# रास्वपाले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने Source: https://newskunda.com/archives/2657 Category: FEATURED NEWS, राजनीति, समाचार, समाज Last updated: 2023-03-19 काठमाडौं, ५ चैत । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने निर्णय गरेको छ । रास्वपा संसदीय दलको बैठकले प्रधाानमन्त्रीलाई विश्वासको मत दिने निर्णय गरेको हो । २५ फागुनको राष्ट्रपति चुनावमा १० दलको गठबन्धनका उम्मेदवार रामचन्द्र पौडेललाई साथ दिएको रास्वपाले अब प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने निर्णय गरेको छ । बैठकले प्रधानमन्त्रीलाई विश्वासको मत दिने र सत्ता पक्षकै बेञ्चमा बस्ने निर्णय गरेको जनाइएको हो । प्रधानमन्त्री प्रचण्डले भोलि (सोमबार) संसदमा विश्वासको मत लिने तयारी गरेका छन् । --- Full list of posts: https://newskunda.com/llms.txt