मुख्यमन्त्री, नगर प्रमुख र पत्रकारहरु सम्मानित पत्रकार टेकराज थामीलाई मरणोपरान्त पत्रकारिता पुरस्कार प्रदान
भक्तपुर, २४ असोज : क्रियासिल पत्रकार मञ्च भक्तपुरले बिभिन्न व्यक्तिहरुलाई पत्रकारिता पुरस्कार एवं सम्मान प्रदान गरेको छ । मञ्चले आज होटल सिटी गाउँ भक्तपुरमा आयोजना गरेको १६ औ वार्षिक साधारण सभा, छैठौ केन्द्रीय अधिवेशन तथा सम्मान कार्यक्रममा मञ्चका अध्यक्ष रमेश गिरीले वागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरलाई सम्मान गर्नु भएको हो ।
कार्यक्रममा स्थानीय तहको विकासमा उल्लेख्य योगदान पुर्याए वापत सूर्यविनायक नगरपालिकाका प्रमुख वासुदेव थापालाई र भक्तपर अस्पतालको विकास र समग्र वागती प्रदेशको स्वास्थ्य क्षेत्रमा सुधार ल्याउन सफल वागमती प्रदेश स्वास्थ्य मन्त्रालयकी सचिव डा. सुमित्रा गौतमलाई सम्मान गरिएको छ ।
त्यसैगरि भदौ १० गतेको रसुवा भोटेकोशी बाढीमा परेर बेपत्ता भई ज्यान गमाउनु भएका अग्रज पत्रकार एवं नयाँ पत्रिका दैनिकमा कार्यरत पत्रकार टेकराज थामीलाई नगद रु. पाँच हजार सहित प्रदान गरिएको मरणोपरान्त क्रियासिल पत्रकारिता पुरस्कार उहाँकी पत्नी एवं पत्रकार कालिका खड्कालाई प्रदान गरएको छ ।
त्यस्तै भक्तपुरमा रहेर कान्तिपुर टेलिभिजनमा कार्यरत एवं नेपाल पत्रकार महासंघ भक्तपुरका अध्यक्ष सुन्दर शिल्पकारलाई नगद रु. पाँच हजारसहित स्व.लक्ष्मीमाया कासिछ्वा क्रियासिल पत्रकारिता पुरस्कारबाट सम्मान गरिएको छ ।
कार्यक्रममा मुख्यमन्त्री थापाले पत्रकारहरूले गुगलमा उपलब्ध सूचनामा मात्र सीमित नभई भूगोलमै पुगेर वास्तविकता बुझेर मात्रै समाचार लेख्नु पर्ने बताउनुभयो । देशको विकास र समृद्धिमा पत्रकारहरूको भूमिका महत्वपूर्ण रहेको भन्दै उहाँले जनप्रतिनिधिलाई खबरदारी गर्ने, विकृति उजागर गर्ने र यथार्थपरक समाचार सम्प्रेषण गर्न आग्रह गर्नुभयो ।
वागमती प्रदेश सरकारले संघीय सरकार र स्थानीय तहसँग समन्वय गरी विपद्पछिको पुनर्निर्माण तथा पुनःस्थापनाको काम अघि बढाइरहेको बताउनुभयो । उहाँले भोटेकोशी बाढी प्रभावित क्षेत्रमा प्रदेश सरकारले पाँचवटा झोलुङ्गे पुल र दुईवटा बेलीब्रिज निर्माणका लागि ठेक्का प्रक्रिया अघि बढाएको बताउनुभयो ।  मुख्यमन्त्री थापा मगरले बागमती प्रदेशका ९१ प्रतिशत नागरिकका घरमा खानेपानी पुगेको र प्रत्येक वडाको केन्द्रसम्म सडक पहुँच विस्तार भएको बताउनुुभयो ।
प्रदेश सरकारले गरेका कामको पर्याप्त प्रचारप्रसार हुन नसकेको चर्चा गर्दै उहाँले संघीयतालाई कार्यकर्ता व्यवस्थापन गर्ने माध्यमका रूपमा मात्र चित्रण गर्ने भाष्यलाई चिर्न आवश्यक रहेको बताउनुभयो । उहाँले तीनै तहका सरकारबीच समन्वय र सहकार्यमा बाढी प्रभावित क्षेत्रको पुर्ननिर्माणमा जुट्नु पर्ने बताउनुभयो । भक्तपुरलाई शिक्षा, स्वास्थ्य र पर्यटनको हव बनाउन प्रदेश सरकार लागेको भन्दै त्यसका लागि सबैको सहयोग आवश्यक रहेको बताउनुभयो ।
वागमती प्रदेशका स्वास्थ्य सचिव डा. सुमित्रा गौतमले वागमती प्रदेशले पत्रकारहरुको निःशुल्क स्वास्थ्य उपचारको व्यबस्था गरेको बताउँदै त्यसका लागि पत्रकार महासंघको सिफारसि भए पुग्ने बताउनुभयो ।
कार्यक्रममा सूर्यविनायक नगरपालिका नगर प्रमुख वासुदेव थापाले समाचार संकलन गर्दा र लेख्दा पत्रकारले दलगत स्वार्थमा नभई निष्पक्ष रुपमा समाचार सम्प्रेषढा गर्नु पर्ने औल्याउनुभो । कार्यक्रममा सूर्यविनायक नगरपालिकाका प्रवक्ता रविन्द्र सापकोटाले सूर्यविनायकको विकासमा विगत १० वर्षमा ठूलो फड्को मारेको बताउनुभयो ।
कार्यक्रममा क्रियासिल पत्रकार मञ्चको अध्यक्ष रमेश गिरी, उपाध्यक्ष मकर श्रेष्ठ, कोषायध्यक्ष एवं कार्यक्रम संयोजक पुष्कर राज बुढाथोकी, सचिव अञ्जना शिल्पकारले पत्रकारको समग्र विकास, पहिचान र अधिकारका लागि मञ्च सक्रिय रहदै आएको बताउनुभयो ।

