# काठमाडौंको गागलफेदीमा एकजना युवती मृत फेला Source: https://newskunda.com/archives/68 Category: अपराध, समाचार Last updated: 2021-12-31 **काठमाडौं, १२ पुस ।** काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–१ स्थित गागलफेदीमा एकजना युवती मृत अवस्थामा भेटिएकी छिन् । गागलफेदी घर भएकी ३३ वर्षीया धनमाया लामाको शव सडकबाट २० मिटर तल भेटिएको महानगरीय अपराध महाशाखाका एसपी कृष्ण पंगेनीले जानकारी दिनुभयो । महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी सुदिप गिरी र महाशाखाका एसपी पंगेनी घटनास्थलमा पुग्नुभएको छ । युवतीको हत्या भएको आशंका गरिएको छ । --- Full list of posts: https://newskunda.com/llms.txt