# बागमती प्रदेश सरकारले ल्यायो ‘हेलो सिएम’ सेवा, अब सोझै मुख्यमन्त्रीलाई समस्या राख्न सकिने Source: https://newskunda.com/archives/4306 Category: FEATURED NEWS, अर्थ, राजनीति, समाचार, समाज Last updated: 2026-09-17 हेटौडा, १ असोज । वागमती प्रदेशका नागरिकले सरकारी निकायको कार्यमा कुनै गुनासो गर्नु परेमा वा सुझाब दिनु परे सिधै हेलो सिएममा फोन गर्न सक्ने व्यबस्था गरेको छ । वागमती प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले ‘हेलो सिएम’ सेवा सञ्चालनमा ल्याउदै यस सेवा मार्फत प्रदेश सरकारसँग सम्बन्धित गुनासो, सुझाव, समस्या तथा आवश्यक जानकारी लिन सकिने व्यबस्था गरेको हो । नागरिकले अब घरमै बसेर निःशुल्क तथा प्रविधिको प्रयोग गरी आफ्ना गुनासाहरू सरकारसमक्ष पु¥याउन सक्ने व्यबस्था गरिएको छ । टोल फ्री नं, ह्वाट्सयाप, इमेल वा अनलाइन प्रणालीमार्फत सुझाव, गुनासो तथा जानकारी लिन सकिने मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले जानकारी दिएको छ । मुख्यमन्त्री तथा मन्त्रीपरिषद कार्यालयले मातहत सञ्चालन हुने ‘हेलो सिएम’ मा आमनागरिकले सिधै फोन गरेर आफ्नो करा राख्ने व्यबस्था गरेको मुख्यमन्त्रीको सचिवालयले जानकारी दिएको छ । प्रदेश सरकारले नागरिकका समस्या, गुनासो तथा सुझावहरूलाई प्रत्यक्ष रूपमा सुनुवाइ गर्ने उद्देश्यले ‘हेलो सिएम’ (गुनासो व्यवस्थापन तथा नागरिक संवाद) सेवालाई थप प्रभावकारी र सहज बनाएको हो । मुख्यमन्त्री कार्यालयका अनुसार गुनासो पेस गर्ने प्रमुख माध्यमहरू यस प्रकार रहेको छ । टोल फ्री नम्बरः १६६०५७५२८९८ WhatsApp नम्बरः ९८५५०९१४५६ इमेलः ocmcm@bagamati.gov.np अनलाइन पोर्टलः httpsM/gunaso.bagamati.gov.np र अनलाइनमार्फत सोझै गुनासो दर्ता गर्नका लागि आधिकारिक ब्यानरमा दिइएको QR Code स्क्यान गरेर पनि सम्बन्धित विषयमा जिज्ञासा, गुनासो र सुझाब राख्न सकिने ब्यबस्था गरिएको छ । --- Full list of posts: https://newskunda.com/llms.txt