# नेपालको साँस्कृतिक र नैतिक विचलन आउँदा राजनीतिमा समेत विचलन : एमाले अध्यक्ष ओली Source: https://newskunda.com/archives/5578 Category: FEATURED NEWS, अर्थ, राजनीति, समाचार, समाज Last updated: 2026-11-09 भक्तपुर, २३ कात्तिक : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले समाजमा साँस्कृतिक तथा नैतिक विचलन आउँदा राजनीतिमा समेत विचलन आएको बताउनु भएको छ । आज नेकपा एमाले जिल्ला कमिटी भक्तपुरले बडादसैँ, शुभदीपावली, नेपाल संवत् ११४७ र छठ पर्वको अवसरमा मध्यपुरथिमि शंखधर चोकमा आयोजना गरेको चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै उहाँले नेपाली संस्कृतिलाई जोगाउँन सबै नेपाली सजग हुनुपर्ने बताउनु भयो । एमाले अध्यक्ष ओलीले नेपाली संस्कृतिमाथि हमला भइरहेको बताउँदै स–साना देखिने सांस्कृतिक विचलनले नेपाली समाजमा नै ठलो विचलन ल्याउने भएकाले यसतर्फ सचेत हुनुपर्ने बताउनु भयो । उहाँले भन्नुभयो, “हाम्रो देशको संस्कृतिले समाजलाई चलाउँदै आएको छ, संस्कृतिले नै संस्कार दिएको छ, मानिस जन्मदा खुसी हुने र मानिस मृत्य हुँदा दुखी हुने यही समाजमा सामुहिकता र एकता छ, एकलाई पर्दा अर्कोले सहयोग गर्ने संस्कार सस्कृतिले दिएको छ । तर हाम्रो संस्कृति र सस्कार माथि प्रहार हुन थालेको छ, यसले राजनीतिमा समेत विचलन ल्याएको छ । त्यसैले हाम्रो संस्कृति जोगाउँन सबै लाग्नु पर्छ ।” उहाँले आगजनी गर्ने र लुटपाट गर्ने संस्कृति हामी नेपालीको होइन भन्दै यस्ता संस्कृतिको सुरुवात भएपनि यसलाई विकास हुनु भन्दा अगाडि रोक्नस पर्ने बताउनुभयो । संस्कृतिले नै नेपाली समाज निर्माण भूकिा निर्वाह गरेको भन्दै उहाँले हाम्रो संस्कृति, चाडपर्व, परम्परा, नीति, नियम, वाद्यवादन, नृत्य, सङ्गीत र खानपानको महत्वपूर्ण भूमिका रहेको उहाँले बताउनुभयो । कार्यक्रममा नेकपा एमालेका सचिव महेश बस्नेत, एमाले क्न्द्रीय सदस्य सकुन्तला श्रेष्ठ, एमाले जिल्ला अध्यक्ष बचन देउजा, सचिव विष्णु तामाङ्गले विगत ३५ वषैदेखि केही भएन भन्नु गलत भएको भन्दै यही ३५ वर्षको अन्तरातलमा धेरै विकास भएको चर्चा गर्नुभयो । --- Full list of posts: https://newskunda.com/llms.txt