# एमाले सचिवालय बैठक, ६ महानगरपालिका र ११ उपमहानगरपालिकाको उम्मेदवारको नाम टुङ्गो Source: https://newskunda.com/archives/445 Category: FEATURED NEWS, राजनीति, समाचार Last updated: 2022-04-23 भक्तपुर, १० बैशाख : नेकपा एमालेले बिभिन्न महानगरपालिका र उपमहानगरपालिकाका नगर प्रमुख तथा उपप्रमुखको उम्मेदवार टुङ्ग्याएको छ । पार्टी अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा आज साँझबाट सुरु भएको नेकपा एमालेको केन्द्रीय सचिवालय बैठकले ६ महानगरपालिका र ११ उपमहानगरपालिकाको उम्मेदवारको नाम टुङ्गो लगाएको बैठक पछि एमाले उपमहासचिव तथा प्रचार विभाग प्रमुख पृथ्वी सुब्बा गुरुङले जानकारी दिनु भयो । एमालेले काठमाडौं महानगरपालिकाको प्रमुखमा केशव स्थापित, उपप्रमुखमा सुनिता डंगोललाई उम्मेदवार बनाउने निर्णय गरेको छ । त्यस्तै ललितपुरमा प्रमुख हरिकृष्ण व्यञ्जनकार, उपप्रमुख मञ्जली शाक्य बज्राचार्य, पोखरा प्रमुखमा दीपक पौडेल, उपप्रमुखमा मञ्जुदेवी गुरुङ, भरतपुरको प्रमुखमा विजय सुवेदी, वीरगञ्जमा प्रमुख विजय सरावगीलाई उम्मेदवार बनाउने गरि निर्णय गरेको छ । भरतपुरको उपप्रमुख, वीरगञ्जको उपप्रमुख र विराटनगरको प्रमुख र उपप्रमुख भने नाम टुङ्याउन बाँकी राखेको छ । केन्द्रीय सचिवालय बैठकबाट उपमहानगरपालिकातर्फ एमालेका उम्मेदवारहरु जनकपुर र जितपुर सिमरा बाहेक अन्यत्र टुङ्ग्याएको छ । उपमहानगरपालिकातर्फ धनगढीको प्रमुखमा रणवहादुर चन्द, उपप्रमुखमा चन्द्रकला राना थारु, नेपालगन्जको प्रमुखमा पशुपति दयाल मिश्र, उपप्रमुखमा शान्तिदेवी ढकाल, तुलसीपुरको प्रमुखमा टिकाराम खडका, उपप्रमुखमा सानी चौधरी, घोराहीको प्रमुखमा नरुलाल चौधरी, उपप्रमुखमा मनकुमारी डिसी, बुटवलको प्रमुखमा बाबुराम भट्टराई, उप्रमुखमा साबित्रादेवी अर्याल, हेटौडाको प्रमुखमा अनन्त पौडेल, उपप्रमुखमा सुमित्रा काफ्ले, धरानको प्रमुखमा मन्जु काफ्ले भण्डारी, उपप्रमुखमा पदम लिम्बु, इटहरीको प्रमुखमा यामकुमार सुब्बा, उपप्रमुखमा संगीता चौधरी, कलैयाको प्रमुखमा बिनोद शाहलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । जनकपुरमा भने प्रमुख तथा उपप्रमुख दुबै बाँकी रहेको छ । कलैयाको उपप्रमुख र जितपुर सिमराको प्रमुख तथा उपप्रमुखको नाम टुङ्ग्याउन बाँकी राखेको छ । बाँकी रहेको ठाउँमा तालमेलको सम्भावनालाई मध्यनजर गर्दै अहिलेलाई नाम खाली राखेको उहाँले बताउनु भयो । --- Full list of posts: https://newskunda.com/llms.txt