# ‘कठपुतली’ देशभर एकसाथ प्रदर्शनमा Source: https://newskunda.com/archives/150 Category: कला तथा साहित्य Last updated: 2022-01-02 काठमाडौं, १७ पुष । आजबाट फिल्म ‘कठपुतली’ देशभर एकसाथ प्रदर्शनमा आएको छ । फिल्मले ठूलो संख्यामा सिंगल हल र देशभर मल्टीप्लेक्सहरुमा सयभन्दा बढी शो पाएको छ । नेपालको सबैभन्दा ठूलो मल्टीप्लेक्स चेन क्यूएफएक्सले आजका लागि देशभरका स्टेशनमा १४ शोज दिएको छ । मिथिला शर्मा, गौरी मल्ल, कर्मा, उषा रजक, शिल्पा मास्के, सुवर्ण थापा, ध्रुव कोइराला लगायतको मुख्य भूमिका रहेको फिल्ममा भीमसेन लामाको निर्देशन छ । पृथ्वी राना मगरले निर्माण गरेको फिल्मको सह–निर्मातामा विशाल गुरुङ, धर्म श्रेष्ठ र हेम थापा रहनुभएको छ । --- Full list of posts: https://newskunda.com/llms.txt