# सूर्यविनायक नगरपालिका वडा नं. ५ कार्यालयलद्धारा चिकित्सकहरुलाई सम्मान Source: https://newskunda.com/archives/5713 Category: FEATURED NEWS, अर्थ, राजनीति, समाचार, समाज, स्वास्थ्य Last updated: 2026-11-15 भक्तपुर, २९ कात्तिक । सूर्यविनायक नगरपालिका वडा नं. ५ मा स्थायी बसोबास गर्ने चिकित्सकहरुलाई आज वडा कार्यालयले सम्मान गरेको छ । कार्यालयले यहाँ आयाजना गरेको चिकित्सक सम्मान कार्यक्रममा वडा भित्र स्थायी बसोबास गर्ने विभिन्न विद्याका चिकित्सकहरुलाई वडा अध्यक्ष राजकुमार जोशीले सम्मान पत्र पैदान गर्दै सम्मान गनुभयो । कार्यक्रममा चिकित्सकहरुलाई वडाका वडा सदस्यहरुले समेत सम्मान पत्र प्रदान गरि सम्मान गर्नु भएको थियो । कार्यक्रममा वडा अध्यक्ष जोशीले आफ्नो वडा बौद्धिक, शिक्षित र दक्ष जनशक्तिको गौरवमय पहिचान बोकेको वडा भएकाले यहाँका चिकित्सकहरूको सफलता र योगदानमा वडाको अमूल्य सम्पत्ति तथा भावी पुस्ताका लागि प्रेरणाको उज्यालो मार्ग देखाउन सफल हुने बताउनुभयो । उहाँले यो सम्मान केवल व्यक्तित्वको सम्मान मात्र नभई ज्ञान, मेहनत, समर्पण र सफलताको सम्मान पनि भएको बताउदै आगामी पुस्ताले पनि उहाँहरूबाट प्रेरणा लिँदै देश र समाजको सेवामा समर्पित हुने विश्वास लिएका बताउनुभयो । --- Full list of posts: https://newskunda.com/llms.txt