Disqus comments are not configured yet.

prem kumar rai
प्रेमकुमार राईको ‘आत्मवृत्तान्त’ सार्वजनिक, राजनीतिक सङ्घर्षदेखि ४ दशकको शैक्षिक सेवासम्मका अनुभव पुस्तकमा समावेश

काठमाडौं । सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिका–५, जुबुमा जन्मिएका ७६ वर्षीय प्रेमकुमार राईको आत्मवृत्तान्त पुस्तक शनिबार काठमाडौंमा लोकार्पण गरिएको छ। नेकपाका वरिष्ठ नेता तथा पूर्वउपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ, पूर्वमन्त्री गिरिराजमणि पोखरेल, थुलुङ दुधकोशी गाउँपालिकाका पूर्वअध्यक्ष असिम राईलगायत विभिन्न क्षेत्रका व्यक्तित्वहरूको उपस्थितिमा बागबजारस्थित हार्दिक होटलमा पुस्तक सार्वजनिक गरिएको हो। लेखकको परिवारको आयोजनामा सम्पन्न कार्यक्रममा वक्ताहरूले राईको राजनीतिक सङ्घर्ष, शैक्षिक नेतृत्व र सामाजिक सेवामा पुर्‍याएको योगदानको चर्चा गरेका थिए।

२००९ साल चैत १० गते सोलुखुम्बुको बिकट गाँउ जुबुमा जन्मिएका राईको जीवन अभाव, सङ्घर्ष र सामाजिक सक्रियतासँग जोडिएको छ । सानै उमेरमा आमाबुवा गुमाएका उनले पाँच वर्ष नपुग्दै बजैलाई समेत गुमाउनुपरेको थियो। विभिन्न व्यक्तिको संरक्षणमा हुर्किएका राईले कठिन परिस्थितिबीच शिक्षा, राजनीति र समाजसेवामा सक्रिय रहँदै आफ्नो जीवनयात्रा अघि बढाए। आफ्नो लामो जीवनका अनुभव र सामाजिक परिवर्तनका प्रयास नयाँ पुस्तासम्म पुर्‍याउने उद्देश्यले उनले आत्मवृत्तान्त तयार पारेका हुन्।

पुस्तकमा नेपालको सामन्तवादविरोधी आन्दोलन, पञ्चायती व्यवस्थाविरुद्धको सङ्घर्ष, वामपन्थी राजनीतिक सङ्गठन निर्माण तथा ग्रामीण क्षेत्रमा प्रशासनिक निरङ्कुशताविरुद्ध भएका गतिविधिका अनुभव समेटिएका छन्। लेखकका व्यक्तिगत सङ्घर्ष र उपलब्धिसँगै कमजोरी, गल्ती, डर तथा आत्मसङ्घर्षका प्रसङ्ग पनि समावेश गरिएकाले पुस्तकले जीवनका जटिलता र यथार्थलाई प्रस्तुत गर्ने प्रयास गरेको छ।

लोकार्पण समारोहमा बोल्दै नेकपाका वरिष्ठ नेता तथा पूर्वउपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठले राईलाई कम्युनिस्ट आन्दोलनका वैचारिक योद्धाका रूपमा चित्रण गरे। पूर्वमन्त्री गिरिराजमणि पोखरेलले दुर्गम हिमाली जिल्ला सोलुखुम्बुमा जन्मिएका राईको राजनीतिक तथा सामाजिक चेतनालाई महत्त्वपूर्ण रूपमा लिनुपर्ने बताए। थुलुङ दुधकोशी गाउँपालिकाका पूर्वअध्यक्ष असिम राईले प्रेमकुमार राईलाई आफ्नो अभिभावकका रूपमा गर्वका साथ लिने गरेको बताए।

राईको ‘आत्मवृत्तान्त’ उपलब्धि र सम्मानको विवरणमा मात्र सीमित छैन। यसमा समेटिएका व्यक्तिगत अनुभव, राजनीतिक गतिविधि, शैक्षिक नेतृत्व र सामाजिक जिम्मेवारीले सोलुखुम्बुको विगत बुझ्ने आधार प्रदान गर्न सक्छन्। विशेषगरी स्थानीय इतिहास, सामाजिक परिवर्तन र सांस्कृतिक पहिचानसँग सम्बन्धित अनुभव पुस्तकका रूपमा सुरक्षित हुनु भावी पुस्ताका लागि उपयोगी हुने अपेक्षा गरिएको छ।

आत्मवृत्तान्तमार्फत राईले आफ्नो जीवनका स्मृति र अनुभवलाई सार्वजनिक पठनको संसारमा ल्याएका छन्। उनको जीवनयात्राले व्यक्तिगत सङ्घर्षसँगै शिक्षा, राजनीति र सामाजिक सेवामा निरन्तर योगदान पुर्‍याउने अनुभवलाई अभिलेखबद्ध गरेको छ।

पुस्तकमा उल्लेख केहि बिषयहरुः

राजनीतिक सङ्घर्ष र भूमिगत गतिविधि

२०३३ सालमा धनकुटाबाट सोलुखुम्बु फर्किएपछि राई चौथो महाधिवेशनसँग सम्बन्धित भूमिगत राजनीतिक गतिविधिमा संलग्न भएका थिए। शिक्षण पेसामा रहेर पनि उनले राजनीतिक सङ्गठन निर्माण र समाज परिवर्तनका गतिविधिमा योगदान दिएका थिए।

२०३५ सालको विद्यार्थी आन्दोलन, राजनीतिक कार्यकर्तालाई सुरक्षित आश्रय तथा सहयोग उपलब्ध गराएका प्रसङ्ग र पञ्चायती व्यवस्थाविरुद्धका गतिविधिले पुस्तकमा स्थान पाएका छन्। २०४६ सालमा उनी संयुक्त वाममोर्चा, सोलुखुम्बुको जिल्ला सचिवमा निर्वाचित भएका थिए। उनका यी अनुभवले तत्कालीन राजनीतिक परिस्थिति र ग्रामीण क्षेत्रमा राजनीतिक चेतना विस्तारका प्रयासबारे बुझ्न सहयोग पुर्‍याउने अपेक्षा गरिएको छ।


