# बोडेमा साहुको हत्या, चार पक्राउ Source: https://newskunda.com/archives/1255 Category: FEATURED NEWS, अपराध, समाचार, समाज Last updated: 2022-06-12 भक्तपुर, २९ जेठ । मध्यपुरथिमि नगरपालिका–८ बोडेकास्थानीय ५१ वर्षीय कल्याण साहुको हत्या गरिएको अबस्थामा जेठ २९ गते घर नजिकै टहरामा शव भेटिएको छ । काठको फर्माले हानेर हत्या गरेको अबस्थामा बोडेको लर्डबुद्ध स्कुल अगाडि निर्माणाधिन टहरामा साहुको शव घोप्टो परेको अबस्थामा भेटिएको महानगरीय प्रहरी परिसर भक्तपुरका डिएसपी राजु पाण्डेले जानकारी दिनु भयो । घट्ना परिवारबाट भएको हो वा अन्यबाट भन्ने अनुसन्धान भइरहेको जानकारी उहाँले दिनु भयो । प्रहरीले घट्नास्थलबाट रगताम्मे भएको फर्मा बरामद गरेको जानकारी दिदै उहाँले हत्या आशंकामा चार जनालाई पक्राउ गरेर अनुसन्धान गरिरहेको प्रनाउ पाण्डेले जानकारी दिनु भयो । प्रहरीले शव पोष्ट मार्डमका लागि शिक्षण अस्पताल दुवाकोट पठाएर अनुसन्धान सुरु गरेको छ । --- Full list of posts: https://newskunda.com/llms.txt