# यौन दुर्व्यवहारको आरोपमा सर्वनाम शिक्षालयका वार्डेन पक्राउ Source: https://newskunda.com/archives/1109 Category: FEATURED NEWS, अपराध, समाचार, समाज Last updated: 2022-06-04 काठमाण्डाै, २१ जेठ । छात्राहरूमाथि याैन दुर्व्यवहार गरेकाे आराेप लागेका जाेरपाटीकाे सर्वनाम शिक्षालयका वार्डेन पक्राउ परेका छन् ।शिक्षालयका वार्डेन रामजी बस्नेतलाई रामेछाप प्रहरीकाे समन्वयमा पक्राउ गरिएकाे हाे । अहिले उनलाई काठमाण्डाै ल्याउँदै गरिएकाे प्रहरी नायब उपरीक्षक ढुण्डीराज न्याैपानेले जानकारी दिनुभयाे । १२, १३ र १५ वर्षीया बालिकालाई वार्डेन रामजी बस्नेतले झन्डै चार महिनाअघि यौन दुर्व्यवहार गरेको विद्यार्थी र अभिभावकको आरोप छ । यसै विषयमा आज शिक्षालयका प्रधानाध्यापक र विद्यार्थी तथा अभिभावकबीच भनाभन हुँदा अवस्था तनावपूर्ण बनेको थियो । १५ वर्षसम्म सर्वनाम शिक्षालयमै शिक्षकको रूपमा कार्यरत बस्नेत अहिले वार्डेनको जिम्मेवारीमा रहेको र १५ वर्षमुनिका तीन जना बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा विद्यार्थी र अभिभावक आक्रोशित बनेका न्यौपानेले जानकारी दिनुभयो । पक्राउ परेका बस्नेतमाथि जाहेरी दर्ताको प्रक्रिया सुरु भएको प्रहरीले जनाएको छ । --- Full list of posts: https://newskunda.com/llms.txt