# आजदेखि तिहार सुरु, कागको पूजा गरी मनाइँदै काग तिहार Source: https://newskunda.com/archives/5534 Category: FEATURED NEWS, समाचार Last updated: 2026-11-07 **काठमाडौं ।** हिन्दु धर्मावलम्बीहरूको दोस्रो ठूलो तथा महत्त्वपूर्ण पर्व तिहार अर्थात् यमपञ्चक आजदेखि सुरु भएको छ। तिहारको पहिलो दिन आज देशभर कागको पूजा गरी काग तिहार मनाइँदै छ। कार्तिक कृष्ण त्रयोदशीका दिन मनाइने काग तिहारमा कागलाई यमराजको सन्देशवाहकका रूपमा पूजा गर्ने धार्मिक परम्परा छ। धार्मिक मान्यताअनुसार कागलाई पूजा गरी खानेकुरा नदिए पाप लाग्ने विश्वाससमेत रहिआएको छ। काग तिहारका अवसरमा बिहानै घरआँगनमा कागलाई बोलाएर विभिन्न खानेकुरा दिने चलन छ। घरमा तयार पारिएका मिठा परिकार कागलाई चढाएर पूजा गर्ने गरिन्छ। यस दिन कागलाई सम्मानपूर्वक भोजन गराउँदा शुभ हुने धार्मिक विश्वास रहेको छ। यमपञ्चकको पहिलो दिन कागको पूजा गरेसँगै तिहारका अन्य पर्वहरू क्रमशः मनाइन्छन्। पाँच दिनसम्म मनाइने यस पर्वमा काग तिहार, कुकुर तिहार, लक्ष्मीपूजा, गोवर्धन पूजा तथा भाइटीका विशेष महत्त्वका साथ मनाउने परम्परा छ। --- Full list of posts: https://newskunda.com/llms.txt