भक्तपुरका दुई निर्वाचन क्षेत्रमा उम्मेदवारी दर्ता सम्पन्न, क्षेत्र नं. १ मा २५ जना र क्षेत्र नं. २ मा ३२ जनाको जम्मेदवारी दर्ता
भक्तपुर, ६ माघ ः आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनका लागि भक्तपुर क्षेत्र नं. १ बाट नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सचिव प्रेम सुवाल र क्षेत्र नं. २ बाट नेकपा (एमाले)का केन्द्रीय सचिव महेश बस्नेतले उम्मेदवारी दर्ता गराउनु भएको छ ।
क्षेत्र नं. १ का सुवाल र क्षेत्र न. २ का बस्नेत फरक पार्टीका केन्द्रीय सचिव हुन् भने दुबै जना यसअघि प्रतिनिधि सभा सदस्यमा निर्वाचित भइसकेका परिचित अनुहार हन् । दुबै क्षेत्रमा अन्य बिभिन्न राजनीतिक दल र स्वतन्त्र उम्मेदवार दिने उम्मेदवारहरु भने अधिकांश नयाँ अनुहार रहेका छन् ।
निर्वाचन क्षेत्र नं. १ बाट बिभिन्न राजनीतिक दल र स्वतन्त्र गरि २५ जनाले उम्मेदवारी दर्ता गराउनु भएको छ भने क्षेत्र नं. २ बाट राजनीतिक दल र स्वतन्त्र उम्मेदवार गरि ३२ जनाले उम्मेदवारी दर्ता गराउनु भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ ।
भक्तपुर क्षेत्र न. १ बाट प्रतिनिधिसभा निर्वाचन–२०८२ का लागि नेपाल कम्युनिष्ट पार्टी एमालेबाट सोम मिश्र, नेपाली काँग्रेसबाट किरण न्यौपाने, नेपाल मजदुर किसान पार्टीबाट प्रेम सुवाल, राष्ट्रिय स्वतन्त्र पार्टीबाट रुकेश रञ्जित, नेपाली कम्युनिष्ट पार्टीबाट हरिराम लवजु, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट भरतबहादुर खड्काले उम्मेदवारी दर्ता गराउनु भएको छ ।
त्यसैगरि उज्यालो पार्टी नेपाल पार्टीबाट रमेश बल्ल, आम जनता पाटीबाट देवेन्द्र ठाकुर, राष्ट्रिय जनमोर्चा पार्टीबाट ईश्वरीप्रसाद पैयानी, जनता समाजवादी पार्टी (जसपा) नेपालबाट श्यामसुन्दर शिल्पकार, नेकपा (माओवादी) पार्टीबाट चन्द्रमान कोजु, मितेरी पाटी नेपालबाट सावित्री न्यौपाने, नेपालका लागि नेपाली पाटीबाट दिपक पोखरेलले उम्मेदवारी दिनु भएको छ ।
त्यस्तै स्वतन्त्र उम्मेदवारी दिनेहरुमा सुजिता बुढाथोकी, विष्णुराम दुमरु, राजेश्वरी प्रजापति, सुदिप न्यौपाने, पुण्यराम सुवाल, राजु श्रेष्ठ, दशरथ थापा, सुरेश कोजु, बालकृष्ण खाइतुले उम्मेदवारी दिनु भएको छ ।
त्यसैगरि क्षेत्र नं. २ मा नेकपा एमालेका केन्द्रीय सचिव महेश बस्नेतले उम्मेदवारी दर्ता गराउनु भएको छ भने नेपाली काँग्रेसबाट कबिर राणाले उम्मेदवारी दर्ता गराउनु भएको छ ।
त्यसैगरि नेपाली कम्युनिष्ट पार्टी रामप्रसाद सापकोटा, उज्यालो नेपाल पार्टीबाट जितराम लामा, राष्ट्रिय स्वतन्त्र पार्टीबाट राजिव खत्री, नेपाल मजदुर किसान पार्टीबाट रमेश वैद्य, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट विक्रम थापा, श्रम संकृति पार्टी अर्जुन बासु, त्रीमुल नेपालबाट राकेश श्रेष्ठ, नेपाल जनसेवा पार्टी जानुका पाठक, प्रगतिशील लोकतान्त्रिक पार्टीबाट जन्मदेव जैसी, नेपाल कम्युनिस्ट पाटी संयुक्त लोककृष्ण दाहाल, जनता समाजवादी पार्टी नेपालबाट नवीन श्रेष्ठ, नेकपा माओवादी प्रकाशराज ढुङ्गेल, मंगोल नेशनल अर्गनाइजेसनबाट पेम्वा घले, नेपालका लागि नेपाली पार्टीबाट राजेश बाडेले उम्मेदवारी दर्ता गराउनु भएको छ ।
त्यसैगरि स्वतन्त्रबाट आनन्द कार्की, मधु प्रकाश साहुखल, श्यामकृष्ण धुख्वा, लक्ष्मि बास्तोला पौडेल, बालकृष्ण थापा, ओमकृष्ण कुटु, नवीनकुमार महत, साजन ढकाल, सुवर्ण थापा, रेणु श्रेष्ठ, अर्चना भट्टराई, अनिता भट्टराई, सविन महत, प्रदिपकुमार रूपाखेतीले उम्मेदवारी दर्ता गर्नु भएको छ ।
तपाईको प्रतिकृया के कस्तो रहेको छ ?
+1
+1
+1
+1
