भक्तपुर, २३ जेठ : मध्यपुरथिमि नगरपालिका–१ लोकन्थली चोकमा भक्तपुरबाट काठमाडांै तर्फ जादै गरेको बाग्मती प्रदेश ०२–०२५ प. १६२० नं को स्कुटरलाई सोही दिशा तर्फ जादै गरेको बाग्मती प्रदेश ०१–००४ क. ०५८० नं को दुधको ट्याङकरले आज ठक्कर दिदा एकको मृत्यु भएको छ ।

ट्याङकरले ठक्करबाट गम्भिर घाइते स्कुटर चालक काभ्रेपलाञ्चोक बनेपा नगरपालिका–५ बस्ने ४५ वर्षीय नकुल थापाको गठ्ठाघरस्थित नागरिक कम्युनिटी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक राजू पाण्डेले जानकारी दिनु भयो ।

दुर्घटनामा संलग्न सवारी साधन र ट्याङकर चालक भक्तपुर नगरपालिका–२ ब्यासी बस्ने ३५ वर्षीय राजन ब्यान्जुलाई प्रहरी नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको उहाँले जानकारी दिनुभयो ।

तपाईको प्रतिकृया के कस्तो रहेको छ ?
+1
0
+1
0
+1
0
+1
0