# डा आरजु राणा बागलुङ क्षेत्र नं २ बाट सिफारिस Source: https://newskunda.com/archives/1969 Category: FEATURED NEWS, राजनीति, समाचार Last updated: 2022-09-03 बागलुङ , १८ भदौ : नेपाली कांग्रेस बागलुङले बागलुङ क्षेत्र नं २ बाट प्रधानमन्त्री पत्नी डा आरजु राणा देउवासहित १० जनाको नाम सिफारिस गरेर पठाएको छ । नेपाली कांग्रेस बागलुङ क्षेत्र नं २ को आज बसेको बैठकले डा आरजु राणा देउवासहित नेपाली कांग्रेस सभापति जीत शेरचन, गणेश शेरचन, टेकराज पौडेल, देवीप्रकाश भट्टचन, दोर्णकुमार कुँवर, नरबहादुर पुन निरज, रामप्रसाद आचार्य, डा शान्तराज आचार्य र सिंहबहादुर राणाको नाम सिफारिस गरिएको बागलुङ क्षेत्र नं २ का क्षेत्रीय सभापति जोकलाल बुढाले जानकारी दिनुभयो । बुढाका अनुसार बागलुङ क्षेत्र नं २ मा नेपाली कांग्रेस बलियो सङ्गठन रहेको भन्दै गठबन्धमा भागबण्डा मिलाउँदा उक्त क्षेत्र कांग्रेसले पाउनुपर्ने बताउनुभयो । --- Full list of posts: https://newskunda.com/llms.txt