# १४ जिल्लाका ४४ वटा मतदान केन्द्रमा मतदान स्थगित Source: https://newskunda.com/archives/918 Category: FEATURED NEWS, अर्थ, निर्वाचन, राजनीति Last updated: 2022-05-13 काठमाडौं, ३० बैशाख । आज भएको स्थानीय तहको निर्वाचनका क्रममा ४४ वटा मतदान केन्द्रको मतदान स्थगित भएको छ। १४ जिल्लाका १७ वटा स्थानीय तहका २८ वटा मतदानस्थलका ४४ वटा मतदान केन्द्रमा मतदान स्थगित भएको प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले जानकारी दिए। सबै स्थानीय तहमा निर्वाचन सम्पन्न हुन्छ भन्ने अपेक्षा गरिएको भए पनि निर्वाचनको दौरान विभिन्न जिल्लामा भएका छिटपुट घटना र केही ठाउँमा भएका अप्रिय घटनाले मतदान स्थगित हुन गएको हो। ‘मौसम प्र।तिकुलता र केही ठाउँमा भएका छिटपुट घटना तथा केही अप्रिय घटनाका कारण ४४ वटा मतदान केन्द्रको निर्वाचन रोकिएको छ’, थपलियाले भने’, ‘त्यहाँको बस्तुस्थिति हेरेर चाडै नै मतदानको प्रक्रिया अगाडि बढाउनेछौ।’ --- Full list of posts: https://newskunda.com/llms.txt