ लुमन्ति पत्रकारिता सिरपा’ पत्रकार कृष्ण प्रजापतिलाई प्रदान गरिएको छ । मध्यपुरथिमिमा आज नेवाः पत्रकार राष्ट्रिय दबू भक्तपुर जिल्ला शाखाको नवौं वार्षिक साधारणसभा तथा चौंथो अधिवेशनको अवसरमा नेपाल भाषाको पत्रकारितामा लामो समयसम्म योगदान पुर्याए वापत प्रजापतिलाई दोसल्ला ओढाएर सम्मान पत्र र नगद रु. १० हजार राशीको पुरस्कार प्रदान गरिएको हो । कार्यक्रममा मध्यपुरथिमिका नगर प्रमुख सुरेन्द्र श्रेष्ठले नगरपालिकाले नगरको मुख्य विकाससँगै सामाजिक, ऐतिहासिक सम्पदा संरक्षण, शिक्षा, स्वास्थ्य र समाज परिवर्तनका लागि योजना बनाएर लागेको बताउनु भयो । उहाँले नगरपालिकाले बन्न नसकेका शिक्षा, स्वास्थ्य, सहकारी लगायतका ऐन निर्माण गरेको, अरनिको राजमार्गमा सडक बत्ति जडान गरेको, सडकमा अब्यबस्थित पार्किङ, बजार तथा टहरा हटाउन सूचना जारी गरेको, फोहोर मैला व्यबस्थापनका लागि उपत्यकाका सबै नगरपालिकाको साझा अबधारणा बनाउन पहल गरेको बताउनु भयो । नगर प्रमुख श्रेष्ठले भन्नुभयो, “फोहोर व्यबस्थापनका लागि गोकर्णेश्वर नगरपालिकाको प्रबिधि प्रभावकारी देखिएकाले मध्यपुरमा त्यसलाई लागू गर्नेबारे छलफल चलाएको छौ, खानेपानी समस्या समाधानका लागि योजना बनाएका छौँ, दुई वर्षभित्र कमेरोटार जग्गा एकीकरण आयोजना सम्पन्न गर्ने लक्ष्य लिएका छौँ, पत्रकारले पनि समाचार सम्प्रेषण गर्दा राम्रा समाचार लैजानुस्, कुनै नराम्रा भए हामीलाई सुझाब दिनुस् ।” कार्यक्रममा उपप्रमुख विजयकृष्ण श्रेष्ठले जनताको पक्षमा काम गर्न नगरपालिका लागिरहेको, नगरपालिकाले आफ्नै मेडिकल कलेज सञ्चालन गर्ने लक्ष्य लिएको, आफ्ना नागरिकलाई निःशुल्क स्वास्थ्य बिमा र निःशुल्क रक्तसेवा प्रदान गरेको बताउनु भयो । उहाँले पत्रकारप्रति आक्रोस व्यक्त गर्दै दलीय दृष्टिकोणबाट अभिप्रेरित भएर समाचार सम्प्रेषण नगर्न आग्रह गर्नु भयो । उहाँले भन्नुभयो, “निष्पक्ष पत्रकारिता गर्नु पर्ने पत्रकारहरु नै दलीय हिसाबले ढल्केर समाचार सम्प्रेषण गर्नु भएर, त्यसो नगरौ, यथार्थ धरातलमा उभिएर पेशाप्रतिको धर्म निभाउने गरौ, जनप्रतिनिधिले गलत गरे लेख्नुस्, पूर्वाग्रह राखेर होइन, दलीय ढंगले पत्रकारिता नगर्नुस्, इमान्दारीका साथ पेशाको धर्म निभाउँनुस् ।” कार्यक्रममा दबूका केन्द्रीय सचिव केके मानन्धरले नेपाल पत्रकार महासंघका कतिपय कमिकमजोरी देखिएको र कतिपय पत्रकारका मुद्धामा सम्बोधन गर्न नसके पछि १० वर्ष अगाडि दबूको स्थापना गर्नु परेको बताउनु भयो । उहाँले देशभरका २९ वटा जिल्लामा शाखा सञ्चालन गरिसकेको दबूले मातृभाषा पत्रकारिताको विकास गर्दै भाषा, कला, संस्कृतिको संरक्षणका लागि दबूले भूमिका खेलेको बताउनु भयो । उहाँले खस नेपाली भाषाको पत्रकारिता मात्रै प्रभावकारी नहुने भन्दै नेपाल भाषामा मात्रै नभई अन्य जातजातीको मातृभाषामा पनि पत्रकारिता सुरु गर्नु पर्ने औल्याउनु भयो । कार्यक्रममा शंखधर साख्वाः प्रतिष्ठानका अध्यक्ष एवं वरिष्ट पत्रकार ज्ञानराम श्रेष्ठले नेपाल भाषाको पत्रकारिताले भाषा, लिपी, कला र संस्कृति, पहिचानलाई जिवन्त राख्न सफल भएको बताउनु भयो । नेपाल पत्रकार महासंघ भक्तपुर जिल्ला शाखाका कार्यबाहक अध्यक्ष सुन्दर शिल्पकार, सम्मानित पत्रकार प्रजापति, दबूका सचिव देवेन्द्र प्रजापति, कोषाध्यक्ष चन्द्रकष्ण (गोपाल) श्रेष्ठलगायतले दबूको महत्व र आवश्यकता माथि चर्चा गर्नु भएको थियो । ### तमुखको अध्यक्षतामा नयाँ नेतृत्व : अधिवेशनले दबू भक्तपुर जिल्ला शाखामा पुनः रामगोपाल तमखुको अध्यक्षतामा ९ सदस्यीय नयाँ नेतृत्व सर्वसम्मत चयन गरिएको छ । दबूको उपाध्यक्षमा सुरेश ख्वाकः श्रेष्ठ, सचिवमा देवेन्द्र प्रजापति, कोषाध्यक्षमा चन्द्रकृष्ण (गोपाल) श्रेष्ठ, सदस्यहरूमा श्यामकुमार था श्रेष्ठ, प्रकाश मल्ल, हरिसुन्दर छुकां, रेणु त्वानावासु र विरेन्द्र खाइजु चयन भएका छन् । --- # रास्पवा भक्तपुरमा बस्नेतको नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित Source: https://newskunda.com/archives/3799 Category: FEATURED NEWS, राजनीति, समाचार, समाज Last updated: 2026-06-07 भक्तपुर, २२ जेठ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भक्तपुरको प्रथम जिल्ला अधिवेशनले रामेश्वर बस्नेतको सभापतित्वम नयाँ कार्य समिति निर्वाचित गरेको छ । आज साँझ सम्पन्न अधिवेशनले जिल्ला सभापतिमा बस्नेत, उपसभापतिमा स्मृति भट्टराई निर्विरोध निर्वाचित गरेको निवर्तमान जिल्ला सचिव एवं क्षेत्र नं. १ का सांसद रुकेश रंजितले जानकारी दिनुभयो । सहमति बन्न नसके पछि भएको निर्वाचनमा सचिव सञ्जीव प्रजापति र सहसचिवमा रामकृष्ण देउजा निर्वाचित हुुनु भएको छ । सचिवमा प्रजापतिसंग राजेश शिल्पकार र सहसचिवमा देउजासंग प्रल्हाद कार्कीलाई पराजित हुनु भएको हो । सदस्यहरूमा थापा क्षेत्र १ बाट रनोज र क्षेत्र २ बाट राजु थापा तथा महिला सदस्यमा प्रेरणा देसार निर्विरोध चयन हुनु भएको छभने कृष्णप्रसाद घिमिरे, रामकृष्ण खनाल निर्वाचित हनु भएको पाटीृका नेता भाईकृष्ण श्रेष्ठले जानकारी दिनुभयो । --- # रास्वपा केन्द्रीय बैठकको निष्कर्ष : न्यायालयमा देखिएको विकृति र विसङ्गति अन्त्यका लागि संसद्मार्फत अघि बढाउने Source: https://newskunda.com/archives/5377 Category: FEATURED NEWS, राजनीति, समाचार, समाज Last updated: 2026-10-31 काठमाडौँ, १४ कात्तिकः राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले न्यायालयमा देखिएको विकृति र विसङ्गति अन्त्यका लागि संसद्मार्फत अघि बढ्ने निष्कर्ष निकालेको छ । पार्टी मुख्यालयमा आज सम्पन्न सचिवालय बैठकले न्यायालयको पुनःसंरचनाका लागि संसदीय दललाई निर्देशन दिएको प्रवक्ता जगदीश खरेलले जानकारी दिनुभयो । “न्यायालयमा देखिएका व्यथिति र विसङ्गति तथा केही न्यायाधीशलाई जोडेर सामाजिक सञ्जाल तथा सञ्चारमाध्यममा जति सन्दर्भ आइरहेका छन्, यो विषयलाई अब निरुपण गर्नुपर्छ”, बैठकको निष्कर्ष सुनाउँदै उहाँले भन्नुभयो, “न्यायलयको पुनःसंरचना गर्नुपर्ने आवश्यकता महसुस भएको अवस्थामा अब संसद्बाट यसको निरुपण खोज्नुपर्छ ।” बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रवक्ता खरेलले शक्ति पृथकीकरणको सिद्धान्त अनुसार अदालत र सरकारबाट मात्र नभई संवैधानिक बाटो संसद भएकाले संसदबाटै न्याय निरूपण र पुनर्संरचनाको विषय उठाइने स्पष्ट पारे । महाअभियोगबारे सोधिएको प्रश्नमा उनले प्रक्रिया संसदीय दलमार्फत संसदमा प्रवेश गरेपछि मात्रै त्यसको टुंगो लाग्ने बताए। --- # रास्वपा बैठकको निर्देशन : सञ्चारकर्मीमाथि भएको व्यवहारको छानबिन गरी दोषीमाथि कारबाही गर Source: https://newskunda.com/archives/5371 Category: FEATURED NEWS, अर्थ, राजनीति, समाचार, समाज Last updated: 2026-10-31 काठमाडौँ, १४ कात्तिकः राष्ट्रिय स्वतन्त्र पार्टीले पत्रकार सञ्चारकर्मीमाथि समाचारका विषयलाई लिएर सोधपुछ तथा समाचार कक्षमा प्रहरी प्रवेश गरी भएका गतिविधिको छानबिन गरी दोषीलाई यथाशीघ्र कारबाही गर्न सरकारलाई निर्देशन दिएको छ । पार्टी मुख्यालयमा आज सम्पन्न सचिवालय बैठकले प्रेस स्वतन्त्रता विरोधी गतिविधिमा संलग्नमाथि कुनै सम्झौता नगरी कारबाही गर्न सरकारलाई निर्देशन दिएको प्रवक्ता जगदीश खरेललले जानकारी दिनुभयो । “पत्रकार तथा सञ्चारकर्मीमाथि सोधपुछ वा पक्राउ गर्ने काम भयो, समाचार कक्षमा पुगे जे–जस्ता क्रियाकलाप भए, यो किन र कसरी भयो, कसले गर्र्यो, यो विषयमा छानबिन गर्न र दोषीलाई कारबाहीको दायरामा ल्याउन बैठकले सरकारलाई निर्देशन दिएको छ”, उहाँले भन्नुभयो । बैठकले त्यस्ता गतिविधि गर्नेमाथि हुने कारबाहीको सन्दर्भमा कुनै सम्झौता र ढिलासुस्ती नगर्न सरकारको ध्यानाकर्षण गराएको छ । “राष्ट्रिय स्वतन्त्र पार्टी मौलिक अधिकारका रूपमा रहेको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता, विधिको शासन र मानव अधिकारको सम्मान गर्दछ”, बैठकपछि प्रवक्ता खरेलले भन्नुभयो, “प्रेस स्वतन्त्रताको सन्दर्भमा रास्वपा कहिल्यै कोहीसँग पनि सम्झौता गर्दैन ।” बैठकले प्रेस स्वतन्त्रताप्रतिको प्रतिबद्धता सुनिश्चित गर्न पनि सरकारलाई निर्देशन दिएको छ । “अबका दिनमा प्रेस स्वतन्त्रता हननका घटना अथवा पत्रकार धरपकटका घटना अथवा समाचार लेखेकै आधारमा समाचारकै विषयमा कुनै पनि सञ्चारमाध्यम, प्रकाशक अथवा प्रसारक अथवा सञ्चारकर्मी पत्रकारले यो खालको स्थिति भोग्नु हुँदैन भन्नेमा रास्वपा स्पष्ट छ”, प्रवक्ता खरेलले भन्नुभयो । --- # रास्वपाका राजिब भक्तपुर क्षेत्र न. २ मा विजयी Source: https://newskunda.com/archives/3432 Category: FEATURED NEWS, निर्वाचन, राजनीति, समाचार, समाज Last updated: 2026-03-07 भक्तपुर, २३ फागुन : भक्तपुरको निर्वाचन क्षेत्र नं. २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार राजिब खत्रीले ३१ हजार ३३८ मतको मतान्तारले विजयी हुनु भएको छ । भक्तपुर क्षेत्र नं.२ मा रास्वपाका खत्रीले ४२ हजार ३३४ को फराकिलो मत प्राप्त गरि विजयी हुनु भएको र उहाँका निकटतम प्रतिद्धन्द्धी एमालेका महेश बस्नेतले १० हजार ९९६ मत प्राप्त गर्नु भएको जिल्ला निर्वाचन कार्यालय भक्तपुरका सूचना अधिकारी भिम विसीले जानकारी दिनुभयो । नेपाली काँग्रेसका करिब राणाको ८ हजार ४०१ मत प्राप्त गर्नु भएको छ । भक्तपुर क्षेत्र नं. २ मा ९८ हजार ३५६ मतदाता रहेकोमा ७२ हजार ७६१ मत खसेको थियो । --- # रास्वपाले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने Source: https://newskunda.com/archives/2657 Category: FEATURED NEWS, राजनीति, समाचार, समाज Last updated: 2023-03-19 काठमाडौं, ५ चैत । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने निर्णय गरेको छ । रास्वपा संसदीय दलको बैठकले प्रधाानमन्त्रीलाई विश्वासको मत दिने निर्णय गरेको हो । २५ फागुनको राष्ट्रपति चुनावमा १० दलको गठबन्धनका उम्मेदवार रामचन्द्र पौडेललाई साथ दिएको रास्वपाले अब प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने निर्णय गरेको छ । बैठकले प्रधानमन्त्रीलाई विश्वासको मत दिने र सत्ता पक्षकै बेञ्चमा बस्ने निर्णय गरेको जनाइएको हो । प्रधानमन्त्री प्रचण्डले भोलि (सोमबार) संसदमा विश्वासको मत लिने तयारी गरेका छन् । --- # राहत, उद्धार मात्रै होईन पुर्नस्थापनाका लागि पनि प्रदेश सरकारले काम गर्छ : वागमती प्रदेशका मुख्यमन्त्री किरण थापा Source: https://newskunda.com/archives/4208 Category: FEATURED NEWS, राजनीति, समाचार, समाज, स्वास्थ्य Last updated: 2026-09-07 ललितपुर, २२ भदौः बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले रसुवाको भोटेकोशीमा गएको बाढी लगातै स्थानीय र सङ्घीय सरकारसँगको समन्वयमा उद्धार तथा राहतलाई पहिलो प्राथमिकता दिएर काम गरिरहेको बताउनुभएको छ । बिपद्पछि प्रभावित क्षेत्रमा बागमती प्रदेश सरकारले गरेको काम, समस्या, चुनौतीबारे जानकारी दिन आज प्रदेश सुशासन केन्द्र ललितपुरमा आयोजित पत्रकार भेटघाटमा मुख्यमन्त्री थापा मगरले भोटेकोशी बाढीबाट प्रभावित जिल्लामा उद्धार, राहत, सडक सञ्चालन, स्वास्थ्य व्यवस्थापन र जनजीविकालाई सहज बनाउने कामलाई प्रदेश सरकारले पहिलो प्राथमिकतामा राखेर अघि बढाएको जानकारी दिनुभयो । “भदौ १० गते बिहान ११ बजे नै बैठक बसेर उद्धार तथा राहतका काम अघि बढायौँ, त्यसपछि हेटौँडामा नै बसेको बैठकले प्रदेश सरकारका सबै मन्त्रालयका सचिव तथा सुरक्षा निकायका प्रमुखलाई बोलाएर विपद् प्रभावित क्षेत्रमा तत्काल परिचालन हुन निर्देशन दिइएको थियो, सङ्घीय सरकारले राहत सामग्री सङ्कलन र समन्वय गर्ने, प्रदेश सरकारले समन्वय तथा सहजीकरण गर्ने तथा स्थानीय सरकारले एकद्वार प्रणालीमार्फत राहत वितरण गर्ने गरी काम गर्ने हो,” उहाँले भन्नुभयो । मुख्यमन्त्री थापा मगरले विपद्का कारण बागमती प्रदेशका रसुवा, नुवाकोट, धादिङ र चितवन जिल्लाका १५ वटा स्थानीय तह प्रभावित भएका र यस क्षेत्रमा ठूलो मानवीय तथा भौतिक क्षति भएको बताउनुभयो । मुख्यमन्त्री थापाले बागमती प्रदेशका विशेष गरी चार जिल्ला—रसुवा, नुवाकोट, धादिङ र चितवनका १५ वटा पालिकाहरू बाढी पहिरोबाट बढी प्रभावित भएको जानकारी दिए । रसुवाका गोसाईंकुण्ड, आमाछोदिङ्मो, कालिका र उत्तरगया गाउँपालिका बाढीबाट बढी प्रभावित भएका छन् । तीमध्ये गोसाईंकुण्ड र उत्तर गयामा स्वास्थ्य चौकी, अस्पताल, पालिका भवनका साथै जनप्रतिनिधि तथा सर्वसाधारणको समेत ज्यान जाने गरी ठुलो मानवीय र भौतिक क्षति भएको छ । नुवाकोटको विदुर नगरपालिका, बेलकोटगढी, किस्पाङ र तारकेश्वर तथा धादिङका गल्छी, सिद्धलेक, गजुरी र बेनिघाट रोराङ गाउँपालिकामा पनि क्षति पुगेको छ । मुख्यमन्त्री थापाले बाढी पहिरोका कारण ७ हजारभन्दा बढी मानिस प्रभावित भएको, ६६२ मेगावाटभन्दा बढी क्षमताका ६ वटा हाइड्रोपावरहरू बन्द तथा क्षतिग्रस्त भएको र खर्बौँको भौतिक क्षति भएको जानकारी दिनुभयो । विपत्ति लगतै १० गते बिहान ११ बजे नै प्रदेश विपत् व्यवस्थापन समितिको बैठक बसेर उद्धारमा टोली खटाइएको मुख्यमन्त्री थापाले जानकारी दिनुभयो । उनी स्वयम् ४ बजे नुवाकोटको बट्टार पुगेर चार वटा प्रादेशिक अस्पतालका १०० भन्दा बढी चिकित्सक तथा स्वास्थ्यकर्मीको टोलीसहित हेल्थ क्याम्प सञ्चालन गराएका थिए । घरबारविहीन भएका र आफन्त गुमाएका पीडितहरूका लागि तत्काल चार वटा सेल्टर (अस्थायी बासस्थान) निर्माण गरी गाँस र बासको व्यवस्था गरिएको उनले बताए । यस्तै, अलपत्र परेका १५ सयभन्दा बढी यात्रु, भक्तजन तथा श्रमिकहरूलाई प्रदेश सरकारको समन्वयमा बसमार्फत निःशुल्क काठमाडौँसम्म ल्याउने व्यवस्था मिलाइएको जानकारी दिनुभयो । मुख्यमन्त्री थापन मगरले अलपत्र नागरिकका लागि चारवटा होल्डिङ सेन्टर सञ्चालन गरी खाना तथा आवश्यक सामग्रीको व्यवस्था गरिएको जानकारी दिनुभयो । “रसुवा र नुवाकोटलाई रु एक एक करोड तथा धादिङ र चितवनलाई रु ५०–५० लाख राहत उपलब्ध गराउने निर्णयअनुसार व्यवस्थापन गरेका छौँ, शव व्यवस्थापन, डीएनए परीक्षण, स्वास्थ्य सेवा तथा १६ मनोपरामर्शदाता परिचालन गरिएको छ,” उहाँले भन्नुभयो । बाढीमा ज्यान गुमाएका मृतकहरूको शव व्यवस्थापन तथा सदगद्का लागि प्रति शव २५ हजार रुपैयाँका दरले सहयोग उपलब्ध गराइने घोषणा समेत गरिएको छ । मुख्यमन्त्री थापा मगरले अभिभावकविहीन बालबालिकालाई कक्षा १२ सम्म शिक्षा तथा आवश्यकताअनुसार आवासीय विद्यालयको व्यवस्था गरिने जानकारी गराउँदै प्रदेश सरकारले आफ्नो स्रोत र साधनले भ्याएसम्म काम गर्ने बताउनुभयो । अवरुद्ध बनेका सडकहरू सञ्चालन गर्न भौतिक पूर्वाधार मन्त्रालय मातहतका पूर्वाधार विकास कार्यालयमार्फत नुवाकोट र रसुवा दुवैतर्फ मेसिनहरू परिचालन गरी वैकल्पिक मार्ग निर्माण भइरहेको मुख्यमन्त्री थापाले जानकारी दिए । प्रदेश विपत् व्यवस्थापन कोषबाट विपत् प्रभावित जिल्लाहरूलाई तत्काल राहत रकम उपलब्ध गराउने निर्णय गरिएको छ । मुख्यमन्त्री थापामगरले यो अकल्पनीय दुर्घटना भएकाले सङ्घ, प्रदेश र स्थानीय तीनै तहका सरकारहरूले एकापसमा समन्वय र सहकार्य गरेर अघि बढ्नुपर्नेमा जोड दिए । ‘अहिले आरोप–प्रत्यारोप गर्ने समय होइन, तीन वटै सरकारले आ–आफ्नो जिम्मेवारी अनुसार पीडितको घाउमा मलहम लगाउनुपर्छ,’ उनले भने । --- # राहुल महरालाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको अनुमति Source: https://newskunda.com/archives/2928 Category: FEATURED NEWS, अपराध, अर्थ, राजनीति, समाचार, समाज Last updated: 2023-08-30 काठमाडौं, १३ भदौ । त्रिभुवन विमानस्थलबाट अवैध रुपमा सुन लुकाएर ल्याउने गिरोहसँग साँठगाँठ रहेको आरोपमा पक्राउ परेका राहुल महरामाथि छानबिन गर्न पाँच दिन म्याद थप भएको छ। बुधबार काठमाडौं जिल्ला अदालतले महरालालाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) लाई अनुमति दिएको हो। नेकपा नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराका छोरा राहुललाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले आज दिउँसो पक्राउ गरेको थियो। उनीविरूद्ध संगठित अपराधमा मुद्दा चल्ने भएको छ। पूर्व सभामुख एवं नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष कृष्णबहादुर महराका छोरा राहुलको सम्बन्ध साढे ६० किलोग्राम सुन तस्करीको गिरोहसँग पनि देखिएको छ। भेप भनिने विद्युतीय चुरोटभित्र लुकाएर ल्याएको सुन तस्करीमा सामेल देखिएको आरोपमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले भदौ १२ मा राहुललाई पक्राउ गरेको हो। भेप प्रकरणमा अनुसन्धानका लागि पक्राउ गरेको औपचारिक जानकारी दिए पनि उनको संलग्नता पछिल्लो सुन तस्करीमा पनि देखिएको प्रमाण सीआईबीले भेटाएको छ। सीआईबी स्रोतका अनुसार पछिल्लो सुन तस्करीमा संलग्न भएको आरोपमा पक्राउ परेका व्यापारी रमेश बस्नेतसँग राहुलको बाक्लो कुराकानी हुने गरेको देखिएको छ। रमेशलाई पनि सीआईबीले भदौ १२ मै पक्राउ गरेको छ। उनले प्रहरी समक्ष आफूलाई चीनबाट फलफूल आयात गर्ने व्यापारीको रुपमा परिचय दिएका छन्। “हामी रमेश फलफूल व्यापारी मात्र हुन् भन्नेमा ढुक्क छैनौं,” अनुसन्धानमा संलग्न एक प्रहरी भन्छन्। अर्का, आरोपित किशोर बस्नेत पक्राउ परेपछि रमेश अनुसन्धानमा तानिएका हुन्। रमेश र किशोरको बाक्लो सम्पर्क देखिएको प्रहरीको भनाइ छ। साढे ६० किलो सुनको अवैध कारोबारको नेपालस्थित व्यवस्थापन गर्ने चिनियाँ मूलका तिब्बती नागरिक दावा छिरिङको मूल सहयोगीको भूमिकामा देखिएपछि दोलखाका किशोरलाई पक्राउ गरिएको हो। किशोरको चीन, कम्बोडियामा समेत आउजाउ भएको देखिएको छ। कम्बोडियामा प्रहरीले अपरेशन गरेपछि चिनियाँ आपराधिक गिरोह २०७५ सालतिर नेपाल छिरेको थियो। नेपाल छिराउने ‘अजेन्ट’ उनै दावा रहेको प्रहरी अभिलेख छ। “रमेशको राहुल र अमला रोकासँग बाक्लो सम्बन्ध रहेको देखिन्छ,” सीआईबी स्रोतले हिमालखबरसँग भन्यो, “हामी प्राविधिक विश्लेषण गरिरहेका छौं।” अमला दावाकी श्रीमति हुन्। दावा पक्राउ पर्ने वितिक्कै अमला सम्पर्कविहीन भएकी छन्। भारतीय प्रहरीको समन्वयमा पक्राउ परेका किशोरको समेत अमलासँग सम्बन्ध देखिएको प्रहरीको भनाइ छ। प्रारम्भिक सूचनाअनुसार, सुन गाल्ने मेसिन अमलाले व्यवस्था गरिदिएकी हुन्। यसको मौखिक सूचना प्रहरीलाई किशोरले दिए पनि बरामद मेसिन त्यही भए/नभएको यकिन हुन भने बाँकी नै छ। राजस्व अनुसन्धान विभागले टोखामा छापा मार्दा सुन गाल्ने दुई वटा मेसिन बरामद गरेको थियो। “त्यही मेसिन हो वा होइन भन्नेबारे ‘भेरिफाई’ भइरहेको छ,” सीआईबी स्रोतले भन्यो। भेप प्रकरणमै तस्कर गिरोहसँग सम्पर्क देखिएका भन्सार अजेन्ट तथा अधिवक्ता खुवाप्रसाद न्यौपानेसँग समेत राहुलको सम्बन्ध देखिएको थियो। न्यौपानेको दावासँग समेत फोन सम्पर्क भएको खुलेको छ। यसले समेत राहुलको यो गिरोहसँग गहिरो साइनो रहेको पुष्टि गर्ने अनुसन्धानमा संलग्न प्रहरीको भनाइ छ। एक महीनामै राहुलले फेरे चार वटा मोबाइल भेपभित्र लुकाएर ल्याएको नौ किलो सुन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै रोकिएपछि छुटाउन सक्रिय भएका थिए, राहुल। छोरा मात्र होइन, बाउ कृष्णबहादुर महरा समेत सुन छुटाउन पहल गरेको भेटिएकाले अनुसन्धानको दायरामा छन्। यसअघि महराको सुन ल्याउने समूहका दाओजिन वाङ र लुईसँग समेत सम्बन्ध देखिएको थियो। तर, त्यतिवेला प्रहरीले अनुसन्धानको दायरामै ल्याएन। यो विषय सार्वजनिक भए लगत्तै राहुलले मोबाइल फोनको सेट र सिम नै परिवर्तन गर्न थालेको अनुसन्धानबाट खुलेको छ। साढे ६० किलो सुन तस्करी प्रकरण बाहिरिएपछि त सेट र सिम फेर्ने राहुलको आदत जस्तै बनेको देखिएको छ। यही भएर एक सातादेखि राहुलको मोबाइल ट्रयाक गर्दा समेत प्रहरीले भेउ पाउन सकेको थिएन। “हामीले पक्राउ गर्दा ‘ट्रयाक’ गरेको चौथो सेट रहेछ,” सीआईबीका एक अधिकृतले भन्छन्, “फोन फेरिरहेकाले राहुलले प्राविधिक प्रमाण नष्ट गरेको हुनसक्छ।” फरेन्सिक परीक्षणबाट मात्रै धेरै कुरा खुल्ने प्रहरीको अपेक्षा छ। यो समूहका सदस्यबीच ‘वीच्याट’मा कुराकानी हुने गरेकाले प्राविधिक र भाषागत समस्याले धेरै तथ्य खुल्न बाँकी रहेको अनुसन्धानमा संलग्न प्रहरीको भनाइ छ। गत साउन ३ गते त्रिभुनव अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयबाट जाँच पासपछि बाहिरिएको सुन राजस्व अनुसन्धान विभागले जफत गरेको थियो। १५ दिनभन्दा बढी विभागले नै अनुसन्धान गरेर संगठित प्रकृतिको अपराध देखिएको भन्दै सीआईबीलाई जिम्मा लगाएको थियो। त्यसयता यो गिरोहमा सामेल भएको आरोपमा २४ जना पक्राउ परेका छन्। दावा पक्राउ परेकामध्ये सबैभन्दा उपल्लो तहका आरोपित हुन्। राहुलले राजनीतिक र प्रशासनिक ‘लाइन’ मिलाइदिने भूमिका पाएको प्रहरीको दाबी छ। यो समूहले चीन, हङकङ, दुबईबाट सुन नेपाल ल्याएर भारतीय बजारमा आपूर्ति गर्दै आएको प्रहरीको अनुसन्धानमा देखिएको छ। धेरै मुनाफा हुने भएकाले भन्सार छलेर सुन नेपाल हुँदै भारतीय बजार पुर्याउने आपराधिक समूह सक्रिय छ। पछिल्लो समय भने विद्युतीय सामग्रीभित्र लुकाएर ल्याएको सुन नेपालमा पगालेर भारत पुर्याउने शैली तस्कर समूहले अपनाउँदै आएको थियो। दावाको समूह चिनियाँ आपराधिक गिरोहलाई नेपाल ल्याउने र नेपाल भित्राएर अवैध सुन व्यवस्थापन गरिदिने भूमिकामा देखिएको खुलेको छ। तर, अझै पनि तस्करीको सुनमा लगानी चिनियाँको मात्रै छ वा भारतीय व्यापारी पनि संलग्न छन् भन्ने खुलिसकेको छैन। विगतमा भने भारतीय व्यापारीले रकम जम्मा गरेर सुन तस्करीका लागि कोष खडा गर्ने गरेका थिए। त्यसमा केही नेपाली व्यापारी पनि मिसिन्थे। प्रहरीले तस्कर गिरोहको उपल्लो तह छिचोल्न नसकेकाले यो पाटो खुल्न सकेको छैन। संगठित अपराध र सुन तस्करीको अनुसन्धानको ६० दिने म्याद अन्तिम चरणमा पुगेकाले गिरोहको जालो छिचोल्न प्रहरीलाई दबाब छ। त्यसमाथि सत्तारुढ दलकै पदाधिकारी र पारिवारिक सदस्य समेत मुछिएकाले अनुसन्धान झनै पेचिलो बन्ने देखिन्छ। माओवादी नेता महरा चिनियाँ व्यापारीसँगको सम्बन्धनले यसअघि पनि विवादमा आएका थिए। उनले चुनाव जित्न चिनियाँ व्यापारीसँग ५० करोड रुपैयाँ मागेको अडिओ सार्वजनिक भएको थियो। त्यतिवेला माओवादी तथा राज्यबाट कुनै छानबिन पनि नहुँदा जोगिएका महरा अहिले भने सुन तस्करीजस्तो जघन्य र संगठित गिरोहका लागि काम गरेको आरोप खेपिरहेका छन्। जसमा छोरा राहुल पक्राउ परेका छन् भने उनी पनि अुनसन्धानको घेरामा छन्। --- # रिटर्नी युवा सञ्जालले आयोजना गरेको बैदेशिक रोजगारबाट फर्केका युवाहरुको अबस्था, समस्या र सम्भाव्यता विषयक प्रशिक्षण सम्पन्न Source: https://newskunda.com/archives/1679 Category: FEATURED NEWS, अर्थ, राजनीति, समाचार, समाज Last updated: 2022-08-06 भक्तपुर, २१ साउन । राष्ट्रिय युवा परिषद्अन्तर्गतको रिटर्नी युवा सञ्जालले आज परिषद् कार्यालय सानोठिमीमा आयोजना गरेको बैदेशिक रोजगारबाट फर्केका युवाहरुको अबस्था, समस्या र सम्भाव्यता विषयक प्रशिक्षणमूलक कार्यक्रम–२०७९ को सम्पन्न गरेको छ । कार्यक्रमको युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराजले उद्घाटन गर्दै विदेशबाट फर्किएका युवाहरूलाई स्वदेशमै केही गर्न सक्ने वातावरण सिर्जना गर्न सरकार प्राथमिकतापूर्वक लागिरहेको बताउनु भएको छ । बैदेशिक रोजगारबाट फर्किएका युवाहरुलाई स्वरोगार र उत्पादनमा जोड्न सके देशको मुहार फेरिने बताउदै उहाँले यसका लागि सरकारले प्राथमिकतापूर्वक लागिरहेको बताउनु भयो । सरकारले युवाका लागि बिभिन्न कार्यक्रमहरु अगाडि सार्दै त्यसका लागि बजेट विनियोजन गरेको बताउदै मन्त्री गहतराजले युवाका लागि ल्याएका विभिन्न योजना र कार्यक्रमलाई एकीकृत गरि ठोस परिणाम दिने गरि अगाडि बढाउनु पर्नेमा जोड दिनु भयो । कार्यक्रममा राष्ट्रिय युवा परिषद्का कार्यकारी उपाध्यक्ष सुरेन्द्र बस्नेतले विदेशबाट फर्किएका युवाहरूको विदेशमा सिकेको सीप, श्रम र दक्षतालाई नेपालमै सदुपयोग गर्ने गरि सरकारले योजनाहरु ल्याउनु पर्नेमा जोड दिनु भयो । बैदेशिक रोजगारीका क्रममा उनीहरुले सिकेका अनुभव र सीपलाई उपयोगी बनाउन सके राष्ट्र निर्माणमा मेरुदण्ड बन्न सक्ने उहाँको भनाइ थियो । कार्यक्रममा युवा स्वरोजगार कोषका कार्यकारी निर्देशक विश्वमोहन अधिकारीले युवालाई स्वरोजगार बनाउन कोषले बिभिन्न कार्यक्रमहरु अगाडि ल्याएको बताउनु भयो । त्यसअवसरमा वैदेशिक रोजगार बोर्डका कार्यकारी निर्देशक राजनप्रसाद श्रेष्ठले विदेशबाट श्रम गरेर फर्किएका युवाका लागि विशेष कार्यक्रम ल्याउन बोर्ड लागिएको बताउनु भयो । युवाहरूलाई देशभित्रै अवसर खोज्न आग्रह गर्दै युवा अर्थशास्त्री डीपी ढकालले नेपाली श्रम वजारको अबस्था, समस्यता, चुनौती र अवसरकाबारेमा चर्चा गर्नु भयो । कार्यक्रममा प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीइभीटी)का निर्देशक अनोज भट्टराईले सीप र प्रबिधिसँग जोड्दै विदेशबाट फर्किएका युवाहरुलाई तालिम दिएर थप दक्ष बनाउने कार्यक्रम अगाडि सारेको बताउनु भयो । कार्यक्रममा रिटर्नी माइग्रेन्ट नेपालका केन्द्रिय सचिवालय सदस्य काजी थापा, संजालका उपाध्यक्ष सविन खड्काले कार्यक्रमको औचित्यमाथि प्रकाश पार्दै बैदेशिक रोजगारीबाट फर्किएका युवाका समस्या र अपेक्षावारे चर्चा गर्नु भयो । रिटर्नी सञ्जालका अध्यक्ष एवं कार्यक्रमका सभापति सुवास ढकालले बैदेशिक रोजगारीबाट फर्किएका युवालाई स्वरोजगार र उत्पादनसँग जोड्दै कसरी लैजाने भन्नेबारेमा कार्यक्रममा प्रशिक्षणसमेत सञ्चालन गरिएको बताउनु भयो । --- # रुखले बस र स्कुटर किच्दा मृत्यु भएका तीन र १२ जना घाइतेको पहिचान खुल्यो Source: https://newskunda.com/archives/1546 Category: FEATURED NEWS, समाचार, समाज Last updated: 2022-07-25 भक्तपुर, ८ साउन । भक्तपुर नगरपालिका–१ सल्लाघारी स्थित चोङ्गा गणेश सल्लाघारी दूधपाटी सडकमा सडक छेउको सल्लाको रुख ढलेर बस र स्कुटर किच्दा मृत्यु भएका तीनको पहिचान खुलेको छ । दिउँसो काठमाण्डौंबाट यात्रु बोकेर दूधपाटीहुँदै कमलविनायक जादै गरेको बा. २ ख. ३५८४ नं. को यात्रु बाहक बस र दूधपाटीबाट सल्लाघारी तर्फ जाँदै गरेको बा. ६१ प. ३९७८ नं. स्कुटरलाई ढलेको रुखले किच्दा बसमा सवार दुई र स्कुटरमा सवार एक जनाको मृत्यु भएको थियो । दुर्घटनामा घाइते भएका १५ जना मध्ये बसमा सवार भक्तपुर नगरपालिका–२ व्यासी बस्ने २५ वर्षीय विशेष खर्बुजा, चाँगुनारायण नगरपालिका–२ का ५५ वर्षीय न्हुच्छेराम बखाद्यो र स्कुटरमा सवार सर्लाही हरिवन नगरपालिका–४ घरभएका ४५ वर्षीय राजकुमार भुजेलको मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक राजू पाण्डेले जानकारी दिनु भयो । दुर्घटनामा घाइते भएका १२ जनाको मध्ये भनपा.–१० कमलविनायक बस्ने १९ वर्षीय रितिक बासुकला, चानपा– ४ चाँगु बस्ने १८ वर्षीया निशा लिगल, काठमान्डौ–१० बुद्धनगर बस्ने ६८ वर्षीय पदमप्रसाद योजु, रामेछाप दोरम्वा गा.पा.–७ घर भई हाल सूर्यविनायक न.पा–८ सिपाडोल बस्ने बस चालक २२ वर्षीय हुमबहादुर मगर, सर्लाही घर भई हाल सूर्यविनायक वस्ने १६ वर्षीय आकाश वाईवा र भक्तपुर नपा–७ बस्ने १८ वर्षीय सिम्रन लागेजुको इवामुरा अस्पताल सल्लाघारीमा उपचार भइरहेको छ । त्यसैगरि उदयपुर लिचुंगु गापा.–१ भई हाल काठमाण्डौ स्वयम्भु बस्ने बर्ष ४१ को निलबहादुर राई, पर्वत जलजला गा.पा.–७ घर भई हाल काठमान्डौ शंखमुल बस्ने १९ वर्षीय समिर आचार्य, पाँचथर याङ्गवरक गा.पा.३ घर भई हाल भक्तपुर सल्लाघारी बस्ने १२ वर्षीया समृद्धि लिम्बु, पाँचथर याङ्गवरक गा.पा.३ घर भई हाल भक्तपुर सल्लाघारी बस्ने १८ वर्षीया अप्सरा लिम्बु, पर्वत फलेवास न.पा.२ घर भई हाल काठमान्डौ वानेश्वर बस्ने १९ वर्षीय सागर शर्मा र भक्तपुर न.पा.८ जेला बस्ने ४८ वर्षीया लक्ष्मी दुवालको भक्तपुर ईन्टरनेशनल अस्पताल कौशल्टारमा उपचार भइरहेको छ । घट्नाको बारेमा भक्तपुरका सांसद प्रेस सुवालले संसदमा बोल्दै मृतक परिवारलाई क्षतिपूर्ति दिन र घाइतेको उपचार गर्न सरकारसँग माग गर्नु भयो । त्यस्तै गृहमन्त्री बाल कृष्ण खाँडको घाइतेको उपचारको व्यबस्था तत्काल मिलाउन निर्देशन दिनु भएको छ । मन्त्रीको निर्देशन पछि भक्तपुरकी प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मा, प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक शिवकुमार श्रेष्ठलगायतको टोलीले घट्नास्थल, अस्पतालमा उपचार गराइरहेका अस्पतालमा पुगेर विरामीको अबस्थाकाबारेमा जानकारी लिनु भएको छ । --- # र्यविनायक मेयर कप ब्याडमिन्टन प्रतियोगिता–२०८३ मा ४८ टिम प्रतिस्पर्धामा Source: https://newskunda.com/archives/5569 Category: FEATURED NEWS, खेलकुद, समाचार, समाज Last updated: 2026-11-08 भक्तपुर, २१ कात्तिक : सूर्यविनायक नगरपालिकामा सुरु भएको भक्तपुर जिल्ला अन्तर क्लबस्तरीय सूर्यविनायक मेयर कप ब्याडमिन्टन प्रतियोगिता–२०८३ मा ४८ टिम प्रतिस्पर्धामा उत्रिएका छन् । सूर्यविनायक नगरपालिका वडा नं. ८ स्थित चन्द्र वैभव ब्याडमिन्टन क्लबमा आज सञ्चालन भइरहेको प्रतियोगिताको सूर्यविनायक नगरपालिकाका प्रवक्ता एवं खेलकुद विकास समितिका संयोजक रवीन्द्र सापकोटाले उद्घाटन गर्नु भएको हो । सूर्यविनायक नगर खलकुद विकास समितिले तिहारको अवसरमा आयोजना गरेको प्रतियोगितामा पुरुष एकल, महिला एकल, पुरुष डबल्स, ४५ वर्ष माथिको भेट्रान डबल्स, १७ वर्ष मुनीको पुरुष एकल गरि चार विधामा प्रतिस्पर्धा भईरहेको समितिका सदस्य सचिव दिपक थापाले बताउनुभयो । प्रतियोगितामा सबै विधामा प्रथम हुनेलाई नगद रु. ३० हजार, दोश्रो हुनेलाई नगद रु. २० हजार, तेश्रो हुनलाई नगद रु. १० हजार पुरस्कार, ट्रफी तथा प्रमाण पत्र प्रदान गरिने उहाँले जानकारी दिनुभयो । प्रतियोगितामा उत्कृष्ठ खेलाडीलाई रुं ८ हजार र उदयमान खेलाडीलाई प्रोत्साहन स्वरुप नगद रु. ५ हजार नगद सहित प्रमाण पत्र प्रदान गरिने सदस्य सचिव थापाले बताउनुभयो । कार्यक्रममा नगर प्रवक्ता एव समितिका संयोजक रविन्द्र सापकोटा, नगरपालिकाको आर्थिक विकास समितिका संयोजक एवं वडा नं. ८ का वडाध्यक्ष पुष्पराज बस्नेतलगायतले सूर्यविनायक नगरपालिकाले नगद खेलकुद विकास समिति गठन गरेसंगै नगरपालिकाले खेलकुदको प्रशिक्षण, प्रतियोगिता र विकासमा लगातार कार्य गर्दै खेलकुदको विकासमा फड्को मारेको बताउनुभयो । --- # ललितपुर महानगरपालिकाले मुख्यमन्त्री किरण थापालाई स्वागत, प्रदेश सरकारको महानगरलगायत पालिकाहरुको विकासका लागि कटिबद्ध रुपमा लाग्ने प्रतिबद्धता Source: https://newskunda.com/archives/4409 Category: FEATURED NEWS, अर्थ, राजनीति, समाचार, समाज Last updated: 2026-09-23 ललितपुर, ७ असोज । वागमती प्रदेशका मुख्यमन्त्री किरण थापाले भदौ १० गते आएको रसुवा बाढी प्रभावित क्षेत्रको पुर्ननिर्माणका लागि सहयोग गर्न स्थानीइ तहलाई आग्रह गर्न भएको छ । ललितपुर महानगरपालिकाले आज उहाँको लागि आयोजना गरेको बधाई तथा स्वागत कार्यक्रममा बोल्दै भोटेकोशी बाढी प्रभावित क्षेत्रको पुर्ननिर्माणमा सहयोग गर्न आग्रह गर्नु भएको हो । मुख्यमन्त्री थापाले भन्नुभयो, “रसुवा भोटेकोशीको बाढी प्रभावित क्षेत्रमा राहत, खोज तथा उद्धार कार्यको पहिलो चरणको काम सकिएको छ, अब पुर्ननिर्माणको काम अगाडि बढाउनु हाम्रो पनि जिम्मेवारी हो, पुर्ननिर्माणका लागि तीन तहको सरकारको सहयोग र समन्वय आवश्यक छ, त्यसैले पुर्न निर्माणका लागि सबै स्थानीय तह र विशष गरि काठमाडौं उपत्यका मेयर्स फोरमले वागमती प्रदेशका राहत कोषमा सहयोग रकम जम्मा गरेर पुर्ननिर्माणमा सघाउँन आग्रह गर्दछु ।” उहाँले ललितपुर महानगरपालिकाको नगर प्रहरीले पिवदको बेलामा देखाएको सक्रियतादेखि सरसफाई एवं जुनसुकै बेलामा नगरलाई स्वच्छ, हराभार बनाउन गरेको योगदान प्रशंसा गर्न लायक भएको बताउनुभयो । नगर प्रहरीले जनताको मन जित्न सके पालिकाको विकासमा टेवा पुग्ने बताउँदै मेयरको मेरुदण्ड नै नगर प्रहरी भएकाले नगर प्रहरीले पालिकदेखि जनताको सुखदुखमा साथ दिनु पर्ने बताउनुभयो । मुख्यमन्त्री थापाले भन्नुभयो, “सामाजिक कामको लागि नगर प्रहरीलाई विपदको बेलामा परिचालन गर्नसके मानवीय क्षति र भौतिक संरचनामा हुने क्षति कम हुन्छ, एउटा पालिकामा विपद आउँदा अर्को पालिकाको नगर प्रहरी गएर सहयोग गर्ने व्यबस्था मिलाउँनु पर्छ । एउटा नगरपालिकाले अर्को पालिकामा जाने मेकानिजम म बनाउँछु ।” बागमती प्रदेश सरकार र ललितपुर महानगरपालिकाबीचको सहकार्य, समन्वय तथा आपसी सम्बन्धलाई अझ सुदृढ बनाउँदै महानगरको समग्र विकास, पूर्वाधार, सेवा प्रवाह तथा समृद्धिका विषयमा समेत महत्वपूर्ण छलफल भएको थियो । स्थानीय तह र प्रदेश सरकारबीचको प्रभावकारी सहकार्यबाट मात्र नागरिकका आवश्यकता र अपेक्षालाई सम्बोधन गर्दै दिगो विकास र समृद्धिको लक्ष्य हासिल गर्न सकिने बताउँदै यसका लागि बागमती प्रदेश सरकार स्थानीय तहसँग सहकार्य र समन्वय गर्दै अघि बढ्न प्रतिबद्ध रहेको बताउनु भयो । ललितपुर महानगरपालिकाको विकास र समृद्धिको यात्रामा प्रदेश सरकारको निरन्तर साथ, सहयोग र सहकार्य रहने उहाँले बताउनुभो । --- # ललितपुर महानगरमा काँग्रेस र माओवादी केन्द्रबीच भागवण्डा, अन्य दलबाट उम्मेदवारी दर्ता Source: https://newskunda.com/archives/449 Category: FEATURED NEWS, राजनीति, समाचार Last updated: 2022-04-24 ललितपुर, ११ बैशाख : आगामी ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि ललितपुरमा आज आठ जनाले प्रमुख र दुई जनाले उपप्रमुखमा उम्मेदवारी दिएका छन् । ललितपुर महानगरका निर्वाचन अधिकृत विष्णु पाण्डेका अनुसारललितपुर महानगरमा प्रमुखमा राष्ट्रिय राष्ट्रिय जनमुक्ति पाटीबाट समि कपुर महर्जन, आमूल परिवर्तन मसिया पार्टीबाट सपना महर्जनले, राप्रपाबाट अष्टबहादुर महर्जनले, विवेकशिल साझा पार्टीबाट उज्वलकृष्ण श्रेष्ठ, राप्रपाले प्रमुखमा अष्टबहादुर महर्जन र उपप्रमुखमा स्वर्णिम शाक्यले उम्मेदवारी दर्ता गराउनु भएको छ । त्यसैगरि प्रमुखमै मौलिक जरोकिलो पार्टीबाट सपना श्रेष्ठले, नेकपा मालेबाट मोहनराज शाक्यले र स्वतन्त्रबाट सरिना लाखे श्रेष्ठले उम्मेदवारी दर्ता गराउनु भएको छ । उपप्रमुखमा भने राप्रपबाट स्वर्णिमा शाक्य र स्वातन्त्रबाट रत्न व्यजनकारले उम्मेदवारी दिनु भएको छ । त्यस्तै नेपाल मजदुर किसान पार्टीले पनि उम्मेदवारी दर्ता गराएको छ । यहीँ ३० गते हुने स्थानीय तहको निर्वाचनमा ललितपुर जिल्लामा सात वटै स्थानीय तहमा सत्ता गठबन्धनबीच भागवण्डा मिलेको छ । ललितपुरमा कांग्रेस र माओवादीबीच भएको छलफलमा भागवण्डा मिलेपछि नेकपा एकीकृत समाजवादीले भने ललितपुरमा भागवण्डा भित्र पर्न सकेन । भागवण्डा अनुसार ललितपुर महानगर प्रमुखमा नेपाली काँग्रेस, उपप्रमुखमा नेकपा माओवादी केन्द्र, महालक्ष्मी नगरपालिकामा प्रमुख माओवादी केन्द्र, उपप्रमुख काँग्रेस, गोदावरी नगरपालिकामा प्रमुख, उपप्रमुख दुबै नेपाली काँग्रेस, वाग्मति गाउँपालिकामा अध्यक्ष काँग्रेस, उपाध्यक्ष माओवादी केन्द्र, कोन्ज्योसोम गाउँपालिकामा अध्यक्ष माओवादी केन्द्र, उपाध्यक्ष काँग्रेस र महांकाल गाउँपालिकामा अध्यक्ष काँग्रेस र उपाध्यक्ष माओवादी केन्द्रले लिने गरि सहमति भएको छ । दुई दलबीच भागवण्डा मिले पनि उम्मेदवार कसलाई बनाउने भन्नेबारेमा भने छलफल भइरहेको बताइएको छ । --- # लायकू भैलःका लिपा दायगिंलाइ कदर पत्र प्रदानका साथै माउन्ट सिनाइ एकेडेमीमा बधाइ तथा विदाइ कार्यक्रम सम्पन्न Source: https://newskunda.com/archives/1997 Category: FEATURED NEWS, जीवन शैली, राजनीति, रोचक, शिक्षा, समाचार, समाज Last updated: 2022-09-04 भक्तपुर, १९ भदौ । माउन्ट सिनाइ एकेडेमीले माउन्ट सिनाइ इंगलिस बोर्डिग स्कुल र माउन्ट सेव इंगलिस बोर्डिग स्कुलबाट एस.ई.ई. उतीर्णहरु विद्यार्थीहरुलाई बधाई तथा विदाइ कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा यी दुई स्कुलका २०७६ देखी २०७८ सम्मका तीन एस.ई.ई ब्याचलाई बधाइ तथा विदाइ गरेको हो । एकेडेमीका डाइरेक्टर डा. ज्ञानकृष्ण कायस्थको सभापतित्वमा सम्पन्न कार्यक्रममा डा. देवी गुरुङले आफनो कठिन जीवनका दिनहरुवारे स्मरण सुनाउँदै लक्ष्यमा निरन्तर लागि रहे जीवनमा सफलता हासिल गर्न सक्ने बताउनु भयो । माउन्ट सिनाइ इंगलिस बोर्डिग स्कुलका प्रिन्सिपल विप्लव प्रजापति र माउन्ट सेव इंगलिस बोर्डिग स्कुलका प्रिन्सिपल राजेश्वरी कायस्थले विद्यार्थीहरुलाई बधाइ ज्ञापन गर्नु भएको कार्यक्रममा विद्यार्थीहरु आयुष थापा, अग्रिम श्रेष्ठ लगायतले पठन शैली र अनुभववारे भनाइ राख्नु भएको थियो । गायन, नृत्य लगायतका सांस्कृतिक प्रस्तुतिहरु सहित सम्पन्न गरिएको कार्यक्रममा लिपा दायगिंको भूमिकामा कठिन तान्त्रिक नाच लायकू भैलः २०७९मा सहभागी सो स्कुलका पुर्व विद्यार्थी श्रयन श्रेष्ठलाई कदर पत्र पनि प्रदान गरेको थियो । --- # लुकेर सुनका गरगहना चोरी गर्ने गिरोहका पक्राउ Source: https://newskunda.com/archives/2131 Category: FEATURED NEWS, अपराध, समाचार, समाज Last updated: 2022-09-13 भक्तपुर, २८ भदौ : भक्तपुर र काभ्रे जिल्लाका विभिन्न एकान्त ठाउँमा सुनका गरगहना लुटपाट गर्ने गिरोहका चार जना र सुनका गहना गाल्ने तथा खरिद गर्ने दुई जना गरि ६ जनालाई भक्तपुर प्रहरीले आज पक्राउ गरेको छ । सुनका गरगहना लगाएका व्यक्तिहरुलाई पिछा गरी लुटपाट गदै आइरहेका चार जनालाई महानगरीय प्रहरी बृत्त थिमिका प्रहरीले टोलीले लुटेका गहनासहित पक्राउ गरेको हो । काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका वडा नं. ९ का २२ वर्षीय बुद्ध तामाङ, उदयपुरको त्रियुगा नगरपालिका ७ का २३ वर्षीय बिशाल राई, सिन्धुलीको मरिन गाउँपालिका ५ का २० वर्षीय आर्यन माझी, काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका ३ का २१ वर्षीय सुदिप भण्डारीलाई प्रहरीले पक्राउ गरेको प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक राजू पाण्डेले जानकारी दिनु भयो । प्रहरीले चोरीको सुनका गहना गाल्ने अभियोगमा मोरङ शनिश्वरे नगरपालिका ८ का ४० वर्षीय चन्द्रबहादुर बिक र चोरेको सुन किनेको अभिायोगमा भारत महाराष्ट्र जिल्ला सिङ्ली जिल्ला घर भई हाल काठमाडौं महानगरपालिका–बस्ने ३५ वर्षीय अमोल भोसलाई प्रहरीले पक्राउ गरेको उहाँले बताउनु भयो । निजहरुको साथबाट लुटिएको सुन दुईतोला र लुटपाटमा प्रयोग गरिएको दुई वटा मोटरसाइकलसहित नियन्त्रण लिएर गिरोहका अन्य व्यक्तिको खोजी तथा घट्नाबारे अनुसन्धान अगाडि बढाएको उहाँले बताउनु भयो ।––– --- # लेखापढी व्यवसायमा व्यवसायी एशोसियसन भक्तपुरको अध्यक्षमा राना निर्वाचित Source: https://newskunda.com/archives/2637 Category: FEATURED NEWS, Uncategorized, अर्थ, राजनीति, समाचार, समाज Last updated: 2023-03-18 भक्तपुर, ४ चैत । नेपाल लेखापढी कानुन व्यवसायी एशोसियसन भक्तपुरको अध्यक्षमा बालकोट निवासी रामशरण राना विजयी हुनुभएको छ । नेपालमा कोरोनाको महामारी र अन्य कारणले रोकिएका अधिवेशन अन्तर्गत सात वर्षमा आज सम्पन्न भएको निर्वाचनमा १७४ मत प्राप्त गरि राना नर्वाचित हुनुभएको हो । सुरुमा अध्यक्षमा उम्मेदवार घोषणा गरि उम्मेदवारी दर्ता गराउनु भएका राजेन्द्रकुमार दाहाल (राजकुमार), राजेन्द्र बस्नेत र सुरेशकुमार राउतले सहमतिका लागि भन्दै उम्मेदवारी फिर्ता लिएपनि राना र उहाँका निकटम प्रतिष्पर्धी नवराज दाहाल ‘जुझारु’ चुनावी प्रतिस्पर्धामा जानु भएको थियो । निर्वाचनबाट दाहालले कूल ९१ मत प्राप्त गर्नुभयो । कूल १३ सदस्यीय कार्यसमितिका लागि दुई वटा प्यानल बनाएर भएको निर्वाचनमा सचिव र तीन सदस्य बाहेक सबै राना समूहका निर्वाचित भएका छन् । एशोसियसनको उपाध्यक्षमा १८० मतका साथ रामकाजी पाटी निर्वाचित हुनु भयो भने उहाँका प्रतिष्पर्धी नरेश खड्काले ८३ मत प्राप्त गर्नुभयो । सचिवमा १३१ मत प्राप्त गरि दिपक श्रेष्ठ निर्वाचित हुनुभयो भने पाँच मतले पछाडि पार्दै १२६ मत प्राप्त गर्नु भएका जयराम फोजूले १२६ मत प्राप्त गर्नु भएको थियो । सहसचिवमा रामभक्त किजुले ९९ मत प्राप्त गरि निर्वाचित हुनु भयो भने उहाँका निकटतम प्रतिद्धन्दी अशोक नायभारीले ८० मत र ऋषिराम के.सी.ले ७८ मत प्राप्त गरि पछाडि पर्नुभयो । कोषाध्यक्षमा राना समूहका रुपा भण्डारी १६५ मतका साथ निर्वाचित हुनुभयो भने सहकोषाध्यक्षमा ईश्वरमणी भट्टराई १०६ मतका साथ विजयी हुनुभयो । सदस्यहरुमा लक्ष्मण डोटेल (१०७), मनिता शर्मा (१११), अच्युत शिवाकोटी (९८), सुरोज कवाँ (१०२), विकास कुस्मा (१०३), श्यामसुन्दर सिलवाल (९६) र श्यामसुन्दर घटुवा (११५) निर्वाचित हुनुभयो । निर्वाचित पदाधिकारी एवं सदस्यहरुलाई प्रमुख निर्वाचन अधिकृत प्रियकुमार थापाले प्रमाण पत्र प्रदान गर्नु भएको थियो । निर्वाचनमा निर्वाचन अधिकृत रामबाबु फुँयाल र सुमन कार्कीले सहज रुपमा सम्पन्न गराउनु भएको थियो । अध्यक्षमा राना निर्वाचित भएपछि नेपाली काँग्रेसका जिल्ला सभापति एवं सांसद दूर्लभ थापाले बधाई दिनुभयो । --- # वडा अध्यक्ष केसीलाई सूर्यविनायक–३ बालकोटवासी भन्छन् : विकास राम्रो भो अब हामीलाई पानी दिनुस् Source: https://newskunda.com/archives/3790 Category: FEATURED NEWS, अर्थ, राजनीति, समाचार, समाज Last updated: 2026-06-04 भक्तपुर । सूर्यविनायक नगरपालिका वडा नं. ३ मा विकास, सेवा प्रवाह, सुशासन तथा जनचासोका विषयमा केन्द्रित सार्वजनिक सुनुवाई तथा प्रगति समीक्षा कार्यक्रम सम्पन्न भएको छ । राष्ट्रिय सञ्चार केन्द्र नेपाल (एनएमसी) को आयोजना तथा सूर्यविनायक नगरपालिकाको सहयोगमा वडा कार्यालयमा आयोजित कार्यक्रममा चालु आर्थिक वर्षमा वडाले गरेका विकास निर्माण, सामाजिक सेवा, प्रशासनिक गतिविधि तथा आगामी प्राथमिकताबारे समीक्षा गरिएको थियो । कार्यक्रममा स्थानीयवासीले आफ्ना गुनासा, सुझाव र जिज्ञासा खुलस्त रूपमा राखेका थिए । कार्यक्रममा वडासचिव शेषराज दाहालले चालु आर्थिक वर्षमा वडामा ३० वटा योजना सञ्चालन भएको जानकारी दिँदै अधिकांश योजना सम्पन्न भइसकेको बताए । उनका अनुसार ३२६ जना लाभग्राहीलाई सामाजिक सुरक्षा भत्ता वितरण गरिएको छ भने विभिन्न शीर्षकबाट ८१ लाख ९८ हजार ७४३ रुपैयाँ राजस्व संकलन भएको छ । बढ्दो महँगीका कारण केही योजनामा चुनौती देखिएको उनले उल्लेख गरे । सुनुवाईमा सहभागी स्थानीयवासीहरूले तुवाचो गणेश मन्दिरको पुनर्निर्माण, खानेपानी वितरणको असमानता हटाउने व्यवस्था, सडकबत्ती जडान, स्वास्थ्य शिविर सञ्चालन, किरियापुत्री भवन निर्माण, गणेश आधारभूत विद्यालयको शैक्षिक गुणस्तर सुधार, ढल व्यवस्थापन, सार्वजनिक कार्यक्रममा जनसहभागिता वृद्धि, जेष्ठ नागरिक, महिला, अपाङ्गता भएका व्यक्ति तथा एकल महिलामैत्री कार्यक्रम, सीसी क्यामेरा जडान तथा जीवन विज्ञान ९योग० प्रयोगशालाका लागि भवन व्यवस्थापनलगायत विषय उठाएका थिए । प्रश्नहरूको जवाफ दिँदै बालकोट प्रहरी प्रभागका प्रमुख पदमबहादुर बलायरले अपराध नियन्त्रण र सुरक्षा व्यवस्थापनका लागि सार्वजनिक स्थानमा थप सीसी क्यामेरा जडान आवश्यक रहेको बताए । साथै, विग्रिएका क्यामेराको मर्मतसम्भारमा समेत ध्यान दिनुपर्ने उनको भनाइ थियो । स्वास्थ्य चौकी बालकोटका प्रमुख सुशील घिमिरेले सीमित स्रोत–साधनका बाबजुद जेष्ठ नागरिक तथा दीर्घरोगी नागरिकलाई सेवा दिइरहेको जानकारी दिए । उनले सुगर र प्रेसरका बिरामीलाई निःशुल्क औषधि उपलब्ध गराइरहेको, नियमित स्वास्थ्य शिविर सञ्चालन भइरहेको तथा गर्भवती महिलाका लागि निःशुल्क अल्ट्रासाउण्डसहितको स्वास्थ्य परीक्षण कार्यक्रम सञ्चालनको तयारी भइरहेको बताए । जेष्ठ नागरिकको स्वास्थ्य सेवाका लागि थप बजेट र औषधिको आवश्यकता रहेको उनले औंल्याए । बालकोट खानेपानी उपभोक्ता समितिका सचिव हरिचन्द्र अधिकारीले केयूकेएल र नगरपालिकाबीचको सहकार्यपछि केही राहत मिलेको भए पनि मागअनुसार पानी वितरण गर्न अझै चुनौती रहेको बताए । पाइपलाइन विस्तारमा समस्या रहेको उल्लेख गर्दै उनले उपलब्ध पानीलाई समान रूपमा वितरण गरिरहेको स्पष्ट पारे । कार्यपालिका सदस्य हेमा दाहालले महिला, बालबालिका, दलित, अपाङ्गता भएका व्यक्ति तथा एकल महिलालाई लक्षित कार्यक्रमहरू प्रभावकारी रूपमा सञ्चालन भइरहेको बताइन् । उनले सीपमूलक तालिममार्फत स्वरोजगार र आयआर्जनका अवसर सिर्जना गरिएको उल्लेख गर्दै आवश्यक परे व्यवसाय सञ्चालनका लागि समेत वडाले सहयोग गर्ने बताइन् । कार्यक्रमका क्रममा वडाध्यक्ष दीपेन्द्र केसीले विकासका लागि योजना मात्र नभई पर्याप्त बजेट आवश्यक रहेको धारणा राख्नु भयो । उनले तुवाचो गणेश मन्दिर पुनर्निर्माण गर्ने प्रतिबद्धता व्यक्त गर्दै गणेश आधारभूत विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि आवश्यक पूर्वाधार निर्माणको योजना रहेको जानकारी दिए । एक वर्षमा करिब २ करोड ६० लाख रुपैयाँ बजेट प्राप्त हुने उल्लेख गर्दै उनले उपभोक्ता समितिमा देखिने विवाद न्यूनीकरण गर्न अधिकांश योजनालाई टेण्डर प्रक्रियामार्फत अघि बढाउने नीति लिइएको बताए । वडाध्यक्ष केसीले वडा नं। ३ र ४ को सिमानामा सार्वजनिक भवन निर्माणका लागि पहल भइरहेको, खानेपानी समस्या समाधानका लागि केयूकेएलसँग सहकार्य भइरहेको तथा आवश्यकता र समानुपातिक वितरणको आधारमा टोल–टोलमा बजेट विनियोजन गरिएको स्पष्ट पारे । ‘हामीले प्रचार होइन, काम गरेर देखाएका छौं,’ उनले भने–‘वडाका सबै क्षेत्रलाई समेटेर विकासलाई सन्तुलित ढंगले अघि बढाएका छौं ।’ ढल व्यवस्थापनमा स्थानीय साझेदारीको मोडेल अपनाउन आग्रह गर्दै उनले सडकमा थप सीसी क्यामेरा जडान गर्ने तथा जीवन विज्ञान प्रयोगशालाका लागि उपयुक्त जग्गा उपलब्ध भए भवन निर्माणमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । साथै, सीपमूलक तालिमका लागि बजेट अभाव नरहेको र माग आएअनुसार कार्यक्रम सञ्चालन गरिने जानकारी दिए । सार्वजनिक सुनुवाईमा स्थानीयवासीको उल्लेखनीय सहभागिता रहेको थियो । कार्यक्रममा उठाइएका प्रश्न, सुझाव र अपेक्षाहरूले वडा कार्यालयलाई आगामी योजना तथा सेवा प्रवाह थप प्रभावकारी बनाउन मार्गदर्शन गर्ने विश्वास व्यक्त गरिएको थियो । कार्यक्रमका अधिकांश सहभागीले वडा अध्यक्षको काम गर्ने तरिका र आत्मविश्वासको खुलेर प्रशंसा गरेका थिए । राष्ट्रिय सञ्चार केन्द्र नेपालका अध्यक्ष पेशल आचार्यको सभापतित्वमा सम्पन्न कार्यक्रममा कार्यक्रम संयोजक पुष्करराज बुढाथोकीले स्वागत मन्तव्य राखेका थिए । सचिव हेमराज ढकालले कार्यक्रम सञ्चालन गरेका थिए भने सल्लाहकार दिवस गुरागाईंले कार्यक्रमको विषय प्रवेश गराएका थिए । --- # वडा अध्यक्ष राजकुमार जोशीले वडाको पूर्वाधार विकासतर्फ ८० प्रतिशत काम सम्पन्न Source: https://newskunda.com/archives/3793 Category: FEATURED NEWS, अर्थ, राजनीति, समाचार, समाज Last updated: 2026-06-05 भक्तपुर, २२ जेठ । सूर्यविनायक नगरपालिका वडा नं. ५ कटुञ्जेवासीले विगत नौ वर्षको अबधीमा पर्याप्त विकासले यहाँको मुहार फेरिएको भएपनि खानेपानीको समस्या भने अझै समाधान हुन नसकेको बताएका छन् । सूर्यविनायक नगरपालिकाको सहयोग एवं समन्वयमा क्रियाशिल पत्रकार मञ्च भक्तपुरले शुक्रबार सूर्यविनायक नगरपालिका वडा नं. ५ कटुञ्जे सामुदायिक भवनमा आयोजना गरेको वडास्तरीय “सार्वजनिक सुनुवाई” कार्यक्रममा सहभागि स्थानीय नागरिकले यहाँको विकासका लागि यहाँको वडाध्यक्षले अहोरात्र खटिएको बताएका हन् । कार्यक्रममा कार्यक्रममा वडा अध्यक्ष राजकुमार जोशीले वडाको पूर्वाधार विकासतर्फ ८० प्रतिशत काम सम्पन्न दिगो विकासको लक्ष्य हासिल गरेको बताउदै १० वर्ष अगाडिको यहाँको अबस्था र अहिलेको अबस्था आफैले मूल्यांकन गर्न नागरिकलाई आग्रह गर्नुभयो । उहाँले वडामा अधिकांश ठाउँमा सडक पुर्याएको, अधिकांश सडक ढलसहितको कालोपत्र र ढलान गरि सिमा पर्खाल समेत लगाएको र अब बाँकी ११ महिनाको कार्यकालमा बाँकी रहेको कामलाई सम्पन्न गर्ने बताउनुभयो । उहाँले यसवर्षको बजेटमा संघीय सरकारले यहाँका सबै बजेट काटेर शून्यमा पुर्याएको भन्दै असार १ गते प्रदेशमा आउने बजेटमा यहाँका ६ वटा ठूला योजनालाई बजेट हाल्ने मन्त्री किरण थापा मगरले प्रतिबद्धता जनाएका बताउनुभयो । नेपाल सरकारका सचिव दिने घिमिरेलाई आग्रह गरेपछि उहाँले समावेश गरिदिएको चार करोड बजेटमा अहिले तीन धारा सडक स्तरान्नती लगायतका कामहरु भइरहेको भन्दै उहाँले स्थानीयसंगको ६०÷४० को साझेदारीमा हुने कामका लागि ५० लाख बजेट विनियोजन गरेकोमा पाँच लाख मात्रै खर्च भएको बताउनुभयो । नगरपालिकाबाट आउँने वार्षिक करिब तीन करोड ५० लाख बजेट मात्रै पर्याप्त नहुने भएकाले संघ र प्रदेश सरकारबाट पनि बजेट ल्याउने प्रयास भइरहेको भन्दै उहाँे संघले बजेट काटे पनि ल्याउन लागिपरेको बताउनभयो । अब थोरै काम मात्रै सम्पन्न गर्न बाँकी रहेको दाबी गर्दै यसअघि पनि पर्वसांसद महेश बस्नेत, दूर्लभ थापा, शशीजंग थापा, किरण थापा मगरसंगको सहयोगमा बजेट ल्याएर काम गरेको वडा अध्यक्ष जोशीले स्मरण गर्नुभयो । खानेपानीको समस्या समाधान गर्न मेलम्चीको पानी बढी भन्दा बढी ल्याउने प्रयास जारी भएको, स्थानीय पानीको श्रोतको खोजी भइरहेको बताउदै यहाँका १० हजार घरधुरी मध्ये सात हजारलाई पानी वरतण गरिरहेको र तीन हजाका लागि प्रयास भइरहेको बताउनुभयो । नगरपालिकाले असार ९ र १० गते ल्याउने बजेटमा आयाजना समावेश गर्न टोलटोलबाट योजना माग गरेकोमा ६ वटा भन्द बढी निवेदन नपरेको बताउनुभयो । उहाँले सबै मिलेर बिकासमा हातेमालो गर्न तर अिनावश्क बिरोध गर्ने र विकास रोक्न खोज्ने प्रयास कसैले गर्न नहुने बताउनुभयो । कार्यक्रममा प्रहरी प्रभाव कटुञ्जेका प्रहरी नायब निरिक्षक नेत्रबहदुर कार्कीले चोरी न्यूनिकरणका लागि प्रहरीले गस्ति लगायतका कर्यहरु गरिरहेको बताउदै गडेधारा टोलमा गाजा खाने किशोरहरुलाई करिब ५० जनालाई नियन्त्रणमा एिर परिवारको जिम्मा लगाएको बताउनुभयो । कार्यक्रममा स्थानीयवासीहरु रत्न श्रेष्ठ, मिलन कार्की, हरेराम चौगुठी, विरेन्द्र थापा, चिरञ्जिवी पोखरेल, युवराज घिमिरे, शुसिल श्रेष्ठ, प्रदीप श्रेष्ठ, सविना श्रेष्ठ, कविता पोखरेल, अर्चना खरेल, देवीबहदुर बस्नेत, सिमन तामाङ्गलगायतले विकासका पूर्वाधार निर्माण पर्यप्त भएको चर्चा गर्दै शुद्ध खानेपानीको व्यबस्थापन र सुरक्षाका लागि सिसि क्यामरा तथा सडक बत्तिको आवश्यकता स्थानीइ सरकारले सम्बोधन गरिदिन सुझाब दिनु भएको थियो । --- # वडाध्यक्षदेखि स्वास्थ्यमन्त्री हुदै मुख्यमन्त्रीसम्मको यात्रामा माननीय किरण थापा Source: https://newskunda.com/archives/4046 Category: FEATURED NEWS, अर्थ, राजनीति, शिक्षा, समाचार, समाज, स्वास्थ्य Last updated: 2026-08-20 माननीय किरण थापा मगर वागमति प्रदेशका लागि मात्रै होईन राजनीतिक क्षेत्रमा नौलो नाम भने होईन । सामाजिक क्षेत्रदेखि राजनीतिसम्म चर्चामा रहेका वागमति प्रदेशका निवर्तमान् स्वास्थ्य मन्त्री किरण थापामगर नेकपा एमाले भित्र उदाउँदो र जिम्मेवार नेताको रुपमा परिचित हुदै आउनु भएको छ । सामाजिक सेवाको क्षेत्रदेखि निरन्तर अगाडि बढ्दै आउनु भएका उहाँले वडाअध्यक्षबाट सुरु गर्नु भएको जनप्रतिनिधिको यात्रा सफल हुदै वागमती प्रदेशको स्वास्थ्य मन्त्रीसम्मको यात्रा वेदाग रुपमा सफलतापूर्वक सम्पन्न गर्नुभयो । त्यतिमात्रै होईन, उहाँले भदौ ४ गते बिहिबार ४ बजेबाट वागमती प्रदेशको मुख्यमन्त्रीको जिम्मेवारी सम्हाल्दै हुनुहुन्छ । मुख्यमन्त्रीको अभिभारा पनि उहाँले वेदाग र सफलतापूर्वक सम्पन्न हुने विश्वास रहेको छ । **वडाध्यक्ष, स्वास्थ्यमन्त्रीमा सफल किरण थापाको मुख्यमन्त्रीका जिम्मेवारीको परीक्षा :** स्वास्थ्य मन्त्रीका रूपमा काम गर्नु र मुख्यमन्त्रीका रूपमा सम्पूर्ण प्रदेश सरकार सञ्चालन गर्नु फरक जिम्मेवारी हो । अब थापाको अगाडि एउटा मन्त्रालय होइन, सम्पूर्ण वाग्मती प्रदेश छ। स्वास्थ्यसँगै शिक्षा, कृषि, उद्योग, पर्यटन, पूर्वाधार, रोजगारी, वातावरण, सुशासन र प्रदेश–स्थानीय तहबीचको समन्वय उहाँको जिम्मेवारीभित्र पर्नेछ । त्यसमाथि उहाँले लामो कार्यकाल पाउने अवस्था छैन । राजनीतिक समीकरणका कारण छोटो समयका लागि सरकारको नेतृत्व गर्ने परिस्थितिमा उहाँका अगाडि समयसँगै परिणाम देखाउने दबाब हुनेछ। ढिलोमा पनि आउने बैशाख महिनामा प्रदेश सभाको निर्वाचन हुन्छ । त्यर अगाडि उहाँले आफ्नो कार्यदक्षता देखाउनु पर्ने छ । अझ महत्वपूर्ण कुरा, पछिल्लो समय प्रदेश संरचनाको औचित्यमाथि नै प्रश्न उठ्ने गरेको छ। संघीयता कार्यान्वयनको एउटा महत्वपूर्ण तहका रूपमा प्रदेश सरकारले जनताको दैनिक जीवनमा के परिवर्तन ल्याउन सक्छ भन्ने प्रश्न निरन्तर उठिरहेको छ । यस्तो अवस्थामा थापाका लागि मुख्यमन्त्रीको जिम्मेवारी केवल सरकार चलाउने अवसर होइन, प्रदेश सरकारको आवश्यकता र क्षमतालाई व्यवहारबाट प्रमाणित गर्ने अवसर पनि हो । **सामाजिक क्षेत्रमा किरण थापाको योगदान :** सामाजिक अभियन्ताको रुपमा समेत धेरै वर्षदेखि समाजमा परिचित किरण थापा सूर्यविनायक नगरपालिका वडा नं. ८ सिपाडोलमा रहेको प्रसिद्ध केदारनाथको शिर डोलेश्वर महादेव मन्दिर संरक्षण समितिको सचिव, उपाध्यक्ष हुदैँ कार्यबाहक अध्यक्षसम्मका भूमिकामा निर्वाह गर्नुभयो । त्यस अबधीमा उहाँले मन्दिरको भौतिक संरचना विकासदेखि केदारनाथको शिर घोषणा, मन्दिरमा महायज्ञको आयोजना, मन्दिरको चौतर्फीमा विकाससंगै विश्वमाझ यस मन्दिरको महत्वलाई चिनाउन उहाँको योगदानलाई कसैले बिर्सन सक्दैन । उहाँले १० वर्ष डोलेश्वरको विकासमा अनवरत रुपमा लाग्दै मन्दिरको विकास, संरक्षण, देश तथा विदेशमा यहाँको धार्मिक मान्यतालाई पुर्याउन ठूलो भूमिका निर्वाह गर्नुभयो । सामाजिक क्षेत्रमा सक्रिय रहने क्रममा उहाँले नेपाल रेडक्रस सोसाइटीको एसस्कर सदस्य, नेपाल रेडक्रस सोसाइटी, सिपाडोल उपशाखा तीन कार्यकाल सभापति, नेपाल रेडक्रस सोसाइटी भक्तपुर शाखाको दुई कार्यकाल उपसभापति गर्दै २० वर्ष रेडक्रसमा सक्रिय रहेर सामाजिक सेवामा निरन्तर लाग्नु भएको उहाँले रोटरी क्लब अफ भक्तपुर डिस्ट्रिक मेम्बर भएर सामाजिक कार्यलाई निरन्तरता दिदै आउनु भयो । नेपाल तेक्वान्दो संघ बागमती प्रदेश कोषाध्यक्ष, सूर्यविनायक उद्योग वाणिज्य संघको अध्यक्ष, सिपाडोल क्षेत्र परोपकार समाज सूर्यविनायक नपा वडा नं. ८ सिपाडोलको संरक्षक, आफ्नो घर आश्रम सूर्यविनायक नपा वडा नं. ८ सिपाडोलको बिशेष संरक्षक र विभिन्न खेलकुद तथा युवा क्लबहरूको संरक्षकलगायत बिभिन्न सामाजिक क्षेत्रमा रहेर नागरिको सेवामा निरिन्तर लागिरहने व्यक्तित्वको रुपमा उहाँलृ आफ्नो पहिचान बनाउन सफल हुनुभयो । **महाभूकम्पदेखि कोरोना महामारीसम्म उहाँको योगदान :** पूर्वमन्त्री किरण थापा मगरले स्वास्थ्य क्षेत्रमा समेत सहयोग र आफ्ना परिकल्पनालाई साकार पार्दै आएका धेरै उदाहरणहरु छन् । स्थानीयस्तरदेखि जिल्ला र बिभिन्न निकायमा स्वास्थ्य समस्यामा पर्दै आएका व्यक्तिहरुलाई बिभिन्न रुपमा सहयोग गर्दै आउनु भएका उहाँले २०७२ सालको भूकम्पमा धेरै पीडितहरुलाई राहत, पुर्नस्थापनादेखि २०७७ सालको कोरोना महामारीको रुपमा फैलिएको कोरोना महामारीमा समेत धेरै पीडितहरुलाई निःशुल्क पीसीआर परीक्षण, स्वास्थ्य सामग्री हस्तान्तरण, अक्सिजनको व्यबस्थापन, स्वास्थ्य जोखिमको पर्वाह नगरी संक्रमितलाई अस्पताल पुर्याउने, कतिपय संक्रमितको शव व्यबस्थापनसम्ममा सहयोग पुर्याएको स्मरण अहिले पनि ताजै छन् । कोरोना महामारीमा पैदलै हिडेर काठमाडौं उपत्यका छाडेर घर फर्कनेहरुका लागि जगातीदेखि बिभिन्न ठाउँमा निःशुल्क खाना र पानीको व्यबस्था, रातीको समयमा जगातीबाट सवारी साधनको व्यबस्था गरि निःशुल्क बिभिन्न जिल्लामा पठाउने कार्यमा समेत निरन्तर सहयोग पर्याउनु भयो । कोरोना महामारीमा खाडी मुलुकदेखि बिभिन्न देशबाट फर्कने ने्पालीहरुका लागि राख्न जगातीस्थित भातेढिकुरमा १०० शैयाको होल्डिङ्ग सेन्टरको स्थापना गर्नुभयो । विदेशबाट फर्किएका दुई हजार भन्दा बढीलाई निःशुल्क खाना, बस्न र फर्किने बेलामा स्वास्थ्य परीक्षणको व्यबस्था उहाँकै नेतृत्वमा सम्पन्न भयो । सूर्यविनायक नगरपालिका वडा नं. ८ को तत्कालिन वडा अध्यक्ष एवं नगरपालिकाको सामाजिक विकास संयोजकको जिम्मेवारी सम्हाल्नु भएको उहाँको यो परिकल्पनालाई नेकपा एमालेको युवा नेता महेश बस्नेतदेखि सूर्यविनायक नगरपालिकाका प्रमुख वासुदेव थापालगायतको सहयोग र साथ पनि उत्तिकै रहयो । **कोरोनामा महामारीले जन्माएको सूर्यविनायक नगर अस्पताल :** कोरोना महामारीमा आफ्नै नगरवासीले कारोना परीक्षणदेखि उपचारसम्ममा सास्ती ब्यहोर्नु परेपछि उहाँकै परिकल्पनामा जन्मियो जगाती चोकमा सूर्यविनायक नगर अस्पताल । त्यसो नगरपालिकाले दधिकोटमा नगर अस्पताल स्थापना गरेपनि बृहत सेवा सञ्चालन हुन सकिरहेको थिएन । कोरोना महामारी जस्तो भयावह अबस्थार्ला थेग्न सक्ने अस्पतालको आवश्यकता महसुस गर्दै किरण थापाको नगर जगातीस्थित इएटा तथा टायल कारखाना रहेको खाली जग्गामा नजर ठोक्कियो र सोही जग्गामा सूर्यविनायक नगर अस्पतालक निर्माणको परिकल्पना उहाँले गर्नुभयो । त्यही परिकल्पनालाई साकार पार्न नेता महेश बस्नेतदेखि नगर प्रमुख वासुदेव थापासंगको सरसल्लाहमा उहाँहरुको साथ पाएपछि नगरपालिकाले सुविधा सम्पन्न नगर अस्पताल सञ्चालनका निर्णय पछि अस्पताल निर्माणको प्रक्रिया सुरु भयो । जग्गा प्राप्तिदेखि इँटा टायल काराखानाको एउटा ब्लक भवन लिने, जग्गा मिलाउने, नयाँ भवन बनाउनेलगायतका प्रारिम्भक चरणमा उहाँकै अग्रसरतामा काम सम्पन्न हुदै गए । महेश बस्नेतकै पहलमा आएको संघीय सरकारदेखि नगरपालिकाले विनियोजित बजेट समेतले २५ शैयाको अस्पताल भवन निर्माण सम्पन्न गरि एमाले अध्यक्ष केपी शर्मा ओलीद्धारा उद्घाटन भयो । नगरपालिकाका प्रमख अध्यक्ष रहने गरि सञ्चालन भइरहेको सूर्यविनायक नगर अस्पतालमा अहिले विरामीको चाप मात्रै बढेको छैन, वागमति प्रदेशको स्वास्थ्य मन्त्री हुँदा गत असारको बजेटमा यस अस्पताललाई ट्रमा सेन्टरको रुपमा बिस्तार गरि अस्पतालको शैया बृद्धि गरि ५० शैयाको स्वीकृत गर्ने कार्य उहाँले नै गर्नु भयो भने बजेट ब्यबस्थान, बिभिन्न उपकरण हस्तान्नरणसमेत गर्नु भयो । दधिकोटमा नगर अस्पतालको शाखा सञ्चालन गर्ने गरि नयाँ भवन निर्माणका लागि समेत उहाँले बजेटको ब्यबस्थापन गर्नुभयो । **युवा रोजगारीमा प्रोत्साहन :** युवा स्वरोजगारका लागि तालिम, सहजीकरण र लगानी प्रवर्धनमा सक्रिय रहदै आउनु भएका माननीय किरण थापामगर राजनीतिमा आउनु अगाडि देखि नै एक सफल व्यवसायी पनि हो । काठमाडौं, भक्तपुरदेखि सिन्धुपाल्चोकसम्म उहाँको व्यवसायले सफलता हासिल गरेको थियो । व्यवसायीक जीवनलाई निरन्तरता दिदै राजनीतिमा प्रवेश गर्नु भएको उहाँले अहिले पनि ५०० भन्दा युवाहरुलाई प्रतक्ष्य एवं अप्रतक्ष्य रुपमा रोजगारी प्रदान गरिरहनु भएको छ । **जनप्रतिनिधि हुदाँ प्राप्त पारिश्रमिक समाजसेवामा :** माननीय किरण थापाको सूर्यविनायक नगरपालिकामा जनप्रतिनिधि हुँदाको अर्को प्रशंसनीय कदम भनेको आफ्नो पारिश्रमिकबाट अक्षय कोषको स्थापना गरि छात्रबृत्तिको व्यबस्थाले धेरै विद्यार्थीले अध्ययनको अवसर पा्राप्त गरेका छन् । उहाँ वडाध्यक्ष हुँदा कुनै पनि सरकारी भत्ता, पेट्रोल, फोन सेवा लगायत सेवा सुबिधा नलिएको र वडाबाट प्राप्त पारिश्रमिक भने बचत गरेर एकमुष्ठ रुं १५ लाख बराबरको जगतबहादुर स्मृति अक्षय कोष स्थापना गर्नु भयो । त्यही अक्षय कोषलाई हाल ४० लाख रुपैयाँ भन्दा बढी पुर्याएर सोही कोषबाट गरिब, जेहेन्दार विद्यार्थीलाई छात्रबृत्तिको व्यबस्था गरि हरेक वर्ष गरिब, निमुखाबालबालिकालाई छात्रबृत्ति, पोशाक, स्टेशनरी सामानहरु वितरण गरि सेवा प्रवाह गर्दै आएको छ । **वडा अध्यक्षदेखि स्वास्थ्य मन्त्रीसम्म विवादरहित र सफल यात्रा :** सूर्यविनायक नगरपालिकाका वडा अध्यक्षको पाँच वर्षे कार्यकालमा कुनै विवादमा नपरेको थापा २०७९ मंसिर ४ मा भएको निर्वाचनमा भक्तपुर क्षेत्र नं. २ (क) बाट प्रदेश सभा सदस्यमा निर्वाचित भएपछि उहाँले राजनीतिसंगै सामाजिक सेवालाई पनि निरन्तरता दिद आउँनु भयो । त्यसै क्रममा वागमति प्रदेशमा सरकार गठन गर्ने क्रममा २०८१ साउन ९ गते उहाँ पहिलो पटक वागमति प्रदेशको स्वास्थ्य मन्त्रीमा नियुक्त हुनुभयो । स्वास्थ्य प्रत्येक नेपाली नागरिकको नैसर्गिक अधिकार हो, प्रदेशका ग्रामिण एवं विकट क्षेत्रका गरिब विरामीहरुलाई सहज स्वास्थ्य सेवाको पहुँच पुर्याउने परिकल्पनालाई साकार पार्दै उहाँले गाउँ गाउँमा स्वास्थ्य उपचार सेवा पुर्याउने लक्ष्य राख्दै मन्त्री भएको पहिलो दिनमा नै महत्वपूर्ण निर्णय गर्नुभयो । देशका धेरै कुना काप्चामा अझै नागरिकले सहज स्वास्थ्य औषधि उपचार पाउन नसक्दा अनाहकमा ज्यान जाने धेरै नेपाली नागरिकको पीडा अन्त्य गर्ने र पार्टीले दिएको जिम्मेवारी विना दाग पुरा गर्ने अठोटका साथ मन्त्रीको सपथ ग्रहण गरेर पदभार सम्हाल्ने बित्तिकै जनताको पक्षमा पहिलो निर्णय गर्नुभयो । उहाँले विपन्न परिवारका प्रदेशवासी क्यान्सरपीडितलाई स्वास्थ्य उपचारका लागि एक लाख सहुलियत प्रदान गर्ने पहिलो निर्णयले क्यान्सर रोगको उपचार गराईरहेका विरामीका लागि ठूलो राहत मिल्यो । त्यस्तै २०८२ साउन १९ गतेसम्म स्वास्थ्य मन्त्रीको जिम्मेवरी सम्हालेर स्वास्थ्य क्षेत्रमा रहेका बेथितिको अन्त्य गर्दै दूर दराजमा रहेका आमनागरिकलाई स्वास्थ्य उपचारको पहुँच पुर्याउन तल्लिन रहने क्रममा सरकार परिवर्तनसंगै २०८२ साउन २० गतेबाट पुनः स्वास्थ्य मन्त्रीको रुपमा दोश्रो पटक नियुक्त भएसंगै उहाँको बाँकी रहेको जनमुखी योजनाहरुलाई कार्यान्वयनमा ठूलो टेवा पुग्यो । **स्वास्थ्य मन्त्रालय सम्हाल्दा के के भए महत्वपूर्ण काम :** दुई वर्ष स्वास्थ्य मन्त्रालयको जिम्मेवारी सम्हाल्दा पहिलो दिनको पहिलो निर्णय नै वागमति प्रदेश भित्रका विपन्न परिवारका क्यान्सर रोगीका लागि रु. एक लाख अनुदान दिने निर्णय गर्नुभयो । त्यस लगत्तै स्वास्थ्य क्षेत्रमा गाँजिएर बसेका माफियाको अन्त्य भयो । स्वास्थ्य क्षेत्रका सबै बेतिथिको अन्त्य र कानून भन्दा बाहिर कुनै काम नगर्ने मन्त्रीको अडानका कारण तिरमिराएका माफियाले धेरै प्रयास गरेपनि नसके पछि स्वास्थ्य क्षेत्रको बेतिथिको अन्त्य भयो । गाउँ गाउँमा स्वास्थ्य सेवा र औषधि एवं उपकरण पुर्याउने र उपचार नपाएर कोही पनि नागरिकले ज्यान गुमाउन नपरोस भन्ने मूल उदेश्यले दूर दराजसम्म स्वास्थ्यका कार्यक्रमहरु पुग्न थाले । **मेरो स्वास्थ्य मेरो जिम्मेवारी अभियान :** मानसिक एवम् नसर्ने रोगहरु धेरै नै बढ्दै गएको पाईयो । अस्पतालमा नसर्ने रोगका विरामीहरुको चाप निकै बढ्दै गइरहेको देखेपछि त्यसलाई रोक्नु जरुरी ठानेर त्यसका लागि अभियान सञ्चालन गर्ने उहाँको परिकल्पनालाई साकार बनाउँन नसर्ने रोग रोकथाम तथा न्यूनीकरणका लागि जिल्लास्तरीय समन्वय समिति गठन गरियो । वागमती प्रदेशका १३ वटै जिल्लामा ‘मेरो स्वास्थ्य मेरो जिम्मेवारी’ अभियान सञ्चालन गरेर बागमती प्रदेशका सबै पालिका तहमा नसर्ने रोगबारे जनचेतना फैलाउने कार्यक्रम सञ्चालन गर्नुका साथै प्रदेशवासीको स्वास्थ्य सेवा पाउने अधिकार सुनिश्चित गर्ने कार्य गरियो । **‘एक जिल्ला एक स्वस्थ सहर’ घोषणा :** वागमती प्रदेश स्वास्थ्य मन्त्रालयले प्रदेशका १३ वटै जिल्लामा ‘एक जिल्ला एक स्वस्थ सहर’ घोषणा गर्ने तयारी गरेको छ । हामीले प्रत्येक जिल्लाको एउटा सहर वा पालिकालाई स्वस्थ्य सहर बनाएर घोषणा गर्नेगरी अभियान सञ्चालन गरियो । यसका लागि प्रदेशका १३ वटै जिल्लाका जनस्वास्थ्य कार्यालय प्रमुख, जिल्ला अस्पतालका प्रमुख एवं प्रतिनिधिलगायत सरोकार भएका अभिमुखीकरण गरि घोषणाको तयारीलाई अगाडि बढाईयो । प्रदेशका प्रत्येक जिल्लामा स्वास्थ्यमैत्री वातावरण निर्माण गर्ने, स्वास्थ्यका अत्यावश्यक पूर्वाधार पु¥याउने, जिल्लाका नागरिकको स्वास्थ्य, सरसफाइ तथा जीवनस्तर अभिवृद्धि गर्ने, सहज स्वास्थ्य सेवाको पहुँच पु¥याउने गरी ‘एक जिल्ला एक स्वस्थ सहर’ निर्माण अभियानलाई अगाडि बढाउने निर्णय गर्दै मन्त्रालयले कार्यान्वयनलाई अगाडि बढायो । **ऐन संशोधन एवं नियमावली जारी :** उहाँ स्वास्थ्य मन्त्री भएपछि विगतमा झण्डै दुई वर्षदेखि निस्क्रिय रहेको प्रदेश स्वास्थ्य सेवा ऐन, २०७५ लाई संशोधन गर्न उहाँको निरन्तरको प्रयास सफल भयो र प्रदेश स्वास्थ्य सेवा ऐन, २०७५ लाई संशोधन गरी प्रदेश स्वास्थ्य सेवा (पहिलो संशोधन) ऐन, २०८१ जारी गरियो । जसले स्वास्थ्य मन्त्रालयलाई काम गर्न निकै सहज भयो । लामो समयदेखि स्वास्थ्य संस्थाहरु दर्ता हुन र नविकरण हुन सकिरहेका थिएनन् । किरण थापा स्वास्थ्य मन्त्री भएपछि प्रदेश स्वास्थ्य सेवा नियमावली, २०८१, स्वास्थ्य संस्था सञ्चालन तथा व्यवस्थापन समिति सम्बन्धी नियमावली, २०८१ स्वास्थ्य संस्थाको आशयपत्र, सेवा सञ्चालन अनुमति, नवीकरण तथा स्तरोन्नति सम्बन्धी मापदण्ड, २०८१ जारी जारी गर्न सफल भयो । त्यसैगरि मन्त्रालयले २०८१ साल श्रावण २४ गते प्रदेशको स्वास्थ्य आपूर्ति व्यवस्थापनका लागि बायोमेडिकल वर्कसप सहितको सुबिधा सम्पन्न भवन भण्डारण कक्ष सञ्चालनमा ल्याएका छौं । सबै नीतिमा स्वास्थ्य कार्यान्वयन निर्देशिका, २०८१ सार्वजनिकीकरण गरेका छौं । स्वास्थ्यका दृष्टिकोणले संवेदनशिल भई सबै किसिमका नीति तथा योजना तर्जुमा र कार्यान्वयन गर्ने विषयतगत मन्त्रालय निकाय र स्थानीय तहहरूसँग पैरवी गरेका छौ । **लामो समय रोकिएको स्वास्थ्य संस्था दर्ता र नविकरण सुरु :** ऐन तथा विनियमावली जारीसंगै लामो समयदेखि रोकिएको बागमती प्रदेशमा स्वास्थ्य संस्था दर्ता तथा नवीकरण प्रणाली (ज्च्च्क्) को डिजिटल पैणाली शुभारम्भ गरियो । लामो समयदेखि सञ्चालनमा रहेका तर दर्ता र नविकरण नभएका स्वास्थ्य संस्थाहरुलाई अनिवार्य रुपमा दर्ता र नविकरण गर्न सूचना जारी गरियो । अब दर्ता र नविकरणका लागि फाईल बोकेर मन्त्रालय र कार्यालय धाउनु पर्ने बाध्यताको अन्त्य गर्दै ऐन, नियमावली र मापदण्ड बमोजिम स्वास्थ्य संस्थाको अनुमति, नवीकरण, स्तरोन्नति लगायतका कार्यहरू विद्युतीय माध्यम (स्वास्थ्य संस्था दर्ता तथा नवीकरण प्रणाली ज्यकउष्तब िच्भनष्कतचबतष्यल बलम च्भलभधब िक्थकतझ(ज्च्च्क् को पहिलो सुरुवात गरेको मन्त्री किरण थापा बताउनुहुन्छ । स्वास्थ्य क्षेत्रका अनियमिततालाई पूर्ण रुपमा हटाएर अनलाइन सिस्टमको सुरुवात गरि मापदण्ड नपुगेकालाई समय तोकेर मापदण्ड पुर्याउन निर्देशन दिने, दर्ता नकिवरण गर्न समय यौ । अटेर गर्नेलाई कारबाही गर्ने र राम्रा गर्नेहरुलाई सहयोग गर्ने नीति लिएपछि अहिले वागमती प्रदेशका स्वास्थ्य संस्थाहरुको दर्ता तथा नविकरण धमाधम भईरहेका छन् । **मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको समस्या समाधान :** उहाँ मन्त्री भएपछि लामो समय रोकिएको मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन, २०७५ संसोधन गर्न सफल भयो । उहाँका अनुसार प्रतिष्ठान ऐन, २०७५ लाई संशोधन गर्न बनेको विधेयक प्रदेश सभाबाट पारित भयो । त्यसपछि शैक्षिक शत्र २०८१÷०८२ का लागि एम.डी.÷एमएसका ७ वटा कार्यक्रमहरू ब्लभकतजभकष्ययिनथ, ःम्न्ए, न्भलभचब िक्गचनभचथ, क्ष्लतभचलब िःभमष्अष्लभ, इदक बलम न्थलबभ, इचतजय, एभमष्बतचष्अक मा आठ जनालाई भर्ना गरी पहिलो वर्ष अध्ययन अध्यापन शुरुवात गर्यो । त्यसपछि ०८२/०८३ मा एमबिबिएस (ःद्यद्यक्) ५० वटा सिट निर्धारण गरि अध्ययन शुरुवात गरेको बताउदै उहाँले चिकित्सा विद्याका चारवटा कार्यक्रम (जनस्वास्थ्य, ल्याब टेक्नोलोजी, नर्सिंङ र फार्मेसी) स्नातक तहको अध्यापन भैरहेको र प्रतिष्ठानमा स्नातक तहमा अध्ययनरत ३५८ विद्यार्थीलाई तलबसहित दुई वर्ष सेवा गराएर एमडी तहको पढाइ सुरु गर्ने गरि कार्य भयो । **प्रदेश जनसंख्या नीति स्वीकृति :** बागमती प्रदेशको प्रदेश जनसंख्या नीति स्वीकृति भयो । त्यसले दीर्घकालिन रुपमा कार्यक्रमहरु ल्याउन सहयोग पुग्नेछ । त्यस्तै प्रादेशिक अस्पतालहरूमा नर्सिङ प्रमाणपत्र तह कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेर तयारी गरिएको छ । यसले प्रत्येक जिल्लाका प्रादेशिक अस्पतालमा नर्सिङ तहको अध्ययन गर्ने र त्यहाँ आवश्यक जनशक्ति सोही स्थानमा परिपूर्ति गर्ने लक्ष्य प्राप्तिका लागि प्रक्रियामा अगाडि बढेको छ । **जिल्लादेखि स्थानीय अस्पतालहरुको विकासका फड्को :** मन्त्री थापाकै नेतृत्वमा प्रत्येक जिल्ला अस्पतालहरुको सवलीकरण, गुणस्तरीय सेवा बिस्तार, उपकरण मैत्री बनाउनेदेखि विभिन्न कार्यक्रमहरु सञ्चालन गरियो । आधारभूत स्वास्थ्य सेवाको सबलीकरणको लागि स्थानीय तहका आधारभूत अस्पताल तथा स्वास्थ्य संस्थाहरुलाई आबश्यक भौतिक संरचना निर्माणका कार्य, औजार उपकरण तथा जनशक्ति व्यबस्थापनको लागि स्थानीय तहमा प्रदेश सरकारबाट आबश्यक बजेटको विनियोजन गरियो । **सिटी स्क्यानदेखि एमआरआई सेवा बिस्तार :** जिल्लाका अस्पतालहरुलाई उपकरण र प्रबिधि मैत्री बनाएर नागरिकको स्वास्थ्य उपचारका लागि सकेसम्म जिल्लान्तर जान नपर्ने गरि सेवा बिस्तार गर्नेे लक्ष्यको शुभारम्भ भयो । सोही अनुरुप मन्त्री थापाले भक्तपुर अस्पतालमा सिटी स्क्यान सेवा मेशिन सञ्चालनमा ल्याउनुका साथै एमआरआई मेशिन सञ्चालनका लागि पनि तयारी गर्नुभयो । भक्तपुरको ख्वप अस्पतालमा पनि सिटी स्क्यान सञ्चालनमा ल्याउनुका साथै एमआरआई सञ्चालनको लागि चालू आर्थिक वर्षमा १५ करोड बजेटको ब्यबस्थापन गर्न सफल हुनुभयो । प्रदेशका १३ वटै जिल्लामा आवश्यकताका आधारमा प्रबिधि र उपकरणहरु हस्तन्तरण गर्ने र सेवा बिस्तार गर्ने कार्यलाई उहाँको कार्यकालमा तिब्रता पायो । **आयुर्वेद तथा वैकल्पिक चिकित्सालयको विकास : ** आयुर्वेद तथा वैकल्पिक चिकित्सालयको विकास र गुणस्तरीय सेवा बिस्तारका लागि स्वास्थ्य मन्त्रालय मार्फत उहाँको प्रयास जारी रहयो । आयुर्वेद तथा वैकल्पिक चिकित्सालय, चितवन र नुवाकोटको नवनिर्मित भवनबाट २५ शैयाको अन्तरंग सेवाको शुभारम्म गरिया । उहाँले नै उद्घाटन गर्नु भएको ती सेवामा विरामीहरु भर्ना भएरै उपचार सेवा लन थालेका छन् । त्यहाँबाट स्वास्थ्य परीक्षण, विरामी भर्ना र निःशुल्क औषधि वितरणले आर्युवेदप्रतिको विश्वासमा बढ्दै गएको छ । चितवनको चिकितसालयमा विरामी भर्ना गरेरै उपचार सेवा सुरु भएको छ । आयुर्वेद तथा वैकल्पिक चिकित्सालय, मकवानपुरको भवन निर्माण सम्पन्न भएको छ भने ललितपुरको भवन निर्माण शुरुवात भएको छ । **आयुर्वेद औषधि उत्पादन सुरु : ** स्वास्थ्य मन्त्री भएपछि थापाले अब प्रदश सरकारले नै आयुर्वेद औषधि उत्पादन गर्नु पर्छ भन्ने परिकल्पना र अठोटले सार्थकता पायो । आमनागरिकलाई निःशुल्क औषधि वितरण गरियो । चितवनमा रहेको आयुर्वेद तथा वैकल्पिक चिकित्सालयको नयाँ भवनबाट सेवा बिस्तार गरेसंगै त्यहीको पुरानो भवनबाट आयुर्वेद औषधि उत्पादन केन्द्र्र सञ्चालन गरि त्यहाँबाट आयुर्वेदका ‘अश्वगन्धा, सेतोपलादि, आमलवक, अविपत्तिकर, त्रिफला, निम्वादि, विल्वादि, हिङ्गवाष्टक, महासुर्दशन, पुष्यानुग’ गरी १० प्रकारक चूर्ण आयुर्वेद औषधि उत्पादन र निःशुल्क वितरण गरियो । स्वास्थ्य मन्त्रालयले अन्य थप ११ प्रकारका आयुर्वेदिक औषधि उत्पादनको लागि अनुमति प्रदान गरेसंगै थप औषधि उत्पादन सुरु गरि निःशुल्क वितरणको कार्य अगाडि बढेको छ । आयुर्वेद तथा वैकल्पिक चिकित्सालयहरूबाट विशेषज्ञ (स्त्री प्रसूति, शालक्य, शल्य, कौमारवृत्य, मानसिक स्वास्थ्य) आयुर्वेद सेवा उपलब्ध गराईएको छ । मानसिक स्वास्थ्य प्रवद्र्धन, तनाव व्यावस्थापन, योग, ध्यान तथा शिरोधारा, पूर्व कर्म पञ्चकर्म सेवा प्रवाह गरिरहेको उहाँ बताउनुहुन्छ । आयुर्वेद तथा वैकल्पिक चिकित्सालयबाट ६ महिनादेखि ५ वर्षसम्मका बालबालिकालाई स्वर्णविन्दु प्राशन कार्यक्रममार्फत सेवा दिइरहेको, अस्पताल र आयुर्वेद तथा वैकल्पिक चिकित्सालयहरू भान्साघर औषधालय कार्यक्रम र पथ्य आहार कार्यक्रम सञ्चालन भइरहेको उहाँ बताउनुहुन्छ । **अस्पतालहरुमा इएमआर लागू : ** स्वास्थ्य मन्त्रालयले सबै प्रादेशिक अस्पतालहरुमा इएमआर (भ्ःच) लागू गर्न आवश्यक हार्डवेयरलगायतको संरचना तयारी गरेर नै त्रिशुली अस्पताल, धादिंङ्ग अस्पताल, सिन्धुली अस्पताल तथा पशुपति चौैलागाई अस्पतालमा पूर्ण रुपमा एचइआर÷ईएमआर (ज्भचरभ्ःच) लागु गरिएको छ, उहाँकै पहलमा सबै अस्पतालमा लागू गर्ने तयारीमा गरिएको थियो । **दूर चिकित्सा सेवादेखि तालिम सञ्चालन :** २०८२ श्रावण १६ गते तत्कालीन नेपाल सरकारका सम्माननीय प्रधानमन्त्री के.पी शर्मा ओलीको प्रमुख आतिथ्यता तथा तत्कालिन माननीय मुख्यमन्त्री बहादुरंिसंह लामाको विशेष आतिथ्तामा बागमती डिजिटल हेल्थ (द्यबनबmबतष् म्ष्नष्तब िज्भबतिज० को शुभारम्भ गरियो । त्यसैदिनबाट भक्तपुर अस्पताललाई दूर चिकित्सा सेवा ९त्भ्ीभ्ःभ्म्क्ष्ऋक्ष्ल्भ्० को हब अस्पतालका रूपमा विकास गरी सिन्धुपाल्चोकको पाँचपोखरी थाङ्खपाल गाउँपालिकाको आधारभूत अस्पताललाई भक्तपुर अस्पतालको स्पोक अस्पतालका रूपमा जोडेर सेवा प्रदान गर्ने कार्य शुभारम्भ भयो । यसलाई विस्तार गर्नु आवश्यक छ । त्यति मात्रै होईन पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानसँगको सहकार्यमा विशेषज्ञ आवासीय चिकित्सक परिचालन गरी धादिङ र सिन्धुली अस्पतालमा विशेषज्ञ स्वास्थ्य सेवा विस्तार र प्रवाह गरिएको छ । त्यस्तै समुदायस्तरमा प्राथमिक स्वास्थ्य सेवा प्रदान गर्नका लागि पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानसँग २०८१ कात्तिक २ गते सम्झौता गरी रामेछाप, दोलखा, सिन्धुपाल्चोक, सिन्धुली, धादिङ, रसुवा र नुवाकोट जिल्ला तथा प्रादेशिक अस्पतालका स्वास्थ्यकर्मीहरूलाई पाँच ब्याचमा ९२ जनालाई तालिम प्रदान गरिएको छ । **ग्रामिण क्षेत्रमा स्वास्थ्य सेवाको पहुँच बिस्तार : ** गर्भवती महिलाको स्वास्थ्यको लागि ग्रामिण क्षेत्रमा तालिमसहित पोटेबल अल्ट्रासाउण्ड मेशिन बिभिन्न पालिकामा उपलब्ध गराइएको छ । थापाको कार्यकालमा उपचार भन्दा रोग लाग्नै नदिने नीतिलाई प्राथमिकतामा राखेर स्वास्थ्य सेवा विस्तार गरियो । भक्तपुर अस्पतालमा मुटुरोग सेवा बिस्तार गरेको, ख्वप अस्पतालमा अत्याधुनिक एमआरआई मेसिन जडानका लागि १५ करोड रुपैयाँ बजेट विनियोजन गरेको, सूर्यविनायक नगर अस्पताल र धादिङ्गको गजुरी अस्पताललाई ट्रमा सेन्टरका रूपमा विकास गर्न बजेट विनियोजन गरियो । **गाउँ गाउँ पुग्यो स्वास्थ्य शिविर र उपकरण :** किरण थापा स्वास्थ्य मन्त्री भएपछि गाउँ गाउँमा स्वास्थ्य शिविर, औषधि वितरणदेखि बिभिन्न उपकरणहरु हस्तान्तरण गरेर गाउँमै सामान्य उपचारसम्मको व्यबस्था गर्ने योजना अनुसार काभ्रेपलाञ्चोकको महाभारत गाउँपालिकामा पहिलो पटक ‘ग्रामिण अल्ट्रासाउण्ड’ मेशिन हस्तान्रण गरियो । जसका कारण त्यहाँका गर्भवति महिलालाई स्वास्थ्य परीक्षणका लागि टाढा धाउनु पर्ने समस्याको अन्त्य भयो । त्यहीँ मन्त्री किरण थापा, स्वास्थ्य सचिव डा. सुमित्रा गौतमसहितका स्वास्थ्यकर्मीको टिम नै पुगेर बृहत स्वास्थ्य शिविर सञ्चालन गरि स्वास्थ्य परीक्षण, औषधि वितरण र थप पचारको व्यबस्था गरियो । प्रदेशका १३ वटै जिल्लाका विकट क्षेत्रका गाउँपालिकाहरुमा पनि आधारभूत स्वास्थ्य सेवाबाट समेत कतिपय नागरिक बञ्चित रहनु परेको अबस्थालाई अन्त्य गर्दै सबै नागरिकको पहुँचमा स्वास्थ्य सेवा पुर्याउन निरन्तर लाग्दै महाभारतदेखि चितवनको ठोरी, रामेछाप, मकवानपुरको राक्सिराङ गाउँपालिका, धादिङ्गको गंगाजमुना गाउँपालिकालगायत बिभिन्न जिल्लाका दूरदराजमा आयोजना गरिएको बृहत स्वास्थ्य शिविर, एकिकृत जनस्वास्थ्य तथा पोषण प्रबद्वन अभियान–सञ्चालन गर्दाे सरकार गाउँमै पुगेको अनुभूति दिलायो । सिन्धुपाल्चोकको मेलम्चीस्थित दुवाचौरका बासिन्दालाई अब भिडियो एक्सरे गर्न लामो बाटो हिडेर सदरमुकामसम्म जानु पर्ने बाध्याताको अन्त्य गर्न एक्सरे र अल्ट्रासाउन्ड मेशिन पुर्याएर सेवा बिस्तार गरियो । वागमति प्रदेशका कोही पनि नागरिक औषधि उपचार नपाएर ज्यान गमाउनु पर्ने अबस्था नआओस भनेर जनमुखी कार्यक्रम अगाडि सारेको उहाँले बताउनुभयो । ९८ प्रकारका निःशुल्क औषधि आम नागरिकको पहुँचमा कसरी पुर्याउन सकिन्छ भनेर उहाँ लागिरहनु भयो । **टेलिमेडिसिन हवको सुरुवात :** उहाँ मन्त्री भएपछि र्ओ उपलब्धीमूलक कार्य भनेको टेलिमेडिसिन हवका माध्यमबाट प्रदेशका अस्पतालहरुमा २४ सै घण्टा विशेषज्ञ सेवा प्रदान गर्ने गरि सेवा सुरु गर्नु पनि हो । भक्तपुर अस्पताल र मदन भण्डारी स्वास्थ्य बिज्ञान प्रतिष्ठान हेटौडाबाट यो सेवाको सुरुवात गरिएको छ । क्यामरा जोडेर स्क्रिनको माध्यमबाट डाक्टरको अगाडि स्क्रिन राखी सम्बन्धित अस्पतालको विरामीको अबस्था र रोगकाबारेमा सबै जानकारी गराएर विशेषज्ञ चिकित्सकले टेलिस्क्रिन मार्फत नै निर्देश गर्दै उपचार गराउने यो सेवाको बिस्तार गर्ने गरि अगाडि बढाईयो । **डिजिटल हेल्थ सेवा शुभारम्भ : ** विरामीले घरमै बसेर अस्पतालको अबस्थाबारे जानकारी लिन सक्ने डिजिटल हेल्थ सेवाको उहाँले शुभारम्भ गर्नुभयो । मोवाइल एप्स निर्माण गरि आमनागरिकले आफ्नो घरमै बसेर कुन अस्पतालमा शैया कति खाली छन्, वा छैन, आफूले खोजेको सेवाका लागि कुन अस्पतालमा सहज हुन्छ, कुन अस्पतालमा भीड छ, कुन अस्पतालमा कति विरामी छन्, टिकट छ कि छैन भन्ने जानकारी लिन सक्ने गरि वागमती डिजिटल हेल्थ शुभारम्भ गरियो । वागमती प्रदेश मन्त्रालयले एप्सबाटै १३ वटै जिल्लाको अस्पतालहरुमा दिनभर कति संख्यामा विरामी आए, आकस्मिकमा कति, ओपिडीमा कति, भर्ना भएका कति, कति फर्किए, टिकट कतिवटा गयो, कुन विरामीलाई कुन औषधि कति बिक्री भयो, कति रकम संंकलन भयो, को कर्मचारी विदामा छन्, सबै मन्त्रालय वा जुनसुकै ठउँमा बसेर पनि हेर्न गरि मन्त्रालयमा थप सेवा बिस्तार गरेको छ । **ल्याबको रिपोर्ट लिन सहजीकरण : ** ल्याबका रिपोर्ट लिन अस्पतालसम्म आउन नपर्ने गरि व्यबस्थापनको सुरुवात गरेका छ । उहाँले विरामीलाई ल्याबको रिपोर्ट लिन अस्पताल धाउनु नपर्ने व्यबस्थाको सुरुवात गर्नुभयो । ल्याबको रसिद काट्दा नै रसिदमै क्यूआर कोड दिने र त्यसैबाट ल्याबको रिपोर्ट घरमै बसेर हेर्न र प्रिन्ट गरेर निकाल्न सकिने गरि व्यबस्था भएको छ । मन्त्रालयले अस्पतालको सेवामा सेवाग्राहीले गुनासो राख्न सक्ने गरि इगुनासो (भनगलबकय) एप्स् पनि सार्वजनिक गर्ने र सेवाग्राहीले घरमै बसेर क्यूआर कोडबाटै गुनासोको फोटो, भिडियो, अडियो, अक्षर लेखेर र आवाजबाट गुनासो पठाउन सकिने गरि कार्य अगाडि बढाएको छ । प्रदेशस्तरीय अस्पतालहरुमा फास्टट्रयाक ओपिडी सेवा पनि सञ्चालनमा ल्याउने तयारी गरिएको छ । मन्त्रालयले वागमती प्रदेश भरिका पत्रकारहरुलाई स्वास्थ्य बिमामा समेट्ने गरि कार्यक्रम अगाडि सारेका छ । **प्रदेशस्तरीय ल्याब भक्तपुरमा स्थापना :** धुलिखेलमा निस्क्रिय अबस्थामा रहेको वागमति प्रदेशस्तरीय ल्याबलाई भक्तपुरको सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक विद्यालयका पुरानो भवनमा सारेर पूर्ण रुपमा सञ्चालनमा ल्याएको छ । धुलिखेलमा राखिएको ल्याब पूर्ण रुपमा सञ्चाना आउन नसक्दा अन्तर्राष्ट्रियस्तरको गुणस्तरयुक्त उपकरणहरु जडान गरेर प्रदेशभरीका स्वास्थ्य संस्थाहरुको ल्याबका सम्पूर्ण परीक्षण यहीबाट सञ्चालन गरिएको छ । ल्याबको दर्ता, नविकरण पनि सूचारु गरिएको छ । ल्याबको आफ्नै भवन निर्माणका लागि जग्गा उपलब्ध गराएर चार रोपनी क्षेत्रफलमा आफ्नै भवन निर्माण कार्य सुरु गरेका छौं । **बिभिन्न अस्पतालमा डायलासिस सेवा सञ्चालन :** किरण थापा स्वास्थ्य मन्त्री भए लगत्तै वागमती प्रदेश १३ वटै प्रादेशिक अस्पतालमा डायलासिस सेवा बिस्तार गर्ने उदेश्यका साथ प्रदेश सरकारले खरिद गरेको १६ वटा डायलासिस मेशिन बिभिन्न अस्पतालहरुमा जडान गरेर सेवा सूचारु गरिएको छ । बाँकी रहेका रसुवा, काठमाडौंको टोखा अस्पतालमा पनि डायलासिस मेशिन जडान गर्ने गरि तयारी गरिएको छ । **एक जिल्ला, एक स्वस्थ सहर अभियान सुरु :** नसर्ने रोग विकराल बन्दै छ, त्यसबाट आमनागरिकलाई जोगाउन मन्त्रालयले यस वर्ष मेरो स्वास्थ्य, मेरो जिम्मेवारी, एक घण्टा मेरो लागि अभियान सञ्चालनमा ल्याएका छ । त्यस्तै “एक जिल्ला, एक स्वस्थ सहर” र “एक स्थानीय तह, एक नमुना स्वास्थ्य संस्था” जस्ता कार्यक्रम प्रदेशभर लागू गर्दै गुणस्तरीय स्वास्थ्य सेवाको पहुँच अभिबृद्धि गर्ने कार्यको सुरुवात गरिएको छं । नसर्ने रोग रोकथाम र न्यूनीकरण तथा मानसिक स्वास्थ्य प्रवर्धन सम्बन्धी प्रदेशस्तरीय तथा जिल्लास्तरीय समन्वय समन्वय समितिहरु गठन गरि क्रियाशील बनाइएको छ । **एक विद्यालय एक नर्स :** ‘एक विद्यालय एक नर्स कार्यक्रम’ प्रदेशका सबै विद्यालयमा पुर्याउने लक्ष्यका साथ हामी किरण थापा आफै सक्रिय हुनुभयो । कक्षा १२ सम्म अध्ययन अध्यापन हुने विभिन्न माध्यमिक विद्यालयमा करार सेवामा नर्सहरुलाई लिएको छ । अहिलेसम्म करिब ९०० सामुदायिक विद्यालयमा नर्स पठाउनुको साथै यसलाई बिस्तार गरेर सबै विद्यालयमा नर्स पुर्याउने लक्ष्य लिएको छ । विद्यालयमै नर्सबाट स्वास्थ्य सेवा पाएपछि शिक्षण सिकाई उत्प्रेरणा मिलेको र विद्यार्थीको स्वास्थ्य अवस्थाको नियमित परीक्षणले पठनपाठन सहजता हुने गरेको पाईएको छ । **किरण थापाको कार्यकालमा मन्त्रालयले गरेका अन्य काम : ** किरण थापा स्वास्थ्य मन्त्री भएर आए पछि मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौँडा अस्पताल, भक्तपुर अस्पताल, त्रिशुली अस्पताल, धादिङ अस्पताल र रसुवा अस्पतालमा जेष्ठ नागररक वार्ड सञ्चालन ल्याईयो । काठमाडौँ, भक्तपुर, ललितपुर, चितवन र मकवानपुरका १५ स्थानमा खुल्ला व्यायामशाला स्थापना गरिएको छ । चाौतारा अस्पताल, सिन्धुपाल्चोक, हेटौँडा अस्पताल, मकवानपुरमा मानसिक वार्ड स्थापना भई अन्तरङ्ग सेवा समेत सञ्चालन ल्याएको थियो । भक्तपुर अस्पतालबाट अल्जाइमर्ससम्बन्धी सेवा सुरु हुनुको साथै भक्तपुर अस्पतालमा नयाँ अपरेटिङ ब्लकको सुरुवात भई अस्पतालको क्षमता ७५ बाट १८६ बेडमा विस्तार गरेका छौं । भक्तपुर, त्रिशुली र सिन्धुली अस्पतालमा सिटी स्क्यान मेसिन जडान गरी सेवा सञ्चालन गरेका छौं । हेटौँडा, सिन्धुली, त्रिशुली र भक्तपुर अस्पतालमा छिट्टै जलन (बर्न) उपचार सेवा सञ्चालन गर्ने तयारी गरियो । गर्भवती महिलाको स्वास्थ्य सेवा सहज बनाउन ग्रामीण क्षेत्रमा तालिमप्राप्त जनशक्तिसहित पोर्टेबल अल्ट्रासाउन्ड मेसिन उपलब्ध गराईयो । **महिला स्वास्थ्य स्वयंसेविकालाई प्रोत्साहन :** मन्त्रालयले स्वयंसेविकाहरुलाई प्रोत्साहनका कार्यक्रमहरु ल्यायो । महिला सामुदायिक स्वास्थ्य स्वंयसेविका दिवसको अवसरमा प्रत्येक स्वयंसविकाहरुलाई नगद पाँच हजार र सञ्चारको लागि थप एक हजार गरि ६ हजार रुपैयाँ सम्मान स्वरूप प्रदान गरियो । **प्रादेशिक अस्पतालहरुमा थप सेवा बिस्तार : ** थापा मन्त्री भएर आएपछि धेरै सेवाहरु बिस्तार भए । धेरै सेवाकाबारेमा माथि उल्लेख भइसके । बागमती प्रदेश सरकारले प्रतिबद्धता गरेको क्यान्सर रोगको उपचारमा थप ५० हजार रुपैयासम्म सहुलियतका लागि प्रदेशभर रहेका बिभिन्न १८ वटा अस्पतालहरूसँग सम्झौता गरी उपचारमा सहुलियत प्रदान गरिएको छ । हृदयघात रोगको उपचारका लागि सहुलियत प्रदान गरिएको छ । त्यस्तै गरि चितवनको बकुलहर रत्ननगर अस्पताल, धादिङ अस्पताल, भक्तपुर अस्पताल, हेटौँडा अस्पताल र त्रिशुली अस्पतालमा म्ष्नष्तब िःबmmयनचबउजथ : बअजष्लभ बाट स्तन क्यान्सरको स्क्रिनिङ्ग सेवा सुुरुवात भएको छ । महिलाको स्तन क्यान्सरको पहिचानमा धेरै सहज भएको छ । त्यसैगरि मेथिनकोट अस्पतालमा शल्यक्रिया सहितको प्रसूति सेवा सुरुवात भएको छ । त्यस्तै त्रिशुली अस्पताल, नुवाकोटमा सिटी स्क्यान सेवा प्रवाह गरिएको छ । नुवाकोट, काभ्रेपलाञ्चोक, भक्तपुर, सिन्धुली, धादिङ र सिन्धुपाल्चोक जिल्लामा विशेषज्ञ आँखा शिविरबाट सेवा प्रवाह गरिएको छ । त्यस्तै भक्तपुर अस्पतालमा क्तचयपभ ःबलबनझभलत सहित न्यूरोलोजी सेवा आरम्भ भएको छ । भक्तपुर अस्पतालबाट अल्जैमर्श सम्बन्धी सेवा प्रवाह भएको छ । भक्तपुर अस्पतालमा दुई सेट, बज्रबाराही चापागाउँ अस्पताल, टोखा चण्डेश्वरी अस्पताल, बकुलहर रत्ननगर अस्पताल, चौतारा अस्पताल, पशुपति चौलागाइ स्मृति अस्पताल र धादिङ अस्पतालमा आठ सेट एनेस्थेसिया वर्क स्टेशन व्यवस्थापन गरेका छौं । **अस्पतालहरुमा डायालासिस सेवा विस्तार :** भक्तपुर अस्पताल, धादिङ अस्पताल, त्रिशुली अस्पताल, बकुलहर रत्ननगर अस्पताल र मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौँडा अस्पतालमा जम्मा १६ वटा डायालासिस मेसिन थप गरी सेवा विस्तार गरिएका छौं । मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौँडा अस्पतालमा मुटु रोगसम्बन्धी विशेषज्ञ सेवा प्रारम्भ गरेका छौं । भक्तपुर अस्पतालमा मुटु सेवा बिस्तार गरेका छौ । मुटुको स्पेशल सेवा प्रवाह गर्ने कार्यक्रम ल्याएका छौं । **ट्राफिकलाई लागूपदार्थ सेवन परीक्षण किट हस्तान्तरण : ** सडक दुर्घटना न्यूनीकरण तथा लागू पदार्थको सेवन नियन्त्रण गर्न वागमती प्रदेश राजमार्ग सुरक्षा तथा ट्राफिक व्यबस्थापन समितिलाई १ हजार ३४० थान र जिल्ला प्रशासन कार्यालय मकवानपुर मार्फत जिल्ला ट्राफिक कार्यालय, मकवानपुरलाई ५०० थान लागूपदार्थ सेवन परीक्षण किट हस्तान्तरण गरेका छौं । आगामी आर्थिक बर्षमा दुर्घटनाका घाइतेको आकस्मिक उपचारको लागि धादिंङ्गको बैरेनी अस्पताल तथा भक्तपुरको सूर्यविनायक नगर अस्पतालमा लेबल पाँचको ट्रमा सेन्टर स्थापनाको लागि बजेट व्यबस्थापन गरेका छौं । शैक्षिक कार्यक्रम सञ्चालन ः एकदमै छ, चिकित्सा विद्याका स्नातक तहका चारवटा कार्यक्रम (जनस्वास्थ्य, ल्याब टेक्नोलोजी, नर्सिङ र फार्मेसी) सञ्चालन भई ३५८ जना विद्यार्थी अध्ययरनत छन् । मदन भण्डारी स्वास्थ्य बिज्ञान प्रतिष्ठानबाट आठ वटा शैक्षिक कार्यक्रम सञ्चालनमा ल्याएको छ । **विपद जोखिम न्यूनिकरणका लागि कार्य सुरु :** विपद जोखिम न्यूनिकरणका लागि स्वास्थ्य मन्त्रालयले प्रदेशस्तरीय द्रुत प्रतिकार्य समितिको सक्रियतामा ५९ वटा स्थानीय तहको द्रत प्रतिकार्य समिति (च्ऋऋ) र द्रुत प्रतिकार्य समितिका समूह (च्च्त्) लाई अभिमुखिकरण गरेका छौं । क्त्ब्च् ९क्तचबतभनष्अ त्ययपिष्त ायच ब्ककभककष्लन च्ष्कप० को प्रयोग मार्फत बहुप्रकोपीय स्वास्थ्य विपद् जोखिम मूल्यांकन कार्यशाला गरी प्रतिवेदन तयार गरेका छौं । साथै आकस्मिक चिकित्सकीय समूह ९भ्ःत्० परिचालन गरिएको छ । त्यस्तै अस्पतालहरूमा अस्पताल विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना ९ज्म्एच्ए० र जिल्ला तथा स्थानीय तहमा स्वास्थ्य विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना विकास तथा अद्यावधिक गरेका छौं । अस्पतालहरूमा आपतकालीन अवस्थाको व्यवस्थापनको पूर्वतयारी स्वरुप ड्रिल (म्चष्िि) अभ्यास गरेका छौं । प्रादेशिक स्वास्थ्य आपतकालीन कार्यसञ्चालन केन्द्र ९एज्भ्इऋ० बाट महामारिजन्य रोगहरू (डेङ्गी, कोभिड, हैजा) को दैनिक प्रतिवेदन तथा मिडिया मनिटरिङ गरेका छौं । २०८१ असोजको बाढी पहिरो पश्चात् ज्भबतिज च्भकयगचअभक बलम क्भचखष्अभक ब्खबष्बिदष्ष्तिथ ःयलष्तयचष्लन को प्रयोग गरी स्वास्थ्य संस्थाहरूका क्षति लेखाजोखा गरिएको छ । **विपन्न वर्गका लागि थप कार्यक्रम :** मन्त्रालयले सिमान्तकृत, लोपोन्मुख, आश्रममा आश्रित, अपाङ्गता (ख) वर्गका व्यक्ति र महिला सामुदायिक स्वास्थ्य स्वय ंसेविकाहरूको परिवारलाई स्वास्थ्य बिमामा आबद्ध गरी प्रिमियम बापत स्वास्थ्य बिमा बोर्डलाई भुक्तानी गर्ने कार्यको शुभारम्भ गरियो । त्यस्तै प्रदेशका स्थायी बासिन्दाको उपचारमा लाग्ने रक्त सञ्चार प्रयोग हुने ब्लड व्याग बापतको रकम मन्त्रालयले भुक्तानी गरेर जनतालाई निःशुल्क सेवा प्रवाह गर्ने कार्य गर्यो । सामाजिक सेवा इकाइ मार्फत विपन्न र असहाय र बेवारिसे, विपदका घाइते लगायतका लक्षित वर्गलाई निःशुल्क उपचार व्यवस्थापन भइरहेको छ । **अस्पतालहरुमा जनशक्ति थप :** प्रदेशका १३ वटै अस्पतालहरूमा दक्ष चिकित्सक र स्वास्थ्यकर्मीको आवश्यक जनशक्ति थपेर सेवा बिस्तार गर्दै सवालाई गुणस्तरीय र सहज बनाईएको छ । अस्पतालहरूमा विशेषीकृत सेवा, आवश्यक उपकरण र संरचना विस्तारका कार्य अगाडि बढाएको छ । स्वीकृत गरी दरबन्दी थप्ने, अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीहरूको दोहोरो चाप कम गर्दै सेवाको गुणस्तरमा सुधार ल्याउने कार्य गरिएको छ । भक्तपुर अस्पतालको नयाँ भवनका लागि प्रदेश सरकारले बजेटको व्यबस्था गरेका छ । भक्तपुर र सिन्धुली अस्पतालमार्फत आवश्यक जनशक्ति उत्पादनका लागि नर्सिङ कलेज सञ्चालन गर्ने तयारी गरिएको छ । **नसर्ने रोगका न्यनिकरणका कार्य : ** प्रदेशमा मृत्यु हुनेमध्ये ७१ प्रतिशत नसर्ने रोग र २९ प्रतिशत संक्रमणजन्य रोगका कारण हुने तथ्याङ्क रहेको छ । त्यसैले यसतर्फ सचेत नीतिहरू अपनाउदै नसर्ने रोग न्यूनिकरणका कार्यक्रमहरु अगाडि बढाएको छ । डिजिटल हेल्थ, टेलिमेडिसिन तथा नसर्ने रोगको निःशुल्क औषधोपचार सेवा सञ्चालन गरि भौतिक पूर्वाधार निर्माणमा अगाडि बढेको छ । नसर्ने रोग नियन्त्रण तथा मानसिक स्वास्थ्य प्रवद्र्धनका लागि प्रदेश तथा जिल्ला स्तरीय समन्वय समिति गठन गरि काठमाडौँ, भक्तपुर, चितवन र मकवानपुरका १५ स्थानमा खुला व्यायामशाला स्थापना गरेका छौं । **ग्रामिण क्षेत्रमा स्वाथ्य सेवा :** वागमती प्रदेशका १३ जिल्लाका दुर्गम स्थानहरूमा एकीकृत जनस्वास्थ्य तथा पोषण प्रबर्धन अभियान तथा विशेषज्ञ शिविर सञ्चालन गरी करिब सात हजार भन्दा बढिलाई सेवा प्रदान गरेका छौं । चितवन जिल्लाको माडी खैरहनी र रत्ननगर नगरपालिकामा सिकलसेल एनिमिया र थालेसेमियाको १६०२ जनाको निःशुल्क परीक्षण गगरेको छ । नेपाल सरकार र स्थानीय तहहरूसँगको सहकार्यमा किशोरीहरूलाई पाठेघरको क्यान्सर विरुद्ध ज्गmबल एबउष्िियmब ख्ष्चगक खोप अभियान सञ्चालन गरी प्रदेशका करिब २ लाख ६० हजार जना किशोरीहरुलाई खोप लगाईएको छ । सहरमा मात्रै होईन, गाउँ गाउँ र दूर दरजका नागरिकले औषधि र उपचार नपाएर ज्यान जानु पर्ने अबस्थाको अन्त्य गर्दै स्वास्थ्य सेवाको पहुँच विस्तार गरिहरेको किरण थापा बताउनु हुन्छ । **मुख्यमन्त्रीका यात्रा सुरु :** स्वास्थ्य मन्त्रीका रूपमा काम गर्नु र मुख्यमन्त्रीका रूपमा सम्पूर्ण प्रदेश सरकार सञ्चालन गर्नु फरक जिम्मेवारी हो। अब थापाको अगाडि एउटा मन्त्रालय होइन, सम्पूर्ण वाग्मती प्रदेश छ। स्वास्थ्यसँगै शिक्षा, कृषि, उद्योग, पर्यटन, पूर्वाधार, रोजगारी, वातावरण, सुशासन र प्रदेश–स्थानीय तहबीचको समन्वय उहाँको जिम्मेवारीभित्र पर्नेछ। त्यसमाथि उहाँले लामो कार्यकाल पाउने अवस्था छैन। राजनीतिक समीकरणका कारण छोटो समयका लागि सरकारको नेतृत्व गर्ने परिस्थितिमा उहाँका अगाडि समयसँगै परिणाम देखाउने दबाब हुनेछ। ढिलोमा पनि आउने बैशाख महिनामा प्रदेश सभाको निर्वाचन हुन्छ । त्यर अगाडि उहाँले आफ्नो कार्यदक्षता देखाउनु पर्ने छ । अझ महत्वपूर्ण कुरा, पछिल्लो समय प्रदेश संरचनाको औचित्यमाथि नै प्रश्न उठ्ने गरेको छ। संघीयता कार्यान्वयनको एउटा महत्वपूर्ण तहका रूपमा प्रदेश सरकारले जनताको दैनिक जीवनमा के परिवर्तन ल्याउन सक्छ भन्ने प्रश्न निरन्तर उठिरहेको छ। यस्तो अवस्थामा थापाका लागि मुख्यमन्त्रीको जिम्मेवारी केवल सरकार चलाउने अवसर होइन, प्रदेश सरकारको आवश्यकता र क्षमतालाई व्यवहारबाट प्रमाणित गर्ने अवसर पनि हो। --- # वर्तमान् सरकार जनताको जीवनमा प्रत्यक्ष परिवर्तन ल्याउनका लागि गठन भएको हो : मुख्यमन्त्री किरण थापा मगर Source: https://newskunda.com/archives/4070 Category: FEATURED NEWS, अर्थ, राजनीति, समाचार, समाज Last updated: 2026-08-25 हेटौँडा, ९ भदौ । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले वर्तमान् सरकार जनताको जीवनमा प्रत्यक्ष परिवर्तन ल्याउनका लागि गठन भएको बताउन भएको छ । मंगलबारको प्रदेश सभामा विश्वासको मतसम्बन्धी छलफलका क्रममा उठेका प्रश्नहरूको जवाफ दिँदै मुख्यमन्त्री थापाले वर्तमान सरकार केवल प्रशासन चलाउनका लागि मात्र नभई जनताको जीवनमा प्रत्यक्ष परिवर्तन ल्याउनका लागि गठन भएको बताउनु भएको हो । मुख्यमन्त्री थापाले भन्नुभयो, ‘सरकारको मुख्य प्राथमिकता विकास, सुशासन र जनसेवामा रहने छ । स्वास्थ्य, शिक्षा, कृषि र रोजगारीलाई सरकारले प्रमुख आधारस्तम्भको रुपमा राख्नेछ । सामुदायिक विद्यालयहरूको भौतिक पूर्वाधार सुधारका साथै शिक्षाको गुणस्तर र प्रविधिको प्रयोगमा जोड दिनेछ, किसानले उत्पादन गरेको वस्तुको उचित मूल्य र बजार सुनिश्चित गर्ने नीति सरकारले ल्याइने छ ।’ उहाँले गरिब नागरिकले उपचार नपाएर ज्यान गुमाउनुपर्ने अवस्थाको अब अन्त्य गर्न प्रदेश सरकारले प्रभावकारी भूमिका खेल्ने बताउदै किसानलाई केवल अनुदान दिने मात्र नभई उत्पादनदेखि बजारसम्म जोड्ने प्रणाली विकास गरिने बताउनुभयो । प्रदेशभित्रै उद्योग, पर्यटन र सूचना प्रविधिको विकास गरी रोजगारी सिर्जना गर्ने योजना अघि बढाइने भन्दै मुख्यमन्त्री थापाले बागमती प्रदेश संघीय राजधानी समेत रहेकाले यहाँ रहेको आर्थिक गतिविधिका प्रचुर सम्भावनालाइै उपयोगमा ल्याउने बताउनुभयो । ग्रामीण र सहरी क्षेत्रको सन्तुलित विकास नै सरकारको लक्ष्य भएको भन्दै उहाँले योजना छनोटमा हुने ढिलासुस्ती र बजेट कार्यान्वयनको फितलोपनलाई सुधार गर्दै समयमै गुणस्तरीय काम सम्पन्न गर्ने प्रणाली विकास गरिने बताउनुभयो । गाउँ र सहरबीच सन्तुलित विकास आवश्यक रहेकाले त्यसमा सरकारले ध्यान दिने बताउदै मुख्यमन्त्री थापाले आफ्नो सरकार सत्तापक्षको मात्र नभई बागमती प्रदेशका सबै जनताको सरकार भएको महसुस दिलाउने बताउनुभयो । सरकारलाई जिम्मेवार र प्रभावकारी बनाउन मुख्यमन्त्री थापाले विश्वासको मतलाई केवल संख्याको विषयका रूपमा नलिन आग्रह गर्दै यो प्रदेश र जनताको विकासका लागि दिइएको जिम्मेवारी भएको बताउनुभयो । लोकतन्त्रमा प्रतिपक्षको भूमिका अपरिहार्य रहेको र सरकारले रचनात्मक आलोचनालाई सधैँ आत्मसात गर्ने उहाँले बताउनुभयो । --- # वर्ष २०७८ : चुनौतीपूर्ण प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता Source: https://newskunda.com/archives/392 Category: FEATURED NEWS, राजनीति, समाचार Last updated: 2022-04-14 काठमाडौँ, १ वैशाख : वर्ष २०७८ मा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामा कमी आउन सकेन । यस वर्ष पनि नेपाली पत्रकारिता क्षेत्रका लागि चुनौतीपूर्ण हुनुका साथै श्रम समस्यामा अघिल्लो वर्षभन्दा कमी आए पनि प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका घटनामा खासै कमी आउन सकेको छैन । नेपाल पत्रकार महासङ्घमा अभिलेखीकरण भएअनुसार २०७८ सालमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता हननका ७४ घटना भएका छन् । पत्रकारलाई समाचार लेखेकै आधारमा पक्राउ गर्ने, प्रसारण तथा प्रकाशनमा अवरोध, दुव्र्यवहार तथा धम्की, आक्रमण, पेशागत असुरक्षा र नीतिगत बन्देजका घटना भएका छन् । श्रमजीवी पत्रकार ऐनले दिएका सेवा, सुविधा कार्यान्वयनको पक्ष भने अघिल्लो वर्षमा पनि चुनौतीपूर्ण रह्यो । विसं २०७७ मा ५१७ पत्रकारको श्रम समस्या रहेकामा २०७८ मा २२१ श्रम समस्या आएको महासङ्घका अध्यक्ष विपुल पोखरेलले जानकारी दिनुभयो । विसं २०७७ मा समाधान हुन बाँकी श्रम समस्या र २०७८ का श्रम समस्यामध्ये झण्डै ३०० पत्रकारका समस्या समाधान भएका छन् । महासङ्घको कानुनी सहायता डेस्कमार्फत श्रम समस्या र प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता हननविरुद्ध ३३ घटनाका बारेमा न्यायिक प्रक्रिया चलिरहेको छ । त्यसैगरी २०७८ मा सङ्घ, प्रदेश र स्थानीय सरकारबाट प्रेसविरोधी प्रावधानसहितका सञ्चारसम्बन्धी विभिन्न कानुन बनाउने तथा संसद्मा दर्ता गर्ने कार्य भएको छ । “संविधानले सुनिश्चित गरेको प्रेस तथा अभिव्यक्ति स्वतन्ताविरुद्ध रहेका विचाराधीन यी कानुनले नेपालको संविधानले प्रत्याभूत गरेको पूर्ण प्रेस स्वतन्त्रताको व्यवस्थासमेतलाई चुनौती थपिदिएको छ”, अध्यक्ष पोखरेलले भन्नुभयो । कोरोना भाइरस सङ्क्रमणबाट अहिलेसम्म २६ सञ्चारकर्मीले ज्यान गुमाएको महासङ्घले जनाएको छ । त्यसमध्ये २०७८ सालमा १८ सञ्चारकर्मीले ज्यान गुमाएका थिए । कोरोना भाइरस सङ्क्रमणको जोखिम कम गर्न पत्रकार महासङ्घको पहलमा ९९ प्रतिशत पत्रकारले कोभिडविरुद्धको खोप लगाएका छन् । त्यसले जोखिम कम भए पनि कोभिडले पत्रकार तथा सञ्चारमाध्यममा पारेको असर भने अहिले पनि कायमै छ । कोभिडको बहाना देखाएर पत्रकारलाई नियमित तलब नदिने, बेतलवी बिदामा राख्ने र जागिरबाट निष्काशन गर्ने कामले निरन्तरता पाएको छ । अध्यक्ष पोखरेलले नयाँ वर्ष २०७९ चुनावी वर्ष रहेकाले नेपाल पत्रकार महासङ्घले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता, पत्रकारको पेशागत सुरक्षा तथा भौतिक सुरक्षा, सेल्फ सेन्सरसिपलगायतका विषयलाई प्राथमिकतामा राखेर काम गर्ने तयारी भइरहेको जानकारी दिनुभयो । वैशाख पहिलो हप्तादेखि नै श्रम समस्या समाधानका लागि आवश्यक आन्दोलन, दबाब, कानुनी लडाइँलाई एकसाथ लैजानेगरी योजना बनाएको छ । महासङ्घले यो वर्ष हुने स्थानीय तह, प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनलाई स्वच्छ, निष्पक्ष र पारदर्शी बनाउनका लागि निर्वाचन आयोगसँगकै साझेदारीमा सबै जिल्लामा महासङ्घले अनुगमन गरेर नागरिकको आफूले चाहेको राजनीतिक दल तथा उम्मेदवारलाई मतदान गर्न पाउने अधिकारलाई सुनिश्चित गर्ने काममा सघाउ प¥ुयाउने योजना बनाएको छ । महासङ्घले निर्वाचनमा कसरी रिपोर्टिङ गर्ने भन्ने विषयमा निर्वाचन आयोग र अन्य सङ्घसंस्थासँग मिलेर विभिन्न जिल्लामा तालिम दिन थालेको छ । महासङ्घका महासचिव रोशन पुरीले भन्नुभयो, “तीन तहकै सरकारले ल्याएका, ल्याउने तयारी गरिरहेका कानुन पूर्ण प्रेस स्वतन्त्रता, अभिव्यक्ति स्वतन्त्रताको संवैधानिक प्रत्याभूत गरेका अधिकारको पक्षमा हुनुपर्दछ, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई कुण्ठित गर्ने काम गरिनु हुन्न, त्यसो भएको खण्डमा आन्दोलनमा उत्रिन्छौँ ।” पत्रकारको भौतिक तथा पेशागत सुरक्षा, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता र नागरिकको संवैधानिक अधिकारको पक्षमा विगत वर्षमा जस्तै नेतृत्वदायी भूमिकामा रहेर आवाज बुलन्द पार्ने महासङ्घले प्रतिवद्धता व्यक्त गरेको छ । महासङ्घले महङ्गी, बजार मूल्य वृद्धि भइरहेको सन्दर्भमा श्रमजीवि पत्रकारको पारिश्रमिक ५० प्रतिशतले वृद्धि हुनुपर्ने माग गर्दै आएको छ । न्यूनतम पारिश्रमिक निर्धारण समितिले भने गत फागुनमा श्रमजीवी पत्रकारको पारिश्रमिक २५ प्रतिशतले वृद्धि गर्न सरकारलाई सिफारिस गरेको छ । --- # वर्षाका कारण नेपाल प्रिमियर लिग (एनपीएल), दुवै खेल वर्षाले प्रभावित Source: https://newskunda.com/archives/5347 Category: FEATURED NEWS, अर्थ, खेलकुद, राजनीति, समाचार, समाज Last updated: 2026-10-31 काठमाडौँ, १४ कात्तिक। लगातारको वर्षाका कारण नेपाल प्रिमियर लिग (एनपीएल) प्रभावित भएको छ । आज हुने भनिएका दुवै खेल वर्षाले प्रभावित भएपछि टिकट काटेका दर्शकको रकम फिर्ता हुने वा अर्को खेलमा हेर्न पाउने भन्ने विषयमा चासो बढेको छ । आज पहिलो खेलमा अपरान्ह १२ः३० बजे लुम्बिनी लायन्स र चितवन राइनोज तथा दोस्रो खेलमा बेलुका ५ बजे विराटनगर किंग्स र सुदूरपश्चिम रोयल्स भिड्ने तालिका छ ।नेपाल क्रिकेट संघ ९क्यान०का कोषाध्यक्ष पदमबहादुर खड्काले खेल हुन नसके टिकटको व्यवस्थापनबारे छलफल भइरहेको बताएका छन् । खड्काले मैदान वर्षाले दलदल बनेको उल्लेख गर्दै बेलुकाको खेल हुने आशा व्यक्त गरे । दुवै खेल हुन नसके निर्णयमा पुग्ने उनले बताए । ‘अन्तर्राष्ट्रिय रूपमा खेल हुन नसके टिकटको रकम फिर्ता गर्ने चलन छैन । तर, विशेष परिस्थितिमा त्यसो नगर्ने कि भन्ने मेरो मान्यता हो,’ उनले भने । टिकट काटेका दर्शकलाई अर्को खेल हेर्ने व्यवस्था मिलाउने वा रकम फिर्ता गर्ने विकल्पबारे छलफल भइरहेको उनले बताए । काटिएको टिकटबाट दर्शकले आफूलाई अनुकूल अर्को दिनको खेल हेर्न पाउने व्यवस्था गर्न सकिने उनको भनाइ छ । उनले भने, ‘अन्तर्राष्ट्रिय प्राक्टिसमा चाहिँ खेल भएन भने फिर्ता हुने चलन छैन । तर, विशेष परिस्थितिमा त्यो नगर्ने कि भन्ने मेरो मान्यता हो । टिकट काटेका दर्शकलाई अर्को खेल हेर्ने व्यवस्था मिलाउने कि भन्ने पनि छ । रकम फिर्ताका लागि पनि सहज हुनुपर्यो । सो टिकट लिएर दर्शकले चाहेको अर्को दिनमा खेल हेर्न मिल्नेगरि टिकट व्यवस्था पनि गर्न सकिन्छ ।’ खड्काले खेल हुन नसके दुवै टोलीलाई १(१ अंक बाँडिने पनि बताए । --- # वागमति प्रदेश स्वास्थ्य मन्त्रालयको निर्देशन : प्रदेशका सबै अस्पताललाई १० प्रतिशत निःशुल्क शय्या, उपचार र औषधि उपलब्ध गराउ Source: https://newskunda.com/archives/3548 Category: FEATURED NEWS, अर्थ, राजनीति, समाचार, समाज, स्वास्थ्य Last updated: 2026-04-07 भक्तपुर, २४ चैत : वागमति प्रदेश स्वास्थ्य मन्त्रालयले प्रदेशअन्तर्गत १३ जिल्लाका सम्पूर्ण निजी तथा गैरसरकारी सस्थाबाट सञ्चालित अस्पताललाई कूल शय्याको कम्तीमा १० प्रतिशत शय्या गरिब तथा विपन्न विरामीलाई निःशुल्क उपलक्ध गराउन निर्देशन जारी गरेको छ । आज स्वास्थ्यमन्त्री किरण थापामगरले भक्तपुरमा राससलाई यसबारे जानकारी दिदै कानूनमै उल्लेख भए अनुसार अस्पतालले कम्तीमा १० प्रतिशत शय्या लक्षित वर्गका बिरामीका निःशुल्क उपलब्ध गराउन कडा निर्देशन जारी गरेको बताउनुभयो । मन्त्री थापामगरले भन्नुभयो, “मन्त्रालयले हिजो सोमबार प्रदेशका १३ जिल्लामा भित्र सञ्चालनमा रहेका निजी तथा बिभिन्न गैरसरकारी ंस्थाका नाममा सञ्चालित अस्पताल एवं स्वास्थय संस्थालाई प्रदेश स्वास्थ्य सेवा ऐन, २०७५ को दफा ३ को उपदफा (६) मा रहेको कानुनी व्यवस्था आजैबाट अक्षरशः कार्यान्वयन गर्न निर्देशन जारी गरेका छौं, कार्यान्वयन नगर्ने अस्पताललाई कारबाही गर्छौं ।” वागमति प्रदेश स्वास्थ्य मन्त्रालयका सचिव डा. सुमित्रा गौतमले स्वास्थ्य सेवा ऐनअनुसार हरेक अस्पतालले सामाजिक सेवा इकाई स्थापना गरी बेवारिसे, अति गरिब, विपन्न, अपाङ्गता भएका विपन्न तथा असहाय व्यक्तिलाई निःशुल्क रूपमा कुल शय्या संख्याको कम्तीमा १० प्रतिशत शय्यामा उलपब्ध गराउन निर्देशन दिएको बताउनुभयो । उहाँले शय्यासंगै स्वास्थ्य उपचार तथा औषधिसमेत उपलब्ध गराउन निर्देशन दिएको जानकारी दिदै यसमा हुने सबै खर्च सम्बन्धित अस्पतालले नै व्यहोर्नुपर्ने कानुनी प्रावधानलाई कडाईका साथ मन्त्रालयले कार्यान्वयनमा ल्याएको बताउनुभयो । बिभिन्न जिल्लामा सञ्चालित अस्पतालहरुले विरामीलाई ऐन अनुसार निःशुल्क सेवा नदिएको गुनासो आएपछि मन्त्रालयले कडाईका साथ निर्देशन दिदै त्यसको सम्पर्ण विवरण मासिक रुपमा मन्त्रालयमा पठाउन समेत निर्देशन दिएको छ । अस्पतालहरुले १० प्रतिशत शय्या तथा उपचार सेवा दिए नदिएकोबारे मन्त्रालयले अस्पतालहरुमा छड्ने अनुगमन गर्ने र निर्देशनलाई अबज्ञा गरेको पाईएमा कारबाही गर्ने भएको छ । प्रदेशका स्वास्थ्य मन्त्री थापा मगरले ऐनमै व्यबस्था भएकोलाई कार्यान्वयन गर्दै वागमति प्रदेश भित्रका नागरिकले अब उपचार नपाएर, औषधि नपाएर ज्यान जाने अबस्थाको अन्त्य गर्न ऐनलाई कडाईका साथ कार्यान्वयनमा ल्याएको बताउनुभयो । मन्त्रालयले प्रदेशको १३ वटै जिल्लाको ग्रामिण क्षेमा विशेषज्ञ चिकित्सक सहितको टोली लिएर गाउँ गाउँ जाने, स्वास्थ्य सेवाबाट बञ्चित नागरिकको निःशुल्क स्वास्थ्य परीक्षण गरि औषधि वितरण गर्ने, जटिल समस्या भएका विरामीलाई जिल्ला अस्पतालहरुमा रिफर गरेर निःशुल्क उपचारको व्यबस्था गर्ने अभियान समेत सुरु गरेको बताउनुभयो । --- # वागमति प्रदेशमा सरकार गठनमा ढिलाई नगर्न प्रदेश सभा सदस्यहरुको नेतृत्वसंग माग Source: https://newskunda.com/archives/3969 Category: FEATURED NEWS, राजनीति, समाचार, समाज Last updated: 2026-08-05 #### प्रदेशका बहुमत सदस्यहरुले वागमति प्रदेशलाई डेडलक बनाएर राख्न नहुने बताउदै पार्टी अध्यक्ष ओलीलाई सुझाब दिएका छन् । जसले पार्टी भित्र बहुमत जुटाउन सक्छ र जसले तेश्रो पार्टीलाई सरकार गठनका लागि सहमति जुटाउन सक्छ, त्यसैलाई मुख्यमन्त्री बनाएर जानु पर्ने सुझाब बहुमत प्रदेश सभा सदस्यले दिएको बताए । ==================================== काठमाडौं, २० साउन । वामगति प्रदेशको सरकार गठनको सिलसिलामा मुख्यमन्त्रीको सन्दर्भमा एमाले भित्रको छलफललाई विवादको संज्ञा दिदै पार्टीलाई बदनाम गराउन थालेपछि वागमति प्रदेशका एमाले प्रदेश सभा सदस्यहरुले संसदीय दलका नेता जगन्नाथ थपलियासंग असन्तोष व्यक्त गरेका छन् । सोमबार साँझ भक्तपुरको गुण्डुस्थित पार्टी अध्यक्ष केपी शर्मा ओली निवासमा पार्टीको केन्द्रीय पदाधिकारी एवं वागमति प्रदेशमा प्रतिनिधित्व गर्ने एमाले प्रदेश सभा सदस्यहरु बीच भएको छलफललाई तोडमोड गरि थपलियाले अफवाह फैलाएर पार्टीलाई बदनाम गराउने प्रयास गरेको भन्दै प्रदेश सभा सदस्यहरुले असन्तोष व्यक्त गरेका हुन । बहुमत प्रदेश सभा सदस्यले जगन्नाथ थपलियालाई संसदीय दलको नेताबाटै हटाएर निर्वाचन गर्न समेत पार्टीसंग माग एक प्रदेश सभा सदस्यले बताए । ति सांसदले भने, “सरकार गठनका लागि हाम्रो पार्टीमा बहुमत छैन, नेकपाको समर्थनले मात्रै पनि पुग्दैन, तेश्रो दलको सहयोग नलिई सरकार गठन गर्न सकिदैन, यस्तो बेलामा पार्टीलाई कसरी नेतृत्वमा पुर्याउने भनेर सोच्ने जिम्मेवार व्यक्ति संसदीय दलका नेता नै हुन्, तर उनी आफै जसरी पनि मलाई नै मुख्यमन्त्री चाहिन्छ भनेर छलफलमा अडान लिएर बाहिर गलत प्रचारबाजी गरेर पार्टीलाई बदनाम गराउनु दुर्भाग्य हो ।” संकटको बेलामा पार्टीलाई एक ढिक्का बनाएर लैजान भूमिका खेल्नु पर्ने व्यक्ति नै पार्टी अध्यक्ष केपी ओलीका कारण बेहोस भएँ भनेर अस्पताल भर्ना भएर नाटक देखाउनु आफैमा दुर्भाग्य भएको ती प्रदेश सभा सदस्यले बताए । बैठकमा सहभागि अर्का सदस्यका अनुसार सोमबारको बैठक अगाडि नै पार्टी अध्यक्ष केपी ओलीले जगन्नाथलाई मुख्यमन्त्री बन्नलाई पार्टी भित्र बहुमत सदस्यको समर्थन लिन र तेश्रो दलसंग सहमतिका लागि पहल गर्न समय दिदाँ असफल भएको बताए । ती सदस्यले भने “पार्टी अध्यक्षले तपाई नै मुख्यमन्त्री बन्नुहोस्, पार्टीलाई मिलाएर लैजानुहोस्, पार्टी भित्र सबै सांसदलाई मनाउनुहोस्, पार्टी बाहिर र तेश्रो दलको समर्थन चाहिन्छ, त्यो समर्थन तपाईको नेतृत्वमा जुटाउँनुहोस् भनेर भन्दा चार दिनसम्म न त पार्टीभित्रका प्रदेश सभा सदस्यहरुसंग बसेर छलफल नै गर्नुभयो, नत तेश्रो दलको समर्थनका लागि कुनै पहल गर्नुभयो, त्यस्तो व्यक्ति अस्पतालको बेडमा सुतेर मुख्यमन्त्री माग्ने, यो त गैरजिम्मेवारीपन मात्रै होईन, पार्टीभित्रको बदमासी र बदनामी पनि हो, उहाँले संसदीय दलको नेताको रुपमा आफूलाई प्रस्तुत गर्ने हैसियत गुमाईसक्नु भयो ।” प्रदेशका बहुमत सदस्यहरुले वागमति प्रदेशलाई डेडलक बनाएर राख्न नहुने बताउदै पार्टी अध्यक्ष ओलीलाई सुझाब दिएका छन् । जसले पार्टी भित्र बहुमत जुटाउन सक्छ र जसले तेश्रो पार्टीलाई सरकार गठनका लागि सहमति जुटाउन सक्छ, त्यसैलाई मुख्यमन्त्री बनाएर जानु पर्ने सुझाब बहुमत प्रदेश सभा सदस्यले दिएको बताए । संसदीय दलमा जगन्नाथको विपक्षमा दुई तिहाइभन्दा बढी प्रदेश सभा सदस्य रहेको भन्दै अर्को दलबाट एउटा सिटसमेत जुटाउन सक्ने हैसियत नभएको बताए । सरकार गठनको डेडलक अन्त्य गर्न अन्य सहयात्री दलसँग संवाद गरेर जानुपर्ने गरि पार्टी अध्यक्षले अगाडि बढ्नु पर्ने एमाले प्रदेशका सांसदहरुको सुझाब आएपछि थपलियाले बैठकमै पार्टी नै छाड्ने, सांसद पद त्याग्ने तथा केन्द्रीय सदस्यसमेत परित्याग गर्ने धम्की दिनु पार्टीकै लागि दुर्भाग्य भएको बताए । राजनीति जिम्मेवारी, संयम र संवादबाट अघि बढ्ने प्रक्रिया हो, आवेग र धम्कीबाट होइन भन्दै ती प्रदेश सभा सदस्यले पार्टी अध्यक्षका कारण बैठकमै ढलेको हल्ला फैलाउने, बेहोस भएको प्रचार गर्ने, अस्पताल भर्नाको नाटक गर्ने, गुटबन्दीको केन्द्र बनाउने, राजनीतिक मर्यादा भुलेर भद्दा प्रदर्शन र महत्वाकांक्षा पूरा गर्ने हतियारका रूपमा प्रयोग गर्ने, पार्टी अनुशासन तोड्ने, गुटगत गतिविधि बढाउने र अन्ततः आफ्नै पार्टीको बदनाम गर्ने प्रवृत्ति गलत भएको ती सांसदले बताए । एमालेका अर्का प्रदेश सभा सदस्यले भने “पद भन्दा माथि पार्टी हुन्छ र व्यक्तिगत महत्वाकांक्षा भन्दा माथि पार्टी अनुशासन हुन्छ, यो सत्यलाई समयमै आत्मसात गर्न नसक्दा क्षति झन् गम्भीर हुँदै जान्छ, नाइ मलाई त्यही केटी चाहिन्छ भनेर गीतमा भने जस्तै संसदीय पद्धति र लोकतान्त्रिक प्रक्रिया नमान्नु मुर्खता हो, त्यसैले पार्टीले अब बहमुतको निर्णयलाई मानेर सरकार गठनलाई अगाडि बढाउन पार्टी नेतृत्वसंग माग गरेको हो ।” प्रदेशमा तीन दलको साथले मात्रै सरकार गठन हुने अबस्था रहेको र पार्टीको जो नेतालाई नेतृत्व सुम्पिदा सरकार गठन सहज हुन्छ, त्यसैलाई अगाडि सारेर पार्टी नेतृत्व र पदाधिकारी अगाडि बढ्नु पर्ने बहुमत प्रदेश सभा सदस्यले दबाब बढाएको ती सदस्यले बताए । वाग्मती प्रदेश सभामा एमालेका २५ प्रदेशसभा सदस्यमध्ये १९ जनाले पूर्व स्वास्थ्य मन्त्री किरण थापा मगरलाई संसदीय दलको नेता तथा मुख्यमन्त्री बनाउनुपर्ने माग गर्दै हस्ताक्षर गरिसकेका छन् । संसदीय दलका वर्तमान नेता जगन्नाथ थपलियाको सट्टा थापालाई नेतृत्व दिनुपर्ने पक्षमा प्रदेश सभा सदस्यहरूको स्पष्ट दिएको दाबी गरिएको छ। --- # वागमती प्रदेश सरकार : तत्कालि पुर्ननिर्माण अगाडि बढाउने, राहत कोषमा रकम जम्मा गर्ने परिषद् बैठकको निर्णय Source: https://newskunda.com/archives/4448 Category: FEATURED NEWS, अर्थ, राजनीति, रोचक, समाचार, समाज, स्वास्थ्य Last updated: 2026-09-25 भक्तपुर, ९ असोज : बागमती प्रदेश सरकारले बागमती प्रदेशको कार्यक्षेत्रभित्र पर्ने सडक, पुल, झोलुङ्गे पुल, सरकारी भवन, खानेपानी, सिँचाइ र विद्यालयलगायतका संरचनाको पुनर्निर्माण शीघ्र अघि बढाउने निर्णय गरेको छ । आज मुख्यमन्त्री किरण थापाको अध्यक्षतामा प्रदेश विपद् व्यवस्थापन परिषद्को कार्यालयमा बसेको बैठकले विपद् जोखिम न्यूनीकरण, उद्धार तथा पुनर्निर्माणका लागि थप स्रोत व्यवस्थापन गर्दै क्षतिग्रस्त पूर्वाधारको पुनर्निर्माणका लागि केन्द्रीय विपद् व्यवस्थापन कोषसँग तत्काल एक अर्ब अनुदान माग गर्ने निर्णय गरेको छ । बैठकले बर्षाका कारण बाढी, पहिरो, गेग्रान बहाव तथा डुबानको जोखिम बढेको भन्दै प्रदेश मातहतका सबै संयन्त्रलाई पूर्ण सतर्क अवस्थामा राख्ने निर्णय गरेको मुख्य मन्त्री थापाले बैठक पछि राससलाई जानकारी दिनुभयो । जोखिमयुक्त सडकमा डोजर, एक्साभेटर र लोडरलगायतका हेभी इक्विपमेन्ट तयारी अवस्थामा राख्न तथा विपद् भए तत्काल खोज, उद्धार र प्रतिकार्य सञ्चालन गर्न प्रदेशका सबै सरोकारवाला निकायलाई निर्देशन दिइएको उहाँले बताउनुभयो । जोखिमयुक्त सडकमा डोजर, एक्साभेटर, लोडरलगायतका हेभी इक्विपमेन्ट तयारी अवस्थामा राख्न निर्देशन दिदै मुख्यमन्त्री थापाले कुनै पनि विपद् आइपर्दा तत्काल खोज, उद्धार तथा प्रतिकार्य सञ्चालन गर्नसमेत सम्बन्धित संयन्त्रलाई निर्देशन दिइएको बताउनु भयो । परिषद्ले भोटेकोशी–त्रिशूली नदी प्रणालीमा आएको बाढीपछिको प्रतिकार्यको समीक्षा गर्दै विस्थापित परिवारको पुनस्र्थापना तथा क्षतिग्रस्त संरचनाको पुनर्निर्माणलाई प्राथमिकताका साथ अघि बढाउने निर्णय गरेको छ । **विपद्मा गरिएको खर्च प्रदेश विपद् व्यवस्थापन कोषबाट व्यहोर्ने :** बैठकले विपद्का क्रममा गरिएको विभिन्न खर्च प्रदेश विपद् व्यवस्थापन कोषबाट व्यहोर्ने निर्णय गरेको मुख्यमन्त्री थापाले जानकारी दिनुभयो । रसुवामा विद्युत् तथा सञ्चार सेवा सञ्चालन र अवरुद्ध सडक खुलाउन प्रयोग गरिएको इन्धनबापत रु. ४ लाख ११ हजार ६० भुक्तानी गर्ने तथा उद्धार गरिएका र बाटोमा अलपत्र परेका नागरिकलाई गन्तव्यसम्म पु¥याउन प्रयोग भएका सवारीसाधनको भाडाबापत रु. ४ लाख ८९ हजार ५ सय भुक्तानी गर्ने निर्णय गरिएको उहाँले जानकारी दिनुभयो । **मृतकका परिवारलाई राहत र पालिकालाई अनुदान वितरण :** त्यसैगरि विपदमा मृत्यु भएका नागरिकका परिवारलाई राहत दिन रसुवा, नुवाकोट र धादिङका विभिन्न १२ स्थानीय तहलाई उपलब्ध गराइएको रु. २ करोड ५० लाख अनुदानलाई परिषद्ले समर्थन गर्ने निर्णय गरेको छ । नौकुण्ड गाउँपालिकालाई रु. ४० लाख र गोसाइँकुण्ड गाउँपालिकालाई रु. २५ लाख तत्काल अनुदान उपलब्ध गराउने निर्णय पनि भएको उहाँले बताउनुभयो । मृतकका परिवारलाई राहत उपलब्ध गराउने प्रयोजनका लागि स्थानीय तहले आवश्यक अभिलेखसहित माग गरेमा पहिलो किस्तास्वरूप प्रति मृतक रु. २५ हजारका दरले सम्बन्धित स्थानीय तहको विपद् व्यवस्थापन कोषमा रकम हस्तान्तरण गर्न कोष सञ्चालक समितिलाई अख्तियारी दिइएको उहाँले जानकारी दिनुभयो । **विपद् कोषमा मन्त्रीदेखि कर्मचारीसम्मका पारिश्रमिकबाट योगदान :** त्यसैगरि प्रदेश सरकारका मन्त्रिपरिषद्का सबै सदस्यको १५ दिनको पारिश्रमिक तथा मन्त्रिपरिषद् वा विभागीय मन्त्रीस्तरीय निर्णयबाट नियुक्त पदाधिकारीको १५ दिनको पारिश्रमिक विपद् कोषमा जम्मा गरिने पनि परिषद्ले निर्णय गरेको छ । प्रदेश निजामती सेवा तथा अन्य सेवामा कार्यरत कर्मचारीमध्ये अधिकृतस्तरका कर्मचारीबाट १० दिन, सहायकस्तरका कर्मचारीबाट ७ दिन र तहविहीन कर्मचारीबाट ५ दिनको पारिश्रमिक योगदान गरिने र यो रकम २०८३ असोज महिनाको आधारभूत तलबस्केलबाट कट्टा गरिने निर्णय गरेको मुख्यमन्त्री थापाले जानकारी दिनुभयो । **प्रदेश विपद् व्यवस्थापन कोषमा आर्थिक सहयोग गर्न आव्हान :** यस्तै परिषद्ले बागमती प्रदेशअन्तर्गतका स्थानीय तह तथा अन्य प्रदेश सरकारलाई प्रदेश विपद् व्यवस्थापन कोषमा आर्थिक सहयोग गर्न आग्रह गर्ने निर्णय गरेको छ । विपद् संकटग्रस्त घोषणा भएका स्थानीय तहलाई भने यस आग्रहबाट अलग राखिएको छ । बाढीबाट विस्थापित परिवारको पुनस्र्थापना तथा क्षतिग्रस्त संरचनाको पुनर्निर्माणका लागि देश तथा विदेशमा रहेका नेपाली र विभिन्न संघसंस्थालाई समेत आर्थिक सहयोग गर्न अपिल गर्ने निर्णय भएको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचीव महेश भट्टराईले जानकारी दिनुभयो । **संशोधन वा रकमान्तर गर्न सकिने क्षेत्र पहिचान गर्न पाँच सदस्यीय कार्यदल गठन :** पुनर्निर्माणका लागि चालु आर्थिक वर्ष २०८३/८४ को स्वीकृत बजेट तथा कार्यक्रमबाट कार्यक्रम संशोधन वा रकमान्तर गर्न सकिने क्षेत्र पहिचान गर्न पाँच सदस्यीय कार्यदल गठन गरिएको छ । आर्थिक मामिला तथा योजना मन्त्रीको संयोजकत्वमा गठित कार्यदलमा भौतिक पूर्वाधार विकास मन्त्री, स्वास्थ्य तथा सामाजिक विकास मन्त्री, प्रमुख सचिव र आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव सदस्य रहने निर्णय गरिएको छ । **विपद् पूर्वतयारी योजना स्वीकृत :** परिषद्ले ‘विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना, २०८३’ र ‘मनसुनजन्य विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना, २०८३’ स्वीकृत गरेको छ । तत्काल उद्धार तथा राहत वितरणका लागि प्रदेशस्थित विपद् गोदामघरमा आवश्यक खोज, उद्धार तथा राहत सामग्री खरिद गरी मौज्दात राख्ने निर्णय पनि भएको छ । त्यस्तै, जोखिमयुक्त स्थान पहिचान गरी पूर्वसूचना प्रणाली स्थापना गर्न विज्ञ सदस्यको नेतृत्वमा सुरक्षा निकायका प्रतिनिधिसहित अध्ययन टोली गठन गर्ने निर्णय भएको छ । अध्ययनपछि आवश्यक उपकरणसहित पूर्वसूचना प्रणाली स्थापना गर्न बजेट व्यवस्थापन गरी कार्यान्वयन गर्ने निर्णय गरेको छ । **कोरोना कोषको रकम विपद् व्यवस्थापन कोषमा :** स्वास्थ्य तथा सामाजिक विकास मन्त्रालयअन्तर्गत लामो समयदेखि निस्क्रिय रहेको कोरोना कोषको रु. एक करोड २५ लाख ८९ हजार चार सय ३५ प्रदेश विपद् व्यवस्थापन कोषमा जम्मा गर्ने निर्णय भएको छ । त्यस्तै विपद्पश्चात स्वास्थ्य क्षेत्र प्रतिकार्य योजना कार्यान्वयनका लागि स्वास्थ्य तथा सामाजिक विकास मन्त्रालयको विपद् व्यवस्थापनसम्बन्धी विविध खातामा प्रदेश विपद् व्यवस्थापन ऐन, २०७५ ले तोकेका कार्यमा मात्र खर्च गर्ने गरी रु. एक करोड उपलब्ध गराउने निर्णय गरिएको छ । बैठकमा बागमती प्रदेशका, आर्थिक मामिला तथा योजना मन्त्री सरल सहयात्री पौडेल, भौतिक पूर्वाधार विकास मन्त्री भरत बहादुर के.सी., खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्री राजु विष्ट, उद्योग, पर्यटन, श्रम तथा यातायात मन्त्री राजेन्द्र प्रजापती, मन्त्री ज्ञानबहादुर तामाङ, प्रदेश सभा सदस्य रमेश कुमार महत, बिपदविद डा. दीपक विक्रम थापा, मुख्यमन्त्री तथा मन्त्रीपरिषद कार्यालयका सचिव रामबाबु पुरी, उपसचिव पेशल पोख्रेल, आन्तरिक मामिला, कानुन तथा सहकारी मन्त्रालयका उपसचिव अनिता तामाङ र उमेश कुमार दाहाललगायतको उपस्थिति रहेको थियो । --- # वागमती प्रदेश सरकारले गर्यो अर्को महत्वपूर्ण निर्णय, भोटेकोशी बाढीमा आमाबाबु गुमाएका बालबालिकालाई कक्षा १२ सम्म निःशुल्क पढाउने Source: https://newskunda.com/archives/4191 Category: FEATURED NEWS, राजनीति, शिक्षा, समाचार, समाज, स्वास्थ्य Last updated: 2026-09-03 ======================================= **मुख्यमन्त्री किरण थापाले भन्नुभयो, “भदौ १० गतेको विनाशकारी बाढीका कारण रसुवा, नुवाकोट, धादिङ र चितवनका आमाबाबु गुमाएका टुहुरा बालबालिकाको संरक्षण गर्ने दायित्व प्रदेश सरकारले लिने छ । प्रदेश सरकारले उनीहरुको शिक्षालाई निरन्तरता दिनेछ । उनीहरुलाई कक्षा १२ सम्म आवासीय सुविधासहित शिक्षादिक्षाको जिम्मेवारी प्रदेश सरकारले लिने निर्णय गरेको छ । टुहुरा बालबालिकाको अभिभावक अब प्रदेश सरकार हुनेछ ।”** ======================================= हेटौंडा, १८ भदौ । रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीमा परी आमाबाबु गुमाएका बालबालिकालाई बागमती प्रदेश सरकारले कक्षा १२ सम्म निःशुल्क शिक्षा दिने भएको छ । प्रदेश सरकारको बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले बाढीका कारण अभिभावक गुमाएका बालबालिकालाई आवासीय सुविधासहित कक्षा १२ सम्म निःशुल्क शिक्षा प्रदान गर्ने निर्णय गरेको हो । मुख्यमन्त्री किरण थापाले भन्नुभयो, “भदौ १० गतेको विनाशकारी बाढीका कारण रसुवा, नुवाकोट, धादिङ र चितवनका आमाबाबु गुमाएका टुहुरा बालबालिकाको संरक्षण गर्ने दायित्व प्रदेश सरकारले लिने छ । प्रदेश सरकारले उनीहरुको शिक्षालाई निरन्तरता दिनेछ । उनीहरुलाई कक्षा १२ सम्म आवासीय सुविधासहित शिक्षादिक्षाको जिम्मेवारी प्रदेश सरकारले लिने निर्णय गरेको छ । टुहुरा बालबालिकाको अभिभावक अब प्रदेश सरकार हुनेछ ।” प्रदेश सरकारका प्रवक्ता भौतिक पूर्वाधार विकासमन्त्री भरत केसीले बैठकले विगतमा रहेको प्रदेश विपद् व्यवस्थापन कोषबाट रकम सम्बन्धित जिल्लाको जिल्ला दैवी प्रकोप व्यवस्थापन कोषमा पठाउनुपर्ने व्यवस्थालाई संशोधन गर्ने निर्णय गरेको जानकारी दिनुभयो । उहाँले प्रदेश विपद् व्यवस्थापन कोष परिचालनसम्बन्धी कार्यविधि संशोधन गर्ने निर्णय गरेको बताउनुभयो । सरकारले विपद् प्रभावित क्षेत्रमा तत्काल राहत, उद्धार तथा पुनःस्थापनाका कामलाई प्रभावकारी बनाउन विपद् कोष परिचालनसम्बन्धी प्रक्रियालाई सहज बनाउने निर्णय गरेको मन्त्री केसीले जानकारी दिनुभयो । विपद्का बेला रकम परिचालन तथा खर्च गर्न प्रक्रिया झन्झटिलो हुने र संघीय कानुनअनुसार थप प्रक्रिया पूरा गर्नुपर्ने भएकाले कार्यविधि संशोधन गरि यस्तो व्यबस्था गर्ने निर्णय गरिएको उहाँले जानकारी दिनुभयो । संशोधित व्यवस्थाअनुसार अब आवश्यकताका आधारमा विपद् व्यवस्थापनका लागि जिल्ला र स्थानीय तहमा नै रकम पठाउन सकिने व्यवस्था गरिने जानकारी दिनुभयो । मन्त्रीपरिषद् बैठकले उद्योग, पर्यटन, श्रम, रोजगार तथा यातायात मन्त्रालयको अस्थायी दरबन्दी स्वीकृत गर्ने निर्णय गरेको छ । --- # वागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरलाई सूर्यविनायक नगरपालिकाद्धारा स्वागत तथा बधाई ज्ञापन Source: https://newskunda.com/archives/4369 Category: FEATURED NEWS, अर्थ, राजनीति, समाचार, समाज, स्वास्थ्य Last updated: 2026-09-21 भक्तपुर, ५ असोज । सूर्यविनायक नगरपालिकाले बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरलाई सोमबार स्वागत तथा बधाई दिएको छ । नगरपालिकामा आयोजना गरेको स्वागत तथा बधाई कार्यक्रममा नगर प्रमुख वासुदेव थापाले मुख्यमन्त्री थापा मगरलाई बधाई ज्ञापन गर्नु भएको हो । कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत युवराज आचार्य, वडा अध्यक्षहरु, कार्यपालिका सदस्यहरु र कर्मचारीहरुले बधाई ज्ञापन गर्नु भएको थियो । कार्यक्रममा मुख्यमन्त्री थापाले पाँच वषए अगाडिसम्म आफू यही नगरपालिकाको वडा अध्यक्षको रुपमा रहेको र अहिले मुख्यमन्त्रीको रुपमा नगरपालिका प्रवेश गर्न पाउँदा खुसी लागेको बताउनुभयो । उहाँले रसुवाको भोटेकोशीमा आएको बाढीले निकै ठूलो बिनास गरेको बताउदै वागमती प्रदेश सरकारले भदौ १० गतेबाट नै उद्धार, खोजी र राहत वितरणदेखि सडक खुलाउने कार्यमा लागेको बताउनुभयो । उहाँले बाढी पीडितका लागि बस्ती बिस्तारदेखि अनाथ बालबालिकाको अभिभावकत्व ग्रहण गर्ने कार्यमा प्रदेश सरकार लागिरहेको बताउनुभयो । वागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले प्रदेश सरकारले भक्तपुर जिल्लालाई स्वास्थ्य उपचारको हवको रुपमा विकास गर्दै सूर्यविनायक नगर अस्पताललाई ट्रमा सेन्टरको रुपमा विकास गर्ने बताउनु भएको छ । अरनिको राजमार्गमा हुने दुर्घटनाका घाईतको छिटो उपचार गर्ने उदेश्यले सूर्यविनायक नगर अस्पताललाई ट्रमा सेन्टरको रुपमा विकास गर्न लागेको बताउदै मुख्यमन्त्री थापाले भक्तपुरलाई बागमती प्रदेशको प्रमुख स्वास्थ्य केन्द्रका रूपमा विकास गर्ने लक्ष्यअनुसार पूर्वाधार र विशेषज्ञ सेवा विस्तार भइरहेको बताउनुभयो । उहाँले भन्नुभयो, “भक्तपुर अस्पतालमा विशेषज्ञ सेवा सुरु भइसकेको छ, मुटुरोग (कार्डियोलोजी) सेवा सञ्चालन सुरु भएको छ, अरु सेवा विस्तार गर्दै गएको छ । ख्वप अस्पतालमा अत्याधुनिक एमआरआई मेसिन जडानका लागि १५ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।” सूर्यविनायक नगर अस्पताललाई ट्रमा सेन्टरका रूपमा विकास गर्न पनि बजेट छुट्याइएको जानकारी दिँदै प्रदेशका सबै अस्पतालहरूलाई क्रमशः विशेषज्ञ सेवा दिने संस्थाका रूपमा रूपान्तरण गरिँदै गएको बताउनुभयो । नगरपालिकामा आयोजित कार्यक्रममा नगर प्रमुख वासुदेव थापाले यसअघिको नगरपालिकाको कार्यकालमा जनप्रतिनिधिको रुपमा संगै काम गरेको व्यक्ति अहिले सूर्यविनायकबाट बागमती प्रदेशकै मुख्यमन्त्री बन्न सफल भएको भन्दै मुख्यमन्त्री थापा मगरलाई बधाई ज्ञापन गर्दै कार्यकाल सफलताको शुभकामना व्यक्त गर्नुभयो । उहाँले सूर्यविनायकबाट प्रदेशको मुख्यमन्त्री पाउँनु नगरवासीसँगै समग्र भक्तपुरवासीका लागि गौरवको विषय भएको बताउनु भयो । कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत युवराज आचार्यले सूर्यविनायक नगरवासीलाई मुख्यमन्त्रीको रुपमा पाउँदा खुसी लागेको भन्दै थापा मगरको कार्यकाल सफलताको शुभकामना व्यक्त गर्नुभयो । मुख्यमन्त्री थापा मगर २०७४ सालमा सूर्यविनायक–८ को वडा अध्यक्षमा निर्वाचित हुनुभएको थियो । त्यस्तै २०७९ मा बागमती प्रदेशसभा सदस्यमा निर्वाचित हुँदै स्वास्थ्य मन्त्री बन्नुभएको थापा मगर भदौमा उहाँ बागमती प्रदेशको मुख्यमन्त्रीमा नियुक्त हुनुभएको हो । --- # वागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले प्राकृतिक स्रोत व्यवस्थापन कलेजको स्थलगत निरीक्षण र अवलोकन Source: https://newskunda.com/archives/4772 Category: FEATURED NEWS, अर्थ, राजनीति, शिक्षा, समाचार, समाज Last updated: 2026-10-19 सिन्धुली, ३० असोज । वागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले सिन्धुली जिल्लाको मरिण गाउँपालिका–७, कपिलाकोटस्थित कृषि तथा वन विज्ञान विश्वविद्यालय (Agriculture and Forestry University–AFU) अन्तर्गत सञ्चालित प्राकृतिक स्रोत व्यवस्थापन कलेज (College of Natural Resource Management–CNRM) को स्थलगत निरीक्षण र अवलोकन गर्नु भएको छ । उहाँले कलेजको अबस्थाकाबारेमा अन्तरक्रिया समेत गर्नभयो । वि.सं. २०७४ सालमा स्थापना भएको यस कलेजले कृषि क्षेत्रको आधुनिकीकरण, वैज्ञानिक कृषि प्रणालीको विकास, प्राकृतिक स्रोतको दिगो व्यवस्थापन, अनुसन्धान तथा दक्ष प्राविधिक जनशक्ति उत्पादनमा महत्वपूर्ण योगदान पुर्याउँदै आएको उहाँले बताउनुभयो । त्यस कलेजमा मुख्य रूपमा चारवर्षे, आठ सेमेस्टरको कृषि विज्ञान स्नातक (Bachelor of Science in Agriculture–[B.Sc.](https://l.facebook.com/l.php?u=http%3A%2F%2FB.Sc%2F%3Ffbclid%3DIwZXh0bgNhZW0CMTAAcGRvZgVicmlkETFmZnpORFZpb0E2T3ZUa1c2c3J0YwZhcHBfaWQQMjIyMDM5MTc4ODIwMDg5MgABHpBz_rM55CW-4mvj_9u7EsmIF-s-LYZm8rGOO4np_C8HAM3buJhCFT--E0Mz_aem_FDWn4p7NJyZKGuse4RNSIQ&h=AUB2M7xT-wDIy1qrxDGs8188H8wWzqSEglOlwVgVNBxt2Zl5IociKi2HiPMs2nYKcl_12PrUpCT2agzlllK7oCeRXz7iJDhAtD7rSo_zU6UXIffjOq8OlsKoQFy9Zei1fS0QnQM7Z1JTvbuJvAGNwTmZ3x0UJHAS&__tn__=-UK-R&c[0]=AUBMJWr6BwphtqxS9pVBWl8KwbeQQfBSqwImiM1L8DDwVGWl75QFS9x-BiY646BvOOqz3BX5jnB6mYSbtIiw1fSPooElO6oDg5zdiTKcB_iiEGUvgyikudzC3MrMbZ0qnZlKPisKFFxyuZanRZehKNOHVokk4r5kV85qTKOeDYsMj8kUJfFUj1p5zyTYfigwMC3-lFhqT5NsMz2q9dXbjAxqvmqqmgZuEQKSXQ) Ag.) कार्यक्रम सञ्चालन हुँदै आएको बताउदै उहाँले यसअन्तर्गत बाली विज्ञान, बागवानी तथा फलफूल खेती, माटो विज्ञान, कृषि अर्थशास्त्र, बाली संरक्षण तथा रोग व्यवस्थापन, कीट विज्ञान, आनुवंशिकी तथा बाली प्रजनन, पशु विज्ञान, मत्स्यपालन, कृषि प्रविधि, कृषि अनुसन्धान तथा प्राकृतिक स्रोतको दिगो व्यवस्थापनजस्ता महत्वपूर्ण विषयमा सैद्धान्तिक र प्रयोगात्मक शिक्षा प्रदान गरिएको बताउनुभयो । देशको कृषि क्षेत्रलाई आत्मनिर्भर, व्यावसायिक, आधुनिक र प्रविधिमैत्री बनाउन आवश्यक जनशक्ति उत्पादन गर्ने उद्देश्य बोकेको यस कलेजमा हाल २०० भन्दा बढी विद्यार्थी अध्ययनरत रहेको बताउदै उहाँले निरीक्षणका क्रममा करिब ८ करोड रुपैयाँको लागतमा १८ महिनाभित्र सम्पन्न गर्ने गरी ठेक्का सम्झौता भएको कलेजको नयाँ भवन निर्माण कार्य थप एक वर्ष म्याद थपिँदासमेत सम्पन्न हुन नसकेको पाईएको बताउनुभयो । करिब तीन वर्षअघि सुरु गरिएको निर्माण प्रक्रियाले अझै पूर्णता पाउन नसक्नु चिन्ताजनक भएको बताउदै उहाँले यसको निर्माण छिटो सम्पन्न गर्नु आवश्इक रहेको बताउनुभयो । उच्च शिक्षाका लागि आवश्यक भौतिक पूर्वाधार, सुविधासम्पन्न कक्षाकोठा, प्रयोगशाला तथा प्रयोगात्मक अध्ययनको वातावरण निर्माणमा भएको ढिलाइले विद्यार्थीहरूको शैक्षिक भविष्यमा असर पर्न नहुने मुख्यमन्त्री थापाले बताउनुभयो । यस विषयलाई गम्भीरतापूर्वक लिँदै सम्बन्धित निकायहरूसँग आवश्यक समन्वय गरी अधुरो भवन निर्माण कार्यलाई तत्काल अगाडि बढाउन तथा यथाशीघ्र सम्पन्न गराउन आवश्यक पहल गर्ने प्रतिबद्धता उहाँले व्यक्त गर्नुभयो । विद्यार्थीहरूको उज्ज्वल भविष्य, गुणस्तरीय प्राविधिक शिक्षा र कृषि क्षेत्रको दीर्घकालीन विकासका लागि बागमती प्रदेश सरकार आवश्यक सहकार्य र समन्वय गर्न प्रतिबद्ध रहेको उहाँले बताउनुभयो । --- # वागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले विश्वासको मत लिदै Source: https://newskunda.com/archives/4064 Category: FEATURED NEWS, अर्थ, राजनीति, समाचार, समाज, स्वास्थ्य Last updated: 2026-08-25 काठमाडौँ, ९ भदौ । वागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले आज प्रदेश सभामा विश्वासको मत लिने हुनु भएको छ । आज अपरान्ह ४ बजे आव्हन गरेको प्रदेश सभामा उहाँले विश्वासको मत लिने निश्चित भएको हो । सोमबार नै विश्वासको मत लिने तयारी भए पनि सत्ता साझेदारी दल नेकपाका केही प्रदेश सभा सदस्यहरु सम्र्पकमा नआउँदा प्रदेश सभा बैठक बस्न सकेको थिएन । तसर्थ आज अपरान्ह ४ बजेका लागि प्रदेश सभा आव्हान गरेको थियो । नेपाली कम्युनिस्ट पार्टी(नेकपा) बागमती प्रदेशका असन्तुष्ट पक्षले मुख्यमन्त्री किरण थापामगरलाई आज विश्वासको मत दिने निश्चित भएको छ । आज नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डसँग को भेटघाट र छलफल पछि मुख्यमन्त्रीलाई विश्वासको मत दिने सहमती भएको नेकपाका एक प्रदेश सदस्यले जानकारी दिए । नेकपामा असन्तुष्ट रहेका नेकपा केन्द्रीय संयोजन समितिका सदस्य रहेका गंगानारायण श्रेष्ठ, कृष्ण खनाल, राजेन्द्रमान श्रेष्ठ, युवराज चौलागाईं, रुकु चौलागाईं, लक्ष्मण लम्साल, उर्मिला लामा र ओमकुमारी श्रेष्ठले विश्वासको मत दिने भएका छन् । यसमध्ये पार्टी एकीकरणका क्रममा नेकपा समाजवादीमा रहेका कृष्ण खनाल, राजेन्द्रमान श्रेष्ठ, लक्ष्मण लम्साल र ओमकुमारी श्रेष्ठ रहेको छन् । --- # वागमती प्रदेशका मुख्यमन्त्री किरण थापा र सूर्यविनायक नगरपालिकाका नगर प्रमुख वासुदेव थापाद्धारा गणेश माविको नयाँ भवन उद्घाटन Source: https://newskunda.com/archives/4586 Category: FEATURED NEWS, अर्थ, राजनीति, शिक्षा, समाचार, समाज, स्वास्थ्य Last updated: 2026-10-05 भक्तपुर, १९ असोज : वागमती प्रदेशको मुख्यमन्त्री किरण थापा मगरले आज सूर्यविनायक नगरपालिका वडा नं. ८ सिपाडोलस्थित गणेश माध्यमिक विद्यालयका नवनिर्मित भवनको उद्घाटन गर्नु भएको छ । सूर्यविनायक नगरपालिकाले उपलब्ध गराएको १० रोपनी सार्वजनिक जग्गामा नेपाल सरकार र एशियाली विकास बैंकको रु. ६ करोड २६ लाख रुपैयाको लागतमा निर्माण भएको सुविधा सम्पन्न २१ कोठे भवनको आज मुख्यमन्त्री थापामगर र सूर्यविनायक नगरपालिकाका प्रमुख वासुदेव थापाले संयुक्त रुपमा उद्घाटन गर्नु भएको हो । कार्यक्रममा मुख्यमन्त्री थापाले आफू वडा अध्यक्ष हुँदा नै शिलन्यास गरेको यस विद्यालयको नवनिर्मित भवन भव्य रुपमा निर्माण सम्पन्न भएको देखेर खुसी लागेको बताउदै यसअघि सिपाडोलकै शान्ति निकेतन माध्यमिक विद्यालयको भवन पनि यस्तै गरि भव्य रुपमा निर्माण गर्न सफल भएको बताउनुभयो । उहाँले नजिकै रहेको भुवनेश्वरी माध्यमिक विद्यालयको पुरानो भवन पनि नयाँ बनाउन सके सूर्यविनायक नगरपालिका भित्रका अधिकांश सामुदायिक विद्यालयहरु सुविधा सम्पन्न हुने र सूर्यविनायक नगरवासीका बालबालिकाहरु सुविधा सम्पन्न भवनमा पढ्न पाउने बताउनुभयो । उहाँले वागमती पाटी भन्ने ठाउँमा थोरै जग्गामा स्थानीयको सहयोगमा जग्गा खरिद गरेर निर्माण गरेको भवनमा यसअघि पढाई हुदै आएकोमा अब सुविधा सम्पन्न भवनमा गुणस्तरीय शिक्षा पाउने विश्वास व्यक्त गर्नुभयो । कार्यक्रममा सूर्यविनायक नगरपालिकाका प्रमुख वासुदेव थापाले १० वर्षे आफ्नो दुई कार्यकालमा सूर्यविनायकको विकासमा ठूलो फड्को मारेको बताउदै शिक्षा, स्वास्थ्य र पूर्वाधार विकासमा नगरपालिकाले ठूलो प्रगति गरेको बताउनुभयो । उहाँले नगरपालिकाले सबै जनप्रतिनिधि र कर्मचारीको एकमतका साथ सूर्यविनायकको सवकासका लागि काम गरेको र अब बाँकी सात महिनामा पनि बाँकी रहेका केही कामलाई पुरा गर्न दिनरात खटिने बताउनुभयो । उहाँले नगरवासीले तिरेको करलाई नगरपालिकाको विकासका लागि खर्च गरेको बताउदै उहाँले सामुदायिक विद्यालयको भवनदेखि शैक्षिक गुणस्तरलाई बृद्धि गर्न, खलकुदको विकास गर्न, सीपको विकास गर्न र सूर्यविनायक नगर अस्पतालमा गुणस्तरीय स्वास्थ्य सेवा प्रवाह गर्दै नगरवासीको सेवामा निरन्तर लागिरहेको नगर प्रमुख थापाले बताउनुभयो । नगरपालिकाका प्रवक्ता एवं वडा नं. ७ का वडाध्यक्ष रविन्द्र सापकोटाले नगरपालिकाले यहाँका सामुदायिक विद्यालयको भौतिक र शैक्षिक गुणस्तरको बृद्धिमा निरन्तर लागिरहेको बताउदै सूर्यविनायकका कतिपय सामुदायिक विद्यालयमा विद्यार्थी भर्ना गर्ने सिट संख्याको अभाव हुने गरेको बताउनुभयो । उहाँले सूर्यविनायक नगरपालिकाले सुरु गरेको जनप्रतिनिधिलाई विद्यालय व्यबस्थापन समितिको अध्यक्ष बनाने कार्य र प्रतिस्पर्धाबाट विद्यालयको प्रिन्सिपल छान्ने कार्य पछि शैक्षिक गुणस्तरमा उल्लेख्य सुधार आएको बताउदै वतमान सरकारले अध्यक्ष नियुक्तीको व्यबस्थालाई हटाउन लागे पनि स्थानीय सरकारलाई शैक्षिक अधिकार दिन रोक्न नहुने बताउनुभयो । कलाकार मनोज गजुरेलले ९० प्रतिशत भन्दा बढी उच्च शिक्षा पढ्दै गरेको किशाृरकिशोरी विदेशिने गरेको बताउदै विदेशीने विद्यार्थीलाई रोकेर स्वदेशमै अवसर दिन सरकार लाग्नु पर्ने बताउनुभयो । कार्यक्रमका सभापति एवं वडा नं. ८ का वडाध्यक्ष पुष्पराज बस्नेतले विद्यालयले नयाँ भवन पाएको बताउदै उद्घाटन कार्यक्रममा सहभागि हुन आउने सबैलाई धन्यवाद व्यक्त गर्नुभयो । उहाँले कार्यक्रममा उत्कृष्ठ विद्यार्थीहरुलाई पुरस्कार, जगत छात्रबृत्ति कोषबाट गरिब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति, एसईईमा उत्कृष्ठ अंक ल्याउने विद्यार्थीलाई पुरस्कार र शिक्षक शिक्षिकालाई सम्मान गरिएको थियो । कार्यक्रममा विद्यार्थीहरुले बिभिन्न सास्ँकृतिक प्रस्तुतीहरु राखेका थिए । --- # वागमती प्रदेशका मुख्यमन्त्री किरण थापाको निर्देशन लगत्तै भीमफेदी–कोगटे–इपा–सिस्नेरी सडक स्तरोन्नती सुरु, एक साता भित्र सञ्चालनमा ल्याईने Source: https://newskunda.com/archives/4196 Category: FEATURED NEWS, अर्थ, राजनीति, समाचार, समाज Last updated: 2026-09-03 हेटौडा, १८ भदौे । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभिरमा पहिरो गएपछि काठमाडौँ आवत–जावतमा समस्या आएपछि वागमती प्रदेश सरकारले हेटौँडालाई काठमाडौँसँग जोड्ने वैकल्पिक मार्गका रूपमा भीमफेदी–कोगटे–इपा–सिस्नेरी सडक सञ्चालनमा ल्याउने भएको छ । बिहीबार बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगर, भौतिक पूर्वाधार विकासमन्त्री भरत केसी, मन्त्रालयका सचिव ईश्वरचन्द्र मरहठ्ठा र भीमफेदी गाउँपालिकाका अध्यक्ष हिदम लामासहितको टोलीले सडक खण्डको स्थलगत अनुगमन गरेको थियो । अनुगमनपछि सडक मर्मत तथा निर्माणको काम सुरु गरिएको मुख्यमन्त्री थापाले जानकारी दिनुभयो । सडक अवलोकन पछि मुख्यमन्त्री थापाले भीमफेदी–देउराली–कुलेखानी–सिस्नेरी सडक खण्डलाई एक हप्ताभित्र यातायात सञ्चालन गर्ने लक्ष्यका साथ सडकका मर्मत तथा स्तरोन्नतिको काम सुरु गरिएको जानकारी दिनुभयो । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभिरमा पहिरो गएपछि काठमाडौँ आवत–जावत ठप्प भएको छ । अहिले भीमफेदी–देउराली–कुलेखानी सडकखण्डमा सवारी चाप बढेको छ । यस सडक खण्डमा सवारी चाप बढेपछि वैकल्पिक मार्गको आवश्यकता महसुस गर्दै मुख्यमन्त्री थापाले भीमफेदी र त्रिभुवन राजपथतर्फको सडक साँघुरो भएकाले कोगटे–इपा–सिस्नेरी मार्गलाई स्तरोन्नति गरी वैकल्पिक सडकका रूपमा प्रयोग गर्न लागिएको जानकारी दिनुभयो । काठमाडां आउँने मालवाहक तथा हेभी सवारीसाधन सञ्चालन गर्न सकिने गरी सडक स्तरोन्नतिलाई प्राथमिकताका साथ अघि बढाएको मुख्यमन्त्री थापा मगरले जानकारी दिनुभयो । उहाँले चालु आर्थिक वर्षमा प्रदेश सरकारले उक्त सडकका लागि बजेटसमेत विनियोजन गरिसकेको समेत जानकारी दिनुभयो । भीमफेदी र सिस्नेरी दुवैतर्फबाट सडक मर्मतको काम सुरु भइसकेको छ । सडक मर्मतका लागि चारवटा एक्साभेटर, दुईवटा लोडर तथा आवश्यक उपकरण परिचालन गरिएको छ । एक हप्ताभित्र सडकबाट यातायात सञ्चालन गर्न सकिने गरि स्तरोननती सुरु भइसकेको छ । सडक सञ्चालनमा आएपछि भीमफेदी–देउराली–कुलेखानी सडकखण्डमा हुने सवारी चाप र जाम कम हुने अपेक्षा गरिएको मुख्यमन्त्री थापाले बताउनुभयो । त्यस्तै भीमफेदी गाउँपालिकाको कोगटे, इपालगायत क्षेत्रका बासिन्दालाई आवत–जावतमा सहज हुन्छ । सडक निर्माण भएपछि भीमफेदीको माथिल्लो भेग तथा साविक इपा र कोगटे क्षेत्रका बासिन्दालाई प्रत्यक्ष लाभ पुग्नेछ भने स्थानीयस्तरमा उत्पादन हुने कृषिउपज हेटौँडा र काठमाडौँका बजारसम्म पु¥याउन सडकले सहज पहुँच प्रदान गर्ने उहाँले जानकारी दिनुभयो । --- # वागमती प्रदेशका मुख्यमन्त्री किरण थापाले रसुवाका पीडितका लागि पठाउनु भयो तीन ट्रक खाद्यान्न राहत Source: https://newskunda.com/archives/4173 Category: FEATURED NEWS, अर्थ, राजनीति, समाचार, समाज, स्वास्थ्य Last updated: 2026-08-29 भक्तपुर, १३ भदौ : वागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले आज भक्तपुर आए लगत्तै रसुवाको उत्तरगया र धुन्चेका बाढी पीडितका लागि तीन ट्रक खाद्यान्नसहितको राहत सामग्री पठाउनु भएको छ । भदौ १० गते नुवाकोटमा ११ र १२ गते उत्तरगया र धुन्चेमा स्थलगत अवलोकन गरि आफ्नो गृह जिल्ला भक्तपुर फर्किए लगत्तै आजै राहत सामग्री संकलन गरि पठाउनु भएको हो । उहाँले रसुवाको उत्तरगया र धुन्चेमा विपदमा परेका मानिसहरुका लागि अत्यावश्यक खाना र लत्ता कपडा सडक मर्मत गर्दै स्थलमार्गबाटै राहत सामग्री आजै पठाएको बताउनु भयो । मुख्यमन्त्री थापाले भन्नुभयो, “म नुवाकोट, धादिङ् त्रिशुली, बेत्रावर्ती, बट्टार, उत्तरगया र धुन्चेमा तीनदिनसम्म खटिएर खोज तथा उद्धार, खाना, बासको व्यबस्था, स्वास्थ्य परीक्षणमा सक्रिय भए, तर काठमाडौंबाट गएका राहत सामग्री बिदुरमा मात्रै थुप्रिएका छन्, उत्तरगयादेखि धुन्चेसम्म राहत पुगेको छैन, त्यसैले आज भक्तपुर फर्किए लगत्तै उत्तरगया र धुन्चेका लागि टिपर तथा ट्रक मार्फत राहत सामग्री पठाएका छौं ।” उहाँले बागमती प्रदेश सरकारको पहलमा छहरे, चौघोडा, बाहुनबेंसी, लच्याङ, सरमथली, पारिखर्क, पाँच्याङ पुल, भोर्ले, जेरो किलो र बेत्रावती हुँदै पासाङल्हामु मार्ग जोड्ने वैकल्पिक सडक सञ्चालनमा ल्याइएको बताउनुभयो । मुख्यमन्त्री थापाको पहलमा बिभिन्न निकाय र व्यक्तिबाट संकलन भएका खाने तेल २० कार्टुन, ६३ बोरा चामल, १५० प्याकेट दाल, चार बोरा आलु, ४० बक्सा मिनरल वाटर र दुई बोरा आयोडिनयुक्त नुन, एक बोरा लुगा र रु.३४ हजार नगद पठाइएको छ । रसुवाका बाढी प्रभावित नागरिकका लागि भक्तपुर इँटा तथा टायल कारखानाबाट मात्रै चामल ८० बोरा, तेल १५ कार्टुन, आटा ५ बोरा, कालो दाल ५० केजी, रातो दाल ५० केजी, बिस्कुट ७० प्याकेट, जुस २५ कार्टुन, चिउरा १५ बोरा, दालमोठ ५ बोरा, चाउँचाउँ ४० कार्टुन र भुजिया १५ बोरा सहितको राहत सामग्री आजै नीलकण्ठ होल्डिङ सेन्टरमा पु¥याइएको उहाँले बताउनुभयो । राहत सामग्री रसुवा पु¥याउन समेत विभिन्न संस्थाले सवारीसाधन समेत निःशुल्क उपलब्ध गराएका छन् । बाढीपछि रसुवासहितका पहाडी क्षेत्रमा सडक संरचनामा क्षति पुग्दा राहत तथा उद्धारमा समेत कठिनाइ उत्पन्न भएकाले बागमती प्रदेश सरकारले सडक सञ्चालनलाई राहत अभियानसँगै अघि बढाएको उहाँले जानकारी दिनुभयो । प्रदेश सरकारले रसुवामा अलपत्र परेका पर्यटकलाई निःशुल्क रूपमा यातायात साधन मार्फत काठमाडौं पठाइरहेको बताउदै उहाँले धुञ्चे र बिचमा खाना समेत खुवाएर काठमाडौं पठाउने काम भइरहेको बताउनुभयो । ### कसकसले दिए के के सामान : लक्ष्मण अवालबाट प्राप्त सनफ्लावर तेल २० कार्टुन, काठमाडौं फन भ्याली प्रालिबाट २२ बोरा र भेरिएबल सोलुसन्स प्रालिबाट २२ बोरा गरि ४४ बोरा जिरा मसिनो चामल, जीवन कावाङ र युवराज थापाबाट ५ ५ बोरा, गौरव पाठकले ४ बोरा, राकेश श्रेष्ठले ३ बोरा तथा अट्टा ज्वेलर्सबाट २ बोरा जिरा मसिनो चामल सहयोग प्राप्त भएको छ । त्यस्तै हरि गोपाल शैँजुले १५० प्याकेट दाल, रामचन्द्र थापाले चार बोरा आलु, निशा दाहालले विविध खाद्यान्न, सुरेन्द्रराज खत्रीले ४० केस मिनरल वाटर तथा दिनेश बस्नेतले दुई बोरा आयोडिनयुक्त नुन उपलब्ध गराउनुभयो भने रामसुन्दर प्रजापतिले एक बोरा लुगा र सूर्य आर्ट्सले चार थान प्रिन्टिङ फ्लेक्स सहयोग गरेको विवरणमा उल्लेख छ। राहत अभियानका लागि भक्तपुरका सहयोगीहरूबाट ३४ हजार रुपैयाँ नगद संकलन गरी पठाइएको छ । भक्तपुर इँटा तथा टायल कारखानाबाट पनि रसुवाका बाढी प्रभावित नागरिकका लागि ठूलो सहयोग प्राप्त भएको छ । कारखानाबाट जिरा मसिनो चामल ८० बोरा, सनफ्लावर तेल १५ कार्टुन, ज्ञान चक्की आटा ५ बोरा, कालो दाल ५० केजी, रातो दाल ५० केजी, भिटामिन मिल्क बिस्कुट ७० प्याकेट, रियल जुस २५ कार्टुन, चिउरा १५ बोरा, दालमोठ ५ बोरा, बाई–बाई ४० कार्टुन र भुजिया १५ बोरा प्राप्त भएको छ। यी सामग्री आजै रसुवाका बाढी तथा पहिरोबाट प्रभावित क्षेत्रमा पुगेका हुन् । ती सामान आवश्यकताअनुसार वितरण गर्ने तयारी गरिएको छ। राहत सामग्री रसुवा पुर्याउन आशापुरी ट्रेड एण्ड सप्लायर्स प्रालिले एउटा टिपर र एउटा निसान गाडी उपलब्ध गराएको थियो। त्यस्तै भक्तपुर इँटा तथा टायल उद्योगले पनि एउटा निसान गाडी उपलब्ध गराएको थियो। बाढीपछि रसुवासहितका पहाडी क्षेत्रमा सडक संरचनामा क्षति पुग्दा राहत तथा उद्धारमा समेत कठिनाइ उत्पन्न भएको अवस्थामा बागमती प्रदेश सरकारले सडक सञ्चालनलाई राहत अभियानसँगै अघि बढाएको जनाएको छ। मुख्यमन्त्री थापा मगरले प्रदेशका सबै संयन्त्रलाई परिचालन गरेर प्रभावित क्षेत्रमा उद्धार तथा राहतको काम भइरहेको बताउनुभएको छ। उहाँका अनुसार सडक क्षतिग्रस्त भएका स्थानमा तत्काल मर्मत गर्दै वैकल्पिक मार्ग सञ्चालनमा ल्याएर राहत सामग्री प्रभावित क्षेत्रसम्म पुर्याउने प्रयास भइरहेको छ। बाढीले सडक सम्पर्क विच्छेद भएका स्थानमा वैकल्पिक मार्ग खोल्दै अत्यावश्यक खाद्यान्न तथा अन्य राहत सामग्री स्थलमार्गबाटै पुर्याउन थालिएपछि प्रभावित नागरिकसम्म राहत पुर्याउने बाटो सहज भएको प्रदेश सरकारको भनाइ छ। --- # वागमती प्रदेशका मुख्यमन्त्री थापामगरद्धारा तत्काल उद्धार, राहत तथा आवश्यक स्वास्थ्य सेवा उपलब्ध गराउन निर्देशन Source: https://newskunda.com/archives/4092 Category: FEATURED NEWS, अर्थ, राजनीति, समाचार, समाज Last updated: 2026-08-26 हेटौडा, १० भदौं । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले रसुवामा आएको भीषण बाढीपछि विपद् प्रभावित क्षेत्रमा तत्काल उद्धार, राहत तथा आवश्यक स्वास्थ्य सेवा उपलब्ध गराउन निर्देशन दिनुभएको छ । प्रदेश विपद् व्यवस्थापन कार्यकारी समितिको बैठकमा बोल्दै मुख्यमन्त्री थापाले सम्बन्धित निकायलाई काम छिटो सुरु गर्न निर्देशन दिनुभएको हो । मुख्यमन्त्री थापामगरले विपदमा परेका नागरिकको उद्धार तथा राहतलाई पहिलो प्राथमिकतामा राखेर काम गर्न सम्बन्धित निकायलाई निर्देशन दिदै तत्काल घाइते तथा विपदमा परेकाहरूको उद्धार गरी राहत वितरण गर्न, प्रभावित क्षेत्रमा स्वास्थ्य उपचार तथा उद्धार टोली परिचालन गर्न, विस्थापित तथा प्रभावित नागरिकका लागि खाना र आवासको व्यवस्था मिलाउन र स्वच्छ खानेपानीको तत्काल व्यवस्थापन गर्न निर्देशन दिनुभयो । रसुवामा बाढीका कारण जनधनमा क्षति पुगेपछि प्रदेश सरकारले स्थानीय तह, सुरक्षा निकाय तथा सम्बन्धित सरकारी संयन्त्रसँग समन्वय गरी उद्धार, राहत र पुनःस्थापनाका कामलाई प्रभावकारी बनाउने उहाँले बताउनुभयो । मुख्यमन्त्री थापामगरले विपद्को समयमा सरकारी संयन्त्रबीच प्रभावकारी समन्वय आवश्यक रहेको भन्दै प्रभावित नागरिकलाई राज्यको उपस्थिति प्रत्यक्ष अनुभूति हुने गरी काम गर्न निर्देशन दिनुभयो । उद्धार तथा राहतमा कुनै ढिलाइ हुन नदिन सम्बन्धित मन्त्रालय र सुरक्षा निकायलाई आवश्यक जनशक्ति तथा स्रोतसाधन परिचालन गर्न आग्रह गर्नुभयो । बैठकले बाढीबाट प्रभावित क्षेत्रमा तत्काल आवश्यक पर्ने खाद्यान्न, खानेपानी, स्वास्थ्य उपचार, अस्थायी आवास तथा अन्य राहत सामग्रीको व्यवस्थापनलाई प्राथमिकताका साथ अघि बढाउने विषयमा समेत छलफल गरेको थियो । बैठकमा प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री सरल सहयात्री पौडेल, स्वास्थ्य तथा सामाजिक विकासमन्त्री गिरबहादुर तामाङ, भौतिक पूर्वाधार विकासमन्त्री भरत केसी, मन्त्री ज्ञानबहादुर तामाङ, उद्योग, पर्यटन, श्रम तथा यातायातमन्त्री राजेन्द्र प्रजापति, खानेपानी, ऊर्जा तथा सिँचाइमन्त्री राजु बिष्ट, पूर्व आर्थिक मामिला तथा योजनामन्त्री प्रभात तामाङको सहभागिता रहेको थियो । त्यस्तै प्रदेशसभा सदस्यहरू रमेश महत र इन्द्रप्रसाद गोतामे, पूर्व उपसभामुख राधिका तामाङ, विभिन्न मन्त्रालयका सचिव तथा सुरक्षा निकायतर्फ नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बलका प्रदेश प्रमुख एवं प्रतिनिधिहरुको सहभागिता रहेको थियो । --- # वागमती प्रदेशको घोषणा, भोटेकोशी बाढीका मृतक परिवारलाई प्रतिव्यक्ति रुं २५ हजार, शव पठाउन पालिकालाई तीन करोड दिन्छौं : मुख्यमन्त्री थापा Source: https://newskunda.com/archives/4169 Category: FEATURED NEWS, अर्थ, राजनीति, समाचार, समाज, स्वास्थ्य Last updated: 2026-08-29 भक्तपुर १३ भदौ : वागमती प्रदेश सरकारले भदौ १० गते रसुवा भोटेकोशीमा आएको बाढीमा परेर ज्यान गुमाएका व्यक्तिको अन्तिम संस्कारका लागि प्रति व्यक्ति रु.२५ हजारका दरले राहत रकम उपलब्ध गराउने भएको छ । वागमती प्रदेश मुख्यमन्त्री कार्यालयले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा वागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले भदौ १० गतेदेखि १२ गतेसम्म तीन दिन मुख्यमन्त्रीको नेतृत्वमा मन्त्रीहरुसहितको टोलीले बाढी प्रभावित क्षेत्रमा पुगेर खोज तथा उद्धार, राहत, उपचार, अस्थायी आवास र सुरक्षित आवागमनलाई उच्च प्राथमिकतामा राख्दै बागमती प्रदेश सरकार तत्कालै परिचालित भएको बताउनु भएको हो । मुख्यमन्त्री थापाले भन्नुभयो, “रसुवा भोटेकोशीमा आएको बाढीमा परी मृत्यु भएका व्यक्तिको अन्तिम संस्कारका लागि सम्बन्धित परिवारलाई प्रति मृतक रु. २५ हजारका दरले राहत उपलब्ध गराउने निर्णय गरेको छ । बाढीका कारण घरबारविहीन भएका नागरिकका लागि प्रदेश सरकारले अस्थायी बसोबास तथा भोजनको व्यवस्था गर्ने व्यबस्था गरेको छ ।” उद्धार र राहतलाई छिटो र प्रभावकारी बनाउन बाढीबाट सकुशल उद्धार गरिएका व्यक्ति तथा सनाखत भएका शव सम्बन्धित ठेगानासम्म पु¥याउन लाग्ने खर्च पनि बागमती प्रदेश सरकारले ब्यहोर्ने उहाँले बताउनुभयो । प्रदेश सरकारले प्रदेश विपद् व्यवस्थापन कोषमार्फत सम्बन्धित पालिकाको विपद् व्यवस्थापन कोषमा रकम उपलब्ध गराउने र खर्च अभावका कारण पहिचान भएका शव पनि आफन्तले घर लैजान नसकेको जानकारी आएपछि त्यसका लागि लाग्ने खर्च बागमती प्रदेश सरकारले व्यहोर्ने बताउनुभयो । प्रदेश सरकारले यसका लागि रसुवा र नुवाकोट जिल्लाको सम्बन्धित स्थानीय विपद् व्यवस्थापन कोषमा एक करोडका दरले कूद रु.२ करोड र धादिङ्ग तथा चितवन जिल्लालाई ५०/५० लाख गरि प्रदेश सरकारले कूल रु ३ करोड उपलब्ध गराउने उहाँले बताउनुभयो । प्रदेश सरकारले गोसाइँकुण्ड, कैलाश तथा अन्य धार्मिक यात्राका क्रममा रहेर अलपत्र परेका तीर्थयात्रीहरूको सुरक्षित आवागमनका लागि दुईदिनदेखि निःशुल्क बस सेवा सञ्चालन गराएको उहाँले बताउनुभयो । बाढीका कारण त्रिशूली–धुन्चे सडकखण्ड, त्रिशुली र धादिङ गल्छी हुँदै काठमाडौँ सडक अवरुद्ध भएको अवस्थामा वैकल्पिक सडकमार्ग खुलाई यथाशीघ्र सञ्चालनमा ल्याउने कार्य गरेको, भदौ १० गते नै नुवाकोटको विदुरमा विभिन्न चार स्थानमा अस्थायी आश्रयस्थल तथा खानाको प्रवन्ध ब्यबस्था र चार ठाउँमा हेल्थक्याम्प सञ्चालन गरेको बताउनुभयो । पत्रकार सम्मेलनमा प्रदेश सरकारका प्रवक्ता एवं भौैतिक पूर्वाधार विकास मन्त्री भरतबहादुर केसीले मुख्यमन्त्रीको टोली धुन्चे पुगेपछि डिजेल र पेट्रोल ६०० लिटर लगेर स्थानीय अस्पताल सञ्चालन, यातायत तथा टेलिकम टावर सञ्चालनमा ल्याएको बताउनुभयो । उहाँले सडकमार्गमा रहेका ४० भन्दा बढी पुलहरू भत्किँदा अवरुद्ध आवागमनको वैकल्पिक व्यवस्थाको रुपमा सम्भावित स्थानहरूमा बेलिब्रिज, झोलुङ्गेपुल तथा तुईन निर्माणका लागि स्थान पहिचान र सम्भाव्यता अध्ययन, प्राथमिकता निर्धारण र द्रुत्त निर्माण कार्यलाई प्रदेश सरकारले अगाडि बढाएको बताउनुभयो । नुवाकोटको छहरे, चौगडा, बाहुनबेशी, नर्जामण्डप, लच्याङ्, सरमथली पार्टीखर्क, हिल्चेकको पुल, भोर्ले, जीरो किलो, पासाङ्ल्हामु राजमार्ग हुँदै धुन्चेसम्मको वैकल्पिक मार्ग सञ्चालनमा ल्याउने कार्यलाई तीव्रता दिइएको उहाँले बताउनुभयो । प्रभावित क्षेत्रमा कार्यरत प्रदेश मातहतका सबै कर्मचारीहरूलाई अर्को आदेश नभएसम्म कार्यस्थल नछोड्न र सार्वजनिक विदाको समयमा समेत निरन्तर उद्धार, राहत तथा पुनस्र्थापनामा खटिन निर्देशन दिईएको बताउनुभयो । पत्रकार सम्मेलनमा मुख्यमन्त्री थापामगरले बाढीबाट करिब १५ जिल्ला प्रभावित बनेको, स्थिति यहाँ सोचे भन्दा फरक र कहालीलाग्दाृ भएके बताउदै खाज, उद्धार, राहत वितरण, स्वास्थ्य उपचार, शव व्यबस्थापनदेखि पुर्नस्थापनासम्मको काममा प्रदेश सरकारले पछाडि नहट्ने र संघीय सरकारसंग समन्वय गरि स्थानीय सरकारको साथमा का मगर्ने बताउनुभयो । --- # वागमती प्रदेशको मुख्यमन्त्री किरण थापाद्धारा मध्यपुरथिमिको कुमारीको दर्शन Source: https://newskunda.com/archives/4951 Category: FEATURED NEWS, अर्थ, धर्म/संस्कृति, राजनीति, समाचार, समाज Last updated: 2026-10-21 भक्तपुर, ४ कात्तिक । मध्यपुर थिमिमा वर्षौँदेखि निरन्तरता पाउन नसकेको कुमारी माजुलाई लायकु दरबारमा विराजमान गराउने परम्पराले यस वर्षदेखि पुनः निरन्तरता पाएको छ। बडादसैँको अवसरमा कुमारी माजुलाई लायकु दरबारमा विराजमान गराई दर्शन तथा टीका ग्रहण गर्ने कार्यक्रम सम्पन्न भएको छ। अष्टमातृका, अष्टभैरव तथा कुमारी माजुलाई नगरको रक्षकका रूपमा पुज्ने नेवार समुदायको परम्पराअनुसार कुमारी माजुलाई नगरको सुरक्षा र नागरिकको कल्याणसँग जोडेर हेर्ने गरिन्छ। काठमाडौं उपत्यकाका विभिन्न नगरमा प्रचलित यस परम्पराले धार्मिक आस्था, सांस्कृतिक पहिचान र ऐतिहासिक विरासतलाई प्रतिबिम्बित गर्छ। मध्यपुर थिमिमा पनि लामो समयदेखि रोकिएको कुमारी माजुलाई लायकु दरबारमा विराजमान गराउने परम्परालाई पुनः सुरु गरिनुलाई स्थानीय धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षणतर्फको महत्त्वपूर्ण कदमका रूपमा हेरिएको छ। कार्यक्रममा वाग्मती प्रदेशका मुख्यमन्त्री किरण थापामगर, मध्यपुर थिमि नगरपालिकाका जनप्रतिनिधि, स्थानीय सामाजिक अगुवा तथा सर्वसाधारणको उल्लेख्य उपस्थिति रहेको थियो। धर्म, कला, रीतिरिवाज र संस्कृति समाजका अमूल्य निधि हुन्। यस्ता परम्परालाई निरन्तरता दिनुले पुर्खाले हस्तान्तरण गरेका सांस्कृतिक मूल्य र मान्यतालाई नयाँ पुस्तासम्म पुर्याउन तथा स्थानीय मौलिक पहिचान जोगाइराख्न महत्त्वपूर्ण योगदान पुर्याउने विश्वास गरिएको छ। अष्टमात्रीका,अष्टभैरव तथा कुमारी माजुबाट सुरक्षित तथा संरक्षित हाम्रो काठमाडौं उपत्यका र विभिन्न नगरहरूमा स्थापित कुमारी माजुबाट नगरको रक्षा तथा नागरिकको सुरक्षा हुने परम्परा छ, त्यसै गरी मध्यपुर थिमिमा धेरै वर्षदेखि कुमारी माजुलाई विराजमान गराउने परम्परालाई निरन्तरता दिन नसकिएकोमा यो वर्षदेखि निरन्तरता प्रदान गर्दै लायकु दरबारमा विराजमान गराइ दर्शन गर्ने सुअवसर प्राप्त गराइदिनु भएकोमा म सम्पूर्ण मध्यपुर थिमिवासी तथा मध्यपुर नगरपालिकालाई हार्दिक धन्यवाद व्यक्त गर्न चाहन्छु, हाम्रो धर्म, हाम्रो कला,हाम्रो रीतिथिति, हाम्रो संस्कृती नै हाम्रो अमूल्य निधिहरू हुन्, मुख्यमन्त्री थापाले भन्नुभएको छ । --- # वागमती प्रदेशमा एमाले नेतृत्वमा नयाँ सरकार गठनका लागि दाबी पेश, बिहिबार किरण थापा मगरले मुख्यमन्त्रीको सपथ लिने Source: https://newskunda.com/archives/4037 Category: FEATURED NEWS, राजनीति, समाचार, समाज Last updated: 2026-08-19 **======================================** **सहमती लगत्तै आजै एमाले नेता किरण थापा मगरले वागमती प्रदेशको मुख्यमन्त्रीमा दाबी पेश गर्नु भएको छ । उहाँले नेकपा र राप्रपाको समर्थनमा बहुमतको सरकार गठन गर्न मुख्यमन्त्रीमा दाबी पेश गर्नु भएको हो । मुख्यमन्त्रीमा किरण थापा मगरले बिहिबार मुख्यमन्त्रीको सपथ ग्रहणसंगै मन्त्रिमण्डल गठन हुने भएको छ । ** **======================================** भक्तपुर, ३ भदौ । वागमती प्रदेशमा एमालेको नेतृत्वमा सरकार गठन हुने भएको छ । आज बिहानदेखि एमालेको नेताहरु र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेताहरुबीच भएको छलफलमा दिउँसो १ बजे सहमती भएको थियो । सहमती लगत्तै आजै एमाले नेता किरण थापा मगरले ६३ जना प्रदेश सभा सदस्यीयको समर्थन प्राप्त गरि वागमती प्रदेशको मुख्यमन्त्रीमा दाबी पेश गर्नु भएको छ । उहाँले नेकपा र राप्रपाको समर्थनमा बहुमतको सरकार गठन गर्न मुख्यमन्त्रीमा दाबी पेश गर्नु भएको हो । मुख्यमन्त्रीमा किरण थापा मगरले बिहिबार मुख्यमन्त्रीको सपथ ग्रहणसंगै मन्त्रिमण्डल गठन हुने भएको छ । सरकारबाहिर बसेरै राप्रपाले सरकारलाई समर्थन गर्ने भएपछि एमाले नेतृत्वमा नयाँ सरकार गठनको बाटो खुलेको हो । सदनको चौथो ठूलो दल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले सरकारलाई समर्थन गर्ने भएपछि एमाले नेतृत्वमा सरकार गठनलाई सहज भएको हो । केन्द्रीय तहमा भएको सहमतिअनुसार बागमती प्रदेश सरकारको नेतृत्व एमालेले गर्ने निर्णय भए अनुसार मंगलबार बसेको एमाले संसदीय दलको बैठकले जेएन थपलियालाई दलको नेतामा कायमै राख्ने र नेता किरण थापालाई मुख्यमन्त्री बनाउने सहमती भएको थियो । बागमती प्रदेशसभामा १०४ सदस्यीय रहेकोमा सरकार गठनका लागि ५३ सांसदको समर्थन आवश्यक पर्छ । हाल नेकपाका २६, एमालेका २५ र राप्रपाका १२ सांसद सहितको समर्थनमा बहुमतको सरकार गठन हुन भएको छ । कांग्रेसले एमालेसँगको सत्ता सहकार्य तोडेपछि मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले राजीनामा दिएका थिए । राजीनामापछि प्रदेश प्रमुखले नयाँ सरकार गठनका लागि बिहीबार दिउँसो ४ बजेसम्मको समय दिएका थिए । सोही अनुरुप मंगलबार साँझ एमाले र नेकपाबीच छलफल भएको र आज बिहानदेखि राप्रपासंग छलफल गरि सहमति भएको थियो । प्रदेशसभामा कांग्रेसका ३६, नेकपाका २६, एमालेका २५, राप्रपाका १२, नेमकिपाका ३ र हाम्रो नेपाली पार्टीका २ सांसद छन् । --- # वागीश्वरी कलेजमा अन्तर्राष्ट्रिय मिडिया गोष्ठी सुरु Source: https://newskunda.com/archives/1993 Category: FEATURED NEWS, राजनीति, शिक्षा, समाचार, समाज Last updated: 2022-09-04 भक्तपुर, १९ भाद्र । विद्यार्थीहरूलाई गरेर सिक्ने वातावरण सिर्जना गर्नका लागि वागीश्वरी कलेजको पत्रकारिता तथा आमसञ्चार विभागले दुई हप्ते अन्तर्राष्ट्रिय मिडिया विषयक कार्यशाला गोष्ठी सुरु गरेको छ । विद्यार्थीहरूले विभिन्न मुलुकको पत्रकारिता इतिहास, कानुनी व्यवस्था र आचारसंहिताको खोजी गर्दै गोष्ठीमा आफ्नो कार्यपत्र प्रस्तुत गरी अध्येता र विज्ञहरूमार्फत टिप्पणी गराई कार्यपत्रलाई कसिलो बनाउने गरी गोष्ठी गरिएको हो । गोष्ठीको उद्घाटन गर्दैै बाग्मती प्रदेशका सभासद् सुरेन्द्रराज गोसार्ईले कार्यपत्र प्रस्तुतिले विद्यार्थीमा थप सिक्ने वातावरण निर्माण हुने बताउनुभयो । आइतबार विद्यार्थी एलिना भेलेले उत्तर कोरियाको मिडिया विषयक कार्यपत्र प्रस्तुत गरेकी थिइन् । उत्तर कोरियाबारे पश्चिमी मुलुकका मिडियाहरूले अनर्गल ढङ्गको प्रचार गर्ने गरेको र आफूले खोज्दा पनि त्यस्तै कुराहरू बढी भेटेको र वास्तवमा प्रजग कोरियामा प्रचार गरिएजस्तो तानाशाही नभएको स्पष्ट पारिन् । कार्यपत्रमाथि टिप्पणी गर्दै सभासद् सुरेन्द्रराज गोसाईंले आफूले प्रजग कोरियाको भ्रमण गर्दा नितान्त बेग्लै ढङ्गले पाएको अनुभव सुनाउनुभयो । कोरियामा इन्टरनेटको सुविधा व्यापक रूपमा रहेको र विज्ञान तथा प्रविधिको विकास अद्भुत ढङ्गले भएको पाएको स्मरण सुनाउनुभयो । पश्चिमा मुलुकहरूले झुठको खेती गर्दै संसारलाई समाजवादी व्यवस्था नराम्रो हुने अभिप्रायले उत्तर कोरियाको अनर्गल प्रोपोगन्डा गरेको पाएको उहा“ले स्पष्ट पार्नुभयो । उत्तर कोरिया समाजवादी मुलुक भएकाले पश्चिमाहरू र खासगरी अमेरिका डराएकैले प्रजग कोरियाको वरपर दक्षिण कोरिया र जापानमा अमेरिकी सेना तैनाथ गरेको उहा“ले बताउनुभयो । उहा“ले भन्नुभयो, ‘प्रजग कोरिया एकीकरण हुनुपर्दछ र अमेरिकाले यसमा हस्तक्षेप अन्त गर्नुपर्छ अनि झुठको प्रचार गर्न बन्द गर्नुपर्छ ।’ उत्तर कोरियाले अमेरिकी आतङ्कबाट बच्नकै लागि हातहतियारको विकास गर्नु परेको र उसले नया“ वैज्ञानिक अन्वेषणका लागि नेपालको बजेटभन्दा बढी व्यवस्था गर्ने गरेको जानकारी पनि उहा“ले दिनुभयो । उत्तर कोरियामा भ्रमण गरेर सो मुलुकको बारेमा अध्ययन गरेका पत्रकार जीवन ढुुङ्गानाले पनि यता पढेको उत्तर कोरिया र हेरेको उत्तर कोरियाबीच आकाश पातालको फरक भएको बताउनुभयो । उत्तर कोरियाले देशको सुरक्षाका लागि कडाइ गरेको तथ्य वास्तविक भएको र अमेरिकी दादागिरी अन्त नभएसम्म जारी रहने उहा“ले बताउनुभयो । देशको सार्वभौमिकता, अखण्डता र स्वाभिमानका लागि उत्तर कोरियाका पत्रकारले देशको हितको लागि लेख्ने गरेको भन्दै विश्वका कुनै पनि मुलुकले देशको विरुद्धमा नलेख्ने दृष्टान्त प्रस्तुत गर्नुभयो । नेपालमा पनि विभिन्न साइटहरू प्रतिबन्ध गरेजस्तो मुलुकलाई हानी गर्ने मिडियाका खबरलाई उत्तर कोरियाले निगरानीमा राख्ने गरेको र सोही अनुसार नै इन्टरनेटको पहु“च दिएको उहा“ले बताउनुभयो । अमेरिकी नाकाबन्दीका बाबजुद पनि उत्तर कोरियाले आफ्ना जनतालाई गास, बास र कपासको ग्यारेन्टी गर्दै प्रेस स्वतन्त्रताको अनुभुति दिएको उहा“ले टिप्पणी गर्नुभयो । राजनीति शास्त्रका शिक्षक एवम् अधिवक्ता विकल प्रजापतिले उत्तर कोरियाको प्रेस कानुन र अन्य मुलुकको प्रेस कानुनमा तात्विक भिन्नता नभएको तर उत्तर कोरिया जाने बाहिरी पत्रकारले अमेरिकाको लागि जासुस गर्ने गरेको पाएकोले पश्चिमा पत्रकारहरूलाई केही कडाइ गरेको बताउनुभयो । उहा“ले भन्नुभयो, ‘हामी हाम्रो घरमा शत्रु नछिरोस् भनेर त कडाइ गर्छौं भने उत्तर कोरियाले देशको सार्वभौमसत्ता सुरक्षाका लागि प्रेस माथि नियमन गर्नु सामान्य हो ।’ वागीश्वरी कलेजका प्राचार्य धनकुमार श्रेष्ठले विद्यार्थीहरूको ज्ञान अभिवृद्धिका लागि कलेजले वातावरण निर्माण गर्ने गरेको र अन्तर्राष्ट्रिय परिस्थिति बुझ्न बुझाउन यस्ता कार्यक्रम गर्ने वागीश्वरीको संस्कार रहेको बताउनुभयो । पत्रकारिता तथा आमसञ्चारका शिक्षक पूर्णभक्त दुवालले दुई हप्ते गोष्ठीमा विद्यार्थीहरूले विभिन्न मुलुकको मिडियाबारे अध्ययन गरी कार्यपत्र प्रस्तुत गरी विज्ञहरूको सल्लाह र सुझाव अनुसार परिमार्जन गर्ने जानकारी दिए । आइतबारको कार्यपत्रमा विद्यार्थीहरूले कार्यपत्र प्रस्तोता र विज्ञहरूस“ग प्रश्न सोध्दै जिज्ञासा मेटेका थिए । --- # वाग्मती प्रदेश सरकारले यस वर्षबाट ५० जना डाक्टरहरू पढाउन सुरु : वाग्मती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापा Source: https://newskunda.com/archives/3191 Category: FEATURED NEWS, अर्थ, राजनीति, समाचार, समाज, स्वास्थ्य Last updated: 2025-12-01 हेटौँडा, १५ मंसिर : वाग्मती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापा मगरले वाग्मती प्रदेश सरकारले यस वर्षबाट ५० जना डाक्टरहरू पढाउन सुरु गरेको बताउनुभएको छ । वाग्मती प्रदेश स्वास्थ्य मन्त्रालयको आयोजनामा आज हेटौँडामा भएको एक जिल्ला एक स्वास्थ्य सहर, एक स्थानीय तह एक नमुना स्वास्थ्य संस्था कार्यक्रमहरूको प्रदेश स्वास्थ्य सहजकर्ता लगायतको पैरवी, समन्वय र अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री थापाले त्यहाँबाट उत्पादित डाक्टरहरू वाग्मती प्रदेश भित्रका स्थानीय तहका अस्पतालका डाक्टरहरू पठाइने बताउनुभयो । अहिले पनि छात्रवृत्तिबाट आएका मेडिकल डाक्टरहरूलाई प्रदेश स्वास्थ्य मन्त्रालयले गाउँका अस्पतालमा पठाइरहेको उहाँले बताउनुभयो । मन्त्री थापाले स्वास्थ्य संस्थालाई व्यवस्थित रूपमा सञ्चालन गर्न तीनवटै तहका सरकार बिच सहकार्य आवश्यक रहेको सीमित साधन स्रोतका कारण अस्पतालहरू सञ्चालनमा समस्या भइरहेको बताउनु भयो । ‘तीनवटै तहले स्वास्थ्य क्षेत्रमा बजेट बनाउँदा कतिपय कार्यक्रममा दोहोरोपन देखिएको छ, हामी तीनवटै तहका जनप्रतिनिधि बसेर कार्यक्रम बनाउने हो भने दोहोरोपन हुँदैन’, उहाँले भन्नुभयो । प्रदेश सरकारले स्वास्थ्य क्षेत्रका लागि सशर्तका बजेट पठाउँदा पनि कतिपय गाउँपालिकामा ती बजेट खर्च नभएका उहाँले बताउनुभयो । उहाँले केन्द्र, प्रदेश र संघीय सरकारले कुन कुन कार्यक्रम कसरी सञ्चालन गर्ने भन्ने योजना बनाएर कार्यक्रम सञ्चालन गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । वाग्मती प्रदेश सकारले स्वास्थ्य क्षेत्रको विकासका लागि धेरै काम गरेको भए पनि त्यो अझै अपुग नै भएको उहाँले बताउनुभयो । कतिपय स्थानीय तहले सञ्चालन गरेको अस्पतालमा समेत प्रदेश सरकारले उपकरण र जनशक्ति पठाइरहेको उहाँले जानकारी दिनुभयो । त्यस्तै प्रदेश तहका अस्पतालमा सेवा विस्तार गर्दै लगिएको उहाँले सुनाउनुभयो । स्थानीय सरकारलाई प्राथमिकतामा राखेर कार्यक्रम र योजना बनाउनु पर्ने उहाँको धारणा छ । ‘प्रत्यक्ष भेटिने सरकार स्थानीय सरकार हो, देखिने सरकार भनेको प्रदेश सरकार हो, लेखिने सरकार भनेको संघीय सरकार हो’, उहाँले भन्नुभयो । जनताको माग भौतिक पूर्वाकारको क्षेत्रमा बाढी रहेको बताउँदै अब स्वास्थ्य क्षेत्रको बजेटलाई पनि प्राथमिकतामा राख्नु पर्ने बताउनुभयो । अब स्वास्थ्य सहरको अवधारणा आएकोले यसको लागि स्वास्थ्य क्षेत्रमा लगानी बढाउनु पर्नेमा थापाले जोड दिनुभयो । वाग्मती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा स्वास्थ्य जनप्रतिनिधि र क्षेत्रका सरोकारवालाको सहभागिता रहेको छ । --- # वातावरण मैत्री विद्यालय र विद्यार्थी कार्यक्रम लागु गर्न अनुरोध पत्र हस्तान्तरण Source: https://newskunda.com/archives/3395 Category: FEATURED NEWS, अर्थ, राजनीति, शिक्षा, समाचार, समाज Last updated: 2026-02-18 भक्तपुर, ६ फागुन । राष्ट्रको लागि दुईघण्टा अभियानले चाँगुनारायण नगरपालिका भित्र वातावरण मैत्री विद्यालय र विद्यार्थी कार्यक्रम लागु गर्न र गराउन विशेष अनुरोध पत्र सहित नगरपालिकाको आधिकारिक प्रतिनिधिसंग छ्लफल संवादको थालनी गरेको छ । चाँगुनारायण नगरपालिका नगर शिक्षा शाखाका निर्देशक जनार्दन रिजाललाई सो कार्यक्रमको विस्तृत कार्ययोजना बुझाउदै सो कार्यक्रम लागु गर्न अभियानका अध्यक्ष मधु ढुङ्गेल र महासचिव नबराज काफ्ले संयुक्त रुपमा अपिल गर्नुभएको हो । निर्देशक रिजालले यस विषयमा नगरपालिका भित्रको आधिकारिक प्रतिनिधिसँग आवाश्यकीय चिन्तनमनन गरि यथाशीघ्र कार्यान्वयनमा ल्याउन व्यक्तिगत तर्फबाट लागि पर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो । उहाँले अहिलेको विश्व वातावरणीय समस्याको भुमरीबाट आक्रान्त रहेको परिस्थितिमा यो कार्यक्रमले दीर्घकालीन रुपमा वातावरणीय संरक्षणमा अमिट छाप पर्ने अभियानका अध्यक्ष मधु ढुङ्गेलले बताउनुभयो । अभियानकै पहल र प्रयत्नका बाबजुद गरिएको विशेष अनुरोधलाई सहस्र स्वीकार गरि सुर्यविनायक र मध्यपुर ठिमी नगरपालिकाले कार्यान्वयनमा ल्याईसकेका छन भने चाँगुनारायण नगरपालिकाले पनि कार्यान्वयनमा ल्याउने सन्दर्भमा अभियान पुर्ण विस्वस्त बनेको छ । --- # वायुसेवा निगमले दुई कोषलाई रु एक अर्ब ३५ करोड ऋण तिर्यो Source: https://newskunda.com/archives/1509 Category: FEATURED NEWS, अर्थ, समाचार Last updated: 2022-07-21 काठमाडौँ, ५ साउन : राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषलाई ऋण दायित्वको किस्ताबापतको रु एक अर्ब ३५ करोड भुक्तानी गरेको छ । निगमले डेढ वर्षको दौरानमा तिर्न नसकेको किस्ता रकम निगमको नयाँ व्यवस्थापन आएसँगै आठ महिनामा आर्थिक सुधार भएकाले उक्त रकम भुक्तानी गर्न सफल भएको निगमका एक उच्च अधिकारीले बताउनुभयो । उहाँले भन्नुभयो, “डेढ वर्षको दौरानमा तिर्न नसकेको रकम नयाँ नेतृत्व आएको आठ महिनाभित्रै तिर्न सफल भएको छ । फ्लाइट अकुपेन्सी बढ्नुका साथै उडान गन्तव्य पनि विस्तार भएकाले निगमले ऋण दायित्व भुक्तानी गर्न सफल भएको हो ।” निगमले पछिल्लो पटक गत असार ३० गते कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषबाट जहाज खरिदका निम्ति लिएको ऋणको किस्ताबापतको रकम तिरेको निगमले जनाएको छ । निगमका प्रवक्ता अर्चना खड्काका अनुसार कर्मचारी सञ्चय कोषलाई न्यारोबडी जहाज खरिदबापतको रु ४५ करोड र वाइडबडी जहाज खरिदबापतको रु ४५ करोड गरी जम्मा रु ९० करोड किस्ताबापतको रकम भुक्तानी गरिएको छ । त्यसैगरी नागरिक लगानी कोषको हकमा पनि वाइडबडी जहाज खरिद गर्दाको ऋण दायित्वको किस्ताबापतको रु ४५ करोड भुक्तानी गरिएको छ । कोभिड महामारीका कारण निगमको आम्दानी खुम्चिएकाले समयमै किस्ता तिर्न नसकेको निगमले उल्लेख गरेको छ । कोभिड महामारी सहज भएसँगै स्वास्थ्य मापदण्डमा आएको विश्वव्यापी खुलापनले अन्तर्राष्ट्रिय उडानमा सहजता, सिट अकुपेन्सी, गन्तव्य विस्तार आदि कारणले निगमको आम्दानीमा सुधार आएकाले किस्ता तिर्न सफल भएको निगमले जनाइएको छ । --- # वार्षिक नीति, चाँगुनारायण नगरपालिकालाई भ्रष्टाचार मुक्त बनाउने नगर प्रमुख खत्रीको घोषणा Source: https://newskunda.com/archives/1888 Category: FEATURED NEWS, राजनीति, समाचार, समाज Last updated: 2022-08-30 भक्तपुर, १४ भदौ : चाँगुनारायण नगरपालिकाका प्रमुख जीवन खत्रीले नगरपालिकालाई आफ्नो कार्यकालमा भ्रष्टाचार मुक्त बनाउने घोषणा गर्नु भएको छ । चाँगुनारायण नगरपालिकामा जनप्रतिनीधिको १०० दिनको प्रगति विवरण सार्वजनिक गर्दै उहाँले नगरपालिकालाई भ्रष्टाचार मुक्त राख्ने जनप्रतिनिधिको अभियानलाई सबैको साथ र सहयोग आवश्यक रहेको बताउनु भयो । बीर अस्पताल बनाउन आफू लागिपरेको बताउदै नगर प्रमुख खत्रीले भन्नुभयो, “नेपाल सरकारले चाँगुनारायण नगरपालिकामा निर्माण गर्ने भनिएको वीर अस्पतालको निर्माण कार्य तत्काल सुरु गर्न माग हामीले सरकारसँग आवश्यक पहल गरिरहेका छौँ, चाँगुनारायण नगरपालिका वडा नं. १ र ४ को सिमानामा रहेको ५०० रोपनी जग्गामा नेपाल सरकारले अत्याधुनिक सेवा सुरु गर्न अस्पतालको भवन निर्माण गरे पनि अगाडि नबढेकाले तत्काल अगाडि बढाएर बिशेषज्ञ सेवा प्रदान गर्न हामी सरकारसँग माग गर्दछौँ ।” उहाँले चाँगुनारायणको नेपाल इञ्जिनियरिङ कलेज सञ्चालन नगरपालिका मातहत ल्याएर सामाजिक शैक्षिक कलेजका रुपमा सञ्चालन गर्न नगरपालिका लागिरहेको बताउनु भयो । नगर प्रमुख खत्रीले स्वदेशी तथा विदेशी पर्यटकहरुको मूल गन्तब्य बनको पर्यटकीय स्थल नगरकोट जाने मुख्य सडकका रुपमा रहेको भक्तपुर नगरकोट सडक तत्काल निर्माण सम्पन्न गर्न ठेकेदार कम्पनीलाई ताकेता र पहल गरिरहेको बताउनु भयो । केही जिम्मेवार निकाय नै गैरजिम्मेवार बन्दा भक्तपुर नगरकोट सडक निर्माणमा ढिलाई भइरहेको यसले स्थानीय बासिन्दार र पर्यटन व्यवसायीले ठूलो नोक्सान व्यहोर्नु परेको उहाँको भनाई थियो । चालू आर्थिक वर्ष २०७९÷०८० को बजेटको पूर्व तयारीस्वरुप स्थानीय राजनीतिक दलका प्रमुख एवं विज्ञ र प्रशासकहरुसँग राय सुझाव लिएर काम सुरु गरिएको, नगरवासीका लागि निःशुल्क रक्तदानको व्यबस्था गरिएको कार्यक्रममा उहाँले बताउनु भयो । हरेक वर्ष वर्षामा हुने मनोहरा नदीको कटान दीर्घकालिन रुपमा नियन्त्रण गर्न चाँगुनारायण, मध्यपुरथिमि र काठमाडौको कागेश्वरी मनोहरा नगरपालिकाबीच समन्वय गरि डिपिआरको तयारी गरिएको, सबै नगरवासीलाई निःशुल्क बिमा कार्यक्रम लागू गर्ने चरणमा रहेको उहाँले बताउनु भयो । यसवर्ष एसईई उत्तीर्ण ६६४ विद्यार्थीलाई सम्मान गरिएको, नगरभित्रका सबै सामुदायिक विद्यालयका १२ हजार छात्राहरुलाई निःशुल्क स्यानिटरी प्याड वितरण गरिएको, कार्यालयमा नागरिक सहायता कक्ष स्थापना गरिएको, नगर कार्यपालिकाको बैठक महिनाको २ पटक बस्ने तय गरिएको उहाँले बताउनु भयो । नगर प्रमुख खत्रीले भन्नुभयो, “नगरपालिकाले स्थानीय पाठ्यक्रम कार्यान्वयन कार्यबिधि(२०७९, लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण रणनीति(२०७९, स्वास्थ्य संस्था सञ्चालन कार्यबिधि(२०७९, नगर खेलकुद बिकास समिति सञ्चालन कार्यबिधि(२०७९ निर्माण गरेका छौँ ।” नगरपालिकाले शैक्षिक कार्यपात्रो सार्वजनिक गरेको, उपभोक्ता समिति वा लाभग्राही समुदायमार्फत सार्वजनिक निमर्काण कार्यबिधि, मेलमिलाप केन्द्र सञ्चालन कार्यबिधि, शैक्षिक कार्यक्रम कार्यान्वयन कार्यबिधि निर्माण कार्य गरिरहेको छ । नगरलाई पूर्ण सरसफाईयुक्त बनाउन पूर्वाधारको तयारीका साथ काम गरिरहेको, ठेक्कामार्फत् सञ्चालनमा रहेका सडक निर्माण तथा अन्य निर्माणका कामहरुमा समयमै सम्पन्न गर्न निर्देशन दिएको, विपद जोखिम न्यूनीकरणका लागि आवश्यक कार्य अगाडि बढाएको, वडास्तरमै विवाद सुल्झाउन सबै वडामा मेलमिलाप केन्द्र सञ्चालनको तयारी गरेको, नगरपालिकाको स्वीकृति नलिई जग्गा विकास तथा प्लानिङ गरिएका जग्गाको घरबाटो सिफारिसमा पहिलो पटक रु. १५ हजार कायम गरिएको, खोरेत लागेका ५०० भन्दा बढी पशुको उपचार गरेको, संघीय सरकारले दिएको ८० प्रतिशत अनुदानमा २० प्रतिशत नगरपालिको थप गरि १०० प्रतिशत पशु बिमा लागू गर्ने व्यबस्था गरेको, कृषकलाई कृषि औजारहरु वितरण गरिएको, भूउपयोग ऐन बमोजिम जग्गा वर्गिकरणका लागि वडा वडामा बिज्ञ एवं प्राबिधिक टोलीसहित सुझाब संकलन टोली परिचालन गरिएको नगर प्रमुख खत्रीले बताउनु भयो । उहाँले जनप्रतिनिधि भए पछि आफू सबै नागरिकका साझा प्रमुख भएकाले कुनै पनि पार्टी, दल, जातजाति, भाषा, लिङग, धर्म, संस्कृति कुनैमा पनि भेदभाव नगरी समान रुपमा काम गर्ने प्रतिबद्धता कार्यक्रममा गर्नु भयो । नगरपालिकाका प्रमुख जीवन खत्री र उपप्रमुख रमेश बुढाथोकीले संयुक्त रुपमा आर्थिक वर्ष २०७९/०८० को बजेट, नीति तथा कार्यक्रमपुस्तिका सार्वजनिक गर्नु भयो । कार्यक्रममा नगरपालिकाका उपप्रमुख रमेश बुढाथोकीले आफूले नगरपालिकामा जिम्मेवारी सम्हालेपछि बजेट निर्माणदेखि नगरका विभिन्न ठाउँमा भएका कामहरुको अनुगमन गरेको बताउनु भयो । उहाँले अनुगमनलाई तिब्रता दिएको बताउदै एकैदिनमा १८ वटा योजनाको समेत अनुगमन गरेको बताउनु भयो । उहाँले सडक निर्माणको क्रममा वडा नं. १ दुवाकोटमा सडक बिस्तारको क्रममा उद्धव न्यौपानेले आफ्नो घर अगाडि आएपछि अबरोध गरेपनि नगरपालिकाको नियमानुसार सडक बिस्तार गर्दा वडा अध्यक्ष र आफूलाई मुद्धा हालेको बताउदै जनताको पक्षमा काम गर्दा अबरोध गर्नेहरुले १०० मुद्धा हाले पनि राम्रा काम गर्न पछि नपर्ने बताउनु भयो । उहाँले अबदेखि चैत मसान्त भित्र योजनाको माग र सम्झौता सम्पन्न गरिसक्नु पर्ने, चैत पछि योजना फेरबदल गर्न नपाइने, कुनै पनि निर्माण तथा योजनाको गुणस्तरमा कुनै सम्झौता नगर्ने बताउदै नगरपालिका भित्रको अब्यबस्थित प्लानिङलाई व्यबस्थित गर्न लागि परेको बताउनु भयो । कार्यक्रममा बिभिन्न राजनीतिक दलका प्रतिनिधि,, पेशा व्यवसायी एवं संघसंस्थाहरुका प्रतिनिधिले नगरपालिकाको बिकास तथा योजनाकाबारेमा बोल्दै शुभकामना व्यक्त गरेका थिए । --- # विकास निर्माणका काममा कुनै पनि ढिलासुस्ती सह्य हुदैन : मुख्यमन्त्री किरण थापा Source: https://newskunda.com/archives/4384 Category: FEATURED NEWS, अर्थ, राजनीति, समाचार, समाज Last updated: 2026-09-22 दोलखा ६ असोज । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापाले विकास निर्माणका काममा कुनै पनि बाहनामा हुने ढिलासुस्ती सह्य नहुने बताउनुभएको छ । जिल्ला समन्वय समिति दोलखाद्वारा मंगलबार दोलखामा आयोजित बार्षिक समिक्षा कार्यक्रमको उद्घाटन गर्दै उहाँले विकास निर्माणका काममा ढिलाईसुस्ती गर्ने कसैलाई छुट नभएको बताउनु भएको हो । उपभोक्ता समिति वा निर्माण ब्यवसायी जसले काम गरे पनि गुणस्तरहीन कामको भुक्तानी दिने र मूल्याङ्कन गर्ने प्राविधिक तथा कर्मचारीहरू स्वयं कारबाहीको भागीदार हुनुपर्ने उहाँले स्पष्ट पार्नुभयो । उहाँले अनियमितता र कमजोरीहरूलाई सार्वजनिक गरी पारदर्शी बनाउन सञ्चारकर्मी तथा नागरिक समाजलाई आग्रह समेत गर्नुभयो । मुख्यमन्त्री थापाले स्थानीय, प्रदेश र संघीय गरी तीनै तहका सरकारका आ–आफ्ना जिम्मेवारी रहेको बताउदै प्रदेश सरकारद्वारा विनियोजित बजेट सडक सञ्जालका साथै शिक्षा, स्वास्थ्य, खानेपानी, सिँचाइ तथा कृषिजस्ता क्षेत्रमा विशेष गरि बजेट बिनियिजन भइरहेको बताउनुभयो । विशेषगरी स्वास्थ्य क्षेत्रमा पशुपति चौलागाईं अस्पतालको स्तरोन्नति गर्दै डायलासिस तथा अन्य विशेषज्ञ सेवा सुरु गरिएको र बाँकी आवश्यकताहरूलाई पनि क्रमशः पूरा गरिने उहाँले प्रतिबद्धता व्यक्त गर्नुभयो । गत भदौ १० गते बागमती प्रदेशको रसुवाको भोटेकोसीमा आएको बाढीले विभिन्न जिल्लाहरूमा गएको बाढी–पहिरो र विपद्का कारण ठूलो मानवीय तथा भौतिक क्षति भएको भन्दै मुख्यमन्त्री थापाले उद्धार र राहतको पहिलो चरणको कार्य सकिएकाले अब पुनर्निर्माणमा लाग्ने बताउनुभयो । त्यस बाढीबाट अरर्बौँको क्षति भएकाले प्रदेशको सीमित साधन–स्रोतले मात्र नपुग्ने हुँदा दोलखाका नौ वटै पालिका तथा अन्य प्रदेश सरकारहरूलाई पनि बागमती प्रदेशको मुख्यमन्त्री राहत कोषमा योगदान गर्न आह्वान गर्नुभयो । सहयोग गर्ने पालिकाहरू र प्रदेशको नाम पुनर्निर्माण गरिने संरचना र शिलालेखमा समावेश गरिनेसमेत उहाले घोषणा गर्नुभयो । राजनीतिक वाद–विवाद र आरोप–प्रत्यारोपभ न्दा माथि उठेर सबै जनप्रतिनिधिहरूले इमानदार भई काम गरेमा मात्र दोलखासहित समग्र बागमती प्रदेशलाई समृद्ध बनाउन सकिने उहाँको भनाई थियो । म्ंगलबार र बुधबार सञ्चालन हुने दुई दिने समीक्षा गोष्ठीबाट प्राप्त ठोस निष्कर्ष र सुझावहरूलाई आगामी बजेट तथा नीतिमा समावेश गरिने उहाँले बताउनु भयो । जिल्ला समन्वय समिति दोलखाका प्रमुख बर्जुराम घतानीको अध्यक्षतामा भएको कार्यक्रममा प्रतिनिधि सभा सदस्य जगदीश खरेल, वागमती प्रदेशका भौतिक पुर्वाधार बिकास मन्त्री भरत केसी, उद्योग, पर्यटन, वन तथा वातावरण समितिका सभापति आनन्द कुमार श्रेष्ठ, प्रदेश सभा सदस्य ठुला थामी लगायतको सहभागिता रहेको थियो । --- # विकास निर्माणसँगै जनताका सुख दुःखमा सधै साथमा रहने छु : एमाले नेता महेश बस्नेत Source: https://newskunda.com/archives/1532 Category: FEATURED NEWS, राजनीति, समाचार, समाज Last updated: 2022-07-23 भक्तपुर, ७ साउन । नेकपा एमालेका पोलिटब्युरो सदस्य, पूर्वमन्त्री एवं प्रतिनिधि सभाका सदस्य महेश बस्नेतले भक्तपुरको बिकासमा मात्रै नभई सधै जनताको सुख दुःखमा साथमा रहने बताउनु भएको छ ।मध्यपुरथिमि नगरपालिका–८ स्थित सहयोगी निलबाराही टोल सुधार समाजको सातौँ वार्षिक साधारण सभाको उद्घाटन गर्दै उहाँले जिल्लाको समग्र बिकासमा आफूले कुनै कसर बाँकी नराख्ने बताउनु भयो । भक्तपुरमा पाँच वर्षको अबधीमा आफ्नो पहलमा १६ अर्ब भन्दा बढी बजेट ल्याएर बिकासको काम गर्दा यहाँको मुहार फेरिएको चर्चा गर्दै उहाँले वर्तमान् सरकारले भक्तपुरलाई यसअघि छुट्याएको बजेट समेत काटेर भक्तपुर बिरोधी काम गरेको बताउनु भयो । सांसद बस्नेतले भन्नुभयो, “अहिले सरकार छ कि छैन भन्ने कुरामा जनता अन्योलमा छन् । जनताले देशप्रमेमी सरकार अहिले हाम्रो देशमा छ भन्ने कुनै अनुभूति गर्न पाएका छैनन् । यतिसम्म की यसअघिको सरकारले बहुबर्षिय योजनामा छुट्याएको बजेट समेत वर्तमान् शेरबहादुर देउवा गठबन्धन सरकारले काटेर बिकास बिरोधी काम गरेको छ ।” भक्तपुरको सिंगो जिल्लाको बिकासमा आफूले कुनै पनि कमिकजाृरी रहनस नदिने बताउदै उहाँले वजेटको कमीले बिकास रोकिने अबस्था आउन दिन नहुने बताउनु भयो । उहाँले मध्यपुर नगरपालिका वडा नं. ८ नयाँबस्तीमा रहेका हरेक बिबिधखालका समस्यालाई आफूले जानकारीमा लिएको बताउदै उहाँले यहाँको समस्या समाधानका लागि आफू तयार रहेको बताउनु भयो । विकासप्रेमी नेता बस्नेतले व्यक्तिगत रुपमा पनि आफू टोल भित्रका प्रमुख समस्या ढल, बाटोघाटो र यहाँको स्थानीयका लागि सानै भएपनि खेल मैदानका लागि बजेट ल्याउन पूर्ण रुपमा प्रयास गर्ने प्रतिबद्धता जनाउदै उहाँले आफ्नो सांसद बिकास कोषबाट भएपनि यहाँका लागि बजेटको व्यवस्थापन गर्ने बचन बद्धता व्यक्त गर्नु भयो । वर्तमान देउवा नेतृत्व गठबन्धन सरकार जंगलमा सिंह सुतेझैँ सुतेको टिप्पणी गर्दै उहाँले अहिले दिन दुई गुणा रात दश गुणाका दरले महँगी बढ्दा समेत देउवा सरकारले कुनै दाबी गर्नु भयो । कार्यक्रममा समाजका अध्यक्ष तथा पत्रकार पुस्कर बस्नेतले आफ्नो टोल भित्रको समस्या समाधानका लागि आफूले सक्दो प्रयास गर्ने बताउनु भयो । उहाँले आफ्नो टोलमा रहेको केही अधुरो योजनाहरुलाई पूरा गर्ने प्रतिवद्धता यहाँका सबै दलहरुसँग समन्वय गरेर टोल भित्रका समस्या समाधान गर्दै आवश्यक विकासका गतिबिधिलाई पूर्णता दिन आपूm लागिरहने बताउनु भयो । उक्त कार्यक्रममा (नेकपा एमाले)का जिल्ला कमिटी सदस्य शैलेन्द्र श्रेष्ठ, मध्यपुर थिमी नगरपालिका–८ का अध्यक्ष रामचन्द्र जयना, युवा उद्यमी तथा समाजसेवी भीम गिरी, युवा उद्यमी तथा सहकारीकर्मी बाबुराम थापा, प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य शिव बस्नेत, समाजका निर्वतमान अध्यक्ष ठेलुमान राईलगायतले विकासको अग्रगतिमा समाज अगाडि बढ्न सकोस भन्ने कामना व्यक्त गर्नु भयो । समाजका सचिव जान्दबी प्रसाद दाहालले सञ्चालन गरेको सभाले आर्थिक प्रतिवेदन र सांगठनिक प्रतिवेदन सर्वसम्मत रुपले पारित गरेको थियो । --- # विकास प्रहर र गजल गायक एवं संगीतकार राज सागरको ‘दशौँ एकल गजल साँझ–२०८२’ सम्पन्न Source: https://newskunda.com/archives/3128 Category: FEATURED NEWS, कला तथा साहित्य, मनोरञ्जन, राजनीति, समाचार, समाज Last updated: 2025-06-20 भक्तपुर, ५ असार । ‘मुटु मेरो निकालेर छुन दिन्न तिमीलाई अँगालेर लासमाथि रुन दिन्न तिमीलाई सारा कथा व्यथा मेरो उपहार दिएको यो गजलैमा मन बुझाऊ सुन दिन्न तिमीलाई ।’ साँझ ढल्किएर बाहिर अध्यारो छिप्पिदै गर्दा भक्तपुर दुवाकोटेको सिटी हलभित्र भने गजलको गुञ्जनले दर्शकदीर्घा नतमस्तक बन्दै थियो । भक्तपुरका युवा गजलकार विकास प्रहर र गजल गायक एवं संगीतकार राज सागरको ‘दशौँ एकल गजल साँझ–२०८२’ मा प्रहरले सामाजिक विकृति र विसङ्गतिको चिरफार, देशप्रेम, राजनीतिक, मानवतावादी तथा समसामयिक धारका शृङ्गारिक गजलमा वाचन गर्नु भएको थियो । त्रिपुरा न्यूजको आयोजना तथा डिजिटल प्रिन्ट लिंक, चाँगुनारायण नगरपालिकलगायतको समन्वयमा सम्पन्न गजल साँझमा गजलकार प्रहरले १० वटा गजल वाचन गर्नु भएको थियो । ‘मेरै छेऊ बसिदिदाँ, मुटु पनि टाल्न सक्छु, निरंकुश हृदयको, तिम्रो सत्ता ढाल्न सक्छु, मलाई सम्झी देश एक्लै, रोयो भने एकान्तमा विकासको बाटोतर्फ, पाइला मेरै चाल्न सक्छु’ गजलका पारखी, साहित्यकार, कलाकार, पत्रकारको जमघटकाबीच प्रहरले आफूले बिभिन्न कालखण्डमा रचना गरेको गजलहरु वाचन गर्नु भएको थियो भने गजल गायक तथा संगीतकार राज सागरले प्रहरका गजलमा संगीत भरेर १० वटा गजल गाउदा सहभागिहरु नतमस्तक भएका थिए । प्रहरले गजल वाचन र सागरले सुमधुर स्वरमा गुञ्जिएको गजलले साङ्गीतिक माहोललाई अझै तताएको थियो भने बाहिर दर्किएको पानीको आवाज मधुरो बन्नुका साथै छिप्पदो रातलाई भुलाउन सफल भएको थियो । राज सागले ‘अनायासै बाचा कसम तोड्यौ र त बौलाए म’, ‘रक्तलाली पोतिएको अधर जाली तिम्रो’, ‘हाँसी हाँसी जिन्दगी यो बाँच्न कहाँ सजिलो छ’, ‘निसासिन्छ किन किन सास तिम्रो सहरमा’ लगायतको गजलहरु गाउदा दर्शकदीर्घा नकतमस्तक बनेको थियो । साहित्यिक जमघट तथा एकल साहित्यिक वाचन नगन्य रूपमा हुने गरेको भक्तपुरमा प्रहरको कार्यक्रममा भने उपत्यकाका स्रष्टा एवं गजल पारखीको सहभागिता रहेको थियो । नेपालको शैक्षिक प्रणाली र अस्थिर राजनीतिक क्रियाकलापले बेरोजगारी बढेको र युवा विदेशिएकामा प्रहरले चिन्ता व्यक्त गर्दै नेपालप्रतिको माया गजलमार्फत यसरी दर्साए । ‘उब्जाएर बस्न पनि एक धुरको पाखो छैन खाऊँ भने जागीर साथी, फरियाको नातो छैन योग्यताको प्रमाणपत्र लत्याएर विदेशिन मन लाग्छ तर त्यहाँ नेपालको माटो छैन ।’ राजनीति र युवाको विदेश मोहप्रति प्रति चोटिलो व्यङ्ग्य गर्दै प्रहरले वाचन गरेको यो गजललाई भने तालीले निकै सम्मान दिएको थियो । ‘परदेशमा डेरा सर्दा छातीभरि दुख्छ देश, बिना कसुर जेल पर्दा छातीभरि दुख्छ देश । पराइको उक्साहटमा भाइभाइको लडाइँले, घरभित्रै भाइ मर्दा छातीभरि दुख्छ देश । कोट्याउँदै घाउ लगाउँदै छौ मल्हम, फेरि भन्छ्यौ उल्टै भयो दुख्न अलि कम ।’ सागरका गजलमा ‘रक्तलाली पोतिएको अधर जाली तिम्रो, मुटु रेट्न छुरा ताक्ने नजर जाली तिम्रो’ लगायतले रात्रीकालिन माहौललाई निकै तताउन सफल भएको थिया् । कार्यक्रमको भक्तपुरका संघीय सांसद दूर्लभ थापाले उद्घाटन गर्नु भएको थियो । बेवारिसे शव व्यबस्थापन गर्दै आएका समाजसेवी विनय महतलाई कार्यक्रममा प्रहरले बेवारिसे शव व्यबथापनमा टेवा पुर्याउन नगद रु. ५० हजारसहित सम्मान गर्नु भएको थियो । --- # विकास र समृद्धिका लागि कांग्रेसले स्थानीय चुनाव जित्न जरुरी : सभापति देउवा Source: https://newskunda.com/archives/827 Category: FEATURED NEWS, राजनीति, समाचार Last updated: 2022-05-10 डडेल्धुरा, २७ वैशाख : नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले डडेल्धुराको समग्र विकास र समृद्धिका लागि कांग्रेसले स्थानीय चुनाव जित्न जरुरी रहेको बताउनुभएको छ । सोमबार गृहजिल्ला आउनुभएका सभापति देउवाले आज जिल्ला सदरमुकाममा आयोजित एक चुनावी सभालाई सम्बोधन गर्दै बाटोघाटो, सडक कालोपत्र, सडक चौडालगायत खानेपानी र स्वास्थ्य तथा बेरोजगारी हटाउन पहल गर्ने बताउनुभयो । सभापति देउवाले पूर्वाधार तयार गर्न सकिए प्रदेश राजधानी डडेल्धुरा सार्न सकिने बताउनुभयो । “डडेल्धुरालाई नै प्रदेश राजधानी बनाउन सकिन्छ”, सभापति देउवाले भन्नुभयो,“ अब संरचना निर्माण गर्छौ । त्यसपछि प्रदेश राजधानी पनि सार्न सकिन्छ ।” डडेल्धुरामा विमानस्थल र सिटीहल निर्माण गर्नुपर्ने उहाँको भनाइ थियो । पश्चिम सेतीसँगै पञ्चेश्वर बहुद्देश्यीय परियोजना पनि चाँडै भारत सरकारसँग समन्वय गरी सञ्चालनमा ल्याउनका लागि कुराकानी भइरहेको उहाँको भनाइ थियो । सभापति देउवाले बाटो बिर्सेर अन्यन्त्र लागेका नेता तथा कार्यकर्तालाई घर फर्किन आग्रहसमेत गर्नुभयो । “अझै केही बिग्रेको छैन घर फर्किनुस्”, उहाँले भन्नुभयो । विकास विरोधी तत्व र लोकतन्त्र मास्ने गिरोहसँग नलाग्न नेता तथा कार्यकर्तालाई उहाँले सुझावसमेत दिनुभयो । त्यसै गरी नेपाली कांग्रेस प्रदेश समितिका सभापति तथा पूर्वमन्त्री वीरबहादुर बलायरले सच्चा राष्ट्रभक्त मात्रै कांग्रेसमा रहेको बताउनुभयो । हिजोका चुनावमा धोका दिने मात्रै मुनाफा लिएर अर्को पार्टीमा लागेको उहाँले दाबी गर्नुभयो । त्यसैगरी केन्द्रीय सदस्य नैनसिंह महरले चुनावमा अन्तर्घात गर्ने तत्व करुवा लिएर एमालेको सतिगएको आरोप लगाउनुभयो । --- # विचार मिल्ने दलसँग सहकार्य हुन्छ : महासचिव पोखरेल Source: https://newskunda.com/archives/1449 Category: FEATURED NEWS, राजनीति, समाचार Last updated: 2022-07-20 काठमाडौँ, ४ साउन : नेकपा (एमाले)का महासचिव शङ्कर पोखरेलले पार्टीको नीति र विचार मिल्ने दलसँग आगामी निर्वाचनमा सहकार्य गर्ने बताउनुभएको छ । एमाले प्रचार तथा प्रकाशन विभागले आज यहाँ अनलाइनका सम्पादकसँग गरेको अन्तक्र्रियामा उहाँले आगामी निर्वाचनमा विभिन्न दलसँग सहकार्य गर्ने विषयमा छलफल चलिरहेको बताउनुभयो । “मुख्यतः एमालेको नीतिसँग मेल खाने दलसँग हामी आगामी निर्वाचनमा सहकार्य गर्ने छौँ”, महासचिव पोखरेलले भन्नुभयो, “एमालेले जसलाई मित्र ठान्यो उसैसँग सहकार्य हुन्छ ।” उहाँले पार्टी फुटे पनि त्यसको असर नगन्यरुपमा देखिएको बताउनुभयो । उहाँले आगामी निर्वाचनमा पाँच दलीय गठबन्धन बने आफूहरू एक्लै निर्वाचनमा होमिएर विजय प्राप्त गर्ने भनाइ राख्नुभयो । महासचिव पोखरेलले मुलुकमा जति धेरै पार्टी भयो त्यति नै मुलुक अस्थिर हुने र वैदेशिक हस्तक्षेप बढ्ने बताउनुभयो । उहाँले मुलुक निर्माणका लागि बलियो राजनीतिक शक्ति आवश्यक रहेको र त्यो दिशामा एमाले अगाडि बढ्ने बताउनुभयो । महासचिव पोखरेलले मुलुकमा पुरानो नेतृत्वलाई विस्थापित गर्न सके पनि नयाँ नेतृत्व र वर्गलाई स्थापित गर्न नसकेको बताउनुभयो । उहाँले २०६२/६३ को जनआन्दोलनले सबै समस्यालाई समाधान गर्छ भन्ने लागेको भए पनि त्यो पूरा नभएको स्पष्ट पार्नुभयो । एमालेका उपमहासचिव पृथ्वीसुब्वा गुरुङले पार्टी र सम्पादकसँग खाडल पुर्न तथा पार्टीले सुधार्नुपर्ने कुराको सुझाव सङ्कलन गर्न कार्यक्रम आयोजना गरिएको बताउनुभयो । --- # विज्ञसँग छलफल र सहकार्य गरेर काठमाडौँ महानगरलाई अगाडि बढाउँछु : नेत्री सिंह Source: https://newskunda.com/archives/748 Category: FEATURED NEWS, निर्वाचन, राजनीति, समाचार Last updated: 2022-05-08 काठमाडौँ, २५ वैशाख : गठबन्धनको तर्फबाट काठमाडौँ महानगरपालिकाकी नगरप्रमुखकी उम्मेदवार सिर्जना सिंहले विज्ञहरूसँगको छलफल र सहकार्य गरेर काठमाडौँ महानगरपालिकालाई अगाडि बढाउने बताउनुभएको छ । आज यहाँ आयोजित ‘बुद्धिजीवी भेला एवं छलफल कार्यक्रम’ मा नगरप्रमुखको उम्मेदवार सिंहले विज्ञको सल्लाहमै काठमाडौँ महानगरलाई अगाडि बढाउने बताउनुभयो । काठमाडौँ महानगरको विकासका लागि कहाँ के गर्न सकिन्छ । सम्बन्धित विषयका विज्ञसँग छलफल गरेर समृद्ध महानगर निर्माणमा लाग्नेछु”, उहाँले भन्नुभयो । काठमाडौँलाई समृद्ध महानगर बनाउनका लागि कुनै स्वार्थ नराखी आफ्नो र अर्को नभनी काम गर्ने उहाँको भनाइ छ । नेत्री सिंहले सेवा र सुशासन, स्वास्थ्य, शिक्षा तथा सामाजिक सुरक्षा, स्वच्छ, सफा र दिगो पर्यटन, सुरक्षित सहर, संस्कृति, सम्पदा र सभ्यता, सवल र समुन्नत पूर्वाधार, सवल युवा, स्वावलम्बी महिला, सृजनशील महानगरबासी निर्माण आफ्नो मुख्य एजेण्डा भएको भन्दै सोहीअनुसार अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । आफू मेयर भएकै दिनदेखि सबैसँग सहकार्य गरेर अगाडि बढ्ने उहाँको भनाइ थियो । उहाँले महानगरभित्रका गरिब तथा विपन्न जनताको स्वास्थ्यलाई ध्यानमा राखेर सुविधा सम्पन्न महानगर अस्पताल खोलेर जनतालाई स्वास्थ्य सेवा प्रदान गर्नेसमेत बताउनुभयो । “महानगरभित्र सुशासन कायम गर्न भ्रष्टाचारमुक्त काठमाडौँ र प्रविधिको प्रयोग गरेर घरबाटै सेवा लिने वातावरण निर्माण गर्छु”, उहाँले भन्नुभयो । कार्यक्रममा वरिष्ठ कलाकार नीर शाहले प्रजातन्त्र स्थापनामा सिंहको महत्वपूर्ण योगदान रहेको बताउँदै काठमाडौँ महानगरपालिकामा सिंहको जित नै लोकतन्त्रको जित भएको बताउनुभयो । उहाँले काठमाडौँ महानगरपालिकाले एक सक्षम र योग्य महिला उम्मेदवार पाएको भन्दै उहाँलाई जिताउनका लागि सबै लाग्नुपर्ने उल्लेख गर्नुभयो । ––– --- # विद्यार्थीले बनाए विद्युतीय कार Source: https://newskunda.com/archives/84 Category: FEATURED NEWS, रोचक, शिक्षा Last updated: 2021-12-31 सुदूरपश्चिम, ११ पुस : निजी क्षेत्रबाट सञ्चालित धनगढीको एक्सीस विद्याश्रमका विद्यार्थीले चारपाङ्ग्रे विद्युतीय कार निर्माण गरेका छन् । उक्त विद्यालयको कक्षा दशमा अध्ययनरत विद्यार्थी रोहित ऐर, ऋषिकेश थापा, आदित्य जोशी र सक्षम रेग्मीले सो कार निर्माण गरेका हुन् । झण्डै चार महिना लगाएर निर्माण गरिएको कारको निर्माण लागत रु एक लाख ५० हजार रहेको विद्यार्थीले बताएका छन् । कारको नाम ‘सारअल्फा’ राखिएको छ । कार निर्माणमा घरपरिवार र विद्यालयबाट सहयोग तथा हौसला मिलेको विद्यार्थी रोहितले बताउनुभयो । चार वटा ब्याट्री प्रयोग गरिएको कारमा धातुका सामग्री प्रयोग गरिएका छन् । अर्का विद्यार्थी ऋषिकेशले भन्नुभयो, “अध्ययन सँगसँगै आफूहरुको क्षमतालाई बाहिर ल्याउन यो प्रयास गरेका हौं ।” गुणस्तरीय शिक्षाका लागि पछिल्ला वर्षमा एक्सीस विद्याश्रम अभिभावक र विद्यार्थीको रोजाइमा पर्ने गरेको छ । --- # विद्यार्थीहरुलाई पोशाक एवं स्टेशनरी वितरण Source: https://newskunda.com/archives/2811 Category: FEATURED NEWS, अर्थ, शिक्षा, समाचार, समाज Last updated: 2023-06-09 भक्तपुर, २६ जेठ । भक्तपुर, २६ जेठ स् एमाले अध्यक्ष केपी शर्मा ओली पत्नी समाजसेवी राधिका शाक्यले शिक्षाको पहिलो आँगनमा भविश्य बोकेर आएका राजधानीकै विद्यायका बालबालिकाको अनुहार देख्दा निकै दुःख लागेको बताउनु भएको छ । जगत भैरब प्रतिष्ठानले सिपाडोलको गणेश माध्यमिक विद्यालयमा बिहिबार अयोजना गरेको लक्षित विद्यार्थीहरुका लागि विद्यालय पोशाक एवं शैक्षिक सामग्री हस्तान्तरण कार्यक्रममा विद्यार्थीहरुलाई सामग्री हस्तान्तरण गर्दैै यस्तो बोल्नु भएको हो । उहाँले भन्नुभयो, “राजधानीकै विद्यार्थीको अवस्था यस्तो छ भने दुर दराजको बालबालिकाको अबस्था कस्तो होला रु, वजेटमा शिक्षा क्षेत्रलाई धेरै वजेट बिनियोजन गरेपनि लक्षित बर्गसम्म पुग्न नसक्दा कयौं बालबालिकाले शिक्षाको उज्यालोबाट बञ्चित हुन परेको देख्दा निकै दुःख लागेको छ ।” शिक्षिका बनेर पढाउने आफ्नो लक्ष्य भएपनि समय परिस्थितिले आफूलाई बैंकमा नोकरी गर्ने अबस्थामा पुर्याएको उहाँको भनाइ थियो । वाग्मति प्रदेश सभाका सांसद किरण थापाले यसअघि सूर्यविनायक नगरपालिका–८ का वडाध्यक्ष हुँदा पाएको पाँचवर्षको तलब भत्ता वापतको रु. १५ लाख रकमबाट गरिब, दलित एवं विपन्न वर्गका बालबालिकालाई शिक्षामा पहुँच पुर्याउने उदेश्यले स्थापना गर्नु भएको जगत भैरब प्रतिष्ठान शैक्षिक अक्षयकोषको रकमबाट पहिलो पटक दुई विद्यालयका विद्यार्थीहरुलाई पोशाकदेखि स्टेशनरी सामग्रीसमेत हस्तान्तरण गरिएको हो । अक्षयकोषमा बिभिन्न दाताहरुले २१ लाख रुपैयाँ थप गरि कूल रु. ३६ लाखको अक्षयकोण सञ्चालनमा आएपछि यसवर्षदेखि दई विद्यालयका विद्यार्थीहरुलाई बिभिन्न सामग्रीहरु हस्तान्तरण गरिएको हो । कार्यक्रममा वाग्मति प्रदेश सभाका सांसद किरण थापाले आर्थिक अभावका कारण गरीव तथा जेहेन्दार छात्रछात्राले पढाईबाट बञ्चित हुनु नपरोस् भनेर अक्षयकोष स्थापना गरि सहयोग गर्न सुरु गरेको बताउनु भयो । गणेश माविको नयाँ भवन निर्माण सुरु भएको बताउदै उहाँले भन्नुभयो, “अधिकांश गरिब, दलित, विपन्नलगायतका ४७५ जना बालबालिका अध्ययनरत यस विद्यालयको रु. ६ करोड ५० लाखको लागतमा २१ कोठे नयाँ भवन निर्माण भइरहेको छ, पछिल्लो समय नमुना स्कुलको रूपमा चिनिएको बिद्यालयमा प्लस टु सञ्चालन गर्ने तयारी थालेका छौँ, यहाँ आर्थिक अभावकै कारण कसैले पनि पढाइबाट बञ्चित हुन नपरोस भनेर लागिरहेका छौँ ।” कार्यक्रममा सूर्यविनायक नगरपालिकाका प्रमुख वासुदेव थापाले प्रतिष्ठानले उदाहरणीय काम गरेको बताउँदै तत्कालीन वडाध्यक्ष किरण थापाले आफुले पाउने पारिश्रमिकबाट यस विद्यालयलाई सहयोग गरेर पुण्य काम गरेको बताउनुभयो । प्रतिष्ठानका अध्यक्ष एवं कार्यक्रमका सभापति द्वारिकाप्रसाद सत्याल, प्रतिष्ठानका सदस्य रामेश्वर थापा, वडा नं.८ का वडाअध्यक्ष पुष्पराज बस्नेत, विद्यालयका प्रधानाध्यापक चन्द्रप्रसाद मैनालीलगायतले विद्यार्थीको अनुहारमा आएको खुसीले गणुस्तरीय शिक्षा आर्जन गर्न र विद्यालयलाई प्रदान गरिएको ल्यापटपले शिक्षक, शिक्षिकालाई प्राबिधिक शिक्षा प्रदान गर्न सहज हुने विश्वास व्यक्त गर्नुभयो । कार्यक्रममा बिद्यालयलाई सहयोग गर्दै आएका व्यवसायी रामबहादुर लामा, चित्रा केसी, यादब राईलगायतलाई सम्मान गरिएको थियो । प्रतिष्ठानले कार्यक्रममा विद्यालयलाई एक ल्यापटप, देवी आधारभूत विद्यालयका ५० जनालाई स्कुल ब्याग, स्कुल पोशाक, टाई, जुत्ता, स्टेशनरी र गणेश माध्यमिक विद्यालयका २०० विद्यार्थीलाई ब्याग, ट्रयाकसुट, जुत्ता, स्टेशनरीसामानलगायतको हस्तान्रण गरिएको विद्यालयका सहायक प्रधानाध्यापक रबिन्द्र थापाले बताउनुभयो । --- # विपददेखि दुर्घटनासम्मका घट्नामा घट्नास्थलमा उद्धारदेखि अस्पतालको उपचारसम्मको अभ्यासमा दुर्घटनाको झल्को................... Source: https://newskunda.com/archives/3490 Category: FEATURED NEWS, राजनीति, समाचार, समाज, स्वास्थ्य Last updated: 2026-03-25 भक्तपुर, । भक्तपुर नगरपालिका–१ सल्लाघारी चोक मुख्य सडकमा मंगलबार दुई सार्वजनिक यातायात एक आपसमा ठोक्किएर दुर्घटना भयो । दुर्घटनामा दुई यात्रुको घट्नास्थलमै मृत्यु भयो, नौ जना यात्रु गम्भिर घाईते भए, आठ जना जटिल घाईते र तीन जना सामान्य घाईते भए । घाईतेको सल्लाघारी सडकमै नेपाल रेडक्रस सोसाईटीको टोलीले प्राथमिक उपचार गर्न थाले । भक्तपुरमा विपदको उद्धारमा सक्रिय रहने संस्था आरएनए–१६, नेपाली सेना, नेपाल प्रहरी, शसस्त्र प्रहरीको टोलीले घाईतको उद्धार गर्यो । जिल्लाका चार वटा एम्बेलेन्समा घाईतेहरुलाई भक्तपुर जिल्ला अस्पताल पुर्याईयो । अस्पतालमा आकस्मिक कक्षमा चिकित्सक र नर्सले तत्कालै उपचारमा सक्रियता देखाए । भक्तपुर अस्पतालले जिल्ला प्रशासन कार्यालय भक्तपुर, रणशेर गण सूर्यविनायक, जिल्ला प्रहरी परिसर भक्तपुर, सशस्त्र प्रहरी बल नेपाल नं. २२ गण दुवाकोट भक्तपुरको सहकार्यमा आयोजना गरेको आकस्मिक हुने दुर्घटना र विपदमा उद्धार र उपचारमा गरिने तयारीबारे गरिएको अभ्यास (ड्रिल)को दृश्य हो । घट्नास्थलमा गरिने उद्धार, प्राथमिक उपचार, अस्पतालमा आएका घाईतेको उद्धार, भीड नियन्त्रणदेखि उपचारसम्ममा गरिने तयारीलाई पूर्ण रुपमा गरिएको सडक विपद आपतकालिन अभ्यासले आगामी दिनमा आउन सक्ने विपदका अबस्थालाई सहज रुपमा सेवा दिन सक्ने बनाएको प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी दिनुभयो । कार्यक्रममा अस्पतालका निर्देशक डा.सुरेन्द्र भट्टले अस्पताल जुनसुकै विपदमा पनि उपचारका लागि तयारी अबस्थामा रहने गरि जनशक्ति तयार गरेको बताउदै यस प्रकारको अभ्यासले सडक विपद आपतकालिन अबस्थामा आउने सक्ने धेरै भन्दा धेरै घाईतेको उपचारलाई सहज बनाउन प्रेरणा मिल्ने बताउनुभयो । पाटन बिज्ञान स्वास्थ्य प्रतिष्ठानकी डा. कृपा महर्जनले आज सडकदेखि अस्पतालसम्म गरिएको अभ्यास निकै उपलश्धीमूलक रहेको र आगामी दिनमा आउन सक्ने विपदका चुनौतीलाई सामना गर्न सक्षम भएको प्रमाणित गरेको बताउनुभयो । राष्ट्रिय विपद जोखिम न्यूनिकरण प्राधिकरणका प्रहरी निरिक्षक चन्द्रबहादुर थापाले आजको अभ्यासले सुरक्षाकर्मी, उद्धारकर्मीदेखि अस्पतालका कर्मचारीसमेतलाई विपदमा कसरी उद्धार र उपचार गर्ने भन्नेबारेमा सीप सिकाएको बताउनुभयो । भक्तपुर अस्पताल व्यबस्थापन समितिका अध्यक्ष ज्ञानराम श्रेष्ठको सभापतित्वमा भएको कार्यक्रममा नेकपा एमाले जिल्ला अध्यक्ष वचन देउजा, सचिव विष्णु लामा, आरएनएका अरुण सैजुलगायत बिभिन्न निकायको सहभागिता रहेको थियो । कार्यक्रममा बिभिन्न विद्यालयका विद्यार्थीहरुको समेत सहभागिता रहेको थियो । --- # विपि नेत्र प्रतिष्ठानको १३ औ वार्षिकोत्सव , वार्षिक एक लाख भदा बढीलाई सेवा Source: https://newskunda.com/archives/3203 Category: FEATURED NEWS, राजनीति, समाचार, समाज, स्वास्थ्य Last updated: 2025-12-03 भक्तपुर, १७ मङ्सिर : दिव्य शताब्दी पुरुष १०२ वर्षीय डा. गौरीशंकर लाल दासले नेतृत्व गर्नु भएको मध्यपुरथिमि नगरपालिका–१ मनोहरास्थित वि.पि. नेत्र प्रतिष्ठानले स्थापनाको १३ वर्षमा २१ लाख विरामीलाई सेवा प्रदान गरेको छ । विश्व अपाङ्ग दिवसको अवसर पारेर अस्पतालले आज यहाँ आयोजना गरेको १३ औं वार्षिकोत्सव कार्यक्रममा अस्पताल स्थापनाको १३ वर्षको अबधीमा २१ लाख विरामीलाई सेवा प्रदान गरेको जानकारी दिएको हो । कार्यक्रममा मध्यपुरथिमि नगरपालिकाका नगर प्रमुख सुरेन्द्र श्रेष्ठले प्रतिष्ठानको रुपमा सञ्चालित अस्पतालले आँखाको मात्रै नभई नाक, कान र घाँटीकोसमेत विशेषज्ञ चिकित्सकद्धारा उपचार हुदै आएको बताउदै यसले देशभरीको विरामीलाई उपचारमा सहयोग पुर्याएको बताउनुभयो । प्रतिष्ठानका लागि वागमती प्रदेश सरकारले ६० लाख यस प्रतिष्ठानका लागि पालिकामार्फत बठाएको बताउदै उक्त रकम नगरपालिकाले निकासा गर्ने बताउनुभयो । उहाँले मध्यपुरथिमि नगरपालिकाले आफ्ना नगर क्षेत्र भित्र रहेका विरामीको निःशुल्क उपचारका लागि प्रतिष्ठानसंग सहकार्य, समन्वय र सहयोग आदन प्रदान गर्ने बताउनुभयो । कार्यक्रममा नेपालको चिकित्सा सेवा, मानवअधिकार, समाजसेवा, व्यवस्थापन, प्रशासन र सुशासनको क्षेत्रमा मुलुकलाई अतुलनीय योगदान दिनु भएका प्रतिष्ठानका अध्यक्ष एवं दिव्य शताब्दी पुरुष १०२ वर्षीय डा. गौरीशंकर लाल दासले अस्पतालले वार्षिक एक लाखदेखि एक लाख ५० हजार नागरिकलाई आँखा, नाक, कान, घाँटीको उपचार सेवा प्रदान गरेको बताउनुभयो । उहाँले स्थापनाको १३ वर्षमा २१ लाखभन्दा बढी नागरिकलाई सेवा प्रदान गरिसकेको बताउदै आर्थिक अबस्था कमजोर भएका देशभरका नेत्रहिन र कान नसुन्ने बालबालिकाको निःशुल्क उपचार गर्नुका साथै उनीहरुको शिक्षा, परामर्श सेवा प्रदान गर्दै आएको बताउनुभयो । उहाँले गरिब र परिवार तथा समाजबाट अपहेलनामा परेका अपाङ्ग बालबालिकाकालाई प्रतिष्ठानले पुर्नस्थापना गर्दै उपचारका साथै उच्च शिक्षासम्मको अध्ययन गरादै आएको बताउनुभयो । कार्यक्रममा प्रतिष्ठानका कोषाध्यक्ष माधवप्रसाद अर्यालले प्रतिष्ठानले ७७ वटै जिल्लाका विरामीलाई सेवा प्रवाह गरिरहेको बताउदै बिभिन्न जिल्लामा सञ्चालन गरेको नेत्र उपचार केन्द्र र टेलिमेडिसिनको माध्यमबाट उपचार प्रवाह गरिरहेको बताउनुभयो । मध्यपुरथिमि नगरपालिकाले घरघरको सर्वेक्षण गरि घरघरमा रहेका नेत्रहिन तथा शिक्षा र उपचार नपाएका अपाङ्ग बालबालिकाको खोजी गरि नमूनाको रुपमा उपचार एवं पुर्नस्थापना कार्य सुरु गरे प्रतिष्ठानले आवश्यक सहयोग गर्ने बताउनुभयो । प्रतिष्ठानले सञ्चालन गरेको बाल आँखा, नाक, कान, घाँटीको उपचार एवं पर्नस्थापना केन्द्रका निर्देशक प्रा. डा. बद्रीप्रसाद बढुले केन्द्रले यसवर्ष एक लाख ८० हजार विरामीलई सेवा प्रवाह गरेको बताउनुभयो । सेवालाई देशभर विस्तार गर्दै लैजाने लक्ष्यका साथ अगाडि बढेको बताउनुभयो । कार्यक्रममा महासचिव राजनबहादुर राउतले प्रतिष्ठानले प्रवाह गरेको सेवाकाबारेमा जानकारी गराउँदै सेवा बिस्तारको लक्ष्यलाई देशभर पुर्याउने लक्ष्यका साथ कार्य गरिरहेको बताउनुभयो । कार्यक्रममा निवर्तमान् अध्यक्ष एवं नेत्ररोग विशेषज्ञ प्रा.डा.मदनप्रसाद उपाध्यायले प्रतिष्ठानले शिक्षण अस्पताल महारसाजगञ्जबाट सुरु गरेको सेवालाई यहाँ अस्पताल र पुर्नस्थापना केन्द्रकै रुपमा बिस्तार गरेको बताउनुभयो । उहाँले नेत्ररोग बिशेषज्ञ समेत उत्पादन गरिरहेको प्रतिष्ठानका कारण नेत्र रोग विशेषज्ञ देशमै आत्मनिर्भ भएको तर अझै पनि ४० प्रतिशत नागरिक नेत्ररोगको सेवाबाट वञ्चित रहेकाले सबैलाई सेवा पुर्याउने लक्ष्यका साथ टेलिमेडिसिन सेवा समेत सुरु गरेको बताउनुभयो । कार्यक्रममा प्रतिष्ठानले केन्द्रमा कर्यरत कर्मचारी सचिन श्रेष्ठलगायत उत्कृष्ठ कर्मचारीलाई मेडल, प्रमाणपत्र सहित पुरस्कार प्रदान गरिएको थियो । --- # विभिन्न प्रस्ताव र प्रतिबद्धता जाहेर गर्दै सकियो एमाले सचिवालय बैठक Source: https://newskunda.com/archives/2925 Category: FEATURED NEWS, अर्थ, राजनीति, समाचार, समाज Last updated: 2023-08-30 जनकपुरधाम, १३ भदौ : सिरहाको विष्णुपुरकट्टी सर्रेअम्बासमा आयोजित नेकपा ९एमाले० को २५औँ सचिवालय बैठक आठ बुँदेमा विभिन्न प्रस्ताव र प्रतिबद्धता जाहेर गर्दै सम्पन्न भएको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बसेको बैठक महत्त्वपूर्ण ऐतिहासिक, राजनीतिक प्रस्ताव पारित गर्दै सम्पन्न भएको बैठकपछि पार्टी केन्द्रीय प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । बैठकले पछिल्लो समय राष्ट्रिय राजनीति र आन्दोलनमाथि नयाँ चुनौती थपिएको भन्दै जनताले भोग्नुपरेको समस्याप्रति पार्टी गम्भीर रहेको पनि जनाएको छ । “पछिल्लो समय राष्ट्रिय राजनीतिमा अवसरवाद र अराजकता चुनौती बनेर तेर्सिएको छ । समाज र राजनीतिमा देखापरेका विकृति, विसङ्गति, भ्रष्टाचार, राजनीतिको अपराधीकरण र अपराधको राजनीतिकरण एवं अस्थिरताले हाम्रो आन्दोलनमाथि नयाँ चुनौती थपिदिएको छ”, विज्ञप्तिमा भनिएको छ, “यतिबेला जनताले भोग्नु परिरहेका कष्टप्रति पार्टी गम्भीर छ र स्थितिमा परिवर्तन ल्याउन पनि गम्भीरताका साथ प्रयत्नशील छ ।” एमाले ९तत्कालीन माले० द्वारा आयोजित नेपाल कम्युनिष्ट पार्टीको चौथो राष्ट्रिय महाधिवेशन सम्पन्न भएको ३५औँ वर्ष प्रवेशका सन्दर्भमा आयोजित सचिवालय बैठकले चौथो राष्ट्रिय महाधिवेशनको ऐतिहासिक पृष्ठभूमि, नेपालको राजनीतिक तथा विविध आयाममा त्यसले खेलेको भूमिका, महाधिवेशनबाट महासचिवमा निर्वाचित मदन भण्डारीको योगदान र तत्कालीन सन्दर्भलाई स्मरण गर्दै त्यसको भावनालाई आत्मसात् गर्ने प्रतिबद्धता जाहेर गरेको विज्ञप्तिमा उल्लेख छ । “यो बैठक चौथो राष्ट्रिय महाधिवेशनका ऐतिहासिक योगदानको उच्च मूल्याङ्कनसहित स्मरण गर्दछ, महाधिवेशनबाट महासचिवमा निर्वाचित मदन भण्डारीका योगदानप्रति गर्व गर्दछ र जनता तथा पार्टीबीचको घनिष्ठ सम्बन्धलाई अझ प्रगाढ बनाउने सङ्कल्प गर्दछ”, विज्ञप्तिमा छ । त्यसैगरी विसं २०१९ मा आयोजित तेस्रो राष्ट्रिय महाधिवेशनपछि विभाजित र विखण्डित कम्युनिष्ट आन्दोलनलाई पुनर्गठन, पुनर्निर्माण र दर्जनौँ क्रान्तिकारी समूहलाई एकताबद्ध गर्न चौथो महाधिवेशनले ऐतिहासिक भूमिका खेलेको, ३० वर्ष लामो पञ्चायती व्यवस्था अन्त्य गर्न संयुक्त जनआन्दोलनको जग बसाल्न र पार्टीलाई संयुक्त आन्दोलनको वैचारिक नेताका रुपमा स्थापित गर्न ऐतिहासिक मञ्च प्रदान गरेको, महाधिवेशनले अघि सारेको नीतिकै कारण माक्र्सवादको सिर्जनात्मक प्रयोगबाट क्रान्ति तथा समाजवाद निर्माणको आफ्नै मौलिक बाटो अन्वेषण गर्ने महत्त्वपूर्ण योगदान गरेको पनि एमालको दाबी छ । “त्यस्तो महत्त्वपूर्ण यस ऐतिहासिकस्थललाई मुक्तिकामी जनता र प्रगतिशील शक्तिको भावना र सङ्कल्पलाई प्रेरित गर्ने पर्यटकीय गन्तव्य बनाउन यहाँका जनतासँग मिलेर, उहाँहरूकै चाहनाअनुरूप विभिन्न पूर्वाधारका काम अगाडि बढाउने प्रण गर्दछ”, विज्ञप्तिमा भनिएको छ । बैठक आज दिउँसो ३ बजेदेखि सुरु भएको थियो । विसं २०४६ भदौ ९ गतेदेखि १४ गतेसम्म भएको तत्कालीन नेकपा ९माले० को चौथो महाधिवेशनस्थलमा ३४ वर्षपछि एमालेको ‘हाइकमाण्ड’ का रुपमा रहेको १९ सदस्यीय सचिवालय बैठक बसेको हो । --- # विरामीको ज्यान माथि खेल्ने डा. तिवारी लगायतलाई कारबाहीको माग Source: https://newskunda.com/archives/2070 Category: FEATURED NEWS, जीवन शैली, समाचार, स्वास्थ्य Last updated: 2022-09-09 भक्तपुर, २४ भदौ : शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले विरामीको स्वास्थ्य माथि गम्भिर खेडवाड गर्ने डा.अनिषा तिवारीसहितलाई कारबाही गर्न माग गरेको छ । आज केन्द्रमा आयोजना गरेको पत्रकार सम्मेलनमा केन्द्रका निर्देशक डा. पुकारचन्द्र श्रेष्ठसहित पीडित विरामीका दाजु गणेशराम कोजूले विरामीको ज्यानै जोखिममा राखेर शल्यक्रिया गर्ने गराउने डा. तिवारीसहितलाई कारबाचही गर्न माग गरेको हो । पत्रकार सम्मेलनमा घट्नाबारे जानकारी दिदै निर्देशक डा. श्रेष्ठले अस्पतालका शल्यक्रिया कक्षका प्राबिधिक गणेशराम कोजूको बहिनी स्थानीय कमल केशरी कोजुको गत साउन २४ गते केन्द्रमा पित्तथैलीको शल्यक्रिया गर्दा डा. तिवारीले गम्भिर लापर्वाही गरेको र विरामीको ज्यान जोखिममा पारेको बताउनु भयो । उहाँले भन्नुभयो, “मेडिकलको नियममै कुनै पनि अप्रेशन गर्नु अगाडि डाक्टरले आफूभन्दा माथिको कन्सल्टेण्डलाई जानकारी गराउनु पर्छ, तर त्यसो नगरी जथाभावी र लापर्वाही रुपमा शल्यक्रिया गरेर अत्यन्तै रक्तश्राव भएर ज्यानै जोखिममा परेपछि केन्द्रले त्यसबारे स्पष्टिकरण लिएर कारबाही प्रक्रिया अगाडि बढाउन खोज्दा डा. तिवारीले आफ्नो कारबाही बच्न मेडिकल काउन्सिल, जिल्ला प्रशासन कार्यालय भक्तपुर, जिल्ला प्रहरी परिसर भक्तपुर लगायतमा उजुरी गरेर अस्पतालकै बदनाम गराउन खोजेकी छिन् ।” उहाँले घट्नाबारे सुक्ष्म रुपमा अनुसन्धान गरि सत्यतथ्य बाहिर ल्याएर दोषीलाई कारबाही गर्न माग गर्नु भयो । उहाँले भन्नुभयो, “अस्पतालमा अक्षम्य र गम्भिर घट्ना भएको छ, यसले यहाँ आउने बिरामीको स्वास्थ्य र जीवन सुरक्षामा समेत चुनौती थपिएको छ, डा. तिवारीको लापर्वाहीको यो पहिलो घट्ना होइन, एउटा डाक्टरले लापर्वाही गरेर विरामीको ज्यानै जोखिममा पार्ने र स्पष्टिकरण खोध्न खोज्दा उल्टै बिभिन्न आरोप लगाएर चरित्र हत्या गर्न खोज्ने, यो घट्नाको सत्यतथ्य छानबिन होस् म दोषी ठहरिए कारबाही भोग्न तयार छु, अरु दोषी देखिए कारबाही हुनु पर्छ, चिकित्सकीय पेशा र यो अस्पतालको मर्यादा कायम राख्नु पर्छ ।” गत साउन २४ गते स्थानीय कमल केशरी कोजुको पित्तथैलीको दूरबिन प्रबिधिबाट शल्यक्रिया गर्न डा. तिवारी जटिल रुपमा लापर्वाही गरेर आफ्नो बहिनीको ज्यानै जोखिममा पारेको पत्रकार सम्मेलनमा शल्यक्रिया कक्षकै प्राबिधिक एवं पीडित विरामीको दाजू गणेशराम कोजूले डा. तिवारीलाई कारबाही गरि क्षतिपूर्ती भराउनु पर्ने माग गर्नु भयो । उहाँले भन्नुभयो, “दूरबिन प्रबिधिबाट सुरु गरेको अप्रेशन डाक्टरको लापर्वाहीले अत्यन्तै रक्तश्राब भएपछि ओपन गर्नु पर्यो, म अप्रेशन थियटरमै काम गर्ने कर्मचारी, धेरै अप्रेशन हेरेको छु, मेरो बहिनीको अबस्था अब बिग्रियो भनेर ज्यान बचाउन सिनियर डाक्टरलाई बोलाए, त्यसपछि डा. राकेश बर्मा र डा. पुकार चन्द्र श्रेष्ठ आएर थप उपचार गरेर बहिनीको ज्यान बचाउन लाग्दा उल्दै डा. तिवारीले जथाभावी भनेर बाहिरको डा. संजिव शाहलाई बोलाएर भिडियो खिचेर रमिता गर्न थाल्नु भयो ।” यस अस्प्तालमा प्रभावकारी उपचार हुन नसके पछि बहिनीलाई अहिले काठमाडौं मेडिकल कलेज सिनामंगलमा उपचार गराईरहेको बताउदै उहाँले केएमसीको डाक्टरले जान्दै नजानेको डाक्टरबाट शल्यक्रिया गर्न लगाएर ज्यान जोखिममा पारेको प्रतिक्रिया दिएको उहाँले बताउनु भयो । उहाँले भन्नुभयो, “मेरो बहिनीको अबस्था निकै नाजुक छ, उपचारमा लाखौ खर्च भइसकेको छ, विरामीको ज्यान माथि खेलबाड गर्ने डाक्टरलाई कारबाही होस्, उपचारमा लागेको खर्चको क्षतिपूर्ति भराईयोस् ।” अपरेसन गर्दा लापरवाही अत्याधिक रक्तश्राव भई बिरामीको ज्यानै जाने अवस्था डा.राकेशकुमार वर्मा र डा.पुकारचन्द्र श्रेष्ठले विरामीको ज्यान बचाएको उहाँले बताउनु भयो । डा. अनिसाले यहाँ कार्यरत स्टाफ नर्सलाई समेत पटक पटक अभद्र व्यबहार गर्दै अपरेशन थियटरबाटै निकालेको भन्दै अस्पतालका नर्सिङ विभागदेखि अन्य कर्मचारीले संयुक्त हस्ताक्षर सहित कारबाहीको माग गर्दै आवेदन दिएका छन् । पत्रकार सम्मेलनमा शल्यक्रिया कक्षमा कार्यरत डा. सभिया नागा, एनेस्थेसिया प्रमुख डा. आरती राई, एनेस्थेसियन डा. शिव सिटौला, नर्स बबिता कोजूलगायतले डा. तिवारीले विरामीको शल्यक्रिया र उपचारका गम्भिर लापर्वाही गरेको बताउनु भयो । केन्द्रका प्रशासन प्रमुख हरिहर पोखरेलले यहाँका डाक्टरको १ण् देखि ५ बजेसम्म डियुटी गर्नु पर्ने भए पनि डा. तिवारीसहित केही कर्मचारी प्रायः ढिला आउने, छिटो जाने, विरामीको उपचारमा ओपिडीमा धेरै समय नबस्ने, डायलोसिसका लागि फिस्टुला नबनाई विरामी फर्काउने गरेको गुनासो धेरै आएको र विरामीको ज्यान जोखिममा राखेर लापर्वाही गरेकोमा अस्पतालले स्पष्टीकरण सोधेको बताउनु भयो । कार्यक्रममा मिर्गौला पीडित सरोकार समाजको अध्यक्ष बलराम सुवेदी, मिर्गौलाका विरामी झंक श्रेष्ठले डा. तिवारीसहित केही डाक्टरहरु ओपिडीमा विरामी थुपारेर उपचारमा समेत नआउने, चिया खाएर बाहिरै बस्ने र पटक पटक गुनासो गर्दा पनि सुनुवाई नभएको भन्दै त्यस्ता डाक्टरलाई कारबाही नगरे विरामीले आन्दोलन गर्ने बताउनु भयो । --- # विरोधको सामना प्रतिरोध मार्फत गर्नुपर्छ : महेश बस्नेत Source: https://newskunda.com/archives/3155 Category: FEATURED NEWS, राजनीति, समाचार, समाज Last updated: 2025-11-20 काठमाडाैँ, ४ मंसिर । नेकपा एमाले पोलिटब्युरो सदस्य महेश बस्नेतले अवरोधकाे सामना प्रतिरोधमार्फत गर्नुपर्ने धारणा राख्नुभएकाे छ । स्वतन्त्र विद्यार्थी युनियन आरआर क्याम्पसद्वारा आयोजित अन्तरक्याम्पसस्तरीय राष्ट्रिय पुरुष भलिबल प्रतियोगितामा शुभकामना मन्तव्य राख्दै बस्नतेले एमाले आलाेचना सहने भए पनि अवराेध भने नसहने बताउनुभयाे । एमाले आलोचनालाई स्वीकार गर्ने पार्टी भएको बताउँदै उहाँले कमजोरी भए सच्याएर अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। तर बिना गल्ती अवरोध गरे प्रतिरोधमा उत्रिने पार्टीको सिद्धान्त रहेको उहाँले स्पष्ट पार्नुभयाे । ‘जहाँ अवरोध, त्यहाँ प्रतिरोध भन्ने सिद्धान्तसहित हामी अगाडि बढ्छौँ’, उहाँले भन्नुभयाे । जेन–जी आन्दोलनका नाममा भदौ २३ र २४ गते भएका घटनाले ठूलो क्षति पुर्याएको उल्लेख गर्दै बस्नेतले माइतिघरदेखि एभरेष्ट होटलसम्मकाे जेन–जी आन्दोलनप्रति एमालेले निरन्तर ध्यान दिँदै आएको र ती मागलाई जिम्मेवार रूपमा सम्बोधन गर्दै जाने बताउनुभयो। तर त्यस पछिका गतिविधि अपराधिक भएकाे उहाँकाे धारणा छ । उहाँले आन्दोलनका नाममा ‘आतंककारी गतिविधि’ गर्नेलाई समर्थन गर्न नसकिने स्पष्ट पार्दै सो घटनाको निष्पक्ष छानबिन आवश्यक रहेको टिप्पणी गर्नुभयो। ‘निर्दोषले न्याय पाओस्, दोषी नछुटोस्, त्यसैले निष्पक्ष छानबिन होस्,’ उहाँले आग्रह गर्नुभयो। बस्नेतका अनुसार अहिले सामाजिक सञ्जाल दुरुपयोग गरेर नेपाललाई अस्थिर बनाउन खोजिएको छ । अन्तर्राष्ट्रिय शक्तिहरूले नेपाललाई आफ्नो ‘खेल मैदान’ बनाउने प्रयास गरिरहेका उहाँकाे बुझाइ छ । उहाँका अनुसार स्थिर र जनपक्षीय सरकार बन्न नसक्दा देशमा शिक्षा, पूर्वाधार र समग्र विकासका धेरै योजनाहरू प्रभावित बनेका छन्। उहाँले केपी शर्मा ओली प्रधानमन्त्री हुँदा शिक्षा क्षेत्र र भौतिक पूर्वाधार निर्माणमा उल्लेख्य काम भएको उल्लेख गर्दै अहिले भने ‘जलाउने र ध्वस्त पार्ने’ गतिविधि बढी भएको बताउनुभयाे । ‘ठूला निर्माणका काम ओलीजीको कार्यकालमै भएका थिए,’ उहाँले स्मरण गराउनुभयो। --- # विविध कार्यक्रमका बीच विश्व मृगौला दिवस २०२६ मनाइयो Source: https://newskunda.com/archives/3466 Category: FEATURED NEWS, राजनीति, समाचार, समाज, स्वास्थ्य Last updated: 2026-03-12 विश्व मृगौला दिवस प्रत्यक बर्ष अंग्रेजी क्यालेन्डर अनुसार मार्च महिनाको दोस्रो विहिवार मनाइन्छ । यस बर्षको विश्व मृगौला दिवस यहि मिति २०८२ फागुन २८ गते विहिबार “Kidney Health for All – Caring for People, Protecting the Planet” भन्ने मुल नाराको साथ विभिन्न कार्यक्रम गरी मनाइयो । एक अध्ययनका अनुसार प्रत्येक १० जना मध्ये १ जनलाई मृगौला रोग लाग्ने गर्दछ र विश्वभरी नै मृगौला रोगको प्रकोप वढि रहेको परिप्रेक्षमा रोगको पहिचान तथा उपचार र रोकथामका महत्वपुर्ण उपायहरुबारे सबैलाई सचेत गराउने उद्देश्यले मृगौला दिवसको आयोजना गर्ने गरिन्छ । यसै क्रमलाई निरन्तरता दिँदै यस पटक शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द भक्तपुरको आयोजनामा विहान ८ः३० बजे (मृर्गौला पदयात्रा Kidney Walk, धिमे बाजा, ब्यानर र प्ले कार्ड समेतको –याली ) यस केन्द्रबाट शुरु भइ नपुखु हुँदै भक्तपुर दरवार स्क्वायर – साकोठा – टौमडी – पोटरी स्क्वायर – नासमना – बंशगोपाल – तेखापुखु – भार्वाचो – भक्तपुर मिनि बस पार्क हुँदै पुनः शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्दमा आई व्यब्यताका साथ सम्पन्न भएको थियो । विश्व मृर्गौला दिवसको उपलक्ष्यमा आयोजित औपचारिक कार्यक्रमको प्रमुख अतिथि माननीय स्वास्थ्य तथा जनसंख्या मन्त्री सुधा शर्मा गौतम हुनुहुन्थ्यो भने उक्त कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका विशिष्ट व्यक्तित्वहरु, जिल्ला प्रशासन कार्यालय भक्तपुरका प्रमुख जिल्ला अधिकारी, भक्तपुर अस्पताल, भक्तपुर क्यान्सर अस्पताल र अन्य अस्पतालबाट पाल्नु भएका प्रत्यारोपण क्षेत्रमा ख्याती प्राप्त व्यक्तित्वहरु, विभिन्न अस्पतालका स्वास्थ्यकर्मीहरु, अङ्ग फेल भएका विरामी तथा प्रत्यारोपित लगायत अन्य सर्वसाधारण सहित करीब ६०० जनाको सहभागीता रहेको थियो । कार्यक्रममा बोल्दै केन्द्रका कार्यकारी निर्देशक डा कल्पना कुमारी श्रेष्ठले मृगौला उपचारको क्षेत्रमा यो केन्द्र देशकै नमुना केन्द्रको रुपमा स्थापित भई हाल सम्म १५८६ जनाको मृर्गौला ३६ जनाको कलेजो र दैनिक १५० को हाराहारीमा डाइलाइसिस सेवा उपलब्ध हुने गरेको कुरा जानकारी गराउँदै केन्द्र अत्यन्त साँघुरो स्थानबाट सञ्चालन हुँदा केन्द्रको सेवा विस्तार गर्न नसिकएको हुँदा यथाशक्य केन्द्रलाई उचित स्थानमा जग्गा उपलब्ध गराउन सम्बन्धित सबैमा अनुरोध गर्नु भयो । मानब अंग प्रत्यारोपण विकास समतिकिा अध्यक्ष डा केशर बहादुर ढकालले यस केन्द्रलाई विशिष्टीकृत केन्द्रको रुपमा विस्तार गरी ऋभलतभच या भ्हअभििभलअभ को रुपमा विस्तार गर्न आफुले सक्दो सहयोग गर्ने कुरा बताउनु भयो । प्रमुख अतिथी स्वास्थ्य तथा जनसंख्या मन्त्री सुधा शर्माले आफू स्वास्थ्य सचिव हुँदा यस केन्द्रको परिकल्पना गरेको कुरा स्मरण गदै राष्ट्रिय प्रत्यारोपण केन्द्रले चलाएको अभियानको सह्राना गर्नु भयो र स्वास्थ्य क्षेत्रको विकास र विरामीको उपचारमा अस्पतालहरुले गरेको सेवा सर्वसाधारणको सहज उपलब्धता हुनु पर्ने हुँदा केन्द्रको लागि आवश्यक पर्ने जग्गा उपलब्ध गराउन आफू पदमा रहँदा वा नरहँदा पनि सधै पहल गर्ने कुरा बताउनु भयो । यसै कार्यक्रममा संबोधन गर्नु हुँदै विभिन्न अतिथिहरुले यस्ता प्रकारका जनचेतनमूलक कार्यक्रमले मृगौला रोगको बारेमा सर्वसाधारणमा प्रभावकारी भूमिका निर्वाह गर्ने र यस्तो प्रकारको अभियानमा सधै साथ दिएको र आगामी दिनमा पनि केन्द्रको उन्नती र प्रगतिमा साथ र सहयोग पु¥याउने कुरा बताउनु भयो । अंग प्रत्यारोपण गरेका प्रत्यारोपितहरु पनि अरु स्वस्थ्य व्यक्ति सरह जीवन यापन गर्न सक्छन उनीहरु पनि हरेक क्षेत्रमा सक्षम र सबल रुपमा कार्य गर्न सक्छन भन्ने जनचेतना जगाउने कार्यमा साथै अंगदान र अंग प्रत्यारोपण कार्यलाई अझ प्रभावकारी बनाउने उद्देश्यले आयोजना विभिन्न कार्यक्रम सहित उक्त कार्यक्रम समापन गरिएको थियो । --- # विश्व पर्यटन दिवसको अवसरमा भक्तपुर प्रवेश गर्ने पर्यटकहरुलाई स्वागत Source: https://newskunda.com/archives/2269 Category: FEATURED NEWS, अर्थ, समाचार, समाज Last updated: 2022-09-27 भक्तपुर, ११ असोज : विश्व पर्यटन दिवसको अवसरमा आज भक्तपुर नगरपालिकाको विश्व सम्पदासूचीँमा रहेको पर्यटकीय क्षेत्र भक्तपुर दरबारस्क्वायर प्रवेश गर्ने पहिलो विदेशी पर्यटकको समूहलाई स्वागत एवं सम्मान गरिएको छ । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुर भ्रमणमा आउनुभएका विदेशी पर्यटकहरुको पहिलो समूहलाई ४३ औं विश्व पर्यटन दिवसको अवसरमा भक्तपुर दरबार क्षेत्रको खौमा ध्वाकामा खादा, भादगाउँले टोपी, परम्परागत थैलीमा पुष्पगुच्छा दिदै स्वागत एवं सम्मान गर्नु भएको हो । कार्यक्रममा भक्तपुर प्रवेश गर्ने पहिलो विदेशी पर्यटकहरु जर्मनीका Andry saidesch, अष्ट्रियाका Rebecca Tritz,, बुल्गेरियाका mimi reumova र George Golev गरि चार जना पर्यटकहरुलाई लाखे प्याखं (नाच)का साथ भक्तपुरमा स्वागत गरिएको थियो । भक्तपुर नगरपालिका, भक्तपुर पर्यटन विकास समिति, भक्तपुर टुर गाइड व्यवस्थापन समिति र पर्यटक प्रहरीको संयुक्त आयोजनामा भएको कार्यक्रममा पर्यटकहरुलाई स्वागत गर्दै प्रमुख प्रजापतिले भक्तपुरको प्रकाशनहरु, काठको मयुरको झ्याल प्रदान गर्नुभएको थियो । नगर प्रमुख प्रजापतिले पर्यटकहरुबाट उठेको शुल्कबाटै भक्तपुर नगरपालिकाले यहाँका सम्पदाहरुको संरक्षण गर्नुका साथै शिक्षा, स्वास्थ्य, सरसफाईजस्ता जनताका आधारभूत आवश्यकता पूरा गर्दै आएको बताउनु भयो । कोभिडले पर्यटन क्षेत्रमा नराम्रो असर पुगेको बताउदै उहाँले नगरपालिकाले पर्यटकहरुको लागि आवश्यक स्थानीय पथप्रदर्शकहरुको तालिम, चिनियाँ, जापानीजलगायत विदेशी भाषाहरुको प्रशिक्षण दिनुको साथै बिभिन्न ठाउँमा पर्यटक शौचालय र पर्यटक सूचना केन्द्रको व्यवस्था गर्दै आएको बताउनु भयो । भक्तपुरलाई संसारकै हेर्न र घुम्नलायक सहरको रुपमा विकास गर्ने उद्देश्यका साथ नगरपालिका लागिरहेको बताउनु भयो । --- # विश्व पर्यटनको आकर्षण बनाउन ‘गन्तव्य मध्यपुर’ अभियान शुभारम्भ Source: https://newskunda.com/archives/3596 Category: FEATURED NEWS, राजनीति, समाचार, समाज, स्वास्थ्य Last updated: 2026-04-11 भक्तपुर, २८ चैत ः आन्तरिक र बाह्य पर्यटकको आगमनको केन्द्र बनाउने मुख्य उदेश्यले मध्यपुरथिमि नगरपालिकाले आजबाट ‘गन्तव्य मध्यपुर’ अभियान शुभारम्भ गरेको छ । बिस्का जात्रा तथा नयाँवर्ष २०८३ को अवसर पारेर मध्यपुरथिमि नगरपालिकाले सञ्चालन गरेको गन्तव्य मध्यपुरको आज वागमति प्रदेशका संस्कृति तथा पर्यटन मन्त्री सुरेश श्रेष्ठले आज उद्घाटन गर्नुभयो । प्रत्येकवर्ष मध्यपुर थिमिमा नयाँ वर्षमा हुने बिस्का जात्रा–२०८२ लाई लक्षित गर्दै विभिन्न सांस्कृतिक, आर्थिक तथा पर्यटन प्रवद्र्धन कार्यक्रमहरूका साथ गन्तव्य मध्यपुरको शुभारम्भ गरिएको हो । मध्यपुरथिमिका ऐतिहासिक, साँस्कृतिक तथा परम्परागत सम्पदा देखाएर स्थानीय जात्रा, परम्परागत बाजागाजा, स्थानीय संस्कृति, हस्तकला तथा मौलिक परिकारको प्रवद्र्धन गर्दै पयएटकलाई आकर्षित गरि आन्तरिक तथा बाह्य पर्यटक भित्रयाउने मुख्य लक्ष्यसहित गन्तव्य मध्यपुर आयोजना गरिएको हो । कार्यक्रममा मन्त्री श्रेष्ठले वागमपति प्रदेशले यहाँको मौीलक कला, संस्कृति, जात्रा, परम्परा र सम्पदाको संरक्षण गर्ने कार्यक्रमहरु ल्याएको बताउदै पहिलो पटक मध्यपुरथिमिको जिब्रो छेड्ने जात्रालाई वार्षिक रु दुई लाखको दरले रकम विनियोजन गरेको बताउनुभयो । कार्यक्रममा मध्यपुरथिमिका नगर प्रमुख विजय श्रेष्ठले मध्यपुरथिमि नगरलाई पर्यटकीय हवको रुपमा विकास गर्ने लक्ष्य लिएको बताउनुभयो । नगरपालिकाले आयोजना गरेको मध्यपुर महात्सवले थिमि घुम्ने आन्तरिक तथा बाह्यक पर्यटकको आगमन बढेको बताउदै गन्तव्य मध्यपुरले पनि भक्तपुर आउने पर्यटकलाई एकदिन मध्यपुर घुम्ने गरि पर्यटनको विकास गर्न सफल हुने बताउनुभयो । उहाँले नगरपालिकाले मध्यपुरथिमिको बोडे, नगदेश र आदर्शको लायकूमा दरबार निर्माण सम्पन्न हुने क्रम रहेको बताउदै यहाँको पुराना बस्तीलाई साँस्कृतिक शहर, राधेराधेलाई आधुनिक शहरको व्यापारिक हव, सानोथिमीलाई रेष्टुराको हव, निलबाराहीलाई पिकनिकको हव र होमस्टेसम्मको अबधारण बनाएर नगरपालिकाले ५० लाखको बजेट विनियोजन गरेको बताउनुभयो । कार्यक्रममा नगरपालिकाका उपप्रमुख विजयकृष्ण श्रेष्ठले संस्कृति, परम्परा जोगाउदै नगरपालिकाले शिक्षा र स्वास्थ्यमासमेत जनमैत्री काम गरेको बताउनुभयो । #### दुईदिने घरेलु मेलादेखि धिमे बाजा प्रतियागिता सुरु : नगरपालिकाले आजबाट शंखधरचोक थिमिमा स्थानीय उत्पादन तथा हस्तकला प्रवद्र्धन तथा विक्री केन्द्रको उदघाटन गरि सञ्चालनमा ल्याएको छ । यहाँ स्थानीय हस्तकला, काष्ठकला, धातुकला, लत्ताकपडा र स्थानीय उत्पादनको व्यापारिक केन्द्र बनाउन सातवटा स्टल सञ्चालनमा ल्याएको छ । त्यसैगरि आजै निगु पुखु अर्थात ऐतिहासिक दुई पोखरीमा खुल्ला धिमेबाजा प्रतियोगिताको आयोजना गरिएको छ । प्रतियोगिताको मन्त्री श्रेष्ठले उद्घाटन गर्नुभयो । भक्तपुर, काठमाडौं, ललितपुर, किर्तिपुर र काभ्रेपलाञ्चोकका ३७ वटा धिमे समूहको प्रतियोगितामा सहभागिता रहेको नगरपालिकाका नगर प्रमुख श्रेष्ठले जानकारी दिनुभयो । अभियान अन्तर्गत आजै दुई पोखरीमा दुई दिने स्थानीय रैथाने घरेलु उत्पादन मेला आयोजना गरेको छ । मेलामा २८ वटा स्टलमा घरेलु उत्पादन, स्थानीय परिकारका प्रर्दशनी गरिएको छ । --- # विश्वध्वजासहितको लिङ्गो हेर्न भक्तपुरका हजारौको भीड Source: https://newskunda.com/archives/2739 Category: FEATURED NEWS, धर्म/संस्कृति, समाचार, समाज Last updated: 2023-04-14 भक्तपुर, १ बैशाख : नेपालको प्राचिन सहर भक्तपुरमा प्रत्येक नयाँवर्षमा परम्परागत रूपमा तान्त्रिक विधिअनुसार मनाइने बिस्केट जात्रा हेर्न आज बिहानैदेखि हजारौको भीड लागेको छ । नयाँवर्ष अर्थात वैशाख १ गते भक्तपुरको भेलुखेलमा गएराती उठाईएको ५५ हजात लामो विश्वध्वजासहितको लिङ्गो जात्रा हेर्न भक्तपुर, काठमाडौं ललितपुर, काभ्रे लगायत बिभिनन जिल्लाबाट आएको हजारौको भीड लागेको छ । चैत्र मसान्तमा इन्द्रध्वजा सहितको लिङ्गो उठाउने र आज दिनभर भव्य मेला गरि साँझ लिङ्गो ढाल्ने गरिन्छ । आज यो जात्रा हेरेमा मनोकांक्ष पुरा हुने शत्रु नाश हुने जनविश्वास रहेकाले यो जात्रालाई छ । लिच्छवीकालदेखि विस्केट जात्राको चार दिन अगाडि भैरव र भद्रकालीको रथयात्रा गरी मनाउन सुरू गरिएको यो जात्रा भक्तपुरवासीले नौ दिन आठरातसम्म मनाउने गर्दछन् । परापूर्वकालदेखि चलिआएको विश्वप्रसिद्ध यो जात्रा विस्केट अर्थात “सर्प मारियो” भन्ने अर्थमा र किरातहरुसंगको युद्धमा विजयी प्राप्त गरेपछिको खुसीयालीमा यो जात्रा मनाउने गरिन्छ । नेपाल सम्वत २६८ मा भक्तपुर सहर स्थापना हुनुभन्दा अघि नै यो जात्रााको परम्परा सुरू भइसकेको लिच्छवीकालभन्दा अगाडिको यो जात्रा मनाउन थालेको शिलालेखमा उल्लेख छ । यो जात्रालाई मल्ल राजा जगतज्योति मल्लले विशेष रूपमा मनाउने व्यवस्था गरेको ईतिहासमा उल्ल्ेख छ । त्यसपछि नेपाल सम्वत ८२७ मा राजा भूपतिन्द्र मल्लले यो जात्रा अझ व्यवस्थित गरी आठ रात र नौ दिन मनाउने प्रचलन बसाएको र त्यही प्रचलन आजसम्म चल्दै आएको छ । चैत मसान्तको दिन साँझबाट सुरु गरि रातभर संचालन हुने चान्हेसिया अर्थात रात्रीको जात्रा आज विहान सम्पन्न भएको छ । मध्यपुरथिमीका वासिन्दाले मनाउने उक्त जात्रामा हिजो साँझ बालकुमारीलाई थिमिको लायकू दरबारबाट जात्रा गरि बालकुमारी मन्दिरमा ल्याएर विराजमान गराई चान्हेसिया जात्रा सुरु गरिएको थियो । चान्हेसिया जात्रामा सर्वप्रथम त दिगुटोलमा स्थित दिगुभैरबलाई आचाजु कर्माचार्यको घरबाट लायकुमा ल्याईन्छ भने त्यसपछि तलेजुबाट बालकुमारीलाई ढकीमा राखेर कपडाले छोपी लायकू अगाडि ल्याइएर जात्रा मनाईन्छ । त्यसपछि भने खटमा राखी बालकमारी मन्दिरमा विराजमान गराइएन्छ । जात्रामा थिमीको अधिंकाश घरबाट निस्केको हजारौ चिराग बालेर र धिमाय बजाई दक्षिणबाराही, हरिसिद्धि र अजिमा देवतालाई ल्याएपछि पुनः बालकुमारीबाट शंखधर चोक हुदै क्वाछें स्थित दक्षिण बाराही मन्दिर परिक्रमा गराएको थियो । त्यसपछि तछुटोल, विष्णुवीर मन्दिर परिक्रमा गराई बालकुमारी मन्दिरमा ल्याई पुर्याएर पाँच पटक परिक्रमा गराए पछि सोही स्थानमा आ आफ्नो आसनमा खटहरुलाई राखेपछि जात्रा सम्पन्न भएको थियो । यो जात्रा हिजो साँझ सुरु भई आज विहान बरिक चारबजे सम्पन्न भएको थियो । --- # विश्वविद्यालयबाट उत्पादित जनशक्ति रोजगार मात्र नभई समाजलाई योगदान गर्न सक्ने किसिमको हुनुपर्छ : बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगर Source: https://newskunda.com/archives/5280 Category: FEATURED NEWS, अर्थ, राजनीति, शिक्षा, समाचार, समाज Last updated: 2026-10-29 बागमती, १२ कात्तिकः बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले विश्वविद्यालयबाट उत्पादित जनशक्ति रोजगार मात्र नभई समाजलाई योगदान गर्न सक्ने किसिमको हुनुपर्ने बताउनु भएको छ । बागमती विश्वविद्यालयद्वारा हेटौँडामा बिहिबार आयोजित ‘नेपालको उच्च शिक्षा प्रणाली सुदृढीकरणः प्रादेशिक विश्वविद्यालय व्यवस्थापन र समन्वय’ विषयक दुई दिवसीय गोष्ठीको उद्घाटन कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनु भएको हो । मुख्यमन्त्री थापाले भन्नुभयो, “हाम्रा शैक्षिक संस्थाहरू समाजको आवश्यकतासँग जोडिनु पर्छ, बजारको वर्तमानको मागसँगै भविष्यमा आवश्यक पर्ने जनशक्तिको अनुमान पनि गर्नुपर्ने हुन्छ । वर्तमान विश्व ज्ञान र नवप्रवर्तनमा आधारित भएकाले समयको मागलाई आत्मसात् गर्नु आजको आवश्यकता हो ।” बागमती विश्वविद्यालयले समयसापेक्ष आवश्यकतालाई दृष्टिगत गरी पाठ्यक्रम तयार गरी अध्ययनअध्यापन गराइरहेको उहाँले बताउनुभयो । नेपालको शिक्षा प्रणालीमा गुणस्तर निर्धारण, नियन्त्रण तथा प्रवद्र्धन गर्ने स्वायत्त निकायको निर्माण हुन नसकेको भन्दै उहाँले शिक्षाको विकासमा तीन तहकै सरकार उत्तिकै जिम्मेवार हुनुपर्ने पनि बताउनुभयो । शुक्रबारसम्म चल्ने कार्यशालामा प्रदेशगत प्रस्तुति, विषय क्षेत्रगत समूह छलफल र प्रस्तुतिसँगै प्रदेश विश्वविद्यालय फोरम गठनलगायतका कार्यक्रम रहेको आयोजकले जनाएको छ । --- # वैदेशिक रोजगारीका पिडितलाई ठग्ने इन्द्रलाल गोले पक्राउ Source: https://newskunda.com/archives/3577 Category: FEATURED NEWS, अपराध, राजनीति, समाचार, समाज Last updated: 2026-04-10 काठमाडौ.२७ चैत : वैदेशिक श्रमिकका पिडितलाई न्याय दिने भन्दै खोलिएको संस्था वैदेशिक रोजगार उद्धार नेपालका अध्यक्ष इन्द्रलाल गोले पक्राउ परेका छन् । महानगरीय प्रहरी वृत, स्वयम्भुबाट खटिएको टोलीले काठमाडौं स्थित अन्नपुर्ण चोकबाट हिरासतमा लिएको हो । अनाधिकृतरुपमा मेनपावर व्यवसायी, पीडित र एजेण्टहरुलाई प्रभावमा पारी पैसा असुलेको भन्ने साथै कार्यालयमा पाखुरावालहरु जम्मा पारी मेनपावरसँग चन्दा आतंक चलाएको आरोप लागेको छ । वितग केही वर्षदेखि यही पेशामा लागेका गोलेले काठमाडौंमा घर गाडि समेत जोडेको पाइएको छ । केश अनुशन्धानमै रहेकाले थप विवरण आउन बाँकी छ । --- # वैदेशिक रोजगारीमा गएका नवलपरासी (बर्दघाट–सुस्ता) का एकै जिल्लाका १७ जनाको एक वर्षमा मृत्यु Source: https://newskunda.com/archives/1426 Category: FEATURED NEWS, अर्थ, समाचार, समाज Last updated: 2022-07-15 नवलपुर, ३१ असार : वैदेशिक रोजगारका क्रममा विभिन्न मुलुकमा गएका नवलपरासी (बर्दघाट–सुस्ता)का १७ जनाले यसवर्ष ज्यान गुमाएका छन् । वैदेशिक रोजगारमा श्रम स्वीकृति गराएर गएकामध्ये जिल्लाका १७ जनाको मृत्यु भएको जनाइएको छ । वैदेशिक रोजगारका क्रममा विभिन्न मुलुकमा मृत्यु हुनेमा जिल्लाको कावासोती नगरपालिकाका छ, मध्यविन्दु नगरपालिकाका पाँच, गैँडाकोट नगरपालिकाका चार तथा देवचुली नगरपालिका र विनयीत्रिवेणी गाउँपालिकाका एक÷एक जना रहेका छन् । हिमालयन सामुदायिक विकास मञ्च (हिकोडेफ)का अनुसार वैदेशिक रोजगारमा मृत्यु भएकामध्ये १७ जनाको शव यस वर्ष जिल्लामा ल्याइएको भए पनि मृत्यु हुनेको सङ्ख्या अझै बढी हुनसक्छ । परिवारजनले स्वतःस्फुर्तरुपमा र अन्य माध्यमबाट जिल्लामा शव ल्याउनेको सङ्ख्या ठूलो हुन सक्ने हिकोडेफद्वारा सञ्चालित सुरक्षित आप्रवासन परियोजनाका परामर्शदाता रञ्जना लम्सालले बताउनुभयो । सुरक्षित आप्रवासन परियोजनाका जिल्ला संयोजक रीतुराम सोतीले यसवर्ष १२६ ठगीका मुद्दा दर्ता भएकोमा ५५ वटाको छिनोफानो गरिएको बताउनुभयो । क्षतिपूर्तिका लागि दर्ता भएका १७४ मुद्दामध्ये १०० जनालाई रु चार करोड ४४ लाख ४३ हजार क्षतिपूर्ति उपलब्ध गराइएको सोतीको भनाइ छ । उद्धारको पर्खाइमा रहेका २५ मध्ये २१ जनालाई उद्धार गरिएको सोतीले जानकारी दिनुभयो । गतवर्ष मात्रै जिल्लाका छ हजार ८२ जनाले श्रम स्वीकृत लिएर वैदेशिक रोजगारमा गएका थिए । अहिले पनि जिल्ला प्रशासन कार्यालय नवलपुरमा दैनिक ८० जना पासपोर्ट बनाउन आउने गरेका छन् । भिजिट राहदानी बनाएर तथा भारतको बाटो हुँदै वैदेशिक रोजगारमा जाने जिल्लावासीको सङ्ख्या ठूलो हुन सक्ने उहाँको भनाइ छ । राष्ट्रिय जनगणना २०७८को प्रारम्भिक तथ्याङ्कअनुसार नवलपुरका ४४ हजार ८७९ (छ हजार ९३७ महिलासहित) जना वैदेशिक रोजगारमा छन् । --- # वैशाख ११ र १२ गते उम्मेदवारीको मनोनयन Source: https://newskunda.com/archives/442 Category: FEATURED NEWS, Uncategorized, राजनीति, समाचार Last updated: 2022-04-23 काठमाडौँ, १० वैशाख : यही वैशाख ३० का लागि तोकिएको स्थानीय तहको निर्वाचनको सबै तयारी निर्वाचन कार्यतालिका बमोजिम व्यवस्थित र प्रभावकारी ढङ्गले भइरहेको निर्वाचन आयोगले जनाएको छ । देशका ७५३ वटै स्थानीय तहहरूमा मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतहरूको कार्यालय स्थापना भई कार्यसञ्चालन र मतदान केन्द्रमा प्रयोग हुने सामग्री पठाउने कार्य निरन्तर भइरहेको आयोगले आज आयोजना गरेको विशेष पत्रकार सम्मेलनमा जानकारी दिइयो । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियासहित सबै आयुक्तहरू उपस्थित पत्रकार भेटघाटमा आयोगले गत चैत ४ मा स्वीकृत गरेको निर्वाचन कार्यक्रमअनुसार यही वैशाख ११ र १२ गते दुई दिन उम्मेदवारको मनोनयनपत्र दर्ता गर्ने, वैशाख १२ गते मनोनयनपत्र दर्ता भएको उम्मेदवारको सूची प्रकाशन गर्ने, वैशाख १३ गते उम्मेदवारको विरोधमा उजुरी दिने तय गरिएको छ । वैशाख १४ र १५ गते मनोनयनपत्र जाँच गर्ने तथा उजुरीउपर जाँचबुझ गरी निर्णय गर्ने, वैशाख १५ गते मनोनयन भएको उम्मेदवारको नामावली प्रकाशन गर्ने, वैशाख १६ गते उम्मेदवारले नाम फिर्ता लिने र उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने तथा वैशाख १७ गते उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने कार्यक्रम रहेको पत्रकार सम्मेलनामा जानकारी दिइयो । समयमा सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा तोकिएबमोजिमको प्रक्रिया पूरा गरी उम्मेदवारको मनोनयन दर्ता गर्न सक्ने भएकाले यसबाट उम्मेदवारको मनोनयन दर्ता प्रक्रिया सहज, सरल र शान्तिपूर्णरूपमा समयमा नै सम्पन्न हुने विश्वास आयोगले लिएको छ । दलहरूको गठबन्धनका आधारमा उम्मेदवारी हुने हुँदा उम्मेदवारी नहुने दलको निर्वाचन चिह्न मतपत्रमा समावेश नगर्न केही दलबाट आग्रह आएको भन्ने पत्रकारहरूको प्रश्नको जवाफमा प्रमुख आयुक्त थपलियाले मतपत्र छपाइ सुरु भइसकेकाले प्राविधिक र व्यवहारिकरूपमा त्यस्तो गर्न नसकिने स्पष्ट गर्दै कानुनमा व्यवस्था नभएकाले गठबन्धनलाई आयोगले नचिन्ने जनाउनुभयो । उहाँले कूल छ हजार ७४३ प्रकारका मतपत्र छपाई गर्नुपर्ने र वैशाख २६ गतेभित्र सबै मततदान केन्द्रमा पु¥याइसक्नुपर्ने भएकाले पनि उम्मेदवारी नपर्ने दलको चिह्न हटाउन सम्भव नहुने बरु विद्युतीय मतदानको प्रबन्ध गराइएमा आगामी दिनमा त्यस्ता विषय व्यवस्थित गर्न सकिने उहाँको भनाइ थियो । कुनै उम्मेदवारले जुन दलको निर्वाचन चिह्न प्रयोग गरेर सम्बन्धित दलले मनोनयन दर्ता गराउँछ निज उम्मेदवार सोही दलको उम्मेदवार हुने पनि उहाँले स्पष्ट गर्नुभयो । प्रमुख आयुक्त थपलियाले निर्वाचन आचारसंहिताको कार्यान्वयनका क्रममा सामाजिक सञ्जाललाई नियमन र व्यवस्थित गर्न आयोगले चाँडै थप निर्णय गर्ने जानकारी पनि दिनुभयो । आयोगका सहसचिव एवं प्रवक्ता शालिग्राम शर्मा पौडेलले जारी गर्नुभएको विज्ञप्तिमा निर्वाचनमा चुन्ने र चुनिन पाउने नागरिक अधिकारलाई उच्च सम्मान गर्दै स्वच्छ, स्वतन्त्र र भयमुक्त वातावरणमा आ–आफ्नो मनोनयनपत्र दर्ता गर्ने आम नागरिकको नैसर्गिक अधिकार सुनिश्चित गर्न आयोग सधँै प्रतिबद्ध रहेको जनाइएको छ । कानुनले तोकेको योग्यता पूरा गर्ने सबै मतदाताले आपूmले चाहेको पदमा उम्मेदवारी दिनसक्ने वातावरणको सिर्जना गरिदिन आयोग सबै राजनीतिक दल, नेपाल सरकार, प्रदेश सरकार, स्थानीय तह, स्थानीय प्रशासन, सुरक्षा निकाय, नागरिक समाज, आमसञ्चार क्षेत्रलगायत सम्बन्धित सबै सरोकारवालामा आयोगले आग्रह गरेको छ । नेपालको संविधानले निर्वाचनमा लैङ्गिक तथा समावेशी सिद्धान्तलाई आत्मसाथ गरी निर्वाचनका सबै पदहरूमा समावेशी प्रतिनिधित्व हुनुपर्ने व्यवस्थाअनुरुप आयोगले यसअघि नै निर्वाचनमा भाग लिने सबै राजनीतिक दलहरूलाई १७ बुँदे निर्देशनसमेत जारी गरिसकेकाले निर्वाचनमा मुलुकको सामाजिक विविधता प्रतिविम्बित हुने गरी सहभागिता र प्रतिनिधित्वका लागि वैशाख ११ र १२ गते हुने उम्मेदवारको मनोनयन दर्ता गर्दा नेपालको संविधानको धारा ३८ को उपधारा (४) मा भएको राज्यका सबै निकायमा महिलालाई समानुपातिक समावेशी सिद्धान्तको आधारमा सहभागी हुने तथा धारा ४२ को सामाजिक न्यायको हक कार्यान्वयनमा विशेष संवेदनशील हुन आग्रह गर्दै यो निर्वाचन महिला एवं समावेशी सहभागिता र प्रतिनिधित्वको दृष्टिले उल्लेखनीय हुने विश्वास आयोगको रहेको छ । “स्थानीय तहका सदस्यको निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, भयरहित र मितव्ययी बनाउने विशेष जिम्मेवारी निर्वाचनमा भाग लिने राजनीतिक दल तथा उम्मेदवारको हुन्छ भन्ने कुरा निर्विवाद छ”, विज्ञप्तिमा भनिएको छ, “आयोगले जारी गरेको निर्वाचन आचारसंहिता, २०७८ र ६० बुँदे निर्देशनप्रति पूर्ण प्रतिबद्धता जनाएका राजनीतिक दलका उम्मेदवारले यसको अक्षरशः पालना गर्नेमा आयोग आश्वस्त रहेको छ ।” राजनीतिक दल तथा उम्मेदवारले निर्वाचनका बेला गर्न पाउने र नपाउने कार्यहरु स्पष्टरूपमा उल्लेख गरिएका छन् । आचारसंहिताविपरीत हुने गरी कुनै स्थानमा कुनै दलको झण्डा वा चिह्न राखिएको भए सम्बन्धित दलले तत्काल हटाउन, राजनीतिक दल वा उम्मेदवारबाट हुने कुनै पनि आमसभा, जुलुस, ¥याली भेला, बैठक, घरदैलो, उम्मेदवारी दर्ता कार्यक्रम आदिमा र निर्वाचन अधिकृतको अनुमतिमा उम्मेदवारले प्रयोग गर्ने सवारीसाधनमा ३ बाई ३ फिट साइजको दलको एउटा झण्डा र एउटा चुनाव चिह्न तथा उम्मेदवारको पहिचान खुलेको ‘एफो साइज’को एक रङमा छापिएको विवरणबाहेक अन्य कुनै सामग्री प्रयोग नगर्न/नगराउन स्मरण गराउँदै उम्मेदवारी दर्ता भएपछि यस्ता चिह्न भेटिएमा उम्मेदवारले राखेको ठानी आचारसंहिताको उल्लघङ्न भएको कसूरमा दलको उम्मेदवारलाई कारबाही हुने भएकाले सचेत रहन आयोगले भनेको छ । जुलुस, आमसभा, ¥याली, बैठक आदिमा भाग लिने वा प्रचार–प्रसार गर्ने व्यक्तिले आचारसंहिताले तोकेको भन्दा विपरीत हुने गरी सम्बन्धित दलको निर्वाचन चिह्न वा झण्डा अङ्कित लागो वा स्टिकर वा कपडा, टोपी वा क्याप, भेष्ट, टिसर्ट, ज्याकेट, कमिज, गम्छा, ब्याच, मास्क वा लकेट लगाएमा वा झोला बोकेमा सम्बन्धित व्यक्ति नै कारबाहीको भागीदार हुने भएको हुँदा यस्तो कार्यबाट सजग रहन आयोगले सबै मतदाताहरूमा अनुरोध गरेको छ । उम्मेदवारीका लागि मनोनयनपत्र दर्ता गर्न जाँदा निर्वाचन आचारसंहिताले तोकेबमोजिमको आचरण पालना गरिदिन आयोग सबैमा हार्दिक अपिल गर्दछ । यदि आचारसंहिताविपरीत कार्य भए/गरेको पाइएमा आयोगले कानूनबमोजिम कारबाही हुने र यसबाट उम्मेदवारको उम्मेदवारी प्रक्रियामा नै गम्भीर असर पर्न सक्ने हुँदा समयमा नै सचेत रहन उम्मेदवार हुन चाहने सबै मतदातामा आयोगले जानकारी गराइएको छ । --- # वैशाख २८ र २९ गते मतदानस्थलमै मतदाता शिक्षा दिइँदै Source: https://newskunda.com/archives/821 Category: FEATURED NEWS, निर्वाचन, राजनीति, समाचार Last updated: 2022-05-10 काठमाडौँ, २७ वैशाख : निर्वाचन आयोगले स्थानीय तह निर्वाचनका क्रमा मतदान हुने अघिल्ला दुई नमूना मतपत्रलगायत पोस्टर, ब्रोसर आदि छपाइ सामग्रीको माध्यमबाट मतदान गर्ने सही तरिकाबारे जानकारी गराउन सबै निर्वाचन अधिकृतको कार्यालयलाई निर्देशन दिएको छ । आयोगले ७७ जिल्लाका मुख्य निर्वाचन अधिकृतको कार्यालय, ६७६ निर्वाचन अधिकृतको कार्यालय, सात प्रदेशका प्रदेश निर्वाचन कार्यालय, ७० जिल्ला जिल्ला निर्वाचन कार्यालयलाई पत्राचार गरी सो निर्देशन दिएको छ । निर्वाचन प्रचारप्रसार तथा मतदाता शिक्षा कार्यक्रम अन्तर्गत निर्वाचन तथा मतदाता शिक्षा निर्देशिका तथा स्थानीय तह निर्वाचन निर्देशिकामा मतदानस्थलमा मतदाता सूचना कक्षको माध्यमबाट मतदाता शिक्षा कार्यक्रम सञ्चालन गर्ने व्यवस्था भएकामा मतदानको दिन (वैशाख ३० गते) उक्त कार्यक्रम नगरी मतदानको अघिल्ला दुई दिन (वैशाख २८ र २९ गते) मतदानस्थलमा सम्बन्धित मतदान अधिकृतको नेतृत्वमा खटिने मतदान टोलीबाट आयोगले उपलब्ध गराएका मतदाता परिचयपत्रहरूका वितरण गर्ने र आयोगले उपलब्ध गराएका नमूना मतपत्रलगायत पोस्टर, ब्रोसर आदि छपाइ सामग्रीको माध्यम मतदान गर्ने सही तरिका बुझाउन आग्रह गरिएको छ । निर्देशनमा मतदान अधिकृतको नेतृत्वमा खटिएको मतदान कार्य टोली मतदानस्थलमा पुगेपछि वैशाख २८ र २९ गतेका दिन सबै मतदातालाई मतदान गर्ने तरिका र मतदाता शिक्षाको लागि उपस्थित हुन सूचना दिने र यस कार्यको लागि आवश्यकताअनुसार सर्वदलीय सर्वपक्षीय सहयोग लिने, मतदानस्थलमा उपस्थित मतदातालाई नमूना मतपत्र देखाएर मतदान गर्ने तरिकाको बारेमा निष्पक्षरुपमा जानकारी दिने, मतदान गर्ने तरिकाबारेमा मतदातालाई जानकारी गराउँदा कुनै पनि राजनीतिक दलको निर्वाचन चिह्नको नाम नलिने, मतदातालाई मतदाता शिक्षासम्बन्धी जानकारी दिएपछि मतदान गर्ने दिन वैशाख ३० गते शुक्रबार बिहान ७ देखि अपराह्न ५ बजेभित्र मतदान गर्न आउन आग्रह गर्ने उल्लेख रहेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिनुभयो । यस्तै मतदान गर्न जाँदा मतदाताले मतदाता परिचयपत्र वा आयोगले तोकेको परिचय खुल्ने अन्य परिचयपत्र लिई जान भन्ने, मतपत्रमा स्वस्तिक छाप मतदान गर्ने तरिकाको बारेमा मतदातालाई मतपत्रमा सातवटा निर्वाचन चिह्नमा मत सङ्केत गरी मतदान गर्नुपर्ने, पहिलो ठाडो लहरमा प्रमुख वा अध्यक्ष पदको उम्मेदवारको निर्वाचन चिह्नमध्ये एउटा चिह्नमा, दोस्रो ठाडो लहरमा उपप्रमुख वा उपाध्यक्ष पदको उम्मेदवारको निर्वाचन चिह्नमध्ये एउटा चिह्नमा, तेस्रो ठाडो लहरमा वडाध्यक्ष पदको उम्मेदवारको निर्वाचन चिह्नमध्ये एउटा चिह्नमा, चौथो ठाडो लहरमा महिला सदस्य पदको उम्मेदवारको निर्वाचन चिह्नमध्ये एउटा चिह्नमा, पाँचौँ ठाडो लहरमा दलित महिला सदस्य पदको उम्मेदवारको निर्वाचन चिह्नमध्ये एउटा चिह्नमा, छैटौँ र सातौँ ठाडो लहरमा रहेका दुई सदस्य पदका उम्मेदवारको निर्वाचन चिह्नमध्ये कुनै दुई निर्वाचन चिह्नमा छुट्टाछुट्टै छाप लगाइ दुई उम्मेदवारलाई मतदान गनुपर्ने आयोगले जनाएको छ । मतदाताले हरेक पदका लागि आफूले रोजेको सात जना उम्मेदवारको चिह्न रहेको स्थानमा कोठाभित्र पर्ने गरी मत सङ्केत गर्नुर्छ । गोप्य मतदान कक्षसँगै राखिएको स्वस्तिक छाप लिई आफूले रोजेको उम्मेदवारको चिह्नमा रहेको कोठाभित्र पर्ने गरी मत सङ्केत गर्नुपर्दछ । मतपत्रमा मत सङ्केत गरे पछि मत पत्रलाई राम्ररी पट्याई मत पेटिकामा खसाल्नुपर्छ भने यस पछि नत्र बदर हुन सक्छ... मतदाता तोकिएको स्थान र मार्गबाट बाहिर जानुपर्दछ । मतपत्रमा पहिलो पाँच पदका लागि हरेक पदमा एकभन्दा बढी उम्मेदवारलाई मत दिएमा त्यस्तो मत बदर हुन्छ । मतपत्रको छैठौँ र सातौँ लाइनबाट दुई जना वडासदस्य पदमा निर्वाचित गर्नुपर्नेमा उम्मेदवार भएको वा नभएको निर्वाचन चिह्न भएका दुईभन्दा बढी कोठामा मत सङ्केत गरिएकोमा सो पदको मत बदर हुन्छ । मत सङ्केत गर्ने क्रममा स्वस्तिक छाप नबुझिने गरी मसी लत्पतिएमा मत बदर हुन्छ । मतपत्रमा स्वस्तिक छापबाहेक अन्य छाप लगाएमा वा अन्य चिह्नले मत सङ्केत गरेमा मत बदर हुन्छ । दुईवटा निर्वाचन चिह्न रहेको कोठाको बीचमा पर्ने गरी स्वस्तिक छाप लगाएमा मत बदर हुन्छ । उम्मेदवारको चिह्न रहेको कोठाभन्दा बाहिर स्वस्तिक छाप लगाएमा मत बदर हुन्छ । ––– --- # व्यक्तिको नाममा बिक्री भएको ऐतिहासिक कमल पोखरी सार्वजनिक रुपमा फर्काउन मध्यपुरथिमिवासीको माग Source: https://newskunda.com/archives/1268 Category: FEATURED NEWS, Uncategorized, राजनीति, समाचार, समाज Last updated: 2022-06-12 भक्तपुर, २९ जेठ : बिक्री भएर व्यत्तिःको नाममा गएको मध्यपुरथिमि नगरपालिका–८ बोडेस्थित सयौँ वर्ष अगाडिदेखि धार्मिक, ऐतिहासिक एवं साँस्कृतिक रुपमा रहेको कमल पोखरी अर्थात पलिस्वाँ पुखुःसार्वजनिक रुपमा फर्काउन स्थानीयवासीले माग गरेका छन् । यहीँ कमल पोखरीमा फुलेको कमलको फूल बोडे लायकू दरबारमा दशैँमा तलेजुलाई चढाउने, कमलको पातमा तलेजुको पुजारीले भोज खानु पर्ने, साउनमा हुने नीलबाराही नाचमा यहीँकोे फूल चढाएर जात्रा चलाउने र जिब्रो छड्ने जात्रा चलाउने परम्परा रहदै आएको कमल पोखरी सार्वजनिक रुपमै फर्काउन स्थानीयले माग गरेका हुन् । कमल पोखरी सुटुक्क व्यक्तिको नाममा नामसारी गरि किनबेच समेत भएको थाहा पाएपछि स्थानीयले भूमाफियासँग पोखरी सार्वजनिक सम्पत्तिकै रुपमा फर्काउन कानूनी लडाई लड्दै आएको छन् । तत्कालीन बोडे गाउँ पञ्चायत–६ कित्ता नं. १ को १५ रोपनी ९ आना सार्वजनिक जग्गा २०४२ सालमा व्यक्तिको नाममा दर्ता भई बिक्री वितरण गरेको भन्दै बोडेका बासिन्दाले सो पोखरी सार्वजनिक रुपमै फर्काइनुपर्ने माग राखेका हुन् । २०४२ साल असार ३१ गते उक्त पोखरी कान्छी पोडेनीको नाममा दर्ता भई २०५१ साल माघ २२ गते अधिकृत वारेशनामा बकसपत्र गरी मनाङ्ग घरभई काठमाडौं ठमेल बस्ने ग्ल्याल्पो गुरुङ्गको नाममा नामसारी भएको हो । जसमध्ये १३ रोपनी ९ आना ग्ल्याल्पोको नाममा, १ रोपनी तेन्जी शेर्पिणीको नाममा, एक रोपनी कर्सी जद्योना गुरुङ्गको नाममा पास गरी हाल ग्ल्याल्पोले अन्य विभिन्न व्यक्तिको नाममा जग्गा पास गरेर बिक्री गरेको पाइएको छ धार्मिक तथा साँस्कृतिक महत्व बोकेको कमल पोखरी जोगाउनुपर्ने माग गर्दै मध्यपुरथिमिका बासिन्दाले यस अघि पनि पटक पटक उच्च अदालत पाटनमा धर्ना दिदै आएका छन् । धार्मिक एवं सार्वजनिक पोखरीको खरिद बिक्री हुँदै आए पनि कसैले उपभोग गर्न नआउँदा स्थानीयले पत्तो नपाएको अबस्थामा २०७० साल अगाडि पोखरीमा माटो पुरेर जग्गा टुक्राएर बस्ती बिकास गर्न भन्दै डोजर आए पछि बल्ल पोखरी किनबेच भएको स्थानीयले थाहा पाएका थिए । स्थानीयले माटो पुर्न आएका डोजर र केही व्यक्तिलाई लछारपछार गर्दै लखेटे पछि पोखरी सार्वजनिक सम्पत्तिको रुपमा फर्काउन कानूनी लडाई सुरु भएको थियो । स्थानीयले ऐतिहासिक कमल पोखरी (पलिस्वाँ पुखुः) संरक्षण समितिनै गठन गरी पोखरीको धनीपूर्जा खारेज गरी पोखरीलाई सार्वजनिक कायम गर्न माग गर्दै आएको स्थानीय बिरेन्द्र जयनाले बताउनु भयो । स्थानीयले जिल्ला अदालत भक्तपुरको फैसलालाई उच्च अदालतले सदर गर्ने विश्वासमा रहेकै बेलामा मिलापत्र गर्ने गरि प्रस्ताव आएपछि स्थानीय थप आक्रोसित बनेका छन् । मुद्धाको वारेस बसेका द्रव्यलाल जयनाले यहीँ जेठ ३१ गते मुद्धाको पेशी रहेको र सोही दिन फैसला हुन सक्ने भन्दै मुद्धा फैसलाबाट नभई मिलापत्रबाट टुङ्याउने प्रस्ताव आएको जानकारी दिनु भयो । यसबारेमा कमल पोखरी संरक्षण समितिका संयोजक गणेशमान चक्रधरले मुद्धाको अन्तिम किनारा लाग्ने चरणमा पुगेको भन्दै पोखरी खरिद गर्ने पक्षबाट मिलापत्र गर्ने प्रस्ताव आएको बताउनु भयो । त्यसकाबारेमा दुई पक्षबीच थप छलफल नभएकाले मिलापत्र भन्दा पनि उच्च अदालतको फैसला नै कुर्नु पर्ने बताउनु भयो । मध्यपुरथिमि नगरपालिका–८ बोडेका वडाध्यक्ष रमेश थापा श्रेष्ठले दुई पक्षका कानून व्यवसायीले मिलापत्र गरेर पोखरीलाई सार्वजनिक गर्ने प्रस्ताव ल्याएको बताउनु भयो । उहाँले भन्नुभयो, “हामीले पोखरी सार्वजनिक रुपमानै ल्याउनु पर्छ भनेर कानूनी लडाई लडेका हौँ, अहिले दुबै पक्षका वकिलहरुले मिलापत्र गरेर पोखरीलाई सार्वजनिक बनाउँ भन्ने प्रस्ताव आएको छ, यो सकारात्मक हो तर यसबारेमा पछिल्लो समयमा थप छलफल हुन सकेको छैन, यस्तो अबस्थामा अब दुई दिनमा आउने अदालतको फैसला कुर्नु नै उपयुक्त होला ।” पोखरीलाई सार्वजनिक बनाएर हारजीत नगई आफ्नो पनि पोखरीमा योगदान रहेको सन्देश सार्वजनिक पोखरी किन्ने पक्षले दिन खोजेको हुन सक्ने उहाँको भनाइ छ । अदालतमा मिलापत्र गरेर पोखरीलाई सार्वजनिक बनाउने, पोखरी किन्ने समूहलाई क्षतिपूर्तिको व्यबस्था गर्ने र उनीहरुलाई मध्यपुरथिमिमा सम्मान गर्ने प्रस्ताव आएको स्थानीयले बताएका छन् । स्थानीयले यो प्रस्ताव अस्विकार गर्दै आक्रोस व्यक्त गर्र्दै व्यक्तिको नाममा पोखरी बिक्री गर्ने कार्यमा संलग्न सबैको राज्यले खोजी गरि कारबाही गर्नु पर्ने माग राखेका छन् । स्थानीयले भने सार्वजनिक पोखरी किन्नेसँग सहमति गर्ने र उनीहरुलाई आफ्नै बस्तीमा ल्याएर सम्मान गर्नु भनेको सार्वजनिक सम्पत्ति हडप्न प्रोत्साहन गर्नु सरह हो भन्दै यस्तो सहमति र मिलापत्र नगर्न खबरदारी गरेका छन् । जिल्ला अदालत, भक्तपुरले उक्त मुद्धामा २०७५ साल असार १९ गते मंगलबार वादी कान्छा चक्रधर र प्रतिवादी सुर्जेराम श्रेष्ठसमेत भएको फैसला बदर मुद्दामा जिल्ला न्यायाधीश मातृकाप्रसाद मरासिनीको इजलासले मध्यपुरथिमि–८ बोडेस्थित कमलपोखरीलाई सार्वजनिक कायम गरी संरक्षण गर्नुपर्ने फैसला गरेको थियो । जग्गा खरिद गर्ने पक्ष जिल्ला अदालतको फैसला बिरुद्ध उच्च अदालत पाटनमा मुद्धा दर्ता गराएका थिए । जिल्ला अदालतको फैसला आउने बित्तिक मध्यपुरथिमि नगरपालिकाले उक्त पोखरीको संरक्षण अभियान सुरु गरेको थियो । अदालतमा आफै पनि प्ले कार्ड बोकेर धर्नामा बस्दै आउनु भएका नगरपालिकाका तत्कालिन नगर प्रमुख मदनसुन्दर श्रेष्ठ जिल्ला अदालतको फैसला कार्यान्वयनका लागि भोलीपल्ट नै नगरपालिकाबाट ७५ लाख बजेट विनियोजन गरेर कमल पोखरी संरक्षण थाल्नु भएको थियो । उक्त आदेशको भोलिपल्टै मध्यपुरथिमि नगरपालिकाले डोजरको सहायतमा पोखरीमा सफा गरी ७५ लाख रुपैयाँको लागतमा संरक्षणका कार्य गरिएको पूर्वनगरप्रमुख श्रेष्ठ बताउनु भयो । नगरपालिकाले पोखरीलाई ऐतिहासिक स्वरुपमै पुनःनिर्माण गरेको छ । पोखरीमा दाँची अप्पा, माँअप्पा इँटाको प्रयोग गरेर कलात्मक शैलीमा पुनःनिर्माण गरी वरिपरि बार लगाइएको छ । पोखरीमा रोपिएको कमलको बिरुवाबाट फूल फुल्न थालेको छ भने नगरपालिकाले आन्तरिक पर्यटनको विकासका लागि पाँच लाख रुपैयाँको लागतमा दुईवटा डुङ्गा सञ्चालनमा ल्याउनाका साथै दुई हजार माछाको भुरा पनि छाडेको छ । स्थानीय बिरेन्द्र जयना भन्नुहुन्छ “हामी बच्चा हुँदा पोखरीमा कमल फुल्थ्यो, पौडी खेलिन्थ्यो, पछि पुरियो, फोहर भयो, किनबेच भयो, बोडेका बासिन्दा पोखरी जोगाउन लागिरहयौँ, अहिले राम्रो पोखरी बन्यो, यहाँ त अचेल बिहान मर्निङ वाक, साँझ इभिनिङ वाक गर्ने मान्छे धेरै हुन्छन्, पोखरीमा अहिले कमलको फूल फुल्यो यो ठाउँ हेर्दा हेर्दै आन्तरिक पर्यटनको गन्तव्य बन्यो ।” पोखरीको वरिपरि निर्माण भएको १० फिट चौडाइको ढलानसहितको फुटपाथ त्यसमाथि पोखरीको डिलमा तेलिया इँटा छापेर खाली खुट्टाले पनि हिँड्न मिल्ने बनाइएको छ । यहीँ पोखरीमा फुलेको कमलको फूल यहीँको लायकू दरबारमा दसैँमा तलेजुलाई चढाउने, कमलको पातमा तलेजुको पुजारीले भोज खानु पर्ने, साउनमा हुने नीलबाराही नाचमा यहीँकोे फूल चढाएर जात्रा चलाउने र जिब्रो छड्ने जात्रा चलाउने ५० वर्ष अगाडिको परम्परालाई नगरपालिकाले यसै वर्षदेखि सुरु गरेको बताउदै श्रेष्ठले उच्च अदालतले पनि जनताकै पक्षमा फैसला सुनाउने अपेक्षा गरेको उहाँले बताउनु भयो । बोडेका बासिन्दाले भने आगामी मंगलबार उच्च अदालत पाटनमा हुने फैसला सुन्न जानका लागि मध्यपुरथिमिका बासिन्दालाई आव्हान समेत गरेको छ । --- # व्यक्तिगत स्वार्थ भन्दा माथि उठेर देश र जनताका लागि केन्द्रीत हुनुपर्छ : नारायणमान बिजुक्छें Source: https://newskunda.com/archives/4061 Category: FEATURED NEWS, धर्म/संस्कृति, राजनीति, समाचार, समाज Last updated: 2026-08-23 भक्तपुर, ७ भदौ : भक्तपुर नगरपालिकाको आयोजनामा सञ्चार माध्यममा भक्तपुर नपा र सञ्चार माध्यममा भक्तपुर नपा २ पुस्तकको परिचर्चा तथा लेखक, पत्रकार र सञ्चारकर्मीहरूलाई धन्यवाद ज्ञापन कार्यक्रम सम्पन्न भयो । कार्यक्रमका प्रमुख अतिथि नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छें (रोहित) ले पुस्तकका लेखक, पत्रकार तथा सञ्चारकर्मीहरूलाई धन्यवाद ज्ञापनसहित सम्मानपत्र तथा मायाको चिनो वितरण गर्नुभयो । कार्यक्रममा बोल्दै अध्यक्ष बिजुक्छेंले आफ्नो अनुहार हेर्न ऐना आवश्यक भएजस्तै नगरपालिकाले गरेका कामका सकारात्मक पक्ष्ँ र कमी–कमजोरी औंल्याउन सञ्चारकर्मीहरुको भूमिका आवश्यक पर्ने बताउनुभयो । उहांले नगरपालिकाका कामका सकारात्मक र नकारात्मक पक्षबारे पनि आलोचक आवश्यक रहेको बताउंदै जनताबाट प्राप्त रचनात्मक सुझावले नगरपालिकालाई थप व्यवस्थित रुपमा अगाडि बढ्न प्रेरणा मिल्ने बताउनुभयो । उहांले हरेक मुद्दामा अपराधी विजयी हुन नपाउने दिन आउने बताउंदै साना–साना स्वार्थभन्दा माथि उठेर जनताको हितमा काम गर्ने सोचले समाज समृद्ध बन्ने बताउनुभयो । भक्तपुरका सम्पदाबारे राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा समेत चर्चा हुने गरेको उहांले सोही क्रममा बताउनुभयो । भक्तपुर नगरपालिकाले नयां पुस्तालाई विदेशी भाषा सिकाएर विदेशी पर्यटकलाई भक्तपुर घुमाउन सहज वातावरण सिर्जना गरेको बताउंदै उहांले नगरपालिकाले आफ्ना कमी–कमजोरी सुधार्दै अझ राम्रो काम गर्दै जानुपर्नेमा जोड दिनुभयो । कार्यक्रमका सभापति भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले आफूहरू दोस्रो कार्यकालको अन्तिम वर्षमा रहेको उल्लेख गर्दै कार्यकाल सकिन करिब नौ महिना मात्र बांकी रहेको र कार्यकालको अन्तिम दिनसम्म पनि जनताको सेवा गर्न नछोड्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । प्रमुख प्रजापतिले भक्तपुर नगरपालिकाका गतिविधि, अभ्यास र उपलब्धिहरूलाई पत्रकार, लेखक तथा अनुसन्धानकर्ताहरूले विभिन्न सञ्चारमाध्यममार्फत जनताबीच पु¥याउन महत्वपूर्ण योगदान गरेको बताउंदै सम्पूर्णमा धन्यवादज्ञापन गर्नुभयो । उहांले भक्तपुरको विकासमा राजनीतिक दलका नेता तथा कार्यकर्ता, पूर्व र वर्तमान जनप्रतिनिधि र निःस्वार्थ भावनाले काम गर्ने स्थानीय जनताको महत्वपूर्ण योगदान रहेको उल्लेख गर्नुभयो । प्रमुख प्रजापतिले २०५९ सालदेखि २०७४ सालसम्म जनप्रतिनिधिविहीन हुंदा भक्तपुरको विकास करिब ३०/४० वर्ष पछाडि परेको बताउंदै २०७४ र २०७९ सालको स्थानीय तह निर्वाचनपछि भक्तपुरको विकासलाई व्यवस्थित र सन्तुलित ढंगले अगाडि बढाउने प्रयास भइरहेको बताउनुभयो । उहांले पञ्चायती व्यवस्थाकै समयमा पनि भक्तपुर नगर पञ्चायतले शिक्षा प्रचार, सरसफाइ अभियान सञ्चालन तथा आर्थिक गतिविधिलाई पारदर्शी बनाउँदै छुट्टै पहिचान कायम गरेको बताउंदै सय वर्षपछिको भक्तपुर पुस्तकलाई आधार मानी नगरपालिकाले विकासको गतिलाई निरन्तर अगाडि बढाइरहेको बताउनुभयो । प्रमुख प्रजापतिले सञ्चार माध्यममा भक्तपुर नपा र सञ्चार माध्यममा भक्तपुर नपा २ पुस्तकलाई भक्तपुर नगरपालिकाका लागि ऐनासरह भएको बताउंदै पत्रकार, लेखक र सम्पादकहरूले नगरपालिकाका कामको कसरी मूल्यांकन गरेका छन् भन्ने बुझ्न पुस्तकले सहयोग पुगेको उल्लेख गर्नुभयो । कार्यक्रममा भक्तपुर नगरपालिकाकी उपप्रमुख रजनी जोशीले सम्पूर्ण सञ्चारकर्मी तथा लेखकहरूप्रति भक्तपुर नगरपालिकाको तर्फबाट धन्यवाद ज्ञापन गर्नुभयो । उहांले भक्तपुर नगरपालिकाले अवलम्बन गर्दै आएका असल अभ्यासहरू देशभरकै लागि उदाहरणीय बनेको बताउनुभयो । भक्तपुरको हरेक गतिविधि र विकास निर्माणमा जनताको निरन्तर साथ र सहयोग रहेकै कारण नगरपालिकालाई काम गर्न सहज भएको उहांले बताउनुभयो । सोही क्रममा भक्तपुर मासिकका सम्पादक लक्ष्मणराज जोशीले पुस्तकको समीक्षा गर्दै भक्तपुर नगरपालिकाले शिक्षा, स्वास्थ्य, सम्पदा, खेलकुद, सहकारी आदि विषयमा थुप्रै पुस्तकहरु प्रकाशन गरिसकेको बताउनुभयो । पत्रकारहरूले विभिन्न विषयमा लेखेका सामग्री समेटिएका पुस्तक प्रकाशन हुनु महत्वपूर्ण कार्य भएको बताउंदै विगतमा राष्ट्रिय पत्रिकाहरूमा भक्तपुरका समाचार प्रायः प्रकाशित नहुने र प्रकाशित भए पनि तोडमोड गरेर छापिने गरेको उहांको भनाइ थियो । पत्रकार र पत्रकारिता सरकारको सेवक नभई जनताको आवाज भएको बताउंदै उहांले ख्वप विश्वविद्यालय स्थापनाका लागि पत्रकारहरूले सशक्त भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो । भक्तपुर नगरपालिकाका पूर्वप्रमुख प्रशासकीय अधिकृत राममणि भट्टराईले भक्तपुर नगरपालिकाको सबैभन्दा महत्वपूर्ण पक्ष सांस्कृतिक धरोहर नै भएको बताउनुभयो । उहांले भक्तपुरको सांस्कृतिक धरोहरसंगै शिक्षा र स्वास्थ्य क्षेत्र पनि थपिंदै गएको उल्लेख गर्दै आफूले भक्तपुर नगरपालिकामा कार्यरत रहंदा केही सम्झनलायक काम गरेको स्मरण गर्नुभयो । उहांले नगरपालिकाका कामलाई आयमूलक रूपमा पनि अगाडि बढाउनुपर्ने धारणा राख्नुभयो । सोही क्रममा नेपाल पत्रकार महासंघ भक्तपुरका अध्यक्ष सुन्दर शिल्पकारले सञ्चारकर्मीलाई सम्मान गरेकोमा भक्तपुर नगरपालिकालाई धन्यवाद दिंदै सञ्चार माध्यममा भक्तपुर पुस्तकले सञ्चारकर्मीहरूको कामको मूल्यांकन गरेको बताउनुभयो । भक्तपुर नगरपालिकाले गरेका कामको प्रचारप्रसारमा पत्रकारहरूले निस्वार्थ रूपमा काम गरेको बताउंदै पत्रकारहरूका लागि यो कार्यक्रम निकै विशेष रहेको बताउनुभयो । आगामी दिनमा भक्तपुर नगरपालिकासंग सहकार्य गरी अगाडि बढ्न पाउने विश्वास व्यक्त गर्दै उहांले भक्तपुरको रानीपोखरी पुनर्निर्माणमा सञ्चारकर्मीहरूको ठूलो भूमिका रहेको बताउनुभयो । कवि तथा शिक्षक हरिहर तिमिल्सिनाले भक्तपुर सबै पक्षमा सबल देखिएको बताउंदै भक्तपुर नगरपालिकाले आफैं फोहोरमैला व्यवस्थापन गर्ने काम पनि राम्रो भएको उल्लेख गर्नुभयो । सञ्चारकर्मीहरूको योगदानले भक्तपुरको नाम अझै चम्किने विश्वास उहांले कार्यक्रममा व्यक्त गर्नुभयो । पत्रकार रमेश गिरीले पुस्तकका बारेमा बोल्दै विगत २२ वर्षदेखि भक्तपुर नगरपालिका र यहांका विभिन्न गतिविधिसम्बन्धी समाचार लेख्दै आएको स्मरण गर्दै भक्तपुरका गतिविधिसंग सम्बन्धित समाचारका दस्ताबेजहरू खोजी गरी पुस्तक प्रकाशन गर्ने योजना रहेको जानकारी दिनुभयो । भक्तपुरको रानीपोखरी पुनर्निर्माणका क्रममा समाचार लेख्दाको अनुभव सुनाउंदै उहांले भक्तपुर नगरपालिकाले सञ्चारकर्मीलाई धेरै माया र सम्मान दिएको बताउनुभयो । नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष पुष्कर बुढाथोकीले पत्रकारिताको सिलसिलामा भक्तपुरसंग जोडिएपछि यहांका समाचार सम्प्रेषण गर्दाका अनुभव सुनाउंदै भक्तपुरका संस्थागत अभ्यासहरू नमुनायोग्य रहेको बताउनुभयो । उहांले सञ्चारमाध्यमबाट आउने रचनात्मक सुझावलाई पनि ग्रहण गर्दै नगरपालिका अगाडि बढ्नुपर्ने आवश्यकता औँल्याउनुभयो । स्वतन्त्र पत्रकार मकर श्रेष्ठले पत्रकारका लेखहरू संग्रह गरी पुस्तक प्रकाशन गर्नु सराहनीय कार्य भएको बताउंदै पत्रकारहरूले लेखेका समाचार र लेखकै आधारमा भक्तपुर नगरपालिकाको कामबाट अन्य स्थानीय तहले पनि सिकेको उल्लेख गर्नुभयो । नेपाल मजदुर किसान पार्टीको पहिचान र नगरको सरसफाइ, सम्पदा संरक्षण, विकास निर्माणबाट भक्तपुर चिनिने गरेको बताउंदै उहांले पुस्तक प्रकाशन पनि पत्रकारिताको महत्वपूर्ण पाटो भएको धारणा राख्नुभयो । उक्त पुस्तकलाई ऐतिहासिक दस्ताबेजको रूपमा लिन सकिने बताउंदै पुस्तक भक्तपुर नगरपालिका चिनाउने परिचय बनेको बताउनुभयो । स्वतन्त्र पत्रकार उपेन्द्र लामिछानेले भक्तपुरका हरेक गल्ली, चोक र आँगनले नगरलाई सुन्दर बनाएको बताउनुभयो । भक्तपुरले शिक्षा क्षेत्रमा गरेको काम तथा सम्पदा संरक्षण र संरचना निर्माणको काम उदाहरणीय रहेको बताउंदै नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेंको १०० वर्षपछिको भक्तपुर पुस्तक नै भक्तपुरको विकासका लागि मार्गदर्शन बनेको उहांको भनाइ थियो । नागरिक दैनिकका पत्रकार कृष्ण किसीले पुस्तकको समीक्षा गर्दै देशका ७५३ वटा स्थानीय तहमध्ये भक्तपुर नगरपालिका कामका हिसाबले अग्रस्थानमा रहेको उल्लेख गर्दै पुस्तक प्रकाशनको कार्यलाई अझ व्यापक बनाउंदै लैजानुपर्ने धारणा राख्नुभयो । नयां पत्रिका राष्ट्रिय दैनिककी पत्रकार शान्ति तामाङले भक्तपुर नगरपालिकाको कामकारबाहीले आफूलाई भक्तपुरका विषयमा लेख्न प्रेरित गरेको बताउंदै भक्तपुरको मौलिकता अन्य ठाउंमा नपाइने उल्लेख गर्नुभयो । उहांले पुस्तकलाई नगरपालिकाको कामकारबाहीबारे जानकारी दिने अमूल्य दस्ताबेजको रूपमा लिन सकिने बताउंदै घोषणापत्रअनुसार काम भएको छ वा छैन भन्ने बुझ्न पनि पुस्तकले सहज बनाएको बताउनुभयो। उक्त कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बसन्त भट्टराईले भक्तपुर नगरपालिकाले गरेका काम जनतासमक्ष पु¥याउने महत्वपूर्ण भूमिका पत्रकारहरूले निर्वाह गरेको बताउनुभयो । कार्यक्रममा भनपा वडा नं. ९ का वडाध्यक्ष रविन्द्र ज्याख्वले पनि बोल्नुभएको थियो । --- # व्यक्तिहरुका सीप र क्षमतालाई जनहितमा उपयोग गर्नुपर्ने – का.रोहित Source: https://newskunda.com/archives/5067 Category: FEATURED NEWS, अर्थ, कला तथा साहित्य, धर्म/संस्कृति, राजनीति, समाचार, समाज Last updated: 2026-10-24 भक्तपुर, ७ कात्तिक : भक्तपुरमा शुक्रबारदेखि सुरु भएको ४६ औँ नेपालभाषा साहित्य तःमुंज्या तथा सांस्कृतिक ब्वज्या शनिबार सम्पन्न भएको छ । ‘जनता म्वाःसा भाषा म्वाई’ अर्थात् ‘जनता बाँचे भाषा बाँच्छ’ भन्ने मूल नाराका साथ भक्तपुर नगरपालिका–७, गोमारीस्थित यातामा आयोजित दुईदिने साहित्य सम्मेलनमा नेपालभाषा, साहित्य, कला, संस्कृति र समसामयिक सामाजिक तथा राजनीतिक विषयमा छलफल गरिएको थियो । समापन समारोहमा प्रमुख अतिथिका रुपमा नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले राजनीतिकर्मी अनुसन्धानकर्ता पनि हुनुपर्ने बताउनुभयो । राजनीतिमा सक्रिय हुने व्यक्तिले समाजका समस्या बुझ्न, वास्तविकता पहिचान गर्न र त्यसको समाधान खोज्न आफैँले अध्ययन तथा अनुसन्धान गर्नुपर्ने भनाई उहाँले राख्नुभयो । उहाँंले राजनीतिक क्षेत्रमा सफल हुन अरूको अनुभवबाट सिक्नुका साथै आफ्नै प्रयास र मेहनतबाट ज्ञान हासिल गर्नुपर्ने सन्देश दिनुभयो । राजनीतिक गतिविधिमा लाग्ने व्यक्तिले आफ्नै अनुभव र अनुसन्धानबाट सिक्नुपर्ने उहाँंको भनाई छ । उहाले राजनीति गर्दा अरूको भनाइमा मात्रै भर नपरी आफैँले दुःख गरेर, अध्ययन गरेर र व्यवहारमा अनुभव हासिल गरेर अघि बढ्नुपर्नेमा जोड दिनुभयो । पार्टीको सदस्य हुँदैमा मात्र राजनीतिक क्षमता पुष्टि नहुने उल्लेख गर्दै उहाले व्यक्तिको योग्यता, ज्ञान, अनुभव र काम गर्ने क्षमतालाई हेर्नुपर्ने धारणा राख्नुभयो । बिजुक्छेका भनाईमा राजनीतिक कार्यकर्ताको मूल्याङ्कन पार्टीको सदस्यताका आधारमा मात्र नभई उसको अध्ययन, अनुभव, अनुसन्धान र व्यवहारमा देखिने कार्यक्षमताका आधारमा हुनुपर्ने विषयलाई जोड दिएको छ । उहाँले हरेक व्यक्तिको आ अफ्नो व्यक्तित्व अनुसार सीप र क्षमता हुने र त्यस्ता सीपहरुलाई जनपक्षमा उपयोग गर्न संधैं प्रयत्नरन रहनु पर्ने विचार व्यक्त गर्नुहुँदै भारतीय साहित्यकार प्रेम चन्द, चिनियाँ साहित्यकार लुशुन कुनै राजनैतिक दल आबद्ध व्यक्तिहरु थिएनन् तर संधैं देश र जनताको पक्षमा साहित्य रचना गरे भन्नुभयो । नेपाल मजदुर किसान पार्टीका केन्द्रीय अध्यक्ष नारायणमान विजुक्छें (रोहित) ले साहित्य नपढ्ने र नबुझ्ने मान्छे पशु सरह हुन्छ भन्ने गरेको छ भन्नुहुँदै विश्वका विभिन्न देशका जनताहरुको जीवन पद्दति बुझ्न, कला,संस्कृति बुझन्, त्यहाँको भूगोल र वातावरणबारे स्पष्ट हुन विदेशी साहित्य पढ्नु पर्छ भन्नुभयो । उहाँले अर्काको भरमा बाँच्न हुन्न आफैले सिकेर योग्य बन्नु पर्छ । नेपालभाषा, नेपाली भाषा, अंग्रजीभाषा जुनसुकै भाषा बोलेपनि शुद्ध बोल्न जान्नुपर्छ । भाषाको शिष्टता उपयोग गर्न सक्नुमा मानिसको सम्भयता झल्कने भएकोले भाषा र साहित्यको निरन्तर अध्ययन हुनुपर्छ भन्नुभयो । त्यस्तो भएन भने भविष्यमा शक्ति राष्ट्रहरुबाट कुनै किसिमले हमला गरेको खण्डमा देश नै गुम्न पुग्नेछ भन्नुभयो । त्यसैले हरेक युवा विद्यार्थीहरु कुनै न कुनै खेलकूदमा संलग्न भइ आफ्नो स्वास्थ्यलाई दुरुस्त बनाइराख्नु पर्छ भन्नुभयो । विद्यालयतहदेखिको शिक्षा विद्यार्थीहरुलाई प्राविधिक शिक्षामा अब्बल बनाउनुपर्छ भन्नु भयो । वैदेशिक रोजगारमा देशका युवाहरु जाने क्रम बढेको सन्दर्भमा का. रोहितले विदेशीहरुलाई फाइदा नहुनगरीकहिले पनि नेपालीलाई काम दिन्दैन यसले देशको अर्थतन्त्र र नेपाली समाजको यावत सामाजिक जीवनमा अत्यन्त नकारात्मक असर पारिरहेको सन्दर्भ प्रस्तुत् गर्नुभइ अहिलेको सरकारले पनि यसमा बढावा हुने काम र व्यबहार भइरहेकोबाट यो पनि विदेश दलाल सरकार नै सावित हुँदैछ भन्नुहुँदै उहाँले नेपालको अहिलेको सरकार अमेरिका र इजरायलको दलाल सरकार हो । भौतिक वस्तु विदेशमा विक्रि गर्नु र मानव संसाधन विदेशमा पठाउनु अत्यन्त फरक विषय वस्तु हुन् मानिसलाई वस्तुको रुपमा हेर्नु गलत छ भन्नुभयो । देशमा आमाबुबा अन्त्यन्त गम्भिर विरामी हुँदा र मृत्यु हुँदा समेत छोराछोरी स्वदेश फर्कन नसक्नु गम्भीर विषय हो भन्नुहुँदै आज अभिभावकहरुले आफ्ना छोराछोरीलाई अमेरिकालाई सपनाको देशको रुपमा ऋण काँढेर पठाइरहेको छ जुन अत्यन्त भ्रमपूर्ण कुरा हो भन्नुहुँदै प्रतिक्रियावादी दलहरु ने.कां. एमाले जस्ता दलहरुले अमेरिका लगायत पूँजीवादी देशहरुलाई सपनाको देश भनी भ्रम छर्ने काम गरेको दोष लगाउनुभयो । उहाँले अगाडि भन्नुभयो ७० वर्षपूरा भएका जेष्ठ नागरिकहरु पनि आफूले सकेको काम गरेर शरीरलाई ताजा र स्फूर्ति बनाइ रहनु पर्छ भन्नुभयो । देशमा दशकौं राज गर्ने दलहरुले मित्रदेशहरुले उपहार स्वरुप बनाइदिएका चीनी कारखाना, रबर उद्योग, चुरोट उद्योग, कागज उद्योग जस्ता उद्योगहरु कौडीको मोलमा विक्री गरे, मित्रदेशहरुले नेपाली जनता सुखको लागि सहुलियतमा प्रदान गरेका चिजहरु भारतमा बेच्ने दलाली गर्ने जस्ता काम गरेकै कारण अहिलेको स्थिति पैदा भएको बताउनु भयो । उहाँले अन्तमा राजनीति भनेको देश र जनताको हितमा काम गर्नु र जनहितका लागि छलफल गर्नु, नेतृत्व गर्नु हो भन्नुहुँदै जनताका नेता कार्यकर्ताहरुले जनतालाई वास्तविक सहकारीहरु र ठग सहकारी चिन्न सक्न बनाउन नसक्दा सहकारी ठगहरुले जनताको बचत ठगी गरेर भागेको हो भन्नुभयो र समाजमा राम्रा र नराम्रा दुबै खाले मानिसहरु हुने र त्यस्तो मानिसहरुको पहिचान गरी अमेरिका जस्तो पिछलग्गु बन्ने मानिसहरु र दलहरुदेखि जनतालाई सचेत पार्नु पनि जनताका कार्यकर्ताहरुको दायित्व हो भन्नुभयो । त्यस्तै गरी नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सचिव प्रेम सुवालले हालै भएको एउटा सर्वेक्षणमा ७० प्रतिशत सहभागीहरुले देश गतल बाटोतिर गइरहेको छ भनेका छन् । देशघाटी कार्यहरु विगत ३५ वर्षदेखि निरन्तर भइरहेकोमा अहिले पनि कुनै पनि किसिमले नरोको कुरा बताउनु भयो । उहाँले देशघाती कार्यहरु हुँदा भक्तपुरदेखि काठमाडौंसम्म पैदल ¥याली गरी विरोध गरेको विषय चर्चा गर्नुहुँदै भक्तपुरलाई ज्ञानविज्ञानको केन्द्र बनाउने उद्देश्यले २०५४ सालमा एक घर एक स्नातक बनाउने घोषणा भएको थियो तर अहिले भक्तपुरमा एक घर एक स्नात्तकोतर नै भइसकेकोमा खुशी व्यक्तगर्नुभयो । नेमकिपा देश र जनताको पक्षमा राजनीति गर्न कहिले पनि पछि नपरेको चर्चा गर्नुहुँदै श्री सुवालले २०५९ सालमा प्रतिगमन विरोधी आन्दोल गर्दै दोस्रो जनआन्दोलनमा सहभागी भएको र २०६३ देखि २०७२ सम्म जनपक्षीय संविधान लेखाउन हरतरह प्रयास गरेको र संविधानमा ७०/८० वटा बुँदाहरुमा संशोधन गर्नुपर्ने हाम्रो संशोधन प्रस्तावलाई शासक दलहरुले बेवास्ता गरेकै कारण आजको परिणाम आएको हो भन्नुभयो । नेमकिपाले भारतीय एकाधिकार पूँजीको निरन्तर विरोध गर्नेक्रममा संसदमा ल्याइएको लगानीबोर्ड विधेयकको तीब्र विरोध गरेको बताउनुभयो । कुनै पनि दृष्टिकोणले देशहित विपरित रहेको एमसीसीको नेमकिपाले सुरुदेखि विरोध गरेको र त्यही एमसीसीका समर्थक र देशको प्रधानमन्त्री पद लिनकै लागि देशलाई भारती प्रान्त बनाउन र दक्षिण एशियामा मोदी डक्ट्रिन लागू गर्नुपर्ने विचार राख्ने वर्तमान अर्थमन्त्री हुन् भन्नुभयो । शासन सत्तामा निरन्तर सहभागी हुँदै आएकाहरु ३५ वर्षसम्म शासन गरे पनि देशको सेना, प्रहरी, गुप्तचरविभागलाई आफ्नो मातहतमा राख्न नसकेकोकुरा प्रमाणित भइसकेको छ भन्नुभयो । सम्मेलनको दोस्रो दिन शनिबार किसान अगुवा मोहनबहादुर कुस्मा, लालाखिं गुरु मोतीबहादुर खायमली, समाजसेवी कृष्णदेवी वांङायो र सामाजिक अगुवा टेकबहादुर पलिखेललाई नगद सहित दोसल्ला ओढाइ सम्मान गरिएको थियो । प्रमुख अतिथि नेमकिपाका केन्द्रीय अध्यक्ष नारायणमान विजुक्छें (रोहित) ले साहित्य तर्फ कथा र कवितामा उत्कृष्ट हासिल गर्ने साहित्यकारहरुलाई पुरस्कार वितरण गर्नुभयो । निर्णायक मण्डलको निर्णय अनुसार कविता तर्फ शकुन्तला महर्जन, हरिसुन्दर पोतामहाँ, शिल्भिया प्रजापति, ओमकृष्ण श्रेष्ठ क्रमशः प्रथम, द्वितीय, तृतीय र चौथो भएको हो भने कथा विधातर्फ कमलकेशरी थुयाजू, सूर्यनारायण फाँजू, श्रीया पहिजू र एलके सुन्दर क्रमशः प्रथम, द्वितीय, तृतीय र चौथो स्थान हासिल गरेको घोषणा गरियो । यसअघि पहिलो दिन आज तःमुंज्याको मुखपत्रको रुपमा प्रकाशित तःमुंज्या ख्वपौंको विमोचन प्रमुख अतिथि नारायणमान विजुक्छेंले गर्नुभएको थियो भने हरिबहादुर श्रेष्ठद्वारा लिखित ‘नयाँ पुस्ता’ पुस्तक वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीले गर्नुभएको थियो भने से सोही तःमुंज्या दबुलीमा युवा कवि दामोदर सुवाल, २०८२ सालके मदन पुरस्कार प्राप्त ‘नेवार समुदायका परम्परागत मुकुन्डोनाच’ पुस्तकका लेखिका विणा जोशी र वरिष्ठ नर्श दयालक्ष्मी जोशी (बैद्य) विभिन्न व्यक्तिहरुलाई सम्मान पनि गरिएको थियो । पहिलो दिनको सभापति इभा कंशाकार रहेका थिए । दोश्रो दिनको कार्यक्रममा इतिहास एवं संस्कृतिविद् प्राडा पुरुषोत्तमलोचन श्रेष्ठ, पत्रकार लक्ष्मणराज जोशी, लगायतले मन्तव्य व्यक्त गर्नुभयो । वक्ताहरूले भाषा, साहित्य, संस्कृति, सामाजिक अवस्था तथा समसामयिक विषयमा आ–आफ्ना धारणा राखेका थिए । कार्यक्रममा नेपालभाषा साहित्य तःमुंज्या मु गुथिका सचिव नरेश खत्रीले शुभकामना मन्तव्य राख्नुभएको थियो । आयोजक समितिका उपाध्यक्ष कृष्णगोविन्द खाइजूले स्वागत गरेको कार्यक्रमको सभापतित्व ‘न्हुजः वापौ’का सम्पादक महन्त महर्जनले गर्नुभएको थियो । आयोजक समितिका कोषाध्यक्ष कृष्णगोविन्द लाखाले सम्मेलनको आय–व्यय प्रस्तुत गर्नुभएको थियो भने आयोजक समितिका सचिव पुरुषोत्तम ग्वाछाले धन्यवाद ज्ञापन गर्नुभएको थियो । दुई दिनसम्म सञ्चालन भएको सम्मेलनमा नेपालभाषाका कविता, कथा, निबन्धलगायत साहित्यिक रचना वाचन गरिएका थिए । नयाँ पुस्ताका सर्जकले प्रतियोगितात्मक रूपमा आफ्ना सिर्जना प्रस्तुत गरेका थिए भने वरिष्ठ साहित्यकार तथा आमन्त्रित सर्जकहरूले पनि रचना वाचन गरेका थिए । साहित्यिक कार्यक्रमसँगै गीत, संगीत, प्रतियोगितात्मक नाटक, ख्याल, नृत्य, गीतिनाटक तथा अन्य सांस्कृतिक प्रस्तुतिहरू प्रदर्शन गरिएका थिए । साहित्यिक र सांस्कृतिक गतिविधिमार्फत समसामयिक राजनीतिक तथा सामाजिक विषय र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय घटनाक्रमलाई अभिव्यक्त गरिएको थियो । चार दशकभन्दा लामो इतिहास बोकेको तःमुंज्याले नयाँ पुस्तालाई नेपालभाषामा लेख्न, साहित्य सिर्जना गर्न र सार्वजनिक रूपमा आफ्नो प्रतिभा प्रस्तुत गर्न प्रोत्साहित गर्दै आएको आयोजक समितिले जनाएको छ । भाषा र संस्कृतिको संरक्षणसँगै साहित्यिक गतिविधिमार्फत सामाजिक चेतना अभिवृद्धि गर्नु सम्मेलनको उद्देश्य रहेको आयोजकको भनाइ छ । ४६ औँ नेपालभाषा साहित्य तःमुंज्या तथा सांस्कृतिक ब्वज्याका अध्यक्ष उकेश कवांले सम्मेलनमा साहित्यकार, कलाकार, संस्कृतिकर्मी, युवा, शिक्षक, विद्यार्थी तथा भाषा–संस्कृतिप्रेमीको सहभागिता रहेको जानकारी दिनुभयो । नेपाल संवत् ११४६ को अवसरमा आयोजित सम्मेलनको उदघाटन शुक्रबार सांस्कृतिक गुरु एवं ज्येष्ठ नागरिक मोतीबहादुर खायमलीले गरेका थिए । नेपाल संवत् ११०० अर्थात् विसं २०३७ देखि निरन्तर आयोजना हुँदै आएको तःमुंज्याले नेपालभाषा, साहित्य, कला, संस्कृति तथा सम्पदाको संरक्षण र संवद्र्धनमा योगदान पु¥याउँदै आएको आयोजकले जनाएको छ । सम्मेलनको पहिलो दिन पनि नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छें रोहित, भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापति, नेमकिपा केन्द्रीय सदस्य नन्दबहादुर शाही, वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारी, जलस्रोतविद् रतन भण्डारी, डा. धनरत्न शाक्य, डा. सरोज धिताल, डा. तारालाल श्रेष्ठ तथा साहित्यकार हरिहर तिमल्सिना, अभय श्रेष्ठ र कृष्णकुमार वैद्यलगायत विभिन्न क्षेत्रका विज्ञ तथा साहित्यकारहरूले मन्तव्य राख्नुभएको थियो । । --- # व्यवसायीले भोग्दै आएका समस्या समाधान गर्दै निजी क्षेत्रलाई लगानीमैत्री वातावरण निर्माण गर्न प्रदेश सरकार प्रतिबद्ध छ : मुख्यमन्त्री किरण थापा मगर Source: https://newskunda.com/archives/5455 Category: FEATURED NEWS, अर्थ, राजनीति, समाचार, समाज Last updated: 2026-11-02 हेटौँडा, १६ कात्तिक । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले उद्योगी व्यवसायीले भोग्दै आएका समस्या समाधान गर्दै निजी क्षेत्रलाई लगानीमैत्री वातावरण निर्माण गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ । नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेशले आज हेटौँडामा मुख्यमन्त्री तथा मन्त्रीहरूको सम्मानमा आयोजना गरेकाे बधाई तथा छलफल कार्यक्रममा सम्बोधन गर्दै उहाँले उद्योगी व्यवसायीलाई सहजीकरण गर्दै सरकार र निजी क्षेत्रबीच सहकार्य बढाउन प्रदेश सरकार लागिरहेको बताउनुभयो । “बागमती प्रदेश सबैभन्दा बढी उद्योग र उद्योगी व्यवसायी भएको प्रदेश हो । तपाईंहरूले विभिन्न उद्योग तथा कलकारखाना स्थापना गर्नुभएको छ । तपाईंहरूका समस्याहरू मैले बुझेको छु,” मुख्यमन्त्री थापा मगरले भन्नुभयो । उहाँले उद्योगी व्यवसायीले बैंकको उच्च ब्याजदर, दक्ष कामदारको अभाव, मजदुर हडताल तथा उद्योग सञ्चालन भइरहेका बेला स्थानीयस्तरबाट हुने अवरोधलगायतका समस्या भोग्नुपरेको उल्लेख गर्नुभयो । “कहिले बैंकको ब्याज एकदम माथि १४–१५ प्रतिशत पुग्ने, कहिले दक्ष कामदार नपाउने, कहिले कारखानामा मजदुरहरूले हडताल गर्ने, राम्रोसँग उद्योग चलिरहेको बेला स्थानीयको अवरोध हुनेजस्ता समस्याहरू छन्,” उहाँले भन्नुभयो । यस्ता चुनौतीका बाबजुद पनि स्वदेशमै लगानी गरेर नेपालीलाई रोजगारी दिने काममा उद्योगी व्यवसायी लागिरहेको भन्दै उहाँले निजी क्षेत्रको योगदानको प्रशंसा गर्नुभयो । “तपाईंहरूले आफूले लगानी गरेर स्वदेशमै केही गरौँ, नेपालीहरूलाई रोजगारी दिऊँ भनेर काम गरिरहनुभएको छ । नेपालीलाई स्वरोजगार बनाउन र रोजगारी दिन तपाईंहरूको महत्वपूर्ण भूमिका छ,” मुख्यमन्त्रीले भन्नुभयो । उद्योग तथा कलकारखानाबाट प्राप्त हुने कर नै सरकार सञ्चालनको महत्वपूर्ण आधार भएको उल्लेख गर्दै उहाँले भन्नुभयो, “उद्योग कारखाना चलाएर तपाईंहरूले तिर्नुभएको करबाट आज सरकार सञ्चालन भइरहेको छ । चाहे संघीय सरकार भनौँ, स्थानीय सरकार वा प्रदेश सरकार ।” सरकारले करको दायरा बढाउँदा उद्योग व्यवसाय सञ्चालनमा समस्या पर्न सक्ने विषयप्रति आफूहरू सचेत रहेको उहाँको भनाइ थियो । प्रदेश सरकार करको दर बढाउनुभन्दा करको दायरा विस्तार गर्न केन्द्रित रहेको उहाँले स्पष्ट पार्नुभयो । “प्रदेश सरकार करको दर बढाउनभन्दा पनि त्यसको दायरा बढाउन केन्द्रित भएर लागेको छ । व्यवसायीलाई कसरी सहजीकरण गर्ने, व्यवसायीसँग कसरी हातेमालो गरेर अगाडि बढ्ने भनेर प्रदेश सरकार लागिरहेको छ,” उहाँले बताउनुभयो । सडक पूर्वाधारको समस्याले विदेशी पर्यटकको आगमनसमेत घटेको उल्लेख गर्दै मुख्यमन्त्रीले बाढीका कारण अवरुद्ध सडक सञ्चालन गर्न प्रदेश सरकारले वैकल्पिक मार्गको व्यवस्था गरेको जानकारी दिनुभयो । “बाढीका कारण बन्द भएका सडक खुलाउन प्रदेश सरकारले वैकल्पिक बाटाहरू चलायो । जसले गर्दा काठमाडौंमा उपभोग्य सामानको अभाव हुन पाएन,” उहाँले भन्नुभयो । संकटको समयमा बजारमा कृत्रिम अभाव हुन नदिन नेपाल उद्योग वाणिज्य महासंघले खेलेको भूमिकाको प्रशंसा गर्दै उहाँले महासंघको अनुगमनले काठमाडौं उपत्यकामा कालोबजारी नियन्त्रण गर्न सहयोग पुगेको बताउनुभयो । “यसपालि उद्योग वाणिज्य महासंघले गरेको अनुगमनले काठमाडौं उपत्यकाभित्र कालोबजारी हुन पाएन,” उहाँले भन्नुभयो । त्यस्तै, भीमफेदी हुँदै सिस्नेरी जाने वैकल्पिक सडक सञ्चालन गरिएका कारण ग्यासको अभावसमेत न्यूनीकरण भएको उहाँले बताउनुभयो । “प्रदेश सरकारले भीमफेदी हुँदै सिस्नेरी जाने वैकल्पिक बाटो खोलेर पनि जति मात्रामा ग्यासको अभाव हुन सक्थ्यो, त्यो हुन पाएन । त्यसमा उद्योगी व्यवसायीले गर्नुभएको सहयोगप्रति बागमती प्रदेश सरकार धन्यवाद दिन चाहन्छ,” मुख्यमन्त्री थापा मगरले भन्नुभयो । उहाँले संकटको समयमा आपूर्ति व्यवस्था सहज बनाउन उद्योगी व्यवसायीले खेलेको भूमिकाको प्रशंसा गर्दै सरकार र निजी क्षेत्रबीचको सहकार्यलाई थप प्रभावकारी बनाउनुपर्नेमा जोड दिनुभयो । --- # शको शव बनाएर पशुपति आर्यघाटमा बेपत्ता पत्रकार टेकराज थामीको अन्त्येष्टि Source: https://newskunda.com/archives/4349 Category: FEATURED NEWS, राजनीति, समाचार, समाज Last updated: 2026-09-19 काठमाडौँ, ३ असोजः भोटेकोशी बाढीपछि बेपत्ता पत्रकार टेकराज थामीको कुशको शव बनाएर आज पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । नयाँ पत्रिका दैनिकका पत्रकार थामी गत भदौ १० गतेदेखि सम्पर्कविहीन हुनुभएको थियो । दोलखाको कालीञ्चोक गाउँपालिका–२, बाबरेमा २०४२ साल जेठ १४ गते जन्मनुभएका थामीको प्रतीकात्मक शवमा उहाँका पिता डीलबहादुर थामीले दागबत्ती दिनुभयो । दुई दशकभन्दा लामो समयदेखि पत्रकारितामा सक्रिय थामीले कलमका माध्यमबाट गर्नुभएको योगदानको स्मरण गरिएको छ । पत्रकारितामा स्नातकोत्तर ४१ वर्षीय थामीले एचबिसी एफएम, सगरमाथा टेलिभिजन, एबिसी टेलिभिजन हुँदै नयाँ पत्रिकामा लामो समय काम गर्नुभएको थियो । उहाँले बागीश्वरी क्याम्पस र समृद्धि क्याम्पसमा पत्रकारिताको अध्यापन गर्नुका साथै पत्रकारिता प्रशिक्षण तथा लेखनमा समेत आफूलाई सक्रिय राख्नुभएको थियो । गोरखापत्र दैनिकको थामी भाषा पृष्ठका संयोजकसमेत रहेका टेकराज नेपाल पत्रकार महासङ्घ र प्रेस चौतारी नेपालका पूर्वकेन्द्रीय समस्यका साथै नेपाल थामी समाजका पूर्वउपाध्यक्ष र नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ ९फोनिज० का पूर्वकोषाध्यक्ष हुनुहुन्थ्यो । चीनको स्वशासित क्षेत्र सिचाङको केरूङमा भदौ १० गतेका निम्ति निर्धारित ‘साउथ एसिया रिसर्च सेन्टर इन सायथवेष्ट चाइना’ कार्यक्रममा सहभागी हुन पत्रकार थामी भदौ ९ गते साँझ आफ्नै मोटरसाइकलबाट रसुवाको धुन्चे हुँदै रसुवागढी पुग्नुभएको थियो । पत्रकार थामीको कुशको शवमा नेपाल पत्रकार महासङ्घका अध्यक्ष निर्मला शर्माले महासङ्घको झण्डा ओढाउनुभएको थियो भने नेपाल थामी समाजका अध्यक्ष रणबहादुर थामीलगायतले श्रद्धाञ्जली व्यक्त गर्नुएको थियो । अन्त्येष्टिमा पूर्वमन्त्रीहरु पार्वत गुरूङ, आनन्द पोखरेल, रासस र नयाँ पत्रिकाका सम्पादकीय नेतृत्व, प्रेस चौतारी नेपालका अध्यक्ष गणेश पाण्डे, फोनिजका अध्यक्ष लक्की चौधरीसहित पत्रकारिता, सामाजिक, राजनीतिक, कानुन क्षेत्रका अगुवा र सहकर्मीहरुको उपस्थिति थियो । --- # शनिवार बिहानै ३०० यात्री साइकलमा सररर............... Source: https://newskunda.com/archives/1413 Category: FEATURED NEWS, समाचार, समाज Last updated: 2022-07-15 भक्तपुर, ३१ असार । भक्तपुरको पर्यटकीय क्षेत्रलाई विश्वमाझ चिनाएर स्वदेशी तथा विदेशी पर्यटकलाई आकर्षित गर्ने मुख्य उदेश्य लिएर भक्तपुरमा ३०० जना भन्दा बढीले एकै साथ साइकल यात्रा अर्थात साइकलिङ च्यालेन्ज गर्ने भएका छन् । पैदल र पेडल मैत्री सहर भन्ने मुख्य नाराका साथ कोरा भक्तपुर अभियान चलाएका साइकल कनेक्ट भक्तपुरले आज रफत सञ्चार क्लब सूर्यविनायकमा आयोजना गरेको पत्रकार सम्मेलनमा भोली शनिवार बिहान ६ बजेबाट साइकलिङ च्यालेन्ज कार्यक्रम अन्तर्गत ‘भक्तपुर कोरा २०२२’ सुरु गर्ने जानकारी दिएको हो । पत्रकार सम्मेलनमा प्रेस विज्ञप्ती वाचन गर्दै आयोजक साइकल कनेक्ट भक्तपुरका अध्यक्ष सुनिल बालाले भोली शनिवार बिहान पर्यटकीय एवं सम्पदा स्थल भक्तपुर दरबास्क्वायरबाट एकै साथ ५०, ७५ र १०० किलोमिटरको तीन वटा रुटमा साइकलिङ च्यालेन्ज यात्रा सञ्चालन गरिने जानकारी दिनु भयो । साइकलिङ च्यालेन्जमा ५० किलोमिटरका लागि ८ महिलासहित १३८ जना, ७५ किलोमिटरका लागि २ महिलासहित ४७ जना र १०० किलोमिटरका लागि ३ महिलासहित १०७ जना गरि कूल २९२ जनाले नाम दर्ता गराएको र भोली बिहानसम्म ३०० भन्दा बढीको सहभागिता रहने उहाँले बताउनु भयो । अध्यक्ष बालाले भन्नुभयो, “साँस्कृतिक र प्राकृतिक सौन्दर्यको अवलोकन गर्दै विश्वमाझ नेपाललाई चिनाउदै पर्यटकको आगमन बढाउने मुख्य उदेश्यले यो कार्यक्रम आयोजना गरेका हौ, त्यसको साथै कोरोनाबाट मृत्यु भएका पाराएथलिट तथा साइकलिष्ट यमलाल रसाईको परिवारलाई आर्थिक सहयोग गर्न रु. ६ लाखको कोष स्थापना गर्ने लक्ष्यले यो कार्यक्रम आयोजना गरेका हौँ ।” यस कार्यक्रममा खाजाका लागि रु. ५०० बाहेक निःशुल्क सहभागिता जनाउन सकिने आयोजकले बताएको छ । सांस्कृतिक र प्राकृतिक छटाहरुको कनेन्ट साइकलबाट गराउने, वातावरण संरक्षणका लागि साइकलिङका प्रवद्र्धन गर्ने, नेपालमा स्वदेशी तथा विदेशी पर्यटकलाई आकर्षित गर्ने लक्ष्य रहेको छ । पत्रकार सम्मेलनमा साइकलिङ च्यालेन्ज कार्यक्रमका संयोजक सुनिल ख्याजूले कोरा भक्तपुर साइकलिङ च्यालेन्जका लागि तीन वटा रुट बनाएर भक्तपुरका चार वटै नगरपालिकाका सहरदेखि ग्रामिण क्षेत्रसम्मका आकर्षक पर्यटकीय क्षेत्रहरुको अवलोकन गर्ने बताउनु भयो । उहाँले भन्नुभयो “निर्धारण गरिएका तीन वटा रुटमा ३०० जनाले २५ हजार किलोमिटरको यात्रा तय गर्ने भएको छ । यो यात्राका लागि कम्तीमा १३ घण्टा लाग्ने अनुमान हामीले गरेका छाँै, यो यात्रा साईकलप्रेमीहरुका लागि मात्रै नभई पर्यटनप्रेमी र अरुका लागि पनि हो ।” बिहान ६ बजे भक्तपुर दरबार क्षेत्रबाट सुरु हुने यात्रा सिद्धपोखरी, मध्यपुरथिमिको निकोसेरा, बहाखा बजार, बोडे, निलबाराही, चाँगुनारायण नगरपालिकाको वेशीगाउँ, दुवाकोट, चाँगुनारायण, त्रिशूल डाँडा, तेलकोट, नगरकोट, थाकलमाठ, खावा, नाला गुम्बा, सूर्यविनायक नगरको भंगाल, लटरम्बेश्वर महादेव, साँगा, खाल्चोक, आशापुरी, रानीकोट, गुण्डुप, गाम्चा, सिरुटार, बालकोट, लोकन्थली, कौशलटार, सानोथिमि हुँदै पुनः भक्तपुर दरबार क्षेत्रमा आएर समापन हुने छ । च्यालेन्जमा भक्तपुर, काठमाडौं, ललितपुर, बनेपा, पनौति, पोखरा, तनहुँ, धरानलगायतका शहरहरूबाट साइकलयात्री सहभागी रहने संयोजक ख्याजुले बताउनु भयो । कार्यक्रममा पर्यटन व्यवसायी एवं होटल हाइल्याण्ड रिसोर्ट रानीकोटका सञ्चालक रामसुन्दर बकेँले साईकलबाट पनि आन्तरिक तथा बाह्य पर्यटनको बिकास गर्न सकिन्छ भनेर युवाहरुले सुरु गरेको अभियान निकै सकारात्मक भएको बताउनु भयो । उहाँले नेपालको साँस्कृतिक सम्पदा एवं प्राकृतिक सोन्दर्यतालाई विश्वमा चिनाउन सफल हुने यस्ता कार्यक्रमले ग्रामिण क्षेत्रको पर्यटनको विकासमा समेत टेवा पुर्याउने बताउनु भयो । त्यसअवसरमा नेपाल इको प्यानलका सञ्चालक कृष्ण भक्त दुवाल, रफत सञ्चार क्लबका अध्यक्ष शुसिलबन्धु थापालगायतले सरकारले अब बन्ने सडकमा अनिवार्य साइकल लेनको व्यबस्था गर्न र साईकल यात्रालाई प्रोत्साहन गर्ने कार्यक्रम ल्याउन आग्रह गर्नु भयो । --- # शनिवार सरकारी गाडी लिएर सडकमा निस्कनेलाई युवा संघले नियन्त्रण गर्ने Source: https://newskunda.com/archives/2948 Category: FEATURED NEWS, राजनीति, समाचार, समाज Last updated: 2023-09-08 भक्तपुर, २२ भदौ । राष्ट्रिय यवा संघ नेपाल, भक्तपुर शाखाले सार्वजनिक बिदा शनिवारको दिन बिना पास सरकारी सवारी साधन लिएर सडकमा आउनेलाई कारबाही गर्ने भएको छ । शनिबार सार्बजनिक बिदाको दिन बिना पास सरकारी गाडी अर्थात सवारी साधन चलाउन रोक लगाउदै सुशासन कायम गर्न राष्ट्रिय यवा संघ नेपालका युवाहरुले भक्तपुरमा चारवटै नगरपालिकामा परिचालित भई अनुगमन एवं सवारी चेक गर्ने र त्यस्ता सवारी साधन भेटिएर त्यसको साँचो जफत गरि प्रहरीलाई बुझाएर कारबाहीका लागि आग्रह गरिने भएको छ । नेपाल प्रहरीसमेतको सहयोगमा युवा संघले भक्तपुरका चोक चोकमा युवाहरु परिचालित गरि बिहान चारवटै नगरपालिकाको चोक चोकमा बसेर सवारी चेक गर्ने युवा संघ भक्तपुर जिल्ला अध्यक्ष रबिन थापाले जानकारी दिनुभयो । संघले मध्यपुरथिमिमा जेनस रञ्जितको नेतृत्व, सूर्यविनायकमा शैलेस बुढाथोकीको नेतृत्व, चाँगुनारायण नगपालिकामा सबिन तिमिल्सिनाको नेतृत्वमा र भक्तपुर नगरपालिकामा अनिल लवाङ्गका नेतृत्वमा युवाहरुको टोली परिचालित हुने उहाँले जानकारी दिनभयो । युवासंघले गत साता पनि बिना पास नलिई सञ्चालनमा रहेका सरकारी सवारी साधनको साँचो लिएर प्रहरीलाई बुझाई कारबाहीको लागि आग्रह गरेको थियो । गतसाता भक्तपुरको सूर्यविनायक चोक र गठ्ठाघरमा बिना पास चलेका १५ वटा सरकारी गाडी र २० वटा मोटरसाइकल समाति कार्वाहीका लागि ट्रफिक प्रहरीलाई जिम्मा लगाएको छ। --- # शनिवार सूर्यविनायकमा निःशुल्क घुम्ती हाटबजार, उपभोक्ताका लागि सांगीतिक कार्यक्रम Source: https://newskunda.com/archives/3712 Category: FEATURED NEWS, अर्थ, मनोरञ्जन, राजनीति, समाचार, समाज Last updated: 2026-05-29 ==================================== ### वडाअध्यक्ष पुष्पराज बस्नेतले घुम्ती हाटबजारमा १०० भन्दा बढी एसईई परीक्षामा उतिर्ण विद्यार्थीलाई बधाई तथा सम्मान समेत गरिने बताउनुभयो । हाट बजारलाई थप आकर्षक र मनोरञ्जनात्मक बनाउन सांगीतिक ब्याण्ड एवं चर्चित गायक मानस राजको विशेष सांगीतिक प्रस्तुति रहने बताउदै उहाँले हाट बजारमा आउनेले मनोरञ्जनसमेत लिन पाउँने बताउनुभयो । ===================================== भक्तपुर, १५ जेठ : ‘दिगो विकास व्यवस्थित शहरस् स्वच्छ समृद्ध सूर्यविनायक नगर’ भन्ने नाराका साथ सूर्यविनायक नगरपालिकाको आयोजना एवं वडा नं. ८ कार्यालयको व्यबस्थापनमा सिपाडोलमा निःशुल्क घुम्ती हाट बजार सञ्चालन हुने भएको छ । हाट बजारबारे जानकारी दिदै वडा नं. ८ का वडाध्यक्ष पुष्पराज बस्नेतले सूर्यविनायक नगरपालिकाले किसानले उत्पादन गरेको प्रत्येक सामानलाई स्थानीय बजारमै उपलब्ध गराउने लक्ष्यसहित शनिवार सूर्यविनायक गणेश मन्दिर नजिकै सूर्यविनायक पार्टी प्यालेसमा घुम्ती हाट बजार सञ्चालन गर्ने तयारी पुरा गरेको जानकारी दिनुभयो । स्थानीय उत्पादनलाई बिचौलयाको प्रभावबाट मुक्त गर्दै कृषक एवं उद्यमीले सिधै आफ्नै बजारमा पुर्याउने र आफ्नै मूल्यमा बिक्री गर्नेगरि नगरपालिकाले घुम्ती हाट बजार सञ्चालन गरेको वडा नं. ८ का वडाध्यक्ष एवं आर्थिक विकास समिति संयोजक पुष्पराज बस्नेतले बताउनुभयो । घुम्ती हाटबजारमा स्थानीय रैथाने अर्गानिक उत्पादनहरु, हरिया तरकारीहरु, गुन्द्रुक, सिन्की, मस्यौरा, जिम्बु, च्याउँ, कृषिको बिउँ बिजन, कम्पोष्ट मल, नेवारी खाजा सेट, योमरी, बारा, पानीपुरी, चटपटे, फास्टफुड, फुड स्टलहरू, नर्सरी, अचार, लसुन, सुत्केरी मसला, ड्राइफ्रुट्स, वाटेको धुप, वेसार, हर्बल सामग्रीहरू, कुरीलो, स्थानीय फलफूल, हस्तकलाका गरगहना, मखमली जुत्ता, कपडाको कुसन कभर तथा घरेलु उद्योगका उत्पादनहरू हाट बजारमा रहनेछ । हस्तकलाका सामग्रीहरुको ५५ भन्दा बढी स्टलहरू रहने बजारमा नर्सरी, विभिन्न प्रकारका फुड स्टलहरू हस्तकलाका सामग्री राखिने मेलामा हस्तकलाका गरगहना, मखमली जुत्ता, कपडाको कुसन कभर तथा घरेलु उद्योगका उत्पादनहरू राखने उहाँले बताउनुभयो । वडाअध्यक्ष बस्नेतले घुम्ती हाटबजारमा १०० भन्दा बढी एसईई परीक्षामा उतिर्ण विद्यार्थीलाई बधाई तथा सम्मान समेत गरिने बताउनुभयो । हाट बजारलाई थप आकर्षक र मनोरञ्जनात्मक बनाउन सांगीतिक ब्याण्ड एवं चर्चित गायक मानस राजको विशेष सांगीतिक प्रस्तुति रहने बताउदै उहाँले हाट बजारमा आउनेले मनोरञ्जनसमेत लिन पाउँने बताउनुभयो । नगरपालिकाले हाट बजार सञ्चालन गर्न कार्यपालिका बैठकबाट हाट बजार सञ्चालन कार्यबिधी स्वीकृत गरि सञ्चालनमा ल्याएको र नगरपालिकाले पहिलो चरणको समिक्षा गरि वडावडामा हरेक साता शनिबार बजार सञ्चालन गर्ने गरि तयारी गरेको उहाँले बताउनुभयो । --- # शहिद राधेश्याम जोन्छे स्मृति प्रतिष्ठानले आयोजना गरेको जोन्छेको १३ औँ स्मृति सभा एवं प्रतिष्ठानको नवनिर्मित भवन उद्घाटन तथा शालिक अनावरण Source: https://newskunda.com/archives/3108 Category: FEATURED NEWS, राजनीति, समाचार, समाज Last updated: 2025-06-08 भक्तपुर, २५ जेठ : नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेबहादुर देउवाले देशमा प्रजातन्त्र स्थापनाका लागि योगदान दिएका पार्टीका नेताहरुको योगदानलाई देशव्यापी रुपमा प्रचार गर्नु पर्ने बताउनु भएको छ । आज भक्तपुरमा शहिद राधेश्याम जोन्छे स्मृति प्रतिष्ठानले आयोजना गरेको जोन्छेको १३ औँ स्मृति सभा एवं प्रतिष्ठानको नवनिर्मित भवन उद्घाटन तथा शालिक अनावरण कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनु भएको हो । जोन्छेँले प्रजातन्त्र प्राप्तिका लागि ठूलो योगदान दिएको चर्चा गर्दै उहाँले त्यस्ता व्यक्तिको जीवनीबारे थप विषय खोज्दै पुस्तक प्रकाशित गरि देशभर फैलाउँदै प्रेरणा दिनुपर्ने बताउनुभयो । सभापति देउवाले भन्नुभयो, “उहाँले लोकप्रिय नेता हुनुहन्थ्यो, देशमा प्रजातन्त्र ल्याउने अग्रसर लडाकु हुनुहुन्थ्यो, उहाँ लोकप्रिय भएकै कारण माओवादीले गोली हान्यो ।” कार्यक्रममा पूर्वमन्त्री विमलेन्द्र निधीले अहिले संसद चल्न दिने कि नदिने भन्ने निर्णय माओवादीको हातमा रहेको बताउनु भएको छ । संसद अबरुद्ध गर्ने समय अहिले नभएको भन्दै उहाँले भन्नुभयो, “अहिले ससद अबरुद्ध गरिरहेको छ । भिजिट भिषाकोबारेमा छानबिन हुदैछ । रबि लामिछानेको जस्तो होइन, भिजिट भिषाको विषय, त्यसैले ससद अबरुद्ध खाल्नु पर्छ ।” पटक पटक जनतालाई धोका दिने राजा फेरी ल्याउँछौ भनेर निरर्थक यात्रामा लाग्न नहुने उहाँले बताउनुभयो । कार्यक्रममा जोन्छेँको स्मृतिमा प्रतिष्ठान भवन निर्माण गर्न सहयोग गर्ने सूर्यविनायक नगरपालिका र नगर प्रमुख वासुदेव थापासहित बिभिन्न व्यक्तिहरुलाई सभापति देउवाले सम्मान गर्नुभयो । कार्यक्रममा बिभिन्न विद्यालयका विद्यार्थीहरुलाई छात्रबृत्ति रकम प्रदान गरिएको थियो । कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रस्य सदस्य मदनकृष्ण श्रेष्ठ, नेपाली काँग्रेस भक्तपुर जिल्ला सभापति एवं प्रतिनिधि सभा सांसद दूर्लभ थापाले जोन्छेँको योगदानलाइ पार्टीले भुल्न नहुने चर्चा गर्नुभयो । प्रतिष्ठानका अध्यक्ष एवं जोन्छेँकी पत्नि रजनी जोन्छेँ, प्रतिष्ठानका उपाध्यक्ष बाबुराजा जोशीलगायतले भवन निर्माणमा रु. एक कराड १० लाख खर्च भएको, सूर्यविनायक नगरपालिकाले पटक पटक गरि रु. ४० लाख सहयोग गरेको, बिभिन्न मन्त्रालयबाट रकम प्राप्त भएको र दाताहरुले समेत सहयोग गरेको बताउनुभयो । --- # शान्तिपूर्ण निर्वाचन सम्पन्न गर्न बिभिन्न निर्णय पारित Source: https://newskunda.com/archives/731 Category: FEATURED NEWS, निर्वाचन, राजनीति, समाचार Last updated: 2022-05-08 भक्तपुर, २५ बैशाख : यहीँ ३० गते हुने स्थानीय तहको निर्वाचनलाई शान्तिपूर्ण रुपमा सम्पन्न गर्न जिल्ला प्रशासन कार्यालय भक्तपुरले निर्वाचन अबधीभर भक्तपुरमा मदिरा बिक्री वितरण तथा सेवन नगर्न नगराउन कडा निर्देशन जारी गरेको छ । आज जिल्ला प्रशासन कार्यालय भक्तपुरमा प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माको नेतृत्वमा मुख्य निर्वाचन अधिकृत एवं भक्तपुरका मुख्य न्यायाधिस गोपालप्रसाद बास्तोला, जिल्ला निर्वाचन कार्यालय, तीनवर्टै सुरक्षा निकायका प्रमुख, नेपाल टेलिकम, नेपाल विद्युत प्राधिकरण, जिल्ला स्वास्थ्य कार्यालय, नेपाल रेडक्रस सोसाइटी, उद्योग वाणिज्य संघ, नेपाल चेम्बर अफ कमर्स, नेपाल पत्रकार महासंघलगायत सरोकारवाला निकायबीच भएको निर्वाचन सम्बन्धी छलफलमा निर्वाचनलाई शान्तिपूर्ण रुपमा सम्पन्न गर्न बिभिन्न निर्णयहरु गरेको छ । बैठकले ३० गतेको स्थानीय तहको निर्वाचनलाई स्वच्छ, निष्पक्ष, भय रहित, शान्तिपूर्ण रुपमा सम्पन्न गर्न आगामी २७ गते राती १२ बजेदेखि ३० गतेसम्म कुनै पनि प्रकारको मदिरा बिक्री वितरण गर्न र सेवन गर्न निषेध गर्ने निर्णय गरेको छ । साथै मतगणना सम्पन्न नभएसम्म मतगणना स्थल आसपास मदिरा बिक्री वितरण एवं सेवन निषेध गर्ने निर्णय गर्दै यो आदेशलाई अबज्ञा गरे तत्काल पक्राउ गरि कारबाही गरिने प्रजिअ शर्माले जानकारी दिनु भयो । त्यस्तै सबैले आचार संहिताको पूर्ण पालना गर्ने गराउने, मतगणना स्थलमा २४ सै घण्टा विद्युत, टेलिफोन तथा इन्टरनेटको आफूर्ती गर्न विद्युत प्राधिकरण र टेलिकमलाई निर्देशन गरेको छ । छलफलमै उठेको बिभिन्न विषयमा निर्णय गर्दै निर्वाचनका दिन जिल्लामा रहेका सबै एम्बुलेन्सलाई आवश्यक पर्ने बित्तिकै प्रयोगमा आउने गरि प्राथमिक उपचारका सामग्री, स्वास्थ्यकर्मीसहित तयारी अबस्थामा राख्न, जिल्लाका सरकारी तथा निजी अस्पताल, स्वास्थ्य संस्थालाई जनशक्तिसहित नियमित सञ्चालन गरी आकस्मिक सेवा दिनसक्ने गरि तयारी अबस्थामा राख्न, दमकल, डोजरलाई तयारी अबस्थामा राख्न निर्देशन दिएको छ । त्यस्तै निर्वाचनका दिन खानेपानी, एम्बुलेन्स, दमकल, शव बाहन, अस्पताल, विद्युत सेवा, रेडक्रसका गाडी र सवारी पास बाहेकका कुनै पनि साधनलाई सञ्चालन गर्न नदिने, कुनै पनि पास भएका सवारी साधनले मतदाता बोकेको पाइए नियन्त्रणमा लिएर तत्कालै पास खारेज गर्ने निर्णय समेत गरेको प्रजिअ शर्माले जानकारी दिनु भयो । नेपाल रेडक्रस सोसाईटी भक्तपुरका सभापति मनोजकुमार थापाले निर्वाचनका दिन चार वटै नगरपालिकाका लागि चार वटा एम्बुलेन्समा प्राथमिक उपचारको सामग्री सहित राख्ने बताउनु भयो । मतदान स्थलमा स्थानीय पालिकाले प्राथमिक उपचारका सामग्री पठाउन सिफारिस गर्ने निर्णय गरेको छ । छलफलमा मुख्य निर्वाचन अधिकृत वास्तोलाले विद्युत आपूर्ती नियमित गराउन आग्रह गर्नु भयो भने जिल्ला निर्वाचन कार्यालयका प्रमुख नरेन्द्रप्रसाद न्यौपानेले तयारीकाबारेमा जानकारी गराउनु भयो । प्रहरी परिसर भक्तपुरका प्रमुख शिवकुमार श्रेष्ठले सुरक्षाको अबस्थाकाबारेमा चर्चा गर्नु भयो । उद्योग वाणिज्य संघ भक्तपुरका अध्यक्ष शिव मानन्धर, नेपाल चेम्बर अफ कमर्स भक्तपुरका अध्यक्ष न्हुच्छे मानन्धरले निजी क्षेत्रलाई पनि निर्वाचनको अनुगमन गर्न परिवेक्षक बनाइनु पर्ने माग गर्नु भयो । उहाँहरुले निर्वाचनको बेलामा बजारमा कालोबजारी हुन नदिन बजार नियन्त्रणको पहल गर्ने बताउनु भयो । कार्यक्रममा नेपाल पत्रकार महासंघ भक्तपुरका सल्लाहकार तथा राससका प्रतिनिधि रमेश गिरी र नेपाल पत्रकार महासंघ भक्तपुरका उपाध्यक्ष लीला श्रेष्ठले निर्वाचनका दिन यहाँका क्रियासिल पत्रकारलाई सवारी पासको व्यबस्था जिल्ला प्रशासन कार्यालयले गर्न माग गर्नु भयो । उपत्यका भित्र रहे पनि भक्तपुर केन्द्रबाट टाढा रहेको भन्दै उहाँहरुले सूचना विभागबाट जारी प्रमाणपत्रको आधारमा भक्तपुरका लागि पनि निर्वाचन आयोगबाटै सवारी पास लिनु पर्ने व्यबस्था यहाँका लागि अब्यबहारिक रहेको भन्दै यहाँका क्रियासिल पत्रकारलाई जिल्ला प्रशासन कार्यालय भक्तपुरलेनै सवारी पासको व्यबस्था गर्न माग गर्नु भयो ।––– --- # शिक्षा मन्त्रालयले वर्षा र बाढीको जोखिमका कारण दुईदिन शैक्षिक संस्थामा विदा र परीक्षा स्थगित गर्न निर्देशन Source: https://newskunda.com/archives/4404 Category: FEATURED NEWS, अर्थ, धर्म/संस्कृति, राजनीति, शिक्षा, समाचार, समाज Last updated: 2026-09-23 काठमाडौं, ७ असोज । शिक्षा मन्त्रालयले वर्षा र बाढीको जोखिमका कारण दुईदिन शैक्षिक संस्थामा विदा र परीक्षा स्थगित गर्न निर्देशन दिएको छ । वंगालको खाडीबाट शुरु भएको मौसमी प्रणालीले नेपालमा समेत असर गर्ने प्रक्षेपण भईरहेका बेला शिक्षा मन्त्रालयले विहीबार र शुक्रबार दुईदिन विद्यालय लगायत शैक्षिक संस्थामा विदा दिन निर्देशन दिएको हो । बुधबार साँझ मन्त्रालयले दुई छुट्टाछुट्टै सूचना जारी गर्दै असोज ११ सम्मका परीक्षा समेत स्थगित गर्न भनको छ । देशभरका जिल्ला स्थित शिक्षा विकास तथा समन्वय एकाइलाई समन्वय तथा सहजीकरण गर्न भन्दै चार बुँदे निर्देशन दिएको छ । चार बुँदे निर्देशनमा सबै विद्यार्थी एवम् बालबालिका, शिक्षक तथा कर्मचारी सुरक्षित रहने गरी असोज ८ र ९ गते स्थानीय तहसँगको समन्वयमा आवश्यकतानुसार विद्यालय बिदा गर्नु गराउनुहुन, सबै विश्वविद्यालय र परीक्षा सञ्चालन गर्ने निकायले असोज ९ गतेदेखि ११ गतेसम्म तोकिएका परीक्षा आवश्कतानुसार स्थगित गर्नुहुन, सुरक्षित विद्यालय भवनलाई अस्थायी आश्रयस्थलका रूपमा प्रयोग गर्नु पर्ने अवस्थामा स्थानीय तहलाई सहजीकरण गर्नुहुन र अभिभावकहरूले बालबालिकालाई नदी, खोला, पोखरी तथा पहिरोको जोखिम भएका स्थानमा जान नदिनु मन्त्रालयले सार्वजनिक सूचना जारी गरेको छ । जल तथा मौसम विज्ञान विभाग, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र सम्बन्धित क्षेत्रका विज्ञहरूबाट मौसमको पूर्वानुमान भईरहेको छ । --- # शिक्षा र स्वास्थ्यको जिम्मा सरकारले लिनुपर्छ : वरिष्ठ नेता पौडेल Source: https://newskunda.com/archives/1974 Category: FEATURED NEWS, राजनीति, शिक्षा, समाचार Last updated: 2022-09-03 तनहुँ, १८ भदौ : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले शिक्षा र स्वास्थ्यको जिम्मा सरकारले लिनुपर्ने बताउनुभएको छ । तनहुँको व्यास नगरपालिका–१ भादगाउँस्थित आदिकवि भानुभक्त क्याम्पसको आज आयोजित ३६औँ वार्षिकोत्सव तथा ११औँ साधारणसभाको उद्घाटन गर्दै उहाँले संविधानमा नै समाजवाद उन्मुख लेखिएकाले शिक्षा र स्वास्थ्यको जिम्मेवारी सरकारले लिनुपर्ने बताउनुभयो । देशलाई काम गर्ने जनशक्ति आवश्यक भएको उल्लेख गर्दै नेता पौडेलले सीपवान नागरिक तयार गर्ने खालको शिक्षा अहिलेको आवश्यकता रहेको औँल्याउनुभयो । आदिकवि भानुभक्त क्याम्पसलाई प्राविधिक क्याम्पसको रुपमा रुपान्तरण गर्नुपर्ने उहाँको भनाइ थियो । उहाँले भन्नुभयो, “सीपवान नागरिक उत्पादन गर्नुपर्छ, त्यसका लागि प्राविधिक शिक्षाको खाँचो छ । आदिकवि क्याम्पस अब उक्त बाटोमा अगाडि बढ्नुपर्छ ।” वरिष्ठ नेता पौडेलले मुलुकको नेतृत्व गर्ने इच्छाशक्ति आफूमा रहेकाले अहिल्यै सक्रिय राजनीतिबाट विश्राम नलिने बताउनुभयो । “सक्रिय राजनीतिबाट म अहिल्यै उन्मुख हुन्न”, उहाँले भन्नुभयो । कार्यक्रममा तनहुँ क्षेत्र नं १ का सांसद एवं पूर्वमन्त्री कृष्णकुमार श्रेष्ठ, गण्डकी प्रदेशका आन्तरिक मामिलामन्त्री डोवाटे विक, प्रदेश सांसद सरिता गुरुङ, जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्ले, नेकपा एमाले तनहुँका अध्यक्ष एवं म्याग्दे गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठ, व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपाने, नेपाली कांग्रेसका उपसभापति देवकुमार श्रेष्ठ, क्याम्पस सञ्चालक समितिका अध्यक्ष ब्रम्हदत्त तिमिल्सिनालगायतले आ–आफ्नो धारणा राख्नुभएको थियो । सो अवसरमा क्याम्पस स्थापनाकालदेखि सहयोग पु¥याउनुहुने पूर्वराज्यमन्त्री अमरराज कैनी, तमबहादुर दरै र दामोदर खनाललाई सम्मान गरिएको थियो । हाल उक्त क्याम्पसमा तीन हजार एक सय विद्यार्थी अध्ययनरत छन् । --- # शिक्षा, स्वास्थ्यलगायत क्षेत्रमा व्यवहारिक नदेखिएकाले दुई दिन बिदा दिने निर्णय खारेज Source: https://newskunda.com/archives/1207 Category: FEATURED NEWS, राजनीति, शिक्षा, समाचार, समाज, स्वास्थ्य Last updated: 2022-06-07 काठमाडौँ, २४ जेठ : सरकारले शिक्षा स्वास्थ्यलागतय क्षेत्रमा व्यवहारिक नदेखिएकाले परीक्षणका रुपमा सुरु गरिएको हप्ताको दुई दिन बिदा दिने निर्णय खारेज गरेको स्पष्ट पारेको छ । गत वैशाख २८ गतेको मन्त्रिपरिषद बैठकले जेठ १ गतेदेखि लागू हुने गरी हप्ताको शनिबारका साथै आइतबार पनि बिदा दिने निर्णय गरेको थियो । सिंहदरबारमा आज मन्त्रिपरिषद्को सोमबारको बैठकको निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा सञ्चारमन्त्रालयको जिम्मेवारीसमेत सम्हाल्नु भएका गृहमन्त्री बालकृष्ण खाणले उक्त जानकारी दिनुभएको हो । सोमबारको मन्त्रिपरिषद् बैठकले हाल परीक्षणका रुपमा लागू गरिएको हप्तामा दुई दिन सार्वजनिक बिदा दिनेसम्बन्धी निर्णय आउँदो असार १ गतेदेखि लागू हुने गरी खारेज गरेको थियो । निर्णय सार्वजनिक गर्नेक्रममा गृहमन्त्री खाणले भन्नुभयो, “सरकारले बिदा परीक्षणका रुपमा लागू गरेका थियो, खास गरेर शिक्षा, स्वास्थ्यलगायत कतिपय क्षेत्रमा तत्कालका लागि व्यवहारिक नदेखिएकाले उक्त निर्णयलाई फिर्ता लिइएको हो ।” मन्त्रिपरिषद् बैठकले विश्व बैंँकबाट हरित उत्थानशील र समावेशी विकासका लागि प्राप्त हुने १०० मिलियन अमेरिकी डलर (झण्डै रु १२ अर्ब) सहुलियतपूर्ण ऋण सहायता लिन वार्ता टोली गठन गर्ने निर्णय पनि गरेको उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार बैठकले व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रको रिक्त कार्यकारी निर्देशकमा शरद विक्रम राणालाई नियुक्त गर्ने निर्णय पनि गरेको छ । सरकारले थाइल्याण्डमा हुने सुशासन र भ्रष्टाचार नियन्त्रणसम्बन्धी तालिमको अनुगमन र समापन कार्यक्रममा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्तद्वय किशोरकुमार सिलवाल र जयबहादुर चन्दलाई सहभागी हुन स्वीकृति दिएको छ । यस्तै अष्ट्रेलियामा आयोजना हुने विपत् व्यवस्थापनसम्बन्धी कार्यक्रममा गृहसचिव टेकनारायण पाण्डेलाई पठाउने निर्णय भएको पनि गृहमन्त्री खाणले बताउनुभयो । भारतको नयाँ दिल्लीमा हुने नेपाल भारत सीमा व्यवस्थापनसम्बन्धी संयुक्त कार्यदलको १२औँ बैठकमा नेपालको तर्फबाट गृहमन्त्रालयको सहसचिवको नेतृत्वको प्रतिनिधिमण्डललाई भाग लिन स्वीकृति दिएको छ । यस्तै बैठकले प्रहरी नायब महानिरीक्षक उत्तमराज सुवेदी, अरुणकुमार विसी, दिवेश लोहनी, मुकुन्दराज आचार्य र पूजा सिंहलाई प्रहरी अतिरीक्त महानिरीक्षक पदमा बढुवा गर्ने निर्णय पनि गरेको छ । सरकारले लुम्बिनी सांस्कृतिक नगरपालिकालाई अस्पताल भवन निर्माणार्थ सरकारी जग्गा उपलब्ध गराउने, गरिबी निवारण कोष सञ्चालक समितिको उपाध्यक्षको राजीनामा स्वीकृत गर्ने, फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट मैदान तथा खेलग्राम पूर्वाधार निर्माण विकास समितिको अध्यक्षमा सुवास विक्रम शाही र सदस्यमा कल्पना दियाकोटीलाई मनोनयन गर्ने, नेपाल वायुसेवा निगमका महाप्रबन्धक तथा सञ्चालक सदस्य डिमप्रसाद पौडेललाई पदबाट हटाउने निर्णय पनि गरेको छ । सरकारले राजपत्राङ्कित प्रथम श्रेणीका अधिकृत सरजुकुमार वैद्यलाई नेपाल इञ्जिनीयरिङ सेवा समूहीकरणतर्फको राजपत्राङ्कित विशिष्ट श्रेणीमा बढुवा गर्ने तथा लोक सेवा आयोगको सिफारिस बमोजिम निजामती सेवाको नेपाल वन सेवा तथा नेपाल शिक्षा सेवाका राजपत्राङ्कीत प्रथम श्रेणी वा सो सरहको पदमा नियुक्त गरी पदस्थापन गर्ने निणय पनि गरेको छ । मन्त्रिपरिषद् बैठकले सामाजिक सुरक्षा ऐन २०७५ लाई संशोधन गर्न बनेको विधेयकलाई सङ्घीय संसद्मा पेश गर्न स्वीकृति दिएको छ । बैठकले तेजाब तथा अन्य घातक रासायनिक पदार्थको नियमनकासम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकलाई संसद्मा पेश गर्न स्वीकृत दिएको छ । सरकारले हतियार तथा खरखजाना (एघारौँ संशोधन) नियमावली २०७९ स्वीकृत गर्ने निर्णय गरेको छ । नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरीवेक्षण र समन्वय) ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयकलाई सङ्घीय संसद्मा पेश गर्न स्वीकृति दिएको छ । रेल्वेसम्बन्धी व्यवस्था गर्न बनेको अध्यादेश प्रतिस्थापन गर्ने विधेयक सङ्घीय संसद्मा पेश गर्न पनि मन्त्रिपरिषद्ले स्वीकृति प्रदान गरेको छ । औषधि ऐन २०३५ लाई संशोधन गर्न बनेको विधेयक सङ्घीय संसद्मा पेश गर्न स्वीकृति प्रदान गरेको छ । मन्त्रिपरिषद्ले स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी ऐन २०६६ लाई संशोधन गर्न बनेको विधेयक संसद्मा पेश गर्न स्वीकृति दिने र मानव अङ्ग प्रत्यारोपण विकास समिति (गठन) (तेस्रो संशोधन) आदेश २०७९ स्वीकृति गर्ने निर्णय पनि गरेको सो अवसरमा गृहमन्त्री खाणले जानकारी गराउनुभयो । --- # शिक्षाकर्मी डा. राजेन्द्र कोजूको कवितासङ्ग्रह ‘आगोका अक्षरहरू’ को विमोचन Source: https://newskunda.com/archives/3405 Category: FEATURED NEWS, राजनीति, शिक्षा, समाचार, समाज Last updated: 2026-02-18 भक्तपुर । कवि, राजनीतिक विश्लेषक तथा शिक्षाकर्मी डा. राजेन्द्र कोजूको कवितासङ्ग्रह ‘आगोका अक्षरहरू’ को विमोचन तथा परिचर्चा कार्यक्रम भक्तपुरमा सम्पन्न भएको छ। अनुशीलन नेपाल र भक्तपुर रोम्बस सेकेन्डरी स्कुलको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रममा उनको छैटाैं कविता सङ्ग्रह विमाेचन गरिएको हाे । कार्यक्रममा प्रमुख अतिथिका रूपमा साहित्यकार सूर्यप्रसाद लाकोजूको उपस्थिति रहेको थियो भने विशेष अतिथिका रूपमा शिक्षक तथा कवयित्री अम्बिका धिताल सहभागी थिइन्। कार्यक्रममा प्रमुख अतिथि सूर्यप्रसाद लाकाेजु, विशेष अतिथि अम्बिका धिताल र सम्पादक जीवनाथ अधिकारीले संयुक्त रूपमा कवितासङ्ग्रहको विमोचन गरेका थिए। सो अवसरमा प्रमुख अतिथि सूर्यप्रसाद लाकोजूले डा. कोजूका कविताहरू विचारप्रधान, चेतनामूलक र समाजसँग प्रत्यक्ष संवाद गर्ने प्रकृतिका रहेको उल्लेख गरे। उनले “कविताले मानिसलाई ऊर्जा प्रदान गर्छ, अक्षरले मानिसलाई जोड्छ, तर राजनीतिले मानिसलाई विभाजन गर्छ,” भन्दै साहित्यको एकतामूलक भूमिकालाई औंल्याए। लाकोजूले सृजनाका लागि साधना र अध्ययन अपरिहार्य रहेको बताउँदै वर्तमान समयमा कृत्रिम बुद्धिमत्ता (एआई) ले समेत कविता लेख्ने सन्दर्भ उठाए। उनले एआईमार्फत सिर्जना हुने कविताले सर्जकको मौलिकता र व्यक्तित्वलाई चुनौती दिन सक्ने भन्दै सच्चा सृजनाका लागि मानवीय संवेदना, अनुभव र साधनाको महत्व झनै बढेको उल्लेख गरे। साथै उनले शिक्षाकर्मीले साहित्य सिर्जना गर्दै समाजमा प्रेरणादायी व्यक्तित्व निर्माण गर्ने भूमिका खेलेको बताउँदै “कविता व्यक्तिको रहर मात्र होइन, यो समाजप्रतिको उत्तरदायित्व पनि हो,” भने। विशेष अतिथि अम्बिका धितालले कविताका विभिन्न आयाम, संरचना र तत्वबारे चर्चा गर्दै कविताले समाजका पीडा, विद्रोह र चेतनालाई अभिव्यक्त गर्ने माध्यमका रूपमा काम गर्ने बताइन्। उनले डा. कोजूका कवितामा अन्याय, अत्याचार, शोषण र दमनविरुद्ध सशक्त स्वर रहेको उल्लेख गर्दै यस्ता सिर्जनाले समाजमा चेतना र परिवर्तनको आधार निर्माण गर्ने विश्वास व्यक्त गरिन्। कार्यक्रमका वक्ताहरूले स्रष्टाको अनुभव, अध्ययन र सामाजिक प्रतिबद्धताबाट जन्मिएका सिर्जनाहरूले समाजलाई मार्गदर्शन गर्ने विश्वास व्यक्त गरेका थिए । प्रकाशित कवितासङ्ग्रह ‘आगोका अक्षरहरू’ मा कुल १११ वटा मध्यम आकारका कविता तथा १६ वटा चार हरफे मुक्तक शैलीका कविता समावेश छन्। कविताहरूले व्यक्ति, समाज, राजनीति, नैतिक मूल्य, मानवीय संवेदना र चेतनाका विविध पक्षलाई समेटेका छन्। कार्यक्रममा सञ्चारकर्मी हरिसुन्दर छुकांले डा. कोजूको जीवनी, कवित्व र कृतित्वमाथि विस्तृत प्रस्तुति दिएका थिए। उनले डा. कोजूको साहित्यिक यात्रालाई साधना, अध्ययन र समाजप्रतिको उत्तरदायित्वसँग जोडिएको निरन्तर सृजनात्मक साधनाका रूपमा व्याख्या गरे। उनका अनुसार डा. कोजूले शिक्षण पेशासँगै साहित्य सिर्जनालाई जीवनको अभिन्न अङ्गका रूपमा अघि बढाएका छन्। त्यसैगरी कवि डिल्लीप्रसाद मूलतिहुनले कवितावाचन गर्दै कार्यक्रममा साहित्यिक ऊर्जा थपेका थिए। कार्यक्रममा स्वयं स्रष्टा डा. कोजूले पनि आफ्नो नयाँ कृतिबाट चयन गरेका कविताहरू वाचन गरेका थिए। उनको कवितावाचनले कार्यक्रममा उपस्थित साहित्यप्रेमीहरूलाई भावनात्मक र वैचारिक रूपमा गहिरो प्रभाव पारेको थियो। विमाेचन तथा परिचर्चा कार्यक्रममा साहित्य, शिक्षा र सामाजिक चेतनाबीचको सम्बन्धमाथि विमर्श गरिएको थियो। उनले आगामी दिनमा शिक्षकहरूकाे रचना संकलन गरी कविता सङ्ग्रह प्रकाशित गर्ने समेत घाेषणा गरे । डा. कोजूका प्रकाशित कृतिहरूमा `घोडा उसको वा ऊ घोडाको?´, `विशेषणमा बाँचेको देश, `हृदयका प्रतिबिम्ब´ (संयुक्त कवितासङ्ग्रह), `चित्र र चरित्र´, `इमानको धरहरा´ (कवितासङ्ग्रह) तथा `निर्भीक आवाजहरू´ (लेखसङ्ग्रह) रहेका छन्। यी कृतिहरूमार्फत उनले समाजका यथार्थ, मानवीय संवेदना, नैतिकता र समकालीन विडम्बनालाई साहित्यिक अभिव्यक्तिमा उतारेका छन्। कार्यक्रमको उद्घोषण डा. मेरिट कोजूले गरेकी थिइन् भने सभापतित्व अनुशीलन प्रकाशनका अध्यक्ष जीवनाथ अधिकारीले गरेका थिए। --- # शिक्षासेवी तथा उद्योगी, समाजसेवी स्व.