मन्त्री तामाङद्धारा दशैं रमाइलो महोत्सव –२०८३ को उद्घाटन, सल्लाघारीमा भव्य रुपमा सुरु भयो, दशै मेला


भक्तपुर १९ जेठ । सूर्यविनायक नगरपालिका वडा नं. ८ सिपाडोलले आफ्ना नागरिकलाई स्थानीयस्तरमा गुणस्तरीय स्वास्थ्य सेवा दिने उदेश्यले भोली बुधबार बृहत निःशल्क स्वास्थ्य शिविरको आयोजना गर्ने भएको छ ।
सिपडोल स्वास्थ्य चौकी सिपाडोलमा बिहान ११ बजेदेखि दिउँसो ४ बजेसम्म सञ्चालन हुने शिविरमा काठमाडौं मेडिकल कलेज दुवाकोट भक्तपुरको विशेषज्ञ डाक्टरहरुको उपस्थितिमा स्वास्थ्य सेवाहरु निःशुल्क रुपमा उपलव्ध गराईने वडा नं. ८ का वडाध्यक्ष पुष्पराज बस्नेतले जानकारी दिनुभयो ।
स्वास्थ्य शिविरमा निःशुल्क उपलब्ध हुने सेवाहरुमा जनरल मेडिसिन, स्त्री रोग, ऑखा रोग, बाल रोग, दन्त रोग, इ.सि.जि , शल्यक्रिया र सर्जरी, भिडियो एक्स रे, हाडजोर्नी तथा नसा रोग, नाक, कान, घाटीको जाँच गर्नुका साथै ल्याबको समेत सेवा प्रवाह हुने उहाँले जानकारी दिनुभयो ।
शिविरमा निःशुल्क औषधी समेत वितराण् हुने जानकारी दिदै उहाँले सम्पूर्ण वडावासीलाई अवसरको फाईदा उठाउँदै शिविरमा सहभागि हुन वडा अध्यक्ष बस्नेतले आग्रह गर्नुभएको छ ।









वडाअध्यक्ष पुष्पराज बस्नेतले घुम्ती हाटबजारमा १०० भन्दा बढी एसईई परीक्षामा उतिर्ण विद्यार्थीलाई बधाई तथा सम्मान समेत गरिने बताउनुभयो । हाट बजारलाई थप आकर्षक र मनोरञ्जनात्मक बनाउन सांगीतिक ब्याण्ड एवं चर्चित गायक मानस राजको विशेष सांगीतिक प्रस्तुति रहने बताउदै उहाँले हाट बजारमा आउनेले मनोरञ्जनसमेत लिन पाउँने बताउनुभयो ।



यस गीतको भिडियोलाई निर्देशक शिव विकले निर्देशन गरेका हुन् । भिडियोमा मोडलका रुपमा अञ्जलि अधिकारी र प्रभातपल ठकुरी रहेका छन् भने कलाकार साहित्यकार रमेश दाहाल, गीतकार महेश्वर पन्तलाई अतिथिको रुपमा भिडियोमा देख्न सकिन्छ ।
उक्त गीत तथा म्युजिक भिडियो नेपाली लोक संस्कृतिका अग्र पुरुष कालीभक्त पन्तका नाममा स्थापित कालीभक्त–कृष्णा पन्त स्मृति प्रतिष्ठानले उत्पादन गरेको हो ।
नेपाली डाँडाँ पाखामा गुन्जने नेपाली लोकभाका गीत संगीतको प्रवर्द्धन तथा उत्थानका लागि कालीभक्त–कृष्णा पन्त स्मृति प्रतिष्ठानले “आमा सानिमा, फूलको थुँगा खस्यो पानीमा”, ‘सुनको धारो चाँदीको पँधेरो” गीत बजारमा ल्याएको हो ।
प्रस्तुत गीतले नेपाली लोक गीतसंगीतको क्षेत्रमा नयाँ उचाइ थप्ने कुरा म्युजिक भिडियो सार्वजनिक कार्यक्रमका सभापति धर्मराज स्मृति प्रतिष्ठानका अध्यक्ष मदनराज थापाले बताए । त्यसैगरी कार्यक्रमका प्रमुख अतिथि अनेसास नेपाल च्याप्टरका अध्यक्ष राजेन्द्र के.सी.ले प्रस्तुत सुनको धारो चाँदीको पँधेरो गीत बजारमा आएका गीतमध्ये उत्कृष्ट लोकगीत भएको कुरा बताए भने यसले लोप हुँदै गएको गाउँघरका रोधी घरलाई ब्युँताउ ने कुरामा विश्वास व्यक्त गरे ।
त्यस्तै भिडियोका अतिथका रुपमा अभिनय गर्ने कलाकार रमेश दाहालले प्रस्तुत गीतले स्रोतालाई नाँचूनाँचू बनाउने उत्कृष्ट लोक गीत रहेको बताए । त्यसैगरी अनेसास सिक्किम च्याप्टरकी सदस्य विष्णुमाया कट्टेलले स्रष्टा महेश्वर पन्तको प्रस्तुत गीत नेपाली लोक गीत संगीतको क्षेत्र नमूनाको रुपमा रहने कुरा बताइन् ।
राष्ट्रिका साहित्य प्रतिष्ठानका अध्यक्ष ऋषभदेव घिमिरेले संचालन गरेको कार्यक्रममा गीतकार महेश्वर पन्तले म्युजिक भिडियो बजारमा ल्याउनका लागि परोक्ष अपरोक्ष रुपमा सहयोग गर्ने सबैलाई धन्यवाद दिँदै आफूले लोकगीत-संगीत तथा साहित्यलाई विश्वव्यापी बनाउनका लागि एक दशकअघि नै कालीभक्त पन्त नेपाली लोक साहित्य अन्र्तष्ट्रिय पुरस्कारको स्थापना गरेको कुरा बताए । त्यस्तै अनेसास, नेपाल च्याप्टरका सदस्य साहितयकार डिआर राई, इन्दिरा ढकाल, हरिबोल ढकाललगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
Disqus comments are not configured yet.