# कक्षा १२ को परीक्षाफल भोली सार्वजनिक गरिने Source: https://newskunda.com/archives/1855 Category: FEATURED NEWS, शिक्षा, समाज Last updated: 2022-08-30 भक्तपुर, १४ भदौ : राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको कक्षा १२ को परीक्षाफल भदौ १५ गते अर्थात भोली सार्वजनिक गर्ने तयारी गरेको छ । बोर्डका अध्यक्ष महाश्रम शर्माले परीक्षाफल प्रकाशित गर्ने अन्तिम तयारी गरि अन्तिम रुजु गर्ने काम भइरहेको जानकारी दिनु भयो । उहाँले नतिजा प्रकाशनको तयारीमा जुटिरहेको बताउदै प्राविधिक कठिनाइ नभए भोली बुधबार १५ गतेसम्म नतिजा सार्वजनिक गर्ने गरि काम गरिरहेका छौँ । आज तीजको दिन परीक्षाफल सार्वजनिक हुने हल्ला चले पछि कतिपय छात्राहरुको ध्यान परीक्षाफल तर्फ केन्द्रीत भएर अन्योल बनेका छन् । कक्षा १२ को परीक्षामा चार लाख १० हजार ५० विद्यार्थीले परीक्षा दिएको बताइएको छ । बोर्डले देशभरका १ हजार २९२ परीक्षा केन्द्रमा गत जेठ १६ देखि २५ गतेसम्म परीक्षा सञ्चालन गरेको थियो । --- Full list of posts: https://newskunda.com/llms.txt