# एप्पलद्धारा इजरायली जासुसी सफ्टवेयरविरुद्ध मुद्दा Source: https://newskunda.com/archives/153 Category: रोचक, सूचना प्रविधि Last updated: 2022-01-02 एजेन्सी । एप्पलले ह्याकिङ टूलको प्रयोग गरेर आईफोनको लक्षित गरेको भन्दै इजरायली स्पाइवेयर कम्पनी एनएसओ ग्रुप र त्यसलाई सञ्चालन गर्ने कम्पनीमाथि मुद्दा दायर गरेको छ । एनएसओको पेगासस सफ्टवेयरले आईफोन र एन्ड्रोइड दुवै किसिमको डिभाइसलाई प्रभावित पार्न सक्छ । जसमा अपरेटरलाई सन्देश, फोटो, इमेल, कल रेकर्ड, माइक्रोफोन र क्यामेरालाई गुप्तरुपले सक्रिय गर्ने अनुमति दिइन्छ । एनएसओले यो उपकरणको प्रयोग आतंकवादी तथा अपराधीलाई लक्षित गर्न सहज हो भन्ने उद्देश्यका साथ ल्याइएको दाबी गर्दै आएको छ । यद्यपि केही समयअघि यसको प्रयोग सामाजिक कार्यकर्ता, नेता तथा पत्रकारहरुमाथि पनि गरिएको खुलेको थियो । एनएसओले राम्रो मानवअधिकारको इतिहास भएका मुलुकमा मात्र यो सफ्टवेयर बेच्ने गरेको बताएको छ । यद्यपि अमेरिकाले यसै महिना यो कम्पनीलाई कालो सूचीमा राखेको बताएको छ । --- Full list of posts: https://newskunda.com/llms.txt