पुष्पबहादुर वरुवालप्रति श्रद्धाञ्जली अर्पण, स्मारिका विमोचन Source: https://newskunda.com/archives/1180 Category: FEATURED NEWS, Uncategorized, राजनीति, शिक्षा, समाचार, समाज Last updated: 2022-06-07 भक्तपुर, २४ जेठ । शिक्षा क्षेत्र, उद्योग समाजसेवामा लामा समयदेखि समर्पित रहदै आउनु भएका स्वर्गीय पुष्पबहादुर वरुवालप्रति श्रद्धाञ्जली अर्पण गरिएको छ । राजनीतिक क्षेत्रमा समेत प्रतक्ष्य अप्रतक्ष्य रुपमा सक्रिय रहदै आउनु भएका सफल व्यवसायी वरुवालको निधन भएको आज ठिक एक वर्षको वार्षिक पूण्यिितथिको अवसरमा पुष्प वरुवाल स्मृति प्रतिष्ठानले आज भक्तपुरको बालेकाटस्थित ओली निवासमा आयोजना गरेको कार्यक्रममा उहाँप्रति श्रद्धाञ्जली अर्पण गरिएको थियो । कार्यक्रममा एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिष्ठानले प्रकाशित गरेको वरुवालको जीवनका बिभिन्न परिवेश र जीवनी समेटिएको स्मारिका विमोचन गर्नु भएको थियो । भक्तपुरको बालेकाटस्थित ओली निवासमा आयोजना गरेको शिक्षासेवी, उद्योगी एवं समाजसेवी स्वर्गीय पुष्पबहादुर वरुवालको प्रथम स्मृति दिवसमा उहाँप्रति सहभागिहरुले समेत पुष्प गुच्छा अर्पण गरेर श्रद्धाञ्जली व्यक्त गरे । कार्यक्रममा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कोभिड–१९ को महामारी फैलिने बित्तिकै नेपालमा तत्कालिन सरकारले जनताको जीवन रक्षालाई पहिलो प्राथमिकतामा राखेर काम गरेको बताउनु भयो । उहाँले तत्कालिन समयमा अन्य मुलुकमा हेरिकन नेपालमा आफू नेतृत्व सरकारले धेरै काम गरेको दाबी गर्नु भयो । एमाले अध्यक्ष ओलीले भन्नुभयो, “विश्वव्यापी रुपमा महामारी फैलिरहेको थियो, कतिपय देशले अर्थतन्त्र जोगाउनु पर्छ भनेर लागे, कतिपय देशले मास्क लगाउनै दिएनन्, कतिपयले राजनीतिक फण्डा बनाएर तर हाम्रो देशमा भने सरकारले मानवीय जीवन, स्वास्थ्य पहिलो प्राथमिकता हो भनेर मानवीय जीवन रक्षालाई प्राथमिकतामा राखेर काम भयो ।” देशमा स्वास्थ्य जनशक्तिको अभाव, अक्सिजन, भेन्टिलेटरको अभावमा पनि सबैले जनताको जीवन बचाउन महत्वपूर्ण भूमिका खेले पनि केही हजारलाई भने बचाउन नसकेको बताउनु भयो । कोभिड–१९ सङ्क्रमणकै कारण नेपालका शिक्षा सेवी, उद्योगी एवं समाजसेवी पुष्पबहादुर वरुवालको २०७८ जेठ २४ गते अमेरिकामा निधन भएको सन्दर्भ कोट्याउदै उहाँले अमेरिकामा भए केही हुदैन भन्ने भ्रम धेरै नेपालीमा रहेपनि नेपालको उपचार प्रभावकारी रहेको बताउनु भयो । स्वर्गीय वरुवाल बिर्सनै नसक्ने व्यक्तित्व भएको चर्चा गर्दै उहाँले देश, समुदाय, शिक्षा र एमाले पार्टीमा उहाँले गरेको योगदानलाई बिर्सन नहुने अध्यक्ष ओलीले उहाँले स्मरणमा शिक्षाको छात्रबृत्तिको व्यबस्था गरेर ज्योति फैलाउन आग्रह गर्नु भयो । कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष, कार्यक्रमका सभापति गणेश वरुवालले आफ्ना दाजू स्वर्गीय वरुवालको स्मरणमा उहाँले पढ्नु भएका विद्यालयहरुमा छात्रबृत्ति र अक्षयकोषको स्थापना गर्ने घोषणा गर्नु भयो । साथै झापा स्थित आफ्नै गाउँमा मन्दिर निर्माण, पार्क निर्माण, शालिक स्थापना गर्दै पूजा, होमादी मण्डप एवं कार्यक्रम हललगायतका संरचना निर्माण गरिदिने घोषणा गर्नु भयो । कार्यक्रममा एमाले नेता एवं पूर्वमन्त्री अग्नी खरेल, राष्ट्रिय सभा सदस्य देवेन्द्र दाहाल, नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति डा. यादवप्रसाद लामिछाने, सीटीइभीटीका उपाध्यक्ष खगेन्द्रप्रसाद अधिकारी, भाषा आयोगका प्रवक्ता गेहनाथ गौतम, प्रतिष्ठानका गणेश भण्डारीलगायतले स्वर्गीय वरुवालले नेपालको शिक्षा, उद्योग र समाजिक सेवामा गरेको योगदानलाई सधैद स्मरण गर्दै उहाँको अभियानलाई सफल पार्नु पर्ने बताउनु भयो । कार्यक्रममा प्रतिष्ठानका लेखनाथ पौडेलले सार्वजनिक गरिएको स्मारिका र रामचन्द्र खनालले वरुवालको चिनारी एवं योगदानकोबारेमा चर्चा गर्नु भयो । --- # शेयर बजार : नेप्सेसँगै कारोबारमा वृद्धि Source: https://newskunda.com/archives/2335 Category: FEATURED NEWS, अर्थ, राजनीति, लेख, समाचार Last updated: 2022-11-02 काठमाडौँ, १६ कात्तिक : धितोपत्र बजारमा आज शेयर कारोबार मापक नेप्से परिसूचकका साथै कारोबार रकमसमेत बढेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज नेप्से परिसूचक सात दशमलव ३२ अङ्कले उकालो लागेर एक हजार नौ सय ३८ दशमलव ३० मा पुगेको छ । त्यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक शून्य दशमलव ७९ अङ्कले उकालो लागेर तीन सय ८२ दशमलव ९४ मा पुगेको छ । नेप्सेका अनुसार कूल दुई सय २७ कम्पनीको ४३ लाख ४६ हजार सात सय आठ कित्ता शेयर रु एक अर्ब ४६ करोड ७९ लाख १४ हजार आठ सय ७५ मूल्यमा कारोबार भएको छ । आज कारोबार भएका १३ उपसमूहमध्ये १० उपसमूहका शेयर मूल्यमा वृद्धि भएको छ । जसमध्ये बैंक, व्यापार र निर्जीवन बिमा उपसमूहका शेयर मूल्यमा गिरावट आएका छन् । नेप्सेका अनुसार कारोबारका आधारमा शिवम् सिमेन्ट शीर्ष स्थानमा छ । सो कम्पनीको रु सात करोड ८५ लाख ६० हजार दुई सय १४ बराबरको कारोबार भएको छ । त्यस्तै, नबिल बैंक रु पाँच करोड ६६ लाख १७ हजार पाँच सय ९३, रिडी पावर कम्पनी रु पाँच करोड १९ लाख ९५ हजार आठ सय ५८ र गोर्खाज फाइनान्स रु तीन करोड ९४ लाख ४५ हजार छ सय बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भए । नेप्सेका अनुसार कर्पाेरेट डेभलपमेण्ट बैंकको मूल्य आठ दशमलव ७४ प्रतिशतले वृद्धि भएको छ । त्यस्तै कर्णाली डेभलपमेण्ट बैंकको आठ दशमलव ११, जोसी हाइड्रोपावर पाँच दशमलव ९७, मानुसी लघुवित्त वित्तीय संस्था पाँच दशमलव ७४ र ग्रीनलाइफ हाइड्रोपावरका लगानीकर्ताले पाँच दशमलव ४० प्रतिशतले कमाएका छन् । त्यस्तै, सबैको लघुवित्त वित्तीय संस्थाको तीन दशमलव ९६, माहुली लघुवित्त वित्तीय संस्थाको तीन दशमलव ५०, माउण्टेन हाइड्रोको दुई दशमलव ४५, तारागाउँ होटलको दुई दशमलव ३७ र उपकार लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले दुई दशमलव ३३ प्र्रतिशतले गुमाएका छन् । --- # शैक्षिक गुणस्तर बृद्धि गर्नेबारे मन्त्री पौडेल र मेयर खत्रीबीच भेटवार्ता Source: https://newskunda.com/archives/2172 Category: FEATURED NEWS, राजनीति, शिक्षा, समाचार, समाज Last updated: 2022-09-15 भक्तपुर, ३० भदौ : शिक्षा, बिज्ञान तथा प्रबिधि मन्त्री देवेन्द्र पौडेलले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर बृद्धि गर्न स्थानीय तहले बिशेष शैक्षिक योजनाहरु ल्याउनु पर्नेे बताउनु भएको छ । आज मन्त्री पौडेल र चाँगुनारायण नगरपालिकाका प्रमुख जीवन खत्रीबीच भएको भेटवार्तामा उहाँले स्थानीय तहले आफ्ना पालिका भित्र रहेका विद्यालयको शैक्षिक गुणस्तर बृद्धि गर्ने योजना र त्यसलाई कार्यान्वयनमा ल्याउनु पर्ने बताउनु भएको हो । उहाँले चाँगुनारायण नगरपालिका भित्रका सामुदायिक विद्यालयहरुको शैक्षिक गुणस्तर बृद्धिका लागि मन्त्रालयले आवश्यक सहयोग गर्ने बताउनु हुदै चाँगुनारायण इन्जिनियरिङ् कलेजकाबारेमा चासो राख्दै छलफल गर्नु भएको थियो । मन्त्री पौडेललाई नगर प्रमुख खत्रीले चाँगुनारायण इन्जिनियरिङको वर्तमान् अबस्था र समस्याकाबारेमा जानकारी गराउनु भएको थियो । उहाँले चाँगुनारायण नगरपालिका भित्रका सामुदायिक विद्यालयहरुको भौतिक तथा शैक्षिक गुणस्तरमा बृद्धि गर्दै देशकै नमूनाको शैक्षिक गन्तव्य बनाउने अभियान सञ्चालन गरेको बताउनु भयो । नमूना शैक्षिक गन्तव्य बनाउने नगरपालिकाको अभियानलाई सफल पार्न आवश्यक सहयोग गर्न उहाँले मन्त्री पौडेललाई आग्रह गर्नु भएको थियो । --- # शैक्षिक सत्र २०८० को एसईई चैत पहिलो हप्तादेखि गर्ने Source: https://newskunda.com/archives/3054 Category: FEATURED NEWS, राजनीति, शिक्षा, समाचार, समाज Last updated: 2023-10-02 भक्तपुर, १५ असोज, राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय (कक्षा(१०) ले शैक्षिक सत्र २०८० को एसईई चैत पहिलो हप्तादेखि गर्ने निर्णय गरेको छ । कार्यालयले वार्षिक कार्यातालिका सार्वजनिक गर्दै कक्षा १० को माध्यामिक शिक्षा परीक्षा चैत पहिलो हप्तादेखि वार्षिक परीक्षा सञ्चालन गर्ने र २०८१ असार दोस्रो हप्ता नतिजा सार्वजनिक गर्ने जनाएको छ । कार्यालयले प्रकाशन गरेको कार्यतालिका अनुसार माघ पहिलो हप्ता परीक्षाको समय तालिका प्रकाशन गर्ने, कातिक मसान्तसम्म कक्षा ९ को रजिष्ट्रेशन र कक्षा १० को परीक्षा आवेदन फाराम छपाई र वितरण गर्ने, मंसिर मसान्तसम्म कक्षा ९ को रजिष्ट्रेसन र कक्षा १० को परीक्षा आवेदन फाराम भराउने, कातिक मसान्तसम्म २०७९ को रजिष्ट्रेसन फाराम इन्ट्री हुनेछ । त्यस्तैगरी पुस मसान्तसम्म २०८० सालको कक्षा १० को आवेदन फाराम इन्ट्री, २०८० सालको कक्षा ९ को रजिष्ट्रेसन फाराम इन्ट्री २०८१ को असार मसान्तसम्म, परीक्षा निर्धारण २०८० को माघ पहिलो हप्ता, सिम्बोल नम्बर कायम गर्ने माघ पहिलो हप्ता, परीक्षा केन्द्र इन्ट्री र रुजु माघ मसान्तसम्म, २०८० सालको आन्तरिक÷प्रयोगात्मक अंक फागुन मसान्तसम्म पठाउने तालिका बनाएको छ । पुरक परीक्षा २०८१ को साउन तेस्रो हप्तामा सञ्चालन हुने जनाएको छ । कार्यातालिका अनुसार यो वर्ष विद्यार्थीको उत्तरपुस्तिका परीक्षण तथा सम्परीक्षण २०८१ वैशाखरजेठमा प्रदेश परीक्षण केन्द्रले गर्नेछ । तर, संसदमा पेश भएको ‘विद्यालय शिक्षा सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक’ मा भने एसईई नहुने व्यवस्था गरिएको छ । --- # शैक्षिक सत्र २०८० को एसईई चैत पहिलो हप्तादेखि गर्ने निर्णय Source: https://newskunda.com/archives/3062 Category: FEATURED NEWS, अर्थ, राजनीति, शिक्षा, समाचार, समाज Last updated: 2023-10-02 भक्तपुर, १५ असोज, राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय (कक्षा(१०) ले शैक्षिक सत्र २०८० को एसईई चैत पहिलो हप्तादेखि गर्ने निर्णय गरेको छ । कार्यालयले वार्षिक कार्यातालिका सार्वजनिक गर्दै कक्षा १० को माध्यामिक शिक्षा परीक्षा चैत पहिलो हप्तादेखि वार्षिक परीक्षा सञ्चालन गर्ने र २०८१ असार दोस्रो हप्ता नतिजा सार्वजनिक गर्ने जनाएको छ । कार्यालयले प्रकाशन गरेको कार्यतालिका अनुसार माघ पहिलो हप्ता परीक्षाको समय तालिका प्रकाशन गर्ने, कातिक मसान्तसम्म कक्षा ९ को रजिष्ट्रेशन र कक्षा १० को परीक्षा आवेदन फाराम छपाई र वितरण गर्ने, मंसिर मसान्तसम्म कक्षा ९ को रजिष्ट्रेसन र कक्षा १० को परीक्षा आवेदन फाराम भराउने, कातिक मसान्तसम्म २०७९ को रजिष्ट्रेसन फाराम इन्ट्री हुनेछ । त्यस्तैगरी पुस मसान्तसम्म २०८० सालको कक्षा १० को आवेदन फाराम इन्ट्री, २०८० सालको कक्षा ९ को रजिष्ट्रेसन फाराम इन्ट्री २०८१ को असार मसान्तसम्म, परीक्षा निर्धारण २०८० को माघ पहिलो हप्ता, सिम्बोल नम्बर कायम गर्ने माघ पहिलो हप्ता, परीक्षा केन्द्र इन्ट्री र रुजु माघ मसान्तसम्म, २०८० सालको आन्तरिक÷प्रयोगात्मक अंक फागुन मसान्तसम्म पठाउने तालिका बनाएको छ । पुरक परीक्षा २०८१ को साउन तेस्रो हप्तामा सञ्चालन हुने जनाएको छ । कार्यातालिका अनुसार यो वर्ष विद्यार्थीको उत्तरपुस्तिका परीक्षण तथा सम्परीक्षण २०८१ वैशाखरजेठमा प्रदेश परीक्षण केन्द्रले गर्नेछ । तर, संसदमा पेश भएको ‘विद्यालय शिक्षा सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक’ मा भने एसईई नहुने व्यवस्था गरिएको छ । --- # शोभा प्रधान बिजुक्छेँको शवयात्रामा हजारौको भीड, सिंगो भक्तपुर शोकमा डुब्यो Source: https://newskunda.com/archives/1379 Category: FEATURED NEWS, राजनीति, समाचार, समाज Last updated: 2022-06-24 भक्तपुर, १० असार : मुसुक्क मुस्कान, उज्यालो अनि हसिलो मुहार देखिएको शोभा प्रधान बिजुक्छँेको सुन्दर तस्विर अंकित प्ले कार्ड हातमा बोकेर अन्तिम बिदाईमा आएका भक्तपुरवासीको आँखा दिनभर रसाई रहयो । भक्तपुर नगरपालिका–१ दूधपाटी पिपलबोटको आँडमा आज दिउँसो १ बजे अगाडिनै हजारौ भक्तपुरवासीको भीडमा अधिकांशको आँखा रसाएका थिए । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेको जीवनसङ्गीनी, नेपाल क्रान्तिकारी महिला संघका केन्द्रीय कोषाध्यक्ष एवम् नेपाल क्रान्तिकारी शिक्षक संघका केन्द्रीय सदस्य शोभा प्रधानको शवयात्रा आज दिउँसो १ बजे हुने भएपछि शवयात्रामा सहभागि हुन हजारौ महिला पुरुषहरुको उपस्थिति रहेको थियो । क्यान्सर रोगसँग परास्त भएपछि गत ८ गते नेपाल क्यान्सर अस्पताल हरिसिद्धिमा निधन हुनु भएकी शोभा पार्टी अध्यक्षको पत्नी भएर मात्रै होइन, एक कुशल शिक्षिका र महिला आन्दोलनकी नेतृ भएर पनि त्यहाँ हजारौ भक्तपुरवासी अन्तिम विदाई गर्न भेला भएका थिए । त्यो भीडमा कयौ पार्टी कार्यकर्ता, कयौ विद्यार्थी र शिक्षकहरुको आँखामा आँसु टिल्पिलाएको देख्दा लाग्थ्यो, आजको यो प्रहरमा सिंगो भक्तपुर रोइरहेको छ, सिंगो भक्तपुर शोकमा डुबेको छ । पार्टी अध्यक्ष नारायणमान बिजुक्छेँले फूल, मालाले अन्तिम श्रद्धाञ्जली अर्पण गर्दा शोभा प्रधानलाई धेरै नजिकबाट बुझ्नेहरु मात्र हैन्, उहाँलाई चिन्नेहरु, उहाँले शिक्षा दिएका विद्यार्थीहरु, उहाँले महिला अधिकारका सवालमा दिएका सयौँ प्रशिक्षणमा सहभागि महिलाहरु शवयात्रामा सहभागि हजारौको आँखा रसाएका थिए, भाव व्हिल भएका थिए । पार्टीको तर्फबाट सचिव प्रेम सुवालले प्रधानको मृत शरीरमा पार्टीको झन्डा ओढाउन भएको थियो । अन्तिम विदाई यात्रामा उहाँप्रति अन्तिम श्रद्धाञ्जली अर्पण गर्दै उपस्थिति पार्टीका नेताहरुले उहाँको सम्मानमा शिर झु्काउँदा, पुष्प गुच्छा अर्पण गर्दा सहभागिहरु निक्कै भावुक बनेका थिए । अन्तिम विदाईमा आएकाहरु स्तब्ध थिए । कयौको मुखबाट वाक्य फुटेको थिएन, आँखाबाट आँसु रोकिएको थिएन । कयौँ महिलाले पछ्यौराले आँसु पुछिरहे, कतिले आँसु लुकाउन खोजे तर सकेनन् । भावव्हिल वातावरणमा भएको श्रद्धाञ्जलि सभा पछि सुरु भएको शवयात्रा दूधपाटीबाट भार्वाचो, नासमना, टौमढी, सुकुलढोका, तचपाल, च्याह्मासिंह हुँदै हनुमानघाटसम्म पुग्दा त्यो भीड बढ्दो थियो । लाग्थ्यो उहाँप्रति श्रद्धाञ्जली अर्पण गर्न, उहाँको अन्तिम विदाई गर्न सिंगो भक्तपुर उल्टिएको थियो । हनुमानघाँट र त्यहाँ आसपासका क्षेत्र मानिसहरुको भीडले खचाखच भरिएको थियो । हनुमानघाँटमा प्रधानको अन्तिम विदाई गर्दाको क्षणमा मानवीय आँखा मात्रै होइन, प्रकृतिनै रोएको थियो । त्यहीँ बेलामा परेको पानीमा रुझ्दै हजारौ सहभागिहरु नडगमगाई पानीमा भिज्दै बसिरहेका थिए । बिजुक्छेँका दुई छोराहरु सुवेग र सुवान बिजुक्छेंले दागबत्ती दिएर अन्तिम विदाई गर्दा सहभागिहरुको रुवाई देख्ने जोकोहीको खाँखा रसाएका थिए । नेपाल मजदुर किसान पार्टी, नेपाल क्रान्तिकारी महिला संघ र नेपाल क्रान्तिकारी शिक्षक संघले उहाँप्रति सम्मान, स्मरण र श्रद्धाञ्जलि अर्पण गर्दै शवयात्रामा संघको झण्डा आधा झुकाइएको थियो । २३ वर्ष अघि स्तन क्यान्सर भई पूर्णरूपमा निको हुनुभएका शोभा प्रधान पुनः २०७४ सालदेखि पाठेघर क्यान्सरबाट पीडित हुनुभएको थियो । नेपाल क्यान्सर अस्पतालमा नियमितरूपमा उपचाररत उहाँ असार ८ गते दिनको ३ः४५ बजे निधन हुनुभएको थियो । --- # श्यामबहादुर स्मृति प्रतिष्ठानले वितरण गर्यो विद्यार्थीलाई स्कुल ब्याग र स्टेशनरी सामग्री, ६४ जनाले गरे रक्तदान Source: https://newskunda.com/archives/1670 Category: FEATURED NEWS, राजनीति, समाचार, समाज Last updated: 2022-08-06 भक्तपुर, २१ साउन । स्वर्गीय श्यामबहादुर कार्कीको १५ औ स्मृति दिवसको उपलक्ष्यमा आज भक्तपुरको बालकोटमा श्यामबहादुर स्मृति प्रतिष्ठानले आयोजना गरेको खुल्ला रक्तदान, स्कूल ब्याग तथा स्टेशनरी सामग्री वितरण कार्यक्रम सम्पन्न भएको छ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले उद्घाटन गर्नु भएको उक्त कार्यक्रममा पैतिष्ठानका अध्यक्ष विष्णुराज कार्कीले स्थानीय गणेश आधारभूत विद्यालय बालकोटका ९२ जना विद्यार्थीलाई स्कुल ब्याग, कापी, कलमलगायतका स्टेशनरी सामानहरु हस्तान्तरण गर्नु भयो । कार्यक्रममा ६४ जना रक्तदातालाई काँग्रेस महामन्त्री गगन थापाले प्रमाण पत्र प्रदान गर्नु भयो । कार्यक्रममा महामन्त्री थापाले आगामी मंसीर ४ गते हुने संघीय र प्रदेश सभाको निर्वाचनको तयारीमा लाग्न कार्यकर्तालाई निर्देशन दिनु भएको छ । स्वर्गीय श्यामबहादुर कार्कीको १५ औ स्मृति दिवसको उपलक्ष्यमा आज भक्तपुरको बालकोटमा श्यामबहादुर स्मृति प्रतिष्ठानले आयोजना गरेको खुल्ला रक्तदान, स्कूल ब्याग तथा स्टेशनरी सामग्री वितरण कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनु भएको हो । उहाँले कांग्रेसलाई बहुमत आउने गरि चुनाबको तयारीमा लाग्न काँग्रेसका सबै नेता तथा कार्यकर्तालाई निर्देशन दिदै भक्तपुरका दुबै क्षेत्रमा काँग्रेसको झण्डा फहराउनु पर्ने बताउनु भयो । कार्यक्रममा नेपाली कांग्रेसका युवा नेता गुरुराज घिमिरेले देशको प्रजातन्त्र आएको ३२ वर्ष पार गर्दा पनि देशले उपलब्ध हासिल गर्न नसकेको बताउनु भयो । उहाँले जापान, सिंगापुर, दुबईलगायत बिभिन्न देशले १२ वर्षदेखि ३० वर्षमा ठूलो प्रगति गरेको स्मरण गराउदै नेपालले प्रजातन्त्र उदय भएको ३२ वर्षमा सरकार परिवर्तन गर्ने र निर्वाचन गर्ने बाहेक केही गर्न नसकेको आरोप लगाउनु भयो । नेता घिमिरेले भन्नुभयो, “२०४६ सालपछि जनताले यो मूलुक चलाउने जिम्मेवारी हाम्रो काँधमा सुम्पिएका तर यो ३२ वर्ष कसरी प्रयोग भयो, निर्वाचन गर्ने, सरकार परिवर्तन गर्ने, फेरी सरकार परिवर्तनको खेल सुरु गर्ने, फेरी निर्वाचन गर्ने यस्तो चक्रिय फेरबदल बाहेक केही काम हुन सकेन यसको जिम्मेवारी हामीले लिनु पर्छ ।” लोकतन्त्र र गणतन्त्रको गीत गाउने तर जनताको जीवनस्तरमा कुनै बदलाव ल्याउन नसक्ने भन्दै उहाँले निर्वाचन आउँछ, जान्छ तर देश बदलिदैन, जनस्तर बदलिदैन, त्यसैले अबको निर्वाचन पछि हामी बाटो बदल्छौँ, देश र जनताको पक्षमा परिवर्तन ल्याउछाँै भन्ने संकल्प गर्नु आवश्यक छ भन्नुभयो । नेपाली कांग्रेसले जननेता विपी कोइरालाको जनताको जीवनस्तर उकास्ने संकल्प बिर्सेर गएको बताउनु भयो । कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय नेताहरु रमा कोइराला, जितजंग बस्नेत, सुरेन्द्र केसी, जिल्ला सभापति दूर्लभ थापा, पूर्व संघीय सांसद लेखनाथ न्यौपाने, वाग्मति प्रदेशकी भौतिक पूर्वाधार राज्यमन्त्री रजनी जोन्छे, रामप्रसाद दवाडी, प्रदीप कार्कीलगायतले स्वर्गीय कार्कीले समाजमा पुर्याउनु भएको योगदानको चर्चा गर्दै आगामी निर्वाचनमा कांग्रेस एक ढिक्का भएर अगाडि बढ्नु पर्नेमा जोड दिनु भयो । --- # श्यामा श्यामा धाममा कृष्ण जन्माष्टमी महोत्सव Source: https://newskunda.com/archives/1725 Category: FEATURED NEWS, समाचार, समाज Last updated: 2022-08-19 भक्तपुर, ३ भदौ : श्रीकृष्ण जन्माष्टमीको दिन आज बिहानैदेखि श्यामा श्यामा धाम राधे राधेस्थित भक्ति मन्दिरमा कृष्ण जन्माष्टमी महोत्सव सुरु भएको छ । श्री राधा माधव समितिको आयोजनामा श्रीकृष्ण जन्माष्टमीको दिन आज बिहान ५ बजेदेखिनै दर्शनार्थीको लागि खुल्ला गरेको शक्ति मन्दिरमा बिहानैदेखि दर्शनार्थीको लामबद्ध भएर राधा कृष्णको पूजा एवं दर्शन गर्नु भएको छ । कोरोना भाइरसको महामारीका कारण विगत दुई वर्ष सर्वसाधारणको लागि खुल्ला गर्न नसके पनि यस वर्ष बिहानैदेखि दर्शनार्थीको लागि मन्दिर खुल्ला गरेको श्री राधा माधव समितिका केन्द्रीय सदस्य एवं सञ्चार प्रतिनिधि राजेन्द्र सिग्देलले जानकारी दिनु भयो । उहाँले भन्नुभयो, “कोरोनाका कारण विगत दुई वर्ष मेला नलागे पनि यसवर्ष बिहानैदेखि मेला भर्न सरत्संगी एवं अन्य भक्तजनहरु लामबद्ध भएर पूजा गर्नु भएको छ । आज राती १२ बजेसम्म नै श्यामा श्यामा धाममा बिभिन्न पूजनका ार्यक्रमहरु भइरहन्छन् ।” विगतका वर्षहरुमा एकैदिन १० हजार भन्दा बढीले दर्शन गरेपनि यसवर्ष भने त्यो संख्या बढ्ने उहाँले बताउनु भयो । समितिले सत्संगीका लागि दिनभर साधना गर्ने, श्रीकृष्णको महाभोग गर्ने, श्रीकृष्णलाई अभिषेक गर्ने र साँझ पाँच बजे महाआरती गर्ने, कृष्णलाई माखन अर्पण गर्ने, दिनभर कृष्णलीला प्रस्तुत गर्ने र मध्यराती १२ बजे जन्माष्टमी महोत्वस सम्पन्न गर्ने बताउनु भयो । जन्माष्टमी महोत्सवमा नेपाल सरकारका उच्च पदस्थ व्यक्तित्वहरु, सचिव लगायत कर्मचारीहरु, जनप्रतिनिधिहरु, सत्संगीहरु र अन्य भक्तजनहरुको आगमन भइरहेको उहाँले बताउनु भयो । महोत्सवलाई व्यबस्थित गर्न राधा माधव समिति अन्तर्गत डिभाइन युथ क्लवले स्वयंसेवीको भूमिका निर्वाह गरिरहेको छ । मन्दिर आउने भक्तजनहरुका लागि बिहानैदेखि ईजि वे ट्रायल सेन्टर, भक्तपुरले सवारी अनुमतिको प्रयोगात्मक परीक्षा सञ्चालन गर्ने स्थानमा सवारी पार्किङ्, जुत्ता चप्पलको सुरक्षा, भक्तजनलाई खानेपानीको व्यबस्थापन एवं स्वर्यसेवक परिचालन गरेको सेन्टरका प्रबन्ध निर्देशक निर्भयबाबु प्रसाईले जानकारी दिनु भयो । विष्णुको आठौं अवतारको रूपमा श्री कृष्णको जन्मदिन आज देशभर मनाउने गरिन्छ । कृष्णा जन्माष्टमीमा हिन्दूहरूले भगवान श्री कृष्णको पूजा-आराधना गरी श्रद्धा-भक्तिपूर्वक मनाउँछन् । ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान श्रीकृष्णको जन्म द्वापरयुगमा हिन्दू पञ्चाङ्ग अनुसार भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले आजको दिनलाई श्रीकृष्ण जन्माष्टमी र रातलाई मोहरात्री पनि भन्ने गरिन्छ । जन्माष्टमीका दिन देशभरका कृष्ण मन्दिरहरूमा भगवान् श्रीकृष्णको पूजा-आराधना, प्रवचन, भजन-कीर्तन गर्नुका साथै विशेषगरी महिलाहरू व्रत बसी रातभर जाग्राम बस्ने चलन छ । --- # श्रावणी मेलामा डोलेश्वरमा पचास लाख भक्तजन आउने अपेक्षा, सुरक्षाका लागि पचपन्न वटा सिसि क्यामरा जडान Source: https://newskunda.com/archives/3903 Category: FEATURED NEWS, अर्थ, धर्म/संस्कृति, राजनीति, समाचार, समाज Last updated: 2026-07-15 भक्तपुर, ३१ असार : केदारनाथको शिर डोलेश्वर महादेव मन्दिर भक्तपुरमा ३८ दिने श्रावणी मेला ५० लाख स्वदेशी तथा भारतीय भक्तजनलाई सेवा दिने गरि मेलाको तयारी पुरा गरेको छ । सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित डोलेश्वर मन्दिरमा आज डोलेश्वर महादेव मन्दिर संरक्षण तथा विकास समितिले आयोजना गरेको पत्रकार सम्मेलनमा समितिको अध्यक्ष धर्मराज बस्नेतले मेला अवधिभर ५० लाख स्वदेशी तथा भारतीय भक्तजन आउँने अनुमान गरेको बताउनुभयो । श्रावणी मेलामा अन्य दिनमा भन्दा शनिबार, आइतवार र सोमबार दर्शनार्थीको अत्यधिक घुइँचो लाग्ने बताउदै उहाँले अहिले दैनिक ५०० भारतीय पर्यटक मन्दिर आउने गरेको उहाँले बताउनुभयो । मेला अबधीभर भारतीय पर्यटक मात्रै ६० हजार भन्दा बढी आउने अपेक्षा गरिएको बताउदै उहाँले यसवर्ष एक करोड भन्दा बढी भेटी संकलन हुने अनुमान गरिएको उहाँले बताउनुभयो । अध्यक्ष बस्नेतले यसबर्षको आम्दानीबाट डोलेश्वर मन्दिर नजिकै दुई करोड ५० लाखको लागतमा निर्माण भइरहेको ५० जना क्षमताको बृद्धाश्रमको भवन निर्माण पुरा गर्ने लक्ष्य राखिएको बताउनुभयो । मेलालाई सहज रुपमा व्यबस्थापन गर्न १४ वटा उप समिति गठन गरिएको, नेपाली सेना, नगर अस्पताललगायतबाट भक्तजनको स्वास्थ्य परीक्षण गर्ने व्यवस्था गरिएको र एक महिनासम्म मन्दिरमा भजन किर्तन गरिने समितिका महासचिव हरिशरण बस्नेतले जनाकारी दिनुभो । **पत्रकार सम्मेलनमा सुर्यविनायक नगरपालिका–८ का वडाअध्यक्ष, पुष्पराज बस्नेतले विना पारिश्रमिक मन्दिरमा सेवा गरिरहेका समितिका पदाधिकारी एवं सदस्यलाई स्थानीय पालिकाले पनि मेला व्यबस्थापनमा सहयोग गर्ने बताउनुभयो । वडाध्यक्ष बस्नेतले भन्नुभयो, “डोलेश्वरमा रु. ११०० को रसिद काटेर पञ्चामृत चढाउने, पुजा एवं दर्शन गर्ने भक्तजनलाई छुट्टै लाईनका ब्यबस्थापन गरिएको छ, ०६६ सालपछि डोलेश्वर मन्दिर परिसरमा १९ करोडबढीको भौतिक पुर्वाधारका संरचना निर्माण गरिसकेका छौ ।”** डोलेश्वर मन्दिर आसपासमा होटल तथा खाजा घरले अनिवार्य मूल्य सूची राख्नु पर्ने र महंगी गरि बिक्री नगर्न कडाई गरेको बताउनुभयो । मेलालाई सुरक्षित गराउन जगाती र सर्यविनायकदेखि मन्दिरसम्म आउँने सडकमा र मन्दिर आसपामा ५५ वटा सिसी क्यामरा जडान गरि निगरानी गरिने बताउदै प्रदेश सरकारका स्वास्थ्य मन्त्री किरण थापाको माध्यमबाट आएको १६ करोडको बजेटले डालेश्वर आशापुरी मन्दिर पुग्ने सडक स्तरान्नती गर्ने कार्य ६० प्रतिशत सम्पन्न भएको बताउनुभयो । वडाअध्यक्ष बस्नेतले साउन महिनामा सिपाडोलमै रहेको अर्को प्रसिद्ध आशापुरी मन्दिरमा पनि ठूलो मेला लाग्ने बताउदै डोलेश्वरबाट आशापुरी जाने सडक स्तरोन्नती भएकाले मृलामा कतर्फी यातायात सञ्चालन गरिने बताउनुभयो । उहाँले आशापुरी जान डोलेश्वरबाट गए पनि फर्कन भने सवारी साधनले आशापुरी काक्राबारी साँगा हुदै वा रानीकोट घ्याम्पेडाँडा सूर्यविनायक हुदै फर्किने व्यबस्था गरिएको, दुबै मन्दिरमा नेपाल प्रहरीको सुरक्षा रहने व्यबस्था गरिएको बताउनुभयो । साउन १ गते बिहान चन्द्रविनायक मन्दिर पौखेलबाट डोलेश्वर मन्दिरसम्म कलश यात्रा सुरु गरि मेलाको उद्घाटन गरिने महासचिव बस्नेतले बताउनुभयो । --- # श्रीकृष्ण जन्माष्टमी महोत्सव सम्पन्न, मध्यराती १२ बजेसम्म मेला Source: https://newskunda.com/archives/4202 Category: FEATURED NEWS, अर्थ, धर्म/संस्कृति, राजनीति, समाचार, समाज Last updated: 2026-09-04 भक्तपुर, १९ भदौ : मध्यपुरथिमि नगरपालिका–९ राधेराधेस्थित श्यामा श्यामा धाम शक्ति मन्दिर (राधाकृष्ण मन्दिर)मा श्रीकृष्ण जन्माष्टमी महोत्सव सम्पन्न भएको छ । श्रीकृष्ण जन्माअष्टमीको अवसरमा राधा माधव समिति श्यामा श्यामा धामले आयोजना गरेको बिविध कार्यक्रमसहितको महोत्सवमा आज बिहान ५ बजेदेखि राती नौ बजेसम्म हजारौ भक्तजनले राधाकृष्णको आकर्षक मूर्ति रहेको भक्ति मन्दिरमा विहान ५ बजेदेखि पुजा एवं दर्शन गरेका थिए । दर्शनार्थीले आज मन्दिरमा दर्शन गर्ने, धाममा प्रवचन श्रवण गर्ने र प्रसाद ग्रहण गर्ने कार्य मध्यराती १२ बजेसम्म जारी रहने दर्शनार्थीको आगमन भएको राधा माधव समितिका किरण कमार खोजुले जानकारी दिनुभयो । महोत्सवको अवसरमा आज बिहान ८ः३० बजेदेखि मध्यराती १२ बजेसम्म विशेष साधना सञ्चालन गरिएको जानकारी दिनुभयो । त्यसैगरि श्रीकृष्ण जन्माष्टमीको अवसरमा आयोजना गरेको श्रीकृष्णजन्माष्टमी विशेष कृष्णलीला प्रर्दशनी विहान १० बजेदेखि सुरु भई अपरान्ह ५ बजे सम्पन्न भएको थियो । कार्यक्रममा शक्ति साधनादेखि बिभिन्न साँस्कृतिक कार्यक्रम सम्पन्न भएको छ । --- # श्रीकृष्ण प्रणामी धर्म जागनी महोत्सव २०७९ सम्पन्न Source: https://newskunda.com/archives/2612 Category: FEATURED NEWS, अर्थ, धर्म/संस्कृति, समाचार, समाज Last updated: 2023-03-15 भक्तपुर, : भक्तपुरमा पहिलो पटक आयोजना गरेको अन्तर्राष्ट्रिय श्रीकृष्ण प्रणामी धर्म जागनी महोत्सव २०७९ सम्पन्न भएको छ । सूर्यविनायक नगरपालिका–६, कटुञ्जेस्थित श्रीकृष्ण प्रणामी मन्दिरमा फागुन २४ गतेबाट सञ्चालन भएको महायज्ञसहितको महोत्सवमा दाताहरुबाट रु. ८0 लाख संकलन भएको मन्दिर व्यबस्थापन समितिका अध्यक्ष एवं महोत्सव आयोजक समितिका सचिव धर्मराज कार्कीले जानकारी दिनुभयो । दैनिक १० हजारदेखि १३ हजारसम्म भक्तजनको उपस्थिति रहेको महोत्सवमा नेपालका ७७ वटै जिल्ला र भारतका बिभिन्न प्रान्त एवं अमेरिकाबाटसमेत प्रतिनिधित्व गरेको उहाँले जानकारी दिनुभयो । महोत्सवमा अनन्तश्री विभूषित जगतगुरु सूर्यनारायणजी महाराजबाट मन्दिरको गजुर प्रतिस्थापन एवं मन्दिरको उद्घाटन गर्नु भएको छ । महोत्सवमा करिब ६० लाख रुपैयाँ खर्च भएको सचिव कार्कीले जानकारी दिनुभयो । महोतसव मुल आयोजक समितिका अध्यक्ष बिष्णुप्रसाद न्यौपानेले आध्यात्मिक क्षेत्रमा अन्तर्राष्ट्रिय स्तरको धार्मिक पर्यटन महोत्सवको रुपमा आयोजना गरिएको बताउदै महोत्सव अवधिभर मन्दिरमा दैनिक १०८ ब्रह्ममुनी (बटुक)हरुले श्री १०८ तारतमसागर पाठ पारायण र श्रीकृष्ण प्रणामी धर्माचार्य अनन्त, श्री विभूषित जगद्गुरु आचार्य, श्री कृष्णमणिजी महाराजजी, मंगलधाम कालिम्पोङ्गका गादिपति, श्री १०८ गुरुजी मोहनप्रियाचार्यले प्रवचन दिनु भएको थियो । महोत्सवमा दैनिक सेवा पुजा आरती, योग ध्यान, चितवनी, पाठ पारायण, ध्यान जप, धार्मिक प्रवचन, श्रीकृष्णामृत कथा, सन्ध्या आरती र साँस्कृतिक कार्यक्रम गरिएको थियो । महोत्सव अबधीभर मा विशेष कार्यक्रम अन्तर्गत दैनिक तारतम मन्त्र प्रदान तथा आत्मा जागनी कार्यक्रम, सम्मान कार्यक्रम, रक्तदान, निःशुल्क स्वास्थ्य परीक्षणगरिएको उहाँले बताउनु भयो । कलश यात्रा गरिएका एक हजार कलश वितरण गरिएको छ । संकलन भएको रकमलाई अक्षयकोषमा राखिने बताउदै समितिका अध्यक्ष न्यौपानेले श्रीकृष्ण प्रणामी सेवजा समिति केन्द्रले इटहरिमा सञ्चालन गरेको ४५ शय्याको प्राणनाथ अस्पताल, संस्कृति विद्यालय र चाहविलमा रहेको राधाकृष्ण सेवा संस्कृत पाठशालाका अनाथ, असाहय बालबालिकाको शिक्षादिक्षामा खर्च गरिने बताउनु भयो । २०५७ सालमा श्रीकृष्ण प्रणामी मन्दिर निर्माण भई आध्यात्मिक कार्यक्रम सञ्चालन हुदै अनाथ वालवालिका तथा बृद्ध बृद्धाहरूको संरक्षण पठन–पाठन एवम् भरणपोषण हुँदै आईरहेको छ । नेपालमा छाता संस्थाको रूपमा रहेको श्रीकृष्ण प्रणामी सेवा समितिका मुलुकभर २५१ शाखाहरू आध्यात्मिक तथा सामाजिक क्षेत्रमा कार्यरत रहेका छन् । शाकाहार स्वास्थ्यको महत्वबारे प्रवचन, अहिंसाको सन्देश जन–जनमा फैलाउन जनचेतना जगाउने, हिन्दु धर्मको मठ–मन्दिरहरू संरक्षण प्रवर्धनमा जोड दिने, अनाथ बालबालिका तथा बृद्धबृद्धाहरूको संरक्षण तथा शिक्षा दिक्षामा अभिवृद्धि गराउने, यस एतिहासिक सांस्कृतिक नगरी भक्तपुरलाई धार्मिक पर्यटनसँग जोड्ने, दुव्र्यशन मुक्त समाज निर्माणमा जोड दिने उदेश्यले महोत्सव आयोजना गरिएको हो । --- # श्रीपशुपति हिन्दू विश्वविद्यालय स्थापना गरिने Source: https://newskunda.com/archives/2616 Category: FEATURED NEWS, शिक्षा, समाचार, समाज Last updated: 2023-03-16 काठमाडौँ, २ चैत : सरकारले हिन्दू धर्मको बृहत्तर खोज तथा अनुसन्धान गर्ने उद्देश्यले ‘श्रीपशुपति हिन्दू विश्वविद्यालय’ स्थापना गर्ने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय (मन्त्रीस्तरको निर्णय)ले हिन्दू धर्मको खोज तथा अनुसन्धान गर्ने उद्देश्यले विश्वविद्यालय स्थापना गर्न लागेको हो । पर्यटनमन्त्री सुदन किराँतीले सो विश्वविद्यालयका माध्यमबाट हिन्दू धर्मसम्बन्धी विश्वभर विज्ञहरू उत्पादन गर्ने र सांस्कृतिक कूटनीतिक विकास गर्ने उद्देश्यले विश्वविद्यालयको अवधारणा अघि बढाइएको बताउनुभयो । मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा उहाँले आधुनिक नेपालको सभ्यताको सुरुआत नेपालबाटै भएकाले यहाँको सभ्यता, सम्पदा, संस्कृति र दर्शनलाई पाशुपत दर्शनभित्र समेटिएको बताउनुभयो । उहाँले भन्नुभयो, “हिन्दू विश्वविद्यालय राष्ट्रको आवश्यकता हो, आधुनिक सभ्यताको सुरुआत नेपालबाटै भएको पाइन्छ, नेपाली धर्म संस्कृति, मूल्यमान्यतालाई देश तथा विदेशमाझ प्रवद्र्धन गर्न यो अभियालनले मद्दत पुग्नेछ ।” मन्त्री किराँतीले विश्वविद्यालय स्थापनाबाट विश्वभर कूटनीतिक बौद्धिक व्यक्तित्व निर्माणका साथै सांस्कृतिक कूटनीतिको विकास हुने र यसले पर्यटनको विकास हुने विश्वास व्यक्त गर्नुभयो । पर्यटन मन्त्रालयका सचिव सुरेश अधिकारीले ‘ड्रिम प्रोजेक्ट’का रूपमा विश्वविद्यालय स्थापना गर्न लागिएको बताउनुभयो । उहाँले हिन्दू धर्मबारे खोज तथा अध्ययन गरी बौद्धिक अध्यात्मक चिन्तनको संस्थागत विकास गर्ने लक्ष्यका साथ विश्वविद्यालय निर्माण गर्न लागिएको जानकारी दिनुभयो । उक्त विश्वविद्यालय स्थापनाबाट नेपाली संस्कृति र दर्शनलाई नेपाली माटोको सुगन्धसहित अध्ययन, अध्यापन हुनुका साथै शैक्षिक, धार्मिक तथा सांस्कृतिक पर्यटको प्रवद्र्धन गर्ने हुने विश्वास लिइएको छ । फागुन १५ को मन्त्रीस्तरीय निर्णयबाट पशुपति क्षेत्र परिसरमा सो विश्वविद्यालय स्थापनाको सम्भाव्यता अध्ययनसहित अवधारणापत्र तयार गर्न संस्कृतिविद् डा जगमान गुरुङको संयोजकत्वमा समिति गठन गरिएको छ । समितिको सदस्यमा प्रा डा रामचन्द्र गौतम, प्रा चेतोनाथ गौतम, कमल ढकाल र सदस्यसचिवमा पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक डा घनश्याम खतिवडा रहनुभएको छ । समितिका संयोजक डा गुरुङले पूर्वीय दर्शन सम्भाव्यता र संस्कृतिको नेपालमुखी अध्ययनका लागि विश्वविद्यालय निर्माणको प्रक्रिया अघि बढाइएको बताउनुभयो । मानवीय जीवन पद्दति र यसका विविध आयामलाई पशुपति हिन्दू विश्वविद्यालयले प्रमुख विषय बनाउनुपर्छ भन्ने मान्यता राखेर अभियान सुरु गरिएको कोषका कार्यकारी निर्देशक खतिवडाले बताउनुभयो । कोषको प्रस्तावित गुरुयोजनाअनुरुप सो विश्वविद्यालयको प्रक्रिया सुरु गरिएको उहाँले उल्लेख गर्नुभयो । समितिले विश्वविद्यालयको सम्भाव्यता अध्ययन गरी एक महिनाभित्र मन्त्रालयलाई प्रतिवेदन पेस गर्नेछ । प्रतिवेदनअनुरुप विज्ञ तथा सरोकारवालासँग आगामी वैशाखभर छलफल गरेर विश्वविद्यालय निर्माण प्रक्रिया अगाडि बढाइने जनाइएको छ । --- # श्रीभक्त कासिछ्वा प्रदेश खेलकुद बिकास परिषदको सदस्यमा नियुक्त Source: https://newskunda.com/archives/1519 Category: FEATURED NEWS, खेलकुद, राजनीति, समाचार, समाज Last updated: 2022-07-21 काठमाडौं, ५ साउन । वाग्मति प्रदेश सरकारले प्रदेश खेलकुद बिकास परिषदको सदस्यमा भक्तपुरका श्रीभक्त कासिछ्वालाई नियुक्त गरेको छ । वाग्मति प्रदेश युवा तथा खेलकुद मन्त्रालयले आज भक्तपुरका समाजसेवी, व्यवसायी, एवं जिल्ला खेलकुद विकास समिति भक्तपुरका निवर्तमान अध्यक्ष श्रीभक्त कासिछ्वालाई परिषदको सदस्यमा नियुक्त गरेको हो । प्रदेशका युवा तथा खेलकुद मन्त्री रत्नप्रसाद ढकालले उहाँलाई नियुक्त पत्र प्रदान गरि आजै सपथ ग्रहण गराउनु भएको छ । मन्त्री ढकालसँगै वाग्मति प्रदेशका अर्थ मन्त्री शालिकराम जमरकट्टेल, प्रदेश सभा सदस्य प्रतिमा श्रेष्ठलगायतले उहाँलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्नु भएको छ । लामो समयदेखि खेलकुदको विकासमा निरन्तर लाग्नु भएका कासिछ्वा तेक्वाण्डो र ब्याडमिन्टनको खेलाडी हुनु हुन्छ । भक्तपुर व्याडमिन्टन संघका कोषाध्यक्ष, चाँगुनारायण उद्योग वाणिज्य संघका अध्यक्षलगायत बिभिन्न संघसंस्थामा आबद्ध रहनु भएका कासिछ्वा राजनीतिकर्मीसमेत हुनुहुन्छ । जिल्ला खेलकुद विकास समिति भक्तपुरको अध्यक्ष हुँदा उहाँले भाडामा बस्दै आएको समितिको कार्यालयलाई आफ्नै पहलमा जिल्ला मै पहिलो पटक समितिको आफ्नै कार्यालय राख्न सफल हुनु भएको थियो । भक्तपुरमा खेलकुदको विकासका लागि बिभिन्न खेलको प्रतियोगितासमेत गर्दै आउनु भएका उहाँले बिभिन्न संघसंस्था एवं सामाजिक विकासमा समेत योगदान दिदै आउनु भएको छ । भक्तपुरका अन्तर्राष्ट्रियस्तरको रंगशाला निर्माणको सुरु गर्नु भएको छ । कासिछ्वाकै नेतृत्वमा चाँगुनारायणमा अन्तर्राष्ट्रियस्तरको रग्बी रंगशाला निर्माण कार्य तिब्र गतिमा भइरहेको छ । प्रदेश सरकारले मध्यपुरथिमिकी खेलाडी रत्नकेशरी प्रजापतिलाई पनि पुनः समितिको जिल्ला सदस्यमा नियुक्त गरेको छ । --- # श्रीभक्तलाई आमाको आर्शिवाद, मतदाताको साथ Source: https://newskunda.com/archives/2326 Category: FEATURED NEWS, राजनीति, समाचार, समाज Last updated: 2022-10-31 भक्तपुर । आफ्नै आमाको आर्शिवाद लिएर चुनावी मैदानमा उत्रिएका स्वतन्त्र उम्मेदवार श्रीभक्त कासिछ्वालाई मतदाताले साथ दिएका छन् । आगामी मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनमा भक्तपुर क्षेत्र नं. १ प्रदेश सभा ‘क’ बाट स्वतन्त्र उम्मेदवार बनेका श्रीभक्तलाई आमाको आर्शिवाद, मतदाताको साथ रहेको छ । आमा लक्ष्मीकुमारी कासिछ्वाले टीका खादा लगाएर दहीका सुगन खुवाएर नेपालको झण्डा हातमा दिएर नेपालको शिर उच्च राख्ने काम गर्न विजयीको आर्शिवाद दिदै चुनावी अभियान सुरु गरेका श्रीभक्तको चर्चा चुनावी क्षेत्रमा निकै बढेको छ । आमाको आर्शिवाद पाएका श्रीभक्त कासिछ्वाले आफ्नो निर्वाचन प्रचार प्रसारलाई तिब्र पार्दै शनिवार चाँगुनारायण नगरपालिका ४ छालिङ्ग पकानेपाटीमा निर्वाचन परिचालक कमिटीको कार्यालय समेत सञ्चालनमा ल्याएको छन् । उक्त कार्यालयको आमा लक्ष्मीकुमारीले उद्घाटन गर्दै चाँगुनारायणको बिकास गर्न र देशको शीर उच्च राख्न विजयीको आर्शिवाद दिइन् । जेब्रा चुनाव चिन्ह लिएर उम्मेदवारी दिएका कासिछ्वाले भक्तपुरमा पिछडिएको क्षेत्र चाँगुनारायणको समग्र बिकास गर्न, यहाँको सडक, खानेपानी, ढल, सिंचाई, कृषि, शिक्षा र स्वास्थ्य क्षेत्रको बिकास गर्ने कसम खाएर चुनाबमा आएको बताए । यस क्षेत्रलाई खेलकुदको हव बनाउने उदेश्य समेत रहेको कासिछ्वाले बताए । कासिछ्वाले प्रदेश सभामा आफ्नो विजयसँगै व्यक्तिगत रुपमा आमाको नाममा वर्षको रु. २० लाखको कोष स्थापना गरेर यहाँको बिकास र गरिब जनताको आयस्तर उठाउने काममा लगाउने बताए । --- # श्रीमतिको कलेजोले नयाँ जीवन पाएपछि खुसी हुदै घर फर्किए यादव परिवार Source: https://newskunda.com/archives/4200 Category: FEATURED NEWS, अर्थ, राजनीति, समाचार, समाज, स्वास्थ्य Last updated: 2026-09-04 भक्तपुर, १९ भदौ : शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र, भक्तपुरको प्राङ्गनमा सर्लाहीका ३७ वर्षीय बालगोविन्द यादव नयाँ जीवन पाएर घर फर्किन पाएकोमा खुसीले दंग थिए । आफ्नै श्रीमानलाई आफ्नो आधा कलेजो काटेर श्रीमानको शरीरमा प्रत्यारोपण गरेपछि श्रीमानलाई सकुशल घर लैजान पाएकोमा ३३ वर्षिया श्रीमति मिना कुमारी यादव झनै खुसी देखिन्थिन् । बाल गोविन्दको कलेजो बिग्रिएर शरीरमा नहँदा जीवनमरणको संघारमा रहेको बेलामा उपचारकै क्रममा कलेजो प्रत्यारोपण गर्न मिल्ने थाहा पाएपछि श्रीमान्लाई कलेजो दान दिएर भए पनि बचाउँने अठोट व्यक्ति गर्दै उहाँ शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा आउनु भएको थियो । केन्द्रका चिकित्सकले यही भदौ ८ गते मिना कुमारीको आधा कलेजो काटेर श्रीमान् बाल गोविन्दलाई प्रत्यारोपण गरेपछि उहाँहरु आज डिस्चार्ज भएर घर फर्किनु भएको केन्द्रका प्रशासन प्रमुख हरिहर पोख्रेलले जानकारी दिनुभयो । केन्द्रले यो ३९ औ कलेजो प्रत्यारोपण सम्पन्न गरेको उहाँले जानकारी दिनुभयो । शल्य चिकित्सक डा. रामबाबु साहकोे नेतृत्वमा ६० जना विशेषत्र चिकित्सक, नर्सलगायतको टिमले सफलतापूर्वक कलेजो प्रत्यारोपण सम्पन्न गरेको उहाँले जानकारी दिनुभयो । प्रत्यारोपण केन्द्रले १४ वर्षको अवधिमा १ हजार ६८० जनाको मृगौला र ३९ जनाको कलेजो प्रत्यारोपण सम्पन्न गरि सकेको केन्द्रका कार्यकारी निर्देशक डा. कल्पनाकुमारी श्रेष्ठले जानकारी दिनुभयो । यस केन्द्रमा नियमित कलेजो प्रत्यारोपण हुन थालेपछि कलेजो प्रत्यारोपणको लागि विदेश धाउन पर्ने बाध्याता हटेको र यस केन्द्रले देशको सबैभन्दा धेरै (करिब दुई तिहाई) प्रत्यारोपण गर्दै आएको उहाँले बताउनुभयो । कलेजो प्रत्यारोपणमा डा. रोशन घिमिरे, डा.लोचन श्रेष्ठ, डा. रुजेन बज्राचार्य, डा. मिलन श्रेष्ठ, डा. अमित यादव, एनेस्थिेसयिा तथा क्रिटिकल केयरका विभागीय प्रमुख डा. आरती राई, डा. निभा श्रेष्ठ, डा. शोभित थापा, रेखा श्रेष्ठ, डा. शिव सुन्दर राजचल, डा. सन्देश खाइजु, डा. रिती फुँयाल, रेडियोलोजि विभागबाट विभागीय प्रमुख डा. कृष्ण बुढाथोकी, डा.जस्मिन जोशी, डा. हितेश रायमाझी, डा. जि. एलीन र इन्दु मिमिरे लगायतको टिम सहभागी हुनु भएको थियो । प्रत्यारोपणमा कार्डियोलोजि विभागबाट विभागीय प्रमुख डा प्रवेश न्यौपाने, डा. सचिन लामिछाने, प्याथोलोजि विभागबाट बिभागिय प्रमुख डा. सबिना श्रेष्ठ, डा. सुस्मिता मिमिरे, ल्याब इन्चार्ज विन्दिरा जोशीको टिम सहभागी हुनुहुन्थ्यो । ग्याँस्ट्रोइन्टरोलोजि विभागबाट विभागीय प्रमुख डा. कर्ण राजवंशी, डा. शेखर पौड्याल, पल्मोनोलोजी डा. राजेश किशोर यादव, े निमित्त नर्सिङ्ग निर्देशक सनिषा कार्की, नर्सिङ्ग इन्चार्जहरु बबिता लवजु, एलिसा श्रेष्ठ, मञ्जु भट्टराई, अनिता कार्की, निरु सुवाल, मिना खर्बुजा, ओटी नर्स कामना बोगटी, विनिता कुटु, सबिया नागा, सुवेक्षा शाक्य, केलिना के।सी, बन्दना राई, रविना पक्का, सोनिया गिरी, ज्योति के.सी, सुदिमा रावत, कृष्टिना प्रजापती, अंशुमा दाहाल, आइसियु नर्स अर्पणा सेन, जयन्ति ताम्राकार, देवजना श्रेष्ठ, सजना कासुला, अनु बज्राचार्य, जानुका सुनार, सिता मैया अवालको सहभागिता रहेको थियो । प्रत्यारोपणमा ओटी व्यवस्थापनको जिम्मा अमर महर्जन, रामचन्द्र पौडेल, युनिशा खाइतु र गणेश राम कोजु लगायतको टिमले गर्नु भएको थियो भने डाइटिसियन वर्षा भट्टराई र फिजियोथेरापिष्ट शोनि शिख्वालको समेत प्रत्यक्ष संलग्नता रहेको थियो । फार्मेसी विभागबाट सजन खाइतु र दीपा केसीको टोलीले प्रत्यारोपण कार्यमा सहयोग गर्नु भएको थियो । कलेजो प्रत्यारोपणको व्यवस्थापकीय जिम्मेवारी प्रशासन प्रमुख रामप्रसाद आचार्यको टोलीले गरेको, कोर्डिनेशन डा. निरु शर्मा, डा. बृजेश यादव, तारा साँध, सरु कोजु, चाहाना बोगटी, पूजा खड्का लगायतले गर्नु भएको थियो । --- # श्रीमदभागवत विराट पितृ मुक्ति महायज्ञमा मन्त्रीदेखि सांसदसम्म Source: https://newskunda.com/archives/3058 Category: FEATURED NEWS, धर्म/संस्कृति, राजनीति, शिक्षा, समाचार, समाज, स्वास्थ्य Last updated: 2023-10-02 भक्तपुर, १३ असोज । महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री सुरेन्द्रप्रसाद आचार्यले बालबालिका तथा जेष्ठ नागरिकको क्षेत्रमा सबै पक्षले सकारात्मक कार्य गर्नु पर्ने बताउनु भएको छ । जेष्ठ नागरिक आश्रम निर्माणार्थ भक्तपुरको चाँगुनारायण नगरपालिका–९ ताथलीमा सञ्चालित श्रीमदभागवत विराट ज्ञान महायज्ञमा बोल्दै उहाँले बालबालिकार जेष्ठ नागरिकको गाँस, बास र कपासका लागि आयोजना गरेको महायज्ञ निकै सह््रायिन रहेको बताउनु भयो । उहाँले बालबालिका तथा जेष्ठ नागरिकको क्षेत्रमा जसले काम गरे पनि राम्रो रहने बताउदै उहाँले महायज्ञले लिएको संकल्प पुरा गर्न सबै लाग्नु पर्ने बताउनु भयो । मन्त्री आचार्यले मान्छे अमर हुनको लागि सामाजसंग जोडिएर अगाडि बढ्नु पर्ने औल्याउदै सकारात्मक कार्यमा सबैले साथ दिनु पर्नेमा जोड दिनुभयो । त्यसैगरि महायज्ञमा बोल्दै संघीय सुनुवाई समितिका सभापति एवं संघीय सांसद किरणकुमार शाहले जेष्ठ नागरिकको हकहितलेनै धर्म प्राप्ती हुने बताउनु भयो । उहाँले आफ्ना आमाबाबुले धर्म र संस्कृति भन्दा ठूलो अरु केही हुदैन भनेर आफूलाई सिकाएको चर्चा गर्दै उहाँले हिन्दु धर्म एवं संस्कृति माथि कसैले औला उठाउँछ भने त्यो सह्य नहुने बताउनुभयो । सांसद शाहले राजनीति भन्दा माथि उठेर सनातन धर्म र संस्कृतिको बारेमा तीन करोड नेपालीलाई सिकाउनु पर्ने बेला आएको बताउनभयो । सडकमा रहेका बालक तथा जेष्ठ नागरिकलाई निःशुल्क गाँस, बास र कपासको ब्यबस्था गर्नु सनातन धर्म अन्तर्गत पर्ने भन्दै उहाँले महायज्ञको यो अभियानको संकल्प पुरा हुनुपर्ने औल्याउनुभयो । **कार्यक्रममा ७० वर्ष माथिका जेष्ठ नागरिकलाई सम्मान :** विराट पितृ मुक्ति महायज्ञमा ७० बर्ष माथिका ४० भन्दा बढी जेष्ठ नागरिकलाई सम्मान गरिएको छ । महायज्ञमा सहभागी भएका बिभिन्न जिल्लाबाट आउनु भएका जेष्ठ नागरिकलाई महायज्ञका गुरु एवंसंकल्पकर्ता वालयोगेश्वर श्री विजयमूर्ति महाराज श्रीले जेष्ठ नागरिकलाई सम्मान गर्नु भएको हो । छोरीको घर जेष्ठ नागरिक आश्रमको सहयोगार्थ सञ्चालन भएको विराट ज्ञान पितृ मुक्ति महायज्ञको आगामी असोज २७ गतेसम्म सञ्चालन हुने महायज्ञका प्रचार संयोजक टंकमणि भट्टराईले जानकारी दिनुभयो । --- # संघीय सांसद खत्रीद्धारा कमेरोटारवासीको समस्या समाधान गर्ने प्रतिबद्धता Source: https://newskunda.com/archives/3589 Category: FEATURED NEWS, अर्थ, राजनीति, समाचार, समाज Last updated: 2026-04-11 भक्तपुर, २८ चैत ः विगत २२ वर्षदेखि समस्याग्रस्त बन्दै आएको मध्यपुरथिमि नगरपालिकाको कमेरोटार जग्गा एकीकरण आयोजनालाई तत्काल सम्पन्न गर्न आवश्यक कदम चालिने भक्तपुर क्षेत्र नं. २ का संघीय सांसद राजीब खत्रीले बताउनु भएको छ । कमेरोटारस्थित संगम कोलोनीमा आडाम्स थिमिले आज आयोजना गरेको नयाँवर्षको शुभकामना आदानप्रदान तथा छलफल कार्यक्रममा स्थानीयवासीले आयोजना अलपत्र पारेर जनतालाई दुःख दिएकाले आयोजना छिटो सम्पन्न गराउन माग गरेका थिए । सांसद थापाले स्थानीयसंगको छलफलमा भन्नुभयो, “आयोजनाकोबारेमा मैले धेरै कुरा थाहा पाईसके, अझै बिस्तृत बुझेदैछु, अब विगतमा जस्तो यो वा त्यो बाहनाले कुनै पनि काम रोकिनु हुदैन, रोक्न पाईदैन पनि । यो आयोजना छिटो सम्पन्न गराउन तपाईहरुसंग म पनि साथमा छु ।” स्थानीयले ५ वर्षमा सम्पन्न गर्ने गरि सुरु भएका आयाजना २२ वर्ष बितिसक्दा पनि अझै सडक कालोपत्र नहुदाँ, खानेपानीको व्यबस्था नहँुदा र ढलको उचित व्यबस्थापन नुहँदा जनताले निकै सास्ती व्यहोर्नु परेको गुनासो गरेका थिए । कार्यक्रममा आडाम्स थिमिका अध्यक्ष एकराज भण्डारीले जनताको सुझाब, गुनासो सुनेर समस्या समाधानमा सांसदले केन्द्रीयस्तरमै महत्वपूर्ण भूमिका निर्वाह गर्नु पर्नेमा जोड दिनुभयो । --- # संघीयताको सुन्दर पक्ष भनेकै विभिन्न जातजाति, भाषा, संस्कृति र मौलिक पहिचान हो, यसलाई जिवन्त राख्नु पर्छ : मुख्यमन्त्री किरण थापामगर Source: https://newskunda.com/archives/5593 Category: FEATURED NEWS, अर्थ, धर्म/संस्कृति, राजनीति, समाचार, समाज Last updated: 2026-11-10 भक्तपुर, २४ कात्तिक । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले संघीयताको सुन्दर पक्ष भनेकै प्रदेशमा रहेका विभिन्न जातजाति, भाषा, संस्कृति र मौलिक पहिचानलाई राज्यले सम्मान गर्दै संरक्षण र प्रवर्द्धनका लागि प्राथमिकता दिनु रहेको बताउनुभएको छ। नेपाल संवत् ११४७ को अवसरमा आज मध्यपुरथिमिमा शंखधर साख्वाः प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा सम्बोधन गर्दै उहाँले प्रदेशमा जुन जाति र भाषाको बाहुल्यता छ, त्यसको संरक्षण, विकास र प्रवर्द्धनका लागि प्रदेश सरकारले बजेट विनियोजन गर्दै आएको स्पष्ट पार्नुभयो। “संघीयताको सुन्दर पक्ष भनेकै यही हो। प्रदेशमा जुन जाति र भाषाको बाहुल्यता छ, त्यसलाई मान्यता दिएर बजेट विनियोजन गरी भाषा र संस्कृतिलाई अघि बढाउँदै आएका छौँ”, उहाँले भन्नुभयो। मुख्यमन्त्री थापामगरले नेपाल बहुभाषिक र बहुजातीय मुलुक भएकाले हरेक भाषा, संस्कृति र संस्कारको आफ्नै मौलिक पहिचान रहेको उल्लेख गर्नुभयो। “हरेक भाषाको आफ्नै मौलिकता छ, संस्कृति छ, संस्कार छ। आज नेपालभाषाको पनि आफ्नै संस्कृति र संस्कार छ र यसको विकास हुँदै आइरहेको छ”, उहाँले भन्नुभयो। उहाँले राष्ट्रिय विभूति शंखधर साख्वाःले खोलाको बालुवा चालेर सुन निकाली ऋणमा डुबेका नागरिकलाई ऋणमुक्त गराउनुभएको ऐतिहासिक योगदानको स्मरण गर्दै उहाँको सामाजिक सेवाभाव र योगदानलाई नयाँ पुस्तासम्म पुर्याउनुपर्ने बताउनुभयो। शंखधर साख्वाःको योगदान र इतिहासलाई संरक्षण गर्न प्रदेशका प्रत्येक जिल्लामा उहाँकै नाममा प्रतिष्ठान स्थापना गर्नुपर्नेमा जोड दिँदै मुख्यमन्त्री थापामगरले चालु आर्थिक वर्षमा दोलखामा प्रतिष्ठान स्थापनाका लागि बजेट विनियोजन गरिएको जानकारी दिनुभयो। अन्य जिल्लाबाट पनि प्रतिष्ठान स्थापनाको माग आएमा आवश्यक बजेट उपलब्ध गराइने उहाँले बताउनुभयो। त्यसैगरी, शंखधर साख्वाः प्रतिष्ठानको संग्रहालय निर्माणलगायतका कामका लागि पनि प्रदेश सरकारले बजेट विनियोजन गरेको उहाँले जानकारी दिनुभयो। मुख्यमन्त्री थापामगरले नेपालभाषा र तामाङ भाषालाई सरकारी कार्यालयको कामकाजको भाषाका रूपमा प्रयोगमा ल्याउने उद्देश्यसहित प्रदेश सरकारले कानुन बनाइ सकेको स्मरण गराउनुभयो। भाषा र संस्कृतिलाई व्यवहारमै स्थापित गर्न प्रदेश सरकारले आवश्यक पहल गरिरहेको उहाँको भनाइ थियो। नेपालभाषाको संरक्षण र विकासलाई काठमाडौं उपत्यकामा मात्र सीमित राख्न नहुने उल्लेख गर्दै उहाँले प्रदेशका सबै जिल्लामा यसको विस्तार गर्नुपर्नेमा जोड दिनुभयो। भाषा, संस्कृति, संस्कार र मौलिक पहिचानको संरक्षण नै समावेशी संघीयताको महत्वपूर्ण आधार भएको उल्लेख गर्दै मुख्यमन्त्री थापामगरले बागमती प्रदेश सरकारले यस्ता सम्पदाको संरक्षण, संवर्द्धन र प्रवर्द्धनका लागि आगामी दिनमा पनि आवश्यक बजेट विनियोजन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। --- # सङ्क्रमणकालीन न्याय प्रक्रियालाई पुनर्जीवित गराउनेतर्फ तत्काल कदम चाल्न सरकारसंग इन्सेकको माग Source: https://newskunda.com/archives/1933 Category: FEATURED NEWS, राजनीति, समाचार, समाज Last updated: 2022-08-31 हेटौडा , १५ भदौ । इन्सेक बागमती प्रदेश कार्यालयले सङ्क्रमणकालीन न्याय प्रक्रियालाई पुनर्जीवित गराउनेतर्फ तत्काल कदम चाल्न सरकार तथा सम्बन्धित जिम्मेवार निकायसँग माग गरेको छ । बलपूर्वक बेपत्ता पारिएका व्यक्तिहरूको अन्तर्राष्ट्रिय दिवस २०२२ (**30th August**)को अवसरमा इन्सेक बागमती प्रदेश कार्यालयले १० वर्ष लामो आन्तरिक सशस्त्र द्वन्द्वमा बलपूर्वक बेपत्ता पार्ने कार्यको शिकार हुन पुगेका परिवारका सदस्यहरूले द्वन्द्व अन्त्य भएको १६ वर्षसम्म पनि न्यायको अनुभूति गर्न नपाएका भन्दै यस्तो माग गरेको हो । तत्कालीन सरकार र नेपाल कम्युनिस्ट पार्टी (नेकपा–माओवादी) बीच २०६३ मङ्सिर ५ गते भएको विस्तृत शान्ति सम्झौतामा बेपत्ता पारिएका व्यक्तिहरूको अवस्थाबारे ६० दिनभित्र सार्वजनिक गरिने बाचा गरिए तापनि हजारौँ परिवारहरूलाई विगत १६ वर्षदेखि ती घटनाहरूको सत्यतथ्य जान्न पाउने अधिकारबाट वञ्चित गरिँदै आएको इन्सेक बागमती कार्यालयका कार्यक्रम संयोजक गणेश भण्डारीद्धारा जारी बिज्ञप्तीमा भनिएको छ । उनीहरुको अधिकारबाट बञ्चित गराउदा जवाफदेहिता, न्यायमा पहुँच र प्रभावकारी उपचार तथा परिपूरणलाई व्यापक रूपमा उपेक्षा गर्ने काम भएको भन्दै नेपाल पक्षराष्ट्र भएको महासन्धिहरूसहित अन्तर्राष्ट्रिय कानून अनुसार राज्यहरूले बेपत्ताका परिवार र बेपत्ताका कारण क्षति पुगेका अन्यहरूलाई प्रभावकारी उपचार उपलब्ध गराउनुपर्छ, जसमा सत्य, न्याय, परिपूरण र नदोहोरिने प्रत्याभूति समावेश भएको स्मरण गराउनु भयो । २०७१ मा गठन भएका सत्य निरूपण तथा मेलमिलाप आयोग र बलपूर्वक बेपत्ता पारिएका व्यक्तिहरूको छानबिन आयोग दुवैमा आयुक्तहरूले आफ्नो चार वर्षको कार्यकाल पूरा गरे पनि आफ्नो कार्यादेश अनुरूप काम गर्न नसकेको भन्दै पुनः नियुक्त भएका आयुक्तहरुले पनि तलब भक्ता बुझ्ने बाहेका कुनै काम गर्न नसकेको जगजाहेरै रहेको बताएको छ । आयोगका आयुक्तहरूलाई प्रशासनिक जिम्मेवारी दिई राजनीतिक संयन्त्रको उच्चस्तिरीय आयोगको गठन नहुने हो भने बेपत्ता परिवारको न्यायका आसा बीसौँ वर्ष उस्तै रहने निश्चित भएको भन्दै इन्सेकले सर्वदलीय सर्वसम्मत गठन गर्ने उच्चस्तिरीय राजनीतिक आयोगले गर्ने निर्णयको कार्यान्वयन गर्ने भन्दा माथिको दायित्व हाल कायम रहेका आयुक्तले गर्ने अवस्था रहेन भनिएको छ । अन्त्यमा बलपूर्वक बेपत्ता पार्ने कार्यबाट सबै व्यक्तिको संरक्षण गर्नेसम्बन्धी अन्तर्राष्ट्रिय महासन्धिको अनुमोदन गर्न नेपाल सरकारसँग माग इन्सेकले माग गरेको छ । --- # सडक स्तरोन्नती गर्ने चाँगुनारायणका नगर प्रमुख खत्रीको प्रतिबद्धता, प्रधानसेनापतिलाई धन्यवाद Source: https://newskunda.com/archives/1196 Category: FEATURED NEWS, राजनीति, समाचार, समाज Last updated: 2022-06-07 ** यहाँका जनताले यातायातका साधनको अभाव र सडक जीर्ण हुँदा धेरै कष्ट भोग्नु परेको आफूले महसुस गरेको बताउदै नगर प्रमुख खत्रीले आउँदो आ.ब.मै यस सडकका लागि नगरपालिकाले बजेट विनियोजन गर्ने र प्रदेश तथा संघीय सरकारबाट थप बजेट ल्याएर चाँगुनारायण नगरपालिका भित्रका ग्रामिण सडकहरुको स्तरोन्नती गर्ने बताउनु भयो ।** =========================================== भक्तपुर, २४ जेठ । चाँगुनारायण नगरपालिकाका प्रमुख जीवन खत्री र प्रधान सेनापति प्रभुराम शर्माबीच सडक बिस्तारकाबारेमा छलफल भएको छ । चाँगुनारायण नगरपालिकाको छालिङ जाने सडक बिस्तारका बारेमा दुई जना बीच भेटमा छलफल भएको छ । नेपाली सेनाले चाँगुनारायण नगरपालिका र यहाँका बासिन्दालाई सडक बिस्तारका लागि सहयोग गरेको भन्दै प्रधान सेनापति शर्मालाई धन्यवाद नगर प्रमुख खत्रीले धन्यवाद समेत व्यक्त गर्नु भयो । वर्षौदेखि बिस्तार हुन नसकेको छालिङको सडक बिस्तारका लागि चाँगुनारायण नगरपालिका र यहाँको जनताको माग, अथक पहललाई सुनुवाई गरि सडक बिस्तारमा सहयोग पुर्याएको भन्दै उहाँले धन्यवाद व्यक्त गर्नु भएको हो । नेपाली सेनाको खरिपाटीस्थित सैनिक प्रतिष्ठानमा प्रधान सेनापति शर्मा र नगर प्रमुख खत्रीबीच भएको भेटमा उहाँले सडक बिस्तारको अबस्थाबारे जानकारी लिनु भएको थियो । प्रधान सेनापति शर्माले नगर प्रमुख खत्रीलाई नेपाली सेना सधै जनताको साथमा रहेको र आगामी दिनमा पनि आवश्यक सहयोग गर्ने बताउनु भएको छ । नेपाली सेनाले पर्खाल भत्काउन र रुख काट्न अनुमति नदिदाँ सैनिक प्रष्ठिाष्ठान हुदै चाँगुनारायण नगरपालिका छालिङ जाने सडक बर्षौदेखि बिस्तार हुन नसक्दा स्थानीयले सास्ती भोग्नु परेको थियो । सडक बिस्तारका लागि स्थानीयले आन्दोलन समेत गरेका थिए भने चाँगुनारानयण नगरपालिकाको पहलमा नेपाली सेनासँग भएको सहमति अनुसार सडक बिस्तारमा सहमत भएको थियो । नगर प्रमुख खत्रीले छालिङ जाने उक्त सडकलाई बिस्तार गर्दै कालोपत्र गरेर यातायात सञ्चालनमा सहजता ल्याउन आफू प्रतिबद्ध भएर लाग्ने बताउनु भयो । यहाँका जनताले यातायातका साधनको अभाव र सडक जीर्ण हुँदा धेरै कष्ट भोग्नु परेको आफूले महसुस गरेको बताउदै नगर प्रमुख खत्रीले आउँदो आ.ब.मै यस सडकका लागि नगरपालिकाले बजेट विनियोजन गर्ने र प्रदेश तथा संघीय सरकारबाट थप बजेट ल्याएर चाँगुनारायण नगरपालिका भित्रका ग्रामिण सडकहरुको स्तरोन्नती गर्ने बताउनु भयो । --- # सन्दर्भ : विश्व मुटु दिवस ‘मन लगाऔँ मुटु बचाऔँ’ Source: https://newskunda.com/archives/3001 Category: FEATURED NEWS, जीवन शैली, राजनीति, समाचार, समाज Last updated: 2023-09-28 -डा अवनिभूषण उपाध्याय काठमाडौँ, ११ असोज : विश्वमा हरेक वर्ष दुई करोड मानिसको मृत्यु मुटुरोग र सम्बन्धित आर्टरीहरूको कारणले हुने गर्दछ । यो संसारको मृत्युको कारणमध्ये पहिलो हो । कुनै पनि महामारी, कुनै दुर्घटना, कुनै एड्स या कुनै अरू सरुवा रोगबाट भन्दा यो बढी हो । यो एउटा महामारीको रूपमा देखापरेको छ । यो रोगबाट बच्न र बचाउन सबैजना लागिनपर्ने हो भने कल्पना पनि गर्न नसकिने अवस्थाको सिर्जना हुने देखिन्छ । हामीले मुटु रोग भन्दै गर्दा हृदयघात बुझ्नु पर्दछ । यो रोग ठूलो भएपछि लाग्ने होइन, यो देखा पर्दा मानिस ठूलो भइसकेको हुन्छ । हाम्रा विभिन्न कारक तत्वहरूले गर्दा मुटुको आर्टरीहरूमा विस्तारै फोहर जम्मा हुँदै जान्छ र आर्टरीहरूमा भित्री भाग साँगुरिदैं जान्छ, अनि रक्त प्रवाह कम हुँदै जान्छ र साँगुरिएको ठाउँमा रक्तस्राव भयो भने त्यहाँ रगत जम्न गई आर्टरी पूरै थुनिन सक्दछ । त्यसरी थसनएको अवस्थामा त्यसले आफूले रगत पु¥याउनु पर्ने मांसपेशीमा रगत पु¥याउन सक्दैन । उक्त मांसपेशीमा रगत नपुगेकाले खाना नपाएर मर्दछ । यो मरेको भागलाई इन्फारक्ट भनिन्छ । मायोकार्डियोल इन्फारक्ट भनेको नै हृदयघात हो । सन् १९९९ मा विश्व मुटु सङ्गठन र विश्व स्वास्थ्य सङ्घको संयुक्त प्रयासमा यो विश्व मुटु दिवस मनाउने चलन सुरु भएको हो । विश्व मुटु दिवस पहिलो पटक २७ सेप्टेम्बर २००० मा सुरु भएको हो । सन् २०११ सम्म यो दिवस हरेक सेप्टेम्बर महिनाको अन्तिम आइतबार मनाउने गरिएको थियो भने त्यसपछि सेप्टेम्बरको २९ तारिखको दिन विश्वभरि यो दिवस मनाउने गरिएको छ । यस वर्षको मुटु दिवसको नारा “युज हार्ट फर एभ्री हार्ट (मन लगाऔं मुटु बचाऔं) वा हरेक मुटुको लागि हृदयको प्रयोग गरौं भन्ने रहेको छ । यसको अर्थ आफ्नो मुटुको लागि हृदयको प्रयोग गरौं भन्ने हो । यस पालिको नारा मुटु बचाउन हृदयको प्रयोग गरौं भन्ने छ । अरूलाई परेका अप्ठ्यारो, वेदनाहरूप्रति पूरा सहानुभूति, पुरा प्रेमका साथ सच्चा मनले मद्दत गर्नु पर्छ भनेको हो । यस कारणले हाम्रो समाजमा नै मुटु कसरी जोगाउने भनेर भित्र मनैदेखि उपायहरू बताउने हो र समाजमा रहेका हरेक मुटुहरूलाई स्वास्थ्य हुनको लागि बाटो देखाउने हो । यो मुटु बचाउनको लागि भौतिक स्रोत साधन मात्र पटकै होइन, यो आफ्नो आत्मीयता, अरूप्रतिको सद्भाव र प्रेमसँग पनि सम्बन्ध राख्दछ । आफ्नो मुटु त बचाउन परि हाल्यो तर अरूको मुटु बचाउन पनि मनैदेखि या आफ्नो हृदय लगाएर बचाउने कोसिस गर्नु पर्दछ । मुटु रोगको महामारीबाट जोगीनको लागि एउटै उपाय छ, यो के हो भने यो रोगबाट बच्ने, यो रोग लाग्नै नदिने । त्यसको लागि सबै जनमानसमा यो रोगको जानकारी जति सक्यो बढाउन पर्ने हुन्छ । यस वर्षको नारालाई निम्न तीन किसिमबाट बुझ्न सकिन्छ । मानवताका लागि मुटु संसारमै मुटु रोगहरूमध्ये ७५ प्रतिशत लगभग मुटु रोगहरू हाम्रो जस्तो विकास हुन बाँकी, गरिब, पछि परेका देशहरूमा पर्दछ । यस संसारको यति ठूलो मानिसको संख्या मुटु रोगी हुनु र त्यो पनि हाम्रो जस्ते देशमा हुनु ज्यादै नै दुःखको कुरा हो । त्यसैले हरेक मानिसले मानवताको लागि यस कुरालाई मनन गरेर कसरी हुन्छ, कुन उपाय गर्दा यसबाट बच्न र बचाउन सकिन्छ भनेर मुटुमा हात राखेर आफ्नो मुटु साक्षी राखी अरूको मर्म बुझेर समाजमै मुटु बचाउनतर्फ लाग्न अति आवश्यक छ । मानवताका लागि कसरी हुन्छ यस रोगबाट बच्ने भन्ने कुराको साथसाथै कसैलाई मुटु रोग लागिसकेको छ भने पनि के कसरी उनीहरूको मर्म पिडालाई कम गर्न सकिन्छ भन्नेतर्फ लाग्न जरुरी छ । हाम्रो समाजमा, शिक्षामा, स्वास्थ्यमा धेरैको सहज पहुँच छैन । धेरैलाई यसबारे जानकारी छैन, धेरैमा स्रोत पनि सीमित हुन्छ । यस्तो अवस्थामा यस रोगबारे जानकारी, यसबाट बच्न गर्नुपर्ने उपायहरू र उपचार गर्नुपरे कसरी सहज बनाउने भनेर सबै लगनशीलतापूर्वक सच्चा मनदेखि लागिपर्नु पर्दछ, मद्दत गर्नु पर्दछ । प्रकृतिका लागि मुटु मानव जाति प्रकृतिप्रति कठोर नै हुँदै आएको छ । आफ्नो सम्पूर्ण स्वार्थको लागि आफ्नै प्रकृतिरुपी आमालाई शोषण गरिरहेको छ । मानिसकै कारणले गर्दा वातावरण बिग्रिरहेको छ । मौसम बदलिंदै छ, संसारको तापक्रम बढ्दो छ, वायु प्रदूषण बिग्रेर विषैविषले भरिएको छ । यो सबै बिगार्ने अरू कोही होइन, मानव जाति नै हो । प्रकृतिलाई जिस्काएर मानव जातिले ठूलो भूल गर्दैछ । यसले गर्दा संसारमा प्राकृतिक प्रकोपहरू बढ्दै गएको छ । आगलागी, हावाहुरी, बाढीपहिरो, विभिन्न किसिमका महामारीले अकाल मृत्यु हुने क्रम बढ्दै गएको छ भने युवावस्थामै मानिसहरू नयाँ–नयाँ रोगबाट ग्रस्त भएका छन् । कलिला उमेरका मानिसलाई पनि मानसिक रोग, मुटु रोग, क्यान्सर जस्ता रोगले सताउने गरेको छ । मुटु रोगको नै कुरा गर्दा पनि लगभग २५ प्रतिशत जति मुटु रोग वायु प्रदूषणको कारणले हुने गर्दछ । समाजलाई बचाउने हो भने प्रकृतिलाई विनास होइन, माया गर्नुपर्छ । आफ्नै लागि मुटु अरूको मुटु बचाउने हो भने सर्वप्रथम आफ्नो मुटुमा ध्यान दिन जरुरी छ । हामीले आफ्नो मुटु स्वस्थ राख्न सके अरूको मुटु जोगाउन पनि सक्षम हुनसक्छौँ । पहिले आफ्नो अवस्थाबारे जान्न आवश्यक छ । आफ्नौ तौल ठिक छ छैन, मधुमेह, रक्तचाप, चिल्लो पदार्थ ठीक छ छैन, व्यायाम गर्ने, ध्यान योग गरेको छ छैन, अनावश्यक तनाव लिने गरेको छ छैन, चुरोट रक्सीको सेवन गरिन्छ कि ? घरको साधारण खाना नखाएर बजारिया पत्रु खाना पो खाने गरेको छ कि ? यी सबै कुराको जानकारी लिएर यसलाई ठीक अवस्थामा राख्न आवश्यक छ । रोग लागिहाल्यो भने पनि चिकित्सकको सल्लाह अनुसार पछि औषधि सेवन गरेर आफ्नो शारीरिक र मानसिक अवस्थालाई ठीक सन्तुलित, स्वस्थ राख्नुपर्छ । मुटु के हो त ? मुटु रक्त सञ्चारको प्रमुख अङ्ग हो । यो दुई फोक्सोको बीच भागतिर छातीमा हुन्छ । यो ठूलो मान्छेको मुड्की जत्रो हुन्छ, लगभग मिनेटमा ७२ पटक धड्किने गर्दछ । मुटु दिनको एक लाख १५ हजारपटक धड्किन्छ । दिनभरिमा २०० ग्यालन रगत पम्प गर्दछ । हरेक मिनेटमा १.५ ग्यालन रगत पम्प गर्दछ । मुटु एउटा बलियो मांसपेशीले बनेको अङ्ग हो । यसले पम्प गरेको रगत र रगतबाट जीउलाई चाहिने पौष्टिक तत्वहरू पु¥याउने गर्दछ र यही पम्पले शरीरका धमिलिएको रगतलाई बटुलेर फोक्सोमा पु¥याउँछ । त्यहाँ सफा रगत बनाएर पूरा शरीरभरि पु¥याउने काम गर्छ । यसरी मुटुले अहोरात्र काम गरेकै हुन्छ । बलियो मांसपेशीले बने पनि यो ज्यादै सम्बेदनशील र भावुक हुन्छ । हरेक कुराका राम्रो नराम्रो कुराको असर यसलाई सिधैँ पर्ने हुँदा यसलाई ज्यादै माया गर्नु पर्दछ । मुटु रोग लाग्ने कारक तत्वहरू के हुन् ? मुटुको रोग लाग्ने कारक तत्वहरू वैज्ञानिक हिसाबले प्रमाणित भइसकेका छन् । मुख्यगरी धूम्रपान वा सुर्ती जन्य पदार्थको सेवन, उच्च रक्तचाप, नियन्त्रित नभएको मधुमेह, रगतमा भएको चिल्लो पदार्थहरूको असन्तुलन, व्यायाम ध्यान योग नगर्ने बानी, वजन धेरै हुनु, अनावश्यक तनाव लिने बानी, लोभ लालच, फलफूल नखाने बानी, खानामा नुनु धेरै, चिनी धेरै, कार्बोहाइड्रेट धेरै खाने याने बजारको पोके पत्रु खाना खाने बानी, कम सुत्ने बानी इत्यादि पर्दछन् । यी कारक तत्वलाई ठीक ठाउँमा राख्न सकेदेखि मुटु रोग बाट बच्न सकिन्छ । जुन कुरा वैज्ञानिकहरूले प्रमाणित गरिसकेका छन् । कारक तत्वमध्ये केही गर्न नमिल्ने एउटै कुरा छ त्यो हो वंशानुगत आउने कारक तत्त्व । यो हाम्रो हातमा निर्भर गर्दैन, बाँकी सबै हामी आफैँ नियन्त्रण गर्न सक्षम छम् । के गर्न उचित होला ? विश्व मुटु दिवस धूमधामले मनाउने भनेकै यो रोग के हो र यसबाट कसरी बच्न सकिन्छ भनेर जानकारी बढाउने हो । जे कुरा गर्न पनि त्यसबारे जान्नु जरुरी छ । तसर्थ हामीले जुन कारक तत्वहरूका बारेमा छलफल ग¥यौँ त्यसमा एउटा वंशानुगतबाहेक सबै कारक तत्वहरू हामी आफँै नियन्त्रण गर्न सकिन्छ । वर्षको एक पटक कमसेकम यदि मिल्छ भने आफ्नो जन्मदिन पारेर डाक्टरको सल्लाह लिएर आफ्नो स्वास्थ्यबारे जानकारी लिने गरौं र कुनकुन कारण तत्वलाई ठीक अवस्थामा राख्नु छ, त्यसमा ध्यान दिने गरौँ । चुरोट रक्सीको सेवन नगरौँ, रक्तचाप मधुमेह र रगतमा हुने चिल्लो पदार्थ नियन्त्रण गरेर राखौँ, तौल बढ्न नदिन व्यायाम, ध्यान योग अभ्यास गर्ने गरौँ, अनावश्यक तनाव लिने, लोभ लालचमा नफसौँ, फलफूल खाने बानी बसालौँ । आफ्नो मुटु स्वस्थ राखौं र आफूले जानेजति, मनैदेखि अरूको पनि मुटु बचाउने अभियानमा लागौं । --- # सप्तकोसी बाढी : विस्थापितका लागि राहत सहयोगको आह्वान Source: https://newskunda.com/archives/1631 Category: FEATURED NEWS, समाचार, समाज Last updated: 2022-08-04 काठमाडौँ, १९ साउन : सप्तकोसी नदीले ३४ वर्षपछि मानवीय बस्ती बसेको उदयुपरको बेलका नगरपालिकाका धेरै वडा छुँदै धार फे¥यो । हजारौँ घर परिवार प्रभावित भए । झण्डै आठ हजार हेक्टरमा नदी पसेको छ । स्थानीय पालिका, प्रशासन कार्यालय सुरक्षाकर्मी तथा विभिन्न सङ्घ संस्थाको सहयोगमा एक हजार बढी परिवारको फसेको स्थानबाट उद्धार गरेको छ । बेलका नगरपालिकाका प्रमुख अशोक कार्कीले प्रभावितका लागि विभिन्न क्षेत्रमा आश्रयस्थल निर्माण गरी व्यवस्थापन गरिएको जानकारी दिनुभयो । उदयपुरका प्रमुख जिल्ला अधिकारी वीरेन्द्रकुमार यादवले आफूहरु अहिले पनि फिल्डमा खटिएर अनुगमन गरी प्रभावितका लागि आवश्यक व्यवस्थापनमा जुटेको बताउनुभयो । उहाँका अनुसार अहिले बहाव कम भएकाले व्यवस्थापनमा केही सहज भएको पनि जानकारी दिनुभयो । सप्तकोसीको भङ्गालो पसेर प्रभावित भएका हजारौँ स्थानीयवासीका लागि राहत सहयोग गर्न सरकारी तथा गैरसरकारी संस्था र व्यवसायीलाई आह्वान पनि गरिएको छ । उनीहरुका लागि अस्थायी आश्रयस्थल निर्माण, राहत तथा खाद्यान्न र टेन्टलगायतका अत्यावश्यक सामग्री आवश्यक भएकाले विभिन्न निकायलाई सहयोगका लागि आह्वान गरिएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख अनिल पोखरेलले जानकारी दिनुभयो । राहत सङ्कलन र वितरणलाई एकद्वार प्रणालीमार्फत परिचालन गर्नेगरी आवश्यक व्यवस्थापन गरिएको जनाइएको छ । बुधबार सप्तकोसी नदीको एउटा भङ्गालो उदयपुरको बेलका नगरपालिकाको डुम्रिबोटबाट तटबन्ध फुटाउँदै दक्षिण पश्चिम क्षेत्र पस्दा उक्त नगरपालिकाका १, २, ३, ८ र ९ वडाका करिब दुई हजार घरपरिवार प्रभावित भएका थिए । उनीहरुमध्ये एक हजार परिवारलाई उद्धार गरिएको थियो भने अन्य स्थानीयवासी आफैँ घर छाडेर सुरक्षित स्थनमा पुगेका थिए । उक्त क्षेत्रमा हालसम्म कुनै मानवीय क्षति भने भएको छैन । धान, मकैलगायतका खेतीबालीमा क्षति पुगेको छ । बाढीबाट प्रभावित करिब एक हजार घरपरिवारको उद्धार गरी सुरक्षितस्थलमा सारिएको पनि उहाँले जानकारी दिनुभयो । उद्धार गरिएका नागरिकको आवश्यक व्यवस्थापनका लागि टेन्ट तथा अन्य बन्दोबस्तीका सामान पठाउने क्रम जारी रहेको पनि उहाँले बताउनुभयो । प्राधिकरणको समन्वयमा बेलायत सरकार र केयर नेपालले विस्थापितका लागि खाद्यान्न खरिद गर्न रु छ लाख तथा सरसफाइका सामान, स्यानिटरी प्याड र आधारभूत सेल्टरका सामग्रीका लागि रु ११ लाख राष्ट्रिय किसान समूह महासङ्घमार्फत उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेको प्राधिकरणले जानकारी दिएको छ । बेलकाका नगर प्रमुख कार्कीको संयोजकत्वमा तीनै तहका सरकारका प्रतिनिधि, सुरक्षा निकाय र सरोकारवालाबीचको आकस्मिक बैठकले बेलका र बराहक्षेत्र नगरपालिकाका नगर–प्रमुखको संयोजकत्वमा नेपाल रेडक्रस सोसाइट, वडाध्यक्षलगायत आवश्यतानुसार पदाधिकारी सहभागी हुने गरी खोज, उद्धार, पुनःस्थापना तथा विपद् व्यवस्थापन समिति गठन गरेको छ । बैठकले नदीले पु¥याएको तथा पु¥याउन सक्ने थप क्षति आधिकारिक सूचना सम्प्रेषण गर्न सूचना संयन्त्र निर्माण गर्ने पनि निर्णय पनि गरेको छ । सप्तरीका सप्तकोसी र कञ्चनरुप नगरपालिकाका प्रभावित हुनसक्ने वडाका बासिन्दालाई सतर्क रहन अनुरोध गरिएको छ । विभिन्न क्षेत्रमा आश्रयस्थल निर्माण प्रभावितका लागि बेलका–९ धौरीमा पाँच सय घरपरिवार, ८ का एकता, चिलिया र दुर्गामन्दिर टोलमा पाँच सय घरपरिवार, वडा नं ३ बुधबारे, गणना र शुक्रबारेमा पाँच सय परिवारका लागि आश्रयस्थल बनाइएको छ । यस्तै बानडाँडा, रामनगर, नारायणपुरमा, शिवालयमन्दिर, लालभित्त, भागलपुरमा आठ सय घरधुरीका लागि आश्रयस्थल बनाइएको छ । आवश्यकताअनुसार वडा नं १ को पुरन्दह, वडा नं ८ को डुडखोला सामुदायिक भवन, वडा नं ९ र ३ को खसीबोका सङ्कलन केन्द्र, खानेपानी, क्याम्पस, मचुवाबजार, आदिवासी–जनजाति भवन, सोही वडाकै गलफडिया विद्यालय वडा नं २ को रेडक्रस भवन र जनता माविमा सुरक्षित आश्रयस्थल तयार पारिएको छ । राहत सामग्री एकद्वार प्रणालीबाट सङ्कलन गरी एकद्वार प्रणालीबाटै वितरण गर्ने निर्णय गरेअनुसार राहत सङ्कलन थालिएको बेलका नगरपालिकाले जनाएको छ । राहत वितरण गर्दा उदयपुर र सुनसरी जिल्लाका प्रमुख जिल्ला अधिकारी वा निजले तोकेका अधिकृत, दुवै नगरपालिकाका नगरप्रमुखको संयोजनमा वितरण गरिने भएको छ । त्यहाँ नेपाल रेडक्रस सोसाइटीले एक सय थान त्रिपाल, एक थान रवरबोट, छ थान हेल्मेट उपलब्ध गराएको छ भने खाद्यान्न खरिदमा रु ५० हजार सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको छ । बाढी प्रभावित क्षेत्रका केही स्थानीयले घर छाड्न नमानेकाले मानवीय क्षति हुनसक्ने भएकाले जिल्ला तथा स्थानीय प्रशासनले सबै नागरिकलाई सुरक्षित स्थलतर्फ जान अनुरोध पनि गरेको छ । उदयपुरको उक्त क्षेत्रमा विसं २०४५ अघि कोसी बग्ने गरेको थियो । त्यस बेलाको भूकम्पपछि भने नदीले धार परिवर्तन गरेर अन्यत्र मोडिएपछि सो क्षेत्रमा बस्ती बसेको हो । कोसी ३४ वर्ष पनि त्यही बस्ती सोझ्याउँदै आफ्नो धार परिवर्तन गरेका कारण स्थायी बसोबास गरेका परिवारका झण्डै २० हजार मानिस प्रभावित भएका जनाइएको छ । बाढी बस्तीमा पसेसँगै त्यहाँ प्रदूषणका कारण रोगव्याधी फैलनसक्ने तथा खाद्यान्नको अभाव हुनसक्ने भएकाले आवश्यक व्यवस्थापन थालिएको प्राधिकरणले जनाएको छ । --- # सबै विद्यार्थीलाई सहुलियत चुल्होको व्यवस्था गर्न नेविसङ्घको माग Source: https://newskunda.com/archives/1307 Category: FEATURED NEWS, समाचार, समाज Last updated: 2022-06-14 काठमाडौँ, ३१ जेठ : नेपाली कांग्रेसको प्रमुख भ्रातृ संस्था नेपाल विद्यार्थी सङ्घ (नेविसङ्घ) ले सबै विद्यार्थीलाई सहुलियत दरमा चुल्होको व्यवस्था गर्न माग गरेको छ । नेविसङ्घका अध्यक्ष दुजाङ शेर्पाको नेतृत्वमा आज वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रका प्राविधिक निर्देशक डा नारायणप्रसाद अधिकारीलाई भेटेर सरकारद्वारा सहुलियत दरमा वितरण गरिने भनिएको विद्युतीय चुल्हो सबै विद्यार्थीहरुलाई वितरण गर्न माग गरिएको हो । वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको जेठ २५ को निर्णयअनुसार आदिवासी, जनजाति र दलित विद्यार्थीलाई सहुलियतमा चुल्हो दिने निर्णयको नेविसङ्घले स्वागत गर्दै आवश्यकताको सिद्धान्तअनुसार सम्पूर्ण विद्यार्थीलाई सहुलियतमा विद्युतीय चुल्हो उपलब्ध गराउन माग गरेको हो । नेविसङ्घका अध्यक्ष शेर्पाले विद्यार्थीको आधारभूत आवश्यकता विद्युतीय चुल्हो भएकाले सहुलियत दरमा उपलब्ध गराउन केन्द्रलाई आग्रह गर्नुभएको हो । --- # सबैलाई भागवण्डा पुर्याउन नेकपा एकीकृत समाजवादीबाट मन्त्री हेरफेर, मन्त्रीमा फेरी गैर सांस्द थपिए Source: https://newskunda.com/archives/1124 Category: FEATURED NEWS, राजनीति, समाचार Last updated: 2022-06-05 काठमाडौं, २२ जेठ । नेकपा एकीकृत समाजवादी पार्टीले आफ्नो मन्त्रीहरू हेरफेर गरेको छ । मन्त्रीहरूले प्रेमबहादुर आले, रामकुमारी झाँक्री, विरोध खतिवडा र किसान श्रेष्ठलाई फिर्ता बोलाउँदै उनीहरूको ठाउँमा नयाँ मन्त्रीको नाम सिफारिस भएको छ । समाजवादी अध्यक्ष माधव कुमार नेपालले मेटमणि चौधरी, शेरबहादुर कुँवर, जीवनराम श्रेष्ठ र हिराचन्द्र केसीलाई मन्त्री बनाउन प्रधानमन्त्री समक्ष सिफारिस गरेका हुन् । सिफारिस भएका मध्ये शेरबहादुर कुँवर गैर सांसद हुन् । सुदूरपश्चिमबाट राष्ट्रियसभा सदस्य रहेका उनको कार्यकाल गत फागुन मै सकिएको हो । श्रेष्ठले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, चौधरीले शहरी विकास, कुँवरले श्रम तथा रोजगार र खापुङले स्वास्थ्य मन्त्रालयको जिम्मेवारी पाउने भएका छन्। यसअघि खापुङ स्वास्थ्य राज्यमन्त्री थिए। सचिवालय बैठकपछि एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले मन्त्री बनाउने भएका चारै जनाको नाम प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाएका छन्। प्रधानमन्त्री देउवाले उनीहरूलाई मन्त्री नियुक्त गर्न लागेका छन्। यसअघि देउवा सरकारका कानून न्याय तथा संसदीय मामिला मन्त्रालयमा गोविन्द बन्दीलाई मन्त्री बनाइएको थियो । उनी पनि गैर सांसद हुन बन्दी पनि नेकपा एस निकट मानिन्छन् । अध्यक्ष नेपालले ६ महिनामा मन्त्रिमण्डल हेरफेर गर्ने पार्टीको सहमतिअनुसार नै फेरबदल भएको बताएका छन् । तर गैरसांसद व्यक्तिलाई मन्त्री बनाउने बाध्यता नेकपा एसलाई किन पर्यो भन्ने उनले खुलाएनन् । नयाँ नियुक्त हुन लागेका मन्त्रीको शपथ ग्रहण भने आज नहुने भएको छ। सोमबार शपथ ग्रहण गर्ने तयारी गरिएको प्रधानमन्त्री कार्यालय स्रोतले जनाएको छ। --- # सभामुखबाट नागरिकता विधेयक प्रमाणीकरण Source: https://newskunda.com/archives/1619 Category: FEATURED NEWS, राजनीति, समाचार Last updated: 2022-07-31 काठमाडौँ, १५ साउन : सभामुख अग्निप्रसाद सापकोटाले ‘नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक’ २०७९ आज प्रमाणित गर्नुभएको छ । सो विधेयक प्रतिनिधिसभामा उत्पत्ति भई सङ्घीय संसद्बाट पारित भएको हो । अब सो विधेयक प्रमाणीकरणका लागि राष्ट्रपतिसमक्ष पेस गरिनेछ । --- # समाचार लेख्दा राजनीतिक टोपी फुकालेर पसे मात्रै प्रेस स्वतन्त्रतालाई जोगाउन सकिन्छ : एमाले नतो एवं सांसद बस्नेत Source: https://newskunda.com/archives/1527 Category: FEATURED NEWS Last updated: 2022-07-22 एमाले नेता एवं सांसद बस्नेतले पत्रकारिताले भ्रम छर्यो भने समाज भ्रममै रहन्छ भन्दै एउटा व्यक्ति भ्रममै जन्मने, भ्रमममै हुर्किने र भ्रममै मृत्यु हुने अबस्था आउन दिन नहुने र सत्यमै बाँच्ने ताकत बनाउने पत्रकारिता हुनु पर्नेमा जोड दिनु् भयो । राजनीतिक दल तथा प्रतिपक्ष दललाईः भने केही छुट रहेको बताउदै सांसद बस्नेतले भन्नुभयो, ‘प्रतिपक्षको धर्म नै सत्ता पक्षलाई नङ्ग्याउने नै हो भन्दै उहाँले राजनीतिमा त्यो छुट भए पनि पत्रकारितामा त्यस्तो छुट नहुने बताउनु भयो । --- # समानताका लागि आवाज भक्तपुरले ७७ जनालाई कदरपत्रद्धारा सम्मान Source: https://newskunda.com/archives/2673 Category: FEATURED NEWS, राजनीति, समाचार, समाज Last updated: 2023-03-25 भक्तपुर, ११ चैत :समानताका लागि आवाज भक्तपुरले आफ्नो २५ औ वर्षको अवसरमा नेपाली काँग्रेसकी केन्द्रीय सदस्य एवं राष्ट्रिय महिलाकिसान महासंघकी केन्द्रीय अध्यक्ष गंगालक्ष्मी अवालसहित ७७ जनालाई कदरपत्र प्रदान गरेको छ । संस्थाको रजत जयन्तीको अवसरमा आज भक्तपुरको व्यासीमा आयोजना गरेको सदस्य, सहयोगी व्यक्ति र संस्थालाई आजिवन सदस्यता तथा कदर पत्र वितरण समारोहमा उहाँलगायतलाई पूर्वमन्त्री एवं मानवअधिकारकर्मी डा. देवेन्द्रराज पाण्डेले खादा ओढाएर कदर पत्र प्रदान गर्नु भएको हो । कार्यक्रममा मानवअधिकारकर्मी पाण्डेले अपाङ्ता भएका व्यक्ति राज्यबाट पछाडि परेको बताउदै आफ्ना अधिकारका लागि आवाज उठाउनु पर्ने औल्याउनु भयो । उहाँले अपाङ्ता भएकालाई पनि राज्यले समान रुपमा बिभिन्न क्षेत्रमा प्रतिनिधित्व गराउदै उनीहरुको अधिकारलाई स्थापित गर्नुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा नेपाली काँग्रेसकी केन्द्रीय सदस्य एवं राष्ट्रिय महिला किसान महासंघकी केन्द्रीय अध्यक्ष गंगालक्ष्मी अवालले अपाङ्मैत्री संरचनाको अभाव रहेको बताउदै सबै मिलेर हौसला र प्रेरणा दिनु पर्ने बताउनु भयो । आफूले पाउनु मात्रै जीवन नभई हामीले हजारौ जीवन बनाउनु पर्छ भन्दै उहाँले समृद्ध समाजको निर्माणमा अगाडि बढ्नु पर्नेमा जोड दिनुभयो । सहि मान्छेले मात्रै सहि मूल्यांकन गर्न सक्छ भन्दै अवालले मान्छे पद र आडम्रबले भन्दा कर्म र असल विचारले ठूलो हुने भएपनि अहिले कठोर र बिचारको समाज निर्माण भइरहेकोमा दुःख व्यक्त गर्नुभयो । अहिलेको समयमा मानिस आफूलाई होइन, अरुलाई हेरेर, अरुको इश्र्याले दुखी हुने गरेको बताउदै हामीले हाम्रो बुद्धि, क्षमताको प्रयोग गरेर सबै मिलेर समाज बनाउन लाग्नु पर्नेमा अवालले जोड दिनुभयो । त्यसअवसरमा संस्थालाई आर्थिक, भौतिक तथा अन्य सहयोग गर्ने अवालसहित ११ जना कर्मचारी, २२८ जना सहयोगी व्यक्तित्व र २८ जना सहयोगी संस्थालाई खादा ओढाएर कदर पत्र प्रदान गरिएको समानताका लागि आवाज भक्तपुरका प्रवक्ता सुरेश राजभण्डारीले जानकारी दिनुभयो । कार्यक्रममा समानताका लागि आवाज भक्तपुरका संस्थापक एवं राष्ट्रिय शारीरिक अपाङ् संघ नेपालका अध्यक्ष किरण शिल्पकार, एभरेष्ट स्कुलका प्रिन्सिपल भक्त राजभण्डारी, संस्थाका अध्यक्ष एवं कार्यक्रमका सभापति रामप्रसाद मानन्धरलगायतले संस्थाले गर्दैं आएको कार्यक्रमको चर्चा गर्दै देशको तीन तहकै सरकारको नजर अपाङ्ताको क्षेत्रमा पर्नुपर्ने बताउनुभयो । --- # समानुपातिक प्रणाली खारेज गरौँ, राष्ट्रिय सभाको सदस्य संख्या थपौ : काँग्रेस वाग्मति प्रदेश सभापति बाँनिया Source: https://newskunda.com/archives/1977 Category: FEATURED NEWS, राजनीति, समाचार Last updated: 2022-09-03 भक्तपुर, १८ भदौ : नेपाली कांग्रेस वाग्मती प्रदेशका सभापति ईन्द्र बाँनियाले आगामी निर्वाचनदेखि समानुपातिक निर्वाचन प्रणाली खारेज गर्नुपर्ने बताउनु भएको छ । आज नेपाली कांग्रेस सूर्यविनायक नगर समितिको सिरुटारको बिरुवामा सुरु भएको दुई दिने प्रथम नगर सम्मेलनको उद्घाटन उहाँले प्रतिनिधि सभा र प्रदेश सभाको समानुपातिक प्रणाली खारेज गर्नुपर्ने बताउनु भएको हो । उहाँले समानुपातिक प्रणाली खारेज गर्दै राष्ट्रिय सभाको ५९ सदस्य संख्यालाई १०० पुरर्याउन कांग्रेस लाग्नु पर्नेमा जोड दिनु भयो । प्रदेश सभा देशका लागि भारी भएको भन्दै प्रदेश सभापति बानियाँले संघीयतालाई खारेजीको माग राख्ने तत्वलाई निस्तेज बनाउन मंसिरको निर्वाचनमा गठबन्धनले दुई तिहाई बहुमत ल्याएर प्रदेश सभा र प्रतिनिधि सभामा समानुपातिक प्रणाली खारेज गर्ने नीति लिनुपर्ने बताउनु भयो । नेपाली कांग्रेस भक्तपुरका सभापति दुर्लभ थापाले कांग्रेस भित्र वडादेखी संघीय संसदको टिकट एउटै व्यक्तिले पटक पटक दावी गर्ने प्रवृत्तिले नेता व्यवस्थापनमा चुनौती थपिएको बताउनुभयो । वाग्मति प्रदेशका भौतिक पुर्वाधार विकास मन्त्री कृष्णलाल भँडेल, नगरसभापति निशान ढुंगेल, क्षेत्रीय सभापतिद्धय जीवन खत्री र भेषबहादुर कार्की, पुर्व जिल्ला सभापति एवम् पुर्व सांसद लेखनाथ न्यौपाने, मध्यपुर थिमि नगर सभापति हरिदास प्रजापति, नेपाली कांग्रेस भक्तपुर क्षेत्र नं. २ (क) प्रदेश समिति सभापति प्रदिप कार्कीलगायतले आगामी मंसिर ४ गतेको निर्वाचनमा कांग्रेसले आफ्ना उम्मेदवारलाई विजयी बनाउन एकजुट भएर लाग्नु पर्ने बताउनु भयो । अधिवेशनले नयाँ कार्यसमिति चयन गर्दै भोली सम्पन्न हुने नगर सभापति ढुंगेलले जानकारी दिनु भयो । --- # समानुपातिक वितरण गरेर समृद्धि हासिल गर्न सकिन्छ : अध्यक्ष ओली Source: https://newskunda.com/archives/1455 Category: FEATURED NEWS, राजनीति, समाचार Last updated: 2022-07-20 काठमाडौँ, ४ साउन :(नेकपा एमाले)का अध्यक्ष केपी शर्मा ओलीले उत्पादन र उत्पादनका सम्बन्धमाथिको पहुँचमा समानुपातिक वितरण गरेर मात्रै समृद्ध नेपाल निर्माण हुनसक्ने बताउनुभएको छ । एमालेको बागमती प्रदेश कमिटीद्वारा आयोजित प्रशिक्षण कार्यक्रममा अध्यक्ष ओलीले जनतालाई सुखी र सम्मुन्नत बनाउन आगामी निर्वाचनमा एमालेलाई विजयी गराउनुपर्नेमा जोड दिनुभयो । उहाँले पार्टीमा देखिएको अराजकता अब स्वीकार्य नहुने पनि स्पष्ट गर्नुभयो । प्रशिक्षणमा एमालेका उपाध्यक्ष विष्णु पौडेललगायतले प्रशिक्षण दिने कार्यक्रम छ । --- # समानुपातिकतर्फ दल दर्ता सुरु Source: https://newskunda.com/archives/1800 Category: FEATURED NEWS, राजनीति, समाचार Last updated: 2022-08-26 काठमाडौँ, १० भदौ : आगामी मङसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको समानुपातिक प्रणालीतर्फको दल दर्ता प्रक्रिया सुरु भएको छ । निर्वाचन आयोगका सचिव गोकर्णमणि दुवाडीका अनुसार आज पहिलो दिन प्रतिनिधिसभातर्फ २९, प्रदेश नं. १ मा २५, मधेस प्रदेशमा २७, बागमती प्रदेशमा २६, गण्डकी प्रदेशमा २५, लुम्बिनी प्रदेशमा २६, कर्णाली प्रदेशमा २२ र सुदूरपश्चिम प्रदेशमा २३ दल दर्ता भएका छन् । यो प्रणालीका लागि आयोगले निर्वाचन अधिकृतको कार्यालय आयोगको कार्यालयमा तोकेको छ । आयोगले प्राप्त निवेदनमध्ये प्रतिनिधिसभातर्फ पहिलो हुने, निर्वाचित हुने प्रणालीतर्फ ८७ दलले भाग लिन पाउने गरी क्रम निर्धारण गरिसकेको छ । --- # समानुपातिकतर्फको मतगणना सम्पन्न, भक्तपुरमा रास्वपाको ८५ हजार ७७२ मत सहित पहिलो Source: https://newskunda.com/archives/3454 Category: FEATURED NEWS, निर्वाचन, राजनीति, समाचार, समाज Last updated: 2026-03-08 भक्तपुर, २४ फागुन ः भक्तपुर क्षेत्र नं. १ को समानुपातिक तर्फको मत गणना सम्पन्न भएको छ । आज बिहानबाट सुरु भएको समानुपातिक तर्फको मतगणना राती सम्पन्न गदर्म भक्तपुर क्षेत्र नं. १ मा ४२ हजार ४४० र क्षेत्र नं. २ मा ४३ हजार ३३२ गरि कूल ८५ हजार ७७२ मत प्राप्त गरेको छ । मत परिणाम अनुसार क्षेत्र नं. १ मा (रास्वपा)ले ४२ हजार ४४० मत ल्याएर पहिलो बनेको र नेमकिपाले २० हजार २२९ मत प्राप्त गरि दोश्रो भएको जिल्ला निर्वाचन कार्यालय भक्तपुरका सूचना अधिकारी भिम बिसीले जानकारी दिनुभयो । त्यस्तै नेपाली काँग्रेसले ४ हजार ४०३, नेकपा (एमाले)ले ३ हजार ४६१, नेपाल कम्यनिष्ट पार्टी (नेकपा) ले १ हजार १३६, राप्रपाले २ हजार ९८४, राष्ट्रिय परिवर्तन पार्टी ८९४, श्रम संस्कृति पार्टीले ५५० मत प्राप्त गरेका छन् । भक्तपुर क्षेत्र नं.२ मा पनि आज सम्पन्न समानुपातिक तर्फको मतगणनाको अन्तिम मतपरिणाम अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ४३ हजार ३३२ मत ल्याएर पहिलो बनेको मतदान अधिकृत राधिका सुवालले जानकारी दिनुभयो । त्यस्तै नेपाली काँग्रेसले ८ हजार ७७८, नेकपा (एमाले)ले ८ हजार ३९०, नेमकिपाले ३ हजार ५२१, नेपाल कम्यनिष्ट पार्टी (नेकपा) ले १ हजार ९३०, राप्रपाले २ हजार ८३२, श्रम संस्कृति पार्टीले १ हजार ७५ मत प्राप्त गरेका छन् । मत परिणाम अनुसार भक्तपुर क्षेत्र नं. २ मा नेपाली काँग्रेस दोश्रो र नेकपा एमाले तेश्रो भएका छन् । भक्तपुर क्षेत्र न. १ मा कूल एक लाख सात हजार ५४ मतदाता रहेकोमा ७६ हजार ७६१ मत खसेको छभने क्षेत्र नं. २ मा ९८ हजार ३५६ मतदाता रहेकोमा ७२ हजार ७६१ मत खसको जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी भीम बिसीले जानकारी दिनुभयो । --- # समिता ध्वजू सौन्दर्य कला व्यवसायी संघ भक्तपुरको अध्यक्ष Source: https://newskunda.com/archives/1467 Category: FEATURED NEWS, कला तथा साहित्य, समाचार, समाज Last updated: 2022-07-20 भक्तपुर । सौन्दर्य कला व्यवसायी संघ नेपाल जिल्ला समिति भक्तपुरको अध्यक्षमा समिता ध्वजू चुनिएकी छन् । संघकाे १५ औँ वार्षिक साधारण सभा तथा पाँचौ अधिवेशनबाट ध्वजूको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित भएको हो । समितिको उपाध्यक्षमा रेश्मा प्रधान, सचिवमा अनिता व्याञ्जु, सहसचिवमा मुना राउत, कोषाध्यक्षमा बसन्ती त्वायना र सह कोषाध्यक्षमा अस्मिता श्रेष्ठ चुनिएका छन् । यस्तै सदस्यहरूमा चण्डिका ज्यापू, नरेश कारञ्जित, अनिता त्वाायना, शुभद्रा थापा, शर्मिला दुमरु, दीपा ध्वजू र शान्ति सुवेदी चुनिएका छन् । समितिको सल्लाहकारमा मोहनप्रसाद प्रजापति छन् । यसअघि साधारण सभाको उद्घाटन सौन्दर्य कला व्यवसायी महासंघकी केन्द्रीय अध्यक्ष कमला श्रेष्ठले गरेकी थिइन् । त्यस अवसरमा भक्तपुर उद्योग वाणिज्य संघका अध्यक्ष शिवप्रसाद मानन्धर, भक्तपुर घरेलु तथा साना उद्योग संघका अध्यक्ष प्रेमकृष्ण खर्वुजालगायतले सौन्दर्य कलाका विविध विषयमा चर्चा गरेका थिए । --- # समृद्ध चाँगुनारायणको पाँच वर्षे यात्रामा बिकासका उपलब्धीहरु प्रशस्त छन् : मेयर मिश्र Source: https://newskunda.com/archives/845 Category: FEATURED NEWS, राजनीति, समाचार, समाज Last updated: 2022-05-10 भक्तपुर, २७ बैशाख । चाँगुनारायण नगरपालिकाले विगत पाँच वर्षमा विकासमा फड्को मारेको छ । नेकपा एमालेले स्थानीय तहको नेतृत्व लिए पछि नगरको समग्र क्षेत्रको विकास गरेको छ । २०७४ को स्थानीय निर्वाचनमा निर्वाचित मेयर सोम प्रसाद मिश्र, उपमेयरमा बिना वास्तोलासहितका जनप्रतिनिधि आए पछि सुरु भएको विकासको कामले तिब्रता पाएको नगर प्रमुख सोम मिश्रले बताए । नगरपालिकाले बिभिन्न क्षेत्रमा नमूनाको काम गरेर भौतिक संरचनादेखि मानवीय संरचनासम्मको विकास गरेको उहाँले जानकारी दिनु भयो । **मेयर सोम प्रसाद मिश्रको नेतृत्व यस्ता भए बिकासको काम :** शिक्षा तर्फ बचत खाता छोरीको सुरक्षा जिवन भरिको, ५ देखि १४ वर्षका बालबालिका शतप्रतिशत विद्यालय भर्ना, स्थानीय पाठ्यक्रम निर्माण र कार्यान्वयन, विषयगत क्षमता अभिवृद्धि तालिम, एकिकृत परीक्षा प्रणाली, पहिलो वर्षनै शिक्षा ऐन नियमावली निर्माण कार्यान्वयन, ४५ वटा विद्यालय भवन निर्माण, दशकौँदेखि गिजोलिएको दरबन्दी मिलान सम्पन्न, ९ जनालाई पूर्ण, ४ जनालाई ५० प्रतिशत र ५ जनालाई पूर्ण छात्रबृत्तिमा इन्जिनियरिङ्ग र एमबिबिएसमा ३ जनालाई ५० प्रतिशत छात्रबृत्ती, विद्यालयहरुमा पुस्तकालय आईीसट तथा साइन्स ल्याबको व्यवस्थापन र शिक्षक गोल्डेन ह्याण्सेक कार्यक्रम लागू गरेको मेयर मिश्रले बताउनु भयो । त्यस्तै स्वास्थ्य तर्फ एक वडा एक स्वास्थ्य चौकी निर्माण सम्पन्न, एक वडा एक एम्बुलेन्स कार्यक्रम संचालन, मेडिकल अक्सिजन प्लान्ट सहितको १७ शैयाको चाँगुनारायण अस्पताल स्थापना एवं संचालन, जनता स्वास्थ्य बिमा कार्यक्रम, बर्थिङ्ग सेन्टर र सुत्केरी सुविधा, पूर्ण खोप (बालबालिकाको लागि) सुनिश्चित नगरपालिका घोषणा, कोभिड १९ बिरुद्धको सतप्रतिशत खोप लगाइएको, चार वटा स्वास्थ्य संस्थामा अत्याधुनिक ल्याबको स्थापना एवं संचालन गरिएको छ । कृषि तथा पशु विकासतर्फ ५० प्रतिशत, अनुदानमा बिउ वितरण, ५० प्रतिशत कृषि यन्त्र तथा उपकरण वितरण, ५० प्रतिशत अनुदानमा कृषि चुन÷प्लाष्टिक सिट वितरण, पशुरोग विरुद्धको भ्याक्सिन, उन्नत जातको बोल तथा गाई वितरण कार्यक्रम, पशु नश्ल सुधारका लागि कृत्रिम गर्भाधारण व्यवस्था गरिएको छ । खानेपानी तथा ढलतर्फ १२ हजार घरधुरीमा एक घर एक धारा जडान सम्पन्न गरिएको, १४ वटा ओभरहेड ट्यांकी निर्माण, ११ डिपबोरिङ्ग योजना सम्पन्न गरिएको, ७ वटा योजना डिपिआर सम्पन्न गरिएको मेयर मिश्रले बताउनु भयो । त्यसैगरि फोहोरमैला व्यवस्थापन एवं सरसफाई तर्फ पूर्ण सरसफाईयुक्त नगरपालिका रणनिति योजना निर्माण र कार्यान्वयनको तयारी, सार्वजानिक शौचालयको चाँगुनारायण मोडल तयार एवं संचालन गरिएको छ । पर्यटन पूर्वाधार विकास तथा प्रर्वद्धनतर्फ चाँगुनारायण हजार सिंढी निर्माण, पदमार्ग ४.२ कि.मि (ँययत त्चबष्)ि निर्माण, मुहान पोखरीदेखि नगरकोट देउरालीसम्मको पर्यटन क्षेत्रमा सडक बत्ती जडान, हरिगुरु पार्क र भट्टेडाँडा पार्क डिपिआर तयार भई कार्य आरम्भ, बागेश्वरीको मजुवा र चाँगुनारायण नगरपालिकामा एक एक वटा होमस्टे संचालन गरिएको छ । नगरपालिकाले विगत पाँच वर्षमा सडक तथा यातायाततर्फ २३ कि.मि कालोपत्रे सडक रहेकोमा ५६ किमि सडक कालोपत्रे गरिएको, उज्यालो चाँगुनारायण नगरपालिका अन्तरगत १५०० सडक बत्ति जडान गरिएको, सडक नयाँ ट्रयाक १९.४४ किमि ग्राभेल गरिएको, २८.६५ किमि सडक ढलान गरिएको, थप ६.३१ कि.मि सडक तयार भएको र चाँगुनारायण द्रुतमार्ग सहित २३ वटा ग्रामिण सडकहरुको डिपिआर तयार गरिएको मेयर मिश्रले जानकारी दिनु भयो । युवा तथा खेलकुदतर्फ नगरपालिकाले फुटवल रंगशाला, चाँगुनारायण ४ मा एन्फा फुटबल प्रशिक्षण केन्द्र, क्रिकेट रंगशाला, नेपालकै पहिलो रग्बी रंगशाला निर्माणको थालनी, मेयर उद्धमशीलता कार्यक्रम मार्फत युवाहरुलाई उद्यम प्रोत्साहन तथा संचालन, खुल्ला व्यायामशाला संचालन गरिएको छ । महिला समानता र सशक्तिकरणतर्फ महिला उद्दमशिलता, सिलाई कटाई, व्यूटिसियन, मखमली जुता उत्पादन, मोबाइल तथा ल्यापटप मर्मत सम्भार, मन्टेश्वरी तालिम, व्युटिसियन तालिम लगायत सिप विकास तालिम मार्फत ९०० भन्दा बढी महिलाको क्षमता अभिवृद्धि गरिएको जानकारी दिदै उहाँले किशोरीहरुसँग उपमेयर कार्यक्रम संचालन भएको र महिला सशक्तिकरण लोकसेवा आयोग परीक्षा तयारी कक्षा संचालन गरिएको बताउनु भयो । ज्येष्ठ नागरिक बालबालिका अपाङ्गता भएको व्यक्ति एवं लक्षित वर्गतर्फ नगरपालिकाले नौ वटै वडामा नौ वटा ज्येष्ठ नागरिक मिलन चौतारी स्थापना एवं संचालन गर्नुका साथै बालमैत्री स्थानीय शासनयुक्त नगरपालिका घोषणा गरि दलित जातिहरु पेशा सुरक्षणको लागि तालिम एवं उपकरण सहायतासमेत गरिएको जानकारी दिनु भयो । नगरपालिकाले गरिबी निवारण तथा रोजगारी श्रृजनातर्फ मेयर उद्दमशिलता कार्यक्रम मार्फत १७८ जना लाभान्वित भएका, गरिब परिवार पहिचान तथ्याकं संकलन कार्यक्रम संचालन भएको, प्रधानमन्त्री रोजगार कार्यक्रम कार्यान्वयन, कोभिडका कारण पर्यटन क्षेत्रबाट रोजगार गुमाएका नागरिकहरुका लागि न्यूनत्तम १०० दिने रोजगारीको व्यवस्था, सामुदायिक वनहरुमा जडिबुटी खेती मार्फत नागरिकको आय आर्जनको लक्षित कार्यक्रम संचालन गरिएको छ । नगरपालिकामा सुशासन एवं सेवा प्रवाहतर्फ नगर कार्यपालिका कार्यालयको प्रमुख प्रशासकीय भवन निर्माण कार्यको थालनी, चाँगुनारायण नगरपालिका–१ को वडा कार्यालय भवन निर्माणको थालनी, चाँगुनारायण नगरपालिका–५ को व्यवस्थित वडा कार्यालय भवन निर्माणको लागि बोलपत्र आव्हान गरिएको छ । सुचना प्रविधितर्फ खुल्ला सूचना प्रणालीमा संसारको उत्कृष्ट १० शहर समावेश गराउन सफल भएको बताउदै ड्रोन सर्वेक्षण मार्फत प्राप्त डाटाहरुमा आधारित रहि नगरका सबै घरधुरीहरुलाई घर नम्बरिङ्ग गर्ने कार्यको थालनी गरेको, डिजिटल नेपाल फ्रेमवर्कमा आधारित डिजिटल चाँगुनारायण विकासको मार्गचित्र तयार गरिएको, प्रयोगमा रहेका प्रणालीहरुलाई एकिकृत सेवा प्रवाहको लागि कार्य थालनी, लर्ड बुद्ध एजुकेशन फाउण्डेशसँगको सहकार्यमा प्रत्येक वर्ष नगरका जेहेन्दार न्यून्त्तम ३ विद्यार्थीहरुलाई छात्रवृत्तिको व्यवस्था, नगरपालिका तथा सबै वडा कार्यालयहरुमा सीसी टिभी जडान, एवं द्यष्यmभतचष्अ ब्ततभलमबलअभ जडान, विद्यालयहरुमा गुणस्तरीय ईन्टरनेट सेवा उपलब्ध गराइएको छ । नगर प्रमुख मिश्रले एमालेले चाँगुनारायणमा केही गरेन भन्नेहरुलाई यो नमूना बिकासको कामको जानकारी गराएको भन्दै यो भन्दा धेरै काम सम्पन्न गरेको र आगामी पाँच वर्षका लागि एमालेले गर्ने काम र उपलब्धी अझै बढी हुने बताउनु भयो । --- # सम्पदा संरक्षणकर्मी, बिकासप्रेमी मदन सुन्दर श्रेष्ठको योजना सफल, मध्यपुरथिमिको कमल पोखरीमा फूल्यो कमलको फूल Source: https://newskunda.com/archives/703 Category: FEATURED NEWS, समाचार, समाज Last updated: 2022-05-07 **मदन सुन्दर श्रेष्ठ भन्नुहुन्छ, “म सानो छदाँ कमलको फूल फुल्ने र पौडी खेल्ने यो पोखरी बाबुबाजेको पालादेखि नै सार्वजनिक रहेको मलाई थाहा थियो, व्यक्तिको नाममा गयो भने पछि चुप लागेर बस्न मनले मानेन, म मेयर भएर आए पछि पोखरी जोगाउने दायित्वनै थपियो, स्थानीयसंग काँधमा काँध मिलाएर अदालत गईयो, उच्च अदालत र सर्वोच्च अदालतबाट पनि स्थानीयकै पक्षमा फैसला आए पछि यो पोखरीको संरक्षणमा जुटियो ।”** =================================================== भक्तपुर, २४ बैशाख । शनिवार बिहान मध्यपुरथिमि नगरपालिका–८ बोडेस्थित कमल पोखरीमा फर्केको कमलको फूल हेर्दै थिइन् एक युवती । अलि पर बिहान मर्निङ्ग वाक आएकाहरु पनि फर्केको कमलको फूल हेरेर मख्ख पर्दै थिए । केी वर्ष अगाडिसम्म फोहोर फाल्ने, घाँसले दबदबे भएको यो पोखरीमा अहिले यसरी कमलको फूल देखेर उनीहरु भन्दै थिए, “जसले जे भने पनि अहिलेका मेयर मदन सुन्दरले काम चाँही थिमिमा गरेकै हुन् है ?, हेर्दा हेर्दै यो पोखरकिो स्वरुप फेरियो, फूल फुल्यो, यहाँको कुमारी पार्क अहिले कति सुन्दर भयो, योजना, भिजन र लक्ष्य भए पुरा गर्न सक्दो रैछन् ।” यो पार्क र कमल पोखरीमा आउने अधिकांश स्थानीय वासी हुन् वा अरु ठाउँका जहाँका भए पनि थिमिका मेयरले गरेको उत्कष्ट कामको निकै प्रंशसा मात्रै गर्दैनन्, अबको पाँच वर्ष फेरी उनैले नगरपालिकाको नेतृत्व गर्न सके यहाँको सबै बिकासले पूर्णता पाउने बताउदै थिए । केही वर्ष अगाडिसम्म वरिपरि लामोलामो झाडी, बीचमा दबदबे हिलो, त्यसमाथि घाँसैघाँस, डिलमा जथाभावी फालिएको फोहोर देखिन्थ्यो मध्यपुरथिमि नगरपालिका–८ बोडेस्थित ऐतिहासिक पलिस्वाँ पुखुः अर्थात कमल पोखरीमा र अहिले भने सुन्दर कमलको फूल फक्रेको देखिन्छ यहाँ । व्यक्तिको नाममा दर्ता भई पटक पटक किनबेच भएको ऐतिहासिक यो पोखरीले आफ्नो स्वरुप फेर्ला भन्ने कल्पना पनि नगरेका स्थानीय यतिखेर आफ्नै टोलको यहीँ पोखरीमा झण्डै ५० वर्ष पछि सुन्दर कमलको फूल फुलेको देख्दा मनै फुरुङ्ग भएको स्थानीय शकुन्तला श्रेष्ठ बताउनु हुन्छ । आज बिहान ९ बजे पोखरीको बारमा समातेर कमलको फूल हेर्दै गर्नु भएको उहाँले दबदबे चौरमा परिणत भएको यो पोखरी फेरी सुन्दर होला, यसरी कमलको फूल फुल्ला, डुङ्गा चढ्न पाइएला भनेर नसोचे पनि अहिले पोखरीले पुर्नजीवन पाएर फूल फुलेको देख्दा खुसी लागेको बताउनु हुन्छ । “गरे के सकिदैन रैछ र ?, स्थानीयको साथ र जनप्रतिनिधिको चाहना भए असम्भव पनि सम्भव हुँदो रहेछ, भन्ने नमूना बन्यो यो पोखरी, पोखरी नजिकैकोे कुमारी मन्दिर र पार्क । यो पोखरीले बोडेको पहिचान नै फेरियो, हामी खुसी छौँ”–बोडेका बिरेन्द्र जयना । तत्कालीन बोडे गाउँ पञ्चायत–६ कित्ता नं १ को पोखरीले ओगटेको १५ रोपनी नौ आना सार्वजनिक जग्गा २०४२ साल असार ३१ गते कान्छी पोडेनीको नाममा दर्ता भई २०५१ साल माघ २२ गते मनाङका ग्ल्याल्पो गुरुङ, तेन्जी शेर्पेनी, कर्सी जद्योना गुरुङसहित विभिन्न व्यक्तिको नाममा किनबेच भएपछि पोखरी सम्याएर घरेडी बनाउन डोजर आएपछि बल्ल स्थानीयले पोखरी बिक्री भएको चाल पाए र विरोधमा उत्रिए । त्यसपछि यहाँका बासिन्दाले संघर्ष समिति नै गठन गरेर नगरपालिकासहितको साथमा दायर गरेको रिटको भक्तपुर जिल्ला अदालतले २०७५ असार १९ गते बोडे क्षेत्रको उक्त कमलपोखरी “पलेस्वाँ पुखु” सार्वजनिक सम्पत्ति रहेको फैसला सुनाए पछि पोखरीको संरक्षणमा नगरपालिका जुट्यो । अदालतले फैसला गरेको भोलीपल्टै मध्यपुरथिमि नगरपालिकाले पोखरीमा डोजर लगाएर सफा गरी रु. ७५ लाख बजेट विनियोजन गरी पोखरीको संरक्षण सुरु गरेको बताउनुहुन्छ मध्यपुरथिमि नगरपालिकाका निवर्तमान प्रमुख मदनसुन्दर श्रेष्ठ । उहाँ भन्नुहुन्छ, “म सानो छदाँ कमलको फूल फुल्ने र पौडी खेल्ने यो पोखरी बाबुबाजेको पालादेखि नै सार्वजनिक रहेको मलाई थाहा थियो, व्यक्तिको नाममा गयो भने पछि चुप लागेर बस्न मनले मानेन, म मेयर भएर आए पछि पोखरी जोगाउने दायित्वनै थपियो, स्थानीयसंग काँधमा काँध मिलाएर अदालत गईयो, उच्च अदालत र सर्वोच्च अदालतबाट पनि स्थानीयकै पक्षमा फैसला आए पछि यो पोखरीको संरक्षणमा जुटियो ।” नगरपालिकाले पोखरीलाई ऐतिहासिक स्वरुपमा पुर्ननिर्माण गरको छ । पोखरीमा दाँची अप्पा, माँअप्पा इँटाको प्रयोग गरेर कलात्मक शैलीमा पुर्न निर्माण सम्पन्न गरि वरिपरि वार लगाइएको छ । पोखरीमा नगरपालिकाले रोपेको कमलको फूलको बिरुवाबाट कमलको फूल फुल्न थालेको छ भने नगरपालिकाले आन्तरिक पर्यटनको बिकासका लागि रु. पाँच लाखमा खरिद गरि दुईवटा डुङ्गा सञ्चालनमा ल्याएको छ । पोखरीमा दुई हजार माछाको भुरा छाडिएको छ । स्थानीय स्थानीय जयना भन्नुहुन्छ–“हामी बच्चा हुँदा पोखरीमा कमल फुल्थ्यो, पछि पुरियो, फोहोर भयो, वास्तै भएन, अहिले राम्रो पोखरी बन्यो, यहाँ त अचेल बिहान मर्निङ् वार्क, साँझ इभिनिङ वाक गर्ने मान्छे धेरै हुन्छन्, पोखरीमा अहिले कमलको फूल फुल्यो यो ठाउँ हेर्दा हेर्दै आन्तकिर पर्यटनको गन्तव्य बन्यो ।” नगरप्रमुख श्रेष्ठले पोखरीको वरिपरी निर्माण भएको १० फिट चौडाईको ढलान सहितको फुटपाथ त्यसमाथि पोखरीको डिलमा तेल्या इँटा छापेर खाली खुट्टाले पनि हिड्न मिल्ने गरि बनाएको बताउनु हुन्छ । यहीँ पोखरीमा फुलेको कमलको फूलले स्थानीय लायकू दरबारमा दशैँमा तलेजुलाई चढाउने, कमलको पातमा तलेजुको पुजारीले भोज खानु पर्ने, साउनमा हुने नीलबाराही नाचमा यहीँको कमलको फूल चढाएर जात्रा चलाउने, जिब्रो छड्ने जात्रा चलाउने परम्परा ५० वर्ष अगाडिको परम्परालाई नगरपालिकाले यसै वर्षबाट सुरु गराउदै परम्परा, संस्कृति जोगाउन कमलको बिरुवा लगाएकोमा फूल फलेकाले अब विगतमा छुटेका सबै धार्मिक परम्पार सूचारु गर्न सकिने निवर्तमान नगर प्रमुख श्रेष्ठ बताउनुहुन्छ । पोखरी नजिकै नगरपालिकाले पुर्ननिर्माण गरेको कुमारी मन्दिर र कुमारी पार्कले यहाँ आन्तरिक पर्यटनको मुख्य गन्तव्य बन्न सफल भएको छ । --- # सम्मानजनक ढङ्गले सिट बाँडफाँट नभए गठबन्धनको औचित्य छैन : अध्यक्ष यादव Source: https://newskunda.com/archives/2058 Category: FEATURED NEWS, राजनीति, समाचार Last updated: 2022-09-08 पर्सा, २३ भदौ : जनता समाजवादी पार्टी नेपाल (जसपा) का केन्द्रीय अध्यक्ष उपेन्द्र यादवले सबै दलले जित्ने गरी सिट बाँडफाँट नभए गठबन्धनको कुनै औचित्य नरहने बताउनुभएको छ । मधेस प्रदेश सरकारले स्थापना गरेको मधेस विश्वविद्यालयको आज वीरगञ्जमा कार्यालय उद्घाटन गर्दै अध्यक्ष यादवले सबैको भावनालाई सम्मान गर्दै न्यायोचित सिट बाँडफाँट नभए दलहरुबीच गठबन्धनको कुनै औचित्व नरहने बताउनुभयो । उहाँले आफूहरूले प्रतिनिधिसभाका लागि ३२ सिट कांग्रेस नेतृत्वसँग माग गरेको र सोही विषयमा दलका शीर्षनेताहरूबीच छलफल चलिरहेको समेत जानकारी दिनुभयो । सिट बाँडफाँटको विषयमा सहमति नभएका विषयलाई चाँडै नै शीर्ष नेतृत्वले किनारा लगाएर आसन्न निर्वाचनको तयारीमा जुट्ने अध्यक्ष यादवले बताउनुभयो । सञ्चारकर्मीहरूसँग कुरा गर्दै अध्यक्ष यादवले सिट बाँडफाँटको विषय चाँडै टुङ्गोमा पुग्ने विश्वास व्यक्त गर्नुभयो । कार्यक्रममा मधेस प्रदेशका मुख्यमन्त्री तथा मधेस विश्वविद्यलायका कुलपति लालबाबु राउत गद्दी, नेपाल सरकारका वनमन्त्री प्रदीप यादव, विश्वविद्यलायका सहकुलपति तथा प्रदेशका सामाजिक विकासमन्त्री नवलकिशोर साह, मधेस विश्वविद्यलायका उपकुलपति प्रा डा दीपक शाक्य, विभिन्न विश्वविद्यलायका उपकुलपति, समाजसेवी तथा राजनतीतिक दलका नेता कार्यकर्ताहरूको उपस्थिति रहेको थियो । --- # सरकार यातायात व्यवसायीको अघि लम्पसार गर्दा जनतालाई सास्ती Source: https://newskunda.com/archives/2021 Category: FEATURED NEWS, अर्थ, राजनीति, समाचार Last updated: 2022-09-08 -रुषा थापा भक्तपुर, : सरकार वा यातायात व्यवस्था विभागले नयाँ टयाक्सीको दर्ता नखोल्दा २० वर्ष पुगेका टयाक्सीहरुको स्क्राइप गरेको नम्बरप्लेट १२ लाखमा खरिदबिक्री हुने गर्छ । सरकारले नयाँ टयाक्सीको दर्ता खोल्दिएमा जनताले सित्तैमा नम्बरप्लेट पाउँछन् । साथै यता टयाक्सीको संख्या पनि बढ्ने, खुला प्रतिस्पर्धा हुने र टयाक्सीमा रहेका बेथितिहरु प्नि अन्त्य हुने छन् । सरकारले नयाँ टयाक्सीको दर्ता नखोल्दा २०४८ सालमा दुई लाखमा गाडी किनेर टयाक्सीमा दर्ता गराएर आफैँले चलाएर वा भाडामा लगाएर अहिलेसम्म करोड भन्दा बढी एउटै व्यक्तिले कमाइसकेका छन् । साथै ३२ वर्षसम्म आफैँले व्यवसाय गरिसकेका छन् । अब फेरि यो २० वर्ष पुरानो टयाक्सीको स्क्राइप गरेको नम्बरप्लेटमा नयाँ गाडी किनेर टयाक्सीमा दर्ता गराएर व्यवसाय गर्ने छन् । अर्का २० वर्ष फेरिपनि उनीहरुले नै व्यवसाय गर्ने गर्छन् । एकै व्यक्तिले ५२ वर्षसम्म व्यवसाय गर्न पाउँछन् जसले गर्दा नयाँ व्यवसायीहरु आउन पाउदैँनन् । साथै ५२ वर्षसम्म जनसंख्या भने धेरै बढिसकेको हुन्छ तर टयाक्सीको संख्या भने बढ्न पाउँदैन । अब यातायात व्यवस्था विभाग वा सरकारले २० वर्ष पुराना गाडीको स्क्राइप गरेको नम्बरप्लेटमा नयाँ गाडी किनेर दर्ता गर्न दिनुहुदैँन । साथै २० वर्ष पुगेका गाडीहरुको नम्बरप्लेट वा दर्ता खारेज गर्नुपर्छ । २० वर्ष पुगेका गाडीहरुको चल्ने अवधि थप गर्नुहुदैँन । यस्ता गाडीहरु कै कारण ट्राफिक जाम, प्रदूषण र दुर्घटना बढिरहेको पाइन्छ । साथै अब सरकारले भाडाका गाडीहरु १५ वर्ष पुगेपछि र संस्थान वा निजीप्लेटका गाडीहरु २० वर्ष पुगेपछि हटाउनुपर्छ । यातायात व्यवसायीहरु २० वर्ष गाडीको अवधि थप गर्न यातायात मन्त्री मोहम्मद इश्तियाक राई र सचिव गोपाल प्रसाद सिग्देललाई ७ करोड दिएर वा ठुलो आर्थिक चलखेल गरिरहेका छन् । अहिले यातायात व्यवसायीहरु खुल्ला रुपमा भन्छन् , हामीले मन्त्री र सचिवलाई पैसा दिएर २० वर्ष पुगेका गाडीको अवधि थप गर्दैछौँ । जनता मन्त्री र सचिवलाई सोध्छन् , अघिल्लो सरकारले गरेको निर्णयलाई के आर्थिक चलखेलमा उल्टाउन मिल्छ , तपाइँहरुलाई जनता ठुलो कि पैसा ठुलो । २०७० साल भन्दा अगाडिको सरकारले २० वर्ष गाडीहरुले दुर्घटना र प्रदुषण बढायो भनेर यीहरु ह्टाउने भनेर निर्णय गरेको थियो । त्यसबेलाको सरकारले २०७१ ÷५÷२६ गते यो निर्णय गरेको थियो । साथै २०७१÷११÷१८ गते राजपत्रमा निकालेको थियो । २०७२÷१२÷१ गतेको मन्त्री परिषद्को बैठकले २०७३÷११÷१७ गते बागमती प्रदेशबाट र २०७४÷१२÷१ ग्तेबाट दशैँभरिबाट २०वर्ष पुगेका गाडीहरु हटाउने भनेर निर्णय गरेको थियो । यस निर्णयबाट दुर्घटना, ट्राफिक जाम, प्रदूषणहरु सबै कम हुने भएकाले यस निर्णयलाई जनताले पनि स्वागत गरेका थिए । २०७१ सालदेखि २०७९ सालसम्म कति यातायात मन्त्री आए र गए तर यातायात व्यवसायीसँग पैसा खाएर २० वर्ष पुगेका गाडीको अवधि थप गर्ने र सरकारको निर्णय उल्टाउने आँट कसैले गरेनन् । तर अहिलेको यातायात मन्त्री र सचिव व्यवसायीसँग पैसामा बिकेर सरकारले गरेको निर्णय उल्टाउनतिर लागिरहेका छन् । यातायात मन्त्री र सचिव हरियो र कालोप्लेटको टयाक्सीको नयाँ दर्ता खोल्न भने चासो दिदैँन तर अघिल्लो सरकारले गरेको निर्णय उल्टाउनतिर भने खुब्रै चासो रहेको छ । यिनीहरुले राष्ट्र र जनताको हितमा काम नगरी व्यवसायीको हितमा काम गरिरहेका छन् । पछिल्लो समय टयाक्सी व्यवसायी र यातायात व्यवसायीहरु नयाँ टयाक्सीको दर्ता खोल्न नदिन दिनहुँ जस्तो विभाग र मन्त्रालय धाइरहेका हुन्छन् । यातायात व्यवसायीहरुले एउटा गाडी किनेर लगानी गरेको रकम ३ देखि ४ वर्षसम्म उठ्ने गर्छ । एउटा गाडीले २० वर्षसम्ममा ५ ओटा गाडी जोडिसकेको हुन्छ तर फेरिपनि त्यहँी २० वर्ष पुगेका गाडीमा नम्बरप्लेट किनेर दर्ता गर्न दिइन्छ । भाडाको गाडीको सिण्डिकेट पनि नहट्ने र संख्या पनि नबढ्ने, खुला प्रतिस्पर्धा पनि नहुने र बाटो कब्जा गरेर राज्यलाई आफ्नो मुठीमा लिएर जनता ठग्ने । अहिलेसम्मको विगत हेर्ने हो भने विक्रम टयाम्पो हटाएर माइक्रो बस आयो , जर्मनी मिनीबस हटाएर बस ल्यायो , मिटरवाला टु स्टक टयाम्पो हटाएर टयाक्सी ल्यायो , ग्याँस टयाम्पो हटाएर माइक्रो बस र २० वर्ष पुराना हरियो र कालो प्लेटको टयाक्सी हटाएर पुरानो नम्बरप्लेटमा नयाँ गाडी किनेर टयाक्सीमा दर्ता गरियो । २०३२ सालदेखि २०७९ सालसम्म यहँी चलन चल्दै आइरहेको छ । भाडाको गाडीमा लगाएको सिण्डिकेट सरकारले हटाउन नसक्दा पछिल्लो समय निजीप्लेटका गाडीहरु किन्नेको सख्ंया बढिरहेको छ । जनताले पैसा तिरेर भनेको समयमा भाडाका गाडी पाउँदैनन् र पाएपछि उभिएर जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता रहेको छ । यातायात व्यवसायीहरुले गाडी हाल्ने धनीसँग २ लाखदेखि १५ लाखसम्म पैसा लिएर खान्छन् तर सरकारले रोडपर्मिेट दिनेबेला जम्मा ५ सय राजस्व पाउँछ । बाटो सरकारको भएपनि बाटो कब्जा गरेर व्यवसायीहरु जनता ठग्छन् । सरकारले तोकेको भाडारेट भन्दा बढी लिएर व्यवसायीहरुले दिनहुँ १८ करोड रकम जनतासँग ठग्छन् । साथै सार्वजनिक सवारीसाधनमा सरकारको लगानी छैन भनेर चूनौति दिन्छन् तर बाटो त सरकारको हो नि त । आयल निगमले पेट्रोल तथा डिजेलको मुल्य बढाउने बित्तिकै सरकारलाई भाडा बढाउन दबाब दिन्छन् । यातायात व्यवसायीहरुले जनतासँग लिनुपर्ने भाडा भने एक वर्षमा चार पटक बढाउँछन् तर यातायात व्यवसायीहरुले सरकारलाई तिनुपर्ने राजस्व भने ३१ वर्षदेखि बढ्न दिएका छैनन् । २०४९ सालदेखि २०७९ सालसम्म सरकारले यातायात व्यवसायीसँग लिनुपर्ने १५ ओटा चिजहरुमा राजस्व वृद्धि भएको छैन तर जनताले व्यवसायीहरुलाई तिनुपर्ने भाडा भने अहिलेसम्म २० गुना बढिसकेको छ । सरकारले यातायात व्यवसायीसँग लिनुपर्ने राजस्व वृद्धि नभएको चिजहरु ः जाँचपास, रोडपर्मिेट, पञ्जिकरण, नामसरी, बिलबुक नवीकरण, प्रदूषण चेकजाँच, पटके, अञ्चलीकरण, गाडीको रङ परिवर्तन , गाडीले सरकारले तोकेको भन्दा बढी लिएमा कारबाही गर्दा, जेब्रोक्रसमा गाडी नरोकेमो खण्डमा, टयाक्सीको मिटर जोडान गर्दा वा नवीकरण गर्दा र २० वर्ष गाडीको नामसरी गर्दा लिनुपर्ने राजस्वहरु अहिलेसम्म वृद्धि भएको छैन। अहिले टयाक्सी ३० लाखमा किनबेच हुन्छ तर नामसरी गर्दा राज्यको ढुकुटीमा जम्मा ८ सय आउने गर्छ । भाडाका गाडीहरु ५ लाखदेखि ८० लाखसम्ममा किनबेच हुन्छ तर नामसरी गर्दा राज्यको ढुकुटीमा त्यहँी ८ सय मात्र आउने गर्छ । पहिला चारचार महिनामा रोडपर्मिेट तिरिने व्यवस्था थियो र चारमहिना १५ दिन कटेपछि रोडपर्मिेट नतिरेको खण्डमा दोब्बर रकम तिनुपथ्यो । तर अहिले ६÷६ महिनामा रोडपर्मिेट गर्ने व्यवस्थाले राज्यको ढुकुटीमा अर्बो राजस्व आउन बन्द भएको छ । अहिले यातायात व्यवसायीहरुले एउटा भाडाका गाडीमा १० लाखदेखि करोडसम्म लगानी गरेका छन् तर त्यो लगानी गरेको र दिनहुँ आम्दानीको पनि राज्यलाई कर तिर्दैनन् । अहिलेपनि यातायात व्यवसायीहरुले कम्पनी घाटामा गएको भनेर सरकारलाई कर छलिरहेको र सिण्डिकेट लगाएर नयाँ व्यवसायी आउन दिएका छैनन् । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ र सार्वजनिक यातायात केन्द्रिय महासंघले महासंघको सदस्य यातायात कम्पनीहरुलाई बनाएर वा सदस्य बनाएबापत २० हजारदेखि एक लाखसम्म लिइरहेका छन् । साथै महिनैपिछे लेभी भनेर एउटै कम्पनीबाट ५ हजारदेखि ३० हजारसम्म उठाइरहेका छन् । अहिलेपनि महासंघका नेताहरुले नयाँ गाडीको दर्ता खोल्न र संख्या बढ्न दिएका छैनन् । प्रदेश सरकार होस् या संघीय सरकारलाई यातायात व्यवसायीहरुले आफ्नो कब्जामा लिएका छन् । सरकारले २०७५÷१÷४ गतेको मन्त्री परिषदको बैठकमा संस्था ऐन ३४ अन्र्तगत सिडियो कार्यालयमा दर्ता गरिएको यातायात समिति र संस्था ऐन २०१८ ऐन अन्र्तगत दर्ता गरिएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघलाई खारेज गरेर कम्पनीमा लैजानेबारे निर्णय गरेको थियो । यातायात व्यवसायीहरुले ४५ वर्षदेखि राज्यलाई राजस्व छल्दै आएका थिए । यातायात व्यवसायीहरुले भाडाका गाडीमा १६ खर्ब ९८ अर्ब लगानी गरेका थिए । दुवानी वा यात्रु बोक्ने ११ लाख भाडाका गाडीमा यो लगानी गरेको थियो तर त्यो लगानी र आम्दानी बापत पनि राज्यलाई कर तिर्दैनन् थिए । सरकारले ३०७ ओटा यातायात समिति खारेज गरेपछि ती समितिको नाममा रहेको चल र अचल सम्पत्ति सरकारको नाममा रहनेबारे कानूनमा उल्लेख गरेको थियो । सरकारले २४५ ओटा समितिको खाता रोक्का गरेको थियो तर त्यो पनि पैसा खाएर फुक्का गप्यो । साथै ६२ ओटा समितिको खाता सहकारीमा रहेको थियो तर त्यो पनि रोक्का गरेन र समितिको नाममा भएको घरजगगा पनि फुका गरिदियो । खर्बको सम्पत्ति राष्ट्रियकरण गर्नुको साटोमा आर्थिक चलखेल गरेर केपी ओलीको सरकारले फुका गप्यो । सरकारले फुका गरेको सम्पत्ति न गाडी साहुले पाए न सरकारले नै । ती सबै सम्पत्तिहरु समिति र महासंघमा बस्ने नेताहरुले भाग लगाएर खाए । २०७५÷१ ÷२३ गते गृह मन्त्री वा मन्त्रालयलले यातायात समिति र महासंघमा बस्ने नेताहरुको व्यक्तिगत सम्पत्ति छानबिनका लागि शुद्धीकरण विभाग र अख्तियारलाई परिपत्र लेख्ने भनेको थियो तर त्यो पनि कता हरायो । यातायात क्षेत्र सरकारले चलाउनुपर्ने तर व्यवसायीहरुले चलाए । यातायात व्यवसायीको अगाडी सरकार लम्पसार पप्यो । यीनीहरुले राजनितिक पार्टीको झोला बोकेर वा पैसा दिएर जनता ठगे वा थोत्र्रा गाडी चलाएर जनता मारे । अहिलेसम्म पनि यातायात व्यवस्था विभाग र मन्त्रालयलले यातायात ऐन पनि परिवर्तन गरेको छैन र सरकारले यीनीहरुसँग लिनुपर्ने राजस्व पनि वृद्धि गरेको छैन । यातायात व्यवसायीहरुसँग यातायात मन्त्रालय र विभागले आर्थिक चलखेल गरेर नै यो राजस्व पनि नबढाएको र ऐन पनि परिवर्तन नगरेको अहिले बुझिन्छ । यसरी यातायात व्यवसायीसँग सरकारले लिनुपर्ने राजस्व यत्रो वर्षदेखि नबढ्दा राज्यको ढुकुटीमा आउनुपर्ने अर्ब रुपैँया राजस्व आउन पाइरहेको छैन । साथै यता यातायात व्यवस्था विभागका महानिर्दैशक टोकराज पाण्डेयलाई जनताले प्रश्न गर्छन् , किन ३५ वर्षदेखि नयाँ टयाक्सीको दर्ता नखोलेको । हरियो र कालो प्लेटको नयाँ टयाक्सीको दर्ता यति लामो समयावधिसम्म बन्द हुँदा , सरकारले सिण्डिकेट हटाएर खुला प्रतिस्पर्धा गर्न नदिँदा र टयाक्सी व्यवसायीको एकाधिकारलाई सरकारले तोड्न नसक्दा जनतालाई सास्ती भइरहेको छ । उपत्यकामा करोडौँ नागरिकहरु बस्छन् तर टयाक्सीको जम्मा संख्या ९ हजार मात्र रहेको छ । बागमती यातायात कार्यालयले २०६९ साल माघमा जनसंख्या वृद्धि भएको तर टयाक्सीको संख्या घटेको वा सञ्चालनमा रहेका पनि थोत्र्रा, पुराना, कबाडी र ७९६ सिसीको मरुती टयाक्सी रहेको भनेर नयाँ लक्जरी टयाक्सी ५ हजार मागगरेको थियो । साथै वर्षैपिछे नयाँ टयाक्सीको दर्ता खोल्ने भनेर पनि निर्णय गरिएको थियो । तर अहिलेसम्म यातायात व्यवस्था विभागले नयाँ टयाक्सीको दर्ता खुलाएको छैन । नयाँ टयाक्सीको दर्ता नखुलाउँदा राज्यलाई राजस्व आएन , यात्रुले भनेको समयमा टयाक्सी पाएनन् , पैसा महंगो तिरेर पनि राम्रो टयाक्सीमा सवार गर्न पाएका छैनन् । हालसम्म सञ्चालनमा रहेका पुराना टयाक्सीहरुले गर्दा दुर्घटना, ट्राफिक जाम र प्रदूषण बढाइरहेको पाइन्छ । सरकारले नयाँ टयाक्सीको दर्ता नखोल्दा टयाक्सी किनेर व्यवसायी गर्छु भन्नेले व्यवसायी गर्न पाएका छैनन् , एयरर्पोटमा २०५० सालमा हरियो प्लेटको टयाक्सीको दर्ता बन्द भएको थियो । त्यहाँ अहिले जम्मा २०७ ओटा टयाक्सी रहेका छन् र त्यहाँबाट बानेश्वर आएको ३ हजार लिइन्छ । कालोप्लेटको टयाक्सीको २०५७÷२÷१७ गते दर्ता बन्द गरिएको थियो र टयाक्सीको दर्ता बन्द हुने समयमा टयाक्सीको संख्या जम्मा ७ हजार ५सय थियो । त्यसमध्येमा ५६५० पेट्रोल र १८५० ओटा डिजेलबाट चल्ने दर्ता भएको थियो । डिजेलबाट चल्ने टयाक्सी एकडेढ वर्ष चल्यो र विस्थापन भयो भने पेट्रोलबाट चल्ने कबाडी भइसकेका छन् । २०५७ सालभन्दा पछि उपत्यकामा जनसंख्या २० गुना बढ्यो तर टयाक्सीको संखया घट्यो । टयाक्सीको रोडपर्मिेट उपत्यकाभित्र मात्र रहेको छ । उपत्यकाबाहिरका जनतालाई पनि अहिले टयाक्सीको आवश्यकता परिसकेको छ । २०७२ ÷२ ÷२८ गते सरकारले १८५० ओटा नयाँ टयाक्सीको दर्ता खोल्यो । २०७२ ÷४ ÷२० गते यातायात व्यवस्था विभागले नयाँ टयाक्सी किन्नका लागि सूचना जारी गप्यो र एक जनाले नयाँ टयाक्सी किन्नका लागि एकहजार दश रुपैँया तिनुपर्ने थियो । १५ दिनमा १५ हजार ७ सय ५१ जनाले फर्म बुझाए । १८५० जनाले गोलापथबाट टयाक्सी पाए भने अरुले पाएनन् । २०७२ ÷१२÷२१ गते सरकारले १५ सय नयाँ टयाक्सीको दर्ता भुकम्प पीडितका लागि खोलदिएको थियो । २०७३ साल श्रावण ५ गतेदेखि भर्दौ ५ गते सम्मका लागि यो सूचना जारी गरिएको थियो । टयाक्सी किन्नका लागि एक जनाले ११० रुपैँया राजस्व तिर्नुपथ्यो र १ लाख ४९ हजार ५सय ५८ जनाले टयाक्सी किन्न फर्म बुझाएका थिए तर १५ सयले गोलापथबाट टयाक्सी पाए अरुले पाएनन् । यी दुई ओटा तथ्ंयहरु हेर्ने हो भने टयाक्सी किनेर व्यवसाय गर्न इच्छा गर्नेहरु धेरै छन् तर सरकारले नयाँ टयाक्सीको दर्ता खोल्दैँन । टयाक्सी व्यवसायीहरु आफूपनि सस्तोमा जनतालाई सेवा दिदैँनन् र सरकारलाई पनि नयाँ टयाक्सीको दर्ता खोल्न दिदैँनन् । अहिले टयाक्सी चढ्नेबित्तिकै ५० आउँछ र प्रत्येक किलोमिटर ५० रहेको छ तर त्यसलाई घटाएर शून्यबाट चलाउँछु , २० रुपैँया किलोमिटरमा चलाउँछु र आफ्रनै देशमा बसेर रोजगारी गरेर सरकारलाई कर तिर्छु भन्दा पनि सरकार सिण्डिकेट हटाएर खुल्ला प्रतिस्पर्धा गर्न दिदैँन । सरकार टयाक्सी व्यवसायीको अघि लम्पसार पर्दा जनतालाई सास्ती । --- # सरकार र प्रा डा केसीबीच १० बुँदे सहमति, अनशन अन्त्य Source: https://newskunda.com/archives/2252 Category: FEATURED NEWS, अपराध, खेलकुद, राजनीति, समाज Last updated: 2022-09-24 काठमाडौँ, ८ असोज :सरकार र स्वास्थ्य क्षेत्रको सुधारको माग गर्दै आन्दोलरत प्रा डा गोविन्द केसीबीच १० बुँदे सहमति भएको छ । आज साँझ सरकारद्वारा गठित वार्ता टोलीका संयोजक एवं प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव डा गणेशप्रसाद पाण्डेय र प्रा डा केसीबीच १० बुँदे सहमति पत्रमा हस्ताक्षर भएको छ । सहमतिअनुसार आजैदेखि नै प्रा डा केसीले अनशन अन्त्य गर्नुभएको छ । उहाँले त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालका कुरुवा कैलालीका सरिता चौधरीको हातबाट जुस पिएर अनशन तोड्नुभयो । सहमतिअनुसार स्वास्थ्य क्षेत्र सुधारका लागि देशभरिका सरकारी अस्पतालमा कम्तीमा हाल सञ्चालनमा रहेका श्यया सङ्ख्याअनुसार दरबन्दी कायम गर्ने, कैलालीको गेटास्थित मेडिकल कलेजलाई तत्काल सञ्चालन गर्ने, सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन २०६४ को दफा १८ मा स्वार्थ बाझिएमा निर्णय गर्न नहुने व्यवस्था रहेको र अब उप्रान्त नियुक्ति वा मनोनयन हुने व्यक्तिको स्वार्थको द्वन्द्व लागि गाह्रो नहुने कानुनी व्यवस्था थप गर्न संशोधनसम्बन्धी मस्यौदा तयारी गरी सरकारले आगामी संसद्को अधिवेशनमा पेश गर्नुपर्ने छ । प्रतिष्ठान र विश्वविद्यालयका पदाधिकारी नियुक्तिको लागि मापदण्ड बनाइ पारदर्शी ढङ्गले गर्ने, राष्ट्रिय चिकित्सा शिक्षा ऐनको दफा ४७ बमोजिम चिकित्सासम्बन्धी शिक्षण संस्थालाई क्रमशः गैरनाफामूलक र सेवामूलक संस्थामा रुपान्तरण गर्ने सम्बन्धमा आवश्यक विषयमा ठोस रायसहितको प्रतिवेदन पेश गर्न चिकित्सा शिक्षा आयोगलाई लेखी पठाउने सहमति भएको छ । चिकित्सा शिक्षा आयोगको सङ्गठन तथा व्यवस्थापन सर्वेक्षणको काम भइरहेकोले शीघ्र स्वीकृतिको प्रक्रिया अगाडि बढाउने र निःशुल्क स्नातकोत्तर कार्यक्रमका लागि आवश्यक बजेट आगामी आवदेखि आयोगका नाममा विनियोजन गर्ने, जलवायु सङ्कटका कारण उत्पन्न हुने जटिलता न्यूनीकरणका लागि तत्काल पेट्रोलियम पदार्थको खपत कम गर्न तथा दीर्घकालीन नेपाललाई निर्धारित लक्ष्य बमोजिम जिरो नेट कार्बन देश बनाउनका लागि स्वच्छ ऊर्जामा आधारित प्रविधिलाई प्रोत्साहन र प्रवद्र्धन गर्न आवश्यक नीतिगत तथा कानुनी प्रबन्ध गर्ने सहमति भएको उल्लेख छ । सहमति पत्रमा सहमतिमा उल्लेख भएका बुँदाको कार्यन्वयन सरकारका सम्बन्धित निकाय तथा अन्य सम्बद्ध निकायले कार्ययोजना बनाइ तत्काल कार्यान्वयनको प्रक्रियामाम लैजाने र सहमति अनुमोदनका लागि सहमति भए पश्चात सरकार मन्त्रिपरिषद्को बैठकसमक्ष प्रस्ताव पेश गर्ने उल्लेख छ । स्वास्थ्य सुधारका विभिन्न माग राखी प्रा डा केसी कैलालीको धनगढीमा अनशन सुरु गर्नुभएको थियो । उहाँको स्वास्थ्यमा समस्या देखिएपछि यहीँ बिहीबार (असोज ६) गते उपचारका लागि त्रिवि शिक्षण अस्पतालमा भर्ना गरिएको थियो । उहाँले १३औँ दिनमा अनशन तोड्नुभएको हो । ––– --- # सरकार स्वेच्छाचारी र हुकुमी शैलीतर्फ अग्रसर भएको छ, यो गम्भिर चिन्ताको विषय हो : काँग्रेस सभापति गगन थापा Source: https://newskunda.com/archives/5397 Category: FEATURED NEWS, राजनीति, समाचार, समाज Last updated: 2026-11-01 काठमाडौं, १५ कात्तिक। नेपाली कांग्रेसका सभापति गगन थापाले वर्तमान् सरकार स्वेच्छाचारी र हुकुमी शैलीमा अगाडि बढेको भन्दै स्तै रहे काँग्रेस चुप लागेर नबस्ने बताउनु भएको छ । आइतबार सानेपास्थित कांग्रेस मुख्यालयमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उहाँले लोकतन्त्र, नागरिक अधिकार र प्रेस स्वतन्त्रतामाथि सरकारले सीमा नाघेको भन्दै कांग्रेस चुप लागेर नबस्ने चेतावनी दिनु भएको हो । थापाले भन्नुभयो, ‘हामीले बोलेको कुरा हुकुम हुन्छ भन्ने ठानेर राज्यका निकाय र शक्तिको स्वेच्छाचारी प्रयोग भइरहेको छ । सरकारमा बसेकाहरूलाई मेरो इच्छा नै कानुन हो भन्ने लाग्न थालेपछि समस्या सुरु हुन्छ । यसलाई सामान्यीकरण गर्न मिल्दैन, अब हद नाघेको छ ।’ समाचार लेखेकै आधारमा सञ्चारगृहभित्रै प्रवेश गरेर पत्रकार पक्राउ गर्ने सरकारी कदमले शाही शासनकालको झल्को दिएको भन्दै उनले यसको सशक्त प्रतिवाद गर्ने बताए । थापाले पछिल्लो समय पत्रकार पक्राउ प्रकरणमा प्रधानमन्त्रीको सचिवालय र प्रहरीको गतिविधि विचित्र र शङ्कास्पद देखिएको टिप्पणी गरे । ‘पहिले प्रहरीले पत्रकार पक्राउ गर्यो, प्रधानमन्त्रीको सचिवालयबाट ‘हामीलाई केही थाहा छैन’ भन्ने वक्तव्य आयो । फेरि प्रहरीले मध्यराति प्रधानमन्त्री कार्यालयको चासोलाई सम्बोधन गर्न पक्राउ गरिएको भन्यो र शनिबार बिहान त्यो वक्तव्य पनि डिलिट गरियो,’ थापाले भने, ‘अहिले त प्रधानमन्त्रीकै सचिवालयबाट २८ जना पत्रकारको सूची बनाएर प्रहरीकहाँ पठाइएको विषय बाहिर आइसकेको छ ।’ पत्रकार पक्राउ पर्नु र रिहा हुनुमै यो विषय नटुङ्गिने स्पष्ट पार्दै उनले थपे, ‘पत्रकार पक्राउ परे, छुटे, अब सकियो भन्ने होइन । यतिमै विषय सकिँदैन र सक्किनु पनि हुँदैन भन्ने कांग्रेसको स्पष्ट धारणा छ । यसले सरकारले राज्य, नागरिक अधिकार र प्रेस स्वतन्त्रतालाई कसरी बुझेको छ भन्ने गम्भीर प्रश्न खडा गरेको छ ।’ प्रहरी आफैँ निर्णय गरेर मिडिया हाउस नगएको ठोकुवा गर्दै थापाले सत्ताको सनक र सामाजिक सञ्जालको प्रतिक्रियाका आधारमा राज्य चलाउन खोजिएको आरोप लगाए । उनको व्यंग्य थियो, ‘केही साथीहरू बसेर समाचार हेर्दै ल केटाहरू, यी ८र१० जनालाई उठाइदे भन्नुभयो होला । फेरि एकछिनपछि अर्को साथीले ए, लाइक घट्यो घट्यो, छाड्दे छाड्दे’ भन्यो । यो प्रवृत्ति अत्यन्तै चिन्ताजनक छ ।’ सरकारमा रहेकाहरूमा ‘हामी नै राज्य (स्टेट) हौँ’ भन्ने अहङ्कार पलाएको गगनको टिप्पणी छ । --- # सरकारको एक वर्ष : अघि बढ्यो विद्यालय शिक्षा क्षेत्र योजना Source: https://newskunda.com/archives/1436 Category: FEATURED NEWS, शिक्षा, समाचार Last updated: 2022-07-16 काठमाडौँ, ३२ असार : वर्तमान सरकारले एक वर्षको अवधिमा शिक्षालाई मुलुक विकासको पूर्वाधारको पनि पूर्वाधारका रूपमा अथ्र्याउँदै विद्यालय शिक्षा क्षेत्र योजनाको प्रक्रियालाई अघि बढाएको छ । सन् २०३० सम्मका लागि तय भएको संयुक्त राष्ट्रसङ्घको दिगो विकास लक्ष्यलाई सघाउन राष्ट्रिय कार्यढाँचासहित न्यायपूर्ण, समतामूलक र समृद्ध नेपाल निर्माणका लागि शिक्षामा दीर्घकालीन सोच अघि सारिएको हो । विगतमा दातृ निकायको समेत सहकार्यमा विद्यालय क्षेत्र सुधार कार्यक्रम सञ्चालन गरिएकामा सोको अवधि सकिएपछि नयाँ योजना विकास भएको छ । दुई वर्ष अघिदेखि सुरु भएको उक्त योजना निर्माण प्रक्रिया कोभिड–१९ का कारण अवरुद्ध भए तापनि प्रधानन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारको एक वर्षको अवधिमा सो योजना स्वीकृत भएको छ । सो दस वर्षे योजना आउने आर्थिक वर्षदेखि कार्यक्रमका रूपमा कार्यान्वयनमा आउँदैछ । योजनाले मुलुकमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान जारी भएपछि उक्त संरचनायुक्त एवं सामाजिक तथा आर्थिक रुपान्तरणका लागि स्वावलम्बी, प्रतिस्पर्धी, प्रवद्र्धनात्मकमूल्य उन्मुख नागरिक विकासमा योगदान पु¥याउने दूरदृष्टि लिएको छ । योजना तर्जुमाका लागि दुई वर्षअघि विभिन्न विज्ञ र विषयगत समूह गठन गरिएको थियो । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले सबै नागरिकलाई गुणस्तरीय, सीपमूलक तथा व्यावहारिक शिक्षाको प्रत्याभूति नगरी देशका लागि आवश्यक जनशक्ति आपूर्ति हुन नसक्ने भएकाले विद्यालय शिक्षालाई गुणस्तरयुक्त बनाउने, प्राविधिक शिक्षाको पहुँच विस्तार तथा सुदृढीकरण र उच्च शिक्षालाई अनुसन्धानमूलक बनाउने कार्यमा मन्त्रालय प्राथमिकताका साथ लागिरहेको बताउनुभयो । शैक्षिक सुधारका लागि उपलब्ध बजेटको उच्चतम उपयोग गर्ने र शिक्षा सुधारका लागि बजेट वृद्धि गर्दै लैजाने प्रतिबद्धता मन्त्री पौडेलको रहेको छ । **शिक्षक व्यवस्थापन :** सरकारले २३३ द्वन्द्वपीडित शिक्षकलाई पुनः बहाली र क्षतिपूर्ति दिने निर्णय यही एक वर्षको अवधिमा भएकोे छ । सोसम्बन्धी विगतमा भएका अध्ययन र कार्यदलको प्रतिवेदनका आधारमा सेवा अवधिको गणना गरेर त्यस्ता शिक्षकको सुविधा निर्धारण गरिएको छ । ती शिक्षकको रकम निकासा भने भइसकेको छैन । सरकारले चितवनको भगवानपुरमा शिक्षक अस्पताल निर्माण पूर्वाधार विकास गरेको छ भने शिक्षा सेवा आयोगको नियमावली संशोधन गरी १७ हजार शिक्षकलाई खुला प्रतिस्पर्धाबाट पदपूर्तिको प्रक्रिया अघि बढाइएको छ । शिक्षकको पेसागत सीप र क्षमता विकासका लागि भर्चुअल विधिसमेत प्रयोग गरी शिक्षक तालिम कार्यक्रम सञ्चालन, शिक्षक दरबन्दी मिलान कार्य सम्पन्न, प्रदेश शिक्षा तालिम केन्द्रमा डिजिटल सिकाइ केन्द्र स्थापना तथा सञ्चालन र डिजिटल सिकाइ सामग्रीको उत्पादन, आवश्यकताका आधारमा पाठ्यक्रममा सामयिक परिमार्जन तथा अद्यावधिकरण, नमूना तथा उत्कृष्ट विद्यालय विकास तथा सञ्चालन, उत्कृष्ट नतिजा हासिल गर्ने विद्यालयलाई प्रोत्साहनलगायतका कार्यक्रम सञ्चालन गर्ने प्राथमिकता लिएको छ । शिक्षक दरबन्दी मिलान प्रतिवेदनका अनुसार प्रत्येक सामुदायिक विद्यालयमा न्यूनतम शिक्षक सुनिश्चित गर्नका लागि ५३ हजार शिक्षक दरबन्दी थप गर्नुपर्ने अवस्था छ । उक्त प्रतिवेदनअनुसार १२ हजार ८३५ शिक्षकको स्थानान्तरण गरी मिलान गर्नुपर्नेमध्ये नौ हजार ४९६ शिक्षक सम्बन्धित स्थानीय तहभित्र नै मिलान हुने र तीन हजार ३३९ शिक्षकको जिल्लान्तर सरुवाबाट मिलान हुनुपर्ने अवस्था छ । स्थानीय तहभित्रनै मिलान हुनुपर्ने सङ्ख्यामध्ये आठ हजार ५०० शिक्षकको मिलान सम्पन्न भइसकेको छ र बाँकी ९९६ शिक्षकको चालु शैक्षिक सत्रमा नै मिलान गरिसक्ने लक्ष्य सरकारको छ । जिल्लान्तर सरुवाबाट मिलान हुनुपर्ने सङ्ख्यामध्ये एक हजार ४८६ को जिल्लान्तर सरुवाबाट मिलान सम्पन्न भइसकेको छ भने बाँकी सङ्ख्या यसै शैक्षिक सत्रभित्र सम्पन्न गर्ने लक्ष्य रहेको छ । न्यून रहेको शिक्षक दरबन्दी आपूर्तिका लागि यसै वर्ष माध्यमिक तहमा गणित, विज्ञान र अङ्ग्रेजी विषयका चार हजार ७५० र आधारभूत तह कक्षा ६–८ मा दुई हजार ६०० गरी सात हजार ३५० शिक्षक व्यवस्थाका लागि बजेट व्यवस्था गरिएको छ । उक्त सङ्ख्याका अतिरिक्त प्राविधिक विषयमा स्नातक तथा स्नातकोत्तर तहमा अध्ययन गरेका विद्यार्थीलाई इन्टर्नका रुपमा परिचालन गर्न बजेट व्यवस्था गरिएको छ । **राष्ट्रपति शैक्षिक सुधार र पढ्दै कमाउँदै कार्यक्रम सार्वजनिक :** शिक्षा सुदृढीकरणका लागि राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमबाट विद्यालय भौतिक निर्माण कार्य सञ्चालन गर्ने सरकारको लक्ष्य रहेको छ । उक्त कार्यक्रमअन्तर्गत सरकारले एक वर्षमा विद्यालय निर्माण र सिक्दै कमाउँदै कार्यक्रमको कार्यविधि स्वीकृत गरी कार्यान्वयनमा ल्याएको छ । शैक्षिक तथ्याङ्कका आधारमा अझै पनि २८ हजार भवन निर्माण गर्न आवश्यक रहेको छ । विद्यालय पुनःनिर्माण कार्यक्रमबाट सात हजार ५८३ विद्यालयको निर्माण कार्य सम्पन्न भएको छ । राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमबाट तीन हजार ९८२ विद्यालय भवन निर्माण भएका छन् । आगामी तीन वर्षभित्र अन्य विद्यालय निर्माण, सवलीकरण तथा पुनःनिर्माण गर्ने कार्यलाई प्राथमिकतामा राखिएको छ । शैक्षिक गुणस्तर सुधारलगायत शैक्षिक विकासका लागि प्रस्तावित कार्यक्रम सार्वजनिक विद्यालय सुदृढीकरणका लागि लक्षित रहेका छन् । विद्यालय भौतिक पूर्वाधार विकास, शिक्षक तालिम, राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम, विभिन्न प्रकारका प्रयोगशालाको स्थापना, शिक्षण सिकाइमा सूचना प्रविधिको उपयोग, विद्यालय व्यवस्थापन समिति तथा अभिभावकको क्षमता विकासका कार्यक्रम समेटी विद्यालय शिक्षा क्षेत्र योजना कार्यान्वयनमा ल्याइएको छ । साथै उच्च शिक्षामा सुधारका लागि उच्च शिक्षामा उत्कृष्टता प्रवद्र्धन कार्यक्रम सञ्चालनमा ल्याइएको छ । शैक्षिक गुणस्तर अभिवृद्धिका लागि सबै माध्यमिक विद्यालयमा विज्ञान प्रयोगशाला विस्तार तथा सुदृढीकरण, सूचना प्रविधि प्रयोगाशाला स्थापना तथा शिक्षण सिकाइमा सूचना प्रविधिको प्रयोग, विद्यालयमा विषयगत शिक्षकको सुनिश्चितताका लागि गणित, विज्ञान तथा अङ्ग्रेजी विषय शिक्षकको व्यवस्था गर्न कार्यक्रम प्रस्ताव गरिएको छ । विद्यालय शिक्षामा छात्रा, दलित, अपाङ्गता भएका विद्यार्थी तथा लक्षित समूहका लागि आवासीय तथा गैर आवासीय छात्रवृत्तिको व्यवस्था, कक्षा ६ सम्म विद्यालय दिवाखाजा कार्यक्रम, निःशुल्क पाठ्यपुस्तकको व्यवस्था, छात्राका लागि सेनेटरी प्याड आदिको व्यवस्था गरिएको छ । उच्च शिक्षामा पिछडिएको समुदायका विद्यार्थीका लागि छात्रवृत्ति, चिकित्सा तथा प्राविधिक शिक्षा अध्ययनका लागि छात्रवृत्तिलगायतका कार्यक्रम प्रस्ताव गरिएका छन् । **निर्देशिका र कार्यविधि जारी :** यस अवधिमा मन्त्रालयले शिक्षा र विज्ञानसम्बन्धी विभिन्न निर्देशिका, कार्यविधि र नियमावली जारी गरेको छ । त्यसअन्तर्गत शैक्षिक पूर्वाधार विकास कार्यक्रम कार्यान्वयन निर्देशिका, २०७९ र शैक्षिक परामर्शसम्बन्धी नियमावली २०७९ को मस्यौदा तयार भई स्वीकृतिको प्रक्रियामा छ । रेडियोधर्मी पदार्थ (उपयोग तथा नियमन) नियमावली २०७८ जारी गरिएको छ भने पाठ्यपुस्तक छपाइ तथा वितरणसम्बन्धी कार्यविधि, २०७९ स्वीकृत गरिएको छ । यहीबीचमा मन्त्रालयको सोचपत्र तयारी भएको छ भने बदलिँदो परिस्थितिअनुसार सङ्गठन र व्यवस्थापनसम्बन्धी सर्वेक्षण सुरु भएको छ । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी) र टिइसिएसको पाठ्यक्रमबीच तादात्मयता मिलाउने काम भइरहेको छ । राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष रिक्त भएपछि सो पदमा खुला प्रतिस्पर्धाबाट पूर्वसचिव डा महाश्रम शर्माको नियुक्ति भएको छ भने कोभिड–१९ का कारण विदेशका विश्वविद्यालयमा चिकित्सा शिक्षा अध्ययनरतमध्ये स्वदेश फर्किएर पढ्न नपाएका विद्यार्थीलाई सम्बन्धित मुलुकका विशवविद्यालयमा फर्काउन सहजीकरण भएको छ । मन्त्रालयले नेपाल शिक्षक महासङ्घसँग ५१ बँुदे सम्झौता गरेको छ भने विदेशी शिक्षण संस्थाबाट सञ्चालित शिक्षालयको अनुगमन सुरु गरेको छ । **शिक्षामा ६१ प्रतिशत बजेट** : स्थानीय तहमा आव २०७९/८० का लागि सरकारको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयबाट कार्यान्वयन हुने नेपाल सरकार, प्रदेश र स्थानीय तहका लागि जम्मा रु एक खर्ब ९६ अर्ब ३८ करोड छुट्याइएको छ । यो कूल विनियोजनको १०.९५ प्रतिशत हो । शिक्षा, विज्ञान तथा प्रविधि क्षेत्रको बजेटमध्ये रु एक खर्ब २१ अर्ब एक करोड (६१.६२ प्रतिशत) अन्तर सरकारी वित्तीय हस्तान्तरणमार्फत स्थानीय तहमा शैक्षिक व्यवस्थापनका लागि सोझै विनियोजित हुन्छ । प्रदेश तहमा प्रमुखरुपमा प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम सञ्चालन र विद्यालय शिक्षक तालिम कार्यक्रमका लागि जम्मा रु पाँच अर्ब ३२ करोड (२.७१ प्रतिशत) जान्छ । मन्त्रालय तहमा जम्मा रु ७० अर्ब पाँच करोड बजेट (३५.६७ प्रतिशत) विनियोजन भएको छ । मन्त्रालयमा विनियोजन भएको बजेटमध्ये राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम, माध्यमिक तहका विद्यार्थीका लागि सीपमूलक तालिम तथा कक्षा ६ का विद्यार्थीका लागि दिवाखाजा कार्यक्रम आदिका लागि करिब ११ अर्ब स्थानीय तहमा हस्तान्तरण हुने व्यवस्था रहेको छ । **सङ्घीय शिक्षा ऐनको पर्खाइ :** सरकारका अन्य मन्त्रालयबाट समयमा राय परामर्श प्राप्त नहुँदा मस्यौदा भइसकेका सङ्घीय शिक्षा विधेयकलगायत विभिन्न विधेयक संसद्मा प्रवेश हुन ढिलाइ भइरहेको छ । शिक्षा मन्त्रालयले सङ्घीय शिक्षा ऐन (विद्यालय शिक्षा, उच्च शिक्षा, प्राविधिक तथा व्यावसायिक शिक्षा, राष्ट्रिय योग्यता प्रारुप र एकीकृत स्वास्थ्य शिक्षासम्बन्धी) को मस्यौदा तयार भइसकेको जनाएको छ । यस विषयमा सहमतिका लागि कानुन, न्याय तथा संसदीय व्यवस्था मन्त्रालय र अर्थमन्त्रालयसँग आवश्यक छलफल जारी रहेको छ । शिक्षा क्षेत्रमा सरकारले दीर्घकालीन सुधारको लक्ष्य लिए पनि विद्यालय तहका पाठ्यपुस्तकको अभाव, विश्वविद्यालयमा तालाबन्दी, शिक्षामा दलीय हस्तक्षेप, उच्च शिक्षाका लागि विदेशिने विद्यार्थी नरोकिनु, चिकित्सा शिक्षा र निजी विद्यालय शिक्षा क्षेत्रमा शुल्कको मनोमानी हुनुजस्ता समस्या पनि बल्झिने गरेका छन् । भएका नीति र कानुनको सही पालना र आवश्यक नयाँ कानुन निर्माणले यी समस्यालाई केही न केही सम्बोधन गर्न सक्नेछन् । --- # सरकारलाई आयोगको सातबुँदे निर्देशन Source: https://newskunda.com/archives/2343 Category: FEATURED NEWS, निर्वाचन, राजनीति, समाचार, समाज Last updated: 2022-11-02 काठमाडौँ, १६ कात्तिक : निर्वाचन आयोगले मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय, भयरहित तथा मितव्ययीरूपमा सम्पन्न गर्न/गराउन तीनै तहको सरकारलाई सातबुँदे निर्देशन दिएको छ । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार आयोगले केन्द्रीय सरकार, प्रदेश सरकार र स्थानीय तहका सम्बन्धित निकायमा निर्देशन दिन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई सातबुँदे निर्देशन दिएको हो । निर्देशनमामा प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि निर्वाचनमा यातायातको सहज पहुँचका लागि यातायात व्यवस्थालाई नियमित र भरपर्दो बनाई जिल्ला सदरमुकामस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालय तथा निर्वाचन अधिकृतको कार्यालय रहने स्थानसम्मको आवागमनलाई निर्वाधरूपमा सञ्चालन गर्ने व्यवस्था गर्नुपर्ने रहेको छ । साथै, तोकिएको मतदानस्थल र मतदान केन्द्रहरूसम्म पुग्ने सडक तथा अन्य भौतिक पूर्वाधारसमेत सरकार तथा प्रदेश सरकारका सम्बद्ध निकाय एवं स्थानीय तहबाट प्राथमिकताका साथ आवश्यक मर्मतसम्भार गरी गराई सुचारु अवस्थामा राख्ने व्यवस्था गर्नुपर्ने रहेको छ । प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनसँग सम्बन्धित महत्वपूर्ण सूचना तथा जानकारी आयोगको वेबसाइट एवं आयोगको आधिकारिक सामाजिक सञ्जालबाट प्राप्त गरी सरकार, प्रदेश सरकार र स्थानीय तह वा सोअन्तर्गतका सम्पूर्ण निकाय, सार्वजनिक संस्थान, विकास समिति, बोर्ड, आयोग, कोष, प्रतिष्ठान, प्राधिकरण तथा शैक्षिक संस्थाका कार्यालय र कार्यालय परिसरभित्रका सबै डिजिटल डिस्प्ले सूचना पार्टीमा आम सर्वसाधारणले देख्न र पढ्न सक्ने गरी डिस्प्ले गर्ने व्यवस्था गर्नुपर्ने छ । त्यस्तै, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयअन्तर्गत सञ्चालित लोक कल्याणकारी विज्ञापनसम्बन्धी कार्यक्रमबाट प्रकाशन तथा प्रसारण हुने विज्ञापन तथा सूचनामूलक सामग्रीमा निर्वाचन आयोगबाट उत्पादित तथा प्रेषित सूचनामूलक सामग्री प्राप्त गरी सबै छापा एवं विद्युतीय सञ्चारमाध्यमबाट प्रकाशन र प्रसारण हुने व्यवस्था गर्ने रहेको छ । सरकारी, सामुदायिक तथा निजी अस्पताल, नर्सिङ होमलगायत सबै स्वास्थ्य संस्था निर्वाधरूपमा सञ्चालन हुने व्यवस्था मिलाउनका साथै जिल्लामा सञ्चालनमा रहेका एम्बुलेन्स सुचारु अवस्थामा राख्ने तथा जिल्लामा रहेका दमकललाई चालु हालतमा राखी निर्वाचनको क्रममा आवश्यक परेको बखत तत्काल प्रयोग गर्नसक्ने व्यवस्था गर्न भनिएको छ । नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल, नेपाल टेलिकम, निजी क्षेत्रका सञ्चार सेवा प्रदायक संस्था तथा विकास आयोजनालगायत सरकारी निकायका वायरलेस, टेलिफोन, फ्याक्स तथा अन्य सञ्चार साधन मर्मत र सेवा विस्तार गर्नुपर्ने भए तत्काल मर्मत र सेवा विस्तार गरी चालु अवस्थामा राख्न लगाउने र निर्वाचनको कामका लागि आवश्यक भएमा सम्बन्धित निकायले तत्काल प्राथमिकता दिई उपलब्ध गराउने व्यवस्था गर्नुपर्ने निर्देशनमा छ । प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनका क्रममा नियुक्त गरिएका वा खटाइएका वा तोकिएका वा आयोगको निर्देशन, आदेश पालना गर्नुपर्ने कर्तव्य भएका कुनै निजामती वा प्रदेश वा स्थानीय तह वा अन्य सरकारी निकायका कर्मचारी वा सुरक्षाकर्मीले कुनै किसिमको डर, धम्की वा प्रलोभन दिएमा वा बल प्रयोग गरी आफ्नो कर्तव्य पालना गर्न वा गराउनबाट विचलित गराएमा उक्त कार्यलाई निर्वाचन कसुर मानिने व्यवस्था रहेकाले कानूनको वर्खिलाप हुने गरी कहीँकतैबाट यस्तो कुनै कार्य नहुन र भए गरेको पाइएमा कानूनबमोजिम आवश्यक कारबाही गर्ने गराउने व्यवस्था गर्न भनिएको छ । प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनका क्रममा नियुक्त गरिएका वा खटाइएका वा तोकिएका वा आयोगको निर्देशन, आदेश पालना गर्नुपर्ने कर्तव्य भएका कुनै निजामती वा प्रदेश वा स्थानीय तह वा अन्य सरकारी निकायका कर्मचारी वा सुरक्षाकर्मीले प्रचलित कानून वा आयोगको आदेश वा निर्देशनको जानाजानी उल्लङ्घन हुने गरी वा बदनियतले कुनै काम कारबाही गरेमा वा निर्वाचनको निष्पक्षतामा असर पर्ने काम गरेमा आयोगले त्यस्तो कर्मचारी, सुरक्षाकर्मीउपर निजको सेवा शर्तसम्बन्धी प्रचलित कानूनबमोजिम अख्तियारवालाको अधिकार प्रयोग गरी विभागीय कारबाही गर्नसक्ने व्यवस्था गर्न आयोगले निर्देशन दिएको छ । --- # सरकारले संसद्मा बुझाइएको विद्यालय शिक्षा विधेयकको मस्यौदा अन्तिम रुप दिने तयारी Source: https://newskunda.com/archives/5284 Category: FEATURED NEWS, अर्थ, राजनीति, शिक्षा, समाचार, समाज Last updated: 2026-10-29 काठमाडौँ, १२ कात्तिकः शिक्षा तथा खेलकुद मन्त्रालयले लामो समयदेखि प्रतीक्षाको विषय बनेको विद्यालय शिक्षा विधेयकको मस्यौदा तयारीका कामलाई तीव्रता दिएको छ । सरकारले सङ्घीय संसद्मा बुझाएको यस आर्थिक वर्ष २०८३/८४ मा निर्माण गरिने १६६ वटा विधेयकको सूचीको प्राथमिकतामा परेको सो विधेयकमाथि प्राप्त सुझावका आधारमा अन्तिम रुप दिने तयारीमा मन्त्रालय लागेको छ । मन्त्रालयका प्रवक्ता श्रीप्रसाद भट्टराईले सरकारले संसद्मा बुझाइएको कार्यतालिका बमोजिम विधेयक तुर्जमाका लागि आवश्यक काम भइरहेको जानकारी दिनुभयो । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल र मन्त्रीका सल्लाहकार र मन्त्रालयका प्रतिनिधिले यसबीचमा विभिन्न प्रदेशस्तरमा भएका छलफलमा विधेयकबारे सुझाव लिनुभएको छ । संविधानको कार्यान्वयन र सङ्घीयता अनुकूलका लागि विद्यालय शिक्षा क्षेत्रमा यो विधेयक अत्यावश्यक मानिएको छ । कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले यस आर्थिक वर्षमा कुल १६६ विधेयक पेस गर्ने भनी दिएको सूचीमा विद्यालय शिक्षा विधेयकसहित शिक्षा तथा खेलकुद मन्त्रालयसँग सम्बन्धित नौ विधेयक रहेका छन् । विधायन ऐन, २०८१ अनुसार कानुन मन्त्रालयले प्रत्येक आर्थिक वर्षमा संसद्मा पेस गरिने विधेयकहरूको सूचीसहित वार्षिक कार्यतालिका असार मसान्तभित्र सङ्घीय संसद्मा पठाउनुपर्ने व्यवस्था छ । सोही व्यवस्थाअनुसार सम्बन्धित मन्त्रालयहरूसँग गत असार २४ र २५ गते छलफल गरी आगामी यस वर्षका लागि विधेयकहरूको प्राथमिकता निर्धारण गरिएको थियो । --- # सरकारसँग ६ बुँदे सहमतिपछि डा. गोविन्द केसीले तोडे २५औँ अनशन Source: https://newskunda.com/archives/5531 Category: FEATURED NEWS, शिक्षा Last updated: 2026-11-07 **काठमाडौं, कात्तिक २१ ।** सरकारसँग ६ बुँदे सहमति भएपछि चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीले एक सातादेखि जारी अनशन तोडेका छन्। शुक्रबार मध्यराति सरकार र केसीबीच सहमति भएको हो। सहमतिपछि शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जुस पिलाएर उनको २५औँ सत्याग्रह अन्त्य गराएका हुन्। सहमतिअनुसार नेपाली सेना स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको आर्मी मेडिकल कलेजमा एमबीबीएस सिट थप गर्ने निर्णय मापदण्डअनुसार भए–नभएको छानबिन गर्न प्रा. डा. रमेशप्रसाद आचार्यको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरिनेछ। समितिको प्रतिवेदन र त्यसका सिफारिस कार्यान्वयनपछि मात्र चिकित्सा शिक्षा साझा प्रवेश परीक्षाबाट उत्तीर्ण विद्यार्थीको म्याचिङ प्रक्रिया अघि बढाइनेछ। त्यस्तै, सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा एमबीबीएसलगायत शैक्षिक कार्यक्रम सञ्चालनको अनुमति र सिट निर्धारणसम्बन्धी विषय पनि सहमतिमा समेटिएको छ। विश्वविद्यालय ऐन, २०८२ मा पदाधिकारीको योग्यता तथा नियुक्तिसम्बन्धी व्यवस्था संशोधन गर्न दुई साताभित्र अध्यादेश जारी गर्ने प्रक्रिया अघि बढाइने र त्यसपछि नयाँ पदाधिकारी नियुक्ति प्रक्रिया सुरु गरिनेछ। सरकारले डडेलधुरा, इलाम र उदयपुरमा सरकारी मेडिकल कलेज वा स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापना गर्न बजेटसहित पूर्वाधार विकासको काम अघि बढाउने तथा बर्दिबासमा मेडिकल कलेज स्थापनाको प्रक्रिया तत्काल अगाडि बढाउने प्रतिबद्धता जनाएको छ। साथै, मापदण्डविपरीत सिट थप वा कार्यक्रम सञ्चालनमा संलग्न पदाधिकारीलाई कारबाहीको दायरामा ल्याउने सहमति भएको छ। यसअघि गत साउन ११ गते भएको सहमति कार्यान्वयन गर्नुपर्ने मागसमेत सम्बोधन गर्ने सरकारले प्रतिबद्धता जनाएको छ। नयाँ सहमति कार्यान्वयनको अनुगमन गर्न दुवै पक्षका प्रतिनिधि सम्मिलित कार्यदल गठन गरिनेछ। यी सहमतिपछि डा. केसीले कात्तिक २१ गतेदेखि सत्याग्रहका सम्पूर्ण कार्यक्रम अन्त्य गर्ने घोषणा गरेका छन्। --- # सरकारी कर्मचारी र सार्वजनिक पदमा कायम रहेको व्यक्ति दलको सदस्य हुन नसक्ने Source: https://newskunda.com/archives/1603 Category: FEATURED NEWS, राजनीति, समाचार, समाज Last updated: 2022-07-31 काठमाडौँ, १५ साउन : निर्वाचन आयोगले सरकारी कर्मचारी वा सार्वजनिक पदमा रहेको व्यक्ति संविधान र कानूनबमोजिम राजनीतिक दलको सदस्य हुन अयोग्य हुने पुनः स्पष्ट गरेको छ । आयोगले आज विज्ञप्ति जारी गरी नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तहको स्वामित्व वा नियन्त्रणमा रहेको स्वशासित संस्थाको बहालवाला प्राध्यापक, शिक्षक वा कर्मचारीको पदमा बहाल रहेको व्यक्ति तथा कुनै सार्वजनिक पद धारण गरेको कारणबाट संविधान तथा कानूनबमोजिम राजनीतिक दलको सदस्य हुन अयोग्य रहेको व्यक्ति कुनै राजनीतिक दलको सदस्य हुन नसक्ने स्पष्ट गरेको हो । केही दिनयता विभिन्न आम सञ्चारमाध्यमबाट सार्वजनिकरूपमा समेत राजनीतिक दलको सदस्यता वितरणका सम्बन्धमा विभिन्न टीकाटिप्पणी, बहस, छलफल, जिज्ञासा, चासो र चिन्ता व्यक्त भइरहेको प्रति आयोगको आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । आयोगले सोही व्यहोराको जानकारी गराई उपरोक्तअनुसार भए गरेको पाइएमा प्रचलित कानूनबमोजिम कारबाही गर्न नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमार्फत नेपाल सरकार, प्रदेश सरकार तथा स्थानीय तहलाई निर्देशन दिएको छ । त्यसैगरी नेपालको संविधान तथा राजनीतिक दलसम्बन्धी ऐन, २०७३ बमोजिम दर्ता भएका राजनीतिक दलहरुले दलको विधानबमोजिम सदस्यता वितरण गर्दा राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा १४ (२) को पूर्णरूपले पालना गर्न गराउन र यसरी वितरण गरिएको सदस्यतासम्बन्धी विवरण निर्वाचन आयोगबाट माग गरिएको बखत उपलब्ध गराउन सक्ने गरी स्थानीय तह, प्रदेश तह र केन्द्रीय तहमा नेपाली नागरिकताको प्रमाणपत्र तथा निर्वाचन आयोगद्वारा जारी गरिएको मतदाता परिचयपत्रको आधारमा व्यवस्थित र अद्यावधिक गरी राख्ने व्यवस्था मिलाउन राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ५७ बमोजिम सबै राजनीतिक दलहरुलाई निर्देशन दिएको छ । राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा १४ ले दलको सदस्यता वितरण गर्ने सम्बन्धमा स्पष्ट व्यवस्था गरेको छ र उक्त दफाको उपदफा (१) ले दलको विधानबमोजिम अधिकार प्राप्त पदाधिकारीले दलको सदस्यता वितरण गर्न सक्नेछ भनी व्यवस्था गरेको साथै उपदफा (२) ले सदस्यता वितरण गर्दा १८ वर्ष उमेर पूरा भएको, भ्रष्टाचार, जबर्जस्ती करणी, मानव बेचबिखन तथा ओसारपसार, लागूऔषध बिक्री वितरण तथा निकासी वा पैठारी, सम्पत्ति शुद्धीकरण, अपहरणसम्बन्धी कसुर वा नैतिक पतन देखिने अन्य फौजदारी कसुरमा कैदको सजाय नपाएको पनि हुनुपर्ने आयोगले जनाएको छ । यसरी सदस्यता वितरण गर्ने र कुनै पनि व्यक्ति सम्बन्धित दलको सदस्यताका लागि योग्य भए÷नभएको यकिन गर्ने जिम्मेवारी स्वयं राजनीतिक दलकै हुने र आपूmले वितरण गरेको सदस्यको विवरण अद्यावधिक गरी दलको विधानबमोजिम स्थानीय तह, प्रदेश तह र केन्द्रीय तहमा राख्नुपर्ने दायित्व पनि सम्बन्धित राजनीतिक दलकै भएकाले राजनीतिक दलको सदस्यता वितरण तथा अद्यावधिक सम्बन्धमा आयोगले सबै राजनीतिक दलहरुलाई कानूनबमोजिम गर्न÷गराउन स्मरण गराएको छ । --- # सर्बदलिय बैठकमा बाढी प्रभावित क्षेत्रमा उद्धार र राहत बितरण तिब्र बनाउने निर्णय : मुख्यमन्त्री किरण थापा Source: https://newskunda.com/archives/4187 Category: FEATURED NEWS, अर्थ, राजनीति, समाचार, समाज Last updated: 2026-08-30 काठमाडौं, १४ भदौ : वागमती प्रदेश सरकारले भदौ १० गते भोटेकोशीमा आएको बाढीबाट अत्यधिक प्रभावित भएका रसुवा, नुवाकोट, धादिङ र चितवन जिल्लाका क्षेत्रहरूमा तत्काल आवासको ब्यबस्थापन, राहत र उद्धार कार्यलाई कुनै अवरोधबिना निरन्तर अगाडि बढाउने निर्णय गरेको छ । आज काठमाडौंमा मुख्यमन्त्री किरण थापाको अध्यक्षतामा बसेको वागमती प्रदेशका राजनीतिक दलका शीर्ष नेताहरुबीच बसेको बैठकले बाढी प्रभावित क्षेत्रमा तत्काल राहत, उद्धार र दीर्घकालीन पुनर्निर्माणका कार्यहरू अघि बढाउने निर्णय गरेको हो । बाढी र पहिरोका कारण अवरुद्ध भएका सडक तथा पैदल मार्गहरूलाई चाँडोभन्दा चाँडो सुचारु गर्न प्रदेशले काम गरीरहेको र थप सम्भाव्यता अध्ययन गरिने निर्णय गरिएको बैठक पछि मुख्यमन्त्री थापाले राससलाई जानकारी दिनुभयो । प्रभावित क्षेत्रमा आवतजावतलाई सहज बनाउन आवश्यकता अनुसार उपयुक्त स्थानहरू पहिचान गरी तत्काल बेलिब्रिज, झोलुङ्गे पुल र तुइनहरू निर्माण गर्ने प्रक्रिया अगाडि बढाउन बैठकले सर्वसम्मत निर्णय गरेको उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार बैठकमा बागमती प्रदेशका पूर्व मुख्यमन्त्रीहरु राजेन्द्र पाण्डे, शालिकराम जम्कट्टेल र बहादुर सिंह लामाका साथै विभिन्न राजनीतिक दलका संसदीय दलका नेताहरूको उपस्थिति रहेको र नेकपा एमालेका संसदीय दलका नेता जगन्नाथ थपलियाले काठमाडौं बाहिर भएकाले ह्वाट्सएप मार्फत बैठकमा जोडिएर आफ्नो सुझावहरू राख्नुभएको थियो । बैठकमा भौतिक पूर्वाधार मन्त्री भरत बहादुर केसी, र खानेपानी, उर्जा तथा सिँचाई मन्त्री राजु विष्ट, राष्ट्रिय प्रजातन्त्र पार्टी संसदीय दलका नेता उद्धव थापा, नेकपाका प्रमुख सचेतक रत्न ढकाल, नेपाली कांग्रेसका प्रदेश सभा सदस्य रमेश कुमार महत सहभागीता थियो । बैठकले तत्कालको राहत मात्र नभई बाढी प्रभावित क्षेत्रको दिगो विकास र पुनर्निर्माणका लागि दीर्घकालीन योजना निर्माण गर्नुपर्नेमा सुझाब दिएको थियो । --- # सर्वदलीय बैठकमा आचार संहिताको उलङ्घन रोक्न दलहरुको माग, निष्पक्ष र शान्तिपूर्ण रुपमा निर्वाचन गर्न आव्हान Source: https://newskunda.com/archives/481 Category: FEATURED NEWS, निर्वाचन, राजनीति, समाचार Last updated: 2022-05-01 भक्तपुर, १४ वैशाख : आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका क्रममा दलहरुबाटै आचार संहिता उलङ्घन भएको भन्दै यसलाई रोक्न निर्वाचनमा भाग लिएका साना दल र स्वतन्त्र उम्मेदवारले माग गरेका छन् । जिल्ला प्रशासन कार्यलय भक्तपुुरमा आज मुख्य निर्वाचन अधिकृतको कार्यालयले निर्वाचनकाबारेमा छलफल गर्न आयोजना गरेको सर्वदलीय बैठकमा ठूला दलहरुले शक्ति प्रर्दशन गरि निर्वाचन आचार संहिता उलङ्घन गर्दा पनि निर्वाचन आयोगले बेवास्ता गरेको र कारबाही नगरेको भन्दै आक्रोस व्यक्त गरेका हुन् । कार्यक्रममा नेपाली काँग्रेसका नेता यादवप्रसाद अधिकारीले आचारसंहिता कडाईका साथ कार्यान्वयन गर्न माग गर्दै आचार संहिता देखावटी मात्रै बन्न नहुनेमा जोड दिनु भयो । सर्वदलीय बैठकमा नेकपा एमालेका अध्यक्ष वचन देउजाले उम्मेदवारी दर्ताकै दिन दलहरुबाट आचार संहितामा उलङ्घन भएको भन्दै कि जे गरे पनि होस् भनेर खुल्ला छोड्न, कि कडा रुपमा नियम कार्यान्वयन गर्न माग गर्नु भयो । ठूला दलहरु मिलेर जे गरे पनि हुने भए त्यही ढंगले अगाडि बढ्नु पर्ने भन्दै उहाँले आचार संहिताको पालना गर्न गराउन कडाई नगरे दलहरुबीच द्धन्द्ध बढ्ने र त्यसको जिम्मेवारी निर्वाचन आयोगले लिनु पर्ने औल्याउनु भयो ।। आचार संहिता पालना भए नभएको अनुगमन गर्नु पर्नेमा उजुरी पर्ला र जाउला भनेर बस्न नहुने भन्दै एमाले अध्यक्ष देउजाले आयोगले आचार संहिता बनाउँदा समय सापेक्ष रुपमा नबनाएको, तुल बनाउने ठाउँनै नभएको अहिलेको समयमा तुल राख्न पाउने तर सहजै बनाउन सकिने फ्लेक्स राख्न नपाउने व्यबस्था अब्यबहारिक रहेको बताउनु भयो । बैठकमा नेमकिपाका केन्द्रीय सदस्य एवं उम्मेदवार रवीन्द्र ज्याख्वाले मनोनयन दर्तामा उपयुक्त व्यवस्थापन नहुँदा अन्तिम नामावली समयमै प्रकाशन नगर्दा दाबी बिरोधको उजुरी गर्न नपाएको बताउनु भयो । उहाँले यस्तो त्रुटी सुधार्नु पर्ने औल्याउदै आयोगले आफूहरुलाई निर्वाचन आचार संहिताको छपाई प्रति उपलब्ध नगराएको र मतदाता शिक्षाबाट समेत बञ्चित गराएको भन्दै आपत्ति जनाउनु भयो । राप्रपाका प्रतिनिधि राजिब लामिछानेले विगतमा निर्वाचनमा भएको त्रुटी नदोहरिन आयोग सचेत हुनपर्ने औल्याउदै आचार संहिता पालनामा कडाई गर्न माग गर्नु भयो । सहभागि स्वतन्त्र उम्मेदवारहरुले ठूला दलले आफ्नो शक्ति प्रर्दशन गरेको, आचार संहिता व्यापक रुपमा उलंघा गर्दा पनि आयोगले बेवास्ता गरेको आरोप लगाएका थिए । अन्तरक्रिया कार्यक्रममा राससका प्रतिनिधि रमेश गिरीले हालको निर्वाचन प्रक्रिया मिडिया मैत्री नभएको, निर्वाचन कार्यालयले मिडियालाई सहज रुपमा सूचना नदिएको बताउनु भयो । उहाँले निर्वाचनको सम्पूर्ण जानकारी सहजरूपमा उपलब्ध गराउन, निर्वाचनको दिनमा पत्रकारलाई सवारी पासको सहज व्यबस्था गर्न र मतगणना स्थलमा सहज रुपमा फोटो र भिडियो खिच्ने व्यबस्था गर्न माग गर्दै निर्वाचनमा सूचना अधिकृतको व्यवस्था गरी पत्रकारलाई आवश्यक सूचना संकलनका लागि सहजता प्रदान गर्न माग गर्नु भयो । नेपाल पत्रकार महासंघ भक्तपुरका सचिव संजिप घिमिरेले निर्वाचन कार्यालयले पत्रकारलाई निर्वाचन सम्बन्धी सूचना दिन कन्जुस्याइँ गरेको भन्दै आक्रोस व्यक्त गर्नु भयो । कार्यक्रममा जिल्ला न्यायाधिस एवं मूख्य निर्वाचन अधिकृत गोपालप्रसाद बास्तोलाले सर्वर डाउन हुँदा मनोनयन दर्ता र नामावली प्रकाशनमा ढिलासुस्ती भएको भन्दै दलहरुले नै आचार संहिता बनाएकोले त्यसबारेमा थाहा पाउनु पर्ने बताउनु भयो । आचार संहिता दलहरुले बनाएकाले कार्यान्वयमा दलहरु जिम्मेवार हुनु पर्ने औल्याउदै उहाँले मतदाता शिक्षा सञ्चालन गर्ने जिम्मेवारी आयोग र दलहरुको भएको बताउनु भयो । उहाँले आगामी दिनमा पत्रकारहरुलाई सूचनामा सहज पहुँच पुग्ने गरि व्यबस्थापन गर्ने बताउदै निर्वाचन सहज र शान्तिपूर्ण रुपमा सम्पन्न गर्न सबैको सहयोग आवश्यक रहेको बताउनु भयो । कार्यक्रममा भक्तपुरको प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले जिल्ला र नगर निर्वाचन अनुगमन समितिले निर्वाचनको हरेक गतिविधि अनुगमन गर्ने बताउदै कानुनको पालना गर्नु सबैको कर्तब्य भएको बताउनु भयो । उहाँले निष्पक्ष र भयरहीत वातावरणमा निर्वाचन सम्पन्न गर्न, मतदाताको मतदान गर्ने अधिकारको ुुनिश्चित गर्न, शान्ति सुरक्षाको पाटो चुस्त दुरुस्त पारिएको बताउदै शान्तिपूर्ण रुपमा निर्वाचन सम्पन्न गरेर सन्देश दिने जिम्मेवारी दलहरुको पनि रहेको औल्याउनु भयो । कार्यक्रममा महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक शिवकुमार श्रेष्ठले निर्वाचनमा खटिने सुरक्षाकर्मीसँग सबै ठोकिने भएकाले शंकास्पद व्यक्ति र गतिविधिबारे प्रहरीलाई समयमै जानकारी गराउन, चुनावलाई शान्ति पूर्ण बनाउन सबैको उत्तिकै भूमिका रहने औल्याउनु भयो । जिल्ला निर्वाचन कार्यालय भक्तपुरका प्रमुख नरेन्द्रप्रसाद न्यौपानेले निर्वाचन आचार संहिताकोबारेमा जानकारी गिराउनु भएको उक्त कार्यक्रममा नेपाली काँग्रेसका जिल्ला सचिव शुशील बस्नेत, नेकपा(एस)का अध्यक्ष एवं सूर्यविनायक नगरका उपमेयरका उम्मेदवार श्यामसुन्दर बस्नेत अन्य राजनीतिक दलका प्रतिनिधि एवं स्वतन्त्र उम्मेदवारहरु सहभागी रहेका थियो । --- # सर्वनाम शिक्षालयको यौन दुर्व्यवहार घटना : प्रिन्सिपलसहित दुई शिक्षक पक्राउ Source: https://newskunda.com/archives/1130 Category: FEATURED NEWS, अपराध, शिक्षा, समाचार Last updated: 2022-06-05 काठमाडौं, २२ जेठ । जोरपाटीस्थित सर्वनाम शिक्षालयमा भएको यौन दुर्व्यवहारकाे घटनामा प्रिन्सिपलसहित थप दुई शिक्षक पनि पक्राउ परेका छन्। होस्टल वार्डेनका रुपमा खटिएका एक व्यक्तिलाई रामेछापबाट पक्राउ गरेको प्रहरीले थप दुई जनालाई पक्राउ गरेको हो। गोकर्णेश्वर नगरपालिका–६ बाहुनधारास्थित सर्बनाम शिक्षालयमा कक्षा १० मा अध्यनरत १५ वर्षीया किशोरी, कक्षा ७ मा पढ्ने १२ वर्षीया र कक्षा ८ मा अध्यनरत १३ वर्षीया बालिकालाई दुर्व्यवहार गरेको अभियोगमा उनीहरुलाई पक्राउ गरिएको हो। सुरुमा होस्टलका वार्डेन रामेछाप घर भएका ३५ वर्षीय रामजी बस्नेतलाई शनिबार दिउँसो रामेछाप प्रहरीको सहयोगमा पक्राउ गरिएको थियो। उनलाई शनिबार राति साढे १० बजे रामेछापबाट काठमाडौं ल्याइएको थियो। सोधपुछ तथा थप अनुसन्धानका लागि सोही शिक्षालयका प्रिन्सिपलसमेत थप २ जनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। उनीहरुको भने नाम सार्वजनिक गरिएको छैन। प्रहरी वृत्त बौद्धबाट उक्त घटनाको अनुसन्धान अघि बढाइएको छ। --- # सर्वोच्च अदालतले पार्टीको आधिकारिकतबारे हामीलाई न्याय दिनेमा विश्वस्त छु : कांग्रेस पूर्वसभापति शेरबहादुर देउवा Source: https://newskunda.com/archives/4222 Category: FEATURED NEWS, अर्थ, राजनीति, समाचार, समाज Last updated: 2026-09-09 भक्तपुर, २४ भदौ : नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले सर्वोच्च अदालतले पार्टीको आधिकारिकतबारे आफूलाई न्याय दिनेमा विश्वस्त रहेको बताउनु भएका छ । नेपाली काँग्रेस भक्तपुर जिल्ला समितिले ११३ औँ बीपी जयन्तीको अवसरमा आज भक्तपुरमा आयोजना गरेको ‘बीपी विचार, राष्ट्रिय राजनीति र नेपाली कांग्रेस विषयक’ बिचार गोष्ठीमा बोल्दै उहाँले सर्वोच्चबाट आफूहरूले न्याय पाउने विश्वास रहेको बताउनु भएको हो । निर्वाचन आयोगले दबाबमा विशेष महाधिवेशन पक्षधरलाई मान्यता दिएपछि आफूहरू सर्वोच्च गएको बताउदै देउवाले भन्नुभयो, “निर्वाचन आयोगका प्रमुखले मेरो ज्यानको खतरा भयो भनेको छ । मैले भनेको होइन । सबैले सुनेको कुरा हो । हामीले सर्वोच्चमा मुद्दा हाल्यौँ । चुनाव भइसक्यो के गर्ने ? भन्नुभयो । हामीले पुनरावलोकनमा गयौँ । पुनरावलोकनले हामीलाई निस्सा दियो । निस्सा दिएपछि हाम्रो आधाभन्दा बढी विजय भइसक्यौ, अब सर्वोच्चले रुख चिह्न, र चारतारे झन्डा नेपाली कांग्रेसको हामीले पाउनेमा विश्वस्त छौँ ।” उहाँले गगन थापालाई पार्टीको विद्यानले विशेष महाधिवेशन आह्वान गर्ने अधिकार नै नदिएको भन्दै जतिसुकै षड्यन्त्र गरेपनि आफूहरूले आधिकारिकता पाउने विश्वास रहेको बताउनुभयो । पार्टीमा कुनै सनाखत नै नगरी पार्टी विधान विपरित गगन थापाले शिवेष महाधिवेशन गरेको बताउदै देउवाले भन्नुभयो, “गगन थापाले विशेष अधिवेशन बोलाउनुप¥यो भन्नुभयो । मैले विशेष अधिवेशन बोलाउन पाउँछ, अधिकार छ पार्टीमा, त्यसका लागि को–को भाग लिने हो उसको सनाखत हुनुप¥यो । कुन जिल्लाको, कुन क्षेत्रको, कुन गाउँपालिकाको हो, त्यसको नाम सब चाहियो, सनाखत हुनप¥यो, बिना सनाखत गर्न पाइन्छ ? पहिले पनि बोलाइएको थियो । पार्टी सभापति सुवर्ण शमशेर हुँदा बोलाइएको हो । अहिले पार्टी सभापति म छु, मलाई थाहै छैन । तिमी बोलाउन पाउँछौं ? मलाई थाहै छैन बोलाइ दिने भन्दा हुन्छ दाइ, विचार गर्छु दाइ भनेर अचानक बोलाइदिए । पहिले सनाखत गराउन सनाखत । त्यो हो कि होइन ? त्यो मेम्बर छ कि छैन पार्टीको ? खल्तीबाट नाम राखेर धमाधम राखिदियो । त्यसरी विशेष अधिवेशन बोलाए उनले ।” रसुवा भोटेकोशी बाढीमा परेकाको छिटो राहत र उद्धारमा सरकार लाग्नु पर्ने उहाँले बताउनुभयो । कार्यक्रममा काँग्रेस नेताहरु शशांक कोईराला, प्रकाशमान सिंह, कृष्ण सिटौला, विमलेन्द्र निधी, प्रकाश शरण महत, विनोद कायस्थ, सुरेन्द्र श्रेष्ठलगायतका नेताहरुले काँग्रेसलाई एक ढिक्का बनाएर लैजानु पर्ने र त्यसका लागि विद्यान सम्मत नियमित महाधिवेशनमा जानु पर्ने बताउनुभयो । कार्यक्रममा काँग्रेस जिल्ला सभापति एवं र्काक्रमका सभापति दूर्लभ थापाले काँग्रेसलाई बिधि सम्वत रुपमा एक ढिक्का बनाएर लैजानु पर्ने आवश्यकता रहेको बताउदै सरकारले भोटेकोशी बाढी पीडित जनताको खोज, उद्धार र राहत वितरण देखि पुर्नस्थापनासम्म प्रभावकारी कार्य गर्न सरकारलाई सुझाब दिनुभयो । --- # सर्वोच्चको फैसला : श्रीमतीको हत्या गर्ने कोइरालालाई जन्मकैद Source: https://newskunda.com/archives/1027 Category: FEATURED NEWS, अपराध, समाचार, समाज Last updated: 2022-05-26 काठमाडौँ, १२ जेठ : सर्वोच्च अदालतले श्रीमतीको हत्या गेरेर जेल परेका सशस्त्र प्रहरीका तत्कालीन नायब महानिरीक्षक (डीआइजी) रञ्जन कोइरालालाई जन्मकैद (२० वर्ष) जेल सजाय हुने फैसला सुनाएको छ । कामु प्रधानन्यायाधीश दीपककुमार कार्की, न्यायाधीशहरु टङ्कबहादुर मोक्तान र डा कुमार चुडालको पूर्ण इजलासले आज कर्तव्य ज्यानसम्बन्धी मुद्दामा जिल्ला अदालत काठमाडौँ र उच्च अदालत पाटनको फैसलालाई सदर गर्दै उक्त फैसला सुनाएको हो । यसअघि निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा र न्यायाधीश तेजबहादुर केसीको संयुक्त इजलासले गरेको फैसलालाई उल्टयाउँदै जन्मकैदको जेल सजाय हुने फैसला गरेको हो । राणा र केसी इजलासले श्रीमती हत्या अभियोगमा सजाय काट्दै आएका कोइरालालाई कैद छुट दिँदै २० वर्षको जन्मकैदलाई साढे आठ वर्षमा झार्ने फैसला गरेको थियो । अदाललते उक्त फैसलालाई उल्टयाउँदै कोइरालालाई जन्मकैद हुने फैसला गरेको हो । यसअघिको अदालतलको आदेशसँगै कोइराला साढे आठ वर्ष कैद भुक्तान सकेर घर फर्किएका थिए । आजको अदालतको फैसलापछि अब कोइराललो साढे ११ वर्ष कैद भुक्तान गर्नुपर्ने छ । निलम्बित प्रधानन्यायाधीश राणा र तेजबहादुर केसीको इजलासले २०७७ असार १५ गते कोइरालालाई ११ वर्ष छ महिना छुट दिने फैसला सुनाएको थियो । कोइरालाले श्रीमती गीता ढकाललाई जलाएको स्वीकार गरे पनि सजायमा कानूनसम्मत नगरी छुट दिएको विषयमा सर्वत्र विरोध भएको थियो । उक्त फैसला विवादमा परेपछि सरकारले विसं २०७७ साउन ११ गते पुनरावेदन दर्ता गरेको थियो । सोही साउन १२ गते नै सर्वोच्च अदालतले सो निवेदनमा सुनुवाइका लागि निस्सा प्रदान गरेको थियो । यसअघिको फैसलामा कोइरालाको श्रीमती गीताको मृत्युपछि दुई नाबालक छोराको हेरचाह, संरक्षण एवं शिक्षादीक्षा लगायतका कार्य अभिभावक विहीनताको कारणले अनिश्चय र अन्योल हुन गई उनीहरुको हितमा दूरगामी प्रभाव पर्न जाने कारणले जन्मकैदको सजाय गर्दा चर्को पर्न जानेजस्तो चित्तमा लागेको हुँदा फौजदारी कसुर सजाय निर्धारण तथा कार्यान्वयन ऐनको दफा १७ (क) बमोजिम कैद गर्दा कोइरालालाई आठ वर्ष छ महिना कैद हुने ठहर गरिएको थियो । “मकवानपुरको मेत्राङमा पाइएको अस्थिपञ्जर गीता ढकालकै रहेछ र निजलाई मृत्युपश्चात् जलाइएको रहेछ भन्ने कुरा प्रमाणित हुन आई मिसिलमा जेजस्ता दशी प्रमाणहरू मौजुद छन्”, फैसलामा भनिएको थियो, “तिनको समग्रमा अध्ययन र विश्लेषण गरी हेर्दा रञ्जनप्रसाद कोइराला निर्दोष भन्न सकिने अवस्था देखिएन ।” फैसलामा प्रमाणहरुको मूल्याङ्कन गर्दा मृतक गीता ढकालको मृत्यु कोइरालाबाटै भएको र दोषी ठहर भए पनि सर्वश्वसहित जन्मकैदलाई छुट दिएर साढे आठ वर्ष मात्र सजाय हुने पूर्णपाठमा थियो । घटना हुनुको मुख्य कारण ः तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआइजी) कोइराला र श्रीमती गीता ढकाल सम्बन्ध राम्रो नभएपछि छुट्टाछुट्टै बस्दै आएका थिए । दुई छोराहरु एक बाबुसँग र एक आमासँग बस्दै आएका थिए । छोरी (गीता) बेपत्ता भएपछि माइती पक्षले खोजी गर्दै हनुमान ढोकामा उजुरी दर्ता गराएका थिए । विसं २०६८ पुस २८ गते बिहान मकवानपुरको पालुङमा एउटा शव ७० प्रतिशत जलेको अवस्थामा स्थानीयवासीले देखेपछि प्रहरीलाई खबर गरेका थिए । उक्त घटनामा कोइरालाको संलग्न भएको आशङ्कामा प्रहरीले कोइरालालाई प्रक्राउ गर्यो । प्रहरीको अनुसन्धानमा रञ्जनले घरमै गीताको हत्या कपडाले घाँटी थिचेर गरेको पत्ता लगेको थियो । कोइरालाले हत्यापछि प्रमाण नष्ट गर्न शवलाई गाडीमा हालेर पालुङ लगेको र जलाउनका लागि पेट्रोल पनि घरबाटै लिएर गएको, राति जङ्गल छेउमा गाडी रोकेर लास जलाएको र पूर्णरुपमा जलिनसक्दै फर्किएको पत्ता लागेको थियो । सर्वोच्च अदाललते उक्त घटनामा यसअघि कैद सजाय छुट हुने फैसलालाई उल्टाउँदै जन्मकैद सजाय हुने फैसला गरेको हो । --- # संविधान जोगाउदै गाउँ गाउँमा सिंहदरबार पुर्याउन मंसीर ४ मा काँग्रेसको जीत आवश्यक : काँग्रेस नेता सिंह Source: https://newskunda.com/archives/2266 Category: FEATURED NEWS, राजनीति, समाचार Last updated: 2022-09-27 भक्तपुर, १० असोज : नेपाली काँग्रेसका केन्द्रयि सदस्य एवं पूर्वमन्त्री प्रकाशमान सिंहले देशको संबिधान जोगाउदै गाउँ गाउँमा सिंहदरबार पुर्याउन आगामी मंसीर ४ गतेको निर्वाचनमा काँगेसको बहुमत आबश्यक भएको बताउनु भएको छ । आज नेपाली काँग्रेस सूर्यविनायक नगर कार्य समितिले सूर्यविनायकको गणेशमान बाटिकामा आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै उहाँले मंसिर ४ गतेको निर्वाचनमा काँग्रेसको जीत सुनिश्चित गर्न जनताको घरघरमा अभियान लिएर जान कार्यकर्तालाई निर्देशन दिनु भयो । “हाम्रै नेतृत्वमा शान्ति प्रक्रियादेखि संंविधान निर्माणसम्मको अभिभारा पुरा भयो, अब संविधान कार्यान्वयन गरेर अगाडि बढ्ने जिम्मेवारी पनि काँग्रेसको काँधमा आएको छ,” उहाँले भन्नुभयो, “झण्डै दुई तिहाई बहुमतको नजिक रहेको कम्युनिष्टबाट संविधानलाई निमोठ्ने प्रयास भयो, उनीहरुको भित्रभित्रैको मारामारले दुई दुई पटक सरकार भंग भयो, अनि बाध्य भएर काँग्रेसले सरकारको नेतृत्व गर्नु पर्ने अबस्था आयो ।” नेता सिंहले देशमा लोकतन्त्र बलियो बनाउदै संविधानलाई कार्यान्वयन गर्न अब काँग्रेसको नेतृत्व आवश्यक भएको बताउनु भयो । कार्यक्रममा काँग्रेसका अर्का केन्द्रीय सदस्य रमा पौडेलले महेश बस्नेतका कारण भक्तपुरको बासिन्दा हुँ भन्न पनि लाज लागेको टिप्पणी गर्नु भयो । त्यसअवसरमा नेपाली काँग्रेस भक्तपुर जिल्ला सभापति दुर्लभ थापाले महेश बस्नेतका कारण भक्तपुरको बदनाम भएको बताउदै मंसीर ४ गतेबाट उनी बदनाम पूर्व सांसद बन्ने बताउनु भयो । उहाँले मंसीर ४ गतेको निर्वाचन पछि बस्नेतको गुृण्डागर्दीको उद्योग र रोजी रोटी खोसिने टिप्पणी गर्दै अब काँग्रेसको जीत सुनिश्चित रहेको बताउनु भयो । कार्यक्रम संयोजक सुरेश केसीको सभापतित्वमा सम्पन्न कार्यक्रममा नगर सभापति निशान ढुङ्गेलले निर्वाचनमा काँग्रेसमय बनाउन सबै कार्यकर्ता लाग्ने बताउनु भयो । --- # संविधान दिवसका अवसरमा ६७० जना कैदीको कैद माफी Source: https://newskunda.com/archives/2955 Category: FEATURED NEWS, अपराध, राजनीति, समाचार, समाज Last updated: 2023-09-19 काठमाडौँ, २ असोज : राष्ट्रपति रामचन्द्र पौडेलबाट संविधान दिवसका अवसरमा मन्त्रिपरिषद्को सिफारिसमा कूल छ सय ७० जना कैदीको भुक्तान हुन बाँकी कैद माफी मिनाहा भएको छ । उहाँले फौजदारी कसूर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन र कारागार नियमावली, सर्वाेच्च अदातलको रिट र ज्येष्ठ नागरिक ऐनका आधारमा उक्त कैदीको भुक्तान हुन बाँकी कैद माफी मिनाहा गर्नुभएको राष्ट्रपतिको कार्यालयले जनाएको छ । राष्ट्रपति पौडेलले मन्त्रिपरिषद्को गत भदौ २९ गतेको बैठकको सिफारिसअनुसार यही असोज ३ गतेदेखि लागू हुनेगरी माफी मिनाहा गर्नुभएको राष्ट्रपति कार्यालयले जारी विज्ञप्तिमा जनाइएको छ । --- # संविधान दिवसका अवसरमाा मुख्यमन्त्री किरण थापाद्धारा शुभकामना प्रदान Source: https://newskunda.com/archives/4344 Category: FEATURED NEWS, अर्थ, राजनीति, समाचार, समाज Last updated: 2026-09-19 हेटौँडा, ३ असोजः बागमती प्रदेशका मुख्यमन्त्री किरण थापाले संविधानप्रदत्त अधिकार नागरिकको दैनिक जीवनमा अनुभूत हुने गरी कार्यान्वयन गर्नु तीनवटै तहका सरकारको साझा जिम्मेवारी भएको बताउनुभएको छ । संविधान दिवसका अवसरमाा आज शुभकामना सन्देश जारी गर्दै उहाँले संविधानको अक्षरसः पालना गर्दै प्रदेश सरकार सुशासन, उत्तरदायी सेवा प्रवाह, सामाजिक न्याय र समावेशी विकासमार्फत समृद्ध प्रदेश निर्माणमा प्रतिबद्ध रहेको बताउनुभएको छ । थापाले संविधानप्रदत्त अधिकार नागरिकको दैनिक जीवनमा अनुभूत हुने गरी कार्यान्वयन गर्नु तीनवटै तहका सरकारको साझा जिम्मेवारी भएको शुभकामना सन्देश जारी गर्दै उहाँले संविधानको अक्षरसः पालना गर्दै प्रदेश सरकार सुशासन, उत्तरदायी सेवा प्रवाह, सामाजिक न्याय र समावेशी विकासमार्फत समृद्ध प्रदेश निर्माणमा प्रतिबद्ध रहेको बताउनुभएको छ । मुख्यमन्त्री थापा मगरले ११औँ संविधान दिवस तथा राष्ट्रिय दिवसका अवसरमा शनिबार शुभकामना सन्देश जारी गर्दै प्रदेश सरकार सुशासन, उत्तरदायी सेवा प्रवाह, सामाजिक न्याय, समावेशी विकास र समृद्ध प्रदेश निर्माणका लागि प्रतिबद्ध रहेको बताउनुभएको हो । उहाँले लोकतन्त्र, गणतन्त्र र सामाजिक न्यायका लागि बलिदान दिने सम्पूर्ण ज्ञात–अज्ञात सहिदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै संविधानले नागरिक स्वतन्त्रता, मौलिक हक, विधिको शासन र विविधताबीचको एकतालाई राज्य सञ्चालनको मुख्य आधार बनाएको शुभकामना सन्देशमा उल्लेख गर्नुभएको छ । संविधानले प्रदान गरेका अधिकार नागरिकको दैनिक जीवनमा अनुभूत हुने गरी कार्यान्वयन गर्नु तीनै तहका सरकार, राजनीतिक दल र सम्पूर्ण नागरिकको साझा जिम्मेवारी भएको उहाँको भनाइ छ । बागमती प्रदेश सरकार संविधानको भावना र मर्मअनुसार काम गर्न प्रतिबद्ध रहेको उहाँले बताउनुभएको छ । मुख्यमन्त्री थापा मगरले हालैको बाढी तथा प्राकृतिक विपद्बाट प्रभावित नागरिकहरूप्रति गहिरो सहानुभूति प्रकट गर्दै उद्धार, राहत, पुनःस्थापना र पुनर्निर्माणमा प्रदेश सरकार पूर्ण जिम्मेवारीका साथ क्रियाशील रहने विश्वास दिलाउनुभएको छ । संविधान दिवसले राष्ट्रिय एकता, आपसी सद्भाव र सहकार्यलाई थप सुदृढ बनाउँदै न्यायपूर्ण र समृद्ध नेपाल निर्माणका लागि सबैलाई प्रेरणा प्रदान गर्ने अपेक्षा मुख्यमन्त्री थापा मगरले व्यक्त गर्नुभएको छ । --- # संविधान दिवसमा प्रधानमन्त्री शाहले भन्नुभयो : म प्रस्ट भन्छु, यो सुरुवात हो, अन्त्य होइन । भ्रष्टाचार र दण्डहीनताको जरो गहिरो छ । तर त्यो जरो उखेल्ने हातहरू अब झन् बलिया छन्, झन् धेरै छन् । Source: https://newskunda.com/archives/4341 Category: FEATURED NEWS, राजनीति, समाचार, समाज Last updated: 2026-09-19 काठमाडौँ, ३ असोजः प्रधानमन्त्री वालेन्द्र शाहले प्रतिस्पर्धात्मक बहुदलीय लोकतन्त्र, मावनअधिकार र कानुनी राज्य सर्त नभई हाम्रा राष्ट्रिय जीवनका आधार भएको बताउनुभएको छ । संविधान दिवसका अवसरमा आज सैनिक मञ्चमा आयोजित विशेष समारोहमा उहाँले संविधानको अक्षर र भावनाप्रति वर्तमान सरकार पूर्ण प्रतिबद्ध रहेको बताउनुभयो । संविधान दिवस तथा राष्ट्रिय दिवस, २०८३ को मूल समारोहमा प्रधानमन्त्री वालेन्द्र शाहले नेपालको राजनीतिक व्यवस्थाको परिवर्तन र सुशासनको माग गरी गरिएका आन्दोलनमा आफ्नो ज्यान आहुती गर्ने सम्पूर्ण ज्ञात–अज्ञात सहिद तथा ऐतिहासिक जेनजी आन्दोलनमा सहादत प्राप्त गर्नुभएका जेनजी सुशासन योद्धाप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्नु भयो । उहाँले हालै आएको रसुवा–भोटेकोशी बाढीमा परी मृत्यु भएका सबै स्वदेशी तथा विदेशी नागरिकप्रति समेत श्रद्धाञ्जली व्यक्त गर्दै परिवारजनमा समवदेना र घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्नुभयो । उहाँले यो संविधानले नेपाली जनतासँग एउटा वाचा गरेको विविधताबीचको एकता, सबै प्रकारका विभेद र असमानताको अन्त्य र विकास, समृद्धि एवम् सामाजिक न्यायका आधारमा समतामूलक समाजको निर्माण, प्रतिस्पर्धात्मक बहुदलीय लोकतन्त्र, मानव अधिकार र कानूनी राज्य यो सरकारका लागि राष्ट्रिय जीवनको आधार ठानेको बताउदै यो संविधानको अक्षर र भावना, दुवैप्रति यो सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको बताउनुभयो । उहाँले संविधान जति राम्रो भएपनि, त्यसलाई चलाउने हात इमानदार र अनवरत क्रियाशील भएनन् भने त्यो कागजको खोस्टो बन्छ भन्दै उहाँले भन्नुभयो, “म प्रस्ट भन्छु, यो सुरुवात हो, अन्त्य होइन । भ्रष्टाचार र दण्डहीनताको जरो गहिरो छ । तर त्यो जरो उखेल्ने हातहरू अब झन् बलिया छन्, झन् धेरै छन् । विकासका लागि सुशासन अनिवार्य पूर्वसर्त हो भन्ने कुरामा सरकार सचेत छ । वर्तमान सरकारले सुशासन कायम गर्न प्रशासनिक संरचनाको उपयुक्त आकार निर्धारण, भ्रष्टाचारविरूद्ध शून्य सहनशीलता, प्रशासन यन्त्रमा राजनीतिक तटस्थता र सरकारी एवं सार्वजनिक पदमा योग्यतामा आधारित नियुक्ति प्रक्रिया अवलम्बन गरेको छ । सुशासन नारा होइन, काम हो । र हामी काम गरिरहेका छौँ । सङ्घ, प्रदेश र स्थानीय तहबीच सहकारिता, सहअस्तित्व र समन्वयका आधारमा राष्ट्र विकासको साझा उद्देश्य प्राप्त गर्न सङ्घीय सरकार प्रतिबद्ध छ ।” उहाँले यो सरकार कुनै हालतमा पुरानै बाटो मात्र नहिड्ने पतिबद्धता व्यक्त गर्दै कृत्रिम बुद्धिमत्ता, डिजिटल प्रविधि र साइबर सुरक्षालाई सँगै लिएर, नवप्रवर्तन र स्टार्टअपलाई अगाडि राखेर, ज्ञानमा आधारित अर्थतन्त्र निर्माण गर्न बताउनुभयो । डिजिटल सुशासन ब्लुप्रिन्टअनुसारको राष्ट्रिय डिजिटल पूर्वाधार त्यसैको जग भएको भन्दै युवाले सडकमा मागेको सुशासन, हामी प्रविधिबाट पनि सुनिश्चित गर्छौँ भन्नुभयो । हालैको रसुवा–भोटेकोशी बाढीले पु¥याएको क्षति हाम्रा लागि अकल्पनीय र अपुरणीय रह्ेको बताउदै यस विपद् घडीमा उद्धार कार्यमा सहयोग गर्ने तथा राहत कार्यमा योगदान पु¥याउने सबै मित्रराष्ट्र, अन्तर्राष्ट्रिय समुदाय एवम् संघसंस्था, निजी क्षेत्र, राष्ट्रसेवक कर्मचारी, आमनागरिक तथा देशवासीप्रति विशेष धन्यवाद र आभार प्रकट गर्नुभयो । उहाँले नेपाल विश्वका उच्च विपद् जोखिम भएका मुलुकहरूको सूचीमा रहेको तथ्यलाई विपद् आइसकेपछि होइन, आउनुअघि नै सामना गर्ने गरि तयारी गर्ने र जोखिम न्यूनीकरण, पूर्वतयारी र प्रतिकार्यमा विशेष जोड दिइने तथा विपद्को पूर्वसूचना प्रणाली सर्वोच्च प्राथमिकताका साथ कार्यान्वयनमा ल्याइने बताउनुभयो । संविधान जारी भएको दिन हरेक वर्ष आउँछ । तर संविधान पूरा हुने दिन हामीले आफैँ ल्याउनुपर्छ भन्दै प्रधानमन्त्री शाहले हरेक इमानदार निर्णयबाट, हरेक पारदर्शी नियुक्तिबाट, नागरिकको घरदैलोमा पुग्ने हरेक सेवाबाट, जनताले सुशासन मागेको, विकास मागेकोे, समृद्धि र सामाजिक न्याय मागेकोले यो सरकारको हरेक कदम त्यही आकाक्षांलाई पुरा गर्न केन्द्रित रहेको बताउनुभयो । यो संविधानप्रतिको निष्ठा र यसको पालनामा पूर्णप्रतिबद्ध रुपमा गनर््े प्रतिबद्धता व्यक्त गर्दै उहाँले सहिदहरूको रगतले लेखेको संविधान, यो सरकारले कामले पूरा गरर्न बताउनुभयो । --- # संविधान बचाउने जिम्मा राजनीतिक दलको काँधमा आएको छ : पूर्वराष्ट्रपति Source: https://newskunda.com/archives/2080 Category: FEATURED NEWS, राजनीति, समाचार Last updated: 2022-09-09 काठमाडौँ, २४ भदौ : गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा रामवरण यादवले संविधान बचाउने जिम्मा राजनीतिक दलको काँधमा आएको बताउनुभएको छ । जननायक बिपी कोइरालाको १०९औँ जन्मजयन्तीका अवसरमा तेज–तीर्थ ट्रष्टले आज यहाँ आयोजना गरेको ‘सम्मान तथा पुरस्कार वितरण कार्यक्रम’मा उहाँले संविधानमाथि आक्रमण हुन लागेको भन्दै यसलाई जोगाउन राजनीतिक दलको महत्वपूर्ण भूमिका रहेको बताउनुभयो । “संविधानको रक्षा गर्ने प्रमुख जिम्मा कांग्रेससहितका राजनीतिक दलको हो, राजनीतिक दलबाट बनेको संविधानको रक्षा गर्ने काम पनि राजनीतिक दलकै हो”, उहाँले भन्नुभयो । देशको एकता, अखण्डता आवश्यकतालाई समेटेर समृद्ध मुलुक निर्माणमा सबै लाग्नुपर्ने उहाँको भनाइ थियो । पूर्वराष्ट्रपति डा यादवले सङ्घ, प्रदेश र स्थानीय तहको कानून बन्न नसक्नु दुःखद् कुरा भएको बताउनुभयो । उहाँले राष्ट्रियता, सार्वभौमिकता, भूगोललाई मिलाएर संविधान निर्माण भएको बताउँदै संविधानको रक्षाका लागि लाग्नुपर्ने बेला आएको उल्लेख गर्नुभयो । संविधान निर्माणसँगै तीन तहको सरकार निर्माण हुनु सुखद पक्ष भए पनि जनतामा भ्रष्टाचार भएको र सुशासन नभएकामा असन्तुष्टि पैदा भएको बताउनुभयो । पूर्वराष्ट्रपति डा यादवले बिपी कोइराला देश र लोकतन्त्रका पक्षमा सधैँ चिन्तित हुने गरेको बताउनुभयो । उहाँले पछिल्लो समय बिपी कोइरालाको जेल जर्नल, भाषण, आत्मावृत्तान्त कांग्रेसले पढ्न र बुझ्न नसकेको उल्लेख गर्नुभयो । कांग्रेस नेता एवं पूर्वमन्त्री भीमसेनदास प्रधानले प्रजातन्त्रलाई जनतामाँझ लैजान जननायक बिपी कोइरालाको महत्वपूर्ण योगदान रहेको बताउनुभयो । सङ्घीय लोकतन्त्र स्थापना गर्न बिपी कोइरालाको योगदान महत्वपूर्ण रहेको उहाँको भनाइ थियो । नेता प्रधानले बिपी कोइरालाको योगदानका कारण देश सङ्घीय गणतन्त्र मुलुकमा निर्माण भएको बताउनुभयो । --- # संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङको स्मृतिमा एमालेद्वारा आज आयोजित ‘सुवास र संविधान’ विषयक प्रवचन कार्यक्रम Source: https://newskunda.com/archives/2958 Category: FEATURED NEWS, राजनीति, समाचार, समाज Last updated: 2023-09-19 काठमाडौँ, २ असोज : नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले संविधान संशोधन गर्न हतार गर्नुपर्ने अवस्था नआएको बताउनुभएको छ । संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङको स्मृतिमा एमालेद्वारा आज आयोजित ‘सुवास र संविधान’ विषयक प्रवचन कार्यक्रममा उहाँले नेपाली जनताभन्दा पनि बाह्यशक्तिको चलखेल देखिएकाले तत्काल संविधान संशोधन गरिहाल्नुपर्ने अवस्था नरहेको बताउनुभयो । “गम्भीरताभन्दा बढी भावना, आफ्नै विचारभन्दा प्रायोजित कुरा कुराबाट दबाब दिने प्रवृत्ति र अनेक खालका बेठीक उद्देश्य देखिएकाले तत्काल समुचित ढङ्गले संविधान संशोधन गर्न सकिन्छ कि सकिँदैन भन्ने प्रश्न फेरि गम्भीर रहेको छ । त्यसकारण यसका कुनै हतारो नै गरिहाल्नुपर्ने अवस्था आएको छैन”, उहाँले भन्नुभयो । उहाँले बडो दुःखले बलिदानपूर्ण लामो सङ्घर्षपछि हामीले आफैँले निर्माण गरेको संविधान सबैले मान्नुपर्ने भनाइ राख्नुभयो । अध्यक्ष ओलीले संविधान सर्व स्वीकार्य बनोस् भनेर दुई पटक संशोधन गरिसकेको भन्दै अहिले पनि व्यावहारिक बनाउनका लागि आवश्यकअनुसार संशोधन गर्न सकिने धारणा राख्नुभयो । उहाँले भन्नुभयो, “संविधान कार्यान्वयनका क्रममा देखापरेका, नमिल्दा खालका, व्यवहारमा परिवर्तन आवश्यक देखिएका त्यस्ता विषय परिवर्तन गर्दै लैजानुपर्दछ ।” संविधानको विरोध गर्ने र संविधानको समर्थन गरेपछि संशोधन हुन सक्दैन भन्ने दुवै कुरा ठीक नभएको उहाँले बताउनुभयो । आधारभूत गुणमा कतै खोट नभएको व्यक्ति सुवास नेम्वाङ रहेको भन्दै उहाँले अवसर र जिम्मेवारी पाउँदा सफलतापूर्वक काम गरेको उल्लेख गर्नुभयो । नेम्वाङले पुनःस्थापित प्रतिनिधिसभाको सभामुखको भूमिका असाधारण खेलेको भन्दै सोही संसद्ले थुपै्र युगान्तकारी निर्णय गरेको बताउनुभयो । अध्यक्ष ओलीले संविधानमा निर्माणमा नेम्वाङको पदचिह्न, योगदान, दिशानिर्देशबारे पार्टीमा छलफल गर्ने बताउनुभयो । अध्यक्ष ओलीले सबै पार्टी मिलेर देशको समस्या समाधान गर्न एकजुट हुनुपर्ने बताउनुभयो । “आज सबै पार्टी र पक्ष मिलेर देशको समस्या समाधान गर्न एकजुट हुनुपर्ने परिस्थिति आएको छ । नत्र भने धेरै प्रकारका खतराबाट हामी जेलिने छौँ”, उहाँले भन्नुभयो, “त्यसमा पनि प्रमुख राजनीतिक दलको कर्तव्य हो । साँच्चै देशप्रति प्रमुख राजनीतिक दल जिम्मेवार हुनुपर्दछ ।” प्रमुख राजनीतिक दलहरू जमानी बसेर धेरै आन्दोलन र बलिदान भएको उल्लेख गर्दै बलिदान प्राप्त उपलब्धिलाई गुम्न दिन नहुने उहाँको भनाइ छ । उहाँले आन्दोलन र बलिदानबाट प्राप्त भएको उपलब्धिको रक्षा गर्दै अगाडि बढ्नुपर्ने बेला आएको धारणा व्यक्त गर्नुभयो । देशको भूमि, सार्वभौमसत्ता, स्वाधीनता, स्वतन्त्रता, भौगोलिक अखण्डता, राष्ट्रिय हितको रक्षा गर्न पनि एमाले प्रतिबद्ध रहेको बताउनुभयो । “देशको राष्ट्रिय हित खलबलिदिन नदिने भन्दै भावनात्मक रूपमा अरुको स्वार्थका लागि हाम्रा देशमा जनतालाई पारस्परिक घृणा फैलाउन, मारकाट मच्चाउन र हिंसा भडकाउने खालका क्रियाकलाप एमालेलाई स्वीकार्य छैन । यस्तो कार्य रोक्न एमाले अघि बढ्ने छ”, उहाँले भन्नुभयो । अध्यक्ष ओलीले राष्ट्रिय एकताबाट मात्र देशमा शान्ति सुव्यवस्था, सुशासन र विकास हुने बताउनुभयो । उहाँले राष्ट्रिय राजनीति कसैलाई सिध्याउने प्रतिशोधमा भइरहेको भन्दै अहिलेको आवश्यकता त्यसो नभई प्राप्त गरेको उपलब्धिको रक्षा रहेको बताउनुभयो । --- # संसद त ठूला नेताहरुको जुहारी खेल्ने र कुण्ठा पोख्ने थलो पो रहेछ : सांसद थापा Source: https://newskunda.com/archives/2513 Category: FEATURED NEWS, अर्थ, राजनीति, समाचार Last updated: 2023-01-12 भक्तपुर, २७ पुस । प्रतिनिधि सभा सदस्य एवम् नेपाली कांग्रेस भक्तपुरका सभापति दुर्लभ थापाले संसद देश र जनताका समस्या समाधान गर्ने भन्दा पनि ठूला नेताहरुको जुहारी खेल्ने र कुण्ठा पोख्ने थलो बनेको टिप्पणी गर्नु भएको छ । भक्तपुर क्याटरिङ तथा पार्टी प्यालेस व्यवसायी संघको बुधबार आठौं साधारणसभा एवम् चौंथो अधिवेशनको उद्घाटन गर्दै उहाँले संसदमा देश र जनताको समस्या समाधान गर्नेबारेमा चासो एवं छलफल नहुने आफ्नो संसदको पहिलो अनुभव रहेको बताउनु भयो । सांसद थापाले भन्नुभयो, “मलाई लागेको थियो, संसद त देश र जनताको समस्या माथि छलफल, विवेचना गर्ने र समाधान गर्ने ठाउँ हो तर होइन रहेछ, संसद त ठूला दलका नेताहरुको जुहारी खेल्ने ठाउँ पो रहेछ, एउटा नेता आउनुहुन्छ, गजक्क फुल्नुहुन्छ, हामीलाई पाठ पढाउनुहुन्छ । अनि हामीले उहाँको कुरा सुन्छौँ थपडी बजाउँछौ, फेरी अर्को नेता आउनुहुन्छ, छेडछाड गर्नु हुन्छ, एकले अर्कोलाई घोचपेछ गर्नुहुन्छ, फेरी हामी थपडी बजाउँछौ, हामीले सुन्ने र थपडी बजाउने थलोको नाम प्रतिनिधि सभा रहेछ ।” दलका नेताहरुको ध्यान सत्ता र कुर्सीमा मात्र केन्द्रीत रहेको आरोप लगाउँदै उहाँले आज एउटा नेता फ्याट्ट अर्को नेतासँग मिल्यो, फेरी अर्कोले अर्कोलाई कुर्सीबाट झार्यो, अनि देश र जनताको समस्या कहिले समाधान हुन्छ र ? भन्दै गुनासो पोख्नु भयो । नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिएर देशमा स्थिर सरकार निर्माण गरेको उहाँको भनाइ थियो । अब यो देशले पाँच वर्षका लागि स्थिर सरकार प्राप्त गरेको बताउनु भएको हो । संसद प्रवेशको पहिलो अनुभव सुनाउँदै सांसद थापाले भन्नुभयो,“कसैले तान्ने बित्तिकै प्रधानमन्त्रीको कुर्सी खुस्किने अवस्था थियो, काँग्रेसले विश्वासको मत दिएसँगै त्यसको अन्त्य भएको छ । सरकार कसको नेतृत्वमा छ, प्रधानमन्त्री कुन दलको छ, राष्ट्रपति कुन दलको छ, सभामुख कुन दलको छ, त्यसले कुनै अर्थ राख्दैन, सरकार पाँच वर्षका लागि स्थिर हुनुपर्छ, पाँच वर्षको लागि निर्वाचित संसद पाँच वर्ष चल्नुपर्छ । देशको समृद्धिको खाका कोर्नुपर्छ, संसदबाटै सबै क्षेत्रको सम्बोधन हुनुपर्छ ।” निर्वाचनमा काँग्रेस ठूलो पार्टी बन्दा आफ्नो पनि मन्त्री हुने हल्ला चलेको तर देशको राजनीतिक परिवेशनै फरक परे पनि आफूलाई अरुले हेर्ने दृष्टिकोण नै फरक परेको बताउदै सांसल थापाले भन्नुभयो, “काँग्ेस ठूलो पार्टी बन्दा मेरो पनि मन्त्र िबन्ने हल्ला थियो, त्यसबेला घरभरी मान्छेको भीड थियो, चिया खुवाउन भ्याईनभ्याई थियो, तर अर्को सरकार बनेपछि त अहिले मेरो घरतर्फ चिहाएर पनि नहेर्ने भएका छन् । हामी नेता, मतदाता, व्यबसायी सब सेल्फिस भएका छौं, अनि कसरी हुन्छ ?” उहाँले वर्षदिन भरि २४ सै घण्टा खट्ने नेतालाई चुनाब जित्न गाह्रो भइरहेको बेलामा मान्छे नै नचिनेका, उनीहरुको एजेण्डा र बिचार नै नभएका घण्टी जस्तोलाई जिताएर पठाए मतदाताले अनि कसरी हुन्छ, समस्याको समाधान ? प्रश्न गर्नुभयो । देशमा आर्थिक मन्दीले क्याटरिङ र पार्टी प्यालेस व्यवसाय मात्र नभई सबै क्षेत्रमा समस्या रहेको बताउदै उहाँले भन्नुभयो, सबै पैसा जति नेताहरुको घरमा थुप्रिएको र बाहिर निकाल्ने नमिल्ने भएकाले विदेशबाट हुन्डी मार्फत आउने, बढ्दो आयातका कारण आर्थिक संकट रहेको बताउनु भयो । सांसद थापाले भन्नुभयो, “हाम्रा माननीय नै सांसद अपहरण गर्छन्, जग्गा कारोबारी गछृन्, जग्गा प्लटिङ गर्छन्, पहिला जग्गा किनेर पछि त्यही जग्गामा बाटो लैजान्छन्, बिकासको ठेक्का लिन्छन्, अनि कसरी हुन्छ समस्याको समाधान ?” उहाँले एउटा सांसद सबै क्षेत्रको विज्ञ बन्न नसक्ने भन्दै समसामयिक क्षेत्रको समस्या उठान र समाधानका लागि सम्बन्धीत क्षेत्रको विज्ञसँग छलफल गर्नुपर्ने औल्याउनु भयो । उहाँले राज्यले कानुन मार्फत सबै क्षेत्र र व्यवसायलाई व्यवस्थित गर्नुपर्नेमा जोड दिदै त्यस्ता कानुन बनाउन आफु सक्रिय रहने प्रतिवद्धता व्यक्त गर्नुभयो । कार्यक्रममा बागमती प्रदेशसभा सदस्य डा. राजेन्द्रमान श्रेष्ठले कुनैपनि मानवीय स्वास्थ्य, गुणस्तरीय खाना र सुरक्षाका सवालमा पार्टी प्यालेस व्यवसायीहरु जवाफदेही हुनु पर्नेमा जोड दिदै यो व्यबसायमा देखिएका समस्यालाई समाधानमा केन्द्रीत हुनुपर्ने बताउनु भयो । बागमती प्रदेशसभाका अर्का सदस्य सुरेश श्रेष्ठले क्याटरिङ र पार्टी प्यालेस व्यवसायले उपभोक्ताको विश्वास जितनु पर्नेमा जोड दिदै यहाँ भित्रका विकृति विसंगतीप्रति उपभोक्ताहरुको गुनासो बढेको बताउनु भयो । उहाँले व्यवसायीका समस्या समाधान गर्न निरन्तर छलफल र बहश हुनुपर्नेमा जोड दिँदैं त्यसका लागि सहकार्य गर्न प्रतिवद्ध रहेको बताउनुभयो । कार्यक्रममा नेपाल राष्ट्रिय पार्टी प्यालेस तथा क्याटरिङ व्यवसायी महासंघका केन्द्रीय अध्यक्ष लिलाबहादुर जिसिले हजारौं दक्ष अर्धदक्ष जनशक्तिलाई रोजगारी प्रदान गर्दै आएको क्याटरिङ व्यवसाय कोभिडको महामारीले थिलथिलो बनाएको बताउँदैं त्यसलाई माथि उकास्न सरकारले व्याज दरमा सहुलियत दिनुपर्नेमा जोड दिनु भएको थियो । भक्तपुर चेम्बर अफ कमर्शका अध्यक्ष न्हुँछेरत्न मानन्धरले चेम्बर र भक्तपुर क्याटरिङ तथा पार्टी प्यालेस व्यवसायी संघको सहकार्यमा कोभिड १९ को महामारीमा विभिन्न गतिविधि सञ्चालन गरेको स्मरण गर्नु भयो । कार्यक्रममा संघका अध्यक्ष एवं कार्यक्रमका सभापति सचिन्द्र श्रेष्ठले पार्टी प्यालेस तथा क्याटरिङ व्यवसायीको समस्यालाई सामुहिक रुपमा समाधान गर्न संघ प्रतिबद्ध रहेको बताउदै उपभोक्ताको मन जितेर अगाडि बढेर जानु पर्नेमा जोड दिनु भयो । संघका सचिव राजेन्द्र देउजाले यो व्यवसायमा अस्वस्त प्रतिस्पर्धा रहेकाले यसलाई त्याग्नु पर्नेमा जोड दिदै यो व्यवसाय हस्पिटालिटीसँग जोडिएको र मानिसको स्वास्थ्यसँग सम्बन्धित रहेकाले गुणस्तरीयता, फुड एण्ड हाइजेनिकतामा सम्झौता गर्न नहुने औल्याउनु भयो । संघका उपाध्यक्षमा शान्तराम साँगाछेंले धन्यवाद मन्तव्य व्यक्त गर्नु भएको कार्यक्रममा नवनिर्वाचित संघीय सांसद दुर्लभ थापा, प्रदेश सांसद डा. राजेन्द्रमान श्रेष्ठ, सुरेश श्रेष्ठलाई दोसल्ला र भादगाउँले टोपीले सम्मान गरिएको थियो । संघका सल्लाहका नानीबाबु थापालाई दोसल्ला ओढाएर सम्मान पत्रका साथ कार्यक्रममा सांसद थापाले सम्मान गर्नु भएको थियो भने संघमा आबद्ध भएका नयाँ सदस्यहरुलाई प्रमाण पत्र प्रदान गरिएको थियो । संघमा नयाँ कार्यससिति चयन : त्यसैगरि संघको चौंथो अधिवेशनले पुनः सचिन्द्र श्रेष्ठको अध्यक्षमा नयाँ कार्यसमिति चयन गरेको छ । आगामी कार्यकालका लागि संघको उपाध्यक्षमा शान्तराम साँगाछें, सचिवमा राजेन्द्र देउजा, कोषाध्यक्षमा श्यामसुन्दर श्रेष्ठ, सहसचिवमा कृष्ण सदन चौगुठी सर्वसम्मतले चयन हुनु भएको छ । संघका सदस्यहरुमा इश्वर श्रेष्ठ, इन्द्रभक्त श्रेष्ठ, मोहनलाल श्रेष्ठ, विष्णु थापा, भक्तलाल श्रेष्ठ, पुरुषोत्तम श्रेष्ठ सर्वसम्मतले चयन हुनु भएको छ । निर्वाचन कमिटिको संयोजक धर्मरत्न खाईतुले जिम्मेवारी निर्वाह गर्नु भएको थियो । निर्वाचित सबै पदाधिकारीलाई सांसद थापाले प्रमाणपत्र प्रदान गर्नुभयो । --- # संसदमा बजेटमाथि छलफल : खाद्य संकटका लागि बजेट खै ?