# हावाहुरी र वर्षाले सूर्यविनायक नगरपालिका–७, गुण्डूस्थित भैरबी आधारभूत बिद्यालयको छानो उडायो Source: https://newskunda.com/archives/3625 Category: FEATURED NEWS, अर्थ, राजनीति, शिक्षा, समाज Last updated: 2026-05-04 भक्तपुर, २१ बैशाख : आज अपरान्ह अचानक आएको तिब्रगतिको हावाहुरी र वर्षाले सूर्यविनायक नगरपालिका–७, गुण्डूस्थित भैरबी आधारभूत बिद्यालयको छानो उडाउनुका साथै कक्षा कोठामा क्षति पुर्याएको छ । विद्यालय व्यबस्थापन समितिका अध्यक्ष एवं वडा नं. ७ का वडाध्यक्ष रबिन्द्र सापकोटाले अपरान्ह तीव्रगतिमा आएको हावाहुरीका विद्यालयको जस्ताको छानो उडाउनुका साथै विद्यालयलाई ठूलो भौतिक क्षति पुगेको जानकारी दिनुभयो । उहाँले हावाहुरीले बिद्यालयको छानो उडाएर बिद्यालयको कार्यालय कक्ष, कम्युटर कक्षा र पुस्तकालयमा समेत ठूलो क्षति पुगेको जानकारी दिनुभयो । यसबाट पठनपाठन कार्य अबरुद्ध नहुने भएपनि कम्प्युट कक्षा सञ्चालन अबरुद्ध हुने र कार्यालयसमेत सार्नु पर्ने अबस्था आएको बताउनुभयो । --- Full list of posts: https://newskunda.com/llms.txt