भक्तपुर, ५ जेठ । नेकपा एमालेका पोलिटव्यूरो सदस्य एवं भक्तपुर निर्वाचन क्षेत्र नं. २ का सांसद महेश बस्नेतको निर्वाचन क्षेत्र सूर्यविनायक नगरपालिकाको प्रमुखमा नेकपा एमालेका उम्मेदवार बासुदेव थापा विजयी हुनु भएको छ ।

यस नगर पालिकामा नेपाली कांग्रेसका उम्मेदवार निशान ढुङ्गेललाई एक हजार ५२६ मतान्तरले पराजित गर्दै थापा विजयी हुनु भएको हो । नगर प्रमुखमा एमालेका बासुदेव थापाले १४ हजार ७५८ मत प्राप्त गरि विजयी हुनु भयो भने उहाँको निकटतम प्रतिद्धन्द्धी कांग्रेसका निशान ढुङ्गेलले १३ हजार २३२ मत प्राप्त गर्नु भयो ।

त्यसै गरि उपप्रमुखमा नेकपा एमालेकै सरिता भट्टराई तिमिल्सििना विजयी हुनु भएको छ । सरिताले १४ हजार ७५८ मतका प्राप्त गरि विजयी हुनु भयो भने गठबन्धनको तर्फबाट उपप्रमुखको उम्मेदवार नेकपा एकीकृत समाजवादीका श्यामसुन्दर बस्नेतले आठ हजार ३२९ मतको मतान्तर अर्थात ६ हजार ६६१ मत प्राप्त गर्नु भयो । यस नगरपालिकामा नेपाल मजदुर किसान पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टीलाई निकै पछाडि पार्दै मुख्य दुई दल एमाले र कांग्रेसबीच प्रतिस्पर्धा भएको थियो ।

त्यस्तै यस नगरपालिकाको अन्तिम वडाको रुपमा रहेको वडा नं. १० को वडाध्यक्षमा शिवराम राउत, वडा सदस्यहरुमा विदुर देउजा, ताराबहादुर विष्ट, शर्मिला बस्नेत र राधिका मिजार विजयी हुनु भएको छ । आज बिहानै मतपरिणाम घोषणा भए पछि एमाले नेता, संघीय सांस्द एवं पूर्व मन्त्री महेश बस्नेतले निर्वाचि मेयर थापा, उपमेयर भट्टराई, वडाध्यक्ष राउतलगायत विजयी टिमलाई बधाई दिदै नगरपालिकाको बिकासमा केन्द्रीत रहेर काम गर्न शुभकामना दिनु भयो ।

सूर्यविनायक नगरपालिका क्षेत्रमा नेकपा एमालेले नगर प्रमुख, उपप्रमुख, वडाध्यक्ष, सदस्यसहित ३३ पदमा नेकपा एमालेले विजयी हासिल गरेको र नेपाली कांग्रेसले वडाध्यक्ष र सदस्य गरि १९ पदमा विजयी भएको नेकपा एमाले सूर्यविनायक नगर अध्यक्ष एवं सूर्यविनायक नगरपालिका–७ का नवनिर्वाचित वडाध्यक्ष रबिन्द्र सापकोटाले जानकारी दिनु भयो ।

नगरपालिकामा वडा नं. १, ५, ७, ८ र १० एमालेले विजयी हासिल गरेको छ भने गठबन्धनले वडाध्यक्षमा २, ३, ४, ६ र ९ झिनो मतले विजयी हासिल गरेको छ । वडा सदस्यमा भने एमालेले वडा नं. १ मा एक सिट गुमाएको छ । त्यस्तै कांग्रेसको गढ मानिएको वडा नं. ३ मा एमालेले एक सिट ल्याउन सफल भएको छ । त्यस्तै वडा नं. ४ मा तीन जना सदस्य एमालेबाट निर्वाचित हुनुभएको छ । वडा नं. ९ मा वडाध्यक्ष बाहेक तीन सदस्य एमालेले विजयी हासिल गरेको छ । यसरी हेर्दा नगरपालिकामा एमालेको तर्फबाट मेयर र उपमेयर सहित ३३ जना जनप्रतिनिधिहरु निर्वाचित हुनुभएको छ भने गठबन्धनको तर्फबाट वडाध्यक्षसहित जम्मा १९ जना जनप्रतिनिधि निर्वाचित हुनुभएको छ । यस नगरपालिकामा अरु दलले खाता खोल्न पनि सकेनन् भने अधिकांशको जमानत जफत भएको छ ।

 

तपाईको प्रतिकृया के कस्तो रहेको छ ?
+1
0
+1
0
+1
0
+1
0