-एमाले महासचिव पौडेल Source: https://newskunda.com/archives/1063 Category: FEATURED NEWS, राजनीति, समाचार, समाज Last updated: 2022-05-31 काठमाडौं, १७ जेठ । वर्तमान सरकारले ल्याएको बजेटमा सम्भावित खाद्य संकट समाधानमा कुनै चासो नदेखाइएको प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले निचोड निकालेको छ । मंगलबार प्रतिनिधि सभा बैठकमा बोल्दै पूर्वअर्थमन्त्रीसमेत रहेका एमाले सांसद विष्णु पौडेलले सम्भावित खाद्य संकटको विषयमा बजेटमा मौनता साधिएको बताए । “दुनियाले खाद्य सुरक्षाका लागि कदम चालिरहेको छ । भारतले गहुँ, चामल, चिनीजस्ता खाद्य सामाग्री निर्यात रोकेको छ । तर, सरकारलाई सम्भावित खाद्य संकटसम्बन्धी कुनै चासो छैन,” उनले भने, “महत्त्वपूर्ण बजेटमा सम्भावित खाद्य संकटलाई सम्बोधन भएन । जुन् खाद्य संकटलाई दुनियाँले महसुस गरेको छ । विश्व खाद्य संगठन लगायतले यसले सिर्जना गर्ने चुनौतीको बारेमा सबैलाई सजग गराइसकेका छन् । तर, हामी सम्भावित खाद्य संकटको बारेमा मौन छौँ चुप छौँ ।” --- # संसदमा महेश बस्नेतले भने : ‘एम.अधिकारी खोज्नेहरू हो, पहिले एस. देउवा, जे. शर्मा र पी. दाहाल खोज्नुस्’ Source: https://newskunda.com/archives/1501 Category: FEATURED NEWS, राजनीति, समाचार, समाज Last updated: 2022-07-21 काठमाडौं, ५ साउन । नेकपा एमालेका सांसद महेश बस्नेतले एम अधिकारीको खोज्नेहरुलाई पहिला पहिले एस. देउवा, जे. शर्मा र पी. दाहाल खोजेर कारबाही गर्न माग गर्नु भएको छ । आज प्रतिनिधि सभा बैठकमा बोल्दै उहाँले एस देउवा, पी दाहाल र आर देउवा राणालाई कारवाही गर्न माग गर्नु भएको हो । संसदमा उहाँले भन्नुभयो, ‘केही साथीहरु एमाले अर्थ विभागका सदस्य एम. अधिकारी खोजी गरिरहेका छन् । देशी विदेशी शक्ति गुहारेर राष्ट्रपति र प्रधानमन्त्री पालैपालो बनेर राज्यको दोहन गरेर परिवार लाद्ने नेता एस. देउवा, माओवादी नेता पी. दाहाल र आर राणा देउवा खोजेर कारवाही गर्नुपर्ने हैन र ?’ संसलमा उहाँले भन्नुभयो, ‘बजेटमा रातारात सेटिङ गरेर कर र भन्सारको दरमा फेरबदल गरेर सीसीटीभी लगायतका प्रमाणहरु नष्ट गर्ने, ६ अर्बभन्दा बढी कमिसन गढबढी गर्ने माओवादी नेता जे शर्मालाई खोजेर कारवाही गर्नुपर्ने हैन र ? पेट्रोलियम पदार्थको आपूर्तिमा गडबढी गर्ने काँग्रेस नेता डी बढुलाई कारवाही गर्नुपर्ने हैन र ? मल अभाव र पुस्तक अभाव गराई किसान र विद्यार्थीमाथि खेलवाड गर्ने एम यादव र डी पौडेलहरुलाई कारवाही गर्नुपर्ने हैन र ?’ थोरै समयकाबीच उहाँले संसदमा भन्नुभयो, ‘प्रधानन्यायाधीशलाई महाभियोग लगाई प्रक्रिया अवरुद्ध गरेर कामु खाइरहेका डी कार्कीहरूलाई कारवाही गर्नु पर्दैन र ? एमसीसी पास गरेर व्याख्यात्मक टिप्पणी गर्ने एसपीपी सम्झौता गरेर मुलुकलाई महाशक्ति राष्ट्रको सैन्य रणनीतिको अंशियार बनाउने एस देउवा र एन खड्का लगायतलाई कारवाही गर्नुपर्ने हैन र ?’ एमालेको अर्थ तथा योजना विभागका सदस्य एम. अधिकारी को हुन् भन्ने विषयमा संसद्मा दिनदिनै सांसदहरूबीच सवालजवाफ भइरहे पछि आज सांसद महेश बस्नेतले सबैलाई एकै पटक जवाफ फर्काएका छन् । एमालेका सांसदहरूले एम. अधिकारीको विषय उठाउन आवश्यक नभएको भनिरहेका बेला सत्तारुढ दलका कोही न कोही सांसदले दिनदिनै प्रश्न उठाइरहे पछि सांसद बस्नेतले कडा जवाफ फर्काएको हुन् । एमाले अर्थ विभागका सदस्य एम. अधिकारी नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी हुन् भन्ने आरोप लागिरहेको, एमाले र अधिकारीले भने उक्त कुरा अस्वीकार गर्दै आएका छन् । --- # संस्कार गुरुकुलको आयोजनामा सम्पन्न नेसनल प्याव्सनको हिज्जे प्रतियोगितामा इडेन गार्डेन प्रथम Source: https://newskunda.com/archives/4001 Category: FEATURED NEWS, शिक्षा, समाचार, समाज Last updated: 2026-08-09 भक्तपुर, २४ साउन । नेसनल प्याव्सन भक्तपुरको बोर्ड कार्यक्रम अंग्रेजी हिज्जे प्रतियोगिता बोडे भक्तपुरमा रहेको संस्कार गुरूकूलको आयोजनामा सम्पन्न भएको छ । संस्कार गुरूकूलको प्रागंणमा सम्पन्न उक्त हिज्जे प्रतियोगिताको प्रथम स्थान ईडेन गार्डेन स्कुल, द्धितीय स्थान मदरल्याण्ड स्कुल, तृतीय स्थान यूनिटी स्कुल र सान्त्वना स्थान क्वालिटी स्कुलले प्राप्त गर्न सफल भएका थिए । नेसनल प्याव्सन भक्तपुरका अध्यक्ष संजय खड्काको प्रमुख आतिथ्यतामा सम्पन्न अंग्रेजी हिज्जे प्रतियोगिताको सभाध्यक्ष एवं संस्कार गुरूकूलका प्रिन्सिपल अमन हितागंले विद्यार्थीको क्षमता अभिवृद्धि गर्ने यस्तो कार्यक्रम आयोजना गर्ने अवसर प्रदान गरेकोमा नेसनल प्याव्सन भक्तपुरलाई आभार व्यक्त गर्नु भएको थियो । कार्यक्रममा नेसनल प्याव्सनका सल्लाहकार जिबी खड्काले विजेता विद्यार्थीहरुलाई पुरस्कार वितरण गर्दै शुभकामना व्यक्त गर्नु भएको थियो । --- # सहकारी संस्था धेरै खोल्ने भन्दा सक्षम र शेयर सदस्यको हितमा काम गर्ने सहकारी बनाउन प्रदेश सरकारले प्राथमिकता दिन्छ : मुख्यमन्त्री किरण थापा मगर Source: https://newskunda.com/archives/4532 Category: FEATURED NEWS, अर्थ, राजनीति, समाचार, समाज Last updated: 2026-10-01 हेटौडा, १४ असोज । वागमती प्रदेशको मुख्यमन्त्री किरण थापा मगरले सहकारी संस्था धेरै खोल्ने भन्दा सक्षम र शेयर सदस्यको हितमा काम गर्ने सहकारी बनाउन प्रदेश सरकारले प्राथमिकता दिने बताउनु भएको छ । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संस्था ( नेफ्स्कून) ले आज चितवनमा आयोजना गरेको राष्ट्रिय भेलामा सम्बोधन गर्दै उहाँले केही सहकारी संस्थामा देखिएका विकृतिलाई आधार बनाएर सम्पूर्ण सहकारी अभियानलाई एउटै दृष्टिले हेर्न नमिल्ने उहाँले बताउनुभयो । सहकारीको अवधारणा आफैँमा महत्वपूर्ण आर्थिक–सामाजिक अवधारणा भएको भन्दै उहाँले समस्या जहाँ छ, त्यहाँ सुधार गर्नुपर्छ; कमजोरी जहाँ छ, त्यहाँ नियमन गरेर सुशासन बलियो बनाउनु पर्ने बताउनुभयो । मुख्यमन्त्री थापाले भन्नुभयो, “सरकार सहकारीको दैनिक कारोबार चलाउने संस्था होइन तर आवश्यक कानुनी व्यवस्था गर्ने, नियमनलाई प्रभावकारी बनाउने, संस्थागत क्षमता विकासमा सहयोग गर्ने र सहकारी क्षेत्रलाई सुरक्षित तथा व्यवस्थित रूपमा सञ्चालन हुने वातावरण बनाउने जिम्मेवारी सरकारको हो । संघ, प्रदेश र स्थानीय तहबीच समन्वय गरेर सहकारी क्षेत्रका समस्या समाधान गर्नुपर्ने आवश्यकता छ ।” मुख्यमन्त्री थापाले भन्नुभयो, “सहकारी ऐनले बचत तथा ऋणको कारोबार गर्ने सहकारीका लागि व्यवस्था गरेको मापदण्ड र निर्देशनलाई व्यवहारमा कसरी प्रभावकारी रूपमा कार्यान्वयन गर्ने भन्ने विषयमा साझा धारणा निर्माण गर्नुपर्ने आजको आवश्यकता छ । नियम बनाउनु मात्र पर्याप्त हुँदैन; त्यसको व्यवहारिक कार्यान्वयन, संस्थाको क्षमता र सदस्यहरुबीच सन्तुलन पनि कायम गर्नुपर्छ ।” उहाँले सदस्यको बचत सुरक्षित हुने, संस्थाको कारोबार पारदर्शी हुने, सञ्चालक उत्तरदायी हुने, व्यवस्थापन व्यावसायिक हुने र सदस्यले आफ्नो संस्थाको वास्तविक वित्तीय अवस्था बुझ्न सक्ने वातावरण निर्माण गर्न सके सहकारीले अवश्य पनि आर्थिकरुपमा जीवनस्तर उकास्न मद्दत पुग्ने बताउनुभयो । उहाँले भन्नुभयो, “म विशेषगरी नेफ्स्कूनलाई आग्रह गर्न चाहन्छु नियमन र मापदण्डको कुरा गर्दा समस्या परेका संस्थालाई मात्र हेर्ने होइन, समस्या आउन नदिने प्रणाली विकास गर्नेतर्फ पनि ध्यान दिनुपर्छ । जोखिम पहिचान, वित्तीय अनुशासन, संस्थागत सुशासन, सञ्चालक तथा कर्मचारीको क्षमता विकास, प्रविधिको प्रयोग र सदस्यको वित्तीय साक्षरता जस्ता विषयमा नेफ्स्कूनले अझ प्रभावकारी भूमिका निर्वाह गर्न सक्छ । सहकारी संस्थाहरुमा देखिएका समस्याहरुलाई छाता संगठनका रुपमा रहेको नैफ्स्कुनले समाधान गर्ने एवम् समस्या आउन नदिने बाटोतर्फ लाग्नुपर्दछ ।” सहकारीको मर्म भनेको सामूहिकता हो, सहकार्य हो, पारस्परिक विश्वास हो भन्दै उहाँले एउटा व्यक्तिको पूँजीले गर्न नसक्ने काम धेरै मानिसको सानो–सानो पूँजी एकत्रित गरेर गर्न सकिन्छ भन्ने मान्यताबाट सहकारी जन्मिएको बताउनुभयो । सहकारी संस्था सदस्यको बचत संकलन गर्ने र ऋण दिने ठाउँ मात्र नभई यो सदस्यको आर्थिक सुरक्षा, सामाजिक सम्बन्ध र सामूहिक समृद्धिसँग जोडिएको संस्था भएको बताउनुभयो । पछिल्ला दिनमा सहकारी क्षेत्रमा केही गम्भीर प्रश्नहरू उठेको सन्दर्भ कोट्याउँदै उहाँले केही संस्थामा देखिएका वित्तीय अपचलन, अनुशासनका समस्या, बचतकर्ताको रकम परिचालनमा देखिएको कमजोरी, ऋण लगानीमा पारदर्शिताको अभाव, सञ्चालक र व्यवस्थापनबीचको स्वार्थको द्वन्द्व, शेयर सदस्यलाई पर्याप्त सूचना नदिने प्रवृत्तिले समग्र सहकारी अभियानप्रतिको विश्वासमा असर पर्न थालेको बताउनुभयो । अहिले वागमती प्रदेशमा आएको प्राकृतिक महाविपत्तिको पीडालाई बिर्सन नसकिने बताउदै मुख्यमन्त्री थापाले भन्नुभयो, “भोटेकोशीमा आएको बाढीले जनधनमा पु¥याएको क्षतिले हामीलाई विपद्को समयमा राज्य र समाजका सबै संस्थाहरूको भूमिका कति महत्वपूर्ण हुन्छ भन्ने सम्झाएको छ । विपद् आउँदा सबैभन्दा पहिले प्रभावित हुने मानिस सामान्य नागरिक नै हो । घर जान्छ, व्यवसाय जान्छ, आम्दानी रोकिन्छ र उसले लिएको ऋण तिर्ने क्षमतासमेत प्रभावित हुन सक्छ भने ब्यक्तिको ज्यान पनि जान्छ । यस्तो अवस्थामा सहकारीले आफ्नो सदस्यलाई केवल ‘ऋणी’ को रूपमा मात्र नहेरी संकटमा परेको सदस्य र परिवारको एक हिस्सा हो भन्ने भावनाबाट हेर्नुपर्छ । विपद् प्रभावित सदस्यका लागि आवश्यकताअनुसार ऋण पुनर्संरचना, भुक्तानीमा सहजीकरण, वित्तीय परामर्श तथा सम्भव सहयोगका उपायहरूबारे सहकारी क्षेत्रले सोच्नुपर्छ ।” महाविपत्तिमा नेफ्स्कूनको भूमिका अझ महत्वपूर्ण हुन्छ भन्दै उहाँले एउटा संस्था आफैँले समस्या समाधान गर्न नसक्ने अवस्थामा सहकारीको छाता संस्थाले समन्वय, प्राविधिक सहयोग, जोखिम व्यवस्थापन र आवश्यक सहजीकरण गर्न सक्ने व्यवस्था विकास गर्नुपर्ने बताउनुभयो । विपद्का कारण समस्यामा परेका परिवारलाई राज्यका निकायसँगै समाजका सबै जिम्मेवार संस्थाहरूले आ–आफ्नो ठाउँबाट सहयोग गर्नुपर्ने बताउदै उहाँले सहकारी क्षेत्रले पनि आफ्नो सामाजिक उत्तरदायित्वलाई व्यवहारमा उतार्ने यो एउटा महत्वपूर्ण अवसर भएको र आफूले सकेको सहयोग पनि सहकारी क्षेत्रले गर्न आव्हान गर्नुभयो । सहकारी संस्थाहरूले पनि आफ्ना सदस्यलाई विपद् तथा संकटबाट सुरक्षित राख्ने आन्तरिक प्रणाली निर्माण गर्नुर्नेमा जोड दिनुभयो । सहकारीको पूँजी कहाँ परिचालन भइरहेको छ ? बचत संकलन गरेर सीमित व्यक्ति वा सीमित क्षेत्रमा अत्यधिक जोखिम लिएर लगानी गर्ने होइन भन्दै उहाँले सहकारीको पूँजी सदस्यको आय र उत्पादन बढाउने क्षेत्रमा जानुपर्ने बताउनुभयो । कृषि, पर्यटन, साना तथा मझौला व्यवसाय, स्थानीय उत्पादन, उद्यमशीलता र रोजगारी सिर्जनासँग सहकारीको सम्बन्ध बलियो बनाउन आवश्यक रहेको उहाँले बताउनुभयो । सहकारीलाई राजनीतिक, व्यक्तिगत वा सीमित समूहको स्वार्थभन्दा माथि उठाएर सदस्यको हित र संस्थाको दीर्घकालीन स्थायित्वसँग जोड्नु पर्ने बताउदै उहाँले सहकारीको वास्तविक पूँजी केवल पैसा नभई सदस्यको विश्वास भएको बताउनुभयो । पैसा फेरि कमाउन सकिन्छ, तर एकपटक गुमेको विश्वास पुनः स्थापित गर्न धेरै कठिन हुन्छ भन्दै उहाँले सहकारीमा पारदर्शिता बढाउने, वित्तीय अनुशासन कायम गर्ने, जोखिम व्यवस्थापन बलियो बनाउने, सदस्यको सहभागिता सुनिश्चित गर्ने, सञ्चालक र व्यवस्थापनको क्षमता बढाउने र सहकारीको पूँजीलाई उत्पादन तथा रोजगारीसँग जोड्ने कार्य निरन्तर गर्नुपर्ने बताउनुभयो । --- # सहमहामन्त्री शाह भन्नुहुन्छ : सुनुयोजित रुपमा फसाइयो, तत्काल रिहा गर Source: https://newskunda.com/archives/1102 Category: FEATURED NEWS, राजनीति, समाचार Last updated: 2022-06-03 भक्तपुर, २० जेठ : राष्ट्रिय प्रजातन्त्र पार्टी भक्तपुरले जग्गा कारोबार किर्ते अभियोगमा पक्राउ परेका आफ्ना नेतालाई तत्काल रिहाई गर्न माग गरेको छ । रफत सञ्चार क्लब भक्तपुरमा आज राप्रपा भक्तपुर जिल्ला समितिले आयोजना गरेको पत्रकार सम्मेलनमा आफ्ना नेता कार्यकर्तालाई सुनुयोजित रुपमा फसाइ नियम विपरित मुद्धा लगाएर थुनामा राखेको भन्दै तत्काल रिहा गर्न माग गरेको हो । काठमाडौैं उपत्यका अपराध अनुसन्धान कार्यालयले यही जेठ १३ गते सरकारी जग्गा समेत बैना गरी ठगी गरेको अभियोगमा राप्रपा जिल्ला कोषाध्यक्ष चाँगुनारायण नगरपालिका–७ निवासी ७२ वर्षीय केशवप्रसाद अधिकारी र भक्तपुर नगरपालिका–८ बस्ने ५८ वर्षीय ईश्वर गाइजुलाई पक्राउ गरेको थियो । कित्ता नम्बर ३९९ क्षेत्रफल (०–४–०–०) सरकारी जग्गा सहित बैनाबापत पाँच करोड २० लाख रुपैयाँ पीडितबाट ठगी गरेको अभियोगमा प्रहरीले पक्राउ गरेको थियो । सोही घट्नामा राप्रपाबाटै हालै सम्पन्न स्थानीय तहको निर्वाचनमा चाँगुनारायण नगरपालिका—७ का निर्वाचित वडाध्यक्ष श्यामकृष्ण नायजूसहित ६ जनालाई प्रहरीले पक्राउ पूर्जी जारी गरेको थियो । वडाध्यक्ष नायजू भने अहिले पनि फरार छन् । पत्रकार सम्मेलनमा राप्रपाका सहमहामन्त्री रबिन्द्रप्रताप शाहले चुनाव सकिए पछि राप्रपाको जनलहर देखेर आत्तिएकाहरुले राप्रपा बिरुद्ध षडयन्त्र गर्दै सुनुयोजित रुपमा फसाएको आरोप लगाउनु भयो । देवयानी मुद्धा चलिरहेको यस घट्नामा नियम विपरित दबाब र प्रभाबमा परेर प्रहरीले पक्राउ गरि मुद्धा चलाएको आरोप लगाउदै उहाँले २०७७ चैत ३० गते खोटाङको बुइपा—३ का धनिराम राई र रुपसुन्दर चामलिङलाई बैना गरेको उक्त जग्गा २०७८ पुस २३ गते मात्र नेपाल सरकारको नाउँमा कायम भएको अबस्थामा पनि प्रहरीले सत्य तथ्य अनुसन्धान नगरी पक्राउ गरेको उहाँले जिकिर गर्नु भयो । पत्रकार सम्मेलनमा राप्रपाका जिल्ला अध्यक्ष रामशरण लामिछानेले जग्गा लेनदेनसम्बन्धी जाहेरीवाला धनिराम राईसमेत र पक्राउ परेका अधिकारीको बीचमा भएको सम्झौता अनुसार छ महिनाको भाखा राखेर २०७७ चैत ३० गते उक्त जग्गा खरिद बिक्रीको लागि बैनापट्टा गरिए पनि २०७८ पुस ३० गतेको अबस्थालाई जोडेर मुद्धा दर्ता गरि राप्रपाका नेता कार्यकर्ता पक्राउ गर्नु वदनियतपूर्ण भएको आरोप लगाउनु भयो । जग्गा बैना तीन वर्ष अगाडि नै गरिए पनि बैना वापत राईसमेतले दिएको रकमको चेक बाउन्स भएपनि पक्राउ परेका अधिकारीसमेतले प्रहरीमा उजुरी नगरी सहमतीमै समस्या सुल्झाउन खोज्दा उल्दै राईको समूहले अधिकारीलाई झूटो उजुरी दिएर पक्राउ गर्न लगाएको अध्यक्ष लामिछानेको दाबी छ । उहाँले तत्काल पक्राउ परेका अधिकारी र गाईजूलाई रिहा गरि सत्य तथ्य छानबिन गर्न पत्रकार स्म्मेलनमा माग गर्नु भयो । --- # साइकल कनेक्ट भक्तपुरले आयोजना गरेको ‘तेश्रो कोरा भक्तपुर साइकलिङ च्यालेन्ज–२०८०’ शुभारम्भ Source: https://newskunda.com/archives/2830 Category: FEATURED NEWS, अर्थ, मनोरञ्जन, राजनीति, समाचार, समाज Last updated: 2023-07-15 भक्तपुर, ३० असार : भक्तपुरलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय साइकलिङ गन्तव्य बनाउने उदेश्यले भक्तपुरमा आज बिहान ६ बजे १०० किलोमिटर लामो ‘तेश्रो कोरा भक्तपुर साइकलिङ च्यालेन्ज–२०२३’ सुरु भएको छ । साइकल कनेक्ट भक्तपुरले आयोजना गरेको ‘तेश्रो कोरा भक्तपुर साइकलिङ च्यालेन्ज–२०८०’ को बिहान ६ बजे भक्तपुरको ऐतिहासिक एवं सम्पदास्थल दरबारस्क्वायरमा वागमति प्रदेशसभाका सदस्य सुरेन्द्रराज गोसाईले रिबन काटेर उद्घाटन गरि शुभारम्भ गर्नु भएको हो । उहाँले विगत तीनवर्षदेखि सफलतापूर्वक निरन्तर रुपमा सञ्चालन हुदै आएको कोरा भक्तपुर साइकलिङ च्यालेन्जले नेपाललाई विश्वमा चिनाउन मद्धत गर्नुका साथै नेपालको पर्यटकीय विकासमा ठूलो टेवा पुर्याउने बताउनु भयो । यो च्यालेन्जले साईकल यात्रीहरुलाई प्रोत्साहन दिने मात्रै नभई यहाँको सुन्दर प्राकृतिक सौन्दर्यतालाई नियाल्दै ग्रामिण पर्यटकीय प्रबद्र्धनमा समेत टेवा पुर्याएको चर्चा गर्नुभयो । साइकल कनेक्ट भक्तपुरका संस्थापक अध्यक्ष एवं कार्यक्रमका संयोजक सुमित बालाले यसवर्ष ६०० भन्दा बढी साइकल यात्रीको सहभागिता रहने बताउनु भयो । उहाँले भक्तपुरका साइकलप्रेमीहरूको टीम साइकल कनेक्ट भक्तपुरले भक्तपुरलाई साइकलिङ गन्तव्य बनाउन र टर्की र सिरियाको भूकम्प पीडितलाई सहयोग गर्ने लक्ष्यका साथ यो कार्यक्रम आयोजना गरेको बताउनु भयो । भक्तपुर तथा काभ्रेपलाञ्चोकलाई छुदै अधिकांश भक्तपुरका पर्यटकीय क्षेत्रको दृश्यावलोकन गरि यहाँको सौन्दर्यतालाई स्पर्श गर्दै साइकलबाटै २१०० मिटर उचाईसम्म १०० किलोमिटरको यात्रा आज एकैदिनमा सक्ने उहाँले बताउनुभयो । साइकल यात्रा बिहान ६ बजे भक्तपुरको दरबार स्क्वायरबाट सुरू भएर सिद्धपोखरी, सल्लाघारी, नयाँ ठिमी, बहाखा बजार, बोडे, निलबाराही, वेशीगाउँ, दुवाकोट, चाँगुनारायणसम्म पुगिसकेको छ । यो यात्रा त्रिशूल डाँडा, तेलकोट, नगरकोट, थाकलमाथ, खावा, नाला गुम्बा, भंगाल, लटरम्बेश्वर, साँगा, खाल्चोक, आशापुरी, रानीकोट, गुण्डु, गाम्चा, बिरुवा, सिरुटार, बालकोट, लोकन्थली, कौशलटार, सानोथिमि, सल्लाघारीहुँदै पुनः भक्तपुर दरबार क्षेत्रमा साँझ ७ बजे समापन गर्दै मनोरञ्जनात्मक कार्यक्रमसमेतको आयोजना गरिने संयोजक बालाले बताउनु भयो । कार्यक्रममा कोरा मास्टर सुनिल ख्याजुले भक्तपुर कोरा २०२३ नाम दिइएको यस कार्यक्रममा साइकलबाट ५०, ७५ र १०० किलोमिटरका तीनवटा रूटमा यात्रा हुने जानकारी बताउनु भयो । च्यालेन्जमा महिला ५० जनासहित करिब ६०० जना भनदा बढीको सहभागिता रहेको उहाँले बताउनुभयो । साइकल कनेक्ट भक्तपुरका अध्यक्ष निर्जला कोजूले च्यालेन्जमा भक्तपुर, काठमाडौँ, ललितपुर, बनेपा, पनौति, पोखरा, तनहुँ, धरान, भैरहवा, सुर्खेत, नेपालगञ्ज, बिरगञ्ज, चितवन, नवलरासी, बुटवललगायतका शहरहरूबाट साइकलयात्रामा सहभागी रहने भएको बताउनु भयो । विदेशबाट अमेरिका र यूरोपियन राष्ट्रका विदेशी सुाइकल यात्रीहरुको समेत सहभागिता रहेको बताउदै उहाँले आज साँझ कार्यक्रमको समापनमा ५०, ७५ र १०० किलोमिटरको च्यालेन्ज पुरा गर्ने सहभागिलाई मेडल वितरण गरिने बताउनु भयो । उत्साहजनक सहभागिका साथ च्यालेन्ज सुरु भएको बताउदै उहाँले बिहानको पौने आठ बजे साइकल यात्रा चाँगुनारायण पुगिसकेको र १० बजे नगरकोट पुग्ने बताउनुभयो । --- # साउदीमा ड्रोन आक्रमण हुँदा एक नेपालीको मृत्यु Source: https://newskunda.com/archives/5019 Category: FEATURED NEWS, अर्थ, राजनीति, समाचार Last updated: 2026-10-22 काठमाण्डौं,५ कात्तिक । साउदी अरेबियाको सेबा आयल फिल्डमा भएको ड्रोन आक्रमणमा परी एक नेपालीको मृत्यु भएको छ। साउदी अरामकोको तेल उत्पादन तथा प्रशोधन केन्द्रलाई लक्षित गरी बुधबार गरिएको उक्त आक्रमणमा एक नेपाली र एक फिलिपिनो नागरिकको ज्यान गएको हो। घटनामा एक भारतीय र एक पाकिस्तानी नागरिक घाइते भएका छन्। साउदी ऊर्जा मन्त्रालयका अनुसार, आक्रमणका लागि आएको ड्रोनलाई साउदी वायु रक्षा प्रणालीले आकाशमै नष्ट गरेको थियो। तर, त्यसको भग्नावशेष तल खस्दा आयल फिल्डको परिसरबाहिर रहेको ठेकेदारको गाडीमा आगो लागेको थियो, जसमा परी ती कामदारहरूको मृत्यु भएको हो। यस घटनाप्रति नेपालको परराष्ट्र मन्त्रालयले गहिरो दुःख व्यक्त गर्दै आक्रमणको निन्दा गरेको छ। मन्त्रालयले बिहीबार जारी गरेको सन्देशमा मृतक नेपाली नागरिकप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेको छ। साथै, घटनामा घाइते भएका सबैको शीघ्र स्वास्थ्य लाभको कामनासमेत गरेको छ। मन्त्रालयले सर्वसाधारण नागरिक र महत्त्वपूर्ण पूर्वाधारहरूलाई लक्षित गरी हुने सबै प्रकारका आक्रमणहरूको स्पष्ट रूपमा भर्त्सना गरेको छ। आफ्नो सैद्धान्तिक अडानलाई पुनः पुष्टि गर्दै मन्त्रालयले भनेको छ, ‘नेपाल सधैँ संवाद, वार्ता र कूटनीतिक संलग्नतासहितका माध्यमबाट विवादहरूको शान्तिपूर्ण समाधान गर्न निरन्तर आह्वान गर्दछ।‘ पछिल्ला केही हप्तायता यमनका इरान समर्थित हुथी विद्रोहीहरूले साउदी अरेबियाका विमानस्थल र ऊर्जा पूर्वाधारहरूलाई लक्षित गरी शृङ्खलाबद्ध आक्रमणहरू गर्दै आएका छन्। --- # साउन १५ : दूधको माग उच्च Source: https://newskunda.com/archives/1600 Category: FEATURED NEWS, समाचार, समाज Last updated: 2022-07-31 काठमाडौँ, १५ साउन : आज साउन १५ गते खीर खाने परम्पराका कारण मुलुकभर दूधको उच्च माग भएको छ । आज करिब ५० लाख लिटर दूध खपत भएको छ । मुलुकमा दूधको उत्पादनअनुसार माग धेरै भएको अवस्थामा आज झन् धेरै माग भएको हो । नेपाल डेरी एसोसिएशनका अध्यक्ष प्रह्लाद दाहालका अनुसार साउन १५ गते खीर खाने दिनका लागि बजारको मागअनुसार पु¥याउनका लागि दुग्ध उद्योगहरुलाई धेरै गाह्रो भएको थियो । उहाँले अन्य दुग्ध पदार्थ उत्पादन नगरी आजको दिन दूधको माग धान्नुपर्ने बाध्यता रहेको बताउनुभयो । एसोसिएशनले साउन १५ मा ‘खीर खाऔँ, आफ्नो परम्परा जोगाऔँ’ नाराका साथ देशभर सबैलाई खीर खान आह्वान गर्दै सबै प्रदेशहरुमा खीर खुवाउने कार्यक्रम भएको थियो थियो । केन्द्रीयस्तरको कार्यक्रममा कृषि तथा पशुपन्छी विकासमन्त्री मृगेन्द्रकुमार सिंह यादव, मन्त्रालयका सचिव दीपककुमार खराल लगायतको उपस्थिति रहेको थियो । --- # साउन १५ खिर खाएर मनाइँदै Source: https://newskunda.com/archives/1613 Category: FEATURED NEWS, समाचार, समाज Last updated: 2022-07-31 काठमाडौँ, १५ साउन : साउन १५ गते आज नेपालीले खिर खाएर मनाउँदै छन् । वर्षा ऋतुका बेला असार १५ गते दही च्युरा र साउन १५ मा खिर खाने प्राचीन कालदेखिको नेपाली परम्परा छ । साउने झरी पर्ने बेलामा तातो खिरले स्वास्थ्यलाई फाइदा गर्ने भएकाले खिर खाने गरिएको हो । दूधमा मरमसलालगायत चीजबीज हालेर बनाइने खिरले स्वास्थ्यमा राम्रो गर्ने भएकाले यसको परम्परा बसेको विश्वास गरिन्छ । संस्कृत भाषामा पायस भनिने खिर सात्विक आहारमध्येमा उत्तम मानिने भएकाले पितृ एवं देवकार्यमा पनि महत्वपूर्ण वस्तुका रुपमा वैदिक शास्त्रमा वर्णन गरिएको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका पूर्व अध्यक्ष प्रा डा रामचन्द्र गौतम बताउनुहुन्छ । साउनमा गाउँघरमा पनि खेतीपातीको काम सकिन्छ । हरियाली बढी हुने भएकाले घाँस बढी पाइन्छ । धेरै घाँस पाइने बेलामा गाई, भैँसीले पनि धेरै दूध दिन्छन् । इष्टमित्र र चेलीबेटीलाई घरमा बोलाएर खिर खाने चलन चलेको हो । साउन भगवान् शिवको महिना हो । शिवलाई दूध र दूधमा बनेका परिकार मनपर्ने भएकाले खिरलगायत मिठाइ विधिपूर्वक चढाइन्छ । यसैले गर्दा साउनको मध्य पारेर खिर खाने प्रचलन चलेको हुनसक्ने धर्मशास्त्रविद् गौतम बताउनुहुन्छ । तर यसको कुनै शास्त्रीय वचन भने छैन । ऋषिमुनिको पालादेखि नै श्राद्धलगायत पितृ कार्यमा निमन्त्रणा गरिएका ब्राह्मणलाई पायस अर्थात् खिर खुवाउने गरिएको थियो । अहिले पनि वैदिक सनातन धर्मावलम्बीले श्राद्धका दिन अनिवार्य रुपमा गाईको दूधमा पायस अर्थात् खिर बनाउँछन् । चामल, सावधाना, सेवई, मकै, गाजरलगायतको खिर बनाउने गरिन्छ । सावधानालाई फलफूलकै वर्गमा राखिन्छ । यसैगरी साउन महिनामा हरियो मकै धेरै पाइने भएकाले मकैको खिरसमेत बनाएर खाने चलन छ । खिर खाँदा देवतालाई चढाएर खानुपर्छ भन्ने धार्मिक विश्वास रही आएको छ । नेपाली वृहत् शब्दकोशले ‘दूधमा पकाइएको भात, दूधमा चामल, चिनी, मसला आदि हाली पकाइएको स्वादिष्ठ खाद्य पदार्थ, पायस, तस्मै’ भनी खिरलाई परिभाषित गरेको छ । नेपाली समाजमा असार १५ गते दही च्यूरा, साउन १५ गते खिर, भदौ १५ गते पोलेको मकै, पुस १५ गते घिउ खट्टे, माघ १५ गते मालपुवालगायत चीजबीज बनाएर इष्टमित्र एवं छोरीचेलीलाई बोलाएर खुवाउने र आफू पनि खाने लौकिक चलन रहिआएको छ । दूधबाट बनेको खिरले मानव शरीरमा रोग प्रतिरोधी क्षमता विकास गर्ने राष्ट्रिय दुग्ध विकास बोर्डले जनाएको छ । बोर्डको २०७७ फागुन १५ गते बसेको बैठकले साउन १५ लाई खिर खाने दिन अर्थात् खिर दिवसका रुपमा मनाउने निर्णय गरेको थियो । नेपालको खाद्य नियमावली अनुसार मानक प्रशोधित दूधमा हुने तीन प्रतिशत चिल्लो, ४.७ प्रतिशत ल्याक्टोज र ३.५ प्रतिशत प्रोटिनको गणना गर्दा प्रति १०० ग्राम प्रशोधित दूधबाट ६० प्रतिशत क्यालोरी शक्ति प्राप्त हुन्छ । --- # सात खेलाडी सम्मानित Source: https://newskunda.com/archives/1643 Category: FEATURED NEWS, खेलकुद, समाचार Last updated: 2022-08-04 काठमाडौँ, १९ साउन : खेलकुद क्षेत्रमा योगदान पु¥याएबापत सात खेलाडी ‘हाम्रो खेलकुद सर्वकालीन सम्मान’ बाट सम्मानित हुनुभएको छ । हाम्रो खेलकुद डट कमको आफ्नो सातौँ वार्षिकोत्सवका अवसरमा आज यहाँ आयोजित एक कार्यक्रममा खेल क्षेत्रमा आआफ्नो समयमा महत्वपूर्ण योगदान गर्नुभएका धावक जीतबहादुर केसी र धावक वैकुण्ठ मानन्धर, फुटबलका राजुकाजी शाक्य, ओलम्पियन तेक्वान्दोकी सङ्गिना वैद्य, तेक्वान्दोकै दीपक विष्ट, क्रिकेटका पूर्वकप्तान पारस खड्का र पौडीकी गौरिका सिंह सर्वकालीन सम्मानबाट सम्मानित हुनुभयो । सम्मानित खेलाडीले जनही रु २५ हजारसहित सम्मानपत्र प्राप्त गर्नुभयो । सम्मानित व्यक्तित्वलाई सांसद गगन थापा, राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव टङ्कलाल घिसिङ, नेपाल ओलम्पिक कमिटीका महासचिव नीलेन्द्रराज श्रेष्ठ, काभ्रे बेथानचोक गाउँपालिकाका निवर्तमान अध्यक्ष प्रेमबहादुर तिमिल्सिना, नेपाल खेलकुद पत्रकार मञ्चका अध्यक्ष दुर्गानाथ सुवेदी र नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी सङ्घका अध्यक्ष दीपक श्रेष्ठलगायतले पुरस्कार प्रदान गर्नुभयो । जीतबहादुर केसी (एथलेटिक्स) केसीले झण्डै पाँच दशकअघि एशियन एथलेटिक्स च्याम्पियनसिपमा कास्यपदक हात पार्नुभएको थियो । फिलिपिन्समा भएको च्याम्पियनसिपको म्याराथनमा केसीले दुई घण्टा ३५ मिनेट ३८ सेकेन्डमा पूरा गर्दै तेस्रो स्थान हासिल गर्नुभएको थियो । उहाँले जित्नुभएको नेपालको त्यो नै पहिलो अन्तराष्ट्रिय पदक हो । वैकुण्ठ मानन्धर (एथलेटिक्स) सन् १९८४ मा सुरु भएको सागमा मानन्धरले लगातार तीन संस्करणमा म्याराथनमा स्वर्ण पदक जित्नुभएको थियो । सागमा स्वर्ण पदकमा ह्याट्रिक गर्ने उहाँ नै पहिलो नेपाली हुनुहुन्छ । सन् १९८७ मा भएको तेस्रो सागमा उहाँले म्याराथनमा कीर्तिमान रच्नुभएको थियो । त्यतिबेलाको उहाँको दुई घण्टा १५ मिनेट ०३ सेकेन्डको कीर्तिमान अहिलेसम्म भङ्ग हुन सकेको छैन । राजुकाजी शाक्य (फुटबल) सागको पहिलो संस्करण सन् १९८४ र छैटौँ १९९३ मा फुटबलतर्फ स्वर्ण जित्दा शाक्य टोलीका महत्वपूर्ण सदस्य हुनुहुन्थ्यो । छैटौँ संस्करणमा नेपाली फुटबलले स्वर्ण भित्र्याउँदा उहाँ टोलीको कप्तान हुनुहुन्थ्यो । प्रशिक्षकका रुपमा सन् २०१६ मा भारतमा भएको सागको १२औँ संस्करणमा २३ वर्ष मुनिको फुटबल टोलीलाई उहाँले स्वर्ण दिलाउनुभएको थियो । सङ्गिना वैद्य (तेक्वान्दो) विश्व खेलकुदको महाकुम्भ ओलम्पिकमा सन् १९६० देखि नेपाली खेलाडीले सहभागिता जनाउन सुरु गरे पनि सङ्गिनाले २००४ को एथेन्स ओलम्पिकका लागि छनोट चरण पार गर्नुभएको थियो । स्वदेशमा आयोजना भएको १९९९ को आठौँ र २००४ को नवौँ सागमा स्वर्णपदक जित्नुभएको थियो । उहाँ तेक्वान्दोकी एशियन च्याम्पियन पनि हुनुहुन्छ । दीपक विष्ट (तेक्वान्दो) दीपकले स्वदेशमा सन् १९९९ मा आयोजना भएको आठौँ सागदेखि लगातार चार संस्करणमा तेक्वान्दोतर्फ स्वर्ण जित्नुभएको थियो । त्यस्तै उहाँले सन् २००२ र २००६ मा एशियाली खेलकुदमा कास्य जित्नुभएको थियो । छनोट चरण पार गरेर ओलम्पिकमा सहभागिता जनाउने दोस्रो खेलाडीका रुपमा पनि उहाँले बेजिङ ओलम्पिक २००८ खेल्नुभएको थियो । पारस खड्का (क्रिकेट) पारस नेपाली क्रिकेट इतिहासका सफल कप्तान र खेलाडी हुनुहुन्छ । नेपालले अहिलेसम्म खेलेको एकमात्र टी–२० विश्वकप सन् २० १४ खेल्दा होस् वा सन् २०१८ मा एकदिवसीय मान्यता प्राप्त गर्दा होस् दुवैमा पारस नै टोलीको कप्तान हुनुहुन्थ्यो । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) को पहिलो उपाधि डिभिजन पाँच हुँदै चार र तीनको उपाधि उहाँकै नेतृत्वमा नेपालले जितेको थियो । गौरिका सिंह (पौडी) तीन वर्षअघि नैपालमा नै भएको १३औँ सागमा गौरिकाले चार स्वर्ण पदकसहित नौ पदक जित्नुभएको थियो । सागको पौडीतर्फ व्यक्तिगत स्पर्धामा स्वर्ण जित्ने उहाँ पहिलो नेपाली खेलाडी बन्नुभएको थियो । --- # सात राजदूतको सपथ Source: https://newskunda.com/archives/1417 Category: FEATURED NEWS, राजनीति, समाचार Last updated: 2022-07-15 काठमाडौँ, ३१ असार : राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष नवनियुक्त नेपाली राजदूतहरूले राष्ट्रपतिको कार्यालय, महाराजगञ्जमा आज आयोजित एक समारोहबीच पद तथा गोपनीयताको शपथ लिनुभएको छ । उक्त अवसरमा परराष्ट्रमन्त्री डा नारायण खड्कालगायत नेपाल सरकारका उच्च पदस्थ अधिकारीसमेतको उपस्थिति थियो । शपथ लिने राजदूतहरुमा तीर्थराज वाग्ले (बहराइन), डोरनाथ अर्याल (ओमान), नवराज सुवेदी (साउदी अरेबिया), बासुदेव मिश्र (श्रीलङ्का), भरतकुमार रेग्मी (अष्ट्रिया) तथा संयुक्त राष्ट्रसङ्घ कार्यालय, भियनाका लागि नेपालको स्थायी प्रतिनिधि, सुशीलकुमार लम्साल (इजिप्ट) र घनश्याम भण्डारी (बङ्गलादेश) हुनुहुन्छ । --- # सातवटै प्रदेशमा विद्यालय तहका पाठ्यपुस्तक छपाइ सुरु गरिने Source: https://newskunda.com/archives/1310 Category: FEATURED NEWS, राजनीति, समाचार, समाज Last updated: 2022-06-14 काठमाडौँ, ३१ जेठ : नेपाल सरकारले यसै वर्षदेखि लागि सातवटै प्रदेशस्तरमा विद्यालय तहका पाठ्यपुस्तक छपाइ सुरु गर्ने भएको छ । स्थानीय तहको निर्वाचनको मतपत्र छपाइ र कागज अभावका कारण यस शैक्षिकसत्रका लागि निःशुल्क पाठ्यपुस्तक छपाइ तथा वितरण पर्याप्त हुन नसकेको सन्दर्भमा पाठ्यपुस्तक पुग्न नसकी पढाइमा सहजताका लागि सामग्री उपलब्ध गराउने गरी सरकारले वैकल्पिक व्यवस्था पनि गर्दै आएको छ । शैक्षिक सत्र २०७९ मा विद्यार्थीका लागि निःशुल्क पाठ्यपुस्तक व्यवस्थापन गर्न कक्षा १ देखि १२ सम्मको सरकारी स्वामित्वको पाठ्यपुस्तक जनक शिक्षा सामग्री केन्द्र लिमिटेडबाट छपाइ तथा वितरण हुने व्यवस्था भए तापनि कक्षा १–३ को पाठ्यपुस्तक निजी प्रकाशनबाट र कक्षा ११–१२ को साझा प्रकाशनमार्फतसमेत छपाइ तथा वितरण हुने व्यवस्था मिलाइएको छ । केन्द्रबाट कक्षा ४–१० सम्मका विद्यार्थीका लागि जम्मा एक करोड ९६ लाख थान पाठ्यपुस्तक छपाइ गरी वितरण गर्नुपर्नेमा हालसम्म एक करोड ७० लाख थान छपाइ तथा वितरण भइसकेको छ भने बाँकी छपाइ सम्पन्न हुने क्रममा रहेको छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयक, २०७९ अन्तर्गतको छलफलका क्रममा सांसद्हरुले राखेका जिज्ञाशामाथि जवाफ दिँदै कोभिड–१९ का कारणबाट शैक्षिक सत्र २०७८ मा विद्यालय लामो समय बन्द रहेका र विद्यार्थीको पढाइमा पुगेको क्षति कम गरी उक्त सत्रमा हुनुपर्ने पढाइलाई पूरा गर्न शैक्षिक सत्र २०७९ असार पहिलो साताबाट हुने भनिएको र सोही अनुसार छपाइका पूर्व तयारी भएको अवस्थामा सरकारबाट जेठ १ बाट नयाँ शैक्षिक सत्र सुरु गर्ने निर्णय हुँदा एक महिना अघि शैक्षिक सत्र सुरु भएको तथा रुस र युक्रेन युद्धका कारण कागज आपूर्तिमासमेत प्रभाव पर्दा छपाइमा केही ढिलाइ हुन गए तापनि मन्त्रालयको नियमित अनुगमन तथा निर्देशनका कारण पुस्तक छपाइ नियमित रुपमा हुन सकेको अवगत गराउनुभयो । अपेक्षाअनुसार भएन शिक्षा बजेट शिक्षामन्त्री पौडेलले शिक्षा क्षेत्रमा अपेक्षाअनुसार बजेट विनियोजन नभए पनि अन्य मन्त्रालयको तुलनामा सबैभन्दा बढी रकम शिक्षा मन्त्रालयका लागि विनियोजन भएको बताउनुभयो । मन्त्री पौडेलले बजेट बढाउन आफूले सक्दो कोसिस गरेको र सांसदहरुले पनि त्यसमा चासो दिएकामा धन्यवाद दिनुभयो । उहाँले बजेट तर्जुमाका क्रममा मन्त्रालयलाई चालु आर्थिक वर्षकै निरन्तरताका आधारमा बजेट सीमा प्राप्त भएकामा आफूहरुले आपत्ति जनाएर राष्ट्रिय योजना आयोग र अर्थ मन्त्रालयमा गम्भीररुपमा छलफल गरेको अवगत गराउँदै सरकारको नीति तथा कार्यक्रममा कक्षा ८ सम्मका विद्यार्थीका लागि दिवा खाजा दिइने भनिएकामा बजेट वक्तव्यमा कक्षा ६ सम्मका मात्रै भनिएकाले त्यसलाई कक्षा ८ सम्ममै खाजा उपलब्ध गराउन अझै पहल गरिने विश्वास व्यक्त गर्नुभयो । आर्थिक वर्ष २०७९÷८० का लागि सरकारको कूल बजेट रु १७ खर्ब ९३ अर्ब ८३ करोडमध्ये शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयबाट कार्यान्वयन हुने नेपाल सरकार, प्रदेश र स्थानीय तहका लागि जम्मा रु एक खर्ब ९६ अर्ब ३८ करोड छुट्याइएको छ । यो वर्ष कूल विनियोजनको १० दशमलव ९५ प्रतिशत शिक्षामा छुट्टा्यइएको छ । शिक्षा, विज्ञान तथा प्रविधि क्षेत्रको बजेटमध्ये एक खर्ब २१ अर्ब १ करोड (६१दशमलव ६२ प्रतिशत) अन्तर सरकारी वित्तीय हस्तान्तरणमार्फत स्थानीय तहमा शैक्षिक व्यवस्थापनका लागि सोझै विनियजित भई जान्छ । प्रदेश तहमा प्रमुखरुपमा प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम सञ्चालन र विद्यालय शिक्षक तालिम कार्यक्रमका लागि जम्मा रु पाँच अर्ब ३२ करोड (२ दशमलव ७१ प्रतिशत) सोझै विनियोजित भई जान्छ । मन्त्रालय तहमा जम्मा ७० अर्ब पाँच करोड बजेट (३५ दशमलव ६७ प्रतिशत) विनियोजन भएको छ । मन्त्रालयमा विनियोजन भएको बजेटमध्ये राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम, माध्यमिक तहका विद्यार्थीका लागि सीपमूलक तालिम तथा कक्षा ६ का विद्यार्थीका लागि दिवाखाजा कार्यक्रम आदिका लागि झण्डै रु ११ अर्ब स्थानीय तहमा हस्तान्तरण हुने व्यवस्था रहेको छ । मन्त्री पौडेलले भन्नुभयो, “सरकारले शिक्षामा विनियोजन गरेको बजेट पर्याप्त नभए पनि चालु आर्थिक वर्षकोभन्दा केही वृद्धि भएको छ । शिक्षाको बजेट र सुधारका बारेमा सांसदहरुले राख्नुभएका चासो प्रति म सहमत छु । शिक्षामा सबै एकै पक्ष छौँ । कोही पक्ष विपक्ष छैनौँ ।” सार्वजनिक शिक्षाको सुदृढीकरणका लागि प्रतिबद्ध उहाँले सार्वजनिक शिक्षाको सुदृढीकरणका लागि नेपाल सरकार प्रतिबद्ध रहेको र नीति तथा बजेट र कार्यक्रममा विद्यालय शिक्षा, प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम र सीप विकास र उच्च शिक्षा सुधारमा जोड दिइएको बताउँदै विद्यालय शिक्षा सुदृढीकरणका लागि विद्यालय शिक्षा क्षेत्र योजना, उच्च शिक्षामा सुधारका लागि उच्च शिक्षामा उत्कृष्टता प्रवर्धन कार्यक्रम तथा प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम सुधारका लागि सीप विकास कार्यक्रम कार्यान्वयनमा जोड दिइएको जानकारी दिनुभयो । उहाँले आगामी तीन वर्षमा सबै सामुदायिक विद्यालयको न्यूनतम भौतिक पूर्वाधार विकास गर्न कार्यक्रम तय गरिएको छ । भूकम्प प्रभावित ३२ जिल्लामा विद्यालय पुनः निर्माण कार्य सम्पन्न गरिनेछ । बाँकी ४५ जिल्ला लक्षित गरी राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमबाट विद्यालय भौतिक निर्माण कार्य सञ्चालन गरिनेछ । उच्च शिक्षा प्रदायक त्रिचन्द्र कलेजलगायतका आंगिक क्याम्पसको भौतिक निर्माणकार्य सुरु गरिने जानकारी दिनुभयो । शैक्षिक गुणस्तर अभिवृद्धिका लागि सबै माध्यमिक विद्यालयमा विज्ञान प्रयोगशाला विस्तार तथा सुदृढीकरण, सूचना प्रविधि प्रयोगाशाला स्थापना तथा शिक्षण सिकाइमा सूचना प्रविधिको प्रयोग, विद्यालयमा विषयगत शिक्षकको सुनिश्चितताका लागि गणित, विज्ञान तथा अंग्रेजी विषय शिक्षकको व्यवस्था गर्न कार्यक्रम प्रस्ताव गरिएको जानकारी दिँदै उहाँले शिक्षकको पेशागत सीप र क्षमता विकासका लागि भर्चुअल विधिसमेत प्रयोग गरी शिक्षक तालिम कार्यक्रम सञ्चालन, शिक्षक दरबन्दी मिलान कार्य सम्पन्न, प्रदेश शिक्षा तालिम केन्द्रमा डिजिटल सिकाइ केन्द्र स्थापना तथा सञ्चालन र डिजिटल सिकाइ सामग्रीको उत्पादन, आवश्यकताका आधारमा पाठ्यपुस्तकमा सामयिक परिमार्जन तथा अद्यावधिकरण, नमूना तथा उत्कृष्ट विद्यालय विकास तथा सञ्चालन, उत्कृष्ट नतिजा हासिल गर्ने विद्यालयलाई प्रोत्साहनलगायतका कार्यक्रम सञ्चालन गरिने बताउनुभयो । “विद्यालयको भौतिक पूर्वाधार विकास नभइ गुणस्तरीय शिक्षाको वातावरण निर्माण गर्न कठिन हुन्छ । शैक्षिक तथ्याङ्कका आधारमा अझै पनि २८ हजार भवन निर्माण गर्न आवश्यक रहेको छ । विद्यालय पुनःनिर्माण कार्यक्रमबाट सात हजार ५८३ विद्यालयको निर्माणकार्य सम्पन्न भएको छ । राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमबाट तीन हजार ९८२ विद्यालय भवन निर्माण भएका छन् । आगामी तीन वर्षभित्र अन्य विद्यालय निर्माण, सवलीकरण तथा पुनःनिर्माण गर्ने कार्यलाई प्राथमिकतामा राखिएको छ”, मन्त्री पौडेलले भन्नुभयो । उहाँले शिक्षा मुलुक विकासको पूर्वाधारको पनि पूर्वाधार भएकाले सबै नागरिकलाई गुणस्तरीय, सीपमूलक तथा व्यावहारिक शिक्षाको प्रत्याभूति नगरी देशका लागि आवश्यक जनशक्ति आपूर्ति हुन नसक्ने बताउनुभयो । उहाँले भन्नुभयो “विद्यालय शिक्षालाई गुणस्तरयुक्त बनाउने, प्राविधिक शिक्षाको पहुँच विस्तार तथा सुदृढीकरण र उच्च शिक्षालाई अनुसन्धानमूलक बनाउने कार्यमा मन्त्रालय प्राथमिकताका साथ लागिरहेको छ । शैक्षिक सुधारका लागि उपलब्ध बजेटको उच्चतम् उपयोग गर्ने प्रयास गरिएको छ । शिक्षा सुधारका लागि बजेट वृद्धि गर्दै लैजाने प्रतिबद्धता व्यक्त गर्दछौँ ।” सरकारले बालविकास शिक्षक, प्रत्येक सामुदायिक विद्यालयमा एक एकजना विद्यालय सहयोगी कर्मचारी र प्रत्येक माध्यमिक विद्यालयमा थप एक सहायक कर्मचारी गरी ३६ हजार कर्मचारी व्यवस्था गर्न एकमुष्ठ अनुदान उपलब्ध गराउँदै आएको छ । चालू आव २०७८÷७९ मा सङ्घीय सरकारबाट रु ८ हजार र स्थानीय तहबाट रु सात हजार गरी न्यूनतम मासिक १५ हजार उपलब्ध हुने व्यवस्था गरिएको छ । बालविकास शिक्षकको हकमा सङ्घीय सरकारबाट रु दुई हजार थप गरी १० हजार उपलब्ध गराउन बजेट व्यवस्था गरिएको छ । हाल विद्यालयमा कार्यरत पूर्व प्राथमिक शिक्षक, कर्मचारीको विवरण अध्यावधिक गरी कर्मचारी व्यवस्थापनको सेवा शर्त निर्धारणका लागि कार्य अघि बढाइएको छ । सेवा शर्त निर्धारण भए पश्चात सोही अनुरुप कर्मचारीको तलब निर्धारण हुनेगरी अर्थ मन्त्रालयसँग समन्वय गरी आवश्यक व्यवस्था मिलाइनेछ । शैक्षिक गुणस्तर सुधारलगायत शैक्षिक विकासका लागि प्रस्तावित कार्यक्रम सार्वजनिक विद्यालय सुदृढीकरणका लागि लक्षित रहेका छन् । विद्यालय भौतिक पूर्वाधार विकास, शिक्षक तालिम, राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम, विभिन्न प्रकारका प्रयोगशालाको स्थापना, शिक्षण सिकाइमा सूचना प्रविधिको उपयोग, विद्यालय व्यवस्थापन समिति तथा अभिभावकको क्षमता विकासका कार्यक्रम समेटी विद्यालय शिक्षा क्षेत्र योजना कार्यान्वयनमा ल्याइएको छ । साथै उच्च शिक्षामा सुधारका लागि उच्च शिक्षामा उत्कृष्टता प्रवर्दन कार्यक्रम सञ्चालनमा ल्याइएको छ । उच्च शिक्षामा गुणस्तर कायम गर्न त्रिविविलाई उत्कृष्टता केन्द्रको रुपमा विकास गर्न कार्यक्रम प्रस्ताव गरिएको छ साथै विश्वविद्यालय तथा क्याम्पसको भौतिक तथा शैक्षिक पूर्वाधारका कार्यक्रम प्रस्ताव गरिएको छ । बजेटमा विद्यालय शिक्षामा छात्रा, दलित, अपाङ्गता भएका विद्यार्थी तथा लक्षित समूहका लागि आवासीय तथा गैर आवासीय छात्रवृत्तिको व्यवस्था, विद्यालय दिवाखाजा कार्यक्रम, निःशुल्क पाठ्यपुस्तकको व्यवस्था, छात्राका लागि सेनेटरी प्याड आदिको व्यवस्था गरिएको छ । उच्च शिक्षामा पिछडिएको समुदायका विद्यार्थीका लागि छात्रवृत्ति, चिकित्सा तथा प्राविधिक शिक्षा अध्ययनका लागि छात्रवृत्तिलगायतका कार्यक्रम प्रस्ताव गरिएका छन् । विशेष आवश्यकता भएका विद्यार्थीका लागि आवासीय विद्यालय सञ्चालन, आवासीय विद्यालय स्थापना तथा सञ्चालन, ब्रेल पाठ्यपुस्तकलगायत सिकाइ र सहयोगी सामग्रीको व्यवस्थाका लागि कार्यक्रम सञ्चालन गरिने भनिएको छ । सबै स्थानीय तहमा प्राविधिक तथा व्यावसायिक शिक्षाको पहुँच सुनिश्चतता, सिक्दै कमाउँदै कार्यक्रम विस्तार, व्यावसायिक तालिमको अवसर वृद्धि गरी शिक्षालाई रोजगारमूलक र व्यावसायिक बनाउन जोड दिइएको छ । सञ्चालनमा रहेका विश्वविद्यालयको पूर्वाधार विकास तथा शैक्षिक कार्यक्रम सञ्चालन गरी उच्च शिक्षा सुधार गर्ने लक्ष्य रहेको छ । आंगिक क्याम्पसको भौतिक सुधार त्रिभुवन विश्वविद्यालयअन्तर्गतका आंगिक क्याम्पसको भौतिक पूर्वाधार विकास, शिक्षण सिकाइमा शैक्षिक प्रविधिको प्रयोग र शिक्षण सिकाइलाई अनुसन्धानमुखी बनाउन त्रिभुवन विश्वविद्यालयलाइ उत्कृष्टताको केन्द्र बनाउन कार्यक्रम तय गरिएका छन् । चिकित्सा शिक्षा अध्ययनको अवसर विस्तारका लागि नयाँ मेडिकल कलेज विकासका लागि कार्यक्रम सञ्चालनमा ल्याएको छ । त्रिभुवन विश्वविद्यालयका अनुसन्धान केन्द्र (सेडा, सेरिड, सिनास, रिकास्ट)लगायत अन्य विश्वविद्यालयका अनुसन्धान केन्द्रहमार्फत हुने अन्वेषण तथा अनुसन्धान कार्य गर्ने तय गरिएको छ । मन्त्री पौडेलले शैक्षिक मुद्दाहरुको समाधानका लागि वार्ता र संवादबाट समाधान गर्न सकिने भएकाले अबदेखि विश्वविद्यालयमा कुनै पनि तालाबन्दी र हड्ताल नगर्न पनि आह्वान गर्नुभयो । सङ्घीय शिक्षा ऐन र शिक्षक दरबन्दी व्यवस्थापन मन्त्री पौडेलले सङ्घीय शिक्षा ऐन (विद्यालय शिक्षा, उच्च शिक्षा, प्राविधिक तथा व्यावसायिक शिक्षा, राष्ट्रिय योग्यता प्रारुप र एकीकृत स्वास्थ्य शिक्षासम्बन्धी)को मस्यौदा तयार भइसकेको र सहमतिका लागि कानुन, न्याय तथा संसदीय व्यवस्था मन्त्रालय र अर्थ मन्त्रालयसँग आवश्यक छलफल भइरहेको जानकारी दिनुभयो भने शिक्षक दरबन्दी मिलान प्रतिवेदनका अनुसार प्रत्येक सामुदायिक विद्यालयमा न्यूनतम शिक्षक सुनिश्चित गर्नका लागि ५३ हजार शिक्षक दरबन्दी थप गर्नुपर्ने अवस्था रहेको बताउनुभयो । उक्त प्रतिवेदन अनसार १२ हजार ८३५ शिक्षकको स्थान्तरण गरी मिलान गर्नुपर्ने हुन्छ । सो सङ्ख्यामध्ये नौ हजार ४९६ शिक्षक सम्बन्धित स्थानीय तहभित्र नै मिलान हुने एवं तीन हजार ३३९ शिक्षकको जिल्लान्तर सरुवाबाट मिलान हुनेपर्ने अवस्था छ । स्थानीय तहभित्रनै मिलान हुनुपर्ने सङ्ख्यामध्ये आठ हजार ५०० शिक्षकको मिलान सम्पन्न भइसकेको छ र बाँकी ९९६ जना शिक्षकको मिलान चालु शैक्षिक सत्रमा नै मिलान गरिसक्ने लक्ष्य रहेको छ । जिल्लान्तर सरुवाबाट मिलान हुनुपर्ने सङ्ख्यामध्ये एक हजार ४८६ जनाको जिल्लान्तर सरुवाबाट मिलान सम्पन्न भइसकेको छ भने बाँकी सङ्ख्या यसै शैक्षिक सत्रभित्र सम्पन्न गर्ने लक्ष्य रहेको छ । न्यून रहेको शिक्षक दरबन्दी आपूर्तिका लागि यसै वर्ष माध्यमिक तहमा गणित, विज्ञान र अङ्ग्रेजी विषयका चार हजार ७५० जना र आधारभूत तह कक्षा ६–८ मा २६०० जना गरी सात हजार ३५० जना शिक्षक व्यवस्थाका लागि बजेट व्यवस्था गरिएको छ । उक्त सङ्ख्याका अतिरिक्त प्राविधिक विषयमा स्नातक तथा स्नातकोत्तर तहमा अध्ययन गरेका विद्यार्थीलाई इन्टर्नका रुपमा परिचालन गर्न बजेट व्यवस्था गरिएको छ । --- # सातौं भक्तपुर औद्योगिक, साँस्कृतिक, पर्यटन तथा व्यापार महोत्सवमा तीन लाखको अवलोकन Source: https://newskunda.com/archives/2769 Category: FEATURED NEWS, अर्थ, समाचार, समाज Last updated: 2023-04-16 औद्योगिक शान्ति नेपाल संस्था, मध्यपुर ब्वाईज व्याण्डकोे आयोजना तथा भक्तपुर जिल्ला खेलकुद विकाश समितिको **सहयोगमा चैत २३ गतेदेखि सुरु भएको महोत्सवमा ११ दिनमा बिभिन्न जिल्लाबाट आउनु भएका तीन लाखभन्दा बढी उपभोक्ताले महोत्सवको अवलोकन गर्नु भएकोे संस्थाका अध्यक्ष सन्दिप महतले जानकारी दिनुभयो । बैशाख १ गते एकै दिन करिब ५० हजार, बैशाख २ गते एकैदिन २५ हजारभन्दा बढीले महोत्सवको अवलोकन गर्नु भएको उहाँले जानकारी दिनुभयो ।** ==================================================== भक्तपुर, ३ बैशाख : भक्तपुरको प्रसिद्ध बिस्केट जात्रा तथा नयाँवर्ष २०८० को अवसरमा भक्तपुरको सल्लाघारीस्थित नेपाल ट्रष्टको ९९ रोपनी क्षेत्रफलमा आयोजना गरेको ११ दिने ‘सातौं भक्तपुर औद्योगिक, साँस्कृतिक, पर्यटन तथा व्यापार महोत्सव–२०७९÷८०’ मा आज अन्तिम दिनसम्म तीन लाख भन्दा बढीले अवलोकन गरेका छन् । औद्योगिक शान्ति नेपाल संस्था, मध्यपुर ब्वाईज व्याण्डकोे आयोजना तथा भक्तपुर जिल्ला खेलकुद विकाश समितिको सहयोगमा चैत २३ गतेदेखि सुरु भएको महोत्सवमा ११ दिनमा बिभिन्न जिल्लाबाट आउनु भएका तीन लाखभन्दा बढी उपभोक्ताले महोत्सवको अवलोकन गर्नु भएकोे संस्थाका अध्यक्ष सन्दिप महतले जानकारी दिनुभयो । बैशाख १ गते एकै दिन करिब ५० हजार, बैशाख २ गते एकैदिन २५ हजारभन्दा बढीले महोत्सवको अवलोकन गर्नु भएको उहाँले जानकारी दिनुभयो । संस्थाका अध्यक्ष महतले भन्नुभयो, “यो महोत्सव व्यापार गरेर नाफा बमाउनका लागि गरेका होइनौ, यो महोत्सवरमा सबै वर्गका उपभोक्ताको सहज पहुाच पुर्याएर दैनिक उपभोग्य सामानदेखि बिभिनन सामानहरु सस्तो र सुलभ रुपमा बिक्री गरेर सेवा गर्नुनै मूल उदेश्य हो, त्यसैले यहाँ रहेका बिभिन्न सामानका २०० वटा स्टलबाट बजारमा पाइने प्रत्येक सामानहरु २० देखि ५० प्रतिनशतसम्म छुट दिएर सस्तोमा सामान उपलब्ध गराउनु र अवलोकनमा आएका मानिसलाई दैनिक बिभिन्न चर्चित कलाकारहरुबाट प्रस्तुत गरिएका सांगीतिक प्रस्तुतीबाट मनोरञ्जन प्रदान गरेका छौँ ।” महोत्सवमा मानवीय जीवनमा दैनिक उपभोग हुने खाद्यान्न, बिभिन्न ब्राण्डका लत्ताकपडा, कृषि तथा हस्तकला, भाँडाकुडा, इलेक्ट्रिक तथा इलेक्ट्रोनिक्स, अटोमोवाईल, विभिन्न ब्राण्डका मोवाईल, सवारी साधन, खेलौना, सौन्दर्य, राष्ट्रिय तथा स्थानीय खाना महोत्सवलगायतका सामाग्रीहरु रहेका थिए । यसवर्ष बिभिन्न व्यक्तित्वहरुलाई नगदसहितको पुरस्कार एवं सम्मान समेत गरिएको छ । महोत्सवमा भक्तपुर, काभ्रे, ललितपुर र काठमाडौं जिल्लामा बसोबास गर्दै आउनु भएका बिभिन्न जिल्लाका उपभोक्ताहरुको आकर्षण दैनिक उपभोग्य सामाग्री, भाडाकुडा र लत्ताकपडामा रहेको छ । अध्यक्ष महतले भन्नुभयो, “बालबालिकाको आकर्षण बिभिन्न मनोरञ्नात्मक खेलहरुमा रहयो, युवाहरुको आकर्षण दैनिक चर्चित कलाकारहरुको म्युजिकल एवं मनोरञ्नात्मक कार्यक्रममा रहयो । गृहणी तथा पाका उमेरकाको आकर्षण दैनिक उपभोग्य सामान र लत्रा कपडामा रहेको छ । महोत्सवले सबै वर्गका मानिसको आवश्यकतालाई एकै थलोबाट पूरा गर्न र बालबालिकादेखि सबै उमेरका व्यक्तिलाई फरक फरक मनोरञ्जन प्रदान गर्न महोत्सव सफल रहयो ।” #### दैनिक सांगीतिक प्रस्तुती तथा बाल उद्यान : महोत्सवमा बालबालिकालाई लक्षित गरि बाल उद्यान, रोटेपिङ्ग, मारुती सर्कस, कोलम्बस, जादु, बिभिन्न खेल सामाग्रीका साथै दर्जनौं राष्ट्रिय स्तरका कलाकारहरुको सांगीतिक प्रस्तुती एवं हाँस्यव्यङ्यसहितका मनोरञ्जनात्मक प्रस्तुती रहने गरेको महोत्सवमा संयोजक एवं जिल्ला खेलकुद विकास समिति भक्तपुरका अध्यक्ष थापाले जानकारी दिनुभयो । महोत्सवमा हरेक दिन बिभिन्न सांगीतिक व्याण्डको प्रस्तुति, नृत्य प्रतियोगिता, बि–बोईङ र चर्चित गायक गायिकाको प्रस्तुती दैनिक रहेको उहाँले बताउनु भयो । महोत्सवमा भक्तपुरका मौलिक उत्पादन, काष्टकला, माटोको भाडा, पर्यटन प्रवर्दन गर्ने स्टलहरु निःशुल्क रार्खिको थियो । संयोजक थापाले बैशाख ४ गते भोली महोत्सवस्थलमा नेपालका चर्चित गायक गायिका तथा ब्याण्डको विशेष साँस्कृतिक प्रस्तुती रहने बताउनु भयो । --- # सामाजिक कार्यमा सूर्यविनायक नगरपालिका, नगर प्रमुखले गरेँ जगाती प्रहरीलाई भ्यान हस्तान्तरण Source: https://newskunda.com/archives/3459 Category: FEATURED NEWS, राजनीति, समाचार, समाज Last updated: 2026-03-12 भक्तपुर, २८ फागुन : सूर्यविनायक नगरपालिकाले प्रहरी बृत्त जगातीका लागि ४२ लाख ९० हजारमा खरिद गरेको प्रहरीको गाडी हस्तान्तरण गरेको छ । आज नगरपालिकामा आयोजना गरेको गाडी हस्तान्तरण कार्यक्रममा नगर प्रमुख वासुदेव थापाले जिल्ला प्रहरी परिसर भक्तपुरका प्रमुख एवं प्रहरी उपरीक्षक सूर्यबहादुर खड्कालाई गाडीको साँचो, ब्लूबुक तथा सम्पूर्ण कागजपत्रसहित गाडी हस्तान्तरण गर्नु भएको हो । नगर प्रमुख थापाले जेनजी आन्दोलनमा क्रममा प्रहरी बृत्त जगातीको भवन पूर्ण रुपमा क्षति भएको अबस्थामा भवन पुर्ननिर्माणका लागि नगरपालिकाले नगद रु. १५ लाख प्रदान गरेको बताउदै आज प्रहरीका लागि गाडी हस्तान्तरण गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “जनताको सुरक्षाका लागि अहोरात्र खटिने प्रहरीको भवनसंगै सबै गाडीहरु जलेकाले अहिले गस्तीका लागि समेत सेवा प्रवाहमा समस्या आएपछि नगरपालिकाले गाडी किनेर हस्तान्तरण गरेका छौं, जनताको सुरक्षाका लागि यो गाडी प्रयोग हुनेछ ।” कार्यक्रममा भक्तपुरका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले प्रहरीको भवनदेखि सवारीसाधनमा समेत क्षति पुगेको अबस्थामा स्थानीय सरकारले गरेको सहयोगले प्रहरीलाई सेवा प्रवाहमा ठूलो सहयोग पुगेको बताउनुभयो । कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत युवराज आचार्यले नगरपालिकाको कार्यपालिका बैठकले बजेट पारित गरी भ्याट सहित कूल रु. ४२ लाख ९० हजारमा खरिद गरेको गाडी आज प्रहरीलाई हस्तान्तरण गरेको बताउनुभयो । प्रहरी उपरीक्षक खड्काले आजैबाट जनसेवाका नगरपालिकाले हस्तान्तरण गरेको गाडी प्रयोगमा आने बताउनुभयो । कार्यक्रममा सूर्यविनायक नगरपालिका वडा अध्यक्षहरु सानुकाजी कायस्थ, प्रदीप कार्की, लक्षुराम न्यौपाने, रबिन्द्र सापकोटा, पुष्पराज बस्नेत, शिवराम राउत, कार्यपालिका सदस्य तारा सापकोटा, शर्मिला बस्नेत, सुमन परियारलगायतले नगरपालिकाले सामाजिक क्षेत्रमा आफ्नो दासयत्व बहन गर्दै आएको र त्यसको ज्वलन्त उदाहरण प्रहरीलाई गाडी हस्तान्तरण भएको बताउनुभयो । --- # सामुदायिक विद्यालयको जग्गा संरक्षण अभियान : दुई महिनाभित्र विवरण पठाउन शिक्षा विभागको निर्देशन Source: https://newskunda.com/archives/5541 Category: FEATURED NEWS, शिक्षा Last updated: 2026-11-07 **काठमाडौं ।** शिक्षा विभागले देशभरका सामुदायिक विद्यालयको जग्गा संरक्षण तथा व्यवस्थापनलाई अभियानका रूपमा अघि बढाउने भएको छ। यसका लागि विभागले सबै शिक्षा विकास तथा समन्वय एकाइलाई पत्राचार गर्दै विद्यालयले भोगचलन गर्दै आएका सम्पूर्ण जग्गाको विवरण अद्यावधिक गरी एकीकृत शैक्षिक सूचना व्यवस्थापन प्रणाली (इमिस) मा प्रविष्ट गर्न निर्देशन दिएको छ। विभागका अनुसार विद्यालयको नाममा जग्गाधनी प्रमाणपत्र भएको, सरकारी जग्गा भोगचलनको अनुमति प्राप्त भएको वा नभएको, सार्वजनिक तथा सामुदायिक निस्सा भएको, भाडामा लिएको वा दिएको तथा ऐलानी र पर्ती जग्गासमेतको विवरण संकलन गरिनेछ। विद्यालयहरूले इमिसको ‘स्कुल प्रोफाइल’ अन्तर्गत ‘म्यानेजमेन्ट एण्ड अदर्स’ मा गएर जग्गाको स्वामित्व, क्षेत्रफल र कानुनी कागजातसम्बन्धी विवरण भर्न सक्नेछन्। विद्यालयबाट प्रमाणीकरण भएका विवरण संकलन गरी जिल्लागत एकीकृत प्रतिवेदन आगामी दुई महिनाभित्र विभागमा पठाउन निर्देशन दिइएको छ। संकलित विवरण अध्ययन गरी सामुदायिक विद्यालयको जग्गा संरक्षण र स्वामित्व सुनिश्चित गर्न आवश्यक कदम चालिने शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले बताएका छन्। मन्त्री पोखरेलका अनुसार कतिपय विद्यालयसँग पर्याप्त जग्गा नभएको र केही विद्यालयको जग्गा अन्य निकायको नाममा वा नियन्त्रणमा रहेको गुनासो प्राप्त भएको छ। कुनै विद्यालयको जग्गा आफ्नै नाममा नभएको वा अन्य निकायको नियन्त्रणमा रहेको पाइएमा आवश्यकताअनुसार मन्त्रिपरिषद्बाट निर्णय गराएर भए पनि विद्यालयलाई जग्गाधनी प्रमाणपत्र उपलब्ध गराउने पहल गरिने उनले बताएका छन्। --- # सांसद प्रेम सुवालले भने : सांसदले उठाएको प्रश्नको जवाफ नदिने सरकारले राजीनामा दिनुपर्छ Source: https://newskunda.com/archives/2654 Category: FEATURED NEWS, राजनीति, समाचार, समाज Last updated: 2023-03-19 काठमाडौँ, ५ चैत । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवाल बोलिरहेका बेला उनको अगाडिबाट प्रधानमन्त्री प्रचण्ड हिँडेपछि उनले आपत्ति जनाएका छन् । आइतबार बसेको प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री प्रचण्ड ढिलोगरी संसद बैठकमा पुगेका थिए, जतिबेला सांसद सुवाल आफूले गरेको विरोधको सूचनामाथि बोलिरहेका थिए । प्रधानमन्त्री प्रचण्डको तर्फबाट सञ्चारमन्त्री रेखा शर्माले प्रतिनिधिसभामा प्रस्तुत गर्न लागेको संवैधानिक परिषदको काम कर्तव्य र अधिकारको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि सांसद सुवालले विरोधको सूचना दर्ता गरेका थिए । सो सूचनामाथि मन्त्री शर्माले प्रष्ट पारेपछि विरोधको सूचना फिर्ता लिने हो त्यसका लागि सभामुख घिमिरेले सांसद सुवाललाई समय दिएका थिए । सांसद सुवाल आफूले जुन बिषयमा बोल्न समय पाएका थिए त्यसमा नबोली केही महिनाअघि सप्तरी शोषिता दासलाई बोक्सीको आरोपमा निर्घात कुटपिट भएको र उनले न्याय नपाएको बताउन थाले । सभामुख घिमिरेले उनलाई आफूले समय दिएको विषयमा बोल्न ध्यानकर्षण गराएपछि सुवालले आफूले अघिल्ला बैठकमा पनि सो बारे कुरा उठाउँदा कुनै मन्त्रीबाट जवाफ नआएको बताउँदै सभामुखलाई संसदको सदस्य जनताको प्रतिनिधि भएकोले जनताको कुरा उठाउन पाउने बताइरहेका थिए । सोही बेला उनको अगाडिबाट प्रधानमन्त्री प्रचण्ड आफ्नो सिटतर्फ गएपछि सांसद सुवालले आक्रोश ब्यक्त गर्दै भने– ‘संसद सदस्य भनेको जनताको प्रतिनिधि हो । जनताको प्रतिनिधिले बोलेको विषय सरकारले सुनुवाई गर्दैन भने यो संसदबाट प्रधानमन्त्री छनोट गर्नुको औचित्य हुँदैन । त्यसकारण संसदबाट निर्वाचित प्रधानमन्त्री हो भने संसद सदस्यले उठाएको विषयको जवाफ आउनुपर्छ । जनता मरिरहेका छन्, किसानले मल पाइरहेका छैनन् । किन नपाउने किसानले मल ? किसानले मल नपाएपछि हामी सांसदले पनि खान पाउँदैनौँ नी चामल । (प्रचण्ड सुवालको अगाडिबाट आशनतर्फ जान्छन्) प्रधानमन्त्री ज्यूले यसरी बोलिरहँदा अगाडिबाट क्रस गर्न पाइँदैन सभामुख महोदय । यो के हो ? यो संसद हो कि क्लब हो ? क्लब हो भने क्बलको सामानहरु आउनुपरयो यहाँ । गीत गाउनेहरु आउनुपर्यो । अनि नाच्ने गाउनेहरु आउनुपर्यो । हैन भने संसदको नियम त पालना हुनुपर्यो नी ।’ सभामुखले विषयवस्तुमा प्रवेश गर्न पुन आग्रह गरेपछि सुवालले आफूले विषय केन्द्रीत रहेको भन्दै सिरहाको लहानमा एक ब्यक्तिको हत्या भएको र गृहमन्त्रालय समेत सम्हालेका प्रधानमन्त्रीले जवाफ दिनुपर्छ कि पर्दैन भन्दै प्रश्न गरे । उनले आफूले दर्ता गरेको विरोधको सूचना फिर्ता नलिने समेत बताउँदै सांसदले उठाएको प्रश्न सरकारले दिँदैन भने त्यस्तो सरकारलाई राजीनामा गराउनुपर्ने बताए । --- # सांसद रावलले रुलिङको माग गरेपछि ... Source: https://newskunda.com/archives/1452 Category: FEATURED NEWS, राजनीति, समाचार Last updated: 2022-07-20 काठमाडौँ, ४ साउन :सरकारले अमेरिकाको स्टेट पार्टनरसिप प्रोगाम (एसपीपी) मा सहभागी नहुने निर्णय गरेको भए पनि त्यससम्बन्धी पत्र नपठाइएको भन्दै नेकपा(एमाले)का सांसद भीमबहादुर रावलले सरकारलाई रुलिङ गर्न माग गर्नुभयो । प्रतिनिधिसभाको बैठकमा यसअघि नै गृहमन्त्री बालकृष्ण खाड र परराष्ट्रमन्त्री डा नारायण खड्काले एसपिपीमा सहभागी नहुने भन्ने जानकारी गराइसक्नु भएको बताउँदै सांसद रावलले सदनमार्फत सरकारलाई रुलिङ गर्न माग गर्नुभयो । मन्त्रिपरिषदले एसपिपीमा सहभागाी नहुने निर्णय गरिसकेको अवस्थामा पत्राचार गर्न कसले र किन रोकेको भन्दै उहाँले लगातार सदनमार्फत सरकारलाई रुलिङ गर्नुपर्ने माग जारी राख्नुभयो । सभामुखको आशनमा रहनुभएका सांसद सत्या पहाडीले पटक–पटक सांसद रावललाई आशन गर्न आग्रह गर्नुभए पनि सांसदले एसपिपीमा सहभागी नहुने पत्र पठाइ सदनलाई जानकारी गराउपर्ने माग रोष्टममै उभिएर जारी राख्नुभयो । बैठकमा, ग्लोबल ग्रिनग्रोथ इस्टिच्यूटको सहभागितामूलक सदस्यको रुपमा सदस्यता प्राप्त गर्न स्वीकृति प्रदान गर्नेसम्बन्धी सम्झौतामाथि सदनमा छलफल गरियोस् भन्ने प्रस्तावमाथि छलफल भइरहेको थियो । सो प्रस्तावमा सांसदहरुहरु शक्तिबहादुर बस्नेत र पूर्णाकुमारी सुवेदीले आफ्नो धारणा राख्नुभएको थियो । सो प्रस्तावमा धारणा राख्न रोष्टममा पुग्नुभएका सांसद रावलले एसपिपीको विषय उठाएर सरकारलाई रुलिङ गर्न माग गर्नुभएको हो । उहाँले सरकारलाई सहयोग गर्नका लागि नै यस्तो माग राखेको बताउनुभयो । सभामुख अग्निप्रसाद सापकोटाले पनि पटक–पटक विषयान्तर भएको भन्दै आशन ग्रहण गर्न आग्रह गर्नुभयो । पटक पटकको आग्रहलाई सांसद रावलले अस्वीकार गर्नुभएपछि सभामुख सापकोटाले बैठक १५ मिनेटका लागि स्थगित गर्नुभएको छ । --- # सिन्दुर खेल्दै सूर्यविनायक गणेश रथारोहण एवं रथ जात्रा सुरु Source: https://newskunda.com/archives/4297 Category: FEATURED NEWS, अर्थ, कला तथा साहित्य, धर्म/संस्कृति, राजनीति, समाचार, समाज Last updated: 2026-09-15 भक्तपुर, ३० भदौ : गणेश जन्मोत्सवको अवसरमा उपत्यकाका चार विनायक गणेश मध्येको सूर्यविनायक गणेश मन्दिरमा आज मंगलबार बिहानै सिन्दुर खेलेर गणेशको रथ यात्रा गर्दै मनाईने सूर्यविनायक गणेश खट जात्रा सुरु भएको छ । भाद्र शुक्ल चतुर्थी (गणेश चतुर्थी) अर्थात भगवाण गणेशको जन्मोत्सवको अवसरमा आज सूर्यविनायक नगरपालिका वडा नं. ६ र ८ का बासिन्दाले बिहान सूर्यविनायक गणेश मन्दिरमा भव्य पूजा गरि मूल गणेशको चाँदीको मूर्तीलाई खटमा बिराजमान गराई स्थानीयले पुजा गरृका छन् । बिहानैबाट सुरु भएको जात्रामा स्थानीयको पुजा सकिए पछि वागमती प्रदेशका मुख्य मन्त्री किरण थापा मगरको प्रमुख आतिथ्यतामा रथारोहण गरि रथ बोकेर रथ जात्रा सुरु भएको छ । आज दिनभर सूयविनायक वडा नं. ६ र ८ को बिभिन्न टोलको परिक्रमा गरि साँझ पुनः मन्दिरमा ल्याएर पूजा एवं आरती गरि गणेशको मूर्तिलाई खटबाट निकालेर प्रतिस्थापन गरे पछि जात्रा बिसर्जन गरिने सूर्यविनायका नगरपालिका–८ का वडाअध्यक्ष तथा सूर्यविनायक क्षेत्र प्रबन्ध समितिका अध्यक्ष पुष्पराज बस्नेतले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “पुर्खाले मनाउदै आएको गणेश रथ जात्रा आर्थिक श्रोत नहुँदा वर्षौदेखि रोकिएको थियो, विगत २०७८ सालबाट सुरु भएको यो जात्रा यस वर्ष हजारौ स्थानीयको सहभागितामा सिन्दुर खेल्दै रथ टोल टोल पुर्याएर हर्षोल्लासका साथ मनाउन सुरु गरेका छौ ।” जात्रा मनाउन वडा नं. ६ र ८ कार्यालयको आर्थिक सहयोगमा जात्रा सञ्चालन गर्दै आएको उहाँले जानकारी दिनुभयो । गणेशको चाँदीको मूर्तिलाई खटमा राखेर रथारोहन गरी सिन्दुर जात्रा गर्दै मन्दिरको पश्चिम तर्फ राजथला टोलसम्म, पूर्व तर्फ चालिसे गाँऊ गहनादेवी मन्दिरसम्म, उत्तर तर्फ सूर्यविनायक चोक अरनिको राजमार्गसम्मको टोल टोलमा घुमाएर पुनः मन्दिरमा ल्याएर जात्रा सम्पन्न गर्ने परम्परा रहेको उहाँले जानकारी दिनुभयो । खट जात्राको क्रममा बिहान मन्दिरमा विधिवत पूजा गरेपछि दर्शनार्थीका लागि मूल गेटमा राखिएको छ । त्यसपछि खट जात्रा गरि टोल टोलमा परिक्रमा गरिन छ । गणेशलाई रथारोहन गराएपछि बाजागाजाका साथ रथ बोकेर परिक्रमा गराउने र जात्रामा सहभागी हजारौ महिला पुरषलाई प्रसद ग्रहण गराउने उहाँले जानकारी दिनुभयो । --- # सिपाडोलमा ५० प्रतिशत अनुदानमा सेनेटरी प्याड वितरण सुरु, वडाध्यक्ष बस्नेतद्धारा ‘कवच सेनेटरी प्याड भेन्डिङ मेशिनको उद्घाटन Source: https://newskunda.com/archives/3638 Category: FEATURED NEWS, राजनीति, समाचार, समाज, स्वास्थ्य Last updated: 2026-05-06 भक्तपुर, २३ बैशाख : सूर्यविनायक नगरपालिका–८ सिपाडोलले महिला तथा किशोरीहरूका लागि अनुदानमा सेनेटरी प्याड वितरण गर्न आज टोलटोलमा ‘कवच सेनेटरी प्याड भेन्डिङ मेसिन’ जडान गरेको छ । महिला तथा किशोरीको स्वास्थ्य, स्वच्छता र आत्मसम्मानका साथै गाउँमै सहज रुपमा आफैले मेशिनबाट सेनेटेरी प्याड लिन मिल्ने गरि मेशिन जडान गरि आजैबाट सञ्चालनमा ल्याएको सुनपा वडा नं. ८ सिपाडोलका वडाध्यक्ष पुष्पराज बस्नेतले जानकारी दिनुभयो । महिनावारीको समयमा हुने असुविधालाई कम गरी सुरक्षित वातावरण सुनिश्चित गर्ने लक्ष्यका साथ सञ्चालनमा ल्याएको मेशिनको आज उद्घाटन गरेसंगै महिला जनप्रतिनिधीले मेशिनबाट प्याड निकालेर मेशिनको प्रयोगबारे जानकारी गराउनु भएको थियो । वडाध्यक्ष बस्नेतले भन्नुभयो, ‘जिल्लामै पहिलो पटक हाम्रो वडामा यस प्रकारको मेशिन जडान गरेर स्थानीय महिला एवं किशोरीका लागि ५० प्रतिशत अनुदानमा सेनेटरी प्याड वितरण आजबाट सुरु गरेका छौं, अब पसल पसलमा गएर मंहगोमा किन्नु पर्दैन, पाँच रुपैयाँ मेशिनमा हाल्दा बजारमा १० रुपैया पर्ने सेनेटरी प्याड बाहिर निस्कन्छ ।’ वडा कार्यालयले प्याडको कूल मूल्यको आधा हिस्सा व्यहोर्ने निर्णय गरेको जानकारी दिदै उहाँले प्याड प्रयोगकर्ताले आधा मूल्यमा गुणस्तरीय सेनेटरी प्याड प्राप्त गर्न सक्ने बताउनुभयो । मेशिनमा पाँच रुपैया हाल्दा एक वटा, १० रुपैया हाल्दा दुई वटा र २० रुपैयाँ हाल्दा एकैपटक चारवटा प्याड निस्कन्छ । अभियानले आर्थिक रूपमा विपन्न किशोरी तथा महिलाहरूलाई ठूलो राहत पुग्ने विश्वास रहेको उहाँले जानकारी दिनुभयो । वडाले केही दिनभित्रै ‘कवच सेनेटरी प्याड भेन्डिङ मेसिन’ विकट क्षेत्रको रुपमा रहेको पाटीभञ्ज्याङस्थित आधारभूत स्वास्थ्य चौकी पाटीभञ्ज्याङ र आशापुरी महिला बहुउदेश्यीय सहकारी भवनमा पनि जडान गरेर सेवा प्रवाह गर्ने वडाध्यक्ष बस्नेतले जानकारी दिनुभयो । सार्वजनिक स्थलहरूमा प्याडको सहज पहुँच सुनिश्चित गर्दै ’हरेक महिनावारी सुरक्षित’ बनाउन वडा कार्यालयले अभियानले सुरु गरेको हो । Video: https://suryakeeran.com/wp-content/uploads/2026/05/56d64caf-d80e-4689-a692-c21a2fc6f412.mp4 --- # सिपाडोलमा भव्य निःशुल्क स्वास्थ्य शिविर सम्पन्न, २५८ जनाले लिए सेवा Source: https://newskunda.com/archives/3765 Category: FEATURED NEWS, जीवन शैली, राजनीति, समाचार, समाज, स्वास्थ्य Last updated: 2026-06-03 भक्तपुर, २० जेठ । सूर्यविनायक नगरपालिका वडा नं. ८ स्थित सिपाडोल स्वास्थ्य चौकीमा आज बुधबार सम्पन्न एक दिने निःशुल्क स्वास्थ्य शिविरमा २५८ जनाले सेवा लिएका छन् । “दिगो विकास व्यवस्थित शहरः स्वच्छ समृद्ध सूर्यविनायक नगर“ भन्ने मूल नारालाई आत्मसाथ गर्दै सूर्यविनायक नगरपालिका ८ नं. वडा कार्यालयको आयोजना र सिपाडोल स्वास्थ्य चौकीको व्यवस्थापनमा उक्त शिविर सञ्चालन गरिएको हो । काठमाडौं मेडिकल कलेज दुवाकोट, भक्तपुरका विशेषज्ञ डाक्टरहरुको प्रत्यक्ष उपस्थितिमा बिहान ११ः०० बजेदेखि दिउँसो ४ः०० बजेसम्म सञ्चालन भएको शिविरमा विरामीको स्वास्थ्य परीक्षण तथा उपचार गर्नुका साथै निःशुल्क औषधि वितरण गरिएको थियो । वडाध्यक्ष पुष्पराज बस्नेतको विशेष पहलमा आयोजित स्वास्थ्य शिविरले नागरिकहरुलाई गाउँमै विशेषज्ञ स्वास्थ्य सेवाको पहुँच पु¥याउन महत्वपूर्ण भूमिका निर्वाह गरेको छ । त्यसैगरी, सिपाडोल स्वास्थ्य चौकीका इन्चार्ज पुष्पराज ठाकुरको सक्रियतामा शिविरको व्यवस्थापन र बिरामीहरुलाई सेवा प्रवाहलाई चुस्त र व्यवस्थित बनाइएको थियो । शिविरमा विभिन्न रोगका विशेषज्ञ सेवाहरु र परीक्षणहरु निःशुल्क रुपमा उपलब्ध गराइएको थियो शिविरमा जनरल मेडिसिन सेवा १०२ जनाले, हाडजोर्नी तथा नशा रोग सेवा ९० जनाले स्त्री रोगबारे ७५ जनाले, नाक, कान, घाँटी सेवा ६० जनाले, आँखा रोग सेवा ४१ जनाले, शल्यक्रिया (सर्जरी) ३५ जनाले दन्त रोग ३० जनाले, बाल रोग सम्बन्धी सेवा २० जनाले लिएको वडाध्यक्ष पुष्पराज बस्नेतले जानकारी दिनुभयो । यसका साथै, बिरामीहरुको रोग पहिचानका लागि शिविरमै निःशुल्क ल्याब परीक्षण, भिडियो एक्स–रे तथा ई.सि.जि. सेवा पनि उपलब्ध गराइएको थियो । जसअन्तर्गत १०० जनाले भिडियो एक्स–रे, ८७ जनाले ल्याब सेवा तथा ६३ जनाले ई.सि.जि. सेवा लिएका छन् । शिविरमा आएका बिरामीहरुलाई आवश्यक पर्ने औषधि समेत निःशुल्क वितरण गरिएको थियो । वडा कार्यालय र स्वास्थ्य चौकीको यस सराहनीय कार्यबाट स्थानीय बासिन्दाहरु अत्यन्तै हर्षित र लाभान्वित भएका छन् । --- # सिबर्डमा बधाई तथा शुभकामना कार्यक्रम Source: https://newskunda.com/archives/2037 Category: FEATURED NEWS, शिक्षा, समाचार, समाज Last updated: 2022-09-08 मध्यपुरथिमि, (भक्तपुर ) । ‘नेतृत्व र विकासका लागि शिक्षा’ नाराका साथ २०६१ सालदेखि भक्तपुरको शिक्षा क्षेत्रमा अतुलनीय योगदान दिइरहेको सिबर्ड इन्टरनेशनल कलेज मध्यपुरथिमिले यहि भदौ १९ गते कक्षा १२ उत्तीर्ण विद्यार्थीहरूको सम्मानमा बधाई तथा शुभकामना कार्यक्रमको आयोजना गरेको छ । कलेजका अध्यक्ष श्यामकृष्ण मानन्धरको अध्यक्षतामा सञ्चालन भएको उक्त कार्यक्रममा उपाध्यक्ष धर्मसुन्दर बज्राचार्य एकेडेमिक डाइरेक्टर विजयचरण श्रेष्ठ, निमित्त प्राचार्य प्रेमकेशरी बज्रचार्य तथा कलेजका संयोजक प्रेमप्रसाद निरौलाले शुभकामना तथा बधाई मन्तब्य दिनुभएको थियो । कक्षा १२ उत्तीर्ण विद्यार्थीको सम्मानमा आयोजित उक्त कार्यक्रममा एकेडेमिक डाइरेक्टर बिजयचरण श्रेष्ठले स्थापनाकालदेखि नै कलेजले शैक्षिक इतिहासमा आफ्नो छुट्टै पहिचान कायम गर्दै आएको र हरेक पटकका परीक्षामा उत्कृष्ट अंकका साथ १०० प्रतिशत विद्यार्थीहरु उत्तीर्ण गराउँदै आएको बताउनु भयो । उहाँले कलेजको उत्कृष्ठ पठनपाठनका साथसाथै अतिरिक्त क्रियाकलापका क्षेत्रमा समेत आफ्नो छुट्टै पहिचान बनाउन सफल भएको बताउनु गराउनु भयो । कार्यक्रममा बोल्दै अध्यक्ष श्यामकृष्ण मानन्धरले भक्तपुरलाई शैक्षिक गन्तव्यको आकर्षक बनाउन मध्यपुर थिमिमै सक्षम नागरिक तयार गर्न कलेज प्रशासन, व्यवस्थापन र टिम हरपल लागिपरेको बताउनु भयो । उहाँले कक्षा १२ उत्तीर्ण सम्पूर्ण विद्यार्थीहरुको उत्तरोत्तर प्रगतिको कामना गर्नु भयो । त्यस अवसरमा उपाध्यक्ष धर्मसुन्दर बज्राचार्यले अबका दिन अझै चुनौतीपूर्ण रहेकाले सोचविचार गरेर अझ अगाडि बढ्नु पर्ने औल्याउनु भयो । राष्ट्रिय परीक्षा बोर्डले हालै सार्वजनिक गरेको कक्षा १२ को नतिजामा विज्ञान संकायमा ३.८२ जिपिएका साथ १०० प्रतिशत विद्यार्थी उत्तीर्ण हुन सफल भएका छन् । सिबर्ड कलेजमा व्यवस्थापन कानुन र शिक्षा विषयमा समेत उत्कृष्ट नतिजाका साथ विद्यार्थीहरु उत्तीर्ण भएका छन् । --- # सिरुटार वडा कार्यालय कलात्मक रुपमा नयाँ भवन निर्माण हुदै Source: https://newskunda.com/archives/3849 Category: FEATURED NEWS, अर्थ, राजनीति, समाचार, समाज Last updated: 2026-06-17 भक्तपुर, ३ असार : सूर्यविनायक नगरपालिकाले आफ्ना नौ वटा वडाको कलात्मक रुपमा कार्यालय भवन निर्माण सम्पन्न गरिसके पनि जग्गा अभावले रोकिएको वडा नं. १ सिरुटारको कार्यालय अब आफ्नै भवन निर्माण हुने भएको छ । स्थानीयवासी स्व. नरबहादुर राउतको नाममा रहेको करिब एक करोड भन्दा बढी मूल्य बराबरको जग्गा वडा कार्यालय भवन निर्माणका लागि कार्यालयको नाममा नामसारी गरेर दान दिएपछि सोही जग्गामा भवन निर्माण हुने भएको हो । सूर्यविनायक नगरपालिका वडा न. १ का वडाध्यक्ष सानुकाजी कायस्थले राउत नरबहादुरका चार छोराबाट दान प्राप्त भएको चार आना जग्गामा अण्डरग्राउण्ड सहितको अत्याधुनिक भवन निर्माणको प्रक्रिया सुरु भएको जानकारी दिनुभयो । नगरपालिकाले रु. तीन करोड ४० लाखको बजेटमा ठेक्का आव्हान गरेसंगै भवन निर्माण सुरु हुन लागेको उहाँले जानकारी दिनुभयो । वडाध्यक्ष कायस्थले भन्नुभयो, ‘वडा कार्यालय भवन निर्माणको लागि स्व. नगरबहादुर राउतको परिवारबाट चार आना जग्गा प्राप्त गरिसक्यौ, भवन निर्माणका लागि नगरपालिकाले व्यबस्था गरेको तीन करोड ४० लाखको बजेटमा अण्डरग्राउण्ड पार्किङ्गसहितको चारतले अत्याधुनिक भवन निर्माण गर्दैछौं, असारबाट जग राखेर निर्माण काम सुरु गर्ने गरि प्रक्रिया अगाडि बढेको छ ।’ उहाँले कलात्मकता झल्किने गरि भवन निर्माण हुने र भवनमा वडा कार्यालयको प्रशासनीक कार्यसंगै बिभिन्न शाखा, स्तनपान कक्ष, अपाङ्गमैत्री, सुविधा युक्त हलसहितको भवन निर्माण हुने उहाँले बताउनुभयो । नगरपालिकाका प्रमुख वासुदेव थापाले सूर्यविनयक नगरपालिकाले वडा नं. २ देखि वडा नं. १० सम्म आफ््नै भवन निर्माण गरिसकेको बताउदै अब बाँकी रहेको वडा नं. १ को भवन पनि २०८३ सालभित्र निर्माण सम्पन्न गर्ने बताउनुभयो । उहाँले वडा नं. १ को भवन कलात्मक हुने बताउदै नयाँ बनेका भवनहरु मध्ये वडा नं. ५, वडा नं. ६, वडा नं. ९ र वडा नं. १० को भवनहरु कलात्मक शैलमा निर्माण गरेको र वडाका पुराना भवनहरुलाई पनि नयाँ स्वरुपमा कलात्मकता दिएको बताउनुभयो । वडा नं. १ सिरुटारको भवन निर्माणसंगै नगरपालिकाको आफ्नो प्रशासनिक भवन र नगरका १० वटै वडाको आफ्नै भवनमा रहेर सेवा प्रवाह गर्ने उहाँले बताउनुभयो । --- # सिसिटीभी क्यामेराले कैद गरिएका डाटा सुरक्षित नै छन् भन्ने अनुमान गर्न सकिन्छ : सर्वोच्च अदालत Source: https://newskunda.com/archives/1420 Category: FEATURED NEWS, राजनीति, समाचार Last updated: 2022-07-15 काठमाडौँ, ३१ असार : सर्वोच्च अदालतले अर्थ मन्त्रालयको सिसिटिभी क्यामेराले कैद गरेका डाटाहरु सुरक्षित राखिएको छैन भन्ने अनुमानसमेत गर्न नसकिने भन्दै सो सम्बन्धमा तत्काल अन्तरिम आदेश जारी गर्नु नपर्ने जनाएको छ । आज न्यायाधीश कुमार रेग्मीको एकल इजलासले सिंहदरबार देशको केन्द्रीय प्रमुख प्रशासकीय परिसरभित्रको सुरक्षासमेतलाई दृष्टिगत गर्दा सम्बन्धित निकायहरुले सिंहदरबारभित्र पर्ने अर्थ मन्त्रालयलगायत अन्य मन्त्रालयहरूको सिसिटिभी सुरक्षित नै रहेको अनुमान गर्न सकिने बताएको छ । सर्वोच्चले सिंहदरबारको सुरक्षा संवेदनशीलताको कारण यी दृश्य मेटिए होलान् भनी अनुमान गर्न नसकिने भन्दै अन्तरिम आदेश आवश्यक नभएको बताएको छ । अदालतले बजेट निर्माणको गोपनीयता र संवेदनशीलता जोडिएको विषयसँग सम्बन्धित निवेदन भएकाले चाँडो टुंगोमा पुर्याउनुपर्ने भन्दै प्राथमिकता दिन अग्राधिकारको आदेशसमेत दिएको छ । अधिवक्ताहरू सरोजकृष्ण घिमिरे, बाबुराम अर्याल र कपिलदेव ढकालले अर्थ मन्त्रालय र अन्य मन्त्रालयसमेत सिसिटिभी फुटेज सुरक्षित राख्न माग राखी दायर गर्नुभएको रिटको प्रारम्भिक सुनुवाइमा सर्वोच्च अदालतले यस्तो आदेश दिएको हो । --- # सीमा नाकामा कडाइ, अस्पताललाई तयारी रहन निर्देशन Source: https://newskunda.com/archives/2715 Category: FEATURED NEWS, राजनीति, समाचार, समाज, स्वास्थ्य Last updated: 2023-04-12 काठमाडौँ, २९ चैत : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरसको सङ्क्रमणले बढदै गएपछि विभिन्न अस्पताललाई तयारी अवस्थामा रहन निर्देशन दिएको छ । दैनिकरुपमा कोरोना भाइरसको सङ्क्रमितको सङ्ख्या बढदै गएपछि सबै अस्पताललाई तयारी अवस्थामा रहन मन्त्रालयले निर्देशन दिएको हो । भारतमा कोरोना भाइरसको देखिएको नयाँ भेरियन्ट ओमिक्रोन एक्सविवि १.१६ पछिल्लो समय नेपालमा पनि देखिन थालेको छ । मन्त्रालयको इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. चुमनलाल दासले अहिले देखा परेको भेरियन्ट सङ्क्रामक रहेकाले अस्पताललाई तयारी अवस्थामा राख्न निर्देशन दिएको जानकारी दिनुभयो । “कोरोना भाइरसको नयाँ भेरियन्टले धेरै जनालाई सङ्क्रमण सार्ने गर्ने सम्भावना छ”, उहाँले भन्नुभयो, “सङ्क्रमणको रोकथाम र नियन्त्रण गर्नका लागि सबै अस्पताललाई तयारी अवस्थामा बस्न निर्देशन दिइसकेका छौँ ।” मन्त्रालयका अनुसार हाल वीर अस्पताल, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, त्रिवि शिक्षण अस्पताल, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, निजामती कर्मचारी अस्पताल, सशस्त्र प्रहरी बल अस्पताल, नेपाल प्रहरी अस्पताल लगायतका अस्पताललाई तयारी अवस्थामा रहन निर्देशन दिइएको छ । कोरोना सङ्क्रमणका कारण बुधबार एक जनाको निधन भएको छ । वीर अस्पतालका निर्देशक डा सन्तोष पौडेलले कोभिड–१९ केन्द्रीय युनिफाइड अस्पताललाई तयारी अवस्थामा राखिएको बताउनुभयो । उहाँले चिकित्सक, सघन उपचार कक्ष (आइसियु), भेन्टिलेटर र अक्सिजनलाई तयारी अवस्थामा राखिएको उहाँको भनाइ छ । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका प्रमुख कन्सल्ट्यान्ट फिजिसियन डा विमल चालिसेले कोरोना भाइरसको सङ्क्रमणको सम्भावित जोखिमबारे सचेत रहँदै आफूृहरु तयारी अवस्थामा रहेको जानकारी दिनुभयो । “अहिले ने आत्तिनुपर्ने अवस्था छैन तर सजग भने हुनुपर्छ”, उहाँले भन्नुभयो, “सङ्क्रमणको सम्भावित जोखिम नहोस् भनेर तयारी अवस्थामा रहेका छौँ ।” अस्पतालमा एक जना भेन्टिलेटर र दुई जना कोरोना सङ्क्रमित सघन उपचार कक्ष (आइसियु)मा उपचाररत रहेको उहाँले जानकारी दिनुभयो । बुधबार मात्रै देशभर एक सय छ जना नयाँ सङ्क्रमित देखा परेका थिए । हाल काठमाडौँ उपत्यकामा २४ जना आइसोलेसन, १३ जना सघन उपचार कक्ष (आइसियु)मा र ५ जना भेन्टिलेटरमा उपचाररत छन् । महाशाखाले नेपाल प्रवेश हुने सीमा नाकामा कडाइ गरिएको जनाएको छ । सीमा नाकाबाट नेपाल प्रवेश गर्नेहरुको कोरोना परीक्षण सुरु गरिएको छ । --- # सुकुम्वासीको होल्डिड सेन्टरमा जब पुग्यो स्वास्थ्यकर्मीको टोली............ Source: https://newskunda.com/archives/3907 Category: FEATURED NEWS, राजनीति, समाचार, समाज, स्वास्थ्य Last updated: 2026-07-15 भक्तपुर, ३१ असार : सरकारले कीर्तिपुरस्थित राधास्वामी सत्सङ्गको होल्डिङ सेन्टरबाट भक्तपुरको खरिपाटी र बोडेमा स्थानान्तरण गरिएका सुकुम्बासी परिवारहरूको स्वास्थ्य परीक्षण सुरु गरिएको छ । वागमती प्रदेश सरकारका स्वास्थ्य मन्त्री किरण थापा मगरको निर्देशनमा भक्तपुर अस्पतालको मेडिकल टोली परिचालन गरी खरिपाटी र बोडेमा स्थानान्तण गरिएका सुकुम्वासीहरुको दुई दिनदेखि नियमित स्वास्थ्य परीक्षण र उपचार गरिरहेको छ । स्वास्थ्य मन्त्री थापाले भन्नुभयो, “भक्तपुरको खरिपाटी र बोडेमा ल्याईएका सुकुम्वासीहरुको स्वास्थ्यमा समस्या छ भन्ने जानकारी उनीहरुको स्वास्थ्य सुरक्षालाई प्राथमिकतामा राख्दै बागमती प्रदेश स्वास्थ्य मन्त्रालयको समन्वयमा दुई दिनदेखि भक्तपुर अस्पतालको स्वास्थ्य टोली नै गएर स्वास्थ्य परीक्षण गर्ने र औषधि दिने कार्य गरिरहेको छ, हामी त्यहाँ चिकित्सकसहितको टोली राखेर दैनिक स्वास्थ्य परीक्षण र औषधि वितरण गराईरहेका र्छौ ।” परीक्षणका क्रममा थप उपचार आवश्यक देखिएका बिरामीहरूलाई भक्तपुर अस्पताल ल्याएर थप उपचार गर्ने कार्य भइरहेको उहाँले जानकारी दिनुभयो । --- # सुधार गृहमा एकजनाको शंकास्पद मृत्यु, गृहका अध्यक्षसहित पाँच पक्राउ Source: https://newskunda.com/archives/3998 Category: FEATURED NEWS, अपराध, राजनीति, समाचार, समाज, स्वास्थ्य Last updated: 2026-08-09 भक्तपुर, २३ साउन। भक्तपुरको बिरुवास्थित उत्साहित सुधार गृहमा रहेका एकजनाको शंकास्पद मृत्यु भए पछि आज दिनभर सुधार गृह क्षेत्र तनाब ग्रस्त बनेको छ । सुधार केन्द्रमा रहेका सोही वडा बस्ने वर्ष ४१ को उमेश खड्गीको आइतबार बिहान मृत्यु भए पछि स्थानीयले सुधार गृह भित्र हत्या भएको आरोप लगाउँदै सुधार गृह अगाडि तोडफाड गरि नाराबाजी गरेका हुन् । स्थानीय तहसंग स्वीकृति समेत नलिई सञ्चालनमा रहेको उक्त सुधार गृहमा मदिराको लत छुटाउन सुधार केन्द्रमा राखेको तीन दिनपछि आइतबार बिहान सञ्चालकले फोन गरेर घटनाबारे जानकारी गराएको परिवारका सदस्यहरूले बताएका छन् । घटनाबारे अनुसन्धान गर्न प्रहरीले सुधार केन्द्रका अध्यक्ष गौतम श्रेष्ठसहित ५ जनालाई पक्राउ गरेको छ । सुधार केन्द्रमा बेहोस भएपछि खड्गीलाई मध्यपुर अस्पतालमा लगेको र त्यहाँ मृत्यु भएको सञ्चालकले प्रहरीलाई बताएका छन् । मध्यपुर अस्पतालबाट उनको शव पोष्टमार्टमका लागी दुवाकोटस्थित केएमसी अस्पतालमा पठाइएको छ । घट्नाका सम्वन्धमा थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ । सोहि घट्नालाई लिएर मृतकका आफन्तले आइतबार बिहानैदेखि सुधारगृह अघि घेराउ गरेका थिए । त्यस क्रममा भिड नियन्त्रण गर्न दिनभरि प्रहरी परिचनलन गरिएको थियो । --- # सुनका गरगहनदा लुट्ने गिरोह पक्राउ Source: https://newskunda.com/archives/2121 Category: FEATURED NEWS, अपराध, समाचार, समाज Last updated: 2022-09-13 भक्तपुर, २८ भदौ । भक्तपुर र काभ्रे जिल्लाका विभिन्न एकान्त ठाउँमा सुनका गरगहना लुटपाट गर्ने गिरोहका चार जना र सुनका गहना गाल्ने तथा खरिद गर्ने दुई जना गरि ६ जनालाई भक्तपुर प्रहरीले आज पक्राउ गरेको छ । सुनका गरगहना लगाएका व्यक्तिहरुलाई पिछा गरी लुटपाट गदै आइरहेका चार जनालाई महानगरीय प्रहरी बृत्त थिमिका प्रहरीले टोलीले लुटेका गहनासहित पक्राउ गरेको हो । काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका वडा नं. ९ का २२ वर्षीय बुद्ध तामाङ, उदयपुरको त्रियुगा नगरपालिका ७ का २३ वर्षीय बिशाल राई, सिन्धुलीको मरिन गाउँपालिका ५ का २० वर्षीय आर्यन माझी, काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका ३ का २१ वर्षीय सुदिप भण्डारीलाई प्रहरीले पक्राउ गरेको प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक राजू पाण्डेले जानकारी दिनु भयो । प्रहरीले चोरीको सुनका गहना गाल्ने अभियोगमा मोरङ शनिश्वरे नगरपालिका ८ का ४० वर्षीय चन्द्रबहादुर बिक र चोरेको सुन किनेको अभिायोगमा भारत महाराष्ट्र जिल्ला सिङ्ली जिल्ला घर भई हाल काठमाडौं महानगरपालिका–बस्ने ३५ वर्षीय अमोल भोसलाई प्रहरीले पक्राउ गरेको उहाँले बताउनु भयो । निजहरुको साथबाट लुटिएको सुन दुईतोला र लुटपाटमा प्रयोग गरिएको दुई वटा मोटरसाइकलसहित नियन्त्रण लिएर गिरोहका अन्य व्यक्तिको खोजी तथा घट्नाबारे अनुसन्धान अगाडि बढाएको उहाँले बताउनु भयो ।––– --- # सुनको मूल्य बढ्यो Source: https://newskunda.com/archives/2913 Category: FEATURED NEWS, अर्थ, समाचार, समाज Last updated: 2023-08-30 काठमाडौँ, १३ भदौ । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु एक लाख १२ हजार पाँच सय निर्धारण गरिएकोे छ । अघिल्लो दिन प्रतितोला रु एक लाख ११ हजार सात सयमा कारोबार भएका सुनको मूल्य प्रतितोला रु आठ सयले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु एक लाख ११ हजार नौ सय ५० कायम भएको छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला रु एक लाख ११ हजार एक सय ५० थियो । त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु २० ले बढेर रु एक हजार चार सय ८५ तोकिएको महासङ्घले जनाएको छ । महासङ्घले अन्तरर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका तुलनामा यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ । --- # सुर्यविनायक नगरपालिका वडा नं ७ गुण्डूमा बालमैत्री स्थानिय शासन घोषणा Source: https://newskunda.com/archives/3876 Category: FEATURED NEWS, अर्थ, धर्म/संस्कृति, राजनीति, शिक्षा, समाचार, समाज Last updated: 2026-07-05 भक्तपुर, २१ असार । सूर्यविनायक नगरपालिका वडा नं ७ गुण्डूमा आज आयोजना गरिएको बालमैत्री स्थानिय शासन दिगोपना सम्वन्धी कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा २०८३ असार १२ गते बालमैत्री वडा घोषणा कार्यक्रममा बिभिन्न प्रतिभा प्रस्तुति तथा साँस्कृतिक प्रस्तुति गर्ने बिद्यार्थीहरुलाई पुरस्कार प्रदान गरिएको थियो । साथै बिद्यालयका बालमैत्री सम्पर्क शिक्षक, प्रहरी कार्यलयका बालमैत्री सम्पर्क प्रहरी, स्वास्थ स्वयम सेविकाहरु तथा बाल सञ्जालका बालबालिकाहरुलाई वडा अध्यक्ष रविन्द्र सापकोटाले कदर पत्र प्रदान गर्नु भएको थियो । कार्यक्रमा आउँदो साउन १ गतेदेखि सेवा निबृत्त हुन लाग्नु भएका श्री भैरवी आधारभूत बिद्यालयका प्रधानअध्यापक राजकुमार बस्नेतलाई वडा कार्यालयको तर्फबाट वडा अध्यक्ष रविन्द्र सापकोटाले सम्मान गर्नु भएको थियो । कार्यक्रममा सापकोटोले बलमैत्री स्थानीय शासन युक्त वडा घोषणा १० वटा वडा घोषणा भइसकेको बताउदै जिल्ला समन्वय समितिको अनुगमनबाट ५२ वटा सूचक पुरा गरेको पाईएपछि जिससको स्वीकृत पाएर घोषणा गरिएको बताउनुभयो । सापकोटाले भन्नुभयो, ‘नगरपालिकालाई स्थानीय शासन युक्त नगरपालिका घोषणा गर्ने तयारी भइरहेको छ, वडा घोषणाको प्रतिवेदन वागमति प्रदेश सामाजिक विकास मन्त्रालयलाई दिन्छौं, त्यसपछि उक्त मन्त्रालयले अनुगमन गरि स्वीकृति दिएपछि पालिका पनि घोषणा गर्छौ, आगामी भदौ महिनाको अन्तयसम्ममा नगरपालिका पनि घोषणा हुन्छ ।’ नगरपालिकाले तीन वर्ष लगाएर २०८० बैशाखमा निर्णय गरि साउनमा बालमैत्री अभिमूखीकरण गरि तीन वर्ष लगाएर ५२ वटा सूचकमा पुरा गरि घोषणा गरिएका र यसलाई निरन्तर दिदै दिगोपना ल्याउन पञ्चवर्षिय लगानी योजना निर्माण गरि काम गर्ने तयारी गरेको बताउनुभयो । वडालाई बालमैत्री स्थानीय शासन युक्त वडा घोषणा गर्न सबै निकायको सहयोग र अपनत्वल पाएको भन्दै उहाँले यसलाई निरन्तरता दिने बताउनुभयो । बालमैत्री घोषणा र कार्यान्वयनलाई तल्लो तहमा घरघरमा पुग्नु पर्छ भनेर १० वटै वडामा सम्पन्न गरिएको बताउदै सुरुवातीमा वडा नं. ७ ले घोषणा गरिएको बताउनुभयो । यस्ता कार्यक्रमा कसैलाई पनि भत्ता दिन नमिल्ने बताउदै उहाँले घोषणा कार्यक्रममा प्रस्तुत भएको नाटकदेखि साँस्कृतिक कार्यक्रमको प्रस्तुती निकै राम्रा भएको बताउनुभयो । उहाँले अब दिगोपनका लागि अझ उत्साहपूर्वक काम गर्नु आग्रह गर्नुभयो । --- # सूर्यको ‘एक झुल्को घाम’ लोकार्पण Source: https://newskunda.com/archives/4058 Category: FEATURED NEWS, धर्म/संस्कृति, राजनीति, समाचार, समाज, स्वास्थ्य Last updated: 2026-08-23 भक्तपुर, ७ भदौ : वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले आज मध्यपुरथिमिमा कवि सूर्यप्रसाद लाकोजूको कविता संग्रह ‘एक झुल्को घाम’ को आज लोकार्पण गर्नु भएको छ । कार्यक्रममा कलाकार श्रेष्ठले साहित्यकार राष्ट्रिय गौरव भएको बताउदै साहित्यले देशको यथार्थ बोल्ने बताउनुभयो । उहाँले नेपाली साहित्यको भण्डारणमा एउटा नयाँ कृति थपिएको चर्चा गर्नुभयो । लोकार्पण समारोहमा समालोचकद्वय डा. ज्ञानु अधिकारी र रमेशचन्द्र अधिकारीले ‘एक झुल्को घाम’माथि समीक्षात्मक टिप्पणी गर्दै कृतिमा समेटिएका कविताका विषयवस्तु, भाव, शैली, सामाजिक चेतना तथा कविको काव्यचेतनाका विविध पक्षबारे चर्चा गर्नुभयो । कृतिका सर्जक सूर्यप्रसाद लाकोजूले आफ्नो सिर्जनायात्रा, कविता लेखनको पृष्ठभूमि तथा ‘एक झुल्को घाम’ तयार हुँदासम्मका अनुभवबारे चर्चा गनुएभयो । साहित्यकार वसन्त नकर्मी, राजुराम मुनकर्मीलगायतले कविाता संग्रहको समिक्षा गर्दै समाज परिवर्तनको संवाह बन्ने बताउनुभयो । कार्यक्रममा बुद्धिकृष्ण घो, ध्रुवकृष्ण ताम्राकार, हिसिलिना शाक्य, रहेना मानन्धर नकर्मीलगायतका कविहरूले कृतिमा समेटिएका कविता वाचन गर्नु भएको थियो ।––– --- # सूर्यविनायक गणेश खट जात्रा सम्पन्न Source: https://newskunda.com/archives/1897 Category: FEATURED NEWS, कला तथा साहित्य, समाचार, समाज Last updated: 2022-08-31 भक्तपुर, १५ भदौ : गणेश जन्मोत्सवको अवसरमा सूर्यविनायक गणेश मन्दिरमा आज बिहानै सुरु भई दिनभर भव्य रुपमा टोल टोल परिक्रमा गरी मनाइएको सूर्यविनायक गणेश खट जात्रा साँझ सम्पन्न भएको छ । भाद्र शुक्ल चतुर्थी (गणेश चतुर्थी) अर्थात भगवाण गणेशको जन्मोत्सवको अवसरमा आज सूर्यविनायक नगरपालिका वडा नं. ६ र ८ का बासिन्दाले बिहान सूर्यविनायक गणेश मन्दिरमा भव्य पूजा गरि मूल गणेशको मूर्तीलाई खटमा बिराजमान गराई सुरु भएको रथ जात्रा बिभिन्न टोलको परिक्रमा गरि पुनः मन्दिरमा ल्याएर पूजा एवं आरती गरि सम्पन्न गरिएको छ । सूर्यविनायक क्षेत्र संरक्षण समिति र सूर्यविनायक युवा क्लवको संयुक्त आयोजनामा भएको सूर्यविनायक गणेश अर्थात इनारे गणेद्यो खट जात्रा सम्पन्न भएको सूर्यविनायका नगरपालिका–८ का वडाअध्यक्ष तथा सूर्यविनायक क्षेत्र प्रबन्ध समितिका अध्यक्ष पुष्पराज बस्नेतले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “पुर्खाले मनाउदै आएको गणेश रथ जात्रा आर्थिक श्रोत नहुँदा वर्षौदेखि रोकिएको थियो, गत वर्षबाट सुरु भएको यो जात्रा यस वर्ष हजारौ स्थानीयको सहभागितामा सिन्दुर खेल्दै रथ टोल टोल पुर्याएर हर्षोल्लासका साथ सम्पन्न भएको छ, यो जात्रालाई अब हरेक वर्ष सञ्चालन गर्नेछौ ।” गतवर्ष जात्रा मनाउन वडा नं. ६ र ८ कार्यालयले वडाको बजेटबाट रु. दुई–दुई लाख गरि रु. चार लाखको बजेट व्यबस्थापन गरेपनि यसवर्ष भने दुई वटै वडाबाट रु. तीन तीन लखा रुपैयाँ गरि कूल ६ लाख रुपैयाँ सहयोग गरेको उहाँले बताउनु भयो । गणेशको चाँदीको मूर्तिलाई खटमा राखेर रथारोहन गरी सिन्दुर जात्रा गर्दै मन्दिरको पश्चिम तर्फ राजथला टोलसम्म, पूर्व तर्फ चालिसे गाँऊ गहनादेवी मन्दिरसम्म, उत्तर तर्फ सूर्यविनायक चोक अरनिको राजमार्गसम्मको टोल टोलमा घुमाएर पुनः मन्दिरमा ल्याएर जात्रा सम्पन्न गरिएको हो । खट जात्राको क्रममा बिहान मन्दिरमा विधिवत पूजा गरेपछि दर्शनार्थीका लागि मूल गेटमा राखेर त्यसपछि खट जात्रा गरि टोल टोलमा परिक्रमा गराएको स्थानीय रामजी अवालले जानकारी दिनुभयो । गणेशलाई रथारोहन गराएपछि बाजागाजाका साथ रथ बोकेर परिक्रमा गराएको उहाँले बताउनु भयो । जात्रामा यसवर्ष गतवर्ष भन्दा तेब्बर मानिसको सहभागिता रहेको र जात्रामा महिला तथा पुरुषले अबिर खेल्दै मनाएको बताउनु भयो । जात्रालाई यहाँको अन्य टोलमा पनि लैजानु पर्ने उहाँले बताउनु भयो । --- # सूर्यविनायक नगर अस्पतालमा सूर्यविनायक र बेथानचोकका स्वास्थ्यकर्मीलाई तीनदिने प्रशिक्षक प्रशिक्षण तालिम, नसर्ने रोग न्यनूनिकरणका लागि सचेतना फैलाउनु आवश्यक : संयोजक रविन्द्र सापकोटा Source: https://newskunda.com/archives/3965 Category: FEATURED NEWS, अर्थ, राजनीति, शिक्षा, समाचार, समाज, स्वास्थ्य Last updated: 2026-08-04 भक्तपुर, १९ साउन । भक्तपुरको सूर्यविनायक नगरपालिका र काभ्रेको बथानचोक गाउँपालिकाको स्वास्थ्यकर्मीलाई तीन दिने प्रशिक्षक प्रशिक्षण आजबाट सूर्यविनायक नगर अस्पतालमा सुरु भएको छ । हिमशिखर सामाजिक साँस्कृतिक समाजको आयोजना तथा बेलायतको सहयोग सस्था दि नेस्टलिंग ट्रष्ट (The Nestling Trust) को सहयोगमा सञ्चालित तीन दिने स्वास्थ्य शिक्षा पुहँच कार्यक्रम (Health Education Outreach Programme) प्रशिक्षण प्रशिक्षण कार्यक्रमको सूर्यविनायक नगरपालिका सामाजिक विकास समितिका संयोजक रबिन्द्र सापकोटाले उद्घाटन गर्नुभयो । उद्घाटन गर्दै संयोजक सापकोटाले गाउँ गाउँमा आमनागरिकलई प्राथमिक स्वास्थ्यको पहुँच पुर्याउने मूल लक्ष्य र उदेश्य लिएर सूर्यविनायक नगरपालिका र बेथानचोक गाउँपालिकाका स्वास्थ्यकर्मीका लागि सञ्चालित प्रक्षिक्षक प्रशिक्षण तालिम निकै उपलब्धीमूलक हुने अपेक्षा गरिएको बताउनुभयो । उहाँले स्वास्थ्यकर्मीहरुले आफ्नो स्वास्थ्य संस्थामा रहेर पनि प्राथमिक उपचारका कार्यहरु गरिरहेको बताउदै यहाँको प्रशिक्षक प्रशिक्षण तालिम सम्पन्न गरेर गए पछि आफ्ना क्षेत्रमा गएर धेरै भन्दा धेरै स्वयंसेवकहरु ब्नाउने र अन्य व्यक्तिहरुलाई प्राथमिक उपचार गर्न सक्ने बनाउन सक्षम हुने विश्वास लिएको बताउनु भयो । उहाँले भन्नुभयो, “सर्ने रोग भन्दा नसर्ने रोग नजानिदो रुपमा बिकराल रुपमा फैलिरहेको छ, नसर्ने रोग सुरु सुरुमा पहिचान नहुने र एकै पटक देखिए पछि अस्पताल जादा समस्या भइसक्ने ढिलो भैसक्ने अबस्था छ । नसर्ने रोग एकदमै झांगिएर गएको छ, यसबाट समुदायलाई बचाउने दायित्व आइरहेको छ, सुरुमै नसर्ने रोगबाट बच्न यसको लक्षणहरु के के छन् भनेर जनचेतना फैलाउनु आवश्यक छ ।” सूर्यविनायक नगरपालिकामा मात्रै अहिले १४७ जना नसर्ने रोगको औषधि सवन गरिरहेको बताउदै उहाँले झांगिदै गएको नसर्ने रोगको न्यनिकरण गर्न र टोलटोलमा गएर यसारे जानकारी गराउदै समाजदाई नसर्ने रोगबाट बचाउने अभियानमा लाग्नु पर्ने बताउनुभयो । सूर्यविनायक नगरपालिका हालसालै १० वटै वडा बालमैत्री वडा घोषणा भएको र सबै सूचक पुरा गरेको बताउदै नगरपापलकालाई पनि बालमैत्री घोषणा गर्ने तयारी भइरहेको उहाँले बताउनुभयो । कार्यक्रममा जिल्ला जनस्वास्थ्य कार्यालयकी प्रमुख अञ्जना खड्काले तीनदिने प्रशिक्षक प्रशिक्षण तालिम लिएर सूर्यविनाकदेखि बेथानचोैरसम्मका नागरिकलाई स्वस्थय जीवन बिताउनेदेखि प्राथमिक उपचारको पद्धति सिकाएर गाउँगाउँमा प्राथमिक उपचार सेवा पुर्याउन ठूलो टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो । कार्यक्रमकी सभापति एवं हिमशिखर सामाजिक साँस्कृतिक समाजको सस्थापक अध्यक्ष उषा भट्टले तीनदिन दुई पालिकाबाट सहभागि २० जना स्वास्थ्यकर्मीलाई दिईने तालिमबाट दुबै पालिकाका गाउँ गाउँमा पुगेर बिभिन्न स्वास्थ्यकर्मीहरुलाई थप तालिम दिएर प्राथमिक उपचारबारे प्रशिक्षण सञ्चालन गर्ने बताउनुभयो । संस्थाका कोषाध्यक्ष प्रतिमा अर्यालले यहाँ तीन दिन तालिम लिएर गएका स्वास्थ्यकर्मीले सूर्यविनायक नगरपालिकाको वडा नं. ५, ७, ८ र ९ मा तथा बेथानचौर गाउँपालिकाको सबै वडामा प्रत्येक महिनाको दुई दिनको दरले स्वयंसेविकहरुलाई प्राथमिक उपचारबारे प्रशिक्षण दिने बताउनुभयो । भदौ महिनाबाट गाउँ गाउँमा सुरु हुने प्रशिक्षण २०८४ साउन महिनामा सम्पन्न हुने बताउदै उहाँले प्रशिक्षकहरुबाटै सबै वडाको गाउँ तहसम्म र विद्यालयहरुमा गरि एक वर्षमा चार हजार भन्दा बढीलाई प्राथमिक उपचार (First Aid), सिपिआर अर्थात श्वासप्रश्वास सुचारु गर्ने आपतकालिन तालिमलगायत अत्यावश्क तालिम प्रदान गरिने बताउनुभयो । प्रशिक्षक दिल्लीराम पाण्डेले प्रशिक्षणमा नसर्ने रोगहरु, बाल मृत्युदर, जलवायु परिवर्तन र स्वास्थ्यमा प्रभावलगायत बिभिन्न विषयमा जनचेतनामूलक तालिम दिएर गाउँगाउँमा पुर्याउने लक्ष्य लिएको बताउनुभयो । --- # सूर्यविनायक नगर कार्यपालिका सदस्यमा एमालेका सबै उम्मेदवार विजयी Source: https://newskunda.com/archives/1067 Category: FEATURED NEWS, निर्वाचन, राजनीति, समाचार Last updated: 2022-05-31 भक्तपुर, १७ जेठ । सूर्यविनायक नगरपालिकाको नगर कार्यपालिकामा एमालेका सबै उम्मेदवार विजयी भएका छन् । सूर्यविनायक प्राणी उद्यानको कार्यालयस्थित निर्वाचत अधिकृतको कार्यालय आज भएको मतदानमा एमालेले कूल ३३ मत प्राप्त गरेर कार्यपालिकामा कार्यपालिकाका सबै सदस्यमा विजयी हासिल गरेको हो । कूल ५१ मत रहेकोमा एमालेले ३३ मत प्राप्त गर्दा कांग्रेसका उम्मेदवारले १८ मत प्राप्त गरेको नगरपालिका वडा नं. ७ का वडाध्यक्ष एवं नेकपा एमाले सूर्यविनायक नगर कमिटी अध्यक्ष रबिन्द्र सापकोटाले जानकारी दिनु भयो । कार्यपालिका सदस्यहरु महिलातर्फ कमला पोखरल, तारा सापकोटा, शर्मिला बस्नेत, हेमा दाहाल खतिवडा, साबित्री मिश्र विजयी हुनु भएको सापकोटाले जानकारी दिनु भयो । त्यस्तै दलित एवं अल्पसंख्यकतर्फ सुमन परियार, प्रजुन त्रिखती, अल्पसंख्यकतर्फ सुनिल भुजेल निर्वाचित हुनु भएको छ । विजयी सदस्यहरुलाई निर्वाचत अधिकृत सरिता कुमारी खतिवडाले प्रमाणपत्र प्रदान गर्नु भयो भने नगर प्रमुख वासुदेव थापाले सपथ ग्रहण गराउनु भएको थियो । --- # सूर्यविनायक नगरपालिका वडा नं. १ को सार्वजनिक सुनुवाई सम्पन्न, वडावासीले गरेनन् गनासो Source: https://newskunda.com/archives/3822 Category: FEATURED NEWS, अर्थ, राजनीति, शिक्षा, समाचार, समाज, स्वास्थ्य Last updated: 2026-06-15 भक्तपुर, १ असार । सूर्यविनायक नगरपालिका वडा नं. १ का वडाध्यक्ष सानुकाजी कायस्थले वडा नं. १ मा आफू निर्वाचित भएको करिब ९ वर्षमा सिरुटारमा विकासको लहर ल्याउन सफल भएको बताउनु भएको छ । क्रियासिल पत्रकार मञ्च भक्तपुरको आयोजना र सूयविनायक नगरपालिकाको सहकार्यमा सोमबार आयोजना सूर्यविनायक नगरपालिका वडा नं. १ कार्यालयको सभाहलमा सम्पन्न ‘सार्वजनिक सुनुवाई’ कार्यक्रममा उहाँले २०७४ साल अगाडिसम्म खानेपानीको चरम अभाव र सडकका समस्या झेलिरहेको यहाँका बासिन्दाके अहिले घरघरमा धारा एवं दैलो दैलोमा पक्कि सडक पुर्याएको बताउनुभयो । वडा अध्यक्ष कायस्थले भन्नुभयो, ‘यस वडामा १३ वटा पुल, ११ किलोमिटर कालोपत्रे, १० किलोमिटर ढलान सम्पन्न गरेका छौं । आगामी असारमा हिलोमा हिड्नु नपर्ने गरी सडक विकास र विस्तारका कार्यहरु भइरहेको छ । फुटसल निर्माण भएो छ, एक करोडको लागतमा पार्क, वालउद्यान एवं जेष्ठ नागरिक पार्क निर्माण गरिरहेका छौं, यही असार महिनाबाट वडा कार्यालयको नयाँ भवन निर्माण गर्ने भएका छौं । नमुना सडक लगायतका भौतिक पूर्वाधारको विकास गर्ने कार्य तिव्र रुपमा भइरहेको छ । वडामा हाल १६०० भन्दा बढि खानेपानीका धाराहरु वितरण गरी जनतालाई खानेपानीको समस्या सक्दो समाधान गरिएका छौं ।’ २०७४ साल देखी ०७९ सालसम्म वडाको विकास र समृद्धिको लागि अत्याधिक मात्रामा बजेट तथा योजनाहरु सञ्चालनमा रहेको उल्लेख गर्दै उहाँले सो पछि वडामा धेरै योजनाहरु संघीय सरकारले कटौती गरेको भन्दै गुनोसो गर्नुभयो । अहिलेको बजेटमा संघीय सरकारबाट वडामा शुन्य रकम भएको गुनासो गर्दै उहाँले चालु योजनाहरुलाई संघले बजेट नदिएपनि प्रदेश र पालिकाबाट भएपनि सम्पन्न गर्ने प्रतिवद्धता जनाउनुभयो । उहाँले भन्नुभयो, ‘संघीय सरकारले बजेट नदिँदा योजनाहरु अलपत्र परेका छन् । कृषि उत्पादनको विकास र विस्तार गर्दै बजार व्यवस्थापन गर्ने जिम्मा नै म लिन तयार छु । उत्पादन गनुृस्, बजारको समस्या हुन दिन्न । त्यस्तै आध्यात्मिक कुरा वा योगाको विकास र विस्तार गर्न कुनै कन्जुस्याई हुने छैन । व्यवस्थापनमा समेत समस्या हुँदैन ।’ खेलकुददेखि शिक्षासम्म, कृषिदेखि सडकसम्मको विकासलाइ तिब्रता आएको बताउँदै उहाँले ललितपुरको सिमानाबाट कतिपय लागू पदार्थ प्रयोग कर्ता आउने गरेको बताउनुभयो । उहाँले कोठा र जग्गा भाडामा दिदाँ परिचय खुल्ने कागज लिएर मात्रै भाडामा दिन आव्हान गर्नुभयो । उहाँले भन्नुभयो, ‘जनताको सेवा नै हाम्रो जिम्मेवारी हो । जनताको चाहना र आवश्यकतालाई मध्यनजर गर्दै हामीले पूर्वाधार निर्माण, सामाजिक कार्य तथा लक्षित वर्गका कार्यक्रमहरु सञ्चालन गरिरहेका छौं । भौतिक विकासमात्र नभई मानवीय विकासलाई उच्च प्राथमिकता दिएका छौं । जसमा धर्मसंस्कृति, खेलकुद, मठमन्दिर निर्माण तथा संरक्षण, सडक हरियाली, सीसी क्यामेरा जडा तथा मर्मत, बालउद्यान निर्माण गर्ने कार्य अगाडी बढेको लगायतका असंख्य कार्यहरु गरिरहेका छौं ।’ सार्वजनिक सुनुवाइ कार्यक्रममा स्थानीय बासिन्दाले वडा कार्यालय तथा जनप्रतिनिधिप्रति कुनै उल्लेखनीय गुनासो नराखेपछि कार्यक्रमको वातावरण निकै सकारात्मक बनेको थियो । विकास निर्माण, सेवा प्रवाह र जनअपेक्षा सम्बोधनका विषयमा स्थानीयले सन्तुष्टि व्यक्त गरेपछि कार्यक्रममा उपस्थित पत्रकार दिवस गुरागाईंले वडा अध्यक्षलाई रोचक शैलीमा प्रश्न गर्दै भन्नुभयो, “स्थानीय नागरिकलाई यति धेरै खुसी बनाउनुभएको रहेछ, अब तपाईं स्वयं चाहिँ कतिको खुसी हुनुहुन्छ ? जवाफमा वडा अध्यक्ष कायस्थले नागरिकको खुशी नै आफ्नो खुशी रहेको बताउदै नागरिककको सेवा नै आफ्नो खुशी रहेको बताउनुभयो । उहाँले यस वडाले विभिन्न बाल समुह बालमैत्री कार्यक्रम सम्पन्न गरिसकेको जानकारी दिनुभयो। जेष्ठ नागरिक सम्मान कार्यक्रम सम्पन्न गरिसकेको र युवा लक्षित कार्यक्रम केहि सम्पन्न भैसकेको र केहि बाँकी रहेको बताउनुभयो । खानेपानीको समस्या भैरहेको र सिरुटार खानेपानी को लागि २ लाख लिटर ट्याङकी निर्माण गरेको बताउनुभयो । भौतिक पुर्वाधारमा मात्रै होइन मठ मन्दिर मा रङगरोहन गरेको र योग क्षेत्रमा काम गरेको बताउनुभयो । कौशलटार क्षेत्रमा ५ सय २० वटा फुल रोपेको बताउनुभयो । वडामा सीसी क्यामेरा ३० वटा जडान गरिएको बताउदै खेलकुदमा पनि खेलमैदान पनि रहेको बताउनुभयो । थापागाउ जाने नमुना बाटो बनाउन सम्पन्न भएको बताउनुभयो । बालमैत्री खेलमैदानका लागि अबको २०८३ ८४ मा बजेट माग गरिएको बताउनुभयो । जनताको चासो, गुनासो र सुझाव संकलन गरी जनअपेक्षा अनुसार विकास र समृद्धिसँगै सार्वजनिक सेवा प्रवाहको कार्यसम्पादन गर्ने लक्ष्यका साथ आयोजना भएको वडास्तरीय सार्वजनिक सुनुवाईमा वडा सचिव राम श्रेष्ठले वार्षिक प्रगति प्रतिवेदन एवै सेवा प्रवाहको बिवरण प्रस्तुत गर्नु भएको थियो । वडा सचिव राम श्रेष्ठले वडा कार्यालयले जनताको सेवा, सुशासन, जवाफदेहिताका विषयमा जानकारी गराउदै नगर कार्यपालिकाबाट रु दुई करोड ६० लाख बराबरको चालु आर्थिक वर्षमा भौतिक पूर्वाधार तथा अन्य सामाजिक क्षेत्रहरुमा कार्यसम्पादन गरिएको बताउनुभयो । उहाँले उक्त रकम बराबर वडामा ६५ वटा साना तथा ठूला आयोजनाहरु सञ्चालन भएको बताउदै एक करोड चार लाख ७१ हजार ३०६ रुपैंया राजस्व संकलन भएको बताउनुभयो । उहाँले वडामा लक्षित कार्यक्रम अन्तरगत अपाङ्गता, जेष्ठ नागरिक, महिला, वालवालिका, युवा, विपद् व्यवस्थापन, धर्मसंस्कृति, शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रहरुमा जनताको माग, आवश्यकता र चाहना अनुसार कार्य गरिएको बताउनुभयो । कार्यक्रममा प्रहरी वृत्त ठिमीका प्रमुख (डिएपी) निसान थापाले भक्तपुरमा लागुऔषधको प्रयोग र विक्रि बढेको प्रति चिन्ता व्यक्त गर्दै स्थानीय तहका विकृति हटाउन समुदायन नै जागरुक हुनुपर्नेमा जोड दिनुभयो । घरभाडामा बस्नेको विवरण राख्न आग्रह गर्दै उहाँले गलत कार्य रोक्न प्रहरीको मुख्य जिम्मेवारी भएको स्पष्ट पार्नुभयो । अपराध नियन्त्रण तथा शान्ति सुरक्षाको लागि हरेक चोकमा गुणस्तरीय सीसी क्यामेरा आवश्यक रहेको उहाँले औंल्याउनुभयो । उहाँले घरमा घरभाडामा राख्दा उसको सबै डकुमेण्ट आफुसँग राख्न अनुरोध गर्नुभयो । उहाँले कोहि आपराधिक कार्यमा संलग्न रहेको भएतापनि त्यहि डकुमेन्टका आधारमा पत्ता लगाउन सकिने र सहयोग पुग्ने बताउनुभयो । सिरुटार आफुलाई निकै सुन्दर लागेको र यहाँको विकास पनि निकै सुन्दर रहेको भन्दै प्रशंसा गर्नुभयो । पत्रकार पेशल आचार्यले वडा कार्यालयको भवन किन नबनेको भन्ने प्रश्नको जवाफ दिदै वडाध्यक्ष कायस्थले असार महिनामै भवन निर्माण सुरु गरिने बताउनुभयो । अर्का पत्रकार महेश गौतमले आइतबार विदाले विद्यार्थी, अभिभावक र अस्पतालमा कस्तो गुनासो आएको छ भन्ने जिज्ञासा राखेपछि वडाध्यक्ष कायस्थले आइतबारको बिदाले बालबालिका कुलतमा परेको गुनासो आएको बताउदै सूर्यविनायक नगर अस्पताल भने आइतबार खुल्ला गरेको बताउनुभयो । पत्रकार नारायण थापाले दधिकोट पधेरोदेखी परोपकार स्वास्थ्य केन्द्र सम्मको सडक कालोपत्र गर्दन आग्रह गर्नुभो । स्थानीय राजेन्द्र श्रेष्ठले सिरुटारको पहिचान झल्कने स्थानीयले सिरुटार प्रवेशद्वार बनाउन आग्रह गर्नुभयो । सबैठाउँमा ढल निकास भैसकेको ठाउँमा ढल निकास गर्न आग्रह गरेका छन । सडक बन्यो तर सडकमै पार्किङ जथाभावी पार्किङ हटाउन माग गरेका छन् । उहाँले वडामा भएको दुवै खोलामा करिडोर बनाउन माग गर्नुभयो । स्थानीय श्यामकृष्ण श्रेष्ठले मेलमिलाप सचेतनाका लागि बजेट विनियोजन गर्न माग गर्नुभयो । वडा अध्यक्ष कायस्थले जवाफमा माथि उठेका बाटो पिच गर्ने बताउनुभयो । कालोपाटी जाने बाटो पनि पिच हुने प्रतिबद्दता जनाउनुभयो । स्थानीय चन्द्रहरि कायस्थले स्वचेतना लागि सहयोग गरौ भनेर सचेतना जगाउन आग्रह गर्नुभयो । स्वास्थ्यको लागि श्रीहरि सेल्फ फाउन्डेसनका अध्यक्षले स्वास्थ्य नै सबैभन्दा ठुलो धन भएका कारण यसमा महत्वपुर्न काम गर्न सकिने बताउनुभयो । कार्यक्रममा स्थानीय दिवाकर थापाले सचेतनाको विकास, सडकमा पार्किङ हटाउनु पर्ने, नीतिमात्र नभई नियत सफा बनाउनुपर्ने, ढल तथा खानेपानीको न्युनतम आवश्यकता पुरा गर्नुपर्ने, आइतवार विदा दिनु नहुने, स्वास्थ्य विमालाई पहिलेको जस्तै बनाउनुपने बताउनुभयो । स्थानीय फलाम सिंह राईले किसानको लागि उर्जित गर्न के गर्नु पर्छ कसरी आयमुलक बनाउन के गर्ने भन्दै प्रश्न गर्नुभयो । किसानको समस्यालाई के गरि समाधान गर्ने के समस्या छन पहिचान गर्ने र समाधान गर्न आग्रह गर्नुभयो । कार्यक्रममा जनप्रतिनिधिले निर्वाचित भएपछि हालसम्म भए गरेका सार्वजनिक सेवा प्रवाहको साथै भौतिक, सामाजिक, धार्मिक, साँस्कृतिक तथा पर्यावरणीय विकासको बारेमा व्यापक छलफल तथा आगामी योजनाको बारेमा विस्तृतमा छलफल गरिएको थियो । पत्रकार एवं कार्यक्रम सञ्चालक पुष्कर बुढाथोकीले यस्ता सार्वजनिक सुनुवाई कार्याक्रममले जनताको सरोकारको विषय तथा समस्या उजागर हुने बताउनुभयो । उहाँले जनताले खोजेको विकासको मार्गचित्र प्रस्तुत गर्न सकिने उल्लेख गर्नुभयो । क्रियाशिल पत्रकार मञ्चका अध्यक्ष रमेश गिरीले सार्वजनिक काय्र्रकममा उठेका प्रश्न जिज्ञासा तथा सुझावहरु सम्बन्धित ठाउ एवं नगरपालिकामा पुर्याउने बताउनुभयो । विभिन्न स्थानीय संचारमाध्यम मार्फत उक्त जनस्तर बाट उठेका जिज्ञासा नगरपालिका पुराउने र समाधान खोज्ने बताउनुभयो । --- # सूर्यविनायक नगरपालिका वडा नं. ८ सिपाडोलमा निःशुल्क स्वास्थ्य शिविर हुदै Source: https://newskunda.com/archives/3756 Category: FEATURED NEWS, अर्थ, मनोरञ्जन, राजनीति, समाचार, स्वास्थ्य Last updated: 2026-06-02 भक्तपुर १९ जेठ । सूर्यविनायक नगरपालिका वडा नं. ८ सिपाडोलले आफ्ना नागरिकलाई स्थानीयस्तरमा गुणस्तरीय स्वास्थ्य सेवा दिने उदेश्यले भोली बुधबार बृहत निःशल्क स्वास्थ्य शिविरको आयोजना गर्ने भएको छ । सिपडोल स्वास्थ्य चौकी सिपाडोलमा बिहान ११ बजेदेखि दिउँसो ४ बजेसम्म सञ्चालन हुने शिविरमा काठमाडौं मेडिकल कलेज दुवाकोट भक्तपुरको विशेषज्ञ डाक्टरहरुको उपस्थितिमा स्वास्थ्य सेवाहरु निःशुल्क रुपमा उपलव्ध गराईने वडा नं. ८ का वडाध्यक्ष पुष्पराज बस्नेतले जानकारी दिनुभयो । स्वास्थ्य शिविरमा निःशुल्क उपलब्ध हुने सेवाहरुमा जनरल मेडिसिन, स्त्री रोग, ऑखा रोग, बाल रोग, दन्त रोग, इ.सि.जि , शल्यक्रिया र सर्जरी, भिडियो एक्स रे, हाडजोर्नी तथा नसा रोग, नाक, कान, घाटीको जाँच गर्नुका साथै ल्याबको समेत सेवा प्रवाह हुने उहाँले जानकारी दिनुभयो । शिविरमा निःशुल्क औषधी समेत वितराण् हुने जानकारी दिदै उहाँले सम्पूर्ण वडावासीलाई अवसरको फाईदा उठाउँदै शिविरमा सहभागि हुन वडा अध्यक्ष बस्नेतले आग्रह गर्नुभएको छ । --- # सूर्यविनायक नगरपालिका वडा नं. ८ सिपाडोललाई बालमैत्री स्थानीय शासनयुक्त घोषणा Source: https://newskunda.com/archives/3867 Category: FEATURED NEWS, Uncategorized, राजनीति, समाचार, समाज Last updated: 2026-07-01 भक्तपुर, १६ असार । सूर्यविनायक नगरपालिकालाई बालमैत्री स्थानीय शासनयुक्त घोषणा अभियान अन्तर्गत आज सूर्यविनायक नगरपालिका वडा नं. ८ सिपाडोललाई बालमैत्री स्थानीय शासनयुक्त घोषणा गरिएको छ । आज सूर्यविनायक नगरपालिकाका प्रमुख वासुदेव थापाले सूर्यविनायक नगरपालिका वडा नं. ८ डोलेश्वर मन्दिर प्राङ्गनमा आयोजित कार्यक्रममा कार्यक्रमको उद्घाटन गर्दै बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गरि प्रमाणपत्र प्रदान गर्नुभएको हो । नगर प्रमुख वासुदेव थापाले वडा नं. १ देखि वडा नं. ८ सम्मलाई बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गर्ने क्रममा मंगलबार वडा नं. ८ सिपाडोललाई बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गर्दै बालमैत्री व्यबहार सम्बृद्ध नगरपालिकाको आधार भन्ने नारालाई सफल बनाएको बताउनु भयो । उहाँले भन्नुभयो, “हाम्रो भविश्य बालबालिका हुन्, उनीहरुको भविश्व बनाउन सके देशको भविश्य बन्छ, देशभरका ७५३ पालिका मध्ये सूर्यविनायक नगरपालिका बालमैत्री स्थानीय शासनयुक्त पालिका घोषणामा अगाडि रहेको छ । हामीले अन्तर्राष्ट्रिय मापदण्डलाई पुरा गर्दै नेपाल सरकारको निर्ण अनुसार सरकारले निर्धारण गरेको ५१ वटा सूचक र स्थानीय तहको १ गरि ५२ वटा सूचक पुरा गरेर घोषणा गरेका हौं ।” उहाँले तीन वर्ष अगाडि नै नगरपालिकाले सूर्यविनायकलाई बालमैत्री स्थानीय शासनयुक्त नगरपालिका घोषणा गर्ने निर्णय गर्दै निर्देशिका र कार्यबिधि बनाएर तीन वर्षको अथक प्रयासले सबै वडामा बाल समिति गठन गर्दै सबै प्रक्रिया पुरा गरेको बताउनुभयो । सूर्यविनायकको सबै वडामा बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणाले एउटा इँटा थपिएको बताउदै उहाँले यसलाई दिगोपनाका लागि नगरपालिकाले थप जिम्मेवारी निर्वाह गर्ने र यसका लागि सबै नागरिक समाजको सहयोग हुने विश्वास रहेको उहाँले बताउनुभयो । नगर प्रमुख वासुदेव थापाले भन्नुभयो, “नौ वर्ष मेरो नेतृत्वमा नगरपालिकाको विकासमा समय व्यतित भयो, अब ११ महिना मेरो कार्यकाल बाँकी छ, त्यो कार्यकालमा बालमैत्री स्थानीय शासनयुक्त पालिका घोषणालाई दिगोपना दिन लाग्नेछौं, हामी भन्दा माथि उठेर कुनै काम गर्दैनौ, संविधान भित्र रहेर नगरपालिकाको विकास र नगरवासीका समृद्धका लागि काम गर्नेछौं ।” सम्पूर्ण रुपमा बाल अधिकारको संरक्षण गर्दै बालमैत्री शासन सूर्यविनायकमा व्यबहारिक रुपमा लागू भएको भन्दै उहाँले जेष्ठ नागरिक मैत्री नगरपालिका समेत व्यबहारिक रुपमा लागू भएको बताउनुभयो । उहाँले भन्नुभयो, “सूर्यविनायक अब बालमैत्री मात्रै नभई जेष्ठ नागरिक मैत्री नगरपालिका पनि हो, यस नगरपालिकामा कोही पनि जेष्ठ नागरिकलाई परिवारबाट अपहेलना भएमा त्यस्ता परिवारलाई नगरपालिकाबाट दिने सेवा रोक्ने र कानूनी कारबाहीलाई अगाडि बढाउने नीति लिएका छौ, यस नगरपालिकामा कोही पनि जेष्ठ नागरिक अधिकारबाट बञ्चित हुनु पर्दैन ।” नगरपालिकाका उपप्रमुख सरिता तिम्सिना भट्टराईले बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा सम्पन्न भएसंगै यसलाई दिगोपनाका लागि नगरपालिकाले आगामी आथिएक वर्षका लागि पनि बजेटको ब्यबस्था गरेको बताउनुभयो । उहाँले बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा कुनै सहज नभएको बताउँदै यसमा धेरैको सहयोग र अथक प्रयासले सफल भएको बताउनुभयो । उहाँले भन्नुभयो, “मानवीय विकासको सुरुवात बालबालिकाको जन्मदेखि नै हुन्छ, उनीहरुको अधिकार सुरक्षित गर्नु घर, परिवार र सरकारको जिम्मवारी हो, सरकारका जिम्मेवारी हामी पुरा गरिरहेका छौं ।” बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गरेसंगै यसलाई दिगोपना दिने जिम्मेवारी सबैको काँधमा आएको बताउदै उहाँले यसका लागि सबैले साझ प्रतिबद्धता गरेर जिम्मेवारी निर्वाह गर्नु पर्ने बताउनुभयो । सरकारले तयार पारेको बालमैत्री स्थानीय शासन कार्यान्वयन निर्देशिका, २०७८ ले तय गरेको ५१ सूचक पुरा गरेसंगै नगरपालिकाले यहाँका प्रत्येक वडालाई बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा अभियान सञ्चालन गरिरहेको नगर प्रमुख थापाले बताउनुभयो । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत युवराज आचार्यले बालमैत्री स्थानीय शासनयुक्त वडा तथा पालिका घोषणा गर्ने नगर प्रमुखको सपना साकार भएको र नगरपालिकाको घोषणाको तयारीमा पुगेको बताउनु भयो । उहाँले एउटा हिन्दी फिल्मको उदाहरण दिदै बालबालिकाको अधिकार घरबाटै सुनिश्चित हुनु पर्ने औल्याउनु भयो । आचार्यले भन्नुभयो, “औलामा गन्न सकिने स्थानीय तह मात्रै बालमैत्री स्थानीय शासनयुक्त घोषणा भएको छ । हाम्रो नगरपालिकाले घोषणाको चरण पार गरेको छ । मेयसको सपना साकार भएको छ, बालबालिकाको भविश्य र जिम्मेवारीलाई उहाँले महत्व दिनुभयो र यो अभियान सञ्चालन भयो । यो अभियान यही सकिएको छैन, यसको दिगोपन भयो कि भएन, घरघरमा बालअधिकारको सुनिश्चितता छ कि छैन, हामी दिगोपनाको लाग अनुगमनदेखि कार्यक्रमलाई निरन्तरता दिन्छौं ।” नगरपालिकाका प्रवक्ता एवं सामाजिक विकास समितिका संयोजक रविन्द्र सापकोटाले नगर प्रमुख वासुदेव थापाको २०७४ बाट सुरु भएको पहिलो कार्यकाल भौतिक पूर्वाधार निर्माण तथा विकासमा लगाएको र दोश्रो कार्यकाल त्यसका साथै मानवीय विकासमा सक्रिय भएर लागेको बताउनुभयो । मानवीय विकासको नमूनाको रुपमा बालमैत्री, महिलामैत्री, जेष्ठ नागरिक मैत्री नगरपालिका र सेवा प्रवाह अगाडि बढिरहेको बताउदै उहाँले तीन वर्ष भित्र नगरपालिकालाई बालमैत्री स्थानीइ शासन युक्त घोषणा अभियान अन्नतः सफल भएको बताउनुभयो । उहाँले भन्नुभयो, “भोलीको भविश्यको रुपमा रहेको बालबालिकालाई सक्षम राष्ट्रप्रेमी नागरिक बनाउन बालबालिका माथि सरकारको पनि लगानी लगाउनु पर्छ भनेर तीन वर्षदेखि कार्य योजना बनाएर वडा वडामा बिज्ञ समूहबाट प्रत्येक घरघरमा अनुगमन गरि ५२ वटा सूचक पुरा गरि जिल्ला समन्वय समितिले समेत प्रक्रिया पुरा गरि अनुमति प्राप्त गरेपछि मात्रै घोषणा अभियान सुरु गरेका हौं ।” दिगो विकास, व्यबस्थित सहरको नाराका साथ अगाडि बढेको नगरपालिकाले दिगो विकासमा महत्वपूर्ण काम गरेको चर्चा गर्दै उहाँले बाल बचाउँका १४ वटा सेक्टर पार गर्दै अभियान सञ्चालन गरेको बताउनुभयो । उहाँले बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणामा चिया पसलमा बसेर नकारात्मक टिप्पणी गर्ने र सामाजिक सञ्जालबाट भ्रम छर्न खोज्नेले नगरपालिका भित्र रहेका ३५ हजार बालबालिकाको बचाउ र अधिकारमाथि अपमान गरेको बताउनुभयो । कार्यक्रममा जिल्ला समन्वय समितिका कार्यबाहक सभापति सुजाता बाडे बैधले बालमैत्री स्थानीय शासनयुक्त घोषणा गरेर नगरपालिकाले बालअधिकारको सुनिश्चित गरेको बताउनुभयो । कार्यक्रममा कार्यपालिका सदस्य सावित्रा मिश्रले बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणाका क्रममा पार गरेका बिभिन्न चरणहरुको प्रस्तुती दिनु भएको थियो । कार्यक्रमका सभापति एवं वडा अध्यक्ष पुष्पराज बस्नेतले बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणाले बालबालिकाको भविश्य र बाल अधिकार सुनिश्चित भएको बताउदै यसलाई दिगोपनाको लागि नगरपालिकासंगै सबै जुट्नु पर्ने औल्याउनुभयो । घोषणालाई दिगोपना दिन नगरपालिकामा बाल अधिकार संरषण गर्ने, बालबालिकालाई बस्न लायक र बाल मत्री बनाउनका लागि सबैबाट आएको एक्यबद्धता सकारात्मक भएको भन्दै यसको दिगोपनाका लागि सबैले हस्ताक्षर र प्रतिबद्धता जनाउनु पर्ने बताउनुभयो । वडा अध्यक्ष बस्नेतले भन्नुभयो, “आजका बालबालिका हाम्रो भविश्य हो, नगरपालिकाको भविश्य हो, यो देशको भविश्य हो, नगरपालिकाको लगानी १०० वर्षसम्म पनि देखिने गरि गरेका छौं ।” कार्यक्रममा बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणामा सहयोग पुर्याउने बिभिन्न संघ संस्थाहरुलाई सम्मान गर्नुका साथै बालबालिकाहरुले बिभिन्न साँस्कृतिक प्रस्तुतीहरु राखेका थिए । --- # सूर्यविनायक नगरपालिकाका प्रमुख वासुदेव थापाद्धारा उद्घाटन, नगरपालिकाको सहयोगमा फेरिएको सोह्रसय वर्ष पुरानो नन्दिकेश्वर महादेव मन्दिर Source: https://newskunda.com/archives/4021 Category: FEATURED NEWS, अर्थ, कला तथा साहित्य, धर्म/संस्कृति, राजनीति, समाचार, समाज Last updated: 2026-08-11 भक्तपुर । सूर्यविनायक नगरपालिका वडा नं. ९ मा रहेको १६०० वर्ष पुरानो लिच्ववीकालिन र पशुपति नाथको मन्दिर जस्तै पञ्चमुख रहेको ऐतिहासिक मन्दिर नन्किेश्वर महादेव मन्दिरले स्वरुप फेरेको छ । केही वर्ष अगाडिसम्म जीर्ण मन्दिर आज कलात्मक शैलीमा पुर्न निर्माण सम्पन्न भएको छ । मन्दिरको प्राङ्गनमा चार तले सामुदायिक भवन ठडिएको छ । प्रवेश परिषर प्रवेश गर्ने कलात्मक प्रवेशद्धार निर्माण भएको छ । त्योसंगै हालै निर्माण सम्पन्न भएको कलात्मक फल्चाको सूर्यविनायक नगरपालिकाका प्रमुख वासुदेव थापाले साउनको अन्तिम सोमबार भव्य समारोहबीच उद्घाटन गर्नु भएको छ । श्री नन्दिकेश्वर महादेवमा श्रावणी मेला भक्ति संगीत अनुष्ठान समापन कार्यक्रम तथा कलात्मक फल्चा उद्घाटन समारोहमा फल्चाको उद्घाटन गर्दै नगर प्रमुख वासुदेव थापाले नगर प्रमुखमा आफ्नो दोश्रो कार्यकालको अन्तिम नौ महिना १४ दिन बाँकी रहदाँ यो समयमा सूर्यविनायक नगरपालिका क्षेत्रमा बाँकी भएको विकासका सम्पूर्ण काम पुरा गर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “मेरो नगर प्रमुखमा आएको दोश्रो कार्यकालको नौ महिना १४ दिन बाँकी छ, यो अबधीमा म सूर्यविनायक नगरपालिका भित्र बाँकी भएको विकासका कामहरु पुरा गर्नेछु, यस नगरपालिकामा विकासको अझै फड्को मार्नका लागि सरकारको बिभिन्न अंगबाट बजेट ल्याउने र नगरवासीले तिरेको करको सही ठाउँमा सदुपयोग गर्नेछु ।” पहिलाको सूर्यविनायक नगरपालिका र अहिलेको सूर्यविनायक नगरपालिका कति फरक छ, पहिलो कस्तो थियो र अहिले कस्तो भन्नेबारेमा आमजनताले आँखाले देखेर र मनले मूल्यांकन गरेको बताउदै उहाँले दोश्रो पटक मेयर हुनका लागि सूर्यविनायक नगरवासीले अपार माया र मतदान गरेर महत्वपूर्ण भूमिका निर्वाह गरेको बताउनुभयो । नगर प्रमुख थापाले भन्नुभयो, “पहिला सूर्यविनायक नगरपालिका कस्तो थियो र आज कस्तो छ, आँखा अगाडि स्पष्ट देखिएको छ, राजनीतिक दल सामाजिक क्षेत्र, नागरिक समाज सबैको सहयोग र साथ लिएर सूर्यविनायकको विकासका साथसाथै अस्पताल निर्माण, शिक्षाको विकास, रोजगारी, लोक संस्कृति एवं मठ मन्दिर जिर्णोद्धारका लागि बजेट व्यबस्था गरेर आईरहेको छु, बाँकी अबधीमा पनि जनताले तिरको करलाई सही ठाउँमा सदुपयोग गर्नेछु ।” सूर्यविनायक नगरपालिका दुई पटक ागर प्रमुख, वडा अध्यक्ष चार पटक जिल्ला सदस्य भएको , बाल्यकालदेख नै सही शिक्षा प्राप्त गर्दै आएको कारण सूर्यीवनायक नगरपालिका क्षेत्रलाई १४ वटा शिवालय रहेको र यसलाई समेटेर नगरपालिकाले शिव सर्किट निर्माण गरेर धार्मिक पर्यटनको विकासमा लागेको बताउदै शिवपार्वतीको छोरा गणेश बिराजमान भई नामाकरण भएको नगरपालिकाको सम्पदालाई किताबमा उतार्ने बताउनुभयो । कार्यक्रममा सूर्यविनायक नगरपालिका सामाजिक विकास समितिका संयोजक एवं वडा नं. ७ का वडाध्यक्ष रविन्द्र सापकोटाले पाँच वर्षको गुरुयोजना पुरा भएको बताउनुभयो । नगर प्रमुखको परिकल्पनामा धेरै विकास भएको बताउदै उहाँले मन्दिर परिसर भित्र रहेको कलात्मक गेट, कलात्मक फल्चा, सामुदायिक भवन, ढुड्गा छपाई यहाँका सबै संरचना नगर प्रमखकै साथ र सहयोगबाट सम्भव भएको बताउनुभयो । विगत १० वर्षे कार्यकालको महत्वपूर्ण उपलब्धीका रुपमा यस नगरपालिका भित्र रहेको १४ वटा शिव मन्दिरहरुको संयोजन एवं परिकल्पनाका रुपमा नगर प्रमुख थापाले पुर्याएको योगदान र सार्थकताले शिव सर्किट निर्माण भएको भन्दै यहाँको दस्तावेजीकरणको आवश्यकता रहेको बताउनुभयो । उहाँले नगरपालिकाको हाम्रो सूर्यविनायक नामको स्थानीय पाठ्यक्रममा समेटिएका शिवालयमा नगरपालिका यहाँका शिक्षक शिक्षिकालाई भ्रमण गराएको बताउनुभयो । कार्यक्रममा वडा नं. ९ का वडाध्यक्ष भगवाण खत्रीलागतय बिभिन्न व्यक्तित्वहरुको सहभागिता रहेको थियो भने सहयोग गर्नेहरुलाई सम्मान गरिएको थियो । कार्यक्रममा ईतिहासविद् प्रा.डा. पुरुषोत्तमलोचन श्रेष्ठले मन्दिरको ऐतिहासिक पक्ष र यसको महत्वकाबारेमा जानकारी दिनु भएको थियो । कार्यक्रममा नगर प्रमुख वासुदेव थापालाई भव्य रुपमा अभिनन्दन गरिएको थियो भने विभिन्न सांस्कृतिक नृत्य, भजन–कीर्तन तथा पूजा–आराधना एवं साँझको आरती गर्दै श्रावणी मेलाको समापन गरिएको थियो । श्री नन्दिकेश्वर महादेव संरक्षण तथा विकास समितिका कोषाध्यक्ष ईन्द्रप्रसाद ब्याञ्जुले सत्तल निर्माणमा १५ लाख नगरपालिकाबाट प्राप्त भएको र बाँकी सात लाख रुपौको जनश्रमदानबाट जुटाईएको बताउनुभयो । समितिका अध्यक्ष एवं कार्यक्रमका सभापति श्रीराम ब्यान्जुले नन्दिकेश्वर महादेव मन्दिर परिसरमा बनेका अधिकांश धार्मिक सम्पदाको संरक्षणमा नगर प्रमुख थापाको ठूलो योगदान रहेको बताउदै नगरपालिकाले यहाँका सबै संरचना पुर्ननिर्माण एवं निर्माणका लागि पाँच करोड भन्दा बढी सहयोग गरेको बताउनुभयो ।कार्यक्रममा नगर प्रमखु थापाले मन्दिरमा पुजा आरधाना गर्नु भएको थियो । --- # सूर्यविनायक नगरपालिकाको आयोजनामा भएको नगरस्तरीय धिमे बाजा प्रतियोगिता सम्पन्न Source: https://newskunda.com/archives/4666 Category: FEATURED NEWS, अर्थ, धर्म/संस्कृति, राजनीति, समाचार, समाज, स्वास्थ्य Last updated: 2026-10-10 भक्तपुर, २४ असोज : नगद रु ७५ हजार पुरस्कार सहित सूर्यविनायक नगरपालिका–१ सिरुटारको नासः धिमे खलःले सूर्यविनायक नगरस्तरीय धिमे बाजा प्रतियोगिता–२०८३ को विजेता बन्न सफल भएको छ । आज सूर्यविनायक गणेश मन्दिर परिषरमा सूर्यविनायक नगरपालिकाले आयोजना गरेको धिमे बाजा प्रतियोगितामा नगद पुरस्कार सहित प्रमाण प्रत्र तथा ट्रफी प्राप्त गरेको छ । सूर्यविनायक–१ कै लुनिभा धिमे बाजा खलःले दोश्रो हुदै रु. ५० हजार नगद पुरस्कार सहित प्रमाण प्रत्र तथा ट्रफी प्राप्त गरेको छ । प्रतिस्पर्धामा वडा नं १० को सिमलटार बाजा खलले तेस्रो स्थान प्राप्त गर्दै नगद रु २५ हजार सहित ट्रफी र प्रमाणपत्र प्राप्त गरेको छ । प्रतियोगितामा सहभागि प्रतिस्पर्धी सबै टोलीले धिमे बाजा टोलीलाई नगरपालिकाले नगद पाँच हजार तथा प्रमाणपत्र प्रदान गरेको छ । त्यसैगरी नगर प्रमुखले आफ्नो व्यक्तिगत तर्फबाट सहभागि १० वटा टोलीलाई थप ५/५ हजार प्रदान गर्ने घोषणा पनि गर्नुभएको छ । वागमती प्रदेशका मुख्य मन्त्री किरण थापाले उद्घाटन गर्नु भएको थियो । मुख्यमन्त्री थापाले धर्म, संस्कृति र परम्पराको संरक्षण तथा संवद्र्धनमा प्रदेश सरकारले जोड दिँदै आएको बताउनुभयो । उहाँले मौलिक कला र संस्कृतिको संरक्षणका लागि स्थानीय तहबाट गरिने प्रयासमा प्रदेश सरकारले आवश्यक सहयोग गर्ने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो । विजयी टोलीलाई नगर प्रमुख थापाले पुरस्कार वितरण गर्दै उहाँले आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिइने बतउनुभयो । उहाँले प्रतियोगितालाई जित–हारको विषयभन्दा पनि मौलिक संस्कृति संरक्षण गर्ने अभियानका रूपमा लिनुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा सूर्यविनायक नगरपालिकाका उपप्रमुख सरिता तिम्सिना भट्टराईले धिमे बाजा लगायत बिभिन्न परम्परागत कला र संस्कृतिको संरक्षणका लागि नगरपालिकाले यस प्रकारको कार्यक्रमलाई अझै प्रोत्साहन दिने बताउनुभयो । उहाँले यस्तो प्रतियोगिताले परम्परागत संस्कृतिके संरक्षण र पुस्तान्तरणमा टेवा पुग्ने बताउनुभयो । कार्यक्रमका सभापति, सूर्यविनायक नगरपालिका वडा नं. ८ का वडाध्यक्ष एवं आर्थिक विकास समितिका संयोजक पुष्पराज बस्नेतले प्रतियोगितामा नगर भित्रका १३ वटा धिमे बाजा टोलीले प्रतिस्पर्धा गरेको बताउनुभयो । यो प्रतियोगिताले परम्परागत नेवारी कला तथा संस्कृतिको संरक्षण र प्रवद्र्धन गर्ने उद्देश्यले आयोजना गरिएको र स्थानीय कला, संस्कृति र मूर्त तथा अमूर्त कलाको संरक्षण हुने बताउनुभयो । कार्यक्रममा वडा नं. १ का वडाध्यक्ष सानुकाजी कायस्थ र वडा नं. १० का वडाध्यक्ष शिवराम राउतले यस प्रकारको प्रतियोगिताले स्थानीय सांस्कृतिक पहिचानको संरक्षण, परम्परागत बाजाको प्रवद्र्धन तथा नयाँ पुस्तामा मौलिक संस्कृतिप्रति रुचि बढाउन योगदान पु¥याउने अपेक्षा गरिएको बताउनभयो । पर्यटन शाखा प्रमुख पुष्पा कुमारी पाण्डेले धिमे बाजाको मौलिकता जोगाउँदै नयाँ पुस्तालाई आफ्नो कला, संस्कृति र परम्पराको संरक्षणमा प्रेरित गर्नु प्रतियोगिताको मुख्य उद्देश्य रहेको बताउनुभयो । --- # सूर्यविनायक नगरपालिकाको प्रवक्तामा रबिन्द्र सापकोटा चयन, नगरपालिकाद्धारा बिभिन्न समिति गठन Source: https://newskunda.com/archives/1090 Category: FEATURED NEWS, राजनीति, समाचार Last updated: 2022-06-02 भक्तपुर, १९ जेठ । सूर्यविनायक नगरपालिकाको प्रवक्तामा रबिन्द्र सापकोटा चयन हुनु भएको छ । नगरपालिकाको आज बसेको कार्यपालिका बैठकले वडा नंं ७ का वडाध्यक्ष सापकोटालाई नगरपालिकाको प्रवक्तामा तोक्ने निर्णय गरेको हो । नगरपालिकाले आज बिभिन्न समितिहरु गठन गरेको छ । बैठकले सार्वजनिक सेवा, सुशासन तथा क्षमता विकास समिति, आर्थिक विकास समिति, सामाजिक विकास समिति, पूर्वाधार विकास समिति, वातावरण तथा विपद व्यबस्थापन समिति, विधायन समिति र लेखा समिति गठन गरेको नवनियुक्त प्रवक्ता सापकोटाले जानकारी दिनु भयो । नगरपालिकाले वडा नं. १ का वडाध्यक्ष सानुकाजी कायस्थको संयोजकत्वमा सार्वजनिक सेवा, सुशासन तथा क्षमता विकास समिति गठन गरेको छ । उक्त समितिका सदस्यहरुमा शर्मिला बस्नेत, बिक्रम तामाङ, ताराबहादुर बिष्ट, सन्तोषी नेपाली, कल्पना नेपाली, कल्पना खतिवडा दाहाललाई चयन गरेको छ । त्यस्तै वडा नं. ८ का वडाध्यक्ष पुष्पराज बस्नेतको संयोजकत्वमा आर्थिक विकास समिति गठन गरिएको छ । यस समितिको सदस्यहरुमा लछुराम न्यौपाने, सुमन परियार, हेमा खतिवडा, मञ्जु कार्की, सरला विश्वकर्मा, रन्जीता तिखत्री, हिरालक्ष्मी कोजू र बिदुर खड्का रहनु भएको छ । त्यसैगरि वडा नं. ७ का वडाध्यक्ष रबिन्द्र सापकोटाको संयोजकत्वमो सामाजिक विकास समिति गठन गरिएको छ । उक्त समितिको सदस्यहरुमा दिपेन्द्र केसी, शेरकाजी सुवाल, सावित्री मिश्र, कुमार चौलागाई, गंगा खड्का र लक्ष्मण त्वाती रहनु भएको छ । त्यस्तै वडा नं. १० का वडाध्यक्ष शिवराम राउतको संयोकत्वमा गठन भएको पूर्वाधार विकास समितिमा मनोज थापा, गीता पण्डित, विश्वराम त्वायनावासु, जनक भण्डारी, पम्फा परियार, पुजा वराह चयन हुनु भएको प्रवक्ता सापकोटाले जानकारी दिनु भयो । वातावरण तथा विपद व्यबस्थापन समिति वडा नं. ९ का वडाध्यक्ष भगवाण खत्रीको संयोजकत्वमा इश्वर खड्का, उमेश कार्की, अञ्जना नेपाली, प्रजुन तिखत्री, दिप गिरी, जनार्दन खड्का, राधिकार मिजार, विदुर देउजा सदस्य रहको समिति गठन गरिएको छ । त्यस्तै वडा नं. २ का वडाध्यक्ष प्रदीप कार्कीको संयोजकत्वमा गठन भएको विधायन समितिमा इश्वरबहादुर थापा, कमला पोखरेल, सुनिल भुजेल, सुवाष न्यौपाने, उज्वल राजथला, भगत राना, गीता बुसुंखे सदस्य रहनु भएको छ । वडा नं. ५ का वडाध्यक्ष राजकुमार जोशीको संयोजकत्वमा लेखा समिति गठन भएको छ । यस समितिको सदस्यहरुमा तारा सापकोटा र घनश्याम भट्टराई रहनु भएको प्रवक्ता सापकोटाले जानकारी दिनु भयो । नगरपालिकाको उपप्रमुख सरिता भट्टराई तिमिल्सिनाको संयोकत्वमा राजस्व परामर्श समितिमा रबिन्द्र सापकोटा र शर्मिला बस्नेत सदस्य रहनु भएको छ । --- # सूर्यविनायक नगरपालिकाको बक्तृत्वकला, अरनिको मावि प्रथम Source: https://newskunda.com/archives/3804 Category: FEATURED NEWS, राजनीति, शिक्षा, समाचार, समाज Last updated: 2026-06-07 भक्तपुर, २४ जेठ । विद्यार्थीहरुको बौद्धिक कलाको विकास र्ने उदेश्यले सूर्यबिनायक नगरपालिकाले आयोजन गरेको नगरस्तरीय वक्तृत्वकला (कक्षा ८ देखि १०) कार्यक्रम आज नगरपालिकाको हलमा सम्पन्न भएको छ । ‘गणतान्त्रिक शासन ब्यवस्थामा शिक्षा’ विषयमा आयोजना गरिएको वक्तृत्वकलामा सूर्यविनयक नगर क्षत्रका २६ वटा विद्यालयका विद्यार्थीहरुको सहभागिता रहेको थियो । कार्यक्रममा नगरपालिकाका प्रवक्ता एवं सामाजिक बिकास समितिका संयोजक तथा वडा नं. ७ का वडाअध्यक्ष रबिन्द्र सापकोटाको सभापतित्वमा सम्पन्न भएको थियो । प्रतियोगितामा अरनिको माध्यमिक विद्यालयको छात्रा सम्पदा थापा प्रथम हुनु भएको छ । क्यान्डिट करिएर एकेडेमिका सुरेशा चौलागाई द्धितिय, युनिट ईङ्गलिस स्कुलका दिपशिखा खड्का तृतिय र गणेश माध्यमिक विद्यालयका दिप शिखा खड्काले सान्त्वना स्थान हासिल गर्नु भएको छ । कार्यक्रममा समितिका संयोजक सापकोटाले प्रथम हुने थापालाई नगद रु. पाँच हजार, दोश्रो हुने चौलागाईलाई तीन हजार पाँचसय, तेश्रो हुने खड्कालाई दुई हजार र सान्त्वना हुने खड्कालाई एक हजार नगदसहित प्रमाण पत्र प्रदान गर्नुभयो । प्रवक्ता समेत रहनु भएका सापकोटाले नगरपालिकाले बार्षिक क्यालेन्डर बनाएर बिद्याथी केन्द्रित कार्यक्रम सन्चालन गरिरहेको र यसले बाल बालिकाको प्रतिभा पहिचान स्पट देखिनुका साथै बिद्याथीहरुमा हौसला बढाईरहेको बताउनुभयो । यस प्रकारको कार्यक्रमले बाल मैत्री नगरपालिका निर्माणमा समेत टेवा पुग्ने बिश्वास ब्यक्त गर्दै उहाँले विद्यार्थीहरुको बौद्धिक विकास गर्ने, वाक क्षमता बृद्धि गर्ने र पाठ्यपुस्तक भन्दा अतिरिक्त अध्यननमा रुची जगाउने कार्यक्रमले टेवा दिने बताउनु भयो । नगरपालिकाले विद्यार्थीहरुका लागि सञ्चालन गरेको बिभिन्न अतिरिक्त क्रियाकलापले विद्यार्थीहरुको अतिरिक्त क्षमतामा बृद्धि गर्ने उहाँले बताउनुभयो । शिक्षा शाखाका प्रमुख रत्नबहादुर कटुवाल, प्रशासन शाखाका राजेन्द्र नेपाल र शिक्षासेवी दधिराम गेलालले वक्तृत्व कलाको मुल्याङकनकर्ताको रुपमा जिम्मेवारी निर्वाह गर्नु भएको थियो । नगरपालिको शिक्षा शाखा अन्तर्गत अतिरिक्त क्रियाकलाप सञ्चालन समितिका संयोजक चन्द्र मैनाली र सदस्य चन्दमाश्री बरालले सञ्चालन गर्नु भएको कार्यक्रममा समयपालकको जिम्मेवारी भने अनिश राईले गर्नु भएको थियो । --- # सूर्यविनायक नगरपालिकाको रु. आठ लाखको सहयोगमा ट्राफिक सचेतना कक्ष निर्माण Source: https://newskunda.com/archives/3090 Category: FEATURED NEWS, राजनीति, समाचार, समाज Last updated: 2025-05-01 भक्तपुर, १८ बैशाख : ट्राफिक प्रहरी परिसर भक्तपुरमा सूर्यविनायक नगरपालिकाले निर्माण गरिदिएको महानगरीय ‘ट्राफिक सचेतना कक्ष’को आज सूर्यविनायक नगरपालिकाका प्रमुख वासुदेव थापाले उद्घाटन गर्नु भएको हो । सूर्यविनायक नगरपालिकाको रु. आठ लाखको लागतमा सूर्यविनायक–६ ट्राफिक प्रहरी परिसरमा निर्माण भएको सचेतना कक्षको नयाँ भवनको आज उहाँले उद्घाटन गर्नु भएको हो । ट्राफिक समेतना कक्षाका लिनका लागि भक्तपुरदेखि काभ्रेसम्मका चालकलाई काठमाडौसम्म जानु नपर्ने गरि २०८० साल असार ३ गतेदेखि भक्तपुरमै सुरु भएको ट्राफिक समेतना कक्षा २२ महिनासम्म टेण्डमा सञ्चालन हुदै आएको थियो । वर्षामा पानी चुहिने, गर्मीयाममा गर्मी र जाँडो याममा चिसोले समस्या हुदै आएकोमा नगरपालिकाले नयाँ भवन निर्माण गरिदिएपछि अब कक्षा सञ्चालनमा सहज हुने भएको छ । कार्यक्रममा नगर प्रमुख थापाले ट्राफिक कार्यालयबाट सचेतना कक्ष निर्माणका लागि बजेट माग भएको दुई महिनामै बजेट व्यबस्थापन गरेर एक कोठे भवन निर्माण गर्न सफल भएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “ट्राफिक सचेतना कक्षा लिन अब घामपानीको सकस अन्त्य भएको छ । प्रहरी र जनप्रतिनिधि २४ सै घण्टा जनताको सेवामा लाग्नु पर्छ । हामीले ट्राफिक प्रहरीलाई सचेतना कक्ष निर्माण गर्न, नापी कार्यालयलाई नक्सा डिजिटलाइजेन गरि व्यबस्थित गर्न, मालपोल कार्यालयलाई फाइल व्यबस्थापन गर्न, प्रहरी परिसर भक्तपुरलगायत बिभिन्न बिभिन्न सरकारी निकायलाई पनि सहयोग गर्दै आएका छौँ ।” ट्राफिक सचेतना कक्षाले दुर्घटना न्यूनिकरणमा ठूलो टेवा पुग्ने बताउदै नगर प्रमुख थापाले ट्राफिक नियम मिच्नेलाई नेतादेखि कर्मचारीसम्मका भनसुनका आधारमा कारबाही र कक्षा नलिई छाड्ने काम गरे दुर्घटना अझै बढ्ने भएकाले भनसुनलाई प्राथमिकता नदिन आग्रह गर्नुभयो । कार्यक्रममा सूर्यविनायक नगरपालिका–६ का वडाध्यक्ष ईश्वर खड्काले पानी पर्दा टेण्डभित्र कक्षा लिन निकै समस्या भएको र डरलाग्दो अबस्था देखेरनै नगरपालिकाले भवन निर्माणका लागि रकम दिएको बताउनुभयो । जनप्रतिनिधि जनकर्तव्यबाट विमुख नहुने बताउदै नगरपालिकाले आवश्यक सहयोग गर्ने बताउनुभयो । ट्राफिक प्रहरी परिसर भक्तपुरका प्रमुख एवं ट्राफिक प्रहरी निरीक्षक प्रदीप खत्रीले टेण्डमा कारबाहीमा परेका चालकहरुलाई सचेतना कक्षा लिन पानी पर्दा, घाम चर्किदा र जाडोमा निकै समस्या परेको अबस्थामा नगरपालिकका प्रवक्ता एवं वडा नं. ७ का वडाध्यक्ष रबिन्द्र सापकोटा र वडा नं. ५ का वडाध्यक्ष खड्काले यहाँको अबस्था देख्ने बित्तिकै भवन निर्माण प्रक्रिया अगाडि बढाएको बताउनुभयो । उहाँले नगर प्रमुखले बजेट विनियोजन गरेपछि कक्षको नयाँ भवन निर्माण पुरा हूँदा टेण्ड मुक्त भएको र अझै प्रभावकारी रुपमा कक्षा सञ्चालन गर्न सकिने बताउनुभयो । उहाँले दैनिक बिहान ९ बजेदेखि २ बजेसम्म १०० देखि १५० जनासम्मले कक्षा लिने गरेको बताउदै चालू आ.ब.को साउनदेखि चैतसम्म १६ हजार ३१३ जनाले सचेतना कक्षा लिएको बताउनुभयो । ट्राफिक प्रहरीले मादक पदार्थ सेवन (मापसे) गरि सवारी साधन चलाएको, लेन अनुशासन उलंघन गरेको, तीब्र गति र रात्तोबत्ति उलंघन गरि कारबाहीमा पर्ने चालकलाई ट्राफिक प्रहरीले जरिवानासहित टोकन लिएर एक घण्टाको सचेतना कक्षामा सहभागी गराउँदै आएको छ । नेपाल पत्रकार महासंघ भक्तपुरका अध्यक्ष सुन्दर शिल्पकारले ट्राफिक प्रहरीको सडकमा हुने सक्रियताले दुर्घटना न्यूनिकरण हुने बताउदै चालकलाई सचेतना र कारबाहीका चरणहरुकाबारेमा जानकारी गराउनु पर्ने बताउनुभयो । --- # सूर्यविनायक नगरपालिकाद्धारा प्यान, भ्याट लगायतका दर्ता तथा नविकरण सेवा सञ्चालन गर्दै Source: https://newskunda.com/archives/3628 Category: FEATURED NEWS, अर्थ, राजनीति, समाचार, समाज Last updated: 2026-05-05 भक्तपुर, २२ बैशाख : आन्तरिक राजस्व कार्यालय भक्तपुरबाट वितरण हुदै आएको स्थायी लेखा नम्बर (प्यान) अब भक्तपुरको सूर्यविनायक नगरपालिकाले वितरण गर्ने भएको छ । जनतालाई छिटो र छरितो रुपमा प्यानलगायतका कर सम्बन्धी कार्य गर्न सरकारको निर्देशनसंगै भक्तपुरमा पहिलो पटक सूर्यविनायक नगरवासीले प्यान नम्बर वितरणलगायतको सेवा गर्ने भएको हो । आन्तरिक राजस्व विभागको गतपुस २० गतेको निर्णयलाई कार्यान्वयनमा ल्याउन आन्तरिक राजस्व कार्यालय, भक्तपुर र सूर्यविनायक नगरपालिकाबीच समझदारीपत्रमा हस्ताक्षर भएको छ । नगर प्रमुख वासुदेव थापाको कार्यकक्षमा एवं रोहबरमा नगरपालिकाका प्रमुख कार्यकारी अधिकृत युवराज आचार्य र आन्तरिक राजश्व कार्यालय भक्तपुरकी प्रमुख कर अधिकृत उषा पोखरेलले यससम्बन्धी समझदारी पत्रमा हस्ताक्षर गर्नु भएको छ । हस्ताक्षर पछि नगर प्रमुख वासुदेव थापाले आन्तरिक राजस्व कार्यालयबाट प्रदान हुँदै आएका सेवाहरू सूर्यविनायक नगरपालिकाबाटै सहज रूपमा प्रदान गरिने बताउनुभयो । उहाँले समझदारीपत्रमा करदाता मैत्री सेवाहरूलाई अझ सरल, सहज र पहुँचयोग्य बनाउँदै नगरवासीले आवश्यक राजस्वसम्बन्धी सेवा अब नगरपालिकाले प्रदान गर्ने बताउनुभयो । सेवा सञ्चालनमा आएसंगै प्यान कार्ड लगायतका सामान्य कामका लागि आन्तरिक राजश्व कार्यालय धाउनुपर्ने अवस्थाको अन्त्य भएको नगर प्रमुख थापाले बताउनुभयो । सम्झौतापत्रमा हस्ताक्षर गर्दै नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत युवराज आचार्यले आन्तरिक राजस्व कार्यालयले नगरपालिकाका कर्मचारीलाई केही दिनमै तालिम प्रदान गरे लगत्तै नगरपालिकाले प्यान कार्डलगायत आन्तरिक राजस्व सम्बन्धी सेवा सञ्चालन गर्ने बताउनुभयो । उहाँले तालिम पश्चात पालिकाबाट व्यक्तिगत प्यान, व्यावसायिक प्यान लिन सक्ने जानकारी दिदै नगरपालिकाले मूल्य अभिबृद्धि कर (भ्याट), अन्त शुल्क र कर चुक्ता सम्बन्धि प्रारम्भिक कागजात नगरपालिकामा पेशगरी नगरपालिकाले आन्तरिक राजश्व कार्यालयलाई अनलाईनमार्फत सिफारिस गर्ने बताउनुभयो । कार्यालयले कागजात, अनलाइनबटै जाँचगरी पुनः नगरपालिकामा पठाएपछि नगरपालिकाबाट प्रमाणपत्र जारी गर्ने प्रमुख कार्यकारी अधिकृत आचार्यले जानकारी दिनुभयो । आयकरतर्फको कारोबार बन्द गर्न, करदाता विवरण संशोधन गर्न, मूल्य अभिवृद्धि कर दर्ताका लागि सिफारिस गर्न, कर चुक्ताका लागि सिफारिस गर्न र आन्तरिक राजस्व कार्यालयको समन्वयमा करदाता शिक्षासमेत अव नगरपालिकाले नै गर्ने उहाँले जानकारी दिनुभयो । --- # सूर्यविनायक नगरपालिकाद्धारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५५ लाख ५५ हजार सहयोग Source: https://newskunda.com/archives/4179 Category: FEATURED NEWS, Uncategorized, अर्थ, राजनीति, समाचार, समाज, स्वास्थ्य Last updated: 2026-08-30 ================================= **नगरपालिका प्रमुख वासुदेव थापाले बाढीका कारण रसुवा, नुवाकोटलगायतका जिल्लामा ठूलो जनधनको क्षति भएको र त्यसबाट प्रभावित नागरिकलाई तत्काल उद्धार, राहत र पुर्नस्थापनामा सहयोग पुर्याउने उदेश्यले उक्त रकम प्रदान गर्ने निर्णय गरेको बताउनुभयो । ** ================================= भक्तपुर, १४ भदौ : सूर्यविनायक नगरपालिकाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा कुल ५५ लाख ५५ हजार ५५५ रुपैयाँ जम्मा गर्ने निर्णय गरेको छ । आज नगरपालिकामा नगर प्रमुख वासुदेव थापाको अध्यक्षतामा बसेको नगरपालिकाको २१५ औं कार्यपालिका बैठकले स्थानीय विपद् व्यवस्थापन कोषबाट नेपाल सरकारको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरेको हो । