# विपदमा जोखिममा परेका बालबालिकाको उद्धार, संरक्षणदेखि दीर्घकालीन पुनःस्थापनाका लागि प्रभावकारी पहल गर्नुपर्ने सरोकारवालाको जोड Source: https://newskunda.com/archives/5997 Category: FEATURED NEWS, Uncategorized, अर्थ, राजनीति, शिक्षा, समाचार, समाज, स्वास्थ्य Last updated: 2026-11-26 काठमाडौं ९ मङ्सिर : भोटेकोशी बाढीका कारण प्रभावित रसुवा, नुवाकोट, धादिङ र गोरखाका बालबालिका जोखिममा परेको भन्दै उनीहरुको उद्धार, संरक्षण, शिक्षा, स्वास्थ्य, मनोसामाजिक सहयोग तथा दीर्घकालीन पुनःस्थापनाका लागि प्रभावकारी पहल गर्नुपर्ने सरोकारवालहरुले बताएका छन् । बालबालिका माथि हुने हिंसा तथा दुव्र्यबहार बिरुद्ध विश्व दिवस र अन्तराष्र्टिय बाल दिवसको अवसरमा राष्ट्रिय बाल संरक्षण सञ्जाल नेपाल (एनसीपीए)को आयोजनामा तथा सिविस (ऋध्क्ष्क्ज्) लगायत ३० भन्दा बढी राष्ट्रियस्तरका नागरिक समाजका संस्थाहरूको सहकार्यमा सम्पन्न विपद पश्चात बालबालिकाको संरक्षणका सवाल र सम्बोधन प्यानल छलफलमा सरोकारवालाहरुले बालिबालिकाको संरक्षणको आवश्यकता औल्याएका हुन् । कार्यक्रममा **राष्ट्रिय बाल अधिकार परिषद्का अधिकृत एवं सूचना अधिकारी रामबहादर चन्द**ले बाढी प्रभावित रसुवा र नुवाकोटमा ५४१ जना बालबालिकाले आफ्नो अभिभावक गुमाएको बताउनुभयो । सरकारले प्रभावित क्षेत्रमा पुगेर तीन चरणमा गरेको स्थलगत अनुगमन एवं सर्वेक्षणको प्रारम्भिक प्रतिवेदन अनुसार बिभिन्न ३० वटा हल्डिङ्ग सेन्टरमा राखिएका घरबार बिहिन परिवार परिवार मध्ये कूल एक हजार २३३ जना बालबालिका रहेको उहाँले बताउनुभयो । प्रतिवेदन अनुसार ५८४ जनाको लेखाजोखा गर्दा बाबुआमा दुबै गुमाएका ४१ जना, बाबु गुमाएका १६१ जना, आमा गुमाएका ६७ जना रहेको बताउदै चन्दले यी मध्ये ९८ जनाको दीर्घकालीन संरक्षण, हेरचाह तथा स्याहरका लागि योजना अनुसार कार्य अगाडि बढाएको बताउनुभयो । नेपाल सरकार र एमआईटी ग्रुप फाउन्डेसन कम्पनीबीच सम्झौता गरि उक्त कम्पनीले उक्त बाढी पीडितबाट आमाबाबु गुमाएका १८ वर्ष मुनीका बालबालिकाको शिक्षा, शैक्षिक सामग्री, स्वास्थ्य तथा बीमा, पोषण, जीवनयापन, यातायात र मनोसामाजिक सहयोग उपलब्ध गराउन र कक्षा १२ सम्मको अध्ययनलाई निरन्तरता दिन ५७ करोड ८५ लाख सहयोग गर्ने भएको उहाँले बताउनुभयो । त्यस्तै एसओएस चिल्ड्रेन भिलेज नेपालले २ वर्षका लागि ती बालबालिकाको अधिकारका लागि खर्च गर्न १६ करोड सहयोग गर्ने सम्झौता भएको भन्दै उहाँले सरकारले कात्तिक २७ गते १५ गते सूचना जारी गरि थप सहयोग गर्न बिभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैससलाई आव्हान गरेको बताउनुभयो । भोटेकोशी बाढीमा ४५० भन्दा बढी सवारी चालकहरु हराएको, ९८ परिवारलाई मासिक रुपमा जिविकोपार्जनका लागि सहयोग गर्ने सरकारले योजना अघि सारेको बताउनुभयो । उहाँले रसुवाको गोसाईकुण्ड गाउँ पालिकाको २८ जना परिवार नै बेपत्ता भएको जानकारी आएको बताउदै सरकारले बेपत्ता र अन्य जोखिममा रहेका सबैको अन्तिम तथ्यांक संकलन गर्ने कार्य सुरु गरेको परिषद्का सूचना अधिकारी चन्दले बताउनुभयो । **संघीय संसद् सचिवालयका सचिव डा. रोजनाथ पाण्डे**ले