# वैदेशिक रोजगारीका पिडितलाई ठग्ने इन्द्रलाल गोले पक्राउ Source: https://newskunda.com/archives/3577 Category: FEATURED NEWS, अपराध, राजनीति, समाचार, समाज Last updated: 2026-04-10 काठमाडौ.२७ चैत : वैदेशिक श्रमिकका पिडितलाई न्याय दिने भन्दै खोलिएको संस्था वैदेशिक रोजगार उद्धार नेपालका अध्यक्ष इन्द्रलाल गोले पक्राउ परेका छन् । महानगरीय प्रहरी वृत, स्वयम्भुबाट खटिएको टोलीले काठमाडौं स्थित अन्नपुर्ण चोकबाट हिरासतमा लिएको हो । अनाधिकृतरुपमा मेनपावर व्यवसायी, पीडित र एजेण्टहरुलाई प्रभावमा पारी पैसा असुलेको भन्ने साथै कार्यालयमा पाखुरावालहरु जम्मा पारी मेनपावरसँग चन्दा आतंक चलाएको आरोप लागेको छ । वितग केही वर्षदेखि यही पेशामा लागेका गोलेले काठमाडौंमा घर गाडि समेत जोडेको पाइएको छ । केश अनुशन्धानमै रहेकाले थप विवरण आउन बाँकी छ । --- Full list of posts: https://newskunda.com/llms.txt