# हजुरबालाई हराउँदै नाति बने कांग्रेसको पालिका सभापति Source: https://newskunda.com/archives/168 Category: रोचक Last updated: 2022-01-02 **कञ्चनपुर ।** कञ्चनपुरको बेलडाँडीमा हजुरबुबालाई हराउँदै नाति नेपाली कांग्रेस गाउँपालिका सभापतिमा चयन भएका छन्गाउँ नगरपालिका अधिवेशन अन्तर्गत शनिबार सम्पन्न निर्वाचनमा हजुरबुवा पृतबहादुर विष्टलाई ८ मतले हराउँदै गजबहादुर विष्ट सभापति बनेका हुन्। ३७ वर्षीय गजबहादुरले खसेको ८५ मध्ये ४५ मत पाएका छन्। पराजित हजुरबुवा अन्दाजी ६० वर्षीय पृतबहादुरले ३७ मत ल्याएका छन्। जसमा ३ मत बदर भए। --- Full list of posts: https://newskunda.com/llms.txt