भोटेकोशीमा बेपत्ता भएका झण्डै ६ हजारको मृत्यु घोषणा हुन नसक्दा पीडित परिवारमा समस्या आएको बताउदै भोटेकोशीमा प्रभावित बालबालिकाको यथार्थ तथ्यांक ल्याउन तीन तहकै सरकार लाग्नु पर्ने बताउनुभयो । उहाँले पीडित जनताको माग एकातिर सरकारको काम अर्कोतिर हुदै गएको भन्दै पीडितका पक्षमा तत्काल, मध्यकालिन र दीर्घकालिन रुपमा के गर्नु पर्छ भनेर लाग्नु पर्ने बताउनुभयो । कतिपय बनको ऐन र कानून कार्यान्वयनमा आउँनै सकेका छैनन् र संसदमा अझै कयौ कानून बन्न बाँकी नै रहेको भन्दै उहाँले २०२८ को शिक्षा ऐन परिमार्जन नहुनु, बालबालिकाको हक र अधिकार संविधानमा संरक्षण भएपनि व्यबहारमा लागू नहुनु समस्या भएको र बालबालिकाको अधिकारका विषय अब विद्यालय पाठ्यक्रममा समावश गर्नु पर्ने बताउनुभयो । डा. पाण्डेले भन्नुभयो, “२०७२ सालको भूकम्पमा पाँच अर्ब सहयोग जुटेको थियो, भोटेकोशीको बाढीमा २० अर्बको सहयोग जुटको छ । तर भोटेकोशी बाढीमा खोज, उद्धार र राहतमा न्याय गरियो कि गरिएन समिक्षा होला । अहिले १६ वटा संसदीय समिति निरन्तर छलफलमा छ । विशेष संसदीय समिति पनि छ हिमाली जलवायु प्रभावित र असरबारे छलफल जारी छ ।” कार्यक्रममा **शिक्षा मन्त्रालय विद्यालय शिक्षा शाखाका प्रमुख शिवप्रसाद रेग्मी**ले विपद व्यबस्थापन न्यूनिकरणको एकल अधिकार स्थानीय तहमै गएको बताउदै विद्यालयको सम्पत्तिमा भएको क्षतिको भपाई गर्ने सरकारी सयन्त्र नभएकाले स्थानीय तहले नै त्यसको व्यबस्था गर्नु पर्ने बताउनुभयो । भोटेकोशीले बगाएको १६ विद्यालय पुनः सञ्चालन गर्न स्थानीय सरकार लाग्नु पर्ने बताउदै उहाँले बालबालिका वेपत्ता र जोखिमको तथ्यांक संकलनमा समस्या आएको बताउनुभयो । कार्यक्रममा **बालअधिकारकर्मी मिलन धरेल**ले भोटेकोशी बाढीमा सरकारकै तथ्यांकको आधारमा पनि ३३ हजार जनसंख्या, आठ हजार घरपरिवार प्रभावित भएको बताउँदा कम्तीमा ११ हजारदेखि १६ हजार बालबालिका प्रतक्ष्य प्रभावित भएको दाबी गर्नुभयो । बाढीमा १८ वटा विद्यालय पूर्ण रुपमा प्रभावित हुँदा एक विद्यालयमा २०० विद्यार्थीका दरले हेर्ने हो भने पनि ३६ सय बालबालिका प्रतक्ष्य प्रभावित भएको देखिदाँ देखिदै पनि सरकार ५६० मात्रै पैभावित भनेर ढाटिरहेको उहाँले बताउनुभयो । स्थानीयस्तरमा पुगेर भोटेकोशी बाढी प्रभावित सबै क्षेत्रको सही तथ्यांक ल्याउनु पर्ने बताउदै बिभिन्न जिल्लाबाट तीर्थ जाने बस नै बगाउँदा त्यहाँ कति बालबालिकाले अभिभावक गसमाए त्यसको तथ्यांक अझै सरकारसंग नभएको बताउनुभयो । सरकारले बाढी प्रभावित १० प्रतिशतलाई मात्रै लक्षित गरि तथ्यांक संकलन गर्दा यथार्थ तथ्यांक आउन नसकेको दाबी गर्नुभयो । बाढीमा प्रभावित बालबालिका बेचबिखन, हिंसा, बालश्रमलगायतको बिभिन्न जाखिममा रहेको विपदलाई भोट बैंकको रुपमा राजनीति गर्ने परम्परा छाड्नु पर्ने उहाँले बताउनुभयो । तथ्यांक संकलनका लागि कन्सल्टेण्ट पठाएर नआउने बताउदै उहाँले स्थानीय स्तरमै टोल, बस्ती, विद्यालय, स्वास्थ्य संस्थामा लगाएको खोपको रेकर्ड, जन्मदर्ता, विद्यालय भर्नालगायतका तथ्यांकबाट पनि कति बालबालिका बेपत्ता भए भन्ने पत्ता लगाउन सकिनेमा त्यसतर्फ सरकारको ध्यान