# फुटबल खेल्दै मुख्यमन्त्री, मुख्यमन्त्री र मुख्यसचिव नेतृत्व टिमद्धारा प्रतिस्पर्धा, Source: https://newskunda.com/archives/4317 Category: FEATURED NEWS, अर्थ, खेलकुद, राजनीति, समाचार, समाज Last updated: 2026-09-17 हेटौडा, १ असोज । संविधान दिवसको अवसरमा बागमती प्रदेशका ्मुख्यमन्त्री किरण थापा मगरको टिम र प्रमुखसचिवसहितको टिमबीच आज मैत्रीपूर्ण फुटबल खेल सम्पन्न भएको छ । संविधान दिवसलाई उत्साह, उमंग, आपसी सद्भाव र सहकार्यका साथ मनाउने उद्देश्यले आयोजना गरेको यस मैत्रीपूर्ण खेलले प्रदेश सरकारको राजनीतिक नेतृत्व र प्रशासनिक नेतृत्वबीचको आत्मीयता, सहकार्य, समन्वय र टीम भावना अझ सुदृढ बनाएको मुख्यमन्त्री थापाले बताउनु भयो । मुख्यमन्त्री किरण थापाले भन्नुभयो, ‘खेलकुद केवल शारीरिक तन्दुरुस्ती मात्र होइन, यसले अनुशासन, सहकार्य, नेतृत्व क्षमता, आपसी विश्वास र एकताको भावना समेत अभिवृद्धि गर्दछ । सरकारको प्रभावकारी कार्यसम्पादनका लागि नेतृत्व र कर्मचारीबीचको सहकार्य र समन्वय अपरिहार्य हुन्छ ।’ संविधानले दिएको जिम्मेवारीलाई आत्मसात् गर्दै सुशासन, विकास, सेवा प्रवाह र समृद्ध बागमती निर्माणका लागि हातेमालो गर्दै अघि बढ्ने प्रतिबद्धतासहित संविधान दिवसलाई थप उत्साहपूर्ण र स्मरणीय बनाइएको उहाँले बताउनुभयो । --- Full list of posts: https://newskunda.com/llms.txt