# निश्चल र प्राज्नाको जोडी क्वाटरफाइनलमा Source: https://newskunda.com/archives/5699 Category: FEATURED NEWS, खेलकुद, समाचार Last updated: 2026-11-15 काठमाडौं, २९ कात्तिक । नेपाली टेबलटेनिस खेलाडी निश्चल थापा क्षेत्री र प्राज्ना महर्जनको जोडी अस्ट्रेलियामा जारी डब्लुटीटी युथ कन्टेन्डर बालार्याटको यु–१५ मिक्स डबल्समा क्वाटरफाइनलमा प्रवेश गरेका छन् । निश्चल र प्राज्नाको जोडीले प्रिक्वाटरफाइनलमा फिलिपिन्सका किफर भेन र जोएलन सैमसनको जोडीलाई ५–११, ११–९, ९–११, १२–१० र १२–१० को सेटमा पराजित गरेको प्रशिक्षक राकेश महर्जनले जनाएका छन् । क्वाटरफाइनलमा निश्चल र प्राज्नाको जोडीले मलेसियाका ओङ खाई चेन र चोई के यिङ विरुद्ध प्रतिस्पर्धा गर्ने छन् । त्यसअघि पहिलो चरणमा बाइ पाएका निश्चल र प्राज्नाको जोडीले दोश्रो चरणमा अस्ट्रेलियाका इभान चान र एलिसा येउङलाई ११–४, ७–११, १२–१०, ४–११ र ११–८ ले हराएका थिए । प्रतियोगितामा नेपालबाट निश्चल र प्राज्नासहित आभा प्रधान पनि सहभागी छिन् । --- Full list of posts: https://newskunda.com/llms.txt