# खोटाङको मात्तिमबिर्ता केन्द्रविन्दु भएर छ रेक्टर स्केलको भूकम्प Source: https://newskunda.com/archives/1616 Category: FEATURED NEWS, समाचार, समाज Last updated: 2022-07-31 काठमाडौँ, १५ साउन : खोटाङको साकेला गाउँपालिकास्थित मात्तिमविर्ता केन्द्रविन्दु भएर आज बिहान ८ः१३ बजे छ रेक्टर स्केलको भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका प्रमुख लोकविजय अधिकारीले ‘खोटाङको मार्टिनविर्ता केन्द्रबिन्दु भएर आज बिहान ८ बजेर १३ मिनेटमा छ रेक्टर स्केलको भूकम्प गएको राससलाई जानकारी दिनुभयो । साकेला गाउँपालिका अध्यक्ष रविप्रकाश राईले अहिलेसम्म भूकम्पबाट कुनै मानवीय क्षति नभएको जानकारी दिनुभयो । --- Full list of posts: https://newskunda.com/llms.txt