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापना कार्यमा सहयोग पु¥याउन उक्त रकम प्रदान गर्ने निर्णय गरेको हो । नगरपालिका प्रमुख थापाले बाढीका कारण रसुवा, नुवाकोटलगायतका जिल्लामा ठूलो जनधनको क्षति भएको र त्यसबाट प्रभावित नागरिकलाई तत्काल उद्धार, राहत र पुर्नस्थापनामा सहयोग पुर्याउने उदेश्यले उक्त रकम प्रदान गर्ने निर्णय गरेको बताउनुभयो । नगर प्रमुख थापाले भन्नुभयो, “यो राष्ट्रिय विपदको घडीमा मानवीय दायित्व बहन गर्दै सबैले आफ्नो क्षेत्रबाट सहयोग पुर्याउन सम्पूर्ण नागरिक समाज, निजी क्षेत्र, संघसंस्थाहरुमा आग्रह गर्नुभयो । राहत कोषका लागि नगर प्रमुखको तर्फबाट रु. ३५ हजार, उपप्रमुखको तर्फबाट १५ हजार, वडाअध्यक्षहरुको तर्फबाट प्रति व्यक्ति रु. १० हजारका दरले रु. १ लाख, कार्यपालिका सदस्इहरुको तर्फबाट प्रतिव्यक्ति रु. ६ हजार, वडा सदस्यहरुको तर्फबाट प्रतिव्यक्ति रु. दुई हजार ५०० का दरले राहत रकम राज्य कोषमा पठाउने निर्णय गरेको नगरपालिकाका प्रवक्ता एवं वडा नं. ७ का वडाध्यक्ष रविन्द्र सापकोटाले जानकारी दिनुभयो । नगर प्र्रमुख थापाको एक महिनाको सेवा सुविधा वापत प्राप्त हुने रकम कोषमा प्रदान गरिएको हो । नगरपालिकाको बैठकले बाढीको बितण्डाले पुर्याएको मानवीय एवं भौतिक क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै उद्धार, राहत वितरण र पुर्नस्थापनामा सहयोग गर्नु आव्हान गरेको नगरपालिका सामाजिक विकास समितिका संयोजक पुष्पराज बस्नेतले जानकारी दिनुभयो । --- # सूर्यविनायक नगरपालिकामा ‘स्वास्थ्य र बुढ्यौलीका लागि सहारा परियोजना’ लागू Source: https://newskunda.com/archives/3480 Category: FEATURED NEWS, अर्थ, निर्वाचन, राजनीति, समाचार, स्वास्थ्य Last updated: 2026-03-15 भक्तपुर, ३० फागुन । सूर्यविनायक नगरपालिका र नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा भक्तपुरको साझेदारीमा तथा स्विस रेडक्रसको आर्थिक सहयोगमा सूर्यविनायक नगरपालिकामा ‘स्वास्थ्य र बुढ्यौलीका लागि सहारा परियोजना’ लागू भएको छ । सूर्यविनायक नरपालिका भित्र बसोबास गर्ने जेष्ठ नागरिकहरूको स्वास्थ्य सुधार, सामाजिक सहभागिता र बुढ्यौलीमैत्री समुदाय निर्माण गर्दै जेष्ठ नागरिकहरुको संरक्षण गर्ने लक्ष्यका साथ परियोजना लागू गरेको नगरपालिकाका प्रमुख वासुदेव थापाले बताउनुभयो । परियोजनाका लागि प्रत्येक वडामा स्वयंसेवकका रुपमा छनौट भएका जनशक्तिका लागि सूर्यविनायक नगरपालिका, साहारा परियाजना र नेपाल रेडक्रस सोसाईटीले आयोजना गरेको पाँचदिने व्यबहार परिवर्तन सम्बन्धी तालिमको शनिवार समापन कार्यक्रममा प्रमाणपत्र वितरण गर्दै उहाँले यस्तो बताउनु भएको हो । यसअघि पनि यस नगरपालिका भित्र बसोबास गर्ने जेष्ठ नागरिकलाई सन्तानले गाँसबाँसको व्यवस्था नगरेमा नगरपालिकाले दिने सेवाबाट बन्द गर्ने घोषणा गरेको बताउदै यस नगरपालिका भित्र बस्ने कोही पनि जेष्ठ नागरिकले कुनै पनि अधिकारबाट बञ्चित हुन नदिने गरि व्यबस्था गर्दै आएको बताउनुभयो । नगर प्रमुख थापाले भन्नुभयो, “नगरवासीले तिरेको करको दुरुपयोग हुन दिएका छैनौ, यस नगरलाई बालमैत्री र जेष्ठ नागरिक मैत्री नगर घोषणा गर्ने लक्ष्य लिएका छौं, यस नगरपालिकाको नौ वर्षको कार्यकालमा भौतिक संरचनाको विकास गरिसक्यौं, अब प्रत्येक नागरिकको हातमा सीप, क्षमता विकासको अभियान सुरु गरेका छौं ।” उहाँले जेष्ठ नागरिकको जीवनयापनमा सहजता ल्याउन नगरपालिकाले थप बजेटको व्यबस्थापन गरेर जाने बताउनुभयो । नगरपालिकाले जेष्ठ नागरिकको सम्मान गर्दै आएके बतउदै उहाँले नौ वर्ष नगरपालिकाको सम्पूर्ण विकासमा लागेको र अबको १४ महिना पनि नगरपालिकाको समग्र विकासलाई ध्यान दिएर कार्य गर्ने बताउनुभयो । नगर प्रमुख थापाले आफ्नो कार्यकालमा सबै बैठक सर्वसम्मत रुपमा निर्णय गरेको, कुनै पनि बिवाद नगपालिकामा नआएको, जनप्रतिनिधिहरु एक ढिक्का भएर नगरको विकासमा लागेको, जनप्रतिनिधि र कर्मचारी एकआपसमा हातमालो गरेर अगाडि बढेको र ऐन, नियम विपरित कहिल्य नगएको बताउदै अबको बाँकी १४ महिना पनि जस्तोसुकै दबाब आए पनि ऐन र नियमभन्दा बाहिर गएर काम नगर्ने बताउनुभयो । कार्यक्रममा नगरपालिकाका प्रवक्ता एवं सामाजिक विकास शाखाका संया्जक रबिन्द्र सापकोटाले नगरपालिकाले यहाँको विकासलाई तिब्रगतिमा अगाडि बढाएर नौ वर्षको अन्तरालमा सम्बृद्ध नगरपालिका बनाउँदा पनि केही गरने भन्ने भाष्य फैलाइएको बताउदै स्वयंसेवकहरुले यसलाई चिर्नु पर्ने बताउनुभयो । उहाँले परियोजनाका लागि वडा वडामा पुग्दा त्यहाँको विकासका सन्दर्भ, नगरपालिकाले प्रवाह गरेको सेवा, सुबिधासंगै जेष्ठ नागरिकहरुको सबै अधिकार सुनिश्चितताका लागि लाग्नु पर्ने बताउनुभयो । कार्यक्रममा नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा भक्तपुरका सभापति परशुराम पाण्डेले ज्येष्ठ नागरिकहरुको स्वास्थ्य, अन्य अधिकारका साथै उनीहरुको आवश्यक सेवाहरुको पहुँचमा अभिबृद्धि गर्ने र ज्येष्ठ नागरिकहरु प्रति समाजले गर्ने ब्यवहारमा सकारात्मक परिवर्तन ल्याउने उद्धेश्यले सहारा परियोजना लागू गरेको बताउनुभयो । उहाँले स्वीस रेडक्रसले परियोजना र नगरपालिकाको बराबर साझेदारीमा परियाजना लागू भएको र यसले जेष्ठ नागरिकको सम्पूर्ण अधिकार सुनिश्चित गर्ने बताउनुभयो । --- # सूर्यविनायक नगरपालिकामा सम्पन्न तेस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता–२०८२ Source: https://newskunda.com/archives/3350 Category: FEATURED NEWS, खेलकुद, समाचार Last updated: 2026-10-20 भक्तपुर, १८ माघ : सूर्यविनायक नगरपालिकाले आयोजना गरेको तेस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता–२०८२ को उपाधि अरनिको माध्यामिक विद्यालयले हात पारेको छ । गत १३ गतेदेखि आयोजना गरि आज सम्पन्न प्रतियोगितामा अरनिको माध्यमिक विद्यालयले २५ स्वर्ण, १२ रजत र ११ कास्य गरी कुल ४८ पदक प्राप्त पार्दै विजेता बनेको हो । त्यसैगरि कुलमाया भगवती माध्यमिक विद्यालयले आठ स्वर्ण, तीन रजत र चार कास्य गरी कुल १५ पदकसहित दोस्रो स्थान हासिल ग¥यो भने मिड–भ्याली सेकेन्डरी स्कुलले ६ स्वर्ण, पाँच रजत र चार कास्य गरी कुल १५ पदक प्राप्त गर्दै तेस्रो भएको छ । सामुदायिक तथा संस्थागत गरी ३५ वटा विद्यालयको सहभागिता रहेको प्रतियोगितामा कूल ८९६ जना खेलाडीले एथलेटिक्स, भलिबल, तेक्वान्दो, कबड्डी, उसु र कराते गरी ६ वटा खेलमा प्रतिस्पर्धा गरेका थिए । कार्यक्रममा नगर प्रमुख बासुदेव थापाले विजेता अरनिको माविलाई नगद रु. ३० हजार, राष्ट्रपति रनिङ शिल्ड, पदक र प्रमाणपत्र प्रदान गनर्स भयो । दोश्रो र तेश्रो हुने विद्यालयलाई क्रमश ः रु. २० हजार र १० हजार नगदसहित पदक र प्रमाणपत्र वितरण गर्नुभयो । उहाँले नगरपालिकाले विद्यालयस्तरबाटै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी उत्पादन गर्ने लक्ष्यका साथ खेल र खेलाडीको विकासका लागि लगानी बढाको बताउदै विद्यालयस्तरबाटै खेलाडी जन्माउनु पर्ने बताउनुभयो । प्रतियोगितामा करातेमा छात्रतर्फ मिड–भ्यालीका कृजेन श्रेष्ठ र छात्रातर्फ अरनिको माध्यमिक विद्यालयकी राधिका खत्री, उसुमा छात्रतर्फ मोडल जनता स्कुलका रेमन ठाडा मगर र छात्रातर्फ अरनिको माध्यमिक विद्यालयकी रिना खड्का, तेक्वान्दोमा छात्रतर्फ क्यान्डिड करियरका सुहान थापा मगर र छात्रातर्फ माउन्ट एभेरेन्टकी जेनी जोशी उत्कृष्ट खेलाडी घोषित भएको सूर्यविनायक नगर खेलकुद विकास समितिका सदस्य सचिव दीपक थापाले जानकारी दिनुभयो । त्यस्तै भलिबलमा छात्रतर्फ अरनिको माध्यमिक विद्यालयका विराज श्रेष्ठ र छात्रातर्फ सोही विद्यालयकी जुना श्रेष्ठ, कबड्डीमा छात्रतर्फ मिड–भ्यालीका नृजल प्रजापति र छात्रातर्फ सृजना राउत, एथलेटिक्समा छात्रतर्फ अरनिको माध्यमिक विद्यालयका सुवास बुढाथोकी र छात्रातर्फ कुलमाया भगवती माध्यमिक विद्यालयकी शिवमाया श्रेष्ठ उत्कृष्ट खेलाडी घोषित भएको उहाँले जानकारी दिनुभयो । सदस्य सचिव थापाका अनुसार प्रतियोगितामा पहिलोपटक स्काउट मार्चपासमा सहभागी समूहहरूको मूल्यांकन गरि प्रथम हुने मनोरम ई.स्कुल, दोश्रो हुने ईडेन गार्डेन ई.स्कुल र तेश्रो हुने ज्योति माध्यमिक विद्यालयलाई क्रमश : नगद रु. आठ हजार, पाँच हजार र तीन हजार रुपैयाँसहित सम्मान गरिएको थियो । सामाजिक विकास समितिका संयोजक तथा नगरका प्रवक्ता रविन्द्र सापकोटाको सभापतित्वमा सम्पन्न कार्यक्रममा विद्यालय र विद्यार्थीलाई खेलप्रति आकर्षण गर्न नगरपालिकाले विकास समिति नै गठन गरि निःशुल्क प्रशिक्षणदेखि प्रतियोगितासम्मका कार्यक्रमलाई निरन्तरता दिएको वताउनुभयो । उपप्रमुख सरिता तिमल्सिना भट्टराई, वडा नं. २ का वडाध्यक्ष प्रदीप कार्की र नगर खेलकुद विकास समितिका सदस्य सचिव दीपक थापाले पनि मन्तब्य राख्नु भएको थियो । कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत युवराज आचार्य, वडा नं १ का वडाध्यक्ष सानुकाजी कायस्थ, वडा नं ४ का वडाध्यक्ष लछुराम न्यौपाने, वडा नं ६ का वडाध्यक्ष ईश्वर खडका, वडा नंं ८ का वडाध्यक्ष पुष्पराज बस्नेत, ९ का वडाध्यक्ष भगवान खत्री, शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख रत्नबहादुर कट्वाल, कार्यपालिका सदस्यहरू हेमा दाहाल खतिवडा, सुनील भुजेललगायत जनप्रतिनिधिहरू, विभिन्न विद्यालयका प्रधानाध्यापक, निर्णयाक, खेल प्रशिक्षक, शिक्षक तथा विद्यार्थीहरूको उल्लेख्य सहभागिता रहेको थियो। कार्यक्रममा संयुक्त रूपमा बोल्दै वक्ताहरूले राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताले विद्यालयस्तरबाटै खेल प्रतिभाको पहिचान र विकासमा महत्वपूर्ण योगदान पु¥याएको उल्लेख गर्दै विद्यार्थीलाई पढाइसँगै खेलकुदमा सक्रिय बनाउन स्थानीय तहले निरन्तर सहयोग र लगानी गर्दै जाने प्रतिबद्धता व्यक्त गर्नुभयो। साथै प्रतियोगिताबाट छनोट भएका उत्कृष्ट खेलाडीलाई आगामी जिल्ला तथा प्रदेशस्तरीय प्रतियोगितामा सहभागी गराइने जानकारी पनि गराइयो। --- # सूर्यविनायक नगरपालिकाले आयोजना गरेको स्थानीय पाठ्यक्रममा आधारित शिव सर्किट अध्ययन–अवलोकन भ्रमण उत्साहजनक रुपमा सम्पन्न Source: https://newskunda.com/archives/4006 Category: FEATURED NEWS, अर्थ, धर्म/संस्कृति, राजनीति, शिक्षा, समाचार, समाज Last updated: 2026-08-09 भक्तपुर, २४ साउन । सूर्यविनायक नगरपालिकाले आज आयोजना गरेको नगरपालिका भित्रका सामुदायिक तथा संस्थागत विद्यालयमा स्थानीय पाठ्यक्रम ‘हाम्रो सूर्यविनायक’ विषय अध्यापन गराउने एक–एक जना शिक्षकलाई शिव सर्किट अध्ययन–अवलोकन भ्रमण आज सम्पन्न भएको छ । नगरपालिकाको सामाजिक विकास समितिले आज ६ वटा बसमा सूर्यविनायक नगरपालिकाको कार्यालयमा भेला भएर सुरु भएको शिव सर्किटको अध्ययन भ्रमणमा सूर्यविनायक नगरपालिका वडा नं. २ को वडाकार्यालयसंगै रहेको धर्मेश्वर महादेव मन्दिरबाट धार्मिक एवं अध्ययन–अवलोकन भ्रमण सुरु भएको थियो । सूर्यविनायकमा रहेको करिब ९८ वटा सामुदायीक तथा संस्थागत विद्यालयका ‘हाम्रो सूर्यविनायक’ विषय अध्यापन गराउने शिक्षक शिक्षिका, नगरपालिकाका जनप्रतिनिधि एवं कर्मचारी र पत्रकार गरिक करिब १५० जनाको भ्रमणमा सहभागिता रहेको थियो । वडा नं. २ को धर्मेश्वर मन्दिरमा वडा अध्यक्ष प्रदीप कार्कीले नगरपालिकाको उपप्रमुख सरिता तिमसिना (भट्टराई), प्रमुख प्रशासकीय अधिकृत युवराज आचार्य, नगरपालिकाका प्रवक्ता एवं सामाजिक विकास समितिका संयोजक रविन्द्र सापकोटा, वडा नं. ५ का वडाध्यक्ष राजकुमार जोशी, शिक्षा शाखा प्रमुख रत्न बहादर कटुवाल, सूचना अधिकारी राजेन्द्र प्रसाद नेपाल, वरिष्ट इन्जिनियर जनक न्यौपानेलगायत नगरपालिकाका शिक्षा शाखाका कर्मचारी, बिभिन्न विद्यालयबाट सहभागि शिक्षक शिक्षिकाहरुलाई टीका र रामनामी खादा लगाएर स्वासग गर्दै भ्रमणको शुभारम्भ भएको थियो । त्यस पछिको यात्रा वडा नं. १ र २ को संगमस्थलको गुप्तेश्वर महादेव मन्दिरमा वडाध्यक्ष कार्कीले पुन ः स्वागत गरेसंगै वडा नं. १ सिरुटारस्थित सोमलिङ्गेश्वर महादेव मन्दिर र चरखण्डीश्वर महादेव मन्दिरमा वडा अध्यक्ष रानुकाजी कायस्थले भ्रमण टोलीलाई स्वागत गर्नु भएको थियो । अध्ययन–अवलोकन भ्रमण टोली शिव सर्किटको रुट अनुसार नै दधिकोटको अनन्तलिङ्गेश्वर महदेव, गुण्डुको पाथीभरा मन्दिर, मत्स्यश्वर महादेव, रामभक्तेश्वर महादेव, कटुञ्जेको सुवर्णेश्वर महादेव, सूर्यविनायक गणेश मन्दिर, घ्याम्पे डाँडाको पाईलट बाबा आश्रम, सिपाडोलको आशापुरी महादेव, चित्तपोलको कैलाशनाथ महादेव, लटरम्बेश्वर महादेव, महाकांलेश्वर महादेव, नंखेलको नन्दिकेश्वर महादेव हुदै साँझ सिपाडोलको प्रसिद्ध डोलेश्वर महादेव मन्दिर प्राङ्गनमा पुगेर दर्शन एवं सन्ध्या आरतीमा सहभागि गराई यात्रा सम्पन्न भएको थियो । सूर्यविनायक वडा नं. १ देखि १० सम्मका शिव मन्दिरहरू समेटेर निर्माण गरिएको शिव सर्किटको अध्ययन अवलोकन भ्रमणमा प्रत्येक शिवालय एवं मन्दिरमा स्थानीय जनप्रतिनिधि एवं वडाध्यक्षले टोलीलाई स्वागत गर्नु भएको थियो । स्थानीय पाठ्यक्रम अध्यापन गराउने शिक्षक एवं शिक्षिकाहरुले स्थानीय धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक सम्पदाबारे प्रतक्ष्य अवलोकनबाट ज्ञान लिई ‘हाम्रो सूर्यविनायक’ विषयलाई अझ प्रभावकारी र व्यवहारिक रूपमा अध्यापन गर्न सहयोग पु¥याउने विश्वास लिएको उपप्रमुख उपप्रमुख सरिता तिमसिना (भट्टराई) ले जानकारी दिनुभयो । सूर्यविनायक नगरपालिकाले नगरभित्रका सामुदायिक तथा संस्थागत विद्यालयमा ‘हाम्रो सूर्यविनायक’ विषय अध्यापन गराउने एक–एक जना शिक्षकलाई शिव सर्किट अध्ययन–अवलोकन भ्रमणमा सहभागी गराएको संयोजक रविन्द्र सापकोटाले जानकारी दिनुभयो । स्थानीय धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक सम्पदाबारे शिक्षकको ज्ञान अभिवृद्धि गरी ‘हाम्रो सूर्यविनायक’ विषयलाई अझ प्रभावकारी र व्यवहारिक रूपमा अध्यापन गर्न सहयोग पु¥याउने उदेश्यले गरिएको अध्ययन भ्रमणले स्थानीय पठन पाठनमा सहयोग पुग्ने उहाँले बताउनुभयो । स्थानीय इतिहास, संस्कृति र सम्पदासँग जोडिएको शिक्षालाई थप जीवन्त बनाउन नगरपालिकाले निर्माण गरेको शिव सर्किटमा रहेको शिवालयहरुको अध्ययन भ्रमणले शिक्षिक शिक्षिकालाई स्थानीय पाठ्यक्रममा अध्ययन गराउन सहज हुने बताउदै यो भ्रमणले प्रचार प्रसारमा समेत टेवा पुग्ने बताउनुभयो । अध्ययन–अध्यापन भ्रमणमा सहभागि शिक्षक रत्न राईले नगरपालिकाले सञ्चालन गरेको स्थानीय पाठ्यक्रमको अध्ययन अध्यापनमा यो भ्रमणले ठूलो टेवा पुग्ने बताउनुभयो । अर्का शिक्षक शिक्षिकाहरुले यस अध्ययन भ्रमणले स्थानीय पाठ्यक्रम अध्ययन अध्यापनमा सहज हुने बताउदै सुनेको र देखेकोमा फरक पर्ने भएकाले सुनेको भरमा नभई शिक्षक शिक्षिकाले देखेकै आधारमा पनि अध्ययन गराउन सक्ने बताउनुभयो । डोलेश्वर महादेव मन्दिरमा भएको समापन कार्यक्रममा नगरपालिकाका प्रमुख वासुदेव थापाले स्थानीय पाठ्यक्रममा शिव सर्किटको उल्लेख गरिएको र शिव सर्किटमा रहेको १४ वटा शिवालयलगायतका यहाँका मन्दिरको बारेमा अध्ययन अध्यापन गराउन भ्रमणले ठूलो टेवा दिने विश्वास लिएको बताउनुभयो । शिव सर्किटलाई नगरपालिकाले पर्यटकीय गन्तव्यको रुपमा समेत विकास गर्ने उहाँले बताउनुभयो । --- # सूर्यविनायक नपामा राजनीतिक दलमा लागेकाले अब प्रअ बन्न नपाउने Source: https://newskunda.com/archives/2577 Category: FEATURED NEWS, शिक्षा, समाचार, समाज Last updated: 2023-03-14 भक्तपुर । भक्तपुरको सूर्यविनायक नगरपालिकाले खुल्ला प्रतिस्पर्धाबाट प्रअ नियुक्ति गर्ने भएकाे छ । त्यस निम्ति शिक्षक पदमा नियुक्त हुँदाका बखत कुनै राजनीतिक दलको सदस्य नरहेको पनि हुनुपर्ने याेग्यता निर्धारण गरेकाे छ । त्यसका लागि पालिकाले सूचना प्रकाशन गरि प्रअ हुन इच्छुक शिक्षकलाई १५ दिनभित्र आवेदन दिन अनुराेध गरेकाे छ । नगरपालिकाले सामुदायिक विद्यालयमा प्रधानाध्यापक नियुक्ति कार्यविधि २०७९ बनाएकाे जनाएको छ। सामुदायिक विद्यालयमा प्रतिस्पर्धाबाट प्रधानाध्यापक नियुक्तिको लागि बनाएकाे कार्यविधिकाे दफा ४ बमोजिम सूचना प्रकाशन गरेकाे उल्लेख गरेकाे छ । प्रअ हुनका लागि आधारभूत तह कक्षा १- ५ को लागि मान्यता प्राप्त संस्थाबाट कम्तीमा प्रविणता प्रमाणपत्र तह वा सो उत्तीर्ण गरेकाे, आधारभूत कक्षा १- ८ को लागि मान्यता प्राप्त विश्वविद्यालयबाट कम्तिमा स्नातक वा सरह उत्तीर्ण गरेको र माध्यमिक कक्षा १-१०/१२ को लागि मान्यता प्राप्त विश्वविद्यालयबाट कम्तिमा स्नातकोत्तर वा सो सरह उत्तीर्ण गरेकाे शैक्षिक याेग्यता हुनुपर्ने उल्लेख गरेकाे छ । प्रअ हुन चाहने शिक्षकले नेपाली नागरिकताकाे प्रतिलिपिका साथ आफूले हासिल गरेका शैक्षिक याेग्यताका प्रमाणपत्रका प्रतिलिपिमात्र नभई आफूले अध्यापन गरेकाे विषयमा पछिल्लो तीन वर्षकाे नतिजा सिट र मामिला अध्ययनमा आधारित विद्यालय विकास प्रस्ताव समेत पेश गर्नुपर्ने जनाएको छ । --- # सूर्यविनायक मेयर कप कराते च्याम्पियनसिप –२०८३’ सुरु, नगर प्रवक्ता सापकोटाद्धारा उद्घाटन Source: https://newskunda.com/archives/4265 Category: FEATURED NEWS, अर्थ, खेलकुद, राजनीति, समाचार, समाज Last updated: 2026-09-13 भक्तपुर, २८ भदौ : सुर्यविनायक नगरपालिका नगर खेलकुद विकास समितिले आयोजना गरेको ‘सूर्यविनायक मेयर कप कराते च्याम्पियनसिप–२०८३’ भक्तपुरमा आजबाट सुनपा–८ स्थित तेक्वाण्डो कबर्ड हलमा सुरु भएको छ । प्रतियोगिताको आज सूर्यविनायक नगरपालिका नगर प्रवक्ता एवं वडा नं. ७ का वडाध्यक्ष रविन्द्र सापकोटाले उद्घाटन गर्नु भयो । उहाँले सूर्यविनायक नगरपालिकाले खेलको विकास र नयाँ खेलाडी उत्पादनमा लगानी गर्दै आएको बताउदै यसले विद्यार्थीहरुमा खेलकुदतर्फ आकर्षण बढाएको बताउनुभयो । उहाँले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी उत्पादनमा नगरपालिकाले प्रशिक्षणदेखि प्रतियोगितासम्मको आयोजना गर्दै आएको बताउदै नगर खेलकुद विकास समिति गठन भएपछि खेलकुदका कार्यक्रमले रफ्तार र्लिको चर्चा गर्नुभयो । कार्यक्रममा सूर्यविनायक नगरपालिका वडा नं. ८ का वडाध्यक्ष पुष्पराज बस्नेतले यस प्रकारको प्रतियोगिताले खेलको विकास र खेलाडीमा प्रोत्साहन मिल्ने बताउनु भयो । सूर्यविनायक नगरपालिकाले खेलकुदको विकासमा पछिल्लो समयमा निकै सक्रियता देखाएको बताउदै यसले सूर्यविनायकबाट राष्ट्रियस्तरका खेलडाीहरु जन्माउने विश्वास व्यक्त गर्नुभयो । भक्तपुर जिल्ला खेलकुद विकास समितिका सदस्य अनन्तराज वैद्य, नेपाल सितेरियो कराते सघ भक्तपुर जिल्लाका अध्यक्ष राजन चित्रकार, सूर्यविनायक नगर सितेरियो कराते सघका अध्यक्ष कृष्णराम ज्याकीलगायतले खेलकुदमा गतिबिधिमा नगरपालिकाले खेलेको भूमिका स्मरणयोग्य रहेको बताउनुभयो । कार्यक्रमका सभापति एवं सुर्यविनायक नगरपालिका नगर खेलकुद विकास समितिका सदस्य सचिव दीपक थापाले प्रतियोगितामा १९० जना खेलाडीका सहभागिता रहेको बताउनुभयो । नेपाल कराते महासंघको नीति नियम अनुसार सञ्चालन भएको प्रतियोगितामा प्रथम हुनेलाई नगद रु. २० हजार, दोश्रो हुनेलाई रु. १५ हजार, तेश्रो हुनेलाई रु. १० हजार पुरस्कारसहित ट्रफि, मेडल र प्रमाणपत्र प्रदान गरिने सदस्य सचिव थापाले जानकारी दिनुभयो । त्यसैगरि प्रतियोगितामा उत्कृष्ठ पुरुष तथा महिला खेलाडीलाई नगद रु. ७ हजार, उदयमान महिला तथा पुरुष खेलाडीलाई नगद रु. ३ हजार नगद पुरस्कार, मेडल तथा प्रमाणपत्र प्रदान गरिने उहाँले जानकारी दिनुभयो । प्रतियोगिताको समापनमा नगर प्रमुख वासुदेव थापाले खेलाडीहरुलाई पुरस्कार तथा प्रमाणपत्र प्रदान गर्नुहुने भएको छ । --- # सूर्यविनायक मेयर कप कराते च्याम्पियनसिप–२०८३ को उपाधी अरनिको माविले उचाल्यो Source: https://newskunda.com/archives/4275 Category: FEATURED NEWS, खेलकुद, राजनीति, शिक्षा, समाचार, समाज Last updated: 2026-09-14 भक्तपुर, २९ भदौ । सूर्यविनायक मेयर कप कराते च्याम्पियनसिप–२०८३ प्रतियोगितामा अरनिको माध्यमिक विद्यालय टिम च्याम्पियनको उपाधी हात पारेको छ । सूर्यविनायक नगरपालिका नगर खेलकुद विकास समितिले आयोजना गरेको प्रतियोगितामा अरनिको माध्यमिक विद्यालयले १० स्वर्ण, ६ रजत र २ कास्य पदकसहित टिम च्याम्पियनको उपाधि हात पारेको हो । प्रतियोगितामा दधिकोट डोजोले ५ स्वर्ण, ४ रजत र ३ कास्य पदकसहित दोस्रो भएको छभने ब्लुबर्ड इङ्गलिस स्कुलले २ स्वर्ण, १७ रजत र ५ कास्य पदकसहित तेस्रो भएको छ । समापन कार्यक्रममा सूर्यविनायक नगरपालिका वडा नं. ८ का वडाध्यक्ष पुष्पराज बस्नेतले विजेता अरनिको माविलाई नगद रु. २० हजार पुरस्कारसहित ट्रफि, मेडल र प्रमाणपत्र, दोश्रो हुने दधिकोट डोजोलाई रु. १५ हजार पुरस्कार ट्रफि, मेडल र प्रमाणपत्र र तेश्रो हुने ब्लुबर्ड इङ्गलिस स्कुललाई रु. १० हजार पुरस्कार र ट्रफि, मेडल र प्रमाणपत्र प्रदान गर्नु भयो । प्रतियोगितामा उत्कृष्ट पुरुष खेलाडी घोषित दधिकोट डोजोका प्रविन तामाङ र उत्कृष्ट महिला खेलाडी घोषित अरनिको माध्यमिक विद्यालयकी पूजा दास श्रेष्ठलाई जनही रु. ५ हजार नगद पुरस्कार प्रदान गरेको छ । उदयमान पुरुष खेलाडीतर्फ दधिकोट डोजोका आदन धोजु र उदयमान महिला खेलाडीतर्फ ई–किट्सकी तेजस्वी सिजखुलाई जनही रु. ३ हजार नगद पुरस्कार पदान गरिएको छ । प्रतियोगिताको पुरस्कार वितरण समारोहमा वडाध्यक्ष पुष्पराज बस्नेतले सूर्यविनायक नगरपालिका भित्र उदयमान खेलाडीहरु र बिभिन्न खेलमा आकर्षण बढेको बताउनुभयो । कार्यक्रममा नेपाल सितेरियो कराते संघका केन्द्रीय सदस्य राधिका देउला, नेपाल सितेरियो कराते संघ भक्तपुरका अध्यक्ष राजन चित्रकार, सूर्यविनायक नगर सितेरियो कराते संघका अध्यक्ष कृष्णराम ज्याकीलगायत कराते संघसँग आबद्ध विभिन्न पदाधिकारी तथा प्रशिक्षकहरूको सहभागिा रहेको थियो । प्रतियोगितामा विभिन्न विद्यालय तथा डोजोबाट गरी १९० जना खेलाडीले प्रतिस्पर्धामा सहभागि भएको बताउदै सूर्यविनायक नगरपालिका नगर खेलकुद विकास समितिका सदस्य सचिव दिपक थापाले प्रतियोगिताका सम्पूर्ण विजेता खेलाडीलाई बधाई तथा शुभकामना दिँदै प्रतियोगिता सफल बनाउन सहयोग गर्ने सूर्यविनायक नगर सितेरियो कराते संघलगायत सबैलाई धन्यवाद व्यक्त गर्नुभयो । --- # सूर्यविनायक मेयर कप जिल्ला अन्तर क्लब स्तरीय ब्याडमिन्टन प्रतियोगिता-२०८३ कात्तिक २१ गतेदेखि Source: https://newskunda.com/archives/5414 Category: FEATURED NEWS, अर्थ, खेलकुद, समाचार, समाज Last updated: 2026-11-01 भक्तपुर, १५ कात्तिक । सूर्यविनायक नगरपालिकाले सूर्यविनायक मेयर कप जिल्ला अन्तर क्लब स्तरीय ब्याडमिन्टन प्रतियोगिता-२०८३ आयोजना गर्ने भएको छ । सूर्यविनायक नगर खेलकुद विकास समितिले कात्तिक २१ गतेदेखि प्रतियोगिताको आयोजना गर्ने भएको नगर खेलकुद समितिका सदस्य सचिव दीपक थापाले जानकारी दिनुभयो । प्रतियोगितामा सहभागि हुन समितिले सार्वजनिक सूचना जारी गर्दै यहीँ १९ गतेसम्म फाराम भर्न आव्हान गरेको छ । प्रतियोगिता पुरुष एकल, महिला एकल, पुरुष डबल्स, ४५ वर्ष माथिको भेट्रान डबल्स, १७ वर्ष मुनीको पुरुष एकल गरि चार विधामा प्रतिस्पर्धा हुनेछ । प्रतियोगितामा सबै विधामा प्रथम हुनेलाई नगद रु. ३० हजार, दोश्रो हुनेलाई नगद रु. २० हजार, तेश्रो हुनलाई नगद रु. १० हजार पुरस्कार, ट्रफी तथा प्रमाण पत्र प्रदान गरिने नगर खेलकुद समितिका सदस्य सचिव दीपक थापाले जानकारी दिनुभयो । प्रतियोगितामा उत्कृष्ठ खेलाडीलाई रुं ८ हजार र उदयमान खेलाडीलाई प्रोत्साहन स्वरुप नगद रु. ५ हजार नगद सहित प्रमाण पत्र प्रदान गरिने समितिका सदस्य सचिव थापाले जानकारी दिनुभयो । सूर्यविनायक नगरपालिकाले नगद खेलकुद विकास समिति गठन गरेसंगै नगरपालिकाले खेलकुदको प्रशिक्षण, प्रतियोगिता र विकासमा लगातार कार्य गर्दै आएको नगरपालिकाका आर्थिक विकास समितिका संयोजक पुष्पराज बस्नेतले जानकारी दिनुभयो । नगर प्रमुख वासुदव थापाले यसवर्ष खेलकुदका लागि मात्रै नगरपालिकाले रुं एक करोड बजेट विनियोजन गरेको र खेलकुदबाट नगरपालिकालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा चिनाउने गरि खेलाडी उत्पादन गर्न लागिरहेको बताउनु भयो । --- # सूर्यविनायक मेयर कप जिल्ला स्तरीय फुट्सल प्रतियोगिता–२०८३ को सम्पूर्ण तयारी पुरा Source: https://newskunda.com/archives/3643 Category: FEATURED NEWS, अर्थ, खेलकुद, राजनीति, समाचार Last updated: 2026-05-06 भक्तपुर, २३ बैशाख । सूर्यविनायक नगर खेलकुद विकास समितिले आयोजना गर्न लागेको ‘सूर्यविनायक मेयर कप जिल्ला स्तरीय फुट्सल प्रतियोगिता–२०८३’ को सम्पूर्ण तयारी पुरा गरेको छ । सूर्यविनायक नगरपालिकाको सहयोग एवं समन्वयमा वैशाख २४ बिहिबारबाट सूर्यविनायक नगरपालिका वडा नं. ८ हेल्दी फुटसलमा आयोजना हुन लागेको प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको सूर्यविनायक नगर खेलकुद विकास समितिका सदस्य सचिव दिपक थापाले जानकारी दिनुभयो । बैशाख २४, २५ र २६ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको २६ गते अपरान्ह नगर प्रमुख वासुदेव थापाको प्रमुख आतित्थ्यतामा हुने समापन कार्यक्रममा विजयी टिम तथा खेलाडीलाई पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिने भएको छ । प्रतियोगितामा जिल्ला भरिबाट २५ वटा टिमले प्रतिस्पर्धा गर्ने जानकारी दिदै सदस्य सचिव थापाले प्रथम हुने टिमलाई नगद रु. ६० हजार पुरस्कारसहित शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिने उहाँले जानकारी दिनुभयो । प्रतियोगितामा दाश्रो हुने टिमलाई रु.३० हजार, तेश्रो हुने टिमलई रु. २० हजार, सान्त्वना हुने टिमलाई रुं १० हजार नगद, शिल्ड, मेठल र प्रमाण प्रदान गरिने भएको छ । त्यस्तै उत्कृष्ठ खलाडीलाई रु. १० हजार, उत्कष्ठ गोलकिपरलाई रुं २० हजार, उच्च अर्थात सबभन्दा बढी गोलकर्तालाई रु. १० हजार नगद पुरस्कारसहित मेठल र प्रमाण पत्र प्रदान गरिने भएको छ । प्रतियोगिता २६ गते अपरान्ह पुरस्कार वितरण गरि सम्पन्न हने भएको छ । --- # सूर्यविनायक मेयरकप जिल्ला स्तरीय फुट्सल प्रतियोगिता–२०८३’ को आज सम्पन्न फाइनल खेलमा पाण्डु बजार फुटबल क्लब विजेता Source: https://newskunda.com/archives/3667 Category: FEATURED NEWS, अर्थ, खेलकुद, राजनीति, शिक्षा, समाचार, समाज Last updated: 2026-05-09 भक्तपुर, २६ बैशाख : ‘सूर्यविनायक मेयरकप जिल्ला स्तरीय फुट्सल प्रतियोगिता–२०८३’ को आज सम्पन्न फाइनल खेलमा पाण्डु बजार फुटबल क्लब विजेता भएको छ । सूर्यविनायक नगर खेलकुद विकास समितिको आयोजना, सूर्यविनायक नगरपालिकाको सहयोगमा सूर्यविनायक नगरपालिका–८ हेल्दी फुटसलमा आज सम्पन्न फाइनल खेलको आजको फाइनल खेलमा २–१ गोलअन्तरले पराजित गर्दै पाण्डुबजार फुटबल क्लब च्याम्पियन बनेको हो । निर्धारित समयमा दुवै टोलीबाट गोल हुन नसकेपछि खेलको निर्णय ट्राइब्रेकरबाट गरिएको थियो । खेलमा भविष्य फाउन्डेसन बालकोटले सूर्यविनायक–१ लाई ६–२ गोलले पराजित गर्दै तेस्रो स्थान सुरक्षित गर्न सफल भयो भने सूर्यविनायक–१ ले सान्त्वनामा खुम्चिनु परेको थियो । विजेता टिमलाई नगर प्रमुख वासुदेव थापाले नगद रु. ६० हजार, ट्रफि, मेडल र प्रमाणपत्र तथा दोश्रो हुने हेल्दी फुटसललाई नगद रु. ३० हजार, ट्रफि, मेडल र प्रमाणपत्र प्रदान गर्नुभयो । तेश्रो हुने सूर्यविनायक–२ बालकोटको भविष्य फाउण्डेसनलाई नगद रु. २० हजार, ट्रफि, मेडल र प्रमाणपत्र तथा सान्त्वना हुने सूर्यविनायक वडा नं १ टिमलाई नगद रु. १० हजार, मेडल र प्रमाणपत्र नगर प्रमुख थापाले प्रदान गर्नुभयो । प्रतियोगितामा उत्कृष्ट खेलाडी निर्भिक थापा, उत्कृष्ट गोलकिपर सविन जोशी श्रेष्ठ र उत्कृष्ट गोलकर्ता विवेक कवाङलाई जनही नगद रु. १० हजार, प्रमाणपत्र र मेडल प्रदान गरियो । कार्यक्रममा फुटसलको महिलातर्फको राष्ट्रिय खेलाडी एवं र सूर्यविनायकको स्थानीयवासीलाई अञ्जली मचामसीलाई नगर प्रमुख थापाले सम्मान गर्नुभयो । प्रतियोगितामा जिल्लाभरिबाट २५ वटा टिमबीच प्रतिस्पर्धा भएको सूर्यविनायक नगर खेलकुद विकास समितिका सदस्य सचिव एवं कार्यक्रमका सभापति दीपक थापाले बताउनुभयो । कार्यक्रममा नगर प्रमुख थापाले सूर्यविनायक नगरपालिकाले शिक्षा, स्वास्थ्य र भौतिक सरचनाका विकासलाई विगत नौ वर्षदेखि गर्दै आएको र अहिले वर्ष खेलमैत्री नगर।पालिकाको रुपमा विकास गर्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी उत्पादन गर्ने गरि प्रशिक्षण र प्रतियोगिता सञ्चालन गर्दै आएको बताउनुभयो । कार्यक्रममा नगर प्रमुख वासुदेव थापाले सूर्यविनायक नगरपालिकाले शिक्षा, स्वास्थ्य, कृषि र खेलकुदाको बिकासलाई तिब्र रुपमा अगाडि बढाएको बताउनु भयो । उहाँले विगत नौ वर्षमा नगरपालिकाले अधिकांश भौतिक संरचना, सडक, पुल निर्माण गरेको बताउदै अब खेलकुदको विकासलाई तिब्र रुपमा अगाडि बढाएर लैजाने बताउनुभयो । उहाँले अब खेलमैत्री नगरपालिकाको रुपमा विकास गर्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी उत्पादन गर्ने गरि प्रशिक्षण र प्रतियोगिता सञ्चालन गर्ने बताउनुभयो । नगरपालिकाले आफ्नै नगरक्षेत्रमा बृहत खेलकुद मैदानका रुपमा रंगशाला निर्माण गर्ने बताउदै अब हरेक महिनामा एउटा खेलकुद प्रतियोगिता आयोजना गर्दै खेलाडीलाई खेलप्रति आकर्षित गर्न प्रोत्साहन गर्ने बताउनुभयो । नगरपालिकाले आफ्नै नगरक्षेत्रमा बृहत खेलकुद मैदान निर्माण गर्ने बताउदै हरेक महिनामा एउटा खेलकुद प्रतियोगिता आयोजना गर्दै खेलाडीलाई खेलप्रति आकर्षित गर्न प्रोत्साहन गर्ने बताउनुभयो । कार्यक्रममा नगरपालिकाका आर्थिक विकास संयोजक एवं वडा नं. ८ का वडाध्यक्ष पुष्पराज बस्नेतले नगरपालिकाले खेललाई प्राथमिकतामा राखेर नयाँ खेलाडी एत्पादन गर्नेदेखि युवा खेलाडीलाई प्रोत्साहनसम्मको कार्यक्रम अगाडि सारेको बताउनुभयो । खेलकुद पनि विकासको एउटा आधार भएको चर्चा गर्दै उहाँले खेल र खेलाडीको बिकासलाई नगरपालिकाले विकासको आधार बनाएर अगाडि बढ्ने बताउनु भयो । उहाँले युवा जनशक्तिलाई खेलप्रति आकर्षित गरेर युवा विकासको आधार पनि बनाउने उहाँले बताउनुभयो । प्रतियोगितामा जिल्लाभरिबाट २५ वटा टिमबीच प्रतिस्पर्धा भएको सूर्यविनायक नगर खेलकुद विकास समितिका सदस्य सचिव एवं कार्यक्रमका सभापति दीपक थापाले बताउनुभयो । खेलकुद प्रतियोगिताले खेल र खेलकुदको विकास गर्ने चर्चा गर्दै उहाँले खेलकुद विकास समिति गठन गरेसंगै सूर्यविनयकमा खेलकुदले गति लिएको बताउनुभयो । अनुशासनशील भएर प्रतियोगिता सम्पन्न भएको बताउदै उहाँले प्रतियोगिता सफल पार्न सहयाग गर्ने सबैलाई धन्यवाद व्यक्त गर्नुभयो । प्रतियोगितामा जिल्लाभरिबाट २५ वटा टिमबीच प्रतिस्पर्धा भएको समितिका सदस्य सचिव थापाले बताउनुभयो । खेलकुद प्रतियोगिताले खेल र खेलकुदको विकास गर्ने चर्चा गर्दै उहाँले खेलकुद विकास समिति गठन गरेसंगै सूर्यविनयकमा खेलकुदले गति लिएको बताउनुभयो । अनुशासनशील भएर प्रतियोगिता सम्पन्न भएको बताउदै उहाँले प्रतियोगिता सफल पार्न सहयाग गर्ने सबैलाई धन्यवाद व्यक्त गर्नुभयो । कार्यक्रमका सामाजिक विकास शाखाका प्रमुख तथा नगरपालिकाका प्रवक्ता रबिन्द्र सापकोटा, वडा नं. १ का वडाध्यक्ष सानुकाजी कायस्थ, नगरपालिकाका शिक्षा शाखा प्रमुखलगायतले विजयी खेलाडीहरुलाई मेडल तथा प्रमाणपत्र प्रदान गर्नुभयो । --- # सूर्यविनायक वडा नं. ८ ले गर्यो एसईई उतीर्ण विद्यार्थी र खेलाडीलाई सम्मान Source: https://newskunda.com/archives/1597 Category: FEATURED NEWS, शिक्षा, समाचार, समाज Last updated: 2022-07-30 भक्तपुर, १४ साउन । सूर्यबिनायक नगरपालिका ८ नं.वडा कार्यालयले एसईई परीक्षा उीर्ण विद्यार्थी तथा खेलाडीलाई सम्मान गरेको छ । शनिवार कार्यालयले आयोजना गरेको सम्मान कार्यक्रममा वडा नं। ८ बाट एसइई परीक्षामा उत्तीर्ण हुने ८९ जना विद्यार्थीहरुलाई शसनवार विद्यार्थीहरुलाई सूर्यविनायक नगरपालिकाकी उपप्रमुख सरिता भट्टराईले सम्मान गर्नु भएको वडा नंं ८ का वडाध्यक्ष पुष्पराज बस्नेले जानकारी दिनु भयो । त्यसैगरि कार्यक्रममा ‘गिनिज बुक अफ वर्ल्ड रेकर्ड’ मा आफ्नो नाम राख्न सफल सिपाडोलकी खेलाडी गोमा सापकोटालाई पनि सम्मान गरेको छ । सापकोटाले टेबुल टेनिस बललाई १ मिनेटमा २४९ पटक भुइमा नखसाई हानेर गिनिज बुक अफ वल्र्ड रेकर्डमा विश्व कीर्तिमान राख्न सफल भए पछि कार्यालयले उहाँलाई सम्मान गरेको हो । नगरपालिकाकी उपप्रमुख भट्टराईले उहाँलाई स्म्मान गर्नु भएको हो । --- # सूर्यविनायक वडा नं. ८ सिपाडोलमा सार्वजनिक सुनुवाई सम्पन्न : चौतर्फी बिकासको लहरले फेरियो सिपाडोल Source: https://newskunda.com/archives/3842 Category: FEATURED NEWS, अर्थ, राजनीति, शिक्षा, समाचार, समाज, स्वास्थ्य Last updated: 2026-06-16 भक्तपुर, २ असार । एक दशक अगाडिसम्म भक्तपुर जिल्लामै निकै पिछडिएको सूर्यविनायक नगरपालिका वडा नं. ८ सिपाडोलले १० वर्षको अन्तरालमा मुहार फेरेको छ । स्वास्थ्य सेवा लिन, माध्यमिक शिक्षा एवं उच्च शिक्षा अध्ययन गर्नदेखि त्यहाँ उत्पादन कृषि सामग्रीहरु बजार व्यबस्थापन गर्न भक्तपुरको सूर्यविनायक चोक वा काभ्रेपलाञ्चोकको बनेपा पुग्नु पर्ने बाध्यता रहेको यहाँको बासिन्दाका घरदैलोमा विकासले छोएपछि यहाँको मुहार फेरिएको हो । राष्ट्रिय सञ्चार केन्द्र नेपालको आयोजना तथा सूयविनायक नगरपालिकाको सहयोगमा आज वडा कार्यालयमा आयोजना गरेको सार्वजनिक सुनुवाई कार्यक्रममा वडा अध्यक्ष पुष्पराज बस्नेतले विगत १० वर्षको अन्तरालमा सिपाडोलको विकासले यहाँको मुहार फेरेको बताउनुभो । वडाध्यक्ष बस्नेतले भन्नुभयो, ‘विकासले गति लिए पछि यस क्षेत्रको मुहार फेरिएको छ, जनताको घर आँगनसम्म पक्कि सडक पुगेको छ, यातायातका साधन घरघरसम्म पुगेका छन्, एक घर एक धारा अभियानले दैलोमै खानेपानी आउँन थालेको छ, सूर्यवनायक गणेश मन्दिरदेखि प्रसिद्ध डोलेश्वर महादेव र आशापुरी महादेवले धार्मिक पर्यटनको विकास भएको छ, विगत चार वर्षमा यस वडामा मात्रै एक अर्ब ५० करोडको बजेट कार्यान्वयनमा ल्याएर यहाँको मुहार फेर्न सफल भएका र्छौ ।’ अहिले गाउँमै उच्च मावि पुगेको, स्वास्थ्यका सबै सुबिधा गाउँमै पुगेको, घरदैलो स्वास्थ्य सेवा पुर्याएको, सडक, शिक्षा, स्वास्थ्य, धार्मिक तथा सांस्कृतिक, पर्यटकीय क्षेत्रको विकास र प्रवद्र्धन लगायतका अन्य सामाजिक सेवा प्रवाहका कार्यहरु गरी जनताको माग, चाहना र आवश्यकताका आधारमा संघ, प्रदेश तथा पालिकाबाट बजेट व्यवस्थापन गरि जनताको तिव्र विकास र समृद्धिप्रतिको चाहनालाई सक्दो पुरा गर्ने प्रयास गरेको उहाँले बताउनुभयो । चार वर्षको अन्तरालमा सूर्यपवनायक नगरपालिकाबाट करिब ५० करोड बजेट ल्याएर विकासका कार्यलाई पूर्णता दिएको, त्यस बाहेक स्थानीयवासी एवं वागमति प्रदेशका स्वास्थ्य मन्त्री किरण थापा मगरले वागमती प्रदेश सरकारबाट ल्याएको बजेटदेखि संघीय सरकारबाट आएको बजेटबाट विकास सम्भव भएको बताउनुभयो । वडाध्यक्ष बस्नेतले भन्नुभयो, ‘हाम्रो कार्यकालपछि वडामा ४ वटा पुल, ३ वटा ट्रष्ट पुल, वडाका मुख्य मुख्य सडकहरुको निर्माण, कालोपत्रे, ढलान तथा ग्राभेल विच्छ्याउने कार्यदेखि सामुदायीक भवनहरु निर्माण, शान्ति सुरक्षालाई मध्यनजर गर्दै ५५ वटा चोकमा सीसी क्यामेर जडान गर्नुका साथै चार ठाउँमा प्रहरी विट स्थापना गरेका छौं, जेनजी आन्दोलनपछि पूर्ण रुपमा ध्वस्त भएका प्रहरी चौकीको पुनःनिर्माण गरेका छौं । त्यस्तै धार्मिक, संस्कृतिक, सम्पदा संरक्षण, मन्दिर निर्माण, गुम्बा, पाटीपौवाको स्तरउन्नती गरेका छौं भने विभिन्न धार्मिक तथा सांस्कृतिक संस्थाहरुलाई सामग्री वितरण गरी संरक्षण र सम्वद्र्धनमा विशेष जोड दिएका छौं ।’ पौराणीक तथा परम्परागत नामलाई संरक्षण गरिएको जानकारी गराउँदै उहाँले सामुदायीक वन संरक्षण, पार्क निर्माण, खेलमैदान निर्माण, ओपन जिम निर्माण तथा स्तरउन्नतीका कार्यहरु भइरहेको जानकारी गराउनुभयो । सामुदायीक विद्यालयमा आधुनिक प्रविधिको अध्यापन गराउन एआईको पाठ्यक्रम समेत तयार गर्ने क्रममा रहेको उल्लेख गर्दै उहाँले योगको माध्यमबाट नागरिकलाई निरोगी बनाउने कार्यलाई समेत व्यापकमात्रामा बढावा दिइएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘मानसिक स्वास्थ्य तथा तनाव विसर्जनका कार्यहरुलाई टेवा पुर्याइरहेका छौं । युवा, महिला सशक्तीकरण, वालवालिका तथा जेष्ठ नागरिकको लागि आवश्यक बजेट व्यवस्थापन गरेका छौं । गोठ–गोठमा, खेत–खेतमा प्राविधिक पुर्याउने अभियान चलाइरहेका छौं । जसको लागि दुई वटा कृषि सडक स्तरउन्नती भइरहेको छ । उद्योग घर बनेको छ । त्यसको लागि कार्यविधी समेत तयार भइसकेको छ । त्यस्तै कोशेली घर, होमइस्टे सञ्चालन गरी आयआर्जको माध्यमलाई बढावा दिइरहेका छौं, रोजगारीको लागि एक कदम अगाडी बढेका छौं ।’ एक घर, एक खानेपानीको अवधारणा अनुसार वडामा कार्यहरु भइरहेको उल्लेख गर्दै उहाँले वडामा रहेका खानेपानीको स्रोतले नगरपालिका मात्र नभई भक्तपुर जिल्लालाई नै पुग्ने स्रोत रहेको दावी गर्नुभयो । वडामा रहेको खानेपानीको स्रोत व्यवस्थापन गर्न जरुरी रहेको औंल्याउँदै उहाँले खेलकुद र सार्वजनिक यातायातको व्यवस्थापन भएको बताउनुभयो । चालु आर्थिक वर्षमा नगरपालिकाबाट १२ करोड बराबरका योजनाका कार्यहरु गरिएको बताउनुभयो । जंगली जनावरहरुको संरक्षण प्राणी उद्यानबाट हुनुपर्नेमा जोड दिँदै उहाँले उक्त उद्योनको क्षेत्राधिकार संघीय सरकारको भएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘ आलोनात्मक समर्थन नै अगाडी बढ्ने मुख्य माध्यम हो । कमजोरि देखाउने मात्र नभई सुधारात्मक हुनुपर्छ । विकासको मन्दिर बन्यो, अब गजुर राख्नमात्र बाँकी छ । तर मूल्य वृद्धि र अमेरिका–इरानबीचको युद्धका कारण सामग्री अभावका कारण समस्या उत्पन्न भएको छ । डोलेश्वर मन्दिरमा करिव १९ करोड बराबरको भौतिक तथा अन्य विकास भएको छ । जसले नेपालको मात्र नभई विदेशीहरुको नै प्रमुख धार्मिक पर्यटकीय स्थलको रुपमा विकास भएको छ ।’ कार्यक्रममा वडासचिव प्रतिमा लामिछानेले वडाको प्रशासनिक तथा सेवा प्रवाहहरुको बारेमा जानकारी गराउनुभयो । प्रशासनिक सेवामा वडाले प्रकृया पुरा गरेकालाई १० मिनेट भित्रमा सेवा प्रवाह गरी जनताको अपेक्षा अनुसार कार्यसम्पादन गरिरहेको दावी गर्दै उहाँले चालु आर्थिक वर्षमा वडामा दुई करोड दुई लाख ३२ हजार पाँच सय २५ रुपैंया राजस्व संकलन भएको जानकारी गराउनुभयो । वडामा सरसफाई, सेनेटरी प्याड वितरण, मनोपरामर्श, ५० प्रतिशतको साझेदारीमा विद्युतीय चुलो वितरण, दुई तथा चार पांग्रे ड्राइभिङ तालिम, अध्ययन अवलोकन भ्रमण, सचेतनामूलक कार्यहरु, घरघरमा प्रहरी साझेदारी कार्यक्रम, क्षमता अभिवृद्धि, खेलकुद, कौशीखेती, घुम्ती हाटबजार, कुकुर बन्ध्याकरणलगायतका जनताको जीवनमा प्रत्यक्ष रुपमा देखिने र प्रयोग गरिने सेवाहरु गरिरहेको उहाँले जानकारी गराउनुभयो । उहाँले भन्नुभयो, ‘वडाले आफ्नै भवन निर्माण गरेको छ । जहाँबाट सहज र सुलभ तरिकाले प्रशासनिक सेवा प्रवाह गरिरहेका छौं । वडाबाट नै कृषि तथा पशुपन्छी सम्बन्धी कार्यहरुको सेवा प्रवाह शुरु गरेका छौं । वडामा सेवाग्राहीलाई लक्षित गर्दै प्रतिक्षालय, स्तनपान कक्ष, सडकमा सीसी क्यामेरा जडान, सडक बक्ति, विपद व्यवस्थापनका सामग्रीहरु वितरण गरिसकेका छौं । त्यस्तै वडालाई वालमैत्री घोषणा गर्ने अन्तिम तयारी भइरहेको छ । पुस्तकालय शुरु गरेका छौं भने कुन शिर्षकको सेवा कुन समय भनेर सार्वजनिक सूचना पाटीमा उल्लेख गरेर नै सेवा प्रवाह गरिरहेका छौं ।’ सुनुवाई कार्यक्रममा सहभागीहरुले वडामा गरिएका कार्यहरुको उपलब्धीको संरक्षण हुनुपर्ने, विकास गर्दा विनास हुने जोखिम अन्त्य गर्नुपर्ने, जंगली जनवारको संरक्षण तथा नागरिकको सुरक्षा हुनुपर्ने, करको बोझ भएकाले त्यसलाई घटाउनुपर्ने, करसम्बन्धी बडापत्र राख्नुपर्ने, कानुनी साक्षरता कार्यक्रम आयोजना गर्नुपर्ने, ऐतिहासिक पार्टी, मठ मन्दिर तथा अन्य सम्पदाहरु मास्न नहुने, विद्यालयको भवन किन भाडामा दिइयो ? पूर्वाधारको विकाससँगै वातावरणको संरक्षण हुनुपर्ने, खेलमैदान बनाउनुपर्ने, सीसी क्यामेराको मर्मत गर्नुपर्ने, फोहोर व्यवस्थापन गर्नुपर्ने, ढल तथा खानेपानीको व्यवस्थापन–संरक्षण गर्नुपर्ने, ढल बनाएर मात्र सडक कालोपत्रे गर्नुपर्ने, स्थानीय स्तरमा स्वास्थ्य सेवा लिनेको संख्याको कारण खोजि गर्नुपर्ने, जलवायु परिवर्तन न्युनिकरणमूलक कार्य गर्नुपर्ने, शान्ति सुरक्षा कायम गर्नुपर्ने, मदिराजन्य पदार्थको सेवन तथा विक्रिमा नियमन गर्नुपर्ने लगायतका प्रश्न, सुझाव तथा गुनासोहरु गरिएको थियो । जनताको चासो, गुनासो र सुझाव संकलन गरी जनअपेक्षा अनुसार विकास र समृद्धिसँगै सार्वजनिक सेवा प्रवाहको कार्यसम्पादन गर्ने लक्ष्यका साथ सूर्यविनायक नगरपालिका वडा नं. ८ मा वडास्तरीय सार्वजनिक सुनुवाई सम्पन्न भएको छ । जावफमा सिपाडोल स्थास्थ्य चौकीका प्रमुख पुष्पराज ठाकुरले स्वास्थ्य चौकीले नागकिरमैत्री सेवा तथा सुविधाहरु सहज रुपमा प्रवाह गरेको दावी गर्नुभयो । वडामा वृहत स्वास्थ्य शिविरहरु सञ्चालन गरिएको उल्लेख गर्दै उहाँले ९८ प्रकारका औषधीहरु निशुल्क रुपमा वितरण गरिरहेको जानकारी गराउनुभयो । सुत्केरी पश्चात तथा खोपको लागि घरघरमा पुगेर स्वास्थ्य परीक्षण गर्ने कार्य गरिरहेको उल्लेख गर्दै उहाँले वडामा एम्बुलेन्सको सेवा भने नभएको बताउनुभयो । त्यस्तै नगरपालिकाका योजना प्रमुख जनक न्यौपानेले आधुनिक विकास र विस्तारको क्रममा अन्तर्राष्ट्रिय मापदण्ड अनुसार कङ्क्रिटलाई कम गर्ने कार्यको शुरुवात भइरहेको जानकारी गराउनुभयो । कङ्क्रिटको ठाउँमा ब्लक राख्ने कार्यलाई बढावा दिइरहेको उल्लेख गर्दै उहाँले सडक बक्तिको लागि वडामा नै फोकल पर्सन तोकिएकाले सोही व्यक्तिलाई सम्पर्क गर्न आग्रह गर्नुभयो । त्यस्तै सडक कालोपत्रे गर्नुपूर्व ढल बनाउन उपर्युक्त हुने भएकाले सोही अनुसार योजना अगाडी बढाइरहेको उल्लेख गर्नुभयो । संस्थाका अध्यक्ष पेशल कुमार आचार्यको सभापतित्वमा भएको कार्यक्रममा कार्यक्रम संयोजक पुस्करराज बुढाथोकीले स्वागत मन्तव्य राख्नुभयो । कार्यक्रममा कार्यपालिका सदस्य सावित्री मिश्र, वडा सदस्य अन्जना नेपाली, विक्रम तामाङ, सुपरभाइजर निराजन थापा, डोलेश्वर मन्दिर संरक्षण समितिका अध्यक्ष धर्मराज बस्नेतलगायतका विभिन्न संघसंस्थाका प्रतिनिधि तथा वडावासीको सहभागिता रहेको थियो । --- # सूर्यविनायक शिव सर्किटको एकै दिन सिपाडोलका नौ सय बढी महिलाले गरे १५ शिवालयको भ्रमण एवं दर्शन Source: https://newskunda.com/archives/3982 Category: FEATURED NEWS, धर्म/संस्कृति, राजनीति, समाचार, समाज Last updated: 2026-08-08 भक्तपुर, २३ साउन : साउनको महिना उसैपनि शिवको महिना भन्ने गरिन्छ । त्यसमाथि पनि महिलाहरु शिव मन्दिर जान पाए पछि उत्तिकै मख्ख । त्यसमाथि पनि आफ्नै नगरपालिका भित्र रहेको १४ वटा प्रसिद्ध शिव मन्दिरहरु तथा पाथिभरासंगै सूर्यविनायक गणेश मन्दिरको एकै दिन परिक्रमा गरि धार्मिक यात्रा एवं दर्शन गर्न पाए पछि महिलाहरुलाई अरु के चाहियो र ? आज शनिवार एकै दिन सूर्यविनायक नगरपालिका–८ सिपाडोल वडा कार्यालयको आयोजनामा सिपाडोलका ९६० महिलाहरुले एकै साथ सूर्यविनायकको शिव सर्किटको भ्रमण गरि यहाँका शिवालयहरुको पुजा एवं दर्शन गनुर्न भएको छ । सूर्यविनायकको शिव सर्किटको प्रचार प्रसार एवं भ्रमण गराउने र साउन महिनाकाृ अवसरमा यहाँका १४ वटा शिवालयहरुको धार्मिक परिक्रमा गराउने उदेश्यले शिव सर्किट भ्रमण एवं धार्मिक यात्रा कार्यक्रम आयोजना गरिएको वडा नं. ८ सिपाडोलका वडा अध्यक्ष पुष्पराज बस्नेतले जानकारी दिनुभयो । वडा अध्यक्ष बस्नेतले भन्नुभयो, “सूर्यविनायक नगरपालिकाले सूर्यविनायक गणेश मन्दिर सहित वडा नं. १ देखि १० सम्म रहेका १५ वटा शिवालयलाई समेटेर धार्मिक पर्यटनको विकास गर्ने र सूर्यविनायकलाई धार्मिक पर्यटनको केन्द्रबिन्दू बनाउने उदेश्यले निर्माण गरेकोे ‘सूर्यविनायक शिव सर्किट’ लाई जनस्तरसम्म थप प्रभावकारी रूपमा पु¥याउने उदेश्य राखेका थियौै, साउन महिनाको अवसरमा महिलाहरुलाई शिवालयको दर्शन एवं परिक्रमा गराउने उदेश्यले सूर्यविनायक नगरपालिका–८ ले महिलाहरूका लागि ‘सूर्यविनायक शिव सर्किट परिक्रमा’ आयोजना गरेका हौ, आज यो कार्यक्रम भव्य रुपमा सम्पन्न गर्न सफल भयौ ।” आज शनिवार बिहान ६ : ३० बजेदेखि सिपाडोकाल बिभिन्न टोलबाट रिजर्भ गरिएका २४ वटा बसमा भरिएका करिब ८०० महिलाहरुलाई लिएर सूर्यविनायक चाृकबाट निस्किएको यात्रा वडा नं. २ बालकोटको धर्मेश्वर मन्दिरबाट सुरु भई डालेश्व्रमा पुगेर समापन भएको थियो । **यात्राको क्रममा बालकोटको धर्मेश्वर महादेव मन्दिरबाट सुरु भएको शिव सर्किटको धार्मिक यात्रा बालकोट र सिरुटारको संगममा रहेको गुप्तेश्वर महादेव, सिरुटारको सोमलिङ्गेश्वर महादेव, चरखण्डीश्वर महादेव, दधिकोटको अनन्तलिङ्गेश्वर महदेव, पाथीभरा मन्दिर, गुण्डुको मत्स्यश्वर महादेव, रामभक्तेश्वर महादेव, कटुञ्जेको सुवर्णेश्वर महादेव, सूर्यविनायक गणेश मन्दिर, सिपाडोलको आशापुरी महादेव, चित्तपोलको कैलाशनाथ महादेव, नटरम्बेश्वर महादेव, महाकांलेश्वर महादेव, नंखेलको नन्दिकेश्वर महादेव हुदै साँझ सिपाडोलको प्रसिद्ध डोलेश्वर महादेव मन्दिरको दर्शन एवं सन्ध्या आरतीमा सहभागि गराई यात्रा समापन गरिएको वडा अध्यक्ष पुष्पराज बस्नेतले जानकारी दिनुभयो ।** बालकोटबाट यहाँका करिब २४ जना महिला यात्रामा थपिए पछि एक बस थपर २५ वटा बसमा यात्रा गराईएको थियो । यात्राका क्रममा महिलाहरुले भजनमा नाचगान गर्नुका साथै यात्रालाई अबिस्मरणीय बनाईएका थियो । सबै गाडीमा टोली नेता छानेर जिम्मा लगाइएको थियो भने वडा अध्यक्ष बस्नेतदेखि वडा सदस्यहरु साबित्री मिश्र, अञ्जना नेपाली, बिक्रम तामाङ्गलगायत बिभिन्न वडामा पुग्दा वडा अध्यक्ष एवं जनप्रतिनिधिहरुले स्वागत एवं सहयोग गरेका थिए । साउन महिनाको यस भ्रमणले धार्मिक आस्था अभिवृद्धि गर्नुका साथै स्थानीय धार्मिक सम्पदाको पहिचान, संरक्षण र प्रचारमा समेत टेवा पुग्ने र देश तथा विदेशका बिभिन्न ठाउँबाट दर्शनार्थीको आगमन भई धार्मिक पर्यटनको हव बन्ने विश्वास लिएको वडा नं. १ को वडा अध्यक्ष सानुकाजी कायस्थले बताउनुभयो । --- # सूर्यविनायक–१ मा एमाले विजयी Source: https://newskunda.com/archives/968 Category: FEATURED NEWS, निर्वाचन, राजनीति, समाचार Last updated: 2022-05-15 भक्तपुर, १ जेठ : सूर्यविनायक नगरपालिका वडा नं. १ मा नेकपा एमालेका सानुकाजी कायस्थ १ हजार ३१० मतले विजयी हुनु भएको छ । उहाँका प्रतिद्धन्द्धी राप्रपा १ हजार १३० शेखर थापाले ८९९ मत प्राप्त गर्नु भएको थियो । एमालेबाट विजयी हुने वडासदस्यहरु महिलामा मञ्जु कार्की, कुमार चौलागाई, दलितमा कल्पना परियार विजयी हुनु भएको छ । वडा सदस्यमा कांग्रेसबाट घननाथ मिश्र विजयी हुनु भएको छ । --- # सूर्यविनायक–८ को वडाध्यक्षमा अत्याधिक मतले पुष्पराज बस्नेत विजयी, महेश बस्नेतले दिए बधाई Source: https://newskunda.com/archives/973 Category: FEATURED NEWS, निर्वाचन, राजनीति, समाचार Last updated: 2022-05-18 भक्तपुर, ४ जेठ । सूर्यविनायक नगरपालिका वडा नं. ८ बाट वडाध्यक्षमा एमालेका युवा नेता पुष्पराज बस्नेतले २१ सय २२ मत ल्याएर विजयी हुनु भएको छ । उहाँको प्रतिद्धन्द्धी नेपाली कांग्रेसका बिदुरमान सिंह बस्नेतले ९९१ मत प्राप्त गर्नु भएको छ । वडा सदस्यहरुमा विश्वराम त्वायनाबासु, बिक्रम तामाङ, साबित्री मिश्र र अञ्जना नेपाली विजयी हुनु भएको छ । मत गणना सम्पन्न भएसंगै निर्वाचन अधिकृतको कार्यालय (प्राणाी उद्यान) बाट सुरु भएको विजयी र्र्याली सिपाडोलस्थित वडा कार्यालय पुगे पछि नेकपा एमाले पोलिटव्यूरो सदस्य एवं प्रतिनिधि सभाका सांसद महेश बस्नेतले सूर्य विनायक नगरपालिका जीतको नजिक पुगेको बताउनु भयो । उहाँले एमालेले स्थानीय निर्वाचनलाई ठूलो पाठको रुपमा लिदै गम्भिर समिक्षा गर्ने बताउदै युवा नेतृत्वले वडामा विजयी भएकाले सिपाडोल क्षेत्रको बिकास र युवाको बिकासमा महत्वपूर्ण भूमिका निर्वाह हुने बताउनु भयो । कार्यक्रममा निवर्तमान् वडाध्यक्ष किरण थापाले भक्तपुर जिल्लाको कर्णालीमा रहेको सिपाडोलको पार्टी भञ्याङ, नैचाल, काक्राबारी लगायतको क्षेत्रले रुप परिवर्तन गरेको भन्दै पाँच वर्षमा बिकासले ठूलो फड्को मारेकाले जनताको बिश्वासको मत आएको बताउनु भयो । एमालेले यहाँका जनताको मन जितेर मत पाउन सफल भएको भन्दै उहाँले यहाँका जनताले सूर्यलाई भोट दिएर कहिल्य पछुताउनु नपर्ने बताउनु भयो । उहाँले २०७४ को निर्वाचनमा पनि यहीँ वडाले मेयरको विजय सुनिश्चित गरेको र अहिलेको चुनाबमा पनि यहीको वडाले विजयी सुनिश्चित गरेर अगाडि बढाएको बताउनु भयो । **नवनिर्वाचित वडाध्यक्ष पुष्पराज बस्नेतले आफू भन्दा ठूलाको सल्लाह, सुझाब, सबैको साथ लिएर आफ्नो वडाको विकासमा लाग्ने बताउनु भयो । वडाले नगरकै कान्छो वडाध्यक्ष पाएको बताउदै उहाँले यहाँका जनताको चाहनालाई बोकेर ठूलो मतको भारीलाई यहाँको बिकास, यहाँका जनताको समृद्धि र उन्नती दिलाएर बिसाउने बताउनु भयो ।** त्यसै गरि सूर्यबिनायक नगरपालिका वडा नं. ८ को मतगणना सम्पन्न भएसंगै नगर प्रमुखका उम्मेदवार बासुदेव थापाले अग्रता लिनु भएको छ । वडा नं. ८ सम्म आइपुग्दा नेकपा एमालेबाट मेयरका उम्मेदवार बासुदेव थापाले ११ हजार ७ मत ७५ पाउदै अग्रता लिनु भएको छ । वडा नं. ७ सम्ममा ९ हजार ७ सय ७ मतमा पछाडि पर्दै आउनु भएका थापाले वडा नं. ८ बाट कांग्रेसका उम्मेदवार निशान ढुंगेललाई पछाडि पार्दै अग्रता लिनु भएको छ । नेपाली काँग्रेसका मेयरका उम्मेदवार निशान ढुंगेलले वडा नं.ंं ८ मा ८ सय मत प्राप्त गर्नु भएको र उहाँको ११ हजार २ सय २७ मत प्राप्त गरि ५४८ मतले पछाडि पर्नु भएको छ । उपमेयरमा एमालेकी उम्मेदवार सरिता भट्टराईले फराकिलो मतले अग्रता लिइरहनु भएको छ । भट्टराईले ११ हजार ७ सय ९१ मत ल्याउदा गठबन्धनको तर्फबाट नेकपा एकिकृत समाजवादीका श्याम सुन्दर बस्नेतले ५ हजार ८ सय ७५ मत प्राप्त गरि ५ हजार ९२६ को मतान्तरले पछाडि पर्नु भएको छ । --- # सूर्यविनायकका नगर प्रमुख वासुदेव थापाद्धारा पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा Source: https://newskunda.com/archives/3882 Category: FEATURED NEWS, अर्थ, राजनीति, शिक्षा, समाचार, समाज, स्वास्थ्य Last updated: 2026-07-10 भक्तपुर, २६ असार : सूर्यविनायक नगरपालिकाले आज नगरलाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना नगर घोषणा गरेको छ । नगरपालिकाको कार्यालय कटुञ्जेमा आज आयोजित घोषणा कार्यक्रममा नगरप्रमुख वासुदेव थापाले औपचारिक रूपमा नगरपालिकालाई पूर्ण खोप सुनिश्चित तथा दिगोपना नगर घोषणा गर्नु भएको हो । उहाँले बालबालिकाको स्वास्थ्य संरक्षण र सुरक्षित भविष्य निर्माणमा नगरपालिका सफल भएको भन्दै नगरपालिका क्षेत्रमा बस्ने पाँच वर्ष मुनीका प्रत्येक बालबालिकाले सतप्रतिशत खोप पाएको बताउनुभयो । उहाँले आजको घोषणादाई दिगोपना दिन नगरपालिकाले थप कार्यक्रम ल्याउने बताउदै नगरपालिकाले आफ्ना नागरिकलाई शिक्षा र स्वास्थ्यको सहज र शुलभ पहुँचमा लगानी बृद्धि गरेको बताउनुभयो । नगर प्रमुख थापाले भन्नुभयो, “स्वास्थ्य क्षेत्रलाई नगरपालिकाले उच्च प्राथमिकतामा राखेको छ, त्यसकै परिणामस्वरूप पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा सम्भव भएको हो, नगरपालिकाले आफ्ना नागरिकलाई सहज र शुलभ स्वास्थ्य उपचार नगर अस्पतालबाट दिदै आएको छ, स्वास्थ्य, शिक्षा तथा बालमैत्री स्थानीय शासनका क्षेत्रमा नगरपालिकाले सफलता हात पारेको छ ।” कार्यक्रममा सूर्यविनायक नगरपालिकाका प्रवक्ता, सामाजिक शाखाका संयोजक तथा वडा नम्बर ७ का वडा अध्यक्ष रविन्द्र सापकोटाले खोप अभियानले जन्मेदेखि २३ महिनासम्मका बालबालिकालाई घरघरमै पुगेर खोजी गरेर खोप लगाउन सफल भएको बताउनुभयो । सबै खोप प्राप्त गरेका बालबालिकालाई आगामी वर्षहरूमा समेत खोपको निरन्तरता र सुनश्चितता दिन नगरपालिकाले खोप र खोजलाई निरन्तरता दिने बताउनुभयो । कार्यक्रममा जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख अञ्जना लखड्काले बालबालिकाको स्वास्थ्य अधिकार सुनिश्चित गर्न एक वर्षदेखि खोप तथा खोज कार्यक्रम सञ्चालन गरि घरदैलोमा पगेर प्रत्येक बालबालिकालाई सबै प्रकारको खोज दिएको बताउनुभयो । उहाँले खोप लगाउन छुटेका ८ जना बालबालिकालाई समेत पूर्ण खोप दिलाउन सफल भएको बताउनुभयो । नगरपालिका स्वास्थ्य शाखाका प्रमुख बसन्त चौलागाईले घरधुरी सर्वेक्षणबाट प्राप्त तथ्यांकअनुसार नगर क्षेत्रमा खोप पाएका ० देखि १५ महिनासम्मका बालबालिकाको संख्या १ हजार ७५० रहेको, ड्रपआउट संख्या १ रहेको र पूर्ण खोप प्राप्त गरेका १६ देखि २३ महिनासम्मका बालबालिकाको संख्या एक हजार ३२९ रहेको बताउनुभयो । कार्यक्रममा खोप सुनिश्चित गराएका नगरपालिका भित्रका स्वास्थ्य संस्थाहरुलाई प्रमाणपत्र सहित सम्मान गरिएको थियो । --- # सूर्यविनायकका महिला सहकारीहरुलाई प्रबिधि मैत्री बनाउन सूर्यविनायक नगरपालिकाद्धारा कम्प्युटर र प्रिन्टर हस्तान्तरण Source: https://newskunda.com/archives/4033 Category: FEATURED NEWS, अर्थ, राजनीति, समाचार, समाज Last updated: 2026-08-13 भक्तपुर, । सूर्यविनायक नगरपालिकाले आफ्ना नगर क्षेत्रमा रहेको महिला सहकारी संस्थाहरुलाई प्रबिधि हस्तान्तरण कार्यक्रम अन्तर्गत एक एक थान कम्प्युटर एवं फोटोकपी मेशिन हस्तान्तरण गरेको छ । नगरपालिकामा बुधबार सूर्यविनायक नगरपालिका आर्थिक विकास समितिले आयोजना गरेको महिला सहकारी संस्थाहरुलाई प्रबिधि हस्तान्तरण कार्यक्रममा यहाँ सञ्चालनमा रहेको १० वटा सहकारी संस्थाहरुलाई कम्प्युटर प्रदान गरिएको हो । कार्यक्रममा सूनपा–२ मा सञ्चालित मनकामना महिला बहुउदेश्यीय सहकारी संस्था लि., वडा नं. ४ का दक्षिण बाराही महिला बचत तथा ऋण सहकारी संस्था लि., वडा न. १ को जन चेतना महिला वचत तथा ऋण सहकारी संस्था लि., वडा नं. २ को महिला अभियान वचन तथा ऋण सहकारी संस्था लि., वडा नं. ९ को श्री शान्ति भैरब महिला विकास बहुउदेश्यीय सहकारी संस्था, लिमिटेड, वडा नं. ७ को स्वावलम्ब महिला बचत तथा ऋण सहकारी संस्था, सूनपा वडा नं. ७ कै अनन्त महिला वचत तथ ऋण सहकारी संस्था लि., वडा नं. ८ का आशापुरी महिला बहुउदेश्यीय सहकारी संस्था लि. वडा नं. १० को मुक्ति महिला वचत तथा ऋण सहकारी संस्था ल., वडा नं. १ को वनदेवी माई महिला विकास वचत सहकारी संस्था लि. र वडा नं. ५ को वासुकी महिला विकास सहकारी संस्था लि.लाई प्रबिधि हस्तान्तरण अन्तर्गत एक एक थान कम्प्युटर हस्तान्तरण गरिएको हो । नगरपालिकाको आर्थिक विकास समितिका संयोजक पुष्पराज बस्नेतको सभापतित्वमा सम्पन्न कार्यक्रममा नगरपालिकाको सामाजिक विकास समितिका संयोजक एवं नगरपालिकका प्रवक्ता रविन्द्र सापकोटा, नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत युवराज आचार्य, सभापति बस्नेतले संयुक्त रुपमा प्रबिधि हस्तान्तरण गर्नु भएको हो । कार्यक्रममा प्रवक्ता रविन्द्र सापकोटाले आजको युग प्रविधिको युग भएकाले सहकारी संस्थाहरूको दैनिक प्रशासनिक काम, लेखा व्यवस्थापन, सदस्यहरूको अभिलेख, सूचना प्रवाह तथा सेवा प्रवाहलाई प्रभावकारी र व्यवस्थित बनाउन कम्प्युटर तथा फोटोकपी मेसिनजस्ता उपकरणले महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । यसबाट सहकारीको कार्यक्षमता बढ्नुका साथै सदस्यहरूले छिटो, सरल र गुणस्तरीय सेवा प्राप्त गर्ने विश्वास लिएको बताउनुभयो । सापकोटाले भन्नुभयो, “विशेषगरी महिला सहकारीलाई प्रविधिमैत्री बनाउने यो कार्यक्रम महिला सशक्तीकरण र आर्थिक आत्मनिर्भरतातर्फको महत्वपूर्ण कदम हो । महिलाहरूको नेतृत्वमा सञ्चालित सहकारीहरूलाई प्रविधि, सीप र स्रोतसाधनसँग जोड्न सकेमा स्थानीय आर्थिक विकासमा अझ ठूलो योगदान पुग्न भन्ने हाम्रो विश्वास हो ।” कर्यक्रममा प्रमुख प्रशासकीय अधिकृत युवराज आचार्यले ७०÷३० को लागत साझेदारीको अवधारणाले सहयोगसँगै जिम्मेवारी र स्वामित्वको भावना पनि विकास गर्ने बताउनुभयो । नगरपालिकाले उपलब्ध गराएको प्रविधिको सही सदुपयोग गर्दै सहकारीहरूले आफ्नो सेवा विस्तार, पारदर्शिता र संस्थागत सुशासनलाई अझ मजबुत बनाउने अपेक्षा गरिएको उहाँले बताउनुभयो । कार्यक्रमका सभापति एवं आर्थिक समितिका संयोजक पुष्पराज बस्नेतले सूर्यविनायक नगरपालिकाको महत्वपूर्ण कामको सहकारीले उच्चतम उपयोग गर्ने अपेक्षा गरिएको बताउनुभयो । उहाँले हस्तान्तरण गरिएका उपकरणहरूको अधिकतम सदुपयोग गर्दै महिला सहकारीहरू अझ सक्षम, प्रविधिमैत्री र आत्मनिर्भर बन्न सफल हुनेमा सिंगो नगरपालिकाले विश्वास लिएको बताउनुभयो । कार्यक्रम सहकारी शाखा प्रमुख सल बहादुर पाण्डेले कार्यक्रम सञ्चालन गर्नु भएको थियो । --- # सूर्यविनायकका मेयर थापालाई शेरबहादुरको सम्मान Source: https://newskunda.com/archives/3114 Category: FEATURED NEWS, अर्थ, राजनीति, समाचार Last updated: 2025-06-08 भक्तपुर, २५ जेठ । नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सूर्यविनायक नगरपालिकाका प्रमुख वासदेव थापालाई सम्मान गर्नु भएको छ । आज भक्तपुरमा शहिद राधेश्याम जोन्छे स्मृति प्रतिष्ठानले आयोजना गरेको जोन्छेको १३ औँ स्मृति सभा एवं प्रतिष्ठानको नवनिर्मित भवन उद्घाटन तथा शालिक अनावरण कार्यक्रममा पूर्वप्रधानमन्त्री समेत रहनु भएका देउवाले नगर ्रमुख थापालाई सम्मान पत्र र बुद्धको मूर्ति प्रदान गर्दै सम्मान गर्नु भएको हो । प्रतिष्ठान भवन निर्माणको लागि नगरपालिकाले जग्गा प्रदान गर्नुका साथै प्रतिष्ठान भवन निमााको लागि नगरपालिकाले पटक पटक गरि रु. ४० लाख रुपैया सहयोग गरेको स्मरण गर्दै उहाँलाई सम्मान गरिएको हो । कार्यक्रममा काँग्रेस सभापति देउवाले सूर्यविनायकका मेयरले नगरपालिकाको बिकास समान रुपमा अगाडि बढाएको थाहा पाउँदा खुसी लागेको बताउनुभयो । काँग्रेसका पूर्व उपसभापति एवं पूर्व उपप्रधान मन्त्री बिमलेन्द्र निधिले सूर्यविनायक नगरपालिकमा सशल शासन सञ्चालन भएको पुष्टी गरेको बताउदै सबलाई समान गरेर बिकासमा अगाडि सूर्यविनायकंग सिक्नु पर्ने बताउनुभयो । कार्यक्रममा नगर प्रमुख थापाले जनताको मतबाट विजयी भएर नगर प्रमुख हुँदा आपूm एउटा पार्टीको मात्रै नभई सिंगो नगरवासीको मेयर भकाले कसैलाई पनि विभेद नगरी बिकास अगाडि बढाएको बताउनु भयो । उहाँले नगरपालिकामा एमाले र काँग्रेसबाट विजयी भएका जनप्रतिनिधिहरुले मिलेर विभेद नगरी समान रुपमा बिकासलाई अगाडि बढाएको र अधिकांश भौतिक बिकास गरेको, सडक, पुल भवन, शिक्षा, स्वास्थ्यमा नगरपालिकाले समान रुपमा बिकास गरेको बताउनुभयो । राधेश्याम जोन्छेँ प्रजातन्त्र प्राीतको योद्धा भएकाले उहाँको नाममा भवन निर्माणका लागि स्थानीय सरकारको हैसियतले सहयोग गरेको बतउनुभयो । --- # सूर्यविनायकको ऐतिहासिक शिव सर्किट घुम्दै महिलादेखिदेखि शिक्षक शिक्षिका Source: https://newskunda.com/archives/3971 Category: FEATURED NEWS, अर्थ, धर्म/संस्कृति, राजनीति, शिक्षा, समाचार, समाज Last updated: 2026-08-06 भक्तपुर, २१ साउन : सूर्यविनायक नगरपालिकाको ऐतिहासिक शिव शिव सर्किटकोबारेमा जानकारी दिन यहाँका महिलाहरुदेखि शिक्षक, शिक्षिकासमेतले धार्मिक तथा अध्ययन भ्रमण गर्ने भएका छन् । आउँदो शनिवार सूर्यविनायक नगरपालिका वडा नं. ८ कार्यालयको आयोजनामा यस वडामा रहेका महिलाहरुलाई आफ्नै वडा भित्र रहेको प्रसिद्ध शिवमन्दिरहरुको धार्मिक परिक्रमा गराउने भएको हो । सूर्यविनायक नगरपालिका क्षेत्र भित्र रहेका प्रसिद्ध १५ वटा शिवालयहरुलाई समेटेर सूर्यविनायक नगरपालिका क्षेत्र धार्मिक पर्यटनको केन्द्रबिन्दू बनाउने उदेश्यले नगरपालिकाले निर्माण गरेकोे ‘सूर्यविनायक शिव सर्किट’ लाई जनस्तरसम्म थप प्रभावकारी रूपमा पु¥याउने र साउन महिनाको अवसरमा शिवालयको दर्शन एवं परिक्रमा गर्ने उदेश्यले सूर्यविनायक नगरपालिका–८ ले महिलाहरूका लागि ‘सूर्यविनायक शिव सर्किट परिक्रमा’ आयोजना गरेको हो । सूर्यविनायक नगरपालिका वडा नं.८ का वडा अध्यक्ष पुष्पराज बस्नेतले सूर्यविनायक नगरपालिकाको वडा नं. १ देखि १० वटा वडामा रहेको १५ वटा शिवालयलाई समेटेर नगरपालिकाले निर्माण गरेको ‘शिव सर्किट’ मा आउँदो २३ गते शनिवार यहाँका महिलाहरुलाई धार्मिक भ्रमण गराईने बताउनुभयो । शनिवार बिहान ६ बजेदेखि बेलुका ६ बजेसम्म सञ्चालन हुने शिवालय भ्रमण कार्यक्रममा वडा नं. ८ का सम्पूर्ण महिला दिदीबहिनीहरूलाई सहभागी हुन आग्रह गरिएको र करिब ६५० महिलाहरुको भ्रमण रहने उहाँले जानकारी दिनुभयो । सूर्यविनायक चोकमा सबै टोलबाट आएको गाडीमा सहभागि महिलाहरुलाई राखेर वडा नं २ को बालकोटको धर्मेश्वर महादेव मन्दिरबाट सुर हुने शिव सर्किट परिक्रमा एव भ्रमणमा वडा नं. १ देखि १० सम्मका शिव मन्दिरहरुको परिक्रमा गरि साँझ ६ बजे डोलेश्वर महादेव मन्दिरमा पुगेर सन्ध्याकालिन आरती हेरेर फर्किने वडा अध्यक्ष बस्नेतले जानकारी दिनुभयो । साउन महिनाको यस भ्रमणले धार्मिक आस्था अभिवृद्धि गर्नुका साथै स्थानीय धार्मिक सम्पदाको पहिचान, संरक्षण र प्रचारमा समेत टेवा पुग्ने र देश तथा विदेशका बिभिन्न ठाउँबाट दर्शनाथीैको आगमन भई धािर्मक पर्यटनको हव बन्ने विश्वास लिएको बताउनुभयो । त्यसैगरि सूर्यविनायक नगरपालिकाले पनि २३ गते आईतबार नगरपालिका भित्रका सामुदायिक तथा संस्थागत विद्यालयमा स्थानीय पाठ्यक्रम ‘हाम्रो सूर्यविनायक’ विषय अध्यापन गराउने एक–एक जना शिक्षकलाई शिव सर्किट अध्ययन–अवलोकन भ्रमणमा गराईने भएको छ । नगरपालिकाको सामाजिक विकास समितिको निर्णयअनुसार साउन २३ गते सञ्चालन हुने अध्ययन भ्रमणमा वडा नं. १ देखि १० सम्मका शिव मन्दिरहरू समेटेर निर्माण गरिएको शिव सर्किटको अध्ययन अवलोकन भ्रमण गराईने समितिको संयोजक एवं वडा नं. ७ का वडाध्यक्ष रविन्द्र सापकोटाले जानकारी दिनुभयो । स्थानीय पाठ्क्रम अध्यापन गराउने शिक्षक एवं शिक्षिकाहरुले स्थानीय धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक सम्पदाबारे प्रतक्ष्य अवलोकनबाट ज्ञान लिई ‘हाम्रो सूर्यविनायक’ विषयलाई अझ प्रभावकारी र व्यवहारिक रूपमा अध्यापन गर्न सहयोग पु¥याउने विश्वास लिएको उहाँले जानकारी दिनुभयो । --- # सूर्यविनायकको गुण्डुमा औद्योगिक ग्राम निर्माण हुने Source: https://newskunda.com/archives/1149 Category: FEATURED NEWS, अर्थ, राजनीति, समाचार, समाज Last updated: 2022-06-06 भक्तपुर, २३ जेठ : सूर्यविनायक नगरपालिका–७ गुण्डुमा भक्तपुर जिल्लामै पहिलो औद्योगिक ग्राम बन्ने भएको छ । यहाँ रहेको सार्की खोल्छा नाममा चिनिने स्थानमा रहेको ८४ रोपनी सार्वजनिक जग्गा र स्थानीयको करिब एक हजार रोपनी जग्गामा बिशाल औद्योगिक ग्राम निर्माण हुने भएको हो । वडा कार्यालय अगाडिकै क्षेत्रमा औद्योगिक ग्राम निर्माणका लागि नेपाल सरकारसँग प्रस्ताव गरेपछि तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले विनियोजन गरेको रु. १ करोडको बजेटले औद्योगिक ग्रामको गुरुयोजना निर्माण अन्तिम चरणमा पुर्याई कार्यान्वयनका लागि छलफल अगाडि बढाएको स्थानीयवासी एवं संघीय सांसद महेश बस्नेतले जानकारी दिनु भयो । औद्योगिक ग्रामका लागि गुरुयोजना निर्माण र सडक निर्माण अन्तिम चरणमा पुगे पछि स्थानीयलाई अधिक भन्दा अधिक फाइदा हुने र त्यस क्षेत्रमा आर्थिक क्रान्ति आउने गरि आयोजनालाई पूर्णता दिनेबारे बिज्ञसहित स्थानीयसँग छलफल सुरु भएको उहाँले जानकारी दिनु भयो । नेकपा एमालेका पोलिटव्यूरो सदस्य, पूर्वमन्त्री एवं सांसद बस्नेतका अनुसार त्यस क्षेत्रमा तीन प्रकारका उद्योगहरु सञ्चालनमा आउने छन् । उहाँले भन्नुभयो, “त्यस क्षेत्रमा तीन प्रकारका उद्योगहरु सञ्चालनमा आउने छन्, एकमा मेशिनको प्रयोग नगरी उत्पादन हुने माइक्रो इन्डस्ट्रि जस्तै हस्तकलाका सामानहरु, दोश्रोमा घरेलु उद्योगहरु जसमा मेशिनको प्रयोग हुने जस्तै धातु कला, काष्ट कला र तेश्रोमा साना तथा मझौला उद्योगहरु सञ्चालनमा आउने छन् ।” उद्योगहरुसँगै प्रशासनकी भवन, हरियाली क्षेत्र, स्वास्थ्य उपचार क्षेत्र, मजदुरका बालबालिका हेरचाह केन्द्र, बालग्राम, प्रशोधन केन्द्र, मेशिन सर्भिस सेन्टरलगायतका आवश्यक संरचनाहरु समेत निर्माण हुने छन् । त्यस क्षेत्रलाई औद्योगिक शहरको रुपमा बिकास गर्दै ल्याण्ड पुलिङ गरि उद्योगीदेखि मजदुरसम्मले घरेडी खरिद गरि बसोबासको क्षेत्र बनाउन सक्ने गरि पूर्वाधारहरु निर्माण गर्ने योजना रहेको छ । औद्योगिक ग्रामका २०० मिटर आसपासका क्षेत्रका बासिन्दाले यहाँका करिब एक हजार रोपनी क्षेत्रफल रहेको आफ्नो निजी जग्गालाई समेत औद्योगिक ग्रामकै रुपमा विकास गरि निजी स्तरमा उद्योग व्यबसास सञ्चालन गर्न सक्ने वा कुनै उद्योग सञ्चालनका लागि जग्गा भाडामा दिएर आम्दानीको बलिाये श्रोत बनाउने सक्ने गरि योजना अगाडि बढेको छ । सूर्यविनायक नगरपालिका–७ का वडाध्यक्ष रबिन्द्र सापकोटाले औद्योगिक ग्राम निर्माणबारे गुरुयोजना अन्तिम चरणमा पुगेको र स्थानीयवासी एवं बिज्ञहरुसँग बिभिन्न चरणमा छलफल भइरहेको बताउनु भयो । औद्योगिक ग्राम निर्माण सम्पन्न भएपछि यस क्षेत्रमा आर्थिक क्रान्तिको रुपमा बिकास हुने र स्थानीय स्तरमा रोजगारीको समेत बृद्धि हुने अपेक्षा गरिएको बताउनु भयो । --- # सूर्यविनायकको हाट बजार : स्थानीय उत्पादनदेखि परिकारसम्म एसईई सम्मानदेखि सांगीतिक कार्यक्रमसम्ममा भीड Source: https://newskunda.com/archives/3732 Category: FEATURED NEWS, अर्थ, मनोरञ्जन, राजनीति, शिक्षा, समाचार, समाज Last updated: 2026-05-30 भक्तपुर, १६ जेठ : ‘दिगो विकास व्यवस्थित शहरस् स्वच्छ समृद्ध सूर्यविनायक नगर’ भन्ने नाराका साथ सूर्यविनायक नगरपालिकाको आयोजना एवं वडा नं. ८ कार्यालयको व्यबस्थापनमा सिपाडोलमा आज भएको निःशुल्क घुम्ती हाट बजारमा उपभोक्ताको भीड लागेको छ । हाट बजारको उद्घाटन गर्दै वागमति प्रदेश स्वास्थ्य मन्त्री किरण थापामगरले हाट बजारमा देखिएको उपभोक्ताको भीडले स्थानीय खाद्य उत्पादनदेखि घरेलु उत्पादनसम्मको बजार स्थानीयस्तरमै पर्याप्त रहेको पुष्टी गरेको बताउनुभयो । बजारलाई ब्यबस्थित गर्नसके बजार खोज्न टाढा जानु नपर्ने बताउदै उहाँले बिचौलिया बिनानै किसान, उत्पादनकर्ता र उपभोक्तालाई एकै थलोमा ल्याएर आर्थिक गतिबिधिलाई चलायनमान गराउन सहज हुने उहाँले बताउनुभयो । मन्त्री थापाले भक्तपुरलाई वागमति प्रदेशको स्वास्थ्य हव बनाउने गरि अगाडि बढेको बताउदै भक्तपुर अस्पतालमा न्यूरो सेवा सुरु गरेको र अब मुटु सेवा बिस्तार गर्न लागेको बताउदै सूर्यविनायक नगर अस्पताल र धादिङ्गको गजुरी अस्पताललाई ट्रमा सेन्टरको रुपमा विकास गर्न लागेको बताउनुभयो । उहाँले भक्तपुरको समग्र विकासलाई छुने गरि असासर १ गते वागमती प्रदेश सरकारले बजेट ल्याउने बताउनुभयो । कार्यक्रममा सूर्यविनायक नगरपालिकाको उपप्रमुख सूर्यविनायक नगरपालिकाकी उपप्रमुख सरिता तिम्सिना भट्टराईले स्थानीय कृषि तथा घरेलु उत्पादनलाई स्थानीयस्तरमै बजारको व्यबस्थापन गर्दै अर्गानिक कृषि तथा घरेल उद्योगको विकास गर्न नगरपालिकाले घुम्ती हाट बजार सञ्चालन गरेको बताउनुभयो । नगरपालिकाका प्रवक्ता तथा वडा नं. ७ का वडाध्यक्ष रबिन्द्र सापकोटाले स्थानीय किसान र साना व्यवसायीलाई बजारसँग जोड्ने अभियान घुम्ती हाट बजारबाट सुरु गरेको बताउनुभयो । उहाँले नगरपालिकाले पहिलो चरणमा बालकोटको गोदावरी खोला किनारबाट सुरु गरेको घुम्ती हाट बजार दधिकोटको दक्षिण बाराही, गुण्डुको वडा कार्यालय, चित्तपोल वडा कार्यालयमा सम्पन्न गरि आज सिपाडोलमा सम्पन्न गरेको बताउनुभयो । वडा नं. २ का वडाध्यक्ष प्रदीप कार्कीले नगरपालिकाले स्थानीय उत्पादनलाई बिचौलयाको प्रभावबाट मुक्त गर्दै कृषक एवं उद्यमीले सिधै आफ्नै बजारमा पुर्याउने र आफ्नै मूल्यमा बिक्री गर्नेगरि नगरपालिकाले घुम्ती हाट बजार सञ्चालन गरेको बताउनुभयो । कार्यक्रमका सभापति, वडा नं. ८ का वडाध्यक्ष एवं नगरपालिकाको आर्थिक विकास समिति संयोजक पुष्पराज बस्नेतले घुम्ती हाटबजारमा स्थानीय रैथाने अर्गानिक उत्पादनहरु, हरिया तरकारीहरु, गुन्द्रुक, सिन्की, मस्यौरा, जिम्बु, च्याउँ, कुरिलो, फूलका बिरुवाहरु, स्थानीय फलफूलका स्टलहरु राखिएको बताउनुभयो । उहाँले हाट बजारमा नेवारी खाजा सेट, योमरी, बारा, पानीपुरी, चटपटे, फास्टफुड, फुड स्टलहरू, नर्सरी, अचार, लसुन, सुत्केरी मसला, ड्राइफ्रुट्स, वाटेको धुप, वेसार, हर्बल सामग्रीहरू, हस्त कलाका गरगहना, मखमली जुत्ता, कपडाको कुसन कभर तथा घरेलु उद्योगका उत्पादनहरू गरि नगरपालिकाले निःशुल्क उपलब्ध गराएको ७० भन्दा बढी स्टलहरु राखिएको बताउनुभयो । कार्यक्रममा यसवर्ष एसईई परीक्षा उतीर्ण गरेका १०० भन्दा बढी विद्यार्थीलाई मन्त्री थापाले सम्मान पत्र प्रदान गर्नुभयो । दिउँसो ४ बजेदेखि हाट बजारमा सांगीतिक ब्याण्ड एवं चर्चित गायक मानस राजको विशेष प्रस्तुती सहितको सांगीतिक कार्यक्रम आयोजना गरिएको छ । नगरपालिकाले हाट बजार सञ्चालन गर्न कार्यपालिका बैठकबाट हाट बजार सञ्चालन कार्यबिधी स्वीकृत गरि सञ्चालनमा ल्याएको र नगरपालिकाले पहिलो चरणको समिक्षा गरि वडावडामा हरेक साता शनिबार बजार सञ्चालन गर्ने गरि तयारी गरेको उहाँले बताउनुभयो । --- # सूर्यविनायकमा नगरपालिकाका नवनिर्वाचित प्रमुख वासुदेव थापासहित ५२ जना जनप्रतिनिधिको सपथ र पदभार ग्रहण Source: https://newskunda.com/archives/992 Category: FEATURED NEWS, राजनीति, समाचार Last updated: 2022-05-23 भक्तपुर, ९ जेठ । सूर्यविनायक नगरपालिकाका नवनिर्वाचित प्रमुख वासुदेव थापा, उपप्रमुख सरिता भट्टराई, १ देखि १० नम्बर वडासम्मका वडा अध्यक्ष तथा सदस्यहरुले आज सपथ ग्रहण सम्पन्न गरेर कार्यप्रारम्भ गर्नु भएको छ । नगरपालिकाले आज आयोजना गरेको प्रमाणपत्र वितरण तथा सपथ ग्रहण कार्यक्रममा गत बैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा निर्वाचित हुनु भएका नगर प्रमुख थापालाई प्रमुख निर्वाचन अधिकृत गोपालप्रसाद बास्तोलाले पद तथा गोपनीयताको सपथ ग्रहण गराउनु भएको हो । कार्यक्रममा नगर प्रमुख थापाले उपप्रमुख सरिता भट्टराई तथा १ देखि १० वडासम्ममा वडाध्यक्षसहित ५२ जना जनप्रतिनिधिहरुले पद तथा गोपनीयताको सपथ ग्रहण गराउनु भएको थियो भने निर्वाचित जनप्रतिनिधिहरुलाई सूर्यविनायक नगरपालिकाको निर्वाचन अधिकृत सरिता खतिवडाले प्रमाण पत्र प्रदान गर्नु भयो । कार्यक्रममा निर्वाचित जनप्रतिनिधिहरुलाई नेकपा एमालेका पोलिटव्यूरो सदस्य एवं संघीय सांसद महेश बस्नेतले सबै जनप्रतिनिधिलाई टीका, वाग्मती प्रदेश सदस्य शशीजंग थापाले खादा लगाएर बधाई तथा सफल कार्यकालको शुभकामना दिनुु भयो । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेन्द्रप्रसाद कँडेललले बुकी प्रदान गर्दै बधाई ज्ञापन गर्नु भएको थियो । कार्यक्रममा नगरपालिकामा प्रमुख वासुदेव थापा, उपप्रमुख सरिता भट्टराई, १० वडाध्यक्षसहित ५२ जना जनप्रतिनिधिहरुले पद तथा गोपनीयताको सपथ लिएर कार्यक्रम सम्पन्न पछि आ–आफ्नो कार्यकक्षमा पुगेर कार्य प्रारम्भ गर्नु भयो । कार्यक्रममा नगर प्रमुख थापाले विगतमा बाँकी भएका बिकासका कामहरु सम्पन्न गर्दै नयाँ कामको थालनी गर्ने प्रतिबद्धता व्यक्त गर्नु भयो । त्यसैगरि उपप्रमुख भट्टराई, सबै वडाका वडाध्यक्षले नगरको विकासमा एक भएर लाग्ने बताउनु भयो । त्यसअवसरमा नेकपा एमालेको पोलिटव्युरो सदस्य, पूर्वमन्त्री तथा उक्त क्षेत्रको प्रतिनिधिसभाका सांसद महेश बस्नेतल पछिल्लो पाँच वर्ष विकासको हिसावले मुलुककै सर्वोत्कृष्ट रहेको दावी गर्दै अब पाँच वर्ष जुनसुकै दलमा आस्था राख्ने जनप्रतिनिधि भए पनि बिकासका लागि एक्यबद्ध भएर काम गर्नु पर्ने बताउनु भयो । वाग्मति प्रदेश सभाका सदस्य शशीजंग थापाले तीन तहकै सरकारबाट आएको बजेटले यहाँको बिकास भएको भन्दै अब पनि समन्वय र सहकार्य गरेर अगाडि जानु पर्ने बताउनु भयो । --- # सूर्यविनायकमा बजार अनुगमन बिक्रीमा राखेको अखाद्य बस्तु नष्ट Source: https://newskunda.com/archives/2195 Category: FEATURED NEWS, अर्थ, समाचार, समाज Last updated: 2022-09-20 भक्तपुर, ४ असोज : दशै नजिकिएसँगै सूर्यविनायक नगरपालिकाले आजदेखि नगर क्षेत्र भित्रका खाद्य पसल, फलफुल पसल, मासु, किराना फसलको अनुगमन अभियान सञ्चालन गरेको छ । नगरपालिकाको उपप्रमुख सरिता भट्टराई तिमिल्सिनाको नेतृत्वमा आजबाट सुरु भएको बजार अनुगमन गरि पहिलो दिन करिब रु. १६ हजार ३३२ रुपैयाँ बराबरको अखाद्य बस्तु बरामद गरि नष्ट गरेको छ । अनुगमनमा सूर्यविनायक–८ को सबल भक्तपुर प्रा.ली.बाट म्याद नाघेको ९ हजार ८६५ मूल्य बराबरको अखाद्य बस्तु बरामद गरि नष्ट गरेको छ । अनुगमन टोलीले सूनपा–६ स्थित सूर्यविनायक मिनि मार्टमा पाँच हजार ४९५ रुपैयाँ बराबरको अखाद्य सामान बरामद गरि नष्ट गरेको, सूनपा–८ स्थित ब्रदर्श फ्रुड एण्ड जुस सेन्टर, सूनपा–८ कै जय मिट सप, सूनपा–६ को अर्पण मिट सप, सूनपा–कै बिजु न्हुच्छे फ्रुट एण्ड जुसमा अनुगमन गरेको छ । उपप्रमुख भट्टराईले चाँडबाँड नजिकिएसँगै बजारमा अनावश्यक रुपमा मंहगी बृद्धि गर्ने, एउटै सामानको फसलै पिच्छे मूल्य बृद्धि गरि उपभोक्तालाई मार पार्ने, म्याद गुज्रेका अखाद्य बस्तु बिक्री गर्ने, मूल्य सूचीँ नराख्ने, ढक तराजुमै ठगि गर्ने अबस्था रोक्न बजार अनुगमन सुरु गरेको बताउनु भयो । अनुगमनको क्रममा अधिकांश पसलमा फर्म दर्ता, नविकरण एवं सूचीकरण नगरेको, मूल्य सूची नराखेको, किराना पसलमै मदिरा बिक्री गरिरहेको, म्याद नाघेको खाद्य सामानलाई छुट्टै नराखी बिक्री कक्षमै राखेका, पाइएको, अनुमति नलिई ढक तराजुको प्रयोग गरेको, मासु पसल फोहोर रहेको, फ्रिजहरु अत्यन्तै फोहोर रहेको, प्याकेजिङ् गरिएका सामानमा उत्पादन र उपभोग्य मिति नराखेको, तत्काल नियम संगत व्यबस्था गर्न निर्देशन दिएको सनपा अनुगमन समितिका सदस्य सचिव सुरज पौडेलले जानकारी दिनु भयो । अब अनुगमन नियमित गर्ने उहाँले बताउनु भयो । --- # सेनेटरी प्याड डिस्पोजल मेसिन हस्तान्तरण Source: https://newskunda.com/archives/2546 Category: FEATURED NEWS, शिक्षा, समाचार, समाज Last updated: 2023-03-13 सुनसरी, २९ फागुन : सुनसरीको इनरुवा नगरका सामुदायिक विद्यालयलाई सोमबार सेनेटरी प्याड डिस्पोजल मेसिन हस्तान्तरण गर्दै नगर प्रमुख केदार भण्डारी । नगरका १२ वटा सामुदायिक विद्यालयलाई मेसिन हस्तान्तरण गरिएको हो । --- # सैनिक आवासीय महाविद्यालय अन्तरविद्यालय रनिङ फुटबल ट्रफी –२०८३ को उपाधी नेपाल पुलिस स्कुललाई Source: https://newskunda.com/archives/4325 Category: FEATURED NEWS, अर्थ, राजनीति, समाचार, समाज Last updated: 2026-09-18 भक्तपुर, २ असोज । सैनिक आवासीय महाविद्यालय अन्तरविद्यालय रनिङ फुटबल ट्रफी –२०८३ को उपाधी नेपाल पुलिस स्कुल, साँगाले हात पारेको छ । श्री सैनिक आवासीय महाविद्यालय, सल्लाघारी, भक्तपुरको आयोजनामा सञ्चालन भएको २२ औँ सैनिक आवासीय महाविद्यालय अन्तरविद्यालय रनिङ फुटबल ट्रफी –२०८३ को आज महाविद्यालयको घरेलु मैदानमा भएको फाइनल खेलमा महाविद्यालयलाई २–१ गोल अन्तरले पराजित गर्दै नेपाल पुलिस स्कुल, साँगाले उपाधी हात पारेको हो । समापन कार्यक्रम कायम मुकायम प्रधान सेनापति बलाधिकृत रथी प्रदीप जंग के.सी.ले विजेता नेपाल पुलिस स्कुललाई रु. ५० हजार नगद पुरस्कारसहित ट्रफी तथा प्रमाणपत्र प्रदान गर्नुभयो । उहाँले उपविजेता सैनिक आवासीय महाविद्यालय रातोलाई रु. ३० हजार नगद पुरस्कारसहित रनर–अप ट्रफी तथा प्रमाणपत्र प्रदान गर्नुभयो । उहाँले प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडी, प्रशिक्षक तथा रेफ्रीहरूलाई समेत विभिन्न विधामा पुरस्कार तथा प्रमाणपत्र प्रदान गर्नु भयो । पुरस्कार वितरण पछि कायम मुकायम प्रधान सेनापति बलाधिकृत के.सी.ले विद्यार्थी जीवनमा खेलकुदको महत्व, अनुशासन, टोली भावना तथा स्वस्थ प्रतिस्पर्धाले व्यक्तित्व विकासमा पु¥याउने योगदान महत्वपूर्ण हुने बताउनुभयो । २२ औँ संस्करणको यस प्रतियोगिताले विद्यालयस्तरमा फुटबल खेलको प्रवद्र्धन गर्नुका साथै प्रतिभावान खेलाडीको पहिचान र विकास, विद्यार्थीहरूबीच आपसी भाइचारा तथा सौहार्दपूर्ण सम्बन्ध विस्तार र खेलकुदमार्फत अनुशासित एवं स्वस्थ जीवनशैलीको विकासमा महत्वपूर्ण योगदान पु¥याएको उहाँले बताउनुभयो । विद्यालयस्तरीय फुटबल खेलको विकास तथा विद्यार्थीहरूमा खेलकुद भावना, अनुशासन, नेतृत्व क्षमता र स्वस्थ प्रतिस्पर्धाको संस्कार विकास गर्ने उद्देश्यले आयोजना गरिएको उक्त प्रतियोगितामा श्री सैनिक आवासीय महाविद्यालयका २ टिमसहित उपत्यकाका विभिन्न विद्यालयका जम्मा १२ टिम सहभागी भएको महाविद्यालयका व्यबस्थापन प्रमुख कर्नेल शिव पौडेलले जानकारी दिनुभयो । प्रतियोगिताका लिग तथा नकआउट चरणमा गरी कुल १९ वटा खेल सञ्चालन भएको उहाँले जानकारी दिनुभयो । समापन समारोहमा भक्तपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी, श्री सैनिक कल्याणकारी निर्देशनालयका निर्देशक, श्री युद्धकार्य निर्देशनालयका निर्देशक, श्री नेपाली सैनिक वार कलेजका निमित्त शिक्षाधिकृत, SAAN का अध्यक्ष लगायत नेपाली सेनाका वरिष्ठ अधिकृतहरू, विभिन्न सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधिहरू, सहभागी विद्यालयका प्राचार्य तथा व्यवस्थापकहरू, प्रशिक्षक, खेलाडी, शिक्षक तथा अभिभावकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। --- # स्काउट शिक्षाको उद्घाटन, विद्यार्थीलाई देशप्रेमका भावना जगाउँने : मुख्यमन्त्री थापामगर Source: https://newskunda.com/archives/4559 Category: FEATURED NEWS, अर्थ, राजनीति, शिक्षा, समाचार, समाज, स्वास्थ्य Last updated: 2026-10-04 भक्तपुर, १८ असोज : वागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले आज भक्तपुरमा स्काउट शिक्षाको उद्घाटन गर्नु भएको छ । चाँगुनारायण नगरपालिकास्थित श्री महेन्द्र ग्राम माध्यमिक विद्यालयमा आज आयोजित स्काउट शिक्षाको उद्घाटन गर्दै उहाँले स्काउट शिक्षाले विद्यार्थीमा देशप्रेमको भावना जगाउँने बताउनु भयो । मुख्यमन्त्री थापाले नेपाल स्काउट सामजिक विकासको भावनाका साथ अगाडि बढिरहेको बताउदै विद्यालयले दिने स्काउट शिक्षाले विद्यार्थीहरुमा देशप्रेमको भावना जगाउँने बताउनुभयो । विद्यार्थीहरूमा अनुशासन, नेतृत्व क्षमता, सेवाभाव, आत्मनिर्भरता तथा सामाजिक उत्तरदायित्वको भावना विकास गर्न स्काउट शिक्षाले महत्वपूर्ण भूमिका निर्वाह गर्ने उहाँले बताउनुभयो । मुख्यमन्त्री थापाले सामुदायीक विद्यालयको शैक्षिक गुणस्तरमा सुधार्दै स्नातकोत्तर तहसम्मको गुणस्तरीय शिक्षा दिने गरि भक्तपुरलाई शिक्षाको हव बनाउने बताउनु भयो । उहाँले वागमती प्रदेश सरकारले भक्तपुरलाई शिक्षा, स्वास्थ्य र पर्यटनको हव बनाउने गरि कार्ययोजना अगाडि सारेको बताउनु भयो । कार्यक्रममा विद्यालय व्यबस्थापन समितिका अध्यक्ष रामकुरमा बुढाथोकीले मुख्यमन्त्री थापा र नवनियुक्त प्रदेशका न्यायाधिवक्त शिवराम तिमिल्सिनालाई बधाई तथा सम्मान प्रदान गर्नुभयो । विद्यालयका प्रधानाध्यापक सोम श्रेष्ठले नेपाल स्काउटको महत्व र विद्यालयमा यसका शिक्षाकाबारेमा जानकारी गराउनु भएको थियो । --- # स्थानीय तहमा चौध हजार ४०२ महिला निर्वाचित Source: https://newskunda.com/archives/1030 Category: FEATURED NEWS, अर्थ, जीवन शैली, निर्वाचन, राजनीति, समाचार, समाज Last updated: 2022-05-26 काठमाडौँ, १२ जेठ : स्थानीय तह निर्वाचनमा १४ हजार ४०२ महिला निर्वाचित भएका छन् । हालसम्म परिणाम सार्वजनिक भएका पालिकाको अन्तिम मतपरिणामका आधारमा निर्विरोधसहित उक्त सङ्ख्यामा महिला निर्वाचित भएका हुन् । सो आँकडाका आधारमा ४० दशमलव ८९ प्रतिशत हुन्छ । निर्वाचनमा ५५ हजार ६९९ महिला उम्मेदवार रहेका थिए । कूल ७५३ स्थानीय तहमा ३५ हजार २२१ पद रहेका छन् । निर्वाचन आयोगको सूचना प्रणालीमा आज साँझसम्म प्रविष्ट भएको परिणामअनुसार तीन वटा पालिकामा प्रमुख र उपप्रमुख दुवै जना महिला निर्वाचित हुनुभएको छ । सोमध्ये झापाको गौरीगञ्ज गाउँपालिका प्रमुखमा फूलवती राजवंशी र उपप्रमुखमा पुजन न्यौपाने कुँवर निर्वाचित हुनुभएको छ । राजवंशी नेपाली कांग्रेस र न्यौपाने नेकपा (एमाले) बाट उम्मेदवार बन्नुभएको थियो । दैलेखको भैरवी गाउँपालिकाको प्रमुख र उपप्रमुख दुवै पदमा महिला निर्वाचित हुनुभएको छ । सो पालिकाको प्रमुखमा रीता शाही र उपप्रमुखमा देवी भण्डारी निर्वाचित हुनुभएको छ । दुवै जना कांग्रेसबाट उम्मेदवारी दिनुभएको थियो । कैलालीको लम्की–चुहा नगरपालिका प्रमुख र उपप्रमुख दुवै पदमा महिला निर्वाचित हुनुभएको छ । सो नगरपालिका प्रमुखमा सुशीला शाही र उपप्रमुख पदमा जुना चौधरी निर्वाचित हुनुभएको छ । प्रमुख कांग्रेसबाट र उपप्रमुख एमालेबाट उम्मेदवारी दिनुभएको थियो । प्रदेशगत आधारमा निर्वाचित महिला प्रदेश १ मा आठ हजार १९६ उम्मेदवार भएकामा दुई हजार ४५५ जना महिला निर्वाचित हुनुभएको छ । मधेस प्रदेशमा १५ हजार ७८० उम्मेदवार रहेकामा दुई हजार ७७० जना निर्वाचित हुनुभयो । सोहीअनुसार बागमती प्रदेशमा आठ हजार ३४४ महिला उम्मेदवार रहेकामा दुई हजार ३४७ जना निर्वाचित हुनुभयो । गण्डकी प्रदेशमा चार हजार ६४९ महिला उम्मेदवार रहेकामा एक हजार ६२२ जना निर्वाचित हुन सफल हुनुभयो । सोहीअनुसार लुम्बिनी प्रदेशमा आठ हजार ७६७ महिला उम्मेदवार रहेकामा दुई हजार १२४ जना निर्वाचित हुन सफल हुनुभयो । आयोगको तथ्याङ्कअनुसार कर्णाली प्रदेशमा चार हजार ८७८ महिला उम्मेदवार रहेकामा एक हजार ५२४ जना निर्वाचित हुनुभयो । त्यस्तै, सुदूरपश्चिम प्रदेशमा पाँच हजार ८५ उम्मेदवार रहेकामा एक हजार ५६० जना निर्वाचित हुनुभयो । प्रमुख पदमा महिला देशभरबाट २५ वटा पालिका प्रमुखमा महिला निर्वाचित हुनुभएको छ । आयोगको तथ्याङ्कअनुसार झापाको विर्तामोड नगरपालिका प्रमुखमा पवित्रा महतारा निर्वाचित हुनुभएको छ । त्यस्तै झापाकै गौरीगञ्ज गाउँपालिका प्रमुखमा फूलवती राजवंशी निर्वाचित हुनुभयो । मोरङको कानेपोखरी गाउँपालिका प्रमुखमा राजमति इङनाम निर्वाचित हुनुभएको छ । सोलुखुम्बुको लिखु पिके गाउँपालिका प्रमुखमा मीनादेवी कार्की निर्वाचित हुनुभएको छ । खोटाङको जन्तेढुङ्गा गाउँपालिका प्रमुखमा अरुणादेवी राई विजयी हुनुभएको छ । सोही जिल्लाको हलेसी तुवाचुङ नगरपालिका प्रमुखमा विमला राई निर्वाचित हुनुभयो । सप्तरीको सुरुङ्गा नगरपालिका प्रमुखमा गीता चौधरी निर्वाचित हुनुभएको छ । सर्लाहीको बरहथवा नगरपालिका प्रमुखमा कल्पनाकुमारी कटुवाल निर्वाचित हुनुभयो । त्यस्तै रौतहटको ईशनाथ नगरपालिका प्रमुखमा कौशल्या देवी र सोही जिल्लाको मौलापुर नगरपालिका प्रमुखमा रिनाकुमारी साह निर्वाचित हुनुभयो । सिन्धुलीको फिक्कल गाउँपालिका प्रमुखमा पार्वती सुनुवार निर्वाचित हुनुभएको छ । सोही जिल्लाको सुनकोसी गाउँपालिका प्रमुखमा दीपा बोहरा दाहाल निर्वाचित हुनुभयो । काभ्रेपलाञ्चोकको चौँरीदेउराली गाउँपालिका प्रमुखमा रेणुका चौलागाईं, मकवानपुरको हेटौँडा उपमहानगरपालिका प्रमुखमा मीना लामा, चितवनको भरतपुर महानगरपालिका प्रमुखमा रेणु दाहाल र सोही जिल्लाको माडी नगरपालिका प्रमुखमा ताराकुमारी काजी महतो (थारु), निर्वाचित हुनुभएको छ । नवलपरासी (बर्दघाट सुस्तापूर्व) को हुप्सेकोट गाउँपालिका प्रमुखमा लक्ष्मी पाण्डे, सोही जिल्लाको सुनवल नगरपालिका प्रमुखमा विमला अर्याल, बागलुङको बडिगाड गाउँपालिका प्रमुखमा गण्डकी थापा अधिकारी निर्वाचित हुनुभएको छ । त्यस्तै पर्वतको मोदी गाउँपालिकामा हीरादेवी शर्मा निर्वाचित हुनुभएको छ । पाल्पाको बगनासकाली गाउँपालिका प्रमुखमा सरस्वती दर्लामी, सुर्खेतको वीरेन्द्रनगर नगरपालिका प्रमुखमा मोहनमाया ढकाल र अछामको पञ्चदेवल विनायक नगरपालिका प्रमुखमा अम्बिका चलाउने निर्वाचित हुनुभयो । दैलेखको भैरवी गाउँपालिका प्रमुखमा रीताकुमारी शाही निर्वाचित हुनुभएको छ । सोहीअनुसार कैलालीको लम्की–चुहा नगरपालिका प्रमुखमा सुशीला शाही निर्वाचित हुनुभएको छ । आयोगको तथ्याङ्कअनुसार दलित महिला सदस्यमा १२३ स्थानीय तह खाली रहेको छ । त्यस्तै एक जना महिला सदस्य स्थानीय तहमा खाली रहेको छ । काठमाडौँ महानगरपालिका, उदयपुरको त्रियुगा नगरपालिका, रुपन्देहीको तिलोत्तमा नगरपालिका र बाजुराको बूढीगङ्गा नगरपालिकाको परिणाम आउन बाँकी नै रहेको छ । --- # स्थानीय तहलाई मुख्यमन्त्री किरण थापाको आग्रह : बाढी प्रभावित क्षेत्रमा क्षतिग्रस्त संरचनाको पुर्ननिर्माणमा सघाउनुहोस् Source: https://newskunda.com/archives/4415 Category: FEATURED NEWS, अर्थ, राजनीति, समाचार, समाज Last updated: 2026-09-24 भक्तपुर, ८ असोज । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापाले रसुवा भोटेकोशीमा गत भदौ १० गत आएको बाढीबाट क्षतिग्रस्त भौतिक संरचनाहरुको पुर्ननिर्माणमा सघाउन स्थानीय सरकालाई आग्रह गर्नु भएको छ । आज भक्तपुरको चाँगुनारायण नगरपालिकाले कार्यालयमा आयोजना गरेको स्वागत तथा बधाई ज्ञापन कार्यक्रममा बोल्दै उहाँले वागमती प्रदेश भित्रका र देशभरका स्थानीय तहलाई पुर्ननिर्माणमा सघाउँन आव्हान गर्नु भएको हो । उहाँले भन्नुभयो, “रसुवा भोटेकोशी बाढीबाट विद्यालय भवन, स्वास्थ्य संस्था, पुलहरुक्षति भएका छन्, अत्यावश्यक संरचनाहरु छिटो बनाउँन पालिकादेखि स्थानीय वासिन्दाले हामीलाई आग्रह गरिरहनु भएको छ, हामीसंग पर्याप्त बजेट छैन, त्यसैले सबै पालिकाले मिलेर सक्ने जति सहयोग गरौ, पालिकाहरु मिलेर विद्यालय भवन, स्वास्थ्य संस्थादेखि पक्कि पुल र झोलुङ्गे पुल निर्माणमा सघाउँनुहोस्, हामी त्यहाँ शिलापत्रमा सहयोग गर्ने पालिकाहरुको नाम ईतिहाससम्म हुने राख्छौं ।” संघीय सरकारको राहत कोषमा रकम जम्मा भएर बसे पनि अत्यावश्क संरचनाहरु तत्काल पुर्ननिमाण गर्नु पर्ने अबस्था आएको तर संघीय सरकाबाट प्रक्रिया ढिलो हुने भएकाले पालिकाहरुले आफुले सकेजति सहयोग गरेर पुर्ननिर्माणमा जुट्न आग्रह गर्नु भयो । मुख्यमन्त्री थापाले भन्नुभयो, “भक्तपुरका चार पालिका छन्, चारै पालिकाले मिलेर एउटा स्कुल भवन वा झोलुङ्गे पुल मात्रै भए पनि बनाउँन सहयोग गर्नुस्, तपाईहरुको नाम ताम्रपत्रमा राख्नुस्, तर देशभित्रको एउटा पालिकालाई अर्को पालिकाले सहयोग गर्ने परम्परा बसालौ । म सबै पालिकालाई पुर्ननिर्माणमा सघाउँन आव्हान गर्छु ।” उहाँले भक्तपुरलाई स्वास्थ्य, शिक्षा र पर्यटनको हव बनाउने उदेश्यले आफू लागिरहेको बताउदै भक्तपुरवासीले कुनै पनि रोगको उपचारका लागि भक्तपुर छाडेर अन्यत्र जानु नपर्ने र स्नातकोत्तरसम्म सबै संकायको भत्तःपुरमा अध्ययन अध्यापन गराएर यहीँ गुणस्तरीय शिक्षा प्राप्त गर्न सक्ने अबस्थादेखि पालिकाहरुमा पर्यटकीय गन्तव्यको प्रचार गर्दै यही बास बस्ने अबस्था सृजन ागर्नेगरि काम सुरु गरेको बताउनुभयो । चाँगुनारायणमा धेरै नै सार्वजनिक जग्गा रहेकाले यहाँका वडा नं. १ देखि ९ सम्म ल्याण्ड पुलिङ्गको माध्यमबाट छरिएर रहेका सार्वजनिक जग्गालाई एकीकृत गरि औद्योगिक ग्राम, रंगशाला जस्ता विकासमा संरचनाहरु निर्माण गर्न प्रदेश सरकार लागेको बताउनुभयो । प्रदेशको १३ वटै जिल्लाको विकास र सम्बृद्धिको अभियान प्रदेश सरकारले सुरु गरिसकेको उहाँले बताउनुभयो । कार्यक्रममा नगरपालिकाका प्रमख जीवन खत्री, उपप्रमुख रमेश बुढाथोकीले भोटेकोशी बाढीमा क्षतिग्रस्त संरचना पुर्ननिर्माणमा नगरपालिकाले सघाउने बताउदै नगरपालिकाको थप विकासका लागि प्रदेश सरकारले सहयोग गर्न आग्रह गर्नुभयो । --- # स्थापना भएको २७ वर्षपछि नेपाल कोरिया मैत्री नगर अस्पतालमा १५ शैयाको अत्याधुनिक सघन उपचार कक्ष सञ्चालन, नगर प्रमुख श्रष्ठद्धारा मोडुलर आईसियूको उद्घाटन Source: https://newskunda.com/archives/4716 Category: FEATURED NEWS, अर्थ, राजनीति, शिक्षा, समाचार, समाज, स्वास्थ्य Last updated: 2026-10-19 भक्तपुर, २९ असोज : अस्पताल स्थापना भएको २७ वर्षपछि मध्यपुरथिमि नगरपालिकाद्वारा सञ्चालित नेपाल–कोरिया मैत्री नगरपालिका अस्पतालमा आजबाट १५ शैयाको अत्याधुनिक सघन उपचार कक्ष (मोडुलर आईसीयू)संचालनमा आएको छ । मध्यपुरथिमि नगरपालिकाका प्रमुख एवं अस्पताल व्यवस्थापन समितिका अध्यक्ष सुरेन्द्र श्रेष्ठले आज अस्पतालमा आयोजित कार्यक्रममा मोडुलर आईसीयूको उद्घाटन गरेसंगै सञ्चालनमा आएको हो । नगर प्रमुख श्रेष्ठले अब भक्तपुर र पूर्वबाट आएका विरामीलाई अत्याधुनिक आईसियू खोज्दै काठमाडौंमा भौतारिनु नपर्ने बताउदै अस्पतालल सञ्चालनमा आएका गम्भिर रोगका विरामी र शल्यक्रियामा समेत यो आईसियू प्रभावकारी रुपमा प्रयोगमा आउने बताउनुभयो । अस्पतालले प्रदान गर्द आएको गुणस्तरीय सेवामा आइसियूले थप टेवा पुग्ने बताउदै नगर प्रमुख श्रेष्ठले भन्नुभयो, ‘देशभरका नगरपालिकाहरुद्धारा सञ्चालित अस्पताल मध्ये नेपाल कोरिया मैत्री अस्पताल सबैभन्दा सुविधा सम्पन्न र ठूलो अस्पतालको रुपमा पहिचान बनाउन सफल भएको छ । यस अस्पताल विमा क्लेम गर्ने पाँचौं ठुलो अस्पताल समेत बन्नु हाम्रो लागि गौरवको विषय हो । नगरपालिकाले यस अस्पतालको सेवालाई अझै स्पेशिलिष्ट सेवाहरु बिस्तार गर्दै लैजान्छ ।’ अस्पतालले प्रवाह गर्ने सबै सेवाहरु गुणस्तरीय भएकै कारण हरेक वर्ष उपचारका लागि आउने विरामीका संख्या सेवा दिनानुदिन बढ्दै गएको बताउदै उहाँले अहिले दैनिक ११ सय भन्दा बढी विरामी उपचारको लागि आउने गेको बताउनुभयो । उहाँले नयाँ सुविधा सम्पन्न नयाँ भवन निर्माणको अन्तिम चरणमा पुगेको बताउदै नयाँ भवन सञ्चालनमा आएपछि विरामीको लागि धेरै सुविधा थपिने बताउनुभयो । अस्पतालले छिट्टै मुटुरोग (कार्डियो) सेवा समेत सञ्चालन गर्ने तयारी गरेको र मुटु रोगका विरामीलाई सहजताका लागि ए ग्रेडको एम्बुलेन्स समेत सञ्चालनमा ल्याउने तयारी गरेको बताउनुभयो । नगर प्रमुख श्रेष्ठले भन्नुभयो, ‘हामीले विरामीको घरदैलो सेवा प्रवाह सञ्चालन गरेका छौै, अस्पतालले प्रोटेवल अल्ट्रासाउन्ड मेसिन समेत खरिद गरेर वडा वडामा पुगेर घरदैलो सेवा दिएकै कारण मुलुकका १० उत्कृष्ट सामुदायिक अस्पताल भित्रमा यो अस्पताल पर्न भएको हो । हामीले चाँगुनारायण अस्पतालमा समेत यहाँबाट विशेषज्ञ सेवा दिने गरका छौं ।’ कार्यक्रममा मध्यपुरथिमि नगरपालिकाका उपप्रमुख बिजयकृष्ण श्रेष्ठले चारवर्ष अगाडिसम्म नोक्सानमा चलिरहेको यो अस्पताल गुणस्तरीय सेवा सुबिधा थप भएसंगै अहिले फाईदामा पुगेको भन्दै यस अस्पताललाई विशिष्टिकृत अस्पतालका रूपमा विकास गरिरहेको बताउनुभयो । अस्पतालमा अत्याधुनिक आइसियु सञ्चालनमा आएसंगै बिरामीले आइसियु नपाएर अकालमा मृत्युवरण गर्नुपर्ने अवस्थाको अन्त्य हुने बताउदै उहाँले यस अस्पताललाई देशभरकै उत्कृष्ट अस्पतालका रुपमा विकास गर्ने बताउनुभयो । अस्पताल सञ्चालन समितिका सदस्य हरिदाश प्रजापति, अस्पतालका कार्यकारी निर्देशक डा. डिके रौशन, नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भोजराज घिमिरे, जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख अन्जना खड्का, नगर प्रबक्ता कृष्णहरी आचार्यलगायतले अब विरामीले आईसियू खोज्दै अन्यत्र जानुपर्ने वाध्यता हट्ने र स्थानीयले कम शुल्कमा गुणस्तरीय सेवा पाउने उहाँले बताउनुभयो । --- # स्थापनाको १२१ वर्षपछि नयाँ भवन पाउँदै भक्तपुर अस्पताल, ६२ करोडको लागतमा नयाँ भवन निर्माण Source: https://newskunda.com/archives/3334 Category: FEATURED NEWS, अर्थ, राजनीति, समाचार, समाज, स्वास्थ्य Last updated: 2026-01-18 भक्तपुर, २ माघ । नेपालकै दोश्रो अर्थात बीर अस्पताल पछि स्थापना भएको भक्तपुर अस्पतालले स्थापनाको १२१ वर्षपछि ६२ करोडको लागतमा सुबिधा सम्पन्न नयाँ भवन पाउने भएको छ । विगत तीन वर्षदेखि देशभरका सात प्रदेशका अस्पताल मध्ये उत्कृष्ट अस्पताल घोषित हुदै आएको भक्तपुर अस्पतालले अब नयाँ सुविधा सम्पन्न अस्पताल भवन पाउने सुनिश्चित भएको वागमति प्रदेशका स्वास्थ्य मन्त्री किरण थापाले जानकारी दिनुभयो । भक्तपुर अस्पताल यहाँको नागरिकको मात्रै नभई भक्तपुरदेखि काठमाडौं, ललितपुरका बिरामीहरूलाई पनि ठूलो राहत मिल्ने गरेको बताउदै उहाँले काभ्रेपलाञ्चोकदेखि पूर्वका धेरै जिल्लाबाट आउने विरामीको उपचारको प्रस्थान बिन्दुका रुपमा भक्तपुर अस्पताल रहेको बताउनुभयो । स्वास्थ्य मन्त्री थापाले भन्नुभयो, “वाग्मती प्रदेश सरकारले उच्च प्राथमिकतामा राख्दै करिब ६२ करोड रुपैयाँको लागतमा नयाँ भवन निर्माण गर्ने निश्चित गरेको छ । भक्तपुर अस्पताललाई वाग्मती प्रदेशकै नमुना अस्पताल बनाउने उदेश्यले हामीले निकै मिहेनतका साथ बजेट सुनिश्चित गरेर बिस्तृत परियोजना प्रतिवेदन (डिपिआर) समेत पारित गरेका छौँ, अब जतिसक्दो छिटो नयाँ भवन निर्माण सम्पन्न गरि अस्पतालको क्षमतामा गुणात्मक र मात्रात्मक रुपमा सेवा बिस्तार गर्ने गरि तयारी गरेका छौं ।” उहाँले अस्पतालको नयाँ भवन वातावरण मैत्री, प्रविधि मैत्री, भूकम्प प्रतिरोधी डिजाइनमा अन्तर्राष्ट्रिय मापदण्डअनुसार भक्तपुरको पुरानो एवं परम्परागत शैलीमा भवन निर्माण गरिने छ । विरामी र सेवाग्राहीलाई सहज हुने गरी अस्पतालको नयाँ भवनमा प्रतीक्षालय, अपाङ्ग मैत्री संरचना, लिफ्ट, पार्किङ तथा हरित क्षेत्रको समेत व्यवस्था गरिने भएको जानकारी दिदै उहाँले भवन निर्माणसंगै अस्पतालमा मुटु तथा न्यूरो सम्बन्धी विशेषज्ञ सेवासमेत विस्तार गरिने मन्त्री थापाले बताउनुभयो । प्रदेशका संस्कृति तथा पर्यटन मन्त्री सुरेश श्रेष्ठले वाग्मती प्रदेश मध्ये भक्तपर अस्पतालले गुणस्तरीय सेवा प्रदान गर्दै आएको र देशभरका विरामीको उपचारका लागि उचित गन्तव्यको रुपमा नमूना अस्पताल निर्माण गर्न वागमती प्रदेश सरकारले अस्पतालको नयाँ भवन निर्माण गर्ने निर्णय गरेको उहाँले बताउनुभयो । उहाँले स्वास्थ्य क्षेत्रमा गरिने पूर्वाधार लगानीले समाज र अर्थतन्त्रमा दीर्घकालीन सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गर्दै उहाँले निर्माण प्रक्रियामा पारदर्शिता, गुणस्तर र जवाफदेहितामा कुनै सम्झौता नहुने बताउनुभयो । वाग्मती प्रदेश स्वास्थ्य मन्त्रालयका सचिव डा. सुमित्रा गौतमले भक्तपुर नयाँ निर्माण हुने भक्तपुर अस्पतालको भवनमा अत्याधुनिक एवं आकस्मिक कक्ष, आइसियु कक्ष, एनआइसियु, प्रसूति तथा स्त्री रोग विभाग, सर्जरी ब्लक, आधुनिक प्रयोगशाला, डिजिटल एक्स–रे, सिटी स्क्यान, एमआरआई, मुटु तथा न्यूरो सेवा समेत विस्तार गर्नेगरि प्रविधियुक्त सेवा विस्तार गरिने बताउनुभयो । स्वास्थ्य सचिव डा. सुमित्रा गौतमले भन्नुभयो, “अस्पतालको डिपिआर अनुसार निर्माण कार्य चरणबद्ध रूपमा अघि बढाइनेछ, निर्भारित समय भित्रै भवन निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ । स्थानीय जनप्रतिनिधि, अस्पताल व्यवस्थापन समिति र स्वास्थ्यकर्मीहरूले यस योजनालाई ऐतिहासिक उपलब्धिका रूपमा लिँदै नयाँ भवन निर्माणपछि भक्तपुर अस्पताल प्रदेशकै प्रमुख रेफरल अस्पतालको रूपमा स्थापित हुने लिएका छाँ ।” यसबारेमा भक्तपुर अस्पतालमा प्रदेशका स्वास्थ्य मन्त्री किरण थापा, संस्कृति तथा पर्यटन मन्त्री सुरेश श्रेष्ठ, स्वास्थ्य सचिव डा. सुमित्रा गौतमलगायतको टोलीसहितले नयाँ भवनको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) मा रहेको भवनको वास्तुकलात्मक डिजाइन, सेवा विस्तारको खाका, लागत व्यवस्थापन, निर्माण प्रक्रिया र समयसीमालगायतकाबारे छलफल गरेको अस्पतालका कार्यकारी निर्देशक डा. सुरेन्द्र भट्टले जानकारी दिनुभयो । उहाँले नयाँ जमिन नभएपछि अस्पतालको हाल प्रशासन र अन्तरंग सेवा सञ्चालन भइरहेको पुरानो भवन र भवनसंगैको जग्गामा नयाँ भवन निर्माण हुने तया भएको जानकारी दिनुभयो । भक्तपुर अस्पताल विकास समितिका अध्यक्ष ज्ञानराम श्रेष्ठले भक्तपुर अस्पताल यहाँ आउने विरामीको आशा र भरोसाको केन्द्र भएकाले यहाँबाट जाने कुनै पनि विरामीले उपचार पाएर खुसी भएर फकर्किन वातावरण बनाउनु पर्ने बताउनुभयो । --- # स्थापनाको १२१ वर्षपछि भक्तपुर अस्पतालमा न्यूरो सर्जरी सेवा सुरु, अस्पताललाई नमूना बनाउने सचिवको प्रतिबद्धता Source: https://newskunda.com/archives/4444 Category: FEATURED NEWS, राजनीति, समाचार, समाज, स्वास्थ्य Last updated: 2026-09-25 भक्तपुर, ९ असोज : बीर अस्पताल पछिको दोश्रो अर्थात १२१ वर्ष पुरानो भक्तपुर अस्पतालमा पहिलोपटक न्युरोसर्जरी सेवा सुरु भएको छ । अस्पतालले मस्तिष्कमा रक्तस्राव भएका ८० वर्षीय बिरामीको भक्तपुर अस्पतालमा पहिलो पटक शल्यक्रिया सफलतापूर्वक सम्पन्न गरेको अस्पताल विकास समितिका अध्यक्ष ज्ञानराम श्रेष्ठले जानकारी दिनुभयो । अस्पतालमा ब्रेन ह्यामरेज भएर बिहिबार भर्ना भएका ८० वर्षीय बिरामीको अस्पतालले पहिलो पटक सफलतापूर्वक न्युरोसर्जरी सम्पन्न गरिएको आज सञ्चारकर्मीलाई उहाँले जानकारी दिनुभयो । अस्पतालका निर्देशक डा. त्रिभुवनचन्द्र झाले अस्पतालमा पहिलो पटक न्युरोसर्जन डा. माणिककुमार लामाको नेतृत्वको चिकित्सक टोलीले बिरामीको मस्तिष्कको दायाँपट्टि जमेको रगत निकाल्नुका साथै देब्रेतर्फ कमजोर बनेको भागको सफलतापूर्वक शल्यक्रिया गरेकोे जानकारी दिनुभयो । निर्देशक डा. झाले भन्नुभयो, “मस्तिष्कसम्बन्धी जटिल समस्या लिएर भक्तपुर अस्पताल आउँने विरामीको उपचार सेवा सुरु भएको छ । पहिलो पटक अस्पतालले न्यूरोको सर्जरी स्म्पन्न गरेको छ । यो ठूलो सफलता हो । विरामीले न्यूरो उपचारका लागि अब काठमाडौंका अस्पताल धाउनु पर्दैन । आगामी दिनमा थप विशिष्टीकृत सेवा विस्तार गर्दै जानेछौँ ।” अस्पताल विकास समितिका अध्यक्ष श्रेष्ठले अस्पतालले आगामी दिनमा थप विशेषज्ञ सेवा विस्तार गर्ने बताउदै हाल ३०० शय्यामा सञ्चालित भक्तपुर अस्पतालले १५ शय्याको आईसीयू, १० शय्याको पीआईसीयू, १० शय्याको एनआईसीयू र एचडीयू तथा पाँच शय्याको एसएनसीयू छन् सञ्चालनमा रहेको बताउनुभयो । अध्यक्ष श्रेष्ठले अस्पतालमा हाल दैनिक एक हजारभन्दा बढी बिरामीलाई सेवा दिइरहेको जानकारी दिनुभयो । वागमती प्रदेश स्वास्थ्य मन्त्रालयकी सचिव डा. समित्रा गौतमले रिफर सेन्टरको रुपमा रहेको भक्तपुर अस्पताललाई सुबिधा सम्पन्न गुणस्तरीयस्वास्थ्य सेवा सञ्चालन गरिरहेको बताउदै वागमती प्रदेश सरकारले भक्तपुर अस्पताललाई नमूना अस्पतालको रुपमा विकास गर्ने बताउनुभयो । मन्त्रालयले भक्तपुर अस्पतालमा अत्याधुनिक प्रबिधि एवं उपकरण थप गर्ने, आवश्यक जनशक्ति थप गर्ने, आधुनिक पूर्वाधारयुक्त भवन निर्माण गर्ने र बिशेषत्र अस्पतालको रुपमा विकास गर्ने गरि अगाडि बढेको सचिव डा. गौतमले जानकारी दिनुभयो । --- # स्वतन्त्र उम्मेदवार श्रीभक्तले प्रतिबद्धता पत्र सार्वजनिक गर्दै Source: https://newskunda.com/archives/2330 Category: FEATURED NEWS, राजनीति, शिक्षा, समाचार, समाज, स्वास्थ्य Last updated: 2022-10-31 भक्तपुर । आगामी मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनमा भक्तपुर क्षेत्र नं. १ प्रदेश सभा ‘क’ बाट स्वतन्त्र उम्मेदवार बनेका श्रीभक्त कासिछ्वाले आफ्नो चुनावी घोषणा तथा प्रतिबद्धता पत्र सावैजनिक गर्ने भएका छन् । भक्तपुरको कमलविनायकस्थित होटल यचुमा कात्तिक १५ गते मंगलबार बिहान १० बजे पत्रकार सम्मेलन गरेर आफ्नो निर्वाचन प्रतिबद्धता पत्र–२०७९ सार्वजनिक गर्न लागेको जेब्रा चुनाब चिन्ह लिएर स्वतन्त्र उम्मेदवारी दिएका श्रीभक्तले बताए । आफ्नो घोषणा पत्रमा आफू विजइ भए पछि के के गर्ने भनेर आफ्ना योजनाहरु सार्वजनिक गर्ने र सोही प्रतिबद्धता पत्रको आधारमा मत माग्ने बताए । उम्मेदवार श्रीभक्त कासिछ्वाले आफू सबै मतदाताको साझा र भरोसा गर्ने उम्मेदवार भएको बताउदै यस पटक सबै दलका उम्मेदवारलाई पाखा लाउदै आफ्नो जीत सुनिश्चित गर्ने बताए । कासिछ्वाले विजयी भए पछि प्रदेशबाट बढी भन्दा बढी बजेट ल्याएर आफ्नो क्षेत्रको बिकास गर्ने घोषणा गरेका छन् । त्यस्तै विजयी भए पछि सरकारबाट पाउने सबै सेवा सुविधा आफ्नो क्षेत्रका गरिब विद्यार्थीको शिक्षा हासिल गर्न र गरिब विरामीको निःशुल्क उपचारमा खर्च गर्ने घोषणा गरेका छन् । तलब, भत्ता, सेवा सुविधा आफूले कुनै पनि प्रयोग नगर्ने र आफ्नो आमाको नाममा रु. २ करोडको अक्षय कोष खडा गरेर त्यसबाट आएको ब्याजबाट हरेक वर्ष गरिब विद्यार्थी र बिरामीका लागि निःशुल्क शिक्षा र उपचारमा खर्च गर्ने घोषणा गरेका छन् । --- # स्वर्णद्वार तथा भक्तपुर तलेजु सर्वसाधारणका लागि खुल्ला Source: https://newskunda.com/archives/1011 Category: FEATURED NEWS, राजनीति, समाचार, समाज Last updated: 2022-05-26 भक्तपुर, १२ जेठ : बन्द भएको ३० महिना अर्था साडे २ वर्ष पछि भक्तपुरको प्रसिद्ध स्वर्णद्वार र तलेजु सर्वसाधरणका लागि खुल्ला गरिएको छ । कोभिड–१९ को महामारीका कारण २०७६ चैतदेखि सर्वसाधारणका लागि बन्द भएको भक्तपुरको दरबार स्क्वायरस्थित स्वर्णद्वार र त्यसभित्रको भक्तपुर तलेजु आजबाट सर्वसाधारणका लागि खुल्ला गरिएको भक्तपुर तलेजुका मूल नाइके नरेन्द्रप्रसाद जोशीले जानकारी दिनु भयो । उहाँले भन्नुभयो, “कोरोना भाइरस सङ्क्रमण सुरु भए पछि भाइरसको जोखिमलाई मध्यनजर गर्दै बन्द गरिएको थियो । अब कोरोना महामारी कम भएको छ, त्यसैले भक्तपुर तलेजु साडे दुई वर्ष पछि आजबाट सर्वसाधारण तथा दर्शनार्थीका लागि खुल्ला गरेका छौँ ।” यहाँको स्वर्णद्वारबाट प्रवेश गरेर भक्तपुर तलेजु, सुनधारालगायतका ऐतिहासिक एवं पुरातात्विक संरचना हेर्न भक्तपुर भ्रमणमा आउने आन्तरिक तथा बाह्य पर्यटकहरुले समेत आजबाट प्रवेश पाएको उहाँले बताउनु भयो । यसअघि भक्तपुर तलेजु बन्द भएपछि भक्तपुर नगरपालिकालाई एकहजार पाँच सय रुपैयाँ अर्थात १५ अमेरिकी डलर शुल्क तिरेका भक्तपुर घुम्न आउने बाह्य पर्यटकहरु पनि भक्तपुर तलेजु प्रवेश गर्न बञ्चित थिए, अब भने उनीहरुले पनि प्रवेश पाउने भएका छन् । पुरातत्व विभागअन्तर्गत स्मारक संरक्षण तथा दरबार हेरचाह कार्यालय भक्तपुरकी प्रमुख अरुणा नकर्मीले तलेजु खोल्न सम्बन्धित निकायलाई आफूले पनि पहल गरेको बताउदै अब खुल्ला भएपछि सबैलाई सजह भएको बताउनु भयो । उहाँले तलेजुभित्र केही मर्मतसम्भार तथा जीर्णोद्धारको कार्य भइरहेकाले खोल्न केही बिलम्ब भएको भएपछि अब सर्वसाधारणदेखि विदेशी नागरिकले समेत प्रवेश पाउने गरि खुल्ला भएको उहाँले बताउनु भयो । भक्तपुर नपाका प्रमुखको अध्यक्षताको नगरस्तरीय सीसीएमसीको बैठकले भक्तपुर तलेजुमा सर्वसाधारणको प्रवेशमा रोक लगाउने निर्णय गरेकाले जिल्ला प्रशासन कार्यालय भक्तपुर, नगरपालिका, दरबार हेरचाह कार्यालयसमेतलाई जानकारी गराएर तलेजु खुल्ला गरिएको हो । कोरोना महामारीका कारण तलेजुमा विगत दुई वर्ष दसैँलगायतका महत्वपूर्ण चाडपर्वमा हुने बलिपूजा समेत बन्द गरेर औपचारिक पूजा मात्रै गरिएको थियो । --- # स्वास्थ्य चौकी उदघाटनमा विवाद चर्किए पछि बारामा चल्यो गोली Source: https://newskunda.com/archives/5355 Category: FEATURED NEWS, राजनीति, समाचार, समाज, स्वास्थ्य Last updated: 2026-10-31 वीरगन्ज, १४ कात्तिक। बाराको फेटा गाउँपालिकामा स्वास्थ्य चौकी उदघाटनको विषयलाई लिएर विवाद हुँदा प्रहरीले गोली चलाएको छ । प्रहरीको गोली लागेर एक जना घाइते भएको मधेस प्रहरीले जनाएको छ । शनिबार बिहान गाउँपालिका अध्यक्ष रूस्तम अन्सारीसहितको टोलीले आज गाउँमा स्वास्थ्य चौकी उद्घाटन गर्न राखेको कार्यक्रममा विपक्षी समूहले रोक लगाएपछि विवाद सुरु भएको थियो । विवाद उग्ररुप लिँदै दुई समूहबिच झडप हुन थालेपछि प्रहरीले लाठी चार्ज गर्दा प्रहरीमाथि ढुंगामुढा प्रहार हुन थालेपछि जवाफी कारबाहीमा प्रहरीले गोली चलाएको मधेस प्रहरी प्रमुख डिआइजी ओम प्रसाद अधिकारीले बताए। उनका अनुसार भीड नियन्त्रण भन्दा बाहिर गएपछि प्रहरीले हवाई फायर मात्र गरेको हो। तर त्यहाँ एक जना गोली लागेर घाइतेसमेत भएको उनको भनाइ छ । कसको गोलीबाट ती युवक घाइते भएको खुल्न नसकेको मधेस प्रहरीले जानकारी दिएको छ । फेटा गाउँपालिका वडा नम्बर(३ स्थित स्वास्थ्य चौकीको उद्घाटन गर्न खोज्दा विवाद भएको थियो । नेपाल राष्ट्रिय माध्यमिक विद्यालय नजिकै विवाद भएको हो । गोली लागेर घाइते भएका युवकको वीरगन्जस्थित नेशनल मेडिकल कलेजमा उपचार भइरहेको मधेस प्रहरीले जनाएको छ । घाइते युवकको पहिचान भने अहिले खुल्न नसकेको मधेस प्रहरीले बताउँछ । --- # स्वास्थ्य दर्पण राष्ट्रिय हेल्थ अवार्ड–२०८२’ बाट वागमति स्वास्थ्य मन्त्रालय सम्मानित Source: https://newskunda.com/archives/3593 Category: FEATURED NEWS, अर्थ, राजनीति, समाचार, समाज, स्वास्थ्य Last updated: 2026-04-11 भक्तपुर, २८ चैत : ‘एक विद्यालय एक नर्स’ कार्यक्रम सञ्चालन गरि वागमती प्रदेश सरकार, स्वास्थ्य मन्त्रालयले विद्यालयहरुमा स्वास्थ्य सेवा प्रवाहमा उत्कृष्ट योगदान पुर्याए वापत ‘स्वास्थ्य दर्पण राष्ट्रिय हेल्थ अवार्ड–२०८२’ प्रदान गरिएको छ । स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा.लि.ले आज आयोजना गरेको अवार्ड वितरण कार्यक्रममा पूर्वस्वास्थ्य मन्त्री सुधा गौतम शर्माले वागमती प्रदेश सरकार, स्वास्थ्य मन्त्रालयलाई प्रदान गरिएको अवार्ड स्वास्थ्य मन्त्री किरण थापा र स्वास्थ्य सचिव डा. सुमित्रा गौतमले ग्रहण गर्नुभएको हो । कार्यक्रममा मन्त्री थापाले मन्त्रालयले गरेको ‘एक विद्यालय एक नर्स’ अभियानको सही मूल्यांकन भएको बताउदै विद्यालयस्तरमा स्वास्थ्य सेवा विस्तार गर्दै विद्यार्थीहरूको स्वास्थ्य सुधारमा थप टेवा दिन प्रेरणा मिलेको बताउनुभयो । स्वास्थ्य सचिव डा. सुमित्रा गौतमले मन्त्रालयले सम्मान प्राप्त गर्न पाउँदा खुशी लागेको बताउदै आगामी दिनमा स्वास्थ्य सेवाको गुणस्तर सुधार र विद्यालयस्तरमा स्वास्थ्य पहुँच विस्तार गर्न मन्त्रालय प्रतिबद्ध रहने बताउनुभयो । स्वास्थ्य दर्पण मिडिया नेटवर्कका अध्यक्ष सन्दीपकुमार श्रेष्ठले वागमति प्रदेश मन्त्रालयले समग्र स्वास्थ्य सुधार र विद्यालय नर्सको प्रभावकारी कार्यान्वयनले विद्यार्थीहरुमा स्वाथ्य जनचेतना र सेवा प्रभावकारी भएकाले अवार्ड प्रदान गरिएको बताउनुभयो । --- # स्वास्थ्य मन्त्रालय भन्छ : डिजिटल पार्क’ स्थान अझै तोकिएको छैन Source: https://newskunda.com/archives/3206 Category: FEATURED NEWS, राजनीति, समाचार, समाज, स्वास्थ्य Last updated: 2025-12-05 हेटौंडा, १८ मंसिर : बागमती प्रदेश स्वास्थ्य मन्त्रालयले डिजिटल पार्क’ को स्थान तोकी नसकिएको बारे स्पष्ट पारेको छ । केही संचारमाध्यमले बागमती प्रदेशमा नीतिगत भ्रष्टाचार, स्वास्थ्यमन्त्री थापाको लगानीको निजी कम्पनीलाई २५ लाख सरकारी अनुदान शिर्षकमा प्रकाशित समाचारप्रति बागमती प्रदेश स्वास्थ्य मन्त्रालयको गम्भिर ध्यानाकर्षण भएको भन्दै उक्त विषय प्रति स्पष्ट पारेको हो । मन्त्रालयले बिहिवार एक बिज्ञप्ती जारी गर्दै बागमती प्रदेश स्वास्थ्य मन्त्रालयले २०८२ साउन १२ मा आर्थिक वर्ष २०८२/०८३ का लागि स्वीकृत ‘वार्षिक कार्यक्रम कार्यान्वयन मार्गदर्शन’ मा ‘सूर्यविनायक नगरपालिका-१० स्थित स्वास्थ्य मन्त्री किरण थापा मगरको शेयर लगानी रहेको काठमाडौं फन भ्याली वा किशोर किशोरीहरूको जमघट हुने अन्य उपयुक्त स्थानमा ‘एडल्सेन्ट डिजिटल पार्क स्थापना गर्न’ २५ लाख अनुदान राखेको भन्ने समाचारमा सत्यता नभएको बताएको छ । “बागमती प्रदेश सरकारले नमूनाको काम गर्ने अभियान अन्तर्गत चालू आर्थिक वर्षमा सुरु गर्ने गरि विशेष अनुदान कार्यक्रम अन्तर्गत उक्त शिर्षकमा २५ लाख बजेट राखे पनि फन पार्क जस्तै किशोर किशोरी जमघट हुने हेटौडा वा भक्तपुर वा हेटौडाको कुनै एक स्थानीय तहको पार्कमा सम्बन्धित पालिकाको समन्वय एवं साझेदारीमा उक्त कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको जानकारी गराउँदछौं ।” सूचना अधिकारीद्वारा जारी बिज्ञप्तीमा भनीएको छ । डिजिटल पार्कको अवधारणा तथा कार्यान्वयनको ढाँचा तयार गर्ने, नगरपालिका तथा संघ संस्थासँग नियमानुसार साझेदारीमा संचालन गर्ने गरी उपयुक्त स्थान छनौट गर्ने भन्ने संसोधन गरि कार्यन्वयन गर्ने निर्णय गरेको अवस्थामा अनुदान सम्बन्धी विवरण मन्त्रालयको वार्षिक कार्यक्रम कार्यान्वयन मार्गदर्शनमा देखिएको ‘सूर्यविनायक १० स्थित काठमाडौं फन भ्याली वा अन्य उपयुक्त स्थानमा एडल्सेन्ट डिजिटल पार्क स्थापना गर्ने’ शब्द भूलवस प्रिन्ट भएकोले उक्त त्रुटिलाई मन्त्रालयले समयमै सच्याईसकेको र कार्यक्रम कार्यन्वयन गर्ने निकाय स्वास्थ्य निर्देशनालयलाई समेत जानकारी गराइसकेको मन्त्रालयको भनाइ छ । “बागमती प्रदेश स्वास्थ्य मन्त्रालयले कार्यक्रम संचालन र बजेट वितरणमा कानुन, नियम र पारदर्शिता अनुसार मात्र निर्णय गर्ने समेत स्पष्ट पार्न चाहन्छौं ।” विज्ञप्तीमा उल्लेख छ । --- # स्वास्थ्य मन्त्री किरण थापाद्धारा गैसस भक्तपुरद्धारा प्रकाशित स्मारिका शुसासनको लोकार्पण Source: https://newskunda.com/archives/3735 Category: FEATURED NEWS, अर्थ, राजनीति, शिक्षा, समाचार, समाज Last updated: 2026-05-30 -नबराज काफ्ले भक्तपुर, १६ जेठ : गैर सरकारी संस्था महासंघ ९गैसस० नेपाल, जिल्ला शाखा भक्तपुरको २१ औं साधारणसभा विभिन्न कार्यक्रमका साथ भव्यरूपमा सम्पन्न भएको छ। सभामा सामाजिक सुरक्षा र स्वास्थ्य बीमासम्बन्धी ध्यानाकर्षण पत्र हस्तान्तरण, सुशासन स्मारिका विमोचन तथा नागरिक समाजको भूमिकाबारे गहन छलफल भएको छ । कार्यक्रमको सभापतित्व गैसस महासंघ भक्तपुरकी अध्यक्ष अनिता पाण्डेले गर्नुभएको थियो भने वागमती प्रदेश सरकारका स्वास्थ्य मन्त्री माननीय किरण थापा प्रमुख अतिथि वक्ताका रूपमा उपस्थित हुनुहुन्थ्यो । कार्यक्रम सञ्चालन सचिव लक्ष्मी कार्की अधिकारीले गर्नुभयो । कार्यक्रमको मुख्य आकर्षण भनेको अध्यक्ष अनिता पाण्डेद्वारा प्रमुख अतिथि मन्त्री किरण थापालाई सामाजिक सुरक्षा र स्वास्थ्य बीमासम्बन्धी ध्यानाकर्षण पत्र हस्तान्तरण गरिनु थियो । सो पत्रमा उठाइएका मागहरूको कार्यान्वयनमा मन्त्री थापाले ठोस प्रतिबद्धता व्यक्त गर्नुभयो, जसलाई उपस्थित प्रतिनिधिहरूले सकारात्मक रूपमा स्वागत गरे । मन्त्री थापाले भन्नुभयो(गैरसरकारी संस्थाहरू राज्य र नागरिकबीचको महत्त्वपूर्ण सेतु हुन् । सामाजिक सुरक्षा तथा स्वास्थ्य बीमाको विस्तारमा सरकार गम्भीर छ र उठाइएका सवालहरूलाई प्राथमिकतामा राखिनेछ । भक्तपुरका प्रमुख जिल्ला अधिकारी विनोद खड्काले नागरिक समाजको भूमिकालाई सराहना गर्दै जिल्ला प्रशासन सँगको सहकार्यलाई थप प्रभावकारी बनाउन जोड दिनुभयो । उहाँले भन्नुभयो(गैसस महासंघले गैरसरकारी संस्थाहरूको समस्याहरू सरकार समक्ष पुर्याउने काम गर्दछ, यो अत्यन्त महत्त्वपूर्ण छ । गैसस महासंघ नेपालका केन्द्रीय अध्यक्ष अर्जुन भट्टाराईले भक्तपुर शाखाको ऐतिहासिक यात्रा र अगामी कार्यदिशाबारे मार्गदर्शन गर्नुभयो । उहाँले देशभरका गैरसरकारी संस्थाहरू पारदर्शिता र जवाफदेहितासहित काम गर्न प्रतिबद्ध रहेको बताउनुभयो । कार्यक्रमको अर्को विशेष पक्ष भनेको सुशासन स्मारिका विमोचन थियो । प्रमुख अतिथि, विशिष्ट अतिथि तथा उपस्थित सम्पूर्ण महानुभावहरूको सामूहिक उपस्थितिमा स्मारिकाको विमोचन सम्पन्न भयो, जसले कार्यक्रमलाई थप गरिमामय बनाएको थियो । सभापति अनिता पाण्डेले २१ वर्षको यात्रालाई स्मरण गर्दै संस्थाका उपलब्धिहरू प्रस्तुत गर्नुभयो । उहाँले भन्नुभयो, गैरसरकारी क्षेत्र केवल सेवा गर्ने माध्यम मात्र होइन, यो परिवर्तनको आवाज हो । आगामी दिनमा सामाजिक सुरक्षा, स्वास्थ्य अधिकार र सुशासनका लागि संस्था थप सक्रिय रहनेछ । कार्यक्रममा गैसस महासंघ भक्तपुरका सदस्य संस्थाका प्रतिनिधिहरूको उल्लेख्य संख्यामा उपस्थित रहेको थियो । --- # स्वास्थ्य सेवा बिस्तारसंगै विश्व विद्यालयको लक्ष्यमा अगाडि बढ्दै मदन भण्डारी स्वास्थ्य बिज्ञान प्रतिष्ठान Source: https://newskunda.com/archives/3811 Category: FEATURED NEWS, अर्थ, राजनीति, शिक्षा, समाचार, समाज Last updated: 2026-06-09 हेटौडा, २६ जेठ : वागमति प्रदेशको राजधानी हेटौडामा गुणस्तरीय स्वास्थ्य सेवा र स्वास्थ्य क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गर्दै प्रदेश स्तरीय विश्व विद्यालय स्थापना गरि काठमाडौं बाहिरका उत्कृष्ट मेडिकल कलेजको रुपमा विकास गर्ने लक्ष्य बोकेर अगाडि बढेको संस्था हो मदन भण्डारी विज्ञान स्वास्थ्य प्रतिष्ठान । देशका सातै प्रदेश मध्येका पहिलो स्वास्थ्य बिज्ञान प्रतिष्ठानको रुपमा स्थापित हुदै सेवा प्रवाहमा निरन्तर अगाडि बढेको संस्थाको रुपमा यसले पहचिान बनाउन सफल भएको छ । वागमति प्रदेशमा ठूलो अस्पताल सञ्चालन गर्ने मात्र नभई वागमति प्रदेश भित्रका प्रदेशस्तरीय अस्पतालहरुका लागि आवश्यक स्वास्थ्यका जनशक्ति उत्पादन गर्ने मूल लक्ष्यका साथ २०७६ साल असोज २ गते वागमति प्रदेश सरकारले स्वास्थ्य, शिक्षा, सेवा र अनुसन्धानमूलक कार्यको लक्ष्यसहित मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन, २०७६ मार्फत सञ्चालनमा ल्याएको यस प्रतिष्ठानले छोटो समयमा आफ्नो लक्ष्य हासिल गर्न सफल भएको छ । ऐन जारी भएपछि प्रतिष्ठानले औपचारिक रूपमा २०७७ सालदेखि आफ्नो कार्य सुरु गरि हेटौंडालाई मात्र नभई वागमती प्रदेशका १३ जिल्लालाई स्वास्थ्य सेवा र चिकित्सा शिक्षा उपलब्ध गराउने केन्द्रका रूपमा समेत प्रदेश सरकारबाट अधिकार प्रदान गरेको छ । प्रदेशको मुख्य मन्त्री कुलपति र स्वास्थ्य मन्त्री सहकुलपति रहने ऐनमा व्यबस्था गरे अनुसार वागमति प्रदेशका मुख्य मन्त्री इन्द्रबहादुर बानियाँ प्रतिष्ठानको कूलपति, स्वास्थ्य मन्त्री किरण थापा मगर सहकुलपति र प्रदेश सरकारले नियुक्त गरेको प्रा.डा. प्रदीप ज्ञवाली उपकुलपतिका रुपमा कार्य गर्दै आउनु भएको छ । **मुख्य मन्त्री बानियाँ :** प्रतिष्ठानका कुलपति एवं प्रदेशका मुख्य मन्त्री बानियाँले हेटौडाको मुटुमा रहेको मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान बागमती प्रदेश सरकारद्वारा स्थापना गरिएको नेपालको पहिलो प्रदेशस्तरीय स्वास्थ्य विज्ञान प्रतिष्ठान भएको बताउनुहुन्छ । यसको मुख्य उद्देश्य गुणस्तरीय स्वास्थ्य सेवा, चिकित्सा शिक्षामा जनशक्ति उत्पादन र स्वास्थ्य अनुसन्धानलाई एकै संस्था मार्फत अगाडि बढाउनु नै रहेको उहाँ बताउनुहुन्छ । मुख्यमन्त्री बानियाँ भन्नुहुन्छ, “मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई विश्वविद्यालय बनाउने सपना सहित स्थापना गरिएको हो । प्रदेश सरकारले प्रतिष्ठानलाई प्रदेशस्तरको प्रमुख स्वास्थ्य शैक्षिक संस्थाका रूपमा विकास गर्ने योजनाका साथ हामी अगाडि बढेका छौं, यसका लागि प्रदेश सरकारले आवश्यक बजेट र कार्यक्रम अगाडि सारेको छ ।” **स्वास्थ्य मन्त्री किरण थापा :** प्रतिष्ठानका सहकुलपपति एवं स्वास्थ्य मन्त्री किरण थापा मगर प्रदेशको १३ जिल्लाको स्वास्थ्यको हवको रुपमा यसलाई बिकास गर्ने लक्ष्य सहित सरकार अगासड बढेको बताउनुहुन्छ । प्रतिष्ठानबाटै जनशक्ति उत्पादन, व्यबस्थापनदेखि स्वास्थ्य सवाको विस्तारका कार्यक्रम र शैक्षिक कार्यक्रमहरु सञ्चालन गर्ने तयारीमा रहेको उहाँको भनाई छ । सहकुलपति एवं मन्त्री थापा मगर भन्नुहुन्छ, “प्रतिष्ठानले गैर नाफा मूलक शैक्षिक कार्यक्रम सञ्चालन गर्ने, आंगिक क्याम्पसहरुको रुपमा शैक्षिक सेवा सञ्चालन गर्ने, मल्टि स्पेशालिटी अस्पतालको रुपमा विकास गर्ने, क्याथ ल्याब सहित मुटुको सेवा बिस्तार गर्ने, गुणस्तरीय औषधि उत्पादनको ल्याब स्थापना गर्ने लक्ष्यका साथ प्रतिष्ठान अगाडि बढिरहेको छ,विश्व विद्यालय सञ्चालनसम्मको सपना हामी पुरा गर्छौ ।” **सचिव डा. सुमित्रा गौतम :** **सचिव डा. सुमित्रा गौतम :** मन्त्रालयकी सचिव डा. सुमित्रा गौतमले प्रतिष्ठानलाई प्रदेशस्तरमा देशकै नमूना अस्पतालको रुपमा बिकास गर्न लागिपरेको बताउनुभयो । उहाँले अस्पतालमा सघन उपचार सेवा, सुत्केरी वार्ड, शल्यक्रिया कक्ष, डायलासिस सेवा विस्तारसंगै नयाँ भवनबाट मुटुको उपचारका लागि क्याथ ल्याब, Open Heart Surgery, Cardio Vascular Surgery, Uro Surgery (पिसाब÷किड्नी सम्बन्धी), ग्यास्ट्रोलोजी, Neuro Surgery, Opthalmology (आँखा सम्बन्धी), (नाक, कान, घांटीको विशिष्टीकृत सेवा), मृगौला प्रत्यारोपण सेवा, डायलोसिस सेवालाई ३० शैयामा बिस्तार गरि २४ सै घण्टा सञ्चालन गर्ने, दन्त सेवा, मनोरोग तथा लागूऔषध दुर्व्यसनी उपचार तथा पुर्नस्थापना केन्द्र, सहितको विशेषज्ञ सेवाहरू सञ्चालनलाई साकार बनाउन लागिरहको छ । **उपकुलपतिको रुपमा प्रा.डा. प्रदीप ज्ञवाली :** प्रतिष्ठानका उपकुलपतिको रुपमा प्रा. डा. ज्ञवाली २०८१ असोज १८ गते जिम्मेवारी सम्हालेपछि विकासको गति लिएको थियो । मुख्यमन्त्रीदेखि स्वास्थ्य मन्त्री एवं प्रदेश सरकारको योजनालाई सफल बनाउन हेटौडा प्रादेशिक अस्पताललाई प्रतिष्ठान भित्र ल्याएर सबै विवादको निरुपण गर्दै संस्थालाई गतिशिल बनाउन सफल भएको उहाँ बताउनुहुन्छ । उपकुलपति डा. ज्ञवालीका अनुसार प्रतिष्ठानले दक्ष स्वास्थ्य जनशक्ति उत्पादन, सरकारी मेडिकल शिक्षाको विस्तार, स्वास्थ्य क्षेत्रमा अनुसन्धान प्रवद्र्धन, आधुनिक प्रविधिमैत्री चिकित्सा शिक्षा र गुणस्तरीय तथा पहुँचयोग्य स्वास्थ्य सेवा प्रदान गर्ने लक्ष्यलाई स्थापित गरेको छ । प्रतिष्ठानले स्वास्थ्यसम्बन्धी विभिन्न शैक्षिक कार्यक्रम सञ्चालन गर्दै आएको छ । स्नातक तथा स्नातकोत्तर स्वास्थ्य शिक्षा कार्यक्रम, एनेस्थेसिया टेक्निसियन तालिम, स्वास्थ्यकर्मीहरूको क्षमता विकास तालिम, मेडिकल कलेज तथा स्वास्थ्य विज्ञान संकाय विस्तारको लक्ष्यका साथ अगाडि बढिरहेको छ । स्थानीय स्वास्थ्य समस्यामाथि अध्ययन, प्रमाणमा आधारित उपचार पद्धतिको विकास, चिकित्सा क्षेत्रमा नवीनता र प्रविधिको प्रयोगमा लागिरहेको यस प्रतिष्ठानले सामुदायिक स्वास्थ्य सेवा, स्वास्थ्य शिविर, जनचेतना कार्यक्रम, स्थानीय तहसँग सहकार्य, प्रदेशका जिल्ला अस्पतालहरुसंगको सहकार्य र विशेष रोगहरूको उपचार सेवा विस्तार समेत गर्दै आएको छ । यसै शैक्षिक सत्रबाट एमबिबिएस कार्यक्रम सुरु गर्न सफल भएका छ । अहिले सात वटा कार्यक्रम सस्थागत रूपमा सञ्चालनमा छने भने बिंएससी नर्सिङ्ग कार्यक्रममा पनि १० सिट थप गरेर ३० पुरयाइएको छ । हाल स्नातक तहमा ४५९ जना र स्नातकोत्तर तहमा ३२ जना विद्यार्थी अध्ययनरत छन् । स्नातक तहको पहिलो व्याचका ३३ जना बिद्यार्थी लाइसेन्स परीक्षाको तयारीमा छन । एमबिबिएस्को ५० सिटमा अध्ययन सुरु भएको छ । अहिले नेपालमा विशेषज्ञ चिकित्सकको आवश्यकता वढदो अवस्थामा छ । धेरै विद्यार्थी विशेषज्ञ अध्ययनका लागि बाहिर जानु पर्ने बाध्यतालाई कम गर्दै यहाँ विशषज्ञ जनशक्ति उत्पादनमा प्रतिष्ठान लागेको छ । प्रथम वर्षमा ७ वटा कार्यक्रम सुरु भएकोमा ६ वटा कार्यक्रम बिस्तार गरि १३ वटा स्नातकोत्तर तर्फका कार्यक्रम सञ्चालन भइरहेको छ । यसले प्रदेशमै विशेषज्ञ शिक्षा प्राप्त गनें अवसर सिर्जना मात्रै गरेको छैन, प्रदेशमा आवश्यक जनशक्ति परिपूर्तीको काममा समेत सहजता हुने भएको छ । हाल प्रतिष्ठानमा स्नातक तहमा ४५९ जना बिद्यार्थी अध्ययनरत छन् भने स्नातकोत्तर तहमा ३२ जना विद्यार्थी अध्ययनरत छन् । एमबिबिएस तर्फ पहिलो व्याचका ३३ जना विद्यार्थी उत्तर्ण भई लाइसेन्स परीक्षामा सहभागी हुदैछन् । अस्पतालको गुणस्तरीय सेवा बिस्तारमा यसले दीर्घकालीन रूपमा आत्मनिर्भर बनाउन महत पुर्याउने छ । प्रतिष्ठानले हाल स्नातक तहका कार्यक्रममा चार वर्ष अबधीको Bachelor of Public Health का साथै Epidemiology, Biostatistics, Health Informatics, Health System Management, Public Health Research, Health Promotion & Education सञ्चालन गर्दै आएको छ । त्यस्तै सन् २०२३ बाट चार वर्षे अबधीको B.Sc Nursing अध्ययन सञ्चालन गरेको छभने चार वर्ष अबधीको स्नातक तहको फार्मेसी अर्थात बि फर्मा, चार वर्षे अबधीको ल्याब टेक्निसियनलगायतको शैक्षिक कार्यक्रमहरु सञ्चालन गर्नुको साथै यसै वर्षदेखि एमबिबिएसको अध्ययनसमेत सञ्चालनमा ल्याएको छ । तालिमतर्फ एनेस्थेसिया प्राविधिक उत्पादनका लागि विशेष तालिम कार्यक्रम सञ्चालन गर्नुका साथै Master of Public Health, ,Bachelor of Nursing Science, Bachelor of Midwifery Science, Audiology, Optometry, Imaging Technology लगायतका स्वास्थ्य विज्ञान कार्यक्रमहरू सञ्चालन गर्ने लक्ष्यमा रहेको छ । प्रतिष्ठानले प्रदेशका १३ जिल्लाका विद्यार्थीलाई शैक्षिक कायृक्रममा समावेश गरि यहीँका जिल्ला अस्पतालहरुमा सेवा गर्ने अवसर दिने गरि योजना अगाडि बढाएको छ । संघीय सरकार र विश्व विद्यालय अनुदान आयोगले छात्रबृत्ति अनुदानको व्यबस्था गरे जनशक्ति उत्पादनमा निकै सहज हुने भएकाले प्रतिष्ठान त्यसका अनुदानका लागि पहल गरिरहेको छ । २०८२ साल फागुन २८ गते रु. ८ करोड ६१ लाख लागतमा प्रतिष्ठानको लागि मुख्य मन्त्री इन्द्र बहादुर बानियाँ र स्वास्थ्य मन्त्री किरण थापा मगरले शिलान्यास गर्नु भएको प्रिफ्याब भवनको आउँदो असारमा सम्पन्न गरि सेवा प्रवाह गरिने प्रा.डा. ज्ञवाली बताउनुहुन्छ । त्यसैगरि प्रतिष्ठानद्वारा सञ्चालित हेटौंडाको मुटुमा अवस्थित हेटौंडा अस्पतालमा रु.२८ करोड ५४ लाखको लागतमा निर्माण सम्पन्न भएको हेटौंडा अस्पतालको पाँच तले नयाँ भवनको मुख्य मन्त्रीले उद्घाटन गरेपछि थप सेवाहरु बिस्तार भएका छन् । प्रतिष्ठान स्थापना हुनु अगाडि हेटौंडा अस्पतालमा जम्मा १०० शैया थिए । अहिले त्यो संख्या बढेर ३१३ पुगेको छ । प्रदेश सिनेटले पास गरेसंगै ५०० शैयाको शिक्षण अस्पतालको रुपम सेवा विस्तार गर्ने लक्ष्य तयारी गरेको छ । अस्पतालमा विशेषज सेवा बिस्तार गरि मोडुलर ओटी सञ्चालनमा आएपछ जटिल शल्यक्रिया यहीँ हुन थालेपछि विरामीको विश्वास जित्दै गएको छ । पाँच विघा क्षेत्रफलमा फैलिएको अस्पताल भवनसहितका संरचनाहरुसंगै नजिकै रहेको साडे सात विघा जमिनको सदुपयोग गर्दै भाडाका भवनमा छरिएर रहेका शैक्षिक सेवालाई आउँदो असार साउनदेखि एकै ठाउँमा ल्याएर सेवा सञ्चालन गर्ने तयारी गरिरहेको छ । नेपाल रेडक्रस सोसाईटीले हडपेर भाडा उठाईरहेको संरचना फिर्ता ल्याउनेदेखि प्रदेश आपूर्ती केन्द्र, स्वास्थ्य निर्देशनालयलाई स्थानान्तरण गर्ने प्रयास पनि भइरहेकै छ । **रेक्टर प्रो.डा. दिनेश कुमार लम्साल :** प्रतिष्ठानका रेक्टर प्रो.डा. दिनेश कुमार लम्सालले राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा सम्झौता गरेर रिसर्चको काम अगाडि बढिरहेको बताउनुहुन्छ । प्रदेशका १३ वटै जिल्लाका अस्पतालमा रिसर्चको माध्यमबाट त्यहाँको समस्या पहिचान गरि योजना बनाउन सकिने उहाँ बताउनुहुन्छ । प्रतिष्ठानको आफ्नै परीक्षा बोर्ड छ । प्रतिष्ठानलाई यतिमा मात्रै सिमित नराखी विश्व विद्यालयको रुपमा विकास गरि १३ वटै जिल्लामा शैक्षिक कार्यक्रमको स्वीकृति दिई स्वास्थ्यको जनशक्ति उत्पादनमा लैजानु पर्ने आवश्यकता रहेको उहाँ बताउनुहुन्छ । **रजिष्ट्रार भिमसागर गुरागाईं :** प्रतिष्ठानका रजिष्ट्रार भिमसागर गुरागाईंले हेटौडा अस्पताल वागमती प्रदेशकै गौरबको आयोजना भएको बताउनुहुन्छ । नयाँ प्रिफ्याब भवन निर्माण भएसँगै प्रतिष्ठानका शैक्षिक कार्यक्रमहरू आफ्नै पूर्वाधारबाट सञ्चालन गर्न सकिने अवस्था सिर्जना हुने, भवनमा कक्षाकोठा, प्रशासनिक कक्ष, प्रयोगशाला लगायतका आवश्यक पूर्वाधार समावेश गरिने भएको छ । यहाँ मकवानपुरबाट मात्रै नभई सिन्धुली, सर्लाही, बारा, महोत्तरी, बर्दिवासलगायत बिभिन्न ठाउँबाट विरामीको चाप बढ्दै गएको छ । भैतिक पूर्वाधारको विकास, गुणस्तरीय सेवा, टिकट काउण्टर, फार्मेसी काउण्टरको विस्तार, मोडुलर ओटी सञ्चालन, आईसियू लगायतका सेवाहरु बिस्तारसंगै अस्पतालको गुणस्तरीय सेवा प्रवाहले दैनिक १६०० सम्म विरामी आउन थालेको बताउनुहुन्छ, प्रतिष्ठानका रजिष्ट्रार गुरागाईं । **डिन डा. इन्दिरा अधिकारी पौडेल :** प्रतिष्ठानका डिन डा. इन्दिरा अधिकारी पौडेलले यहाँ सञ्चालन शैक्षिक कार्यक्रममा सहभागिहरुलाई कम्युनिटी फिल्डमा पठाउने गरेको बताउनुहुन्छ । प्रतिष्ठानमा हाल ११० जना शिक्षक सेवारत रहेको उहाँ बताउनुहुन्छ । प्रतिष्ठानले सानातिना सर्जरी मात्रै नभई ठूला सर्जरी सेवा पनि यहीँबाट दिन थालेको छ । क्यान्सर, ठूला हर्नियालगायत बिभिन्न शल्यक्रिया सेवा यहीँबाट सञ्चालन भएपछि चितवनदेखि काठमाडौ.सम्म रिफर गर्नु पर्ने बाध्यता हटेको छ । प्रदेश र संघीय सरकारले आधुनिक प्रबिधि पठाउने र जनशक्तिलाई तिालिम दिने व्यबस्था गर्न सके प्रदेशका १३ वटै अस्पतालको रेफर सेन्टरको रुपमा यस अस्पतालाई विकास गर्न सकिने सर्जरी विभागका विभागिय प्रमुख प्रा.डा. सुजन मानन्धर बताउनुहुन्छ । यहाँ रोबोटिक सर्जरी सुरु गर्न सके र मुटु सेवालाई एडभान्स सेन्टरको रुपमा लान सके प्रभावकारी हुने उहाँ बताउनुहुन्छ । अस्पतालका निमित्त निर्देशक एवं बाल रोग विशेषज्ञ डा. राजु सेढाईले अस्पतालमा बालरोगका लागि एनआईसियू र आईसियूको छिट्टै सञ्चालनमा आउन लागेको बताउदै अस्पतालको बिभिन्न सेवा बिस्तारको कार्य जारी रहेको बताउनुहन्छ । अस्पतलप्रति विरामीको विश्वाससंगै चाप बढेको अबस्थामा जनशक्ति उचित व्यबस्थापन गर्न सके अझै प्रभावकारी हुने बताउनुहुन्छ । अस्पतालमा उपचारका लागि आउने मिर्गौलाका विरामीका लागि ओपिडि सेवा सहज भए पनि डायलोसिका लागि भने पालो कुर्नु पर्ने अबस्था रहेको अस्पतालकी मिर्गौला रोग विशेषज्ञ एव इन्चार्ज दिव्यश्वरी श्रेष्ठ बताउनु हुन्छ । मिर्गौला रोगका विरामीलाई सहज सेवा प्रवाह गरेको उहाँ बताउनु हुन्छ । --- # स्वास्थ्यकर्मीमाथि आक्रमण गर्ने दोषीलाई कारबाही गर्न गृह मन्त्रालय प्रतिबद्ध Source: https://newskunda.com/archives/2998 Category: FEATURED NEWS, अपराध, राजनीति, समाचार, समाज Last updated: 2023-09-28 काठमाडौँ, ११ असोज : गृह मन्त्रालयले केही समययता मकवानपुर, कञ्चनपुर, लमजुङ, कास्कीलगायतका जिल्लाका स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मीमाथि भएका आक्रमणका घटनाप्रति गम्भीर रहेको जनाएको छ । मन्त्रालयले उल्लिखित घटनामा स्वास्थ्यकर्मीमाथि आक्रमण गर्ने कार्यमा संलग्न देखिएका दोषीलाई प्रशासनिक एवं कानुनी कारबाही गर्ने प्रतिबद्धता व्यक्त गरेको छ । समय–समयमा देखिएका यस्ता समस्या समाधान गर्न यही असोज ९ गते उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ, स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेत र सम्बन्धित सरोकारवाला निकायका प्रतिनिधिको उपस्थितिमा बसेको बैठकले गरेका निर्णय कार्यान्वयनका लागि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, नेपाल प्रहरी प्रधान कार्यालय र सबै जिल्ला प्रशासन कार्यालयमा पत्राचार गरिसकिएको मन्त्रालयका प्रवक्ता केदारनाथ शर्माले जानकारी दिनुभयो । कास्कीमा घटेको घटनामा दोषी देखिएका सुरक्षाकर्मीमध्ये एक जनालाई केन्द्रमा सरुवा गरिसकिएको र अर्का एक जनालाई कानुन बमोजिम निलम्बनसमेत गरिसकिएको उहाँले बताउनुभयो । गृह मन्त्रालयले भनेको छ, “अतः स्वास्थ्य सेवाजस्तो संवेदनशील क्षेत्रमा कार्यरत स्वास्थ्यकर्मीलाई सबै प्रकारका विरोधका कार्यक्रम अन्त्य गरी आफ्नो जिम्मेवारी र कर्तव्य निर्वाह गर्दै आ–आफ्नो कार्यक्षेत्रमा फर्किन आह्वान गरिन्छ ।” साथै सबै नागरिकलाई पनि स्वास्थ्यकर्मीमाथि आक्रमण गरेमा प्रचलित कानुन बमोजिम कडा कारबाही हुने कुराको जानकारी गराउँदै स्वास्थ्य क्षेत्रलाई सुरक्षित बनाउन सबैले आ–आफ्नो क्षेत्रबाट भूमिका निर्वाह गर्न मन्त्रालयले अनुरोध गरेको छ । मन्त्रालयका अनुसार देशका सबै स्वास्थ्य संस्थामा स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी ऐन, २०६६ (संशोधन सहित)ले गरेको कसूर र दण्ड सजायसँग सम्बन्धित व्यवस्था उल्लेख भएको सार्वजनिक सूचना सबै नागरिकले सहजै देख्ने गरी राख्ने व्यवस्था स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मिलाउने निर्णय भएको छ । यस्तै पछिल्लो समयमा देशका विभिन्न स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मीमाथि भएका दुव्यवहारका घटनामा संलग्न देखिएका दोषीलाई स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी ऐन, २०६६ (संशोधन सहित) बमोजिम कारबाही गर्न मातहतका निकायलाई निर्देशन दिने निर्णय पनि भएको मन्त्रालयले जनाएको छ । उक्त ऐनमा व्यवस्था भएको स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मी सुरक्षासम्बन्धी समन्वय समितिको बैठक नियमित राखी प्रभावकारी कार्यान्वयनको व्यवस्था स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मिलाउने निर्णय पनि भएको गृह प्रवक्ता शर्माले जानकारी दिनुभयो । --- # स्वास्थ्यका लागि घातक इनर्जी ड्रिङ्क्स सेवन नगर्न आग्रह Source: https://newskunda.com/archives/5229 Category: FEATURED NEWS, अर्थ, राजनीति, समाचार Last updated: 2026-10-28 काठमाडौँ, ११ कात्तिकः स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयअन्तर्गतको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले बालबालिका, गर्भवती तथा सुत्केरी महिला, मधुमेहलगायतका रोग भएका व्यक्ति र क्याफिनप्रति संवेदनशील व्यक्तिलाई इनर्जी ड्रिङ्क्स सेवन नगर्न आग्रह गरेको छ । विभागले इनर्जी ड्रिङ्क्सको सुरक्षित उपभोगबारे उपभोक्ता, उत्पादक तथा सरोकारवालालाई जानकारी गराउँदै यस्तो आग्रह गरेको हो । विभागले इनर्जी ड्रिङ्क्स सेवन गर्न मिल्ने व्यक्तिलाई समेत एक दिनमा दुई क्यानभन्दा बढी सेवन नगर्न सुझाव दिएको छ । विभागका अनुसार नेपालमा हाल १७ वटा उद्योगले सम्बन्धित निकायबाट अनुमति लिएर इनर्जी ड्रिङ्क्स उत्पादन तथा बिक्रीवितरण गरिरहेका छन् । उत्पादनको लेबल विवरण र प्रयोगशाला विश्लेषण प्रतिवेदनअनुसार प्रतिक्यान १०० मिलिग्राम क्याफिन प्रयोग गरिएको पाइएको छ । युरोपेली खाद्य सुरक्षा प्राधिकरण ९इएफएसए० र अमेरिकी खाद्य तथा औषधि प्रशासन ९युएसएफडीए० लगायतका संस्थाले स्वस्थ वयस्कका लागि सबै खाद्य तथा पेय पदार्थबाट प्राप्त हुने कुल क्याफिनको मात्रा दैनिक ४०० मिलिग्रामभन्दा बढी नहुने गरी सेवन गर्न सकिने वैज्ञानिक आधार प्रस्तुत गरेका छन् । विभागले नेपालमा उत्पादित इनर्जी डिङ्क्समा प्रयोग गरिएको क्याफिनको मात्रा उक्त दैनिक सीमाको २५ प्रतिशतभन्दा कम रहेको जनाएको छ । विभागले इनर्जी ड्रिङ्क्सलाई पानी, जुस, दूध, मोहीलगायतका पौष्टिक पेय पदार्थको विकल्पका रूपमा प्रयोग नगर्न र अन्य पेय पदार्थमा मिसाएर सेवन नगर्न पनि अनुरोध गरेको छ । त्यस्तै, उत्पादक तथा विक्रेतालाई प्रचलित कानुनअनुसार आवश्यक अनुमति लिएर मात्र विज्ञापन तथा प्रचारप्रसार गर्न र उत्पादनको लेबलमा उल्लेख गरिएका चेतावनी सन्देश तथा सुरक्षित उपभोगसम्बन्धी जानकारी स्पष्ट रूपमा सम्प्रेषण गर्न आग्रह गरिएको छ । खाद्य स्वच्छता तथा गुणस्तर कायम गर्ने कार्यलाई प्राथमिकतामा राख्दै विभागले वैज्ञानिक तथ्य र अन्तरराष्ट्रिय मापदण्डका आधारमा खाद्य पदार्थको गुणस्तरसम्बन्धी विषयमा जानकारी सम्प्रेषण गर्न सरोकारवालालाई अनुरोध गरेको छ । खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ विपरीत कार्य गर्ने व्यवसायीलाई कानुनअनुसार कारबाही गरिने विभागले जनाएको छ । --- # हजारौको भीडमा भैरबको रथ तानेर आजबाट बिस्काः जात्रा सुरु, पहिलो दिन दत्तात्रय पुग्यो रथ Source: https://newskunda.com/archives/3580 Category: FEATURED NEWS, जीवन शैली, धर्म/संस्कृति, राजनीति, समाचार, समाज Last updated: 2026-04-10 भक्तपुर, २७ चैत : आठ रात नौ दिनसम्म भव्य रुपमा मनाइने भक्तपुरको ऐतिहासिक एवं साँस्कृतिक महत्व बोकेको बिस्काः अर्थात बिस्केट जात्रा भैरबको रथ तानेर आज अपरान्हबाट सुरु भएको छ । तान्त्रिक बिधिपूर्वक गुठी कार्यालयले ल्याएको सरकारी पूजा गर्दै भैरबको रथमा भैरबनाथ र बेताल बिराजमान गराई खड्ग र निशान राखेपछि बिधिपूर्वक रथ तानेर जात्रा सुरु भएको हो । बिहानैदेखि गुठी सस्थान, स्थानीयवासी र स्थानीय संस्थाहरुको भैरब पुजा सम्पन्न गरेपछि आज अपरन्हबाट हजारौको भीडमा पाँचतले मन्दिर प्राङ्गनमा तान्त्रिक बिधि अनुसार पूजा गरी बेताललाई रथमा बिराज गराए पछि भैरब मन्दिरबाट भैरबको मूर्तिलाई रथमा विराजमान गराई रथको अगाडि र पछाडिबाट रथ तानेर जात्रा सुरु भएको हो । टौमढीबाट रथलाई माथि र तल तानेर गःहिटी पुर्याउने प्रचलन भएअनुसार रथ तानिएको हो । भैरबको रथलाई टौमढीबाट माथि तान्नेले बुलुबुलु हिटी, सुकुलढोका हुदै दत्तात्रयसम्म र तलतर्फ नासमनाहुदै बंशगोपालसम्म रथ लैजादै गरिन्छ । माथिल्लो टोल र तल्लो टोलका बासिन्दाले रथ तान्ने क्रममा जता सक्यो त्यतै लाने प्रचलन रहेको छ । **पहिलो दिन साँझ ७ बजे रथलाई तानेर दत्तात्रय पुर्याईएको छ । दत्तात्रयबाट रथलाई फर्काउने राती १० बजेसम्म प्रयास जारी छ ।** त्यसैगरी चैत ३० गते भेलुखेलमा गुठी पुजासहित सबै प्रक्रिया पुरा गरी अपरान्ह ५ बजेसम्म लिङ्गो उठाईसक्ने गरी व्यबस्थापन गरेको, बैशाख १ गते अपरान्ह ५ बजेभित्र लिङ्गो ढाल्ने र बैशाख ५ गते अपरान्ह ५ बजेसम्म रथ तानीसकेर जात्रा सम्पन्न गर्ने परम्परा रहको छ आजको जात्रामा झडप हुन नदिन र ढुङ्गा हानाहान हुन नदिन जिल्ला प्रशासन कार्यालय भक्तपुरले दुई हजार प्रहरी जात्रास्थलमा परिचालन गरेको छ । जालामा झडप हुन नदिन र तल्लो टोल तथा माथिल्लो टोलका बासिन्दाबीच ढुङ्गा हानाहान हुन नदिन प्रहरी परिचलान गरेको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रमुख एवं प्रहरी उपरीक्षक सूर्यबहादुर खड्काले जानकारी दिनुभयो । जात्रामा ३५ भन्दा बढी सिसि क्यामरा र चार वटा ड्रोन क्यामराबाट जात्राको सुरक्षा निकायले निगरानी गरिरहेको बताउदै भक्तपुरका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी दिनुभयो । सिसि क्यामरा प्रहरी कन्ट्रोल रुमबाट २४ सै घण्टा निगरानी गरिने जानकारी दिदै उहाँले गलत गतिबिधि गर्नेलाई तत्काल पक्राउ गरिने उहाँले जानकारी दिनुभयो । प्रशासनले जात्रा अवधिभर भक्तपुरमा मादक पदार्थ बिक्री वितरण एवं ओसारपसारमा रोक लगाएको, मादक पदार्थ बिक्री वितरण एवं ओसार पसार गर्ने, खुल्लमखुल्ला मदिरा सेवन गर्नेलाई कारबाही गर्ने उहाँले बताउनुभयो । जात्रा अबधीभर शान्ति सुरक्षाका लागि नेपाल प्रहरी, शसस्त्र प्रहरी, सादा पोशाकका प्रहरी परिचालन गरिएको, भक्तपुरका अस्पतालहरुलाई आपतकालिन उपचारका लागि तयारी अबस्थामा राखिएको, जिल्लाका एम्बुलेन्सहरुलाई जात्रास्थल आसपसमा समेत तयारी अबस्थामा राखिएको, दमकल तयारी अवस्थामा राखिएको छ । --- # हतियारधारी अज्ञात समूहद्धारा नेकपा एसका अध्यक्ष श्याम बस्नेतको घर तोडफोड, अपहरणको प्रयास Source: https://newskunda.com/archives/2091 Category: FEATURED NEWS, अपराध, राजनीति, समाचार, समाज Last updated: 2022-09-10 #### कि अपहरण गर्ने, कि मलाई सिध्याउने उदेश्यले नै आएको हुन सक्नछन् भन्ने आशंका गर्दै बस्नेतले भन्नुभयो, “म हिजै मात्र पोखरा गएको थिए, राती पेस्तोलसहित आएको अज्ञात समूहले मेरो घरको ढोकाहरु तोडफोड गरि म सुत्ने कोठामा प्रवेश गरेर मेरो श्रीमतिको कन्चटमा पेस्तोल राखेर दुई झापड हानेर मेरो खोजी गरेछन्, मेरो जेठो छोरा आए पछि उसलाई समाएर लैजान खोज्दा आएका मध्येबाट एक जनाले त्यो होइन त्यति मोटो छैन छाडिदे भने पछि छोरालाई पनि दुई झापड हानेर गएछन्, मेरो अपहरण गर्ने उदेश्यले आएको आशंका हामीले गर्यौँ ।” ============================================================= भक्तपुर, २५ भदौ । नेकपा एकीकृत समाजवादी भक्तपुर जिल्ला अध्यक्ष श्यामसुन्दर बस्नेतको मध्यपुरथिमि नगरपालिका–३ गठ्ठाघर नागरिक अस्पताल पछाडि रहेको घरमा हतियारधारी समूहले प्रवेश गरि तोडफोड गर्नुका साथै अपहरणको प्रयास गरेका छन् । आज बिहान ३ बजे हतियारधारी समूहले नेकपा एकीकृत समाजवादीका अध्यक्ष बस्नेतको घरमा चार पाँच जना व्यक्तिहरु प्रवेश गरि ढोकाहरु तोडफोड गरेको, एक थान मोवाइल र जुत्ता लगेको पाइएको जानकारी दिदै महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक राजू पाण्डेले घट्ना फरक प्रकृतिको रहेकाले गम्भिर रुपमा अनुसन्धान अगाडि बढाएको बताउनु भयो । घट्नाबारे परिसरका प्रहरी उपरीक्षकसहित अनुसन्धान टोलीले निरिक्षण गरेको जानकारी दिदै उहाँले प्रहरी बृत्त थिमिका प्रमुख एवं प्रहरी नायब उपरीक्षक हरिनन्दन चौधरीसहितको टोली दिनभर घट्नास्थलमा रहेर बिभिन्न कोणबाट अनुसन्धान अगाडि बढाएको बताउनु भयो । हतियारधारी समूहले समाजवादीका अध्यक्ष बस्नेतलाई अपहरण गर्ने प्रयास स्वरुप आएको तर नभेटे पछि तोडफोड गरेर फर्किएको हुनसक्ने परिवारले बताएका छन् । घट्नाबारे जानकारी दिदै बस्नेतले भन्नुभयो, “म हिजै मात्र पोखरा गएको थिए, राती पेस्तोलसहित आएको अज्ञात समूहले मेरो घरको ढोकाहरु तोडफोड गरि म सुत्ने कोठामा प्रवेश गरेर मेरो श्रीमतिको कन्चटमा पेस्तोल राखेर दुई झापड हानेर मेरो खोजी गरेछन्, मेरो जेठो छोरा आए पछि उसलाई समाएर लैजान खोज्दा आएका मध्येबाट एक जनाले त्यो होइन त्यति मोटो छैन छाडिदे भने पछि छोरालाई पनि दुई झापड हानेर गएछन्, मेरो अपहरण गर्ने उदेश्यले आएको आशंका हामीले गर्यौँ ।” अपराधी समूहले घर कम्पाउण्डको गेट फुटाएर भित्र पसेको, त्यसपछि घरको मुख्य ढोका फुटाएर चेन गेटसमेत फुटाएर कोठामा छिरेको पाईएको उहाँले बताउनु भयो । घट्नाबारे जानकारी दिदै अध्यक्ष बस्नेतकी श्रीमति उषा कार्कीले अज्ञात समूह घरमा प्रवेश गरेपछि तेश्रो तल्लामा बस्नेत सुत्ने कोठामा पुगेको बताउनु भयो । उहाँले भन्नुभयो, “करिब आठ जनाको समूह आएका थिए तर घर भित्र भने तीन जनामात्रै आएका थिए, कान्छो छोरा आडम मसँगै सुतेको थियो, एक जनाले हातमा पेस्तोल लिएको थियो, त्यसले सिधै हामी सुत्ने कोठामा ढोका फोडेर आएर पेस्तोल मेरो कन्चटमा राखेर डर, त्रास र धम्की दियो, अरुले अन्य कोठामा समेत खोजी गरे । तर मेरो श्रीमान्लाई देखेनन्, मेरो जेठो छोरा आदेशसंँगैको कोठामा सुतेको थियो, ऊ उठेर आएपछि एक जनाले उसलाई समाएर लैजान खोज्यो, अर्कोले त्यो होइन, यति मोटो छैन छाडिदे भने पछि गालामा हान्यो र ढोका तोडफोड गरेर फर्किए ।” मुखमा नकाबसमेत नलगाएका र कालो लुगा लगाएका मोटा तीन जना कोठामा प्रवेश गर्दै अध्यक्ष बस्नेतको अपहरण गर्ने उदेश्यले आएको र नदेखे पछि तोडफोड गरेर फर्किएको हुनसक्ने आशंका उहाँको छ । उनीहरुले बस्नेतको घरबाट छोराले गेम खेल्ने एक थान सानो मोवाइल, एक जोर जुत्ता र किचेनबाट दुईवटा थाल मात्रै लगेको जानकारी दिदै बस्नेतले चोरी गर्ने उदेश्यले नआएको तर ध्यान अन्यत्र मोड्न चोरेको जस्तो पनि गरेको हुन सक्ने बताउनु भयो । हतियारधारी समूहले लगेको मोवाइल र लगाएको आएको जुत्ता छाडेर अर्को जुत्ता लगाएकाले प्रहरीले अनुसन्धानका लागि जुत्ता बरामद गरेको बताएको छ । घट्नास्थलमा रहनु भएका प्रहरी बृत्त थिमिका प्रहरी नायब उपरीक्षक चौधरीले घट्ना अपराधिक मानसिकताबाट भएको हो वा राजनीतिक के हो भन्ने अनुसन्धान भइरहेको बताउदै बस्नेत परिवारले दिएको बयानका आधारमा अनुसन्धान अगाडि बढाएको बताउनु भयो । घट्नास्थलमा अपराध अनुसन्धान महाशाखाको विशेष टोलीसमेत आएर अनुसन्धान अगाडि बढाएको बस्नेतले जानकारी दिनु भएको छ । उहाँले आफू र आफ्नो घर तथा टोलको कडा सुरक्षाको ब्यबस्था गर्न माग गर्नु भएको छ । --- # हप्तामा दुई दिन बिदा दिने सरकारको निर्णय राजपत्रमा प्रकाशित Source: https://newskunda.com/archives/830 Category: FEATURED NEWS, राजनीति, समाचार Last updated: 2022-05-10 काठमाडौँ, २७ वैशाख : नेपाल सरकारले परीक्षणको रुपमा आगामी जेठ १ गतेदेखि लागू हुने गरी हप्तामा दुई दिन बिदा दिने सरकारको निर्णय राजपत्रमा प्रकाशित भएको छ । यही २६ गते राजपत्रमा प्रकाशित सूचनाअनुसार हरेक शनिबार र आइतबार बिदा दिने र अन्य दिन बिहान ९ः३० देखि अपराह्न ५ः३० बजेसम्म कार्यालय समय रहने उल्लेख गरेको छ । यद्यपि कात्तिक १६ देखि माघ १५ गतेसम्म भने कार्यालय समय बिहान ९ः३० बजेदेखि अपराह्न ४ः३० बजेसम्म मात्रै रहने जनाइएको छ । प्रकाशित सूचनाअनुसार विसं २०७९ का लागि निर्धारण भएको दशैँ र तिहारका सार्वजनिक बिदाबाहेक अन्य बिदा लगातार दुई दिनभन्दा बढी भएमा सार्वजनिक सेवा प्रवाह गर्ने अस्पताल, स्वास्थ्यचौकी, रोपवे, टेलिफोन, प्रहरी, विद्युत्, खानेपानी, अध्यागमन विभाग, वारुणयन्त्र टक्सार, रेडियो नेपाल, नेपाल टेलिभिजन, मुद्रण विभाग, कन्सुलर, सेवा राहदानी सेवा हुलाक जिल्ला प्रशासन कार्यालय, बैंकिङ, सेवा, आन्तरिक राजस्व, भूमिसुधार, मालपोत, नापी, भन्सार, स्थानीय तहले तेस्रो दिनदेखि गृह मन्त्रालयले समय निर्धारण गरेबमोजिम सेवा प्रवाहको व्यवस्था मिलाउने उल्लेख छ । मन्त्रालयले कार्यालयमा सार्वजनिक बिदा समयमा सेवा प्रदान गर्ने कर्मचारीलाई सट्टा बिदा दिने गरी सम्बन्धित निकायले कर्मचारीको व्यवस्थापन गर्न भनिएको छ । नेपाल सरकार मन्त्रिपरिषद्को यही वैशाख १३ बो बैठकले हप्तामा दुई दिने बिदा दिने निर्णय गरेको थियो । --- # हर्षोल्लासका साथ तःमुंज्या सम्पन्न गर्न सुकुन्दा र्याली सम्पन्न Source: https://newskunda.com/archives/5022 Category: FEATURED NEWS, कला तथा साहित्य, राजनीति, समाचार, समाज Last updated: 2026-10-22 भक्तपुर, ५ कात्तिक । जनता म्वाःसा भाषा म्वाइ अर्थात जनता बाँचे भाषा बाँच्छ भन्ने मूल नाराका साथ ने.सं. ११०० देखि सुरु भएको नेपालभाषा साहित्य तःमुंज्याको ४६ औं तःमुंज्याको पूर्व सन्ध्यामा आयोजना गरेको सुकुन्दा र्याली सम्पन्न भएको छ । कार्तिक ६ र ७ गते सभ्य र भव्यता रुपमा सम्पन्न गर्ने उदेश्यले प्रचार प्रसार स्वरुप आज तःमुंज्या आयोजनास्थल गोमारी याताबाट सुरु भएको सुकुन्दा ¥याली नगरका विभिन्न क्षेत्रको परिक्रमा गरि सम्पन्न भएको प्रचार प्रसार तथा प्रकाशन समितिका संयोजक बलराम गोसाईले जानकारी दिनुभयो । नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य एवं बागमती प्रदेशसभा सदस्य सुरेन्द्रराज गोसाई, भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशी र आयोजक समितिका अध्यक्ष उकेश कवांबाट संयुक्त रुपमा सुकुन्दामा दीप प्रज्वलन गरी सुकुन्दा ¥याली सुरु भएको थियो । सुकुन्दा ¥यालीलाई भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशीले तःमुंज्या सभ्य र भव्य रुपमा सफल पार्नको लागि सुकुन्दा ¥याली प्रत्येक वर्ष आयोजना गरिन्दै आएको र यो सबैको लागि एउटा चाँडपर्व जस्तै भक्तपुरको संस्कृतिमा थप आयामको रुपमा सबैले हर्षोलासका साथ मनाउन आग्रह गर्नुभयो । आयोजक समितिका अध्यक्ष उकेश कवांले नेपालभाषा साहित्य तःमुंज्या सम्पूर्ण जनताको साझा दबु भएकोले यसमा हरेकको जनपक्षीय साहित्य र सांस्कृतिक विधाहरुलाई कुनै भेदभावविना समावेश गराइँदै आएको बताउनुभयो । यो साहित्यिक अभियान मात्र नभइ वर्गीय र राजनीतिक विचारबाट समेत प्रेरित भइ सञ्चालनमा रहेको दबु हो भन्नु हुँदै यसको सफलताको निम्ति व्यापक प्रचार प्रसार गर्ने र सम्पूर्ण नेपालीहरुप्रति शुभकामना व्यक्त गर्न आजको सुकुन्दा ¥यालीको आयोजना गरेको उहाँले बताउनुभयो । आजको सुकुन्दा सहितको भिन्तुना ¥यालीको लागि सम्पूर्णलाई सहभागिताको आह्वान गर्नुका साथै उहाँले कार्तिक ६ र ७ गते विहान ११ बजेदेखि सुरु हुने ४६ औं तःमुंज्यालाई भव्यताका साथ सम्पन्न गर्न सम्पूर्ण महानुभावहरुले आ–आफ्नो तर्फबाट आर्थिक भौतिक, नैतिक सहयोग गरी सफलतापूर्वक सम्पन्न गर्न सहयोग गर्न अनुरोध गर्नुभयो । सुकुन्दा ¥यालीमा महिला तथा पुरुषदेखि युवा युवतीका साथै बालबालिकादेखि जेष्ठ नागरिकहरुको व्यापक सहभागिताले तःमुंज्याको भव्यताको शुभ संकेतको रुपमा लिइएको छ । सुकुन्दा ¥यालीमा अग्रभागमा धिमाय बाजाका साथ ठूलो आकारको सुकुन्दा खर्पनमा बोकी गोल्मढीबाट सुरुभइ गाइजात्रा पर्वको प्रदक्षिणा मार्ग हुँदै नगर परिक्रमा गरी पुनः गोल्मढी यातामा पुगि समापन भएको थियो । सुकुन्दा ¥यालीमा ख्वप लाखे आजु, सिद्धि गणेश बासुरी बाजा, महेश्वरी बासुरी बाजा खल, डम्बरेश्वर दाफा भजन मण्डलका बाजा गाजा तथा महानुभावहरुको सक्रिय सहभागिता रहेको छ । आयोजक समितिका उपाध्यक्ष कृष्णगोविन्द खाइजुले समापनमा सुकुन्दा भनेको स्वागत सत्कारको एक महत्वपूर्ण प्रतिक भएको र आजको सुुकुन्दा ¥यालीको भव्यताले कार्तिक ६ र ७ गते दुई दिनको तःमुंज्या भव्य हुने महत्वपूर्ण संकेत भएको बताउनुभयो । --- # हावादारी हल्लाको पछि नलाग्नुहोस्, म नगरको छोरा हुँ, नगरलाई समृद्ध बनाउँछु : बासुदेव थापा Source: https://newskunda.com/archives/817 Category: FEATURED NEWS, राजनीति, समाचार Last updated: 2022-05-10 **आफूले नगरपालिकामा मेयर भरु पाँच वर्ष रहदाँ पाएको तलब भत्ता समेत नलिएको र आएको तलब भत्तामा थपेर २७ लाख ५१ हजार सामाजिक कार्यमा लगाइसकेको बताउदै उहाँले भन्नुभयो, “अनावश्यक लान्छना लगाएर, आरोप लगाएर ठूला कुरा गर्ने ? जनताले यस्ता हावादारी कुरा प्रत्याउने वाला छैनन, नगरबासीलाई अनावश्यक आरोप र लान्छनाको कडा रुपमा प्रतिवादन गर्न पनि आग्रह गर्दछु ।”** ====================================================== भक्तपुर, २७ बैशाख । सूर्यविनायक नगरपालिकामा एमालेबाट नगर प्रमुखको उम्मेदवार बासुदेव थापाले विगत ४० वर्षसम्म भक्तपुरमा हुन नसकेको बिकास एमालेले पाँच वर्षमा गरेर देखाएको बताउनु भएको छ । मंगलबार सूर्यविनायकको कटुञ्जेमा आयोजना गरेको चुनाबी सभामा बोल्दै उहाँले संघीय, प्रदेश र स्थानीय तहमा एमालेको सरकार बने पछि एमालेले १५ अर्ब बजेट ल्याएर बिकास गरेको बताउनु भयो । उहाँले आफूले नगर प्रमुखको नेतृत्व गरेर पाँच वर्ष गरेको काम सबै जनताले देखेको बताउदै उहाँले पाँच वर्षको अबधीमा सर्वसम्मत नगरपालिका चलाएर भ्रष्टाचार मुक्त बनाएको दाबी गर्नु भयो । सूर्यविनायक नगरपालिकामा मेयरका उम्मेदवार बासुदेव थापाले आफूमाथि अनावश्यक लाञ्जना लगाइएकोप्रति कडा आपत्ति जनाउदै भन्नुभयो, “मेयरले प्लानीङमा जग्गा किन्यो रे भन्दै भ्रम फैलाउने ? म केही नभएको जोगी होइन, मेरो पुर्खाको सम्पत्ति मात्र पचासौ रोपनी जग्गा छ, आज भन्दा ३५ वर्ष अगाडि नै काठमाडौंमा घर भएको मान्छे हो, मेरा बिरुद्ध भ्रम छरेका छन्, कुन प्लानिङमा मेरो नाममा जग्गा छ देखाइदिनुस् त, प्रमाण ल्याउँ, धन्यवाद भनौला, सजाय भोगौला, मेरो दुई जना परिवारलाई भ्रष्टाचार गर्दै हिड्नु पर्दैन, मलाई पार्टी भए पुग्छ ।” आफूले नगरपालिकामा मेयर भरु पाँच वर्ष रहदाँ पाएको तलब भत्ता समेत नलिएको र आएको तलब भत्तामा थपेर २७ लाख ५१ हजार सामाजिक कार्यमा लगाइसकेको बताउदै उहाँले भन्नुभयो, “अनावश्यक लान्छना लगाएर, आरोप लगाएर ठूला कुरा गर्ने ? जनताले यस्ता हावादारी कुरा प्रत्याउने वाला छैनन, नगरबासीलाई अनावश्यक आरोप र लान्छनाको कडा रुपमा प्रतिवादन गर्न पनि आग्रह गर्दछु ।” उहाँले नगरपालिकाको नेतृत्व गर्दा आफूले विगत पाँच वर्षमा भ्रष्टाचार गरेको प्रमाण ल्याए, सजायँ भोग्न र आफ्नो टिममा कसैले गल्ती गरेको, भ्रष्टाचार गरेको प्रमाण ल्याए त्यसको जिम्मेवारी लिन आफू तयार रहेको भन्दै प्रमाण बिना हावादारी कुरा गरेर अफवाह फैलाउदै झुठो आरोप लगाएर भोट बटुल्न सक्ने अबस्था नरहेको बताउनु भयो । अहिलेका जनता धेरै बाठो भएको बताउदै उहाँले अहिले कसैले पनि भ्रष्टाचार गर्न सक्ने अबस्था नरहेको भन्दै उहाँले आफू नगर पिता नभई नगरको छोरो भएर कुनै पार्टी, दल, जात, धर्म केही नहेरी कुनै भेदभाव नराखी जनताको सेवा गर्ने प्रतिबद्धता व्यक्त गर्नु भयो । पाँच वर्ष अगाडिको निर्वाचनमा प्रतिबद्धता गरेको ३४ बुँदे घोषणा पत्रमा भएको भन्दा चौबर बढी काम इमान्दारीका साथ गरेको बताउदै उहाँले जनताले इमान्दारीका साथ सूर्य चिन्हमा भोट दिएर अहिले तीन चौथाई बढी मतले एमालेलाई बिजयी गराउने बताउनु भयो । --- # हावाहुरी र वर्षाले सूर्यविनायक नगरपालिका–७, गुण्डूस्थित भैरबी आधारभूत बिद्यालयको छानो उडायो Source: https://newskunda.com/archives/3625 Category: FEATURED NEWS, अर्थ, राजनीति, शिक्षा, समाज Last updated: 2026-05-04 भक्तपुर, २१ बैशाख : आज अपरान्ह अचानक आएको तिब्रगतिको हावाहुरी र वर्षाले सूर्यविनायक नगरपालिका–७, गुण्डूस्थित भैरबी आधारभूत बिद्यालयको छानो उडाउनुका साथै कक्षा कोठामा क्षति पुर्याएको छ । विद्यालय व्यबस्थापन समितिका अध्यक्ष एवं वडा नं. ७ का वडाध्यक्ष रबिन्द्र सापकोटाले अपरान्ह तीव्रगतिमा आएको हावाहुरीका विद्यालयको जस्ताको छानो उडाउनुका साथै विद्यालयलाई ठूलो भौतिक क्षति पुगेको जानकारी दिनुभयो । उहाँले हावाहुरीले बिद्यालयको छानो उडाएर बिद्यालयको कार्यालय कक्ष, कम्युटर कक्षा र पुस्तकालयमा समेत ठूलो क्षति पुगेको जानकारी दिनुभयो । यसबाट पठनपाठन कार्य अबरुद्ध नहुने भएपनि कम्प्युट कक्षा सञ्चालन अबरुद्ध हुने र कार्यालयसमेत सार्नु पर्ने अबस्था आएको बताउनुभयो । --- # हिमपहिरामा परेर मृत्यु भएका राईको शव काठमाडौँ ल्याईयो Source: https://newskunda.com/archives/2279 Category: FEATURED NEWS, समाचार, समाज Last updated: 2022-09-27 काठमाडौँ, ११ असोज : उत्तरी गोरखाको मनास्लु हिमालको आधार शिविरमा सोमबार गएको हिमपहिरामा परी मृत्यु भएका सङ्खुवासभाका ३४ वर्षीय अनुप राईको शव हेलिकप्टरमा आज काठमाडौँ ल्याईयो छ । लामो प्रयासपछि राईको शव हेलिकप्टरमार्फत राजधानी पठाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक लिलाराज लामिछानेले जानकारी दिनुभयो । मौसममा सुधार आएपछि राईको शव हेलिकप्टरमा काठमाडाँै लैजान सहज भएको हो । खोँचमा रहेको शव निकाल्न दिनभर प्रयास गरिएको थियो । उहाँले भन्नुभयो, “मौसम प्रतिकूलताका कारण हेलिकप्टर हिमपहिरो गएको ठाउँमा पुग्न कठिन भएको थियो, साँझपख मौसममा सुधार आएपछि शव हिउँबाट निकाल्न सहज भएको हो ।” राईको शव सामागाउँ ल्याई मुचुल्का तयार पारेर काठमाडौँ पठाइएको लामिछानेले बताउनुभयो । महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा शव परीक्षणपछि अन्त्येष्टिका लागी परिवारको जिम्मा लगाइने प्रहरीले जनाएको छ । मनास्लु आधार शिविरमा सोमबार गएको हिमपहिरामा परेर १३ जना बेपत्ता भएका थिए । बेपत्तामध्ये १२ जनाको सकुशल उद्धार गरिएको थियो । राईलाई भने बचाउन सकिएको थिएन । --- # हिमेश पन्तको जाहेरीको आधारमा जनआस्थाका सम्पादक पत्रकार किशोर श्रेष्ठ घरबाटै पक्राउ, प्रहरीले पुर्यायो साईबर ब्यूरो Source: https://newskunda.com/archives/4769 Category: FEATURED NEWS, अर्थ, राजनीति, समाचार, समाज Last updated: 2026-10-19 काठमाडौं, ३१ असोज। जनआस्थाका सम्पादक एवं बरिष्ठ पत्रकार किशोर श्रेष्ठलाई फलपातीको दिन प्रहरीले घरमै गएर पक्राउ गरेको छ । सरकारले दशैं बिदा शुरु भएकै दिन अर्थात फूलपातीको दिन आज मध्यान्हमा पत्रकार श्रेष्ठको नख्खुस्थित घरमा प्रहरी पुगेको श्रेष्ठले सञ्चार माध्यमलाई जानकारी गराएको थिए । श्रेष्ठले आफ्नो घरमा प्रहरी पसेको आफ्ना वकिललाई समेत जानकारी गराएका थिए । रास्वपा नेता समेत रहेका कलाकार हिमेश पन्तले आफ्नो परिवारले जग्गा कब्जा गरेको सम्बन्धी समाचारपछि श्रेष्ठविरुद्ध प्रहरीमा जाहेरी दिएका थिए । पत्रकार श्रेष्ठलाई पक्राउ गरि साइबर ब्यूरो लगिएको जानकारी दिएको छ । --- # हुँदा खाने र हुनेखानेका तीज Source: https://newskunda.com/archives/1802 Category: FEATURED NEWS, समाचार, समाज Last updated: 2022-08-26 काठमाडौँ, १० भदौ :नाचगान गर्ने, मीठोमसिनो खाने र साथी सङ्गिनीसँग भेटघाटमा भलाकुसारी गरेर मनाइँदै आएको परम्परागत तीज भड्किलो, उत्ताउलो र फेसनदार बन्दै गएको छ । तीज हिन्दू नारीहरुले मनाउँदै आएको प्राचीन तथा महत्वपूर्ण चाड हो । यो चाड भाद्रशुक्ल द्वितीयादेखि पञ्चमीसम्म चार दिन मनाइन्छ । तीजमा भगवान शिवको आराधना गरिनुका साथै नाचगान, मनोरञ्जन र महिलामैत्री वातावरणमा मनाइने गरिन्छ । महिला अधिकारकर्मी निर्मला श्रेष्ठका अनुसार वर्ष दिनमा एकपटक चार दिनसम्म मनाइने तीज वर्गीयरुपमा विभाजन भएको स्वीकार्नुहुन्छ । समाजमा हुनेखाने वर्ग र हुँदा खाने वर्गले मनाउने तीज फरकफरकरुपमा मनाउन थालिएकामा उहाँ चिन्ता व्यक्त गर्नुहुन्छ । मौलिक परम्परा र नेपाली पहिरनमा गाउँघरका चोक, विभिन्न चौतारा तथा शिव भगवानका मन्दिरमा मनाइँदै आएको तीज अहिले होटल तथा विभिन्न पार्टीप्यालेसमा उत्ताउलो पहिरन, झकिझकाउ गरगहना, अस्वस्थ भोजभतेर र विभिन्न प्रकृतिका पेयपदार्थमा रम्न रुचाउने एकाथरी महिला तथा हुँदा रमाइलो गर्ने महिलाबीच समाजमा मतभेद देखिन थालेका छन् । “हुनेखाने वर्गले हँुदा खाने वर्गलाई सहयोग गर्नु भनेको समाजवादोन्मुख समाज वा राष्ट्रको परिकल्पना हो”, अगुवा नेत्री प्रतिभा सुवेदीले भन्नुभयो, “संस्कार र संस्कृति देखासिकी र छाडा चरित्रले मनाउनु हुँदैन, परम्परागत र सालिनतापूर्वक पारस्पारिक सद्भाव फैलिने गरी मनाउनुपर्छ”, उहाँले भन्नुभयो । तीजको वास्तविकस्वरुप परिवर्तन भएको छ । संस्कृतिका जानकार ज्ञानकाजी मानन्धरले भन्नुभयो, “आप्mना मौलिक पहिचान र परम्परालाई बिर्सेर तीज तडकभडक तथा रङ्गीविरङ्गीरुपमा देखिन थाल्नु संस्कृतिमाथिको बज्रपात हो ।” पहिलेका तीजमा पुराना तथा मौलिक एवं पीडादायी मर्मस्पर्शी गीतका भाषा सुनिन्थे । अन्याय, अत्याचार, विकृति, विसङ्गति, हेलाहोचो, विभेदपूर्ण व्यवहार, आरोप, अनावश्यक पीडा, दुःखकष्ट र विरहका गीत मेलापाता, पहाडका फाँट र घाँसपात गर्न जाँदा वनपखेराबाट गुञ्जिन्थ्यो । आजकाल वीरहका गीत पहाडका फाँट, मेलापाता र वनपखेरामा होइन, होटल तथा पार्टीप्यालेसमा फरक ढङ्गले सुन्न सकिन्छ । आजकाल तीज मनाउन स्थानीय सहकारी तथा अन्य सङ्घसंस्था एवं राजनीति दलका नेताहरुले आर्थिक सहयोग गर्ने गरेको पाइन्छ । विश्वका हरेक देशका आआप्mनै संस्कृति÷वेषभूषा तथा परम्परा हुन्छन् । मौलिक परम्परा राज्यका अथाह सम्पत्ति हुन् । तिनीहरुको संरक्षण÷सम्वद्र्धन गर्नु सबै नागरिकको कर्तव्य हुन्छ । पछिल्लो समय अन्यत्रका संस्कृतिको नक्कल गर्ने तथा अरुको देखासिकी गर्ने चलनले तीजको मौलिकतामा आघात पुगेको स्वयं महिला स्वीकार्नुहुन्छ । तीज भाद्र शुक्लबाट सुरु भए पनि भोजभतेर, नाचगान, एक हप्ताबाट सुरु भइरहेका छन् । जो संस्कृतिका नाममा विकृति हो । हुनेखाने वर्गले एकहप्तासम्म तीज मनाउँदै आएका छन् । हँुदाखाने मीठो खानेकुरा खान, राम्रो लुगा लगाउन र साथीभाइसँग भेटघाट गरौँला भन्दै आउँदो तीजको गणना गर्दै बसेका छन् । शिक्षिका दुर्गा थापाका अनुसार हाम्रा आम ले मनाउने तीज र अहिले हामी जस्ता आधुनिक महिलाले मनाउने तीजमा व्यापक फरक छ । “पहिलेका आमालाई एक छाक मीठो मसिनो खान मुस्किल थियो, वर्ष दिनमा एकपटक माइत÷मावला जान पाउँदा अति खुसी हुन्थे, राम्रो पहिरन मुस्किलले प्राप्त हुन्थ्यो, वर्ष दिनमा एकपटक माइतीतर्फका साथीसङ्गिनीलाई भेट्न पाउँदा अति खुसी हुन्थ्यौँ ।” ८२ वर्षीया महिला गोपिनी कार्कीले भन्नुभयो । पहिलेका महिलालाई घरायसी कामकाजको बोझबाट प्रायः फुर्सद मिलाउन हम्मेहम्मे पर्र्दथ्यो । वर्षदिनका लागि एकदिन तीजमा मीठोमसिनो खानुपर्छ भन्दै जोहो गरेर छुट्याउने चलन थियो । वर्षदिनमा एकदिन तीजका लागि माइत जान पहिले नै सासूससुरा र आप्mनो पतिलाई खुसी राख्नुपर्दथ्यो । पछि आफैँले गनुपर्ने कामको चाजोपाँजो स्वयं आफैँले मिलाएर हिँड्नु पर्दथ्यो । --- # हुम्लाको बाटो भएर कैलाश मानसरोवरको दर्शन गर्ने व्ययस्था मिलाइन्छ : प्रधानमन्त्री दाहाल Source: https://newskunda.com/archives/3017 Category: FEATURED NEWS, अर्थ, राजनीति, समाचार, समाज Last updated: 2023-09-28 कैलाश मानसरोवर (चीन), ११ असोज : चीनको औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको हुम्लाको बाटो भएर हिन्दूहरूको पवित्र तीर्थस्थल कैलाश पर्वत र मानसरोवर तालको सजिलै भ्रमण गर्न सकिने व्यवस्था मिलाइने बताउनुभएको छ । प्रधानमन्त्री दाहाल आज कैलाश पर्वत र मानसरोवर ताल क्षेत्रको स्थलगत अवलोकनका लागि त्यहाँ पुग्नुभएको थियो । सो भ्रमणपछि संक्षिप्त प्रतिक्रिया दिँदै उहाँले हिन्दू तीर्थयात्रीहरूको यस पवित्रस्थलको दर्शन एवं अवलोकनका लागि नेपालको बाटो भएर आउन सकिने गरी व्यवस्था मिलाइने बताउनुभयो । उहाँले नेपाली, भारतीय र अन्य देशका पर्यटक एवं तीर्थयात्रीले समेत हुम्लाको बाटो भएर सजिलै भ्रमण गर्न पाउने व्यवस्थाका लागि चीन सरकारसँग सैद्धान्तिक सहमति भइसकेको जानकारी पनि दिनुभयो । हिन्दू धर्मग्रन्थहरूमा उल्लेख भएअनुसार कैलाश पर्वतलाई देवहरूका पनि देव, महादेव रहने स्थान एवं अन्य देवी–देवताहरूले पनि स्पर्श गर्नुभएको पवित्र भूमि मानिन्छ । त्यसैले कैलाश पर्वत र यस क्षेत्रलाई हिन्दू धर्मावलम्बीहरूले पवित्र तीर्थस्थलका रूपमा लिने गरेका छन् । चीनको स्वशासित क्षेत्र तिब्बतको पश्चिम भाग ङारीबाट कैलाश मानसरोवर क्षेत्र करिब दुई सय ५० किलोमिटर टाढा रहेको छ । उता नेपालतर्फबाट भने नेपालको हुम्ला सदरमुकाम सिमकोटबाट एक सय ६० किलोमिटरमात्रै टाढा रहेको छ । नेपालतर्फबाट सिमकोटको बाटो भएर कैलाश मानसरोवरको यात्रा गर्दा ट्रयाकमात्रै खोलिएको सडक रहेकाले यात्रा असहज हुने गरेको छ । कैलाश पर्वतबाट केही तल तिब्बती भागमै मानसरोवर ताल रहेको छ । मानसरोवर ताल पनि हिन्दूहरूका लागि पवित्र तीर्थस्थल हो । कैलाशपति महादेव तथा देवी–देवताहरूले मानसरोवर तालमा स्नान गर्ने गरेको वैदिक सनातन मान्यता पनि पाइन्छ । यस तालमा अहिले नुहाउन भने प्रतिबन्ध गरिएको छ । चीनको तिब्बततर्फबाट भन्दा नेपालको हुम्लातर्फबाट कैलाश मानसरोवरको यात्रा गर्न नेपाली र भारतीय पर्यटकहरूलाई सहज हुने देखिएको छ । खर्च, यात्रा गर्नुपर्ने दूरी तथा भिसालगायत थुप्रै दृष्टिकोणबाट हुम्लाको बाटो भएर यात्रा गर्दा सहज हुनेछ । यसबाट ठूलो जनसङ्ख्या भएको भारतका बहुसङ्ख्यक हिन्दू धर्मावलम्बीहरूलाई पनि निकै सहज हुने र नेपालका लागि पर्यटकीय हिसाबले राम्रो हुनेछ । प्रधानमन्त्री दाहाल आजै ल्हासाबाट तिब्बत एयरलाइन्सको उडानमार्फत यहाँ आउनुभएको हो । उहाँ भोलि बिहान चीनको छन्दु जाँदै हुहुन्छ । उहाँका साथमा भ्रमण दलका सदस्यहरू परराष्ट्रमन्त्री एनपी साउद, भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला, राष्ट्रिय सुरक्षा सल्लाहकार शङ्करदाश बैरागी, मुख्यसचिव डा बैकुण्ठ आर्याललगायत सचिवहरू र भ्रमण दलका अन्य सदस्य हुनुहुन्छ । --- # हुलाक कार्यालय भक्तपुरले अब जनताको घरदैलोमै राहदानी अर्थात पासपोर्ट पुर्याउने Source: https://newskunda.com/archives/3631 Category: FEATURED NEWS, अर्थ, राजनीति, समाचार, समाज Last updated: 2026-05-05 भक्तपुर, २२ बैशाख : जिल्ला हुलाक कार्यालय भक्तपुरले अब जनताको घरदैलोमै राहदानी अर्थात पासपोर्ट पुर्याउने भएको छ । राहदानी लिन जिल्ला प्रशासन कार्यालय धाउनु पर्ने बाध्यताको अन्त्य भएको छ । आज जिल्ला प्रशासन कार्यालय भक्तपुरमा प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकाल र जिल्ला हुलाक कार्यालय भक्तपुरकी प्रमुख सीता साम्बाले समझदारी पत्रमा हस्ताक्षर गरेसंगै “जनताको घरदैलो सेवा” सञ्चालनमा आएको हो । भक्तपुरमा अब राहदानी (पासपोर्ट) लिने सेवाग्राहीले जिल्ला प्रशासन कार्यालय धाउनुपर्ने बाध्यता हटेको छ । जिल्ला प्रशासन कार्यालय भक्तपुर र जिल्ला हुलाक कार्यालयबीच भएको समझदारीअनुसार अब राहदानी हुलाकमार्फत सेवाग्राहीको घरमै पु¥याइने भएको छ । प्रजिअ ढकालले नेपाल सरकार मन्त्रिपरिषद्बाट स्वीकृत सरकारी सेवा सुधारसम्बन्धी कार्यक्रमअन्तर्गत “जनताको घरदैलो सेवा” अवधारणा लागू गर्दै अब हुलाक कार्यालयबाट जनताको घरदैलोमै राहदानी पुर्याउने व्यबस्था गरिएको बताउनुभयो । उहाँले राहदानी वितरणलाई सहज, छिटो र प्रविधिमैत्री बनाउन र सेवाग्राहीलाई जिल्ला प्रशासन कार्यालयमै आउनु पर्ने बाध्यता अन्त्य गर्दै घरदैलो सेवा सञ्चालनमा ल्याएको बताउनुभयो । आज सम्झौता भएसंगै यो सेवा कार्यान्वयनमा आएको बताउदै प्रजिअ ढकालले सेवाग्राहीको राहदानी हुलाकका कर्मचारी मार्फत सुरक्षित रुपमा घरघरमा पुर्याइने बताउनुभयो । जिल्ला हुलाक कार्यालयकी प्रमुख साम्बाले सम्झौता कार्यान्वयनमा आइसकेको बताउदै भोली बुधबारबाट हुलाकको एक कर्मचारी जिल्ला प्रशासन कार्यालयमै बसेर फाराम भराउने जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘जनताको घरदैलो सेवा स्वेच्छिक हो, जिल्ला प्रशासन कार्यालयमा लिन जान चाहनेले त्यही फाराम भर्नु पर्नेछ, हुलाकबाट लिन चाहनेले थप एउटा फाराम भर्नु पर्नेछ, घरघरमा पुर्याउनका लागि भने हुलाक ऐन अनुसार दस्तुर भने तिर्नुपर्नेछ ।’ राहदानी विभागबाट प्राप्त राहदानी जिल्ला प्रशासन कार्यालय भक्तपुरबाट सेवाग्राहीको नाम, ठेगाना, सम्पर्क विवरणसहित जिल्ला हुलाक कार्यालयमा पठाईने र त्यसको एकसाता भित्र हुलाक कार्यालयले सेवाग्राहीको घरमै राहदानी पुर्याउने उहाँले जानकारी दिनुभयो । नियमानुसार यस सेवाका लागि लाग्ने हुलाक दस्तुर वापत रु. ५५ शुल्क भने सेवाग्राहीले आफैं व्यहोर्नु पर्ने उहाँले जानकारी दिनुभयो । --- # Untitled Source: https://newskunda.com/archives/4457 Category: Uncategorized Last updated: 2026-09-26 मध्यपुरथिमिमा पाँचौ पटक जिबौृ छेड्दै --- # Untitled Source: https://newskunda.com/archives/3456 Category: Uncategorized Last updated: 2026-03-08 काठमाडौँ, २४ फागुनः प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ मा सबैभन्दा ठूलो दल बनेपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सरकार गठनको तयारीमा छ । निर्वाचनअघि सार्वजनिक गरिएको चुनावी वाचापत्रमा रास्वपाले आर्थिक सुधारलाई केन्द्रमा राख्दै उत्पादकत्व वृद्धि, नियामक सुधार, लगानीमैत्री वातावरण, ‘डिजिटल’ अर्थतन्त्र, वित्तीय क्षेत्र सुधारलगायत विषयलाई प्रमुख ‘एजेन्डा’ बनाएको थियो । अब सरकार गठनपछि ती प्रतिबद्धताहरू कार्यान्वयन कसरी अघि बढ्छन् भन्ने स्वाभाविक चासोको विषय हो । रास्वपाको वाचापत्रमा राखिएका आर्थिक एजेन्डालाई केलाएको छ । उत्पादकत्व वृद्धि र उद्यममैत्री वातावरण आर्थिक उन्नयनको मूल आधारका रूपमा थितिसहितको आर्थिक समृद्धि तथा उत्पादकत्वमा वृद्धि गर्ने रास्वपाको वाचापत्रमा उल्लेख गरेको छ । सीमित समय, पुँजी र साधनस्रोतको अधिकतम उपयोग गर्दै उच्च गुणस्तरीय, प्रतिस्पर्धी र दिगो उत्पादन हासिल गर्नुलाई दीर्घकालीन समृद्धिको मार्गका चित्रित गरिएको छ । यसका लागि जोखिम बहन गर्न तत्पर निजी लगानी र सक्षम, पारदर्शी तथा सहजीकरणमुखी सार्वजनिक भूमिकाको प्रभावकारी समन्वय आवश्यक रहेको वाचापत्रमा उल्लेख छ । चुनावी घोषणापत्रमा निजी क्षेत्रले रोजगारी सृजना, वस्तु तथा सेवाको आपूर्ति, राजस्व योगदान र लगानीयोग्य पुँजी प्रवाहमा अग्रणी भूमिका खेल्ने र सरकारको भूमिका नियामक तथा सहजीकरणकर्ताको मात्र हुने स्पष्ट पारिएको छ । त्यस्तै, नीतिगत दोहन तथा कृत्रिम अवरोधहरूको अन्त्य गर्दै नवप्रवर्तन, उद्यमशीलता र स्वस्थ प्रतिस्पर्धालाई प्रोत्साहित गर्ने सर्वाधिक उद्यममैत्री व्यावसायिक वातावरण निर्माण गर्ने प्रतिबद्धता पनि पार्टीले जनाएको थियो । युवा–केन्द्रित जनसाङ्ख्यिक लाभांशलाई अवसरमा रूपान्तरण गर्दै आगामी १०–१५ वर्षभित्र संरचनात्मक आर्थिक रूपान्तरण हासिल गर्न नसके दीर्घकालीन रूपमा न्यून आय जालमा फस्ने यथार्थप्रति पार्टी सजग रहेको जनाइएको थियो । त्यसैले उत्पादकत्व वृद्धि, सीप विकास, पुँजी निर्माण र प्रविधि–आधारित औद्योगिकीकरणलाई राष्ट्रिय प्राथमिकताका रूपमा अघि बढाउने उल्लेख छ । नियामक सुधार र सामाजिक बजार अर्थतन्त्र कार्टेल, अस्वस्थ प्रतिस्पर्धा, रेन्ट–सिकिङ तथा नीतिगत दोहनजस्ता विकृतिहरू नियन्त्रण गर्न राजनीतिक हस्तक्षेपबाट मुक्त, पेशागत, पारदर्शी र शक्तिशाली नियामकीय निकायहरूको निर्माण तथा सुदृढीकरण गरिने पनि वाचापत्रमा उल्लेख छ । राजनीति र नियमनबीचको अनुचित साँठगाँठ अन्त्य गर्दै नवप्रवर्तन, निष्पक्ष प्रतिस्पर्धा र सामाजिक उत्तरदायित्वलाई सन्तुलित रूपमा प्रवद्र्धन गर्ने सामाजिक बजार अर्थतन्त्रको रूपरेखाभित्र नेपालको यथार्थ अनुकूल, सन्तुलित र दिगो आर्थिक मोडल अवलम्बन गरिने पनि जनाइएको छ । निजी क्षेत्रको गतिशीलता, नवप्रवर्तन र सृजनशीलतालाई प्रवद्र्धन गर्ने उदार अर्थनीति र सार्वजनिक शिक्षा, स्वास्थ्य, यातायात, आवास तथा सामाजिक सुरक्षामार्फत राष्ट्रिय आयको समतामूलक पुनर्वितरणलाई सन्तुलित रूपमा संयोजन गरिने विषय वाचापत्रमा राखिएको छ । अबको लोककल्याणकारी राज्य लाभ वितरणमा मात्र सीमित नभई वृद्धिको स्वरूपलाई रूपान्तरण गर्दै दीर्घकालीन आर्थिक, सामाजिक र पर्यावरणीय सन्तुलनको आधार निर्माण गर्ने लक्ष्य पनि राखिएको छ । वृद्धिको लक्ष्य र कानुनी सुधार आर्थिक प्रगतिमा बाधक रहेका वा असान्दर्भिक बनेका करिब दुई दर्जन ऐन खारेज गरिने घोषणा गरिएको थियो । झन्झटिला ऐन र तजबिजी प्रक्रियाहरू शृङ्खलाबद्ध रूपमा खारेज वा सुधार गरेर उत्पादनको लागत घटाउने, व्यावसायिक वातावरण सुधार्ने र आर्थिक वृद्धिका प्राथमिकता क्षेत्रहरूमा स्वदेशी एवं प्रवासी लगानी आकर्षित गरिने उल्लेख छ । पहिलो दल रास्वपाले नेपाललाई ‘सम्मानजनक मध्यम आय भएको मुलुक’ बनाउन अर्को पाँच वर्ष औसत आर्थिक वृद्धि दर वार्षिक सात प्रतिशत ९स्थिर मूल्यमा० कायम गरेर जग बसाल्ने लक्ष्य राखेको छ । यसका आधारमा पाँचदेखि सात वर्षभित्रै प्रतिव्यक्ति आय तीन हजार डलर नाघ्ने र अर्थतन्त्रको आकार १०० अर्ब डलर नजिक पु¥याउने महत्वाकाङ्क्षी लक्ष्य पनि लिइएको छ । कुन ऐन र नियमावली खारेज वा संशोधन गर्ने भन्ने निर्णयको आधार स्वतन्त्र विश्लेषण, उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगको प्रतिवेदन २०८१, एवं नेपाल उद्योग परिसङ्घ र उद्योग वाणिज्य महासङ्घका सुझाव लिइने पनि उल्लेख छ । कर नीति र विनिमय दर पुनरावलोकन सामाजिक न्यायसहितको उदार अर्थनीति अवलम्बन गर्ने दल भएकाले निजी क्षेत्रसँगको उन्नत समझदारीका आधारमा राजस्व नघट्ने प्रत्याभूतिसहित सबै करको बोझ घटाइने बताइएको छ । कर कानुन तथा नियमहरू भूतप्रभावी ढङ्गले नलगाइने र नियोजित कर छली रोकिने उल्लेख छ । मध्यम वर्गीय परिवार र बालबालिकाको उज्ज्वल भविष्यका लागि ‘पारिवारिक भार’ का आधारमा आयकरको सीमा पुनरावलोकन गर्ने नीति अवलम्बन गरिने जनाइएको छ । शिक्षा, स्वास्थ्य तथा पालनपोषण खर्चबापत निश्चित रकम करयोग्य आयबाट घटाउन पाउने कानुनी व्यवस्था गर्दै संस्थागत बचत कार्यक्रमहरूलाई प्रश्रय दिइने उल्लेख छ । त्यस्तै, भारतीय रूपैयाँसँग तीन दशकदेखि स्थिर विनिमय दर कायम रहेकामा विशिष्ट अन्तरराष्ट्रिय प्राज्ञहरूसमेतको सहभागितामा यस प्रणालीको अध्ययन र पुनरावलोकन गरिने पनि घोषणापत्रमा उल्लेख छ । लगानी, सार्वजनिक संस्थान र आयोजना व्यवस्थापन स्वदेशी तथा विदेशी लगानी प्रवद्र्धन र सहजीकरणका लागि एकै स्थानमा फाइल पेस गरेपछि अन्य निकाय धाउन नपर्ने व्यवस्थासहित वान स्टप सेवा केन्द्रको कार्यान्वयन गरिने उल्लेख छ । डिजिटल माध्यमबाट सजिलो, द्रुत र निःशुल्क रूपमा व्यवसाय दर्ता गराउने व्यवस्था मिलाइने जनाइएको छ । राजस्व न्यायाधिकरणको संरचना सुधार गर्दै राजस्व अनुसन्धान विभाग खारेज गरी भ्रष्टाचार नियन्त्रण गर्न चार्टर्ड एकाउन्टेन्टहरूको बाहुल्य रहेको दक्ष पेसागत इकाइ निर्माण गरिने पनि वाचापत्रमार्फत रास्वपाले आफ्नो नीति रहेको जनाएको छ । सार्वजनिक संस्थानहरूको वर्गीकरण गरी केहीलाई गाभ्ने, केही निजी–सार्वजनिक मोडलमा लैजाने, केहीमा रणनीतिक साझेदार भित्र्याउने र अन्यलाई विकेन्द्रित गर्ने, र केहीको अचल सम्पत्तिको स्वामित्व सरकारका नाममा ल्याउने विकल्पमा अघि बढ्ने उल्लेख छ । सार्वजनिक आयोजनाहरूलाई स्पष्ट उद्देश्य, सुनिश्चित बजेट र समयसीमासहित लक्ष्य–केन्द्रित कार्यशैली ९मिसन मोड० मा कार्यान्वयन गरिने र आयोजना सम्पन्न नभएसम्म प्रमुख तथा खटिएका कर्मचारीको सरुवा नगर्ने व्यवस्था गरिने जनाइएको छ । विगत १२ वर्षदेखि गतिहीन रहेका राष्ट्रिय गौरवका आयोजनाहरूलाई आगामी दुई वर्षभित्र अनिवार्य सम्पन्न गर्नेगरी ‘नतिजामुखी समयबद्ध कार्ययोजना’ लागू गरिने उल्लेख थियो भने अबको पाँच वर्षमा १० वटा नयाँ विविधीकृत क्षेत्रका आयोजनाहरूलाई ‘राष्ट्रिय गौरव’ को सूचीमा समावेश गरी ‘फास्ट ट्र्याक’ मोडेलमा अगाडि बढाइने पनि वाचापत्रमा उल्लेख छ । वित्तीय क्षेत्र सुधार सहकारी र लघुवित्त क्षेत्रको अनियन्त्रित र फितलो नियमनलाई विस्थापन गरी सम्पूर्ण गैर–बैङ्किङ वित्तीय क्षेत्रलाई नेपाल राष्ट्र बैङ्कको प्रत्यक्ष र शक्तिशाली सुपरीवेक्षण प्रणालीभित्र ल्याइने उल्लेख छ । त्यस्तै, रु ५० करोडभन्दा बढीको कारोबार गर्ने सहकारी र लघुवित्तहरूलाई अनिवार्य रूपमा राष्ट्र बैङ्कको कडा नियमनमा ल्याइने र साना संस्थाहरूको व्यवस्थित सञ्चालनका लागि एक उच्चाधिकार सम्पन्न ‘दोस्रो तहको नियामक’ गठन गरिने वाचापत्रमा जनाइएको छ । कर्जा प्रवाहमा हुने दोहोरोपन र ‘ऋणको पासो’ अन्त्य गर्न सहकारी र लघुवित्त दुवैलाई ‘कर्जा सूचना केन्द्र’ सँग जोडी वास्तविक क्षमताका आधारमा मात्र कर्जा प्रवाह हुने सुनिश्चित गरिने नीति रास्वपाले लिने वाचापत्रमा राखिएको छ । ब्याजदरलाई आधारदरसँग जोडेर केही प्रतिशत मात्र प्रिमियम लिन पाउने स्वचालित प्रणाली लागू गरी चर्को ब्याज र अनुचित सेवा शुल्कको अन्त्य गरिने बताइएको छ । बचत सुरक्षा र मिटरब्याज अन्त्य सरकार गठन भएको सय दिनभित्र साना बचतकर्ताहरूको बचत खातामा फिर्ता गरिने र बचतकर्ताहरूको कमाई सुरक्षित गर्न राज्यका तर्फबाट एक ‘एकीकृत बचत सुरक्षा कोष’ स्थापना गरिने उल्लेख छ । ‘थुनेर होइन, सुनेर’ समाधान गर्ने नीतिअनुरूप बचत फिर्ता गर्न तयार सञ्चालक वा व्यवस्थापन पक्षलाई मिलापत्रका लागि कानुनी बाटो प्रशस्त गरिदिने पनि जनाइएको छ । मिटर ब्याज र अनुचित लेनदेनलाई आर्थिक अपराधका रूपमा परिभाषित गर्दै आगामी पाँच वर्षभित्र यसका सबै जालोहरूलाई कानुनी र संरचनात्मक रूपमा ध्वस्त पारिने उल्लेख छ । विगतमा गरिएका सबै अवैध तमसुक र कपाली तमसुकहरूको न्यायिक छानबिन गरी पीडितहरूको जग्गा र सम्पत्ति फिर्ता गराउन एक अधिकार सम्पन्न ‘द्रूत न्याय कार्यदल’ गठन गरिने पनि वाचापत्रमार्फत सार्वजनिक गरिएको थियो । पुँजी बजार र डिजिटल अर्थतन्त्र पुँजीबजारलाई पारदर्शी, सुरक्षित र लगानीमैत्री बनाउन नियामक सुधार गर्दै नेप्सेलाई अन्तरराष्ट्रिय स्तरको बनाइने, इन्साइडर ट्रेडिङ र बजार हेरफेरविरुद्ध शून्य सहनशीलताको नीति लागू गरिने उल्लेख छ । पेन्सन फन्ड, बीमा, म्युचुअल फन्डलाई सक्रिय लगानी गर्न प्रोत्साहन गर्दै ऋण बजार र बन्ड बजारको विकास गरिने, गैर–आवासीय नेपालीलाई नेप्सेमा कारोबार गर्न सहज नीति बनाइने र वस्तु विनिमय बजार यथाशीघ्र सञ्चालनमा ल्याइने जनाइएको थियो । नेपालको विशिष्ट भूगोल र अवस्थालाई ध्यानमा राख्दै ‘सीमारहित अर्थतन्त्र’ को अवधारणालाई राष्ट्रिय आर्थिक रणनीतिको केन्द्रमा राखिने र श्रम निर्यातमा निर्भर अर्थतन्त्रलाई सेवा निर्यातमुखी तथा ज्ञान–आधारित अर्थतन्त्रमा रूपान्तरण गर्न डिजिटल रूपान्तरणलाई प्रमुख आधार बनाइने उल्लेख छ । यसका लागि परिमार्जित तथा विस्तारित बृहत् डिजिटल नेपाल फ्रेमवर्क निर्माण गरी नीति सुधार, पूर्वाधार विकास र सार्वजनिक–निजी लगानी अभिवृद्धि गरिने पनि घोषणापत्रमा उल्लेख थियो । रास्वपाले गत निर्वाचनका लागि सार्वजनिक गरेको चुनावी वाचापत्रमा नेपालको अर्थतन्त्रको मेरुदण्ड मानिने ‘रेमिट्यान्स’लाई उछिन्दै सूचना प्रविधि ९आइटी० क्षेत्रलाई देशको प्रमुख आर्थिक आधार बनाउने महत्वाकाङ्क्षी योजना सार्वजनिक गरेको थियो । आइटी क्षेत्रलाई ‘राष्ट्रिय रणनीतिक उद्योग’ घोषणा गर्ने उल्लेख गर्दै यसलाई देशको सबैभन्दा ठूलो निर्यातजन्य क्षेत्र बनाउने लक्ष्य लिएको छ । सूचना प्रविधि क्षेत्रको निर्यातलाई आगामी १० वर्षमा ३० अर्ब डलर पु¥याउने महत्वाकाङ्क्षी लक्ष्य रास्वपाले लिएको छ । यस लक्ष्यलाई साकार पार्न पार्टीले एक स्वायत्त ‘आइटी प्रवद्र्धन बोर्ड’ गठन गर्ने जनाएको छ । यस क्षेत्रको विकासका लागि विशेष आयकर सहुलियत, वैदेशिक लगानी भित्र्याउन र नाफा स्वदेश फिर्ता लैजान सरल नीति तथा बौद्धिक सम्पत्ति धितो राखी सहुलियतपूर्ण ऋण उपलब्ध गराउने व्यवस्था गरिनेछ । सातै प्रदेशमा डिजिटल पार्क, पाँच लाख रोजगारी नेपाललाई ‘ग्लोबल टेक हब’ का रूपमा विकास गर्न रास्वपाले सातै प्रदेशमा अत्याधुनिक डिजिटल पार्क निर्माण गर्ने योजना सार्वजनिक गरेको छ । यसबाट प्रत्यक्ष रूपमा पाँच लाख युवालाई रोजगारी सुनिश्चित गर्ने लक्ष्य लिइएको छ । यसका लागि डिजिटल इकोसिस्टम निर्माणमा जोड दिँदै सञ्चार पूर्वाधार, डेटा सेन्टर, क्लाउड सेवा र साइबर सुरक्षामा ठूलो लगानी गरिने उल्लेख छ । ‘क्यासलेस सोसाइटी’ र स्वदेशी स्टार्टअपलाई प्राथमिकता रास्वपाले नेपाललाई ‘डिजिटल–फस्र्ट’ राष्ट्रका रूपमा चिनाउँदै सबै आर्थिक कारोबारलाई एकीकृत डिजिटल प्लेटफर्ममा आबद्ध गरी ‘क्यासलेस सोसाइटी’ निर्माण गर्ने योजना अघि सारेको छ । यसले भ्रष्टाचार र राजस्व चुहावट नियन्त्रणमा मद्दत पुग्ने वाचापत्रमा उल्लेख छ । स्वदेशी स्टार्टअपहरूलाई विश्वव्यापी बजारसँग जोड्न ‘अन्तरराष्ट्रिय पेमेन्ट गेटवे’ का कानुनी र प्राविधिक अवरोधहरू तत्काल हटाउने प्रतिबद्धता पनि पार्टीले जनाएको छ । एआई र क्रिप्टोमा नेपालको सम्भावना रास्वपाले नेपाललाई कच्चा विद्युत् मात्र निर्यात गर्ने देशबाट ‘कृत्रिम बौद्धिकता’ ९एआई० र ‘कम्प्युटेसन’ शक्ति निर्यात गर्ने देशमा रूपान्तरण गर्ने लक्ष्य लिएको छ । नेपालको स्वच्छ ऊर्जा, चिसो मौसम र भौगोलिक संरचनालाई डाटा सेन्टर सञ्चालनका लागि उपयुक्त मान्दै जलविद्युत् आयोजना नजिकै उच्च क्षमताका डाटा सेन्टर स्थापना गरिनेछ । यसबाट ‘ग्रिन जिपियु कम्प्युटिङ’ सेवा एसियालाई निर्यात गर्न सकिने रास्वपाको दाबी छ । यस्तै, एक वर्षभित्र विश्वव्यापी अध्ययनका आधारमा क्रिप्टोकरेन्सीको नियमन र उपभोक्ता संरक्षणबारे स्पष्ट राष्ट्रिय नीति ल्याइने र क्रिप्टो माइनिङको सम्भावनालाई पाइलट प्रोजेक्टका रूपमा अघि बढाइने जनाइएको छ । डिजिटल रोजगारी र ‘रिमोट वर्क’ विश्वव्यापी श्रम बजारको परिवर्तनलाई आत्मसात् गर्दै रास्वपाले नेपालमै बसेर विदेशी कम्पनीका लागि काम गर्न पाउने व्यवस्था सुनिश्चित गर्ने जनाएको छ । यसका लागि श्रम ऐन संशोधन गरी रिमोट वर्क र डिजिटल रोजगारीलाई वैधानिक मान्यता दिइनेछ । साथै, ‘डिजिटल नोम्याड’ ९घुमन्ते डिजिटल कर्मचारी० लाई आकर्षित गर्न विशेष भिसा र बसोबासको नीतिगत व्यवस्था गरिने वाचापत्रमा उल्लेख छ । ((( --- # Untitled Source: https://newskunda.com/archives/3996 Category: Uncategorized Last updated: 2026-08-08 गगन थापाले भने पार्टी जोगाउँन एक भएर जाऔं भक्तपुर, २३ साउन । नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीलाई जोगाउँन सबै एक भएर जानु पर्ने बताएका छन् । आज बालकोटमा काँग्रेस नेता स्वर्गीय श्यामबहादुर कार्कीको १९ औँ स्मृति दिवसका अवसरमा आयोजित छात्रबृत्ति वितरण तथा रक्तदान कार्यक्रममा बोल्दै सभापति थापाले पार्टीभित्र नमिलेका विषयलाई संवाद र सहमतिका माध्यमबाट मिलाएर लैजानु पर्ने औल्याउँदै पार्टीको मौलिकता र आधारभूत मान्यताबाट टाढा जान नहुने बताए । सभापति थापाले कांग्रेस नयाँ बनाउने भनेको यसको जग खोज्ने र मौलिकतामा जाने हो भन्दै काँग्रेसको आईतबारबाट बस्ने केन्द्रीय कार्यसमिति बैठकले महाधिवेशनको मिति तोक्ने बताए । सत्ता र शक्तिका लागि सिद्धान्तसँग सम्झौता गरेर प्राप्त हुने सत्ताको कुनै अर्थ नहुने भन्दै सत्ता र शक्ति नागरिकको हितका लागि मात्रै हुनुपर्ने बताए । उनले कांग्रेसलाई प्रत्येक कार्यकर्ताले गर्व गर्न सक्ने पार्टी बनाउने प्रतिबद्धता व्यक्त गरे । “कांग्रेस हुँ भन्दा छाती पिटेर गर्व गर्न सक्ने लायकको पार्टी बनाउँछु,” उनले भने । कार्यक्रममा सभापति थापाले नेपाली कांग्रेसका संस्थापक नेता तथा नेपालको लोकतान्त्रिक आन्दोलनका विराट व्यक्तित्व बीपी कोइरालासँग आफ्नो सम्बन्ध ईश्वर र भक्तको जस्तो रहेको बताए । उनले बीपी कोइरालालाई नेपालको राजनीतिका विराट व्यक्तित्वका रूपमा स्मरण गरे । श्याम बहादुर कार्की स्मृति प्रतिष्ठानका अध्यक्ष बिष्णुराज कार्कीको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य मदन कृष्ण श्रेष्ठ, कांग्रेस भक्तपुरका जिल्ला सभापति दुर्लभ थापा, कांग्रेस नेता कविर राणा लगायतले स्वर्गीय श्यामबहादुर कार्कीले सामाजिक क्षेत्रमा पुर्याएको योगदानको चर्चा गरेका थिए । सुर्यविनायक नगरपालिका–२ का वडाअध्यक्ष प्रदिप कार्कीले सञ्चालन गरेको कार्यक्रममा बागमती प्रदेशका उद्योग, पर्यटन, श्रम तथा यातायात मन्त्री शुरेस श्रेष्ठ, लगायतका राजनीतिककर्मीको सहभागिता रहेको थियो । सोही अवसरमा प्रतिष्ठानले भक्तपुर रेडक्रससंगको सहकार्यमा आयोजित रक्तदान कार्यक्रममा ५८ जनाले रक्तदान गरेका थिए । प्रतिष्ठानका अध्यक्ष बिष्णुराज कार्कीका अनुसार, समृति दिवसकै अवसरमा स्थानीय गंगेश आधारभुत विद्यालयका सबै बिद्यार्थीलाई स्कूल व्याग, स्टेसनरी र खेलकुद सामाग्री प्रदान गरिएको थियो । प्रतिष्ठानले वर्षेनी यस किसिमको कार्यक्रम गर्दै आएको अध्यक्ष कार्कीले बताए । --- # ‘वडागत सार्वजनिक सुनुवाई’ कार्यक्रम Source: https://newskunda.com/archives/3119 Category: Uncategorized Last updated: 2025-06-16 भक्तपुर, २ असार । सूर्यविनायक नगरपालिका–६ का वडाध्यक्ष ईश्वर खड्काले नगरपालिका भित्रको सनो वडा भएपनि बिकासका कामहरु तिब्र गतिमा अगाडि बढिरहेको बताउनु भएको छ । क्रियासिल पत्रकार मञ्च भक्तपुरले सूर्यविनायक नगरपालिकाको समन्वयमा आज सोमबार सूर्यविनायक नगरपालिका–६, पाण्डुबजारस्थित वडा कार्यालयमा आयोजना गरेको ‘वडागत सार्वजनिक सुनुवाई’ कार्यक्रम उहाँले तिब्र गतिमा वडामा बिकासको कार्यमा अगाडि बढाएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘विकासका लागि हामी लागिरहेका छौँ, तिब्र गतिमा काम भइरहेको छ । चालू आर्थिक वर्षमा मात्रै नगरपालिकाको दुई करोड ६० लाख रुपैयाँ र प्रदेश सरकारको ३० लाख र अन्य गरि तीन करोड ३० लाखको बजेटमा काम भएको बताउनुभयो । वडा कार्यालयले सडक, ढल, सामुदायिक भवन, खानेपानी, शिक्षा, स्वास्थ्य, महािललाई आत्मनिर्भर, तालिम, सचेतना कार्यक्रम लगायत बिभिन्न कार्यक्रहरु आयोजना गरिएको बताउनुभयो । कार्यक्रममा सहभागि हुनु भएको वडावासीबाट आएका बिभिन्न जिज्ञासाको जवाफ दिनुको साथै आएको सुझाबलाई कार्यान्वयनमा लैजाने बताउनु भएको थियो । कार्यक्रममा वडा अध्यक्ष ईश्वर खड्काले वडाले गरेका विकास निर्माणका कामहरु उल्लेख गरेका थिए । प्रमुख अतिथिका रुपमा बोल्दै खड्काले वडामा हाल विकास निर्माणका काम सम्पन्न भएको र केहि भइरहेको बताउनुभयो । कार्यक्रममा वडासचिव श्रीमिला श्रेष्ठले वडाले प्रवाह गर्दै आएका सेवा, वडाबाट वितरण भएको बिभिन्न सिफारिसहरु, दर्ताहरु, राजश्व व्यवस्थापन र पछिल्लो वर्षमा सम्पन्न विकास निर्माणबारे विस्तृत जानकारी प्रस्तुत गर्नुभएको थियो । आयोजक संस्था क्रियाशिल पत्रकार मञ्चका कोषाध्यक्ष पुष्करराज बुढाथोकीले स्वागत मन्तव्य व्यक्त गर्दै कार्यक्रमको औचित्यतामाथि प्रकाश पार्नु भएको थियो । उहाँले सार्वजनिक सुनुवाईको औचित्य, प्रक्रिया र अपेक्षित परिणामबारे बतानु भएको थियो । क्रियाशिल पत्रकार मञ्चका अध्यक्ष एवं कार्यक्रमका सभापति रमेश गिरीले वडालाई सल्लाह दिदै स्थानीयहरुको जनगुनासो छिटोभन्दा छिटो समाधान गर्न र विकासका अधूरा कामहरु सबै पुरा गर्नका लागि सुझाव दिनुभएको थियो । सार्वजनिक सुनुवाई कार्यक्रममा स्थानीय अम्बर बहादुर कार्की, पुष्पप्रसाद दुलाल, सम्राट देशेमरु, मधुसुदन चालिसे, पुष्पा तामाङ्ग, बद्री देउजा, हरिप्रसाद राजथला, रामगोपाल त्यावयना, विद्यालयकी प्रधानाध्यापक क्रिष्मा ठोकर, कृष्णगोमा चाूगुठी, मुकुन्द चौलागाईलगायतका वक्ताहरुले बिभिन्न जित्रासा राख्नु भएको थियो । कार्यक्रममा वडासदस्यहरु, स्थानीय तथा विद्यार्थीहरु, शिक्षकहरु, बिभागिय प्रमुखहरुलगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा उठेका प्रश्नहरूको जवाफ वडा अध्यक्ष खड्काले दिनुभएको थियो । --- # "सूर्यविनायक मेयर कप जिल्ला स्तरीय फुटसल प्रतियोगिता–२०८३” सुरु Source: https://newskunda.com/archives/3655 Category: Uncategorized Last updated: 2026-05-07 This post has no text content yet. Open the source page to view it. --- # २३ वर्षदेखि बाटिकामा उभिरहेछन् लौह पुरुष गणेशमान सिंह Source: https://newskunda.com/archives/2982 Category: Uncategorized Last updated: 2023-09-19 -रमेश गिरी भक्तपुर, २ असोज । सूर्यविनायक नगरपालिका–५ कटुञ्जेस्थित सुवर्णेश्वर महादेव मन्दिर क्षेत्रमा रहेको जंगलको पूर्वपट्टीको छेऊमा सुन्दर बगैचासहितको बाटिका । नजिकै सानो पालेघर । बाटिकाको बीचमा देशका राष्ट्रपतिको आगमन पर्खेर विगत २३ वर्षदेखि लौरो टेकेर ठिङ्ग उभिरहेका लौह पुरुष, प्रजातन्त्र सेनानी स्व.गणेशमान सिंहको एक हजार २ किलो ढलोट प्रयोग गरी निर्माण गरिएको १२ फिट अग्लो पूर्णकदको शालिक । हो यही शालिक आज स्व. सिंहको पूण्यतिथि एवं २६ औं स्मृति दिवसको अवसरमा राष्ट्रपति अनावरण गर्ने भएपछि बल्ल ठडिएको शालिकले पूर्णता पाउने भएको छ । २०५४ सालमा स्थापना भएको गणेशमान सिंह स्मृति वाटिका तथा प्रतिभा स्थापना संरक्षण समितिले बृहत गुरुयोजना सहित तयार पारेको वाटिकाका अझै कयौ संरचनाले पूर्णता पाउन बाँकी नै छ । तत्कालिन कटुन्जे गाविसको सिफारिसमा तत्कालिन राजा बिरेन्द्र वीरबिक्रम शाहको पालामा लोकेन्द्रबहादुर चन्द प्रधानमन्त्री र वामदेव गौतम उपप्रधानमन्त्री हुँदा मन्त्रीपरिषद् बैठकले पारित गरि कित्ता नं. ४२१ को १४८ रोपनी ५ आना जग्गा वाटिका स्थापना गर्न समितिको नाममा नामसारी गरिदिएको उक्त क्षेत्रफलमा गणेशमानको शालिक र वाटिका निर्माण भएको हो । तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले ०५४ सालमा वाटिकाको शिलान्यास गर्नु भएपछि ०५५ मा समितिले आफ्नो कार्यालय भवन निर्माण गरेको समितिका अध्यक्ष एवं वरिष्ठ पत्रकार माथवरसिंह बस्नेतले जानकारी दिनुभयो । २०७२ साल कात्तिक २४ गते वाटिकामा गणेशमान सिंहको प्रतिमा अनावरण गर्ने लक्ष्यका साथ सुरु भई २०५७ मै करिब रु. एक करोडको लागतमा स्व. सिंहको पूर्ण कदको शालिक निर्माण सम्पन्न भएपनि अनावरण हुन नसक्दा वाटिका र शालिक अलपत्र जस्तै बनेको थियो । समितिले त्यस क्षेत्रमा अन्तर्राष्ट्रियस्तरको उद्यान, बहुउद्देश्यीय भवन, प्रजातान्त्रिक जनआन्दोलनका योद्धाहरूको जीवनी झल्किने संग्रहालय, भ्यु टावर, वनभोज स्थल, आधुनिक बगैंचा, बालबालिका उद्यान, अतिथि गृह, चमेना गृह, रोपवे तथा पर्यटकीय गन्तव्य बनाउने लक्ष्य लिएर गुरुयोजना तयार पारेको थियो । यद्यपी करिब रु. चार करोडको लागतमा अहिलेसम्म शालिक प्रवेश गर्ने मूलद्धार निर्माण सम्पन्न भएको, सिढँी मर्मत गरिएको, समितिको आफ्नै कार्यालय भवन, केही वनभोज स्थल, सार्वजनिक शौचालय निर्माण भएको, वाटिकालाई सुन्दर बगैचाका रुपमा परिणत गरेको र बजेट अभावले अन्य संरचना निर्माण भने पुरा हुन बाँकी रहेकोे समितिका अध्यक्ष बस्नेतले जानकारी दिनुभयो । विसं २०४६ को जनआन्दोलन सफल भएपछि तत्कालीन राजा वीरेन्द्रले प्रधानमन्त्री बन्न गर्नुभएको आग्रहलाई अस्विकार गर्दै उहाँले आफ्ना समकक्षी नेता कृष्णप्रसाद भट्टराईलाई प्रधानमन्त्रीमा अघि सारेपछि नेपाली राजनीतिमा त्यागको उच्च नमूना प्रस्तुत गर्नुभएको थियो । स्वं सिंहले प्रजातान्त्रिक आन्दोलनमा गरेका संघर्ष र त्यागकाबारेमा बिस्तृत विवरणका अतिरिक्त प्रजातान्त्रिक शहीदहरूको जीवनी समेटेर संग्रहालयय निर्माण गरि राख्ने लक्ष्य वाटिकाले लिएको छ । प्रजातान्त्रिक योद्धाहरुको संघर्षकाबारेमा अध्ययन, अनुसन्धान गर्ने, गराउने, प्रजातन्त्रका आदर्श, मूल्य र मान्यतामाथि विज्ञ, अनुभवीहरूबाट प्रवचन गराउने, त्यसका निष्कर्षलाई प्रकाशित गराएर भविष्यका पुस्तालाई प्रजातन्त्रप्रति जागरूक तुल्याउने थलोको रूपमा विकास गर्ने लक्ष्य लिएकोे समितिका महासचिव कृष्णमुरारी न्यौपानेले जानकारी दिनुभयो । समितिका संस्थापक अध्यक्ष एवं शालिकसहितको वाटिकाको परिकल्पनाकार स्वर्गीय रामेश्वर ढुङ्गेल, पूर्व अध्यक्ष सुनिल बासु र वर्तमान् अध्यक्ष बस्नेतले वाटिकाको गुरुयोजना सफल पार्न अनवरत रुपमा लागिरहेका थिए । स्व. गणेशमान सिंहको जन्मदेखि सरकारी जागिर खाएर छोडेको, उच्च शिक्षा हासिल गर्न भारतको कोलकोत्ता गएको, त्यहीं राजनीतिक संघसंगठनमा आवद्ध भएको, राणा शासनविरुद्ध संघर्ष गरेको, प्रजातन्त्र प्राप्त भएको घटनाक्रमलाई उजागर गर्ने भौतिक संरचनासहितको गुरुयोजना निर्माण गरिएको उहाँले जानकारी दिनुभयो । त्यस्तै राणाशासनको अन्त्यसँगै पुनः पञ्चायती शासन आएको, पञ्चायतविरुद्ध संघर्ष गर्दा जेल परेको र जेल फोडेर भागेको घटना, प्रजातान्त्रिक आन्दोलनमा सर्वोच्च कमान्डर भएको, प्रधानमन्त्रीका प्रस्ताव अस्वीकार गरेको, कांग्रेस पार्टी त्यागेकोलगायतका घटनालाई समेत उजागर गर्ने भौतिक संरचना बाटिकाभित्र निर्माण हुने गरी गुरुयोजना बनाइए पनि त्यस्ता धेरै संरचना भने अझै निर्माण हुन सकेका छैनन् । गुरुयोजना कार्यान्वयनमा ल्याउन सके स्व. गणेशमान सिंहबारे जान्न र बुझ्न अन्यत्र जानै पर्दैन । यही गणेशमानसँग सम्बन्धित सम्पूर्ण घटना र त्यसको प्रतीक बाटिकाभित्रै पाउन सकिन्छ गरि गुरुयोजना तयार पारिएको थियो । प्रधानमन्त्रीको पद अस्वीकार गरि त्यागी नेताको थप पहिचान बनाउनु भएका नेपाली प्रजातान्त्रिक जनआन्दोलनका शिखर व्यक्तित्व स्व.सिंहले देशमा आर्थिक क्रान्ति नगरेसम्म राजनीतिक क्रान्तिबाट प्राप्त उपलब्धि स्थायी नहुने धारणा राख्दै आउनु भएको समितिका अध्यक्ष बस्नेत स्मरण गर्नुहुन्छ । वाटिकामा सबै संरचना निर्माणका लागि ३३ करोड रुपैयाँ खर्च हुने गरि ऐतिहासिक गुरुयोजना निर्माण गरेकाले सरकारले पर्याप्त बजेटको व्यबस्था गरेर गुरुयोजना पूर्णता दिनु उहाँले सरकारसँग आग्रह गर्नु भएको छ । **बिवादपछि अलपत्र गुरुयोजना ः** समितिले पब्लिक, प्राइभेट पार्टर्नरसिपको अबधारणा अनुसार साखः ग्रुपलाई करिब रु.१४ करोडको लागतमा पाँचवर्षभित्र गुरुयोजनामा समेटिएका सबै भौतिक संरचना निर्माण सम्पन्न गर्नेगरि ३९ वर्षका लागि उक्त जग्गा भाडामा दिने सहमति गरेको थियो । तत्कालिन उपप्रधान तथा स्थानीय विकास मन्त्री प्रकाशमान सिंह संरक्षक तथा सोही क्षेत्रका सभासद रामेश्वर ढुंगेल अध्यक्ष रहेको वाटिकालाई होटल सञ्चालनका लागि ३९ वर्षे भाडामा दिने, त्यस अबधीभरी हुने आम्दानीको २० प्रतिशत रकम वाटिकाको कोषमा आउने र ३९ वर्षपछि निर्माण भएका सबै संरचना वाटिकाको स्वामित्वमा हस्तान्तरण गर्ने गरि समितिका संस्थापक अध्यक्ष रामेश्वर ढुङ्गेल र साख ग्रुपको तर्फबाट प्रभातप्रकाश साखबीच २०७१ असार १२ गते सम्झौता पत्रमा हस्ताक्षण भएको थियो । तर दधिकोट र कटुन्जेका जनताले उपभोग गरिरहेको खानेपानी ट्यांकी र ऐतिहासिक सुवर्णेश्वर महादेव मन्दिर पनि वाटिका परिषरभित्रै परेकाले त्यसलाई असर पुग्ने गरि सरकारी सम्पत्ति नीजि क्षेत्रलाई व्यापारिक क्षेत्र निर्माणका लागि दिन लागेको भन्दै एमालेका नेता निर्मलकुमार भट्टराईलगायतले बिरोध गर्दै अख्तियारमा समेत उजुरी हालेपछि समिति सम्झौता रद्ध गर्न बाध्य भएको थियो । वाटिकाका लागि तयार पारिएको गुरुयोजना आफैमा ऐतिहासिक थियो, त्यो संरचना निर्माण हुन सके गणेशमान लगायत देशका जनआन्दोलनमा सेनानी एवं सहितहरुको जीवनी समेटिएएको अध्ययन अनुसन्धानको केन्द्र सहितको संग्रहालय, पुस्तकालय निर्माणमा सरकारले चासो दिनु पर्ने समितिका अध्यक्ष बस्नेत बताउनु हुन्छ । संस्थापक अध्यक्ष एवं प्रतिनिधिसभाका सांसद रामेश्वर ढुङ्गेलको निधनसँगै अलपत्र जस्तै बनेको सिंहको शालिक र वाटिकालाई पूर्व अध्यक्ष वासु र वर्तमान् अध्यक्ष बस्नेतसहितको नेतृत्वको समितिले सुन्दर वाटिका निर्माणसँगै शालिक अनावरण गर्ने कार्य सम्पन्न गर्नेतहसम्म पुर्याएको छ । साँसदहरुले निर्माण भइसकेको स्व. गणेशमान सिंहको पूर्णकदको सालिकको लागि समेत ४१ लाख रुपैयाँ छुट्याएका थिए भने सालिक निर्माणस्थलको भौतिक निर्माणको लागि निर्वाचन क्षेत्र पूर्वाधार विशेष कार्यक्रमबाट २० लाख र सांसद मनमोहन भट्टराईले चार लाख रुपैयाँ उपलब्ध गराएको थियो । प्रदेश सभा सदस्य शशीजंग थापाले यहाँको भौतिक संरचना निर्माणका लागि रु.२५ लाख बजेट वागमति प्रदेशबाट र बाटिका प्रवेश गर्ने सिंढी सुधारको लागि नगर विकास प्राधिकरणले थप २५ लाख रुपैयाँ बजेट छुट्याएको थियो । तत्कालिन जिविस, गाविस, नगर विकास समिति, संरक्षण समिति र जनश्रमदानबाट करिब रु. २७ लाख लागतमा कार्यालय भवन निर्माण गरेको थियो । समितिले ३३ करोडको लागतमा वाटिकाको सम्पूर्ण संरचना निर्माण हुने र यसलाई गणेशमानको मात्रै नभई नेपालको प्रजातान्त्रिक आन्दोलनमा नेतृत् वगर्ने महत्वपूर्ण सबै व्यक्तिहरुको जीवनी, अध्ययनशालासमेत निर्माण गरेर देशकै ऐतिहासिक स्थल बनाउने अभियानमा तीन तहकै सरकारले पर्याप्त बजेटको व्यबस्थापन गरिदिए केही वर्षमै गुरुयोजनाले पूर्णता पाउने छ । गुरुयोजनालाई पूर्णता दिन सके यस क्षेत्रलाई आन्तरिक एवं बाह्य ऐतिहासिक पर्यटकीय क्षेत्रको रुपमा बिकास गर्न सकिने, इतिहासकाबारेमा अध्ययन अनुसन्धान गर्ने थलोको रुपमा विकास गर्न सकिने समितिका जगन्नाथ कार्की बताउनु हुन्छ । **यसकारण बिर्सन सकिन्न गणेशमानलाई :** नेपालको राजनीतिक इतिहासमा नेपाली कांग्रेसक नेता विश्वेश्वरप्रसाद कोइरालालाई महामानव तथा युगपुरुषको उपनामले चिनिए जस्तै नेता गणेशमान सिंहलाई सर्वोच्च नेता तथा लौहपुरुषको उपनामले चिनिदै आएको छ । बिपी कोइरालाको पारिवारिक नाम सान्दाजु भएजस्तै गणेशमान सिंहको पारिवारिक नाम पनि हीराकाजी थियो । जेठा बाजे रत्नमानसिंह बडाकाजी भएकाले जेठा नातिलाई बडाकाजी परिवारको अत्यन्त महत्वपूर्ण निधि मानेर हीरा भन्ने गरिएको र बडाकाजी परिवारमा जन्मेकाले काजी भन्ने गर्दा गणेशमानलाई हीराकाजी भन्ने गरिन्थ्यो । उमेरले बिपी कोइरालाभन्दा १४ महिनामात्रै कान्छा गणशमान वि.सं. १९७२ कात्तिक २४ गते जन्मिनु भएको हो । त्यसैले पनि बिपी र गणेशमान समकालीन नेता र खुबीवान हुनुहन्थ्यो । दुवैका यस्ता खुबीले गर्दा भारतको वनारसमा जन्मेको नेपाली कांग्रेस पार्टीले २००७ सालमा नेपालबाट एकतन्त्रीय राणा शासन अन्त्य गरी प्रजातन्त्र स्थापना गर्न सफल भएको मात्रै भएन २०१५ सालको प्रथम आमनिर्वाचनमा दुई तिहाई मतसमेत ल्याउन सफल भएको मानिन्छ । बिपी र सिंहकै योगदानका कारण २०४८ सालको दोस्रो आमनिवार्चनमा पनि नेपाली कांग्रेसले नै बहुमत ल्याएको बताइन्छ । काठमाडौंको रानीपोखरीस्थित दरवार स्कुलमा राणाहरुका छोराछोरीलाई मात्र पढ्ने अवसर पाउँदा ६ कक्षामा पढ्दै गर्दा एकै कक्षाका राणाको छोरालाई तँ भन्ने शब्द प्रयोग गरेकै कारण विद्यालयबाट निकालिए पछि राणा शासन बिरुद्ध मनमा क्रान्तिको सुरुवात गरेको मानिन्छ । आठ वर्षको उमेरमै पिता गुमाउनु भएका सिंहले आफ्नो २४ वर्षको उमेरमा वि.सं. १९९६ सालदेखि नेपाल प्रजापरिषद्को सदस्य भई राणाशासन बिरोधी आन्दोलन र राजनीतिमा सक्रिय हुनु भएको थियो । वि.सं. १९९७ सालमा राणा विरोधी गतिविधिमा सक्रिय भएका कारण उनलाई सर्वश्वसहित आजीवन कारावास राखिएपछि वि.सं. २००१ साल असार ७ गते १२ फिट अग्लो भद्रगोलको पर्खाल नाघेर भाग्न सफल हुनुभएपछि गणेशमानले ‘वीर’ को प्रख्याति पाएको बताइन्छ । २०१५ सालको आमनिर्वाचनमा गणेशमान सिंह कांग्रेसको मन्त्रिपरिषद्मा मन्त्री भएपनि सन्तुष्ट हुन नसकेपछि पदको लागि राजनीत नगर्ने र देशका लागि लागिरहने घोषणा गरेको र २०४६ सालको ऐतिहासिक सफलतापछि तत्कालिन राजा बिरेन्द्रले दरबारमै बोलाएर प्रधानमन्त्री बन्न प्रस्ताव राख्दा नमानेर कृष्णप्रसाद भट्टराईको नाम सिफारिस गरेपछि उहाँको उचाई अझै बढेको थियो । २०४६ सालको जनआन्दोलनमा कम्युनिष्टसँग मिलेर राजतन्त्र बिरोधी प्रजातन्त्र प्राप्तिको आन्दोलन सफल भएपछि जनतालाई जहानिया राणा र एकदलीय राजतन्त्रबाट मुक्त दिलाई जनतालाई स्वतन्त्रता प्रदान गर्ने महान व्यक्तित्व गणेशमानलाई सबैले सम्झनै पर्छ । नेता सिंहको २०५४ साल असोज २ गते निधन भएर उहाँको भौतिक शरीर नभएपनि यहाँको देश र जनताप्रतिको योगदान युगौयुग बाचिरहने छ ।– --- # अर्थमन्त्रीमा पुनःशर्मा नियुक्त Source: https://newskunda.com/archives/1611 Category: Uncategorized Last updated: 2022-07-31 काठमाडौँ, १५ साउन : राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा जनार्दन शर्मालाई आज अर्थमन्त्री पदमा नियुक्त गर्नुभएको छ । उहाँले आजै शर्मालाई मन्त्रीमा नियुक्त गरी हाल प्रधानमन्त्रीले सम्हाली आउनुभएको अर्थ मन्त्रालयको कार्यभार सम्हाल्ने गरी कार्यभार तोक्नुभएको राष्ट्रपतिको कार्यालयले जनाएको छ । प्रधानमन्त्री देउवाको नेतृत्वमा २०७८ साल असार २९ गते गठित मौजुदा मन्त्रिपरिषद्मा नेपालको संविधानको धारा ७६ को उपधारा (९) बमोजिम प्रधानमन्त्रीको सिफारिसमा शर्मालाई नियुक्त गर्नुभएको राष्ट्रपतिको कार्यालयका प्रवक्ता सागर आचार्यद्वारा आज जारी विज्ञप्तिमा जनाइएको छ । बजेट निर्माण गर्दा अनधिकृत व्यक्तिको संलग्नतामा राजस्वका दर हेरफेर गरेको समाचार सार्वजनिक भएपछि विवाद उत्पन्न हुँदा तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले गत असार २२ गते पदबाट राजिनामा दिनुभएको थियो । सो विषयमा छानविन गर्न गठित संसदीय समितिले बजेट निर्माणमा अनधिकृत व्यक्ति संलग्न भएको प्रमाण नभेटिएको प्रतिवेदन संसदलाई बुझाएको थियो । त्यसपछि शर्मालाई आज पुनः मन्त्री पदमा नियुक्त गरिएको हो । --- # आज शुक्रबार नेपाली बजारमा आज सुनको मूल्य बढ्यो Source: https://newskunda.com/archives/63 Category: Uncategorized, अर्थ Last updated: 2022-05-01 काठमाडौँ, १६ पुष । आज शुक्रबार नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । हिजो विहिबार प्रतितोला ९२ हजार १०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला ९२ हजार ७०० रुपैयाँमा कारोबार हुने सुनचाँदी व्यवसाय महासङ्घले जनाएको छ । हिजो विहिबारको तुलनामा आज सुनको मूल्य प्रतितोला ६०० रुपैयाँले बढेको हो । हिजो सुनको मूल्य प्रतितोला ४०० रुपैयाँले घटेको थियो । महासङ्घका अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९२ हजार २०० रुपैयाँ रहेको छ । यस्तै चाँदीको मूल्य पनि बढेको छ । हिजो विहिबार प्रतितोला १ हजार २४५ रुपैयाँमा कारोबार भएको चाँदी आज प्रतितोला १५ रुपैयाँले बढेर प्रतितोला १ हजार २६० रुपैयाँमा कारोबार हुने महासङ्घले जनाएको छ । --- # आजका मुख्य समाचार २०८३ कार्तिक २ सोमवार | नेपाल समाचार | ताजा समाचार Source: https://newskunda.com/archives/4864 Category: Uncategorized Last updated: 2026-10-19 Video: https://www.youtube.com/watch?v=XM8KaCL-J2E --- # आयल निगमको निजीकरण हल्ला कि यथार्थ ? Source: https://newskunda.com/archives/1606 Category: Uncategorized Last updated: 2022-07-31 काठमाडौँ, १४ साउन : नेपालमा पेट्रोलियम पदार्थको मूल्य घटबढ पुरानै विषय हो । यो मूल्यको घटबढले पारेको प्रभावले यहाँको अरु क्षेत्रलाई पनि असर गर्ने गर्दछ । त्यसैले यो मूल्यको घटबढ सदनदेखि सडकसम्मै सधैँ चर्चाकै विषय बन्ने गर्दछ । पेट्रोलियम पदार्थको मूल्य बढ्दा बहुक्षेत्रमा प्रत्यक्ष असर हुने भएकाले सामान्य घटबढ हुँदा त्यसले बजार तताइरहेको छ । विश्व बजारमा पेट्रोलियम पदार्थमा भएको भारी वृद्धिले नेपाललाई पनि स्वभावतः छोयो । त्यसकारण पनि नेपालमा पनि पेट्रोलियम पदार्थको मूल्य ह्वात्तै बढ्यो । नागरिकलाई राहत दिन भन्दै सरकारले पटकपटक गरेर कर छुटको घोषण पनि गरिरहेकै छ । पछिल्लो समयमा भारतबाट इन्धनको मूल्य घटेर आयो तर घाटा कायमै रहेको जनाउँदै नेपाल आयल निगम लिमिटेडले यसपटक मूल्य समायोजन नगरेपछि प्रशस्तै आलोचित भइरहेको छ । निगमका अनुसार पेट्रोलमा प्रतिलिटर रु १४ रुपैयाँ १९ पैसा र डिजेलमा रु २१ रुपैयाँ ९३ पैसा तथा ग्यासमा रु ५८२ रुपैयाँ ४२ पैसा घाटा भइरहेको छ । अहिले मासिक रु चार अर्ब ३२ करोड घाटा भएको निगमले जनाएको छ । अझै निगमलाई निजीकरण गरिने भन्ने चर्चा बाहिरिएसँगै सर्वत्र आशङ्का उब्जियो । त्यस विषयले सांसदहरुलाई समेत छोएपछि प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमा आज घनिभूत छलफल भएको छ । त्यसमा उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडू, सचिव अर्जुनप्रसाद पोखरेल र नेपाल आयल निगम लिमिटेडका कार्यकारी निर्देशक इञ्जिनीयर उमेशप्रसाद थानी सहभागी हुनुहुन्थ्यो । उहाँहरुसामु समितिका सदस्य नरबहादुर धामीले इन्धनको अन्तर्राष्ट्रिय बजारमा मूल्य घट्दा नेपालमा मूल्य किन समायोजन गरिएन, निगमलाई निजीकरण गर्ने विषय चर्चामा आएको छ त्यो के हो, निगमलाई पुनःसंरचना गर्नुपर्ने आवश्यकता हो कि होइन ? लगायतका प्रश्न राख्नुभएको थियो । समितिका अर्का सदस्य गोपालबहादुर बमले प्रश्न गर्नुभयो, “इन्धन वितरणमा जनताहरु रुष्ट छन्, उनीहरुको चित्त बुझाउने कुरा के हो ? त्यसमा सरकार र आयल निगमले ध्यान दिनुप¥यो ।” उहाँले कर छुट गरेर हुन्छ वा अन्य कुनै उपाय लगाएरै भए पनि समस्या समाधान गर्न र पश्चिम नेपालको विकट क्षेत्रमा पनि सहजरूपमा इन्धन प्राप्त हुने वातावरण निर्माण गर्न अनुरोध पनि गर्नुभयो । अर्का सदस्य प्रमोद शाहले पनि बाहिरबाट रकम घटेर आएपछि निगमले मूल्य घाटाउनुपर्नेमा नघटाएको भन्दै प्रश्न गर्नुभएको थियो । अर्का सदस्य प्रकाश रसाइलीले सरकारले कर घटाएको भनेर सार्वजनिक गरिए पनि जनताले महसुस गर्न नपाएको उल्लेख गर्नुभयो । सदस्य रामेश्वर राय यादव, सरिताकुमारी गिरीलगायतले इन्धनको आपूर्ति व्यवस्था र सरकारले दिने राहतका विषयमा गम्भीर प्रश्न उठाउनुभएको थियो । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री बडूले इन्धनको मूल्य प्रतिलिटर २०९ सम्म पुगेको अवस्थामा सुरुको चरणमा १०÷१० रुपैयाँ र पछिल्लो चरणमा पेट्रोलमा २० र डिजेलमा २९ रुपैयाँ कर घटाएर नागरिकलाई राहत दिने प्रयास गरिएको समितिमा जानकारी दिनुभयो । “सरकार र निगमले घाटा खाएरै कम मूल्यमा इन्धन वितरण गरेको हो, निगमलाई अनुदान दिएर सरकारले सघाएको छ, जनतालाई मार पर्न दिनुहुन्न भन्नेमा सरकार गम्भीर छ”, मन्त्री बडूले जवाफमा भन्नुभयो । उहाँले विगतदेखिका इतिहासलाई सार्वजनिक गरी निगमका गतिविधि पारदर्शी बनाउनेतर्फ आफ्नो ध्यान गएको र यसअघि भएका अध्ययन प्रतिवेदनको आफूले अध्ययन गरेको बताउनुभयो । उहाँले सरकारले इन्धन आपूर्तिको सवालमा निजी क्षेत्रलाई दिने भन्ने कुरा गलत भएको प्रष्ट्याउनुभयो । “उपभोक्तासँग राय लिएर संसदीय समितिमा समेत छलफल गरी बन्ने नयाँ कानूनले मात्रै निजी क्षेत्रलाई दिने वा नदिने भन्ने हुन्छ, भ्रामक र गैरजिम्मेवार ढङ्गले भ्रम फैलाइएको छ”, उहाँले थप्नुभयो । सबै प्रतिवेदन अध्ययन गरेर सुधार गर्ने योजनाका साथ अघि बढेको पनि उहाँले जानकारी दिनुभयो । जनतालाई सही मूल्यमा इन्धन पाउनुपर्छ र सहज आपूर्ति गराउनुपर्छ भन्ने उद्देश्यले योजना आयोगका उपाध्यक्ष विश्वनाथ पौडेलको नेतृत्वमा समिति बनेको पनि उहाँले जानकारी गराउनुभयो । उक्त समितिको प्रतिवेदन आउने वित्तिकै नयाँ पेट्रोलियम ऐन बनाउने भन्ने कुरा भएको पनि उहाँले जानकारी दिनुभयो । उहाँले इन्धन खपत घटाउँदै बिजुली प्रयोग बढाउन आग्रह गर्नुभएको छ । सचिव अर्जुनप्रसाद पोखरेल इन्धनको सहज, नियमित र गुणस्तरीय आपूर्ति नै महत्वपूर्ण भएको उल्लेख गर्दै त्यसतर्फ मन्त्रालयको ध्यान गएको बताउनुभयो । समितिका सदस्यहरुको प्रश्नको जवाफमा निगमका कार्यकारी निर्देशक थानीले गत जेठ १० को मन्त्रिपरिषद् बैठकले राष्ट्रिय योजना आयोगका उपाध्यक्ष विश्वनाथ पौडेलको नेतृत्वमा पेट्रोलियम पदार्थको आपूर्ति प्रणाली र नेपाल आयल निगमको संस्थागत सुधारका लागि उच्चस्तरीय अध्ययन कार्यदल गठन गरिएको जानकारी दिँदै त्यसका लागि बनेको ११ बुँदे टिओआरले कतै पनि निजीकरण गर्ने र निजी क्षेत्रलाई विक्री वितरणको जिम्मा दिने भन्ने कुरा नभएको र यो बाहिर आएको हल्ला मात्रै भएको बताउनुभयो । समितिका सभापति विमलप्रसाद श्रीवास्तवले सरकारले तिर्नुपर्ने कर फिर्ता नगर्ने तर निगमले जग्गा राखेर ऋण लिनुपर्ने अवस्थाले आयल निगम कमजोर हुने भन्दै गम्भीर चासो व्यक्त गर्नुभएको थियो । बैठकपछि उहाँले निगमका विविध विषयमा यसअघि तयार भएको विभिन्न अध्ययन प्रतिवेदन र योजना आयोगका उपाध्यक्ष पौडेल नेतृत्वको समितिले बनाउने प्रतिवेदनमाथि छलफल गरेर मात्रै सरकारलाई आवश्यक निर्देशन दिने राससलाई बताउनुभयो । उहाँले उखु किसानका समस्याका विषयमा किसानसहित सरोकार राख्ने संस्था तथा प्रतिनिधिबीच छलफल गरी निष्कर्षमा जान पनि सरकारलाई निर्देशन दिएको जानकारी दिनुभयो । इन्धन खरिद–बिक्रीको यस्तो छ वर्तमान अवस्था नेपाल आयल निगम लिमिटेडका कार्यकारी निर्देशक इञ्जिनीयर थानीले इन्धन आपूर्तिको हालको अवस्था बारेमा समितिमा जानकारी गराउनुभएको थियो । आजको दिनसम्म पेट्रोल प्रतिलिटर रु १८१ र डिजेल रु १७२ मा बिक्री भइरहेको छ । उहाँका अनुसार खरिदलागत (इण्डियन आयल कर्पाेरेशनबाट आएको मूल्य र नेपाल सरकारको करसहित) पेट्रोलमा रु १९५ रुपैयाँ १९ पैसा र डिजेलमा रु १९३ रुपैयाँ ९२ पैसा छ । हालको बिक्री मूल्यलाई हेर्दा पेट्रोलमा प्रतिलिटर रु १४ रुपैयाँ १९ पैसा र डिजेलमा रु २१ रुपैयाँ ९३ पैसा तथा ग्यासमा रु ५८२ रुपैयाँ ४२ पैसा घाटाको व्यापार भइरहेको छ । कार्यकारी निर्देशक थानीले अहिले पेट्रोलमा प्रतिलिटर ६३ रुपैयाँ ३६ पैसा र डिजेलमा ४७ रुपैया ३ पैसा र ग्यासमा रु ३११ रुपैयाँ ७४ पैसा सरकारको कर रहेको रहेको जानकारी दिनुभयो । हालको बिक्री मूल्य हिसाब गर्दा निगमलाई मासिक रु चार अर्ब ३२ करोड घाटा भइरहेको उहाँले जानकारी दिनुभयो । निगमले आव २०७८/०७९ को असार मसान्तरसम्म नेपाल सरकारलाई रु एक खर्ब २० अर्ब छ करोड कर बुझाएको छ । पेट्रोलियम पदार्थको आयात पनि बढ्दो क्रममा रहेको उहाँले जानकारी दिनुभयो । आव २०७७/०७८ मा रु एक खर्ब ५८ अर्बको इन्धन ल्याइएकोमा आव २०७८/०७९ मा रु तीन खर्ब १० अर्बको आयात भएको जनाइएको छ । नेपाल सरकारबाट मूल्य अभिवृद्धिकर (भ्याट) वापत रु सात अर्ब ३५ करोड फिर्ता पाउनुपर्नेमा रु दुई अर्ब ७५ करोड मात्रै फिर्ता भएको पनि उहाँले जानकारी दिनुभयो । आव २०७८/०७९ को असार मसान्तसम्ममा निगमलाई करिबकरिब ५० अर्ब घाटा हुने देखिएको उहाँले समितिलाई जानकारी दिनुभएको छ । निगमले हाल इण्डियन आयल कर्पाेरेशनलाई रु २२ अर्ब ४० करोड तिर्न बाँकी छ । रु ३१ अर्ब रहेकोमा ऋण लिएर अरु रकम घटाएको हो । निगमले नेपाल सरकारबाट गत असार ३१ गते पाँच प्रतिशत ब्याजदरमा रु सात अर्ब ऋण लिएको छ । उक्त ऋण पाँच वर्षका लागि लिइएको हो । निगमको टेकुमा रहेको जग्गा धितो राखेर राष्ट्रिय वाणिज्य बैंकबाट नौ प्रतिशत ब्याज तिर्ने गरी तीन अर्ब रुपैयाँ ऋण लिइएको समितिमा जानकारी गराइएको थियो । उक्त ऋण तीन महिनाका लागि हो । अन्तर्राष्ट्रिय बजारमा १७ जुलाईमा प्राप्त मूल्य सूचीअनुसार पेट्रोलमा साढे १५ रुपैयाँ र डिजेलमा साढे १६ रुपैयाँ घटेर आएको थियो । त्यसबेला पेट्रोलमा ३० रुपैयाँ र डिजेलमा ३८ रुपैयाँ घाटा रहेकेमा अहिले घटेर आउँदा पनि पेट्रोलमा प्रतिलिटर रु १४ रुपैयाँ १९ पैसा र डिजेलमा रु २१ रुपैयाँ ९३ पैसा घाटा रहेकाले मूल्य समायोजन गर्न नसकिएको पनि जानकारी दिनुभयो । --- # एमालेका नवनिर्वाचित अध्यक्ष केपी ओली, सचिव महेश बस्नेतदेखि विजयी टिमलाई गुण्डुवासीले गरे भव्य स्वागत Source: https://newskunda.com/archives/3269 Category: Uncategorized Last updated: 2025-12-18 एमालेका नवनिर्वाचित अध्यक्ष केपी ओली, सचिव महेश बस्नेतदेखि विजयी टिमलाई गुण्डुवासीले गरे भव्य स्वागत --- # किरण थापाद्धारा मुख्यमन्त्रीको सपथ ग्रहण सम्पन्न Source: https://newskunda.com/archives/4049 Category: Uncategorized Last updated: 2026-08-22 This post has no text content yet. Open the source page to view it. --- # घरेलु बाल श्रमिक : गाँस र बासकै भरमा १८ घण्टा काम Source: https://newskunda.com/archives/3275 Category: Uncategorized Last updated: 2025-12-28 भक्तपुर, १३ पुस : --- # चाँगुबासीका यातायात समस्या समाधानका लागि जुटे नगर प्रमुख Source: https://newskunda.com/archives/1141 Category: Uncategorized Last updated: 2022-06-05 भक्तपुर, २२ जेठ । चाँगुनारायणका हरेक वडामा सार्वजनिक यातायात सुचारु गराउन नगर प्रमुख जुटेका छन् । राजधानी बाट नजिकको स्थान भएपनि यातायात सेवामा पिछडिएको चाँगुनारायणका हरेक क्षेत्रमा सार्वजनिक यातायात पहुँच विस्तारका लागि नगर प्रमुख जीवन खत्री जुट्नु भएको हो । यातायातको समस्याले दुःख खेप्दै आएका चाँगुनारायण नगरबासीकोे समस्या समाधानकालागि ख्वप भक्तपुर मिनिवस यातायात समितिका पदाधिकारीहरु सँग छलफलका लागि समितिको कार्यालय पुग्नु भएको हो । विदाको दिन पनि नगरमा यातायातको कारण विद्यार्थी,महिला बालबालिका तथा बृद्द बृद्दा लगाएत अन्यले भोग्नु परेको समस्या समाधानका लागि नगरमा यातायात कसरी सुचारु गर्न सकिन्छ भनी छलफलका लागि ख्वप भक्तपुर मिनिवस यातायात समिति पुग्नु भएको हो । नगर प्रमुख खत्रीले चाँगुनारायण नगर त भयो तर अहिले पनि अधिकाँश स्थान ग्रामिण परिवेशका नै छन जहाँ यातायातको सेवा नहुँदा काठमाडौंबाट नजिक भएपनि टाडा हुन पुगेको छ । विहान विद्यार्थीले समयमा कक्षा भ्याउन हम्मे हम्मे पर्ने तथा यातायातको सुविधा नहुँदा आफ्नो बारीमा उत्पादन भएका विभिन्न तरकारी एवं बाली बजार सम्म लैजान हम्मे हम्मे छ जसको निराकरणका लागि नगरका हरेक वडामा यातायात निरन्तरताका लागि आफू समितिमा पुगेको उहाँले जानकारी दिनुभयो । केहि समय अगाडी सम्म छालिङमा सार्वजनि यातायात चल्ने भएपनि हाल उक्त स्थानमा सार्वजनि यातायात नहुँदा नजिकका आफन्तहरुको समेत हेलाँको स्थानका रुपमा परिचित भएको छालिङका स्थानीयत गोकर्ण पुरीले बताउनुभयो । यस्तै विकासको क्षेत्रमा छलाँङ मारेको झौखेलमा समेत सार्वजनिक यातायात नचल्दा सर्वसाधारणले ठूलो समस्या भोग्नु परेको स्थानीय गोविन्द थापाले बताउनुभो । नगर प्रमुखज्यूले यातायात सञ्चालनका लागि समस्या रहेका सडक लगाएतका अन्य समस्या बारे नगरपालिकाले समस्या समाधानका लागि पहल गर्ने भन्दै यातायात सुचारु गर्न पर्ने हरेक बाधा समाधानमा आफू जुट्ने समेत बताउनुभयो । चाँगुनारायण नगरपालिका वडा नम्वर ३ र ५ मा हाल सम्म नियमित रुपमा सार्वजनि यातायात संचालनमा छैनन । भक्तपुर नगरबाट नजिकका स्थान भएपनि सार्वजनिक यातायात सुविधा नहुँदा उक्त क्षेत्रका बासिन्दाले ठूलो समस्या झेल्दै आएका छन् । मिनिवस सेवा समितिले आज देखि नै झौखेलमा र अर्को महिना देखि छालिङमा नियमित बस सेवा संचालन हुने प्रतिवद्दता दिएको छ । चाँगुनारायण नगरपालिका वडा नम्वर १ देखि ९ सम्म विभिन्न सडकमा सुचारु रहँदै आएका यातायातलाई व्यवस्थित गर्ने र नियमित समय तालिकामा नै यातायात सुविधा दिन नगर प्रमुख विभिन्न यातायात व्यवसायीहरुसँग सहकार्यमा जुट्नु भएको हो । चाँगुनारायणमा हाल उत्तर पूर्वी यातायात, मिनिवस सेवा समिति र १ नम्वर रुटका सार्वजनि यातायात चल्दै आएका छन् । --- # दश जिल्लामा बढी डेँगुका बिरामी डेँगुका बिरामी Source: https://newskunda.com/archives/1846 Category: Uncategorized Last updated: 2022-08-30 काठमाडौँ, १४ भदौ : काठमाडौँ उपत्यकामा डेङ्गु ज्वरोका बिरामी दैनिक बढेको पाइएको छ । नेपालमा अहिले मुख्य काठमाडौँ, ललितपुर र रुपन्देही जिल्लामा सबभन्दा बढी डेँगुका बिरामी पाइएको छ । ती जिल्लाका अस्पतालमा डेँगुको उपचारका लागि बिरामीको चाप पनि बढेको छ । विशेषगरी साँझ–बिहानको समयमा सक्रिय हुनेमौसममा सफा र जमेको पानीमा बस्न ‘एडिज एजिप्टी र एडिस एल्बोपिक्टस’ प्रजातिको लामखुट्टेको टोकाइबाट डेङ्गुको रोग लाग्ने गर्दछ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा सन्जयकुमार ठाकुरले साउनदेखि केही शहरमा डेँगुका बिरामी बढेको बताउनुहुन्छ । उहाँका अनुसार ललितपुर, काठमाडौँ र रुपन्देहीमा डेँगुका बिरामी बढी रहेको छन् । ललितपुरमा एक हजार ५६, रुपन्देहीमा ३७७ र काठमाडौँमा ३३२ जना डेँगुका बिरामी भेटिएका छन् । अव्यवस्थित शहरीकरण पनि डेँगुका बिरामी बढेको उहाँ बताउनुहुन्छ । “अव्यवस्थित शहरले गर्दा घरवरपर खाल्डाखुल्डी तथा पानी जम्ने ठाउँ रहेका हुन्छन्” उहाँले भन्नुभयो, “ती ठाउँबाट नै डेँगु रोग सार्ने जातको लामखुट्टेको विकास हुने गर्दछ ।” पानी जम्ने सफा ठाउँमा एडिज एजिप्टी र एडिस एल्बोपिक्टस’ प्रजातिको लामखुट्टेले फुल पार्छ र ती फुल लार्भा निस्कन्छ र त्यही लार्भा बयस्क भएपछि टोकेर डेँगु रोग लाग्दछ । उहाँले पानी टङ्की, गाडीको डायर, गमला घर नजिकको खाल्डाखुल्डीमा पानी जम्न दिन नहुने बताउनुभयो । एसिबाट निस्केको पानी जमेपछि त्यही जमेको पानीमा लाखुट्टेले फुल पार्ने गरेको छ । मन्त्रालयका प्रवक्ता डा ठाकुरले डेँगु रोगको रोकथाम तथा नियन्त्रण सरकारले भन्दा पनि व्यक्तिगतरुपमा लाग्नुपर्ने बताउनुहुन्छ । व्यक्तिगतरुपमा आ–आफ्नो घरमा सरसफाइ गरेर पानी जम्न नदिने र घर वा बाहिर बस्दा शरिर पूरा ढाकिएको कपडा लगाउनुपर्ने उहाँको भनाइ रहेको छ । उहाँले डेँगु लागेपछि धेरै मानिसलाई लक्षण नदेखेर नै निको हुने बताउनुहुन्छ । “अहिले गम्भीर बिरामीमा भने सेतो रगत कम हुने गर्दछ” उहाँले भन्नुभयो, “धेरैजसोलाई सिटामोल नै खाएर निको पार्न सकिन्छ ।” शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका प्रमुख कल्सन्टेन्ट फिजिसियन डा विमल चालिसेका अनुसार अस्पतालमा बढिरहेका बताउनुभयो । उहाँ अस्पतालमा सामान्य लक्षणदेखि भर्ना गरेर उपचार गर्नेसम्मका बिरामी आउने थालेको बताउनुहुन्छ । डा. चालिसेका अनुसार अस्पतालमा दैनिक ३० देखि ३५ जना भर्ना भएर उपचार गर्ने खालका र आकस्मिक सेवामा दैनिक ६० देखि ७० जना बिरामी आइरहेका छन् । “धेरैजसो बिरामी धेरै ज्वरो आउने, टाउको दुख्ने, जिउ दुख्ने, खाना मन नलाग्ने, बान्ता हुने, पखाला लाग्नेजस्ता लक्षण भएका बिरामी आउने गरेका छन्”, उहाँ भन्नुहुन्छ, “उपचार गर्नका लागि अस्पतालमा आएका बिरामीलाई फर्काउने गरेका छैनौँ । अहिलेसम्म शैय्याको व्यवस्था गरेका छौँ । तर अहिलेको भन्दा बढी भएपछि समस्या हुनेछ ।” अस्पतालमा ७० शैय्या र २४ सधन उपचार कक्ष (आइसियु) रहेको छ । उच्च ज्वरो आउने, टाउको, आँखाको गेडी, ढाड, शरीर, घुँडाका जोर्नी दुख्ने, पिँडांैलाको मासु दुख्ने आदि डेङ्गुका लक्षण हुन् । डेङ्गु ज्वरो सञ्चो हुने बेलामा शरीरमा राता दाग पनि देखा पर्छन् । गम्भीर प्रकृतिको डेङ्गु सङ्क्रमण भएका बिरामीमा थकान महसुस हुने, गिजाबाट रगत बग्ने, पेट असाध्यै दुख्ने, बारम्बार बान्ता हुने, सास फेर्न गाह्रो हुने, पेट खुट्टा सुनिनेजस्ता लक्षण देखा पर्छन् । यस्ता लक्षण देखिएका बिरामीलाई भने तत्काल अस्पताल भर्ना गराउनुपर्छ । डेङ्गु रोग चार प्रकारका भए पनि अहिले नेपालमा कुन प्रकारको डेङ्गु देखिएको छ भन्नेमा अनुसन्धान भइरहेको छ । वीर अस्पतालका उपनिर्देशक डा प्रज्वल श्रेष्ठले अस्पतालमा कोरोना भाइरसका भन्दा डेँगुका बिरामी बढी रहेको बताउनुहुन्छ । उहाँका अनुसार अहिले वीरमा २४ जना डेँगुका बिरामी र २२ जना कोरोना भाइरसका बिरामी रहेका छन् । “वर्षायाम सकिने पछि एडिज एजिप्टी र एडिस एल्बोपिक्टस’ प्रजातिको लामखुट्टेले बढ्ने गर्दछन्”, उहाँले भन्नुभयो, “तीनै प्रजातिका लामखुट्टैको टोकाइले डेँगु रोग लाग्दछ ।” उहाँले अहिले दैनिक चारदेखि पाँच जना आकस्मिक कक्षमा उपचार गर्न आउने गरेको बताउनुहुन्छ । स्वास्थ्य सेवा विभागको इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक डा चुमनलाल दासले साउन र भदौ महिनामा लामखुट्टेको सङ्ख्या वृद्धि हुने भएकाले काठमाडौँ उपत्यकासहित तराईमा डेँगुका बिरामी बढेको बताउनुभयो । उहाँले डेँगुलाई नियन्त्रण गर्नका लागि लामखुट्टेको लार्भा खोजेर मार्नुपर्ने बताउनुभयो । “अहिलेको मौसममा लामखुट्टैका लार्भा धेरै नै उत्पादन हुने गर्दछ”, उहाँले भन्नुभयो, “पानी जम्न नदिनु, खाल्डाखुल्डी पुर्नु र साना साना पानी जम्ने ठाउँलाई नष्ट गर्नुपर्दछ ।” उहाँले डेँगु रोकथाम र नियन्त्रणका लागि काठमाडौँ उपत्यका जिल्ला स्वास्थ्य कार्यालय र स्थानीय तहलाई निर्देशन दिइरहेको बताउनुभयो । उहाँका अनुसार देशभरिका १३९ स्थानीय तहमा डेँग रोकथाम र नियन्त्रण गर्न लार्भा नियन्त्रण र जनचेतना जगाउनका लागि बजेट विनियोजन गरिएको बताउनुभयो । उपत्यकामा ललितपुरमा सबभन्दा बढी डेँगुका बिरामी देखिएका छन् । लामखुट्टे धेरै पाइने तराई–मधेश तथा पहाडी क्षेत्रमा डेङ्गुको सङ्क्रमण बढ्दै गएको छ । विशेष गरी जनघनत्व बढी भएका काठमाडौँ उपत्यका, पोखराजस्ता शहरमा डेङ्गुज्वरोका बिरामी बढिरहेका छन् । त्रिभुवन विश्वविद्यालय (त्रिवि) शिक्षण अस्पतालमा अहिले ११ जना डेँगुका बिरामीले उपचार गराइसकेका अस्पतालका सूचना अधिकारी रामबिक्रम अधिकारीले जानकारी दिनुभयो । उहाँले अस्पतालमा कोरोना भाइरसका बिरामी घटेसँग डेँगुका बिरामी बढेको बताउनुभयो । नेपालमा सन् २००४ मा पहिलो पटक डेङ्गुको बिरामी फेला परेको थियो । सन् २००४ मा एक जनामा डेँगु देखिएको थियो । त्यसयता डेङ्गुको सङ्क्रमण देखिँदै आएको छ । सन् २००६, २०१०, २०१२, २०१३, २०१७ र २०१९ मा डेङ्गु बढेको पाइन्छ । सन् २०१९ मा १७ हजार ९९२ जनामा डेँगुका बिरामी देखिएका थिए । तराई–मधेशमा बढी देखिने डेङ्गु २०१८ पछि भने पोखरा, काठमाडौँजस्ता पहाडी सहरमा पनि देखा प¥यो । उपत्यकामा लामखुट्टे बढेको र डेङ्गुका बिरामी पनि उपत्यका प्रवेश गरेका र ती बिरामीबाट अन्य मानिसलाई लामखुट्टेले रोग सार्ने गरेकाले उपत्यकामा डेङ्गुका बिरामी बढी देखिएका हुन् । निजामति कर्मचारी अस्पतालले डेङ्गुबाट बच्नका लागि सबै शय्यामा रहेका बिरामीलाई झुल प्रयोग गर्न निर्देशन दिएको छ । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका भेक्टर कन्ट्रोल निरीक्षक उत्तमराज प्याकुरेलका अनुसार अहिलेसम्म दुई हजार आठ सय २७ जनामा डेँगुका बिरामी फेला परेका छन् । प्रदेश नं १ मा दुई सय एक जना, मधेश प्रदेशमा ५८ जना, बागमती प्रदेशमा एक हजार छ सय ९७ जना, गण्डकी प्रदेशमा ७८ जना, लुम्बिनी प्रदेशमा छ सय ६६ जना, कर्णाली प्रदेशमा ३९ जना र सुदुरपश्चिम प्रदेशमा ८८ जनामा डेँगुका बिरामी रहेका छन् । **दश जिल्लामा बढी डेँगुका बिरामी डेँगुका बिरामी** सबभन्दा बढी १० जिल्लामा रहेका छन् । ललितपुरमा एक हजार ५६, रुपन्देहीमा तीन सय ७७ जना, काठमाडौँमा तीन सय ३२ जना, तेह्रथुममा ७७ जना, धादिङमा ७६ जना, सिन्धुली ६१ जना, सङखुवासभा र भक्तपुरमा ५७ जना, अर्धाखाचीमा ५१ र गुल्मीमा ४९ जना बिरामी भेटिएका छन् । एकैठाउँ जमेर रहेको सङ्लो पानीमा डेङ्गु सार्ने लामखुट्टेले अन्डा पार्ने गर्छ । त्यसैले धेरै समय बाहिर खुलारुपमा पानी राख्न हुँदैन । डेङ्गुको रोकथाम गर्नुभनेको लामखुट्टेको टोकाइबाट बच्नु हो । साँझा–बिहान लामखुट्टेको टोकाइबाट बच्न सतर्क रहनुपर्छ । घरमा जालीढोका लगाउने, झुल टाँगेर सुत्ने, साँझा–बिहान सकेसम्म बाहिर ननिस्कने तर निस्कनै परे लामा बाहुला भएका लुगा लगाउने वा लामखुट्टे भगाउने क्रिम लगाएर हिँड्ने गर्नुपर्दछ । --- # धितोपत्र बोर्डमा अध्यक्ष नियुक्तिका लागि पुनः आवेदन माग Source: https://newskunda.com/archives/57 Category: Uncategorized, अर्थ Last updated: 2022-05-01 काठमाडौं, १५ पुस । सरकारले नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति प्रक्रिया अगाडि बढाएको छ । बुक बिल्डिङ विधिबाट धितोपत्रको सार्वजनिक निष्कासनको प्रक्रियामा रहेको सर्वोत्तम सिमेन्टको सेयर परिवारको नाममा खरिद गरेपछि विवादित तत्कालीन अध्यक्ष भीष्मराज ढुंगानालाई सरकारले बर्खास्त गरेको थियो । त्यससँगै सरकारले गएको कात्तिक ११ गते नयाँ अध्यक्ष नियुक्ति प्रक्रिया सुरु गर्दै दरखास्त आह्वान गरेको थियो । १२ जनाले आवेदन दिएका थिए । तर, अध्यक्ष सिफारिस समिति नै ऐन अनुसार गठन नभई प्रक्रिया अगाडि बढाइएको भन्दै त्यसलाई खारेज गरेर सरकारले पुनः प्रक्रिया सुरु गरेको हो । बिहीबार अर्थ मन्त्रालयले एक सूचना प्रकाशित गर्दै बोर्ड अध्यक्षका लागि आउँदो १५ दिनभित्र आवेदन पेस गर्न आह्वान गरेको छ । नयाँ दरखास्त आह्वान भएसँगै यसअघिका सबै आवेदन रद्द भएको अर्थसचिव मधुकुमार मरासिनीले बताए । नयाँ सूचना प्रकाशित भएसँगै यसअघि आवेदन दिएकाले पनि पुनः आवेदन पेस गर्नुपर्ने सूचनामा उल्लेख छ । एजेन्सी । --- # नगरकोट भ्रमण वर्षको अवसरमा चाँगुनारायण नगरपालिकाद्धारा स्व. बुद्धिकष्ण लामिछाने साँझ : २०८२ आयोजना Source: https://newskunda.com/archives/3277 Category: Uncategorized Last updated: 2025-12-28 भक्तपुर, १३ पुस : --- # निर्वाचनबारे संशय पैदा गर्ने अभिव्यक्ति नदिन आग्रह Source: https://newskunda.com/archives/398 Category: Uncategorized Last updated: 2022-04-14 काठमाडौँ, १ वैशाख :निर्वाचन आयोगले निर्वाचनका विषयमा अन्यौल सिर्जना गर्ने खालका अभिव्यक्ति नदिन राजनीतिक दलका नेतागणलगायत सरोकारवाला सबैलाई आग्रह गरेको छ । निर्धारित समयमै स्थानीय तहको निर्वाचन गर्ने तयारी तीव्र रुपमा अन्तिम चरणमा पुगेकाले निर्वाचनबारे संशय पैदा गर्ने ढङ्गबाट राजनीतिक दलका नेता तथा कार्यकर्ताबाट आएका अभिव्यक्तिप्रति आयोगको ध्यानाकर्षण भएको नियमित पत्रकार भेटमा प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताउनुभयो । उहाँले निर्वाचन आचारसंहिता उल्लङ्घनका घटनाको आयोगले निगरानी गरिरहेको र उल्लङ्घन गर्नेमाथि आवश्यक कारवाहीका लागि अनुसन्धान गर्न पत्राचार गर्ने र बुझ्ने काम भइरहेको जानकारी दिनुभयो । पर्यवेक्षणका लागि ६५ संस्थाको निवेदन यसैबीच, आगामी स्थानीय तह निर्वाचनका लागि आवश्यक एक करोड ९४ लाख थान मतपत्रमध्ये आजसम्म ३९ जिल्लाको ७० लाख ३३ हजार थान मतपत्र छपाई सम्पन्न भएको छ । हाल दैनिक सरदर आठ लाख थान मतपत्र छपाइ कार्य भइरहेको जानकारी दिइयो । स्थानीय तह निर्वाचनको पर्यवेक्षण गर्न चाहने राष्ट्रिय संस्थाका लागि १५ दिनको समय दिइ पर्यवेक्षण अनुमतिका लागि गत चैत १३ गते सूचना प्रकाशित गरी आवेदन माग गरिएकामा सो अवधिभित्र ६५ वटा संस्थाबाट विद्युतीय माध्यमद्वारा निवेदन प्राप्त भएको आयोगले जनाएको छ्र । ती संस्थाबाट प्रस्तावित पर्यवेक्षकको सङ्ख्या २० हजार ४६७ रहेकामा पुरुष ११ हजार ६९४, महिला आठ हजार ४८२ र अन्य २९१ रहेको छ । उक्त निवेदन उपर जाँचबुझ गरी यथाशीघ्र आयोगले पर्यवेक्षण अनुमतिसम्बन्धी निर्णय गर्नेछ । निर्वाचन आयोगले स्थानीय तह निर्वाचनसम्बन्धी सम्पूर्ण गतिविधि र सूचनाको सहजरूपमा जानकारी दिन आजैदेखि हरेक दिन ‘स्थानीय तह निर्वाचन इ–बुलेटिन’ प्रकाशन सुरु गरेको छ । बुलेटिन आयोगको वेबसाइटमा उपलब्ध हुनेछ । यसबाट आयोगका आधिकारिक सूचना सम्बन्धित सबैमा पुग्ने आयोगले विश्वास लिएको छ । स्थानीय तह निर्वाचनमा खटिने मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृत र निर्वाचन कार्यालयका प्रमुखका लागि ‘निर्वाचन सञ्चालन तथा व्यवस्थापन प्रादेशिक प्रशिक्षण’ विराटनगर, धुलिखेल, पोखरा र नेपालगञ्जमा सम्पन्न भएको जानकारी दिइएको छ । यस्तै प्रशिक्षण कार्यक्रम जनकपुर, हेटौँडा, बुटवल र धनगढीमा वैशाख २ गते हुने र प्रशिक्षणपछि आयोगले सोही स्थानबाट निर्वाचन अधिकृतलाई नियुक्तिपत्र र आवश्यक सामग्री उपलब्ध गराउनेछ । आगामी वैशाख ३० गते सम्पन्न हुने स्थानीय तहको निर्वाचनमा आयोग र सञ्चार जगतसँगको समन्वय र सहकार्य अभिवृद्धि गर्दै स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय र भयमुक्त वातावरण कायम गर्न, निर्वाचन आचारसंहिताको कार्यान्वयनमा योगदान पु¥याउने हेतुले विराटनगर, गण्डकी प्रदेशको पोखरा र कर्णाली प्रदेशको सुर्खेतमा मिडिया अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । --- # नेपाल कोरिया मैत्री अस्पतालमा थप ५० शैया सञ्चालनको अनुमति प्रदान गरि अस्पतालको अनुगमनमा स्वास्थ्य मन्त्री थापासहितको टोली पुगे अस्पताल Source: https://newskunda.com/archives/3348 Category: Uncategorized Last updated: 2026-01-31 भक्तपुर, १८ माघ : बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले मध्यपुरथिमि नगरपालिकाद्धारा सञ्चालित नेपाल–कोरिया मैत्री अस्पताललाई थप ५० शैयाको अस्पताल सञ्चालनको अनुमति प्रदान गरेको छ । मन्त्रालयको यहीँ माघ १४ गतेको निर्णयअनुसार उक्त अस्पताललाई थप ५० शैयाको जनरल अस्पतालका रूपमा सञ्चालन गर्न अनुमति प्रदान गरिएको वागमति प्रदेशको स्वास्थ्य मन्त्री किरण थापाले बताउनुभयो । अस्पताल सञ्चालनको अनुमति प्रदान गरेलगत्तै आज मन्त्री थापा, वागमति प्रदेश स्वास्थ्य मन्त्रालयकी सचिव डा. सुमित्रा गौतमसहितको मन्त्रालयको टोलीले अस्पतालको निर्माणाधीन नयाँ भवनको स्थलगत निरीक्षण गर्न भयो । अस्पतालको निरीक्षणका क्रममा अस्पतालको नयाँ भवन निर्माण कार्य गुणस्तरीय र समयमै सम्पन्न गर्न निर्देशन दिदै शैया थपको अनुमति प्रदान गर्नु बागमती प्रदेशको स्वास्थ्य सेवा सुदृढीकरणतर्फको महत्वपूर्ण कदम भएकाले भक्तपुर जिल्लामै स्वास्थ्य सेवाको पहुँच विस्तार एवं उपचारको गुणस्तरमा सुधार आउने विश्वास व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “यस अस्पतालले आकस्मिक सेवा, भर्ना सेवा, विशेषज्ञ उपचार तथा अन्य आधारभूत स्वास्थ्य सेवाहरू थप प्रभावकारी हुने विश्वास लिएको छु, यसबाट भक्तपुरवासी मात्र नभई उपत्यकाका र बिभिन्न जिल्ला एवं पूर्वका नागरिकले समेत छिटो, सहज र गुणस्तरीय स्वास्थ्य सेवा प्राप्त गर्ने विश्वास लिएको छु ।” मन्त्री थापालाई मध्यपुरथिमि नगरपालिकाका प्रमुख एवं अस्पताल सञ्चालक समिति अध्यक्ष सुरेन्द्र श्रेष्ठ, उपप्रमुख विजयकृष्ण श्रेष्ठ, अस्पतालका निर्देशक डा. दिपेन्द्रकुमार रौशन, प्रशासकीय अधिकृत रूपेश श्रेष्ठलाई अस्पतालले दिदै आएको सेवा, सुविधा र आगामी योजनाबारे जानकारी गराउनु भएको थियो । सन् १९९९ मा ‘किङ्ग ह्वी नेपाल स्वास्थ्य केन्द्रको रूपमा स्थापना भई नेपाल सरकारको मन्त्रिपरिषद्को निर्णय अनुसार १४ सेप्टेम्बर २००९ मा ५० बेडको जनरल अस्पतालमा स्तरोन्नती गर्ने निर्णय गरि नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालको नामाकरण गरिएको थियो । अस्पतालले कोइकाको करिब ९५ लाख अमेरिकी डलर (झण्डै १ अर्ब २५ करोड रुपैयाँ) को अनुदान सहयोगमा अस्पतालको १०१ शैयाको नयाँ भवन निर्माण कार्य अन्तिम चरणमा पुगेको छभने नयाँ भवन निर्माण तथा विस्तारसँगै अस्पतालले न्युरोसर्जरी, स्त्रीरोग, प्रसूति सेवा र हाडजोर्नी जस्ता विधामा थप विशेषज्ञ सेवाहरू प्रदान गर्ने लक्ष्य राखेको अस्पतालका निर्देशक डा.दिपेन्द्र कुमार रौशनले जानकारी दिनुभयो । --- # नेपाललाई सभ्य र सुन्दर देशका रूपमा चिनाउनुपर्छ : सञ्चारमन्त्री Source: https://newskunda.com/archives/1697 Category: Uncategorized Last updated: 2022-08-06 काठमाडौँ, २१ साउन : सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले आगामी १० वर्षभित्रमा नेपाललाई दक्षिण एसियाकै धनी पुस्ताको रूपमा विकास गर्ने बताउनुभएको छ । बाल लेखिका गीत पछाईँद्वारा लिखित ‘प्रोटल’ नामक पुस्तकको आज विमोचन गर्दै सरकारका प्रवक्ता कार्कीले नेपालाई धनी मुलुकका रूपमा विकास गर्नका लागि नेपाली नागरिक समाज, साहित्य र कलाकारितालगायत सम्पूर्ण क्षेत्रको उत्तिकै भूमिका हुने बताउनुभयो । मन्त्री कार्कीले नेपाली साहित्यको क्षेत्रमा संरक्षण र विकासको निम्ति नयाँ पुस्तालाई प्रोत्साहन गर्नुपर्नेमा जोड दिनुभयो । नेपाललाई संसारमै सभ्य र सुन्दर देशको रूपमा चिनाउनुपर्ने उहाँको छ । अङ्गेजी भाषामा प्रकाशित उपन्यास ‘प्रोटल’ मा विज्ञानसम्बन्धी विषयलाई समावेश गरिएको छ । मन्त्री कार्कीले ‘प्रोटल’लाई अन्तर्राष्ट्रिय समुदायसम्म पु¥याउन नेपाल टेलिभिजनले सुरु गर्न लागेको ‘एनटिभी वल्र्ड’मार्फत सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । सहरी विकासमन्त्री मेटमणि चौधरीले नेपाली साहित्यिक क्षेत्रले समाज परिवर्तनमा पु¥याएको योगदानको कदर गर्दै साहित्य क्षेत्रको संरक्षण र प्रवद्र्धन गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभयो । --- # परिवर्तनको संवाहक बनेर १९ औं वर्षमा प्रवेश गर्यो परिवर्तनशील आवाज Source: https://newskunda.com/archives/4011 Category: Uncategorized Last updated: 2026-08-10 This post has no text content yet. Open the source page to view it. --- # पूर्व गृहमन्त्री लेखकलाई कटुञ्जेबाट पक्राउ Source: https://newskunda.com/archives/3519 Category: Uncategorized, राजनीति, समाचार Last updated: 2026-03-28 भक्तपुर, १४ चैत ः पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखकलाई प्रहरीले आज बिहान निवासबाटै पक्राउ गरेको छ । सूर्यविनायक नगरपालिका–५ कटुन्जेस्थित भाडाको घरमा बस्दै आउनु भएका लेखकलाई आज बिहानै प्रहरीले गरेको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रमुख एवं प्रहरी उपरीक्षक सुर्यबहादर खड्काले जानकारी दिनुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उहाँलाई पक्राउ गरि काठमाडौं लगेको छ । त्यसैगरि पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पक्राउ गर्न गुण्डुस्थित निवासमा प्रहरीको टोली पुगेको उहाँले जानकारी दिनुभयो ।––– --- # भक्तपुर जिल्ला पूर्ण खोप सुनिश्चित तथा दिगोपना जिल्ला घोषणा, Source: https://newskunda.com/archives/3897 Category: Uncategorized Last updated: 2026-07-12 भक्तपुर, २८ असार ः भक्तपुर जिल्लालाई आज पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको छ । जिल्ला जनस्वास्थ्य कार्यालय भक्तपुरले आज मध्यपुरथिमिमा आयोजना गरेको घोषणा कार्यक्रममा वागमती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापा मगरले भक्तपुर जिल्लालाई पूर्ण खोप सुनिश्चितता जिल्ला घोषणा गर्दै प्रमाणपत्र हस्तान्तरण गर्नु भयो । कार्यक्रममा स्वास्थ्य मन्त्री किरण थापाले खोप कार्यक्रमले बालबालिकाको जीवन रक्षा मात्र नभई स्वस्थ समाज निर्माणको आधार तयार गरेको बताउदै अब प्रदेश सरकारले उपचारभन्दा रोग लाग्नै नदिने नीतिलाई प्राथमिकतामा राखेर स्वास्थ्य सेवा विस्तार गरेको बताउनुभयो । मन्त्री थापाले भक्तपुर अस्पतालमा मुटुरोग सेवा बिस्तार गरेको, ख्वप अस्पतालमा अत्याधुनिक एमआरआई मेसिन जडानका लागि १५ करोड रुपैयाँ बजेट विनियोजन गरेको, सूर्यविनायक नगर अस्पताललाई ट्रमा सेन्टरका रूपमा विकास गर्न बजेट छुट्याएको बताउनुभयो । बागमती प्रदेशका संस्कृति तथा पर्यटन मन्त्री सुरेश श्रेष्ठले स्वास्थ्य मन्त्री र स्वास्थ्य मन्त्रालयकी सचिव दुवै भक्तपुरसँग जोडिएकाले जिल्लालाई स्वास्थ्य सेवाको उत्कृष्ट केन्द्र बनाउने कामले गति लिएको बताउनुभयो । भक्तपुर अस्पतालले मुलुकभरकै उत्कृष्ट अस्पतालमध्ये एकका रूपमा आफूलाई स्थापित गर्न सफल भएको बताउनुभयो । बागमती प्रदेश स्वास्थ्य मन्त्रालयकी सचिव डा. सुमित्रा गौतमले पूर्ण खोप सुनिश्चितता घोषणाले हरेक वर्ष बाल मृत्युदरमा करिब ८० प्रतिशतले घटेको बताउदै यसको दिगोपना कायम राख्नु अझ ठूलो जिम्मेवारी भएको बताउनुभयो । कार्यक्रममा जनस्वास्थ्य कार्यालय भक्तपुरकी प्रमुख अञ्जना खड्काले जिल्लामा ० देखि १६ महिनासम्मका ५ हजार ५० बालबालिकाले, १६ देखि २३ महिनासम्मका ५ हजार ६८४ बालबालिका गरि कूल १० हजार ७३४ बालबालिकाले आवश्यक सबै खोप पूर्ण रुपमा प्राप्त गरेको बताउनुभयो । जिल्ला खोप समन्वय समितिका संयोजक तथा जिल्ला समन्वय समितिका कार्यवाहक प्रमुख सुजाता बाडेले पूर्ण खोप सुनिश्चितता घोषणा अन्तिम उपलब्धि नभई नयाँ जिम्मेवारीको सुरुआत भएको बताउँदै नियमित अनुगमन, जनचेतना अभिवृद्धि र सेवा विस्तारमार्फत यसको दिगोपना कायम राख्नुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा पूर्ण खोप सुनिश्चितता अभियान सफल बनाउन योगदान पु¥याउने चारै नगरपालिका, स्वास्थ्य कार्यालय, विभिन्न सरोकारवाला निकाय तथा महिला स्वास्थ्य स्वयंसेविकालाई स्वास्थ्य मन्त्री थापाले सम्मान गर्नुभयो ।––– --- # भक्तपुरमा दशौँ ‘भक्तपुर औद्योगिक, सांस्कृतिक, पर्यटन, कृषि तथा व्यापार महोत्सव’ आयोजना Source: https://newskunda.com/archives/3526 Category: Uncategorized Last updated: 2026-04-01 भक्तपुर । नयाँ वर्ष २०८३ तथा विस्का जात्राको अवसर पारेर भक्तपुरमा दशौँ ‘भक्तपुर औद्योगिक, सांस्कृतिक, पर्यटन, कृषि तथा व्यापार महोत्सव’ आयोजना गरिने भएको छ । औद्योगिक शान्ति नेपाल संस्था र मध्यपुर ब्वाईज व्याण्डको आयोजनामा महोत्सव भक्तपुरस्थित सल्लाघारीमा यही चैत २६ गतेदेखि आगामी वैशाख ६ गतेसम्म सञ्चालन हुने जानकारी आज आयोजित पत्रकार सम्मेलनमार्फत दिइएको हो । भक्तपुरलाई उद्योग, संस्कृति र कृषि क्षेत्रको संगमका रूपमा स्थापित गर्ने उद्देश्यका साथ महोत्सव आयोजना गरिएको संयोजक दिपक थापाले जानकारी दिए । महोत्सवमार्फत उपभोक्तालाई एउटै स्थानमा दैनिक उपभोग्य वस्तुदेखि आवश्यक सामग्रीसम्म सहज रूपमा उपलब्ध गराउनुका साथै स्थानीय उत्पादन, उद्योग तथा व्यवसायको प्रवर्द्धन गरिनेछ । महोत्सवमा १८० भन्दा बढी प्रदर्शनीकक्ष रहनेछन् । ती प्रदर्शनीकक्षमा खाद्यान्न, लत्ताकपडा, जुत्ता, कृषि तथा हस्तकला सामग्री बिक्री तथा प्रदर्शनीका लागि राखिनेछ । साथै औद्योगिक उत्पादन, सूचना प्रविधि, अटोमोबाइल, कृषि औजार, इलेक्ट्रोनिक्स तथा मोबाइल सामग्रीहरूको पनि प्रदर्शनी गरिने आयोजकले जनाएका छन् । महोत्सवको विशेष आकर्षणका रूपमा ‘लन्डन ब्रिज’को प्रतिकृति (स्ट्याचु) राखिनेछ भने बालबालिकाका लागि रोटे पिङ, ड्रागन ट्रेन, नाउ लगायतका मनोरञ्जनात्मक खेल साधनको व्यवस्था गरिनेछ । साथै विभिन्न परिकारसहितको खाना महोत्सव, फेसन शो, नृत्य तथा हास्यव्यङ्ग्य कार्यक्रम तथा राष्ट्रिय कलाकारहरूको दैनिक सांगीतिक प्रस्तुति (विशेष कन्सर्ट) आयोजना गरिने जनाइएको छ । महोत्सवअन्तर्गत आगामी वैशाख ५ र ६ गते ख्यातिप्राप्त कलाकार सहभागी विशेष कन्सर्ट कार्यक्रम आयोजना हुने जनाइएको छ । आयोजक संस्थाका अध्यक्ष सन्दिप महतका अनुसार महोत्सवले उद्योग, व्यापार, पर्यटन तथा सांस्कृतिक क्षेत्रको प्रवर्द्धन गर्नका साथै स्थानीय उत्पादनलाई बजार उपलब्ध गराउन महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ । महोत्सवमा पाँच करोडभन्दा बढीको आर्थिक कारोबार हुने र करिब दुई लाख दर्शकले अवलोकन गर्ने आयोजकको अनुमान छ । --- # भक्तपुरलाई शिक्षा, स्वासथ्य र पर्यटनको हव बनाउँछौं, समृद्ध भक्तपुरको परिकल्पना साकार पार्छौ ः मुख्यमन्त्री किरण थापा Source: https://newskunda.com/archives/4455 Category: Uncategorized Last updated: 2026-09-26 भक्तपुरलाई शिक्षा, स्वासथ्य र पर्यटनको हव बनाउँछौं, समृद्ध भक्तपुरको परिकल्पना साकार पार्छौ ः मुख्यमन्त्री किरण थापा --- # मिड भ्याली कलेजमा दोस्रो अन्तर विद्यालय विज्ञान तथा सूचना प्रविधि प्रर्दशनी–२०८२, हजारौ विद्यार्थीको भिड Source: https://newskunda.com/archives/3184 Category: Uncategorized Last updated: 2025-11-28 This post has no text content yet. Open the source page to view it. --- # यस्तो छ विदेशीमुद्रा सटहीदर Source: https://newskunda.com/archives/50 Category: Uncategorized, अर्थ Last updated: 2022-05-01 काठमाडौं, १५ पुस । आज एक अमेरिकी डलरको खरिददर ११९ रुपैयाँ २८ पैसा र विक्रिदर ११९ रुपैयाँ ८८ पैसा रहेको छ । नेपाल राष्ट्र बैंकको अनुसार आज युरोपियन युरो एकको खरिददर १३४ रुपैयाँ ५५ पैसा र विक्रिदर १३५ रुपैयाँ २३ पैसा रहेको छ । यसैगरी, अष्ट्रेलियन डलर एकको खरिददर ८६ रुपैयाँ १० पैसा र विक्रिदर ८६ रुपैयाँ ५३ पैसा रहेको बैंकले जनाएको छ । --- # राष्ट्र बैंकले २८ करोड लगानी गर्ने Source: https://newskunda.com/archives/60 Category: Uncategorized, अर्थ Last updated: 2022-05-01 काठमाडौं, १५ पुस । नेपाल राष्ट्र बैंकले विभिन्न कोषमा रहेको २८ करोड रुपैयाँ वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुको मुद्दति निक्षेपमा ३६५ दिन अवधिको लागि लगानी गर्ने भएको छ । केन्द्रीय बैंकले ‘क’ वर्गका वाणिज्य बैंकमा २२ करोड ४६ रुपैयाँ, ‘ख’ वर्गका विकास बैंकहरुमा ४ करोड २० लाख रुपैयाँ र ‘ग’ वर्गका वित्त कम्पनीहरुमा १ करोड ४० लाख रुपैयाँ गरी कूल २८ करोड ६ लाख रुपैयाँ लगानी गर्न लागेको हो । बैंकले उक्त रकम २०७८ माघ २ गतेदेखि २०७९ माघ १ गतेसम्मका लागि मुद्दती निक्षेप राख्न लागेको हो । राष्ट्र बैंकको निक्षेप लिन चाहने बैंक तथा वित्तीय संस्थाहरुले आफुले लिन चाहेको रकम तथा उक्त रकममा प्रदान गर्ने ब्याजदर समेत उल्लेख गरी पुस १८ गतेसम्ममा बोलकबोल पेश गनुपर्नेछ । यसरी राखिएको मुद्दती निक्षेपको ब्याज बैंक तथा वित्तीय संस्थाले मासिक रुपमा भुक्तानी गर्नुपर्ने राष्ट्र बैंकले जनाएको छ । --- # राष्ट्र, प्रजातन्त्र र समाजको चिन्ता वीपी कोइरालामा थियो : पूर्वराष्ट्रपति यादव Source: https://newskunda.com/archives/2049 Category: Uncategorized Last updated: 2022-09-08 काठमाडौँ, २३ भदौ : गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा रामवरण यादवले विश्वेश्वरप्रसाद कोइराला (वीपी) मा राष्ट्र, प्रजातन्त्र र समाजको चिन्ता भएको बताउनुभएको छ । जननायक वीपी कोइरालाको १०९ औँ जन्मजयन्तीका अवसरमा वीपी कोइराला स्मृति ट्रष्टले आज यहाँ आयोजना गरेको ‘वीपी साहित्य सम्मान एवं वीपी सेनानी सम्मान तथा कृति लोकार्पण’ कार्यक्रममा उहाँले वीपी कोइरालाले नेपाली समाजलाई राम्रोसँग बुझेको बताउनुभयो । “विपी कोइरालाले विसं २००८ सालदेखि २०१४ सालसम्म देशका सबै भू–भागमा पुगेर त्यहाँको भूगोल, आर्थिक तथा सामाजिक अवस्था बुझ्नुभएको थियो, अहिले मुलुकमा देश, जनता र भूगोल बुझ्ने नेता छैनन्”, उहाँले भन्नुभयो । नेपाली कांग्रेसका पूर्वमहामन्त्री डा शशाङ्क कोइरालाप्रति लक्षित गर्दै डा यादवले भन्नुभयो, “तपाईं पार्टीको महामन्त्री भइसक्नुभयो, तपाईं सारा देश घुम्नुहोस्, तपाईंको भविष्य छ ।” पूर्वराष्ट्रपति डा यादवले विपी कोइराला, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, सुवर्णशम्शेर राणा, गिरिजाप्रसाद कोइरालालगायतका नेताले मुलुकमा गरेको सङ्घर्ष र योगदानका कारण आफू गणतन्त्र नेपालको प्रथम राष्ट्रपति बन्ने अवसर पाएको स्मरण गर्नुभयो । “मैले विसं २०२५ सालमा पहिलोपटक वीपी कोइरालालाई भेटेको हुँ, उहाँ देश र जनताप्रति सँधै चिन्तित हुनुहुन्थ्यो”, उहाँले भन्नुभयो । पार्टीका संस्थापक नेता वीपी कोइरालाका बारेमा पढ्न कांग्रेसलाई फुर्सद नभएको उहाँको भनाइ थियो । “पैसा लिएर टिकट बिक्री गर्ने प्रवृत्ति पार्टीभित्र हावी हुँदै गएको छ, कांग्रेसभित्र जनताको बीचमा जान अशंवण्डा गरिएको छ”, उहाँले भन्नुभयो । कांग्रेसका पूर्वमहामन्त्री डा कोइरालाले देश र जनताको अधिकारका लागि आजीवन सङ्घर्ष गर्ने नेता वीपी कोइराला भएको बताउनुभयो । “वीपी कोइराला बाल मनोविज्ञान बुझ्ने व्यक्ति हुनुहुन्थ्यो, काम गर, फलको आश नगर भन्ने प्रवृत्ति उहाँमा थियो”, उहाँले भन्नुभयो । जननायक वीपी कोइराला स्मृति ट्रष्टका महासचिव एवं संविधानसभा सदस्य रामचन्द्र पोखरेलले वीपी कोइरालाको राजनीतिक तथा साहित्यिक क्षेत्रलाई अध्ययन तथा अनुसन्धान गर्नका लागि ‘वीपी कोइराला स्टडिज तथा रिसर्च सेन्टर’ भवन निर्माण गर्न लागिएको बताउनुभयो । रु नौ करोड लागतमा निर्माण हुन लागेको उक्त भवन छ तले हुनेछ । उक्त भवनको गत वर्ष कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले शिलान्यास समेत गरिसक्नुभएको छ । विपी कोइराला स्मृति ट्रष्टले विपी कोइरालाद्वारा लिखित पुस्तकको रोयल्टी सङ्कलन गरेर ट्रष्टबाट केही रकम थप गरी हरेक वर्ष रु एकलाख एक हजारको जननायक वीपी कोइराला साहित्य सम्मान पुरस्कार तथा रु ५१ हजार नगद राशिको जननायक वीपी कोइराला प्रजातन्त्र सेनानी सम्मान पुरस्कार प्रदान गरिँदै आएको छ । --- # वडाबासी, जनप्रतिनिधि, कर्मचारी, सरोकारवाला Source: https://newskunda.com/archives/3125 Category: Uncategorized Last updated: 2025-06-16 भक्तपुर, २ असार । सूर्यविनायक नगरपालिका–७, गुण्डुमा वडागत सार्वजनिक सुनुवाई कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ । क्रियाशिल पत्रकार मञ्चको आयोजना र सूर्यविनायक नागरपालिकाको समन्वयमा सम्पन्न कार्यक्रममा वडाबासी, जनप्रतिनिधि, कर्मचारी, सरोकारवाला निकाय तथा पत्रकारहरुको उल्लेख्य उपस्थिती रहेको थियो । कार्यक्रम सूर्यविनायक नगरपालिका वडा नं. ७ को कार्यालय भवनको सभा हलमा आयोजना भएको थियो । कार्यक्रममा वडा अध्यक्ष रविन्द्र सापकोटाले वडाले गरेका विकास निर्माणका कामहरु उल्लेख गरेका थिए । प्रमुख अतिथिका रुपमा बोल्दै सापकोटाले वडामा हाल विकास निर्माणका काम सम्पन्न भएको र केहि भइरहेको बताउनुभयो । वडा अध्यक्ष सापकोटाले वडाले प्रवाह गर्दै आएका सेवा, राजश्व व्यवस्थापन र पछिल्लो वर्षमा सम्पन्न विकास निर्माणबारे विस्तृत जानकारी प्रस्तुत गर्नुभएको थियो । वडाले अघि सारेका योजना र कार्यान्वयनको प्रगति पनि कार्यक्रममा छलफलको विषय बनेको थियो । विकास निर्माणको काम सुस्त भएका विभिन्न योजनाहरु पुर्व उद्योग मन्त्री महेश बस्नेतको पालामा नगरपालिकाको सिमित बजेट पुर्व मन्त्री बस्नेतले यस ठाउँ र समग्र भक्तपुरको लागि धेरै बजेट पारेकोले पनि अहिले गुण्डुमा जति विकासका काम भएको छन त्यो कुराले सम्भव भएको बताउनुभयो । हाल जहाँ विकासको काम हुन बाँकी छ, त्यो वडाले गर्न सम्भव छैन आउने बजेट पनि रोकिएकोले स्वीमिङ पुल र फुटसल लगाएतको विकासको काम पुरा हुन नसकेको बताउनुभयो । स्थानीयको प्रश्नको उत्तर दिदै अध्यक्ष सापकोटाले गुण्डुमा विकासले गति नलिएको कारण के होला आफैलाई प्रश्न गर्नुपर्ने बताउनुभयो । गण्डुको प्लटिङको अनुमति किन दिएको भन्ने प्रश्नमा वडा अध्यक्ष सापकोटाले ८ महिनासम्म अनुमति नदिएको पछि सहकारीमा राखेको पैसा बचत कर्ताहरुलाई फिर्ता गर्न नसक्दा जग्गा दिने सहमति अनुसार नियम पुर्वको पछि आएकोले वडाले हस्तक्षेप गर्न नमिल्ने स्पष्ट पार्नुभयो । सार्वजनिक सुनुवाई कार्यक्रममा वडा सचिव, वडा सदस्यहरू, खानेपानीका अध्यक्ष, स्थानीय लगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा उठेका प्रश्नहरूको जवाफ वडा अध्यक्ष सापकोटाले दिनुभएको थियो । आयोजक संस्था क्रियाशिल पत्रकार मञ्चका कोषाध्यक्ष पुष्करराज बुढाथोकीले स्वागत मन्तव्य व्यक्त गरेको कार्यक्रमको सञ्चालन ऋसिकेस श्रेष्ठले गरेका थिए । त्यसैगरी कार्यक्रमको प्रारम्भमा सार्वजनिक सुनुवाईको औचित्य, प्रक्रिया र अपेक्षित परिणामबारे पत्रकार तथा मञ्चका कोषाध्यक्ष पुष्करराज बुढाथोकीले मन्तव्य राखेका थिए । क्रियाशिल पत्रकार मञ्चका अध्यक्ष रमेश गिरीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रमको समापन गर्दै अध्यक्ष गिरीले वडालाई सल्लाह दिदै स्थानीयहरुको जनगुनासो छिटोभन्दा छिटो समाधान होस र विकासका कामहरु सबै पुरा गर्नका लागि सुझाव समेत दिनुभएको थियो । --- # वागमती प्रदेश स्वास्थ्य मन्त्रालयद्धारा प्रादेशिक अस्पताल, आर्युेवेदिक अस्पताल एवं जनस्वास्थ्य कार्याल्यको अनुगमन, काम नगर्नलाई कारबाही गर्न निर्देशन Source: https://newskunda.com/archives/3508 Category: Uncategorized Last updated: 2026-03-26 रमेश गिरी राष्ट्रिय समाचार समिति (रासस) ः भक्तपुर, १२ चैत । वागमती प्रदेश स्वास्थ्य मन्त्रालयले प्रदेश भित्रका प्रादेशिक अस्पताल, जिल्ला जनस्वास्थ्य कार्यालयदेखि जिल्ला आर्युवेदिक अस्पतालको अनुगमन एवं निरक्षिण सुरु गरेको छ । आज स्वास्थ्य मन्त्री किरण थापामगरको नेतृत्वमा स्वास्थ्य सचिव डा. सुमित्रा गौतम, पूर्व स्वास्थ्य मन्त्री रामेश्वर श्रेष्ठ, प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा. नरेन्द्रकुमार झालगायतको टोलीद्धारा अनुगमन सुरु गरेको हो । आज ललितपुरको प्रादेशिक अस्पतालको रुपमा सञ्चालित बज्रबाराही चापागाउँ अस्पतालको सेवा सञ्चालन र प्रदेश मन्त्रालयको करिब १४ करोडको बजेटमा निर्माण भइरहेको अस्पतालको नवनिर्मित भवनको मन्त्रीको टोलीसहितले अनुगमन एवं निरीक्षण गर्नु भयो । मन्त्री थापामगरले नवनिर्मित भवनमा केही संरचना अपुग र अब्यबस्थित भएको भन्दै निर्माण सम्पन्न हुनु अगावै त्यस्ता संरचनालाई सच्याउन निर्देशन दिनुभयो । उहाँले ललितपुरको दुर्गम क्षेत्रका बासिन्दालाई समेत गुणस्तरीय सेवा प्रदान गर्न कुनै कसर बाँकी नराख्न अस्पतालका मेडिकल सुपरिटेन्डेण्ट डा. लक्ष्मण खड्कासहितको टोलीलाई निर्देशन दिनुभयो । मन्त्री थापामगरले भन्नुभयो, ‘बज्रबाराही अस्पताल २५ शय्याको स्वीकृत भएपनि सबै शय्या सञ्चालन हुन सकेको छैन, प्रदेश स्वास्थ्य मन्त्रालयले यस अस्पताललाई छिट्टै ५० शय्यामा बिस्तार गर्दै छौं, यही अस्पतालमा शल्यक्रिया सेवा सञ्चालन गर्न एनेस्थियएन डाक्टर समेत पठाउदाँ पनि सेवा सुरु हुन सकेको छैन, त्यसैले तत्काल सेवा सुधार्नस् ।’ सेवा सुधार्न, पूर्ण रुपमा सेवा सञ्चालन गर्न, शल्यक्रिया सेवाहरु सञ्चालन गर्न निर्देशन दिदै उहाँले अस्पताललाई पूर्ण रुपमा सबै सेवा सञ्चालन गर्न आवश्यक उपकरण मन्त्रालयले प्रदान गर्ने बताउनुभयो । अनुगमन निरीक्षणमा मन्त्रालयकी सचिव डा. सुमित्रा गौतमले अस्पतालमा शल्यक्रिया, ल्याबलगायतका बिभिन्न सेवामा मन्त्रालयमा गुनसो आएको बताउदै सेवा सुधान नगरे कारबाही गर्ने बताउनुभयो । अस्पतालका विभागीय प्रमखहरुलाई समेत निर्देशन दिदै उहाँले यो भएन, त्यो भएन भनेर बाहना गर्दै सेवा प्रवाहमा आलटाल गरे कारबाही गर्ने बताउदै उहाँले मन्त्रालयले पठाएको डाक्टरले काम नगर्ने, मन्त्रालयले पठाएको तर अस्पतालले थन्क्याएको उपकरण तत्काल सञ्चालन गरेर सेवा प्रवाहमा कमी नगर्न निर्देशन दिनुभयो । उहाँले अस्पतालमा कर्मचारीको हाजिरी निरीक्षण गर्दै अस्पतालमा समयमै नआउने र नियमित नगर्ने कर्मचारीलाई मन्त्रालयले स्पिष्टकरण सोध्ने बताउनुभयो । अस्पतालका मेडिकल सुपरिटण्डन्ट डा. खड्काले अस्पतालमा १०० कर्मचारी रहेको र दैनिक २०० विरामी आउने गरेको बताउदै अस्पतालको सेवाकाबारेमा जानकारी गराउनु भएको थियो । त्यसैगरि मन्त्री थापामगरसहितको टोलीले आजै जिल्ला जनस्वास्थ्य कार्यालय ललितपुरको अनुगमन एवं निरीक्षण गर्नुभयो । उहाँले जनस्वास्थ्य प्रमुख डा. खगेश्वर गेलाललाई जिल्लाका दुर्गम गाउँपालिकाहरु र दुर्गम क्षेत्रहरुका बासन्दालाई लक्षित गरि स्वास्थ्य शिविर सञ्चालन गर्न, स्वास्थ्यको सेवाको पहुँच गाउँ गाउँसम्म पुर्याउन निर्देशन दिनुभयो । उहाँले उपचार नपाएर कसैको ज्यान जाने अबस्था नआओस भन्दै आधारभूत स्वास्थ्य सवाको पुहँच यहाँका गाउँपालिकाहरुमा पुर्याउन निर्देशन दिनुभयो । त्यसैगरि मन्त्री थापामगरसहितको टोलीले बज्रबाराहीमा प्रदेश सरकारको करिब १४ करोडको लागतमा १३ रोपनी क्षेत्रफलमा निर्माण सुरु भएको जिल्ला आर्युेदिक अस्पतालको अनुगमन तथा निरीक्षण गर्नुभयो । उहाँले भवनको संरचनाकोबारेमा जानकारी दिदै ठेक्का सम्झौताको अबधी भित्र निर्माण सम्पन्न गर्न निर्देशन दिनुभयो । मन्त्री थापामगरले प्रदेश स्वास्थ्य मन्त्रालयले प्रदेश अन्तर्गत रहेको १३ वटै जिल्लाको प्रादेशिक अस्पताल, आयुर्वेदिक अस्पताल र जिल्ला जनस्वास्थ्य कार्यालयको अबलोकन, निरीक्षण अभियान सुरु गरेको बताउदै प्रत्येक जिल्लाको गाउँ गाउँमा स्वास्थ्यको पहुँच पुर्याउन लागिरहेको बताउनुभयो ।––– --- # विद्यार्थीलाई राजनीतिमा आउन बिजुक्छेँको आग्रह : बिजुक्छेँ Source: https://newskunda.com/archives/1909 Category: Uncategorized Last updated: 2022-08-31 भक्तपुर, १५ भदौ : नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँले विश्वविद्यालयहरुले नेपालको शिक्षा र प्रविधिलाई विदेशमा बेच्ने मालसामानको रुपमा गलत ढंग प्रयोग गरिरहेको बताउनु भएको छ । भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप इन्जिनियरिङ कलेजमा आयोजना गरिएको विद्यार्थी अभिुमखीकरण कार्यक्रममा बोल्दै उहाँले उच्च शिक्षा हासिल गर्ने विद्यार्थीहरुले आफ्नो शैक्षिक प्रमाणपत्रसँगसँगै विभिन्न अनुसन्धानमार्फत देशलाई योगदान दिने काम पनि गर्नु पर्ने बताउनुभयो । विश्वका अन्य मुलुकहरुमा इन्जिनियर, डाक्टरलगायत अन्य विषयका विद्यार्थीहरु राजनीतिक क्षेत्रमा सक्रिय रहेको चर्चा गर्दै उहाँले ख्वपका विद्यार्थीहरुले पनि आफ्नो विज्ञतासँगै समाज र देशको हितका लागि देशको राजनीतिमा चासो राख्नुपर्नेमा जोड दिनु भयो । बन्द, हड्तालले देशको शैक्षिक स्तर उठाउन बाधा पु¥याउने बताउदै बिजुक्छेँले अंग्रेजीलगायतका विदेशी भाषाको प्रयोग र तालिम सञ्चालन पनि आवश्यक रहेको बताउनु भयो । अध्ययन र सिकाइ भनेको निरन्तर प्रक्रिया भएकाले विश्वसँग प्रतिस्पर्धा गर्न अंग्रेजी भाषामा पोख्त हुनु आवश्यक रहेको अध्यक्ष बिजुक्छेँले बताउनुभयो । कार्यक्रममा कलेज सञ्चालन समितिका अध्यक्ष एवं भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुर नगरपालिका शिक्षा क्षेत्रमा नेपालमै सबभन्दा अगाडि रहेको बताउदै विद्यार्थीहरुले आफ्नो अध्ययन सँगसँगै गलत राजनीतिको खुल्ला रुपमा आलोचना गर्नुपर्ने बताउनु भयो । सरकारले सहयोग नगर्दा ख्वप विश्वविद्यालयले सम्बन्धनमा पाउन ढिलाइ भइरहेको भन्दै उहाँले भक्तपुरलाई ज्ञानविज्ञानको केन्द्र बनाउने लक्ष्य लिएर अगाडि बढिरहेको चर्चा गर्नु भयो । ख्वप इन्जिनियरिङ कलेजका प्राचार्य सुजन माक, ख्वप कलेज अफ इन्जिनियरिङका प्राचार्य सुनिल दुवाल, विभागीय प्रमुख डा. मन्जिप शाक्य, कलेजको अनुसन्धान र विकास विभागका संयोजक डा. सुवेगमान बिजुक्छे, कलेजका उपप्राचार्य रबिन्द्र फोँजुलगायतले कलेजले देशभरका बिभिन्न जिल्लाबाट अध्ययनका लागि आएका विद्यार्थीलाई न्यून शुल्कमा गुणस्तरीय शिक्षा प्रदान गरेको बताउनु भयो । --- # विश्व मृर्गौला दिवसको अवसरमा सानको जनचेतनामूलक कार्यक्रम सम्पन्न Source: https://newskunda.com/archives/3473 Category: Uncategorized Last updated: 2026-03-12 This post has no text content yet. Open the source page to view it. --- # सरकारले तोकेको भाँडा दर र ट्याक्सीको जनता ठग्ने काइदा Source: https://newskunda.com/archives/75 Category: Uncategorized, अर्थ Last updated: 2022-05-01 -अनुसा थापा, भक्तपुर काठमाडौं, १२ असोज । दशैँ मान्न दाङ घर जान गाडी चढ्नका लागि नयाँ बसपार्क जान बौद्ध आरुबारी तिनचुली बस्ने श्याम भण्डारीले ट्याक्सी चढ्नको लागि ट्याक्सी खोज्दै थिए । चाबहिलको चुच्चेपाटीबाट एउटा खाली ट्याक्सी आयो । उनले नयाँ बसपार्क जान भाडा सोधे । उनले मिटरमा जान खोजे । तर ट्याक्सी चालक मानेनन् । रामहिटीबाट नँया बसपार्क गएको रु. १५ सय भाँडा मागे । उनले भाडा घटाउन वार्गेनिङ गरिरहदाँ अर्को खाली ट्याक्सी आइपुग्यो । अर्को ट्याक्सी चालकले हजार रुपियाँ दिए पुर्याइदिने बताए । करिब दश मिनेट मोलमोलाइ गरेपछि आठ सय रुपिँयामा ट्याक्सी चालक माने । यो त एउटा नमूना मात्रै हो । यस्ता घटना दैनिकी सयौँ यात्रुले भोग्दै आउने गरेका छन् । दैनिक सयौँ यात्रुहरु ट्याक्सी चालकबाट ठगिने गरेको छन् । चाबहिलबाट रामहिटी करिब आठ किलोमिटर होला । आठ किमिको लागि ट्याक्सीले १५ सय रुपियाँ माग्यो । दशैँको लागि लाखौ सर्वसाधारणले उपत्यका छोड्छन् । तर ट्याक्सीले भने मिटरमा यात्रु बोक्न मान्दैन् । काँडाघारीको हरहरमहादेवथानबाट बल्खु जान वीरगंज घर बताउने रामबहादुर यादवलाई ट्याक्सीले १२ सय रुपियाँ माग्यो । मिटरमा जाऊभन्दा मिटरमा जान मानेनन् । गाडी बेच्ने कम्पनीले ट्याक्सी व्यवसायीहरुलाई कमिशन दिन्छु भनेर ट्याक्सीको नयाँ मापदण्ड परिवर्तन गर्न लागिरहेका छन् । कमिशनकै लागि यातायात व्यवसायी र ट्याक्सी व्यवसायी ७९६ सिसी गाडी बेच्ने कम्पनी धाइरहेको चर्चा छ । यता ट्याक्सीको नयाँ मापदण्ड कार्यान्वयन हुन् नदिन ७९६ सिसीको गाडी बेच्ने कम्पनी दिनहु जसो यातायात मन्त्रालय र यातायात व्यबस्था विभाग धाइरहेको गुनासो आइरहेको छ । २०६९ साल माघ महिनामा यातायात अञ्चल कार्यालय एकान्तकुनाले यातायात व्यवस्था विभाग र यातायात मन्त्रालयले नयाँ ट्याक्सी दर्ता रोकेपयिछ २०५७ सालभन्दा पछि ट्याक्सीको संख्या घटेको छ । तर जनसंख्या तीन गुणाले बढेको छ । अहिले सञ्चालनमा भएको सबै ट्याक्सी थोत्रा र कबाडी भइसके । हाल तत्कालै लक्जरियस् ट्याक्सीको नयाँ दर्ता खोल्ने माग भययो । पाँच हजार नयाँ ट्याक्सीको दर्ता तत्कालै खोल्न मन्त्रालयमा माग राखेको थियो । वर्षैपिच्छे नयाँ ट्याक्सीको दर्ता खोल्ने भनेको थियो । ट्याक्सी व्यवसायीको कारणले प्रस्ताव सँगसँगै माग नै गायव भयो । जनताले पैसा तिरेर पनि राम्रो ट्याक्सी चढ्न पाएको छैनन् । सरकारले नै ट्याक्सी व्यवसायीलाई शक्तिशाली बनाएको प्रस्टै देखिन्छ । देशको सातवटै प्रदेशमा नयाँ ट्याक्सीको दर्ता बन्द छ । नयाँ गाडी बेच्ने अटो शोरुमहरुलाई हजारदेखि बाह्र सय सिसीको खोल्ने दिने भए कमिशन चाहिन्छ भन्दै ट्याक्सी व्यवसायी र यातायात महांघका नेताहरुले कमिशनको माग राखेका थिए । यातायात मन्त्रालय, यातायात व्यवस्था विभागका केही सम्बन्धित व्यक्तिहरुको पनि त्यसमा मिलेमतो रहेको आरोप लाग्दै आएको छ । व्यवसायीले हामीलाई कमिशन नदिए हामी सरकारलाई भनेर नयाँ ट्याक्सीको दर्ता खोल्न दिदैनौँ भन्दै बिचौलिया खुल्ला रुपमा चुनौती दिइरहेका छन् । ट्याक्सी व्यवसायीहरुले कमिशन नदिए हामी नयाँ ट्याक्सीको दर्ता खोल्न नदिने अटो शोरुमहरुनै बताउँछन् । नयाँ ट्याक्सीको दर्ताको फाइल यातायात व्यवस्था विभाग, यातायात मन्त्रालय र ट्याक्सी व्यवसायीको कमिशनको खेलमा अड्केको बताइएको छ । यातायात व्यवसायीहरुले कमिशन नपाएर नयाँ ट्याक्सीको दर्ता रोकेको र सरकार पनि ट्याक्सी व्यवसायीसंग पछि हट्दा राज्यलेनै राजस्व गुमाएको बताइएको छ । सर्वसाधारणले भनेको बेलामा ट्याक्सी पाएनन् । यता सर्वसाधारणले सस्तोमा ट्याक्सी चढ्न पाएका छैनन् । यातायात व्यवसायीले कमिशन नपाउने भएपछि नयाँ ट्याक्सीको फाइल अड्कायो भन्दै व्यवसायीहरुनै गुनासो गर्न थालेका छन् । सार्वजनिक यातायात केन्द्रीय महासंघका महासचिव भरत नेपालले अहिले भएका ट्याक्सी त राम्रो व्यबसाय गर्न सकेको छैनन्, नयाँ टयाक्सीको कहाँ खोल्न दिनु भन्दै सरकारलाई नयाँ ट्याक्सी दर्ता गर्न नदिने बताउनुभयो । कमिशनको लोभमा नयाँ ट्याक्सीको दर्ता खोल्न नदिएको भन्ने छ नि त भन्दा उहाँले जवाफ दिनु भएन । अहिले उपत्यकामा सञ्चालनमा भएका भाँडाका कालो प्लेटका मिटर जडान ट्याक्सीको भाडा यातायात व्यवस्था विभागले निर्धारण गरेको छ । ट्याक्सी चढ्नेबित्तिकै गुड्दै नगुडी १४ रुपियाँ उठ्छ । यो कस्तो नियम हो । ट्याक्सी चढेबापत जनताले ट्याक्सी व्यवसायीलाई सेवा शृल्क बापत एकदिनमा लाखौ रुपियाँ जनताले यत्तिकै तिरिरहेका छन् । सरकारले निर्धारण गरेको भाडा प्रति किमि ३९ रुपियाँ हो । तर टयाक्सी मिटरमा हिड्न मान्दैन् । एक किलोमिटर यात्रा गर्दा यात्रुले ५३ रुपिँया तिर्नुपर्छ । सरकारी दरमा ट्याक्सीले यात्रु गन्तव्यमा पुर्याउन त के मिटरमा जान पनि मान्दैनन् । यात्रुले भनेको ठाउँमा ट्याक्सी जान मान्दैन् । नयाँ ट्याक्सीको दर्ता पनि खोल्न दिदैनन् । आफू पनि सस्तोमा जनतालाई सेवा दिदैनन् । ट्याक्सी व्यवसायीको दादागिरिको अगाडि सरकार बोल्दैन । ट्याक्सी व्यवसायी जनतालाई सस्तोमा सेवा सुविधा दिन तयार छैनन् । सरकारलाई नयाँ ट्याक्सीको दर्ता खोल्न दिन पनि तयार छैनन् । सम्बन्धित निकायले ध्यान नदिएको व्यवसायीको गुनासो छ । जनतालाई मंहगो भाँडा लिएर वर्षौदेखि ठगिरहेको छन् । जनताको हकमाथि ट्याक्सी व्यवसायीले बन्देज लगाइरहेका छन् । सेवासुविधा दिने नाममा जनता लुटिरहेका छन् । यातायात व्यवस्था विभाग, यातायात मन्त्रालय र प्रदेश सरकार ट्याक्सी व्यवसायीहरुसंग आर्थिक लेनदेनमा बिकेको आरोप लगाइरहेको छ । जसको कारण नयाँ ट्याक्सी खोल्ने फाइल अड्केको छ । ट्याक्सी व्यवसायीले जहिलेपनि यात्रु ठग्ने काम गरेको छन् । त्यतिले मात्र नपुगेर अनलाइन एपमार्फत ट्याक्सी बुकिङ गर्ने भन्दै टुटल र मेट्रो ट्याक्सी बजारमा आएका छन् । टुटलले एक किलोमिटरमै १५० रुपियाँ लिन्छ । मेट्रो ट्याक्सीले एक किलोमिटरमा ९९ तिर्नुपर्छ । सरकारले निर्धारण गरेको भाँडा प्रतिकिमि ३९ रुपियाँ छ । मेट्रो ट्याक्सी र टुटलको भाँडा हरेक सर्वसाधारणले तिर्न सक्ने स्थिति छैन । सर्वसाधारणहरुलाई सेवासुविधा दिने भनेर खोलिएको टुटल र मेट्रो ट्याक्सीले अप्रत्यक्ष रुपमा जनता ठग्ने काम मात्र गरेको छन् । टुटल र मेट्रो ट्याक्सीले यात्रसँग लिने भाँडा आधिकारिक छैन । ट्याक्सी व्यवसायीले जनता ठग्न विभिन्न रणनीति बनाउने गरेको छन् । त्यही रणनीतिको फल हो टुटल र मेट्रो ट्याक्सी । सरकारभन्दा शक्तिशाली यि दुई कम्पनी हुन् । सेवाको नाममा विभिन्न बहाना बनाइ जनता ठग्ने लुटेराहरुलाई सरकारले कारबाही कहिले गर्छ । --- # सहिदको सपना पूरा गर्न शीघ्र सरकारको जिम्मेवारी हस्तान्तरण : गृहमन्त्री अर्याल Source: https://newskunda.com/archives/3435 Category: Uncategorized Last updated: 2026-03-07 काठमाडौँ, २३ फागुनः गृहमन्त्री ओमप्रकाश अर्यालले निर्वाचनमा प्राप्त जनादेश अनुसारको सरकार शीघ्र गठन हुने बताउनुभएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) द्वारा आज साँझ चाबहिलस्तुपामा जेनजी सहिदको सम्झनामा आयोजित दीप प्रज्वलन कार्यक्रममा उहाँले मुलुकमा सुशासन, स्थिरता र समृद्धिको चाहना राखेर जीवन उत्सर्ग गरेका सहिदको सपना पूरा गर्न शीघ्र सरकारको जिम्मेवारी हस्तान्तरण गर्ने बताउनुभयो । मन्त्री अर्यालले देशमा विद्यमान विकृतिका रूपमा रहेको भ्रष्टाचार, ढिलासुस्ती, बेरोजगारीलगायत समस्या समाधान गर्न नयाँ सरकारलाई आफूले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । जेनजी आन्दोलनको छानबिन गर्न बनेको उच्चस्तरीय जाँचबुझ समितिले तयार पारेको प्रतिवेदन सरकारले शीघ्र सार्वजनिक गरी त्यसलाई कार्यान्वयनमा लैजाने बताउँदै उहाँले आन्दोलनका क्रममा भएको जनधनको क्षति तथा अपराधमा संलग्न दोषीलाई नयाँ सरकारले थप कानुनी कारबाहीको निरन्तरता दिने विश्वास व्यक्त गर्नुभयो । मन्त्री अर्यालले आन्दोलनमा सहादत प्राप्त सहिदप्रति श्रद्धाञ्जली प्रकट गर्दै दीप प्रज्वलन गर्नुभयो । पार्टीले तत्काल जुलुस वा ¥यालीको आयोजना नगर्ने तथा निकट भविष्यमा सबै निर्वाचन क्षेत्रको टोलटोलमा पुगेर मतदातालाई भेटघाट गर्ने जनाएको छ । --- # सुनचाँदीको मूल्य ओरालो लाग्यो Source: https://newskunda.com/archives/56 Category: Uncategorized, अर्थ Last updated: 2022-05-01 **काठमाडौं, १५ पुस ।** साताको पाँचौ दिन आज बिहीबार बजारमा सुनचाँदीको मूल्य ओरालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज प्रतितोलामा ९२ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बिहीबार ४ सयले ओरालो लागेर ९२ हजार १ सय रुपैयाँमा कारोबार भएको छ । तेजावी सुन प्रतितोलामा ९१ हजार ६ सय रुपैयाँमा कारोबार भएको छ । यस्तै, चाँदीको मूल्य पनि आज १५ रुपैयाँले ओरालो लागेर १ हजार २ सय ४५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ । --- # सूर्यविनायक नगरसभाको १८ औं अधिवेशन शूरु, पहिलो बैठकमा प्रस्तुत नीति तथा कार्यक्रम र विषयगत समितिका प्रतिवेदन सर्वसम्मत पारित Source: https://newskunda.com/archives/3137 Category: Uncategorized Last updated: 2025-06-20 This post has no text content yet. Open the source page to view it. --- # सूर्यविनायकको नगर अस्पताल पुनः वडा नं. ४ मै ल्याउछौं : वडाध्यक्ष लछुराम न्यौपाने Source: https://newskunda.com/archives/3796 Category: Uncategorized Last updated: 2026-06-05 This post has no text content yet. Open the source page to view it. --- # स्वास्थ्य मन्त्री किरण थापा मगरद्धारा रामेछाप पूर्ण खाप सुनिश्चित घोषणा Source: https://newskunda.com/archives/3683 Category: Uncategorized Last updated: 2026-05-16 This post has no text content yet. Open the source page to view it. --- # हाम्रो लक्ष्य उद्देश्य चुनाव होइन : अध्यक्ष नेपाल Source: https://newskunda.com/archives/15 Category: Uncategorized, राजनीति Last updated: 2021-12-31 ** काठमाडौं १६ पुष ।** नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले आफूहरुको लक्ष्य र उद्देश्य चुनाव नभएको बताउनुभएको छ । शुक्रबार साध्यबहादुर भण्डारी नेतृत्वको राष्ट्रिय जागरण परिषद्सँग एकता गर्ने क्रममा उहाँले यस्तो बताउनुभएको हो । उहाँले जनताका समस्या र पीरमर्का आफ्नो प्राथमिकता रहेको बताउनुभएको छ । आफूहरु सन्तुलित रुपमा अघि बढ्नुपर्ने पनि उनले उल्लेख गर्नुभएको छ । जिम्मेवार राजनीतिक दल हुनका लागि त्यो आवश्यक रहेको उहाँले बताउनुभएको छ । --- # आलमको मुद्दा कार्की र ढुङ्गानाको इजलासमा पेसी Source: https://newskunda.com/archives/72 Category: अपराध, राजनीति Last updated: 2021-12-31 **काठमाडौं १६पुष ।** बम विस्फोटको अभियोगमा रौतहट जिल्ला अदालतको आदेशले पुर्पक्षका लागि थुनामा रहेका नेपाली कांग्रेसका निलम्बित सांसद मोहम्मद अफताव आलमको मुद्दा सर्वोच्चमा पेसी चढेको छ । आज शुक्रबार आलामको मुद्दा न्यायाधीश हरिकृष्ण कार्की र प्रकाशकुमार ढुङ्गानाको इजलासमा पेसी रहेको छ । जिल्ला र उच्च अदालतले पूर्पक्षका लागि थुनामा पठाएपछि आलाम उक्त निर्णयलाई चुनौती दिँदै २०७७ असोज १२ गते सर्वोच्चमा निवेदन दिएका थिए । पछिल्लो समय प्रधानन्यायाधीशको राजीनामा माग गर्दै न्यायाधीश र कानुन व्यवासायीह आन्दोलनमा रहेका बेला आलमको मुद्दा लगातार पेसी तोकिँदै सुनुवाइ नहुँदै आएको छ । मंसिर १५ गतेदेखि गोलाप्रथाद्वारा पेसी तोकिए पनि उनको निवेदन फरक फरक न्यायाधीशको इजलासमा पेसी पर्ने र सुनुवाइ नहुने हुँदै आएको छ । आलमले ७३ नम्बरको थुनुवा निवेदन सर्वोच्चमा दायर गरेका थिए । २०७७ असोज १२ गते दर्ता भएको निवेदनमा उनलाई थुनामा पठाउने निर्णय बदर हुुनुपर्ने माग गरिएको छ । उनको मुद्दा यसअघि विभिन्न समयमा पेसी चढे पनि सुनुवाइ हुन सकेको छैन् । जिल्ला, उच्च अदालत हुँदै उनको मुद्दा सर्वोच्च आएको हो। आलमको मुद्दा रौतहट जिल्ला अदालतमा विचाराधीन छ। पुर्पक्षका लागि थुनामा पठाउने रौतहट जिल्ला अदालतको आदेश र सोही आदेशलाई सदर गर्ने उच्च अदालत वीरगञ्जको आदेश खारेज हुनुपर्ने जिकीर उनको निवेदनमा गरिएको छ । कोभिड–१९ को महामारी रहेको र जेलभित्र समेत संक्रमण व्यापक भएकाले रिहाइ गर्नुपर्ने तर्क आलमको निवेदनमा गरिएको छ । आलमलाई २०७६ माघ २४ गते उच्च अदालत वीरगञ्जले पुर्पक्षका लागि थुनामा पठाउने जिल्लाको आदेश सदर गरेको थियो। रौतहट जिल्ला अदालतले थुनामा पठाएको आदेशविरुद्ध पुनरावेदन गर्दै आलम उच्च अदालत वीरगञ्ज पुगेका थिए । उच्चले जिल्ला अदालतकै आदेश सदर गर्दै थुनामै राख्ने आदेश जारी गरेको थियो। आलम २०७६ पुस २८ गते जिल्ला अदालतको निर्णयविरुद्ध उच्च अदालत पुगेका थिए । उच्च अदालतका न्यायाधीश डिल्लीराज आचार्य र सत्यमोहन जोशीको इजलासले आलमलाई थुनामै पठाउने जिल्लाको आदेश सदर गरेको थियो। २०७६ कात्तिक २९ गते जिल्ला अदालत रौतहटले उनलाई पुर्पक्षका लागि थुनामा पठाएको थियो। आलमलाई ४५ वर्ष कैद सजायको माग गर्दै सरकारी वकिलको कार्यालय रौतहटले मुद्दा दायर गरेको थियो। आलमलाई त्रिलोकीप्रताप सिंह र ओसी अख्तरको हत्या अभियोगमा २५ वर्ष, सर्लाहीका सफी अहमदलाई बम विष्फोटन गराई घाइते भएको घटनामा ज्यान मार्ने उद्योगसम्बन्धी मुद्दामा १० वर्ष र विष्फोटक पदार्थसम्बन्धी मुद्दामा १० वर्ष गरी ४५ वर्ष कैद सजाय हुनुपर्ने जिकिर आरोपपत्रमा गरिएको थियो। २०६४ सालको पहिलो संविधानसभा निर्वाचनका बेला रौतहटको राजपुरमा भएको बम विष्फोटमा करिब २० जनाभन्दा धेरैको ज्यान गएको थियो। आलमले बनाउन लगाएको बम विष्फोट हुँदा मृत्यु भएका र घाइतेहरुलाई इटाभट्टामा जलाएर हत्या गर्न लगाइएको अभियोग प्रहरीले उनीमाथि लगाएको छ। --- # काठमाडौंको गागलफेदीमा एकजना युवती मृत फेला Source: https://newskunda.com/archives/68 Category: अपराध, समाचार Last updated: 2021-12-31 **काठमाडौं, १२ पुस ।** काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–१ स्थित गागलफेदीमा एकजना युवती मृत अवस्थामा भेटिएकी छिन् । गागलफेदी घर भएकी ३३ वर्षीया धनमाया लामाको शव सडकबाट २० मिटर तल भेटिएको महानगरीय अपराध महाशाखाका एसपी कृष्ण पंगेनीले जानकारी दिनुभयो । महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी सुदिप गिरी र महाशाखाका एसपी पंगेनी घटनास्थलमा पुग्नुभएको छ । युवतीको हत्या भएको आशंका गरिएको छ । --- # बलात्कार गरेको आरोपमा रोल्पा नगरपालिकाका प्रशासकीय अधिृकत पक्राउ Source: https://newskunda.com/archives/69 Category: अपराध, समाचार Last updated: 2021-12-31 **काठमाडौं, ९ पुस ।** एक महिला प्रहरीलाई बलात्कार गरेको आरोपमा रोल्पाको रोल्पा नगरपालिकाका प्रशासकीय अधिकृत सुशील थापा पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय बाँकेको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो । सशस्त्र प्रहरी बल नेपालकी जवान एक महिलालाई बलात्कार गरेको आरोपमा उनलाई पक्राउ गरिएको बाँकेका एसपी श्यामकृष्ण अधिकारीले बताउनुभयो । विवाह गर्ने भनेर ती महिलासँग थापाले शारीरिक सम्पर्क गर्ने गरेको र पछि विवाह गर्न नमानेपछि ती महिला प्रहरीले बलात्कारको उजुरी हालेको स्रोतले जानकारी दिएको छ । बलात्कार गरेको कसुरमा ७ दिनको म्याद लिएर थापामाथि अनुसन्धान भइरहेको छ । --- # सुरुङ खनेर डोल्पा कारागारबाट भागेका ८ मध्ये ४ कैदी पक्राउ, ४ अझै फरार Source: https://newskunda.com/archives/5488 Category: अपराध Last updated: 2026-11-04 **काठमाडौँ ।** डोल्पा कारागारबाट सुरुङ खनेर फरार भएका ८ कैदीमध्ये थप दुई जना पक्राउ परेका छन्। शुक्रबार राति कारागारबाट भागेका कैदीमध्ये हालसम्म ४ जना पक्राउ परेका छन् भने ४ जना अझै फरार रहेको प्रहरीले जनाएको छ। पक्राउ पर्नेमा डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–७ का २९ वर्षीय कालीप्रसाद रोकाया र जाजरकोटको नलगाड नगरपालिका–९ का १९ वर्षीय कैलाश भन्ने कपिल परियार रहेका छन्। उनीहरूलाई त्रिपुरासुन्दरी नगरपालिका–४ स्थित रङ गाउँबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार दुवै जना स्थानीय कमला बुढाको घरमा लुकिछिपी बसेको अवस्थामा फेला परेका हुन्। रोकाया जबरजस्ती करणीसम्बन्धी कसुरमा ८ वर्ष कैद सजाय तोकिएका कैदी हुन् भने परियार चोरीसम्बन्धी कसुरमा ३ वर्ष कैद सजाय भुक्तान गरिरहेका थिए। यसअघि प्रहरीले रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–१० का ३२ वर्षीय रामबहादुर बिक र सल्यानको कुमाख गाउँपालिका–५ का २८ वर्षीय रेशम रानालाई पक्राउ गरेको थियो। उनीहरू दुवै जबरजस्ती करणी मुद्दामा जिल्ला कारागार डोल्पामा कैद भुक्तान गरिरहेका थिए। गत शुक्रबार राति डोल्पा कारागारमा सुरुङ खनेर ८ जना कैदी फरार भएका थिए। फरार कैदीमध्ये चार जना पक्राउ परिसकेका छन् भने बाँकी चार जनाको खोजी भइरहेको प्रहरीले जनाएको छ। --- # जनकपुर–अयोध्या विशेष रेल सेवाको परीक्षण, प्रधानमन्त्रीद्वयले संयुक्त उद्घाटन गर्ने तयारी Source: https://newskunda.com/archives/5520 Category: अर्थ Last updated: 2026-11-06 **काठमाडौँ ।** जनकपुरधामदेखि भारतको धार्मिक नगरी अयोध्यासम्म सञ्चालन गर्ने तयारी गरिएको विशेष रेल सेवाको परीक्षण गरिएको छ। प्रधानमन्त्री बालेन्द्र शाहको आसन्न भारत भ्रमणका क्रममा नेपाल र भारतका प्रधानमन्त्रीले संयुक्त रूपमा उक्त रेल सेवाको उद्घाटन गर्ने तयारी गरिएको हो। उद्घाटनको तयारीस्वरूप दुई इञ्जिन र सात डिब्बा रहेको भारतीय विशेष रेल अयोध्याबाट धनुषाको कुर्थासम्म सञ्चालन गरी परीक्षण गरिएको नेपाल रेल्वे कम्पनीले जनाएको छ। कम्पनीका अनुसार रेल सेवा सञ्चालनका क्रममा यात्रु तथा रेलको सुरक्षाको जिम्मेवारीसम्बन्धी विषयमा पनि दुवै देशबीच सैद्धान्तिक सहमति भएको छ। सहमतिअनुसार नेपालतर्फको रेलखण्डमा नेपाली सुरक्षा निकाय र भारततर्फ भारतीय सुरक्षा निकायले सुरक्षा व्यवस्था मिलाउनेछन्। जनकपुरधाम र अयोध्याबीच प्रत्यक्ष रेल सेवा सञ्चालनमा आएपछि नेपाल–भारतबीचको धार्मिक तथा सांस्कृतिक सम्बन्ध थप प्रगाढ हुनुका साथै धार्मिक पर्यटन प्रवर्द्धनमा समेत टेवा पुग्ने अपेक्षा गरिएको छ। हिन्दू धार्मिक मान्यताअनुसार जनकपुरधामलाई माता सीताको जन्मभूमि र अयोध्यालाई भगवान् रामको जन्मभूमिका रूपमा लिइन्छ। रामायणसँग गहिरो सम्बन्ध रहेका यी दुई धार्मिक सहर रेल सेवामार्फत जोडिएपछि रामायण सर्किटअन्तर्गत तीर्थयात्री तथा धार्मिक पर्यटकको आवागमन सहज हुने विश्वास गरिएको छ। हाल भारतको जयनगरदेखि नेपालको जनकपुरधाम हुँदै महोत्तरीको बिजलपुरासम्म नियमित रेल सेवा सञ्चालन हुँदै आएको छ। जनकपुर–अयोध्या विशेष रेल सेवा सञ्चालनले यसअघि नै स्थापित नेपाल–भारत रेल सम्पर्कलाई थप विस्तार गर्ने अपेक्षा गरिएको छ। --- # जीबी राईको अडियो सार्वजनिक अडियो सार्वजनिकः सहकारीको रकम फिर्ता गर्ने जिम्मेवारी मेरो, रवि र छविलाई नजोड्न आग्रह Source: https://newskunda.com/archives/4810 Category: अर्थ Last updated: 2026-10-19 काठमाडौ । सहकारीको बचत रकम अपचलनसम्बन्धी कसुरमा फरार रहेका जीबी राईको अडियो र सन्देश र प्रेस विज्ञप्ति सार्वजनिक भएको छ । राईले आफू स्वदेश फर्किन इच्छुक रहेको जनाउँदै बचतकर्ताको रकम फिर्ता गर्न सरकारसँग सहकार्य गर्ने बताएका छन्। उनले ग्यालेक्सी टेलिभिजनमा सहकारीबाट गएको रकमको जिम्मेवारी आफूले लिने बताएका हुन्। राईले गोर्खा मिडिया नेटवर्कमा सहकारीबाट गएको रकम व्यवस्थापनमा तत्कालीन सञ्चालक रवि लामिछाने र छविलाल जोशीलाई जोड्नु उचित नहुने दाबी पनि गरेका छन्। उनले आवश्यक परे साथीभाइ, आफन्त तथा शुभेच्छुकबाट व्यवस्थापन गरिएको जग्गाजमिन वा अन्य विकल्प प्रयोग गरेर बचतकर्ताको रकम फिर्ता गर्न प्रयास गर्ने बताएका छन्। आफ्नो पक्राउले मात्रै बचतकर्ताको समस्या समाधान नहुने उल्लेख गर्दै राईले निश्चित समयभित्र रकम व्यवस्थापन गर्न सक्ने दाबी गरेका छन्। उनले कोभिड–१९ पछिको आर्थिक मन्दी, ऋण असुलीमा देखिएको समस्या र निजी कम्पनीमा गरिएको लगानीले सहकारी संकट गहिरिएको समेत बताएका छन । तर, रकम फिर्ता गर्ने समयसीमा, व्यवस्थापन गरिएको सम्पत्तिको विवरण र बचतकर्ताले कति रकम कसरी फिर्ता पाउने भन्नेबारे उनको विज्ञप्तिमा स्पष्ट योजना खुलाइएको छैन। राईविरुद्ध पोखराको सूर्यदर्शन, चितवनको साहारा, वीरगन्जको सानो पाइला, बुटवलको सुप्रिम, नेपालगन्जको समानता र काठमाडौंको स्वर्णलक्ष्मीलगायत सहकारीको रकम हिनामिना गरेको अभियोग छ। उनीविरुद्ध इन्टरपोलले रेड नोटिस जारी गरेको छ। राईको भनिएको अडियोको सत्यता पुष्टि गर्न प्रहरीले परीक्षण गर्ने जनाएको छ। राईका दाबी स्वतन्त्र रूपमा पुष्टि हुन बाँकी छन्। --- # नयाँ दमकल आयो, अब दरबन्दी अनुसारको जनशक्तिको व्यबस्था गरिदिनुहोस : प्रमुख धौभडेल Source: https://newskunda.com/archives/2016 Category: अर्थ, समाचार, समाज Last updated: 2022-09-08 भक्तपुर, । जुद्ध बारुण यन्त्र भक्तपुरलाई सूर्यविनायक नगरपालिका र चाँगुनारायण नगरपालिकाको संयुक्त लगानीमा खरिद गरेको दमकल हस्तान्तरण गरिएको छ । जिल्ला समन्वय समिति भक्तपुरका प्रमुख ईश्वरबहादर थापाले जुद्ध वारुण यन्त्र भक्तपुरका प्रमुख विजय धौभडेललाई दमकल हस्तान्तरण गर्नु भएको थियो । यसअघि ७० वर्ष पुरानो जर्मन दमकल र पाँच वर्ष अगाडि मध्यपुरथिमि नगरपालिकाले हस्तान्तरण गरेको दमकल पछि यो दमकल आएसँगै भक्तपुरमा तीन वटा दमकल सञ्चालनमा आएका छन् । जिसस भक्तपुरका प्रमुख थापाले अघिल्लो नेतृत्वले खरिद गरेको दमकल आफ्नो नेतृत्वमा आएर हस्तान्तरण गर्न पाएकोमा खुसी व्यक्त गर्दै आगोलागी नियन्त्रणमा यहाँका दमकलले विगतमा पनि प्रभावकारी भूमिका निर्वाह गरेको र आगामी दिनमा पनि त्यस्तै सेवा गर्नु पर्ने बताउनु भयो । प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले यहाँ काम गर्ने जनशक्तिलाई जोखिम भत्ता उपलब्ध गराउन आवश्यक पहल भएको बताउदै यसका लागि कार्यबिधि बनाएर भत्ताको व्यबस्था गरिने बताउनु भयो । चाँगुनारायणमा नगर प्रमुख जीवन खत्री दमकल सञ्चालनका लागि आवश्यक थप सहयोग प्रदान गर्ने प्रतिबद्धता व्यक्त गर्दै दमकलले छिमेकी जिल्लालाई पनि सहयोग गर्नु पर्नेमा जोड दिनु भयो । सूर्यविनायक नगरपालिकाका प्रमुख वासुदेव थापाले दमकल सञ्चालनका लागि आवश्यक पूर्वाधार लगायतका खर्चका लागि नगरपालिकाले थप सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नु भयो । सूर्यविनायक नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेन्द्रप्रसाद कँडेलले सूर्यविनायक नपाले रु.३५ लाख र चाँगुनारायण नपाले रु. ३५ लाख गरि कूल ७० लाख रुपैयाँ दमकल खरिदका लागि प्रदान गरेको बताउनु भयो । दुई नगरपालिकाले कूल ७० लाख बजेट दिए पनि दमकल खरिदमा रु. ५८ लाख रुपैयाँ मात्रै खर्च भएको र बाँकी रकम भ्याट, प्राबिधिकको अनुगमन तथा बैठक भत्तामा खर्च भएको जिससका कर्मचारीले जानकारी दिएको छ । जुद्ध वारुण यन्त्र भक्तपुरका प्रमुख धौभडेलले एउटा नयाँ दमकल थपिए पछि आफ्नो सपना साकार भएको बताउदै भक्तपुरको दमकल पूर्वमा चीनसँगको नाका तातोपानीसम्म र उपत्यका भित्र आगोलागी नियन्त्रणमा परिचालन हुदै आएको बताउनु भयो । यहाँका दमकललाई अझै प्रभावकारी रुपमा सेवा प्रवाह गरिने बताउदै उहाँले नयाँ दमकलमा इन्धनजन्य आगोलागी नियन्त्रणका लागि आवश्यक फम नभएकाले त्यसको जडान गरिदिन आग्रह गर्नु भयो । उहाँले दुई वटा दमकल सञ्चालन रहदाँ हाल २३ जना जनशक्तिले सेवा दिइरहेकोमा अब तीन वटा दमकल सञ्चालन गर्दा जनशक्ति अभाव हुने भएकाले स्वीकृत २९ दरबन्दी सबै पूर्ती गरिदिन आग्रह गर्नु भयो । --- # नेपालमै पहिलो पटक सरकारी अस्पतालमा तर्फ रोबोटिक शल्यक्रिया भित्रयाउदै भक्तपुर अस्पताल, सुरु गर्दै रोबोटिक शल्यक्रियादेखि तालिम केन्द्र Source: https://newskunda.com/archives/3816 Category: अर्थ, राजनीति, समाचार, समाज, स्वास्थ्य Last updated: 2026-06-11 -रमेश गिरी भक्तपुर, २८ जेठ : विरामी र विशेषज्ञ चिकित्सकबीच लामो दुरीमा रहेर विरामीको मुटु लगायतका जटिल शल्यक्रिया सफल रुपमा गर्ने अत्याधुनिक रोबोटिक सर्जरी पहिलो पटक भक्तपुर अस्पतालले सञ्चालनमा ल्याउने भएको छ । भारत लगायत बिभिन्न देशहरुमा रोबोटिक सर्जरी अर्थात रोबोट मार्फत गरिने जटिल शल्यक्रिया सफल रुपमा सम्पन्न भएको धेरै उदाहरण पछि नेपालको सरकारी अस्पतालमा पहिलो पटक रोबोटिक सर्जरी भक्तपुर अस्पतालले सञ्चालनमा ल्याउन लागेको हो । नेपालमा दुईवटा निजी अस्पतालले रोबोटिक सर्जरी भित्रयाएर उपचार सुरु गरिसकेको भएपनि निजी अस्पतालले सञ्चालनमा ल्याएको भन्दा अत्याधुनिक रोबोटिक सर्जरी वागमति प्रदेश सरकारले पहिलो पटक भक्तपुरमा सञ्चालनमा ल्याउन लागेको हो । वागमति प्रदेशका स्वास्थ्य मन्त्री किरण थापा मगरले सरकारी अस्पतालमा पहिलो पटक भक्तपुर अस्पतालमा रोबोटिक सर्जरी सेवा सुरु गर्ने प्रक्रिया प्रदेश सरकारले सुरु गरेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘अत्याधुनिक उपकरण र प्रबिधिको प्रयोग गरेर उपचारमा विश्व धेरै अगाडि बढेपनि नेपाल सधै पछाडि परिरहेको अबस्थामा नेपालमा पहिलो पटक सरकारी अस्पतालमा रोबोटिक सर्जरी सञ्चालन गर्ने जमर्को वागमति प्रदेश सरकारले गरेको छ, बोलपत्र आव्हान भइसकेको छ, अब एक सातामै खोल्छौ । यसले देशभरका विरामीलाई सहज र सुलभ रुपमा उपचार गर्न सक्छौं ।’ विश्वको एउटा देशको एउटा कोठामा बसेर चिकित्सकले अर्को देशको अस्पतालमा बसेका विरामीको समेत जटिल शल्यक्रिया गरेर उपचार गर्ने प्रबिधि रोबोटिक सर्जरी हो । वागमति प्रदेश सरकारको मुख्य मन्त्री इन्द्र बानियाँ र स्वास्थ्य मन्त्री किरण थापाले सरकारी अस्पतालमा गुणस्तरीय प्रबिधि भित्रयाएर सुलभ रुपमा उपचार गर्ने लक्ष्यका साथ वागमती प्रदेश सरकारले पहिलो पटक रोबोटिक सर्जरी ल्याउने निर्णय गरेको हो ।यो प्रबिधिमा विशेषज्ञ चिकित्सिकले भित्तामा जडित ठूलो स्क्रिन हेर्दै रोबोटमार्फत शल्यक्रिया गरिन्छ । मन्त्री थापाले उपलब्धिले नेपालको स्वास्थ्य क्षेत्रका लागि नयाँ युगको सुरुआत भएको मानिएको बताउनुभयो । शल्यक्रियामा रोबोटिक प्रविधिको प्रयोगले चिकित्सक र बिरामी दुवैका लागि फाइदा र सहज हुने भक्तपुर अस्पतालका रोबोटिक विशेषज्ञ एवं कन्सल्टेन्ट सर्जन डा. रन्जिस कुमार पहाडी क्षेत्रीले जानकारी दिनुभयो । नेपालको चिकित्सा क्षेत्रमा झण्डै सवा शताब्दी लामो गौरवशाली इतिहास बोकेको भक्तपुर अस्पतालले विश्वसनीय स्वास्थ्य सेवा पु¥याउँदै आएको छ । सरकारी अस्पतालहरूमध्ये लगातार उत्कृष्ट स्थान हासिल गर्न सफल यस अस्पतालले समयको माग र नयाँ प्रविधिसँगै आफ्नो सेवालाई अझ आधुनिक बनाउँदै लगेको अबस्थमा रोबोटिक सर्जरीले अस्पताललाई थप चईमा पुर्याउने विश्वस रहेको मन्त्री थापा मगर बताउनुहुन्छ । भक्तपुर अस्पताललाई रोबोटिक सर्जरी सेवासंगै यसको तालिम केन्द्रकाृ रुपमा विकास गरिने बताउनुभयो । यो सञ्चालनका लागि तालिम लिन मंहगो शुल्क तिरेर अब विदेश जानु नपर्ने र भक्तपुर अस्पतालबाटै यसको तालिम सञ्चालन गरेर देशभर आवश्यक जनशक्तिसमेत उत्पादन गर्ने लक्ष्य मन्त्रालयले लिएको उहाँले बताउनुभयो । भक्तपुर अस्पतालको १२२ वषै लामो इतिहासमा एउटा ठूलो र नयाँ काम सुरु भएको बताउदै डा. पहारी क्षेत्रीले रोबोटिक शल्यक्रिया (Robotic Surgery) को सुरुवातले भक्तपुर अस्पताल अब परम्परागत उपचार पद्धतिबाट माथि उठेर नेपालकै एउटा उत्कृष्ट उपचार र सिकाइ अर्थात तालिम केन्द्रको रुपमा विकास गर्ने अबस्थामा पुगेको बताउनुभयो । नेपालमा निजी क्षेत्रका केही अस्पतालहरूमा महँगो शुल्कमा यो सेवा सुरु गरेपनि सरकारी क्षेत्रमा रोबोटिक शल्यक्रिया सेवा सुरु गर्ने भक्तपुर अस्पताल नेपालकै पहिलो सरकारी अस्पताल हुने बताउदै उहाँले यो देशकै लागि एउटा ठूलो उपलब्धी र गर्वको कुरा भएको बताउनुभयो । सरकारी अस्पतालमा यो प्रविधि भित्रिदा गरिब तथा विपन्न वर्गका बिरामीहरूले पनि संसारकै उत्कृष्ट र आधुनिक प्रविधिबाट सस्तो र सुलभ मूल्यमा उपचार पाउने बाटो खुलेको अस्पतालका निमित्त अस्पताल निर्देशक डा. भित्रुवन चन्द्र झाले बताउनुभयो । यहाँबाट सस्तो र गुणस्तरीय सेवा सञ्चालन हुने उहाँल्े बताउनुभयो । ### के हो रोबोटिक शल्यक्रिया र यो कहाँ प्रयोग हुन्छ ? कन्सल्टेन्ट सर्जन डा. रन्जिस कुमार पहाडी क्षेत्रीका अनुसार रोबोटिक शल्यक्रिया मेसिन वा रोबोट आफैँले अप्रेशन गर्ने नभई रोबोटका हातहरूलाई सर्जन (डाक्टर) ले नै आफ्नो नियन्त्रणमा राखेर गरिने शल्यक्रिया हो । उहाँका अनुसार डाक्टरले एउटा कम्प्युटर जस्तो मेसिन (कन्सोल) मा बसेर चलाउँदा रोबोटका हातहरू पेटभित्र निकै मसिनो र सटिक तरिकाले चल्छन् र शल्यक्रिया गरिन्छ । भक्तपुर अस्पतालमा विशेषगरी जटिल हर्निया (Advanced Hernia & abdominal wall reconstruction) पेटको मांसपेशी नै सिलाउनुपर्ने वा मिलाउनुपर्ने जटिल खालका हर्नियाको शल्यक्रिया गर्ने, पेट र आन्द्राको शल्यक्रिय, पत्थर, आन्द्राको, ट्युमर वा निकै साँघुरो ठाउँमा रहेका नसाहरू जोगाएर गरिने जटिल शल्यक्रियाहरु, पाठेघरको ट्युमर वा मिर्गौला र प्रोस्टेट सम्बन्धी जटिल समस्याहरूको शल्यक्रियादेखि कार्डियक ब्यारियाट्रिक र बाल चिकित्सा शल्यक्रियामा समेत सञ्चालन गर्ने लक्ष्य छ । कम दुखाइ र कम खर्चमा हुने यो प्रविधिले पेटलाई ठूलो पारेर चिर्नु नपर्ने, स–साना प्वालहरू मात्र पारेर शल्यक्रिया गरिन्छ । घाउ सानो हुने भएकाले बिरामीलाई शल्यक्रियापछि थोरै मात्र दुखाइ हने, बिरामीहरू अप्रेशनको एक दुई दिनमै हिँडडुल गर्न र घर फर्कन सक्ने र कम खर्चमै सम्पन्न हुनेछ । रोबोटिक शल्यक्रिया महँगो नहुने बिरामी अस्पतालमा धेरै दिन बस्नु नपर्ने, औषधी कम खानु पर्ने, रगत चढाउनु नपर्ने र चाँडै आफ्नो काममा फर्कन सक्ने हुनाले बिरामीको कुल खर्च र अस्पतालको बसाई निकै कम खर्च हन दाबी गरिएको छ । भक्तपुर अस्पतालले केबल बिरामीको शल्यक्रया मात्रै गर्ने नभई यस प्रविधिलाई अझ व्यवस्थित र सुरक्षित बनाउन रोबोटिक रजिस्ट्री (Robotic Registry) अस्पतालमा गरिएका प्रत्येक अप्रेशनको विस्तृत विवरण सुरक्षित राख्न एउटा राष्ट्रिय स्तरको डाटाबेस वा दर्ता प्रणाली (Registry) बनाइनेछ । यसले कुन रोगमा यो प्रविधि कति सफल भयो भनेर हेर्न सजिलो बनाउउने उहाँ बताउनुहुन्छ । यो प्रविधिलाई नेपाली बिरामीहरूमा अझ प्रभावकारी कसरी बनाउन सकिन्छ भनेर हाम्रा सर्जनहरूले नियमित रूपमा अस्पतालमा वैज्ञानिक अनुसन्धान गर्ने लक्ष्य राखिएको छ । स्वास्थ्य बीमामा समावेश गर्न पहल गरिने बताउदै भक्तपुर अस्पताललाई केबल उपचार गर्ने ठाउँ मात्र नभई बायोमेडिकल र प्राविधिकलाई तालिम, नयाँ डाक्टरहरूलाई रोबोटिक शल्यक्रिया सिकाउने नेपालकै एउटा उत्कृष्ट सेन्टर अफ एक्सीलेन्स (Centre of Excellence) बनाउने तयारी समेत गरेको छ । --- # नेप्सेमा ३३ अंकको उछाल, कारोबार रकम पनि बढेर साढे ७ अर्ब नजिक Source: https://newskunda.com/archives/5199 Category: अर्थ Last updated: 2026-10-28 **काठमाडौं ।** साताको कारोबारका क्रममा बुधबार सेयर बजारमा उत्साहजनक वृद्धि देखिएको छ। सेयर बजार मापक नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ३३.२९ अंकले बढेर २ हजार ६६४.०६ विन्दुमा पुगेको छ। परिसूचकमा वृद्धिसँगै कारोबार रकममा समेत उल्लेख्य सुधार आएको छ। आज व्यापार समूहबाहेक सबै समूहका उपसूचक सकारात्मक देखिएका छन्। सर्वाधिक जलविद्युत् समूहको उपसूचक २.०६ प्रतिशतले बढेको छ। त्यसैगरी जीवन बीमा समूह १.५९ प्रतिशत, फाइनान्स समूह १.५५ प्रतिशत, लगानी समूह १.५२ प्रतिशत, बैंकिङ समूह १.३६ प्रतिशत, होटल तथा पर्यटन समूह १.३४ प्रतिशत र विकास बैंक समूह १.११ प्रतिशतले बढेका छन्। बुधबार नेप्सेमा कारोबार रकम पनि बढेको छ। आज ३४८ वटा कम्पनीका १ करोड ९३ लाख ९७ हजार ५४८ कित्ता सेयर किनबेच हुँदा कुल कारोबार रकम ७ अर्ब ४५ करोड ८६ लाख ७७ हजार रुपैयाँ पुगेको छ। यसअघि मंगलबार ३६० वटा कम्पनीका १ करोड ३३ लाख ४६ हजार २२६ कित्ता सेयर ५ अर्ब ७९ करोड ९३ लाख ३० हजार रुपैयाँमा कारोबार भएका थिए। मंगलबारको तुलनामा बुधबार कारोबार रकम करिब १ अर्ब ६६ करोड रुपैयाँले बढेको छ। आज कारोबार भएका कम्पनीमध्ये २४१ वटाको सेयर मूल्य बढेको छ भने ३५ वटाको मूल्य घटेको छ। त्यस्तै, ३ वटा कम्पनीको सेयर मूल्यमा कुनै परिवर्तन भएको छैन। मूल्य वृद्धिका आधारमा बेनी हाइड्रोपावर प्रोजेक्ट लिमिटेड अगाडि रहेको छ। कम्पनीको सेयर मूल्य १५ प्रतिशतले बढेको छ। त्यस्तै, बुटवल पावर कम्पनीको सेयर मूल्य १०.६० प्रतिशतले वृद्धि भएको छ। --- # पेट्रोलियम पदार्थको स्वचालित मूल्य प्रणाली लागू Source: https://newskunda.com/archives/2849 Category: अर्थ, राजनीति, समाचार, समाज Last updated: 2023-07-16 काठमाडौँ, ३१ असार : सरकारले पेट्रोलियम पदार्थको स्वचालित मूल्य प्रणाली लागू गर्ने निर्णय गरेको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय मातहतको नेपाल आयल निगम लिमिटेडले आज राति १२ बजेदेखि लागू हुने गरी स्वचालित प्रणाली सुरु गर्ने निर्णय गरेको जानकारी दिएको छ । मन्त्रालयका सचिव एवं निगम सञ्चालक समितिका अध्यक्ष मधुकुमार मरासिनीले आम उपभोक्ताको हितलाई ध्यान दिएर पेट्रोलियम पदार्थको स्वचालित मूल्य प्रणाली लागू गरिएको बताउनुभयो । निगमको आज बसेको सञ्चालक समितिको बैठकको निर्णय सार्वजनिक गर्न आज उद्योग मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सचिव मरासिनीले निगमको यो निर्णयबाट जनता र व्यवसायीलाई सहुलियत मिल्ने विश्वास व्यक्त गर्नुभयो । हवाई इन्धनको हकमा साबिक बमोजिमकै व्यवस्था रहेको छ । अब उप्रान्त इन्डियन आयल कोर्पोरेसनबाट प्रत्येक अङ्ग्रेजी महिनाको १ र १६ तारिखमा प्राप्त हुने नयाँ मूल्यसूचीका आधारमा पेट्रोलियम पदार्थको स्वचालित मूल्य कायम हुनेछ । यो निर्णयबाट इन्डियन आयल कर्पोरेसनसँग नियमित रुपमा प्राप्त हुने नयाँ खरिद मूल्यका आधारमा सोही दिन निगमले पनि मूल्य समायोजन गर्ने व्यवस्था कार्यान्वयन हुनेछ । सचिव मरासिनीका अनुसार सरकारले खाना पकाउने एलपी ग्यासमा कुनै पनि मुनाफा नराख्ने भएको छ । एलपी ग्यासमा प्रतिसिलिन्डर रु १० मुनाफा थियो । आम उपभोक्तालाई मध्यनजर गरेर हाललाई यो पनि घटाइएको छ । त्यस्तै डिजेलमा दुई प्रतिशत र पेट्रोलमा दुई दशमलव पाँच प्रतिशत नाफा राख्ने निर्णय गरिएको छ । निगमका कार्यकारी अध्यक्ष ई. उमेशप्रसाद थानीले आम उपभोक्ताको चाहनाबमोजिम पेट्रोलियम पदार्थको स्वचालित मूल्य प्रणाली कार्यान्वयनमा ल्याइएको बताउनुभयो । निगमको ऋण दायित्व छँदाछँदै पनि उपभोक्ताको हितलाई ध्यान दिएर मूल्य प्रणाली कायम गरिएको उहाँले उल्लेख गर्नुभयो । “आम उपभोक्ता र विशेषगरी गृहिणीहरुको हितलाई ध्यानमा राखी खाना पकाउने एलपी ग्यासमा निगमले कुनै मुनाफा नलिई लागत मूल्यबमोजिम नै खुद्रा मूल्य राखिनेछ । जसबाट पेट्रोलियम पदार्थका आम उपभोक्ताहरु प्रत्यक्ष रुपमा लाभान्वित हुनेछन् भने निगम पनि वित्तीय रुपमा स्वस्थ हुनेछ”, कार्यकारी निर्देशक थानीले भन्नुभयो । ### पेट्रोल र डिजेलको मूल्य घट्यो : स्वचालित प्रणालीअनुसार आज राति १२ बजेदेखि लागू हुने गरी साबिकको खुद्रा बिक्री मूल्यमा पेट्रोलमा प्रतिलिटर रु ६ र डिजेलमा प्रतिलिटर रु चार तथा एलपी ग्यासमा प्रतिसिलिन्डर रु १० घटाइएको छ । आज राति १२ बजेदेखि कायम हुने गरी एलपी ग्यासको प्रतिसिलिन्डर रु एक हजार आठ सयबाट घटेर रु एक हजार सात सय ९० कायम हुनेछ । हवाई इन्धनको हकमा निगम सञ्चालक समितिले तोकेअनुसार मूल्य लागू हुने विज्ञप्तिमा जनाइएको छ । यस्तै काठमाडौँ उपत्यकामा पेट्रोलको मूल्य रु एक सय ६४ कायम हुनेछ । अन्य स्थानमा क्षेत्रअनुसार मूल्य परक–फरक पर्नेछ । डिजेलको रु एक सय ६४ पर्नेछ । इन्डियन आयल कर्पोरेसनलाई नेपाल आयल निगमले रु ३१ अर्ब बक्यौता रकम भुक्तानी गरेसँगै पेट्रोलियम पदार्थको स्वचालित मूल्य प्रणाली लागू गरिएको हो । निगमले अघिल्लो वर्ष नेपाल सरकारसँग लिएको रु सात अर्ब ऋणमध्ये अब रु तीन अर्ब ५० करोड तिर्न बाँकी रहेको जनाइएको छ । आयल निगमलाई अझै पनि सम्पूर्ण हिसाबले रु २९ अर्ब ऋण दायित्व रहेको छ । --- # भारत सरकारले रसुवाका बाढी प्रभावितका लागि १० टन मानवीय सहायता तथा विपद् राहत पठाएको Source: https://newskunda.com/archives/4124 Category: अर्थ, निर्वाचन, राजनीति, समाचार, समाज Last updated: 2026-08-26 काठमाडौँ, १० भदौः भारत सरकारले रसुवाका बाढी प्रभावितका लागि १० टन मानवीय सहायता तथा विपद् राहत पठाएको जनाएको छ । भारतीय विदेशमन्त्री डा एस जयशङ्करले सामाजिक सञ्जालमार्फत उक्त जानकारी दिँदै आज नेपालको रसुवामा आएको बाढीपीडितका लागि मानवीय सहायता, विपद् राहत, आवश्यक औषधि नेपाल पठाइएको बताउनुभएको छ । “हामी शोकसन्तप्त परिवारजन तथा यस घटनाबाट प्रभावित सबैप्रति हार्दिक समवेदना व्यक्त गर्दछौँ”, उहाँले भन्नुभएको छ, “यस चुनौतीपूर्ण परिस्थितिमा भारत नेपाल र नेपाली जनताको साथमा उभिएको छ ।” --- # लगातार तेस्रो दिन बढ्यो नेप्से, कारोबार ७ महिनायताकै उच्च Source: https://newskunda.com/archives/5256 Category: अर्थ Last updated: 2026-10-29 काठमाडौं । नेपाली सेयर बजारमा लगातार तेस्रो कारोबार दिन पनि सुधार देखिएको छ । बिहीबार नेप्से परिसूचक ३१.४४ अंकले बढेर २ हजार ६९५.६० विन्दुमा बन्द भएको हो । यसअघि पनि बजारमा उल्लेख्य वृद्धि भएको थियो । बुधबार नेप्से परिसूचक ३३.२९ अंकले बढेको थियो । लगातार तीन दिनसम्म बजारमा सुधार कायम रहँदा लगानीकर्तामा उत्साह थपिएको छ । बजारमा परिसूचकसँगै कारोबार रकममा पनि उल्लेख्य वृद्धि भएको छ । बिहीबार ८ अर्ब ५७ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । यसअघि असार ३० गते ८ अर्ब २९ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो । त्यसयता बिहीबारको कारोबार रकम सात महिनायताकै उच्च रहेको समाचारमा उल्लेख छ । लगातार तीन दिनको वृद्धिसँगै सेयर बजारमा हरियाली फर्किएको छ । परिसूचक र कारोबार रकम दुवै बढ्नुले बजारमा लगानीकर्ताको सक्रियता बढेको संकेत गर्छ । यद्यपि, बजारको आगामी दिशा भने कारोबारको निरन्तरता र अन्य आर्थिक तथा नीतिगत परिस्थितिमा निर्भर रहनेछ । --- # ‘कठपुतली’ देशभर एकसाथ प्रदर्शनमा Source: https://newskunda.com/archives/150 Category: कला तथा साहित्य Last updated: 2022-01-02 काठमाडौं, १७ पुष । आजबाट फिल्म ‘कठपुतली’ देशभर एकसाथ प्रदर्शनमा आएको छ । फिल्मले ठूलो संख्यामा सिंगल हल र देशभर मल्टीप्लेक्सहरुमा सयभन्दा बढी शो पाएको छ । नेपालको सबैभन्दा ठूलो मल्टीप्लेक्स चेन क्यूएफएक्सले आजका लागि देशभरका स्टेशनमा १४ शोज दिएको छ । मिथिला शर्मा, गौरी मल्ल, कर्मा, उषा रजक, शिल्पा मास्के, सुवर्ण थापा, ध्रुव कोइराला लगायतको मुख्य भूमिका रहेको फिल्ममा भीमसेन लामाको निर्देशन छ । पृथ्वी राना मगरले निर्माण गरेको फिल्मको सह–निर्मातामा विशाल गुरुङ, धर्म श्रेष्ठ र हेम थापा रहनुभएको छ । --- # आज भाइटीका मनाइँदै, टीकाको उत्तम साइत बिहान ११:०७ बजे Source: https://newskunda.com/archives/5609 Category: कला तथा साहित्य Last updated: 2026-11-11 **काठमाडौं ।** दिदीबहिनीले दाजुभाइको दीर्घायु, सुख, शान्ति र समृद्धिको कामना गर्दै सप्तरङ्गी टीका लगाएर भाइटीका पर्व मनाउँदै छन्। यमपञ्चक अर्थात् तिहारको अन्तिम दिन कात्तिक शुक्ल द्वितीयाका अवसरमा आज देशभर हर्षोल्लासका साथ भाइटीका मनाउन लागिएको हो। नेपालीको दोस्रो ठूलो चाड तिहारको मुख्य दिनका रूपमा रहेको भाइटीकालाई यमद्वितीया पनि भनिन्छ। यस दिन दिदीबहिनीले दाजुभाइलाई परम्पराअनुसार टीका, माला र विभिन्न परिकार दिएर दीर्घायु तथा आरोग्यको कामना गर्ने चलन छ। टीकापछि दाजुभाइले पनि दिदीबहिनीलाई टीका लगाइदिने, उपहार तथा दक्षिणा प्रदान गरी सम्मान प्रकट गर्ने परम्परा छ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अध्यक्ष सहप्रा डा. पुरुषोत्तम भट्टराईका अनुसार यस वर्ष भाइटीकाको उत्तम साइत बिहान ११ बजेर ७ मिनेटमा रहेको छ। यद्यपि, भाइटीका दिनभर लगाउन सकिने भएकाले साइतको समय अनिवार्य नरहेको उनले बताएका छन्। राज्य सञ्चालकले भने साइतमै टीका लगाउनुपर्ने समितिको भनाइ छ। समितिले यस वर्ष टीका लगाइदिने दिदीबहिनी पूर्व र टीका ग्रहण गर्ने दाजुभाइ पश्चिम फर्कनुपर्ने जनाएको छ। यसरी टीका लगाउँदा वृश्चिक राशिमा रहेका चन्द्रमा दाहिने पर्ने धार्मिक मान्यता छ। बिहान चन्द्रमा वृश्चिक राशिमा प्रवेश गर्नेछन्। त्यसअघि तुला राशिमा रहँदा पनि यही दिशाअनुसार टीका लगाउन सकिने धर्मशास्त्रविद् प्रा. डा. रामचन्द्र गौतमले बताएका छन्। भाइटीकाका दिन दिदीबहिनीले लक्ष्मीपूजाका दिन स्थापना गरिएको दियो, कलश र गणेशको पूजा गरी अष्टचिरञ्जीवीसहित यमराज, यमुना, धर्मराज र चित्रगुप्तको आराधना गर्ने परम्परा छ। त्यसपछि दाजुभाइलाई तेलको धाराले छेकेर निधारमा टीका लगाइदिने र मखमली, सयपत्री तथा गोदावरीका माला पहिर्याउने गरिन्छ। सामान्यतया सप्तरङ्गी टीका लगाउने प्रचलन भए पनि शास्त्रीय मान्यताअनुसार रातो, सेतो, पहेँलो, हरियो र नीलो गरी पाँच रङको टीका लगाउने व्यवस्था रहेको धर्मशास्त्रविद् गौतमले बताएका छन्। टीका लगाएपछि दिदीबहिनीले दाजुभाइलाई ओखर, कटुस, मरमसला, सेलरोटीलगायतका परिकार दिने गर्छन्। दाजुभाइले पनि दिदीबहिनीलाई कपडा, दक्षिणा तथा उपहार दिएर प्रेम र सम्मान साटासाट गर्ने परम्परा छ। **दिदीबहिनी नहुनेका लागि बालगोपालेश्वर मन्दिर खुला** भाइटीकाका दिन दिदीबहिनी वा दाजुभाइ नहुनेका लागि काठमाडौंको रानीपोखरीस्थित बालगोपालेश्वर मन्दिर खुला गरिने परम्परा छ। वर्षमा एकपटक भाइटीकाका दिन मात्रै खुल्ने यस मन्दिरमा भक्तजनले पूजा, दर्शन गरी टीका ग्रहण गर्न सक्छन्। काठमाडौं महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरका अनुसार भक्तजनको सुविधाका लागि बुधबार बिहानैदेखि मन्दिर खुला गर्ने तयारी पूरा गरिएको छ। यसैगरी, जयवागेश्वरीस्थित खञ्जनेश्वर महादेव मन्दिरमा पनि दिदीबहिनी वा दाजुभाइ नहुनेले पूजा, दर्शन तथा टीका ग्रहण गर्ने परम्परा छ। संस्कृतिविद् एवं गुठी संस्थानका अध्यक्ष डा. गोविन्द टण्डनका अनुसार विगतमा रानीपोखरीमा हामफालेर मन्दिर प्रवेश गर्ने समस्या देखिएपछि केही समय मन्दिर बन्द गरिएको थियो। त्यसबेला दाजुभाइ तथा दिदीबहिनी नहुनेहरू खञ्जनेश्वर महादेव मन्दिरमा भेला भएर भाइटीका मनाउने गर्थे। विसं २०७२ को गोरखा भूकम्पबाट क्षतिग्रस्त बालगोपालेश्वर मन्दिर पुनर्निर्माणपछि विसं २०७७ देखि पुनः भक्तजनका लागि खुला गरिएको हो। यसैबीच, नेवार समुदायले भाइटीकाको दिनलाई किजापूजाका रूपमा मनाउने गर्छन्। कुल परम्पराअनुसार किजापूजा गर्ने दिन फरक हुने भए पनि भक्तपुरका अधिकांश नेवार समुदायले तलेजु मन्दिरका पुजारी तथा ज्योतिषीको निर्णयअनुसार अघिल्लो दिन नै किजापूजा सम्पन्न गरेका छन्। --- # गीतकार शिवशंकर थापा मगर विशिष्ट प्रतिभा पुरस्कार र कवि चन्द्र रानाहँछालाई प्रतिभा पुरस्कार प्रदान गरिँदै Source: https://newskunda.com/archives/5101 Category: कला तथा साहित्य Last updated: 2026-10-25 काठमाडौं । नेपाली प्रतिभा प्रतिष्ठान बेलायतले यस वर्षको विशिष्ट प्रतिभा सम्मान झापाका प्रसिद्ध गीतकार शिवशंकर थापा मगर र खोटाङका कवि चन्द्र रानाहँछालाई प्रतिभा पुरस्कार प्रदान गर्ने निर्णय गरेको छ। प्रतिष्ठानले शनिबार जारी गरेको विज्ञप्तिमा यो जानकारी दिइएको हो। प्रतिष्ठानका अध्यक्ष देवेन्द्र खेरेसका अनुसार पुरस्कारसँगै एक लाख रुपैयाँ नगद राशि पनि दिइनेछ। शिवशंकर थापा मगर वि.सं. २००३ वैशाख १५ गते धनकुटाको चुलीवनस्थित डाँडागाउँमा जन्मिएका हुन्। युवावस्थादेखि नै गीत लेखनमा सक्रिय रहेका उनले वि.सं. २०२० देखि गीत रचना सुरु गरेका थिए। वि.सं. २०२६ मा रेडियो नेपालबाट स्वर परीक्षा पास गरेपछि उनको गीत रेकर्ड भयो र २०२८ देखि रेडियो नेपालमा बजाउन थालियो। अहिलेसम्म उनले करिब एक सय गीत लेखेका छन्। उनका चर्चित गीतहरूमध्ये दीप श्रेष्ठले गाएको ‘तिमी आकाशको जून भयौ’, ‘भन्थिन् मेरी उनी मेरो पाइला नटेकिदिनू’, पवन गोलेले गाएको ‘रहेको हावासँग बगुँ भन्छ पातसँग बोलु भन्छ’ र ओमविक्रम विष्टको स्वर रहेको ‘मेरो रहर ब्यूँझिएर’ लगायत छन्। उनको मुक्तक संग्रह ‘पाइतालाका डोबहरू’ प्रकाशित भइसकेको छ भने संस्मरण र गीति संग्रह ‘भन्थिन् मेरी उनी’ प्रकाशनको अन्तिम चरणमा छ। कवि चन्द्र रानाहँछा वि.सं. २०३७ मा खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–९ निर्मलीडाँडामा जन्मिएका हुन्। साहित्य र कला क्षेत्रमा सक्रिय उनले बाल्यकालदेखि नै चित्रकला, गीत, कविता, कथा र चलचित्रका पटकथा लेख्दै आएका छन्। उनका प्रकाशित कृतिहरूमा गीति एल्बम ‘चौबन्दी किनिदिउँला’ (२०५६) र ‘चिनो रुमाल’ (२०५७), कविता संग्रह ‘मनमा आँधी चलेपछि’ (२०६७) र ‘थिबिया चराको गीत’ (२०७१) तथा कथा संग्रह ‘भाउजू लडेको भीर’ (२०६९) छन्। उनले राष्ट्रिय कविता महोत्सव २०७४ मा प्रथम स्थान, युवा वर्ष मोती पुरस्कार २०७५ र खोटाङ प्रतिभा पुरस्कार २०८० सहित दर्जनभन्दा बढी सम्मान प्राप्त गरेका छन्। बेलायतमा बसेर नेपाली साहित्य र कलाको सेवा गर्दै आएका स्रष्टाहरूले सन् २००८ मा नेपाली प्रतिभा प्रतिष्ठान स्थापना गरेका थिए। --- # तिहारको रमझममा कोरोनाको जोखिम नभुलौ, आफु पनि बचौँ अरुलाई पनि बचाऔँ Source: https://newskunda.com/archives/81 Category: कला तथा साहित्य Last updated: 2021-12-31 **-अनुसा थापा (भक्तपुर)** नेपालीहरुको दोस्रो महान चाड तिहार ढोकैमा छ । उज्यालोको रुपमा चिनिने यो पर्वले नेपालीहरुको मन उमगिंत पार्दछ । दिदीबहिनीहरु दाजुभाइलाई टीका लगाउन जान्छन् । दाजुभाइले आफ्ना दिदीबहिनीलाई उनीहरुको हैसियत अनुसार उपहार दिने गर्दछन् । दिदीबहिनी र दाजुभाइको लागि यो महत्वपुर्ण चाड हो । साथै, वर्षदिनभरि खेतबारी जोतेको गोरुलाई पुजा गरिन्छ । गाईलाई पनि लक्ष्मीको रुपमा पुजाआजा गरिन्छ । त्यसको साथसाथै काग र कुकुरलाई पनि निकै महत्व दिइन्छ । तिहारको बेला धर्मकर्ममा विश्वास राख्ने मानव जाति अरु बेला के गर्छौ । अघिपिच्छे खाना खान दिदनौं हामी कुकुरलाई । आखिरी तिहारमा चाहि हामी त्यही कुकुरलाई खोजीखोजी पुजा गर्ने गर्छौ । सडकमा कति सवारी साधनले गाडी किचेको देखिन्छ । कुकुरलाई मानिसहरुले कुट्ने, धपाउने जस्ता निच कार्यहरु गर्दछन् । एकदिनको लागि कुकुरलाई अन्न र पानी दिदैंमा धर्म हुन्छ होला ? एउटा माला र एउटा बिस्कुट दिएर कुकुरसंग फोटो खिच्न भ्याउछन् हाम्रो समाजका प्रतिष्ठत व्यक्तिका टोलीहरु । अरुबेला जनावरसंग फोटो खिच्न लाज लाग्ने, जनावरलाई घृणा गर्नेहरु त्यसदिन कुकुरसंग फोटो खिचेर फेसबुकमा पोस्ट गर्छन् । बाटोमा शान्तसंग हिडिरहेको जनावरलाई पहिले हामी आफै चलाउछौ, जिस्काउछौ । गाईलाई हामी मानव जातिले गर्ने व्यवहार पनि त्यस्तै छ । गाईले दुध दिउञ्जेल हामी गाई पाल्छौ । त्यसबाट लिनुपर्ने फाइदा लिन्छौ । जब गाई बुढो हुन्छ, दुध दिन्छ छाड्छ अनि सडकमा लगेर मर्नको लागि छोडिदिन्छौ । तर, गाई पुजाको दिन गाईको खोजीखोजी पुजा गर्छौ । गाईसंग पनि नाटक देखाउदै फोटो खिच्ने प्रथा त कायमै नै छ । पहाड र तराईमा अझैपनि गोरुले खेतबारी जोत्ने गरिन्छ । त्यही गोरुले जोतेर उत्पादन भएको खानेकुराहरुले छाक टार्छौ । गाईगोरु, कुकुर जस्ता प्राणीहरुको कारण हामी मानवहरुको प्राण जोगिरहेको छ । हामीलाई कसैले पिट्दा कति दुख्छ । कसैले करायो भने कति मन पाल्छ । अन्य जीवजन्तुलाई पनि त्यस्तै नै हो । कुट्ने, हेला गर्ने त हामी नेपालीहरुको स्वभाव नै हो । अघिपछि खाना खाइनसकेर कति खाना फोहोरमा लगेर फ्यालिन्छ । तर त्यही खाना भोका जीवजन्तुलाई दिन नेपालीहरुलाई लाज लाग्छ । कागलाई त हामी पानीसमेत दिदैनौ । तर एकदिनको निमित्त नाटक गर्दे माला लगाइदिने र खाना खुवाउने काम हामीबाट हुन्छ । अझै कतिको त जनावरलाई देख्दै रगत तातेर पनि आउदो हो । जनावलाई बिनाकाम गाली गर्ने पनि नेपालीहरुले नगरेको भने होइनन् । अधिकांश नेपालीहरुको बानी जुन दिन आवश्यक पर्छ त्यही दिन मात्र खोज्छौ । अरुबेला त्यसको केही मतलब लाग्दैन् । मानव प्राणीलाई सबैभन्दा बुद्धधिजीवी प्राणीका रुपमा समेत चिनिन्छ । तर मानिसभन्दा लोभी र स्वार्थी सायदै कुनै अरु जीव छन् होला । यो त प्राणीलाई लिएर गरिएको एउटा टिप्पणी मात्र भयो । तिहार भनेकै विशेष दाजुभाइ र दिदीबहिनीको चाडपर्व हो । यसमा पनि कतिपय दिदीबहिनी र दाजुभाइलाई निकै समस्या पर्ने गरेको छ । कतिको दाजुभाइ छैनन् त कतिको दिदीबहिनी । जसको कारण कति दाजुभाइ आफ्नो निधार खाली राख्न बाध्य छन् । तिहारमा देउसी र भैलो निकै विशेष रितिरिवाज हो । देउसीभैलो प्रायजसो सबैले खेल्छन् । बालबच्चा र भुरो मात्र नभई बुढोले समेत देउसीभैलो खेलेर रमाइलो गर्ने गरेका छन् । तर अहिले पछाडिको समयमा केही बर्ष अघि देखि बिभिन्न कलाकारहरुले राजनितिक दलको सड्गठन क्लबहरुले दैउसी भैलोलाई आफनो एउटा कमाउने भाडो बनाएका छन् । यसले गर्दा बिकृति फैलिरहेको छ । दैउसी भैलो खेल्न आउने मानिसहरु गाडि रिजर्भ गरेर अष्उने जाडँ रक्सी खाएर आउने जसले गर्दा उनीहरुलाई पैसा धेरै दिनृपर्ने । देउसीभैलो पैसाको लागि खेल्ने हो र ? पहिलेपहिलेको चाडपर्व लिएरर मान्यता नै बेग्लै थियो । सबैले रमाइलो र आपसी सद्भावलाई मान्यतामा राखेर चाडपर्व मनाउथे । देउसीभैलो खेल्छन् तर मुखले भट्टाएर होइन् म्युजिक सिस्टम घन्काएर । यसले गर्दा टोलछिमेकमा बस्नेलाई निकै डिस्टर्ब हुन्छ । चाडपर्वको नाममा बेथिति मात्रै फैलिएका छन् । तिहारको मयमा महँगीसमेत निकै बढेको सामान किन्न गएको सर्वसाधारणहरुको भनाइ छ । तर, अनुगमनतिर खासै चासो दिइएको पाइदैन् । फलफुल, मिठाइ,, माला, भाइटीकाको लागि आवश्यक सामग्रीहरु छोइनसक्नु भएका छन् । महँगी बढेको बढ्यै छ तर तलब बढदैन् । दाजुभाइले पनि टीका लगाइपछि राम्रो उपहार दिन सक्दैन् । त्यसैले कतिले त टीका लगाउन छोडिसकेको छन् । टीका पनि पैसाको लागि मात्र लाउने हो जस्तो भइरहेको छ । टीका लगाएर पैसा कमाउने हो भने यो चाडपर्व नभई व्यापार गर्ने एउटा थलो हो । नेपाल सरकार अन्तर्गत गृह मन्त्रालयले चाडबाडको समय हुने आपराधिक घटनालाई ध्यानमा राखेर कुनै पनि योजना बनाएको छैन् । जाँडरक्ी खाएर होहल्ला गर्ने, कौडा खेल्ने, मदिरा सेवन गरेर वारी साधन चलाउने जस्ता कार्यहरु बढ्ने गर्दछन् । अहिले त जाँडरक्सी खाएर देउसीभैलोसमेत खेल्ने गरेको पाइन्छ । देउसीभैलो खेल्न आएकाहरुलाई कम पैसा दिएमा झैझगडा गर्छन् । चाडबाडको बेलामा अधिकांश सवारी साधनका घटनाहरु बढिरहेको देख्न र सुन्नमा आएको छन् । व्यापारीहरुले पनि चाडबाडको मौका छोपेर ग्रहक ठग्नुसम्म ठग्छन् । यातायात व्यवसायीहरुले पनि मनलाग्दी भाँडा उठाएका छन् । यता, ट्याक्सी पनि मिटरमा हिड्न मान्दैन् । सार्वजनिक यातायातले सिटभन्दा बढी यात्रु हाल्ने गर्दछन् । चाडबाडको बेला उनीहरुको व्यापार झनै फस्टाउदो छ । मान्छे मरे पनि यातायात व्यवसायीहरुलाई कुनै फरक पर्दैन् । दुर्घटना, जुवा, कौडा जस्ता बेथितिलाई नियन्त्रणमा लिन नेपाल सरकार वा ७७ वटै जिल्लाका प्रमुख अधिकारीहरुले ध्यान पुप्याएका छैनन् । यसलाई कसरी न्युनिकरण गर्नेतर्फ कैको ध्यान गएको छैन् । उपत्यकाका मान्छेहरु तिहार मान्नको लागि आफ्नो कोठा ताल्चा लगाएर घर गएका छन् । घर सुनसान भएको बेला चोरहरु सजिलै भित्र पस्न सक्छन् । यसको लागि पनि सरकारले विशेष कार्ययोजना बनाउन जरुरी देखिएको छ । उपत्यका बजारहरु पुरै ढाकिएका छन् । मान्छेको भीड छिचोल्न हम्मेहम्मे छ । सामान खरिद गर्ने देखिलिएर बिक्री गर्नेले समेत स्वास्थ्य मापदण्डको पालना गरेको छैनन् । यसबाट कोरोना फैलने सक्ने जोखिम बढेको छ । तिहार मनाउने नाममा कोही पनि संक्रमित हुन नपारेस् । कसैको घरमा रुवाबासी नचलोस् । यसका लागि हामी आफै सतर्क हुन जरुरी छ । --- # पुलुकिसी नाचका कलाकार छवी बाडेको अल्पायुमै निधन, नागदेश शोकमा Source: https://newskunda.com/archives/5548 Category: कला तथा साहित्य Last updated: 2026-11-07 **भक्तपुर ।** नागदेशको ऐतिहासिक तथा सांस्कृतिक पहिचानसँग जोडिएको परम्परागत पुलुकिसी नाचका कलाकार छवी बाडेको कलिलो उमेरमै क्यान्सरका कारण असामयिक निधन भएको छ। उहाँको निधनको खबरले नागदेशवासी, कला तथा संस्कृति प्रेमी र शुभचिन्तकहरूलाई स्तब्ध बनाएको छ। नेवाः मौलिक कला, संस्कृति र परम्पराको संरक्षणमा सक्रिय रहँदै आउनुभएका बाडे पुलुकिसी प्याखँसँग आबद्ध कलाकार हुनुहुन्थ्यो। उहाँले यस नाचमार्फत नागदेशको ऐतिहासिक तथा सांस्कृतिक परम्परालाई निरन्तरता दिन महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको थियो। २०८२ सालमा नेवाः ऐतिहासिक सांस्कृतिक भजन खलःको आयोजनामा नगदेशमा प्रदर्शन गरिएको ऐतिहासिक पुलुकिसी नाचमा उहाँले दुई साथीमध्ये एकको भूमिका निर्वाह गर्नुभएको थियो। उक्त नाचमा जेनिस बाडेले पुलुकिसीमा सवार लावण्य देशका राजा नवराजको भूमिका निभाएका थिए भने नागचाःको भूमिकामा श्रीजल बाडे र दुई साथीको भूमिकामा छवी बाडे तथा दीप्सा उप रहेका थिए। श्रीस्वस्थानी व्रतकथामा आधारित पुलुकिसी नाच नगदेशमा परापूर्वकालदेखि जात्राका रूपमा प्रदर्शन हुँदै आएको छ। माधवनारायण पर्वका अवसरमा प्रदर्शन गरिने यस नाचमा धार्मिक विधि, परम्परागत बाजागाजा र नगर परिक्रमासमेत समावेश हुने गर्दछ। कलिलो उमेरमै उहाँको निधनले मौलिक नेवाः कला तथा संस्कृति संरक्षणको क्षेत्रमा अपूरणीय क्षति पुगेको छ। उहाँले संस्कृतिको संरक्षण र निरन्तरताका लागि पुर्याउनुभएको योगदान सधैँ स्मरणीय रहनेछ। उहाँको कला, समर्पण र सांस्कृतिक योगदान आगामी पुस्ताका लागि पनि सम्झनायोग्य रहनेछ। दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै छवी बाडे नानुप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछौँ। साथै, शोकसन्तप्त परिवारजन, आफन्त, सहकर्मी कलाकार तथा सम्पूर्ण नागदेशवासीमा हार्दिक समवेदना व्यक्त गर्दछौँ। --- # शैक्षिक उपन्यास ‘कखरा’ सार्वजनिक Source: https://newskunda.com/archives/80 Category: कला तथा साहित्य Last updated: 2021-12-31 काठमाडौँ, २१ असोज: “हामीले विद्यालय छाड्ने अन्तिम दिन रिसाउँदै बिदा भएका थियौँ । त्यस दिन विद्यालयमा तनाव र तोडफोडको स्थिति सिर्जना भएको थियो । आखिर किन त्यस्तो गरिएछ भन्ने जवाफ आज ‘कखरा’ पढेपछि मिलेको छ ।” लेखक हरिहर तिमिल्सनाकृत शैक्षिक विषयमा आधारित ‘कखरा’ उपन्यासबारे आज आयोजित कार्यक्रममा समीक्षा गर्दै उपन्यासकार नयनराज पाण्डेले भन्नुभयो, “मेरो विद्यालय जीवनलाई जीवन्तरुपमा यस उपन्यासले स्मरण गराएको छ ।” शैक्षिक रुपान्तरण र प्रेरणदायी पुस्तकको उत्पादन र प्रकाशनमा संलग्न सिकाइ समूहको आठौँ कृति ‘कखरा’ को विमोचन कार्यक्रममा आज उपन्यासकार पाण्डेका साथै शिक्षा प्रशासक, विद्यालयका प्रधानाध्यापक, विद्यार्थी र पत्रकारसमेतले उक्त कृतिको मौलिकता र सामाजिक रुपान्तरणको सामथ्र्यबारे प्रकाश पारेका थिए । नेपाल प्रहरी स्कुल, काभ्रेका शिक्षक तिमिल्सिना ‘पढाउनेले पढौँ’ भन्ने अभियानका एक अभियन्ता एवं गीतकार हुनुहुन्छ । कार्यक्रममा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सहसचिव डा हरि लम्सालले शिक्षाको सुधारका लागि माथिल्ला तहमा बसेकाले के गर्नुपर्छ भन्ने मनन् गराउन लेखक तिमिल्सिनाको कलमले काम गरेको बताउनुभयो । उहाँले शिक्षामा सुधार नहुनुमा विद्यार्थी नभई ठूला मान्छे नै जिम्मेवार रहेको स्वीकार्नुभयो । लिटिल एन्जेल्सका प्रिन्सिपल मुकुन्दराज शर्मा, सरस्वती निकेतनका शिक्षक मल्लिका जोशी र पत्रकार वसन्त बस्नेतले पुस्तकले नेपाली परिवेश र शैक्षिक स्थितिलाई सचित्र उतारेको बताउनुभयो । विभिन्न विद्यालय र विश्वविद्यालयमा अध्ययनरत विद्यार्थी स्नेहा झा, कल्याणविक्रम अधिकारी, अर्जुन मिजार र स्वती रेग्मीले पनि पुस्तकले आफूहरुले भोगिरहेको यथार्थलाई औपन्यासिकरुपमा चिरफार गरेको सुनाउनुभयो । गिजुभाइको ‘दिवास्वप्न’ जस्ता पुस्तकको अनुवाद गरेको सो सिकाइ समूहका प्रबन्ध सम्पादक सुदर्शन घिमिरेले शिक्षामा सुधारका लागि यस्ता पुस्तकले टेवा दिनसक्ने अपेक्षासहित प्रकाशन गरेको जनाउनुभयो । --- # एनपीएलमा आज दुई खेल, लुम्बिनी–जनकपुर र काठमाण्डु–विराटनगर भिड्दै Source: https://newskunda.com/archives/5495 Category: खेलकुद Last updated: 2026-11-05 **काठमाडौं ।** नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणअन्तर्गत बिहीबार दुई रोमाञ्चक खेल हुँदैछन्। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने पहिलो खेलमा साविक विजेता लुम्बिनी लायन्स र जनकपुर बोल्ट्स भिड्नेछन् भने दोस्रो खेलमा काठमाण्डु गोर्खाज र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा हुनेछ। पहिलो खेल दिउँसो १२ः३० बजे सुरु हुनेछ भने दोस्रो खेल साँझ ५ बजे हुनेछ। ### लुम्बिनी शीर्ष स्थान जोगाउने लक्ष्यमा तीन खेलबाट पाँच अंक जोडेको लुम्बिनी लायन्स अंकतालिकाको शीर्ष स्थानमा छ। दुई जित र एक बराबरीको नतिजा निकालेको लुम्बिनी पछिल्लो खेलमा पोखरा एभेन्जर्सलाई आठ विकेटले पराजित गर्दै उच्च मनोबलमा छ। अर्कोतर्फ, चार खेलमा दुई जित र दुई हार व्यहोरेको जनकपुर बोल्ट्स चार अंकसहित चौथो स्थानमा छ। पछिल्लो खेलमा विराटनगर किङ्ग्ससँग दुई रनले पराजित भएको जनकपुर बिहीबारको खेलमा जित निकाल्दै पुनः लयमा फर्कने प्रयासमा हुनेछ। एनपीएलका अघिल्ला दुई संस्करणमा यी दुई टोलीबीच भएका दुई खेलमा दुवैले एक–एक जित हात पारेका छन्। त्यसैले बिहीबारको प्रतिस्पर्धा दुवै टोलीका लागि हेड-टु-हेडमा अग्रता बनाउने अवसरसमेत हुनेछ। ### काठमाण्डु र विराटनगरबीच कडा प्रतिस्पर्धा बिहीबारको दोस्रो खेलमा काठमाण्डु गोर्खाज र विराटनगर किङ्ग्स आमनेसामने हुनेछन्। दुई खेलमा एक जित र एक हार व्यहोरेको काठमाण्डु गोर्खाज अंकतालिकाको सातौँ स्थानमा छ। टोलीले पछिल्लो खेलमा कर्णाली याक्सलाई चार विकेटले पराजित गरेको थियो। उक्त जितलाई निरन्तरता दिँदै अंकतालिकामा सुधार गर्ने लक्ष्य काठमाण्डुको हुनेछ। विराटनगर किङ्ग्स भने चार खेलमा दुई जित र दुई हारसहित अंकतालिकाको दोस्रो स्थानमा छ। पछिल्ला दुई खेलमा लगातार जित निकालेको विराटनगर बलियो मनोबलका साथ मैदान उत्रनेछ। टोलीले मंगलबार जनकपुर बोल्ट्सलाई दुई रनले पराजित गरेको थियो। काठमाण्डु र विराटनगरबीच यसअघि भएका दुई खेलमा दुवैले एक–एक जित निकालेका छन्। पहिलो संस्करणमा काठमाण्डुले एक विकेटको रोमाञ्चक जित हात पारेको थियो भने दोस्रो संस्करणमा विराटनगरले पाँच विकेटले बाजी मारेको थियो। बिहीबारको खेलमा जित निकाल्ने टोलीले आपसी प्रतिस्पर्धामा अग्रता बनाउनेछ। लगातार जितको लयमा रहेको विराटनगरलाई रोक्दै काठमाण्डु आफ्नो स्थिति सुधार्न चाहन्छ भने विराटनगर जितको यात्रा कायम राख्ने लक्ष्यमा हुनेछ। **खेल तालिका** - पहिलो खेल: लुम्बिनी लायन्स vs जनकपुर बोल्ट्स — दिउँसो १२ः३० बजे - दोस्रो खेल: काठमाण्डु गोर्खाज vs विराटनगर किङ्ग्स — साँझ ५ बजे दुवै खेल कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुनेछन्। --- # क्यानले कारबाही गरेका चार जनासहित ११ खेलाडी गएनन बन्द प्रशिक्षणमा Source: https://newskunda.com/archives/135 Category: खेलकुद Last updated: 2022-01-02 **काठमाडौं, १८ पुष ।** नेपाल क्रिकेट संघ क्यान ले कारबाही गरेका खेलाडीहरू बन्द प्रशिक्षणमा अनुपस्थित भएका छन् । वर्गीकरणको विषयमा असन्तुष्टि जनाउँदा स्पष्टिकरण सोधेर क्यानले कारबाही गरेका ज्ञानेन्द्र मल्ल, दीपेन्द्रसिंह ऐरी, सोमपाल कामी, कमलसिंह ऐरी प्रशिक्षणमा नगएका हुन् । क्यानले गरेको क्रिकेट खेलाडीको वर्गीकरणमा असन्तुष्टि जनाएकै कारण उनीहरूलाई क्यानले ६ महिना तलब नदिने निर्णय गरेको थियो । प्रशिक्षणमा ज्ञानेन्द्र मल्ल सहितका खेलाडीको समर्थनमा रहेका अन्य खेलाडी पनि अनुपस्थित भएका छन् । रोहितकुमार पौडेल, करण केसी, अविनाश बोहोरा, बिनोद भण्डारी, सुसन भारी, नन्दन यादव र कुशल भुर्तेल पनि बन्द प्रशिक्षणमा गएका छैनन् । अन्य केही खेलाडी पनि अनुपस्थित भएको बताइएको छ। अरू को(को अनुपस्थित भए भन्ने विस्तृत विवरण आइसकेको छैन । क्यानले ३० जना खेलाडीलाई प्रशिक्षणका लागि बोलाएको थियो । बन्द प्रशिक्षणका लागि नवनियुक्त प्रशिक्षक पुबुदु दसानायके नेपाल आइसकेका छन् । क्यानले सहायक प्रशिक्षक अझै नियुक्त गरेको छैन । फेब्रुअरीमा हुने आइसीसी टी(२० विश्वकप छनोटका लागि खेलाडीहरूलाई बन्द प्रशिक्षणमा डाकिएको हो । --- # पोखरा रंगशालामा मनाङको दोस्रो जित, Source: https://newskunda.com/archives/132 Category: खेलकुद Last updated: 2022-01-02 **काठमाडौं, १७ पुष ।** पोखरा रंगशालामा भर्खरै सम्पन्न खेलमा मनाङ मस्र्याङ्दी क्लबले ब्रिगेड बोइज क्लब बीबीसीविरुद्ध १–० गोलको जित निकालेको छ । पछिल्लो खेलमा दशरथ रंगशालामा मछिन्द्र क्लबसँग हार व्यहोरेको मनाङले पोखरामा रंगशालामा भने लगातार दोस्रो जित निकालेको हो । खेलको १५औं मिनेटमा बीबीसीले पेनाल्टीको अवसर पाए पनि उसले त्यो सदुपयोग गर्न सकेन । शिशिर लेखीले प्रहार गरेको पेनाल्टी प्रहार क्रसबार माथिबाट बाहिरिएको थियो । तर खेलको ४५औं मिनेटमा गोल गर्दै अन्जन विष्टले मनाङलाई खेलमा अग्रता दिलाएका थिए । लिगमा ७ खेल खेलेको मनाङले पछिल्लो जितसँगै १६ अंक बटुलेर शीर्षस्थानमा पुगेको छ। जारी लिगको सातौं चरणको अन्तिममा शीर्षस्थानमा रहने टिमले एएफसी कप खेल्न पाउनेछ । आइतबारको खेलमा मछिन्द्र क्लबले जित निकाल्न नसके मनाङले एएफसी कप छनोट खेल्ने अवसर पनि पाउनेछ। मच्छिन्द्रको अहिले १४ अंक छ। मछिन्द्रले जित निकालेको अवस्थामा भने मछिन्द्रले एएपसी कपको छनोट खेल्ने अवसर पाउनेछ। --- # लिभरपुलका प्रशिक्षक क्लोपले चेल्सीविरुद्धको खेल गुमाउने Source: https://newskunda.com/archives/138 Category: खेलकुद Last updated: 2022-01-02 **काठमाडौं, १८ पुष ।