एउटै विद्यालयमा चार दशकको नेतृत्व

राईको जीवनको उल्लेखनीय पक्ष शिक्षा क्षेत्रमा गरेको दीर्घकालीन सेवा हो। उनले २०३० सालदेखि २०६९ सालसम्म सोलुखुम्बुको सदरमुकामस्थित जनजागृति निम्न माध्यमिक विद्यालयको प्रधानाध्यापकका रूपमा काम गरेका थिए। एउटै विद्यालयमा ४० वर्ष चार महिना चार दिन प्रधानाध्यापकको जिम्मेवारी निर्वाह गरेका उनले आफ्नो जीवनको ठूलो हिस्सा शिक्षण र शैक्षिक नेतृत्वमा बिताए।

शिक्षा क्षेत्रमा पुर्‍याएको योगदानका लागि उनले विभिन्न सम्मान तथा जिम्मेवारी प्राप्त गरेका थिए। २०३३ साल माघ १२ गते जिल्ला शिक्षा शाखा, सोलुखुम्बुबाट प्रशंसापत्र प्राप्त गरेका राईले २०४४ सालको शिक्षा दिवसमा साहित्य शिक्षा समितिबाट प्रशंसापत्र, नगद पुरस्कार तथा साहित्य शिक्षापदक प्राप्त गरेका थिए।

२०४४ साल भदौ १ गते जिल्ला स्तरीय शैक्षिक योजना छनोट समितिको सदस्य बनेका उनी २०४० साल फागुन ५ गते नेपाल राष्ट्रिय शिक्षक संगठनको दोस्रो जिल्ला सम्मेलनबाट केन्द्रीय प्रतिनिधिका रूपमा निर्वाचित भएका थिए। २०४६ सालदेखि संगठनको जिल्ला कार्यसमितिमा सल्लाहकारको जिम्मेवारीसमेत निर्वाह गरेका उनले २०५७ साल फागुन १२ गते २६औँ शिक्षा दिवसका अवसरमा प्रशंसापत्र प्राप्त गरेका थिए।

रेडक्रसदेखि स्वास्थ्य सेवासम्म

शिक्षणसँगै राईले सरकारी प्रशासन तथा सामाजिक सेवाका क्षेत्रमा पनि जिम्मेवारी निर्वाह गरेका थिए। २०३८ सालदेखि सोलुखुम्बुको मालपोत कार्यालयमा तालुकमुखियाका रूपमा काम गरेका उनले प्रशासनिक अनुभव हासिल गरेका थिए।

नेपाल रेडक्रस सोसाइटी, जिल्ला शाखा सोलुखुम्बुमा उनले २०४२ सालदेखि आठ वर्षसम्म दुई कार्यकाल मन्त्रीका रूपमा काम गरेका थिए। उनी २०४४ सालमा सेवा पदक र २०४६ साल जेठ १७ गते उत्कृष्ट पीडितोद्धार पदकबाट सम्मानित भएका थिए। २०४४ साल फागुन १५ गतेदेखि रेडक्रसको आजीवन सदस्य रहेका उनले २०६४ साल चैत ३ गते क्षेत्रीय निर्देशनालय, पूर्वाञ्चल, धनकुटाबाट प्रशंसापत्र तथा २०७० साल भदौ १९ गते नेपाल रेडक्रस सोसाइटीबाट कदरपत्र र दीर्घ सेवा पदक प्राप्त गरेका थिए।

स्वास्थ्य क्षेत्रसँग पनि उनको संलग्नता रहेको थियो। २०६८ साल कात्तिक २८ गते स्वास्थ्य मन्त्रालयबाट फाप्लु अस्पताल विकास समितिको अध्यक्षमा मनोनीत भएका राई २०५५ साल चैत २९ गतेदेखि शिक्षक राहत कोष सञ्चालक समिति, सोलुखुम्बुको सल्लाहकारका रूपमा आबद्ध थिए। त्यसैगरी, २०६४ साल मंसिर २ गतेदेखि उनी जिमी राई उत्थान समाजका आजीवन सदस्य रहेका थिए।

राजनीतिक तथा सांस्कृतिक इतिहासको अभिलेख

पुस्तकमा थुलुङ राई समुदायको इतिहास, संस्कृति र वंशावलीसम्बन्धी सामग्रीसमेत समेटिएको छ। यसले लेखकको व्यक्तिगत जीवनसँगै समुदायको पहिचान र सांस्कृतिक इतिहासलाई अभिलेखबद्ध गर्ने प्रयास गरेको छ। शिक्षा, सामाजिक सेवा, प्रशासन र राजनीतिक संगठनसँग जोडिएका अनुभवले राईको जीवनलाई एउटै पेसागत परिचयमा सीमित नराखी विभिन्न क्षेत्रसँग सम्बन्धित व्यक्तिका रूपमा प्रस्तुत गरेका छन्।

 

एकीकृत प्रारम्भिक प्रतिवेदन आज मुख्यमन्त्री किरण थापा मगरसमक्ष पेस

हेटौँडा, २२ असोज । रसुवा, नुवाकोट र धादिङलगायतका क्षेत्रमा ल्हेन्दे, भोटेकोशी र त्रिशूली नदी प्रणालीमा आएको विनाशकारी बाढी तथा पहिरोले पु¥याएको क्षतिबारे बागमती प्रदेश सरकारले तयार पारेको एकीकृत प्रारम्भिक प्रतिवेदन आज मुख्यमन्त्री किरण थापा मगरसमक्ष पेस गरिएको छ । आन्तरिक मामिला, कानून तथा सहकारी मन्त्रालयका प्रदेश सचिव महेश भट्टराईले उक्त विस्तृत प्रतिवेदन मुख्यमन्त्रीसमक्ष हस्तान्तरण गर्नुभएको हो ।

