भक्तपुर, १६ पुस । एमसीसी बिरुद्ध देशभरि प्रर्दशन गर्दै आएको नेपाल मजदुर किसान पार्टीले आज संघीय राजधानीको मुटु काठमाडौंमा विशाल जनप्रर्दशन गरेको छ । एमसीसी बिरुद्ध आम नेपाली जनतालाई सूसुचित गर्ने उदेश्यले देशभरका बिभिन्न जिल्लासहित काठमाडौं उपत्यकाका बिभिन्न सहरमा जनप्रर्दशन गर्दै आएको नेमकिपाले आज काठमाडौं चारवटै नाकाबाट विशाल जनप्रर्दशन गरेको हो ।
एमसीसी बिरुद्ध पहिलो आवाज उठाउने पार्टीको रुपमा रहेको नेमकिपाले यसअघि पनि संसद र सडकबाट एमसीसी बिरुद्ध खबरदारी गर्दै आएको छ । यसै क्रममा आजको प्रर्दशन गरेको हो । एमसीसी बिरुद्ध भएको बिभिन्न आन्दोलन भन्दा चर्को र ठूलो जनसागर प्रर्दशन गर्दै सरकारसहित एमसीसीको पक्षमा रहेका अन्य दललाई खबरदारी गरेको छ ।
नेमकिपाले शुरुदेखि नै एमसीसी सम्झौता राष्ट्रघाती भएको, नेपाली भूमिको प्रयोग गरि चीन बिरुद्ध अभियान चलाउने रणनीतिक योजना अमेरिकाको रहेको जस्ता विभिन्न बुँदामा नेपालमाथि नै घात हुन सक्ने भएकाले कुनै हालतमा एमसीसी संसदमा पेश गर्न नहुने निस्कर्षमा नेमकिपा पुगेको छ ।
अमेरिकी सहयोग परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेसन एमसीसी सम्बन्धी सम्झौता संसद्बाट पारित नगर्न खबरदारी गर्दै नेमकिपाले कोटेश्वर, माइतीघर र पुरानो बानेश्वर हुँदै संसद भवन नयाँ बानेश्वर अगाडि अलग अलग प्रदर्शन गरेको हो ।
सभामा बोल्दै पार्टीका सचिव एवं संघीय सांसद प्रेम सुवालले सो सम्झौता राष्ट्रघाती भन्दै संसदमा पेश गर्न नदिन सांसदहरुलाई अपिल गर्नुभयो । योे सम्झौंता खारेज नभएसम्म आफूहरुले आन्दोलन जारी राख्ने चेतावनी दिदै नेता सुवालले एमसीसी सम्झौंता संसदबाट पारित भए भारत र अमेरीकी सेनाको नेपाल परेडस्थल बन्ने र एक सेकेन्डमै नेपाल ध्वस्त हुने दावी समेत गर्नु भयो ।
नेता सुवालले श्रीलंकाले एमसीसी सम्झौंता राष्ट्रिय सुरक्षाका लागि खतरा रहेको निष्कर्ष निकाल्दै खारेज गरेजस्तै नेपालले पनि खारेज गर्नुपर्ने बताउनु भयो । देशघाती एमसीसी सम्झौता खारेज गरेलगायतका नाराबाजी लगाउँदै प्रर्दशन गरिएको थियो ।
पार्टीका नेता प्रेम सुवालले सो सम्झौता राष्ट्रघाती भन्दै संसदमा पेश गर्न नदिन सांसदहरुलाई अपिल गर्नुभयो । सभालाई नेमकिपाका नेता एवं भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापति, वाग्मति प्रदेश सभा सदस्य सुरेन्द्रराज गोसाई, पूर्व सांसद अनुराधा थापामगर लगायतले एमसीसी देशको लागि ठूलो खतरा रहेको भन्दै खारेज गर्न माग गर्नुभयो ।
priligy medication 00093 7223 Fosinopril Sodium Teva Pharmaceuticals USA, Inc
Profitez des bonus exclusifs avec 888starz bet.
Android ?шін 888starz apk тегін орнатып, ставкаларды баста?ыз.
https://onlinetri.com/common/pgs/888starz-site-officiel_1.html 888starz
Yuqori tezlik va qulaylikni taqdim etuvchi 888starz apk ni yuklab oling va kazino o‘yinlarida qatnashing yoki sportga stavkalar qiling. Ushbu ilova foydalanuvchilarga xavfsizlikni kafolatlaydi va barcha kerakli vositalar bilan ta’minlaydi. Yuklab olish jarayoni oson va tezkor.
Ш§ШіШЄЩ…ШЄШ№ ШЁШЄШ¬Ш±ШЁШ© Щ…Ш±Ш§Щ‡Щ†Ш§ШЄ Щ„Ш§ Щ…Ш«ЩЉЩ„ Щ„Щ‡Ш§ Ш№ШЁШ± https://888starz-egypt.online/. Ш§Щ„Щ…Щ†ШµШ© Ш§Щ„ШЄЩЉ ШЄЩ‚ШЇЩ… Щ„Щѓ ШЈЩЃШ¶Щ„ Ш§Щ„ШЈЩ„Ш№Ш§ШЁ Щ€Ш§Щ„Ш№Ш±Щ€Ш¶ Ш§Щ„ШШµШ±ЩЉШ©.