# सुनचाँदीको मूल्य ओरालो लाग्यो Source: https://newskunda.com/archives/56 Category: Uncategorized, अर्थ Last updated: 2022-05-01 **काठमाडौं, १५ पुस ।** साताको पाँचौ दिन आज बिहीबार बजारमा सुनचाँदीको मूल्य ओरालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज प्रतितोलामा ९२ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बिहीबार ४ सयले ओरालो लागेर ९२ हजार १ सय रुपैयाँमा कारोबार भएको छ । तेजावी सुन प्रतितोलामा ९१ हजार ६ सय रुपैयाँमा कारोबार भएको छ । यस्तै, चाँदीको मूल्य पनि आज १५ रुपैयाँले ओरालो लागेर १ हजार २ सय ४५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ । --- Full list of posts: https://newskunda.com/llms.txt