प्रतिवेदनअनुसार बाढी र पहिरोका कारण मानवीय तथा भौतिक पूर्वाधारका क्षेत्रमा अभूतपूर्व क्षति पुगेको छ। बाढीका कारण हालसम्म १,४५५ जनाको ज्यान गइसकेको छ भने ५,२८५ जना नागरिक अझै बेपत्ता रहेका छन् ।

घाइते भएकामध्ये ३४४ जनाको अस्पतालमा उपचार भइरहेको छ। बाढी प्रभावित क्षेत्रमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीय प्राविधिकसहित २० हजार ४७७ जनशक्ति उद्धारमा खटिएका छन्, जसको तत्परताले १३ हजार ७९५ जनाको सकुशल उद्धार गर्न सफलता मिलेको छ ।

अविरल बाढी र पहिरोले २ हजार ३०० वटा निजी आवास पूर्ण रूपमा ढालेको छ वा बगाएको छ भने २६९ वटा घरमा आंशिक क्षति पुगेको छ । यसबाट २ सय ३०० भन्दा बढी परिवार पूर्ण रूपमा विस्थापित बनेका छन्। विस्थापितमध्ये १ हजार ८५ जना नागरिकलाई हाल अस्थायी शिविरहरूमा राखिएको छ ।

बाढीका कारण १०२ जना बालबालिकाले आफ्ना बाबुआमा गुमाएका छन् । होल्डिङ सेन्टरहरूमा २४६ बालबालिका र १६९ ज्येष्ठ नागरिक आश्रय लिइरहेका छन् । उनीहरूलाई राहतसँगै ३८ वटा केन्द्रमार्फत मनोसामाजिक परामर्श र संरक्षण सेवा प्रदान भइरहेको छ ।

पूर्वाधारतर्फ मात्रै अर्बौँको क्षति

भौतिक पूर्वाधार क्षेत्रमा पुगेको क्षतिको प्रारम्भिक मूल्याङ्कन अनुसार :

सडक र पुलः ३४ वटा मोटरेबल पुल तथा ५१ वटा झोलुङ्गे पुल पूर्ण रूपमा बगेका वा भत्किएका छन्। ३.५ किलोमिटर कालोपत्रे सडक र १४ वटा सरकारी भवन ध्वस्त भएका छन् ।
शैक्षिक संस्था : १२ वटा विद्यालयका ३५ भवन र ३१७ कक्षाकोठा पूर्ण रूपमा भत्किँदा ९ हजार २४८ विद्यार्थीको पठनपाठन ठप्प भएको छ ः १८ वटा विद्यालयमा आंशिक क्षति पुगेको छ ।

स्वास्थ्य क्षेत्र : ६ वटा सरकारी र ७ वटा निजी स्वास्थ्य संस्था एवं औषधि पसल पूर्ण रूपमा पछाडिएका छन् ।
खानेपानी र सिँचाइः ५५ वटा खानेपानी आयोजना र ४४ वटा सिँचाइ कुलोमा क्षति पुग्दा हजारौँ घरधुरी खानेपानी र सिँचाइ सुविधाबाट वञ्चित भएका छन् ।
उद्योग, व्यापार र कृषि क्षेत्र धराशायी
उद्योग तथा व्यवसाय : ३०० वटा घरेलु तथा साना उद्योग, ६७ वटा व्यापारिक पसल र ३० वटा गोदाम क्षतिग्रस्त हुँदा रु. २९७ करोडभन्दा बढीको क्षति भएको छ भने १ हजार ७०० भन्दा बढी श्रमिकको रोजगारी गुमेको छ ।
कृषि तथा पशुधन :९७३ हेक्टर खेतीयोग्य जमिन प्रभावित भएको र ४७१ हेक्टरको बालीनाली पूर्ण नष्ट भएको छ । ७०२ वटा ठूला पशु, २ हजार १२३ वटा साना पशु र १ लाख ३४ हजार कुखुरा तथा पन्छी मरेका छन् ।
सञ्चार र बैङ्किङ : १९८ वटा सञ्चार टावरमा क्षति पुगेकोमा १९३ टावर पुनः सञ्चालनमा ल्याइएको छ । १७ बैङ्क शाखा र ९ एटीएममा क्षति पुग्दा २ हजार १२५ कर्जा खाता जोखिममा परेका छन् ।

प्रमुख क्षेत्रमा भएको रकम मूल्याङ्कन (प्रारम्भिक अनुमान) :

सडक, पुल र सरकारी भवनः रु. ५६९.०७ करोड
विद्यालय भवन तथा पूर्वाधारः रु. ४९८.६२ करोड
उद्योग तथा व्यापारिक पसलः रु. २९७.१२ करोड
खानेपानी तथा सिँचाइः रु. ५२.६९ करोड
कृषि, पशुधन र फार्मः रु. २८.५९ करोड

प्रदेश सरकारका निर्णय र पुनर्निर्माण रणनीति :

विपद्पछिको अवस्थालाई सम्बोधन गर्न बागमती प्रदेश सरकारले प्रभावित १२ वटा स्थानीय तहलाई रु. २.५० करोड अनुदान र थप जोखिम रोकथामका लागि नौकुण्डलाई रु. ४० लाख तथा गोसाइकुण्डलाई रु. २५ लाख उपलब्ध गराएको छ। मृतकका परिवारलाई तत्काल राहत स्वरूप प्रतिमृतक रु. २५ हजारका दरले पहिलो किस्ता पठाइएको छ ।
पुनर्निर्माणका लागि सङ्घीय सरकारसँग रु. १ अर्ब अनुदान माग गर्ने निर्णय भएको छ । साथै, बजेट रकमान्तरका लागि अर्थमन्त्रीको संयोजकत्वमा ५ सदस्यीय कार्यदल गठन गरिएको छ भने प्रदेशका जनप्रतिनिधि तथा कर्मचारीहरूले ५ देखि १५ दिनसम्मको पारिश्रमिक विपद् कोषमा जम्मा गर्ने निर्णय भएको छ ।

