# बारामा गोली लागेका किशोरलाई काठमाडौँ ल्याएर शिक्षण अस्पतालमा उपचार हुदै Source: https://newskunda.com/archives/5394 Category: FEATURED NEWS, अपराध, राजनीति, समाचार, समाज, स्वास्थ्य Last updated: 2026-11-01 काठमाडौँ, १५ कात्तिक। बाराको फेटा गाउँपालिकामा भएको झडपमा घाईते भएका १६ वर्षीय किशोर पासवानलाई थप उपचारका लागि आज काठमाडौं ल्याईएको छ । पासवानलाई काठमाडौँ ल्याइएपछि त्रिवि शिक्षण अस्पतालमा भर्ना गरि उपचार भइरहेको छ । सङ्घीय सरकारको अनुदानमा नवनिर्मित १५ बेडको अस्पताल उद्घाटन गर्ने कार्यक्रममा विवादबीच झडप हुँदा शनिवार बारामा प्रहरीको गोली चलाउँदा स्थानीय आदित्य पासवान घाईते भएका थिए । गोली लागेपछि शनिवार पासवानलाई विरगञ्जस्थित नेशनल मेडिकल कलेजमा उपचार गरिएको थियो । त्यस अस्पतालले रिफर गरेपछि उनलाई सेनाको हेलिकप्टरमार्फत काठमाडौँ पठाइएको बाराका एसपी नरेन्द्र कुँवरले जानकारी दिए । नेशनल कलेजका पेडियाट्रिक सर्जन डा. विनोद कुमार राय तथा चिकित्सकीय टोलीले शल्यक्रिया गरी बालकको तिघ्राबाट गोली निकालेका थिए। घटना छानबिन गर्न मधेस प्रदेश प्रहरी कार्यालयका एसएसपी प्रभु ढकालको नेतृत्वमा ३ सदस्यीय छानबिन समिति गठन गरिएको छ । --- Full list of posts: https://newskunda.com/llms.txt