** लिभरपुलका मुख्य प्रशिक्षक योर्गेन क्लोपले प्रिमियर लिगअन्तर्गत आइतबार हुने चेल्सीविरुद्धको खेल गुमाउने भएका छन् । क्लबले क्लोपलाई कोरोना संक्रमण पुष्टि भएकाले चेल्सीविरुद्धको खेल गुमाउने जानकारी गराएको हो। हाल उनी सेल्फ आइसोलेसनमा बसेका छन्। लिभरपुलले चेल्सीको घरेलु मैदान स्टामफोर्ड खेल्ने छ । लिगमा हाल चेल्सी २० खेलमा ४२ अंकका साथ दोस्रो र लिभरपुल १९ खेलमा ४१ अंक जोडेर तेस्रो स्थानमा छ । --- # सहिद स्मारक ए डिभिजन लिगअन्तर्गत आजको खेलमा मनाङ मस्र्याङ्दी क्लब विजयी Source: https://newskunda.com/archives/129 Category: खेलकुद Last updated: 2022-01-02 **काठमाडौं, १७ पुष ।** मनाङले पोखरा रंगशालामा ब्रिगेड ब्वाइज क्लबमाथि १ ० को कठिन जित हात पारेको हो । यो जितसँगै शीर्ष स्थानमा उक्लिएको मनाङले एएफसी कप छनोटको सम्भावनालाई जीवितै राखेको छ । पहिलो हाफको थप गरिएको समयमा कप्तान अञ्जन विष्टले गरेको एक मात्र गोल मनाङलाई जित दिलाउन प्रयाप्त बन्यो । खेलको १७ औं मिनेटमा ब्रिगेडले पेनाल्टीमार्फत गोल गर्ने सुनौलो अवसर पाए पनि त्यसलाई सदुपयोग गर्न सकेनन् । शिशिर लेखीको पेनाल्टी प्रहार क्रस बारमाथिबाट बाहिरिएको थियो । यो जितसँगै मनाङले ७ खेलमा १६ अंक जोड्दा ब्रिगेड ५ अंकका साथ १२औँ स्थानमा छ । --- # स्पेनिस क्लब एट्लेटिको मड्रिडका पाँच जनामा कोरोना संक्रमण पुष्टी Source: https://newskunda.com/archives/33 Category: खेलकुद, स्वास्थ्य Last updated: 2021-12-31 **काठमाडौं १६ पुष ।** स्पेनिस क्लब एट्लेटिको मड्रिडका मुख्य प्रशिक्षक डिएगो सिमानसहित पाँच जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रशिक्षक सिमोनसहित फरवार्ड एन्टोनियो ग्रिजम्यान र जाओ फिलिक्स तथा मिडफिल्डर कोके र हेक्टर फेरेरालाई कोरोना पुष्टि भएको क्लबले जनाएको छ । कोरोना संक्रमण भए पनि उनीहरूको स्वास्थ्य अवस्था भने सामान्य रहेको र सबै आइसोलेसनमा बसिसकेको क्लबले जानकारी दिएको छ । पछिल्लो समय ला लिगामा कोरोना संक्रमितको संख्या बढ्दै गएको छ । बार्सिलोनाले पनि आफ्ना १० खेलाडीमा कोभिड पुष्टि भएको सार्वजनिक गरेको थियो । रियल मड्रिडले बिहीबार थिबाउट कोर्टोइस, एडुर्डो कामाभिङ्गा, फेडेरिक भाल्भर्डे र भिनिसियस जुनियरको कोभिड रिर्पोट सकारात्मक आएको जनाएको थियो । सेभियाका पाँच खेलाडी पनि कोरोना संक्रमित बनेका छन् । एजेन्सी । --- # कोलोराडो सहरमा डढेलोबाट करिब १ हजार घर जले, ३० हजार मानिस विस्थापित Source: https://newskunda.com/archives/174 Category: जीवन शैली Last updated: 2022-01-02 **कोलोराडो**: अमेरिकी राज्य कोलोराडोनजिकैको वनमा लागेको भीषण डढेलोबाट कम्तीमा ५ सयभन्दा बढी घरहरु जलेर खरानी भएका छन् । बिहीबार लागेको डढेलो अनियन्त्रित बन्दा कोलोराडोको डेन्भर महानगरपालिका क्षेत्रका दुईवटा सहरमा करिब १ हजारभन्दा बढी घर जलेर खरानी भएका हुन् । डढेलोबाट शनिबारसम्म ३ जना मानिसले ज्यान गुमाएका छन् भने अन्य केही मानिस मानिस घाइते भएको जनाइएको छ। अधिकारीहरुले शनिबार बताएअनुसार सुपेरियर र लुइसभिल्ला सहरका १ हजारभन्दा बढी घरहरु जलेर नष्ट भएका हुन् । डढेलोले दुई घण्टामा मात्र २४ सय हेक्टर क्षेत्रफल विनाश गरेको छ । विनाशकारी डढेलो निभेपछि सो क्षेत्रमा २० सेन्टिमिटरसम्म हिउँ परेको समेत शनिबार अधिकारीहरुले बताएका छन् । लामो समयसँगैको खडेरी र सुख्खा मौसमका कारण बिहीबार बिहानैदेखि सो क्षेत्रमा डढेलो लागेको थियो । प्रतिघण्टा १६९ किलोमिटरको वेगमा चलेको हावाले सो डढेलो तीब्ररुपमा फैलिएको थियो । डढेलोपछि सो क्षेत्रमा बसोबास गर्दै आएका करिब ३४ हजार मानिस घर छोड्न बाध्य भएका थिए । तीब्ररुपमा फैलिएको डढेलाले वल्ड टाउन र सुपेरियर क्षेत्रमा सबैभन्दा बढि क्षति पुगेको त्यहाँको महानगरपालिकाले जनाएको छ । हालैको डढेलो कोलोराडो इतिहासकै विनाशकारी भएको अधिकारीहरुले बताएका छन् । अमेरिकी राष्ट्रपति जो बाइडेनले कोलोराडोको सो अवस्थालाई विपत्तिजनक भएको घोषणा गरेका छन् । विज्ञहरुले जलवायु संकटका कारण सहरी क्षेत्रमा समेत डढेलो फैलिएको चेतावनी दिएका छन् । पछिल्ला वर्षहरुमा जलवायु परिवर्तनका कारण कोलोराडो क्षेत्रले चरम सुख्खा र खडेरीको सामना गरिरहेको छ । जसका कारण सो क्षेत्रमा आगलागी र डढेलोका घटना बढ्दै गएका छन् । अघिल्ला वर्षहरुको तुलनामा पछिल्ला वर्षहरुमा वनजंगलमा लाग्ने डढेलोले झनै विनाशकारी रुप लिने गरेको बताइएको छ। --- # परीक्षा केन्द्र सारिएको भन्दै सर्लाही क्याम्पसका विद्यार्थी आन्दोलित Source: https://newskunda.com/archives/177 Category: जीवन शैली Last updated: 2022-01-02 **मलङ्वा :** स्नातक चौथो वर्षको परीक्षाको मुखमा परीक्षा केन्द्र सारिएको भन्दै सर्लाही क्याम्पस मलङ्वाका विद्यार्थीले आन्दोलन गरेका छन्। जिल्लाका सम्पूर्ण क्याम्पसको परीक्षा केन्द्र यथावत राखिए पनि सर्लाही क्याम्पसको परीक्षा मात्र सारिएको भन्दै विद्यार्थी आन्दोलित बनेका हुन्। विद्यार्थीले बिहानैदेखि क्याम्पसअगाडि टायर बालेर प्रदर्शन गरिरहेका छन्। उनीहरुले यातायात अवरुद्ध गरेका छन्। विरोध गर्दै बजार परिक्रमा समेत गरेका छन्। पहिला तोकिएको केन्द्र यथावत नगरिएसम्म आन्दोलन जारी नै राख्ने अनेरास्ववियुका सर्लाही क्याम्पस कमिटी अध्यक्ष धरबेन्द्र यादवले जानकारी दिए। आन्दोलनमा सबै विद्यार्थी संगठनको सहभागीता रहेको छ। --- # प्रदेश नम्बर १ मा किरातीहरूको हकदाबी लाग्छ : मुख्यमन्त्री राई Source: https://newskunda.com/archives/180 Category: जीवन शैली Last updated: 2022-04-05 **काठमाडौं :** प्रदेश नम्बर १का मुख्यमन्त्री राजेन्द्रकुमार राईले १ नं. प्रदेशमा किरातीहरूको हकदाबी लाग्ने बताएका छन् । प्रदेशमा किरातीहरूले पहिलोपटक बस्ती बसालेर मानव सभ्यताको विकास गरेको भन्दै उनले त्यसमा उनीहरूको हकदाबी लाग्ने बताएका हुन् । शनिबार काठमाडौंको टुँडिखेलमा आयोजित साकेला शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री राईले प्रदेशको नामाङ्कन गर्दा किरातीहरूले हकदाबी प्रस्तुत गर्न पाउने बताएका हुन् । उनले प्रदेशको नामाङ्कन गर्दा आफू किरातसहित बहुपहिचानको पक्षमा रहेको समेत बताए । ‘एक नम्बर प्रदेशमा किरातीहरूको हकदाबी लाग्छ’, उनले भने, ‘त्यहाँ सबभन्दा पहिला किरातीहरू बसेर एउटा समृद्ध सभ्यता निर्माण गरेका छन् । उनीहरूको सभ्यता त्यहीँ विकसित भएको प्रमाणित छ ।’ प्रदेशका वनजङ्गल, खोलानालालगायतका ठाउँको नाम किराती भाषाबाट रहेको स्मरण गर्दै ती नामले त्यहाँ किरातीले नै सबभन्दा पहिले मानव वस्ती बसालेको प्रमाणित हुने दाबी गरे । जहाँ जसको बाहुल्यता हुन्छ, त्यहाँ सोअनुसार स्थानको नामाङ्कन गर्ने प्रचलन रहेको बताउँदै उनले बाहुल्यताका आधारमा पनि १ नम्बर प्रदेशलाई किरात नामाङ्कन गर्नुपर्ने बताए । ‘कुनै ठाउँमा वस्नेत गाउँ, कार्की गाउँ भनेर नाम राख्ने चलन छ । त्यो ठाउँमा उनीहरूको बाहुल्यता वा सबभन्दा पहिले उनीहरू आएर बसेकाले त्यसरी नाम राखिन्छ’, उनले भने, ‘प्रदेश १ का क्षेत्रमा मानव वस्ती बस्न थालेदेखि सबभन्दा पहिले किरातीहरू बसे । अहिले विभिन्न जातिहरूको बसोबास रहेपनि किरातीहरूको बाहुल्यता छ ।’ प्रदेश १ को नामाङ्कन गर्ने विषय पेचिलो बनेको छ । पहिचानसहितको नामाङ्कनमा राजनीतिक दलहरूको मत नमिलेपछि प्रदेशको नाम संसदमा प्रस्ताव समेत हुन सकेको छैन । --- # विद्यार्थी निकेतन माविमा पुरातात्विक भवनका अवशेषहरु भेटिए Source: https://newskunda.com/archives/171 Category: जीवन शैली Last updated: 2022-01-02 भक्तपुर । विद्यार्थी निकेतन माविको प्रांगणमा पानी ट्यांकी खन्ने क्रममा हालको जमिनको सतहबाट साढे ६ फिट मुनि टेपु ल्हाँे, टेलीय इँटा चिकं अप्पा, फ अप्पा, दाची अप्पाले बनाएको पेटीलगायतका पुरातात्विक भवनका अवशेषहरु भेटिएका छन् । सोही क्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापति र उपप्रमुख रजनी जोशीले उक्त क्षेत्रको स्थलगत निरीक्षण गर्नुभएको हो । सोही क्रममा प्रमुख प्रजापतिले विद्यार्थी निकेतन माविका प्रअ सर्जनी जोशीसँग भेट गरी भक्तपुर नपाले त्यहाँ भेटिएका पुरातात्विक अवशेषहरुको विस्तृत अध्ययन गर्ने बताउनुहुँदै हाललाई उक्त निर्माण कार्य अगाडि नबढाउन पनि आग्रह गर्नुभएको छ । --- # एमसीसी बिरुद्ध काठमाडौंमा नेमकिपाको विशाल प्रर्दशन (फोटो फिचर) Source: https://newskunda.com/archives/105 Category: तस्विर Last updated: 2021-12-31 भक्तपुर, १६ पुस । एमसीसी बिरुद्ध देशभरि प्रर्दशन गर्दै आएको नेपाल मजदुर किसान पार्टीले आज संघीय राजधानीको मुटु काठमाडौंमा विशाल जनप्रर्दशन गरेको छ । एमसीसी बिरुद्ध आम नेपाली जनतालाई सूसुचित गर्ने उदेश्यले देशभरका बिभिन्न जिल्लासहित काठमाडौं उपत्यकाका बिभिन्न सहरमा जनप्रर्दशन गर्दै आएको नेमकिपाले आज काठमाडौं चारवटै नाकाबाट विशाल जनप्रर्दशन गरेको हो । एमसीसी बिरुद्ध पहिलो आवाज उठाउने पार्टीको रुपमा रहेको नेमकिपाले यसअघि पनि संसद र सडकबाट एमसीसी बिरुद्ध खबरदारी गर्दै आएको छ । यसै क्रममा आजको प्रर्दशन गरेको हो । एमसीसी बिरुद्ध भएको बिभिन्न आन्दोलन भन्दा चर्को र ठूलो जनसागर प्रर्दशन गर्दै सरकारसहित एमसीसीको पक्षमा रहेका अन्य दललाई खबरदारी गरेको छ । नेमकिपाले शुरुदेखि नै एमसीसी सम्झौता राष्ट्रघाती भएको, नेपाली भूमिको प्रयोग गरि चीन बिरुद्ध अभियान चलाउने रणनीतिक योजना अमेरिकाको रहेको जस्ता विभिन्न बुँदामा नेपालमाथि नै घात हुन सक्ने भएकाले कुनै हालतमा एमसीसी संसदमा पेश गर्न नहुने निस्कर्षमा नेमकिपा पुगेको छ । अमेरिकी सहयोग परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेसन एमसीसी सम्बन्धी सम्झौता संसद्बाट पारित नगर्न खबरदारी गर्दै नेमकिपाले कोटेश्वर, माइतीघर र पुरानो बानेश्वर हुँदै संसद भवन नयाँ बानेश्वर अगाडि अलग अलग प्रदर्शन गरेको हो । सभामा बोल्दै पार्टीका सचिव एवं संघीय सांसद प्रेम सुवालले सो सम्झौता राष्ट्रघाती भन्दै संसदमा पेश गर्न नदिन सांसदहरुलाई अपिल गर्नुभयो । योे सम्झौंता खारेज नभएसम्म आफूहरुले आन्दोलन जारी राख्ने चेतावनी दिदै नेता सुवालले एमसीसी सम्झौंता संसदबाट पारित भए भारत र अमेरीकी सेनाको नेपाल परेडस्थल बन्ने र एक सेकेन्डमै नेपाल ध्वस्त हुने दावी समेत गर्नु भयो । नेता सुवालले श्रीलंकाले एमसीसी सम्झौंता राष्ट्रिय सुरक्षाका लागि खतरा रहेको निष्कर्ष निकाल्दै खारेज गरेजस्तै नेपालले पनि खारेज गर्नुपर्ने बताउनु भयो । देशघाती एमसीसी सम्झौता खारेज गरेलगायतका नाराबाजी लगाउँदै प्रर्दशन गरिएको थियो । पार्टीका नेता प्रेम सुवालले सो सम्झौता राष्ट्रघाती भन्दै संसदमा पेश गर्न नदिन सांसदहरुलाई अपिल गर्नुभयो । सभालाई नेमकिपाका नेता एवं भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापति, वाग्मति प्रदेश सभा सदस्य सुरेन्द्रराज गोसाई, पूर्व सांसद अनुराधा थापामगर लगायतले एमसीसी देशको लागि ठूलो खतरा रहेको भन्दै खारेज गर्न माग गर्नुभयो । --- # सिबर्डको २० औॅ बार्षिकोत्सब तथा बधाई कार्यक्रम सम्पन्न Source: https://newskunda.com/archives/96 Category: तस्विर, शिक्षा Last updated: 2021-12-31 भक्तपुर, ९ पुस । सिबर्ड ईन्टरनेशनल मा।बि को २० औॅ बार्षिकोत्सब तथा बधाई कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा प्रमुख अतिथि नगर प्रमुख मदनसुन्दर श्रेष्ठले सिबर्डको शैक्षिक गतिबिधि अलावा अतिरिक्त क्रियाकलापमा प्रोत्साहित गर्दै गुणस्तरिय शिक्षाको साथसाथै अनुशासित र लगनशिल बिद्यार्थी निर्माणमा सिबर्डले अग्रणि भुमिका खेलिरहेको बताउनु भयो । उहाँले कक्षा १२ उतिर्ण बिद्यार्थीको आगामी दिनमा उज्वल भबिष्यको कामना समेत गर्नुभयो । कलेजका अध्यक्ष श्यामकृष्ण मानन्धरको सभापतित्व सम्पन्न कार्यक्रममा साँस्कृतिक एवं मनोरञ्जनात्मक कार्यक्रम गरिएको छ । कार्यक्रममा सिबर्ड आईडल सिजन ६ का बिजेता छनौट र सम्मान समेत गरिएको छ । कार्यक्रममा २०७८ मा कक्षा १२ उतीर्ण भई उत्कृस्ट नतिजा ल्याउने ब्यबस्थापन संकायका रिटिना श्रेष्ठ र बिज्ञान संकायका किर्ति अवाललाई सम्मान गरिएको छ । कार्यक्रममा १२ कक्षामा उतिर्ण बिद्यार्थिहरुलाई मायाको चिनोको साथमा सम्मान गरिएको कलेजका एकेडेमिक डाईरेक्टर बिजयचरण श्रेष्ठले जानकारी दिनुभयो । कार्यक्रममा उहाँले सिबर्डको शैक्षिक गतिबिधिबारे जानकारी गराउनु भएको थियो । --- # बिस्केट जात्रा : मध्यराती ढुङ्गा हानाहान हुँदा २३ घाइते, १० पक्राउ, आज विहान पुर्याइयो रथलाई गःहिटी Source: https://newskunda.com/archives/2705 Category: धर्म/संस्कृति, मनोरञ्जन, समाचार, समाज Last updated: 2023-04-11 भक्तपुर, २८ चैत : आज बिहान दत्तात्रय नजिक बिस्केटको भैरबको रथ उभिरहेको । दत्तात्रयदेखि इनाचोसम्म सडक भरि फुटेका छरपष्ट इँटा र ढुङ्गा । बिहान यही बाटो भएर ओहोर दोहोर गर्नेहरुले सहजै अनुमान लगाउन सके, बिस्केट जात्रामा मध्यराती यसवर्ष पनि ढुङ्गा हानाहान भयो । कतिपयले बिहानै सामाजिक सञ्जालभरी यसको फोटो र भिडियो पोष्ट गर्दै ढुङ्गा हानेर जात्राको पहिचान मेट्न खोज्नेलाई कारबाही गर्न माग गरे । भक्तपुरमा हिजोबाट सुरु भएको बिस्काः जात्रामा भैरबको रथ तान्ने क्रममा मध्यराती दत्तात्रयमा पुगेपछि राती करिब १ बजे पछि ढुङ्गा हानाहान भएको थियो । बिहान ४ बजेसम्म ढुङ्गा हानाहान हुँदा २३ जना घाइते भएका छन् । प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक प्रजित केसीले ढुङ्गा हानाहान हुँदा २३ जना घाइते भएको जानकारी दिनुभयो । उहाँले घाइते मध्ये सबैको उपचार सकेर हिजै घर फर्काएको बताउदै घाइते कसैको पनि अबस्था गम्भिर नरहेको बताउनु भयो । ढुङ्गा हानाहान गर्ने १० जनालाई प्रहरीले रातीनै पक्राउ गरेको छ । उहाँले भन्नुभयो, “जात्रामा ढुङ्गा हानाहान गर्नेहरुलाई प्रहरीले रातीनै ढुङ्गा हान्दै गर्दा १० जनालाई पक्राउ गरेको छ, सिसि क्यामरा र अरु माध्यमबाट ढुङ्गा हान्नेहरुको थप पहिचान गर्दै पक्राउ गर्नेछौँ, पक्राउ परेकालाई प्रचलित कानून बमोजिक कारबाही गर्छौ ।” भक्तपुरका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले बिस्केट जात्रा स्थानीयको ऐतिहासिक र मौलिक जात्रा भएकाले जात्रामा सुरक्षाकर्मीले हस्तक्षेप नगरेको तर ढुङ्गा हान्ने क्रम नरोकिए पछि प्रहरीले पक्राउ गरेको बताउनु भयो । उहाँले मानवीय क्षति नभएको जानकारी दिदै जात्रा अबधी भर शान्ति सुव्यबस्था कायम गराउन थप सुरक्षा रणनीति अपनाउने बताउनु भयो । आठ रात नौ दिनसम्म भव्य रुपमा भक्तपुरमा मनाइने ऐतिहासिक तथा सांस्कृतिक महत्व बोकेको बिस्काः जात्राको पहिलो दिन भैरबको रथ तान्ने ढुङ्गा हानाहान भएको हो । तौमढी राखिएको प्यागोडा शैलीमा निर्माण भएको तीनतले रथमा बिहानदेखि दिउँसोको सबै पूजा सम्पन्न गरेर रथ भित्र भैरवनाथको मूल देवता र अगाडि बेताल देवतालाई विराजमान गराई पाँचतल्ले मन्दिर प्राङ्गणबाट थने(माथिल्लो) र क्वने(तल्लो) टोलतर्फ सोमबार दिउँसो ४ बजेबाट रथ तान्न सुरु भएको थियो । रथ तान्ने क्रममा सुरुमै माथिल्लो टोलकाले रथ लैजाने क्रममा रथलाई बुलुबुलु हिटी (सुकुलढोका), इनाचो हुदै मधयराती १ ः३० बजे दत्तात्रय नजिक रथलाई पुर्याइएको थियो । रथलाई रातीनै गःहिटी ल्याउनु पर्नेमा ढुङ्गा हानाहान भएपछि बिथोलिएको जात्राका कारण रथलाई दत्तात्रयमै राख्नु परेको थियो । रथलाई आज बिहान स्थानीयको सहायतामा रथलाई तानेर बिहान नौ बजे गःहिटी ल्याएर राखिएको प्रहरी उपरीक्षक केसीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “राती ढुङ्गा हानाहान भएपछि रथलाई गःहिटी ल्याउन सकिएन, त्यसैले आज स्थानीयलाई आग्रह गरेर उनीहरुले नै रथ तानेर गःहिटी पुर्याइएको छ ।” भक्तपुरमा बिस्काः जात्रा भैरवनाथ र भद्रकालीको रथ तानेर सुरु गरिन्छ । रथको अगाडि र पछाडि राखिने डोरीलाई अष्ट मात्रिका गणका रुपमा लिने गरिन्छ । विक्रम संवत् अनुसार सौर्यमासको आधारमा चल्ने यो जात्रा बिःसीत अर्थात सर्प मर्यो भन्ने आधारमा लिच्छविकालदेखि मनाउँदै आएको मानिन्छ । थिमिमा प्राप्त नेपाल संवत् ५०० को तमसुक पत्रमा यो जात्रा विश्व केतुलाई सम्झाउने पर्यायका रूपमा बिसिक शब्द उल्लेख भएको पाइएको संस्कृतिविद् एवं इतिहासविद् पुरुषोत्तम लोचन श्रेष्ठ बताउँनुहुन्छ । भक्तपुरको तौमढीस्थित यक्ष मल्लको पालाको शिलालेखमा बिस्केट जात्रालाई विश्वजात्रा उल्लेख गरिएको छ भने भक्तपुरको दरबारस्क्वायर नेपाल संवत् ८०८ र ८१८ को राजा जितामित्र र भूपतेन्द्र मल्लको पालामा लेखिएको अभिलेखमा विश्क्यात शब्द उल्लेख गरिएको उहाँ बताउनुहुन्छ । अहिले पनि तलेजुमा बिस्काः जात्राको संकल्पस्वरूप पूजा अर्चनामा विश्व जात्राको उल्लेख गरिन्छ । संस्कृत शब्द विश्वकेतु नै पछि नेवारी नामकरण हुँदै बिसिका, बिस्क, बिक्का, बिस्का हुँदाहुँदै हाल बिस्केट जात्रा हुन पुगेको श्रेष्ठको भनाइ छ । बिस्केट जात्रामा भैरबको धेरै चर्चा गरिए पनि यो जात्रा विश्वनाथ भैरवको मात्र नभएर उहाँको शक्ति भद्रकालीको पनि भएको बताउनु हुन्छ । विश्व भैरवनाथको प्रतीकका रूपमा लिंगोमा फहराइने एक जोडी ध्वजामा साक्षात् भैरव र भद्रकाली भएको उहाँको भनाइ छ । --- # पार्टी कार्यालयबाहेकका स्थानमा दलको झण्डा र चुनाव चिन्ह नराख्न आयोगको निर्देशन Source: https://newskunda.com/archives/655 Category: निर्वाचन Last updated: 2022-05-02 **काठमाडौं, १९ बैशाख ।** निर्वाचन आयोगले निर्वाचन आचार संहिताको प्रभावकारी कार्यान्वयन गर्न राजनीतिक दल तथा उम्मेदवारहरुसँग अनुरोध गरेको छ । आयोगले सोमबार विज्ञप्ति जारी गर्दै राजनीतिक दल तथा उम्मेदवारहरुले आफ्नो पार्टी कार्यालय बाहेकका स्थानमा झण्डा, उम्मेदवारको चुनाव चिन्ह, कुनै किसिमको डिजिटल बोर्ड, फ्लेक्स र ग्लुसाइन बोर्ड नराख्न, श्रव्य सामग्री नबजाउन र श्रव्यदृश्य सामग्रीहरु प्रदर्शन नगर्न भनेको छ । ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनलाई स्वच्छ, निष्पक्ष, पारदर्शी र भयमुक्त बनाउन आयोगले २५ चैत २०७८ देखि निर्वाचन आचार संहिता लागू गरिसकेको भन्दै आयोगले सार्वजनिक भवन, सार्वजनिक उद्यान, सार्वजनिक सडकका पोल वा कुनै पनि सार्वजनिक स्थानमा दलको झण्डा, उम्मेदवारको निर्वाचन चिन्ह राख्न वा टाँस्न नहुने प्रावधान रहेको स्मरण गराएको छ । आयोगले राजनीतिक दल, उम्मेदवार, निर्वाचन प्रतिनिधि वा कुनै व्यक्तिले आचार संहिता विपरीत पोष्टर, भित्ते लेखन, तुल, ब्यानर, डिजिटल डिस्प्ले जस्ता प्रचारात्मक सामग्री प्रयोग गरेको पाइएमा तत्काल हटाउने वा हटाउन लगाउने र त्यस्तो स्थानलाई दुरुस्त बनाई राख्न निर्देशन दिएको छ । सार्वजनिक स्थानमा आचार संहिता विपरीत प्रचारात्मक सामग्री राखेको पाइए स्थानीय तहको उम्मेदवारले नै सो सामग्री राखेको ठहर गरी सोही दल वा उम्मेदवारले उक्त सामग्री हटाउनु पर्ने आयोगले भनेको छ । आदेशको बर्खिलाफ गर्ने राजनीतिक दल, उम्मेदवार, व्यक्ति, संस्था, पदाधिकारी वा निकायलाई आयोगले एक लाख रुपैयाँसम्म जरिवाना हुने आयोगले जनाएको छ । कुनै उम्मेदवारले आयोगले बनाएको आचार संहिताको उल्लङ्घन गरेको कारणबाट निर्वाचन स्वतन्त्र, स्वच्छ र धाँधलीरहित तवरबाट हुन नसक्ने कुरामा आयोग विश्वस्त भएमा त्यसको स्पष्ट आधार र कारण खोली आयोगले त्यस्तो उम्मेदवारको उम्मेदवारी रद्द समेत गर्ने प्रावधानको रहेको स्मरण आयोगले गराएको छ । --- # २०८३ साल कार्तिक ७ गते शनिबार आजका ताजा समाचार Source: https://newskunda.com/archives/5059 Category: भिडियो Last updated: 2026-10-24 Video: https://www.youtube.com/watch?v=MpMWPoodtYc --- # अन्नु चौधरीको ‘बाँध मायाले’ सार्बजनिक Source: https://newskunda.com/archives/503 Category: भिडियो Last updated: 2022-04-30 काठमाडौं । गायक निमा तामाङ र गायिका अन्नु चौधरीको युगल गायनमा समावेश ‘बाँध मायाले’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । युवा प्रेम र आकर्षणको भावलाई समेटिएको यस गीतमा ताराप्रकाश लिम्बूको शब्द सङ्गीत छ । गीतलाई सविन लिम्बूले सङ्गीत संयोजन गरेका हुन् । म्युजिक भिडियोमा स्वयम् गायक तामाङ र विमला खाजुमलाई रोमाञ्चक मुद्रामा देख्न सकिन्छ । Video: https://www.youtube.com/watch?v=9MKHGuZZWKY ‘बहकिँदै छ मन बाँध मायाले’, ‘सम्हाल यो मन’, ‘चाहना छ तिम्रै हुने, एक जुनी होइन, अनेकौँ जुनी’ लगायत बोलका गीत समावेश गरिएको छ । भूपेन्द्र तुम्बाहाम्फेको छायाङ्कन र सम्पादनमा भिडियो तयार पारिएको हो । ओएसआर डिजिटलको युट्युब च्यानलमार्फत भिडियो सार्वजनिक भएको हो । यसअघि गायक तामाङको स्वरमा रहेको ‘हेर्देउन मायाले’ लगायत थुप्रै चर्चित गीतहरु सार्वजनिक भइसकेका छन् । --- # आजका ताजा समाचार | ११ कार्तिक २०८३ Source: https://newskunda.com/archives/5204 Category: भिडियो Last updated: 2026-10-28 Video: https://www.youtube.com/watch?v=u707qQfSHqA --- # आजका ताजा समाचार २०८३ कार्तिक ४ | दसैँ विशेष, एनपीएलमा ठूलो खबर, विश्व समाचार | News Kunda Source: https://newskunda.com/archives/4962 Category: भिडियो Last updated: 2026-10-21 Video: https://www.youtube.com/watch?v=cIeUAaFOgDw --- # आजका ताजा समाचार कात्तिक १२ | विश्वविद्यालय खोल्ने नियम कडा, अर्नब चक्रवात सतर्कता, रवि बालेन भेट, सुन भाउ बढ्यो ! Source: https://newskunda.com/archives/5264 Category: भिडियो Last updated: 2026-10-29 Video: https://www.youtube.com/watch?v=7EyMEqCKg9U --- # आजका ताजा समाचार: कांग्रेसमा ठूलो एकता, सप्तकोशीमा ३ को मृत्यु, रसुवामा ७९ अर्ब क्षति Source: https://newskunda.com/archives/5091 Category: भिडियो Last updated: 2026-10-25 Video: https://www.youtube.com/watch?v=taLIjujRZh4 --- # आजका ताजा समाचार: बैंक वेबसाइट ठप्प, तिब्बतमा भूकम्प, युरोपमा ५० हजार मृत्यु! हेर्नुहोस् पूर्ण अपडेट Source: https://newskunda.com/archives/5035 Category: भिडियो Last updated: 2026-10-23 Video: https://www.youtube.com/watch?v=o5VlA8cLEao --- # आजका प्रमुख समाचार: नेप्सेमा गिरावटदेखि एन–प्याब्सन निलम्बनसम्म, देश–विदेशका २५ मुख्य खबर Source: https://newskunda.com/archives/5311 Category: भिडियो Last updated: 2026-10-30 Video: https://www.youtube.com/watch?v=Cx2mXSpk1IY --- # आजका मुख्य समाचार | १ कार्तिक २०८३, आइतवार Source: https://newskunda.com/archives/4837 Category: भिडियो Last updated: 2026-10-19 Video: https://www.youtube.com/watch?v=tXyuH-8gXEs --- # आजका मुख्य समाचार २०८३ कात्तिक १० | भोटेकोशी बाढीबाट ७९ अर्बको क्षति, काठमाडौंमा ७५ जना पक्राउ Source: https://newskunda.com/archives/5177 Category: भिडियो Last updated: 2026-10-27 Video: https://www.youtube.com/watch?v=ICEYi4KgfLc --- # आजका मुख्य समाचार २०८३ कार्तिक ३ गते मंगलबार Source: https://newskunda.com/archives/4898 Category: भिडियो Last updated: 2026-10-20 Video: https://www.youtube.com/watch?v=2URZhekIYYI --- # कांग्रेसको ठूलो कदम! रोनाल्डोको सन्यास र प्रधानमन्त्रीको भारत भ्रमण तयारी | आजका ताजा समाचार Source: https://newskunda.com/archives/5517 Category: भिडियो Last updated: 2026-11-05 Video: https://www.youtube.com/watch?v=WM9mlKZaCag --- # कार्तिक १४, २०८३ शनिबार का ताजा समाचार Source: https://newskunda.com/archives/5365 Category: भिडियो Last updated: 2026-10-31 Video: https://www.youtube.com/watch?v=O_TM2WrqxTs --- # देउवाले गगनमाथि ठूलो आरोप ! १८ करोडमा पार्टी किने ? सुदूरपश्चिममा सरकार राजीनामा दे ! तिहारमा बिजुली जाँदैन | आजका ताजा समाचार Source: https://newskunda.com/archives/5551 Category: भिडियो Last updated: 2026-11-07 Video: https://www.youtube.com/watch?v=ycvCAUwSVJU --- # दैलेखमा दुई बालिका झुन्डिएर मृत! लुम्बिनीको शानदार जित | आजका ताजा मुख्य समाचार कार्तिक ९ Source: https://newskunda.com/archives/5134 Category: भिडियो Last updated: 2026-10-26 Video: https://www.youtube.com/watch?v=wzHyD0MpPGc --- # नेपाल संवत् ११४७ को ठूलो घोषणा ! सभामुखले भने साझा सम्पदा, ११० जुवाडे पक्राउ, घोप्टेभीरमा अझै जाम Source: https://newskunda.com/archives/5585 Category: भिडियो Last updated: 2026-11-10 Video: https://www.youtube.com/watch?v=mNyIHBIwpNo --- # प्रचण्डको ठूलो एकता आह्वान! ओलीदेखि वैद्यसम्म बोलाए | बेलायत पीआर अब १० वर्ष | आजका ताजा समाचार Source: https://newskunda.com/archives/5477 Category: भिडियो Last updated: 2026-11-03 Video: https://www.youtube.com/watch?v=MrWrITluf_Q --- # बालेनको विवादास्पद टिप्पणी ! गगन थापाको चेतावनी ! प्रदीप पौडेलको आक्रोश | आजका ताजा समाचार २०८३ कात्तिक १५ Source: https://newskunda.com/archives/5410 Category: भिडियो Last updated: 2026-11-01 Video: https://www.youtube.com/watch?v=s0M3IGAw60o --- # एमालेको एघारौँ महाधिवेशनको पूर्वसन्ध्यामा सचिवालय बैठक आव्हान Source: https://newskunda.com/archives/3230 Category: राजनीति, समाचार, समाज Last updated: 2025-12-11 काठमाडौं-नेकपा एमालेले सचिवालय बैठक बोलाएको छ। एमालेको एघारौँ महाधिवेशनको पूर्वसन्ध्यामा भोलि अर्थात् मंसिर २६ गते शुक्रबार दिउँसो १ बजे च्यासल, ललितपुरमा बस्ने गरी सचिवालय बैठक बोलाइएको हो। सचिवालय बैठकमा महाधिवेशन प्रतिनिधि मनोनीत, विधान संशोधन प्रस्ताव र महाधिवेशन सञ्चालनको मोडालिटीबारे छलफल गर्ने केन्द्रीय कार्यालय सचिव भिष्म अधिकारीले बताउनुभयो। एमालेको ११औँ महाधिवेशन मंसिर २७ गते शनिबारदेखि सुरु हुँदै छ। --- # काँग्रेस महाधिवेशनमा केन्द्रीय सदस्यमा महेश श्रेष्ठको उम्मेदवारी Source: https://newskunda.com/archives/4630 Category: राजनीति, समाचार, समाज Last updated: 2026-10-08 काठमाडौं । काठमाडौंमा जारी नेपाली कांग्रेसको १५ औं महाधिवेशनमा आज मतदान प्रक्रिया सुरु हदैछ । काठमाडौं यतिखेर नेपाली काँग्रेसको महाधिवेशनको रौनक निकै थपिएको छ । जारी केन्द्रीय महाअधिवेशनमा नेपाली काँग्रेस भक्तपुरका पूर्वसभापति महेश श्रेष्ठले केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका छन् । पाटीको लामो समयको अनुभव र नेपाली काँग्रेसलाई एक ढिक्का बनाएर देशको ठूलो प्रजातान्त्रिक शक्ति बनाएर लैजाने अभियानमा श्रेष्ठको सक्रियता जारी रहेको छ । भक्तपुरका सिंगो काँग्रेसका महाधिवेशन प्रतिनिधि साथ पाएका श्रेष्ठलाई देशभरका प्रतिनिधिहरुको साथ र समर्थन रहने विश्वास उहाँले व्यक्त गर्नुभयो । भक्तपुरको मध्यपुरथिमिमा २०१३ सालमा जन्मनु भएका नेता महेश श्रेष्ठले कानूनमा स्नातक तह उतीर्ण गर्दै २०३१ सालमा नेविसंघबाट राजनीतिक यात्रा सुरु गरेका हुन् । २०३५ देखि २०३६ को जनआन्दोलनमा सक्रिय, २०३६ सालको जनमत संग्रहमा बहुदल प्रचार समिति सदस्य, २०४२ मा सत्याग्रहमा ६ महिना जेल, २०४३ देख २०४६ सम्म नेपाली काँग्रेसको आउट पोष्ट कब्जा नीति अन्तर्गत जिल्ला पञ्चायत भक्तपुरको सदस्य, २०४३ देखि २०४९ सम्म नेपाली काँग्रेस जिल्ला समिति सदस्य, २०५३ देखि २०५६ सम्म निर्वाचित जिल्ला सदस्य एवं संगठन शाखा संयोजक, २०५६ देखि २०५८ सम्म भक्तपुर क्षेत्र नं. २ को क्षत्रीय सभापति, २०५७ नेपाली काँग्रस जिल्ला सचिव, २०६२ मा आन्दोलनकै क्रममा ४५ दिन थुनामा, २०६२ मा ११ औ अधिवेशनबाट नेपाली काँग्रेस जिल्ला सभापति, २०७० नपाली काँग्रेस केन्द्रीय संगठन विभाग सदस्य रहदै आएका छन् । बिभिन्न सामाजिक क्षेत्रमा समेत क्रियासिल रहदै आएका श्रेष्ठ समाजसेवीहरुका रुपमा समेत चिनिएका छन् । नेपाली काँग्रेसको जारी १५ औ महाधिवेशनमा केन्द्रीय सदस्यको उम्मेदवार रहेका श्रेष्ठले महाधिवेशन प्रतिनिधिहरुसंग आफ्ना लागि मत माग्दै प्रचारमा लाग्नु भएको छ । --- # कांग्रेसका नवनिर्वाचित पदाधिकारी र सदस्यले लिए शपथ, चार केन्द्रीय सदस्य रोकिए Source: https://newskunda.com/archives/5258 Category: राजनीति Last updated: 2026-10-29 **काठमाडौं ।** नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय पदाधिकारी तथा कार्यसमिति सदस्यहरूले पद तथा गोपनीयताको शपथ लिएका छन् । अदालतमा मुद्दा विचाराधीन रहेका चार केन्द्रीय सदस्यको भने शपथ रोकिएको छ । बिहीबार सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजित समारोहमा सभापति गगनकुमार थापाले नवनिर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरूलाई शपथ गराएका हुन् । शपथ ग्रहणपछि उनीहरूलाई निर्वाचित भएको प्रमाणपत्रसमेत वितरण गरिएको थियो । सभापति थापाले यसअघि असोज ३१ गते नै पद तथा गोपनीयताको शपथ लिएका थिए । बिहीबारको समारोहसँगै महाधिवेशनबाट निर्वाचित अन्य पदाधिकारी तथा सदस्यहरूको पदबहाली प्रक्रिया अघि बढेको छ । असोज १८ देखि २३ गतेसम्म काठमाडौंको खुलामञ्चमा सम्पन्न महाधिवेशनबाट विश्वप्रकाश शर्मा वरिष्ठ उपसभापतिमा निर्वाचित भएका थिए । खुला उपसभापतिमा डा. चन्द्रकान्त भण्डारी र मधु आचार्य निर्वाचित भएका थिए । महिला उपसभापतिमा पुष्पा भुसाल र समावेशी उपसभापतिमा विनोद चौधरी निर्वाचित भएका थिए । महामन्त्रीमा प्रदीप पौडेल, उदयशमशेर जबरा र डा. डिला संग्रौला पन्त निर्वाचित भएका थिए । महाधिवेशनबाट विभिन्न समूहका ११ जना सहमहामन्त्रीसमेत निर्वाचित भएका छन् । ### चार केन्द्रीय सदस्यको शपथ रोकियो पार्टीले सन्तोष चालिसे, विनिता खड्का, मोहन बस्नेत र उमेशचन्द्र यादवको शपथ भने रोकेको छ । उनीहरू महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित भएका हुन् । सम्बन्धित मुद्दा अदालतमा विचाराधीन रहेकाले शपथ नगराइएको बताइएको छ । चार सदस्यको शपथ रोकिए पनि अन्य निर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरूको शपथ समारोह सम्पन्न भएको छ । रोकिएका सदस्यहरूको शपथ कहिले गराइने भन्नेबारे भने उपलब्ध विवरणमा उल्लेख छैन । ### नयाँ कार्यसमितिको पहिलो बैठक बस्दै शपथ ग्रहण तथा पदबहालीपछि नेपाली कांग्रेसको नयाँ केन्द्रीय कार्यसमितिको पहिलो बैठक सानेपास्थित पार्टी कार्यालयमा बस्ने भएको छ । बैठकमा महाधिवेशन सम्पन्न गर्न सहयोग गर्ने महाधिवेशन प्रतिनिधि, निर्वाचन समिति, सुरक्षाकर्मी, सञ्चारकर्मी तथा पार्टीका विभिन्न तहका नेता–कार्यकर्तालाई धन्यवाद ज्ञापन गर्ने विषयमा निर्णय हुने बताइएको छ । महाधिवेशनपछि गठित नयाँ नेतृत्वको पहिलो बैठकका रूपमा बस्न लागेको यस बैठकबाट कार्यसमितिको औपचारिक निर्णय प्रक्रिया अघि बढ्नेछ । बैठकका निर्णय तथा थप कार्यसूची भने सार्वजनिक हुन बाँकी छन् । चार केन्द्रीय सदस्यको शपथ रोकिए पनि अन्य पदाधिकारी तथा सदस्यहरूको शपथ र प्रमाणपत्र वितरण सम्पन्न भएको छ । बिहीबारको कार्यक्रमसँगै नेपाली कांग्रेसको नयाँ केन्द्रीय कार्यसमितिको पदबहाली प्रक्रिया अघि बढेको छ । --- # पोषण कार्यक्रमलाई जनस्तरसम्म र्पुयाउन मुख्यमन्त्री राउतको निर्देशन Source: https://newskunda.com/archives/35 Category: राजनीति, स्वास्थ्य Last updated: 2021-12-31 **काठमाडौं १६ पुष ।** प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले अन्नको भण्डारका रूपमा रहेको यस प्रदेशको बालबालिका कुपोषणको शिकार हुनुमा कुपोषणसम्बन्धी जानकारीको अभाव प्रमुख कारण रहेको बताएका छन् । राष्ट्रिय पोषण तथा खाद्य सुरक्षा समन्वय समितिले आज जनकपुरधाममा आयोजना गरेको बहुक्षेत्रीय पोषण योजनासम्बन्धी प्रदेश स्तरीय अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री राउतले यस्तो बताउनुभएका हुन् । पोषणसम्बन्धी प्रदेशमा सञ्चालित कार्यक्रम व्यवहारमा उत्रिन नसकेकोप्रति चिन्ता व्यक्त गर्दै मुख्यमन्त्री राउतले पोषणसम्बन्धी कार्यक्रमलाई जनस्तरसम्म पुर्याउन सरोकारवालालाई निर्देशनसमेत दिनुभयो । राष्ट्रिय योजना आयोगका सदस्य डा. उमाशंकरप्रसाद साहको अध्यक्षतामा भएको उक्त कार्यक्रममा योजना आयोगका सहसचिव डा। किरण रुपाखेती, पोषण कार्यक्रम निर्देशक लक्ष्मी घिमिरे, पोषण शाखा प्रमुख लिला विक्रम थापा, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सह–सचिव बसन्त अधिकारी, प्रदेश नीति आयोगका दानीकान्त झा सहितकाले पोषणको अवस्थाबारे प्रस्तुति गरेका थिए । --- # प्रचण्ड र माधव नै बंगालीको तालमा पार्टी फुटाउन हिँडको ओलीको आरोप Source: https://newskunda.com/archives/27 Category: राजनीति Last updated: 2021-12-31 **काठमाडौं १६ पुष ।** नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्ना सेनापतिहरू नै बंगाली तालमा हिँडेको कारण समस्या आएको टिप्पणी गर्नुभएका छन् । वैदेशिक रोजगारीबाट फर्केकाहरूको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो टिप्पणी गरेका हुन् । उहाँले बंगलादेशमा प्रधानसेनापति अंग्रेजहरूसँग मिल्न थालेपछि समस्या आएको दृष्टान्त सुनाउनुभयो । अध्यक्ष ओलीले आफ्नो पार्टीमा पनि सेनापति नै पार्टी फुटाउन लागेपछि समस्या आएको बताउनुभएको हो । इलेक्ट्रिक कारहरूको इसेम्ब्लिङ यहीँ गर्ने, डिजिटल युगमा प्रवेश गर्ने लगायतका काम गरिरहेको आफ्नो सरकार ढालेरै छाडेको उहाँले बताउनुभयो । ओलीले आफ्नै पालामा समृद्ध नेपाल, सुखी नेपालीको सपना पूरा गर्ने दाबी समेत गर्नुभयोे । प्रचण्ड र माधव नै बंगालीको तालमा पार्टी फुटाउन हिँडको ओलीको आरोप काठमाडौं १६ पुष । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्ना सेनापतिहरू नै बंगाली तालमा हिँडेको कारण समस्या आएको टिप्पणी गर्नुभएका छन् । वैदेशिक रोजगारीबाट फर्केकाहरूको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो टिप्पणी गरेका हुन् । उहाँले बंगलादेशमा प्रधानसेनापति अंग्रेजहरूसँग मिल्न थालेपछि समस्या आएको दृष्टान्त सुनाउनुभयो । अध्यक्ष ओलीले आफ्नो पार्टीमा पनि सेनापति नै पार्टी फुटाउन लागेपछि समस्या आएको बताउनुभएको हो । इलेक्ट्रिक कारहरूको इसेम्ब्लिङ यहीँ गर्ने, डिजिटल युगमा प्रवेश गर्ने लगायतका काम गरिरहेको आफ्नो सरकार ढालेरै छाडेको उहाँले बताउनुभयो । ओलीले आफ्नै पालामा समृद्ध नेपाल, सुखी नेपालीको सपना पूरा गर्ने दाबी समेत गर्नुभयोे । --- # प्रधानमन्त्री बालेनसँग आज भारतीय विदेश सचिव मिश्रीको भेट, भारत भ्रमणको एजेन्डामा छलफल हुने Source: https://newskunda.com/archives/5499 Category: राजनीति Last updated: 2026-11-05 **काठमाडौं ।** नेपाल भ्रमणमा रहेका भारतीय विदेश सचिव विक्रम मिश्रीले आज प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)सँग शिष्टाचार भेटवार्ता गर्दैछन्। प्रधानमन्त्रीको भारत भ्रमणको तयारी र सम्भावित एजेन्डाबारे छलफल हुने अपेक्षा गरिएको छ। भेटवार्ता सकेर मिश्री आजै अपराह्न स्वदेश फर्किने कार्यक्रम छ। परराष्ट्र सचिव अमृतबहादुर राईको निमन्त्रणामा बुधबार बिहान काठमाडौं आएका मिश्रीको भ्रमण प्रधानमन्त्री शाहको आगामी भारत भ्रमणको तयारीमा केन्द्रित रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ। काठमाडौं आएलगत्तै भेटघाटमा व्यस्त रहेका मिश्रीले बुधबार परराष्ट्र सचिव राईसँग द्विपक्षीय भेटवार्ता गरेका थिए। त्यस क्रममा आगामी उच्चस्तरीय भ्रमणको तयारी र नेपाल–भारत सम्बन्धका विभिन्न विषयमा छलफल भएको थियो। मिश्रीले अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, ऊर्जामन्त्री विराजभक्त श्रेष्ठ र पूर्वाधार विकासमन्त्री सुनिल लम्सालसँग पनि छुट्टाछुट्टै भेटवार्ता गरेका थिए। अर्थमन्त्री वाग्लेसँगको भेटमा दुई देशबीचको आर्थिक साझेदारी सुदृढ गर्ने विषयमा छलफल भएको थियो। ऊर्जामन्त्री श्रेष्ठसँग ऊर्जा तथा जलस्रोत क्षेत्रमा सहकार्य विस्तार र नेपालमा सञ्चालित परियोजनाको प्रगतिबारे कुराकानी भएको बताइएको छ। पूर्वाधार विकासमन्त्री लम्सालसँग भने पूर्वाधार तथा कनेक्टिभिटीका क्षेत्रमा सहकार्य विस्तार गर्ने विषयमा छलफल भएको थियो। ### प्रधानमन्त्रीको भारत भ्रमणको तयारी तीव्र प्रधानमन्त्री बालेन शाहको भारत भ्रमणलाई ध्यानमा राखेर मिश्रीको नेपाल भ्रमण भएको हो। नेपाल र भारतका अधिकारीहरू प्रधानमन्त्री शाहको भारत भ्रमण मंसिर दोस्रो सातामा गराउने तयारीमा रहेको स्रोतले जनाएको छ। भ्रमणका क्रममा हवाई, रेल, सडक तथा पुलमार्फत दुई देशबीचको सम्पर्क सञ्जाल विस्तार, द्विपक्षीय व्यापार सहजीकरण, विकास सहकार्य, ऊर्जा क्षेत्रको साझेदारी र जनस्तरको सम्बन्ध सुदृढ बनाउने विषयले प्राथमिकता पाउने अपेक्षा गरिएको छ। परराष्ट्र मन्त्रालयका अधिकारीहरूका अनुसार भ्रमणका सम्भावित विषयमा प्रारम्भिक छलफल भए पनि अन्तिम एजेन्डा भने तय हुन बाँकी छ। विभिन्न मन्त्रालयसँगको परामर्शपछि भ्रमणका ठोस विषय निर्धारण गरिनेछ। यसैबीच, नेपालका लागि नवनियुक्त भारतीय राजदूत सुधाकर दलेला पनि मंगलबार काठमाडौं आइपुगेका छन्। प्रधानमन्त्री शाहको भारत भ्रमणको तयारीसँगै उनको आगमनलाई पनि महत्त्वपूर्ण रूपमा हेरिएको छ। भारतको विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले यसअघि कात्तिक ११ गते नियमित पत्रकार भेटघाटका क्रममा प्रधानमन्त्री शाहलाई भारत भ्रमणको निमन्त्रणा दिइसकिएको जानकारी दिएका थिए। प्रधानमन्त्रीको भारत भ्रमणको औपचारिक मिति छिट्टै सार्वजनिक गर्ने तयारी भइरहेको परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ। भारतीय विदेश सचिव मिश्रीको भ्रमणपछि मिति सार्वजनिक हुन सक्ने बताइएको छ। यसअघि प्रधानमन्त्री शाहसँग भेटघाटको समय नमिलेपछि मिश्रीले तय भइसकेको नेपाल भ्रमण स्थगित गरेको समाचार सार्वजनिक भएको थियो। त्यसैले यसपटकको उनको भ्रमण र प्रधानमन्त्रीसँग हुने भेटवार्तालाई चासोका साथ हेरिएको छ। --- # मेडिकल कलेजमा सहज वातावरणमा भर्ना र पठनपाठन गराउन ७ विद्यार्थी संगठनहरुकोे माग Source: https://newskunda.com/archives/41 Category: राजनीति, समाचार, स्वास्थ्य Last updated: 2021-12-31 **काठमाडौं, १६ पुष ।** सात विद्यार्थी संगठनले चिकित्सा शिक्षाका विद्यार्थीहरुलाई सहज वातावरणमा भर्ना र पठनपाठन गराउन काठमाडौं विश्वविद्यालयबाट सम्बन्ध प्राप्त कलेजहरूसँग माग गरेका छन् । आज संयुक्त विज्ञप्ति जारी गर्दै ती विद्यार्थी संगठनले चिकित्सा शिक्षाका विद्यार्थीहरूका जायज मागहरुमा ऐक्यबद्धता समेत जाहेर गरेका छन् । काठमाडौं विश्वविद्यालयका सम्बन्ध प्राप्त कलेजहरू काठमाडौं मेडिकल कलेज सिनामंगल, नोबेल मेडिकल कलेज मोरङ र मणिपाल मेडिकल कलेज कास्कीले २०७८ सालको नयाँ भर्नामा एमबीबीएस, बिडिएस, र बी नर्सिङमा राज्यले तोकेको भन्दा बढी शुल्क लिएको भन्दै विद्यार्थीहरु आन्दोलित छन् । सो आन्दोलनप्रति पनि विद्यार्थी संगठनहरुले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् । विद्यार्थीहरूका मागबारे कलेजहरुले सुनुवाई नगरे आन्दोलन गर्ने समेत संगठनहरुले चेतावनी समेत दिएका छन् । --- # राष्ट्रिय परिचयपत्र छपाइ सुरु Source: https://newskunda.com/archives/789 Category: राजनीति, समाचार, समाज, सूचना प्रविधि Last updated: 2022-05-10 काठमाडौँ, २६ वैशाख : राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले परिचयपत्र छपाइ प्रक्रिया सुरु गरेको छ । सिंहदरबारस्थित विभागको कार्यालयमा गृहसचिव टेकनारायण पाण्डेले आज एक कार्यक्रमबीच परिचयपत्र छपाइ कार्यको शुभारम्भ गर्नुभयो । विभागले फ्रान्सको आइडिमिया सेक्युरिटी एण्ड आइडेन्टिटी कम्पनीबाट परिचयपत्रको कार्ड ल्याएपछि सोमबारदेखि छपाइ प्रक्रिया सुरु गरेको विभागका महानिर्देशक तीर्थप्रसाद भट्टराईले जानकारी दिनुभयो । अहिले विभागमा ३१ लाख ४७ हजार कार्ड आइपुगेको र बाँकी आठ लाख आउने क्रममा रहेको विभागले जनाएको छ । यो वर्षभरिमा ५० लाख आपूर्ति गर्ने लक्ष्य विभागले लिएको छ । मेसिनले घण्टामा ११ कार्ड छाप्ने भएकाले परिचयपत्र फाराम भरेर अन्य प्रक्रिया पूरा गरेकाले छिट्टै कार्ड पाउने विभागले जनाएको छ । विभागले अहिलेसम्म परिचयपत्रका लागि ६७ लाख ७९ हजार ६४२ जनाको आवेदन लिएको छ । अभियानमार्फत ५६ लाख ५३ हजार २०९ र इकाइमार्फत ११ लाख २६ हजार ४३३ आवेदन लिइएको विभागले जनाएको छ । विभागले इलाम, भोजपुर, ताप्लेजुङ, झापा, पाँचथर, तेह्रथुम, धनकुटा, सङ्खुवासभा, खोटाङ, ओखलढुङ्गा, उदयपुर, सर्लाही, मकवानपुर, चितवन, सिन्धुली, काभ्रेपलाञ्चोक, भक्तपुर, कास्की, पाल्पा, नवलपरासी (बर्दघाट सुस्तापूर्व), नवलपरासी (बर्दघाट सुस्तापश्चिम), गुल्मी, मनाङ, सल्यान, सुर्खेत, डडेलधुरा, अछाम, कञ्चनपुर डोटी, कैलाली र भक्तपुर गरी ३१ जिल्लामा परिचयपत्रको अभियान सम्पन्न गरिसकेको छ । त्यस्तै ३३४ स्थानीय तह र तीन हजार ४५ वडामा अभियान सम्पन्न गरिएको महानिर्देशक भट्टराइले जानकारी दिनुभयो । अहिले सुनसरी, मोरङ, सप्तरी, सिन्धुपाल्चोक, ललितपुर, तनहुँ, रुपन्देही, मुस्ताङ, स्याङ्जा, कपिलवस्तु, पर्वत, बर्दिया र रुकुम (पश्चिम) बैतडीमा परिचयपत्रको अभियान सञ्चालन भइरहेको छ । राष्ट्रिय परिचयपत्रको एकीकृत सेवामा राहदानी विभागसँग एकीकृत प्रणाली भई राष्ट्रिय परिचयपत्रमार्फत ई–पासपोर्ट लागू भइसकेको छ । ‘सिएमआइएस’ प्रणाली एकीकृत भई कार्यान्वयनमा रहेको र भिइआरएसपी–एमआइएस प्रणाली एकीकृत भई कार्यान्वयनमा रहेको, सञ्चयकोष र आन्तरिक राजस्वको प्रणालीसँग आबद्धताको चरणमा रहेको महानिर्देशक भट्टराईले जानकारी दिनुभयो । --- # विचलनको बाटो मोडेर स्टेयरिङलाई सकारात्मक मोड दिने प्रचण्डको भनाई Source: https://newskunda.com/archives/21 Category: राजनीति Last updated: 2021-12-31 **काठमाडौं १६ पुष ।** नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी सही बाटोमा फर्किएको बताउनुभएका छन् । प्रचण्डले पार्टीमा खुरापात र विचलनतिर जाने खतरा पैदा भएको उल्लेख गर्दै थुप्रै खालका विसंगति देखा परेकोमा यो स्थितिबाट फेरि स्टेयरिङलाई सकारात्मक मोड दिने ठाउँमा आइपुगेका दाबी समेत गर्नुभयो । पार्टीको जारी आठौं महाधिवेशनको दोस्रो दिन गत सोमबार आफूले प्रस्तुत गरेको वैचारिक तथा राजनीतिक प्रतिवेदनमाथि उठेको प्रश्नको जवाफ अध्यक्ष प्रचण्डले आज दिनुभएका हुन् । --- # वैशाख ३० गते सार्वजनिक बिदा Source: https://newskunda.com/archives/783 Category: राजनीति, समाचार, समाज Last updated: 2022-05-09 काठमाडौँ, २६ वैशाख (रासस) : सरकारले स्थानीय तहको निर्वाचन, २०७९ को मतदान हुने दिन यही वैशाख ३० गते सबै सरकारी कार्यालय र सार्वजनिक निकायमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ । सरकार, मन्त्रिपरिषद्को वैशाख २५ गतेको निर्णयानुसार सो सार्वजनिक बिदा दिइएको गृह मन्त्रालयद्वारा आज जारी विज्ञप्तिमा जनाइएको छ । --- # शान्ति–सुरक्षा सुदृढ बनाउन प्रधानमन्त्रीको निर्देशन, अपराध नियन्त्रणमा शून्य सहनशीलता अपनाउन आग्रह Source: https://newskunda.com/archives/5510 Category: राजनीति Last updated: 2026-11-05 प्रधानमन्त्री वालेन्द्र शाहले मुलुकको पछिल्लो शान्ति–सुरक्षाको अवस्थाबारे सुरक्षा निकायका प्रमुखहरूसँग ब्रिफिङ लिनुभएको छ। उहाँले चाडपर्वका समयमा नागरिकको सुरक्षा सुनिश्चित गर्न तथा समग्र सुरक्षा व्यवस्थालाई थप प्रभावकारी बनाउन निर्देशन दिनुभएको छ। प्रधानमन्त्री शाहले आज सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधान सेनापति अशोकराज सिग्देल, नेपाल प्रहरीका महानिरीक्षक डा. मनोजकुमार केसी र सशस्त्र प्रहरी बल नेपालका महानिरीक्षक नारायणदत्त पौडेललाई बोलाएर सुरक्षा अवस्थाबारे जानकारी लिनुभएको हो। ब्रिफिङका क्रममा प्रधानमन्त्रीले नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलबीचको आपसी समन्वय, सूचना आदान–प्रदान तथा सहकार्यलाई अझ प्रभावकारी बनाउन निर्देशन दिनुभएको छ। उहाँले नागरिकको जीउधनको सुरक्षामा कुनै पनि कमजोरी हुन नदिन सम्बन्धित सुरक्षा निकायलाई सचेत गराउँदै अपराध नियन्त्रणमा शून्य सहनशीलताको नीति अपनाउन आग्रह गर्नुभएको छ। त्यसैगरी, मुलुकको शान्ति–सुरक्षाको व्यवस्थालाई थप चुस्त, दुरुस्त र प्रभावकारी बनाउन सुरक्षा निकायका प्रमुखहरूलाई निर्देशन दिँदै प्रधानमन्त्री शाहले नागरिकको सुरक्षा राज्यको प्रमुख दायित्व भएको स्पष्ट पार्नुभएको छ। चाडपर्वका समयमा हुन सक्ने सम्भावित सुरक्षा चुनौतीलाई ध्यानमा राख्दै सुरक्षा व्यवस्थालाई थप सुदृढ बनाउन र नागरिकले सुरक्षित वातावरणमा चाडपर्व मनाउन सक्ने अवस्था सुनिश्चित गर्न उहाँले जोड दिनुभएको छ। --- # सरकार परिवर्तन हुनासाथ राजदूत फिर्ता बोलाउने बेथितिको अन्त्य गर्नुपर्नेमा सांसदहरुले जोड Source: https://newskunda.com/archives/47 Category: राजनीति, विश्व Last updated: 2021-12-31 **काठमाडौं, १६ पुष ।** सरकार परिवर्तन हुनासाथ राजदूत फिर्ता बोलाउने बेथितिको अन्त्य गर्नुपर्नेमा सांसदहरुले जोड दिएका छन् । आज प्रतिनिधि सभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा सांसदहरुले सरकार परिवर्तन भएसँगै राजदूतहरुलाई फिर्ता बोलाउने प्रवृत्तिको अन्त्य गर्नुपर्ने बताएका हुन् । बैठकमा नेकपा एमालेका सांसद भीम रावलले सरकार र मन्त्री फेरिनासाथ राजदूत फिर्ता बोलाउनुलाई बेथितिको संज्ञा दिएका छन् । सांसद रावलले साना देशका लागि कुटनीतिक क्षमता वृद्धि गर्नु देशको अस्तित्वसँग गासिने तर्क गरे। त्यसैगरी उनले अहिले नेपालमा सिमानासँग सम्बन्धित विषय संवेदनशील भएर आएको भन्दै देशको सुरक्षा गर्ने र जनताको सुरक्षा गर्ने राज्यको प्रमुख कर्तव्य भएको बताए। नेपालको सिमाना मिचिदा पनि परराष्ट्र मन्त्रालय मौन बसेको उनले बताउनुभयो । --- # सरकारद्धारा निर्वाचन सञ्चालन तथा व्यवस्थापनसम्बन्धी विधेयक तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति प्रदान Source: https://newskunda.com/archives/18 Category: राजनीति Last updated: 2021-12-31 **काठमाडौं १६ पुष ।** सरकारले निर्वाचन सञ्चालन तथा व्यवस्थापनसम्बन्धी विधेयक तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति प्रदान गरेको छ । सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सरकारले निर्वाचन सञ्चालन तथा व्यवस्थापन सम्बन्धी विधेयक तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति प्रदान गर्ने निर्णय गरेको जानकारी दिनुभयो । निर्वाचन आयोगले आगामी माघ १२ गते राष्ट्रियसभा सदस्यको निर्वाचन गर्ने मिति तोकेको छ भने आगामी एक वर्षभित्र तीनवटै तहको निर्वाचन गर्नुपर्ने संवैधानिक प्रावधान रहेको छ । मन्त्रिपरिषद्को बुधबारको बैठकले निर्वाचन आयोगसम्बन्धी विधेयक र निर्वाचन सञ्चालन तथा व्यवस्थापन सम्बन्धी विधेयक तर्जुमा गर्ने सैद्धान्तिक स्वीकृत प्रदान गरेको हो । मन्त्री कार्कीका अनुसार बैठकले चिकित्सा शिक्षाको स्नातक तहमा चीन लगायतका मुलुकमा भर्ना भएका विद्यार्थीका हकमा बाँकी रहेको अध्ययनरप्रयोगात्मक अभ्यासरइन्टर्नसीप पूरा गर्न सैद्धान्तिक स्वीकृति दिने गरेको छ । त्यस्तै, मन्त्रिपरिषद् बैठकले आदिकवि भानुजन्मस्थल विकास समितिको अध्यक्ष पदमा ऋषिराम पन्त र कार्यकारी निर्देशकमा शंकर रानाभाटलाई नियुक्त गर्ने निर्णय गरेको छ । बैठकले १८ पुसदेखि १२ दिनकालागि बलाधिकृत बालकृष्ण कार्कीलाई नेपाली सेनाको कायम मुकायम प्रधान सेनापतिको कार्यभार तोक्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ । त्यस्तै, मन्त्रिपरिषद् बैठकले कृषि तथा पशुपन्छी विकास मन्त्रालयका नेपाल कृषि सेवाका वरिष्ठ माटो विज्ञ डा।गंगादत्त आचार्यलाई सार्क एग्रिकल्चर सेण्टर ढाकामा वरिष्ठ कार्यक्रम विज्ञ पदमा काम गर्न काजमा खटाउने निर्णय गरेको छ । --- # सर्लाहीमा थपियो निषेधाज्ञा, Source: https://newskunda.com/archives/38 Category: राजनीति, समाचार Last updated: 2021-12-31 **काठमाडौं १६ पुष ।** सर्लाहीमा पाँच दिनदेखिको निषेधाज्ञाले जनजीवन अस्तव्यस्त बनेको छ । गत मंगलबार प्रहरीको भ्यानको ठक्करबाट एक जनाको ज्यान गएको विषयलाई लिएर सर्लाहीको बयलवासमा जारी निषेधाज्ञा अझै नहटेपछि जाडोमा सर्वसाधारणको जनजीवन अस्तव्यस्त बनेको हो । जिल्ला प्रशासन कार्यालयले आज जारी गरेको सूचनामा तीन दिनदेखिको निषेधाज्ञालाई भोलि साँझ ७ बजेसम्म थप गरेको छ । स्थानीय प्रशासन र पीडित परिवारबीचको छलफल निश्कर्षमा पुगेपनि सहमति कार्यान्वयन नभएकाले निषेधाज्ञालाई निरन्तरता दिइएको हो । सहमतिअनुसार पीडित परिवारले शव नबुझेपछि शान्ति सुरक्षालाई ध्यानमा राखेर निषेधाज्ञा तेस्रोपटक थप गरिएको जिल्ला प्रशासन कार्यलय सर्लाहीले जनाएको छ । पाँच दिनअघि प्रहरी भ्यानको ठक्करबाट ईश्वरपुर नगरपालिका ५, सखुबनीस्थित खुबलाल टोलका ३० वर्षीय रामकुमार महतोको मृत्यु भएको थियो । घटना शंकास्पद भन्दै आक्रोशित स्थानीय र बयलवास बजार क्षेत्रका व्यापारीहरूसमेत आन्दोलित भएपछि निषेधाज्ञा लगाइको छ । --- # २०८३ कार्तिक १३, शुक्रबार को राशिफल Source: https://newskunda.com/archives/5293 Category: राशिफल Last updated: 2026-10-30 **मेष राशि** आजको दिन तपाईंका लागि पहल र लगनशीलताको दिन हो। अधुरो रहेका कामहरू टुंग्याउन आफ्नै प्रयास महत्त्वपूर्ण हुनेछ। कसैले तपाईंको विचार नमाने पनि शान्त भएर आफ्नो कुरा राख्नुहोला, किनकि रिसाएर कुरा गर्दा सम्बन्ध बिग्रन सक्छ। एकैपटक धेरै काम लिनुभन्दा प्राथमिकता छुट्याएर काम गर्नुहोस्, नत्र टाउको भारी हुन सक्छ। परिवार वा साथीहरूसँग सल्लाह लिएर निर्णय गर्दा राम्रो नतिजा आउनेछ। स्वास्थ्यमा सामान्य थकान महसुस हुन सक्ने भएकाले आराम पनि आवश्यक छ। शुभ रंग गाढा हरियो र शुभ अंक ८ रहेको छ। आजको दिन सकारात्मक सोचका साथ अगाडि बढ्नुहोस्। **वृष राशि** आज निर्णय लिनुअघि परिवारका सदस्यहरूको आवश्यकता र भावना बुझ्नुहोला। पैसाको विषयमा मौखिक सहमतिमा मात्र भर नपर्नुहोस्, कागजी प्रमाण वा स्पष्ट समझदारी राख्नु उचित हुन्छ। समयमै खाना खाँदा शरीरमा स्फूर्ति रहन्छ र काममा ध्यान केन्द्रित हुन्छ। आर्थिक मामिलामा सावधानी अपनाउनुहोस्, अनावश्यक खर्चबाट बच्नुहोस्। आफन्त वा नजिकका व्यक्तिसँगको कुराकानीले मन शान्त बनाउन मद्दत गर्नेछ। शुभ रंग बैजनी र शुभ अंक ५ छ। परिवारको साथ लिएर काम गर्दा दिन सफल बन्नेछ। **मिथुन राशि** आफ्नो कामको जानकारी अरूलाई दिँदा सरल र स्पष्ट शब्द प्रयोग गर्नुहोला, जटिल भाषा प्रयोग गर्दा भ्रम सिर्जना हुन सक्छ। अनावश्यक बहस वा विवादमा समय खर्च गर्नुभन्दा मुख्य जिम्मेवारी पूरा गर्नु राम्रो हुन्छ। बाहिर निस्कँदा मौसमअनुसार कपडा रोज्नुहोस्, किनकि स्वास्थ्यमा असर पर्न सक्छ। अध्ययन वा काममा नयाँ कुरा सिक्ने मौका मिल्न सक्छ। साथीभाइसँगको संवादले नयाँ विचार आउन सक्छ। शुभ रंग सुनौलो र शुभ अंक १ रहेको छ। ध्यान दिएर बोल्नुहोस् र काममा एकाग्र रहनुहोस्। **कर्कट राशि** आज आफ्नो सामान र कागजपत्र सुरक्षित राख्न विशेष ध्यान दिनुहोला। कसैलाई सहयोग गर्नुपर्ने भए आफ्नो समय र क्षमताको ख्याल गरेर मात्र गर्नुहोस्, नत्र आफैं थकित हुन सक्नुहुन्छ। मनमा कुरा राखिरहनुभन्दा विश्वासिलो व्यक्तिसँग सल्लाह लिनुहोला, यसले तनाव कम गर्छ। घरपरिवारसँगको समयले मन प्रसन्न बनाउनेछ। स्वास्थ्यमा सामान्य असुविधा महसुस हुन सक्ने भएकाले खानपानमा सावधानी अपनाउनुहोस्। शुभ रंग पहेलो र शुभ अंक ९ छ। सावधानी र सल्लाहका साथ दिन बिताउनुहोस्। **सिंह राशि** कुनै कार्यक्रम, भेला वा बैठकमा तपाईंको उपस्थिति महत्त्वपूर्ण रहनेछ। काममा गल्ती भेटिए त्यसलाई स्वीकारेर सच्याउँदा अरूको भरोसा बढ्नेछ र सम्बन्ध मजबुत हुनेछ। घरमा रमाइलो वातावरण बनाउन सानो प्रयास नै पर्याप्त हुनेछ। आफन्त वा साथीहरूसँगको संवादले उत्साह थप्नेछ। काममा प्रगति देखिन सक्छ, तर घमण्ड नदेखाउनुहोस्। शुभ रंग कलेजी र शुभ अंक ४ रहेको छ। सकारात्मक ऊर्जा बाँड्दै अगाडि बढ्नुहोस्। **कन्या राशि** कुनै आवेदन, फारम वा आवश्यक विवरण बुझाउनुपर्ने भए अन्तिम समयसम्म नपर्खनुहोस्, समयमै पूरा गर्नुहोस्। अरूको काममा मद्दत गर्दा आफ्ना जिम्मेवारी पनि पूरा गर्नुहोला, सन्तुलन कायम राख्नु महत्त्वपूर्ण छ। लगातार काम गर्दा शरीर थाक्न नदिन बीच-बीचमा विश्राम लिनुहोस्। कागजी काम वा विवरण मिलाउने काम राम्रोसँग हुनेछ। स्वास्थ्यमा ध्यान दिएर खानपान मिलाउनुहोस्। शुभ रंग आकाशे निलो र शुभ अंक ७ छ। समयको सदुपयोग गरेर दिन सफल बनाउनुहोस्। **तुला राशि** साथीभाइसँगको भेटमा कुनै उपयोगी ज्ञान वा अनुभव सिक्न पाइनेछ। आफ्नो रुचिको काममा हात हाल्दा नयाँ अनुभव र सन्तुष्टि मिल्नेछ। कसैको व्यवहार चित्त नबुझे सीधै र शान्त तरिकाले कुरा गर्नु राम्रो हुनेछ, मनमुटाब बढ्न नदिनुहोस्। सामाजिक संवादले नयाँ अवसर खोल्न सक्छ। आर्थिक मामिलामा सन्तुलन राख्नुहोस्। शुभ रंग रातो र शुभ अंक ६ रहेको छ। खुला संवाद र सकारात्मक सोचका साथ अगाडि बढ्नुहोस्। **वृश्चिक राशि** कसैले हतारमा निर्णय गर्न लगाए पनि सबै कुरा राम्ररी बुझेर मात्र सहमति जनाउनुहोला। पुरानो हिसाब-किताब मिलाउँदा छुटेको रकम वा विवरण पत्ता लाग्न सक्छ। पर्याप्त पानी पिउने र आराम गर्ने बानीमा ध्यान दिनुहोस्, स्वास्थ्य सुधार हुनेछ। गोप्य कुराहरू सुरक्षित राख्नुहोस्। परिवारसँगको समयले मन शान्त बनाउन मद्दत गर्नेछ। शुभ रंग सेतो र शुभ अंक २ छ। धैर्य र सावधानीका साथ दिन बिताउनुहोस्। **धनु राशि** टाढा बसेका व्यक्तिसँग सम्पर्क हुने सम्भावना छ, यसले मन प्रसन्न बनाउनेछ। यात्रा गर्ने सोच छ भने आवश्यक खर्च र समयको व्यवस्था पहिले नै मिलाउनुहोला। अनावश्यक ढिलाइ नगरी साना-साना काम समयमै सक्नुहोस्। नयाँ अवसर वा योजनाबारे सोच्ने समय अनुकूल छ। परिवारसँगको सम्बन्ध सुमधुर रहनेछ। शुभ रंग सिन्दुरी र शुभ अंक ८ रहेको छ। योजना बनाएर र सकारात्मक सोचका साथ अगाडि बढ्नुहोस्। **मकर राशि** कामको जिम्मेवारी बढे पनि प्राथमिकता छुट्याएर अघि बढ्नुहोला, सबै काम एकैपटक गर्न खोज्नु हुँदैन। अरूको गल्ती देखाउँदा अपमान हुने गरी नबोल्नुहोस्, नरम भाषा प्रयोग गर्नुहोस्। कम्मर वा घुँडामा असहजता भए भारी सामान उठाउँदा विशेष सावधानी अपनाउनुहोला। पुराना कामहरू पूरा गर्ने अवसर मिल्न सक्छ। स्वास्थ्यमा ध्यान दिएर आराम गर्नुहोस्। शुभ रंग खैरो र शुभ अंक ३ छ। धैर्य र योजनाबद्ध तरिकाले दिन बिताउनुहोस्। **कुम्भ राशि** कुनै समूह वा टोलीको काममा आफ्नो विचार राख्ने अवसर मिल्नेछ, यसलाई सदुपयोग गर्नुहोस्। कागजपत्र बुझाउँदा आवश्यक प्रमाण वा विवरण छुटेको छैन भन्ने जाँच्नुहोला। खाली समयलाई उपयोग गरेर नयाँ सीपको अभ्यास गर्नुहोस्, यसले भविष्यमा फाइदा पुर्याउनेछ। सामाजिक गतिविधिमा सहभागी हुँदा राम्रो अनुभव मिल्नेछ। स्वास्थ्यमा सामान्य ध्यान दिनुहोस्। शुभ रंग चाँदीजस्तो सेतो र शुभ अंक ५ रहेको छ। सिकाइ र सहकार्यका साथ अगाडि बढ्नुहोस्। **मीन राशि** घरमा कुनै पुरानो सामान वा कुरा मिलाउँदा उपयोगी वस्तु भेटिन सक्छ। नजिकको व्यक्तिसँग सानो असमझदारी भए ढिलो नगरी कुरा मिलाउनु राम्रो हुन्छ, मनमुटाब बढ्न नदिनुहोस्। राति पर्याप्त निद्रा लिनुहोस्, यसले भोलिको दिन राम्रो बनाउँछ। भावनात्मक कुराहरूमा सन्तुलन राख्नुहोस्। स्वास्थ्यमा आलस्य वा हल्का पीडा महसुस हुन सक्ने भएकाले आराम आवश्यक छ। शुभ रंग पहेलो र शुभ अंक १ छ। मन शान्त राखेर र सकारात्मक सोचका साथ दिन बिताउनुहोस्। --- # २०८३ कार्तिक १६ गतेको राशिफल | मेषदेखि मीनसम्म सबै राशिको विस्तृत भविष्यफल Source: https://newskunda.com/archives/5427 Category: राशिफल Last updated: 2026-11-02 ## १. मेष राशि मेष राशि हुनेहरूका लागि आजको दिन केही चुनौतीपूर्ण भए पनि नयाँ अवसर प्राप्त हुने सम्भावना रहेको छ। कार्यक्षेत्रमा आफ्नो जिम्मेवारी पूरा गर्न थप मेहनत गर्नुपर्नेछ। हतारमा निर्णय लिनुभन्दा सोचविचार गरेर अघि बढ्नु राम्रो हुनेछ। व्यापार तथा व्यवसायमा नयाँ योजना बनाउँदा अनुभवी व्यक्तिको सल्लाह लिनुहोला। आर्थिक कारोबारमा सावधानी अपनाउनुका साथै अनावश्यक खर्च नियन्त्रण गर्नु आवश्यक छ। प्रेम सम्बन्धमा सामान्य मतभेद हुन सक्छ, त्यसैले आफ्नो बोली र व्यवहारमा संयम राख्नुहोला। परिवारका सदस्यसँग समय बिताउँदा मानसिक शान्ति प्राप्त हुनेछ। स्वास्थ्यमा सामान्य थकान महसुस हुन सक्ने भएकाले पर्याप्त आराम गर्नुहोला। ## २. वृष राशि वृष राशि हुनेहरूका लागि आजको दिन उत्साहजनक र उपलब्धिमूलक रहने सम्भावना छ। लामो समयदेखि रोकिएका कामहरू पूरा हुनेछन् भने नयाँ कामको सुरुवात गर्ने अवसर पनि मिल्न सक्छ। कार्यक्षेत्रमा तपाईंको मेहनत र लगनशीलताको प्रशंसा हुन सक्छ। व्यापार तथा व्यवसायमा लाभ प्राप्त हुने सम्भावना रहेकाले नयाँ योजनालाई अघि बढाउन सक्नुहुनेछ। आर्थिक पक्षमा सुधार आउनेछ, तर भविष्यका लागि बचत गर्ने बानीलाई निरन्तरता दिनुहोला। प्रेम सम्बन्धमा आत्मीयता बढ्नेछ भने दाम्पत्य जीवनमा खुसी छाउनेछ। परिवारका सदस्यसँगको सम्बन्ध सुमधुर रहनेछ। स्वास्थ्य सामान्य रहनेछ र मनमा सकारात्मक सोच बढ्नेछ। ## ३. मिथुन राशि मिथुन राशि हुनेहरूका लागि आजको दिन नयाँ अवसर र अनुभव प्राप्त गर्ने समय बन्न सक्छ। अध्ययन तथा बौद्धिक कार्यमा रुचि बढ्नेछ र नयाँ कुरा सिक्ने अवसर मिल्नेछ। कार्यक्षेत्रमा आफ्नो क्षमता प्रदर्शन गर्न सक्नुहुनेछ, तर समय व्यवस्थापनमा विशेष ध्यान दिनुहोला। व्यापार तथा व्यवसायमा नयाँ व्यक्तिसँगको सम्पर्कले भविष्यमा फाइदा पुर्याउन सक्छ। आर्थिक कारोबारमा सामान्य लाभ भए पनि अनावश्यक खर्च बढ्न सक्ने भएकाले सावधानी अपनाउनुहोला। प्रेम सम्बन्धमा आपसी समझदारी बढ्नेछ भने साथीभाइसँगको सम्बन्ध पनि राम्रो रहनेछ। परिवारमा खुसीको वातावरण बन्न सक्छ। स्वास्थ्यमा ध्यान दिँदै नियमित खानपान र आरामलाई प्राथमिकता दिनुहोला। ## ४. कर्कट राशि कर्कट राशि हुनेहरूका लागि आजको दिन पारिवारिक सुख र मानसिक सन्तुष्टिले भरिपूर्ण रहने सम्भावना छ। परिवारका सदस्यसँगको भेटघाटले मनमा खुसी र उत्साह थप्नेछ। कार्यक्षेत्रमा नयाँ जिम्मेवारी प्राप्त हुन सक्छ, जसलाई धैर्य र लगनशीलताका साथ पूरा गर्नुहोला। व्यापार तथा व्यवसायमा नयाँ अवसर प्राप्त हुने सम्भावना छ। आर्थिक पक्षमा सुधार आउने संकेत देखिए पनि खर्च गर्दा आफ्नो क्षमताको ख्याल गर्नुहोला। प्रेम सम्बन्धमा आत्मीयता बढ्नेछ भने जीवनसाथीबाट सहयोग प्राप्त हुन सक्छ। सामाजिक कार्यमा सहभागी हुने अवसर मिल्न सक्छ। स्वास्थ्यमा सामान्य सुधार आउनेछ र मानसिक रूपमा शान्ति महसुस गर्नुहुनेछ। ## ५. सिंह राशि सिंह राशि हुनेहरूका लागि आजको दिन आत्मविश्वास र नेतृत्व क्षमता प्रदर्शन गर्ने अवसर मिल्नेछ। कार्यक्षेत्रमा नयाँ जिम्मेवारी प्राप्त हुन सक्छ र आफ्नो मेहनतले राम्रो परिणाम दिन सक्छ। सहकर्मी तथा साथीभाइसँग सहकार्य गर्दा महत्वपूर्ण कामहरू सहज रूपमा पूरा हुनेछन्। व्यापार तथा व्यवसायमा नयाँ योजना अघि बढाउन सक्नुहुनेछ, तर लगानी गर्दा पर्याप्त विचार गर्नुहोला। आर्थिक पक्षमा आम्दानी र खर्चको सन्तुलन मिलाउनु आवश्यक छ। प्रेम सम्बन्धमा सामान्य मतभेद हुन सक्ने भएकाले एकअर्काको भावनालाई सम्मान गर्नुहोला। पारिवारिक वातावरण सुखद रहनेछ। स्वास्थ्यमा ध्यान दिँदै शारीरिक गतिविधि र आरामलाई सन्तुलित राख्नुहोला। ## ६. कन्या राशि कन्या राशि हुनेहरूका लागि आजको दिन मेहनत, धैर्य र योजनाबद्ध कामको आवश्यकता पर्नेछ। कार्यक्षेत्रमा सानातिना अवरोध आउन सक्छन्, तर आफ्नो जिम्मेवारीप्रति इमानदार रहँदा सफलता प्राप्त गर्न सकिनेछ। अध्ययन तथा अनुसन्धानमा संलग्न व्यक्तिहरूका लागि समय अनुकूल रहने सम्भावना छ। व्यापार तथा व्यवसायमा नयाँ निर्णय लिनुअघि सबै पक्षको मूल्याङ्कन गर्नुहोला। आर्थिक पक्ष सामान्य रहनेछ र भविष्यका लागि बचत गर्ने अवसर मिल्न सक्छ। प्रेम सम्बन्धमा समझदारी बढाउन खुलेर कुराकानी गर्नु राम्रो हुनेछ। परिवारका सदस्यको सहयोगले मनोबल बढ्नेछ। स्वास्थ्यमा खानपान र पर्याप्त निद्रालाई विशेष प्राथमिकता दिनुहोला। ## ७. तुला राशि तुला राशि हुनेहरूका लागि आजको दिन सामाजिक सम्बन्ध र सहकार्यका दृष्टिले महत्वपूर्ण रहनेछ। नयाँ व्यक्तिसँगको चिनजानले भविष्यमा राम्रो अवसर प्रदान गर्न सक्छ। कार्यक्षेत्रमा आफ्नो व्यवहार र क्षमताले अरूको विश्वास जित्न सक्नुहुनेछ। व्यापार तथा व्यवसायमा साझेदारीबाट लाभ प्राप्त हुने सम्भावना छ। आर्थिक पक्षमा सुधार आउने संकेत देखिए पनि अनावश्यक खर्चबाट बच्नुहोला। प्रेम सम्बन्धमा आत्मीयता बढ्नेछ भने दाम्पत्य जीवनमा खुसी र समझदारी कायम रहनेछ। परिवारका सदस्यसँग रमाइलो समय बिताउने अवसर मिल्न सक्छ। स्वास्थ्य सामान्य रहनेछ र मानसिक रूपमा उत्साहित महसुस गर्नुहुनेछ। ## ८. वृश्चिक राशि वृश्चिक राशि हुनेहरूका लागि आजको दिन मेहनत र आत्मविश्वासका आधारमा महत्वपूर्ण उपलब्धि हासिल गर्ने समय बन्न सक्छ। कार्यक्षेत्रमा नयाँ जिम्मेवारी प्राप्त हुन सक्छ र आफ्नो क्षमता प्रमाणित गर्ने अवसर मिल्नेछ। व्यापार तथा व्यवसायमा नयाँ योजना बनाउँदा दीर्घकालीन फाइदालाई ध्यान दिनुहोला। आर्थिक कारोबारमा विशेष सावधानी अपनाउनु आवश्यक छ। अनावश्यक ऋण तथा जोखिमपूर्ण लगानीबाट टाढा रहनु राम्रो हुनेछ। प्रेम सम्बन्धमा सामान्य मतभेद हुन सक्छ, त्यसैले आफ्नो भावनालाई संयमित रूपमा व्यक्त गर्नुहोला। परिवारका सदस्यसँगको सहयोगले कठिन परिस्थितिमा पनि सहजता ल्याउनेछ। स्वास्थ्यमा थकान महसुस हुन सक्ने भएकाले आराम गर्नुहोला। ## ९. धनु राशि धनु राशि हुनेहरूका लागि आजको दिन ज्ञान, अध्ययन र नयाँ अनुभव प्राप्त गर्ने अवसरले भरिपूर्ण रहनेछ। अध्ययनरत व्यक्तिहरूले आफ्नो लक्ष्यमा ध्यान केन्द्रित गर्न सके राम्रो नतिजा हासिल गर्न सक्नेछन्। कार्यक्षेत्रमा अनुभवी व्यक्तिको सल्लाहले महत्वपूर्ण निर्णय लिन सहयोग पुग्नेछ। व्यापार तथा व्यवसाय विस्तारका लागि नयाँ योजना बनाउन सक्नुहुनेछ। आर्थिक पक्षमा सामान्य सुधार आउने सम्भावना छ। प्रेम सम्बन्धमा आपसी विश्वास बढ्नेछ भने साथीभाइसँगको भेटघाटले मन प्रसन्न बनाउनेछ। पारिवारिक वातावरण सुखद रहनेछ र सामाजिक गतिविधिमा सहभागी हुने अवसर मिल्न सक्छ। स्वास्थ्यमा सकारात्मक सुधार आउनेछ र मनमा नयाँ उत्साह जाग्नेछ। ## १०. मकर राशि मकर राशि हुनेहरूका लागि आजको दिन जिम्मेवारी र मेहनतका दृष्टिले महत्वपूर्ण रहनेछ। कार्यक्षेत्रमा केही चुनौती आए पनि धैर्य र अनुशासनका साथ अघि बढ्दा सफलता प्राप्त गर्न सकिनेछ। रोकिएका कामलाई व्यवस्थित रूपमा अघि बढाउन सक्नुहुनेछ। व्यापार तथा व्यवसायमा नयाँ अवसर प्राप्त हुन सक्छ, तर निर्णय गर्दा दीर्घकालीन फाइदालाई प्राथमिकता दिनुहोला। आर्थिक पक्षमा आम्दानी र खर्चको सन्तुलन मिलाउनु आवश्यक छ। प्रेम सम्बन्धमा समझदारी बढ्नेछ भने परिवारका ज्येष्ठ सदस्यको सल्लाहले महत्वपूर्ण निर्णय लिन सहयोग पुग्नेछ। स्वास्थ्यमा सामान्य थकान महसुस हुन सक्ने भएकाले पर्याप्त आराम गर्नुहोला। सकारात्मक सोच र निरन्तर मेहनतले दिनलाई सफल बनाउन सक्नेछ। ## ११. कुम्भ राशि कुम्भ राशि हुनेहरूका लागि आजको दिन नयाँ सोच, सिर्जनात्मकता र अवसरको दृष्टिले महत्वपूर्ण रहनेछ। प्रविधि, सञ्चार तथा सिर्जनात्मक क्षेत्रमा संलग्न व्यक्तिहरूका लागि समय अनुकूल हुन सक्छ। कार्यक्षेत्रमा नयाँ योजना प्रस्तुत गर्ने अवसर मिल्न सक्छ र सहकर्मीबाट सहयोग प्राप्त हुनेछ। व्यापार तथा व्यवसायमा नयाँ सम्भावनाको खोजी गर्न सक्नुहुनेछ। आर्थिक कारोबारमा सावधानी अपनाउनुहोला र अनावश्यक खर्च नियन्त्रण गर्नुहोस्। प्रेम सम्बन्धमा आत्मीयता बढ्नेछ भने साथीभाइसँगको सम्बन्ध सुमधुर रहनेछ। परिवारमा खुसीको वातावरण बन्न सक्छ। स्वास्थ्यमा ध्यान दिँदै मानसिक तनाव कम गर्ने प्रयास गर्नुहोला। ## १२. मीन राशि मीन राशि हुनेहरूका लागि आजको दिन सिर्जनात्मकता, भावना र नयाँ अवसरको दृष्टिले राम्रो रहने सम्भावना छ। आफ्नो प्रतिभा प्रदर्शन गर्ने अवसर मिल्नेछ भने कार्यक्षेत्रमा मेहनतको प्रशंसा हुन सक्छ। नयाँ कामको सुरुवात गर्दा आफ्नो क्षमता र समयको उचित मूल्याङ्कन गर्नुहोला। व्यापार तथा व्यवसायमा सामान्य लाभ प्राप्त हुने सम्भावना छ। आर्थिक निर्णय गर्दा भावनामा आएर खर्च नगर्नुहोला र बचतलाई प्राथमिकता दिनुहोस्। प्रेम सम्बन्धमा आत्मीयता बढ्नेछ भने जीवनसाथी तथा परिवारका सदस्यबाट सहयोग प्राप्त हुन सक्छ। सामाजिक तथा आध्यात्मिक गतिविधिमा रुचि बढ्नेछ। स्वास्थ्य सामान्य रहनेछ र सकारात्मक सोचले दिनलाई सुखद बनाउन सहयोग गर्नेछ। --- # २०८३ कार्तिक १९ गते बिहीबारको राशिफल | मेषदेखि मीनसम्म विस्तृत विश्लेषण Source: https://newskunda.com/archives/5502 Category: राशिफल Last updated: 2026-11-05 **मेष राशि** आज तपाईंले समयलाई आफू अनुकूल प्रयोग गर्न सक्नुहुनेछ। धार्मिक क्रियाकलाप र पूजा-पाठमा मन लाग्नेछ। कार्यक्षेत्रमा सहकर्मीहरूको सहयोग मिलेर काम सहज बन्नेछ। व्यापार-व्यवसायमा लाभको योग छ, विशेष गरी साझेदारी काममा। स्वास्थ्य सामान्य रहनेछ तर खानपानमा सन्तुलन राख्नुहोला। प्रेम सम्बन्धमा मिठास बढ्नेछ। शुभ रंग सेतो र शुभ अंक ७ छ। दिनको मध्यतिर मानसिक थकान महसुस हुन सक्छ, त्यसबेला आराम गर्नुहोस्। **वृष राशि** आज एउटा काम सकेर अर्को नयाँ काम सुरु गर्ने राम्रो समय छ। व्यापार-व्यवसायमा ठूलो निर्णय लिनुअघि अनुभवी व्यक्तिको सल्लाह लिनुहोस्। अनावश्यक खर्च हुन सक्ने भएकाले पैसाको व्यवस्थापनमा ध्यान दिनुहोला। स्वास्थ्यमा विशेष ख्याल राख्नुपर्ने दिन हो, खानपान नियमित राख्नुहोस्। परिवारको साथ मिल्नेछ र घरायसी काममा सहजता आउनेछ। प्रेम सम्बन्धमा सानोतिनो मनमुटाव हुन सक्छ तर छिट्टै समाधान हुन्छ। शुभ रंग निलो र शुभ अंक ८ छ। **मिथुन राशि** नयाँ काम थाल्दा मनमा दोधार आउन सक्छ, त्यसैले जानकार व्यक्तिको सल्लाह लिएर मात्र अघि बढ्नुहोस्। आर्थिक अवस्था मजबुत रहनेछ र आम्दानीका स्रोतहरू बलियो बन्नेछन्। प्रतिस्पर्धात्मक काममा सफलता मिल्नेछ। साथीभाइको सहयोग पाउनुहुनेछ। स्वास्थ्य सामान्य रहनेछ तर मानसिक तनावबाट बच्नुहोस्। प्रेम सम्बन्धमा खुला कुराकानीले मिठास थपिनेछ। शुभ रंग पहेँलो र शुभ अंक २ छ। दिनको सुरुवात राम्रो हुनेछ तर दिउँसो अलि सावधानी अपनाउनुहोला। **कर्कट राशि** आज सामाजिक दायित्व पूरा गर्न खर्च बढ्न सक्छ। प्रशासनिक क्षेत्रबाट लाभ मिल्ने सम्भावना छ। विद्यार्थीहरूलाई नयाँ ज्ञान र अवसर आउनेछ। व्यापार-व्यवसायमा पुरानो अनुभवको फाइदा उठाएर अघि बढ्न सकिनेछ। परिवारको स्वास्थ्यलाई लिएर अलि चिन्ता हुन सक्छ। प्रेम सम्बन्धमा विश्वास बढ्नेछ। शुभ रंग खैरो र शुभ अंक ३ छ। सामाजिक काममा संलग्न भएमा मान-सम्मान बढ्नेछ। **सिंह राशि** दाम्पत्य वा प्रेम जीवन आज विशेष रूपमा सुखमय रहनेछ। कार्यक्षेत्रमा प्रतिनिधि वा सहयोगीको साथ मिल्नेछ। अधिकार प्राप्तिका लागि गरिएका प्रतिस्पर्धामा विजय पाउन सकिनेछ। खानपानको गडबडीले स्वास्थ्य बिग्रिन सक्ने भएकाले सावधानी अपनाउनुहोला। नोकरी वा पेसामा तपाईंको सल्लाहको कदर हुनेछ। रोकिएको काम अघि बढ्नेछ। शुभ रंग बैजनी र शुभ अंक ८ छ। पुरानो साथीसँग भेटघाट हुँदा मन प्रसन्न रहनेछ। **कन्या राशि** आज आकस्मिक विवाद हुन सक्ने भएकाले बोलीचालीमा विशेष ध्यान दिनुहोस्। छरछिमेकीसँग कुरा गर्दा सहजता अपनाउनुहोला। कार्यक्षेत्रमा आफन्तहरूको सहयोग मिल्नेछ। श्रमअनुसार मूल्यांकन र मान्यता पाउनुहुनेछ। व्यापार-व्यवसायलाई विस्तार गर्ने अवसर आउन सक्छ। स्वास्थ्यमा खानपानको ध्यान राख्नुहोस्। शुभ रंग पहेँलो र शुभ अंक ४ छ। घरमा रमाइलो वातावरण रहनेछ। **तुला राशि** आज उत्साहमा कमी आउन सक्छ। परिवारभित्रको मनमुटाव सुल्झाउन समय बित्नेछ। व्यापार-व्यवसायमा नयाँ निर्णय लिनुअघि केही समय पर्खनुहोला। अनावश्यक सल्लाह दिनबाट बच्नुहोस्। कार्यक्षेत्रमा दीर्घकालीन योजना बन्नेछन्। प्रेम सम्बन्धमा प्रगाढता आउनेछ। छोटो र रमाइलो यात्राको योग छ। शुभ रंग सुन्तला र शुभ अंक ७ छ। स्वास्थ्यको ख्याल राख्नुहोला। **वृश्चिक राशि** आज आयका नयाँ स्रोतहरू खुल्नेछन्। योजना बनाएर काम गर्दा सफलता मिल्नेछ। आर्थिक कारोबारमा नयाँ निर्णयहरू सम्पादन हुनेछन्। व्यापार-व्यवसायका लागि यात्रा गर्नुपर्ने हुन सक्छ। उच्च अधिकारीको सहयोगले नोकरी वा पेसामा फाइदा हुनेछ। पारिवारिक सम्बन्ध सुमधुर बन्नेछ। शुभ रंग सेतो र शुभ अंक ४ छ। नजिकका आफन्तसँग भेटघाट हुने योग छ। **धनु राशि** कार्यक्षेत्रमा जोखिमपूर्ण कामबाट टाढै रहनुहोस्। स्वास्थ्य सम्बन्धी समस्याबाट मुक्ति मिल्नेछ। रोकिएका कामहरू अगाडि बढ्नेछन्। नोकरी वा पेसामा तपाईंको कामको जस पाउनुहुनेछ। मनले सोचेजस्तै काम फत्ते हुनेछन्। साथीभाइसँगको सम्बन्ध अझ प्रगाढ बन्नेछ। शुभ रंग निलो र शुभ अंक ३ छ। आफ्ना कुरा खुलेर राख्न सक्नुहुनेछ। **मकर राशि** व्यापार-व्यवसायमा दीर्घकालीन योजना बन्नेछन्। जीवनसाथीको स्वास्थ्यलाई लिएर चिन्ता रहनेछ। सरकारी नोकरीमा परीक्षा वा शुभ सूचना आउन सक्छ। कार्यक्षेत्रमा नयाँ जिम्मेवारी मिल्नेछ। आफ्ना विचार र योजनालाई कार्यरूप दिन सफल हुनुहुनेछ। परिवारको पूर्ण साथ र समर्थन मिल्नेछ। शुभ रंग रातो र शुभ अंक ३ छ। शिक्षा क्षेत्रमा नयाँ अवसर आउन सक्छ। **कुम्भ राशि** कार्यक्षेत्रमा आलस्यबाट बच्नुहोस्। वैदेशिक व्यापारबाट शुभ सूचना आउन सक्छ। आफन्तहरूसँग रमाइलो भेटघाट हुनेछ। चिताएको काममा केही बाधा आउन सक्छ। विगतका कमजोरी सुधार गर्दै सही निर्णय लिन सकिनेछ। विद्यार्थीहरूको बौद्धिक क्षमताको प्रशंसा हुनेछ। शुभ रंग केशरी र शुभ अंक १ छ। पारिवारिक माहोल सुखद रहनेछ। **मीन राशि** आफ्नो कुराले अरूलाई प्रभावित पारेर काम बनाउन सक्नुहुनेछ। व्यापारमा नयाँ अनुबन्धहरू सफलतापूर्वक सम्पन्न हुनेछन्। जीवनसाथीसँग रमाइलो सम्बन्ध रहनेछ। रोकिएका अपूरा कामहरू बन्नेछन्। अध्ययन, अध्यापन र रचनात्मक क्षेत्रमा मन लाग्नेछ। घरमा धार्मिक वा आध्यात्मिक चर्चा हुनेछ। शुभ रंग पहेँलो र शुभ अंक २ छ। अभिभावकको सहयोग मिल्नेछ। --- # २०८३ कार्तिक ३ गते, मङ्गलवार । तपाईको आजको राशिफल Source: https://newskunda.com/archives/4873 Category: राशिफल Last updated: 2026-10-20 **मितिः** २०८३ कार्तिक ३ गते, मङ्गलवार **(ई.सं. २० अक्टोबर २०२६)** **पर्वः** महानवमी व्रत आजको पञ्चाङ्ग अनुसार तिथि शुक्ल नवमी, नक्षत्र श्रवण र चन्द्रमा मकर राशिमा छ। मिथुन राशिका लागि आज चन्द्राष्टम रहेको छ। तल प्रत्येक राशिको थप विस्तृत फल दिइएको छ (कान्तिपुर र अन्य स्रोतहरूको आधारमा विस्तारित)। ### मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) कतै कुनै बैठकमा सहभागिता जनाउनुपर्ला। तपाईंको कुराको मान राखिनेछ। कार्यक्षेत्र र व्यापारमा गति आउनेछ। सरकारी काम, अन्तर्वार्ता वा नयाँ जिम्मेवारी लिन राम्रो दिन हो। पुरानो गुनासोबाट केही राहत मिल्नेछ। घरायसी कामले व्यस्त बनाउन सक्छ। समग्रमा दिन राम्रै रहनेछ। **शुभ रङः** सुनौलो | **शुभ अङ्कः** ४ ### वृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) पारिवारिक वातावरण सुमधुर रहनेछ। कुनै कुराको आकस्मिक लाभ होला। काममा केही ढिलाइ वा थकान महसुस हुन सक्छ। जेष्ठजन वा बाबुको सल्लाह लिनु राम्रो हुन्छ। पूजा-पाठ र दानले मन शान्त रहला। आलस्य छाडेर मेहनत गर्नुहोस्। खर्च बढ्न सक्ने भएकाले बजेटमा ध्यान दिनुहोस्। निद्रा कम लाग्न सक्छ। मनको कुरा नजिकको व्यक्तिसँग बाँध्नुहोस्। विविध कुराले गर्दा मन प्रसन्न रहला। **शुभ रङः** सुन्तला | **शुभ अङ्कः** ९ ### मिथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह) आज चन्द्राष्टम भएकाले नयाँ काम, ठूलो लगानी वा महत्त्वपूर्ण निर्णय स्थगित गर्नु राम्रो हुन्छ। स्वास्थ्य र यात्रामा सावधानी अपनाउनुहोस्। झगडाबाट टाढै रहनुहोस्। साझेदारीका काममा होस राख्नुहोस्। आम्दानी बढ्न सक्छ तर धैर्य चाहिन्छ। परिवारका जेष्ठ सदस्यको स्वास्थ्यमा ध्यान दिनुहोस्। अरूको कुराकानीले सम्बन्ध बिगार्न नदिनुहोस्। कुनै कुरालाई लिएर छलफल हुन सक्छ। जसरी पनि आफ्नो काम सक्न लागिपरिनेछ। **शुभ रङः** हल्का हरियो | **शुभ अङ्कः** ५ ### कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) कुनै कामको पदीय कार्यभार सम्हाल्नुपर्ला। सामाजिक कार्यमा संलग्न हुनुपर्ला। दाम्पत्य जीवन र साझेदारीमा राम्रो प्रभाव रहनेछ। जीवनसाथी वा साझेदारको साथ मिल्नेछ। बैठक, सम्झौता र यात्राका लागि अनुकूल दिन हो। नयाँ जिम्मेवारी आउन सक्छ जसले पछि फाइदा दिनेछ। सवारी वा घरायसी सामान किन्ने संकेत छ। पुरानो स्वास्थ्य चिन्ता कम हुँदै जानेछ। पारिवारिक जमघटको अवसर मिल्न सक्छ। कुनै कुराको आकस्मिक लाभ हुन सक्छ। **शुभ रङः** गुलाबी | **शुभ अङ्कः** १ ### सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आत्मीयजनसित भेटघाट हुन सक्छ। कुनै कुराले मनमा हौसला बढ्नेछ। प्रतिद्वन्द्वी कमजोर हुनेछन् र बाँकी विवाद तपाईंकै पक्षमा समाधान हुन सक्छ। स्वास्थ्यमा सुधार आउनेछ। ऋण चुक्ता गर्न वा पुरानो हिसाब मिलाउन राम्रो दिन हो। व्यापारमा नयाँ ग्राहक आउने र फाइदा हुने संकेत छ। पारिवारिक वा पैतृक सम्पत्तिमा प्रगति हुन सक्छ। दिउँसो थोरै आरामले ताजगी मिल्नेछ। प्रियसँग सानो गलतफहमी हुन सक्छ — खुला कुराकानी गर्नुहोस्। पारिवारिक वातावरण सुमधुर रहला। **शुभ रङः** रातो | **शुभ अङ्कः** ६ ### कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) कुनै कुराले गर्दा मनमा दोधार हुन सक्छ। पारिवारिक कुरामा जोड दिनुपर्नेछ। योजनामा अवरोध र मनमा अलमल हुन सक्छ। सन्तानको पढाइ वा स्वास्थ्यले चिन्ता बढाउन सक्छ। सट्टेबाजी, जोखिमपूर्ण लगानी र हतारको निर्णयबाट टाढै रहनुहोस्। अध्ययन वा प्रार्थनामा समय दिनु लाभदायक हुन्छ। कार्यालयमा अरूको कुरा सुनेर मात्र जवाफ दिनुहोस्। दिएको पैसा फिर्ता लिन पहल गर्नुहोस्। जोर्नी वा ढाड दुख्न सक्छ। जीवनसाथीसँग सानो झगडा हुन सक्छ — धैर्य राख्नुहोस्। सकारात्मक सोचमा रहन सके सबै कुरामा सहजता हुनेछ। **शुभ रङः** सिन्दूर | **शुभ अङ्कः** २ ### तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते) समसामयिक कुरालाई जोड दिइनेछ। आगामी कामकाबारे विचार विमर्श हुनेछ। अनावश्यक चिन्ता र बेचैनी बढ्न सक्छ। घरमा सानातिना झगडा हुन सक्ने भएकाले धैर्य राख्नुहोस्। बाटोमा सावधानी अपनाउनुहोस् र आमाको स्वास्थ्यमा ध्यान दिनुहोस्। हतारमा निर्णय नगर्नुहोस् — सल्लाह लिएर मात्र अघि बढ्नुहोस्। आजको बचतले पछि काम लाग्नेछ। आँखाको तनाव वा टाउको दुख्न सक्छ। पुरानो कुरा खोतलेर झगडा नबनाउनुहोस्। आफैंले आफ्नो सहजताबारे विचार गरिनेछ। **शुभ रङः** सेतो | **शुभ अङ्कः** ७ ### वृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु) कतै जाने प्रबन्ध मिल्न सक्छ। समसामयिक कुरा विचारी चल्ने प्रयास हुनेछ। साहस बढ्नेछ। दाजुभाइ, बहिनी र छिमेकीको साथ मिल्नेछ। छोटो यात्रा, फोन र कुराकानीले फाइदा दिनेछ। रोकिएको काम आज पूरा गर्न सक्नुहुन्छ। नयाँ काम सुरु गर्न शुभ दिन हो। साथीको सहयोगले आर्थिक कुरा टुङ्गिनेछ। आत्मविश्वास उच्च रहनेछ। अभिभावकको आशीर्वादले काम बन्नेछ। इच्छाभोजन गर्ने अवसर जुट्नेछ। **शुभ रङः** आकाशे निलो | **शुभ अङ्कः** ३ ### धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) मन उत्साहित बन्दा काममा सहजता हुनेछ। कुनै आर्थिक कार्यमा संलग्न हुनुपर्ला। खर्च बढ्ने र पैसा अड्किन सक्ने अवस्था छ। बोलीमा होस राख्नुहोस् — एक चर्को शब्दले राम्रो काम बिगार्न सक्छ। ठूलो खरिद र सापटी दिन आज स्थगित गर्नुहोस्। परिवारसँग खाना खाँदा मन शान्त हुनेछ। कामको बोझ बढ्न सक्छ तर नतिजा सन्तोषजनक हुनेछ। आर्थिक कुरामा अरूमाथि भर नपर्नुहोस्। गाडी चलाउँदा सावधानी अपनाउनुहोस्। नरम बोलीले सम्बन्ध बलियो बनाउनेछ। समयलाई आफू अनुरूप तह लगाइनेछ। **शुभ रङः** हरियो | **शुभ अङ्कः** ८ ### मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) कुनै कुराले नजानिँदो गरी टाउको दुखाउन सक्छ। अत्यावश्यक कुरामा जोड दिइनेछ। आज चन्द्रमा आफ्नै राशिमा भएकाले मन हल्का र शरीर सक्रिय रहनेछ। राम्रो खाना र नजिकका मानिससँगको संगति मिल्नेछ। बोल्न र योजना सुरु गर्न अनुकूल दिन हो तर भावनामा मात्र निर्णय नगर्नुहोस्। सहकर्मीसँग मतभेद हुन सक्छ — बोली नियन्त्रणमा राख्नुहोस्। आम्दानी राम्रो हुनेछ तर खर्च नियन्त्रण गर्नुहोस्। स्वास्थ्यमा सुधार आउनेछ। नयाँ मित्रता बन्न सक्छ। आफैंले आफ्नो अनुकूलताको विचार गरिनेछ। **शुभ रङः** खैरो | **शुभ अङ्कः** ४ ### कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द) आगामी कामकाबारे विचार गरिनेछ। समयावस्था विचारेर आफूलाई तह लगाइनेछ। खर्च र दौडधुप बढ्नेछ। अनावश्यक खर्च र अरूमाथि निर्भर कामबाट टाढै रहनुहोस्। निद्रा बिग्रन सक्छ — आराम गर्नुहोस्। तीर्थयात्रा, सेवा र दानका लागि राम्रो दिन हो। हातमा आएको अवसर छोड्नु हुँदैन। आज सापटी दिन वा लिनबाट बच्नुहोस्। बाहिरको भन्दा घरको खाना राम्रो हुन्छ। प्रेमका कुरामा हतार नगर्नुहोस्। सकारात्मक सोचले काम सक्न लागिपरिनेछ। **शुभ रङः** पहेंलो | **शुभ अङ्कः** ९ ### मीन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) तनमन स्वतःस्फूर्त रहनेछ। पारिवारिक भेटघाट हुनेछ। आम्दानी र इच्छा पूर्ति हुने संकेत छ। साथीहरूको सहयोग र राम्रो खबर आउनेछ। बाँकी रकम उठाउन र नयाँ सम्पर्क बनाउन राम्रो दिन हो। कार्यक्षेत्रमा अनावश्यक विवादबाट टाढै रहनुहोस्। पैसासम्बन्धी विवाद समाधान हुन सक्छ। ऊर्जा र उत्साह उच्च रहनेछ। सम्बन्धमा विश्वास बढ्नेछ। विविध कुराले गर्दा मन खुसी रहनेछ। **शुभ रङः** बैजनी | **शुभ अङ्कः** ५ --- # २०८३ कार्तिक ७ शनिबारको राशिफल | कुन राशिलाई कस्तो दिन? | आजको दैनिक राशिफल Source: https://newskunda.com/archives/5055 Category: राशिफल Last updated: 2026-10-24 आज वि.सं. २०८३ साल कार्तिक ७ गते शनिबार। आजको दिन शरद ऋतुको बीचमा पर्छ र चन्द्रमा मीन राशिमा छ। हरेक राशिको लागि आज कस्तो दिन रहनेछ, काम, पैसा, स्वास्थ्य, प्रेम र परिवारको बारेमा विस्तारमा सुन्नुहोस्। तपाईंको राशि ध्यान दिएर सुन्नुहोस् र दिनलाई सकारात्मक बनाउनुहोस्। **मेष राशि** आज तपाईंको लागि उद्योग र व्यापारबाट राम्रो लाभ मिल्ने दिन हो। सामाजिक दायित्वहरू बढ्नेछन् तर त्यसले तपाईंलाई थप सम्मान पनि दिनेछ। भूमि, सवारी साधन वा पैतृक सम्पत्तिबाट अप्रत्याशित फाइदा हुन सक्छ। कार्यक्षेत्रमा तपाईंको बोली र प्रस्तुति प्रभावकारी रहनेछ जसले गर्दा अरूले तपाईंको कुरा सहजै स्वीकार गर्नेछन्। मित्रताको बन्धन अझ प्रगाढ बन्नेछ र पुराना साथीहरूबाट सहयोग मिल्नेछ। विदेशी सामानको व्यापार वा विदेशसँग सम्बन्धित काम गर्नेहरूका लागि समय अनुकूल छ। विद्यार्थीहरूको अध्ययनमा पनि राम्रो प्रगति हुनेछ। स्वास्थ्यतर्फ सामान्य सावधानी अपनाउनुहोस्। **वृष राशि** आज शुभचिन्तक र सहयोगीहरूको साथले बिग्रेका कामहरू पनि सप्रिनेछन्। धर्म, संघ वा कुनै संस्थामा संलग्न हुने अवसर आउन सक्छ जसले तपाईंको सामाजिक छवि बढाउनेछ। दायित्व निर्वाह गर्दा आफ्नो कुरा मात्र अगाडि नराख्नुहोस्, अरूको पनि कुरा सुन्नुहोस्। खनिज पदार्थ, तरल पदार्थ वा सम्बन्धित व्यापार व्यवसाय फस्टाएर जानेछ। आर्थिक अवस्था राम्रो रहनेछ र नयाँ किसिमको कामबाट मनग्गे आम्दानी गर्न सकिनेछ। प्रेम सम्बन्धमा नजिकिने र नयाँ प्रस्ताव आउने योग पनि छ। पढाइ लेखाइमा मन लाग्ने भएकाले विद्यार्थीहरूले राम्रो नतिजा निकाल्न सक्नेछन्। **मिथुन राशि** आज आवेगमा आएर कुनै पनि महत्वपूर्ण निर्णय नगर्नुहोस्। आर्थिक उन्नतिमा केही बाधा आउन सक्ने भएकाले खर्चमा संयम अपनाउनुहोस्। यात्रा गर्दा आफ्नो सामानको जिम्मेवारी आफैं लिनुहोस्, नत्र समस्या हुन सक्छ। तर सकारात्मक ऊर्जाले तपाईंको मनोबल उच्च रहनेछ। नयाँ विचार र प्रविधि प्रयोग गरेर व्यवसाय अगाडि बढाउन सकिनेछ। राजनीति वा समाजसेवामा जनताको समर्थन मिल्नेछ। कार्यक्षेत्रमा तपाईंको कामको उच्च सम्मान हुनेछ। प्राविधिक शिक्षा वा सीप सिक्नेहरूले राम्रो प्रगति गर्न सक्नेछन्। कृषि र पशुपालनतर्फ पनि अनुकूल समय छ। **कर्कट राशि** आज सोचेका कामहरूबाट राम्रो लाभ मिल्नेछ। आकस्मिक धनलाभको योग छ जसले तपाईंलाई खुसी बनाउनेछ। धार्मिक व्यक्ति वा गुरुहरूबाट सहयोग र मार्गदर्शन मिल्नेछ। नयाँ काम सुरु गर्ने राम्रो समय हो। राज्य वा सरकारी निकायसँग सम्बन्धित काम गर्नेहरूले आर्थिक लाभ पाउन सक्नेछन्। नयाँ जागिर वा बढुवाको योग पनि बलियो छ। धार्मिक वा शैक्षिक यात्राको सम्भावना रहेको छ। परिवारमा स्वास्थ्यप्रति केही चिन्ता रहन सक्छ त्यसैले ध्यान दिनुहोस्। सानो प्रयत्नले पनि ठूला उपलब्धि हासिल गर्न सकिनेछ। **सिंह राशि** आज कार्यक्षेत्रमा कठिन मेहनतपछि सफलता हात लाग्नेछ। पिता वा परिवारका जेष्ठ सदस्यबाट थप जिम्मेवारी मिल्न सक्छ। नोकरी वा पेशामा लाभांश बढ्ने भएकाले दैनिक जीवनमा सकारात्मक परिवर्तन आउनेछ। विद्यार्थीहरूको आत्मविश्वासमा ठूलो वृद्धि हुनेछ। प्रेम सम्बन्धमा खुलेर कुरा राख्न सकिनेछ। व्यावसायिक यात्राको योजना बनाउन अनुकूल समय छ। नसोचेको धन वा सम्पत्ति हात लाग्ने योग पनि छ। आफन्त र दिदीबहिनीबाट सहयोग मिल्नेछ। शुभचिन्तकको सल्लाह मान्नुभयो भने अझ फाइदा हुनेछ। **कन्या राशि** आज धार्मिक क्षेत्रमा रुचि बढ्नेछ र आध्यात्मिक ज्ञानमा विकास हुनेछ। कार्यक्षेत्रमा नयाँ अवसर आउनाले मन हर्षित रहनेछ। शैक्षिक वा आर्थिक लाभको राम्रो योग छ। यात्रा र मनोरञ्जनमा समय बिताउन पाइनेछ। व्यापार फस्टाएर जाने भएकाले आर्थिक रूपमा सम्पन्न महसुस हुनेछ। पढाइ लेखाइमा अरू दिनभन्दा सुधार हुनेछ। पारिवारिक जमघटमा सामेल भई स्वादिष्ट भोजन खाने अवसर आउनेछ। प्रेम सम्बन्धमा नजिकिने र रमाउने योग छ। समग्रमा दिन सकारात्मक र लाभदायक रहनेछ। **तुला राशि** आज महत्वाकांक्षी योजनाहरू पूरा हुनेछन्। कार्यक्षेत्रमा शत्रु हावी भए पनि उनीहरूले तपाईंलाई नोक्सान पुर्याउन सक्ने छैनन्। विद्यार्थीहरूको परीक्षामा राम्रो नतिजा आउनाले मन प्रसन्न रहनेछ। प्रतिस्पर्धामा तपाईंको नाम अगाडि आउनेछ। बिछोडिएका आफन्तसँग भेटघाट हुन सक्छ जसले मन खुसी बनाउनेछ। व्यापार व्यवसाय फस्टाएर जानेछ र आयका स्रोतहरू बढ्नेछन्। पुराना ऋण वा रोगबाट छुटकारा पाउने समय छ। कुटुम्ब र मावली पक्षबाट सहयोग मिल्नेछ। प्रेम सम्बन्धमा पनि नजिकिने योग रहेको छ। **वृश्चिक राशि** आज पहिले गरेका कामबाट प्रशस्त लाभ मिल्नेछ। बुद्धिको सही प्रयोगले लक्ष्य प्राप्ति सहज हुनेछ। समस्या आएमा अभिभावक वा शुभचिन्तकहरूको साथ पाइनेछ। कामलाई निरन्तरता दिन सक्नुभयो भने मनग्गे फाइदा हुनेछ। बौद्धिक, साहित्यिक वा सिर्जनात्मक क्षेत्रबाट नाम र दाम दुवै कमाउन सकिनेछ। प्रेम सम्बन्धमा नजिकिने र मन परेका मानिसबाट उपहार पाउने योग छ। आफन्त र छोराछोरीसँगको सम्बन्ध अझ राम्रो हुनेछ। वंशवृद्धिको बलियो योग पनि रहेको छ। दिन समग्रमा लाभदायक रहनेछ। **धनु राशि** आज नयाँ अवसरलाई समयमै पछ्याउन नसक्दा केही पछाडि पर्न सक्नुहुन्छ। अरूको व्यवहारले शंका उब्जाए पनि परिवारबाट बलियो साथ मिल्नेछ। स्वास्थ्य सबल रहनेछ तर सामान्य समस्या बढ्न सक्ने भएकाले अध्ययनमा बाधा आउन सक्छ। राजनीति वा सामाजिक क्षेत्रमा राम्रा काम गरेर नाम कमाउन सकिनेछ। मन परेको मानिससँग यात्रा हुने र मिठो भोजन खाने अवसर आउनेछ। आफन्त र आमाको सहयोगले राम्रा काम गर्न सकिनेछ। पुरानो सवारी साधन परिवर्तन गरेर नयाँ लिने योग पनि छ। सावधानी अपनाएर अगाडि बढ्नुहोस्। **मकर राशि** आज जिम्मेवारी थपिए पनि सहयोगीहरूको साथले काम समयमै सम्पन्न हुनेछ। व्यापार व्यवसायमा सोचेजस्तो धनलाभ हुनेछ। प्रतिस्पर्धीहरूलाई कमजोर नठान्नुहोस्। नयाँ काम गरेर मनग्गे आम्दानी गर्न सकिनेछ। साथीभाइको सहयोगले थप अवसर जुट्नेछ। विशेषगरी नयाँ उद्योग वा रचनात्मक काममा जुट्ने राम्रो समय छ। परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइनेछ। रोकिएका काम पुनः सुरु हुन सक्छन्। परिवारका आकांक्षा र इच्छाहरू पूरा गर्न सकिनेछ। विवाद वा प्रतिस्पर्धामा तपाईंको नाम अगाडि आउनेछ। **कुम्भ राशि** आज सानो प्रयत्नले पनि जीवनशैलीमा सुधार ल्याउन सकिनेछ। संगीत, कला वा सिर्जनात्मक क्षेत्रमा विशेष सफलता मिल्नेछ। चलचित्र वा सम्बन्धित क्षेत्रमा प्रशंसक बढ्नेछन्। साहित्य र कलाकारितामा समय खर्च गर्नुहुन्छ भने राम्रो आम्दानी हुनेछ। बोलेर गर्ने पेसा व्यवसाय फस्टाएर जानेछ। काउन्सेलिङ वा मोटिभेसन जस्ता काममा तारिफयोग्य प्रस्तुति दिन सकिनेछ। कुटुम्ब र आफन्तसँग भेट भई पारिवारिक वातावरणमा मिठो भोजन खाने अवसर आउनेछ। प्रेम सम्बन्धमा भावना साटासाट गर्न सकिनेछ। दिन रमाइलो र लाभदायक रहनेछ। **मीन राशि** आज तारिफयोग्य कामले समाजमा प्रतिष्ठा बढाउनेछ। बिछोडिएका आफन्तसँग भेटघाट हुन सक्छ। रमाइलो जमघटमा स्वादिष्ट भोजन पाइनेछ। नयाँ प्रविधिको प्रयोग गरेर व्यापार व्यवसायमा लगानी गर्दा राम्रो आम्दानी हुनेछ। आर्थिक अवस्था राम्रो रहनेछ र पहिले नउठेका रकमहरू उठ्नेछन्। समाजसेवामा जनतासँगै काम गर्दा नाम कमाउन सकिनेछ। प्रेम सम्बन्धमा एकअर्कालाई विश्वास गर्दै अगाडि बढ्न सकिनेछ। आत्मविश्वास बढ्ने भएकाले ठूला काम गर्न सकिनेछ। समग्रमा दिन उत्तम रहनेछ। --- # २०८३ साल कार्तिक ४ गते बुधबारको दैनिक राशिफल Source: https://newskunda.com/archives/4935 Category: राशिफल Last updated: 2026-10-21 नमस्कार, आज विजयादशमीको पावन दिन, २०८३ साल कार्तिक ४ गते बुधबारको दैनिक राशिफलमा यहाँहरूलाई हार्दिक स्वागत छ। आजको दिन तपाईंको प्रेम, परिवार, व्यापार, आर्थिक अवस्था र करियर कस्तो रहनेछ भन्ने कुरा जान्न भिडियो अन्तिमसम्म हेर्नुहोला। आउनुहोस्, मेषदेखि मीन राशिसम्म आजको राशिफल सुरु गरौँ। मेष राशि मेष राशि हुनेहरूका लागि आजको दिन सुखद् रहनेछ। रोकिएको धन प्राप्त हुने र व्यापार व्यवसायमा लाभ मिल्ने सम्भावना छ। परिवारसँग रमाइलो समय बिताउने अवसर मिल्नेछ भने दाम्पत्य जीवनमा खुसी बढ्नेछ। नयाँ काम वा यात्राको योजना बनाउँदै हुनुहुन्छ भने आवश्यक तयारी गरेर अघि बढ्नुहोला। वृष राशि वृष राशि हुनेहरूका लागि आजको दिन सामान्यदेखि सकारात्मक रहनेछ। स्वास्थ्यमा सुधार आउने र अध्ययनमा गरेको मेहनतको राम्रो परिणाम मिल्न सक्छ। सानातिना कुराले मन अशान्त बनाउन सक्ने भएकाले धैर्य राख्नुहोला। आर्थिक लगानी गर्दा हतार नगरी सोचविचार गरेर निर्णय लिनु उचित हुनेछ। मिथुन राशि मिथुन राशि हुनेहरूका लागि आज केही चुनौतीपूर्ण परिस्थिति आउन सक्छ। लगानी तथा आर्थिक कारोबारमा अवरोध आउन सक्ने भएकाले खर्चमा नियन्त्रण राख्नुहोला। परिवारका सदस्यबाट आवश्यक सहयोग र साथ प्राप्त हुन सक्छ। अनावश्यक विवादबाट टाढा रहँदै आफ्नो काममा ध्यान दिनुहोला। कर्कट राशि कर्कट राशि हुनेहरूका लागि आजको दिन उत्साहजनक रहनेछ। व्यापार व्यवसायमा लाभ मिल्नुका साथै परिवारमा मेलमिलाप र खुसीको वातावरण बन्न सक्छ। बोल्दा शब्दको छनोटमा ध्यान दिनुभयो भने सम्बन्ध अझ राम्रो बन्नेछ। स्वास्थ्य र व्यक्तिगत काममा गरेको प्रयासले सकारात्मक परिणाम दिन सक्छ। सिंह राशि सिंह राशि हुनेहरूका लागि आज नयाँ अवसर प्राप्त हुने दिन छ। आर्थिक लाभको सम्भावना छ भने साथीभाइबाट सहयोग र समर्थन मिल्नेछ। रोकिएका काम अघि बढ्न सक्छन् र छोटो दूरीको यात्राले खुसी दिन सक्छ। आफ्नो स्वास्थ्यप्रति सचेत रहँदै नियमित दिनचर्या कायम राख्नुहोला। कन्या राशि कन्या राशि हुनेहरूका लागि आज संयम र समझदारी आवश्यक पर्नेछ। आफ्नो बोली र व्यवहारमा एकरूपता राख्न सके मानसम्मान बढ्नेछ। परिवारका ज्येष्ठ सदस्यबाट सल्लाह र हौसला प्राप्त हुन सक्छ। नयाँ काम गर्दा योजनाबद्ध रूपमा अघि बढ्नुहोला र स्वास्थ्यलाई बेवास्ता नगर्नुहोला। तुला राशि तुला राशि हुनेहरूका लागि आज मानसम्मान र जिम्मेवारी बढ्ने सम्भावना छ। सामाजिक तथा पेसागत क्षेत्रमा नयाँ अवसर प्राप्त हुन सक्छ। व्यापार व्यवसायमा परिवारको सल्लाह र सहयोग उपयोगी बन्नेछ। अध्ययन तथा व्यक्तिगत लक्ष्य पूरा गर्न थप मेहनत र समय दिनुपर्ने देखिन्छ। वृश्चिक राशि वृश्चिक राशि हुनेहरूले आज हरेक काममा सावधानी अपनाउनुहोला। काममा अवरोध आउन सक्ने भएकाले हतारमा निर्णय लिनुभन्दा परिस्थितिलाई राम्रोसँग बुझ्नु उचित हुनेछ। परिवार तथा आफन्तसँगको सम्बन्धमा मिठास कायम राख्ने प्रयास गर्नुहोला। सकारात्मक सोच राख्दै धैर्यपूर्वक अघि बढ्नुभयो भने समस्याको समाधान खोज्न सहज हुनेछ। धनु राशि धनु राशि हुनेहरूका लागि आज पारिवारिक सुख र प्रेम सम्बन्धका दृष्टिले राम्रो दिन रहन सक्छ। नयाँ लुगा लगाउने, रमाइलो गर्ने र आफन्तसँग भेटघाट गर्ने अवसर मिल्न सक्छ। दाम्पत्य जीवनमा आपसी समझदारी बढ्नेछ भने प्रेम सम्बन्धमा उत्साह थपिनेछ। अध्ययन तथा काममा भने निरन्तर मेहनत आवश्यक हुनेछ। मकर राशि मकर राशि हुनेहरूका लागि आजको दिन सामान्यतया सहज रहनेछ। कामकाजमा प्रगति हुने सम्भावना छ, तर रमाइलो र अनावश्यक किनमेलमा खर्च बढ्न सक्छ। आफ्नो स्वास्थ्य र आराममा विशेष ध्यान दिनुहोला। अरूको काममा सहयोग गर्दा आफ्ना जिम्मेवारी र आर्थिक अवस्थालाई पनि ध्यानमा राख्नु उचित हुनेछ। कुम्भ राशि कुम्भ राशि हुनेहरूका लागि आज उत्साह र सकारात्मक सोच बढ्नेछ। व्यापार व्यवसायमा गरेको प्रयासले लाभ दिने सम्भावना छ। परिवारसँग समय बिताउँदा मन प्रसन्न हुनेछ र सन्तानको प्रगतिले खुसी दिन सक्छ। नयाँ योजना बनाउँदै हुनुहुन्छ भने त्यसलाई पूरा गर्न व्यवस्थित रूपमा अघि बढ्नुहोला। मीन राशि मीन राशि हुनेहरूका लागि आज साना कुराले पनि खुसी दिलाउन सक्छन्। परिवारमा केही असमझदारी उत्पन्न हुन सक्ने भएकाले शान्त भएर कुरा गर्नुहोला। व्यापार व्यवसायमा सफलता प्राप्त गर्न थप मेहनत र धैर्य आवश्यक हुनेछ। आर्थिक कारोबारमा सावधानी अपनाउँदै विवादबाट टाढा रहनुहोला। यो थियो आज बुधबार, २०८३ साल कार्तिक ४ गतेको बाह्रै राशिको दैनिक राशिफल। आज विजयादशमीको पावन अवसरमा यहाँहरू सबैको जीवनमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगति छाओस्। तपाईंको राशि कुन हो? कमेन्टमा आफ्नो राशि लेख्नुहोस् र यस्तै दैनिक राशिफल हेर्न हाम्रो च्यानललाई सब्सक्राइब गर्न नभुल्नुहोला। सबैलाई विजया दशमीको हार्दिक मंगलमय शुभकामना! --- # आज २०८३ कार्तिक २० गते शुक्रबार को राशिफल Source: https://newskunda.com/archives/5523 Category: राशिफल Last updated: 2026-11-06 **मेष राशि** आज तपाईंका लागि नयाँ जिम्मेवारी आउन सक्छ जसले आत्मविश्वास बढाउनेछ। रोजगारी खोजिरहनुभएको छ भने सकारात्मक खबर आउने सम्भावना छ। पढाइमा ध्यान केन्द्रित हुनेछ र नयाँ कुरा सिक्न मन लाग्नेछ। खानपान र निद्रामा लापरबाही नगर्नुहोस्, किनकि स्वास्थ्यमा थोरै असर पर्न सक्छ। परिवारका सदस्यसँग कुराकानी राम्रो हुनेछ। आजको शुभ रंग खैरो र शुभ अंक ७ रहेको छ। यी कुरालाई ध्यानमा राखेर दिन सुरु गर्नुहोस्। **वृष राशि** व्यापार-व्यवसायमा नयाँ ग्राहक जोडिनेछन् र आम्दानीको हिसाब मिलाउँदा बचत बढ्ने देखिन्छ। विद्यार्थीहरूलाई कठिन विषय बुझ्न सहज हुनेछ। पारिवारिक भेटघाटले मन रमाउनेछ र घरमा सकारात्मक वातावरण बन्नेछ। कुनै ठूलो निर्णय लिनुअघि एकपटक सोच्नुहोस्। स्वास्थ्यलाई ध्यान दिँदै नियमित खाना खानुहोस्। आजको शुभ रंग हल्का नीलो र शुभ अंक ३ रहेको छ। यस दिनलाई उत्पादनशील बनाउन सक्नुहुन्छ। **मिथुन राशि** आज नयाँ ठाउँमा जाने अवसर मिल्न सक्छ। कामको खोजीमा राम्रो सम्पर्क बन्नेछ र साथीको सहयोगले समस्या सुल्झिनेछ। धेरै दौडधुप नगरी शरीरलाई आराम दिनुहोस्, नत्र थकान बढ्न सक्छ। सञ्चार र बोलीको प्रभाव राम्रो रहनेछ। कुनै नयाँ योजना सुरु गर्न उपयुक्त समय हो। आजको शुभ रंग कलेजी र शुभ अंक ८ रहेको छ। सकारात्मक सोच राखेर अगाडि बढ्नुहोस्। **कर्कट राशि** मनमा दबिएको कुरा आज व्यक्त गर्न सहज हुनेछ। रोकिएको आर्थिक काम अगाडि बढ्नेछ। कार्यालय वा काममा आफ्नो दक्षता देखाउने मौका मिल्नेछ। चिसो खानेकुराबाट सावधानी अपनाउनुहोस् किनकि पेटसम्बन्धी समस्या हुन सक्छ। परिवारसँगको सम्बन्ध मधुर रहनेछ। आजको शुभ रंग हल्का पहेँलो र शुभ अंक १ रहेको छ। भावनात्मक रूपमा स्थिर रहनुहोस्। **सिंह राशि** आफ्नो मेहनतले आज नयाँ पहिचान दिलाउन सक्छ। व्यवसायमा प्रतिस्पर्धा बढे पनि हिम्मत नहार्नुहोस्। विद्यार्थीहरूले परीक्षाको तयारीमा गति बढाउनेछन्। सम्बन्धमा अहंकारभन्दा समझदारी अपनाउनुहोस्। स्वास्थ्यमा ध्यान दिनुहोस् र अनावश्यक तनावबाट बच्नुहोस्। आजको शुभ रंग बैजनी र शुभ अंक ६ रहेको छ। नेतृत्व क्षमता देखाउने राम्रो दिन हो। **कन्या राशि** अधुरो योजना पूरा गर्ने जाँगर आज चल्नेछ। जागिरमा नयाँ अवसरबारे जानकारी मिल्न सक्छ। खर्चको प्राथमिकता छुट्याउनु राम्रो हुनेछ। आँखाको थकान कम गर्न मोबाइल र स्क्रिन टाइम घटाउनुहोस्। काममा विस्तार र शुद्धतामा ध्यान दिनुहोस्। आजको शुभ रंग गाढा हरियो र शुभ अंक ४ रहेको छ। व्यावहारिक निर्णयले फाइदा दिनेछ। **तुला राशि** सामाजिक काममा रुचि बढ्नेछ र व्यापारमा ग्राहकको प्रतिक्रिया उपयोगी हुनेछ। पढाइका लागि नयाँ सामग्री जुट्नेछ। मनमा तनाव राख्नुभन्दा विश्वासिलो व्यक्तिसँग कुरा गर्नुहोस्। सम्बन्धमा सन्तुलन कायम राख्नुहोस्। आर्थिक मामिलामा सावधानी अपनाउनुहोस्। आजको शुभ रंग गुलाबी र शुभ अंक ९ रहेको छ। सद्भाव र समझदारीले दिन राम्रो बनाउनेछ। **वृश्चिक राशि** आर्थिक विषयमा सावधानी अपनाउने समय हो। काममा पुरानो अनुभव आज उपयोगी बन्नेछ। नयाँ सीप सिक्ने अवसर नछुटाउनुहोस्। पेटको स्वास्थ्यका लागि समयमै भोजन गर्नुहोस्। गोप्य योजनाहरूलाई अगाडि बढाउन सकिन्छ। आजको शुभ रंग सेतो र शुभ अंक २ रहेको छ। धैर्य र सावधानीले सफलता मिल्नेछ। **धनु राशि** यात्राको योजना बन्ने सम्भावना छ। काममा नयाँ जिम्मेवारी थपिन सक्छ। विद्यार्थीहरूले समूहमा पढ्दा फाइदा पाउनेछन्। घरका सदस्यसँग रमाइलो समय बित्नेछ। आशावादी सोच राख्नुहोस् र नयाँ अवसर खोज्नुहोस्। आजको शुभ रंग सुन्तला र शुभ अंक ५ रहेको छ। ज्ञान र अनुभव बढ्ने दिन हो। **मकर राशि** आफ्नो लक्ष्यप्रति लगन बढ्नेछ। आम्दानी बढाउने नयाँ उपाय भेटिन सक्छ। कामको चापले आराममा बाधा नपारोस्। साथीको सुझावले निर्णय लिन सहज हुनेछ। दीर्घकालीन योजनामा ध्यान दिनुहोस्। आजको शुभ रंग रातो र शुभ अंक ८ रहेको छ। अनुशासन र मेहनतले फल दिनेछ। **कुम्भ राशि** नयाँ चिनजानबाट उपयोगी अवसर मिल्नेछ। कार्यक्षेत्रमा आफ्नो योजना प्रस्तुत गर्नुहोस्। अनावश्यक ऋण लिनबाट बच्नुहोस्। मानसिक थकान घटाउन मनपर्ने काममा समय दिनुहोस्। नवाचार र फरक सोचले फाइदा दिनेछ। आजको शुभ रंग निलो र शुभ अंक १ रहेको छ। स्वतन्त्रता र सिर्जनशीलतालाई प्राथमिकता दिनुहोस्। **मीन राशि** मनमा शान्ति र सन्तोष बढ्नेछ। सीपअनुसारको कामबाट लाभ मिल्नेछ। पढाइमा नियमित अभ्यासले सफलता नजिक ल्याउनेछ। प्रियजनसँगको कुराकानीले आत्मीयता बढाउनेछ। भावनात्मक समर्थन पाउन सक्नुहुन्छ। आजको शुभ रंग सुनौलो र शुभ अंक ६ रहेको छ। करुणा र रचनात्मकताले दिन राम्रो बनाउनेछ। --- # आजको राशिफल — २०८३ कार्तिक ९ गते, सोमबार Source: https://newskunda.com/archives/5114 Category: राशिफल Last updated: 2026-10-26 न्यूज कुण्ड (News Kunda) | दैनिक राशिफल विशेष आज सोमबार, २०८३ साल कार्तिक ९ गते। हिन्दु ज्योतिषीय मान्यताअनुसार आजको दिनलाई चन्द्रमाको प्रभाव, मनको स्थिरता, पारिवारिक सम्बन्ध र कार्यक्षेत्रमा देखिने सम्भावनासँग जोडेर हेर्ने गरिन्छ। आजको दिन १२ वटै राशिका लागि कस्तो रहला? प्रेम, स्वास्थ्य, शिक्षा, व्यापार, रोजगारी र आर्थिक पक्षमा के-कस्ता सम्भावना देखिन्छन्? आउनुहोस्, हेर्नुहोस् आजको विस्तृत राशिफल। ## १. मेष राशि (Aries) आज मेष राशि भएका व्यक्तिहरूका लागि आत्मविश्वास र सक्रियता बढ्ने दिन रहन सक्छ। लामो समयदेखि रोकिएका कामलाई अगाडि बढाउने अवसर मिल्न सक्छ भने कार्यक्षेत्रमा आफ्नो क्षमता देखाउने मौका प्राप्त हुन सक्छ। रोजगारीमा रहेका व्यक्तिले जिम्मेवारी पूरा गर्दा सहकर्मी तथा माथिल्लो तहका व्यक्तिको विश्वास जित्न सक्नेछन्। व्यापार व्यवसायमा नयाँ योजना बनाउँदा हतारमा निर्णय नगरी सम्भावित फाइदा र जोखिम दुवै पक्षको मूल्याङ्कन गर्नु उचित हुनेछ। आर्थिक पक्षमा आम्दानीसँगै अनावश्यक खर्च बढ्न सक्ने भएकाले बजेट बनाएर अघि बढ्नु राम्रो हुन्छ। प्रेम सम्बन्धमा आफ्नो भावना स्पष्ट रूपमा व्यक्त गर्दा आपसी समझदारी बढ्न सक्छ, तर रिस र आवेगमा बोलेका शब्दले समस्या निम्त्याउन सक्छन्। विद्यार्थीहरूले नियमित अभ्यास र समय व्यवस्थापनमा ध्यान दिएमा राम्रो नतिजा प्राप्त गर्न सक्छन्। स्वास्थ्यका लागि पर्याप्त आराम, सन्तुलित भोजन र नियमित शारीरिक गतिविधिलाई प्राथमिकता दिनुहोस्। ## २. वृष राशि (Taurus) वृष राशि भएका व्यक्तिहरूका लागि आज धैर्य, व्यावहारिक सोच र योजनाबद्ध कामले सकारात्मक परिणाम दिन सक्ने दिन हो। कार्यक्षेत्रमा पहिले सुरु गरिएका काम पूरा गर्ने अवसर मिल्न सक्छ र अनुभवका आधारमा लिइएका निर्णय उपयोगी हुन सक्छन्। व्यापारमा पुराना ग्राहकसँगको सम्बन्ध बलियो बनाउने तथा नयाँ सम्भावनाबारे जानकारी लिने समय हुन सक्छ। आर्थिक मामिलामा बचतलाई प्राथमिकता दिनुहोस् र अरूको दबाबमा परेर ठूलो लगानी गर्ने निर्णय नगर्नुहोस्। पारिवारिक जीवनमा घरपरिवारका सदस्यसँग समय बिताउँदा आत्मीयता बढ्न सक्छ। प्रेम सम्बन्धमा सानो कुरालाई ठूलो विवाद नबनाई एकअर्काको भावना बुझ्ने प्रयास गर्नु राम्रो हुनेछ। विद्यार्थीहरूले कठिन विषयमा पनि धैर्यपूर्वक अभ्यास गरेमा प्रगति गर्न सक्छन्। स्वास्थ्यका दृष्टिले खानपानमा सन्तुलन राख्ने, पर्याप्त पानी पिउने र लामो समयसम्म एउटै अवस्थामा नबस्ने बानी उपयोगी हुनेछ। आज स्थिर सोच र निरन्तर प्रयासलाई आफ्नो बल बनाउनुहोस्। ## ३. मिथुन राशि (Gemini) मिथुन राशि भएका व्यक्तिहरूका लागि आज संवाद, नयाँ जानकारी र सामाजिक सम्पर्कबाट फाइदा लिन सकिने दिन रहन सक्छ। कामको सिलसिलामा नयाँ व्यक्तिसँग भेटघाट हुन सक्छ र उपयोगी विचार प्राप्त हुने सम्भावना छ। कार्यालयमा आफ्नो कुरा स्पष्ट रूपमा राख्न सकेमा सहकार्य सहज बन्न सक्छ, तर अपुष्ट सूचना अरूसँग साझा गर्नुअघि त्यसको सत्यता जाँच गर्नु आवश्यक हुनेछ। व्यापार व्यवसायमा प्रचारप्रसार, सञ्चार र ग्राहकसँगको सम्बन्ध सुधार गर्ने योजनाले भविष्यमा लाभ पुर्याउन सक्छ। आर्थिक पक्षमा साना खर्चहरू जम्मा भएर ठूलो रकम हुन सक्ने भएकाले खर्चको हिसाब राख्नुहोस्। प्रेम जीवनमा खुलेर कुराकानी गर्दा पुराना गलतफहमी हट्न सक्छन्। अविवाहित व्यक्तिका लागि नयाँ परिचय बन्ने सम्भावना रहे पनि सम्बन्धलाई समय दिएर बुझ्नु राम्रो हुन्छ। विद्यार्थीहरूका लागि समूहमा अध्ययन, छलफल र लेखन अभ्यास उपयोगी हुन सक्छ। मानसिक थकान कम गर्न कामबीच विश्राम लिनुहोस् र एकै समयमा धेरै काम सम्हाल्न खोज्दा प्राथमिकता नबिर्सनुहोस्। ## ४. कर्कट राशि (Cancer) कर्कट राशि भएका व्यक्तिहरूका लागि आज पारिवारिक सम्बन्ध, भावनात्मक सन्तुलन र व्यक्तिगत जिम्मेवारीमा ध्यान दिनुपर्ने दिन रहन सक्छ। कार्यक्षेत्रमा केही चुनौती देखिए पनि धैर्य र सकारात्मक सोचका साथ अघि बढ्दा समाधानका उपाय भेटिन सक्छन्। जागिरमा रहेका व्यक्तिले आफ्नो कामप्रति जिम्मेवार रहनुका साथै सहकर्मीहरूसँग राम्रो सम्बन्ध कायम राख्नु उचित हुनेछ। व्यापार व्यवसायमा नयाँ योजना सुरु गर्नुअघि बजारको अवस्था र आर्थिक क्षमताको मूल्याङ्कन गर्नुहोस्। घरायसी आवश्यकता वा परिवारसँग सम्बन्धित काममा खर्च बढ्न सक्ने भएकाले अनावश्यक खर्च नियन्त्रण गर्नु राम्रो हुन्छ। प्रेम तथा दाम्पत्य जीवनमा एकअर्काको भावना बुझ्ने प्रयासले सम्बन्धलाई अझ बलियो बनाउन सक्छ। मनमा रहेका कुरा विश्वासिलो व्यक्तिसँग साझा गर्दा मानसिक सहजता अनुभव हुन सक्छ। विद्यार्थीहरूले एकाग्रता कायम राखेर अध्ययन गरेमा राम्रो प्रगति गर्न सक्छन्। स्वास्थ्यका लागि पर्याप्त निद्रा, सन्तुलित भोजन र मानसिक तनाव व्यवस्थापनमा ध्यान दिनुहोस्। आज अरूको कुरा सुन्ने र भावनामा बगेर निर्णय नगर्ने बानीले तपाईंलाई फाइदा पुर्याउन सक्छ। ## ५. सिंह राशि (Leo) सिंह राशि भएका व्यक्तिहरूका लागि आज आत्मविश्वास, नेतृत्व क्षमता र सिर्जनात्मक सोचको उपयोग गर्ने अवसर प्राप्त हुन सक्छ। कार्यक्षेत्रमा नयाँ जिम्मेवारी सम्हाल्नुपर्ने अवस्था आउन सक्छ र आफ्नो क्षमता प्रदर्शन गर्ने मौका मिल्न सक्छ। सहकर्मीहरूसँग सहकार्य गरेर अघि बढ्दा काम सहज बन्नेछ। व्यापार व्यवसायमा प्रतिस्पर्धा बढे पनि गुणस्तरीय सेवा, ग्राहकसँगको राम्रो व्यवहार र स्पष्ट योजनाले सकारात्मक परिणाम ल्याउन सहयोग गर्न सक्छ। आर्थिक पक्षमा आम्दानी बढाउने सोच आउन सक्छ, तर प्रतिष्ठा देखाउन वा अरूको नक्कल गर्न अनावश्यक खर्च नगर्नुहोला। पारिवारिक जीवनमा आफ्नो विचार मात्र सही ठान्नुको सट्टा सबैको सुझावलाई सम्मान गर्दा सम्बन्धमा मधुरता कायम रहन सक्छ। प्रेम सम्बन्धमा प्रशंसा, विश्वास र समयले आत्मीयता बढाउनेछ। विद्यार्थीहरूले नयाँ विषय सिक्न तथा आफ्नो प्रतिभा प्रस्तुत गर्न राम्रो प्रयास गर्न सक्छन्। स्वास्थ्यका लागि व्यस्तताबीच आरामलाई पनि प्राथमिकता दिनुहोस्। आज नेतृत्व गर्नु राम्रो हो, तर अरूको विचारलाई स्थान दिन सक्नुभयो भने तपाईंको प्रभाव अझ सकारात्मक बन्न सक्छ। ## ६. कन्या राशि (Virgo) कन्या राशि भएका व्यक्तिहरूका लागि आज योजनाबद्ध ढङ्गले काम गर्ने, अधुरा जिम्मेवारी पूरा गर्ने र आर्थिक व्यवस्थापन सुधार गर्ने दिन रहन सक्छ। कार्यक्षेत्रमा साना विवरणमा ध्यान दिने तपाईंको बानीले कामको गुणस्तर बढाउन सहयोग पुर्याउन सक्छ। कुनै महत्त्वपूर्ण निर्णय लिनुपर्ने अवस्था आएमा तथ्य र प्रमाणका आधारमा निष्कर्षमा पुग्नु राम्रो हुनेछ। व्यापारमा पुराना हिसाबकिताब मिलाउने, ग्राहकको आवश्यकता बुझ्ने र भविष्यको योजना तयार गर्ने अवसर मिल्न सक्छ। नयाँ लगानी वा ठूलो आर्थिक कारोबार गर्नुअघि जोखिम, आवश्यक कागजात र सम्भावित परिणामबारे राम्रोसँग बुझ्नुहोस्। परिवारमा घरायसी कामको जिम्मेवारी बाँडफाँट गर्दा आपसी सहयोग बढ्न सक्छ। प्रेम सम्बन्धमा साना कमजोरीलाई लिएर आलोचना गर्नुभन्दा सकारात्मक पक्षको प्रशंसा गर्नु उपयोगी हुनेछ। विद्यार्थीहरूले नियमित अभ्यास, पुनरावृत्ति र समयतालिकाअनुसार अध्ययन गरेमा राम्रो उपलब्धि हासिल गर्न सक्छन्। स्वास्थ्यका लागि अत्यधिक चिन्ता नगर्ने, पर्याप्त आराम गर्ने र नियमित दिनचर्या अपनाउने प्रयास गर्नुहोस्। आज पूर्णताको खोजीमा आवश्यक काम ढिला नगरी प्राथमिकताअनुसार अघि बढ्नु नै राम्रो रणनीति हुनेछ। ## ७. तुला राशि (Libra) तुला राशि भएका व्यक्तिहरूका लागि आज सम्बन्धमा सन्तुलन कायम गर्ने, सहकार्य बढाउने र महत्त्वपूर्ण विषयमा समझदारी विकास गर्ने दिन रहन सक्छ। कार्यालयमा सहकर्मी वा साझेदारसँग मिलेर काम गर्दा नयाँ सम्भावना खुल्न सक्छन्। आफ्नो विचार प्रस्तुत गर्दा अरूको दृष्टिकोण पनि सुन्न सकेमा विवाद कम हुनुका साथै कामको परिणाम राम्रो बन्न सक्छ। व्यापार व्यवसायमा साझेदारी, ग्राहकसँगको व्यवहार र नयाँ सम्झौतासम्बन्धी विषयमा ध्यान दिनुपर्ने हुन सक्छ। आर्थिक पक्षमा आम्दानी र खर्चको सन्तुलन मिलाउनुहोस् तथा आवश्यकताभन्दा बढी खर्च गर्ने बानीबाट बच्नुहोस्। प्रेम तथा दाम्पत्य जीवनमा खुलेर संवाद गर्ने, एकअर्कालाई समय दिने र पुराना असमझदारी समाधान गर्ने अवसर मिल्न सक्छ। अविवाहित व्यक्तिका लागि नयाँ परिचय बन्न सक्ने सम्भावना रहे पनि सम्बन्धलाई हतारमा निष्कर्षमा पुर्याउनु उचित हुँदैन। विद्यार्थीहरूले समूहमा छलफल गरेर अध्ययन गर्दा कठिन विषय बुझ्न सहज हुन सक्छ। स्वास्थ्यका लागि काम र आरामबीच सन्तुलन कायम राख्नुहोस्। आज अरूलाई खुसी पार्ने प्रयाससँगै आफ्ना आवश्यकता र सीमालाई पनि सम्मान गर्न सकेमा दिन अझ व्यवस्थित बन्न सक्छ। ## ८. वृश्चिक राशि (Scorpio) वृश्चिक राशि भएका व्यक्तिहरूका लागि आज दृढ इच्छाशक्ति, धैर्य र गोपनीय विषयमा सावधानी अपनाउनु महत्त्वपूर्ण हुन सक्छ। कार्यक्षेत्रमा जटिल देखिएका जिम्मेवारीलाई चरणबद्ध रूपमा पूरा गर्ने प्रयास गर्नुहोस्। आफ्नो योजनाबारे आवश्यक व्यक्तिसँग मात्र छलफल गर्नु र महत्त्वपूर्ण निर्णय लिनुअघि पर्याप्त जानकारी सङ्कलन गर्नु राम्रो हुनेछ। व्यापार व्यवसायमा पुराना समस्याको समाधान खोज्ने तथा भविष्यको रणनीति बनाउने अवसर मिल्न सक्छ। आर्थिक कारोबारमा जोखिमपूर्ण निर्णय, अस्पष्ट सम्झौता र अरूको दबाबमा गरिने लगानीबाट जोगिनु उचित हुनेछ। परिवारमा विचार नमिल्दा तुरुन्त प्रतिक्रिया दिनुभन्दा शान्त भएर कुरा गर्नुहोस्। प्रेम सम्बन्धमा शङ्का वा अनावश्यक अपेक्षाले समस्या निम्त्याउन सक्ने भएकाले विश्वास र स्पष्ट संवादलाई प्राथमिकता दिनुहोस्। विद्यार्थीहरूले कठिन विषयमा निरन्तर अभ्यास गरेमा सुधारको सम्भावना रहन्छ। स्वास्थ्यका लागि आफ्नो दैनिक दिनचर्या व्यवस्थित बनाउनुहोस् र असहजता महसुस भए आवश्यक स्वास्थ्य परामर्श लिनुहोस्। आज आफ्नो भावनालाई नियन्त्रणमा राख्दै विवेकपूर्ण निर्णय गर्न सक्नुभयो भने व्यक्तिगत तथा व्यावसायिक जीवनमा सकारात्मक वातावरण बनाउन सहयोग पुग्न सक्छ। ## ९. धनु राशि (Sagittarius) धनु राशि भएका व्यक्तिहरूका लागि आज नयाँ कुरा सिक्ने, भविष्यका योजना बनाउने र आफ्नो क्षमतालाई फराकिलो बनाउने अवसर प्राप्त हुन सक्छ। शिक्षा, सञ्चार, सिर्जनात्मक काम वा नयाँ सीपसँग सम्बन्धित क्षेत्रमा संलग्न व्यक्तिहरूले उपयोगी जानकारी प्राप्त गर्न सक्छन्। रोजगारीमा रहेका व्यक्तिले नयाँ जिम्मेवारी सम्हाल्ने वा आफ्नो कार्यक्षमता सुधार गर्ने प्रयास गर्न सक्नेछन्। व्यापारमा नयाँ सम्भावना खोज्दा अनुभव भएका व्यक्तिको सुझाव लिनु उपयोगी हुनेछ, तर अरूको भनाइमा मात्र भर नपरी आफ्नै अध्ययन पनि गर्नुहोस्। आर्थिक पक्षमा दीर्घकालीन लक्ष्य निर्धारण गरी बचत गर्ने बानी विकास गर्नु राम्रो हुन्छ। पारिवारिक जीवनमा रमाइलो भेटघाट वा आपसी सहयोगले खुसी बढाउन सक्छ। प्रेम सम्बन्धमा सकारात्मक सोच, सम्मान र भविष्यका योजनाबारे खुलेर कुराकानी गर्दा सम्बन्ध प्रगाढ बन्न सक्छ। विद्यार्थीहरूका लागि नयाँ विषय अध्ययन गर्ने, पुस्तक पढ्ने र आफ्नो ज्ञान विस्तार गर्ने समय उपयोगी हुन सक्छ। स्वास्थ्यका लागि नियमित शारीरिक गतिविधि र पर्याप्त आराममा ध्यान दिनुहोस्। आज उत्साहका साथ नयाँ अवसर खोज्नुहोस्, तर योजना बनाउँदा आफ्नो समय, स्रोत र क्षमताको यथार्थ मूल्याङ्कन गर्न नबिर्सनुहोस्। ## १०. मकर राशि (Capricorn) मकर राशि भएका व्यक्तिहरूका लागि आज जिम्मेवारी पूरा गर्ने, आर्थिक अनुशासन कायम राख्ने र दीर्घकालीन लक्ष्यतर्फ अघि बढ्ने दिन रहन सक्छ। कार्यक्षेत्रमा धैर्यपूर्वक गरेको प्रयासले उपयोगी परिणाम दिन सक्छ, तर उपलब्धि प्राप्त गर्न केही समय लाग्न सक्छ। आफ्नो जिम्मेवारी स्पष्ट रूपमा बुझेर काम गर्दा अनावश्यक गल्ती कम गर्न सकिनेछ। व्यापार व्यवसायमा दीर्घकालीन योजनालाई प्राथमिकता दिनुहोस् र छोटो समयमै ठूलो लाभ प्राप्त गर्ने आशामा जोखिम नलिनुहोस्। आर्थिक पक्षमा आम्दानी र खर्चको अभिलेख राख्ने तथा नियमित बचत गर्ने बानीले भविष्यमा सहयोग पुर्याउन सक्छ। पारिवारिक जीवनमा घरको जिम्मेवारी र व्यक्तिगत कामबीच समय मिलाउनु आवश्यक हुनेछ। परिवारका ज्येष्ठ सदस्यसँग समय बिताउँदा अनुभव र सुझाव प्राप्त हुन सक्छन्। प्रेम तथा दाम्पत्य सम्बन्धमा कामको व्यस्तताका कारण पर्याप्त समय दिन नसकिएको भए आज कुराकानीका लागि समय छुट्याउनु राम्रो हुन्छ। विद्यार्थीहरूले अनुशासन र निरन्तर अभ्यासलाई प्राथमिकता दिनुहोस्। स्वास्थ्यका लागि कामको बोझ व्यवस्थापन गर्दै आराम र शारीरिक गतिविधिलाई नियमित बनाउनुहोस्। आज छिटो परिणामको अपेक्षा गर्नुभन्दा स्थिर प्रयास र जिम्मेवार व्यवहारमा जोड दिनु उपयोगी हुनेछ। ## ११. कुम्भ राशि (Aquarius) कुम्भ राशि भएका व्यक्तिहरूका लागि आज नयाँ विचार, सामाजिक सम्पर्क र सहकार्यका माध्यमबाट अवसर खोज्ने दिन रहन सक्छ। कार्यक्षेत्रमा परम्परागत तरिकाभन्दा फरक उपाय अपनाउने सोच आउन सक्छ, तर नयाँ योजना कार्यान्वयन गर्नुअघि त्यसको व्यावहारिक पक्ष बुझ्नु आवश्यक हुनेछ। सहकर्मी तथा साथीभाइसँग विचार आदानप्रदान गर्दा उपयोगी सुझाव प्राप्त हुन सक्छन्। व्यापार व्यवसायमा ग्राहकको आवश्यकता बुझेर सेवा सुधार गर्ने तथा नयाँ योजनाको सम्भाव्यता अध्ययन गर्ने समय हुन सक्छ। आर्थिक पक्षमा आम्दानी बढाउने विकल्प खोज्दा जोखिम र प्रतिफलको तुलना गर्नुहोस्। हतारमा ऋण लिने वा आर्थिक प्रतिबद्धता गर्ने निर्णयबाट बच्नु राम्रो हुन्छ। परिवारमा आफ्नो स्वतन्त्र विचार राख्दा अरूको भावना र अनुभवलाई पनि सम्मान गर्नुहोस्। प्रेम सम्बन्धमा मित्रवत् व्यवहार, विश्वास र खुला संवादले सम्बन्धमा सहजता ल्याउन सक्छ। विद्यार्थीहरूले प्रविधि, अनुसन्धान र सिर्जनात्मक अध्ययनमा रुचि बढाउन सक्छन्। स्वास्थ्यका लागि नियमित निद्रा, पर्याप्त पानी र व्यस्त दिनचर्याबीच विश्राम आवश्यक हुनेछ। आज नयाँ सम्भावनाप्रति खुला रहनुहोस्, तर विचारलाई वास्तविक उपलब्धिमा बदल्न स्पष्ट योजना र निरन्तर मेहनतलाई प्राथमिकता दिनुहोस्। ## १२. मीन राशि (Pisces) मीन राशि भएका व्यक्तिहरूका लागि आज भावनात्मक समझदारी, सिर्जनात्मक सोच र आर्थिक व्यवस्थापनमा ध्यान दिनुपर्ने दिन रहन सक्छ। कार्यक्षेत्रमा नयाँ विचार प्रस्तुत गर्ने वा अधुरा कामलाई व्यवस्थित गर्ने अवसर प्राप्त हुन सक्छ। आफ्नो जिम्मेवारी पूरा गर्दा ध्यान केन्द्रित गर्नुहोस् र महत्त्वपूर्ण निर्णयमा अरूको भनाइसँगै वास्तविक तथ्यलाई पनि प्राथमिकता दिनुहोस्। व्यापार व्यवसायमा ग्राहकसँगको व्यवहार सुधार गर्ने र भविष्यको योजना तयार गर्ने प्रयास उपयोगी हुन सक्छ। आर्थिक पक्षमा घरपरिवार वा व्यक्तिगत आवश्यकताका कारण खर्च बढ्न सक्ने भएकाले खर्चको प्राथमिकता निर्धारण गर्नुहोस्। कसैलाई रकम सापटी दिनुअघि आफ्नो आर्थिक अवस्थाबारे विचार गर्नु राम्रो हुन्छ। पारिवारिक जीवनमा आत्मीयता बढाउने अवसर मिल्न सक्छ र नजिकका व्यक्तिसँग समय बिताउँदा मन हलुका हुन सक्छ। प्रेम सम्बन्धमा भावना व्यक्त गर्दा स्पष्टता र विश्वास कायम राख्नुहोस्। विद्यार्थीहरूका लागि सिर्जनात्मक विषय, लेखन र नियमित पुनरावृत्तिमा ध्यान दिनु उपयोगी हुनेछ। स्वास्थ्यका लागि पर्याप्त आराम, सन्तुलित भोजन र मानसिक शान्तिमा जोड दिनुहोस्। आज कल्पनाशीलतालाई व्यावहारिक योजनासँग जोडेर अघि बढ्नुभयो भने व्यक्तिगत लक्ष्यतर्फ सकारात्मक कदम चाल्न सक्नुहुन्छ। आजको दिनबारे प्रचलित पञ्चाङ्ग विवरणअनुसार कार्तिक स्नान आरम्भ तथा आकाशदीपदान आरम्भ परेको छ। धार्मिक तथा सांस्कृतिक मान्यताअनुसार यस अवधिमा स्नान, दीप प्रज्वलन, पूजा, दान र सेवाजस्ता कार्यलाई महत्त्व दिइन्छ। आफ्नो आस्था, स्वास्थ्य र क्षमताअनुसार सकारात्मक कर्ममा सहभागी हुनुहोस्। आफ्नो दिनको सुरुवात सकारात्मक सोच, जिम्मेवार व्यवहार र आत्मविश्वासका साथ गर्नुहोस्। राशिफललाई सामान्य ज्योतिषीय विश्वास र मनोरञ्जनका रूपमा लिनुहोस्; महत्त्वपूर्ण आर्थिक, स्वास्थ्य वा जीवनसम्बन्धी निर्णय गर्दा वास्तविक परिस्थिति र विशेषज्ञको सल्लाहलाई प्राथमिकता दिनुहोस्। --- # आजको राशिफल — ५ कार्तिक २०८३, बिहीबार Source: https://newskunda.com/archives/4972 Category: राशिफल Last updated: 2026-10-22 आज ५ कार्तिक २०८३, बिहीबारको दिन १२ वटै राशिका लागि कस्तो रहनेछ, स्वास्थ्य, प्रेम, पारिवारिक सम्बन्ध, व्यापार र करियरमा कस्ता सम्भावना छन् भन्ने कुरा अब जानौँ। यो राशिफल सामान्य ज्योतिषीय मान्यतामा आधारित छ। ## १२ राशिको आजको राशिफल ### १. मेष राशि मेष राशि हुनेहरूका लागि आजको दिन मेहनतअनुसार सफलता प्राप्त गर्ने अवसर मिल्न सक्छ। व्यापार तथा साझेदारीका काममा लाभ हुने सम्भावना छ। बोली र व्यवहारमा संयम राख्दा सम्बन्धहरू राम्रो बन्नेछन्। आर्थिक कारोबार गर्दा सोचविचार गरेर मात्र निर्णय लिनुहोला। ### २. वृष राशि वृष राशि हुनेहरूका लागि आज मानसम्मान र आर्थिक पक्षमा सुधार आउने संकेत छ। कार्यक्षेत्रमा गरेको मेहनतको राम्रो परिणाम प्राप्त हुन सक्छ। साथीभाइ र आफन्तको सहयोगले नयाँ अवसरहरू मिल्न सक्छन्। आफ्नो लक्ष्यप्रति निरन्तर लागिरहनुहोला। ### ३. मिथुन राशि मिथुन राशि हुनेहरूका लागि आज नयाँ अवसर प्राप्त हुने सम्भावना छ। अध्ययन र पेसागत क्षेत्रमा प्रगति गर्न सकिनेछ। साथीभाइ तथा परिवारसँगको सहकार्यले काम सहज बनाउन सक्छ। हतारमा निर्णय नगरी आफ्नो क्षमतामा विश्वास राख्नुहोला। ### ४. कर्कट राशि कर्कट राशि हुनेहरूले आज आफ्नो स्वास्थ्य र कामको समय व्यवस्थापनमा ध्यान दिनुपर्नेछ। रोकिएका काम पूरा गर्न थप प्रयास गर्नुपर्ने हुन सक्छ। आर्थिक तथा व्यक्तिगत विषयमा गोपनीयता कायम राख्नुहोला। धैर्य र समझदारीले चुनौती सामना गर्न सहयोग गर्नेछ। ### ५. सिंह राशि सिंह राशि हुनेहरूका लागि आज आम्दानीका नयाँ अवसरहरू खोज्ने समय हुन सक्छ। परिवारको साथ र सहयोगले मनमा उत्साह बढ्नेछ। प्रेम सम्बन्धमा आत्मीयता बढ्ने सम्भावना छ। अनावश्यक विवाद र जोखिमपूर्ण आर्थिक निर्णयबाट टाढा रहनुहोला। ### ६. कन्या राशि कन्या राशि हुनेहरूका लागि आज प्रतिस्पर्धामा अघि बढ्ने अवसर मिल्न सक्छ। पेसा, व्यवसाय र अध्ययनमा सकारात्मक परिणाम प्राप्त हुने सम्भावना छ। सहकर्मी तथा शुभचिन्तकको सहयोगले काममा सहजता आउनेछ। स्वास्थ्यप्रति सचेत रहँदै आफ्नो दैनिक दिनचर्या व्यवस्थित राख्नुहोला। ### ७. तुला राशि तुला राशि हुनेहरूका लागि आज सिर्जनात्मक काममा रुचि बढ्ने दिन हुन सक्छ। व्यापार तथा पेसामा नयाँ सम्भावना देखिन सक्छन्। प्रेम सम्बन्ध र पारिवारिक जीवनमा मधुरता कायम राख्न संवादमा ध्यान दिनुहोला। खर्च नियन्त्रण गरी भविष्यका लागि बचत गर्ने बानी बसाल्नु राम्रो हुनेछ। ### ८. वृश्चिक राशि वृश्चिक राशि हुनेहरूले आज नयाँ योजना अघि बढाउँदा सावधानी अपनाउनुपर्नेछ। काममा केही अवरोध आए पनि निरन्तर प्रयासले समाधान खोज्न सकिनेछ। बोल्दा शब्द छनोटमा ध्यान दिनुहोला, अन्यथा गलत बुझाइ हुन सक्छ। महत्त्वपूर्ण निर्णय लिनुअघि सबै पक्षको मूल्याङ्कन गर्नुहोला। ### ९. धनु राशि धनु राशि हुनेहरूका लागि आज उत्साह र आत्मविश्वास बढ्ने सम्भावना छ। नयाँ काम सुरु गर्न तथा व्यावसायिक योजना अघि बढाउन प्रेरणा मिल्न सक्छ। सहकर्मीको सहयोगले लक्ष्य प्राप्त गर्न सहज हुनेछ। अवसरको सदुपयोग गर्दै मेहनतलाई निरन्तरता दिनुहोला। ### १०. मकर राशि मकर राशि हुनेहरूका लागि आज अध्ययन, अध्यापन र लेखन क्षेत्रमा प्रगतिको सम्भावना छ। आफ्नो बोली र विचारबाट अरूलाई प्रभावित पार्न सक्नुहुनेछ। आर्थिक लाभका अवसरहरू प्राप्त हुन सक्छन्। पारिवारिक जिम्मेवारी पूरा गर्दै आफ्नो काममा एकाग्र रहनुहोला। ### ११. कुम्भ राशि कुम्भ राशि हुनेहरूका लागि आज सामाजिक सम्बन्ध र व्यक्तिगत काममा सकारात्मकता देखिन सक्छ। नयाँ प्रस्ताव वा अवसर प्राप्त भएमा त्यसको राम्रोसँग मूल्याङ्कन गर्नुहोला। परिवार तथा साथीभाइसँग समय बिताउँदा मन प्रसन्न रहन सक्छ। लगानी र खर्चका विषयमा भने विशेष सावधानी अपनाउनुहोला। ### १२. मीन राशि मीन राशि हुनेहरूका लागि आज पारिवारिक जिम्मेवारी बढ्न सक्छ। आम्दानीभन्दा खर्च बढी हुन सक्ने भएकाले आर्थिक योजना बनाएर अघि बढ्नुहोला। बोल्दा संयम अपनाउँदा सम्बन्धमा आउने सम्भावित गलतफहमी कम गर्न सकिन्छ। नयाँ काम सुरु गर्नुअघि त्यसको लागत, समय र फाइदाबारे विचार गर्नुहोला। ## समापन दर्शकवृन्द, यो थियो आज बिहीबार, ५ कार्तिक २०८३ को १२ वटै राशिको राशिफल। तपाईंको दिन शुभ, सुखद र सफल रहोस् भन्ने हाम्रो कामना छ। राशिफललाई सामान्य मार्गदर्शनका रूपमा लिनुहोस् र जीवनका महत्त्वपूर्ण निर्णय गर्दा आफ्नो विवेक, मेहनत र परिस्थितिलाई प्राथमिकता दिनुहोस्। यस्तै दैनिक राशिफल तथा ताजा समाचार हेर्न न्यूज कुण्ड लाई सब्सक्राइब गर्न र भिडियो लाइक तथा सेयर गर्न नभुल्नुहोला। धन्यवाद, नमस्कार! --- # आजको राशिफल | १४ कार्तिक २०८३ शनिबार | दैनिक राशिफल नेपालीमा | Daily Rashifal Today Source: https://newskunda.com/archives/5321 Category: राशिफल Last updated: 2026-10-31 **मेष राशि** आजको दिन तपाईंका लागि समग्रमा अनुकूल र प्रगतिशील रहनेछ। शिक्षा र स्वास्थ्य क्षेत्रमा गरेका प्रयासहरूले राम्रो नतिजा दिनेछन् भने राजनीतिक वा सामाजिक गतिविधिमा पनि उल्लेखनीय प्रगति हासिल हुने सम्भावना छ। विपक्षी वा प्रतिस्पर्धीहरू शान्त रहने भएकाले तपाईंले सोचेका योजनाहरू सहजै अगाडि बढ्न सक्छन्। कार्यक्षेत्रमा नयाँ जिम्मेवारी आउन सक्छ र त्यसलाई राम्ररी सम्हाल्न सकिनेछ। आर्थिक पक्षमा पनि साना-ठूला लाभका योग देखिन्छन्। तर परिवारलाई पर्याप्त समय दिन नसक्दा केही खटपटी वा मनमुटाव बढ्न सक्छ। त्यसैले व्यस्तताका बीचमा पनि परिवारसँग केही समय बिताउने प्रयास गर्नुहोस्। स्वास्थ्यमा विशेष समस्या देखिँदैन तर आरामको ख्याल राख्नु राम्रो हुन्छ। आजको दिन सकारात्मक सोच राखेर अगाडि बढ्नुहोस्। **वृष राशि** आजको दिनलाई सदुपयोग गर्नैपर्ने महत्वपूर्ण समय छ। स्वास्थ्य र शिक्षा क्षेत्रमा गरेको लगानीले तपाईंलाई मानसिक र शारीरिक रूपमा हौसला थप्नेछ। श्रम र मेहनतको उचित मूल्य पनि प्राप्त हुने देखिन्छ। कार्यक्षेत्रमा पुराना कामहरू पूरा हुने र नयाँ अवसरहरू आउने सम्भावना छ। तर परिवारभित्र सानो-तिनो मनमुटाव वा विवादको जोखिम रहेकाले बोलीमा सावधानी अपनाउनु अत्यन्त आवश्यक छ। थोरै बोलेर र धैर्य राखेर अगाडि बढ्नु बुद्धिमानी हुनेछ। आर्थिक कारोबारमा हतार नगरी निर्णय लिनुहोस्। स्वास्थ्यमा सामान्य सुधारको संकेत छ तर खानपानमा ध्यान दिनुहोस्। आजको दिन संयम र विवेकले राम्रो परिणाम दिनेछ। **मिथुन राशि** आज तपाईंका लागि राम्रो र लाभदायक दिन रहनेछ। व्यापार-व्यवसायमा नाफा हुनुका साथै सहकार्यमा गरेको लगानीबाट पनि राम्रो फाइदा मिल्ने योग छ। स्वास्थ्यमा उल्लेखनीय सुधार आउनेछ र लगानी गरेका क्षेत्रबाट अपेक्षित लाभ प्राप्त हुने देखिन्छ। शिक्षा वा ज्ञान सम्बन्धी काममा भने थप मिहिनेत र ध्यान दिनुपर्नेछ। सामाजिक सम्बन्ध र साथीभाइसँगको भेटघाटले मन प्रसन्न बनाउनेछ। प्रेम सम्बन्धमा पनि सकारात्मक ऊर्जा रहनेछ। आर्थिक पक्ष स्थिर र लाभकारी देखिन्छ। तर अनावश्यक खर्चबाट जोगिनुहोस्। आजको दिन योजनाबद्ध तरिकाले काम गर्दा धेरै उपलब्धि हात लाग्न सक्छ। **कर्कट राशि** आज तपाईंको सम्पत्ति र आर्थिक स्थितिमा वृद्धि हुने राम्रो योग छ। राजनीतिक वा सार्वजनिक क्षेत्रमा पनि उपलब्धि हात लाग्ने सम्भावना देखिन्छ। वैदेशिक सम्बन्ध वा विदेशसँग जोडिएका लगानीबाट फाइदा हुने संकेत छ। परिवारभित्र मेलमिलाप र सद्भावको राम्रो वातावरण बन्नेछ जसले मनलाई शान्ति दिनेछ। कार्यक्षेत्रमा सहयोगीहरूको साथ पाउनुहुनेछ। स्वास्थ्य सामान्य रहनेछ तर मानसिक तनावबाट जोगिनुहोस्। प्रेम र दाम्पत्य जीवनमा सुमधुरता बढ्नेछ। आजको दिन परिवार र काम दुवैमा सन्तुलन राखेर अगाडि बढ्नुहोस्। सकारात्मक परिणाम आउने दिन हो। **सिंह राशि** आजको दिन सामान्य रहनेछ तर केही सावधानी अपनाउनुपर्ने अवस्था छ। आफन्त वा नजिकका मानिसहरू टाढा पुग्ने वा सम्पर्क कम हुने स्थिति आउन सक्छ। अनावश्यक यात्रामा समय र पैसा खर्च हुने सम्भावना छ त्यसैले यात्रा योजना बनाउनुअघि राम्रोसँग सोच्नुहोस्। पश्चिम दिशाको यात्रा विशेष गरी नगर्नु राम्रो हुनेछ। आफन्तभन्दा बाहिरका व्यक्तिहरूबाट साथ र सहयोग बढी मिल्ने देखिन्छ। संकट वा समस्याको बेला भने परिवारकै साथ प्राप्त हुनेछ। कार्यक्षेत्रमा सामान्य प्रगति हुनेछ। स्वास्थ्यमा खानपान र आरामको ख्याल राख्नुहोस्। आजको दिन संयमित रहेर काम गर्नुहोस्। **कन्या राशि** आजको दिन तपाईंका लागि शुभ र अनुकूल रहेको छ। कृषि वा सम्बन्धित व्यापारबाट नाफा हुने र कामहरू सहजै अगाडि बढ्ने देखिन्छ। परिवारसँग रमाइलो घुमघाम वा बाहिर जाने योजना बन्न सक्छ। धार्मिक यात्रा वा पुण्य कार्यको पनि योग छ जसले मानसिक शान्ति दिनेछ। कार्यक्षेत्रमा सानै प्रयासले पनि राम्रो नतिजा आउने सम्भावना छ। आर्थिक पक्ष सकारात्मक छ। स्वास्थ्यमा जोश-जाँगर बढ्नेछ। प्रेम सम्बन्धमा पनि खुसीको वातावरण रहनेछ। आजको दिन सकारात्मक ऊर्जाका साथ अगाडि बढ्नुहोस् र अवसरहरूलाई सदुपयोग गर्नुहोस्। **तुला राशि** आज मान-सम्मान र प्रतिष्ठा प्राप्त हुने राम्रो दिन हो। शिक्षा क्षेत्रमा प्रगति हुनुका साथै उपचाररत व्यक्ति वा आफ्नो स्वास्थ्यमा पनि सुधार आउने संकेत छ। कला, सिर्जनात्मक काम वा सम्बन्धित क्षेत्रमा उन्नति हुनेछ। राजनीतिक वा सामाजिक क्षेत्रमा तपाईंको कामको प्रशंसा हुने सम्भावना छ। तर परिवारभित्र सानो विवाद वा मनमुटाव बढ्न सक्ने भएकाले त्यसबाट जोगिएर काम गर्नु उचित हुन्छ। आर्थिक कारोबारमा स्पष्टता अपनाउनुहोस्। स्वास्थ्य सामान्य रहनेछ। आजको दिन विवेकपूर्ण निर्णयले राम्रो फल दिनेछ। **वृश्चिक राशि** आजको दिन सामान्य रहनेछ तर केही सावधानी आवश्यक छ। पश्चिम दिशाको यात्रा नगर्नु उपयुक्त हुनेछ। सानो-तिनो कुराले पनि मन सताउने वा चिन्ता बढाउने जोखिम रहन सक्छ त्यसैले साना कुरामा ध्यान नदिनुहोस्। राजनीति र शिक्षा क्षेत्रमा भने सुधारका संकेत देखिएका छन्। व्यापार-व्यवसायमा मिहिनेतको फल प्राप्त हुनेछ। स्वास्थ्यमा सामान्य समस्या आउन सक्ने भएकाले खानपानमा ध्यान दिनुहोस्। परिवारसँगको सम्बन्धमा धैर्य राख्नुहोस्। आजको दिन संयम र सकारात्मक सोचले अगाडि बढ्दा राम्रो हुनेछ। **धनु राशि** आजको दिन तपाईंका लागि राम्रो र सुखद रहनेछ। परिवारसँग बसेर रमाइलो गर्ने र गुणस्तरीय समय बिताउने अवसर जुरेको छ। पुराना साथी वा इष्टमित्रसँगको भेटले जीवनमा नयाँ आयाम र उत्साह थप्नेछ। स्वास्थ्य र शिक्षा दुवै क्षेत्रमा प्रगति हुने संकेत छ। प्रेम सम्बन्ध सुमधुर र नजिक बन्नेछ। कार्यक्षेत्रमा सहयोग र समर्थन पाउनुहुनेछ। आर्थिक पक्ष स्थिर रहनेछ। आजको दिन खुसी र सकारात्मक ऊर्जाका साथ बिताउन सकिन्छ। अवसरहरूलाई राम्ररी सदुपयोग गर्नुहोस्। **मकर राशि** आजको दिन सामान्य रहनेछ तर केही चुनौती पनि छन्। सञ्चित धन वा बचत खर्च हुने योग देखिन्छ त्यसैले खर्चमा संयम अपनाउनुहोस्। दाजुभाइ वा नजिकका आफन्तसँगको एकताले मन शान्त बनाउनेछ तर परिवारभित्रको विवादले भने मन अशान्त बन्न सक्छ। पूर्व दिशाको यात्रा नगर्नु उचित हुनेछ। एकल लगानी वा एक्लै गरेको कामबाट घाटा हुने जोखिम रहेकाले सहकार्यलाई प्राथमिकता दिनुहोस्। स्वास्थ्यमा आरामको ख्याल राख्नुहोस्। आजको दिन धैर्य र सावधानीले अगाडि बढ्नुहोस्। **कुम्भ राशि** आज तपाईंको पठनपाठन, अध्ययन वा ज्ञान आर्जनमा रुचि उल्लेखनीय रूपमा बढ्नेछ। कतै नतिजाको प्रतीक्षा गरिरहनुभएको छ भने त्यो तपाईंको पक्षमा आउने सम्भावना छ। धार्मिक कार्य, पूजा-पाठ वा आध्यात्मिक गतिविधिमा सहभागी भएर दिनको सुरुवात गरेमा बाँकी दैनिक कार्यहरू सहजै सम्पन्न हुनेछन्। कार्यक्षेत्रमा नयाँ विचार र योजना आउन सक्छन्। स्वास्थ्य सामान्य रहनेछ। सामाजिक सम्बन्धमा सुधार आउनेछ। आजको दिन सकारात्मक र रचनात्मक तरिकाले बिताउनुहोस्। **मीन राशि** आजको दिन सामान्य रहनेछ तर सावधानी अपनाउनुपर्ने अवस्था छ। अनावश्यक विवाद वा बहस बढ्न सक्ने भएकाले कम बोल्नु र शान्त रहनु उचित हुन्छ। स्वास्थ्यमा केही समस्या वा कमजोरी देखिन सक्छ त्यसैले आराम र पौष्टिक खानामा ध्यान दिनुहोस्। शिक्षा र स्वास्थ्य क्षेत्रका काममा ढिलासुस्ती हुन सक्ने संकेत छ। रोजगारी वा कार्यक्षेत्रमा सहकर्मीसँग विवाद बढ्न सक्ने तर्फ सचेत रहनुपर्छ। आर्थिक पक्षमा हतार नगरी निर्णय लिनुहोस्। आजको दिन संयम, धैर्य र कम बोलीले राम्रो नतिजा दिनेछ। --- # आजको राशिफल | २०८३ कार्तिक १० गते मङ्गलबार | विस्तृत दैनिक राशिफल | Aaja Ko Rashifal Source: https://newskunda.com/archives/5166 Category: राशिफल Last updated: 2026-10-27 आज २०८३ साल कार्तिक १० गते मङ्गलबारको विस्तृत दैनिक राशिफल सुन्नुहोस्। हरेक राशिको करियर, आर्थिक अवस्था, स्वास्थ्य, प्रेम र पारिवारिक जीवनका बारेमा विस्तारमा बताइएको छ। ### मेष राशि आज तपाईं सकारात्मक ऊर्जाले भरिपूर्ण रहनुहुनेछ। व्यक्तिगत काममा राम्रो सफलता मिल्नेछ र आर्थिक पक्ष पनि सुदृढ रहने देखिन्छ। यदि तपाईं नयाँ अवसरको खोजीमा हुनुहुन्थ्यो भने आज त्यस्तो अवसर आउन सक्छ। प्रेम सम्बन्ध सुमधुर रहनेछ भने प्रशासनिक वा सरकारी काममा पनि तपाईंको प्रभाव बढ्नेछ। मन प्रसन्न रहने भएकाले इच्छाइएका कामहरूमा समय दिन पाउनुहुनेछ। स्वास्थ्य सामान्य रहन्छ तर अत्यधिक थकानबाट बच्नुहोस्। परिवारसँगको समय रमाइलो बन्न सक्छ। ### वृष राशि आज सबै कुरा तपाईंको अनुकूल नहुन सक्छ। केही अवस्थामा सम्झौता गर्नुपर्ने हुनसक्छ। कम बोलीमै काम सक्ने प्रयास गर्नुहोस्, किनकि अनावश्यक कुराकानीले समस्या बढाउन सक्छ। मेहनतको राम्रो परिणाम भने मिल्नेछ। विवादास्पद मामिलाबाट टाढा रहनुहोस् र सानातिना कुरालाई बेवास्ता गरेर अगाडि बढ्नुहोस्। आर्थिक कारोबारमा सावधानी अपनाउनु राम्रो हुन्छ। स्वास्थ्यमा सामान्य हेरचाह राख्नुहोस्। पारिवारिक वातावरणमा सन्तुलन कायम राख्नु आवश्यक छ। ### मिथुन राशि आज काम गर्ने उत्साह र आत्मविश्वास बढ्नेछ। कुनै सकारात्मक कुराले मनमा हौसला आउनेछ। प्रायः सबै काम आफ्नै निगरानीमा राम्ररी सम्पन्न हुनेछन्। आफन्तहरूसँग भेटघाटले मन प्रसन्न रहनेछ। नोकरी वा पेशामा उच्च अधिकारीको साथ र सहयोग मिल्ने सम्भावना छ। सन्तानको करियर वा पढाइसँग सम्बन्धित केही खर्च हुन सक्छ। प्रेम सम्बन्धमा राम्रो समझदारी बन्न सक्छ। स्वास्थ्य राम्रो रहन्छ। ### कर्कट राशि आज तन स्वतःस्फूर्त र सक्रिय रहनेछ जसले गर्दा जुनसुकै काम पनि सहज लाग्नेछ। मनमा भएको तुष वा नकारात्मक भावना हटेर जानेछ। आफ्नै काममा समय दिन पाउँदा मन खुसी हुनेछ। आफ्नो योग्यतालाई विचार गरेर आत्मविश्वासका साथ निर्णय लिनुहोस्, सफलता मिल्नेछ। कमजोरी पक्षलाई सुधार्दै जीवनशैलीमा सकारात्मक परिवर्तन ल्याउने राम्रो समय हो। विद्यार्थीहरूको बौद्धिक क्षमताको प्रशंसा हुन सक्छ। पारिवारिक सम्बन्ध सुमधुर रहनेछ। ### सिंह राशि आज कुनै कुराले आफू बाँधिएको वा सीमित भएको महसुस हुन सक्छ। सकेसम्म बेलैमा काम सकेर आफूलाई फुर्सद दिन खोज्नुहोस्। आफूनिम्ति पनि केही समय छुट्याउनु राम्रो हुन्छ। व्यापार-व्यवसायमा बुद्धि र विवेकको प्रयोग गरेर अगाडि बढ्नुहोस्। युवाहरूलाई करियर बनाउन नयाँ अवसर मिल्न सक्छ। आफन्तहरूबाट सोचेजस्तो सहयोग नआउन सक्छ, त्यसैले स्वतन्त्र रूपमा काम गर्नुहोस्। स्वास्थ्यमा ध्यान दिनुहोस्। ### कन्या राशि आज मनमा केही कुरा खेल्न वा चिन्ता बढ्न सक्छ। सकेसम्म सकारात्मक सोच राख्नुहोस् र अत्यावश्यक कुरामा मात्र जोड दिनुहोस्। प्रेम र मित्रताको बन्धन कसिनेछ। राजनीतिक वा सामाजिक क्षेत्रमा प्रभाव बढ्न सक्छ। नोकरी वा पेशामा अधिकारी वर्गबाट प्रशंसा पाइने सम्भावना छ। कार्यक्षेत्रमा पिता वा वरिष्ठ व्यक्तिको सहयोग मिल्न सक्छ। स्वास्थ्य सामान्य रहन्छ तर मानसिक शान्ति कायम राख्नुहोस्। ### तुला राशि आज विभिन्न माध्यमबाट काममा सहयोग मिल्नेछ। व्यक्तिगत कामका लागि पनि समय निस्कनेछ। विविध सकारात्मक कुराले मन रमाउनेछ। पारिवारिक योजनाहरूबाट लाभ मिल्ने आशा छ। राजकीय वा प्रशासनिक मामिलाहरू सुल्झिन सक्छन्। भावनात्मक सम्बन्धमा चलिरहेको मनमुटाव पनि समाधान हुने दिशामा जान सक्छ। यात्रा सुखदायी रहनेछ। स्वास्थ्य राम्रो रहन्छ। ### वृश्चिक राशि आज मनमा भएको तनाव हटेर जानेछ। समयलाई आफू अनुकूल बनाउन सकिनेछ र समग्रमा दिन राम्रै रहनेछ। नयाँ कार्यको थालनीका लागि समय उपयुक्त छ। थोरै संघर्षले पनि राम्रो प्रतिफल मिल्न सक्छ। तर व्यर्थको वादविवादले परिवारमा असन्तोषको भावना जगाउन सक्छ, त्यसैले संयम अपनाउनुहोस्। आर्थिक पक्षमा सन्तुलन राख्नुहोस्। स्वास्थ्यमा सामान्य सुधार देखिन्छ। ### धनु राशि आज घरमा कसैको आगमन हुन सक्छ। समय र अवस्था विचार गरेर कामलाई तर लगाउनुहोस्। तनले थकित अनुभव गर्दा केही काममा हेरफेर गर्नुपर्ने हुनसक्छ। सुख-सुविधाका लागि धन खर्च हुन सक्छ। कठिन समयमा मित्रलाई सहयोग गर्दा तपाईंलाई नै खुसी मिल्नेछ। सम्पत्तिसँग सम्बन्धित वादविवाद हुन सक्ने भएकाले सावधानी अपनाउनुहोस्। न्यायिक मामिलामा सफलता मिल्ने सम्भावना छ। ### मकर राशि आज कसैको कुराले मनमा खट्किन वा चित्त दुख्न सक्छ। सकेसम्म कम बोलीमै काम सक्ने प्रयास गर्नुहोस्। आफूसँग असम्बद्ध कुरामा तर्किनु राम्रो हुन्छ। नयाँ कार्य प्रारम्भ गर्नुभन्दा अघि घरपरिवारमा सल्लाह अवश्य लिनुहोस्। सवारी साधनमा आकस्मिक खर्च हुन सक्छ। आध्यात्मिक ज्ञानमा रुचि बढ्नेछ। स्वास्थ्यमा ध्यान दिनुहोस् र आराम गर्नुहोस्। ### कुम्भ राशि आज कुनै कुराले अचानक व्यस्त बनाउन सक्छ। समय र सन्दर्भ विचार गरेर मात्र अगाडि बढ्नुहोस्। मिलेसम्म आफ्ना व्यक्तिगत कामका लागि पनि केही समय छुट्याउनुहोस्। छिटो सफलताका लागि कानुन विपरीत कुनै काम नगर्नुहोस्। कार्यको सुरुवातमा आत्मविश्वासी बन्नुहोस्। पहिले गरेका कामहरूबाट लाभ प्राप्त हुने सम्भावना छ। स्वास्थ्य सामान्य रहन्छ। ### मीन राशि आज कतैबाट कुनै निमन्त्रणा आउन सक्छ। कसैलाई तपाईंको साथ र सहयोगको आवश्यकता पर्न सक्छ। समय र अवस्था हेरेर आफूलाई प्रस्तुत गर्नु उपयुक्त हुन्छ। लेखन, सामाजिक सञ्जाल वा सिर्जनात्मक कामबाट लाभ मिल्नेछ। व्यापार-व्यवसायमा जीवनसाथीको सहयोग मिल्न सक्छ। नोकरी वा पेशामा प्रभाव बढ्नेछ। प्रेम सम्बन्धमा मिठास आउन सक्छ। स्वास्थ्य राम्रो रहन्छ। --- # आजको राशिफल | २०८३ कार्तिक ११ गते बुधबार | मेषदेखि मीनसम्म विस्तृत राशिफल Source: https://newskunda.com/archives/5196 Category: राशिफल Last updated: 2026-10-28 **मेष राशि** आज नयाँ काम सुरु गर्ने उत्साह तपाईंमा बढ्नेछ तर सबै योजना सोचेअनुसार सजिलै अगाडि नबढ्न सक्छन्। कार्यक्षेत्रमा जिम्मेवारी थपिने सम्भावना छ। सहकर्मी र साथीभाइसँगको सहकार्यले कठिन काम पनि सहज बनाउन मद्दत गर्नेछ। आर्थिक पक्षमा अनावश्यक खर्च बढ्न सक्ने भएकाले किनमेल र लगानी गर्दा विशेष सावधानी अपनाउनु राम्रो हुन्छ। पारिवारिक सम्बन्धमा सानातिना असमझदारी देखिन सक्छ तर खुला संवादबाट समाधान गर्न सकिन्छ। प्रेम सम्बन्धमा भावनाभन्दा समझदारीलाई प्राथमिकता दिनु उपयुक्त हुनेछ। विद्यार्थीहरूले अध्ययनमा ध्यान केन्द्रित गर्न थप प्रयास गर्नुपर्नेछ। स्वास्थ्यका दृष्टिले आराम र नियमित खानपानमा ध्यान दिनुहोला। आज धैर्यपूर्वक अघि बढ्ने र अधुरा काम पूरा गर्ने प्रयास गर्नु लाभदायक हुनेछ। **वृष राशि** आज लामो समयदेखि रोकिएका काम अगाडि बढ्ने सम्भावना छ। कार्यक्षेत्रमा आफ्नो क्षमता प्रदर्शन गर्ने अवसर प्राप्त हुन सक्छ। व्यापार–व्यवसायमा नयाँ ग्राहक र व्यावसायिक सम्पर्क विस्तार हुने संकेत छन्। आर्थिक पक्षमा सामान्य सुधार आउनेछ भने आम्दानी बढाउने नयाँ उपाय पहिचान गर्न सकिनेछ। परिवारका सदस्य र आफन्तको सहयोगले महत्त्वपूर्ण निर्णय लिन सहज हुनेछ। प्रेम सम्बन्धमा आत्मीयता बढ्नेछ। अध्ययन तथा प्रतिस्पर्धात्मक क्षेत्रमा मेहनतअनुसार सकारात्मक परिणाम प्राप्त हुन सक्छ। सामाजिक गतिविधिमा सहभागी हुने अवसर मिल्नेछ। नयाँ योजना बनाउँदा दीर्घकालीन लाभलाई प्राथमिकता दिनु राम्रो हुनेछ। आज प्राप्त अवसरलाई सही तरिकाले उपयोग गर्न सके भविष्यका लागि बलियो आधार तयार हुन सक्छ। **मिथुन राशि** आज आर्थिक तथा व्यावसायिक क्षेत्रमा सकारात्मक परिवर्तन आउने सम्भावना छ। व्यापार–व्यवसायमा लाभ प्राप्त हुन सक्छ भने नयाँ आम्दानीका स्रोत खोज्ने अवसर मिल्नेछ। कार्यक्षेत्रमा गरेको मेहनतको प्रशंसा हुन सक्छ। नयाँ जिम्मेवारी प्राप्त हुने वा आफ्नो प्रतिभा प्रदर्शन गर्ने वातावरण बन्नेछ। साथीभाइ तथा शुभचिन्तकको सहयोगले महत्त्वपूर्ण काम सम्पन्न गर्न सहज हुनेछ। पारिवारिक वातावरण सुखद रहनेछ भने प्रेम सम्बन्धमा विश्वास बढ्नेछ। विद्यार्थीका लागि अध्ययन, परीक्षा तयारी तथा नयाँ सीप सिक्ने दृष्टिले समय उपयोगी रहन सक्छ। सामाजिक क्षेत्रमा सक्रियता बढ्नेछ। आर्थिक अवसर प्राप्त भए पनि खर्च र बचतबीच सन्तुलन कायम राख्नु उपयुक्त हुनेछ। **कर्कट राशि** आज पेसागत क्षेत्रमा प्रगति गर्ने अवसर प्राप्त हुन सक्छ। नयाँ जिम्मेवारी सम्हाल्ने वा पुरानो काममा सकारात्मक परिणाम प्राप्त हुने सम्भावना छ। व्यापार–व्यवसाय विस्तार गर्ने योजना अगाडि बढाउन सकिनेछ। आर्थिक कारोबारमा सुधार आउने संकेत छन्। परिवार तथा आफन्तबाट सहयोग प्राप्त हुनेछ। सामाजिक क्षेत्रमा सक्रियता बढ्दा मान–सम्मान तथा प्रतिष्ठा बढ्न सक्छ। प्रेम सम्बन्धमा आत्मीयता कायम रहनेछ। अध्ययन तथा अनुसन्धानमा राम्रो प्रगति गर्न सकिनेछ। लामो समयदेखि सोचिरहेको योजना कार्यान्वयन गर्ने अवसर मिल्न सक्छ। नयाँ काम सुरु गर्दा आवश्यक तयारी र समय व्यवस्थापनमा ध्यान दिनु राम्रो हुनेछ। आत्मविश्वास र निरन्तर प्रयासले आजको दिनलाई उपलब्धिमूलक बनाउन सकिनेछ। **सिंह राशि** आज कार्यक्षेत्रमा केही अनपेक्षित समस्या देखा पर्न सक्छन्। योजना बनाएअनुसार काम सम्पन्न गर्न थप समय र मेहनत आवश्यक पर्न सक्छ। सहकर्मी तथा व्यावसायिक साझेदारसँग कुराकानी गर्दा संयम अपनाउनु राम्रो हुनेछ। आर्थिक कारोबारमा हतार नगर्नुहोला। अनावश्यक खर्च बढ्न सक्ने भएकाले बजेटअनुसार अगाडि बढ्नु उपयुक्त हुनेछ। पारिवारिक सम्बन्धमा सामान्य असमझदारी देखिए पनि संवादबाट समाधान गर्न सकिनेछ। स्वास्थ्यमा थकान तथा मानसिक दबाब महसुस हुन सक्छ। विद्यार्थीले अध्ययनमा निरन्तरता कायम राख्नुपर्नेछ। नयाँ जोखिम लिनुभन्दा पुराना जिम्मेवारी पूरा गर्न ध्यान दिनु लाभदायक हुनेछ। धैर्य र सकारात्मक सोचले चुनौतीलाई अवसरमा बदल्न सहयोग पुर्याउन सक्छ। **कन्या राशि** आज व्यापार–व्यवसाय तथा साझेदारीमा गरिएका कामबाट सकारात्मक परिणाम प्राप्त हुन सक्छ। नयाँ व्यावसायिक प्रस्ताव आउने वा पुराना ग्राहकसँगको सम्बन्ध थप बलियो बन्ने सम्भावना छ। आर्थिक पक्षमा सुधार आउने संकेत छन्। कार्यक्षेत्रमा सहकर्मीको सहयोगले जिम्मेवारी पूरा गर्न सहज हुनेछ। प्रेम तथा दाम्पत्य सम्बन्धमा देखिएका असमझदारी कम हुन सक्छन्। परिवारसँग रमाइलो समय बिताउने अवसर मिल्नेछ। अध्ययन तथा सिर्जनात्मक क्षेत्रमा राम्रो प्रगति गर्न सकिनेछ। सामाजिक गतिविधिमा सहभागी हुँदा उपयोगी व्यक्तिसँग परिचय हुन सक्छ। महत्त्वपूर्ण निर्णय गर्दा अनुभवी व्यक्तिको सुझाव लिनु उपयुक्त हुनेछ। आजको दिन प्राप्त अवसरलाई योजनाबद्ध रूपमा उपयोग गर्नु लाभदायक रहनेछ। **तुला राशि** आज कार्यक्षेत्रमा प्रतिस्पर्धा बढे पनि आफ्नो क्षमता र अनुभवको सही उपयोग गर्न सके सकारात्मक परिणाम प्राप्त हुन सक्छ। रोकिएका कामले गति लिनेछन् भने नयाँ जिम्मेवारी सम्हाल्ने अवसर मिल्न सक्छ। व्यापार–व्यवसायमा सामान्य सुधार आउने संकेत छन्। आर्थिक कारोबारमा लाभको सम्भावना भए पनि ठूलो लगानी गर्नुअघि पर्याप्त अध्ययन गर्नु उपयुक्त हुनेछ। पारिवारिक वातावरणमा सुखद परिवर्तन आउन सक्छ। प्रेम सम्बन्धमा विश्वास र समझदारी बढ्नेछ। विद्यार्थीका लागि अध्ययन तथा प्रतिस्पर्धात्मक परीक्षाको तयारीमा ध्यान केन्द्रित गर्ने समय छ। साथीभाइसँगको भेटघाटले नयाँ योजना बनाउन प्रेरणा मिल्नेछ। आज अरूको आलोचनाभन्दा आफ्नो काममा ध्यान दिनु बढी लाभदायक हुनेछ। **वृश्चिक राशि** आज नयाँ योजना कार्यान्वयन गर्ने तथा आफ्नो प्रतिभा प्रदर्शन गर्ने अवसर प्राप्त हुन सक्छ। लामो समयदेखि प्रतीक्षा गरिएका कामले गति लिन सक्छन्। व्यापार–व्यवसायमा नयाँ सम्भावना देखिनेछन् भने आर्थिक पक्षमा सुधार आउने संकेत छन्। कार्यक्षेत्रमा सहकर्मी तथा वरिष्ठ व्यक्तिको सहयोग प्राप्त हुन सक्छ। अध्ययन, अनुसन्धान तथा सिर्जनात्मक गतिविधिमा रुचि बढ्नेछ। प्रेम सम्बन्धमा आत्मीयता थपिनेछ भने परिवारसँगको सम्बन्ध सुमधुर रहनेछ। सामाजिक क्षेत्रमा सक्रियता बढ्दा नयाँ व्यक्तिसँग परिचय विस्तार हुन सक्छ। यात्राको अवसर पनि मिल्न सक्छ। आत्मविश्वासका साथ अगाडि बढे पनि महत्त्वपूर्ण निर्णयमा व्यावहारिक पक्षलाई बेवास्ता नगर्नुहोला। आजको मेहनतले भविष्यका लागि उपयोगी अवसर सिर्जना गर्न सक्छ। **धनु राशि** आज घरपरिवारसँग सम्बन्धित काममा बढी समय खर्चिनुपर्ने सम्भावना छ। पारिवारिक जिम्मेवारी बढ्दा व्यक्तिगत योजनामा केही ढिलाइ हुन सक्छ। कार्यक्षेत्रमा अपेक्षित परिणाम प्राप्त गर्न थप मेहनत आवश्यक पर्नेछ। व्यापार–व्यवसाय सामान्य गतिमा अगाडि बढ्नेछ भने आर्थिक कारोबारमा सावधानी अपनाउनु उपयुक्त हुनेछ। घरायसी खर्च बढ्न सक्ने भएकाले अनावश्यक किनमेलबाट जोगिनु राम्रो हुनेछ। प्रेम सम्बन्धमा सामान्य असमझदारी आउन सक्ने भएकाले एकअर्काको भावना बुझ्ने प्रयास गर्नुहोला। विद्यार्थीले अध्ययनमा निरन्तरता कायम राख्नुपर्नेछ। स्वास्थ्यका दृष्टिले पर्याप्त आराम र सन्तुलित दिनचर्या उपयोगी हुनेछ। आज नयाँ जोखिम लिनुभन्दा अधुरा काम पूरा गर्न प्राथमिकता दिनु लाभदायक रहनेछ। **मकर राशि** आज कार्यक्षेत्रमा उत्साहजनक परिवर्तन आउने सम्भावना छ। रोकिएका काम अगाडि बढ्नेछन् भने नयाँ जिम्मेवारी प्राप्त हुन सक्छ। व्यापार–व्यवसायमा सकारात्मक परिणाम प्राप्त हुने संकेत छन्। आर्थिक पक्षमा सुधार आउनुका साथै आम्दानीका नयाँ सम्भावना पहिचान गर्न सकिनेछ। दाजुभाइ, साथीभाइ तथा सहकर्मीको सहयोगले महत्त्वपूर्ण काम सम्पन्न गर्न सहज हुनेछ। छोटो दूरीको यात्रा उपयोगी बन्न सक्छ। प्रेम तथा पारिवारिक सम्बन्धमा आत्मीयता बढ्नेछ। अध्ययन तथा सीप विकासमा राम्रो प्रगति गर्न सकिनेछ। सामाजिक क्षेत्रमा सक्रियता बढ्दा आफ्नो पहिचान विस्तार गर्ने अवसर मिल्न सक्छ। आज आत्मविश्वासका साथ योजनाबद्ध रूपमा अगाडि बढेमा अपेक्षित उपलब्धि हासिल गर्न सकिनेछ। **कुम्भ राशि** आज आर्थिक पक्षमा मिश्रित परिणाम प्राप्त हुने सम्भावना छ। आम्दानीका नयाँ अवसर देखिए पनि अनावश्यक खर्च बढ्न सक्ने भएकाले बचतमा ध्यान दिनु उपयुक्त हुनेछ। कार्यक्षेत्रमा आफ्नो विचार स्पष्ट रूपमा राख्दा सकारात्मक परिणाम प्राप्त हुन सक्छ। तर बोलीमा संयम नअपनाए सहकर्मी वा आफन्तसँग असमझदारी उत्पन्न हुन सक्छ। व्यापार–व्यवसायमा सामान्य प्रगति हुनेछ। परिवारका सदस्यसँगको भेटघाटले मन प्रसन्न बनाउनेछ। प्रेम सम्बन्धमा आपसी विश्वास कायम राख्नु आवश्यक छ। विद्यार्थीले अध्ययन तथा नयाँ सीप सिक्ने अवसर प्राप्त गर्न सक्छन्। कुनै पनि आर्थिक सम्झौता गर्नुअघि त्यसका सर्त राम्रोसँग बुझ्नुहोला। आज धैर्य र विवेकपूर्ण व्यवहारले सम्भावित समस्या समाधान गर्न सहयोग पुग्नेछ। **मीन राशि** आज आत्मविश्वास र कार्यक्षमतामा वृद्धि हुने सम्भावना छ। लामो समयदेखि रोकिएका कामले गति लिन सक्छन् भने नयाँ योजना सुरु गर्ने अवसर प्राप्त हुन सक्छ। व्यापार–व्यवसाय तथा पेसागत क्षेत्रमा सकारात्मक परिवर्तन आउने संकेत छन्। आर्थिक पक्षमा सुधार आउन सक्छ। सामाजिक क्षेत्रमा सक्रियता बढ्दा मान–सम्मान प्राप्त हुने सम्भावना छ। प्रेम तथा पारिवारिक सम्बन्धमा आत्मीयता बढ्नेछ। अध्ययन, लेखन तथा सिर्जनात्मक गतिविधिमा रुचि बढ्नेछ। नयाँ व्यक्तिसँगको परिचय भविष्यमा उपयोगी बन्न सक्छ। वैदेशिक अध्ययन तथा रोजगारीसम्बन्धी योजना अगाडि बढाउने अवसर पनि मिल्न सक्छ। आज प्राप्त अवसरको सही उपयोग गर्दै निरन्तर मेहनत गर्न सके दीर्घकालीन उपलब्धि हासिल गर्न सकिनेछ। यो थियो आज २०८३ कार्तिक ११ गते बुधबारको विस्तृत राशिफल। आफ्नो राशिअनुसार सकारात्मक सोच राख्नुहोस्, आवश्यक ठाउँमा सावधानी अपनाउनुहोस् र दिनलाई राम्रो बनाउनुहोस्। --- # आजको राशिफल | २०८३ कार्तिक १२ बिहीबार | १२ वटै राशिको दैनिक राशिफल Source: https://newskunda.com/archives/5235 Category: राशिफल Last updated: 2026-10-29 **मेष राशि** आज आफन्त र परिवारबाट अपेक्षित सहयोग मिल्नेछ। कुटुम्बसँगको सम्बन्ध थप मजबुत हुनेछ र सहकार्य बढ्नेछ। खोज तथा अनुसन्धानको क्षेत्रमा खर्चिएको समयबाट सकारात्मक नतिजा आउने भएकाले मन प्रसन्न रहनेछ। अध्ययन र अध्यापनमा अरूभन्दा अगाडि बढ्न सकिनेछ र राम्रो नतिजा आफ्नो पक्षमा ल्याउन सकिनेछ। दीर्घकालीन आम्दानी हुने व्यवसाय वा शेयर बजारमा लगानी बढाउन सकिने योग छ। दिनभर सकारात्मक ऊर्जा रहन्छ, तर अनावश्यक झगडाबाट टाढा रहनुहोस्। **वृष राशि** पुराना कामबाट राम्रो लाभ लिने समय छ। व्यापार र शेयर बजारबाट आम्दानी हुन सक्छ। समयको सही सदुपयोग गरेर रचनात्मक काम गर्दा समाजमा नाम कमाउन सकिनेछ। साथीभाईको सहकार्य र सहयात्राबाट महत्त्वपूर्ण कामहरू सफल हुनेछन्। प्रेम गर्ने जोडीहरूका लागि समय अनुकूल छ र नयाँ प्रेम प्रस्ताव पनि आउन सक्छ। खेलकुद तथा पराक्रमी क्रियाकलापमा चासो बढ्नेछ। स्वास्थ्य राम्रो रहनेछ तर खर्चमा सन्तुलन मिलाउनुहोस्। **मिथुन राशि** आर्थिक अवस्था कमजोर रहन सक्ने भएकाले केही कामहरू रोकिन सक्छन्। प्रेम सम्बन्धमा एकअर्कालाई विश्वास गर्न नसक्दा लामो समयदेखिको सम्बन्धमा तनाव आउन सक्छ। स्वास्थ्यमा विशेष ध्यान दिनुहोस्, समय मध्यम छ। तर विदेशमा बसेर अध्ययन वा श्रम गर्नेहरूका लागि भने दिन फलदायी रहनेछ। विदेशी लगानीमा सञ्चालित संस्थाबाट राम्रो लाभ लिन सकिनेछ। यात्रा र मनोरञ्जनमा समय बित्नेछ। अनावश्यक खर्चबाट बच्नुहोस्। **कर्कट राशि** अध्ययन र अध्यापनमा अरू दिनभन्दा राम्रो प्रगति हुनेछ र अगाडि बढ्न सकिनेछ। आफूले माया गर्ने मानिसलाई नजिक देख्दा मन प्रसन्न हुनेछ। व्यापार-व्यवसाय फस्टाउनेछ र नयाँ काम वा नोकरीमा पदोन्नतिको योग छ। साथीभाइसँग रमाइलो भेटघाट हुनेछ र मिठो खाना खाने अवसर मिल्नेछ। पैतृक सम्पत्तिको सही प्रयोग गरेर आम्दानीका स्रोतहरू बढाउन सकिनेछ। परिवारसँग समय बिताउँदा खुसी बढ्नेछ। **सिंह राशि** नयाँ कामको प्रस्ताव आउनेछ र नोकरीमा पदोन्नति हुन सक्छ। उत्पादनमूलक क्षेत्र वा शेयर बजारमा आज गरिने लगानीबाट राम्रो प्रतिफल मिल्नेछ। छोटो समयमै नाम र दाम दुवै कमाउन सकिने भएकाले घरपरिवारमा खुसीयाली छाउनेछ। प्रेम सम्बन्धमा सामीप्य बढ्नेछ। राजनीति र समाजसेवामा समय दिनेहरूले जनताको बलियो समर्थन पाउनेछन्। साङ्गीतिक माहोलमा समय बित्नेछ। आत्मविश्वास उच्च राख्नुहोस्। **कन्या राशि** पढाइ-लेखाइमा मन राम्ररी लाग्नेछ र खोज तथा अनुसन्धानको क्षेत्रमा सोचेजस्तै नतिजा हात लाग्नेछ। आम्दानी र खर्चको सन्तुलन मिलाएर व्यवसाय गर्न सक्दा थप लगानी गर्न सकिनेछ। नयाँ काम पाउने वा राम्रो स्थानमा स्थानान्तरण हुने योग छ। पुराना काम सफलतापूर्वक सकिने भएकाले मन प्रसन्न रहनेछ। सानो प्रयासले पनि राम्रो आम्दानी हुन सक्छ। धार्मिक र आध्यात्मिक कार्यमा मन जानेछ र मन्दिर दर्शन गर्न सकिनेछ। **तुला राशि** आज व्यापार-व्यवसायमा ठूलो लगानी नगर्नु नै उचित हुन्छ, किनकि घाटाको योग देखिन्छ। परिवारमा आफन्त तथा पति-पत्नीबीच विवाद बढ्न सक्छ। चेली-माइती सम्बन्धमा पनि समस्या आउन सक्छ। आर्थिक व्यवस्थापन राम्रोसँग गर्न नसक्दा घरायसी समस्याहरू सुल्झाउन गाह्रो हुन सक्छ। अध्ययन र अध्यापनमा ध्यान नदिँदा अरूभन्दा पछि पर्न सकिन्छ। धैर्य राखेर काम गर्नुहोस् र अनावश्यक झगडाबाट बच्नुहोस्। **वृश्चिक राशि** भौतिक सम्पत्ति र विलासी वस्तुहरू जोड्न सकिनेछ। लामो समयदेखिको प्रेम सम्बन्धलाई विवाहमा परिणत गर्ने प्रक्रिया अगाडि बढ्न सक्छ। पति-पत्नीबीच आत्मीयता बढ्नेछ। अध्ययन-अध्यापनमा समय दिनेहरूले राम्रो नतिजा हात पार्न सक्नेछन्। व्यापार-व्यवसाय र शेयर बजारको लगानी फस्टाउनेछ। व्यापारकै सिलसिलामा लामो दूरीको यात्रा हुन सक्छ। गोप्य कुराहरू सुरक्षित राख्नुहोस्। **धनु राशि** लामो समयदेखि रोकिएका कामहरू सम्पन्न हुने भएकाले मन प्रसन्न रहनेछ। नोकरी वा अध्ययनमा हुने प्रतिस्पर्धामा तपाईंको नाम अगाडि आउनेछ। निर्माण सामग्री, खाद्यान्न तथा गरगहनाको व्यापारमा उल्लेखनीय वृद्धि हुनेछ। आफन्त र मावलीको सहयोग मिल्नेछ। न्यायालयबाट हुने फैसला तपाईंकै पक्षमा हुन सक्छ। प्रेममा रमाउन चाहनेहरूका लागि यात्राको अवसर जुर्न सक्छ। वित्तीय क्षेत्र र शेयर बजारमा लगानी गरेर आम्दानी बढाउन सकिनेछ। **मकर राशि** मनपर्ने व्यक्तिबाट विलासी सामान उपहार स्वरूप प्राप्त हुन सक्छ। लामो समयदेखिको प्रेम सम्बन्धलाई विवाहमा परिणत गर्ने सहमति जुट्न सक्छ। अध्ययनमा मन लाग्ने र अनुसन्धानको क्षेत्रमा राम्रो नतिजा हात पार्न सकिनेछ। शेयर बजार तथा वित्तीय क्षेत्रमा आज गरिने लगानीबाट सोचेजस्तै आम्दानी हुन सक्छ। व्यापारबाट मनग्गे लाभ लिन सकिनेछ। वंशवृद्धिको योग छ र सन्तानको प्रगतिले मन रमाउनेछ। **कुम्भ राशि** सवारी साधन प्रयोग गर्दा विशेष सावधानी अपनाउनुहोस्, समय मध्यम छ। घरजग्गा तथा माटोसँग सम्बन्धित कामबाट केही हदसम्म लाभ लिन सकिनेछ। कृषि तथा पशुपालन व्यवसायलाई आधुनिकीकरण गरेर राम्रो फाइदा लिन सकिनेछ। आमा वा आफन्तसँग टाढिएर टाढाको यात्रा हुँदा मन खिन्न हुन सक्छ। प्रेम सम्बन्धमा सामान्य मनमुटाव आउन सक्छ। सामाजिक काममा सहभागी हुँदा राम्रो महसुस हुनेछ। **मीन राशि** समाजमा गुमेको साख फर्कनेछ र आफ्नो वर्चस्व बढाउन सकिनेछ। समयको भरपुर सदुपयोग गरेर भाग्य वृद्धि गर्न सकिनेछ र दिगो फाइदा हुने काम सुरु गर्न सकिनेछ। नियमित काममा दाजुभाइ तथा आफन्तको सहयोग मिल्ने भएकाले मन प्रसन्न रहनेछ। उत्पादनमूलक उद्योगमा लगानी बढाएर राम्रो आम्दानी गर्न सकिनेछ। छोटो, रमाइलो र उपलब्धिमूलक यात्राको सम्भावना उच्च छ। घरपरिवारमा सानोतिनो मनमुटाव आउन सक्छ, त्यसलाई धैर्यले व्यवस्थापन गर्नुहोस्। --- # आजको राशिफल | २०८३ कार्तिक १७ गते मङ्गलबार | सबै १२ राशिको विस्तृत राशिफल Source: https://newskunda.com/archives/5467 Category: राशिफल Last updated: 2026-11-03 **मेष राशि** आज नयाँ जिम्मेवारीले तपाईंको काममा जोस र उत्साह थप्नेछ। रोजगारीका लागि गरेका प्रयासहरूले नयाँ बाटो देखाउने सम्भावना छ। काममा सक्रिय रहँदा सफलता हात लाग्न सक्छ तर खानपान नमिल्दा शरीर भारी र थकान महसुस हुन सक्छ। त्यसैले खानपानमा नियमितता अपनाउनुहोस्। नजिकको सम्बन्धमा बोलीभन्दा व्यवहारलाई बढी महत्व दिनुहोस्, यसले सम्बन्ध अझ मजबुत बनाउनेछ। परिवारका सदस्यसँग खुला कुराकानी गर्दा मन हल्का हुनेछ। आज ठूला निर्णय लिनुअघि एकपटक सोचविचार गर्नु राम्रो हुन्छ। शुभ रंग बैजनी र शुभ अंक ६ रहेको छ। **वृष राशि** आज मनमा दबिएको खुसी व्यक्त गर्ने राम्रो अवसर मिल्नेछ। काममा आफ्नो सीप र क्षमता देखाउन पछि नहट्नुहोस्, यसले तपाईंलाई अगाडि बढाउनेछ। आरामको कमीले चिडचिडापन बढ्न सक्ने भएकाले छोटो विश्राम लिने बानी बसाल्नुहोस्। घरमा सानो सहयोग र सद्भावले आत्मीयता बढाउनेछ। आर्थिक मामिलामा सतर्क रहँदा फाइदा हुनेछ। प्रियजनसँग समय बिताउँदा मन आनन्दित रहनेछ। स्वास्थ्यको ख्याल राख्दै दिनलाई सकारात्मक रूपमा अगाडि बढाउनुहोस्। शुभ रंग नीलो र शुभ अंक २ रहेको छ। **मिथुन राशि** काम खोज्दै हुनुहुन्छ भने आफ्नो परिचय, अनुभव र क्षमता स्पष्ट रूपमा प्रस्तुत गर्नुहोस्। पढाइमा रटेर मात्र नभई बुझेर अभ्यास गर्दा राम्रो नतिजा आउनेछ। अनियमित भोजनले पेटमा समस्या दिन सक्ने भएकाले समयमै खाना खाने बानी बसाल्नुहोस्। मन खिन्न हुँदा विश्वासिलो व्यक्तिसँग कुरा गर्दा राहत मिल्नेछ। सामाजिक सञ्जाल वा भेटघाटमा सकारात्मक विचार राख्नुहोस्। काममा नयाँ सम्पर्क बन्ने सम्भावना छ। आज धैर्य राखेर अगाडि बढ्दा सफलता नजिक आउनेछ। शुभ रंग मरुन र शुभ अंक ९ रहेको छ। **कर्कट राशि** लामो समयको अन्योलपछि आज मनमा स्पष्टता आउनेछ। कामको चापबीच पनि विश्रामका लागि समय छुट्याउनुहोस्, यसले ऊर्जा बढाउनेछ। विद्यार्थीले आफ्नो कमजोर पक्ष पहिचान गरेर तयारी बढाउँदा राम्रो नतिजा आउन सक्छ। परिवारको पुरानो कुरा कोट्याउँदा विवाद बढ्न सक्ने भएकाले सकारात्मक विषयमा कुरा गर्नुहोस्। स्वास्थ्यमा सामान्य सुधार देखिनेछ तर थकानबाट बच्नुहोस्। आर्थिक योजना बनाउँदा सतर्क रहनुहोस्। आज आफ्नो भावनालाई नियन्त्रणमा राख्दा दिन राम्रो बित्नेछ। शुभ रंग सुन्तला र शुभ अंक ४ रहेको छ। **सिंह राशि** आज आफ्नो निर्णयमा भरोसा बढ्नेछ र आत्मविश्वास उच्च रहनेछ। आम्दानी भए पनि खर्चको सीमा नाघ्न नदिनुहोस्, बचतलाई प्राथमिकता दिनुहोस्। घाम र धुलोमा हिँड्दा स्वास्थ्यको विशेष ख्याल गर्नुहोस्। प्रेम सम्बन्धमा अपेक्षा स्पष्ट राख्दा सम्बन्ध अझ राम्रो हुनेछ। काममा नेतृत्व क्षमता देखाउने अवसर मिल्न सक्छ। परिवारका सदस्यसँग रमाइलो समय बिताउँदा मन प्रसन्न रहनेछ। आज सकारात्मक सोच राखेर अगाडि बढ्नुहोस्। शुभ रंग कलेजी र शुभ अंक १ रहेको छ। **कन्या राशि** सानो उपलब्धिले पनि आज तपाईंको आत्मबल बढाउनेछ। जागिरमा जिम्मेवारी फेरिन सक्ने भएकाले तयारी राख्नुहोस्। लगातार काम गर्दा शरीरमा थकान जम्मा हुन सक्ने भएकाले आराम आवश्यक छ। अरूको आलोचनालाई मनमा नराखी उपयोगी पक्ष मात्र लिनुहोस्। आर्थिक मामिलामा योजनाबद्ध तरिकाले अगाडि बढ्दा फाइदा हुनेछ। स्वास्थ्यमा ध्यान दिएर खानपान मिलाउनुहोस्। आज आफ्नो सीपलाई निखार्ने समय हो। शुभ रंग गुलाबी र शुभ अंक ८ रहेको छ। **तुला राशि** मनको बोझ घट्दा आज सम्बन्धमा सहजता आउनेछ। ग्राहकसँगको व्यवहारले व्यापारको छवि निर्धारण गर्ने भएकाले विनम्र रहनुहोस्। पानी कम पिउने बानी सुधार्नुहोस्, यसले स्वास्थ्यमा फाइदा पुर्याउनेछ। साथीको सफलतासँग आफ्नो तुलना नगर्नुहोस्, आफ्नो बाटोमा केन्द्रित रहनुहोस्। काममा सहयोग मिल्ने सम्भावना छ। परिवारसँग खुला कुराकानी गर्दा मन हल्का हुनेछ। आज सन्तुलन कायम राखेर दिन बिताउनुहोस्। शुभ रंग खैरो र शुभ अंक ३ रहेको छ। **वृश्चिक राशि** आफ्नो कमजोरी स्वीकार्दा आज सुधारको बाटो खुल्नेछ। कामका कागजात र महत्त्वपूर्ण कागजात सुरक्षित राख्नुहोस्। निद्रा बिग्रिएको छ भने रातिको दिनचर्या मिलाउनुहोस्। घरमा मनमुटाव भए पुरानो रिसभन्दा समाधानलाई प्राथमिकता दिनुहोस्। आर्थिक लेनदेनमा सतर्क रहनुहोस्। स्वास्थ्यमा सामान्य ध्यान पुर्याउँदा राम्रो हुनेछ। आज आत्मविश्लेषण गर्दा नयाँ दिशा पाइनेछ। शुभ रंग पहेलो र शुभ अंक ७ रहेको छ। **धनु राशि** बदलिएको परिस्थितिले आज नयाँ सम्भावना देखाउनेछ। टाढाको कामका लागि खबर वा सम्पर्क आउन सक्छ। लामो यात्रामा शरीरलाई थकाउने गरी हतार नगर्नुहोस्। मनको कुरा सही समयमा राख्दा सम्बन्धमा स्पष्टता आउनेछ। काममा नयाँ अवसर खोज्दा सफलता मिल्न सक्छ। स्वास्थ्यको ख्याल राख्दै व्यायाम गर्न नबिर्सनुहोस्। आज आशावादी रहँदा दिन राम्रो बित्नेछ। शुभ रंग हरियो र शुभ अंक ५ रहेको छ। **मकर राशि** आज आफ्नो मेहनतको मूल्य बुझ्ने दिन हुनेछ। व्यवसायमा खर्च घटाउने व्यावहारिक उपाय खोज्नुहोस्। काममा अरूको जिम्मेवारी पनि आफ्नो काँधमा नथुपार्नुहोस्। परिवारसँग भविष्यको योजना छलफल गर्दा नयाँ उपाय भेटिन सक्छ। आर्थिक स्थिरता कायम राख्न प्रयास गर्नुहोस्। स्वास्थ्यमा थकान महसुस भए आराम लिनुहोस्। आज धैर्य र मेहनतले राम्रो नतिजा दिनेछ। शुभ रंग सेतो र शुभ अंक २ रहेको छ। **कुम्भ राशि** नयाँ विचारलाई काममा उतार्ने हिम्मत आज बढ्नेछ। कारोबारमा मौखिक सहमतिमै भर नपर्नुहोस्, कागजी प्रमाण राख्नुहोस्। मानसिक थकान घटाउन केही समय शान्त गतिविधिमा बिताउनुहोस्। साथीको कुरा गोप्य राख्दा विश्वास कायम रहनेछ। सामाजिक काममा संलग्न हुँदा मन प्रसन्न रहनेछ। स्वास्थ्यको ख्याल राख्दै नियमित दिनचर्या अपनाउनुहोस्। आज सिर्जनशील सोच राखेर अगाडि बढ्नुहोस्। शुभ रंग हरियो र शुभ अंक ९ रहेको छ। **मीन राशि** मनमा कोमलता बढ्नेछ र अरूको अवस्था बुझ्न सजिलो हुनेछ। सीपबाट आम्दानी गर्ने नयाँ उपाय खोज्नुहोस्। चिल्लो खानाले असहजता दिने भए मात्रा घटाउनुहोस्। सम्बन्धमा मौन बस्नुभन्दा सही शब्द छानेर कुरा गर्नुहोस्। काममा सहयोग मिल्ने सम्भावना छ। परिवारसँग समय बिताउँदा मन शान्त रहनेछ। आज भावनात्मक सन्तुलन कायम राख्दा दिन राम्रो बित्नेछ। शुभ रंग रातो र शुभ अंक ४ रहेको छ। --- # आजको राशिफल | २०८३ कार्तिक २१ गते शनिबार | सबै १२ राशिको विस्तृत राशिफल Source: https://newskunda.com/archives/5544 Category: राशिफल Last updated: 2026-11-07 **मेष राशि** आज नयाँ जिम्मेवारीले तपाईंको आत्मविश्वास बढाउनेछ। रोजगारीको खोजीमा सकारात्मक खबर आउन सक्छ भने पढाइमा ध्यान केन्द्रित हुनेछ। कार्यक्षेत्रमा आफ्नो क्षमता देखाउने राम्रो मौका मिल्नेछ। आर्थिक पक्षमा पनि सामान्य सुधार देखिनेछ। तर खानपान र निद्रामा लापरबाही नगर्नुहोस्। अनावश्यक तनावबाट बच्नुहोस् र परिवारसँग समय बिताउँदा मन शान्त रहनेछ। आजको शुभ रंग खैरो र शुभ अंक ७ रहेको छ। यी कुरालाई ध्यानमा राखेर दिन सफल बनाउनुहोस्। **वृष राशि** व्यापारमा नयाँ ग्राहक जोडिने सम्भावना छ। आम्दानीको हिसाब मिलाउँदा बचत बढ्नेछ भने विद्यार्थीहरूलाई कठिन विषय बुझ्न सहज हुनेछ। पारिवारिक भेटघाटले मन रमाउनेछ र घरको वातावरण सुखद बन्नेछ। कार्यक्षेत्रमा धैर्य राख्दा राम्रो परिणाम आउनेछ। अनावश्यक खर्चबाट बच्नुहोस् र स्वास्थ्यमा ध्यान दिनुहोस्। आजको शुभ रंग