प्रतिवेदन बुझ्दै मुख्यमन्त्री किरण थापा मगरले प्रभावित नागरिकको सुरक्षित पुनर्वहाली, स्वास्थ्य सेवा, र प्रदेश नीति तथा योजना आयोगको समन्वयमा दिगो पुनर्निर्माण योजना बनाएर यथाशीघ्र काम अघि बढाउन निर्देशन दिनुभएको छ ।

पार्टी नेतृत्वको दोहोरो चरित्र : वागमतीमा कारबाही गर्नु गलत

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले पार्टीले पार्टीको नेतृत्वले पार्टी सञ्चालनमा दोहोरो चरित्र देखाएको बताउनु भएको छ ।
राप्रपाको एक कार्यक्रममा बोल्दै उहाँले पार्टी नेतृत्वको बोली र व्यबहारमा फरक परेको बताउनु भएको हो ।

राप्रपा संसदीय दलका नेता शाहीले भन्नुभयो, ‘एमालेलाई रातदिन गाली गर्या छौं, त्यहीँ एमालेसंग मिलेर चुनाव लडेका छौं, प्रदेश चाहिदैन भन्या छौं प्रदेशमै सांसद लडाएका छौं, यो कस्तो दोहोरो चरित्र हो ?’

उहाँले पार्टीका नेता र नेतृत्वको बोली र व्यबहार एउटै हुनु पर्ने बताउदै एउटै मुद्धामा कतै समर्थन र कतै कारबाही गर्नु गलत भएको बताउनुभयो ।
शाहीले भन्नुभयो, ‘कोशी प्रदेशमा सभामुख खाइरहेका छौं, लुम्बिनी प्रदेशमा उपसभामुख खाईरहेका छौं, गण्डकीमा राप्रपाले सरकार टिकाईराख्या छ, तर बागमतीमा कारबाही गरिरहेको छ । यो फरक र विभेद किन ?’

वागमती प्रदेशमा एमालेलाई सरकार निर्माणका लागि राप्रपाले साथ दिदाँ नेतृत्वले कारबाही गर्नु गलत भएको बताउदै उहाँले यस्ता गलत कार्यले पार्टीलाई हानी गर्ने बताउनुभयो ।