नगएको औल्याउनुभयो । विपदमा स्थानीय नागरिक समाज नै सक्रिय हुनु पर्ने बताउँदै उहाँले कुनै पनि बाहनामा कसैले पन्छिन नहने बताउनुभयो । “बाढीमा बाबुआमा नगुमाएको तर घरबार बिहिन बनेका बालबालिका कति छन् ? ति प्रभावित होईनन् ? ११० जना बालबालिकालाई ५८ करोड लगानी गर्छु भन्ने सरकार नै पीडितलाई घर पर्क भन्छ, कहाँ छ घर ? अनि त्यस्ता बालबालिका बेचबिखन, हिंसा र श्रममा पर्छन्, यहाँ पनि सरकारको कमजोरी छ ।”–उहाँ भन्नुहुन्छ । आएको बजेट र फण्डिङ्ग सरकारले होल्ड गर्ने गरेको भन्दै उहाँले सरकारले ४७ प्रतिशत फण्डिङ्ग माग गरेकोमा ३० प्रतिशत आएको र त्यसमध्ये पनि २ प्रतिशत मात्रै नागरिक समाजमा पुगेपछि कसरी काम हुन्छ भन्दै प्रश्न गर्नुभयो । त्यस्तै, **राष्ट्रिय बाल संरक्षण सञ्जाल नेपालका अध्यक्ष मधु गुरुङ**ले भोटेकोशी रसुवा भोटकोशी बाढी प्रभावित क्षेत्रमा आवश्यकता भन्दा बढी राहत सामग्री पुगेको तर बाढी प्रभावित बालबालिकाका पढाइ र सिकाइका लागि उल्लेख्य पहल नभएको बताउनुभयो । उहाँले अझै पनि राहत सामगी गइरहेको भन्दै त्यहाँका बासिन्दालाई पुनस्थापना र जोखिममा रहेका बालबालिकार्ला पुर्नवासको व्यबस्था गर्नु पर्ने औल्याउनुभयो । प्रतक्ष्य आफन्त र परिवार गुमाएका, बिपत्ति भोगेका बालबालिकाको अबथा के छ ? उनीहरुले पढ्न पाएका छन् कि छैनन् ? उनीहरूको सुरक्षाको अवस्था कस्तो छ ?, स्वास्थ्य अबस्था के छ ? मानसिक अवस्था कस्तो छ ? भन्ने बारेमा अध्ययन हुनु जरुरी रहेको बताउनुभयो । राष्ट्रिय दलित बालिका अधिकार मञ्चकी प्रतिनिधि रोशनी रम्तेलले बालबालिका विपद्का बेला अझ बढी जोखिममा पर्ने प्रभावित हुने गरेको बताउदै विपद्का बेलामा आफ्ना परिवार विस्थापित हुने, बालबालिका अभिभावकबाट छुट्टिने अबस्थाले शोषण र दुव्र्यवहारमा पर्ने जोखिम उच्च रहने बताउनुभयो । बालबालिकामाथि हुने हिंसा तथा दुव्र्यवहार अपरिचित व्यक्तिबाट मात्रै नभई परिवारका सदस्य, अभिभावक र शिक्षकबाट समेत हुने गरेको बताउदै विपदमा जोखिममा परेका बालबालिकाले डर, त्रास र असुरक्षाका कारण आफ्ना पीडा खुलेर व्यक्त गर्न नसक्ने बताउनुभयो । त्यसैगरी राष्ट्रिय बाल पैरवी परिषद्का संयोजक कृष्ण शाहले विपदका बेलामा बालबालिकाको वास्तविक अबस्था पहिचान गरेर संरक्षण गर्न सरकार चुक्न नहुने बताउनु भयो । विपदबाट प्रभावित बालबालिकाको वास्तविक अवस्था पहिचान गरि तथ्यमा आधारित तथ्याङ्क ल्याउनु पर्ने बताउदै विभिन्न निकायबाट सार्वजनिक हुने तथ्याङ्कमा आउने फरकताले अन्योल सृजना गर्ने र कतिपयले उचित संरक्षण नपाउँदा थप समस्या हुने गरेको बताउनुभयो । सिविसका परियोजना संयोजक उमङ्ग मैनालीले विपदमा अभिभावक राहतमुखी हुने, बाबालिका जोखिममा पर्ने, स्थानीय सरकार अहिले पनि ऐन, कानून र संविधान पछ्याउँदा बाल अधिकार र संरक्षणमा निकै पछाडि पर्ने गरेको बताउनुभयो । उहाँले स्थानीय तहमा अझै पनि बाल कल्याण अधिकारी नहुन बिडम्बना भएको बताउनुभयो । कार्यक्रममा अधिकांश बालबालिकाले बालबालिकाको हक र अधिकार सुनश्चििताका लागि सरकार गम्भिर बन्नु पर्ने औल्याएको थिए । --- Full list of posts: https://newskunda.com/llms.txt