# आज नयाँ दुई मन्त्रीले सपथ खादै Source: https://newskunda.com/archives/3565 Category: FEATURED NEWS, अर्थ, राजनीति, समाचार, समाज Last updated: 2026-04-10 काठमाडौं, २७ चैत । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले आज दुई नयाँ मन्त्री नियुक्ती गर्ने भएका छन् । नयाँ नियुक्त हुने मन्त्रीहरुमा श्रममन्त्रीमा रामजी यादव र उद्योग मन्त्रीमा गौरी यादव रहेका छन् । यसअघि उद्योग मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री शाहले आफैं सम्हाल्दै आएका थिए भने बिहिबार मात्रै श्रममन्त्री दिपक साहलाईे पदमुक्त गरि उक्त मन्त्रालय पनि शाहले आफै मातहत राख्दै आएका थिए । सप्तरी क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद रामजी र महोत्तरी क्षेत्र नम्बर ४ बाट निर्वाचित गौरीलाई आजै राष्ट्रपति रामचन्द्र पौडेलले नियुक्त गरि सपथ ग्रहण गराउने तयारी भएको बताईएको छ । --- Full list of posts: https://newskunda.com/llms.txt