वागमती प्रदेशका मुख्यमन्त्री किरण थापा र सूर्यविनायक नगरपालिकाका नगर प्रमुख वासुदेव थापाद्धारा गणेश माविको नयाँ भवन उद्घाटन
भक्तपुर, १९ असोज  : वागमती प्रदेशको मुख्यमन्त्री किरण थापा मगरले आज सूर्यविनायक नगरपालिका वडा नं. ८ सिपाडोलस्थित गणेश माध्यमिक विद्यालयका नवनिर्मित भवनको उद्घाटन गर्नु भएको छ ।
सूर्यविनायक नगरपालिकाले उपलब्ध गराएको १० रोपनी सार्वजनिक जग्गामा नेपाल सरकार र एशियाली विकास बैंकको रु. ६ करोड २६ लाख रुपैयाको लागतमा निर्माण भएको सुविधा सम्पन्न २१ कोठे भवनको आज मुख्यमन्त्री थापामगर र सूर्यविनायक नगरपालिकाका प्रमुख वासुदेव थापाले संयुक्त रुपमा उद्घाटन गर्नु भएको हो ।
कार्यक्रममा मुख्यमन्त्री थापाले आफू वडा अध्यक्ष हुँदा नै शिलन्यास गरेको यस विद्यालयको नवनिर्मित भवन भव्य रुपमा निर्माण सम्पन्न भएको देखेर खुसी लागेको बताउदै यसअघि सिपाडोलकै शान्ति निकेतन माध्यमिक विद्यालयको भवन पनि यस्तै गरि भव्य रुपमा निर्माण गर्न सफल भएको बताउनुभयो ।
उहाँले नजिकै रहेको भुवनेश्वरी माध्यमिक विद्यालयको पुरानो भवन पनि नयाँ बनाउन सके सूर्यविनायक नगरपालिका भित्रका अधिकांश सामुदायिक विद्यालयहरु सुविधा सम्पन्न हुने र सूर्यविनायक नगरवासीका बालबालिकाहरु सुविधा सम्पन्न भवनमा पढ्न पाउने बताउनुभयो ।
उहाँले वागमती पाटी भन्ने ठाउँमा थोरै जग्गामा स्थानीयको सहयोगमा जग्गा खरिद गरेर निर्माण गरेको भवनमा यसअघि पढाई हुदै आएकोमा अब सुविधा सम्पन्न भवनमा गुणस्तरीय शिक्षा पाउने विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रममा सूर्यविनायक नगरपालिकाका प्रमुख वासुदेव थापाले १० वर्षे आफ्नो दुई कार्यकालमा सूर्यविनायकको विकासमा ठूलो फड्को मारेको बताउदै शिक्षा, स्वास्थ्य र पूर्वाधार विकासमा नगरपालिकाले ठूलो प्रगति गरेको बताउनुभयो । उहाँले नगरपालिकाले सबै जनप्रतिनिधि र कर्मचारीको एकमतका साथ सूर्यविनायकको सवकासका लागि काम गरेको र अब बाँकी सात महिनामा पनि बाँकी रहेका केही कामलाई पुरा गर्न दिनरात खटिने बताउनुभयो ।
उहाँले नगरवासीले तिरेको करलाई नगरपालिकाको विकासका लागि खर्च गरेको बताउदै उहाँले सामुदायिक विद्यालयको भवनदेखि शैक्षिक गुणस्तरलाई बृद्धि गर्न, खलकुदको विकास गर्न, सीपको विकास गर्न र सूर्यविनायक नगर अस्पतालमा गुणस्तरीय स्वास्थ्य सेवा प्रवाह गर्दै नगरवासीको सेवामा निरन्तर लागिरहेको नगर प्रमुख थापाले बताउनुभयो ।
नगरपालिकाका प्रवक्ता एवं वडा नं. ७ का वडाध्यक्ष रविन्द्र सापकोटाले नगरपालिकाले यहाँका सामुदायिक विद्यालयको भौतिक र शैक्षिक गुणस्तरको बृद्धिमा निरन्तर लागिरहेको बताउदै सूर्यविनायकका कतिपय सामुदायिक विद्यालयमा विद्यार्थी भर्ना गर्ने सिट संख्याको अभाव हुने गरेको बताउनुभयो ।
उहाँले सूर्यविनायक नगरपालिकाले सुरु गरेको जनप्रतिनिधिलाई विद्यालय व्यबस्थापन समितिको अध्यक्ष बनाने कार्य र प्रतिस्पर्धाबाट विद्यालयको प्रिन्सिपल छान्ने कार्य पछि शैक्षिक गुणस्तरमा उल्लेख्य सुधार आएको बताउदै वतमान सरकारले अध्यक्ष नियुक्तीको व्यबस्थालाई हटाउन लागे पनि स्थानीय सरकारलाई शैक्षिक अधिकार दिन रोक्न नहुने बताउनुभयो ।
कलाकार मनोज गजुरेलले ९० प्रतिशत भन्दा बढी उच्च शिक्षा पढ्दै गरेको किशाृरकिशोरी विदेशिने गरेको बताउदै विदेशीने विद्यार्थीलाई रोकेर स्वदेशमै अवसर दिन सरकार लाग्नु पर्ने बताउनुभयो ।
कार्यक्रमका सभापति एवं वडा नं. ८ का वडाध्यक्ष पुष्पराज बस्नेतले विद्यालयले नयाँ भवन पाएको बताउदै उद्घाटन कार्यक्रममा सहभागि हुन आउने सबैलाई धन्यवाद व्यक्त गर्नुभयो । उहाँले कार्यक्रममा उत्कृष्ठ विद्यार्थीहरुलाई पुरस्कार, जगत छात्रबृत्ति कोषबाट गरिब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति, एसईईमा उत्कृष्ठ अंक ल्याउने विद्यार्थीलाई पुरस्कार र शिक्षक शिक्षिकालाई सम्मान गरिएको थियो । कार्यक्रममा विद्यार्थीहरुले बिभिन्न सास्ँकृतिक प्रस्तुतीहरु राखेका थिए ।
भक्तपुरको सल्लाघारीमा बुधबारबाट सुरु हुने दशैं रमाइलो महोत्सव–२०८३ को तयारी पुरा
भक्तपुर, १९ असोज  : नजिकिदै दशैंमा उपभेक्तालाई एकै ठाउँमा सहज, सुर्वसुलभ र गुणस्तरीय सामान उपलब्ध गराउने उदेश्यले भक्तपुरको सल्लाघारीस्थित खुल्ला चौरमा यहीँ २१ गते बुधबारबाट सुरु हुने दशैं रमाइलो महोत्सव–२०८३ को तयारी पुरा गरेको छ ।
आज भक्तपुरको सल्लाघारीमा महोत्सव आयोजक संस्था औद्योगिक मेला महोत्सव प्रतिष्ठान नेपालले आयोजना गरेको पत्रकार सम्मेलनमा प्रतिष्ठानका बलराम श्रेष्ठले बडादसैँको अवसर पारेर हुने ‘दसैँ रमाइलो महोत्सव–२०८३’ असोज ३० गतेसम्म सञ्चालन हुने बताउनुभयो ।
