# पार्टी नेतृत्वको दोहोरो चरित्र : वागमतीमा कारबाही गर्नु गलत Source: https://newskunda.com/archives/4607 Category: FEATURED NEWS, अर्थ, राजनीति, शिक्षा, समाचार, समाज Last updated: 2026-10-06 काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले पार्टीले पार्टीको नेतृत्वले पार्टी सञ्चालनमा दोहोरो चरित्र देखाएको बताउनु भएको छ । राप्रपाको एक कार्यक्रममा बोल्दै उहाँले पार्टी नेतृत्वको बोली र व्यबहारमा फरक परेको बताउनु भएको हो । राप्रपा संसदीय दलका नेता शाहीले भन्नुभयो, ‘एमालेलाई रातदिन गाली गर्या छौं, त्यहीँ एमालेसंग मिलेर चुनाव लडेका छौं, प्रदेश चाहिदैन भन्या छौं प्रदेशमै सांसद लडाएका छौं, यो कस्तो दोहोरो चरित्र हो ?’ उहाँले पार्टीका नेता र नेतृत्वको बोली र व्यबहार एउटै हुनु पर्ने बताउदै एउटै मुद्धामा कतै समर्थन र कतै कारबाही गर्नु गलत भएको बताउनुभयो । शाहीले भन्नुभयो, ‘कोशी प्रदेशमा सभामुख खाइरहेका छौं, लुम्बिनी प्रदेशमा उपसभामुख खाईरहेका छौं, गण्डकीमा राप्रपाले सरकार टिकाईराख्या छ, तर बागमतीमा कारबाही गरिरहेको छ । यो फरक र विभेद किन ?’ वागमती प्रदेशमा एमालेलाई सरकार निर्माणका लागि राप्रपाले साथ दिदाँ नेतृत्वले कारबाही गर्नु गलत भएको बताउदै उहाँले यस्ता गलत कार्यले पार्टीलाई हानी गर्ने बताउनुभयो । --- Full list of posts: https://newskunda.com/llms.txt