# ट्रम्पको निवास नजिकै निजी विमान दुर्घटना हुँदा नौ जनाको मृत्यु Source: https://newskunda.com/archives/5438 Category: विश्व Last updated: 2026-11-02 **काठमाडौं ।** अमेरिकाको दक्षिणी फ्लोरिडामा आइतबार निजी विमान दुर्घटना हुँदा त्यसमा सवार सबै नौ जनाको मृत्यु भएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको निवास मार-ए-लागोबाट करिब ११ किलोमिटर टाढा पाम बिच काउन्टीमा विमान दुर्घटना भएको हो। अमेरिकी यातायात सचिव सिन डफीले विमानमा सवार नौै जनाको मृत्यु भएको पुष्टि गरेका छन्। उनका अनुसार लियरजेट ६० विमान टेक्सासको अस्टिनबाट बहामास तर्फ उडेको थियो। विमान पाम बिच काउन्टीको क्रेस्टहेभन नजिकै व्यस्त सडकछेउमा खसेको थियो। दुर्घटनापछि ठूलो आगलागी भएको थियो। फ्लोरिडाका गभर्नर रोन डिसान्टिसले यसलाई विनाशकारी दुर्घटना भन्दै जमिनमा रहेका अन्य व्यक्ति घाइते भएको कुनै खबर नआएको बताएका छन्। पाम बिच काउन्टीका आयुक्त जोएल फ्लोरेसका अनुसार विमान मोबाइल घरहरूको बस्तीको प्रवेशद्वार नजिकै खसेको थियो। दुर्घटनापछि उक्त बस्तीका करिब ६०० बासिन्दालाई सुरक्षित स्थानमा सारिएको थियो। --- Full list of posts: https://newskunda.com/llms.txt