उहाँले भन्नुभयो, “मेलामा दशैंलाई लक्षित गरि विशेष गरि गुणस्तरीय खाद्यान्न र लत्ता कपडा आम उपभोक्ताका लागि सहज, सर्वसलुभ रुपमा उपलब्ध गराउने छौं, मेलामा ७० वटा स्टल रहने छ । मेला अबधीभर बिभिन्न साँस्कृतिक कार्यक्रम समेत दैनिक रुपमा सञ्चालन हुनेछ ।”
पत्रकार सम्मेलनमा मेला आयोजक समितिका संयोजक संगम लामाले एक लाख भन्दा बढी उपभोक्ताको आगमन हुने अपेक्षा गरिएको मेलामा दैनिक जीवनमा प्रयोग हुने खाद्यान्न, लत्ता कपडासंगै अटोमोबाइल, जुत्ता–चप्पल, कृषि तथा हस्तकलाका सामग्रीलगायतका बिभिन्न वस्तुहरुको प्रदर्शनी तथा बिक्रीका लागि राखिने जानकारी दिनुभयो ।
मनोरञ्जनका लागि मेलामा बाल उद्यान, रोटेपिङ, झुला, नाउ, मिनी बञ्जी जम्प, वाटर बल, मिकी माउस, ट्राम्पोलिनलगायतका बिभिन्न खेल तथा मनोरञ्जनका सामग्री राखिने उहाँले बताउनुभयो ।
राष्ट्रिय तथा स्थानीय कलाकारहरूको दैनिक सांस्कृतिक प्रस्तुति, हास्यव्यङ्य र गीत–गायनसहित मेलामा हरेक दिन खुला नृत्य प्रतियोगिता समेत आयोजना गरिने उहाँले बताउनुभयो । मेलाले भक्तपुरको आन्तरिक पर्यटनको विकास हुनुका साथै स्थानीय उत्पादन, व्यापार, कला–संस्कृति तथा पर्यटन प्रवद्र्धनमा समेत सहयोग पुग्ने अपेक्षा गरिएको संयोजक लामाले बताउनुभयो ।
भक्तपुरको उद्योगमा आगलागी, मुख्यमन्त्री थापामगरबाट निरीक्षण
भक्तपुर, १९ असोज  : सुर्यविनायक नगरपालिका–८ जगातीस्थित कँपलिचोकमा सञ्चालित प्लास्टिक दाना वनाउने कारखानामा आज आगलागी भएको छ । नवराज भट्टले सञ्चालन गरेको विके सप्लायर्समा आज विहान ६ वजे आगलागी भएको हो ।
आगलागी भए लगत्तै वागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले आगलागी भएको उद्योगको निरीक्षण गर्नु भयो । उहाँले आगलागीको कारण र अबस्थाबारे जानकारी लिदै आगलातीबाट भएको क्षतिको विवरण लिनु भयो ।   मुख्यमन्त्री थापाले उद्योग सञ्चालनमा आगलागी हुनबाट जोगाउँन सचेतना अबलम्बन गर्नु पर्ने बताउदै उद्योगमा हुने समस्या समाधानका लागि प्रदेश सरकारले आवश्यक सहयोग गर्ने बताउनुभयो ।
आगलागी भएपछि जुद्ध बारुण यन्त्र भक्तपुरको दमकल र स्थानियहरूको सहायताबाट करिब दुई घण्टामा आगो नियन्त्रणमा लिएको छ । जुद्ध बारुण यन्त्र कार्यालय भक्तपुरका प्रमुख विजय धौभडेलले आगोलागीबाट ठूलो क्षति भएको जानकारी दिनुभयो ।
उहाँका अनुसार आगलागीका कारण कारखानामा रहेका मेसिन र प्लास्टिकका कच्चा पदार्थ पुर्ण रूपमा क्षति भएको छ भने कारखानासंगै रहेको दिनेश मचामसीको घरमा क्षति पुगेको जानकारी दिनुभयो । आगलागीबाट करिब ४० लाख भन्दा बढी क्षति प्रहरीले जानकारी दिएको छ । आगलागीको कारण भने खुलेको छैन भने घट्नास्थलमा प्रहरीले मुचुल्का उठाउने कार्य गरिहरको छ ।
बाढी प्रभावित क्षेत्रको पुर्ननिर्माणदेखि जिविकोपार्जन सम्मका कार्य अगाडि बढाउछौं : मुख्यमन्त्री किरण थापा मगर
भक्तपुर, १८ असोज : वागमती प्रदेश सरकारले रसुवा भोटेकोशी बाढीका कारण क्षतिग्रस्त क्षेत्रको पुर्ननिर्माणदेखि जिविकोपार्जन सम्मका कार्य अगाडि बढाउने भएको छ ।
आज प्रदेशका मुख्यमन्त्री किरण थापा मगर, बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगर, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण (ल्म्च्च्ःब्) का प्रमुख कार्यकारी अधिकृत डा. धर्मराज उप्रेती तथा वागमती प्रदेश नीति तथा योजना आयोगका सदस्य डा. दीपकविक्रम थापा क्षेत्रीबीच विपदपछिको पुनस्र्थापना, पुनर्निर्माण तथा भूमि विकास एकीकृत विकासका मोडल लगायतका बिषयमा छलफल भएको हो ।
प्रदेश सरकारले केवल पुनःनिर्माण मात्र नभएर दिगो ब्यबस्थापनसहितको पुनः निर्माण व्यबस्थापन र जनजिविकाका लागि पुनरोत्थानसहितका बिभिन्न कार्यहरु  सन्चालन गर्ने निष्कर्षमा पुगेको हो ।
भोटेकोशी बाढी पहिरो लगायतका विपदवाट प्रभावित क्षेत्रको पुनस्र्थापना तथा पुनर्निर्माणलाई व्यवस्थित, सुरक्षित र दिगो बनाउने, भूमि विकास तथा सुरक्षित बस्ती व्यवस्थापन एकीकृत विकासका मोडल तयार गर्ने, पूर्वाधार पुनर्निर्माण, संघ–प्रदेश–स्थानीय तहबीच समन्वय तथा आवश्यक योजना र कार्यढाँचा निर्माणका विषयमा छलफल गरिएको मुख्यमन्त्री थापाले जानकारी दिनुभयो ।
प्रभावित समुदायको आवश्यकता र स्थानीय अवस्थालाई प्राथमिकतामा राख्दै द्यगष्मि द्यबअप द्यभततभच को अवधारणाअनुसार पुनर्निर्माण अघि बढाउने उहाँले बताउनुभयो । आगामी दिनमा विपद जोखिम न्यूनीकरणलाई विकास योजनासँग एकीकृत गर्ने विषयमा समेत जोड दिइएको जानकारी दिदै उहाँले बाढीग्रस्त क्षेत्रमा प्रदेश सरकारले केवल पुनःनिर्माण मात्र नभई दिगो ब्यबस्थापनसहितको पुनः निर्माण व्यबस्थापन र जनजिविकाको पुनरोत्थानका कार्यक्रमलाई अगाडि बढाउने निर्णयमा पुगेको बताउनुभयो ।
स्काउट शिक्षाको उद्घाटन, विद्यार्थीलाई देशप्रेमका भावना जगाउँने : मुख्यमन्त्री थापामगर

