# झरीमा रोकेन पत्रकारलाई : पत्रकार पक्राउ र सञ्चारगृहमाथि धरपकडविरुद्ध माइतीघरमा प्रदर्शन Source: https://newskunda.com/archives/5352 Category: FEATURED NEWS, अर्थ, राजनीति, समाचार, समाज Last updated: 2026-10-31 काठमाडौं, १४ कात्तिक : लगातार परेको झरी । बिहानैको झरीको पर्वाह नगरी माइतीघरमा भेला भएका पत्रकारहरु प्रर्दशन गरेका छन् । नेपाल पत्रकार महासंघको आह्वानमा माइतीघरमा पत्रकारहरुको प्रदर्शन गरेका हुन् । महासंघले पत्रकार पक्राउ, सञ्चारगृह माथि धरपकड र न्युजरूममा सरकार र प्रहरी हस्तक्षेप बढेपछि माइतीघरमा प्रदर्शन गरेको हो । वर्षा र झरीको प्रवाह नगरी पत्रकारहरु प्रदर्शनमा पुग्ने क्रम जारी छ । प्रदर्शनमा रहेका पत्रकारहरुले सरकारी रवैयाको विरोधमा नरााबाजी गरेका छन् । नेपाल पत्रकार महासंघका पूर्व वरिष्ठ उपाध्यक्ष रमेश विष्ट, वरिष्ठ पत्रकार देवेन्द्र चुडाललगायतले प्रदर्शनलाई सम्बोधन गरेका छन् । --- Full list of posts: https://newskunda.com/llms.txt