भक्तपुर, १३ असार : भक्तपुर जिल्लामा विगत ६ महिनामा मानव अधिकार हननका २४० वटा घट्नासहित कूल ४७३ वटा घटना बिभिन्न घट्नाहरु घटेका छन् । आज अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) भक्तपुरले यहाँ आयोजना गरेको अर्धवार्षिक पूर्व समीक्षा कार्यक्रममा २०२२ जनवरीदेखि जुनसम्म भक्तपुरमा भएका मानव अधिकार हननका घट्नाको सार्वजनिक गर्दै यस्तो जानकारी दिएको हो ।

इन्सेक भक्तपुरले सार्वजनिक गरेको तथ्यांक अनुसार यो ६ महिनाको अबधीमा पाँच जनाको हत्या, तीन जना आफ्नै परिवारबाट हत्या, नौ जनाको हत्या प्रयास, १४ जनाको बलात्कार, दुई जनाको बलात्कार प्रयास, चारजना बहुबिवाहको, एक जना मानव बेचबिखन तथा ओसारपसर र एक जना अपहरण उद्योगबाट पीडित भएका छन् ।

त्यस्तै अभद्र व्यबहारबाट ३७ जना महिला पीडित भएका छन् भने घरेलु हिंसाबाट पाँच जना महिला, पाँच ठगिबाट जना आत्महत्या दुरुत्साहनबाट दुई जना पीडित भएका छन् । भक्तपुर जिल्ला अदालनतमा सम्बन्ध बिच्छेदका लागि १७४ जनाको मुद्धा दर्ता गराएकोमा १२१ जनाको सम्बन्ध बिच्छेद भएको छ । बैंकिङ् कसुरबाट १२८ जना लागू औषधमा १३, पशु जन्य अपराधमा १ जना, चोरीका घट्ना ३१, चोरी गर्ने उद्योगमा एक, जुवाका ६ वटा घट्ना भएका छन् ।

यसअबधीमा आत्महत्याका घट्नाबाट ३४ जनाको ज्यान गएको छ । त्यस्तै बालिबालिका, महिला, पुरुष गरि ११७ जना हराएकोमा ९३ जना भेटिएका छन् । त्यस्तै सवारी दुर्घटनामा १५ जनाको ज्यान गएको छभने दुई जनाको अंगभंग भएको छ ।

कार्यक्रममा महानगरीय पहरी परिसर भक्तपुरका प्रमुख शिबकुमार श्रेष्ठले अपराधको मुख्य कारक तत्व लागू औषधको कारोबार एवं दुव्र्यसनी र मदिरा सेवननै रहेको बताउदै यसलाई सरकारले कडाईका साथ नियन्त्रणकोनीति लिनु पर्ने बताउनु भयो ।

उहाँले भक्तपुरमा पहिलो लागू औषध, दोश्रोमा बलात्कार, तेश्रोमा चोरी, चौथोमा सवारी ज्यान, पाँचौमा ठगी जस्ता समस्या जटिल बन्दै आएको बताउदै अपराध मुक्त समाज निर्माणका लागि समुदायले आफ्नो समाजलाई अपराध मुक्त बनाउने अभियान सञ्चालन गर्नेमा जोड दिनु भयो ।
बलात्कारमा ३० प्रतिशत त गलत नियतले फसाउनका लागि आएका उजुरी हुने गरेको बताउनै उहाँले भक्तपुरमा कुनै पनि समस्या र उजुरी गर्नु परेमा कसैको भनसुन नगरी सिधै प्रहरी परिसरको सोधपुछमा आएर सम्पर्क गरे पुग्ने बताउनुभयो ।

कार्यक्रममा नेपाल बार एशोसियसन भक्तपुरका अध्यक्ष रबिन्द्र प्रधानले यातायात मजदुर, इँटा भट्टा, बालुवा तथा माटो खानी, श्रम क्षेत्रमा अपराधका घट्ना बढी हुने गरेको बताउदै अधिकार प्रयोगका नाममा छाडा र दुरुपयोग भइरहेको औल्याउनु भयो ।

कार्यक्रममा गैरसरकारी संस्था महासंघ भक्तपुरका अध्यक्ष नारायण न्यौपानेले अपराध नियन्त्रणमा गैससले अभियान नै सञ्चालन गरेको बताउनु भयो । नेपाल पत्रकार महासंघ भक्तपुरका सल्लाहकार एवं पूर्वअध्यक्ष पुष्करराज बुढाथोकीले अपराधको मुख्य कारक तत्वको खोजीलाई त्यसलाई जरैदेखि उखेल्नु पर्ने बताउनु भयो ।

त्यसअवसरमा गैसस महासंघका कोषाध्यक्ष पहलमान श्रेष्ठ, मानव अधिकारकर्मी युवराज घिमिरे, सिविसका महासचिव अनिता पाण्डे, पत्रकार रामचन्द्र प्रजापति , गैससकी सीता अधिकारी, इन्सेकका भक्तपुर सहजकर्ता राजु मंग्रान्ती, मानव अधिकार समूहका अध्यक्ष बच्चुराम न्यौपानेलगायतले मानव अधिकारको वर्तमान् अबस्थाकाबारेमा चर्चा गर्नु भएको थियो ।

तपाईको प्रतिकृया के कस्तो रहेको छ ?
+1
0
+1
0
+1
0
+1
0