# प्रधानमन्त्री शाह र समकक्षी नरेन्द्र मोदीले रिमोट थिचेर संयुक्त रूपमा सिलिगुडी-झापा पेट्रोलियम टर्मिनल शिलान्यास Source: https://newskunda.com/archives/5926 Category: FEATURED NEWS, अर्थ, राजनीति, विश्व, समाचार Last updated: 2026-11-23 काठमाडौं, ७ मंसिर । प्रधानमन्त्री बालेन्द्र ९बालेन० शाहको दुई दिने भारत भ्रमण क्रममा भारतले मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन परियोजनाको दोस्रो चरण नेपाललाई हस्तान्तरण गरेको छ । प्रधानमन्त्री शाह र समकक्षी नरेन्द्र मोदीले रिमोट थिचेर भर्चुअल रूपमा संयुक्त उद्घाटन गरेपछि भारतले नेपाललाई उक्त परियोजना हस्तान्तरण गरेको हो । त्यसैगरी सिलिगुडी–झापा पेट्रोलियम अलस्टोरेज ग्रिनफिल्ड टर्मिनल पनि शिलान्यास भएको छ । करिब १२ अर्ब ४४ करोड ७३ लाख रुपैयाँ (२ अर्ब ७८ करोड भारु पाइपलाइन र ५ अर्ब भारु टर्मिनल) प्रारम्भिक लागत अनुमानित यो आयोजना पाँच वर्षभित्र सक्ने लक्ष्य छ, जसले ढुवानी खर्च ४० देखि ५० प्रतिशतसम्म घटाउने ईआईए प्रतिवेदनले देखाएको छ । नेपाल आयल निगम र इन्डियन आयल कर्पोरेसन (आईओसी) को साझेदारीमा अघि बढाइएका यी दुईवटै पूर्वाधार सम्पन्न भएपछि मुलुकको इन्धन ढुवानी लागत घट्नुका साथै ऊर्जा सुरक्षा र आपूर्ति प्रणालीमा आमूल सुधार आउने अपेक्षा छ । --- Full list of posts: https://newskunda.com/llms.txt