# विचलनको बाटो मोडेर स्टेयरिङलाई सकारात्मक मोड दिने प्रचण्डको भनाई Source: https://newskunda.com/archives/21 Category: राजनीति Last updated: 2021-12-31 **काठमाडौं १६ पुष ।** नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी सही बाटोमा फर्किएको बताउनुभएका छन् । प्रचण्डले पार्टीमा खुरापात र विचलनतिर जाने खतरा पैदा भएको उल्लेख गर्दै थुप्रै खालका विसंगति देखा परेकोमा यो स्थितिबाट फेरि स्टेयरिङलाई सकारात्मक मोड दिने ठाउँमा आइपुगेका दाबी समेत गर्नुभयो । पार्टीको जारी आठौं महाधिवेशनको दोस्रो दिन गत सोमबार आफूले प्रस्तुत गरेको वैचारिक तथा राजनीतिक प्रतिवेदनमाथि उठेको प्रश्नको जवाफ अध्यक्ष प्रचण्डले आज दिनुभएका हुन् । --- Full list of posts: https://newskunda.com/llms.txt