हल्का नीलो र शुभ अंक ३ रहेको छ। यी सल्लाहअनुसार चल्दा दिन राम्रो बन्नेछ। **मिथुन राशि** आज नयाँ ठाउँमा जाने अवसर मिल्न सक्छ। कामको खोजीमा राम्रो सम्पर्क बन्नेछ भने साथीको सहयोगले समस्या सुल्झिनेछ। सञ्चार र भेटघाटबाट नयाँ अवसर आउन सक्छ। धेरै दौडधुप नगरी शरीरलाई आराम दिनुहोस्। मानसिक थकानबाट बच्न मनपर्ने काममा समय दिनुहोस्। आजको शुभ रंग कलेजी र शुभ अंक ८ रहेको छ। सन्तुलित रहेर दिन व्यतीत गर्नुहोस्। **कर्कट राशि** मनमा दबिएको कुरा व्यक्त गर्न सहज हुनेछ। रोकिएको आर्थिक काम अगाडि बढ्ने सम्भावना छ भने कार्यालयमा आफ्नो दक्षता देखाउने मौका मिल्नेछ। परिवारका सदस्यसँग खुलेर कुरा गर्दा सम्बन्ध राम्रो बन्नेछ। चिसो खानेकुराबाट सावधानी अपनाउनुहोस्। स्वास्थ्य र आराममा ध्यान दिनुहोस्। आजको शुभ रंग हल्का पहेँलो र शुभ अंक १ रहेको छ। यी कुरा पालना गर्दा दिन सुखद बन्नेछ। **सिंह राशि** आफ्नो मेहनतले नयाँ पहिचान दिलाउनेछ। व्यवसायमा प्रतिस्पर्धा बढे पनि हिम्मत नहार्नुहोस्। विद्यार्थीहरूले परीक्षाको तयारीमा गति बढाउनेछन् भने सम्बन्धमा अहंकारभन्दा समझदारी रोज्नुहोस्। सृजनात्मक काममा संलग्न हुँदा राम्रो नतिजा आउनेछ। परिवारमा आफ्नो उपस्थितिले खुसी बढाउनेछ। आजको शुभ रंग बैजनी र शुभ अंक ६ रहेको छ। आत्मविश्वासका साथ अगाडि बढ्नुहोस्। **कन्या राशि** अधुरो योजना पूरा गर्ने जाँगर चल्नेछ। जागिरमा नयाँ अवसरबारे जानकारी मिल्नेछ भने खर्चको प्राथमिकता छुट्याउनु राम्रो हुनेछ। व्यक्तिगत शान्ति र पारिवारिक विषयमा ध्यान दिन मन लाग्नेछ। आँखाको थकान कम गर्न मोबाइल घटाउनुहोस्। पुरानो असमझदारी हटाउन पहल गर्न सक्नुहुनेछ। आजको शुभ रंग गाढा हरियो र शुभ अंक ४ रहेको छ। व्यवस्थित रहेर दिन बिताउनुहोस्। **तुला राशि** सामाजिक काममा रुचि बढ्नेछ। व्यापारमा ग्राहकको प्रतिक्रिया उपयोगी हुनेछ भने पढाइका लागि नयाँ सामग्री जुट्नेछ। साथीभाइसँगको भेटघाटले मन खुसी बनाउनेछ। मनमा तनाव राख्नुभन्दा विश्वासिलो व्यक्तिसँग कुरा गर्नुहोस्। आर्थिक पक्षमा पनि सकारात्मक संकेत देखिनेछ। आजको शुभ रंग गुलाबी र शुभ अंक ९ रहेको छ। सन्तुलित व्यवहारले दिन राम्रो बनाउनेछ। **वृश्चिक राशि** आर्थिक विषयमा सावधानी अपनाउने समय छ। काममा पुरानो अनुभव उपयोगी बन्नेछ भने नयाँ सीप सिक्ने अवसर नछुटाउनुहोस्। जिम्मेवारी पूरा गर्दा अरूको विश्वास जित्न सकिनेछ। पेटको स्वास्थ्यका लागि समयमै भोजन गर्नुहोस्। प्रेम सम्बन्धमा समय दिन नसक्दा असन्तुष्टि नहोस् भन्ने ख्याल राख्नुहोस्। आजको शुभ रंग सेतो र शुभ अंक २ रहेको छ। सावधानीका साथ अगाडि बढ्नुहोस्। **धनु राशि** यात्राको योजना बन्ने सम्भावना छ। काममा नयाँ जिम्मेवारी थपिन सक्छ भने विद्यार्थीहरूले समूहमा पढ्दा फाइदा पाउनेछन्। घरका सदस्यसँग रमाइलो समय बित्नेछ। आत्मविश्वास बढाएर नयाँ काममा लाग्नुहोस्। स्वास्थ्यमा ध्यान दिनुहोस्। आजको शुभ रंग सुन्तला र शुभ अंक ५ रहेको छ। सकारात्मक सोचका साथ दिन बिताउनुहोस्। **मकर राशि** आफ्नो लक्ष्यप्रति लगन बढ्नेछ। आम्दानी बढाउने नयाँ उपाय भेटिन सक्छ भने साथीको सुझावले निर्णय लिन सहज हुनेछ। कामप्रति समर्पित रहँदा राम्रो परिणाम आउनेछ। कामको चापले आराममा बाधा नपारोस्। परिवारसँग समय मिलाउनुहोस्। आजको शुभ रंग रातो र शुभ अंक ८ रहेको छ। लगनशीलताले सफलता ल्याउनेछ। **कुम्भ राशि** नयाँ चिनजानबाट उपयोगी अवसर मिल्नेछ। कार्यक्षेत्रमा आफ्नो योजना प्रस्तुत गर्नुहोस् भने अनावश्यक ऋण लिनबाट बच्नुहोस्। सामाजिक सम्बन्ध विस्तार हुनेछ। मानसिक थकान घटाउन मनपर्ने काममा समय दिनुहोस्। स्वास्थ्य र आराममा ध्यान दिनुहोस्। आजको शुभ रंग निलो र शुभ अंक १ रहेको छ। नयाँ सोचका साथ अगाडि बढ्नुहोस्। **मीन राशि** मनमा शान्ति र सन्तोष बढ्नेछ। सीपअनुसारको कामबाट लाभ मिल्नेछ भने पढाइमा नियमित अभ्यासले सफलता नजिक ल्याउनेछ। प्रियजनसँगको कुराकानीले आत्मीयता बढाउनेछ। भावनात्मक विषयमा धैर्य राख्नुहोस्। परिवारसँग समय बिताउँदा मन हल्का हुनेछ। आजको शुभ रंग सुनौलो र शुभ अंक ६ रहेको छ। शान्त रहेर दिन व्यतीत गर्नुहोस्। --- # आजको राशिफल | २०८३ कार्तिक २२ आइतबार | सबै १२ राशिको विस्तृत राशिफल Source: https://newskunda.com/archives/5566 Category: राशिफल Last updated: 2026-11-08 **मेष राशि** आज मेष राशिका जातकहरूका लागि क्षमता प्रमाणित गर्ने र आफूलाई अगाडि ल्याउने राम्रो अवसरको दिन हो। कामकाजमा नयाँ जिम्मेवारी आउन सक्छ र तपाईंले आफ्नो दक्षता देखाउन पाउनुहुनेछ। पुराना हिसाबकिताब मिलाउने, बाँकी रहेका लेनदेन क्लियर गर्ने वा विगतका कामहरूलाई टुंग्याउने काममा सफलता मिल्नेछ जसले गर्दा आर्थिक पक्षमा सहजता आउनेछ। विद्यार्थीहरूलाई पढाइमा अलमलिएका विषयहरूमा स्पष्टता आउने र बुझाइ बढ्ने योग छ। परीक्षा वा प्रोजेक्टसँग सम्बन्धित कामहरूमा राम्रो प्रगति हुन सक्छ। यात्राको योजना बनाउँदा हतार नगर्नुहोला। अचानक यात्रा गर्नुपर्ने अवस्था आएमा सावधानी अपनाउनु राम्रो हुन्छ। स्वास्थ्यको दृष्टिले सामान्य थकान महसुस हुन सक्ने भएकाले आराम र नियमित खानपानमा ध्यान दिनुहोस्। परिवारका सदस्यहरूसँगको सम्बन्धमा आत्मीयता बढ्ने र सानोतिनो कुराकानीले मन प्रसन्न बनाउनेछ। प्रेम सम्बन्धमा रहेकाहरूका लागि सकारात्मक दिन हो, तर अनावश्यक झगडाबाट बच्नुहोला। व्यापार-व्यवसाय गर्नेहरूले नयाँ योजना बनाउन सक्ने समय छ तर ठूलो लगानी गर्नुअघि राम्रोसँग सोचविचार गर्नुहोस्। शुभ रंग खैरो र शुभ अंक ५ छ। आज सकारात्मक सोच राखेर अगाडि बढ्नुहोस्, सफलता तपाईंकै पक्षमा छ। **वृष राशि** वृष राशिका जातकहरूका लागि आज पारिवारिक सम्पत्ति वा घरजग्गासँग सम्बन्धित नयाँ कुरा उठ्न सक्ने दिन हो। यस्ता विषयमा शान्त भएर छलफल गर्नुहोस् र भावनामा बगेर निर्णय नगर्नुहोला। काममा जिम्मेवारी थपिन सक्छ तर तपाईंसँग त्यसलाई पूरा गर्ने पर्याप्त सामर्थ्य र धैर्य छ। व्यापार व्यवसायमा उधारो दिने वा लिने कुरामा विशेष सावधानी अपनाउनुहोस् किनकि पछि समस्या आउन सक्छ। नियमित हिँडडुल, व्यायाम वा योगाले शरीरलाई हलुका बनाउने र मानसिक तनाव कम गर्नेछ। आर्थिक पक्षमा स्थिरता रहने र केही पुराना कामबाट लाभ मिल्न सक्ने संकेत छ। परिवारका सदस्यहरूसँग समय बिताउँदा मन शान्त हुनेछ। प्रेम र दाम्पत्य जीवनमा समझदारी बढाउने प्रयास गर्नुहोस्। विद्यार्थीहरूका लागि पढाइमा एकाग्रता बढाउने राम्रो समय हो। स्वास्थ्यमा पेट वा पाचनसम्बन्धी सामान्य समस्या देखिन सक्ने भएकाले खानपानमा ध्यान दिनुहोस्। सामाजिक कार्यक्रममा सहभागी हुने अवसर आउन सक्छ जसले नयाँ सम्पर्क बढाउन मद्दत गर्नेछ। शुभ रंग आकाशे नीलो र शुभ अंक २ छ। आज धैर्य र विवेक अपनाएर अगाडि बढ्नुहोस्। **मिथुन राशि** मिथुन राशिका जातकहरूका लागि आज बोल्नुभन्दा सुन्ने बानीले धेरै फाइदा दिने दिन हो। अरूको कुरा ध्यान दिएर सुन्दा महत्वपूर्ण जानकारी प्राप्त हुन सक्छ र गलतफहमी कम हुन्छ। नयाँ काम वा जागिरका लागि आवेदन दिने राम्रो अवसर छ। साथीभाइको निमन्त्रणाबाट रमाइलो भेटघाट हुने र सामाजिक सम्बन्ध मजबुत हुनेछ। अनावश्यक चिन्ता र तनावले निद्रा बिगार्न सक्ने भएकाले मनलाई शान्त राख्ने प्रयास गर्नुहोस्। बौद्धिक र सिर्जनात्मक काममा संलग्न व्यक्तिहरूलाई राम्रो प्रगति हुने योग छ। लेखन, सञ्चार वा शिक्षासँग सम्बन्धित क्षेत्रमा अवसर आउन सक्छ। आर्थिक पक्ष सामान्य रहने तर अनावश्यक खर्चबाट बच्नुहोला। परिवारमा सानोतिनो कुराकानीले वातावरण राम्रो बनाउनेछ। प्रेम सम्बन्धमा रहेकाहरूले खुला कुराकानी गरेर समझदारी बढाउन सक्छन्। स्वास्थ्यमा मानसिक तनाव बढ्न सक्ने भएकाले ध्यान वा ध्यान अभ्यास गर्न सुझाव दिइन्छ। शुभ रंग कलेजी र शुभ अंक ८ छ। आज सकारात्मक ऊर्जा राखेर अगाडि बढ्नुहोस्। **कर्कट राशि** कर्कट राशिका जातकहरूका लागि आज आर्थिक योजनामा सुधार गर्ने सोच आउने र त्यसलाई कार्यान्वयन गर्ने राम्रो समय हो। पसल, व्यवसाय वा घरको सजावटमा परिवर्तन गर्दा आकर्षण बढ्ने र ग्राहक वा आगन्तुकहरूलाई राम्रो प्रभाव पर्नेछ। पढाइमा समयतालिका बनाएर अगाडि बढ्दा विद्यार्थीहरूलाई धेरै फाइदा हुनेछ। परिवारका ज्येष्ठ सदस्यहरूको सुझावलाई सम्मान गर्नुहोस् किनकि उनीहरूको अनुभवले तपाईंलाई सही बाटो देखाउन सक्छ। पारिवारिक सुख र आत्मीयता बढ्ने दिन हो। घरपरिवारसँग सम्बन्धित कुनै महत्त्वपूर्ण विषयमा निर्णय लिनुपर्ने अवस्था आउन सक्छ। कार्यक्षेत्रमा जिम्मेवारी बढ्न सक्छ तर त्यसलाई व्यवस्थापन गर्न सक्नुहुनेछ। धार्मिक वा आध्यात्मिक गतिविधिमा रुचि बढ्नेछ। भावनामा बहिएर ठूलो निर्णय नगर्नुहोला। स्वास्थ्यमा सामान्य थकान महसुस हुन सक्ने भएकाले आराम र पौष्टिक खानामा ध्यान दिनुहोस्। शुभ रंग हल्का हरियो र शुभ अंक ४ छ। आज परिवार र कामको सन्तुलन मिलाएर अगाडि बढ्नुहोस्। **सिंह राशि** सिंह राशिका जातकहरूका लागि आज सार्वजनिक काममा सक्रियता देखिने र नेतृत्व क्षमता प्रदर्शन गर्ने अवसरको दिन हो। रोकिएका निर्णयहरूले निकास पाउने र काम अगाडि बढ्नेछ। आफ्नो सीप र योग्यतासँग मिल्ने काम खोज्ने प्रयास गर्दा सफलता मिल्ने योग छ। घाम, धुलो वा प्रदूषणबाट आफ्नो स्वास्थ्य जोगाउनुहोस्। आत्मविश्वास बढ्ने र मानसम्मान प्राप्त हुने संकेत छ। आर्थिक लाभको सम्भावना रहे पनि खर्चमा नियन्त्रण आवश्यक छ। परिवारमा सुखद वातावरण रहने र सदस्यहरूसँग राम्रो सम्बन्ध हुनेछ। प्रेम सम्बन्धमा रहेकाहरूका लागि रोमान्टिक क्षण आउन सक्छ। विद्यार्थीहरूलाई पढाइमा उत्साह बढ्नेछ। व्यापार-व्यवसाय गर्नेहरूले नयाँ सम्पर्क बनाउन सक्ने समय हो। स्वास्थ्यमा ध्यान दिनुहोस् र नियमित व्यायाम गर्न नबिर्सनुहोस्। शुभ रंग सेतो र शुभ अंक ७ छ। आज आफ्नो क्षमतामा विश्वास राखेर अगाडि बढ्नुहोस्। **कन्या राशि** कन्या राशिका जातकहरूका लागि आज आफ्नो रुचिको विषयमा नयाँ जानकारी प्राप्त हुने र ज्ञान बढ्ने दिन हो। लेनदेन गर्दा रकम, मिति र सर्तहरू स्पष्ट लेख्नुहोस् ताकि पछि समस्या नहोस्। सहपाठी वा साथीहरूसँगको छलफलले पढाइको कठिनाइ हटाउन मद्दत गर्नेछ। मन खिन्न हुँदा एकान्तमा धेरै समय नबस्नुहोस्, बरु घुमफिर वा मनोरञ्जन गर्नुहोस्। योजनाबद्ध रूपमा काम गर्दा सफलता मिल्ने योग छ। व्यापार व्यवसायमा नयाँ सम्भावना देखिन सक्छ। पारिवारिक जिम्मेवारी बढ्न सक्छ तर त्यसलाई राम्रोसँग व्यवस्थापन गर्न सक्नुहुनेछ। विद्यार्थीहरूका लागि अध्ययनमा एकाग्रता बढाउने राम्रो समय हो। स्वास्थ्यमा पेटसम्बन्धी सामान्य समस्या देखिन सक्ने भएकाले खानपानमा विशेष ध्यान दिनुहोस्। शुभ रंग बैजनी र शुभ अंक १ छ। आज व्यवस्थित र अनुशासित भएर अगाडि बढ्नुहोस्। **तुला राशि** तुला राशिका जातकहरूका लागि आज व्यक्तिगत काममा पहिलेभन्दा बढी समय दिनुपर्ने र त्यसबाट सन्तुष्टि मिल्ने दिन हो। नयाँ ग्राहक वा व्यक्तिसँगको कुराकानी व्यापार वा व्यवसायका लागि उपयोगी हुनेछ। घरमा आवश्यक सामान थप्ने वा सजावट गर्ने योजना बन्न सक्छ। खानामा फलफूल र सागसब्जी समावेश गर्दा स्वास्थ्य राम्रो रहन्छ। चन्द्रमा आफ्नै राशिमा रहेकाले आत्मविश्वास र उत्साह बढ्नेछ। सामाजिक तथा व्यावसायिक क्षेत्रमा नयाँ अवसर प्राप्त हुन सक्छ। अरूको सहयोगले रोकिएका काम सम्पन्न हुनेछन्। आर्थिक पक्षमा सुधार आउने संकेत छ। प्रेम तथा दाम्पत्य सम्बन्धमा समझदारी बढ्नेछ। महत्त्वपूर्ण निर्णय गर्दा हतार नगर्नुहोला। शुभ रंग सुन्तला र शुभ अंक ६ छ। आज सन्तुलन मिलाएर अगाडि बढ्नुहोस्। **वृश्चिक राशि** वृश्चिक राशिका जातकहरूका लागि आज कुनै महत्त्वपूर्ण भेटघाटले नयाँ बाटो खोल्ने र अवसर सिर्जना गर्ने दिन हो। कार्यालय वा काममा आफ्नो कामको विवरण व्यवस्थित राख्नुहोस्। विद्यार्थीहरूका लागि पुराना प्रश्नपत्र अभ्यास गर्दा परीक्षामा फाइदा हुनेछ। नजिकको व्यक्तिसँग शंका र अविश्वास बढ्न नदिनुहोस्, खुला कुराकानी गर्नुहोस्। काममा केही ढिलासुस्ती वा मानसिक दबाब अनुभव हुन सक्छ तर धैर्य राख्नुहोस्। गोप्य योजना वा व्यक्तिगत विषय अरूलाई सुनाउँदा सावधानी अपनाउनुहोला। आर्थिक कारोबारमा जोखिम नलिनु राम्रो हुनेछ। परिवारका सदस्यसँग समय बिताउँदा मन हल्का हुनेछ। आध्यात्मिक तथा धार्मिक कार्यमा रुचि बढ्नेछ। पर्याप्त आराम गर्नुहोला। शुभ रंग गुलाबी र शुभ अंक ३ छ। आज सावधानी र धैर्य अपनाएर अगाडि बढ्नुहोस्। **धनु राशि** धनु राशिका जातकहरूका लागि आज टाढाको ठाउँबाट सुखद खबर प्राप्त हुने र मन प्रसन्न हुने दिन हो। सीपअनुसारको काममा आम्दानीको सम्भावना बढ्नेछ। नयाँ पुस्तक, अध्ययन सामग्री वा कोर्सले ज्ञानको दायरा फराकिलो बनाउनेछ। सवारी चलाउँदा गति नियन्त्रणमा राख्नुहोस् र सुरक्षामा ध्यान दिनुहोस्। साथीभाइ तथा सहयोगीबाट महत्त्वपूर्ण साथ प्राप्त हुन सक्छ। नयाँ योजना र कामको सुरुवात गर्न उत्साह बढ्नेछ। आर्थिक क्षेत्रमा सुधारका संकेत देखिन्छन्। सामाजिक कार्यमा सहभागी हुने अवसर मिल्न सक्छ। वैदेशिक क्षेत्रसँग सम्बन्धित काममा सकारात्मक प्रगति हुन सक्छ। बोल्दा र व्यवहार गर्दा मर्यादा कायम राख्नुहोला। शुभ रंग सेतो र शुभ अंक ९ छ। आज आशावादी भएर अगाडि बढ्नुहोस्। **मकर राशि** मकर राशिका जातकहरूका लागि आज कामको प्राथमिकता छुट्याउँदा समयको सदुपयोग हुने र उत्पादकत्व बढ्ने दिन हो। व्यवसायमा नयाँ सामान थप्ने वा नयाँ योजना ल्याउने विचार आउन सक्छ। सामाजिक जिम्मेवारी पूरा गर्दा प्रतिष्ठा बढ्नेछ। कम्मर र ढाडमा अनावश्यक भार नपार्नुहोस्, सही आसनमा बस्नुहोस्। कार्यक्षेत्रमा जिम्मेवारी र व्यस्तता बढ्न सक्छ। मेहनतअनुसार परिणाम प्राप्त गर्न केही समय लागे पनि निराश नहुनुहोला। उच्च पदस्थ व्यक्तिको सहयोग प्राप्त हुने सम्भावना छ। आर्थिक पक्षमा सोचविचार गरेर निर्णय लिनुहोला। पारिवारिक दायित्व पूरा गर्नुपर्ने हुन सक्छ। स्वास्थ्यमा विशेष ध्यान दिनुहोला। शुभ रंग गाढा नीलो र शुभ अंक २ छ। आज अनुशासन र मेहनतले सफलता ल्याउनेछ। **कुम्भ राशि** कुम्भ राशिका जातकहरूका लागि आज आफ्नो निर्णयप्रति दृढ रहने र आत्मविश्वास बढ्ने दिन हो। प्राविधिक वा सीपसम्बन्धी काममा प्रगति हुनेछ। घरबाहिरको कामले नयाँ मानिससँग परिचय गराउने र सामाजिक नेटवर्क बढाउनेछ। खर्च गर्दा तत्कालको चाहनाभन्दा आवश्यकतालाई प्राथमिकता दिनुहोस्। सकारात्मक सोचमा रही काम गर्नुपर्ने बेला छ। कसैको कुरा चित्त नबुझ्न सक्छ तर रिसलाई नियन्त्रण गर्नुहोस्। नयाँ आइडिया वा इनोभेसनसँग सम्बन्धित काममा सफलता मिल्न सक्छ। परिवार र साथीहरूसँग समय बिताउँदा मन प्रसन्न हुनेछ। स्वास्थ्यमा ध्यान दिनुहोस् र नियमित व्यायाम गर्न नबिर्सनुहोस्। शुभ रंग पहेलो र शुभ अंक ५ छ। आज आफ्नो मौलिकतालाई कायम राखेर अगाडि बढ्नुहोस्। **मीन राशि** मीन राशिका जातकहरूका लागि आज मनोरञ्जन र घुमफिरको चाहना बढ्ने दिन हो। पुरानो सामान बिक्री गर्दा उचित मूल्य प्राप्त हुन सक्छ। लेखन, कला, संगीत वा भाषासम्बन्धी अभ्यासमा राम्रो नतिजा मिल्नेछ। परिवारमा कसैको स्वास्थ्यबारे चासो राख्नुहोला र आवश्यक सहयोग गर्नुहोस्। तनले थकित महसुस गर्न सक्छ तर आराम गरेर ऊर्जा बढाउन सकिन्छ। कतिपय कामले तपाईंलाई पर्खिरहेका हुनेछन्, त्यसैले प्राथमिकता अनुसार अगाडि बढ्नुहोस्। सिर्जनात्मक काममा संलग्न व्यक्तिहरूलाई प्रेरणा मिल्नेछ। आर्थिक पक्षमा सानोतिनो लाभ हुन सक्छ। प्रेम सम्बन्धमा संवेदनशीलता अपनाउनुहोस्। शुभ रंग रातो र शुभ अंक ८ छ। आज आफ्नो भावनालाई सकारात्मक दिशा दिनुहोस् र अगाडि बढ्नुहोस्। --- # आजको राशिफल | २०८३ कार्तिक २५ बुधबार | सम्पूर्ण १२ राशि | Daily Rashifal Source: https://newskunda.com/archives/5604 Category: राशिफल Last updated: 2026-11-11 **मेष राशि** आज मन उत्साहित हुनेछ र आगामी कामका लागि आफूलाई तयार पार्न सक्नुहुन्छ। सहकर्मीसँगको छलफलबाट नयाँ उपाय निस्कनेछ। विद्यार्थीहरूले अभ्यासमा निरन्तरता दिँदा राम्रो उपलब्धि हासिल गर्नेछन्। परिवारको कुनै सदस्यसँग समय बिताउँदा मन हलुका हुनेछ। समग्रमा दिन राम्रै रहनेछ तर नयाँ ठूला निर्णय वा लगानीमा अलि सावधानी अपनाउनुहोला। स्वास्थ्यमा चिसोबाट जोगिनुहोस्। शुभ रंग खैरो र शुभ अंक ७ रहेको छ। **वृष राशि** कुनै कार्यक्रममा सहभागी हुने मौका मिल्न सक्छ। समयको अवस्था विचारेर आफूलाई प्रस्तुत गर्नुपर्नेछ। जसरी पनि आफ्नो काम सक्न लागिपरिनेछ। बचत गर्ने बानीले भविष्यको योजना बलियो बनाउनेछ। कृषि वा उत्पादनसँग जोडिएका काममा व्यस्तता बढ्नेछ। पुरानो मित्रसँग भेटघाटको अवसर मिल्न सक्छ। चिसोबाट जोगिनुका साथै पर्याप्त आराम गर्नुहोला। शुभ रंग निलो र शुभ अंक ८ रहेको छ। **मिथुन राशि** समसामयिक कुरामा जोड दिनुपर्नेछ। कुनै कुरालाई लिएर छलफल हुन सक्छ। जसरी पनि समयानुकूल रहने प्रयत्न गर्नुपर्नेछ। आफ्नो ज्ञान र अनुभव बाँड्ने मौका मिल्नेछ। सञ्चार तथा लेखनसम्बन्धी काममा राम्रो प्रगति हुनेछ। परिवारको साथले केही आर्थिक समस्या हल्का हुन सक्छ। स्वास्थ्य सामान्य रहनेछ तर थकान महसुस हुन सक्छ। **कर्कट राशि** काम गर्ने जाँगर बढ्नेछ। सबै कुरा यथायोग्य रूपमा मिल्दै जानेछन्। पारिवारिक वातावरण सुमधुर रहनेछ। नोकरी वा पेशामा अधिकारी वर्गबाट सहयोग पाइने सम्भावना छ। साझेदारी व्यापारमा लाभ रहनेछ। पहिला गरेको कामको रकम हात लाग्न सक्छ। स्वास्थ्य सबल रहनेछ। परिवारसँग बढी समय बिताउँदा मन शान्त हुनेछ। **सिंह राशि** घरायसी काममा व्यस्त भइनेछ। अत्यावश्यक काममा जोड दिनुपर्नेछ। कुनै इष्टमित्रसित भेटघाट हुन सक्छ। कामको सन्दर्भमा विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्नेछ। आय आर्जनका नयाँ स्रोतहरू फेला पर्न सक्छन्। नोकरी वा पेशामा शंकालु मनले कुनै निर्णय नलिनुहोला। स्वास्थ्यमा नियमित दिनचर्या राख्नुहोस्। **कन्या राशि** विभिन्न कामकुराले अलिक व्यस्त भइनेछ। सकेसम्म बेलैमा काम सक्ने प्रयास हुनेछ। मिलेसम्म आफू निम्ति पनि केही समय छुट्याइनेछ। सानो प्रयासले राम्रो नतिजा आउन सक्छ। विद्यार्थीहरूलाई पठनपाठनमा मन लाग्नेछ। गुरुजनहरूको साथले अप्ठ्यारा चुनौतीहरू पनि सजिलै सम्पादन गर्न सकिनेछ। आजको दिन नयाँ अवसर लिएर आउनेछ। **तुला राशि** सानातिना काम पनि आफैं गर्नुपर्दा भ्याइनभ्याई हुन सक्छ। समय र कामको तालमेल मिलाउन सके आफैंलाई सजिलो हुनेछ। कसैको भर नपरी काम गर्नु नै राम्रो हुनेछ। कार्यक्षेत्रमा श्रमको उचित मूल्यांकन मिल्न गाह्रो हुन सक्छ। नयाँ निर्णय लिनुभन्दा अघि सोचविचार गर्नुहोस्। खर्चमा ध्यान दिनुहोस् र कुराकानीमा संयम अपनाउनुहोस्। **वृश्चिक राशि** आफूले आफैंलाई समय दिन पाइनेछ। अत्यावश्यक कामका लागि आफूलाई तम्तयार गरिनेछ। जसरी पनि आफूखुसी रहने प्रयत्न गरिनेछ। प्रियजनहरूको आगमनले दिन रमाइलो रहनेछ। शुभचिन्तकहरूको सहयोग प्राप्त हुनेछ। सांगीतिक र कलाको क्षेत्रमा विशेष सफलता मिल्न सक्छ। व्यापार व्यवसायमा लाभ रहनेछ। **धनु राशि** मन खुसी बन्दा सबै काम सहज लाग्नेछन्। जसले जे भने गरे पनि खासै वास्ता गरिने छैन। आफ्नै कामकाजमा आफूलाई व्यस्त गराइनेछ। विद्यार्थीहरूको लागि समय निकै उत्साहजनक रहनेछ। नयाँ अध्ययनमा सफलता मिल्नेछ। कार्यक्षेत्रमा चुनौतीपूर्ण कार्य सम्पादन गर्न सफलता मिल्नेछ। खर्च र दौडधूप बढ्न सक्ने भएकाले आराम पर्याप्त लिनुहोस्। **मकर राशि** कुनै कामको जिम्मेवारीले व्यस्त बनाउनेछ। सकेसम्म आफू निम्ति पनि केही समय छुट्याउनुपर्नेछ। पारिवारिक स्वास्थ्य र खानपानमा ध्यान दिनुपर्ने बेला छ। विगतका निर्णयहरूले कार्यक्षेत्रमा चुनौती लिएर आउन सक्छ। महत्वाकांक्षी योजनाहरू गोप्य राख्दा फाइदा हुनेछ। कार्यक्षेत्रमा सन्तान वा परिवारको सहयोग प्राप्त हुन सक्छ। **कुम्भ राशि** सकारात्मक सोचमा रही काम गर्नुपर्ने बेला छ। कसैको कुरा चित्त नबुझ्न सक्छ। मनमा रिस उठिहाले पनि त्यसलाई नियन्त्रण गर्नु उचित हुनेछ। नोकरी वा पेशामा प्रभाव बढ्नेछ। उद्योग व्यापारमा आर्थिक लाभ हुने कार्य प्रारम्भ गर्न सकिनेछ। अप्रिय लागे पनि अरूको कुरालाई महत्व दिनुहोस्। मौसमी बिमारीबाट आफूलाई जोगाउनुहोस्। **मीन राशि** तनले थकित महसुस गर्न सक्छ। कतिपय कामले तपाईंलाई नै पर्खिबसेका हुनेछन्। काम हेरी क्रमशः अत्यावश्यक काममा जोड दिनुपर्नेछ। व्यापार व्यवसायमा धन लाभ हुनेछ। साहस र पराक्रमले शत्रुहरू पराजित हुनेछन्। विपरीत परिस्थितिमा पनि साथीभाइहरूले राम्रो सहयोग दिनेछन्। अनलाइन लेनदेन होसियारसाथ गर्नुहोला। यो थियो आजको विस्तृत राशिफल। कुन राशि कस्तो लाग्यो कमेन्टमा लेख्नुहोस्। भिडियो --- # आजको राशिफल: २०८३ कार्तिक १८ गते, बुधबार Source: https://newskunda.com/archives/5480 Category: राशिफल Last updated: 2026-11-04 **मेष राशि** आज कार्यक्षेत्रमा काम बिग्रने डरले मनमा अज्ञात भय र चिन्ता रहन सक्छ। तर यदि सम्पत्तिलाई लिएर कुनै कानुनी समस्या थियो भने आज त्यो समस्या सुल्झिने सम्भावना प्रबल छ। पारिवारिक भ्रमणको राम्रो योग देखिन्छ, जसले मनलाई हल्का बनाउनेछ। व्यापार–व्यवसायमा नयाँ योजनाहरू बन्ने र भविष्यका लागि राम्रो आधार तयार हुने संकेत छ। शुभ रंग पहेँलो र शुभ अंक ७ रहेको छ। आज धैर्य राखेर काम गर्नुहोस्। **वृष राशि** आज सामाजिक कार्यमा सहभागी हुँदा तपाईंको प्रतिष्ठा र मान–सम्मान बढ्नेछ। विद्यार्थीहरूलाई मानसिक बोझबाट केही राहत मिल्नेछ र मन शान्त रहनेछ। व्यापार–व्यवसायमा भने गोप्य कुराहरूलाई सकेसम्म गोप्य राख्ने प्रयास गर्नुहोस्, नत्र अनावश्यक समस्या आउन सक्छ। शुभ रंग सुन्तला र शुभ अंक ६ रहेको छ। आज अरूसँग मिलिजुली काम गर्दा फाइदा हुनेछ। **मिथुन राशि** आर्थिक कारोबारमा कुनै नयाँ निर्णय लिनुअघि जानकार व्यक्ति वा विज्ञको सल्लाह अवश्य लिनुहोस्। व्यापार–व्यवसायमा दीर्घकालीन योजनाहरू बन्ने र भविष्यका लागि राम्रो सोच बन्ने योग छ। विद्यार्थीहरूको भने पढाइभन्दा मनोरञ्जन र घुमफिरमा बढी समय बित्ने सम्भावना छ। शुभ रंग बैजनी र शुभ अंक ४ रहेको छ। आज हतारमा निर्णय नगर्नुहोस्। **कर्कट राशि** व्यापार–व्यवसायमा थप लगानी लगाउने राम्रो समय देखिन्छ। सन्तान पक्षबाट शुभ सूचना वा खुसीको खबर आउन सक्छ। कार्यक्षेत्रमा एउटा काम पूर्ण रूपमा सिध्याएर मात्र अर्को काम थाल्नुहोस्, नत्र अलमल हुन सक्छ। अविवाहित व्यक्तिहरूलाई विवाहको प्रस्ताव आउने सम्भावना पनि छ। शुभ रंग खैरो र शुभ अंक ३ रहेको छ। आज लगानी गर्दा सोचविचार गरेर मात्र गर्नुहोस्। **सिंह राशि** नोकरी वा पेशामा तपाईंको कुराको महत्व बढ्नेछ र अरूले तपाईंलाई गम्भीरतापूर्वक सुन्नेछन्। लामो समयदेखि रोकिएको पैसा मिल्ने सम्भावना प्रबल छ। पुरानो साथीसँग अचानक भेटघाट हुन सक्छ, जसले पुराना सम्झना ताजा बनाउनेछ। सवारी साधन चलाउँदा भने विशेष सावधानी अपनाउनुपर्ने हुन्छ। शुभ रंग हल्का निलो र शुभ अंक ५ रहेको छ। आज आत्मविश्वासका साथ अघि बढ्नुहोस्। **कन्या राशि** आज तपाईं ऊर्जावान र सक्रिय रहनुहुनेछ। व्यापार–व्यवसायलाई विस्तार गर्ने राम्रो अवसर मिल्नेछ। राजनीतिक वा सामाजिक क्षेत्रमा कुनै जिम्मेवारी वा अवसर आउन सक्छ। विद्यार्थीहरूको पढाइमा मन राम्ररी लाग्नेछ र राम्रो प्रगति हुने संकेत छ। शुभ रंग पहेँलो र शुभ अंक ९ रहेको छ। आज आफ्नो क्षमताको पूर्ण उपयोग गर्नुहोस्। **तुला राशि** राजनीतिक वा सामाजिक क्षेत्रमा तपाईंको प्रभाव बढ्नेछ। नोकरी वा पेशामा मनोबल उच्च रहनेछ र काममा उत्साह आउनेछ। कार्यक्षेत्रमा दीर्घकालीन योजनाहरू बन्ने र भविष्यका लागि राम्रो सोच बन्ने योग छ। प्रेम सम्बन्धमा छोटो तर मिठो यात्रा वा भेटघाटको सम्भावना रहन्छ। शुभ रंग निलो र शुभ अंक ९ रहेको छ। आज सन्तुलन कायम राखेर अघि बढ्नुहोस्। **वृश्चिक राशि** कार्यक्षेत्रमा आत्मविश्वास बढ्नेछ र तपाईंले आफ्नो क्षमता देखाउन सक्नुहुनेछ। नजिकका आफन्तहरूको भेटघाटले मन प्रसन्न र खुसी रहनेछ। नोकरी वा पेशामा उच्च अधिकारीको साथ र सहयोग मिल्ने सम्भावना छ। सन्तानको करियर वा शिक्षाका लागि ठूलो धन खर्च हुने योग देखिन्छ। शुभ रंग गुलाबी र शुभ अंक ७ रहेको छ। आज परिवारसँग समय बिताउनुहोस्। **धनु राशि** मनले सोचेअनुसार काम गर्न सकिनेछ र इच्छाहरू पूरा हुने संकेत छ। आफ्नो कुरालाई स्पष्ट रूपमा अभिव्यक्त गर्न संकोच नगर्नुहोस्। कार्यक्षेत्रमा प्रभावशाली उपस्थिति रहनेछ र अरूले तपाईंलाई गम्भीरतापूर्वक लिनेछन्। साथीभाइहरूसँगको सम्बन्ध अझ प्रगाढ र बलियो बन्नेछ। शुभ रंग निलो र शुभ अंक ३ रहेको छ। आज खुलेर आफ्ना विचार राख्नुहोस्। **मकर राशि** आफ्नो विचार र योजनाहरूलाई क्रियान्वित गर्न सफल हुनुहुनेछ। घरायसी जिम्मेवारीले केही व्यस्तता रहनेछ तर काम व्यवस्थित रूपमा अघि बढ्नेछ। शिक्षाको क्षेत्रमा नयाँ अवसरहरू मिल्ने सम्भावना छ। विद्यार्थीहरूको पढाइमा मन राम्ररी लाग्नेछ र राम्रो नतिजा आउने संकेत छ। शुभ रंग सेतो र शुभ अंक २ रहेको छ। आज अनुशासनका साथ काम गर्नुहोस्। **कुम्भ राशि** आफ्नो योग्यतालाई सही रूपमा विचार गरेर आत्मविश्वासका साथ निर्णय लिनुहोस्, सफलता मिल्नेछ। कमजोरीहरूलाई सुधार्दै जीवनशैलीमा सकारात्मक परिवर्तन ल्याउने राम्रो समय छ। विद्यार्थीहरूको बौद्धिक क्षमताको प्रशंसा हुने र अरूबाट सम्मान मिल्ने संकेत छ। शुभ रंग हल्का निलो र शुभ अंक २ रहेको छ। आज आफूलाई सुधार्ने अवसरको सदुपयोग गर्नुहोस्। **मीन राशि** लामो समयदेखि रोकिएका कामहरू आज बन्ने र अघि बढ्ने सम्भावना छ। अध्ययन र सृजनात्मक क्षेत्रमा विकास हुने र नयाँ विचार आउने योग छ। व्यापार–व्यवसायमा पिताको साथ र सहयोग मिल्नेछ। तर पिताको स्वास्थ्यलाई लिएर केही चिन्ता रहन सक्छ, त्यसैले ध्यान दिनुहोस्। शुभ रंग हरियो र शुभ अंक ५ रहेको छ। आज पुराना कामहरू पूरा गर्ने प्रयास गर्नुहोस्। --- # कार्तिक १५ गते आइतबारको राशिफल २०८३ | कुन राशिलाई कस्तो दिन? Source: https://newskunda.com/archives/5383 Category: राशिफल Last updated: 2026-11-01 **मेष राशि** आजको दिन सामान्य रहनेछ। आफन्तले विरोध गरेको सुन्नुपर्ने हुनसक्छ। ठूला व्यक्तिहरूको सम्मान गर्न सके सोचेको काम बन्नेछ। शिक्षामा थप मिहिनेत गर्नुपर्ने दिन छ। विपक्षीले आक्रमण गर्ने सम्भावना भएकाले व्यवहार गर्दा सचेत रहनुहोस्। नसोची निर्णय लिने बानीले अप्ठ्यारो पार्न सक्छ। तत्कालको फाइदा हेर्दा पछि घाटा हुन सक्छ। काम बिग्रने डरले सताउन सक्छ। महत्त्वाकांक्षी योजना गोप्य राख्नुहोस्। साथीभाइ टाढिनाले रोकिएको काम बनाउन समस्या पर्न सक्छ। **वृष राशि** दिन सामान्य छ तर हरेक क्षेत्रमा संघर्ष गर्नुपर्ने देखिन्छ। धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गर्नु उचित हुन्छ। स्वास्थ्यमा सुधार हुनेछ। शिक्षामा गरेको प्रयास सफल हुने योग छ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ। हिम्मतले काम बन्नेछ। लगनशीलताले जीवनशैलीमा परिवर्तन ल्याउन सक्छ। छोटो समयमा उपलब्धि हात लाग्नेछ। स्रोत-साधन जुट्नाले कर्मको उचित प्रतिफल मिल्नेछ। रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ। उद्योग र व्यापारमा फाइदा हुनेछ। शत्रु र प्रतिस्पर्धीलाई सजिलै हराउन सकिनेछ। **मिथुन राशि** दिन राम्रो रहनेछ। गुरुसँगको भेटले मनमा शान्ति मिल्नेछ। सम्पत्तिको सदुपयोग गर्नुपर्ने दिन छ। आफन्तको सहयोग मिल्नेछ। परिवारको साथमा रमाइलो गर्ने अवसर प्राप्त हुनेछ। सुखद समाचारले दिन उत्साहपूर्ण रहनेछ। बोलीको भरमा चिताएको काम बन्नेछ। आफ्नो क्षेत्रमै प्रभाव जमाउन सकिनेछ र सम्मानित स्थान प्राप्त हुन सक्छ। तारिफयोग्य कामले राम्रो उपलब्धि दिलाउनेछ। सानो प्रयत्नले फाइदा बढ्नेछ। व्यापारमा पनि प्रशस्त लाभ हुनेछ। अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ। **कर्कट राशि** दिन राम्रो छ। सोचेको काम बन्नेछ। सामाजिक र राजनीतिक क्षेत्रमा काम गर्ने हिम्मत गर्नुपर्ने देखिन्छ। आज ठूला योजना बन्नेछन्। स्वास्थ्यमा जोखिम बढ्ने सम्भावना छ। स्वदेशमै लगानीको अवसर प्राप्त हुनेछ। तारिफयोग्य काम सम्पादन हुनाले प्रशंसकहरू बढ्नेछन्। ज्ञान, कला र व्यक्तित्व निखार्ने समय छ। आकर्षक उपहारले उत्साह जगाउनेछ। विभिन्न अवसरले पछ्याउनेछन्। आफन्तसँग रमाइलो भेटघाट हुनेछ। स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ। लक्ष्यअनुसार समयमै काम सम्पादन हुनेछ। **सिंह राशि** दिन राम्रो रहनेछ। परिवारको साथमा रमाइलो गर्ने अवसर मिल्नेछ तर खर्च बढ्नेछ। शिक्षाको क्षेत्रमा गरेको प्रयास सफल बन्नेछ। धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गर्नु उचित हुनेछ। खर्चको जोहो गर्न अलि दौडधुप गर्नुपर्ला। अवसरको खोजीमा आफन्त र परिवारबाट टाढिनुपर्ने हुन सक्छ। छर-छिमेकमा असमझदारी बढ्न सक्छ। व्यवसायमा लगानी बढाउनुपर्ने समय छ। खर्च लागे पनि दिगो काम फेला पर्नेछ। चुनौती पन्छाउँदै रोकिएका काम सम्पादन गर्न सकिनेछ। **कन्या राशि** दिन सामान्य छ। श्रम शोषण भएको महसुस हुनेछ। राजनीतिक क्षेत्रमा भने अग्रजको साथ मिल्नेछ। परिवारभित्र गोप्य कुरा सार्वजनिक नगर्नु उचित हुन्छ। प्रेम सम्बन्धमा खटपटी बढ्नेछ। मिहिनेतले नाम, दाम र इनाम दिलाउनेछ। सानै प्रयत्नले लक्ष्यमा पुग्न सकिनेछ। दैनिक काममा पनि उल्लेख्य फाइदा हुनेछ। थोरै लगानीबाटै मनग्य नाफा उठाउन सकिनेछ। परिश्रमको फल प्राप्त हुनुका साथै आयआर्जनका स्रोत बढ्नेछन्। व्यापार तथा साझेदारीमा लाभ हुनेछ। सामाजिक प्रभाव बढ्नेछ। **तुला राशि** दिन राम्रो छ। नयाँ साथीसँगको भेटले मन शान्त बन्नेछ। ठूला व्यक्तिसँगको भेटले तपाईंलाई फाइदा हुनेछ। राजनीतिक क्षेत्रमा थप मिहिनेत गर्नुपर्ने हुनसक्छ। परिवारमा खुसी साट्ने अवसर प्राप्त होला। प्रयत्न गर्दा सजिलै लक्ष्यमा पुग्न सकिनेछ। विभिन्न अवसरले पछ्याउनेछन् भने भविष्यका लागि दिगो फाइदा हुने काममा जग बसाउने मौका छ। मिहिनेतले नाम, दाम र इनाम दिलाउन सक्छ। कामको सन्दर्भमा विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्न सक्छ। नोकरी तथा व्यवसायमा विशेष फाइदा होला। **वृश्चिक राशि** पठनपाठनमा मन जानेछ। सामाजिक काममा दिन बित्नेछ। सामाजिक क्षेत्रमा तपाईंको प्रशंसा हुनेछ। आफ्नो कामप्रति सन्तुष्टि बढ्नेछ। पारिवारिक मेलमिलाप हुनेछ। विशेष अवसरले मन प्रफुल्लित हुनेछ। टाढिएका साथीभाइ नजिकिनाले हर्ष बढ्नेछ। भाग्यले विभिन्न अवसर थमाउनेछ। लोकप्रियताले पदीय जिम्मेवारी दिलाउनेछ। अध्यात्मभाव जागृत हुनाले परोपकारमा मन जानेछ। धेरैले कामको तारिफ गर्नेछन्। शुभचिन्तकहरूले साथ दिनाले पहिलेको चुनौती समाप्त होला। **धनु राशि** दिन सामान्य छ। यात्रामा जोखिम छ। समय र सम्पत्ति खर्च भए पनि सोचेको काम बन्नेछ। धार्मिक क्षेत्रका व्यक्तिसँगको भेटले मन शान्त बन्नेछ। विपक्षी सक्रिय भएकाले थोरै बोलेर अगाडि बढ्नु उचित हुन्छ। चिताएका काममा नसोचेका समस्या देखिनेछन् र सहयोग गर्नेहरू कमै भेटिनेछन्। सामान्य काममा बढी धन र श्रम खर्चनुपर्ला। कामको चाप बढ्नेछ भने शरीरमा कमजोरी तथा आलस्य अनुभूति हुनेछ। स्वास्थ्यका लागि व्यायाम तथा आहारविहारमा ध्यान पुऱ्याउनुहोस्। नतिजा कमजोर देखिनाले काम दोहोर्याउनुपर्ला। **मकर राशि** दिन राम्रो छ। डुब्न लागेको धन प्राप्त हुनेछ। स्वास्थ्यमा सुधार हुनेछ। विपक्षीको विवादले तपाईंलाई फाइदा हुनेछ। राजनीतिक क्षेत्रमा अगाडि बढ्न हिम्मत गर्नुपर्ने योग छ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ। राम्रो कर्मफल प्राप्त हुनाले मन प्रसन्न रहनेछ। विभिन्न सहयोग र उपहार पाइनेछ। मन मिल्ने साथी भेटिनुका साथै प्रेम र मित्रताको बन्धन कसिने सम्भावना छ। सुखदुःखमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन् र परिवारजनको साथले नयाँ आशा जगाउनेछ। कामको चापबाट पनि फुर्सद पाइनेछ। **कुम्भ राशि** स्वास्थ्यमा समस्या हुनेछ। परिवारको साथ मिल्नेछ। राजनीतिक क्षेत्रमा सक्रिय नहुँदा फाइदा हुनेछ। सामाजिक कामले तपाईंको नाम र दाम बढ्नेछ। शिक्षामा प्रगति हुनेछ। स्रोतसाधन जुट्नाले मेहनतीहरूका लागि समय निकै उत्साहजनक रहनेछ। द्वेष तथा ईर्ष्या गर्नेहरूले हार खानेछन्। शत्रु र रोगमाथि विजय प्राप्त हुनेछ। पराक्रमद्वारा अधिकार स्थापित गर्न सकिनेछ। व्यापारलगायत आर्थिक लाभ हुने नयाँ काम प्रारम्भ हुनेछ। रोकिएका काम बन्नाले पनि उत्साह जाग्नेछ। **मीन राशि** दिन राम्रो छ। सम्पत्तिको स्रोत पत्ता लाग्नेछ। डुब्न लागेको धन प्राप्त हुनेछ। सहकर्मीसँगको सहकार्य सहज बन्नेछ। शिक्षा र स्वास्थ्यको क्षेत्रमा प्रगति हुनेछ। विदेशी लगानीमा नाफा हुनेछ। बौद्धिक कार्यबाट धनलाभ हुनेछ। आफ्नो प्रतिभा अरूलाई देखाउन सकिनेछ। गुरुजनको विशेष सहयोग जुट्नेछ। प्रयत्न गरेका काम ढिलै सम्पादन भए पनि उपलब्धि राम्रै पाइनेछ। पढाइलेखाइमा प्रगति हुनेछ। स्वास्थ्य सबल रहनेछ। अवरोध स्वतः समाप्त हुनेछ। --- # तपाईको आजको राशिफल यस्तो रहेको छ Source: https://newskunda.com/archives/156 Category: राशिफल Last updated: 2022-01-02 **मेष राशिफल ** पिउँदा र खाँदा होसियार हुनुहोस्। बेवास्ताले तपाईंलाई बिरामी बनाउन सक्छ। संयुक्त उद्यम र शंकास्पद वित्तीय योजनाहरुमा लगानी नगर्नुहोस्। तपाईंले आफ्नो घरको वातावरणमा अनुकूल परिवर्तन ल्याउनुहुनेछ। तपाईंको प्रेम बहुमूल्य कुराहरू जस्तै ताजा राख्नुहोस्। आज अनुकूल ग्रहहरूले खुसी महसुस गर्ने प्रशस्त कारणहरू ल्याउनेछन्। तपाईंका वरिपरिका मानिसहरूलाई यस्तो काम गर्न सक्नेछन् जसले गर्दा तपाईंको जीवनसाथी फेरी तपाईंमा समर्पित हुनेछन्। **Lucky Number :- **6 **Lucky Color :- **Transparent and Pink **वृष राशिफल** तपाईंलाई रोमाञ्चक र तनाउमुक्त राख्ने गतिविधिहरुसँग संलग्न हुनुहोस्। यो आफ्नो तर्फबाट धेरै प्रयास नगरिकन अरूको ध्यान आकर्षित गर्ने राम्रो दिन हो। आज तपाईंको धडकन आफ्नो साथीको प्रेमको संगीत तालमा लीन हुनेछ। सेवकहरू – सहकर्मी र सह-कामदारहरूको समस्यालाई छोड्नु सकिंदैन। असहमतिको श्रृङ्खला धेरै बढ्नेछ र तपाईंको जोडीसित झगडा मिलाउन धेरै गाह्रो हुनेछ। **Lucky Number :- **5 **Lucky Color :- **Green and Turquoise **मिथुन राशिफल ** तपाईं दीर्घ रोगबाट छुटकारा पाउन सक्नुहुन्छ। एउटा पुरानो सम्पर्कले तपाईंलाई केही समस्यामा पार्न सक्छ। आज तपाईं मुटु फुट्नबाट बच्नुहुनेछ। सेवकहरू – सहकर्मी र सह-कामदारहरूको समस्यालाई छोड्नु सकिंदैन। आज तपाईं आफ्नो जोडीसित आफ्नो किशोर अवस्थाको सम्झना गर्नुहुनेछ, र फेरि सबै निर्दोष मजाको आनन्द लिनुहुनेछ। **Lucky Number :- **3 **Lucky Color :- **Saffron and Yellow **कर्कट राशिफल** अरूको आलोचना गर्नमा आफ्नो समय बर्बाद नगर्नुहोस् किनकि यसले तपाईंको स्वास्थ्यमा असर पार्न सक्छ। आमाबाबुको सहायताले गर्दा वित्तीय बाधाहरु टर्दै गएको जस्तो देखिन्छ। तपाईंमध्ये कसैले गहना वा घरको उपकरण खरिद गर्ने सम्भावना छ। तपाईंले भिन्नै प्रकारको रोमान्स अनुभव गर्न सक्नु हुनेछ। तपाईंको हावी मनोवृत्तिले आफ्ना सहकर्मीबाट आलोचना हुनेछ। आफ्नो जोडीको स्वास्थ्यले तपाईंलाई चिन्तित राख्न सक्छ। **Lucky Number :- **6 **Lucky Color :- **Transparent and Pink **सिंह राशिफल ** तपाईं दीर्घ रोगबाट छुटकारा पाउन सक्नुहुन्छ। आफ्नो परिवारको हितको लागि कठिन काम गर्नुहोस्। तपाईंको कार्य प्रेम र सकारात्मक दृष्टिद्वारा गरिएको हुनुपर्छ, तर लोभद्वारा होइन। धार्मिक र शुद्ध प्रेमको अनुभव गर्नुहोस्। तपाईंले वरिपरिका महत्वपूर्ण निर्णय गर्ने मानिसहरूलाई आफ्नो विचार प्रकट गर्नु भयो भने फाइदा हुनेछ – तपाईंलाई आफ्नो समर्पण र निष्कपटताका लागि सराहना गरिने सम्भावना छ। तपाईं आफ्नो जोडीको प्रेम पाउन इच्छुक हुनुहुन्छ भने, आज यो इच्छा पूरा हुनेछ। **Lucky Number :- **5 **Lucky Color :- **Green and Turquoise **कन्या राशिफल** आफ्नो शारीरिक तन्दुरूस्ती कायम गर्नको लागि तपाईंले आज केही खेल गतिविधिहरूको आनन्द लिने सम्भावना छ। घरको श्रृंगार बाहेक बच्चाहरुको आवश्यकता पनि हेर्नुहोस्। व्यवस्थित भए तापनि छोराछोरी बिनाको घर प्राणहीन हुन्छ। बच्चाहरुले घरमा इनाम र आनन्द थप्दछन्। तपाईं प्रेम प्रस्ताव राखेर धेरै खुशी हुनुहुनेछ किनकि यसले तपाईंको भारी हलुँगो पार्नेछ। आज आफ्नो जीवनसाथीले तपाईंलाई एउटी परीले झै अतिरिक्त हेरचाह गर्नेछन्। **Lucky Number :- **3 **Lucky Color :- **Saffron and Yellow **वृश्चिक राशिफल ** आज तपाईं ऊर्जावान हुनु हुनेछ, तपाईंले जे गर्नुहुन्छ, त्यो तपाईंले साधारण रूपमा गर्ने भन्दा आधी समयमा गर्न सक्षम हुनुहुनेछ। आफ्नो परिवारलाई उचित समय दिनुहोस्। तिनीहरूलाई तपाईंले ध्यान दिनुहुन्छ भन्ने महसुस गराउनुहोस्। तिनीहरूसँग आफ्नो गुणस्तरको समय बिताउनुहोस्। गुनासो गर्ने कुनै पनि मौका नदिनुहोस्। प्रेममा आफ्नो अशिष्ट व्यवहारको लागि क्षमा याचना गर्नुहोस्। तपाईंमा धेरै हासिल गर्ने क्षमता छ – त्यसैले तपाईंको बाटोमा आएका अवसर नछोड्नुहोस्। तपाईंको कार्य व्यस्तताको कारणले तपाईंको जोडीले तपाईंको इमानदारी प्रति शङ्का गर्न सक्छ, तर दिनको अन्त्यमा उनले कुरा बुझेर तपाईंले अंगाल्ने छन्। **Lucky Number :- **7 **Lucky Color :- **Cream and White **धनु राशिफल** स्वास्थ्यमा ध्यान दिनुहोस र वस्तुहरू क्रमबद्द राख्नुहोस्। आफन्त / मित्रहरू अद्भुत साँझको लागि आउन सक्छन्। तपाईंका जोडीको मूड धेरै राम्रो नभए झैं लाग्दैछ, यसैले कुराहरू सही तरीकाले संचालन गर्नुहोस्। कठिन चरण पछि, आज तपाईंको काममा केहि राम्रो कुरा हुनाले आश्चर्य हुनेछ। आफ्नो जोडीको अशिष्ट व्यवहारले आज तपाईंलाई केही कष्ट हुन सक्छ। **Lucky Number :- **4 **Lucky Color :- **Brown and Grey मकर राशिफल (Friday, November 19, 2021) तपाईंले आफ्नो तनाउ हटाउन सक्नुहुन्छ। आफ्नो हँसिलो प्रकृतिले सामाजिक जमघटमा तपाईंलाई लोकप्रिय बनाउनेछ। तपाईंले राम्रो व्यवहार गर्नु आवश्यक छ किनभने तपाईंको प्रेमी धेरै अप्रत्याशित मुडमा हुनेछ। सबै कुराहरू नपढीकन कुनै पनि व्यापार / कानुनी कागजातमा हस्ताक्षर नगर्नुहोस्। आज तपाईंको जोडी आफ्नो कामसँग यति आशक्त हुन सक्छ जसले गर्दा तपाईंले उदास महसुस गर्नु हुनेछ। **Lucky Number :- **4 **Lucky Color :- **Brown and Grey **मकर राशिफल ** तपाईंले आफ्नो तनाउ हटाउन सक्नुहुन्छ। आफ्नो हँसिलो प्रकृतिले सामाजिक जमघटमा तपाईंलाई लोकप्रिय बनाउनेछ। तपाईंले राम्रो व्यवहार गर्नु आवश्यक छ किनभने तपाईंको प्रेमी धेरै अप्रत्याशित मुडमा हुनेछ। सबै कुराहरू नपढीकन कुनै पनि व्यापार / कानुनी कागजातमा हस्ताक्षर नगर्नुहोस्। आज तपाईंको जोडी आफ्नो कामसँग यति आशक्त हुन सक्छ जसले गर्दा तपाईंले उदास महसुस गर्नु हुनेछ। **Lucky Number :- **4 **Lucky Color :- **Brown and Grey **कुम्भ राशिफल ** तपाईं आफैंलाई राम्रो बनिएको महसुस गराउनको लागि काम गर्ने अद्भुत दिन। बन्धन र जोडिनुसँग सम्बन्धको नवीकरणको लागि सही दिन। आज तपाईंको आत्मीय भएर जोडिने अनुरोध गर्ने कसैसँग भेट हुने बलियो सम्भावना छ। तपाईंले आज आफ्नो काममा प्रगति देख्न सक्नु हुनेछ। गफ र अफवाहहरुबाट टाढा रहनुहोस्। आफ्नो जीवनसाथीले तपाईंलाई सबैभन्दा खुशी व्यक्ति बनाउन आज धेरै प्रयास गर्नेछन्। **Lucky Number :- **2 **Lucky Color :- **Silver and White **मीन राशिफल ** धार्मिक र आध्यात्मिक चासोको पालना गर्ने आज पनि एउटा राम्रो दिन हो। वित्तीय अवरोधबाट बच्नको लागि आफ्नो बजेट हेर्नुहोस्। आफ्नो ठूलो पार्टी सबैलाई लिनुहोस् – आज तपाईंसँग आफ्नो समूहको लागि कार्यक्रम संगठित गर्ने ऊर्जाको अतिरिक्त मात्रा हुनेछ। तपाईंले अब उप्रान्त आफ्नो कामुक कल्पनामा बारेमा सपना देख्नु आवश्यक छैन; तिनीहरू आज साँचो हुन सक्छन्। तपाईं एउटा टोली सँगै राखेर सामूहिक लक्ष्यमा काम गर्ने बलियो स्थितिमा हुनुहुनेछ। विवाह दैवले मिलाउँछ; आफ्नो जोडीले आज तपाईंलाई यो साबित गर्नेछन्। **Lucky Number :- **9 **Lucky Color :- **Red and Maroon --- # तपाईको आजको राशिफल यस्तो रहेको छ Source: https://newskunda.com/archives/163 Category: राशिफल Last updated: 2022-01-02 **मेष राशिफल ** पिउँदा र खाँदा होसियार हुनुहोस्। बेवास्ताले तपाईंलाई बिरामी बनाउन सक्छ। संयुक्त उद्यम र शंकास्पद वित्तीय योजनाहरुमा लगानी नगर्नुहोस्। तपाईंले आफ्नो घरको वातावरणमा अनुकूल परिवर्तन ल्याउनुहुनेछ। तपाईंको प्रेम बहुमूल्य कुराहरू जस्तै ताजा राख्नुहोस्। आज अनुकूल ग्रहहरूले खुसी महसुस गर्ने प्रशस्त कारणहरू ल्याउनेछन्। तपाईंका वरिपरिका मानिसहरूलाई यस्तो काम गर्न सक्नेछन् जसले गर्दा तपाईंको जीवनसाथी फेरी तपाईंमा समर्पित हुनेछन्। **Lucky Number :- **6 **Lucky Color :- **Transparent and Pink **वृष राशिफल** तपाईंलाई रोमाञ्चक र तनाउमुक्त राख्ने गतिविधिहरुसँग संलग्न हुनुहोस्। यो आफ्नो तर्फबाट धेरै प्रयास नगरिकन अरूको ध्यान आकर्षित गर्ने राम्रो दिन हो। आज तपाईंको धडकन आफ्नो साथीको प्रेमको संगीत तालमा लीन हुनेछ। सेवकहरू – सहकर्मी र सह-कामदारहरूको समस्यालाई छोड्नु सकिंदैन। असहमतिको श्रृङ्खला धेरै बढ्नेछ र तपाईंको जोडीसित झगडा मिलाउन धेरै गाह्रो हुनेछ। **Lucky Number :- **5 **Lucky Color :- **Green and Turquoise **मिथुन राशिफल ** तपाईं दीर्घ रोगबाट छुटकारा पाउन सक्नुहुन्छ। एउटा पुरानो सम्पर्कले तपाईंलाई केही समस्यामा पार्न सक्छ। आज तपाईं मुटु फुट्नबाट बच्नुहुनेछ। सेवकहरू – सहकर्मी र सह-कामदारहरूको समस्यालाई छोड्नु सकिंदैन। आज तपाईं आफ्नो जोडीसित आफ्नो किशोर अवस्थाको सम्झना गर्नुहुनेछ, र फेरि सबै निर्दोष मजाको आनन्द लिनुहुनेछ। **Lucky Number :- **3 **Lucky Color :- **Saffron and Yellow **कर्कट राशिफल** अरूको आलोचना गर्नमा आफ्नो समय बर्बाद नगर्नुहोस् किनकि यसले तपाईंको स्वास्थ्यमा असर पार्न सक्छ। आमाबाबुको सहायताले गर्दा वित्तीय बाधाहरु टर्दै गएको जस्तो देखिन्छ। तपाईंमध्ये कसैले गहना वा घरको उपकरण खरिद गर्ने सम्भावना छ। तपाईंले भिन्नै प्रकारको रोमान्स अनुभव गर्न सक्नु हुनेछ। तपाईंको हावी मनोवृत्तिले आफ्ना सहकर्मीबाट आलोचना हुनेछ। आफ्नो जोडीको स्वास्थ्यले तपाईंलाई चिन्तित राख्न सक्छ। **Lucky Number :- **6 **Lucky Color :- **Transparent and Pink **सिंह राशिफल ** तपाईं दीर्घ रोगबाट छुटकारा पाउन सक्नुहुन्छ। आफ्नो परिवारको हितको लागि कठिन काम गर्नुहोस्। तपाईंको कार्य प्रेम र सकारात्मक दृष्टिद्वारा गरिएको हुनुपर्छ, तर लोभद्वारा होइन। धार्मिक र शुद्ध प्रेमको अनुभव गर्नुहोस्। तपाईंले वरिपरिका महत्वपूर्ण निर्णय गर्ने मानिसहरूलाई आफ्नो विचार प्रकट गर्नु भयो भने फाइदा हुनेछ – तपाईंलाई आफ्नो समर्पण र निष्कपटताका लागि सराहना गरिने सम्भावना छ। तपाईं आफ्नो जोडीको प्रेम पाउन इच्छुक हुनुहुन्छ भने, आज यो इच्छा पूरा हुनेछ। **Lucky Number :- **5 **Lucky Color :- **Green and Turquoise **कन्या राशिफल** आफ्नो शारीरिक तन्दुरूस्ती कायम गर्नको लागि तपाईंले आज केही खेल गतिविधिहरूको आनन्द लिने सम्भावना छ। घरको श्रृंगार बाहेक बच्चाहरुको आवश्यकता पनि हेर्नुहोस्। व्यवस्थित भए तापनि छोराछोरी बिनाको घर प्राणहीन हुन्छ। बच्चाहरुले घरमा इनाम र आनन्द थप्दछन्। तपाईं प्रेम प्रस्ताव राखेर धेरै खुशी हुनुहुनेछ किनकि यसले तपाईंको भारी हलुँगो पार्नेछ। आज आफ्नो जीवनसाथीले तपाईंलाई एउटी परीले झै अतिरिक्त हेरचाह गर्नेछन्। **Lucky Number :- **3 **Lucky Color :- **Saffron and Yellow **वृश्चिक राशिफल ** आज तपाईं ऊर्जावान हुनु हुनेछ, तपाईंले जे गर्नुहुन्छ, त्यो तपाईंले साधारण रूपमा गर्ने भन्दा आधी समयमा गर्न सक्षम हुनुहुनेछ। आफ्नो परिवारलाई उचित समय दिनुहोस्। तिनीहरूलाई तपाईंले ध्यान दिनुहुन्छ भन्ने महसुस गराउनुहोस्। तिनीहरूसँग आफ्नो गुणस्तरको समय बिताउनुहोस्। गुनासो गर्ने कुनै पनि मौका नदिनुहोस्। प्रेममा आफ्नो अशिष्ट व्यवहारको लागि क्षमा याचना गर्नुहोस्। तपाईंमा धेरै हासिल गर्ने क्षमता छ – त्यसैले तपाईंको बाटोमा आएका अवसर नछोड्नुहोस्। तपाईंको कार्य व्यस्तताको कारणले तपाईंको जोडीले तपाईंको इमानदारी प्रति शङ्का गर्न सक्छ, तर दिनको अन्त्यमा उनले कुरा बुझेर तपाईंले अंगाल्ने छन्। **Lucky Number :- **7 **Lucky Color :- **Cream and White **धनु राशिफल** स्वास्थ्यमा ध्यान दिनुहोस र वस्तुहरू क्रमबद्द राख्नुहोस्। आफन्त / मित्रहरू अद्भुत साँझको लागि आउन सक्छन्। तपाईंका जोडीको मूड धेरै राम्रो नभए झैं लाग्दैछ, यसैले कुराहरू सही तरीकाले संचालन गर्नुहोस्। कठिन चरण पछि, आज तपाईंको काममा केहि राम्रो कुरा हुनाले आश्चर्य हुनेछ। आफ्नो जोडीको अशिष्ट व्यवहारले आज तपाईंलाई केही कष्ट हुन सक्छ। **Lucky Number :- **4 **Lucky Color :- **Brown and Grey मकर राशिफल (Friday, November 19, 2021) तपाईंले आफ्नो तनाउ हटाउन सक्नुहुन्छ। आफ्नो हँसिलो प्रकृतिले सामाजिक जमघटमा तपाईंलाई लोकप्रिय बनाउनेछ। तपाईंले राम्रो व्यवहार गर्नु आवश्यक छ किनभने तपाईंको प्रेमी धेरै अप्रत्याशित मुडमा हुनेछ। सबै कुराहरू नपढीकन कुनै पनि व्यापार / कानुनी कागजातमा हस्ताक्षर नगर्नुहोस्। आज तपाईंको जोडी आफ्नो कामसँग यति आशक्त हुन सक्छ जसले गर्दा तपाईंले उदास महसुस गर्नु हुनेछ। **Lucky Number :- **4 **Lucky Color :- **Brown and Grey **मकर राशिफल ** तपाईंले आफ्नो तनाउ हटाउन सक्नुहुन्छ। आफ्नो हँसिलो प्रकृतिले सामाजिक जमघटमा तपाईंलाई लोकप्रिय बनाउनेछ। तपाईंले राम्रो व्यवहार गर्नु आवश्यक छ किनभने तपाईंको प्रेमी धेरै अप्रत्याशित मुडमा हुनेछ। सबै कुराहरू नपढीकन कुनै पनि व्यापार / कानुनी कागजातमा हस्ताक्षर नगर्नुहोस्। आज तपाईंको जोडी आफ्नो कामसँग यति आशक्त हुन सक्छ जसले गर्दा तपाईंले उदास महसुस गर्नु हुनेछ। **Lucky Number :- **4 **Lucky Color :- **Brown and Grey **कुम्भ राशिफल ** तपाईं आफैंलाई राम्रो बनिएको महसुस गराउनको लागि काम गर्ने अद्भुत दिन। बन्धन र जोडिनुसँग सम्बन्धको नवीकरणको लागि सही दिन। आज तपाईंको आत्मीय भएर जोडिने अनुरोध गर्ने कसैसँग भेट हुने बलियो सम्भावना छ। तपाईंले आज आफ्नो काममा प्रगति देख्न सक्नु हुनेछ। गफ र अफवाहहरुबाट टाढा रहनुहोस्। आफ्नो जीवनसाथीले तपाईंलाई सबैभन्दा खुशी व्यक्ति बनाउन आज धेरै प्रयास गर्नेछन्। **Lucky Number :- **2 **Lucky Color :- **Silver and White **मीन राशिफल ** धार्मिक र आध्यात्मिक चासोको पालना गर्ने आज पनि एउटा राम्रो दिन हो। वित्तीय अवरोधबाट बच्नको लागि आफ्नो बजेट हेर्नुहोस्। आफ्नो ठूलो पार्टी सबैलाई लिनुहोस् – आज तपाईंसँग आफ्नो समूहको लागि कार्यक्रम संगठित गर्ने ऊर्जाको अतिरिक्त मात्रा हुनेछ। तपाईंले अब उप्रान्त आफ्नो कामुक कल्पनामा बारेमा सपना देख्नु आवश्यक छैन; तिनीहरू आज साँचो हुन सक्छन्। तपाईं एउटा टोली सँगै राखेर सामूहिक लक्ष्यमा काम गर्ने बलियो स्थितिमा हुनुहुनेछ। विवाह दैवले मिलाउँछ; आफ्नो जोडीले आज तपाईंलाई यो साबित गर्नेछन्। **Lucky Number :- **9 **Lucky Color :- **Red and Maroon --- # मंसिर ४, २०७८ को राशिफल यस्तो रहेको छ Source: https://newskunda.com/archives/161 Category: राशिफल Last updated: 2022-01-02 मेष Aries विशिष्ट व्यक्तित्वको सहयोग जुट्नाले विशेष अवसर पाइने समय छ। दिगो फाइदा हुने काम शुभारम्भ गर्ने अवसर जुट्नेछ। --- वृष Taurus आम्दानी सामान्य भए पनि ठूलो खाँचो टर्नेछ। खर्च भए पनि विभिन्न अवसरले पछ्याउनेछन्। मेहनत गर्दा अवसर भने पाइनेछ। --- मिथुन Gemini नयाँ व्यवसाय सुरु गर्ने मौका छ। महत्वपूर्ण काम गरेर दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। पारिवारिक भेटघाटले प्रसन्नता मिल्नेछ। --- कर्कट Cancer प्रयत्न गर्दा भाग्यले साथ दिनेछ। परिवारको सहयोगमा महत्वपूर्ण काममा सफलता मिल्नेछ। श्रमको उचित मूल्य पाइनुका साथै आम्दानी पनि बढ्नेछ। --- सिंह Leo रमाइलो यात्राको अवसर जुट्न सक्छ। मन मिल्ने साथी भेटिनुका साथै प्रेमको बन्धन समेत कसिन सक्छ। अप्ठ्यारा कामको बोझ थपिने सम्भावना छ। --- कन्या Virgo सुरुमा केही खर्च लागे पनि सोचेको काम बन्नेछ। व्यवसायमा लगानी बढाउने मौका जुर्न सक्छ। असन्तुलित खानपानले पेटको समस्या आउने समय छ। --- तुला Libra प्रशंसकहरू बढ्नेछन् र मानसम्मान समेत पाइनेछ। प्रतिस्पर्धीहरूलाई सजिलै वशमा ल्याउन सकिनेछ। सहयोगीहरू जुट्नाले व्यवसायबाट प्रशस्त फाइदा उठाउने मौका छ। --- वृश्चिक Scorpio आफ्नो क्षेत्रमा प्रभुत्व जमाउने समय छ। पैत्रिक सम्पत्तिको उपयोगबाट थप फाइदा उठाउन सकिनेछ। प्रतिष्ठित कामको जिम्मेवारी पाइनेछ। --- धनु Sagittarius विगतका कमजोरी सच्याउने मौका मिल्नेछ। विशिष्ट व्यक्तित्वको सहयोग जुट्नाले विशेष अवसर पाइने समय छ। व्यापार ब्यबसायबाट लाभ मिल्नेछ। --- मकर Capricorn काममा सुधार आउनुका साथै आस मारेको काम बन्नाले उत्साहित भइनेछ। एउटै कामबाट दोहोरो लाभ मिल्नेछ। समुदायको हितमा गरिएका कामको तारिफ हुनेछ। --- कुम्भ Aquarius सामान्य कामबाट राम्रो लाभ उठाउन सकिनेछ। लगनशीलताले महत्वपूर्ण काम दिलाउन सक्छ। मानसम्मान पनि पाइनेछ। --- मीन Pisces अध्ययन अध्यापनमा प्रगति हुनेछ। बोलीको प्रभावले धेरैलाई आकर्षित गर्नुका साथै सजिलै काम बनाउन सकिनेछ। रमाइलो यात्राको योग रहेको छ। --- # मंसिर ५ गते आइतबारको राशिफल यस्तो रहेको छ । Source: https://newskunda.com/archives/159 Category: राशिफल Last updated: 2022-01-02 मेष Aries सुरुमा केही खर्च लागे पनि सोचेको काम बन्नेछ। व्यवसायमा लगानी बढाउने मौका जुर्न सक्छ। असन्तुलित खानपानले पेटको समस्या आउने समय छ। --- वृष Taurus आम्दानी सामान्य भए पनि ठूलो खाँचो टर्नेछ। खर्च भए पनि विभिन्न अवसरले पछ्याउनेछन्। मेहनत गर्दा अवसर भने पाइनेछ। --- मिथुन Gemini नयाँ व्यवसाय सुरु गर्ने मौका छ। महत्वपूर्ण काम गरेर दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। पारिवारिक भेटघाटले प्रसन्नता मिल्नेछ। --- कर्कट Cancer प्रयत्न गर्दा भाग्यले साथ दिनेछ। परिवारको सहयोगमा महत्वपूर्ण काममा सफलता मिल्नेछ। श्रमको उचित मूल्य पाइनुका साथै आम्दानी पनि बढ्नेछ। --- सिंह Leo रमाइलो यात्राको अवसर जुट्न सक्छ। मन मिल्ने साथी भेटिनुका साथै प्रेमको बन्धन समेत कसिन सक्छ। अप्ठ्यारा कामको बोझ थपिने सम्भावना छ। --- कन्या Virgo प्रशंसकहरू बढ्नेछन् र मानसम्मान समेत पाइनेछ। प्रतिस्पर्धीहरूलाई सजिलै वशमा ल्याउन सकिनेछ। सहयोगीहरू जुट्नाले व्यवसायबाट प्रशस्त फाइदा उठाउने मौका छ। --- तुला Libra आफ्नो क्षेत्रमा प्रभुत्व जमाउने समय छ। पैत्रिक सम्पत्तिको उपयोगबाट थप फाइदा उठाउन सकिनेछ। प्रतिष्ठित कामको जिम्मेवारी पाइनेछ। --- वृश्चिक Scorpio विगतका कमजोरी सच्याउने मौका मिल्नेछ। विशिष्ट व्यक्तित्वको सहयोग जुट्नाले विशेष अवसर पाइने समय छ। व्यापार ब्यबसायबाट लाभ मिल्नेछ। --- धनु Sagittarius काममा सुधार आउनुका साथै आस मारेको काम बन्नाले उत्साहित भइनेछ। एउटै कामबाट दोहोरो लाभ मिल्नेछ। समुदायको हितमा गरिएका कामको तारिफ हुनेछ। --- मकर Capricorn सामान्य कामबाट राम्रो लाभ उठाउन सकिनेछ। लगनशीलताले महत्वपूर्ण काम दिलाउन सक्छ। मानसम्मान पनि पाइनेछ। --- कुम्भ Aquarius अध्ययन अध्यापनमा प्रगति हुनेछ। बोलीको प्रभावले धेरैलाई आकर्षित गर्नुका साथै सजिलै काम बनाउन सकिनेछ। रमाइलो यात्राको योग रहेको छ। --- मीन Pisces विशिष्ट व्यक्तित्वको सहयोग जुट्नाले विशेष अवसर पाइने समय छ। दिगो फाइदा हुने काम शुभारम्भ गर्ने अवसर जुट्नेछ। --- # अब ह्वाट्सएपमा पनि कम्युनिटी बनाउन सकिने Source: https://newskunda.com/archives/147 Category: रोचक, सूचना प्रविधि Last updated: 2022-01-02 काठमाडौं, २२ कार्तिक । अब ह्वाट्सएपले एकै पटक धेर प्रयोगकर्तालाई जोड्न सकिने गरी ‘कम्युनिटी’ फिचर ल्याउने तयारी गरिरहेका बताइएकोे छ । एडीए डेभरलरले पहिलोपटक गत अक्टोबरमा यो फिचरको विषयमा जानकारी बाहिर ल्याएका थिए । तर, त्यसमा कुनै यकिन नभएको अवस्थामा अहिले भने ‘वाबेटाइन्फोले’ ह्वाट्सएपको बेटा भर्सनबाट त्यसको पुष्टि गरेको हो । एजेन्सीको सहयोगमा --- # एप्पलद्धारा इजरायली जासुसी सफ्टवेयरविरुद्ध मुद्दा Source: https://newskunda.com/archives/153 Category: रोचक, सूचना प्रविधि Last updated: 2022-01-02 एजेन्सी । एप्पलले ह्याकिङ टूलको प्रयोग गरेर आईफोनको लक्षित गरेको भन्दै इजरायली स्पाइवेयर कम्पनी एनएसओ ग्रुप र त्यसलाई सञ्चालन गर्ने कम्पनीमाथि मुद्दा दायर गरेको छ । एनएसओको पेगासस सफ्टवेयरले आईफोन र एन्ड्रोइड दुवै किसिमको डिभाइसलाई प्रभावित पार्न सक्छ । जसमा अपरेटरलाई सन्देश, फोटो, इमेल, कल रेकर्ड, माइक्रोफोन र क्यामेरालाई गुप्तरुपले सक्रिय गर्ने अनुमति दिइन्छ । एनएसओले यो उपकरणको प्रयोग आतंकवादी तथा अपराधीलाई लक्षित गर्न सहज हो भन्ने उद्देश्यका साथ ल्याइएको दाबी गर्दै आएको छ । यद्यपि केही समयअघि यसको प्रयोग सामाजिक कार्यकर्ता, नेता तथा पत्रकारहरुमाथि पनि गरिएको खुलेको थियो । एनएसओले राम्रो मानवअधिकारको इतिहास भएका मुलुकमा मात्र यो सफ्टवेयर बेच्ने गरेको बताएको छ । यद्यपि अमेरिकाले यसै महिना यो कम्पनीलाई कालो सूचीमा राखेको बताएको छ । --- # संसाकै सबैभन्दा बुढो एरिट्रियाका १२७ वर्षीय एक व्यक्तिको निधन Source: https://newskunda.com/archives/165 Category: रोचक Last updated: 2022-01-02 **काठमाडौं ।** अफ्रिकी मुलुक एरिट्रियाका १२७ वर्षीय एक व्यक्तिको निधन भएको छ। एरिट्रियाका नाताबे तिन्सीउको १२७ वर्षको उमेरमा निधन भएको बीबीसीले जनाएको छ।उनका नाति जेरे नाताबेले हजुबुवाको नाममा सबैभन्दा धेरै वर्ष बाँच्ने व्यक्तिको विश्व कीर्तिमानमा लेखिने जनाएका छन्। आफ्नो हजुरबुवा दीर्घजीवी हुनुको कारण धैर्य, उदारता र आनन्दित जीवन रहेको बताएका छन्। नाताबेको सोमबार अजिफामा मृत्यु भएको परिवारले जनाएको छ। उक्त गाउँमा तीन सय जनाको बसोबास रहेको छ। उनको परिवारले भने उनी सन्१८८४ मा जन्मिएका थिए। र, उनलाई इसाई धर्म अनुसार १० वर्षको उमेरमा मात्रै एक पादरी गाउँमा आउँदा चर्चमा प्रवेश गराइएको थियो। नाति जेरेले गिनिज बुक अफ वल्र्ड रेकड्र्सलाई हजुरबुवाको उमेरबारे जानकारी गराइसकेको बताए। --- # हजुरबालाई हराउँदै नाति बने कांग्रेसको पालिका सभापति Source: https://newskunda.com/archives/168 Category: रोचक Last updated: 2022-01-02 **कञ्चनपुर ।** कञ्चनपुरको बेलडाँडीमा हजुरबुबालाई हराउँदै नाति नेपाली कांग्रेस गाउँपालिका सभापतिमा चयन भएका छन्गाउँ नगरपालिका अधिवेशन अन्तर्गत शनिबार सम्पन्न निर्वाचनमा हजुरबुवा पृतबहादुर विष्टलाई ८ मतले हराउँदै गजबहादुर विष्ट सभापति बनेका हुन्। ३७ वर्षीय गजबहादुरले खसेको ८५ मध्ये ४५ मत पाएका छन्। पराजित हजुरबुवा अन्दाजी ६० वर्षीय पृतबहादुरले ३७ मत ल्याएका छन्। जसमा ३ मत बदर भए। --- # ‘हलिउडकी गोल्डन गर्ल’ बेट्टीको निधन Source: https://newskunda.com/archives/118 Category: विश्व Last updated: 2022-01-02 काठमाडौं, १७ पुष । हलिउड अभिनेत्री बेट्टी ह्वाइटको ९९ वर्षको उमेरमा हिजो निधन भएको छ । ‘द गोल्डेन गल्र्स’ र ‘द मेरी टेलर मोर शो’ जस्ता शोमा काम गरेकी उनको घरमा नै सुतिरहेको अवस्थामा निधन भएको हो । उनको नाम ‘शोबिजको इतिहास’मा पनि दर्ता भयो । उनले सन् १९४९ देखि आफ्नो टेलिभिजन करियर सुरु गरेकी थिइन् । उनले काम गरेको अन्तिम फिल्म ‘टोय स्टोरी ४’ थियो । सन् २०१९ मा रिलिज यो एनिमेटेड फिल्ममा उनले एक पात्रलाई आफ्नो स्वर दिएकी थिइन् । उनलाई ‘हलिउडकी गोल्डन गर्ल’का रुपमा चिनिन्थ्यो । यसैबिच अमेरिकी राष्ट्रपति जो बाइडनसहित हलिउडका सेलिब्रेटीले उनको निधनमा श्रद्धाञ्जली दिएका छन् । एजेन्सी --- # २०२२ मा कोरोना महामारीमाथि विजयी प्राप्त गर्नेमा आशावादी छौँ : डब्लुएचओ Source: https://newskunda.com/archives/124 Category: विश्व Last updated: 2022-01-02 काठमाडौँ, १७ पुष । विश्व स्वास्थ्य संगठन डब्लुएचओका प्रमुख डा। टेडरोज आध्यनोम गेब्रेयेसोसले सन् २०२२ मा कोरोना भाइरसको महामारीमाथि विजय प्राप्त गर्नेमा आशावादी रहेको बताउनुभएको छ । कोरोना भाइरसको नयाँ भेरियन्टको संक्रमण फैलिन नदिनका लागि विश्वभरका देशहरुले सहकार्य गर्नु पर्ने डब्लुएचओले बताएको छ । डब्लुएचओ प्रमुख डा। गेब्रेयेसोसले नयाँ वर्ष २०२२ को शुभकामना सन्देशमा ‘साँघुरो राष्ट्रवाद र खोप सञ्चय’ लाई लिएर चेतावनी दिनुभएको छ । दुई वर्ष पहिले चीनको वुहानबाट सुरु भएको कोरोना भाइरसको महामारी त्यसयता विश्वभर फैलिएको छ । अहिले विश्वभर संक्रमितको संख्या २८७ मिलियन पुगेको छ । कोभिड–१९ का कारण ५५ लाख मानिसको ज्यान गएको छ ।एजेन्सी । --- # अग्निपथ योजनामा मोदी सरकारको संशोधन, कांग्रेसले भन्यो– सरकारको ‘यू–टर्न’ Source: https://newskunda.com/archives/5528 Category: विश्व Last updated: 2026-11-06 **नयाँदिल्ली ।** भारतको नरेन्द्र मोदी नेतृत्वको सरकारले विवादित अग्निपथ सैन्य भर्ती योजनामा संशोधन गर्दै अग्निवीरको सेवा अवधि चार वर्षबाट बढाएर अधिकतम छ वर्ष पुर्याउने निर्णय गरेको छ। सरकारको यो निर्णयलाई प्रमुख प्रतिपक्षी दल कांग्रेसले आफ्नो निरन्तर दबाबका कारण सरकार पछि हटेको भन्दै ‘यू–टर्न’ को संज्ञा दिएको छ। नयाँ व्यवस्थाअनुसार चार वर्षको प्रारम्भिक सेवा अवधि पूरा गरेका अग्निवीरमध्ये योग्यताका आधारमा २५ प्रतिशतलाई नियमित सेनामा समावेश गरिनेछ। बाँकी ७५ प्रतिशत अग्निवीरलाई भने उनीहरूको इच्छाअनुसार थप दुई वर्ष सेनामा सेवा गर्ने अवसर दिइनेछ। यसरी प्रारम्भिक चार वर्ष र थप दुई वर्ष गरी अग्निवीरको सेवा अवधि अधिकतम छ वर्षसम्म पुग्नेछ। थप दुई वर्ष सेवा गरेका अग्निवीरले पनि निर्धारित योग्यता, कार्यसम्पादन र छनोट मापदण्ड पूरा गरेमा नियमित सैनिकका रूपमा भर्ती हुने अवसर पाउनेछन्। यद्यपि थप सेवा अवधि पूरा गर्दैमा स्थायी नियुक्ति सुनिश्चित हुने छैन। सरकारको निर्णयप्रति प्रतिक्रिया जनाउँदै कांग्रेस प्रवक्ता पवन खेराले यसलाई मोदी सरकारको अर्को ‘यू–टर्न’ भएको टिप्पणी गरेका छन्। उनले अग्निपथ योजना पूर्ण रूपमा खारेज गर्नुपर्ने कांग्रेसको माग दोहोर्याउँदै आंशिक संशोधनले मात्रै योजनाका आधारभूत समस्या समाधान नहुने बताएका छन्। खेराका अनुसार कांग्रेस नेता तथा लोकसभामा विपक्षी दलका नेता राहुल गान्धीले सन् २०२२ मा अग्निपथ योजना घोषणा भएदेखि नै यसको विरोध गर्दै आएका थिए। उक्त योजनाले युवाको भविष्य अनिश्चित बनाउनुका साथै भारतीय सेनाको परम्परागत संरचना र कार्यक्षमतामा असर पार्ने कांग्रेसको दाबी रहँदै आएको छ। कांग्रेसले सरकारले आगामी विधानसभा निर्वाचनलाई ध्यानमा राखेर योजनामा संशोधन गरेको आरोपसमेत लगाएको छ। उत्तर प्रदेश, उत्तराखण्ड, पञ्जाब, मणिपुर र हिमाचल प्रदेशमा निर्वाचनको राजनीतिक वातावरण बनिरहेका बेला सेनामा भर्ती हुन चाहने युवाको असन्तुष्टि कम गर्न सरकारले यस्तो निर्णय गरेको खेराको दाबी छ। उनले चार वर्षपछि नियमित सेवामा प्रवेश गर्न नपाएका अग्निवीरलाई थप दुई वर्ष सेवा गर्ने अवसर दिए पनि त्यसपछि पनि स्थायी नियुक्ति नपाए उनीहरूको भविष्य के हुने भन्ने प्रश्न उठाएका छन्। कांग्रेसका अनुसार नयाँ व्यवस्थाले अग्निपथ योजनाको मूल समस्या समाधान गर्न सकेको छैन। यता, भारत सरकारले भने सेनाका तीनवटै अंगबाट प्राप्त सुझाव र अग्निवीरको कार्यसम्पादन मूल्यांकनका आधारमा सेवा अवधि थप गर्ने निर्णय गरिएको जनाएको छ। भारतका प्रमुख रक्षा प्रमुख जनरल एनएस राजा सुब्रमणिका अनुसार चार वर्षको सेवाका क्रममा अग्निवीरको कार्यसम्पादन तथा सेनाको आवश्यकताको समीक्षा गरेपछि थप दुई वर्ष सेवा गर्ने व्यवस्था स्वीकृत गरिएको हो। यसले अनुभवी र तालिमप्राप्त जनशक्तिलाई सेनामा थप समयसम्म कायम राख्न सहयोग पुग्ने सरकारको विश्वास छ। रक्षा सचिव राजेश कुमार सिंहले पनि नयाँ व्यवस्थाबाट अग्निवीर र भारतीय सेनासमेत लाभान्वित हुने बताएका छन्। थप दुई वर्षको सेवाले अग्निवीरलाई व्यावहारिक अनुभव हासिल गर्ने अवसर दिनुका साथै सेनालाई अनुभवी जनशक्ति उपलब्ध गराउने उनको भनाइ छ। भारतीय रक्षामन्त्री राजनाथ सिंहले नयाँ व्यवस्थालाई ‘सेकेन्ड टुर अफ ड्युटी’ अर्थात् सेवाको दोस्रो चरणका रूपमा व्याख्या गरेका छन्। उनका अनुसार इच्छुक र आवश्यक छनोट मापदण्ड पूरा गर्ने अग्निवीरलाई चार वा छ वर्षको सेवा अवधिपछि नियमित सेनामा समावेश हुने अवसर रहनेछ। **के हो अग्निपथ योजना ?** भारत सरकारले सन् २०२२ जुनमा अग्निपथ योजना सार्वजनिक गरेको थियो। यस योजनाअन्तर्गत भारतीय सेना, नौसेना र वायुसेनामा अधिकारीभन्दा तल्लो तहका पदमा युवालाई चार वर्षका लागि अग्निवीरका रूपमा भर्ती गर्ने व्यवस्था गरिएको छ। पुरानो व्यवस्थाअनुसार चार वर्षको कार्यकाल पूरा गरेपछि अधिकतम २५ प्रतिशत अग्निवीरलाई मात्र योग्यता र कार्यसम्पादनका आधारमा नियमित सेवामा समावेश गरिने र बाँकी ७५ प्रतिशतलाई सेवाबाट बाहिर पठाइने प्रावधान थियो। यस योजनाअन्तर्गत पहिलो चरणमा भर्ती भएका १८ हजार ३०० भन्दा बढी अग्निवीरले सन् २०२६ को अन्त्यसम्म आफ्नो चारवर्षे कार्यकाल पूरा गर्दैछन्। उनीहरूको सेवा अवधि समाप्त हुने समय नजिकिँदै गर्दा सरकारले नयाँ व्यवस्था ल्याएको हो। नयाँ संशोधनले चार वर्षपछि सेवाबाट बाहिरिनुपर्ने अवस्थामा रहेका अग्निवीरलाई थप दुई वर्ष सेनामै रहने अवसर प्रदान गरेको छ। तर छ वर्षको सेवा पूरा गरेपछि पनि नियमित सेवामा समावेश हुन उनीहरूले निर्धारित छनोट प्रक्रिया र मापदण्ड पूरा गर्नुपर्नेछ। सरकारले नयाँ व्यवस्थालाई सेनाको आवश्यकता र जनशक्तिको अनुभवसँग जोडेर हेरेको छ भने कांग्रेसले यसलाई योजनाको कमजोरी स्वीकार गर्दै गरिएको आंशिक सुधारका रूपमा व्याख्या गरेको छ। यसले भारतमा अग्निपथ योजनालाई लिएर जारी राजनीतिक बहसलाई पुनः चर्काएको छ। --- # ओमिक्रोनको प्रकोप पनि बढ्दै, बेलायतमा एकैदिन थपिए ७८ हजार बढी संक्रमित Source: https://newskunda.com/archives/112 Category: विश्व Last updated: 2022-01-02 काठमाडौँ १ पुस : बुधवार बेलायतमा ७८ हजार जनाभन्दा धेरै मानिसमा कोभिड पुष्टि भएको छ । कोभिड महामारी सुरु भएयता एकैदिन पुष्टि भएका सङ्क्रमितको यो सर्वाधिक सङ्ख्या हो। सङ्क्रमण नियन्त्रणका लागि लकडाउन भइरहेका समय यसअघि गत जनवरीमा एकैदिनको सबैभन्दा धेरै ६८ हजार सङ्क्रमित पुष्टि भएको थियो। इङ्ल्यान्डका प्रमुख स्वास्थ्य अधिकारी प्राध्यापक क्रिस विटीले सङ्क्रमितको त्यस्तो उच्चसङ्ख्या आउँदा केही सातामा कम हुने बताएको बीबीसीले उल्लेख गरेको छ। एउटा पत्रकार सम्मेलनमा बोल्दै उहाँले सङ्क्रमण फैलिइरहेको समय क्रिसमस पनि परेको र यतिबेला जमघट गर्नुअघि मानिसहरूले के कुरा महत्वपूर्ण हो भन्ने प्राथमिकता निर्धारण गर्न सक्नुपर्ने बताए। उक्त अवसरमा बोल्दै प्रधानमन्त्री बोरिस जोनसनले कोभिड खोपको अतिरिक्त ९वुस्टर० मात्रा लिनु निकै महत्वपूर्ण रहेको बताए। उनले केही ठाउँमा दुई दिनभित्रै सङ्क्रमितको सङ्ख्या दोब्बर भएको पाइएको बताए। कोभिड र यसको पछिल्लो संस्करण ओमिक्रोन सङ्क्रमण बढ्दै जाँदा राष्ट्रव्यापी रूपमा अस्पताल भर्ना हुने दर १० प्रतिशतले र लन्डनमा झन्डै एकतिहाइले बढेको देखिएको उनले बताए। प्राध्यापक विटीले यतिखेर यूकेले एकसाथ दुई छुट्टाछुट्टै प्रकोप झेलिराखेको बताए। उनका अनुसार उक्त प्रकोप अहिले निकै छिटो फैलिरहेको ओमिक्रोन र पहिलादेखि फैलिरहेको डेल्टा भेरिअन्टका कारण बनेको हो। बेलायतमा विगत २८ दिनमा कोभिड पुष्टि भएका मानिसमध्ये १६५ जनाको मृत्यु भएको आधिकारिक तथ्याङ्क छ। --- # गुवाहाटीमा होटल विवादमा गोलीबारी: एकै परिवारका चारसहित पाँच जनाको मृत्यु Source: https://newskunda.com/archives/5168 Category: विश्व Last updated: 2026-10-27 भारतको असम राज्यको गुवाहाटीमा होटल स्वामित्व र लिज विवादका क्रममा भएको गोलीबारीमा एकै परिवारका चारसहित पाँच जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्। सोमबार राति करिब ९ बजे गुवाहाटीको जीएस रोडस्थित बोरा सर्भिस नजिकै रहेको होटल ‘बिलास इन’मा यो घटना भएको हो। भारतीय समाचार एजेन्सी पीटीआईका अनुसार होटलका मालिक र लिजमा होटल सञ्चालन गर्ने व्यक्तिबीचको विवाद हिंसात्मक बनेपछि गोली चल्यो। असम प्रहरीका अनुसार घटनामा ६ जनालाई गोली लागेको थियो। तीमध्ये पाँच जनाको मृत्यु भएको गुवाहाटी प्रहरी आयुक्त पार्थ सारथी महन्तले बताएका छन्। प्रहरीले एक जनालाई पक्राउ गरेको छ भने घटनामा प्रयोग भएको ३२ बोरको लाइसेन्स प्राप्त पेस्तोलसमेत बरामद गरेको जनाएको छ। घटना भएको होटल असम प्रहरी मुख्यालयबाट करिब दुई किलोमिटरको दूरीमा छ। होटलको स्वामित्व र सञ्चालनसम्बन्धी विवादले हिंसाको रूप लिएको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ। प्रहरीले थप अनुसन्धान जारी राखेको छ। --- # ट्रम्पको निवास नजिकै निजी विमान दुर्घटना हुँदा नौ जनाको मृत्यु Source: https://newskunda.com/archives/5438 Category: विश्व Last updated: 2026-11-02 **काठमाडौं ।** अमेरिकाको दक्षिणी फ्लोरिडामा आइतबार निजी विमान दुर्घटना हुँदा त्यसमा सवार सबै नौ जनाको मृत्यु भएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको निवास मार-ए-लागोबाट करिब ११ किलोमिटर टाढा पाम बिच काउन्टीमा विमान दुर्घटना भएको हो। अमेरिकी यातायात सचिव सिन डफीले विमानमा सवार नौै जनाको मृत्यु भएको पुष्टि गरेका छन्। उनका अनुसार लियरजेट ६० विमान टेक्सासको अस्टिनबाट बहामास तर्फ उडेको थियो। विमान पाम बिच काउन्टीको क्रेस्टहेभन नजिकै व्यस्त सडकछेउमा खसेको थियो। दुर्घटनापछि ठूलो आगलागी भएको थियो। फ्लोरिडाका गभर्नर रोन डिसान्टिसले यसलाई विनाशकारी दुर्घटना भन्दै जमिनमा रहेका अन्य व्यक्ति घाइते भएको कुनै खबर नआएको बताएका छन्। पाम बिच काउन्टीका आयुक्त जोएल फ्लोरेसका अनुसार विमान मोबाइल घरहरूको बस्तीको प्रवेशद्वार नजिकै खसेको थियो। दुर्घटनापछि उक्त बस्तीका करिब ६०० बासिन्दालाई सुरक्षित स्थानमा सारिएको थियो। --- # बेलायतका विद्यालयमा फेस मास्क अनिवार्य Source: https://newskunda.com/archives/115 Category: विश्व Last updated: 2022-01-02 **काठमाडौं, १८ पुष ।** बेलायतका माध्यामिक विद्यालयमा फेस मास्क अनिवार्य गरिएको छ । कोभिडको नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमण दर बढेपछि सरकारले माध्यामिक विद्यालयमा फेस मास्क अनिवार्य गरेको हो । संक्रमण बढेको भन्दै विद्यालय बन्द गर्न चौतर्फी दबाब बढिरहेका बेला फेस मास्क अनिवार्य गरिएको हो । यसैबीच, कर्मचारीका ६ ओटा युनियनले भाइरस नियन्त्रणका लागि तत्काल कदम चाल्न सरकारसँग माग गरेका छन् । फेस मास्ककै भरमा संक्रमण नरोकिने भन्दै थप उपाय अप्नाउन उनीहरुले सरकारलाई चेतावनी समेत दिएका छन् । क्रिसमस र नयाँ वर्षको बिदापछि आगामी सातादेखि बेलायतमा विद्यालय पुनः खोल्दैछन् । यरोपेली देशमा विद्यार्थीलाई फेस मास्क अनिवार्य गर्ने बेलायत अन्तिम देश हो । नयाँ निर्देशिकाअनुसार शिक्षकहरुले फेस मास्क लगाउनुपर्नेछ । --- # माता वैष्णोदेवी मन्दिरमा भागदौड हुँदा ६ जनाको मृत्यु Source: https://newskunda.com/archives/121 Category: विश्व Last updated: 2022-01-02 काठमाडौँ, १७ पुष । भारतको जम्मूस्थित माता वैष्णोदेवी धाममा भागदौड मच्चिँदा ६ जनाको मृत्यु भएको छ भने कैयौ व्यक्ति घाइते भएका छन् ।घटनास्थलमा प्रहरी र सुरक्षाकर्मी पुगेका छन् भने उद्धारको कार्य जारी रहेको छ । घटनाको विस्तृत विवरण नआएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । एजेन्सी । --- # विश्वभर एक दिनमा १५ लाख कोरोना संक्रमित थपिए, ५ लाख निको Source: https://newskunda.com/archives/127 Category: विश्व Last updated: 2022-01-02 काठमाडौँ, पुस १७ । विश्वभर एक दिनमा करिब १५ लाख कोरोना संक्रमित थपिएका छन् । ओल्डोमिटरको विवरणअनुसार पछिल्लो २४ घण्टामा १४ लाख ९७ हजार १४१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । अमेरिकामा मात्रै ३ लाख ४६ हजारभन्दा बढीमा कोरोना संक्रमण देखिएको छ । फ्रान्समा २ लाख ३२, बेलायतमा १ लाख ८९ हजार, इटलीमा १ लाख ४४ हजार जना थपिएका छन् । त्यसैगरी क्यानडामा ३७ हजार, जर्मनीमा ३३ हजार, पोर्चुगलमा ३० हजार, रुसमा २० हजार र ब्राजिलमा १० हजारमा संक्रमण देखिएको छ । यही अवधिमा ४ लाख ९१ हजार जना कोरोनामुक्त भएका छन् भने ५ हजार ३९७ जना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा रुसमा ९१२, अमेरिकामा ७११, जर्मनीमा २४४, बेलायतमा २०३, फ्रान्समा १८९ र टर्कीमा १६३ जना छन् । कोरोनामुक्त हुनेको संख्या फ्रान्समा ५३ हजार, जर्मनीमा ५० हजार, बेलायतमा ४३ हजार, रुसमा ४० हजार र अमेरिकामा ३० हजार छन् । यससँगै विश्वभर कोराना संक्रमितको कूल संख्या २८ करोड, ८३ लाख, २६ हजार ५६५ पुगेको छ । तीमध्ये २५ करोड ३६ लाख ५० हजार निको भएका छन् भने ५४ लाख ५१ हजार जना संक्रमितको मृत्यु भइसकेको छ । एजेन्सी । --- # शीर्षक: चक्रवात ‘अर्णव’को कहरः श्रीलङ्कामा विद्यालय बन्द, भारतमा ८९ हजार नागरिकको उद्धार Source: https://newskunda.com/archives/5207 Category: विश्व Last updated: 2026-10-28 बङ्गालको खाडीमा विकसित शक्तिशाली चक्रवात ‘अर्णव’को प्रभावले श्रीलङ्कामा मुसलधारे वर्षा भएपछि देशभरका विद्यालय बन्द गरिएको छ। भीषण वर्षासँगै बाढी र पहिरोको जोखिम बढेपछि विभिन्न क्षेत्रमा सतर्कता अपनाउन चेतावनी जारी गरिएको छ। समुद्रमा चार मिटरसम्म अग्ला छाल उठ्ने सम्भावना रहेकाले माछा मार्ने कार्यमा समेत प्रतिबन्ध लगाइएको छ। श्रीलङ्काको शिक्षा मन्त्रालयले विद्यार्थी तथा विद्यालयका कर्मचारीको सुरक्षालाई ध्यानमा राख्दै मङ्गलबार विद्यालय बन्द गर्ने निर्णय गरेको जनाएको छ। यद्यपि सामान्य शिक्षा प्रमाणपत्र (साधारण स्तर) परीक्षाअन्तर्गतका सौन्दर्यसम्बन्धी विषयका व्यावहारिक परीक्षा भने पूर्वनिर्धारित कार्यक्रमअनुसार सञ्चालन हुनेछन्। भारतीय मौसम विज्ञान विभागका अनुसार चक्रवात ‘अर्णव’ पश्चिम–उत्तरपश्चिम दिशातर्फ प्रतिघण्टा करिब १७ किलोमिटरको गतिमा अघि बढिरहेको छ। यो आँधी बुधबार बिहान भारतको आन्ध्र प्रदेशको बापटला र विशाखापट्टनमबीचको तटीय क्षेत्रमा ठोक्किन सक्ने पूर्वानुमान गरिएको छ। समुद्रमा चक्रवातको केन्द्र वरिपरि हावाको गति प्रतिघण्टा २१५ देखि २२० किलोमिटरसम्म पुगेको छ भने तटमा ठोक्किने बेला प्रतिघण्टा १३५ किलोमिटर रहने अनुमान गरिएको छ। चक्रवातको सम्भावित जोखिमलाई ध्यानमा राख्दै भारतको आन्ध्र प्रदेशस्थित काकिनाडा र आसपासका तटीय क्षेत्रबाट करिब ८९ हजार नागरिकलाई सुरक्षित स्थान तथा राहत शिविरमा सारिएको छ। भारतीय सञ्चारमाध्यमका अनुसार प्रतिकूल मौसमका कारण ५० भन्दा बढी रेल सेवा र हवाई उडानसमेत रद्द गरिएका छन्। चक्रवातको प्रभाव श्रीलङ्का र भारतका साथै बङ्गालको खाडीनजिकका अन्य क्षेत्रमा पनि पर्न सक्ने भएकाले सतर्कता अपनाउन मौसमविद्हरूले आग्रह गरेका छन्। --- # स्पेनमा सिग्नल गडबडीले दुई द्रुत रेल ठोक्किएः ६८ को मृत्यु, ८० घाइते Source: https://newskunda.com/archives/5295 Category: विश्व Last updated: 2026-10-30 काठमाडौं – स्पेनमा तीव्र गतिका दुई रेल आपसमा ठोक्किएर भएको भीषण दुर्घटनामा कम्तीमा ६८ जनाको ज्यान गएको छ भने ८० जना घाइते भएका छन्। घाइतेमध्ये १५ जनाको अवस्था गम्भीर रहेको छ। कम्प्युटर सञ्चार प्रणालीमा आएको गडबडीका कारण रातो बत्ती बलेर रोकिएको रेनफे कम्पनीको रेललाई गलत निर्णयका आधारमा अगाडि बढ्न अनुमति दिएपछि यो दुर्घटना भएको हो। दुर्घटनामा इरियो ट्रेनका दुई डिब्बा ट्र्याकबाट बाहिरिएका थिए। बिहान करिब ९ बजे भएको यस घटनामा इरियो रेलमा १४७ र रेनफे सेवामा ३९७ यात्रु सवार थिए। चालु वर्ष स्पेनमा भएको यो दोस्रो ठूलो रेल दुर्घटना हो भने सन् २०१३ यता युरोपमै सबैभन्दा बढी मानवीय क्षति भएको रेल दुर्घटना हो। यसअघि जनवरीमा पनि सोही लाइनमा सोही कम्पनीका द्रुत गतिका रेलहरू ठोक्किँदा ४६ जनाको मृत्यु भएको थियो। स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले यस भयानक टक्करपछि पूरा देश शोकमा डुबेको बताएका छन्। --- # आमाबुबाबाट अलग्गिएका बालबालिका निकृष्ट प्रकारको श्रम गर्न बाध्य Source: https://newskunda.com/archives/89 Category: शिक्षा, समाचार Last updated: 2021-12-31 दाङ, ११ पुस : तुलसीपुर उपमहानगरपालिका–६ की रेखा चौधरी १२ वर्षको पुगिन् । अहिले उनलाई आफू र आफ्नो १० वर्षीया बहिनी रेणुका चौधरीलाई कसरी पालनपोषण तथा पढाइको खर्च जुटाउने भन्ने चिन्ताले पीरोलिरहेको बताउँछिन् । घरखर्च चलाउन र बहिनीलाई पढाउन उनले बिहानबेलुका अरुको घरमा भाँडा माझ्ने र दिउँसोको समयमा विद्यालयमा पढन जाने गरेको उनी बताउँछिन् । बाबुको घर दङगीशरण गाउँपालिकाको मिरौली गाउँमा छ भन्ने सुनेकी छु, तर बाबु कहाँ छन् के गर्छन् भन्ने थाहासमेत नभएको बताउने उनी आमाले आफूहरु सानै छँदा दोस्रो विवाह गरी गएको भन्छिन् । उनले भनिन्, “आमालाई बाबुले हामी सानै हुँदा सधँै गाली गर्ने, कुपटपिट गर्ने, गरिबकी छोरी भन्दै हेला गर्न थालेपछि बाबुको यातना सहन नसकेर सम्बन्धविच्छेद गरी १० वर्ष पहिले दोस्रो बिहे गरी गएकी छिन् ।” आमाले दोस्रो विवाह गर्नुभयो, आफूहरुलाई केहीसमयसम्म सोही घरमासँगै राख्नुभयो तर कान्छो बुबाका आमा बाले अर्काका सन्तानलाई किन पाल्ने भन्दै आमा गीता चौधरीलाई सधैँ गाली गर्न थालेपछि आफू त्यहाँबाट निक्लेर आएको उनी बताउँछिन् । “केही दिनसम्म सडकका गल्लीमा रातदिन बितायांै अनि काम खोज्दै गर्दा तुलसीपुर उपमहानरपालिका–६ को एक घरमा गयांै । त्यही घरको आन्टीले खान बस्न दिनुभयो”, उनले भनिन्, “आमाले त्यहाँ भएको जानकारी पाएपछि घरपरिवारलाई थाहा नदिएर भेट्न आउनुहुन्थ्यो । कहिले कपडा, कहिले खाने कुरा ल्याईदिनुहुन्थ्यो ।” दुई हप्तासम्म त्यही घरमा बस्यौं, घरबेटी आन्टीले तिमीहरु पढ्न जानुपर्छ, तिम्रो आफन्त कहाँ छन् भनि सोधीखोजी गरी मामाघरको हजुरआमालाई भेटाइ दिनुभयो । त्यसपछि हजुरआमालाई बोलाएर सम्झाएर हामीलाई जिम्मा लगाउनुभयो उनले भनिन् । हजुरआमा देशनी चौधरीले र मैले अहिले मजदूरी गरेर पैसा ल्याउँछौं, त्यसैबाट दाल, चामल नूनतेल किनेर खान्छांै । हजुरआमा ७० वर्षकी हुनुहुन्छ । उहाँले दिनभरी अरुको घरमा मजदूरी गर्नुहुन्छ । मैले भने बिहानबेलुका अरुको घरमा भाँडा माझ्ने र दिउँसो पढन स्कुल जाने गरेकी छु उनले भनिन् । रेखाले तुलसीपुरमा रहेको एक सरकारी स्कुलमा कक्षा ४ मा पढ्छिन् भने बहिनी रेणुकाले पनि सोही विद्यालयमा कक्षा ३ मा अध्ययन गरिरहेकी छन् । उनकी हजुरआमा देशनी चौधरीले तुलसीपुर उपमहानरपालिका–१२ को भुतेडाँडा भन्ने ठाउँमा रहेको ऐलानी जग्गामा सानो कच्ची घर बनाएर बसेकी छन् । आफ्नो दुःखेसो पोख्दै देशनीले भनिन्, “मैले छोरीलाई सानैमा बिहे गरिदिए, धन सम्पत्ति थिएन र पढन पनि पाइन, श्रीमान् र घरपरिवारले त गरिबकी छोरी भन्दै दिनहुँ हेला गर्ने र खान नदिई कुटपिट गर्न थालेपछि छोरीले त्यो सहन नसकेर माइतीमा आएर बसी । अनि सम्बन्धविच्छेद गरी दोस्रो विवाह गरेर गई भनिन् । अहिले मलाई दुईवटी नातीलाई कसरी पढाउ र के खुवाउ भन्ने समस्या छ । त्यस्तै दुबै नातीनीको जन्मदर्ता नहुँदा समस्या भएको छ । स्कुलका सर मेडमले जन्मदर्ता नभएपछि नाम लेखाइ दिन्नौं भन्नुहुन्छ भन्दै उनले नातीनीहरुले घर आएर भन्छन्, त्यसले झन समस्या भएको जनाए । त्यसैगरी रोल्पा जिल्लाकी १४ वर्षिया कमला विक पनि तुलसीपुर बजारमा रहेको एक नास्ता पसमा काम गदै आएकी छन् । घरमा खान पुग्दैन, सानैमा बुबाको निधन भयो । घरखर्च चलाउनका लागि पैसा कमाउन भनि आमालाई जानकारी नै नदिएर साथीसँग आफू यहाँ आएको उनले बताइन् । कक्षा ५ मा अध्ययनरत कमला पढ्दापढ्दै छोडेर आएको बताउँछिन् । उनी भन्छिन्, “घरमा आमा, दुई बहिनी र एक भाइ छन् ।” अहिले रेखा र कमला मात्र होइन, गरिबी, अभाव र आवश्यक घरायसी वातावरणको अभावमा दाङका ग्रामीण क्षेत्रका थुप्रै बालबालिका आफ्ना बाबुआमाबाट अलग्गिएर निकृष्ट प्रकारको श्रम गर्न बाध्य छन् । घरमा बस्ने उचित वातावरण नभएपछि आफ्नो पढाइलाई अगाडि बढाउन बालश्रम गर्न बाध्य हुनुपरेको उनीहरूको भनाइ छ । सम्बन्धितले बालबालिकालाई काम गराउने, पढाइदिन्छु भनेर काममा लगाउँछन् तर व्यवहारमा सो कार्यान्वयन नगर्दा उनीहरूको पढ्ने सपना भने पूरा हुनसकेको पाइँदैन । गरिबीका कारण आफ्ना छोराछोरीलाई राम्रोसँग खानलाउन र उचित शिक्षादीक्षा दिन नसक्दा सन्तानको भविष्यलाई ध्यानमा राखेर आमाबाबुले नै आफ्ना नातेदार वा चिनेजानेका व्यक्तिका साथ लगाई पोखरा, चितवन, काठमाडौँलगायतका सहर बजारमा पठाउने गर्छन् । तुलसीपुर उपमहानरपालिका–६ लाई तीन वर्ष पहिले बालश्रममुक्त वडा घोषणा गरिसकेको छ । तर अहिले पनि आर्थिक अभावका कारण धेरै बालबालिका अरुका घर तथा पसल तथा यातायातका साधनमा श्रम गर्न वाध्य भएका छन् । वडा सदस्य यमुना परियार भन्नुहुन्छ, “हामीले तीन वर्ष अघि वडालाई विभिन्न अभियान सञ्चालन गरी बालश्रममुक्त वडा घोषणा गरेका थियौं ।” त्यति बेला धेरै सुधार भएको थियो तर पछिल्लो समय कोरोनालगायत विभिन्न कारणले आर्थिक जोहो गर्नका लागि बालबालिका श्रम गर्न बाध्य भएको उहाँको भनाइ छ । केही बालबालिकाआर्थिक अभाव तथा अभिभावक विहीन हुँदा कामगरी खान बाध्य छन् । केही भने पढ्दापढ्दै साथीको लहैलहमा लागेर भागेर एक ठाउँबाट अर्को ठाउँमा जाने र त्यहाँ जोखिम मोलेर काम गर्छन् । त्यस्ता बालबालिकालाई भेटेमा सम्बन्धित अभिभावक तथा स्थानीय तहलाई जानकारी गराउन वडा सदस्य परियारले सबैसँग आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, “बालबालिकालाई काममा राख्ने गरेका होटेल, ग्यारेज, पसलमा निगरानी बढाउनुपर्ने र त्यस्ता बालबालिका भेटिएमा काममा लगाउनेलाई कानुन बमोजिम कारबाही गर्नुपर्छ ।” सरकारी निकायबाट पनि निकृष्ट प्रकारको श्रम गर्नबाट रोक्नका लागि बालबालिका र अभिभावकका लागि जनचेतनामूलक कार्यक्रम ल्याउनुपर्नेमा जोड दिँदै उहाँले बालबालिकालाई निकृष्ट प्रकारको श्रममा लगाउने कार्य सामाजिक अपराध भएकाले त्यस्तामाथि कडा कारबाही गर्नुपर्नेमा बताउनुभयो । --- # गोकर्णेश्वरका विद्यार्थीलाई रामायण अध्यापन गराइने Source: https://newskunda.com/archives/92 Category: शिक्षा Last updated: 2021-12-31 काठमाडौँ, ११ पुस : गोकर्णेश्वर नगरपालिकाका सामुदायिक एवं संस्थागत विद्यालयमा बालबालिकालाई रामायणका विषयमा अध्यापन गराइने भएको छ । बालबालिकाका लागि पढ्न सकिने गरी पहिलो मुख्यसचिव चन्द्रबहादुर थापाले लेख्नुभएको ‘छोटकरी रामायण’ सबै विद्यालयमा वितरण गर्ने अभियान सुरु गरिएको छ । विसं २०२२ मै प्रकाशन भएको ‘छोटकरी रामायण’ पहिलो संस्करण सकिएपछि थापाका नाति विजयकुमार थापाले दोस्रो संस्करण प्रकाशन गरेर गोकर्णेश्वरका सामुदायिक एवं संस्थागत विद्यालयमा निःशुल्क वितरण अभियान सुरु गर्नुभएको हो । यज्ञडोल (जगडोल) सामुदायिक वन क्षेत्रमा शनिबार आयोजना गरिएको पुस्तक हस्तान्तरण कार्यक्रममा प्रकाशक थापाले नगरपालिकाको वडा नं ४ का विद्यालयका लागि आवश्यक पुस्तक वडाध्यक्ष श्रीकुमार श्रेष्ठलाई दिनुभएको छ । हजुरबाले लेख्नुभएको पुस्तक आफूले नौ वर्षको उमेरमा पढेको उल्लेख गर्नुहुँदै प्रकाशक थापाले पुस्तकले आफूलाई अहिलेसम्म पारेको प्रभावका आधारमा माध्यमिक तहका विद्यार्थीले अध्ययन गर्ने अवसर पाऊन् भनी प्रकाशन गरेर निःशुल्क वितरण गरिएको सुनाउनुभयो । कार्यक्रममा यज्ञडोल (जगडोल) सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष सुदर्शन सिग्देल, वडाध्यक्ष श्रेष्ठलगायतले सानै उमेरदेखि बालबालिकामा नैतिक ज्ञानको विकास गर्न पुस्तक उपयोगी हुने विश्वास व्यक्त गर्नुभयो । पहिलो चरणमा नगरपालिकाका सबै विद्यालयमा पाँच–पाँच प्रति पुस्तक दिएर पुस्तकालयमा राखिने छ । अध्ययन गर्न चाहने विद्यार्थीले ती पुस्तकबाट लाभ लिन सक्ने जनाइएको छ । रामायणको लामो कथाबाट बालबालिकाका लागि उपयुक्त मुख्य–मुख्य विषय समेटेर ९२ पृष्ठमा तयार पारिएको पुस्तक उपयोगी रहेको भानु प्रतिष्ठानका अध्यक्ष प्रा डा व्रतराज आचार्य बताउनुहुन्छ । बालबालिकालाई नैतिक पक्ष सिकाउन पुस्तक उपयोगी रहेको उहाँले सुनाउनुभयो । नगरपालिकामा सामुदायिक १७ र संस्थागत ९८ गरी ११५ वटा विद्यालय छन् । नगरपालिकाले कक्षा १ देखि ८ सम्म स्थानीय पाठ्यक्रम लागू गरे पनि कोरोनाकालपछि यो पुस्तकको पढाइ नै बन्द भएको विद्यार्थीको गुनासो छ । नगरपालिकाले देशमै पहिलोपटक स्थानीय पाठ्यक्रम लागू गरेको दाबी गरेको थियो । --- # त्रिविका शैक्षिक प्रमाणपत्र अब हुलाकमार्फत घरमै, विद्यार्थीलाई विश्वविद्यालय धाउनुपर्ने बाध्यता हट्ने Source: https://newskunda.com/archives/5492 Category: शिक्षा Last updated: 2026-11-05 **काठमाडौं ।** त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले विद्यार्थीका शैक्षिक प्रमाणपत्र तथा अन्य कार्यालयीय कागजात हुलाक सेवामार्फत सम्बन्धित व्यक्तिको घरमै पुर्याउने व्यवस्था सुरु गरेको छ। यसका लागि त्रिवि र हुलाक सेवा विभागबीच सम्झौता भएको छ। कीर्तिपुरस्थित त्रिवि कार्यालयमा मंगलबार आयोजित कार्यक्रममा विश्वविद्यालयका रजिस्ट्रार रवीन्द्र शिवाकोटी र हुलाक सेवा विभागकी महानिर्देशक मनमाया भट्टराई पंगेनीले २२ बुँदे समझदारीपत्रमा हस्ताक्षर गरेका हुन्। नयाँ व्यवस्थासँगै शैक्षिक प्रमाणपत्र लिन विश्वविद्यालयसम्म पुग्नुपर्ने विद्यार्थीको बाध्यता हट्ने अपेक्षा गरिएको छ। यसबाट विद्यार्थीको समय, यातायात खर्च र अन्य झन्झट कम हुने विश्वास गरिएको छ। विशेषगरी काठमाडौं उपत्यकाबाहिरका विद्यार्थीलाई यो सेवा बढी प्रभावकारी हुने रजिस्ट्रार शिवाकोटीले बताए। उनले प्रमाणपत्र लिन विश्वविद्यालयसम्म आउनुपर्ने अवस्थाको अन्त्य हुँदा विद्यार्थीलाई सहज हुने उल्लेख गर्दै यातायात खर्च, समय र अन्य असुविधा कम हुने अपेक्षा व्यक्त गरे। सम्झौताअनुसार कागजातको सुरक्षित ढुवानी तथा वितरणका लागि ‘पोस्टल इन्टरनल ट्र्याकिङ सिस्टम’ (पिआइटिएस) प्रयोग गरिनेछ। हुलाकमार्फत पठाइने कागजात बारकोडसहित प्रणालीमा दर्ता गरिने भएकाले विद्यार्थीले आफ्नो प्रमाणपत्र कहाँ पुगेको छ भन्ने जानकारी सहजै प्राप्त गर्न सक्नेछन्। यो सेवा लिन विद्यार्थीले आफ्नो सही ठेगाना र सम्पर्क नम्बर उपलब्ध गराउनुपर्नेछ। यसले कागजात सम्बन्धित व्यक्तिसम्म सुरक्षित रूपमा पुर्याउन सहयोग गर्नेछ। हुलाक सेवा विभागकी महानिर्देशक भट्टराई पंगेनीले हुलाक सेवा नागरिक र राज्यबीचको भरपर्दो माध्यम भएको बताइन्। विश्वविद्यालयका शैक्षिक प्रमाणपत्र तथा अन्य कार्यालयीय कागजात सम्बन्धित स्थानमा पुर्याउने जिम्मेवारी हुलाकले पाएको उनले उल्लेख गरिन्। सरकारले यसअघि नै राहदानी र सवारीचालक अनुमतिपत्रजस्ता सरकारी कागजात हुलाकमार्फत वितरण गर्ने व्यवस्था अघि बढाइसकेको छ। त्रिविसँगको पछिल्लो सहकार्यले विश्वविद्यालयको सेवा प्रवाहलाई थप सहज, छरितो र विद्यार्थीमैत्री बनाउने अपेक्षा गरिएको छ। नयाँ व्यवस्थाले विशेषगरी टाढाका जिल्लामा बसोबास गर्ने विद्यार्थीलाई प्रमाणपत्र प्राप्त गर्नका लागि काठमाडौंसम्म धाउनुपर्ने बाध्यता कम गर्दै उच्च शिक्षासम्बन्धी प्रशासनिक सेवामा पहुँच सहज बनाउनेछ। --- # दिवा खाजा खाँदै विद्यार्थी Source: https://newskunda.com/archives/93 Category: शिक्षा Last updated: 2021-12-31 **बेनी, ९ पुस : **म्याग्दीको धवलागिरि गाउँपालिका–३ मुनामा रहेको धवलागिरि आधारभुत विद्यालयमा दिवा खाजा खाँदै विद्यार्थी । सरकारी तवरबाट कक्षा ५ सम्मका बालबालिकालाई दिवा खाजा निःशुल्क खुवाउने व्यवस्थाले सामुदायिक विद्यालयमा अध्ययन गर्ने बालबालिका खुसी भएका छन् । --- # प्रेमकुमार राईको ‘आत्मवृत्तान्त’ सार्वजनिक, राजनीतिक सङ्घर्षदेखि ४ दशकको शैक्षिक सेवासम्मका अनुभव पुस्तकमा समावेश Source: https://newskunda.com/archives/4654 Category: शिक्षा Last updated: 2026-10-10 काठमाडौं । सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिका–५, जुबुमा जन्मिएका ७६ वर्षीय प्रेमकुमार राईको आत्मवृत्तान्त पुस्तक शनिबार काठमाडौंमा लोकार्पण गरिएको छ। नेकपाका वरिष्ठ नेता तथा पूर्वउपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ, पूर्वमन्त्री गिरिराजमणि पोखरेल, थुलुङ दुधकोशी गाउँपालिकाका पूर्वअध्यक्ष असिम राईलगायत विभिन्न क्षेत्रका व्यक्तित्वहरूको उपस्थितिमा बागबजारस्थित हार्दिक होटलमा पुस्तक सार्वजनिक गरिएको हो। लेखकको परिवारको आयोजनामा सम्पन्न कार्यक्रममा वक्ताहरूले राईको राजनीतिक सङ्घर्ष, शैक्षिक नेतृत्व र सामाजिक सेवामा पुर्याएको योगदानको चर्चा गरेका थिए। २००९ साल चैत १० गते सोलुखुम्बुको बिकट गाँउ जुबुमा जन्मिएका राईको जीवन अभाव, सङ्घर्ष र सामाजिक सक्रियतासँग जोडिएको छ । सानै उमेरमा आमाबुवा गुमाएका उनले पाँच वर्ष नपुग्दै बजैलाई समेत गुमाउनुपरेको थियो। विभिन्न व्यक्तिको संरक्षणमा हुर्किएका राईले कठिन परिस्थितिबीच शिक्षा, राजनीति र समाजसेवामा सक्रिय रहँदै आफ्नो जीवनयात्रा अघि बढाए। आफ्नो लामो जीवनका अनुभव र सामाजिक परिवर्तनका प्रयास नयाँ पुस्तासम्म पुर्याउने उद्देश्यले उनले आत्मवृत्तान्त तयार पारेका हुन्। पुस्तकमा नेपालको सामन्तवादविरोधी आन्दोलन, पञ्चायती व्यवस्थाविरुद्धको सङ्घर्ष, वामपन्थी राजनीतिक सङ्गठन निर्माण तथा ग्रामीण क्षेत्रमा प्रशासनिक निरङ्कुशताविरुद्ध भएका गतिविधिका अनुभव समेटिएका छन्। लेखकका व्यक्तिगत सङ्घर्ष र उपलब्धिसँगै कमजोरी, गल्ती, डर तथा आत्मसङ्घर्षका प्रसङ्ग पनि समावेश गरिएकाले पुस्तकले जीवनका जटिलता र यथार्थलाई प्रस्तुत गर्ने प्रयास गरेको छ। लोकार्पण समारोहमा बोल्दै नेकपाका वरिष्ठ नेता तथा पूर्वउपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठले राईलाई कम्युनिस्ट आन्दोलनका वैचारिक योद्धाका रूपमा चित्रण गरे। पूर्वमन्त्री गिरिराजमणि पोखरेलले दुर्गम हिमाली जिल्ला सोलुखुम्बुमा जन्मिएका राईको राजनीतिक तथा सामाजिक चेतनालाई महत्त्वपूर्ण रूपमा लिनुपर्ने बताए। थुलुङ दुधकोशी गाउँपालिकाका पूर्वअध्यक्ष असिम राईले प्रेमकुमार राईलाई आफ्नो अभिभावकका रूपमा गर्वका साथ लिने गरेको बताए। राईको ‘आत्मवृत्तान्त’ उपलब्धि र सम्मानको विवरणमा मात्र सीमित छैन। यसमा समेटिएका व्यक्तिगत अनुभव, राजनीतिक गतिविधि, शैक्षिक नेतृत्व र सामाजिक जिम्मेवारीले सोलुखुम्बुको विगत बुझ्ने आधार प्रदान गर्न सक्छन्। विशेषगरी स्थानीय इतिहास, सामाजिक परिवर्तन र सांस्कृतिक पहिचानसँग सम्बन्धित अनुभव पुस्तकका रूपमा सुरक्षित हुनु भावी पुस्ताका लागि उपयोगी हुने अपेक्षा गरिएको छ। आत्मवृत्तान्तमार्फत राईले आफ्नो जीवनका स्मृति र अनुभवलाई सार्वजनिक पठनको संसारमा ल्याएका छन्। उनको जीवनयात्राले व्यक्तिगत सङ्घर्षसँगै शिक्षा, राजनीति र सामाजिक सेवामा निरन्तर योगदान पुर्याउने अनुभवलाई अभिलेखबद्ध गरेको छ। **पुस्तकमा उल्लेख केहि बिषयहरुः** ** राजनीतिक सङ्घर्ष र भूमिगत गतिविधि** २०३३ सालमा धनकुटाबाट सोलुखुम्बु फर्किएपछि राई चौथो महाधिवेशनसँग सम्बन्धित भूमिगत राजनीतिक गतिविधिमा संलग्न भएका थिए। शिक्षण पेसामा रहेर पनि उनले राजनीतिक सङ्गठन निर्माण र समाज परिवर्तनका गतिविधिमा योगदान दिएका थिए। २०३५ सालको विद्यार्थी आन्दोलन, राजनीतिक कार्यकर्तालाई सुरक्षित आश्रय तथा सहयोग उपलब्ध गराएका प्रसङ्ग र पञ्चायती व्यवस्थाविरुद्धका गतिविधिले पुस्तकमा स्थान पाएका छन्। २०४६ सालमा उनी संयुक्त वाममोर्चा, सोलुखुम्बुको जिल्ला सचिवमा निर्वाचित भएका थिए। उनका यी अनुभवले तत्कालीन राजनीतिक परिस्थिति र ग्रामीण क्षेत्रमा राजनीतिक चेतना विस्तारका प्रयासबारे बुझ्न सहयोग पुर्याउने अपेक्षा गरिएको छ। ** एउटै विद्यालयमा चार दशकको नेतृत्व** राईको जीवनको उल्लेखनीय पक्ष शिक्षा क्षेत्रमा गरेको दीर्घकालीन सेवा हो। उनले २०३० सालदेखि २०६९ सालसम्म सोलुखुम्बुको सदरमुकामस्थित जनजागृति निम्न माध्यमिक विद्यालयको प्रधानाध्यापकका रूपमा काम गरेका थिए। एउटै विद्यालयमा ४० वर्ष चार महिना चार दिन प्रधानाध्यापकको जिम्मेवारी निर्वाह गरेका उनले आफ्नो जीवनको ठूलो हिस्सा शिक्षण र शैक्षिक नेतृत्वमा बिताए। शिक्षा क्षेत्रमा पुर्याएको योगदानका लागि उनले विभिन्न सम्मान तथा जिम्मेवारी प्राप्त गरेका थिए। २०३३ साल माघ १२ गते जिल्ला शिक्षा शाखा, सोलुखुम्बुबाट प्रशंसापत्र प्राप्त गरेका राईले २०४४ सालको शिक्षा दिवसमा साहित्य शिक्षा समितिबाट प्रशंसापत्र, नगद पुरस्कार तथा साहित्य शिक्षापदक प्राप्त गरेका थिए। २०४४ साल भदौ १ गते जिल्ला स्तरीय शैक्षिक योजना छनोट समितिको सदस्य बनेका उनी २०४० साल फागुन ५ गते नेपाल राष्ट्रिय शिक्षक संगठनको दोस्रो जिल्ला सम्मेलनबाट केन्द्रीय प्रतिनिधिका रूपमा निर्वाचित भएका थिए। २०४६ सालदेखि संगठनको जिल्ला कार्यसमितिमा सल्लाहकारको जिम्मेवारीसमेत निर्वाह गरेका उनले २०५७ साल फागुन १२ गते २६औँ शिक्षा दिवसका अवसरमा प्रशंसापत्र प्राप्त गरेका थिए। **रेडक्रसदेखि स्वास्थ्य सेवासम्म** शिक्षणसँगै राईले सरकारी प्रशासन तथा सामाजिक सेवाका क्षेत्रमा पनि जिम्मेवारी निर्वाह गरेका थिए। २०३८ सालदेखि सोलुखुम्बुको मालपोत कार्यालयमा तालुकमुखियाका रूपमा काम गरेका उनले प्रशासनिक अनुभव हासिल गरेका थिए। नेपाल रेडक्रस सोसाइटी, जिल्ला शाखा सोलुखुम्बुमा उनले २०४२ सालदेखि आठ वर्षसम्म दुई कार्यकाल मन्त्रीका रूपमा काम गरेका थिए। उनी २०४४ सालमा सेवा पदक र २०४६ साल जेठ १७ गते उत्कृष्ट पीडितोद्धार पदकबाट सम्मानित भएका थिए। २०४४ साल फागुन १५ गतेदेखि रेडक्रसको आजीवन सदस्य रहेका उनले २०६४ साल चैत ३ गते क्षेत्रीय निर्देशनालय, पूर्वाञ्चल, धनकुटाबाट प्रशंसापत्र तथा २०७० साल भदौ १९ गते नेपाल रेडक्रस सोसाइटीबाट कदरपत्र र दीर्घ सेवा पदक प्राप्त गरेका थिए। स्वास्थ्य क्षेत्रसँग पनि उनको संलग्नता रहेको थियो। २०६८ साल कात्तिक २८ गते स्वास्थ्य मन्त्रालयबाट फाप्लु अस्पताल विकास समितिको अध्यक्षमा मनोनीत भएका राई २०५५ साल चैत २९ गतेदेखि शिक्षक राहत कोष सञ्चालक समिति, सोलुखुम्बुको सल्लाहकारका रूपमा आबद्ध थिए। त्यसैगरी, २०६४ साल मंसिर २ गतेदेखि उनी जिमी राई उत्थान समाजका आजीवन सदस्य रहेका थिए। राजनीतिक तथा सांस्कृतिक इतिहासको अभिलेख पुस्तकमा थुलुङ राई समुदायको इतिहास, संस्कृति र वंशावलीसम्बन्धी सामग्रीसमेत समेटिएको छ। यसले लेखकको व्यक्तिगत जीवनसँगै समुदायको पहिचान र सांस्कृतिक इतिहासलाई अभिलेखबद्ध गर्ने प्रयास गरेको छ। शिक्षा, सामाजिक सेवा, प्रशासन र राजनीतिक संगठनसँग जोडिएका अनुभवले राईको जीवनलाई एउटै पेसागत परिचयमा सीमित नराखी विभिन्न क्षेत्रसँग सम्बन्धित व्यक्तिका रूपमा प्रस्तुत गरेका छन्। --- # शिक्षा अधिकार सम्बन्धी सरोकारवाला विच अन्तरक्रिया कार्यक्रम सम्पन्न Source: https://newskunda.com/archives/1121 Category: शिक्षा, समाज Last updated: 2022-06-05 भक्तपुर, २० जेठ । सूर्यविनायक नगरपालिकाको वडा नम्बर ६ स्थित सूर्यविनायक युवा क्वलमा शिक्षा अधिकार सम्बन्धी सरोकारवालाबीच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । स्थानिय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जवाफदेहीता बनाउने कार्यक्रम अन्तर्गत उक्त कार्यक्रम भएको हो । नेपालको संविधानमा प्रावधान भए अनुसारको शिक्षा अधिकार सम्बन्धी संवैधानिक व्यवस्था विद्यामान शिक्षा निती र सोको कार्यान्वयन, गुणस्तर शिक्षाकाका लागि योजना निर्माण गर्ने उदेश्यले आयोजना गरिएको कार्यक्रममा सामुदायिक विद्यालयको विद्यमान अवस्थाका साथै शिक्षा सम्बन्धी विविध विषयमा छलफल गरिएको थियो । कार्यक्रममा वडा नम्बर ६ का अध्यक्ष ईश्वर खड्काले आफ्ना क्षेत्रका नागरिकलाई शिक्षाको अधिकारबाट बञ्चित नगर्ने विश्वास व्यक्त गर्दै आफू भर्खरै निर्वाचित भएर आएको र यसबारेमा आवश्यक योजना बनाउने प्रतिवद्धता व्यक्त गर्नु भयो । नगरपालिकाले विगतका वर्षमा शिक्षामा क्षेत्रको सुधारको लागि धेरै काम गर्दै आएको र आगामी वर्ष शिक्षालाई प्राथमिकतामा राखेर काम गर्ने उहाँले प्रतिबद्धता व्यक्त गर्नु भयो । कार्यक्रममा महिला वडा सदस्य सरला विकले जनप्रनिधिले गुणस्तरी शिक्षाको लागि शैक्षिक संस्था स्तरोन्नती गर्दै आएको चर्चा गर्दै इन्सेकको कार्यक्रम जनप्रतिनिधी, शिक्षक, अभिभावक र सरोकारवाला निकायको सहभागितमा अन्तरक्रिया गर्न पाए थप प्रभावकारी हुने औल्याउनु भयो । कार्यक्रममा सुवर्णेश्वर माध्यमिक विद्यालयका प्रधानाध्यापक श्रीकृष्ण रावतले गुणस्तरीय शिक्षाको लागि नगरपालिकाले आवश्यक सहयोग गर्दै आएको बताउदै पछिल्लो समय विद्यार्थीको संख्या बढ्दै आएको तर दरबन्दी मिलानको अभावले शिक्षक अपुग भएको गुनासो राख्नु भयो । विद्यालयको भौतिक पूर्वाधारको विकाससँगै कक्षा ५ सम्म अंग्रेजी माध्यमबाट अध्यापन गराउँदै आएको जानकारी गराउनु भयो । कार्यक्रममा समाजसेवी विष्णुप्रसाद राजथलाले सरकारी जागिरको लागि सार्वजनिक विद्यालयका विद्यार्थीलाई प्राथमिकता दिनुपर्नेमा जोड दिनु भयो । सुवर्णेश्वर माविमा कक्षा ७ मा अध्ययनरत छात्र विवेक घिसिङले विद्यालयमा शिक्षक अभाव रहेको विद्यालयलको बैकल्पिक पोशाकमा टिसर्ट नपाएको र विद्यालयमा खेलकुद मैदानको अभाव रहेको गुनासो राख्नु भयो । अर्का विद्यार्थी विवेक श्रेष्ठले शिक्षाको गुणस्तरीयताको लागि अभिभावकको चासो हुन पर्ने, अभिभावक भेला निरन्तर हुनुपर्ने, शिक्षण विधिमा नयाँ प्रविधिको विकास हुनुपर्ने, पाठ्यक्रम समयानुसार परिवर्तन हुनपर्ने र नगरपालिकाबाट विद्यालयको अनुगमन गरेर मात्रै नीति तथा योजना बनाउन सरोकारवाला निकायलाई आग्रह गर्नु भयो । कार्यक्रमका सभापति मानब अधिकार समुहका संयोजक बच्चुराम न्यौपानेले इन्सेकको कार्यक्रमले स्थानीयलाई सचेत बनाउने विश्वास व्यक्त गर्दै समाजलाई चेतना फैलाउने कार्यक्रम इन्सेकले मात्रै नभई अरु सामाजिक संस्थाहरुले पनि गर्नुपर्नेमा जोड दिनु भयो । इन्सेकका भक्तपुर सहजकर्ता राजु मंग्रान्तिले ईन्सेकको काम कतव्र्य र परियोजनबारे जानकारी दिँदै कार्यक्रम उदेश्यबारे प्रकाश पार्नु भएको थियो । --- # किरात राई यायोक्खाको अध्यक्षमा युवराज राई सर्वसम्मत निर्वाचित Source: https://newskunda.com/archives/4699 Category: समाचार, समाज Last updated: 2026-10-19 विराटनगर — किरात राई समुदायको साझा सामाजिक संस्था किरात राई यायोक्खाको १२ औँ राष्ट्रिय महाधिवेशनबाट युवराज राई केन्द्रीय अध्यक्षमा सर्वसम्मत रूपमा निर्वाचित हुनुभएको छ । महाधिवेशनबाट जनक राई र अर्जुन जम्लेली राई सहअध्यक्षमा निर्वाचित हुनुभएको छ । २०८३ असोज २३ देखि २५ गतेसम्म विराटनगरमा आयोजित महाधिवेशनमा अध्यक्ष पदका लागि युवराज राईसहित निवर्तमान अध्यक्ष जीवन कुमार राई, देवान राई, सर्वधन राई, राकेश राई, टिकाशरी राई र तिलकप्रसाद राईले उम्मेदवारी दिनुभएको थियो। अध्यक्ष पदमा सहमति जुटाउने क्रममा निवर्तमान अध्यक्ष जीवन कुमार राई, देवान राई, सर्वधन राई र राकेश राईले सामूहिक रूपमा उम्मेदवारी फिर्ता लिनुभएको थियो । त्यसैगरी टिकाशरी राई र तिलकप्रसाद राईले पनि सहमतिका लागि उम्मेदवारी फिर्ता लिएपछि युवराज राई सर्वसम्मत रूपमा अध्यक्षमा निर्वाचित हुनुभएको हो । उहाँले यसअघि यायोक्खाको केन्द्रीय समितिमा उपाध्यक्षको जिम्मेवारीसमेत सम्हालिसक्नुभएको छ। ‘सभ्यता, संस्कृति, भूगोल र इतिहासको सम्मानको लागि बृहत् एकता’ भन्ने मूल नाराका साथ आयोजित महाधिवेशनको बन्दसत्र विराटनगरस्थित होटल मनास्लुको सभाहलमा सुरु भएको थियो। निर्धारित तालिकाअनुसार असोज २४ गते सुरु हुने भनिएको बन्दसत्र एक दिन ढिलो गरी आइतबार बिहान ११ बजेदेखि सञ्चालन भएको थियो। महाधिवेशनको उद्घाटन प्रदेश प्रमुख परशुराम खापुङको प्रमुख आतिथ्यतामा विराटनगरस्थित वीरेन्द्र सभागृहमा हुने जानकारी निवर्तमान केन्द्रीय अध्यक्ष जीवन हाताचो राईले दिनुभएको थियो। संस्थाका महासचिव भीम राईका अनुसार महाधिवेशनमा दुई प्रदेश, २४ जिल्ला, २४ विदेश शाखा, १९ भाषिक संस्था र आठ भ्रातृ संगठनबाट करिब ७०० प्रतिनिधि तथा पर्यवेक्षक सहभागी हुने कार्यक्रम थियो। महाधिवेशनमा किरात राई समुदायको भाषा, लिपि, संस्कृति, पहिचान र राजनीतिक अधिकारका विषयलाई प्राथमिकताका साथ उठाइएको थियो। यायोक्खाले कोशी प्रदेशको नाम परिवर्तन गरी ‘किरात प्रदेश’ राख्नुपर्ने, वान्तावा, चाम्लिङलगायतका सबै किराती भाषालाई प्रदेशको सरकारी कामकाजको भाषाका रूपमा मान्यता दिनुपर्ने तथा किरात सिरिजङ्गा लिपिको प्रयोग र प्रवद्र्धन गर्नुपर्ने माग गर्दै आएको छ । प्रदेशमा करिब सात लाख जनसंख्या रहेको राई समुदायको भाषा, लिपि तथा संस्कृतिप्रति बेवास्ता गरिए राजनीतिक दलहरूप्रति प्रदेशवासीको असन्तुष्टि थप बढ्न सक्ने र समुदाय आन्दोलनमा उत्रिनुपर्ने अवस्था आउन सक्ने निवर्तमान महासचिव भीम राईले बताउनुभएको थियो । महाधिवेशनका क्रममा ‘कोशी प्रदेश नाम खारेज गर, किरात प्रदेश घोषणा गर’ लगायतका नारासमेत लगाइएको थियो । यायोक्खाले आफ्नो संगठनात्मक नेतृत्व चयनसँगै किरात पहिचान, भाषा, संस्कृति र ऐतिहासिक सभ्यताको संरक्षण तथा प्रवद्र्धनका मुद्दालाई आगामी दिनमा पनि निरन्तर उठाउने अपेक्षा गरिएको छ । --- # चक्रवात मुरासुको नेपालमा ठूलो असर नपर्ने, पहाड–हिमालमा हल्का वर्षाको सम्भावना Source: https://newskunda.com/archives/5429 Category: समाचार Last updated: 2026-11-02 बङ्गालको खाडीमा विकसित भएको चक्रवाती आँधी मुरासुको नेपालको मौसममा उल्लेखनीय प्रभाव पर्ने सम्भावना नदेखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार आज (सोमबार) देशभर आंशिक बादल लाग्नेछ। पश्चिमी वायुको आंशिक प्रभावका कारण हिमाली र पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षा वा हिमपात हुन सक्छ। लुम्बिनी प्रदेशको तराईका केही स्थानमा पनि हल्का वर्षाको सम्भावना छ। हाल देशभर आंशिक रूपमा मौसम बदली रहेको छ। दार्चुला, बझाङ र हुम्लाका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपात भइरहेको महाशाखाले जानकारी दिएको छ। मुरासुबारे विशेष बुलेटिन जारी गर्दै महाशाखाले मौसम मोडल, भूउपग्रहका तस्बिर र तथ्याङ्कको विश्लेषणका आधारमा नेपालमा ठूलो प्रभाव नपर्ने आकलन गरेको हो। आइतबार बिहान ११ बजेर ४५ मिनेटमा दक्षिणपश्चिम बङ्गालको खाडी तथा आसपासको पश्चिममध्य बङ्गालको खाडीमा मुरासु चक्रवाती आँधी बनेको थियो। उक्त प्रणाली आज पश्चिममध्य बङ्गालको खाडीमा शक्तिशाली चक्रवाती आँधीमा परिणत हुने सम्भावना छ। यो निरन्तर पश्चिम–उत्तरपश्चिमतर्फ अघि बढ्दै कात्तिक १७ गते भारतको आन्ध्र प्रदेशको दक्षिणी तटीय क्षेत्र (नेल्लौर र नरसापुरबीच) मा शक्तिशाली चक्रवाती आँधीका रूपमा जमिन प्रवेश गर्न सक्ने पूर्वानुमान छ। तर यसबाट नेपालको मौसममा कुनै ठूलो असर नपर्ने महाशाखाको निष्कर्ष छ। --- # जापानका प्रस्तावित राजदूत थापाले नाम फिर्ता लिए Source: https://newskunda.com/archives/5441 Category: समाचार Last updated: 2026-11-02 काठमाडौं । जापानका लागि प्रस्तावित राजदूत जिज्ञानकुमार थापाले आफ्नो नाम फिर्ता लिएका छन्। संसदीय सुनुवाइ समितिका सभापति बोधनारायण श्रेष्ठका अनुसार थापाले नाम फिर्ता लिनेबारे समितिलाई जानकारी गराएका हुन्। ‘उहाँले आफ्नो नाम फिर्ता लिनेबारे जानकारी हामीलाई गराउनुभएको छ। उहाँ सिंहदरबारमै हुनुहुन्छ। केहीबेरमा निवेदन पठाउनुहुन्छ,’ सभापति श्रेष्ठले भने। थापाले आफू समितिमा उपस्थित नहुने र नाम फिर्ताका लागि निवेदन पठाउने जानकारी गराएको पनि श्रेष्ठले बताए। स्वार्थको द्वन्द्वसँग जोडिएर प्रश्न उठेपछि थापाले नाम फिर्ता लिने निर्णय गरेको श्रेष्ठले जानकारी दिए। गत असोज २८ गते प्रस्तावित राजदूतहरूको संसदीय सुनुवाइ भएको थियो। नियुक्तिका लागि सिफारिस गरिएका १३ जनामध्ये १० जनाको नाम मात्र त्यस दिन समितिले अनुमोदन गरेको थियो। साउदी अरबका लागि प्रस्तावित गिरीबहादुर सुनार र मलेसियाका लागि प्रस्तावित चुडामणि खरेलको नाम भने अनुमोदन भएको थिएन। जापानका लागि प्रस्तावित थापाको जापानमा स्थायी आवासीय अनुमति (पीआर) रहेको भन्दै सांसदहरूले प्रश्न उठाएपछि उनको सुनुवाइ थप अध्ययनका लागि स्थगित गरिएको थियो। सुनुवाइका क्रममा थापाले आफूले जापानको पीआर त्यागिसकेको स्पष्टीकरण दिएका थिए। तर, संविधानको धारा २९१ को व्यवस्था र पीआर त्यागेको अवधिबारे सांसदहरूले प्रश्न उठाएका थिए। --- # जुद्ध बारुण यन्त्र भक्तपुरका सूचना अधिकारीनै पाउदैनन् सूचना Source: https://newskunda.com/archives/3028 Category: समाचार, समाज Last updated: 2023-09-28 भक्तपुर, : सरकारी कार्यालयका सूचना अधिकारीनै सूचना पाउदैनन् भन्दा पत्याउनै गाह्रो हुन्छ । तर विगत सात महिनादेखि जुद्ध बारुण यन्त्र भक्तपुरका सूचना अधिकारीले भने यस्तै तितो यथार्थ भोग्दै आउनु भएको छ । यस कार्यालयको अबस्था र सेवाकाबारेमा समाचार संकलनका लागि गएको राससका प्रतिनिधिले कार्यालय प्रमुख नासु. लोकबहादर कार्कीलाई कार्यकक्षमा नभेटे पछि सूचना अधिकारी विजयप्रसाद धौभडेलको कार्यकक्षमा पुग्दा आफूले कार्यालयको कुनै सूचनानै नपाउने गरेको गुनासो गर्नुभयो । जुद्ध वारुण यन्त्र भक्तपुर कार्यालयका कयौ पटक कार्यवाहक प्रमुख, दुई पटक कार्यालय प्रमुखको जिम्मेवारी सम्हालिसक्नु भएका धौभडेल अहिले कार्यालयमा प्रमुख पछिको दोश्रो वरियतामा रहदै सूचना अधिकारीको जिम्मेवारी सम्हाल्दै आउनु भएको छ । आफू नाम मात्रको सूचना अधिकारी भएको भन्दै धौभडेलले आफूले कार्यालयको कुनै सूचना नपाउने गरेकाले सूचना माग्न आउनेलाई सूचना दिन नसकेको बताउनु हुन्छ । उहाँले भन्नुभयो, “३८ वर्ष भयो, यहीँ कार्यालयमा सेवा गर्दै आएको, मेरो आफ्नो जिल्लाको दमकल कयौ चुनौती खेप्दै यहाँसम्म पुर्याएका छौँ, यहाँ धेरै कार्यालय प्रमुखहरु आउनु भो जानु भो, सधै राम्रै भयो, पुराना सरुवा भएर गएपछि नयाँ नआउदा दुई पटक मैले नै प्रमुखको जिम्मेवारी सम्हाले, कयौ पटक कार्यबाहक प्रमुखको जिम्मेवारी सम्हाले, कहि कतैबाट गुनासो आएन, तर अहिले सात महिनादेखि आफ्नै कार्यालयमा अपमान खेप्नु पर्दा मलाई मात्रै होइन यहाँका अधिकांश कर्मचारीको मनोबल गिरेको छ ।” सूचना अधिकारी धौभडेलसँग कार्यालयकाबारेमा मागेको कुनै सूचना दिन सक्नु भएन । उहाँसँग जे सोधे पनि थाहा छैन हाकिमसँग सोध्नु्स् न भन्ने जवाफ मात्रै आयो । कार्यालय समयमा कार्यालयमा नभएका हाकिमसँग सम्पर्क गर्न खोज्दा सम्पर्क भएन । सूचना अधिकारी धौभडेलले भन्नुभयो, “कर्मचारीको बिवरण पनि थाहा छैन,सामान्य प्रक्रिया पनि पुरा नगरी तालिम नलिएका नयाँ कर्मचारी आफैले तोक लगाएर हाकिमले राखेको धेरै पछि थाहा पाए, त्यसको बिबरण पनि आएको छैन, दुई कर्मचारीलाई निस्काषण भएछ, त्यसको कारण पनि थाहा छैन, बिदामा बस्दा कसलाई कामु दिनु हुन्छ, त्यो पनि पत्तो छैन, कति बजेट आएको छ, कति बजेट नगरपालिकाहरुले दिएका छन्, कति खर्च भयो, यहाँकाबारेमा मलाई केही थाहा छैन, सरी है सबै हाकिमलाई सोध्नुस् ।” यस कार्यालयमा दुई पुरानासहित चार वटा दमकल छन । धौभडेल आफै प्रमुख हुँदा मध्यपुरथिमि नगरपालिकाले खरिद गरेको दमकल र चाँगुनारायण तथा सूर्यविनायक नगरपालिकाले खरिद गरेको एक गरि दुई वटा नयाँ दमकल थप गर्न सफल भएका थिए । ती दुई दमकलको इन्धन, जोखिम भत्ता, मर्मत खर्च तीन नगरपालिकाले व्यहोर्दै आएका छन् । यहाँ चार दमकल, तीन वटा पिकअप भ्यान (जसमध्ये एक चल्दैन), एक पानी ट्यांकर, एक जर्मन गाडी रहेका छन् । कार्यालय प्रमुखले कार्यालयको दुई वटा भ्यान आफैले प्रयोग गर्दै आएको कर्मचारी बताउँछन् । कार्यालयका सहायक कम्युटर अपरेटर सुवास पोखरेलले १५ जना फायर म्यान, चार जना भारी सवारी चालक, दुई जना हवल्दार र दुई जना क्लिफर, एक नासु, दुई खरिदार, एक सहायक कम्प्युटर अपरेटर र तीन कार्यालय सहयोगी रहेको बताउनुभयो । उहाँले यस वर्ष चाँगुनारायण, सूर्यविनायक र मध्यपुरथिमि नगरपालिकाले पाँच÷पाँच लाख रुपैया बजेट दिएको जानकारी पाएको बताउनुभयो । कार्यालयबाट खर्चको बिल पठाए अनुसार नगरपालिकाहरुले रकम भुक्तानी गर्ने गरेको उहाँले बताउनुभयो । इन्धनको कुपन भने कार्यालय प्रमुख आफैले बाड्ने र प्रयोग गर्ने गरेकाले वर्षमा कति इन्धन खर्च हुन्छ भन्ने जानकारी सूचना अधिकारी लगायत कसैले नपाएको उहाँको भनाइ छ । धौभडेल आफैले भने तलबबाहेक कार्यालयबाट इन्धनलगायत अन्य कुनैपनि सेवा सुबिधा नलिने गरेको बताउनुहुन्छ । विगतमा पूर्वमा सिन्धुपाल्चोक तातोपानीसम्म र नुवाकोटको बञ्चरेडाँडासम्म आगो निभाउन यहाँको दमकल जाने गरेपनि अहिले भने भक्तपुरमै आगोलागी हुँदा पनि काठमाडौं र ललितपुरबाट दकमल मगाउनु पर्ने अबस्था आएको कर्मचारीको गुनासो छ । कर्मचारीले विगत दुई महिनादेखि तलब नपाएको गुनासो पोखरेलले गर्नुभयो ।––– --- # जुद्ध बारुण यन्त्र भक्तपुरले गर्यो पूर्व कर्मचारीहरुलाई सम्मान Source: https://newskunda.com/archives/2024 Category: समाचार, समाज Last updated: 2022-09-08 भक्तपुर । जुद्ध बारुण यन्त्र कार्यालय भक्तपुरले आफ्नो ७९ औं स्थापना दिवस भव्य रुपमा मनाएको छ । दिवसमा प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले हरेक क्षेत्रमा अग्रजहरुको कदर हुनु पर्ने बताउदै जुद्ध बारुण यन्त्र भक्तपुरले अग्रजहरुलाई सम्मान गरेर त्यसको कदर गरेको बताउनु भयो । जुनसुकै निकायमा पनि आफूभन्दा अगाडिका अग्रजहरुको योगदानलाई बिर्सन नहुने भन्दै उहाँले अग्रजहरुको अनुभवलाई आत्मासात गर्न सकेन अझै उपलब्धीहरु हासिल गर्न सकिने बताउनु भयो । आफ्नो ज्यानको बाजी राखेर बारुण यन्त्रका कर्मचारीले जुनसुकै समयमा पनि आउन सक्ने विपत्तीको लागि तयारी रहदै अवस्थामा रहेर अरुको जिउँधनको सुरक्षा र उद्धारमा खट्दाको चुनौतीलाई पार गर्दै आफ्नो गरिमालाई कायम राख्न निर्देशन दिनु भयो । कर्मचारीले जागिरे मानसिकता राख्न हुदैन भन्दै उहाँले आगलागीको जोखिममा काम गर्नुपर्ने भएकाले दमकलका कर्मचारीले निकै चुनौती खेप्नु पर्ने बताउनु भयो । देश र समाजले विश्वास एवं गौरव गर्नसक्ने गरी कार्य गर्न प्रेरणा दिदै उहाँले समिति श्रोत र साधनकाबीच कर्मचारीको क्षमता तथा बृत्ति बिकास आवश्यक रहेको औल्याउनु भयो । कार्यक्रममा सम्मानित हुने पूर्वकर्मचारी हरिबहादुर श्रेष्ठले विगतमा आफूले संस्थाप्रति गरेको योगदानको कदर भएको स्मरण गर्दै उहाँले जागिर छाडेको दुई दशकपछि पनि कार्यालयले सम्झेर सम्मान गर्दा निकै खुसी लागेको बताउनु भयो । नेपाल पत्रकार महासंघ भक्तपुरका सचिव संजीप घिमिरेले दमकलको निरन्तरताको लागि स्थानीय सरकारको सहयोग महत्वपूर्ण हुने बताउनु भयो । कार्यालयका सभापति एवं कार्यालयका प्रमुख विजयप्रसाद धौभडेलले आगलागीजस्तो विपतमा अरु घर बाहिर निस्कने र दमकलका कर्मचारी आगोको राप छेल्दै घर भित्र छिरेर जनधनको सुरक्षामा खटिनु पर्ने बताउदै कर्मचारीले मानवीय सेवासमेत गरिरहेको चर्चा गर्नु भयो । कार्यालयले प्रगती विवरण सार्वजनिक गर्दै उहाँले आगामी वर्षका योजनाहरुको बारेमा बताउनु भयो । कार्यालयले आफ्नो स्थापना दिवसको अवसरमा कर्मचारी निराजन खत्री र सानुराम दाहाललाई नगदसहित उत्कृष्ट कर्मचारी पुरस्कार प्रदान गरिएको थियो । कार्यक्रममा सिद्धिस्मृति प्रतिष्ठानका अध्यक्ष श्यामसुन्दर धौभडेल र नुगल बैद्य, सेवा प्रदायक परशुराम शाह र ध्रुव श्रेष्ठ लगायतलाई जुद्ध बारुण यन्त्र कार्यालय भक्तपुरलाई सहयोग गरेवापत प्रशंसा पत्र प्रदान गरिएको थियो । --- # डोल्पा कारागारबाट सुरुङ खनेर भागेका ८ कैदी अझै फरार, प्रहरीले सहयोग माग्यो Source: https://newskunda.com/archives/5388 Category: समाचार Last updated: 2026-11-01 डोल्पा जिल्ला कारागारबाट सुरुङ खनेर भागेका आठ कैदीबन्दी अझै पक्राउ परेका छैनन्। प्रहरीले उनीहरूको खोजी तीव्र पार्दै सर्वसाधारणसँग सहयोग माग्दै तस्बिर र विवरण सार्वजनिक गरेको छ। जिल्ला प्रहरी कार्यालय डोल्पाले आइतबार सूचना जारी गर्दै फरार व्यक्तिहरूलाई कतै देखेमा वा जानकारी पाएमा नजिकको प्रहरी कार्यालयमा खबर गर्न आग्रह गरेको छ। सहयोगका लागि १००, ०८७–५५००५६, ९८५८३९०५८६ र ९८५८३०५५५५ नम्बर सार्वजनिक गरिएको छ। फरार हुनेमा डोल्पाका दुई, जाजरकोटका दुई, रुकुमपश्चिमका तीन र सल्यानका एक जना छन्। तीमध्ये छ जना कैदी र दुई जना थुनुवा रहेका छन्। प्रहरी प्रवक्ता विनय सिंहले खोजी कार्य जारी रहेको र प्रभावकारी बनाउन विवरण सार्वजनिक गरिएको जानकारी दिएका छन्। --- # दसैँ मनाउन घर फर्किँदै गरेका तीन युवतीको सुनकोशीमा जीप खस्दा मृत्यु, तीन बेपत्ता Source: https://newskunda.com/archives/4845 Category: समाचार Last updated: 2026-10-22 **खोटाङ ।** दसैँ मनाउन काठमाडौँबाट घर फर्किँदै गरेका यात्रु सवार सुमो जीप सिन्धुलीको फिक्कल गाउँपालिका–६, नागथानस्थित सुनकोशी नदीमा खस्दा तीन युवतीको मृत्यु भएको छ भने तीन जना बेपत्ता भएका छन्। दुर्घटनामा चार जना घाइते भएका छन्। आइतबार बिहान करिब २ः३० बजे मध्यपहाडी लोकमार्गको नागथान खण्डबाट को १ ज २९७६ नम्बरको सुमो सडकबाट करिब १५० मिटर तल सुनकोशी नदीमा खसेको प्रहरीले जनाएको छ। सुमोमा चालकसहित १० जना सवार थिए। उनीहरू शनिबार राति करिब ११ बजे काठमाडौँबाट खोटाङतर्फ प्रस्थान गरेका थिए। दुर्घटनामा मृत्यु हुनेमा खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–५, लफ्याङकी २१ वर्षीया युपना राई, सोही ठाउँकी काव्या राई र खोटेहाङ गाउँपालिका–६, इन्द्रेणीपोखरीकी १६ वर्षीया स्वस्तिका विश्वकर्मा रहेका छन्। उनीहरू दसैँ मनाउन घर फर्किँदै गरेका थिए। स्थानीयका अनुसार युपना र काव्या काठमाडौँमा बसेर अध्ययनसँगै सामान्य रोजगारीमा संलग्न थिए भने स्वस्तिका एसईई परीक्षाको तयारीमा थिइन्। घरपरिवारसँग दसैँ मनाउने खुसी बोकेर यात्रामा निस्किएका उनीहरूको दुर्घटनामा ज्यान गएपछि खोटाङमा शोक छाएको छ। दुर्घटनामा परी लफ्याङका २८ वर्षीय हरि पुर्कुटी, २६ वर्षीय सन्तोषकुमार मुग्राती र २२ वर्षीया अप्सरा राई बेपत्ता भएका छन्। उनीहरूको खोजीका लागि नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरी बलको गोताखोर टोली परिचालन गरिएको छ। घाइते हुनेमा दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–३, बाम्राङकी ३८ वर्षीया सम्झना राई, उनकी १२ वर्षीया छोरी शिवानी राई, स्वस्तिका विश्वकर्माका १३ वर्षीय भाइ अङ्कित विश्वकर्मा र सुमो चालक ओखलढुङ्गाको सिद्धिचरण नगरपालिका–२ का २९ वर्षीय आशिष विश्वकर्मा रहेका छन्। गम्भीर घाइते सम्झना राईलाई थप उपचारका लागि हेलिकोप्टरमार्फत काठमाडौँ लगिएको छ। शिवानी र अङ्कितको सिन्धुली जिल्ला अस्पतालमा उपचार भइरहेको छ भने चालक आशिषको अवस्था पनि गम्भीर रहेको जनाइएको छ। प्रहरीका अनुसार दुर्घटनाको कारण खुल्न सकेको छैन। घटनास्थल पुगेका प्रहरी टोलीले चालक निदाएका कारण दुर्घटना भएको हुन सक्ने प्रारम्भिक अनुमान गरे पनि यसको आधिकारिक पुष्टि भइसकेको छैन। दसैँको खुसी साट्न परिवारको काखमा फर्किँदै गरेका युवतीहरूको असामयिक निधनले आफन्तजन, परिवार र स्थानीय समुदायलाई स्तब्ध बनाएको छ। दुर्घटनामा बेपत्ता भएकाहरूको खोजी तथा घाइतेहरूको उपचार जारी छ। --- # निर्वाचन प्रहरीको पोसाक खरिद अनियमितताः उपसमितिले तोक्यो अध्ययनको पूरा समयतालिका Source: https://newskunda.com/archives/5296 Category: समाचार Last updated: 2026-10-30 काठमाडौँ – निर्वाचन प्रहरी (म्यादी) को पोसाक खरिद प्रक्रियामा भएको अनियमितताबारे छानबिन गर्न गठित उपसमितिले अध्ययनको विस्तृत कार्यतालिका तयार पारेको छ। सिंहदरबारमा बिहीबार बसेको बैठकले कात्तिक महिनाभित्र विभिन्न कागजातहरूको अध्ययन पूरा गर्ने निर्णय गरेको हो। उपसमितिका संयोजक तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनीष झाका अनुसार मंसिर १ देखि १५ गतेसम्म सम्बन्धित पक्षहरूसँग बयान लिने, अन्तर्वार्ता लिने र विषयविज्ञहरूसँग छलफल गर्ने कार्यक्रम तय गरिएको छ। त्यसपछिका पाँच दिन प्रतिवेदन लेखनका लागि छुट्याइएको छ। उपसमितिलाई दुई महिनाको समय दिइएको छ र मंसिर २० गतेभित्र प्रतिवेदन बुझाइसक्नुपर्ने बाध्यता छ। उपसमितिमा सांसदहरू खगेन्द्र सुनार, गणेश धिमाल, योगेश गौचन थकाली, ऐन महर, रमेशकुमार मल्ल, महेन्द्रबहादुर शाहीलगायत सदस्य छन्। रास्वपा सांसद खगेन्द्र सुनारले गत फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचनका क्रममा प्रहरीको पोसाक खरिदमा अनियमितता भएको आरोप लगाउँदै छानबिनको माग गर्दै आएका थिए। प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिको असोज १६ गतेको बैठकले झाको संयोजकत्वमा ९ सदस्यीय यो उपसमिति गठन गरेको थियो। --- # नेपालमा ‘अर्नब’ आँधीको प्रभाव सुरु हुँदै, शुक्रबार वर्षा र हिमपातको जोखिम Source: https://newskunda.com/archives/5193 Category: समाचार, समाज Last updated: 2026-10-29 **काठमाडौ ।** बङ्गालको खाडीमा विकसित ‘अर्नब’ आँधीको प्रभाव आज बुधबारदेखि नेपालमा देखिन सक्ने मौसमविद्हरूले बताएका छन्। नेपाल आइपुग्दा आँधी कमजोर हुने अनुमान गरिए पनि यसले वर्षा र हिमपात गराउन सक्ने सम्भावना छ। मौसम पूर्वानुमानअनुसार बिहीबारदेखि वर्षा सुरु भई शुक्रबार लुम्बिनी, गण्डकी, बागमती, मधेश र कोशी प्रदेशमा यसको प्रभाव बढी देखिन सक्छ। विशेषगरी उत्तरी हिमाली क्षेत्रमा भारी हिमपात र हिमआँधीको जोखिम रहेको छ। शनिबारदेखि भने यसको प्रभाव क्रमशः कमजोर हुँदै पूर्वतर्फ केन्द्रित हुने अनुमान छ। सम्भावित भारी वर्षा र हिमपातलाई ध्यानमा राख्दै उच्च हिमाली क्षेत्रमा पदयात्रा गर्नेहरूलाई सतर्क रहन र आवश्यक परे यात्रा स्थगित गर्न आग्रह गरिएको छ। साथै, धानबालीमा क्षति पुग्न सक्ने भएकाले किसानहरूलाई पनि आवश्यक सावधानी अपनाउन मौसमविद्हरूले सुझाव दिएका छन्। --- # पृथ्वी राजमार्ग आज तीन घण्टा बन्द हुने Source: https://newskunda.com/archives/5432 Category: समाचार Last updated: 2026-11-02 **काठमाडौं** । धादिङको पृथ्वी राजमार्गअन्तर्गत बेनीघाट रोराङ गाउँपालिका–९ मझिमटारमा सवारी आवागमन बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालय धादिङले सूचना जारी गर्दै आकासे पुल निर्माण तथा सडक स्तरोन्नतिको कामका लागि सोमबार बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म सवारी आवागमन पूर्ण रूपमा बन्द गरिने जनाएको छ । सूचनाअनुसार उक्त स्थानमा निर्माण कार्य सञ्चालन हुने भएकाले सो अवधिमा सबै प्रकारका सवारीसाधनको आवागमन रोक्न लागिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । प्रशासनले उक्त अवधिमा वैकल्पिक मार्ग प्रयोग गरी सवारीसाधन सञ्चालन गर्न तथा गराउन अनुरोध गरेको छ । साथै, सवारी चालक तथा सडक प्रयोगकर्तालाई प्रचलित ट्राफिक नियम र सडक अनुशासन पूर्ण रूपमा पालना गर्न आग्रह गरिएको छ । --- # फेरिचे हेलिप्याड दुर्घटनाः घाइतेलाई नेपाल मेडिसिटी लगियो, एक भारतीय पर्यटकको मृत्यु Source: https://newskunda.com/archives/5470 Category: समाचार Last updated: 2026-11-03 सोलुखुम्बु जिल्लाको खुम्बु पासाङल्हामु गाउँपालिका–४ स्थित फेरिचे हेलिप्याडमा मंगलबार बिहान करिब ८:११ बजे फिस्टेल एयर र एयर डाइनेस्टीका दुई हेलिकप्टर अवतरण गर्ने क्रममा एकआपसमा ठोक्किएर दुर्घटना भएको छ। दुर्घटनामा परी फिस्टेल एयरको हेलिकप्टरमा सवार भारतीय नागरिक वसन्त कुमार बलरामरामाडुको मृत्यु भएको छ भने सोही हेलिकप्टरमा सवार न्यूजिल्यान्डका नागरिक (भारतीय मूलका) शैलेश कृष्ण पटेल घाइते भएका छन्। घाइते पटेललाई प्रभु हेलिकप्टरमार्फत ललितपुरस्थित नेपाल मेडिसिटी अस्पताल ल्याइएको छ। एयर डाइनेस्टीका क्याप्टेन रविन्द्र प्रजापति पनि घाइते भएका छन्। उनलाई प्रारम्भिक उपचारका लागि लुक्ला पठाइएपछि थप उपचारका लागि काठमाडौं लगिएको हो। दुवै हेलिकप्टरका पाइलटहरूले सामान्य चोटपटक मात्रै बेहोरेका छन्। फिस्टेल एयरको हेलिकप्टर क्याप्टेन प्रज्वल केसीले र एयर डाइनेस्टीको हेलिकप्टर क्याप्टेन रविन्द्र प्रजापतिले उडाएका थिए। दुर्घटनाको मुख्य कारण अवतरणका क्रममा दुई हेलिकप्टरका पङ्खा (रोटर ब्लेड) एकआपसमा ठोक्किनु रहेको प्रारम्भिक जानकारी छ। दुर्घटनालगत्तै सिम्रिक एयरको हेलिकप्टर र स्थानीय प्रहरी टोली उद्धार कार्यमा खटिएका थिए। मृतकको शव लुक्ला अस्पताल लगिएको छ। दुवै हेलिकप्टरमा सवार यात्रुको यथार्थ संख्या अझै पुष्टि भइसकेको छैन। जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका अनुसार घटनाको थप विवरण सङ्कलन भइरहेको छ। नेपाल नागरिक उड्डयन प्राधिकरण (CAAN) र स्थानीय अधिकारीहरूले दुर्घटनाको अनुसन्धान अगाडि बढाइरहेका छन्। --- # बाघको आक्रमणबाट नवलपुरमा महिलाको मृत्यु Source: https://newskunda.com/archives/24 Category: समाचार Last updated: 2021-12-31 **काठमाडौं १६ पुष ।** नवलपुरको मध्यबिन्दु–१२ मा आज बाघको आक्रमणबाट १ महिलाको मृत्यु भएको छ । बाघको आक्रमणबाट मध्यबिन्दु–१२, अरुणखोला निवासी ३९ वर्षीया बरिसा सारुको मृत्यु भएको हो । बिहान स्थानीय वनमा साग टिप्न गएकी सारुलाई बाघले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सागर पन्तले बताउनुभएको छ । नवलपुरमा यसअघि मंसिर दोस्रो हप्ता बाघको आक्रमणबाट विनयी त्रिवेणी गाउँपालिका–१ मा स्थानीय सामुदायिक वन रक्षकको मृत्यु भएको थियो । वन आसपासमा बाघको आतंक बढेको भन्दै विनयी त्रिवेणी गाउँपालिकाले केही दिनअघि मात्रै एक सूचनामार्फत वन क्षेत्रमा नजान स्थानीयलाई अनुरोध गरेको थियो । --- # भारतीय सेनामा गोर्खा भर्ती पुनः खुलाउन माग गर्दै माइतीघरमा पूर्वसैनिकको प्रदर्शन Source: https://newskunda.com/archives/5435 Category: समाचार Last updated: 2026-11-02 काठमाडौं । भारतीय सेनामा नेपाली गोर्खाको भर्ती प्रक्रिया फेरि सुरु गर्न माग गर्दै पूर्वगोर्खा सैनिकहरूले सोमबार काठमाडौंको माइतीघरमा प्रदर्शन गरेका छन्। अल नेपाल भारतीय पूर्व सैनिक कल्याणकारी संघको आयोजनामा भएको उक्त प्रदर्शनमा सहभागीहरूले भारत सरकारले अग्निपथ योजना लागू गरेपछि रोकिएको गोर्खा भर्ती प्रक्रिया तत्काल खुलाउन माग गरेका छन्। उनीहरूले नेपाली बेरोजगार युवाका लागि भरपर्दो रोजगारीको व्यवस्था गर्नसमेत सरकारको ध्यानाकर्षण गराएका छन्। यसअघि गत १२ अगस्टमा पोखरामा पनि पूर्वगोर्खा सैनिक र युवाहरूले भर्ती प्रक्रिया खुलाउन माग गर्दै प्रदर्शन गरेका थिए। त्यस्तै, १९ अगस्टमा भारतीय स्थल सेनाध्यक्ष जनरल धीरज सेठ नेपाल भ्रमणमा आएका बेला पूर्वगोर्खा सैनिकहरूले भर्ती पुनः सुरु गर्न पहल गर्न आग्रह गरेका थिए। तर, उक्त भ्रमणका क्रममा पनि यसबारे कुनै ठोस सहमति हुन सकेको थिएन। प्रदर्शनकारीहरूले सचिवस्तरीय निर्णय खारेज गरी पूर्वगोर्खा सैनिकका संस्था तथा संगठन दर्ता र नवीकरणको व्यवस्था मिलाउनसमेत सरकारसँग आग्रह गरेका छन्। --- # ७३ वर्षे उमेरमा नातिलाई दिए जीवनदान : आफ्नै मिर्गौला दिएर फर्काए १७ वर्षीय नितेशको मुस्कान Source: https://newskunda.com/archives/5314 Category: समाज Last updated: 2026-10-30 काठमाडौँ । हजुरबुबाले नातिलाई जीवनका अनुभव सुनाउँछन्, हात समाएर हिँड्न सिकाउँछन् र उज्ज्वल भविष्यको आशीर्वाद दिन्छन्। तर सोलुखुम्बुका ७३ वर्षीय धनकुमार राईले आफ्ना १७ वर्षीय नाति नितेश राईलाई यी सबैभन्दा अमूल्य उपहार दिएका छन्– नयाँ जीवन। आफ्नै शरीरको एउटा मिर्गौला दिएर उनले नातिको जीवनमा फेरि आशाको उज्यालो भरेका छन्। काठमाडौँस्थित नर्भिक इन्टरनेसनल अस्पतालमा नितेशको मिर्गौला प्रत्यारोपण सफल भएपछि हजुरबुबा र नाति दुवैको अनुहारमा खुसी फर्किएको छ। झन्डै २६ महिनादेखि डायलासिस, औषधि र अस्पतालको चक्करमा बितिरहेको उनीहरूको जीवनमा अहिले नयाँ अध्याय सुरु भएको छ। नितेशको जीवनमा संकट एसईईको नतिजा सार्वजनिक भएपछि सुरु भएको थियो। किशोरावस्थाको नयाँ यात्रा र भविष्यका सपना बुन्नुपर्ने उमेरमा उनका दुवै मिर्गौलाले काम गर्न छाडेको पत्ता लाग्यो। विराट टिचिङ अस्पतालमा उपचारका क्रममा मिर्गौला फेल भएको पुष्टि भएपछि उनलाई थप उपचारका लागि काठमाडौँ ल्याइएको थियो। विभिन्न अस्पताल धाउँदा पनि तत्काल प्रत्यारोपण सम्भव नभएपछि नियमित डायलासिस गराउनुपर्ने अवस्था आयो। नितेश स्थानीय सरकारी विद्यालयमा अध्यापन गर्ने शिक्षक रामकुमार राई र गृहिणी गोमा कुमारी राईका एक्ला छोरा हुन्। सीमित आम्दानीमा परिवार चलाइरहेका बाबुआमाका लागि छोराको उपचार खर्च जुटाउनु ठूलो चुनौती बन्यो। उपचारकै लागि परिवार भक्तपुरमा भाडाको कोठा लिएर बस्न बाध्य भयो। आर्थिक अवस्था कमजोर हुँदै गएपछि नितेशको जीवन रक्षाका लागि ‘नितेश राई बचाऔँ अभियान’ गठन गरियो। सन्तोष राईको संयोजकत्वमा सञ्चालित अभियानमार्फत देश तथा विदेशमा रहेका आफन्त, शुभेच्छुक र सहयोगी मनहरूसँग सहयोगको अपिल गरियो। अभियानबाट करिब ३५ लाख रुपैयाँ संकलन भयो। समाजको यही साथले उपचारको आर्थिक भार कम गर्न महत्त्वपूर्ण भूमिका खेल्यो। तर आर्थिक सहयोग जुटे पनि प्रत्यारोपणका लागि उपयुक्त मिर्गौला दाता भेट्टाउनु अर्को कठिन चुनौती थियो। सुरुमा बाबुआमा दुवैले मिर्गौला दान गर्न परीक्षण गराए। तर दुवैको मिर्गौला नितेशसँग म्याच भएन। अन्य आफन्त तथा सम्भावित दाताको खोजी गर्दा पनि सफलता मिलिरहेको थिएन। यही निराशाबीच नितेशका ७३ वर्षीय हजुरबुबा धनकुमार राईको मिर्गौला परीक्षण गर्दा नातिसँग म्याच भएको रिपोर्ट आयो। लामो समयदेखि दाताको खोजीमा भौँतारिरहेको परिवारका लागि यो खबर ठूलो खुसी बनेर आयो। हजुरबुबाको उमेरका कारण बाबुआमालाई सुरुमा केही संकोच थियो। तर धनकुमार भने नातिलाई मिर्गौला दिन पाउने खबरले निकै उत्साहित भए। अभियानका संयोजक सन्तोष राईका अनुसार प्रत्यारोपणको तयारीदेखि शल्यक्रियापछिसम्म पनि उनले आफ्नो निर्णयप्रति कुनै हिचकिचाहट देखाएनन्। काठमाडौँ आएपछि उनले खुसी हुँदै भनेका थिए, “म त मेरो नातिलाई जीवनदान दिन पो आएको, कत्ति हर्ष छ मलाई, थाहा छ!” मिर्गौला म्याच भएको खबर पाएपछि उनले अर्को भावुक अभिव्यक्ति पनि दिएका थिए, “मेरो नाति मपट्टि गएको रहेछ, त्यसैले खुन (रगत) मसँग मिल्यो।” दाता भेटिए पनि सरकारी अस्पतालमा प्रत्यारोपणको पालो कुर्दा थप करिब एक वर्ष प्रतीक्षा गर्नुपर्ने अवस्था देखिएको थियो। लामो समयदेखि डायलासिस गराइरहेका नितेशका लागि थप प्रतीक्षा कठिन हुने भएपछि अन्ततः काठमाडौँस्थित नर्भिक इन्टरनेसनल अस्पतालमा प्रत्यारोपण गर्ने निर्णय गरियो। गत साता धनकुमारले आफ्नो एउटा मिर्गौला नातिलाई दान गरे। झन्डै २६ महिनाको संघर्षपछि प्रत्यारोपण सफल भयो। अभियानका संयोजक सन्तोष राईका अनुसार अहिले हजुरबुबा र नाति दुवैको स्वास्थ्य अवस्था सामान्य छ। हजुरबुबा अस्पतालबाट डिस्चार्ज भइसकेका छन् भने नितेश पनि केही दिनभित्र डिस्चार्ज हुने अपेक्षा गरिएको छ। लामो समय अस्पतालको बेड र डायलासिस मेसिनसँग जोडिएको नितेशको जीवन अब फेरि सामान्य दिनचर्यामा फर्किने आशा पलाएको छ। पढाइ, साथीभाइ र भविष्यका सपनाहरूले उनको जीवनमा पुनः ठाउँ पाउनेछन्। नितेशको उपचारमा करिब ३५ लाख रुपैयाँ सहयोग जुट्नु सामाजिक एकताको उदाहरण बनेको छ। यद्यपि गम्भीर रोगको उपचारका लागि परिवारले अभियान नै चलाउनुपर्ने र सरकारी अस्पतालमा लामो समय पालो कुर्नुपर्ने अवस्थाले स्वास्थ्य सेवामा सहज पहुँचको आवश्यकता पनि उजागर गरेको छ। एउटा हजुरबुबाले नातिलाई एउटा मिर्गौला मात्र दिएका छैनन्, उनले फेरि सपना देख्ने अवसर र जीवनप्रतिको आशा पनि दिएका छन्। धनकुमार राईको यो निर्णय केवल मिर्गौला दानको घटना होइन, पुस्तौँदेखि हस्तान्तरण हुँदै आएको निस्वार्थ प्रेम र त्यागको अनुपम कथा हो। --- # आज विजयादशमी: बिहान १०:२६ बजे टीकाको उत्तम साइत Source: https://newskunda.com/archives/4932 Category: समाज Last updated: 2026-10-28 काठमाडौं । नेपालीहरूको महान् पर्व बडादसैँको मुख्य दिन विजयादशमी आज देशभर हर्षोल्लासका साथ मनाइँदैछ। यस अवसरमा मान्यजनको हातबाट नवदुर्गा भवानीको प्रसादस्वरूप रातो टीका, पहेँलो जमरा र आशीर्वाद ग्रहण गर्ने परम्परा छ। परिवारका ज्येष्ठ सदस्य तथा मान्यजनबाट टीका थाप्दै सुख, शान्ति, समृद्धि र दीर्घायुको कामना गरिन्छ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार आज बिहान ८ बजेर ४९ मिनेटमा देवी विसर्जनको साइत रहेको थियो भने टीका लगाउनका लागि बिहान १० बजेर २६ मिनेटको समय उत्तम साइतका रूपमा निर्धारण गरिएको छ। समितिका अनुसार विजयादशमी आफैँमा शुभ दिन भएकाले सर्वसाधारणले टीका लगाउन अनिवार्य रूपमा साइत कुर्नु पर्दैन। तर राज्य सञ्चालकका लागि भने शास्त्रीय मान्यताअनुसार शुभ साइतमा टीका ग्रहण गर्ने परम्परा रहेको छ। घटस्थापनाका दिन विधिपूर्वक स्थापना गरी नौ दिनसम्म पूजा आराधना गरिएको जमरा र देवीको प्रसाद विजयादशमीका दिन मान्यजनबाट ग्रहण गरिन्छ। धार्मिक मान्यताअनुसार आज टीका थाप्ने व्यक्ति पश्चिमतर्फ र टीका लगाइदिने व्यक्ति पूर्वतर्फ फर्किनुपर्छ। आज टीका लगाउन नभ्याउनेहरूले पनि कोजाग्रत पूर्णिमासम्म मान्यजनबाट टीका र आशीर्वाद ग्रहण गर्न सक्ने परम्परा छ। विजयादशमीलाई असत्यमाथि सत्य र आसुरी शक्तिमाथि दैवी शक्तिको विजयको प्रतीकका रूपमा लिइन्छ। धार्मिक विश्वासअनुसार यही दिन देवी दुर्गाले महिषासुरमाथि र भगवान् श्रीरामले रावणमाथि विजय प्राप्त गरेका थिए। त्यसैले यस पर्वले अन्याय र अधर्ममाथि सत्य, न्याय तथा सदाचारको विजय हुने सन्देश दिन्छ। दसैँमा लगाइने रातो टीकालाई शक्ति, विजय, सौभाग्य र मङ्गलको प्रतीक मानिन्छ भने जमराले जीवनशक्ति, उर्वरता र समृद्धिको सङ्केत गर्छ। नवरात्रभर गरिएको पूजाआराधनापछि प्रसाद ग्रहण गर्दै देवीको आशीर्वाद लिने धार्मिक परम्परा यस पर्वको महत्वपूर्ण पक्ष हो। यस दिन मान्यजनबाट आयु, आरोग्य, विद्या, धन र सफलताको कामना गर्दै विभिन्न वैदिक मन्त्र तथा आशिष दिने चलन छ। विजयादशमीले टाढा रहेका परिवारका सदस्य, आफन्त र साथीभाइलाई एकै ठाउँमा भेला गराउँदै आपसी प्रेम, सम्मान, मेलमिलाप र सद्भाव बढाउन महत्वपूर्ण भूमिका खेल्छ। टीका र जमरासँगै आशीर्वाद आदानप्रदान गर्दै मनाइने यस पर्वले नेपाली समाजमा पारिवारिक एकता, सांस्कृतिक पहिचान र सामाजिक भाइचारालाई थप बलियो बनाउने विश्वास गरिन्छ। --- # आजको मौसम : कोशी र गण्डकीका पहाडी तथा हिमाली क्षेत्रमा हल्का वर्षाको सम्भावना Source: https://newskunda.com/archives/5482 Category: समाज Last updated: 2026-11-04 **काठमाडौँ ।** देशका केही स्थानमा आज हल्का वर्षा हुने सम्भावना रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षा हुन सक्नेछ। महाशाखाका अनुसार दिउँसो कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका अधिकांश भूभागमा मौसम सफा रहनेछ। कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भूभागमा भने आंशिक बदली रहने सम्भावना छ। ती प्रदेशका अन्य भूभागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ। त्यसैगरी, रातिको समयमा कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका सबै भूभागमा आंशिक बदली रहनेछ। देशका अन्य भूभागमा भने मौसम मुख्यतया सफा रहने पूर्वानुमान गरिएको छ। महाशाखाका अनुसार तराईका भूभाग, उपत्यका तथा खोँचहरूमा बिहानपख केही स्थानमा हुस्सु तथा कुहिरो लाग्ने सम्भावना रहेको छ। हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। --- # आजदेखि तिहार सुरु, कात्तिक २५ गते भाइटीका, यस्ताे छ नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले सार्वजनिक गरेको तालिका Source: https://newskunda.com/archives/5525 Category: समाज Last updated: 2026-11-07 **काठमाडौँ ।** नेपालीहरूको दोस्रो ठूलो चाड तिहार अर्थात् यमपञ्चक आज शुक्रबारदेखि सुरु भएको छ। तिहारको पहिलो दिन आज धनत्रयोदशी (धनतेरस) र यमदीपदान मनाइँदैछ। पाँच दिनसम्म विभिन्न धार्मिक तथा सांस्कृतिक परम्पराअनुसार मनाइने तिहारमा धन, स्वास्थ्य, समृद्धि, प्रकृति र पारिवारिक सम्बन्धलाई विशेष महत्त्व दिइन्छ। विशेषगरी मधेशको प्राचीन मिथिला क्षेत्रमा परम्परागत रूपमा मनाइँदै आएको धनतेरस पछिल्ला वर्षहरूमा काठमाडौँ उपत्यकासहित देशका अन्य भागमा पनि लोकप्रिय बन्दै गएको छ। यस दिन साँझ घरघरमा दीप प्रज्वलन गरी धातुका नयाँ भाँडाकुँडा, सुनचाँदी तथा गरगहना किन्ने र पूजा गर्ने चलन छ। धार्मिक मान्यताअनुसार धनतेरसमा नयाँ धातुका सामग्री खरिद गर्दा घरमा धन, सुख र समृद्धि भित्रिने विश्वास गरिन्छ। धनतेरससँगै आज साँझ यमदीपदान पनि गरिँदैछ। यमराजलाई समर्पित गरी दीपदान गर्दा अकाल मृत्यु र यमयातनाबाट मुक्ति मिल्ने धार्मिक विश्वास छ। कार्तिक कृष्ण त्रयोदशीदेखि शुक्ल द्वितीयासम्म यमदीपदान गर्ने परम्परा रहेको छ। **यस्तो छ तिहारको पर्वतालिका** नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले सार्वजनिक गरेको निर्णयअनुसार यस वर्ष तिहारका विभिन्न पर्व निम्न मितिमा मनाइनेछन्। - **कात्तिक २० गते, शुक्रबार :** धनत्रयोदशी (धनतेरस) तथा यमदीपदान। - **कात्तिक २१ गते, शनिबार :** काग तिहार तथा धन्वन्तरी जयन्ती। - **कात्तिक २२ गते, आइतबार :** नरक चतुर्दशी, कुकुर तिहार तथा साँझ लक्ष्मीपूजा। - **कात्तिक २३ गते, सोमबार :** गाईपूजा। - **कात्तिक २४ गते, मंगलबार :** गोवर्धन पूजा, गोरुपूजा, बलिपूजा, हलितिहार तथा म्हपूजा। यसै दिन नेपाल संवत् ११४७ प्रारम्भ हुनेछ। - **कात्तिक २५ गते, बुधबार :** यमद्वितीया तथा भाइटीका। **धन, स्वास्थ्य र समृद्धिको पर्व** तिहारमा काग, कुकुर, गाई र गोरुको पूजा गर्ने परम्परा छ। हिन्दू धार्मिक मान्यताअनुसार कागलाई यमराजको सन्देशवाहकका रूपमा लिइन्छ। त्यसैले काग तिहारका दिन कागलाई मीठा खानेकुरा दिएर पूजा गरिन्छ। कुकुरलाई यमराजको द्वारपाल तथा मानिसको इमानदार साथीका रूपमा सम्मान गरिन्छ। कुकुर तिहारमा कुकुरलाई माला लगाइदिने, टीका लगाउने र मिठा परिकार खुवाउने चलन छ। त्यसैगरी, गाईलाई लक्ष्मीको प्रतीकका रूपमा पूजा गरिन्छ। गाईपूजाका दिन गाईलाई माला, टीका र खानेकुरा दिएर सम्मान गरिन्छ। लक्ष्मीपूजाका दिन घर, आँगन र बाटोघाटो सफा गरी साँझ दीप प्रज्वलन गर्दै धनधान्यकी देवी लक्ष्मीको पूजा गरिन्छ। घरमा लक्ष्मीको आगमन हुने धार्मिक विश्वासका साथ घरलाई दीपमालिकाले झिलिमिली बनाउने र देउसीभैलो खेल्ने परम्परा पनि छ। गोवर्धन पूजाका दिन भगवान् श्रीकृष्णले गोवर्धन पर्वत उठाएर गोकुलवासीलाई वर्षा र प्राकृतिक विपत्तिबाट संरक्षण गरेको धार्मिक प्रसङ्ग स्मरण गरिन्छ। यस दिन गोरुको पूजा गर्नुका साथै कृषिमा यसको योगदानको सम्मान गरिन्छ। कात्तिक २४ गते नै नेवार समुदायले म्हपूजा अर्थात् आत्मपूजा मनाउनेछन्। म्हपूजामा आफ्नै शरीर र आत्माको शुद्धता, स्वास्थ्य, दीर्घायु तथा सुख–समृद्धिको कामना गर्दै पूजा गरिन्छ। यसै दिनदेखि नेपाल संवत् ११४७ को नयाँ वर्ष पनि प्रारम्भ हुनेछ। **भाइटीकाको उत्तम साइत बिहान ११:०७ बजे** तिहारको अन्तिम दिन कात्तिक २५ गते बुधबार यमद्वितीया तथा भाइटीका मनाइनेछ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार यस वर्ष भाइटीका लगाउन बिहान ११ बजेर ७ मिनेटको समय उत्तम रहेको छ। समितिका अनुसार साइत खोज्नेहरूका लागि अभिजित् मुहूर्तको समय निर्धारण गरिएको हो। यद्यपि सर्वसाधारणले मध्याह्नकालमा पनि टीका लगाउन बाधा नरहेको समितिले जनाएको छ। भाइटीकाका दिन दिदीबहिनी पूर्वतर्फ र दाजुभाइ पश्चिमतर्फ फर्किएर टीका लगाउनुपर्ने शास्त्रीय विधि रहेको पनि समितिले जनाएको छ। भाइटीकाका दिन दिदीबहिनीले दाजुभाइको दीर्घायु, सुस्वास्थ्य, सुख, शान्ति र समृद्धिको कामना गर्दै सप्तरङ्गी टीका, माला तथा विभिन्न परिकार प्रदान गर्छन्। दाजुभाइले पनि दिदीबहिनीलाई उपहार तथा दक्षिणा दिएर सम्मान गर्ने परम्परा छ। यसरी धार्मिक आस्था, सांस्कृतिक विविधता, प्रकृतिप्रतिको सम्मान र दाजुभाइ–दिदीबहिनीबीचको आत्मीय सम्बन्धलाई जोड्ने तिहारले नेपाली समाजमा आपसी सद्भाव, प्रेम र एकताको सन्देश प्रवाह गर्दै आएको छ। --- # चक्रवात ‘अर्नब’ को प्रभावः कञ्चनजङ्घा क्षेत्रमा २५० पर्यटक बिचबाटोमै रोकिए Source: https://newskunda.com/archives/5302 Category: समाज Last updated: 2026-10-30 ताप्लेजुङ, कात्तिक १३ गते – बङ्गालको खाडीमा विकसित चक्रवात ‘अर्नब’ का कारण हिमाली क्षेत्रको मौसम बिग्रिएपछि कञ्चनजङ्घा क्षेत्र भ्रमणमा निस्किएका करिब २५० आन्तरिक तथा बाह्य पर्यटक बाटोमै अड्किएका छन्। उच्च भेगमा हिमपात र तल्लो क्षेत्रमा सिमसिम पानीसँगै चिसो बढेपछि बेसक्याम्पतर्फ जाँदै गरेका र फर्किंदै गरेका पर्यटक गन्तव्य पुग्न नसकी बीच बाटाका होटल तथा बस्तीहरूमा रोकिन बाध्य भएका हुन्। ती बस्तीका होटलहरू पर्यटकले खचाखच भरिएका छन्। कञ्चनजङ्घा बेसक्याम्प जाने फोटो पत्रकार राजीव लिम्बूका अनुसार घुन्सा क्षेत्रका सबै होटल आन्तरिक र बाह्य पर्यटकले भरिएका छन्। उहाँको टोली नै दुई दिनदेखि त्यहीँ रोकिनुपरेको छ। पदमार्गमा पर्ने फलेका होटलसमेत पर्यटकले भरिएको भ्रमणमा रहेका पाँचथरका पत्रकार गिरीराज बाँस्कोटाले बताए। त्यस क्षेत्रमा सिमसिम पानी परिरहेको, चिसो बढेको र उच्च डाँडामा हिमपात भएको छ। उत्तरी आधार शिविर जाने पदमार्गका इटालीटार, लामाटार, अम्जिलेसा, थाङ्गीम, ग्याब्ला, फले, घुन्सा, खम्बाचेन, लोनाकलगायत बस्ती तथा दक्षिणी आधार शिविर जाने याम्फुदिन, नयाँ झोरेनी, तोरोङ्देन, सेराम, राम्जेलगायत स्थानका होटलमा पर्यटकको चाप बढेको छ। यसैबीच लुम्बासुम्बा हुँदै मकालु आधार शिविरतर्फ जाने विदेशी पर्यटकको टोली ओलाङचुङगोलामै रोकिएको छ। फक्ताङलुङ गाउँपालिका–७ ओलाङचुङगोलामा रहेको ऐतिहासिक दिकीछ्योर्लिङ गुम्बा क्षेत्र अध्ययनका लागि पुगेको सराफ फाउन्डेसनको टोलीसँगै रहेका पर्यटन अभियन्ता हेमराज निरौलाका अनुसार स्वदेशी तथा विदेशी गरी करिब ६० जना पर्यटक अहिले त्यहीँका होटलमा बसेका छन्। आधाजसो लुम्बासुम्बा–मकालु मार्गका हुन् भने ओलाङचुङगोला हुँदै सिङ्जेसम्म जाने आन्तरिक पर्यटक पनि मौसम बिग्रिएपछि त्यहीँ अड्किएका छन्। सीमा सुरक्षार्थ खटिएको सशस्त्र प्रहरी र स्थानीय वडा कार्यालयले मौसम सुध्रिएसम्म सुरक्षित स्थानमै रहन सूचना जारी गरेका छन्। प्रमुख जिल्ला अधिकारी उमेशकुमार दाहालले प्रतिकूल मौसमका कारण जिल्लामा कुनै विपद्जन्य घटना नभएको जानकारी दिए। उहाँका अनुसार स्वदेशी–विदेशी गरी २५० पर्यटक कञ्चनजङ्घा क्षेत्रका बस्ती र होटलमा छन्। ओलाङचुङगोला, घुन्सा र याम्फुदिनलगायत क्षेत्रमा सङ्ख्या बढी छ। पर्यटकलाई सुरक्षित रहन र मौसम राम्ररी बुझेर मात्र यात्रा गर्न सचेत गराइएको छ। सुरक्षा निकाय तथा स्थानीय तहसँग समन्वय गरी आवश्यक सतर्कता अपनाइएको प्रजिअ दाहालले बताए। स्थानीय सर्वसाधारणलाई पनि सचेत गराइएको छ। बिहीबार दिनभर ताप्लेजुङको आकाश धुम्मिएको थियो भने गएरातिदेखि वर्षा जारी छ। उच्च क्षेत्रमा हिउँ पनि परेको छ। Source: रासस --- # नागरिकको सुरक्षा र सम्मान सर्वोपरि, प्रहरीमा निष्पक्षता र भरोसा कायम गर्छु : आईजीपी केसी Source: https://newskunda.com/archives/5504 Category: समाज Last updated: 2026-11-05 **काठमाडौं ।** नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) डा. मनोज केसीले नागरिकको सुरक्षा र सम्मानलाई सर्वोच्च प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। उनले संविधान र कानुनप्रति अविचलित रहँदै प्रहरी सङ्गठनको मर्यादा, निष्पक्षता र व्यावसायिकतामा कुनै सम्झौता नगर्ने बताएका छन्। गृह मन्त्रालयमा मंगलबार प्रहरी महानिरीक्षकको दर्ज्यानी चिह्नबाट सुशोभित भएपछि संक्षिप्त सम्बोधन गर्दै आईजीपी केसीले प्रहरी सङ्गठनलाई नागरिकको भरोसाको केन्द्र बनाउने प्रतिबद्धता जनाएका हुन्। उनले प्रहरी र नागरिकबीचको सम्बन्धलाई सङ्गठनको महत्त्वपूर्ण पुँजीका रूपमा व्याख्या गर्दै नागरिकले प्रहरी देख्दा डर होइन, भरोसा महसुस गर्ने वातावरण निर्माण गर्ने बताए। साथै, प्रत्येक प्रहरी कर्मचारीले आफ्नो बर्दीमा गर्व गर्न सक्ने अवस्था सिर्जना गर्ने उनको भनाइ थियो। ### प्रहरी कर्मचारीका गुनासा सुन्न उच्चस्तरीय संयन्त्र आईजीपी केसीले प्रहरी कर्मचारीका समस्या र गुनासा सम्बोधन गर्न आफ्नै सचिवालयमा तत्काल उच्चस्तरीय संयन्त्र स्थापना गर्ने घोषणा गरेका छन्। आधारभूत तहदेखि सबै प्रहरी कर्मचारीका समस्या सुन्ने प्रतिबद्धता जनाउँदै उनले सङ्गठनभित्रका विभिन्न चुनौती समाधानमा गम्भीर भएर काम गर्ने बताए। प्रहरी कर्मचारीले भोगिरहेका सीमित स्रोतसाधन, भवन अभाव, लामो कार्यघण्टा, सरुवा–बढुवामा निष्पक्षता र मानसिक स्वास्थ्यजस्ता विषयलाई प्राथमिकतामा राखेर सम्बोधन गर्ने उनको भनाइ छ। ### प्रहरी सङ्गठनलाई दलीय प्रभावबाट मुक्त राख्न आग्रह प्रहरी सङ्गठनलाई प्रभावकारी र व्यावसायिक बनाउन आवश्यक स्रोतसाधन, कानुनी स्पष्टता तथा कार्यगत स्वायत्तता उपलब्ध गराउन आईजीपी केसीले सरकारसँग आग्रह गरेका छन्। उनले प्रहरी सङ्गठनलाई दलीय प्रभावबाट मुक्त राख्न राजनीतिक दलहरूको सहयोगसमेत अपेक्षा गरेका छन्। नागरिकको सुरक्षा, प्रहरी कर्मचारीको मनोबल र सङ्गठनको निष्पक्षतालाई केन्द्रमा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गरेका केसीले प्रहरीप्रति जनविश्वास अभिवृद्धि गर्नु आफ्नो प्रमुख प्राथमिकता रहेको स्पष्ट पारेका छन्। --- # भक्तपुरमा तीन दिन मनाइँदै स्वन्ति नखाः : कार्तिक २२ गते लक्ष्मी पूजा, २३ गते म्हः पूजा र २४ गते किजा पूजा Source: https://newskunda.com/archives/5317 Category: समाज Last updated: 2026-10-30 **भक्तपुर, कार्तिक १३ ।** भक्तपुरमा यस वर्षको स्वन्ति नखाः (तिहार) अन्तर्गत लक्ष्मी पूजा, म्हः पूजा र किजा पूजा तीन फरक–फरक दिन मनाइने भएको छ। भक्तपुर नगरपालिकाको पहलमा सरोकारवालासँग भएको छलफलपछि तीनवटै पर्वको मिति तय गरिएको हो। भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा बसेको बैठकले तान्त्रिक विधि र तिथिको आधारमा स्वन्ति नखाः मनाउने निर्णय गरेको नगरपालिकाले जनाएको छ। बैठकमा तलेजुका पुजारी, ज्योतिष, कर्माचार्य, नवदुर्गा देवगण तथा जात्रा व्यवस्थापन समितिका पदाधिकारीलगायत सरोकारवालाको सहभागिता रहेको थियो। निर्णयअनुसार २०८३ साल कार्तिक २२ गते आइतबार साँझ दीपावलीसहित लक्ष्मी पूजा, कार्तिक २३ गते सोमबार साँझ म्हः पूजा र कार्तिक २४ गते मंगलबार साँझ किजा पूजा मनाइनेछ। तिथिको गणनाअनुसार कार्तिक २२ गते बिहान १०ः५४ बजेपछि औँसी तिथि प्रारम्भ हुने भएकाले सोही दिन साँझ लक्ष्मी पूजा गर्ने निर्णय गरिएको हो। त्यस्तै, कार्तिक २३ गते बिहान ११ः३३ बजेपछि प्रतिपदा तिथि र कार्तिक २४ गते दिउँसो १२ः४१ बजेपछि द्वितीया तिथि सुरु हुने भएकाले क्रमशः म्हः पूजा र किजा पूजा मनाउने तय भएको छ। यसअघि विभिन्न पात्रो तथा सरोकारवालाबाट पर्व मनाउने मितिबारे फरक–फरक सूचना सार्वजनिक भएपछि सर्वसाधारणमा अन्योल सिर्जना भएको थियो। सोही अन्योल हटाउँदै पर्व मनाउने मितिमा एकरूपता कायम गर्न नगरपालिकाले सरोकारवालासँग छलफल गरेको हो। बैठकमा ज्योतिष डा. वीरेन्द्रप्रसाद कायस्थ, पुजारी सिद्धिवीर कर्माचार्य, नेपाल ज्योतिष परिषद् भक्तपुरका निवर्तमान जिल्ला अध्यक्ष केदारप्रसाद दैवज्ञ जोशी तथा नवदुर्गा देवगण एवं जात्रा व्यवस्थापन समितिका बालगोपाल वनमालालगायतको उपस्थिति रहेको थियो। नगरपालिकाले गरेको निर्णयसँगै भक्तपुरमा स्वन्ति नखाःका प्रमुख तीन पर्वको मिति निश्चित भएको छ। --- # ममता काफ्ले हत्या प्रकरणमा पति नरेश भट्ट दोषी ठहर Source: https://newskunda.com/archives/5601 Category: समाज Last updated: 2026-11-11 **काठमाडौं ।** अमेरिकामा बेपत्ता भएकी नेपाली मूलकी नर्स ममता काफ्ले भट्टको हत्या प्रकरणमा उनका पति नरेश भट्ट दोषी ठहर भएका छन्। भर्जिनियास्थित अदालतले मंगलबार करिब छ हप्तासम्म चलेको सुनुवाइपछि नरेशलाई प्रथम श्रेणीको हत्या (फर्स्ट डिग्री मर्डर) अभियोगमा दोषी ठहर गरेको हो। अदालतले शव लुकाएको र अपमान गरेको अभियोगमा समेत उनलाई दोषी पाएको छ। मुद्दाको सुनुवाइका क्रममा नरेशले ममता बेडरुममा मृत अवस्थामा फेला परेको र आफूले उनको शव व्यवस्थापन मात्रै गरेको दाबी गरेका थिए। तर सरकारी पक्षले उनको दाबी अस्वीकार गर्दै योजनाबद्ध रूपमा हत्या गरिएको जिकिर गरेको थियो। वरिष्ठ सहायक कमनवेल्थ्स अटर्नी सारा सामीले नरेशले ममताको हत्या गरी शव टुक्राटुक्रा पारेर फोहोर फाल्ने स्थानमा फालिदिएको आरोप लगाइन्। उनका अनुसार भर्जिनियाको लुरायस्थित फोहोर व्यवस्थापन स्थल ममताको शवको अन्तिम गन्तव्य बनेको थियो। सामीले अदालतमा ममताको परिवारले उनको अन्तिम संस्कारसमेत गर्न नपाउने अवस्था सिर्जना भएको उल्लेख गर्दै यस घटनाले परिवारलाई जीवनभर पीडामा राख्ने बताइन्। शव फेला नपरेकाले परिवारले ममताको अन्तिम बिदाइ गर्ने अवसरसमेत गुमाएको उनको भनाइ थियो। प्रथम श्रेणीको हत्यामा दोषी ठहर भएका नरेशलाई कम्तीमा २० वर्षदेखि आजीवन कारावाससम्मको सजाय हुन सक्ने कानुनी व्यवस्था छ। यसबाहेक शव लुकाएको र अपमान गरेको प्रत्येक अभियोगमा थप पाँच वर्षसम्म कैद सजाय हुन सक्छ। अदालतले आगामी मार्च महिनामा नरेशलाई हुने अन्तिम सजाय निर्धारण गर्नेछ। फैसला सार्वजनिक भएपछि अदालतबाहिर उपस्थित ममताका साथीभाइ तथा स्थानीय नेपाली समुदायले निर्णयको स्वागत गरेका छन्। --- # सप्तरीमा अनौठो चोरी! २० फिटे पर्खालले घेरिएको गोदामबाट १८ टन गहुँ गायब Source: https://newskunda.com/archives/5237 Category: समाज Last updated: 2026-10-29 **सप्तरी, कात्तिक ११ ।** सप्तरीको बलानबिहुल गाउँपालिका–६ स्थित धर्मराज बाबा धान–गहुँ खरिदबिक्री केन्द्रबाट करिब तीन सय बोरा गहुँ चोरी भएको छ। चारैतिरबाट करिब २० फिट अग्लो पर्खालले घेरिएको गोदामको ताल्चा फुटाएर आइतबार राति ठूलो परिमाणमा गहुँ चोरी भएपछि प्रहरीले अनुसन्धान थालेको छ। केन्द्रका सञ्चालक गङ्गाराम महरानका अनुसार गोदाममा भण्डारण गरिएका ६३५ बोरा गहुँमध्ये करिब तीन सय बोरा चोरी भएका छन्। त्यस्तै, केन्द्र परिसरमा राखिएको एउटा ट्याक्टरको ब्याट्रीसमेत चोरिएको छ। प्रतिबोरा ६० किलोका दरले हिसाब गर्दा चोरी भएको गहुँको परिमाण करिब १८ हजार किलो अर्थात् १८ टन हुन्छ। सञ्चालक महरान आइतबार साँझ घरमा गोसाइँ (कुलदेउता) पूजा रहेकाले केन्द्र बन्द गरेर गएका थिए। सोमबार बिहान करिब ६ बजे गोदाममा पुग्दा ढोका खुला र लगाएर गएको ताल्चा फुटाइएको अवस्थामा भेटेपछि उनले चोरी भएको थाहा पाएका थिए। त्यसपछि उनले प्रहरीलाई खबर गरेका थिए। रातिको समयमा गोदाममा कोही नभएको र गाउँका अधिकांश मानिस गोसाइँपूजामा व्यस्त रहेको मौका छोपेर चोरी भएको हुन सक्ने सञ्चालकको आशङ्का छ। तर, चोरीमा संलग्न व्यक्ति को हुन् र कसरी ठूलो परिमाणमा गहुँ बाहिर लगियो भन्ने विषय खुल्न सकेको छैन। घटनालाई सामान्य चोरीका रूपमा मात्र लिन नहुने स्थानीय जनप्रतिनिधिको भनाइ छ। वडाध्यक्ष सूर्यप्रसाद दासले गाउँपालिकामा सिसी क्यामरा जडानका लागि लाखौँ रुपैयाँ खर्च भएको भनिए पनि समयमै क्यामरा जडान तथा सञ्चालन हुन नसक्दा घटनामा संलग्न व्यक्तिको पहिचान गर्न कठिनाइ हुन सक्ने बताउनुभयो। जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी उपरीक्षक रूपक खड्काले घटनाबारे अनुसन्धान भइरहेको जानकारी दिनुभयो। उहाँका अनुसार सञ्चालक महरानले सुरुमा १५० बोरा गहुँ र ट्याक्टरको एउटा ब्याट्री चोरी भएको जानकारी गराएका थिए। पछि भने करिब तीन सय बोरा गहुँ चोरी भएको बताएका छन्। प्रहरी उपरीक्षक खड्काका अनुसार सञ्चालकले प्रतिबोरा ६० किलोका दरले गहुँ रहेको बताएका छन्। घटनाको थप अनुसन्धान इलाका प्रहरी कार्यालय कडरबोनाले गरिरहेको छ। -गाेरखापत्र --- # सोमबार तीन घण्टा बन्द! पृथ्वी राजमार्गमा यात्रा गर्ने सावधान Source: https://newskunda.com/archives/5391 Category: समाज Last updated: 2026-11-01 धादिङको बेनीघाट रोराङ गाउँपालिका–९ मझिमटारमा सोमबार तीन घण्टा पृथ्वी राजमार्ग बन्द हुने भएको छ। आकाशे पुल निर्माण र सडक स्तरोन्नतिका लागि कात्तिक १६ गते बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म सवारी आवागमन रोक लगाइनेछ। जिल्ला प्रशासन कार्यालय धादिङले सूचना जारी गर्दै उक्त समयमा सवारी सञ्चालनमा रोक लाग्ने जानकारी दिएको छ। प्रशासनले यात्रु र सवारी चालकलाई तोकिएको समयमा यात्रा नगर्न र वैकल्पिक मार्ग प्रयोग गर्न अनुरोध गरेको छ। --- # गुगलको शेयरमा ऐतिहासिक गिरावटः एकै दिन ५०० अर्ब डलर बजार मूल्य गुम्यो Source: https://newskunda.com/archives/5305 Category: सूचना प्रविधि Last updated: 2026-10-30 काठमाडौं – गुगलको मातृ कम्पनी अल्फाबेटको शेयर मूल्य बिहीबार १२ प्रतिशतभन्दा बढी खसेको छ। यो एकै दिनमा भएको हालसम्मकै ठूलो गिरावट हो, जुन कोभिड-१९ महामारी वा सन् २००८ को वित्तीय सङ्कटका कुनै पनि दिनको भन्दा तीव्र छ। यस गिरावटले अल्फाबेटको बजार मूल्यबाट करिब आधा ट्रिलियन डलर अर्थात् ५०० अर्ब अमेरिकी डलर गुमेको छ। सन् २०२५ को सुरुतिर एनभिडियाले लगभग ६ खर्ब डलर गुमाएको घटनापछि यो इतिहासकै दोस्रो ठूलो एकदिवसीय गिरावट हो। लगानीकर्ताहरू ठूला प्रविधि कम्पनीहरूले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) मा गरिरहेको भारी खर्च र त्यसले उनीहरूको मूल व्यवसायमा पार्ने प्रभावबारे गहिरो विश्लेषण गरिरहेका छन्। अल्फाबेट अहिले उनीहरूको मुख्य निशाना बनेको छ। गुगलको मुख्य आम्दानी स्रोत सर्च विज्ञापन व्यवसायमा सुस्त वृद्धि देखिएको र अर्कोतिर एआई क्षेत्रमा खर्च निरन्तर बढिरहेको अवस्थाले लगानीकर्ता चिन्तित बनेपछि शेयर मूल्य तीव्र रूपमा खसेको हो। विश्वका ठूला प्रविधि कम्पनीहरू एआईको होडबाजीमा डेटा सेन्टर निर्माणका लागि सयौं अर्ब डलर खर्च गरिरहेका छन्। वाल स्ट्रिट अहिले थप सतर्क छ। कुन कम्पनीले तर्कसङ्गत खर्च गरिरहेका छन्, ती खर्चले उनीहरूका अन्य व्यवसायमा कस्तो असर पारिरहेका छन् र एआईको परिवर्तनकारी प्रभावबाट वास्तवमा कसलाई फाइदा पुग्छ भन्ने लेखाजोखा गर्न खोजिरहेको छ। अल्फाबेटले बुधबार सार्वजनिक गरेको त्रैमासिक बिक्री तथ्याङ्क विश्लेषकहरूको अनुमानभन्दा कम रह्यो। यसले लगानीकर्तालाई निराश बनायो र कम्पनीको मुख्य आम्दानी स्रोत सर्च विज्ञापन व्यवसायले परम्परागत सर्चको सट्टा गुगल र प्रतिस्पर्धीका एआई च्याटबट प्रयोग गर्ने उपभोक्ताको दबाब धान्न सक्छ कि सक्दैन भन्ने पुरानो चिन्ता फेरि चर्काएको छ। “गुगलले प्रतिक्रिया दिने र आफ्नो व्यवसायलाई नयाँ दिशामा मोड्न सक्ने क्षमताभन्दा यो विस्थापन धेरै छिटो हुन सक्छ भन्ने डर उत्पन्न भएको छ,” अर्जेन्ट क्यापिटल म्यानेजमेन्टका पोर्टफोलियो प्रबन्धक जेड एलरब्रोकले सीएनएनसँग भनेका छन्। कम्पनीले लगातार दोस्रो त्रैमासिकमा पनि ऋणात्मक फ्री क्याश फ्लो रहेको खुलासा गरेको छ। सन् २००४ मा शेयर बजारमा सूचीकृत भएदेखि सन् २०१५ मा अल्फाबेट बनेसम्म गुगलले यसअघि कहिल्यै ऋणात्मक फ्री क्याश फ्लो दर्ता गरेको थिएन। बलियो फ्री क्याश फ्लो स्वस्थ कम्पनीको सङ्केत मानिन्छ, जसले लाभांश दिन, शेयर फिर्ता किन्न र व्यवसायमा पुनःलगानी गर्न सक्छ। सन् २०२५ को पूरा वर्षमा ९१.४ अर्ब डलर पुँजीगत खर्च गरेको अल्फाबेटले तेस्रो त्रैमासिकमा मात्रै ५१.४ अर्ब डलर खर्च गरेको छ। डेटा सेन्टर निर्माणलगायत एआईमा खर्च तीव्र रूपमा बढाउँदा शेयर पुनःखरीद र लाभांशजस्ता तत्काल प्रतिफलका लागि कम नगद बाँकी रहन पुगेको छ। अल्फाबेटको ऋणात्मक फ्री क्याश फ्लोको ठीक उल्टो, माइक्रोसफ्टले यसै हप्ता एआई पूर्वाधार विस्तारमा अर्बौं डलर खर्च गरिरहँदा पनि तेस्रो त्रैमासिकमा १८.६ अर्ब डलर फ्री क्याश फ्लो रहेको जनाएको छ। बिहीबार माइक्रोसफ्टको शेयर स्थिर रहँदा अल्फाबेटको शेयर भने १२ प्रतिशतभन्दा बढी खस्यो। --- # फेसबुकको कर्पोरट नाम ‘मेटा’ Source: https://newskunda.com/archives/141 Category: सूचना प्रविधि Last updated: 2022-01-02 काठमाडौं, १२ कार्तिक । फेसबुकले आफ्नो कर्पोरट नाम परिवर्तन गर्दै ‘मेटा’ राखेको छ। पछिल्लो समय भर्चुअल रियालिटी (भीआर) प्रविधिको प्रयोग बढाउने योजनामा रहेको कम्पनीले आफ्नो नाम परिवर्तन गरेको हो। यद्यपी अहिले फेसबुकले गरेको आफ्नो नामको परिवर्तन भने व्यक्तिगत प्लेटफर्ममा भने देखिँदैन। फेसबुकले गरेको नाम परिवर्तन पछि पनि फेसबुक, इन्स्टाग्रा वा ह्वाट्सएप चलाउँदा कुनै परिवर्तन भने हुने छैन। पछिल्लो समय फेसबुकबारे विभिन्न नकारात्मक समाचार आइरहेको अवस्थामा फेसबुकले आफ्नो ब्राण्डको नाम परिवर्तन गर्ने भएको हो। एजेन्सीको सहयोगमा --- # मंसिरदेखि स्मार्ट ड्राइभिङ लाइसेन्सको प्रिन्ट हुने Source: https://newskunda.com/archives/144 Category: सूचना प्रविधि Last updated: 2022-01-02 काठमाडौं, १७ कार्तिक । सरकारले मंसिरदेखि स्मार्ट ड्राइभिङ लाइसेन्सको छपाइ सुरू गर्ने जानकारी दिएको छ । यसका लागि यातायात व्यवस्था विभागले कात्तिकभित्रै १४ लाख कार्ड ल्याउने तयारी गरेको बताइएको छ । हाल विभागले विदेश जान लागेका नागरिक र सार्वजनिक सेवामा आवद्ध कर्मचारीका लागि स्मार्ट लाइसेन्स वितरण गरिरहेको छ । बाँकी लाइसेन्स मंसिर १ गतेदेखि प्रिन्ट सुरू गर्ने तयारी भइरहेको विभागका महानिर्देशक नमराज घिमिरेले बताउनुभयो । उहाँका अनुसार लाइसेन्स प्रिन्ट सुरु भएको एक महिनादेखि नयाँ लाइसेन्स वितरण थालिने बताइएको छ । --- # चाँगुनारायण नगरपालिकाले प्रत्येक वडामा एक स्वास्थ्य चौकी एक प्रयोगशाला सञ्चालन Source: https://newskunda.com/archives/44 Category: स्वास्थ्य Last updated: 2021-12-31 **भक्तपुर, १६ पुस ।** चाँगुनारायण नगरपालिकाले प्रत्येक वडामा एक स्वास्थ्य चौकी एक प्रयोगशाला सञ्चालनको अभियान सुरु गरेको छ । नगरपालिकाले वडा नं ८ सुडालको स्वास्थ्य चौकीमा पहिलो आधारभूत प्रयोगशालाको शुभारम्भ गर्दै अभियान सुरु गरेको हो । चाँगुनारायण नगरपालिकाका नगरप्रमुख सोमप्रसाद मिश्रले चाँगुनारायण नगरपालिका भित्र विगतमा पिछडिएको सुडालमा जनप्रतिनिधि आएसँगै विकासको ताती लागेको बताउनुभयो । उहाँले नगरपालिकाले त्यहाँका १० वटै वडाको स्वास्थ्य चौकीको स्तरोन्नतिसँगै एक वडा एक स्वास्थ्य चौकीमा प्रयोगशाला स्थापना अभियानको शुरुवात गरिएको बताउदै सुडाल स्वास्थ्य चौकीमा प्रयोगशाला सञ्चालनमा आएसँगै स्वास्थ्य चौकी मिनी अस्पतालको रुपमा परिणत भएको बताउनु भयो । नगर प्रमुख मिश्रले भन्नुभयो, “हामी जनप्रतिनिधि भएर आएपछि जनताको इच्छा, चाहना र आवश्यकतालाई बुझ्दै अगाडि बढ्यौ, यहाँको भौतिक विकास मात्रै नभई शैक्षिक, स्वास्थ्य र रोजगारीको क्षेत्रमा देशभरिका पालिका मध्ये नमूनाको काम गरेका छौँ, स्वास्थ्य चौकीमा प्रयोगशाला स्थापनासँगै यहाँ एउटा मिनी अस्पताल निर्माण भएको छ ।” उहाँले सुडालबासीको मात्रै नभई आफ्नो अभियान र सपना पनि पुरा भएको चर्चा गर्दै अब सामान्य स्वास्थ्य परीक्षण र ल्याब परीक्षणका लागि टाढा जानु नपर्ने आफ्नै गाउँमा सहज र सुलभ रुपमा सेवा पाइने बताउनु भयो । कार्यक्रममा वडाध्यक्ष परासर सापकोटाले स्वास्थ्य चौकीहरुमा प्रयोगशाला स्थापना गर्ने नगरपालिकाको अभियानमा सुडाल स्वास्थ्य चौकीमा पहिलो प्रयोगशाला स्थापना गर्न पाएकोमा आफू मात्रै नभई यहाँका सम्पूर्ण सुडालवासीलाई खुसीको कुरा भएको चर्चा गर्नुभयो । उहाँले सामान्य स्वास्थ्य परीक्षणमा आवश्यक पर्ने ल्याब परीक्षणका लागि भौतिारिदै टाढा जानु पर्ने बाध्यता देखेर यहाँको स्वास्थ्य चौकीमा प्रयोगशाला स्थापना गर्न आफूले गरेको पहल साकार भएको भन्दै यो सेवाको अब पुरा उपयोग गर्न स्थानीयलाई आग्रह गर्नु भयो । आर्थिक वर्ष २०७७÷७८ मा नगरपालिकाले विनियोजन भएको रकमबाट ल्याब सञ्चालनमा ल्याएको बताउँदै वडाध्यक्ष सापकोटाले स्वास्थ्य चौकीलाई गुणस्तरीय बनाउन प्रयोगशालाले थप टेवा पुग्ने बताउनु भयो । नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख सत्यकुमार दुवालले स्थानीयले स्वास्थ्य चौकीबाट मधुमेह, युरिक एसिड, युरिया क्रेटिनेन, बिल रूविन (जन्डिस), टोटल प्रोटिन, एल्बोमिन, टिजी, कोलेस्ट्रोल, एचडिएल, एलडिएल, हेमोग्लोबिन, आरए फ्याक्टर, सिआरपी, टोटल काउन्ट, आरबिसी, ईएसआर, युरिन जाँच, दिशा जाँच, स्पुटम (खकार जाँच), वेडाल्ड ट्स्ट( टाईफाइड), एचआईभीलगायत परीक्षण हुने बताउनु भयो । --- # पछिल्लो २४ घण्टामा मत्रै नेपालमा थप २ सय ३५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि Source: https://newskunda.com/archives/30 Category: स्वास्थ्य Last updated: 2021-12-31 **काठमाडौं १६ पुष ।** हाल देशभर सक्रिय कोरोना संक्रमितको संख्या ४ हजार ८ सय ७९ जना रहेका छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसारे ४ हजार ६ सय ५१ जना होम आइसोलेसनमा रहेका छन् भने २ सय २८ जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये ८९ जना आईसीयू र २४ जना भेन्टिलेटरमा उपचाररत रहेका छन् । यस्तै पछिल्लो २४ घण्टामा मत्रै नेपालमा थप २ सय ३५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । ७ हजार ८ सय ८५ जनाको पीसीआर परीक्षण गर्दा २ सय २४ जना र १ हजार १ सय ९९ जनाको एन्टीजेन परीक्षण गर्दा ६ जना गरी २ सय ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलले जनाएको छ । यस्तै पछिल्लो २४ घण्टामा ४ जनाको मृत्यु भएको छ भने २ सय १२ जना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।