# राष्ट्र बैंकले २८ करोड लगानी गर्ने Source: https://newskunda.com/archives/60 Category: Uncategorized, अर्थ Last updated: 2022-05-01 काठमाडौं, १५ पुस । नेपाल राष्ट्र बैंकले विभिन्न कोषमा रहेको २८ करोड रुपैयाँ वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुको मुद्दति निक्षेपमा ३६५ दिन अवधिको लागि लगानी गर्ने भएको छ । केन्द्रीय बैंकले ‘क’ वर्गका वाणिज्य बैंकमा २२ करोड ४६ रुपैयाँ, ‘ख’ वर्गका विकास बैंकहरुमा ४ करोड २० लाख रुपैयाँ र ‘ग’ वर्गका वित्त कम्पनीहरुमा १ करोड ४० लाख रुपैयाँ गरी कूल २८ करोड ६ लाख रुपैयाँ लगानी गर्न लागेको हो । बैंकले उक्त रकम २०७८ माघ २ गतेदेखि २०७९ माघ १ गतेसम्मका लागि मुद्दती निक्षेप राख्न लागेको हो । राष्ट्र बैंकको निक्षेप लिन चाहने बैंक तथा वित्तीय संस्थाहरुले आफुले लिन चाहेको रकम तथा उक्त रकममा प्रदान गर्ने ब्याजदर समेत उल्लेख गरी पुस १८ गतेसम्ममा बोलकबोल पेश गनुपर्नेछ । यसरी राखिएको मुद्दती निक्षेपको ब्याज बैंक तथा वित्तीय संस्थाले मासिक रुपमा भुक्तानी गर्नुपर्ने राष्ट्र बैंकले जनाएको छ । --- Full list of posts: https://newskunda.com/llms.txt