# प्रचण्ड र माधव नै बंगालीको तालमा पार्टी फुटाउन हिँडको ओलीको आरोप Source: https://newskunda.com/archives/27 Category: राजनीति Last updated: 2021-12-31 **काठमाडौं १६ पुष ।** नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्ना सेनापतिहरू नै बंगाली तालमा हिँडेको कारण समस्या आएको टिप्पणी गर्नुभएका छन् । वैदेशिक रोजगारीबाट फर्केकाहरूको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो टिप्पणी गरेका हुन् । उहाँले बंगलादेशमा प्रधानसेनापति अंग्रेजहरूसँग मिल्न थालेपछि समस्या आएको दृष्टान्त सुनाउनुभयो । अध्यक्ष ओलीले आफ्नो पार्टीमा पनि सेनापति नै पार्टी फुटाउन लागेपछि समस्या आएको बताउनुभएको हो । इलेक्ट्रिक कारहरूको इसेम्ब्लिङ यहीँ गर्ने, डिजिटल युगमा प्रवेश गर्ने लगायतका काम गरिरहेको आफ्नो सरकार ढालेरै छाडेको उहाँले बताउनुभयो । ओलीले आफ्नै पालामा समृद्ध नेपाल, सुखी नेपालीको सपना पूरा गर्ने दाबी समेत गर्नुभयोे । प्रचण्ड र माधव नै बंगालीको तालमा पार्टी फुटाउन हिँडको ओलीको आरोप काठमाडौं १६ पुष । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्ना सेनापतिहरू नै बंगाली तालमा हिँडेको कारण समस्या आएको टिप्पणी गर्नुभएका छन् । वैदेशिक रोजगारीबाट फर्केकाहरूको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो टिप्पणी गरेका हुन् । उहाँले बंगलादेशमा प्रधानसेनापति अंग्रेजहरूसँग मिल्न थालेपछि समस्या आएको दृष्टान्त सुनाउनुभयो । अध्यक्ष ओलीले आफ्नो पार्टीमा पनि सेनापति नै पार्टी फुटाउन लागेपछि समस्या आएको बताउनुभएको हो । इलेक्ट्रिक कारहरूको इसेम्ब्लिङ यहीँ गर्ने, डिजिटल युगमा प्रवेश गर्ने लगायतका काम गरिरहेको आफ्नो सरकार ढालेरै छाडेको उहाँले बताउनुभयो । ओलीले आफ्नै पालामा समृद्ध नेपाल, सुखी नेपालीको सपना पूरा गर्ने दाबी समेत गर्नुभयोे । --- Full list of posts: https://newskunda.com/llms.txt