भक्तपुरको चाँगुनारायण केन्द्रबिन्दु भएर ४.७ रेक्टरस्केलको भूकम्प

काठमाडौँ, २८ जेठ : भक्तपुर जिल्लाको चाँगुनारायण आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज बिहान २ बजेर ३६ मिनेट जाँदा भक्तपुरको चाँगुनारायण आसपास केन्द्रबिन्दु भएर ४.७ रेक्टरस्केलको भूकम्प गएको हो । उक्त भूकम्प गोरखा भूकम्पको परकम्प भएको केन्द्रले जनाएको छ ।

केन्द्रका भूकम्पविद् सुजनकुमार सुवेदीले विसं २०७२ वैशाख १२ गते गोरखा भूकम्पपछि नेपालमा ४ रेक्टरस्केलभन्दा माथिका ५८३ परकम्प गएको राससलाई जानकारी दिनुभयो । उक्त भूकम्पको धक्का काठमाडौँ उपत्यकाका साथै आसपासका जिल्लामा समेत महसुस गरिएको थियो ।

यो पनि पढ्नुहोस  संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङको स्मृतिमा एमालेद्वारा आज आयोजित ‘सुवास र संविधान’ विषयक प्रवचन कार्यक्रम