पाँच दलीय गठबन्धन राष्ट्रको हितमा छ : प्रधानमन्त्री देउवा
दाङ, २५ वैशाख : नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले पाँच दलीय गठबन्धन ऐतिहासिक तथा राष्ट्रिय आवश्यकतामा निर्माण भएको बताउनुभएको छ ।
तुलसीपुरमा गठबन्धन दलले आज आयोजना गरेको चुनावी आमसभालाई सम्बोधन गर्दै उहाँले देशलाई दुर्घटनाबाट जोगाउन र राष्ट्रको हितमा गठबन्धनको आवश्यकता महसुस गरी गरिएको बताउनुभयो । प्रधानमन्त्री देउवाले गठबन्धनविरुद्ध शङ्का र उपशङ्का नगर्न आग्रह गर्दै उहाँले भन्नुभयो, “गठबन्धन बन्नुअघि कांग्रेसको अवस्था कस्तो थियो । आज हाम्रो नेतृत्वमा सरकार छ ।
\यो सरकारलाई टिकाउन लागि गठबन्धनको आवश्यक देखिन्छ ।” उहाँले गठबन्धनका उम्मेदवार वियजी बनाउनका लागि मेहनत गर्न कांग्रेस कार्यकर्तालाई आग्रहसमेत गर्नुभयो । आज नै प्रधानमन्त्रीसहित गठबन्धन दलका नेताले घोराहीमा आयोजना गरिएको चुनावी आमसभालाई सम्बोधन गर्दै हुनुहुन्छ ।