# भक्तपुर जिल्लास्तरीय सूर्यविनायक चेस च्याम्पियनसिप–२०८३ सम्पन्न Source: https://newskunda.com/archives/3745 Category: FEATURED NEWS, खेलकुद, समाचार, समाज Last updated: 2026-05-31 भक्तपुर, १७ जेठ : सूर्यविनायक नगरपालिकाको आयोजनामा भक्तपुर जिल्लाका खेलाडीहरूका लागि आयोजित भक्तपुर जिल्लास्तरीय सूर्यविनायक चेस च्याम्पियनसिप–२०८३ को उपाधी निकेन कुसथाले हात पार्नु भएको छ । आज सम्पन्न दुईदिने प्रतियोगितामा प्रथम हुदै कुसाथाले नगद पुरस्कार रु. १५ हजार, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नु भएको कार्यक्रमका सभापति सूर्यविनायक नगर खेलकुद विकास समितिका सदस्य सचिव दीपक थापाले जानकारी दिनुभयो । प्रतियोगितामा गणेशमान दुवाल द्वितिय, पुरुषोत्तम दुवाल तृतीय हुदै नगद रु. क्रमश १० हजार र पाँच हजार तथा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नु भएको उहाँले जानकारी दिनुभयोे । प्रतियोगितमा चौथो हुने सुमन सुवाल र पाँचौ हुने गणेश अवालले जनही तीन हजार पुरस्कार र प्रमाणपत्र प्राप्त गर्नुभयो भने विभिन्न उमेर समूह तथा विशेष विधातर्फ पनि उत्कृष्ट खेलाडीहरूलाई सम्मान गरिएको सदस्य सचिव थापाले जानकारी दिनुभयो । विजयी खेलाडीहरुलाई जिल्ला खेलकुद विकास समितिका अध्यक्ष राजु थापाले पुरस्कार प्रदान गर्नुभयो । बेस्ट महिलातर्फ श्रेसा दुवाल प्रथम र मानस्विनी शर्मा द्वितिय हुनुभयो भने भने यू–१६ बालिकातर्फ राजश्री कोजु उत्कृष्ट घोषित हुनुभयो । प्रथम र दोश्रो हुने खेलाडीलाई रु तीन हजार र १५ सय नगद पुरस्कार एवं प्रमाण पत्र प्रदान गरिएको थियो । प्रतियोगिताबाट खुल्ला एवं महिला दुवै विधामा प्रथम, द्वितिय र तृतीय हुने खेलाडीहरूले आगामी बागमती प्रदेशस्तरीय खेलकुद प्रतियोगितामा भक्तपुर जिल्लाको प्रतिनिधित्व गर्ने अवसर प्राप्त गर्ने उहाँले बताउनुभयो । प्रतियोगिताको मुख्य निर्णायक निरञ्जन प्रजापति रहेका थिए भने खुल्ला तथा महिला दुवै विधाबाट उत्कृष्ट प्रथम, द्वितीय र तृतीय स्थान हासिल गरेका ३÷३ जना खेलाडीहरू बागमती प्रदेश स्तरीय खेलकुद प्रतियोगिताका लागि छनोट भएको घोषणा समेत गर्नुभएको थियो । प्रतियोगिताले भक्तपुर जिल्लामा चेस खेलको विकास, खेलाडीहरूको पहिचान तथा प्रतिस्पर्धात्मक वातावरण निर्माणमा महत्वपूर्ण योगदान पुर्याएको आयोजकले जनाएको छ । --- Full list of posts: https://newskunda.com/llms.txt