# सुनका गरगहनदा लुट्ने गिरोह पक्राउ Source: https://newskunda.com/archives/2121 Category: FEATURED NEWS, अपराध, समाचार, समाज Last updated: 2022-09-13 भक्तपुर, २८ भदौ । भक्तपुर र काभ्रे जिल्लाका विभिन्न एकान्त ठाउँमा सुनका गरगहना लुटपाट गर्ने गिरोहका चार जना र सुनका गहना गाल्ने तथा खरिद गर्ने दुई जना गरि ६ जनालाई भक्तपुर प्रहरीले आज पक्राउ गरेको छ । सुनका गरगहना लगाएका व्यक्तिहरुलाई पिछा गरी लुटपाट गदै आइरहेका चार जनालाई महानगरीय प्रहरी बृत्त थिमिका प्रहरीले टोलीले लुटेका गहनासहित पक्राउ गरेको हो । काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका वडा नं. ९ का २२ वर्षीय बुद्ध तामाङ, उदयपुरको त्रियुगा नगरपालिका ७ का २३ वर्षीय बिशाल राई, सिन्धुलीको मरिन गाउँपालिका ५ का २० वर्षीय आर्यन माझी, काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका ३ का २१ वर्षीय सुदिप भण्डारीलाई प्रहरीले पक्राउ गरेको प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक राजू पाण्डेले जानकारी दिनु भयो । प्रहरीले चोरीको सुनका गहना गाल्ने अभियोगमा मोरङ शनिश्वरे नगरपालिका ८ का ४० वर्षीय चन्द्रबहादुर बिक र चोरेको सुन किनेको अभिायोगमा भारत महाराष्ट्र जिल्ला सिङ्ली जिल्ला घर भई हाल काठमाडौं महानगरपालिका–बस्ने ३५ वर्षीय अमोल भोसलाई प्रहरीले पक्राउ गरेको उहाँले बताउनु भयो । निजहरुको साथबाट लुटिएको सुन दुईतोला र लुटपाटमा प्रयोग गरिएको दुई वटा मोटरसाइकलसहित नियन्त्रण लिएर गिरोहका अन्य व्यक्तिको खोजी तथा घट्नाबारे अनुसन्धान अगाडि बढाएको उहाँले बताउनु भयो ।––– --- Full list of posts: https://newskunda.com/llms.txt