भक्तपुर, १८ असोज : वागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले आज भक्तपुरमा स्काउट शिक्षाको उद्घाटन गर्नु भएको छ । चाँगुनारायण नगरपालिकास्थित श्री महेन्द्र ग्राम माध्यमिक विद्यालयमा आज आयोजित स्काउट शिक्षाको उद्घाटन गर्दै उहाँले स्काउट शिक्षाले विद्यार्थीमा देशप्रेमको भावना जगाउँने बताउनु भयो ।

मुख्यमन्त्री थापाले नेपाल स्काउट सामजिक विकासको भावनाका साथ अगाडि बढिरहेको बताउदै विद्यालयले दिने स्काउट शिक्षाले विद्यार्थीहरुमा देशप्रेमको भावना जगाउँने बताउनुभयो । विद्यार्थीहरूमा अनुशासन, नेतृत्व क्षमता, सेवाभाव, आत्मनिर्भरता तथा सामाजिक उत्तरदायित्वको भावना विकास गर्न स्काउट शिक्षाले महत्वपूर्ण भूमिका निर्वाह गर्ने उहाँले बताउनुभयो ।

मुख्यमन्त्री थापाले सामुदायीक विद्यालयको शैक्षिक गुणस्तरमा सुधार्दै स्नातकोत्तर तहसम्मको गुणस्तरीय शिक्षा दिने गरि भक्तपुरलाई शिक्षाको हव बनाउने बताउनु भयो ।
उहाँले वागमती प्रदेश सरकारले भक्तपुरलाई शिक्षा, स्वास्थ्य र पर्यटनको हव बनाउने गरि कार्ययोजना अगाडि सारेको बताउनु भयो ।

कार्यक्रममा विद्यालय व्यबस्थापन समितिका अध्यक्ष रामकुरमा बुढाथोकीले मुख्यमन्त्री थापा र नवनियुक्त प्रदेशका न्यायाधिवक्त शिवराम तिमिल्सिनालाई बधाई तथा सम्मान प्रदान गर्नुभयो । विद्यालयका प्रधानाध्यापक सोम श्रेष्ठले नेपाल स्काउटको महत्व र विद्यालयमा यसका शिक्षाकाबारेमा जानकारी गराउनु भएको थियो ।

अपाङ्गता भएका व्यक्तिलाई अधिकार, राज्यबाट प्राप्त हुने सेवा–सुविधा, समान अवसर दिनु पर्छ : सूर्यविनायक नगर प्रवक्ता रविन्द्र सापकोटा

भक्तपुर, १७ असोज । अपाङ्गता भएका व्यक्तिलाई संविधान तथा प्रचलित कानूनले प्रदान गरेका अधिकार, राज्यबाट प्राप्त हुने सेवा–सुविधा, समान अवसर र सामाजिक समावेशीकरणमा विभेद गर्न नहुने सरोकारवालाले बताएका छन् ।्

सूर्यविनायक नगरपालिका नगर कार्यपालिकाको कार्यालयले आज सूर्यविनायक नगरपालिकाको सभाहलमा आयोजना गरेको वडास्तरी अपाङ्गता समन्वय समितिलाई एकदिने कानूनी अधिकार सम्बन्धी अभिमूखीकरणमा सहभागि एवं सरोकारवालाले यस्तो बताएका हुन् ।

कार्यक्रममा नगरपालिकाका प्रवक्ता एवं वडा नं. ७ का वडाअध्यक्ष रविन्द्र सापकोटाले अपाङ्गता भएका व्यक्तिहरूलाई समाजमा माया र अवसर दिनु पर्ने बताउनु भयो ।
सापकोटाले भन्नुभयो, “अपाङ्गता भएका व्यक्तिहरूलाई दया होइन, समान अधिकार, अवसर र सम्मान चाहिन्छ, समाजको मूल प्रवाहमा ल्याउन अधिकारबारे सचेतना दिनु आवश्यक छ । स्थानीय तहबाट उपलब्ध हुने सेवा–सुविधामा उहाँहरूको सहज पहुँच सुनिश्चित गर्न हामीले अझ प्रभावकारी रूपमा काम गर्नुपर्छ ।”

उहाँले अपाङ्गता भएका व्यक्तिलाई दया वा सहानुभूतिभन्दा पनि अधिकार र समान अवसरका आधारमा हेर्नुपर्ने बताउनु भयो । स्थानीय तहबाट प्रदान गरिने सेवा–सुविधामा अपाङ्गता भएका व्यक्तिको सहज पहुँच सुनिश्चित गर्न नगरपालिका प्रतिबद्ध रहेको उहाँले बताउनुभयो । कार्यक्रममा सहभागीले कानुनी अधिकारका विषयमा जानकारी पाएपछि आफूहरूलाई प्राप्त अधिकार र सेवाका विषयमा थप स्पष्ट भएको बताउनु भयो ।

कार्यक्रममा अपाङ्गता भएका व्यक्तिले संविधान तथा प्रचलित कानूनले प्रदान गरेका अधिकार, राज्यबाट प्राप्त हुने सेवा–सुविधा, समान अवसर तथा सामाजिक समावेशीकरणका विषयमा जानकारी गराइएको थियो । अपाङ्गता भएका व्यक्तिप्रति हुने विभेदको अन्त्य गर्दै उनीहरूको अधिकार सुनिश्चित गर्न स्थानीय तहको भूमिका महत्वपूर्ण हुने विषयमा समेत छलफल गरिएको थियो ।

कार्यक्रममा सहभागिले अपाङ्गता भएका व्यक्तिका लागि कानुनले दिएको अधिकार र स्थानीय तहबाट पाउन सकिने सेवाका विषयमा यसअघि सबै कुरा स्पष्ट जानकारी प्राप्त भएको बताएका थिए । आजको अभिमुखीकरणबाट धेरै महत्वपूर्ण जानकारी प्राप्त भएको बताउदै यसप्रकारले अभिमुखीकरणले वडा तहसम्म निरन्तरता दिनुपर्ने बताउनु भयो ।

तालिमबाट प्राप्त जानकारीलाई व्यवहारमा लागू गर्न सके अपाङ्गता भएका व्यक्तिले धेरै सहज रूपमा सेवा लिन सक्ने अवस्था बन्न सक्ने बताउदै यस प्रकारको कार्यक्रमले एकपटकमा सीमित नगरी नियमित रूपमा सञ्चालन गर्न आवश्यक रहेको बताउनुभयो । कार्यक्रमले अपाङ्गता भएका व्यक्तिका अधिकारबारे स्थानीय तहका जनप्रतिनिधि, सरोकारवाला तथा समुदायमा थप सचेतना अभिवृद्धि गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।