# डोल्पा कारागारबाट सुरुङ खनेर आठ कैदी फरार Source: https://newskunda.com/archives/5341 Category: FEATURED NEWS, अपराध, अर्थ, समाचार, समाज Last updated: 2026-10-31 डोल्पा, १४ कात्तिक : डोल्पाको सदरमुकाम दुनैस्थित जिल्ला कारागारबाट आठ जना कैदी फरार भएका छन्। शुक्रबार राति कारागारभित्र सुरुङ खनेर उनीहरू फरार भएको डाल्पा प्रहरीले जानकारी दिएको छ । कैदी फरार भएपछि डीएसपीसहितको प्रहरी टोली कारागार पुगेको छ। फरार कैदीको संख्या र पहिचानबारे प्रहरीले अनुसन्धान गरिरहेको छ। यद्यपी कारागार र जिल्ला प्रहरी कार्यालयले घटनाबारे औपचारिक विवरण सार्वजनिक गरेका छैनन्। --- Full list of posts: https://newskunda.com/llms.txt