# राष्ट्रिय आविष्कार केन्द्रबाट कम्प्युटर चोरी, सीसीटीभीमा कैद चोर Source: https://newskunda.com/archives/5770 Category: समाचार Last updated: 2026-11-18 काठमाडौं । कीर्तिपुरस्थित राष्ट्रिय आविष्कार केन्द्रबाट कम्प्युटर चोरी भएको छ । बुधबार बिहान उज्यालो हुनुअघि एक व्यक्ति झ्यालबाट केन्द्रभित्र प्रवेश गरी कम्प्युटर चोरी गरेर फरार भएको हो । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री डा. महावीर पुनले सामाजिक सञ्जालमार्फत चोरीको घटनाबारे जानकारी दिएका छन् । उनले चोरीको दृश्य केन्द्रमा जडान गरिएको सीसीटीभी क्यामेरामा कैद भएको भिडियोसमेत सार्वजनिक गरेका छन् । पुनका अनुसार चोरीमा संलग्न व्यक्ति बिहानै झ्यालबाट केन्द्रभित्र प्रवेश गरी कम्प्युटर लिएर भागेका थिए । घटनाबारे प्रहरीमा रिपोर्ट गरिसकिएको उनले जानकारी दिएका छन् । चोरीमा संलग्न व्यक्तिलाई चिन्ने वा घटनाबारे जानकारी हुने व्यक्तिलाई ९८४१५९२३६१ नम्बरमा खबर गरिदिन पुनले आग्रह गरेका छन् । --- Full list of posts: https://newskunda.com/llms.txt